Blog

  • प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दर्ता गरेको रिटमा कारण देखाउ आदेश जारी

    प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दर्ता गरेको रिटमा कारण देखाउ आदेश जारी

    काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले बुधबार ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

    एमालेले भन्यो- प्रतिनिधिसभा विघटन असंवैधानिक

    त्यस्तै संवैधानिक इजलासले यसअघि दर्ता भएर विचाराधीन रहेका प्रतिनिधिसभा विघटनविरुद्धका रिटसँगै राख्न पनि सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको छ ।

    एमालेले रिटमा अन्तरिम आदेश माग गरे पनि संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेन ।

    प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीश सपना प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा रहेका थिए । एमालेबाट तत्कालीन प्रतिनिधि सभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौला र सचेतक सुनिता बरालले प्रतिनिधि सभा विघटन विरुद्ध मुद्दा दायर गरेका थिए ।

  • उज्यालो नेपालको घोषणापत्र- प्रदेश सांसद हटाउने, स्थानीय तहका प्रतिनिधिबाटै प्रदेश परिषद् बनाइने

    उज्यालो नेपालको घोषणापत्र- प्रदेश सांसद हटाउने, स्थानीय तहका प्रतिनिधिबाटै प्रदेश परिषद् बनाइने

    काठमाडौं । उज्यालो नेपाल पार्टीले संविधानलाई गतिशील दस्ताबेजको रूपमा स्वीकार गरेको छ। आज घोषणापत्र सार्वजनिक गर्दै नेपालको उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गरिनुपर्ने जनाएको छ।

    हालको व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार, नेपालमा संघीयताको अभ्यासलाई कायम राख्दै व्यवहारिक, परिणाममुखी र प्रभावकारी बनाउनुपर्ने प्रस्ताव गरेको छ।

    देशको जनसंख्या, भूगोल, पहिचान, सामर्थ्य र आर्थिक सम्भावना समेतलाई मध्यनजर गर्दै प्रदेश र स्थानीय तहको संरचना र संख्या पुनरावलोकन, वृहत् राष्ट्रिय सहमतिको आधारमा संघीयतासँग जोडिएका विषयलाई सम्बोधन, शासकीय सुधारका सन्दर्भमा विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त भएका सुझावका आधारमा मन्त्रालयको संख्या पुनरावलोकन गरिनुपर्ने उल्लेख छ।

    घोषणापत्रमा भनिएको छ, ‘सांसद सदस्य नभएका विज्ञहरूलाई मन्त्री बनाउन सकिने व्यवस्था गरिनुपर्छ । तर परराष्ट्रमन्त्री, गृहमन्त्री, कानूनमन्त्री र रक्षा मन्त्री संघीय संसदको सदस्यबाटै चयन गरिनुपर्छ ।’

    प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिनुपर्ने पक्षमा उभिएको छ।

    घोषणा पत्रमा भनिएको छ, ‘प्रदेशमा सांसद रहने व्यवस्था हटाई प्रदेशसभाको काम गर्ने गरी स्थानीय तहको प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने प्रदेश परिषद् बनाइनुपर्दछ । प्रदेश परिषद्ले ऐन पारित गर्ने व्यवस्था गरिनुपर्छ । प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसदको आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्दछ ।’

    एकै संसदीय निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार हुन नपाइने व्यवस्था गरिनुपर्ने प्रस्ताव छ।

    घोषणा पत्रमा भनिएको छ, ‘समानुपातिक सांसद र मनोनीत सांसद १ पटकको लागि मात्र हुने व्यवस्था गरिनुपर्दछ । स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्छ ।’

    न्यायपालिकामा दलीय हस्तक्षेप नहुने गरी न्यायपरिषद्को पुनः संरचना गरिनुपर्ने प्रस्ताव छ।

  • प्रलोपाले प्रधानमन्त्रीलाई बुझाएको ४ बुँदे मागपत्रमा के छ ? (पूर्णपाठ)

    प्रलोपाले प्रधानमन्त्रीलाई बुझाएको ४ बुँदे मागपत्रमा के छ ? (पूर्णपाठ)

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई ४ बुँदे मागपत्र बुझाएको छ ।

    पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वमा सिंहदरबार पुगेको टोलीले प्रधानमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    जेन-जी जनआन्दोलन, आर्थिक तथा सामाजिक न्याय, भ्रष्टाचार विरोधी र सुशासन संस्थागत गर्ने र आगामी निर्वाचनबारे पार्टीको मागपत्र बुझाएको हो ।

    जेन-जीले उठाएको जायज माग सम्बोधन गर्न प्रलोपाले सरकारसँग माग गरेको छ ।

  • अब देशकै नेतृत्व गर्नुपर्छ भन्ने लागेको छ : कुलमान घिसिङ

    अब देशकै नेतृत्व गर्नुपर्छ भन्ने लागेको छ : कुलमान घिसिङ

    काठमाडौं । ऊर्जा कुलमान घिसिङले अघिल्लो सरकारले विद्युत् प्राधिकरणबाट निकालापछिको समयलाई आफूले अवसरको रूपमा लिएको बताएका छन्।

    उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो कार्यकाल ४ महिना हुँदा खेरी आफू प्राधिकरणबाट बाहिरिनुपरेको बताए।

    उनले भने, ‘मैले त्यस बेला पनि सरकारलाई धन्यवाद दिएको थिएँ, मलाई मौका दिनुभयो भनेर, अब यहाँबाट हिँडेपछि देशकै लिड गर्नुपर्छ कि भन्ने लागिरहेको छ।’

    उनले देशको नेतृत्व सही भए विकास गर्न सकिने उदाहरण सुनाए। देश भित्र रहेका र बाहिर रहेका सबै एक मत भएर लागे देश बनाउन सकिने उनको निष्कर्ष छ।

  • ‘स्कुलमा कविता’ को तेस्रो संस्करण : माघ-३ बाट अडिसन

    ‘स्कुलमा कविता’ को तेस्रो संस्करण : माघ-३ बाट अडिसन

    काठमाडौं । सुनसरीको वराहक्षेत्रमा आयोजना हुने विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ आगामी माघ-३ गतेबाट सुरु हुने भएको छ ।

    वराहक्षेत्रको साविक भरौलबाट अडिसन सुरु भई क्रमश चतरा, चक्रघट्टी र प्रकाशपुरमा अडिसन आयोजना हुने स्वर्णिम साहित्य समाजका निवर्तमान अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए ।

    प्रतियोगितामा वराहक्षेत्रभरिका माध्यमिक विद्यालबाट कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउने छन् । विद्यालय आफैंले प्रतिनिधित्वका रुपमा एक छात्रा अनिवार्यसहित दुई उत्कृष्ट प्रतियोगी छनोट गर्दै आएका छन् । ‘प्रत्येक विद्यालयका उत्कृष्ट दुई जना फाइनल राउण्डमा प्रवेश गर्नेछन्, ‘ कवि दिप्सालीले भने, ‘फाइनलका उत्कृष्टलाई स्कुलमा कविताको विजेता घोषणा गरिने छ ।’

    उनका अनुसार फाइनल राउण्डका प्रथमसहित, द्वितीय, तृतीय र सान्त्वनाले नगद र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । स्कुलमा कविताको तेस्रो संस्करणलाई प्याब्सन बराहक्षेत्रले मुख्य प्रायोजन गर्ने बताइएको छ ।

    प्रतियोगितामा प्रत्येक राउण्डमा अतिथि निर्णायक र फाइनल राउण्डमा विशिष्ट निर्णायक रहँदै आएका छन् । पहिलो संस्करणमा आर्यन निरौला र दोस्रो संस्करणमा सबिना बानियाँले स्कुलमा कविताको उपाधि जितेका थिए ।

  • बरहथवा नगरमा पहिलो महिला मेयरः शिक्षिकादेखि समाज रूपान्तरणसम्म कल्पनाको नेतृत्वयात्रा

    बरहथवा नगरमा पहिलो महिला मेयरः शिक्षिकादेखि समाज रूपान्तरणसम्म कल्पनाको नेतृत्वयात्रा

