Tag: कांग्रेस महाधिवेशन

  • कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदानको सुरसार (तस्बिरहरू)

    कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदानको सुरसार (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदानको चहलपहल सुरू भएको छ । निर्वाचन समितिले सोमबार मतदान भएकै स्थानहरूबाट दिउँसो साढे ३ देखि साढे ७ सम्म मतदानको समय सीमा तोकेको छ ।

    भोट हाल्न मतदानस्थल पुगेर मतदाता लाइन लागिसकेका छन् ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ ।

    दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा बलियो बनेका छन् । उनलाई पहिलो चरणमा ८२ मत मात्रै अपुग थियो । संस्थापन इतरसमूहका नेताहरू छिन्नभिन्न भएपछि देउवाले सभापतिका रूपमा दोस्रो कार्यकालको सम्भावना निश्चितजस्तो छ ।

    कल्याण गुरुङ, प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई समर्थन गरिसकेका छन् ।

    कांग्रेस महाधिवेशनस्थलमा दोस्रो चरणको मतदानको सुरसारका केही तस्बिर

    तस्बिरहरू : सरोज बैजु/गौरव पौडेल । 

  • दोस्रो चरण सामना गर्ने शेखर समूहको निर्णय, अन्तरमनको आवाज सुन्न महाधिवेशन प्रतिनिधिलाई आह्वान

    दोस्रो चरण सामना गर्ने शेखर समूहको निर्णय, अन्तरमनको आवाज सुन्न महाधिवेशन प्रतिनिधिलाई आह्वान

    काठमाडौं । दोस्रो चरणको सभापति निर्वाचनअघि कमजोर अवस्थामा पुगेका शेखर कोइरालाले मैदान भने नछाड्ने भएका छन् । उनको समूहका नेताहरूको बैठकले दोस्रो चरणको चुनाव सामना गर्ने निर्णय गरेको छ ।

    संस्थापन इतरसमूहका नेताहरूको समेत साथ नपाएपछि शेखर निकटस्थहरुको बैठक नक्सालमा बसेको थियो । उक्त बैठकमा कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन र रुपान्तरणको एजेन्डालाई कमजोर हुन नदिने बताए । उनले कांग्रेस प्रतिनिधिलाई अन्तरमनको आवाज सुनेर भोट हाल्न आह्वान गर्ने भएका छन् । शेखरले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

    आज कांग्रेस सभापतिका लागि दोस्रो चरणको चुनाव दिउँसो साढे ३ बजेदेखि हुँदैछ । चुनावअघि नै शेरबहादुर देउवाको जित लगभग निश्चित देखिएको छ ।

  • सभापतिको छिनोफानोपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना

    सभापतिको छिनोफानोपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना

    काठमाडौं । सभापतिको निर्वाचन दोस्रो चरणमा गएपछि कांग्रेसको नेतृत्व चयन प्रक्रिया थप लम्बिने भएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणा सुरू नै भएको छैन ।

    कांग्रेस निर्वाचन समितिका अनुसार सभापतिको छिनोफानोपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुने छ । आज सभापतिको दोस्रोचरणको निर्वाचन हुनेछ जसमा शेरबहादुर देउवा र शेखर कोइराला भिड्ने छन् । बाँकी ३ उम्मेदवार पहिलो चरणबाट छाँटिएका छन् ।

    दोस्रो चरणको चुनावलगत्तै सभापतिको मतगणना हुने र त्यसको परिणाम आएपछि अन्य पदहरुको मतगणना सुरु गर्ने तालीका छ । कागजी मतपत्र प्रयोग भएकाले पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना लम्बेतान हुनेछ ।

    कांग्रेसमा पहिलोपटक सबै पदाधिकारीहरू निर्वाचनमार्फत चयन हुँदैछन् । १४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीको चुनाव भएको छ । यस्तै १३४ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत छनोट हुनेछन् ।

  • संस्थापनइतर समूह छिन्नभिन्न, दोस्रो चरणमा देउवाको जित लगभग निश्चित

    संस्थापनइतर समूह छिन्नभिन्न, दोस्रो चरणमा देउवाको जित लगभग निश्चित

    काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा ८२ मत मात्रै अपुग भएर रोकिएका उनले दोस्रो चरणमा भने जित लगभग निश्चित गरेका छन् ।

    संस्थापन इतरसमूहका नेताहरू छिन्नभिन्न भएपछि देउवाले सभापतिका रूपमा दोस्रो कार्यकाल खाने सम्भावना प्रबल बनेको हो । पहिलो चरणको चुनावमा उनका निकट प्रतिस्पर्धीका रूपमा रहेका शेखर कोइरालाले दोस्रो चरणमा संस्थापनइतर समूहलाई एक ठाउँमा ल्याउन सकेनन् । यस समूहका प्रमुख नेता रामचन्द्र पौडेल नै तटस्थ बनेपछि कोइराला अप्ठेरोमा परेका छन् ।

    पहिलो चरणमा सिंहले ३७१ भोट ल्याएका थिए भने निधिले २४९ मत ल्याएका थिए । यी दुई नेताको आह्वानमा उनीहरू निकट प्रतिनिधिको सानो अंशले देउवालाई भोट दिए भने पनि उनलाई जित्न पर्याप्त हुनेछ ।

    यदि संस्थापनइतरका नेताहरू रामचन्द्र र प्रकाशमानका साथै अर्का उम्मेदवार विमलन्द्र निधिले समेत समर्थन गरेको भए मात्र कोइरालाले दोस्रो चरणमा देउवालाई टक्कर दिन सक्ने सम्भावना थियो । तर, रामचन्द्र तटस्थ बस्दा प्रकाशमान देउवाको पक्षमा खुलिसकेका छन् । यस्तै निधिले पनि देउवालाई नै समर्थन गर्ने भएपछि दोस्रो चरणको चुनाव औपचारिकतामा सीमित हुने देखिएको छ ।

    सत्ता राजनीतिको दाउपेचमा देउवाका अगाडि शेखर कमजोर देखिए । पहिलो चरणमा आफूलाई समर्थन गरेका रामचन्द्रलाई पनि उनले दोस्रो चरणमा साथमा राख्न सकेका छैनन् । आज आफैंले आयोजना गरेको चियापानमा पौडेलले महाधिवेशन प्रतिनिधलाई विवेक प्रयोग गर्न सुझाव दिएका थिए । यसले शेखरलाई निराश बनाएको छ ।

    पहिलो चरणको चुनावमा १७०२ भोट ल्याएका शेखर देउवाभन्दा निकै पछाडि छन् । उनीहरूबीच पाँच सयभन्दा बढी मतको अन्तराल छ । देउवा बाहेकका सबै उम्मेदवारले समर्थन गर्दा मात्रै शेखरले सभापतिको चुनाव जित्ने आशा राख्न सक्थे । तर, ८२ मत प्राप्त गरेका देउवा अब रेसमा निकै अगाडि देखिएका छन् ।

    संस्थापन इतरसमूहका नेताहरू छिन्नभिन्न भएपछि देउवाले सभापतिका रूपमा दोस्रो कार्यकाल खाने सम्भावना प्रबल बनेको हो । पहिलो चरणको चुनावमा उनका निकट प्रतिस्पर्धीका रूपमा रहेका शेखर कोइरालाले दोस्रो चरणमा संस्थापनइतर समूहलाई एक ठाउँमा ल्याउन सकेनन् ।

    पहिलो चरणमा सिंहले ३७१ भोट ल्याएका थिए भने निधिले २४९ मत ल्याएका थिए । यी दुई नेताको आह्वानमा उनीहरू निकट प्रतिनिधिको सानो अंशले देउवालाई भोट दिए भने पनि उनलाई जित्न पर्याप्त हुनेछ ।

    देउवालाई सभापतिमा हराउनका लागि संस्थापन इतर पक्षबाट साझा उम्मेदवार उठाउन अन्तिमसम्म प्रयास भएको थियो । तर, यस पक्षका नेताहरु आफ्नो नाममा मात्रै सहमति गर्ने अडान लिए । सहमति नभएपछि सबै लाखापाखा भए । संस्थापनइतर पक्षबाट शेखर र प्रकाशमान उम्मेदवार भए भने रामचन्द्र र शशांक कोइरालाले मैदान छाडेर हिँडे ।

    शशांकले खुलेर शेखरका पक्षमा भोट मागे पनि रामचन्द्रको भूमिका अस्पष्ट रह्यो । उनी आफैं चुनावमा भोट हाल्न गएनन् । दोस्रो चरणमा उनले आफूलाई तटस्थ राख्ने निर्णय गरेका छन् ।

  • कल्याण गुरुङ पनि देउवातिरै, शेखरबाहेक सबै उम्मेदवार एकठाउँ

    कल्याण गुरुङ पनि देउवातिरै, शेखरबाहेक सबै उम्मेदवार एकठाउँ

    काठमाडौं । कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उनले बताए ।

    अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् । पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत ल्याएका थिए ।

  • प्रकाशमानले देउवालाई सघाउने, चाक्सीबारीमा भयो सहमति (भिडिओ)

    प्रकाशमानले देउवालाई सघाउने, चाक्सीबारीमा भयो सहमति (भिडिओ)

    काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

    आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा सहमति गरेका हुन् ।

    दोस्रो चरणको चुनावअघि सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारीमा पुगेका हुन् । दुई नेताबीच वार्तापछि दोस्रोचरणमा देउवालाई सघाउन सिंह सहमत भएका छन् ।

    भेटमा देउवाले आफ्नो कमजवोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए । सिंहको समर्थनसँगै दोस्रो चरणको चुनावमा देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा चुनाव जित्न उनलाई ८२ भोट मात्र अपुग भएको थियो ।

  • सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

    सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

    काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापतिका लागि दिउँसो साढे ३ बजेबाट मतदान गरिने भएको छ । दोस्रो चरणको मतदान ७:३० सम्म तय गरिएको छ ।

    सोमबार मतदान भएका स्थानहरूबाटै आज पनि मतदानको व्यवस्था मिलाइएको हुने निर्वाचन समितिले जनाएको छ ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको हो ।

    पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो ।

    बाँकी उम्मेदवारले कसलाई समर्थन गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

  • रामचन्द्र तटस्थ बनेपछि संस्थापनइतर कार्यकर्ता आक्रोशित, शेखरको पक्षमा खुल्न दबाब दिँदै हुटिङ

