Tag: केपी शर्मा ओली

  • कांग्रेसप्रति ओलीको कटाक्ष- विचराहरू भोट कुन चिन्हमा हाल्नुपर्ने हो भनेर पुर्पुरोमा हात राख्या छन् (भिडिओ)

    कांग्रेसप्रति ओलीको कटाक्ष- विचराहरू भोट कुन चिन्हमा हाल्नुपर्ने हो भनेर पुर्पुरोमा हात राख्या छन् (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको टिप्पणी गरेका छन् । यही कारण कांग्रेसका कार्यकर्ता कहाँ कसलाई भोट हाल्ने भनेर अलमलमा परेको उनको कटाक्ष छ ।

    ‘सरकारको ग्रास घटेको छ,’ बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनावसम्म साँठगाँठ जोगाउनमात्रै ध्यान छ । अरुको त कुरै छोडौं कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन् । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर।’

    ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै कांग्रेसभित्रै छोरीलाई जितेर के पाइयो, बाउलाई जिताएर के पाइयो भन्दै असन्तुष्टि बढेको बताए ।

    एमालेको चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि जनतामा जान कांग्रेसको एजेन्डा नै नभएको बताए ।

  • देशभरका सबै वडामा एकसाथ एमालेको अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

    देशभरका सबै वडामा एकसाथ एमालेको अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

    काठमाडौं । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण एकैपटक कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन हुँदैछ ।

    मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।

    कात्तिक ६ गते एकसाथ वडा अधिवेशन हुने र अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रबाट सामन्य मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

    एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरि तयारी गरिरहेको छ ।

    एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् ।

    वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

  • गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण

    गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको अवसरमा गृहजिल्ला झापा पुगेर दसैँको शुभकामना साटेका छन् । पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अघिल्ला भाषणहरूमा जस्तो अरु दल र नेतालाई गालीगलौज गरेनन् ।

    भाषणको सुरूआतमा नै ओलीले आफू आज शुभकामनामात्र दिन उपस्थित भएको भन्दै कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।

    ‘करिब तीन हप्तादेखि रुघाखोकीका कारण बाहिर निस्कन सकेको थिइनँ,’ ओलीले भाषण सुरू गर्दै भनेका थिए, ‘महाधिवेशनमा दुई दिन देखा परेँ, त्यसपछि कतै गएको छैन । आज म दसैँको शुभकामना साट्न आएको हुँ । कसैलाई कटाक्ष र आलोचना गर्न उचित ठान्दिनँ ।’

    नभन्दै उनले अदालत र सरकारबीच ‘बार्टर’ को आशंकाबाहेक अरु कुनै आलोचनात्मक टिप्पणी गरेनन् । न त सहभागीलाई हँसाए नै । उनको भाषण पूर्णरूपमा ‘शाकाहारी’ थियो ।

    ओलीले भने, ‘केही वर्ष अघिसम्म नेपालीलाई लाग्ने गरेको थियो देश विकास गर्न सकिँदैन कि क्याहो ? तर, अहिले वितेका केही वर्षमा हामीले जे उपलब्धी हाँसिल गरेका छौं, त्यसले विश्वास उत्पन्न गरेको छ कि हामी सक्छौं । हामीले निराश हुनुपर्ने अवस्था छैन अहिले ।’

    ओलीको भाषण उनको शैलीविपरीत निकै छोटो पनि थियो । प्राय एक-डेढ घन्टा भाषण गर्ने ओली आज २० मिनटमै भाषण टुंग्यायाए ।

    भाषण सकेर ओली आजै काठमाडौं फर्किँदैछन् ।

  • दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)

    दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली दसैैं मनाउन गृह जिल्ला झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्थानीय नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

    ओलीलाई स्वागत गर्न प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो । त्यहाँबाट स्कर्टिङ गरेर उनलाई झापा गाउँपालिकातर्फ लगिएको छ ।

    आफ्ना आफन्त भेट्न ओली त्यता गएका हुन् । भेटघाट सकेर ओली आजै बिर्तामोडमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

    हेर्नुस विमानस्थलका तस्वीरहरुः

  • एमाले अध्यक्ष ओलीले यसवर्ष टीका नलगाउने, नवमीको दिन झापामा जलपान समारोह

    एमाले अध्यक्ष ओलीले यसवर्ष टीका नलगाउने, नवमीको दिन झापामा जलपान समारोह

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बडा दसैँको टीका नलगाउने भएका छन् ।

    पारिवारिक सदस्यको यसै वर्ष निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

    अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका छैन । बुबा मोहनप्रसाद ओली झापामै छन् । ओलीले नवमीको दिन भने गृहजिल्ला झापामा जलपान समारोह आयोजना गरेका छन् ।

    कोरोना महामारीका कारण एमालेले हरेक वर्ष गर्दै आएको दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा हुने चियापान समारोह पनि नगर्ने भएको छ ।

  • ओलीले केही टारे, केही अघि सारे (गोदावरीका सवाल-जवाफसहित)

    ओलीले केही टारे, केही अघि सारे (गोदावरीका सवाल-जवाफसहित)

    काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेर आइतवार सकिएको छ। करिब ६ हजार प्रतिनिधि सहभागी महाधिवेशनमा १० समूह बनाएर प्रस्तुत तीन प्रस्तावमाथि छलफल समेत गरिएको थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठानिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन केही हेरफेरसहित हलबाट अनुमोदन समेत भएको थियो ।

    समूहगत छलफलमा तीनवटै प्रस्तावमाथि सुझाव र प्रश्न उठेका थिए। सांगठानिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथिका सुझाव र प्रश्न हल भए भने राजनीतिक प्रतिवेदनमाथिका जिज्ञासा अध्यक्ष ओलीले मेटाउने कोसिस गरेका थिए।

    आफ्नो प्रतिवेदनमा उठेका प्रश्नहरुमध्ये ओलीेले केहीको जवाफ दिए भने केहीको त्यतिकै टारिदिए। विधान महाधिवेशनको अन्तिम दिन प्रतिधिहरुलाई आश्वस्त पार्न खोजेका ओलीेले सबै प्रश्न र सुझावको पनि जवाफ दिएनन् ।

    यहाँ केही प्रतितिधिहरुले सोधेका मुख्य प्रश्नमा ओलीले कुनको कसरी जवाफ दिए र कुन टारे भन्ने बुझाउन खोजिएको छ ।

    केही प्रतिनिधि: व्यक्तिलाई ‘ब्रान्डिङ’ गर्नुहुँदैन । पार्टीलाई स्थागत रुपमा विकास गर्नुपर्छ ।

    वैचारिक भनिएको महाधिवेशनमा ओलीको ठूला–ठूला पोष्टर र प्रतिमा देखिन्थे । स्वाथ्य खराबीका कारण महाधिवेशनमा ओली खासै देखिएनन् । र, उपस्थित सबैले ओलीसँग तस्बिर खिचाउन सम्भव पनि हुँदैन्थ्यो । त्यसैले धेरै प्रतिनिधिले ओलीको प्रतिमासँग फोटो खिचाएर रहर पुरा गरेका थिए। महाधिवेनस्थलमा वितरण गरिएको पानीको बोतलमा समेत ओलीको तस्बिर छापिएको थियो । यसैलाई इंगित गर्दै केही प्रतिनिधिले नेतृत्वलाई देवत्वकरण गर्नुहुँदैन भन्ने सुझाव राखेका थिए ।

    यसबारे जवाफ दिने क्रममा ओलीले देवत्वरकरण आफूले पनि स्वीकार नगर्ने तर नेतृत्वको वरिपरि गोलबन्द भने हुने भनाइ राखेका थिए । नेतृत्वलाई खुइल्याउन अनेक प्रयास भएको उनको भनाइ थियो।

    ओली: केहीले के खोजेका, के सोचेका छन् भने यहाँ बहुत झगडा भइदिए हुन्थ्यो। मारामार भइदिए हुन्थ्यो । नेता कोही स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो, सबैलाई खुइल्याउन पाए हुन्थ्यो । आफ्नै भित्र अनेकथरी लान्छाना लगाउन पाएदेखि त्यसैलाई समातेर भन्न पाइन्थ्यो। अनि उनीहरु देवत्वकरणका कुरा उठाउँछन्। हामी कसैलाई देवता मान्दैनौं, देवत्वकरण गर्दैनौं ।

    तर, नेतृत्व हुन्छ, नेतृत्वको वरिपरी पार्टी एकीकृत हुन्छ । त्यो स्वभाविक हो । पुष्पलालका वारीपरी, पुष्पलालले अगाडि सारेका विचारका वरिपरी हामी सबै आजसम्म गोलबन्द भएका छौं । कार्लमार्क्सले अघि सारेका दर्शन, सिद्धान्त वरीपरि हामी गोलबन्द भएका छैनौं ? लेनिनका वरिपरि सिँगै रुस गोलबन्द भएन ? माओको वरिपरी सिँगै चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेन ?

    पुष्पलाल हुँदा पुष्पलाललाई एउटा पनि महाधिवेशन गर्न दिइएन । तपाईं नेता हो भन्न छोडिएन तर हुर्मत लिने काम पनि सधैं गरियो । तपाईं नेता हो भन्ने तर महासचिव अर्कै बनिहाल्ने । एउटा भनाइ छ– नासान्त्य बहुनायका । नायकहरुको झगडा भयो भने सकिन्छ । नायकै नायक हुनुपर्छ तर एकतावद्ध नायक । (आफू वरिपरि रहेका नेताहरुलाई देखाउँदै) जस्तो हाम्रो टिम छ ।

    प्रतिनिधि: प्रतिष्पर्धी दलबारे प्रष्ट धारणा आएन । हाम्रो प्रमुख विरोधी दल कुन हो भन्ने कसरी खुट्याउने ?

    ओलीले पेस गरेको प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीपतिहरुको प्रतिनिधि भनिएको छ। माओवादी पार्टीप्रति नरम रहेको प्रतिवेदन प्रचण्डप्रति भने आक्राम छ। प्रचण्डलाई अस्थिर र चरम अवसरवादी भनिएको छ। शास्त्रीय कम्युनिष्ट पार्टीमा प्रमुख दुश्मन पार्टी करार गर्ने प्रचलन हुन्छ । प्रतिनिधिहरुको आवाज पनि प्रमुख विरोधी पार्टी किटान गरिनुपर्‍यो भन्ने थियो । ओलीले भने यसको जवाफ दिँदै त्यस्ता कुरामा शास्त्रीय हुन नुहने भन्दै एमालेसँग जोड विवाद गरिरहेको छ त्यसलाई नै विरोधीका रुपमा बुझ्न भनेका थिए ।

    जनतालाई भन्नुपर्‍याे–बाटो बनाउनु पनि समाजवाद हो । पुल बनाउनु पनि समाजवाद हो । खानेपानी गाउँ–गाउँमा पुर्‍याउनु समाजवाद उन्मुख हो । स्कुल राम्रा बनाउनु समाजवाद उन्मुख हो । वेरोजगारी दिने होइन, रोजगारी दिने शिक्षा हो । कृषिको बजारीकरण हो ।

    ओली: हामी धेरै अलमलिन हुँदैन । हामी कहिलेकाँही सिद्धान्त र व्यवहारमा अलमलिन्छौं । विरोधीले थप्पड हानीसक्छ गालामा अनि हामी शास्त्र पल्टाउन थाल्छौं । शास्त्रले के भन्छ, यो गालामा हान्ने विरोधी हो कि होइन ? यत्ति सारो शास्त्रवादी हुन जरुरी छैन् । जो तपाईंसँग लडिराख्या छ, त्यो विरोधी हो । जो तपाईंसँग लडिराख्या छैन्, सँगै काम गरिराख्या छ त्यो मित्र हो । हाम्रो पार्टीका विग्रेका मान्छे को हुन, जो छाडेर गए । जो यहाँ छन् सप्रेका छन् भन्ने प्रमाण यो भन्दा बढी केही चाहिन्छ ? छर्लङ्गै छ नि । हाम्रो सरकार ढाल्न ककसले भूमिका खेले, जसले हामीलाई प्रतिपक्षमा पुर्‍याए । कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु अग्रगमन र क्रान्तिकारी हो भनेर गए, नेकपा (एमाले)को सरकार ढालेर क्रान्ति गर्‍याैं भने ।

    प्रतिनिधिः समाजवादसम्मको यात्राबारे प्रष्ट दृष्टिकोण आएन । हामीले कसरी समाजवादसम्मको यात्रा गर्ने ?

    यसको जवाफ दिँदै ओलीले समाजवादलाई सजिलो गरि बुझ्नुपर्नेमा जोड दिए । माथिल्लो तहमा समाजवादमाथि शास्त्रीय शब्दावली प्रयोग गरेर सैद्दान्तिक बहस गर्न सकिए पनि आम जनताले त्यो नबुझ्ने भन्दै जनताको भाषामा त्यो बुझाउनुपर्ने ओलीको भनाइ थियो ।

    ओली: गाउँ घरका दिदीबहिनी, दाजुभाइले उन्नतस्तरको समाजवाद, अलि तल्लो स्तरको साझजवाद, उन्मुख समाजवाद भनेर बुझ्नुहुन्न । यो सबै के–के हो, कस्तो कस्तो हुन्छ ? कति लामा सिङ, कति लामा कान हुन्छन् भन्ने थाहा पाउँदैनन् । जनताले थाहा पाउनेगरि हामीले भन्ने कुरा चाहिँ के हो भने हाम्रो देश विकास हुनुपर्छ, यहाँ शुशासन हुनुपर्छ । भ्रष्टाचारको अन्त्य हुनुपर्छ र समृद्ध देश हुनुपर्छ । हरेक नेपालीले रोजगारी पाउने, खाने बस्ने ठाउँ पाउने हुनुपर्छ । हरेक नेपालीले खाना पाउनुपर्‍याे, लगाउन पाउनुपर्‍याे। बस्ने आवास पाउनुपर्‍याे । छोराछोरी पढाउन सक्ने अवस्था हुनुपर्‍याे । विरामी हुँदा औषधि उपचार पाउनुपर्‍याे, अकाल मृत्यु हुन भएन । र, सुविधा सम्पन्न जीवन बाँच्दै जान पाउनुपर्‍याे ।

    धेरै जटिल बनाउन आवश्यक छैन। हामीले छलफल गर्दा, केही सैद्धान्तिक, केही वैचारिक र केही परम्परागत शब्दावलीको प्रयोग गर्न सक्छौं । तर, जनताको बीचमा जाँदा त्यो भनेको के हो भनेर मुर्त चित्र हामीले कोर्न सक्नुपर्छ । जनतालाई भन्नुपर्‍याे–बाटो बनाउनु पनि समाजवाद हो । पुल बनाउनु पनि समाजवाद हो । खानेपानी गाउँ–गाउँमा पुर्‍याउनु समाजवाद उन्मुख हो । स्कुल राम्रा बनाउनु समाजवाद उन्मुख हो । वेरोजगारी दिने होइन, रोजगारी दिने शिक्षा हो । कृषिको बजारीकरण हो ।

    प्रतिनिधि: दलाल पुँजीवादबारे थप ब्याख्या गर्दै यसविरुद्ध लडाइँ कसरी लड्ने भन्नेबारे प्रष्ट पार्नुपर्‍याे ।

    नेपालमा दलाल पुँजीवाद हावी भएको भन्दै ओलीले पछिल्लो समय आक्रामक टिपप्णी गर्ने गरेका छन् । नेपालका धनाढ्यले पैसा धेरै कमाउने तर कर कम तिर्ने गरेको भन्ने ओलीको टिप्पणीप्रति नेपालका एकमात्र अर्बपति विनोद चौधरीले असन्तुष्टि जनाएका थिए। ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि दलाल पुँजीवादबारे उल्लेख गरेका छन् । प्रतिनिधिले यसको थप व्याख्या गर्नुपर्ने र यसविरुद्ध कसरी पार्टी लड्ने भन्नेबारे पनि प्रष्ट पार्नुपर्ने सुझाव दिएका थिए। ओलीले यसको पनि जवाफ दिए । उनले पुँजीवाद के हो भन्नेबारे व्याख्या गरे तर त्यसविरुद्ध पार्टी यसरी लड्छ भन्नेबारे चाहिँ प्रष्ट पारेनन्।

    ओली: आज राष्ट्रिय पुँजीको विकास, बाह्यि दलाल पुँजी जो उत्पादनमुलक हुँदैन् । रोजगारी दिए पनि अत्यन्त सानो रोजगारी देला तर, रोजगारी मुलक हुँदैन । कमिसनमा बढ्ता जोड दिन्छ । कमिसन एजेन्टका रुपमा काम गर्छ। कानुन छल्छ । कालो धनका रुपमा काम गर्छ । र, त्यसले ब्युरोक्रेसी, राजनीति वा राजनीतिक तहरुलाई प्रयोग गर्छ । दुरुपयोग गर्छ । त्यसको आडमा आफ्नो अनुचित धन्धा चलाउँछ । अनुचित मुनाफाखोर, कालो धन्धा चलाउँछ । तिनीहरुले उत्पादन शक्तिहरुलाई सक्षम, सबल बनाउन, आत्मनिर्भर बनाउ मद्यत गर्दैन । त्यसले असमानताको खाडल बनाउँछ । प्रतिव्यक्ति आय, कूल ग्रास्थ उत्पादन हेर्‍याे भने देश धनी भयो भन्ने देखिन्छ । किनभने केही व्यक्तिका हातमा खर्बौं थुप्रिन्छ र बाँकी गरिब हुन्छन् । त्यसले एउटा नक्कली तथ्यांक खडा गर्छ । नक्कली चित्र खडा गर्छ देशको । देश गरिब हुन्छ तर त्यसले चित्र चाहिँ धनीको खडा गर्छ । हामीसँग हुँदै नभएको पैसा पनि हामीसँग छ कि जस्तो देखिन्छ । यो कृत्रिम कुरा हो । त्यो कृत्रिम अर्थतन्त्र हो।

