Tag: कोपा अमेरिका

  • २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुम्दा… (फोटो फिचर)

    २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुम्दा… (फोटो फिचर)

    काठमाडौं । आइतबार बिहान माराकाना रंगशालामा सदाबहार प्रतिद्वन्दी ब्राजिललाई १–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । फाइनलबाहेकका खेल बन्द रंगशालामा हुनु र युरोपियन च्याम्पियनसिप पनि एउटै समयमा भएकाले कोपा अमेरिकाको चर्चा अपेक्षित हुन सकेन ।

    तर, विश्व फुटबलका दुई पावर हाउस अर्जेन्टिना र ब्राजिलको फाइनलमा भेट निश्चित भएसँगै प्रतियोगिताको सरगर्मी एक्कासी बढेको थियो । र, सर्वकालिन महान् फुटबलरमध्ये एक- लियोनेल मेसीका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भावित अन्तिम मौका थियो । र, ब्राजिललाई माराकानामा पराजित गरेसँगै मेसीले पहिलो र अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जिते ।

    कोपा अमेरिका २०१५ र २०१६ मा लगातार फाइनल हारेको अर्जेन्टिना २०१९ मा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएको थियो । सन् २०१४ विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना पटक–पटक उपाधि नजिक पुगेको थियो ।

    अन्ततः कोपा अमेरिका २०२१ को उपाधि जितेसँगै ६ पटकका बालोन डी’अर विजेता मेसीले ट्रफी ब्याबिनेटमा एउटा अन्तर्राष्ट्रिय उपाधि पनि राख्न पाउने भएका छन् ।

  • कोपा अमेरिका २०२१: पेरूलाई हराउँदै तेस्रो बन्यो कोलम्बिया

    कोपा अमेरिका २०२१: पेरूलाई हराउँदै तेस्रो बन्यो कोलम्बिया

    काठमाडौं । लुइस डियाजको दुई गोलप्रेरित कोलम्बियाले पेरूलाई ३-२ को नतिजामा पराजित गर्दै कोपा अमेरिका २०२१ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार बिहान ब्रासिलियामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन जुवान क्वाड्राडोले थप एक गोल गरे ।

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले १-० को अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा योशिमर योटुनले गरेको गोलसँगै पेरूले अग्रता लियो । दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक बनेको कोलम्बियाका लागि ४९औं मिनेटमा क्वाड्राडोले बराबरी गोल फर्काएका थिए ।

    डियाजले ६६औं मिनेटमा गरेको गोलसँगै खेलमा पहिलो पटक कोलम्बियाले अग्रता लिएको थियो । २४ मिनेटको खेल बाँकी रहँदा २-१ गोलले पछि परेको पेरूका लागि ८२औं मिनेटमा जियानलुका लापाडुलालले बराबरी गोल फर्काएका थिए ।

    प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियाका लागि ३-२ गोलको जित सुनिश्चित गरे ।

    सन् २००१ मा च्याम्पियन बनेको कोलम्बियाले चौथो पटक तेस्रो स्थान हासिल गरेको हो । सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणको क्वार्टरफाइनलबाटै बाहिरिएको कोलम्बिया जारी यसपाली सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुट आउटमा हारेको थियो ।

    त्यस्तै, पेरू ब्राजिलसँग पराजित भएको थियो । कोपा अमेरिका २०२१ को फाइनल भोलि (आइतबार) बिहान ५:४५ बजे माराकाना स्टेडियममा हुनेछ ।