    रुपन्देही । सर्लाहीको भित्री मधेसको मुटुमा अवस्थित, दुई नदी-बागमती र लखनदीबीच फैलिएको ऐतिहासिक, सांस्कृतिक र कृषि सम्भावनाले धनी बरहथवा नगरपालिका आज विकास, सुशासन र सामाजिक रूपान्तरणको नयाँ अध्याय लेखिरहेको छ । यस रूपान्तरणको केन्द्रमा उभिएकी छन् नगरप्रमुख कल्पनाकुमारी कटुवाल, जो २०६४ सालमा सुरु भएको सामाजिक-राजनीतिक यात्राबाट निरन्तर अग्रसर हुँदै आज मधेसको महिला नेतृत्वलाई नयाँ अर्थ दिन सफल भएकी छन् ।

    उनको अगाडि शिक्षण पेशाको अनुशासन छ, समाजसेवाबाट बटुलेको मानवीय संवेदना छ, र स्थानीय विकासमा लागू गरिएको ‘व्यावहारिक नीति’ छ, यी तीन शक्ति मिलेर उनले बनाएको नेतृत्व आज बरहथवाको पहिचान बनेको छ ।

    २०२४ जेठ २४ गते सर्लाहीको बरहथवामै जन्मिएकी कटुवालले आफ्नो व्यावसायिक जीवन शिक्षकको रूपमा सुरु गरिन् । लामो समयसम्म शिक्षण पेशामा बिताउँदा उनले समाजका वास्तविक समस्या नजिकबाट देखिन् ।

    उनी भन्छिन्, ‘शिक्षक भनेको केवल पढाउने पात्र होइन, समाजमा अन्यायमा परेकालाई सहज बनाउने अभिभावक हो । शिक्षक सबै अभिभावकको अभिभावक हो । यही पहिचानले मलाई समाजको गहिरिंगा समस्यामा उज्यालो पार्ने बाटोतर्फ बोलायो ।’ शिक्षकको भूमिकाबाट प्राप्त अनुभवले नै पछि उनको नेतृत्व शैली, निर्णय क्षमता र सामाजिक उन्मुखतामा प्रत्यक्ष प्रभाव पारेको छ ।

    बरहथवा नगरपालिका भूगोलका हिसाबले अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो । भित्री मधेसको केन्द्रीय बजार, समृद्ध कृषि सम्भावना, ऐतिहासिक महत्व र दोहोरो नदी–संस्कृतिले यो नगरलाई अलग पहिचान दिन्छ । तर सम्भावनासँगै चुनौतीहरू पनि थिए—शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि व्यवस्थापन, सामाजिक विभेद र महिला नेतृत्वप्रतिको प्रतिरोध । यही चुनौतीलाई अवसरमा बदल्ने लक्ष्यका साथ कटुवाल मेयरको कुर्सीसम्म आइपुगिन् । ‘मेरो यात्रा यहाँसम्म पुग्छु भन्ने कल्पना गरेर, योजना बनाएर हिँडेको होइन, कर्म गर्दा गर्दा यो अवसरमा पुरायो ।’ उनले भनिन् ।

    शिक्षाबाटै सुरु भएको सुधार यात्रा

    कसरी विकास गर्नुपर्छ भन्ने प्रश्नमा उनले सदैव शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिन् । ‘म शिक्षाबाट आएको मान्छे । अवस्थाको विश्लेषण गरेपछि पहिलो आवश्यकतै शिक्षाको सुधार रहेछ जस्तो लाग्यो’ उनी बताउँछिन् । उनले शिक्षालयमा आवश्यक संरचना, सिकाइ वातावरण सुधार, अभिभावक-विद्यालय सम्बन्ध मजबुत पार्ने पहल अघि बढाइन् ।

    शिक्षालाई सामाजिक रूपान्तरणको आधार मानेर उनले विद्यालयमा न्यायिक पहुँच, छात्रवृत्ति व्यवस्थापन, बालमित्र कार्यक्रम र सिकाइमा प्रभाव पार्ने वातावरण विकासलाई निरन्तरता दिइरहेकी छन् । उनी भन्छिन्, ‘समाजमा पहिलो आधार बनाउने शिक्षा नै हो, त्यसैबाट मलाई सामाजिक आधारका काम गर्ने अवसर पाएँ यसैबाट स्थानीयको मन जित्नसकेँ, विद्यार्थी, अभिभावले मात्रै होइन समाजका सबैको विश्वासको आधार हो शिक्षक त्यसबाटै आधार बनाएर यहाँसम्म आएको हुँ ।’

    उनले अध्यापनकै क्रममा समाजमा रहेको जाति, वर्ग र लिंगका विभेदविरुद्धको आवाज उठाउँदै आएको बताउँछिन् । जनप्रतिनिधि बनेपछि पनि यसैलाई आधार बनाएको उनको भनाइ छ । कटुवालको नेतृत्व केवल औपचारिक पदमा सीमित भएन । सामाजिक अभियन्ताको भूमिका निभाइरहँदा उनले मधेसमा गढेर बसेको जातीय विभेद, लिंगका आधारमा हुने भेदभाव र पछाडि पारिएका वर्गको पीडा नजिकबाट अनुभूत गरिन् ।

    उनी भन्छिन्,‘जात, वर्ग वा लिंगका आधारमा कसैलाई पछाडि पार्नु अन्याय हो । म विभेदविरुद्ध सधैं बोलिरहेँ, र समाजले पनि साथ दियो ।’ समाजमा समावेशी नीतिको स्थापना, महिला-दुर्बल वर्गको आवाजलाई निर्णय प्रक्रियामा लैजाने अभियान उनको नेतृत्वको मूल आधार हुन पुगेको छ । सामाजिक विकाससँगै उनले भौतिक विकासलाई पनि स्थानीयको आवश्यकताका आधारमा अघि बढाएको उनी बताउँछिन् । सामाजिकसँगै स्वास्थ्य-खानेपानी मधेसको विशेष समस्यामा सीधा ध्यान दिएको उनको भनाइ छ ।

    मधेसमा स्वास्थ्य विशेष चुनौती हो, महिला स्वास्थ्य, पोषण, सुरक्षित प्रसूति र रोगको जोखिम उच्च हुने क्षेत्र । मेयर कटुवालले महिला स्वास्थ्य सुधारका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिन् । सुरक्षित मातृत्व, स्वास्थ्य शिविर, पोषण कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेवक सुदृढीकरण यी उनका प्रमुख पहल हुन् ।

    त्यसैगरी, खानेपानीको शुद्धता मधेसको अर्को समस्या भएकाले उनले जलस्रोत संरक्षण, पानी परीक्षण, फिल्टर वितरण, वितरण प्रणाली सुधारजस्ता कार्यक्रम अघि सारिन् । त्यसैगरी कृषि-सिँचाइ र आर्थिक आत्मनिर्भरतालाई मेयर कटुवालले प्राथमिकतामा राखेर काम गरेकी छन् ।

    बरहथवा कृषिमा धनी क्षेत्र हो । सम्भावना धेरै तर योजनाबद्ध व्यवस्थापन कमजोर । यही ठाउँमा कटुवालले ‘व्यावहारिक कृषि नीति’ लागू गरिन् । कृषि क्षेत्रको सुधारका लागि उनका प्रमुख कामहरू भूमिगत सिँचाइ विस्तार, विद्युत्मार्फत सिँचाइ सुविधा, कृषि विविधीकरण, यान्त्रीकरणबाट किसानको लागत घटाउने कार्यक्रम, उत्पादित उपज व्यवस्थापनलाई योजनावद्ध अघि सारेको उनको भनाइ छ ।

    कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानको जीवनमान उकास्ने लक्ष्य उनको नेतृत्वको मूल आधार हो । यो सँगै उनले भौतिक पूर्वाधार तर उपयोगमुखी सोच बनाएको बताउँछिन् । मेयर कटुवालले भौतिक विकासलाई आवश्यकताअनुसार अघि बढाइन् । सडक, भवन, बजार, पुल, नागरिक सेवा केन्द्र जस्ता सुविधाको निर्माणसँगै उनले विशेष ध्यान दिइन् । ‘पूर्वाधार बनाउनु मात्र विकास होइन, ती संरचनाको पूर्ण उपयोग कसरी हुन्छ भन्ने सोच महत्त्वपूर्ण हो ।’ उनले भनिन् । त्यसैले उनले सामाजिक विकास र मानविक क्षमतासँग सम्बन्धित कार्यक्रमलाई पनि समान प्राथमिकता दिइन् ।

    आफ्नो कार्यकालमा उनले युवा र खेलकुद: सम्भावनालाई मार्गदर्शनको रूपमा अघि बढाइन् । युवा पिँढीलाई कुलतमा लाग्न नदिन र सानैबाट स्वस्थताका कारण यसलाई अघि बढाएको उनको भनाइ छ । युवा पुस्तालाई अवसर, मार्गदर्शन र पहिचान आवश्यक छ भन्ने बुझ्ने नेतृ हुन् कटुवाल । त्यसैले खेलकुद कार्यक्रम, प्रशिक्षण, प्रतियोगिता, युवा समूहलाई परिचालन, उद्यमशीलता विकास जस्ता योजनाहरू सँगै अघि बढाइन् ।

    महिला सशक्तीकरणमा कटुवालको अनौठो दृढता

    महिला नगर प्रमुख बन्नु त्यो पनि मधेसमा सामान्य विषय थिएन । यहीँ कारण उनले महिलाको सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताउँछिन् । स्रोतसाधन सीमित, चुनौती धेरै—तर कटुवाल कहिल्यै पछाडि फर्किइनन् । उनी भन्छिन्,‘विकास भनेको भवन मात्र होइन, महिलालाई उठाउने शक्ति हो । सामाजिक रूपान्तरण महिलाको नेतृत्वविना सम्भव छैन ।’ महिलालाई समूहगत कार्यमा जोड्ने, सीप–उद्यम कार्यक्रम सञ्चालन गर्ने, लैंगिक बजेट, समावेशी नीति—यी सबै कदम कटुवालले निरन्तर अघि बढाएकी छन् ।

    पुरुषवादी समाजमा महिला नेतृत्वको संघर्ष सानो नहुने प्रष्ट छ नै । मधेसमा महिलाको नेतृत्व सामान्य विषय होइन । सामाजिक पूर्वाग्रह, परिवार–समाजको दबाब, राजनीतिक प्रतिस्पर्धा सबै उनको बाटोमा थिए । तर उनी भन्छिन्, ‘वातावरण कसैले बनाइदिन्न । आफै संघर्ष गरेर बनाउनु पर्छ ।’ नेतृत्वमा स्थापित हुन उनले साहस, निरन्तरता र संघर्षलाई आफ्नो शक्ति बनाइन् ।

    उनको नेतृत्वमा आएको सबैभन्दा ठूलो चुनौती हो नगर अस्पताल विवाद । अस्पताललाई प्रदेशमा लैजान दबाब थियो, तर उनले नगरकै क्षमतामा आधारित सेवा दिनुपर्ने धारणा राखिन् । यही विषयमा उनलाई राजनीतिक आक्रमण, बदनाम गर्ने प्रयास, घरसमेत जलाउने प्रयास, भौतिक आक्रमणको खतरासम्मको अवस्था सिर्जना भयो । उनी सम्झिन्छिन्,‘धेरैले महिला भएकैले अस्पताल जस्तो विषय पार लगाउन सक्दिन भनिरहेका रहेछन् । यही मेरो सबैभन्दा ठूलो जीवन–सिकाइ बन्यो ।’ तर उनी पछि हटेनन्, सिद्धान्तमा अडिइन् ।

    अधुरो सपना : नर्स बन्ने चाहना र नयाँ अर्थ

    कटुवाल कहिल्यै राजनीतिमा आउने पात्र होइनन् । उनको पहिलो चाहना—नर्स बन्ने थियो । भर्ना भइसकेकी थिइन् तर विवाहपछि त्यो सपना पूरा हुन सकेन । तर पछि शिक्षण पेशामा प्रवेश गरिन् । उनी भन्छिन्, ‘नर्स बन्न नपाएको पीडा थियो । तर शिक्षक भएर गरेको कामले त्यो पीडा बिर्सायो । अझ अहिले दर्जनौँ महिलालाई नर्स बन्न सहयोग गर्न पाउनु त्योभन्दा ठूलो खुसी के नै हुन सक्छ ?’

    राजनीति प्रवेश : सेवा विस्तारको बाटो

    ०७४ मा पहिलोपटक मेयरका लागि उम्मेदवार बन्न प्रस्ताव आयो । सुरुमा निर्णय दिन कठिन भयो । तर उनले सोचिन्— ‘अवसर सधैं आउँदैन ।’ तेस्रो दिनमै निर्णय गरिन् । त्यो चुनावमा पराजित भए पनि उनले यो यात्रालाई रोकिन दिइनन् । ०७९ मा उनी दोब्बर मतले विजयी भइन् । त्यसपछि मेयरमा महिला नेतृत्व रः चुनौतीबाट अवसरसम्म उनले साढे ३ वर्षसम्म अनुभव संगालिन् । टिकटका लागि प्रतिस्पर्धा, नेतृत्वमा विश्वास दिलाउनुपर्ने दबाब, पार्टीभित्रको प्रतिस्पर्धा यी सबै प्रक्रियामा कटुवाल दृढ बनिन् । उनी भन्छिन्, ‘प्रतिस्पर्धामा अब्बल बन्न आफै दृढ हुनुपर्छ । टिकटका लागि धेरैले चाहना राख्नु स्वाभाविक हो । तर जित्नका लागि म तयार थिएँ, अनि जनताले साथ दिए ।’

    उनले अबको समय : सामाजिक विकास प्राथमिकतामा राखेको बताउँछिन् । उनको अबको लक्ष्य अधुरो विकास सम्पन्न गर्ने, भौतिक पूर्वाधारको प्रभावकारी उपयोग, मानव विकासमा लगानी, सामाजिक रूपान्तरण अन्तिम लक्ष्य रहेको छ । उनी भन्छिन्, ‘भौतिक पूर्वाधार धेरै बनेका छन्, तर पूर्ण प्रयोग छैन । प्रयोगमुखी विकास सामाजिक विकासबाटै सम्भव छ ।’

    मेयर कटुवालको मेयर पद कल्पनाभन्दा पर पुगेको यात्रा हो । कटुवाल भन्छिन्, ‘मैले कहिल्यै सोचेको थिइनँ कि यहाँसम्म पुग्छु । तर कामले जिम्मेवारी बनाइदियो । यो समाज नै मेरो परिवार हो ।’ बरहथवाको विकास मात्र होइन, मधेसमा महिला नेतृत्वको संरचना निर्माणमा पनि कटुवालको योगदान महत्त्वपूर्ण छ ।

    शिक्षिकादेखि मेयरसम्मको यात्रा केवल व्यक्तिगत उपलब्धि होइन, उनी बनेकी छन् समाज परिवर्तनको दृढ प्रतीक । बरहथवाको मुटुमा फेरिएको विकासको धड्कन आज एउटा महिला नेतृत्वको सपना, साहस र संघर्षको प्रमाण बनेर उभिएको छ ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने

    राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा राजा र जेन-जीसहितको नवीन समझदारीको माग गर्दै सडक आन्दोलन गर्ने भएको छ । आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीले पाएका छन् ।

    आन्दोलनको समग्र तयारी र रणनीति निर्माणका लागि पार्टीले विशेष आन्दोलन परिचालन समिति गठन गर्दै त्यसको नेतृत्व शाहीलाई सुम्पेको हो । अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको पत्र दिएका छन् । पत्रअनुसार समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रवीन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्यका रूपमा चयन भएका छन् ।

    समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकमा अध्यक्ष लिङ्देन स्वयं उपस्थित रहेर आन्दोलनका एजेन्डा तथा व्यवस्थापनबारे निर्देशन दिएका थिए । बैठकमा २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण, संगठित र संख्यात्मक रूपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

    बैठकमा सहभागी नेताहरूका अनुसार जेन-जी आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राजासंस्थाका बीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जन–आन्दोलनको मार्ग रोजेको बताइएको छ ।

    राजसंस्थासहितको स्थायी राजनीतिक संरचना निर्माण नगरेसम्म अस्थिरता अन्त्य नहुने राप्रपाले निष्कर्ष निकालेको छ ।

    राप्रपाले यही मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पाँच बुँदे ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्रमा आगामी निर्वाचनअघि नै सर्वपक्षीय सहमति निर्माण गर्ने, दलहरूबीच विश्वसनीय संवाद, संवैधानिक संरचनामा सुधार, राष्ट्रको स्थिरताका लागि व्यापक सहमति, र भविष्यमा आन्दोलन आवश्यक नपर्ने गरी राजनीतिक मार्गचित्र बनाउने आदि माग समावेश छन् ।