    प्रतिनिधि: जबजको सान्दर्भिकता सकियो भन्ने धारणाको जोडदार खण्डन गर्नुपर्छ ।

    एमाले नेता घनश्याम भुसालले ओलीको राजनीतिक प्रतिवेदनमा जबजबारे गरिएको व्याख्यामा असहमति जनाउँदै छुट्टै लिखित प्रस्ताव अघि सारेका थिए । केन्द्रीय कमिटीमा प्रतिवेदनमाथि छलफल गर्दा भुसालले फरक मत राखेको भए पनि महाधिवेशनमा पनि त्यसको अस्तित्व थाहा पाइएन । भुसालले आफ्नो लिखित प्रस्तावमा जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्दान्त भन्नु अति हुने उल्लेख गरेका थिए। त्यसैलाई लक्षित गर्दै केही प्रतिनिधिले यसको खण्डन चलाउनुपर्ने माग गरेका थिए। जबज के हो र के होइन भन्नेबारे ओलीले जवाफ दिए । जबज कार्यक्रम र सिद्दान्त दुवै भएको ओलीको जवाफ थियो।

    ओली: अलिअलि अलमल पर्न खोजेको देखिन्छ–यो कार्यक्रम हो कि सिद्दान्त हो कि ? कार्यक्रम हो भने सिद्दान्त होइन, सिद्दान्त हो भने कार्यक्रम होइन। यो कार्यक्रम पनि हुन सक्छ, सिद्दान्त पनि हुन सक्छ । तर, यो सिद्दान्त पनि हो, कार्यक्रम पनि हो । यसभित्र दर्शनका पक्षहरु पनि छन्। पाइला सार्नु र हिँड्नु उही कुरा हो । पाइला सार्दै गरेर हामी हिँड्छौं, हिँड्दै जाँदा यात्रा हुन्छ । जबज कार्यन्वयनका सन्दर्भमा त्यतिबेला सैद्धान्तिक पक्ष नभएका होइनन् । पाँचौं महाधिवेशनमा मदन भण्डारीले कार्यक्रम प्रस्तुत गरिरहँदा त्याहाँ सैद्दान्तिक पक्ष नभएका होइनन् । तर, हामीले त्यसलाई कार्यक्रमका रुपमा त्यसलाई त्याहाँ प्रस्तुत गर्यौं‍ । छैटौंमा सिद्दान्तका रुपमा स्वीकार गर्यौं ।

    ओलीले जे टारे

    निर्वाचन प्रणालीबारे
    हालको निर्वाचन प्रणाली महंगो भएको भनेर धेरै जनप्रतिनिधिले आवाज उठाएका थिए । निर्वाचन बढी खर्चिलो भएकाले निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने धारणा धेरैको थियो। यस्तो आवाज गण्डकी प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी समूहबाट जोडदार रुपमा उठेको थियो । हाल नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचन प्रणाली बदलेर पूर्ण समानुपातिकमा जानुपर्ने आवाज उठाइरहेको छ। ओलीले भने यसबारे केही धारणा राखेनन्।

    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
    पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्नुपर्ने कुरा प्रतिनिधिले उठाएका थिए। विशेषगरि प्रदेश २ र जनवर्गीय संगठन समूहबाट प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीमा पार्टीले जोड दिनुपर्ने कुरा उठाइएको थियो । हुन त यसअघि पनि एमालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै वकालत गरेको थियो । तर, संविधान भनाउँदा कम्प्रोमाइज गर्नुपर्ने भएकाले एमालले यसलाई छाडेको थियो । पछिल्लो समय एमाले यसबारे खासै बोलेको सुनिन्न। ओलीले पनि यसमा मौन रहे ।

    एमसीसीबारे
    प्रतिनिधिहरुले अमेरिकी साहायता परियोजना एमसीसीबारे पनि कुरा उठाएका थिए। गण्डकी र कर्णाली प्रदेश समूहबाट एमसीसीबारे पार्टीको प्रष्ट धारणा हुनुपर्ने सुझाव आएको थियो । ओली यसबारे पनि मौन रहे । यद्यपि अन्य कार्यक्रममा ओलीले एमसीसीबारे सत्तारुढ दल नै नबोलिरहेको भन्दै एमाले यसमा अघि सर्न आवश्यक नरहेको बताउने गरेका छन् । सत्तारुढ दलको धारणा आएपछि एमालेले पनि आफ्नो धारणा तय गर्ने ओलीले बताउने गरेका छन् । सरकारमा रहँदा पनि ओली यसलाई पारित गर्ने पक्षमा थिए।

  • ‘चैतको महाधिवेशन नपर्खी कात्तिकमै प्रचण्ड-माधवले पार्टी फुटाउन खोजे, एमाले जोगाउने कार्यकर्तालाई धन्यवाद’

    ‘चैतको महाधिवेशन नपर्खी कात्तिकमै प्रचण्ड-माधवले पार्टी फुटाउन खोजे, एमाले जोगाउने कार्यकर्तालाई धन्यवाद’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत चैतमा महाधिवेशन गर्ने र नयाँ नेतृत्व हस्तान्तरण गर्ने भनिएकोमा प्रचण्ड-माधव समूहले कात्तिकमै आफूलाई हटाउने षडयन्त्रस्वरूप पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

    विधान महाधिवेशनको समापन समारोहमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले प्रचण्ड-माधवले पार्टी एकीकरणको बाटो छाडेर सत्ता गुटबन्दीमार्फत पार्टी ध्वस्त पार्न खोजेपछि आफूले जोगाएको बताए ।

    ओलीले भने, ‘चैतमा महाधिेशन गर्ने भनेको कात्तिकको अन्तिममा गएर अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन १३ पन्ने आरोपपत्र पेश गरियो । एकीकरणको बाटो छाटेर पार्टी ध्वस्त बनाउन खोजिएपछि पार्टी जोगाउन हामीले जे गर्‍यौं त्यो सही थियो । त्यो विकट स्थितिमा पार्टीलाई जोगाउन देशभरका कार्यकर्ता जो जो उभिनुभयो तपाईंहरूलाई धन्यवाद छ । यो पार्टी सग्लो रहनुको मुख्य हकदार तपाईंहरू हो ।

    एमालेको मुख्य दुश्मन को हो भन्ने प्रश्न उठेको भन्दै ओलीले जसले कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई बुझाए उनीहरू नै जनता र एमालेका दुश्मन भएको ओलीको भनाइ थियो ।

  • ओलीको प्रतिवेदन- माधव नेपालको योजना बुझेर बेलैमा छाड्नेलाई धन्यवाद (पूर्णपाठ)

    ओलीको प्रतिवेदन- माधव नेपालको योजना बुझेर बेलैमा छाड्नेलाई धन्यवाद (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका छन् ।

    विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको समेत बताएका छन् ।

    ५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।

    अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताएका छन् । कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड माधवले सुरूदेखि नै षड्यन्त्र गरेर नेकपा विभाजन गरेको आरोप लगाएका छन् ।

    ओलीको प्रतिवेदनको पूर्णपाठ यस प्रकार छ :-

  • सरकारले कार्यकर्ता भर्ती गर्न राजदूत फिर्ता बोलाएको ओलीको आरोप

    सरकारले कार्यकर्ता भर्ती गर्न राजदूत फिर्ता बोलाएको ओलीको आरोप

    रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको सरकारले नियुक्ति गरेका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । राजदूत फिर्ता गर्ने निर्णयले वैदेशिक सम्बन्ध बिग्रिने र देशको बेइज्जत हुने काम गरेको भन्दै उनले सरकारको आलोचना गरे ।

    नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले आफूहरुले राजदूतमा पार्टीका कार्यकर्ता नभइ वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशको लागि काम गर्न सक्ने व्यक्तिलाई पठाएकोे प्रष्ट्याए ।

    पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमाले सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गर्दै उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए ।

    वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाउँदै उनले सरकारले पार्टी कार्यकर्तालाई जागिर खुवाउनेवाहेक अरु केही काम गर्न नसकेको आरोप लगाए ।

    ‘हामीले कोभिडको भयावह अवस्थामा पनि तीव्र आर्थिक विकास गरेर जनतालाई विकासप्रति आशा जगाएका थियौँ’, उनले भने, ‘यो सरकारबाट कार्यकर्तालाई जागिर खुवाउन आयोग गठन गर्ने राजदूत फिर्ता बोलाउने बाहेक अरु काम भएको छैन ।’

    सरकारले कोभिडका कारण रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने कार्यक्रमप्रति व्यङ्ग्य गर्दै उनले भने, ‘५ लाखजना कसलाई १० हजार दिने ? ५ लाख माओवादी कार्यकर्तालाई १० लाख दिएर गरिबी घट्छ ?’

    उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए ।

    विकासको नेतृत्व, नाकाबन्दीको सामना र ज्येष्ठ नागरिकलाई गरेको न्यायले नै जनमत एमालेप्रति आकर्षित भएको जिकिर गर्दै उनी एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिए ।

    एमाले बाँकेका अध्यक्ष निरक गुरुङको सभापतित्वमा भएको भेलामा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरी, उपाध्यक्ष खेममान खड्का, मोहम्मद हारुन हलवाईलगायतले बोलेका थिए । ओलीले बुधबार नै बर्दियाको गुलेरियामा आयोजित भेलालाई सम्बोधन गरेका थिए ।

  • एमाले अध्यक्ष ओलीकाे हिसाबः पाँच सिट नजित्ने माओवादीलाई ३६ सिट दिएर गल्ती भयो

    एमाले अध्यक्ष ओलीकाे हिसाबः पाँच सिट नजित्ने माओवादीलाई ३६ सिट दिएर गल्ती भयो

    बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच सिट नजित्ने माओवादीसँग गठबन्धन गरेर ३६ सिट जिताउनु नै आफ्नो गल्ती भएको बताएका छन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले सर्पलेझैं दुध दिने हातलाई डसेको आरोप लगाए । भने, ‘जुन हातले दुध दिर्यौं, प्रचण्डले त्यहीं हात टोके ।’

    अध्यक्ष ओलीले पार्टी नफुटेको दाबी गर्दै दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको र उनीहरु कुहिएर झरेका पात भएको टिप्पणी गरे । ‘कुहिएको पात झरेर केही लछारपाटो लाग्दैन’ उनले भने ।

    ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको दाबी गरे ।

    अर्को पार्टीले निस्काशन गरेका व्यक्तिहरुको सनाखत लिएर नयाँ दल दर्ता गर्नु ज्यादती भएको ओलीले बताए । यस कार्यविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको बताउँदै ओलीले भने, ‘अदालतले फैसला गर्यो भने त यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

    ओलीले आफ्नो सरकारले गरेको काम देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको साहारामा सरकार ढालेको बताए । ओलीले जनादेशको सरकारलाई हटाएर परमादेशको सरकार बनेकाले लामो समयसम्म अहिलेको सरकारले पूर्णता पाउन नसकेको बताए ।

    अध्यक्ष ओलीले ‘देशको विकासका लागि पैसा नै नभएको बताउने कस्तो दरिद्रहरुको सरकार हो ?’ भनेर प्रश्न गरे । उनले भने, ‘हामी जानेवित्तिकै पैसा हुन्छ उनीहरु जाने वितिक्कै पैसा छैन । कस्तो दरिद्रहरुको सरकार बनेछ । मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले गरिबहरुलाई जग्गा दिने सुकुम्बासी आयोग खारेज गर्दछ । बनाउन नसक्ने तर भत्काउन विगार्न सक्ने कस्तो सरकार बनेछ ?’

  • सरकारलाई ‘ग्रहण’ को संज्ञा दिँदै ओलीले भने- त्यतातिर नहेर्नू, अशुभ हुन्छ

    सरकारलाई ‘ग्रहण’ को संज्ञा दिँदै ओलीले भने- त्यतातिर नहेर्नू, अशुभ हुन्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको मुख थुन्न सरकारले पदक बाँडेको टिप्पणी गरेका छन् ।

    मंगलवार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ सार्वजनिकीकरण कार्यक्रममा ओलीले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताएका हुन् । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरूले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

    ओलीले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए बाबा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदी इत्यादीलाई पनि वितरण गरिदिएको छ ति पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् ।’

    ‘म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजिवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’

    अध्यक्ष ओलीले गठबन्धनले आकांक्षीलाई २५ जनाभित्र समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणीगरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको ओलीको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोध गरे ।

    सरकारतर्फ हेरे अशुभ हुने तर्क गर्दै ओलीले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन । देशको बहुमुल्य समय बर्बाद भो । चिन्ता हो । दुरुपयोग भो चिन्ता हो ।’

    उनले पदकका आँखा हुन्थे र आँशु हुन्थे भने सर्माएर बरबर रुन्थ्यो भनेर व्यंग्य गरे । ‘धरधर रुन्थ्यो पदक । बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर । जान्ने हो भने मान्छेले होइन पदकले पनि विद्रोह गर्थ्यो’, ओलीले भने ।

  • संविधानको अतिरिक्त अपव्याख्याद्वारा अवरोध सिर्जना गरियो

    संविधानको अतिरिक्त अपव्याख्याद्वारा अवरोध सिर्जना गरियो

    सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।

    सात दशकको निरन्तर राजनीतिक संघर्ष र बलिदानको प्रतिफलस्वरूप जनताद्वारा निर्वाचित संविधानसभाले २०७२ साल असोज ३ गते जारी गरेको नेपालको संविधानप्रति आज हामी सम्मान व्यक्त गरिरहेका छौं ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति यस अवसरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । विभिन्न राजनीतिक आन्दोलनमा हामीलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति आदरभाव प्रकट गर्दछु ।

    हाम्रो संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र होइन, लोकतन्त्रप्रतिको हाम्रो अविचल निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको छ ।

    राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानूनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ ।

    संविधान जारी भएपछिको आम निर्वाचनद्वारा सरकारको नेतृत्व गर्ने जनादेश हाम्रो पार्टी नेकपा (एमाले)लाई प्राप्त भएको थियो । यस दौरानमा हामीले संघीयतालाई व्यवहारमा कार्यान्वयन र जनताका मौलिक हक सम्बन्धी कानूनहरुको निर्माण गर्याै ।

    संविधानले गरेको मार्गदर्शन अनुरूप देशको समृद्धि र जनताको सुखको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि विकासको गतिलाई तीब्रता दिन हामीले नेतृत्वदायी भूमिका खेल्यौँ ।

    पार्टीका नीति र कार्यक्रममा आधारित, घोषणापत्रमा उल्लेखित र निर्वाचनमा जनतासामु गरिएका प्रतिवद्धता पूरा गर्न हाम्रो परिकल्पनालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को रुपमा शुत्रबद्ध गरी त्यसलाई परिपूर्ण लोकतन्त्र (कम्प्रिहेन्सीभ डेमोक्रेसी)का रुपमा व्याख्या गर्यौं ।

    सबैलाई समान अधिकार, अवसरमा समान पहुँच, समानताको प्रत्याभूति, सामाजिक न्याय र सुरक्षा एवं सम्मानको ग्यारेन्टी सहितको परिपूर्ण लोकतन्त्र हाम्रो परिकल्पना र कार्यक्रमको सार हो ।

    समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले अथक मेहनतसाथ चालेका कदमले मुलुकमा विकास र समृद्धिको नयाँ आधारशीला खडा गरेको छ । अहिले नेकपा (एमाले)को भूमिका सत्तापक्षबाट प्रतिपक्षमा बदलिएको छ ।

    तथापि हामीले निर्माण गरेको समृद्ध नेपाल सुखी नेपालीको आधारशीलामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई हामी सफल हुन दिने छैनौँ । मुलुकको समृद्धि र जनताको सुख प्राप्तिको राष्ट्रिय आकाङ्क्षामाथि संविधानको गलत व्याख्या गरी खडा गरिएको अवरोध र षडयन्त्रलाई जनताको बलमा परास्त गर्न हामी सक्षम छौँ ।

    मुलुक र जनताप्रतिको हाम्रो निष्ठा र त्यसप्रतिको जनविश्वास हाम्रो अजेय शक्तिको स्रोत हो । मुलुकलाई विकास र समृद्धितर्फ लैजान हामीले खडा गरेको आधारभूमिको जगमा उभिएर हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेछौँ । राष्ट्रको यस आकाङ्क्षा प्राप्तिको संवाहक र नेतृत्वदायी शक्ति नेकपा (एमाले)को यस दूरगामी यात्रालाई जनताको स्नेह प्राप्त भइरहने छ भन्ने हाम्रो विश्वास छ ।

    जनताको बलिदानी संघर्षबाट प्राप्त यस संविधान जारी हुँदाका समयमा संविधानप्रति फरक मत राख्ने राजनीतिक दल एवं समूहहरू पनि नेकपा (एमाले)को नेतृत्वको सरकारले गरेका प्रयासका कारण राजनीतिको मूल प्रवाहमा सामेल भइसकेका छन् ।

    पृथकतावादको अभियान र राजनीतिक शक्ति प्राप्त गर्न हिंसाको नीति अवलम्बन गरेका शक्तिहरुलाई पनि हामीले संवैधानिक प्रवन्ध अनुरुपको अभ्यासमा सामेल गर्ने सफलता प्राप्त गरेका छौँ । हाम्रो पार्टीले नेतृत्व गरेकै सरकारले राष्ट्रिय सहमतिद्वारा संविधान संशोधन गरी कालापानी–लिपुलेक–लिम्पियाधुरा सहितको भूगोल नेपालको मानचित्रमा समावेश गरेको छ । संविधान निर्माणका बेलामा समेत प्राप्त हुन नसकेको सर्वसम्मत राष्ट्रिय अभिव्यक्ति नेकपा (एमाले)को नेतृत्वको सरकारले यस क्रममा निर्माण गरेको थियो ।

