Tag: कांग्रेस महाधिवेशन

  • कांग्रेस अधिवेशन : ललितपुरका ६ मध्ये ४ पालिकामा संस्थापन पक्षको नेतृत्व

    कांग्रेस अधिवेशन : ललितपुरका ६ मध्ये ४ पालिकामा संस्थापन पक्षको नेतृत्व

    ललितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ललितपुरका ६ वटै स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका रहेको ललितपुरका पालिकास्तरका कार्यसमितिमा मिश्रित नतिजा आएको छ ।

    पालिकाको नेतृत्वमा भने सभापति शेरबहादुर देउवानिकट संस्थापन पक्षले अग्रता लिएको छ । संस्थापन पक्षले ललितपुर महानगरपालिकासहित ४ पालिकामा नेतृत्व पाएको छ । संस्थापनइतर समूहबाट २ गाउँपालिकामा नगर सभापति निर्वाचित भएका छन् ।

    ललितपुरमा अधिकांश पालिकामा संस्थापन पक्षकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा भएको थियो । जिल्ला सभापति मदनबहादुर अमात्यको समर्थन रहेका शुभानन् धाख्वा ललितपुर महानगरपालिकाको सभापतिमा निर्वाचित भएका छन् । उनले संस्थापनइतर समूहका गणेशभक्त श्रेष्ठलाई पराजित गरे । धाख्वाले २ सय ८२ मत प्राप्त गर्दा श्रेष्ठले २ सय २१ मत ल्याएका थिए ।

    संस्थापन पक्षबाट गोदावरी नगरपालिका सभापतिमा प्रदीप जोशी, बागमती गाउँपालिका सभापतिमा वीरबहादुर लोप्चन र महाकांल गाउँपालिका सभापतिमा खोमप्रसाद दाहाल सभापति निर्वाचित भएका छन् ।

    संस्थापनइतर समूहबाट महालक्ष्मी नगरपालिकाको सभापतिमा दिवाकर सिलवाल र कोञ्ज्योस्योम गाउँपालिकाको सभापतिमा सरोज घलान निर्वाचित भएका छन् । ललितपुरमा संस्थापन पक्षका नेताहरू मदनबहादुर अमात्य, उदयशमशेर राणा र रामकृष्ण चित्रकारका उम्मेदवारबीच नै कतिपय पालिकामा प्रतिस्पर्धा भएको थियो ।

  • वागमती प्रदेशमा देउवाइतर पक्ष बलियो, कुन पालिका कसले जित्यो ? (सूचीसहित)

    वागमती प्रदेशमा देउवाइतर पक्ष बलियो, कुन पालिका कसले जित्यो ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वागमती प्रदेशमा अधिवेशन भएका स्थानीय तहको परिणाममा संस्थापनइतर पक्ष बलियो देखिएको छ । हालसम्म ८० स्थानीय तहको परिणाम सार्वजनिक भएकोमा देउवालाई इतर समूहले पछि पारेको हो ।

    काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक र रसुवामा पालिकाको नेतृत्व चयन भइसकेको छैन । बाँकी ९ जिल्लाका अधिकांश स्थानमा सहमतिबाट नेतृत्व चयन गरिएको छ । नेपाल प्रेसलाई प्राप्त तथ्यांकअनुसार वागमती प्रदेशभित्र अधिवेशन सम्पन्न भई परिणाम घोषणा भएका ८० पालिकामध्ये ३१ मा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले जित हासिल गरेको छ ।

    त्यस्तै देउवाइतर समूहका ४६ जनाले पालिकाको नेतृत्व हासिल गरेका छन् । पालिका सभापति निर्वाचितमध्ये ३ जना कुनै समूहमा खुलेका छैनन् वा दुवै समूहले आफ्नो पक्षमा रहेको दावी गरेका छन् ।

    परिणामको जिल्लागत विवरण

    १. भक्तपुर

    चार नगरपालिका रहेको भक्तपुरमा संस्थापन र इतरसमूहबीच बराबरी भएको छ । संस्थापन समूहले २ र इतर समूहले २ नगरपालिकामा नेतृत्व हात पारेका छन् । संस्थापनतर्फबाट चाँगुनारायण नगरपालिकाको सभापतिमा शिवहरी केसी र सूर्यविनायक नगरपालिकाको सभापतिमा निशान ढुंगेल निर्वाचित भएका छन् । त्यस्तै संस्थापनइतर समूहबाट भक्तपुर नगरपालिका सभापतिमा राजेन्द्र तमखु र मध्यपुर थिमिमा हरिदास प्रजापति विजयी भएका छन् ।

    २. धादिङ

    धादिङका १३ पालिकामध्ये १० पालिकामा मात्रै अधिवेशन सम्पन्न भएको छ । निलकण्ठ नगरपालिका, नेत्रावती गाउँपालिका र रुवीभ्याली गाउँपालिकामा निर्वाचन हुन सकेको छैन । अधिवेशन भएका १० मध्ये २ मा निर्वाचन भएको थियो । जसमा संस्थापन पक्ष र इतर पक्षले १-१ पालिका जितेका छन् । नतिजा आएका १० मध्ये संस्थापन पक्षले २ पालिकामात्रै जितेको छ भने संस्थापनइतर पक्षले ८ पालिकामा सभापति पाएको छ । संस्थापन पक्षका मरिचमान तामाङ खनियाँवास गाउँपालिकाको सभापतिमा निर्विरोध भए भने सिद्दलेकमा संस्थापन पक्षका रामशरण गिरी सभापतिमा निर्वाचित भए ।

    संस्थापनइतरबाट धुनिवेशी नगरपालिकामा सुरज उप्रेती, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारी, गल्छी गाउँपालिकामा दीपक कार्की , गजुरी गाउँपालिकामा भूमी कडेंल, बेनिघाट रोराङ गाउँपालिकामा ऋषिनाथ त्रिपाठी, ज्वालामुखी गाउँपालिकामा रेशमलाल काप्री, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती र गंगाजमूना गाउँपालिकामा फैसिंह तामाङ सभापतिमा निर्वाचित भएका छन् । धादिङमा संस्थापन तर्फको नेतृत्व पूर्व मन्त्री दिलमान पाख्रिन र निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले गरेका छन् भने संस्थापन इतर समूहको अगुवाई पूर्व सांसद रामनाथ अधिकारी र जिल्ला सभापति रमेश धमलाले गरेका छन् ।

    ३. नुवाकोट

    नुवाकोटमा केन्द्रीय गुटको प्रभावभन्दा फरक ढंगले पालिका अधिवेशन सम्पन्न भएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदीश्वरनरसिंह केसी नेतृत्वको समूहविरुद्ध कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाको समूह प्रतिस्पर्धामा थियो । जिल्लाका दुवै नगरपालिकामा संस्थापनइतर पक्षका उम्मेदवारले जित हासिल गरेका छन् । विदुरमा हरिलाल श्रेष्ठ र बेलकोटगढीमा लेखनाथ मुडभरी संस्थापनइतर पक्षबाट बिजयी भए ।

    तारकेश्वर गाउँपालिका सभापतिमा केशव अर्याल, सूर्यगढी गाउँपालिकामा शंकर प्याकुरेल, लिखु गाउँपालिकामा विनोद पाठक , ककनी गाउँपालिकामा भाग्यश्री लामा र दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान संस्थापनइतर समूहबाट निर्वाचित भए । तादी गाउँपालिकाको सभापतिमा निर्वाचित नारायणप्रसाद पाण्डे पनि डा.रामशरण महतनिकट भएकाले केन्द्रको राजनीतिमा संस्थापन इतर समूहमै रहेका छन् । संस्थापन पक्षबाट मेघाङ गाउँपालिकामा सिंहराज तामाङ, किश्पाङ गाउँपालिकामा रणबहादुर तामाङ, पञ्चकन्या गाउँपालिकामा माधवप्रसाद खनाल र शिवपुरी गाउँपालिकामा कविराज गुरुङ सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित सभापतिमध्ये केन्द्रीय निकटताका आधारमा संस्थापन पक्षका ४ र इतरपक्षका ८ जना रहेका छन् ।

    ४. काभ्रेपलाञ्चोक

    काभ्रेका १३ पालिकामध्ये १२ को अधिवेशन सम्पन्न भएको छ । महाभारत गाउँपालिकामा प्राविधिक कारणले अधिवेशन हुन सकेको छैन । परिणाम आएका १२ मध्ये संस्थापन पक्षले ९ पालिकामा सभापति जितेको छ । त्यस्तै संस्थापन इतर पक्षले ३ स्थानमा जित हासिल गरेको छ । काभ्रेमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्ण सिटौंला पक्षबीच सहकार्य भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिस्पर्धामा छ । संस्थापन पक्षबाट बनेपा नगरपालिकामा महेशकुमार कर्माचार्य, धुलिखेल नगरपालिकामा विदुरबहादुर बस्नेत,बेथानचोक गाउँपालिकामा प्रेमबहादुर तिमल्सिना, तेमाल गाउँपालिकामा ज्ञानबहादुर लामा, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा, पनौती नगरपालिकामा रामशरण भण्डारी, रोशी गाउँपालिकामा दुधराज तामाङ, भुम्लु गाउँपालिकामा दावा लामा र चौरीदेउराली गाउँपालिकामा शेरबहादुर तामाङ सभापतिमा विजयी भएका छन् ।

    संस्थापनइतर समूहबाट पाँचखाल नगरपालिकामा सञ्जय तामाङ, मण्डनदेउपुर नगरपालिकामा कश्यप पौडेल र खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा सभापतिमा निर्वाचित भएका छन् । काभ्रेमा देउवा-सिटौला समूहको नेतृत्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले गरेका छन् भने पौडेल पक्षको नेतृत्व जिल्ला सभापति मधु आचार्यले गरेका छन् ।

    ५. सिन्धुली

    सिन्धुलीका ९ पालिकामध्ये ७ मा सर्वसम्मतरूपमा नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा दुवै पक्षले निर्वाचित सभापति आफ्नो समूहको रहेको दावी गर्दै आएका छन् । परिणामअनुसार ९ मध्ये संस्थापनइतर भनेर चिनिएका ७ जना र संस्थापन पक्षका २ जना निर्वाचित भएका छन् । सिन्धुलीमा केन्द्रको संस्थापन पक्षको नेतृत्व माणिक ढकाल र प्रेमचन्द्र दाहालले गर्ने गरेका छन् । संस्थापनइतर समूहमा वर्तमान सभापति उज्ज्वल बराल र पूर्व सांसद मोहन बराल सक्रिय छन् ।

    निर्वाचितमध्ये हरिहरपुरगढी गाउँपालिकामा बमबहादुर स्याङ्वा र मरिण गाउँपालिकामा रामबहादुर वाइवा केन्द्रको संस्थापन समूह निकट मानिन्छन् । दुधौली नगरपालिकामा निर्वाचित बलराम कार्की, कमलामाई नगरपालिकाका सभापति कमल पोखरेल, सुनकोशी गाउँपालिकाका सभापति चन्द्र श्रेष्ठ, गोलन्जोरका सभापति मोतीराज सापकोटा, तीनपाटन गाउँपालिकाका सभापति सोमप्रसाद घिमिरे र घ्याङखेल गाउँपालिकाका सभापति गणेश पुलामी संस्थापनइतरबाट निर्वाचित हुन् ।

    ६. रामेछाप

    रामेछापका ८ स्थानीय तहमध्ये ५ मा संस्थापन इतर समूह विजयी भएको छ । दुई पालिकामा जितेका सभापतिहरू केन्द्रको गुटमा खुलेका छैनन् भने संस्थापन पक्षले एक पालिकामा सभापति जितेको छ । मन्थली नगरपालिका सभापतिमा निर्वाचित शंकर अधिकारी र गोकुलगंगा गाउँपालिकाको सभापतिमा निर्वाचित मणिकुमार लामा केन्द्रीय गुटमा दुवैतिर खुलेका छैनन् ।
    रामेछापमा केन्द्रको भन्दा जिल्लाको प्रभावअनुसार प्रतिस्पर्धा भएको बताइन्छ । जसमा संस्थापन इतरका जिल्ला सभापति लवश्री न्यौपाने पक्षका ५ जनाले पालिका सभापति जितेका छन् । संस्थापन इतरबाट रामेछाप नगरपालिकामा कमलविक्रम कार्की, सुनापति गाउँपालिकामा जनक खड्का, खाँडादेवी गाउँपालिकामा तेज घिसिङ, लिखु तामाकोशी गाउँपालिकामा भोजराज खड्का र उमाकुण्ड गाउँपालिकाको सभापतिमा हिक्मत सुनुवार निर्वाचित भएका छन् । संस्थापन पक्षका केशव कुमार लामा दोरम्बा शैलुङ गाउँपालिकाको सभापतिमा निर्वाचित भए ।

    ७. दोलखा

    दोलखाका ९ स्थानीय तहमध्ये ८ वटामा मात्रै पालिका अधिवेशन सम्पन्न भएका छन् । कालिन्चोक गाउँपालिकामा विवादका कारण अधिवेशन हुन सकेको छैन । परिणाम आएका ८ मा संस्थापन र इतर समूहबाट ४-४ जना पालिका सभापतिमा निर्वाचित भएका छन् । संस्थापन पक्षबाट बैतेश्वर गाउँपालिकाको सभापतिमा शमशेर घिसिङ, गौरिशंक गाउँपालिकाको सभापतिमा श्यामसुन्दर तामाङ, जिरी नगरपालिकाको सभापतिमा सोनाम शेर्पा र तामाकोशी गाउँपालिकाको सभापतिमा कृष्ण फुयाँल निर्वाचित भएका छन् । फुँयाललाई देउवा-सिटौला समूहको सहयोग रहेको बताइन्छ ।

    संस्थापनइतर समूहबाट मेलुङ गाउँपालिकाको सभापतिमा नारायणबहादुर मगर, सैलुङ गाएापालिकाको सभापतिमा कृष्णध्वज योञ्जन, विगु गाउँपालिकाको अध्यक्षमा हेमराज तामाङ र भीमेश्वर नगरपालिकाको सभापतिमा शंकर कार्की निर्वाचित भएका छन् ।

    ८. मकवानपुर

    मकवानपुरका १० मध्ये ५ पालिकामा संस्थापन पक्ष र ४ पालिकामा संस्थापनइतर पक्षले जितेको छ । इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत सभापति बनेका विश्व लामालाई दूवै पक्षले आफ्नो दावी गरेको छ । उनी भने सहमतिमै सभापति भएकोले कतै खुलेका छैनन् । संस्थापन पक्षबाट हेटौडा उपमहानगरपालिकामा उत्सव इटनी, मनहरी गाउँपालिकामा प्रकाश बर्तौला, कैलाश गाउँपालिकामा राजेन्द्र घिसिङ, मकवानपुरगढी गाउँपालिकामा राजवीर लामा र बकैया गाउँपालिकामा दिलबहादुर बम्जन निर्वाचित भएका छन् ।

    संस्थापनइतर पक्षबाट थाहा नगरपालिकामा प्रमोद जोशी, भीमफेदी गाउँपालिकामा सञ्जीव श्रेष्ठ, वागमती गाउँपालिकामा फणिन्द्र तिमल्सिना र राक्सिराङ गाउँपालिकामा वीरेन्द्र जिम्बा सभापतिमा निर्वाचित भएका छन् ।

    ९. चितवन

    चितवनका ७ मध्ये ५ मा संस्थापनइतर समूह र २ मा संस्थापन समूहको नेतृत्व स्थापित भएको छ । संस्थापन पक्षका देवेन्द्र लामा राप्ती नगरपालिका र प्रल्हाद सापकोटा रत्ननगर नगरपालिकाको सभापतिमा विजयी भएका छन् ।

    संस्थापनइतर पक्षबाट भरतपुर महानगरपालिकामा चित्रसेन अधिकारी, माडी नगरपालिकामा कोमल भूसाल, खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, कालिका नगरपालिकामा दिव्यश्वर केसी र ईच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

  • कांग्रेस अधिवेशन : दाङका स्थानीय तहमा देउवा र पौडेल पक्षका बराबरी नेतृत्व

    कांग्रेस अधिवेशन : दाङका स्थानीय तहमा देउवा र पौडेल पक्षका बराबरी नेतृत्व

    रुपन्देही । दाङमा शनिबार सम्पन्न कांग्रेस अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले स्थानीय तहमा बराबर जित हात पारेका छन् ।

    १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा र पाँच स्थानीय तहमा पौडेल पक्षको नेतृत्व आएको छ । पौडेलनिकट दिपक गिरीका चार स्थानीय तहसँगै राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी छन् । तीमध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका सभापति सर्वसम्मत चयन भएका हुन् ।

    त्यस्तै देउवा समूहका घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावतले विजयी हाँसिल गरेका छन् । उनी जिल्लामा राजु खनालनिकट मानिन्छन् । त्यस्तै लमही नगरपालिकाका सभापति सन्तोष बुढाथोकी देउवानिकट हुन् । उनले ७९ वर्षीय शिवु चौधरीलाई पराजित गर्न सफल भएका थिए । त्यस्तै राजपुरका सभापति नरेन्द्र राज भण्डारी, गढवाका किरण पौडेल र बंगलाचुली गाउँपालिकाका जागेश्वर अधिकारी देउवा पक्षका हुन् ।

    बंगलाचुलीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा दिपक गिरी निकट सुरेश हमालले विजयी भएका छन् । त्यस्तै दीपककै नातेदार रहेका शम्भु गिरीले दंगीशरण गाउँपालिकाको सभापतिमा विजयी हाँसिल गरे । बबई गाउँपालिका सभापति प्रकाश बस्नेत र शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी दीपक गिरीनिकट हुन् । यी चार स्थानीय तहहरु दाङ क्षेत्र नं. ३ मा पर्छन् ।

    शशांक कोइरालासँग नजिक रहेका गिरी रामचन्द्र पौडेलपक्षीय नेता हुन् । नेपाली कांग्रेस दाङका विभिन्न पालिकाहरूमा भएको निर्वाचनको परिणाम आएको छ । पार्टी केन्द्रमा बनेको दुई समूह जिल्ला रहेपनि परिणाम भने मिश्रित आएको छ । नेता खुमबहादुर खड्काको मृत्युपछि यहाँको समीकरण केही फेरिएको छ ।

    तुल्सीपुरमा दीपक गिरी समूहका हमाल विजयी

    नेपाली कांग्रेस तुलसीपुरको सभापतिमा सुरेश हमाल विजयी भएका छन् । १६० मतान्तरले पछि पार्दै हमाल विजयी भएका हुन् । उनले ३६८ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिद्वन्दी अनिल कार्कीले २०८ मत प्राप्त गरेका थिए । हमाल दिपक गिरीको प्यानबाट उम्मेदवार बनेका थिए, भने कार्की गेहेन्द्र गिरीको टिमबाट उम्मेदवार बनेका थिए ।

    त्यस्तै उपसभापतिमा हमालकै प्लायनबाट बिनिल केसीले ३५९ मत प्राप्त गरेका थिए । उपसभापतिमा भने अनिल कार्कीकै प्यानलबाट गौरव सुवेदी विजय भएका हुन् । उनले २८५ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी हमाल प्यानलका पिमलाल डाँगीले २५३ मत प्राप्त गरेका थिए । साथै उपसभापति पदका उम्मेदवार अशोककुमार श्रेष्ठ १८९ मत प्राप्त गरेका थिए ।

    सचिवमा हमाल प्यानलकै विमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्दी भोजराज न्यौंपानेको २१७ र परशुराम चौधरीले १७६ मत प्राप्त गरेका थिए ।

    त्यस्तै सचिवमा स्वतन्त्र उम्मेदवार दिएका तिलकबहादुर बस्नेतको ६९ मत मात्रै प्राप्त गरेका थिए । सहसचिबमा हमाल प्यानलकै शेषमणि भण्डारीले ३५१ मत र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी अशोक भण्डारीले २१० र तिलसरा वलीले १७६ मत प्राप्त गरेका छन् । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो । साथै सभापतिमा १५ मत बदर भएको भएको थियो । एकजना उपसभापति बाहेक पदाधिकारीमा सबै हमाल प्यानलबाटै विजयी भएका छन् ।

    घोराही उपमहानगरमा रावत

    घोराही उपमहानरपालिकाको सभापतिमा तिलक रावत निर्वाचित भएका छन् । उनले २८६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी निरज गिरीले १६२ मत प्राप्त गरेका थिए । उनीहरूबीचको मतान्तर १२४ हो । घोराहीमा कुल ४६८ मतदाता रहेकोमा ४६२ मत खसेको थियो ।

    उपसभापतिमा दुर्लभ केसी २९४ र प्रदीप सुवेदीले २३५ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरूका प्रतिष्पर्धीहरू श्रीधर महराले २०० र बेदबहादुर लामिछानेले १२५ मत प्राप्त गरेका थिए, भने सचिवमा भीमकान्त चौधरी २९१ मत र पुष्पराज आचार्य २६० मत प्राप्त गरेका थिए भने उनीहरूका प्रतिपर्धीहरु किरण पौडेलले १४९ र मनोज केसीले १७१ मत प्राप्त गरेका थिए । त्यस्तै सहसचिव पदमा चेतन बस्नेत २९५ मत र राजकुमार बस्नेत २८२ मत प्राप्त गरी विजयी भएका छन्, भने उनीहरुका प्रतिपर्धीहरु सतिश शर्माले १३६ र भरत धितालले १४९ मत प्राप्त गरेका थिए ।

    बबईमा बस्नेत

    नेपाली कांग्रेस बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत शनिवार भएको बबई गाउँपालिकाको निर्वाचनमा सभापतिका उम्मेदवार प्रसाराम भुषालको प्यानललाई पराजित गर्दै सभापतिमा प्रकाश बस्नेतसहित सम्पूर्ण प्यानल विजयी भएका हुन् ।

    सभापतिका उम्मेदवार भुषाललाई १५ मतको अन्तरमा बस्नेत विजयी भएका हुन् । बस्नेतले ६५ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी भुषालले ५० मत लिएका थिए । ३ मत बदर भएको नेपाली कांग्रेस बबई ५ का सभापति युवराज कंडेलले जानकारी दिए ।

    बंगलाचुलीमा अधिकारी सर्वसम्मत

    बंगलाचुली गाउँपालिकाको सभापतिमा जागेश्वर अधिकारी सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा द्रोर्णबहादुर खत्री र इन्द्रबहादुर वली, सचिबमा चेतबहादुर डाँगी र बलदेव मल्ल, सह-सचिवमा खुमबहादुर बुढाथोकी र केयरसिंह गाहासहित ३४ सदस्यीय गाउँसमिति सर्वसहमतिमै चयन भएका हो ।

    यसैबीच नवनिर्वाचित सभापति जागेश्वर अधिकारीले बंगलाचुलीमा कुनैपनि गुटको राजनीतिक नहुने बताएका छन । अधिकारीले विभिन्न ठाउँमा कांग्रेसभित्र गुटउपगुट हुन गरेको भन्दै उनले बंगलाचुलीमा गुटगत राजनीतिको अन्त्य हुने बताएका हुन् । उनले गुटगत राजनीति त्यागेर सवैलाई एकताबद्ध पाटी बनाउन लाग्न समेत आग्रह गरेका छन् ।

    बंगलाचुलीमा नयाँ युवालाई कार्यकारी पद दिएर गुटगत राजनीतिभन्दा पार्टीलाई बलियो बनाउने गरी अघि बढ्ने योजना अनुसार गुटगत राजनीतिलाई अन्त्य गर्ने सन्देश दिइएको सचिव चेतबहादुर डाँगीले बताएका छन् ।

    दंगीशरणमा गिरी निर्वाचित

    नेपाली कांग्रेस दंगीशरणको सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनबाट उनका निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् । गिरीले ७६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपसभापति पदमा गिरी प्यानलकै गिरिराज न्यौपानेले ८० मत र दुर्गाबहादुर बोहरा ७१ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै सचिव पदमा गिरी प्यानलकै ओपेन्द्रराज शर्मा ७० मत र वामदेव बिष्ट ६४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै सहसचिव पदमा गिरी प्यानलकै टोपबहादुर खड्का ७१ र डम्मर वली बिक्रम ६६ मत प्राप्त गरि निर्वाचित भएका छन् । दंगीशरणमा कुल १२२ मतदाता रहेकोमा १२१ मत खसेको थियो ।

    लमहीमा बुढाथोकी

    लमही नगरपालिकामा युवा नेता सन्तोष बुढाथोकी निर्वाचित भएका छन । उनले अर्का प्रत्यासी शिबप्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन् ।

