Blog

  • लेखराजको आरोप– ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देख्ने भुल गरे

    लेखराजको आरोप– ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देख्ने भुल गरे

    काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले आफ्ना पूर्व कमाण्डर प्रचण्डप्रति कटाक्ष गर्दै केपी ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देख्ने भूल गरेको आरोप लगाएका छन् ।

    काठमाडौंको कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा ओली पक्षधर नेकपा रामेछाप–काठमाडौं सम्पर्क मन्चको भेलालाई सम्बोधन गर्दै भट्टले प्रचण्डमा पदको आशक्ति चुलिएपछि माधव नेपालको कुण्ठालाई क्यास गरेर ओलीमाथि अराजनीतिक आक्रमण गरेको आरोप लगाए ।

    पूर्व माओवादी समूहका नेता भट्टले भने– केपी ओली मिर्गौला प्रत्यारोपण गरेर फर्किनुहुन्न भन्ने रहेछ । त्यसपछिमात्र उहाँले (प्रचण्ड)ले चलखेल थाल्नुभयो । केपी ओलीको मृत्युमा आफ्नो जीवन देख्ने भुल कमरेड प्रचण्डले गर्नुभयो ।

    अधिकांश समय प्रचण्डको आलोचनामा खर्च गरेका भट्टले प्रचण्ड निर्माणको होइन ध्वंसको नेता हुन् भन्दै शान्ति प्रक्रियामै आइसकेपछि प्रचण्डले १० वटा सरकार गिराएको आरोप लगाए ।

    भट्टले सभामुख अग्नि सापकोटाले कीर्ते गरेको आरोप समेत लगाए । पुस ५ गते अपरान्ह साढे ३ बजे प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लिएर गएका प्रचण्ड माधव नेपालपक्षका सांसदको पत्रलाई सभामुखले कीर्ते गरेर साढे १० बजेको मिति राखेर दर्ता गर्न लगाएको भट्टको आरोप थियो ।

    भेलामा पूर्व माओवादीतर्फका केन्द्रीय सदस्य कमल चौलागाई पनि ओली पक्षमा खुलेका थिए । प्रदेश सचिव आनन्द पोखरेल, केन्द्रीय सदस्य माधव ढुंगेललगायतको सहभागिता भेलामा रहेको छ ।

  • कारको ठक्करबाट पाटेबाघको मृत्यु

    कारको ठक्करबाट पाटेबाघको मृत्यु

    काठमाडौं । तीब्र गतिमा हुँइकिएको कारको ठक्करबाट पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रका आधाभारमा संरक्षित जनावरको सूची रहेको पाटेबाघको मृत्यु भएको छ ।

    बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा बा १६ च ८११ नम्बरको कारले निकुन्जबाट निस्केर बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान साढे ७ बजे मा ठक्कर दिएको थियो । कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

    कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।

  • ‘म प्रतिस्पर्धाबाट नेता भएको हुँ, मतपत्र च्यातेर र पुलजम्प गरेर होइन’

    ‘म प्रतिस्पर्धाबाट नेता भएको हुँ, मतपत्र च्यातेर र पुलजम्प गरेर होइन’

    म दुई चारवटा तथ्यहरु यहाँहरुलाई भन्न चाहन्छु, म आज चुनावको अगाडि जो उभिएको छु । नेपालमा लोकतान्त्रिक वामपन्थी र प्रजातान्त्रिक भनिएका दुईवटै शक्तिहरु ०१७ पछिको निरङ्कुश दमनले क्षतविक्षत भएको अवस्था थियो । काँग्रेसहरु केही जेलमा थिए, केही प्रवासमा थिए निर्वासनमा थिए बाहिर । आन्दोलन गर्न सक्ने हालतमा काँग्रेस थिएन ।

    कम्युनिष्टहरु कि जेलमा थिए, कि निर्वासनमा थिए । ती टुक्राटुक्रा भएर बसेका थिए, छिन्नभिन्न भएर । यत्रो पार्टी त्यसबेला कसैको भएत ०१७ सालमै राजतन्त्र गुल्टिन्थ्यो नि ! ०१७ सालमै फ्याकिन्थ्यो । लोकतन्त्रलाई फाल्ने राजा, जनतन्त्रलाई फाल्ने राजतन्त्र त्यतिबेलै फालिन्थ्यो । तर, जनतालाई सचेत बनाइएको थिएन, संगठित बनाइएको थिएन ।

    आफ्ना–आफ्ना पछि कुदेपछि केही पनि हुँदैन । त्यस्तो अवस्थामा जनताका शक्तिहरुलाई टुक्राटुक्रा पारेको अवस्थामा ५० वर्ष अगाडि हामीले एउटा नयाँ आन्दोलन, नयाँ अभियान सुरु गर्यौं । सही विचारका साथ अगाडि बढ्नु पर्छ । त्यसकारण पहिले आन्दोलनका निम्ति सही विचार टुङ्गो लगाउनु पर्छ ।

    हामीले लोकतान्त्रिक गणतन्त्रको विचार टुङ्गो लगायौं । त्यसलाई प्राप्त गर्नका लागि त्यस विचारमा केन्द्रित परिवर्तनकारी, समतामूलक समाज निर्माण गर्ने विचार त्यसमा केन्द्रित भएको हो । सुदृढ संगठन, व्यापक संगठन आवश्यक छ । त्यसकारण हामीले व्यापक संगठन र सुदृढ संगठन निर्माण गर्ने अभियान सुरु गर्यौं ।

    अलिक पर्याप्त अनुभव र अध्ययनको कमी, उमेरको पनि कमी अनेक कारणहरुले आन्दोलनमा केही कमीहरु पनि रहें । तर, त्यसको मूल पक्ष विल्कूल जायज थियो । जनताको हातमा शासन भएको, जनतामा सार्वभौमसत्ता रहेको, गणतन्त्रात्मक शासन व्यवस्था हुनुपर्दछ ।

    वैशाखको चुनावमा केपी ओली पत्तासाप भन्नुभयो फेरि ! चुनाव हुँदै हुँदैन पनि भन्नु हुन्छ फेरि वैशाखको चुनावमा केपी ओली पत्तासाप पनि भन्नुहुन्छ ।

    र, सामाजिक समानता सहितको, न्याय सहितको लोकतन्त्र हुनुपर्दछ र त्यो लोकतन्त्र सुशासन र आर्थिक विकासको बाटोबाट अगाडि जानु पर्दछ । र, वास्तविक गणतन्त्र, गणतन्त्रात्मक लोकतन्त्र स्थापना हुनुपर्दछ । त्यसका लागि हामीले पहिले त जनताको शक्तिलाई मजबुत बनाउनु पर्छ भनेर आन्दोलनको एकीकरण, एकता, आन्दोलन विस्तार, संगठन निर्माण, विचारहरुको प्रचार सुरु गर्यौं र आन्दोलन अगाडि बढायौं ।
    अलिक समय त्यसले धक्का पनि खायो । अरु विभिन्न प्रवृतिहरु पनि आन्दोलनमा निस्किए । विभिन्न प्रवृतिहरु पनि अगाडि बढें । त्यसपछि विभिन्न संगठित समुहरु पसन संगठित हुन थाले ।

    विपि कोइरालाले कमेन्ट गर्नुभएको थियो, एउटा ठाउँबाट निस्किएको युवाहरुको एउटा साहसीक आन्दोलनले राष्ट्रिय राजनीतिमा यति प्रभाव पारेको छ भने कङ्ग्रेस पार्टी जस्तो संस्था सिथिल भएर बस्नु हुँदैन । त्यो उठ्नु पर्छ र त्यसले लोकतन्त्रका लागि सङ्घर्ष गर्नुपर्छ । म झापाका युवाहरुको नीतिसँग सहमत छैन तर उनीहरुको बलिदानसँग, उनीहरुको काम गर्ने भावनासँग सहमत छु र त्यो बलिदानलाई म प्रशंसा गर्छु, विपि कोइरालाले भनेका थिए ।

    यसको अर्थ नेपाली काँग्रेसलाई पनि त्यस आन्दोलनले ऊर्जा दिएको थियो । एकता र एकीकरणको नयाँ सिलसिला त्यहाँबाट सुरु भयो । त्यस सिलसिलाले अनेक जागरण ल्यायो, अनेक समुहरु, अनेक संगठनहरु निर्माण हुँदै गए । एउटा धार, झापा आन्दोलनको धारका रुपमा अगाडि बढ्यो ।

    बहादुर भवनबाट राष्ट्रपति भवन पुग्न सवा दुई महिना

    त्यो झापा आन्दोलन, त्यसपछि कोअडिनेशन केन्द्र, त्यसपछि नेकपा माले, त्यस पछि एमाले हुँदै अगाडि बढ्यो । अर्को धार, न्यूक्लियस चौथो महाधिवेशन, मसाल कहिले माटो, कहिले पातलो विभिन्न ढंगले त्यो माओवादी विद्रोह भयो ।

    र, हामीले सोच्यौं, विभाजित रहन दियो भने आफैँले आफ्नैविरुद्ध, आफैँले आफ्नै बीचमा खण्डनमण्डन जस्ता स्थितिहरु आफ्नै बीचको प्रतिस्पर्धाले आन्दोलनलाई एकजुट भएर परिवर्तनको पक्षमा लान मद्दत पु¥याउँदैन । त्यसकारण एकताबद्ध हुनुपर्छ ।

    मैले त्यो सोचेँ, प्रचण्डजीसँग प्रस्ताव राखेँ । तपाईं कङ्ग्रेससँग मिलेर चुनाव लडेको थाहा छ हामीलाई छोरी जिताउन । छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्रको धुजाधुजा पार्ने । त्यसका लागि तपाईं काँग्रेससँग जानु भएको थियो । खासै उपलब्धि केही पनि भएन ।
    हामी मिलौं । हामी मिलेर अगाडि जाऔं । हाम्रा संविधानका सर्वोच्ताका नीतिहरु, हाम्रा शान्तिपूर्ण सङ्घर्षको कार्यदिशा यी कुराहरुमा अब सहमत भएपछि अलग्गैअलग्गै बसेर, अलग्गै जानु पर्ने अवस्था छैन । यो लोकतान्त्रिक प्रणाली मानिसके पछि, यो संविधान बनाइसके पछि, यस संविधान अनुसार अगाडि बढ्ने भइसके पछि, फरकफरक बसिरहनुको आवश्यकता छैन, मिलौं ।

    चुनावमा मिलेर लडौं भन्ने कुरा उहाँलाई असाध्यै राम्रो लाग्यो । सुनौं, सुनौं लाग्यो । अझ मैले भन्दिएँ, भोलि मिल्ने भएपछि ४० प्रतिशत लिनुस् । उहाँलाई साह्रै सुन्दर कुरा लाग्यो, साह्रै राम्रो कुरा लाग्यो । हामीले एकताबद्ध भएर चुनाव लड्यौं ।

    तपाईंहरुलाई थाहा छ, बहादुर भवन भनेको त्यहाँ कान्तिपथ जमलभन्दा उत्तर दरवारभन्दा पश्चिमपट्टि । त्यहाँको बहादुर भवनबाट मङ्सिर २४ गते आएको प्रतिनिधि सभाको चुनावको निष्कर्ष, त्यो निष्कर्ष राष्ट्रपति भवन पुग्न फागुन २ गतेसम्म लाग्यो । पैदल हिडेर जान दश मिनेटको बाटो ! सवा दुई महिना !

    महाधिवेशन नगर्ने, एकपटक चुनाव नगर्ने, प्रतिस्पर्धा एकपटक पनि नगर्ने, प्रतिस्पर्धासँग डराउने, प्रतिस्पर्धा गर्न प¥यो भने हार्ने, हारेपछि मतपत्र च्यात्ने, त्यो इतिहासबाट आएको हो केपी ओली ?

    सवा दुई महिना लाग्यो कम्तिमा । मैले त हेरिराखेको छु, के पाकिराखेको छ खिचडीमा । त्यतिबेला पनि चुनाव मसँग मिलेर लड्ने, ४० प्रतिशत लिएर लड्ने । कमलाकमला, राम्राराम्रा, मिठामिठा ठाउँ छानिछानि खाने । अनि सरकार बनाउन काँग्रेससँग वार्ता गर्ने र हामीसँग बार्गेनिङ गर्ने, मलाई त (काँग्रेसले) पाँच वर्ष प्रधानमन्त्री दिन्छु भनेको छ । लाज लाग्नु पर्ने होइन ?

    वामपन्थीसँग मिलेर चुनाव लड्ने, दक्षिणपन्थीसँग मिलेर सरकार बनाउने, कस्तो अचम्मको तरिका उहाँको ? त्यो छोडिदिउँ । फागुन ३ गते म प्रधानमन्त्री हुँदा उहाँले मन्त्री बन्न कोही एकजना पनि नपठाएको तपाईंहरुले देख्नु भएको छ ।

    के पाकिराखेको थियो भित्रभित्र तपाईं अनुमान गर्न सक्नु हुन्छ, बुझ्न सक्नुहुन्छ । जहिले पनि म मित्रताले अङ्गाँलो हाल्छु, उहाँ धृतराष्ट्रले जस्तो अङ्गाँलो हाल्नु हुन्छ । अङगालो त अङ्गालो मारेको हो, धृतराष्ट्रले पनि अंगालो मारेकै हो । हाम्रो यही चरित्र । उहाँको ध्यान कसरी कब्जा गर्ने, कसरी हत्याउने त्यो मात्रै हुँदो रहेछ ।

    मैले उहाँलाई अनेक सम्झाएँ, यो षड्यन्त्रकारी प्रवृति छोड्नुस् । यो जालझेल, षड्यन्त्र, तिकडमको राजनीति छोड्नुस् । राजनीति भनेको धोका र बेइमानी मात्रै होइन । त्यसैमा नकुदनुस् ।

    उहाँहरु बहुमत छ भन्दै हुनुहुन्छ, के को बहुमत छ ? के को ? मैले एकताका लागि पार्टीभित्र माधव गुट छँदै थियो । मलाई थाहा थिएन र ? थाहा थियो नि । माधव गुट छ । फेरि प्रचण्ड गुट, उसलाई उत्तिकै सिट दिदाँखेरि दुईवटा मिल्दा बहुमत पुग्छ उता भन्ने मलाई थाहा थिएनँ र ?

    अनि यति ५५/५६ वर्ष राजनीति गरेको ५० वर्ष अगाडिदेखि एउटा नयाँ आन्दोलन, एउटा नयाँ अभियान थालेर आएको मान्छेलाई यतिका तिकडम ! उनीहरुले औलामा थुक लगाएर यस्तो गरेर सार्न….।

    मैले त नबुझेको जस्तो गरेर चुप्प लागेर बस्नु परेको थियो । मेरो थुक यता औलामा सर्यो देख्यौं ? कस्तो जाँदु भयो । यस्तो जाँदु उहाँहरुले धेरै देखाउनु भयो । ए, अँ हो भन्दै बसेँ । तर, मैले देखेको छु, औला सट्ठसट्ठट सारेको । उहाँहरुलाई मैले दिएको त्यो सङ्ख्या एकताका लागि दिएको थियो ।

    एकीकरणका लागि दिएको थियो । यो देश बनाउनका लागि दिएको थियो । संविधान कार्यान्वयन गर्नका लागि दिइएको थियो । स्थायित्वका लागि दिइएको थियो । स्थिरताका लागि दिइएको थियो । देश अगाडि बढाउनका लागि दिएको थियो । तर, उहाँहरुले त्यो बहुमत आफ्ना स्वार्थका लागि प्रयोग गर्नुभयो । अपमान.. (लामो स्वरमा माधव नेपालाई संकेत गर्दै) गरियो । मान पाइनँ मैले (लामो स्वरमा माधव नेपालाई संकेत गर्दै) । यसैका लागि ..।

    कति पटक सम्झौता गर्नुप¥यो । मेरो एउटा बिफ्रकेस भरिएको छ प्रचण्डसँगका सम्झौताले । कतिवटा सम्झौता गर्ने ? आज सम्झौता ग¥यो, भोलिपल्ट काम छैन । फेरि अर्काे दिन सम्झौता गर्यो अर्को दिन काम छैन ।

    तपाईंहरुले सुन्नु भयो, एक दिन आउनु भयो आधाआधा गर्ने भनेको थियो, तपाईंले चलाउनुस् प्रधानमन्त्री । जनताले स्थायित्व चाहेका छन् । तपाईं नै प्रधानमन्त्री हुनुपर्छ भन्ने चाहेका छन् । त्यो मैले बुझेँ । अहिले म प्रधानमन्त्री हुन खोज्दा राम्रो मानेनन् जनताले । मलाई कार्यकारी अध्यक्ष दिएर काम गर्न दिनुस् पार्टीमा ।

    उहाँहरु बहुमत छ भन्दै हुनुहुन्छ, के को बहुमत छ ? के को ? मैले एकताका लागि पार्टीभित्र माधव गुट छँदै थियो । मलाई थाहा थिएन र ? थाहा थियो नि । माधव गुट छ । फेरि प्रचण्ड गुट, उसलाई उत्तिकै सिट दिदाँखेरि दुईवटा मिल्दा बहुमत पुग्छ उता भन्ने मलाई थाहा थिएनँ र ?

    तपाईं नै प्रधानमन्त्री भएर चलाउनुस् । प्रथम अध्यक्ष त तपाईं हुँदै हुनुहुन्छ, उहाँले आफैँले भन्नुभयो । मैले भनेँ, सचिवालयको बैठकमा प्रस्ताव राख्नुस् । उहाँले सचिवालयको बैठकमा आफैँ प्रस्ताव राख्नु भयो । मैले हुन्छ भन्दिएँ । भोलि पल्ट मैले गल्ती गरेछु कि क्या हो कमरेड भन्नुभयो । गल्ती गर्नु भयो भने फेरि अर्को दिन सही निर्णय प्रस्ताव राख्नुस्, सच्याउनुस् । के निर्णय चाहिएको थियो, त्यो सच्याउनुस् ।

    महाधिवेशन अलिक अगाडि नै गर्नुपर्यो । जहिले सकिन्छ त्यहीले गरौं नि त । जहिले सकिन्छ, त्यहीले गरौंन भनि सकेपछि गत वर्ष माघ १४ देखि १९ सम्म भएको केन्द्रीय कमिटीको बैठकले आगामी महाधिवेशन २०७७ साल चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने फैसला गर्यो, उहाँकै अध्यक्षतामा ।

    म बैठकमा पनि बसेको थिइनँ । उद्घाटनमा आएँ, समापनमा आएँ, बाँकी उहाँलाई छोड्दिएँ । उहाँले नै सबै पास गरेको हो । फेरि पास भइसके पछि विधान संशोधन गरियो । नछापौ कि क्या हो यो विधान भन्नुभयो । केन्द्रीय कमिटीबाट पारित गरिसकियो । उहाँको अर्को कुर्न भएको…पदका लागि ।

    जता जानु पर्ने त्यता उहाँहरु कहिल्यै हिँड्नु भएन । तीन महिनाभित्र टुङ्ग्याउने एकीकरण भनेको अडाइ वर्षमा टुङ्गिएन । त्यता विचार नै गर्नुहुन्न । सरकार असफल भयो, सरकार असफल भयो, कराएको कराइ गर्नुहुन्छ । संवैधानिक आयोगमा मान्छे नियुक्ति गर्न बैठक नै बस्न मान्नु हुन्न । बैठक नै बस्न मान्नु हुन्न ।

    अन्तिममा मैले आजित भएर अध्यादेश निकाले । अब मान्छु, अब खुरुखुरु सहमति साथ गर्ने भन्नुभयो । फिर्ता लिइदिनुस्, मान्ने अब सहमति साथ, फिर्ता लिएका भोलिपल्टबाट फेरि छैन । यस पल्ट फेरि मैले अध्यादेश जारी गर्नै पर्ने भयो । अध्यादेश जारी गरेपछि उहाँले कपटपूर्ण ढंगले भन्नुभयो, यो अध्यादेश फिर्ता लिइदिनुस् ।

    उहाँहरु म माथि अविश्वासको प्रस्ताव, राष्ट्रपति माथि महाअभियोगको प्रस्ताव, अरु विभिन्न संस्थाहरु माथि महाअभियोगको प्रस्ताव ! यो त लोकतान्त्रिक मूल्यमान्यता, संस्थाहरुको मर्यादा केही नराख्ने सबैलाई । यो लोकतन्त्र, गणतन्त्र भन्नै नहुने रहेछ, कामै नलाग्ने व्यवस्था रहेछ भन्ने पार्ने ।

    उहाँ अहिले पनि भन्नुहुन्छ, खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने ठाउँ । खासमा त्यसो भन्नुहुन्छ, तर अरु कसैले सुन्लान कि भनेर कोही छन् कि भनेर हेर्नुहुन्छ । उहाँलाई बजारमा फेरि अर्कै कुरा बेच्नु परेको छ । उहाँ अहिले महान शान्तिवादी देखा पर्नु भएको छ । महान परिवर्तनकारी देखिनु भएको छ । महान जनताको पक्षधर देखिन खोज्नु भएको छ ।

    जता जानु पर्ने त्यता उहाँहरु कहिल्यै हिँड्नु भएन । तीन महिनाभित्र टुङ्ग्याउने एकीकरण भनेको अडाइ वर्षमा टुङ्गिएन । त्यता विचार नै गर्नुहुन्न । सरकार असफल भयो, सरकार असफल भयो, कराएको कराइ गर्नुहुन्छ । संवैधानिक आयोगमा मान्छे नियुक्ति गर्न बैठक नै बस्न मान्नु हुन्न । बैठक नै बस्न मान्नु हुन्न ।

    उहाँले युवाहरुलाई सेन्टिमेन्टमा ल्याएर, आन्दोलनमा होमेर कतिका हात छैनन्, कतिका खुट्टा छैनन् । कति शरिरमा गोली बोकेर, कसैको कम्मरको ढाडको हड्डी फुस्किएको छ, भाँचिएको छ । विस्तारा परेका छन् । त्यस्तो जिन्दगी बिताउन कति कठीन हुन्छ, उहाँलाई के थाहा । उहाँ त आफ्नो पोष्टका लागि मरिमेट्नु भएको छ । आफ्ना परिवारका लागि मरिमेट्नु भएको छ । मैले धेरै भनिरहनु पर्दैन ।

    त्यही उहाँको आफ्नो स्वार्थ केन्द्रित प्रवृतिका कारणले उहाँ देशप्रति अत्यन्त गैरजिम्मेवार हुनुहुन्छ, जनताप्रति । हिजो आफूलाई साथ दिने साथीहरु, लड्ने बेलामा युवाहरु चाहिए ।

    म तपाईंहरुलाई सम्झाउन चाहन्छु, लोकेन्द्र बिष्ट । एउटा योद्धा । कृषि गर्नुस्, ठीक छ । आन्दोलन नै छोडेर कृषि गर्नुपर्ने थिएन । तर, त्यो योद्धाको मन नै उहाँले भाँचिदिनु भएको छ । त्यसकारण कहिले कालो धान उर्मान जानु हुन्छ, कहिले ड्रागन फुट उर्मान जानु हुन्छ ।

    हिजो उहाँलाई कालिबहादुर खामहरु चाहिन्थ्यो, आज खोई कालिबहादुर खाम कहाँ छन् ? किन चाहिदैँन उहाँलाई कालिबहादुर खाम ? हिजो उहाँलाई बचाउन, उहाँलाई जिताउन ज्यान दिने हजारौंका परिवारको के अवस्था छ ? ती बेसाहारा भएका बा आमाहरुको अवस्था के छ ?
    उहाँलाई चिन्ता छ ? टुहुरा टुहुरी भएका केटाकेटीहरुको उहाँलाई चिन्ता छ ? उहाँका परिवारका नातागोता…म धेरै केही भन्न चाहन्न । तपाईंहरु आफैँ देख्नु भएको छ, भोग्नु भएको छ । म धेरै केही भन्न चाहन्न ।

    माधव नेपालबारे

    माधव नेपालजीको सम्बन्धमा त मलाई खास टिप्पणी नै गर्नु पर्ने छैन, किनभने उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता हो । उहाँ कार्यकर्तामा जानु भएको छ । (लामो स्वरमा माधव नेपाललाई संकेत गर्दै) मलाई पदको लोभ छैन ….तर मलाई उधारो हुँदैन, नगद । उधारो म पत्याउँदिन । हाताहाती चाहिन्छ नगद । नगद के रहेछ भनेको त द्धितीय अध्यक्ष । द्धितीय अध्यक्ष !

    एउटा खास परिस्थितिमा हामीले दुईवटा अध्यक्ष बनाएका थियौं । एमालेको अध्यक्ष, माओवादीको अध्यक्ष दुईवटा मिलाएर अध्यक्ष बनाएका थियौं । दुईवटा अध्यक्ष हामीले आन्दोलनलाई एकीकृत गर्नका लागि । आन्दोलन फुटाउन पनि अध्यक्ष दुईवटा तीनवटा चाहिन्छ ? जुटाउन पो हामीले बनाएका हौं ।

    फुटाउन पनि दुई तीनवटा अध्यक्ष ! किन चाहियो ? तर, मन भनेको अचम्मैको हुँदो रहेछ । न सभापति हुन पाउने, सभापति पनि प्रचण्डले नै चलाउनु भयो । छेउमा बस्न पाएकै थियो । फेरि सभापति अध्यक्ष नै नभइनहुने किन हो, त्योचाहिँ मैले बुझेको छैन । उहाँको बारेमा म कुनै कमेन्ट नै गर्दिनँ । विचरा दुखी मन गराउनु होला..। उहाँको मैले खास कमेन्ट गर्नु छैन ।

    त्यही उहाँको आफ्नो स्वार्थ केन्द्रित प्रवृतिका कारणले उहाँ देशप्रति अत्यन्त गैरजिम्मेवार हुनुहुन्छ, जनताप्रति । हिजो आफूलाई साथ दिने साथीहरु, लड्ने बेलामा युवाहरु चाहिए ।

    अलिक पछि, अलि पछि समय कति लाग्छ म भन्न सक्दिनँ । हुनत उहाँहरुले वैशाखबाट ओली सिद्धियो भन्नु भएको छ । उहाँहरुको भविष्यवाणी कस्तो नमिल्ने नमिल्ने खालको गर्नुहुन्छ भने ! पोहोर म बिरामी परेँ, अब मरिहाल्छ भन्नुभयो । त्यो पनि मिलेन ।

    पोहोर परार म बिरामी परेँ, बैङ्कक गएँ उपचार गराउन, काठको बाकसमा फर्किन्छ भने । म त प्लेनको सिटमै बसेर आएँ । अस्ति मलाई आकस्मिक रुपमा इन्फेक्शन भयो, अप्रेशन गर्नु प¥यो । अप्रेशन कहिले कहिले जटिल हुन्छ । अब गयो ! गयो भनेर खुशी मनाउनु भयो ।
    उहाँहरुको भविष्यवाणी हुने खालको गर्दै गर्नुहुन्न । म मर्न त मर्छु एकदिन । मरिहाल्छु । उहाँहरुको आकाङ्क्षा पूरा हुन्छ । अगाडि पछाडि कसको के यो अहिले, टुङ्गो हुँदैन प्रकृतिको । तर, म चाहिँ एकदिन मर्छु । तपाईंहरुलाई सुन्न राम्रो लाग्दैन, म मर्छु भन्ने कुरा । तर, मर्छु सत्य हो ।

    मान्छे मरोस् भन्ने कल्पना विरोधीलाई, शत्रुलाई पनि गर्नु सभ्यता होइन, गर्नु हुँदैन । विरोधीको पनि स्वास्थ्य लाभको कामना गरिन्छ । मैले लड्नु छ भने एउटा अशक्त, कमजोर, रोगीसँग लड्न चाहन्नँ । अलिक मजबुत पाखुरा भएको बलियो, राम्रै मसलदार, खेल्न जानेकै छैन भने खेल्न मज्जा आउँछ ? त्यसकारण ….सुस्वास्थ्यको कामना गरिन्छ उहाँहरुको ।

    एउटा उहाँहरु भन्नु हुन्छ, चुनाव हुँदै हुँदैन भनेर । वैशाखको चुनावमा केपी ओली पत्तासाप भन्नुभयो फेरि ! चुनाव हुँदै हुँदैन पनि भन्नु हुन्छ फेरि वैशाखको चुनावमा केपी ओली पत्तासाप पनि भन्नुहुन्छ ।

    म उहाँहरुलाई भन्न चाहन्छु, तपाईंहरुले पनि केही सिट ल्याउनुस् भन्ने मेरो शुभकामना छ । केही सिट ल्याउनुस् । तर, त्यसका लागि अहिलेदेखि तयारी गर्नुस् । यो सडकमा गएर बेकार अलकत्रमा बसेर कपडा बिगारेर ..। घाम लागेको बेलामा अलकत्रमा बस्नु भएको छ ! कपडा बिर्गानलाई ।

    अचम्म के भने, लोकतन्त्र आइसक्यो । उहाँहरुले नै भनेको होइन अस्ति नै, अब सडकमा गइरहन पर्दैन । अब लोकतन्त्र आइसक्यो । सदनबाटै सबै काम गर्न सकिन्छ । लोकतन्त्रको एउटा राम्रो, सबैभन्दा आधारभूत कुरा के हो लोकतन्त्रको ? समयसमयमा आवद्यिक निर्वाचन ।

    समय समयमा जनताका बीचमा जाने, जनताबाट ताजा जनादेश लिने, जनताबाट अनुमोदित हुने त्यो हो लोकतन्त्र । उहाँहरु परपर भित्तो हान्नु हुन्छ सिगौंरी खेल्न । भुइँ खोस्रिनु हुन्छ । नजिकै आएर भिड्न डराउनु हुन्छ । परपर सिगौरी खेल्न सजिलो छ । उहाँहरु सिगौरी खेलेर हिड्नु हुन्छ ।

    कहिले माइतीघर मण्डलामा, कहिले प्रदर्शनी मार्गमा सिगौरी खेलेर हिँड्नु हुन्छ । एक्लै सिगौरी खेल्दाखेरि कुनै खतरा हुँदैन, राम्रो छ । चुनावमा भिडेका बेला उहाँहरुलाई थाहा हुनेछ, जनताले मतदान गरेका बेला थाहा हुनेछ । मेरो सुझाव छ, केही सिट तपाईहरु पनि जित्नुस्, जित्नु छ भने अहिलेदेखि चुनावको तयारीमा लाग्नुस् ।

    संविधनअनुसार संसद विघटन गरेको हुँ

    उहाँहरु हल्ला गरिरहनु भएको छ कराएर । संसद पुनःस्थापना हुन्छ । संसद पुनःस्थापना संविधानले मिल्दैन । संविधानले मिल्ने भए पुनःस्थापना हुन्थ्यो । संविधानले मिल्दैन । ६४ प्रतिशत बहुमत भएको सर्वसम्मत बहुमतको नेताले अहिले विघटन भएपछि को कता छ, के छ, त्यो बेग्लै कुरा होला । जतिबेला मैले विघटनको सिफारिस गरेँ, त्यतिबेला संसदको ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ म । त्यस हैसियतले मैले सिफारिस गरेको छु, विघटनको ।

    अब बाँकी ३६ प्रतिशतमा विकल्प बन्छ ? विकल्प भनेको बहुमत चाहिन्छ । विकल्प भनेको ५२ प्रतिशत चाहिन्छ त्यहाँ । ५१ प्रतिशतबिना सरकार बन्दैन । सरकार बन्ने विकल्प छैन भने संसद पुनःस्थापना के का लागि हुन्छ ? अस्थिरताका लागि ? तमासाका लागि हुन्छ ? संसद पुनःस्थापनाको सम्भावना छैन ।

    कतिले भन्छन् फेरि,संविधानमा विघटनको कुरै लेखेका छैनन् । धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नेछ र नयाँ निर्वाचनका लागि मिति तोक्ने छ । नयाँ मिति तोक्ने कुरा राष्ट्रपतिले तोक्ने त्यसमा व्यवस्था छ ।

    अचम्म के भने, लोकतन्त्र आइसक्यो । उहाँहरुले नै भनेको होइन अस्ति नै, अब सडकमा गइरहन पर्दैन । अब लोकतन्त्र आइसक्यो । सदनबाटै सबै काम गर्न सकिन्छ । लोकतन्त्रको एउटा राम्रो, सबैभन्दा आधारभूत कुरा के हो लोकतन्त्रको ? समयसमयमा आवद्यिक निर्वाचन ।

    पाँच वर्ष अगाडि संसद विघटन हुनै सक्दैन भन्नुहुन्छ उहाँहरु । धारा ८५ ले भन्छ, अगावै विघटन भएमा बाहेक संसदको अवधि ५ वर्षको रहनेछ । अनि राजनीतिक आग्रह देखाएर हुन्छ ? संविधानमा के व्यवस्था छ हेर्नुपर्यो । दुनियाँको अभ्यास के छ हेर्नुप¥यो । बेलायतमा लिखित संविधान छैन । तर, अस्ति भर्खर संसद विघटन भयो, निर्वाचन भयो । निर्वाचन हुँदैन ? संसदीय प्रणालीमा प्रधानमन्त्रीको प्रेरोगेटिभको प्रणाली ।

    अब चुनाव हुँदैन, के न हुन्छ, बर्बाद हुन्छ, संविधान जान्छ, व्यवस्था जान्छ, गणतन्त्र जान्छ । तपाईंहरु भन्नुस् त के संविधान जान्छ, चुनाव गर्दा ? चुनाव गर्दा गणतन्त्र जान्छ ? चुनाव गर्दा लोकतन्त्र जान्छ ? केही पनि जाँदैन । चुनाव गर्दा लोकतन्त्र मजबुत हुन्छ । जनताले आफ्नो ताजा फैसला दिन्छन् । र, साथीहरुलाई म भन्न चाहन्छु, तपाईंहरु ढुक्कले यो देशलाई अन्धकारमा पर्न नदिने, अल्मलमा फस्न नदिने शक्ति हामी हौं । हामीले अलमलमा फस्न दिनु हुँदैन ।

    म तपाईंहरुलाई भन्न चाहन्छु, हामी नभएको भए संविधान बन्दैनथ्यो । तपाईं हामीले देखेका छैनौं ? कसरी हामी अडिनु परेको थियो, कसरी हामीले अरुलाई अडाउनु परेको थियो । यदि हामी नभएको भए नाकाबन्दीको सामना डटेर कसले गर्न सक्थ्यो ? कसैले पनि गर्न सक्दैन्थे ।
    नेपाल एउटा सार्वभौम सम्पन्न, स्वतन्त्र राष्ट्र तर यो देश एउटा देशबाट घेरिएको थियो भूपरिवेष्ठितका नाममा । अर्कोतिर पनि छिमेकी छन्, त्यतातिरबाट पनि बाटो खोल्न सकिन्छ । त्यताका बन्दरगाह प्रयोग गर्न सकिन्छ । त्यताबाट पनि समुन्द्रमा जान सकिन्छ । विश्वसँगको जमिन मार्फतको सम्बन्ध हाम्रो त्यताबाट पनि हुन सक्छ । हामी नहुँदा त्यो काम..इतिहासमा नेपाल यहीँ थियो ।

    चीन त्यही थियो । भारत त्यही थियो । नेपाल यहीँ छ, चीन त्यही छ । तर, किन पारवहन र यातायातको सम्झौता किन भएन ? चीनतिरबाट नाका किन खोलिएन ? उत्तरमा अनिकाल पर्छ, अनेक समस्याहरु आइपर्छन, चीनको बाटो प्रयोग गर्ने सम्झौता किन गरिएन ? त्यसका लागि देशको स्वाभिमानलाई, देशको स्वाधीनतालाई, देशको स्वतन्त्रतालाई सम्मान गर्ने र प्रयोग गर्ने आँट ती कुराहरु चाहिन्छ । हामीले नै ती काम ग¥यौं ।

    धरहरा अब भत्किँदैन

    तपाईं हामीले देखेका छौं, मैले अनेक योजनाहरु सुरु गरेको थिएँ, भूकम्पभन्दा पछि । म सरकारबाट हटाइए । त्यसपछि म फेरि चुनाव पछि फर्किएर आउँदा ती कुराहरु जहाँको त्यही जस्ताको त्यस्तै । रानीपोखरी शिलान्यास गरेको पहिलो पल्ट । फर्किएर अर्को पल्ट सरकारमा आउँदा त शिलान्यास गरेको ढुंगो विचरा सुकि राखेको । केही भएको छैन । मै बनाउँछु मेरो धरहरा भन्ने एउटा राष्ट्रिय अभियान लान खोजेको थिएँ मैले ।

    ३५/३६ करोड कति उठेको थियो । त्यो अभियानको रुपमा जान पाएन । धरहराको खण्डहरु जस्ताको तस्तै । अब केही महिना पछि साथीहरु २२ तला माथि चढेर धरहराबाट काठमाडौं सहर घुमिघुमिकन हेर्नुस् । आनन्दले हेर्नुस् घुमिघुमिकन । हाम्रो इतिहासदेखिको धरहरा । उहिलेदेखिको धरहरा । पटकपटक भत्कियो । अब नभत्किने गरि बनेको छ धरहरा, अब भत्किैदैँन ।

    हामी नभएको भए संविधान बन्दैनथ्यो । तपाईं हामीले देखेका छैनौं ? कसरी हामी अडिनु परेको थियो, कसरी हामीले अरुलाई अडाउनु परेको थियो । यदि हामी नभएको भए नाकाबन्दीको सामना डटेर कसले गर्न सक्थ्यो ? कसैले पनि गर्न सक्दैन्थे ।

    लोकतन्त्र पहिले खोसियो, मान्छेहरुलाई अहिले अलिअलि झस्को छ । २०१७ सालमा लोकतन्त्र खोसियो । पछि ०५८/०५९ र ०६१ सालमा लोकतन्त्र खोसियो । त्यस्ता झस्काहरु मान्छेलाई छन् तर त्यतिबेला कुखुरा खाने स्याल थियो । कुखुरा खाने स्याल भएका बेला कुखुरा हराए भनेर स्याल नभए पछि अरु कुखुरा हराउँदैनन् । त्यसबेला राजसंस्था थियो । अब राजसंस्था छैन । त्यसकारण यहाँ कसैले खोस्न सक्दैँन ।

    अर्को कुरा, त्यसबेला जनता पर्याप्त सचेत थिएन । जनता त्यति संगठित थिएन । जनता एकजुट भएर आन्दोलनमा उत्रिन सक्ने अवस्था थिएन । त्यसैकारण लोकतन्त्र खोसिन्थ्यो । अब जनता सचेत छन्, संगठित छन् । लोकतन्त्र कसैले खोस्न सक्दैन । कसैले लोकतन्त्र खोस्न सक्दैन ।
    म साथीहरुलाई आपूmमा विश्वास गर्न आग्रह गर्न चाहन्छु । तपाईं हामी छदाछदै गणतन्त्र मास्न सक्ने, लोकतन्त्र खोस्न सक्ने, त्यसलाई अल्मलाउन, वर्गल्याउन सक्ने तागत कोही हुन सक्छ ?

