काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिवंगत नेता कमानसिंह लामासँगको आर्थिक लेनदनको भिडियो बाहिरीएपछि विवादमा तानिएकी सुसन कर्माचार्यको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।
याम्बालिङ हाइड्रोपावर प्रोजेक्टकी अध्यक्षसमेत रहेकी कर्मचार्य र लामाबीचको आर्थिक लेनदेनको विवादमा नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठ समेत मुछिएका छन्। बाहिरिएको भिडियो क्लिपमा श्रेष्ठले दुईजनाबीचको लेनदेन विवादमा मध्यस्थता गरेको जस्तो देखिन्छ । कमानसिंहले भने आफ्नो मृत्युअघि फेसबुक स्टाटसमा नारायणकाजीलाई समेत दोषी देखाएका छन्।
श्रेष्ठकी मुख्य सहयोगी समेत रहेकी कर्मचार्यका कारण नारायणकाजी समेत विवादमा तानिएपछि उनको परिवारले आइतबार बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेटघाट गरेको हो ।
कर्मचार्यका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले करिब डेढ घण्टाको भेटघाटमा प्रधानमन्त्रीले आफ्नो कुरा ध्यानपूवर्क सुनेको र नानाथरिको लाञ्छनाका पछाडि नलाग्न आग्रह गरेको बताएका छन् ।
‘म, मेरो श्रीमती (सुसन) र छोरी स-परिवार सम्माननीय प्रधानमन्त्रीलाई भेटेर सबै यथार्थ राख्यौँ,’ उनले फेसवुकमा लेखेका छन्, ‘प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामाले यस बारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो। देशमा राष्ट्रपती जस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो।’
राजभण्डारीले समय र साथका लागि प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले कुनै प्रमाण विना सत्य तथ्य नबुझी अरुको चरित्र हत्या गर्न खोज्ने काम गर्न पनि सबैमा अनुरोध गरेका छन् ।
सुर्खेत । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै मुलुकमा केन्द्र, प्रदेश र स्थानीय सरकार छन्। स्थानीय तहको निर्वाचनसँगै अब ‘जनताको घर-आँगनमै सिंहदरबारको सेवा’ भनेर खुवै चर्चा परिचर्चा गरियो।
यो चर्चासँगै काठमाडौंसम्म धाउनुपर्ने जनताको पीडा भुल्याउन संघीयताको मल्हमले कति काम गर्यो त्यसको समीक्षा त हुँदै जाला। तर, देशकै पिछडिएको क्षेत्र कर्णालीका नेता तथा कार्यकर्ताहरूलाई काठमाडौं नै प्यारो छ।
सार्वजनिक अभिव्यक्ति दिँदा कर्णालीको विकासमा लागि संघीयताको आवश्यकताको रटान दिन नथाक्ने यहाँका अगुवा भनिएकाहरूले त्यही कर्णालीवासीको नाममा सिंहदरबारको चौ घेराबाट फाइदा लिइरहेका छन्।
कर्णालीका दूरदराजमा काठमाडौंको सिंहदारसम्मको पहुँच अझै छैन। प्रदेश संरचना बनेपछि कर्णालीका ७९ वटै तहमा रहेका प्रत्येक वडामा प्रदेश सरकार पुग्दा सीमित व्यक्ति त खुसी नै छन्। तर, नेता-कार्यकर्ता भने संघीय राजधानी काठमाडौंकै रमझममा रमाएका छन्।
काठमाडौंमा प्रमुख दलका नेता र पहुँचवाला कार्यकर्ताहरूका गगनचुम्बी घर ठडिएका छन्। आफ्नो सहरमा सुविधाभोगी जीवन जिउने उनीहरूले कर्णालीका बासिन्दालाई भोट बैंकको रूपमा प्रयोग गरेको टिप्पणी हुन थालेको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकाल यही तरिकाले संघीयताको अभ्यास गरिए नेपालमा संघीयता खतरामा पर्ने बताउँछन्। उनका अनुसार संघीयता लागू भएपनि कार्यान्वयन गति भने सुस्त छ।
“अहिले पनि हरेक राजनीतिक दलका नेता तथा कार्यकर्तामा केन्द्रप्रति नै माया बढेको छ। संविधानले प्रष्टरूपमा अधिकारको किटान गरेपनि कार्यान्वयन गर्नेहरू नै अहिले केन्द्रीय नेताप्रति बफादार देखिन्छन्”, ढकाल भन्छन्, “उनीहरुलाई यहाँको संरचनाको चिन्ता नभएको मैले महसुस गरेको छु।”
प्रतिनिधि सभा, राष्ट्रिय सभा सदस्यहरूबाहेक अन्यले संघीयताको अभ्यास प्रदेशबाटै गर्नुपर्नेमा काठमाडौंमा नै भरिने प्रचलन ठिक नभएको नेकपाका नेता टेकेन्द्रकुमार बस्नेत बताउँछन्।
“नेताहरूलाई संघीयता कार्यान्वयन भएको यति वर्ष भइसक्दा पनि काठमाडौं मोहले नछोडनु संघीयतको मर्मविपरीत हो जस्तो लाग्छ “, “उनी भन्छन्, “आफ्नै प्रदेश बनाउने हो भने यहिँ घर निर्माण गर्ने, यहाँको विकास निर्माणबारे बहस गर्ने, जनताको काममा साथ दिने काम गर्नुपर्छ। आम नागरिकले संघीयता भन्दै नाक फुल्याउने तर नेता कार्यकर्ता भने काठमाडौंमा नै घर किन्न पाए पुग्ने आचरणका भइदिनाले संघीयता नेताहरूबाटै खतरामा पर्ने भय मैले देखेको छु।”
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी काठमाडौं जानै नहुने भन्ने होइन, जाने तर काम सकिएपछि कार्यक्षेत्रमा फर्कनुपर्ने हो त्यसो नभई विभिन्न बहानामा काठमाडौंमा नै बसिरहने मानसिकता हावी भएको टिप्पणी गर्छन्।
उनी भन्छन्, “यसरी संघीयतालाई काठमाडौंबाटै चलाउँदा आम नागरिकमा नेताहरूप्रति नकारात्मक धारणाको विकास हुन्छ। काठमाडौंबाटै पालिका चलाउने वा प्रदेश चलाउने काम राम्रो भएन।
उनले अहिलेको दुइ तिहाईको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आलोचना गर्दै थानीले भने, “अहिले जनतामा ठूला माछा छाड्ने र साना माछा मात्र समातिन्छन् भन्ने सन्देश गएको छ। यसबाट सरकारले पाठ सिक्नुपर्छ।”
काठमाडौं । दुरबिन प्रविधिबाट १ सय ३६ किलो तौल भएकी एक महिलाको एकैसाथ दुई जटिल शल्यक्रिया सम्भव भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आज ती महिलाको महिलाको दुरबिन प्रविधिको प्रयोग गरी पाठेघर र पित्तथैलीको एकैपटक शल्यक्रिया गरिएको हो ।
नर्भिक अस्पतालमा वरिष्ठ स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा, वरिष्ठ सर्जन डा. सञ्जय पौडेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जेपी जैसवाल र डा. सुरेश लामिछानेसहितको टोलीले करीब साढे २ घण्टा लगाएर ललितपुर पाटनकी ३८ वर्षीया रत्ना महर्जनको शल्यक्रिया गरेको हो ।
सामान्यत: १ सय ३६ किलो तौल भएका बिरामीको दुरबिन प्रविधिबाट पाठेघर र पित्त थैलीको एकै पटक शल्यक्रिया गर्नु एकदमै कठिन कार्य हो । तर, गुणस्तरीय सुविधाले सहज रूपमा बिरामीको शल्यक्रिया सम्भव भएको डा. शर्माले बताइन् ।
“पाठेघरमा अधिक मासु पलाएको र पित्त थैलीको समस्याका कारण बिरामी सामान्य हिँडडुल नै गर्न नसक्ने अवस्थामामा हुनुहुन्थ्यो,” ल्याप्रोस्कोपिक सर्जन डा. शर्माले भनिन्, “शल्यक्रियाको दुई दिनमा उहाँ राम्रोसँग हिँड्ने अवस्थामा हुनुहुन्छ, शल्यक्रियापछि तीन दिन आराम गराएर भोलि हामी उहाँलाई डिस्चार्ज गर्दैछौँ ।”
दुरबिनबाट शल्यक्रिया गरेका कारण अवको एक हप्तापछि उनले नियमित काम गर्न सक्ने डा. शर्माले बताइन् । शरीरको बढी तौल र मुटुको समस्यासमेत भएकी बिरामीको सहज शल्यक्रिया सम्भव भएकोमा खुशी व्यक्त गरिन् ।
बढी तौल भएकाहरूको पेट चिरेर शल्यक्रिया गर्दा रगत धेरै बग्ने, घाँउ निको हुन समय लाग्ने र घाउ पाक्ने जस्ता समस्या आउने भएकाले बिरामीलाई आवश्यक हुने जति आराम र सुविधा दिन दुरबिन प्रविधि निकै लाभदायक हुने चिकित्कहरूको भनाई छ ।
आधुनिक प्रविधि र सुविधा भए उच्च जोखिममा रहेका बढी तौल भएका बिरामीको शल्यक्रिया पनि सहज रुपमा गर्न सकिने डा. शर्माले बताइन् । टेष्ट ट्युव बेबी विशेषज्ञ समेत रहेकी डा. शर्माले गत असारमा नर्भिक अस्पतालमै १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती गराएकी थिइन् ।
इरानी फिल्म ‘द सिलहुट्स’ काठमाडौं अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को अन्तराष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट भएको छ । साना सलेरी निर्देशित ८० मिनेट लामो फिल्मले जितसँगै दुईलाख रुपैयाँ प्राप्त गर्यो ।
सन् १९८२ मा तत्कालिन सोभियत युनियनले अफगानिस्तानमा हमला गरेपछि शरणार्थी हुन बाध्य लाखौं अफगानीको कथा यसले पेश गर्छ । एक शरणार्थी युवाले द्धन्द्धको पृष्ठभूमिमा आफ्नो पहिचान खोज्न गरेको संघर्ष ‘द सिलहुट’को कथा हो ।
अन्तराष्ट्रिय विधातर्फ टीना म्याडिसन निर्देशित फिनल्यान्डको फिल्म द बिलभ्ड डटर दोस्रो भयो । एउटा बाउले सामाजिक दबाबको बाबजुद आफ्नो छोरीका लागि ज्वाइँ खोज्न गरेको कथावस्तु यसले चित्रण गर्छ । दोस्रो भएसँगै फिल्मले डेढलाख रुपैयाँ जित्यो ।
८२ मिनेट लामो अमेरिकी फिल्म ‘बाटो’ले तेस्रो हुँदै एकलाख रुपैयाँ पुरस्कार जित्यो । लुकास मिलर्ड र केट स्ट्राइकर निर्देशित फिल्मले कच्ची बाटो हुँदै एउटा परिवारले गरेको सिजनल बसाइसराइको कथा यसले भन्छ । यसलाई नेपाल प्रिमियर गरिएको हो ।
नेपाल पानोरमातर्फ सोनाम चोकी लामा निर्देशित डोल्पाली वृत्तचित्र ‘द स्नो लियोपार्ड कलिङ’ले सर्वोत्कृष्ट डकुमेन्ट्री प्राइज जित्यो । यो डकुमेन्ट्रीले जितसँगै ७५ हजार रुपैयाँ प्राप्त गर्यो । हिउँचितुवालाई पछ्याउँदै तीन डोल्पाली महिलाले गरेको यात्रा यसको कथा हो ।
अंकित पौडेल निर्देशित छोटो फिल्म ‘सङ्स अफ क्लाउड्स’ले नेपाल पानोरमातर्फ उत्कृष्ट फिक्सन अवार्ड उचाल्दै एकलाख रुपैयाँ जित्यो । यस विधातर्फ जुरी अवार्ड भने सिकुमा राईको ‘कम ओभर फर अ ड्रिंक कान्छी’ले जित्यो ।
चार दिनसम्म नेपाल चलचित्र विकास बोर्डमा चलेको फेस्टिभलमा यसपटक फिल्मलाई सेमी–भर्चुअलरुपमा प्रदर्शन गरियो । विजयी फिल्मका निर्देशकले भिडियो सन्देशमार्फत खुशि साटे । कोभिड–१९ को कारण यसपटक किम्फ भर्चुअल भएको हो ।
फेस्टिभलको शुभारम्भ चाहिँ खिन्से नोर्बु निर्देशित फिचर फिल्म ‘डाकिनी’को विश्व प्रिमियरसँगै भएको थियो । यसपटक नेपाली लेखक नयनराज पाण्डे, सनडान्सकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिघम र स्वीटजरल्यान्डकी पत्रकार लिसा रुस्ली निर्णायकमा थिए ।
सुर्खेत। मुसाले कुराउनी खायो, बिल्ला (विरालो) कि थाहा पाई।
मुसा त संसारै देख्याँ यसा मुसा काई नाई ।।
यो भनाइ नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम् पूर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्टको हो ।
सोमबार सरकारविरुद्ध नेपाली कांग्रेसले वीरेन्द्रनगर-६ मा रहेको पिपल चौतारामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउडा गीतबाटै उनले नेपालका कम्युनिष्ट पार्टीलाई मुसासँग तुलना गरेर आलोचना गरे।