  • कोपा अमेरिकामा चम्किएका १० स्टार

    कोपा अमेरिकामा चम्किएका १० स्टार

    काठमाडौं । अन्य प्रतियोगिता जस्तै कोरोना भाइरसका कारण एक वर्षपछि धकेलिएको कोपा अमेरिका पनि केही खेलाडीका लागि विश्व फुटबलमा स्थापित हुने माध्यम बन्यो । अहिले पनि जेम्स रोडरिग्वेजले विश्वकप २०१४ मा गरेको अपत्यारिलो गोल सम्झिन्छन् । त्यही गोलले रोडरिग्वजलाई विश्व फुटबलमा चिनाएको थियो । उरुग्वेविरुद्ध कोलम्बियाबाट रोडरिग्वेजले गरेको त्यो गोलपछि उनले युरोपेली फुटबलको सर्वाधिक सफल क्लब– रियाल मड्रिडबाट खेल्ने अवसर प्राप्त गरेका थिए । त्यो गोल मात्रै नभएर उनले प्रतियोगिताभर गरेको प्रदर्शन नै उनलाई विश्व फुटबलमा चिनाउने माध्यम बनेको थियो ।

    कहिले काहीँ यस्ता क्षणले खेलाडीको करियरमा नयाँ अध्यायको सुरुआत गरिदिन्छन् । जसरी २०१४ विश्वकपले रोडरिग्वेजको करियरलाई नयाँ उचाइमा पुर्‍याएको थियो । त्यस्तै, अहिले ब्राजिलमा जारी कोपा अमेरिका २०२१ को सेमिफाइनलसम्मका खेलबाट विश्व फुटबलमा आफ्नो पहिचान बनाउन तत्पर देखिएका १० खेलाडीलाई यसरी सूचीकृत गर्नसकिन्छ ।

    १. निकोलस गोन्जालेज

    अर्जेन्टिनाका युवा खेलाडी गोन्जालेज अन्तर्राष्ट्रिय करियरको सुरुआत सोचेजस्तो भएन । इक्वेडरविरुद्धको खेलमा अर्जेन्टिनाबाट डेब्यू गरेका गोन्जालेले पहिलो खेलमै रातो कार्डको सामना गर्नुपरेको थियो । यद्यपि, उनको प्रदर्शनले पहिलो खेलमा खाएको रातो कार्डलाई छायाँमा पार्दै प्रशिक्षक लियोनेल स्कोलोनीको योजनामा आफूलाई स्थापित गर्न सफल भएको छ ।

     

    View this post on Instagram

     

    A post shared by Nico Gonzalez (@nicoigonzalez)

    विङ्गबाट विपक्षीको रक्षापंक्तिमा प्रभुत्व जमाउन रमाउने यी फरवार्डले अर्जेन्टिनी आक्रमणमा नयाँ ताजापन थपेको थियो । उत्कृष्ट ड्रिबलिङ क्षमता भएका गोन्जालेज गोलका लागि पनि उत्तिकै भोकाएका देखिन्छन् । उनको बल पास गर्ने क्षमतामा त्यति निपूर्णता नदेखिए पनि क्रसिङ र फिनिसिङ भने प्रशंसनीय छ । इटालियन क्लब फियोरेन्टिनामा अनुबन्ध भइसकेका २३ वर्षीय गोन्जालेज सिरी एमा चम्किने लगभग निश्चित छ ।

    २. बेन ब्रेरिटोन

    उमेरले २२ वर्ष मात्रै पुगेका ब्रेरिटोन इङ्लिस फुटबलको दोस्रो डिभिजन– ईएफएलमा आफूलाई स्थापित गरिसकेको स्ट्राइकर हुन् । चिलीको राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रिएसँगै ब्रेरिटोन एक स्टार खेलाडी बन्ने बाटोमा छन् भन्ने सहजै आंकलन गर्नसकिन्छ । ब्ल्याकबर्नका स्टार फरवार्ड राष्ट्रिय टोलीबाट १० खेल पनि खेलेका छैनन् । इङ्ल्यान्डका पूर्व फरवार्ड ब्रेरिटोनले गत वर्ष आफ्नो नागरिकता परिवर्तन गरेका चिलीबाट खेल्ने निर्णय लिएका थिए । उनले गत वर्ष नै चिली उर्फ ला रोजाबाट डेब्यू गरेका थिए ।