    रामचन्द्र तटस्थ बनेपछि संस्थापनइतर कार्यकर्ता आक्रोशित, शेखरको पक्षमा खुल्न दबाब दिँदै हुटिङ

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको सभापति चुनावमा कसलाई समर्थन गर्ने भन्नेमा मौनता साँधेपछि कार्यकर्ता आक्रोशित भएका छन् । राजधानीमा पौडेलले आयोजना गरेको चियापानमा उपस्थित संस्थापनइतर कार्यकर्ताले शेखरको पक्षमा खुल्न दबाब दिँदै हुटिङ गरे ।

    चियापानमा पौडेलले कार्यकर्तालाई दोस्रो चरणको चुनावमा विवेक प्रयोग गर्न सुझाव दिएका थिए । तर, संस्थापनइतर कार्यकर्ताहरु उनको यस्तो भनाइसँग सन्तुष्ट नभएपछि हुटिङ गरेका हुन् ।

    पौडेलले पार्टीभित्र सद्भाव कायम गराउन चियापान आयोजना गरेको बताए ।

    उनले भने, ‘यो चुनावी सभा होइन, यहाँ कसैलाई मत मागेर हुने होइन । मतदान भनेको मन जितेर हुन्छ ।’

    चुनावको नतिजा जे भए पनि कांग्रेस एक भएर जानुनर्पे पौडेलको भनाइ थियो ।

    पौडेलले थपे, ‘यो महाधिवेशनले मात्रै राजनीति सकिँदैन मैले पनि केही सोचेको छु । राजनीतिमा त्यसै भोटो फटाएको होइन ।’

  • शेखरलाई जित्न प्रकाशमान र निधि दुवैको समर्थन आवश्यक, यसरी हुँदैछ सत्ता र शक्तिको सौदाबाजी

    शेखरलाई जित्न प्रकाशमान र निधि दुवैको समर्थन आवश्यक, यसरी हुँदैछ सत्ता र शक्तिको सौदाबाजी

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा हुन गइरहेको मतदानमा अब उम्मेदवारको संख्या ५ बाट दुईजनामा झरेको छ । शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचको प्रतिस्पर्धामा अब सबैको ध्यान प्रकाशमान सिंह र विमलेन्द्र निधिमा छ । कल्याण गुरुङको २० मत संगठित र निर्णायक छैन ।

    देउवालाई पहिलो चरणमै सभापति जित्न ८२ पुगेन । जबकि शेखर कोइराला देउवाभन्दा ५२९ मतले पछाडि छन् । तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान वा विमलेन्द्र निधिमध्ये कुनै एकजनाले देउवालाई समर्थन गर्नासाथ उनको सहज जित हुनसक्छ ।

    तर डा. शेखरले जित्नका लागि भने दुवैजनाको साथ अनिवार्य चाहिन्छ । किनकि प्रकाशमानले ३७१ र निधिले २४९ मत पाएका छन् । एकजनाको मात्र समर्थनले शेखरलाई जित्नका लागि पर्याप्त हुन्न । प्रकाशमान र निधि दुवैजनाले शेखरलाई समर्थन गरेमात्र उनको विजय हुनसक्छ ।

    यस हिसाबले दोस्रो चरणमा प्रकाशमान र निधि निर्णायकमात्र बनेका छैनन्, उनीहरुको बार्गेनिङ पावरसमेत बढेको छ । शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई प्रकाशमान फकाउन चाक्सीबारी पठाइसकेका छन् । निधिले भने दोस्रो चरणमा देउवालाई सहयोग नगर्ने बताइसकेका छन् ।

    त्यसैले देउवाको प्रयास प्रकाशमानलाई आफूतिर तान्नमा केन्द्रित छ । प्रकाशमानको समर्थन भएमात्र पनि देउवालाई जित्ने मत पुग्छ । देउवा पहिलो चरणमा ८२ मतले पराजित भएका छन् ।जबकि प्रकाशमानले ३७१ मत पाएका छन् । प्रकाशमानको आधा मत पाए पनि देउवालाई पुग्छ ।

    संस्थापनइतर समूहबाट अन्तिममा फुटेर अलग उम्मेदवारी दिएका प्रकाशमानको निर्णयमा सुजाता कोइराला र विश्वप्रकाश शर्माको पनि भूमिका हुन्छ । महामन्त्री उम्मेदवार बन्न नपाएपछि देउवा समूह छाडेका विश्वप्रकाशले प्रकाशमानलाई कसको पक्षमा उभिन प्रेरित गर्छन् ? यो पनि निर्णायक फ्याक्टर छ ।

    त्यस्तै कोइराला परिवारबाट फुटेकी सुजाताले दाजु शेखरलाई सघाउलिन् कि देउवालाई ? यो प्रष्ट छैन । तर दोस्रो चरणमा देउवाविरुद्ध एकजुट हुन प्रकाशमान र सुजातामाथि कार्यकर्ताको दबाब बढिसकेको छ । ८२ नपुगेर पहिलो चरणमा जित्न नसकेका देउवाले एक डेढ सय मत किनेर पनि पुर्याउने दावी नेताहरुको छ ।

    कांग्रेसको निर्वाचनमा करोडौंको हाराहारीमा पैसा चलायमान भइसकेको अनुमान छ । अब मतदाता छानीछानी सौदाबाजी हुने सम्भावना छ । यो खेलमा दुवै पक्ष लाग्छन् तर देउवालाई केही मतदातामात्र प्रभावित पार्न सहज छ भने कोइरालाका लागि निधि र प्रकाशमानको सहयोग अनिवार्य छ ।

    रामचन्द्र पौडेलले आफूले सभापति जितेपछि एक वर्षपछि कार्यवाहक दिने लिखित सहमति गरौंभन्दा समेत नमानेका प्रकाशमानले देउवासँग उधारो सौदा अवश्य गर्दैनन् । अर्कोतिर कांग्रेसमा नेतृत्व परिवर्तनको उपयुक्त क्षण आएको भन्दै प्रकाशमानमाथि देउवालाई समर्थन नगर्न दबाब पनि उत्तिकै छ । जे भए पनि दोस्रो चरणको निर्वाचनअघि प्रकाशमान र निधिमात्र होइन महाधिवेशन प्रतिनिधिहरुको समेत बार्गेनिङ शक्ति बढेको छ । यस्तोमा आज झन् ठूलो रकमको चलखेल र शक्ति तथा सत्ताको सौदाबाजी हुने निश्चित छ ।

    सुजाताले मन्त्रीको लागि देउवासँग बार्गेनिङ गर्ने चर्चा पनि कांग्रेस वृत्तमा भइरहेको छ भने प्रकाशमानको बार्गेनिङ पावर झनै बढेको छ । उनले देउवासँग मिल्दा हाताहाती फाइदा पाउने भएमा अन्तिममा संस्थापनइतर समूहलाई धोखा दिने आशंका पनि छ ।

    आफू सत्ता र शक्तिमा पुग्न र टिक्न जुनसुकै हदसम्मको सौदाबाजी गर्ने देउवाले प्रकाशमानसँग कस्तो सौदा गर्लान् ? यसका लागि केही घण्टा निर्णायक हुनेछन् ।

  • कांग्रेस चुनाव : मतदान समय थपियो

    कांग्रेस चुनाव : मतदान समय थपियो

    काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार सोमबार राति ९ बजेसम्म मतदान गर्न गरी समय थपिएको हो ।

    यसअघि सोमबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, करिब साढे ३ घण्टा अबेर मतदान सुरू भएको थियो ।

    अहिलेसम्म करिब दुई हजारले मतदान गरिसकेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । ४७ सयबढी मतदाता रहेकाले मतदानको समय थपिएको हो ।

    १३ पदाधिकारीसहित १३४ पदका लागि ४८७ जना चुनावी मैदानमा छन् ।

  • सांस्कृतिक पहिरनमा खुलेका कांग्रेस चेलीहरू (७ तस्बिर)

    सांस्कृतिक पहिरनमा खुलेका कांग्रेस चेलीहरू (७ तस्बिर)

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

    १३४ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

    चुनावी मैदानमा रहेका उम्मेदवारले भोट माग्न विभिन्न शैली अपनाएका छन् । मतदाता रिझाउन पञ्चैबाजा बजाएर, नाचगान गरेर र विभिन्न भेषभुषामा सजिएका कार्यकर्ता महाधिवेशनस्थलमा छन् ।

    हामीले महाधिवेशनस्थल भृकुटीमण्डप आसपासमा सांस्कृतिक र परम्परागत पहिरनमा भेटिएका किशोरीहरूको तस्बिर कैद गरेका छौं ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • कांग्रेस महाधिवेशन : १९९३ मत खस्यो

    कांग्रेस महाधिवेशन : १९९३ मत खस्यो

    काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत करिब २ हजार मत खसेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार साढे ४ बजेसम्म १९९३ मत खसेको हो ।

    विहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि ४ घण्टाढिलो गरी मतदानको प्रक्रिया सुरु भएको हो थियो ।

    निर्वाचन समितिले राति ९ बजेसम्म मतदान जारी रहने जनाएको छ ।

  • कांग्रेस चुनाव : पहिलो चरणमा देउवा बलिया, दोस्रोमा गए शेखर !

    कांग्रेस चुनाव : पहिलो चरणमा देउवा बलिया, दोस्रोमा गए शेखर !

    काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि प्रतिनिधीहरुको भोट ट्याङ्कीमा खस्न थालिसकेका छन् । अब सबैलाई चासो र प्रतिक्षा छ मत परिणामको ।

    कागजी मतदान भएकाले मत परिणाम आउन लामै समय धुकधुकी थामेर पर्खिनुपर्ने हुन सक्छ ।

    कांग्रेसले मेसिनमा भन्दा ट्याङ्कीमा भरोसा गरेपछि मतगणना कार्य लामो र झण्झटिलो हुने भएको हो । यद्यपि, दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने अवस्थामा मतगणना उत्तिकै रोचक र खुल्दुलीपूर्ण हुन सक्छ ।

    यसपाली पार्टीका मुल नेतृत्व अर्थात सभापतिको प्रतिस्पर्धा निकै पेचिलो हुने देखिएको छ । सभापतिमा ५ उम्मेदवार भए पनि शेरबहादुर देउवा र शेखर कोइरालाबीच द्विपक्षिय प्रतिस्पर्धा हुने सबैले आँकलन गरिरहेका छन् । उनीहरुमध्ये को अगाडि छ भन्न सकिने स्थिति छैन । यद्यपि, एकथरि विश्लेषणअनुसार यदि देउवाले पहिलो चरणमा चुनाव जितेनन् भने दोस्रो चरणमा शेखरले खेल उल्टाउन सक्छन् ।

    कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत अर्थात ५१ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेको गुटगत सन्तुलन हेर्दा दुवै उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत ल्याउन कठिन हुन सक्ने विश्लेषण गरिएको छ । यदि त्यसो भएन भने नयाँ सभापतिका लागि फेरि अर्को निर्वाचन गर्नुपर्ने हुन्छ ।

    पहिलो चरणको चुनावमा पहिलो र दोस्रो सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवारले मात्रै दोस्रो चरणको चुनाव लड्न पाउने छन् । त्यसैले दोस्रो चरणमा दुईमध्ये एकजनाले बहुमत ल्याउने निश्चितप्राय: हुन्छ ।

    कांग्रेसको अघिल्लो १३ औं महाधिवेशनमा देउवाले दोस्रो चरणमा जित हासिल गरेका थिए । पहिलो चरणमा पहिलो र दोस्रो सर्वाधिक मत ल्याएका देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा भिडन्त भएको थियो । त्यसमा देउवाले १८ सय २२ मत लयाएर विजयी भए भने पौडेल १२ सय ९६ मत ल्याएर पराजित बने । ५ सय २६ मतको भारी अन्तरले देउवाले चुनाव जितेका थिए ।

    यो पटक देउवाले पहिलो चरणमै जित हासिल गर्न चाहेका छन् । कृष्ण सिटौलाको टिमको समर्थन प्राप्त गरेकाले पनि देउवा पहिला चरणमा आशावादी छन् ।

    संस्थापनइतर समूहबाट दुई बलिया उम्मेदवार भएकाले उनीहरुको भोट बाँडिने र आफूहरुलाई अनुकुलता मिल्ने बुझाइ देउवा पक्षमा छ ।

    संस्थापन पक्षबाट पनि विमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी दिएका छन् । तर, उनले देउवाको भोट खासै नकाट्ने संस्थापन पक्षका नेताहरुको दावी छ ।

    यता संस्थापनइतर समूह चाहिँ सभापतिको चुनाव दोस्रो चरणमा धकेल्ने रणनीतिमा देखिएको छ । पहिलो चरणमा देउवाभन्दा पछि परे पनि दोस्रो चरणमा उनलाई उछिन्न सकिने विश्वास संस्थापन इतरका नेताहरुले व्यक्त गरिरहेका छन् ।

    दोस्रो चरणमा देउवाबाहेकका सबै उम्मेदवारले आफूलाई समर्थन भन्ने विश्वासमा छन् शेखर । विगतमा देउवा निकट रहेका सभापतिका उम्मेदवार विमलेन्द्रले दोस्रो चरणमा देउवाविरुद्ध सबैको मोर्चाबन्दी हुने हिजो बताए । यसबाट संस्थापनइतर समूह हौसिएको छ ।

    यदि साँच्चै दोस्रो चरणमा देउवाविरुद्ध सबै एकजुट भए भने शेखरको सम्भावना बलियो बन्न सक्छ । देउवाका परम्परागत प्रतिस्पर्धी र पार्टीमा बलियो गुट भएका रामचन्द्र पौडेलको समर्थन शेखरको शक्तिको सबैभन्दा ठूलो स्रोत हो ।

    यस्तै, सभापतिका अर्का आकांक्षी पूर्वमहामन्त्री सशांक कोइरालाले पनि उनलाई समर्थन गरेका छन् ।

    पहिलो चरणको चुनावमा प्रकाशमान र विमलेन्द्र छाँटिए भने उनीहरुको समर्थन दोस्रो चरणमा महत्वपूर्ण बन्न सक्छ । विमलेन्द्रले शेखरलाई सघाउने बाचा गरेका छन्, तर प्रकाशमानको रणनीति स्पष्ट छैन । आफू हारेपछि दोस्रो चरणमा उनी मौन बस्न सक्ने सम्भावना पनि छ ।

  • रामचन्द्रले सबै महाधिवेशन प्रतिनिधिलाई बोलाए

    रामचन्द्रले सबै महाधिवेशन प्रतिनिधिलाई बोलाए

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् ।

    महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका पौडेलले सम्पूर्ण महाधिवेशन प्रतिनिधिका लागि चियापान कार्यक्रम राखेका हुन् ।

    पौडेलको सचिवालयले मंसिर २८ गते बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा आयोजना हुने चियापानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई निम्तो गरेको छ ।

  • मतदानस्थल आइपुगे देउवा

    मतदानस्थल आइपुगे देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा कांग्रेस महाधिवेशनअन्तर्गत मतदानस्थल आइपुगेका छन् । निर्धारित समयमा भन्दा साढे तीन घण्टा अबेर मतदान सुरू भएको छ ।

    देउवा बालुवाटारबाट मतदानस्थल राष्ट्रियसभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रियसभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् ।

  • कांग्रेसको आरक्षण कोटामा ‘तरमारा’ को कब्जा, सिमान्तकृतका नाममा प्रभावशालीको प्रभुत्व

    कांग्रेसको आरक्षण कोटामा ‘तरमारा’ को कब्जा, सिमान्तकृतका नाममा प्रभावशालीको प्रभुत्व

    काठमाडौं । सर्वोच्च अदालतले गत साउनमा गरेको ऐतिहासिक फैसलामा आरक्षण व्यवस्थालाई ‘तरमारा’ वर्गको कब्जाबाट मुक्त गर्न सरकारलाई निर्देशन दियो । आरक्षण भनेको एकपटकलाई हो र त्यस्तो आरक्षण आर्थिक सामाजिक हैसियत बनाइसकेकालाई होइन भन्ने सर्वोच्चको फैसला हो ।

    न्यायाधीश विश्वम्भर श्रेष्ठ र आनन्दमोहन भट्टराईको बहुचर्चित सो फैसलामा सिमान्त वर्ग वा समुदायमा परे पनि व्यक्तिगतरूपमा उन्नति गरेकाललाई आरक्षणमा निषेध नगर्ने हो भने त्यो समुदायको तरमारा वर्गले मात्र लाभ पाउँछन् भनिएको छ ।

    सर्वोच्चको सो फैसला र नेपालमा भइरहेको आरक्षणको प्रयोगलाई हेर्ने हो भने हरेक राजनीतिक दलमा पनि सो फैसला बाध्यकारी बनाइनुपर्ने कांग्रेस महाधिवेशनमा उठेका उम्मेदवारहरूले पुष्टि गरेका छन् ।

    विश्वकै अर्बपतिको सूचीमा रहेका विनोद चौधरी कांग्रेस महाधिवेशनमा मधेशी कोटाबाट उम्मेदवार बनेपछि यो बहस अझ चर्किएको छ । विनोद चौधरीजस्ता प्रतिष्ठित र चर्चित उद्योगपतिले एउटा सिमान्तकृत मधेशीका लागि छुट्याइएको आरक्षण कोटा ओगट्ने कि खुला प्रतिस्पर्धामा जाने ? यो प्रश्न कांग्रेस महाधिवेशनका मतदाताहरूले पनि गरिरहेको पूर्वसांसद किरण यादवले बताइन् ।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट मधेशी कोटाकै सभासद भएका चौधरी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट मधेशी कोटामै सभासद भए । २०७४ को आम निर्वाचनमा पनि उनले मधेशी कोटाबाटै प्रतिनिधिसभा सदस्य हुने अवसर पाए ।

    यस हिसाबले सर्वोच्च अदालतको फैसलाअनुसार आरक्षण कोटामा एकपटक भन्दा एउटा व्यक्तिलाई अवसर दिनु हुँदैन । तर, चौधरी कांग्रेसबाटै दुईपटक मधेशी कोटाबाट समानुपातिक सांसद भइसकेका छन् । अब केन्द्रीय सदस्य पनि मधेशी कोटाबाटै हुँदैछन्, किनकी उनी शेरबहादुर देउवाको प्यानलमा परेका छन् ।

    यो पनि पढ्नुहोस् : सर्वोच्चको आदेश- ‘तरमारा’ वर्गको कब्जाबाट आरक्षण व्यवस्था हटाऊ (पूर्णपाठसहित)

    चौधरीले मधेशी कोटा नै किन रोज्नुपर्‍यो ? उनीजस्ता पहुँचवाला र नेताहरूका लागि अपरिहार्य व्यक्ति खुला कोटामा गएका भए एकजना मधेशीले केन्द्रीय कार्यसमितिमा पुग्ने अवसर पाउने थिए । जसरी फोर्ब्सको अर्बपतिको सूचीमा परे पनि नेपालमा सर्वाधिक करदाताको सूचीमा चौधरी कहिल्यै पर्दैनन्, त्यसैगरी कांग्रेस नेताका लागि अपरिहार्य भए पनि उनले मधेशी कोटा ओगट्न छाड्दैनन् भन्ने आरोप लागेको छ ।

    आरजु राणा देउवा नेपालकै शक्तिशाली महिलामा पर्छिन् । सत्ताबाहिर हुँदासमेत राज्य संयन्त्रमा राम्रो पहुँच र पकड राख्ने आरजु अहिले प्रथम महिला हुन् । सरकार संचालनमा देउवा प्रधानमन्त्री भए पनि नियुक्ति, सरुवा बढुवा, ठूला ठेक्कापट्टा र शक्तिको अभ्यासमा आरजु डिफ्याक्टो प्रधानमन्त्री हुन् ।

    कांग्रेस कार्यकर्तामात्र होइन देउवापछिका वरिष्ठ नेताहरूसमेत आरजुको सामुन्ने बोल्न सक्दैनन् । यति प्रभावशाली महिलाले महिलाका लागि आरक्षित कोटाबाट उम्मेदवार बन्नुलाई भने सर्वोच्चको फैसला अनुसार तरमारा वर्गको कब्जा नै मान्नुपर्छ ।

