Blog

  • तिलोत्तमाको रिङरोडमा रेल सञ्चालन हुने

    तिलोत्तमाको रिङरोडमा रेल सञ्चालन हुने

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालनको तयारी गरिएको छ । नगरपालिकाभित्रको ५२ किलोमिटर रिङरोडमा रेल सञ्चालनका लागि तयारी गरिएको हो ।

    रेल सञ्चालनका लागि आइतबार तिलोत्तमा नगरपालिका चक्रपथ ट्राम रेल्वेकाे विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) सार्वजनिक गरिएको छ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनीद्वारा ५२ किलोमिटर रिङरोडमा रेल सञ्चालन गरिने योजना बनाइएको छ ।

    ट्राम रेल्वेको डीपीआर सार्वजनिक कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पव्लिक शेयरमा सञ्चालन हुने रेलका लागि नगरपालिकाले सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

    रेल्वे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताए । उनले दुई वर्षभित्र योगिकुटीदेखि रोहिणी नदीको जलाशयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने बताए । उनले कृषि र पर्यकटीय हिसाबमा रेल महत्वपूर्ण बन्ने उल्लेख गर्दै नागरिकले सेवा पाउने बताए ।

    तिलोत्तमा पव्लिक रेल्वे कम्पनीका प्रबन्धक तथा नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्व महाप्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भने अनुसार रेल्वे बनाएर रेल सञ्चालन गरिने बताए । रेल सञ्चालन भएपछि सडकमा कुनै अवरोध र कोलाहल पनि नहुने र वातावरणकमा कुनै असर नपर्ने उनले जानकारी गराए ।

    ट्राम पर्यटकीय रेल भएकाले मानव वस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्या हुँदा ब्रेक लगाएर पनि यो रेल रोक्न सकिने उनले बताए । रेल सञ्चालनका लागि बाटो, पैसा र रेल कहाँबाट ल्याउने भन्ने प्रमुख समस्या भए पनि तिलोत्तमाका लागि कुनै समस्या नहुने उनले दावी गरे ।

    तिलोत्तमा नगरपालिका २ का वडाध्यक्ष दधिराम गौतम, तिलोत्तमा पप्लिक रेल्वे कम्पनी लिमिटेडका उपाध्यक्ष हरि तिवारीले रेल सञ्चालनमा सबैको सहयोग र सल्लाह आवश्यक पर्नेमा जोड दिए ।

    मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि दाङले रेल्वे निर्माणको ठेक्का पाएको छ । अबको ७, ८ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ । प्रारम्भिक सर्वेक्षण गरी सकिएको रेल्वे निर्माण गरी रेल सञ्चालनका लागि अनुमानित ६, ७ अर्ब बजेट लाग्ने रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी गराएका छन् । ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेशन बनाइनेछ ।

  • कोरोना खोप अभियान भारतमा पनि शुरु, नेपालमा कहिले ?

    कोरोना खोप अभियान भारतमा पनि शुरु, नेपालमा कहिले ?

    काठमाडाैं । भारतले कोरोनाविरुद्धको खोप तयार गरिरहेको दुई वटा कम्पनीलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै नेपालमा पनि कोरोना खोप आउने सम्भावना बढेको छ ।

    भारत सरकारले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ नामक खोप र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्ले विकास गरेको ‘कोभ्याक्सिन’ नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

    भारतमा जनवरी दोस्रो सातादेखि यी खोपको प्रयोग शुरु हुनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रभागमा रहेर काम गरिरहेका कर्मचारीलाई प्रदान गरिनेछ भने तीन करोड नागरिकलाई खोप अभियानमा निःशुल्क समावेश गराइनेछ ।

    भारतले कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्दा नेपालले पनि खोप उपलब्ध गराइदिन भारतलाई अनुरोधसहितको पत्राचार गरेको छ । नेपालका लागि भारतीय राजदूतसँग स्वास्थ्यमन्त्रीले भेटघाट गरेका छन् भने भारताका लागि नेपाली राजदूतले नेपाललाई खोप उपलब्ध गराउन भारत सरकारका अधिकारी र खोप उत्पादक कम्पनीका अधिकारीसँग भेटवार्ता गरेका छन् ।

    नेपालमा अग्रभागका कर्मचारी र स्वास्थ्यकर्मीका लागि १ करोड २० लाख डोज खोपको मागसहित भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले खोप उत्पादक कम्पनी सेरमका अधिकारीहरुसँग भेट गरेको जानकारी नेपाल प्रेसलाई दिएका छन् ।

    राजदूत आचार्यले भने– ‘संसारको सबैभन्दा ठूलो खोप कम्पनी सिरम इन्स्टिच्युट भारतमै छ । उसले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको कोभिसिल्ड नामक खोप उत्पादन गरिरहेको छ । हामीले पनि खोप उपलब्ध गराउन भारत सरकार र कम्पनीलाई समेत अनुरोध गरेका छौं’ राजदूत आचार्यले भने, ‘सेरमका अधिकारीले नेपाललाई खोप उपलब्ध गराउने बारे सरकारबाटै कुरा आएकोले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । भारतले नेपाललाई पनि छिट्टै खोप उपलब्ध गराउने छ भन्नेमा हामी आशावादी छौं ।’

    भारतले उत्पादक कम्पनीसँग खोप खरीद गर्दा नेपालका लागि पनि २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खरीद गर्ने र सोको भुक्तानी नेपालले भारत सरकारलाई गर्ने गरी सरकारले भारतसँग छलफल भइरहेको बताइएको छ ।

    खोपले अनुमति पाउनुअघि नै भारत सरकारले आफ्ना जनतालाई विशेष खोप अभियानको तयारी पूरा गरेको छ । खोप अभियानका लागि खोप उत्पादनस्थलदेखि खोप लगाइने स्थान सम्म पुर्‍याउन कार्गो जहाज र भ्यान तयारी अवस्थामा राखिएको छ ।

    खोप कार्यक्रमको तयारीको परीक्षण स्वरुप शनिबार भारतभरि खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो ।

    नेपालमा हालसम्म खोप कहिले ल्याउने भन्ने समेत टुंगो छैन । बेलायतमा पहिलोपल्ट खोपको प्रयोगभए यता नै नेपालले पनि खोप ल्याउने प्रयास गरिरहेको बताएको छ । खोपको भण्डारण र व्यवस्थापनका लागि सबै प्रदेशमा गरी ८ करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । पूर्वाधार निर्माण भने सुरु भएको छैन ।

    खोप ल्याएपछि पहिलो चरणमा को लाभान्वित हुने भन्ने स्पष्ट कार्ययोजना अझै बनेको छैन । कतिपय देशले उत्पादन कम्पनीलाई अग्रिम भुक्तानी गरी आफूलाई आवश्यक खोप उपलब्ध गराउन पहल गरिरहेका छन् । नेपाल भने उत्पादक देशसँग अनुदान माग्ने रणनीतिमा छ ।

    भारतले प्रयोग अनुमति दिएको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको सेरम कम्पनीले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोप नेपालको लागि उपयुक्त हुने खोप विज्ञ डा. श्याम उप्रेती बताउँछन् ।

    उनका अनुसार उक्त खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने हुँदा नेपालमा अहिले भएकै खोप भण्डारण पूर्वाधार प्रयोगमा ल्याउन सकिन्छ र मूल्यको हिसाबमा पनि सुलभ छ ।

    कोभिसिल्ड खोप दुई डोजको नेपाली मूल्य ४०० देखि ६०० मा कम्पनीले सरकारलाई उपलब्ध गराउन सक्नेछ । नेपालसँग खोप एक ठाउँबाट अर्को ठाउँमा लैजाने दुईवटा मात्रै खोप रेफ्रिजेरेटर भ्यान छ । रेफ्रिजेरेटर भ्यान थप्नेतर्फ पनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ध्यान दिएको छैन ।

  • कागजमा धनीपुर्जा छ, स्वामित्व छैन

    कागजमा धनीपुर्जा छ, स्वामित्व छैन

    धनुषा । जनकपुरधाम उपमहानगरपालिका–१६ का राधेश्याम साह १४ वर्ष अगाडि ‘गाउँ ब्लक जग्गा’को जग्गाधनी पुर्जा पाएपछि खुशीले गदगद् भए । उनको पौने ५ कट्ठा जग्गा गाउँ ब्लकको नाममा थियो । धनीपुर्जा पाएपछि जग्गा धितो राखेर बैंकबाट ऋण लिने योजनामा थिए, साह ।

    जब बैंक कर्मचारीले उनको सो जग्गा धितो राखेर ऋण नपाउने बताए अनि मात्र उनले थाहा– धनीपुर्जा त पाइयो तर मालपोतले लागू गरेकै रहेनछ । उनी निराश भए ।

    त्यसपछि कहिले लागू गर्छ भन्ने बुझ्न उनी पटक–पटक मालपोत कार्यालय धाए । मालपोत कार्यालयले भने अहिलेसम्म सो जग्गामा धनीपुर्जा लागू गरेकै छैन ।

    साहका छोरा राजीवले धनीपुर्जा पाए पनि जग्गा बैंकमा राखेर ऋण निकाल्न नपाउँदा ठूलो समस्या झेल्नु परेको सुनाए । उनले भने, ‘उक्त जग्गा प्रति धुर पाँच लाखको भएको छ । जग्गा राखेर करोडौं ऋण निकाल्न सकिन्थ्यो । तर ऋण निकाल्न नपाउँदा व्यवसाय गर्न पाइएको छैन ।’ तत्कालै धनीपुर्जा लागू गर्न सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

    जनकपुरधाम–१६ कै रामपरी देवी बरहीले पनि २०६२ सालमै करीब पाँच कट्ठा गाउँ ब्लक जग्गाको धनीपुर्जा पाइन् । तर उनले पनि सो जग्गा राखेर न बैंकबाट ऋण निकाल्न पाएकी छन् न बिक्री गर्न । बरही भन्छिन्, ‘लामो समयपछि धनीपुर्जा त पाइयो तर त्यो पुर्जा सादा कागज सावित भएको छ ।’

    जिल्लामा १२७५ ब्लकहरूको १४५० हेक्टर क्षेत्रफल जग्गा रहेको छ । जसमध्ये एकसाता अगाडिसम्मको तथ्यांक अनुसार १३०० हेक्टर जग्गा नापी भइसकेको छ । अब १५० हेक्टर गाउँ ब्लकको जग्गा नापी गर्न मात्र बाँकी छ ।

    राधेश्याम र रामपरी त उदाहरण मात्र हुन्, धनुषाका हजारौं व्यक्तिको पीडा यस्तै छ । नापी कार्यालय, धनुषाले ३० वर्ष अगाडिदेखि नै गाउँ ब्लकको जग्गा नापी गर्न शुरू गर्यो ।

    जिल्लामा १२७५ ब्लकहरूको १४५० हेक्टर क्षेत्रफल जग्गा रहेको छ । जसमध्ये एकसाता अगाडिसम्मको तथ्यांक अनुसार १३०० हेक्टर जग्गा नापी भइसकेको छ । अब १५० हेक्टर गाउँ ब्लकको जग्गा नापी गर्न मात्र बाँकी छ ।

    जग्गा नापी भएका सबै तथ्यांक मन्त्रालय र मालपोत कार्यालयमा पठाइसकेको नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रले जानकारी दिए ।
    गाउँ ब्लकको जग्गा नाप जाँच गरी श्रेस्ताहरू मालपोत कार्यालयमा बुझाइसके पनि हालसम्म लागू नगरेको बताए । उनले भने, ‘मालपोतले लागू नगर्दा जनगुनासो बढ्दै गएको छ । नाप नक्शाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।’

    पछिल्लो पटक २०७७ मंसीर ११ मा नापी कार्यालय प्रमुख मिश्रले मालपोत कार्यालयलाई श्रेस्ता लागू गर्न पत्राचार समेत गरेका छन् । तर मालपोत कार्यालयले हालसम्म कुनै जवाफ फर्काएको छैन ।

    उनले भने, ‘२०४६ सालदेखि नै गाउँ ब्लकको जग्गा नापी शुरु भयो । त्यतिबेला नै धनीपुर्जा पनि बाँडियो । तर मालपोतले त्यतिबेलाको जग्गाधनी पुर्जा पनि लागू गर्न सकेको छैन । जसका कारण जनता ठूलो समस्यामा छन् ।’

    लागू गर्न किन समस्या भयो भन्ने विषयमा नापी प्रमुख मिश्र भन्छन्, ‘जहाँको भए पनि मालपोत कार्यालयका कर्मचारीमा के समस्या छ भने उनीहरू एक्सपर्ट हुँदैनन् । एउटाबाट अर्को सेवा समूहमा आउँदा जग्गा प्रशासन सम्बन्धी बुझेका हुँदैनन् । मुख्यतः त्यही कारण ठूलो समस्या भएको छ । मालपोतमा जति डकुमेन्ट छ, सबै नापीले बनाएर दिएको हुन्छ । त्यसलाई लागू गर्न त समस्या नै छैन । तर अनुभव नभएर समस्या भइरहेको छ ।’

    पछिल्लो पटक २०७७ मंसीर ११ मा नापी कार्यालय प्रमुख मिश्रले मालपोत कार्यालयलाई श्रेस्ता लागू गर्न पत्राचार समेत गरेका छन् । तर मालपोत कार्यालयले हालसम्म कुनै जवाफ फर्काएको छैन ।

    सरकारले नै विगतमा गाउँ ब्लकको जग्गा प्रक्रिया पु¥याएर सम्बन्धित व्यक्तिलाई धनीपुर्जा दिने निर्णय गरेको थियो । त्यसपछि नै नापी कार्यालयले नापी शुरू गर्यो । जग्गा नापी गर्न पनि सरकारको करोडौं रुपैयाँ लगानी भएको देखिन्छ । तर मालपोत कार्यालयको बदमासीले धनुषाका ४० हजारभन्दा बढी व्यक्तिको जीवनसँग खेलबाड भएको छ । अन्य जिल्लामा भने यस्तो समस्या छैन ।

    राजश्व गुम्दै

    गाउँ ब्लकको जग्गा मालपोतले लागू नगर्दा सरकारले वर्षेनि करोडौं रुपैयाँ राजश्व समेत गुमाइरहेको छ । नापी प्रमुख मिश्र भन्छन्, ‘मालपोतले लागू गरेको भए जग्गा खरीदबिक्रीबाट पनि सरकारलाई करोडौं राजश्व आउँथ्यो । तर अहिले आइरहेको छैन ।’ अहिलेका मालपोत प्रमुख सकारात्मक रहेको र लागू गर्न विभागमा पत्र पठाएको भन्ने जानकारी गराएको उनले बताए ।

    गाउँ ब्लक जग्गा लागू नभएको विषयमा बुझ्न एक सातादेखि मालपोत कार्यालय धाए पनि मालपोत प्रमुख वासुप्रसाद कोइराला अफिसमा भेटिएका छैनन् । एक कर्मचारीले भने, ‘मालपोत प्रमुख सर अफिस आउन त आउनुहुन्छ तर कतिबेला कहाँ जानुहुन्छ थाहा भएन ।’ कोइरालाले फोन समेत रिसिभ गरेका छैनन् ।

     

  • दाङमा महराभन्दा शंकर बलिया, कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङमा महराभन्दा शंकर बलिया, कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङ । नेकपा विभाजनको असर दाङमा पनि परेको छ । दाङमा ओली पक्षीय नेकपाका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड–माधव नेपाल पक्षका कृष्णबहादुरबीच टसल छ । केन्द्रमा ओली र माधव–प्रचण्ड समूह भनिए पनि दाङमा भने शंकर–महरा समूह छ ।

    नेकपाको राम्रो प्रभाव रहेको दाङमा पनि नेता तथा जनप्रतिनिधि कित्ताकाट भएका छन् ।

    राष्ट्रियसभातर्फ

    दाङ नेकपाका तर्फबाट दुई जना राष्ट्रियसभा सदस्य छन् । ती हुन् कोमल वली र जगप्रसाद शर्मा । वलीको साथ शंकरलाई छ भने शर्माले महरालाई साथ दिएका छन् ।

    प्रतिनिधिसभातर्फ

    ३ प्रत्यक्ष निर्वाचित र ३ समानुपातिक गरी ६ जना प्रतिनिधिसभा सदस्यमध्ये ५ जना महराको पक्षमा छन् भने २ जना शंकरको पक्षमा छन् ।

    क्षेत्र नम्बर १ बाट निर्वाचित मेटमणि चौधरी, ३ बाट निर्वाचित हिराचन्द्र केसी, समानुपातिक सांसदहरु रेखा शर्मा र गंगा चौधरी महरातिर छन् । क्षेत्र नम्वर २ बाट महरा आफैं निर्वाचित भएका थिए । प्रतिनिधिसभातर्फ समानुपातिक सांसद शान्ता चौधरी र विष्णु पौडेल शंकरको खेमामा छन् ।

    प्रदेशसभातर्फ

    दाङका कुल नेकपाका ८ प्रदेश सांसदमध्ये शंकरको पक्षमा ६ जना छन् । क्षेत्र नम्बर १‘क’बाट निर्वाचित सांसद इन्द्रजित चौधरी र समानुपातिक सांसद दामा शर्मा गरी २ जना महराको पक्षमा छन् । क्षेत्र नम्बर १‘ख’बाट निर्वाचित रेवतीरमण शर्मा, क्षेत्र नम्बर २‘ख’बाट निर्वाचित अमर डाँगी, क्षेत्र नम्बर ३‘ख’बाट निर्वाचित विमला वली र समानुपातिक सांसदद्वय धमकली चौधरी र सरस्वती गौतम शंकरको पक्षमा उभिएका छन् । क्षेत्र नम्बर २‘क’बाट शंकर आफैं निर्वाचित भएका थिए ।

    हाल महरातिर लागेका इन्द्रजीत चौधरी पनि शंकरको खेमामा आउने सम्भावना प्रबल छ ।

    स्थानीय तहतर्फ

    नेकपाको नेतृवमा भएका ७ स्थानीय तहमध्ये ५ तहका प्रमुख शंकरको पक्षमा उभिएका छन् भने एक स्थानीय तह प्रमुख महराको पक्षमा छन् । एकजना भने हालसम्म तटस्थ छन् ।

    तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, दंगिशरण गाउँपालिका प्रमुख भागिराम चौधरी, बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेल र गढवा गाउँपालिका प्रमुख सहजराम यादवले शंकरलाई समर्थन गरेका छन् भने बंगलाचुली गाउँपालिका प्रमुख भक्तबहादुर वलीले मात्रै महरालाई साथ दिएका छन् ।

    कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङमा जनप्रतिनिधिका हिसाबले शंकर बलिया देखिएका छन् । दाङमा दुई जना राष्ट्रियसभा सदस्य, ७ जना प्रतिनिधिसभा सदस्य, ८ जना प्रदेशसभा सदस्य र ७ वटा स्थानीय तह प्रमुखगरी नेकपाका जम्मा २४ जना जनप्रतिनिधि छन् । तीमध्ये शंकरको पक्षमा १५ जना छन् भने महराको पक्षमा ९ जना रहेका छन् ।

  • राजधानीमा पानी पर्न थाल्यो, जाडो अझै बढ्ने

    राजधानीमा पानी पर्न थाल्यो, जाडो अझै बढ्ने

    काठमाडौं । पश्चिमी वायुका कारणले राजधानी काठमाडौं उपत्यकालगायत देशैभरको मौसम बिग्रिएको छ । राजधानी उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको छ । यसले जाडो अझै बढाउने मौसमविदहरु बताउँछन् ।

    नेपालमा शुक्रबारदेखि नै पश्चिमी वायु प्रवेश गरेको हाे । त्यसको न्यूनचापीय प्रणालीको प्रभवका कारण आजदेखि देशका पश्चिमी क्षेत्रसहित धेरैजसो भू–भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज दिउँसो बदलिरहने र सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी क्षेत्र तथा लुम्बिनी, वागमती र प्रदेश १ का केही क्षेत्रहरुमा हल्का वर्षा हुन सक्नेछ । रातिको समयमा पनि वर्षाको सम्भावना छ ।

    ‘यसरी आएको वायुले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी भूभागहरूमा जाडो बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ’ वरिष्ठ मौसमविद् वरुण पौडेलले नेपाल प्रेससँग भने, ‘त्यस्तै तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु-कुहिरो पनि लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।

    माैसमविद पाैडेलका अनुसार याे अवस्था म‌ंगलबारसम्म कायम रहनेछ । बुधबारदेखि क्रमश: पश्चिमदेखि पूर्वी क्षेत्र हुँदै वर्षा गराउने वायु बाहिरिनेछ ।

  • ट्रम्पले निर्वाचन अधिकारीसँग भोटका लागि आग्रह गरेको अडियो सार्वजनिक

    ट्रम्पले निर्वाचन अधिकारीसँग भोटका लागि आग्रह गरेको अडियो सार्वजनिक

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित हुन असफल डोनाल्ड ट्रम्पले जर्जिया राज्यको प्रमुख निर्वाचन अधिकारीसँग आफूलाई जितका लागि आवश्यक मतको व्यवस्था गर्न आग्रह गरेको अडियो टेप सार्वजनिक भएको छ ।

    वाशिङटन पोस्टले यो टेलिफोन संवाद सार्वजनिक गरेको हो जहाँ राष्ट्रपति ट्रम्पले रिपब्लिकन सेक्रेटी अफ स्टेट ब्राड राफेन्सपर्गरसँग भनेका छन्, ‘म मात्र ११ हजार ७८० भोटको खोजी चाहन्छु ।’

    जवाफमा राफेन्सपर्गरले ट्रम्पसँग भनेका छन् कि जर्जियाको नतिजा ठीक छ ।

    डेमोक्रेटिक उम्मेद्वार जोय बाइडेनले जर्जियामा जित हासिल गरेका थिए । उनले कुल ३०६ इलेक्टोरल मत जितेका थिए भने ट्रम्पले २३२ ।

    मतदान सकिएपछि नै ट्रम्पले चुनावमा ठूलो मात्रामा घोटाला भएको आरोप लगाएका थिए । तर सर्वोच्च पदमा आसीन उनले आफ्ना आरोपको ठोस प्रमाण पेश गर्न सकेनन् ।

    आउने बुधबार अमेरिकी कंग्रेसले चुनावको परिणाम स्वीकार गर्नेछ भने जनवरी २० मा जोय बाइडेनले राष्ट्रपति पदको शपथ लिनेछन् ।

  • प्रिमियर लिगमा चेल्सीको खराब लय, म्यानचेस्टर सिटीसँग पराजित

    प्रिमियर लिगमा चेल्सीको खराब लय, म्यानचेस्टर सिटीसँग पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा गएराति चेल्सीले म्यानचेस्टर सिटीसँग ३–१ गोलअन्तरको हार ब्यहोरेको छ ।

    पछिल्ला खेलहरुमा खराब लयबाट गुज्रिरहेको चेल्सीका प्रशिक्षक तथा क्लबका पूर्व लेजेण्ड फ्र्यांक लाम्पार्डमाथिको दबाब बढिरहेको छ । प्रिमियर लिगका पछिल्ला ६ मध्ये चेल्सी एक खेलमा मात्र विजयी रह्यो ।

    उपाधि दावेदार टोली सिटीविरुद्ध स्टाम्फोर्ड ब्रिजमा चेल्सीले कठिन चुनौती पेश गर्नै सकेन । घरेलु मैदानमा पहिलो हाफमै चेल्सी ३–० ले पछि पर्‍यो ।

    १८ औं मिनेटमा फिलिप फोडेनको पासमा गुण्डोगानले गोल गरेपछि सिटीको अग्रता सुरु भएको हो । त्यसको तीन मिनेटपछि फोडेनले पनि गोल गरे । यसपल्ट केभिन डी ब्रुयनले उनलाई पास मिलाएका थिए ।

    ३४ औं मिनेटमा डी ब्रयनले गोल गरे र पहिलो हाफमै आरामदायी अवस्थामा पुर्‍याए । घरेलु टोलीका लागि कलम हड्सन ओडोईले खेलको इन्ज्युरी समयमा सान्त्वना गोल फर्काए ।

    १७ खेलबाट २६ अंक भएको चेल्सी तालिकाको आठौं स्थानमा छ । म्यानचेस्टर सिटीको १५ खेलबाट २९ अंक पुगेको छ भने तालिकामा पाँचौं स्थानमा छ ।

  • प्रधानमन्त्रीको लिखित जवाफ– राजनीतिक प्रश्नमा अदालत प्रवेश नगरोस् (पूर्णपाठ)

    प्रधानमन्त्रीको लिखित जवाफ– राजनीतिक प्रश्नमा अदालत प्रवेश नगरोस् (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको भन्दै यसको न्यायिक निरुपण आवश्यक नरहेको जिकिर गरेका छन् । सर्वाेच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्रीले बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्रीको हैसियतले आफूले प्रतिनिधिसभा विघटन गरेको भन्दै तत्काल अर्को वैकल्पिक सरकार बन्ने अवस्था नरहेको दाबी गरेका छन् ।

    प्रधानमन्त्री आफैंले देव गुरुङसहित नेकपाका सांसदहरुले हालेको रिटमा लिखित जवाफ दिएका छन् । जसमा प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएकाले राजनीतिक प्रश्नमा अदालत प्रवेश नै नगर्ने अभ्यास रहेको दाबी गरिएको छ ।

    प्रधानमन्त्रीको जवाफमा भनिएको छ– प्रधानमन्त्रीको सिफारिशमा प्रतिनिधिसभा विघटन हुने विषय संसदीय शासन व्यवस्थाको अन्तरनिहित मूल्य हो । राजनीतिक परिवेशको मूल्यांकनका आधारमा प्रधानमन्त्रीले लिने निर्णय राजनीतिक रुपमा नै आम जनताले मूल्यांकन गर्ने विषय हो । यो विषय न्याय निरुपणयोग्य मापदण्डभित्र नपर्ने हुँदा प्रस्तुत रिट खारेजभागी छ ।

    प्रधानमन्त्रीले वैकल्पिक सरकारको सम्भावनासम्म नभएको र सरकार सञ्चालनको वैधानिक अधिकारलाई गैरसंवैधानिक तवरले निरन्तर अवरोध भई सरकारलाई काम गर्न नदिइएको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यात्मक राजनीतिक परिस्थिति आइपरेको जवाफ सर्वाेच्च अदालतको संवैधानिक इजलासमा पठाएका छन् ।

    संवैधानिक इजलासले विभिन्न १२ वटा रिटमा सरकार, राष्ट्रपति र प्रधानमन्त्रीसँग अलग अलग लिखित जवाफ मागेको थियो । सबै रिट निवेदकलाई अलग अलग जवाफ दिइएको छ ।

    सरकारले प्रतिनिधिसभा विघटन संविधान अनुसार नै भएको र संविधानको धारा ७५ बमोजिमको कार्यकारिणी अधिकार प्रयोग गरी प्रधानमन्त्रीले विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको जवाफ सर्वाेच्च अदालतलाई पठाइएको छ ।

    आइतबार महान्यायाधिवक्तामार्फत दर्ता भएको जवाफमा बहुमत प्राप्त दलको नेतृत्वको रहेको प्रधानमन्त्रीले निश्चित आधार र कारणसहित जनतामा जानुपर्ने अवस्था सिर्जना भएको तथ्यसहित प्रस्तुत गरेकोले संविधान प्रतिकूल नरहेको प्रष्ट पारिएको छ ।

    जवाफमा नेपालको संविधानको धारा ८५ ले प्रतिनिधिसभा अगावै विघटन हुन सक्ने व्यवस्था गरेकाे  र धारा ९१ को उपधारा ६ मा उल्लिखित प्रतिबन्धात्मक वाक्यांशले पनि प्रतिनिधिसभा विघटन हुने स्पष्ट गरेको उल्लेख छ ।

    जवाफमा भनिएको छ– संविधानको धारा ५८ तथा धारा ३०६ को (ज)ले गरेको अवशिष्ट अधिकारको प्रयोग गर्ने अख्तियारी संघमा रहने र धारा ७५ बमोजिम त्यस्तो अधिकारको प्रयोग कार्यकारिणीबाट नै हुने हुँदा बहुमत प्राप्त दलको नेताले मुलुकको लागि चुनावमा जानुपर्ने भएकाले चुनावमा जान प्रतिनिधिसभा विघटनका लागि सिफारिश गर्न नपाउने भन्ने हुँदैन ।

     

     

  • सर्वोच्चलाई सभामुखको पत्र–प्रतिनिधिसभा विघटन स्वतः खारेजयोग्य

    सर्वोच्चलाई सभामुखको पत्र–प्रतिनिधिसभा विघटन स्वतः खारेजयोग्य

    काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विषय स्वतः खारेजयोग्य भएको बताएका छन् ।

    सर्वोच्च अदालतलाई आइतबार लिखित रुपमा पठाएको जवाफमा सापकोटाले यो विषय संविधान विपरीत भएको समेत उल्लेख गरेका छन्।

    ‘प्रतिनिधिसभा विघटन हुँदा सिंगो प्रतिनिधिसभा तथा म समेतलाई मात्रै मर्माहत बनाएको होइन, सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था उपर हस्तक्षेप हुन गएको देखिन्छ,’ महान्यायाधिवक्ताको कार्यालयमार्फत पठाएको जवाफमा भनिएको छ, ‘यस्तो हस्तक्षेप नेपालको संविधानको मर्म र भावना अनुरुप समेत देखिन नआएको हुँदा रिट निवेदकहरुको दावी संविधान बमोजिम नै देखिएकाले प्रतिनिधिसभा विघटन हुनसक्ने कुनै आधार छैन। तसर्थ, प्रतिनिधिसभा विघटनको विषय स्वतः खारेजभागी छ।’

  • नयाँले धेरै सदस्य माग्दा पुराना कांग्रेसलाई अल्पमतमा पर्ने चिन्ता

    नयाँले धेरै सदस्य माग्दा पुराना कांग्रेसलाई अल्पमतमा पर्ने चिन्ता

    काठमाडौं । नेपाली कांग्रेसले दुई वर्ष लगाएर अन्तर पार्टी समायोजनलाई नीतिगत रुपमा टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले दुई वर्षअघि गठित समायोजन समितिले दिएको प्रस्तावलाई पारित गरेको छ ।

    प्रस्तावमा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरुका सन्दर्भमा केन्द्रीय कार्यालयबाट भएको समायोजनलाई पार्टीको तल्लो तहबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ । यद्यपि अधिकांश जिल्लाबाट समायोजनका सन्दर्भमा माग भएकामध्ये कतिलाई क्रियाशील सदस्यता दिने भन्नेमा प्रतिवेदन अमूर्त छ ।

    कांग्रेसले २०७४ सालको आम निर्वाचन अगाडि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो । त्यस्तै अखण्ड नेपाल पार्टी, नेपाल समता पार्टी, अखण्ड नेपाल (समानान्तर) लगायतका साना दलहरु कांग्रेसमा विलय भएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी , नयाँ शक्ति पार्टीलगायतबाट कांग्रेसमा सयौं नेता कार्यकर्ताहरु प्रवेश गरेका थिए ।

    पार्टीको आसन्न महाधिवेशनका लागि क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने अन्तिम म्याद डेढ महिना पनि बाँकी नरहेको अवस्थामा केन्द्रीय समितिमा समायोजन प्रतिवेदन पारित गरेको हो । २०७५ साल कात्तिक २० गतेको कांग्रेस केन्द्रीय समिति बैठकले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

    समितिमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा.प्रकाशशरण महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य रहेका थिए । समितिको प्रतिवेदनमा विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुसँगको छलफलका आधारमा केन्द्रले एकमुष्ट क्रियाशील सदस्यता दिनसक्ने प्रस्ताव गरिएको छ । छलफलका आधारमा दिइने त्यस्तो क्रियाशील सदस्यताको संख्या कति हुने प्रतिवेदनमा उल्लेख छैन ।

    अन्य पार्टीबाट कांग्रेसमा आएका अधिकांशलाई क्रियाशील सदस्यता दिंदा आफूलाई फाइदा हुने सभापति देउवा पक्षका नेताहरुको बुझाइ छ । देउवा इतर पक्ष भने समायोजनका नाममा केन्द्रबाट वितरण हुने क्रियाशील सदस्यताले आफ्नो पक्षलाई घाटा हुने बुझाइमा छ ।

    उदाहरणका लागि गत निर्वाचन अगाडि माओवादीबाट कांग्रेस प्रवेश गरेका पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले सर्लाहीमा ९४७ जनालाई क्रियाशील सदस्यता दिन माग गरेका छन् ।

    समायोजन समितिले ‘शम्भुलाल श्रेष्ठसँग छलफल गरी केही व्यक्तिहरुलाई केन्द्रबाट नै क्रियाशील सदस्यता प्रदान गर्ने र बाँकीको हकमा सम्बन्धित गाउँ-नगर वडा, गाउँ-नगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिश र निर्णय हुने गरी जिल्ला कार्यसमितिमा पठाउने’ निर्णय गरेको छ ।

    निर्णय अनुसार श्रेष्ठले केन्द्रबाट सोझै पाउने सदस्य संख्या ‘केही’ भन्नाले कति हुने निश्चित छैन । श्रेष्ठ तत्कालीन माओवादी केन्द्रबाट चुनावको मुखैमा कांग्रेस प्रवेश गरेका थिए । सर्लाहीमै राजपाका पूर्व महामन्त्री जंगीलाल राय कांग्रेस प्रवेश गरेका थिए । उनले आफ्ना १ हजार १४ जना कार्यकर्तालाई क्रियाशील सदस्यता दिन माग गरेका छन् । समितिले यस्ता सबै मागमा ‘सम्बन्धित नेतासँग छलफल गरी केही क्रियाशील सदस्यता केन्द्रबाटै दिने’ निर्णय गरेको छ ।

    सर्लाहीमै कांग्रेस प्रवेश गरेका संघीय समाजवादीका नेता कृष्णदेव यादवले ४२७ जनाले क्रियाशील सदस्य पाउनुपर्ने दाबी गरेका छन् । कांग्रेसमा वडादेखि केन्द्रसम्मको नेतृत्व चयनमा क्रियाशील सदस्यको भूमिका महत्वपूर्ण हुन्छ । क्रियाशील सदस्यहरुको मतदानबाट छानिने क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय र जिल्ला कार्यसमिति चयन गर्नेछन् ।

    क्षेत्रीय प्रतिनिधिबाट छानिने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्ने व्यवस्था छ । यहीकारण क्रियाशील सदस्यता वितरण कांग्रेसमा सधैं पेचिलो बन्ने गरेका छ ।

    अन्य पार्टीबाट कांग्रेसमा आएका अधिकांशलाई क्रियाशील सदस्यता दिंदा आफूलाई फाइदा हुने सभापति देउवा पक्षका नेताहरुको बुझाइ छ । देउवा इतर पक्ष भने समायोजनका नाममा केन्द्रबाट वितरण हुने क्रियाशील सदस्यताले आफ्नो पक्षलाई घाटा हुने बुझाइमा छ ।

    समायोजन समितिले दुई वर्ष लगाएर बनाएको प्रतिवेदनउपर केन्द्रीय समितिमा कुनै छलफल भएन । अधिकांश केन्द्रीय सदस्यले त प्रतिवेदन पारित भएको नै थाहा पाएनन् । समायोजन समितिकै सदस्य महेश आचार्यले प्रतिवेदन पारित भए नभएकोबारे पदाधिकारीलाई सोध्न अनुरोध गरे ।

    ‘त्यस प्रतिवेदनमा केन्द्रीय समितिमा छलफल हुनुपर्छ भन्ने लागेको थियो । आज पेश भएको प्रतिवेदन पास भए नभएको पदाधिकारीलाई सोध्नुस्’, आचार्यले भने । कांग्रेसका अन्य केही सदस्यहरुले पनि प्रतिवेदनउपर छलफल समेत नहुनु गलत भएको बताएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य पार्टीबाट आएका अधिकांश केन्द्रीयस्तरका नेताहरुलाई कांग्रेसको केन्द्रीय समितिमै समायोजन गरिसकेका छन् । उनीहरुका साथमा आउने कार्यकर्ताहरुलाई सोझै क्रियाशील सदस्यता दिंदा कांग्रेसको आन्तरिक संरचनामा नवप्रवेशीहरु हावी हुनसक्ने नेताहरुले औंल्याएका छन् ।

    ‘हाम्रो पार्टीमा प्रवेश गरेका केही नेताले सयौंको संख्यामा क्रियाशील दाबी गरेका छन् । यदि केन्द्रले त्यहीअनुसार निर्णय गर्यो भने तल्लो तहमा पुराना कांग्रेसी नै अल्पमतमा पर्ने खतरा पनि त हुन्छ’, एक कांग्रेस नेताले संशय व्यक्त गरे ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने प्रतिवेदनले अन्तर पार्टी समायोजनलाई नीतिगत रुपमा सम्बोधन गरेको बताउँछन् ।

    ‘केन्द्रीय समितिको आजको बैठकले अन्य पार्टीबाट कांग्रेसमा आएकाहरुको समायोजनका सन्दर्भमा उठेका सवालहरुको नीतिगत सम्बोधन गरेको छ’, प्रवक्ता शर्माले भने । केन्द्रबाट दिइने क्रियाशील सदस्यता वस्तुनिष्ठ हुने र पार्टीको विधान पद्धतिभन्दा बाहिर नजाने शर्माको भनाइ छ ।

    सम्बन्धित जिल्ला, क्षेत्र र वडाको ‘पार्टीले आफूमा समायोजन गराउँदै गर्दा आफ्नो पार्टी र समायोजन हुनेको संख्या त विचार गर्छ नि । यसमा सशंय राख्नुपर्दैन’, शर्माले भने ।

    कसले कति मागे क्रियाशील ?

    अभिषेकप्रताप शाह (पूर्व मधेशी जनअधिकार फोरमका नेता)– कपिलवस्तुका ८ हजार जनाको सूची बुझाइ कम्तीमा ३५०० लाई क्रियाशील दिन माग ।

    रसुवा– नयाँ शक्ति पार्टीका पूर्व नेताद्वारा २५०० जनालाई क्रियाशील सदस्यता दिन माग ।

    नेपाल समता पार्टी– १००० जनालाई क्रियाशील सदस्यता दिन माग ।

    मोहनसिंह राठौर (पूर्व एमाले नेता)– कैलालीमा ३७१ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    कर्णबहादुर बुढा (पूर्व राप्रपा नेता)– डोल्पामा १००० जनालाई क्रियाशील सदस्यता दिन माग ।

    अखण्ड नेपाल पार्टी– नवलपरासीका ३६० सहित ५९६ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    अखण्ड नेपाल (समानान्तर)– ५१८ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    काभ्रे – विभिन्न पार्टीबाट आएका ५४ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    दोलखा– विभिन्न पार्टीबाट आएका १२ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    सिन्धुली– विभिन्न पार्टीबाट आएका ४९२ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    झापा– विभिन्न पार्टीबाट आएका ४८६ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    दाङ– विभिन्न पार्टीबाट आएका २१५ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    सर्लाही– शम्भुलाल श्रेष्ठ (पूर्वमाओवादी नेता) बाट ९४७, जंगीलाल राय (पूर्व राजपा नेता) बाट १०१४ जना र कृष्णदेव यादव (पूर्व संघीय समाजवादी नेता) बाट ४२७ गरी जिल्लामा २३८८ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    धनुषा– नेकपा मालेबाट आएका नेता शिवचन्द्र चौधरीद्वारा २५ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    सल्यान– विभिन्न पार्टीबाट आएका ६१ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    सुनसरी– विभिन्न पार्टीबाट आएका २१ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    मकवानपुर– विभिन्न पार्टीबाट आएका १०५ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    तेह्रथुम– विभिन्न पार्टीबाट आएका १८ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    दार्चुला– विभिन्न पार्टीबाट आएका ४६८ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    नवलपरासी– लोकतान्त्रिक फोरमबाट आएका ११२ जनालाई क्रियाशील सदस्यता दिन माग ।

    सिन्धुपाल्चोक– विभिन्न पार्टीबाट आएका १५ जनालाई क्रियाशील सदस्यता दिन माग ।

  • सीता एक्लै जान माने प्रचण्ड भारत नजाने

    सीता एक्लै जान माने प्रचण्ड भारत नजाने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि सोमबार भारत लगिने भएको छ ।

    केही दिनदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत दाहाललाई भारतको मुम्बई लैजाने तयारी परिवारले गरेको छ ।

    पत्नीको उपचारका लागि प्रचण्ड भारत जाने नजाने विषय भने अझै अन्याेलमै छ। प्रचण्डको निजी सचिवालयले सीता एक्लै जान मानेको खण्डमा प्रचण्ड भारत नजाने बताएको छ।

    ‘उहाँ (प्रचण्ड) भारत जाने/नजानेबारे अझै निश्चित भएको छैन’ उनको सचिवालयले नेपाल प्रेससँग भन्यो, ‘सीता म्याडम एक्लै जान मानेको खण्डमा प्रचण्ड जानुहुन्न। यसबारे भोलि बिहानसम्म थाहा हुन्छ।’

    दाहाल सकेसम्म श्रीमानसँगै जान चाहिरहेको र उनलाई परिवारका अन्य सदस्यसहित जानका लागि मनाउने कोसिस भइरहेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नीको उपचारका लागि आफू भारत जानुपर्ने अवस्था आउन सक्नेबारे जानकारी गराएका थिए।

    दाहाल पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन्।

  • प्रचण्ड–माधवको पक्षको स्थायी कमिटीः स्थानीय कमिटीमा छिटै पदपूर्ति गर्ने

    प्रचण्ड–माधवको पक्षको स्थायी कमिटीः स्थानीय कमिटीमा छिटै पदपूर्ति गर्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले स्थानीय कमिटीमा खाली भएका पदपूर्ति चाँडै गर्ने भएको छ ।

    पार्टीमा विभाजनमा आएर दुई पक्ष भएपछि स्थानीय कमिटीहरु नेतृत्वविहीन भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव पक्षले स्थानीय कमिटीहरुलाई जोड दिएको हाे ।

    आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले तत्कालै ती खाली पदमा नेतृत्व व्यवस्थापन गर्ने विषयमा छलफल गरेको हो। ‘आन्दोलनमा स्थानीतहसम्मको संगठन परिचालन गर्ने र त्यसका लागि सबैतिर तत्कालै संगठन परिचालकहरु जाने गरी छलफल भएको छ’ बैठकबारे जानकारी दिंदै स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपाल प्रेससित भने, ‘स्थानीय तहमा नेतृत्व खाली भएको ठाउँमा त्यहाँको राय, सल्लाहका आधारमा व्यवस्थापन गर्ने कुरा भएको छ ।’

    यी विषयलाई औपचारिकता दिन भोलि १२ बजे पुनः स्थायी कमिटी बैठक बस्ने भएको छ ।

    ‘यी सबै कुराहरुलाई अन्तिम रुप दिन चाहिं भोलि फेरि बैठक बस्दैछ’ पोखरेलले भने, ‘आज छलफल भयो । सबै निष्कर्ष भोलि आउँछ ।’ प्रचण्ड–माधव पक्षले शनिबार दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तहलाई नै बढ्ता जोड दिएको थियो ।

    बैठकमा पहिलो चरणको आन्दोलन र त्यसले पारेको प्रभावबारे पनि छलफल भएको थियो । दिउँसो साढे एक बजेदेखि शुरु भएर दिउँसो पौनै चारबजेसम्म चलेको बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टीमा विभाजन आएपश्चात स्थानीय तह र जिल्लाहरुमा के कस्तो अवस्था छ भन्नेबारे ‘रिपाेर्टिङ’ गरेका थिए ।

  • हलिउड क्यालेन्डर २०२१ : जेम्स बन्डदेखि फास्ट एन्ड फ्युरियससम्म

    हलिउड क्यालेन्डर २०२१ : जेम्स बन्डदेखि फास्ट एन्ड फ्युरियससम्म

    वर्ष २०२० मा कोरोनाभाइरस महामारीले हलिउडका ठूला फिल्मले रिलिज रोक्नुपर्‍यो । एक्सन ब्लकबस्टर ‘ब्ल्याक विडो’, जेम्स बन्डको ‘नो टाइम टु डाइ’देखि तिमोथी क्यालामेटको साइन्स फिक्सन ‘ड्युन’ फिल्महरु अब सन् २०२१ मा एचबीओ म्याक्ससहित हलमा प्रदर्शन हुनेछन् । भाइरस महामारीले गर्दा हलिउडले वितरणमा हाइव्रिड मोडेललाई आत्मसात गरेको छ ।

