Tag: कांग्रेस महाधिवेशन

  • कांग्रेस महाधिवेशन: काठमाडौंमा दश हजार झण्डा राखिँदै

    कांग्रेस महाधिवेशन: काठमाडौंमा दश हजार झण्डा राखिँदै

    काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् । प्रचारको विविध प्रक्रियाअनुसार आज सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिए।

    महाधिवेशनका लागि स्वागतद्वार तथा श्रङ्गारको जिम्मेवारी पाएका कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ । यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने सचिव पुडासैनीले बताए ।

    कांग्रेसले उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन भन्ने प्रचारात्मक नारा पनि तय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    यस्तो छ महाधिवेशन कार्यक्रम

    मंसिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुने र हलमा बन्द सत्र हुनेछ । कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा निर्वाचनको प्रक्रियाको काम गर्ने जनाएको छ ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्य समितिको निर्वाचनका लागि यही मंसिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मंसिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका रहेको छ ।

    यसैगरी मंसिर २६ गते नै बिहान १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर २७ गते विहान ८ बजेदेखि मतदान सुरु गर्ने समितिले जनाएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

    चार हजार ७०० महाधिवेशन प्रतिनिधि हुने

    यस महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ । कांग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

    कांग्रेसको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरी आवश्यक काम कारबाही प्रारम्भ गरेको छ । रासस

     

     

  • भित्र नेताको बैठक : बाहिरबाट युवाको दबाब- मिल्नूस्, कांग्रेस जोगाउनूस्

    भित्र नेताको बैठक : बाहिरबाट युवाको दबाब- मिल्नूस्, कांग्रेस जोगाउनूस्

    काठमाडौं । नेपाली कांग्रेसको यही मंसिर २४-२६ गतेसम्म हुने १४ औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार छान्न अहिले संस्थापनइतर समूहको बैठक बसिरहेको छ ।

    चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत सहभागी छन् ।

    यसैबीच बैठकस्थलबाहिर कांग्रेसका युवा नेताहरूले साझा उम्मेदवारमा छिटो सहमति गर्न दबाब दिएका छन् । राजेन्द्र बजगाई, टेकराज पौडेल, सीता सापकोटा, दक्ष पौडेल, देवेन्द्र घर्तीमगरलगायतका युवा नेताहरूले नेताहरू मिल्नोस्-कांग्रेस जोगाउनूस्, अहिले नमिले कहिले मिल्ने भन्दै प्लेकार्ड बोकेर दबाब दिएका छन् ।

    संस्थापनइतरबाट आकांक्षी धेरै हुँदा र सहमति नहुँदा शेरबहादुर देउवा नै दोहोरिने भन्दै सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ ।

  • कांग्रेस महाधिवेशन : साझा उम्मेदवार छान्न चाक्सीबारीमा संस्थापनइतरको बैठक

    कांग्रेस महाधिवेशन : साझा उम्मेदवार छान्न चाक्सीबारीमा संस्थापनइतरको बैठक

    काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी छ । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक बसेको हो ।

    बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।

    संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । आकांक्षी धेरै हुँदा र नेताहरूबीच मत नमिल्दा फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने भन्दै इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ । सोहीअनुसार मंगलबार दिउँसो इतर पक्षको बैठक प्रकाशमान निवासमा बसेको हो ।

    अहिले सभापतिसहित पदाधिकारीको टिम कसरी बनाएर जाने भन्ने विषयमा छलफल भइरहेको छ ।

  • साझा उम्मेदवार तय गर्न पौडेल पक्ष छलफलमा जुट्दै

    साझा उम्मेदवार तय गर्न पौडेल पक्ष छलफलमा जुट्दै

    काठमाडौं । साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे तय गरिएको छ ।

    चाक्सीबारीमा बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइरालामध्ये एकजनालाई सभापतिको साझा उम्मेदवार बनाउनेबारे छलफल हुनेछ । बैठकमा संस्थापनइतर समूहका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

    यसअघि सोमबार वरिष्ठ नेता पौडेलको निवास बोहराटारमा बसेको चार नेताको बैठकले साझा उम्मेदवार तय गर्न सबैसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

    सो समूहका युवा नेताहरूको आज बसेको बैठकले साझा उम्मेदवारका लागि सहमति जुटाउन नेताहरूलाई अवसर दिने अन्यथा केन्द्रीय सदस्य, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरुको भेलाबाट उम्मेदवार घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

  • कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने पूर्वमन्त्री गिरीको घोषणा

    कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने पूर्वमन्त्री गिरीको घोषणा

    दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसको १४औं महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

    हालै सम्पन्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा उनले सभापति, महामन्त्रीलगायत धेरैजसो पदमा संस्थापनइतर पक्षका नेतालाई विजयी गराउन सफल भएका छन् । दाङ घर भएका गिरी संस्थापनइतरनिकट मानिन्छन् ।

    गिरी नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । २०३६ सालमा काठमाडौंमा विद्यार्थी आन्दोलन हुँदा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए । त्यसबेला नेविसंघको केन्द्रीय अध्यक्ष विमलेन्द्र निधि थिए भने गिरी र पूर्णबहादुर खड्का केन्द्रीय सदस्य थिए ।

    उनी पूर्वसिँचाइमन्त्रीसमेत हुन् ।

  • कांग्रेस महाधिवेशनका लागि भृकुटीमण्डमा तयार हुँदै मञ्च (तस्बिरहरू)

    कांग्रेस महाधिवेशनका लागि भृकुटीमण्डमा तयार हुँदै मञ्च (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको व्यवस्थापकीय तयारी तीब्र पारिएको छ । कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुँदैछ ।

    मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । सातमध्ये ६ वटा प्रदेशमा कांग्रेसको प्रदेश अधिवेशन सकिएको छ । प्रदेश २ मा भने महाधिवेशनपछि गर्ने गरी हाललाई अधिवेशन स्थगित गरिएको छ । महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम सुरू भएको छ ।

    महाधिवेशनस्थल भृकुटीमण्डपमा मञ्च निर्माण धमाधम भइरहेको छ । कामदारहरू बिहानदेखि साँझसम्म मञ्च बनाउन व्यस्त छन् ।

    कांग्रेसले १४औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने बताए ।

  • कांग्रेसको प्रदेश चुनाव : कतै अन्तर्घातको बात, कतै २ भोटले मात

    कांग्रेसको प्रदेश चुनाव : कतै अन्तर्घातको बात, कतै २ भोटले मात

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ६ वटा प्रदेश अधिवेशन सम्पन्न भएका छन् । केही क्षेत्रमा जारी विवादका कारण प्रदेश २ मा भने महाधिवेशनपछि मात्रै प्रदेश कार्यसमितिको लागि निर्वाचन हुनेछ ।

    ६ वटा प्रदेशको परिणाम आउँदा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले ३ वटा प्रदेशको नेतृत्व हात पारेको छ । देउवा पक्षले वागमती, कर्णाली र सुदूरपश्चिम कांग्रेसको नेतृत्वमा जित हासिल गरेको हो ।

    संस्थापनइतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले २ प्रदेशको नेतृत्व जितेको छ । गण्डकी र लुम्बिनी पौडेल पक्षले निर्वाचनबाट नेतृत्व हात पारेको हो ।

    कांग्रेसमा तेस्रो धार भनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले एक प्रदेशमा जित हासिल गरेको छ । सिटौला समूहले प्रदेश एकमा नेतृत्व गरेको छ । प्रदेश २ मा भने अधिवेशन हुन सकेन ।

    प्रदेश १ मा देउवा-सिटौला गठबन्धनको जित

    कांग्रेसको राजनीतिक प्रादुर्भाव भएको क्षेत्र हो प्रदेश १ । वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरासम्मको राजनीतिक विरासत जोडिएको सो प्रदेशमा यसपटक कृष्णप्रसाद सिटौलाको सहयोगमा सभापति शेरबहादुर देउवाले तागत बढाएका छन् । प्रदेश अधिवेशनमा सिटौला पक्षका उम्मेदवार उद्धव थापालाई सभापतिमा देउवा पक्षले सघाएको थियो । बदलामा प्रदेश १ का अधिकांश क्षेत्र र जिल्लाका अधिवेशनमा सिटौला पक्षको साथ देउवा समूहले पाएको थियो ।

    संस्थापनइतरबाट प्रदेश सभापतिमा गुरुराज घिमिरे प्रतिस्पर्धामा रहेका थिए । अन्तिम परिणाममा घिमिरे २ मतले पराजित भएपछि देउवा-सिटौला गठबन्धनले प्रदेश १ मा नेतृत्व हात पारेको हो । सभापतिमा निर्वाचित थापा दुई कार्यकाल झापा कांग्रेसको सभापति रहेका थिए । उनी सिटौलाका राजनीतिक विश्वासपात्र मानिन्छन् । प्रदेश कार्यसमितिको उपसभापतिमा रमेशजंग रायामाझी र टंकप्रसाद राई, महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा तथा सहमहामन्त्रीमा खड्ग फागो, विनोद बस्नेत र प्रमिला गच्छदार निर्वाचित भएका छन् ।

    वागमती प्रदेश : सिटौलाको समर्थनले देउवालाई सफलता

    वागमती प्रदेशमा संस्थापनइतर समूहले अन्यत्रभन्दा आफूलाई बलियो दाबी गरेको थियो । यद्यपि परिणाम त्यस्तो आएन । प्रकाशमान सिंह, डा. रामशरण महत, डा. अर्जुननरसिंह केसी, गगन थापालगायतका नेताहरू निरन्तर खटिए पनि वागमती प्रदेश सभापतिमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँ निर्वाचित भए । उनले नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतको अन्तरले पराजित गरे । बानियाँको जितमा सिटौला पक्षको समर्थन निर्णायक रह्यो ।

    पहिलो चरणमा १ सय ९७ मत ल्याएका सिटौला पक्षका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई सहयोग गरेका थिए । अघिल्लो महाधिवेशनभन्दा वागमती प्रदेशमा सुधार गरेको संस्थापन पक्षलाई सिटौलाको समर्थनले अझ बढी सफलता दिलायो । वागमती प्रदेशका पदाधिकारी र कार्यसमिति सदस्यहरूको मतपरिणाम आउन बाँकी छ ।

    गण्डकी प्रदेश : पौडेलले जोगाए साख

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको गृह प्रदेश गण्डकीमा संस्थापनइतर पक्षले नै जित हासिल गरेको छ । सभापतिमा पौडेल पक्षका उम्मेदवार शुक्रराज शर्माले संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे । गण्डकीमा सिटौला पक्षको मत नगण्य रहेको थियो । यसकारण मुख्य प्रतिस्पर्धा देउवा र पौडेल पक्षकै बीचमा हुन पुग्यो । उम्मेदवार घोषणापूर्वका असहमति थाती राखेर अन्तर्घात रोक्न सकेकै कारण पौडेल पक्षले जित हासिल गरेको हो ।

    जिल्ला अधिवेशनमा तनहुँसहित कास्की, लमजुङ, म्याग्दी, मनाङ र पर्वत गुमाएपछि पौडेललाई गण्डकीमा साख जोगाउनैपर्ने चुनौती थियो । शर्माको जितले पौडेल-कोइरालालाई राहत मिलेको देखिन्छ । गण्डकी प्रदेशको उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।

    लुम्विनी प्रदेश : खाणले जोगाउन सकेनन् देउवा

    सभापति देउवाको टिमबाट महामन्त्री लड्ने तयारी गरिरहेका गृहमन्त्री बालकृष्ण खाणका लागि लुम्बिनी प्रदेशको परिणाम बिर्सनलायक रह्यो । एकातिर देउवा पक्षले प्रदेशको नेतृत्व गुमायो भने खाणलाई अन्तर्घातको आरोप समेत लाग्यो । लुम्बिनी प्रदेशका १२ मध्ये ११ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जसमध्ये २ वटामा मात्रै संस्थापन पक्षले जित हासिल गरेको थियो । आफ्ना भाइ रामकृष्ण खाणलाई रुपन्देहीमा सर्वसम्मत सभापति बनउन भरत शाहको समर्थन लिएपनि खाणले शाहलाई प्रदेश सभापतिमा असहयोग गरेको चर्चा संस्थापन समूहमा छ । शाह संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनसँग पराजित भएका हुन् । पूर्वराज्यमन्त्री पुन रोल्पा कांग्रेसका पूर्व सभापति समेत हुन् । लुम्विनी प्रदेश कार्यसमितिको उपसभापतिमा भुवन श्रेष्ठ र राजु खनाल, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा खगराज पाण्डेय, विष्णु खनाल र निमा गिरी निर्वाचित भएका छन् ।

    कर्णाली प्रदेश : पूर्णबहादुरको प्रयत्नबाटै परिणाम

    कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित भए । परम्परागतरूपमै कर्णाली प्रदेशमा देउवा पक्षको पकड राम्रो भएको मानिथ्यो । यद्यपि १३ औं महाधिवेशनमा सुर्खेतमा संस्थापनइतर पक्ष हावी थियो । क्रियाशील सदस्यतामा आफ्नै टिमका नेताले अडान नलिएका कारण कर्णाली प्रदेश गुमाउनु परेको आन्तरिक समीक्षा पौडेल पक्षले गरेको छ । सुर्खेतको अधिवेशनमा संस्थापनइतर पक्ष बढारिएको थियो । सुर्खेतको जित नै संस्थापन पक्षका लागि कर्णालीको जित सावित भयो । जसका लागि महामन्त्री पूर्णबहादुर खड्काले गरेको मेहेनत खेर गएन । कर्णालीमा मोतीराज बलले उपसभापति विमलेन्द्र निधिको समूहबाट सभापतिमा उम्मेदवारी दिएपनि ७ मत मात्रै ल्याए । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनमा कम्तीमा ३ सय प्रतिनिधि हुन्छ । प्रदेशको जितले संस्थापन पक्षको मनोबल बढाएको छ ।

    कर्णालीको उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की, महामन्त्रीमा निरन्जन केसी र कृष्णकुमार रोकाया तथा सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछायाँ कुमारी शाही निर्वाचित भए ।

    सुदुरपश्चिम प्रदेश : देउवा पक्षको दबदबा

    विगतदेखि नै सुदूरपश्चिम सभापति देउवाको गढका रूपमा रहेको थियो । यसपटक पनि त्यसले निरन्तरता पाएको छ । केन्द्रीय सदस्य बलबहादुर बलायरको उम्मेदवारीले संस्थापन पक्षलाई अझ बल प्रदान गरेको थियो । सभापतिसहित प्यानल नै संस्थापन पक्षले जितेको छ । बलायरलाई सहमतिमै छाड्न संस्थापनइतर पक्ष तयार भएपनि सम्मानजनक उपस्थिति भाग नपाउने भएपछि नारायणदत्त मिश्र सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सुदूरपश्चिममा फराकिलो जितले देउवाको दोहोरिने प्रयासमा बल पुगेको छ ।

    सुदूरपश्चिम प्रदेश कार्यसमितिको उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सहमहामन्त्रीमा गोपालदत्त भट्ट , चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भए ।

  • मतदान नगरेकोमा शेखरले मागे माफी

    मतदान नगरेकोमा शेखरले मागे माफी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश अधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन् । प्रदेश १ को अधिवेशन कोइरालासहितका केन्द्रीय नेताहरूले मतदान गरेका थिएनन् ।

    यो पनि पढ्नुहोस् : शेखर–सुजाताले भोट नहाल्दा गुरु घिमिरे पराजित, पुनः मतगणनाका लागि निवेदन

    कोइरालानिकट उम्मेदवार गुरुराज घिमिरे सभापतिमा २ मतले पराजित भएपछि सामाजिक सञ्जालमा आलोचना तीब्र भएको छ । ट्वीटरमार्फत स्पष्टीकरण दिँदै शेखरले केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने भन्ने विषय सुरूदेखि नै संशयमा रहेको र कानुनी परामर्श गर्दा मतदान नगर्नु उपयुक्त हुने सुझाव आएको बताएका छन् । उनले आफूबाट भएको कमजोरीप्रति क्षमा याचना गरेका छन् ।

  • गुटका पत्रकार बोलाएर देउवाले भने- महाधिवेशनमा सघाउनुपर्‍यो

    गुटका पत्रकार बोलाएर देउवाले भने- महाधिवेशनमा सघाउनुपर्‍यो

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सहयोग गर्न पत्रकारहरूसँग आग्रह गरेका छन् ।
    प्रधानमन्त्री निवास बालुवाटारमा ‘गुट’ का पत्रकारहरू बोलाएर देउवाले दोस्रो कार्यकालका लागि आफू सभापतिको प्रत्यासी बन्ने भएकोले मिडियाबाट ‘यथाशक्य’ सहयोग गर्न आग्रह गरेका हुन् ।

    सो क्रममा प्रधानमन्त्री देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले हरसम्भव प्रयास गरेको बताए । ‘मेरो पहिलो कार्यकालमा सबैलाई मिलाएर लैजान प्रयास गरेको हुँ । पार्टीका केही सुधारको प्रयास पनि गरे । त्यो प्रयासलाई सफल बनाउन फेरि एकपटक सभापति बन्छु’, देउवाले भने । उनले लोकतन्त्रमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले आफूले पनि पत्रकारहरूको सद्भाव अपेक्षा गरेको बताए ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापतिको पत्रकार सम्मेलन भएपनि कांग्रेस प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा कार्यक्रममा उपस्थित थिएनन् ।

    प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक पत्रकारहरूसँग भेटेका हुन् । अनौपचारिक भनेर बोलाइएको भेटघाटमा देउवानिकट ‘गुट’ का अधिकांश पत्रकारहरू बोलाइएको थियो । कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र सल्लाहकार डा. सुरेश आचार्यले संयोजन गरेको कार्यक्रममा अधिकांश ‘गुट’ निकट पत्रकारहरू उपस्थित थिए ।

  • प्रदेश १ मा गुरुराज घिमिरेलाई सुरुवाती अग्रता

    प्रदेश १ मा गुरुराज घिमिरेलाई सुरुवाती अग्रता

    विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

    प्रारम्भिक मतगणनामा सभापति पदका उम्मेदवार गुरुराज घिमिरेले अग्रता लिएका छन् ।

    संस्थापनइतर पक्षका घिमिरेले ८३ मत पाउँदा देउवा–सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापाले ७० मत ल्याएका छन् ।

    प्रदेश १ मा १ हजार ७ सय ५२ मत खसेको थियो ।

  • लुम्बिनीमा आफ्नो पक्षका उम्मेदवार जिताउन केन्द्रीय नेताको दौडधुप

    लुम्बिनीमा आफ्नो पक्षका उम्मेदवार जिताउन केन्द्रीय नेताको दौडधुप

    रुपन्देही । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशमा संस्थापन र इतर समूहले अलग अलग प्यानलको मनोनयन दर्ता गरेका छन्, जहाँ आज चुनाव हुँदैछ ।

    लुम्बिनीमा संस्थापन समूहबाट नेताहरु बालकृष्ण खाँण, देवेन्द्रराज कंडेल, भरत शाह, पुष्पा भुसाल, मानबहादुर बिक, दीपकुमार उपाध्याय, सुरेन्द्र हमालसहितका नेताहरुले मोर्चा बनाएर पूर्वराज्यमन्त्री तथा संघीय लेखा समितिका सभापति भरत शाहको नेतृत्वमा प्यानल दर्ता गराएका छन् ।

    संस्थापनइतर समूहबाट नेताहरु चन्द्र भण्डारी, दिपक गिरी, सन्जय गौतमलगायतका नेताहरुले मोर्चा बनाएर पूर्वराज्यमन्त्री तथा रोल्पाबाट दुईपटक जिल्ला सभापति बनेका अमर पुनको नेतृत्वमा अर्को प्यानल दर्ता गराएका छन् ।

    कांग्रेसको लुम्बिनी प्रदेश पदाधिकारीमा उम्मेदवार बनेकाहरू अधिकांश जिल्ला सभापति र सांसद भइसकेकाहरु रहेका छन् । संस्थापन इतरबाट प्रदेश सभापतिका उम्मेदवार अमर पुन कांग्रेसको रोल्पाका निवर्तमान सभापति हुन् । उनीसहित यो प्यानलमा ४ जना निवर्तमान सभापति पदाधिकारीका उम्मेदवार रहेका छन् ।

    उपसभापतिका उम्मेदवार भुवन श्रेष्ठ गुल्मीका निवर्तमान सभापति हुन् । महामन्त्रीका उमेदवार सुरेन्द्रराज आचार्य कपिलवस्तुमा दुई कार्यकाल सभापति चलाइसकेका छन् ।

    सहमहामन्त्रीका उम्मेदवार विष्णु मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् । यीमध्ये अमर पुन र सुरेन्द्र आचार्य संविधान सभा सदस्य भएर राज्यमन्त्रीसमेत भइसकेका छन् । अर्का उपसभापति अष्टभुजा पाठक अहिले प्रदेश सभा सदस्य छन् । उनी अघिल्लो अधिवेशनमा जिल्ला सभापतिमा हारेका थिए ।

    महामन्त्रीका उमेदवार विक्रम खनाल पनि संविधान सभा सदस्य हुन् । संस्थापन इतरबाट सहमहामन्त्रीमा खगराज पाण्डे र निमा गिरी रहेका छन् ।

    संस्थापन समूहबाट सभापति भएका भरतकुमार शाह अहिलेसँगै तीन कार्यकाल सांसद भएका छन् । उनी विगतमा अर्थ राज्यमन्त्री पनि भए । उपसभापतिका उम्मेदवार सुधाकर पाण्डे कपिलवस्तुका पूर्व जिल्ला सभापति हुन् । उपसभापतिकै अर्का उम्मेदवार राजु खनाल संविधान सभा सदस्य भइसकेका छन् ।

    २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा उनी माओवादी केन्द्रका कृष्णबहादुर महरासँग पराजित भएका थिए । महामन्त्रीका उम्मेदवार जन्मजय तिमिल्सिना तरुण दलको कार्यवाहक केन्द्रीय सभापति भएका थिए ।

    अर्का महामन्त्रीका उमेदवार खिमानसिंह रायमाझी पनि तरुण दलमै आवद्ध नेता हुन् । त्यसबाहेक सहमहामन्त्रीमा लक्ष्मीनारायण चौधरी, माया पुन र सरिता चौधरी दौडमा छन् ।

    तुलनात्मक हिसाबले इतर समूह केही बलियो मानिए संस्थापन समूहले बलियो उम्मेदारका हिसाबले शाहलाई मैदानमा पठाएको हो । उनलाई नजिकबाट अर्को समूहका नेताहरुले पनि निर्वाचन जित्न शाहले अनेक रणनीति बनाउनसक्ने र सबै जिल्लामा फरक समूहबीच बलियो सम्बन्ध रहेकाले चुनाब आफ्नो पोल्टामा पार्नसक्ने आंकलन गरेका छन् । पहिलो पटक प्रादेशिक संरचनामा आफ्नो कमिटी बनाउन थालेको कांग्रेसमा प्रदेशको क्षेत्राधिकार बलियो भएकाले यसमा आकांक्षी बढेका हुन् ।

    प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लामा पौडेल पक्षका सभापतिसहितका उम्मेदवार विजयी भएका छन् भने रुपन्देही र बर्दियामा मात्र देउवा पक्षका उम्मेदवार विजयी छन् । बाँके जिल्लामा अझै जिल्ला अधिवेशन भएको छैन ।

    जिल्ला र महाधिवेशन प्रतिनिधिको तथ्यांक हेर्दा पौडेल पक्ष केही अगाडि देखिएको छ र संस्थापन पक्षले निर्वाचन जित्ने समयमा अलग समूहमा रहेपनि प्रदेश सभापतिमा संस्थापन समूहले नै जित निकाल्ने दावी गरेको छ । त्यसैले पनि प्रदेश सभापतिमा शाह र पुनबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

    अधिवेशनले प्रदेशस्तरीय पहिलो संगठन संरचना बनाउने छ । प्रदेशको नेतृत्व र समिति छनोटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ६ सय ४८ प्रतिनिधि भैरहवामा जुटेका छन् ।

    शुक्रबार दुवैपक्षले प्यानलगतरुपमा उम्मेदवारी दर्ता गरेपछि शनिबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । उम्मेदवार र प्रतिनिधिले प्रचारप्रसारलाई तीव्र पारेका छन् । आआफ्ना समूहका ब्यानर टाँग्दै हिंडेका छन् भने मतदानस्थल उम्मेदवारका पोस्टर र पार्टी झण्डाले रंचीचंगी बनेको छ ।

    को हुन् भरत शाह ?

    रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य तथा संघीय संसदको लेखा समितिका सभापतिसमेत रहेका शाह जिल्लामा लोकप्रिय मानिन्छन् । यद्यपि संस्थापन पक्ष भएपनि गृहमन्त्री बालकृष्ण खाँणसंग उनको जिल्लामा छुट्टै समूह बनेर पालिका र वडा अधिवेशन भएको थियो ।

    जिल्लाको नेतृत्वका लागि भने सभापतिमा नेता बालकृष्णका सहोदर भाई रामकृष्ण खाँण र उपसभापतिमा भरत शाहकी श्रीमति अनिता शाह निर्विरोध भएपछि उनीहरुबीचको टकराव केही मत्थर भएको छ । ०५६, ०७० र ०७४ सालको निर्वाचनमा विजयी शाह अर्थराज्यमन्त्री समेत भइसकेका छन् ।

    ०५६ सालमा सालमा उनले अजिव मुसलवानलाई पराजित गरेका थिए । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेका रामनाथ ढकाललाई पराजित गरेका थिए । ०७४ सालको आमनिर्वाचनमा माओवादीका डिलाराम आचार्यलाई पराजित गरेका थिए । ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने उनी रामनाथ ढकालसंग थोरै मतले पराजित भएका थिए ।

    ०२७ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताउने शाहले ४० वर्षदेखि पार्टी जिम्मेवारमा रहेर काम गरेकाले प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताए ।

    लामोसमय पार्टीको विभिन्न कमिटीमा रहेर काम गरेको बताउँदै यसअघि गरेका कामकै कारण आफ्नो उम्मेदवारी प्रदेश सभापतिमा भएको शाहको भनाइ छ ।

    शाहको प्यानलमा दुईजना उपसभापति पदका उम्मेदवारहरुमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल उम्मेदवार छन् । यस्तै दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी, सहमहामन्त्रीमा १ महिलासहित ३ पदक लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवार छन् ।

    यस्तो छ अमर पुनको इतिहास

    माओवादीको युद्धमा लामो समय टकराव लिएका कांग्रेस नेता हुन् अमर पुन । लुम्बिनी प्रदेशबाट इतर समूहमा बलियो रहेका दाङका कांग्रेस नेता दीपक गिरी, गुल्मीका चन्द्र भण्डारीसँग बलियो सम्बन्ध भएका पुन आफ्नो जित निश्चित भएको बताउँछन् ।

    पूर्वराज्यमन्त्री रहेका पुनले द्वन्द्वले पछाडि परेका जिल्लाहरुमा कांग्रेसलाई बलियो संगठनको रुपमा उम्भाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । दुईपटक कांग्रेस रोल्पाको सभापति बनेका उनले आफू सभापतिमा निर्वाचित भएपछि आउँदो चुनावमा पार्टीलाई एकनम्बर बनाउने गरी लाग्ने बताए ।

  • प्रदेश समिति चयन गर्न आज चुनाव: कहाँ, कस्तो छ समीकरण ?

    प्रदेश समिति चयन गर्न आज चुनाव: कहाँ, कस्तो छ समीकरण ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेश समिति चयनका लागि चुनाव हुँदैछ । केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार प्रदेश २ बाहेक अरु प्रदेशमा हिजै उम्मेदवारी दर्ता सकिएको छ र आज चुनाव हुँदैछ ।

    प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि अधिकांश प्रदेशमा नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच गठबन्धन भएको छ । सिटौलानिकट उद्धव थापाले प्रदेश १ को सभापतिमा दिएको उम्मेदवारीलाई देउवा पक्षले समर्थन जनाएको छ । सो प्रदेशको सभापतिमा संस्थापनइतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे उम्मेदवार बनेका छन् ।

    प्रदेश २ मा प्रदेश अधिवेशन हुन सकेको छैन । सर्लाहीमा क्षेत्रीय अधिवेशन नै हुन बाँकी रहेका कारण सो प्रदेशको अधिवेशन प्रभावित बनेको हो ।

    वागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ प्रदेश सभापतिको आकांक्षी बनेका छन् । संस्थापनइतर पक्षले जगदीश्वरनरसिंह केसीलाई सभातिको उम्मेदवार बनाएको छ । सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रदेश सभापतिको प्रत्याशी रहेका छन् ।

    गण्डकी प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशी प्रदेश सभापति पदको प्रत्याशी रहेका छन् । संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छन् ।

    लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह सभापतिको प्रत्यासी रहेका छन् । त्यस्तै संस्थापनइतर पक्षबाट अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिएका छन् ।

    कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितजङ्ग शाही र संस्थापन इतर पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् ।

    संस्थापन पक्षको पकड भनिएको सुदुरपश्चिममा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर संस्थापन पक्षबाट प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सो प्रदेशमा संस्थापनइतर पक्षले नारायणदत्त मिश्रलाई सभापतिको उम्मेदवार बनाएको छ ।

  • कांग्रेसको प्रदेश नेतृत्वमा कहाँ को-को भिड्दैछन् ?

    कांग्रेसको प्रदेश नेतृत्वमा कहाँ को-को भिड्दैछन् ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत विभिन्न ६ प्रदेशमा उम्मेदवारी दर्ता सकिएको छ । केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार आज प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता सम्पन्न भएको हो । अधिकांश प्रदेशमा नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच गठबन्धन भएको छ । सिटौलानिकट उद्धव थापाले प्रदेश १ को सभापतिमा दिएको उम्मेदवारीलाई देउवा पक्षले समर्थन जनाएको छ । सो प्रदेशको सभापतिमा संस्थापनइतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे उम्मेदवार बनेका छन् ।

    प्रदेश २ मा प्रदेश अधिवेशन हुन सकेको छैन । सर्लाहीमा क्षेत्रीय अधिवेशन नै हुन बाँकी रहेका कारण सो प्रदेशको अधिवेशन प्रभावित बनेको हो ।

    वागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ प्रदेश सभापतिको आकांक्षी बनेका छन् । संस्थापनइतर पक्षले जगदीश्वरनरसिंह केसीलाई सभातिको उम्मेदवार बनाएको छ । सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रदेश सभापतिको प्रत्याशी रहेका छन् ।

    गण्डकी प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशी प्रदेश सभापति पदको प्रत्याशी रहेका छन् । संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छन् ।

    लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह सभापतिको प्रत्यासी रहेका छन् । त्यस्तै संस्थापनइतर पक्षबाट अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिएका छन् ।

    कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितसिंह शाही र संस्थापन इतर पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् ।

    संस्थापन पक्षको पकड भनिएको सुदुरपश्चिममा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर संस्थापन पक्षबाट प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सो प्रदेशमा संस्थापनइतर पक्षले नारायणदत्त मिश्रलाई सभापतिको उम्मेदवार बनाएको छ ।

  • को हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि ?

    को हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ । कांग्रेस विधान अनुसार नीति र नेतृत्व चयनका लागि महाधिवेशन कांग्रेसको सर्वोच्च निकाय हो । यसपटक महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने दबाबका कारण कांग्रेस महाधिवेशन नेतृत्वमा मात्रै केन्द्रित छ । नेतृत्वका लागि आधा दर्जन बढी नेताहरूले दाबेदारी प्रस्तुत गरेका छन् ।

    जिल्ला र प्रदेश निर्वाचनमा प्यानल नै बनाएर प्रतिस्पर्धा भएकाले केन्द्रीय महाधिवेशनमा पनि प्यानल बन्ने निश्चित छ । कांग्रेस विधान अनुसार सभापति, उपसभापति, महामन्त्री, सह महामन्त्री र केन्द्रीय सदस्यहरूसहित १ सय ३४ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् । निर्वाचित सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नसक्ने व्यवस्था छ ।

    कांग्रेसको १४ औं महाधिवेशनमा ४ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । सर्लाहीबाहेकका जिल्लाबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधिको टुंगो लागिसकेको छ ।

    को हुन् महाधिवेशन प्रतिनिधि ?

    कांग्रेस विधानको परिच्छेद ६ मा केन्द्रीय महाधिवेशन प्रतिनिधिबारे व्यवस्था छ । सो परिच्छेदमा ‘केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुने’ उल्लेख छ । कांग्रेसमा विभिन्न ६ तरिकाबाट महाधिवेशन प्रतिनिधि छानिन्छन् । महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ४ वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य हुनैपर्ने मापदण्ड रहेको छ ।

    दफा १६ मा महाधिवेशनका ९ वटा अधिकारहरू उल्लेख गरिएका छन् । जसमध्ये अधिकांश अधिकार केन्द्रीय सभापति, पदाधिकारी र सदस्य निर्वाचित गर्ने सम्बन्धी छन् । त्यसबाहेक महाधिवेशनले ‘अल्पकालीन वा दीर्घकालीन महत्वका विषयमा पार्टीको नीति निर्धारण गर्ने’ प्रावधान विधानमै उल्लेख छ । महाधिवेशनले आफ्नो अधिकार केन्द्रीय महासमिति, केन्द्रीय समिति वा केन्द्रीय सभापतिलाई समेत प्रत्यायोजन गर्न सक्नेछ ।

    कसरी छानिन्छन् महाधिवेशन प्रतिनिधि ?

    एक निर्वाचन क्षेत्र भएका जिल्लाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापतिसहित २५ जना चयन हुन्छन् । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक संघीय निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । समावेशी क्लस्टर मिलाउने क्रममा भने २६ वा बढीमा २७ जनासम्म पनि प्रतिनिधि निर्वाचित हुने व्यवस्था कांग्रेसको निर्वाचन निर्देशिकाले गरेको छ । भूगोलबाट निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधिको संख्या कम्तीमा ४ हजार १ सय २५ रहेको छ ।

    कांग्रेस विधानले नै निवर्तमान केन्द्रीय सभापति, उप-सभापति, महामन्त्री , कोषाध्यक्ष, सह-महामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पनि गरेको छ । जसअनुसार शेरबहादुर देउवा नेतृत्वको वर्तमान कांग्रेस केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू १४ औं महाधिवेशनमा स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।

    कांग्रेस विधानले केन्द्रीय सभापतिलाई महाधिवेश प्रतिनिधि मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेस विधानको दफा ५१ मा केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय सभापतिले कांग्रेसका क्रियाशील सदस्यहरूमध्येबाट बढीमा ४० जना महाधिवेशन प्रतिनिधि चयन गर्नसक्ने व्यवस्था गरेको छ ।

    कांग्रेस विधानले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूबाट पनि महाधिवेशन प्रतिनिधि छानिने व्यवस्था गरेको छ । जस अनुसार नेपाल महिला संघ, नेपाल तरुण दल , नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ र नेपाल मगर संघबाट अध्यक्षसहित ५-५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । त्यस्तै नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरम , नेपाल ठाकुर समाज, नेपाल लोकतान्त्रिक शेर्पा संघ र नेपाल कुमाल संघबाट ३-३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

    त्यस्तै नेपाल सांस्कृतिक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्श एशोसिएसन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियबाट अध्यक्षसहित ५-५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । त्यस्तै नेपाल शिक्षक संघबाट अध्यक्षसहित ७ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । नेपाल आदिवासी जनजाति संघ र नेपाल ट्रेड युनियन कांग्रेसबाट अध्यक्षसहित ११-११ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यसरी कांग्रेसको भ्रातृ एवं शुभेच्छुक संस्थाबाट कम्तीमा १ सय २२ जना महाधिवेशन प्रतिनिधि १४ औं महाधिवेशनमा सहभागि हुनेछन् ।

    कांग्रेसमा विदेशस्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छन् । कांग्रेस विधान अनुसार १ सय जनासम्म क्रियाशील सदस्य रहेको जनसम्पर्क समितिबाट अध्यक्षमात्रै महाधिवेशन प्रतिनिधि हुनेछन् । पाँच सय वा सो भन्दा बढी सदस्य भएकोबाट अध्यक्षसहित ७ जना र २ हजार वा सोभन्दा बढी सदस्य रहेको जनसम्पर्क समितिबाट अध्यक्षसहित १४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

    मनोनीत महाधिवेशन प्रतिनिधि

    कांग्रेस विधानले केन्द्रीय सभापतिलाई महाधिवेश प्रतिनिधि मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेस विधानको दफा ५१ मा केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय सभापतिले कांग्रेसका क्रियाशील सदस्यहरूमध्येबाट बढीमा ४० जना महाधिवेशन प्रतिनिधि चयन गर्नसक्ने व्यवस्था गरेको छ । यसरी चयन हुने महाधिवेशन प्रतिनिधिको पदावधि अर्को महाधिवेशनको प्रक्रिया प्रारम्भ हुनासाथ स्वतः समाप्त हुनेछ । विधानको यस व्यवस्थाका कारण १४ औं महाधिवेशनमा वर्तमान सभापति देउवाले मनोनीत गर्ने महाधिवेशन प्रतिनिधिले मताधिकार प्राप्त गर्ने छैनन् ।