    महिला कोटाबाट ९ जना सदस्य छानिनेमा आरजु त्यसै कोटामा प्रतिस्पर्धा गरिरहेकी छिन् । आरजु जति प्रभावशाली महिला खुला प्रतिस्पर्धामा जान्छु भन्दा उनलाई रोक्ने कोही थिएन । त्यसो भएको थियो भने एकजना महिला केन्द्रीय कार्यसमितिमा थपिने अवस्था आउँथ्यो । तर, आरजु पनि आरक्षणकै कोटा ओगट्न आइपुगिन् ।

    आरक्षण कोटामा तरमाराको कब्जाको तेस्रो उदाहरण हुन् बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ । कांग्रेसबाट दुईपटक आदिवासी जनजाति कोटामा सांसद भइसकेका श्रेष्ठ अवसरका कारणमात्र होइन पहुँच र पैसाका आधारमा पनि कांग्रेसभित्र विशेषगरी देउवा समूहको किचन क्याबिनेटमा पर्छन् ।

    उमेश श्रेष्ठका लागि आरक्षण कोटा चाहिन्छ ? बलबहादुर केसी नेविसंघको अध्यक्ष भएका बेलाका उपाध्यक्ष कांग्रेसका पुराना तर अवसर कहिल्यै नपाएका नेता नवराज गुरुङलाई फालेर देउवा प्यानलमा उमेश श्रेष्ठलाई समावेश गर्नु भनेको आरक्षणको विद्रुपीकरण भएको कांग्रेसका युवा नेता मनोज गुरुङ बताउँछन् ।

    उमेश श्रेष्ठमात्र होइन आदिवासी जनजाति कोटामा २०४८ सालदेखि पटक-पटक सांसद र केन्द्रीय सदस्य बन्दै आएका चीनकाजी श्रेष्ठ, अर्बपति ठेकेदार बहादुर सिंह लामालगायतले आदिवासी जनजाति कोटा नै हत्याएका छन् । आरक्षण कोटालाई तरमाराबाट मुक्त गर्न सर्वोच्चको फैसला दलहरूमा पनि अनिवार्य कार्यान्वयनको व्यवस्था नभए सबै दलमा यो रोग सल्किने निश्चित छ ।

  • शब्दचित्र : कांग्रेस मेलामा जे देखियो

    शब्दचित्र : कांग्रेस मेलामा जे देखियो

    काठमाडौं । आइतबार मध्यान्न पुतलीसडकबाट राष्ट्रिय सभागृहतर्फ बाटो मोडिँदै गर्दा पञ्चैबाजाको आवाज सुनियो । तर, त्यहाँको माहोलमा बिहेको जन्ती आउने कुनै गुञ्जायस थिएन ।

    अलि अगाडि बढिसकेपछि देखियो एउटा र्‍याली, जसको अग्रपंतिमा उस्तै पोशाक लगाएका केही महिलाहरूले सहनाई बजाइरहेका थिए । र्‍यालीमा कोही गीत गाएर नाचिरहेका थिए त कोही नारा लगाइरहेका थिए ।

    नारा थियोः मेचीकाली के भन्छ, मदन दाइ ले भन्छ !

    र्‍यालीको मध्यभागबाट चारैतर्फ हेर्दै ‘जयनेपाल’ गरिरहेका भलाद्मी नै ‘मदन दाइ’ उर्फ मदनबहादुर अमात्य हुन् भने ठम्याउन गाह्रो थिएन । नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका अमात्यको प्रचारर्‍याली थियो त्यो ।

    विपरित दिशाबाट आयो अर्को जुलुस । उनीहरु नारा लगाइरहेका थिए- नेपाली कांग्रेस के भन्छ, रणबहादुर ले भन्छ ।

    उक्त जुलुसले समर्थन गरेका डा. रणबहादुर रावल पनि केन्द्रीय सदस्यका उम्मेदवार हुन् । दुई जुलुसहरू जम्काभेट हुँदा पनि त्यहाँ कुनै टकरावको गुञ्जायस थिएन । बरु जुलुसका सहभागीहरू आपसमा मिसिएर सँगै नाच्न थाले ।

    ०००

    भृकुटीमण्डप गेटनजिक सडकमै राखिएको थियो एउटा काउन्टर । भित्र एक महिला कांग्रेस प्रतिनिधिहरूलाई मास्क बाँडिरहेकी थिइन् । मास्क दिँदै गर्दा उनी भन्थिन्- एक भोट मोहनदाइलाई है ।

    मोहनदाइ उर्फ केन्द्रीय सदस्यका उम्मेदवार मोहनबहादुर बस्नेतको प्रचारका लागि राखिएको स्टल रहेछ । एक हुल प्रहरी काउन्टरनजिक आए । एकजनाले माइकिङ गर्न थाले- कृपया सबै प्रचार सामग्रीहरू हटाइदिनुहोला, निर्वाचन आचार संहिता लागू भइसकेकाले यहाँ अब कुनै प्रचारप्रसार गर्न पाइँदैन ।

    तर, त्यो कोलाहलमा सुन्ने कसले ? ती प्रहरी आफैं भुत्भुताउन थाले- हाम्रो काम भन्ने हो, यत्रा मान्छेलाई एक-एक प्रहरी पछि लगाउन सकिँदैन क्यारे ।

    गेटबाट अझै अगाडि झन् रमाइलो माहोल थियो । सुदूरपश्चिमका एक हुल कार्यकर्ता गोलो घेरा बनाएर देउडा गाइरहेका थिए । उनीहरूले गाएको गीतको बोल राम्ररी नबुझिए पनि यो समूह कांग्रेस सभापतिका प्रमुख प्रत्यासी शेरबहादुर देउवाको समर्थनमा रहेको बुझियो ।

    एकछिपछि देउवापत्नी आरजु राणाले पनि त्यहाँ इन्ट्री गरिन् र हातेमालो गर्दै देउडा गाउन थालिन् । आरजुको देउडा नृत्य खासै ढंगको देखिएन ।

    सडकमा अरु पनि थुप्रै झाँकीहरू थिए । विभिन्न उम्मेदवारका समर्थनमा अनगिन्ती जुलुस निस्किरहेका थिए । एउटा समूह ‘मेची काली के भन्छ, आङगेलु शेर्पा ले भन्छ’ भन्दै चिच्याइरहेको थियो । अर्को समूह ‘…फर्मुला मन्सुर ले भन्छ’ भन्दै उफ्रिरहेको थियो । सरसर्ति नियाल्दा नारावाजीमा विविधता पटक्कै देखिएन ।

    एउटा अर्को समूह गोला घेरा बनाएर बसेको थियो । देउडा गाउन लागेको ठानेर हामीले केहीबेर पर्खियौं । तर, उनीहरूले गाएनन् । फोटो खिच्न उभिएका रहेछन् ।

    त्यो माहोललाई छाडेर हामी भृकुटीमण्डपभित्र पस्यौं । भित्रको माहोल पनि कम्ता गुलजार थिएन ।

    ०००

    नेपाली कांग्रेसको भव्य स्वागतद्वारबाट भित्र पसेपछि दायाँ-बायाँ किताबका स्टलहरु देखिए । श्रीमद्‍भागवतदेखि कामसूत्रसम्मका किताबहरू सडकका दायाँबायाँ फिँजारिएका थिए । तर, पुस्तकको स्टलमा कांग्रेसजनको खासै आकर्षण देखिएन ।

    खास आकर्षण त भित्र भोजनको स्टलमा थियो । दिवा खानाको समय भएको रहेछ । मतदाताहरु खानाका लागि लामो-लामो लाइनमा उभिएका थिए । खानामा पुलाउ-मासु र काउलीका सब्जी थियो ।

    भृकुटीमण्डपभित्र केही उम्मेदवारहरू समूहमा भोट माग्दै हिँडिरेहका थिए । शीर्ष नेताहरु भने त्यहाँ देखिएनन् । सभापतिका प्रत्यासी विमलेन्द्र निधीका एक हुल समर्थकसँग साक्षात्कार भयो । उनीहरू तराईदेखि आएका थिए । समूहबाट एकजना हामीसँग कुरा गर्न अघि सरे ।

    उनी भन्दै थिए, ‘मलाई राम्रोसँग थाहा छ । अघिल्लो महाधिवेशनमा देउवाले निधीलाई अर्को महाधिवेशनमा तपाईंलाई सघाउँछु भनेर बचन दिनुभएका थियो । तर, उहाँले बचन पूरा गर्नुभएन । धोका भयो ।’

    उनले कांग्रेसको चुनाव निधिले जित्ने ठोकुवा गरे ।

    ‘पहिलो चरणमा त कसैले पनि जित्दैन,’ उनले भविष्यवाणी सुनाए, ‘दोस्रो चरणमा देउवाको र निधिको टक्कर हुन्छ । लेखेर राख्नुस्, चुनाव निधिले नै जित्नुहुन्छ ।’

    उनको कुरा पत्याएझैं गरेर हामी आफ्नो बाटो लाग्यौं । अलि पर मधेसी मुलकै एक व्यक्ति मतदातालाई भिजिटिङ कार्ड बाँड्दै भोट मागिरहेका थिए ।

    ‘डा. सुभाषचन्द्र यादव– शहीदपुत्र’ भन्दै उनले हामीलार्ई पनि एउटा कार्ड थमाए । शहीदपुत्र भनेपछि चासो लाग्यो ।

    ‘कुन जिल्लाबाट हो ?’ हामीले सोध्यौं ।

    ‘चिन्नुहुन्न ? सीताको छोरा हो,’ उनले जवाफ दिए ।

    ‘को सीता ?’ फेरि सोध्यौं ।

    ‘सीतादेवी यादव चिन्नुहुन्न ? कोषाध्यक्ष ।’

    ‘ए हो र ?’

