Tag: एमसीसी

  • एमसीसी अध्ययन कार्यदलको बैठक खनाल निवासमा

    एमसीसी अध्ययन कार्यदलको बैठक खनाल निवासमा

    काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययनका लागि बनाएको कार्यदलको पहिलो बैठक सुरू भएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलको पहिलो बैठक खनाल निवास डल्लुमा बसेको हो ।

    सरकारले एमसीसी सदनमा अगाडि बढाउन चाहेपछि आइतबार गठबन्धन र सर्वदलीय बैठक आह्वान गरेको थियो । दुवै बैठकमा कांग्रेस बाहेकका दल एमसीसी संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेपछि कार्यदल बनाइएको थियो ।

    खनालको नेतृत्वमा रहेको ३ सदस्यीय एमसीसी अध्ययन कार्यदलमा नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् । एमसीसीका विवादित भनिएका बुँदा अध्ययन गरेर गठबन्धनको अर्को बैठकमा राख्नेगरी कार्यदल गठन भएको थियो ।

    कार्यदलले अध्ययन प्रतिवेदन पेस गरेपछि त्यसबारे साझा धारणा बनाएर जाने प्रयास गठनबन्धनमा हुनेछ । सत्ताको नेतृतव गरेको नेपाली कांग्रेस एमसीसी अनुमोदन गरेर जानुपर्ने चाहन्छ भने सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गरेरमात्रै अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।

  • एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण (भिडि‌ओ)

    एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण (भिडि‌ओ)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना भएकाले सम्झौता अघि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।

    मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग उनले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरू भएको बताए ।

    उनले भने, ‘नेपालको विकासका लागि पूर्ववर्ति सरकारहरूको पालामै एमसीसी अगाडि बढेको हो । सरकार र एमसीसी परियोजनाको बीच धेरै वर्षअघि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व हो ।’

    एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको प्रष्ट्याए । मन्त्री खाणले भने, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित यो परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो ।’

  • एमसीसीबारे तोडिएला गगन थापाको मौनव्रत ?

    एमसीसीबारे तोडिएला गगन थापाको मौनव्रत ?

    काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा नवनिर्वाचित महामन्त्री गगनकुमार थापा हिजो शीर्ष नेताहरूसहितको सर्वदलीय वैठकमा सहभागी भए । उक्त वैठकको मुख्य एजेन्डा थियो, एमसीसी अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेशन ।

    पार्टीको महामन्त्रीका रूपमा सहभागी भएको पहिलो महत्वपूर्ण बैठक नै गगनका लागि पेचिलो पर्‍यो । एमसीसी वर्षौंदेखि गिजोलिएर अति विवादित बनेको मुद्दा हो, जसलाई लिएर देशमा तीब्र ध्रुवीकरण छ । राजनीतिक वृत्त दुई कित्तामा बाँडिदा जनताको ठूलो हिस्सा एमसीसीको विरोधमा छन् । एमसीसीका पक्षमा रहेका नेताहरू पनि आलोचनाको डरले सार्वजनिकरूपमा बोल्न डराउँछन् । गगन थापाको दु:ख पनि यही हो ।

    एमसीसीमा केन्द्रित हिजोको बैठकमा गगनले के बोले भन्ने चासो धेरैलाई हुन सक्छ । उनी नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा बैठकमा सहभागी भएका हुन् । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा स्पष्ट छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न हतारिएका छन् । यसकै लागि उनले वैठक राखेका थिए । सरकारले बोलाएको चालु अधिवेशनको मुख्य टास्क पनि एमसीसी नै हो ।

    बुझिएअनुसार वैठकमा गगनले आफ्नो पार्टीको नीतिविपरित कुनै फरक राय राखेनन् । उनी खासै बोलेनन् पनि । देउवा स्वयम् वैठकमा सहभागी रहेकाले गगनले बोल्नैपर्ने बाध्यता पनि थिएन । तर, आगामी निमा गगनलाई नबोली उम्किने सुविधा सधैँ नमिल्न सक्छ, किनकी उनी अब कांग्रेसको उच्च पदमा छन् । आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न अन्तिम बल लगाइरहँदा उनी तटस्थ बसिरहन मिल्दैन ।

    देशका हरेक जल्दाबल्दा विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने नेता हु्न् गगन । सार्वजनिक सरोकारका मुद्दामा व्यक्तिगत धारणा राख्नुअघि पहिले संसदमा आवस भनेर पर्खि बस्दैनन् उनी । कहिलेकाहीँ महत्वहीन खुद्रा विषयमा पनि फेसबुक टिप्पणी गर्न भ्याइरहेका हुन्छन् । तर, एमसीसीजस्तो जनस्तरमै व्यापक बहस भइरहेको र अनेकन भ्रमहरू फैलाइएको मुद्दामा उनले निराशाजनरूपमा मौनव्रत धारण गरिरहेका छन् । संसदमा गएपछि मात्रै बोल्छु भन्नु उनको ‘काइते’ प्रतिक्रिया हो ।

    त्यसो त गगन स्वयम् एमसीसीका पक्षधर हुन् । उनी सुरूदेखि नै एमसीसी पारित हुनुपर्नेमा स्पष्ट रहेको निकटस्थहरू बताउने गर्छन् । तर, सार्वजनिकरूपमा अहिलेसम्म उनले कतै पनि एमसीसीको वकालत गरेको सुनिएको छैन । न त आलोचना नै गरेका छन् । एमसीसीको विषयलाई सकेसम्म पन्छाउने, त्यो सम्भव नभए अमूर्त जवाफ दिएर फुत्किने चेष्टा उनले गर्दै आएका छन् ।

    करिब दुई वर्षअघि एक कार्यक्रममा एमसीसीबारेको प्रश्नले गगन अप्ठेरोमा परेका थिए । कान्तिपुर दैनिकले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ मा सहभागी गगनलाई प्रश्नकर्ताले एमसीसीको विषयमा धारणा मागेका थिए ।

    गगनले जवाफ दिए, ‘यो विषयमा बोल्न समय चाहिन्छ, म संसदमा नै आफ्ना धारणा राख्छु ।’

    यसरी प्रश्नबाट फुत्किएका गगनले संसदमा एमसीसीबारे बोल्ने दिन भने कहिल्यै आएन । त्यसपछि उनले पूरै मौनता साँधे । गत वर्ष एसीसीको विवाद उत्कर्षमा पुग्दा सामाजिक सञ्जालमा गगनको खोजी तीब्र भएको थियो । ‘गगन हराएको सूचना’ ह्यासट्याग नै चल्यो । त्यसपछि गगनले एउटा विज्ञप्ति निकालेर आफूमाथि उब्जेका प्रश्नहरूलाई थामथुम पार्ने प्रयास गरे । यद्यपि, त्यस विज्ञप्तिमा पनि उनको धारणा उल्लेख थिएन ।

    एमसीसीबारे टिप्पणी गर्नै नचाहने गगनको दुई महिनाअघि पत्रकार ऋषि धमलाले मुख खुलाएका थिए । प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा गगनले आफ्नो स्वभावविपरीत एकदमै घिसिपिटी जवाफ दिएका छन् । उनी न पक्षमा खुलेका छन् न विपक्षमा ।

    अन्तर्वार्तामा ऋषिले गगनलाई सिधा सोधेका थिए- एमसीसी पारित गर्ने देउवाको अडान छ, तपार्इं पक्षमा कि विपक्षमा, जनतालाई बताउनुस ।

    गगनको जवाफ यस्तो थियो-

    म यो देशको सांसद हुँ । यो विषय पहिले नेपाल सरकारले संसदभित्र ल्यावस् । त्यसपछि संसदको विषय बन्छ । अनि बल्ल मेरो पनि विषय हुन्छ । नेपालको हितमा हुन्छ भन्ने लागेमा छाती ठोकेर पास गर्छौं । होइन, यसमा समस्या छ भन्ने लाग्यो भने रोक्छौं । त्यसैले तपाईंले यो प्रश्नको उत्तर कहाँ मात्रै पाउनुहुन्छ भने जुन दिन यो विषय संसदमा आउँछ । नआउँदासम्म मेरो टाउको दुखाइ होइन ।

    धमला प्रतिप्रश्न गर्छन्-

    तर, जनमत त एमसीसीको पक्षमा छैन नि गगन थापाजी ?

    गगनले अलि ठोस जवाफ दिँदै भन्छन्- एमसीसीको बहस अलि बरालिएको छ । जनमत निर्माण गर्ने काम पनि हामी नेताहरूकै हो । जनताले आफूले चुनेर पठाएको सांसदलाई विश्वास गर्नुपर्छ ।

    धमलाको सोधाइ- त्यसको मतलव तपाईं एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ ?

    गगन फेरि पनि खुल्दैनन्

    म सांसद हो । एमसीसी यदि राष्ट्रघाती हो, जनविरोधी हो भने फेल हुन्छ । राष्ट्रको पक्षमा छ भने संसदबाट पास हुन्छ । म भएको संसदले देशको अहित हुने कुरा पास गर्दैन । हित हुने कुरा छ भने कसले डाँडामा उक्लेर के भन्यो भन्नेले अर्थ राख्दैन । पहिले संसदमा आवस् । हामी पढ्छौं । सांगोपांगो हेर्छौं । दूई–चार महिना लगाउँला । शब्द–शब्दमा बहस गरौंला । टेबुलमा ल्याउँला । अनि निर्णय गरौंला ।

    देशका हरेक जल्दाबल्दा विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने नेता हु्न् गगन । सार्वजनिक सरोकारका मुद्दामा व्यक्तिगत धारणा राख्नुअघि पहिले संसदमा आवस भनेर पर्खि बस्दैनन् उनी । कहिलेकाहीँ महत्वहीन खुद्रा विषयमा पनि फेसबुक टिप्पणी गर्न भ्याइरहेका हुन्छन् । तर, एमसीसीजस्तो जनस्तरमै व्यापक बहस भइरहेको र अनेकन भ्रमहरू फैलाइएको मुद्दामा उनले निराशाजनरूपमा मौनव्रत धारण गरिरहेका छन् । संसदमा गएपछि मात्रै बोल्छु भन्नु उनको ‘काइते’ प्रतिक्रिया हो ।

    एमसीसी सम्झौताको अध्ययन गरेर बोल्ने गगनको भनाइ पनि हास्यास्पद छ । एमसीसी सम्झौता सार्वजनिक भएको उहिल्यै हो । वेवसाइटमै यो उपलब्ध छ । उनीजत्तिको अध्ययनशील नेताले अहिलेसम्म पढ्नै नपाएर प्रतिक्रिया नजनाएको भनेर कसैले पत्याउँदैन ।

    एमसीसीबारे गगनले सार्वजनिकरूपमा नबोल्नुको एउटा मात्रै कारण छ, विवादमा पर्ने डर । उनी एमसीसीको विरोधमा छैनन् । तर, खुल्ला समर्थन गर्दा आजका दिनसम्म गरिरहेको लोकरिझ्याईंको राजनीतिमा धक्का पुग्ने बुझाइ उनको छ । एमसीसीबारे सामाजिक सञ्जालको प्रवृत्ति उनलाई राम्ररी थाहा छ । एमसीसीको पक्षधरता लिनेहरूले खेप्नुपरेका निन्दा र भर्त्सनालाई उनले नियालेका छन् ।

    गगनमाथि आलोचकहरूको आरोप छ, उनी जता हावा बग्छ, त्यतै कुद्छन् । भीड जता छ, त्यहीँ घुसेर चर्को भाषण गर्छन् । ‘एन्टीकरेन्ट’ अभिव्यक्ति दिन उनको हिम्मत पुग्दैन । एमसीसीबारे गगनको तटस्थताले यस्तै आरोपलाई बल पुर्‍याइरहेको छ । उनले सही भनेका हुन्, नेताले जनमतका आधारमा आफूलाई हिँडाउने मात्र होइन, जनमत निर्माण गर्ने वा बदल्ने पनि क्षमता देखाउनुपर्छ । आफ्नो यो सिद्धान्तलाई व्यवहारमा अपनाउन भने आफैं चुकिरहेका छन् ।

    एमसीसीबारे गगनले सार्वजनिकरूपमा नबोल्नुको एउटा मात्रै कारण छ, विवादमा पर्ने डर । उनी एमसीसीको विरोधमा छैनन् । तर, खुल्ला समर्थन गर्दा आजका दिनसम्म गरिरहेको लोकरिझ्याईंको राजनीतिमा धक्का पुग्ने बुझाइ उनको छ । एमसीसीबारे सामाजिक सञ्जालको प्रवृत्ति उनलाई राम्ररी थाहा छ । एमसीसीको पक्षधरता लिनेहरूले खेप्नुपरेका निन्दा र भर्त्सनालाई उनले नियालेका छन् ।

    हिजोका दिनसम्म गगन पार्टीको केन्द्रीय सदस्यको हैसियतमा मात्र थिए । तर, अब उनी कांग्रेसका महामन्त्री हुन् । सरकारको नेतृत्व गरिरहेको पार्टीको शक्तिशाली ओहदामा पुगेका उनले कुनै पनि मुद्दामा आफूलाई निरपेक्ष राखिरहन सक्दैनन् । एमसीसीबारे उनको अभिव्यक्तिले यसअर्थमा महत्व राख्छ कि गगनलाई पछ्याउनेहरूको जमात देशमा ठूलो छ । त्यो कांग्रेसभित्र मात्र नभएर बाहिर पनि छ ।