  • देउवाको गृह प्रदेशमा सभापतिका लागि रस्साकस्सीः संस्थापन पक्षका मात्रै ६ दाबेदार

    देउवाको गृह प्रदेशमा सभापतिका लागि रस्साकस्सीः संस्थापन पक्षका मात्रै ६ दाबेदार

    कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिको लागि तीव्र रस्साकस्सी सुरु भएको छ । का‌ग्रेस सभापति एव‌ प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेशमा ६ जना देउवा पक्षका र २ जना पौडेल पक्षका नेताहरूले दाबी पेस गरेका छन् ।

    शुक्रबार बिहान बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका रहेकोमा आकांक्षीहरु बढेपछि नेतृत्व छनोट गर्न सकस भइरहेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नको लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज दिउँसो २ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ ।

    ‘बिहानै मनोनयन दर्ता हुनुपर्ने हो तर, नेताहरूले समय मागेर सर्वसम्मत गर्ने भनेपछि निर्वाचन समितिले समय तयार गरेको ’ प्रचारप्रसार संयोजक नृप सुनारले नेपाल प्रेसलाई भने ।

    अहिले सहमतिको प्रयासका लागि यहाँका सबै केन्द्रीय सदस्यहरू, दिलेन्द्र बडू, एनपी साउद , रमेश लेखक र बिरबहादुर बलायर बसेर छलफल गरिरहेका छन् ।

    प्रदेश कार्य समितिका लागि सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ (१ महिला सहित) र प्रदेश सदस्य ५१ जना रहने छन् ।

    प्रदेश सभापतिका लागि डोटीका वीरबहादुर बलायर, कैलालीका नरनारायण शाह र अछामका गोविन्दबहादुर शाहले दाबी गरिरहेका छन् । बलायरलाई सभापति बनाउने विषयमा छलफल भइरहे पनि अन्य दुईजनाले विरोध गरेपछि निर्वाचन हुने सम्भावना बढिरहेको छ। गोपालसिंह गुरुङ नारायणदत्त मिश्रले पनि सभापतिको दाबी गरेका छन् ।

    सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही (अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    नारायणदत्त मिश्र र गोपाल गुरुङ देउवा पक्षइतरका हुन् भने अन्य सबै देउवा पक्षका हुन् ।

    सहमतिका लागि भन्दै परिवर्तन गरिएको निर्वाचन तालिकाअनुसार २ बजे लेखि ४ बजे सम्म मनोदन दर्ता गर्ने उल्लेख गरिएको छ ।

    यस्तै मनोनयनपत्र माथि पर्ने दाबी, विरोध दर्ता गर्ने र जाँचबुझ गर्ने ४ः३० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । साढे ५ बजे उम्मेदवारको पहिलो नाम प्रकाशित गर्ने तालिका छ ।

    यस्तै, मनोनयन फिर्ता लिन ५ः३० देखि ६ः३० बजेसम्म र अन्तिम नामावली प्रकाशन साँझ ७ः३० बजेसम्म तोकिएको छ । मतदान भोलि बिहान ८ बजेदेखि हुनेछ ।

  • लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

    लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

    कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन हिजो सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको छ ।

    संस्थापनइतर समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । कांग्रेसको प्रदेश अधिवेशन आज उद्घाटन हुँदैछ ।

    यी हुन् लुम्बिनीका लागि टुंग्याइएका पदाधिकारी उम्मेदवार :

    सभापति

    अमरसिंह पुन (रोल्पा)

    उपसभापति

    १) भुवन श्रेष्ठ (गुल्मी)

    २) अष्टभुजा पाठक (रुपन्देही)

    महामन्त्री

    १) विक्रम खनाल (नवलपरासी)

    २) सुरेन्द्रराज आचार्य (कपिलवस्तु)

    सहमहामन्त्री

    १) खगराज पाण्डे (दाङ)

    २) विष्णु मुस्कान (अर्घाखाँची)

    ३) निमा गिरी (प्युठान) (महिला)

  • कांग्रेस अधिवेशन हुन बाँकी यी हुन् १६ जिल्ला (सूचीसहित)

    कांग्रेस अधिवेशन हुन बाँकी यी हुन् १६ जिल्ला (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरू हुँदैछ । महाधिवेशनका लागि ९ दिन बाँकी रहँदा ६१ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेका छन् ।

    अझै १६ जिल्लामा अधिवेशन सम्पन्न हुन बाँकी रहेका छन् । ढिलो गरी अधिवेशन सुरू भएको २ नम्बर प्रदेशका आठ जिल्लामा अधिवेशन हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशको बाँके , गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र वागमती प्रदेशको चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन भएका छैनन् ।

    यद्यपि ती जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएर महाधिवेशन प्रतिनिधि चयन कार्य सम्पन्न भइसकेकोले प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन बाधा नपर्ने देखिन्छ । प्रदेश २ मा भने अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन हुन सकेका छैनन् । क्षेत्रीय अधिवेशन हुन नसके प्रदेश २ को प्रादेशिक अधिवेशन नै प्रभावित हुनसक्छ ।

    यी हुन् जिल्ला अधिवेशन पूर्णरूपमा सकिने बाँकी जिल्लाहरू :

    १.कैलाली

    २.बाँके

    ३.सिन्धुली

    ४.चितवन

    ५.मकवानपुर

    ६.बारा

    ७. धनुषा

    ८. महोत्तरी

    ९. पर्सा

    १०. रौतहट

    ११. सर्लाही

    १२. सप्तरी

    १३. सिराहा

    १४. सिन्धुपाल्चोक

    १५. नवलपरासी (बर्दघाटपूर्व)

    १६. अछाम

  • कांग्रेस अधिवेशन : ६१ जिल्लाको परिणाम आउँदा देउवा ३०, पौडेल २९ (सूचीसहित)

    कांग्रेस अधिवेशन : ६१ जिल्लाको परिणाम आउँदा देउवा ३०, पौडेल २९ (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ६१ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

    सभापति देउवानिकट जिल्ला सभापतिहरू ३० जना निर्वाचित भएका छन् । तीमध्ये २ जना उपसभापति विमलेन्द्र निधिनिकट रहेको बताइन्छ । देउवाइतर समूहबाट ३१ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

    तीमध्ये २ जना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट रहेका छन् । २९ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षनिकट छन् । अधिकांश जिल्लामा देउवा र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ – मनाङ

    २. खडक बोहरा – बझाङ

    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह – हुम्ला

    ५. कान्छाराम तामाङ – रामेछाप

    ६. ऐनबहादुर शाही – मुगु

    ७. खमबीर गर्बुजा – म्याग्दी

    ८. केशबहादुर विष्ट – सल्यान

    ९. रुपनारायण जबेगु – पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह – डोटी

    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा

    १२. कर्णबहादुर शाही – जुम्ला

    १३. तेजेन्द्र खनाल- ओखलढुंगा

    १४. डा.टकराज गुरुङ – लमजुङ

    १५. भीमबहादुर साउद – डडेलधुरा

    १६. रामकृष्ण खाँण – रुपन्देही

    १७. युवराज जोशी – पर्वत

    १८. डम्बर खड्का – इलाम

    १९. किशोरदत्त बराल – कास्की

    २०. तीर्थ लामा – काभ्रे

    २१. पदम बोगटी – कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल – सुर्खेत

    २३. जितप्रकाश आले – तनहुँ

    २४. दुर्लभ थापा – भक्तपुर

    २५. हिमाल कार्की – उदयपुर

    २६. अरुणप्रकाश सिंह राठौर – बर्दिया

    २७. वेदराज सिंह – जाजरकोट

    २८. जाङ्बु नाम्गेल शेर्पा – सोलुखुम्बु

    २९. दिनेश राई – धनकुटा

    ३०. पेम्बा छिरिङ तामाङ – रसुवा

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली – मुस्ताङ

    २. केशरमान रोका – रुकुम पूर्व

    ३. दीपक खड्का- संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने – गोरखा

    ५. विष्णु राई – खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ -पाल्पा

    ७. राजु थापा – स्याङ्जा

    ८. किशोर आचार्य – रोल्पा

    ९. विष्णुकुमार गिरी – प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

    ११. विनोद बान्तवा – भोजपुर

    १२. केशव श्रेष्ठ – अर्घाखाँची

    १३. चतुरबहादुर चन्द – बैतडी

    १४. बर्मा लामा – दोलखा

    १५. अम्मबहादुर शाही – कालीकोट

    १६. रामसिंह रावल – बाजुरा

    १७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी – दैलेख

    १९. शंकरप्रसाद डाँगी – दाङ

    २०. रमेश महत – नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ – काठमाडौं

    २२. रामनाथ अधिकारी – धादिङ

    २३. खिलध्वज पन्थी – गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर

    २५. ललितसिंह बोहरा – दार्चुला

    २६. केदार भण्डारी – सुनसरी

    २७. अब्दुल कलाम – कपिलवस्तु

    २८. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

    २९. डिगबहादुर लिम्बु – मोरङ

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे – झापा

    २. जित शेरचन – बागलुङ

  • कांग्रेस अधिवेशन : नेताहरूको दबाबपछि चितवनमा निर्वाचन अधिकृतले दिए राजीनामा

    कांग्रेस अधिवेशन : नेताहरूको दबाबपछि चितवनमा निर्वाचन अधिकृतले दिए राजीनामा

    चितवन । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाब दिएको भन्दै चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् ।

    मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन हिजो साँझ पोखरेलले राजीनामा दिएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाटै खटिएर आएका पोखरेलको राजीनामा पछि चितवन कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । निर्वाचन समितिलाई बुझाएको राजीनामा पत्रमा भने पोखरेलले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको भनी उल्लेख गरेका छन् ।

    नेताहरूले चुनावको मिति सार्ने विषयमा विभिन्न दबाब दिएपछि पोखरेलले राजीनामा दिएका हुन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सभापतिका आकांक्षीहरूबीच साझा धारणा बनाएर निर्वाचनको मिति तोक्न सिफारिस गरिएकोमा निर्वाचन अधिकृतको अचानक राजीनामा आएको बताए ।

    निर्वाचन अधिकृत पोखरेलले भने विभिन्न किसिमका अनपेक्षित दबाब सिर्जना भएपछि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ विभिन्न खाले अनपेक्षित दबाबहरू व्यहोर्नु परेको थियो । काम गर्ने मान्छेले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्छ । निर्वाचन भन्ने कुरा झन् आफैँ स्वतन्त्र हुनुपर्छ । अनेक खाले, अनेक कोणबाट प्रभावहरू आए । मान्छेलाई बिरामी नै बनाउने भएपछि राजीनामा दिएको हो’, उनले भने ।

    कस्तो किसिमको दबाब आएको भनेर उनले खुलाउन भने चाहेनन् ।

    चितवन कांग्रेसका सभापति श्रेष्ठका अनुसार एमालेका कारण निर्वाचन पछाडि धकेलिएपछि पोखरेलले १५ मंसिरमा मनोनयन पत्र दर्ता गरी १९ मंसिरमा मतदान गर्ने भनी जानकारी गराएका थिए ।

    मंगलबार बिहान पार्टीको जिल्ला कार्यसमिति र सभापति पदका आकांक्षीहरूको संयुक्त बैठक बसेर १५ मंसिरमा मनोनयन पत्र दर्ता गराइ २१ मंसिरमा मतदान गर्ने निर्णय गरि निर्वाचन अधिकृतसमक्ष सिफारिस गरिएको थियो ।

    त्यसलगत्तै निर्वाचन अधिकृत पोखरेलले राजीनामा दिएका हुन् । ‘यस घटनाले हामी अचम्मित एवं गम्भीर आश्चर्यमा परेका छौँ । उक्त राजीनामाले अधिवेशनलाई गम्भीर अन्योलमा एवं अधिवेशन नै हुन नदिने परिस्थिति सिर्जना गरेको छ’, श्रेष्ठले भनेका छन् । अवरुद्ध भएको जिल्ला सभापतिको अधिवेशनको प्रक्रिया छिटोभन्दा छिटो थालनी गर्न उनले केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