    आगामी मंसिर २३ को कार्यक्रमलाई राप्रपाले जेन-जी, राजनीतिक दल र राजाबीच नयाँ ‘नवीन समझदारी’ निर्माणको लागि ऐतिहासिक दबाब–कार्यक्रमका रूपमा लिएको छ । जनसहभागिता, नेतृत्वको उपस्थिति, संगठनगत संरचनाको पूर्ण परिचालन र ६ जिल्लाबाट समन्वित रूपमा मोबिलाइजेसन गर्ने तयारी तीव्र भइरहेको बताइएको छ ।

    राप्रपाका एक नेताले भने, ‘यो आन्दोलन नयाँ सहमतिको मार्ग खोल्ने ऐतिहासिक मोड हो । जनता, दल र राजा—यी तीन शक्ति एक स्थानमा भेटिएमात्र देश स्थिर हुन्छ ।’

    आजको बैठकले २३ गतेका लागि विस्तृत कार्ययोजना, सुरक्षा, भीड व्यवस्थापन, कार्यक्रम प्रवाह र मिडिया व्यवस्थापनमा उपसमिति गठन गरेको छ । राप्रपाका अनुसार नजिकिँदै गएको आन्दोलनलाई प्रभावकारी बनाउन दैनिक ब्रिफिङ र प्रदेश तथा जिल्ला–स्तरका संयोजक बैठकहरू निरन्तर भइरहनेछन् ।

  • १२ रनमा आउट भए डुप्लेसिस, अभिषेशले लिए विकेट

    १२ रनमा आउट भए डुप्लेसिस, अभिषेशले लिए विकेट

    काठमाडौं । दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीस एनपीएलमा आफ्नो पहिलो म्याचमा असफल भएका छन् । ओपनरका रूपमा आएका उनी १२ रनमै आउट भए ।

    लुम्बिनी लाइन्सका स्पिनर अभिषेश गौतमले डुप्लेसीसलाई स्टम्पिङ गरिदिएका हुन् ।

    आउट हुनुअघि उनले ९ बलको सामना गर्दै दुईवटा चौका प्रहार गरेका थिए ।

    दोस्रो ओभरको अन्तिम बलमा अभिषेशलाई अगाडि बढेर प्रहार गर्न खोज्दा उनी बिट भए र लुम्बिनीका श्रीलंकन विकेट किपर निरोसन डिकवेल्लाले सहजरुपमा स्टम्पिङ गरे ।

    विराटनगरले १५ रनमा दोस्रो विकेट गुमाएको छ । अर्का ओपनर जर्ज मुन्से शून्य रनमा आउट भएका थिए ।

  • बर्ली होम एप्लायन्सेजको ६ नयाँ गिजर मोडेल सार्वजनिक

    बर्ली होम एप्लायन्सेजको ६ नयाँ गिजर मोडेल सार्वजनिक

    काठमाडौं । गत वर्ष नेपालमा १७ एयर कूलर मोडेलको सफल लॉन्चपछि Burly Home Appliances ले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै Elegance र Elecia सिरिजका ६ नयाँ Storage Water Geyser नेपाली बजारमा प्रस्तुत गरेको छ। अत्याधुनिक German Technology, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालमा उपलब्ध छन्।

    नेपालमा Burly उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रीब्युटर CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।

    कम्पनीका प्रतिनिधिले भने, “नेपालमा एयर कूलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ। Elegance र Elecia सिरिजका मोडेलहरू सुरक्षा, दीगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन्।”

    नयाँ प्रस्तुत  Burly Geyser ले ग्राहकलाई Water Tank मा ७ वर्ष, Heating Element मा २ वर्ष र सम्पूर्ण Product मा २ वर्षको उत्तम वारन्टी सुविधा प्रदान गर्छ र दुई सिरिज अन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।

     एलेगन्स (Elegance) सिरिज

    आधुनिक डिजाइन, उच्च–गुणस्तर हीटिङ र भरपर्दो निर्माणसहितका तीन मोडेलहरू—Elegance 10 Ltr, Elegance 15 Ltr र Elegance 25 Ltr—मा उपलब्ध छ।

    यसका मुख्य विशेषताहरू:

    • Temperature Control Knob
      • Shock & Water-Proof Design
      • Energy Efficient Operation
      • High Quality Heating Element
      • Enamel-Coated Durable Water Tank
      • German Technology Integrated
      • आकर्षक मिनिमलिस्ट डिजाइन
      • विश्वसनीय “Always at Home” अनुभव

    एलेसिया (Elecia) सिरिज

    प्रीमियम रंगहरूको विकल्पसहित, आधुनिक डिजिटल इन्डिकेटर र अत्याधुनिक सुरक्षा सुविधायुक्त तीन मोडेलहरू—Elecia 25 Black, Elecia 25 Golden र Elecia 15 Golden—मा उपलब्ध छ।

    यसका मुख्य विशेषताहरू:

    • Temperature Control Knob
    • Shock & Water-Proof Body
    • High-Efficiency Heating Element
    • Energy Saving Performance
    • Enamel-Coated Water Tank
    • German Technology आधारित संरचना
    • आधुनिक बाथरूम डिजाइनसँग मिल्ने प्रिमियम फिनिस
    • युजर–फ्रेन्डली फ्रन्ट कन्ट्रोल

    Burly Home Appliances बारे

    Burly Home Appliances एक द्रुत–गति विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले कूलिङ, हीटिङ, किचेन र होम–कम्फर्ट श्रेणीका उत्पादहरूमा आधुनिक, दीगो र ऊर्जा–दक्ष समाधान प्रदान गर्छ।

    German Technology आधारित डिजाइन, प्रिमियम निर्माण र उपभोक्ता–मैत्री प्रदर्शनका कारण Burly दक्षिण एसियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल Burly को लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै आएको छ, जहाँ उत्पादनहरू CG Electronics मार्फत मात्र उपलब्ध छन्।

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ ।

    हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो । चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ।

    ‘वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर चलचित्र हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो’,( कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भनिन्, ‘सामूहिक रुपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीहरूमा पनि सहयोग र समन्वय गर्ने भावनाको विकासमा सहयोग पुग्छ।’

    चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रुपा देउलाले भनिन्, ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ, आफ्नै घरको कथा भनेकोजस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको प्रतिक्रिया दिए ।

    एचइआईको कर्पोरेट शोमा निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुगेका थिए । नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ ।

  • १३ दिनको रोमाञ्चक रोड ट्रिप: हुन्डाई टक्सनमा काठमाडौं-कन्याकुमारीको सफर

    १३ दिनको रोमाञ्चक रोड ट्रिप: हुन्डाई टक्सनमा काठमाडौं-कन्याकुमारीको सफर

    काठमाडौं । नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले काठमाडौंदेखि कन्याकुमारीसम्म र फर्केर आउने एउटा उल्लेखनीय सडक यात्रामा निस्केका तीन जना नेपाली यात्रीहरूको यात्राबारे जानकारी गराउन पाउँदा खुसी व्यक्त गरेको छ। यस टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू, र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल।

    यो १३ दिने यात्रा मंसिर १७ देखि मंसिर २९ सम्म चल्नेछ। यस अवधिमा करिब ८,००० किलोमिटर को दूरी पार गरिनेछ, जसमा दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ। यो यात्रामा यात्रीहरूले श्री विजय कसाजूको हुन्डाई टक्सन प्रयोग गर्दैछन्, जुन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ।

    हुन्डाई टक्सन आफ्नो अल-व्हील ड्राइभ क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, र बलियो बनावटका कारण मिश्रित सडक अवस्थाहरूमा लामो भू-भागको यात्राका लागि उपयुक्त मानिन्छ। टक्सनको भित्री भागमा फराकिलो क्याबिन र लामो समय सडकमा रहँदा यात्रुहरूलाई आराम दिनका लागि भेन्टिलेटेड सिटहरू उपलब्ध छन्। यसका अतिरिक्त, आवश्यक परे आरामका लागि यात्रीहरूले पछाडिको सिटमा क्याराभान शैलीको विश्रामको व्यवस्था पनि बनाएका छन्।