    चिलियन आमाबाट जन्मिएका इङ्लिस फरवार्ड दुवै देशबाट खेल्न योग्य खेलाडी हुन् । तर, उनले अन्तर्राष्ट्रिय स्तरमा भने दक्षिण अमेरिकी ला रोजाको प्रतिनिधित्व गर्ने निर्णय गरे । र, उनको त्यो निर्णय सही सावित हुन थालिसकेको छ । बाोलिभियाविरुद्ध चिलीले १–० को जित निकाल्दा ब्रेरिटोनले अन्तर्राष्ट्रिय स्तरको पहिलो र त्यो खेलको निर्णायक गोल गरेका थिए ।

    एक प्राकृतिक फरवार्ड आफ्नो ड्रिबलिङ र फिनिसिङ क्षमताले विपक्षीको रक्षापंक्तिलाई दबाबमा राख्न माहिर छन् । जारी कोपा अमेरिकामा गरेको उल्लेखनीय प्रदर्शनसँगै उनले ठूला क्लबको ध्यान आफूतिर खिचिसकेका छन् । र, कोपा अमेरिकामा उनले गरेको प्रदर्शन करियरको नयाँ अध्यायको सुरुआत सिद्ध हुनसक्छ ।

    ३. गोन्जालो प्लाटा

    स्पोर्टिङ सिपीका विङ्गर जारी कोपा अमेरिकामा इक्वेडरका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहे । राइट–विङ्गर प्लाटा दुवै फ्लान्कबाट मात्रै होइन, एक सेन्टर फरवार्डको रूपमा पनि खेल्ने क्षमता राख्छन् । गोल गर्ने प्रवल क्षमता भएका प्लाटा आफ्नो तीव्र गतिका कारण विपक्षी टोलीको रक्षापंक्तिमा समस्या उत्पन्न गर्न अझै प्रभावकारी देखिन्छन् । जारी प्रतियोगितामा गरेको प्रदर्शनसँगै २० वर्षीय प्लाटाले टोलीमा आफ्नो भूमिका अझै महत्त्वपूर्ण बनाउने निश्चित छ ।

     

    View this post on Instagram

     

    A post shared by Gonzalo Plata (@gonzalo_plata20)

    कोपा अमेरिकको जारी सिजनमा चार खेलमा एक गोल मात्र गर्नसके पनि सोचेकोभन्दा उत्कृष्ट प्रदर्शन गर्न प्लाटा सफल भएका थिए । भर्खरै २० वर्ष पुगेका प्लाटाले आगामी दिनमा आफूलाई अझै निपूर्ण बनाउन पर्याप्त समय र सम्भावना छ । स्तरीय युरोपियन फुटबल बुझ्ने क्षमताको विकास भयो र उनले आफूमा भएको प्राकृतिक क्षमतालाई अझै तिखार्ने हो भने एक स्टार खेलाडीको रूपमा प्लाटालाई देख्न सकिने छ ।

    ४. पिएरो हिन्कापी

    अर्का एक इक्वेडरका युवा स्टार– हिन्कापीले पनि दक्षिणी अमेरिकी फुटबलको सर्वोत्कृष्ट प्रतियोगितामार्फत् विश्व फुटबल जगतको ध्यान आफूतिर खिँचे । प्लाटा जस्तो आक्रामक शैलीले होइन, रक्षात्मक कौशलले हिन्कापीले सबैको ध्यान आकर्षित गरेका थिए । कोपा अमेरिकामा इक्वेडरले खेलेका सबै खेलको सुरुआती–११ मा परेका हिन्कापीले अर्जेन्टिनाविरुद्धको खेलमा आफूलाई ‘रक–सोलिड’को रूपमा प्रस्तुत गरे ।

     

    View this post on Instagram

     

    A post shared by Piero Hincapie (@pierohincapie)