    जिल्ला सभापतिको लागि चितवन कांग्रेसको वर्तमान कार्य समितिका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बाग्मती प्रदेश सांसद मिलनबाबु श्रेष्ठ जिल्ला सभापतिको लागि दौडमा छन् । त्यसैगरी, राजेश्वर खनाल, प्रा.डा सूर्यकान्त घिमिरे र विजय भुसाल पनि सभापति पदका आकांक्षी हुन् ।

  • विश्वप्रकाशलाई देउवाले भने- बुढापाकालाई अर्ती दिने होइन (भिडिओ)

    विश्वप्रकाशलाई देउवाले भने- बुढापाकालाई अर्ती दिने होइन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणामाथि लेखिएको ‘राजनेता सुवर्णशमशेर’ नामक पुस्तक मंगलबार सार्वजनिक भयो ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक लोकार्पण गरे । कार्यक्रमका सहभागीको मुख्य चासो भने प्रवक्ता विश्वप्रकाश शर्माको मन्तव्य र त्यसमाथि देउवाको जवाफमा केन्द्रित देखियो ।

    कांग्रेस प्रवक्ता शर्माले मन्तव्यका क्रममा आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि राखेको राजनीतिक प्रस्तावको व्याख्या गरे । सभापति देउवालाई ‘एउटा सल्लाह दिन चाहन्छु’ भन्दै शर्माले १ पटकभन्दा बढी राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री, ३ पटकभन्दा बढी मन्त्री र ४ पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव आफ्नो पुस्ताका लागि गरेको बताए ।

    ‘मैले राजनीति बदल्ने प्रस्ताव बोकेर धेरै जिल्ला पुग्दा साथीहरूले शेरबहादुर देउवा त ५ पटक प्रधानमन्त्री भइसके विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त ? भनेर सोध्नुहुन्छ । हाम्रो सभापतिलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु’, शर्माले भने ।

    प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै गर्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले प्रवक्ता शर्माको जवाफ फर्काए । शर्माले ‘सल्लाह दिन्छु’ भनेको तर्फ संकेत गर्दै देउवाले अर्ती दिने काम बुढापाकाको भएको बताए । ‘बुढापाकालाई अर्ति दिने होइन, बुढापाकाको अर्ती सुन्ने हो । हतार नगर्नुस्, अर्ती दिने हैन लिनुस्’, देउवाले भने ।

    उनले शर्माको प्रस्ताव ‘भन्न सजिलो तर गर्न गार्‍हो’ रहेको बताए । ‘अरुलाई भन्न त सजिलो छ आफ्नो लागि हो भने गार्‍हो छ । हतार नगर्नुस् क्या पालो आउँछ’, देउवाले भने । देउवाले शर्माको जवाफ फर्काउँदा सभागृहमा हाँसो गुञ्जिएको थियो ।

    कार्यक्रममा बोल्ने क्रममा सह-महामन्त्री डा. प्रकाशशरण महतले पार्टीमा सहमतिका नाममा निर्णय ढिलो हुँदा पार्टीमा समस्या आएको बताएका थिए । महतलाई जवाफ दिँदै देउवाले आफू हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेता नभएको बताए ।

    ‘निर्णय भन्या जथाभावी गरेर भएन नि । हतारमा निर्णय गरेर पछुताउनु भएन नि । सोच विचार गरेर गर्ने हो निर्णय भनेको’, देउवाले भने ।
    सो क्रममा देउवाले एमालेको चर्चा गर्नतिर भन्दा आफ्नो पार्टी सुधार्नतिर ध्यान दिन कार्यकर्तासँग आग्रह गरे ।

  • उदयशमशेरले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    उदयशमशेरले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उदयशम्सेर राणाले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ललितपुरको झम्सिखेलमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर १४ औँ महाधिवेशनमा संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    पूर्वराज्यमन्त्री समेत रहेका राणा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । उनी १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका नेतामा पर्छन् । खुलातर्फ २५ जना निर्वाचित हुने निर्वाचनमा राणा २७ औं भएका थिए । राणाले केन्द्रीय सदस्यमा जिते पछि महाधिवेशन हुनुभन्दा २ वर्षअगावै क्रियाशील सदस्यता नवीकरण, वितरण टुंग्याउने विषयलाई मुद्दाका रूपमा अघि बढाउने बताए ।

    राणाले ७ तहको निर्वाचन गर्दा पार्टीमा आन्तरिक विग्रह आएको पनि जिकिर गरे । ‘७/७ तहको चिनाव गर्दा पार्टीमा बिग्रह देखियो । तलबाट माथिसम्म दुई समूह हुँदा पार्टीका लागि उचित भएन । तह कम गरेर हुन्छ कि कार्यसमितिहरुमा पद घटाएर कसरी हुन्छ बिग्रह म्यानेज गर्ने इस्यूमा योगदान पुर्‍याउँछु,’ उनले भने ।

    अमेरिकामा अध्ययन पछि स्वदेश फर्किएर आफू पुस्तैनी व्यापारमा नलागेर पूर्णकालीन राजनीतिमा लागेको भन्दै पदमा पुगे पार्टी र लोकतन्त्रलाई योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे । युवाले मागेर होइन जितेरै पदमा पुग्नु पर्ने मान्यतामा आफू रहेकाले जितेरै पदमा पुग्नका लागि आफू संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको पनि बताए ।

  • ५६ जिल्लाको परिणाम, देउवा-पौडेल बराबर (सूचीसहित)

    ५६ जिल्लाको परिणाम, देउवा-पौडेल बराबर (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

    हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २७ जना सभापति निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले पनि २७ जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट दुईजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ- मनाङ

    २. खडक बोहरा- बझाङ

    ३. गजेन्द्र तुम्याहाङ- ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह- हुम्ला

    ५. कान्छाराम तामाङ- रामेछाप

    ६. ऐनबहादुर शाही- मुगु

    ७. खमबीर गर्बुजा- म्याग्दी

    ८. केशबहादुर विष्ट- सल्यान

    ९. रुपनारायण जबेगु- पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह- डोटी

    ११. दीपेन्द्रबहादुर शाही- डोल्पा

    १२. कर्णबहादुर शाही- जुम्ला

    १३. तेजेन्द्र खनाल– ओखलढुंगा

    १४. डा.टकराज गुरुङ- लमजुङ

    १५. भीमबहादुर साउद- डडेलधुरा

    १६. रामकृष्ण खाँण- रुपन्देही

    १७. युवराज जोशी- पर्वत

    १८. डम्बर खड्का- इलाम

    १९. किशोरदत्त बराल- कास्की

    २०. तीर्थ लामा- काभ्रे

    २१. पदम बोगटी- कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल- सुर्खेत

    २३. जितप्रकाश आले- तनहुँ

    २४. दुर्लभ थापा- भक्तपुर

    २५. हिमाल कार्की- उदयपुर

    २६. अरुणप्रकाश सिंह राठौर- बर्दिया

    २७. वेदराज सिंह- जाजरकोट

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली- मुस्ताङ

    २. केशरमान रोका- रुकुमपूर्व

    ३. दीपक खड्का– संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने- गोरखा

    ५. विष्णु राई- खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ-पाल्पा

    ७. राजु थापा- स्याङ्जा

    ८. किशोर आचार्य- रोल्पा

    ९. विष्णुकुमार गिरी- प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे- तेह्रथुम

    ११. विनोद बान्तवा- भोजपुर

    १२. केशव श्रेष्ठ- अर्घाखाँची

    १३. चतुरबहादुर चन्द- बैतडी

    १४. बर्मा लामा- दोलखा

    १५. अम्मबहादुर शाही- कालीकोट

    १६. रामसिंह रावल- बाजुरा

    १७. अर्जुनकुमार पोखरेल- नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी- दैलेख

    १९. शंकरप्रसाद डाँगी- दाङ

    २०. रमेश महत- नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ- काठमाडौं

    २२. रामनाथ अधिकारी- धादिङ

    २३. खिलध्वज पन्थी- गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ- ललितपुर

    २५. केदार भण्डारी- सुनसरी

    २६.अब्दुल कलाम- कपिलवस्तु

    २७. प्रेमप्रकाश ओली- रुकुमपश्चिम

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे- झापा

    २. जित शेरचन- बागलुङ

  • १४ औं महाधिवेशनमा १४ एजेण्डासहित नैनसिंह महर मैदानमा

    १४ औं महाधिवेशनमा १४ एजेण्डासहित नैनसिंह महर मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा मंगलबार पत्रकार सम्मेलन गरी उनले कांग्रेसको केन्द्रीय सदस्य पदमा उठ्ने जानकारी दिएका हुन् । महरले घोषणा गरेका १४ औं महाधिवेशनका १४ एजेण्डा निम्नलिखित छन्-

    १. एक व्यक्ति, एक पद, दुई पटकमात्र

    २. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता

    ३. सरकार र पार्टी संचालनका लागि थिंक ट्यांक स्थापना

    ४. बीपी विचारको समयसापेक्ष कार्यान्वयन

    ५. व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता

    ६. रुपान्तरणका लागि युवा कांग्रेस स्थापना

    ७. नेतृत्व आवधिक कार्ययोजना महाधिवेशनमै

    ८. लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन

    ९. योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान

    १०. निःशुल्क स्वास्थ्य-शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार

    ११. लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार

    १२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान

    १३. कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशिता

    १४. राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति

  • बर्दिया कांग्रेसको सभापतिमा संस्थापन पक्षका राठौर विजयी

    बर्दिया कांग्रेसको सभापतिमा संस्थापन पक्षका राठौर विजयी

    बर्दिया । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै संस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् । राठौरले ८ सय ८० मत र चौधरीले ६ सय ७८ मत पाए ।

    बर्दियामा एक हजार ५ सय ७८ मत खसेको थियो । सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ ।

    उपसभापतिमा सोदे विष्ट र गोविन्दप्रसाद थारू, सचिव मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे तथा सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

  • कांग्रेस निर्वाचन समितिको ठहर- डडेल्धुराको चुनाव वैधानिक, एक सदस्यको फरक मत

    कांग्रेस निर्वाचन समितिको ठहर- डडेल्धुराको चुनाव वैधानिक, एक सदस्यको फरक मत

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको छ ।

    निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानविन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो ।

    बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम केसीले भने लिखितरूपमा फरक मत राखेका छन् । उनले निर्वाचन अधिकृतले नै धाँधली गरेको भन्दै डडेल्धुराको निर्वाचनलाई वैधानिकता दिन नमिल्ने राय लेखेका छन् ।

    जिल्लामा पुनः निर्वाचनको माग गर्दै केन्द्रीय कार्यालयमा अनसन चलिरहेको छ । रामचन्द्र पौडेल, शेखर कोइरालालगायतका नेताहरूले डडेलधुराको निर्वाचनलाई मान्यता नदिने भन्दै पुन: निर्वाचन हुनुपर्ने बताइरहेका छन् ।

  • प्रदेश अधिवेशन सरेको छैन :कांग्रेस

    प्रदेश अधिवेशन सरेको छैन :कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति परिवर्तन नभएको स्पष्ट पारेको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफलमा प्रदेश अधिवेशन सार्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका हुन् ।

    आज बिहान देउवा, पौडेल र सिटौलाबीच बालुवाटारमा छलफल भएको थियो । बैठकमा निर्वाचन समितिका पदाधिकारीहरू पनि सहभागी थिए । बैठकले तोकिएकै मितिमा प्रदेश अधिवेशन उद्घाटन गर्ने निर्णय गरेको छ । निर्वाचन कार्यक्रम भने उद्घाटनलगत्तै सम्बन्धित निर्वाचन समितिले सार्वजनिक गर्ने सिटौलाले स्पष्ट पारे । ‘अलिकति कन्फ्युजन हुन गयो । प्रदेश अधिवेशन १६ गते नै उद्घाटन हुन्छ । महाधिवेशन २४ गते नै उद्घाटन हुन्छ । निर्वाचन कार्यक्रममात्रै आवश्यकताअनुसार निर्वाचन समितिले तय गर्ने भन्ने सहमति भएको हो’, सिटौलाले नेपाल प्रेससँग भने ।