    तर, सन् २०२१ को हलिउड कथाचाहिँ वर्ष २०२० भन्दा भिन्न हुनसक्छ । कोरोना खोप आउन थालेपछि प्रदर्शकहरु दर्शक आउने आशामा हल खोल्ने तयारीमा जुटेका छन् । यस वर्षपनि हरर फिल्म क्वाइट प्लेसको दोस्रो सिक्वेल, एनिमेटेड ‘मिनियन्स : द राइज अफ ग्रु’, स्पेस जाम : अ न्यू लिगेसी रिलिज तयारीमा छन् । डिज्नेले चाहिँ एमा स्टोन स्टारर लाइभ एक्सन फिल्म ‘क्रिउला’ पनि लाग्दैछ । केही फिल्म जुन २०२१ मा रिलिज तयारीमा छन् ।

    राया एन्ड द लास्ट ड्रागन
    मार्च ५
    केली मेरी र अक्वाफिनाले यो एनिमेटेड फिल्ममा आवाज दिएका छन् । पहिलोपटक दक्षिण एसियाली मूलकी मुख्य हिरोइन पात्रको चित्रण भएको यो फिल्म डिज्ने प्लस र हलमा एकसाथ प्रदर्शन हुनेछ । विश्वमा शान्ति स्थापनाका लागि ड्रागन खोजीको यात्रामा निस्किएकी राया नामक पात्रलाई फिल्मले चित्रण गर्छ ।

    कमिङ टु अमेरिका
    मार्च ५
    सन् १९८८ को चर्चित फिल्मको यो सिक्वेल हो जहाँ एडी मर्फी मुख्य भूमिकामा छन् । केन्या बारिसको पटकथा लेखन र क्रेग ब्रिउरको निर्देशन छ । आफ्नो छोरा अमेरिकामा रहेको पत्ता लागेपछि राजकुमार अकिमले जामुडा नामक राज्यको राजा बन्न गरेको प्रयत्न यसको कथावस्तु हो ।

    मर्बिस
    मार्च १९
    जेरड लेटो स्टारर यो सुपरभिलियन फिल्मले माइकल मर्बिस नामक पात्रलाई चिनाउँछ । स्पाइडरम्यान सिरिजमा एन्टीहिरोको रुपमा देखिएको यो पात्र भ्याम्पायरमा रुपान्रित भएपछि हुने द्धन्द्ध यसको कथावस्तु हो । यो फिल्मले स्पाइडरम्यानका अन्य सिरिजका भिलियनसँग सम्बन्ध राख्छ ।

    नो टाइम टु डाइ
    अप्रिल २
    डेनियल क्रेग स्टारर जेम्स बन्डको २५ औं श्रृंखलामा मुख्य पात्र जासुसको रुपमा अन्तिम मिसनमा निस्कन्छ । बन्डको पुरानो मित्र फ्लेक्स लेइटरले सहयोग मागेपछि अवकासपछि जमैकामा बसेको बन्डको अन्तिम मिसनको रुपमा यसले कथा पेश गर्छ । अपहरण गरिएको बैज्ञानिकलाई छुटाउन बन्डले मिसन चलाउँदा उसको जम्काभेट खतरनाक सफिन (रमी मलिक)सँग हुन्छ ।

    अ क्वाइट प्लेस पार्ट २
    अप्रिल २३
    यो हरर फिल्मले एउटा परिवारले भूतबाट मुक्त हुन गर्नुपरेको संघर्ष चित्रण गर्छ । जसमा एमली ब्लन्ट, मिलिसेन्ट सिमोन्ड्स र नोहा जुको मुख्य भूमिका छ । आफ्नो पात्रको भूमिका अघिल्लो सिक्वेलमा समाप्त भएपछि जोन क्रान्सिकी दोस्रो सिक्वेल निर्देशनमा आएका हुन् ।

    ब्ल्याक विडो
    मे ७
    स्कारलेट जोहान्सन मुख्य भूमिकामा छिन् । प्रतीक्षित यो मार्भल फिल्ममा डेभिड हार्वर, फ्लोरेन्स पग समेत छन् । २०१६ को क्याप्टेन अमेरिका : सिभिल वारको सेटिङमा फिल्म बनेको हो । एभेन्जर बन्नु अघि विगतको जासुसी छविको कारण उत्पन्न द्धन्द्धसँग मुख्य पात्रको लडाइ यसमा छ ।

    गोडजिला भर्सेस कङ
    मे २१
    एचबीओ म्याक्स र हलमा रिलिज हुने फिल्मले गोडजिला : किङ अफ दी मोन्सटर्स र कङ : स्कुल आइल्यान्डको कथावस्तुलाई चित्रण गर्छ । मानवीय सभ्यताको अन्त्यपछि आफ्नो शासन स्थापित गर्न दुई राक्षसले गरेको लडाइँ यसको कथावस्तु हो ।

    क्रुएला
    मे २८
    सन् १९७० मा लन्डनको सडकमा देखिने पंक फेसनको दृश्य जहाँ एमा स्टोनलाई मुख्य पात्रमा देखाइएको छ । डिज्नेको लाइभ एक्सन यो फिल्मले १९६१ को ‘१०१ डालामाटियन्स’को भिलेनलाई चित्रण गर्छ ।

    फास्ट एन्ड फ्युरियस ९
    मे २८
    लोकप्रिय फास्ट एन्ड फ्युरियसको नवौं श्रृंखलाले संसारका कुख्यात ड्राइभर र उनीहरुको गोप्य अप्रेसन असफल पार्न नायकको परिवारले गरेको संघर्ष चित्रण गर्छ । भिन डिजेल र उनको पारिवारिक सदस्य यसमा छन् । डोमिनिक टोरेटो निर्देशित फिल्मको भिलेनमा ज्याकोब (जोन सेना) छन् ।

    तिमोथी क्यालामेट स्टारर ‘द फ्रेन्च डिस्प्याच’ आगामी समर, बिल मुर्रे स्टारर ‘घोस्ट बस्टर्स : आफ्टर लाइफ’ जुन ११, क्रेजी रिच एसियन्स निर्देशकको नयाँ फिल्म ‘इन द हाइट्स’ जुन १८, टम हार्डी स्टारर ‘भेनम’को दोस्रो सिक्वेल जुन २५, मिनियन्स : द राइज अफ दी ग्रु जुलाई २, टम क्रुज स्टारर टम गन म्याभरिक जुलाई २, बास्केटबल सुपरस्टार ली ब्रोन जेम्स स्टारर स्पेस जाम : न्यू लिगेसी जुलाई १६ छन् ।

    साथै, एमिली ब्लन्ट र डाउने रक जोन्सन स्टारर ‘जंगल क्रुज’ जुलाई ३०, द सुसाइड स्क्वाड अगस्ट ६, क्यान्डीम्यान अगस्ट २७, एड्रिस अल्बा स्टारर ‘थ्री थाउजन्ड इयर्स अफ लङ्गिङ सेप्टेम्बरमा, तिमोथी क्यालामेटको ड्युन अक्टोबर १, म्याट डेमोन स्टारर द लास्ट ड्युल अक्टोबर १५, टम क्रुजको मिसन इम्पोबिसल ७ नोभेम्बर ४, अस्कर विजेता निर्देशक गुलिमारो डेल टेरोको ‘नाइटमेयर एली’ डिसेम्बर, स्टिभन स्पिलबर्गको वेस्ट साइड स्टोरी डिसेम्बर १०, स्पाइडरम्यान डिसेम्बर १७, द म्याट्रिक्स ४ डिसेम्बर २२ लगायत छन् ।

  • जसपा अध्यक्ष यादवको शंकाः ओलीले संघीयता खारेज गरेर संकटकाल लगाउँछन्

    जसपा अध्यक्ष यादवको शंकाः ओलीले संघीयता खारेज गरेर संकटकाल लगाउँछन्

    जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली राजा महाराजाकै बाटोमा लागेको टिप्पणी गरेका छन् । उनले ओलीको कार्यशैली महेन्द्रवादी, निरंकुशवादी र नश्लवादी भएको टिप्पणी गरेका हुन् ।

    जनकपुरमा आयोजित युवा नेतृत्व प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेशसभालाई समेत समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘ओलीले संसद विघटन चुनाव गराउनका लागि गरेकै होइनन् । अब प्रदेशसभा पनि समाप्त पाछनर्् । त्यसपछि आन्दोलन हुन्छ, अनि संकटकाल लगाउँछन् । त्यसपछि सेनाले संविधान भंग गरेर अगाडि बढ्छ ।’

    ‘लामो आन्दोलनबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मौलिक हक जस्ता अधिकार ओलीले समाप्त पार्न खोजेका छन्’, उनले भने, ‘फेरि मुलुकलाई निरंकुश शासन प्रणालीतिर मुलुकलाई लैजान खोजिएको छ ।’

    पार्टीमा झगडा भयो भन्ने बहानामा ओलीले देशमै आगो लगाएको उनले बताए ।

    ओली र शेरबहादुर देउवाको एउटै बोली रहेको भन्दै उनले कांग्रेसले पनि लोकतन्त्रको रक्षा गर्न नसक्ने बताए ।

    ओमनी, वाइडबडी, नेपाल ट्रष्ट, बालुवाटार जमिन, टेलिकम, सुनलगायतका सबै काण्ड ओली सरकारकै पालामा किन भयो ? भन्ने प्रश्न गर्दै उनले भने, ‘भन्नलाई कम्यूनिष्ट । तर धन्दा र व्यवहार भ्रष्टतन्त्र भयो ।’

     

  • मनहरीकी उपाध्यक्ष भन्छिन्ः राजीनामा दिएको छैन, कर्मचारीले फसाए

    मनहरीकी उपाध्यक्ष भन्छिन्ः राजीनामा दिएको छैन, कर्मचारीले फसाए

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएसँगै त्यसको विवाद स्थानीय सरकारमा पनि देखिन थालेको छ । त्यसको एउटा सानो झिल्को मकवानपुरको मनहरी गाउँपालिकामा देखिएको छ । गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले राजीनामा दिएपछि अध्यक्ष एकराज उप्रेतीले त्यसलाई स्वीकृत गरेको भन्ने खबरहरु आए पनि त्यो यथार्थ नभएको उपाध्यक्षले बताएकी छिन् । उपाध्यक्ष बिष्ट आफूले राजीनामा नै नदिएको बताउँछिन् ।

    विवादबारे बुझ्न नेपाल प्रेसले विष्टसँग गरेको संक्षिप्त कुराकानीः

    तपाईंले राजीनामा दिएको भन्ने आइरहेको छ । खास कुरा के हो ?

    मैले राजीनामा दिएको छैन । नदिएको कुरालाई दिएको छु भनेर म हिंड्न सक्दिनँ ।

    तपाईंले नै राजीनामा नदिई अध्यक्षले स्वीकृत गरेको भन्ने कुरा कसरी आयो ?

    एउटा कर्मचारीको कुरा जोडेर अध्यक्षसँग एक वर्षदेखि विवाद भइरहेको थियो। यद्यपि, यही कुरालाई लिएर अध्यक्ष र मबीच भनाभन भएको छैन । उहाँको छोरा र एकजना कर्मचारीले एक वर्षदेखि ममाथि षड्यन्त्रमूलक काम गर्दैै आइरहनुभएको थियो।

    विवादको विषय के थियो ?

    कार्यालयमा अनियमितता हुने, तोकिएको समयमा काम नहुने । महिलालक्षित कार्यक्रमलाई धरापमा राख्ने । न्यायिक इजलास चलाउन नदिने जस्ता काम हुँदै आएको थियो । त्यही विवादका कारण यसअघि पनि मलाई एउटा कर्मचारीले गलत कागजमा सही गराएर फसाइरहेको थियो।

    कतिपय विधि/विधान हामी अक्षरशः पढ्न पनि भ्याउँदैनौं । तर, त्यो कुरा मैले तुरुन्तै थाहा पाएर त्यो कर्मचारीले मेरै अगाडि च्यातेका थिए । अहिले पनि यिनीहरुले त्यस्तै षड्यन्त्र कतै गरेको हो कि भन्ने मलाई लागेको छ । मलाई एउटा कर्मचारीमाथि शंका छ ।

    पहिले त तपाईंहरु एउटै पार्टीको हुनुहुन्थ्यो । त्यति हुँदाहुँदै पनि विवाद चाहिं किन हुन्थ्यो ?

    अहिले विवाद भएकै छैन । पहिले न्यायिक इजलासको काम सम्पादन गर्ने क्रममा धेरै कुरामा बन्देज गर्दै आएकाले विवाद भएको थियो । एउटा कर्मचारी आउनुभन्दा अगाडि असाध्यै सौहार्दपूर्ण वातावरण थियो । त्यो कर्मचारी आएपछि उसले गरेका गलत गतिविधिहरु फेला पारेको छु ।

    म जनताको अभिमतबाट आएकी जनप्रतिनिधि हुँ । लामो समयदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दैै आएकी छु । मैले यस्ता थुप्रै संघर्ष गर्दैै आएकी छु, रुपान्तरणका लागि ।

    तपाईंको राजीनामा स्वीकृत भयो भनेर कार्यालयबाट कुनै जानकारी आएको छ ?

    केही जानकारी आएको छैन। मैले त्यहाँका कार्यकारी प्रमुख अधिकृतलगायतका कर्मचारीलाई के छ त प्रमाण ? यो कुरा कसरी आयो ? भन्दा उहाँहरुले कुनै प्रमाण दिन सक्नुुभएको छैन । उहाँहरुले कुनै पनि कुरा मलाई दिन सक्नुभएको छैन ।

    यदि अध्यक्षबाट तपाईंको राजीनामा नभएरै पनि स्वीकृत भएको रहेछ भने के गर्नुहुन्छ ?

    म कानूनी उपचार खोज्छु । यदि न्याय मरेको रहेनछ यो देशमा भने मैले न्याय पाउँला । म त कानूनी उपचारमै जान्छु ।

    अहिले तपाईंको पार्टी विभाजित भएको छ । यो कुराले पनि केही भूमिका खेलेको हो कि ?