    हिन्कापीले प्रत्येक खेलमा २.२ ट्याकल गरेका थिए भने कम्तिमा एक इन्टरसेप्सन गर्न सफल भएका थिए । यी खेलाडीको खेललाई लिएर सिरियसनेस र कन्सर्नटेसन पनि प्रशंसनीय रह्यो । मात्रै १९ वर्ष पूरा गरेका हिन्कापीले उक डायनामिक डिफेन्डरको रूपमा आफूलाई उभ्याएका छन् । दक्षिण अमेरिकी फरवार्डहरूको गतिमा डिफेन्ड गर्नु कहिल्यै सरल हुँदैन । तर, यी युवा स्टारले त्यो परीक्षाका लागि आफू तयार रहेको सन्देश यसै प्रतियोगितामार्फत् दिइसकेका छन् । यी खेलाडीलाई टोलीमा भित्र्याउने होडमा युरोपेली क्लबहरूले लडाईँ गर्ने निश्चित छ । र, त्यसले यी युवा डिफेन्डरको युरोपेली फुटबलमा सुन्दर भविष्य सुनिश्चित हुनेछ ।

    ५. म्याथियास भिना

    भिना ब्राजिलियन क्लब पाल्मेइरसका लेफ्ट–ब्याक हुन् । मोर्डन फुटबलमा देखिँदै आएको प्राचिन विङ्ग–ब्याकको कमी उरुग्वेका २३ वर्षीय भिनाको उपस्थितिसँगै पूरा हुन्छ । उनको प्रमुख लक्ष्य खेलमा विपक्षीका मौका लागि असफल बनाउनु र आवश्यकता अनुसार अगाडि बढेर बल पोसेसन जित्ने र रक्षात्मक अवस्थालाई तुरुन्तै आक्रमणमा रुपान्तरण गर्ने क्षमता राख्छन् । बल जित्ने क्षमताले भिनालाई कोपा अमेरिका २०१२ मा उदाएका एक स्टारको रूपमा चिनाएको छ ।

     

    View this post on Instagram

     

    A post shared by Matias Viña (@matiasv17)

    प्रतियोगिताभर उरुग्वे लगातार अगाडि बढेर आक्रमण गर्न सकेनन् । त्यसमा सफल खेलाडी भिना रहे । यद्यपि, हालसम्म धेरै खेलमा अवसर पाइनसकेका भिनाले आगामी समयमा आफूलाई एक क्षमतावान् खेलाडीको रूपमा स्थापित गर्न ‘ग्रिन–सिग्नल’ दिइसकेका छन् । धेरै युरोपेली फुटबल क्लबलाई उनलाई क्लबमा भित्र्याउन प्रयास गर्नेमा विश्वस्त हुन सकिन्छ ।

    ६. एन्जेल रोमेरो

    पाराग्वेका लागि कोपा अमेरिका २०२१ का सबै (५) खेलमा उपस्थित खेलाडी हुन्, रोमेरो । त्यस क्रममा उनले दुई गोल पनि गरे । अर्जेन्टिनाको सान लोरेन्जोबाट व्यावसायिक फुटबल खेल्दै आएका रोमेरोले राष्ट्रिय टोली लगाएर मैदानमा उत्रिने मौका पाएसँगै आफूलाई चम्काउन सुरु गरिसकेका छन् । गोलका सुन्दर मौका सृजना माहिर रोमेरोको उपस्थितिमै पाराग्वेको आक्रमण निर्भर रहेको व्यथित हुन्थ्यो । पाराग्वेका स्टार खेलाडी अल्मिरोनको अनुपस्थितिमा पनि उत्कृष्ट प्रदर्शन दिएका रोमेरो कोपा अमेरिका २०१२ मा उदाएका एक स्टार हुन् ।

    बलमा हाइ प्रेस गर्न र अनुकुल परिस्थितिमा बल पोसेसन जित्न माहिर २९ वर्षीय रोमेरो प्रतियोगिताको सुरुआतदेखि नै आफूलाई ड्रप गर्न नहुने खेलाडीको रूपमा पारग्वेको टोलीमा स्थापित गरे । महत्त्वपूर्ण समयमा आफ्ना टिममेटसम्म पास पुर्‍याउन र आक्रामणको सुरुआत गर्न माहिर रामेरोलाई आगामी वर्षहरूमा युरोपेली फुटबलमा देखियो भने त्यसको श्रेय यसै कोपा अमेरिकालाई दिइनेछ ।

