Tag: ए डिभिजन

  • रेफ्रीमाथि खनिदै ए डिभिजन लिग क्लबहरु

    रेफ्रीमाथि खनिदै ए डिभिजन लिग क्लबहरु

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग समापन नजिक पुग्दा लिग विजेता र रेलिगशेनबाट जोगिन संघर्षरत टिमबीचको लडाई रोचक देखिएको छ । सबै क्लबहरु दबाबमा रहेकाले त्यसको मार रेफ्रीमाथि परेको छ ।

    आईतबार च्यासल रंगशालामा उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबसँग २-१ गोलको हार बेहोरेपछि रेफ्री प्रञ्जल क्षेत्रीले पेनाल्टी नदिएको भन्दै विवादमा उत्रिएको थियो । मच्छिन्द्रका आषिश श्रेष्ठ रेफ्री क्षेत्रीमाथि हातपात गर्न गएसँगै रातो कार्डको दर्शन गर्दै बाहिरिएका थिए ।

    त्यसपछि रेफ्री माथिको आक्रोश खेल हेर्न आएका दर्शकमाथि पोख्दै मछिन्द्रका टिम म्यान्जर अनिल श्रेष्ठ भनाभनमा उत्रिएका थिए।

    खेलपछि मच्छिन्द्रका प्रशिक्षक किशोर कुमार केसीले रेफ्रीले गलत निर्णय दिएका कारण खेल हारेको र विवाद समेत उत्पन्न भएको बताए ।

    त्यसपछि साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ मस्र्याङदी क्लब र फ्रेन्ड्स क्लबबीचको खेलमा पनि पेनाल्टीको निर्णय विवादित बन्दा रेफ्री कविन व्यञ्जनकारमाथि हातपातको प्रयास भयो ।

    खेलको ८६औं मिनेटमा मनाङका चेतन थारुले उत्तम राईमाथि फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । अमित तामाङले पेनाल्टीको सदुपयोग गरेसँगै मनाङले फ्रेन्ड्ससँग को बराबरी खेलेको थियो ।
    सो पेनाल्टीको निर्णयपछि नै पटक पटक फोर्थ अफिसियसँग विवाद गर्न पुगेका मनाङका अध्यक्ष विजय घले १० मिनेटको इन्जुरी मिनेट थप हुँदा थप आक्रोशित बनेका थिए ।

    उनी पटक पटक म्याच अफिसियलमाथि विवाद गर्न पुग्दा लिग निर्देशक सञ्जिव मिश्र र एन्फाका उपाध्यक्ष विराटजंग शाहीले सम्झाएका थिए । तर उनले त्यहीबाट प्यारापिटमा रहेका मनाङका पदाधिकारीलाई मैदानमा ओर्लन आग्रह गरेका थिए ।

    खेल सकिए लगत्तै अपशब्द प्रयोग गर्दै घले व्यञ्नकारमाथि हात हाल्न पुगेका थिए । व्यञ्जनकारसहित रेफ्रीको टोलीलाई जोगाउन सुरक्षा गार्ड हम्मे परेको थियो ।
    विवाद त्यतीमा रोकिएन, मनाङका एक पदाधिकारीले फ्रेन्ड्स क्लबका खेलाडीलाई लक्षित गर्दै प्लेयर बक्समा कुर्सी प्रहार गरेका थिए । प्रहरीले ती पदाधिकारीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि केही क्षणमा छोडेको थियो ।

  • ‘ए’ डिभिजन लिगः सातौं चरण सकिँदा मछिन्द्र सफल, मनाङ निराश

    ‘ए’ डिभिजन लिगः सातौं चरण सकिँदा मछिन्द्र सफल, मनाङ निराश

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौं चरणका खेलहरू सकिएका छन् । सातौं चरणको समाप्तीसम्म ४९ खेल भए ।
    सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रका लागि सातौं चरण निकै महत्वपूर्ण रह्यो ।

    नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा हारेको अवस्थामा मछिन्द्रले एएफसी कप छनोट चरणमा स्थान बनाउने अवसर गुमाउने थियो । तर, पुलिसलाई १-० गोलको नतिजामा पराजित गर्दै तालिकाको शिर्ष स्थानमा रहेर एएफसी कप छनोट खेल्ने पक्का गरेको थियो ।

    सातौं चरणका सात खेलमा कुल १३ गोल भएका छन् । जसमध्ये, फ्रेन्डस क्लब र न्युरोड टीम (एनआरटी) बीचको खेलमा सर्वाधिक ५ गोल भए । उक्त खेलमा एनआरटीले फ्रेन्डसलाई ३-२ गोलको नतिजामा पराजित गरेको थियो ।

    दशरथ रंगशालामा भएको सातौं चरणको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले १-१ गोलको बराबरी खेलेका थिए । तेस्रो खेलमा थ्री-स्टार क्लब र जावलाखेल युथ क्लबको खेल पनि १-१ गोलको नतिजामा सकिएको थियो ।

    यस्तै, पोखरा रंगशालामा भएको चौथो खेलमा मनाङ मर्स्याङदी क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध १-० गोलको नतिजामा जित निकालेको थियो । पाँचौं खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

    सातौं चरणको अन्तिम खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब हिमालयन शेर्पासँग १-० गोलको नतिजामा पराजित भएको थियो ।