    चौधरी निवर्तमान सभापति हुन् । त्यस्तै उपसभापतिमा बिनोद खड्का र जग नारायण चौधरी निर्वाचित भएका छन । खड्काले ८३ मत र चौधरीले ७६ मत लिएका थिए । त्यसैगरी सचिवमा प्रेम कलाथोकी र कैलाश चौधरी निर्वाचित भएका छन । चौधरीले ८२ र कालाथोकीले ७९ मत प्राप्त गरेका थिए । सहसचिवमा खीम बहादुर योगी र हिमासु न्यौपाने निर्वाचित भएका छन । योगीले ८० र न्यौपानेले ८७ मत प्राप्त गरि बिजयी भएको मतदान अधिकृत प्रकाश डाङीले जानकारी दिए ।

    राजपुरमा भण्डारी

    राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र सिंह भण्डारी निर्वाचित भएका छन । भण्डारीले ६३ मत र बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए । १ सय १३ मतदाता रहेको राजपुरमा सबै मत खसेको मतदान अधिकृत दुर्गा पाण्डेले जानकारी दिए । त्यस्तै उपसभापतिमा तीन जनाको प्रतिस्पर्धा थियो । अमृत खड्का ८७, आशाराम यादव ८२ मत लिएर उपसभापतिमा निर्वाचित भएका छन । अर्का उम्मेदवार मोहन गुप्ता पराजित भएका छन । गुप्ताले २४ मत लिएका छन ।

    गढवामा पौडेल

    गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल निर्वाचित भएका छन । सभापतिका अर्का प्रत्यासी कृष्ण राज पाण्डेले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिबमा पुर्णप्रसाद चौधरीले ९७ र पोषण राज न्यौपानेले ९१ मत प्राप्त गरि बिजयी भएका छन ।

    राप्ती गाउँपालिकामा शनिबार नै सहमति भैसकेको छ, त्यहाँ सभापतिमा विद्याशरण चौधरी गाउँपालिका सभापति बनेका छन् । शान्तिनगर पालिकाको सभापतिमा झलक केसीको टीम सर्वसम्मत भएको हो ।

  • कांग्रेस अधिवेशन : प्युठानमा संस्थापनइतर हावी (सूचीसहित)

    कांग्रेस अधिवेशन : प्युठानमा संस्थापनइतर हावी (सूचीसहित)

    रुपन्देही । नौ स्थानीय तह रहेको प्युठानमा नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने एउटामात्र पालिकामा निर्वाचन गरिएको छ ।

    कांग्रेस नेताकाअनुसार ९ पालिकामध्ये सरुमारानी गाउँपालिकाका लक्ष्मण जिसी र नौ बहिनी गाउँपालिकाका देवीराम पुन मात्र देउवा समूहमा खुलेका हुन् । प्युठान नगरपालिकाका सभापति नेत्रबहादुर केसी तटस्थ भनिए पनि अरु धेरै पालिकाको नेतृत्व संस्थापनइतर समूहले हात पारेको छ ।

    जिल्लाको गौमुखीमा गाउँपालिकामा मात्र निर्वाचन प्रक्रियाबाट पालिका सभापति चयन गरिएको नेपाली कांग्रेस प्युठानले बताएको छ । कांग्रेस प्युठानका अनुसार गोविन्द बुढा मगरलाई ५९ मतअन्तरले पराजित गर्दै मधुराम केसी पालिका सभापतिमा निर्वाचित भएका हुन् । पौडेल समूह केसीले ७७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी बुढाले १७ मत प्राप्त गरेका थिए ।

    कुन स्थानीय तहमा को भए सभापति ?

    स्वर्गद्वारी नगरपालिका- गिरबहादुर घर्तीमगर

    प्युठान नगरपालिका- नेत्रबहादुर केसी

    ऐरावती गाउँपालिका- अमर रेश्मी मगर

    माण्डवी गाउँपालिका- प्रकाश अधिकारी

    सरुमारानी गाउँपालिका- लक्ष्मण जीसी

    मल्लरानी गाउँपालिका- रमेश श्रेष्ठ

    झिमरुक गाउँपालिका- मिनराज भट्टराई

    नौ बहिनी गाउँपालिका- देविराम पुन

    जिल्ला नेतृत्वमा दुई समूहका दुई नेताको प्रतिस्पर्धा

    पार्टीको जिल्ला सभापति पदमा दुई समूहका दुई नेताले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला प्यानलका वर्तमान पार्टी सचिव विष्णुकुमार गिरी र पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूहबाट निवर्तमान पार्टी सचिव शिवप्रसाद रिजालले सभापतिमा उम्मेदवारी दिने तयारी भएको छ । शिव नौबहिनी गाउँपालिका र विष्णु गौमुखी गाउँपालिका अध्यक्ष हुन् ।

    यसअघि अन्य नेताहरुले नेतृत्वको आकंक्षा गरेपनि अन्तिममा दुईजनामात्र मैदानमा आएका छन् । नेता डा. गोविन्द पोखरेल यो पटक नखुलेका कारण जिल्लामा धेरै नेताहरु अलमलमा परेका छन् । प्युठान कांग्रेसका युवा नेता देवेन्द्र बर्माका अनुसार जिल्लामा धेरै समूहगत विभाजन नभएको सन्देश निर्विरोध रुपमा पालिकाको सभापति चयनले दिएको बताए ।

  • नवलपरासी कांग्रेसमा देउवा समूह कमजोर हुँदा शशांक गुट बलियो

    नवलपरासी कांग्रेसमा देउवा समूह कमजोर हुँदा शशांक गुट बलियो

    रुपन्देही । पश्चिमनवलपरासीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूह कमजोर हुँदा महामन्त्री शशांक गुटको वर्चस्व देखिएको छ ।

    शनिबार १४ औं महाधिवेशन अन्तर्गत भएको गाउँ/नगर अधिवेशनको परिणामले यस्तो अवस्था देखिएको हो ।

    जिल्लामा केन्द्रीय गुटभन्दा जिल्लाका नेताहरूको अलग्गै गुटबीच प्रतिस्पर्धा शुरू भएको छ । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवाल (सन्तु) को दुई बलियो गुट बनेको छ । पहिले खुमबहादुर खड्काको समूहमा रहेका कँडेल देउवा गुटका हुन् भने जयसवाल र खनाल रामचन्द्र पौडेल समूहको शशांक समूहमा छन् । उनीहरुको चाहना र पहुँचको आधारमा जिल्लामा समूह विभाजन बनेको छ ।

    ७ स्थानीय पालिका रहेको जिल्लामा ६ वटा पालिकाको परिणाम आएको छ । परिणामअनुसार २ नगरपालिका र २ गाउँपालिकामा खनाल/जयसवालको गुटको समूह निर्वाचित भएको छ । २ गाउँपालिकामा कँडेल गुटको समूह निर्वाचित भएको छ । खनाल/जयसवाल गुट विजय भएका पालिकाहरूमा क्रमशः सुनवल नगरपालिकामा सभापतिका उमेदवार सोमबहादुर रायमाझी (पप्पु) ले प्रतिस्पर्धी खेमराज पाण्डेलाई १ सय २७ मतान्तरले हराए । बर्दघाट नगरपालिकामा सभापतिका उमेदवार दामोदर जिसीले प्रतिस्पर्धी शम्भुलाल श्रेष्ठलाई ५८ मतान्तरले हराए । त्यस्तै सुस्ता र प्रतापपुर गाउँपालिकामा भने सर्वसम्मत भई खनाल/जयसवालको गुट आएको छ ।

    कँडेल गुट विजयी भएको सरावल गाउँपालिकामा अध्यक्षका उमेदवार विनोद पाण्डेले प्रतिस्पर्धी इन्द्र बहादुर चौधरीलाई ३६ मतान्तरले हराए । त्यस्तै पाल्हीनन्दन गाउँपालकामा अध्यक्ष हरिहर चौहानले प्रतिस्पर्धी गुड्डु गुप्तालाई ५१ मतले हराए । परिणाम आउन बाँकी रहेको रामग्राम नगरपालिकामा भने आइतबार मतदान सुरु भएको छ ।

    अधिवेशनका लागि जिल्लामा १३ सय ४३ जना क्षेत्रीय प्रतिनिधिहरु चुनिएको निर्वाचत अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पालिकाहरुको परिणामअनुसार जिल्ला नेतृत्वमा खनाल/जयसवाल गुटको पकड बलियो देखिएको छ ।

    जिल्ला सभापतिमा कँडेल गुटले शिक्षक संघका पूर्वअध्यक्ष मोहन शर्मा र खनाल र जयसवाल गुटले वर्तमान जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललाई अघि सारेका छन् । यद्यपि सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनुपर्ने प्रावधान रहेकाले दुवै जनाको उमेदवारी चर्चामा मात्र सीमित छ ।

  • नेतृत्वप्रति गगनको प्रहार- विधि र थितिमा नबस्नेले कांग्रेसको बेहाल बनाए

    नेतृत्वप्रति गगनको प्रहार- विधि र थितिमा नबस्नेले कांग्रेसको बेहाल बनाए

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीभित्रको बेथिति हटाउन कांग्रेस पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।

    कांग्रेस महाधिवेशन सार्ने विषयले पदाधिकारी बैठकमा प्रवेश पाएको तर्फ संकेत गर्दै थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने र बेथितिको जिम्मा लिनु नपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

    सामाजिक सञ्जालमार्फत थापाले नेताले आदेश दिए पुग्ने र कार्यकर्ताले आदेश कुरेर बस्नुपर्ने अवस्थाप्रति आपत्ति जनाएका छन् । ‘नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं । कांग्रेस पुनर्निर्माण ’, थापाले लेखेका छन् ।

  • कांग्रेस निर्वाचनको तालिका हेरफेर, दसैँअघि स्थानीय तहका अधिवेशनमात्र हुने

    कांग्रेस निर्वाचनको तालिका हेरफेर, दसैँअघि स्थानीय तहका अधिवेशनमात्र हुने

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

    यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पौडेलले बताए ।

    प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् । असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने कांग्रेसको निर्णय छ ।

  • अचानक किन पत्रकार सम्मेलन गर्दैछन् गच्छदार ?

    अचानक किन पत्रकार सम्मेलन गर्दैछन् गच्छदार ?

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आज पत्रकार सम्मेलन गर्दैछन् । लामो समयदेखि ‘मौन’ रहँदै आएका गच्छदारले अचानक पत्रकार सम्मेलन आयोजना गर्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । आज अपरान्ह १ बजे तीनकुनेको एक होटेलमा गच्छदारले पत्रकार सम्मेलन गर्दैछन् ।

    गत संसदीय निर्वाचनअघि आफ्नो पार्टी नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका गच्छदारले संसदीय निर्वाचन, केन्द्रीय समिति, जिल्ला समिति र क्रियाशील सदस्यतामा भाग पाएका थिए ।

    गच्छदारले आजको पत्रकार सम्मेलनमा पार्टीको आसन्न १४ औं महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेको बताइएको छ । पार्टी समायोजनका क्रममा भएका कतिपय निर्णय पूर्णकार्यान्वयन नभएकोमा गच्छदार असन्तुष्ट छन् ।

    विद्यार्थी जीवनदेखि नै कांग्रेसमा सक्रिय गच्छदार २०६४ सालको संविधानसभा निर्वाचनअघि कांग्रेस छाडेर मधेशी जनअधिकार फोरममा लागेका थिए । पार्टी र सरकारमा पटक-पटक अवसर पाएका गच्छदार २०४८ देखि यताका सबै आमनिर्वाचन जित्ने नेता हुन् । बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका गच्छदारविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ ।

  • डडेल्धुरामा फेरि अधिवेशन हुने सम्भावना म देख्दिन : महामन्त्री कोइराला

    डडेल्धुरामा फेरि अधिवेशन हुने सम्भावना म देख्दिन : महामन्त्री कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः अधिवेशन हुने सम्भावना आफूले नदेखेको बताएका छन् ।

    केन्द्रीय निर्वाचन समितिका पदाधिकारीसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले डडेल्धुरामा गल्ती भए पनि पुनः अधिवेशन हुने सम्भावना नदेखेको बताए ।

    ‘हामीले डडेल्धुरामा मनपरी भयो भनेर निर्वाचन समितिलाई ध्यानाकर्षण गरायौं । निर्वाचन समितिले पनि केही कमजोरी स्वीकार गर्‍यो तर पुनः अधिवेशन हुने सम्भावना म देख्दिन’, कोइरालाले भने । उनले प्रहरी प्रशासन लगाएर बलपूर्वक वडा अधिवेशन गरिएको भएपनि पुनः अधिवेशन गराउने विषय सहज नभएको बताए ।