    हामीलाई जालझेलपूर्ण तवरले सरकारबाट हटाइएपछि गौरवपूर्ण यस राष्ट्रिय उपलब्धिलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिलाई जनताले चिन्हित गरिरहेका छन् ।

    हाम्रा ऐतिहासिक प्रयासले प्रमाणित गरेको छ– हामी मुलुकबाट गुमाइएको भूभाग फिर्ता गर्न प्रयासरत थियौँ र राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरिरहेका थियौँ ।

    मुलुकलाई विकासको तीव्र गतिमा अघि बढाएर नवविनर्माणको नयाँ युगको थालनी गरिरहेका थियौँ । जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा यस्ता युुगान्तकारी कामहरु भइरहेका बेला संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या-अपव्याख्याद्वारा यसमा अवरोध पुुर्याउने बिडम्बनापूर्ण अवस्था हामीले देख्यौँ र भोग्यौँ । यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम मात्र मात्र गरेन, संविधानप्रतिको जनताको आस्थामाथि समेत चोट लगाउन पुुग्यो ।

    नेकपा (एमाले) आफ्नो नेतृत्वको सरकारले राष्ट्रको समृद्धि र जनताको सुख हासिल गर्न गरेको नेतृत्वदायी भूमिका र सफलतालाई गर्वसाथ जनताको बीचमा राख्दै अघि बढ्न तत्पर छ । विविध अवरोधका कारण एमालेको नेतृत्वको सरकारले चाहेर पनि गर्न बाँकी रहेका कामलाई जनताबाट थप शक्ति हासिल गरेपछि पूर्णता दिने अठोट गरेको छ ।

    आफ्नो भूमिकाका बारेमा जनताको अदालतमा परीक्षित हुन नेकपा (एमाले) सदैव तत्पर छ । जनताकै अपार स्नेह र समर्थनबाट फेरि मुलुकको नेतृत्व गर्न हामी सफल हुनेछौँ । संविधानले सार्वभौमसत्तासम्पन्न तुल्याएका जनता नै हाम्रा जनार्दन हुन् । संविधान दिवसको यस पावन दिवसप्रति नेकपा (एमाले)को निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने संकल्प हो ।

    अन्त्यमा, कोभिड –१९ को महामारी र यसको सम्भावित तेस्रो लहरको खतरा कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै संविधान दिवसको यस महत्वपूर्ण अवसरलाई राष्ट्रिय दिवसका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान गर्दछु ।

    हाम्रो पार्टीले पनि आज (असोज ३ ) गते पार्टीका शीर्ष नेताहरु सहित संविधान दिवस तथा राष्ट्रिय दिवस आयोजना गरेको छ । संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन म सबैमा आग्रह गर्दछु ।

    (एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा जारी गरेको सन्देश)

  • अखिलका विद्यार्थीलाई ओलीको निर्देशन: पदको लडाइँ गरेर अहिल्यै प्रचण्ड–माधवजस्तो बन्न नखोज्नू (भिडिओ)

    अखिलका विद्यार्थीलाई ओलीको निर्देशन: पदको लडाइँ गरेर अहिल्यै प्रचण्ड–माधवजस्तो बन्न नखोज्नू (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन् ।

    शनिबार ललितपुरको च्यासलस्थित पार्टीनिकट अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले युवा भएकाले अहिले आफ्नो पहिचान स्थापना र क्षमता निर्माणमा लाग्नुपर्ने बताए।

    एउटै पार्टीमा रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पदको मात्रै कुरा गरेको भन्दै ओलीले भने– अहिले विद्यार्थी हुनुहुन्छ, पदको विवाद गरेर प्रचण्ड–माधव जस्तो हुनुभयो भने…!’

    ओलीले अहिल्यै पदको लोभमा नलाग्न निर्देशन दिए। मान सम्मानको कुरा गरेर प्रचण्ड र माधवले जहिले पनि पद मागेको ओलीले आरोप लगाए। उनले भने, ‘पद चाहियो भनेको छ। सम्मान चाहियो भनेको छ। अपमान भयो भनेको छ ।’

    ‘प्रचण्ड कम्युनिष्ट होइनन्, प्रतिगामीका पुच्छर हुन्’

    ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रका अध्यक्ष कम्युनिष्ट नभएको पनि टिप्पणी गरेका छन्। ‘प्रचण्डले आफूलाई कम्युनिष्ट भन्न सुहाउँछ ? नाम राखेर हुन्छ ?,’ ओलीले भने, ‘कुनै पनि हालतमा प्रचण्ड भन्ने मान्छे कम्युनिष्ट होइन, यसमा कुनै शंका छैन ।’

    त्यसपछि उनले माधव नेपालको आलोचना गरे। वामपन्थी सरकार ढालेर नेपालले देश र कम्युनिष्टविरुद्ध अपराध गरेको अरोप पनि ओलीले लगाए। ‘माधव नेपाल भन्ने मान्छे, जसले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न खोज्दै छन्,’ उनले भने, ‘अहिले हेर्नुहोस् त, वामपन्थी सरकार कसरी ढाले । प्रदेश सरकार ढाल्न खोज्दै छन्।’

    ओलीले थपे, ‘यिनले कम्युनिष्ट भन्न सुहाउँछ ? आफ्नै पार्टीको सरकार ढाल्न ‘फ्लोर क्रस’ गर्ने, कम्युनिष्ट सरकार ढालेर देउवाको सरकार बनाउने ।
    माधव नेपालले देश र कम्युनिष्टविरुद्ध अपराध गरेका छन् ।’

    ओलीले प्रचण्ड र माधव नेपाल प्रतिगामी भएकोसमेत आरोप लगाए। उनले भने, ‘प्रचण्ड र माधव नेपाल प्रतिगामी हुन, प्रतिगामीका पुच्छर हुन्।’

    चुनावमा माधव र प्रचण्डको पार्टीसँग कुनै तालमेल नुहने उनले घोषणा गरे।

  • ‘अहिलेका सत्ताधारी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, चुनावपछि पग्लिन्छन्’

    ‘अहिलेका सत्ताधारी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, चुनावपछि पग्लिन्छन्’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिएका छन् । उनले सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै चुनावपछि आइसका डल्ला बिलाएर जाने बताए ।

    ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन्,’ शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले भने, ‘डल्ला बाहिर राख्नेबित्तिकै बिलाएर जान्छन् ।’

    ओलीले १४ महिनापछि हुने चुनावबाट आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गर्दै ती सबै बिलाएर जाने बताए। उनले भने, ‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् । धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन्।’

    ओलीले यो सरकार अस्वभाविक विधिबाट बनेको बताए ।

  • ओलीको प्रश्न- एमालेमा अब माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?(भिडियाे)

    ओलीको प्रश्न- एमालेमा अब माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?(भिडियाे)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आवश्यकता अब पार्टीलाई नरहेको प्रष्ट पारेका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा आउनुस् भन्ने नेताहरूलाई नै प्रश्न गरे ।

    ओलीले भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छइन्जले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’

    सोही कार्यक्रममा अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेकी थिइन् । ओलीले आफूले कसैको जवाफ दिन नचाहेको भन्दै बेला बेला यस्ता कुरा आउने गरेकाले जवाफ दिएको बताए ।

    उनले भने, ‘आज कसैले यहाँ बोलेको रहेछ भने जवाफ दिएको जस्तो होला । तर, यो सवाल-जवाफ होइन । म घरमा थिएँ, कसैले बोलेको भए मैले सुनेको छैन । तर साथीहरुले बेला बेलामा भन्ने गरेका छन् । त्यसलाई जवाफ दिएको हो ।’

    साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको भन्दै ओलीले एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाए ।

    ओलीले भने, ‘नराम्रो नभनौं, प्रतिक्रियावादी काम माधव नेपालजीको नेतृत्वमा भयो, यो पार्टी सिध्याउन उहाँले कुनै कसर बाँकी राख्नुभएन ।’

  • ओलीको प्रश्न- शेरबहादुरको पछाडि लखरलखर गर्ने माधव नेपाललाई कसरी कामरेड भन्नु ?

    ओलीको प्रश्न- शेरबहादुरको पछाडि लखरलखर गर्ने माधव नेपाललाई कसरी कामरेड भन्नु ?

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको कटु आलोचना गरेका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले नेपाललाई ‘कामरेड’ भन्न नसकिने बताए ।

    एमालेलाई फुटाएर नेपालले विरोधी पक्षको पछिपछि कुदेको ओलीको आरोप थियो ।

    उनले भने, ‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कामरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कामरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कामरेड भन्छन् ? माधव नेपाल कामरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’

    ओलीले अगाडि थपे, ‘शेरबहादुर देउवाको पछिपछि लखरलखर गर्ने मान्छेलाई कामरेड भन्न मिल्दैन । जो पार्टी ध्वस्त गर्न लागेको छ, त्यो कामरेड हुँदैन ।’

    नेपालले एमाले नेतृत्वको सरकार छँदा सँधै असहयोग गरेको ओलीले गुनासो गरे ।

    ‘हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै सरकारको समर्थन गरेको सुन्नुभयो ? सरकारको प्रशंसामा एक शब्द बोलेको सुन्नुभयो ? यस्तो कुन्ठाग्रस्त मान्छेलाई तपाईंहरू कसरी कामरेड भन्नुहुन्छ ?’, ओलीले भने ।

  • स्थानीय तह : कुन जिल्लाका कति जनप्रतिनिधिले नेकपा एस रोजे (सूचीसहित)

    स्थानीय तह : कुन जिल्लाका कति जनप्रतिनिधिले नेकपा एस रोजे (सूचीसहित)

    काठमाडौं । संघीय संसदमा करिब प्रतिशत र प्रदेशसभामा करिब २३ प्रतिशत शक्तिसहित एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी स्थानीय तहमा पुग्दा भने १० प्रतिशतभन्दा तल खुम्चिएको छ । निर्वाचन आयोगले स्थानीय तहका नयाँ दल रोज्ने जनप्रतिनिधिको आधिकारिक विवरण दिइसकेको छैन ।

    जिल्लाबाट खामबन्दी पठाइएका विवरण अयोागमा पुग्ने क्रममा छन् । तर, विभिन्न जिल्लाका विवरणहरु यसअघि जिल्लागत र प्रदेशगतरूपमा आइरहेका छन् । नेपाल प्रेसले सातै प्रदेशका संवाददाताहरूमार्फत निकालेको विवरण र एमाले तथा नेकपा एसले आन्तरिक रिपोर्टिङ गरेका विवरण मिलेका छन् ।

    एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिालई नयाँ दल रोज्न निर्वाचन आयोगले गत भदौ २२ गतेसम्मको समय दिएको थियो ।

    एमालेबाट निर्वाचित देशभरका ७५३ स्थानीय तहका १४ हजार ७ सय १८ मध्ये १ हजार ४६३ जनाले नेकपा एस रोजेका छन् । यो भनेको समग्रमा करिब १० प्रतिशत हो ।

    स्थानीय तहमा एमाले विभाजनको ‘ट्रेन्ड’ हेर्दा पालिकाका प्रमुखभन्दा उप्रमुख धेरै र वडाध्यक्षभन्दा धेरै वडा सदस्यले नेकपा एस रोजेका छन् ।

    कार्यकारी तहमा रहेका धेरैले नेकपा एस नरोज्नुमा नजिकिँदो स्थानीय तहका निर्वाचअघि पार्टी छोडे चुनावमा जित्न सकिँदैन भन्ने मानसिकता रहेको देखिन्छ ।

    कुनै पनि पार्टीको संगठन निर्माण स्थानीय तहको पकडका आधारमा हुने भएकाले नेकपा एसका लागि स्थानीय तहको विभाजन उत्साहजनक नदेखिएको विश्लेषक विमल पोखरेल बताउँछन् ।

    प्रदेश २ को बलियो साथ, गण्डकीमा कन्तबिजोग

    नेकपा एसलाई प्रदेश २ बाट तुलनात्मकरूपमा बलियो साथ मिलेको छ । प्रदेशमा एमालेभन्दा ठूलो दल बन्न सफल नेकपा एसलाई स्थानीय तहमा पनि प्रदेश २ का ३३४ जना प्रतिनिधिको साथ छ, जुन करिब २८ प्रतिशत हो ।

    त्यसपछि कर्णाली प्रदेशबाट नेकपा एसलाई साथ छ । कर्णाली प्रदेशका ३ सय ४१ जनप्रतिनिधिले नेकपा एस रोजेका छन् जुन करिब २३ प्रतिशत हो ।

    नेकपा एसलाई बलियो साथ दिने प्रदेशमा सुदूरपश्चिम तेस्रो स्थानमा पर्छ । सुदूरपश्चिममा २०३ जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । यो करिब १३ प्रतिशत हो ।

    सु्दूरपश्चिम प्रदेशसभामा त नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । वागमती र लुम्बिनीमा नेकपा एसले अपेक्षित स्थानीय प्रतिनिधिको साथ पाउन सकेन ।

    गण्डकी प्रदेशमा भने नेकपा एस रोज्ने सबैभन्दा कम जनप्रतिनिधि छन् । त्यहाँका ४० जनाले मात्रै नेकपा एस रोजेका छन्, जुन तीन प्रतिशतभन्दा पनि तल हो ।

    जिल्लामा निल

    कतिपय जिल्लामा एकजनाले पनि नेकपा एमाले छाड्न नमान्दा नेकपा एस निल भएको छ । कुनै जिल्ला एकजना दुईजना वा पाँचजनाले मात्र रोजेका छन् । प्रदेश १ को सोलुखुम्बुमा एकजना सदस्यले समेत नेकपा एस नरोज्दा निल भएको छ भने ओखलढुंगामा जम्मा एकजनाले एमाले छाडेका छन् ।

    वागमतीबाट रसुवामा नेकपा एस निल भएको छ भने सिन्धुलीमा जम्मा एकजना वडा सदस्यले साथ दिएका छन् । सिन्धुपाल्चोकमा दुई जनामात्र एमाले छाड्नेमा छन् ।

    गण्डकीको लमजुङ, मनाङ र नवलपुरमा नेकपा एस निल भएको छ भने लुम्बिनीको गुल्मीमा पनि निल भएको छ । पाल्पा, पश्चिमनवलपरासी र कपिलवस्तुमा एक-एक जना सदस्यले एमाले छाडेका छन् । जनप्रतिनिधिहरूको विभाजन हेर्दा नेकपा एस जति तल पुग्यो त्यति कमजोर हुने देखिएको छ । यो भनेको मतदाताको तहसम्म पुग्दा नेकपा एसले ठूलो जनमत तलमाथि पार्न सक्दैन भन्ने हो तर एमालेलाई हराउन पुग्ने जनमत उसले निर्माण गर्न सक्छ कि सक्दैन ? यसका लागि पार्टीका कमिटीहरूमा पर्ने विभाजनको असरले मात्र निर्धारण हुनेछ ।

    आयोग भन्छ- एक साता लाग्न सक्छ

    नयाँ दल रोज्ने स्थानीय तहका जनप्रतिनिधिहरूको आधिकारिक विवरण सार्वजनिक हुन भने अझै एक साता लाग्न सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले नेपाल प्रेसलाई बताए ।

    अधिकारीले भने, ‘कतिपय दुर्गम जिल्लाबाट खामबन्दी विवरण आउन समय लाग्छ । बाटोहरू पनि बिग्रिएका छन् । सबै ठाउँबाट विवरण आइसकेपछि खोलेर हेरिन्छ र आयोगले निर्णय गरेर सम्बन्धित राजनीतिक दललाई जानकारी गराउँछ ।’

    प्रदेशसभाको हकमा प्रदेशसभा सचिवालयमा नयाँ दल रोजेका प्रदेशसभा सदस्यहरूको विवरण पठाइने र साविक दलको संख्या अद्यावधिक हुने आयोगले जनाएको छ । स्थानीय तहको हकमा भने सम्बन्धित राजनीतिक दललाई सूची उपलब्ध गराइनेछ ।

  • कांग्रेस आँट गरिरहेको छैन, माधव नेपालको पिउसो एमालेसँग मुकाबिलाको सपना देख्छ: ओली

    कांग्रेस आँट गरिरहेको छैन, माधव नेपालको पिउसो एमालेसँग मुकाबिलाको सपना देख्छ: ओली

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौं पुरानो पार्टी कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरिरहेको भए पनि भर्खरैको माधव नेपालको पार्टीले आफूहरूसँग मुकाबिला गर्ने सपना देखेको भन्दै व्यंग्य गरेका छन् ।

    मंगलबार पोखरामा आयोजित एमाले भेलालाई सम्बोधन गर्दै ओलीले चुनौती दिए, ‘कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन, माधव नेपालको पिउसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ ।’

    ओलीले एमाले सरकार र एमालेविरुद्ध पासो थाप्ने काम भएको र त्यसको अगुवाइ माधव नेपालले गरेको आरोप लगाए। ‘विभिन्न खालका काम भए नेकपा एमालेको सरकार ढाल्नला कागि,’ उनले भने, ‘यस देशमा लोकतन्त्र राम्रोसँग चल्न नदिनको लागि एमालेविरुद्ध चारैतिरबाट पासो थाप्ने काम भयो । त्यसको अगुवाइ माधव नेपाल भन्ने एकजना व्यक्तिले आगडि-आगडि हिँडेर गरे।’

    उनले प्रदेश-प्रदेश सरकार ढाल्न माधव नेपाल लागेको पनि आरोप लगाए । ओलीको थप टिप्पणी छ, ‘माधव नेपाल ब्रिगेकामात्रै होइन, पतन भइसके । माधव नेपालबिनाको एमाले अब राम्ररी अगाडि बढ्छ ।’

  • ‘यो जेठ २ को एमाले होइन नेकपाको निरन्तरता हो, प्रचण्डको हैसियत आधा माओवादीमात्र’

    ‘यो जेठ २ को एमाले होइन नेकपाको निरन्तरता हो, प्रचण्डको हैसियत आधा माओवादीमात्र’