    यस स्तरका सडक यात्राहरूले नेपाली यात्रुहरू बीचको साहसिक भावनालाई उजागर गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान, र सडक गतिशीलता चेतनालाई प्रवर्द्धन गर्न मद्दत गर्दछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले सम्पूर्ण टोलीलाई सुरक्षित, सहज र स्मरणीय यात्राको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

  • उज्यालो नेपाल घोषणा कार्यक्रममा पुगिन् किशोरी, पार्टी दर्ताका लागि आफैंले दिएको निवेदन अलपत्र

    उज्यालो नेपाल घोषणा कार्यक्रममा पुगिन् किशोरी, पार्टी दर्ताका लागि आफैंले दिएको निवेदन अलपत्र

    काठमाडौ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घाइते बोकेर अस्पताल पुर्‍याएकी किशोरी कार्की पनि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल घोषणा सभामा अतिथिका रुपमा उपस्थित भएकी छन् ।

    निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन पेश गरेकी कार्की बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभामा अतिथिका रुपमा उपस्थित भएकी हुन् ।

    जेन-जी आन्दोलनमा निर्वाह गरेको भूमिकाका विषयमा अहिले उनले दलको घोषणा सभामा आफ्नो धारणा राखेकी छन् । उनले मन्तव्यका क्रममा बेपत्ता परिवारको छोरी भएको दाबी गरिन् । राजनीति उमेरले नभएर आफ्नो भोगाइ र जीवनले सिकाएको बताउँदै उनले आफू २५ वर्षको मात्रै भए पनि न्यायका लागि लड्न ढिलो भइसकेको बताइन् ।

    गत कात्तिक २८ गते कार्कीले निर्वाचन आयोगमा नवनिर्माण पार्टी दल दर्ताका लागि निवेदन दिएकी थिइन् । तर, दल दर्ताका लागि पुर्‍याउनुपर्ने सबै प्रमाण तथा प्रक्रिया पुर्‍याइनसकेका कारण अहिलेसम्म उक्त दल दर्ता भएको छैन ।

    अहिलेसम्म दल दर्ता हुन नसकेका कारण उनको दल आगामी फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन नपाउने भएको छ । उनको दल दर्ता नभएका कारण उनी उज्यालो नेपाल पार्टीमा आवद्ध भएर अघि बढ्ने सम्भावना देखिएको छ ।

  • युट्युवमा सब्सक्राइबर बढेपछि आशाको उत्साह- कुनै दिन १ लाख पुगोस् भन्थेँ, आज ५० लाख भयो

    युट्युवमा सब्सक्राइबर बढेपछि आशाको उत्साह- कुनै दिन १ लाख पुगोस् भन्थेँ, आज ५० लाख भयो

    काठमाडौं । भुन्टी र कान्छी उपनामले परिचित लोकप्रिय कलाकार, निर्माता तथा निर्देशक आशा खड्का गौतमको युट्युब च्यानल ‘सुकुमाया टिभी’ ले ५० लाख (५ मिलियन) सब्सक्राइबर्स बटुल्न सफल भएको छ। उनको यो च्यानलमा आजै ५० लाख सब्सक्राइबर्स पुगेका हुन। ‘सुकुमाया टिभी’ मा आशाले आफ्नो लोकप्रिय सिरियल ‘भुन्टी’ प्रसारण गर्दै आएकी छन्।

    आफ्नो च्यानलमा ५० लाख सदस्य जोडिएपछि आशाले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छिन। दर्शक तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै उनले लेखेकी छिन्, ‘कुनै दिन लाग्थ्यो हाम्रो युट्युब च्यानलको सब्सक्राइबर्स १ लाख मात्रै भइदिए पनि कस्तो हुन्थ्यो, तर हेर्दाहेर्दै ५० लाखभन्दा बढी दर्शक हाम्रो च्यानलमा जोडिनुभएको छ। यहाँहरूको यो मायाका लागि मनदेखि नै धन्यवाद दिन चाहन्छु।’

    उनले आफ्नो सफलताको सबै श्रेय दर्शकलाई दिएकी छिन। ‘सुकुमाया टिभी’ सँगै आशाको अर्को ‘कान्छी अफिसियल’ नामक युट्युव च्यानल पनि छ। यो च्यानलमा पनि उनको ३८ लाखभन्दा बढी सब्सक्राइबर्स पुगिसकेका छन्।

    ‘भुन्टी’ र ‘कान्छी’ दुवै टेलिसिरियलको निर्माण, निर्देशन तथा शीर्ष भूमिकामा आशा स्वयंले काम गर्दै आएकी छन्। युट्युबमा यी दुवै सिरियलका हरेक भागहरूले रिलिजको केही समयबाटै लाखौं भ्युज पाउने गर्छन् ।

  • एलिनाले नाडीमा खोपिन् सेमिकोलन ट्याटु, अर्थ गुगलमा खोज्न अनुरोध

    एलिनाले नाडीमा खोपिन् सेमिकोलन ट्याटु, अर्थ गुगलमा खोज्न अनुरोध

    काठमाडौं । गायिका एलिना चौहानले नाडीमा सेमिकोलन ट्याटु खोपेकी छन् । उनले संगीतको साइन भएको सेमिकोलन ट्याटु खोपेकी हुन् । सेमिकोलन ट्याटु मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । यस्ता ट्याटुको अर्थ डिप्रेसन, एन्जाइटी, सेल्फ–हार्म र अन्य मानसिक समस्याबाट गुज्रिरहेका व्यक्तिहरुप्रति एक्येबद्धता जनाउनु हो ।

    एलिना स्वयंले संजालमा राखेको भिडियोमा ट्याटु खोप्नुअघि भन्छिन्, ‘म पीडा खप्न सक्ने मान्छे हो । तर, ट्याटु खोप्दाको पीडा कस्तो हुन्छ, थाहा छैन ।’ ट्याटु खोप्दै गएपछि दुखाइ चाहिँ नहुने बताउँछिन् । चिरिक–चिरिक कमिलाले टोकेजस्तो मात्रै हुने बताउँछिन् ।

    ‘मर्दाखेरि यही लिएर जाने हो । अनि यो मान्छे यस्तो थियो है भन्ने व्यवहार लिएर जाने हो,’ एलिना ट्याटुबारे खुलेर बोल्छिन्, ‘पुतलीसुतली घाँटीमा, कम्मरमा हान्न चाहिँ अलि मन पर्दैन । कतिलाई मन पर्छ होला । मलाई त ममी र बाबाको ट्याटु हान्न मन छ ।’

    अन्तिममा चाहिँ अलि दुखेजस्तो भए पनि मर्नेगरी चाहिँ नदुख्ने बताएकी छन् । सेमिकोलन ट्याटुको अर्थ गुगलतिर खोज्न पनि दर्शकलाई अनुरोध गरेकी छन् ।

  • पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

    पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

    लेखनाथ (कास्की) । बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् ।

    सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेका बेगनास तालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आएका मेघनाथ तिवारीले बताए। विसं २०७२ को भूकम्पसँगै बेगनास तालमा आउने पर्यटकको सङ्ख्या घट्दै गएको जनाउँदै उनले कोरोनाका साथै विभिन्न घटनाक्रम र सडकका कारण त्यो सङ्ख्या बढ्न नसकेको धारणा राखे ।

    वर्षौँदेखि थला परेको डुङ्गा व्यवसायमा पछिल्ला केही वर्षयता सुधार हुने आशा गरिए पनि मुग्लिङ–पोखरा, तालचोक–बेगनास सडक पुनर्निर्माणका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या घटेको बेगनास तालका डुङ्गा व्यवसायी सोमराज कँडेलले गुनासो गरे ।

    बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले डुङ्गा व्यवसायबाट दैनिकी नचलेपछि तीस प्रतिशत व्यवसायीले विकल्पका रूपमा अन्य पेसा रोजेका बताए । “बाँकी रहेका व्यवसायी पनि व्यवसायसँगै अन्य काममा समेत संलग्न हुने गरेका छन्”, उनले भने ।

    पोखरा महानगरपालिका–३१ मा रहेको बेगनास तालमा आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान पुग्ने गर्छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौँदेखि प्रसिद्ध मानिँदै आएको छ । “यतिबेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलोपालो गरी चलाउने गरिएको छ”, डुङ्गा व्यवसायी कँडेलले भने ।