    म अहिले कुनै पक्षमा पनि छैन । म खुलेर कसैको गुटमा गएको पनि छैन ।

     

  • थपिए ४२१ संक्रमित, ८ जनाको मृत्यु

    थपिए ४२१ संक्रमित, ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ७ हजार ७२९ जना छन् ।

    यस्तै आज ६३७ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५४ हजार ४९४ पुगेको छ ।

    यसैगरी कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८७८ पुगेको छ ।

     

  • विष्णु पौडेलले भनेः पार्टीभित्रैबाट प्रहार भयो

    विष्णु पौडेलले भनेः पार्टीभित्रैबाट प्रहार भयो

    रुपन्देही । सत्तारुढ नेकपा (ओली पक्ष)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपामाथि पार्टीभित्रैबाट धारिलो हतियार प्रहार भएको बताएका छन् ।
    नेकपा रुपन्देहीको जिल्लास्तरीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पौडेलले भने, ‘नेकपामाथि धारिलो खड्ग प्रहार गर्ने काम भएको छैन । कुनै बाहिरका व्यक्तिले होइन, पार्टीकै मानिसहरुले, पार्टीकै अध्यक्षले पार्टीको शिरमा खड्ग प्रहार गरेका छन् ।’

    पदको लोभमा पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सहमति विपरीत सरकारको सफल रुपमा नेतृत्व गरेका प्रधानमन्त्री ओलीलाई असहयोग गरेका कारण प्रतिनिधिसभा विघटनको स्थिति आएको नेता पौडेलले बताए ।
    पदीय लोभका कारण प्रचण्डले पार्टीका केही महत्वकांक्षा बोकेका नेताहरुलाई हातमा लिएर प्रधानमन्त्री विरुद्ध लागेको नेता पौडेलले आरोप लगाए ।

    ‘प्रधानमन्त्री र अध्यक्ष पदको तलतल लागेर प्रचण्डले बाध्यतावशः सहमति गरेपनि त्यसको मसी सुक्न नपाउँदैं उहाँले प्रधानमन्त्रीविरुद्ध लागिहाल्नुहुन्छ’, उनले भने, ‘आजको समस्या सत्ता र शक्तिको लागि प्रकट भएका महत्वकांक्षले सिर्जना भएको समस्या हो । कुनै निति वा वैचारिक समस्या होइन ।’

    ‘राजनीतिक घटनाक्रमलाई एक÷एक गरेर हेर्ने हो भने नेपालले केपी ओलीको सरकारको तीन बर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हाँसिल भएको छ,’ उनले भने, ‘पार्टीबाट असयोग हुँदा त सरकारले यस्तो उपलब्धी हाँसिल गरेको थियो भने पार्टीको सबै हैसियतलाई सदुपयोग गर्न सकेको भए के हुन्थ्यो होला अनुमान गर्न सक्छौं ।’

    प्रचण्डको पदलोभले पार्टी फुट्यो : रायमाझी

    भेलामा नेकपा स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री नेता टोपबहादुर रायमाझीले नेकपा छुट्टिने स्थितीमा आएपछि संकट पैदा भएको बताएका छन् । संसद विघटनको स्थितिमा पुर्‍याउने मुख्य दोषी को हो भनेर चिरफार गर्नुपर्ने बताउँदै उनले धेरै विषयमा भ्रम फैलाइएका कारण संकट उत्पन्न भएको बताएका हुन् ।

    नेकपाकै प्रचण्ड–माधव समूहलाई ईङ्गीत गर्दै उनले पार्टी फुटाउनका लागि भ्रम फैलाएको बताएका हुन् ।
    नेता रायमाझीले एकताताका प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्ने र प्रचण्डले पार्टी हेर्ने गरी जिम्वेवारी बाँडफाड भएको स्मरण गर्दै उनले अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्वेवारी छाडेर प्रधानमन्त्री पदमा नजर डुलाएको आरोप लगाए ।

    ‘पार्टी एकताका पाँच बुँदे आधार विपरित प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीका पछि लाग्नुभएको छ’ उनले भने ।
    उनले चुनावमा जानुको विकल्प नभएको बताउँदैं संस्थापन पार्टी आफ्नो पक्ष रहेको संसद पुनास्थपना नहुने ठोकुवा गरे ।

    नेता पौडेलले प्रधानमन्त्रिविरुद्ध प्रस्तुत गरेको ‘आरोप पत्र’ नै पार्टी विभाजनको ‘आधार पत्र’ भएको उनको कथन थियो ।
    भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले प्रचण्ड समूहले लगाएको संगीन आरोप नै पार्टी विभाजनको मुख्य अंश भएको बताए ।

    उनले भने ,‘ हामीले त्यो आरोप पत्र फिर्ता लिएर पार्टी मिलाउन बहस गर्न खोज्यौ उहाँहरु तयार नै हुनुभएन । मुख्यमन्त्री समेत रहेका पोखरेलले अब बिगतका गल्ती नदोहोरिनेगरी पार्टी सुदृढिकरण गर्न जरुरी छ ।’

  • कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

    कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

    कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।

    संघ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या ९२० देशका ० ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

    समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

    यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

    अगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने

    हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

    विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्यसमितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।

    बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको ९उत्परिवर्तित० भाइरस छिमेकीमूलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ । भारतसहित बेलायत, युरोपेलि मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।

  • संघीय संसदमा ३८ विधेयक निस्क्रिय, अर्को सभामा सुरुबाटै छलफल गर्नुपर्ने

    संघीय संसदमा ३८ विधेयक निस्क्रिय, अर्को सभामा सुरुबाटै छलफल गर्नुपर्ने

    काठमाडौं– प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभामा कायम रहेका ३७ विधेयक र प्रतिनिधिसभाले राष्ट्रियसभामा पठाएको एक विधेयक निस्क्रिय बनेका छन् ।

    सरकारले प्रतिनिधिसभाको विघटन गरेसँगै निकै समय, श्रम र खर्च लगाएर तयार पारिएका ३८ वटा विधेयक निस्क्रिय बनेका छन् । विधेयक निस्क्रिय भएसँगै प्रतिनिधिसभाको मेहनत त खेर गएको छ नै, आगामी दिनमा यि विधेयकहरुलाई पुनः सुरुवातकै विन्दुबाट शुरु गर्नुपर्ने हुन्छ भने कानुन बन्ने कुरामा पनि ढिलो हुने निश्चित भएको छ ।

    प्रतिनिधिसभामा दर्ता भई वितरण भएका ५ वटा गैरसरकारीसहित १२ वटा विधेयक, सभामा प्रस्तुत मात्रै भएका ४ वटा विधेयक, राष्ट्रिय सभाबाट सन्देश पठाएर प्रतिनिधिसभामा टेबुल भएका ४ विधेयक, राष्ट्रियसभाको सन्देशमाथि विचार गर्न बाँकी २ वटा विधेयक, प्रतिनिधिसभाका विभिन्न समितिमा विचाराधीन १० वटा विधेयक, प्रतिनिधिसभाका समितिका प्रतिवेदन हाउसमा पेश भएका ५ वटा विधेयक गरी जम्मा ३७ वटा विधेयक प्रतिनिधिसभामा विचाराधीन अवस्थामा थिए ।

    त्यस्तै प्रतिनिधिसभाले सन्देशसहित राष्ट्रियसभामा एउटा विधेयक पठाएको थियो । यससँगै ३८ विधेयक निस्क्रिय हुने अवस्थामा पुगेको हो । यी विधेयकहरु कानुनी प्रावधान एवं संवैधानिक व्यवस्थाअनुसार निस्क्रिय हुने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

    ‘यी विधेयकहरुलाई सबै प्रक्रिया पूरा गरी अघि बढाउन सकिने भए पनि प्रतिनिधिसभा नभएको अवस्थामा कानुन बन्ने प्रक्रिया रोकिन्छ,’ धमला भन्छन्, ‘विधेयकले राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै प्रक्रिया पूरा गरेपछि मात्र कानुनको रुप पाउँछ ।’

    विचाराधीन विधेयक पुनः शुरुवाती विन्दुबाट अघि बढ्ने भएकाले राज्यको व्ययभार थपिने उनको भनाइ छ। ‘यसरी निकै रकम, समय र स्रोत साधन खर्चेर तयार गरी छलफल गरिएका र पास गर्ने दिशामा अघि बढेका विधेयकहरु निस्क्रिय हुँदा यसको व्ययभार राज्यलाई निकै पर्नेछ,’ धमला भन्छन्, ‘आगामी दिनमा पुनः सुरुवातको विन्दुबाट विधेयकको प्रक्रिया अघि बढ्ने हुँदा उत्ति नै खर्च र समय लाग्ने देखिन्छ ।’

  • बलिउड बचाउन प्रदर्शकले गुहारे सलमान, राधेलाई हलमै चलाउन आग्रह

    बलिउड बचाउन प्रदर्शकले गुहारे सलमान, राधेलाई हलमै चलाउन आग्रह

    सलमान खानमाथि बलिउड निर्माता ठूलै आशा राख्छन् । किनभने उनका सबै फिल्मले १ सय करोडको बक्सअफिस आँकडा पार गर्छन् । उनको यही इतिहासलाई ख्याल गर्दै भारतीय फिल्म निर्माता संघले सलमानलाई पत्र लेखेको छ ।

    सलमानसामु निर्माताको माग चाहिँ –उनको बहुप्रतीक्षित फिल्म ‘राधे’ आउँदो इदमा सिनेमा घरमा रिलिज हुनुपर्छ भन्ने हो । यसो गर्दा कोरोनाबाट थलिएको बलिउडले राहतको श्वास फेरोस् भन्ने हो । राधेले दर्शकलाई हलसम्म ल्याउन मद्दत गर्नेछ र निर्माताले सुखद कमब्याक गर्न सक्नेछन् भन्ने आशा उक्त पत्राचारबाट देखिन्छ ।

    पत्रमा लेखिएको छ –‘तपाइँलाई अवगत नै छ कि सन् २०२० मा करोडौं भारतीय नागरिकसहित हामी निर्माताहरु पनि प्रभावित भयौं । पछिल्लो १० महिनामा सयौ सिंगल स्क्रिन र स्वतन्त्र फिल्म हल बन्द भैसकेका छन् । यसले गर्दा लाखौंको रोजिरोटी गुमेको छ जो प्रत्यक्ष वा अप्रत्यक्षरुपमा फिल्म उद्योगकै कर्मचारी थिए । दर्शक बिना शतप्रतिशत रुपमा हल चल्न असम्भव जस्तै छ । एक दशकदेखि फिल्मले दर्शकलाई हलसम्म लैजान महत्वपूर्ण भूमिका खेलेका छन् ।’

    पत्रमा राधेले मात्र थलिएको बलिउड उद्योगलाई ब्युँताउन सक्ने लेखिएको छ । यस फिल्मलाई ठूलै स्केलमा रिलिज गर्ने हो भने हल, कर्मचारी र समग्र उद्योगलाई नै राहत पुग्ने भनिएको छ । सन् २०२१ को इद छेकोमा फिल्मलाई हलमा रिलिज गर्न भनिएको छ । ‘प्रदर्शकसहित तपाइँका करोडौं प्रशंसक अहिले पनि हलमा फिल्म लाग्ने अपेक्षा गरिरहेका छन्’ उल्लेख छ, ‘यो भन्दा राम्रो आइडिया अरु केही हुनैसक्दैन ।’

  • राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेलाई कारबाहीको लागि मन्त्रिपरिषदमा कुरा उठाउँछु: मन्त्री महतो

    राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेलाई कारबाहीको लागि मन्त्रिपरिषदमा कुरा उठाउँछु: मन्त्री महतो

    काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सडकमा राष्ट्रपति विद्या देवी भण्डारी लक्षित अमर्यादित अभिव्यक्ति दिने व्यक्तिलाई कारवाहीका लागि आफुले मन्त्रिपरिषदमा कुरा उठाउने बताएकी छन् ।

    उनले राष्ट्रप्रमुख माथि आएका त्यस्ता अमर्यादित अभिव्यक्तिले आफु पनि निकै दुखी भएको बताउँदै कानुनी कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छन् ।

    आइतवार अखिल नेपाल महिलासंघको ज्ञापन बुझ्दै मन्त्री महतोले कारवाहीको प्रतिवद्धता जनाएकी हुन् । म यो विषय अब बस्ने मन्त्रिपरिषदमा विशेष महत्वका साथ राख्नेछु, उनले भनिन्, त्यस्ता व्यक्तिलाई कारवाही दिलाउने काममा मेरो चासो रहनेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरे लगत्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समुहले माघ १४ गते आयोजना गरेको विरोध कार्यक्रममा सडकमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध अति नै निकृष्ट शब्द प्रयोग गर्दै नारावाजी भएको थियो । सरकार र राष्ट्र प्रमुखका विषयमा आएका अमर्यादित अभिव्यक्ति विरुद्ध अनेमसंघले कारवाहीको माग उठाउँदै आएको छ ।

    यस अघि पत्रकार सम्मेलन गरेर त्यस्ता शब्द प्रयोग गर्दै नारावाजी गर्नेहरुलाई कारवाहीको माग राख्दै सरकारको ध्यानाकर्षण गराएको अनेमसंघले अहिले गृहमन्त्री, महिला बालबालिका मन्त्री लगायतलाई ज्ञापनपत्र बुझाएर कारवाहीको माग राख्दै आएको छ । आगामी दिनमा फेरी यस्ता गतिविधि दोहोरिन नदिन अन्य कानुनी बाटो अवलम्बन गर्ने समेत अनेमसंघले जनाएको छ ।

    अनेमसंघका सचिवालय सदस्य सुजिता शाक्यले साइवर कानुन र अन्य अदालती प्रकृया अनुसार कारवाही कारवाही जान पनि कानुनविद्हरुसंग परामर्शमा रहेको बताएकी छन् । महिला बालबालिका मन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै नेता शाक्यले यस्ता गम्भिर प्रकृतिका घटना फेरी हुन नदिन मन्त्रालयको तर्फवाट विशेष कदम चाल्न आग्रह गरिन् ।

    मन्त्री महतोले यो घटनालाई आफुले गम्भिरताका साथ लिएको बताउँदै महिला विरुद्ध हुने यस्ता हिँसामा कानुन समेत फितलो रहेको बताइन् । उनले बलियो कानुन निर्माणका लागि पनि आफ्नो पहल हुने प्रतिवद्धता जनाएकी छन् । नेता शाक्यको अगुवाईमा पुगेको अनेमसंघको टोलीमा गोमा देवकोटा, शर्मिला कार्की लगायतका महिला नेताहरु सहभागी थिए ।

  • आफूलाई हटाउन सात महिनामा ३१५ बैठक गरेको ओलीको दाबी

    आफूलाई हटाउन सात महिनामा ३१५ बैठक गरेको ओलीको दाबी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १३ देखि मंसिर ४ गतेसम्म प्रचण्ड–माधव नेपाल पक्षले ३१५ वटा बैठक गरेको बताएका छन् ।

    काठमाडौंको कार्की पार्टी प्यालेसमा आइतबार आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म त्यस्ता षडयन्त्रका बैठक भएको आरोप लगाए ।

    ओलीले भने– मैले आज मात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको के रे ? (अर्याल) होटलमा उहाँहरुले ३१५ वटा बैठक गर्नुभएछ ।

    ओलीले प्रचण्ड–माधव पक्षले जमघट भएका ठाउँमा मान्छे भेट्यो कि सही गराउँदै, पछि त्यसको माथि केपी ओली हटाउने व्यहोरा लेखेर टाँस्ने गरेको आरोप लगाए ।

    महिलाको हुर्मत लिनलाई आफूलाई किड्नी दिने भान्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गर्ने र महिलाको किड्नी लगाएको व्यक्तिको दिमाग सन्तुलित नहुने भनी टिप्पणी गर्ने गरेको समेत उनले बताए ।

  • ओलीलाई घुँडा टेकाउँछौंः मुख्यमन्त्री राउत

    ओलीलाई घुँडा टेकाउँछौंः मुख्यमन्त्री राउत

    जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाउने बताएका छन् ।

    प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइराला लगायतका धेरै तानाशाह झुक्यो । ओलीलाई चुनाव गराउनु भन्दा पनि बढीभन्दा बढी समय कुर्सीमा बस्ने चिन्ता छ ।

    जनकपुरमा आज आयोजित युवा नेतृत्व प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संसद विघटन गरेको अबस्थामा मन्त्रिपरिषद् विस्तार गरेकोमा पनि आपत्ति जनाए । ‘सांसद नै नभएपछि कसरी मन्त्री बनाउँन सकिन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘ओलीलाई आफैंमाथि पनि विश्वास छैन ।’

  • बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन (फोटो फिचर)

    बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन (फोटो फिचर)

    बुटवल । पार्टी विभाजनपछि पहिलो पटक ओली नेतृत्वको नेकपाले लुम्बिनीमा शक्ति प्रदर्शन गरेको छ । बुटवलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री तथा नेता टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मालगायतका नेताहरुले सम्बोधन गरिरहेका छन् ।

    भेलालाई सम्बोधन गर्दै पूर्व माओवादी समूहका नेता रायमाझीले प्रचण्डले माओवादी जनयुद्धको विरासत धान्न नसकेको बताए । उनले आफूहरुले लिगेसी छाडेको भनेर आरोप लगाए पनि प्रचण्ड नै विचलित भएको बताए । उनले भने– हामी त प्रचण्डले सर्वसम्मत रुपमा पार्टी अध्यक्ष र प्रधानमत्री मानेका केपी ओलीसँगै छौं, उहाँ चाहिँ माधव नेपाललाई कार्की पार्टी प्यालेसमा टीका लाएर हिँड्नुभयो ।

    प्रधानमन्त्री ओली ओली राष्ट«वादी र क्रान्तिकारी नेता भएको भन्दै उनले प्रचण्ड–माधव नेपाल ‘हिलोका माछा’ जस्ता भएको दावी गरे ।

    मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले प्रचण्डले सरकारविरुद्ध समान सत्ता चलाउन खोजेको र संसदलाई आफ्नो स्वार्थमा हिँडाउन खोजेकै कारणले संकट उत्पन्न भएको बताए ।

     

     

  • भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

    भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

    नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ ।

    सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो ।

    विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ ।

    कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए । सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाई थियो ।

    खोपले कुनै हानि नगरे पनि केही सहायक असर भने गर्न सक्ने अधिकारीहरुले बताएका छन् । सामान्य ज्वरो आउने र अन्य खोप लगाउँदा झैं सामान्य दुखाई लगायतका पीडा हुने उनीहरुको भनाई छ ।

    सेरमको खोपले यही जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पुरा गरेको पनि नियन्त्रकको कार्यालयले जनाएको छ ।

    यो खोप २३ हजार ७४५ जनामा परीक्षण गर्दा प्रभावकारी नजिता दिएको देखिएको सेरमले दावी गरेको छ । परीक्षणमा १८ वर्ष वा सो सरहदेखि त्योभन्दा धेरै उमेरका मानिसहरु सहभागी भएका थिए ।

    परीक्षण गर्दा सेरमको खोपले औसतमा ७० ४२ प्रतिशतसम्म काम गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण तेस्रो चरणसम्म भएको थियो ।

    सामान्य वा नियमित अवस्थामा भने यी खोपहरु प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसको विकास र परीक्षणको काम अझै पनि जारी रहेको छ ।

    भारत बायोटेकको खोप भने आइसिएमआर र नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजीले संयुक्त रुपमा विकास गरेका हुन् । विश्वभरी नै राम्रो मानिएको प्रणाली मार्फत यसको विकास गरिएको पनि अधिकारीहरुले जनाएका छन् ।

    सेरम र भारत बायोटेकका खोपहरु दुई डोज लगाउनु पर्नेछ भने यी खोपहरु २ देखि ८ डिग्री सेल्सियसमा भण्डार गर्न सकिने छ ।

    एजेन्सी

  • वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ?

    वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ?

    काठमाडौं । गैरकानूनी हो भन्ने थाहा हुँदाहुँदै पनि नेपाली युवा र बालबालिकालाई समेत समेटेर व्यापक सञ्जाल विस्तार गरिरहेको अवैध बेटिङ कम्पनी ‘वान् एक्स बेट’को कारोबारलाई पेमेन्ट प्लेटफर्महरूले अनदेखा गरेर अवैध धन्दामा सघाएको पाइएको छ ।

    खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र एनआईसी एशिया बैंकले अवैध रुपमा विदेश पैसा पठाउने धन्दालाई नदेखेझैँ गरेको पाइएको हो । नेपाल प्रेसलाई प्राप्त तथ्य र जानकारी अनुसार अहिले ९५ प्रतिशतभन्दा धेरै वान् एक्स बेटको कारोबार खल्ती डिजिटल वालेटबाट भइरहेको छ ।

    “वान् एक्स बेटमा पेमेन्ट प्रोसेस गर्दा आउने एजेन्टका अकाउन्टहरूमा धेरै व्यावसायिक अकाउन्टहरू पाइन्छ,” स्रोतले भन्यो, “पुस्तक पसल, कपडा पसल, मोबाइल पसल र केही व्यक्तिगत मानिसको खल्ती आईडी त्यहाँ आउने गरेको छ ।”

    त्यस्तै, युट्युबका कन्टेन्ट क्रिएटरहरूलाई दिने पैसा पनि वान् एक्स बेटका एजेन्टमार्फत खल्तीको प्रयोग गरेर हुने गरेको पाइएको छ ।

    पेमेन्ट प्लेटर्फ: कसैलाई थाहै छैन, कोही सम्पर्कविहीन

    “मलाई प्रति भिडियो २०० अमेरिकी डलर दिने गरेको छ” एक कन्टेन्ट क्रिएटरलाई उद्धृत गर्दै स्रोतले भन्यो, “यसका लागि खल्तीको अकाउन्ट मागेको छ । र, सोही अकाउन्टमा विभिन्न एजेन्टको माध्यमबाट रकम भुक्तानी हुने गरेको छ।”

    तर, यस बारे पटक–पटक एनआईसी एशिया बैंक र खल्तीलाई यसबारे जानकारी दिंदा पनि कसैले ध्यान नदिएको र नदेखेझैं गरेको स्रोतले बताएको छ।

    यो गैरकानूनी काम आफ्नो प्लेटफर्मको माध्यमबाट भइरहेको बारे खबर नै नभएको ‘आईएमई पे’का मिडिया तथा जनसम्पर्क प्रमुख राजु पौडेल बताउँछन्।

    “हामीलाई यस्तो भइरहेको थाहै थिएन । यद्यपि, मलाई मात्रै थाहा नभएको पनि हुनसक्छ, ” पौडेलले नेपाल प्रेससँग भने, “यसबारे हामी हेरेर थाहा पाउने बित्तिकै एक्सन लिन्छौं । हामी अहिले सबै काठमाडौं बाहिर छौं । काठमाडौं फर्किएर पहिलो काम नै त्यही गर्छौं ।”

    यस्तो कार्यका लागि आईएमई पेले प्रोत्साहन नगर्ने उनले बताए । “हामी यस्तो कुनै पनि गैर कानूनी कार्यका लागि हाम्रो प्लेटफर्म प्रयोग गर्न दिंदैनौं ”, उनले नेपाल प्रेससँग भने ।

    तर, सर्वाधिक प्रयोग भइरहेको खल्तीले भने यसबारे निगरानी गरेर कारबाहीका लागि राष्ट्र बैंकमा एउटा पत्र पठाइसकेको फाइनान्स हेड अरुण साहले जानकारी दिएका छन् ।

    “वान् एक्स बेटले यसरी हाम्रो प्लेटफर्म प्रयोग गरिरहेको हामीले शंका गरेर केही अकाउन्टहरूमाथि निगरानी बढाएका छौं,” साहले नेपाल प्रेससँग भने, “कुनै पनि सम्झौता भएर व्यावसायिक कार्य खल्ती र वान् एक्स बेटबीच भएको होइन । उनीहरूले लुकाएर व्यक्तिगत अकाउन्टबाट मात्रै रकम ट्रान्जेक्सन गरिरहेका छन् ।”

    तर, साहले व्यक्तिगत अकाउन्टबाट मात्रै ट्रान्जेक्सन भइरहेको दाबी गरे पनि स्रोतले दिएको जानकारी अनुसार व्यक्तिगतभन्दा व्यावसायिक अकाउन्टबाट धेरै ट्रान्जेक्सन भइरहेको छ ।

    “काठमाडौं, वीरगञ्ज, प्युठान, तानसेन जस्ता स्थानमा रहेका विभिन्न मोबाइल पसल, पुस्तक पसल, ईडिभी भर्ने स्टेसनहरूका खल्ती अकाउन्टहरू वान् एक्स बेटमा सर्वाधिक रहेको पाइन्छ,” स्रोतले भन्यो, “काठमाडौं मात्रै नभएर वान् एक्स बेटको बेटिङ नेटवर्कको जालो देशैभर फैलिएको अनुमान गर्न सकिन्छ ।”

    तर, व्यावसायिक अकाउन्टबाट धेरै ट्रान्जेक्सन भइरहेको अवस्थाबारे खल्तीका फाइनान्स हेड साहलाई प्रश्न गर्दा त्यस्ता अकाउन्टहरूलाई सस्पेन्ड गर्नेसम्म कार्य भइरहेको बताए । र, अहिले पनि ट्रान्जेक्सनको गतिविधि हेरेर शंकास्पद अकाउन्टप्रतिको निगरानी बढाएको साहले जानकारी दिए ।

    यो विषयमा ईसेवाले शंकास्पद ट्रान्जेक्सन भएका अकाउन्टलाई निगरानी गरेर ‘जिरो टोलोरेन्स’ शैली अपनाएर अकाउन्ट नै ब्लक गरिरहेको चिफ अपरेटिङ अफिसर रोशन लामिछाने बताउँछन् ।

    “हामीले लकडाउनको सुरुआतदेखि नै यस्तो कारोबार भइरहेको पाएका थियौं, त्यसपछि निगरानी गरेर राष्ट्र बैंकलाई जानकारी गरायौं र केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि खबर गरेका छौं” उनले भने, “अहिले हामीसँग मोनिटर गर्ने सिस्टम छ, वान् एक्स बेट कसैले ट्रान्जेक्सनमा मेन्सन गर्‍यो भने सिस्टमले ट्रयाक गर्छ र हामी अकाउन्ट ब्लक गर्छौं ।”

    ईसेवा पनि यो अवैध सट्टेबाजीका लागि प्रयोग भइरहेको जानकारी पाउने बित्तिकै वान् एक्स बेटलाई पनि यस्तो कार्य रोक्न भनेको र सीआईबीलाई जानकारी दिएको उनले बताए ।

    उनले भने– त्यसपछि हामी धमाधम यस्तो कार्यमा संलग्न अकाउन्टलाई ब्लक गरेर पैसा होल्ड गर्ने गरेका छौं । यसबारे हामीले नियमन निकायसँग सल्लाह पनि गरिरहेका छौं ।

    पछिल्लो समय बहुचर्चित फन्ड ट्रान्सफर प्लेटफर्म ‘कनेक्ट आईपीएस’को समेत यसमा प्रयोग हुन थालेको छ । तर, यसबारे केही पनि जानकारी नभएको कनेक्ट आईपीएसकी मार्केटिङ हेड नीति जोशी बताउँछिन् ।

    “हाम्रो प्लेटफर्मबाट यस्तो गैरकानूनी कार्य पनि भइरहेको छ भन्ने हामीलाई थाहा नै थिएन,” कनेक्ट आईपीएसकी मार्केटिङ हेड नीति जोशीले नेपाल प्रेससँग भनिन्, “थाहा भएको भए हामी यसबारे एक्सन लिइसक्थ्यौं ।”

    यसरी सेवा प्रदायकले नै अन्जान भएर बस्दा दैनिक लाखौं रकम विदेशिने क्रमले अझै बढावा पाएको यस क्षेत्रका जानकारले नेपाल प्रेसलाई जानकारी दिए ।

    “आफ्नो सर्भिसबाट कसले के प्रयोजनका लागि रकम ट्रान्सफर गरिरहेको छ भन्ने सम्पूर्ण जानकारी सेवा प्रदायकलाई हुन्छ” स्रोतले नेपाल प्रेससँग भन्यो, “रकम ट्रान्सफर गर्ने प्लेटफर्महरूले आफ्नो कम्पनीको गलत प्रयोग र प्रयोगको सम्भावनाबारे सतर्क रहनुपर्छ । के भइरहेको छ थाहा हुनुपर्छ । जानकारी राख्न नसक्नु र अञ्जान बनेर बस्नु उनीहरूको कमजोरी हो ।”

    यसै रूपमा प्रयोग भइरहेको एनआईसी एशिया बैंकले यसबारे जानकारी पाएको छ कि छैन भनेर प्रतिक्रिया लिनका लागि प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पटक–पटक फोन र एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

    यसबाट आफ्नो बैंकको खाता प्रयोग गरेर भइरहेको अवैध कामको बारेमा मौन बस्ने एनआईसी एशिया बैंकलाई खबर नै नभएको होइन । सामाजिक सञ्जाल फेसबुकको पेज र ह्वाट्सएपमा पनि म्यासेज गर्दा यसबारे जानकारी लिएको तर केही नगरेकोे स्रोतले बताएको छ ।

    “मैले फेसबुक पेज र ह्वाट्सएपमार्फत पनि यसरी एनआईसी एशिया बैंककाे प्रयोग भइरहेको भनेर स्क्रिनसट सहित म्यासेज गर्दा पनि केही फलोअप भएन” स्रोतले भन्यो, “गैरकानूनी कार्य भएको थाहा पाएर पनि यसबारे जान्ने र थप बुझ्ने कोशिश नहुनु भनेको देखेर पनि नदेखेझैं गर्नु नै हो ।”

    त्यसो त यो विषयमा वान् एक्स बेट निकट स्रोतले पनि एजेन्टलाई बैंक तथा पेमेन्ट प्लेटफर्मको केही पनि डर नहुने बताएको छ ।

    “२०१८ देखि नेपालमा वान् एक्स बेटको कारोबार भइरहेको छ । २०१९ को मध्यदेखि ईसेवा खल्ती जस्ता डिजिटल वालेट प्रयोग हुन थाले” स्रोतले भन्यो, “तर, यसबारे खासै कुरा बाहिरै आउँदैन । कसैसँग निजी दुश्मनी भए मात्रै पेमेन्ट प्लेटफर्मले आफूविरुद्ध कारबाही गर्छ ।”