    म धेरै कुरा केही भनिरहन आवश्यक देख्दिनँ । अहिले मैले केही धेरै पूर्वानुमान गर्नु पनि छैन । तर, अब चुनाव हुन्छ । मलाई प्रचण्डले दिएको हो सदस्यता ?

    केही मान्छेहरु किन उत्ताउलिएका हुन्, मलाई थाहा छैन । अहिले चुनाव घोषणा भए पछि मैले प्रचण्डलाई भनेँ, चुनाव घोषणा भएको छ, मिलेर चुनावमा जाऔँ । हाम्रा बीचका अन्तरविरोध थिए भने पनि ती चुनाबले टुङ्ग्याउछ । मिलेर चुनावमा जाऔं । सामना गरौं । उहाँ मान्नु भएन । उहाँहरुले त केपी ओलीलाई पार्टीबाट निकाल्यौं भन्ने घोषणा गर्नुभयो । मलाई उहाँले दिएको सदस्यता हो र ?

    म जेलमा हुँदा एउटा आन्दोलन चलिराखेको बेला आन्दोलनमा सरिक भएर हो कि तमासा हेर्दा हो, एउटा कलिलो केटो पनि समातेर ल्याएछ जेलमा । मैले भटाएको थिए । सम्झाएर, बुझाएर, राजनीतिकरण गरेर, बामपन्थी बनाएर अलिअलि काममा लगाइयो । विधार्थी नेता बनाइयो । त्यसमा सुदूरपश्चिमको पनि परेछ ।

    म पूर्णकालीक भएको पाँच वर्ष भएको थियो । भूमिगत भएको तीन वर्ष भएको थियो । मोरङ आउँदा विराटनगरमा महेन्द्र मोरङ कलेजमा पढ्दै गरेको एउटा विधार्थी भेटेँ, इमानदार, राम्रो, सहयोगी भावनाको विधार्थी भेटें । उसलाई मैले राजनीतिमा लाग, राम्ररी काम गर्नुपर्छ, देशमा परिवर्तन ल्याउनु पर्छ । सम्झाएँ, उत्साहि गरेँ, प्रेरित गरेँ ।

    त्यो मान्छे, त्यसको एक दुई वर्षपछि राजनीतिमा सरिक भयो । पहिले इमानदार, सोझो थियो त्यो मान्छे । पछि बैङ्कमा काम गर्ने मान्छे, त्यसो भएर आदत के परेछ भने उधारो हुँदैन । पछि कपट पसेछ । पहिले जस्तो छैन त्यो मान्छे । मैले धेरै केही नभनौं ।

    प्रचण्डसँग एकता गरियो । कमिलालाई काल आयो भने पखेटा पलाउँछ । काल नआउदाखेरि प्वालभित्र बसिराखेको हुन्छन् कमिलाहरु तात्ती नै । काल आएपछि पखेटा पलाउँछ । पखेटा पलाएपछि प्वालभित्र बस्न भएन बाहिर निस्किएर फुर्रफुर्र उड्न थाल्छ । चराहरु घुमिराखेका हुन्छन् त्यही खोजेर, जति फुत्त निस्केर फुर्रर उड्छ ट्याप्प पा¥यो, ट्याप्प पा¥यो, ट्याप्प पार्यो ।

    अहिले यिनीहरु फुर्रफुर्र भएका छन् । गाली गरेर हिडेका छन्, मुख छाडेर हिडेका छन् । दुलाबाट फुत्फुत निस्किदै फेटेफेटे गर्दै हिडेका छन् । यो सबै हिसाब, तिनको विगतको हिसाब जनताले राखेका छन् । तिनका जीवनभरिका कामको हिसाब जनताले राखेको छ । तिनका फिटिफिटि जनताले ट्याप्प ट्याप्प ..। यो फुर्रफुर्र अरु केही होइन । त्यसैकारण आत्तिएका छन् । चुनाव भनेपछि सातो गएको छ ।

    म फेरि पनि आग्रह गर्न चाहन्छु, तपाईंहरु आउनुस्, स्वस्थ्य निर्वाचन हुनेछ, स्वच्छ निर्वाचन हुनेछ, निष्पक्ष निर्वाचन हुनेछ, धादलीरहित निर्वाचन हुनेछ, बत्ति निभाइने छैन, मतपत्र च्यातिने छैन.. । चुनावमा आउनुस् । तर, मतपत्र च्यात्छु र बत्ति निभाउछु भन्ने ठान्नु भएको छ भने त्यो पनि हुन दिइने छैन ।

    बत्ती निभाउन पाइँदैन । बाक्सा साट्न पाइँदैन । मतपत्र च्यात्न पाइँदैन । यस्तो तमासा लोकतन्त्रमा गर्न पाइँदैन । स्वच्छ निर्वाचन हुनुपर्छ । स्वच्छ निर्वाचन शान्तिपूर्ण ढंगले निर्वाचन हुन्छ । तपाईंहरु आउनुहोस् निर्वाचनमा भाग लिन । नडराउनुस् । अब तपाईंले बबुल रोपेर सुन्तला खोज्नु हुन्छ ।

    त्यो मान्छे, त्यसको एक दुई वर्षपछि राजनीतिमा सरिक भयो । पहिले इमानदार, सोझो थियो त्यो मान्छे । पछि बैङ्कमा काम गर्ने मान्छे, त्यसो भएर आदत के परेछ भने उधारो हुँदैन । पछि कपट पसेछ । पहिले जस्तो छैन त्यो मान्छे । मैले धेरै केही नभनौं ।

    बबुल भन्ने हुन्छ एउटा मरुभूमिमा काडाँधार केही पनि नफल्ने, चरा पनि बस्दैन । चरा पनि बस्दैन, किन काडैकाडा हुन्छ, कहाँ बस्ने ? काडैकाडा ! त्यसको मुन्टोकुन्टोचाहिँ उँटले खान्छ । उँटका गिजाले मात्रै त्यसलाई धान्न सक्छ । मुन्टोकुन्टो उँटले खान्छ त्यसलाई । त्यो रसिलो, मलिलो ठाउँमा हुँदैन ।

    मरुभूमि जस्ता ठाउँमा हुन्छ । रुखा ठाउँमा हुन्छ । अनि त्यो बबुला रोपेर अनि हामी सुन्तला खोज्दा हुन्छ ? उहाँहरुले पनि बबुल रोप्नु भएको छ जिन्गदीभरि । अहिले चुनावमा सुन्तला खोजेर हुन्छ ? त्यसैकारण उहाँहरु डराउनु हुन्छ । लोकतान्त्रिक अभ्यासमा आउनुस् भनेर म आग्रह गर्न चाहन्छु ।

    केपी ओली हारेपछि मतपत्र च्यात्ने मान्छे होइन

    हाम्रो उद्देश्य स्पस्ट छ । हामी यो पार्टी एउटा सेढीनी जस्तै हो, एउटा बघिनी जस्तै हो । जसले आफ्ना बच्चा माथि, अघिपछि शान्त बस्छ तर बच्चा माथि हमला भयो भने बघिनीले झाप्पु दिन्छ । हामीले जीनव अर्पण गरेर, हाम्रा सहिदहरुले जीवन अर्पण गरेर ल्याएको बडो कठीनले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, हामीले बडो मुस्किलले बनाएको, लडेर बनाएको संविधान यसमाथि कसैले खतरा पैदा गर्छ भने हाम्रो पार्टीले झाप्पु दिन्छ ।

    त्यो कुरा सहैय हुँदैन हामीलाई । हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति उभिन्छौं । उहाँहरुले केपी ओली तानाशाह भन्नु भएको छ । एकपटक महाधिवेशन नगर्ने, एकपटक चुनाव नगर्ने, एकपटक प्रतिस्पर्धा नगर्ने, प्रतिस्पर्धा एकपटक पनि नगर्ने, प्रतिस्पर्धासँग डराउने, प्रतिस्पर्धा गर्न पर्यो भने हार्ने, हारेपछि मतपत्र च्यात्ने, त्यो इतिहासबाट आएको हो केपी ओली ?

    केपी ओली चुनावबाट आउँछ । संसदीय दलको नेता चुनावबाट भएको हो । झलनाथ खनालजीसँग चुनाव लडेर म संसदीय दलको नेता छानिएको थिएँ । पछिल्लो पटक कसैले लड्ने आँट गरेनन् । माधव नेपालजीसँग ९औं महाधिवेशनमा चुनाव लडेर अध्यक्ष भएको हुँ ।

    म आखा देख्दिनथे, ठीक हो । त्यसबेला आँखा देख्निनथे । मेरो दुईवटै आँखामा फुलो परेको थियो । औषधिको कारणले, त्यो हटाए पछि ठीक भयो । उहाँहरुले प्रचार गर्नुभयो यो आँखा पनि देख्दैन । उहाँहरुले प्रचार गर्नुभयो, यो हिड्न पनि सक्दैन । हो, म हिड््न सक्ने थिइनँ । दौडन  सक्ने थिइनँ । तर, देश चलाउने भनेको दौड प्रतियोगितमा अगाडि जानेले देश चलाउने हो र ?

    म त्यो महाधिवेशनमा अस्पतालबाट सोझै आएर म चुनाव लडिनँ, माधव नेपालसँग । तपाईंहरु चुनाव लड्नु भयो, जिताउनु भयो । म के चुनाव लड्नु, बस्ने बाहेक उठ्न नसक्ने हालतमा थिएँ । समातेर हिडाउनु पर्दथ्यो । त्यो हालतमा थिएँ म । भर्खर हस्पिटलबाट डिस्चार्ज भएर आएको । तपाईंहरुले चुनाव जिताउनु भयो ।

    अब फेरि पनि उहाँहरु चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरु अध्यक्ष मागिरहनु भएको छ, अध्यक्ष चाहियो । अध्यक्ष छोड्दिने हो भने ठीक छ नि त आउनुस् न त चुनाव लडौं । ल म छोड्दिन्छु चुनाव लडौं । चुनाव गर्न आँट गर्नुहुन्न ।

    चुनाव हारेको, संविधान सभाको सदस्य, संवैधानिक समितिको सभापति जम्प, अर्को स्प्रिङ बोर्डबाट फेरि अर्को स्प्रिङ बोर्डबाट जम्प, फेरि अर्को स्प्रिङ बोर्डबाट हाइजम्प । कस्तो गजब ! जम्प, हाइजम्प, पुलजम्प ।

    चुनाव हारेको मान्छे अन्तिममा पुलजम्म गरेर माथि पुगिराख्या, दुनियाँ छक्क ! त्यस्तो लोकतन्त्र खोज्नु हुन्छ उहाँले । त्यस्तो लोकतन्त्र ! मलाई धम्काएर प्रधानमन्त्री चाहियो । कसरी ? ती झुठा आरोप पत्रको पुलिन्दा पेश गरेर । झुठा आरोप पत्रको पुलिन्दा । लाञ्छनाहरुको पुलिन्दा पेश गरेर ।

    म उहाँहरुलाई कुनै लाञ्छना लगाइरहन चाहन्नँ किनभने कसैले नदेखेको भए पो त्यसको नाकमा कालो लागेको छ भनेर मैले भन्नु पर्ने कसैले नाक नदेखेको भए पो भन्नु पर्ने । सबैले देखेको नाकमा मैले भनिरहनु पर्छ, त्यसको नाकमा कालो छ, कालो लागेको छ ? त्यसकारण मैले भनिरहनु पर्दैन सबैले देखेको छ, सबैले जानेको छ ।

    चुनाव हारेको, संविधान सभाको सदस्य, संवैधानिक समितिको सभापति जम्प, अर्को स्प्रिङ बोर्डबाट फेरि अर्को स्प्रिङ बोर्डबाट जम्प, फेरि अर्को स्प्रिङ बोर्डबाट हाइजम्प । कस्तो गजब ! जम्प, हाइजम्प, पुलजम्प ।

    हामी समृद्ध नेपाल सुखी नेपाली त्यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दृढ संल्पित छौं । त्यो जनताको सपना हामी पूरा गरेरै छोड्छौं । यसकारण यस बीचमा महाकाली नदीमा यसभन्दा अगाडि कुन सरकारले पुल बनायो ? कुन सरकारले झोलुङ्गे पुल हाल्यो ?

    कुन सरकारले पक्की पुल बनायो ? कसले तुइन विस्थापन गर्यो ? म त सुदूरपूर्वको मान्छे, त्यतैका पनि नेता भएका होलान् । त्यतैका पनि प्रधानमन्त्री भएका होलान् । त्यतैका पनि मन्त्री भएका होलान् । त्यतैका पनि गृह मन्त्री, रक्षा मन्त्री भएका होलान् । उपप्रधानमन्त्री भएका होलान, प्रधानमन्त्री पनि विभिन्न मान्छे भएका होलान् ।

    यी काम कसले गर्यो ?

    महाकाली पुलमा झोलुङ्गे पुल हाल्न मै पुग्न प¥यो त ! अनि विभिन्न बाटोहरुको सञ्जाल बनाउन, बाटाहरु विस्तार गर्न, आयोजना बिग्रिएको थियो भन्लान् । गफ गर्नलाई त कति सजिलो रहेछ, हिजो झलनाथ खनालजीले भाषण गर्नु भयो नि, धरहरा केपी ओलीले बनायो भन्छन्, नचाहिने कुरा । केपी ओलीले बनाएको हो र ? इन्जिनियरले बनाएको हो भनेर ।

    उहाँलाई के थाहा रहेनछ भने, इन्जिनियरले डकर्मीको काम गर्दैन, त्यो त नापजोख गर्ने मात्रै हो । डकर्मीले बनाएको हो धरहरा । इन्जिनियरले बनाउँछ, इँटा लगाउँछ, के गर्छ भन्ने परेको रहेछ उहाँलाई । कहिले गएर नजिकै हेरेको भए पो ! त्यो कसले काम गर्छ भनेर हेर्नु पर्यो नि, त्यो थाहा पाउनु पर्यो नि ।

    हुनत उहाँहरु त्यसो भन्नु हुन्छ । अहिले ४ हजार ४५ सय किलोमिटर डबल लेन, फोर लेन, सिक्स लेनका बाटाहरु बनेका छन् । अत्तरिया–धनगढीको बाटो ६ लेनको बनेको छ । कोहलपुर–नेपालगञ्ज तपाईंहरुले देख्नु भएको छ । कपिलवस्तु जाने बाटो देख्नु भएको छ । भैरहवा एरपोर्टबाट कपिलवस्तु जाने बाटो तपाईंहरुले देख्नु भएको छ । पथलैया–विरगञ्जको बाटो देख्नु भएको छ ।

    बुटवलबाट नारायणगढ आउने बाटो पूर्व–पश्चिम राजमार्ग चौडा गर्दै गरेको देख्नु भएको छ । पूर्व–पश्चिम रेल मार्ग बन्दै गरेको तपाईंले देख्नु भएको छ । उहिले रेल थियो नेपालमा अरे ! अहिलेको समयमा रेल मार्ग बनाएका छौं, रेल किनेका छौं हामीले । रेल सुरु गरेका छौं । अब केही दिनभित्र हामी शिलान्यास गर्दैछौं । पूर्व–पश्चिम रेल बन्दैछ अब ।

    उत्तर–दक्षिण रेल बन्दैछ । केरुङ–काठमाडौं बन्दैछ । डीपीआर सकियो, रक्सौलबाट काठमाडौं आउने रेल । विभिन्न एयरपोर्टहरु चौडा हुँदैछन् । धनगढी एयरपोर्ट तपाईंले देख्दादेख्दै राती उड्ने बनाइएको छ । सुर्खेत एयरपोर्ट तपाईंले देख्नु भएको छ । विभिन्न एयरपोर्ट तपाईंले राती पनि उड्ने सुविधा विस्तार, नयाँ एयरपोर्टको विस्तार तीब्र रुपमा तपाईंले देख्नु भएको छ ।

    हामीले चाँदनी दोधारामा अर्को सुख्खा बन्दरगाह त्यहाँ निर्माण गर्दैैछौं, औधोगिक क्षेत्र त्यहाँ निर्माण गर्दैछौं ..। यस्ता कामहरु नयाँनयाँ कामहरु भइरहेका छन् । हामीले एकैचोटी, एकैदिनमा ३ सय ९६ हस्पिटल शिलान्यास गर्ने भन्यौं । विभिन्न प्राविधिक कारणले कतिवटा हस्पिटल भोलिपल्ट मात्रै शिलान्यास गर्न सक्यौं । तर, ३ सय ९ वटा हस्पिटल देशभरिमा एकैदिन हामीले शिलान्यास गर्यौं ।

    एकैदिन ३ सय ९ वटा, यो ऐतिहासिक रेकर्ड होइन ? २०७२ साल वैशाखमा भुइँचालो गयो । मैले कानून बनाएर, पुनःनिर्माण प्राधिकरण बनाएर काम सुरु गरेको थिए । फर्किएर आउँदा के भएको छ भन्दा केही पनि भएको छैन, जस्ताको तस्तै । अहिले हामीले ७ लाख घर निर्माण गरेर जनतालाई हस्तान्तरण ग¥यौं । ७ लाख घर निर्माण गरेका छौं ।