    एमसीसीको बारेमा जेजस्ता भ्रमहरू फैलाइएका छन्, तिनीहरूलाई चिर्दै वास्तविकता जनतासमक्ष ल्याउने हिम्मत गरे भने तत्कालका लागि उनका लागि फाइदाजनक नदेखिन सक्छ, तर कालान्तरमा गगनले आफूलाई साँचो अर्थमा ‘नेता’ प्रमाणित गर्न सक्नेछन् ।

  • एमसीसी संसदमा पेस भएपछि मात्रै एमालेले धारणा बनाउने

    एमसीसी संसदमा पेस भएपछि मात्रै एमालेले धारणा बनाउने

    काठमाडौं । नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे संसद पेस भएपछि मात्रै धारणा बनाउने भएको छ । संसदको हिउँदे अधिवेशन सुरू हुनुअघि बानेश्वरमा बसेको एमाले संसदीय दलको बैककमा अध्यक्ष केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङले सम्बोधन गरेका थिए ।

    प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दुवैजनाले एमसीसीबारे कुनै धारणा राखेनन् । एमसीसी सदनमा टेबुल भएपछि मात्रै धारणा बनाउने सहमति बैठकमा भएको भट्टराईले जानकारी दिए । अमेरिकाले छिटो निर्णयमा पुग्न दबाब दिइरहेका बेला सुरू भएको हिँउदे अधिवेशनमा एमसीसी पेस हुने ठानिएको छ ।

    त्यस्तै बैठकले दुई प्रस्तावसमेत पारित गरेको छ । पहिलो प्रस्तावमा महाधिवेशन सफल पार्न लागि पर्ने सबै र सहभागिताका जनसमुदायलाई धन्यवाद दिएको र दोस्रोमा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिइएको छ।

    बैठकले संसद अरोधलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । अवरोधमा यसअघि तय भएकै नारा लगाइने भट्टराईले जानकारी दिए ।

  • संसदीय दलमा प्रचण्डको ब्रिफिङ- गठबन्धनमा सहमतिपछि मात्र एमसीसी पेस, संशोधनबिना अनुमोदन पनि हुन्न

    संसदीय दलमा प्रचण्डको ब्रिफिङ- गठबन्धनमा सहमतिपछि मात्र एमसीसी पेस, संशोधनबिना अनुमोदन पनि हुन्न

    काठमाडौं । नेकपा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सकिएको छ । संसदको हिउँदे अधिवेशन सुरू हुनुअघि दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा ‘ब्रिफिङ’ गरेका छन् ।

    सांसद रेखा शर्माका अनुसार प्रचण्डले अमेरिकी परियोजना एमसीसीबारे पनि धारणा राखेका थिए । उनका अनुसार प्रचण्डले गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नै नहुने र संशोधनबिना अनुमोदन पनि नहुने बताएका छन् । माओवादीले एमसीसीबारे पुरानै अडान दोहोर्‍याएको छ ।

    ‘एमसीसीबारे यसअघि स्थायी समितिले गरेको निर्णयकै निरन्तरता हो,’ शर्माले नेपाल प्रेससँग भनिन्, ‘सम्झौतामा रहेका राष्ट्रहित विपरीतका कुराहरूमा संशोधन नभएसम्म माओवादी यसको विपक्षमा उभिन्छ ।’

    अमेरिकाले एमसीसी छिटो अनुमोदन गर्न दबाब दिइरहेका बेला हिँउदे अधिवेशनमा एमसीसी पेस हुने ठानिएको छ ।

    नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा छ भने प्रमुख प्रतिपक्षी एमाले यसबारे प्रष्ट छैन ।

  • अमेरिकालाई वामदेवको आग्रह- एमसीसी परियोजना फिर्ता लैजाऊ

    अमेरिकालाई वामदेवको आग्रह- एमसीसी परियोजना फिर्ता लैजाऊ

    काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकालाई एमसिसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको बताएका छन् ।

    ‘यो सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको देखिन्छ,’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ । उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ ।’

    अहिलेको सरकार र संसद दुवैले एमसीसी अनुमोदन गर्न नसक्ने पनि गौतमको भनाइ छ । ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद्रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

    ‘यो अवस्थालाई मध्यनजर गर्दै एकपक्षीयरूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु,’ उनको आग्रह छ ।

  • सुदूरपश्चिम पुगेर देउवाले भने- एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन

    सुदूरपश्चिम पुगेर देउवाले भने- एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन

    कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।

    ‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

    अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो ।

    ‘नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार,’ देउवाले भने ।

    प्रधानमन्त्रीले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

    नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको भन्दै पन्छिए ।

    ‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो । उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने ।

    साथै अर्ली इलेक्सन को सम्भावनाबारे सोधिएको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

    बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री विहीबार सुदूरपश्चिम पुगेका हुन् ।

  • निजी क्षेत्रको माग- एमसीसी पास गरौं, देशलाई आर्थिक लाभ हुन्छ

    निजी क्षेत्रको माग- एमसीसी पास गरौं, देशलाई आर्थिक लाभ हुन्छ

    काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्न निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले माग गरेको छ । बुधबार ३ वटा संस्थाले संयुक्त विज्ञप्ति लिकाल्दै एमसीसी पास गर्न माग गरेका हुन् ।

    एमसीसीअन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ हुने भन्दै कार्यान्वयनका लागि नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सरोकारवालालगायतलाई पास गर्न निजी क्षेत्रले माग गरेको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढ्न सकेको छैन चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको छ, यस परिस्थितिमा ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण छ । एमसीसी पास हुनु पर्छ ।’

    नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक सघाउ पुग्ने निजी क्षेत्रको बताएको छ ।

    अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना निजी क्षेत्रले बताएको छ ।

    यूरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसीसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • एमसीसीबारे ओलीको टिप्पणी – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

    एमसीसीबारे ओलीको टिप्पणी – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी साहायता परियोजना एमसिसी सम्झौता गर्नेहरू सरकारमै रहेको भन्दै यसबारे नबोलेकोमा आफूले प्रश्न उठाएको बताएका छन् ।

    ‘गठबन्धनका नाइके सरकारमा छन्,’ मंगलबार सम्पादकहरूसँगको छलफलमा ओलीले भने, ‘ एउटा प्रधानमन्त्री छन्, अर्को ‘किङमेकर’(प्रचण्ड) छन् । यस्तो व्यक्ति भएको सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी उल्लेख भएन । नआएपछि त्यो कुरा सम्झाएको हुँ ।’

    ओलीले सरकारले यसमा दृष्टिकोण अघि नसारेकाले आफूहरू मात्रै बोल्नुको औचित्य नहुने बताए । ‘जब सरकारले नै यसमा रुची राखेको छैन भने यस सम्बन्धमा मैले के भनिराख्नुपर्‍यो र ,’ उनले भने, ‘सरकारको दृष्टिकोण नै थाहा नपाइकन ताप्केभन्दा बिँड ताप्ने भन्छन् नि, हामी उफ्रेर के हुन्छ ?’

  • एमसीसी र मोदीविरुद्ध टिकाटिप्पणी गर्नेमाथि कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

    एमसीसी र मोदीविरुद्ध टिकाटिप्पणी गर्नेमाथि कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । एमसीसी र भारतसँगको सम्बन्धका विषयमा नकारात्मक टिप्पणी भएको भन्दै मित्रराष्ट्रविरुद्ध गतिविधि गर्नेमाथि कारवाहीको चेतावनी दिने गृहमन्त्रालयको विज्ञप्तिका आधारमा कसैमाथि कारवाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले भदौ १८ गतेको गृहमन्त्रालयको विज्ञप्तिको आधारमा कसैलाई कारवाही नगर्नू नगराउनू भनी आदेश दिएको हो ।

    संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यसअन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी पर्ने हुँदा कसैलाई कारवाही नगर्न अदालतले आदेश दिएको छ ।

    गृहमन्त्रालयका दुईवटा विज्ञप्तिले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।

    गृह मन्त्रालयले भदौ १८-१९ गते लगातार दुई विज्ञप्तिमार्फत मित्र राष्ट्रहरुको सहयोगमा सन्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी तथा सम्पत्तिलाई लक्षित गरी भएको टिप्पणी,प्रदर्शन र संचारमाध्यममा आएका कुरालाई कडा कारवाहीको दायरा ल्याउने चेतावनी दिएको थियो ।

    १९ गतेको विज्ञप्तिमा त भारतीय प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति नदिन समेत भनिएको थियो ।

  • एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता र सर्वभौमिकता विरुद्धमा छ: विप्लव(भिडिओ )

    एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता र सर्वभौमिकता विरुद्धमा छ: विप्लव(भिडिओ )

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले अमेरिकी साहायता परियोजना एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको दावी गरेका छन्।

    ‘एमसीसी सम्झौता जबरजस्ती लादिदै छ,’ राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले भने,‘हामीमाथि प्रतिवन्ध लागेकै बेला हामीले त्यो सम्झौता पुरै पढ्यौं । एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता, सर्वभौमिकताको विरुद्धमा छ ।’

    सम्झौतामा एमसीसी नेपालको कानूनसँग बाँझिएमा एमसीसीमा लागू हुने उल्लेख भएको दावी गर्दै उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो लागिने लागेको बताए।

    ‘यो सम्झौता कसको हितमा गरिदै छ ?,’ उनको भनाइ छ, ‘अमेरिकाको राष्ट्रिय सुरक्षाका निम्ति यो लागू गरिदै छ । अमेरिकाको राष्ट्रिय सुरक्षा चुनौतीको संरक्षणका लागि एमसीसी अघि सारिएको हो।

  • फर्किनुअघि सुमारको आग्रह- एमसीसीलाई राजनीतिकरण नगरौं

    फर्किनुअघि सुमारको आग्रह- एमसीसीलाई राजनीतिकरण नगरौं

    काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् ।

    राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई गम्भीररूपमा लिनुपर्ने बताउँदै सुमारले अनुमोदन हुनेमा आफू आशावादी रहेको बताइन् । ‘चाँडै अनुमोदन होस् भन्ने मेरो चाहना छ’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘म आशावादी छु र राजनीतिक पार्टीहरुलाई गम्भीर बन्न मेरो आग्रह छ ।’

    कोरोना महामारीले थलिएको नेपालको अर्थतन्त्रको हितमा एमसीसी महत्वपूर्ण हुने बताउँदै सुमारले नेपालको आर्थिक विकास अमेरिकी चाहना रहेको बताइन् ।

    ‘नेपालले जतिसक्दो चाँडो यसलाई अनुमोदन गर्छ । त्यति नै यसले नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्छ ।’ सम्झौताको अन्तिम सीमा नरहेको बताउँदै उनले नेपाली संसदले चाँडो निकास दिने विश्वास व्यक्त गरिन् ।

    चार दिने नेपाल भ्रमणको अन्तिम दिन भ्रमणको उपलब्धीबारे बताउन सुमारले पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । उनी सोमबार फर्कने अमेरिकी दूतावासले जनाएको छ । काठमाडौं भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई भेटेकी थिइन् ।

    प्रधानमन्त्रीसहितका सत्तारुढ गठबन्धनले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने जानकारी सुमार नेतृत्वको प्रतिनिधिमण्डललाई दिएका थिए । एमाले अध्यक्ष ओलीले भने एमसीसीबारे पहिले सरकारको पोजिसन क्लियर हुनुपर्ने बताएका थिए ।

    नेपाल आउनुपूर्व सुमारले सरकारले सोधेका ११ प्रश्नको जवाफ दिँदै एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको बताएकी थिइन् । साथै, एमसीसी हिन्द-प्रशान्त रणनीतिको हिस्सा नरहेको बताएकी थिइन् ।

  • एमसीसीबारे भोजपुरमा ‘सडक जनमत’

    एमसीसीबारे भोजपुरमा ‘सडक जनमत’

    भोजपुर । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनले सडकमा एमसीसीबारे जनमत गरेको छ ।

    अखिल क्रान्तिकारी भोजपुरले सदरमुकाम भोजपुर बजारमा मतपेटीका राखेर एमसीसी चाहिने/नचाहिने दुई विकल्प रोज्न अभियान चलाएको हो । ‘सडक जनमत’ मा सर्वसाधारण र केही जनप्रतिनिधिसमेत सहभागी भएका छन् ।

    मतदान कार्य दिनभर जारी रहने आयोजकले बताएका छन् ।

  • लोसपाका नेतृत्वसँग एमसीसी उपाध्यक्षको भेटवार्ता

    लोसपाका नेतृत्वसँग एमसीसी उपाध्यक्षको भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेको एमसीसी टोलीले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी छन् ।

    एसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित होटल मेरियटमा भेटवार्ता गरेकी हुन् ।

    चार दिनअघि नेपाल आएका एमसीसी टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताहरूसँग भेट गरिसकेकी छन् ।

  • संशोधन नगरी एमसीसी पारित नगर्न सरकारलाई वाईसीएलको चेतावनी(भिडिओ)

    संशोधन नगरी एमसीसी पारित नगर्न सरकारलाई वाईसीएलको चेतावनी(भिडिओ)

    काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले यथास्थितिमा अमेरिकी सहायता परियोजना (एमसीसी) लाई स्वीकार नगर्न सरकारलाई चेतावनी दिएको छ ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरू नसच्चिएसम्म सो सम्झौता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो । वाईसीएलका संयोजक देवकोटाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताए । उनले भने,‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरू देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी स्वीकार गर्न सकिदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदाहरू नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चेतावनी दिन्छ ।’

    भदौ १२-१५ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्दै वाईसीएलले भारतसँगका सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ । कोभीड महामारीका बेला सम्बन्धित स्वास्थ्य सामाग्री खरिद प्रकरणमा मुछिएकाहरूको छानवीन गरी दोषीमाथि कारवाहीका लागि ढिला नगर्न पनि वाईसीएलले दबाब दिएको छ ।

  • एमसीसीविरुद्ध जनता : बुझेर कि लहैलहैमा ?