    ७. विल्मर ब्यारिओस

    जेनिट सेन्ट पिटर्सबर्गका डिफेन्सिभ मिडफिल्डर ब्यारिओस जारी कोपा अमेरिकामा कोलम्बियाका लागि एक उत्कृष्ट खेलाडीको रूपमा प्रस्तुत भए । अर्जेन्टिनाविरुद्ध उनको प्रदर्शन ‘रिमार्केकल’ रह्यो । त्यो मात्र नभएर प्रतियोगिताभर उनले दिएको एकनासको उत्कृष्ट प्रदर्शन पनि प्रशंसनीय थियो । उत्कृष्ट पोजिसनमा रहन, खेल रिड गर्न, ट्याकल गर्न र मिडफिल्डलाई सन्तुलित राख्न निपूर्ण देखिएका ब्यारिओस एक क्षमतावान् खेलाडीको रूपमा उदाए ।

    यी खेलाडीले प्रत्येक खेलमा कम्तीमा दुई इन्टरसेप्सन र तीन सफल ट्याकल गरेका थिए । प्रत्येक ९० मिनेटमा ६० भन्दा धेरै पटक बल टच गरेका ब्यारियोसले कोलम्बियाको मिडफिल्डलाई सन्तुलित राख्न उल्लेखनीय प्रदर्शन गरे । उत्कृष्ट रक्षात्मक खेलाडी र खेल नियन्त्रणमा लिन सक्ने खेलाडी ब्यारिओस कोलम्बियाका लागि कोपा अमेरिकामा महत्त्वपूर्ण सदस्य रहे ।

    ८. आर्यटोन प्रेसियाडो

    कोपा अमेरिका २०२१ मा इक्वेडरको मिडफिल्डमा देखिएको एक उत्कृष्ट खेलाडी थिए, प्रसियाडो । कोपा अमेरिकामा राष्ट्रिय टोलीका लागि दुई गोल गरेका प्रेसियाडोले फुटबलप्रेमीको ध्यान आफूतर्फ तान्नका लागि ती गोल पर्याप्त रहे । त्यतिमात्र नभएर, जारी कोपा अमेरिकाको ‘टिम अफ दी विक’मा लगातार दुई पटक समेटिएका प्रेसियाडाको फ्लान्कमा उपस्थिति विपक्षी टोलीका डिफेन्डरका लागि टाउको दुखाइको विषय बनेको थियो । द्रुत गतिको रन बनाउन सक्षम प्रेसियाडाले इक्वेडरका लागि उत्कृष्ट फुटबल खेले ।

    प्रयिोगितमा चार खेलेका प्रेसियाडोले प्रत्येक खेलमा ४५ पटकभन्दा बढी बल टच गरेका थिए । प्रतियोगिताभर उनको आक्रमण र मौका सृजना गर्ने क्षमता प्रशंसनीय रहे । उनले प्राय जसो प्रत्येक मिनेटमा गोलका लागि ठूला मौका सृजना गरेका थिए । रक्षात्मक एप्रोचमा पनि पोजिटिभि देखिएका प्रेसियाडो आवश्यकता अनुसार डिफेन्सिभ हाफमा सृजना भएका खाली ठाउँमा उपस्थित रहन अब्बल देखिए । राष्ट्रिय टोलीबाट प्रतियोगितामा गरेका यो प्रदर्शनले २६ वर्षीय उनलाई ठूला क्लबहरूको राडारमा तान्ने छ । इक्वेडरले प्रतियोगितामा जन्माएका आफ्ना दुई खेलाडीप्रति गर्वान्वित हुनैपर्छ । यी दुई खेलाडीले भविष्यमा स्टार फुटबलर हुने प्रवल सम्भावना पनि बोकेका छन् ।