    स्कुल कलेजहरु निर्माण गरेका छौं । स्वास्थ्य चौकीहरु निर्माण गरेका छौं । अस्पतालहरु निर्माण गरेका छौं । स्कुल कलेज मैले भनिसकेँ । विद्यालयका क्षतीग्रस्त, विश्वविद्यालयका क्षतीग्र्स्त भवनहरु निर्माण गरेका छौं । पुरातात्विक महत्वका मठ, मन्दिर, मस्जिद विभिन्नलाई पुनःनिर्माण गरेका छौं ।

    तपाईंले सुन्नु भएको छ । १२ वर्षमा आँधीहुरी आएर ८ सय ६९ छाप्राहरु उडायो । अहिले हामीले ट्वाइलेट बाथरुप सहितका ८ सय ६९ पक्की घरहरु बनाएर ती विस्थापित भएका जनताहरुलाई फेरि आवास हस्तान्तरण गरेका छौं । यति तीब्रताका साथ कहिले कसैले गरेको थियो ? यति तीब्रताका साथ कहिल्यै काम भएको थियो ।

    कोभिड–१९ यहाँ मात्रै आएको होइन । हामी विकट परिस्थितिमा छौं । यहाँ मात्रै आएको होइन, दुनियाँ भरि आएको हो । तर, हामीले मृत्युदरमा फैलिन नदिने प्रयास एउटा टेस्ट गर्ने अवस्था थिएन यहाँ सुरु हुँदाखेरि । अहिले ६८ ठाउँबाट एकैचोटी २५ हजारको परीक्षण एकै दिनमा हुन्छ ।
    त्यो स्थिति हामीले बनाएका छौं । अहिले नियन्त्रण गर्दै मृत्यु हुनेको सङ्ख्या पनि घट्दै छ । संक्रमण हुनेको सङ्ख्या पनि घटेको छ र निको हुनेको सङ्ख्याचाहिँ बढेको छ । यो यहाँहरुले देख्नु भएको छ, दिनैपिच्छे यो रिपोर्टहरु आइरहेका छन् । त्यसकारण भ्रममा नपर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

    हामी काम गर्नका लागि सरकार बनाउने हो, काम गर्नका लागि सरकारमा जाने हो । यो देश विकास गर्ने हो भने, काम गर्ने हो भने हाम्रो नेतृत्वको सरकार चाहिन्छ, हाम्रो पार्टीको सरकार चाहिन्छ । यो कुरा हामीले जनतालाई बुझाउनु पर्छ ।

    स्कुल कलेजहरु निर्माण गरेका छौं । स्वास्थ्य चौकीहरु निर्माण गरेका छौं । अस्पतालहरु निर्माण गरेका छौं । स्कुल कलेज मैले भनिसकेँ । विद्यालयका क्षतीग्रस्त, विश्वविद्यालयका क्षतीग्र्स्त भवनहरु निर्माण गरेका छौं । पुरातात्विक महत्वका मठ, मन्दिर, मस्जिद विभिन्नलाई पुनःनिर्माण गरेका छौं ।

    हामीले भ्रम पाल्नु हुँदैन । रामले लङ्कामा एउटा परिस्थितिमा बाँदर जातका मान्छेलाई लिएर लडाइँ गरेका थिए, एकपटक । बाँदरले नै के के न गर्ने रहेछ भन्ने ठान्नु हुँदैन । बाँदरले कुनै घर बनाउँदैन, बनायो कि भत्काउँछ, बनायो कि भत्काउँछ । कतिवटा भत्कायो….। बनाउने काम गर्दैन, भत्काउने काम गर्छ । अब बाँदर लिएर बस्ती बसाउँछु भन्ने ठानेको कहाँबाट हुनु । बुरुक्क उफ्रियो फेरि । तपाईंले रुखका हाँगामा बसेर विचरा दुख पाएछ भनेर घरमा ल्याउनु भयो भने बस्छ ? बुरुक्क दगुरेर उहीँ रुखमा । त्यो मती.. ।

    तपाईं हामीले अब आन्दोलन जोगाउन पर्छ, आन्दोलन जोगाउन पार्टी जोगाउनु पर्छ । हाम्रा उद्देश्यहरु जोगाउन र सफल पार्नका लागि पार्टी जोगाउनु पर्छ, पार्टी विस्तार गर्नुपर्छ । पार्टी फैलाउनु पर्छ । म साथीहरुलाई त्यही आग्रह गर्न चाहन्छु ।

    यत्रो साथीहरु, यत्रो विग्न नेताहरु अब आफ्नो ठाउँमा अगाडि बढ्दै हुनुहुन्छ, आफ्नो ठाउँमा फर्किदै हुनुहुन्छ र एउटा अभियान संचालन गर्दै हुनुहुन्छ । तपाईंहरु कि कहाँकहाँबाट कोबाट, कसका लागि, केका लागि कुदेका मान्छे हुन्, कुदाइएका मान्छे हुन् ।

    ती मान्छेहरुको कुरा छोड्नुस् । आश मार्नुस्, तिनीहरुलाई बिर्सिदिनुस् । आफ्नो अभियान सम्झिनुस्, आफ्ना उद्देश्य सम्झिनुस् अगाडि बढ्नुस् । केही साथीहरु सपथ ग्रहणमा छुट्नु भएको छ । केही साथीहरु लिस्टमा पनि छुट्नु भएको होला । त्यसको पनि ध्यान दिइनेछ । साथीहरु, यो असन्तुष्ट हुने बेला होइन । चित्त दुखाएर बस्ने बेला होइन । असल कार्यकर्ताहरुले चित्त नदुखाइ, असन्तुष्ट नभइकन काममा होमिने हो ।

    कामको मूल्याङ्कन हुन्छ, योगदानको मूल्याङ्कन हुन्छ, इतिहासको मूल्याङ्कन हुन्छ । यथोचित ढंगले फेरि सबै साथीहरुलाई जिम्मेवारी दिइन्छ । त्यसकारण कुनै चिन्ता नगर्न साथीहरुलाई म आग्रह गर्न चाहन्छु ।

    (प्रधानमन्त्री केपी ओलीले राजधानीमा आयोजित कार्यकर्ता भेलामा व्यक्त बिचारको सम्पादित अंश)

  • एक साताभित्र दावी पेश गर्न दुवै नेकपालाई निर्वाचन आयोगको पत्र

    एक साताभित्र दावी पेश गर्न दुवै नेकपालाई निर्वाचन आयोगको पत्र

    काठमाडौं । निर्वाचन आयोगले विभाजित नेकपाका दुवै पक्षलाई आ–आफ्नो आधिकारिकता पुष्टि हुने गरी आवश्यक कागजात र दावी पेश गर्न पत्राचार गरेको छ । आयोगको शुक्रवार बसेको बैठकले दुवै पक्षले मागेको कुरा औपचारिक रुपमा आयोगलाई उपलब्ध गराउन भनेर पत्राचार गरिएको प्रमुख आयुक्त दिनेश थपलियाले नेपाल प्रेसलाई बताए ।

    थपलियाले भने– उहाँहरुले पार्टीको निर्णय भनेर पठाउनुभएको छ । हिजो हामीले निर्णय गरेर दुवै पक्षलाई उहाँहरुले हामीलाई पत्रमा मागेको कुरा औपचारिक रुपमा एक साताभित्र दिनुस् भनेर मागेका छौं । आयोगले कानुनबमोजिम गर्ने हो । यसमा अरु कुरा केही छैन ।

    आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको थपलियाले बताए । अनुसूची १८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा हो । जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नुपर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने हुन्छ ।

    नेकपाका दुवै पक्षले केन्द्रीय कमिटीको निर्णय आयोगमा पठाएका छन् । प्रधानमन्त्री केपी ओली अध्यक्ष र महासचिव पौडेल रहेको कमिटीले समयमा महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै १ हजार ९९ सदस्यीय कमिटी पुनर्गठनको पत्र आयोगमा पुस ७ गते पठाएको थियो ।

    सोही दिन बसेको प्रचण्ड अध्यक्ष रहेको बैठकले पनि ओलीलाई अध्यक्षबाट हटाएको निर्णय आयोगमा पठाएको थियो । आयोगमा प्रचण्ड–माधव नेपाल पक्षले साबिक केन्द्रीय कमिटीको बहुमत सदस्यको हस्ताक्षरसमेत निर्वाचन आयोगमा बुझाई आधिकारिकता मागेको छ ।

    दुवै पक्षले आधिकारिक नेकपा आफू भएको दावी गरेपछि आयोगले पुष्टि हुने कागजात मागेको हो ।

  • पर्यटक पर्खिरहेको हेलम्बु (फोटो फिचर)

    पर्यटक पर्खिरहेको हेलम्बु (फोटो फिचर)

    हेलम्बु । अधिकांश स्थानीय तहमा यतिबेला पर्यटकलाई आकर्षण गर्न भन्दै ‘भ्यूटावर’ बनाउने होडबाजी चलेको छ । यस्ता टावर ठड्याउन सके मात्रै पर्यटकको ओइरो लाग्छ भन्ने भ्रममा रहेका स्थानीय तहले पनि अरू क्षेत्रको लागि छुट्याएको बजेट यसैमा खन्याउन थालेका छन् ।

    पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ ? भन्ने खालका योजनाहरू ल्याउन स्थानीय तह तत्पर भएका देखिंदैनन् । तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका यस मामलामा अपवाद बनेको छ । पर्यटन क्षेत्रलाई थप उकास्नका लागि भ्यूटावर भन्दा पृथक सोच बनाएको छ, हेलम्बु गाउँपालिकाले ।

    
    

    काठमाडौं उपत्यकावासी मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकका लागि हेलम्बुले उत्कृष्ट गन्तव्य बनाउन विभिन्न खालका प्याकेजहरू ल्याउँदैछ ।

    पछिल्लो समयको ट्रेन्ड हेर्ने हो भने नेपालीहरू घुमफिरमा बढी रमाउन थालेका छन् । परिवारका सदस्यदेखि साथीभाइसँग लामो तथा छोटो यात्रामा निस्कन थालेका छन् ।

    कोभिडको कारण लामो समय घरभित्रै थुनिन पर्दाको उकुसमुकुसबाट निस्कन पनि नयाँ ठाउँको खोजी गर्न थालेका छन् । छोटो समयकै लागि भए पनि घुम्ने परिपाटी विस्तारै बढ्न थालेको छ ।

    यही मौकालाई सदुपयोग गर्न गाउँपालिकाले हिमालयन ग्रेट ट्रेल, बञ्जीजम्प, पाराग्लाइडिङ, ट्रेकिङदेखि हाइकिङ रुटसम्म विस्तार गर्दैछ ।

    काठमाडौंबाट एक दिनदेखि एक हप्तासम्मको लागि टुर प्याकेज तयार पारेर आन्तरिक पर्यटक भित्र्याउने ध्येयमा छ, हेलम्बु । काठमाडौंबाट नजिकको ठाउँ घुम्नको लागि यतिबेला हेलम्बु उत्कृष्ट गन्तव्य बन्न सक्छ । उपत्यकावासीलाई मात्र होइन देशैभरबाट आन्तरिक पर्यटक ल्याउने तयारीमा जुटिरहेको छ, हेलम्बु गाउँपालिका ।

    हुन त हेलम्बुलाई पर्यटन क्षेत्रको रूपमा चिनिएको लामो समय भइसक्यो । तर विदेशी पर्यटकको रोजाइमा मात्रै परेकाले हेलम्बु गाउँपालिकाले आन्तरिक पर्यटक ल्याउनको लागि पहल थालेको हो ।

    
    

    काठमाडौंबाट नजिकै भएर पनि आन्तरिक पर्यटकलाई तान्न नसकेपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आफैं जुटिरहेका छन् ।

    यसअघि अधिकांश विदेशी पर्यटकले मात्रै धानेको हेलम्बुको पर्यटन क्षेत्र कोभिडको कारण माथि उकास्न नसक्ने भएपछि गाउँपालिकाले आन्तरिक पर्यटक भित्र्याउन विभिन्न खालका योजनाहरू ल्याउन पहल भइरहेको छ ।

    पर्यटकीय सम्भावना बोकेको हेलम्बु आन्तरिक पर्यटकको रोजाइमा खासै पर्न नसक्नुको कारण गलत बुझाइ र आन्तरिक पर्यटकको लागि प्रचारप्रचार नहुनु रहेको अध्यक्ष निमाको बुझाइ छ । तर त्यही नजिक रहेको काठमाडौंवासीको नजर पोखरा, चितवन, इलामलगायतका ठाउँमा मात्रै पर्यो ।

    अब पोखरा र चितवनको विकल्प हेलम्बुमा किन नदिने त भन्ने सोचाइ साथ हेलम्बु गाउँपालिका अघि बढ्यो । घुम्न रुचाउनेहरूलाई हेलम्बु भनेको सोलुखुम्बु भन्दा पनि टाढा होला भन्ने भ्रमले पनि आन्तरिक पर्यटकको रोजाइमा नपरेको अध्यक्ष निमा बताउँछन् । काठमाडौंबाट हेलम्बु केवल डेढ–दुई घण्टाको बाटो हो ।

    काठमाडौं उपत्यकामा ५० देखि ५५ लाख मानिसको बसोबास छ । ५० लाख जनसंख्यालाई एक दिनको लागि नजिकको गन्तव्यमा कहीं घुम्न जाउँ भनेदेखि त्यो गन्तव्य कहीं नदेखेको गुनासोलाई सम्बोधन गर्न खोजेको उनी बताउँछन् ।

    कतिचोटि नगरकोट जानु ? कतिपटक धुलिखेल जानु ? त्योभन्दा विकल्पको कहीं छैन । त्यसको विकल्पको लागि हेलम्बुलाई लिनुपर्छ भनेर हेलम्बुले टार्गेट गरेको छ । अब हेलम्बु ग्रेट ट्रेलमा केही हप्तामा हिउँ पर्न शुरु हुन्छ ।

    हिउँ पर्ने वित्तिकै काठमाडौं उपत्यकाको जनसंख्याबाटै केही आन्तरिक पर्यटकहरू घुम्न आउने अनुमान गाउँपालिकाको छ । गाउँपालिकाका मेयर निमाले सोचेका छन् कि हिउँ परेको समयमा घुम्न आएका पर्यटकले सामाजिक सञ्जालमा फोटो राख्छन् । र त्यही फोटो देखेर आकर्षित भएकाहरू आफ्नो परिवार र साथीसँग एकचोटि त्यो हेलम्बु ग्रेट ट्रेलमा पुग्नेमा आशावादी छन् ।

    उनले आफ्नो योजना सुनाए, ‘हामीले २५ लाख मान्छे यहाँ ल्याउन सक्ने हो भने, हाम्रो गाउँपालिकामा रहेका २० हजार जनसंख्या मध्ये एक जनाको भागमा एक लाख मान्छे पर्छन् । यसले यहाँका मानिसको आर्थिक स्थितिमा धेरै सुधार आउँछ । त्यसैले यसलाई हामीले धेरै जोड दिनुपर्छ ।’

    पोखरा, चितवन जस्तै पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने ठाउँ हो, हेलम्बु ।

    ग्रेट ट्रेल हेर्न, हिमालको दृश्यावलोकन गर्न, हाइकिङ गर्न मात्र नभई आन्तरिक पर्यटकहरूले हेलम्बुमा रहेको पाल्चोक, जयवागेश्वरी मन्दिर दर्शन गर्न पनि सक्नेछन् । त्यति मात्र होइन बुद्धिष्टहरूको लागि गुरु रिन्पोछेले तपस्या गरेका ठाउँ छन् यहीं । पुराना ६० वटा गुम्बाहरू पनि छन् । गुम्बाको अध्ययन गर्न पनि सकिने अध्यक्ष निमाको भनाइ छ ।

    हुन त हेलम्बु पर्यटनको क्षेत्रको रूपमा पहिलेदेखि नै चिनिएको ठाउँ हो । नेपालमा ट्रेकिङको सुरुआत नै हेलम्बुबाट गरिएको भनिन्छ । तर पछिल्लो अवस्थामा के भइदियो भने ठाउँठाउँमा मोटरबाटो खुल्यो । मोटरबाटो पुगेपछि ट्रेकिङलाई प्रभावित पार्यो । यसको असर पर्यटन क्षेत्रमा पनि पर्यो, सडक पुगेको ठाउँमा पर्यटकहरू आउने क्रममा क्रमशः कम हुँदै गयो ।

    चर्चित ट्रेकिङ रुटलाई २०७२ को भूकम्पले पनि असर पार्यो । भूकम्पले होटल, निजी घरहरू सबै भत्कायो ।

    त्यति मात्र होइन हेलम्बुलाई गुम्बाहरूको नगरपालिका भनेर पनि चिनिन्छ । तर ती सबै भत्के । र, बल्ल धेरै वर्षपछि बन्ने क्रममा छन् । निजी घरहरू अन्तिम चरणमा छन् । ट्रेकिङ रुटहरू अझै बनिसकेको छैन र त्यसले पनि पर्यटन क्षेत्रमा निकै ह्रास आएको छ ।

    पहिलेको रुटहरूमा मोटरबाटो पुगिसक्यो । यसको विकल्पमा पर्यटकहरूलाई आकर्षित गर्न अन्य ठाउँहरू पनि निर्माण गर्नुपर्छ भनेर गाउँपालिकामा ६० किलोमिटर लामो चीनको ग्रेटवाल जस्तै ‘हेलम्बु ग्रेट ट्रेल’ निर्माण अगाडि बढ्यो ।

    ६० किलोमिटर लामो चीनको ग्रेटवालकै मापदण्डमा निर्माण शुरू भइसकेको छ । ३०० मिटर बनिसक्यो यस साल दुई किलोमिटर निर्माण सम्पन्न हुनेछ । र, त्यसको लागत झण्डै साढे ४ अर्ब रहेको छ । ग्रेट ट्रेल निर्माण सम्पन्न नहुँदै आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ । यसले पनि थप उत्साह थपेको छ ।

    गाउँपालिकाले सुरुआत गर्यो । यसको लागि चाहिने बजेट गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग मागेको छ । ४ अर्ब बजेट गाउँपालिकाको पाँच वर्षको बजेटले पनि पुग्दैन भनेर निर्माण थालनी नै गरिएन भने त्यो पैसा एकैचोटि जुट्दैन भनेर नगरपालिकाले योजनालाई रोकेन । त्यसका लागि सुरुआत गाउँपालिकाले नै गर्दै जाने भनेर अहिले त्यो प्रोजेक्टमा प्रदेश सरकारले पनि पैसा हालिराखेको छ । यो हेलम्बु गाउँपालिकाको महत्वाकांक्षी प्रोजेक्ट हो ।

    
    

    हिमालयन ग्रेट ट्रेल भनेर गाउँपालिकालाई ४ अर्बको प्रोजेक्ट भनेको ठूलो हो । यो निर्माण सम्पन्न भएपछि हेलम्बुको मात्र नभएर नेपालको लागि चीन पछाडिको यति ठूलो र यतिको उँचाइमा बनेको कहाँ छ ? भनेर खोजी भयो भने नेपालमा छ भन्ने गर्वका साथ भन्न पाउनेछन् ।

    त्यससँगै यो हेलम्बु ग्रेट ट्रेलको राम्रो पक्ष चीनको ग्रेटवालबाट हिमालहरू देखिंदैन । हेलम्बु गे्रट ट्रेलबाट ६० किलोमिटर फन्को मार्दा ८० प्रतिशत हिमाल अवलोकन गर्न सकिन्छ । ग्रेट ट्रेलबाट नै हिमाल देखिने भएपछि माउन्टेन फ्लाइट गर्नु नपर्ने उद्देश्यले नै यसको निर्माण गरिएको हो ।

    ग्रेट ट्रेलले धेरै धार्मिक क्षेत्रलाई समेत समेट्छ । हेलम्बुको ग्रेट ट्रेलबाट एकैपटक पाल्चोक, जयवागेश्वरी, गोसाइँकुण्ड, आमायाङ्ग्री तथा बौद्ध धर्मावलम्बीहरूका गुरु रिन्पोछेले तपस्या गरेको ठाउँको पनि अवलोकन गर्न सकिन्छ ।

    ६० किलोमिटर राउण्ड मार्दा हेलम्बु गाउँपालिका पूरै परिक्रमा हुन्छ । यसबाट हेलम्बु गाउँपालिकाभित्रको पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक मात्र नभएर आन्तरिक पर्यटकले पनि ठूलो योगदान पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ । अहिले नै आन्तरिक पर्यटकहरूको भीड बढ्न थालेको छ । त्यति मात्र होइन राजधानीवासीलाई पानी खुवाउने मेलम्ची खानेपानीको मुहान नै त्यही छ ।

    हेलम्बु पुगेपछि रसुवाको लाङटाङ ट्रेकिङ गर्न चाहने पर्यटकको लागि पनि हेलम्बुको दुई ठाउँबाट लाङटाङ जोड्ने ट्रेलहरू धमाधम निर्माण भइराखेको छ ।

    एउटा ट्रेल चाहिं हेलम्बु काङसालाङ भएर लाङटाङ पुग्ने अर्को चाहिं सेलिसाङ पास भएर लाङटाङ पुग्ने रुट बन्दैछ । सेलिसाङ भएर लाङटाङ पुग्ने रुट यस वर्ष नै सकिन्छ । त्यसपछि पर्यटकहरूको आवतजावत शुरु हुनेछ । त्यो सँगसँगै आन्तरिक पर्यटकको यात्रालाई लामो बनाउन र हेलम्बुमै बञ्जी जम्पको मज्जा लिन हेलम्बु गाउँपालिका–१ चर्काथलीमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भइरहेको छ । पुलको गहिराइ १७३ मिटर छ ।

    अध्यक्ष निमा भन्छन्, ‘त्यसमा हामीले बञ्जी जम्प गराउने भनेर तयारी थाल्दैछाै‌। पुलको निर्माण यो वर्षभित्र सकिन्छ । त्यसको लागि गाउँपालिकाले डीपीआर गरेर प्रदेशको बजेटमा आयोजना समावेश गरेर निर्माण हँुदैछ । झोलुङ्गे पुलको काम यसै वर्ष सकिनेवित्तिकै बञ्जी जम्पका लागि प्राइभेट सेक्टरसँग पहल थालिसकेको छ ।

    त्यो सँगसँगै गाउँपालिका अर्को मौकालाई गुमाउन चाहँदैन । पोखरामा अन्तर्राष्ट्रिय एअरपोर्ट बन्नेवितिकै सराङकोटको पाराग्लाइडिङ चलाउन मिल्दैन । फेरि पाराग्लाइडिङ गर्नेहरूले त कहीं न कहीं ठाउँ खोजिहाल्छन् ।

    सराङकोटको विकल्पमा हेलम्बुमा पाराग्लाइडिङ गराएर पर्यटक ल्याउने लक्ष्य राखेको हेलम्बुले घोप्टेघ्याङको २२०० मिटर उँचाइबाट पाराग्लाइडिङको परीक्षण गर्यो । परीक्षण सफल पनि भयो । अध्यक्ष निमा उत्साही हुँदै थप्छन्, ‘त्यहाँ हामीले छिटो भन्दा छिटो पाराग्लाइडिङ औपचारिक रूपमा शुरू गर्न प्राइभेट सेक्टरको टोलीलाई भनिसकेका छौं ।’

    हेलम्बुमा केही छैन भन्नेहरूको लागि सम्पूर्ण चिजहरूलाई प्याकेजको रूपमा लिएर जाने गाउँपालिकाको तयारी छ । अध्यक्ष शेर्पाले पर्यटन क्षेत्रलाई अगाडि बढाउन विकासको कामलाई पनि सँगसँगै लगेका छन् ।

    उनी भन्छन्, ‘मुख्य सडकहरूमा बाहै्र महिना गाडी चल्दैन । हिउँदको समयमा मात्र गाडी चल्छ । बर्खामा गाडी नै चल्दैन । हामीले चुनावको बेला पनि भनेका थियौं । धेरैले चुनावको बेला धेरै भाषण गर्छन् तर पछि सब बिर्सिन्छन् । तर म त्यस्तो गर्दिनँ । किनभने हामीले चुनावको बेला बोलेका थियौं, मुख्य सडकहरूमा १२ महिना गाडी चल्ने बनाउँछौं भनेर ।’

    पहिले भइरहेका मोटरबाटोहरू एकदमै साना र प्राविधिक सर्भे विना नै बनाइएका थिए । ‘हेलम्बुमा पर्यटकहरू बढाउने भन्ने अनि सडक चाहिं सानो भएर हुन्छ त ? त्यसैले सबै सडकहरू ९ देखि १० मिटर बढाएर विस्तार गरिराखेका छौं’, उनी भन्छन् ।

    उनले सुनाए, ‘यो काम अन्तिम चरणमा पुगेको छ । सोलिङ गर्नेदेखि नाली खोलेर बर्खामा पनि चलाउन मिल्ने गरी बनाइएको छ । अब हाम्रो एक–डेढ वर्ष मात्रै बाँकी छ । त्यो बेला बोलेको कुराहरू पूरा गर्नुपर्यो भनेर लागिपरेका छौं ।’

     

    तस्विर सौजन्य:  हेलम्बु गाउँपालिका

  • सरकारी गाडीमा मनलाग्दी, किन्न भन्दा मर्मतमा खर्च बढी

    सरकारी गाडीमा मनलाग्दी, किन्न भन्दा मर्मतमा खर्च बढी

    सुर्खेत । कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन् । यसमध्ये हाल मुख्यमन्त्रीसहित ६ जना मन्त्री छन् । बाँकी ३३ जनामा प्रदेशसभाबाट ११ जनाले गाडी सुविधा पाउँदै आएका छन् ।

    प्रदेशसभाबाट गाडी सुविधा पाउनेहरूमा सभामुख, उपसभामुख दुई जना, प्रमुख प्रतिपक्षी दलका नेता, उक्त दलका सचेतक दुई जना र सत्तारुढ नेकपाका प्रमुख सचेतक, सचेतक दुई जना छन् ।

    प्रदेशसभामा चार वटा संसदीय समिति छन् । गएको साउन भन्दा पहिले सत्तारुढ दलकै एक नेताले प्रमुख प्रतिपक्षी दलको नेतको रूपमा सेवा–सुविधा लिंदै आएका थिए ।

    यीसहित प्रदेशसभामा सवारी साधन प्राप्त गर्ने संसदहरूको संख्या ११ पुगेको छ । ११ मध्ये प्रदेशसभा सदस्य यामलाल कँडेलले साउनबाट सेवा–सुविधा नलिने घोषणा गरेका छन् । हाल प्रदेशसभामा दशवटा गाडी सांसदहरूले प्रयोग गर्दै आइरहेका छन् ।

    सुविधाका नाउँमा पाएका सवारी साधनलाई सांसदहरूले निजी सवारी साधन जस्तै बनाएर जुनसुकै समय अनावश्यक रूपमा र मनपरी ढंगले चलाइरहेका छन् । प्रदेशसभा सचिवालयका एक कर्मचारी भन्छन्, ‘हामीले सांसदहरूलाई नियम सिकाउनै मिलेन । केही सुझाव दिए बढी जान्ने भएको भन्दै हपार्न आउँछन् ।’

    उनी भन्छन्, ‘समितिको काम भएको अवस्थामा गाडी प्रयोग गर्नु स्वाभाविक भए पनि निजी कामका लागि, पार्टी कार्यक्रमका लागि भनेर गाडीको प्रयोग गर्ने क्रम रोकिएको छैन । प्रदेशसभामा नै गाडी अभाव भएका समयमा अहिले यहाँका दुई गाडी कामै नलाग्ने भएका छन् । गाउँगाउँमा गाडी लिएर जानुपर्ने आवश्यकता नभएको ती कर्मचारीको भनाइ छ ।

    समिति वा पदाधिकारीलाई प्रदेशसभाका काम–कारबाहीमा सहजता होस् भन्ने ध्येयका साथ सचिवालयले गाडी उपलब्ध गराउँछ । तर त्यसलाई सांसदहरूले आफ्नै ठानेर प्रयोग गर्दा गाडी नै नाम नलाग्ने स्थितिमा पुगेको अवस्था छ ।

    लागत भन्दा बढी मर्मत खर्च !

    सांसद यामलाल कँडेलले चलाउँदै आएको बा २ झ ३९७० नम्बरको स्कोर्पियो गत जेठ ६ गते चितवनको दासढुंगा नजिकै दुर्घटना भएको थियो । उक्त गाडी हालसम्म प्रदेशसभा सचिवालयले मर्मत गर्न सकेको छैन । सो गाडी भैरहवामा रहेको समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको छ ।

    उक्त गाडी २०७५ असारमा रु.४९ लाख ४९ हजारमा खरीद गरिएको सचिवालय जिन्सी शाखाका नायब सुब्बा सुरेन्द्रबहादुर थापाले जानकारी दिए । अहिले उक्त कम्पनीले खरीद मूल्यभन्दा मर्मत खर्च बढीको इस्टिमेट दिएको छ ।

    कम्पनीका अनुसार उक्त गाडी मर्मतका लागि रु.५९ लाख ६९ हजार खर्च लाग्ने देखिएको छ । यद्यपि हालसम्म नेता कँडेलले उक्त गाडी प्रदेशसभा सचिवालयलाई भने हस्तान्तरण गरेका छैनन् । कँडेलले गाडी दुर्घटनामा परेपछि गएको साउनमा नै सवारीसाधनको सेवा–सुविधा परित्याग गरेको घोषणा भने गरेका थिए ।

    जलाइयो अध्यक्षको गाडी

    प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको स्कोर्पियोमा बिहीबार राति अज्ञात समूहले आगो लगाइदिएको छ । अध्यक्ष सिंह खाना खान भेरी नगरपालिका वडा नं. ७ का वडाध्यक्षको घरमा गएको समयमा अज्ञात समूहले आगो लगाउँदा गाडी पूर्ण रूपमा क्षति भएको छ ।

    प्रदेशसभा सचिवालयका एक कर्मचारी भन्छन्, ‘अब यो पूर्ण रूपमा क्षति भएको गाडीको मर्मतको के कुरा गर्नु ? गाडी खरीद गरेको दुई वर्षमै प्रदेशसभालाई ठूलो धक्का लागेको छ ।’

    सांसदले मनपरी प्रयोग गर्दा क्षति

    वीरेन्द्रनगर–६ का उदय शाही सांसदले मनपरी रूपमा गाडी चलाउँदा यस्तो घटना भएको बताउँछन् । कम्तीमा गाडीलाई सुरक्षित स्थानमा राख्नुपथ्र्यो । पार्टी कार्यक्रमका लागि भनेर सचिवालयले गाडी दिएको पनि होइन होला । उनले भने, ‘गाडी पाउनु आफ्नो हक ठान्ने र सो सुविधाप्रति बढी लोभ गर्ने सांसदका कारण सरकारी सम्पत्तिको सत्यानाश भएको छ ।’

    जुन कामका लागि सुविधा दिएको हो त्यसैका लागि प्रयोग गरेको भए क्षति नहुने शाही बताउँछन् । आफ्नो अधिकार क्षेत्र भन्दा पनि बाहिर गएर निजी सम्पत्ति जस्तै प्रयोग गर्न थालेपछि यस्तो अवस्था आउने गर्छ । उनले भने, ‘सांसदका घरमा घाँस बोक्नका लागि, पार्टी कार्यक्रममा जानका लागि त सरकारले गाडी दिएको होइन होला नि ?’

    प्रदेशसभा सचिवालय गाउँमा नयाँ ट्रयाक खोलिएका बाटोमा समेत सांसदहरूले अनावश्यक रूपमा गाडी लैजाँदा मर्मत खर्च धेरै आउने गरेको बताउँछ । हरेक गाडीमा मर्मत खर्च धेरै छ । उहाँहरू जथाभावी गाडी लैजाने गर्नुहुन्छ । एकातिर गाडीका पार्टपुर्जा बिग्रने गरेका छन् भने गाडी किनेको दुई वर्षमै थोत्रिने गरेका छन् ।

    स्रोत भन्छ, यसरी सरकारी सम्पत्तिको दुरुपयोग भइरहँदा पनि हामीले बोल्न सक्ने अवस्था छैन । उनका अनुसार सवारी साधन पाएका सांसदहरूमध्ये केही बाहेक अन्यले आफन्तलाई ओसार्न, निजी कामका लागि प्रयोग गर्न दिइने गरेको गुनासो प्रदेशसभामा आएको छ । यद्यपि उनले यसबारेमा धेरै कुरा खोल्न चाहेनन् ।

    शाहले गरेनन् गाडी फिर्ता

    असोज २५ गते कर्णाली प्रदेश नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट बर्खास्त गरे पनि उनले हालसम्म गाडी फिर्ता गरेका छैनन् । उनले हालसम्म पनि कर्णाली प्रदेश ०२००१ झ ००३९ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन् ।

    शाहले गाडी फिर्ता नगर्दा नवनियुक्त सचेतक कुर्मराज शाहीले गाडी सुविधा प्राप्त गर्न पाएका छैनन् । मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियानमा साथ दिएको भन्दै शाहलाई पदमुक्त गरेका थिए ।

    उनको स्थानमा सीता नेपालीलाई प्रमुख सचेतक तथा कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका थिए ।

  • चार जना ‘नक्कली सीआईबी’ पक्राउ

    चार जना ‘नक्कली सीआईबी’ पक्राउ

    जनकपुरधाम । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेको भन्दै जागिरको प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा भारत बिहार राज्यको अररिया फारविसगंज घर भई विराटनगर १ मा बस्दै आएका राजकुमार साहुका छोरा समिर साह, महोत्तरीको भंगाहा नगरपालिका ९ का आदित्य यादव, धनुषाको जनकपुरधाम ४ का चन्दन साह र वडा २ का रामचन्द्र साह रहेका छन् ।

    विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई जनकपुरधामस्थित सिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्टबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरु बस्ने कोठामा रहेको व्यागबाट तीन थान प्लाष्टिकका नक्कली पेस्तोल र विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर तथा चेक बुकहरु बरामद भएको छ ।

    ‘पक्राउ परेका चारै जनाले जागिरको प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ धनुषाका एसपी रमेश कुमार बस्नेतले भने, ‘ठगी गरी कुन बैंकमा कति रकम राखेको भन्ने कुरा खुल्न सकेका छैन । अनुसन्धान जारी छ ।’

    प्रहरीले दिएको जानकारी अनुसार उनीहरु एक महिनादेखि उक्त होटलमा बस्दै आएका थिए । ‘जागिर लगाइदिने भनेर उनीहरुले एक व्यक्तिलाई भनेका थिए। ती व्यक्तिलाई शंका लागेर हामीलाई खबर गरेलगत्तै बिहीवार राति होटलमा छापा मारेर समातेका छौं,’ एसपी बस्नेतले भने, ‘अहिले धेरै कुरा खुल्न बाँकी छ । अनुसन्धानपछि जानकारी गराउँछौं ।’

    एसपी बस्नेतले कमाउने उदेश्यले नै उनीहरु नक्कली सीआईबी बनेर ठगी धन्दामा लागेको हुनसक्ने बताएका छन् । उनीहरुसँग सरकारी कर्मचारीको पनि साँठगाँठ हुनसक्ने प्रहरीको अनुमान छ ।

  • प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

    प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

    काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । उक्त समूहले आज आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्न लागेको हो ।

    प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेसले उक्त समूहलाई साथ नदिने भएपछि नयाँ तरिकाले कार्यक्रम घोषणा गर्ने तयारी भएको बताइएको छ । समूहका प्रवक्ता नारायणकाजी क्षेत्रको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी बनाएको छ ।

    अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका एक सदस्यले बताए ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक भएको दाबी गरिरहेका छन् ।

  • करिब ६ करोडले जिते कोरोना, नयाँ भाइरसले त्रास बढायो

    करिब ६ करोडले जिते कोरोना, नयाँ भाइरसले त्रास बढायो

    काठमाडौं । विश्वभर करिब ६ करोड संक्रमितले कोरोना जितेको तथ्यांक छ । ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएकामा ५ करोड ९६ लाखभन्दा बढीले कोरोनाभाइरसको संक्रमण जितेका हुन् । तथ्यांकअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ

    अहिलेसम्म १८ लाख ६४ हजार ३५४ संक्रमितको मृत्यु भएको छ । अझै २७ प्रतिशत संक्रमित उपचाररत छन् ।

    कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेका अमेरिकामा २ करोड ६ लाखभन्दा बढी संक्रमित भएका छन् ।

    पछिल्लो समय नयाँ प्रजातिको कोरोनाभाइरसको हल्लाले विश्व आतंकित छ ।

  • अधिकांश भूगोलमा वर्षा तथा हिमपातको सम्भावना

    अधिकांश भूगोलमा वर्षा तथा हिमपातको सम्भावना

    काठमाडौं । शनिबारदेखि देशका अधिकांश क्षेत्रको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र केही स्थानमा वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

    पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको जनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम बढी प्रभावित हुने अनुमान छ । बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।

    सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।

  • पार्टी फुटबाट जोगाउन ११ सय ९९ जनाको केन्द्रीय कमिटी बनाइयो: पोखरेल

    पार्टी फुटबाट जोगाउन ११ सय ९९ जनाको केन्द्रीय कमिटी बनाइयो: पोखरेल

    दाङ । नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनमतको अपहरण गर्ने प्रयास भएकाले संसद विघटन गर्नुपरेको टिप्पणी गरेका छन्।