    एमसीसीविरुद्ध जनता : बुझेर कि लहैलहैमा ?

    काठमाडौं । तीन अंग्रेजी अक्षरको एउटा ‘सर्टकट’ शब्द अहिले ३ करोड नेपालीहरूको मुख-मुखमा झुण्डिएको छ- एमसीसी । अमेरिकासँग भएको एमसीसी सम्झौतालाई नेपालको सांसदबाट पारित गर्ने तयारी भएसँगै यसको विरोधमा सडकदेखि सञ्जालसम्म कोलाहल मच्चाइएको छ । यद्यपि, विरोध गर्नेमध्ये कतिलाई एमसीसीको फुलफर्मसमेत थाहा नहोला, त्यो बेग्लै कुरा हो ।

    सम्झौता पारित गर्नुपर्ने पक्षमा लविङ गर्न एमसीसीकी उपाध्यक्ष नेपाल आएर विभिन्न राजनीतिक दलका नेताहरूको दैलो चहारिरहेकी छन् । अति विवादित यस परियोजनाको भविष्य सम्भवतः अब केही दिनभित्र टुंगो लाग्न सक्छ । देशको राजनीतिक परिदृष्य र सडकको माहोल हेर्दा यो सम्झौता संसदबाट पारित हुने सम्भावना देखिएको छैन ।

    सम्भवतः नेपालमा एमसीसी पारित गराउन अमेरिकाले अन्तिम बल लगाइरहेको छ । र, यदि नेपालले अझै ल्याङल्याङ गरिरहे एकतर्फीरूपमा कार्यक्रम रद्द भएको घोषणा अमेरिकाले गर्न सक्छ ।

    सरकारको लाजमर्दो पत्राचार

    एमसीसी अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेसनमार्फत करिब ५५ अर्ब रूपैयाँ अनुदानका लागि नेपालले अमेरिकासँग सम्झौता गरेको सन् २०१७ मा नै हो । नेपालको संसदबाट पारित हुन बाँकी रहे तापनि यो सम्झौता कार्यान्वयनमा आइसकेको छ र यसअन्तरगत हालसम्म तीन अर्बभन्दा बढी रकम खर्चसमेत भइसकेको छ ।

    अमेरिकाले नेपाललाई भुलभुलैयामा पारेर एमसीसीमा हस्ताक्षर गराएको होइन । नेपाल आफैंले अनवरत प्रयास गरेर यसमा जोडिएको हो । एमसीसीअन्तर्गतको परियोजना छनोट पनि नेपाल आफैंले गरेको हो । यो परियोजनामा सहभागी हुन नेपालले सन् २०११ देखि प्रयास सुरु गरेको थियो । त्यसयता धेरै अध्ययन र द्वीपक्षीय वार्तापछि मात्रै अमेरिकाले परियोजनामा नेपाललाई समेटेको हो । छलफल र गृहकार्यमा नै ६ वर्ष व्यतित भएको थियो ।

    सबैभन्दा पहिले केमा प्रष्ट हुनु आवश्यक छ भने यो परियोजना अमेरिकाले होइन, नेपाल आफैंले छानेको हो । अनुदान रकमको ठूलो हिस्सा भारतसम्म जोड्ने प्रशारणलाइनमा खर्च हुने भनिएको छ, जुन अमेरिकाको नभएर नेपालको आवश्यकता हो । विद्युत प्राधिकरणकै गुरुयोजना अन्तरगतको प्रशारणलाइन भएकाले यसमा नानाथरी आशंका गरिरहनु परेन ।

    सम्झौता गरेको ४ वर्षपछि नेपालले लाजमर्दो ढंगले एमसीसीलाई विभिन्न विषयहरूबारे स्पष्ट पार्न माग गर्दै पत्र पठायो । देशभित्र जारी रहेको विरोधलाई मत्थर पार्ने उद्देश्यले सरकारले सो पत्राचार गरेको भए पनि यसले कूटनीतिक वृत्तमा कस्तो सन्देश गएको होला, एकपटक विचार गरौं ।

    अर्थमन्त्रालयले यस्ता प्रश्न गरेको छ- ‘यो सम्झौताले नेपालको सार्वभौमसत्तामा आँच आउँछ कि आउँदैन ?’ ‘यो सम्झौता नेपालको संविधानभन्दा माथि छ कि छैन ?’ ‘एमसीसी सम्झौता नेपालकै आवश्यकता र मागबमोजिम भएको हो कि होइन ?’ ‘यो आईपीएस मातहतमा छ कि छैन ?’ आदि ।

    हास्यास्पद हुन् यी प्रश्नहरू । ए बाबा, सम्झौता हामीसँगै छ भने किन अमेरिकासँग प्रश्न गर्ने ? के सम्झौता पढ्दै नपढिकन हस्ताक्षर गरिएको थियो ? स्मरणीय छ कि एमसीसीमा सम्झौता त्यसबेला शेरबहादुर देउवा नेतृत्वको सरकारले नै गरेको थियो र माओवादी उक्त सरकारको साझेदार थियो । सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिलेको सरकारमा कानूनमन्त्री छन् । के नेपालको सार्वभौमिकतामा असर गर्ने निश्चित नभइकन सरकारले त्यसबेला सम्झौता गरेको थियो ?

    कुनै पनि अन्तर्राष्ट्रिय सन्धि-सम्झौता क्षणिक आवेगमा उत्तेजनामा आएर गरिँदैन । सम्झौताको मस्यौदाका केस्रा-केस्रा निफनेर, शब्द-शब्द केलाएर, तीनको निहितार्थ खोतलेर सबै कुरामा दुवै पक्ष सहमत भएपछि बल्ल हस्ताक्षर हुन्छ । एकपटक हस्ताक्षर गरिसकेको सम्झौताका प्रावधानहरू सहजै हेरफेर हुँदैनन् ।

    सम्झौता अवधिमा हस्ताक्षरकर्ता देशमा सरकार फेरिन सक्छन् । राजनीतिक प्रणाली नै पनि फेरिन सक्छ । तर, त्यसले सम्झौतामा असर गर्दैन र गर्नुहुँदैन भन्ने मान्यता राखिन्छ । अघिल्लो सरकारले गरेका सम्झौतालाई भावी सरकारहरूले स्वामित्वग्रहण नगर्ने हो भने कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्ध दिगो हुन सक्दैन । अन्तर्राष्ट्रिय समुदायमा उक्त देशको विश्वसनीयता समाप्त हुन्छ । राजनीतिक मुद्दा बनाएर अन्तर्राष्ट्रिय सन्धि-सम्झौतामा खेलवाड गर्न थालियो त्यसले पार्ने प्रभाव बहुआयामिक हुन्छ ।

    भीडले डोर्‍याएको देश

    सामाजिक सञ्जालमा व्यक्त अभिमत हेर्दा बहुसंख्यक जनता एमसीसीको विपक्षमा देखिएका छन् । देशको राजनीतिक तथा बौद्धिक तप्का एमसीसीबारे विभाजित रहँदा सर्वसाधारण जनताको ठूलो हिस्सा भने यसको विरोधमा उभिएको छ । सडकमा दिनहुँ नारावाजी भइरहेका छन् । एमसीसीको विरुद्धमा जबरजस्त माहोल बनेको छ ।

    अघि एउटा युट्युव च्यानलमा हेर्दै थिएँ, जहाँ राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रेका एक युवा भन्छन्- यदि एमसीसी पारित भयो भने म बमको माला लगाएर संसद भवनभित्र छिर्छु, मलाई पक्राउ गरेर देखाऊ । ती युवाले एमसीसी सम्झौताको कति अध्ययन गरेका छन् र कति बुझेका छन् भन्ने उनैलाई थाहा होला । तर, आक्रोश यो तहसम्म छ ।

    भीडसँग विवेकभन्दा बढी आवेग हुन्छ । भीडलाई सही विचार दिएर दिशानिर्देश गर्ने जिम्मेवारी राजनीतिक दल, बुद्धिजिवी र मिडियाको हो । तर, यतिबेला यी तीनवटै तप्काले जनतामा आफ्नो विश्वसनीयता गुमाएका छन् । फलत यतिबेला देशमा भीडले नै सबै फैसला गर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको छ ।

    दलहरूले एमसीसीलाई समयमै नसल्टाएर अनावश्यकरूपमा गिजोले । समयमै संसदबाट पारित भएको भए यो परियोजना यतिबेला सम्पन्नताको चरणमा हुने थियो । तर, कुनै पनि चिजलाई यति धेरै गिजोलेपछि त नभएको पदार्थ पनि निस्किन्छ । चार वर्षसम्म सम्झौता पारित नगरी दलहरू आ-आफ्नो राजनीतिको रोटी सेक्न तल्लिन रहँदा यो सम्झौता विभत्स तरिकाले सडकमा फिँजारिएको छ ।

    नेता, बुद्धिजिवी मिडिया सबै भीडसँगै लतारिन थालेका छन् । जब भीडले देशलाई डोर्‍‍याउन थाल्छ, त्यो देश देश रहँदैन, एउटा हाटबजारमा परिणत हुन पुग्छ । र, हाटबजारमा बलिया तर्क होइन, ठूलो आवाजको मात्रै सुनवाइ हुन्छ ।

    एमसीसीको सन्दर्भमा धेरै मानिसहरू अझै पनि कुहिरोको काग नै छन् । कागले कान लैजान लाग्यो भनेर हल्ला चलाइएको छ, मानिसहरू आफ्नो कान नछामिकन कागको पछिपछि दौडिएका छन् । एमसीसी कम्प्याक्ट अध्ययन गरेका र बुझेकाहरूले पनि अरुलाई सहीरूपमा बुझाएका छैनन् । जसले अध्ययन नै गरेको छैन, बुझ्ने क्षमता नै राख्दैनन्, उनीहरू चर्को स्वरमा विरोध गरिरहेका छन् । अमेरिकाले नेपाल क्वाप्पै खान आँट्यो भन्ने खालको हाउगुजी खडा गरिएको छ ।

    फेरि पनि, यो परिस्थितिका जिम्मेवार भनेका राजनीतिक दल र नेताहरू नै हुन् । उनीहरूले जनविश्वास गुमाउनु नै समस्याको जड हो । विगतमा नेपालले गरेका अधिकांस अन्तर्राष्ट्रिय सम्झौताहरू देश हितमा भएनन् । त्यसैले एमसीसीमा पनि पक्कै गडबड गरे होलान् भन्ने जनतामा परेको छ । दलहरूले जनतामा आफ्नो विश्वसनीयता स्थापित गर्न सकेको भए उनीहरूमा यस्तो खालको लघुताभाष हुन्थेन ।

    दलहरूले एमसीसीलाई समयमै नसल्टाएर अनावश्यकरूपमा गिजोले । समयमै संसदबाट पारित भएको भए यो परियोजना यतिबेला सम्पन्नताको चरणमा हुने थियो । तर, कुनै पनि चिजलाई यति धेरै गिजोलेपछि त नभएको पदार्थ पनि निस्किन्छ । चार वर्षसम्म सम्झौता पारित नगरी दलहरू आ-आफ्नो राजनीतिको रोटी सेक्न तल्लिन रहँदा यो सम्झौता विभत्स तरिकाले सडकमा फिँजारिएको छ ।

    पात्र र प्रवृत्ति

    २०११ देखि २०१७ सम्म आइपुग्दा अहिले मुलधारका सबै पार्टी र तीनका मुख्य नेताहरू एमसीसी सम्झौतामा कुनै न कुनै रूपले जोडिएका छन् । एमसीसी नेपालमा भित्र्याउने गृहकार्य डा. बाबुराम भट्टराईको सरकारले शुरू गर्‍यो । त्यसयता बनेका क्रमशः खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा नेतृत्वका सरकारका पालामा एमसीसीमा केही न केही काम भएको छ । कुनै पनि सरकारले यो सम्झौता ठीक छैन भनेर पन्छाउन खोजेको पाइँदैन । त्यसैले अहिले आएर सम्झौतामाथि आधारभूत प्रश्न उठाउने नैतिक अधिकार उनीहरू कसैलाई छैन ।

    आज सडक र सामाजिक सञ्जालको माहोलले गर्दा एमसीसीको पक्षमा रहेका नेताहरू पनि बोल्न सकेका छैनन् । कतिले राजनीतिक अवसरवादको प्रदर्शन गर्दै अडान बदलिरहेका छन् । कोही राष्ट्रवादी देखिने चक्करमा त कोही वर्तमान सरकारलाई असफल बनाउने रणनीतिमा एमसीसीलाई उपयोग गर्न खोजिरहेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डको कुरा गरौं । हिजो एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सरकारमा उनको पार्टी माओवादी पनि सहभागी थियो । यतिमात्रै होइन, प्रचण्ड नेतृत्वकै सरकारले एमसीसी सम्झौतालाई टुंगोमा पुर्‍याउन निर्णायक वार्ता गरेको हो । उनले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेर सम्झौता प्रक्रिया अघि बढाएका थिए । सरकार परिवर्तन नभएको भने महराले नै सम्झौतामा हस्ताक्षर गर्ने पक्का थियो ।

    एमसीसी प्रकरण बरु कांग्रेसले धेरै हदसम्म राजनीतिक इमानदारीता प्रदर्शन गरेको छ । प्रतिपक्षमा रहँदा पनि कांग्रेसले एमसीसीको विरोध गरेन । भलै एकाध नेताहरूले सस्तो लोकप्रियताका लागि यसमाथि प्रश्न उठाए होलान् र अब पनि उठाउलान् । तर, सम्झौता पारित गर्ने पक्षमा अहिले पनि कांग्रेस स्पष्ट छ । खासमा एमसीसीलाई लिएर कांग्रेसमात्रै स्पष्ट छ ।

    तर, अहिले प्रचण्ड-महराको बोली फेरिएको छ । महरा सभामुख पदमा रहँदा उनले नै एमसीसीलाई अड्काए । प्रचण्ड अहिले संशोधनबिना एमसीसी पास हुँदैन भनिरहेका छन् । यदि सम्झौता आपत्तिजनक नै थियो भने त्यति नै बेला किन उनको पार्टीले विरोध जनाएन ? सरकारबाट बाहिरिएर सडकमा किन आएन ?