    आज हाम्रो अवस्था हेरेर, मलाई आफ्नो अवस्था हेरेर भूपी शेरचनको मैन बत्तीको शीखा भन्ने कविता सम्झना आइराखेको छ । एकातिर सुहागरात सम्झिएर ओठमा मधुर मुस्कान पनि छ । अर्कातिर वैधव्यको दिन सम्झिएर सँगसँगै आँखामा आँशु पनि आइरहेको छ । मलाई त्यस्तै भएको छ ।

    निकै लामो समयको अन्तराल र जिकज्याकपछि थुप्रै साथीहरु केन्द्रीय कमिटीको यस बैठकमा सहभागी हुनुभएको छ । र, हामी एकताबद्ध ढंगले पार्टीलाई अगाडि बढाउने नयाँ संकल्पका साथ, नयाँ प्रतिबद्धता र अठोटका साथ यहाँ उपस्थित भएका छौं । यो ज्यादै खुशीको कुरा हो ।

    एकातिर हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधका अभिभाराहरु पूरा गर्न, आफूसामू उपस्थित चूनौतीहरुको सामना गर्न र आगामी विजययात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छौं । यो सुखद् स्थिति एकातिर छ ।

    केन्द्रमा, प्रदेशमा र पालिकाहरुमा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरुमा, जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरुमा आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नु भएको छ । यो दुखद कुरा हो । त्यसकारण मैले भूपी शेरचनको मैन बत्तीको शीखा कविता सम्झिएको हुँ ।

    अर्कातिर हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरु बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर, भावावेशमा, अकारण नयाँ पार्टी दर्ता गर्ने तहमा पुग्नुभएको छ । सैद्धान्तिक मतभेद भएर होइन, कसैले लखेटेर बस्न नसकेर होइन । सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला, अगाडि बढिरहेका बेला स्वार्थवश, केहीका स्वार्थका कारणले ।

    सबैका स्वार्थ म भन्दिनँ, केहीलाई त सेन्टिमेन्टमा ल्याइएको छ । केही मान्छेका स्वार्थवश । केहीका अंहकारवश, केहीका इर्स्यावश । एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म उहाँहरु पुग्नु भएको छ । आन्दोलनलाई नोक्सान पार्ने उद्देश्यका साथ, कति नोक्सान पार्न सकिन्छ, त्यतिसम्म नोक्सान पार्ने काममा लागिरहनुभएको छ । केन्द्रमा, प्रदेशमा र पालिकाहरुमा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरुमा, जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरुमा आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नु भएको छ । यो दुखद कुरा हो । त्यसकारण मैले भूपी शेरचनको मैन बत्तीको शीखा कविता सम्झिएको हुँ ।

    ०००

    आज हाम्रो भूमिका फेरिएको छ । हिजो हामी सरकारमा थियौं । हामी सही गन्तव्यतर्फ, सही बाटोबाट देशलाई नेतृत्व गरिरहेका थियौं । देशमा एउटा आशा र विश्वासको सन्देश प्रवाहित थियो । देशको विकास गर्न सकिन्छ, देशलाई अगाडि बढ्न/बढाउन सकिन्छ भन्ने विश्वास सञ्चार भइरहेको थियो । त्यस अवस्थामा हामीसँग झण्डै दुईतिहाइ थियो । हामीले कम्युनिस्ट आन्दोलनको लामो इतिहासका दुई धारहरुलाई एकीकृत गरेका थियौं । ७ मध्ये ६ वटा प्रदेशमा हाम्रा अत्यधिक बहुमतका सुदृढ सरकार थिए । पालिकाहरुमा हाम्रो एकछत्रजस्तै वर्चस्व थियो । सबैतिर लगभग दुईतिहाइको स्थितिका साथ हामी मुलुकलाई समाजवाद निर्माणको बाटोमा, समाजवाद उन्मुखताका साथ अगाडि बढाइरहेका थियौं ।

    तर दुर्भाग्य केही मानिसहरुको गैरजिम्मेवार प्रवृृत्ति र स्वार्थका कारणले पार्टीभित्र हुँडुलो मच्चाउने काम भयो । जसले आन्दोलनमा गम्भीर संकट पैदा भयो, पार्टी विभाजन भयो । केन्द्रीय सरकार ढालियो । विभिन्न प्रदेशका प्रदेश सरकार ढले । त्यस स्थितिबाट गुज्रिँदै हामी एउटा अन्तिम कित्ताकाटको स्थितिमा पुग्यौं । यस्तो हुनु हुने थिएन । पार्टीका उद्देश्यहरु सही छन् । पार्टीका नीति सही छन् । पार्टीका विचार सही छन् । पार्टीका कार्यदिशा सही छन् । पार्टीले लिएको बाटो सही छ । हाम्रा महाधिवेशनहरुले र हामीले एकता एकीकरण गर्दा सबै परिस्थितिहरुमा हाम्रो उद्देश्य, हाम्रो गन्तव्य, हाम्रो कार्यदिशा, हाम्रो बाटो, यी सबै विषयमा हामीले गहन छलफल गरेका थियौं । र, हामी सही अडान राखेर अगाडि बढेका छौं । यसरी हाम्रो पार्टी संगठनात्मक आकारमा देशको सबैभन्दा ठूलो, प्रभावमा व्यापक, विचारमा अतुलनीय ढंगले सही, व्यवहारमा प्रभावकारी र सफल, जनतामा व्यापक भरोसा र विश्वास गरिएको पार्टीको रुपमा आज पनि स्थापित छ ।

    हामीलाई सिध्याउने दुष्प्रयासका बावजुद, यी सबै परिस्थितिमा आएका परिवर्तनका बावजुद आज पनि हामी देशको प्रमुख पार्टी हौं । कम्युनिष्ट आन्दोलनको मूलधार मात्रै होइन । कम्युनिष्ट आन्दोलनको त मूलधार छँदैछ । नेपालको लोकतान्त्रिक आन्दोलन, नेपालको राष्ट्रिय आन्दोलन, नेपालको राजनीतिक आन्दोलन, नेपालको विकासको अभियान यी सबैको नेतृत्वकर्ता, मूल प्रवाह, मूलधार यही पार्टी हो । यसैको विचारको सेरोफेरोमा, यसैको विरोध वा समर्थनमा, यसैका नीतिहरुको थपघट, काँटछाट गरेर अरु पार्टीहरु चल्न बाध्य छन् । तसर्थ, हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मूलधार हो । राष्ट्रिय राजनीतिको मार्गदर्शक पार्टी हो ।

    हामीले अन्तरविरोधलाई चर्काउँदै लाने होइन, अन्तरविरोधको समाधान गर्दै लाने हो । हामी आन्दोलनका पनि समस्या होइनौं, हामी पार्टीका पनि समस्या होइनौं । हामी समस्याको समाधान हौं । हामी कहीँ समस्या आइपर्‍यो भने त्यसको समाधान दिन्छौं । हाम्रो नीति त्यो हो । हामी समस्या बन्दैनौं, समाधान दिन्छौं ।

    यो जनताका हितहरुको, राष्ट्रिय हितहरुको एकलौटी एकाधिकार, उत्तराधिकारी र एकलौटी जिम्मेवार पार्टी हो । तसर्थ, हाम्रो काँधमा अत्यन्त गहन जिम्मेवारी रहेको छ । त्यो जिम्मेवारी हामी वैचारिक स्पस्टताका साथ, त्यो वैचारिक स्पष्टतामा आधारित, सुदृढ पार्टी एकताका साथ, अत्यन्तै अनुशासित पार्टीका साथ र गतिशील ढंगले अगाडि बढेर सही विचार, सही बाटो, सही कार्यदिशा, सशक्त, व्यापक, सुदृढ र अनुशासित, गतिशील संगठनको बाटोबाट मात्रै पूरा गर्न सक्छौं । विभिन्न पेशा, वर्ग, समुदाय, विभिन्न भूगोल, जहाँसुकै रहेका, भएका भए पनि जनतालाई संगठित गर्दै अगाडि बढेर मात्रै हामी हाम्रा अभिभाराहरु पूरा गर्न सक्छौं ।

    तसर्थ, हामीले अत्यन्तै अप्ठ्यारो, असहज अवस्थामा पनि सदैव एकतामा जोड दियौं । विभाजन होइन, एकता । अनेकता होइन, एकता । हामीले अन्तरविरोधलाई चर्काउँदै लाने होइन, अन्तरविरोधको समाधान गर्दै लाने हो । हामी आन्दोलनका पनि समस्या होइनौं, हामी पार्टीका पनि समस्या होइनौं । हामी समस्याको समाधान हौं । हामी कहीँ समस्या आइपर्‍यो भने त्यसको समाधान दिन्छौं । हाम्रो नीति त्यो हो । हामी समस्या बन्दैनौं, समाधान दिन्छौं । वैचारिक ढंगले समाधान दिन्छौं, बाटो दिन्छौं । सांगठनिक ढंगले समाधान दिन्छौं, आन्दोलनका ढंगले, संगठनका ढंगले समाधान दिन्छौं । विकासका ढंगले समाधान दिन्छौं । देशभक्तिका ढंगले हामीले समाधान दिन्छौं । हामी सामाजिक न्याय र समानताका प्रश्नहरुमा समाधान दिन्छौं । यसरी हामी हाम्रा काममा अगाडि बढ्छौं ।

    आज मलाई खुशी लागेको छ, हामी सबै यस ठाउँमा उपस्थित भएका छौं । हामीमा हिजो अन्तर्विरोध रहेका होलान् । हिजो मनमुटाव भए होलान्, हिजो खटपट भए होलान् । ती कुराहरुको समीक्षा कालान्तरमा गएर गरिन्छ । भोलि कुनै उपयुक्त समयमा त्यसको समीक्षा गरौंला । हिजोका कुरा सम्झिएर हामीले हाम्रा आजका अभिभारा बिर्सने काम गर्नु हुँदैन । हामी भित्रका समस्या सम्झिएर बाहिरका समस्या समाधान गर्ने प्रश्नलाई नजरअन्दाज गर्न हुँदैन । त्यसकारण यतिबेला हाम्रा निम्ति महत्वपूर्ण कुरा छ– एकता । त्यसकारण हामीले एकतालाई कसरी सबल, सुदृढ गर्न सक्छौं, त्यो कुरामा ध्यान दिनुपर्छ ।

    ०००

    अर्को कुरा, म एकपटक फेरि सम्झाउन चाहन्छु– केन्द्रीय कमिटीको बैठकमा, हामी विभिन्न पृष्ठभूमिबाट आएका छौं । नेकपा (एमाले)को पृष्ठभूमिभित्र थुप्रै पृष्ठभूमि छन् । केके पृष्ठभूमि छन् छन् । अनेक पार्टी छोडेर आएका छौं, अनेक पार्टी परित्याग गरेर आएका छौं । अनेक समूह नै लिएर आएका छौं । समूह नै मिलेका छौं । र, नेकपा एमाले बनेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम थियो । पार्टी एकीकृत थियो । कहिले कहिले मान्छेलाई झुक्याउनका लागि पनि कसैले एकीकृत नाम राख्छन् । जस्तो हिजो नक्कली सनाखत भएको माधब नेपालद्वारा नेतृत्व गरिएको भनिएको अवैध पार्टीको नाम पनि एकीकृत राखेका छन् । सकेसम्म फुट्ने, नामचाहिँ एकीकृत राख्ने ।

    त्यसैगरी विभिन्न समूह मिलेर माओवादी केन्द्र बनेको, टुटफुट आदिका बीचबाट एकता हुँदै र अन्तिम किस्ता हामीले पार्टीलाई एकताबद्ध बनाएर लग्यौं । यो पार्टी एउटा सुदृढ पार्टी, नेपालीव्यापी पार्टी हो । म देशव्यापी मात्रै भन्दिनँ । जहाँ नेपाली छन्, यो पार्टी ती सबै ठाउँमा छ । यो पार्टी देशको भूगोल भित्र मात्रै सीमित छैन । जहाँ नेपाली पुगेका छन्, त्यहाँ यो पार्टी छ । लगभग १५ प्रतिशत नेपालीहरु देश बाहिर छन् । तीमध्ये अधिकांश नेपालीहरु खासगरी युवाहरु छन् ।

    अर्को न्यूनतम रुपमा गाउँठाउँबाट गएका भए पनि त्यहाँ पुगेपछि अलिकति भए पनि उनीहरु आइटी फ्रेण्डली भएका छन् । आधुनिक प्रविधिको प्रयोग गर्न जान्ने भएका छन् । कामको स्केल अलिक बुझेका छन् । त्यस्तो खालको जनशक्ति देशबाहिर छ । त्यो जनशक्तिमा पनि नेकपा एमाले एउटा मजबुत शक्तिका रुपमा छ । हामीले आजको नेकपा एमाले भन्दा माओवादी केन्द्रसहित मिलेको २०७५ जेठ ३ गते विभिन्न धारबाट मिल्दै आएका दुईवटा प्रमुख कम्युनिष्ट पार्टीहरु मिलेर बनेको पार्टीलाई बुझ्नु पर्छ । तिनका आफ्ना आफ्ना हैसियत हुँदा हुन् । ती दुईवटा पार्टी मिलेर एउटा एकीकृत पार्टी बनेको थियो । नाम हामीले एकीकृत राखेनौं । नाम राख्दा एकीकृत हुने होइन । हाम्रो पार्टी एकीकृत थियो, नाम एकीकृत थिएन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम थियो । पार्टी एकीकृत थियो । कहिले कहिले मान्छेलाई झुक्याउनका लागि पनि कसैले एकीकृत नाम राख्छन् । जस्तो हिजो नक्कली सनाखत भएको माधब नेपालद्वारा नेतृत्व गरिएको भनिएको अवैध पार्टीको नाम पनि एकीकृत राखेका छन् । सकेसम्म फुट्ने, नामचाहिँ एकीकृत राख्ने । सकेसम्म फाटोवादी नीति लिने, तर नाम उच्चारण चाहिँ एकताको गर्ने । एकताको सम्भावना सिध्धिएको छैन, भोलि पनि हामी एकता गर्न सक्छौं भन्ने । तिनका ती ढाँट कुराहरु हुन् ।

    एकीकरण असफलतामा टुंगिएर माओवादी केन्द्र राजनीतिक हिसाबले प्रचण्डसँग गएको होइन । एकीकरणमा भएका साथीहरु यही पार्टीमै रहनु भयो । एकीकृत पार्टीमै रहनु भयो । एकीकरणको सिलसिला जारी नै रह्यो र यस पार्टीको नाम दुईवटा मिलेर फेरि नयाँ नाममा दर्ता नभएको हुनाले यसको नाम साविककै नेकपा एमाले भयो ।

    वास्तवमा नेपालमा कम्युनिष्ट आन्दोलनभित्र विभाजन आउनु दुखद कुरा थियो । यो विभाजन अहिले होइन, हामी यहाँ उपस्थित प्रायःसबैले राजनीति सुरु गर्नुभन्दा अगाडि यो विभाजन भइसकेको थियो । हामी राजनीतिमा लाग्नुभन्दा अगाडि यो विभाजन सुरु भइसकेको थियो र विभाजन भइराखेको थियो । त्यस विभाजित आन्दोलन भित्रबाट हामी उम्रियौं । हामीले राजनीति गर्न थाल्यौं । हामीले संगठन निर्माण, विस्तार र एकीकरण गर्न थाल्यौं र यस ठाउँमा ल्याइपुर्‍यायौं । हामीले पार्टी एकतालाई सुदृढ गर्दा र हामीभित्र हिजो देखापरेका समस्या समाधान गर्दा ०७५ जेठ ३ गते भएको पार्टी एकीकरणलाई कायमै राखेका हौं । केही मान्छेले पार्टीलाई विभाजित गरे । एकीकरण हामीले छोडेका होइनौं, हामीले तोडेका होइनौं । पार्टी कब्जा गर्ने केही मान्छेहरुको नियतले पार्टी विभाजन भयो । पछि २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले अर्कै पार्टीको नाममा नाम दर्ता भएकोले दर्ता खारेज हुने ठहर्छ, दर्ता बदर भयो भनेर भन्यो ।

    हामी सबैलाई थाहा छ– दर्ता बदर भएपछि सर्वोच्च अदालतले भन्यो दर्ता बदर भयो, यसकारण अब नयाँ नाम लिएर दर्ता गर्न समय दिनु भनेर निर्वाचन आयोगलाई आदेश दियो । निर्वाचन आयोगले हामीलाई समय दियो । यदि एकताबद्ध भएरै जाने हो भने किन प्रयास नगर्ने भनेर हामीले प्रयास ग¥र्यौं, आग्रह ग¥यौँ । तर, अदालतको फैसलाका कारण पार्टी तोडफोड भएको थिएन । पार्टी कब्जामा लिने केही मान्छेको बदनियतका कारण पार्टी फुटेको थियो । हामीहरु वस्तुतः विभाजित भइसकेका थियौं । त्यो विभाजित स्थितिमा एकताबद्ध हुने हो भने नयाँ नामका साथ फेरि दर्ता गर्नू भन्ने अदालतको आदेश अनुसार हामीले दर्ता गर्न कोसिस गर्‍यौं । तर दर्ता गर्न सकिएन । अर्को पक्षले नमानेपछि कसरी दर्ता हुन्छ ? एकीकृत पार्टी फेरि नयाँ नाममा दर्ता भएन । केही मान्छेहरु एकीकृत पार्टीबाट चोइटिएर गए । कानूनी हिसाबले प्रचण्डले नेकपा माओवादी केन्द्रको नाम पाउनु भयो । तर एकीकरण असफलतामा टुंगिएर माओवादी केन्द्र राजनीतिक हिसाबले प्रचण्डसँग गएको होइन । एकीकरणमा भएका साथीहरु यही पार्टीमै रहनु भयो । एकीकृत पार्टीमै रहनु भयो । एकीकरणको सिलसिला जारी नै रह्यो र यस पार्टीको नाम दुईवटा मिलेर फेरि नयाँ नाममा दर्ता नभएको हुनाले यसको नाम साविककै नेकपा एमाले भयो । हामीले जेठ २ मा फर्किने भनेको वस्तुतः त्यो हो ।