    यसरी राष्ट्र बैंककाे प्रत्यक्ष निगरानीमा रहेका डिजिटल वालेट र बैंकले नै खुलेआम गैरकानूनी भइरहेको देखेर पनि नदेखेझैं गर्नुले वान् एक्स बेटलाई मौन समर्थन गरेको इङ्गित गर्छ ।

  • नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, ८८ अंकले बढ्यो

    नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, ८८ अंकले बढ्यो

    काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्स परिसूचक कारोबारको पहिलो दिन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    कारोबार शुरुदेखि नै बढेको नेप्सेले आफ्नो बेगलाई रोकेन । आज भएको कारोबारमा ८८ दशमलव १२ अंकले बढेको छ । ४ दशमलव २२ प्रतिशतले बढेको नेप्से २,१७५ दशमलव ४० विन्दुमा रोकिएको छ ।

    नेप्से कारोबारको पहिलो २ घण्टामा ५३ दशमलव ७५ अंकले वृद्धि भएको थियो । आज भएको १४ करोड २६ लाख ८८६ कित्ताको कारोबारमा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज भएको कारोबारमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ, नेपाल पुर्नबीमा कम्पनीले सर्वाधिक बढी रकम कमाएका छन् । हिमालयन डिष्ट्रिलरीले आज भएको कारोबारमा १० प्रतिशतले शेयर मूल्य बढको छ । त्यसैगरी साल्ट ट्रेडिङको शेयर मूल्य पनि ९ दशमलव ९९ प्रतिशतले बढेको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।

    त्यस्तै प्राइम कर्मशियल बैंकको प्रमोटर शेयर ९ दशमलव ७४ प्रतिशत, र प्राइम बैंकले ९ दशमलव ८५ प्रतिशतले शेयर मूल्य बढेको हो । आज भएको कारोबारमा सबैभन्दा धेरै टर्नओभर भएका कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम कर्मशियल बैंकले ५० करोड माथि कारोबार गरेका छन् ।

    यसैगरी नेपाल टेलिकमले ४५ करोड ७९ लाख १ हजार १०१ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

     

  • राप्ती अस्पतालमा अनियमितता, ६ लाख रुपैयाँ भत्तामै सकियो

    राप्ती अस्पतालमा अनियमितता, ६ लाख रुपैयाँ भत्तामै सकियो

    दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बैठक भत्ताका नाममा करिब ६ लाख रुपैँया अनियमितता भएको पाइएको छ । बैठक भत्ताको नाममा अस्पताल विकास समितिका पदाधिकारी र कर्मचारीले गैरकानूनी तरिकाले रकम बुझेको फेला परेको हो ।

    अर्थिक वर्ष २०७६/०७७ मा उनीहरुले गैरकानूनी रुपमा पाँच लाख ८५ हजार रुपैँया बुझेको भन्दै प्रदेशसभाको लेखा समितिले उक्त रकम असुल गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका पदाधिकारी र कर्मचारीले एकैदिन आठवटासम्म बैठक बसेको देखाइ भत्ता बुझेका छन् ।

    यसरी एउटा कार्यालयले एकैदिन धेरै बैठक बसी भत्ता लिनु गैरकानूनी भएकाले असुल गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको सभापति चौधरीले जानकारी दिए ।

  • कांग्रेस बैठकः सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि केन्द्रीय समिति बैठक

    काठमाडौं । पदाधिकारी बैठकमा पुस २५ गते प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

    आजकै बैठकबाट प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न रामचन्द्र पौडेल पक्षले दबाब दिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्न ढिला भएको थियाे ।

    सहमति जुटाएरमात्र बैठक अघि बढाउन पार्टी कार्यालयमा सभापति शेरवहादुर देउवाको कार्यकक्षमा पदाधिकारीबीच छलफल भएकाे थियाे ।

    यसअघि कांग्रेसले १६५ संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

  • कम्युनिष्ट र चार्ली च्याप्लिन सम्बन्ध : ओलीले किन गरे ‘क्‍वाइन’ ?

    कम्युनिष्ट र चार्ली च्याप्लिन सम्बन्ध : ओलीले किन गरे ‘क्‍वाइन’ ?

    काठमाडौ । पुस १८ गते शनिवार काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हलिउडका चर्चित अभिनेता चार्ली च्याप्लिनको कथा सुनाउँदै भने – हाम्रो अदालतले को हो असली चार्ली च्याप्लिन पत्ता लगाउँछ । जुँगा, कपालमा लगाएको जेल र कुम हल्लाइबाट पत्ता लगाउँछ ।’ ओलीको यो व्यंग्य नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित थियो ।

    असली चार्ली च्याप्लिन को ? हेर्नुस् भिडियो

    ७ पुसमा ओली पक्षधरको युवाको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै नेता महेश बस्नेतले दाहाल र माधव नेपाललाई जोकरको संज्ञा दिंदै भनेका थिए–उनीहरुको अवस्था चार्ली च्याप्लिन र धुर्मुस–सुन्तली जस्तै भएको छ ।

    नेकपा विभाजन र संसद विघटनको परिदृश्यपछि नेपाली राजनीतिको केन्द्रमा एउटा शब्द जबर्जस्ती ‘क्वाइन’ भैरहेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीदेखि उनी निकट नेताले प्रचण्ड–नेपाल पक्षलाई आरोप लगाउन यो शब्दावली प्रयोग गरिरहेका छन् ।

    बीसौं शताब्दीका महान कमेडी अभिनेता च्याप्लिन र उनको सिनेम्याटिक दर्शन २१औं शताब्दीको नेपाली राजनीतिको केन्द्रमा प्रयोगमा आउनुले के अर्थ राख्छ ? त्यसमा पनि नेकपा विभाजनसँग चार्ली च्याप्लिनको सम्बन्ध कहाँ छ ?

    च्याप्लिनको अन्डरडग कमेडी र उसको इमेजलाई ऊर्जाको रुपमा लिनुभयो । ओली किन पनि बढी प्रभावित हुनुहुन्छ भने अरु मान्छेलाई बुझाउनको लागि उखान टुक्का प्रयोग गर्नको लागि च्याप्लिनला बिम्बको रुपमा लिनुभयो । उहाँ च्याप्लिनबाटै प्रभावित हुनुहुँदो रैछ भन्ने कुरा प्रष्ट भयो ।

    च्याप्लिनको व्यक्तित्वलाई लिएर नेपाली नेताले आफू अनुकूल व्याख्या गरिरहेका छन् । ओलीले दाहाल–नेपाल खेमालाई आरोप लगाउँदै उनीहरु नक्कली चार्ली च्याप्लिन भएको आरोप लगाए । नेता बस्नेतले विरोधी खेमा च्याप्लिन जस्तै बन्न थालेको भन्दै हलिउडका यी महान एक्टरलाई दुरुह बिम्बको रुपमा उल्लेख गरे । जर्मनीका फाँसीवादी शासक एडोल्फ हिटलर र उनको फाँसीवादलाई विरोध गर्ने च्याप्लिन कम्युनिष्टप्रति सहानुभूति राख्थे । तर, नेपालमा स्वयं कम्युनिष्टले कलामा साम्यवाद खोज्ने आइकनलाई अर्को समूहप्रति व्यंग्यमा प्रयोग गरेका छन् ।

    ‘कमेडियन र क्लाउनबीचको भेद नबुझ्दा यस्तो समस्या आएको आएको नेपाली अभिनेता दीपकराज गिरी बताउँछन् । ‘कमेडियनलाई उडाउने काम भएको छ । कमेडीभित्रको मर्म र सन्देशलाई नबुझ्दा नेताहरुले च्याप्लिनलाई गलतरुपमा प्रस्तुत गरिरहेका छन्’ उनले भने । नेपाली कमेडियनको नाम लिंदा गाली खाइने डरले अन्तर्राष्ट्रिय कमेडियनको नाम लिइएको हुनसक्ने उनले बताए । सबैले सम्मान गर्ने सेलिव्रिटीको गलत प्रस्तुतीकरणले स्वयं नेताप्रति जनताको विश्वास गुम्ने ठम्याइ उनको छ ।

    को थिए चार्ली ?
    विश्व फिल्ममा कमेडी विधा सुरुआत गर्ने श्रेय चार्ली च्याप्लिनलाई जान्छ । साइलेन्ट फिल्म युगका यी हस्तीलाई टाइम म्यागजिनले २० औं शताब्दीका महान एकसय व्यक्तिको सूचीमा राखेको थियो ।

    ‘द ट्रयाम्प’ नामक पात्रको माध्यमबाट उनले राजनीतिक पात्र, तानाशाह र विकृतिलाई कडा व्यंग्य गरे । सन् १९४० मा बनेको फिल्म ‘द ग्रेट डिक्ट्याटर’ उनको सबैभन्दा चर्चित फिल्म बन्यो जसले हिटलर र उनको फाँसीवादविरुद्ध व्यंग्य गरेको थियो । यही दशकबाट उनी विवादमा तानिए र उनको लोकप्रियता खस्कँदै गयो । कम्युनिजमप्रति सहानुभूति राखेको भन्दै उनीविरुद्ध आलोचना सुरु भयो । लगत्तै अमेरिकाबाट देश निकाला भएपछि उनी स्वीट्जरल्यान्ड बसाइँ सरे ।

    सन् १९२१ को ‘द किड्’ उनको डेब्यु फिल्म थियो । अ वुमन अफ पेरिस (१९२३), द गोल्डेन रस (१९२५), द सर्कस (१९२८) उनका महान फिल्महरु थिए । फिल्ममा ध्वनिको प्रयोग नहुँदै स्टार बनेका च्याप्लिनको स्टाइल चाहिं ‘सल्यापस्टिक’ कमेडी दर्शनबाट प्रभावित थियो ।

    भन्नुको अर्थ उनी शारीरिक क्रियाद्वारा हास्यरसको निर्माणमा माहिर थिए । यो शैलीको कमेडीले व्यक्तिको भित्र र बाहिर दुवै पक्षमा हुने हिंसाविरुद्ध व्यंग्य गर्छ । सन् १९९८ मा न्यूयोर्क टाइम्सका फिल्म समीक्षक एन्ड्रिउ सारिजले च्याप्लिनलाई निर्विवाद विश्व फिल्मका महान हस्ती र अहिलेसम्मकै युनिभर्सल आइकन भनेर लेखेका थिए । सन् १९९९ मा टाइम म्यागजिनले करोडौंलाई हाँसो दिएका भन्दै च्याप्लिनलाई शताब्दीकै सय महान व्यक्तिको रुपमा सूचीकृत गरेको थियो ।

    फिल्म इतिहासकार मार्क कजिनले च्याप्लिनबारे लेखेका छन् : चार्लिनले फिल्मको स्वरुप मात्र बदलेनन्, बरु समाजशास्त्र र व्याकरणलाई परिवर्तन गरिदिए ।’ च्याप्लिनको फिल्म बुझाइ चाहिं विख्यात इटालेली निर्देशक फेडेरिको फेलेनीबाट प्रभावित थियो । फेलेनीले त च्याप्लिनलाई क्रिस्चियन धर्मका प्रथम पुरुष एडमकै एउटा रुप भएको टिप्पणी गरेका थिए । च्याप्लिनको यो फिल्म स्टाइलबाटै विश्वका अन्य फिल्ममा कमेडी जनराले हाँगा हालेको विश्वास गरिन्छ । अहिले पनि नेपालसहित बलिउडमा च्याप्लिन शैलीलाई फलो गर्नेहरु धेरै छन् ।

    ओली चार्ली च्याप्लिनबाट प्रभावित
    उसो भए प्रधानमन्त्री ओलीले कुन उद्देश्यले च्याप्लिनलाई उध्दृत गरे त ? फिल्म लेखक प्रदीप भारद्वाज भन्छन् : उहाँले एउटा बिम्बको रुपमा च्याप्लिनलाई प्रयोग गर्नुभएको हो । च्याप्लिनको चरित्रलाई उहाँले आफूभित्र लुकाउँदै गर्दा निस्किएको मात्र हो ।

    प्रचण्ड–ओलीले एक अर्कालाई काउन्टर दिनको लागि च्याप्लिनलाई आफू अनुकूल व्याख्या गरेको भारद्वाजको विश्लेषण छ । ‘नेपाली नेताहरु जतिबेला जेल पर्नुभयो र संघर्ष गर्नुभयो । त्यो समयमा नेपालका कमेडियन यसरी प्रस्फुटित भएर आइसकेका थिएनन्’ उनी भन्छन्, ‘लेखकको रुपमा गोर्की पढ्नुभयो । कमेडियनको रुपमा च्याप्लिन पढ्नुभयो । उहाँहरुले आफ्नो संघर्षको समय बाहिरको मान्छेलाई पढ्नुभयो ।’

    प्रदीप व्याख्या गर्दै भन्छन्–जसरी डान्सको रुपमा माइकल ज्याक्सनलाई चिनिन्छ । ड्रामा लेखकको रुपमा शेक्सपियरजस्तै संसारको मेटाफोरको रुपमा को अगाडि आउँछ भन्ने नियतमा च्याप्लिनलाई अगाडि ल्याइएको मात्र हो । च्याप्लिनको अन्डरडग कमेडी र उसको इमेजलाई ऊर्जाको रुपमा लिनुभयो । ओली किन पनि बढी प्रभावित हुनुहुन्छ भने अरु मान्छेलाई बुझाउनको लागि उखान टुक्का प्रयोग गर्नको लागि च्याप्लिनलाई बिम्बको रुपमा लिनुभयो । उहाँ च्याप्लिनबाटै प्रभावित हुनुहुँदो रैछ भन्ने कुरा प्रष्ट भयो ।

    २०१९ को चर्चित हलिउड फिल्म ‘जोकर’मा एउटा बलियो डायलग छ : ‘कमेडी जहिल्यै सब्जेक्टिभ हुन्छ ।’ चार्ली च्याप्लिनको दर्शन पनि यही हो –व्यंग्यमार्फत एजेन्डामाथि प्रहार गर्ने । तर, नेपाली राजनीतिमा च्याप्लिन प्रयोग सब्जेक्टिभभन्दा अब्जेक्टिभ मामिलामा बढी ‘क्वाइन’ भैरहेको छ । चार्ली च्याप्लिन संसारलाई आफ्नो अमिट छाप छाडेर ४४ वर्षअघि बितेका थिए ।

  • फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

    फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

    आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा चलचित्र घरलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको छ ।

    बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए ।

    यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए ।

    यसअघि जिल्ला प्रशासन कार्यालयले कोभिड मापदण्ड पालना गरेर हल खुलाउने निर्णयसहितको पत्र सीसीएमसीमा पठाइसकेको छ । फिल्म प्रदर्शक कम्पनी क्वेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले आफूहरुलाई प्रशासनबाट भाइरस संक्रमबाट जोगिने मापदण्ड अपनाएर हल चलाउन अनुमति मिलेको बताए । 