    अडान फेर्ने नेताहरूको सूचीमा अहिले थपिएका छन् एमाले अध्यक्ष केपी शर्मा ओली । आफू प्रधानमन्त्री छँदासम्म एमसीसी सम्झौता संसदबाट पारित गराउन प्रयास गरेका ओलीको बोली सरकारबाट बाहिरिएको भोलिपल्टदेखि नै बदलियो । उनी अहिले एमसीसी पारित गर्ने कि नगर्ने भनेर सरकारलाई लगातार प्रश्न गरिरहेका छन्, तर आफ्नो अडान खुलाएका छैनन् । यद्यपि, पछिल्ला अभिव्यक्तिहरूले उनी एमसीसीको विपक्षमा उभिने वातावरण बनाइरहेको आँकलन गर्न सकिन्छ ।

    राजनीतिमा इमान-जमानका कुराहरू सान्दर्भिक हुँदैनन् भनेर मान्ने हो भने अर्कै कुरा, होइन भने केपी ओलीको जत्तिको नेतालाई कुनै तार्किक कारणबिना यसरी हठात अडान बदल्ने छुट छैन । आफूलाई विस्थापित गरेर बनेको देउवा सरकारलाई गौंडा गौंडामा अप्ठेरो पार्ने र गठबन्धनलाई असफल तुल्याउने उनको रणनीति स्पष्ट नै छ । तर, यसनिम्ति उनले अर्को मुलुक जोडिएको अन्तर्राष्ट्रिय सम्झौतालाई चाहिँ हतियार नबनाउन् । अन्यथा उनलाई समर्थकहरूले दिएको ‘राजनेता’ को सम्मानकै अपमान हुनेछ ।

    एमसीसीले केही नेताहरूको आडम्बरी चरित्र पनि राम्रैसँग उजागर गरिदिएको छ । जस्तै, कांग्रेसका चर्चित युवा नेता गगन थापा । अध्ययनशील र तार्किक क्षमताका धनी गगन कुनै पनि मुद्दामा आक्रामक ढंगले स्पष्ट प्रतिक्रिया दिन खप्पिस छन् । कांग्रेसबाहिर पनि उत्तिकै फलोअर्स रहेकाले उनका विचारहरूले महत्व राख्छन् ।

    सामाजिक सञ्जालमार्फत मामुली विषयहरूमा पनि आफ्ना दृष्टिकोण राखिरहने गगन एमसीसीका विषयमा भने पूर्णतया मौन छन् । एमसीसीको प्रश्न आउनेबित्तिकै १० कोस पर भाग्छन् । गगनमाथि लाग्दै आएको आरोप हो, उनी आफ्नो ब्रम्हले ठीक-बेठीक छुट्याएर होइन, भीडले ताली बजाउँछ कि बजाउँदैन भन्ने मात्रै सोचेर लेख्ने र बोल्ने गर्छन् । यतिबेला सामाजिक सञ्जालमा उनलाई निकै खोजिएको छ । तर, गगन ‘गायब’ छन् ।

    बाहिर नखुले पनि हिजोका दिनमा उनी एमसीसीको पक्षमा नै थिए । तर, अब ‘बदलिँदो परिस्थिति’मा उनले पनि ‘यथास्थितिमा पारित गर्न नहुने’ पक्षमा आफूलाई उभ्याए भने आश्चर्य नमान्दा हुन्छ ।

    गगनजस्तै सामाजिक सञ्जालमा अधिक फलोअर्स भएका नेताहरू डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्र एमसीसीलाई लिएर स्पष्टतापूर्वक अगाडि आउन सकिरहेका छैनन् । यसले गर्दा भ्रम फैलाउनेहरूका लागि मैदान खालीजस्तै भएको छ । तर, बाबुराम भने पछिल्लो समय एमसीसीको पक्षमा मुखर हुँदैछन ।

    एमसीसीको सन्दर्भमा कुरा गर्दा छुटाउन नहुने अर्को नाम हुन् कुलमान घिसिङ । उनी एमसीसीसँग जोडिएका एक अहम् पात्र हुन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रूपमा प्रशारण लाइन छनोटमा उनी प्रत्यक्ष संलग्न थिए । अहिले पनि उनी एमसीए नेपालको सञ्चालक समिति सदस्य छन् ।

    घिसिङले अहिलेसम्म सार्वजनिकरूपमा कहिल्यै एमसीसीबारे बोलेका छैनन् । र, बोल्ने मुडमा पनि छैनन् । आफैं संलग्न परियोजना भएको हुँदा एमसीसीको विरोध उनले गर्न मिल्दैन । उनी विरोधमा पनि छैनन् । तर, खुला समर्थन गर्दा विवादमा पर्ने खतरा छ । तसर्थ एमसीसीको प्रश्न आउनासाथ उनले ‘यो सरकारको विषय हो’ भनेर पन्छाउने गरेका छन् ।

    हो, कुलमान एक सरकारी कर्मचारी भएको नाताले यस्ता विवादित विषयमा सार्वजनिक अभिव्यक्ति दिनैपर्छ भन्ने छैन । सामान्य अवस्थामा सरकारको नीति-निर्देशनमा चल्नु नै उनको कर्तव्य हो । तर, अहिले एमसीसीलाई लिएर जनतामा भ्रमको ठूलै पर्खाल खडा गरिएको छ । त्यसैले यो सम्पूर्ण भ्रम चिर्न उनले आफ्नो लोकप्रियतालाई दाउमा राखेर भए पनि मुख खोल्नैपर्ने अवस्था आएको छ । यसकारण कि नेताहरूले भन्दा उनले भनेको कुरामा धेरै नेपालीले विश्वास गर्छन् । विवादमा आउने डरले उनी आज पन्छिरहँदा भोली आफैं चुक्चुकाउनुपर्ने अवस्था नआओस् ।

    एमसीसी प्रकरण बरु कांग्रेसले धेरै हदसम्म राजनीतिक इमानदारीता प्रदर्शन गरेको छ । प्रतिपक्षमा रहँदा पनि कांग्रेसले एमसीसीको विरोध गरेन । भलै एकाध नेताहरूले सस्तो लोकप्रियताका लागि यसमाथि प्रश्न उठाए होलान् र अब पनि उठाउलान् । तर, सम्झौता पारित गर्ने पक्षमा अहिले पनि कांग्रेस स्पष्ट छ । खासमा एमसीसीलाई लिएर कांग्रेसमात्रै स्पष्ट छ ।

    के हो अमेरिकी स्वार्थ ?

    एमसीसी परियोजनामा अमेरिका ‘दिने’ पक्ष हो भने नेपाल ‘लिने’पक्ष । सामान्यतया लिने पक्षले दिने पक्षलाई विभिन्न उपाय लगाएर ललाइफकाई गर्नुपर्छ । तर, अहिले उल्टो देखिएको छ । अमेरिका ‘हाम्रो सहयोग लिइदेउन’ भनेर नेपालसँग अनुनय गरिरहेको प्रतीत हुन्छ । तपाईंलाई लाग्न सक्छ, अमेरिकाको आवञ्छित स्वार्थ थिएन भने यति विवाद आइसकेपछि खुरुक्क आफ्नो परियोजना फिर्ता नलगेर किन मरिहत्ते गरिरहेको छ ?

    हो, ठूला र समृद्ध देशले साना देशलाई अनुदान दिँदा उनीहरूका आफ्ना सामरिक स्वार्थ त हुन्छन् नै । नत्र यति पैसा अर्को देशलाई सित्तैमा दिनुभन्दा आफ्नै जनतालाई बाँड्दा हुन् । यस्तो सहायतामा दाता राष्ट्रको मुख्य स्वार्थ भनेको ती देशमा आफ्नो प्रभाव जमाउनु हो ।

    यदि एमसीसी नेपालबाट फिर्ता भयो भने अमेरिकासँगको सम्वन्धि चिसिने मात्र नभएर भविष्यमा नेपालमा आउने अन्य सहायताहरू प्रभावित हुने छन् । नेपाललाई अविश्वसनीय राष्ट्रका रूपमा हेरिनेछ ।

    पछिल्लो समय विश्वस्तरमा आफ्नो प्रभुत्व कायम गर्न अमेरिका र चीनबीच खुल्ला प्रतिस्पर्धा चलिरहेको छ । उनीहरूले यसका निम्ति प्रशस्त पैसा खन्याइरहेका छन् । यस्तोमा नेपालमा आफ्नो सहायता परियोजना सफल तुल्याउनु अमेरिकाको निम्ति एकदमै महत्वपूर्ण छ । यदि नेपाल यो सम्झौताबाट पछि हट्यो भने त्यसलाई चीनको सफलताका रूपमा बुझिनेछ । यसकारण पनि कि नेपालले चीनको महत्वाकांक्षी बीआरआई परियोजनामा पनि हस्ताक्षर गरिसकेको छ ।

    हालै दक्षिण एसियाकै अर्को मुलुक श्रीलंकामा एमसीसी परियोजना फेल भयो । त्यहाँ पनि नेपालको जस्तै राजनीतिक किचलोका कारण सरकार यो परियोजनाबाट पछि हट्न वाध्य भएको थियो । अमेरिका चाहँदैन कि एकपछि अर्को देशमा परियोजना असफल होस । श्रीलंकापछि नेपालमा पनि असफल भयो भने परियोजनाको अवधारणामाथि न प्रश्न उठ्न सक्ने भएकाले उ बढी चिन्तित भएको हुन सक्छ ।

    आलोचना र यथार्थ

    एमसीसी सम्झौतामा विवादित मानिएका विषयहरूमाथि अमेरिकाले पहिल्यैदेखि स्पष्टीकरण दिँदै आएको छ । गत वर्ष सामाजिक सञ्जालमा अमेरिकाले बुँदागतरूपमा नै एमसीसीबारे प्रष्ट्याएको थियो । अहिले सरकारलाई पठाइएको जवाफी पत्रमा पनि तिनै कुराहरू छन् ।

    सबैभन्दा पहिले केमा प्रष्ट हुनु आवश्यक छ भने यो परियोजना अमेरिकाले होइन, नेपाल आफैंले छानेको हो । अनुदान रकमको ठूलो हिस्सा भारतसम्म जोड्ने प्रशारणलाइनमा खर्च हुने भनिएको छ, जुन अमेरिकाको नभएर नेपालको आवश्यकता हो । विद्युत प्राधिकरणकै गुरुयोजना अन्तरगतको प्रशारणलाइन भएकाले यसमा नानाथरी आशंका गरिरहनु परेन ।

    नेपालले आगामी दिनहरूमा भारी परिमाणमा उत्पादन गर्ने विजुलीका लागि अन्तर्राष्ट्रिय बजार अत्यावश्यक छ, त्यसका लागि सबैभन्दा पहिलो विकल्प भनेको भारत हो । भारतमा विजुली बेच्नका लागि प्रशारण लाइन चाहियो, जसका लागि ठूलो लगानी आवश्यक पर्छ । सरकारले आफ्नो स्रोतबाट रकम जुटाउन सहज नरहेको अवस्थामा अमेरिकाले दिएको अनुदान उपयोग गर्दा हानी के छ ? यो प्रशारणलाइनबाट विजुली नै बग्ने हो, राष्ट्रियता बगेर भारततिर जाने होइन ।

