Blog

  • भ्याक्सिन खरिद प्रक्रियामा प्रभावित पार्न खोजे हस्ताक्षर नै गर्दिन: स्वास्थ्यमन्त्री

    भ्याक्सिन खरिद प्रक्रियामा प्रभावित पार्न खोजे हस्ताक्षर नै गर्दिन: स्वास्थ्यमन्त्री

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।

    आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका छन् । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए ।

    खरिद प्रक्रियामा आफुलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत बताए । कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकोले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे ।

    उनले भने, ‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं । पारदर्शी ढंगले । कुनैपनि प्रोकुरमेन्ट, कुनैपनि खरिदमा कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन । चोट जसलाई जति लागोस, समस्या जसलाई जति परोस, प्रभावित जो जतिसुकै होस तर म ॐ पनि लेख्दिन । मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो । यो मान्यतालाई साथ दिन यहाँहरुसँग आग्रह गर्न चाहन्छु ।’

    मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनैपनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले बताए । उनले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

  • ‘एमसीसी पास गरिएन भने ऊर्जा क्षेत्र डिप्रेसनमा जान्छ’

    ‘एमसीसी पास गरिएन भने ऊर्जा क्षेत्र डिप्रेसनमा जान्छ’

    ऊर्जा क्षेत्रको विकास गर्नकै लागि म यस मन्त्रालयमा आएको हुँ । वास्तवमा भन्ने हो भने देशको विषम परिस्थितिमा म यो मन्त्रालयमा आइपुगेको छु । भनौं, पठाइएको छु । यहाँ थुप्रै सम्भावना र चुनौती छन् । किनभने हामी देखिरहेका छौं कि, यो देशको सिस्टम नै भत्किने पोे हो कि ?

    त्यसकारण यो देशको एउटा सिस्टमलाई बचाउनको लागि पनि यहाँ आउनुपर्ने आवश्यकता र बाध्यता परेको छ । एउटा सरकार नै सडकमा गएर बेवारिसे हुने हो कि ? राज्यसत्ता नै लावारिसे हुने हो कि ? देशै अराजकतामा जाने र सिस्टम नै भत्किने हो कि भन्ने चिन्ता शुरू भएको छ ।

    अहिलेको स्थितिमा हेर्दा देशको राजनीतिक अवस्था, देशको व्यवस्थामा ठूलै चुनौती खडा भएको हुनाले हामीले कुनै पनि हालतमा यो सिस्टमलाई बचाउनुपर्छ । यो सिस्टमलाई बचाइयो भने नेपाल राष्ट्रको कल्याण हुनेछ । अप्रत्याशित रूपमा यो विषम परिस्थिति आएको हुनाले यसको सामना गर्नुपर्छ ।

    एकातिर हामीले कठिन परिस्थितिको सामना गरेर सिस्टमलाई बचाउनुपर्ने र अर्कोतिर देशको विकास र समृद्धिलाई सँगसँगै लैजानुपर्ने लक्ष्यका साथ हामी यहाँ उपस्थिति भएका छौं ।

    यी सबै प्रकारको चुनौतीलाई सामना गरेर सम्भावना खोज्ने, निरन्तर अगाडि बढ्ने र सफल हुने गरी अगाडि बढ्नुपर्ने उद्देश्यका हिसाबले काम गर्नुपर्नेछ । हाम्रो यो ऊर्जा क्षेत्रमा पनि थुपै्र प्रकारका चुनौती र सम्भावना छन् ।

    एकातिर हामी अझै पनि आत्मनिर्भर हुनसकेका छैनौं, छिमेकी मुलुकबाट अहिले पनि विद्युत् आयात गरिराखेका छौं । अब हामी क्रमशः निर्यात गर्नेतर्फ अगाडि बढ्दैछौं । जति पनि प्रोजेक्टहरू छन् निर्माणाधीन अवस्थामा छन् । क्रमशः तिनीहरू अब सम्पन्न हुने दिशातिर छन् ।

    एकातिर हामीले कठिन परिस्थितिको सामना गरेर सिस्टमलाई बचाउनुपर्ने र अर्कोतिर देशको विकास र समृद्धिलाई सँगसँगै लैजानुपर्ने लक्ष्यका साथ हामी यहाँ उपस्थिति भएका छौं ।

    अपर तामाकोशी आइसकेपछि शायद हामी दुई–चार वर्षमा आत्मनिर्भर बन्नेछौं । अरू हाइड्रोपावर सम्पन्न हुँदै जालान् । यसको व्यवस्थापन कसरी गर्ने ? खपत कसरी गर्ने ? खपत नभएको ऊर्जालाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलै चुनौती आउने सम्भावना छ ।

    राज्यको तर्फबाट पनि यसमा लगानी गर्ने खालका अवस्था सिर्जना गरिसकेपछि शायद यो रामै्र किसिमले ऊर्जाहरू थपिंदै जाने कामहरू सम्पन्न हुँदै जान्छ होला ।

    अहिले इनर्जी उत्पादन गर्दै र खपत बढाउँदै लैजाने, क्षमता बढाउँदै जाने चुनौतीहरू छन् । हाम्रो ट्रान्समिसन लाइनमा पनि समस्याहरू छन् । म एउटा के कुरामा स्पष्ट छु भने यो एमसीसी नेपालमा चर्चाको विषय भएको छ । कोही–कोही मान्छेले यसलाई राजनीतीकरण गरेका छन् ।
    एमसीसी सम्बन्धी जति पनि विषय छ मलाई लाग्छ, एमसीसीमा देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरू केही छन् भने त्यसलाई सुधार गर्न सकिन्छ । विदेशी लगानीलाई लिनुहुन्न भन्ने कुराले एमसीसी एउटा अपराध नै हो, हाम्रो देश ‘कोल्याप्स’ नै हुन्छ, हाम्रो देशमा सैन्य आक्रमण हुन्छ भन्ने खालको भ्रममा नपरौं ।

    विभिन्न प्रकारका सम्भावनाहरूको काम पनि धेरै अगाडि बढाइसकेका छौं । लामो समय करिब १० वर्षदेखि हामीले एमसीसीलाई पास गर्दै आइराखेका छौं । ५/७ वटा सरकार बने होलान् त्यही एमसीसी पास गरिराखेका छन् । सबैले पास गर्छन् ।

    जो प्रधानमन्त्री, अर्थमन्त्री बने पनि त्यसलाई पास गर्दै आइरहेको स्थिति हो । पछिल्लो चरणमा किन विवाद भयो भन्दा अलिकति प्यासिफिक रणनीति अन्तर्गत हो कि होइन भन्ने भयो । कसैले हो भने, कसैले होइन भने । त्यसैले पछिल्लो विवाद सिर्जना गरिएको छ ।

    वास्तवमा एमसीसीलाई हामीले पास गर्नुपर्छ, तर विवादको कारणले पास हुन सकेन । जुन एमसीसी संस्थाबाट आएको लगानी हो यसको सडक र ऊर्जा क्षेत्रमा मुख्य गरी ट्रान्समिसन क्षेत्रमा लगानी गर्ने कुरा हो । मलाई जानकारी भए अनुसार हाम्रो तीन वटा बेसिन छन् । कोशी र गण्डकी बेसिनका सबै नदीहरू हाइड्रोपावर हुन् ।

    गण्डकी बेसिनमा भएको हाइड्रोपावर डोर्याएर शायद गल्छीबाट लप्सेफेदी, तनहँुहँुदै पाल्पा लैजाने र पाल्पाबाट भैरहवा हुँदै गोरखपुर पु¥याउने जुन किसिमको सोच बनेको हो, निर्णय भएको हो, वास्तवमा त्यसलाई किन पाल्पामा लगियो भनेर असाध्यै उचाल्ने काम भयो ।

    विभिन्न प्रकारका सम्भावनाहरूको काम पनि धेरै अगाडि बढाइसकेका छौं । लामो समय करिब १० वर्षदेखि हामीले एमसीसीलाई पास गर्दै आइराखेका छौं । ५/७ वटा सरकार बने होलान् त्यही एमसीसी पास गरिराखेका छन् । सबैले पास गर्छन् ।

    यतिसम्म कि पाल्पाका ठूलाठूला डाँडाहरू देखेर अमेरिकी सेना ल्याएर ब्रिटिश सेनाले नेपाल कब्जा गर्न लाग्यो भन्ने किसिमको बकवास गरिएको छ । यस्ता कुराको थोरै विरोध गरे आफैंलाई ढुंगाले हान्ने परिस्थिति ऊर्जा मन्त्रालयले पनि बेहोरेको छ । यो बीचको चरणमा मान्छेले यति मिडियाबाजी गर्ने कि कही मान्छे त मान्छे होइन कि देउतै जस्तो बनाइदिने काम भयो । उसको खास हैसियत के हो भन्ने कुरा गहिराइमा नपुग्ने, त्यस्ता चीज हामी सबैले बेहोरेका छौं ।

    शायद भुक्तभोगीहरू छन् होला । तपाईं हामी बोलेर पनि साध्य नचल्ने । सत्य कुरा बोल्यो भने पनि वास्तवमा त्यो कुरामा बेवकुफ हुने गरिएको छ । वास्तवमा भन्नुपर्दा मैले भनिसकें एमसीसीका कतिपय बुँदाहरू राष्ट्रको हितमा छन् । एमसीसी लागू गर्नुपर्ने भन्ने मेरो स्पष्ट धारणा हो ।

    चाहे एमसीसी होस्, चाहे बीआरआई होस्, चाहे विश्व बैंक होस्, चाहे एडीबी होस्, अहिले लगानीकर्ताहरूले यति सम्झौताहरू गर्छन् ती सम्झौताहरू गर्दा मेरो विचारमा एउटै प्याटर्नको हुन्छ । त्यो अन्तर्राष्ट्रिय मापदण्डको हुन्छ र हाम्रो यसभन्दा पहिले विभिन्न कालखण्डमा नेतृत्व गर्ने सरकारले त्यही बेसभित्र गएर त्यसमा आफ्नो स्थिति, एउटा परिस्थिति हेरेर विषयवस्तु हेरेर परिमार्जन र परिस्कृत गरेर गर्ने कुराहरू हुन्छ । बेस त्यस्तै हुन्छ । जुन देशको, जुन संस्थाको सम्झौतामा लगानी ल्याउँदा झण्डै झण्डै उस्तै बेस हुन्छ । त्यसभन्दा खतरनाक मुद्दा छन् भने त्यसको विरोध भएको छ ।

    त्यसकारण एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने मेरो धारणा होइन, राष्ट्रको हितमा लगानी गर्नुपर्छ र वास्तवमा यदि त्यो हामीले लगानी गर्न नसक्ने हो भने हाम्रो देशको थपिएको ऊर्जा थपिंदैछ, ट्रान्समिसन लाइनलाई निर्माण गर्न सकेनौं भने त्यो यति धेरै घाटा हुनेवाला छ कि विकासै रोकिने वाला छ । यदि हामीले त्यो नगरे यति खत्तम हुनेवाला छ, मान्छे डिप्रेसनमा गएर सिद्धिने वाला छ । त्यो म देखिराखेको छु ।

    यावत् विषयहरूमा हाम्रा मेजर र माइनर चुनौती छन् । त्यस सँगसँगै हामीले हाम्रा कामको हिसाबले देशको हितमा, ऊर्जा क्षेत्रमा पूर्वाधारहरू छन् । पूर्वाधार राम्रो भएन भने इनर्जी मात्र भएर हुँदैन । राम्रो पूर्वाधार भएन भने त्यसै पनि लोडसेडिङ हुन्छ । पूर्वाधार सँगसँगै सबै क्षेत्रको वितरणमा सबै क्षेत्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ ।

    (ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले पद बहालीको क्रममा व्यक्त विचारको सम्पादित अंश)

     

  • अग्रपंक्तिमा खटिएकाहरुको समस्यामा गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    अग्रपंक्तिमा खटिएकाहरुको समस्यामा गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    काठमाडौं । कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

    कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खटने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् ।

    स्वास्थ्यकर्मीहरुले आइतबार माइतीघरमण्डलमा प्रदर्शन गरी समस्या समाधान गर्न माग गरेका छन् । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री र सुरक्षित वातावरणको सुनिश्चितता नभएको, जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म उपलब्ध हुन नसकेको, राज्यले घोषणा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक डा. लोचन कार्कीले जनताको स्वास्थ्य तथा जीवनसँग सरोकार राख्ने कुराहरु उठाउँदा पनि बेवास्ता गरिएको बताए । विश्वभर कोभिड–१९ को नयाँनयाँ रुप देखिदै गएको अवस्थामा पनि सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै चासो नदेखाएको डा. लोचनले बताए ।

    स्वास्थ्यकर्मीहरुले आईसियु, भेन्टिलेटरलगायतका उपकरणहरुको संख्या बढाउनुपर्ने, ट्रेसिङ, परिक्षण, आइसोलेसन, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई उपलब्ध गराइने भनिएको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चार तथा यातायात खर्च सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइन, आइसाेलेसन तथा बिदाको व्यवस्थापन हुनुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरुका लागि छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने लगायतका माग राखेका छन् ।

    आफूहरुको माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा. कार्कीले बताए ।

     

  • आईसीयूमा भर्ना भएका कोरोना संक्रमित अस्पतालबाट भागेपछि….

    आईसीयूमा भर्ना भएका कोरोना संक्रमित अस्पतालबाट भागेपछि….

    रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालबाट एकजना कोरोना संक्रमित भागेका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना भएका बुटवल १३ बेलबासका ५५ वर्षीय पुरुष आइतबार बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट भागेका हुन् ।

    आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीसँग शौचालय जान्छु भनेर हिंडेका उनी शौचालयबाटै भागेको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनी पुस ८ गतेदेखि कोरोना अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।

    स्वास्थ्य अवस्था सुधारउन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नभइसकेको भए पनि उनले शनिवार डिस्चार्ज गरिदिन आग्रह गर्दै आएको डा. थापाले जानकारी दिए । आइतबार बिहान भने शौचालयबाट भागेपछि उनको खोजी भइरहेको अस्पतालले जनाएको छ ।

    शौचालयबाट भागेको देखेपछि अस्पतालका कर्मचारी र कुरुवाहरुले केहीबेर पिछा गरे पनि राजमार्ग पार गरेर जङ्गल भित्र पसेपछि नियन्त्रणमा लिन नसकिएको डा. थापाले जानकारी दिए ।

    अस्पतालबाट बिरामी भागेको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराए पनि उनको बारेमा अहिलेसम्म जानकारी हुन नसकेको प्रहरीले जनाएको छ । ती पुरुषलाई अस्पताल भर्ना हुने बेलामा परिवारका सदस्यले मानसिक औषधि सेवन गरिरहेकाले निगरानी गरिदिन अनुरोध गरे अनुसार उनलाई निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

    तर बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीको कारण बिरामी हराएको आरोप लगाएका छन् ।

    आईसीयूमा भर्ना भएका बिरामीलाई निगरानीमा नराखी शौचालयमा जाँदा पनि एक्लै जान दिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

     

  • प्रतिनिधिसभा  पुनर्स्थापना नभएमा मुलुक सत्यनासतिर जान्छ: भुसाल

    प्रतिनिधिसभा पुनर्स्थापना नभएमा मुलुक सत्यनासतिर जान्छ: भुसाल

    रुपन्देही । पूर्वमन्त्री तथा नेकपा नेता घनश्याम भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभएमा मुलुक सत्यनासतिर जाने बताएका छन् ।

    रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही (प्रचण्ड नेपाल) समूहले गरेको जिल्ला भेलामा सहभागी हुन आएका भुसालले पत्रकारहरूसँग कुरा गर्दै  यस्तो बताएका हुन्  ।

    पूर्वमन्त्री भुसालले अदालतले सरकारको दबाबमा प्रतिनिधि सभा पुनस्थापना नगरे जनताले पुनःस्थापना गर्ने दावी गरे ।

    आफुहरूले पार्टी र मुलुकलाई अस्थिरतातर्फ धकेल्न नखोजेको बताउँदै पार्टी बचाईराख्न खबरदारी थालेको समेत उनले बताए ।
    उनले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

    उनले भने,‘अफ्रिकाका केही मुलुकमाबाहेक अरू मुलुकमा जनमत र संविधानको पालना नहुने सुनेको छैन मैले, त्यसैअनुसार हामीकहाँ अझैपनि संविधान र जनमतको सम्मान गर्न, स्थीरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्छ ।’

     

  • ‘अबको केही वर्षमै हेलम्बु सबैभन्दा धनी गाउँपालिका बन्नेछ’

    ‘अबको केही वर्षमै हेलम्बु सबैभन्दा धनी गाउँपालिका बन्नेछ’

    काठमाडौं । स्थानीय तहको निर्वाचन भएको पनि तीन वर्ष बितिसकेको छ । ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूले चुनाव अघि जनतालाई आश्वासनका पोका र दलका घोषणापत्र बोकेर आए । तिनै घोषणापत्र देखाएर जनतासँग भोट मागे र जनप्रतिनिधि बने ।

    अहिले कतिपय जनप्रतिनिधिहरू चुनावको बेला गरेको बाचा र घोषणापत्रहरूप्रति पूरा प्रतिबद्ध छन् भने केही जनप्रतिनिधिले भोट माग्दा प्रयोग गरेको घोषणापत्र कागजमै सीमित राखे ।

    गाउँगाउँमा सिंहदरबार पुग्छ भनेर आश गरेका आम सर्वसाधारणले सामान्य कामकाज पनि सम्बन्धित जिल्ला वा शहरमा नै पुग्नुपर्ने बाध्यता भने टरेको छैन । सिन्धुपाल्चोक देशको राजधानीबाट नजिक भए पनि हिमाली भेगका स्थानीयहरू स्वास्थ्य र शिक्षाबाट अझै बञ्चित नै छन् ।

    तर, तीन वर्ष अघिको र अहिलेको हेलम्बुको स्वरुप भने धेरै परिवर्तन भइसकेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको हेलम्बुलाई अझ देश–विदेशमा चिनाउन झनै लागिपरेका छन् हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा र स्वास्थ्यबाट बञ्चित गाउँपालिकामा विशेष जोड गरेर शिक्षा, स्वास्थ्य सडक पु¥याउन दत्तचित भएर लागिपरेका छन् । अध्यक्ष शेर्पा भन्छन्, ‘अबको केही वर्षमा पर्यटनबाट आम्दानी गरेर देशकै धनी गाउँपालिका बन्नेछौं । यहाँका सर्वसाधारणलाई स्वरोजगार बनाएर छुट्टै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेछौं ।’

    उनी निर्वाचित भएर आइसकेपछि गाउँगाउँ सिंहदरबारको अनुभूति गर्न थालेका छन् । अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफूले चुुनावअघि जनतामाझ गरेको घोषणापत्र लागू गर्न दिनरात खटिरहेका छन् । उनी बिहानदेखि बेलुकासम्मै सर्वसाधारणको घरआँगनमा पुगिरहेका हुन्छन् । हेलम्बु गाउँपालिकाका मेयर निमा ग्याल्जेन शेर्पासँग गरिएको छोटो कुराकानीः

    तीन वर्षको कार्यकाल कस्तो रह्यो ?

    अहिलेसम्म त सन्तोषजनक नै रह्यो । अहिले हामीले सन्तोष मान्ने नमान्ने भन्दा पनि हामीले गरिरहेका कामहरू ठीक छन् कि छैनन् भनेर नाप्ने हो । तर त्यस्तो नाप्ने यन्त्र त छैन । जनता हाम्रो कामदेखि खुशी छन् कि छैनन् भनेर भन्ने हो । अहिलेसम्म हेर्दा गाउँपालिकाले गरेको कामप्रति खुशी नै छन् । त्यसअनुसार हामीले राम्रै काम गर्‍यौं होला भन्ने महसूस हुन्छ ।

    अहिले तपाईंहरूको अग्रसरतामा गाउँपालिकाभित्र के–कस्ता कामहरू हुँदैछन् ?

    हामीले गाउँपालिकामा जुन परिस्थिति आउँछ सोही अनुसार काम गरिराखेका छौं । कोभिडको बेला गाउँगाउँमा पुगेर गर्भवतीदेखि दीर्घरोगीहरूलाई निःशुल्क औषधि वितरण गर्‍यौं । र अहिले पनि निरन्तरता दिइराखेका छौं । शिक्षा, स्वास्थ्य र सडकको क्षेत्रमा विशेष पहल गरिराखेका छौं । कतिपय पूरा पनि भएका छन् भने कति हुने क्रममा छन् ।

    तपाईंको गाउँपालिकामा जनताले अझै पनि स्वास्थ्य सेवा र शिक्षा सहज रूपमा पाइराखेका छैनन् नि ?

    होइन, हामी निर्वाचित भएर आउँदा हाम्रो नगरपालिकामा एउटा मात्र बर्थिङ सेन्टर थियो । राष्ट्रिय तथ्याङ्क विभागले गाउँपालिकामा ४०० महिलाको डेलिभरी हुन्छ भनेको थियो । हामी आउँदा जम्मा पाँच जनाले मात्रै बर्थिङ सेन्टरको सेवा लिएका थिए ।

    त्यसपछि हामीले के सोच्यौं भने, सुत्केरी हुनको लागि आधा काठमाडौं गयो होला भनेर सोचेका थियौं । तर, २०० भन्दा बढी महिलाको होम डेलिभरी हुनेरहेछ । त्यसपछि त्यही सालदेखि सुत्केरी महिलालाई गाउँपालिकाको एम्बुलेन्सबाट बर्थिङ सेन्टरसम्म ल्याउने काम ग¥यौं । त्यसपछि डेलिभरी भइसकेपछि घरसम्म पुर्‍याइदिने काम पनि गाउँपालिकाको एम्बुलेन्सले नै गर्छ, त्यो पनि निःशुल्क ।

    त्यति मात्र होइन बर्थिङ सेन्टरमा डेलिभरी हुन नसकेका गर्भवतीलाई काठमाडौंमा लैजाने र काठमाडौंबाट घरसम्म ल्याउन पनि निःशुल्क एम्बुलेन्स उपलब्ध गराइराखेका छौं ।

    अर्को समस्या के भयो भने विकट गाउँमा डेलिभरी भएको महिला र शिशुलाई जाँच गराउन तीन दिनमा अस्पताल ल्याउनुपर्ने बाध्यता रहेछ । अप्ठ्यारो बाटोमा बच्चा र सुत्केरीलाई ल्याउँदा झनै समस्या हुने देखिएपछि बरु स्वास्थ्यकर्मीलाई नै सुत्केरीको घरसम्म पुगेर उपचार दिने व्यवस्था गरिदिएकोे छ ।

    गत साल सोही बर्थिङ सेन्टरमा ७४ जनाले सेवा लिनुभयो । त्यसपछि अर्को ठाउँमा पनि बर्थिङ सेन्टर बनायौं । यो साल १४७ जनाले बर्थिङ सेन्टरबाट सेवा लिए । नेपाल सरकारले सुत्केरी भएकोलाई तीन हजार दिंदै आएको थियो भने त्यसमा हामीले तीन हजार थपेर ६ हजार दिन थालेका छौं । हामीले स्वास्थ्य क्षेत्रमा विस्तारै परिवर्तन गरिराखेका छौं ।

    हेलम्बुमा अझै पनि बाहिर पढ्न जाने बाध्यता टरेको छैन नि ?

    शिक्षाको क्षेत्रमा केही न केही परिवर्तन गर्नुपर्छ भनेर गाउँपालिका शुरुआतदेखि नै लागिपरेको छ । हामी आउने वित्तिकै प्रत्येक स्कूलमा इलेक्ट्रोनिक हाजिरीको व्यवस्थादेखि तालिमको साथै बाल विकासमा पढाउने शिक्षिकाहरूलाई सरकारले दिएको रकमबाट थपेर १० हजार पुर्याइदिएको छ ।

    धेरै जसो शिक्षकहरू अस्थायी छन् । अस्थायी शिक्षकहरूले जागिर छोडेपछि केही सुविधा नआउने भएपछि गाउँपालिकाले नै अस्थायी शिक्षकको लागि केही रकम थपेर राखिदिने गरेका छौं । साथै गाउँपालिकामा १० वटा मावि छन् । तर आधामा त शिक्षक नै छैनन् ।

    त्यति मात्र होइन विद्यार्थीलाई स्कूल जान–आउन चार घण्टा लाग्छ । त्यो ठाउँमा नयाँ स्कूल खोले पढ्न को आउँछ ? मावि तहमा शिक्षक नहुने भएपछि अर्को स्कूल खोलेर अर्थ छैन ।

    नेपालमा सामुदायिक विद्यालयले केही न केही गरेन भने अबको १५ वर्षमा बन्द हुने अवस्था छ । अहिले चाहिं सरकारी स्कूल भनेको गरीबको बच्चाले पढ्ने भनेर भनिराखेको छ ।

    सार्वजनिक विद्यालयलाई जोगाउन अब केही गर्नुपर्छ भनेर नमूना विद्यालय खोल्न थालेका छौं । ८ कक्षा भन्दा माथिको विद्यार्थीलाई एकै ठाउँमा होस्टल बनाएर त्यहीं राखेर पठनपाठन गर्ने तयारी गरिराखेका छौं । जहाँ माविको शिक्षक पनि हुने र विद्यार्थी पनि यहीं पढ्न पाउँछन् ।

    अहिले तपाईको गाउँपालिकामा मुख्य समस्या के छ ?

    हाम्रो गाउँपालिकामा मात्र होइन नेपालमा दुई खालको समस्याले मान्छेलाई दीर्घरोगी बनाउने काम भइराखेको छ । कुनै घरका तीन वटा छोराछोरी राम्रो पढ्ने छन् । तीनै जनाले डाक्टर पढ्छु भने मैले कहाँबाट पैसा ल्याएर पढाउने भनेर प्रत्येक आमाबुबालाई नराम्रो पढ्छ कि भनेर चिन्ता हुनुपर्नेमा राम्रो पढ्छ कि भनेर चिन्ता हुन्छ ।

    अर्को तत्काल बिरामी भयो, १० लाख तिर्नुपर्ने वा एक करोड खर्च गर्नुपर्ने परिस्थिति आयो भने कहाँबाट पैसा ल्याएर स्वास्थ्यको उपचार गर्ने भन्ने चिन्ता आम मानिसमा छ । यी दुईवटा चीजले हरेक नेपालीलाई दीर्घरोगी बनाइराखेको छ ।

    हामीले त्यो दुई चीजमा राज्यले जिम्मा लिनुपर्छ भनेर भनिराखेका छौं । त्यसका लागि हामीले शुरुआत गर्नुपर्छ भनेर अहिले स्वास्थ्य कोष खडा गरेर प्रत्येक व्यक्तिले २०० जम्मा गर्नुपर्ने बनाएका छौं । त्यही कोषमा गाउँपालिकाले प्रत्येक वर्ष १० लाख रकम थपिदिन्छौं । कोही बिरामी भए त्यहींबाट खर्च गर्ने व्यवस्था गरेका छौं । भोलि यहाँको जनताले मैले तिरेको कर कहाँ गयो भन्दा देखाउन पनि सकियो नि !

    चुनावको बेला गर्नुभएको घोषणापत्रको कुरा कति पूरा गर्नुभयो ?

    मैले चुनावको बेला जनतालाई धेरै भाषण गरेको थिएन । कति पूरा भए कति हुन बाँकी छन् । हामीले चुनाव अघि हेलम्बु गाउँपालिकालाई नमूना गाउँपालिका बनाउँछौं भनेका थियौं । मुख्य सडकहरूमा बाहै्र महीना गाडी चलाउँछु भनेको थिएँ ।

    अहिलेसम्म पनि ६ महीना नि गाडी चल्दैनन् नि ?

    मैले पाँच वर्षभित्र मुख्य सडकहरू बर्खामा चलाउँछु भनेको हो । तर अहिलेसम्म सकिसक्थ्यो ।

    प्रत्येक सडक शुरुदेखि बनाउनुपर्नेछ किनकि एउटा मात्रै गाडी छिर्ने बाटो थियो । पूरै सडक विस्तार गर्नुपर्ने भएकाले अलि ढिला भयो ।
    अहिले नै पनि धेरै ठाउँमा बर्खामा पनि गाडी चल्ने भइसकेको छ । हामी चुनावताका बोलेको कुराहरू पूरा गर्ने तयारीमा छौं । अस्पताल बन्ने क्रममा छ । अहिले सबै संरचनाहरू बन्दैछन् । अन्तिम चरणमा छन् । हेलम्बुमा अर्को के छ भने अर्को साल पर्यटन क्षेत्रबाट फस्टाएर सबैभन्दा धनी जनता कहाँको छ ? भन्यो भने ‘हेलम्बु’ भन्ने दिशामा हेलम्बुलाई लैजानुपर्छ भन्ने हिसाबले अगाडि बढेका छौं ।

    काम गर्दै जाँदा कत्तिको अप्ठ्याराहरू आइपरेका छन् ?

    चुनौती र अवसर सँगसँगै आउँछ । जति बढी चुनौती आयो त्यति नै अवसर आउँछ ।  म प्रत्येक आयोजनाहरूमा आफैं पुगिरहेको हुन्छु । आँखाले हेर्नैपर्ने र चित्त बुझेन भने त्यहीं आपत्ति जनाउँछु । त्यसमा सबै जनताको साथ र सहयोग छ ।

    हेलम्बुलाई यो ठाउँमा पु¥याउन सबै जनताले साथ–सहयोग नगरेको भए यहाँ पुग्ने थिएन । हेलम्बुलाई एकजुट बनाउन हरेक क्षेत्रबाट सहयोग पुगेको छ ।

    आगामी चुनावमा जनताले फेरि चुन्ने गरी काम गर्नुभएको छ ?

    जनताले मेरो काम मन पराइराख्नुभएको होला भन्ने लाग्छ । मलाई विश्वास छ, यो चुनाव पछाडि जो आए पनि हेलम्बुको समृद्धि अझ बढ्ने आशा गर्छु । र, नमूना गाउँपालिका हुन्छ भनेर विश्वास लिएको छु ।

     

  • कानूनमन्त्री हुँदा अपेक्षा अनुसार काम गर्न सफल भएको शिवमाया तुम्बाहाङ्फेको दाबी

    कानूनमन्त्री हुँदा अपेक्षा अनुसार काम गर्न सफल भएको शिवमाया तुम्बाहाङ्फेको दाबी

    काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षा अनुसार काम गर्न सफल भएको दाबी गरेकी छिन् ।

    आइतबार कानून मन्त्रालयबाट विदाइ हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेकी हुन् ।

    मौलिक हकसँग जोडिएका विषयमा आफूले पद बहाली गर्दा हस्ताक्षर गरे अनुसार नै अधिकांश ऐन र नियमावली निर्माणमा सफलता प्राप्त गरेको बताइन् । मौलिक हकसँग जोडिएका १६ वटा ऐन बनाएकोमा १४ वटाको नियमावली बनाइसकेको र दुइ वटा बन्ने क्रममा रहेको बताइन् । यस्तै १२ वटा मस्यौदाका लागि सैद्धान्तिक सहमति दिएको पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

    त्यसबाहेक २५ वटा विधेयक तथा अध्यादेशको मस्यौदा तर्जुमा गर्न पनि सैद्धान्तिक सहमति दिइएको जानकारी दिइन् । नेपालको संविधानमा निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएको नक्सा प्रकाशित गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउनुलाई पनि आफ्नो उपलब्धि भएको उल्लेख गरिन् ।

  • बाबुरामले भने– अदालतले संसद पुनःस्थापना गर्छ भनेर ढुक्क नबनौं

    बाबुरामले भने– अदालतले संसद पुनःस्थापना गर्छ भनेर ढुक्क नबनौं

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन् ।

    राजधानीमा आज आयोजित विरोध प्रदर्शनलाई शान्तिवाटिकामा सम्बोधन गर्दै डा. भट्टराईले सभामुखले नै प्रतिनिधिसभा बैठक बोलाएर विघटनलाई अमान्य घोषणा गर्नु राजनीतिक निर्णय हुने बताए ।

    भट्टराईले भने– अदालतबाट आशा त गरौं तर भर नपरौं । अदालत सार तत्वमा जाँदैन, उसले विधि र प्रमाण खोज्छ । त्यसैले म कांग्रेसलगायतका साथीहरुलाई आग्रह गर्न चाहन्छु न्यायालयबाट आशा गरौं तर ढुक्क नबनौं ।

    डा. भट्टराईले सभामुखले संसद बैठक राख्ने र अत्यधिक बहुमत सांसद सहभागी भएर जनतामा निहित सार्वभौमसत्ता प्रयोग गर्नुपर्ने बताए । उनले सांसदले नै यसको फैसला गर्नुपर्ने धारणा राखे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमाा प्रस्तुत भएका भट्टराईले प्रधानमन्त्री ओलीलाई फाल्न सबै पार्टीको संयुक्त जनआन्दोलन गर्नसमेत प्रस्ताव राखेका छन् । उनले ओलीले चुनाव गराउने भ्रममा नबस्न समेत आग्रह गरे ।

  • बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

    बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

    काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो ।

    मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ ।

    नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ ।

    “बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल आइपुग्छ”, उनले भने ।

    प्रति मेट्रिक टन २५९।१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए। उनका अनुसार बङ्गलादेशसँग प्रति मेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ ।

    जीटूजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअुनसार कृषि सामग्री कम्पनीले मल खरिदको तयारी गरेको थियो । तयारी स्वरुप यही पुस २ गते जीटुजी प्रक्रियामार्फत मल खरिदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

    कृषि सामग्री कम्पनीले यसअघि नै मल ढुवानीका लागि संयुक्त अरब इमिरेट्स (यूएई)को जेन्ट्रेड एफजेडएफसँग सम्झौता गरिसकेको छ । उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउनेछ । बङ्गलादेशबाट मल आएपछि आगामी दिनमा मलको अभाव नहुने कम्पनीले जनाएको छ ।

  • कांग्रेसलाई धर्मसंकट, सरकार जोगाइदिने कि प्रदेश ?

    कांग्रेसलाई धर्मसंकट, सरकार जोगाइदिने कि प्रदेश ?

    काठमाडौं । प्रतिनिधिसभा विघटनको असर प्रदेश सरकारमा देखिन थालेको छ । केपी ओली पक्षधर मुख्यमन्त्रीहरु विरुद्ध प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाले अविश्वास प्रस्ताव ल्याउन थालेपछि प्रदेश राजनीतिमा नेपाली कांग्रेस निर्णायक बन्ने भएको छ ।

    आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । शुक्रबार वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

    धमाधम प्रदेश सरकार संकटमा परेका बेला प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस भने झन् ठूलो राजनीतिक धर्मसंकटमा परेको छ । अविश्वासको प्रस्तावको पक्षमा उभिंदा प्रधानमन्त्री र राष्ट्रपतिबाट प्रदेशसभा र सरकार नै भंग हुनसक्ने भय कांग्रेसमा देखिन्छ ।

    सत्तारुढ नेकपामा आएको विभाजनको असर प्रदेश सरकारहरुमा देखिंदा नेपाली कांग्रेस भने तत्काललाई ‘तटस्थ’ बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको कांग्रेसले प्रदेशमा उत्पन्न परिस्थितिमा ‘तटस्थ, पर्ख र हेर’ को नीति लिएको हो ।

    अविश्वास प्रस्ताव दर्ता भएका दुवै प्रदेशमा कांग्रेसको भूमिका निर्णायक हुने देखिन्छ । अविश्वास प्रस्ताव पारित गराउँदा नेकपाको प्रचण्ड–माधव पक्षबाट प्रस्तावित उम्मेदवार मुख्यमन्त्री हुने अवस्था बन्नेछ ।

    वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्रीको वैकल्पिक उम्मेदवारका रुपमा पेश गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस अविश्वास प्रस्तावमा ‘तटस्थ’ बसेमा दुवै सरकार यथावत् रहनेछन् । यस्तो अवस्थामा कांग्रेसले राजनीतिक लाभ पाउने छैन । यसर्थ सोमबारको प्रदर्शनपछि मात्रै कांग्रेसले औपचारिक धारणा निर्माण गर्नेछ ।

    अविश्वास प्रस्ताव दर्ता भएका दुवै प्रदेशमा कांग्रेसको भूमिका निर्णायक हुने देखिन्छ । अविश्वास प्रस्ताव पारित गराउँदा नेकपाको प्रचण्ड–माधव पक्षबाट प्रस्तावित उम्मेदवार मुख्यमन्त्री हुने अवस्था बन्नेछ ।

    कांग्रेस केन्द्रीय सदस्य एवं संघीय मामिला तथा प्रदेश समन्वय विभागका प्रमुख रमेश रिजाल कांग्रेस प्रदेशमा कसैको ‘सती नजाने’ बताउँछन् ।

    ‘हामी कुनै कम्युनिष्टको सती जाँदैनौं । प्रदेशसभाको यथार्थ विश्लेषण गर्छौं र उपयुक्त मौकामा निर्णय दिन्छौं । तत्काललाई प्रदेशमा उत्पन्न विवादमा हामी तटस्थ छौं । कसैलाई वचन दिएका छैनौं’, रिजालले नेपाल प्रेससँग भने ।

    नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की आफूहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँछन् । उनले प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बन्ने परिस्थिति आएमा पार्टी तयार हुनुपर्ने बताए ।

    ‘पार्टीको केन्द्रीय समितिले यसबारेमा निर्णय दिनुपर्छ । हामी नेताहरुसँग परामर्शमा छौं । यसमा पार्टीको नीतिगत निर्णय आवश्यक देखिन्छ’, कार्कीले नेपाल प्रेससँग भने ।

    कार्कीका अनुसार सबै प्रदेशमा एकै समूहसँग सहकार्य गर्नु उपयुक्त हुन्छ । ‘एउटा प्रदेशमा ओलीसँग अर्कोमा प्रचण्डसँग मिल्ने भन्ने हुँदैन । यो राजनीतिक विषय हो यसमा पार्टीको संस्थागत निर्णय पर्खिरहेका छौं’, कार्कीले भने ।

    अविश्वास प्रस्ताव दर्ता भएका दुवै प्रदेशमा कांग्रेसले लिने निर्णय भावी सत्ता समीकरणका लागि निर्णायक हुनेछ । तर पार्टीको निर्णयका कारण प्रदेश विघटन नहोस् भन्नेमा कांग्रेस सचेत देखिन्छ ।

    प्रदेश जोगाउनका लागि दुवै प्रदेशमा विद्यमान सरकारलाई नै कायम राख्नुपर्ने दबाब पनि कांग्रेस नेतृत्वलाई छ । ‘प्रदेशमा अहिलेको सरकार निरन्तर नभएमा प्रदेशसभा नै विघटन हुनसक्ने खतरा पनि छ । प्रतिनिधिसभा गुमेको अवस्थामा प्रदेश पनि रिक्त हुने अवस्था बनाउनुहुँदैन । यसमा पार्टीले सुझबुझपूर्ण निर्णय लिनुपर्छ’, कांग्रेसका एक नेताले भने ।

    ती नेताका अनुसार प्रदेशमा हाल कायम रहेकै सरकारलाई समर्थन गरेमात्रै प्रदेशसभा भंग हुनबाट जोगाउन सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा ‘तलमाथि’ भए थप कदम चाल्ने संकेत गरिसकेका छन् । आफू निकट मुख्यमन्त्रीहरु कायम नरहने अवस्था आए प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रदेशसभा र सरकार भंग गरी संघीय शासन लगाउन सक्ने आकलन पनि भइरहेको छ ।

     

  • लुम्बिनीमा शंकरलाई तत्काल छैन संकट, तर ४ सांसदको सकस

    लुम्बिनीमा शंकरलाई तत्काल छैन संकट, तर ४ सांसदको सकस

    बुटवल । नेकपाको विवादको प्रभाव प्रदेश तहसम्म आइपुगेको छ । तर, लुम्बिनी प्रदेशको हकमा भने सरकार गिराउने र नयाँ बनाउने तहसम्मको समीकरण बनिसकेको छैन ।

    अलग–अलग गुटमा रहेका नेताहरु पनि तत्कालै सरकार बदल्ने हतारोमा पुगिसकेका छैनन् । बरु विभाजित पार्टीका सांसद र नेताहरुको ओहोरदोहोरबाट नयाँ समीकरण बनाउने काम भइरहेका छन् ।

    प्रदेशसभामा केपी ओली पक्षीय सांसदहरुको बहुमत छ । सरकारको नेतृत्व प्रभावशाली नेता शंकर पोखरेलले गरेका छन् । तर, प्रचण्ड–माधव समूहका सांसदले हात झिक्दा चार सांसद ओली समूहलाई पुग्दैन ।

    प्रचण्ड–माधव नेपाल समूहमा रहेकै सांसदहरु सरकार फेर्ने भन्दा पनि अझ प्रभावकारी काम गर्ने गरी सरकार सञ्चालन हुने हो भने यही कायम राख्न तयार रहेको बुझिएको छ । तर केन्द्रको निर्देशन कस्तो आउँछ भनेर उनीहरु पर्खिरहेका छन् ।

    सरकारलाई निरन्तरता दिन र बाँकी रहेका मन्त्रीलाई पनि थपेर प्रभावकारी काम गराउन चाहेको प्रचण्ड–नेपाल पक्षका एक नेताले बताए । ‘सरकार ढालेर अर्को बनाएर भन्दा पनि यही सरकारलाई कामकाजी बनाउन पनि सकिन्छ र सबैको विश्वास जित्ने पनि बनाउन सकिन्छ’ उनले भने ।

    प्रदेशसभामा केपी ओली पक्षीय सांसदहरुको बहुमत छ । सरकारको नेतृत्व प्रभावशाली नेता शंकर पोखरेलले गरेका छन् । तर, प्रचण्ड–माधव समूहका सांसदले हात झिक्दा चार सांसद ओली समूहलाई पुग्दैन ।

    वागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका अविश्वासको प्रस्ताव दर्ता भएपछि लुम्बिनी प्रदेशमा अविश्वास प्रस्ताव आउने चर्चा चले पनि अहिलेसम्म त्यस्तो छनक देखिन्न ।