    पुस १० गतेदेखि व्यवसायीले एकपक्षीय रुपमा हल खुलाएका थिए । गत चैत ११ गते सरकारले लागु गरेको लकडाउनपछि बन्द भएका हल अहिले करिब जिरो अकुपेन्सीमा चलिरहेका छन् । ‘पानी र बत्तीको पैसा समेत उठ्ने अवस्था छैन’ अडिगाले भने, ‘घाटै खाएर पनि हल चलाइरहेका छौं । यो हप्ता सबैभन्दा बढी ३५ जना फिल्म हेरे । पाँचजनालाई पनि फिल्म देखाइरहेका छौं ।’

    फिल्म निर्माता एवं अभिनेता दीपकराज गिरी चाहिँ मन्त्रिपरिषद्ले आधिकारिक निर्णय नगर्दासम्म ढुक्क साथ फिल्म चलाउने, सुटिङ गर्ने र देखाउने वातावरण नबन्ने बताउँछन् । ‘अहिले भद्रगोल स्थिती छ’ गिरी भन्छन्, ‘यस्तो बेला पैसा कमाउनेभन्दा पनि दर्शकलाई हलमा आकर्षण गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’ सरकारले अनुमति नदिएपनि फिल्म सेन्सर चाहिँ भैरहेको छ । शिव श्रेष्ठले माघ १ गते फिल्म रिलिज घोषणा गरेका छन् ।

    क्यूएफएक्सले तीन हल मात्र चलाइरहेको छ । नयाँ फिल्म नभएकाले थप हल खुलाउने निर्णय नभएको अडिगाले बताए । एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठले शुक्रबार हलिउड फिल्म मुलान प्रदर्शनको लागि गृहकार्य गरिरहेको बताए । ‘नयाँ फिल्म रिलिज नगर्दासम्म दर्शक हलमा आउने सम्भावना नरहेकाले मुलान रिलिज गर्ने तयारी थालेका छौं’ नेपाल प्रेससँग श्रेष्ठले भने ।

    अहिले मल्टिप्लेक्स हलहरुले सरसफाइ, सामाजिक दूरी र मास्कलाई हलमा अनिवार्य गरेका छन् । काठमाडौंका हल शुक्रबारदेखि संचालनमा आएका थिए भने दोस्रो ठूलो फिल्म बजार पोखराका मल्टिप्लेक्स चाहिँ बुधबारदेखि चलेका थिए ।

  • कर्णालीका दुई मन्त्रीसहित तीन सांसद प्रचण्ड–नेपाल समूहमा

    कर्णालीका दुई मन्त्रीसहित तीन सांसद प्रचण्ड–नेपाल समूहमा

    सुर्खेत । नेकपाको ओली समूहका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेको अर्थमन्त्री प्रकाश ज्वालाले दावी गरेका छन् ।

    ज्वालाका अनुसार पदम रोकाया भने एक हप्ताअघि नै प्रचण्ड–नेपाल समूहमा प्रवेश गरिसकेका थिए ।

    यससँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् ।

    ओली समूहका तीनजना प्रचण्ड–नेपाल समूहमा लागेसँगै मुख्यमन्त्री शाहीको सरकार सुरक्षित भएको छ ।

     

  • ‘सरकारले हाम्रो माग पुरा गरेर याङ्ग्रीको पानी काठमाडौं लैजान्छ भन्नेमा हामी ढुक्क छौँ’

    ‘सरकारले हाम्रो माग पुरा गरेर याङ्ग्रीको पानी काठमाडौं लैजान्छ भन्नेमा हामी ढुक्क छौँ’

    पाँचपोखरी थाङ्पाल गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल वाग्मती प्रदेशमा पर्छ । सो पालिकाको नाम प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल पाँचपोखरीबाट बनेको हो ।

    विसं २०७३ मा राज्यको पुनःसंरचनासँगै बनेको सो गाउँपालिकाका पूर्वमा जुगल र पश्चिममा हेलम्बु गाउँपालिका, उत्तरमा रसुवा र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा मेलम्ची नगरपालिका पर्छन् । गाउँपालिका नामकरण भएको स्थल पाँचपोखरी वडा नं ३ भोताङको भौगोलिक क्षेत्रभित्रको राष्ट्रिय निकुञ्जमा पर्छ । पालिकाको कूल क्षेत्रफल १८७।२९ वर्ग किमी छ । समुद्री सतहबाट चार हजार १०० मिको उचाइमा पालिकाको उच्च भूभाग पाँचपोखरी पर्छ । नेपाल सरकारको निर्णयानुसार साविकका बाँसखर्क, बरुवा, भोताङ, थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप, भोटेनाम्लाङ र लागर्चे गाविस समेटेर आठ वडाको पाँचपोखरी थाङ्पाल गाउँपालिका घोषणा गरिएको थियो ।

    अहिलेसम्म समृद्ध पाँचपोखरी निर्माण गर्नका लागि भइरहेका काम, विकासनिर्माण अवस्थालगायत विविध विषयमा  गाउँपालिकाका अध्यक्ष टासी लामासँग गरेको अन्तर्वार्ताको अंशः

    गाउँपालिकामा विकासनिर्माणको काम कसरी अगाडि बढ्दै छ ?

    गाउँपालिका विकासनिर्माणको सवालमा हामी रणनीतिक योजनाका साथ अगाडि बढिरहेका छौंँ। सबै वडामा विकासनिर्माणका काम योजनामुताविक नै अगाडि बढाइरहेका छौँ । हिजो जनतासँग गरिएका कबुललाई नै प्राथमिकता दिएर हामी अगाडि बढिरहेका छौँ ।

    वडाको कुरा गरिरहँदा कति वडामा प्रशासकीय कार्यालय बने, कति बन्न बाँकी छन्, के छ अवस्था ?

    दुई वटा वडा कार्यालय बनिसकेका छन् । अरु वडा कार्यालय पनि तत्कालै बनाउनुपर्ने अवस्थाको छैन तर पनि हामी निकट भविष्यमा अरु तीन वटा वडा कार्यालय बनाउन लागिरहेका छाैँ । यस हिसाबले हेर्दा हामी वडा कार्यालय निर्माणलाई पनि अगाडि बढाइरहेका छौँ ।

    कोरोनाले समग्र काममा क्षति पुर्‍यायो होला नि ?

    कोरोना सङ्क्रमणको शुरुको चरणमा गाउँमा सन्त्रास थियो, चिन्ता थियो । मनमा एक किसिमको डर थियो । त्यसले गर्दा स्थानीय सरकारले अलि बढी जिम्मेवार भएर काम गर्न परेको थियो । क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निर्माण गर्‍यौँ । कम्तीमा बाहिरबाट आउने मानिसलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न लगायौँ, गाउँगाउँका नागरिकलाई पनि हामीले सचेत रहन र धेरै नआत्तिन आग्रह गर्‍यौँ । वडावडाका स्वास्थ्यचौकीलाई २४ घण्टै तयारी अवस्थामा बस्न भनेका थियौँ र एम्बुलेन्सबाट पनि हामीले जनतालाई सेवा दियाैँ । नागरिक कसैलाई पनि समस्या नपरोस् भनेर स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर हामीले काम गर्र्यौं  ।

    चुनावका बेला बोलेका कुराहरुको लेखाजोखा गर्ने गर्नु भएको छ कि छैन ?

    चुनावका बेला हामीले धेरै ठूला कुरा गरेनाै । आमनागरिकका बीचमा हामीले विशेष गरी सबै वडामा विद्युत् पुर्‍याउँछौँ, काठको खम्बा विस्थापन गर्छौं भनेका थियौँ । अहिले सबैतिर काठको पोल हटाइसकेका छौँ, स्टिलको खम्बा हालेका छौँ । विद्युत् नपुगेको ठाउँमा पुर्‍याउने काम भइरहेको छ । मुख्य सडकलाई बाहै्र महिना सञ्चालन गर्नका लागि काम भइरहेको छ । हामीले जनताका बीचमा बोलेका कुरामा नै प्राथमिकताका साथ काम गरिरहेका छौँ ।

    मोटरबाटो, खानेपानी, सिँचाइको अवस्था चाहिँ कस्तो छ ?

    विशेषगरी आममानिसमा विकासनिर्माण भन्नेबित्तिकै बाटो भन्ने बुझाइ छ तर हामी त्यो ठान्दैना्रै। विकासका विभिन्न पाटा छन् । ती पाटामध्ये कम्तीमा मानव विकास सूचकाङ्कमा पछाडि परेको हाम्रो गाउँपालिका हिमाली क्षेत्रमा पनि पर्ने भएकाले हामीले विशेषगरी शिक्षालाई प्राथमिकता दिएका छौँ । स्वास्थ्यलाई महत्वका साथ हेरेका छाैँ । पर्यटनलाई हामीले मूलमन्त्रका रुपमा अगाडि बढाएका छौँ किनभने हाम्रो गाउँपालिका पर्यटनको अथाह सम्भावना भएको, धार्मिक, सांस्कृतिक पर्यटन हरेक हिसाबले सम्भावना नै सम्भावना भएकाले गर्दा हाम्रो गाउँपालिका पर्यटनको भण्डार नै हो ।

    जनताको आर्थिक जीवनस्तरलाई कायापलट गर्न सकिन्छ भन्ने उद्देश्यले कृषि, खेलकूद, भूकम्पबाट तहसनहस भएका भौतिक संरचना निर्माणका लागि हामीले तीव्र अभियान सञ्चालन गर्‍यौंँ । अहिले प्रायःजसो निजी आवास निर्माण सम्पन्न भइसकेका छन् । कतिपय अझै गुनासो रहेकाले त्यसलाई पनि छिटो सुल्झाउन प्रयास भइरहेको छ । मुख्य सडकलाई ११ मिटर र सहायक सडक सात मिटरका दरले कटिङ भइरहेको छ । दुई वटा सडकलाई पर्यटन सडक घोषणा गरेर काम भइरहेको छ । हाम्रो १ नम्बर वडाबाट प्रवेशपछि सबै वडा हुँदै ८ नम्बर वडाबाट निस्कन मिल्ने गरी सडक निर्माण गरिएको छ । चक्रपथको काम पनि अगाडि बढिरहेको छ ।

    पर्यटकीय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने कामचाहिँ कत्तिको गुर्नभएको छ ?

    पर्यटनको कुरा गर्ने हो भने हाम्रो गाउँपालिका नमूना गाउँपालिका जस्तो लाग्छ । सङ्घीय सरकारमा नेपाल पर्यटन बोर्ड भनेजस्तै हामीले पनि हाम्रो गाउँपालिकामा पर्यटन समिति गठन गरेका छौँ । हाम्रो गाउँपालिकाको पर्यटकीय क्षेत्रको जिपिएस म्यापिङ ट्याप गरेर संसारभरिका मानिसलाई सहयोग होस् भनेर काम गरिरहेका छाैँ । मोबाइल एप्स बनाउने काम भइरहेको छ । कतिपय हिमालको नामकरण भएका छैनन् । भर्खरै हामीले पाँचपोखरी पिक र युवा पिक भनेर नामकरण गरेका छाै‌ । त्यहाँ पुगेर आएको अध्ययन भ्रमण टोलीलाई हामीले सम्मान पनि ग¥यौँ । अब उहाँहरुकै सल्लाहसुझावका आधारमा हामी अन्य काम अगाडि बढाउनेछौँ । यति अथाह सम्भावना भएको पर्यटनको भण्डार हाम्रो गाउँपालिकामा सरकारले घोषणा गरेको घुम्नलायक १०० गन्तव्यमध्ये सिन्धुपाल्चोकमा मात्र १६ वटा राख्न सफल भयौँ । पाँचपोखरीमा पर्यटकीयस्थल छन् र हामीले त्यसको प्रचार गरिरहेका छौँ । आन्तरिक तथा बाह्य पर्यटक धेरैभन्दा धेरै भित्रिन थालेका छन्, पाँचपोखरी पर्यटकको केन्द्र बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।

    याङ्ग्री र लार्केको पानी काठमाडौँ लैजाने तयारी भइरहेको छ । उता मेलम्ची खानेपानी आयोजनाबाट पीडित भएकाले चरणबद्ध आन्दोलन गरिरहेका छन् । तपाईहरुको चाहिँ माग के छ ?

    मेलम्चीबाट दैनिक १७ करोड लिटर तथा याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौँ जान्छ । हामीले यति ठूलो आयोजनालाई साथ दिएपछि अब यहाँका मानिसलाई साथ नदिई, जीवनस्तर उकास्नका लागि कुनै प्रयास नगरी यहाँको विकासनिर्माणको काम नगरी काठमाडौँ पानी लैजाने मात्र भनेर त हुँदैन । त्यहाँको विकासनिर्माण र जनताको आयआर्जनसँग जोडेर हामीले कुराकानी गरिरहेका छाैँ । त्यस हिसाबले पानी पथान्तरणभन्दा प्रारम्भिक चरणमा हुनुपर्ने चिज, जनताले पाउनुपर्ने सेवासुविधा, कानूनले दिएको अधिकार सुनिश्चित हुनुप¥यो अनि मात्र पानी लैजान पाइयो, त्यसै लैजान कहाँ पाइन्छ ? त्यतिमात्र हैन पथान्तरणपछि पनि यहाँका जनताले पाउने सेवासुविधा, विकासनिर्माणको काम जति पनि छ, ती सबै कानूनतः सुनिश्चित हुनुपर्‍यो अनि मात्र पानी लैजाने कुरा गर्न पाइयो नि ! यी सबै विषयमा सरकारले साथ दिन्छ र हाम्रो चाहना पूरा गरेर मात्र सरकाले पानी लैजान्छ भन्नेमा हामी ढुक्क छौँ ।

    तपाईले देख्नुभएको पाँचपोखरीको सपना चाहिँ कस्तो छ ?

    हिमालैहिमालले घेरिएको काठमाडौंबाट नजीकै रहेको हाम्रो गाउँपालिका पर्यटनको अत्यन्त सम्भावना र भण्डार भएको गाउँपालिका हो । यहाँका जनजीवनलाई पर्यटनसँग जोडेर कृषि, पशु, व्यवसायलाई आधुनिक हिसाबमा विकास गर्दै अगाडि बढ्ने योजनामा छाैँ र त्यसैअनुसार काम पनि भइरहेको छ । त्यसैले गाउँपालिकालाई देशकै विशिष्ट गाउँपालिकाका रुपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेका छन् । प्रकृतिले पनि साथ दिएको छ, जनताले पनि साथ दिएको छ र राजधानीबाट अत्यन्तै नजीक छ । हामी पर्यटकीय हिसाबले विकास गरेर अगाडि बढ्न सक्छौँ र समृद्ध गाउँपालिका बनाउन सक्छौँ भन्ने लाग्छ ।

  • ‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

    ‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

    सिरहा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन आइपुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए ।

    संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो ।

  • कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

    कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाकाे निधन भएकाे छ।

    भारतकाे नया दिल्लीमा बसाेबास गर्दै आएका कोइराला विगत केही समयदेखि अस्वस्थ थिए ।

    दाजुकाे निधनबाट आफू स्तब्ध भएकाे र अभिभावकविहीन भएकाे शेखरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।