    एमसीसीमाथिको मुख्य आलोचनाका विषयहरू यस्ता छन् :-

    – यो चीनलाई घेर्ने अमेरिकी सैन्य योजना इन्डो प्यासिफिक स्ट्रेटिजीको अंग हो

    – यसले अमेरिकी सेना हतियारसहित नेपाल आएर क्याम्प खडा गर्न अनुमति दिन्छ

    – नेपालको संविधानभन्दा सम्झौतालाई माथि राखिएको छ

    – एमसीसीको लेखापरीक्षण नेपालले गर्न सक्दैन

    – परियोजनाबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको हक लाग्दैन

    – एमसीसीका कर्मचारीलाई नेपालको कानून लाग्दैन आदि

    अमेरिकी सैन्य योजनाको अंग होइन भनेर अमेरिकाले बारम्बार बताइरहेको छ । सम्झौतामा आईपीएसको कतै उच्चारणसमेत छैन । एमसीसीको स्थापना आईपीएसको अवधारणभन्दा अगाडि नै भएको तथा इन्डो प्यासिफिक क्षेत्रबाहिर पनि एमसीसी सक्रिय रहेको हुँदा यी अलग-अलग चिज हुन् भन्ने सहजरूपमा बुझ्न सकिन्छ । अमेरिकी सेना हतियारसहित नेपाल आउँछन् र चीनलाई निशाना बनाएर नेपालमै बेस क्याम्प खडा गर्छन् भन्ने नचाहिँदो हौवामात्रै हो ।

    परियोजनाको लेखापरीक्षण नेपालले गर्न सक्दैन भन्नेमा पनि सत्यता छैन । सम्झौताको दफा ३.८ (क) मा स्पष्टरूपमा भनिएको छ कि नेपालले आफ्नो हिसाबले लेखापरीक्षण गराउन सक्छ ।

    एमसीसी नेपालले अहिलेसम्म प्राप्त गर्न लागेको सबैभन्दा ठूलो अनुदान सहायता हो । ५५ अर्ब नेपालका लागि सानो रकम होइन । हो, यदि नेपालको राष्ट्रियता र सार्वभौमसत्तामा धक्का पुग्ने खतरा थियो भने ५५ अर्ब त के ५५ खर्बकै सहयोग पनि अस्वीकार गर्नुपर्ने हुन्थ्यो । तर, एमसीसी सम्झौतामा त्यस्तो त्राश पाल्नुपर्ने केही छैन ।

    परियोजनाका क्रममा उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहने भनेर अमेरिकाले प्रष्ट्याइसकेकाले यसमा थप चिन्ता लिइरहनु आवश्यक भएन । फेरि, प्रशारणलाइन निर्माण र सडक मर्मत गर्दा कुनै अथाह बौद्धिक सम्पत्तिको उत्पादन हुने पनि होइन ।

    एमसीसी सम्झौताका प्रावधान नेपालको संविधानभन्दा माथि हुने पनि भनिएको छैन । आयोजना कार्यान्वयनमा सम्झौताका प्रावधान र नेपालको कानून बाझिएमा सम्झौताका प्रावधान लागू हुने चाहिँ उल्लेख छ । संविधान र कानून फरक कुरा हुन् ।

    नेपालको संसदबाटै पारित गर्नुपर्ने अनिवार्यतामा अमेरिकाको खराब नियत रहेको पनि कतिपयले बताउने गरेका छन् । हाम्रो लागि मुख्य विषय भनेको सम्झौता नेपालको हितमा छ कि छैन भन्ने हो । हितमा छ भने त्यसलाई संसदले पारित गर्दा के आपत्ति भयो ? सरकार परिवर्तन भइरहने देशमा सम्झौताको वैधानिक आधार मजबुत बनाउनका निम्ति अमेरिकाले यो शर्त राखेको देखिन्छ ।

    एमसीसी नेपालले अहिलेसम्म प्राप्त गर्न लागेको सबैभन्दा ठूलो अनुदान सहायता हो । ५५ अर्ब नेपालका लागि सानो रकम होइन । हो, यदि नेपालको राष्ट्रियता र सार्वभौमसत्तामा धक्का पुग्ने खतरा थियो भने ५५ अर्ब त के ५५ खर्बकै सहयोग पनि अस्वीकार गर्नुपर्ने हुन्थ्यो । तर, एमसीसी सम्झौतामा त्यस्तो त्राश पाल्नुपर्ने केही छैन ।

    योभन्दा अगाडि पनि नेपालले धेरै देश र दातृ निकायहरूसँग अनुदान लिएको छ । पहिले अनुदान लिँदा पनि दातृ निकायका धेरै शर्तहरू हुने गर्थे । विगतमा भएका अनुदान सम्झौताहरूमा के-के लेखिएका थिए, कसले पढेको थियो ? अमेरिकाले पनि नेपाललाई धेरै अनुदान दिँदै आएको छ । तर, उसले अहिलेसम्म नेपालको सार्वभौमसत्तामाथि गिद्देदृष्टि लगाएको देखिँदैन ।

    यदि एमसीसी नेपालबाट फिर्ता भयो भने अमेरिकासँगको सम्वन्धि चिसिने मात्र नभएर भविष्यमा नेपालमा आउने अन्य सहायताहरू प्रभावित हुने छन् । नेपाललाई अविश्वसनीय राष्ट्रका रूपमा हेरिनेछ ।

    नेपालको अर्थतन्त्र अहिले यस्तो अवस्थामा छ कि आफ्नो आन्तरिक राजश्वले सरकारको चालु खर्च पनि नपुग्ने अवस्था आइसक्यो । कर्मचारीलाई तलब खुवाउन पनि विदेशबाट ऋण लिनुपर्ने वाध्यताका बीच यति ठूलो अनुदान सहायतामाथि धेरै राजनीति नमिसाउँदा नै उचित हुन्छ ।

  • एमसीसी उपाध्यक्ष बालकोटमा, एमालेबाट शुरू भयो भेटवार्ता

    एमसीसी उपाध्यक्ष बालकोटमा, एमालेबाट शुरू भयो भेटवार्ता

    काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ ।

    ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

    तस्बिरहरू : सरोज बैजु । 

  • एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’ भन्दै विरोध (तस्बिरहरू)

    एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’ भन्दै विरोध (तस्बिरहरू)

    काठमाडौं । एमसीसीबारे थप प्रष्ट्याउँदै उच्च भेटघाटका लागि एमसीसी अधिकारी आएकै बेला पारेर विमानस्थलबाहिर विरोध प्रदर्शन भएको छ ।

    एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यसको खारेजीको माग गर्दै विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरिएको छ ।

    प्रहरीले केही प्रदर्शनकारीलाई धरपकडसमेत गरेको छ ।

    एमसीसी अधिकारीको आगमन र विरोध प्रदर्शनलाई लक्षित गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो ।

    तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।

  • एमसीसीबारे सांसदलाई ओलीको जवाफ- हरेक कुरामा अग्रसर भैहाल्ने पक्षमा छैनौं, प्रस्ताव आए विचार गरौंला

    एमसीसीबारे सांसदलाई ओलीको जवाफ- हरेक कुरामा अग्रसर भैहाल्ने पक्षमा छैनौं, प्रस्ताव आए विचार गरौंला

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे संसदमा प्रस्ताव भएको खण्डमा विचार गरिने बताएका छन् ।

    ‘हामी हरेक कुरामा एकदम अग्रसर भैहाल्ने पक्षमा छैनौं,’ एमाले संसदीय दलको बैठकमा ओलीले भने, ‘एमसीसी अहिले छलफलका रूपमा आएको छ । दलहरूलाई विचार गर्न दिउँ, एमसीसीबारे सबै डकुमेन्ट पढौं- कति फाइदाजनक रहेछ, कति घाटा हुने खालको रहेछ ।’

    एमसीसी सम्झौता आफूहरूले नगरेको र काँधमा हाल्न जरुरी पनि नरहेको उनले बताए । ओलीले भने, ‘यो सम्झौता हामीले गरेका पनि हैनौं, कार्यान्वयन गरेका पनि हैनौं, अहिले हाम्रो काँधमा हाल्न जरुरी छैन ।’

    ओलीले एमसीसीको प्रस्ताव सदनमा आए गम्भीरतापूर्वक विचार गरिने तर अहिले हतारिनु आवश्यक नरहेको बताए । ‘प्रस्ताव आयो भने गम्भीरतापूर्वक निर्णय गर्छौं र अगाडि बढ्छौं । यो बहसको विषयमा हतारिनु जरुरी छैन । हरेक कुरामा हतारिनु जरुरी हुँदैन ।’

    ओलीले देशको हितको विरुद्ध, जनताको हितको विरुद्धमा भए त्यसलाई आफूहरूको साथ नहुने बताए ।

    एमाले संसदीय दलको बैठकमा सांसदहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट हुनुपर्ने सुझाव दिएका थिए । केही सांसदले यसको विरुद्धमा लाग्नुपर्ने बताएका छन् ।

    बैठकमा २५ जना सांसदहरूले सुझाव राखेका थिए । त्यसमध्ये धेरैको धारणा एमसीसीबारे पार्टी प्रष्ट हुनुपर्ने छ ।

  • एमसीसीको विरोधमा संसद भवनअघि प्रदर्शन (तस्बिरहरू)

    एमसीसीको विरोधमा संसद भवनअघि प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

    प्रतिनिधिसभाको अधिवेशन आजदेखि शुरू हुँदैछ । एमसीसी सदनमा पेस गर्ने तयारी भइरहँदा यसविरुद्ध दिनहुँ आन्दोलन चर्किएको छ ।

    बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघरमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध गरिएको हो । प्रदर्शनमा उत्रिएकालाई प्रहरीले धरपकड गरेको छ ।

     

  • प्रचण्डको दावी – एमसीसी प्रयोग गरेर गठबन्धन तोड्ने प्रयास भइरहेको छ

    प्रचण्डको दावी – एमसीसी प्रयोग गरेर गठबन्धन तोड्ने प्रयास भइरहेको छ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेजस्तै हुने भए पार्टी विघटन गर्नुपर्ने बताएका छन् ।

    बुधबार बिहान माओवादी नेता सुरेश वाग्लेको २३ औं स्मृति दिवसमा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘हामी पनि त्यस्तै हुने हो भने त यो पार्टी किन चाहियो भन्ने बहस उठेको छ,’ प्रचण्डले भने, ‘हिजो त्यत्रो क्रान्तिको झण्डा बोकर आएको पार्टी आज एमालेजस्तै हुने हो भने त अर्थ के रह्यो र ? बरु त्यो भन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनुहुन्छ ।’

    गुट बनाउने र पैसा कमाउने भए एमालेमा गए हुने प्रचण्डको सुझाव छ । ‘जनताद्वारा हामी क्रान्ति गर्छौं भन्ने गर्ने चाहिँ प्रतिक्रान्ति,’ उनले भने, ‘यो जनतालाई धोका हो ।’

    उनले थपे, ‘गुट बनाउने, पैसा कमाउने छ भने एमालेमै गएर गरे भयो नि त । पद प्राप्तीको लागि तँछाड र मछाड गर्ने । जानु भयो नि त हाम्रा केही साथीहरू । त्यसै गर्न मन लागे त हामी सबै गए भो ।’

    एमालेमा गुट बनाउने र पैसा कमाउने काम मात्रै हुने उनको भनाइ छ । प्रचण्डले भने, ‘एमालेमा जाने, एमाले जस्तै हुने, गुट बनाउने, पैसा कमाउने । पद प्राप्त गर्ने, दलालहरूसँग साँठगाँठ गर्ने र उनीहरूको स्वार्थ पूरा गर्ने ।’

    प्रचण्डले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको दावी गरे । ‘यो गठबन्धन तोड्ने षड्यन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देशबाहिरबाट पनि,’ उनले भने, ‘एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

    गठबन्धन पनि बचाउने र एमसीसीमा उठेका आशंका पनि मेटाएर अघि बढ्ने आफ्नो प्रयास रहेको उनको भनाइ छ । ‘हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं,’ प्रचण्डले भने, ‘हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौं ।

  • अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन : प्रचण्ड

    अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने घोषणा गरेका छन् ।

    मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने बताएको वाईसीएलका केन्द्रीय सदस्य नवीन खड्काले नेपाल प्रेसलाई जानकारी दिए।

    ‘अमेरिका सकारात्मक नभए एमसीसी पास हुँदैन,’ सत्ता साझेदार दोस्रो ठूलो दलका अध्यक्षसमेत रहेका प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘हामीले यसबारे अमेरिकालाई कूटनीतिक नोट पठाएका छौँ । यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुने कुरा हुँदैन ।’

    सरकारले हालै एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर एमसीसीलाई पत्र पठाएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने तयारी सरकारको छ ।

  • अन्तर्राष्ट्रिय एयरपोर्ट गेटअघि एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

    अन्तर्राष्ट्रिय एयरपोर्ट गेटअघि एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघि विरोध प्रदर्शन गरिएको छ ।

    एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूहलगायतको आव्हानमा युवाहरूले एमसीसीविरुद्ध नाराबाजीसँगै कालो झण्डा देखाएका छन् ।

    विमानस्थलको मुख्य गेटअघि गरिएको प्रदर्शनमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

    एमसीसी उपाध्यक्ष फतिमा सुमारलगायतका अधिकारी नेपाल आउने तयारी गरिरहेको पूर्वसन्ध्यामा एमसीसी खारेजीका स्वर अझ चर्किन थालेको छ ।

    
    
    
    
  • क्रान्तिकारी उपाध्यक्षको चेतावनी- एमसीसी पास गरिए सडकमा आगो बाल्छौं

    क्रान्तिकारी उपाध्यक्षको चेतावनी- एमसीसी पास गरिए सडकमा आगो बाल्छौं

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तिलकराज भण्डारीले एमसीसी पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन् ।