    हामी जेठ २ मा फर्कियौं । अथवा जेठ ३ मा भने पनि हुन्छ । एकीकरण पूर्वको स्थितिमा जेठ २ भन्नुस्, जेठ ३ भन्नुस् त्यस स्थितिमा फर्कियौं पार्टीगत हिसाबले । यो कानूनी प्रश्न हो । यस कानूनी प्रश्नलाई गलत ढंगले बुझेर हामी एकीकरणको त्यो सिलसिला भुल्न वा अस्वीकार गर्न सक्दैनौं । त्यस एकीकरणलाई कायमै राख्न प्रतिबद्ध कमरेडहरु, त्यसवापत माओवादी केन्द्रको नाम र वैधानिकता जसले प्राप्त ग¥यो, उसले गरेका दण्ड, सजाय, निष्काशन, कारबाही र त्यसबापत भोग्नु परेका सबै भोगेर आउनु भएको छ । सांसदबाट हट्नु भएको, निष्काशन हुनुभएको छ र कतिपय मन्त्रीबाट राजीनामा दिएर आउनु भएको छ । कतिपय साथीहरु प्रदेशसभा सदस्यबाट निष्काशित हुनु भएको छ । त्यसकारण यस परिस्थितिमा एउटा भोगाइका साथ, फेरि पनि बलिदानका साथ एकीकरणलाई निरन्तरता दिइएको छ । यो कानूनी प्रश्न होइन, राजनीतिक प्रश्न हो । एकीकरणलाई हामीले निरन्तरता दिएका छौं ।

    यतिबेला एकीकरणलाई निरन्तरता दिने प्रश्नमा अझ एकीकरणको भावनालाई सही ढंगले व्याख्या गरेर हामीले माओवादी केन्द्र भनेर भुलबश प्रचण्डका पछाडि जानु भएका साथीहरुलाई पनि फर्काउनु पर्छ । एकीकरणमै फर्काउनु पर्छ । उहाँहरुलाई ल्याउने होइन, फर्काउने हो । प्रचण्डले उहाँहरुलाई झुक्याएर धोका दिएर लैजानु भएको छ । त्यसकारण उहाँहरुलाई हामीले फर्काउनु छ ।

    हामीले अस्तिका दिन पनि स्थायी कमिटीबाट एउटा वक्तव्य दियौं । भ्रमवश विभाजन र नयाँ दल दर्ता र सनाखतमा जानु भएका साथीहरु हुनुहुन्छ । त्यो दर्ता सदर पनि हुँदैन । किनभने त्यो धोकापूर्ण रुपमा अध्यादेशमार्फत ल्याइएको कानूनसम्मत पनि छैन । यदि कानून हेर्ने हो भने, यदि न्याय हेर्ने हो भने, यदि लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने हो भने त्यो वैध छैन, तर लोकतान्त्रिक मूल्य मान्यता सरकारले छोडिसकेको छ । यदि त्यसलाई अलिकति पनि पछ्याउने हो भने यो दर्ता सदर हुन सक्दैन । त्यतातिर भ्रमवश लागेका साथीहरुलाई भन्न चाहन्छु– त्यहाँ के छ उद्देश्य ? माधब नेपालको अहंकार बाहेक, माधब नेपालको पदलोलुपताबाहेक अरु के छ त्यहाँ ? के विचार छ ? के उद्देश्य छ ? विरोधीसँग मिलेर आफ्नो पार्टीमाथि प्रहार गर्ने त्यो व्यवहार, गलत मनसाय, गलत नीति र गैरजिम्मेवार तरिका बाहेक के कुरा छ त्यहाँ ? केही पनि छैन । कुनै नीति, उद्देश्य केही छ ? केही पनि छैन ।

    त्यसकारण त्यहाँ भ्रमवश गएका साथीहरुलाई पनि हामीले फर्किनुस् भनेर आह्वान गरेका छौं । हामीले सुनिश्चित गरेका छौं कि कसैप्रति भेदभावपूर्ण व्यवहार गरिने छैन । हिजो भएका कमीकमजोरी, गल्ती, त्रुटीहरुका कारणले कसैप्रति भेदभाव वा पक्षपात गरिने छैन । हिजोका ती कुराहरुलाई विषय बनाएर कारबाही गरिने छैन । हाम्रो पार्टी महान् उद्देश्य बोकेको पार्टी हो । त्यसकारण यस पार्टीले त्यो महान् उद्देश्य, महान अभिभारा बहन गर्ने, त्यसका निम्ति आफ्ना अगाडिका वास्तविक चूनौतीको सामना गर्नु पर्नेछ । यस्तो बेलामा अभिभारातर्फ ध्यान नदिएर, चुनौतीको सामना छोडेर, आपसमै कसलाई के गर्ने, कसलाई के गर्ने आदि कुराहरुतर्फ हामी जान थाल्यौं भने त्यसले हामीलाई राम्रो गर्दैन । त्यसकारण हामी उहाँहरुलाई फर्किन आग्रह गरिरहेका छौं ।

    ०००

    अर्को कुरा, म कमरेडहरुलाई भन्न चाहन्छु– पार्टी विधिविधान, अनुशासन अन्तर्गत चल्दैन भने पार्टी रहँदैन । बजारमा जम्मा भएका मान्छेजस्तै एउटाको माछा किन्ने उद्देश्य छ, अर्काको माछा बेच्ने उद्देश्य छ । अर्को दही किन्न जान्छ, अर्को बेच्न जान्छ । अर्को मूला किन्न जान्छ, अर्को साडी किन्न जान्छ, अर्को टोपी किन्न जान्छ, अर्को जुत्ता चप्पल किन्न जान्छ । तिनका उद्देश्य फरक फरक छन् । बेग्लाबेग्लै पसलमा जान्छन्, बेग्लाबेग्लै सामान किन्छन् । बेग्लाबेग्लै मूल्य तिर्छन् । तिनीहरुको कुनै पनि एउटै सरोकार हुँदैन । खाली सामान बेच्नेलाई बेच्नु छ, किन्नेलाई किन्नु छ । बजारमा मान्छे धेरै हुन्छन् तर कुनै संगठन हुँदैन । यदि हामी विधानमा गएनौं, नीतिमा गएनौं, विधिमा गएनौं, अनुशासित ढंगले चलेनौं भने पार्टी पार्टी हुँदैन । त्यो हाटबजार हुन्छ । तसर्थ हामीले पार्टीलाई पार्टीको रुपमा चलाउनु पर्छ ।

    त्यसकारण हामीले केही दिन अगाडि १४ जनालाई कारबाही गर्‍यौं । हामीले थाहा पायौं– यो घट्दै गएर २० प्रतिशतमा पुग्छ । हामी हेरिराखेका छौं त्यतातिर । हामीले ‘म्याग्निफायर’ लगाएर हेरिराखेका छौं । त्यहाँ के भइराखेको छ भन्दा अन्तिममा हाम्रो पार्टी फुटाउनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भन्ने प्रावधान अध्यादेशमा ल्याइयो । त्यसैकारण हामीले त्यसमा पनि ध्यान दिएका हौं । पार्टी फुट्न नपाओस्, पार्टी फुटेन भने हामीले भोलि अरु हिसाबले व्यवस्थापन गर्न सक्छौं, जोगाउन सक्छौं । यसर्थ जोगाउने बाटोमा हामी लाग्यौं, पार्टी फुट्न नदिने बाटोमा हामी लाग्यौं । हामीले कारबाही गर्‍यौं । तर सभामुखले आफूले गरिरहेको अभ्यास र कानुनलाई लत्याएर हामीले गरेको कारवाहीको सूचना दिन मानेनन् । टोपबहादुरजी यहीँ हुनुहुन्छ, लेखराज भट्टजी यहीँ हुनुहुन्छ । उहाँहरुलाई र प्रभु साहजीहरुलाई कारबाही गर्दा हतार हतार सूचना जारी गर्नुपर्ने । तर, नेकपा एमालेजस्तो देशको प्रमुख पार्टीले कारवाहीको सूचना दिंदा सभामुखले संवैधानिक दायित्व वहन नगर्ने बाटो अपनाए ।

    नेकपा (एमाले) प्रमुख प्रतिपक्ष मात्रै होइन, संसद्को सबैभन्दा ठूलो पार्टी पनि हो । हिजो नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष थियो । हामी नेपाली काँग्रेसजस्तो कानुनी रुपमा प्रमुख प्रतिपक्षको हैसियतको मात्रै पार्टी होइनौं । देशकै प्रमुख राजनैतिक शक्ति, प्रमुख पार्टी हौं । त्यस हिसाबमा पनि हामी प्रमुख प्रतिपक्ष मात्र होइनौँ, सबैभन्दा ठूलो पार्टी पनि हौं । तर, यस्तो पार्टीले गरेको कारबाही ७ दिनसम्म उनले अल्झाएर राखे, त्यसपछि दाँत दुखेको छ भने । दाँत दुखेर निर्वाचन आयोगमा गोलमोटल भाषाको पत्र लेख्न सकिन्छ, तर कारवाहीको सूचना टाँस्न सकिन्न ? सचिवहरुले सूचना टाँसौं कि क्या हो हजुर भन्दा सभामुखले ‘अँ’ भन्दिए पुग्ने ठाउँमा दाँत दुखेर त्यति पनि भन्न सकेनन् ? त्यति गर्नुपर्ने ठाउँमा सभामुखले किन रोकिराखेका छन् ? सभामुखले आफ्नो सभामुखीय पदको मर्यादा कायम गरेका छैनन्, हैसियत कायम राखेका छैनन् । सभामुखको पदले पालना गर्नुपर्ने, कायम राख्नु पर्ने निष्पक्षता कायम राखेका छैनन् । अर्थात् उनी सभामुख हुन योग्य छैनन् भन्ने देखिन्छ । यसको प्रतिबिम्व, यसको असर आगामी दिनका संसदीय बैठकहरुमा देखिने छ । किनभने यो धेरै सिरियस कुरा हो । सभामुखले मनपरी गरेर चल्छ ? मनपरी गरेर पेलेर चलाउँछु भन्ने सभामुखको हैसियत होइन । एउटा पार्टीको बफादार कार्यकर्ता भएर, एउटा पार्टीको स्वार्थका निम्ति मरिमेटेर नाङ्गो नाच गर्ने र अर्को पार्टी प्रतिपक्षका विरुद्ध, त्यही संसदमा उपस्थित प्रमुख पार्टीका विरुद्ध वैरभाव राखेर, त्यसलाई विभाजन गर्ने षड्यन्त्रमा सामेल हुने काम सभामुखले गर्छ भने यो अत्यन्तै खेदजनक कुरा हो । नेपालको संसदीय व्यवस्थाप्रति, नेपालको लोकतान्त्रिक प्रणालीप्रति वैरभाव राख्ने र यसलाई कमजोर पार्ने खेल हो । यसरी संसद् चल्नै सक्दैन र संसदीय प्रणालीको भविष्य पनि खतरामा पर्छ । संसद् चल्न नसक्ने विन्दुमा पुर्‍याएर समाप्त पार्ने उहाँको यो षड्यन्त्रपूर्ण व्यवहार वास्तवमै निन्दनीय छ । उनको यो व्यवहार वास्तवमै भत्र्सनायोग्य छ । यो अहिले सिद्धिने विषय होइन । यो व्यवहार पछि पनि प्रकट भइरहन्छ र यसको प्रतिक्रिया पनि प्रकट भइरहन्छ । यो अलिक परैसम्म जान्छ ।

    कमरेडहरु, हामी अलोकतान्त्रिक बाटो हिँड्दैनौं, अशान्तिको बाटो हिँड्दैनौं, हामी असंवैधानिक, विधिहीन बाटो हिँड्दैनौं । विश्वले, दुनियाँले, संयुक्त राष्ट्रसंघले मानेका स्थापित विश्वव्यापी रुपमा स्वीकृत, उच्चतम सिद्धान्त र मूल्य मान्यताका आधारमा हामी अगाडि बढ्छौं ।

    कमरेडहरुलाई थाहा छ– हाम्रो पार्टी विभाजन गर्नका लागि चलिरहेको अधिवेशन राती १२ बजे अन्त्य हुन्छ । ७ दिनपछि सरकारले यो गर्छ, त्यो गर्छ भन्ने आदेश दिने । ७ दिन पछि म अधिवेशनमा यहाँ यो ल्याउँछु, त्यो ल्याउँछु भन्ने र एक महिनामा यो गरिन्छ, एक महिनामा विधेयकहरु पास गरिन्छ, यो विधेयक पास गर्न पर्नेछ भनेर न्यूनतम साझा कार्यक्रम, यसै संसदबाट यो यो गर्ने भनेर ल्याउने र अचानक एकछिन्पछि सदन बन्द गरिदिने । १२ बजे राती सदन बन्द हुन्छ, भोलि बिहानै अध्यादेश तयार भएर राष्ट्रपतिकहाँ पठाइन्छ । भनेपछि यो पुरानो षड्यन्त्र हो भन्ने स्पष्ट छ । संसद छलेको र संसद छलेर अध्यादेशले कुशासन चलाउन खोजेको हो भन्ने यसले देखिन्छ । शासन चलाउन खोजेको देखिँदैन । यो नेपालमाथि, नेपाली जनतामाथि, नेपाल राष्ट्रमाथि कुशासन लाद्न खोजेको हो । यो उद्देश्यहीन, दिशाहीन, गन्तव्यहीन, स्वार्थी तत्वहरुको गठजोडले नेपाली जनतामाथि अध्यादेशमार्फत कुशासन लाद्न खोजेको हो ।

    सदन नचलिरहेका बेला तत्काल देशका लागि, जनताका लागि केही परेमा, केही आकस्मिक रुपमा गर्न परेमा अध्यादेशको बाटोबाट कानून निर्माण गरिन्छ । त्यो संवैधानिक प्रश्न हो । सरकारलाई त्यो अधिकार छ, तर अधिवेशन नचलेका बेला तत्काल देशका लागि केही गर्न पर्ने भएमा । यो अपराधी गठनबन्धले नेकपा एमाले फुटाउनका लागि अध्यादेश ल्यायो । के यो देशका लागि अपरिहार्य आवश्यकता हो ? कि उनीहरुको आपराधिक उद्देश्यको लागि हो ? त्यसकारण यो अपराधिक कुकृत्य हो । देशको आवश्यकता होइन, जनताको आवश्यकता होइन । यो षड्यन्त्रपूर्ण कुरा हो । यसबाट हामी कस्तो घेराबन्दीमा छौं भनेर बुझ्न सकिन्छ । यो ‘नयाँ पार्टी’ यत्तिकै फुट भनेर दर्ता गर्न गएका छैनन् । त्यसका पछाडि राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरुको ठूलो चलखेल छ, भूमिका छ । यो कुरा हामीले बुझ्नु पर्छ । यहाँ ठूलो चलखेल छ, ठूलो भूमिका छ ।

    ०००

    नेपालमा कम्युनिष्ट आन्दोलन आश्चर्य लाग्दोगरी चुनावको माध्यमबाट, एकता एकीकरणको बाटोबाट, जनताको पवित्र अभिमतद्वारा, जनादेशद्वारा दुईतिहाइका साथ सरकारमा पुग्छ । जनविश्वासद्वारा कम्युनिष्ट आन्दोलन देशैभर एकछत्र ढंगले छाउँछ । सरकारमा छाउँछ, केन्द्रीय सरकारमा छाउँछ, प्रादेशिक सरकारमा छाउँछ, स्थानीय तहहरुमा छाउँछ । जनव्यापी रुपमा, प्रिय पार्टीको रुपमा उदाउँछ । प्रतिक्रियावादीका मुटुमा कस्तो भएको होला ? मुटुमा किलो ठोकेको जस्तो भएको छ । त्यसैकारण देश विदेशका प्रतिक्रियावादीहरु त्यो मुटुको किलो निकाल्न खोज्छन् । अहिले एउटा पार्टी दर्ता हुन पुग्नु, पहिले हाम्रो पार्टी विभाजित हुन पुग्नु, हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा पुग्नु, प्रदेश प्रदेशका सरकार ढाल्नु/ढालिनु र अहिले पार्टी दर्ता हुनु यही सिलसिला हो । प्रतिक्रियावादीको मुटुको किलो उखेल्ने प्रयासको निरन्तरता हो, यो त्यसैको सिलसिला हो ।

    तर, म भन्न चाहन्छु– कमरेडहरु, हामी अलोकतान्त्रिक बाटो हिँड्दैनौं, अशान्तिको बाटो हिँड्दैनौं, हामी असंवैधानिक, विधिहीन बाटो हिँड्दैनौं । विश्वले, दुनियाँले, संयुक्त राष्ट्रसंघले मानेका स्थापित विश्वव्यापी रुपमा स्वीकृत, उच्चतम सिद्धान्त र मूल्य मान्यताका आधारमा हामी अगाडि बढ्छौं । हामी प्रतिक्रियावादी शक्तिहरुलाई तिनै मूल्य मान्यता, तिनै उच्चतम र स्थापित, विश्वव्यापी रुपमा स्थापित उच्चतम मूल्य मान्यताहरुमा अब्बल ठहरिएर अरुभन्दा दुई कदम अगाडि उभिएर, दुई कदम अगाडि बढेर, दुईचार फिट उचाइ राखेर अगाडि बढ्छौं । र, हामी हाम्रो देशमा आफ्नो हैसियत कायम गरेर छोड्छौं ।