    त्यसपछि हामीले प्रस्ताव गर्‍यौं, ‘एउटा फोटो खिचौं है । सानो अन्तरवार्ता गर्नुपर्‍यो ।’

    उनले फोटो खिचाए, तर अन्तरवार्ता दिन मानेनन् ।

    ‘म होइन डा.. सुभाषचन्द्र यादव । म त उहाँको कार्यकर्ता हो,’ उनले भने ।

    धत्तेरी भन्दै हामी पन्छियौं ।

  • देउवालाई शेखरको जवाफ – तपाईंलाई सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन (भिडिओ)

    देउवालाई शेखरको जवाफ – तपाईंलाई सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेस सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउनलाई नभएको बताएका छन् ।

    महाधिवेशनअन्तर्गत मतदानको पूर्वसन्ध्यामा जनसम्पर्क समितिहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धनको सरकारलाई सघाउने बताए ।

    ‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस्’, कोइरालाले भने, ‘सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’

    आज काठमाडौंमा एक कार्यक्रममा सभापतिका प्रमुख प्रत्यासी एवं प्रधानमन्त्री देउवाले कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक-फरक हुनु नहुने तर्क पेस गरेका छन् ।

    उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको दृष्टान्तसमेत दिएर पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर प्रश्न गर्छन् भन्दै आफूलाई जिताउन भनेका थिए ।

  • कोइराला र भट्टराईको दृष्टान्त दिँदै देउवाले भने- प्रधानमन्त्री र सभापति फरक भए समस्या हुन्छ

    कोइराला र भट्टराईको दृष्टान्त दिँदै देउवाले भने- प्रधानमन्त्री र सभापति फरक भए समस्या हुन्छ

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक-फरक हुनु नहुने तर्क पेस गरेका छन् । उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको दृष्टान्तसमेत दिएर आफूलाई नै सभापति बनाउन भोट मागे ।

    कांग्रेस निर्वाचनको पूर्वसन्ध्यामा देउवाले पत्रकार सम्मेलन आयोजना गर्दै आफू फेरि पार्टी सभापति बन्नु अति आवश्यक भएको बताए ।

    उनले भने, ‘पहिले गिरिजाप्रसाद कोइराला र किसुनजीको पालामा प्रधानमन्त्री र पार्टी सभापति फरक-फरक हुँदा कति झगडा भएको थियो हामीलाई थाहा नै छ । एउटै व्यक्ति सभापति र प्रधानमन्त्री भए देशमा पनि स्थायित्व हुन्छ । त्यसैले म पार्टी सभापति हुनु अति आवश्यक छ ।’

    देउवाले आफू सभापति बनेको खण्डमा कांग्रेसलाई स्थानीय तह र प्रदेशदेखि केन्द्रसम्म विजयी बनाउने वाचा गरे । देउवा र गिरिजाबाबुको पालोमा पार्टी र सरकार प्रमुख फरक फरक हुँदा समस्या आएको उनले बताए ।

    देउवाको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्ण सिटौलासमेत उपस्थित थिए ।

  • शेखरको टिमले पत्रकार सम्मेलन गर्दै, शशांकको पनि सम्बोधन

    शेखरको टिमले पत्रकार सम्मेलन गर्दै, शशांकको पनि सम्बोधन

    काठमाडौं । नेपाली कांग्रेसका सभापतिका दाबेदार डा. शेखर कोइरालासहितको टीमले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

    अहिले साँझ ५ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरिने पत्रकारसँगको भेटघाट कोइरालासहित उनका प्यानलका पदाधिकारी उम्मेदवारहरू सहभागी हुने छन् । उक्त टिमले आफ्नो उम्मेदवारीको औचित्यबारे प्रष्ट्याउनेछ ।

    सो कार्यक्रममा डा. शशांक कोइराला पनि उपस्थित हुन बताइएको छ । सभापतिमा दाबी छाडेका शशांकले शेखरको पक्षमा मतदानका लागि आव्हान गर्ने बताइएको छ ।

    शेखरको टिमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार बनेका छन् ।

    सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव मैदानमा छन् ।

    यस्तै थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा, मुस्लिमतर्फ शेख वकील र खसआर्थबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।

  • शशांक कोइराला : स्वाभाविक दाबेदारको शालीन मार्गप्रशस्त

    शशांक कोइराला : स्वाभाविक दाबेदारको शालीन मार्गप्रशस्त

    काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा डा. शशांक कोइरालाको बेग्लै पहिचान छ । कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाका पुत्रका रूपमा उनको छवि स्थापित छ ।

    १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री बनेका शशांकको व्यक्तित्व सरल छ । लामो समय चिकित्सा पेशामा रहेका शशांक पार्टीभित्र आफ्नो आवश्यकता महसुस गरिएकोले राजनीतिमा होमिएको बताउँथे । १४ औं महाधिवेशनमा सभापतिमा शशांकको दाबी थियो । निर्वाचित महामन्त्री भएका कारण उनको दाबी स्वभाविक पनि थियो । यद्यपि कांग्रेसको आन्तरिक समीकरण स्वभाविक दिशामा अगाडि बढेन ।

    संस्थापनइतर समूहका सबैभन्दा सिनियर नेता रामचन्द्र पौडेलसमेत निर्वाचन प्रक्रियाबाट बाहिरिँदा शशांक सभापतिको स्वभाविक दाबेदार थिए । यद्यपि आफ्नै दाजु डा. शेखर कोइरालाले सभापतिमा गरेको दाबीका कारण शशांक रोकिए ।

    ‘सभापतिको दाबी छोड्दा पनि कोइराला परिवार र संस्थापइतर समूहलाई एकताबद्ध बनाउन नसकेकोमा उहाँ चिन्तित हुनुहुन्छ । यद्यपि राजनीतिमा कहिलेकाहीँ यस्तो हुन्छ पनि भन्नुभएको छ’, शशांकका निकटस्थहरू भन्छन् ।

    संस्थापनइतर समूहबाट साझा उम्मेदवारको खोजी हुँदै गर्दा शशांकले टिमको सबैभन्दा सिनियर नेता रामचन्द्र पौडेलले आग्रह गरेकोले आफू ब्याक हुने बताएका थिए । साझा उम्मेदवारको सम्भावना कमजोर हुँदै जाँदा शशांक निराश देखिए । मिडियासामु सजिलै सुनाइदिन्थे- हामीले साझा उम्मेदवार दिन सकेनौं भने पार्टी शेरबहादुर देउवालाई बुझाइदिए हुन्छ ।

    सभापतिमा लड्ने तयारी गर्दा कुनैबेला शशांक आफूले सभापतिमा देउवालाई हराउनसक्ने दाबी गर्दथे । कांग्रेसमा अहिले पनि वीपीको विरासतसँग जोडिलो धेरै मतदाता रहेका छन् । संस्थापन पक्षलेपनि शशांक उम्मेदवार हुँदा तुलनात्मक रुपले चुनौती बढ्ने आँकलन गरेको थियो । कोइराला परिवारभित्र एकताको सन्देश दिनुपर्ने मुख्य दायित्व वीपीपुत्र हुनुका कारण शशांकमै बढी थियो । अर्कोतिर सभापति देउवाकै निरन्तरताले कांग्रेसलाई अझ कमजोर बनाउने निष्कर्षमा शशांक पुगिसकेका थिए ।

    पौडेल र आफ्नो त्यागका बाबजुद देउवाविरुद्ध साझा उम्मेदवार नबन्दा निराश देखिएका शशांकले आफ्नो स्वार्थ भने हेरेनन् । शनिबार उम्मेदवारी दर्ताकै अवधीमा प्रधानमन्त्री देउवाले शशांकसँग भेट गरे । आफ्नो उपसभापति लड्न देउवाले गरेको आग्रहमा शशांकको जवाफ थियो – नो । सभापतिमा ‘शेखर दा’ र उपसभापतिमा ‘सुजाता दी’ उम्मेदवार भइसकेपछि शशाकंले कसैलाई अवरोध गरेनन् ।

    निरन्तरको वार्ता र संवादबाट पनि साझा उम्मेदवारको टुंगो नलाग्दा शशांकको निराशा बढेको थियो । शुक्रबार राति साढे १० बजे समूहको बैठकबाट बिना निष्कर्ष बाहिरिँदा शशांकको आँखामा आँसु टिलपिल थियो । ‘मैले त्याग गरेकै छु । साझा उम्मेदवार बनाउन नसक्ने अवस्थामा पुग्दैछौं । कांग्रेस जोगाउन धेरै कष्ट व्यहोर्नुपर्ने देख्छु’, उनले भनेका थिए । पौडेल र आफ्नो त्यागका बाबजुद देउवाविरुद्ध साझा उम्मेदवार नबन्दा निराश देखिएका शशांकले आफ्नो स्वार्थ भने हेरेनन् । शनिबार उम्मेदवारी दर्ताकै अवधीमा प्रधानमन्त्री देउवाले शशांकसँग भेट गरे । आफ्नो उपसभापति लड्न देउवाले गरेको आग्रहमा शशांकको जवाफ थियो – नो । सभापतिमा ‘शेखर दा’ र उपसभापतिमा ‘सुजाता दी’ उम्मेदवार भइसकेपछि शशाकंले कसैलाई अवरोध गरेनन् ।

    ‘सभापतिको दाबी छोड्दा पनि कोइराला परिवार र संस्थापइतर समूहलाई एकताबद्ध बनाउन नसकेकोमा उहाँ चिन्तित हुनुहुन्छ । यद्यपि राजनीतिमा कहिलेकाहीँ यस्तो हुन्छ पनि भन्नुभएको छ’, शशांकका निकटस्थहरू भन्छन् ।

    नवलपरासीबाट लगातार ३ पटक निर्वाचन जितेका शशांक अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । महामन्त्रीका रुपमा पार्टीभित्र मध्यमार्गी भूमिका निर्वाह गरेका शशांक पार्टी एकता जोगाउन आफूले ‘मध्यमार्गी’ बन्नुपरेको बताउँछन् । पार्टीमा नेतृत्व परिवर्तनको पक्षमा उभिएका शशांक अब दाजु शेखरलाई सभापतिमा जिताउने अभियानमा होमिएका छन् ।

    वरिष्ठ नेता पौडेल निर्वाचन प्रक्रियाबाटै अलग हुँदा शशांकले भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ‘मेरो लागि पद ठूलो कुरा होइन । लो प्रोफाइलमा बसेरपनि मैले योगदान गर्नुसक्छु’, शशांकको भनाइ छ ।

  • कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

    कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ ।

    केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो नामावलीअनुसार सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।

    उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा १९ जना उम्मेदवार रहेका छन् । हेर्नुहोस् उम्मेदवारहरूको अन्तिम नामावली :