    ९. लुकास डियाज

    कोलम्बियन विङ्गर डियाजले टोलीका लागि अर्जेन्टिनाविरुद्धको सबैभन्दा महत्त्वपूर्ण खेलमो आफ्नो करियरकै उत्कृष्ट फुटबल खेले । ब्राजिलविरुद्धको सेमिफाइनलमा उनको प्रदर्शन अझै उत्कृष्ट रह्यो । कोलम्बिया (लस क्याफेटेरोस)का लागि कोपा अमेरिका २०२१ मा स्टार बनेका २४ वर्षीय डियाजले ठूलो स्टेजमा आफूलाई प्रमाणित गर्ने सुवर्ण अवसरको रूपमा प्रयोग गरे ।

    उनको उत्साहजनक प्रदर्शनले विश्व फुटबललाई आफूतिर आकर्षित गरे । डियाजले आफ्नो गोलको मद्दतमा कोलम्बियालाई पेनाल्टी सुटआउटसम्म पुर्‍याएका थिए । उनको त्यो बराबरी गोलप्रेरित कोलम्बियाले अर्जेन्टिनाविरुद्ध फाइटिङ स्प्रिन्ट देखाएको थियो । पेनाल्टी सुटआउटमा कोलम्बियाका तीन खेलाडीको प्रहार रोक्दै अर्जेन्टिनी गोलपिकर इमिलियानो मार्टिनेज नायक बन्दा कोलम्बिया डियाजको लस क्याफेटेरोस प्रतियोगिताबाट बाहिरियो । त्यो खेलसँगै कोलम्बियाको जारी कोपा अमेरिकामा पूर्णविराम लागे पनि डियाजले प्रदर्शन भने स्मरणीय रह्यो ।

    डियाजको उपस्थितिले कोलम्बियाको प्रतियोगितामा मौकाको निर्धारण गरेको महसुस खेलका दौरान हुने गरेको थियो । डियाज लेफ्ट फ्लान्कबाट अट्याकिङ थर्डमा प्रवेश गर्न रुचाउँछन् । पोर्टोबाट व्यावसायिक फुटलब खेलिरहेका डियाजले आफूसँग बल पोसेसन भएको जुनसुकै समयमा ठूला मौका सृजना गर्ने क्षमता राख्छन् । आफ्नो पासिङ र चतुर टचले जुनसुकै विपक्षी डिफेन्डरलाई पनि समस्यामा पार्नसक्ने डियाज यो ट्रान्सफर विन्डोमा हेडलाइन मेकर बन्ने प्रबल सम्भावना छ ।

    १०. जुनियर अलोन्सो

    पाराग्वेयन डिफेन्डर अलोन्सोलेको लेफ्ट साइडमा उपस्थिति कोपा अमेरिका २०२१ मा प्रशंसनीय रह्यो । एक गोल गरेर सोही खेलमा ७७ पटक बल टच गरेका अलोन्सोको रेकर्ड जारी प्रतियोगितामा कुनै पाराग्वेयन खेलाडीले म्याच गर्नसकेनन् । लामो पासमा पनि सक्षम देखिएका डियाजले ९० प्रतिशतभन्दा सफल पास खेले । डिप पोसेसनबाट पाराग्वेले बनाएका आक्रामणको सुरुआत पटक–पटक उनै अलोन्सोबाट सुरु भएको थियो ।

    https://twitter.com/junior_alonso4/status/1408257436507688960?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1408257436507688960%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.foottheball.com%2Fcopa-america%2Ften-breakout-stars-breakthrough-world-stage-copa-2021-brereton-plata-perciado-hincapie-july2021

    पोसेसन राख्न र बल जित्न २८ वर्षीय डिफेन्डरले आफ्नो अनुभनवको पनि भरपुर प्रयोग गर्छन् । उनीविरुद्ध विपक्षी खेलाडीले कमै मात्र ड्रिबल गरेर सफल भएका छन् । डियाजले कुनै पनि यस्ता गल्ती गरेनन्, जसमा विपक्षी टोलीले गोल गर्न र अवसर सृजना गर्न सकोस् । आगामी समयमा अलोन्सोले कुनै ठूलो क्लबको प्रस्तावलाई स्विकारेको चाँडै सुन्न पाइने सम्भावना प्रबल देखिन्छ ।

    एजेन्सीहरूको सहयोगमा
  • अर्जेन्टिना र कोलम्बियाको खेलमा किन भएन ‘एक्स्ट्रा टाइम’ ? फाइनलमा के हुन्छ ?