    पोखराको दोस्रो ठूलो बेगनास ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ २८० वटा डुङ्गा सञ्चालनमा छन् भने करिब २०० जना डुङ्गा व्यवसायी छन् । “व्यवासयीले डुङ्गाको पालो कुर्न एक साता पर्खनुपर्छ । महिनाको रु तीन हजारले परिवार कसरी चल्न सक्छ”, पूर्वअध्यक्ष कँडेलले प्रश्न गरे ।

    बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु ७०० र पाइडलबोटको रु एक हजार ५०० लिने गरेका बेगसान डुङ्गा व्यवसाय समतिका अध्यक्ष रविराज कँडेलले जानकारी दिए। “तालमा तीनवटा मोटरबोट भए पनि ती मोटरबोट बराह मन्दिरमा जानआउनका लागि मात्र प्रयोग हुन्छन्”, उनले भने ।

    डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुँदै आइएको हो ।

    विसं २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँका डुङ्गा व्यवसायका साथै सवारीसाधनका रूपमा प्रयोग हुन्थ्यो । कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोका रूपमा यो ताल प्रयोग गर्दै आएका अध्यक्ष कँडेल जानकारी दिए।

    बेगनास तालका होटल व्यवसायी सोमबहादुर लालचनका अनुसार पर्यटकको सङ्ख्या दश वर्षदेखि घट्दै भएको छ । “सोही कारणले यहाँको पर्यटन व्यवसाय स्वदेशी पर्यटकले धानिएको छ । एक–दुई जना इजरायली पर्यटक मात्र आउँछन्, उनीहरूले पनि धेरै पैसा खर्च गर्दैनन्”, उनले भने ।

    पोखराको फेवातालमा आउने २५ प्रतिशत पर्यटक मात्र बेगनास तालमा पुग्ने गरेमा यहाँको पर्यटन व्यवसाय चलायमान हुने उनले विश्वास व्यक्त गरे । “पर्यटकको पर्खाइमा कतिञ्जेल बस्ने हो”, लालचनले भने, “होटलका लागि पर्यटक खोज्दै बेगनास ताल आसपास आएर बस्नुपर्ने अवस्था छ ।” रासस

  • एनपीएल–२ : विराटनगरविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ गर्दै

    एनपीएल–२ : विराटनगरविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    विराटनगर ५ खेलमा ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।

  • क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे १३ करोड बिगो दाबी

    क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे १३ करोड बिगो दाबी

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

    प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, केही कम्पनीका प्रतिनिधिलाई मुद्दा लगाइएको छ । उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।

    मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो । उनीहरूलाई पनि विशेष अदालतमा उपस्थित गराइएको छ ।

  • रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी

    रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी

    काठमाडौं । युरोपेली युनियनका सांसद तथा सदस्य राष्ट्रहरूले सन् २०२७ सम्ममा युरोपेली युनियनमा रूसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा सहमति जनाएका छन् ।

    यस सम्झौताको उद्देश्य ‘युरोपेली ऊर्जा बजारमा महत्वपूर्ण प्रभाव पार्ने ग्यास आपूर्तिको रूस शस्त्रीकरणपछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु’ भएको विज्ञप्तिमा उल्लेख छ । सम्झौताले सदस्य राष्ट्रहरू र युरोपेली संसदबीचको संयुक्त प्रयासलाई सफल बनाएको छ जसले प्रतिबन्ध चाँडै लगाउन चाहान्थ्यो ।

    युरोपेली परिषद्को अध्यक्षतामा युरोपेली संसदका प्रतिनिधिहरूले रूसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा हटाउन सम्झौतामा पुगेको युरोपेली परिषद्ले एक विज्ञप्ति मार्फत जनाएको छ ।

    दीर्घकालीन सम्झौतामा प्रतिबन्ध सन् २०२७ नोभेम्बर–१ देखि पाइपलाइनद्वारा ल्याएको ग्यासका र सन् २०२७ जनवरी–१, देखि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को लागि लागू हुने जनाइएको छ ।

    छोटो अवधिका लागि सन् २०२६ अप्रिल–२५ देखि एलएनजी र सन् २०२६ जुन–१७ देखि पाइपलाइन ग्यासमा प्रतिबन्ध लगाइएको छ ।

  • विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा

    विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् ।

    मुख्यमन्त्री नियुक्त भएको २२औँ दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका छन् ।

    २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो । तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिए ।

    विश्वासको मत पाउने अवस्था नबनेपछि यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ ।

  • जनार्दनसँग लागेका माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले दिए राजीनामा

    जनार्दनसँग लागेका माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले दिए राजीनामा

    काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । आज प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई राजीनामा बुझाएको हुन्।

    राजीनामा पत्रमा भनेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँदछु ।’

    शर्मा नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाडेर जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका छन्। दलको नेताबाट राजीनामा दिए पनि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

  • कुलमानको पार्टी घोषणामा पुगिन् सुमना श्रेष्ठ, मञ्चमै आसिन

    कुलमानको पार्टी घोषणामा पुगिन् सुमना श्रेष्ठ, मञ्चमै आसिन

    काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि उपस्थित भएकी छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठलाई घोषणा सभाका सञ्चालकले पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा उनलाई अतिथिका रूपमा मञ्चमा बोलाएका छन् ।

    श्रेष्ठ अहिले घोषणा सभाको मञ्चमा बसिरहेकी छन् । सुरुमा श्रेष्ठले घिसिङ नेतृत्वको पार्टीमा लाग्ने बताइएको भए पनि अन्तिममा केन्द्रीय समिति सार्वजनिक हुँदा भने उनको नाम समेटिएको थिएन ।

  • अध्यक्ष र महासचिव बाहेकमा मेरो उम्मेदवारी : विष्णु पौडेल

    अध्यक्ष र महासचिव बाहेकमा मेरो उम्मेदवारी : विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने दाबी गरेका छन् ।

    बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उनले एमालेको आन्तरिक जीवन कुनै समस्यामा नभएको स्पष्ट पारे ।

    ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमालेभित्र जुन ध्रुव देखिएको छ के तपाईँहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उनले भने ।

    केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने उनको भनाइ छ । एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको भन्दै पौडेलले एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गरे ।

    महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै उनले भने, ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु, त्यहीँ बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन ।’

    आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको उनको भनाइ छ ।

    ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन । म महासचिवको उम्मेदवार होइन, म यसअघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष र महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ’, पौडेलले भने ।

    एमाले गमलामा मल हालेर हुर्काएको पार्टी नभएको भन्दै उनले थपे, ‘कस्ता कस्ता प्रतिकूलता त सामना गरेको आएको एमालेलाई अहिलेको प्रतिकूलता केही होइन ।’

  • शेखर पक्षकाे निष्कर्ष- गगनलाई साथ लिएर जानुपर्छ

    शेखर पक्षकाे निष्कर्ष- गगनलाई साथ लिएर जानुपर्छ

    काठमाडौं । १५ औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।

    आज कोइरालाले १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

    कोइराला प्यानलबाट जितेका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसकेका छन्। कोइराला पक्षको आजको भेलालाई गगनलाई पनि एक ठाउँमा लिएर हिँड्न पहल गर्ने निष्कर्ष निकालेको एक नेताले बताए।

    बैठकमा सहभागी ती नेताले भने, ‘शेखर दाइ त सभापति उठ्ने पक्का नै हो। आज उहाँले आफ्ना टिमको बैठक राख्नुभएको थियो। गगनलाई पनि सँगै लिएर जानुपर्छ भनेर निष्कर्ष निकालेका छौँ। छलफल जारी छ। छलफल सुरु भएको छ, केही दिनमा निष्कर्षमा पुगिएला।’

    बैठकमा सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन बढी नेताहरू सहभागी थिए।

  • केपी ओलीलक्षित रिमाको टिप्पणी- प्रधानमन्त्रीको कुर्सीमा बसेर गोली चलेको थाहा नपाउने नेता चाहिँदैन

    केपी ओलीलक्षित रिमाको टिप्पणी- प्रधानमन्त्रीको कुर्सीमा बसेर गोली चलेको थाहा नपाउने नेता चाहिँदैन

    काठमाडौं । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रहेकी अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्माले केपी ओलीजस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने प्रधानमन्त्री नचाहिने बताएकी छन् । उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै त्यस्ता नेता अब नचाहिने बताएकी हुन् ।