  • महेश आचार्य भन्छन्- नेता मिलाउनपट्टि लागिनँ, प्रतिनिधिहरूको विवेकमा विश्वास छ

    महेश आचार्य भन्छन्- नेता मिलाउनपट्टि लागिनँ, प्रतिनिधिहरूको विवेकमा विश्वास छ

    वौद्धिक तथा शालिन छविका कांग्रेस नेता महेश आचार्य कांग्रेसको उपसभापति पदका एक प्रत्यासी हुन् । पार्टीका गुटहरूबाट अलग बनेर उनले उपसभापतिमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएका छन् ।

    नेपाली कांग्रेसभित्र लामो बिरासत बोकेको कोइराला घरानाका एक सदस्य हुन् आचार्य । यसपाली यस घरानाबाट सभापतिका उम्मेदवार बनेका शेखर कोइरालासँग आचार्यको पारिवारिक साइनो छ । त्यसका बाबजुद पनि शेखरले उनलाई आफ्नो प्यानलमा नसमेट्नु धेरैका लागि आश्चर्यको विषय रह्यो ।

    २०४६ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेको कांग्रेस नेतृत्वको सरकारमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तन्नेरी उमेरका आचार्यलाई विश्वास गरेर अर्थराज्यमन्त्रीको गहन जिम्मेवारी सुम्पिएका थिए । अर्थशास्त्र पढेका पार्टीभित्रका घाघडान नेताहरूलाई पन्छाउँदै भाञ्जालाई मन्त्री बनाएको भनेर कोइराला आलोचित पनि बने । तर, आचार्यले कुशलतापूर्वक जिम्मेवारी निभाउँदै सफल अर्थमन्त्रीका रुपमा आफूलाई उभ्याए । उनको कार्यकालमा देशका आर्थिक परिसूचकहरू सकारात्मक थिए भने अर्थव्यवस्थामा स्थिरता छाएको थियो ।

    त्यसयता भने आचार्य प्राय लो प्रोफाइलमै रहे । दुईपटक मन्त्री बने पनि उनको धेरै चर्चा भएन । कांग्रेसमा झण्डै तीन दशकदेनि निरन्तर केन्द्रीय सदस्य भए, तर गतिलो भूमिका पाएनन् । २०७४ सालको चुनावमा मोरङबाट पराजित भएपछि उनको राजनीति थप स्खलित बनेको छ ।

    उपसभापति पदको उम्मेदवारी आचार्यका लागि राजनीतिक पुनरुत्थानको अवसर बन्न सक्छ, तर यो त्यति सहज छैन । पार्टीमा दुईजना उपसभापति प्रतिनिधिहरूले निर्वाचित गर्ने प्रावधान छ, जसमा आचार्यसहित ७ जना उम्मेदवार खडा छन् । अरु सबै उम्मेदवारहरूलाई प्यानल वा गुटको समर्थन छ, आचार्य एक्ला छन् । अब उनको दाबेदारी कांग्रेसका पाँच हजार प्रतिनिधिहरूको विवेकमा निर्भर गर्छ ।

    प्यानलमा नअटाए तापनि आचार्यलाई ‘सिरियस क्यान्डिडेट’ मानिएको छ । यसकारण कि आचार्य पार्टीलाई ‘चाहिने मान्छे हुन्’ भन्ने सोच राख्नेहरू कांग्रेस पंतिभित्र प्रशस्तै छन् ।

    आइतबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा आचार्य उत्साही मुद्रामा भेटिए । उनले आफ्नो लागि जित-हार भन्दा पनि मुद्दाको उठान प्रमुख सरोकार भएको बताएका छन् । प्रतिनिधिसँग भोट माग्दै आचार्यले नेपाल प्रेससँग गरेको संक्षिप्त सवालजवाफः

    – उपसभापति पदमा उम्मेदवारी दिएपछि आफ्नो चुनावी माहोल कस्तो पाउनुभएको छ ?

    ठीकठाक छ । उत्साहपूर्णरुपमा महाधिवेशन भइरहेको छ । हामी भोट मागिरहेका छौं । मतदाताहरुले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । म उत्साहित छु ।

    – धेरैको चासो छ, तपाईं कोइराला परिवारनिकट भएर पनि शेखर कोइरालाको प्यानलमा किन अटाउन सक्नुभएन ?

    मलाई लाग्छ, यो त्यति महत्वपूर्ण होइन । वीपीको, गिरिजाबाबुको लिगेसी र परम्परामा हामीले काम गर्‍यौं । गणेशमानजी, किशुनजीको परम्परामा हामीले काम गर्‍यौं । त्यसैले अबको नयाँ पुस्तामा को कहाँ छन् भन्नेले त्यति महत्व राख्दैन । काम गरेर, पार्टीका अघि भएका चुनौतिको सामना गर्दै राष्ट्रिय समस्या समाधान गर्ने प्रयत्नमा हामी लाग्नुपर्छ । हामी सबै एउटै परिवारका अंग हौ ।

    देशका अगाडि ठूला संकटहरू छन् । कोरोनाबाट रिकभरि प्लानका बारेमा हामी बहस गर्न सकिरहेका छैनौ । संसद चलेको छैन, सरकार राम्ररी चलेको छैन । न्याय क्षेत्र अस्तव्यस्त छ । लोकतन्त्रका आधारभूत स्तम्भ खल्बलिएको बेला पार्टीको महाधिवेशन हुँदैछ । यसबाट देशलाई कसरी जोगाउने भन्ने विचार र नीतिमाथि बहस नहुँदा कांग्रेसजन आत्तिएको अवस्था देखेको छु ।

    – र, पनि कुनै पनि प्यानलमा नपर्दा आफ्नो दावेदारी कमजोर बनेको महसुस भएको छैन ?

    त्यस्तो त पटक्कै लागेको छैन । मैले नेतालाई मिलाउन नसकौंला तर पार्टीका प्रतिनिधिहरूप्रति मलाई भरोसा छ ।

    – प्यानलमा नपर्नुमा तपाईंको आफ्नै अनिच्छा हो कि तपाईंलाई बेवास्ता गरिएको हो ?

    मसित दुईवटा विकल्प थियो । नेता मिलाउनेपट्टि लाग्ने कि पाँच हजार साथीहरूको विशाल पंति छ, उहाँहरूको विश्वास जित्ने ? म नेता मिलाउनपट्टि लागिनँ । शक्तिको स्रोत भनेको हाम्रो महाधिवेशन प्रतिनिधिहरू हुन् । त्यसैले उहाँहरूको विवेकमा मैले आफूलाई छोडेको छु । मलाई विश्वास छ, साथीहरूले विवेकको भोट गर्नुहुनेछ । मैले जे समस्या मैले उठाइरहेको छु, देखाइरहेको छु, त्यो समस्या र ती बुँदाहरूमा साथीहरू लामबद्ध हुनुहुनेछ भन्नमा म आशावादी छु ।

    – तपाईंले देखाएका समस्या र मतदातासँग व्यक्त गरेका प्रतिबद्धताहरू के-के हुन् ?

    मैले केही एजेन्डा उठाएको छु । पार्टीमा गम्भीर सांगठनिक समस्यामा छ । गुटबन्दीको रोग छ । धमिराले खाएको जस्तो भएको छ संगठन । आन्तरिक लोकतन्त्रको क्षयीकरण भएको छ । विचार र नीतिप्रधान भएर हामी नेतृत्व चयन गरिराखेका छैनौं । व्यक्तिको अनुहार र गुटगत समीकरणबाट नेता चयन गर्ने पद्धतिमा हिँडेका छौं । यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँदै लगेको छ ।

    देशका अगाडि ठूला संकटहरू छन् । कोरोनाबाट रिकभरि प्लानका बारेमा हामी बहस गर्न सकिरहेका छैनौ । संसद चलेको छैन, सरकार राम्ररी चलेको छैन । न्याय क्षेत्र अस्तव्यस्त छ । लोकतन्त्रका आधारभूत स्तम्भ खल्बलिएको बेला पार्टीको महाधिवेशन हुँदैछ । यसबाट देशलाई कसरी जोगाउने भन्ने विचार र नीतिमाथि बहस नहुँदा कांग्रेसजन आत्तिएको अवस्था देखेको छु ।

    मेरो उम्मेदवारीको उद्देश्य यिनै मुद्दाहरूलाई पार्टीको सर्वोच्च निकायका रूपमा रहनुभएका पाँच हजार प्रतिनिधि माझमा प्रक्षेपित गर्नु हो ।
    मलाई जित-हारको धेरै चिन्ता छैन । यो संकटलाई टाल्नका निम्ति कांग्रेसजस्तो पार्टीले लिनुपर्ने अग्रसरतामा कमि भयो कि भन्ने चिन्ताले म आफ्नो उम्मेदवारीको कुरा गर्दैछु ।

    – महाधिवेशनले कांग्रेसलाई तपाईंले सोचेको दिशामा लैजाला त ? कति आशावादी हुनुहुन्छ ?

    लैजानुपर्छ भन्ने मान्यता हो हाम्रो । संकल्प र अठोट पनि हो ।

    – उपसभापति पदमा आफ्ना प्रतिस्पर्धीहरूलाई कसरी हेर्नुभएको छ ?

    सबैप्रति मेरो शुभेच्छा छ । यो कुनै विरोधी पार्टीहरूबीचको टकराव होइन । हाम्रै पार्टीका सँगै दुख गरेका साथीहरू हुन् । सबैका प्रति शुभेच्छा छ । तर, मैले जिम्मेवारीमा जाने विषय प्रवेश गराएर उम्मेदवारी दिएको छु । सबै साथीहरूको शुभेच्छा पनि मसित रहने आशा गरेको छु ।

    – यस्तो प्यानलगत प्रतिस्पर्धाले कांग्रेसलाई कमजोर बनाउँछ भन्ने लाग्दैन ?

