Blog

  • काभ्रेमा ओली पक्षधर नेकपाको अध्यक्षमा अशोक ब्यान्जु चयन

    काभ्रेमा ओली पक्षधर नेकपाको अध्यक्षमा अशोक ब्यान्जु चयन

    काठमाडौं । सत्तारुढ नेकपाले काभ्रे जिल्ला कमिटी पुनर्गठन गरेको छ । जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाई र सचिव टोकवहादुर वाइबा प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि दुवैजनालाई पदबाट हटाएर नयाँ पदाधिकारी चयन गरेको छ ।

    जिल्ला इन्चार्ज गोकुल बास्कोटाको उपस्थितिमा मंगलवार बसेको जिल्ला कमिटी बैठकले अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु चयन गरेको छ । सचिव नारायण पाण्डे बनेका छन् ।

    उनी तत्कालिन एमालेको पनि जिल्ला सचिव थिए भने ब्यान्जु उपाध्यक्ष थिए । जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै नेता बास्कोटाले सूर्य चिन्ह र पार्टीको आधिकारिकता आफूहरुले पाउनेमा ढुक्क हुन भन्दै कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।

  • विदेशी दबाब, प्रभाव र हस्तक्षेप अस्वीकार्य : कमल थापा

    विदेशी दबाब, प्रभाव र हस्तक्षेप अस्वीकार्य : कमल थापा

    हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताएका छन् ।

    विदेशीको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समय पछि काङ्ग्रेस एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे ।

    मकवानपुरको आफ्नो चुनावी क्षेत्र बागमती गाउँ पालिकाको छतिवनमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले  विदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताए ।

    राप्रपा सबै धर्मलाई बराबरिको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रती आफ्नो आपत्ती नभएको तर योजनाबद्ध ढंगले धर्म परिबर्तन गराउदै हिड्ने प्रवृत्तिको भने बिरोध गरेको स्पष्ट पारे ।

    धर्म नास हुदा नैतिक मूल्य,मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार ,ब्यभिचार बढेर गएको धर्म प्रतिको अनास्था भएको बताए । कसै सङ्ग डर नभएर यस्तो भएको थापाको टिप्पणी थियो ।

    बिदेशीहरु आएर नेताको घर घरमा गरेको दौडले स्वाभिमान र सार्बभौमिकता कमजोर भएको थापाको भनाई थियो । बिदेशी प्रभाव र हस्तक्षेपको थापाले चर्को बिरोध गरे ।

    चुनाव जित्ने संगठन अहिलेको आबश्यकता भएको थापाको भनाई थियो ।कार्यक्रममा बोल्दै राप्रपा कार्यसम्पादन समितिका सदस्य मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल साबित भएकोले अब जनताले राप्रपालाई रोज्नुपर्ने बिचार ब्यक्त गरे ।

    जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,क्षेत्रीय अध्यक्ष राजाराम अर्याल,गोबर्धन गौतम ,राजन घिमिरे लगायतले बोलेको कार्यक्रममा विभिन्न ब्यक्तिलाई थापाले पार्टी प्रवेश गराएका थिए ।

  • ओली नवतानाशाह भएको झाँक्रीको आरोप

    ओली नवतानाशाह भएको झाँक्रीको आरोप

    सुर्खेत । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भएको आरोप लगाएकी छिन् । जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई ओलीले दुरुपयोग गरेको उनको तर्क छ ।

    संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको धज्जी उडाएको भन्दै संसद पुनःस्थापना हुने आश व्यक्त गरिन् । मंगलबार वीरेन्द्रनगरको विरोधसभालाई सम्बोधन गर्दै झाक्रीले भनिन्– हामीलाई अदालतप्रति भरोसा छ, संसद पुनःस्थापना हुन्छ ।

    उनले कांग्रेसलाई पनि ओलीको लाइनमा हिँडेको आरोप लगाइन् । उनले कांग्रेसलगायत दललाई संसद विघटनविरुद्ध एकजुन हुन पनि आग्रह गरिन् ।

  • थप ७०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

    थप ७०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ६ हजार ३९६ जना छन् ।

    यस्तै आज ७३१ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८४० पुगेको छ।

  • ‘विद्या भण्डारी गणतन्त्रमा आउन मान्नुभएको थिएन’

    ‘विद्या भण्डारी गणतन्त्रमा आउन मान्नुभएको थिएन’

    म २०६३ को कुरा स्मरण गराउन चाहन्छु । लोकतान्त्रिक गणतन्त्रको माहोल बनिसकेको थियो । हामी पनि देशमा गणतन्त्रको पक्षमा उभिएका थियौं । बालकोटस्थित केपी शर्मा ओलीको घरमा पुगेका थियौं । त्यहाँ गणतन्त्रको विषयमा छलफल चलिरहँदा ओलीले भनेका थिए– बयलगाडा चढेर अमेरिका पुग्न जति असम्भव छ, त्यतिकै असम्भव छ यो टापनटिपन आन्दोलनबाट देशमा गणतन्त्र ल्याउन । हाम्रो आन्दोलनलाई घोच्याउन, जिस्क्याउन उनले बालकोटमा यसरी उडाइरहेका थिए ।

    हामीले ओलीको कुरालाई पर्वाह गरेनौं । अगाडि बढ्दै गयौं । आन्दोलनले गणतन्त्र ल्याएरै छाड्यो । केपी ओली त्यसपछि कुदेर अन्तरिम मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्रीका लागि निवेदन हाल्न पुगे, माधव नेपालसमक्ष । त्यतिबेला माधव नेपाल महासचिव थिए । अनि ओलीले नेपाललाई भने– मलाई उपप्रधानमन्त्री बनाउनुस् ! मलाई बडो आश्चर्य लाग्यो ।

    अर्को एउटा घटना भन्छु । २०५४ देखि २०६९ सम्म म लगातार केन्द्रीय कमिटीको सदस्य थिएँ । त्यसबीचमा कुनै यस्तो बैठक छैन, जुन बैठकमा म अनुपस्थित थिएँ । सबै बैठकमा म सहभागी भएको छु । १५ वर्षको बैठकको हरेक कुरा मलाई स्मरण छ । सबै पीडा मनभित्र राखेको छु । आन्दोलन तयारीको हामीले अन्तिम बैठक गर्दै थियौं । त्यतिबेला पहिलो जेनेरेशन माधव, झलनाथ कमरेडहरूको थियो र सेकेन्ड जेनेरेशनमा हामीहरू थियौं ।

    लडाइँ गर्न, कुटाइ खान, गोली खान त हामीहरू जन्मेकै छौं । हामीहरूको त जन्म नै यसकै लागि भएको छ, तर केही मान्छेको जन्म भने केही राम्रो चिल्लो खानेकुरा खानलाई र सत्ताको अभ्यास गर्नलाई भएको जस्तो छ ।

    हामीहरूको मनमा थियो– पटक पटक आन्दोलन गर्छौं । तर राजासँग साँठगाँठ रहिरहन्छ । पूर्ण रूपमा प्रजातन्त्र र लोकतन्त्र ल्याउन सकिरहेका छैनौं । प्रजातन्त्रलाई पाँच वर्ष पनि टिक्न दिंदैनन् र मारिदिन्छन् । त्यसैले गणतन्त्रका लागि अब निर्णायक आन्दोलन गरी राजतन्त्रलाई समाप्त पार्ने सोचका साथ अगाडि बढ्ने निष्कर्ष निकालेका थियौं ।

    हामी केन्द्रीय सदस्यहरू सबै जना खडा भई हात उठाएर भन्यौं– तपाईंहरू अब कुनै हचुवा निर्णय गर्नुहुन्छ भने मान्दैनौं । त्यसपछि पार्टीका नेताहरूलाई त बडो मुश्किल भयो । निर्णय गर्ने बेलामा नेताहरूले केही साथीहरूसँग बुझेर निर्णय गर्नुपर्ने भएकाले आज नभएर भोलि बसौं भने । त्यतिबेला केपी ओली योजनाबद्ध ढंगले शुरुदेखि नै बैठकमा आएनन् । उनी बालकोटमै थिए, तर बैठकमा सहभागी भएका थिएनन् ।

    त्यतिबेलाको उक्त बैठकमा केही लेखिएको कागजको एउटा टुक्रा लिएर विष्णु पौडेल (जो अहिले अर्थमन्त्री छन्) आए । र मन्तव्य राखे– यो गणतन्त्रले जनताको बहुदलीय जनवादलाई ओझेलमा पार्छ । त्यसैले गणतन्त्रको पक्षमा एमाले जानुहुँदैन ।

    त्यसपछि उनले ‘नोट अफ डिसेन्ट’ लेख्ने भने । म ऐतिहासिक कुरा सुनाउँदैछु । पौडेल ‘नोट अफ डिसेन्ट’ लेख्न अगाडि बढे । तर उनको पछि–पछि भएका कृष्णगोपाल श्रेष्ठलगायतका अन्य दुई÷तीन जनाले रोके ।

    त्यही बैठकमा अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि जनताको बहुदलीय जनवादको बेला गणतन्त्रको कुरा गर्न लागेको भन्दै रिसाएकी थिइन् । त्यसपछि मैले सम्झाएँ– तपाईंहरू धेरै प्रतिष्ठित व्यक्ति हुनुहुन्छ । जनताको बहुदलीय जनवादको हवाला दिंदै बोल्दै हुनुहुन्छ, यो गलत हो । जनताको बहुदलीय जनवादका १४ विशेषताको एक/एक बुँदा निकाल्नुस् । त्यो बुँदाहरूमा गणतन्त्रको कल्पना गरेको छ कि छैन हेर्नुस् त ! गणतन्त्रको बुँदा प्राथमिकतामा छ । गणतन्त्र विरोधी काम गर्नुहुँदैन भनेपछि जबर्जस्त रूपमा छलफल भयो । तर पनि विद्यादेवी भण्डारी कलम निकालेर ‘नोट अफ डिसेन्ट’ लेख्न लागेकी थिइन् ।

    अदालतमाथि विश्वास गर्छौं तर भरोसा भने गर्दैनौं । भरोसा जनतामाथि मात्र गर्छौं । जनता सार्वभौम हो । नेपाली जनताकै बलिदानीले लोकतन्त्र, गणतन्त्र, संघीयता आएको छ, त्यसैले जनतामाथि भरोसा छ । आन्दोलनबाट भएको उपलब्धि रक्षा गर्नका लागि जनता जस्तोसुकै बलिदानी दिन तयार छन् ।

    विद्यादेवी भण्डारीकै छेउमा बसेकी उर्मिला अर्याललाई मैले त्यतिबेला पछाडिबाट भनें– उहाँ त मदन भण्डारीको श्रीमती हुनुहुन्छ । पार्टीको इतिहास र देशको मर्यादासँग जोडिएको व्यक्ति हुनुहुन्छ । उहाँले कतै ‘नोट अफ डिसेन्ट’ लेखिदिनुभयो भने पार्टीका लागि धेरै लज्जास्पद विषय हुन्छ । त्यसैले उहाँलाई रोक्नुस् ।

    म त पुरुष मान्छे । उहाँ (विद्यादेवी भण्डारी) को हात कसरी समात्नु ? त्यही भएर उर्मिलाजीलाई इशारा दिएँ– समात्नु न उहाँलाई । हात समातेर बसाल्नुस् । जेहोस् उर्मिलाले उहाँको कसेर समाउनुभयो र बस्न लगाउनुभो ।

    मैले पनि भनें, ‘बस्नुस् न विद्या कमरेड, बस्नुस् । तपाईं धेरै मर्यादित व्यक्ति हुनुहुन्छ । तपाईं किन ‘नोट अफ डिसेन्ट’ लेख्न तम्सिनुभो ? लेख्न दिनुस् न विष्णु पौडेलज्यूहरूलाई, को को लेख्छन् । तपाईं नलेख्नुस् ।’ त्यसपछि विद्या कमरेड बस्नुभयो ।

    उहाँहरू अहिले गणतन्त्रको पहिलो फल खानका लागि लाज पचाएर अगाडि बढ्नुभयो । एउटा राष्ट्रपति र अर्को प्रधानमन्त्री भइहाले । गणतन्त्रको विरोधमा खडा भएकाहरू पछि आएर गणतन्त्रको पक्षमा उभिए । जतिबेला गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार बन्दैथियो; माधव कमरेडको निवासमा पुगेर मैले भनेको थिएँ– यसपालि कसलाई नेतृत्वको जिम्मा दिएर सरकारमा पठाउने ? माधव कमरेड मेरो मुखतर्फ हेर्थे तर बढी बोल्दैनथे । मैले भनें– मेरो कुरा पनि सुन्नुस् न !

    अनि के छ तपाईंको कुरा ? माधवजीले सोधेपछि मैले भनें– हेर्नुस्, अहिले मन सफा भएको व्यक्तिलाई सरकारमा पठाउनुस् । दृष्टिकोण सफा नभएकालाई नपठाउनुस् ।

    मेरो आशय के थियो भने आन्दोलनको नेतृत्व गर्दा माधव कमरेड थुनामा परेपछि नेतृत्व वास्तवमा झलनाथ खनालले गरेका थिए । कार्यवाहक महासचिवको जिम्मा लिएर आन्दोलनको नेतृत्व गरी १२ बुँदे, १० बुँदेलगायतका तयारी झलनाथ गरेका थिए । त्यसैले हाम्रो भनाइ थियो– झलनाथ कमरेडकै नेतृत्वमा सरकारमा पठाइयोस् । तर माधव कमरेडले भने, पार्टीमा थोरबहुत असमत हुनेलाई पनि समेटेर लैजानुपर्छ । त्यही भएर यसपालि मैले केपी ओलीको नेतृत्वमा पठाउने मूड बनाएको छु ।

    मैले त्यतिबेला नै माधव कमरेडलाई भनेको थिएँ, ‘ओलीले बिगार्छन् । तपाईंको लागि पनि टाउको दुखाइ हुन्छ । पार्टी र देशको लागि पनि टाउको दुखाइ हुन्छ बुझिहाल्नुस् ।’ माधव कमरेडले त मन बनाइसकेका थिए कि केपी ओलीलाई समेटिसकेपछि पार्टी मजबूत र प्रतिपक्षी धार कमजोर हुन्छ । त्यो त उहाँको बुझाइ थियो । तर ओली उपप्रधानमन्त्री बनेदेखि नै प्रतिपक्षी धार र गुटबन्दीलाई उद्याउन थाले । र उद्याउँदै उद्याउँदै पहिलो संविधानसभा नै भंग गर्ने ओली नै हुन् । पहाडी–मधेशीको नारा दिएर संविधानसभा भंग गरियो ।

    हामीले ४२२ सांसद (दुईतिहाइ भन्दा बढी)ले हस्ताक्षर गरेर दिएका थियौं । तर त्यसका बाबजूद सुवास नेम्वाङ जो मतियार छन् । नेम्वाङलाई उनीहरू (ओली पक्ष)ले भने– सभा नै संचालन नगर्नुस् । ४२२ जना त्यतिकै चिच्याइरहन्छन् । अनि कसरी निर्णय हुन्छ ? त्यही भएर नेम्वाङले अन्तिम मितिसम्म सभा संचालन गरेनन् । र, संविधानसभाको अकाल मृत्यु भयो ।

    म के भन्छु भने जुन व्यक्तिलाई जे मनसाय हुन्छ, त्यो शुरूदेखि नै देखिन्छ । मैले अस्ति पनि माधव कमरेडलाई भनें– जसको बारेमा तपाईं भन्नुहुन्छ यताउता गर्नुहुन्छ, त्यो मान्छे यहाँ आइपुगेन । र भन्नुहुन्छ कि आउँछन्, त्यो मान्छेलाई त म नस–नस चिन्छु । अहिले केही बोल्दिनँ । छातीमा पत्थर राखेर चुपचाप हामी देखिरहेका छौं ।

    वास्तवमा आज प्रकट भइसक्यो– श्रीमतीलाई शपथग्रहण गराउन हुल बाँधेर अगाडि पछाडि गरियो । जस्तो कि मन्त्री बन्नकै लागि जन्मेका छन् । मन्त्रीकै लागि राजनीति गरिरहेका छन् । यस्तो व्यक्तिहरूबाट घेरिएको थियो पार्टी । २०३२ साललाई छाडौं, हामी त २०४६ सालदेखि सबै जना सँगसँगै आन्दोलन गरेको कुरा त मेरो उमेरका सबैलाई थाहै होला । अहिले मन्त्री बनेकाहरूले कहिले आन्दोलन गर्नुभयो तपाईंहरू नै मलाई भन्नुस् ।

    लडाइँ गर्न, कुटाइ खान, गोली खान त हामीहरू जन्मेकै छौं । हामीहरूको त जन्म नै यसकै लागि भएको छ, तर केही मान्छेको जन्म भने केही राम्रो चिल्लो खानेकुरा खानलाई र सत्ताको अभ्यास गर्नलाई भएको जस्तो छ ।

    अहिले संकटमा परेपछि पार्टीका लागि फेरि काँध थापेर खडा छौं । कुन पद कसले भेट्यो, कुन भेटेन भन्ने कुरा छाडौं । पद आउँछ, जान्छ । आन्दोलनमा अगाडि गएपछि सबैले प्रशंसा गर्छन् ।

    जुन आन्दोलनमा धनुषाका कार्यकर्ता अगाडि बढ्छन्, त्यो आन्दोलन सफल हुन्छ, हुन्छ । केपी ओलीलाई म चुनौती दिन चाहन्छु– धेरै फुरफुर बोल्नुहुन्छ । नीति वा सिद्धान्तको कुरा होस्, चाहे जनपरिचालनको कुरा । तपाईंको दाँत तोड्नका लागि धनुषाका कार्यकर्ता तयार छन् । मैदानमा आउनुस् । कति प्रहरी र सेना हाम्रो विरोधमा खडा गर्नुहुन्छ । सबैसँग जुध्न तयार छौं । धूलो चटाएर छाड्छौं ।

    अब केही कानून र संविधानको कुरा गर्छु । हेर्नुस्, यो २०७२ को संविधान हो (संविधानको किताब देखाउँदै) । राजा ज्ञानेन्द्रले एक पटक त गिरिजाप्रसाद कोइरालाले एक पटक संसद विघटन गरे । यसरी पटक पटक निर्वाचित निकायको विघटन गर्ने जुन तरिका रह्यो, त्यसबाट आजित भएर यो संविधानमा व्यवस्था गरियो– निर्वाचित प्रतिनिधिलाई समयभन्दा अगावै विघटन नगर्ने । कुनै दलको स्पष्ट बहुमत नहुनु र सबभन्दा ठूलो दल वा एकभन्दा बढी दल मिलेर ३० दिनभित्र सरकार बनाउन नसकेको अवस्थामा संसद विघटन हुने संविधानले व्यवस्था गरेको छ । तर अहिले जुन तरिकाले संसद विघटन गरियो, त्यो संविधानमा छैन ।

    जो पूरा घर खानका लागि भान्सा पकाएर राखेका छन्, त्यो भान्सालाई फाल्छन् र फेरि कहीं भान्सा पकाउँछन् ? त्यस्तो भान्सेलाई के भन्ने ? खानेक्रममा कोही पाहुना आयो र खाना सकिएपछि फेरि पकाउने हो । तर भाँडो भरी भात छँदैछ भने कुनै पनि बुद्धि भएको मान्छेले फालेर खाना पकाउँदैन । अहिले संसद विघटन गर्नु भनको ओलीले खाना फालेर फेरि पकाउन शुरु गर्ने काम गरेका छन् ।

    अब अदालतले के गर्छ म जान्दिनँ । न्यायपालिकामाथि हामी विश्वास गर्छौं तर केही व्यक्तिको बानी यस्तो हुन्छ, कतिबेला के गर्छन् ठेगान हुँदैन । ज्ञानेन्द्रको पालामा पनि अदालतमाथि त विश्वास थियो, तर केही विषयमा राम्रो निर्णय गरे पनि मूल विषय बिगारियो । त्यसैले अदालतमाथि विश्वास गर्छौं तर भरोसा भने गर्दैनौं ।

    भरोसा जनतामाथि मात्र गर्छौं । जनता सार्वभौम हो । नेपाली जनताकै बलिदानीले लोकतन्त्र, गणतन्त्र, संघीयता आएको छ, त्यसैले जनतामाथि भरोसा छ । आन्दोलनबाट भएको उपलब्धि रक्षा गर्नका लागि जनता जस्तोसुकै बलिदानी दिन तयार छन् ।

  • हामी छाड्नेवाला छैनौं, केपी ओली तयार भए हुन्छः प्रचण्ड

    हामी छाड्नेवाला छैनौं, केपी ओली तयार भए हुन्छः प्रचण्ड

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतप्रति विश्वास रहे पनि अन्तिम लडाइँ जनताकै बलमा लड्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित सभालाई काठमाडौंको भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले भोलि नै केपी ओलीविरुद्ध अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।

    सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– प्रगितमनका मतियारहरुले बुझे हुन्छ, प्रधानमन्त्री भ्रममा नबसे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं । आफ्नोतर्फबाट तयारी गरे हुन्छ । कति सक्ने हो गरे हुन्छ, हामी छाड्नेवाला छैनौं ।

    प्रचण्डले दुनियाँले असंवैधानिक भनेको प्रतिनिधिसभा विघटनको कदमलाई सर्वाेच्च अदालतले सुन्नुपर्ने भन्दै अदालतभन्दा आफूहरु जनताको भरमा रहेको बताए ।

  • मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

    मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुर्नगठन गरिनु संविधान विपरीतको काम भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    रिटमा मन्त्रिपरिषद् पुनर्गठनको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरीम आदेश माग गरिएको छ ।

  • उखु किसान नारायणरायले बक्यौता रकम लिन नपाउँदै प्राण त्यागे

    उखु किसान नारायणरायले बक्यौता रकम लिन नपाउँदै प्राण त्यागे

    काठमाडौं । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ ।

    सरकारले यादवको बक्यौता २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो । यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको पाँच करोड दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो ।

    सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका किसानका रु ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो । किसानले भने आफूहरुको कूल बक्यौता  ९५ करोड रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।

    उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको  १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने बताए । गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडौंको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए ।

    यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भई मृत्यु भएको थियो । सरकारले उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरुलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।

    ३३ करोड बक्यौता भुक्तानी

    उखु किसानको आन्दोलन शुरु भएपछि तीन चिनी मिलले ३३ करोड बक्यौता भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी शुरु गरिसकेका छन् ।

    उनका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले दुई करोड भुक्तानी गरिसकेका छन् ।

    सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको  ३५ करोड, लुम्बिनी सुगर मिलको  आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको  सत्र करोड बक्यौता छ ।

  • ‘पुस्तक पढेपछि थुप्रै भ्रम मेटिन्छ’

    ‘पुस्तक पढेपछि थुप्रै भ्रम मेटिन्छ’

    काठमाडौंं । इटहरीका युवा लेखक विकेश कविनले सानो छँदा बालसाहित्य पढ्न रुचाउँथे । विस्तारै अन्य क्षेत्रबारे पनि बुझ्नु पर्छ भन्ने लाग्यो । त्यसपछि उनमा पठनको विस्तार भयो । अध्ययनको रफ्तार बढ्दै गएपछि विकेशलाई लाग्यो– हामी थुप्रै भ्रमसाथ बाँचिरहेका हुन्छौं । ती भ्रम र संकीर्णताबाट बाहिर आउँन पठन आवश्यक रहेछ ।

