Blog

  • कोइला खानीमा परेर २३ जनाको मृत्यु

    कोइला खानीमा परेर २३ जनाको मृत्यु

    मङ्सिर (रासस÷एएनआई) चीनको कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो ।
    उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो ।

    त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो । त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो ।

    सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो । चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन् । यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

  • बाइडेनको पहिलो काम “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

    बाइडेनको पहिलो काम “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

    एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।
    उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिए ।

    बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिदै आउनु भएको छ ।

    राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लाग्नु भएको हो ।

    अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरु विभाजित भएर यस विषयले राजनीतिक रुप लिएको थियो ।

    मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ ।
    राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्युन हुने विश्वास र दावी धेरैले गरेका छन् ।

    अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नु पर्नेमा जोड दिँदै आउनु भएको थियो । उहाँले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यस अनुसारको निर्णय र कार्यक्रमहरु ल्याउने बताउनु भएको छ ।

    मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उहाँले अभियान नै चलाउने तयारी गर्नुभएको हो ।

    आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताउनु भएको छ ।

    अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।

    आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भन्नुभयो, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरुलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।”

    उहाँले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारे ।

    सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्युन हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।

  • संसद् विघटनको प्रभाव शेयर बजारमा , ४५ अङ्कले घट्यो नेप्से

    संसद् विघटनको प्रभाव शेयर बजारमा , ४५ अङ्कले घट्यो नेप्से

    काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १२ः३० बजेसम्ममा २ दशमलव २६ प्रतिशतले घटेको छ । शुक्रबार ४५ अङ्कले घटेदै शेयर १ हजार ९ सय ८६ विन्दुमा झरेको छ । १ घण्टाको अवधिमा १८२ वटा कम्पनीले ३ अर्ब ११ करोड ८९ लाखको कारोबार भएको छ । आइतबार भएको राजनैतिक घटनाक्रमले लगानीकर्ताको मनोबल घटेका कारण शेयर बजार ओरालो लागेको शेयरबजार जानकार बताउँछन् ।

  • संसद् विघटनले नेप्सेमा पहिरो, झण्डै १०० अंकको गिरावट

    संसद् विघटनले नेप्सेमा पहिरो, झण्डै १०० अंकको गिरावट

    काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ९६ दशमलव ८८ अंकले घट्दै १९ सय ३५ दशमलव ६४ अंकमा ओर्लिएको छ । नेप्से ४ दशमलव ७७ प्रतिशतले तल झरेको हो ।

    पछिल्लो अप्रत्यासित राजनैतिक घटनाले शेयर बजारमा भारी गिरावट आएको नेप्सेका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले बताए । ‘नेप्से एकैदिन करीब ९७ अङ्कले तल झर्नुमा अन्य कुनै कारण नभइ आज भएको राजनैतिक घटनाक्रम नै हो,’ लगानीकर्ताको मनोबल कमजोर हुँदा त्यसको असर नेप्सेमा प्रत्यक्ष पर्‍ यो,नेप्से घट्नुमा अन्य कुनै कारण छैन,’ उनले भने ।

    नेप्सेमा भारी गिरावट आएपनि कारोबार रकम भने बढोत्तरी भएको छ । आज भएको १४ करोड ३ लाख १५ हजार ७९६ कित्ताको कारोबारमा आठ अर्ब ९० करोड ४७ लाख २२ हजार ९५४ रकमको टर्नओभर भएको छ ।

    सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) को १ अर्ब ५७ करोड ४७ लाख २ हजार ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

  • प्रमिला राईको ओ ! साइँला…

    प्रमिला राईको ओ ! साइँला…

    काठमाडाैं ।  पहिलो नेपाल आइडलकी शीर्ष ६ सम्म पुगेकी गायिका प्रमिला राईको नयाँ गीत ओ साइँला सार्वजनिक भएको छ ।

    मज्जाको भिडियो युट्युव च्यालनमार्फत सार्वजनिक यो गीत मज्जाको राईले लेखेका हुन् । लोक पप शैलीको गीतलाई मविन्द्र राईले संगीत दिएका छन् भने महाराज थापाको एरेन्ज रहेको छ ।

    मविन्द्र राईको निर्देशन रहेको म्युजिक भिडियोमा हङकङमा बसोबास गर्दै आएका ओम गुरुङ र मेरिना राईको अभिनय छ । याे म्युजिक भिडियाेकाे छायांकन तेह्रथुमकाे टूटे सामुदायिक हाेमस्टेमा गरिएकाे हाे ।

    हेर्नुहाेस् म्युजिक भिडियाे –