कांग्रेसले चुनाव मात्र हारेको बताउँदै उनले देश नहारोस भन्ने चाहेको बताए ।
कांग्रेस लोकतन्त्रको पहरेदार भएको बताउँदै उनले लोकतन्त्रलाई जोगाई राख्न जीवन रहुञ्जेल शीरमा कफन बाँध्न र जनताको पक्षमा लडन आफू पछि नपर्ने बताए ।
केन्द्रीय सदस्य एवम पूर्व मन्त्री शीवराज जोशीले सरकारले भ्रष्टाचार बढाएको आरोप लगाए । ‘एकपछि अर्को काण्ड सार्वजनिक भए,’उनले भने, ‘नेकपाका उच्चस्तरीय नेताहरुनै भ्रष्टाचारका काण्डमा मुछिए ।’
दुई तिहाई सरकारले एक पूलको समेत उदघाटन् गर्न नदिएर प्रतिपक्षीलाई देख्न नचाहेको उनको आरोप थियो।
फिल्म शुरू हुनुअघिको कि–नोट स्पिचमा निर्देशक खिन्से नोर्बु भन्छन्, “अहिले मानिसहरू विज्ञान र तर्कतिर निकै आकर्षित भैरहेका छन् । जेमा पनि प्रमाण खोजिरहेका हुन्छन् । मलाई लाग्छ सधैं तर्क र कारणको दास हुनु ठीक होइन । म यो कुरा बुझाउन, पढाउन चाहन्छु ।”
बौद्ध धर्मका यी ठूला गुरुको वाक्यमा फिल्म ‘डाकिनी’को बटमलाइन लुकेको छ । डाकिनी अर्थात् अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, तारादेवी जस्ता देवी (डाकिनी)हरूका मिथक र कथा निहित छन् । फिल्मले बौद्ध दर्शनको यही मिथकको कथा पेश गर्छ । समीक्षकसँग सँगै फिल्म हेरेकी आनी छोइङ डोल्माकै भनाइमा ‘बुझ्नेलाई कुरा गहिरो छ ।’
काठमाडौंमा क्याफे चलाएर बसिरहेको एक युवालाई सपनामा केही संकेत मिल्छ । एकदिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि शुरू हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ ।
फिल्मको मुख्य द्वन्द्व चाहिं विश्वास, अन्धविश्वास, चमत्कार र मिथक हुन् । बौद्ध ज्ञान पढाउने माध्यमका रूपमा ‘डाकिनी’ एउटा क्लासरुम फिल्म पनि बन्न सक्छ । एक साताभित्रै मर्नुपर्ने बाध्यता आइलागेपछि मुख्य पात्रको जीवन, सोच र दर्शनमा कसरी बाध्यात्मक रूपान्तरण आइलाग्छ भन्ने दृश्यभाषालाई रोचक रूपमा भनिएको छ । जब कुनै उपाय हुँदैन, तब बुद्धले परिभाषित गरेजस्तो विकारलाई आत्मसात् गर्न बाध्य हुने मानवीय चरित्र ‘डाकिनी’ को मर्म हो । लियिनर स्टाइलको न्यारेसनमा रिम्पोछेले कथा वाचन गरेका छन् ।
बौद्ध मिथक प्राग्ऐतिहासिक भनिए पनि फिल्मले नेपाली समाजको आधुनिक डाकिनीलाई चित्रण गर्छ । ती मोर्डन डाकिनी जोसँग स्टाइलिस आवरण छ र लुकेको दैवी शक्तिरूपी आत्मा पनि । झट्ट हेर्दा नचिनिने यी डाकिनीलाई चिन्न चाहिने त्याग र तपस्याबारे फिल्मको सन्देश शक्तिशाली महसूस हुन्छ । पाटन र पनौतीको सेटिङ एवं भूकम्प पछाडिको सामाजिक मनोविज्ञानमा लुकेको सुषुप्ततालाई फिल्मले चित्रण गर्छ । दर्शन, समाज र राजनीतिलाई मिश्रित गरेर बनाइएको सरल फिल्म हो ‘डाकिनी’ ।
तिब्बती मूलका भुटानी निर्देशक रिम्पोछेले एउटा महत्वपूर्ण दार्शनिक सवाल खडा गरेका छन् । त्यो हो : ओरिएन्टेल भर्सेस अक्सिडेन्टल । भन्नुको अर्थ कुनै चीजलाई हेर्ने पूर्वीय र पश्चिमा मान्यताबीचको लडाइँ । तर्क र प्रमाण खोज्ने पश्चिमा मूल्य र आध्यात्मिक चमत्कारमा विश्वास गर्ने पूर्वीय समाज । घुमाउरो ढंगले पूर्वीय दार्शनिक मूल्यको जित चित्रण गर्छ फिल्म ‘डाकिनी’ले । सपना र चमत्कारमा विश्वास नगर्ने प्रोटागोनिस्ट तेन्जिङ क्रमशः यी मिथकलाई स्वीकार्ने पूर्वीय मान्यतातर्फ अघि बढ्नुलाई महत्वपूर्ण बिम्बको रूपमा लिन सकिन्छ ।
निर्देशकले फिल्ममार्फत गर्न सक्ने एउटा ठूलो राजनीति हो यो । एउटा व्यक्ति एकैसाथ कसरी बुद्धिस्ट र राजनीतिक हुनसक्छ भन्ने पुष्टि हो यो । धर्ममा राजनीतिक तत्व मिसाएर बनाइने यस्ता फिल्मले यथास्थितिलाई प्रश्न गर्छन् र मूल्यहरूको निर्माण गर्छन् । जस्तै, उनी निर्देशित पहिलो फिल्म कप, ट्राभल्स एन्ड म्याजिसियन्स, हिमा हिमा : सिंग मी अ सङ ह्वाइल आइ वेटजस्तै डाकिनी पनि यसअर्थमा निकै अब्बल क्राफ्ट हो । डाकिनीले एजेन्डा सेट गर्छ र समाजलाई प्रश्न तेस्र्याउँछ ।
आफ्ना फिल्ममा रिम्पोछे ‘ननएक्टर’लाई मुख्य भूमिकामा लिन्छन् । नन–एक्टरमार्फत अभिनयमा ताजापन खोजी गर्ने रिम्पोछे प्रयत्न डाकिनीमा महसूस गर्न सकिन्छ । भियतनामदेखि आएका छिरिङ तासी र अमेरिकादेखि आएकी तेन्जिङ कुन्सेलका लागि यो पहिलो फिल्म हो । भारतमा जन्मिएका यी दुवै तिब्बतीको अभिनयमा ताजापन महसूस गर्न सकिन्छ । कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ जस्ता अनुभवी कलाकारसँग यी ननएक्टरले आफूलाई पात्रमा ढाल्ने प्रयास गरेका छन् । मुख्य पात्र बनेका छिरिङले तेन्जिङ पात्रको भूमिका र त्यसको सफरिङका लागि आफूलाई रूपान्तरण गरिदिएका छन् । खासमा भौतिकभन्दा पनि मानसिक द्वन्द्व भएकाले छिरिङ यो पात्रमा फिट छन् ।
कथा नेपाली र निर्देशक भुटानी । ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषा । भुटानी निर्देशकले दृश्यमार्फत नेपाली समाज चित्रणमा प्रयत्न त गरेका छन् तर, यो समग्रता होइन । साँघुरो क्यानभासमा नेपाली समाज, मूड र चरित्रको गहिराइ अझै आउन सकेको छैन । निर्देशक लिनियर पटकथा र उपरी द्वन्द्वमार्फत कथा वाचनमा केन्द्रित छन् । अर्को देशको निर्देशकले अर्को समाजको कथा भन्दा त्यसको दार्शनिक गुदीलाई आत्मसात् गर्नु महत्वपूर्ण पक्ष हुन आउँछ जुन रिम्पोछेले गरेका छन् । सरल तरिकाले द्वन्द्वहरूको तह सिर्जना गर्नमा उनी सफल छन् ।
फिल्मको सबैभन्दा बलियो पक्ष यसको छायांकन हो । मार्क लि पिङ बिङका प्रत्येक सट्हरू क्यानभासमा पोतिएका आकृति जस्ता लाग्छन् । विश्व फिल्मका यी हाइप्रोफाइल छायांकार रङ, गति र प्रकाशमा गजबले लुकामारी खेल्छन् । ‘डाकिनी’को पटकथालाई छायांकनले डोमिनेट गरेको छ भन्दा अन्यथा हुँदैन । कहिलेकाहीं फिल्ममा क्यामेराले कथालाई निर्देशित गरिरहेको हुनसक्छ जस्तो डाकिनी ।क्यामेरालाई नै पात्र बनाएर बुर्कुसी मार्न लगाउने डिरेक्टर अफ फोटोग्राफीको कला यसमा निहित छ ।
२१ वटा अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कार वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि क्यान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज जितेका थिए । यी हाइप्रोफाइल छायांकार भन्ने वित्तिकै हामीले सिनेम्याटोग्राफीमा प्रयोगधर्मिताको अपेक्षा गर्नु स्वाभाविक हो । पाटन र पनौतीका ओसिला गल्ली नाप्नु र पात्रको गतिलाई क्यामेरामा मजाले तैराउन सक्नुमा उनको ‘डाकिनी’ कला लुकेको छ । पिङ बिङले प्राकृतिक प्रकाश र रङमा आकृति निर्माण गरेका छन् जसले नेपाली फिल्मको दृश्य विन्यासमा नयाँ आयाम थप्ने पक्का छ । उनको यस्तो स्टाइल इन द मुड फर लभसहित असासियन, रेनोयर, नर्वेजियन उड र फ्लाइट अफ रेड बेलुनमा हेर्न पाइएको थियो ।
फिल्मको अन्तिम दृश्यमा लिइएको सट् निकै सशक्त छ । यो सट्ले एकैसाथ स्वतन्त्रता, पुनर्जन्म र रहस्यलाई चित्रण गर्छ । यही सट्ले दर्शकलाई प्रश्न गर्छ र आफू सकिन्छ । प्रप्स अर्थात् प्रडक्सन भ्यालु निकै आकर्षक छ फिल्मको । सय वर्ष अगाडिको जस्तो लाग्ने पाटन र पनौतीका गल्ली र टुँडालहरूले दर्शकलाई स्वैरकाल्पनिक संसारको भ्रमण गराउँछन् । हामीले यस्तो खालको दृश्य विन्यास र पटकथाको गुदी नेपालमै छायांकन भएको हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा हेरेका थियौं जहाँ पनि बौद्ध परम्पराको अन्तरनिहित शक्तिलाई चित्रण गरिएको थियो । मार्क धेरै प्रकाश प्रयोग नगर्ने छायांकार मानिन्छन् ।
फिल्मको ध्वनि अर्को सशक्त पक्ष हो । ३६० डिग्रीमै कम्पोज गरिएको साउन्ड इन्जिनियरिङले दर्शकलाई गहिराइमा लैजान्छ । फिल्ममा प्रयोग गरिएका मिजाएन्सिङ सट्हरू पावरफूल लाग्छन् । स्वैरकल्पना (सररियल)लाई चित्रण गर्ने मामिलामा यी दृश्य र ध्वनि कम्पोज निकै महत्वपूर्ण छन् फिल्ममा । एक वाक्यमा भन्दा ‘डाकिनी’ आवरणसँगै आत्मा भएको फिल्म हो । अर्गानिक फिल्मको रूपमा ‘डाकिनी’लाई लामो समयसम्म आत्मसात् गर्न सकिनेछ । पोस्ट–कोभिड फिल्मको ट्रेन्डको रूपमा डाकिनीले कथा भन्ने शैलीमा नयाँ मानक पक्कै खडा गर्नेछ ।
काठमाडौं । कोभिड–१९ महामारीले विश्व फेसन ट्रेन्डमा परिवर्तन आउनेछ । फेसन पण्डितले मास्कलाई अनिवार्य ट्रेन्डको रूपमा राखेका छन् । इन्स्टाग्राम रिलिजदेखि, युट्यूब छलफल र रनवेमा हुने सामाजिक दूरी वर्ष २०२१ मा हुने फेसनका केही प्रवृत्ति हुन् । अब पुरानो फेसनलाई आउने वर्ष कुनै स्थान हुनेछैन । यहाँ केही ट्रेन्ड प्रस्तुत गरिएको छ जसलाई विश्व फेसनले आउँदो वर्ष फलो गर्नेछ ।
ब्वाइफ्रेन्ड ज्याकेट असीको दशकमा लोकप्रिय ओभरसाइज ब्याइफ्रेन्ड ब्लेजर रुचाइन सक्छ । तपाइँ यसका लागि लङलाइन सिलहुट र कोटको सेप्ससँग खेल्न सक्नुहुन्छ । काँधमा राखिने प्याडको मद्दतमा वेस्टमा मिल्ने गरी डिजाइन बनाउन सकिन्छ । लेग ट्राउजर र छालाको सट्सले अत्याधुनिक लुक्स दिनेछ । यो डिजाइनमा पाउडर ब्लु, क्यारकोल र न्यूट्रल्स रङ आकर्षक देखिने छन् ।
कालो फेस मास्क सुरक्षाको लागि मात्र मास्क लगाइने छैन बरु मास्कमा स्टाइल खोजिनेछ । यी स्लिक ब्ल्याक फेस मास्क लगभग सबैजसो आउटफिट पहिरनमा मिल्ने गर्छ । नाक र मुखलाई राम्रोसँग ढाक्न पनि मद्दत मिल्छ । आफूलाई फेन्सी महसूस गराउन र मजासँग सास फेर्न सिल्क फेव्रिक प्रयोग गर्न सक्नुहुन्छ । रेड ट्रेन्च कोटदेखि कलर ब्लकिङ सुटसँग मास्क स्टाइलिस देखिन्छ ।
हेड स्कार्फस् ५० र ६० को दशकबाट प्रभावित यो शैली ठूलै रूपमा वर्ष २०२१ मा आउने तयारीमा छ । हेडस्कार्भले कपालको सुरक्षादेखि आउटफिटलाई फिनिसिङ टच दिन मद्दत गर्छ । फ्लोरल प्रिन्टेड मोटिफ्स भएको सिल्की डिजाइनले सिम्पल लुक्स पनि देखिन्छ । रङ बोल्ड भएको राम्रो । यस्तो एस्सेसरिजलाई स्टाइलिस देखाउन तपाइँले फेव्रिकलाई चिउँडोमुनि बाँध्न वा लुज टाइपको गाँठो पार्न सक्नुहुन्छ । टाउकोको पछाडि झुन्ड्याउन पनि सुविधा छ ।