    यो वास्तवमा कुनै विचारमा आबद्ध भएर समूह बनिरहेको छैन । पुराना व्यक्तिका पछाडि कठोर र जटिल बन्दै गएको गुटले क्षति गर्छ भन्ने मलाई लाग्छ । मैले धमिरा भन्ने गरेको छु । गुटबन्दीको धमिरा हाम्रो सांगठनिक संरचनामा प्रवेश गरेको छ । यो घातक हुन्छ भन्ने लाग्छ ।

  • महाधिवेशन प्रतिनिधिसँगै खाना खाए देउवाले

    महाधिवेशन प्रतिनिधिसँगै खाना खाए देउवाले

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशनस्थलमा महाधिवेशन प्रतिनिधिहरूसँगै खाना खाएका छन् ।

    महाधिवेशन प्रतिनिधिहरूका लागि भृकुटीमण्डपमा खानाको व्यवस्थापन गरिएको थियो । सभापति पदका उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले अन्य प्रतिनिधिहरूसँगै लाइनमै उभिएर खाना खाएका हुन् ।

    खाना खानेक्रममा देउवाले प्रतिनिधिहरूसँग भलाकुसारीसमेत गरेका छन् । देउवाले आफू निर्वाचन हारे सरकार पनि ढल्ने भन्दै प्रतिनिधिहरूसँग मत मागेका थिए ।

  • कांग्रेस चुनाव : बाजागाजासहित भोट माग्दै कार्यकर्ता (तस्बिरहरू)

    कांग्रेस चुनाव : बाजागाजासहित भोट माग्दै कार्यकर्ता (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आवश्यक १३४ जनाका लागि झण्डै साढे ५ सय आकांक्षीले मनोनयन दर्ता गरेका छन् ।

    निर्वाचन तालिकाअनुसार मनोनयन फिर्ताको समय बिहान ११ बजेसम्मलाई र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ ।

    नेतृत्वका लागि भिडेका उम्मेदवारहरूले मत माग्न थालिसकेका छन् । आ-आफ्नो प्यानअनुसार समूह-समूह बनाएर कार्यकर्ताहरूले प्रचारप्रसार अभियान थालेका छन् ।

    उम्मेदवारको तस्बिरअंकित टोपी, प्रचारसामग्री बोकेर आफ्ना पक्षका नेतालाई जिताउन बाजागाजासहित उनीहरूले मत मागिरहेका छन् ।

  • युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता लिँदै, शेखरलाई समर्थन गर्ने

    युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता लिँदै, शेखरलाई समर्थन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । उम्मेदवारी फिर्ता लिएर उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइराला खेमालाई सर्मथन गर्ने भएका हुन् ।

    यसबारे जानकारी गराउन न्यौपानेले पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

  • अपराधको दुनियाँबाट राजनीतिमा प्रवेश, कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै दुई चर्चित डन

    अपराधको दुनियाँबाट राजनीतिमा प्रवेश, कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै दुई चर्चित डन

    काठमाडौं । गुण्डागर्दी र अपराधको दुनियाँमा चर्चित भएर जेलनेल भोगेपछि राजनीतिमा लागेका दुई ‘बाहुबली नेता’ कांग्रेसको केन्द्रीय सदस्य उम्मेदवार बनेका छन् । जीवनभर कांग्रेसको निष्ठाको राजनीति गरेका रामचन्द्र पौडेल अस्वस्थ प्रतिस्पर्धा भयो भनेर बाहिरिँदै गर्दा गुण्डा नाइकेको उपाधी पाएका गणेश लामा र राजु गोर्खाली भने कांग्रेस नेतृत्वका लागि भिडेका छन् ।

    कांग्रेसको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा राजु गोर्खाली र गणेश लामा क्रम ७६ नम्बर र १०२ नम्बरको उम्मेदवार भएका छन् । उनीहरू दुवैजना सभापति उम्मेदवारको प्यानलमा पर्ने प्रयासमा छन् ।

    राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली ५० को दशकमा गुण्डागर्दी र अपराधको दुनियाँका चर्चित हस्ती थिए । २०५९ सालमा उनले रोयल डिस्को दरवारमार्गमा राजन लिम्बुलाई तरबार हानेर हत्या गरेपछि १० वर्ष जेल सजाय पनि भोगे ।

    जेलबाटै उनले अपराधको दुनियाँ चलाउँथे । पछिल्लोपटक २०७६ माघमा अपराध महाशाखाले विभिन्न व्यक्तिलाई धम्की दिएर पैसा असुल गरेको आरोपमा पक्राउ गरी उनीविरुद्ध आपराधिक ठगी तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाएको थियो ।

    गोर्खा घर भएका गोर्खाली काठमाडौंको चाबहिल क्षेत्रलाई आफ्नो आधार इलाका बनाएर गुण्डागर्दी थालेका थिए । पछि उनी काठमाडौंकै महसुर डन बने । तर, महाधिवेशन प्रतिनिधि भने उनी सिन्धुपाल्चोकबाट बनेका छन् ।

    गोर्खा घर र काठमाडौं कार्यथलो भएका गोर्खाली ईन्द्रावती गाउँपालिकाको भोटशिपाबाट क्रियाशील सदस्य लिएको पाइएको छ । कांग्रेस सहमहामन्त्रीका उम्मेदवार विकास लामाको वडाबाट उनले सदस्यता लिएर ३० लाखभन्दा बढी नगद खर्च गरी चौथो लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि जितेको सिन्धुका कांग्रेसहरू बताउँछन् ।

    उनी डा. शेखर कोइरालाको प्यानलमा पर्न खोजिरहेका छन् । तर, उनी विगतमा शेरवहादुर देउवा निकट थिए । अर्का बाहुबली गणेश लामा देउवाको प्यानलबाट पर्ने भएपछि गोर्खाली अर्को प्यानलमा पर्न प्रयासरत रहेका छन् ।

    अपराधको दुनियाँका चर्चित डन गणेश लामा भने यसअघि काभ्रेबाट कांग्रेसको उम्मेदवार भइ प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए । उनीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा चलिरहेका छन् ।

    हत्या, अपहरण, फिरौतीलगायतका मुद्दामा पटक-पटक जेल परेका लामामाथि अर्को गुण्डा समूहले दुई वर्षअघि गौशालामा गोली हाने पनि उनी बाँच्न सफल भएका थिए ।

  • यी हुन् कांग्रेसका सबै पदका उम्मेदवार, खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी (सूचीसहित)

    यी हुन् कांग्रेसका सबै पदका उम्मेदवार, खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा निर्वाचित हुन मैदानम उत्रिएका उम्मेदवारहरुले मत माग्न थालिसकेका छन् । निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि आइतबार विहान ११ बजेसम्मको समय दिएको छ ।

    महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्वमा १३४ जना आउँने छन् ।

    कांग्रेसमा सबैभन्दा बढी उम्मेदवारी खुला केन्द्रीय सदस्यमा परेको छ । खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुनेमा तेब्बर बढी अर्थात ११० जनाको उम्मेदवारी परेको छ ।

    कांग्रेसका कुन पदमा को-को उम्मेदवार छन् ? हेर्नुस् सूची

  • कांग्रेस केन्द्रीय सदस्यमा दुई नेता निर्विरोध

    कांग्रेस केन्द्रीय सदस्यमा दुई नेता निर्विरोध

    काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा दुईजना निर्विरोध निर्वाचित भएका छन् ।

    प्रदेश २ बाट खुला केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका हुन् । यस प्रदेशमा आवश्यक दुई केन्द्रीय सदस्यमध्ये तीनजनाको उम्मेदवारी परेकोमा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विरोध भएका निर्वाचन समितिले जनाएको छ ।

    आज ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । कांग्रेको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुँदैछ ।

  • कांग्रेस महाधिवेशनः आज मनोनयन दर्ता, उम्मेदवार छान्न दुवै समूहलाई सकस

    कांग्रेस महाधिवेशनः आज मनोनयन दर्ता, उम्मेदवार छान्न दुवै समूहलाई सकस

    काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता हुनेछ । तर, अझैसम्म कांग्रेसका देखिएका दुई समूहबीच उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

    उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।

    त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११ बजेसम्म फिर्ता गरेपछि दिउँसो सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।

    कांग्रेस विधानअनुसार १ सभापति , २ उपसभापति , २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १ सय ३४ सदस्यीय कार्यसमितिका लागि आज मनोनयन दर्ता हुन लागेको हो । मतदान बजे सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

    संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा कृष्ण सिटौला समूहका नेता प्रदिप पौडेलले उम्मेदवारी दिने सहमति भएको बताइएको छ । तर, उक्त समूहका महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्माले यसबारे प्रष्ट धारणा सार्वजनिक गरेका छैनन् । त्यस्तै उससभापति र सहमहामन्त्रीसँगै सदस्यहरुका लागि उम्मेदवार टुंग्याउन उक्त समूहले छलफल गरिरहेको छ ।

    संस्थापनइतर समूहमा सभापतिकै उम्मेदवार टुंग्याउन सकस भइरहेको छ । साझा उम्मेदवार तय गर्न शुक्रबार राति अबेरसम्म बसेको नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठकमा पनि सहमति जुट्न सकेन । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार तय गर्नेबारे गरेको छलफल सकरात्मक दिशमा अघि बढे पनि सहमति हुन नसकेको नेता शेखर कोइरालाले जानकारी दिए ।

    खासगरी कोइराला र नेता प्रकाशमानसिंहले अडान नछाडेपछि समहमतिमा सकस परेको बताइएको छ । उक्त समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशमानसिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा आकांक्षा गरेका छन् । शशांकले सहमति हुने अवस्थामा आफू बाधक नबन्ने बताइसकेका छन् ।

    त्यस्तै पौडेलले पनि सहमति भएको अवस्थामा आफू बाधक नबन्ने बताएका छन् । यद्यपि, दुई नेताले एकोहोरो दाबी गरिरहँदा आफू साझा उम्मेदवार बन्न पाउने आश पौडेललाई छ ।

    नेता विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताइरहेका छन् ।

  • संस्थापनइतरमा जुटेन सहमति, शेखर र प्रकाशमानको अडान कायमै

    संस्थापनइतरमा जुटेन सहमति, शेखर र प्रकाशमानको अडान कायमै

    काठमाडौं । साझा उम्मेदवार तय गर्न शुक्रबार राति अबेरसम्म बसेको नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठकमा पनि सहमति जुट्न सकेन । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार तय गर्नेबारे गरेको छलफल सकरात्मक दिशमा अघि बढे पनि सहमति हुन नसकेको नेता शेखर कोइरालाले जानकारी दिए ।

    खासगरी कोइराला र नेता प्रकाशमानसिंहले अडान नछाडेपछि समहमतिमा सकस परेको बताइएको छ । उक्त समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशमानसिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा आकांक्षा गरेका छन् । शशांकले सहमति हुने अवस्थामा आफू बाधक नबन्ने बताइसकेका छन् ।