    महामन्त्री कोइरालाले पुनः अधिवेशनको सम्भावना नरहेको बताए पनि संस्थापन इतर पक्षले डडेल्धुरा अधिवेशन अस्वीकार गर्ने बताउँदै पुनः अधिवेशन माग गर्दै आएको छ ।

  • डडेल्धुरामा पुनः अधिवेशन गराउन पौडेल पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराउने

    डडेल्धुरामा पुनः अधिवेशन गराउन पौडेल पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराउने

    काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराको गत भदौ २५ गते भएको वडा अधिवेशन खारेज गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले केन्द्रीय निर्वाचन समितिलाई दबाब दिने भएका छन् ।

    आज अपरान्ह २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पौडेलसहित संस्थापनइतर समूहका नेताहरूले निर्वाचन समितिका पदाधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराउन लागेका हुन् । सानेपास्थित कांग्रेस मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमै पुगेर डडेल्धुराको वडा अधिवेशन पुनः गराउन ध्यानाकर्षण गराउन लागिएको हो ।

    वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल , डा. शेखर कोइरालालगायत सानेपा पुग्ने बताइएको छ ।

  • कांग्रेसको थप ७ जिल्लाको क्रियाशील सूची सार्वजनिक

    कांग्रेसको थप ७ जिल्लाको क्रियाशील सूची सार्वजनिक

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ ।

    क्रियाशील सदस्यता छानविन समितिले विवाद टुंग्याएर बुझाएका थप १० जिल्लामध्ये ७ जिल्लाको सूची वेबसाइटमार्फत सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।

    क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएका जिल्लाहरूमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा रहेका छन् । निर्वाचन समितिमा महोत्तरी, पर्सा र धनुषा जिल्लाको क्रियाशील सदस्यता सूची पुगेपनि ती जिल्लाको सूची सार्वजनिक गरिएको छैन ।

  • थप ८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुँदै

    थप ८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुँदै

    काठमाडौं । नेपाली कांग्रेसले थप आठ जिल्लाका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । क्रियाशील सदस्यताको सूची नटुंगिदा वडा अधिवेशन नै प्रारम्भ नभएको २१ मध्ये ८ जिल्लाको सदस्यता सूची केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

    ‘निर्वाचन समितिमा थप ८ जिल्लाको क्रियाशील सदस्यता प्राप्त भएको छ । प्राप्त सदस्यता सार्वजनिक गरेर कार्यतालिका अनुसार अधिवेशन तयारी अगाडि बढाउँछौं’, निर्वाचन समितिका एक सदस्यले भने । मंगलबार विवाद समाधान गरी निर्वाचन समितिमा बुझाइएको क्रियाशील सदस्यता सूची काभ्रेपलाञ्चोक, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाका हुन् ।

    वडा अधिवेशन हुन बाँकी जिल्लाहरूमा असोज ५ गते वडा अधिवेशन गरिँदैछ । यसअघि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेका छन् । वडा अधिवेशन भएकामध्ये डडेल्धुराको अधिवेशनलाई संस्थापन इतर समूहले बहिष्कार गर्दै पुनः अधिवेशनको माग गरेको छ ।

  • रामचन्द्र पौडेलको अडान- नयाँ मिति र प्रक्रियाबाट डडेल्धुरा अधिवेशन थालियोस्

    रामचन्द्र पौडेलको अडान- नयाँ मिति र प्रक्रियाबाट डडेल्धुरा अधिवेशन थालियोस्

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चौधौं महाधिवेशनको शुरूआतमै संस्थापन पक्षले ‘धाँधली’ थालेको आरोप लगाएका छन् । जिल्ला कार्यसमितिको असहमति र बहिष्कारका बाबजुद डडेल्धुरामा एकपक्षीय वडा अधिवेशन गराइनु पार्टी कब्जाको उद्देश्यबाट प्रेरित रहेको पौडेलको आरोप छ ।

    पौडेल पक्षको बैठकपछि सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक निर्वाचनमा राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरेको बताए । ‘नेपाली कांग्रेस चौधौ महाधिवेशनको शुरूआतमा छ । यो शुरूआतमै दाँतमा ढुंगा लागेको छ । प्रथम गाँसे मत्सिका पात भन्छ नि त्यस्तै भएको छ’, पौडेलले भने ।

    उनले क्रियाशील सदस्यताबारे भएको सहमतिविपरीत डडेल्धुरामा क्रियाशील सदस्यहरुको नाम हटाउने र नयाँ नामहरू थप्ने काम भएको भन्दै पौडेल पक्षले भदौ २५ गते भएको भनिएको अधिवेशन अस्वीकार गर्ने जनाएको छ ।

    ‘डडेल्धुरामा वडा अधिवेशन भएको छैन । विधिसम्मत ढंगले सबैको सहभागित सुनिश्चित गरी अधिवेशन गर्न सभापति र निर्वाचन समितिसंग जोडदार माग गर्छौ’, पौडेलले भने । उनले डडेल्धुरामा विवाद मिलाएर मात्रै अधिवेशन गर्ने वचन दिएरपनि सभापति देउवाले ‘कपट’ गरेको आरोप लगाए । ‘हामीसँग विवाद मिलाएरमात्रै अधिवेशन गर्छु । २५ गतेको अधिवेशन सार्छु भन्नुभयो । त्यही अनुसार हामीले तल खबर गर्‍यौं तर एकाएक प्रहरी लगाएर अधिवेशनको नाटक रचियो’, पौडेलले भने ।

    पौडेल पक्षले डडेल्धुरामा वडा अधिवेशनको नयाँ मिति र प्रक्रिया थाल्नुपर्ने अडान राखेको छ । बैठकपछि जारी विज्ञप्तिमा डडेल्धुरामा जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य जिल्लाहरुमा नहोस् भनेर सचेत समेत गराइएको छ ।

  • पौडेल समूहले भन्यो- डडेल्धुराको अधिवेशन अस्वीकार्य, सत्ताको दुरुपयोग भयो

    पौडेल समूहले भन्यो- डडेल्धुराको अधिवेशन अस्वीकार्य, सत्ताको दुरुपयोग भयो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले डडेल्धुरामा भएको वडा अधिवेशन अस्वीकार गर्दै नयाँ नेतृत्वका लागि पुन: निर्वाचन गर्न माग गरेको छ । आफ्नो समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै पौडेलले राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकतर्फीरूपमा अधिवेशन गरिएको आरोप लगाएका छन् ।

    ‘नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाइ अधिवेशन-निर्वाचन प्रारम्भ गरिएको छ,’ विज्ञप्तमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णय समेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रा गम्भीर असहमति छ ।’

    डडेल्धुरामा मात्र नभएर सुनसरीलगायत मुलुकका कतिपय ठाउँमा समेत सत्ता र शक्तिको चरम दुरुपयोग भएको पौडेल पक्षको आरोप छ । देशव्यापीरूपबाट एकैपटक महाधिवेशन हुने परम्परा तोडेर अधिवेसन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुंगो नलागेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरि र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरुपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको छ । डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लामा पनि हुन नपाओस् भन्नेतर्फ सम्वद्ध सबै पक्षको ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छौं ।’

  • देउवाप्रति रामचन्द्रको आक्रोश- सत्ताको दुरुपयोग गरेर अधिवेशनको नाटक रचियो, हामी मान्दैनौं

    देउवाप्रति रामचन्द्रको आक्रोश- सत्ताको दुरुपयोग गरेर अधिवेशनको नाटक रचियो, हामी मान्दैनौं

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर अधिवेशनको नाटक रचेको भन्दै त्यसलाई नमान्ने बताएका छन् ।

    कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पौडेलले आफू पक्षका नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने नेतृत्वले गरेको भन्दै आक्रोश जनाए ।

    ‘वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन’, पौडेलले भने, ‘नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम भएको छ । हामी त्यसको विरोध गर्न चाहन्छौं ।’

    देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने दूस्साहस भइरहेको भन्दै पौडेलले कांग्रेसलाई लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन नदिन प्रतिबद्ध रहेको बताए ।

    वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप पनि लगाएका छन् ।

  • कांग्रेस सभापतिमा एउटै उम्मेदवार दिने पौडेल पक्षको घोषणा (भिडियो)

    कांग्रेस सभापतिमा एउटै उम्मेदवार दिने पौडेल पक्षको घोषणा (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता राम्रचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनमा आफूहरूको तर्फबाट सभापतिमा एउटै उम्मेदवार बनाएर जाने घोषणा गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पार्टी र लोकतन्त्र बचाउन विचार मिल्ने समूहबाट साझा उम्मेदावरी दिने बताए ।

    ‘हामी पार्टीभित्र विचार मिल्नेहरू सभापतिको एउटै उम्मेदवार दिएर हामी अगाडि बढ्छौं भनेर आज हामी देशभरका साथीहरूलाई आश्वस्त गर्न चाहान्छौं,’ पौडेलले भने, ‘आपसमा केही खटपट नगरिकन एकताबद्ध भएर पार्टी बचाउनका लागि, लोकतन्त्र बचाउनका लागि हामीहरू एक भएर अगाडि बढ्छौं । १४ औं महाधिवेशनको अन्तिमसम्म पनि हाम्रो एकता अटुट रहन्छ ।’

    व्यक्ति अहिलेसम्म किन नतोकिएको भन्ने पत्रकारको प्रश्नमा पौडेलले भने, ‘ व्यक्ति को भनेर तोक्नलाई हामीले केही समय बाँकी राखेका छौं । केही समयपछि हामी यो निर्णयमा पुग्छौं ।’

    उनको जवाफमा पत्रकारहरू आश्वस्त नभएपछि नेता अर्जुननरसिंह केसीले आफूहरूको उपस्थितिलाई नै विश्वास गर्न आग्रह गरेका थिए। ‘हाम्रो यो उपस्थितिलाई नै विश्वास भनेर मान्नुहोस् न,’ उनले भने ।

    पत्रकार सम्मेलनमा उनले आफ्ना सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति पनि असन्तुष्टि जनाए । सरकारले नयाँ किसिमले उत्साह दिन नसेको उनको टिप्पणी थियो । ‘‘दुई तिहाईको कम्युनिष्ट सरकार ढलेपछि हाम्रो पार्टीबाट जनतालाई आशा थियो,’ पौडेलले भने, ‘हाम्रो पार्टीका सरकार जति सवल, सक्षम हुनुपर्थ्यो, त्यति भएन । नयाँ किसिमले उत्साह दिनुपर्ने थियो, त्यो नसकिरहेको पनि हामीले महसुस गरेका छौं ।’

  • गगन थापाको कित्ता परिवर्तन, महाधिवेशनको मुखैमा रामचन्द्र पक्षमा खुले

    गगन थापाको कित्ता परिवर्तन, महाधिवेशनको मुखैमा रामचन्द्र पक्षमा खुले

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

    सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका छन् । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् । अघिल्लो महाधिवेशनमा गगन सिटौला पक्षबाट महामन्त्री लडेका थिए ।

    अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् ।

  • बदलिए विमलेन्द्र : धर्म निरपेक्षताको भारी बिसाएर कांग्रेस सभापतिमा दाबेदारी

    बदलिए विमलेन्द्र : धर्म निरपेक्षताको भारी बिसाएर कांग्रेस सभापतिमा दाबेदारी

    काठमाडौं । नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षताबारे बहस निरन्तर छ । कांग्रेसको अघिल्लो महाधिवेशनमा झण्डै ८ सय महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर नै संकलन गरेका थिए । नेपाललाई ‘हिन्दू राष्ट्र’ वा ‘धार्मिक स्वतन्त्रतासहितको राष्ट्र’ बनाउनुपर्ने आवाज कांग्रेसभित्र चर्कोरूपमा उठिरहेको छ ।