    पाँचथरको फिदिममा जिल्ला भेलालाई सम्बोधन गर्दै विद्यार्थी नेता भण्डारीले सरकारलाई उक्त चेतावनी दिएका हुन् । मुलुकलाई विदेशीको खेल मैदान बन्न नदिइने भन्दै नेता भण्डारीले सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिमण्डल पूर्णता नदिएर सरकारले पुन: जनताको आकांक्षामा चिसो पानी खन्याउन खोजेको आरोपसमेत लगाए ।

    कार्यक्रममा माओवादी केन्द्रका नेताहरू होम जवेगु, विशाल रसाइली, दिनेश लावतीसहित प्रदेश १ सांसद सीता थेवे र अखिल (क्रान्तिकारी) प्रवक्ता एवं उपमहासचिव जीपी मैनालीसहित विद्यार्थी नेताहरू मनिषा आचार्य खगेन्द्र सुवेदी ,रवी बस्नेत र प्रजिन हाँगमागले प्रशिक्षण मन्तब्य राखेका थिए ।

  • एमसीसीविरुद्ध वैद्यनिकट विद्यार्थी संगठनको प्रदर्शनमा प्रहरी हस्तक्षेप (भिडिओ)

    एमसीसीविरुद्ध वैद्यनिकट विद्यार्थी संगठनको प्रदर्शनमा प्रहरी हस्तक्षेप (भिडिओ)

    काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

    सोमबार दिउँसो महाराजगंजस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दबाब दिइरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विरोधको क्रममा दूतावासअघिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’भन्नेलगायतका नाराबाजी गरेका थिए ।

    अखिल (क्रान्तिकारी) ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिँदै आएको छ ।

  • एमसीसीविरुद्ध जनमोर्चाको आन्दोलन घोषणा, प्रदर्शनमा सहभागी हुन सबैलाई अनुरोध

    एमसीसीविरुद्ध जनमोर्चाको आन्दोलन घोषणा, प्रदर्शनमा सहभागी हुन सबैलाई अनुरोध

    रुपन्देही । राष्ट्रिय जनमोर्चाले एमसिसीविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेको छ । गृहमन्त्रालयले एमसीसीको विरोधमा कुनै प्रकारको विरोध नगर्न विज्ञप्ती जारी गरेको अवस्थामा सो पार्टीले आन्दोलनमा उत्रन भनेको हो ।

    जनमोर्चाले भदाै २२ गते एमसीसीविरुद्ध देशव्यापी सांकेतिक विरोधको कार्यक्रम सफल पार्न अपिल गरेको छ । सो दलले एमसिसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र हितविरुद्ध भएको ठहर गर्दै एमसीसीका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबावविरुद्ध र स्वयं गठबन्धनको सरकारलाई सचेत पार्न देशव्यापी विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको जनाएको छ ।

    दलका अध्यक्ष चित्रबहादुर केसीले आइतवार एक विज्ञप्ती जारी गर्दै केही दिनयता राष्ट्रिय जनमोर्चाबाहेकका गठबन्धनका दलहरुबीच एमसिसीबारे छलफल भएको, एमसिसीको विज्ञापन प्रसारण भएको, एमसिसी अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसिसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको उल्लेख गरेका छन् ।

    विरोध कार्यक्रमहरुलाई सफल पार्न पार्टीका सबै तहका समिति, कार्यकर्ता, जनवर्गीय संगठन तथा जनसमुदायहरुसँग अपिल पनि गरिएको छ ।

    सो पार्टीले समर्थन गरेको सरकारको गृहमन्त्रालयले एमसीसीको विरोधमा कार्यक्रम नगर्न भन्दै सूचना जारी गरेको छ ।

  • नेपालमा एमसीसीबारे चिनियाँ लाइनः यस्ता छन् असन्तुष्टीका संकेत

    नेपालमा एमसीसीबारे चिनियाँ लाइनः यस्ता छन् असन्तुष्टीका संकेत

    इटहरी । हावा देखिँदैन । तर, पात हल्लिएपछि हावा चलेको बुझिन्छ । नेपाली उखानै छ- हावा नचली पात हल्लिदैन ।

    कूटनीति पनि हावाजस्तै हुन्छ, प्राय देखिँदैन । यसका संकेत र प्रभावहरू देखिन्छन् । नेपालले हस्ताक्षर गरेको अमेरिकी सहायता परियोजना (एमसीसी) मा चीनको कूटनीतिक असन्तुष्टी यही प्रकारको छ ।

    गत वैशाख १० मा नेपाल प्रेसमा प्रकाशित अन्तरवार्तामा नेपाल र दक्षिण एसिया मामिलाका चिनियाँ विज्ञ डाक्टर गाओ लियाङले एमसीसीलाई लिएर आपत्ति जनाएका थिए । चीनको सिचुवान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन संस्थानमा आवद्ध र नेपालमा सन् २०१९ जुनदेखि २०२० फेब्रुअरीसम्म इसिमोडका भिजिटिङ स्कलर रहेका गाओको भनाइले कतै न कतै चिनियाँ संस्थापनको आवाज बोल्छ । उनले भनेका थिए, ‘एमसीसी चीनको विकासविरुद्ध छ, नेपालले विचार गरेर निर्णय लिओस् ।’

    गत शुक्रबार चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका नेपाल प्रमुख भइसकेका जो सेङपिङले एक अनलाइनमा लामो लेख लेखे । ‘नेपालले किन एमसीसीलाइ नाई भन्नुपर्छ ?’ शीर्षकमा छापिएको आलेखमा जोले एमसीसीका विभिन्न प्रावधानहरूले नेपालको राष्ट्रिय कानुनदेखि नेपाली सार्वभौमसत्तामा खलल पुर्‍याउने आशय व्यक्त गरेका थिए । नेपालको सार्वभौमसत्ताको मुल्य हुन नसक्ने भन्दै जोले ५० अर्बका लागि नेपाल एमसीसीको पक्षमा उभिनु नहुने तर्क गरेका छन् ।

    जिम्मेवार पदमा रहेका चिनियाँ संस्थापनका प्रतिनिधिहरू भने एमसीसीबारे खुलेर बोल्दैनन् । यद्यपि, एमसीसीप्रति उनीको असन्तुष्टी भने जगजाहेर छ । २०७७ साउन १६ मा एक दैनिकसँगको अन्तरवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एमसीसीका बारेमा कूटनीतिक जवाफ दिएकी थिइन् ।

    सन् २०१७ को सेप्टेम्बर १४ मा वासिङ्टनमा नेपालका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका सिइओ जोनाथन नासले सम्झौता गरेका थिए ।

    उक्त सम्झौताका केही बुँदा र प्रावधानहरू देखाउँदै जोले नेपालले एमसीसीमा ‘नाई’ भन्नुपर्ने बताएका छन् । सन् २०१७ को सम्झौताको खण्ड ६.४ मा सम्झौता अन्तर्राष्ट्रिय भएकाले अन्तराष्ट्रिय कानून लाग्ने भनिएको तथा खण्ड ७.१ ले सम्झौता कार्यान्वयनमा अगाडि बढेपछि नेपाली कानून लागू नहुने प्रावधान देखाउँदै जोले एमसीसी नेपाली हितमा नभएको तर्क गरेका छन् ।

    यस्तै ६.८ खण्डमा एमसीसीमा काम गर्ने अधिकारीहरूबाट भएका अपराधिक कामहरूमा उनीहरूलाई कानून नलाग्ने प्रावधान कोट्याएका छन । जोले एमसीसी नेपालले १८१६ मा बेलायतसँग गरेको सुगौली सन्धी र सन् १९५० मा भारतसँग गरेको शान्ति तथा मैत्री सन्धिसँग तुलना गर्दै यो त्यस्तै खालको तेश्रो सम्झौता भएको जिकिर गरेका छन् । एससीसीका प्रावधान र यसका परिणामहरुले छिमेकी, खासगरी चीनलाई पनि असर पार्ने भन्दै उनले त्यसको लागि भए पनि नेपालले एमसीसीलाई अस्वीकार गर्नुपर्ने बताएका छन् ।

    जिम्मेवार पदमा रहेका चिनियाँ संस्थापनका प्रतिनिधिहरू भने एमसीसीबारे खुलेर बोल्दैनन् । यद्यपि, एमसीसीप्रति उनीको असन्तुष्टी भने जगजाहेर छ । २०७७ साउन १६ मा एक दैनिकसँगको अन्तरवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एमसीसीका बारेमा कूटनीतिक जवाफ दिएकी थिइन् ।

    उनले भनेकी छन्, ‘क्षेत्रीय शान्ति र स्थायित्वको लागि नेपालले आफ्नो राष्ट्रिय हितका आधार अनुरुपको छनोट गर्नेमा हामीलाई विश्वास छ ।’

    अन्य मामिलामा नेपाल र नेपालीले चाहेको अन्तर्राष्ट्रिय सहयोग लिन सक्छ भन्ने गरेको चीनले एमसीसीमा अलि फरक भाषा प्रयोग गरेको राजदूतको अन्तरवार्ताबाटै देखिन्छ । एमसीसीको प्रसंगमा ‘क्षेत्रीय शान्ति र स्थायित्वको लागि’ भन्ने पदावलीले नै एमसीसी बिसुद्ध नेपालको मात्रै कुरा नभएर यसले क्षेत्रीयरूपमै असर पार्ने राजदूतले छनक दिएकी छन् । यस्ता पदावली चीनले खासगरी दक्षिणी चिनियाँ सागरको मामिलामा प्रयोग गर्ने गर्छ ।

    चिनियाँ सरकारी मुखपत्रका कभरेज

    चीन सरकारको आधिकारिक धारणाहरू प्रकाशित हुने सरकारी मुखपत्र हो, ग्लोबल टाइम्स । यसमा एमसीसीलाई लिएर केही सामाग्री प्रकाशित भएका छन् ।

    पत्रकार हु युवेइले ग्लोबल टाइम्समा सन् २०२० मै विभिन्न चार समाचार लेखेका थिए । नेपालीहरुले एमसीसीबिरुद्ध गरेको प्रदर्शन र एमसीसी कसरी चीनको विपक्षमा छ भन्ने बारेमा सन् २०२० को फेब्रुअरी २८, जुन १९, अक्टोबर १४ लगायत विभिन्न मितिमा यस्ता समाचार सामग्री प्रकाशित छन् ।

    चीनले सन् २०१० देखि नै एमसीसीमा असन्तुष्टि व्यक्त गर्न थालेको ग्लोबल टाइम्सबाट देखिन्छ । सन् २००४ बाट सुरु भएको एमसीसीको विश्व कार्यक्रममा सन् २०१० बाट अमेरिकाले चीनलाई लक्षित गर्न शुरू गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

    अफ्रिकाका सन् २०१० को सेप्टेम्बरबाट एमसीसीले चिनियाँ निर्माण संस्थाहरूलाई ठेक्कापट्टामा प्रवेश गर्न निषेध गर्न थालेको सन् २०१० को अगष्ट १४ मा प्रकाशित सामग्रमा उल्लेख गरिएको छ । यस्तै सोही दिन प्रकाशन भएको अर्को भिडियो सहितको सामग्रीले एमसीसीलाई ‘राजनीतिक पासो’ भनेको छ ।

  • ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो)

    ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो)

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभामा बोल्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा ‘कांग्रेसको अनुहार खोइ ?’ भनी प्रश्न गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वकै अघिल्लो सरकारले एमसीसी सम्झौता गरेपनि संयुक्त सरकारले एमसीसीबारे प्रष्ट धारणा नराखेको ओलीको टिप्पणी छ । उनले एमसीसी पास गर्ने, नगर्ने वा चुप लाग्ने के हो ? भनी प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।

    ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ? एमसीसी पास गर्ने की फेल गर्ने की चुप लाग्ने ?’ ओलीले प्रश्न गरे ।

    उनले सरकारले आफ्नो कार्यक्रम संसदमा नल्याएर संसदलाई छलेको आरोपसमेत लगाए ।

  • सरकार परिवर्तनमा एमसीसीको भूमिका

    सरकार परिवर्तनमा एमसीसीको भूमिका

    वर्तमान नेपाली राजनीतिमा इतिहास निर्माण गर्ने अवसरप्राप्त इतिहासकै ठूलो कम्युनिष्ट पार्टीका सुप्रिमो एवम् लगभग दुईतिहाइ जनमतसहितको प्रधानमन्त्रीका रुपमा रहेका केपी शर्मा ओलीको पछिल्लो ‘राजनीतिक बहिर्गमन’ टिठलाग्दो छ ।

    लामो राजनीतिक अस्थिरताले आजित नेपाली जनताले विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि नेकपा एमाले र माओवादी केन्द्रको एकताको म्यान्डेटलाई मत दिएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न यो एउटा सुनौलो अवसर थियो ।

    तर यो कम्युनिष्ट एकता, दुईतिहाइको जनमत क्षतविक्षत भएको छ । न त इतिहासको ठूलो कम्युनिष्ट पार्टी नै रह्यो, न त दुईतिहाइको जनमत । जसको सम्पूर्ण दोष शक्ति उन्मादमा मातिँदै तानाशाह प्रवृत्ति लाद्न खोज्ने अहंकारी शासक भन्दै केपी शर्मा ओलीलाई लगाइएको छ ।