    राजनीतिक विश्लेषक आरसी चापागाइँले यही सरकारलाई कामकाजी बनाउँदा सांसदहरुको निर्वाचन क्षेत्र पनि बलियो हुने र जनताको चाहना पनि समेट्न सकिने भएकाले प्रदेश तहमा सरकार गिराउने तथा अर्को बनाउनेतिर लाग्न उचित नहुने बताउँछन् ।

    यहाँ तत्कालै अविश्वास प्रस्तावकाे मूडमा दाहाल–नेपाल समूह देखिएको छैन । किनकि माधव नेपालनिकट मानिने रुपन्देहीका प्रभावशाली नेता भोजप्रसाद श्रेष्ठ अहिले ओलीको पक्षमा लागेका छन् । उनले सरकारलाई प्रभावकारी काम गर्न दिनुपर्नेमा पार्टीबाटै असहयोग भइरहेको भन्दै आएका छन् ।

    साविकको माओवादी केन्द्रका नेता र चुनावी गठबन्धनबाट चुनाव जितेका प्रदेशसभा सांसद तथा प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले तत्काल प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने योजना नभएको बताउँछन् ।

    उनी प्रचण्ड–माधव समूहबाट केन्द्रीय सदस्यको बैठकमा सहभागी भएका थिए । उनले पत्रकारलाई प्रतिक्रिया दिंदा पनि लुम्बिनी प्रदेशमा सरकार गिराउने र अर्को बनाउने बारेमा तत्कालै केही सोच नरहेको बताइरहेका छन् ।

    सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी लुम्बिनी प्रदेशमा नदेखिए पनि यहाँ हिजोको नेता पक्षीय समीकरण बदलिन सक्छ । तत्कालीन एमालेका माधवपक्षीय कतिपय नेतालाई ओली पक्षले आफूतिर तान्न खोजेको छ ।

    सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी लुम्बिनी प्रदेशमा नदेखिए पनि यहाँ हिजोको नेता पक्षीय समीकरण बदलिन सक्छ । तत्कालीन एमालेका माधवपक्षीय कतिपय नेतालाई ओली पक्षले आफूतिर तान्न खोजेको छ ।

    बादल पक्षका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी सोनाम प्रचण्ड–माधव समूहमा खुलिसकेका छन् । उनी प्रदेशसभामा नेकपाका संसदीय दलका उपनेता हुन् । सरकार गिर्ने अवस्था आएमा उनी के गर्छन् अझै खुलेर बताएका छैनन् ।

    यसअघि माधन नेपालनिकट मानिने रूपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठले ओली समूहको केन्द्रीय सदस्यको रूपमा शपथ लिइसकेका छन् । बाँकेका नेता कविराम थारूले अहिले आफूलाई ओली खेमामा उभ्याउन खोजेका छन् । उनी प्रचण्ड–माधव समूहको बैठकमा सहभागी हुन काठमाडौं गएका थिए ।

    प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसाल आइतबार रुपन्देहीमा आएर भेला गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलस्थित तुलिप होटलमा उक्त समूहको भेलामा भुसालले प्रदेश सरकार हटाउनेबारे केही बोलेनन् ।

    यस्तो छ गणित

    प्रदेशसभाका ८७ सदस्यमध्ये तत्कालीन एमालेले ४१ सिट जितेको थियो । यी ४१ जना सांसदमध्ये अहिले प्रचण्ड–माधव समूहमा मात्रै एक जना सांसद देखिएका छन् । बाँकी ४० जना सबै केपी ओली पक्षमा रहेका छन् ।

    तत्कालीन माओवादीले २० सिट जितेको थियो । भने कांग्रेसका १९ सांसद छन् । जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन् ।

    प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तथा नेकपाका युवा नेता भूमिश्वर ढकालले सरकारलाई कुनै अफ्ठेरो नरहेको दाबी गरे । प्रदेशसभामा नेकपाका ६१ सांसदमध्ये ओली समूहमा यसअघि नै ४० जना सांसद छन् ।

    अब बहुमतका लागि ४ जना सांसदको खाँचो पर्छ । ‘बहुमत जुटाउन कुनै सकस छैन’ ओली निकटका नेता तथा प्रमुख सचेतक ढकालको भनाइ छ ।

    लुम्बिनी प्रदेश सरकारमा अरु प्रदेशको जस्तै ओली समूहबाहेक अरु सबै समूह र दल एक ठाउँमा जुटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरे भने ओली समूहलाई ४ जना सांसद अपुग हुन्छ । यसका लागि मुख्यमन्त्रीसहितका नेताहरु समीकरण मिलाउन केन्द्रित छन् ।

    ‘यहाँ प्रचण्ड–नेपाल समूह, कांग्रेस र जनता समाजवादी पार्टी एक भए यहाँका मुख्यमन्त्री पोखरेल अफ्ठेरोमा पर्नेछन् तर त्यो अवस्था छैन’ राजनीतिक विश्लेषक चापागाइँको भनाइ छ ।

    प्रचण्ड–माधव पक्षका नेताहरुले आफूहरुसँग २५ सांसद रहेको दाबी गरेका छन् । यद्यपि साविकको एमालेका एक जना नेता मात्रै प्रचण्ड–माधव समूहमा खुलेर लागेका छन् । साविकको एमालेबाट कपिलवस्तुबाट निर्वाचित सांसद विष्णु पन्थी माधव नेपालनिकट हुन् । उनीबाहेक साविकका एमालेका सबै सांसद ओली पक्षमा रहेको दाबी गरिएको छ ।

  • प्रदेश तहसनहस हुन दिन्नँ, अविश्वास प्रस्तावको सामना गर्छुः मुख्यमन्त्री राई

    प्रदेश तहसनहस हुन दिन्नँ, अविश्वास प्रस्तावको सामना गर्छुः मुख्यमन्त्री राई

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि दर्ता भएको अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले बहुमतका साथ आरामले अविश्वास प्रस्तावको सामना गर्ने बताएका हुन् ।

    ‘आजको अविश्वास प्रस्ताव सरकार असक्षम भएर हैन’, उनले भने, ‘सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशलाई कमजोर बनाउने मनसायबाट दर्ता भएको हो, यसको डटेर सामना गर्छु ।’

    पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले भनेका कुराको सम्पादित अंशः

    संविधान जारी भएदेखि नै संविधान र संघीयतालाई कार्यान्वयन हुन नदिन अनेक प्रयास हुँदै आइरहेका थिए । हामीले समृद्धि, सुशासनको नारा जनताबीच लगेर संयुक्त रुपमा बहुमत हाँसिल गर्यौं ।

    हामीले जनताको बीचमा गरेका वाचा र प्रतिबद्धताको बीचमा कहीं नछुटिकन मुलुकलाई नेतृत्व गरिरहेका थियौं । जो संघीयता र संविधान कार्यान्वयन नहोस्, देश फेरि द्वन्द्व र असफलतातिर जाओस् भन्ने चाहना राख्नेहरूलाई उत्साहित बनाउने गरिकन केन्द्रीय सरकारलाई आफ्नै पार्टीभित्रबाट काम गर्न नदिने खालको वातावरण बन्यो । र प्रधानमन्त्रीलाई बन्द कोठामा राखेर लेनदेन गर्नको निम्ति जुन प्रकारको घेराबन्दी गरियो, प्रधानमन्त्रीले उपयुक्त लोकतान्त्रिक गणतान्त्रिक विकल्पको रुपमा जनादेशमा जाने विकल्प रोज्नुभयो । त्यो सही विकल्प थियो, छ ।

    जनताको म्याण्डेट प्राप्त प्रधानमन्त्रीलाई कसैको आग्रह र चाहनामा साट्न मिल्दैन थियो । उहाँले ताजा जनादेशको निम्ति जुन कुरा लिएर जानुपर्दथ्यो, त्यहीं गर्नुभयो । यसप्रकार प्रतिगमनकारीलाई सहयोग र बल पुग्ने गरिकन जुन प्रकारको घेराबन्दी संघीय सरकारलाई गरियो, परिणामस्वरुप राजनीतिक परिस्थिति र नयाँ ढंगले अवस्था विकास भयो । यसको प्रत्यक्ष प्रभाव प्रदेशमा सुनियोजित ढंगले भयो ।

    आजको अविश्वास प्रस्ताव एक नम्बर प्रदेशमा प्रदेश सरकार असक्षम भएर हैन, प्रदेश सरकारले काम गर्न नसकेर हैन । मुख्यमन्त्रीले कुनै नाजायज काम गरेर हैन । यो अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशलाई कमजोर बनाउने मनसायबाट दर्ता भएको हो । यसको सामना म आरामले गर्छु । किनकि विवेक भएका मानीयहरू प्रदेश सभामा हुनुहुन्छ ।

    यो बनिबनाउ, निर्देशित, चालबाजी हो भन्ने कुरा प्रदेशसभाका माननीय सदस्यहरूलाई राम्रोसँग थाहा छ । मुख्यमन्त्रीले एउटा सफल नेतृत्व गरिरहेको छ । प्रदेशलाई सही दिशामा अगाडि बढाइरहेको छ । संघीयतालाई संस्थागत गर्ने कुरामा सफल नेतृत्व गरिरहेको छ । यो कुरा प्रदेश सभाका बहुमत अधिकांश सांसदहरूलाई थाहा छ । त्यसैले म बहुमतका साथ प्रदेश सभामा यसको म सामना गर्छु । र प्रदेशलाई कोल्याप्स गर्ने, तहसनहस बनाउने जुन चाहना र कदम छ त्यसलाई हामी असफल तुल्याउँछौं ।

  • मन्त्री फेरिंदा झस्किनुपर्दैन, सबैको अभिभावकत्व ग्रहण गर्नेछु: पर्यटनमन्त्री ढकाल

    मन्त्री फेरिंदा झस्किनुपर्दैन, सबैको अभिभावकत्व ग्रहण गर्नेछु: पर्यटनमन्त्री ढकाल

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् ।

    शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषदमा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाए ।

    उनले भने, “मन्त्री फेरिंदा झस्किनुपर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु, त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।”

    अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालायित हुनु नपर्ने उनको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उनले जोड दिए ।

    उनले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गरे ।

    मन्त्री बदलिए पनि सरकार र कार्यनीति बदलिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपाटीको विकास गर्न मातहत निकायलाई निर्देशन दिए । उनले मुलुक चुनावी वातावरणमा गएकाले राजनीतिक रङले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजग रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिए।

    यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मन्त्री ढकाल पर्यटनमन्त्री बन्नुभएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।

    मन्त्री ढकालको यो तेस्रो मन्त्रालयको जिम्मेवारी हो । यसअघि करीब १४ महीना कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र पछिल्लोपटक १३ महिना स्वास्थ्यमन्त्री बनेका थिए ।

    कोभिड–१९ महामारीको सामना गर्ने अप्ठ्यारो अवस्थामा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउँदा शक्तिशाली विकसित ठूला राष्ट्रले दिन नसकेको स्वास्थ्य सेवा जनतालाई दिलाउन सफल भएको र पछिल्लो पटक देशका सबै गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार गर्नेजस्ता स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउने गरी काम भएको उनले उल्लेख गरे ।

    मन्त्री ढकालले स्थायी सरकार बनेपछि राजनीतिक दुर्घटना र पार्टीभित्रको दुर्घटनापछि पर्यटनमन्त्रीको जिम्मेवारीमा आएको पनि उल्लेख गरे । यसअघि पदभार ग्रहण गर्दै मन्त्री ढकालले पहिलो निर्णयका रुपमा सङ्घीय मन्त्रालयका बेरुजु जो जसका नाममा छ तत् निकायलाई नै बेरुजुको लगत हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदमा लैजाने हस्ताक्षर गरे ।

    पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले देशलाई समृद्धिको दिशामा लैजाने प्रमुख आधार पर्यटन र ऊर्जा क्षेत्र रहेको भन्दै महामारीबाट बढी प्रभावित भएको पर्यटनलाई गतिशील तुल्याई बढीभन्दा बढी अर्थोपार्जन हुनेगरी योजनाबद्ध कार्यक्रम अघि बढाउन मन्त्रालय रणनीतिक रुपमा लागिपर्ने बताए।

    उनले कोभिडपछि नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउनसक्ने भएकाले सोहीअनुरुप पर्यटकीय पूर्वाधार विकास, उनीहरुको बसाइ लम्ब्याउने जस्ता काममा मन्त्रालयले सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

    मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिताका लागि विशेष ध्यान दिइने पनि उनको भनाइ छ । आयोजनाअन्तर्गत निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छन् ।

    सो अवसरमा मन्त्रालय मातहतका पर्यटन विभाग, पुरातत्व विभाग, क्यान, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), नेपाल पर्यटन बोर्डलगायत संस्थाका प्रमुख एवं प्रतिनिधिले मन्त्री ढकाललाई बधाई ज्ञापन गर्दै आफ्ना गतिविधिबारे जानकारी गराएका थिए ।

  • उखु किसानका १५ दिन : बरु मार, त्यतिकै फर्कदैनौं (भिडियो)

    उखु किसानका १५ दिन : बरु मार, त्यतिकै फर्कदैनौं (भिडियो)

    काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।

    यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरू हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिन देखि आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।

    विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरूले दिन बाँकी छ । भुक्तानी नपाएपछिगत वर्ष पनि उनीहरूले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए ।

    उखु किसान संघर्ष समितिका सदस्य मायाशंकर प्रसाद यादवले सरकारले प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भए पनि उद्योगीहरूले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदा सम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।

    चिनी उद्योगीहरूबाट उखु किसानहरूले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरूले बताएका छन् । आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदा सम्म आन्दोलनलाई जारी राख्ने किसानहरूले बताए ।

    आन्दोलनरत किसानहरूले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देऊ’ लगायतका नारा समेत लगाएका थिए ।

  • पदभार ग्रहण गर्दै खेलकुदमन्त्री लामाले भने– खेलकुद बुझ्दिनँ, सल्लाह गरेर अघि बढ्छु