    आफ्नै पार्टीका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरुले जनमतको अपहरण गर्न खोजेको उनको आरोप थियो।

    ओली पक्षीय नेकपा दाङको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले चुनावमा केपी ओलीको अनुहार देखाएर बहुमत आइसकेपछि अर्को अर्को समूहले ओलीलाई अपदस्त गर्न खोजको आरोप लागए।

    ‘पार्टी अध्यक्ष केपी ओलीको अनुहार देखाएर जनमत निर्माण गर्ने काम भयो’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘चुनाव जितिसकेपछि त्यो जनमतको बीचमै अपहरण गर्ने कोशिश गरिएकाले संसद भंग गर्नुपर्‍यो ।’

    संसद विघटनले पार्टी बलियो बनाउने तर्क गर्दै उनले जनतामा जान कोही डराउनुपर्ने कारण नरहेको बताए।

    सम्बोधनका क्रममा मुख्यमन्त्री पोखरेलले पार्टीलाई फुटबाट जोगाउन नेकपाको केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पुर्‍याइएको समेत बताए। ‘पार्टी फुटाउन केन्द्रीय कमिटीको ४० प्रतिशत चाहिन्छ, ‘उनले भने, ‘११ सय ९९ सयको केन्द्रीय कमिटीमा ४० प्रतिशत कसैको पुग्दैन । यसले पार्टीलाई फुटबाट जोगाउँछ ।’

    विगतमा ओली प्रधानमन्त्री बने लगत्तै प्रचण्ड कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न खोजेकाले प्रधानमन्त्री ओलीले आलोपालो प्रधानमन्त्रीको सहमति गरेको समेत पोखरेलले बताए।

  • नम्रता श्रेष्ठको नयाँ मोड : सिसिफस, मेन्टल हेल्थ र आशाको किरण

    नम्रता श्रेष्ठको नयाँ मोड : सिसिफस, मेन्टल हेल्थ र आशाको किरण

    काठमाडौं । आइरिस नाटककार जर्ज बर्नाड शा भन्छन् –‘आशावादी र निराशावादी दुवैले समाज बनाउँछन् । आशावादीले जहाज बनाउँछ भने निराशावादीले प्यारासुट ।’ ग्रीष्म ऋतुको एक अपरान्ह उनी ‘ह्याप्पी’ मूडमा सुनिइन् । उनी अर्थात् नम्रता श्रेष्ठ ।

    यस्तो लाग्छ, उनको जीवन फिल्मको रिलजस्तै घुम्यो । निराशा, आशा र ग्रीक दन्त्यकथाको एउटा पात्र सिसिफस जस्तै विचलित नहुने एउटा लेडी । पहिलोपटक २००९ मा उनको डेब्यु फिल्म ‘मेरो एउटा साथी छ’ पोखराको एउटा सिंगल थिएटरमा हेरेको थिएँ । सुकिलो स्टारडम, मुस्कान पोतिएको त्यो मुहार, मध्यमवर्गीय रोमान्सको चित्र मेरो स्मृतिमा ताजै छन् ।

    यो त्यही समय थियो जतिबेला शहरमा नयाँ हिरोइनको उदय भएको थियो । मिडिया हेडलाइन ‘मल्टिप्लेक्स’ र ‘सिंगल’ हिरोइनको रुपमा डिस्कोर्स चलाउँदै थिए । मल्टिप्लेक्स अभिनेत्रीको ट्याग लाग्यो उनलाई । धेरैले शहरिया मध्यमवर्गीय दर्शककी एक्ट्रेसको रुपमा उनलाई परिभाषित गरे । उनी स्वयंले यो बहसमा आफूलाई विभाजित गर्न चाहिनन् । उनलाई लाग्छ : म सबै दर्शककी साझा अभिनेत्री हुँ ।

    नम्रताको जन्म दुईपटक भयो । एउटा– धराने मोटीको रुपमा र अर्को सन् २००९ को स्क्यान्डलपछि । समयका यी दुई फरक आयामले नम्रताको व्यक्तित्व र बुझाइलाई डिफाइन गर्छन् । सबै साथीभाइले माया गरेर बोलाउने त्यतिबेलाकी प्रिय मोटी अहिले स्प्रिचुअल र फिलोसफिकल नमुको रुपमा रुपान्तरित छिन् । यही कारण नम्रता चरित्र बाँच्छिन् । चाहे त्यो ‘मेरो एउटा साथी छ’, चाहे ‘सोल सिस्टर’ होस् वा पति हत्याको बदला लिने ‘जाइरा’ चरित्र ।

    नेपाली फिल्मको एउटा दर्शकीय वर्ग नम्रतालाई आदर्श मान्छ र उनको चरित्र बाँच्न चाहन्छ । मेन्टल हेल्थ, स्क्यान्डलका उतारचढाव र जीवनप्रतिको आशावादिताबाट नेपाली युवापुस्ताले धेरै कुरा सिक्न सक्छ ।

    धेरैलाई सरप्राइज लाग्न सक्छ –नम्रताको पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ होइन भन्दा । कक्षा १ मा पढ्ताका हो, नम्रताले बालकलाकारको रुपमा फिल्म ‘संगिनी’मा अभिनय गरेको । जतिबेला ‘लिटल बुद्ध’ र ‘संगिनी’ फिल्मको अडिसनमा भाग लिएकी नम्रता कलाकारको रुपमा छानिइन् । नेपालमै सुटिङ हुने भएकाले नम्रताले संगिनीमा चान्स पाइन् । दीपाश्रीको डेब्यु फिल्म र सरोज खनालसँगको स्क्रिन सेयर गर्दा बेलाको त्यो क्षण उनको मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहन्छन् । यही विन्दुदेखि नमुभित्र अभिनयको हुटहुटी सवार भयो ।

    डेढ दशक भयो नम्रताको जीवनमा समयले पटक–पटक परीक्षा लियो । यी परीक्षामा उनी पटक–पटक उत्तीर्ण पनि भइन् । यो ‘ब्याकअप’ र ‘स्ट्रेङ्थ’ कसरी आउँछ ? नम्रता यसको क्रेडिट परिवारको मूल्य र सपोर्टलाई दिन्छिन् । पहिलो म्युजिक भिडियो खेल्दा होस्, पहिलोपटक साइवर संसारमा फोटोसुट गर्दा होस् या २००९ को चर्चित स्क्यान्डल । यी उतारचढावमा परिवार उनको पक्षमा जहिल्यै उभियो । ‘त्यसकै कारण अहिलेसम्म म यहाँ छु’ नम्रता महसूस गर्छिन्, ‘परिवार जब तपाइँको पक्षमा उभिन्छ, अन्य चुनौती तपाइँलाई गौण लाग्छ ।’

    मान्छेका गसिप र हल्लासँग नम्रतालाई कुनै गुनासो छैन । आत्मरति उनको जीवनको डिक्स्नेरीमा कहिल्यै अटाएन । पहिलो म्युजिक भिडियो होस् वा ‘सानो संसार’ प्रिमियरको बेला प्राप्त दर्शकको उच्च प्रशंसा । यो मामिलामा उनीसँग एउटा इमान्दार जवाफ छ : अरुले म्युजिक भिडियो र फिल्म हेरेर वाउ भने तर मेरो काम मलाई मन परेन । केही हो जस्तो पनि लागेन ।’ हुनसक्छ, आफ्नो काम मननपर्ने र असन्तुष्टि हुने उनको बानीले उनलाई अझै मिहिनेत गर्न प्रेरित गर्‍यो । हुनसक्छ गसिपको पछाडि नलाग्ने बानीले उनलाई आफ्नो सिद्धान्तमा अडिन प्रेरित गर्‍यो ।

    यो मामिलामा एउटा रोचक किस्सा पनि छ । ‘सानो संसार’ हेरेपछि नम्रतालाई फिल्म मनपरेन । त्यो साँझ उनी र निर्देशक आलोक नेम्वाङबीच हल्का झगडा पनि पर्‍यो । आफ्नै फिल्मलाई किन नराम्रो भनेको भनेर आलोक नम्रतामाथि खनिए । तर, नम्रता यो मान्न तयार थिइनन् ।

    आफ्नै काम र क्यारेक्टर उनलाई ‘हावा’ लाग्यो । आफ्नै काम उनलाई ‘ननसेन्स’ लाग्थे । तर, कहिलेकाहीं ननसेन्स कुराभित्र सेन्स लुकेका हुन्छन् । यही कारण नम्रता जहिल्यै टीमवर्कको पक्षमा उभिइन् । उनलाई लाग्छ, राम्रो फिल्म बन्न एउटा पक्ष मात्र राम्रो भएर हुँदैन ।

    के कलाकार सधैं पर्फेक्सनको खोजीमा हुन्छ ? नम्रताको लागि उनी स्वयं ‘सानो संसार’ गर्ने बेला पूर्ण थिइनन् र ‘थ्राइभ’को खोजीमा थिइन् । ‘म ट्रेन्ड एक्टर थिइनँ । मैले जस्ता फिल्म हेर्थेँ त्यो समयमा त्यो हेर्दा चाहिं मलाई आफ्ना फिल्म मनपरेको हो’ उनी इमान्दार सुनिइन् ‘अरुले खतरा गर्छन् काम, तर मैले के नै गरेको छु भन्ने फिल हुँदो रैछ ।’

    हुन त फिल्म समीक्षक सधैं ‘नो एक्टिङ इज एक्टिङ’ भन्छन् । अनि अर्को बिहान ? आफ्नै फिल्म हेर्न परिवारसहित हलमा जाँदा उनले ताला लगाएको देखिन् । त्यतिबेला डिजिटल र एनालग प्रविधिका पक्षधरबीचको झगडा उत्कर्षमा थियो । नम्रताको फिल्म ‘सानो संसार’ले डिजिटल विद्रोहको श्रीगणेश गरिदिएको थियो । नम्रतालाई डिजिटल ट्रेन्डको एउटा विम्वको रुपमा लिने पनि धेरै छन् ।

    ‘सानो संसार’ लागेका जति सबै हलमा ताला लागेको थियो । ‘यो हेर्दा म डिजापोइन्ट पनि भएकी थिएँ’ उनले सम्झिइन्, ‘केही घन्टापछि दर्शकको ठूलो क्राउड आयो र हल खुलायो । यसले ममा पुनः खुशीको संचार गर्यो ।’ कुनै एउटा कलाकारको लागि दर्शकको माया नै सबथोक हुन्छ । त्यसपछि मिडियामा आउने न्यूज र कार्यक्रममा गरिने सम्मानले नम्रतालाई सेलेव्रिटी हुनुको अर्थ बोध गरायो । ‘कताकता ह्वाइ भन्ने कुरा पनि मनमा खेल्थ्यो’ उनी सुनाउँछिन्, ‘कताकता सेलेव्रिटी भएको फिल पनि हुन थालेको थियो ।’

    ‘सानो संसार’ अगाडि नेपाली फिल्मले उनलाई रत्तिभर अपिलिङ तुल्याउन सकेन । न त पोस्टर, नत ट्रेलरले उनलाई इन्टरटेन तुल्याए । उनी नेपाली फिल्म हेर्ने प्राणी थिइनन् त्यो समय । भनिन्छ नि, व्यवस्था बदल्न व्यवस्थाभित्रै घुस्नुपर्छ । राजनीति शास्त्रको यो सूत्र कालान्तरमा उनै नम्रतामाथि प्रयोग भइदियो ।

    ‘सोल सिस्टर’जस्तो विशुद्ध प्रयोगवादी फिल्म बनाउन होस् या ‘जाइरा’को एक्सन लेडी । बक्सअफिस अंकगणितलाई भुल्ने हो भने यी सबै फिल्ममा नम्रताको नियत सकारात्मक महसूस हुन्छ । ‘त्यसपछि आलोक दाइले सधैं गोपीकृष्ण हलमा फिल्म हेर्न लैजानुहुन्थ्यो र नेपाली फिल्मको प्रवृत्तिलाई बुझ्ने मौका पाउँथे । बल्ल त्यसपछि नेपाली फिल्म हेर्न थालें’ उनी सम्झन्छिन् ।

    ‘त्यतिबेला धेरै न्यूज आउँथ्यो । मिडियाले नयाँ धार र पुरानो धार भन्दिनुभयो । मलाई थाहा पनि थिएन, कुन धार के हो भनेर । कतिपय ठाउँमा हामीलाई डिजिटल हिरो, हिरोइन पनि भन्नुहुन्थ्यो । यी कुराले हामीलाई सोच्न बाध्य पनि पार्‍यो ।

    पहिले काम गर्ने शैली पनि भिन्न थियो । सानो संसारपछि डिजाइन र प्राविधिक कुरामा एकैपटक परिवर्तन आयो । तर, स्वीकार चाहिं राम्रोसँग गर्नुभयो । अनि डिजिटल फिल्म बन्न थाले । फिल्मको प्रोसेस पनि भिन्न हुन थाल्यो’ परिवर्तनको यो किस्सामाथि नम्रताको कथन छ ।

    असल अभिनेताले चरित्र बाँच्छन् । नम्रतालाई पनि यस्तै लाग्छ । चरित्र बाँच्न उक्त पात्रको जीवनभित्रै पस्नुपर्ने चुनौती हुन्छ । कतिपय मेथड एक्टरलाई चरित्र बाँचिसकेपछि पुनः वास्तविक जीवनमा फर्कनलाई कठिन हुन्छ । डेनियल डे लेविसदेखि नेपालकै सौगात मल्लसम्मका एक्टरले चरित्र बाँच्न ‘एक्स्ट्रिम’ प्रयोग गरेका किस्सा छन् ।

    ‘त्यही भएर म वर्षमा एउटा दुइटा फिल्म मात्र गर्छु । मलाई चाहिं टाइम चाहिन्छ । उसले कसरी सोच्छ भनेर बुझ्नुपर्ने हुन्छ । प्रायः बाहिर जाँदा पनि म मान्छेलाई अब्जर्भ गरेको हुन्छु । त्यही नै मेरो स्कूल हो । यी कुराले मलाई पात्र निर्माण गर्न मद्दत गर्छन्’ नम्रताले कलाकार हुनुको चुनौती बाँडिन्, ‘तर, म क्लब जाने मान्छे परिनँ । घरमै बस्न मनपर्छ ।’

    कहिलेकाहीं आफ्नो सफलतामा खुसी नहुने मानवीय गुण हुन्छन् । जस्तो, ‘क्लासिक’ फिल्मबाट सर्वोत्कृष्ट नायिकाको उपाधि जित्दा नम्रतालाई आफू अझै सेलेव्रिटी भइनसकेको भाव आयो । किनभने, यो त्यही समय थियो जतिबेला उनको जीवनमा ‘स्वास्थ्य’ प्रश्न बनेर उभिएको थियो ।

    ठीक त्यही बेला उनमा मानसिक स्वास्थ्य (डिप्रेसन)को डायग्नोस भयो । ‘क्लासिक’ फिल्मको प्रत्येक सट् पिच्छे उनलाई गाह्रो हुन्थ्यो । उनी सोच्थिन् : म किन यहाँ छु, म यो काम किन गरिरहेकी छु । मेरो ठाउँमा अर्कै भएको भए अझ राम्रो गर्न सक्थ्यो होला भन्ने ।

    निर्देशकले खोजेजति र पात्रले जति मागेको भूमिका हो, त्यो दिन नसकेको महसूस उनले सट्पिच्छे गर्थिन् । भन्नुको अर्थ ‘क्लासिक’ छायांकनदेखि नै उनमा डिप्रेसन शरु भएको थियो ।

    ‘त्यो वर्ष मैले सबैजसो अवार्ड जितेँ । तर म आफूभित्रै सरप्राइज थिएँ । मेरो माइन्डमा समस्या रहेछ त्यो समयमा । औषधि पनि खाइरहेकी थिएँ । मिक्सड टाइपको फिलिङ आउँथ्यो । त्यतिबेला त मजस्तो झुर एक्टर कोही थिएन जस्तो लाग्थ्यो’ मानसिक स्वास्थ्यबारे नम्रता खुलिन् ।

    किनभने नेपाली समाजमा अहिले पनि खुल्ला रुपमा मानसिक स्वास्थ्यको बहस हुँदैन । त्यसमा पनि नेपाली फिल्म उद्योगमा अभिनेत्रीका लागि चुनौती धेरै हुन्छन् । ‘फिल्म मात्र हैन, नेपाली समाजका हरेक क्षेत्रमा महिलालाई हेर्ने विभेद हुन्छ । महिलाबाट पर्फेक्सनको आशा राखिन्छ । शुरुमा त मलाई पनि बोल्न गाह्रो भएको थियो । डाक्टरले अभोइड गर्न भन्नुभएको थियो । शुरुमा डराएकी थिएँ मेन्टल हेल्थको कुरा गर्न । पछि जोजोलाई डिप्रेसन छ, उहाँहरुसँग कुरा गर्थेँ । राम्रा फिल्म हेर्थेँ । योग र साधनाको लागि जान्थेँ । मेरो समस्या अरुलाई पनि सेयर गर्थेँ । यो कुराले अरुलाई पनि मद्दत मिल्यो’ उनी खुलिन् । आफ्नो अनुभवले अरुलाई मद्दत मिलोस् भनेर मानसिक स्वास्थ्यको बारेमा कुरा गरेको नम्रताकाे कथन छ ।

    पब्लिक फिगर हुनुका आफ्नै खाले सीमा छन् । नचाहँदा नचाहँदै पनि क्यामेराको लागि रेडी भइदिनुपर्ने । कृत्रिम मुस्कान छर्दिनुपर्ने । बोलिदिनुपर्ने यस्तै यस्तै । तर, मेन्टल हेल्थसँग संघर्ष गरिरहेकी नम्रतालाई त्यो कालखण्डमा यी कुरा गर्न पटक्कै रुचि थिएन । बाहिरबाट जस्तो देखिन्छ, त्यस्तो नहुने डायलेक्टिकल समस्या । यो दौरान उनले गुम्बा चहारिन् । रिम्पोछेसँग माइन्ड ट्रेनिङ सिकिन् । पहेँलो रिबन बाँधेर अन्तर्यामी बन्ने प्रयास गरिन् ।

    यी अभ्यासले उनलाई सहयोग दियो । तीन वर्षसम्म कामविना घरबाहिर गइनन् । या त ट्रेकिङ गइन् या त घरमै आराम गरिन् । तीनवर्ष डिप्रेसनको औषधि लिइन् । उनलाई धर्मगुरुले नकारात्मक मान्छे र वातावरणबाट टाढा रहन सुझाएका थिए ।