    आइएमई लिट्रेचर फेस्टिभलको ‘पढ्ने पढाउने हुटहुटी’ नामक सेसनमा उनले आफ्नो पठन अनुभवबारे सुनाइरहेका थिए । वक्तामा विकेशसँगै फरक परिवेश र फरक पृष्ठभूमिका काठमाडौंकी मानुश्री महत र कपिलवस्तुका हरि खनाल पनि सहभागी थिए । प्रस्तोता थिइन् पत्रकार स्वेच्छा राउत ।

    विकेशलाई जस्तै स्वेच्छाले मानुश्रीलाई पनि पठन अनुभवबारे सोधिन् । मानुश्रीले सुरु सुरुमा पढ्नको लागि प्रशस्त पुस्तकहरू हुने गरेको अनुभव साटिन् । जब पठन यात्रा अघि बढ्दै गयो, त्यसपछि आफूले खोजेको पुस्तक पाउन उनलाई कठिन हुँदै गयो । विस्तारै आफ्नो रुचिका विषयका पुस्तक पढ्दै जाँदा पुस्तकको खोजी गनुपर्ने अनुभव उनको थियो । पढ्ने बानीको विकास भएपछि धेरै नयाँ कुरा सिकिने उनलाई अनुभूति भयो ।

    कपिलवस्तुका हरि खनालसँग भने पढ्नुको मात्र हैन, पढाउनुको पनि फरक अनुभव छ । अध्ययनमा निकै रमाउने हरि राष्ट्रिय पुस्तकालयको सुरुवात गर्दै कारागारमा पठन संस्कृतिको विकास गराउने अभियानमा छन् । उनी आफ्ूले अध्ययनमार्फत् जीवनबाट उठाइहेको आनन्द अरूलाई पनि बाँड्न चाहन्छन् । ज्ञान अरूलाई दियो भने त्यो जीवन्त हुने उनको बुझाइ छ ।

    युवामा पठनको विस्तार

    विकेश राम्रो लेखक हुन राम्रो पाठक हुन जरुरत रहेको बताँछन् । किताब पढ्दैमा पठन पूरा हुन्न भन्ने उनको बुझाइ छ । ‘किताब पढ्दैमा पठन सकिने भ्रम हो । पठन आफैंमा बृहत् हैन,’ उनी भन्छन् । पठनले ज्ञान र शब्दभण्डार बृहत बनाउने विकेशको बुझाइ छ ।

    आफ्नो पठनलाई विस्तार गर्न उनले विभिन्न भाषाहरूका लेख र पुस्तकहरू पढ्ने गरेको सुनाए । आफूमात्र नभई अन्य साथीलाई पनि पढाउनुपर्छ भनेर विकेशले ‘साहित्यिक पाइलाहरू’ नामक पेजबाट ४ वर्षअघि साहित्यिक र पठननीय सामग्री सेयर गर्न थाले । अहिले उनको पेजबाट सेयर भएका सामग्री पढ्नेहरू बढ्दै गइरहेका छन् ।

    मानुश्रीले आफूले पढेको कुरा साथीहरूलाई सेयर गर्ने र पढ्नलाई अभिप्रेरित गरिरहेकी हुन्छिन् । उनी नपढ्ने साथीलाई पनि आफूले पढेको स्टोरी सेयर गरेर पढ्न उक्साउने गरेको बताउँछिन् ।

    अभियन्ताकै रुपमा चिनिएका हरि भने कारागारमा रहेका कैदीबन्दीलाई पढाउन पुस्तकालय अभियान चलाइरहेका छन् । उनी भन्छन्, ‘कारागार भनेको समाजभन्दा बाहिरको हिस्सा हैन । कुरुपतालाई लुकाउन कारागार बनाएको हो । हामीले त्यसैमा प्रहार गरिरहेका छौं ।’

    यसरी उनीहरूलाई पनि पढाउन सके समाजमा असल कर्महरू हुने उनको आशय थियो ।

  • अनि तीन भाईनै खोरमा थुनिनुपर्‍याे

    अनि तीन भाईनै खोरमा थुनिनुपर्‍याे

    सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो । आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै गर्दा बेहुली घर सिन्धुलीस्थित छोराकै कारण सन्नाटा छाउँदै थियो ।

    सिन्धुलीमा लगनगाँठो कसेर सिन्दूरपोतेपछि बिहे अन्तिम सङ्कल्प गर्ने बेला रुद्रबहादुरले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि बेहुली घरको त्यो वैवाहिक रौनक एकाएक बदलियो । “दुलही घरमा छोराको त्यो वचन सुनेर म छाँगाबाट खसे झैँ भएँ, दिउँसै सपना देखेँ, त्यसपछि मलाई चौकी पुर्‍याए”, बाह्र वर्षअघिको क्षण सम्झँदै बुबा उनबहादुरले भने, “मैले बेहुली पक्षलाई रु एक लाख १० हजार जरिवाना तिरेर छोरो फर्काएँ ।”

    त्यो बेला रुद्रबहादुरमा मनोरोगको शिकार भइसकेका थिए । भारतको राँचीमा उपचार गराउँदा ठीक भएपछि बिहेको चाँजोपाँजो मिलाइएको थियो । उनलाई छोराको बिहे गराउने मन त कत्ति पनि थिएन तर गाउँले र आफन्तबाट बिहेपछि रोग पूर्ण निको हुने भनेर आएको सुझावलाई नकार्न सकेनन् । निको भइहाल्छ कि भन्ने झिनो आशा बोकेर छोराको बिहे गराउन राजी भएका उनबहादुरका सपना छोराकै कारण चकनाचुर भयो । त्यो चिन्ताले झण्डै उनी आफैँ मनोरोगीको सिकार हुनु परेको छिमेकी सम्झन्छन् । बेलाबेलामा उन्को मन पनि एकोहोरिन्छ । पुराना गाविस उपाध्यक्ष गाउँको गन्यमान्य उनबहादुर पीडा सहेर छोराका उपचारमा लागेको सुनाउँछन् ।

    त्यसबेला साहिँलो छोरा हेमबहादुर (भगवान्) मनोरोगी भएको झण्डै पाँच वर्ष बितिसकेको थियो । उनको उपचार चल्दै गर्दा कान्छोलाई रोगले समातेपछि कार्की परिवारमा पीडामाथि पीडा बल्झियो । परिवारको चिन्ताले जेठो पवनलाई पनि केही महिनादेखि मनोरोगले समातेको छ । तीनै छोराको चिन्ताले आमा हीराकुमारीको मस्तिष्कमा पनि असर परिसकेको छिमेकी बताउँछन् । हरिवन नगरपालिका–११ का सदस्य सुकदेव कार्की उनको परिवार नै कुनै न कुनै प्रकारको मनोरोगबाट प्रभावित रहेको सुनाए ।

    तीनमध्ये मनोरोगबाट सबैभन्दा बढी प्रभावित रुद्रबहादुरको उपचारमा लाखौँ खर्च गरे पनि निको हुनुको साटो रोग बल्झिँदै गयो । रुद्रबहादुर बिस्तारै आक्रामक हुँदै युवती देख्न नहुने, छरछिमेकका सामान फुटाउने तोडफोड गर्ने, मानिसलाई आक्रमण गर्ने, घरका झ्यालढोका, मोटरसाईकल, साइकल फोर्न थाले । त्यसैले दुई वर्षअघि घरमा फलामे बारको खोर बनाएर परिवारले थुन्नु परेको थियो । उनलाई फलामे खोरमा राख्नसमेत मुस्किल भयो । हातमा लगाएको साङ्लो चुँडाल्न थालेपछि र खोर भत्काउन थालेपछि झन् समस्या भयो । परिवारले चारैतिरबाट डोरीको लट्ठाले उनी राख्ने खोरलाई बाहिरबाट मोरेर राखेका थिए ।

    त्यति गर्दासमेत रुद्रको उद्दण्डपन रोकिएन । उनले खोरबाट निस्कने अनेक उपाय रचे । विगत छ महिनाअघि भुइँ कहिले हातले त कहिले भेटिएका सामग्रीले खोरभित्र खन्न थालेपछि परिवार नै छक्क परेको थियो । एक हप्ताअघि भने पल्लो कोठासम्मै सुरुङ खनेर बाहिर निस्किएको आमा हीराकुमारीले सुनाइन् । “शुरुमा कसैलाई पनि किन खोतल्लो भन्ने भेउ भएन, सुरुङ नै बनाएर भाग्यो, त्यसपछि पो भाग्न बनाएको भन्ने चाल पाइयो”, छोराले खनेको सुरुङ देखाउँदै उनबहादुरले घटना विवरण सुनाएका  थिए । परिवारले उनलाई फेरि खोरमा राखी सुरुङको ढोकामा खाट घोप्ट्याए बन्द गरेका थिए ।

    रुद्रबहादुरलाई बाह्र वर्षअघि सम्म कुनै समस्या थिएन । राति चल्ने सवारी साधनको चालक भएर निकै समय काम गरेका थिए । त्यसपछि रुद्रबहादुर २२ महिना कतारमा वैदेशिक रोजगारी गरेरसमेत फर्किएका थिए । काम गर्दै गर्दा एकपटक काम गर्ने कम्पनीका व्यवस्थापकलाई तैले कम्पनी चलाउन सकिनस् ले म चलाउँछु भनेर धम्क्याएपछि कम्पनीले टिकट काटेर घर पठाइदिएको बुबा उनबहादुर सुनाउनुहुन्छ । त्यसपछि एक वर्ष राँचीमा पुर्‍याएर उपचार गरिएको थियो । केही ठीक भएपछि पुनः रोग बल्झियो । मान्छेलाई नै मार्न खोजेपछि भने बाध्य भएर थुन्न परेको उनबहादुर गुनासो गर्छन् ।

    साहिँला हेमबहादुर शुरुमा वीरगञ्ज नेशनल कलेजमा काम गर्दागर्दै एक व्यक्तिले २० हजार जागिर लगाइदिने लोभमा दिल्ली पुर्‍याएको र त्यहाँ दलालले फसाएपछि मनोरोगी बनेर घर आएको परिवारले जनाएको छ । उनीहरुलाई परिवारले धामी, झाँक्री, औषधिमूलो गर्नेदेखि सुधारगृहमा राख्दासमेत उपचार सफल हुन नसकेको जनाएको छ । दाजुभाइको पीडाले माइलो छोरा भने घर छाडेर अन्यत्रै काम गर्दै आएका छन् ।

    परिवारकै चिन्ताले जेठामा समस्या

    दुई भाइ मनोरोगी भएपछि जेठो दाइ पवनले वैदेशिक रोजगारबाट कमाएको सबै पैसा उनीहरुकै उपचारमा खर्च गरेको छिमेकी सुनाउँछन् । परिवारको चिन्ताका कारण जेठो पवन पनि विगत केही महिनादेखि मनोरोगी भएका छन् । एक वर्षदेखि सामान्य समस्या देखापरेकामा दशैँदेखि भने अलि बढी भएको श्रीमती देवकी भनिन् ।

    देवकी कार्की गएको दशैँदेखि अन्य दुई भाइ जस्तै गरी श्रीमान् पवन पनि टोलाएर गाउँगाउँ डुल्न थालेको बताउँछिन् । मनोरोगी तीन भाइ र बुबाआमाको पालनपोषण र जिम्मेवारी देवकीको गर्दै आएकी थिइन् । छ सन्तानकी आमा उनी रातदिन भारोपर्म मेलापात गरेर परिवार पाल्दै आएकी छिन् ।

    छिमेकीका अनुसार ३५ वर्षका होमबहादुर १७ वर्षदेखि, कान्छो रुद्रबहादुर १२ वर्षदेखि र जेठो पवन गएको दशैँदेखि मनोरोगी भएका छन् । छोराहरुको पीरले आमाको बोलीमा ठेगान हुन्न । बुबा उनबहादुर पनि बेलाबेलामा विक्षिप्त हुनुहुन्छ । कार्की परिवारलाई छरछिमेक तथा स्थानीय तहले बेलाबेलामा सहयोग दिँदै आएको थियो तर दीर्घकालीन समाधान हुन सकेको थिएन ।

    यसरी गरियो उद्धार

    सोमबार पुग्दा उनलाई घरको अघिल्लो भागमा रहेको चारकुने फलामे खोरमा बसिरहेका थिए मनोरोगी रुद्रबहादुर । उनी भाग्लान् भन्ने डरले बाहिर सुरुङको प्वाललाई खाट खोप्ट्याएर टालिएको थियो । खाटलाई डोरीको लट्ठाले कसेर राखिएको थियो । त्यही बेला मानवसेवा आश्रमको राष्ट्रिय उद्धार अभियानअन्तर्गत मेची¬महाकाली सडक यात्रामा निस्किएको समूहले उहाँको उद्धार गरेको हो ।

    बुबा उनबहादुरले पूजापाठ गर्ने भएर होला रुद्रबहादुरको मुखबाट हरेक पटक भगवान् शब्द निस्किरहन्छ । बेलाबेलामा उनले बुबालाई समेत आक्रमणको प्रयास पनि गर्छन । “यसलाई म छुँदैछुन्न, मार्ला भन्ने डर हुन्छ, मनपरी बोल्छ”, आँखामा टिलपिल आँसु पारेका उनबहादुरले भने, “मलाई भगवान्सँग विश्वास छ, तपाईंहरु आश्रमलाई देखाउँदै भगवान्को कृपाले मेरो समस्या हेर्न आउनुभयो, छोरालाई ठीक पारिदिनोस् ।”

    आश्रमका अध्यक्ष रामजी अधिकारीले भरोसा दिँदै भने, “हाम्रो प्रेमको औषधि पाएपछि छिट्टै कर्म भूमिमा फर्कनुहुन्छ, ढुक्क हुनुहोला ।” जवाफमा उनबहादुरले आश्रमलाई शुभकामना दिए अनि भने , “म जस्ता पीडित धेरै छन्, समाजमा उहाँहरुको पनि यसैगरी उद्धार गरिदिनुहोस् ।” उनीहरुलाई हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको उपस्थितिमा उद्धार गरिएको थियो । इन्द्रबहादुरलाई थप उपचार गर्नुपर्ने भएकाले तत्कालै एम्बुलेन्समा राखेर काठमाडौँ पठाइएको र अन्य दुई दाजुभाइलाई हरिवनस्थित आश्रममा राखिएको आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिए ।

    “दोस्रो भगवान् बनेर आएको आश्रमले पुण्य काम गर्‍यो, उनीहरु राम्रो भएर फर्किएको हेर्ने चाहना छ”, छिमेकी श्रीध्वज उद्धारका क्रममा सुनाए । छोराहरुलाई उद्धार गरेर एम्बुलेन्समा हाल्दै गर्दा आमा हीराकुमारी एकछिन खुशीले बेहोस् नै भइ । टम्म उभिएका छिमेकीहरुले उद्धार भएकामा खुशी साटेका थिए ।रासस

  • प्रचण्डले भने– आजको सभा अदालतलाई फैसला गर्न सहजीकरणका लागि हो

    प्रचण्डले भने– आजको सभा अदालतलाई फैसला गर्न सहजीकरणका लागि हो

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीविरुद्ध कडा टिप्पणी गर्दै भनेका छन्– केपी ओली गणतन्त्रवादी नेता होइनन् भन्ने थाहा थियो । उहाँको बयलगाडाको सिद्धान्त हो भन्ने पनि थाहा थियो । उहाँ अहिले पनि बयलगाडामै हुनुहुन्छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोधसभालाई भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक सिद्धान्तको विरुद्धमा रहेको आरोप लगाए । प्रचण्डले पार्टी एकताको प्रस्ताव लिएर सबैभन्दा पहिले आफूनै ओलीको निवासमा गएको स्मरण गरे ।

    अर्को प्रसंगमा प्रचण्डले प्रतिनिधिसभा भंग नभएको बताए । उनले आफूहरु जीवित रहेको भन्दै केपी ओलीको सरकारमात्रै विघटन भएको बताए । प्रचण्डले भने–केपी ओलीले संविधानविरुद्धको काम गरेर आफूलाई कलंकको टीका लगाएका छन् । जबसम्म उनले पश्चाताप गर्दैनन्,म अपराधी हुँ भन्ने छैनन् तबसम्म उनलाई इतिहासले माफ गर्ने छैन ।

    प्रचण्डले सर्बोच्च अदालतले प्रतिनिधिसभाा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । आफ्नो सभा अदालतलाई फैसलाको लागि सहजीकरणका लागि आयोजना गरिएको बताए ।

    उनले भने– संविधानको अक्षर र भावनालाई सर्बोच्च अदालतले सम्मान गर्नेछ, म सोच्न पनि सक्दिनँ सम्मानित अदालतले संविधानको मर्म र भावना बुझ्दैन भनेर । यो अदालतलाई फैसलाका लागि सहज होस भनेर सहजीकरण पनि हो । नत्र यो अन्दोलन ट्रेलरमात्र हो, ठूलो आँधी आउन बाँकी छ ।

     

  • महेश बस्नेत पुग्दा नेपालगञ्जमा नारा–केपी ओली जिन्दावाद (भिडियो)

    महेश बस्नेत पुग्दा नेपालगञ्जमा नारा–केपी ओली जिन्दावाद (भिडियो)

    काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षले देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा प्रदर्शन गरिरहेका बेला बाँकेमा ओलीको पक्षमा युवाले प्रदर्शन गरेका छन् ।

    ओली नेतृत्वको नेकपामा आबद्ध युवाहरुले मोटरसाइकल र्‍यालीसहित ‘केपी ओली जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।

    नेकपा नेता महेश बस्नेतको स्वागतमा विमानस्थल पुगेका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको पक्षमा प्रदर्शन गरेका हुन् । सुर्खेतबाट नेपालगन्ज पुगेका बस्नेतले कोहलपुरमा आयोजित युवा भेलालाई सम्बोधन गरेका छन् ।

    बस्नेतले निर्वाचनको तयारीमा जुट्नुपर्ने भन्दै सूर्य चिन्हमा प्रचण्डले आँखा चम्काउनु हास्यास्पद रहेको बताए । उनले हिजो सूर्य चिन्हमा खसेको मतपत्र च्यात्ने र सूर्य चिन्ह लिएर चुनाव लड्ने सम्झौताबाट भाग्नेहरुले आज सूर्यका लागि मरिहत्ते गरेको बताए ।

    बस्नेतले भने–सिरहामा सूर्य चिन्हमा खसेको मतपत्र च्यातेर जित्ने प्रचण्ड, भरतपुरमा सूर्य चिन्हमा खसेको मत लुटेर छोरी जिताउने प्रचण्डलाई आज सूर्य किन चाहियो ?

  • ईश्वर पोखरेल भन्छन्ः प्रचण्ड र माधवले भाग मात्रै खोजे, कहिल्यै विकासको कुरा गरेनन्

    ईश्वर पोखरेल भन्छन्ः प्रचण्ड र माधवले भाग मात्रै खोजे, कहिल्यै विकासको कुरा गरेनन्

    काठमाडौं । ओली पक्षीय नेकपाका नेता ईश्वर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालको चरम महत्वाकांक्षाका कारण पार्टी दुर्घटनामा परेको बताएका छन् । सिन्धुपाल्चोकको ओली पक्षीय युवा संघ र अखिलले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले प्रचण्ड र नेपालले सधैं भाग मात्रै खोजेको र विकासबारे कहिल्यै चासो नदिएको आरोप लगाए ।

    ‘देश कोभिडको महामारीमा छ, विकास निर्माणबारे धेरै प्रयत्न भइरहेको छ’ उनले भने, ‘तर उहाँहरु भाग खोज्ने मात्रै कुरा गर्नुहुन्छ । आफ्नै पार्टीको प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर उहाँहरुले नाजायज फाइदा लिन खोज्नुभयो । नसकेपछि पार्टी नै अलग्याउने हर्कत गरिरहनुभएको छ ।’

    सधैं खटपट सहनु भन्दा अलग बाटो लाग्नु नै उत्तम भएको भन्दै उनले भने– निर्वाचित सरकारलाई चल्नै नदिने स्थिति भएपछि ताजा जनादेशमा जान संसद विघटन गरिएको हो । यो स्वाभाविक राजनीतिक प्रक्रिया हो । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।

  • आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न कर्मचारीलाई मन्त्री ढकालको निर्देशन

    आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न कर्मचारीलाई मन्त्री ढकालको निर्देशन

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न निर्देशन दिएका छन् ।

    मंगलबार पर्यटन विभाग र पर्यटन बोर्डको कामको बारेमा जानकारी लिंदै मन्त्री ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनको काममा जोड दिन निर्देशन दिए ।

    कोरोनाका कारण विदेशी पर्यटकको चहलपहल तत्काल नहुने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्ने बताए ।
    उनले कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गर्नुपर्ने अवस्था आएको भन्दै उनले व्यवसायीका समस्या समाधानका लागि आफू सहयोगी हुने बताए ।

    उनले विभाग र बोर्डको गतिविधि प्रभावकारी बनाउनका लागि गठन आदेश, कार्यविधि, नियमावलीमा केहीमा संशोधन गर्नुपर्ने भए त्यसका लागि आफू सकारात्मक रहेको बताए । उनले सानातिना नीतिगत समस्या परेका कारण काम हुन नसकेको भए त्यसका लागि आफूले निर्णायक सहयोग गर्ने बताए ।

    कर्मचारीलाई आफूले आफ्नै मूल्यांकन गर्दा समेत उत्कृष्ट काम गर्न अनुरोध गर्दै मन्त्री ढकालले भने ‘सधैंभरि सबैले अवसर पाउँदैनन्, अवसर पाएको समयमा राष्ट्रका लागि जति सकिन्छ त्यति राम्रो काम गरौं । आफू कार्यरत संस्थाको सर्वोपरि हितका निम्ति काम गर्नुपर्छ ।’

    सो अवसरमा मन्त्रालयका सचिव यादव कोइरालाले बोर्डका कर्मचारीले पर्यटन प्रवर्द्धनका नाममा विदेश घुम्ने काम गर्ने गरेको तर त्यसमा गरिएको खर्च अनुसार के उपलिब्ध भयो भन्ने समीक्षाको विषय रहेको बताए ।

    कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले संस्थाको गतिविधि र संरचानाको बारेमा जानकारी गराएका थिए ।

  • माधव नेपालले भने– ओलीको आयु पुग्यो

    माधव नेपालले भने– ओलीको आयु पुग्यो

    काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको आयु पुगेको बताएका छन् । आज संसद विघटनविरुद्धको सभालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– निरंकुश बाटो समातेका केपी ओलीको आयु पुग्यो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको पहिलो चरणमा भृकुटीमण्डमा मंगलबार आयोजित विरोधसभामा बोल्दै नेपालले भने– निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको आयु सिद्धियो अब । विगतमा केपी ओलीले गणतन्त्रको आन्दोलनको खिसिटिउरी गरेको भन्दै नेपालले भने– बयलगाडा चढेर वासिङ्टन पुग्न सकिंदैन महामहिम केपी शर्मा ओलीजीले बोल्नुभएको थियो ।

    ओलीलाई गणतन्त्रप्रति माया नभएको नेपालले आरोप लगाए । निकै आक्रामक ढंगमा प्रस्तुत भएका नेता नेपालले भने– केपी प्रवृत्तिको नास हुँदैछ, अब हामीले मुक्ति पाउँछौं ।

    ओलीलाई संसद विघटन गर्नुको औचित्य पुष्टि गर्न चुनौती दिंदै उनले पार्टीमा विवाद निम्त्याउन नै ओलीले अनेक हर्कत गरेको आरोप लगाए । ओली अझै सुध्रने आश गरेको भन्दै उनले भने– अझै सुध्रिने आशा गरेर अनुशासनको कारबाही गरेका छौं । केन्द्रीय सदस्य पद बाँकी नै छ । माफी मागेर आउनुहुन्छ भने हामी स्वीकार्छौं । भीरबाट लड्ने गाईलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन ।

    नेपालले प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ भइसकेको बताएका छन् । संविधानमा लेखेको व्यवस्था विपरीत ओलीले अझै पनि पद बाँडेर विभिन्न व्यक्तिलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । अहिलेसम्म प्रतिनिधिसभा भंग भएको कुरा स्वीकार नगरेका नेता नेपालले विरोधसभामा बोल्दै अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने ठोकुवा गरे ।

    नेपालले भने–प्रतिनिधिसभा भंग भइसकेपछि त्यो व्यक्ति प्रधानमन्त्रीको रुपमा रहन्छ ? हाम्रो संविधानमा लेखेको व्यवस्था अनुसार प्रतिनिधिसभा भंग भइसकेपछि प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन । त्यो कामचलाउ मात्रै हुन्छ ।

     

     

     

  • झलनाथको आरोपः ओलीले संविधानमाथि बलात्कार गरे, उखानटुक्काले देश चल्दैन

    झलनाथको आरोपः ओलीले संविधानमाथि बलात्कार गरे, उखानटुक्काले देश चल्दैन

    काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उक्त समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधानमाथि बलात्कार गरेको आरोप लगाएका छन् ।

    संसद विघटनविरुद्धको सभामा बोल्दै उनले भने– नेकपालाई जनताले बहुमत दिएका हुन्, ओलीलाई दिएको होइन । तर उहाँले त्यस्तै व्यवहार गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले संविधान र जनविरोधी काम गरेको भन्दै उनले जनप्रतिरोध गर्ने बताए । आफूहरुको नेकपा नै आधिकारिक भएको दाबी गर्दै उनले भने– जनताले दिएको बहुमत केपी शर्मा ओलीको होइन, नेकपाको हो, यसमाथि अपहेलना गरेर जुन कदम केपी ओलीले लिनुभएको छ, यसकाे प्रतिरोध जनताले गर्नेछन्, सूर्य चिह्न हाम्रो हो, हामी नै आधिकारिक हौं ।

    ओलीविरुद्ध आक्रामक ढंगमा प्रस्तुत भएका खनालले उखानटुक्काले देश नचल्ने बताए ।

  • फिल्म ‘गणपति’ निर्माण घोषणा, मुकुन–मेनुकाले जोडी बाँध्ने

    फिल्म ‘गणपति’ निर्माण घोषणा, मुकुन–मेनुकाले जोडी बाँध्ने

    कोरोनाभाइरस महामारीकै बीच सोसल ड्रामा फिल्म ‘गणपति’ निर्माण घोषणा भएको छ । सरकारले फिल्म छायांकन फुकुवा गरे लगत्तै पहिलोपटक फिचर फिल्म निर्माण हुन लागेको हो ।

    मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले फिल्म बनाउने जानकारी दिए । मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्मलाई डेब्यु निर्देशक सविन अधिकारीले निर्देशन गर्ने छन् ।

    ‘भगवान र मान्छेबीचको फरक’ भन्ने बटमलाइनमा बन्ने फिल्ममा भुषालले मुख्य पात्रको भूमिका गर्नेछन् । ‘यो भूमिका मेरा लागि चुनौतिपूर्ण छ र यसका लागि मानसिकरुपमा पनि रेडी छु’ नेपाल प्रेससँगको प्रश्नमा उनले भने, ‘मेरो चरित्र एउटा वास्तविक घटनामा आधारित हुनेछ ।’

    नौ महिनापछि सरकारले फिल्म छायांकन खुला गरे लगत्तै परिस्थितीलाई सामान्य बनाउन आफूले फिल्म निर्माणमा अग्रसरता लिएको निर्माता लक्ष्मण थापाले बताए । ‘हल तत्कालै खुल्ला वा नखुल्ला तर, हामी फिल्मलाई राम्रोसँग बनाउने तयारीमा छौं’ उनले भने ।

    निर्देशक अधिकारीले लकडाउन कालखण्डमा दर्शकको फिल्म ज्ञानमा वृद्धि भएकाले सोही अपेक्षाअनुसारको फिल्म बनाउनुपर्ने चुनौति थपिएको बताए । ‘यो विशुद्ध नयाँ र वास्तविक कथा हो । राम्रो फिल्म बन्नेछ’ निर्देशक अधिकारीले भने, ‘दर्शकले हाम्रो कामलाई रुचाइदिनुहुन्छ भन्ने विश्वास छ ।’

    माघदेखि छायांकन सुरु हुने फिल्मको प्रदर्शन मिति तय छैन । फिल्ममा सूर्यमाला शर्मा, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव बिएल र सुशिल पोखरेलको मुख्य भूमिका हुनेछ ।

    फिल्मको पटकथा स्वयम निर्देशक अधिकारीको हुनेछ । हरिबहादुर घलेको छायांकन, गोविन्द शाहीको वितरण, अनिश अधिकारीको संगीत हुनेछ । तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा फिल्म छायांकन हुने जानकारी गराइएको छ ।

    सरकारले छायांकन अनुमति दिएलगत्तै आगामी माघ र फागुनदेखि अन्य फिल्म पनि सुटिङमा जाने तयारीमा छन् ।

  • ओलीविरुद्ध होइन, निरंकुशताविरुद्धको आन्दोलनमा छौंः अष्टलक्ष्मी शाक्य

    ओलीविरुद्ध होइन, निरंकुशताविरुद्धको आन्दोलनमा छौंः अष्टलक्ष्मी शाक्य

    काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीविरुद्ध भन्दा पनि निरंकुशता र प्रतिगमनविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएकी छिन् ।

    प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीलाई प्रतिगमनको नेतृत्वकर्ता भएको आरोप लगाइन् ।

    ‘ओलीले प्रतिगमनको नेतृत्व गरे’ उनले भनिन्, ‘हाम्रो विरोध व्यक्तिविरुद्ध होइन, प्रतिगमनविरुद्ध हो ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारको पनि नेतृत्व गरेको उनको आरोप छ ।

     

  • जसले प्रहरी संगठनलाई नै ठगे

    जसले प्रहरी संगठनलाई नै ठगे

    काठमाडौं । नेपाल प्रहरी संगठनलाई ठगी गरेको आरोपमा क्राउन टेक्सटाइल्स उद्योगका सन्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले चितवन माडी नगरपालिकाका ४६ वर्षीय नरेन्द्रनाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका संचालक ५५ वर्षीय पिताम्बर कुमार मुन्कालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पिताम्बरलाई वीरगंज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरील जनाएको छ ।

    नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न ठेक्का पाएको कम्पनीले प्रहरी संगठनलाई जालसाजी गरी आफूलाई फाइदा पुर्याउने काम गरेको प्रहरीले जनाएको छ । प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको कपडा २ करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय भएको थियो ।

    उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौताबमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयबाट सम्बन्धित आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखी नमूना निकाली परीक्षण गर्दा ठगी गरेको पाइएको हो ।

    नरेन्द्रले प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नम्बर तथा ईमेल ठेगाना समेत उल्लेख गरी डिएचएल मार्फत सोही ल्यावमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाईदा पुर्‍याउने कार्य गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ दुवै जना उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ ।

     

  • पाँच वर्षमा पनि बनेन ६ सय मिटर सडक

    पाँच वर्षमा पनि बनेन ६ सय मिटर सडक

    काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित वीरभद्र मार्गको करीब ६ सय मिटर सडकको निर्माण शुरु भएको पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन ।

    नगरपालिकाको योजनामा उपभोक्ता समितिले निर्माण शुरु गरेको सडक नबन्दा वर्षामा यो सडकमा सवारी त परै जाओस् मानिससमेत हिँड्न सक्दैनन् । सवारी परै राखेर स्थानीयवासी जुत्ता खोलेर खहरे तर्न बाध्य छन् ।

    पछिल्लो समय वीरभद्र टोल सुधार समितिमार्फत निर्माण भइरहेको सडक अलपत्र छ । समितिमा रहेकाहरु त्यो सडकबाट हिँड्न नपर्ने भएपछि पनि लामो समयसम्म काम हुन नसकेको हो । सडक उपयोग नै नगर्नेहरु उपभोक्ता समितिमा बसेपछि सडकको अवस्था यस्तो भएको हो ।

    सडक अलपत्र भएपछि निर्माणकै लागि टोलवासी सङ्गठित भएर नवतनधाम टोल सुधार समिति गठन गरे । नवगठित समितिले ३० हजार जुटाएर रोलर लगाएपछि मात्र हिँड्न सकिने भएको सचिव हिमाल ओझाले जानकारी दिए । रोलर लगाएको खर्च वीरभद्र टोल सुधार समितिले तिरिदिने प्रतिबद्धता भने जनाएको छ ।

    बजेट पाउने समितिले काम नगरी सडक अलपत्र भएर काम गर्न अर्को समिति बनाएको यो प्रतिनिधि उदाहरण मात्र हो । उपत्यकामै यस्ता अनेकौँ उदाहरण भेटिन्छन् ।

    काठमाडौँ महानगरपालिका–१९ मा हनुमानढोका दरबार संरक्षण कार्यक्रमले उपभोक्ता समितिमार्फत् शुरु गरेका तीन योजना वर्षौंदेखि अलपत्र छन् । पेश्की लिइएको त्यो योजना पूरा गराउन महानगरपालिकाले चासो नदेखाएको वडा नागरिक मञ्चका अध्यक्ष सुमन खड्गी बताउँछन् ।

    सांस्कृतिक शहरको पर्यटक आउने भित्री सडकको काम वर्षौंदेखि अलपत्र हुँदा देशको छविसमेत बिग्रिएको उनको गुनासो छ । राजधानीको मध्य शहरमा त उपभोक्ता समितिका कामको यस्तो अवस्था छ भने ग्रामीण भेगमा के भइरहेको होला भन्ने अनुमान गर्न कठिन छैन ।

    आर्थिक वर्ष २०७५ /७६ को अन्तिम महिना अर्थात् असारमा कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासमा अर्थ मन्त्रालयबाट रकमान्तर भई वाग्मती नदीबाट शहीद आदर्श क्याम्पससम्मको सडक निर्माण गर्न डेढ करोड बजेट विनियोजन भयो ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत दिइएको सो बजेट त्यहाँ लैजान मन्त्रालयको उच्च पदमा कार्यरत निजामती कर्मचारीको हात थियो ।एक करोडभन्दा धेरैको बजेटबाट काम गराउँदा ठेक्का लगाउनुपर्ने कानूनी व्यवस्था भए पनि तीनवटा उपभोक्ता समितिमा योजना बाँडेर असारे काम गरियो ।

    ‘आफ्नो हात जगन्नाथ’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै अर्थ मन्त्रालयकै उच्च अधिकारीले कानून मिचेर काम गर्न प्रोत्साहित गरेका यस्ता उदाहरण अरू पनि धेरै छन् । तीनवटा उपभोक्ता समितिमा बाँडिएको एक किमीभन्दा छोटो यो सडक निर्माणका लागि निर्माण व्यवसायी नै लगाइयो ।

    उपभोक्ता समिति हात्तीको देखाउने दाँतमात्र जस्तो देखिएको छ । कानूनीरुपमा कागजात मिलाउनमात्र खडा गरिएको यस्तो समितिमा बस्नेले बजेटको पाँच प्रतिशत लिने गर्छन् । यसरी उपभोक्ता समितिका नाममा अनियमित काम भइरहेको छ । प्रतिस्पर्धा नगराई उपभोक्ता समितिमार्फत आफू निकटका निर्माण व्यवसायीलाई काम दिन पनि यस्तो हुने गरेको छ ।

    महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक रामप्रसाद डोटेल योजना टुक्रा पारेर उपभोक्ता समितिलाई दिन नपाइने बताउँछन् । सार्वजनिक खरीद ऐन र नियमावलीमा भएको व्यवस्थालाई स्पष्ट पार्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले ल्याउन लागेको कार्यविधिमा उपभोक्ता समितिलाई व्यवस्थित गर्ने प्रावधान राखिएकामा कार्यालयका तर्फबाट पनि गत वर्ष फागुनमा सुझाव पठाइएको उनले जानकारी दिए।

    कार्यालयले योजना टुक्र्याउन नपाइने, उपभोक्ता समितिले काम गर्दा यन्त्र लगाउन नपाइने, समिति गठनलगायत विषयमा लिखित सुझाव पठाएको ११ महिना बितिसकेको छ ।

    उपभोक्ता समितिमार्फत हुने काममा जनप्रतिनिधि नैतिकताका आधारमा बस्न मिल्दैन । निजामती एवं विभिन्न संस्थानलगायत कार्यालयमा कार्यरत कर्मचारी भने कर्मचारी सेवा सर्त नियमावलीमा भएको व्यवस्थाअनुसार नै उपभोक्ता समितिमा बस्न नहुने उपमहालेखापरीक्षक डोटेल बताउँछन् ।

    उपभोक्ता समितिमार्फत काम गर्दा धेरै आयोजनास्थलमा सूचना पाटीसमेत राखिँदैन । नागरिकमा त्यसको हिसाबकिताब खोज्ने जाँगर पनि छैन । यसले कानून विपरीतका कामलाई प्रोत्साहित गरेको छ । असारको अन्तिममा गरिने खर्चले गुणस्तरीय काम नहुने भए पनि प्रशासक, जनप्रतिनिधि र उपभोक्ताको समेत यसमा रुचि बढ्ने गरेको छ ।

    उपभोक्ता समितिका विषयमा स्पष्ट कानूनी व्यवस्था नभएकाले वार्षिक देशभर हजारौँ साना योजनामा अर्बौं रुपैयाँ सिध्याउने गरिएको छ । समितिमार्फत् काम गर्नैपर्ने भएपछि स्पष्ट कानूनी व्यवस्था गरी पारदर्र्शी रुपमा काम गर्नुपर्ने बताउँछन् नागरिक संस्थाबाट यससम्बन्धी कामको अध्ययन गरिरहनुभएका फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल ।

    प्रत्येक वर्ष उपभोक्ता समितिमा बस्नेहरु एकै किसिमका मानिस हुन्छन् । पेसा, व्यवसाय केही नभएकाहरुले उपभोक्ता समिति नामको कम्पनी चलाएर मालामाल हुने गरेका छन् ।

    देखिने आय केही नभए पनि समितिमा बस्ने सबैजसोले मोटरसाइकल चढ्छन् । प्रत्येक वर्ष ठूला उपभोक्ता समितिमा बस्नेले त कार नै चढेर हिँड्छन् । थोरै आयआर्जन गर्नेले पनि स्थायी लेखा नं प्यान नं लिएर वार्षिकरुपमा आयकर तिर्नुपर्छ । तर उपभोक्ता समितिमा बसेर वैधअवैध तरिकाबाट जति कमाए पनि आयकर तिर्नु पर्दैन ।

    स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने र आयोजनाप्रति स्थानीयवासीको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । शहरी क्षेत्रका मानिसलाई रोजगारी हुने गरी उपभोक्ता समितिले लिएका काम गर्ने फुर्सद छैन । ग्रामीण क्षेत्रका अधिकांश मानिस डेढ दशकअघि देखि नै वैदेशिक रोजगारीमा जान थालेकाले काम गर्ने जनशक्ति नै पाउन सकिँदैन । जे उद्देश्य राखेर उपभोक्ता समितिको अवधारणा राखिएको हो त्यो उद्देश्य पूरा हुने अवस्था नभए पनि कानून संशोधन हुन सकेको छैन ।

    जारी भएन कार्यविधि

    निर्माण व्यवसायीका माग सम्बोधन गर्न सार्वजनिक खरीद नियमावली महिनामा तीनपटकसम्म संशोधन गर्ने गरिएको उदाहरण छ । यसरी संशोधन गर्दा उपभोक्ता समितिका बारेमा आवश्यक केही पनि व्यवस्था हुन सकेको छैन । सार्वजनिक खरीद अनुगमन कार्यालयबाट बन्न लागेको कार्यविधिसमेत दुई वर्षदेखि रोकिएको छ ।

    वडावडामा उपभोक्ता समितिमार्फत हुने काम प्रतिशोध साँध्नसमेत प्रयोग गर्ने गरिएको भुक्तभोगीको भनाइ छ । अधिकांश स्थानीय तहबाट सडक निर्माण, स्तरोन्नति, मर्मत सुधारका लागि उपभोक्ता समिति बन्ने गरेको छ । स्थानीय सरकारको बजेटबाट सडक बनाउँदा कसको घरजग्गा बचाउने र कसको पारिदिने भन्ने खेल हुने गरेको छ । यस विषयका अधिकांश गुनासो स्थानीय तहको न्यायिक समितिमा पर्ने गरेका छन् ।

    सोझा, सिधा र निमुखा नागरिक उपभोक्ता समितिको सिकार बन्ने गरेका छन् । समितिका नाममा जग्गामात्र होइन नागरिकको आवाससमेत उठाउने प्रयास हुने गरेको छ । संविधानले मौलिक हकका रुपमा आवासको हकको व्यवस्था गरेको छ । उपभोक्ता समितिलाई अघि सारेर नागरिकको आवासको हकसमेत खोस्ने प्रयास हुन थालेको छ ।

    उपभोक्ता समितिमार्फत भएको कामका यी त उदाहरणमात्र हुन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको स्रोतबाट यस्ता हजारौँ योजना वार्षिकरुपमा कार्यान्वयन हुन्छन् । अधिकांश स्थानमा स्थलगतरुपमा अध्ययन गर्ने हो भने ती पूरा हुँदैनन् । उपभोक्ता समितिले काम गर्ने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था नभएकाले काम प्रभावकारी हुन सकेको छैन ।

    सार्वजनिक खरीद ऐनको दफा ८ र ४४ मा उपभोक्ता समितिसम्बन्धी केही व्यवस्था भए पनि तीनै तहका विभिन्न निकायले गराउने कामको नियमन गर्न त्यो पर्याप्त छैन । खरीद ऐन र नियमावलीलाई स्पष्ट गराउन शुरु गरिएको मस्यौदा नै हराउन थालेकाले उपभोक्ता समितिका काम पारदर्शी हुने आशा गर्न सकिने ठाउँ नरहेको सरोकार भएकाको गुनासो छ ।

    उपभोक्ता समितिमार्फत हुने काममा अनेकौँ ढिलासुस्ती, अनियमितता एवं भ्रष्टाचार भएर महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि सार्वजनिक खरीद अनुगमन कार्यालयले दुई वर्षअघि देखि ‘उपभोक्ता वा लाभग्राही समुदायबाट सार्वजनिक निर्माण कार्य गराउँदा अपनाउनुपर्ने कार्यविधि २०७६’ मस्यौदा गरे पनि अझै अन्तिम रुप पाउन सकेको छैन ।

    कार्यविधि मस्यौदाको नेतृत्व गर्नुभएका कार्यालयका पूर्व सचिव मोहनकृष्ण सापकोटा सरोकार भएका मन्त्रालयलगायत निकायबाट राय नआएकाले काममा ढिलाइ भएको  हाे । कार्यविधि नहुँदा कम्प्युटरलगायत सामग्री खरीद गर्दासमेत उपभोक्ता समिति गठन हुने गरेको छ ।

    कार्यालयले कार्यविधि निर्माण शुरु गरेपनि नेतृत्व परिवर्तन हुने बित्तिकै त्यस विषयमा जानकारी नहुने गरेको छ । कार्यालयका प्रवक्ता सुशील ढकाल सार्वजनिक खरीद ऐन र नियमावलीमै उपभोक्ता समितिसम्बन्धी स्पष्ट व्यवस्था भएकाले कार्यालयले कार्यविधिको मस्यौदा नगरेको दाबी गर्नुहुन्छ ।

    १० करोडसम्मको काम उपभोक्ता समितिबाट

    सार्वजनिक खरीद ऐनमा एक करोड लागतसम्मका योजना उपभोक्ता समितिमार्फत गर्न सकिने उल्लेख छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेका सम्पदा उपभोक्ता समितिमार्फत पुनर्निर्माण गर्न १० करोडसम्मका योजना उपभोक्ता समितिमार्फत गर्न सकिने कार्यविधि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जारी गरेको छ ।

    यो कार्यविधिअनुसार रानीपोखरी पुनर्निर्माण सम्पन्न भएको छ । यसैगरी काष्ठमण्डप र रातो मत्छेन्द्रनाथ पनि उपभोक्ता समितिमार्फत नै पुनर्निर्माण भइरहेको छ । रातो मत्छेन्द्रनाथ श्रीलङ्का सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गर्न बोलपत्र भएका निर्माण व्यवसायीले सम्पन्न गर्न नसकेपछि उपभोक्ता समितिमार्फत पुनर्निर्माण गर्न लागिएको हो ।

    तीनै तहका सरकारमा सार्वजनिक खरीदका काम गर्दा ज्ञान, सीप एवं दक्षता नभएकाले बेरुजु रकम बढ्ने गरेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ । सार्वजनिक खरीद ऐन, २०६३ को दफा ४४ तथा नियमावली २०६४ नियम ९७ मा निर्माण कार्य गराउँदा मितव्ययिता, गुणस्तरीयता वा दिगोपना हुने भएमा वा परियोजनाको मुख्य उद्देश्य रोजगारी सृजना गर्ने भएमा उपभोक्ता समितिमार्फत काम गराउन सकिने व्यवस्था छ ।

    यो व्यवस्था विपरीत उपभोक्ता समितिले काम गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । करीब १४४ स्थानीय तहमा गठन भएका उपभोक्ता समितिले पूर्व स्वीकृति नलिई ठूला उपकरण प्रयोग गरेर एक अर्ब ४६ करोड १८ लाख ९२ हजार खर्च गरेका छन् ।

    यसैगरी ३८ स्थानीय तहले लागत अनुमानमा उल्लेखित रकममध्ये जनसहभागिताको अंश नखुलाई २३ करोड ६० लाख ५१ हजार खर्च लेखेका छन् । करिब २०२ स्थानीय तहले रु १४ करोड उपभोक्ता अंश कट्टी नगरी समितिलाई भुक्तानी दिएकाले असुल गर्न कार्यालयले सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।

    स्थानीय तह र प्रदेश सरकारमात्र नभई सङ्घीय सरकारले समेत उपभोक्ता समितिमार्फत् काम गराउने गरेका छन् । सङ्घीय सरकारका खानेपानी, सिँचाइ र शहरी विकास मन्त्रालयअन्तर्गतका धेरै काम उपभोक्ता समितिमार्फत हुने गरेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता महेश्वर काफ्लेले बताए ।

    उपभोक्ता समितिमार्फत हुने काममा अनेक समस्या आएको महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि दुई वर्षअघि नै ६१ बुँदे निर्देशन दिँदै कानूनअनुसार काम गर्न निर्देशन दिएको थियो । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सचिव एवं सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे समितिका काम अपारदर्शी हुने गरेको बताउँछन् ।

    उपभोक्ता समितिले गर्ने कामका विषयमा स्पष्ट कानूनी व्यवस्था नहुँदा महालेखालेसमेत प्रतिवेदनमा उल्लेख गरेको उनको भनाइ छ । लेखा समितिमा उपभोक्ताकै विषयमा छुट्टै छलफल गराउन सकिने भए पनि नभ्याएकाले कानून निर्माणमा निर्देशन दिन सकेको छैन । स्पष्ट कानूनी व्यवस्था नभएकै कारण सांसद पूर्वाधार कोषको बजेटसमेत विवादमा आउने गरेको छ । सांसद पूर्वाधार कोषका अधिकांश बजेट पनि उपभोक्ता समितिमार्फत नै खर्च हुने गरेको छ । रासस

  • यस्तो देखियो काठमाडौंमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

    यस्तो देखियो काठमाडौंमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विभाजित नेकपा (प्रचण्ड–माधव) पक्षले बुधबार देशैभर विरोध प्रदर्शन गर्याे ।

    अरु प्रदेशका प्रत्येक जिल्लामा प्रदर्शन भए भने वागमती प्रदेशको प्रदर्शनलाई भने काठमाडौंमा केन्द्रित गरिएको थियो । नेताहरुले काठमाडौंमा करिब ५० हजारलाई उतार्ने दावी गरेका थिए ।

                
  • ‘महारानी’ का लेखक भन्छन्: पुस्तक बिक्रीबाट एक छाक पनि खाएको छैन

    ‘महारानी’ का लेखक भन्छन्: पुस्तक बिक्रीबाट एक छाक पनि खाएको छैन

    काठमाडौं । ‘मदन पुरस्कारको चर्चाअनुसार पुस्तकबाट तपाईंले कति अर्थ आर्जन गर्नुभयो ?’ आईएमई लिटरेचर फेस्टिभलको दोस्रो दिनको पहिलो सेसनमा २०७६ को मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई सोधियो । प्रश्नकर्ता थिए, पत्रकार राजकुमार बानियाँ । यस वर्ष बेस्ट सेलरको रुपमा बिक्री भइरहेको पुस्तकका लेखकको रोयल्टीबारे आमपाठकलाई चासो थियो । तर, लेखकको जवाफ थियो– मैले किताब लेखेर पुरस्कार रकमबाहेक छापेबापतको एक छाक भात पनि खाएको छैन ।

    उनले भने, ‘अहिलेसम्म लेखेर कोही धनी त परै जाओस् बाँच्न पनि मुस्किल छ । म त स्थापित लेखक होइन । कसले पो किताब छाप्ला भनेर खोज्दै हिंड्ने मान्छे ।’

    संवादको अन्तिमतिर प्रस्तोताले राखेको जिज्ञासा मात्र थियो यो । ‘महारानीको राजनीति’ नाम दिएको सेसनमा महत्वपूर्ण कुरा अर्को पनि थियो । म्याग्दीमा जन्मेका चन्द्रप्रकाश पोखराका बासिन्दा । पोखरामा निकै समयदेखि गुप्तवास बसेका उनलाई पोखराले नै चिन्दैनथ्यो । प्रस्तोता राजकुमार बानियाँले प्रश्न तेर्स्याए, ‘मदन पुरस्कार पाएपछि पोखरालाई सरप्राइज भयो होला नि ?’