    हिजो हामी एकीकरणबाट दुईतिहाइ लगभग पुगेका थियौं । अब एकीकरणबाट होइन, आगामी दिनमा थप एकीकरण गरिरहनु पर्दैन । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टी दुई तिहाइको हैसियत कायम राख्ने अठोटका साथ अगाडि बढ्दा यसले मजासँग सफलता प्राप्त गर्न सक्छ । किनभने जनताको विश्वास अरुमाथि छैन । अस्ति मैले एकजना वकीलसा’पको अन्तरवार्ता हेर्दैै थिएँ । कंग्रेसलाई जनताले के भनेर भोट दिन्छ ? लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समस्या भनेवापत भोट दिन्छ ? भूमिसम्बन्धी समस्या समाधान गर्न खोज्यो, सुकुम्वासी गरिबका समस्या समाधान गर्न खोज्यो भनेर अघिल्लो सरकारले बनाएको भूमि आयोग विघटन गरेर जनविरोधी काम गरेवापत भोट दिन्छ ? बजेट रोकेवापत ? पुनःनिर्माणका काम ठप्प गरेवापत ? अथवा के गरे वापत ? विध्वंश मच्चाएर अलोकतान्त्रिक ढंगबाट संसद छलेर रातारात संसद अन्त्य गर्ने र बिहानै अध्यादेश ल्याउने छली, अलोकतान्त्रिक क्रियाकलाप गरेको हुनाले भोट दिने ? कि नेकपा एमालेलाई गाली गरेको हुनाले भोट दिने ? के गरेको छ र काँग्रेसले भोट माग्छ जनतासँग ? मैले अरुअरु पार्टी फुटाएँ भनेर कि के भनेर भोट माग्छ ? नेकपा एमालेलाई भोट के भनेर नदेउ भन्ने ? देशभरी पक्की बाटो बनायो, तुइन विस्थापन गर्‍यो, झोलुङ्गे पुल बनायो, पक्की पुल बनायो, पुनःनिर्माणका काम छिट्टै ग¥यो, त्यसैले भोट नदेऊ भन्ने ? धरहरा पनि खडा गर्‍यो, रानीपोखरी पनि बनायो, दरवार हाइस्कुल तयार गर्‍यो । कार्यालय, स्कूल, कलेज, ३ सय ९६ अस्पताल एकैदिन शिलान्यास भएर काम सुरु गर्‍यो भनेर भोट नदेऊ भन्ने ? एउटा दशरथ रंगशाला भत्केको अवस्थामा थियो । बाँकी कहीँ थिएन । अहिले रंगशालाहरु तयार भइसकेका छन्, त्यसैले भोट नदेऊ भन्ने ? रंगशालाहरुमा हामीले १३औं साग खेलायौं । तयार भइसकेका जनकपुर, पोखराका रंगशालामा खेलायौं । अरु रंगशाला निर्माण भइरहेका छन् । हामीसँग ससाना सिटी र एकेडेमी हल बाहेक सभाहल थिएनन् । ससाना यस्तै हल बाहेक सभागृह भन्ने खालका केही पनि थिएनन् । अहिले जिल्ला जिल्लामा सभागृह, प्रदेश प्रदेशमा सभागृहहरु कति पुगिराखेका छन् ? तपाईं हामीले देखिराखेका छौं ।

    १ गते १४ जनालाई निष्काशन गरेको पत्र हामीले संसद सचिवालय र निर्वाचन आयोगमा पठाएका छौं । कारबाही गर्ने हामीले हो । सभामुखले सूचना मात्रै दिने हो । हामीले गरेको कारवाहीलाई ‘विचारधीन’ रहेको भनेर निर्वाचन आयोगमा पत्राचार गरे । सभामुखले विचाराधीन राख्ने होइन । सभामुखसँग त्यसमा छानबिन गर्ने कुनै अधिकार छैन ।

    सडकमा बालबालिका रहन दिएन, हटायो । सबै खत्तम गर्दियो, सडक मानव हुन दिएन एमालेले, सबै वन्दोवस्त गर्दियो भन्ने ? अलपत्र, वेसाहारा बुढाबुढी सडकमा छैनन् । सबैको वन्दोवस्त गर्दियो भन्ने ? अथवा ज्येष्ठ नागरिकहरुको जीवन बीमा गर्‍यो भन्ने ? त्यसकारण यसलाई हराउनु पर्छ भन्ने ? के भन्ने ? उनीहरुसँग भन्ने कुनै पनि कुरा छैन । प्रचण्डले के भन्ने ? प्रचण्डको हैसियत भनेको हिजोको माओवादी केन्द्रको आधा मात्र हो । उनले माओवादी केन्द्रको आधा हिस्सा लिएर गएका छन् । बाँकी आधा हिस्सा चुनावसम्म हामीले ल्याइसक्छौं । प्रचण्डसँग अव माओवादी केन्द्रको टुप्पी मात्र बाँकी रहन्छ । सबै सिद्धिसक्छ । माओवादी केन्द्रको टुप्पी मात्रै लिखिर लिखिर, पुष्पकमल दाहाल प्रचण्ड ! टुप्पीमा वरपरतिरका, पखेटा मुनिका, खान पाएका तरमारेहरु दुईचार जना मात्र बाँकी रहन्छन् । टुप्पी भनेको एक्लै हुँदैन नि, धेरै रौँ हुन्छन् । धेरै त्यान्द्रा हुन्छन् । त्यस्तै त्यान्द्रा बाँकी रहन्छन् । अनि अरु को छ ? अहिले नै प्रचण्डले भनेको तपाईंहरुले सुनिराख्नु भएको छ– एक्लै एमालेसँग लड्न सकिँदैन । म पनि भन्छु– एमालेसँग लड्न नचिताए हुन्छ । यो सबै स्वीकारीराखेका छन् । मोर्चा बनाएर लड्छु भन्छन् । अब एउटा कुरा भन्न बाँकी छ– मोर्चा बनाएर लडे पनि पार लाग्दैन एमालेसँग लड्न । यी मोर्चा बनाउने घटकहरु नै ससाना भइसके । त्यसकारण यिनका मोर्चा कत्रो हुन्छ ? हामी सुदृढ छौं, सुदृढ ढंगले अगाडि बढ्नु पर्छ ।

    ०००

    हाम्राविरुद्ध विभिन्न संवैधानिक निकायहरु समेत अचम्मलाग्दो प्रेसरमा परेको देखिन्छ । कानून विपरीत देखिइदेखिइकन बलमिच्याँइपूर्ण ढंगले काम गरेको देखिन्छ । जनादेशको सरकारलाई परमादेशबाट दुनियाँमै कहीँ नभएको प्रधानमन्त्री अदालतबाट तोक्ने जस्ता कुरा यहाँ भइराखेको छ । त्यो त हामीले देख्यौं नै । त्यो बाहेक १ गते १४ जनालाई निष्काशन गरेको पत्र हामीले संसद सचिवालय र निर्वाचन आयोगमा पठाएका छौं । कारबाही गर्ने हामीले हो । सभामुखले सूचना मात्रै दिने हो । हामीले गरेको कारवाहीलाई ‘विचारधीन’ रहेको भनेर निर्वाचन आयोगमा पत्राचार गरे । सभामुखले विचाराधीन राख्ने होइन । सभामुखसँग त्यसमा छानबिन गर्ने कुनै अधिकार छैन । उनको काम जम्माजम्मी सूचना टाँस गर्ने हो । सूचना टाँस नगरेर, यता छिटो गर्न लगाएर, निर्वाचन आयोगले ३५/४५ दिन पाउँछ । तर निर्वाचन आयोगले ३५/४५ दिनको समय पाए पनि ८/१० दिनमै किन गर्नुपर्‍यो ? एकहप्ता भित्र, २ गते दर्ता हुन्छ, ९ गते सनाखत गरेर प्रमाण पत्र दिन पर्ने किन भयो ? पहिले त यस्तै विषयमा महिनौं फैसला गरिँदैनथ्यो । कसैले नाम लेखिदियो, निवेदन दिँदा, पहिले हस्ताक्षर छैन । हस्ताक्षर गरेकाको पो सनाखत हुन्छ । हस्ताक्षर पहिले छैन, पहिले नभएकाको पनि हस्ताक्षर सनाखत । सनाखत भनेको भिडाउने हो । दस्तखत भिडाउने हो, निजको हस्ताक्षर हो कि होइन भनेर । पहिले हुँदै नभएका मान्छे भेला गरेर अनि हस्ताक्षर गरेपछि सनाखत भएर निर्वाचन आयोगले नयाँ हस्ताक्षर कसरी स्वीकार गर्‍यो ?

    यो सनाखत होइन, पार्टी फुटाउने काममा निर्वाचन आयोगको अनावश्यक संलग्नता देखियो । यस्तो नहुनु पर्दथ्यो । यो धेरै दुखद् कुरा हो । संवैधानिक निकायहरुले संवैधानिक बाटो दृढताका साथ अबलम्वन गर्नुपर्ने, कानून कार्यान्वयन गर्नुपर्ने, न्यायको पक्षमा उभिनु पर्ने, आफ्नो संवैधानिक हैसियत र मर्यादा कायम राख्नु पर्ने, त्यसमा उभिनु पर्ने ठाउँमा निर्वाचन आयोग त्यसबाट विचलित हुन्छ । अन्तै गरेर पठाइदिएको हस्ताक्षरको सनाखत हुन्छ । करकापले कसैले गराएको हो कि ? अस्पतालको बेडमा भएको मान्छेको पनि ल्याप्चे ल्याइयो । कुनैकुनै जिल्लातिर जिस्क्याउनु पर्‍यो भने मान्छे निदाउने बेलामा, सुत्ने बेलामा औँठा लुकाएर सुत्छन् भन्ने भन्थे । अब अस्पतालमा पनि त्यसै गरेर औँठा लुकाएर बस्नु पर्ने ? कसले गर्‍यो सहीछाप ? मान्छे होसमा छ कि बेहोसमा छ कि ? आइसीयुमा छ कि भेन्टिलेटरमा छ कि के छ ? अब त्यस्तो ठाउँमा सनाखत भनेर एउटा कागज ल्याएको छ । त्यो पनि होसमा रहुञ्जेल यसो (मुठ्ठीमा औँला लुकाउने) गर्ने होला । त्यो फुत्किएपछि फेरि मुठ्ठी पनि हुँदैन । त्यस स्थितिमा पुगेर पार्टी फुटाउन राज्यका अंगहरुको दुरुपयोग भएको छ ।

    हामीले निष्काशन गरिसकेका दश जना केन्द्रीय सदस्य त्यहाँ छन् । पहिले हस्ताक्षर नगरेका झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुडाल लगायतको त्यहाँ हिजो सनाखत भयो भनियो । यो नेकपा एमाले विरुद्धको, एमाले तोड्ने अभियानको एउटा अंगको रुपमा काम भएन र ? नेकपा एमालेले निष्काशन गरिसकेको, त्यो सूचना टाँस्न पर्दैन सभामुखले ? उनले १५ दिन टाँस्ने समय पाउँछ भने त्यो १५ दिन निर्वाचन आयोगले पर्खिनु पर्छ । के हतार भयो निर्वाचन आयोगलाई ? टाँस भन्न पनि सक्दैन । एमालेले निष्काशन गरेको सूचना यहाँ पठाएको छ भनेर संसदले लेखेर दिएपछि सूचना त भयो निर्वाचन आयोगलाई । अन्त टास्नु पर्‍यो र ? निर्वाचन आयोगको पेटीमा टाँस्नु पर्‍यो र ? संघीय संसदको सूचना पाटीमा टाँस्नु पर्‍यो र ? निर्वाचन आयोगलाई संसद् सचिवालयले के पत्र दिएको छ भने साउन २५ गते कारबाही गरिएको सूचना नेकपा (एमाले)ले भदौ १ गते संसद सचिवालयलाई पठाएको छ । भनेपछि निर्वाचन आयोगले जानकारी त पायो नि । निर्वाचन आयोगले त्यो जानकारी पाइसकेपछि संसद सचिवालयले निष्काशन गरिसकेको छ है २५ गते नै भन्ने सूचना १ गते हामीकहाँ प्राप्त भएको छ भनेर उसले सूचित गरिसकेपछि अर्को सूचना के हुन्छ ? कानूनमा सूचना पाटीमै टाँसिएको हुनुपर्छ, निर्वाचन आयोगलाई दिइएको सूचना चाहिँ सूचना हुँदैन भन्ने छ र ? यो त एकदम जाझेलपूर्ण कुरा हो । कानूनी कुरा होइन । १४ जना सांसद, १० जना केन्द्रीय सदस्य र अरु अनेक केन्द्रीय सदस्यको झुटो सनाखत भएको छ ।

    म भन्न चाहन्छु– हामी यस सम्बन्धमा कानूनी उपचारका लागि सर्वोच्च अदालतमा जान्छौं । विल्कूलै गैरकानूनी ढंगले, आग्रहपूर्ण ढंगले, पक्षपातपूर्ण ढंगले निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्ने, तथाकथित सनाखत गर्ने, गैरकानूनी, अन्यापूर्ण, अनुचित क्रियाकलाप गरेको छ । यसका विरुद्ध हामी सम्मानित सर्वोच्च अदालत जान्छौं । म के विश्वस्त छु भने यति खुलेआम अन्याय गरेको कुरामा हामीले न्याय पाउनेछौं । म के ठान्छु भने हिजो दर्ता भयो भनिएको पार्टीको दर्ता बदर हुन्छ । त्यसकारण हामीले साथीहरुलाई यथोचित ढंगले फर्किने अवसर उपलब्ध गराउनु पर्दछ ।

    ०००

    जे होस्, हामीले अब नयाँ उत्साहका साथ, नयाँ शिराबाट काम गर्नु पर्छ । त्यस नयाँ शिरामध्ये एउटालाई हामीले १० बुँदे पनि भनेका छौं । यसले हिजोको नेकपा एमाले भित्रको समस्या समाधान भयो । जेठ ३ गतेदेखि वा फागुन २३ देखि यताको एकता एकीकरणको जेठ ३ को निरन्तरतामा धक्का नपुर्‍याइकन अघि बढ्नु पर्छ । त्यसमा हामी धक्का पुर्‍याउन सक्दैनौं । त्यसलाई अस्वीकार गर्न सक्दैनौं । त्यो एकीकरणलाई हामीले राजनीतिक रुपमा अस्वीकार गरेको होइन । कानूनी रुपमा आ–आफ्ना पार्टीका पूर्व नामहरुलाई लिएर माओवादी केन्द्रको नेतृत्व प्रचण्डले र नेकपा एमालेको नेतृत्व मैले अध्यक्षको हिसाबमा गर्ने मौका पायौं । त्यसपछि दर्ता गर्न नगएको हुनाले त्यस्तो भयो । तर हामीले गरेको राजनीतिक एकीकरण हो, यो कानूनी लडाइँ थिएन । राजनीतिक उद्देश्य प्राप्तिका निम्ति गरिएको राजनीतिक कदम थियो । यो मुद्दा लडाइँ होइन । यो राजनीतिक उद्देश्य प्राप्तिका निम्ति गरिएको राजनीतिक कदम हो । यस कुरालाई पनि प्रतिकूल असर नपर्नेगरी कार्यदलको जुन १० बुँदे सुझाव छ, त्यसमा मैले सुरुदेखि भनेको छु– कमरेडहरु यसलाई सकारात्मक ढंगले लिन्छौं, रचनात्मक ढंगले कार्यान्वयन गर्छाैं । कुनै पनि कुरा डग्म्याटिक ढंगले हुँदैन । बीचका घटनाक्रम, बीचका सन्दर्भ आदि इत्यादि सबै मिलाएर हेर्नु पर्छ । किनभने हामीले पार्टी चलाउनु छ । हिजो कुनै कारणले पद अहोदामा भएको साथी कुनै कारणले विस्थापित गरिएको छ भने अब फर्किएर काममा लाग्छु भन्दा पहिलेकै जिम्मेवारी दिने हाम्रो प्रयास रहन्छ । एकीकरणको सन्दर्भमा भएका व्यवस्थालाई खल्बल्याएर फेरि जेठ २ भन्दा अगाडि यो थियो भनेर एकीकरणको विषयलाई खल्बल्याएर हुँदैन । एकीकरणको विषय हामी खल्बल्याउन सक्दैनौं । एकीकरण त गरेको हो । त्यतिबेला एकीकरण चाहियो हामीले गर्‍यौं । अहिले एकीकरण चाहिँदैन जहाँसुकै जाउ भन्न सक्छौं हामी ? यो एकतर्फीको पार्टी हो र ? यो त एकीकृत पार्टी हो । यो हिजोको नेकपाको निरन्तरता हो । जेठ ३ गते गरिएको एकीकरणको निरन्तरता यसभित्र छ ।

    फागुन २३ गतेको फैसलाले गर्दा अब हामी एमाले मात्रै भयौं भन्ने कुरा होइन । एमाले मात्रै होइन, हामी एकीकृत पार्टी नै हौँ । एकीकृत माक्र्सवादी लेनिनवादीको रुपमा थियौं, एकीकृत नेकपाको रुपमा छौँ । पार्टी हाम्रो हिजोको नाममा छ, हिजोको सबै कुरा छ । हामी त्यो एकीकरणका भावनाका साथ, एकीकरणको निरन्तरताका साथ अगाडि बढ्छौं । हिजो एकीकरण हुँदाखेरी कतिपय वैचारिक प्रश्नमा र नामको हकमा हामीले जनताको बहुदलीय जनवाद भन्दाखेरी विलन हुन आएकोजस्तो देखिने भएको हुनाले महाधिवेशनबाट फेरि गरौंला, अहिलेलाई जनताको जनवाद भन्ने राखौं भन्ने प्रचण्डको प्रस्तावलाई मानिएको थियो । त्यो सन्दर्भ समाप्त भएर अब हामी स्पष्टतः जवजको बाटोबाट अघि बढ्छौँ । त्यो सन्दर्भ समाप्त भयो । महाधिवेशनले के नाम राख्छ, के गर्छ महाधिवेशनको सर्वोच्ता हो । महाधिवेशनले नेकपा एमाले राख्छ, यो स्थापित नाम हो । अहिले पनि हामीले त्यही कोसिस गरेका छौं । संयुक्त चुनाव लड्दा सूर्य चिन्हमा लडौं भनेका थियौं । पछि एकीकरण भइसकेर हामी लड्दा सूर्य चिन्हबाटै लड्यौं । त्यसकारण जनतामा हामी कसरी लोकप्रिय हुन सक्छौं, कसरी सवल ढंगले प्रस्तुत हुन सक्छौं, सही ढंगले प्रस्तुत हुन सक्छौं, प्रश्न यो हो ।