पास्टेल टोन्स आउने वर्ष पास्टेल टोन्स स्टाइल जबर्जस्त रूपमा विश्व फेसनमा आउनेवाला छ । यो स्टाइलमा समर सिजनका लागि सर्बेटबाट प्रभावित रङ र छालाको रङका लागि व्यापक विविधता प्राप्त गर्न सकिन्छ । हल्का हरियो रङको कोट अथवा ओभरसाइज्ड ट्रेन्च कोटमा यो स्टाइल बढी आकर्षक देखिन सक्छ । सुट र अलग ह्युजमा पास्टेल टोन्स ज्यादा प्रभावकारी देख्न सकिन्छ ।
येल्लो ब्याग्स आउने सिजनमा पहेंलो रङको ब्याग्स रनवे र स्ट्रिटमा धेरै मात्रामा देख्न सकिनेछ । यो स्टाइल फलो गर्न निकै सजिलो छ र समयको सीमितता पनि हुनेछैन । तपाइँ यसका लागि तोरीको रङसँग मिल्ने ब्याग लिन सक्नुहुन्छ । आफ्नो टेस्ट अनुसारको टोन पनि लिन सक्नुहुन्छ । अरू चम्किला रङका एस्सेसरिजसँग तपाइँ यसलाई प्रयोग गर्न सक्नुहुन्छ । रातिको समयमा सेतो गेटअप र स्लिक क्यानरीसँग पनि प्रयोग गर्न सकिनेछ ।
फोक इन्सपायर्ड कोट्स आउने सिजनमा तपाइँ तस्वीरमा देखिएजस्तै फोक प्रभावित कोटको प्रयोग देख्न सक्नुहुन्छ । चिसो बढ्न थाल्यो भने इम्ब्रोइडरीको तह थपेर आफूलाई स्टाइलिस र न्यानो दुवै तुल्याउन सकिन्छ । कालो र खैरो रङको मोनोक्रोममा लगाउन पनि सकिन्छ । साथै, अन्य चम्किला रङको संयोजन पनि यसमा गर्न सकिन्छ । सबैको शरीरमा यो पहिरन स्टाइलिस र मजाको देखिनेछ ।
ह्वाइट नी हाइ बुट्स ६० को दशकमा गोगो डान्सरले प्रयोग गर्ने स्टाइलिसबाट यो ट्रेन्ड प्रभावित छ । मध्य शताब्दीमा भएको युवा विद्रोहमा यो ट्रेन्डको प्रयोग व्यापक थियो । आउने वर्षको आउटफिटमा यो बुट्सको प्रयोग हुनेछ । प्यार्टन मिनी ड्रेस, स्कर्ट, रोलनेक, लेगिङ्ससँग यस्तो बुट्स लगाउन सकिनेछ । यसले सेक्सी लुक्स पनि प्रदान गर्नेछ ।
येल्लो एन्ड क्यामेल कलर स्टाइलिङ तपाइँ यसलाई पहेंलो रङ वा क्यामेल (ऊँट) रङसँग सन्तुलन मिलाउनूस् । सन् ७० को यो ट्रेन्ड पुनः आउने वर्ष देखिनेछ । यी सेड्सको मिश्रण र मिलावटले स्टाइलमा विविधता र गहिराइ प्रदान गर्नेछ । हल्का खैरो रङको कोट र पहेंलो रङको टर्टलनेक भएको स्लिक टिसर्ट एवं फेल्येर प्यान्ट्ससँग यसलाई मिलाउन सकिन्छ । आउने वर्ष यो स्टाइलले हट लुक्स प्रदान गर्नेछ ।
पप ब्लु एस्सेसरिज तपाइँ मोनोक्रम आउटफिटमा नीलो रङलाई पपअप गर्न सक्नुहुन्छ । यो ट्रेन्ड पछाडिको सौन्दर्य भनेको सीमाहीन विकल्प उपलब्ध हुनु हो । तपाइँ ब्लु एस्सेसरिज जसरी पनि लगाउन सक्नुहुन्छ । डियोरले उत्पादन गरेको हाँसको अण्डाको रङसँग मिल्ने ह्यान्डब्याग, मरिन रङको ह्याट सबैमा तपाइँ लगाउन सक्नुहुन्छ । कालो र खैरो रङको आउटफिटमा यसको प्रयोग ज्यादा प्रभावकारी हुनेछ ।
जट्टा झुन्डिएको ब्याग फेसन स्टेटमेन्टका लागि ह्यान्ड ब्याग महत्वपूर्ण हुन आउँछ । आउने सिजनमा देखिने सबैभन्दा ब्यापक ट्रेन्ड चाहिं ह्यान्ड ब्याग्समा फ्रिङगिङ (जटा परेजस्तो देखिने) हुनु हो । छाला वा खाकीको फेव्रिकमा बन्ने यो डिजाइनलाई तपाइँले इभेन्टमा पनि प्रयोग गर्न सक्नुहुन्छ । खैरो र कालो रङको जटा राम्रो देखिन सक्छ । तपाइँ चम्किलो रङको लागि हरियो रातो रङ पनि प्रयोग गर्न सक्नुहुन्छ । गो–टु स्टाइल देखिन चाहनेका लागि यो छनोट महत्वपूर्ण छ ।
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा स्थायीभन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलोमुक्त र हिलोमुक्त बनाउन सबैको साथ सहयोगको आवश्यक रहेको बताएका छन्।
काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै उनले देशकै साझा महानगरपालिका भएकाले कामको चुनौती पनि उस्तै रहेको बताएका छन्।
कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।
मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताए । अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहीन बनाउने स्थानीय तहको कामकारवाहीमा निर्भर रहेको त्रिपाठीको भनाइ छ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रण कार्यमा स्थानीय तहले गरेको कामले संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताएका छन्। संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएकाले काम पनि असाधारण नै गर्न उनको सुझाव छ।
२०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ।
‘सरकार किसानलाई बाँच्न देऊ’ भन्ने पर्चा छातीमा टाँसेका एक वृद्ध, आइतबार र सोमबार एउटै कुरा दोहोर्याइ रहे । सर्लाहीबाट काठमाडौं आएका उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय रोष प्रकट गर्दै भनिरहेका थिए ‘अब अति भो सरकार हामीलाई बाच्न देऊ, हाम्रो पसिनाको मूल्य देऊ, सरकार अन्तिम पटक हाम्रो कुरा सुनिदेऊ, बाँच्ने आधार बनाइदेऊ, हाम्रा बच्चा–बच्चीका आङ नाङ्गा छन्, पेट भोक छ । औषधि उपचार नपाएर हाम्रा परिवार तड्पिएका छन्, सरकार पैसा देऊ, कि मृत्यु ! बरु मर्नु परोस् पैसा नलिई घर फर्किंदैनौ, आत्महत्या गर्न तयार छौं ।’
गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् । सम्झौता कार्यान्वयन नभए पनि काठमाडौंको चिसो र कोरोनाको महामारीका बीचमा आफूहरू पुनः आन्दोलनमा उत्रिएको अध्यक्ष रामस्वार्थको भनाइ छ ।
‘हामी निमुखा किसान, बोल्न पनि राम्ररी जान्दैनौं, हाम्रो एउटै माग छ– पसिनाको मूल्य देऊ । किसानलाई मर्न बाध्य नपार’ उनले भने । चिनी मिलले उखु किसानलाई दिनुुपर्ने बाँकी बक्यौता रकम सम्झौता भएको एक वर्षसम्म दिएका छैनन् । रकम नपाएपछि यो एक वर्ष बीचमा उखु किसान संघर्ष समितिका पदाधिकारीहरू पटक–पटक काठमाडौं आए ।
यही दशैं र तिहारको बीचमा अध्यक्ष रायलगायत अन्य किसानहरूले काठमाडौं आएर उद्योग मन्त्री, राष्ट्रपति र अन्य नेतालाई समेत भेटे तर समस्या सुल्झिएन । काठमाडौं आउनु अघि बारम्बार किसानले स्थानीय सरकारलाई पनि गुहारे । स्थानीय सरकारले उनीहरूको माग सुनेको नसुने झैं गर् यो ।
उद्योगीले किसानलाई क्वीन्टलमै २० केजी ठगे
गत वर्ष नै नेपाल सरकारले किसानको माग अनुरूप उखुको मूल्य समायोजन गरेर उखुको मूल्य प्रति क्वीन्टल ५३६ रुपैयाँ तोकिएको थियो । त्यसमा सरकारले ६५ रुपैयाँ अनुदान दिने सहमति गर् यो । प्रति क्वीन्टल ४७१ रुपैयाँ उद्योगले किसानलाई दिनुपर्ने हो । तर उद्योगहरूले त्यसमा पनि ३५ रुपैयाँ घटाइदिए ।
अध्यक्ष रायका अनुसार सर्लाही जिल्लाको गोडैता नगरपालिकाका मेयर देविन्द्रपसाद यादव, प्रदेश–२ का सांसद उपेन्द्र कुशवाह र महालक्ष्मी सुगर मिलका उद्योगपति वीरेन्द्र कनौडियालगायत केही स्थानीय नेता संलग्न बैठकले किसानहरूलाई जानकारी नै नदिइकन एकलौटी रूपमा पैसा घटाउने निर्णय गरे ।
किसानले १०० केजी उखु जोखेरै दिंदा सुगर मिलहरूले त्यसमा १० केजी २० केजी बराबरको तौल कमी गरिदिएको किसानको भनाइ छ ।
‘हाम्रो बोल्ने मान्छे छैन भनेर किसानलाई हेपिएको पो हो कि ! आँखै अगाडि यत्रो भ्रष्टाचार गर्दा कति सहेर बस्नु ? मिलहरूले पैसा त दिएन, दिएन उल्टै हामी आफैंले जोखेर दिएको उखुको पनि तौल घटाइदिन्छन्’ अर्का पीडित उखु किसान राम पुकार राउतले भने ।
उनले दुई बिगाहा जमीनमा उखु खेती लगाएका छन् । आठ जनाको उनको परिवारको मुख्य आम्दानीको स्रोत नै उखु खेती हो ।
राउतले अन्नपूर्ण सुगर मिललाई उत्पादित सबै उखु दिंदै आएका छन् । आँखाभरि आँशु पार्दै उनले भने, ‘मेरो अर्को आम्दानीको श्रोत छैन । उद्योगले पैसा दिंदैन । घर–व्यवहार कसरी चलाउने ?’
हाल देशभर पाँचओटा सुगर मिलहरूले किसानलाई करीब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानले बताएका छन् ।
काठमाडौं । चितवनमा जारी गौतम बुद्ध कप ट्वान्टी–२० त्रिकोणात्मक शृंखलाको उपाधिका लागि राप्ती टिम र नारायणी टिमबीच प्रतिस्पर्धा हुँदैछ ।
आइतबारको खेलमा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ले सम्हालेको बाग्मती टिमले लगातार दोस्रो हार बेहोरेसँगै नारायणी र राप्तीबीच फाइनलमा भेट हुने निश्चित भइसकेको थियो ।
सोमबार विनोद भण्डारीले नेतृत्व गरेको राप्तीले लगातार दोस्रो जित निकाल्ने क्रममा नारायणीमाथि १ विकेटको रोमान्चक जित निकाल्यो ।
पारस खड्का कोरोना संक्रमित भएपछि सुवास खकुरेलले नेतृत्व गरेको नारायणी टिमले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।
निर्धारित ओभरमा उसले ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि करण केसीले ३२ र किशोर महतोले ३६ रनको योगदान गरे ।
इनिङको अन्तिम बलमा करण आउट हुनुअघि यो जोडीले आठौं विकेटका लागि ५९ रनको अर्धशतकीय साझेदारी गरेको थियो ।
त्यसअघि नारायणीका शीर्ष क्रमका ब्याट्सम्यानहरुले अपेक्षाकृत योगदान गर्न सकेनन् । शृंखलाको पहिलो खेलमा नारायणीले बाग्मतीमाथि रोमान्चक जितका क्रममा करणले सुपर ओभरमा ४ छक्का प्रहार गरेका थिए ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हाताभित्र रहेको नमूना मैदानमा १ सय ३९ रनको जवाफी लक्ष्य राप्तीले इनिङको अन्तिम बलमा पूरा ग¥यो । अन्तिम ओभरमा स्पिनर सूर्य तामाङले २ नोबल फालेपछि अन्तिमका २ ब्याट्सम्यानलाई जिम्मेबारी पूरा गर्न सहज भयो । त्यसअघि ओपनर कुशल भुर्तेलले ६५ रनको विष्फोटक अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । कमलसिंह ऐरी २५ रनमा अविजित रहे । राप्ती र नारायणीबीचको फाइनल खेल मंगलबार हुनेछ ।
फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी निर्माण सुरु गरेको रंगशाला अवको डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसैको माहोल सृजना गर्न राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३० र १२ स्थानीय खेलाडीसमेत समावेश गरी तीन टोली बनाएर शृंखला आयोजना गरिएको हो । कोरोना महामारीपछि ठप्प रहेको क्रिकेट गतिविधिलाई यस प्रतियोगिताले सकारात्मक सन्देश दिएको छ ।
काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा सोमबार पनि उछाल आएको छ । आज भएको शेयर कारोबारमा ५६ दशमलव ७२ अंकले बढेर २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेको छ ।