    पुस ५ गते संविधानका कुनै पनि धारामा निर्दिष्ट नरही जनमतको अपमान गर्दै पहिलोचोटि प्रतिनिधिसभा विघटन हुनु प्रतिगमन भन्दै चर्को आलोचना भयो । त्यो कदमलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको म्यान्डेटले बनेको नेपाल कम्युनिस्ट पार्टीलाइ बदर गरिदियो ।

    पुरानै पार्टीगत संरचनामा फर्काइदिएपछि लामो राजनीतिक अस्थिरताबाट रुमल्लिएको मुलुक फेरि उहीं पुरानै दिशामा पुग्यो । नेपाल कम्युनिष्ट पार्टी एमालेमा चरम विवाद भयो । पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षधर पार्टी निर्णय, विधान अनि पार्टी हितविपरीत गतिविधि गर्दै आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई हटाउन लागि परे ।

    ओलीमा झन् सत्तामोह र अहंकार तीव्र बढ्दै गयो । जसकारण उनले दोस्रोचोटि संसद विघटन गरेर चुनाव घोषणा गरे । जुन कदमको चौतर्फी विरोध भयो ।

    माधव नेपाल पक्षका २६ सांसदसहित कांग्रेस, माओवादी केन्द्र र जसपा (उपेन्द्र यादव समूह)ले हस्ताक्षरसहित स्वयं उपस्थित अदालतमा संसद विघटनविरुद्ध र संविधानको धारा ७६ (५) का आधारमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गरियोस् भनेर मुद्दा हाले ।
    आन्तरिक कारण कयौं होलान् तर दुईतिहाइका प्रधानमन्त्री ओलीको सडकयात्रा स्वभाविक होइन । अहिले उनलाई पनि संसद विघटन गरेर गल्ती गरेको अनुभूत भएको होला ।

    पहिलोचोटिको प्रतिनिधिसभा विघटनपछि पुनस्थापित भएको प्रतिनिधिसभाको त्यो परिदृश्यबाट पनि दोस्रोचोटि प्रतिनिधिसभा विघटन गर्नुअघि ओलीले पक्कै केही न केही हेक्का राखेकै होलान् । नेपालीमा एउटा उखान छ नि ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ’ भन्ने । तर ओली किन तर्सिएनन् ? यो जटिल प्रश्न हो ।

    इतिहासमा नै प्रधानमन्त्री परमादेशबाट भएको घटना नभएको अवस्थामा नेपालमा कसरी हुनपुग्यो ? सर्वोच्च अदालतलाई प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार संसदको हो भन्ने सामान्य ज्ञान पनि थिएन होला र ? यसको दोष ओलीलाई मात्रै जाँदैन ।

    नेपालको सानोदेखि ठूला राजनीतिक परिवर्तनका पछाडि विदेशी शक्तिको चलखेल र षड्यन्त्र हुने गरेको सबैलाई थाहा छ । नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बीहरु भएको मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्दै सानो मुलुकलाई पनि संघीयताको गोलचक्रमा पुर्याइयो ।यसका फाइदा तथा बेफाइदा कयौं होलान् त्यो बहसका पाटा हुनसक्छन् । तर प्रश्न एजेन्डा कसको र किन भन्नेनै प्रधान देखिन्छ ।

    बाहिरबाट हेर्दा प्रतिनिधिसभा विघटन अल्पमतमा परेको देखिन्छ । तर सत्ता परिवर्तनमा यस्ता सतही कारण पक्कै हुनै सक्दैनन् । प्रतिगमनको हार र अग्रगमनको जितका माध्यमबाट विष्लेषण गर्नु भनेको जालीको कपडा लगाएर आफ्नो शरीरको लाज छोपेको छु भनेर भ्रममा पर्नु जतिकै हो ।

    मुलुकमा राजसंस्था जीवितै रहँदा प्रत्यक्ष रूपमा विदेशी चलखेल नदेखिएता पनि मुलुकको यथावत परिवर्तनमा कहीं न कतै अप्रत्यक्षरुपमा विदेशीहरूको चलखेल रहेको पाइन्थ्यो । २०६२÷६३ यता अर्थात् गणतन्त्र आएपछि मुलुकको सम्पूर्ण राजनीतिक, आर्थिक अनि सामाजिक परिवर्तनको रिमोर्ट विदेशीको हातमा रहेको पाइन्छ । त्यसपछि विदेशीहरुले मुलुकमा खुलेर हस्तक्षेप गर्न थाले । हिजो केही मात्रामा उत्तर र दक्षिणको मात्र हस्तक्षेप देखिन्थ्यो । आज विश्वका सानादेखि ठूला शक्तिहरुले नेपालमा खुलेर हस्तक्षेप गरिरहेका कयौं घटनाहरू हामी देख्न सक्छौं ।

    हिजो कम्युनिष्ट भन्नेबित्तिकै उत्तरबाट प्रशिक्षित, जसले उत्तर केन्द्रित अवधारणामा आफूलाई केन्द्रीकृत गराएका हुन्छन् भन्ने सामान्य बुझाइ थियो । दक्षिण भनेर आफूलाई प्रजातान्त्रिक मोडलका रुपमा केन्द्रित गराउने शक्तिलाई लिइन्थ्यो । तर आज के उत्तर के दक्षिण सम्पूर्ण पार्टीमा सबैको प्रभाव अनि दबाब पाउँछौ ।

    मुलुक विदेशीहरूको चंगुलमा यसरी नाच्छ कि, यहाँ रातारात कसैलाई राष्ट्रवादी बनाइन्छ भने कोही कसैलाई राष्ट्रघाती । २०१५ सालतिर नेपालको नक्सामा रहेका ती लिपुलेख, लिम्पियाधुरा, कालापानी एक्कासी हराउँछ अनि हराएको ७ दशकपछि नक्साका विषयमा लालमोहररुपी उभिन्छन्, एक पात्र केपी शर्मा ओली र फेरि बनाइन्छ रातारात उनलाई राष्ट्रवादी नेता ।

    राष्ट्रियता मजाकको विषय पक्कै होइन । राष्ट्रिय अखण्डताको विषयमा बालीसकेपछि शीर काटियोस्, त्यो विषयबाट पछि हट्नु भनेको राष्ट्रियतालाई कमजोर बनाउनु हो । रातारात जारी गरिएको चुच्चे नक्सा कार्यान्वयन नगराउनको लागि विदेशी डेलिकेशनअघि हाम्रो नेतृत्व झुकेको भुल्न सकिन्नँ ।

    लिम्पियाधुरा, लिपुलेख अनि कालापानी हाम्रो हो भन्नसक्नु चाहिँ महान् कुरा हो । नेपालजस्तो भू– राजनीतिले असर अनि प्रभाव पार्ने मुलुकमा यस्ता कुरा सामान्य नै मान्नुपर्छ । हिजो रातारात अग्रगमनका पक्षधर देशभक्त अनि राष्ट्रवादी नेता केपी शर्मा ओली कसरी अग्रगमनविरोधी भए ? किन रातारात उनका सम्पूर्ण कदम प्रतिगामी कदम हुन गए । जसको सुक्ष्म विश्लेषण नेपालको बदलिँदो राजनीतिक र भविष्यसँग जोडिएको हामी पाउँछौ । एकताका इतिहासकै शक्तिशाली बनाइएको पात्रलाई इतिहासकै कमजोर बनाएर खरानीमा परिणत गराउने लक्ष्यमा लागेका छन् केही ।

    अरुबाट इतिहासका कालखण्डदेखि निर्देशित र परिचालित, जतिखेर पनि दुर्घटना पर्ने आँकलन परिचालित हुनेलाई मात्र थाहा हुन्छ । जसको पात्र आज केपी शर्मा ओली देखिए , जुन सतही नै किन नहोस् तर वास्तविकता हो । ओलीलाई रातारात नायक बनाएर ल्याउनेबाट रातारात खलनायकको बिल्ला भिराउनुलाई तमाम बुद्धिजीवी सर्कलले गम्भीरताका साथ लिएका छन् । पछिल्लो समय एमसीसी, धर्मनिरपेक्ष र संघीयताको विषय नै ओली सरकारको बहिर्गमनसँग अन्तरसम्बन्धित देखिन्छ ।

    प्रतिनिधिसभाबाट एमसिसि पास हुने सम्भावना नदेखेपछि, ओलीबाट कहीँकतैबाट निर्देशित तवरमानै त्यसको विघटन गरिएको र अध्यादेशबाट एमसीसी अनुमोदन गर्ने पूर्वतयारीको डिजाइन पनि हुन सक्छ । एमसिसी पास गर्ने विषयमा लगभग शीर्षस्थ नेतृत्वहरु सबै एकैठाउँमा छन् ।

    नेतृत्वबाट पनि सबैभन्दा उपयुक्त पात्रका रुपमा केपी शर्मा ओलीलाई चयन गरिएको थियो । जसको परिणाम रातारात ओलिलाई दिलाइदिएको राष्ट्रबादी छविसँग अन्तरसम्बन्धित देखिन्छ । जब ओली सरकारको पहलमा अर्थमन्त्रालयको डेलिगेसनले अमेरिका गएर हामी संसदबाट एमसिसि पास गर्न सक्दैनौ भनेर विश्वास गराएका घटनादेखि पछि फेरि अर्थमन्त्री युवराज खतिवडाले हामी जसरी भएपनि पास गराउँछु भनेर चिठी लेख्नु कहीँ न कही ओलिको बहिर्गमनको यात्रा सँग जोडिएको छ ।

    पछिल्लो समय अमेरिकाका राजदूतका रुपमा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई नियुक्ति जस्ता कुरा सामान्यतया एमसीसी प्रकरणसँग अन्तरसम्बन्धित छ ।

    हिजो एमसीसी नेपाल र नेपालीको हितमा रहेको भन्दै तत्कालीन नेपाल सरकारका तर्फबाट मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता अनुमोदनका लागि हस्ताक्षर गरेको सर्वविधितै छ । र आज सोही पात्रलाई देउवाको सरकारमा ल्याउनु संयोग मात्रै होइन ।

    पछिल्लो घटनाक्रमले एमसीसी पास गराउनकै लागि ओली सरकार ढालेर देउवाको सरकार बनाएको छनक मिल्छ । माधव नेपाल र ओलीको इगोको सिकार पनि देशको राजनीति भएकै हो ।

    हिजो तत्कालीन सभामुख कृष्णबहादुर महरा पनि एमसीसी विरोधी देखिएका थिए । जसकाकारण एमसीसी संसदमा टेवल हुनसक्ने सम्भावना नभएपछि महरालाई अनेक आरोप लगाएको पनि कुरा पनि चर्चामा छ ।

    सामान्य बुझाइमा एमसीसी अमेरिकाबाट प्रदान गरिने सहयोग हो । वास्तवमा उक्त सहयोग अत्यधिक रकम पनि होइन । यदि नेपाल सरकारले एक वर्षको भष्टाचार नियन्त्रण गर्ने हो भने उक्त सहयोगभन्दा दोब्बर रकम जम्मा हुनेमा कुनै शंका छैन । यस्तो परियोजना पास गर्न मात्रै ओली सरकार ढालेको हो भने गर्व गर्नुपर्ने विषय छैन ।

  • एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन (भिडियोसहित)

    एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन (भिडियोसहित)

    चितवन । एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिको आव्हानमा प्रदर्शन गरिएको हो ।

    प्रदर्शनकारीले एमसीसी खारेज गर, नो एमसीसी, एमसीसी इज अ क्यान्सर, एमसीसी गेट आउट लेखिएका प्ले कार्डसहित सहभागी भएका थिए । केन्द्रीय बस ट्रमिनल, चौविसकोठी, लायन्स चोकसम्मको र्‍यालीमा सामना र रक्तिम सांस्कृतिक परिवारले एमसीसी खारेजीको मागसहित सांगितिक कार्यक्रम प्रस्तुत गरे ।

    कोणसभा बोल्दै वामवुद्दीजीवी प्रेम रिमालले एमसीसी संसदमै प्रवेश गराउन नहुने बताए । ‘यो परियोजना सिनोजस्तो हो, संसदको भान्सामा लानु आवश्यक छैन’, उनले भने, ‘यदी एमसीसी पास भएमा नेताहरूलाई गाउँगाउँबाट लखेट्नुपर्छ ।’

    मोहन वैद्य नेतृत्वको माओवादी केन्द्र चितवनका सेक्रेटरी अशोक शर्माले एमसीसी खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए । संघर्ष समितिका सचिव अजिव पौडेलले एमसीसी खारेजी अभियानमा १० राजनीतिक दलको समेत समर्थन रहेको बताए ।

    संयोजक फणीन्द्र आचार्यले अमेरिकी सेना भित्र्याएर नेपालको सार्वभौमिकतामाथि एमसीसी परियोजनाले प्रहार गर्न खोजेकाले तत्कालै खारेज गर्नुपर्ने दावी गरे । संघर्ष समितिले साउन २५ गते जिसस सभाहलमा दिउँसो २ बजे एमसीसी खारेजीका लागि अन्तर्क्रिया गर्ने भएको छ ।

  • संसदमा भीम रावलले भने- संशोधन नगरी एमसीसी अनुमोदन गरिए राष्ट्रघात हुन्छ

    संसदमा भीम रावलले भने- संशोधन नगरी एमसीसी अनुमोदन गरिए राष्ट्रघात हुन्छ

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना (एमसिसी) संशोधन नगरी अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले एमसीसीसँगै भएका अन्य सहायक सम्झौता पनि सार्वजनिक गर्न माग गरे ।