    तसर्थ हामी नयाँ उचाइको एकता, खँदिलो एकता, वैचारिक एकता र सुदृढ एकताका साथ अगाडि बढ्छौं । जनताका बीचमा जान्छौं । कानूनी लडाइँ पनि लड्छौं र प्रतिक्रियावादीको सामना पनि गर्छौं । विभिन्न मोर्चामै हाम्रो लडाइँ हुनेछ । हाम्रा पार्टी कमिटीहरु, जनवर्गीय, पेशागत, सामुदायिक संगठनहरु, हाम्रा सबै तहका सबै हैसियतका कमिटीहरु र हाम्रा सम्पूर्ण पार्टी सदस्यहरु, हाम्रा समर्थकहरु, शुभेच्छुकहरुको अत्यधिक, व्यवस्थित परिचालन हामी गर्छौं । त्यसका निम्ति यो केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीले अस्तिका दिन गरेकोे निर्णयलाई अनुमोदन नगर्नु पर्ने कुनै कारण छैन । १० बुँदेलाई केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो । स्थायी कमिटीले अनुमोदन गर्‍यो र सकारात्मक ढंगले ग्रहण गर्ने, रचनात्मक, सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने भनेर अस्तिदेखि नै हामीले भनेका छौं । यसलाई माधब नेपालले अस्वीकार गर्नुभयो । माधब नेपालले यसलाई मान्नु भएन । माधब नेपालले समेत मान्नेगरी यो तयार भएको थियो । हिजोको प्रेस कन्फरेन्समा कमरेड योगेश भट्टराईले एकदम समुचित ढंगले त्यसको व्याख्या गरिसक्नु भएको छ । माधव नेपाल र उहाँको डफ्फाले समेत मान्ने भनेर यो तयार भएको थियो । तयार भइसकेपछि उहाँले यो हुँदैन भन्नु भयो । उहाँले मान्नु भएन । पार्टीले मान्यो । अब यो हाम्रो पार्टीको एकलौटी पुुँजी भयो । यसलाई लिएर हामीले माधब नेपालसँग कुनै रस्साकस्सी गर्नु परेन । उहाँले अस्वीकार गर्नुभयो र उहाँ आफ्नो बाटो लाग्नु भयो । तर, यो हाम्रो पार्टीको कर्तव्य हो । यसलाई व्यापक अर्थमा लागू गर्ने र पार्टी भित्रका समस्याहरु समाधान गर्ने काम हामी गर्छाैँ । समस्या समाधान नगरेर हामी अगाडि बढ्न सक्दैनौं । समस्याका बीचमा अगाडि बढ्न सकिँदैन । अगाडि बढ्ने हो भने आन्तरिक समस्याको समुचित समाधान गर्नुपर्छ । कसैको भावनामा, कसैको सम्मानमा चोट नपुर्‍याइकन सबैले सम्मानजनक ढंगले काम गर्न पाउने स्थिति बन्न सकोस् भन्ने यसको अभिप्राय हो । त्यस ढंगले अगाडि बढौं भन्ने म कमरेडहरुसँग आग्रह गर्न चाहन्छु ।

    (२०७८ भदौ १० मा नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनको सम्पादित अंश)

  • ओली भन्छन् : एमाले फुटेको होइन, नुहाउँदा एक-दुईवटा कपाल खसेजस्तै हो

    ओली भन्छन् : एमाले फुटेको होइन, नुहाउँदा एक-दुईवटा कपाल खसेजस्तै हो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उत्पन्न भएको विभाजनलाई ‘नुहाउँदा टाउकोबाट एक–दुईवटा कपाल खस्नु’जस्तै भएको बताएका छन् । पार्टी विभाजन गर्नेहरुलाई उनले कुलंघार संज्ञा पनि दिए ।

    युवासंघको भेलालाई सम्वोधन गर्दै ओलीले पार्टी फुटेको भन्न नमिल्ने बताए । ‘पार्टी पुटेको होइन, केही मान्छे पतित भएका हुन्,’ उनले भने, ‘अलिकति चोइटिएको भन्न सकिएला । फुट्याभए यस्तो हुन्थ्यो ?’

    ओलीले थपे, ‘नुहाउँदाखेरि एक-दुईवटा कपाल झर्छ । जति दामी र ब्रान्डेड साबुन लगाए पनि कपाल त झर्छ नै । तर एक–दुईवटा कपाल झर्दैमा कपाल मुडुलो हुँदैन ।’

    एमाले छोडेर नयाँ पार्टी बनाएका माधव नेपालले नचाहिँदो दम्भ देखाएको ओलीले टिप्पणी गरे ।

  • पत्नीको जन्मदिनमा केपी ओलीको डान्स (भिडियो)

    पत्नीको जन्मदिनमा केपी ओलीको डान्स (भिडियो)

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आलोचकहरुले कठोर र अनुदार राजनीतिज्ञका रुपमा चित्रित गर्ने गर्छन् ।

    राजनीतिबाहिर व्यक्तिगत जीवनमा भने उनी ठट्यौलो र रसिक छन् । पत्नी राधिकाको जन्मदिनमा हिजो पार्टीका केही कार्यकर्ताहरुमाझ उनी यस्तै अवतारमा पेश भए ।

    राधिकाको जन्मदिनमा बालकोटस्थित ओली निवासमा हिजो सानो जमघट थियो । पार्टीका एकाध नेताहरुसहित अनेरास्ववियुका युवाहरुको समूह उनलाई शुभकामना दिन बालकोट पुगेका थिए ।

    त्यस क्रममा ओली पार्टीका युवाहरुमाझ रमाइलो मुद्रामा पेश भए । उनले एकछिन नृत्य समेत गरे ।

    कार्यकर्ताहरुको आग्रहमा ओलीले आफैंले लेखेको गीत ‘म त कति भाग्यमानी…’ मा छमछम नाचेका थिए । राधिका भने हल्लिइन् मात्र ।

    राति करिब १० बजेसम्म बालकोट निवासको माहोल गुलजार थियो । शुभकामना दिन आएको टोलीलाई सामान्य खानपिन गराएर ओलीले बिदा गरेका थिए ।

  • माधव नेपाल पक्षलाई ओलीको आरोपः घरघरबाट मान्छे तानेर रिसोर्टमा थुनियो

    माधव नेपाल पक्षलाई ओलीको आरोपः घरघरबाट मान्छे तानेर रिसोर्टमा थुनियो

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घरघरबाट नेता–कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप लगाएका छन् । बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर राखिएको समेत उनले बताए ।

    एमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘घरघरबाट तानियो, ललाइफकाइ लगेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो । मीठै खान दिइयो, राम्रै ठाउँमा सुताइयो ।’

    ओलीले अगाडि थपे, ‘पार्टीको बैठक यस्तो हुन्छ, साधारण सदस्यदेखि नेतासम्म सहभागी हुने ? कि केन्द्रीय समिति हुन्छ, कि स्थायी समिति हुन्छ । यो कुनै बैठक थिएन ।’

  • ओलीको आरोपः एमालेको कारवाही रोकेर सभामुख दाँत टाल्न जानुभयो

    ओलीको आरोपः एमालेको कारवाही रोकेर सभामुख दाँत टाल्न जानुभयो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न रोकेको भन्दै फेरि एकपटक सभामुख अग्नि सापकाटामाथि खनिएका छन् । एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको ओलीले आरोप लगाए ।

    पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा ओलीले पार्टीले कारवाही गरिसकेपछि सभामुखले त्यसलाई विचाराधीन राख्ने अधिकार नभएको बताए ।

    ओलीले भने, ‘प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गरेको सुनाउनुभो । तर, एमालेले गरेको कारवाही गरेको नौ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन । हिजो त उहाँ दाँत टाल्न जानुभएको थियो ।’

    उनले अगाडि थपे, ‘उहाँको दाँत राम्रोसँग टालियोस्, शुभकामना छ, तर सातौं दिनसम्म उहाँले के गर्नुभयो ?’

    ओलीले आफ्नो पार्टीमा विभाजन रोक्नका लागि १४ जनामाथि कारवाही गरिएको दावी गरे ।

    ‘हामीले कारवाही गर्नुको उद्देश्य पार्टी फुट रोक्नु थियो,’ ओलीले भने, ‘१४ जनालाई निस्काशन गरेको भए उहाँहरुको संख्या पुग्दैनथ्यो र पार्टी फुट्दैन थियो । तर, एमाले फुटाउनकै लागि कारवाहीको सूचना नटाँसेर सभामुखले पक्षधरता देखाइरहनुभएको छ । उहाँ साझा व्यक्तित्व बन्न सक्नुभएन ।’

  • ओलीको व्यङ्ग्यः माधव नेपालले पार्टी फुटाएपछि अध्यादेश निस्क्रिय हुने प्रावधान राख्न छुट्यो

    ओलीको व्यङ्ग्यः माधव नेपालले पार्टी फुटाएपछि अध्यादेश निस्क्रिय हुने प्रावधान राख्न छुट्यो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

    विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताएका हुन् । अध्यादेश आफैंमा असंवैधानिक नभए पनि नियत गलत रहेको ओलीको दावी छ ।

    ‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ । पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो’, ओलीले भने ।

    माधव नेपालले पार्टी फुटाएपछि अध्यादेश स्वतः निस्क्रिय हुन्छ भन्ने वाक्यांश छुटेको भन्दै ओलीले व्यंग्य गरे ।

    ‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा किन अल्मलिनुभयो थाहा छैन,’ ओलीले भने, ‘माधव नेपालले पार्टी फुटाएपछि स्वतः निस्क्रिय हुन्छ भन्ने पनि छुट्यो । उहाँहरुले अध्यादेशले आफ्नै पार्टी फुटाउँछ भनेर अहिले थर्कमान हुनुहुन्छ ।’

    पुस ५ गतेयता संसदले माखो मार्न सक्या छ ?

    ओलीले २०७७ पुस ५ देखियता संसदले कुनै काम नगरेको बताएका छन् । ओलीले पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे ? भनी प्रश्न गरेका हुन् ।

    ‘पुस ५ यता यो संसदले के के गर्यो ? संसदले एउटा माखो मार्न सक्यो ? यो ८–९ महिनाको अमूल्य समय देशले खेर फालेको छ’, ओलीले भने । उनले जनादेशबाट नभइ परमादेशबाट सरकार बनाउने , शक्ति सन्तुलनको सिद्धान्त खल्बल्याउने र जनताले मूल्यांकन गर्न नपाउने अवस्था बन्दै गएको आरोप लगाए ।

    ‘एउटा निर्वाचित सरकारलाई संसदमा पनि जान नदिएर अन्यत्रको बाटोबाट विस्थापन गर्ने विश्वमै नभएको कदम जे चालिएको छ, वास्तवमा यो नै प्रतिगमन हो’, ओलीले भने ।

  • पार्टी मिलनपछि पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    पार्टी मिलनपछि पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । वुधबार बिहान ११ च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीका पदाधिकारीसहित ओलीले प्रत्रकारका प्रश्नहरुको समाना गर्ने छन् ।

    केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमाले विभाजन नरोजेका दोस्रो तहका नेताहरुसँग सहमति भएपछि यसले पार्टीमा पार्ने प्रभाव, पार्टीमा देखिएको विभाजन र देशको समसामयिक राजनीतिक विषयमा ओलीले आफ्ना दृष्टिकोण राख्नेछन्।

    हिजोको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरुसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने समय तालिका निर्धारण गरेको थियो । बैठकपछि पार्टी एकताको सन्देश दिन नेताहरुले सामूहिक तस्बिर खिचाएका थिए ।

  • हामी अलिकति लाग्यौं भने माधव नेपालको १० प्रतिशत पनि पुग्दैन, पार्टी दर्ता हुँदैन : ओली

    हामी अलिकति लाग्यौं भने माधव नेपालको १० प्रतिशत पनि पुग्दैन, पार्टी दर्ता हुँदैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर पार्न सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि त्यसको कुनै अर्थ नहुने बताएका छन् ।

    भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै ओलीले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या पुर्‍याउन नसकेको बताए ।

    ओलीले भने, ‘४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए । त्यो पनि संसदीय दल र केन्द्रीय समितिमध्ये जहाँ भए पनि हुने रे । हामीले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झर्छ, तीनको पार्टी दर्ता हुन पनि पाउँदैन ।’

    ओलीले सरकार विद्यार्थीको प्रदर्शनमाथि दमन गरेर आफ्नो चरित्र प्रदर्शन गर्न लागेको भन्दै एमालेलाई सरकारी दमन सैह्य नहुने चेतावनी दिए ।

  • ओलीको चेतावनी–एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्नेछ

    ओलीको चेतावनी–एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्नेछ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने चेतावनी दिएका छन् ।

    एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने बताए । गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गर्ने ओलीले बताए ।

    एमालेले गलत मनाशाय र उद्देश्य राखेर ल्याइएको अध्यादेश तत्काल फिर्ता लिएर तीन दिनभित्र संसद अधिवेशन बोलाउन सरकारलाई चेतावनी दिएको एमाले नेता गोकुल बास्कोटाले बताए ।
    बैठकले विभिन्न चारवटा प्रस्ताव पारित गरेको छ ।

  • दैलेख एमालेलाई अध्यक्ष ओलीको निर्देशन– जानेलाई छाडेर अघि बढ्नुस्

    दैलेख एमालेलाई अध्यक्ष ओलीको निर्देशन– जानेलाई छाडेर अघि बढ्नुस्

    सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखका नेतालाई पार्टी छाड्न खोज्नेलाई छाडेर र आउनेलाई स्वागत गरेर अघि बढ्न निर्देशन दिएका छन् । सोमबार एमालेका दैलेख इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, सहइन्चार्ज विष्णु रिजाल, जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, जिल्ला समन्वय समिति प्रमुख प्रेम थापा, टाटिकाध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलगायत नेतासँगको भेटमा अध्यक्ष ओलीले भने– पार्टीमा आउनेलाई उचित भूमिका दिएर अघि बढ्नुस्, छाड्नेहरुले जबरजस्ती रोक्न सकिँदैन ।

    पार्टी एकताका लागि आफूले धेरै प्रयत्न गरेको भन्दै अध्यक्ष ओलीले कोही कसैको स्वास्र्थका लागि पार्टीलाई बन्धक बनाउन नसकिने बताएको भेटमा सहभागी समन्वय समितिका प्रमुख थापाले जानकारी दिए । अब पार्टी अधिवेशनमा जुट्न निर्देशन दिँदै ओलीले भने– एमालेको सरकारले गरेका राम्रो कामको प्रचार गर्नुस्, परमादेश सरकारले फैलाएको भ्रम चिर्नुस् ।

    भेटमा दैलेखका नेताहरुले सकेसम्म पार्टी एकता जोगाउन ओलीसँग आग्रह गरेका थिए ।

  • आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

    आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

    काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक केपी ओलीले मंगलबार संसद बैठकमा भाषण गरे । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोष्ट्रममा बोल्न उभिँदा उनीसँग थियो, वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रमको दस्तावेज ।

    ओलीको भाषण यही दस्तावेजको सेरोफेरोमा थियो । उनले साझा कार्यक्रमको केस्रा-केस्रा केलाएर सरकारमाथि प्रहार गरे । त्यसो त उनको प्रहारको निशानामा वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै थिएनन्, सत्तारुढ गठवन्धनका सबै मुख्य पात्रहरूलाई उनले पालैपालो हिर्काएका थिए ।

    ओलीले छुन बाँकी कुनै विषय थिएन । उनले जनयुद्धका घाइतेदेखि क्यान्टोनमेन्टको भ्रष्टाचारसम्म र एमसीसीदेखि कालापानी-लिपुलेकसम्मका कुरा उप्काए । नाम कसैको नलिए पनि उनको मुख्य निशाना देउवा, प्रचण्ड, माधव नेपाल,उपेन्द्र-बाबुराम र सर्वोच्च अदालत थिए ।

    गौर हत्याकाण्डको विषय निकालेर उपेन्द्र यादवलाई र मातातीर्थको विषय निकालेर डा. बाबुराम भट्टराईलाई ओलीले तर्साउन खोजे । त्यस्तै ललिता निवासको कुरा उठाएर माधव नेपाल र बाबुराम दुवैमाथि उनले निशाना साँधे । यी विषय छानविन गर्न उनले चुनौती दिए ।

    आफ्नो स्वभाव र शैलीअनुसार लम्बेतान भाषण गरेका ओलीले कतै बोर हुने ठाउँ भने छाडेनन् । विषयहरूलाई अतिरञ्जना गरेर होस् वा मजाक बनाएर, गाली गरेर होस वा हँसाएर उनले संसदमा प्रतिपक्षको आभास दिलाएका छन् । उनको भाषणका कैयन सन्दर्भहरू समाचार लायक थिए ।

    ओलीले सत्तारुढ गठबन्धनले हालै सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ लाई ‘सडकमा बाँडेको कागज’ भनेर उडाए । संसद अधिवेशन चलिरहेकै बेला सरकारको कार्यक्रम संसदभन्दा बाहिर सार्वजनिक गरिएकोमा उनको आपत्ति थियो ।

    ओलीले भने, ‘हामी सरकारमा छँदा अत्यावश्यक विषयवस्तुहरू अध्यादेशमार्फत ल्याएको बेला संसद छलेर यो ल्याइयो त्यो ल्याइयो भनेर खुबै विरोध हुन्थ्यो । तर, अहिले संसद अधिवेशन चलिरहेका बेला, संसद बैठक आज छ, दुई दिनअघि बाहिर कतै सडकमा सरकारको कार्यक्रम सार्वजनिक गरिनुको मक्सद के हो ?’