    ‘म आत्महत्याको सोचमा पनि थिएँ त्यो समय । नेगेटिभ बाहेक आउने कुरै थिएन । जे सोसल मिडिया खोले पनि नेगेटिभ कुरा आउने’ नम्रतालाई लाग्छ, ‘कलाकार हुनुको नाताले मलाई सबै कुरा थाहा हुनुपर्छ । तर, मलाई ती जान्नु जरुरी थिएन । डिप्रेसनका समयमा के कुरा बोल्ने, के कुराबाट पछि हट्ने जस्ता कुरा पनि महत्वपूर्ण थिए मेरा लागि ।’

    ‘मेरो एउटा साथी छ’ रिलिजकै टाइममा हो । नम्रताको जीवनमा एकसाथ खुशी र विस्मात दुवै आए । सन् २००९ को यो बेला उनको जीवनमा एउटा ठूलो स्क्यान्डल भयो ।

    ‘त्यो टाइममा मान्छेहरुले म अब सिद्धिएँ भने सोचेका थिए । मैले गिभअप गर्छु भनेर सोचेका थिए । मैले आफूलाई मार्छु भनेर पनि सोचेका थिए । मैले पनि सोचेको थिएँ होला कुनै प्वाइन्टमा एकचोटि तर बिर्सिएँ । तर, फेमिलीको सपोर्ट मेरो पक्षमा थियो । त्यो विन्दुमा म आफ्नो लक्ष्य र गन्तव्यप्रति दृढ थिएँ । परिवारले पनि मलाई दुईवटा अप्सन दिनुभएको थियो । एउटा –तिमीलाई जहाँ जान मन लाग्छ जाऊ । मैले न्यूयोर्क फिल्म स्कूलमा अप्लाइ गर्न लागेकी थिएँ । यसो हुँदा भाग्यो भन्ने कुरा हुन्छ । अर्को यहीँ बसेर परिस्थितिलाई फेस गर्ने । फेमिलीले नै भनेपछि म यहीँ बस्ने निधोमा पुगेँ । वास्तविक रुपमै यो कठिन परिस्थिति थियो ।’

    ‘योङ पनि थिएँ । धेरै कुराहरुलाई ह्यान्डल गर्न सक्ने थिइनँ । कसरी लिनुपर्छ कुराहरुलाई भन्ने कुराको आइडिया थिएन । सबै कुरा एकैपटक भएपछि काममा डिस्टर्ब हुन्थ्यो । त्यतिबेलै रेष्टुरेन्ट खोल्दै थिएँ । कतिपय साथीले इट्स ओके भन्नुभयो । फेमिलीले पनि साथ दिनुभयो । सबैजनाको माया देखेपछि म अझै बलियो हुनुपर्छ भनेर अगाडि बढ्ने सोच गराएँ । मेरो टिचर, फेमिली र साथीले सधैं कल गरेर म ठीक भए नभएको कुरा जान्नुहुन्थ्यो’ नम्रता भावुक सुनिइन्, ‘मैले ठीक त्यहीबेला अब म जहाँ पुग्नुपर्ने हो, त्यहीँ पुग्छु भनेर प्रतिबद्धता गरेको थिएँ ।’ नम्रतालाई नजिकबाट चिन्नेहरु भन्थे –उनी आफ्ना समकालीनसँग घुलमिल हुँदिनन् । वृद्ध उमेरका सँग उनी मिल्न रुचाउँछिन् र सानैदेखि जिज्ञासु स्वभावकी थिइन् । उनी प्रश्न गर्थिन् र उनका हजुरआमासँग उत्तर हुन्थे ।

    अर्को आयाममा नम्रताले फिल्म निर्मात्रीको जीवन बाँचिन् । सिक्किमका प्रशान्त रसाइलीसँग मिलेर उनले ‘सोल सिस्टर’ निर्माण गरिन् । बक्सअफिसमा फिल्म असफल भयो । उनी आफैंले हलमा फोन गरेर फिल्म हटाइदिन भनिन् । डेब्यु निर्मात्रीको रुपमा उनले यस फिल्मबाट धेरै कुरा सिकेको बताउँछिन् । यस्तो लाग्छ, उनी सेल्फ क्रिटिकल प्रोड्युसर पनि हुन् । आफ्नै फिल्मलाई पैसा तिरेर नहेर्न सुझाउने उनको बानी अचम्मको छ । अब भने प्रोडक्सन गर्न डर मान्ने पक्षमा छैनन् उनी । राम्रो टीम गराएर मात्र फिल्म बनाउने मूडमा छिन् उनी । ‘म दुईचारवटा कन्सेप्टमा काम गरिरहेकी छु । मेरो बकेट लिस्टमा केही प्रोजेक्ट छन्’ उनी भन्छिन्, ‘चाँडै पुनः निर्मात्रीको रुपमा फर्कनेछु ।’

    नम्रताको लागि अभिनय महत्वपूर्ण शर्त हो, चाहे त्यो नाटक होस् वा फिल्म । उनलाई माध्यमगत विविधतामा आपत्ति छैन । उनले पछिल्लोपटक गोल्डेन ब्वाइ नामक नाटकमा पनि अभिनय गरिन् । तर, तपाइँ आफूलाई एक्टर किन मान्नुहुन्न ? हाम्रो प्रश्नमा उनी भन्छिन्–मलाई निश्चित रुपमा यस्तो काम गरेँ र गरेको छु भन्ने नै भएको छैन, जुन दिन हुन्छ, त्यो दिन भन्छु । मलाई एक्टरको रुपमा लाग्ने भएँ मात्र भन्थेँ । त्यो महसूस अहिले गरेकी छैन । सेलेव्रिटी बन्ने सपनाको दौडमा नम्रताको यस्तो जवाफ एउटा आदर्श पनि हो । किनभने, नेपाली फिल्मको एउटा दर्शकीय वर्ग नम्रतालाई आदर्श मान्छ र उनको चरित्र बाँच्न चाहन्छ । मेन्टल हेल्थ, स्क्यान्डलका उतारचढाव र जीवनप्रतिको आशावादिताबाट नेपाली युवापुस्ताले धेरै कुरा सिक्न सक्छ ।

  • दिनानाथ शर्माले गरे नेकपाका दुवै पक्षको साझा प्रतिनिधित्व

    दिनानाथ शर्माले गरे नेकपाका दुवै पक्षको साझा प्रतिनिधित्व

    काठमाडौं । राष्ट्रियसभाको सातौं अधिवेशन शुरु हुनु ठीक एक दिनअघि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटनको कुरा बैठकमा उठाउन नपाइने बताएका थिए ।

    यो विषय सर्वोच्च अदालतमा पुगेको भन्दै उनले भनेका थिए– ‘सर्वोच्चमा विचाराधीन विषयमा हाउसमा बोल्न मिल्दैन । कसैले बोल्नुभयो भने ‘रुलिङ’ गर्नुपर्ने हुन्छ ।’

    अध्यक्ष तिमिल्सिनाको चेतावनीका बाबजूद शुक्रबारको बैठकमा यो विषय भने उठ्यो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले यो विषय शुरुमै प्रवेश गराए ।

    शर्मापछि बोलेका प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रतिनिधि जितेन्द्रनारायण देव र जनता समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले पनि यो विषयलाई सदनमा उठाए ।

    पूर्व घोषणा बमोजिम अध्यक्ष तिमिल्सिनाले यसमा सांसदलाई ‘रुलिङ’ भने गरेनन् । अर्थात् बैठकको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिका रुपमा उनीहरुले बोलेका कुरालाई रोकेनन् ।

    नेकपा तटस्थ, विपक्षी आक्रामक

    राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको कुरा उठे पनि यो संवैधानिक या असंवैधानिक भन्नेबारेमा भने सत्तारुढ नेकपा तटस्थ बस्यो ।

    राजनीतिक रुपमा नेकपा दुई पक्ष (ओली र प्रचण्ड–माधव) मा विभाजित भइसकेको भए पनि दिनानाथ शर्माले सग्लो नेकपाको रुपमा सदनमा दुवै पक्षको प्रतिनिधित्व गरे ।

    संसदीय दलका नेता समेत रहेका उनलाई दुवै पक्षले दलको नेता मान्न तयार भए । यद्यपि, शर्मा आफैंले आफू कतै नलागेको र तटस्थ रहेको सार्वजनिक वक्तव्य दिएका छन् ।

    राष्ट्रियसभा विघटन हुँदा उनले आफ्नो मुटु चिरिएको जस्तो अनुभव भएको बताए । ‘मैले मुटु चिरिएको, फुटेको अनुभव गरेको छु,’ शर्माले भने, ‘यसअघिका कुनै पनि फुटमा यस्तो अनुभव भएको थिएन ।’

    आफूलाई तटस्थ घोषणा गरेकाले पनि होला उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई संवैधानिक-असंवैधानिक, प्रजातान्त्रिक-अप्रजातान्त्रिक केही पनि भनेनन् । एक हिसाबले उनी यो विषयमा तटस्थ बसे ।

    तर, सदनमा प्रमुख विपक्षी नेपाली कांग्रेस र जसपा भने आक्रामक देखिए । कांग्रेसका तर्फबाट बैठकलाई सम्बोधन गर्दै जितेन्द्रनारायण देवले यसलाई असंवैधानिक र अप्रजातान्त्रिक भने ।

    ‘प्रतिनिधिसभाको विघटन पूर्णतः असंवैधानिक र अप्रजातन्त्रिक छ’ उनले भने, ‘बहुमतको प्रधानमन्त्रीलाई यो संविधानले कहीँ पनि त्यस्तो अधिकार दिएको छैन। यदि संसदले प्रधानमन्त्री बनाउनै सकेन भने मात्रै विघटनको चरणमा प्रवेशमा गर्छ ।’

    यद्यपि उनले यो विषय सर्वोच्च अदालतमा पनि प्रवेश गरेको भन्दै त्यसको फैसला पार्टीले मान्ने बताए। उनले थपे, ‘यो विषय सर्वोच्च अदालतमा पनि छ । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले सर्वोच्च अदालतको फैसला जे आउँछ त्यसलाई मानेर जान्छ ।’

    जसपाकी सांसद प्रमिला कुमारीले प्रधानमन्त्रीले गरेको संसद् विघटनलाई राजा महेन्द्रले चालेको कदमसँग तुलना गरिन्। ‘प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन भएको छ,’ उनले सभालाई सम्बाेधन गर्दै भिनन्, ‘यो कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी छ ।’

    उनको थप भनाइ थियो, ‘हाम्रो पार्टी यसमा घोर आपत्ति प्रकट गर्दछ । यो ०१७ साल पुस १ गते महेन्द्रले चालेको प्रतिगमनकारी कदमको पुनरावृत्ति हो ।’

    सांसद कुमारीले प्रधानमन्त्रीका श्रृंखलाबद्ध अभिव्यक्तिले उनमा गणतन्त्र, संघीयता र समावेशीविरुद्ध चरित्र देखिएको बताइन् । प्रतिगमनकारीको नेतृत्व गर्दै प्रधानमन्त्रीले संसद् विघटन गरेको आरोपसमेत उनले लगाइन् ।

    राष्ट्रपतिले संविधानसम्मत निर्णय नगरेका कारण महिलाप्रतिको विश्वास घट्दै गएको उनले बताइन् ।

    सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आदेश जारी गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । नेकपाको अन्तरविरोधले देश समस्यामा फसेको उनको भनाइ थियो ।

  • बालबालिकाको प्रश्न प्रधानमन्त्रीलाई– तपाईंका लागि हामी को हौं ? (भिडियाे)

    बालबालिकाको प्रश्न प्रधानमन्त्रीलाई– तपाईंका लागि हामी को हौं ? (भिडियाे)

    काठमाडौं । नेपाल स्काउटले इस्वी सनकाे हरेक नयाँ वर्षका दिन स्काउटर बालबालिकालाई एउटा मौका मिलाइदिन्छ–देशको कार्यकारी प्रमुखलाई प्रत्यक्ष भेटेर प्रश्न गर्ने र आफ्ना भावना पोख्ने ।

    गत वर्षदेखि स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भविष्यका कर्णधारसँग अन्तरक्रियाको लागि राजी गराएका थिए ।

    जनवरी पहिलो दिनमा यसपटक पनि बालबालिका प्रधानमन्त्रीसँग प्रश्न गर्न र केही भावना व्यक्त गर्न बालुवाटार पुगे । उनीहरुले धित मरुन्जेल प्रश्न राखे । छानिएका प्रश्नकर्ताको पालो सकिएपछि प्रधानमन्त्रीले ‘अरु कोही ?’ भन्दै प्रश्न मागे ।

    बालबालिकाले उनलाई एसिड आक्रमण विरुद्धको कानून ल्याएकोमा धन्यवाद दिए । सँगसँगै बलात्कार विरुद्धको कानूनले मात्र अपराध घट्ला र ? भन्ने प्रश्न पनि गरे ।

    एकजना बालकले प्रश्न गरे–प्रधानमन्त्रीज्यू तपाईंको लागि हामी बालबालिका को हौं ?
    मेरा लागि आँखाको नानी जस्तै हौ । मुटुका धड्कन, मेरा प्यारा सन्तति, भविष्यका कर्णधार जे भने पनि हुन्छ । मैले सबैभन्दा बढी मन पराउने नै केटाकेटी हुन् । म उनीहरुमा धर्तीको भविष्य देख्छु ।

    प्रधानमन्त्रीसँग बालबालिकाले राजनीतिदेखि अपराधसम्म र आफ्नो विरोध गर्नेहरुलाई के भन्नुहुन्छ जस्ता प्रश्न पनि सोधे । सबै प्रश्नको विस्तृतमा जवाफ दिएका प्रधानमन्त्रीले बालबालिकाले राजनीति गर्न नहुने र इन्टरनेट माध्यमबाट हुने कुलतमा फस्न नहुने सुझाव पनि दिए ।

    नेपाल प्रेसले प्रत्यक्ष प्रसारण गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमको विस्तृत प्रश्नोत्तरको भिडियो यहाँ हेर्न सकिन्छ ।

  • कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी

    कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन् ।

    शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले विभिन्न वस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकोले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताए ।

    अहिले दाल, फलाम, सिमेन्टलगायतका वस्तुहरुमा अत्यधिक महँगी बढेको गुनासो आएकोले मूल्यवृद्धि नियन्त्रण आफैं गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गरे ।

    आफैं मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ती गर्नेलाई नछाड्ने बताए । निजी क्षेत्रलाई स्वतन्त्ररुपमा छाडिएको अवस्थामा व्यवसायीहरुले मूल्य वृद्धि गरेर बजारलाई महँगो बनाएको पनि मन्त्री भट्टले बताए ।

    उद्योगी व्यवसायीहरुलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वाभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको जानकारी दिए । तर पनि सरकारले उत्पादन बढाउन, लगानी आकर्षित गर्न काम गरिराखेको स्पष्ट पारे ।

     

  • संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपरौं, चुनावको तयारीमा जुटौं : मन्त्री गुरुङ

    संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपरौं, चुनावको तयारीमा जुटौं : मन्त्री गुरुङ

    सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले संसद पुनर्स्थापना भन्दा ताजा जनादेशमा जानुपर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

    मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको र यसै गरी निर्वाचन आयोगले पनि तयारी गरिरहेको बताए ।

    उनले संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

    अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै वर्तमान सरकारलाई संवैधानिक तथा कानूनी मान्यता भएकोले कसैको भ्रममा नपर्न अपील गरेका छन् ।

    सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएको भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्रप्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उनले बताए।

  • राष्ट्रियसभाको पहिलो बैठक सकियो, अर्को बैठक २३ गते

    राष्ट्रियसभाको पहिलो बैठक सकियो, अर्को बैठक २३ गते

    काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछिको पहिलोपटक शुक्रबार शुरु भएको राष्ट्रियसभाको बैठक सकिएको छ । अर्को बैठक पुस २३ गते दिउँसो १ बजे बस्नेछ।

    बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्तर्गतको पहिलो बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेका थिए।

    सातौं अधिवेशनको पहिलो बैठकमा छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।

    त्यस्तै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र राष्ट्रियसभाका अध्यक्षले सभामा पढेर सुनाएका थिए।

    बैठकमा केही अध्यादेशहरु पनि पेश भए।

  • फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था आएको छैन: प्राधिकरण

    फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था आएको छैन: प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

    शुक्रबार प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी तीन वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताए ।

    केही सञ्चारमाध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यले बताए ।

    अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको पनि शाक्यले बताए । उनले अनावश्यक रुपमा विजुली काट्ने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिंदा लोडसेडिङ भन्न नमिल्ने पनि बताए ।

    अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गर्नुपर्ने कुनै सम्भावना नदेखिएको बताए ।

    राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्न समेत आग्रह गरे ।

    तर यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि बताए । यस्तै कोभिडका कारण विद्युत चुहावट करीब डेढ प्रतिशतले बढेकोमा अबको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको  बताए । यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिए पनि गत वर्षको १५.२७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुने गरी काम भइराखेको बताए ।

  • हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

    हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलमार्फत् हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् ।

    माग पूरा नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनीसमेत दिए ।

  • ‘फोन ट्यापिङ’ भइरहेको हो भने यो गम्भीर फौजदारी अपराध हो’

    ‘फोन ट्यापिङ’ भइरहेको हो भने यो गम्भीर फौजदारी अपराध हो’

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देवले सरकारले ‘फोन ट्यापिङ’ गरिरहेको कुरा आएको भन्दै त्यो गम्भीर फौजदारी अपराध भएको बताएका छन् ।

    शुक्रबार राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘भर्खरै परिषद् बाट निस्कनुभएका एकजना नेताले भन्नुभएको छ–केही दिनदेखि सरकार नेपालका आफ्ना विरोधी नेताहरुको फोन ट्यापिङमा लागेको छ’ उनको भनाइ थियो, ‘यदि यो हो भने गैरकानूनी, असंवैधानिक र फौजदारी अपराध अन्तर्गत जाने कुरा हो ।’

    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव पक्ष)ले १४ पुसमा देशभर आयोजना गरेको विरोधसभा कार्यक्रम अन्तर्गत रोल्पाको सभालाई सम्बोधन गर्दै नेता वर्षमान पुनले यो विषय उठाएका थिए । उनले विपक्षी नेताहरुको सरकारले फोन ट्यापिक गरिरहेको आरोप लगाएका थिए।

    देवले सरकारले ४० करोडमा फोन ट्यापिङ गर्ने मेसिन किनिसकेको कुरा आएको पनि बताए । उनले भने, ‘दुई/तीन दिनदेखि मिडियामा व्यापक आइरहेको छ। भर्खरै मन्त्रिपरिषद्बाट बाहिरिनुभएका एकजना साथीले यो कुरा उठाउनुभएको छ। एउटा पेपरले त लेखिसक्यो ४० करोडमा नेपाल सरकारले फोन ट्यापिङ गर्ने मेशिन खरिद गरेको छ ।’