    उनले भनिन्, ‘आज देशले जबाफदेही नेतृत्व खोजिरहेको छ । देशको प्रधानमन्त्री जस्तो गरिमामय पोस्टमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब चाहिँदैन ।’

    साथै आफू राजनीतिमा आउँछु, देशलाई माया गर्छु र जिम्मेवारी लिन्छु भन्दा जीवनभरिलाई पुग्ने गाली खाइरहेको पनि बताइन् । आफूले मात्रै नभएर खानदानलाई नै पुग्ने गरी गाली खाइरहेको बताइन् । सारा गालीका बाबजुद आफू राजनीतिमा होमिएको पनि बताइन् ।

    आफ्नो दियो आफैँ बन्नु भन्ने बुद्धको भनाइ उल्लेख गर्दै भनिन्, ‘आज यो देश र दाजुभाइ, दिदीबहिनीको हालत हेरेर म कसैको भर गर्न सक्दिनँ । म आफ्नै मात्रै भर गर्न सक्छु । त्यसैले आफ्नो दियो आफैँ बन्ने प्रण गरेकी छु । देश र देशवासीका निमित्त उज्यालो बन्ने प्रण गरेकी छु ।’

    आफूमा राजनीतिक चेत आएदेखि कुलमान घिसिङलाई नेता मानेको पनि बताइन् । १८ घण्टे लोडसेडिङलाई कुलमानले हटाएदेखि नै आफूले अगुवा मानेको र उनकै नेतृत्वमा देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेको बताइन् ।

  • ब्राउनसुगरसहित चार जना पक्राउ

    ब्राउनसुगरसहित चार जना पक्राउ

    हेटौँडा । मकवानपुरको मनहरिस्थित इलाका प्रहरी कार्यालयले मनहरिको रजैया पुलमा ब्राउन सुगर किनबेचमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

    सूचना पाएर घटनास्थल पुगेको टोलीले बा ८९प ६२९३ नम्बरको मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक दीपक थापाले बताए ।

    प्रहरीले बारा, जीतपुरसिमरा-१६ घर भई मकवानपुर, हेटौँडा-१९ सान्नानीटार बस्ने २६ वर्षीय अनिल सिन्तान, मकवानपुरकै मनहरि-५ वसन्तपुरका २३ वर्षीय संजित आले, बसन्तपुर घर भई मनहरि-३, लामिटार बस्ने ३३ वर्षीय बिनोद बहादुर बल र मनहरि-५ का ३० वर्षीय सुरेश स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट २९३ मिलिग्राम लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर) बरामद भएको छ ।

  • मुख्यमन्त्रीले मागे विश्वासको मत, ७ दलका ७३ सांसद बाहिरिए

    मुख्यमन्त्रीले मागे विश्वासको मत, ७ दलका ७३ सांसद बाहिरिए

    काठमाडौं । मधेश प्रदेशसभा बैठक सुरू भएको छ । अहिले मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई विश्वासको मत दिन मागसहित सम्बोधन गरिरहेका छन् ।

    उपसभामुख बबिता राउत ईसरले विश्वासको मतको प्रस्ताव पेस गर्न मुख्यमन्त्रीलाई अनुमति दिएकी थिइन् ।

    यादवको सम्बोधन सुरू हुनासाथ विपक्षी गठबन्धन सात दलका ७३ सांसद भने बाहिरिएका छन् । सदनमा एमालेका सांसदहरू मात्र सहभागी छन् ।

    २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले आदेश दिएको थियो ।

  • उज्यालो नेपाल पार्टीको घोषणा सभा : कुलमान पनि उपस्थित (तस्बिरहरू)

    उज्यालो नेपाल पार्टीको घोषणा सभा : कुलमान पनि उपस्थित (तस्बिरहरू)

    काठमाडौं । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा आयोजित घोषणा सभामा घिसिङ पनि पुगेका छन् । उनले सभामा सम्बोधन गर्ने बताइएको छ ।

    हाल पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपालमा कुलमान चुनावअघि जोडिने तयारी छ । कार्यक्रमस्थलमा पार्टिको हरियो झण्डा र चुनाव चिन्ह ‘चिम’ अंकित टोपी लगाएर नेता-कार्यकर्ता र समर्थक पुगेका छन् ।

    आज पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ । पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।

    पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो । पार्टीले आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व गर्ने बताएको थियो ।

  • कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

    कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

    काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि सम्झौता भएको छ । उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायताका लागि सम्झौता गरिएको हो ।

    अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधवार अर्थ मन्त्रालयमा उक्त सम्झौता भएको हो । जाइका मार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्षको हुनेछ । यसका साथै भुक्तानी अवधि ३० वर्ष र ०.२ प्रतिशत ब्याजदर रहनेछ ।

    अर्थ मन्त्रालयका अनुसार यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।

    ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।

  • मलाई बोक्न नसक्ने ‘किङमेकर’को तक्मा नदिनुस् : विष्णु पौडेल

    मलाई बोक्न नसक्ने ‘किङमेकर’को तक्मा नदिनुस् : विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको दाबी गरेका छन्। प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेलाई अधिनायकवादी र निरङ्कुश छ भन्ने गलत प्रचार भइरहेको बताए।

    उनले भने, ‘पार्टीभित्रको लोकतन्त्रको बारेमा अरूले एमालेमाथि प्रश्न उठाउनु उचित लाग्दैन। हामी लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छौँ। अहिले हामी नेतृत्व निर्माण गर्ने महाधिवेशनमा छौँ। नीतिको महाधिवेशन गरिसक्यौँ।’

    उनले विकसित राजनीतिक घटनाक्रमबारे पनि पर्याप्त छलफल गरिसकेको भन्दै अध्यक्षले प्रस्तुत गर्ने बताए। उनले थपे, ‘अध्यक्षले बोल्न दिन्न भन्नुभयो, मात्रै बोल्छु भन्नुभयो भन्ने खालको कुराको सान्दर्भिकता छैन।’

    उनले आगामी महाधिवेशनमा आफू कुन पदमा रहन्छु भन्ने कुरालाई महत्त्वहीन ठानेको बताए। आफ्नो जस्तो क्षमता भएको पार्टीमा हजारौँ नेताहरू रहेको भन्दै आफू जुनसुकै ठाउँमा रहेर पनि काम गर्न तयार रहेको बताए।

    उनले भने, ‘मैले कुनै जिम्मेवारीका लागि कुनै इच्छा व्यक्त गरेको छैन। मेरो ट्याक रेकर्ड हेर्दा हुन्छ। मलाई यो चिज चाहियो भनेको छैन। त्यसैले भन्छु, म पार्टी र आन्दोलनको चिन्ता गर्छु आफ्नो बारेमा गर्दिनँ। मलाई किङमेकर भनेर तपाईँहरूले बोक्न नसक्ने तक्मा दिनुभयो। मलाई किङमेकरको रूपमा पनि नबुझ्दिनुस्।’

    उनले पार्टीभित्र समस्या भए त्यसको समाधान गर्नको लागि काम गर्ने आफ्नो स्वभाव रहेको बताए। अहिले एमालेभित्र कुनै संकट नरहेको बताए। पार्टीभित्र अहिले दुई ध्रुव रहेको भन्दै चर्चा भइरहे पनि २९ गतेसम्म नरहने दाबी गरे। ११ औँ महाधिवेशन सर्वसम्मत रूपमा टुङ्गिने उनको भनाइ छ।

  • जनताको साथ रहेसम्म मधेशमा एमाले एक्लिँदैन : विष्णु पौडेल

    जनताको साथ रहेसम्म मधेशमा एमाले एक्लिँदैन : विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरेका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी भएको बताए ।

    उनले भने, ‘जनताले स्वीकार्दा हामी एक्लिँयौं अलग भयौँ भन्ने मानसिकतामा हामी छैनौँ । हामी जनतासँग जोडिएर अगाडि बढेका पार्टी हौँ । जनतासँग जोडेर अघि बढ्छौँ । जनताबाट टाढा हुन हुँदैन भन्ने हाम्रो पार्टीको बुझाइ हो, मधेशमा हामी एक्लिएका छैनौँ ।

    उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरे । संविधानलाई ट्र्याकमा ल्याउनको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको पौडेलको भनाइ छ ।

  • अस्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोगकर्तालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

    अस्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोगकर्तालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