    अर्जेन्टिना र कोलम्बियाको खेलमा किन भएन ‘एक्स्ट्रा टाइम’ ? फाइनलमा के हुन्छ ?

    काठमाडाै‌ । पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै लियोनल मेस्सीको अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा आज आफ्नो स्थान बनायो । ९० मिनेटको सनसनीपूर्ण प्रतिस्पर्धा १-१ को बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटबाट फैसला भएको थियो ।

    फुटबलको सामान्य नियमअनुसार कुनै पनि नकआउट म्याचमा निर्धारित समयभित्र जित-हार भएन भने अतिरिक्त ३० मिनेट समय थप हुन्छ । हिजो राति नै युरो २०२० अन्तर्गत भएको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । त्यसबाट पनि नतिजा नआएपछि पेनाल्टी सुटआउटबाट स्पेनलाई पन्छाउँदै इटालीले फाइनलमा स्थान बनाएको हो । तर, अर्जेन्टिना र कोलम्बियाको म्याचमा भने अतिरिक्त समय नथपि सिधै पेनाल्टी सुटआउटमा जाँदा धेरै दर्शक अलमलमा परेका छन् ।

    यी दुवै महाद्वीपस्तरीय प्रतियोगिताको फर्म्याट लिक कम नकआउट हो । तर, पनि केही दुई प्रतियोगिता केही पक्षहरूमा फरक देखिन्छन् । सहभागी मुलुकको संख्या कम हुने भएकाले कोपा अमेरिकामा समूह चरणबाट ८ टोली सोझै क्वार्टरफाइनल पुग्छन् । र, अन्तिम चार हुँदै फाइनल समीकरण पूरा हुन्छ ।

    यसै क्रममा प्रतियोगिता जारी रहँदा दक्षिण अमेरिकी फुटबल महासंघले ‘नक आउट’ को फम्र्याट परिवर्तन गर्‍यो । सन् २०१५ र ०१६ को संस्करणमा झैं महासंघले नकआउटमा निर्धारित समयको खेल बराबरीमा टुङ्गिए सोझै पेनाल्टी सुटआउटमा जाने नियम बनाएको थियो । जसका कारण आज बिहान भएको अर्जेन्टिना र कोलम्बियाबीचको खेलमा अतिरिक्त समय थप नगरिएको हो ।

    फाइनलमा के हुन्छ ?

    महासंघका अनुसार यो नियम कोपा अमेरिकाको सेमिफाइनलसम्म मात्रै हो । ब्राजिल र अर्जेन्टिनाबीच हुने फाइनल ९० मिनेटसम्म बराबरीमा सकियो भने खेल सोझै पेनाल्टीमा पुग्नेछैन । त्यसअघि अतिरिक्त समय ३० मिनेटको हुनेछ । त्यो समयमा पनि खेलको नतिजा निस्किए भने मात्रै खेल पेनाल्टी सुट आउटमा पुग्ने महासंघले बताएको छ ।

  • कोपा अमेरिका: ब्राजिल र इक्‍वेडरले बराबरी खेले, भेनेजुएला बाहिरियो

    कोपा अमेरिका: ब्राजिल र इक्‍वेडरले बराबरी खेले, भेनेजुएला बाहिरियो

    काठमाडौं । कोपा अमेरिका २०२१ को समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा साविक विजेता ब्राजिलले इक्‍वेडरसँग १-१ गोलको बराबरी खेलेको छ ।

    घरेलु मैदानमा भएको खेलको ३७औं मिनेटमा एडर मिलाटो गरेको गोलसँगै ब्राजिलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको इक्‍वेडरका लागि ५३औं मिनेटमा सब्स्टिच्युट खेलाडी एन्जल मेनाले बराबरी गोल फर्काएका थिए ।

