Tag: उपकुलपति

  • विद्यार्थीलाई त्रिविले समकक्षता नदिएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना

    विद्यार्थीलाई त्रिविले समकक्षता नदिएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना

    काठमाडौं । सीएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नपाएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना दिएका छन् । भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका विद्यार्थीले मंगलबारबाट धर्ना दिन सुरु गरेका हुन् ।

    इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएकालाई त्रिविले एका–एक उच्च शिक्षाका लागि समकक्षता दिन बन्द गरेपछि आफुहरु आन्दोलित बनेको समकक्षता नपाउने विद्यार्थीको नेतृत्व गरेका सुधन महतले बताए । त्रिविसँग पटकपटक आग्रह गर्दा आश्वासन बाहेक केहि नपाएपछि धर्ना दिन सुरु गरेको उनको भनाई छ ।

    इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट स्नातक र सीए दुवै उर्तिण गरेका विद्यार्थीलाई स्नातकोत्तर र सीए मात्र उर्तिण भएकालाई स्नातक वा सोसरह मान्यता दिँदै आएको त्रिविले सीएलाई व्यवसायीक पाठ्क्रम भन्दै समकक्षता निर्धारण गर्न बन्द गरेको छ । त्रिविको यहि निर्णय विरुद्ध समकक्षता नपाएका विद्यार्थी विगत डेढ महिनादेखि आन्दोलित छन् ।

  • स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि प्रारम्भिक सूचीमा परेका ३१ जनाको नाम सार्वजनिक (नामावलीसहित)

    स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि प्रारम्भिक सूचीमा परेका ३१ जनाको नाम सार्वजनिक (नामावलीसहित)

    सरकारले तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि ३१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठन भएका सिफारिस समितिले तयार पारेको प्रभारम्भिक सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

    सूची अनुसार आवेदन दिनेमध्ये योग्यता, अनुभव तथा व्यवसायिक कार्ययोजनाका आधारमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनाको नाम प्रारम्भिक सूचीमा परेको सिफारिस समितिका सदस्य सचिव समेत रहेका मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

    तीन वटै स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपकुलपति नियुक्तिका लागि प्रारम्भिक सूचीमा पर्नेको नामावली यसप्रकार छ ।