    सिटौलाका अनुसार कतिपय प्रदेशमा प्रदेशसभा अधिवेशनका सबै प्रतिनिधि चयन भइसकेपनि केही प्रदेशमा अझै प्रतिनिनधि चयन भइसकेको छैन । ‘कुनै पनि कारणले कोही पनि नछुटोस भन्नका लागि निर्वाचन समितिले आवश्यकता हेरेर अधिवेशन उद्घाटन भएपछि निर्वाचन कार्यक्रम ल्याउने विषयमा सहमति भएको हो’, सिटौलाले भने ।

  • वागमती प्रदेशका आकांक्षी मिलाउन चाक्सीबारीमा बैठक

    वागमती प्रदेशका आकांक्षी मिलाउन चाक्सीबारीमा बैठक

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वागमती प्रदेश समितिका उम्मेदवारहरू टुंगो लगाउन संस्थापनइतर पक्षको बैठक सुरू भएको छ ।

    चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा सुरु भएको बैठकमा संस्थापनइतर पक्षका वागमती प्रदेशका नेताहरू उपस्थित छन् । बैठकमा नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापालगायत उपस्थित छन् ।

    ‘आज मुख्यतः वागमती प्रदेशको उम्मेदवारबारे छलफल गर्न लागेका हौं । हाम्रोतिरका आकांक्षीहरू मिलाउनुपर्नेछ’, बैठकमा सहभागी एक नेताले भने । संस्थापनइतर पक्षबाट राजुराज जोशी, जगदीश्वरनरसिंह केसी र रमेश धमलाले वागमती प्रदेश सभापतिमा आकांक्षा राखेका छन् । आजको बैठकमा उम्मेदवारहरूको व्यवस्थापन र साझा प्यानल निर्माणबारे छलफल हुने बताइएको छ ।

    कांग्रेसले वागमती प्रदेशको अधिवेशन संयोजन गर्ने जिम्मेवारी नेता सिंहलाई दिएको छ । अधिवेशन व्यवस्थापनबारे पनि आज छलफल हुने बताइएको छ ।

  • कांग्रेसको प्रदेश अधिवेशन २ दिन सर्‍यो

    कांग्रेसको प्रदेश अधिवेशन २ दिन सर्‍यो

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच प्रदेश अधिवेशन २ दिन सार्ने सहमति भएको हो ।

    महाधिवेशन कार्यतालिका अनुसार मंसिर १६ र १७ मा हुने तय भएका प्रदेश अधिवेशनहरू अब १८ र १९ मा हुनेछन् । कांग्रेसमा हालसम्म ५२ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । बाँकी रहेका २५ जिल्लाको अधिवेशन सक्न थप समय लाग्ने भएकोले प्रदेश अधिवेशन २ दिन सारिएको हो ।

    बाँके, चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवाससिहत प्रदेश २ का ८ जिल्लामा अधिवेशन हुन बाँकी छ । प्रदेश २ का अधिकांश जिल्लामा प्रदेश महाधिवेशन प्रतिनिधि चयन नभइसकेको हुँदा २ दिन ढिलो गरेरपनि सबैलाई समेट्न खोजिएको एक नेताले बताए । अब प्रदेश नेतृत्व चयन गर्न मंसिर १८ मा उम्मेदवारी दर्ता र १९ मा निर्वाचन हुनेछ ।

    कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

  • दुईपटक सभापति बनेका केरुङ अब केन्द्रीय सदस्यका उम्मेदवार

    दुईपटक सभापति बनेका केरुङ अब केन्द्रीय सदस्यका उम्मेदवार

    पाँचथर । नेपाली काग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्रकुमार केरुङ केन्द्रीय सदस्यको उम्मेदवार हुने भएका छन् । काग्रेसको १४ औँ महाधिवेशनमा आदिवासी जनजाती तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

    ‘दुई कार्यकालको जिल्ला सभापतिको जिम्मेवारी पूरा भएको छ । अब केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा आफूलाई अघि सारेको छु । देशभरबाट आउनुहुने प्रतिनिधिज्यूहरूले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु’ केरुङले भने ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरीएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी मेरो लागि अवसर हो ।’

    केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघीय राजनधानी काठमाडौंका लागि सोमबार यात्रा प्रारम्भ गरिएको उनले जानकारी दिए । दुई पटक जिल्ला सभापति निर्वाचित भएका केरुङले दोस्रो संविधानसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार थिए । जिल्ला कार्यसमितिमा दुईपल्ट सह-सचिवको भूमिका निर्वाह गरेपछि सभापति निर्वाचित भएका थिए । ट्रेड युनियन काग्रेस पाँचथरको तीन कार्यकालको सभापति भएका केरुङको साहित्यिक व्याक्तित्व पनि रहेको छ । पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै गर्दा सभापति निर्वाचित भएका केरुङ २०६७ सालमा प्रजातन्त्रवादि प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

    अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन गर्दै संगठन निर्माण, अभिलेखिकरण तथा राजनीतिक/सैद्धान्तिक बहस गर्दै अघि बढ्ने योजना केरुङले सुनाए । युग सुहाउँदो संगठन निर्माणलाई जोड दिँदै निरन्तर पार्टीको काममा लाग्न लागि उम्मेदवारी दिन लागेको केरुङले जानकारी दिए ।

  • केन्द्रीय सदस्यमा उम्मेदवारी दिने युवा नेता भण्डारीको घोषणा

    केन्द्रीय सदस्यमा उम्मेदवारी दिने युवा नेता भण्डारीको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासी बन्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भण्डारी लामो समय नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठनमा सक्रिय थिए ।

    कांग्रेसको आगामि महाधिवेशन लोकतन्त्रवादी युवाहरुका लागि महत्वपूर्ण रहेको भन्दै भण्डारीले केन्द्रीय समितिमा पुगेर पार्टीको नीति, सिद्धान्त र जनताको पक्षमा काम गर्न चाहेको बताए ।

    ‘जननायक वीपी कोइरालाले देख्नुभएको लोकतान्त्रिक र समृद्ध नेपालको सपना अझै पूरा भएको छैन । कांग्रेसले नै यो अभियानको नेतृत्व गर्नुपर्ने भएकोले त्यसको एउटा सिपाही बन्नका लागि म केन्द्रीय सदस्यको प्रत्यासी बनेको छु’, भण्डारीले भने ।

    विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले समाजसेवाका लागि आफू राजनीतिमा होमिएको बताए । ‘राजनीतिमा लागौँला, पदमा पुगौँला र आफ्नो स्वार्थ पूरा गरौँला भनेर होइन । आफूले सकेको योगदान समाज र राष्ट्रलाई गर्छु भनेर म अगाडि बढेको हुँ’, भण्डारीले भने ।

  • ५२ जिल्लाको परिणाम, पौडेल पक्षको अग्रता (सूचीसहित)

    ५२ जिल्लाको परिणाम, पौडेल पक्षको अग्रता (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५३ जिल्लाका सभापतिको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २३ जना सभापतिहरू निर्वाचित भएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २६ जिल्लामा सभापति जितेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ – मनाङ

    २. खडक बोहरा – बझाङ

    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह – हुम्ला

    ५. कान्छाराम तामाङ – रामेछाप

    ६. ऐनबहादुर शाही – मुगु

    ७. खमबीर गर्बुजा – म्याग्दी

    ८. केशबहादुर विष्ट – सल्यान

    ९. रुपनारायण जबेगु – पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह – डोटी

    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा

    १२. कर्णबहादुर शाही – जुम्ला

    १३. तेजेन्द्र खनाल- ओखलढुंगा

    १४. डा.टकराज गुरुङ – लमजुङ

    १५. भीमबहादुर साउद – डडेल्धुरा

    १६. रामकृष्ण खाँण – रुपन्देही

    १७. युवराज जोशी – पर्वत

    १८. डम्बर खड्का – इलाम

    १९. किशोरदत्त बराल – कास्की

    २०. तीर्थ लामा – काभ्रे

    २१. पदम बोगटी – कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल – सुर्खेत

    २३. जितप्रकाश आले – तनहुँ

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली – मुस्ताङ

    २. केशरमान रोका – रुकुमपूर्व

    ३. दीपक खड्का- संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने – गोरखा

    ५. विष्णु राई – खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ -पाल्पा

    ७. राजु थापा – स्याङ्जा

    ८. किशोर आचार्य – रोल्पा

    ९. विष्णुकुमार गिरी – प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

    ११. विनोद बान्तवा – भोजपुर

    १२. केशव श्रेष्ठ – अर्घाखाँची

    १३. चतुरबहादुर चन्द – बैतडी

    १४. बर्मा लामा – दोलखा

    १५. अम्मबहादुर शाही – कालीकोट

    १६. रामसिंह रावल – बाजुरा

    १७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी – दैलेख

    १९. शंकरप्रसाद डाँगी – दाङ

    २०. रमेश महत – नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ – काठमाडौं

    २२. रामनाथ अधिकारी – धादिङ

    २३. खिलध्वज पन्थी – गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर

    २५. केदार भण्डारी – सुनसरी

    २६. ललितसिंह बोहरा- दार्चुला

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे – झापा

    पक्षधरता नखुलाएका –

    १. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

    २. वेदराज सिंह – जाजरकोट

  • कांग्रेस बाँकेको निर्वाचन स्थगित

    कांग्रेस बाँकेको निर्वाचन स्थगित

    नेपालगञ्ज । प्रदेश अधिवेशनको पूर्वघोषित कार्यक्रमलाई प्रभावित गर्ने भन्दै नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकेको निर्वाचन स्थगित भएको छ। जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवं निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतिरमण भट्टराईको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

    बाँकेको जिल्लास्तरीय निर्वाचनअन्तर्गत १३ मंसिर २०७८ मा मनोनयन दर्ता गर्ने तथा १४ मंसिरमा मतदान गर्ने कार्यतालिका सार्वजनिक भएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन १५ मंसिरदेखि प्रारम्भ हुने भएकोले समय अभावका कारण स्थगित गर्नु परेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

    केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार प्रदेश अधिवेशन निर्वाचन सम्पन्न भएपश्चात निर्वाचन प्रक्रिया सुरू गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।

    १४ मंसिरमा प्राविधिक एव‌ अन्य कारणबाट जिल्लाको निर्वाचन गरी निर्वाचन मतदान मत गणना सम्पन्न हुन नसकेमा प्रदेशस्तरीय निर्वाचनमा बाँके जिल्लाका प्रदेशसभा अधिवेशन प्रतिनिधिहरूको सहभागितामा प्रतिकूल प्रभाव पर्न जाने भएकोले स्थगित गरिएको बताइएको छ ।

    बैठकमा जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक भट्टराई, समितिका सहसंयोजक एवं सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, समितिका सदस्यहरू भोलासिंह हमाल, ईश्वरीप्रसाद ज्ञवाली, वीरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने र मेहरसिंह खत्रीको उपस्थिति थियो ।

  • ४५ जिल्लाको नतिजा आउँदा देउवा पक्ष अगाडि

    ४५ जिल्लाको नतिजा आउँदा देउवा पक्ष अगाडि

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सर्वसम्मतरूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।

    शेरबहादुर देउवा पक्ष

    १.शंकर गुरुङ – मनाङ

    २. खडक बोहरा – बझाङ

    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह – हुम्ला

    ५. कान्छाराम तामाङ – रामेछाप

    ६. ऐनबहादुर शाही – मुगु

    ७. खमबीर गर्बुजा – म्याग्दी

    ८. केशबहादुर विष्ट – सल्यान

    ९. रुपनारायण जबेगु – पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह – डोटी

    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा

    १२. कर्णबहादुर शाही – जुम्ला

    १३. तेजेन्द्र खनाल- ओखलढुंगा

    १४. डा.टकराज गुरुङ – लमजुङ

    १५. भीमबहादुर साउद – डडेल्धुरा

    १६. रामकृष्ण खाँण – रुपन्देही

    १७. युवराज जोशी – पर्वत

    १८. डम्बर खड्का – इलाम

    १९. किशोरदत्त बराल – कास्की

    २०. तीर्थ लामा – काभ्रे

    २१. जितेन्द्र श्रेष्ठ – ललितपुर

    २२. पदम बोगटी – कञ्चनपुर

    रामचन्द्र पौडेल पक्ष

    १. रोमी गौचन थकाली – मुस्ताङ

    २. केशरमान रोका – रुकुमपूर्व

    ३. दीपक खड्का- संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने – गोरखा

    ५. विष्णु राई – खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ -पाल्पा

    ७. राजु थापा – स्याङ्जा

    ८. किशोर आचार्य – रोल्पा

    ९. विष्णुकुमार गिरी – प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

    ११. विनोद बान्तवा – भोजपुर

    १२. केशव श्रेष्ठ – अर्घाखाँची

    १३. चतुरबहादुर चन्द – बैतडी

    १४. बर्मा लामा – दोलखा

    १५. अम्मबहादुर शाही – कालीकोट

    १६. रामसिंह रावल – बाजुरा

    १७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी – दैलेख

    १९. शंकरप्रसाद डाँगी – दाङ

    २०. रमेश महत – नुवाकोट

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे – झापा

    पक्षधरता नखुलाएका –

    १. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

    २. वेदराज सिंह – जाजरकोट

  • जिल्ला नेतृत्व छान्दै काठमाडौंका कांग्रेसी (तस्बिरहरू)

    जिल्ला नेतृत्व छान्दै काठमाडौंका कांग्रेसी (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तगर्त काठमाडौं जिल्ला कार्यसमितिको चयनका लागि आज निर्वाचन भएको छ । राष्ट्रिय सभागृहमा भएको निर्वाचनका लागि ३ हजार २ सय ७० जना क्षेत्रीय प्रतिनिधि मतदाता रहेका छन् । साढे २ बजेदेखि सुरू मतदान जारी छ । अहिलेसम्म एक हजार ७ सयले मतदान गरिसकेका छन् ।

    काठमाडौं कांग्रेसको नेतृत्व लिन वर्तमान सभापति सबुज बानियाँ र पूर्व क्षेत्रीय सभापति उपेन्द्र कार्की चुनावी मैदानमा रहेका छन् । बानियाँलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा लगायतको समर्थन रहेको छ । त्यस्तै कार्कीलाई केन्द्रीय सभापति शेरबहादुर देउवा, सहमहामन्त्री डा.प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान लगायतको समर्थन रहेको छ ।

    सबुज र उपेन्द्र दुवै प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । काठमाडौं कांग्रेसको नेतृत्व चयनका लागि आज दुवै प्यानलका उम्मेदवार र कार्यकर्ताहरु प्रचार अभियानमा उत्तिकै खटिएका थिए ।

  • कांग्रेसको अबको बाटो- रूपान्तरणका दस सूत्र

    कांग्रेसको अबको बाटो- रूपान्तरणका दस सूत्र

    अहिले नेपाली कांग्रेस १४ औं महाधिवेशनको प्रक्रियामा जुटेको छ । सैद्धान्तिकरूपमा महाधिवेशनको अर्थ नबुझ्ने त कोही नहोला तर यक्ष प्रश्न हामीले महाधिवेशनमार्फत् पार्टीले अवलम्बन गरेका सिद्धान्त, त्यस सिद्धान्तअनुरूप नीति तथा नेतृत्व र नीतिअनुरूपका कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने सुनिश्चितता दिन सक्यौं की सकेनौ भन्ने हो । कानूनी औपचारिकताको निमित्त गरिने महाधिवेशनले पार्टीको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने प्रणालीको विकास गर्न सक्तैन । त्यसैले महाधिवेशनको सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेपाली कांग्रेसको सिद्धान्त के हो, यी सिद्धान्तहरूलाई लागू गर्न कस्तो नेतृत्व चाहिन्छ, विगतका नेतृत्वमा के कस्ता कमजोरी र सबल पक्षहरू रहे भन्नेमा विवेचना गर्नु आवश्यक छ । नेपाली कांग्रेसको अहिलेको अवस्था कस्तो छ र यो अवस्थाको निमित्त को कति जिम्मेवार छ भन्नेजस्ता सैद्धान्तिक र व्यवहारिक पक्षमा पनि गहन विचार गर्नुपर्छ ।

    के छ नेपाली कांग्रेसको अवस्था ?

    नेपालमा लोकतन्त्रको स्थापना र रक्षाको निमित्त नेपाली कांग्रेसले सधै अग्रमोर्चामा रहेर काम गरेको छ । नेपाली कांग्रेस नेपालमा लोकतान्त्रिक पद्दतिको मापदण्ड बनेको छ । नेपाली कांग्रेसका क्रियाकलाप र गतिविधिहरू अन्य पार्टीहरूको निमित्त उदाहरण र नजिर बन्ने गरेका छन् । तर, कांग्रेसको आफ्नै अवस्था भने लोकतन्त्रको आदर्श अनुरूप हुन नसकेको देखिएको छ । निरंकुश जहानियाँ शासनविरुद्ध २००७ सालमा क्रान्ति गर्ने पार्टी, तानाशाही पञ्चायतविरुद्ध निरन्तर ३० वर्ष लडेको पार्टी, लोकतन्त्रको पुन:स्थापनाको निमित्त २०४६ र २०६२/६३ को जनआन्दोलको नेतृत्व गरेको पार्टी, नेपालको नयाँ संविधान जारी गर्न अगुवाइ गर्ने कांग्रेस पार्टी, अहिले यसमा आन्तरिक लोकतन्त्रको अभाव खड्किदै छ ।

    नेताको अनुकूलमा विधि-पद्दति चल्ने हैन, विधि-पद्दति अनुकूल नेता चल्नु पर्दछ । चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ । हामी लोकतन्त्रको संस्थागत विकास गर्नेक्रममा छौं । यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि-पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्दैन ।

    संसदीय निर्वाचनमा कम्यूनिष्टहरूसँग हार व्यहोर्नु परेको छ । अहिले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएता पनि नेपाली कांग्रेसका आदर्श, मूल्य र मान्यता अनुरूप हामीले सरकारमा उपस्थिति जनाउन सकेका छैनौं । कम्युनिष्टहरूको फूटलाई नै अवसरको रूपमा हेर्नु पर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन । लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरूप चलोस् र अन्य पार्टीहरूलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ । तर, वर्तमान पार्टी नेतृत्वले पटकपटक विधान मिचेर, यसका व्यवस्थाहरूको ठाडो उल्लंघन गरेर त्यो जनअपेक्षामाथि कुठाराघात गरेको छ । महाधिवेशनभन्दा एक वर्षअघि वितरण गरिसक्नु पर्ने क्रियाशील सदस्यता महाधिवेशन ढोकैमा आइसक्दा पनि विवादित छ ।

    भ्रातृसंस्था भताभुङ्ग छन्, विभाग र प्रतिष्ठानमा मनपरितन्त्र छ । महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरूलाई विधान नाघेर गठन गरिएको छ । स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ । पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाइएको छ । नीतिनियम र विधानविपरीत हजारौं चिठी काटिएका छन् ।

    राजनीतिप्रति वितृष्णालाई कसरी हटाउने ?

    देशको राजनीति विषम मोडमा छ । विगत तीन चौथाई शताब्दीदेखि लोकतन्त्रको निमित्त गरिएका संघर्षले आशातित परिणाम दिन सकेका छैनन् । आम मानिसमा राजनीतिप्रति वितृष्णा पैदा भएको स्थिति छ । युवाहरू राजनीतिबाट क्रमशः पलायन हुँदै गएको पाईन्छ । आमनागरिकमा राजनीति, राजनीतिक दल र नेतृत्व वर्गप्रति सद्भाव र सम्मानको भाव घट्दै गएको छ । राजनीतिप्रतिको यो वितृष्णा पैदा हुनुको कारणमा नेतृत्व सम्हालेका व्यक्तिको आचरण, व्यवहार र चरित्र जिम्मेवार छन् । विगत ७५ वर्षदेखि आम नागरिक लोकतन्त्रको स्थापनार्थ र रक्षार्थ लगातार सडकमा उत्रनु परिराखेको छ । तर, लोकतन्त्र केही सीमित स्वार्थी तत्वहरूको हतियार भएको छ । लोकतन्त्रलाई चुनावमा सीमित गर्न खोजिएको छ र त्यही चुनाव पनि ईमान्दारीपूर्वक हुन सकेको छैन । पार्टीको होस् वा राजनीतिको होस्, पैसाको खोलो बगाएर चुनाव जित्ने प्रवृत्तिबाट जनता दिक्क छन् । आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो ।

    भ्रातृसंस्था भताभुङ्ग छन्, विभाग र प्रतिष्ठानमा मनपरितन्त्र छ । महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरूलाई विधान नाघेर गठन गरिएको छ । स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ । पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाइएको छ । नीतिनियम र विधानविपरीत हजारौं चिठी काटिएका छन् ।

    व्यक्ति-व्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थाहरूमा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कारले मात्र लोकतन्त्र मौलाउँछ । लोकतन्त्रको जग मजबुत हुन्छ । आवधिक निर्वाचनका साथ साथै संस्थाहरू पारदर्शी, जिम्मेवार र जवाफदेही भएमात्र लोकतन्त्र मजबुत हुनसक्छ । यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीहरूको हो । त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन । आफैंले निर्धारण गरेको संगठनको ढाँचाअनुसार, आफैंले बनाएको विधानअनुसार पार्टी चल्न सक्ने कि नसक्ने ? आज बुद्धिजीवीहरूले प्रश्न उठाइरहेका छन् ।

    पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न बारबार कांग्रेसमाथि उठिरहेको छ । नेता बलिया, पार्टी कमजोर । अर्थात् कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन । कुनै पनि लोकतान्त्रिक दलमा नेता होइन नीति अपरिहार्य हुनु पर्दछ । विधि, पद्दति र नियम अपरिहार्य हुनु पर्दछ । यसो भएमात्रै पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ । नेताको अनुकूलमा विधि-पद्दति चल्ने हैन, विधि-पद्दति अनुकूल नेता चल्नु पर्दछ । चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ । हामी लोकतन्त्रको संस्थागत विकास गर्नेक्रममा छौं । यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि-पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्दैन ।

    आज कांग्रेसलाई आफ्ना नेताहरूका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ । महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र प्रश्न होइन, यो भन्दा अहं प्रश्न यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने हो ।

    अहिले नेपालमा जवाफदेहिताको अभाव खड्कीँदै गएको छ । जनताप्रति उत्तरदायीत्वको भावनाको परित्याग भइरहेको छ । जनताले दिएको जिम्मेवारी भुलेर जनप्रतिनिधिले सदनको उपेक्षा गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा नै विघटन गरिदिने र समस्याको समाधान खोज्न राजनीतिक मञ्चभन्दा बाहिर अदालतको शरणमा पुग्नुपर्ने जस्ता अवस्थाहरूको सिर्जना भइरहेका छन् । यसरी राजनीतिक क्षेत्र पङ्गु बन्दै जान थालेपछि, राजनीतिक संस्थाहरूमा भर पर्न नसकिने भएपछि समाधानको खोजीमा कहाँ कहाँ पुग्नुपर्ने हो, अराजकता बढ्दै जाँदा राजनीति कसको हातमा पुग्ने हो रु गम्भीर प्रश्न उठिरहेका छन् ।

    आज कांग्रेसलाई आफ्ना नेताहरूका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ । महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र प्रश्न होइन, यो भन्दा अहं प्रश्न यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने हो । कुन विचार र पद्दति स्थापित गर्छ भन्ने मुख्य चासो हो । नेपालमा लोकतन्त्र सुरक्षित र दीगो बनाउन नेपाली समाजमा लोकतन्त्रको जरा गहिरो गरी गाड्ने अभियानस्वरूप नेपाली समाजलाई लोकतान्त्रीकरण र लोकतान्त्रिक व्यवहार र आचरणमा अभ्यस्त गराउने अभियान नै चलाउनु अपिहार्य छ ।

    यो अभियान अरु कसैले चलाउँन सक्तैन, लोकतन्त्रकै लागि जन्मेको र लोकतन्त्रको पहरेदार रहँदै आएको नेपाली कांग्रेसले नै चलाउनु पर्नेछ ।

    अमेरिकी लोकतन्त्रको दुई सय वर्षको ईतिहासमा कहिल्यै नभएका कुराहरू लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले देखाए । सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद दुई-दुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुपर्‍यो ।

    नेपाली समाजमा लोकतान्त्रीकरणको अभियान चलाउने अभिभारा बोक्नुपर्ने पार्टी नेपाली कांग्रेस पहिले आफैं आचरण, व्यवहार र अठोटबाट लोकतान्त्रिक हुनु जरुरी छ । अर्थात्, कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र र लोकतान्त्रिकरणको आवश्यकता छ । र, यसका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्व आवश्यक छ । विचारले नै कुनै पार्टी र समाजलाई अगाडि जाने बाटो देखाउँछ । लोकतान्त्रिक विचार र आचरण नभएको नेतृत्वले न पार्टीलाई रूपान्तरण गर्न सक्छ न देशलाई नै ।