    बाँकी समयमा दुवैतर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि फिनिसिङमा चुक्दा खेल १-१ गोलको बराबरीमा टुङ्गिएको हो ।

    यस्तै समूह चरणको अन्तिम खेलमा पेरुसँग १-० गोलको नतिजामा पराजित भएसँगै भेनेजुएला समूह चरणबाटै बाहिरिएको छ ।

    सोमबार बिहान ब्रासिलियामा भएको खेलमा पेरुलाई विजयी बनाउन एन्द्रे क्यारिलो एक मात्र गोल गरे ।

    यसअघि नै समूह बीबाट ब्राजिल पेरु, कोलम्बिया र इक्‍वेडर क्‍वार्टरफाइनलमा पुगिसकेका छन् भने भेनेजुएला बाहिरिसकेको छ ।

     

  • कोपा अमेरिका: चिलीसँग बोलिभिया पराजित

    कोपा अमेरिका: चिलीसँग बोलिभिया पराजित

    काठमाडौं । बेन ब्रेरेटोनको निर्णायक गोलप्रेरित चिलीले कोपा अमेरिकामा शुक्रबार राति बोलिभियालाई १-० को नतिजामा पराजित गरेको छ । ब्राजिलको एरिना पान्तानालमा भएको खेलको १०औं मिनेटमा ब्रेरेटोनले गरेको गोलसँगै चिलीले अग्रता लिएको थियो ।

    सुरुआती १० मिनेटसम्म ९० प्रतिशत बल पोसेसनमा प्रभुत्व जमाएको चिलीका एडुवार्डो भरगासको पासमा ब्रेरेटोनले गोल गरेका थिए । उक्त गोलसँगै १-० ले पछि परेको बोलिभियाले तीन पटक गोलपोस्टमा प्रहार गरे पनि सफल हुन सकेन ।

    जारी प्रतियोगिताको समूह ‘बी’ मा चिलीको यो पहिलो जित हो । पहिलो खेलमा चिली अर्जेन्टिनासँग १-१ गोलको बराबरीमा रोकिएको थियो भने बोलिभिया पाराग्वेसँग ३-१ गोलको नतिजामा पराजित भएको थियो ।

    दुई समूहबाट उत्कृष्ट चार टोली क्वार्टरफाइनलमा पुग्ने छन् । यद्यपि, सुरुआती दुई खेलमा अंकविहीन बनेको बोलिभियाको नकआउट प्रवेश सम्भावना कठिन देखिएको छ । बोलिभियाले अर्को खेलमा शुक्रबार उरुग्वेसँग खेल्ने छ ।

    यस्तै, चिलीले मंगलबार उरुग्वेसँग खेल्ने छ ।

  • कोपा अमेरिका: आज राति अर्जेन्टिना र चिली भिड्दै

    कोपा अमेरिका: आज राति अर्जेन्टिना र चिली भिड्दै

    काठमाडौं । कोपा अमेरिकाको समूह ‘ए’ अन्तर्गत सोमबार राति हुने खेलमा अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । स्टाडियो ओलिम्पिको निटोत सान्तोषमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छन् ।

    २०१५ र २०१६ मा अर्जेन्टिनालाई पराजित गर्दै दुई पटकको च्याम्पियन बनेको चिली यो संस्करणमा पनि अर्जेन्टिनालाई हराउँदै यात्रा सुरु गर्न चाहन्छ । यस्तै, चिलीविरुद्धको बदल लिँदै प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यसहित लियोनेल मेसीको अर्जेन्टिना मैदानमा उत्रिने छ । नेपाली समयअनुसार यो खेल राति २:४५ बजे सुरु हुनेछ ।

    यस्तै समूह ‘ए’ कै अर्को खेलमा पाराग्वेले बोलिभियाको सामना गर्नेछ । नेपाली समयअनुसार बिहान ५:४५ बजे हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा हुनेछन् ।