सोमबार एक करोड २८ लाख ८८ हजार ६६ कित्ताको शेयर खरीदविक्रीमा ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैया बराबरको कारोबार भएको छ । सोमबार सूचक अंक बढेसँगै कारोबार रकम समेत बढेको छ । आइतबारको शेयर रकमभन्दा सोमबार २ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ ।
आज भएको कारोबारमा सवैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सार्वधिक खरीदविक्री भएको छ । आज एनएलआसीको ७४ करोड ३९ लाख ९९ हजार ६६८ रुपैयाँ बाराबरको शेयर खरीदविक्री गरेको छ ।
१५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
सोमबार १५ ओटा कम्पनीको मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सार्वधिक मूल्य बढ्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ, शिखर इन्स्योरेन्स, नबिल बैंक,साल्ट ट्रेडिङ,नारायणी डेभलोपमेन्ट बैंक, विजया लघुवित्त, मिथिला लघुवित्त आदिमा सकारात्मक सर्किट लागेको हो ।
काठमाडौं। वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषसहित गठन भएका विवेकशील नेपाली दल र साझा पार्टीबीच यसैसाता दोस्रोपटक एकता भयो ।
भर्चुअल माध्यमबाट गरिएको एकता घोषणाले विवेकशील साझा पार्टीलाई भौतिकरूपमा त सग्लो बनाएको छ । तर, राजनीतिको वास्तविक मैदानमा चुनौतीका चाङ भने त्यत्तिकै छन्।
दोस्रोपटकको एकताप्रति दुवै पक्षका केही नेताहरू असन्तुष्ट छन्। अर्कोतिर राजनीतिक वृत्तमा विवेकशील साझा पार्टीको आधार ‘सोसल मिडिया’ मात्रै भन्ने आरोप पनि छ। सो पार्टीका नेता प्रकाशचन्द्र परियार भने पार्टीको पहिचानमाथि गरिएको प्रश्न नै गलत भएको बताउँछन्।
“हामी फेसबुके पार्टी होइनौँ। कल्याणकारी लोकतन्त्रको नारा बोकेर हामी देशको कुना-कुनासम्म पुगेका छौँ। दूरदराजसम्म हाम्रो संगठन पुगिसकेको छ”, उनले भने। आफ्नो पार्टीको राजनीतिक सम्भावनाबाट अत्तालिएकाहरूले कमजोर आँके पनि अबको मूलधारको राजनीतिलाई नेतृत्व दिन विवेकशील साझा सुगठित भइसकेको परियार दाबी गर्छन्।
उनले भने, “एकता प्रक्रियाले विवेकशील पार्टीको फराकिलो मार्ग तयार गरिसकेको छ। अबको २ वर्षभित्र हाम्रा एजेण्डाको फैलावट हुनेछ र आगामी निर्वाचनबाट मुख्य राजनीतिक शक्तिको रूपमा स्थापित हुन्छौं।”
काठमाडौं । उनी आफूलाई कलाकार ठान्दैनन् । न ठान्छन् कुनै उस्ताद कवि । तर, स्केच पेपरमा कुचीले रङ पोतिरहँदा उनका खुशी अनुहारभरि छरिन्छन् । तिनै खुशी कविताका शब्दमा टिप्छन्, गीतका लयमा उन्छन्, चित्रमा उतार्छन् ।
नवराज (बस्नेत) सँग प्रशस्त दुःख छन् । उनी ती दुःख परास्त गर्न पेन्टिङ र कविताको सहारा लिन्छन् । त्यो पनि उनको निम्ति उति सहज छैन । घाँटीभन्दा तलका भागले नवराजलाई साथ नदिएको दुई दशक बित्यो । सधैंलाई निदाएका औंलाहरूले कुची समाउँदैनन् ।
कलम च्याप्न त परको कुरा; ओच्छ्यानमा लमतन्न परे पनि अन्तःस्करणले उकासिरहन्छ– गर्, केही त गर् ! त्यसपछि उनका आँखा सिरानी छेवैमा छरिएका कुची, रङ र स्केचबुकतर्फ दौडन्छन् । ती सबैलाई एकट्ठा गर्न जीवनसँगिनीलाई इशारा गर्छन् । जीवनसँगिनीकै सहारामा सिरानी भएपट्टि घोप्टो पर्छन् । ओठले कुची टिप्छन्, हातका दुई भागले सकी नसकी च्याप्छन् । कुइनो घिसिपिटी अड्याउँछन् र मुखले च्यापेको कुची रङमा घोल्दै सुन्दर आकृति कोर्छन् ।
उनी गणेशको चित्र बनाउँदै थिए । बनाउने क्रममा कुइनामा घाउ भएर तन्ना रगताम्य भएछ । दुखाइलाई बेवास्ता गरेर चित्रमै घोत्लिएका उनी रगत बगिरहेबारे बेखबर भएछन् । ‘हामीले देखेपछि मात्र थाहा भयो । आफ्नै बिमार लुकाएर पनि चित्र बनाउने बानी छ उहाँको’ चिन्तामिश्रित भावमा जीवनसँगिनी सुनाउँछिन् ।
केही दिनयता त्यही चोटका कारण उनको चित्र बनाउने क्रम रोकिएको छ । ‘यही गणेशको चित्रमा अब फिनिसिङ गर्न बाँकी छ । घाउ कहिले निको हुने हो कुन्नि’, अधुरै रहेको चित्रतर्फ इंगित गर्दै नवराज सुनाउँछन् । एउटा चित्र बनाउन एक हप्ताभन्दा बढी समय लाग्छ । कुइनोले टेक्नुपर्छ, पटक पटक त्यहीं घाउ भइरहने समस्याले असहज भइदिन्छ । मुखैले कलम च्यापेर सुन्दर अक्षरमा लेखिएका कविता पनि निकै भइसके । त्यो पनि छाप्ने तर्खरमा छन् नवराज ।
पहिला त उनी खूब निराश हुन्थे । सिर्जनात्मक काम गर्न निकै मन लाग्थ्यो । अरूले बनाएको चित्र वा नयाँ कुरा देख्दा आँशु बगाउँदै सोच्थे– मेरो पनि हात/गोडा ठीक भइदिएको भए कत्ति बनाउँथें होला ।
उनको निराशा त्यो दिनदेखि सकियो, जुन दिन नवराजले फरक कला देखे । ‘टीका बम्जन, जसको एम्बुसमा परेर दुई हात काटिएका थिए । उनी मुखैले गीत लेख्थे । मुखले गीत लेखेको देखेपछि सपनाको नयाँ टुसा पलाउन थाल्यो । मैले सोचें– हात नचलेर के भो ? मुखैले सिर्जनात्मक काम गर्न म पनि सक्छु नि !’
बाल्यकालदेखि नै चित्रकलामा रुचि थियो उनको । स्कूले जीवनमा भएका प्रतियोगितामा पुरस्कार हात पार्थे उनी । अझ रुचि त नृत्यमा थियो । स्कूल र गाउँको कार्यक्रममा खूबै राम्रो नाच्थे । सपना पनि थियो– एकदिन नृत्य पारखी बन्ने । ‘यदि म राम्ररी चल्न सक्थें भने आज राम्रो नृत्यकार हुनसक्थें हुँला’, उनी विगत सम्झन्छन् ।
एउटा भयानक दुर्घटना जसले नवराजको जीवनको हर कुरा बदलेको थियो । त्यो क्षण उनी बाँचुन्जेल भुल्न सक्दैनन् । ‘त्यो बेला संकटकाल थिएन भने मेरो जीवनमा संकटै आउने थिएन । म जिन्दगीभर अपांग बन्नुपर्ने थिएन’, उनी त्यतैतिर फर्कन्छन् ।
माओवादी द्वन्द्वले दिएको त्यो चोट
त्त्कालीन माओवादीले संचालन गरेको सशस्त्र द्वन्द्वको समय । गाउँमा (सोलुखुम्बु, सोलु दूधकुण्ड) माओवादी र सरकार दुवैतर्फको आतंक थियो । २०५७ साल फागुन १९ गते । १६ वर्षका नवराज एसएलसीको टेस्ट परीक्षा दिएर त्यसदिन घरमै बसेका थिए । अन्तिम परीक्षाको तयारी गर्दै थिए उनी ।
दिउँसोतिर तत्कालीन भूमिगत पार्टी माओवादीका कार्यकर्ताहरू उनको घरमा आए । गाउँमा कुनै छलफल वा कार्यक्रम गर्नु परे प्रायले उनैको घरको हल सम्झन्थे । त्यसदिन माओवादीहरू पनि गोप्य छलफलका लागि उनको घरमा आइपुगेका थिए । नवराजले हल खोलिदिए । ठूलो कोठामा उनीहरूको छलफल चल्दैथियो । उनी कोठाबाट बाहिरिएर बार्दलीमा गए । अचानक उनले परबाट सेनाहरू लहरै हिंड्दै गरेको देखे ।
‘तल त माओवादी साथीहरू छन्, सेनाहरूले चाल पाए भने भिडन्त पो हुनसक्छ’, नवराज अत्तालिए । दुर्घटना निम्तन दिनुहुने थिएन । उनी छट्पटिए । तल गएर जानकारी दिन्छु भनेर उठेका मात्र थिए, शरीर अचानक असन्तुलित भयो । उनी पछाडिपट्टि एक्कासि तल खसे । ढुंगामा गएर शरीर बजारियो । बेहोश भए । बजारिएको आवाज आएपछि भान्सा कोठाबाट आमा र ठूलीआमा अत्तालिंदै आए । निकैबेरपछि होश खुल्यो ।
होशमा आउँदा नाथ्री फुटेको थियो । छातीभरि रगत लत्पतिएको थियो । केही बेरपछि आमा र ठूलीआमाले दु्ईपट्टिबाट उचालेर उभ्याउन खोजे । खुट्टा टेकेका मात्र थिए, करेन्ट लागेको अनुभव भयो । दुई पाइला हिंड्ने क्रममा उनी पुनः बेहोश भए ।
‘माओवादी साथीहरू भने त्यति नै बेला निस्किसकेछन् । कुनै दुर्घटना नहोस् भनेर ठानेको मैले आफैं दुर्घटनामा परेछु’ उनी सुनाउँदै जान्छन्, ‘नवराज लड्यो भनेपछि घरमा सबैजना जम्मा भए । तर अस्पताल लैजाने होश कसैमा आएनछ । बेहोश भएपछि गाउँमा फुकफाक गरेर राखिएछ । छोपेको पो हो कि भनेर धामी लगाइएछ ।’
धामीले सूर्य उदाउँदा ठीक हुन्छ भनेका थिए । भोलिपल्ट बिहान ८ बजिसक्यो, निको भएन । अवस्था नाजुक हुँदै गएपछि हतार हतारमा स्ट्रेचर खोजेर जिल्ला अस्पताल पुर्याइएछ । जिल्लामा लगेपछि डाक्टरले भनेछन्, ‘बिरामीको अवस्था जटिल छ । यहाँ हुँदैन काठमाडौं लैजानुपर्छ ।’
बुबा भूपू नेपाली सेना थिए । त्यसकारण काठमाडौंको छाउनी हस्पिटलमा उपचार निःशुल्क हुन्थ्यो । आइतबार बिहान ७ बजे प्लेनमार्फत नवराजलाई छाउनी हस्पिटल लगियो । ‘बिरामीको स्पाइनलमा असर परेको छ, एकपटक एमआरआई गरौं । त्यसपछि रिपोर्ट अनुसार उपचार गरौं’, डाक्टरले सुझाए । घाँटीदेखि तलको भागमा गहिरो चोट लागेको थियो ।
रिपोर्ट त आयो । ज्वरो बढेको कारण तत्काल अप्रेसन नगर्न डाक्टरले सुझाए । ‘प्राथमिक उपचार राम्रो भएनछ । नसामा गम्भीर असर पुगेछ । अप्रेसन गर्न मिल्दैन । अलि समय लाग्छ । विस्तारै ह्विलचियरमा राखेर फिजियोथेरापी गर्दै ठीक बनाउनुपर्छ’, डाक्टरले भने ।
सुधार होला भन्ने आशा त थियो । तर, शरीरमा अझै गम्भीर असर देखा पर्दै गए । शरीर सुक्दै गयो । ज्वरो कम भएन ।
चाँडै ठीक भएर काठमाडौं घुम्ने अनि घर गएर एसएलसीको परीक्षा दिने सोच बनाएका थिए नवराजले । तर, त्यसो भएन । उनलाई स्पाइनल इन्जुरी भएको थियो । ठीक हुने आश भित्रैबाट मर्न थाल्यो ।
‘तपाईंको छोराले पहिलाको जस्तो जीवन पाउन कठिन छ । ह्विलचियरमै जीवन बिताउनुपर्छ । फिजियोथेरापी गर्नुपर्छ । भित्रको नसामा गम्भीर असर परेको छ’, बुबालाई चिकित्सकले भनेको अस्पष्ट कुरा नवराजले सुने, ‘एक भाग काटिएको छ, एक भागमा रगत छ, एक भाग बाँकी छ । तैपनि हेरौं नसाको केसमा भन्न सकिन्न । दैवको हातको कुरा हो ।’
त्यसपछि बा नवराजको छेउ बसेर धुरुधुरु रुन थाले । उनी पनि बासँगै भक्कानिए । ‘कतिले मलाई हेर्न सक्थे, कतिले हेर्न नसकी आँशु पुछ्दै फर्कन्थे’, नवराज सम्झन्छन् ।
डेढ महीनापछि ह्विलचियरमा उनलाई राखिन थालियो । पहिलो पटक ह्विलचियरमा बसेपछि उनले एकाएक सम्झे– गाउँमा उफ्रँदै नाचेको र नृत्य पारखी हुने सपना । उनले रुँदै सोचे– पुरानो जिन्दगी यति नै रहेछ ।
नवराजलाई अब ह्विलचियरमा बाले भित्र–बाहिर गर्न थाले । छाउनी अस्पतालमा उनलाई हेरचाह गर्ने बा मात्र थिए । काका आउने–जाने गरिरहन्थे ।
एकदिन बुबालाई एक जनाले सल्लाह दिएछन्, ‘नआत्तिनु । तर यहाँको मात्र भर नगर्नु । नसाको डाक्टर उपेन्द्र देवकोटा राम्रो हुन् । एकपटक नर्भिकमा लगेर जँचाउनु । केही हुन्छ कि !’
बुबाले काकालाई त्यो कुरा राखेछन्, ‘एकपल्ट डाक्टर उपेन्द्र देवकोटालाई देखाउने पो हो कि ! उनले नर्भिकमा हेर्छन् अरे, न सुधार भै’हाल्छ कि !’