    यहीबीचमा कांग्रेसभित्र धर्म निरपेक्षताका कट्टर समर्थक मानिने उपसभापति विमलेन्द्र निधिले पनि ‘हिन्दू धर्म’ वा ‘धार्मिक स्वतन्त्रता’ को पक्षमा उभिने संकेत दिँदै सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा महाधिवेशनलक्षित ‘सम्पर्क कार्यालय’ उद्घाटन समारोहको दृश्य, निधिको प्रस्तुति, हाउभाउ र अभिव्यक्तिले उनलाई ‘कट्टर धर्मनिरपेक्षवादी’ बाट ‘धार्मिक स्वतन्त्रता’ प्रति उदार नेताको रूपमा प्रस्तुत गर्‍यो । औपचारिक समारोहअघि नै निधिको कार्यालयमा सनातन धर्मआवद्ध धार्मिक व्यक्तिहरूले पूजाअर्चना गरेका थिए । आफ्नो वक्तव्यका दौरान निधि आफैंले हिन्दू र बौद्ध धर्मका सम्मानित व्यक्तिहरूले आफूलाई आशीर्वाद दिएको सगर्व उल्लेख गरे । निधिको सम्पर्क कार्यालयको पूजामा जानकी मन्दिरका महन्थ तपेश्वर दाससहित काठमाडौं उपत्यकामा रहेका पशुपतिनाथ, दक्षिणकाली, सूर्यविनायक, डोलेश्वर महादेव, पञ्चमहालक्ष्मी, बंगलामुखी लगायत मन्दिरका पूजारी सहभागी थिए ।

    हिजोमात्रै धार्मिक गुरु कमलनयनाचार्यसँग भेटेर आफूले आशीर्वाद लिएको बताएका निधिले समारोहमा कमलनयनाचार्यका प्रतिनिधि र बौद्ध धर्मका गुरुहरू पनि उपस्थित भएको जानकारी दिए । समारोहमा पशुपतिनाथको मूलभट्टको प्रतिनिधि पनि उपस्थित थिए । बौद्ध धर्मका गुरुहरूले २१ ताराको पूजा गरेर आफ्नो जितको कामना गरेको र मुस्लिम धर्मआबद्ध मौलानाहरूले पनि आशिष दिएको निधिले बताए ।

    ‘पशुपतिको मूलभट्टका प्रतिनिधि, कमलनयनाचार्यका प्रतिनिधि, जानकी मन्दिका महन्थज्यू, काठमाडौंका विभिन्न मन्दिरका पूजारी, बौद्ध धर्मका लामाहरू र मुस्लिम समुदायका मौलानाहरुले मेरो सफलताको कामना गर्नुभएको छ । म अत्यन्तै खुसी छु’, निधिले भने ।

    राजनीतिक उद्देश्यका लागि खोलिएको सम्पर्क कार्यालय कुनै धार्मिक अनुष्ठानभन्दा कम थिएन । निधि स्वयं रुद्राक्ष र सयपत्री फूलको माला लगाएर कार्यक्रममा उपस्थित थिए । सम्बोधनको क्रममा उनले सबै धर्मको सम्मान कांग्रेसको एजेण्डा भएको बताए । संविधानमा धर्म निरपेक्षता लेखिए पनि कांग्रेसले धार्मिक स्वतन्त्रता मान्दै आएको निधिको भनाइ थियो ।

    ‘संविधानमा धर्मनिरपेक्षता छ । नेपाली कांग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्दछ । धार्मिक स्वतन्त्रता नेपाली कांग्रेसको राष्ट्रियता , लोकतन्त्र र समाजवाद जत्तिकै पुरानो मान्यता हो । मैले आज पनि हिन्दू धर्मअनुसार पूजा गरे’, निधिले भने ।

    ‘कुनैबेला धर्मनिरपेक्षताको विरोध गर्नेसँग मञ्चबाटै चर्काचर्की गर्ने विमलदाइ आज हिन्दू धर्मको अभियन्ता झैं देखिनुभएको छ । उहाँको बदलिएको भेष र भाषाले कांग्रेसमा हलचल त ल्याउने नै छ’, कार्यक्रम स्थलमा भेटिएका केही कांग्रेस नेताहरूको भनाइ थियो ।

    उनले अहिलेको संविधानको स्वामित्व कांग्रेसले लिने र आवश्यकता परेअनुसार संशोधन गर्न सकिनेपनि बताए । ‘यो संविधानमा जुनजुन बेलामा संशोधन गर्नुपर्छ त्यो गर्दै जानुपर्छ । यो संविधानको स्वामित्व कांग्रेसले लिनुपर्छ । त्यसैले म कांग्रेसको सभापतिको उम्मेदवारको रूपमा आएको छु’, निधिले भने ।

    आफ्नो वक्तव्यको अधिकांश समय धर्मगुरु एवं पूजारीलाई धन्यवाद दिन र धार्मिक स्वतन्त्रताबारे बोल्न खर्चिएका निधिले कसैलाई अक्षम घोषणा गर्न आफू उम्मेदवार नभएको बताए । ‘मेरो उम्मेदवार कसैलाई हराउन, कसैलाई अक्षम बनाउन वा कसैलाई रिटायर्ड गराउनका लागि होइन । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउन सक्रिय भूमिका खेल्न सभापतिको उम्मेदवार बनेर म उभिएको छु’, निधिले भने ।

    निधिको चुनावी सम्पर्क कार्यालय उद्घाटनसँगै कांग्रेसवृत्तमा उनले अघि सार्ने एजेण्डाबारे चासो बढेको छ । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पुगेरै निधिलाई कांग्रेसका धेरै नेता कार्यकर्ताहरूले शुभकामना दिए । कार्यक्रममा सहभागी केहीले भने निधिको नयाँ स्वरूपले कांग्रेसमा ‘हलचल’ ल्याउने टिप्पणी गरे ।

    ‘कुनैबेला धर्मनिरपेक्षताको विरोध गर्नेसँग मञ्चबाटै चर्काचर्की गर्ने विमलदाइ आज हिन्दू धर्मको अभियन्ता झैं देखिनुभएको छ । उहाँको बदलिएको भेष र भाषाले कांग्रेसमा हलचल त ल्याउने नै छ’, कार्यक्रम स्थलमा भेटिएका केही कांग्रेस नेताहरूको भनाइ थियो ।

  • पशुपति र दक्षिणकालीसहित शक्तिपीठका पुजारीबाट आशीर्वाद लिएर अघि बढे निधि

    पशुपति र दक्षिणकालीसहित शक्तिपीठका पुजारीबाट आशीर्वाद लिएर अघि बढे निधि

    काठमाडौं । आसन्न महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले आजबाट औपचारिक प्रचारप्रसारको अभियान थालेका छन् ।

    निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान सम्पर्क कार्यालयमा आशीर्वाद लिएको उनका सल्लाहकार रामजी दाहालले जानकारी दिए । दाहालका अनुसार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा निधिको कार्यालय दिउँसो उद्घाटन हुँदैछ ।

    विमलेन्द्र निधिले औपचारिकरूपमै महाधिवेशनको तयारी थाल्ने भएपछि संस्थापन समूहबाट देउवासहित २ उम्मेदवार हुने निश्चित भएको छ ।

    लामो समयसम्म सभापति शेरबहादुर देउवाको मुख्य राजनीतिक सहयात्री रहेका निधिले १४ औं महाधिवेशनमा जुनसुकै अवस्थामा आफनो उम्मेदवारी रहने बताउँदै आएका आएका थिए । नेपाल विद्यार्थी संघको पूर्व अध्यक्षसमेत रहेका निधि कांग्रेसको महामन्त्री र उपसभापति रहिसकेका छन् ।

  • कांग्रेस महाधिवेशन : ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि (सूचीसहित)

    कांग्रेस महाधिवेशन : ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।

    प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।
    निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको क्रियाशील सदस्यता सूचीका आधारमा ३८ जिल्लामा प्रतिनिधि खटाइएको हो ।

    ‘हाम्रो दायित्व सबै जिल्लामा निर्वाचन गराउने हो । अहिलेलाई ३८ जिल्लामा प्रशिक्षण दिएर प्रतिनिधि खटाएका छौं । कांग्रेसले मतदाता सूची दिनासाथ अन्य जिल्लामा पनि खटाउँछौ’, घिमिरेले नेपाल प्रेससँग भने ।

    वडा अधिवेशनका लागि १ सातामात्रै बाँकी रहँदा आधा जिल्लामा मात्रै प्रतिनिधि खटाइएकोले सबै जिल्लामा एकैसाथ अधिवेशन हुने सम्भावना कम देखिन्छ । ‘कति जिल्लामा निर्वाचन हुने भन्नेकुरा हामीमा भन्दा पार्टीको निर्णयमा भर पर्छ । हामीले निर्वाचनको व्यवस्थापन गर्ने हो । कहाँ गर्ने कहाँ नगर्ने उहाँहरुको कुरा हो’, घिमिरेले भने ।

    कांग्रेसमा क्रियाशील सदस्यताको विवाद सैद्धान्तिकरूपमा टुंगिएपनि व्यवहारिक समस्या देखिएको छ । जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् । निर्वाचन समितिलाई उपलब्ध गराइएको ३८ जिल्लाको सूची कांग्रेसको वेबसाइटमा पनि सार्वजनिक गरिएको छ ।

  • चुनावी कार्यालय खोलेर अघि बढे विमलेन्द्र, दूरी बढ्दै देउवासँग

    चुनावी कार्यालय खोलेर अघि बढे विमलेन्द्र, दूरी बढ्दै देउवासँग

    काठमाडौं । आसन्न महाधिवेशनमा दोहोरिने आकांक्षा राखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूह सग्लो नरहने करिब ‘निश्चित’भएको छ । सभापतिमा दावी गरेर निरन्तर संवादमा रहेका उपसभापति विमलेन्द्र निधिले औपचारिकरूपमै महाधिवेशनको तयारी थाल्ने भएपछि संस्थापन समूहबाट २ उम्मेदवार हुने निश्चित भएको हो ।

    उपसभापति निधिले सभापति लड्ने तयारीका लागि शुक्रबारदेखि सम्पर्क कार्यालय सञ्चालन गर्ने भएका छन् । महाधिवेशन अभियान संयोजन गर्ने गरी थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा निधिले सम्पर्क कार्यालय खडा गरेका हुन् ।

    ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको सम्बन्धमा यहाँहरू जानकार नै हुनुहुन्छ । यसै सिलसिलामा बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा मेरो सम्पर्क कार्यालय शुभारम्भ हुन गइरहेको पनि सहर्ष जानकारी गराउँछु’, निधिले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    उनको सम्पर्क कार्यालयको उद्घाटन शुक्रबार साढे १२ बजे हुने बताइएको छ । सम्पर्क कार्यालयबाट नेता कार्यकर्तासँग भेटघाट, नियमित अन्तरक्रिया, महाधिवेशन लक्षित गतिविधि र सञ्चार संयोजन लगायतका काम गरिने उपसभापति निधिका सल्लाहकार रामजी दाहालले जानकारी दिए । ‘१४ औं महाधिवेशनको लागि आवश्यक पर्ने सबैखाले गतिविधि सम्पर्क कार्यालयबाटै हुन्छ । नियमितरूपमा उहाँ सम्पर्क कार्यालय आउनुहुन्छ’, दाहालले भने ।

    लामो समयसम्म सभापति शेरबहादुर देउवाको मुख्य राजनीतिक सहयात्री रहेका निधिले १४ औं महाधिवेशनमा जुनसुकै अवस्थामा आफनो उम्मेदवारी रहने बताउँदै आएका छन् । नेपाल विद्यार्थी संघको पूर्व अध्यक्षसमेत रहेका निधि कांग्रेसको महामन्त्री र उपसभापति रहिसकेका छन् । उपप्रधानमन्त्रीको अनुभवसमेत बटुलिसकेका निधिले आफ्नो पुस्ताका लागि १४ औं निर्णायक रहने बताउँदै आएका छन् । १३ औं महाधिवेशनमा सभापतिमा देउवालाई सघाउँदा नै १४ औं महाधिवेशनमा आफूलाई सघाउने सहमति भएको दावी गर्ने निधिले पार्टीका कार्यक्रमलाई जनतासँग जोड्न आफू उम्मेदवार बनेको बताउँछन् ।

    ‘कांग्रेसको महामन्त्री र उपसभापति भएर काम गरेको छु । नेतृत्वमा रहेर कांग्रेसलाई अझ बढी योगदान गर्नसक्छु भन्ने लागेको छ । देउवाजीलाई पनि भेटेर म सभापतिमा लड्छु सहयोग गर्नुस भनेको छ । रामचन्द्रजी, सिटौलाजी, प्रकाशमान, शशांक र शेखर सबैलाई भनेको छु । सके सहमतिका साथ अगाडि बढौ नसके मित्रवत प्रतिस्पर्धा गरौ भन्ने छ । तर जो आएपनि कांग्रेसलाई एक ढिक्का बनाउनुपर्छ’, निधिले नेपाल प्रेससँग भनेका छन् ।

    १४ औं महाधिवेशनबारे उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच विभिन्न चरणमा छलफल भइसकेको छ । निधिले केही समयअघि युवा नेताहरूसँग पनि आफ्नो उम्मेदवारीबारे छलफल गरेका थिए । सम्पर्क कार्यालय स्थापनासंगै महाधिवेशन केन्द्रीय छलफललाई तीव्रता दिने निधिको तयारी छ । केही समयअघि सभापति देउवाले एकपटक आफूलाई सहयोग गर्न गरेको आग्रहलाई निधिले अस्वीकार गरिसकेका छन् । त्यसपछि देउवाले ‘उम्मेदवार बन्ने तपाईंको अधिकार हो’ भनी जवाफ दिएका थिए ।

    निधिको पक्षमा अहिलेसम्म कांग्रेसका केन्द्रीय नेता र जिल्ला सभापतिहरू खुलिसकेका छैनन् । तर, निधिका निकटस्थहरू महाधिवेशनको सरगर्मी बढ्दै जाँदा निधिको पक्षमा खुल्ने क्रम बढ्ने दावी गर्छन् ।

  • यसरी टुंगियो कांग्रेसको क्रियाशील सदस्यता विवाद, कहाँ कसरी हुने भए अधिवेशन ?