    त्यस्तै पौडेलले पनि सहमति भएको अवस्थामा आफू बाधक नबन्ने बताएका छन् । यद्यपि, दुई नेताले एकोहोरो दाबी गरिरहँदा आफू साझा उम्मेदवार बन्न पाउने आश पौडेललाई छ ।

    सभापतिसँगै अरु पदाधिकारी र सदस्यहरुमा पनि नेताहरुबीच कुरा मिलेको छैन । नेता कोइरालले आज १० बजे भित्रमा सभापतिसँगै अरु पदाधिकारीका उम्मेदवारको टुंगो लाग्ने बताएका छन् ।

    नेपाली कांग्रेसको हिजोदेखि सुरु १४ महाधिवेशन अन्तरगत आज नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता हुनेछ ।

  • शेखर फर्किएपछि पौडेल पक्ष पुन: छलफलमा, प्रकाशमान आएनन्

    शेखर फर्किएपछि पौडेल पक्ष पुन: छलफलमा, प्रकाशमान आएनन्

    काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतरको बैठक फेरि सुरू भएको छ । १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न अनुपम फुडल्याण्डमा बसेको बैठक सहमति जुट्न नसकेपछि अघि नेताहरू बाहिरिएका थिए ।

    शेखर कोइराला फर्किएपछि छलफल पुन: सुरू भएको हो । सभापतिका आकांक्षीमध्येका एक प्रकाशमान सिंह भने बैठकमा उपस्थित छैनन् । साझा उम्मेदवार छान्न दबाब दिँदै बैठकस्थलबाहिर कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

    कांग्रेसको नयाँ नेतृत्वका लागि संस्थापन समूहबाट वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिका एक्ला दाबेदार छन् । संस्थापनइतरबाट भने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला प्रत्यासी छन् ।

    संस्थापनइतरबाट साझा उम्मेदवारका लागि सहमति गर्न नेताहरूलाई दबाब दिँदै कार्यकर्ता

  • कांग्रेस सभामा राजसंस्थाको बहस, निशानामा परे लिङदेन ! (भिडिओ)

    कांग्रेस सभामा राजसंस्थाको बहस, निशानामा परे लिङदेन ! (भिडिओ)

    काठमाडौं । पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कत्ति पनि ठ्याक मिल्दैन । हालै दुईपटकको पार्टी विभाजनबाट अलगथलग बनेयता उनीहरू एकअर्कालाई गाली गरेर थाक्दैनन् । तर, आज उनीहरु ‘वाध्यताबस’ एउटै मञ्चमा देखा परे ।

    अवसर थियो नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह । सत्तारुढ गठवन्धनका सहयात्री दलको महाधिवेशनमा प्रचण्ड र नेपाल जाने त निश्चित नै थियो । एमाले अध्यक्ष ओलीले पनि कांग्रेसको आमन्त्रण पन्छाउन चाहेनन् । यसअघि एमाले महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएकाले त्यसको पैंचो पनि तिर्नुपर्ने थियो उनलाई ।

    एकसाथ मञ्चमा उभिए पनि तीन नेताबीच खासै सौहार्दता देखिएन । उनीहरुले एकअर्कालाई वास्ता गरेनन् । नमस्कार आदानप्रदानसम्म भएन । ओली र प्रचण्डबीच भने एकपटक संवाद भएको देखियो ।

    भाषणमा पनि उनीहरूबीच कटाक्ष र घोचपेच भयो नै । तर, एउटा कुरामा भने तीनै नेताको मतो मिलेको देखियो । प्रसंग थियो राजसंस्थाको । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको भाषणविरुद्ध उनीहरू एक ठाउँ उभिएका थिए ।

    लिङदेनले कांग्रेसको मञ्च उपयोग गर्दै राजसंस्थाको वकालत गरेका थिए । उनले नेताहरुलाई जनताले ‘चोर’ को नजरले हेर्न थालेको दावी पनि गरेका थिए । फलतः गणतन्त्रवादी नेताहरुका लागि लिङदेनको अभिव्यक्ति ‘गरम मसला’ बन्यो । ओली, प्रचण्ड र नेपाल तीनैजनाले लिङदेनलाई निशाना बनाए ।

    के भनेका थिए लिङदेनले ?

    लिङदेनले आफ्नो भाषणमा देशको राजनीति लिकबाहिर गएको र जनतामा नेताहरुले आफ्नो विश्वास गुमाएको बताएका थिए ।

    उनले भनेका थिए, ‘देशको राजनीति ठीक छैन । राजनीति ठीक लगाउनुपर्ने नेताहरुले हो । तर नेताहरुले पूर्णंरुपमा जनताको विश्वास गुमाएको अवस्था छ । मेरो गाउँतिर आजकाल नेता आउँदा मान्छेले कुन नेता भनेर नाम सम्झिदैनन्, कुन चैं चोर आएछ भनेर भन्छन् ।’

    देशको राजनीतिलाई ठीक गर्नका लागि राजसंस्था चाहिने लिङदेनले बताए ।

    लोकतन्त्र र गणतन्त्रका निम्ति लडेका दलका शीर्ष नेताहरूले लिङदेनको अभिव्यक्ति पचाउन सकेनन् । सबैभन्दा पहिले उनलाई जवाफ दिए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ।

    नेता नेपाल आफ्नो भाषणको सुरुमै लिङदेनमाथि खनिए । प्रतिगामी तत्वहरुलाई टाउको उठाउन खोजेको भन्दै उनले बगेको खोला फेरि पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए ।

    नेपालले भने, ‘अब नेपालका राजतन्त्रको कुनै भविष्य छैन । पूर्वराजाले बरु नयाँ पार्टी खोले हुन्छ । वा, व्यापार गरेर बसे हुन्छ ।’

    त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लिङदेनमाथि निशाना साँधे ।

    उनले भने, ‘एकजना वक्ताले नेताहरू आए भने गाउँ घरमा चोर आयो भन्छन् भन्नुभएको तपाईंहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ?’

    त्यसपछि आफैंले जवाफ दिए, ‘होइन । गलत हो । यो केको निम्ति भनियो ? लोकतन्त्रका लागि संघर्ष गरेका दल र नेतालाई बदनाम गर्न खोजिन्छ भने त्यो निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ ।’

    प्रचण्डपछि बोलेका एमाले अध्यक्ष ओलीले आफ्नै शैलीमा लिङदेनको अभिव्यक्तिको खिल्ली उडाए । उनले लिङदेनलाई भर्खरै जन्मेको बाच्छोसँग तुलना गरेका थिए ।

    ओलीले भने, ‘आजको समयमा पनि जन्मसिद्ध श्रेष्ठताको कुरा कुरा गर्नु आश्चर्यजनक छ । नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्न ?’

    लिङदेनको नाम नलिइकन ओलीले भने, ‘केही साथीहरुलाई भर्खर भर्खर अध्यक्ष भएको रापताप हुन सक्छ । भर्खर जन्मेको बाँच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ क्या । अलिक समयमा ठीकमा आउला भन्ने लाग्छ मलाई ।’

    ‘उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ-नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाच्छो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।’

  • ओली बोलेर हिँडेपछि भुकुटीमण्डपबाट धमाधम बाहिरिए सहभागी

    ओली बोलेर हिँडेपछि भुकुटीमण्डपबाट धमाधम बाहिरिए सहभागी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा केपी ओली बोल्दा-बोल्दै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पालैपालो बाहिरिए ।

    अझ रोचक दृष्यचाहिँ ओली बोलेर हिँडेपछि दर्शकदीर्घामा रहेका सहभागी पनि बाहिरिन थाले । ओली बोलेर हिँडेलगत्तै सहभागीहरू धमाधम निस्किन थालेका थिए ।

    त्यसपछि कांग्रेसका पदाधिकारीको लम्बेतान भाषण चल्न थालेपछि भृकुटीमण्डपको महाधिवेशनस्थलका कुर्सी खाली हुन थालेका छन् । सभापति शेरवहादुर देउवाले सम्बोधन गर्ने बेलासम्म साँझ झमक्क हुने देखिएको छ ।

  • देउवालाई बीचमा राखेर ओली-प्रचण्डको संवाद

    देउवालाई बीचमा राखेर ओली-प्रचण्डको संवाद

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाविशेनलाई सुभकामना दिन नेकपा (एमाले) का केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत आए ।

    संयोग नै मान्नुपर्छ कांग्रेस माधिवेशनले नै तत्कालीन नेकपाबाट विभाजित भएका नेताहरु ओली, प्रचण्ड र माधव नेपाललाई धेरै पछि एकै मञ्च सेयर गर्ने अवसर जुरायो । गत पुसदेखि ओली र प्रचण्डबीच प्रत्यक्ष भेट भएको थिएन । त्यस्तै ओली माधव नेपाल भेट गत २३ असारयता भएको थिए ।

    एकअर्काको अस्तित्व अस्वीकार गर्दै आएका उनीहरूले कांग्रेस कार्यक्रमको शुरुवातमा संवादको त कुरै छाडौं इसारले एकआपसमा समेत हेरेनन् । ओली कार्यक्रममा ढिला आएका थिए । उनी आउँदा मञ्चमा बसेका नेताहरूले नमस्कार गर्दै स्वागत गरेका थिए ।

    तर, कार्यक्रमको अन्तिममा भने यस्तो अवस्था तोडियो । आफ्नो सम्बोधन सकेर प्रचण्डले देउवासँग कार्यक्रमबाट बिदा माग्दै थिए। त्यही बेला आफूले सम्बोधन गरिरहेको माइक बन्द भएपछि ओली पनि पोडिएयमबाट आफू पहिले बसिरहेकै स्थानमा आए ।

    त्यही बेला ओली र प्रचण्डबीच संक्षिप्त भलाकुसारी भयो । प्रचण्डले कार्यक्रमबाट बिदा हुँदै गर्दा देउवालाई नमस्कार फर्काए । जानै लागेका प्रचण्डलाई ओलीले पनि हात उठाउँदै नमस्कार गरे । लगत्तै प्रचण्डले पनि जवाफमा हात फर्काए । माधव नेपालले भने पहिले नै मञ्च छोडिसकेका थिए ।

    आज भएको ओली-प्रचण्डको संवादले उनीहरूबीचको तिक्ततालाई थोरै भए पनि कम गर्ला कि ।