त्यसपछि नवराजलाई नर्भिकमा लगियो । ‘अप्रेसन पहिल्यै गर्नुपर्दथ्यो । त्यो घाउमा पछि मासु पलायो भने क्यान्सर हुने सम्भावना हुन्छ । ठीक त परै जाओस् दुई वर्ष पनि ऊ जाँदैन । किन राखेको अहिलेसम्म’, एमआरआई हेरेर डा. देवकोटाले चिन्तित हुँदै भने । डा. देवकोटाले अप्रेसन गर्नुपर्ने अडान लिए । ‘नसा च्यापिएको छ । पहिल्यै नै हड्डी ठाउँमा ल्याएर भित्र खुकुलो गरिदिनुपर्दथ्यो । बचाउन भए नि अप्रेसन गर्नुपर्छ । घरको स्थिति के छ । मलाई तीन दिन भित्र भन्नुहोला’, डा. देवकोटाले भने ।
उपचार खर्च जुटाउन सकस
नर्भिकमा खर्च दुई लाख रुपैयाँ भन्दा बढी लाग्ने रहेछ । त्यति खर्च जुटाउन नसक्ने दुःखेसो पोखेपछि डा. देवकोटाले भने, ‘परिवारको अवस्था त्यस्तो छ भने वीर अस्पतालमा मेरो न्यूरोको वार्ड छ । त्यहाँ चिट्ठी लेख्दिन्छु । उताबाट डिस्चार्ज गरेर ल्याउनुहोला ।’
नवराजलाई छाउनीबाट डिस्चार्ज गरेर वीर अस्पतालमा लगियो । अप्रेसन निःशुल्क भयो । अप्रेसनपछि फिजियोथेरापी गर्नुपर्ने डाक्टरले सल्लाह दिए । त्यसका लागि पुनः छाउनी लैजाने कुरा भइरहेको थियो । त्यही बखत अर्को घटना घटिदियो । काकाको घरबाट फर्कँदै गर्दा नवराजका बालाई मोटरसाइकलले पछाडिबाट ठक्कर दियो । नवराजलाई पुनः छाउनी लैजाने योजना बुबाको दुर्घटनाले असफल भयो । अब, बा र छोरा एकै अस्पतालमा उपचाररत रहे । दुई महीनापछि बाको अप्रेसन सकियो र उनमा सुधार हुँदै गयो ।
त्यतिबेला जोरपाटीमा अर्थोपेडिक अस्पताल भर्खर खुल्दैथियो । त्यहाँबाट स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रको आवश्यकतालाई मनन गरेर कनकमणि दीक्षितले स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र खोल्न लागेका रहेछन् ।
नवराजको ठूलो बा र काका बुझ्न गए । सबै कुरा मिलेपछि नवराजलाई त्यहाँ लगियो । जोरपाटीमा स्पाइनल इन्जुरीको पहिलो बिरामी भएर बसे । त्यहाँ जानुअघि उनी ओल्टेकोल्टे फर्कन पनि सक्दैनथे । दाँया–बायाँ घाउ थियो । नियमित फिजियोथेरापीले उनलाई केही सहज बनाएको थियो ।
अस्पतालमै सिर्जना !
त्यहाँ गीत संगीत तथा साहित्यिक कार्यक्रम पनि हुन्थ्यो । नवराजलाई गाउन रहर हुन्थ्यो, तर घाँटीको चोटले स्वर पुग्दैनथ्यो । अरूले कविता भन्थे । उनी पनि वाचन गर्न खोज्थे । हात चलाउने थेरापीले गर्दा अलिअलि हात त चल्यो । आर्टिफिसियल यन्त्रको सहयोगमा चम्चा बाँधेर खान सिकाइयो । र लेख्न पनि । तर त्यो सम्भव भएन । अरू बिरामीको सुधार हुँदै जाँदा सहज देखियो, उनको शरीरमा बाँकी सुधार देखिने अवस्था भएन ।
विस्तारै आफूलाई बेवास्ता गरेको अनुभव गर्न थाले उनले । उनलाई चाहिं डिस्चार्ज गरेर घर पठाउन थालिएको थियो । तर उनी संगीत सिक्न चाहन्थे । उनले संगीत सिक्ने अडान लिए । स्वरमा सुधार हुने अपेक्षा थियो ।
जिद्दी नछाडेपछि उनी त्यहाँ रहने भए । त्यसपछि कम्प्युटरमा नक्कली औंला हालिदिएर कम्प्युटर, ल्यांग्वेज र म्युजिक सिकाउन थालियो । ६ महीना त्यहाँ उनले संगीतको आधारभूत कुरा सिके । विस्तारै उनको स्वर खुल्दै गयो । त्यही क्रममा फेरि अर्को दुर्घटना घट्यो । बुबा वाथरुम जाँदा मार्बलमा चिप्लिएर लडेछन् । बुबाको ढाडमा असर पर्यो । बुबा फेरि छाउनीमा उपचाररत रहे ।
बुबाको दुर्घटनापछि नवराजले पुनस्र्थापना केन्द्र छाड्नुपर्ने अवस्था आयो । त्यसपछि उनी ६ महीना घर गए । घर गएपछि फेरि समस्या आउन थाल्यो । उनलाई पत्थरी पनि भएछ र बुबालाई क्षयरोग देखिएछ । बुबा फेरि छाउनीमा भर्ना भए । उनी पनि छाउनीमा उपचाररत रहे ।
०००
उनी जीवनदेखि थाकेका थिए । चरम निराशा बाहेक नवराजसँग अर्थोक केही थिएन । त्यसबेला अस्पतालमा एक जना जर्नेल डाक्टरले हौसला दिंदै भने, ‘उपचार नि हुँदै गर्छ बाबु । दिमाग ठीक छ । संसारमा कस्तो कस्तो मान्छेले के –के गरेका छन् । तिमीले पढाइ अघि बढाऊ, सिर्जनात्मक काम गर । आँट्यौं भने सक्छौ ।’
डाक्टरको हौसलाले नवराजमा केही उत्साह थपियो । त्यसपछि स्थगित रहेको पढाइलाई उनले अगाडि बढाउने निधो गरे ।
हुन त उनले टेस्ट परीक्षा नै पास गरिसकेका थिए । तर, फसाद पर्यो कक्षा ८ को सर्टिफिकेट स्कूलसँगै जल्दा । ‘हाम्रो स्कूलको अफिस जलेको थियो । मैैले कक्षा ८ को सर्टिफिकेट लिएको थिइनँ । सरले स्कूल जल्दा सर्टिफिकेट पनि जल्यो भनेर भने । त्यसपछि मैले ८ कक्षाको फर्म भरेर प्राइभेट परीक्षा दिएँ’ उनी सुनाउँछन् ।
पढाइ छाडेनन्, लेख्ने मान्छे अर्कै राखेर परीक्षा !
लेख्ने मान्छे अर्को राखेर उनले कक्षा आठ हुँदै टेस्ट परीक्षा समेत दिए । एसएलसी पनि दिए । स्वाध्ययनसँगै काठमाडौंको आरआर (रत्नराज्य क्याम्पस) क्याम्पसबाट स्नातक समेत सके । बीचमा उनले लोकसेवा तयारी गरे । परीक्षा पनि दिए । ‘लिखितमा त पास भएँ, अन्तर्वार्तामा फालिएँ’, उनी सुनाउँछन् ।
पछि उनको परिवार काठमाडौंको डल्लुमा भाडामा बस्न थाल्यो । फेरि यही बेला अर्को घटना आइलाग्यो । आमालाई फोक्सोको क्यान्सर देखियो । बुबा कमजोरी, आमालाई क्यान्सर । यसपछि उनले पढाइलाई अघि बढाएनन् । यही बीचमा नयाँ सोच मस्तिष्कमा सल्बलाउन थाल्यो । गीत, कविता लेख्ने रहर जाग्यो । पुनः चित्रकलालाई अघि बढाउने उत्साह थपियो ।
‘जीवनलाई नयाँ ढंगबाट अगाडि बढाउँछु, जाँदा पनि सिर्जनात्मक परिचय बोकेर जाऊँ जस्तो लाग्यो । केही गर्ने हुटहुटी बढ्यो’ उनी सुनाउँछन्, ‘अनि हातले नभएर के भो मुखैले लेख्छु र चित्र कोर्छु भनेर थालें ।’
कोठामा बस्दा वरिपरिका विद्यार्थी उनीसामु आउँथे । नजानेको कुरा सोध्थे । उनी जानेको बताइदिन्थे । त्यही क्रममा उनले मुखले बनाएको चित्र विद्यार्थीहरूले देखे । ‘आहा ! कति राम्रो चित्र ! मलाई पनि बनाइदिनु न !’ उनीहरूले जिद्दी कस्न थाले ।
उनी चित्र बनाइदिन्थे । त्यसपछि उनको कलाको प्रशंसा वरिपरिकाले पनि गर्न थाले । ‘म खास राम्रो त बनाउँदिन जस्तो लाग्छ । तर उनीहरूको हौसलाले अझै राम्रो बनाउन सक्छु कि भन्ने चाहिं भइरहन्छ’, उनी मुस्कुराउँदै भन्छन् ।
नवराजले मुखले चित्र बनाउन थालेको पाँच वर्ष जति भयो । दुई–चार दर्जन चित्र उनले मुखैले बनाइसके । ‘तीमध्ये सबै मसँग छैनन् अहिले । कोही साथीहरूले लगे, कोही भाइबहिनीहरूले । अहिले चाहिं संकलन गर्छु भन्ने लागेको छ’, उनी सुनाउँछन् । उपचारपछि आमा क्यान्सर मुक्त भइन्, बुबाको स्वास्थ्य सामान्य हुँदै गयो । तीन वर्षअघि मात्र उनको बिहे भयो । आफूसँग जोडिएको जीवनसाथीको नवराजलाई ठूलो साथ छ । उनमा ऊर्जा यसकारण पनि थपिएको छ ।
एउटा सामान्य मानिसले कति असामान्य जीवन बाँच्छ, त्यसको उदाहरण हुन् नवराज । यही असामान्य जीवनमा सामान्य व्यक्ति भन्दा राम्रो काम गर्ने हुटहुटी उनमा बढ्दो छ । यही हुटहुटीले उनलाई अहिले खुशी दिएको छ ।
काठमाडौं। गत वैशाखको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको चर्चासँगै तत्कालीन राजपा र संघीय समाजवादी पार्टीले ‘आकस्मिक एकता’ गरे।
‘भवितव्य’टार्न जन्मिएको जनता समाजवादी पार्टी (जसपा) मा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका राजनीतिक ट्वीटहरूको चर्चाबाहेक ८ महिनामा कुनै अभियान देखिएको छैन। सरकारले संसदको अधिवेशन स्थगित गरेको र कोरोना महामारीले सडकमै उपस्थिति देखाउनसमेत असहज भएको भन्दै जसपा शान्त देखिएको हो।
सरकारका काम कारवाहीबारे केही नेताको सार्वजनिक टिप्पणीबाहेक जसपाका राजनीतिक गतिविधि पछिल्लो समय ठप्पप्रायः छन् । हतारमा भएको एकताले पूर्णता नपाउँदा जसपाको सांगठनिक गतिविधि ओझेलमा परेको हो। जसपा केन्द्रीय कार्यकारिणी समितिले कात्तिक २५ सम्म प्रदेश, मंसिर १५ सम्म स्थानीय तह र मंसिर मसान्तसम्म निर्वाचन क्षेत्र , जिल्ला र जनवर्गीय संगठनको समायोजन गरिसक्ने निर्णय गरेको थियो। तर, निर्धारित समय सकिँदा समेत समायोजन प्रक्रिया टुंगिएको छैन।
जसपाका नेता केशव झा कोरोना महामारीका कारण समायोजनको काममा ढिलो भएको बताउँछन् । “समायोजनको कार्यदलमै रहनुभएका केही नेताहरु कोरोना संक्रमित हुनुभयो । यसले गर्दापनि काममा ढिला भएको छ । मंसिरमा नसकिए पनि पुससम्म समायोजन सकिन्छ र पार्टी सक्रिय हुन्छ”, झाले नेपाल प्रेससँग भने ।
सरकार र प्रमुख प्रतिपक्ष दुवै दलसँग राजनीतिकरूपमा जसपा असन्तुष्ट छ। “सरकार त सम्पूर्णरूपमा असफल र भ्रष्ट भइसकेको छ तर जनताका एजेण्डामा कांग्रेस पनि जिम्मेवार भएन । संसद बैठक बोलाउन समेत कांग्रेसले सार्थक पहल गरेन”, झा भन्छन्।
पार्टीभित्र अनौपचारिकरूपमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेकोले छिट्टै राजनीतिक कार्यक्रम सार्वजनिक गर्ने उनले बताए।
चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको सामेबार भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पुर्याउने बताए।
उनले भने, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।
सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं संगठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए।
गृहमन्त्रीले भने, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र संगठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ।’
उनका अनुसार चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको छ।
भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिए।
सूचना महामार्गमा नेपाल प्रेसको यात्रा शुरू भएको छ । हजारौं मिडियाको भीडमा एउटा नेपाल प्रेस थपिनु र नथपिनुले त्यति ठूलो अर्थ राख्दैन । तर हामीले हाम्रो आगमनको औचित्य पुष्टि गर्नकै लागि मूल नारा तय गरेका छौं– तथ्य अन्वेषण, सत्य सम्प्रेषण ।
नेपाल प्रेस किन ? हामी यसको जवाफ हाम्रा सामग्रीहरूबाट व्यवहारमै दिने प्रयास गर्नेछौं । प्रविधिको यो युगमा कोही व्यक्ति सूचनाबाट बञ्चित हुँदैन तर सत्य र तथ्य सूचना मुख्य चुनौती हो । समाज आज ‘फेक न्यूज’ र ‘प्लान्टेड’ सूचनाको संक्रमणबाट पीडित छ ।
छिटो हुने नाममा गलत सूचना दिने, ‘भाइरल’ हुनका लागि गैरजिम्मेवार बन्ने छुट कम्तीमा पनि हामीलाई छैन र हामी त्यो आम रोगबाट टाढै रहने प्रतिबद्धता आजकै दिन व्यक्त गर्दछौं । जिम्मेवार र मर्यादित पत्रकारिताको अभ्यास नै हाम्रो सिद्धान्त हुनेछ ।