    यसरी टुंगियो कांग्रेसको क्रियाशील सदस्यता विवाद, कहाँ कसरी हुने भए अधिवेशन ?

    काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधन भएको छ । शीर्ष नेताहरूबीच सहमतिका आधारमा क्रियाशील सदस्यता टुंग्याउने समझदारीसँगै १४ औं महाधिवेशन निश्चित भएको नेताहरूले बताएका छन् ।

    क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन बाँकी रहेका विषयमा सैद्धान्तिक सहमति जुटाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएसँगै कांग्रेसमा निर्वाचनको सरगर्मी बढेको छ ।

    कांग्रेसका १ सयभन्दा बढी वडामा नवीकरण, नयाँ र समायोजनका सदस्यताबारे विवाद रहेको थियो । ती सबै विवाद सैद्धान्तिक सहमति र नयाँ मापदण्डका आधारमा समाधान हुने भएको हो ।

    कहाँ कसरी भयो सहमति ?

    क्रियाशील छानविन समितिले टुंग्याउन बाँकी विवाद समाधानको जिम्मा पूर्वमहामन्त्री सिटौलासहित केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकले पाएका थिए । सो समितिले विवाद समाधानका लागि सैद्धान्तिक सहमति जुटाएको हो । जसअनुसार केही क्षेत्र र वडामा नयाँ सदस्यता वितरण स्थगन गरिएको छ । त्यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताको आधारमा अधिवेशन हुनेछ ।

    समितिले धुनषा ४ र सर्लाही २ को विवाद भने टुंग्याइसकेको छैन । ती क्षेत्रबारे भदौ १२ गतेभित्र निर्णय लिइसक्ने सहमति भएको छ । ती क्षेत्रको विवाद समाधानका लागि सम्बन्धित क्षेत्रका नेताहरूसँग छलफल हुनेछ ।

    समायोजनका सम्बन्धमा देखिएको समस्या समाधान गर्न साझा मापदण्ड प्रस्ताव गरिएको छ । जसअनुसार ‘कुनैपनि वडामा समायोजनको संख्या नवीकरण भएका सदस्यको संख्याभन्दा बढी हुन नहुने’ सहमति बनेको छ । जसअनुसार कुनै वडामा कांग्रेसको नवीकरण भएको भन्दा बढी समायोजनबाट आएका सदस्यहरू रहेछन् भने संख्या घटाइनेछ ।

    क्रियाशील सदस्यताबारे सबैभन्दा बढी बारा र सप्तरीमा विवाद देखिएको थियो । सहमतिअनुसार सप्तरीको ३ नम्बर क्षेत्रका केही वडाहरूमा नयाँ सदस्यता स्थगन गएिको छ । त्यस्तै क्षेत्र नम्बर १, २ र ४ मा १३ औं महाधिवेशनका सदस्यकै आधारमा अधिवेशन हुनेछ ।

    समितिले धुनषा ४ र सर्लाही २ को विवाद भने टुंग्याइसकेको छैन । ती क्षेत्रबारे भदौ १२ गतेभित्र निर्णय लिइसक्ने सहमति भएको छ । ती क्षेत्रको विवाद समाधानका लागि सम्बन्धित क्षेत्रका नेताहरूसँग छलफल हुनेछ ।

    बाराको १ र ४ नम्बर क्षेत्रमा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यहाँ १३ औ महाधिवेशनका सदस्यहरूमात्रै अधिवेशनमा भाग लिनेछन् । त्यस्तै २ नम्बर क्षेत्रका ४४ वडामध्ये ३३ वटामा विवाद देखिएका थिए ।

    तीमध्ये १७ वटा वडामा नयाँ सदस्यता स्थगन गरी १३ औं महाधिवेशनकै सदस्यताबाट अधिवेशन हुने भएको छ । ५९ वटा वडा भएको बाराको ३ नम्बर क्षेत्रमा ३ वटा वडामा नयाँ सदस्यता स्थगन गरिएको छ ।

    अन्तिम रूप दिने जिम्मा यी नेतालाई

    सिटौला नेतृत्वको समितिले गरेको सहमतिका आधारमा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार प्रदेश १ र २ मा आनन्द ढुंगाना र जीवन परियार, वागमती र गण्डकी प्रदेशमा प्रदीप पौडेल र श्याम घिमिरे तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । ती नेताहरू क्रियाशील सदस्यता छानविन समितिका सदस्य हुन् । उनीहरूले पछिल्लो सहमतिअनुसार क्रियाशीलको सूचीलाई अन्तिम रूप दिनेछन् ।

    तत्काल कार्यान्वयन र सूची सार्वजनिक

    शीर्ष तहमा भएको सहमतिअनुसार सिटौला नेतृत्वको समितिले सहमति गरेबाहेकका ठाउँमा क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरेबमोजिम हुनेछ । नयाँ सहमति आकर्षित हुनेबाहेकका स्थानमा लेखक नेतृत्वको छानविन समितिले गरेको निर्णय कार्यान्वयन गर्ने सहमति सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकै बीचमा भएको छ ।

    त्यस्तै नयाँ सहमति अनुसार क्रियाशील सदस्यताको सूची अद्यावधिक हुने कार्य सकिएलगत्तै प्रमाणीकरण गरेर सूची सार्वजनिक गर्ने सहमति समेत बनेको छ । निर्वाचन समितिलाई अन्तिम सूची दिने र समितिबाटै सार्वजनिक गराउने तयारी छ । सभापति देउवाले पनि प्रतिवेदन बुझ्दै सहमति भएको सदस्यता सार्वजनिक गर्न कुनै समस्या नहुने बताएका छन् ।

    अब महाधिवेशन निश्चित

    क्रियाशील सदस्यतामा सहमति जुटेसँगै कांग्रेस महाधिवेशन सुनिश्चित भएको शीर्ष नेताहरूले बताएका छन् । सहमति जुटाउन सक्रिय पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अब सदस्यताकै कारण कुनै समस्या नहुने बताउँछन् ।

    ‘यो सहमतिलाई हामी सबैले आत्मसात गरेका छौं । त्यसैले अब सहमतिमा दायाँबायाँ नगरी महाधिवेशनमा होमिनुपर्छ’, सिटौलाले नेपाल प्रेससँग भने । उनले क्रियाशील बारेको सहमति ३ जना नेताको नभएर सिंगो पार्टीको सहमति भएको बताए ।

    ‘महाधिवेशन स्वच्छ र निष्पक्ष होस् भनेरै क्रियाशीलबारे लामो छलफल भएको हो । सहमति भइसकेपछि निष्पक्ष र पारदर्शी महाधिवेशन सम्भव हुने देखिन्छ’ सिटौलाले भने ।

    क्रियाशील विवाद टुंग्याउन सक्रिय केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पनि महाधिवेशनको प्रक्रिया शुरू गर्न अब सहज भएको बताए । ‘क्रियाशीलकै कारण जे जे काम प्रभावित भएको थियो त्यो अब सहज हुनेछ । निर्वाचन समितिले आफ्नो कामलाई अगाडि बढाउनेछ र हामी सबै महाधिवेशन सफल बनाउन केन्द्रित हुनेछौं’, रिजालले नेपाल प्रेससँग भने ।

  • कांग्रेस क्रियाशील विवाद अझै मिलेन, बालुवाटारमा अन्तिम कसरत

    कांग्रेस क्रियाशील विवाद अझै मिलेन, बालुवाटारमा अन्तिम कसरत

    काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवादमा उच्चस्तरीय कार्यदलले अझै सहमति जुटाउन सकेको छैन । भदौ ३ गतेभित्र सबै काम टुंग्याएर केन्द्रीय सभापतिलाई प्रतिवेदन बुझाउने म्याण्डेट पाएको उच्चस्तरीय समितिमा अझै केही विषयमा सहमति जुट्न बाँकी रहेको हो ।

    क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते केही जिल्ला, क्षेत्र र वडाको विवाद यथावत राख्दै सभापति शेरबहादुर देउवासमक्ष प्रतिवेदन बुझाएको थियो । कांग्रेस केन्द्रीय समितिको साउन ३० मा सम्पन्न बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई क्रियाशील विवादका बाँकी काम टुंग्याउने म्याण्डेट दिएको थियो । आइतबार यो समाचार तयार पार्दासम्म क्रियाशीलको बाँकी विवाद नटुंगिएको समितिका एक नेताले बताए ।

    ‘हामी छलफलमै छौं । केही विषय मिलेका छन् , केही मिल्न बाँकी छन् । सबै मिलिसक्यो, प्रतिवदेन बुझाइहाल्ने भन्ने कुरा हल्ला मात्रै हो’, समितिका एक नेताले भने । ती नेताका अनुसार समायोजन र केही वडाका नयाँ क्रियाशीलबारे सहमति बनिसकेको छैन । ‘हामी केही सैद्धान्तिक विषयमा सहमत भएका हौ तर टुंग्याउनुपनेृ सबै कुरा टुंगिसकेको होइन’, ती नेताले भने ।

    यसैबीच, क्रियाशील विवादमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको छ । सिटौला, रिजाल र लेखकबीच भर्खरै निर्णायक छलफल शुरू भएको हो । समितिले विवादित विषयमा आजै टुंगोमा पुगेर सभापतिलाई जानकारी गराउन तयारी भने गरेको छ ।

  • कांग्रेस महाधिवेशन रोक्न रिट दर्ताको तयारी

    कांग्रेस महाधिवेशन रोक्न रिट दर्ताको तयारी

    काठमाडौं । भदौ १८ देखि महाधिवेशनको कार्यतालिका प्रारम्भ गर्ने नेपाली कांग्रेसको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताको तयारी भएको छ ।

    कोभिड १९ को संक्रमण उच्च दरमा फैलिएको, अधिकांश स्थानमा निषेधाज्ञा जारी रहेको तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेशविपरीत रहेको भन्दै महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गर्ने तयारी भएको छ ।

    रिट दर्ता गर्न कांग्रेसनिकट वरिष्ठ अधिवक्ताहरूसँग पनि छलफल भइरहेको छ । डेमोक्रेटिक लयर्स एशोसियसनमा आवद्ध केही वरिष्ठ अधिवक्ताहरूले रिट निवेदन दर्ता गर्न अस्वीकार गरेका छन् । रिटमा जनस्वास्थ्यमा गम्भीर असर उत्पन्न हुनसक्ने भन्दै महाधिवेशन रोक्न माग गरिएको छ ।

    ‘महाधिवेशन रोक्न अन्तरिम आदेश मागौं भनेर केही साथीहरू आउनुभएको थियो । मैले संवैधानिक दृष्टिले बलियो आधार नहुने भन्दै रिटमा नाम हाल्न मानिन’, कांग्रेसनिकट एक वरिष्ठ अधिवक्ताले भने । रिट निवेदन तयार रहेको र तत्कालै दर्ता गर्ने तयारी भएको एक अधिवक्ताले जानकारी दिए । ‘रिट लेखिसकेका छौं । सकभर सिनियर वकिलको पनि साथ खोजेका हौं । आज भोलिमा सर्वोच्च जान्छौं’, मुद्दाको तयारीमा रहेका एक अधिवक्ताले भने ।

    कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ । कांग्रेसको वडा अधिवेशन भने भदौ १८ गतेका लागि तोकिएको छ ।

  • कांग्रेस केन्द्रीय समितिमा पेस भएन महाधिवेशन कार्यतालिका

    कांग्रेस केन्द्रीय समितिमा पेस भएन महाधिवेशन कार्यतालिका

    काठमाडौं । आसन्न महाधिवेशनको कार्यतालिका पेस गर्ने भनिए पनि नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक यसबारे मौन देखिएको छ ।

    महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने भनिएको छ । कांग्रेसकाे निर्वाचन समितिले पेस गरेकाे निर्वाचन निर्देशिका छलफलका लागि बैठकमा पेस भएको छ । साे निर्देशिकामा केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क ताेकिएकाे छ।

    आजको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकामा निर्णय हुने बताइएको थियो । यसअघि हिजो बेलुका भदौमै महाधिवेशन सम्भव नभएको निष्कर्षसहित महाधिवेशन सार्न शीर्ष नेताहरू सहमत भएका थिए । सभापति देउवाले कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

    पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरू गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ ।

  • ‘क्रियाशील सदस्यता फाराम कता छ ? वडा सभापति यता छ’ (तस्बिरहरू)

    ‘क्रियाशील सदस्यता फाराम कता छ ? वडा सभापति यता छ’ (तस्बिरहरू)

    काठमाडौं । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस कार्यकर्ताहरूले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठअगाडि प्रदर्शन गरेका छन् ।

    पटकपटक प्रमाणसहितको उजुरी दिँदा पनि आफूहरूको मागमा पार्टीले सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । देउवा निवासमा भेला भएका रौतहट क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरूलाई सुरक्षाकर्मीले हटाएका छन् ।

    विधान अनुसार वडा तहका सभापतिलाई क्रियाशील सदस्यता फाराम दिनुपर्ने भए पनि क्षेत्रीय सभापतिले वडा सभापतिलाई फाराम नदिएको उनीहरूको गुनासो छ । नेतृत्वको ध्यानाकर्षण गराउन पुगेकाले ‘क्रियाशील सदस्यता फाराम कता छ ? वडा सभापति यता छ’ जस्ता प्लेकार्डहरू बोकेका छन् ।

    महाधिवेशनको संघारसम्म पनि सदस्यता नटुंग्याइएको, पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गरिनुपर्नेलगायतका माग राख्दै कांग्रेसको केन्द्रदेखि जिल्लासम्म दिनहुँजसो धर्ना, अनसन जारी छ ।

     

    तस्बिरहरू : सरोज बैजु ।

  • पौडेल पक्षको नयाँ सर्त- पहिले क्रियाशील सदस्यको टुंगो, त्यसपछिमात्र महाधिवेशनको मिति

    पौडेल पक्षको नयाँ सर्त- पहिले क्रियाशील सदस्यको टुंगो, त्यसपछिमात्र महाधिवेशनको मिति

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ २३ मा नहुने निश्चित भएपछि अर्को मितिका लागि विवाद सिर्जना भएको छ । नयाँ मिति तय गर्न आजै अपरान्ह केन्द्रीय कार्य समिति बैठक बस्दैछ ।

    रामचन्द्र पौडेल पक्षका नेताहरूबीच भएको अनौपचारिक छलफलले क्रियाशील सदस्यता विवाद निरुपण भएपछिमात्र महाधिवेशनको नयाँ मिति तोक्नुपर्ने निष्कर्ष निकालेको छ । यसअघि देउवाले मंसिर र पौडेलले असोजमै महाधिवेशन गर्ने भनेका थिए ।

    पौडेलको प्रस्तावमा देउवा पक्ष सहमत भए पनि शेखर कोइराला, गगन थापालगायतका नेताहरूको लाइनमा पौडेल पक्ष एकमत देखिएको छ । क्रियाशील सदस्यतामा भएको धाँधली र कार्यकर्ताको गुनासो सम्बोधन नगरी महाधिवेशनको मिति तोक्न नहुने कुरा आज बैठकमा उठ्ने भएको छ ।

    पौडेल समूहका एक नेताले भने, ‘देशभरका कार्यकर्ताले उठाएको आवाजलाई निष्कर्षमा नपुर्‍याइ महाधिवेशनको मिति मात्र तोक्ने कुरा महत्वपूर्ण होइन । क्रियाशील सदस्यतामा भएको धाँधलीको पहिलो निरुपण गरौं भन्ने हो ।’

  • कांग्रेसमा महाधिवेशन सार्ने सहमति, देउवा भन्छन्- मंसिरमा, पौडेल भन्छन्- असोजमै

    कांग्रेसमा महाधिवेशन सार्ने सहमति, देउवा भन्छन्- मंसिरमा, पौडेल भन्छन्- असोजमै

    काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् । आज अबेरसम्म देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा देउवासहित संस्थापन पक्षका नेताहरू कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गर्ने र मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीको संवैधानिक हैसियतमा प्रश्न उठ्ने भन्दै भदौ २३ अगाडि नै तल्लो तहको अधिवेशन शुरू गरेर ढिलोमा असोज पहिलो साता महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिएका छन् । दुवै पक्षले अडान यथावत राखेपछि भोलि बैठकमै छलफल गर्ने भन्दै आजको बैठक टुंगिएको छ ।

    कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार २ बजे बूढानीलकण्ठमा बस्दैछ । बैठकअघि नै सहमतिका लागि शीर्ष नेताबीच थप छलफल हुने बताइएको छ । ‘संस्थापन पक्षले दसैँलगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

    ‘रामचन्द्र दाइले भदौ २३ अगाडि एक तहको अधिवेशनपनि नहुने हो भने संवैधानिक संकट पर्नसक्ने भन्दै असोज पहिलो हप्ता महाधिवेशन गसिक्ने कार्यतालिका बनाउन माग गर्नुभएको छ । आज कुरा मिलेन, भोलि पनि बैठक बस्छौँ’, बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार क्रियाशील सदस्यताको विवाद टुंग्याउन जुटेका नेता बीच मुख्यतः महाधिवेशनको मितिबारे नै कुरा भएको थियो ।

    महाधिवेशनको मितिबारे सहमति जुट्नासाथ क्रियाशीलको विवाद पनि टुंगो लाग्ने ती नेताको दावी छ । ‘महाधिवेशनको कुरो मिल्यो भने क्रियाशीलमा धेरै बाँकी छैन । भोलि नै सबै कुरा मिल्न पनि सक्छ’, ती नेताले भने ।

    भदौमा महाधिवेशन नहुने निश्चित भएको र सार्नुपर्नेमा दुवै पक्ष तयार भए पनि नयाँ मितिबारे सहमति नजुटेको हो । बैठकमा संस्थापन पक्षका नेताहरूले कोरोनाका कारण लकडाउन गर्न दबाब बढेका बेला सत्ताको नेतृत्व गरेकै पार्टीले महाधिवेशन गर्न खोज्नु उचित नहुने बताएका थिए ।

    पौडेलले भने संवैधानिक प्रश्न देखापरेको र न्यायालयले धेरै राजनीतिक विषय समाधन गरिरहेकोले कांग्रेसको वैधानिकता आफैंले जोगाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत तथा नेताहरू डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

  • महाधिवेशन सार्नेबारे देउवा आफूनिकट नेताहरूसँग छलफलमा

    महाधिवेशन सार्नेबारे देउवा आफूनिकट नेताहरूसँग छलफलमा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन सार्नेबारे आफूनिकट नेताहरूसँग छलफल थालेका छन् ।

    बूढानीलकण्ठमा शुरू भएको छलफलमा देउवानिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् । बैठकमा देउवाले भदौ १६ मा महाधिवेशन उद्घाटन हुने अवस्था नरहेकाले विकल्पबारे सुझाव दिन आग्रह गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ भित्रै महाधिवेशन गर्नुपर्ने माग राखेको बेला देउवाले आफ्नो समूहको रणनीति बनाउन छलफल थालेका हुन् ।

    आजै क्रियाशील सदस्यता विवाद टुंगो लगाउन जिम्मेवारी पाएका शीर्ष नेताहरूको बैठक पनि बस्दैछ । कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्नेछ । बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने संस्थापन पक्षको तयारी छ ।

  • देउवालाई युवा नेताहरूको चेतावनी – महाधिवेशन सुनिश्चित नभए देशभर आन्दोलन

    देउवालाई युवा नेताहरूको चेतावनी – महाधिवेशन सुनिश्चित नभए देशभर आन्दोलन

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले महाधिवेशन सुनिश्चित नगरिएर ७७ वटै जिल्ला कार्यालयमा अनसन शुरू गर्ने चेतावनी दिएका छन् ।

    सबल कांग्रेस निर्माणका लागि युवा अभियानका प्रतिनिधिहरूले आज कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न, समायोजनका नाममा बाँडिएका विधानविपरीतका सदस्यताको पुनः छानविन गर्न र विधिवत महाधिवेशन निश्चित गर्न माग गरेका हुन् ।

    ‘पार्टी र लोकतन्त्रलाई जीवन्तता दिने र वैधता कायम राख्ने यी मागहरु पूरा नभएको अवस्थामा पार्टीको केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयहरुमा धर्ना,अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुनेछौ’, पत्रमा भनिएको छ । ध्यानाकर्षण पत्रमा कांग्रेस केन्द्रीय समितिबाहिर रहेका ५० बढी युवा नेताको हस्ताक्षर छ ।

    अभियानका तर्फबाट हस्ताक्षर गर्नेमा रञ्जित कर्ण (सप्तरी), मनोजमणि आचार्य (रोल्पा), श्रीराम लामिछाने (काठमाडौं), दीपक भट्टराई (तनहुँ), रीता खनाल (मकवानपुर), गणेशराज भट्ट (दार्चुला), बिजुला बर्मा राणा (सिन्धुली), नारायण भट्टराई (कालीकोट), प्रतिमा गौतम (काठमाडौं), प्रमोदहरी गुराँगाई (काठमाडौं), भरत सापकोटा (चितवन), टेकराज पौडेल (बागलुङ), डिल्लीराम सुवेदी (बागलुङ), बिनोद कायस्थ (भक्तपुर), कुन्दन काफ्ले (दोलखा), क्षितिज भण्डारी (कैलाली), विनोद खनाल (सर्लाही), मिथिलेश मिश्र (रौतहट), सन्तोष पाण्डे (दोलखा), वजिह अर्सद (कपिलवस्तु), गोमा केसी (ओखलढुंगा), लिलाबल्लब दाहाल (ओखलढुंगा), मनहरी श्रेष्ठ (धनुषा), बद्री अर्याल (धादिङ) लगायत रहेका छन् ।

    अभियानका सदस्य एवं नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले महाधिवेशनको कार्यतालिका प्रभावित भइसक्दा समेत पार्टीले सामान्य सूचना समेत जारी नगरेको, कार्यकर्तालाई गुमराहमा राखिएको र महाधिवेशन हुन नदिने प्रयत्न भएकोले दबाब दिन अभियान थालिएको बताए । तत्काल महाधिवेशन निश्चित नभए आमरण अनसन लगायतका आन्दोलन गर्न आफूहरू तयार रहेको सुवेदीले बताए ।

    यस्तो छ ध्यानाकर्षण पत्र :

     

  • महाधिवेशनको लागि दबाब दिन कांग्रेस युवा नेताहरूको भेला जारी

    महाधिवेशनको लागि दबाब दिन कांग्रेस युवा नेताहरूको भेला जारी

    काठमाडौं । १४ औं महाधिवेशनका लागि दबाब दिन नेपाली कांग्रेसको केन्द्रीय समिति बाहिर रहेका युवा नेताहरूको भेला शुरू भएको छ ।

    काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी भेलाको संयोजनक नेविसंघका पूर्वमहामन्त्री एवं युवा नेता मनोजमणि आचार्यले गरेका छन् । भेलामा युवा नेताहरू रञ्जित कर्ण, प्रकाश स्नेही, बिनोद कायस्थ, प्रमोदहरी गुरागाइँ, प्रतिमा गौतम, रीता खनाल, गणेश भट्ट, मनहरी श्रेष्ठ, डिल्लीराम सुवेदी, उर्मिला थपलियालगायत उपस्थित छन् ।