    सातौं चरणको सामप्तिमा मछिन्द्र १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यस्तै, मनाङ १७ अंकसहित दोस्रो स्थानमा, संकटा १३अंकसहित तेस्रो स्थानमा छ । सात खेलबाट समान ११अंकसहित आर्मी चौथो र शेर्पा पाँचौं स्थानमा छ । समान १० अंकसहित थ्रि-स्टार छैठौं स्थानमा र गोल अन्तरका आधारमा एनआरटी सातौं स्थानमा छ ।

    यस्तै, आठ अंकसहित सातदोबाटो आठौं, जावलाखेल सात अंक जोडेर नवौं स्थानमा रहँदा समान ६ अंक जाड्दै एपीएफ १०औं र पुलिस ११औं स्थानमा छन् । पाँच अंकसहित ब्रिगेड १२औं स्थानमा छ । च्यासल पाँच र फ्रेन्ड्स तीन अंक जोड्दै रेलिगेसन जोनमा छन् ।

    एन्फाले सर्वजानिक गरेको तालिका अनुसार आठौं चरणको खेलहरू शुक्रबारदेखि सुरू हुनेछ ।

  • ‘ए’ डिभिजनअन्तर्गत सातौं चरणको अन्तिम खेल आज, सातदोबाटो र शेर्पा क्लब भिड्दै

    ‘ए’ डिभिजनअन्तर्गत सातौं चरणको अन्तिम खेल आज, सातदोबाटो र शेर्पा क्लब भिड्दै

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज नवप्रवेशी सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने सातौँ चरणको अन्तिम खेल एक बजे सुरू हुनेछ ।

    सुरूआती खेलहरूमा राम्रो लयमा रहेको सातदोबाटो केही खेल यता राम्रो प्रदर्शन गर्न सकेको छैन । सातदोबाटो ६ खेलमा २ जित, २ हार र २ बराबरीसहित ८ अंकजोडेर लिग तालिकाको सातौं स्थानमा छ ।

    यस्तै, शेर्पा लगातार तेस्रो जितको खोजीमा रहनेछ । पाँचौ चरणमा ब्रिगेड ब्वाइज क्लबलाई ३-१ गोलको नतिजामा र छैठौं चरणमा च्यासल युथ क्लबलाई ३-१ गोलको नतिजामा हराउँदै शेर्पाले लगातार दुई जित निकालेको थियो ।

    शेर्पा ६ खेलमा २ जित,२ हार र २ बराबरीको नतिजा निकाल्दै तालिकाको आठौं स्थानमा छ ।

  • ‘ए’ डिभिजन लिगः आज दुई खेल हुने

    ‘ए’ डिभिजन लिगः आज दुई खेल हुने

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणको अन्तिम खेलमा आज संकटा युथ क्लब र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज भिड्दैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने पहिलो खेल १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४:४५ बजे सुरू हुनेछ ।

    पहिलो चरणमा हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी खेलेको संकटाले दोस्रो चरणमा फ्रेन्ड्स क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको थियो । यस्तै, तेस्रो चरणमा मनाङ मर्स्याङदी क्लबसँग २-२ को बराबरी खेलेको थियो । तीन खेलबाट ५ अंक जोड्दै संकटा लिग तालिकाको छैठौँ स्थानमा छ ।

    यस्तै, पहिलो चरणमा त्रिभुवन आर्मी क्लबसँग १-१ को बराबरी खेलेको पुलिसले दोस्रो चरणमा जावलाखेललाई १-० को नजिजामा हराएको थियो । तेस्रो चरणमा मा शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो । तीन खेलमा ५ अंक जोडेको पुलिस तालिकाको सातौँ स्थानामा छ ।

    पहिलो चरण्मा मनाङसँग १-० को नतिजामा हारेको जावलाखेल दोस्रो चरणमा सोही १-० को नतिजामा पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमा मछिन्द्रसँग २-० गोलको नतिजामा पराजित भएको जावलाखेल । लिगमा जितविहीन रहँदै तालिकाको पुछारमा छ ।

    पहिलो चरणको खेलमा एपीएफ क्लबलाई ३-२ को नतिजामा पराजित गरेको ब्रिगेडले दोस्रो चरणमा न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, तेस्रो चरणमा आर्मीसँग १-० नतिजामा हारेको थियो । तीन खेलबाट ४ अंकसहित ब्रिगेड तालिकामा नवौं स्थानमा छ ।

  • ए डिभिजन लिग चार दिनपछि सर्‍यो

    ए डिभिजन लिग चार दिनपछि सर्‍यो

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा कात्तिक २९ गतेदेखि सुरू हुने तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग चार दिनपछि सरेको छ । पहिलेदेखि नै ‘विकइन्ड’ गर्ने जमर्को रहेको र प्रत्यक्ष प्रशारणका लागि पनि उपयुक्त समय हुने भएकाले लिग शुक्रबारदेखि सुरू गर्न लागिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

    ‘हाम्रो योजना पनि विकइन्डमा खेलाउने भन्ने हो,’ उनले नेपाल प्रेससँग भने, ‘ब्रोडकास्टरका लागि पनि त्यो समय उपयुक्त हुने भएकाले हामीले चार दिन ढिलो गरेर मंसिर ३ गते शुक्रबारदेखि लिग सुरू गर्ने निर्णय गरेका हौं ।’

    कान्तिपुर टेलिभिजनबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरू प्रत्यक्ष प्रशारण हुनेछ । ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदैछन् ।

    लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोवाटो युथ क्लब आमने सामने हुने छन् । १४ टिमको सहभागीता रहने ए डिभिजन लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।