हामीसँग नेपाली पत्रकारिताको विभिन्न विधामा स्थापित भएका युवा पत्रकारको टिम छ । हरेक क्षेत्रका समाचार, विचार र विश्लेषण थाहा पाउने एउटै ‘डिजिटल प्लेटफर्म’ बनाउने हाम्रो प्रयास हुनेछ । अर्थात् सूचना र विश्लेषण पढ्ने, हेर्ने र सुन्ने ‘मल्टिमिडिया’ हो नेपाल प्रेस ।
सबै तथ्य समाचार हुँदैनन् । तर लुकेका वा लुकाइएका तथ्यलाई अन्वेषण गरी सत्य सम्प्रेषण गर्नु हाम्रो मुख्य ध्येय हुनेछ । हामीलाई मन पर्ने सामग्री पाठक, श्रोता र दर्शकलाई थोपर्ने भन्दा पनि तपाईंहरूको चाहनाका सामग्री खोज्न र तपाईंहरूसमक्ष सम्प्रेषण गर्न दत्तचित्त भएर खटिनेछौं ।
हामी सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाभिमान र नेपालको संविधानको पक्षधरता लिन्छौं ।
आवाजविहीनको आवाज बोल्ने आधिकारिक मुखपत्र बन्न सकियो भने त्यस दिन नेपाल प्रेसको सार्थकता स्थापित हुनेछ । अन्याय, विभेद, भ्रष्टाचार र अराजकतासँग सम्झौता नगरी जनपक्षीय पत्रकारिता गर्नु कठिन बाटो हो । त्यही बाटो हामीले तय गरेका छौं ।
जे बिक्छ त्यही खोज्ने नाममा आज नेपालको मात्र होइन संसारकै मिडिया अफवाह सिर्जना गर्ने साधन बन्ने खतरा बढिरहेको छ । नकारात्मक विषयवस्तु मात्र समाचार होइनन् । बेथिति विरुद्ध नेपाल प्रेस खबरदारी गर्न सधैं अग्रपंक्तिमा हुनेछ तर नकारात्मक संक्रमणबाट समाजलाई बिरामी बनाउनुहुँदैन भन्नेमा हामी दृढ रहनेछौं । मिडियाले सबैतिर निराशा मात्र देखाउने भन्दा पनि समाजलाई आशावादी बनाउने दायित्व पनि बोक्नुपर्छ भन्ने हाम्रो मान्यता हुनेछ ।
पत्रकारिता कुन हदसम्म निष्पक्ष वा तटस्थ रहन सक्छ ? यो संसारभर सधैं बहसमै रहेको विषय हो । नेपाल प्रेस निरपेक्ष रूपमा निष्पक्ष हुन सक्दैन । हामी सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाभिमान र नेपालको संविधानको पक्षधरता लिन्छौं ।
विभाजित समाजमा मान्छेका मन पनि विभाजित हुन्छन् । मिडियाले त्यसभित्र पसेर पक्षधरता लिनुहुँदैन तर विसंगतिको पक्षमा उभिन सकिन्न । विसंगति र गलत कर्मको पक्षधरता नलिंदा उठ्ने तटस्थताको प्रश्नमा हाम्रो जवाफ हुनेछ– गलतको विपक्षमा उभिनु नै निष्पक्ष पत्रकारिता हो ।
हो हामी निष्पक्ष छैनौं । देशको स्वाभिमान, राष्ट्रियता, जनताको समस्या र राष्ट्रको प्रतिष्ठाका सन्दर्भ आउँदा हामी निष्पक्ष हुन सक्दैनौं ।
देशभक्तिको सन्दर्भमा हामी देशको पक्षमा उभिन्छौं । अन्यायको सन्दर्भमा हामी पीडितको पक्षमा उभिन्छौं । यस्ता विषयमा नेपाल प्रेस ‘ग्रे एरिया’ मा रहने छैन ।
हामी मिसन बनाएर कुनै राजनीतिक समूह, व्यक्ति वा प्रतिष्ठानहरूप्रति नकारात्मक जनमत बनाउने पत्रकारिता गर्ने छैनौं । सबैका विचारलाई बराबरी प्राथमिकता दिन्छौं । नेपाल प्रेसले नागरिक पत्रकारिताको मान्यता पछ्याउनेछ र हरेक नागरिकले हामीसँग अन्तरक्रिया गर्न सक्नेछन् ।
परम्परागत परिभाषा अनुसार पत्रकारिता प्रतिपक्ष हो । राज्य संचालन गर्ने सरकारलाई खबरदारी गर्नु, गल्ती कमजोरी सच्याउन सहयोग गर्नु हाम्रो दायित्व हुनेछ । यसो गरिरहँदा तीनै तहका सरकारले गरेका राम्रा काम तपाईंहरू समक्ष ल्याइदिनु पनि हाम्रो कर्तव्य हो । सधैं निराशाको भारी बोकाउनु हाम्रो लक्ष्य हुने छैन ।
छिटो हुने नाममा गलत सूचना दिने, ‘भाइरल’ हुनका लागि गैरजिम्मेवार बन्ने छुट कम्तीमा पनि हामीलाई छैन र हामी त्यो आम रोगबाट टाढै रहने प्रतिबद्धता आजकै दिन व्यक्त गर्दछौं ।
राजनीतिक मुद्दामा हामी कुन हदसम्म तटस्थ हुने ? यसमा हामी प्रष्ट छौं । हिंसाको राजनीतिलाई नेपाली समाजले तिरस्कार गरिसकेको छ । कुनै पनि राजनीतिक आवरणमा हिंसा, हत्या र आतंकपूर्ण गतिविधि गर्ने शक्तिप्रति तटस्थ हुन सकिन्न । संविधानभित्र रहेर गतिविधि गर्ने हरेक राजनीतिक दल र समूहप्रति हामी समान व्यवहार गर्नेछौं ।
आजको युगमा मिडिया र यसका उपभोक्ताबीच जीवन्त संवाद अनिवार्य छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनको युगमा जस्तो एकोहोरो सञ्चारको अभ्यास अब पुरानो भइसकेको छ । रचनात्मक सुझाव, आलोचना र गल्ती कमजोरी औंल्याइदिने पाठक नै हाम्रा वास्तविक शुभचिन्तक हुन् । मिडियाले सत्तालाई खबरदारी गर्छ, मिडिया पनि जनताको निगरानीमा हुनुपर्छ ।
हामी धेरै महत्वाकांक्षी नभई पत्रकारिताको मोर्चामा अर्को एउटा प्रयास र प्रयोग गर्न खोज्नेछौं । स्वस्थ प्रतिस्पर्धा र देशको ठूलो हिस्सा ओगट्ने युवामैत्री सामग्रीको सम्प्रेषणमा हामी खरो उत्रिन प्रयासरत हुनेछौं । आम पाठक नै हाम्रा संवाददाता पनि हुन्, त्यसैले तपाईंले देखेका, भोगेका र सार्वजनिक गर्नैपर्ने श्रव्य, दृश्य र कोरा सूचना तत्काल हामीलाई उपलब्ध गराउनुहोस्, हामी तथ्य अन्वेषण गरेर सत्य सम्प्रेषण गर्नेछौं ।
मिडिया सधैं नागरिक निगरानीमा रहनुपर्छ । पारदर्शिता र सुशासनको वकालत गर्ने मिडिया आफैं कति पारदर्शी छन् ? आजको समाजले प्रश्न गरिरहेको हुन्छ । त्यसका लागि मिडियामा कसको र कस्तो लगानी भन्ने महत्वपूर्ण पक्ष हो । हामी त्यसका लागि सामाजिक लेखापरीक्षणको कठघरामा सधैं उभिन सक्ने नैतिक बल सहित आएका छौं ।
अरूमाथि प्रश्न उठाउनेले सबैभन्दा पहिले आफू हरेक प्रश्नप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं । यति भनिसकेपछि अपारदर्शी लगानीविनाको मिडिया टिक्न र सामाजिक उत्तरदायित्व पूरा गर्न फेरि पनि बजार आश्रित हुनुपर्छ । विश्वव्यापी महामारीका कारण अर्थतन्त्र संकटग्रस्त भएको कठिन परिस्थितिमा हामीले चुनौतीपूर्ण यात्रा तय गरेका छौं ।
राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्दै रोजगारी बढाउन एउटा मूलधारको मिडियाले निर्वाह गर्ने भूमिकामा हामी कहिल्यै चुक्ने छैनौं । पाठक, श्रोता र दर्शक जत्तिकै हाम्रो दायित्व विज्ञापनदाता र शुभेच्छुकहरूप्रति रहिरहन्छ ।
र, अन्त्यमा
गल्ती सच्याउने तत्परता नै पत्रकारिताको मूल्यमान्यता हो । हामीबाट गल्ती हुनसक्छन् तर नियतवश गल्ती गर्दैनौं र गल्ती सच्याउन सदा तत्पर रहन्छौं । हामीलाई थाहा छ, पत्रकारिता कहिल्यै सिकेर नसकिने विषय हो ।
एउटा पत्रकार सधैं आफ्ना पाठकको निगरानीमा हुन्छ र उसले हरेक दिन परीक्षा दिइरहेको हुन्छ । कहिल्यै पास नहुने र निरन्तर सिकिरहने यो मोर्चाबाट हामी सधैं जिम्मेवार पत्रकारिताको अभ्यासमा रहने प्रण गर्छौं ।
काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटर प्रयोगकर्ताले आफ्नो ट्वीट सोझै स्न्यापच्याटमा सेयर गर्न पाउने भएका छन् । अहिलेसम्म ट्वीटर प्रयोगकर्ताले आफ्नो ट्वीटको स्क्रिनसट गरेर स्न्यापच्याटमा राख्नु पर्ने बाध्यता थियो ।
प्रयोगकर्तालाई स्क्रिनसटको झन्झट्बाट मुक्त गर्नका लागि दुवै सोसल मिडिया जानकारहरूले सहकार्य गरेर यो सुविधा दिएका हुन् । दी भर्जको रिपोर्टअनुसार हालै यो सुविधा आइओएस प्रयोगकर्ताका लागि दिइएको छ । यो फिचरको प्रयोग गर्नका लागि प्रयोगकर्ताले पब्लिक ट्वीटको सेयर बटनमा क्लिक गरेर स्नापच्याटमा पुनः क्लिक गर्नुपर्नेछ ।
त्यसपछि स्नाप क्रिएट गरेर स्न्यापच्याटमा पनि सेयर गर्न सक्नेछन्। साथै प्रयोगकर्ताले ट्वीटलाई स्न्यापच्याटको स्टोरीमा पनि राख्न सक्छन् । रिपोर्टअनुसार ट्वीटरले आइओएसका सीमित प्रयोगकर्ताले इन्स्टाग्राममा पनि ट्वीट सेयर गर्न सक्ने बताएको छ ।
हाल आइओएस प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको यो फिचर चाँडै एन्ड्रोइडमा पनि दिइने छ।
काठमाडौं । केहि वर्ष अगाडिसम्म स्वदेशी जुत्ता उत्पादक कम्पनी लगानीको प्रतिफल जुटाउन धौ–धौको अवस्थामा रहन्थे । विदेशी ब्रान्ड विशेष गरी चिनियाँ उत्पादनका जुत्ताहरु सर्वसुलभ मूल्यमा बजारमा उपलब्ध हुनु स्वदेशी कम्पनीका लागि चुनौति थियो ।
अहिले अवस्था फेरिएको छ । केहि वर्षयता नेपालीहरु स्वदेशी ब्राण्डका जुत्ता–चप्पलमै आफूलाई सहज महशुस गर्न थालेका छन् । गोल्डस्टार, शिखर, क्रसरोडलगायत दर्जनौ ब्राण्डका स्वदेशी जुत्ताले नेपाली बजारलाई छपक्कै ढाकेको छ भन्दा फरक पर्दैन ।
कुनै समय थियो नेपालीहरुले लगाउन प्रत्येक जुत्ता विदेशबाट आयत गरिँदा करोडौं रुपैयाँ विदेशिन्थ्यो । नेपाल फुटवेयर महासंघका आनुसार अहिले नेपाली बजारमा उपलब्धमध्ये ६० प्रतिशत जुत्ता–चप्पल स्वदेशी उत्पादन हो । महासंघका अध्यक्ष कृष्णकुमार फुँयालका अनुसार नेपाली जुत्ता–चप्पल व्यवसायमा करीब ५० अर्व रुपैयाँको लगानी रहेको छ ।
स्वदेशी जुत्ता–चप्पल उद्योगमा अर्बाैंको लगानी भए पनि सुरक्षा संगठनहरुदले प्रयोग गर्ने जुत्ता भने नेपालमै उत्पादन हुन सकेको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले प्रयोग गर्ने छालाको जुत्ता (बुट) अहिले पनि टेण्डरमार्फत विदेशबाट आयात गरिन्छ ।
सेनाले लगाउने छालाको जुत्तामा तीन प्रकारको छाला प्रयोग हुने भएकाले स्वदेशी कम्पनीले मापदण्ड पूरा गर्न नसकेपछि विदेशबाट ल्याउनु परेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।
‘सेनाले स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्छ, टेण्डर आहन गर्दा पनि स्वदेशी कम्पनी नै छान्छौ । तर, अहिलेसम्म स्वदेशी जुत्ता–चप्पल उद्यागहरुले हाम्रो मापदण्ड नगरेकैले विदेशबाट मगाउनु परेको छ,’ उनले नेपालप्रेससँग भने ।
महासंघले भने सुरक्षा निकायका लागि आवश्यक गुणस्तरको जुत्ता उत्पादनमा स्वदेशी कम्पनी पूर्ण सक्षम रहेको दावी गरेको छ । अध्यक्ष फुँयालका अनुसार स्वदेशी उद्योगहरु सक्षम भए पनि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले नेपाली जुत्ता–चप्पलको गुणस्तर मापन गर्न नसक्दा समस्या निम्तिएको हो ।
‘विभागमा बारम्बार गुणस्तर मापनका बारेमा बारम्बार कुरा हुने गरेको छ । तर, त्यहाँ जुत्ता–चप्पलको कच्चा पदार्थ मापन गर्ने मेशिन नै छैन । जुत्ता–चप्पलमा अनेक किसिमका कच्चापदार्थको प्रयोग हुन्छ र ती सबै कच्चापदार्थको मापन गर्न असमर्थ भएको जानकारी विभागले दिने गरेको छ,’ उनले थपे, ‘नेपाली जुत्ता–चप्पलमा कम्पनीहरुले ६ महिनाको वारेण्टी दिएका छन् । गुणस्तर मापन नहुँदा अझै यसलाई विश्वसनीय बनाउन सकिएको छैन । अहिले हाम्रो मुख्य माग नै ‘मेनपावर तथा गुणस्तर परीक्षण हो ।’