    पदभार ग्रहण गर्दै खेलकुदमन्त्री लामाले भने– खेलकुद बुझ्दिनँ, सल्लाह गरेर अघि बढ्छु

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् ।

    सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गर्दै खेल क्षेत्रका विज्ञ र खेल क्षेत्रमा जीवन बिताएका खेलाडीसँग परामर्श गरेर अघि बढ्ने बताए । उनले खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

    यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट विदा भएका छन् । पूर्वमन्त्री विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका हुन् ।

    नवनियुक्त मन्त्री लामालाई स्वागत गर्न आयोजित कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले गरेका र गर्ने क्रममा रहेका गतिविधिबारेमा नवनियुक्त मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

     

  • जापानले उडानमा रोक लगाएपछि नेपाली विद्यार्थी अन्योलमा

    जापानले उडानमा रोक लगाएपछि नेपाली विद्यार्थी अन्योलमा

    काठमाडौं । बेलायतमा कोरोनाभाइरसको नयाँ रूप देखा परेपछि जापान सरकारले आइतबार मध्यरातबाट नेपालसहितका विदेशी उडानमा रोक लगाएको छ ।

    जनवरी अन्त्यसम्मका लागि लगाइएको रोकले नेपालबाट जापान जाने विद्यार्थी एवं कामदार प्रभावित हुने भएका छन् ।
    कोभिड–१९ का कारण गत जनवरीमा लागू भएको लकडाउनपछि नेपाली विद्यार्थी जापान जान सकिरहेका थिएनन् ।

    कोभिडका कारण जनवरी, अप्रिल, जुलाई र अक्टोबरका चारवटा इन्टेक होल्ड हुने भएकाले १० हजार नेपाली विद्यार्थी भिसा लिएर बसेको फ्रि एजुकेसनल कन्सल्टेन्सी एशोसिएसन अफ नेपाल तथा जापानी भाषा स्कूल (जालसान) का सदस्य सुदेश पोखरेलले जानकारी गराए ।

    उनका अनुसार नेपाल र जापानमै भएका लकडाउनका कारण लगभग १० महिना हातमा भिसा र टिकट लिएर बसेका विद्यार्थी र कामदार होल्ड बस्नु पर्दा आर्थिक र मानसिक रूपमा नै विद्यार्थीलाई समस्या परेको छ ।
    कोभिडकै कारण गत जनवरी पहिलो हप्तासम्म ३५ हजार रुपैयाँमा पाइरहेको एकतर्फी टिकट अहिले ९५ हजार तिर्दा पनि पाउन मुश्किल भएको पोखरेलले बताए ।
    ‘जापान सरकारले विदेशी उडान रोकेपछि करीब तीन गुणा बढी रकम तिरेर किनिएका टिकट क्यान्सिल गर्नुपर्ने भयो । क्यान्सिल चार्ज तिरेर टिकट स्थगन गर्दा यसले विद्यार्थीलाई थप आर्थिक भार थपियो’, उनले भने ।

    जापान सरकारले एक महिनाका लागि जहाज रोकेसँगै विद्यार्थी र कन्सल्टेन्सीहरूलाई थप अन्योल बनाएको छ । कोभिडको महामारी झनै फैलिए जनवरीपछि पनि जापान सरकारले विदेशी उडान रोक्ने वा खोल्ने के गर्छ भन्ने कुराको यकिन छैन ।

    अहिलेको परिस्थितिमा नेपाली विद्यार्थी जापान जान ढिलाइ भए पनि आत्तिनु नपर्ने बताउँछन् पोखरेल । ‘यो परिस्थितिमा जापान सरकारले आगमनमा रोक लगाए पनि विद्यार्थीलाई कठिन बनाउँदैन’, उनले भने ।

    उनका अनुसार लकडाउनपछि अहिलेसम्म दुईदेखि तीनहजारसम्म विद्यार्थी जापान गएका छन् । नेपालबाट जापान अध्ययन गर्नका लागि जाने विद्यार्थीले करीब ७/८ लाखसम्म तिरिरहेका छन् । जालसान र फिकोनका अनुसार वार्षिक १० हजार नेपाली विद्यार्थी जापान पुग्ने गरेका छन् । जसले वार्षिक रूपमा ८ अर्ब रुपैयाँ जापान पुग्ने गरेको छ ।

    भिसा लिइसकेकाहरुले जापान जान पाउने,बेलायत र दक्षिण अफ्रिका प्रतिबन्धित

    जापानले बेलायत र दक्षिण अफ्रिका बाहेक अन्य देशका नागरिकले सम्बन्धित देशमा रहेका दूतावासबाट भिसा लिइसकेको भए उनीहरुलाई जापान प्रवेशमा नरोकिने जनाएको छ ।

    सम्बन्धित देशको दुतावास बाट भिषा लिईसकेकाहरुको हकमा नयाँ नियम लागु नहुने विदेश मन्त्रालयको सूचनाम जनाइएको छ ।

    प्रबेश सम्बन्धी नयाँ नियम लागु हुँदा सम्म भिषा लिएकाहरु जापान प्रबेश गर्न पाउनेछन’ बिदेश मन्त्रालयले भनेको छ । जापानले मार्च महिना देखिको प्रबेश प्रतिबन्ध अक्टुबर महिना बाट हटाएको थियो । प्रतिबन्ध हटाएको २ महिना पछि पुनः नयाँ प्रबेशमा प्रतिबन्ध लगाइएको हो ।

    जापानी नागरिक र एजु (स्थाइ) बसोबास अनुमती पाएकाहरु स्वदेश फर्कदा १४ दिन क्वारेनटाइन बस्न नपर्ने यस अघिको नियम लागु नहुने भएको छ । यसको अर्थ उनिहरुपनि स्वदेश ९जापान० फर्केपछी १४ दिन अनिवार्य होम क्वारेनटाइन बस्नु पर्नेछ ।

    बेलायत र साउथ अफ्रिकाबाट भने कसैले पनि जापान प्रबेश गर्न पाउने छैनन् । बेलायतमा छिटो संक्रमण फैलने नयाँ कोरोना भाईरस फेला परेपछि यस अघिनै बेलायत र साउथ अफ्रिकालाई जापानले प्रतिबन्ध लगाइसकेको छ ।

  • खोटाङमा प्रधानमन्त्रीको पक्षमा प्रदर्शन (भिडियो)

    खोटाङमा प्रधानमन्त्रीको पक्षमा प्रदर्शन (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन भइरहेका बेला केपी ओली नेतृत्वको नेकपाका कार्यकर्ताले प्रधानमन्त्रीको पक्षमा प्रदर्शन र सभाहरु गर्न थालेका छन् ।

    खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा ओली पक्षधर नेकपा कार्यकर्ताले प्रधानमन्त्रीको पक्षमा स्वागत र्‍याली आयोजना गर्दै प्रचण्ड–माधव नेपाल पक्षको विरोध गरेका छन् ।

    मोटरसाइकल र्‍याली र जुलुसपछि आमसभा आयोजना भइरहेको रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राईले नेपाल प्रेसलाई बताइन् । यस्तै कार्यक्रम लिएर प्रत्येक स्थानीय तह र वडामा पार्टी पुनर्गठन गर्दै जाने उनले बताइन् । नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य विशाल भट्टराईलगायतका नेता खोटाङ पुगेका छन् ।

  • बिपन्न गायकलाई सघाउन राजेशपायलले घरमै खोले आधुनिक स्टुडियो

    बिपन्न गायकलाई सघाउन राजेशपायलले घरमै खोले आधुनिक स्टुडियो

    राइ इज किङ अर्थात राजेशपायल राई मनदेखि उदार छन् । नेपाली चार्टबस्टरका यी हिट गायकले संगीतभित्रै समाजसेवाको पहल थालेका छन् । ‘दर्शन नमस्ते’ गायकको सन् २०२० यिनै पहलमा बित्यो । राजेशपायललाई चासो राख्नेमाथि नयाँ खबर छ ।

    गरिब, बिपन्न एवं प्रतिभावान गायक–गायिकालाई उनले निःशुल्क गीत रेकर्डिङ गरिदिने भएका छन् । यसका लागि उनले घरमैभव्य स्टुडियो स्थापना गरेका छन् । पैसा नहुने बिपन्न गायक–गायिकालाई निःशुल्क सेवा दिने उद्देश्यले राइ इज किङ स्टुडियो स्थापना भएको छ ।

    हिजोआज सांगीतिक स्टुडियो व्यवसायिक हुँदा नयाँ र प्रतिभावान गायकलाई गीत रेकर्ड गर्न मुस्किल भएपछि आफैले स्टुडियो खोल्नुपरेको राईको कथन छ । दुई वर्षअघि किनेको काठमाडौंस्थित घरमै स्टुडियो खोलेका छन् । घरभित्रै जिमखाना पनि खुलेको छ । उनी दैनिक घरभित्रै व्यायाम गर्छन् ।

    स्टुडियोलाई अझै आधुनिक बनाउने योजना छ उनको । अहिलेसम्म अविवाहित गायकले चाँडै विहे गर्ने र त्यो विहे अन्तरजातिय पनि हुनसक्ने बताए । केही महिनामै नयाँ एल्बम रिलिज गर्ने र त्यसको रेकर्डिङ आफ्नै स्टुडियोमा हुने राईले बताए ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन (फोटो फिचर)

    प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टीले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु भएको र्‍यालीको नेतृत्व डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले गरेका छन् । र्‍यालीपछि आयोजित कोणसभालाई बाबुरामलगायतका नेताले सम्बोधन गर्दैछन् ।

            
  • समृद्धि र स्थायित्व मुख्य प्राथमिकता :  खानेपानीमन्त्री थापा

    समृद्धि र स्थायित्व मुख्य प्राथमिकता : खानेपानीमन्त्री थापा

    काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
    आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए । उनले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको समेत बताए ।
    मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताए । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्र्तक्रियाबाट समाधान गर्न सकिनेमा जोड दिए ।

  • ‘हाम्रो परिवारको लास टेकेर माथि पुगेकाले नमस्कार पनि फर्काउँदैनन्’

    ‘हाम्रो परिवारको लास टेकेर माथि पुगेकाले नमस्कार पनि फर्काउँदैनन्’

    सुर्खेत । मुगुकी विजयसरा शाहीले द्वन्द्वको समयमा कालिकोट बम विस्फोटमा परी एउटा हात नै गुमाइन् । सुर्खेतको भेरीमा भएको दोहोरो लडाइँमा परी उनका श्रीमान्को पनि खुट्टा गुम्यो ।

    अपाङ्गता भएर बाँच्नुपर्ने बाध्यतामा रहेकी विजयसराको एउटै गुनासो छ– सरकार र विभिन्न आयोगले पीडा मात्रै सुन्छन् तर न्याय दिंदैनन् । नेताहरू हामीलाई भर्याङ बनाउँदै महल बनाउन थालेका छन् ।

    सशस्त्र द्वन्द्वको बेला आफ्ना श्रीमानलाई राज्य पक्षबाट बेपत्ता पारिएकोले हालसम्म पनि अत्तोपत्तो नभएकोले मृत्यु दर्ता गर्न बाध्य भएको जाजरकोटकी विमला सुनारको गुनासो छ । न श्रीमानकाे लाश देख्न पाइएको छ न श्रीमान् फर्केर आउने आश नै छ ।

    विमला भन्छिन्, ‘कोही ठूलाबडा नेताहरुको यस्तो अवस्था भएको भए मिडियादेखि सबै खोजतलास गर्न लाग्थे होला तर हामी भुईंमान्छेका कुरा सुन्ने राज्य नेपालमा कहाँ छ र ? भुईंमान्छेले न्याय पाउनु आकाशको फल टिप्नु सरी भएको छ ।’

    दैलेखको नारायण नगरपालिका–३ की रत्ना रेग्मीका श्रीमान् उदयराम रेग्मी पेशाले शिक्षक थिए । २०५७ सालमा सशस्त्र द्वन्द्वको समयमा रेग्मी पढाउने विद्यालय लिच्चेकाँडाबाटै राज्य पक्षले उनलाई पक्राउ गर्यो ।

    २०६१ मङ्सिर ५ गते साँझ रत्नालाई भवानी बक्स गणबाट गएको टोलीले गिरफ्तार गरी मरणासन्न हुने गरी यातना दियो । उनलाई कुटेर फालिएपछि इन्सेकका सुशील गौतमले कानाचौरबाट उपचारका लागि नेपालगञ्ज पुर्याए । तीन महिनासम्म बेहोश अवस्थामै थिइन् रत्ना ।

    तीन वर्षसम्म इन्सेकको सहयोगमा उनलाई यातना पीडित कार्यालय काठमाडौंमा मानसिक उपचार भयो । छोराछोरीलाई उनका सासू–ससुराले हेरचाह गरे । बुहारीको खोजी गर्न गएका रत्नाका ससुरालाई समेत सेनाले ६३ दिन हिरासतमा राख्यो ।

    २०६२ मा उनका श्रीमान् उदयरामको हत्या भएको रहेछ । त्यो कुरा उनलाई कसैले जानकारी पनि दिएन । मृत्युलाई जितेकी रत्नाले २०६३ सालमा शान्ति प्रक्रिया आइसकेपछि २०६५ सालमा मात्र आफ्नो श्रीमान्को हत्या भएको थाहा पाइन् ।

    १५ वर्षसम्म न्याय नपाउँदा रत्ना जति दुःखित छिन् त्योभन्दा ठूलो आक्रोश चाहिं आफ्नो परिवारको रगतमा होली खेलेर यहाँसम्म पुगेका तत्कालीन माओवादीका नेताहरुले नमस्कार समेत नफर्काएकोमा छ ।

    रत्ना, विजयसरा र विमला मात्रै होइनन्, माओवादीकोे दशवर्षे सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाका आफन्त बेपत्ता नागरिक खोजबिन गर्ने आयोगसँग रुष्ट भएका छन् ।

    मुलुक शान्ति प्रक्रियामा गएको १५ वर्षसम्म पनि राज्यले बेपत्ताहरूको छानबिन र पीडितलाई न्याय दिलाउन ढिलाइ गरेको, राज्यबाट पाउने सेवा सुविधामा विभेद गरिएको आरोप एकल महिला समूह सुर्खेतकी अध्यक्ष ममता नरालले लगाइन् ।

    कानून बनाउँछौंः मन्त्री भण्डारी

    प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले द्वन्द्वपीडितका पक्षमा द्वन्द्वपीडितमैत्री कानून प्रदेशसभाबाट बनाउन थालिएको बताए । विभिन्न कानूनी अड्चनका कारण पीडितको घाउमा मल्हम लगाउन नसकेको उनको भनाइ थियो ।

    उनी भन्छन्, ‘हामीले द्वन्द्वपीडित समुदायलाई आत्मनिर्भर बनाउन केही कार्यक्रम पनि ल्याएका थियौं । तर ती कार्यक्रम कार्यान्वयनमा प्रश्न उठाइयो । कार्यविधिमार्फत हामीले काम गर्न खोजे पनि विभिन्न खालका अवरोध आए । अब कानून नै बनाएर यी सबै गुनासालाई समाधान गर्नतिर हामी लाग्छौं ।’

    द्वन्द्वको बेला कर्णालीका १३६ वटा उजुरीमा प्रारम्भिक अध्ययन गरेर आयोगको चार वटा टोली फर्किसकेको छ । टोलीले रुकुम पश्चिमका ३६, कालिकोटका ४५, जुम्लाका २०, मुगुका २५, डोल्पाका ६ र हुम्लाका ४ वटा उजुरीको विस्तृत अनुसन्धान थालेको छ ।

    कर्णालीबाट सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका आफन्तमध्ये आयोगमा ४०४ वटा उजुरी परेका थिए । उजुरीमध्ये ८२ वटाको लगत कट्टा भएको छ ।

     

  • पार्टी प्यालेसका कामदारकाे पीडाः काम गर्न पनि गाह्रो, नगर्न पनि गाह्रो !