    काठमाडौं । अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ ।

    युट्युबले बुधबार सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।

    युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भने, ‘यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता चिन्ताहरू सुनेका छौं ।’

    युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङहरू गुमाउनेछन् ।

    लर्डले भने, ‘हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौं ।’

    युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन ।
    अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भनिन्, ‘यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।’

    विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् ।

    अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेराबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ ।

    मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ ।

  • अमेरिकी शान्ति वार्ता प्रगतिबिनै टुंगियो, पुटिन भन्छन्- युरोपसँग लड्न रसिया तयार छ

    अमेरिकी शान्ति वार्ता प्रगतिबिनै टुंगियो, पुटिन भन्छन्- युरोपसँग लड्न रसिया तयार छ

    काठमाडौं । युक्रेनसँगको शान्ति सम्झौतामा रुस र अमेरिकाले वार्ताका क्रममा कुनै प्रगति नगरेको भ्लादिमिर पुटिनका एक वरिष्ठ सहयोगीले बताएका छन् । रुसी राष्ट्रपतिले युरोपसँग युद्धको लागि तयार रहेको धम्की दिएको केही घण्टापछि नै भ्लादिमिर पुटिनका एक वरिष्ठ सहयोगीको यस्तो अभिव्यक्ति आएको हो ।

    रुसी मिडियालाई दिएको टिप्पणीमा, क्रेमलिनका सहयोगी युरी उशाकोभले ट्रम्पका राजदूत स्टीव विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरसँगको पाँच घण्टाको बैठक युक्रेनको संकट समाधान गर्न न अगाडि बढेको न नजिक नै पुगेको बताए । उनले अझै धेरै काम गर्न बाँकी रहेको टिप्पणी गरे ।

    उशाकोभले बैठकलाई ‘अत्यन्त उपयोगी, रचनात्मक र जानकारीमूलक’ भने पनि रूस र युक्रेन बीचको सम्भावित शान्ति सम्झौतामा क्षेत्रीय सीमासहितका प्रमुख मुद्दामा दुई पक्ष सहमतिमा नपुगेको बताए ।

    ‘हामीले छलफल गरेनौं… विशिष्ट अमेरिकी प्रस्तावहरूमाथि, तर यी अमेरिकी कागजातहरूमा के समावेश छ भन्ने सारको बारेमा छलफल गर्‍यौं,’ अमेरिकी पक्षले प्रस्तुत गरेको शान्ति योजनाको बारेमा उशाकोभले भने, ‘हामी केही कुराहरूमा सहमत हुन सक्छौं … र राष्ट्रपतिले धेरै प्रस्तावहरूप्रति हाम्रो आलोचनात्मक र नकारात्मक दृष्टिकोण पनि लुकाएनन् ।’

    वार्ताका केही पक्षहरू खुलासा नगरिने उशाकोभले बताए । उनले ट्रम्प र पुटिन बीचको अर्को शिखर सम्मेलन तत्काल नहुने संकेत गरे ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सुरक्षा ग्यारेन्टीमा ‘केही प्रगति’ भएको बताए । रुबियोले फक्स न्यूजसँग कुराकानी गर्दै भने ‘अमेरिकाले आशा गरेको छ कि सम्झौताले उनीहरूलाई आफ्नो अर्थतन्त्र पुनर्निर्माण गर्न मात्र नभई एक देशको रूपमा समृद्ध बनाउने छ ।’

    विटकफ र कुशनेर क्रेमलिनमा वार्ताका लागि आइपुगेपछि पुटिनले युरोपेली शक्तिहरूमाथि युक्रेनको शान्तिलाई भंग गरेको आरोप लगाएका थिए । उनले युद्ध अन्त्य गर्ने ‘युरोपेली मागहरू’ ‘रूसलाई स्वीकार्य छैन’ भन्ने आरोप लगाएका थिए ।

    उनले अमेरिकी प्रशासनलाई युक्रेनमा शान्ति स्थापना गर्नबाट युरोपले रोकिरहेको बताउँदै भने, ‘रूसले युरोपसँग लड्ने इरादा राखेको छैन, तर यदि युरोपले सुरु गर्छ भने, हामी अहिले नै तयार छौं।’

    सञ्चारमाध्यम द गार्जियनले भनेको छ- पुटिनले कुन युरोपेली मागहरू अस्वीकार्य रहेको भन्ने कुरा स्पष्ट पारेनन् ।’तिनीहरू युद्धको पक्षमा छन् ।’ पुटिनले युरोपेली शक्तिहरूको बारेमा भने ।

    यस वर्ष मस्कोको छैटौं भ्रमणमा रहेका विटकफले एक वरिष्ठ रूसी अधिकारीको पहलमा तयार पारिएको अमेरिकी शान्ति प्रस्तावको अद्यावधिक संस्करण पुटिनलाई प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो र यसलाई कीएभमा अझ स्वीकार्य बनाउन पुन: काम गरिएको थियो ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनसँगको भेटपछि अमेरिकी प्रतिनिधिमण्डलबाट ‘संकेतको पर्खाइमा’ रहेको बताएका छन् । ट्रम्प प्रशासनले आफ्नो लागि युद्धको अन्त्य गर्ने अहिलेसम्मकै उत्तम मौका रहेको उल्लेख गर्दै आएको छ ।

    ‘म सबै संकेतहरू प्राप्त गर्न तयार छु र राष्ट्रपति ट्रम्पसँगको भेटघाटको लागि तयार छु,’ जेलेन्स्कीले एक्समा पोस्ट गरेका छन्- ‘सबै कुरा आजको छलफलमा निर्भर रहन्छ ।’

    बैठकपछि युरोपमा जेलेन्स्कीले विटकफ र कुशनरसँग भेट्ने अपेक्षा गरिएको धेरै अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

  • गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

    गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

    काठमाडौं । बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

    प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ ।

    उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो ।

    यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।

  • उमेरहदले विद्यार्थी संगठनबाट बाहिरिएका सञ्जीव धिताल एमाले महाधिवेशनका प्रतिनिधि बने

    उमेरहदले विद्यार्थी संगठनबाट बाहिरिएका सञ्जीव धिताल एमाले महाधिवेशनका प्रतिनिधि बने

    काठमाडौं । उमेर हद्दका कारण विद्यार्थी संगठनबाट बाहिरिएका अनेरास्ववियुका पूर्व सचिव सञ्जीव धिताल नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि नेशनल भोलिन्टियर फोर्स मार्फत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

    अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन पूर्व नेकपा एमालेले ३२ वर्षे उमेर हद लगाएपछि महासचिव पदका बलिया उम्मेदवार मानिएका धिताल विद्यार्थी राजनीतिबाट बाहिरिन बाध्य भएका थिए ।

    सिन्धुपाल्चोकका स्थायी बासिन्दा धितालले २०६५ सालमा देशकै जेठो क्याम्पस त्रिचन्द्रबाट विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका थिए ।

    अखिल त्रिचन्द्रको अध्यक्ष हुँदै उनी केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य हुँदै काठमाडौंमा सम्पन्न २३औँ राष्ट्रिय महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।

    त्यसपछि सङ्गठनले उनलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । उनको नेतृत्वमा कर्णाली प्रदेश कमिटीसहित दशवटै जिल्लाका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएका थिए ।

    नेकपा एमालेले मंसिर ५ गते गठन गरेको नेशनल भोलिन्टियर फोर्समा धिताललाई केन्द्रीय कमाण्डका सेक्रेटेरियट कमाण्डरको जिम्मेवारी दिइएको छ ।

  • खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने, कुलमानसँगको सहमति भंग

    खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने, कुलमानसँगको सहमति भंग

    काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ ।

    यसअघि उज्यालो नेपाल पार्टीको निर्वाचन चिह्न ‘बलेको चिम’ एकल चुनाव चिह्नबाटै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भए पनि सहमति टुटेपछि सुनार नेतृत्वको पार्टी आफ्नै निर्वाचन चिह्न लिएर चुनावमा भाग लिन लागेको हो ।

    मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबीच सहमति भएको थियो ।  कानुनी झमेला हुने भएकाले पूर्वसहमतिबाट अलग भएर आफ्नै चुनाव चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर निर्वाचनमा सहभागी हुन गरी मंसिर १६ गते पुनरावलोकन गरेर दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।