नेपाली बजारमा बार्षिक ८ देखि ९ करोड जोर जुत्ताको माग रहेको फुँयालको भनाइ छ । उद्योगहरुले अन्य मुलुकमा समेत नेपाली ब्राण्डका जुत्ता निर्यात गर्दै आएका छन् । नेपालबाट अन्य मुलुकमा बार्षिक रुपमा ६०/६५ लाख जोर जुत्ता नियार्त हुँदै आएको व्यावसायीको भनाइ छ । नेपाली जुत्ता–चप्पलकोे मुख्य बजार भारत हो ।
०७२ सालको भूकम्प अघि नेपालबाट एक करोड जोर जुत्ता–चप्पल भारतलगायत अन्य मुलुकमा निर्यात हुने गरेको थियो । भूकम्प र लगत्तै भएको नाकाबन्दीको मार नेपाली जुत्ता–चप्पल पनि पर्यो । जसले गर्दा जुत्ता–चप्पलको व्यापार केही खुम्चन पुग्यो । ०७६ पछि पुन नेपाली जुत्ता–चप्पलको व्यापारमा रौनकता थपिँदै गर्दा विश्वव्यापी रुपमा देखिएको ‘कोभिड–१९’ को मारमा परेको छ ।
स्वदेशी कम्पनीलाई जनशक्तिको समस्या
नेपाली जुत्ता–चप्पल उद्योगमा अधिकांश कालिगड तथा मजदुर भारतीय रहेका छन् । पछिल्लो समय कोरोना कै कारण जुत्ता–चप्पल उद्योग ९ महिना बन्द भए । गत साउनबाट बिस्तारै खुल्न थालेकोमा अहिलेसम्म करिव ७० प्रतिशत उद्योगहरु खुलिसकेका छन् । उद्योग खुले पनि काम गर्ने कर्मचारी, मजदुर तथा कालिगडको चरम अभाव भएको व्यावसायीको भनाइ छ ।
लामो समय उद्योग बन्द हुँदा कालिगड र अन्य कर्मचारी भारत फर्किएकाले पनि उद्योगमा कर्मचारी अभाव हुन पुगेको हो । ‘नेपाली मजदुर निकै कम छन् । हाम्रो मुख्य समस्यामध्येको एउटा मजदुर समस्या पनि हो,’ महासंघ अध्यक्ष फुँयालले भने । हाल स्वदेशी जुत्ता–चप्पल उद्योगले करीब ५० हजारभन्दा बढीलाई रोजगारी दिएका छन् ।
विद्यार्थी र सुरक्षा गार्डका जुत्ता उत्पादनमा आत्मनिर्भर
विद्यालय जाने विद्यार्थी वा नेपालमा सञ्चालित सुरक्षा सेवा प्रदायक कम्पनीहरुले नेपाली ब्रान्डका जुत्ता नै प्रयोग गर्न थालेका छन् ।
विद्यार्थी र सुरक्षा गार्डले लगाउने जुत्ता शतप्रतिशत स्वदेशी ब्राण्डको भएको अध्यक्ष फुँयालको भनाइ छ । ‘स्कुल र सुरक्षा गार्डले लगाउने जुत्ता नेपाली ब्राण्डका हुन् । आयातीत एक जोर पनि छैन,’ उनले भने । नेपालमा हाल १ हजार ५ सय जुत्ता–चप्पलका उद्योग छन् ।
एजेन्सी । पेरिस सेन्ट जर्मेइका स्ट्राइकर नेइमार पुनः चोटग्रस्त भएका छन् । आइतबार राती ल्योनसँग पराजित भएको खेलमा गोलीगाँठामा चोट लागेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर निकालिएको थियो ।
खेलको इन्जूरी समयमा ल्योनका थियागो मेन्डेससँगको ट्याकलका क्रममा नेइमारलाई चोट लागेको हो । लगत्तै मेन्डेस दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिए ।
टिनो कडेवेरको एकमात्र गोलले पीएसजी पराजित भएको हो र अंकतालिकाको तेस्रो स्थानमा झरेको हो । शीर्ष स्थानको लिली र दोस्रो स्थानको ल्योनभन्दा १ अंकले पछि परेको छ । पीएसजीमाथिको महत्वपूर्ण अवे जितले ल्योनलाई दोस्रो स्थानमा पु¥याएको हो ।
पीएसजीका प्रशिक्षक थोमस टचेलले आवश्यक परीक्षणपछि मात्र नेइमारको चोटको गम्भीरताबारे बताउन सकिने जनाएका छन् । ‘उनी फिजियो र चिकित्सकहरुसँग छन् र हामी भोलि (सोमबार)को परीक्षणबारे मात्र केहि बताउन सकिन्छ,’ उनले भनेका छन् ।
२८ वर्षीय नेइमार सन् २०१७ मा स्पेनिस टोली बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ मिलियन युरोमा पीएसजी पुगेका हुन् । उनले क्लबका लागि लगातार लिग वान उपाधि दिलाउन सहयोग गरेका छन् र गत सिजनको च्याम्पियन्स लिगमा टिमलाई फाइनलसम्म पु¥याएका थिए ।
एजेन्सी । क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा २ गोल गरेपछि इटलियन सिरी ए मा युभेन्टसले रेलिगेसन जोनमा संघर्षरत जियोनामाथि ३–१ गोलअन्तरको जित हासिल गरेको छ ।
खेल बराबरी भइरहेको समयमा रोनाल्डोले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका हुन् । जुहान कार्डाडोलाई फल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका हुन् । त्यसयता अल्भारो मोराटालाई बक्सभित्र फल गरेपछि पाएको अर्को पेनाल्टीमा गोल गरी रोनाल्डोले ३–१ को जित निश्चित गराए ।
पहिलो हाफ गोलरहित सकिए पनि पाउलो डिवालाले युभेन्टसलाई अग्रता दिलाएका थिए । लगत्तै घरेलु टोली जियोनाका लागि स्टेफानो स्टुरारोले बरारबी गोल फर्काए । जितपछि युभेन्टस सिरी ए अंकतालिकाको चौथो स्थानमा पुगेको छ र शीर्ष स्थानको एसी मिलानसँग ४ अंकको दूरीमा छ । गएराति नै भएको खेलमा एसी मिलानले पार्मासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
जियोना भने अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार १०० रुपैयाँले घटेको हो । सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा खरीदविक्री भएको थियो । सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २०० मा खरीदविक्री भइरहेको छ ।
काठमाडौं/ हाइस्कुलमा पढाइ छाडेका र दुईवर्ष जति घरविहिन बनेका जापानका एक युवक बिलियन डलर कम्पनीका सीइओ बनेका छन् । टोकियोका ताइहेइ कोवायसीले थालेको टेक स्टार्टअपको बजार मूल्य १ बिलियन डलर पुगेको छ ।
गत जुलाइमा सार्वजनिक स्टार्टअपमा गएको यसको मूल्य त्यसयता तीन गुणाले बढेको छ । उनको यो स्टार्टअपले अन्य नयाँ स्टार्टअपलाई नयाँ बिजनेस र उत्पादन सृजना गर्नको लागि मद्दत गर्छ ।
दुईवर्ष अगाडि गरेको कल्पनाको नतिजा भएको उनको कथन छ । १७ वर्षको छँदा कोवायसीका बाबुआमाले उनलाई घरबाट निकालेका थिए । त्यसयता उनले हाइस्कुलको पढाइ समेत छाडे ।
उनी संगीतमा रुचि राख्थे । दिनभर संगीतमा व्यस्त हुन्थे । राती सडकमा सुत्थे । चिसा रातहरुमा उनले कार्डबोर्ड जम्मा गरेर आफूलाई न्यानो बनाउने प्रयास गर्थे । झन्डै दुईवर्ष उनी होमलेस भए । सन एस्ट्रिक नामक कम्पनीका सीइओ बनेका छन् अहिले ।
उनले दुईवटा विन्टर टोकियोका सडकमा बिताए । ‘चिसोले मर्न पनि सक्थेँ । म जहाँ सक्थेँ, त्यही सुत्थेँ । ८० प्रतिशतभन्दा बढी समय म बाहिर नै सुत्थेँ’ उनले भने ।
कोवायसीले गणितको क्षमता, तार्किक सोच लगायतका विषयमा ६ घण्टाको एउटा परिक्षा दिए । उनी परिक्षामा पास पनि भए । त्यसपछि उनका लागि सफ्टवेयर इन्जिनियर हुने बाटो खुल्यो । यसैक्रममा उनको सन एस्ट्रिकका एकजना संस्थापकसँग भेट भयो । उनीहरु दुबैले कम्पनीको सुरुआत गर्ने निर्णय गरे ।
सोमबार यस वर्षको अन्तिम सूर्यग्रहण हुँदैछ । तर, यो ग्रहणलाई नेपाल र भारतबाट देख्न पाइनेछैन । नेपाली समयअनुसार बेलुका ७ बजेर १८ मिनेटमा ग्रहण सुरु हुँदैछ । ग्रहणको मध्यकाल ९ बजेर ५८ मिनेट र समाप्ती १२ बजेर ३८ मिनेटमा हुँदैछ ।
नेपाली समयानुसार ग्रहण राती हुनेछ । ग्रहणको सूतक पनि हुनेछैन । सन् २०२० को अन्तिम सूर्यग्रहण अमेरिका, दक्षिण–पश्चिम अफ्रिका, एटलान्टिक, हिन्द र प्रशान्त महासागरको आसपासबाट देख्न सकिनेछ ।
यो ग्रहण वृश्चिक राशीको धनिष्ठा नक्षत्रमा हुँदैछ । यो समय मकर राशीमा शनि र गुरुको युती पनि बन्दैछ । ज्योतिष शाष्त्रीले यस समय पुजामन्त्र गर्नु लाभदायक हुने बताएका छन् ।
कोरोना भाइरसबाट संक्रमण हुने जनावरको सूचिमा अमेरिकाको केन्टुकीस्थित एउटा चिडियाखानाको हिमचितुवा पनि थपिएको छ । यो पोथी चितुवालाई भाइरस पजेटिभ देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यहाँको राष्ट्रिय प्रयोगशालाले यसलाई पुष्टि गरेको छ ।
पजेटिभ पाइएको हिम चितुवालाई कफ आउने र छिटो श्वासप्रश्वास आउने लक्षण भेटिएको छ । गत अप्रिलमा न्यूयोर्कस्थित ब्रांक्स चिडियाखानामा बाघ र सिंहलाई पनि भाइरस संक्रमणको पुष्टि भएको थियो । ती बाघ र सिंह कुनै समस्या बिना स्वस्थ भएका थिए । हिम चितुवा पनि यसरी नै स्वस्थ हुने अपेक्षा छ ।
विज्ञहरुले जनावरमा समेत भाइरस संक्रमण हुनुमा भाइरसको परिवर्तित चरित्र जिम्मेवार रहेको बताएका छन् । उनीहरुका अनुसार यस्तो हुँदा भ्याक्सिनको प्रभावकारितामा कमी आउँछ । अहिलेसम्म कुकुर र बिरालोबाट मान्छेमा भाइरस सरेको पुष्टि भएको छैन ।
मस्को/रुसको साइवेरियालाई संसारकै चिसो ठाउँमध्ये मानिन्छ । कोरोना महामारीको दौरान पनि यहाँ विद्यालय खुलै छन् । हल्का चिसो बढ्ने वित्तिकै नेपालमा विद्यालय बन्द हुन्छन् । तर, रुसको ओएमयाकोन सहरको तापक्रम माइनस ५१ डिग्री सेल्सियस हुँदा पनि त्यहाँका स्कुल खुलै छन् ।
कठ्याङग्रिने चिसोको बाबजुद पनि बालबालिका विद्यालय गइरहेका छन् । यो स्कुल ११ वर्षभन्दा मुनिका बालबालिकाको लागि तब बन्द हुन्छ जतिबेला तापक्रम माइनस ५२ डिग्री सेल्सियसभन्दा कम हुन्छ ।
८३ वर्ष पुरानो यो स्कुल रुसको एउटा गाउँमा छ । सन् १९३२ मा स्टालिनको शासनको बेला यो विद्यालय स्थापना गरिएको थियो । ओएमयाकोन गाउँको जनसंख्या करिब २५ सय छ । हुलाक र बैंकजस्ता कार्यालय पनि यहाँ खुलेका छन् ।
यो दुर्गम र निकै चिसो थलोमा समेत कोरोना भाइरसको महामारी फैलिएको छ । महामारीमा पनि विद्यालय खुलै छन् । शंका लाग्ने वित्तिकै अभिभावक र विद्यार्थीको कोरोना परिक्षण गर्ने गरिएको छ ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले दशैंमा राउटेलाई दिएको आश्वासन अहिलेसम्म पूरा नभएको उनीहरूले गुनासो गरेका छन् ।
गत ८ असोजमा दशैंको अवसर पारेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापा लगायतको टोली सुर्खेतको चिंगाड गाउँपालिकास्थित राउटे बस्ती पुगेका थिए ।
मुख्यमन्त्री शाहीले वस्तीमा गएर राउटेहरूले पाइरहेको भत्तामा मासिक दुई हजार थपिदिने घोषणा गरेपछि उनीहरूमा खुसी छाएको थियो । मुख्यमन्त्री शाहीले भनेका थिए, ‘हामी राउटेलाई हेर्ने अलग्गै संरचना बनाउँछौं । तपाईंहरूलाई प्रदेश सरकारको तर्फबाट थप दुई हजार भत्ता दिन्छौं ।’
तर, अहिलेसम्म मुख्यमन्त्री शाहीले गरेको वाचा आश्वासनमा मात्र सीमित भएको उनीहरूको गुनासो छ । ‘हामीलाई प्रदेश सरकारले दुई हजार थपिदिए पाँच हजार पुग्थ्यो । कमसेकम लाउन खान त समस्या हुन्नथियो,’ राउटे युवा प्रकाश शाहीले भने, ‘आउँछ कि भन्ने आश गरिरह्यौँ । तर अहिलेसम्म नआउँदा आशा मरेको छ ।’
राउटेका मुखिया महिनबहादुर शाही सरकारले गरेको त्यो वाचा अहिलेसम्म पूरा नगरेकोमा दुःखी छन् ।