    ‘पार्टीको महाधिवेशनप्रति देखिएको उदासीनताप्रति खबरदारी गर्न, पार्टी नेतृत्वलाई खबरदारी गर्न र केन्द्रीय समितिबाहिर रहेका युवा साथीहरुबीच सहकार्य बढाउन हामी जुटेका हौ’, भेलाका संयोजक मनोजमणि आचार्यले बताए । भेलामा पार्टीको आन्तरिक राजनीतिक, महाधिवेशन र युवा नेताहरूको भूमिकाबारे छलफल गरेर साझा निष्कर्ष निकालिने जनाइएको छ ।

  • कांग्रेस महाधिवेशन : ५ दिनमा विवाद टुंग्याएर नयाँ कार्यतालिका बनाइने

    कांग्रेस महाधिवेशन : ५ दिनमा विवाद टुंग्याएर नयाँ कार्यतालिका बनाइने

    काठमाडौं । नेपाली कांग्रेसको बाँकी रहेको क्रियाशील सदस्यता विवाद समाधानका लागि पुनः मापदण्ड बन्ने भएको छ । यसअघि केन्द्रीय समितिले तय गरेको मापदण्डमा नसमेटिएका विषय समाधानका लागि नयाँ मापदण्ड बनाउन शीर्ष नेताहरू सहमत भएका हुन् ।

    कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले करिब ९६ प्रतिशत काम सकेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको छ । समितिले टुंगो लगाउन नसकेको बारा, सप्तरी, धनुषा ४, सर्लाही २ सहित १ सयभन्दा बढी वडाहरूको विवाद समाधानका लागि नयाँ मापदण्ड निर्धारण हुने कांग्रेस सहमहमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

    सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले बिहीबारको बैठकबाट प्राप्त ५ दिनको सीमाभित्र क्रियाशीलको विवाद टुंग्याउने निर्णय समेत गरेको छ । ‘बाँकी विवाद समाधान गर्न सबैलाई समान रुपमा लागु हुनेगरी थप मापदण्ड बनाउदैछौ । ५ दिनको सीमाभित्र क्रियाशील सदस्यताको सबै विवाद टुंग्याउने गरी काम थालेका छौं’,सहमहामन्त्री महतले भने ।

    शीर्ष नेताहरूबीच क्रियाशील सदस्यताको टुंगोपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका वा मिति संशोधनबारे छलफल गर्ने सहमति पनि बनिसकेको छ । ‘क्रियाशीलको टुंगो लागेपछि मात्रै नयाँ कार्यतालिकाबारे छलफल गर्ने कुरा भएको छ’, महतले भने ।

    बैठकपछि बाहिरिने क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौभित्रै महाधिवेशन सक्नेगरी काम गर्न खोजिएको बताए । ‘जति विवाद बाँकी छ त्यसलाई शीर्ष तहमै समाधान गरेर भदौभित्र महाधिवेशन गरिछाड्ने प्रयास भइरहेको छ’, पौडेलले भने ।

    आजको बैठकको सुरुआतमै सभापति देउवाले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न जे गर्नुपर्छ त्यसका लागि तयार रहेको बताए । ‘यो ५ दिनमा सबै विवाद सक्नुपर्‍यो । त्यसका लागि जे गर्नुपर्छ गरौं, महाधिवेशन भदौमै गर्ने हो’, देउवाले बैठकमा भने ।

  • भदौ १६ मा कांग्रेस महाधिवेशन नहुने

    भदौ १६ मा कांग्रेस महाधिवेशन नहुने

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि आयोजना हुने कुनै सम्भावना छैन । तर, यो सत्य सार्वजनिक गर्न कुनै नेता तयार छैनन् । बुधबार कांग्रेसका शीर्ष नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवाले भने-महाधिवेशन भदौ १६ मै हुन्छ, हुन्छ, हुन्छ ।

    तर कसरी ? सभापति देउवाकै निकट नेताहरू अलमलमा छन् ।

    ‘महाधिवेशन भदौ १६ मै हुन्छ भनेर सभापतिले भन्नुभएको छ । कसरी हुन्छ भन्ने पनि उहाँबाहेक अरुलाई थाहा छैन’, देउवानिकट एक नेताले भने ।

    बुधबारकै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन एक दिन पनि सार्न नहुने बताए । तर, क्रियाशील सदस्यताको समेत टुंगो नलागेको अवस्थामा १ महिनाभित्रै कांग्रेसको वडादेखि केन्द्रसम्मको महाधिवेशन कसरी हुन्छ ?

    पौडेलनिकट नेताहरू पनि ढुक्क छैनन् । ‘परिस्थिति हेर्दा महाधिवेशन नहुने निश्चित भइसकेको छ तर रामचन्द्र दाइको कन्फिडेन्स किन बढेको हो ? जसरी नि महाधिवेशन हुन्छ भन्नुहुन्छ’, पौडेलनिकट नेताहरूको भनाइ छ ।

    महाधिवेशन नहुने निश्चित

    नेपाली कांग्रेसको विधिसम्मत महाधिवेशन भदौ १६ मा हुन सम्भव छैन । किनकी निर्वाचन समितिले नै प्रक्रिया शुरू भएको कम्तीमा ५३ दिनपछि महाधिवेशन गर्न सकिने खाका शीर्ष नेताहरूलाई देखाइसकेको छ ।

    निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, निर्वाचन प्रतिनिधिको प्रशिक्षणदेखि सबै काम सकेर दू्रत गतिमा अधिवेशन सक्दापनि ५३ दिन लाग्ने बताइसक्दापनि नेताहरु महाधिवेशनको विकल्प वा नयाँ मितिबारे बोलन खोजिरहेका छैनन् । अहिले नै यसबारे बोल्दा महाधिवेशन गर्न नसकेको अपजस आइपर्ने चिन्ता नेताहरूमा देखिन्छ ।

    भदौ १६ आउन ३५ दिन बाँकी छ । क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपनि कतिपय जिल्लाको विवाद थाँती नै छ । समायोजनका नाममा बाँडिएका क्रियाशील सदस्यताको विवाद अझै सुल्झेको छैन । निर्वाचन निर्देशिका तयार भएकै छैन । यस्तो अवस्थामा नहुने महाधिवेशनको रटान लगाउन कांग्रेस नेताहरुले छाडेका छैनन् । ‘भदौ १६ मा महाधिवेशन नहुने निश्चित छ तर यसको घोषणा गर्न अझै केही समय लाग्छ’, कांग्रेसका एक पदाधिकारीले नेपाल प्रेससँग भने ।

    पछिल्लो कार्यतालिका अनुसार साउन १२ मा हुनुपर्ने वडा अधिवेशन प्रभावित भएका कारण कांग्रेस महाधिवेशनको कार्यतालिका निष्क्रिय भइसकेको छ । सभापति देउवाले भदौ १६ मै महाधिवेशन हुनेगरी नयाँ कार्यतालिका ल्याउन निकट नेताहरूलाई निर्देशन दिएका छन् । तर महिनादिनमै महाधिवेशन गर्ने विश्वासिलो आधार पहिल्याउन उनीहरूलाई अप्ठ्यारो परेको छ ।

    ‘अरे हामी पनि उपाय खोजीराछौ, हतार नर्गनुस् न यार’, कार्यतालिकाको जिम्मा पाएका एक नेताले नेपाल प्रेससँग भने ।

    सेलायो उम्मेदवारको सक्रियता

    केही दिनअघिसम्म कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका आकांक्षीहरूको सक्रियता चुलिएको थियो । विस्तारै यो क्रम सेलाएको छ । महाधिवेशन केन्द्रित भेला, छलफल र वार्ता हुन छाडेका छन् । सभापति देउवाको नेतृत्वमा सरकार बनेसंगै अधिकांश नेताको सरोकार पनि फेरिएको छ ।

    ‘सरकारमा कति मन्त्री पाउने , कसलाई पठाउने भन्नेमै धेरै छलफल हुन थालेको छ । महाधिवेशन हुने भए एक महिना बाँकी हुँदा कांग्रेसमा यस्तो सन्नाटा हुन्थ्यो र ?’,एक नेताले प्रश्न गरे ।

    सभापति देउवा, वरिष्ठ नेता पौडेलदेखि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, कल्याण गुरुङ लगायतले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर केही समयअघि चुलिएको दावेदारहरूको छलफलको श्रृंखला अहिले रोकिएको छ ।

    भित्रभित्रै विकल्पको खोजी

    सभापति देउवाले बारम्बार महाधिवेशन गर्न नसकेको कलंक नबोक्ने बताउँदै आएका छन् । प्रधानमन्त्री बनेपछि उनको व्यस्तता बढ्दो छ । आन्तरिक बैठकमा जसरी पनि महाधिवेशन हुने ठोकुवा गरेपनि भरपर्दो विकल्पबारे देउवाको परामर्श जारी छ ।

    ‘महाधिवेशन नहुने अवस्थामा के गर्ने भन्नेमा छलफल चलि नै रहेको छ । सभापतिलाई चित्त बुझेको विकल्प केही दिनमा फ्लोर हुन्छ’, देउवानिकट एक नेताले भने । ती नेताका अनुसार क्रियाशील सदस्यताको काम मात्रै नभए पनि तत्काललाई टुंग्याउने नेतृत्वको इच्छा छ । अहिले क्रियाशील टुंग्याउन सके छोटो समय थप गरेर कात्तिकसम्म महाधिवेशन गर्न सकिन्छ की भन्ने विकल्पमा छलफल भइरहेको ती नेताको भनाइ छ ।

    त्यसबाहेक लकडाउन भए बराबरको अवधि थप गर्ने, निर्वाचन आयोगबाट स्वीकृति लिएर महाधिवेशनका लागि थप समय लिने, पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने, सहमतिको महाधिवेशन गर्ने लगायतका विकल्प पनि शीर्ष तहमा छलफलमै छन् ।

  • अनसन बसेका कार्यकर्ताको माग सुनुवाइ गर्न देउवाको निर्देशन

    अनसन बसेका कार्यकर्ताको माग सुनुवाइ गर्न देउवाको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अनसन बस्दै आएका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन् ।

    बूढानीलकण्ठस्थित निवासमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले अनसन बसेकाहरूको माग आज दिनभरमा सुनुवाइ गरी भोलि बिहानको बैठकमा पेस गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    ‘सभापतिजीले निर्देशन दिनु भएको छ- पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर जो पार्टी कार्यालयमा अनसन बस्दै आउनु भएका छ, उहाँहरुको मागको सुनुवाइ आजै गरी भोलि बस्ने बैठकमा पेस गर्नू,’ देउवाको भनाइ उद्धृत गर्दै शर्माले भने ।

    बैठकमा क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले साउन १० गते आफ्नो समितिको प्रतिवेदन बुझाउने जानकारी गराएका छन् । भोलि बिहान ९ बजे बोलाइएको पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि तय गरिएको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

    क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनसमेत नआएकाले सो सम्बन्धी मिति तय गर्ने विषयमा पनि भोलि बोलाइएको पदाधिकारी बैठकमा छलफल हुने निर्णय गरिएको प्रवक्ता शर्माको भनाइ छ । उनले भने, ‘क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन आएपछि मात्रै निर्वाचन समितिलाई सो बुझाउनुपर्ने हुन्छ । सो बुझाएपछि मात्रै तल्लो तहको पार्टीको अधिवेशन शुरू हुने भएकाले भोलिको पदाधिकारी बैठकले त्यसको अधिवेशन मिति सार्ने विषयमा पनि टुंगो लगाउनेछ ।’

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन शुरू गर्न सकिने भएकाले त्यसको मिति सार्न बैठकमा प्रस्ताव राखेका थिए ।

  • सांसद पदबाट राजीनामा दिने अमरेशको घोषणा

    सांसद पदबाट राजीनामा दिने अमरेशको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान गरिएको भन्दै सिंहले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेका हुन् । उनले आजै बालुवाटार पुगेर राजीनामा पत्र बुझाउने जनाएका छन् ।

    ‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ । मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्दिन भने अरु जनतालाई कसरी न्याय गर्न सक्छु ? क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिदैछु’, सिंहले नेपाल प्रेससँग भने । उनले सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको र अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएको भन्दै राजीनामा बाहेक विकल्प नदेखेको बताए ।

    ‘सांसद पदबाट राजीनामा दिनुको विकल्प देखेको छैन । यदि क्रियाशीलको विवाद समाधन हुँदैन भने त्यसविरुद्ध मेची महाकाली अभियान चलाउँछु’, सिंहले भने । उनले आफू कांग्रेसबाट निर्वाचित सांसद भएकोले संसदीय दलको नेता मार्फत नै राजीनामा दिन खोजेको बताए ।