    पार्टी प्यालेसका कामदारकाे पीडाः काम गर्न पनि गाह्रो, नगर्न पनि गाह्रो !

    काठमाडौं । बिहानको कलेज भ्याएर दिनभरि पार्टी प्यालेसमा वेटरको काम गर्थिन् काठमाडौं नक्सालकी भावना तामाङ ।

    जुनसुकै समयमा पनि काममा जानुपर्ने भएपछि कक्षा ११ पढ्दै गर्दादेखि बिहान कहिले दुई वटा मात्रै विषय पढ्न भ्याउँथिन् त कहिले कलेज नै जान पाउन्नथिन् । उनले धुम्बाराहीको एक पार्टी प्यालेसमा काम गर्न थालेको तीन वर्ष हुँदैथियो ।

    सिजन अनुसार काम गरेरै स्नातक पढ्नलाई खर्च जुटाउँदै थिइन् । कोरोनाभाइरसको त्रासको कारण गत चैतदेखि पार्टी प्यालेस ठप्पै भएपछि उनी कामविहीन भइन् । बन्द भएको पार्टी प्यालेस नखुलेपछि खर्च पुर्याउन नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । साहुले काम भएपछि मात्रै बोलाउँछु भनेपछि उनी नुवाकोट गाउँ लागिन् ।

    ९ महीनादेखि कामविहीन उनलाई मंसीर पहिलो साता साहुले काममा बोलाए । त्यसपछि काठमाडौं आएकी उनी पार्टटाइम काम गरेर फेरि पढाइलाई निरन्तरता दिने तरखरमा छिन् ।

    भावना भन्छिन्, “फेरि बन्द हुने हो कि भन्ने चिन्ता लागेको छ । अब नियमित काममा फर्कन पाइयोस् भन्ने लाग्छ ।”

    “काम नभएपछि पढाइ नि रोकिन्छ कि भन्ने डर लागेको छ । हेरौं के हुन्छ” उनले दुःखेसो पोखिन् ।

    भावना जस्तै थलीको व्यञ्जन पार्टी प्यालेसमा सरसफाइको काम गर्दै आएकी फूलमाया राई पनि ९ महीनादेखि बेरोजगार छिन् । सरसफाइको काम गर्दै आएकी फूलमायालाई पार्टी प्यालेस खुल्छ र पहिले जस्तै काम गर्न पाउँछु भन्ने विश्वास नै थिएन । कोभिड–१९ को त्रासले लगाइएको लकडाउनले काम नभएपछि खर्च धान्नै मुश्किल पर्न थाल्यो उनलाई । त्यहीबेला गाउँ पुगिन् । उनलाई पनि मंसीर पहिलो सातातिर साहुले फोन गरेर काममा बोलाए । त्यसपछि खुशी हुँदै काममा आइन्, तर भर्खरै खोलेको पार्टी प्यालेसमा उनी सँगै काम गर्ने साथीहरूलाई बोलाइएको रहेनछ ।

    उनले गाउँबाट आउँदा सोचेकी थिइन् कि सबै पहिले जस्तै भइसक्यो र सबै साथीभाइ सँगै काम गर्न पाइन्छ । तर खुलेर पनि काम गर्ने माहोल अझै बनिसकेको रहेनछ । उनी काम गर्ने पार्टी प्यालेसमा थोरै मात्र जनशक्ति राखेर पुनः सञ्चालन गरिएको छ ।

    भावना जस्तै थलीको व्यञ्जन पार्टी प्यालेसमा सरसफाइको काम गर्दै आएकी फूलमाया ढकाल (नाम परिवर्तन) पनि ९ महीनादेखि बेरोजगार छिन् । सरसफाइको काम गर्दै आएकी फूलमायालाई पार्टी प्यालेस खुल्छ र पहिले जस्तै काम गर्न पाउँछु भन्ने विश्वास नै थिएन ।

    फूलमाया सुनाउँछिन्, “मैले त काम नै माया मारिसकेकी थिएँ । परिवार कसरी पाल्ने भनेर सताइरहन्छ । अब सहज तरिकाले खोल्न दिए हामी पनि ढुक्क हुन्थ्यौं ।”

    भावना र फूलमाया त प्रतिनिधि पात्र मात्रै हुन्– कोरोना महामारीको कारण बन्द भएको पार्टी प्यालेस विस्तारै खुल्न थालेपछि रोजगारी पाएका । तर अझै पनि सरकारले पार्टी प्यालेस सञ्चालन गर्ने निर्णय नगर्दा पार्टी प्यालेस तथा क्याटरिङमा काम गर्ने ७० हजारभन्दा बढी कामदार यतिबेला रोजगारविहीन भएका छन् ।

    यो अवधिमा आधा भन्दा बढीले त रोजगारी नै गुमाए । केहीलाई व्यवसाय सञ्चालन भएपछि बोलाउने शर्तमा बेतलबी विदामा राखिएको छ । सरकारले पार्टी प्यालेस सञ्चालन गर्न अनुमति नदिए पनि व्यवसायी बाध्य भएर व्यवसाय पुनः सञ्चालन गर्न थालेका छन् ।

    सरकार मौन बन्दा व्यवसायी आफैं तम्सिए

    कोरोनाभाइरस (कोभिड–१९) महामारीको कारण गत चैत ११ देखि पार्टी प्लालेसहरू बन्द भए ।

    झण्डै चार महीना लकडाउन गरेको सरकारले साउनदेखि लकडाउन हटेको घोषणा गरे पनि बढी भीडभाड हुने क्षेत्रहरू तत्काल नखोल्ने निर्णय गर्‍यो सरकारले । त्यतिन्जेलसम्म पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी व्यवसाय बन्द गरेरै चूपचाप बसेका थिए । अन्य व्यवसायीहरू मर्कामा परेपछि र चौतर्फी विरोध हुन थालेपछि नेपालमा कोरोना संक्रमण बढ्दै गए पनि सरकारले केही क्षेत्रहरू खुकुलो बनाउँदै लग्यो । कतिले जबरजस्ती गरेरै खुलाए ।

    बन्द भएका पार्टी प्यालेसहरूमा मंसीर लागेसँगै चहलपहल देखिन थालेको छ ।

    कात्तिकसम्म सरकारका निकायहरूसँग पटकपटक पार्टी प्यालेस खुलाउन व्यवसायीहरूले पहल गरे पनि सरकारले चासो नदिएपछि पार्टी प्यालेस सञ्चालकहरू आफूखुशी खुलाउन थालेका छन् ।

    अर्बौं लगानी गरेको पार्टी प्यालेस ९ महीनासम्मै ठप्प भयो । अन्य व्यवसायहरू खुलाउँदा समेत सरकारले केही गर्न सकेन ।  “अर्बौं लगानी डुब्ने अवस्थामा पुगेपछि जबरजस्ती खोल्न बाध्य भएको हो” धुम्बाराहीका एक पार्टी प्यालेस सञ्चालकले भने ।  उनले भने, “सरकारले हाम्रो बारेमा किन सोचेन ? हामीले यहींबाट कमाएर तिरौंला भनेर अर्बौं लगानी गरेका थियौं । विद्यालय खुल्न हुने तर हाम्रो व्यवसाय खुल्न नहुने ? कि त सरकारले ब्याज मिनाहा गरिदिनु पर्‍यो होइन भने घर न घाटको अवस्थामा आइपुगिसक्यौं ।”

    मंसीर महीनादेखि व्यवसाय सञ्चालन गर्ने तयारी गरे अनुसार नै अहिले पार्टी प्यालेसहरू खुल्न थालेका हुन् । मंसीरमा बिहेको मुख्य सिजन र थला परेको व्यवसायलाई केही राहत मिल्छ कि ? भन्ने हिसाबले खुलाउन बाध्य भएको उनको भनाइ छ ।

    सरकारको मुख ताक्नाले अहिले धेरै व्यवसायीहरू यस क्षेत्रबाट पलायन भएको भन्दै उनले आक्रोश पोखे, “हामीले यतिको समय धैर्य गर्‍यौं । अन्य व्यवसाय जस्तो जबरजस्ती गरेनौं । अहिले बाध्य भएर आफैं खोल्ने निर्णय गरिएको हो ।”

    “यतिबेला हामी यो व्यवसायबाट पलायन हुने अवस्थामा पुगिसकेका छौं । हामीसँगै हाम्रो व्यवसायमा काम गर्ने हजारौं कामदार पनि बेरोजगार भइरहेका छन् भने कतिले रोजगारी गुमाइसके । कामदारहरूले बोल्ने ठाउँ छैन । यहाँ सामान्य कुचो लगाउनेदेखि मास्टर सेफ कुक पनि बेरोजगार बन्नुपर्ने अवस्था छ” उनले गुनासो पोखे ।

    उनले भने, “के कसरी खोल्ने त्यो हामी स्वास्थ्य मापदण्ड पालना गर्न तयार छौं । तर सरकारले हामीलाई यो व्यवसायबाट पलायन गराउन खोजिरहेको छ । सरकारले केही गर्न नसके पनि पार्टी प्यालेस खुलाउन स्वीकृति दिएपुग्छ । अहिले जस्तो डराई–डराई खोल्नुपर्दैनथ्यो । त्यसपछि भनेको विस्तारै तिर्दै जाउँला ।”

    उनले पनि ९ महीना घरमै थुनिएर पार्टी प्यालेसमा मुसा कुद्ने अवस्था आएपछि केही व्यवसायी साथीहरूसँग सल्लाह गरेर मंसीर पहिलो सातादेखि पार्टी प्यालेस पुनः सञ्चालनमा ल्याए ।

    विवाहको सिजन र कोभिडको जोखिम पनि उत्तिकै भएकाले थोरै संख्यामा उपस्थित हुने विवाह मात्र गराइराखेको उनी बताउँछन् ।
    यही क्रममा पार्टी प्यालेसहरूले अहिले धेरै कामदार राखेर तलब दिन नसक्ने भएपछि कामदारहरू पनि २० प्रतिशत मात्रै राखेर व्यवसाय सञ्चालन भइराखेका छन् ।

    अवस्था सहज भए कामदारहरू थप्ने व्यवसायीहरू बताउँछन् । धेरैजसो यस व्यवसायमा कलेज पढ्ने विद्यार्थीले रोजगारी पाएका थिए ।
    अहिले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार नै सामाजिक कार्य गर्दा २५ जनाभन्दा बढी नराख्ने, बाजा, म्युजिक नबजाउने र सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गरेर पार्टी प्यालेसहरू सञ्चालन गर्ने गरिराखेका छन् ।

    यस्तै अवस्था रहे २०० भन्दा बढी व्यवसायी तत्काल पलायन हुने अवस्थामा छ: महासंघ

    हाल देशभरि दर्ता भएका सात हजार वटा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालनमा छन् । जसमा ७० हजार कामदारहरूले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाएका थिए । त्यसमध्ये १५ प्रतिशत स्थायी कर्मचारी छन् । कोरोनाभाइरसको कारण पार्टी प्यालेस बन्द हुँदा पूर्ण रूपमा ५० हजार जना भन्दा बढीको रोजगारीमा असर परेको छ । सामान्यतया एक लाखदेखि १० करोडसम्मको लगानीमा पार्टी प्यालेस सञ्चालन भइराखेका छन् । कोरोनाभाइरसको कारण पार्टी प्यालेस बन्द हुँदा व्यवसायीहरू मारमा परेका छन् । अहिले व्यवसायीहरू अर्बौं रुपैयाँ घाटामा गइसकेका छन् ।

    त्यसले पनि देशलाई प्रत्यक्ष–अप्रत्यक्ष नोक्सान पुर्‍याइरहेको व्यवसायीहरू बताउँछन् ।

    पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले झण्डै २ अर्ब रुपैयाँ राजश्व तिर्दै आएका थिए । तर अहिले सरकारलाई राजश्व तिर्न सकिरहेको अवस्था छैन ।

    नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय महासंघका अनुसार यो व्यवसाय सञ्चालन गर्न ९५ प्रतिशत बैंक तथा वित्तीय संस्थामा जग्गाजमीन, घर धितो राखेर ऋण लिएको हुन्छन् ।

    कोभिडको कारण व्यवसाय बन्द हुँदा सडकमै आउनुपर्ने स्थितिमा पुगेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले बताए ।

    उनले भने, “हामीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिराखेका हुन्छौं । यो व्यवसाय बन्द हुँदा बैंकलाई किस्ता तिर्न सकेका छैनौं । सबै धितो राखेर व्यवसाय सञ्चालन गर्दा घरपरिवारसहित विस्थापित हुने परिस्थिति छ ।”