‘हाम्रो वस्तीमा आएर आफैंले गरेको वाचा सरकारले पूरा गरिदिए हुने ! त्यति पाइयो भने हामीलाई धेरै राहत हुन्छ,’ मुखिया महिनबहादुर भन्छन् । सरकारले जङ्गलमा आफूहरूलाई उपयुक्त व्यवस्था पनि गर्न नसकेकोमा पनि उनको दुखेसो छ ।
राउटे युवा वीरबहादुर पनि सरकारले वाचा पूरा नगरेकोमा गुनासो गर्छन् । भन्छन्, ‘सरकारले घोषणा मात्रै गरे जस्तो लाग्यो । हामीसँग भनेको वाचा पूरा गरोस् ।’
सामाजिक विकास मन्त्री रावलले सामुदायिक वनसँग सहकार्य गरेर राउटेका समस्या समाधान गर्ने बताएका थिए । ‘अहिले हामीले राउटेको उत्थान गर्न एक संरचना निर्माण गर्ने तयारी गरेका छौं । त्यो संरचनामा एक जना अधिकृतसहित डाक्टर र नर्सको टिम हुनेछ । आवश्यक बजेटको व्यवस्थापन गर्न हामी जुटेका छौं, त्यसका लागि आवश्यक गृहकार्य दशैं लगत्तै सुरु गर्छौं ।’
तर, मन्त्री रावलले प्रतिवद्धता गरेअनुसार कुनै दशैंयता कुनै पनि काम सुरु नभएको राउटेहरूको गुनासो छ ।
काठमाडौं । भारतीय ई-अटो निर्माता कम्पनी निम-जीका अटोको नेपाली बजारमा बिक्री सुरु भएको छ । आइतबारदेखि नेपालभर बिक्री शुरू भएको निम-जी नेपाल भित्र्याउने हिमालयन मोटोराड कम्पनीले जानकारी दिएको हो । एक पटक फूलचार्ज गरेपछि १ सय ३० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
त्यस्तै यो इलेक्ट्रिक अटो सञ्चालन गर्दा ७५ पैसा प्रतिकिलोमिटर खर्च हुने मोटोराडका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । यो कम्पनीका अटोहरूमा ३ वर्ष वा १ हजार ५ सय लाइफ साइकलको वारेन्टी रहेको जानकारी दिँदै अध्यक्ष थापाले ३ घण्टा र ५५ मिनेटमै सहजै पल्गमार्फत् फूलचार्ज गर्न सकिने बताए ।
मोटोराडका निर्देशक सौरव थापाले यो कम्पनीका अटोहरूले सर्वाधिक तीव्र गति ५० किलोमिटर प्रतिघण्टामा दौडिनसक्ने र ३० ड्रिगीसम्म उचालो सहजै चढ्न सक्ने जानकारी दिए ।
काठमाडौं। कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस२१’ सिरिज जनवरी १४ मा सार्वजनिक गर्ने भएको छ। कम्पनी आफैँले अर्को सालको सुरुआतमै हुने ‘सिइएस २०२१ इभेन्ट’को अन्तिम दिन सार्वजनिक गर्ने घोषणा गरेको हो।
सामसुङको बहुप्रतिक्षित यो सिरिजमा तीन वटा मोडेल्स- सामसुङ ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस२१ अल्ट्रा सार्वजनिक हुनेछन्।
भारतीय बजारमा बिक्री हुने फोनहरूमा रिपोर्टअनुसार एस२१ सिरिजमा एग्जिनस २१०० प्रोसेसर दिइनेछ। त्यस्तै अन्य मार्केटमा यो फोनमा क्लालकम स्नापड्रागन ८८८ प्रोसेसर दिइने छ। एस२१ चार कलर भेरियन्ट- ग्रे, पिंक, पर्पल र ह्वाइटमा उपलब्ध हुनेछ।
यसमा ट्रिपल क्यामेरा सेटअप समावेश हुन सक्नेछ। यसमा ६४ जिबी मेगापिक्सेको टेलिफोटो लेन्स, १२ मेगापिक्सेलको प्राइमरी सेन्सर र १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स दिइनेछ।
त्यस्तै एस२१ प्लसको डिजाइन इनफिनिटी डिस्प्लेमा गरिएको छ। एस २१ प्लस पनि चार कलर भेरियन्ट- पिंक, पर्पल, सिल्भर र ब्ल्याकमा उपलब्ध हुनेछ।
ग्यालेक्सी एस२१ जस्तै यसमा पनि ट्रिपल रिअर क्यामेरा सेटअप समावेश हुनेछ। जसको सेन्सर ६४, १२ र १२ मेगापिक्सेल हुन सक्नेछ। यो फोनमा १२८ जिबी र २५६ जिबी स्टोरेजको विकल्प पनि उपलब्ध हुन सक्नेछ।
एस २१ अल्ट्रा भने दुई कलर- सिल्भर र ब्ल्याकमा आउनेछ। यसमा क्वाड रिअर क्यामेरा सेटअप पाइने सम्भावना छ। जसमा १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड र दुई टेलिफोट लेन्स हुन सक्नेछन्। यी लेन्समा १०x अप्टिकल जुम र ३x जुम फिचरको साथमा उपलब्ध हुनेछन्। यो फोनमा १२८, २५६ र ५१२ जिबी स्टोरेजको विकल्प छनोट गर्न सकिनेछ।
तीन नयाँ कृषि कानुनविरुद्ध दसौं हजार भारतीय किसानले गरिरहेको आन्दोलन झनै चर्किएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले आन्दोलन शान्त पार्न प्रयास गरेपनि तत्काल मत्थर हुने संकेत मिलेको छैन । कृषि कानुनले नीजि कम्पनी र बिचौलियालाई फाइदा हुने आरोप किसानको छ ।
नयाँ कानुनले किसानको आम्दानीलाई दोब्बर बनाउने भन्दै मोदीले आश्वस्त पार्न खोजेको प्रयासलाई किसानले अस्वीकार गरेका छन् । आक्रोशित किसानले राजधानी नयाँ दिल्ली नजिकै विरोध प्रदान गरिरहेका छन् । किसान नेता र सरकारबीच भएको ६ पटकको वार्ता सफल हुन सकेन । यसलाई मोदी सरकारकै जटिल परिस्थिती मानिएको छ ।
‘सयौं किसानले आफ्नो आवाज व्यक्त गर्न दिल्लीतर्फ ट्रयाक्टर र्याली आयोजनको तयारी गरिरहेका छन्’ ३० वटा किसान समूहको संगठन संयुक्त किसान आन्दोलनका संयोजक कमलप्रित सिंह पन्नुले भने, ‘सरकारले हाम्रो आन्दोलन बिथोल्ने प्रयास गरेको छ तर, हामीले शान्तिपूर्ण आन्दोलनलाई जारी राख्छौं ।’
स्थानीय अधिकारीले आन्दोलित किसानलाई नयाँ दिल्ली प्रवेशमा रोक लगाउन सडकमा ब्यारिकेड राखेर अवरोध गरिरहेका छन् । किसानको आन्दोलनलाई प्रतिपक्षी कांग्रेस आइ र केही अर्थशाष्त्रीले समर्थन गरेका छन् । ‘नयाँ कानुनले किसानको अहित गर्ने मेरो अध्ययनको निष्कर्ष छ’ संघिय सरकारका पूर्व आर्थिक सल्लाहकार कौसिक बासुले ट्वीट गरेका छन् ।
तीन नयाँ कानुनले भारतीय किसानलाई आफ्नो उत्पादन विक्री गर्न झनै सुविधा हुने र विकल्प उपलब्ध हुने सरकारी दाबी छ । प्रधानमन्त्री मोदी र कृषि मन्त्रीले नयाँ कानुनबाट फाइदा लिन आग्रह गर्दै आन्दोलन मत्थर पार्न पहल गरेका छन् ।
एपी/चिनियाँ अन्तरीक्ष यान सोमबार चन्द्रमाको चट्टान बोकेर पृथ्वीमा फर्कने भएको छ । पृथ्वीमा फर्कने उडान सुरु भैसकेको जनाइएको छ । चार दशकपछि चन्द्रमामा यान पठाइएको यो दोस्रो पटक हो ।
चेन्ज फाइभ लुनार नाम दिइएको उक्त यानले गतसाता चन्द्रमाको चक्कर काटिरहेको थियो । चन्द्रमा धरातलमा ल्यान्ड भए लगत्तै केही तस्विर समेत पठाएको थियो । पृथ्वीमा फर्कन उक्त यानले अहिले चन्द्रमाको चक्कर काटिरहेको चिनियाँ अन्तरीक्ष विभागले जनाएको छ ।
प्राचिन ज्वालामुखी रहेको ठानिएको चन्द्र सतहको रुमकेर थलोमा यानले यसै महिनाको सुरुआती सातामा ल्यान्ड गरेको थियो । उक्त थलोबाट यानले २ किलो चट्टानको नमुना संकलन समेत गरेको थियो ।
उक्त यान मंगोलिया सीमा नजिकै पर्ने उत्तरी चीनमा अवतरण गर्ने जनाइएको छ । सन् १९७६ मा सोभियत युनियनले चट्टान ल्याए यता चीन उक्त काममा सफल भएको हो । चन्द्र सतहमा प्वाल पारेर ती चट्टानका नमुना संकलन भएको हो ।
यसअघि अमेरिका र रुसले ल्याएको भन्दा लाखौं वर्ष पुरानो चट्टान हुनसक्ने अनुमान गरिएको छ । जसले गर्दा चन्द्रमाको इतिहास र सौर्य मण्डलबारे थप अध्ययन गर्न सकिने भएको छ । यसका लागि चीनले केही देशसँग मिलेर प्रयोगशाला निर्माण गरिरहेको छ ।
चीनले अन्तरीक्ष योजना अन्तर्गत अब मंगल ग्रहमा यान पठाउने तयारी थालेको छ । चीनले सन् २०२२ मा सम्पन्न हुने गरि स्पेस स्टेसनको समेत निर्माण गरिरहेको छ जसले गर्दा चन्द्रमामा मान्छे पठाउन सकियोस् । अमेरिकाले चाहिँ सन् २०२४ सम्म चन्द्रमामा मान्छे पठाउने योजना बुनिरहेको छ ।
अमेरिकाले सोमबारदेखि सबै राज्यमा कोभिड–१९ विरुद्धको फाइजर खोप आफ्ना नागरिकलाई लगाउन सुरु गरेको छ । सीएनएनका अनुसार ५० वटै राज्यमा खोप पुर्याइएको छ ।
एकलाख ८४ हजार दुईसय ७५ कन्टेनरमा भ्याक्सिन लोड गरेर मिसिगन राज्यबाट वितरण थालिएको हो । अमेरिकी खाद्य तथा औषधी विभागले आपतकालिन प्रयोगका लागि फाइजरको खोपलाई अनुमति दिएपछि लगाउने प्रक्रिया सुरु भएको हो ।
भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या झन्डै ३ लाख नजिक पुगेको छ । ‘प्रत्येक राज्यका एकसय ४५ थलोमा सोमबार खोप लगाइनेछ । मंगलबार ४ सय २५ र बुधबार ६६ थलोमा लगाइनेछ । अर्डर गरिएअनुसार भ्याक्सिनको मात्रा अहिलेलाई पुरा हुनेछ’ अमेरिकी संघिय सरकारका भ्याक्सिन विभाग प्रमुख जनरल गुस्तभा पेर्नाले भने ।
अमेरिकी केन्द्रिय रोग नियन्त्रण विभागले १६ भन्दा माथिल्लो उमेरका नागरिकलाई मात्र खोप लगाउन अनुमति दिएको छ । अमेरिकी खोप निर्माण कम्पनी फाइजरले आफ्नो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको र त्यसलाई माइनस ७५ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने जनाएको थियो ।
चिसो बिदाको दिन र क्रिसमस नजिक आउँदै गरेको पृष्ठभूमिमा लगातार सातौं दिन अमेरिकी अस्पतालमा कोभिडका गम्भिर बिरामीको संख्या बढिरहेको छ । स्वास्थ्य विज्ञहरुले सर्वसाधारणमा खोपको पहुँच हुनु अघि नै भयावह स्थिती आउने चेतावनी दिएका छन् । रोग नियन्त्रण विभाग प्रमुख डा. स्टेफन हानले खोपप्रति आफूहरुको विश्वास रहेको बताए ।
अधिकांश अमेरिकीले खोप लगाउनको लागि अझै एक महिनाभन्दा बढी समय कुर्नुपर्ने हुन्छ । त्यतिञ्जेलसम्म ठूलो जनसंख्यामा भाइरस संक्रमण हुने सरकारी भनाइ छ । शनिबार मात्र एरिजोना राज्यमा सर्वाधिक ८ हजार ७६ जनालाई संक्रमण भेटियो । राज्यको जनस्वास्थ्य विभागका अनुसार अनुमान गरिएभन्दा तीव्र गतिमा भाइरसको संक्रमण भैरहेको छ ।
जर्मनीमा कडा लकडाउन लागु जर्मनीमा बुधबारदेखि कडा लकडाउन लागु हुँदैछ । चान्सलर एन्जेला मर्केलले अत्यावश्यक बाहेकका सबै सेवालाई बन्द गर्न लागिएको घोषणा गरिन् । आगामी जनवरी १० सम्म कडा लकडाउन र परिस्थितीको आधारमा त्यसपछि जनजीवन खुकुलो बनाउने योजना छ ।
यसको अर्थ जर्मनहरुले क्रिसमस र अंग्रेजी नयाँवर्ष घरमै बसेर मनाउनुपर्नेछ । चान्सलर मर्केलले जर्मनीका १६ वटै राज्यका प्रमुखलाई बोलाएर लकडाउनलाई कडाइपूर्वक लागु गराउन निर्देशन दिइन् । कोभिड संक्रमण बढिरहेको र स्वास्थ्य प्रणालीले नधान्ने हुँदा सरकारी आदेश पालना गर्न उनको आग्रह छ ।
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा खुकुरी रमले ‘खुकुरी म्युजिक नेसन’ आयोजना गर्ने भएको छ । सो अवसरमा खुकुरी रमले ख्याती प्राप्त संगितकर्मी र कलाकारहरुको साथमा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कम्पनीका अनुसार इच्छुक जो कोही व्याक्तिहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभालाई भिडियो मार्फत प्रतियोगितामा प्रस्तुत गर्न सक्ने छन् । सहभागीमध्येबाट शीर्ष १६ प्रतियोगीहरुको नाम २०२१ जनवरी १ मा आयोजना हुने ‘खुकुरी देशको संगीत’ साँगीतिक कार्यक्रमबाट घोषणा गर्ने कम्पनीले आफ्नो वेवसाइटमार्फत बताएको छ ।