Tag: इरान

  • एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने

    एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने

    काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोटको समूह बीमा परेको नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने भएको छ ।

    छनोट खेल्ने ४२ टोली ११ समूहमा विभाजित भएका छन् । एएफसी यु-२३ का लागि उज्वेकिस्तान आयोजकको रूपमा छनोट भइसकेको छ भने १५ टोलीका लागि खाली छ ।

    छनोट चरणबाट ११ समूहका विजेता र चार उत्कृष्ट नतिजा निकाल्ने उपविजेताले प्रतियोगितामा स्थान बनाउने छन् । छनोट अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

  • इरानी राष्ट्रपतिमा कट्टरपन्थी रइसी निर्वाचित, इजरायलले भन्यो : विश्वकै लागि खतरा

    इरानी राष्ट्रपतिमा कट्टरपन्थी रइसी निर्वाचित, इजरायलले भन्यो : विश्वकै लागि खतरा

    तेहरान । इरानको नयाँ राष्ट्रपतिमा पश्चिमा मुुलुकप्रति कट्टर आलोचक मानिएका इब्राहिम रइसी निर्वाचित भएका छन् । उनी इरानी धर्मगुरु आयोतल्ला अल खामेनी निकट मानिन्छन् ।

    कट्टर विचारका पक्षपाति मानिने रइसी इरानी पूर्वन्यायाधीश समेत हुन् । उनलाई पश्चिमा मुलुकहरुले थुप्रै मानवअधिकार उल्लंघनका घटनामा जिम्मेवार मानेका छन् ।

    ४८.८ प्रतिशत मत खसेको निर्वाचनमा ६० वर्षिय रइसीले १८ मिलियन मत प्राप्त गरेका थिए । तर, उदार विचारका समर्थक इरानीले चुनावमा भाग लिन अस्वीकार गरेको जनाइएको छ ।

    सन् १९७९ मा गणतन्त्र राज्य स्थापना भएपछि इरानमा खसेको यो अहिलेसम्मकै न्यून मत भएको सीएनएनले जनाएको छ । खामेनीलाई बढीभन्दा बढी नागरिकलाई मत खसाल्न आग्रह गरेपनि धेरै इरानीले मतदानमा रुचि देखाएनन् ।

    कम मत खस्दा दुस्मनहरुको दबाब पनि बढी हुने खामेनीले बताएका थिए । इरानको आठौं राष्ट्रपतिको रुपमा रइसीले ४५ दिनपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

    नयाँ राष्ट्रपतिले कोभिड–१९ को कारण थिलोथिलो परेको अर्थतन्त्र उकास्ने चुनौति छ । सन् २०१५ मा अमेरिकासँग भएको आणविक सन्धिलाई पनि ब्युँताउनुपर्ने दबाब इरानमाथि छ ।

    नयाँ इरानी राष्ट्रपति विश्वकै लागि खतरा : इजरायल

    इजरायलले इरानको राष्ट्रपतिमा रइसी निर्वाचित भएको घटनालाई विश्वले गम्भिरताका साथ लिनुपर्ने बताएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हैअतले रइसीलाई अहिलेसम्मकै कट्टर इरानी राष्ट्रपति भएको बताएका छन् ।

    इजरायलले रइसीले आणविक गतिविधि बढाउन सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाइ दिँदै परम्परागत रुपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्धलाई स्मरण गरेका छन् ।

    प्यालेस्टिनी लडाकु समूह हमासका प्रवक्ताले इरानको प्रगति र समृद्धिको कामना गरेका छन् ।

  • अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

    अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने बताएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले

    इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उनले दिए । यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ– राष्ट्रपति बाइडेनले भने ।

    अमेरिकाको सिबीएस न्युजलाई शुक्रबार दिएको अन्तरवार्तामा उनले सो कुरामा जोड दिएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका थिए ।

    त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताएका थिए ।

  • इरानमाथिको आर्थिक प्रतिबन्ध बाइडेन प्रशासनले यथावत राख्ने

    इरानमाथिको आर्थिक प्रतिबन्ध बाइडेन प्रशासनले यथावत राख्ने

    एजेन्सी । अमेरिकी राष्ट्रपति जोय बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध नहटाउने प्रष्ट पारेका छन् । अमेरिकका अनुसार परमाणु सम्झौता फेरि लागू गर्नलाई इरानलाई दवाव बनाइराख्न पनि प्रतिबन्ध कायमै राखिएको हो ।

    सीबीएस न्युजका लाथि लिइएको एक अन्तर्वार्तामा बाइडेनलाई यदि इरान वार्ताका लागि तयार भयो भने प्रतिबन्ध हट्छ त ? भनेर सोधिएको थियो । जवाफमा बाइडेनले भने, ‘हट्दैन ।’

    उसो भए के इरानले युरोनियम प्रशोधन रोक्नुपर्छ त ? त्यसपछि बाइडेनले स्वीकारोक्तिसहित टाउको हल्लाए । तर यो स्पष्ट थिएन कि उनी के भन्न चाहन्छन् ।

    सन् २०१५ मा भएको परमाणु सम्भौताका अनुसार इरानलाई सीमित मात्रामा युरेनियम सम्वद्र्धनको अनुमति छ । सन् २०१८ मा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपक्षीय रुपमा सम्झौता तोडेका थिए । बाइडेनले इरान सम्झौता पुनः लागू गर्ने बताउँदै आएका छन् ।

    यता इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले अमेरिकासँग परमाणु सम्झौताको बारेमा कुराकानी गर्नका लागि पहिलो शर्त नै प्रतिबन्ध खारेजी हुनुपर्ने माग राखेका छन् ।

    इरान र विश्वका ६ शक्तिशाली राष्ट्रका बीच २०१५ मा एक सम्झौता भयो । जसकारण इरानमा युरेनियम उत्सर्जनमा कडा प्रतिवन्ध लगाइएको थियो । यो प्रतिबन्धले इरानलाई परमाणु हतियार उत्पादनमा कठिन बनाएको थियो ।