    उनका अनुसार कोभिडपछि १० वटा पार्टी प्यालेस पूर्ण रूपमा बन्द भइसके र यसैगरी बन्द गरिराख्नुपर्ने अवस्था भए थप २०० वटा बन्द हुने स्थितिमा पुगेका छन् ।

    यही व्यवसायसँग जोडिएका ७० हजार जनाले काम पाउँथे भने, एउटा कर्मचारीले चार जना मान्छेलाई जीविकोपार्जन गर्न सहायता पुग्थ्यो । अहिले उनीहरू हातमुख जोड्नबाट विमुख भएका छन् ।

    प्रवक्ता पाण्डे भन्छन्, “यो व्यवसायसँग धेरै पक्ष जोडिएका छन् । बैंकलाई किस्ता तिर्न नसके त्यो पनि धरासायी हुने अवस्था छ । त्यस्तै पार्टी प्यालेस कृषिसँग पनि जोडिएको छ । धेरै तरकारीहरू खपत हुने क्षेत्र बन्द हुँदा कृषकलाई समेत असर परेको छ ।”

    महासघंले पछिल्लो ९ महीनामा सरकारलाई झकझक्याउने काम नगरेको पनि होइन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)देखि प्रधानमन्त्रीसम्म पहल गरेको हो ।

    उनीहरूले पार्टी प्यालेस सञ्चालनको लागि सहज वातावारण बनाइदिने आश्वासन दिएका छन् । तर अझै निर्णय भने आइसकेको छैन । पुस अन्तिमसाता देखि औपचारिक रूपमा सञ्चालन गर्ने निर्णयमा व्यवसायीहरू पुगेका छन् ।

    पार्टी प्यालेस खुलाउन हामीले अनुमति दिएका छैनौं: गृह मन्त्रालय

    पार्टी प्यालेस सञ्चालन गर्न तत्काल कुनै अनुमति नदिएकोे गृह मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पार्टी प्यालेस खोल्नको लागि सम्बन्धित मन्त्रालयले मापदण्ड बनाएर सञ्चालन गर्ने भनिए पनि निर्णय नआइसकेको बताए ।

    बुढाले नेपाल प्रेससँग भने, “मापदण्ड बनाएर सञ्चालन गर्न सक्ने व्यवस्था बनाउने भनेको थियो । यो काम स्थानीय प्रशासनमार्फत गर्ने हो । कुन कुनले गरे त्यो जानकारी भएन । हामीले अनुमति दिएका छैनौं । मन्त्रिपरिषद्मा सम्बन्धित मन्त्रालयले मापदण्ड बनाउने र स्थानीय प्रशासनमार्फत अनुगमन र कार्यान्वयन गर्ने भन्ने छलफल भएको थियो । तर निर्णय अझै आइसकेको छैन ।”

     

  • नेपाल सुन्दर, नेपाली प्रिय : सलमान खान

    नेपाल सुन्दर, नेपाली प्रिय : सलमान खान

    आजदेखि बलिउड भाइजान सलमान खान ५५ वर्ष लागे । नेपालसहित संसारभरका फ्यानहरुले आफ्ना प्रिय अभिनेताको जन्मदिन मनाए । मुम्बइमा एक सन्देश जारी गर्दै उनले कोभिड प्रोटोकल पालना गर्न र भीड नगर्न अपिल गरे ।

    नेपालमा सलमानको फ्यान फलोइङ उच्च छ । उनलाई पछ्याउने र आदर्श मान्नेमा सबै उमेर समूहका नेपाली छन् । नेपालमा सर्वाधिक कमाउने फिल्मको सूचिमा भाइजानका फिल्म प्रशस्तै छन् । तर, स्वयम सलमान खान नेपालबारे के सोच्छन् ? यो निकै महत्वपूर्ण हुनेछ ।

    सलमानसँग ‘भारत’ फिल्ममा सँगै काम गरेका नेपाली फिजियो डा. पुरन तिरवासँग नेपाल प्रेसले कुरा गरेको छ । उक्त फिल्मको छायांकन सेटमा तिरवाले सलमानसँग निकट रहेर काम गरे । ‘उहाँले मसँग नेपाल निकै सुन्दर लाग्ने र घुम्ने इच्छा व्यक्त गर्नुभएको थियो’ तिरवाले भने, ‘नेपालमा मेरा फ्यान प्रशस्तै छन् र मलाई माया गरिएका सन्देश पठाउनुहुन्छ । नेपालीहरु वास्तवमै मलाई प्रिय लाग्छ ।’

    जीवनमा नेपालको पर्यटकीय थलो घुम्ने आफ्नो ठूलो इच्छा रहेको कुरा आफूलाई बताएको तिरवाले स्मरण गरे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व फिजियो समेत रहेका डा. तिरवाले आमिर खान स्टारर ‘ठग्स अफ हिन्दोस्तान’ र रणवीर–आलिया स्टारर ‘ब्रम्हाष्त्र’मा समेत काम गरेका छन् । ‘ब्रम्हाष्त्र’ रिलिज तयारीमा छ ।

    कोभिड संक्रमणको जोखिमका कारण सलमान अहिले मुम्बइस्थित घरमै बसेर जन्मदिन मनाइरहेका छन् । यसपटक पहिलेजस्तो फ्यानको ग्यादरिङ र स्पेसल कार्यक्रम भने भाइजानको तर्फबाट छैन । नेपालस्थित सलमान खानका फ्यानले दरबारमार्गस्थित बेइङ ह्युमनको आउटलेटमा जन्मदिन केक भने काटेका छन् ।

  • कार्यभार सम्हाल्दै मन्त्री साहले भनेः निर्वाचन सरकारको पहिलो प्राथमिकता (भिडियो)

    कार्यभार सम्हाल्दै मन्त्री साहले भनेः निर्वाचन सरकारको पहिलो प्राथमिकता (भिडियो)

    काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन गर्नु रहेको बताएका छन् । शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताएका हुन् ।

    मन्त्रालयले पनि निर्वाचन केन्द्रित काम गर्ने उनले बताए । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

    सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउने भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ । उनले भने, ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्ने हो । मन्त्रालयको काम पनि निर्वाचन केन्द्रित गरेर गर्छौं । यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ । ’

    मन्त्री साहले मन्त्रालयले विकासको काम प्रभावकारी बनाउने बताए । कोरोना महामारी फैलिइरहेको अवस्थामा महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उनको भनाइ छ ।

     

  • नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध

    नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध

    नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएपछि विभिन्न देशले पुनः अन्तराष्ट्रिय उडान बन्द गर्न थालेका छन् । जापानले नेपाल लगायतका मुलुकबाट आउने विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको छ ।

    कोभिड–१९ को नयाँ भेरिएन्ट (प्रजाति) भेटिएसँगै जापानले सोमबारदेखि लागु हुने गरि विदेशी उडानमा रोक लगाएको हो । जापानी विदेश मन्त्रालयका अनुसार जनवरी अन्त्यसम्म रोक कायमै हुनेछ ।

    जापानी नागरिक र त्यहाँ बसोबास गर्ने विदेशी नागरिकले भने जापान जान पाउनेछन् । यद्यपी, उनीहरुले दुई साता अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । शुक्रबार टोकियोमा बेलायतबाट फर्किएका दुई जनामा नयाँ कोरोना संक्रमित भेटिएका थिए ।

    नयाँ भेरिएन्ट भेटिएसँगै विश्वका ४० मुलुकहरुले बेलायतसँगको उडानमा रोक लगाइसकेका छन् ।

  • सोमबार सुन तोलामा ७०० ले वृद्धि

    सोमबार सुन तोलामा ७०० ले वृद्धि

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार सोमबार सुन तोलामा सात सयले बढेको हो ।

    आज छापावाल सुन तोलाको ९४ हजार ९०० रहेको छ भने तेजावी सुन तोलाको ९४ हजार ४०० रहेको छ ।

    आइतबार छापावाल सुन तोलाको ९४ हजार २०० रहेको थियो भने तेजावी सुनको मूल्य ९३ हजार ७०० रहेको थियो । त्यस्तै सोमबार चाँदीको मूल्यमा ३५ रुपैयाँले वृद्धि हुँदै प्रति तोला १३ सय १५ पुगेको छ ।

     

  • सरकारले स्थापना गरेको स्टोरी बैंकमा १५ फिल्म

    सरकारले स्थापना गरेको स्टोरी बैंकमा १५ फिल्म

    नयाँ फिल्म निर्मातालाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले स्थापना गरेको ‘स्टोरी बैंक’मा १५ फिल्म दर्ता भएका छन् । दर्ता भएका फिल्म मध्येबाट छनौट गरेर बोर्डले प्रस्तावित बजेटको आधारमा संयुक्त लगानी गरिदिने भएको छ ।

    बोर्डमा स्टोरी बैंक हेर्ने फोकल पर्सन गिरिश शर्माका अनुसार आइतबारसम्मको डेडलाइनमा १५ फिल्मले स्क्रिप्ट दर्ता गरेका छन् । ‘हामी अझै समय थप्ने पक्षमा छौं’ नेपाल प्रेससँग उनले भने, ‘धेरै फिल्ममेकर यसबाट उत्साहित भएको पाएका छौं ।’

    बोर्डले मौलिक र सन्देशमूलक फिल्ममा संयुक्त लगानीको कार्यविधि बनाएको छ । फिल्मको कूल बजेटको २५ देखि ५० प्रतिशतसम्म लगानी गर्ने कार्यविधिमा उल्लेख छ । खासगरि नयाँ र प्रतिभावान फिल्म निर्मातालाई प्रोत्साहन गर्नको लागि बोर्डले गतमहिना बैंक स्थापना गरेको थियो ।

    पछिल्लो समय नेपाली फिल्मको बजेटमा वृद्धि भएर १ करोडदेखि अढाइ करोडसम्म पुग्ने गरेको छ । बोर्डको यो निर्णयसँगै इन्डिपेन्डेन्ट, फिल्म विद्यार्थी र राम्रो स्क्रिप्ट हुनेलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

  • संसद विघटन ‘राजनीतिक सर्भिसिङ’: सञ्चारमन्त्री गुरुङ

    संसद विघटन ‘राजनीतिक सर्भिसिङ’: सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद विघटनलाई राजनीतिक सर्भिसिङको रुपमा लिन आग्रह गरेका छन् । आइसिटी अवार्डमा बोल्दै मन्त्री गुरुङले प्रविधिमा जस्तै नेपालको राजनीतिमा पनि जनताले वारेन्टी दिएको बताए ।

    ‘हामीले जसरी मोबाइल, कम्प्युटर सर्भिसिङ गर्नुपर्छ । हाम्रो स्वास्थ्य पनि सर्भिसिङ गर्नुपर्छ, त्यस्तै हामीले यो राजनीति पनि सर्भिसिङ गरेका हौं,’ उनले भने, ‘ यो सर्भिसिङबाट राजनीति फ्रेस बनाउँनुछ ।’

    ताजा र नयाँ जनादेशको निम्ति अहिलेको स्टेप आवश्यक भन्दै यसलाई सकारात्मक ढंगले स्वागत गर्न सबैलाई आग्रह गरे । साथै लगानीकर्तालाई पनि निराश नहुन मन्त्री गुरुङको आग्रह थियो । ‘नयाँ ढंगबाट मुलुक समृद्धि र विकासको निम्ति अगाडि बढ्नेछ । लगानीकर्ता पनि निराश नहोऔं,’ मन्त्री गुरुङले भने ।

  • शेरधनविरुद्ध उभिने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित)

    शेरधनविरुद्ध उभिने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित)

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध सत्तारुढ नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

    राईसँग संसदीय दलको नेतामा पराजित भएका भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै आइतबार बिहान दर्ता भएको अविश्वास प्रस्तावमा नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

    ९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् । पार्टी विभाजनको असरसँगै ३७ जना सांसद प्रचण्ड–माधव नेपाल पक्षमा लागेर हस्ताक्षर गरेपछि अब २९ जना शेरधन राईको पक्षमा देखिएका छन् ।

    प्रचण्ड–माधव पक्षले आफ्नो पक्षमा ४० सांसद रहेको दावी गरेपनि अविश्वास प्रस्तावमा भने ३७ जनाको हस्ताक्षर छ । तर केही सांसद प्राविधिक कारणले हस्ताक्षर गर्नबाट छुटेको नेपाल पक्षका नेताले बताएका छन् ।

    तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा राईले २६ मत पाएर दलको नेता निर्वाचित भएका थिए । आचार्यले त्यसबेला २४ मत पाएका थिए । राजन राईको एक मत बदर भएको थियो ।

    प्रचण्ड–माधव नेपाल पक्षकै मानिने प्रदेश सरकारका राज्यमन्त्री रामकुमार मगरले भने गुट परिवर्तन गरेर मुख्यमन्त्रीलाई साथ दिएका छन् । उनले पार्टी विभाजन भइसकेकाले अब आफू केपी ओली नेतृत्वकै पार्टीमा रहने बताएका छन् ।

    प्रदेशसभामा नेपाली कांग्रेसको २१ सिट छ भने जनता समाजवादी पार्टीको ३ सिट, राप्रपाको १ सिट र लिम्बुवानको १ सिट छ । अब प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस निर्णायक भएको छ ।

    अविश्वास प्रस्ताव पार्टी विभाजनको कारण ल्याइएपनि प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्तावमा भने प्रदेश सरकारले तीन वर्षसम्म प्रदेशको नामाकरण गर्न नसकेको, जनताको हितका प्रभावकारी काम नभएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, सरकारको काम कारवाहीले प्रदेश सरकारको औचित्यमाथिनै गम्भीर प्रश्न उठेको लगायतका आरोप लगाइएको छ ।

    अविश्वास प्रस्तावमा आर्थिक रुपमा प्रदेशलाई कमजोर बनाउँदै लगेको आरोप पनि लगाइएको छ । तर आरोप लगाउने प्रस्तावका प्रस्तावक इन्द्र आङ्बो आफैं शनिबारसम्म प्रदेश सरकारको अर्थमन्त्री थिए । त्यस्तै अन्य तीन मन्त्रीले आज मात्रै राजीनामा दिएका छन् ।