    यसको जवाफ पनि उनी आफैंले दिए, ‘गठवन्धनमा विभिन्न अनुहारहरू छन् । संसदमा यो कार्यक्रम ल्याउँदा त सरकारमा नभएकाहरूको उनीहरूको फोटो आउँदैन । त्यत्तिका लागि बाहिर सडकमा सार्वजनिक गरिएको हो ।’

    साझा न्यूनतम कार्यक्रममा विभिन्न अनुहार देखिए पनि नेपाली कांग्रेसको अनुहार आफूले कतै नदेखेको भन्दै ओलीले व्यंग्य गरे ।

    प्रचण्डलाई जवाफ

    ओली सरकार ढालेपछि संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई ‘आगो’ को संज्ञा दिँदै आगोसँग नखेल्न चेतावनी दिएका थिए । त्यसको जवाफ ओलीले आज संसदबाटै दिए ।

    ‘उहाँ आगो हो थाहा छ । उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु । उहाँ डढेलो लगाउनुहुन्छ,’ ओलीले भने, ‘तर, यस्तो आगो निभाउन हामीलाई आउँछ । विगतमा एक-दुई बाल्टी पानीले आगो निभाएको सम्झना होस ।’

    ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा निकालेर पनि प्रचण्डलाई झस्काउन खोजे । सरकारले आफ्नो साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने भनेको उल्लेख गर्दै उनले त्यसो हो भने क्यान्टोनमेन्टको भ्रष्टाचार छानविन गर्न चुनौती दिए ।

    ‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नुभएको छ, खुशी लाग्यो,’ उनले भने, ‘छानविन गर्ने र कारवाही अगाडि बढाउने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको पनि यत्रो कुरा उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।’

    माओवादी जनयुद्धमा घाइते भएकाहरुको शरीरभित्र रहेको गोली निकाल्न पनि ओलीले प्रचण्डलाई चुनौती दिएका थिए ।

    ‘उहाँहरूलाई खादा लगाइदिएर मात्रै सम्मान हुँदैन, उहाँहरुको शरीरभित्रको गोली निकाल्न सक्नुहुन्छ ?’ ओलीले भने, ‘सक्नुहुन्न भने थापाथलीमा रहेको एमाले कार्यालयमा पठाइदिनुस्, हामी निकाल्छौं ।’

    एमसीसी र कालापानीको कुरा

    ओलीले साझा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा एमसीसीका सन्दर्भमा साँधिएको मौनतालाई सबैभन्दा ठूलो आलोचनाको विषय बनाए । यसैगरि लिपुलेक-कालापानीलाई दस्तावेजले ‘समस्या’का रूपमा प्रस्तुत गरेको भन्दै उनले आपत्ति जनाए ।

    दस्तावेजका पाना पल्टाउँदै ओलीले व्यंग्य गरे, ‘अहिलेको गठवन्धन नै सरकारमा हुँदा एमसीसी गर्नुभएको जस्तो लाग्छ तपाईंहरूले । एमसीसीको बारेमा त खोइ केही पनि छैन । यति ठूलो विषय किन छुटाउनुभयो ? बिर्सिनुभयो कि क्या हो ? मैले त कतै देखिनँ ।’

    उनले थपे, ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्री ज्यू । के गर्नुहुन्छ तपाईं ? बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट छ । भरर ताली बजाइदिँदा भइहाल्छ । कसैको मद्दत चाहिँदैन । त्यो १६५ को सबल जत्थाले के भन्छ ? पास गर्ने कि फेल गर्ने ? कि चुप लाग्ने ?’

    कालापानीको विषयमा ओलीको टिप्पणी अझ चोटिलो थियो ।

    उनले भने, ‘लिपुलेक कालापानीलाई नेपालको ‘समस्या’ भनिएको छ । समस्या समाधान गर्ने रे । समस्या हो यो ? आफ्नो देशको पवित्र भूभाग समस्या हुन्छ ? त्यसोभए छोडिदिँदा समस्या समाधान हुन्छ ? के साह्रो खुट्टा कमाएको ? डरले जिब्रो टोक्दा टोक्दा रगत आइसक्यो तपाईंहरूको ।’

    ओलीले सुझाव दिए, ‘त्यो हाम्रो भू-भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । तपाईंहरु सक्नुहुन्न भने पर्खिनुस् । हामी डेढ वर्षपछि आउछौं ।’

    मन्त्री बनाइदिन विन्ती !

    सबैलाई प्रहार गर्न भ्याएका ओलीले आफ्नै पार्टीका सहयोद्धा माधवकुमार नेपाललाई छुटाउने कुरा थिएन । यसपाली उनले नेपाललाई सबैभन्दा पछाडि सम्झिए । माधव नपालको नाम नलिइकन उनको समूहका नेताहरू मन्त्री खान दौडधुप गरेको भन्दै कटु व्यंग्य गरे ।

    ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस् न । किन बिलम्ब गर्नुभएको ?’ उनले भने ।

    ओलीले हात जोड्दै आग्रह गरे, ‘मन्त्री बन्न नपाएर हिरिक-हिरिक गर्न थालिसके । पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । चाकडी गरेका छन् । मन्त्री दिनुस प्लिज । मेरो दलमा घाटा भएको म सहुँला ।’

    डेढ वर्षपछि फर्किन्छु

    ओलीले आफू डेढ वर्षपछि फेरि सत्तामा फर्किने उद्घोष गरे । असाधारण बहुमतका साथ मुलढोकैबाट फर्किने उनको दावी थियो ।

    ‘मैले पहिले नै भनेको थिएँ, म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाटै फर्किनेछु । नसुनेको भए फेरि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ म मूलबाटोबाट फेरि प्रवेश गर्छु ।’

  • देउवालाई ओलीको आग्रह- मेरै पार्टीका नेताहरू पाउँला र खाउँला भनेर कुदेका छन्, मन्त्री बनाइदिनोस् (भिडियो)

    देउवालाई ओलीको आग्रह- मेरै पार्टीका नेताहरू पाउँला र खाउँला भनेर कुदेका छन्, मन्त्री बनाइदिनोस् (भिडियो)

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरू मन्त्रीका लागि कुदेको भन्दै मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    ‘सम्माननीय प्रधानमन्त्री ज्यू मेरै पार्टीका केही नेताहरू पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन्,’ मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘तिनीहरूलाई मन्त्री दिनुहोस् न किन बिलम्बन गर्नुभएको ? हिरिक्क, हिरिक्क भएका छन् बिचराहरु मन्त्री खानलाई ।’

    बिहान बेलुका मन्त्रीका लागि देउवाको चाकडी गरेको भन्दै ओलीले आफ्नो दलमा अलिकति घाटा भए पनि सहने बताए । ‘यति त गराइसक्नुभयो, पछि त लगाइ सक्नुभयो,’उनले भने, ‘पछि पछि हिँड्या छन् हिँड्या छन् । कुदेका छन् । फ्याँ फ्याँ, स्याँ स्याँ गरेका छन् । मन्त्री खान पाउँ भनेका छन् । बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुहोस् प्लिज । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला ।

  • विपक्षी दलको नेताका रुपमा पहिलो पटक ओलीले आज संसदमा सम्बोधन गर्ने

    विपक्षी दलको नेताका रुपमा पहिलो पटक ओलीले आज संसदमा सम्बोधन गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलोपटक आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

    सर्वोच्च अदालतको परमादेशबाट शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन् ।

    प्रधानमन्त्री शेरवहादुर देउवा तथा सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसदको पहिलो बैठकमा ओलीलाई खोजेका थिए भने प्रधानमन्त्रीलाई बधाइ दिने बेला समेत ओलीको अनुपस्थितिप्रति प्रश्न उठाएका थिए ।

    आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल प्रेसलाई बताए ।

    ओलीले सरकार गठन,सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्युनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने सम्भावना छ ।

  • माधव नेपाल लक्षित ओलीको टिप्पणी–दाम चढाए जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे !

    माधव नेपाल लक्षित ओलीको टिप्पणी–दाम चढाए जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे !

    काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले एमालेमा फर्किएर काम गर्न चाहनेका लागि जहिले पनि स्वागत रहेको भन्दै अब कसैलाई पर्खेर नबस्ने प्रष्ट पारेका छन् ।

    केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तल्ला कमिटीका गतिबिधिहरु नरोक्न निर्देशन समेत दिएका छन् । उनले पार्टी जेठ २ अघिकै अवस्थामा पुगेको भन्दै माधव नेपाल पक्षमा लागेका तर पार्टी काममा आउन चाहनेलाई विना संकोच काममा लगाउन समेत आग्रह गरेका छन् ।

    ओलीले बैठकमा भने–तलका कमिटीका काम विल्कुल नरोक्नुस । आउने साथीहरुलाई विना संकोच काम दिनुस् तर कहिले आउलान् भनेर पर्खेर नबस्नुस् ।

    ओलीले माधव नेपालबाट यसपटक भएको गल्ति सानो तिनो नरहेको भन्दै अझै पनि आफूले माफी दिएको बताए । विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन फ्लोर क्रस गर्ने कुरा सामान्य अपराध नभएको ओलीको भनाइ छ ।

    ओलीले माधव नेपाल पक्षले उल्टै केपी ओलीलाई सच्चिने अन्तिम मौका भनेर फरमान जारी गरेको भन्दै अब सैह्य नहुने बताए ।
    ओलीले भने–केपी ओलीलाई सच्चिने अन्तिम मौका छ,माफी माग भनेछन् । मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे ।

    अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई तथानाम भनेको भन्दै आक्रोस पोखेका छन् ।
    बैठकलाई सम्बोधन गर्दै ओलीले सबै कुरा भनिसकेपछि पनि आफूलाई मेलमिलाप नगरेको आरोप लगाएको टिप्पणी गरे ।

    ‘तथानाम भनिसकेपछि,’ नेता नेपालको नाम नलिइकन उनले भने, ‘प्रतिक्रियावादी, प्रतिगामी, संविधान विरोधी, अलोकतान्त्रिक, तानाशाह सबै कुरा भनिसकेपछि अनि मेलमिलापको संस्कृति, गठबन्धनको संस्कृति, पवित्र गठबन्धनको संस्कृति निर्माण बिकास गर्न लागेका छौं रे।’

    शनिबार दोलखाका कार्यकर्तालाई भर्चुअल सम्बोधनमा नेता नेपालले पार्टी एकता, सरकार र ओलीमाथि लामो व्याख्या गरेका थिए। उनले ओलीलाई प्रतिगामी र तानाशाही भएको आरोप लगाएका थिए। त्यसको जवाफ आज ओलीले दिएका हुन्।

    ओलीले नेता नेपाल आवद्ध सत्तारुढ गठबन्धनतर्फ लक्षित गर्दै यसको संस्कृति प्रगतिशिल र जनपक्षीय शक्तिका विरुद्ध आक्रमण गर्ने रहेको आरोप लगाए। ‘बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीमा उहाँहरुको श्विास होइन,’ उनले भने, ‘अपवित्र गठबन्धन र अपवित्र गठबन्धनको साँठगाँठ । त्यस संस्कृतिको काम के भन्दा प्रगतिशिल र जनपक्षीय शक्तिका विरुद्ध आक्रमण ।’

  • कर्णालीका नेतासँग ओलीले भने- जेठ २ मा फर्किसकेँ, घरमै गएर ल्याउन सक्दिन

    कर्णालीका नेतासँग ओलीले भने- जेठ २ मा फर्किसकेँ, घरमै गएर ल्याउन सक्दिन

    सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू एमाले एकताको लागि प्रतिबद्ध रहेको बताएका छन् ।

    कर्णाली प्रदेशका पार्टी जिल्ला अध्यक्षहरूसँगको भेटमा उनले आफू सर्वोच्च अदालतको आदेश अनुसार जेठ २ मा फर्के पनि माधव नेपाल बैठकमा सहभागी नभएकोप्रति अनौठो मानेका छन् ।

    ‘कार्यदलले १० बुँदे सहमतिको अवधारणा निर्माण गरेको छ । त्यसलाई हामीले अनुमोदन गरिसकेका छौं । पार्टी जेठ २ मा फर्किसकेको छ । उहाँहरूको चित्त नबुझेको भए पार्टी कमिटीको बैठकमा आएर आफ्ना कुरा राख्न सक्नुहुन्थ्यो तर उहाँहरू हालसम्म बैठकमा आउनु भएको छैन ’, ओलीको भनाइ उदृत गर्दै एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले नेपाल प्रेससँग भने, ‘पार्टीमा अनुशासनहिनता, अराजकता, व्यक्तिगत स्वार्थले अब ठाउँ पाउँदैन । तपाईंहरू गाउँ फर्किनुस् । पार्टीलाई अझै बलियो बनाउन केन्द्रित हुनुहोस् ।’

    एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले आफूहरूले पार्टी अध्यक्षसँग पार्टी एकता छिटो टुंग्याउन अनुरोध गरेको बताए ।
    ‘हामीले पार्टी एकतालाई छिटो टुग्यांउन, आग्रह र कुण्ठा त्यागेर सबैले पार्टीलाई जोगाउनुपर्ने माग राखेका हौं । १० बुँदे सहमतिलाई अवधारणालाई दुवै पक्षले इमान्दार भएर कार्यान्वयन गर्नुपर्ने कुरा राखेका छौं ’, उनी भन्छन्, ‘पार्टीका आम कार्यकर्ताहरूको चाहना पार्टी एकता नै भएका कारण हामीले तत्काल पार्टी एकता गर्न आवश्यक कदम चाल्न पार्टी अध्यक्षलाई आग्रह गरेका छौं ।’

    जवाफमा ओलीले एमालेमा आउनेलाई आउन दिने कसैको घरमै गएर एमाले हौ भनेर नल्याइने बताएका थिए । ‘जेठ २ का कुरा भए, त्यहाँ पार्टी आइसकेको छ । १० बुँदे आइसकेको छ । त्यसमा पनि म तयारै छु ’ शर्माले भने, ‘अब उहाँहरूलाई घरैबाट जबर्जस्ती तपाईं एमाले हो भनेर ल्याउन त सकिँदैन नि । उहाँहरू आउनुहुन्छ भन्ने आशा छ । आउन चाहने साथीहरूलाई पूर्ववत अवस्थामा जिम्मेवारी दिइन्छ । पार्टी एकताप्रति म प्रतिबद्ध छु भनेर जवाफ दिनुभयो ।’

  • एमालेका चार नेता छलफलमा, आजै ओली र नेपालबीच वार्ता गराउने

    एमालेका चार नेता छलफलमा, आजै ओली र नेपालबीच वार्ता गराउने

    काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन खोजेका छन् ।

    भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’का लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको हो । आज पनि चार नेता वार्ताको वातावरण बनाउन छलफलमा छन् ।

    चार नेताबीचको छलफलपछि आजै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको नेम्वाङले बताए । ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न सहमत भएका छन् ।

    नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सोमवारको बैठकमा बरिष्ठ नेता नेपाललाई पावर शेयरिङको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए । उनीहरुको आग्रह मानेर नेपाल वार्तामा बस्न तयार भएका हुन् ।

    एमालेको न एकता,न विभाजनको अवस्थालाई धेरै दिन लम्ब्याउन नहुने कुरामा दुवै पक्ष सहमत रहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउछन् । एकतामा असर पर्ने खालका अभिव्यक्ति कुनै पक्षबाट पनि दिन नहुने उनले बताए ।

  • सर्वोच्चले भन्यो- एमालेको महाधिवेशन आयोजक कमिटी वैधानिक, चार सांसदको पद गयो (आदेशसहित)

    सर्वोच्चले भन्यो- एमालेको महाधिवेशन आयोजक कमिटी वैधानिक, चार सांसदको पद गयो (आदेशसहित)

    काठमाडौं । नेकपा एमाले एकता र विभाजनको प्रयास जारी रहेका बेला कर्णाली प्रदेशका चारजना सांसद गएको छ ।
    संसदीय दलको निर्देशनविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार टिकाउने प्रकाश ज्वाला,अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गरेको छ ।

    यसअघि पार्टीले गरेको कारवाहीका आधारमा पदमुक्त भएका चारैजनालाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो । सो अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओली अदालत गएका थिए ।

    ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र प्रकाश ढुंगानाको इजलासले राउतको अन्तरिम आदेश खारेज गरेको छ । ओलीले चार सांसदमाथि गरेको कारवाहीलाई वैधानिक ठहर गरेको छ ।

    अदालतको यो आदेशसँगै अब एमालेका चार सांसद पदमुक्त भएका छन् । चारमध्ये प्रकाश ज्वालाबाहेक अन्य तीनजना कर्णाली सरकारमा मन्त्री छन् ।

    सर्वोच्च अदालतको पछिल्लो आदेशले यसअघि प्रकाशमानसिंह राउतको अन्तरिम आदेशमा भएको व्याख्यालाई समेत सच्याएको छ । राउतको इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारवाही वैधानिक नरहेको भन्दै केन्द्रीय कमिटीले कारवाही नगरेको आधार देखाएर अन्तरिम आदेश दिएको थियो ।

    तर, राणासहितको संयुक्त इजलासले राजनीतिक दल सम्बन्धी ऐनमा केन्द्रीय समिति भन्नाले दलको विधान बमोजिम गठन हुने दलको केन्द्रीय कार्यकारिणी समिति सम्झनुपर्छ र सो शब्दले जुनसुकै नामाकरण गरिएको भए तापनि दलको तर्फबाट निर्णय गर्न सक्ने अत्यिढारी पाएको केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिलाई समेत जनाउने उल्लेख छ ।

    एमालेले दशौं राष्ट्रिय महाधिवेशन समिति भंग गरे पनि अदालतले पछिल्लो आदेशले त्यसलाई वैधता दिएको छ ।