    ‘एमसीसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक होस्,’ रावलले भने, ‘त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ ।’

    उनले कुनै सामरिक कुरासँग जोडिएर एमसीसी आए स्वीकार गर्न नसकिने बताए । ‘यसमा रहेका प्रावधान हटाएर, संशोधन गरेर अनुमोदन गर्नुपर्छ,’ उनले भने, ‘त्यो कुनै सामरिक कुरासँग जोडिएर आउनु हुँदैन ।’

  • भीम रावलले भने- एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती

    भीम रावलले भने- एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती

    काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी टिप्पणी गरेका छन् ।

    ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् ।’

    यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको रावलको भनाइ छ । सत्तारुढ गठबन्धनको बुधबारको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुरले एमसीसी अगाडि बढाए आफू गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

  • एमसीसीः सुनसँग नुन साट्ने प्रोजेक्ट

    एमसीसीः सुनसँग नुन साट्ने प्रोजेक्ट

    नेपाल खनिजलगायत विभिन्न प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक हो । खनिजको उत्खनन् र प्रयोगविना कुनै पनि राष्ट्रको औद्योगीकरण र समृद्धि सम्भव छैन । यसर्थ खनिजको सर्वेक्षण, उत्खनन्, प्रशोधन एवं उपयोग गर्ने देशको मूल नीति हुनुपर्छ ।

    नेपालमै पहिलोपटक भूमि उत्खनन गरी २०१५ सालमै पर्वतमा फलामखानी सञ्चालन भएको थियो । सन् १९२१ मा भोटसँग युद्ध गर्न रामेछापको ठोँसेमा राणा प्रधानमन्त्री देव शमशेरले युद्धका लागि हतियार बनाउने कारखाना खोलेका थिए ।

    त्यसबेला त्यहाँ १८ वटा ठाउँबाट खनिज निकालेर प्रशोधन गरी ठोँसेको मेक्चेनमा दैनिक ९ नाल बन्दुक तयार गरिन्थ्यो । सन् १९५० अगाडि राणाकालीन समयमा भौगर्भिक ज्ञान भएका जनशक्ति नेपालमा थिएनन् र विदेशीलाई पनि अध्ययन अनुसन्धान गर्न अनुमति दिँइदैनथ्यो, तर नेपालमा राणा ब्रिटिसको सम्बन्ध राम्रो भएकोले ‘जिओलोजिकल सर्वे अफ इन्डिया’का भूगर्भविद्मध्ये नेपाल आउने पहिलो भूगर्भविद् जे.डी. हुकरले अनुसन्धान गरेका थिए । राणा शासन अन्त्यपछि विश्वका विभिन्न देशबाट नेपालमा अध्ययन हुन थाल्यो ।

    सन् १९६१ मा सरकारले खानी अड्डालाई विस्तार गरी खानी ब्युरोमा परिवर्तन गरेर सन् १९६७ मा नेपाल भौगर्भिक सर्वेक्षण संस्थाको स्थापना गरियो । सन् १९७७ अर्थात् २०२४ सालमा खानी ब्युरो र भौगर्भिक सर्वेक्षण संस्था एकत्रित गरी खानी तथा भूगर्भ विभाग स्थापना भयो । सन् १९६७ मा नै त्रिभुवन विश्वविद्यालयको स्नातक तह र सन् १९७६ देखि स्नाकोत्तर तहमा भूगर्भ शास्त्र विषयको अध्यापन थालियो ।

    ढुङ्गा, गिट्टी, बालुवा, युरेनियम, पेट्रोलियम पदार्थ, दुर्लभ धातु, ग्याँस, कोइला, शृङ्गारिक रत्नपत्थर, जिंक, फलाम, तामा, अभ्रख, सीसा, चुनढुङ्गा, मार्बल जस्ता खनिज एवंं जलस्रोत जस्ता अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण मुलुक भएर पनि उचित खोज, अनुसन्धान अन्वेषण तथा प्रविधिको अभावले नेपाल ‘माल पाएर चाल नपाएको’ जस्तो भएको छ ।

    खानी तथा भूगर्भ विभाग तथा त्रिभुवन विश्वविद्यालयको अध्ययन अनुसार नेपालमा कम्तिमा २१ प्रकारका खनिज धातु, २३ प्रकारका औद्योगिक खनिज, ६ प्रकारका रत्न खनिज, ४ प्रकारका इन्धन खनिज र ९ प्रकारका निर्माण खनिज गरी ६३ प्रकारका खनिज छन् । जसमध्ये कतिपय खनिजको विस्तृत अध्ययन भइ परिणामसमेत यकिन भइसकेको छ भने कतिपय ठाउँमा खनिजमा आधारित केही उद्योगहरु स्थापना भइसकेका छन् ।

    २०३३ सालमा पहिलोपटक काठमाडौंको चोभारमा चुनढुङ्गामा आधारित हिमाल सिमेन्ट कम्पनीको स्थापनापछि कृषि चुन उद्योग, हेटौंडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल ओरेण्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी जस्ता उद्योगहरु स्थापना भए । तर अहिले केही उद्योग मात्रै संचालित छन् ।

    खानी तथा भूगर्भ विभागल विभिन्न खनिजको सर्वेक्षण गर्न ५०० भन्दा बढी कम्पनीलाई खोजतलास र उत्खननको अनुमति दिएको दिएको छ । अनुमतिको दिएको तुलनामा खनिज उद्योगको स्थापना नगण्य मात्रामा भएको छ । स्थापित उद्योगहरु पनि खस्किँदै विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तथा प्रशासनिक र प्राविधिक निहुँमा बन्द भएका छन् ।

    सन् १९८० मा नै विश्व बैंक तथा क्यानेडियन सरकारको सहयोगमा सम्पूर्ण तराई र चुरे पर्वत शृङ्खलामा अन्वेषण गदा पेट्रोलियम खानी फेला परेको थियो ।

    नेपालमा आफैंले उत्पादन गरेर होस् वा विदेशबाट आयात गरेर खनिजको उपयोग दिनदिनै बढिरहेको छ । नेपालको गुणस्तरीय उत्पादित सामानले अन्तर्राष्ट्रिय मान्यता र ख्याति पाएपछि विविध निहुँ पारेर प्राविधिक तथा अन्य कर्मचारीको हडताल, बन्द जस्ता गतिविधिले खनिज उद्योग बन्द भएका छन् । र, हरेक वर्ष खनिज आयातमा नेपालको कुल बजेटको एकतिहाई रकम विदेशिएको छ ।

    विश्वको व्यापार तथा राजनीतिक इतिहासमा खनिजका कारण ठूल्ठूला द्वन्द्व भएका छन् । सुडानमा भएको पेट्रोलियम पदार्थका कारण द्वन्द्व भइ विभाजित हुन पुग्यो । कंगोको गृहयुद्धमा कोल्टन र हिराजस्ता खनिजले भूमिका खेलेको थियो भने विभिन्न पृथकतावादी युद्ध पनि खानीकै कारण भएका छन् ।

    सन् १९९८ मा अक्सफोर्डका प्राध्यापक पल कोली र एन्क होलरले प्राकृतिक स्रोतको सम्पन्नताले युद्धको खतरा निम्त्याउँछ भनेका छन् । जहाँ प्राकृतिक स्रोत छैन, त्यहाँ युद्ध हुने सम्भावना ०.५% मात्र हुन्छ, प्राकृतिक स्रोतबाट राष्ट्रिय कुल ग्रार्हस्थ उत्पादनमा २६% भन्दा बढी योगदान भएको देशमा २३% भन्दा बढी युद्ध हुने सम्भावना हुनेसमेत उनले भनेका छन् ।

    अब विश्वमा अरु देश र त्यहाँको प्राकृतिक स्रोतमाथि हैकम र कब्जा गर्न पूर्णतः निषेध गरिएको छ । यस्तो अवस्थामा अमेरिकाको पुँजीपतिहरुको निर्देशनमा अमेरिकी सेनाको प्रत्यक्ष उपस्थिति तथा निगरानीमा विकासोन्मुख देशलाई आर्थिक सहगोग गर्ने बहानामा तयार भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता भएको देशका सम्पूर्ण प्राकृतिक तथा वौद्धिक सम्पत्तिमा अमेरिकाको रजाइँ हुने प्रष्ट प्रावधान नै छ ।

    नेपालमा सन् १९६७ मा नै त्रिविको स्नातक तहमा र सन् १९७६ देखि स्नाकोत्तर तहमा भूगर्भ शास्त्र विषयको अध्यापन थालनी भएपछि केही मात्रामा भए पनि अन्वेषण, उत्खनन, प्रशोधन तथा प्रयोगशालासम्बन्धी चासो बढ्यो । तर विस्तृतकृत पढाइ नहुँदा त्यहाँबाट उत्पादित जनशक्तिले भौगर्भिक नक्सांकनबाहेक अरु केही गर्न सकेका छैनन् ।

    नेपालमा अझै खनिज अन्वेषण, उत्खनन, प्रशोधन तथा प्रयोगशालालाई आवश्यक पर्ने माईनिज ईन्जिनियरिङ, मेटालुर्जिकल ईन्जिनियरिङ, जियोफिजिक्स, जियो केमेस्ट्री, रिमोट सेन्सिङ जस्ता विषयको अध्यापन हुन सकेको छैन । सरकारले उद्योग र शैक्षिक संस्था एक अर्काको परिपूरक हुन् भन्ने कुरालाई आत्मसाथ गर्न सकेको छैन ।

    विद्यालयस्तरका कक्षामा खनिज पदार्थको उपलब्धताबारे जानकारीमूलक अध्यापन गरे पनि कक्षा ११–१२ तथा विश्वविद्यालयको शिक्षामा खनिजसँग सम्बन्धित विशेषज्ञ तथा जनशक्ति उत्पादनलाई प्राथमिकता दिन सकेको छैन । र नेपालमा उपलब्ध खनिजको अध्यापन नभए पनि विदेशमा खनिज विषयको अध्ययनका लागि विशेष छात्रवृत्तिको व्यवस्था दिएर नेपालमा विस्तारै खनिजको विशेषज्ञ तयार गरिनुपर्छ ।

    यसर्थ सरकारले एमसीसी सम्झौताको भरोसा नगरी विकल्प खोज्नु पर्छ । नेपालमा उपलब्ध खनिजको वैज्ञानिक तरिकाले भरपूर प्रयोग गरी सुखी नेपाली र समृद्ध राष्ट्र निर्माणका लागि खनिजसँग सम्बन्धित माईनिङ ईन्जिनियरिङ, मेटालुर्जिकल ईन्जिनियरिङ, जियोफिजिक्स, जियो केमेस्ट्री, रिमोट सेन्सिङ जस्ता विषयका ईन्जिनियर उत्पादन गर्नु पर्दछ ।

  • एमसीसीबारे देउवाः सित्तैमा यत्रो पैसा आउँदैछ, भ्रम फैलाएर हुन्छ ? (भिडियो)

    एमसीसीबारे देउवाः सित्तैमा यत्रो पैसा आउँदैछ, भ्रम फैलाएर हुन्छ ? (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने अडान राखेका छन् । नेपालमा आउन लागेको यति ठूलो विदेशी अनुदानबारे अनावश्यक भ्रम फैलाइएको उनको टिप्पणी छ ।

    आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यो बाबुराम भट्टराइको पालादेखि भएको काम हो । मेरो पालामा त सिग्नेचर गरेर पठाएको मा हो । यत्रो ठूलो अनुदान, ब्याजस्याज छैन । सित्तैमा आएको छ । तर, अनेक भ्रम फैलाइयो ।’

    उनले थपे, ‘अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइएको छ । हामीले त्यस्तो गर्न दिन्छौ ? कसैले दिन्छ ? यस्ता झुट्टा प्रचार भइराख्या छ ।’

    पत्रकारको अर्को प्रश्न थियो, ‘एमसीसी पारित भएन भने मलाई अप्ठेरो पर्छ भन्ने तपाईंले भन्नुभएको कुरा आयो नि ?’

    देउवाले झेक्किँदै जवाफ दिए, ‘कहाँ भन्या छु मैले ?’

    पत्रकारले भने, ‘बाहिर आएको कुरा हो ।’

    देउवाले जवाफ दिए, ‘होइन भनिसकेँ त मैले । फेरि भन्छु सुन्नु, होइन होइन होइन ।’

    एमसीसीको विषयमा प्रचण्डसँग सहमति भएको भन्ने कुरा चाहिँ के हो ?

    देउवाले भने, ‘होइन । प्रचण्डले सहयोग गर्छु भनेको छैन ।’

  • एमसीसीविरुद्ध माओवादीलगायतका दलहरूको प्रदर्शन (फोटो/भिडियो)

    एमसीसीविरुद्ध माओवादीलगायतका दलहरूको प्रदर्शन (फोटो/भिडियो)

    काठमाडौं । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

    नेकपा माओवादी केन्द्रलगायतका विभिन्न २२ राजनीतिक दल र संस्थाले सोमबार प्रर्दशन गरेका हुन् । केही समयदेखि एमसिसीविरुद्धको प्रर्दशन कम भएको भए पनि पछिल्लो समय यसविरुद्ध फेरि प्रदर्शन हुन थालेका छन् ।

    प्रदर्शनकारीले एमसीसी खारेज हुनुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता गनुपर्नेजस्ता नारा लगाएका छन् ।