    यस्तो अविश्वास प्रस्ताव र हस्ताक्षर गर्ने सांसदको सूची

  • बाल अधिकार परिषद्का निर्देशकको कार्यकक्षमा ताला

    बाल अधिकार परिषद्का निर्देशकको कार्यकक्षमा ताला

    काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

    बाल अधिकारका लागि राष्ट्रिय अभियानले आइतबार बिहान १० बजे ६ बुँदे माग राख्दै कार्यकारी निर्देशक मिलन धरेलको कार्यकक्षमा तालाबन्दी गरेको हो । अभियानले एक विज्ञप्तिमार्फत् परिषद्को कार्यकारी निर्देशकको नियुक्ति पनि विधिसंवत नभएको जानकारी गराएको छ ।

    ‘नयाँ जारी भएको २०७५को ऐन अन्तर्गत नियमावली आउनुपर्नेमा पुरानै बालबालिका सम्बन्धी नियमावली २०५१ अन्तर्गत नै राष्ट्रिय बाल अधिकार परिषद्को कार्यकारी निर्देशकको नियुक्ति हुनु विधिसंवत् नभएको हाम्रो ठहर थियो,’ विज्ञप्तिमा लेखिएको छ, ‘हामीले नेपालका बालबालिकाहरूको क्षेत्रमा के समस्या छ र तिनको समाधान कसरी गर्न सकिन्छ भनेर लामो अध्ययनसहित सुझावसहितको दबाब दिँदै आएका छाै‌ । तर पनि यो मुलुकका आइएन्जिओ र विदेशी शक्तिहरूको हस्तक्षेपका कारण हाम्रा आफ्नै भूमिको मुद्दाहरु स्थापित हुन सकिरहेको अवस्था भने छैन ।’

    परिषद्को नयाँ कार्यकारी अध्यक्षमा मिलन धरेल ४ महिनाअघि नियुक्त भएका थिए । तर, बालअधिकारको क्षेत्रमा अपेक्षाअनुसारका कुनै पनि काम अघि नबढाएको अभियानका संयोजक प्रवीन सिलवालको आरोप छ । तालाबन्दी गरेपछि अभियानका संयोजक सिलवालले भने, ‘हामीले उठाएका मागहरूदेखि भाग्ने नभै सम्बोधन नभएपछि यो कदम उठाएका हौं । यदी , प्रहरी प्रशासनबाट बल प्रयोग गरी हामीलाई हिरासत पु¥याइए हामी हिरासतमै मौन अनसन बस्ने कार्यक्रम रहेको समेत जानकारी गराउछाै‌  ।’

    परिषद्का कार्यकारी निर्देशक मिलन धरेल भने हतारिएर तालाबन्दी गर्नु प्रक्रियासंवत नभएको बताउँछन् । ‘तालाबन्दी गरेको भन्ने सुनेको छु । उहाँहरू अलि हतारिनुभए जस्तो लाग्यो । कुनै निकायमा आफ्नो पहिला मागपत्र पेश गर्ने हो । माग पत्र पेश गरेपछि भएन भने अलि दबाब दिने । त्यसपछि तालाबन्दी गर्ने हो,’ धरेलले नेपाल प्रेससँग भने, ‘कतिपय क्षेत्राधिकार बुझ्नुभएन भन्ने लाग्यो । राखिएका माग मध्ये ४ वटा मन्त्रालयले गर्ने हो । हामीकहाँ आएर अर्थ हुँदैन । बसेर छलफल गरौंला । हामीले कार्यान्वयन गर्न सकिने मागमा सहमति गर्न सकिन्छ ।’

    यस्ता छन् मागहरू

    १. २०७५ मा जारी भएको नयाँ ऐन अन्तर्गत नयाँ नियमावली आउनुपर्ने ।
    २. बालबालिका सम्बन्धी ऐन २०७५ को संसोधनको पक्षमा आधिकारिक धारणा प्रष्ट पार्नुपर्ने ।
    ३. २०४८ को नियमावली बमोजिम हाल मनोनित सबै विज्ञहरुलाई नयाँ नियमावली नआउन्जेल कार्य सम्पादनको जिम्मेवारी नदिने र हाललाइ सो विज्ञ सुची स्थगनमा राख्ने ।
    ४. अन्तरदेशीय धर्मसन्तानका नाममा नेपाली बालबालिकाहरूको बेचबिखन बन्द गरिनुपर्ने र यस अभियानले अनुसन्धान गरी सार्वजनिक गरेको तथ्यमाथि छानबिन गर्न मन्त्रालयलाई औपचारिक अनुरोध गर्नुपर्ने ।
    ५. सडक बालबालिकाहरुको उद्दार र व्यवस्थापनका निम्ती १०४ को व्यवस्थापनका लागि गुरुयोजना बनाइ तत्काल लागु गर्ने, जसअनुरुप पहिलो प्राथमिकतामा उनिहरुलाई उद्दार पस्चात राख्ने बालमैत्री अस्थाइ केन्द्र तत्काल निर्माण गर्नुपर्ने ।
    ६. प्रत्येक प्रदेशमा हिसापीडित बालबालिकाहरुको न्यायिक उपचार तथा संरक्षणका लागि एक सरकारी पुर्नस्थापना केन्द्र स्थापना गरिनुपर्ने ।

     

  • शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्य मुख्यमन्त्री प्रस्तावित

    शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्य मुख्यमन्त्री प्रस्तावित

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

    भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए ।

    शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अहिले प्रचण्ड-माधव नेपाल पक्षका नेताहरु प्रदेशसभा सचिवालयमा छन् । दर्ता प्रक्रिया चलिरहेकाे एक नेताले नेपाल प्रेसलाई जानकारी दिए ।

    आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेकाे छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

    प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

  • पदभार ग्रहण गर्दै ऊर्जामन्त्री रायमाझीले भने– एमसीसीको कार्यान्वयनमा लागौं (भिडियो)

    पदभार ग्रहण गर्दै ऊर्जामन्त्री रायमाझीले भने– एमसीसीको कार्यान्वयनमा लागौं (भिडियो)

    काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

    उनले भने, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुनसकेका छैनौं तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौं, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्नेछ ।’

    मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए । उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्ने भन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।

    सिंचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मन्त्रालयको काम कारबाहीबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

  • लोपोन्मुख भाषाको व्याकरण बनाउँदै आयोग

    लोपोन्मुख भाषाको व्याकरण बनाउँदै आयोग

    मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, स्युवा (कागते), मेचे आदि भाषाको व्याकरण निर्माण गरिसकेको छ भने दनुवारलगायत केही भाषाको व्याकरण निर्माण यही आर्थिक वर्षभित्र गर्ने भएको छ ।

    नेपालका भाषाको संरक्षण, सम्बर्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायको समेत सिफारिश गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले स्थलगतरूपमा विज्ञ र सरोकार भएकालाई परिचालन गरी मरणोन्मुख विभिन्न ३१ भाषाको पाठ र शब्द सङ्कलन, शब्दकोश निर्माण, भाषिक इतिहास लेखनका काम पनि गर्दै आएको छ ।

    आयोगले गत आर्थिक वर्षमा लिङ्खिम, बज्जिका, छन्त्याल, सन्थाली, भोट, शेर्पा, थामी, स्युवा, राजवंशी, उराउ, लोहरुङ, सुनुवार, गोपाली, ताजपुरिया, याम्फु, सोनाह, जुम्ली, याक्खा, चाम्लिङ, सम्पाङ, बेलहरे, लाप्चा, आठपुरिया, वाम्बुले आदि भाषाको अभिलेखीकरण गरिसकेको छ । दश हजारदेखि एक लाखसम्म वक्ता सङ्ख्या भएका भाषालाई लोपोन्मुख मानिन्छ ।

    नेपालमा विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार १२३ भाषा रहेकाेमा आयोगले थप आठ भाषाको पहिचान गरेको छ । आयोगका उपसचिव गेहनाथ गौतमका अनुसार मुलुकका एक लाखभन्दा बढी वक्ता र सङ्ख्या भएका भाषा १९ छन् । दश हजारदेखि एक लाखसम्म वक्ता सङ्ख्या भएका ३० भाषा छन् । दश हजारभन्दा कम वक्ता सङ्ख्या रहेका ३७ र एक हजारभन्दा कम वक्ता सङ्ख्या भएका ३७ भाषा छन् ।

    दनुवार (डोने) भाषाको व्याकरण निर्माणका लागि आयोगले भाषाशास्त्रीहरु डा कर्णाखर खतिवडा र डा दुर्गाप्रसाद दाहाल तथा वक्ता संयोजकका रूपमा सूर्यमाष दनुवारलाई यसै साता स्थलमा खटाएको छ । सो टोली अहिले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ मा कार्यरत छ । उक्त पालिकाका उपप्रमुख निर्मला शाहीले मातृभाषाको संरक्षण र स्थानीय पाठ्यक्रम निर्माणका लागि आफूहरुले पनि काम आरम्भ गरेको बताए ।

    वडा नं ८ का अध्यक्ष झलक पौडेलले सो वडामा ३२९ घरधुरी दनुवार जाति रहेकाेमा ढिलै भए पनि आयोगले व्याकरण निर्माणको काम थालेकामा खुशी व्यक्त गरे । काभ्रे, उदयपुर, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, ललितपुरलगायत जिल्लामा गरी करिब २१ हजार दनुवार भाषी छन् । तराई र पहाडी क्षेत्रका दनुवारको भाषिकासमेत भिन्नता पाइने विज्ञहरु बताउँछन् ।

    भाषाशास्त्री डा खतिवडाले आफ्नो मातृभाषाको महत्व र बोध सम्बन्धित समुदायलाई नहुँदा ती भाषा उपेक्षामा पर्दै आएको बताए । दनुवार जागरण समिति काभ्रेका अध्यक्ष गोपालकृष्ण राईले विगतको जनगणनामा कतिपय दनुवारले थरमा राई राख्ने गरेको तथा हिन्दू संस्कृतिमा हेलमेलका कारण आफ्नो जातिको यकिन तथ्याङ्क सङ्कलनमा समस्या देखिएको जनाए ।

    नेपालको संविधानको धारा २८७ मा आयोगलाई नेपाल सरकारसमक्ष सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सिफारिश गर्ने दायित्व प्रदान गरिएको छ । नेपाल सरकारले पूर्वसचिव डा लवदेव अवस्थीको अध्यक्षतामा २०७३ भदौ २३ मा आयोग गठन गरे पनि हालसम्म सदस्यहरु रिक्त छन् । आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउँदै आएको छ ।

    नेपालको संविधानको धारा ७ मा नेपाली भाषाको संवैधानिक पहिचान कायम गर्दै देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख गरिएको छ । यसैगरी संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भनी नेपालमा बोलिने भाषालाई राष्ट्रभाषाका रूपमा संवैधानिक पहिचान प्रदान गरिएको छ ।

    मुलुकमा नेपाली भाषा बोल्ने मातृभाषी सङ्ख्या ४४.६ प्रतिशत छ । यो भाषा पहाडमा २७.२९ प्रतिशत र तराईमा १३.१९ प्रतिशत मानिसले बोल्ने गरेको राष्ट्रिय जनगणना, २०६८ मा जनाइएको छ ।

    रासस ।

  • शेरधन राईले बोलाए प्रदेशसभा बैठक, तीन मन्त्रीको राजीनामा

    शेरधन राईले बोलाए प्रदेशसभा बैठक, तीन मन्त्रीको राजीनामा

    काठमाडाैं । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

    मुख्यमन्त्री राईले शनिवा रमात्रै अर्थमन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । यसैबीच सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।

    यद्यपि उनीहरुको राजीनामा मुख्यमन्त्रीसम्म पुगेको छैन । आजको मन्त्रिपरिषद बैठकमा उनीहरु तीनजना सहभागी भएका थिएनन् । उनीहरु प्रचण्ड-माधव नेपाल पक्षका हुन् । घिमिरेले संसदीय दलको निर्वाचनमा भने राईलाई साथ दिएका थिए ।

  • वामदेवलाई ठीक लागेको तीनबुँदे प्रस्ताव के थियो ?

    वामदेवलाई ठीक लागेको तीनबुँदे प्रस्ताव के थियो ?

    काठमाडौं । नेकपा सम्बद्ध केही कानून व्यवसायीले पार्टी विभाजनमा तटस्थ रहेका उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकता जोगाउन तीनबुँदे प्रस्ताव बालुवाटारमा पुर्‍याउन सुझाव दिए पनि प्रधानमन्त्री पक्षबाट तीनवटै प्रस्ताव अस्वीकार गरिएको चर्चा चलेको छ ।

    ती तीन बुँदा थिए- प्रतिनिधिसभा पुनर्स्थापना, नेकपा दुवै समूहको संयुक्त सरकार र एक-एक वर्ष केपी ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने ।

    तर यी तीनै प्रस्ताव अस्वीकार भएको गौतम निकट स्रोतले दाबी गरेको छ । कुनै पनि अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जानकारी आएपछि यो च्याप्टर क्लोज भएको गौतम निकट स्रोतले नेपाल प्रेसलाई बतायो ।

    यो प्रस्ताव गौतमकै थियो त ?

    स्रोत भन्छ– गौतम आफ्नै नभएर कुनै वकिलको थियो र यो प्रस्तावमा उनी पनि सकारात्मक थिए । तर कुनै हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जवाफ आएपछि यो सम्भावनाको अन्त भयो ।

    पार्टी विभाजनमा कतै नलागेका गौतम अब सर्वाेच्च अदालतको फैसला नआउन्जेल तटस्थ रहने स्रोतले जनाएको छ ।

    उनी शनिवारमात्रै प्रचण्डले बोलाएर खुमलटार पुगेका थिए । त्यहाँ प्रचण्ड माधव नेपाल लगायतका नेतासँग उनले छलफल गरेका थिए ।

    गौतमले आफू प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको बताएका थिए । तर उनले जे गरे पनि एकताको लागि ठाउँ बाँकी राखेर मात्र आफ्ना कदम चाल्न प्रचण्डलाई आग्रह गरेका थिए ।