    तर, चन्द्रप्रकाशको ठम्याइमा पोखरालाई हर्ष न विस्मात थियो । दुई चार ठाउँमा कार्यक्रम गरिए पनि अझै आफू पोखराको लागि गुमनाम रहेको उनले प्रष्ट पारे ।

    मदन पुरस्कारलाई ठूलो पुरस्कारको रुपमा लिइने नेपालमा चन्द्रप्रकाश अचम्मित छन् । ‘मलाई थाहा छैन, यो पुरस्कार मलाई किन दिइयो ?’ उनी भन्छन् ।

    उनी आफू लेखक हुँ भनेर पनि स्वीकार गरिहाल्दैनन् । फाट्टफुट्ट पढ्ने र लेख्ने पात्रको रुपमा आफूलाई चित्रण गर्छन् । यसो भनिरहनुमा उनीसँग तर्क छ । भन्छन्, ‘मान्छेलाई धेरै कुराले प्रेरित गर्न सक्छ । त्यसमध्ये पनि एउटा कुराले मान्छेलाई कुदाउँछ । त्यो हो रहर । रहरले मान्छेले लेख्न थाल्छ । त्यो रहर बानीमा परिणत हुन्छ । अर्कोचाहिं मान्छेले प्रशस्त अध्ययन गर्छ र अनुभव सँगाल्छ । त्यसको ज्ञानरुपी मस्तिष्कको सागर भरिन्छ । जब ज्ञानले निकास खोज्छ अनि लेखिन्छ ।’

    उनी आफूलाई दुवैको कित्तामा पार्दैनन् । पुरस्कार पाउँदा चन्द्रप्रकाश खुशी त भए । तर, उनको मत छ, ‘सम्मान पुरस्कार भनेको गौरव गर्ने कुरा हो गर्व गर्ने कुरा हैन ।’

    महारानीले निकै चर्चा र परिचर्चा बटुल्यो । हरेक दिनजसो समीक्षा समेत लेखिए । ‘महारानी’ लगत्तै उनको निबन्ध संग्रह प्रकाशित भयो, ‘भौंज्याहा’ । तर, त्यसको चर्चा कतै सुनिएन । प्रस्तोताको प्रश्न थियो, ‘पुरस्कार पाएपछि मात्र चर्चा गर्ने कस्तो मानसिकता हो नेपाली साहित्यको ?

    ‘भौंज्याहा’ प्रकाशित गर्ने बेलामा अनुकूलता मिलेन कि भन्ने चन्द्रप्रकाशको आशय थियो ।

    को हुन् महारानी ?

    चन्द्रप्रकाशले म्याग्दीको इतिहासमा हात हाले । बाइसे चौबिसे राज्यमध्येको एउटा राज्य हो पर्वत राज्य । चन्द्रप्रकाश भन्छन्, ‘कसैले नलेखेको सामग्री मसँग थिए । मसँग थुप्रै कथा छन् । त्यसलाई मैले समाजलाई सुनाउनुपर्छ भन्ने लाग्यो ।’

    त्यही कथा समाज र नयाँ पुस्तालाई भन्नका लागि नै चन्द्रप्रकाश आफूले उपन्यास लेखेको बताउँछन् । महारानीको रहस्यबारे उनले भने, ‘म्याग्दीमा चर्चित महारानीको पूजास्थल छ । त्यहाँ दिनहुँ मान्छेहरूको भीड लाग्छ । पूजास्थललाई धेरैले देवी ठान्छन् । तर, हैन । ती कुनै राजाको रानी थिइन् । त्यो जानकारी दिनको लागि उपन्यास लेखें ।’

    राजनीतिमा संन्यासपछि साहित्य

    २०५० सालमा चन्द्रप्रकाशलाई ब्रेन ट्युमर नभएको थियो भने उनी सक्रिय राजनीतिमै हुन्थे यतिबेला । सांसद समेत बनेका चन्द्रप्रकाशले राजनीति छाडेर साहित्यमा लागे । राजनीति छाडेकोमा चन्द्रप्रकाशलाई पछुतो छैन । उनी भन्छन्, ‘मलाई पश्चाताप छैन । बाँचिएको छ । अर्को क्षेत्रमा लागेर प्रतिष्ठा आर्जन गरिएको छ । मन्त्री भएको भए दुनियाँको सराप खाने न हो । मलाई अर्को बाटो हिंड्न परेकोमा खुसी छु ।’

    महारानीमाथि सिनेमा र टेलिसिरियल बनाउने प्रस्ताव चन्द्रप्रकाशलाई आइरहेका छन् । प्रस्तोताको प्रश्नलाई जोड्दै उनले भने, ‘सिनेमा बनाउने कि भन्नेबारे टुंगोमा पुगेको छैन । सायद राम्रो निर्माता पाएँ भने बनाउन दिन्छु होला ।’

  • शैक्षिकसत्र र परीक्षा तथा पठनपाठन तत्काल थाल्न अखिलको माग

    शैक्षिकसत्र र परीक्षा तथा पठनपाठन तत्काल थाल्न अखिलको माग

    काठमाडौं । सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले कोभिड महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक वर्षलाई तत्काल शुरु गर्न सरकारसँग माग गरेको छ ।

    नेकपा विभाजनपछि काठमाडौंमा बसेको ओली नेतृत्वको नेकपा सम्बद्ध अनेरास्ववियूको केन्द्रीय कमिटी बैठकले अवरुद्ध शैक्षिक सत्र,परीक्षा र पठनपाठन यथाशीघ्र शुरु गर्न माग गरेको हो ।

    बैठकका निर्णय सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा संगठनका संयोजक ऐन महरले विद्यालय तथा क्याम्पस तहका कक्षा तथा परीक्षाहरु सुरक्षा मापदण्ड सहित सन्चालन गर्नुपर्ने बताए । बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ मै सम्पन्न गर्न समेत माग गरेको छ ।

    अनेरास्ववियूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको स्वागत गर्दै संगठनको केन्द्रीय कमिटीलाई ३६५ बाट बढँउर १ हजार ९९ सदस्यीय बनाइएको महरले बताए । साबिक कमिटीका बहुमत सदस्य बैठकमा सहभागी रहेको उनको दावी छ ।

  • नेपाली चियाले पायो अहिलेसम्मकै उच्च मूल्य

    नेपाली चियाले पायो अहिलेसम्मकै उच्च मूल्य

    काठमाडौं । कोरोना महामारीले नेपालको सम्पूर्ण व्यावसायिक क्षेत्र प्रभावित भइरहेको बेला नेपाली चियाले भने अहिलेसम्मकै उच्च मूल्य पाएको छ । गत फागुनमा कोरोनाका कारण लकडाउन भएपछि चिया किसानले चैत/वैशाखमा ‘पहिलो टिपाइ’ टिप्न पाएनन् । जसका कारण किसानले चिया नष्ट समेत गर्नु पर्यो ।

    तर, वैशाखदेखि पुनः चिया बगान र उद्योगहरू खुलेसँगै नेपाली चियाले भारतीय बजारमा अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको राष्ट्रिय चिया, कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए ।

    उनका अनुसार कोरोनाभाइरसका कारण भारतका चिया बगान तथा उद्योग बन्द हुँदा नेपाली चियाले उच्च मूल्य लिन सफल भयो । विगतका वर्षमा चियाको हरियो पत्ती प्रति केजी १२ देखि १३ रुपैयाँ मात्र रहेको थियो । तर, यो वर्ष हरियो पत्ती नै ४० देखि ४५ रुपैयाँसम्ममा बिक्री हुन पुग्यो ।

    त्यस्तै, तयारी चिया भारतमा प्रतिकेजी ६०० भारुसम्ममा बिक्री भएको छ । जुन विगत वर्षमा नेपाली चिया उद्योगीले प्रतिकेजी २०० देखि ३०० रुपैयाँमा बेच्ने गरेका थिए ।

    ‘यो वर्षको चियाको मूल्य अहिलैसम्मको उच्च हो । भारतीय बजारमा चियाको उत्पादनमा कमी आउँदा नेपाली चिया उच्च मूल्यले बिक्री भयो’, निर्देशक खनालले भने ।

    चियाको मूल्य उच्च भएपछि यो वर्ष चिया उद्योगहरूमा चियाको ‘स्टक’ कम भएको बताउँछन् केन्द्रीय चिया सहकारी संस्थाका अध्यक्ष गोविन्द दाहाल । ‘विगतका वर्षमा जस्तो यो वर्ष चियाको स्टक नेपाली चिया उद्योगमा छैन । किसानले उच्च मूल्यमा चियाको पत्ती तथा तयारी चिया बेचिसकेका छन्’, उनले भने ।

    नेपाली चियाको पहिलो बजार भारत रहेको छ । भारतबाहेक तेस्रो मुलुकमा पनि नेपाली चिया पुग्ने गरेको तथ्याङ्कले देखाउँछ । नेपाली चिया विश्वबजारमा उच्च मागका साथै उच्च मूल्यमा बिक्री हुने अध्यक्ष दाहाल बताउँछन् । नेपाली चियाको माग विश्वभर भइरहेका बेला चियालाई ‘भ्यालू एड’ हुने गरी बिक्री गर्नुपर्ने उनको भनाइ छ ।

    भन्सार विभागको तथ्याङ्क अनुसार लकडाउनको बीचमा पनि आर्थिक वर्ष २०७७/७८ मा ७९ लाख ९० हजार ५७५ केजी नेपाली चिया विश्वका विभिन्न देशमा पुगेको छ । जसमा भारतमा मात्र ७७ लाख ५४ हजार ४६७ केजी चिया निर्यात भएको छ । यो आवमा २ अर्ब ५५ करोड ९७ लाख ९० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको हो ।

    गत आव २०७६/७७ को सोही पाँच महिनामा नेपालबाट ५७ लाख ६६ हजार ७६३ केजी चिया विभिन्न मुलुकमा निर्यात भएको थियो । जसमा भारतमा मात्र ५५ लाख ८७ हजार ८०६ केजी चिया निर्यात भएको थियो । सो आवमा नेपालले चिया निर्यात गरेर १ अर्ब ४५ करोड २ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।

    नेपालमा कफीको माग पछिल्लो समय धेरै भए पनि यसको उत्पादन भने न्यून रहेको नेपाल चिया/कफी बोर्डले जानकारी दिएको छ । नेपालमा कफी निर्यातको तुलनामा आयात दोब्बरले बढी छ । आर्थिक वर्ष २०७४/७५ मा ८४ हजार केजी कफी नेपालले विभिन्न देशमा निर्यात गरेको छ भने १ लाख ६३ हजार ३७७ केजी कफी आयात भएको तथ्याङ्कले देखाउँछ ।

     

  • सरकारसँग सम्झौता भएपछि के भन्छन उखु किसान ?

    सरकारसँग सम्झौता भएपछि के भन्छन उखु किसान ?

    काठमाडौं । उखु किसानहरुले २१ दिन भित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरी आन्दोलन गर्ने बताएका छन् ।सरकार र किसानहरुबीच सोमबार साँझ २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ ।

    सरकारले २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । तर यो अवधि भित्रमा सबै भुक्तानी नपाए फेरी काठमाडौं आएर नयाँ स्वरुपमा आन्दोलन गर्ने किसानहरुको भनाई छ ।

    उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले आफुहरुले उद्योगीबाट ९० कारोड रुपैयाँ लिनु पर्नेमा उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै भुक्तानी दिन बाँकी भएको बताएकोले छानबिन गरी भुक्तानी दिलाउने सम्बन्धमा समेत सहमति भएको बताए। तर २१ दिन भित्रमा ६५ करोड रुपैयाँ मात्रै भुक्तानी हुने छ ।

    बाँकी रकम छानविनको रिपोर्ट आएपछि सरकारले नै भुक्तानी गराईदिने जिम्मेवारी लिएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताए । छानविन समितिमा उद्योग मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयको तर्फबाट एक एक जना प्रतिनिधि रहने छन । यस्तै उद्योगीबाट १ जना, किसानबाट ३ जना र उखु किसान संघर्ष समितिबाट २ जना गरी १० जनाको छानविन समिति गठन गर्ने सम्झौता भएको छ ।

    सरकारले उद्योगीको पासपोर्ट जफत गरेको, बैंक खाता रोक्का गरेको, जग्गा विक्री रोकेको र भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न आदेश गरेको पत्र देखाएपछि रकम भुक्तानी नगर्ने उद्योगीलाई कारबाही हुन्छ भन्नेमा विश्वस्त रहेको किसानहरुले बताएका छन् ।

    अवको २१ दिन अवधिमा के कति भुक्तानी हुन्छ निगरानी गर्ने पनि किसानहरुले बताएका छन् । किसानहरुले आफुले भुक्तानी पाउनुपर्ने सबै मूल्य पाउन नसकेको गुनासो पनि गरेका छन् । सरकारले तोकेको मूल्य भन्दा ३६ रुपैयाँ कममा मूल्य निर्धारण गरी भुक्तानी गर्ने उद्योगीहरुलाई पनि कारबाही गरिनुपर्ने र ब्याज सहित रकम असुली हुनुपर्ने किसानहरुको माग छ ।

    उखु किसानहरु उद्योगीबाट भुक्तानी दिलाईदिन माग गर्दै मंसिर २८ गते यता काठमाडौंको माइतीघर मण्डलामा बसेर आन्दोलन गर्दै आएका थिए । गत वर्ष पनि आन्दोलन गरेका किसानहरु सरकारको उपस्थितिमा एक महिना भित्रमा भुक्तानी पाउने सम्झौता गरेर घर फर्किएका थिए । तर उद्योगीहरुले एक वर्ष सम्म पनि भुक्तानी नदिएछि किसानहरु फेरी आन्दोलन गर्न काठमाडौं आएका हुन् ।

  • विप्लव, वैद्य र आहुतिसहित चार पार्टीको रणनीतिक मोर्चा बन्ने

    विप्लव, वैद्य र आहुतिसहित चार पार्टीको रणनीतिक मोर्चा बन्ने

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा सहित चार साना कम्युनिस्ट घटकले प्रतिनिधिसभा विघटन राज्यसत्तामाथिको संकट भन्दै यो नेकपाको आन्तरिक मामिला नभएर राज्य व्यवस्थाको असफलता भनेका छन् ।

    विप्लब सहित क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले संयुक्त विज्ञप्ति जारी गरि प्रतिनिधिसभा पुन:स्थापना वा मध्यावधी निर्वाचनले संकटको समाधान नहुने दावी गरेका छन् ।

    उनीहरुले यो व्यवस्थाभित्र सरकार परिवर्तन गरेरमात्र केही नहुने भन्दै वर्तमान राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र, वैज्ञानिक समाजवादको स्थापना हुनुपर्ने बताएका छन् ।

    उनीहरुले चार पार्टीबीच रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको समेत बताएका छन् । यसको संरचना र कार्यक्रम पछि घोषणा गरिने भएको छ ।

    तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि आफ्नो पार्टीको नाम दावी गर्दै ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । आयोगले ओली प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता दिएपछि उनी २०७५ मंसिरमा सर्वोच्च अदालत गएका थिए । कट्टेलको दावीपछि ओली प्रचण्ड नेतृत्वको नेकपाले ब्राकेटमा नेकपा थपेको थियो ।

  • ओली–प्रचण्ड नेतृत्वको नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

    ओली–प्रचण्ड नेतृत्वको नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेका बेला सिंगो नेकपाको आधिकारिकतामाथि प्रश्न उठाउँदै परेको मुद्दा आज सर्बोच्च अदालतमा पेशी चढेर पनि शुरुमै स्थगित भएको छ ।

    पटक-पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर सर्बोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेर दोस्रो मुद्दामा सुनुवाई भइरहेको जनाइएको छ ।

    नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता भएको आधिकारिक पार्टी भन्दै केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेजी माग गर्दै रिट दायर गरेका थिए । मुद्दा पक्षको कानुन व्यवसायीको तर्फबाट स्थगन भएको अदालतले जनाएको छ ।

    तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि आफ्नो पार्टीको नाम दावी गर्दै ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । आयोगले ओली-प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता दिएपछि उनी २०७५ मंसिरमा सर्बोच्च अदालत गएका थिए । कट्टेलको दावीपछि ओली-प्रचण्ड नेतृत्वको नेकपाले ब्राकेटमा नेकपा थपेको थियो ।

  • प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन (फोटो फिचर)

    प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गर्दैछ । उक्त पक्षले काठमाडौं आज काठमाडौंको भृकुटीमण्डमा विरोधसभा पनि गर्दैछ । सभामा सहभागी हुन विभिन्न ठाउँबाट निस्केको जुलुस भृकुटीमण्डपतिर गइरहेको छ ।

    तस्वीरमा हेर्नुहोस्, प्रचण्ड–माधव नेपाल पक्षको ‘शक्ति प्रदर्शन’

  • सुदूरपश्चिम प्रदेशका ओली पक्षधर मन्त्री बर्खास्त

    सुदूरपश्चिम प्रदेशका ओली पक्षधर मन्त्री बर्खास्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका छन् । प्रचण्ड माधव नेपाल पक्षका मुख्यमन्त्रीले केपी ओली पक्षका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

    प्रचण्ड–माधव नेपाल पक्षको बर्चश्व रहेको प्रदेश सरकारमा बोहोरा ओली पक्षबाट एकजना मात्र मन्त्री थिए । उनी डडेलधुराबाट निर्वाचित भएका हुन् ।

    पार्टीभित्र सन्तुलन मिलाउन उनलाई हटाइएको स्रोतले जनाएको छ । प्रदेशसभामा प्रचण्ड माधव नेपाल पक्षले आफ्नो बहुमत रहेको दावी गरेको छ ।

  • चिनियाँ प्रतिनिधिमण्डल र कांग्रेस सभापतिबीच भेटवार्ता

    चिनियाँ प्रतिनिधिमण्डल र कांग्रेस सभापतिबीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवानिवास बूढानीलकण्ठमा भएको भेटमा नेपाल–चीन सम्बन्ध र पछिल्लो घरेलु राजनीतिबारे छलफल भएको छ ।

    सभापति देउवा निकट स्रोतका अनुसार भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले संसद विघटनपछि उत्पन्न परिस्थितिबारे चासो राखेका छन् । नेपालमा राजनीतिक स्थिरता र विकास होस् भन्ने चीनको चाहना रहेको भन्दै प्रतिनिधिमण्डलले नेपालको राजनीतिमा चीनको सद्भावमात्रै रहने बताएका थिए ।

    भेटका क्रममा सभापति देउवाले संसद विघटन नेपालको लोकतन्त्र र संविधानका लागि नकरात्मक कदम रहेको भन्दै आफ्नो पार्टी संविधान र लोकतन्त्रको पक्षमा दृढ रहेको बताएका थिए । चिनियाँ प्रतिनिधि मण्डलले नेपालको राजनीतिमा आफ्नो चासो भएपनि कुनै हस्तक्षेप नरहने स्पष्ट पारेको थियो ।

    चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरिसकेको छ ।

  • भारतमा आइपुग्यो नयाँ कोरोना, ६ जना संक्रमित

    भारतमा आइपुग्यो नयाँ कोरोना, ६ जना संक्रमित

    बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजाति भारतमा समेत देखापरेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट पुगेका ६ यात्रीमा नयाँ कोरोनाभाइरस पुष्टि भएको हो ।

    मन्त्रालयको निर्देशनअनुसार संक्रमितलाई भारतका विभिन्न ठाउँका अस्पतालमा भर्ना गरिएको छ । २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्म बेलायतका विभिन्न सहरबाट ३३ हजार यात्रु भारत पुगेका थिए ।

    संक्रमित ११४ जनामध्ये नयाँ प्रजातिको कोरोना ६ जनालाई पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य संक्रमितको स्वाबलाई प्रयोगशालामा पठाइएको छ ।

    बेलायतबाट फर्किएका ६ जना नेपालीमा कोरोना देखिएपनि नयाँ प्रजातिको हो वा होइन भन्ने पुष्टि गर्न नमुनालाई हङकङ पठाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनमै यसबारे पुष्टि हुने जनाइएको छ ।

  • महिला उपप्रमुखः नदिएपछि खोस्न थाले अधिकार

    महिला उपप्रमुखः नदिएपछि खोस्न थाले अधिकार

    बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकाकी उपप्रमुख शवनम खातुनलाई नगरको काम ‘फलामको च्यूरा’ सरह भएको छ । महिला उपप्रमुख भएकैले अरू जनप्रतिनिधि र कर्मचारीले खातुनलाई सहयोग गरेनन् । स्थानीय सरकार संचालन ऐन २०७४ ले किटान गरेका अधिकार उपयोग गर्न खोज्दा उनलाई जनप्रतिनिधिले मात्रै होइन, कर्मचारीले पनि हेपे । हुन त खातुन नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिकी संयोजक हुन् । तर, विकास निर्माणका काम सम्पन्न भएपछि रकम भुक्तानी गर्दा समेत उनलाई जानकारी दिइएन ।

    अति हुन थालेपछि ६ चैत २०७६ मा उनले निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीलाई ‘कारण’ सोधिन् । त्यस दिन पोखरी सौन्दर्यकरण र बाटो निर्माणको टेण्डर खुल्दै थियो । चौधरीले ई–विडिङ र पत्रपत्रिकामा सूचना प्रकाशन गरी प्रक्रिया पूरा गरिएकाले ‘सोध्न आवश्यक नभएको’ जवाफ फर्काए । चौधरी र खातुनबीच भनाभन भयो । चौधरीले यो भनाभनलाई हातपात गरेको भन्दै प्रेस विज्ञप्ति निकालेर नगरको कामकाज केही दिन ठप्प पारे ।

    तर, उपप्रमुख खातुन पछि हटिनन् । उपप्रमुखको अधिकार प्रयोग गर्न छोडिनन् । त्यो घटनापछि उनलाई कुनै पनि काम गर्नुअघि कर्मचारीले खोज्न र सोध्न थालेका छन् । नगरमा खातुनलाई सुन्न थालिएको छ, दुई वर्षअघिको स्थिति बदलिएको छ । भन्छिन्, ‘महिला भएकै कारण कानूनले दिएको अधिकार समेत प्रयोग गर्न दिइएन । बोल्न र लड्न थालेपछि सुन्न थालिएको छ । त्यसैले अधिकार खोस्नु नै पर्दोरहेछ ।’

    स्थानीय तहका उपप्रमुखलाई कानूनले नै कैयौं जिम्मेवारी र कार्यकारी अधिकार दिएको छ । योजना तथा कार्यक्रम अनुगमनको अधिकार उपप्रमुखलाई नै दिइएको छ । बजेट तर्जुमा उपसमितिको संयोजक उपप्रमुख नै हुन् । न्याय निरुपणको अधिकार पनि उपप्रमुखसँगै छ । तर, कानूनले तोकेका जिम्मेवारी पूरा गर्न कैयौं ठाउँमा व्यवधान खडा गरिएको छ । त्यसैले पछिल्लो समय कागजमा सीमित अधिकार प्रयोग गर्न महिला उपप्रमुख जुर्मुराउन थालेका छन् ।

    १ कात्तिक २०७७ मा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ को भवन उद्घाटन कार्यक्रम थियो । भवनको शिलापत्रमा नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले भवन उद्घाटन गरेको भनेर लेखियो । शिलापत्रमा वडाध्यक्ष तथा सदस्यको नाम पनि लेखियो तर नगरपालिका उपप्रमुख प्रेमकुमारी थापाको नाम भने राखिएन ।

    भवन उद्घाटनको अघिल्लो दिन अनुगमनमा गएकी थापाले नगर प्रमुख र प्रशासकीय अधिकृतलाई आफ्नो नाम पनि शिलापत्रमा राख्न भनेकी थिइन् । तर, उनको आग्रह सुनेको नसुन्यै गरियो । त्यसपछि आवेगमा आएकी थापाले सार्वजनिक कार्यक्रममै गएर ‘महिला भएका कारण अन्याय गरिएको’ भन्दै शिलापत्रमाथि ढुंगा प्रहार गरिन् । त्यो विरोधले शिलालेख त परिवर्तन भएन तर उपप्रमुखलाई गरिने उपेक्षा छताछुल्ल भयो । ‘शिलालेखमा मेरो नाम परेन भन्ने गुनासो होइन, उपप्रमुख पदकै अवमूल्यन भयो भन्ने चिन्ता हो’ उनले भनिन्, ‘प्रमुखले आफूखुशी गरेपछि विरोध आवश्यक थियो । सहनुको हद हुन्छ, सीमा नाघेपछि विरोधमा उत्रिएकी हुँ ।’

    आफ्नो नेतृत्वको न्यायिक समितिलाई दुई वर्ष कर्मचारीविहीन बनाउने, नगरका निर्णय प्रक्रियाबाट बञ्चित गर्ने, जानकारी विनै योजना तर्जुमा गर्ने, अनुगमन विनै योजना फछ्र्योट हुन थालेपछि विरोधको स्वर चर्को पार्नुपरेको थापाको दाबी छ । थप्छिन्, ‘अब योजना तर्जुमा, अनुगमन, न्यायिक निरुपण सबै ठाउँमा हस्तक्षेप गरिन्छ । व्यक्तिगत चासो वा रिसईवी साध्न होइन, गलत संस्कार र प्रवृत्तिविरुद्ध जुध्न जरूरी भयो ।’ आफूले विरोध गर्न थालेपछि नगरउपप्रमुखको अधिकारप्रति सचेत हुन थालिएको उनले महसूस गरेकी छन् ।

    बजेट तर्जुमा र योजना निर्माणमा नगर उपप्रमुखलाई थाहा नदिएपछि यता कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी गुप्ता सावले त नगरसभा नै बहिष्कार गरिन् । पाँचौं नगरसभाबाट आर्थिक वर्ष २०७६÷७७ को बजेट पारित गर्नुपर्ने थियो । उपप्रमुखको अनुपस्थितिमा पनि नगरप्रमुख किरण सिंहले नगरसभा बढाएपछि लक्ष्मीदेवीले अदालत गुहारिन् ।

    २ साउन २०७७ मा नगरप्रमुख सिंह, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगरसभालाई समेत विपक्षी बनाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा लक्ष्मीदेवीको रिट दर्ता गरिएको थियो । रिटमा ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक स्थानीय तहको उपप्रमुख हुने व्यवस्था विपरीत नगर प्रमुखले जबर्जस्ती नगरसभा सञ्चालन गरेकाले नगरसभाको निर्णयलाई कार्यान्वयन नगराउन’ माग गरिएको थियो ।

    न्यायाधीश दयानाथ खरेल र दुर्गाबहादुर विश्वकर्माको इजलासले उनको पक्षमा फैसला त गरेन तर, फैसलामा नगर उपप्रमुखलाई कानूनले तोकेको अधिकारबाट बञ्चित नगर्न भनिएको छ । उनी भन्छिन्, ‘पितृसत्ताको अवशेष बाँकी नै छ । उपप्रमुखलाई महिला भएका कारण हेप्ने गरिएको छ, हाम्रो हरेक काममा हस्तक्षेप हुन्छ ।’

    अदालतको आदेशपछि नगरका योजना अनुगमन, न्याय निरुपणमा हुने हस्तक्षेप घटेको छ । आफूलाई योजना तर्जुमाको अधिकार नदिएकै कारण महिला, बालबालिका र सीमान्तकृत वर्गका धेरै आवश्यकताका योजनालाई बजेटमा ल्याउन नसकेको उनको दाबी छ । ‘निरन्तर आवाज उठाउन छाडेकी छैन । एकदिन उपप्रमुख वा महिलालाई हेप्ने संस्कार अन्त्य हुनेछ’, उनको आत्मविश्वास छ ।

    स्थानीय चुनावलगत्तै रूपन्देहीको लुम्बिनी नगरपालिकाले नगरप्रमुख मनमोहन चौधरीलाई मासिक १ लाख रुपैयाँ तिरेर सवारीसाधन सुविधा दिने निर्णय ग¥यो । तर, उपप्रमुख जानकीदेवी यो सुविधाबाट बञ्चित भइन् । नगरका योजना कार्यान्वयन र अनुगमनमा आफ्नो पनि राय लिन उनले नगरका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरिन् । तर, त्यसको वास्ता गरिएन । ३० चैत २०७५ मा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसँग आफ्नो अधिकारबारे सोधखोज गर्दा उनले नगरको निर्णय र नगरप्रमुखको निर्देशन बाहेक आफूबाट अरू काम नहुने बताए । त्यसपछि उनले पौडेलको कार्यकक्षमा एक साता तालाबन्दी गरिन् ।

    उपप्रमुखको नेतृत्वमा वडा नम्बर ३ का अध्यक्ष अकारामुद्दिन नाउ मुसलमान, वडा नम्बर ७ का अध्यक्ष ध्रुव यादव र वडा नम्बर १० का अध्यक्ष रामजान अन्सारीले सहमति जनाउँदै तालाबन्दीमा सघाए । जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मालगायतको टोलीले सहजीकरण गरेपछि मात्रै ताला खुलेको थियो । ‘गाडीभाडा मात्र होइन, योजना तर्जुमा, कार्यान्वयन र अनुगमनका हरेक काममा बाइपास गरिएकोले विरोधमा उत्रिएकी हुँ’ उनी भन्छिन्, ‘बल्ल मेरो पनि सोधपुछ हुन थालेको छ ।’

    अधिकारमा मात्र होइन, सुविधामा पनि विभेद गरिएकोले त्यसको विरुद्धमा पनि महिला उपप्रमुखहरू उत्रिन थालेका छन् । जस्तोः रूपन्देहीको मर्चवारी गाउँपालिकाले अध्यक्ष केशवनन्द वनियालाई गाडी तर उपाध्यक्ष सुनितादेवी कलवारलाई पल्सर मोटरसाइकल सुविधा दिने निर्णय गर्यो । महिलालाई मोटरसाइकल दिएर उपेक्षा गरेको भन्दै जेठ २०७५ मा उनले विरोध गरिन् । तैपनि कसैले सुनेन ।

    त्यसपछि कलवारले २५ जेठमा वडा नम्बर १, ४, ५, ६ र ७ मा तालाबन्दी गरिन् । जिल्ला समन्वय समितिको सहजीकरणमा ताला खुल्यो । मोटरसाइकलको साटो स्रोत जुटाएर गाडीको व्यवस्था गर्ने निर्णय पनि गरियो । उनी भन्छिन्, ‘निर्णय भए पनि अझै गाडी त पाएकी छैन तर त्यसपछिका गाउँपालिकाका हरेक काममा सोधपुछ गर्न थालिएको छ ।’

    धनुषाको हंसपुर नगरपालिकाकी रेणु झा उपप्रमुख निर्वाचित भएदेखि नै नगरप्रमुख रामज्ञान मण्डलसँग कहल शुरू भयो । उपप्रमुख झाको भनाइमा स्थानीय सरकार संचालन ऐनले उपप्रमुखलाई दिएका सुविधा राजस्व अनुगमन, योजना तर्जुमा र गैरसरकारी संस्थालाई दिने सिफारिशलगायतका उपप्रमुखका काम प्रमुखले गर्न थालेपछि विवाद शुरू भएको हो । उपप्रमुख संयोजक रहेको न्यायिक समितिलाई कर्मचारीविहीन बनाइएको छ, समितिलाई बजेट दिइएन । यस विरुद्ध आवाज उठाउँदा उपप्रमुखसँग लामो समय बोलचाल बन्द भयो ।

    २ साउन २०७६ मा उपप्रमुखको सल्लाह विना नगरपालिकाको कार्यालय सारिएपछि २२ साउनमा प्रमुख र उपप्रमुख पक्षबीच झडप भयो भने ६ जना घाइते भए । स्थानीय तपेश्वर मण्डलको मृत्यु नै भयो । उपप्रमुख रेणुले २२ साउनमा संघले तोकेको स्थानबाट केन्द्र सारेको विरुद्धमा उच्च अदालत जनकपुरमा रिट निवेदन दिइन् । २८ भदौमा अदालतले नगरको केन्द्र पुरानै ठाउँमा राख्न आदेश दियो ।

    धनुषाको हंसपुर नगरपालिकाकी रेणु झा उपप्रमुख निर्वाचित भएदेखि नै नगरप्रमुख रामज्ञान मण्डलसँग कहल शुरू भयो । उपप्रमुख झाको भनाइमा स्थानीय सरकार संचालन ऐनले उपप्रमुखलाई दिएका सुविधा राजस्व अनुगमन, योजना तर्जुमा र गैरसरकारी संस्थालाई दिने सिफारिशलगायतका उपप्रमुखका काम प्रमुखले गर्न थालेपछि विवाद शुरू भएको हो ।

    अदालतको आदेशपछि नगरप्रमुख मण्डलले नगरको कार्यालय पुरानै ठाउँमा सारे । रेणु झा भन्छिन्, ‘अधिकार लिन नबोली नहुने रहेछ । म अदालत गएकैले नगरको केन्द्र सार्ने निर्णय बदर गराउन सफल भएँ ।’ उनका अनुसार नगरको योजना तर्जुमा, कार्यक्रम कार्यान्वयनलगायतमा उपप्रमुखले सहज रूपमा आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनिसकेको छैन ।

    त्यसो त, रौतहटको फतुवा विजयपुर नगरपालिका प्रमुख गोपाल राय यादवले पनि २०७६ असोजमा आफ्नो सचिवालय वडा नम्बर ९ मा सारे । उपप्रमुख कान्तिदेवी महतोसहित नगरका अन्य संरचना भने वडा नम्बर ८ मा नै थिए । यही विषयले उपप्रमुख र प्रमुखबीच लामो समय विवाद भयो । विवादकै बीच आर्थिक वर्ष २०७५र७६ को बजेट हिनामिना गरेको भन्दै उपप्रमुख महतोले प्रमुखसँग हिसाब मागिन् । त्यसपछि त विवादले अझ उग्ररूप लियो ।

    उपप्रमुखले आर्थिक वर्ष २०७५/७६ को नगरसभा रोक्न आग्रह गरिन् तर उनको असहमति बीच १२ फागुन २०७६ मा नगरप्रमुख यादवले नगरसभा गरे । १५ दिने सूचना जारी नगरी नगरप्रमुख यादवले एकलौटी नगरसभा गरेको भन्दै १५ फागुनमा उपप्रमुख कान्तिदेवीले उच्च अदालत वीरगञ्जमा रिट दर्ता गरिन् । उच्च अदालतले उनको पक्षमा फैसला गरिदियो ।

    अदालतको फैसलाले नगरप्रमुखलाई उपप्रमुखको अधिकार चिनाएको र पदीय दायित्व बुझाएको कान्तिदेवी बताउँछिन् । उनको कथन छ, “नगरप्रमुखले गल्ती भयो भन्दै माफी माग्नुभयो । कार्यालय पुरानै ठाउँमा सार्नुभयो । हिसाबकिताब पनि बुझाउनुभयो । त्यसपछि दुवै मिलेर ११ चैत २०७६ मा नगरसभा गरियो ।”

    त्यसो त, बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले सामाजिक मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् । उनी उपमहानगरमा निर्वाचित हुनुअघि संचारकर्मीका रूपमा कार्यरत थिइन् । उनले उपमहानगरमा आफ्नो अधिकार लिन निकै संघर्ष गरिन् । उनी भन्छिन्, ‘ऐन र संविधानलाई मसिनो गरी पढें । त्यसपछि हरेक काममा हस्तक्षेप थालें ।’

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले सामाजिक मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् । उनी उपमहानगरमा निर्वाचित हुनुअघि संचारकर्मीका रूपमा कार्यरत थिइन् । उनले उपमहानगरमा आफ्नो अधिकार लिन निकै संघर्ष गरिन् ।

    त्यसो त उपमहानगरको कानून र कार्यविधि निर्माणका हरेक खेस्रा उनी आफैंले तयार गरेकी छन् । थापाको कथन छ, ‘योजना तर्जुमा समितिको संयोजकको नाताले स्थानीय तहका योजनाका सबै चरणमा सहभागी हुन्छु । स्थानीय नागरिकका मागलाई टिपोट गर्छु अनि तिनै मागका आधारमा बजेट बनाउने काममा सक्रिय हुन्छु, जतिसुकै बोले पनि महिलालाई पूरा अधिकार प्रयोग गर्न भने दिइँदैन ।’

    कतिपयले स्थानीय तहका बहालवाला उपप्रमुखलाई आगामी चुनावमा प्रमुखको दाबेदारका रूपमा पनि हेरेका छन् । तर, अधिकांश स्थानीय तहमा महिला उपप्रमुखको नेतृत्वलाई त्यस रूपमा प्रोत्साहित गरिएको छैन । नेकपा नेता एवं संघीय सांसद राधाकुमारी ज्ञवाली भन्छिन्, ‘महिला जनप्रतिनिधिले आफूमा विषयगत, कानूनी र व्यावहारिक ज्ञान बढाउनुपर्छ । त्यसपछि पनि अधिकार उपयोग गर्न नपाए खोसेर भए पनि लिन सक्नुपर्छ ।’

    (स्रोतः खोज पत्रकारिता केन्द्र)

  • अब कस्तो कथा भन्नुपर्छ ?

    अब कस्तो कथा भन्नुपर्छ ?

    साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरूलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन । यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ । अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरूमा, स्थापित सिद्धान्तहरूमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरूमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो । साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् । एकातिर आर्थिक नीतिहरूले साहित्यको संवर्द्धनमा असर पार्छन् ।

    यो वर्षको बजेटमा विदेशबाट ल्याइएका पुस्तकमाथिको १० प्रतिशत भन्सार कर लगाउँदा भएको व्यापक प्रतिक्रिया यसको एक उदाहरण हो । अर्कोतिर साहित्यले अर्थशास्त्रलाई टेको दिन्छ । रूद्रराज पाण्डेको रूपमती उपन्यासमा प्रमुख पात्र रविलालले लगाएको कपडाको वर्णनले विसं १९९० तिरको नेपालको मध्यमवर्गीय व्यक्तिले उपभोग गर्ने प्रवृत्तिबारे जान्न सकिन्छ भने बालकृष्ण समको मेरो कविताको आराधन पढ्दा राणाहरूले विदेशी आयातलाई कसरी हेर्थे भन्ने पनि जानकारी हुन्छ । सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपालले जुद्धशमशेरका पालाको नेपालको आर्थिक कथा भन्छ भने हर्क गुरूङको मैले देखेको नेपालले विसं २०३० को सेरोफेरोको नेपालको आर्थिक तथा सामाजिक चित्र देखाउँछ । देवकोटाको मुनामदन र सीमापारिबाट लेखिएका लीलबहादुर क्षत्रीका बसाइँ र ब्रह्मपुत्रको छेउछाउ जस्ता साहित्यिक कृतिमा संवेदनशील राज्यको संरक्षणको अभावमा पहाडका हन्डर खाएर विदेश गएका नेपालीका कथा भेटिन्छन् ।

    साहित्यले अर्थशास्त्रलाई धेरै मद्दत गर्न सक्छ। पुरानो युगको खाद्यान्न उपभोगको कुरा गरौं । नेपालको अर्थशास्त्र मात्रै पढ्ने हो भने खाद्यान्न उपभोगको तथ्यांक धेरै अघिसम्म जाँदैन । गरूडनारायण गोङ्गलले विसं १८४६ मा लेखेको सम्झना पढेर हामीलाई भक्तपुरे मल्ल राजा रणजित मल्लको खानाका लागि मसिना चामल, छाँटाको दाल, मुगीको दाल, घिउ, तेल, अचार, रोटी चाहिन्थ्यो भन्ने जानकारी हुन्छ । पृथ्वीनारायण शाहका समकालीन कवि सुवानन्ददासले गोर्खाली महाराजको ज्युनारको यसरी वर्णन गरेका छन्–

    नेपालको सिन्की लुटि मंरातको घिले भुटि

    पालपाको ल्याउ हिङ जिरो रि सिङ को ल्याउ पिरो !

    तनहुँको भातसित भिर्कोटको दालसित

    कन्चन कटौरा भरी स्वर्णका थलिया भरि

    अष्टदल चौकी बसी गंगाजल झारी भरि;

    पुरुव मुहुडा गरी

    महाराजको जिउनार बनाऊ है ।

    अर्थशास्त्र प्राय: ‘औसत’ जनताले के गर्थे, के खान्थे, मल्लकालबाट शाहकाल आउँदा ‘औसत’ जनताको जीवनस्तरमा कस्ता परिवर्तन आए जस्ता प्रश्नको उत्तर खोजिरहेको हुन्छ । गोङ्गलले राजाको जीवनको लेखेको जस्तै अरु कसैले साधारण नेपालीको तत्कालीन भोजनबारे लेखिदिएको भए अन्य विस्तृत तथ्याङ्क नहुँदापनि अर्थशास्त्रीको ‘औसत’ नेपालीको जीवनस्तरसम्बन्धी जिज्ञासाको उत्तर मिल्थ्यो ।

    अब अर्काे उदाहरण हेरौं । आर्थिक नाकाबन्दीहरू हामीले नचाहँदा नचाहँदै हाम्रो जीवनको अभिन्न अनुभव भएका छन् । हामीलाई अहिले पनि नाकाबन्दीले के गर्छ भन्ने विस्तृत विवरण थाहा छैन । जतिखेर गोर्खा र काठमाडौंको लडाइँ भइरहेको थियो, त्यतिखेर, विशेषत: १८२० सालपछि काठमाडौंमा चरम आर्थिक नाकाबन्दी गरियो । मुख्यगरी नुन र कपासको नाकाबन्दीले काठमाडौंलाई समस्यामा पार्‍यो । विसं १८१२ मा जन्मेका उदयानन्द अर्ज्यालको वर्णन (जुन पछि पृथ्वीन्द्रोदय महाकाव्य भनेर प्रकाशित गरिएको छ)मा एक ठाउँमा जयप्रकाश मल्लले ललितपुरका प्रधानहरूलाई रिसाएर ‘तिमीहरू चोलो सिएर राजकोष भर्ने मान्छेले के गोर्खासँग लड्ने विदेशी सेना पाल्न सक्छौ’ भनेका छन् । कपडा बुन्ने पेसा ललितपुरका लागि त्यो बेला महत्त्वपूर्ण भएर त्यसो भनेका हुन् भने यो नाकाबन्दीले ललितपुरलाई गम्भीर प्रभाव पारेको हुँदो हो भन्ने अड्कल गर्न सकिन्छ । ललितपुरे राजा तेजनरसिंह मल्ल त गोर्खासँग नलडी भक्तपुरतिर भागेका थिए । यस्तै नुन नभएर पनि मानिसहरूले धेरै दु:ख पाएका थिए । कवि अज्र्यालले नाकाबन्दीले पारेको मुद्रास्फीतिलगायत प्रभावबारेमा यस्तो लेखेका छन्—

    चांगा च्यासिङ रुपैयाँ दश गनी त दिया थान दुवै मिल्छ जाँहा

    तेल घ्यु बेगर जोगी झांञी त प्रजा नङ्गी अंगी छ ताँहाँ

    सोहोरा ञिटमा छ मुख नुनकी सुख भोटिया बाज ताँहाँ

    पंछी नक्कलका प्रजा घरअघरै रोदनै भार माहा

    अर्थात् ‘१० रूपैयाँमा जम्मा दुई थान च्यासिङ कपडा मिल्छ । तेल, घिउ नभएर प्रजाहरू जोगी जस्तै धुस्रे भएका छन् । मान्छेहरू नुनको तलतल मेट्न इँटामा मुख लगाएर चाटिरहेका छन् । भोटिया बाज आउँदा चराहरू रोइकराइ गरे जस्तो घरघरै रोइकराइ छ ।’

    अर्ज्यालका अनुसार २५० वर्षअघि आर्थिक नाकाबन्दी हुँदा काठमाडौं यस्तो थियो !

     

    पुराना जमानाको म्याक्रोइकोनोमिक तथ्याङ्कहरूको अध्ययनमा प्राध्यापक एङ्गस म्याडिसनको निकै योगदान छ । उनका अनुसार संसारको अर्थतन्त्र समग्रमा सन् १००० देखि सन् २००० सम्म ३०० गुणा बढ्यो । मुख्यगरी यो वृद्धि सन् १८२० पछि भएको थियो । औसतमा एक विश्ववासीको कमाइ सन् १००० मा रू. १०० थियो भने सन् १८२० मा जम्मा १५० । हाम्रा पुर्खाहरूको कमाइ यो गतिमा पनि वृद्धि नभएको हुँदो हो । किनकि यो वृद्धि पनि धेरैजसो प्रमुख एसियाली र युरोपेली मुलुकमा भएको थियो । सन् १८२० तिरको अरु कुरा जान्न हाम्रो मुलुकमा अर्थशास्त्रका तथ्याङ्कहरू सङ्कलन गर्ने प्रचलन थिएन । नेपालमा त अझ राजाको सम्पत्ति गन्न हुँदैन भन्ने प्रचलन थियो ।

    सन् १८२० सम्म आइपुग्दा युरोपमा प्रिन्टिङ प्रेसको निकै विकास भइसकेको थियो । जर्मनीको मेन्ज सहरमा गुटेन्बर्गले बनाएको प्रिन्टिङ प्रेसको प्रमुख उद्देश्य धार्मिक किताब छाप्ने थियो । अमेरिकी अर्थशास्त्री ब्राड डेलोङका अनुसार जर्मनीमा त्यो बेला एउटा किताबको मूल्य एउटा बिएमडब्लू कारको जस्तो पथ्र्यो (जर्मन श्रमको मूल्यको हिसाब गरेर अहिले हेर्दा) । नयाँ प्रेस सुरूमा भगवान्, त्यसपछि ऐतिहासिक कथाका नायक, त्यसपछि अलौकिक र तिलस्मी चरित्रहरू छाप्नमा केन्द्रित भयो । सामाजिक यथार्थवादी धाराका साहित्यिक पुस्तक पछि आए । डिकेन्सले लन्डनको श्रमबजार र शोषणको यथार्थवादी चित्रणका कथा लेख्नु, जेन अस्टेनले प्राइड एन्ड प्रेजुडिस र एमिली ब्रोन्टीले वुदरिङ हाइट्समार्फत बेलायती गाउँका विषमताका कथा लेख्नुअघि नै रबिन्सन क्रुसो र गुलिभर ट्रावल्सले प्रिन्टिङ प्रेसको उपभोग सुरू गरेका थिए ।

    यसका पछाडि जनसाधारणका कथा छापाका अक्षरमा लेखिन योग्य छैनन् वा हुँदैनन् भन्ने विचार हुँदो हो । त्यसबाहेक लेखकहरू प्राय: पुरूष हुने भएकाले महिलाका कुराहरू लेखिएनन् । लेखे पनि महिलाको मनोविश्लेषण त्यसरी नै गरियो, जसरी पुरूषमनले महिलाले सोच्छन् भन्ने सोच्थ्यो । लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् ।

    नेपालीमा सुरूमा लेखिएका पुस्तक महाभारत वा रामायण आदि मुलुकमा लोकप्रिय धार्मिक ग्रन्थका नेपाली अनुवाद थिए । मूल महाभारत वा रामायणको कथा लेखन उत्कृष्ट छ । महाभारतमा धेरै उपकथा छन् । शान्तिपर्वमा शासन कसरी गर्ने भन्नेबारे लामो चर्चा छ । धेरैजसो प्रश्न कथाहरूको उदाहरण दिएर अविस्मरणीय बनाई उत्तर दिइएका छन् । र पनि हरेक कथा या त राजाका छन्, या ऋषिका । हरेक कथामा राजा, ऋषि वा अन्य कुनै अलौकिक पात्र हुन्छन् । साधारण मान्छे मात्र भएका कथा छैनन् भन्दा पनि हुन्छ । महाभारत र रामायणको प्रभाव भएको हाम्रो मुलुकमा यही शैलीको प्रभाव लामो समय रहिरह्यो ।

    अर्थशास्त्रीहरूका लागि औसत जनताका दु:खकष्टको वर्णन राजामहाराजाको जत्तिकै महत्त्वपूर्ण हो । तर पुरानो साहित्यमा यो सजिलैसँग पाइँदैन । यसको असर गोर्खा राज्य विस्तारकालको मुलुकको जनजीवन बुझ्न सक्ने हाम्रो क्षमतामा परेको छ । हामीलाई थाहा छ, धेरै कारणले लडाइँ सजिलो थिएन । दामोदर पाँडेको पालामा विसं १८५८ मा एक मुरी बिजनको खेतको कर रू. १ थियो भने अङ्ग्रेजसँग युद्ध गर्ने बेला त्यसको १३ वर्षपछि विसं १८७१ मा रू. ५ । लडाइँ बढ्दै जाँदा धेरै नेपालीहरू यस्तै बढ्दो करको मारमा परेका थिए । घरका छोराहरू लडाइँमा घिसारेर लगिए । कैयौं बुहारी सती पठाइए ।

    पुराना नेपाली कवि वा लेखकले विसं १८७३ सम्मको राष्ट्र विस्तारका क्रममा बढ्दो पोत तिर्नुपरेका रैकर जग्गामा बसेका रैतीहरू, कुत बढाबढ गरेर जग्गाको उत्पादन बचत खेती गर्नेको हातबाट खेती नगर्नेको हातमा पुर्‍याउँदा दु:खी भएका किसानहरू, झारामा काम गर्नुपरेका व्यक्ति, धोक्रोमा पैसा बोकेर तिर्जा किन्न आउने धोक्रे र तिनीहरूबाट सताइएका किसानको कथा पनि लेखिदिएको भए हामीलाई वसन्तपुर दरबारमा कसले कसलाई काट्यो भन्ने इतिहास भनेर पढाइने कर्कश व्याख्यानबाट केही राहत मिल्थ्यो । एकीकरणका बेला र त्यसपछि पनि लड्न घरबाट उठाएर लगिएका जवानहरू, युद्धले उठीबास लगाएका व्यक्तिहरू, रणमा घाइते भएर उपचार नपाई बिस्तारै बितेका योद्धाहरू, धुकचुक भएर छोरा फर्कने दिन कुरेका आमाहरू, उत्ताउलो भएर लड्न आफैं सुरिएर हिँड्ने अल्लारे युवाहरू, वीर सेनापतिहरूले बूढो उमेरमा उठाएर लगेका कलिला महिलाहरू, वीरहरूको मृत्युपछि जबर्जस्ती सती पठाइएका महिलाहरू, युद्ध सकिएपछि पैसाको आशामा लाहोर जाने युवाहरू, पन्जाबको पतनपछि लाहोरको साटो मुग्लानमा गएर ब्रिटिस सेनामा भर्ना हुने नेपाली ठिटाहरूको धेरै कथा हाम्रो साहित्यको त्यसबेलाको अल्पविकासले छुटेको छ ।

    लडाइँ शौर्यगाथा मात्र होइन, लडाइँपछि जनतालाई केही भएको थिएन, जे हुनु भइहाल्यो भन्ने जस्ता कुरा सही होइनन् । लडाइँ भनेको भयावह कुरा हो । यो कुरा अर्थशास्त्र र साहित्य दुवैमा आउन जरूरी छ । नेपालीहरूले धेरै लडाइँमा भाग लिएका थिए । कुनै हाम्रो आफ्नै मुलुकका लडाइँ थिए, कुनै अरुका लागि लडिएका । तर सबैको असर हाम्रा सर्वसाधारणलाई विभिन्न तरिकाले परेका थिए । लडाइँका आयामहरूलाई सबै आयामबाट हेरिनुपर्छ । गन विद द विन्डमा मार्गरेट मिचेलले लडाइँमा युवाहरू गएपछि घरमा बसेका महिलाहरूको दशाको कथा भने झैं हाम्रामा त्यसरी कथा भनिएनन् । केही अपवाद नभएका होइनन् । भाषावंशावलीमा पृथ्वीनारायण शाहले कब्जा गरेपछिको कान्तिपुरको वर्णन गर्दै भनिएको छ, ‘..येक नेवारका स्वास्नी अति राम्री थिइन्, गोर्षामहाराजबाट प्रवेश गर्‍या उप्रान्त डराई पैह्ले स्त्रीलाई मारी पछिबाट आफूले पनि ज्यान त्याग गर्‍यो ।’ लडाइँको विभीषिकाको वर्णन गर्दै सुन्दरानन्द बाँडाले आफ्नो त्रिरत्न सौन्दर्यगाथामा लेखेका छन–

    ‘तहाँ रणभूमिमा श्येन भया, उलुक भया, काग भया, मसानकाग भया, ग्रिध्र भया,.. , स्याल भया, .. पशुजात पन्छीजातहरू शूरवीर सिपाहीका आलो मासु आलो रगत बोसो गिदी आन्त्रा भुँडीसमेत यथेष्ठ षान पाउँदा र्‍हीष्टपुष्टांग भयाका छन् ।’

    मोदीआइनमा महाभारत युद्ध नभइदेओस् भनेर प्रार्थना गरेर बसेका महिलाहरूको कथा छ, जो भगवान् कृष्णको युद्ध गराएरै छाड्ने प्रवृत्तिबाट रुष्ट छन् ।

    पृथ्वीनारायण शाह मर्दा नौ जना श्रीमती सती गएका थिए । उनकी कान्छी श्रीमतीको उमेर निकै कम हुँदो हो । यी सतीहरू मर्दाको स्थिति कहिल्यै सजिलो हुँदैनथ्यो । भक्तपुरका युवराज अच्युत सिंह मर्दा विष्णुमतीमा उनकी रानी सती गएको हेरेपछि गरूडनारायण गोङ्गल बेहोस भएका थिए । त्यसपछि रणजित मल्लले माया गर्दै भनेका थिए, ‘हेर ग‘ड, तँ यति कमजोर रोगी रहेछस्, कसरी मसँग काशी जालास् ? घरै फर्की ।’ त्यो बेलाको नेपालमा बाँच्न यसैले मुटु बलियो भएको हुनुपर्थ्यो ।

    पृथ्वीनारायण शाहको काठमाडौं विजयपछि गोर्खामा युद्धको महिमा चर्को भएको हुनुपर्छ । नामहरूले कतिपय बेला त्यो युगको कथा बोलेका हुन्छन् । नामहरू हेर्दा कहिलेकाहीँ मानिसको परिवारको शिक्षाको स्तर पनि अड्कल गर्न सकिन्छ । जस्तो कसैका हजुरबुबाको नाम तपाईंले सोध्दा उसले कञ्चन भन्यो भने, रूपक भन्यो भने ती त्यो बेलाका तुलनात्मक रूपमा शिक्षित व्यक्तिका सन्तान रहेछन् भनेर अड्कल गर्न सकिन्छ । जेठो जन्मे कृष्ण, माहिलो जन्मे राम, साइँलो छोरो जन्मे हरि राख्ने व्यक्तिहरूले या नाम खोज्न धेरै मिहिनेत गरेका नहोलान् या अद्वितीय या आधुनिक नाम राख्ने शिक्षा नभएकाले त्यस्तो भएको हुँदो हो । आफ्ना छोराछोरीको नाम अरु कसैले नराखेको सुन्दर नाम राख्ने हुटहुटी थोरै व्यक्तिमा हुन्छ । झन् थोरै व्यक्तिले त्यसो गर्न सक्छन् । अर्कोतिर गाउँमा सबैभन्दा पीडित मानिसका छोराछोरीको नाम गोल्छे, पुड्के, दले, सन्ते, डल्ली भएको हुन सक्छ । पण्डितले पनि थोरै दक्षिणा बोकेर मन नलागीनलागी राखिदिएका नामहरू कहिलेकाहीँ सुन्दैमा चिन्न सकिन्छ ।

    नेपाल देश बनेपछि पनि लामो समयसम्म साहित्य फस्टाउन पाएको थिएन । राजाहरू प्रताप सिंह, रणबहादुर, गीर्वाणयुद्ध कोही पनि ४० वर्ष पनि बाँचेनन् । अर्कोतिर भक्तपुरका अन्तिम चार राजाहरू रणजित मल्ल (४८ वर्ष), भूपतीन्द्र मल्ल (२६ वर्ष), जितामित्र मल्ल (२३ वर्ष) र जगतप्रकाश मल्ल (२९ वर्ष)ले औसत ३१ वर्ष शासन गरेका थिए । ती कलामा पारङ्गत भएर निस्किए । कतिले आफ्नै नाममा किताब लेखे । आज पनि दरबार क्षेत्र हेर्ने हो भने नेपालका पहिलाका राजाहरू कसैको पनि दरबार क्षेत्र सुन्दरता र भव्यतामा भक्तपुरकोसँग तुलनायोग्य छैन । गोर्खाले भक्तपुर विसं १८२६ मा सर गर्दा रणजित मल्ल ७४ वर्षका थिए, त्यतिको पाको र धीर राजा शाहवंशले कहिल्यै दिन सकेन । धेरै कुरामा यसको असर देखियो । साहित्यलाई आडभरोसा दिनुपर्ने, विद्यालय खोल्नुपर्ने जस्ता विषयमा हाम्रा शासकको ध्यान जानै सकेन । ती न साहित्यका उत्पादक भए, न खरिदकर्ता ।

    लाग्छ, लडाइँका बेला बरू साहित्यभन्दा युद्धप्रेम र उन्माद बढी थियो । त्यस बेलाको नाम हेरौं— रणबहादुर शाह त छँदै थिए, उनका छोरा रणोद्योत शाह र अर्को राजा भएका छोरा गीर्वाणयुद्धविक्रम शाहको नाम पनि युद्धसँग सम्बन्धित थियो । अमरसिंह थापाका छोराहरूको नाम रणवीरसिंह, रणसुर सिंह, रणध्वज सिंह, रणभीम सिंह, रणजोर सिंह आदि थियो । तुलाराम पाँडेका छोराहरूको नाम रणजित र जगजित पाँडे राखे । अनि नातिहरूका नाम पनि जङ्गवीर, वीरभञ्जन, सिंह वीर, शमशेरबहादुर थियो । दामोदर पाँडेका छोराहरूको नाम रणजङ्ग, रणदल, रणकेशर, रणबम आदि थियो । रामकृष्ण कुँवरका छोरा रणजित कुँवर थिए । जसवन्त भण्डारीका खलकमा पनि रणसुर भण्डारी, रणदेव भण्डारी थियो । शिवराम बस्न्यातका खलकमा झन् नहुने कुरै भएन । यिनका नातिहरूको नाम रणवीर सिंह, रणदीप सिंह, रणधीर सिंह थियो । भीमसेन थापाका भाइ नयनसिंह थापाका छोरा माथवरसिंह र नाति रणउज्वल थापा थियो । जङ्गबहादुरभन्दा अघिका प्रधानमन्त्री पनि राजखलकका चौतरिया फत्तेजङ्ग शाह थिए । यी नामले त्यो युगको जेटगेस्ट बुझ्न हामीलाई सहयोग गर्छ । साहित्य त्यस बेला सम्भवत: टाढाको कुरो थियो । नयाँ गोर्खाली विजेताहरू सामूहिक रूपमै नयाँ नाम खोज्ने र अद्वितीय नाम राख्ने हुटहुटी भएका शिक्षित व्यक्ति थिएनन् ।

    पोखराका धर्मराज थापाले लोकगीतहरू सङ्कलनका साथै मेरो गृहजिल्ला चितवन पुगेर त्यहाँको बारेमा चितवन दर्पण भन्ने पुस्तक नै लेख्नुभएको छ, जहाँ भर्खर बस्ती बसाइएको चितवनका निकै कथा छन् । त्यो गुन केही भए पनि तिर्न मैले कास्कीका केही कथा कास्केली वृद्धहरूसँग सुन्ने कोसिस गरेको थिएँ । तीमध्ये यहाँ एकदुई राख्न चाहन्छु । तिनले एक सय वर्षअघिको, डेढ सय वर्षअघिको कास्कीको परिवेश कस्तो हुँदो हो भन्ने कुराको उत्तरमा मलाई भनेका थिए–

    धेरै दु:ख थियो । … त्यसबेला मान्छेहरू ५५/६० वर्षमा मर्थे । ६० वर्षमा मर्दा त ओहो उमेर भएर गएछन् भन्ने हुन्थ्यो । लेकमा भन्दा तल बेसीमा बस्ने मान्छे चाँडै मर्थे । किरिया बस्नेहरू सानासाना बालख हुन्थे ।… रोग सबैतिर थियो । भुर्जुङ्खोलाका सुब्बाबाहेक सबै गाँडा थिए । घाचोक, काउँमान, लाचोकमा धेरै गाँडा र बोली बिग्रेका थिए; भिजुकीमा गाँडा थिएनन् । तोल्कामा थिए । सिसुवा, खुदीतिर विधवा बढी थिए । एक जना दिदीलाई सिसुवातिर बिहे गरेर नदिनू भन्दाभन्दै दिइयो, बिहे गरेको २७ दिनमा विधवा भइन् । पोखरामा नै औल लाग्छ भनेर मानिस बास बस्दैनथे । धिताल बाँस्कोटमा भने लाटा जम्मा दुई जना थिए ।

    मलाई लाग्छ, कास्कीकी गीतकार तथा गायिका हरिदेवी कोइरालाका कलामा अन्याय, लाहुरेका पीडा र नारीका दु:ख प्रतिबिम्बित हुनु कुनै संयोग होइन । यो स्थिति कास्कीको मात्र होइन, यो त्यो युगको देशभरिको स्थिति थियो । चाँडैचाँडै मान्छे मर्ने त्यो जुगमा आफ्ना साना छोराछोरीको भविष्यको चिन्ताले मानिसलाई सताउँथ्यो ।

    नेपाली साहित्यमा त्यसरी छटपटाएका आमाहरूको दु:ख शब्द बनेर पोखिएका विभिन्न उदाहरण पाइन्छन् । शङ्कर लामिछानेले देउताको काममा आमाबारे लेखेका छन्–

    … (उनी) क्षयरोगबाट पीडित पतिपरित्यक्ता एक मास्टरनी थिइन्, एक मिडल स्कुलमा । पढाएर आउने पैसाबाट आफू र छोराको खाना, कपडा, पथ्य, उपचार र भवितव्यबाट जोगाइराखेको त्यो छल सम्पत्ति एकैपटक स्वाहा हुँदा.. आफ्नो मृत्युको निमन्त्रणा प्रत्येक खकारमा आइरहेका बेला पाँच वर्षको छोरो यो भवसागर कसरी पार गर्ला भन्ने विचारबाट उनको मुटु चिमोटीचिमोटी खाइरहेको हुँदो हो ।

    धनुषचन्द्र गोतामेको घामका पाइलाहरूमा रोगले थलिएकी आमा साना सन्तानको मोहले छटपटिएकी हुन्छिन् र बिरामी हुँदा अस्पतालमा भन्छिन्– मेरो पवनको बिचल्ली गराएर म के मर्थें, सबै थान्को लाएर आफ्नो सप्कोमा बाँधेको साँचो बुहारीलाई जिम्मा लाएर, घरबार सुम्पेर मात्र म सन्तोषसित जानेछु ।

    हरिवंश आचार्य पनि आफ्नो बालकाल सम्झिँदै चिना हराएको मान्छे (विसं २०६९)मा लेख्छन्–

    मेरी (बाउन्न वर्षकी) आमालाई हामी ससाना छोराछोरीलाई छाडेर मर्न मन थिएन होला ।… के गरेर तागत आउँछ, के गरेर बाँच्न सक्छु, जे गरेर भए पनि मेरा छोराछोरी टुहुरा नबनून् भनेर छटपटाउनुहुन्थ्यो रे आमा ।

    अर्थशास्त्रीका रूपमा हेर्दा एक परिवार टुक्रिनु, उमेरका महिलापुरूषहरू मर्नु, बच्चाहरू कुनै अभिभावकीय सुपरिवेक्षणबिना हुर्कनुको दीर्घकालीन असर हाम्रो मुलुकको अर्थतन्त्रलाई कसरी पर्‍यो होला भन्ने प्रश्न महत्त्वपूर्ण छ । हाम्रो समाजमा इतिहासका शिक्षा लिने वातावरण नै बनेन, घरघरभित्र हुनुपर्ने संस्थागत सम्झना (इन्स्टिच्युसनल मेमोरी)को मात्रा पनि कम भयो । यसले हरेक पुस्ताले महत्त्वपूर्ण सामाजिक ज्ञान आफैं सिक्नुपर्ने अवस्था आयो । युद्धको यो असर आज सत्य हो भने पहिला पनि सत्य थियो ।

    भीमसेन थापाको पालाको इतिहासलाई आर्थिक इतिहासकार लुडविग स्टिलरले साइलेन्ट क्राइजमा उल्लेख गरेका छन् । शासन त्यो बेला पनि जहानियाँ नै थियो, जनता करको उच्चदरले पिल्सिएका थिए । तर नेपाल राज्यका रूपमा बिस्तारै आकार लिँदै थियो । शासक र शासितबीच संवादको स्थिति भने थियो । जनता कर धेरै भयो भने सरकारसम्म आवाज पुर्‍याउँथे । सरकार सकेसम्म मध्यम विन्दु खोज्थ्यो । सुगौली सन्धिपछि मुलुक र सेनाको स्पिरिट क्षतविक्षत पक्कै भएको थियो । एकातिर करको दर उच्च थियो, अर्कातिर विसं १८९२ मा रङ्गनाथ पौड्याल आयोगले दिएको सुझावअनुसार राज्यको अनावश्यक खर्च घटाएर मितव्ययी बन्नुपर्ने देखिएको थियो । सेनाहरूमा भने तलब कम भएको, लडाइँ नभएर काम नभएकोमा असन्तुष्टि थियो । महेशचन्द्र रेग्मीका अनुसार मान्छेहरू उच्चदरको मालपोतले धेरै पिल्सिएका थिए । कसलाई कति कर लगाउने केही निश्चित थिएन । तिरो तिरिरहेका चुनी किसानको अधिकार केही हदसम्म सुरक्षित थियो । तर बिर्ता वा जागिरमा बसेका किसानको अधिकार सुरक्षित थिएन ।

    भीमसेन युगको महत्त्वपूर्ण घटनामध्ये एक बासट्ठीहरण थियो, जसमा धेरै मठन्दिर, गुम्बा, ब्राह्मणका बिर्ता हरण गरिएका थिए । रणबहादुर शाहले तिरहुते ब्राह्मणकी विधवा छोरी बिहे गरेर राज्यको उत्तराधिकारको समेत नियम फेरेको धेरै उच्च जातका जनतालाई चित्त बुझेको थिएन । उनलाई चाहिँ ब्राह्मणले आफ्ना कुरा मानेनन् भन्ने थियो । त्यसैको झोक उनले विसं १८६२ मा बासट्ठीहरणमार्फत फेरेका थिए । त्यसको असर दूरगामी भएको थियो । संयोग कस्तो भयो भने, पहिले वेगगतिमा पश्चिममा विजय हासिल गरिरहेका अमर सिंह थापा काश्मीरसम्म हान्ने सुरमा हिँडेका थिए । तर १८६३ सालदेखि भने उनी काँगडाको किल्लामा तीन वर्षसम्म त्यसै त्रिगर्त नरेश संसारचन्दलाई हराउन नसकी अड्किएर बसे । यिनले स्वाभाविक रूपले यसमा बासट्ठीहरणले गर्दा भएको पापको भूमिका देखे । लेखिका इन्दिरा जोशीले लेखेको अमरसिंह थापाको जीवनीमा प्रकाशित थापाले राजालाई लेखेको एक पत्रको व्यहोरा यस्तो छ—

    हजुरले ब्राह्मणहरूका बिर्ता हरण गर्‍याका बेलादेखि हजारौं ब्राह्मणहरू साह्रै फजिती पाई कङ्गाल भयाका छन् । काँगडा फत्य भएपछि ती बिर्ता फर्काइनेछन् भन्न्या कबुल गरी हजुरले मेरा र नैनसिंह थापाका नाममा लालमोहर लाग्याको हुकुम पठाइबक्स्याको थियो । त्यो काम हामीले पुर्‍याउन नसक्दा अहिले चारैतर्फ गोलमाल उठ्याको छ ।

    त्यस बेला खुम्बु क्षेत्रमा बासट्ठीहरणको विरोधमा विद्रोह भयो, मानिसहरू मारिए । ती विद्रोहका कथा भने साहित्यले उतारेन । त्यस बेला लेखिएका नेपाली पुस्तकहरूमा करले पिल्सिएका, दु:ख पाएकाहरूको कथा आउँदैन ।

    रणबहादुरको अस्थिर शासनबाहेक अन्य बेला भने हाम्रो शासन महाभारतका नीति र उपदेशलाई मानेर चल्न खोज्थ्यो ।

    महाभारतमा शान्तिपर्वमा भीष्मले युधिष्ठिरलाई भनेका थिए, ‘राज्यको ढुकुटी भरिराख्नुपर्छ । भरेपछि यसलाई नचाहिने खर्च रोकेर, मितव्ययी हुँदै, राम्रोसँग जतन गरेर बचाउनुपर्छ र सधैं बढाउने कोसिस गर्नुपर्छ । यो शासकले नित्य गर्नुपर्ने काम हो । राजस्व उठाउन नसक्ने राजालाई सबैले हेप्छन् (हीनकककशं हि राजानं अवजानन्ति मानवा:) । तर ‘न कोश: शुद्धशौचेन न नृशंसेन जायते, पदं मध्यम आस्थाय कोशसङ्ग्रहणं चरेत्’ अर्थात् धेरै उदार भएर पनि राजस्व सङ्कलन गर्न सकिँदैन, धेरै नृशंस भएर पनि हुँदैन, ठिक्क हुनुपर्छ ।’

    जङ्गबहादुरलाई १८६२ को बासट्ठीहरणले धेरै परि पारेको थियो । उनले हरणजग्गा फिर्ता दिने नियम पनि ल्याएका थिए । जङ्गबहादुरले शासनमा आउनेबित्तिकै तराईका कैयौं जग्गालाई जथाभावी बिर्ताका रूपमा दिन नपाइने थिति बाँधेका थिए । त्यसअघि राज्य कमजोर थियो, ऊ कैयौं ठाउँमा त आफैं कर उठाउन नसकेर पाँच साल ठेकी (पाँच सालका लागि कुनै क्षेत्रमा कर उठाउने ठेक्का) लगाउँथ्यो । त्यस्ता ठेक्का खानीमा पनि थियो । जङ्गवबादुर सत्तामा आउँदा राज्यकोष खासै बलियो पनि थिएन । राज्यको पूर्ण सैनिकीकरण पनि भएको थियो । सन १८५२/५३ को एक रेकर्डअनुसार सरकारका नाममा भएको ३८ लाख ११ हजार ८३० मुरी खेतमध्ये ३१ लाख ७८ हजार ११० मुरी सेनालाई र बाँकी अधिकांश राजदरबार र राणा परिवारलाई जान्थ्यो । यो अवस्थामा कला, साहित्यको संरक्षण र प्रवर्द्धन कल्पनाबाहिरको विषय थियो ।

    सरकारका तमसुक, सरकारले लेखेका चिठी र सरकारमा गरिएका हारगुहारका निवेदन पढेर अर्थशास्त्रीहरूले त्यस बेलाको उच्च कर र साधारण राज्यव्यवस्थाका असरबारे प्रकाश परेका छन् । महेशचन्द्र रेग्मीका अनुसार विसं १८९० मा भीमसेन थापाको शासनको अन्त्यतिर सल्यानमा कर उठाउने धोक्रेहरूले समय नदिई कडाइ गरी पैसा उठाउन खोज्दा धेरै किसान जमिन छाडेर भागेका थिए । योगी नरहरिनाथको एक खोजअनुसार त्यसको १३ वर्षपछि जुम्लामा विसं १९०३ वैशाखमा ज्युना चँदारालाई रू. २० मा कमारी बनाएर खरिद गरिएको थियो, जुन त्यस बेला साढे १० मुरी चामलको मूल्य थियो । बाउले लिएको छ रूपैयाँ २० वर्षसम्म नतिरेकाले जङ्गबहादुरको पालमा विसं १८२२ मा डोटीमा एक महिलालाई बलात् कमारी बनाइएको थियो । यी कथा हाम्रो त्यो बेलाको साहित्यले भने छुटाएको छ ।

    विसं १९२० देखि १९२४ सम्म तराई र त्योसँग जोडिएका भारतका जिल्लामा गएको भोकमरीको असर त झन् भयावह थियो । धेरै बाबुआमाले आफ्नै छोराछोरी बेचेका थिए । यसरी बेचिएका केही दास पछि जङ्गबहादुरको पहलमा फिर्ता पनि गरिएको थियो । र स्वतन्त्र मानिसका सन्तानलाई कमाराकमारी बनाउन नपाइने नियम पनि सुरू गरिएको थियो । तर ती दिन भयावह थिए, मानिसको सम्पत्तिको संरक्षण र मानिसको भविष्यप्रतिको आशावादिताका दृष्टिले पनि । राजामहाराजालाई समेत आफ्ना सन्तानको भविष्य कस्तो हुन्छ भन्नेमा सुनिश्चितता थिएन । माथवरसिंह आफूलाई गोली लागेपछि आफ्नी आमा र सन्तानलाई केही नगरिओस् भनेर भिक्षा माग्दै राजाको अगाडि रोएका थिए, जङ्गबहादुरका सन्तान या मारिएका थिए या देशनिकालामा परेका थिए । राजाकै सन्तानको समेत भर थिएन । देशनिकालामा परेका चौतरिया र सानामै आँखा फुटाइएका राजकुमारहरू यत्रतत्र थिए । राजा पृथ्वीनारायण शाहकै आफ्नै छोरा बहादुर शाह तातो तेलमा डुबाएर मारिएका थिए, नाति रणबहादुरको हत्या भएको थियो, पनाति विदुर शाहीहरू सानैमा विष्णुमतीमा लगेर काटिएका थिए । हामीले बनाएको पद्धतिको सुरूवाती बेला कोही सुखी थिएन, कोही ढुक्क थिएन । यी कथा त्यो बेलाको हाम्रो साहित्यले छुटाएको छ ।

    १८०१ को नुवाकोट विजयलाई एकीकरणको युद्धको आधारवर्ष मान्ने हो भने सुगौली सन्धिको वर्ष अर्थात् विसं १८७३ सम्म ७२ वर्षसम्म गोर्खाली सेनाले निरन्तर लडेको थियो । १८७३ देखि भने शान्ति छाएको थियो । तत्कालीन रेजिडेन्ट ब्रायन हडसनका अनुसार नेपालको बाह्य व्यापार युद्धपछि निकै राम्रो भएको थियो । १० वर्षमा तीन गुणा बढेको थियो । त्यो शान्तिकालको साहित्य भने अझै जनताको तहमा उत्रिको थिएन । नेपाली भाषामा लेखिएका किताब त्यो बेलासम्म रामायण, महाभारत, स्वस्थानी, ऐतिहासिक चरित्रमा आधारित तिलस्मी खालकै थिए । भानुदत्तको हितोपदेश मित्रलाभ (विसं १८३३), शक्तिबल्लभ अज्र्यालको हास्यकदम्ब (विसं १८५५), गौरेश्वर शर्माको बेताल पञ्चविंशती (विसं १८६६) विष्णुपद पाध्याको लालहीराको कथा (विसं १८८९) यसका केही उदाहरण हुन् । विसं १८७८ मा नेपालीमा अनूदित स्वस्थानी व्रतकथा भने अत्यन्त लोकप्रिय हुन पुग्यो । पृथ्वीनारायण शाहको उपदेश भनिएको दिव्योपदेशको रचना सम्भवत: भने १८३१ मा नभई निकै पछि भएको हुँदो हो । दिव्योपदेशमा अर्थशास्त्रसँग सम्बन्धी विभिन्न कुरा पनि छन् ।

    नेपालमा विसं १९०८ मा गिद्धे प्रेस, त्यसको केही वर्षपछि मनोरन्जन छापाखाना सुरू भए । विसं १९५० मा मोतीराम भट्ट र पण्डित कृष्णदेवको सयुंक्त स्वामित्वको निजी क्षेत्रको पहिलो पशुपत प्रेस ठहिटीमा खुल्यो । सुरूका सरकारी प्रेसले प्रकाशन क्षेत्रमा कुनै ठूला क्रान्ति ल्याउन सकेनन् । पशुपत प्रेसको भने विभिन्न तरिकाले नेपालमा प्रभाव भयो । पहिलो पत्रिका सुधासागर पनि यही प्रेसबाट विसं १९५५ साउनमा निस्कियो । विसं १९६० तिर सरकारी गोरखापत्र प्रेसको स्वामित्व केही समयलाई पाएका जयपृथ्वीबहादुर सिंहले सम्भवत: हाम्रो साहित्यको स्तर माथि लैजाने प्रयास गरेका हुँदा हुन् । तर धेरै सफल भने भएनन् । नेपाली साहित्यमा विविधता ल्याउन नेपाली भाषा प्रकाशिनी समिति नै चाहियो, जसमा बस्दाका अनुभवहरू बालकृष्ण समले आफ्नो जीवनी मेरो कविताको आराधानमा उल्लेख गरेका छन् ।

    बढ्दै गएको शिक्षा र लामो समयको शान्तिले विस्तारै भने पनि धनी हुँदै निस्कँदै गरेको एक मध्यमवर्गीय तप्काले साहित्यको सुरूको विकासलाई निर्देशित गर्‍यो । र राणाशासनमा आएर केही यथार्थवादी लेखाइका राम्रा नमुना निस्कन थाले । पहलमान सिंह स्वाँरको एकलाख रुपैयाँको चोरी (१९७४), पुष्करशमशेरको कथा परिबन्द आदी यसका उदाहरण हुन् (पुष्करशमशेरको अर्को कथा स्वार्थत्याग पनि न्याय निरूपण गर्ने राणाकालीन शैली र त्यससँग व्यक्तिगत यौन वुभुक्षाको सम्बन्धबारे केन्द्रित छ) । राणाकालीन न्याय निरूपणको अर्को राम्रो उदाहरण हेनरी ओलफिल्डको तत्कालीन राणाकालीन नेपालमा शिरच्छेदन गरेर मृत्युदण्ड दिदाँको वर्णन र प्रकाश वस्ती सम्पादित कानुनसम्बन्धी केही ऐतिहासिक अभिलेखहरूमा उल्लिखित १९३८ सालको पर्वपछिको मृत्युदण्ड पाएका व्यक्तिहरूको काटिन लैजाँदाको मनोदशा तथा संवादले पनि दिन्छन् । विसं १९७४ तिर योगमायाले लेखेका भनिएका भावनाहरू पछि प्रकाशित भए, जसमा योगमाया वर्गीय विभेद तथा शोषणविरूद्ध प्रखर वक्ताका रूपमा देखापर्छिन् । अरु विद्रोही आवाजहरू तत्कालीन युग सुहाउँदो रूपमा प्रकाशित भए । सुब्बा कृष्णलाल अधिकारीले विसं १९७७ मा विम्बहरू प्रयोग गरेर लेखेको भनिएको मकैको खेती यसको एक उदाहरण हो ।

    अर्थशास्त्रीहरूको मतमा कानुनी व्यवस्था कमजोर हुँदा, गुणदोष छुट्टिन समय लाग्दा वा गलत रूपमा छुट्टिँदा अर्थतन्त्र स्वभावैले कमजोर हुन्छ । र लगानीमा व्यक्तिहरूको मन जाँदैन । जङ्गबहादुरले जग्गामा खेती गरेर तिरो तिरिरहेका व्यक्तिको जग्गा अरुलाई मोही लगाउन नपाउने व्यवस्था ल्याएसँगै नेपालमा जग्गामाथि सम्पत्तिको हक स्थापित हुन थाल्यो भने चन्द्रशमशेरले विसं १९७९ वैशाख २ बाट जग्गा दर्ता प्रक्रिया व्यवस्थित बनाएर मालपोत अफिसहरू खुलेसँगै यो झन बलियो हुन थाल्यो । उद्योगमा लगानीका धेरैजसो कुराहरू जुद्धशमशेरको पालामा व्यवस्थित गर्न सुरू गरिए । सरकारी पहलमा बजारहरू (अर्थात् गोलाहरू) खोल्ने काम अलि पुरानै भए पनि सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण सहर विराटनगर, नेपालगन्ज, वीरगन्ज खोल्ने, भित्री पहाडका धरानलाई सहरको रूप दिने काम वीरशमशेर र चन्द्रशमशेरको पालामा सीमामा भारतीय रेलको आगमनसँगै भए । भर्खरै बसेको सहर वीरगन्जमा रेल आउँदाको कथा सजीव रूपमा साहित्यमा उतार्ने काम चाहिँ धनुषचन्द्र गोतामेको विसं २०३५ मा घामका पाइलाहरूमार्फत भयो । अरु सहरका सुरूवाती दिनका कथा नकोरिएकाले ती विस्मृतिको गर्भमा रहे ।

    नेपालमा चाहे जस्ता उपभोगका, आयका, बसाइँसराइका तथ्याङ्कहरू २००७ सालको क्रान्तिपछि पनि उत्पन्न भएनन् । २००८ सालमा हामीले मोहीको लागत लिने भनेर सर्भे सुरू गरेका थियौं, सेन्सस पनि २०११ देखि गरेका छौं । तर यी विस्तृत नभएको र हाम्रो तथ्याङ्कशास्त्रसम्बन्धी ज्ञान पनि सीमित भएकाले हाम्रा रेकर्डहरू २००७ सालपछि पनि ठीकै मात्र रहे । तर हाम्रो साहित्य भने सुरूवाती दिनमा ह्वात्तै बढ्यो । कलेज पढ्ने विद्यार्थीको पढ्ने सामग्रीको भोक बढेर पनि होला, स्वतन्त्रता भर्खर उपभोग गर्न थालेर पनि होला, नेपालीहरू हातिमताइका कथा, गुलबकावलीका कथा, मधुमालतीका कथा, पिनासका कथा, लालहीराका कथाबाट आफ्ना कथा लेख्ने स्थितिमा पुगे । सामाजिक यथार्थमा आधारित ती कथाले हामीलाई काठमाडौं र मुलुकका ती कुराहरूबारे बताउँछन्, जुन हाम्रो सीमित तथ्याङ्कमा आधारित अर्थशास्त्रले बताउन सक्दैन । उदाहरणका लागि २०११ सालमा हृदयचन्द्रसिंह प्रधानले नारीवादी स्वास्नीमान्छे लेखे; शङ्कर कोइरालाले आञ्चलिक उपन्यास खैरेनीघाट २०१८ सालमा लेखे । भीमनिधि तिवारीले २०२७ सालमा प्रगतिशील उपन्यास इन्साफ लेखे । र रमेश विकलले प्रगतिशील आञ्चलिक अविरल बग्दछ इन्द्रावती“ २०४० सालमा लेखे । यी सबै उपन्यासले नयाँ गोरेटो कोरे र समाजको नयाँ तस्बिर देखाए ।

    तर पनि साहित्यले धेरै क्षेत्र छुन सकेको थिएन । संसारसँग जोडिँदै गरेको नेपालको सुरूवाती दिनका कथा पनि साहित्यमा राम्रोसँग लेखिएका छैनन् । राणाकालसम्म विदेशीका लागि नेपाल बन्द थियो । तर नेपालीहरूलाई विदेश जान खुला थियो । र नेपालीहरू विश्वविजेता जस्ता ब्रिटिसको पछि लागेर संसारका चारै कुना पुगेका थिए । घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली भन्ने गीत गाउने धर्मराज थापाले टिपेको कथा यस्तै व्यक्तिको थियो । तर ती रोएर मात्र बसेका थिए कि हाम्रो देश किन अघि बढेन भन्ने सोचेर पनि बसेका थिए होलान् ? तिनले आफ्नो मुलुकको शोषणदमनलाई नबुझेका थिए होलान् भन्न पनि गाह्रो छ । आजका एनआरएन जस्तै त्यस बेलाका एनआरएन पनि नेपाल फर्केर देशलाई सुधार्छु भन्ने सोचाइ त राख्थे होलान् । वास्तवमा धेरै ठाउँमा भर्खर स्कुलहरू खुल्दा शिक्षक लाहुरेहरू नै थिए ।

    हामीले थाहा नपाएको प्रश्न अहिले के हो भने, कसरी नेपालीहरूको विदेश जाने क्रमले नेपाली समाजमा परिवर्तन ल्यायो ? बाहिरबाट आएको धनले, रिटायर्डहरू र विधवाहरूले पाएको पेन्सनले, देखेर आएका नयाँ प्रविधिले कसरी गाउँहरूलाई फरक पारे ? रेडियो घन्काउँदै, घडी लगाउँदै, रूमाल भिर्दै, चुरोट पिउँदै, तास खेल्दै आउने लाहुरेले नेपालको परम्परागत आर्थिक जीवनलाई कसरी फरक पारे ? के गरिब जनताको वित्तीय पहुँचको स्थिति राम्रो हुँदै गयो ? के लाहुर जाने वर्गले धनमा लाहुर नजाने वर्गलाई जित्यो ? राईलिम्बूहरू विसं १९५० तिर मात्र ब्रिटिस आर्मीमा जान सुरू गरेको परिप्रेक्ष्यमा के चौबिसे राज्यहरू पूर्वी राज्यहरूभन्दा आर्थिक रूपले, सामाजिक रूपले केही अघि हुनु लाहुरको उपज थियो ? यी प्रश्नको उत्तर न अर्थशास्त्र, न साहित्यमा भेटिन्छ ।

    विसं १९८६ मा अमेरिका र पश्चिमी विश्वमा ठूलो आर्थिक मन्दी भयो । त्यहाँका उत्पादित सामानलाई नेपाल आउन सजिलो बनाइदिएर भीमशमशेरले मुलुकलाई बाँकी विश्वसँग जोडिदिएका थिए । जुद्धशमशेरले पनि घरमा लगाउने कर्कटपाता ल्याउन फुकुवा गरिदिए । त्यसपछि नेपाली घरमा छाना पहिले जस्ता रहेनन् । नेपालीको त्यो बेलाको आयातित सामानको उपभोग गर्ने संस्कृतिको समाजमा असर कस्तो पर्‍यो ? साहित्यमा यसका केही वर्णन पाइन्छन् । विसं १९९२ मा प्रकाशित रूपमतीमा पात्र रविलालको पहिरन वर्णन गर्दै रूद्रराज पाण्डे लेख्छन्– रविलाललाई कार्चोपी टोपी, चेन र कस्मिराको कोट, चुनिचुनाउ परेको खुट्टामा टम्म टाँसिने नैनसुतको सुरूवाल र रेसमी कमिज, नयाँनयाँ फेसनका जुत्ता, जापानी रेसमी मोजा, जेबमा बुट्टे रेसमी रूमाल, नारीमा स्विस वेस्टएन्ड वाच घडी इत्यादिले सजिसजाउ भएर हिँड्नुपर्थ्यो ।

    २००७ सालपछि नेपालको राजनीतिक परिवर्तन त भयो भयो, भौतिक परिवर्तन पनि भयो । नेपालीहरू रेडियो सुनेर देशविदेशका कुरा सुन्न पाउने भए । दल खोल्न पाउने भए । २०१३ सालमा त्रिभुवन राजपथ बन्यो । काठमाडौंका मानिस गाडी चढेर भारत पुग्न सक्ने भए । राणाशासनमै लाहुरेका रूपमा देशविदेश चहारिसकेका नेपालीका बस्ती भारत, भुटान, बङ्गालादेश, बर्मा, थाइल्यान्ड, मलेसिया हुँदै सिङ्गापुरसम्म भेटिने स्थिति भएको थियो । ती नयाँ विकासले ल्याएको परिवर्तनको आर्थिक रूपमा अझै राम्ररी र विस्तृत अध्ययन हुन सकेको छैन । तर साहित्यमा भने प्रतिबिम्बित भएको छ । सम्भवत: हास्यव्यङ्ग्यकार भैरव अर्यालले जय भुँडीमा प्रकाशित व्यङ्ग्यहरूमार्फत यी विकासलाई सबैभन्दा राम्रोसँग अमर बनाएका छन् । मान्छेहरू कुरै नबुझी लाहुर गएका छन् भन्ने तर्क उनको लाहुरेको यात्रासंस्मरणमा छ, जहाँ प्रमुख पात्र वीरबल अतिथि इन्जिनियरहरूले बनाइदिएको बाटोघाटोको नक्सा झैं १० तिर टेढिएर लम्किन गएकोमा माफ माग्छ र ‘असारसाउनको माटो, बाइरोडको बाटो; ड्राइभर रमले रन्न, ट्रक यात्रुले टन्न’ भएको यात्रा गर्दै रक्सौल पुग्छ । भैरव अर्यालको चन्द्रलोक कसको निबन्धमा त्यस बेलाको काठमाडौंका युवाहरूको विदेशमा भएका अन्तरिक्षमा को पहिला हुने प्रतिस्पर्धासम्बन्धी अवधारणा कस्तो थियो भन्ने झलक पनि मिल्छ ।

    विसं २००८ नेपालका लागि नयाँ थियो । त्यो वर्ष नेपाल सरकारले बजेट ल्यायो । मुलुकमा समृद्धि र गरिबी हटाउने दुई लक्ष्य सँगसँगै लगिनेछ भन्यो । २०१६ सालमा सरकारले केन्द्रीय तथ्याङ्क विभाग स्थापना गर्‍यो । यसले बिस्तारै अर्थशास्त्रीहरूलाई मुलुकको कथा भन्न सक्ने ठाउँमा ल्यायो । तर तथ्याङ्कहरू सधैं कम हुन्छन्, खोजेका सबै कथा पनि यिनले भन्दैनन् । विसं २०२० तिरको काठमाडौंको स्थिति तथ्याङ्कबाट आउने एक हुन्छ, निबन्धकार शङ्कर लामिछनेको कलमबाट आउने अर्को हुन्छ । लामिछाने विसं २०२५ मा लेखिएको गौथलीको गुँडमा काठमाडौं सहरमा चर्पी नभएको कुरालाई यसरी लेख्छन्—

    विष्णुमती नदीको काई लागेको बालुवामा मानिस दिसा गरिरहेछन् । नजिकनजिक भए पनि उनलाई लाज छैन ।… बिचरा जाऊन् पनि कहाँ? सरकारी दिसाखानाको हालत त्यही हो, १००० जनापिच्छे एउटा होला ।

    लामिछाने उनको एक पत्र सम्पादकलाई पढ्ने लेखकलाई २०१९ भदौको काठमाडौंको हालत यसरी बताउँछन्–

    पानी परिरहेछ, झमझम । भर्खरै राजदूतहरू र मम्त्रीहरूको मोटरको ताँती फर्क्यो– नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा ।… सडकपारिपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लगौंटीमा अलमलिएको जुम्रा मारिरहेछ ।

    नेपाली साहित्यमा काठमाडौंका र दार्जीलिङका कथा धेरै लेखिए । दार्जीलिङको योगदान चर्चा गर्नु मेरो यो लेखको लक्ष्य होइन । तर त्यो सानो ठाउँले एक जमानामा पूरै नेपालीभाषीहरूको सांस्कृतिक शक्ति निर्धारण गथ्र्यो । नेपालगन्जका कथा सनत रेग्मी र पछि नयनराज पाण्डेले लेखे । कर्णालीका कथा बुद्धिसागरले लेखे । गौतमहरूले वीरगन्जका कथा लेखे । र पनि नेपाली साहित्यमा भन्न छुटेका आञ्चलिक कथाहरू भने धेरै छन् । २०११ सालको बाढीपछि धेरै पहाडियाहरूलाई बसाइएको चितवनको सुरूका दिनहरूबारे कथा लेखिएन । ती दिनबारे बुझ्न अहिले पनि बजेट वा पञ्चवर्षीय योजनाका पुराना रेकर्ड नै खोल्नुपर्छ । त्यस्तै मुलुकलाई सामन्ती युगबाट अर्धसामन्ती युगमा ल्याउने २०१६ सालको बिर्ता उन्मूलन कार्यक्रम, २०२१ सालको भूमिसुधार कार्यक्रमका गाउँगाउँमा परेका असर पनि साहित्यमा राम्ररी आएका छैनन् । सयौं वर्ष चलेको ल्हासा व्यापार र ल्हासा जाने नेपालीका कथाहरू पनि केही संस्मरणमा बाहेक राम्रोसँग लेखिएका छैनन् । २०३० सालतिर बिस्तारै जुर्मुराउन थालेको नेपालको पर्यटनले काठमाडौंका अलावा पोखरा, चितवन, सोलुखुम्बु क्षेत्र, मुस्ताङ क्षेत्र र हालै लुम्बिनीलाई असर पारेको छ । ४० को दशकमा केही चलचित्रले र्‍याफ्टिङ व्यवसायका कथा लेखे, गाइड भएर काम गर्नेका कथाबाहेक अविस्मरणीय कृतिका रूपमा त्यहाँका आर्थिक परिवर्तन झल्किने गरी साहित्यिक अभिलेख अझै आएका छैनन् । अर्थशास्त्रीहरूको पनि ध्यान त्यतातिर सीमित रूपमा मात्र पुगेको छ ।

    महिला साहित्यकारहरूले सुरूमा बढी ध्यान दिएका बुहार्तन, प्रेमका मुद्दा र पछि केन्द्रित भएका इब्सेनको कठपुतलीको घरको नेपाली संस्करणका कथाहरूका अलावा बढ्दै गएको महिलाका आर्थिक भूमिकाबारे लेखेका छन् । विपन्न परिवारका दु:ख पाएका महिलाहरूका कथा धेरै पाइन्छन्, त्यसका अतिरिक्त प्रेमा शाहको पहेंलो गुलाफ, मञ्जु काँचुलीको वाकवाकीमा सम्पन्न परिवारका महिला पात्रहरूको झलक छ । स्व. अङ्गुरबाबा जोशीको अक्षर साधना र गोधुलीले एक महिला सफल पात्रको काठमाडौंमा आधारित कथा भन्छ । तर आजका महिलाहरूको अझै धेरै कथा नयाँ फ्रेमवर्कबाट लेखिन बाँकी छ ।

    जति धेरै आञ्चलिक कथा लेखिन्छन, जति धेरै विविध जातजातिका कथा लेखिन्छन्, जति धेरै हुर्कंदै गरेका व्यवसायीहरूका कथा लेखिन्छन्, जति कथा, उपन्यास, कविताका पात्रहरूमा विविधता आउँछन् र जति उनीहरूको आर्थिक अवस्थाको, सङ्घर्ष र सफलताबारे लेखिन्छन्, त्यति नै भविष्यका अर्थशास्त्रीहरूलाई समाज बुझ्न सहयोग हुनेछ ।

    त्यसो त सोची ल्याउँदा कहिलेकाहीँ अर्थशास्त्री र साहित्यकारको भेटघाट सधैं सोचे जस्तो राम्रो हुँदैन । विश्वेश्वरप्रसाद कोइरालाको राजनीति मुलुकको अर्थनीतिको वरिपरि घुमेको पनि थियो । उनी बिर्ता उन्मूलनका लागि लडे र आफ्नो सरकार आउनेबित्तिकै त्यही गरे । उनको सामना भने पोएट (कवि) राजासँग भयो, जसले पछि उनलाई ‘पोएटिक जस्टिस’ दिए; सत्ताच्युत गरेर र अदालतको मुखै हेर्न नदिई आठ वर्षसम्म बन्दी बनाएर ।

    राजनीतिक परिवर्तन देखिने खालका हुन्छन् । तिनका विभिन्न कोणबाट चर्चापरिचर्चा पनि हुन्छन् । तर मुलुकमा राजनीतिकसँगै धेरै आर्थिक र सामाजिक परिवर्तन भएका हुन्छन् । तिनको सम्झना रहिरहोस् भनेर पनि केही यथार्थवादी साहित्यको जरूरत हुन्छ । एउटा फ्रेमवर्क र सिद्धान्तमा बाँधिएर उपलब्ध तथ्याङ्कहरूमा सीमित रहेर हेर्ने अर्थशास्त्रीका आँखाले यावत् मुलुकको विहङ्गम दृश्य देख्न सक्दैन, साहित्यले सक्छ । फ्रेन्च राज्यक्रान्तिबारे कार्लाइलले लेखे तर डिकेन्सको अ टेल अफ टु सिटिजले त्यसलाई राम्रोसँग बुझ्न सहायता गरेको छ ।

    नेपालमा आज पनि धेरै नयाँ आर्थिक घटना भइरहेका छन् । २०५० को निजीकरण र आर्थिक उदारीकरणले देशको जीवन फेरेको छ । धेरै मध्यमवर्गीय व्यक्तिहरू निस्केका छन् । तथ्याङ्कहरूले के पनि देखाएका छन् भने गाउँगाउँबाट मानिस सहरमा ओइरिएका छन् । हालैको श्रम शक्ति सर्वेक्षणमा प्रकाशित एक तथ्याङ्कअनुसार गाउँबाट सहरमा ६८ लाख ४२ हजार मानिस आएका थिए भने सहरबाट गाउँमा जम्मा ८४ हजार । गाउँका गाउँ रित्तिएका छन् । यसरी थातथलो छाडेका नेपालीको कथा अझै विभिन्न कोणबाट भनिनु छ ।

    एउटा कोणबाट मात्र कथा भन्दा त्यसको असर अर्कै पर्छ । तथ्याङ्कहरू, कथाहरू विभिन्न तरिकाले हेरिनुपर्छ । उदाहरणका लागि नेपाली रिपोर्ट मात्र हेर्‍यौं भने हामी दिनका दिन यत्रा मानिस मरेर बाकसमा आइरहेका छन्; तैपनि किन नेपालीहरू विदेश गएका छन् भन्छौं । अर्थशास्त्री महेश्वर श्रेष्ठको एक अध्ययनअनुसार उनको अध्ययन समूहमा भएका विदेश गएका नेपाली दुई वर्षमा प्रतिएक हजार जनामा १.३ जना मरेका थिए भने यता देशभित्र सोही उमेरसमूहका नेपालीको मृत्युदर दुई वर्षमा प्रतिएक हजारमा ४.६ छ । अर्थात् विदेशमा काम गर्न जाने नेपालीको मृत्युदर नेपालमा बस्ने सोही उमेरसमूहका नेपालीको मृत्युदरभन्दा कम छ । यस तथ्याङ्कभित्र अरु उपकथा पनि छन् । अर्थशास्त्रभन्दा भित्र छिरेर, मिहीन तरिकाले समाजलाई केलाएका बसाइँ जस्ता विभिन्न समुदायका, विभिन्न भेगका कथा हामीले पढ्नै बाँकी छ ।

    यस्ता कथाको बजार होला/नहोला भन्ने प्रश्न पनि आउँछ । हालैका दिनमा उत्कृष्ट रूपले लेखे सबै खालका कथाको बजार छ भन्ने देखिएको छ । सरकार पनि यस्ता कलासाहित्य प्रवद्र्धन गर्न हिचकिचाउन हुँदैन । भर्तृहरिले भनेका छन्–

    साहित्यसंगीतकलाविहीन: साक्षात्पशु: पुच्छविषाणहीन:, त्रिणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशुनाम् ।

    सरकार चलाउनेहरूमा पनि कहिलेकाहीँ सरकारको प्रमुख दायित्व यस्ता ‘अनुत्पादनशील’ क्षेत्रको प्रवर्धन गर्नु होइन भन्ने मत हुन्छ । यदि सम्झने हो भने केही दशकअघि मात्र सरकारहरूले यस्ता साहित्य तथा अन्य कलाका कुरामा सब्सिडी दिनुहुँदैन भन्ने बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको मत थियो । र उनले सुरूमा त्यसैले धेरै बजेट फ्रिज गरिदिएकी थिइन् । अर्थशास्त्री जान मेयस्र्कफले सन् १९८८ मा लेखेको इकोनोमिक इम्प्याक्ट अफ आर्ट्स इन ब्रिटेन त्यसैको प्रतिक्रियामा थियो, जसले सांस्कृतिक धरोहरहरूमा लगानी गर्न सरकारलाई त्यसपछि प्रेरित गर्‍यो । हामी थ्याचर जस्तै मुढे हुनुहुँदैन ।

    देश के हो ? आखिर देश भन्नु, मुलुक भन्नु हाम्रो पुर्खाले देखेको एक सपना हो । नेपाल भन्ने कुरा छामेर छाम्न सकिँदैन । जसले राज्य विस्तार गर्दा जिते, तिनले सायद आफ्ना सन्तान यो मुलुकमा फलून् फुलून् भन्ने सोचेका थिए । जसले त्यो बेला हारे र पराजय स्विकारेर यो मुलुकमा बस्ने निर्णय गरे, तिनले पनि लडिराख्नुभन्दा पराजय स्विकार्नुमै आफ्ना सन्तानको भविष्य देखेका हुँदा हुन् । देश विजेताले मात्र बनाएका होइनन्, कर तिरेर, आँसु पुछेर पराजितले पनि बनाएका हुन् । हामीले कोर्नुपर्ने, भन्नुपर्ने पनि सबैको कथा हो ।

    -अर्थशास्त्री पौडेलले कास्कीको सराङकोटमा मंगलबार सुरु भएको नवौं नेपाल लिटरेचर फेस्टिभलमा प्रस्तुत गरेको विद्वत् प्रवचन

  • हिमालय क्षेत्रमा भारत-अमेरिका गठबन्धन बन्ने हो कि ?

    हिमालय क्षेत्रमा भारत-अमेरिका गठबन्धन बन्ने हो कि ?

    काठमाडौं । आइतबार साँझ शीतलनिवास पुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनका राष्ट्रपति सी जिनपिङले पठाएको नयाँ वर्षको शुभकामना सन्देश सुनायो । नेकपा विभाजनबाट चीन निराश भएको प्रष्ट संकेत पनि शीतलनिवासमा प्रकट भयो ।

    आधिकारिक रुपमा आधा घण्टा भनिए पनि करीब एक घण्टाको छलफलमा शिष्टाचार र शुभकामना आदानप्रदान मात्र भयो होला ? सेरेमोनियल राष्ट्रपति भए पनि विद्या भण्डारी नेकपाको राजनीतिमा एक निर्णायक पात्र हुन् भन्ने बुझेको चिनियाँ पक्षले पार्टी विभाजनका बारेमा चासोे र चिन्ता राख्ने नै भयो ।

    राष्ट्रपतिबाट भेटघाट शुरु गरेको चिनियाँ टोलीको मुख्य चिन्ता नेकपा फुटेपछि नेपालमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्ने हो कि भन्नेमा देखिएको नेकपाका एक नेताले बताए । नेकपाका दुवै पक्ष एकै ठाउँमा फर्किने सम्भावना छ कि छैन भनेर उनीहरुले चासो राखेका छन् ।

    चार दिनका लागि आएको विदेश विभागका उपमन्त्री नेतृत्वको विशेष टोलीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेट्यो । जो तीनैजना नेकपाको राजनीतिसँग जोडिएका छन् । त्यसबाहेक विभाजित नेकपाका दुवै अध्यक्ष प्रचण्डमाधव नेपाल सहित झलनाथ खनाललाई पनि भेट्यो ।

    यसपटक नेपाल आएको चीनको टोली सामान्य शिष्टाचार वा औपचारिक भ्रमणका लागि होइन । विमान चार्टर गरेर आएको यो प्रतिनिधिमण्डल विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टीका महासचिव तथा महाशक्ति चीनका राष्ट्रपति सीको प्रत्यक्ष सन्देश लिएर आएको हो ।

    चिनियाँ नेताहरुले जसपाका नेता डा. बाबुराम भट्टराईसँग पनि भेट गरेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट्दैछ । चिनियाँ टोली नेकपा मिलाउनका लागि मात्र आएको होइन भन्ने सन्देश दिनका लागि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले यसरी सबैसँग भेटवार्ताको चाँजाेपाँजो मिलाएको बताइन्छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुग्न लागेको सन्दर्भमा नेकपासँग उसको घनिष्ठता पनि बढेको थियो । यसबीचमा संयुक्त पार्टी स्कूल संचालनलगायतका भाइचाराका सम्बन्ध घनिष्ठ हुँदै थियो । चीनले नेपालमा नेकपाको बलियो एकता र सरकारको स्थायित्वका लागि पछिल्लो समयमा देखिने गरी आफ्नो साथ दिएको थियो ।

    चिनियाँ टोलीसँगको भेटवार्तामा सहभागी भएका एकजनाले नेपालप्रेससँग भने–‘पार्टी विभाजनबाट चिनियाँहरु निकै नै दुखित देखिए, जति दुखी हामी पनि छैनौं । उनीहरुले फुटेर गल्ती गर्‍यौ, अझै पनि मिल्ने ठाउँ भए मिल, चीनले जस्तोसुकै सहयोग गर्नुपरे पनि गर्छ भने । तर अब परिस्थिति धेरै अघि बढिसकेको कुरा उनीहरुले सबैसँगको भेटपछि बुझे होलान् ।’

    यसपटक नेपाल आएको चीनको टोली सामान्य शिष्टाचार वा औपचारिक भ्रमणका लागि होइन । विमान चार्टर गरेर आएको यो प्रतिनिधिमण्डल विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टीका महासचिव तथा महाशक्ति चीनका राष्ट्रपति सीको प्रत्यक्ष सन्देश लिएर आएको हो । स्रोतहरुका अनुसार उनीहरु ‘ननपेपर’ सन्देश नै लिएर आएका छन् ।

    चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषय भारतीय मिडियामा मात्र होइन संसारभर चर्चामा छ । जसको स्पष्टीकरण चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनबाटै दिनुपरेको छ । चीनले नेपालमा कुनै राजनीतिक दल विभाजन रोक्न यो तहमा उत्रिएर प्रयास गर्नुले नेपाल मामिलासँग उसको भू–राजनीतिक रणनीति जोडिएको बुझ्न सकिन्छ ।

    जसरी २०७२ असोज २ गते संविधानसभाबाट संविधान जारी हुनबाट रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रुपमा हठात् पठाएका थिए । अहिले चिनियाँ विशेष प्रतिनिधिमण्डलको आगमनलाई त्यही ढंगले बुझ्न सकिन्छ । तर त्यसबेला पनि जयशंकर संविधान रोक्न असफल भएका थिए भने यसपटक पनि चीन नेकपा विभाजन रोक्न असफल भएको छ ।

    नेपाली कांग्रेससँग बीपी कोइरालाको पालादेखि बनेको चीनको राम्रो सम्बन्ध यसपटक हुम्लाको सीमा विवादलगायतका प्रकरणमा नराम्ररी बिग्रेको छ । उसले पछिल्ला वर्षहरुमा देखिने गरी नेपालमा नेकपालाई साथ दिएको थियो ।

    राजनीतिक स्थायित्वका लागि बलियो नेकपाका लागि उसले जस्तोसुकै सहयोग गरिरहेको थियो र अझै पनि गर्न तयार रहेको सन्देश पठाएको छ ।

    बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयनमा नेपालको सुस्त गतिप्रति पनि चीनले आशंका जनाइरहेका बेला नवनियुक्त उर्जामन्त्री टोपबहादुर रायमाझीले पदभार ग्रहण गर्दै एमसीसी पारित नभए नेपालको उर्जाक्षेत्र डिप्रेसनमा जाने अभिव्यक्ति दिएको विषयलाई अवश्य पनि चीनले ‘नोट’ गरेको हुनुपर्छ ।

    यसबीचमा राजदूत होउ यान्छीले प्रधानमन्त्रीसँग भेट्न प्रयास गर्दा भेट नपाएको प्रसंग समेत चलिरहेका बेला चीनले उच्चस्तरकोे प्रतिनिधिमण्डल पठाएर नेकपाका दुवै पक्षसँग चीन समदूरीमा रहँदै पार्टी एकता कायम गराउन सक्दो प्रयासमा रहने सन्देश चाहिं दिएको छ ।

    यद्यपि बीआरआई कार्यान्वयन अघि बढाउन चीनकै तर्फबाट परियोजना तथा लगानीको प्रष्ट खाका आउन ढिला भएकाले सोेचे जसरी काम नभएको नेपाल पक्षको भनाइ छ । प्रधानमन्त्रीसँगको करीब दुई घण्टा लामो छलफलमा नेकपा विभाजन मात्र होइन द्विपक्षीय हितका यी सबै विषयमा खुलस्त कुराकानी भएको स्रोतले जनाएको छ ।

    यसबीचमा राजदूत होउ यान्छीले प्रधानमन्त्रीसँग भेट्न प्रयास गर्दा भेट नपाएको प्रसंग समेत चलिरहेका बेला चीनले उच्चस्तरकोे प्रतिनिधिमण्डल पठाएर नेकपाका दुवै पक्षसँग चीन समदूरीमा रहँदै पार्टी एकता कायम गराउन सक्दो प्रयासमा रहने सन्देश चाहिं दिएको छ । प्रचण्ड र माधव नेपालसँगको भेटमा पनि उनीहरुले केपी ओलीसँग मिलेर पार्टी र मुलुकको स्थायित्वमा जान जोड दिएको छ ।

    तर प्रचण्ड पक्षले प्रतिनिधिसभा पुनर्स्थापना भएर केपी ओलीले गल्ती स्वीकार गरे मात्र पार्टी एकता कायम हुनसक्ने बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावनबारे पनि चीनले चासो राखेको छ । दुवै पक्ष ‘विन विन’ हुने गरी नेकपाको विभाजन रोक्ने कुनै सूत्र हुनसक्छ कि भन्ने जिज्ञासा पनि चिनियाँहरुले राखेको भेटमा सहभागीहरु बताउँछन् ।

    चिनियाँ टोलीसँगको भेटमा सहभागी एकजनाले भने– ‘मुख्य कुरा नेकपा विभाजनपछि यहाँ अमेरिका र भारतको संयुक्त प्रभाव बढ्न सक्ने आकलनबाट उनीहरु असाध्यै चिन्तित देखिए । यो क्षेत्रको स्थायित्व र हिमालय क्षेत्रको सुरक्षामा उनीहरुको चासो छ । आफ्ना जिज्ञासा राख्ने बाहेक धेरै कुरा उनीहरुले यतैबाट सुन्न र बुझ्न चाहेको देखियो ।’

    सबै भेटघाटहरुलाई गोप्य राख्न खोजेको चिनियाँ पक्ष विमानस्थलबाट पीपीई लगाएर आफ्नै सुरक्षामा दूतावास पुगेको थियो । उनीहरुले त्यहाँ सबैभन्दा पहिले आफ्नै राजदूतबाट ब्रिफिङ लिए । टोली आउने जानकारी राजदूत यान्छीले गत साता नै राष्ट्रपतिसहितका नेताहरुलाई भेटेरै गराइसकेकी थिइन् ।

    स्रोतका अनुसार राजदूतलाई भेटेपछि चिनियाँ टोलीसँग पूर्व सभामुख कृष्णबहादुर महरासँग गोप्य भेट गराइएको थियो । महरासँग उनीहरुले नेकपा फेरि एक हुन सक्ने नसक्ने र विभाजनका कारणहरुबारे जान्न चाहेका थिए । महराले तत्काल दुवै पक्ष निषेधको अवस्थामा पुगे पनि आफू मिलाउने भूमिकामै रहेको बताएका थिए ।

    महरासँग चिनियाँहरुको सम्बन्ध निकै घनिष्ठ छ र एमसीसी रोक्न कहीं न कहीं बेइजिङले महरालाई ‘ब्याक’ दिएको थियो भन्ने जानकारहरुको बुझाइ छ । नेकपाको निर्णायक स्थानमा नरहेका महरालाई चिनियाँ राजदूतले समेत विशेष प्रतिनिधिमण्डल आउने पूर्वसन्ध्यामा भेटेकी थिइन् ।

    चिनियाँहरुलाई भेटेका नेताहरु र उनीहरुसँग वार्तामा बसेकाहरुसँगको कुराकानीका आधारमा यति भन्न सकिन्छ, नेकपा विभाजनले चीन दुःखी छ र नेपालमा राजनीतिक अस्थिरता भई हिमालय क्षेत्रमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्न सक्नेमा चीन चिन्तित छ ।

    उनीहरुको चासो मुख्य जिज्ञासा चाहिं नेकपाको एकतामा सबै बिग्रिसकेको हो कि केही ठाउँ बाँकी छ ? फेरि एकता हुनलाई के–के आवश्यक पर्छ ? विभाजन किन भयो ? यस्तै यस्तै थिए । राष्ट्रपतिसँग चाहिं खुलेर यस्ता विषयमा कुराकानी नभएको स्रोत बताउँछ । नेताहरुलाई चाहिं फुटेर गल्ती गर्‍यौ भन्ने प्रष्ट सन्देश दिएका छन् ।

    चिनियाँहरु विभिन्न नेतासँगको भेटपछि दूतावासमा बसेर विश्लेषण गर्ने र त्यसपछि अर्को भेटमा जाने गरेका छन् । सबै परिस्थितिको सूचना, विश्लेषण र सम्भावित सहयोगसहितको प्रतिवेदन उनीहरुले बेइजिङमा बुझाउनुपर्ने भएकाले सबै पक्षसँग संवादमा छन् ।

    चीनले नेकपा विभाजन हुन नदिन राजदूतमार्फत पटक पटक प्रयास गरेको हो । अचानक विभाजनकै अवस्था आएपछि सी जिनपिङकै अग्रसरतामा विशेष टोली पठाइएको बुझ्न कुनै समस्या छैन ।

    चिनियाँहरुलाई भेटेका नेताहरु र उनीहरुसँग वार्तामा बसेकाहरुसँगको कुराकानीका आधारमा यति भन्न सकिन्छ, नेकपा विभाजनले चीन दुःखी छ र नेपालमा राजनीतिक अस्थिरता भई हिमालय क्षेत्रमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्न सक्नेमा चीन चिन्तित छ । र नेकपाका नेताहरुलाई एकतामा फर्काउन आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न तयार छ ।