    लोकतन्त्रका निमित्त थकानरहित लडाइँ

    प्रथम राष्ट्रपति निर्वाचन प्रसङ्गमा मेरो नाम अघि सारिँदा मैले गिरिजाबाबुसँग भनें, ‘देशमा लोकतन्त्र अझै सुरक्षित हुन सकेको छैन । लोकतन्त्रको लडाई बाँकी नै देख्छु । त्यसैले म त्यो लडाई मैदानमै रहेर लड्न चाहन्छु ।’ नभन्दै त्यो बेलाको मेरो अन्दाज आज सही सावित भयो । लोकतन्त्रकै लागि हामीले अहिले पनि लड्नु परेको छ । त्यो लडाइँ मैले तनहुँको बुल्दीपूल उद्घाटन काण्डदेखि लडिरहेको छु । अधिनायकवादी सोचले अघि बढेको सरकारविरुद्ध बुल्दी पुलबाट सुरु भएको लडाइँ कानुनी मैदानमा पुगेर सकिएको छ । तर, यस्ता लडाई फेरि पनि लड्नु नपर्ला भन्नसक्ने अवस्था देखिँदैन ।

    गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? यी प्रश्न पनि गम्भीर छन् ।

    अमेरिकी लोकतन्त्रको दुई सय वर्षको ईतिहासमा कहिल्यै नभएका कुराहरू लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले देखाए । सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद दुई-दुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुपर्‍यो ।
    संसद् जोगिएर एउटा खड्को टरे पनि लोकतन्त्रमाथिको संकट अझै टरेको छैन । महत्वाकांक्षीहरूबाट लोकतन्त्र जोगाउन मैले आफ्नै पार्टीभित्र पनि अथक संघर्ष गर्नु परिरहेको छ । जति भोग गरे पनि तृप्त नहुने नेतृत्वको पदलिप्सा, सामदाम-दण्डभेद नीति अपनाएर आफ्नो सत्ता अकण्टक राख्ने प्रवृत्ति र नीतिभन्दा पनि नेतालाई महत्व दिने कार्यकर्ताको बानी व्यवहार लोकतन्त्रका लागि समस्या बनेका छन् ।

    राम्रो काम गरेर ख्याति कमाउन नसक्ने, तिक्डमको भरमा सधै सत्तामा हावी भैरहनुपर्ने प्रवृत्ति घोर अलोकतान्त्रिक चरित्र हो । तेश्रो विश्वका मुलुकहरू यस्तै म्याकियावेलियन प्रवृत्तिबाट आक्रान्त छन् । मैले चाहेको प्रवृत्ति परिवर्तन भनेको यो प्रवृत्तिलाई परास्त गर्नु हो । मेरो लडाई यही प्रवृत्तिविरुद्ध छ । संविधानसभाबाट निर्माण गरिएको संविधान र बहुलवादमा आधारित संसदीय लोकतन्त्र र संघीय गणतन्त्रलाई अनेकतिरबाट प्रहार गर्ने प्रयत्न भइरहेका छन् । फेरि पनि लोकतन्त्र रक्षाका खातिर संघर्षको विकल्प छैन । उमेरले अनुमति दिन्न कि भनेर विश्राम लिने अवसर मिलेकै छैन । आफ्नै करङ्ग भाँच्चिने गरी प्रतिगमन विरुद्ध होमिनुपर्ने कर्तव्यको बाध्यता कायमै छ ।

    महाधिवेशनको जिम्मेवारी

    विषम परिस्थितिबीच हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महाधिवेशन बन्नु पर्छ । यो महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभएर समग्र राष्ट्रमा लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अवसर र थलो हुनु आवश्यक छ । माथिका विषयहरू निश्चय पनि महाधिवेशनअन्तर्गतका प्रक्रियामा सहभागी भइरहेका पार्टीका कार्यकर्ताका लागि सोचनीय विषय हुन् । त्यतिमात्र होइन, गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? यी प्रश्न पनि गम्भीर छन् ।

    कोरोना महामारी नसकिँदै हामी १४ औं महाधिवेशन गर्न बाध्य छौं । यो नेतृत्वले थोपरेको बाध्यता हो । मैले गत ०७५ मंसिरको महासमितिमै कांग्रेसको सुनौलो भविष्यका लागि महाधिवेशन मात्र होइन पार्टीलाई जीवन्त गराउने क्यालेण्डर बनाऔं र त्यसभित्र रहेर सबै काम सम्पन्न गरौं भनेको थिएँ । त्यो कुरालाई नमानेर महाधिवेशनलाई धकेल्दै धकेल्दै ल्याएर यस्तो असहज अवस्थामा पुर्‍याइएको छ । कुनै देशको भविष्य त्यो देशको राजनीतिक सिद्धान्त, प्रणाली र आचरणले निर्धारण गर्दछ । हामी लोकतान्त्रिक समाजवादी सिद्धान्तमा विश्वास राख्ने मानिस हौं ।

    ‘कम्युनिष्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाई नादान हो । कांग्रेस आफ्नै दुरदर्शी दृष्टिकोण, खदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आकर्षित गर्ने पार्टी बन्नु पर्छ । कठोर परिश्रम तथा नैतिक र चारीत्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नु पर्छ ।

    सरकार मात्र होइन हाम्रो पार्टी पनि यही सिद्धान्तबाट निर्देशित हुनु पर्दछ । हाम्रा नीतिमा मात्र लोकतान्त्रिक समाजवाद लेखेर लोकतान्त्रिक र समाजवादी हुँदैन हाम्रा नीति निर्माण प्रक्रिया, हाम्रा आचरण र व्यवहार पनि लोकतान्त्रिक र समाजवादी आदर्श अनुरूप हुनुपर्दछ । तर, हाम्रो पार्टीमा लोकतान्त्रिक पद्दतीको क्षयीकरण भैराखेको महसुस हुन्छ । पार्टीको विधान अनुरूप पार्टी नचल्ने, राम्रालाई भन्दा हाम्रालाई मौका दिने जस्ता कुराले पार्टीको साख गिराएको छ ।

    लोकतन्त्रको जीवनाधार र गतिशीलताको आधार जनचाहना र जनमतको अभिव्यक्तिको आधार आवधिक निर्वाचन हो । यसमा कुनै हेलचक्राई हुनु हुँदैन । ‘कम्युनिष्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाई नादान हो । कांग्रेस आफ्नै दुरदर्शी दृष्टिकोण, खदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आकर्षित गर्ने पार्टी बन्नु पर्छ । कठोर परिश्रम तथा नैतिक र चारीत्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नु पर्छ । आफ्ना आदर्श र सिद्धान्त पूरा गर्न कांग्रेसलाई सुदृढ र एकताबद्ध पार्टी पङ्ति आवश्यक पर्छ । भाग्यमा भरपर्ने हैन कर्ममा विश्वास गर्ने कर्मशील कांग्रेस मेरो विश्वास हो । मेहनतको फल सारगर्भित हुन्छ, सर्वजन हिताय हुन्छ ।

    लोकतन्त्र बचाउन, राष्ट्र जोगाउन र राष्ट्रको सर्वतोमुखी उन्नति गर्न कर्मशील कांग्रेस चाहिन्छ । कांग्रेसको लोकतान्त्रीकरण हुनु पर्छ । जनताको भरोसाको केन्द्र बन्ने गरी पार्टी सुदृढीकरण हुनुपर्छ । पार्टी सुदृढीकरणको निमित्त निम्न कार्य गरिनु पर्दछ –

    पार्टी सुदृढीकरणका लागि के गर्ने ?

    – अधिवेशनको मुखमा लगेर कृयाशील सदस्यता वितरण गर्ने परिपार्टी अन्तगरी सुरूदेखि नै कृयाशील नवीकरण र वितरण कायम राखेर कार्यकाल पूरा हुने एक वर्षअगावै वितरण बन्द गर्ने ।

    – भ्रातृसंस्था र पार्टी निकायका अधिवेशन तोकिएकै समयमा गराउने । तोकिएकै समयभित्र विभाग, प्रतिष्ठान गठन गर्ने र सवै निकाय दुरुस्त राख्ने ।

    – संगठनका सदस्यहरूलाई सैद्धान्तिक, व्यवहारिक र नीतिगत तालिममा निरन्तरता प्रदानगर्ने तालिमको लागि पूर्ण व्यवसायिक टिमको
    निर्माण गर्ने ।

    – कार्यकर्ताको ज्ञान वृद्धिका लागि विभिन्न क्षेत्रमा अवलोकन भ्रमण गराउने । प्राविधिक ज्ञान तथा अनुभवबाट गर्न सक्ने व्यवसायका लागि आर्थिक तथा कानुनी प्रबन्ध मिलाउने ।

    – न्याय, निष्पक्षता, पारदर्शी मूल्यांकनको परिपाटी अवलम्बन गर्ने । यो नै पार्टी एकताका मूल आधार हो ।

    – विधि-पद्दति र अनुशासनमा तलदेखि माथिसम्म, माथिदेखि तलसम्म सबै बाँधियौं भने पार्टी एकता मजबूत हुन्छ ।

    – पुराना निष्ठावान कार्यकर्ताको हितमा आँच नपुग्ने गरी नवप्रवेसीहरूको स्वागत गरिनु पर्दछ । पार्टीमा सबैलाई सहभागिता र
    सहस्वामित्वको अनुभूति दिलाउने व्यवहार र आचारण गरिनु पर्दछ ।

    – राजनीतिलाई स्वच्छ र स्वस्थ पार्न पार्टी भित्र र बाहिर वैचारिक बहस चलाउने ।

    देश र जनताका लागि के गर्ने ?

    – ‘लोकतन्त्र बचाऊँ, भ्रष्टाचार भगाऊँ’ अभियान चलाउने ।

    – जहाँ रोजगारी त्यही बसोवास, जहाँ बसोवास त्यही रोजगारीको नीति कार्यान्वयन गर्ने ।

    – हिमाल, पहाड, तराईमा स्वस्थ्य र सुरक्षित बस्ती निर्माण गर्ने ।

    – लोकतन्त्र साकार पार्न निमुखालाई न्याय विपन्नलाई आय कार्य रूपमा ल्याउने ।

    – सबै नागरिक शिपवान र शिलवान बनाउने शिक्षा नीति ।

    – सबैलाई स्वस्थ जीवन र दीर्घजीवन दिने स्वास्थ्य नीति ।

    – यी कुरा सबैका लागि सहज र सरल तुल्याउन कांग्रेसको उपस्थिति ।

    – नेपालको वास्तविकतामा आधारित प्रकृतिमैत्री विकास नीति ।

    – नेपालको परम्परागत धर्म र संस्कृति नेपालीको पहिचान जोगाउने साँस्कृतिक नवोन्नति

    – नेपालीको सुखी जीवन, खुशी जीवन स्वच्छ सफा पर्यावरण ।

    – अति दलबन्दीबाट देशलाई मुक्त गर्ने । आम अदना जनताको अधिकार अकुन्ठित बनाउने ।

    नेपाली कांग्रेस र नेपाली समाजको लोकतान्त्रिकरण गर्दै नेपाली संस्कृति, संस्कार र नेपाल राज्यको भविष्यको पुनःसंरचनाका लागि मैले अघि सारेका दश सूत्र :

    १. वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं । समावेशी नेपाल साकार पारौं ।

    २. कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं ।

    ३. विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

    ४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

    ५. आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘र्‍याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

    ६. निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुनसक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रूपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो । स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौं अनि प्रतिस्पर्धा गरौं । राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतसुकै हस्तक्षेप पनि गर्दैन ।

    ७. विधिको शासन, समयवद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो । सैद्धिान्तिक स्पष्टता र आक्रामक प्रस्तुति तन्नेरी कांगेसको निश्छल चरित्र हुनुपर्छ । कसैका एजेन्जा बोक्न पर्दैन, आफ्ना एजेण्डा छोड्न पर्दैन । सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको कांग्रेस जसले २०१५ सालमा दुईतिहाई जनमसर्थन प्राप्त गर्‍यो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयास गरौं ।

    ८. सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गरौं । देशलाई समृद्ध पार्न ऊर्जाक्रान्ति र आफ्नै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।

    ९. नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं ।

    १०. कम्युनिष्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।

    (नेपाली कांग्रेस रूपान्तरणका लागि बरिष्ठ नेता पौडेलप्रेषित  एजेण्डाको सम्पादित अंश)