    उनले यसबारे सरकारसँग जवाफ समेत मागेका छन्। ‘होइन भने राम्रो हो’ उनको भनाइ छ, ‘यो के हो ? मिडियामा आइसकेको छ । एउटा पूर्व मन्त्रीले भन्नुभएको छ, सत्ता पक्षका नेताले भन्नुभएको छ– फोन ट्यापिङ भइरहेको छ । यसबारेमा म नेपाल सरकारसँग जवाफ माग गर्न चाहन्छु ।’

  • अशोक उत्कृष्ट निर्णायक

    अशोक उत्कृष्ट निर्णायक

    काठमाडौं ।  तेक्वान्दोका नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टायरलेस हिरोज वेल्जियन कप २०२० मा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

    वेल्जियम तेक्वान्दो महासंघको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् । प्रतियोगितामा विभिन्न राष्ट्रका १० निर्णायक सहभागी थिए । भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकमा प्रतिस्पर्धामा भएकोमा खड्काले दुवैमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    प्रतियोगितामा विभिन्न ६६ राष्ट्रका १ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा एसियाली र विश्व च्याम्पियनसिपमा पदक विजेता खेलाडीले पनि सहभागिता जनाएको खड्काले जनाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

  • दिउँसै खुकुरी प्रहार गरी लुटिए सहकारीका कर्मचारी

    दिउँसै खुकुरी प्रहार गरी लुटिए सहकारीका कर्मचारी

    काठमाडौं । बुधबार त्यस्तै ३ बजेतिर काठमाडौंको मैतिदेवी स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङ म्यानेजर २५ वर्षीय प्रेम गजमेर मार्केकबाट अफिस जाँदै थिए । उनीसँग साथमा मार्केटबाट कलेक्शन गरेको एक लाख ६६ हजार ९१५ रुपैया र सहकारीको अन्य कागजातहरु झोलामा बोकेर हिडेका थिए ।

    चाबहिलको ए वान क्याफे नजिकै पुगेपछि उनलाई अपचिरित समुहले खुकुरी प्रहार गरेर घाइते बनाएर डर धम्की देखाएर उनीसगँ भएको सबै सामान लुटेर फरार भए ।
    उनले लगतै महानगरी अपराध महाशाखामा खबर गरे । प्रहरीले सूचना पाउने वितिकै लुटपाट गरेर फरार भएका ५ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २७ कमलाक्षी असनका .२९ वर्षीय रोहन नेपाली शाही, थानकोटका २२ वर्षीय अभय तुलाधर, चक्रपथका २७ वर्षीय अमित तुलाधर, १८ वर्षीय किशोर र बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी चलिरहेको गाडीबाट बिभिन्न सरसामानहरु पटक पटक चोरी गरेको भन्ने बुझिन आएको छ ।
    आवश्यक कारवाहीका लागि उनीहरू मध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाईएको उक्त महाशाखाले जनाएको छ ।

  • राष्ट्रियसभामा कांग्रेसले भन्यो– प्रतिनिधिसभा विघटन असंवैधानिक र अप्रजातान्त्रिक

    राष्ट्रियसभामा कांग्रेसले भन्यो– प्रतिनिधिसभा विघटन असंवैधानिक र अप्रजातान्त्रिक

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अप्रजातान्त्रिक भनेको छ ।

    राष्ट्रियसभाको शुक्रबार बसेको हिउँदे अधिवेशनको पहिलो बैठकलाई कांग्रेसका तर्फबाट सम्बोधन गर्दै जितेन्द्रनाराण देवले यस्तो धारणा राखेका हुन् ।

    ‘प्रतिनिधिसभाको विघटन पूर्णत असंवैधानिक र अप्रजातन्त्रिक छ,’उनले भने, ‘बहुमतको प्रधानमन्त्रीलाई यो संविधानले कहीँ पनि त्यस्तो अधिकार दिएको छैन। यदि संसदले प्रधानमन्त्री बनाउनै सकेन भने मात्रै विघटनको चरणमा प्रवेशमा गर्छ ।’

    यद्यपि उनले यो विषय सर्वोच्च अदालतमा पनि प्रवेश गरेको भन्दै त्यसको फैसला पार्टीले मान्ने बताए। उनले भने, ‘यो विषय सर्वोच्च अदालतमा पनि छ । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले सर्वोच्च अदालतको फैसला जे आउँछ त्यसलाई मानेर जान्छ ।’

    उनले संसद विघटनको कदमले देशमा अन्यौलता थपिएको भन्दै त्यसको जिम्मेवार प्रधानमन्त्री भएको आरोप लगाए। ‘देश अहिले अन्यौल, कुराको कागजस्तो, दिशाहिन अवस्थामा अवस्था छ,’ उनले भने, ‘ यसको मुख्य कारण सरकार हो । यसको कारक प्रधानमन्त्री हो ।’

    उनले अहिलेको प्रधानमन्त्रीलाई शक्ति केन्द्रिकरण गर्ने भोक जागेको पनि आरोप लगाए।

  • कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा निजी क्षेत्रलाई अनुमति दिइने

    कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा निजी क्षेत्रलाई अनुमति दिइने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप चाँडो भन्दा चाँडो सबैको पहुँचमा पु¥याउन निजी क्षेत्रलाई पनि खोप ल्याउने अनुमति दिन लागिएको बताएका छन् ।

    नेपाल स्काउटले नयाँ वर्षको अवसरमा आयोजना गरेको वालवालिकासँग प्रधानमन्त्री कार्यक्रममा बालिकाहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले भने,‘निजी क्षेत्रलाई पनि भ्याक्सिन लाउन अनुमति दिने,सरकारको तर्फबाट पनि जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको छ,आज पनि हामीले त्यसको बैठक गरेका छौं ।’

    प्रधानमन्त्रीले खोप ल्याएपछि सबैभन्दा पहिले फ्रन्टलाइनकाा डाक्टर,नर्स,सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाइने बताए । त्यसपछि क्रमशः सबै नेपालीलाई भ्याक्सिन उपलब्ध गराउन सरकारले सबै तयारी गरिरहेको बताए ।

    उनले भने,‘सबै नेपालीलाई भ्याक्सिन आवश्यक हुन्छ । सबैमा भ्याक्सिन पु¥याउन तीब्र तयारी भइइरहेको छ । विश्व स्वास्थ्य संगठनबाट हामीले कोभ्याक्स प्राप्त गर्दासम्म ढिला हुन्छ भनेर सरकारकाले आफैं किनेर ल्याउँदैछ । सकेसम्म हाम्रा छिमेकी देशमा बनेको र परीक्षण सफल भएको भ्याक्सिनमा हामी जोड दिन्छौं ।’

  • राष्ट्रियसभामा नेकपा दलका नेता शर्माले भने– पार्टी फुट्दा मुटु चिरिए जस्तो भएको छ

    राष्ट्रियसभामा नेकपा दलका नेता शर्माले भने– पार्टी फुट्दा मुटु चिरिए जस्तो भएको छ

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले पार्टी फुट्दा मुटु चिरिएको अनुभव गरेको बताएका छन् ।

    राजनीतिक रुपमा नेकपा विभाजित भइसकेको भए पनि राष्ट्रियसभामा दुवै पक्षको प्रतिनिधिको रुपमा सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन्।
    ‘मैले मुटु चिरिएको, फुटेको अनुभव गरेको छु,’ शर्माले भने, ‘यसअघिका कुनै पनि फुटमा यस्तो अनुभव भएको थिएन ।’

    उनले थपे, ‘मेरो राजनीतिक इतिहासको ५५/५६ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा खुसी थिए । नेपाली जनता खुसी थिए । नेपाली जनता खुसी भएकाले नै त्यो खुसी निर्वाचनमा प्रकट भएको थियो ।’

    पार्टी फुट्दा कोही पनि खुसी नभएको भन्दै उनले पार्टी जोड्ने रसायन बाँकी भए अझैं पनि लाग्नु परेको बताएका छन् । ‘कसैले पनि पार्टी विभाजन छैन्,’ उनले भने, ‘मैले सबैका मलिन अनुहार देखेको छु । अझै पनि हामी एक ठाउँमा हुने सम्भावना छन्, केही रसायन छन् भने हामी त्यस कुरामा प्रत्यन गरौं ।’

    उनले पार्टी विभाजन कुनै पनि सिद्धान्त र दर्शनमा नभई व्यक्तिगत आकांक्षाका कारण भएको बताए।

     

  • राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित नारा लगाउने विरुद्ध कानूनी प्रकृयामा जाने अनेमसंघको घोषणा

    राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित नारा लगाउने विरुद्ध कानूनी प्रकृयामा जाने अनेमसंघको घोषणा

    काठमाडौ । अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपति  विरुद्ध व्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानूनी कारबाहीमा जाने भएको छ । अनेमसंघले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

    अनेमसंघका सहसंयोजक सीता पौडेलले राष्ट्रपति विरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोलिएको बताइन् ।

    उनले यस्तो नारा लगाउने ब्यक्तिको पहिचान गरि कानूनी दायरामा ल्याउन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सरकारको ध्यानाकर्षण गराउने, साइवर क्राइमको मुद्दा लिएर प्रहरीकहाँ जाने योजना रहेको बताइन् ।

    उनले सार्वजानिक कार्यक्रम, भेला, जुलुस, नारा एवं विद्युतीय सार्वजनिक माध्यमहरुद्वारा सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको विरुद्धमा अत्यन्त लज्जास्पद, अमानवीय, अराजक र निकृष्ट ढंगले आइरहेका अभिव्यक्ति तत्काल रोक्न समेत माग गरिन् ।

    सहसंयोजक पौडेलले अपमानजनक, अमर्यादित, असभ्य र कानूनले बन्देज गरेका भाषाको प्रयोग गरी दिइएका अभिव्यक्तिप्रति निन्दा तथा भर्त्सना गर्दै यस्तो अभिव्यक्ति दिनेलाई तत्काल कानूनी दायरामा ल्याउन अनेमसंघले पहल शुरु गरेको बताइन् ।

    पत्रकार सम्मेलनमा अनेमसंघका पदाधिकारीहरु गोमा देवकोटा, सुजिता शाक्य, राधा ज्ञवालीलगायतले बोलेका थिए । उक्त पत्रकार सम्मेलनमा अनेमसंघका आगामी कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ ।

    सचिवालय बैठकको निर्णयानुसार अनेमसंघले यही माघ ३ र ४ गते केन्द्रीय समिति बैठक आयोजना गर्नेछ तथा मातहतका समितिहरुलाई विस्तार गरी परिचालन गरिनेछ ।

    संसद विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा दुई भागका विभाजन भएको छ । ओलीको कदम गैरसंवैधानिक भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह आन्दोलनमा उत्रिएको छ ।

    आन्दोलनमा दुई नेताले अगुवाई गरेको र्यालीमा राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अत्यन्त अपमानजनक नारा लगाइएको थियो । त्यसको सर्वत्र विरोध भएको छ । पत्रकार सम्मेलनमा नेता शाक्यले आन्दोलनको नेतृत्व गर्ने नेताहरुले त्यसको जिम्मेवारी लिनुपर्ने बताइन् ।

  • राष्ट्रियसभा बैठक (लाइभ)

    राष्ट्रियसभा बैठक (लाइभ)

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रियसभा बैठक शुरु भएको छ।

  • हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

    हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् ।

    माग पूरा नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनीसमेत दिए ।

     

    
    
  • कृष्णगोपाल भन्छन्– प्रचण्ड–माधव नेपाललाई एक एक थान सूर्य दिन्छौं

    कृष्णगोपाल भन्छन्– प्रचण्ड–माधव नेपाललाई एक एक थान सूर्य दिन्छौं

    ललितपुर । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रचण्ड–माधव नेपाललाई सूर्य चिन्ह चाहिएको हो भने आउने चुनावमा एक एक क्षेत्रमा आफूहरुले सूर्यबाट चुनाव लड्न दिने टिप्पणी गरेका छन् ।

    ललितपुरमा आयोजित कार्यकर्ता भेलामा ओली पक्षीय नेकपाका उपत्यका इन्चार्ज समेत रहेका श्रेष्ठले पार्टीको आधिकारिकता र सूर्य चिन्ह भने आफूहरुसँगै रहेको दाबी गरे ।

    श्रेष्ठले भने, ‘हामी आउने चुनावमा प्रचण्ड र माधव नेपाललाई एक एक थान सूर्य दिन सक्छौं । तर बाटोमा मागेर पाइँदैन । उहाँहरुले केपी ओलीलाई हटायौं भन्नु घरबेटीलाई पाहुनाले घरबाट निकालेँ भने जस्तै हो ।

    महानगर कमिटीले आयोजना गरेकाे कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, सुशीला नेपाल, राष्ट्रियसभा सदस्य कोमल वली, नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार लगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिन आह्वान गरेका थिए ।

  • प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रियसभा बैठक शुरु

    प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रियसभा बैठक शुरु

    काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछिको पहिलो राष्ट्रिय बैठक सुरु भएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभाको बैठक सुरु भएको हो।

    सातौं अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुले सुरुमै मन्तव्य व्यक्त गर्नेछन् । प्रतिनिधिसभा विघटनपश्चात सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएकाले दलको प्रतिनिधित्व कसले गर्छ भन्ने चासो पनि छ । यद्यपि, विभाजित नेकपाका दुवै पक्षले संसदीय दलका नेता दिनानाथ शर्माले दलको प्रतिनिधित्व गर्ने बताएका छन्।

    अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । त्यस्तै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र केही अध्यादेशहरु पनि पहिलो बैठकका कार्यसूची छन् ।

  • राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष बन्न नपाएपछि केही नेता बाहिरिए– बादल

    राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष बन्न नपाएपछि केही नेता बाहिरिए– बादल

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पार्टी विभाजनपछि लगातार आफ्ना पूर्व कमाण्डर ‘प्रचण्ड’को आलोचक बनेर प्रस्तुत हुन थालेका छन् । नेकपामा लामो समयदेखि विवाद चलिरहँदा प्रायः तटस्थ रहँदै आएका बादल विभाजनको केही दिनपछि मात्र केपी ओली पक्षमा खुलेका थिए ।

    प्रचण्डले आफ्नै प्रथम अध्यक्ष केपी ओली नेतृत्वको सरकार अपदस्थ गर्न खोजेर प्रतिक्रान्तिको नेतृत्व गरेपछि आफूले उनको साथ छाडेको बादलले शुक्रबार पनि दोहोर्याएका छन् । ओली पक्षीय नेकपाको ललितपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बादलले प्रचण्डका कारण पार्टी विघटनतिर गएको बताए ।

    नेकपा सचिवालय सदस्यसमेत रहेका बादलले प्रधानमन्त्रीमाथि १९ बुँदे निराधार आरोपपत्रमार्फत प्रचण्डले पार्टी विघटन गर्न खोजेको र त्यसबाट जोगाउन आफूहरुले पुनर्गठन गरेको बताए । प्रचण्डलाई आरोपपत्र फिर्ता गरेर पार्टी जोगाउन धेरै आग्रह गर्दा पनि उनले नमानेको बादलले बताए ।

    बादलले कार्यकर्तासँग भने– कमरेड प्रचण्ड प्रतिक्रान्तितर्फ लाग्नुभयो । उहाँहरुले अलग–अलग गुट बनाउने, एकजना राष्ट्रपति बन्नुपर्ने, अर्कोलाई प्रधानमन्त्री नभई नहुने,अर्कोलाई अध्यक्ष बनाउनुपर्ने स्वार्थ पूरा नभएपछि उहाँहरु आफैं बाहिरिनुभयो ।

    बादलले नेकपा विभाजन गर्ने विदेशी डिजाइनमा प्रचण्ड–माधव नेपालहरु फसेको आरोप बादलले लगाए । उनले प्रतिक्रान्तिबाट मुलुक र पार्टीलाई जोगाउन प्रधानमन्त्रीले ऐतिहासिक पहल लिएर प्रतिनिधिसभा विघटन गरेको बताए ।

  • प्रभुलाइफ एन्स्योरेन्सको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद–विक्री शुरु हुने

    प्रभुलाइफ एन्स्योरेन्सको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद–विक्री शुरु हुने

    काठमाडौं । प्रभुलाइफ एन्स्योरेन्स कम्पनी लिमिटेडको १०० रुपैयाँ अंकित शेयर नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार सूचिकृत भएको छ ।

    प्रभु लाइफ इन्स्योरेन्स र नेपाल स्टक एक्सचेञ्जबीच आज भएको सम्झौतामा शेयर सूचीकरण भएको हो ।

    सर्वसाधारणका लागि खुलाइएको २ करोड किक्ता साधारण शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद विक्री शुरु हुने भएको छ ।

  • प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकार समेत धक्का  पुग्यो :नेता सिंह

    प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकार समेत धक्का पुग्यो :नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् ।

    स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताए ।

    “जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो”, उनले भने । वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि उनले भने ।

    विघटित प्रतिनिधिसभाका सदस्य सिंहले नगरपालिकाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वर नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताए ।

     

  • प्रचण्डले मिडियामा लगानी गरेर आफूमाथि प्रहार गरेको ओलीको आरोप (भिडियो)

    प्रचण्डले मिडियामा लगानी गरेर आफूमाथि प्रहार गरेको ओलीको आरोप (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अध्यक्ष प्रचण्डमाथि विभिन्न सञ्चारमाध्यममा लगानी गरेर र परिवारका सदस्यबाट मिडिया संचालन गरेर आफूलाई खुइल्याउन निरन्तर प्रयास गरेको आरोप लगाएका छन् ।

    नेकपा सम्बद्ध प्रवासी नेपाली मञ्चका विभिन्न देशका कार्यकर्तासँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै ओलीले नेतृत्वलाई खुइल्याएर मात्र आफू राम्रो बन्न सकिन्छ भन्ने सोचबाट यस्तो गरिएको बताए ।

    ओलीले भने– सञ्चारमाध्यममा लगानी गर्ने, आफू निकटका व्यक्तिबाट सञ्चालित संचारमाध्यमबाट निरन्तर प्रहार गर्ने ? नातागोताबाट संचालित मिडियाबाट सरकार र लिडरशिपलाई खुइल्याउने नीति लिने र नतेृत्व कमजोर पार्ने निरन्तर प्रयास भयो ।

    ओलीले तीन वर्षको अवधिमा एक दिन पनि पार्टीका नेताहरुले सरकारलाई सहयोग नगरेको र प्रतिपक्षलाई हाइसञ्चो दिएको टिप्पणी गरे । कसै गरे पनि प्रचण्डलाई सुधार्न आफूले नसकेको उनकाे भनाइ थियो ।