Tag: एल क्लासिको

  • एल क्लासिको: रियालमाथि बार्सिलोनाको सानदार जीत

    एल क्लासिको: रियालमाथि बार्सिलोनाको सानदार जीत

    काठमाडौं । पिअर इमरिक औभमयाङको दुई गोल प्रेरित रियाल मड्रिडलाई ४–० गोलको नतिजामा पराजित गर्दै बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

    रियालको घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा सानदार जीत निकाल्दै बार्सिलोनाले रियालसाँगको लगातार पाँच हारको शृङखलामा पूर्णविराम लगाएको छ ।

    खेलको २९औं मिनेटमा औभमयाङको गोलमा अग्रता बनाएको बार्सिलोनाले ३८औं मिनेटमा रोनाल्ड अराजोको गोलमा अग्रता दोब्बर बनाएको थियो ।

    पहिलो हाफमा रियालमाथि दबाब बनाएको बार्सिलोनाले दोस्रो हाफमा पनि उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

    फेरन टोरेसले ४७औं मिनेटमा गोल गरेसँगै बार्सिलोनाले तीन गोलको अग्रता बनाएको थियो ।

    औभमयाङले ५१औं मिनेटमा गरेको गोल बार्सिलोनाको जीतका लागि पर्याप्त बन्यो । बार्सिलोना यसअघिका १० खेलमा अपराजित छ ।

    जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंकसहित तालिकोको तेस्रो स्थानमा उक्लिएको छ । पराजित रियाल २९ खेलबाट ६६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

    दोस्रो स्थानको सेभिल्लाको ५७ अंक छ ।

  • सिजनको पहिलो एल क्लासिको आज

    सिजनको पहिलो एल क्लासिको आज

    काठमाडौं । युरोपेली फुटबलका दुई महारथी क्लब– रियाल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको आइतबार राति हुँदैछ । घरेलु मैदानमा हुने सिजनको पहिलो एल क्लासिकोमा जित हासिल गर्दै मड्रिडभन्दा दुईले पछाडि रहेको बार्सिलोना ‘ओभरटेक’ गर्ने योजनामा छ ।

    नेपाली समयअनुसार राति ८ बजे सुरु हुने खेलमा विश्व फुटबलका दुई चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी एकै पटक अनुपस्थित रहने छन् । रोनाल्डोले २०१९ मै स्पेन छाडेका थिए भने बार्सिलोनाका कप्तान पनि यसै सिजन फ्रान्स सरुवा भएसँगै यो वर्षको एल क्लासिकोको ‘चार्म’ घटेको छ ।

    विगतको तुलनामा इनिएस्टा, जाभी, मेसी, रोनाल्डो, रामोस, लगायतका खेलाडी नहुँदा चर्चा कम भए पनि दुई क्लबको ‘राइभरी’ले विश्व फुटबलमा छुट्टै तरङ्ग पैदा गर्छ नै ।

    स्पेनिस ला लिगाको अंक तालिकामा ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ भने समान खेलबाट १७ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ ।