Blog

  • ईश्वर पोखरेलको दावी -ओली अध्यक्ष भएको पार्टी नै वैधानिक

    ईश्वर पोखरेलको दावी -ओली अध्यक्ष भएको पार्टी नै वैधानिक

    सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

    सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिष्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गरेका छन् ।

    विगतमा कम्युनिष्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको जनाउँदै उनले जनतामाझ भएका यथार्थ लैजानसमेत आग्रह गरे। उनले भने,‘ पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह गर्दछु ।’

    आरोपप्रत्यारोपले कम्युनिष्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैलाई तुच्छ वचनले गाली नगर्न समेत उनले आग्रह गरे । पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर गरे।

    तत्कालीन नेकपा(एमाले)ले २०७२ सालको भूकम्पबाट खुला आकाशमुनि बस्न बाध्य सयौं नागरिकलाई घर बनाएर बासको व्यवस्था गराएको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले देश र जनता कोरोनाले ग्रस्त भएका बेलामा पार्टी कहाँ थियो भनी प्रश्न समेत गरे ।

    उनले सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा गरेका कामको प्रचार गर्न आग्रह गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने महान् अभियानमा लाग्न तथा आवेग र उत्तेजनाको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गरेका छन् ।

  • ओली पक्षीय अनेरास्ववियूको चेतावनी– संगठनको सम्पति सुरक्षाका लागि कडा कदम चाल्छौं

    ओली पक्षीय अनेरास्ववियूको चेतावनी– संगठनको सम्पति सुरक्षाका लागि कडा कदम चाल्छौं

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएसँगै त्यसको असर भातृ संगनठ अनेरास्ववियूमा पनि देखिएकोछ ।

    प्रचण्ड–माधव पक्षीय अनेरास्ववियूले प्रतिनिधिासभाा विघटनविरुद्ध साताव्यापी आन्दोलन घोषणा गरेका बेला ओली पक्षले संगन विपरितका काम गरेको भन्दै कारबाही गर्ने चेनावनी दिएको छ।

    संयोजक ऐन महरले बुधबार विज्ञप्ति जारी गर्दै संगनठको सम्पति जोगाउन कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

    ‘यसैबीचमा अनेरास्ववीयू केन्द्रीय कार्यालय बागबजारमा जम्मा भएर एक झुण्डले संगठन विरोधी क्रियाकलाप गरेको, संगठनको मुल नेतृत्वविरुद्ध तथनाम बोलेको पाइएकाले यस्ता कार्य तत्कालन रोक्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै संगठनको कार्यालय, लेटरप्याड र अन्य सम्पतिको दुरुपयोग नगर्न सचेत गराउँदछौं । यस्ता कारबाही जारी राखे संगठनात्मक कारबाही गर्न र संगनको सम्पति सुरक्षाका लागि कडा कदम चाल्न अनेरास्ववियू बाध्य हुने छ।’

  • व्यवसायीले बुझाउने कर र बैंकको व्याज तिर्ने समय बढाइदिन महासंघको आग्रह

    व्यवसायीले बुझाउने कर र बैंकको व्याज तिर्ने समय बढाइदिन महासंघको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्यमी व्यवसायीहरुले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको सांवा व्याज भुक्तानी गर्ने समय बढाउन अर्थमन्त्री विष्णु पौडेल समक्ष आग्रह गरेका छन् ।

    बुधबार सिहंदरबारमा महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको पदाधिकारीले अर्थमन्त्री पौडेललाई सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका हुन् ।

    भेटवार्तामा महासंघका तर्फबाट उद्यमी व्यवसायीले गत वर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक वर्षमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरिक्षण समयमै गर्न नसकेकोले विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरेको महासंघले जनाएको छ ।

    त्यसैगरी भेटवार्तामा महासंघका तर्फबाट बैंकहरुले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको भन्दै लकडाउनबाट विशेषगरि साना मझौला उद्योग बढि प्रभावित भएका र कुनै पनि साना मझौला उद्यम पुर्णरुपमा संचालनमा आइनसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले यही पौष मसान्तसम्मका लागि तोकिएको ऋण तिर्ने म्यादलाई कम्तीमा तीन महिना पर सारिदिन पनि अनुरोध गरेको महासंघका अध्यक्ष गोल्छाले बताए ।

    कानुनी व्यवस्था प्रष्ट हुदाहुदै पनि बैंकहरुले कालोसूचिमा राख्ने लगायतका धम्की दिइरहेकोले म्याद थपिएन भने पचास प्रतिशत भन्दा बढि साना मझौला उद्यम वन्दै हुने अवस्थामा पुग्ने उनले बताए ।

    साना मझौला उद्यमीलाई यो बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवर्द्धन लगायतको प्याकेज आवश्यकता पर्ने जानकारी दिए ।

    अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सक्दो सहयोग गर्ने बताए । मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता  गरे ।

     

  • ओलीले गल्ती गरे, संसद पुनःस्थापना नै कारबाही हुनेछः घनश्याम भुसाल

    ओलीले गल्ती गरे, संसद पुनःस्थापना नै कारबाही हुनेछः घनश्याम भुसाल

    रुपन्देही । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले संसद पुनःस्थापना गरेर मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजाय दिन सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौताविपरीत संसद विघटन गरेकाले सजायका भागिदार रहेको नेता भुसालको तर्क छ ।

    रुपन्देहीको तिलोत्तमामा आफू निकट प्रेस संगठनका पत्रकारले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले संसद पुनःथापना गरेर मात्र ओलीलाई सजाय दिन सकिने बताए ।

    ‘नाकाबन्दीमा ओलीले विरोध गरे त्यसैले संसद विघटन ठिक, गुमेको भूभाग समेटेर नक्सा बनाइयो, त्यसैले संसद विघटन ठिक भनियो, तर संसद विघटनकै विषयमा ओली पक्षसँग ठिक भन्ने आधार छैन’ भुसालले भने ।

    उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक छ भन्ने कुरा पत्रकारिता जगतले जनतामा लैजान आवश्यक रहेको बताए ।

    पत्रकारले जति छिटो जनतालाई असंवैधानिक कदमको विषयमा सुसूचित गर्न सक्यो त्यति छिटो संविधान ट्रयाकमा आउने भुसालको भनाइ छ । नेता भुसालले ओली पक्षकै नेताहरुले प्रतिनिधिसभा विघटन ठीक हो भन्न नसकेको बताउँदै अर्कै प्रसंग जोडेर संसद विघटनको पक्षमा बोल्ने गरेको बताए ।

    प्रधानमन्त्री ओलीका कदम लोकतन्त्रको विरोधमा, समाजवादको विरोधमा र वामपन्थको विरोधमा रहेको दाबी गर्दै नेता भुसालले संसद विघटनको कदमलाई कुनै पनि कोणबाट सही हो भन्न नसकिने बताए ।

    भुसालले संसद विघटन न्यायका विरुद्ध, समानताका विरुद्ध र समाजका विरुद्ध रहेको भन्दै उनले यसको उजागर गर्न सकिएन भने पत्रकारिताको कर्तव्य पूरा नहुने स्पष्ट पारे ।

  • बम विस्फाेट मुद्दामा संलग्न अभियुक्त पक्राउ

    बम विस्फाेट मुद्दामा संलग्न अभियुक्त पक्राउ

    उदयपुर । क्रसर उद्योगमा बम विस्फाेट गराएको आरोपमा थप एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

    प्रहरीले बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देवबहादुर बिष्टलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

    त्रियुगा नगरपालिका १४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विस्फाेट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    साथै सोही घटनामा संलग्न पवन राईलाई समेत यसअघि पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • सुनको मूल्य तोलामा १३०० ले घट्यो

    सुनको मूल्य तोलामा १३०० ले घट्यो

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा १३ सयले गिरावट आएको छ । निरन्तर उकालो लागेको सुन आज एकैपटक ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० निर्धारण गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० निर्धारण भएको छ । बुधबार सुन तोलामा ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै १३ सयले घटेको हो ।

    यस्तै चाँदी भने तोलामा १० ले घटेको छ । प्रतितोला १३४० मा बुधबार कारोवार भएको चाँदी आज भने १३३० मूल्य निर्धारण भएको छ ।

  • के हो बृहत पूर्ण इजलास ? कस्तो बेलामा गठन गरिन्छ ?

    के हो बृहत पूर्ण इजलास ? कस्तो बेलामा गठन गरिन्छ ?

    काठमाडौं । प्रनिनिधिसभा विघटनको विषय अहिले सर्वोच्च अदालतमा बहसको विषय बनेको छ । विघटनविरुद्ध रिट निवेदन परेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले यो मुद्दामाथि सुनुवाई चलिरहेको छ ।

    बहसमा भाग लिने धेरै अधिवक्ताहरुले यो विषयलाई संवैधानिक भन्दा पनि बृहत पूर्ण इजलासमा लगेर सुनुवाई गर्नुपर्ने कुरा उठाइरहेका छन् । बुधबारको बहसमा पनि बृहत पूर्ण इजलासको कुरा उठेको छ ।

    सर्वोच्च अदालत नियमावली, २०७४ मा बृहत पूर्ण इजलासबारे उल्लेख गरिएको छ । उक्त नियमावलीअनुसार ५ वा सो भन्दा बढी न्यायाधीश राखेर बृहत पूर्ण इजलास गठन गर्न सकिन्छ ।

    सर्वोच्च अदालतमा कुल २१ जना न्यायाधीशको दरबन्दी रहे पनि हाल १९ जना मात्रै कार्यरत छन् । न्यायाधीशद्वय डम्बरबहादुर शाही र केदार चालिसेले अवकाश पाएपछि प्रधान न्यायाधीशसहित हाल १९ न्यायाधीश मात्रै सर्वोच्च अदालतमा रहेका हुन् ।

    बहसमा भाग लिएका अधिवक्ताहरुले बृहत पूर्ण इजलास गठनको माग गरे पनि सर्वोच्चको नियमावलीमा निम्न चरणवद्ध अवस्था पार गरेको अवस्थामा मात्रै बृहत पूर्ण इजलास गठन गरिन्छ ।

  • पोखरामा फिल्म सुटिङ र प्रदर्शन खुला गर्ने निर्णय, जिफानले ल्यायो राहत प्याकेज

    पोखरामा फिल्म सुटिङ र प्रदर्शन खुला गर्ने निर्णय, जिफानले ल्यायो राहत प्याकेज

    पोखरा –गुरुङ फिल्म एसोसिएसन (जिफान)ले फिल्म प्रदर्शन र छायांकन खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको जिफान बैठकले दस महिनादेखि रोकिएका फिल्म गतिविधिलाई खुला गर्ने निर्णय गरेको हो । जिफानलाई नेपाली भाषाको फिल्मपछि ठूलो बजार मानिन्छ ।

    नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष भोजबहादुर गुरुङले सुटिङ र स्क्रिनिङ खुला भएको जनाउँदै फिल्म बनाउनेलाई प्रोत्साहित गर्न राहत प्याकेज पनि ल्याइएको बताए । ‘अब सिनेमा घरमै गुरुङ फिल्म प्रदर्शन हुन्छन्’ उनले भने, ‘अबको मुख्य प्रतिस्पर्धा नेपाली फिल्मसँग हुनेछ । अब हामीले फिल्म निर्माणमा गुरुङ समुदाय र संस्कृतिको सौन्दर्य शाष्त्र उत्खनन गर्नेछौं ।’

    ‘कोभिड अगाडि हामी बलिउड स्टोरी टेलिङबाट प्रभावित थियौं । अब भने गुरुङको मौलिक मूल्य र सौन्दर्यको खोजी गर्नेछौं ।’

    जिफानले फिल्म निर्मातालाई १०–१० हजार दरले राहत दिने निर्णय पनि गरेको छ । ३ फिल्म छायांकनमा जाने तयारीमा छन् भने पाँच फिल्म रिलिज तयारीमा छन् । लकडाउनका कारण करोडभन्दा बढीको रकम फसिरहेको जिफानको तथ्यांकमा उल्लेख छ । ‘कोभिड अगाडि हामी बलिउड स्टोरी टेलिङबाट प्रभावित थियौं । अब भने गुरुङको मौलिक मूल्य र सौन्दर्यको खोजी गर्नेछौं ।’ गुरुङ फिल्मलाई अब च्यारिटी शैलीमा नभएर १४ दिनको अन्तरमा रिलिज गर्ने उनले जनाए । यसका लागि जिफानले मिडटाउन सिनेमाज् मल्टिप्लेक्ससँग सहकार्य गर्ने भएको छ ।

    यसैको तयारीस्वरुप शनिबार पोखरामा ‘ङ्हेल्स्यो’ फिल्म प्रदर्शन गरियो । ४ सय जना दर्शकले फिल्म हेरेको र दर्शक फिल्म हेर्न आतुर छन् भन्ने सन्देश यसले प्रवाह गरेको अध्यक्ष गुरुङले बताए । कोभिड–१९ मापदण्डलाई पालना गरेर फिल्म प्रदर्शन र छायांकनलाई अगाडि बढाउने जिफान बैठकको निष्कर्ष छ । ‘शनिबार नौ महिनापछि फिल्म देखाउँदाको दर्शकीय उपस्थितीले हामीलाई ढुक्क बनाएको छ’ गुरुङले भने, ‘अब फिल्म गतिविधिलाई स्वास्थ्य सतर्कताको साथ अगाडि बढाउनेछौं ।’

    मिडटाउन सिनेमाज् मल्टिप्लेक्सले भारी छुटमा गुरुङ फिल्मलाई हलमा देखाउने तयारी गरेको छ । हल प्रमुख उत्तम द्धाले गुरुङ फिल्मलाई ३० प्रतिशत छुटमा प्रदर्शन गर्न लागिएको बताए । ‘यतिबेला हामी पैसा कमाउनेभन्दा पनि फिल्मको माहौल बनाउने काममा केन्द्रित हुन्छौं’ द्धाले नेपाल प्रेससँग भने, ‘पोखरेली संस्कृति र पर्यटनमा गुरुङ फिल्मको योगदानप्रति हामी सँधै आभारी छौं ।’

    जिफानले तत्काले अन्तराष्ट्रिय बजारको विकल्पमा आन्तरिक बजारको खोजी गर्ने निर्णय समेत गरेको छ ।

  • हलिउडमा हाइप्रोफाइल डिभोर्स : किम कार्दासियन र केनी वेस्ट अलग

    हलिउडमा हाइप्रोफाइल डिभोर्स : किम कार्दासियन र केनी वेस्ट अलग

    लस एन्जल्स– सातवर्षको वैवाहिक सम्बन्धपछि हलिउड सेलेव्रिटी किम कार्दासियन र पति केनी वेस्ट अलग हुने बाटोमा छन् । टीएमजेड म्यागजिनका अनुसार सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भैसकेको छ । ४० वर्षे अभिनेत्री कार्दासिन र उनका र्‍यापर पति वेस्टले सन् २०१४ मा विहे गरेका थिए ।

    किमले वकिलसँग सम्पर्क गरिरहेकी छन् । डिभोर्सको मामिलामा चर्चित उनकी वकिल लाउरा वासेरले किमको मुद्दालाई अघि बढाउनेछिन् । तर, दुबैजनाले डिभोर्स हुने खबरबारे मौनता साँधिरहेका छन् । गत जुलाइमा नै किमले वकिललाई भेटेर डिभोर्स प्रक्रिया अघि बढाउन बुझिएको छ । यी दुई चर्चित सेलेव्रिटीको यो खबरलाई लिएर हलिउड तरंगित छ ।

    यी दुबैजना केही महिनादेखि अलग बसिरहेका छन् । वेस्ट वास्तविक जीवन नजिइरहेको र आफूसँग झूठो बोलिरहेको आरोप किमको छ । ‘आफ्नो परिवारको बारेमा भए नभएको बोलेको र कठिन घडीमा साथ नदिएको आरोप किमको छ’ स्रोतले भन्यो, ‘चाँडै मुद्दाको फैसला हुनेछ र प्याचअप हुने सम्भावना पनि छैन । सन् २०२० मा केनी वेस्ट मोन्टानामा थिए भने कार्दासियन लस एन्जल्समा बसेकी थिइन् ।

    आफ्ना बच्चाको भविष्य सोचेर नै आफूले डिभार्सको प्रक्रिया अघि बढाएको किमको भनाई छ । अहिले किम र वेस्टबाट चार सन्तान छन् । सन् २०२० देखि उनीहरु अलग बस्दै आएका थिए र गत सेप्टेम्बरमा ठूलै झगडा परेको थियो । लगत्तै वकिलसँग वैवाहिक परामर्श लिएका थिए । यी दुईबीच डिभोर्सको खबर चाहिँ केही महिना पहिले वेस्टले आफू २०२० को राष्ट्रपतिय चुनावमा उठ्ने घोषणाको बेला उठेको थियो ।

  • इजलासको जवाफ– बृहत पूर्ण इजलासमा जाने–नजाने हामी नै निर्क्याेल गर्छौं

    इजलासको जवाफ– बृहत पूर्ण इजलासमा जाने–नजाने हामी नै निर्क्याेल गर्छौं

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत पूर्ण इजलासमा सुनुवाई गर्न माग गर्ने वकिलहरुलाई इजलासले जवाफ दिएको छ । संवैधानिक इजलासमा बहस शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बृहत पूर्ण इजलास माग गरेका थिए ।

    जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश हरिकृष्ण कार्कीले पहिले रिट निवेदनमाथि छलफल गर्न आदेश दिएका हुन् ।

    ‘तपाईहरुको निवेदनमाथि बहस होस । सुनुवाईपछि संवैधानिक इजलासले नै यसबारे निर्क्याेल गर्नेछ, पूर्ण इजलासमा जाने कि नजाने भन्नेबारे यसैबाट आदेश दिनेछ’ इजलासले भन्यो ।

    बृहत पूर्ण इजलासमा लगियोस् भन्ने निवेदन संवैधानिक इजलासमा पढेर सुनाइएको छ ।

     

  • वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको जिकिर– बृहत पूर्ण इजलास चाहिन्छ

    वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको जिकिर– बृहत पूर्ण इजलास चाहिन्छ

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा होइन, सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा लैजान माग गरिएको छ । निरन्तर सुनुवाई शुरु भएलगत्तै बहसमा भाग लिएका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले सबै रिटहरुमाथिको सुनुवाईका लागि बृहत पूर्ण इजलास हुनुपर्ने बताएका हुन् ।

    अदालतले सबै मुद्दाहरुको छिनोफानोका लागि संवैधानिक इजलासमा पठाइएको थियो । सोहीबमोजिम सुनुवाई भइरहेका बेला रिट निवेदकहरुको तर्फबाट बृहत पूर्ण इजलास माग भएको हो ।

    प्रधानन्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीशहरु रहेको बृहत पूर्ण इजलास हुन्छ । प्रतिनिधिसभा विघटन गम्भीर संवैधानिक प्रश्न भएको र यसको व्याख्या आवश्यक भएकाले बृहत पूर्ण इजलास चाहिने श्रेष्ठले बताए ।

  • संवैधानिक इजलासमा सुनुवाई शुरु,बहस सुन्न बारमा भिडियो

    संवैधानिक इजलासमा सुनुवाई शुरु,बहस सुन्न बारमा भिडियो

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ । प्रधानन्यायाधीशचोलेन्द्र शमशेर जबरा अध्यक्ष रहेको इजलासमा बहस शुरु भएको हो ।

    इजलास कक्ष सानो भएको र कोभिडको डरका कारण बहस सुन्नका लागि अदालत परिसरमा माइकको व्यवस्था गरिएको छ भने नेपाल बार एशोसिएसनको हलमा भिडियोबाट सुनुवाई हेर्ने व्यवस्था समेत मिलाइएको छ ।

    इजलासमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी न्यायाधीश छन् ।

  • बौद्ध ध्यान केन्द्र निर्माण अन्तिम चरणमा, ९८ प्रतिशत काम सकियो

    बौद्ध ध्यान केन्द्र निर्माण अन्तिम चरणमा, ९८ प्रतिशत काम सकियो

    रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार क्षमताको सभागृह तथा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र धमाधम निर्माण भइरहेको छ । पहिलो चरणमा सभा हल, दुई वटा शौचालय र कन्ट्रोल रुम बनाइएको छ । ९८ प्रतिशत काम सकिएको छ भने बाँकी काम अहिले जारी छ ।

    सभागृह तथा ध्यान केन्द्रमा मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने ईपीएस प्यानल प्रयोग गरेर छानो छाइएको छ । ३८६.८८ वर्गमिटरमा बनिरहेको सभागृहसहितको संरचना बनाउन पहिलो चरणमा २८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

    अहिले अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको काम गरिरहेको छ । आउँदो बुद्धजयन्ती यही सभागृहमा मनाउने गरी काम भइरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए ।

    हलमा छानोदेखि तल १२ हजार ७०० वर्गमिटरमा फल्स सिलिङ बनाइनेछ । २५६२औं बुद्ध जयन्तीको अवसरमा २०७५ वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सभागृह तथा ध्यान केन्द्रको शिलान्यास गरेकी थिइन् ।

    ध्यानकेन्द्रको छानो ५० एमएमको ईपीएस स्याण्डविच प्यानलको ट्रसबाट बनेको छ भने यसको उँचाइ १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म छ । छाता शैलीमा निर्माण भइरहेको सभागृह अत्याधुनिक र सुविधासम्पन्न हुनुका साथै मुलुककै सबैभन्दा ठूलो र आकर्षक हो ।

    सभागृहमा १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसन निर्माण गरिएको छ । फाउन्डेसन माथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । प्रत्येक पिलर एक वर्गमिटर गोलाइका छन् ।

    मुलुककै नयाँ र फरक शैलीमा बनिरहेको सभागृहको छाना स्टिल र फलामको प्रयोगबाट बनाइएको छ । सानो ठूलो आकारमा विभाजन गरेर पनि कार्यक्रम गर्न मिल्ने गरी सभागृह बनाइएको छ । सभागृहको छाना माथि बुद्धको आँखा समेत बनाइनेछ ।

    जापानी वास्तुकलाविद् प्रो.केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजनामा सभागृह नभए पनि यसलाई गुरुयोजनामा मेल खाने गरी निर्माण गरिनेछ । ध्यानकेन्द्रको अन्य संरचना बनाउन दोस्रो चरणको ठेक्का सम्झौता भइसकेको छ ।

     

  • ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणका लागि अध्ययन शुरु

    काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ ।

    परामर्शदाता कम्पनीले ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार यसका लागि अहिले विस्तृत डिजाइन गर्ने काम अघि बढिरहेको छ । यस वर्ष निर्माणका लागि ठेक्कामा जान सकिने उनको भनाइ छ ।
    उनले भने,“कम्तीमा एउटा ठाउँमा भए पनि ठेक्का प्रक्रियामा जान सकिनेछ ।”

    यस वर्ष ग्वार्कोमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आवमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण अघि बढाइने योजना रहेको छ । चीन सरकारले दुई वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथको चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएहको छ । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै आकाशेपुल निर्माण सम्पन्न गरेको छ ।

    ती स्थानमा ‘फ्लाइओभर’ बनाउन आकाशेपुल भत्काउन नपर्ने उनले बताए ।   उनले भने, “आकाशेपुल नभत्काएर पनि त्यही ठाउँमा बनाउन सकिने विकल्प छ ।”

    सरकारले चालु आर्थिक वर्षमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । सरकारको लगानीमा निर्माण हुन लागेका यी नै पहिलो फ्लाइओभर हुनेछन् । ती ‘फ्लाइओभर’ चार लेनको हुने विभागले जनाएको छ ।

    निर्माण शुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने बताइएको छ । नेपाली निर्माण व्यवसायीलाई नै निर्माणको जिम्मेवारी दिन सकिने महानिर्देशक शर्माले बताए। विगतमा जटिल प्रकतिका पुल निर्माण गरेका व्यवसायीलाई नै यसको जिम्मेवारी दिइनेछ । उपत्यकामा अबको केही वर्षमा विभिन्न स्थानमा ‘फ्लाइओभर’ को निर्माण हुने भएको छ ।

    सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि फ्लाइओभर नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेको हो । सरकारको लगानीमा यी तीन स्थानमा निर्माण गर्ने योजना बनाइरहँदा चक्रपथमा चीन सरकारले, कोटेश्वर, बानेश्वर र थानकोटमा जापान सरकारको सहयोगमा निर्माण गर्ने गरी छलफल भइरहेको छ । यी सबै ‘फ्लाइओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा फ्लाइओभरको सङ्ख्या झण्डै आठ पुग्नेछ ।

    काठमाडौँ उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थान बानेश्वर र जडीबुटी चोक रहेका छन् । यी दुवै स्थानमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले ‘फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ । जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ ।

    बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।

    त्यस्तै नेपालको सडक यातायातको इतिहासमा पहिलो नेपालकै पहिलो आधुनिक सुरुङमार्ग निर्माण हुँदा त्यससँगै ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण हुँदैछ । नागढुङ्गा सिस्नेखोला सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ । सो सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्ने बताइएको छ ।

    जाइकाले आर्थिक र प्राविधिक सहयोग गर्ने गरी सरकारसँग सम्झौता भएको थियो । गत वर्ष असोजमा सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गरेका सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो ।

    विसं २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रूपमा कलङ्की–चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा फ्लाइओभर र अण्डरपास निर्माण गरिने भएको छ ।

    चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म अण्डरपास निर्माण गरेको थियो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकमा जाम हुने भन्दै फ्लाइओभर र सुरुङको विकल्प खोज्न थालिएको हो ।

  • ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन्

    ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन्

    भाग्यमानीको भुतै कमारो । यो नेपाली उखान अभिनव बस्ताकोटीको जीवनमा लागु हुन्छ । बीसवर्षे यी किशोरलाई के थाहा –१५ सेकेन्डको भिडियो अनलाइन पोस्ट गर्दा एकरातमै विश्व स्टार हुन्छु भन्ने कुरा । आखिर भैदियो पनि यस्तै । धन्यवाद –चिनियाँ भिडियो साझेदारी एप टीकटकलाई ।

    ‘कुर्तिस वाटर्स’ नामले विश्व चर्चित यी ठिटा अहिले हलिउड स्टार भैसके । काठमाडौंमा जन्मिएका, क्यानडामा हुर्किएका र अमेरिका नर्थ क्यारोलिनामा स्टार भएका उनका लागि भाग्य दाहिना भयो । उनलाई टीकटकमा पछ्याउनेको संख्या एकलाख छ । १५ सेकेन्डको उनको टीकटक भिडियो ‘स्टनिङ’ले उनको भाग्य खुलाइदियो । रोलिङ स्टोन, बिलबोर्ड र गार्जियनले यी तन्नेरीमाथि स्टोरी लेखेका छन् । स्फटिफाइ र युट्युवमा उनलाई फलो गर्नेको संख्या पनि उच्च छ ।

    ‘मेरा लागि यो स्वैरकाल्पनिक कुरा हो । सपनाजस्तै लागिरहेछ’ नेपाल प्रेससँग क्यानडाबाट कुरा गर्दै उनले भने, ‘तर, नेपाली अभिभावक हुनुको नाताले मेरा प्यारेन्टस् सँधै राम्रो पढोस भन्ने चाहन्थे । उनीहरुले संगीतप्रति मेरो रुचि बुझ्नुभएन । एउटा कोठामा मेरो संगीतप्रतिको प्यासन हुर्कियो ।’ हलिउड म्यागजिन रोलिङ स्टोनले त कुर्तिस वाटर्सलाई ठूला स्टुडियोले आफ्नो लेभलमा गीत गाउन आग्रह गरिरहेको लेखेको छ ।

    तर, अभिनवलाई लेभल संगीतमा गीत गाउन कुनै रुचि छैन । उनी आफ्नै लेभल सिर्जना गर्ने पक्षमा छन् । विश्व संगीतका ठूला नामहरु फ्रांक ओसन, आयन कुर्तिस र केनी वेस्टबाट प्रभावित उनीको ‘स्टनिङ’ चाहिँ निकै हिट गीत हो जहाँ हार्म फ्रयांकलिन फिचर्ड छन् । उनको डेब्यु एल्बम ‘पिटी पार्टी’ चाहिँ सन् २०२० अक्टोबरमा रिलिज भएको थियो । गत डिसेम्बरमा रोलिङ स्टोन म्यागजिनले उनलाई २५ नयाँ उदाउँदा स्टारको तेस्रो सूचिमा समेटेको थियो । यो सूचिपछि उनी ओभरनाइट स्टार भए ।

    ग्लोबल सेलेव्रिटी भैसकेका अभिनव नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छन् । आफू पनि कुनैबेला मेन्टल हेल्थसँग संघर्ष गरिरहेको बताउने उनले नेपालको मानसिक स्वास्थ्यको अवस्था सुधान आफूले काम गर्ने बताए । १० वर्षको उमेरमा परिवारसँग क्यानडा पुगेका उनी नेपाली भाषा सिक्न चाहन्छन् र करियर नेपालको लागि अघि बढाउन चाहन्छन् । ‘मेरो मन, माया र ध्यान सँधै नेपालको हितमा हुन्छ’ उनले सुनाए ।

    सफलताप्रति उनको आफ्नै व्याख्या छ । ‘अब विश्व संगीत उद्योगमा कुनैपनि गेटकिपर छैनन् । यदि तिमीले राम्रो संगीत बनायौं र अल्गोरिदमको प्रवृत्तिलाई बुझ्न थाल्यौ भने बुझ तिमी सफलतातिर गैरहेका छौ’ उनले भने ।

  • नेकपाका सांसद तानातान– चारजना तटस्थ, दुवै पक्षलाई कांग्रेसको आश

    नेकपाका सांसद तानातान– चारजना तटस्थ, दुवै पक्षलाई कांग्रेसको आश

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेकपाका ओली र प्रचण्ड–माधव समूह सांसद तानातान शुरु भएको छ । नेकपाका ओली र प्रचण्ड–माधव समूह सांसद तानातान गरी आफनो पक्षमा गठजोडमा पल्ला भारी बनाउन लागेका छन् ।

    दुवै पक्षका लागि एकलौटी सरकार बन्ने सम्भावना नभएपछि बहुसंख्यक सांसदलाई आफ्नो पक्षमा तन्ने रणनीतिमा नेकपाका दुवै पक्ष देखिएका छन् । ओली पक्षका मुख्यमन्त्री राई सरकार जोगाउन रक्षात्मक भएर उभिएका छन् भने प्रचण्ड–माधव समूह आफ्ना पक्षमा रहेका सांसद जोगाउने ध्याउन्नमा छ ।

    नेकपाका ओली र प्रचण्ड–माधव पक्षका लागि दुई साताको समय छ । ७ माघमा संसद्को नियमित अधिवेशन बस्दैछ । त्यही अधिवेशनमा दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राईले आफूविरुद्ध परेको अविश्वासको प्रस्ताव फेस गर्दैछन् ।

    नेकपा विभाजनसँगै प्रदेश १ मा कुनै पनि समूहको एकलौटी सरकार बन्ने सम्भावना छैन । प्रचण्ड–माधव समूहले आफूहरूले एकलौटी बहुमत पु¥याउने दावीसहित गएको आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि राजनीतिक चलखेल सुरु भएको हो ।

    अविश्वासको प्रस्ताव पेश भएसँगै अल्पमतमा परेको मुख्यमन्त्री राई पद जोगाउने प्रयासमा लागेका छन् । मुख्यमन्त्री राईले नेकपा प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेका छन् ।

    प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा ३७ जना सांसदको हस्ताक्षर गराएको छ । त्यसमध्येकी एक उदयपुरकी सांसद कला घले ओली पक्षमा लागेकी छन् ।

    उनी प्रस्तावको हस्ताक्षरकर्ता भएपनि मुख्यमन्त्री राईको कित्तामा फिर्किएकी छिन । यसबाट पनि सत्ता समीकरणका लागि सांसद जोगाउन दुवै पक्षलाई निकै गाह्रो हुने देखिएको छ ।

    प्रदेश १ मा एकलौटी सरकार गठन गर्न ४७ मत आवश्यक पर्छ । प्रचण्ड–माधव समूह आफैं एक्लैले नसके तीन सिट रहेको जनता समाजवादीलाई साथ लिएर सरकार बनाउने दाउमा छ ।

    ओली पक्ष भने प्रमुख प्रतिपक्षी दल कांग्रेस र अन्य साना दलहरूलाई साथ लिँदै सरकार टिकाउने दाउमा छ । प्रदेश १ मा पर्ने १४ जिल्लाका प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ ।

    यो प्रदेशमा तत्कालीन एमालेको ५१, माओवादी केन्द्रको १६, कांग्रेस २१, जनता समाजवादी ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मञ्चले १ सिट छ ।

    प्रचण्ड–माधव समूहले भावी मुख्यमन्त्रीका रूपमा भीमप्रसाद आचार्यको नाम अघि सारेको छ । आचार्य माधव नेपाल गुटमै अलोकप्रिय भएका कारण संसदीय दलको निर्वाचनमा शेरधनलाई फाइदा भएको थियो ।

    नेकपाका दुवै समूहलाई सरकार जोगाउन र अविश्वासको प्रस्ताव पारित गराउन पनि कांग्रेस र साना दलको साथ आवश्यक पर्नेछ ।नेकपाकै केही सांसद अहिले पनि कतै खुलेका छैनन् ।

    ज्ञानेश्वर राजबंशी, उत्तम बस्नेत, राजकुमार ओझा, बृखबहादुर प्रधान, लगायतका सांसदहरू कुनै समूहमा खुलेर लागेको देखिँदैन । उनीहरूलाई फकाउन दुवै पक्ष लागिपरेका छन् ।

    प्रदेश १ का मुख्यमन्त्री राई कांग्रेसको सहयोगबिना सरकार बन्न नसक्ने बताउँछन् ।उनी काँग्रेससहितका दलको सहयोगमा आफ्नै नेतृत्वमा सरकार रहने दाबी गर्छन् । तर, प्रचण्ड–माधव समूहका नेता सांसद टंक आङबोहाङ आफूहरूसँग बहुमत नजिक सांसदहरू रहेकाले विचार मिल्ने दलको सहकार्यमा सरकार बन्नेमा ढुक्क छन् ।

    ‘हामीले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छौं,’ उनले भने, ‘भरसक हामी आफैं पु¥याउँछौँ, त्यसो हुन सकेन भने अन्य दलको सहयोगमा सरकार बनाउँछौं ।’

    २१ सिट बोकेर बसेको कांग्रेसले ठोस निर्णय लिएको छैन । कांग्रेस केन्द्रको निर्णय पर्खेर बसेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले केन्द्रको निर्देशनमा कुन समूहसँग सहकार्य गर्ने भन्ने दिशा तय हुने बताए ।

    भोजपुर ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्री राईले तत्कालीन एमालेकै स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज सचिव भीम आचार्यलाई २ मत बढीले पराजित गरी संसदीय दल नेता बनेका थिए । राई ओली पक्षतिर र आचार्य प्रचण्ड–माधव पक्षका नेता हुन् ।

    तत्कालीन एमालेको प्रदेशसभामा रहेको ५१ मतमा राईले २६ मत पाएका थिए भने आचार्यको पक्षमा २४ मत आएका थिए । एकमत बदर भएको थियो । एकतासँगै प्रदेशमा नेकपामा ६७ सांसद पुगेका थिए ।

    सरकार गठन हुँदा राईलाई मतदान गरेका जीवन घिमिरे सामाजिक विकास मन्त्रीबाट राजीनामा दिँदै पुरानै समूहमा फर्केका छन् ।

    अब भीम आचार्य समूहतर्फ हस्ताक्षर गरेका ३७ सांसदले आफ्नो अडान नछाडे र नेपाली कांग्रेसले साथ दिए सहज रूपमा सरकार फेरिनेछ । तर, शेरधन राई पक्षीय टिमले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यलाई फर्काउन सके वा अरु दलको कम्तीमा ५ जना सांसद र कांग्रेसलाई समेत हात लिए सरकार ढल्ने छैन ।

  • सर्वाेच्च अदालतलाई बाबुरामको चेतावनी– अरु बाटो रोज्न नपरोस्

    सर्वाेच्च अदालतलाई बाबुरामको चेतावनी– अरु बाटो रोज्न नपरोस्

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा।बाबुराम भट्टराईले सर्बोच्च अदालतले सजिलो बाटोबाट प्रधानमन्त्रीको ‘गैर संवैधानिक’ कदम नसच्याए अरु बाटो रोज्नुपर्ने चेतावनी दिएका छन् ।

    संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धका रिटहरुमाथिको सुनुवाई शुरु भइरहेका बेला डा. भट्टराईले ट्वीट गर्दै अरु बोटो रोज्न नपरोस भनेका हुन् ।

    डा. भट्टराईले भनेका छन्– आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ । ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ । अरू बाटो रोज्न नपरोस्

  • मन्त्री थापालाई जाजरकोटमा कालोझण्डा देखाइयो

    मन्त्री थापालाई जाजरकोटमा कालोझण्डा देखाइयो

    काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थीले खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

    दोस्रो चरणको घोषित आन्दोलन अनुसार केपी ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाइने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

    उनले आज विहान जाजरकोटको भेरी नगरपालिकास्थित बोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएर प्रतिगमनको विरोध गरिएको बताएका छन् ।

    अ‍ोली नेतृत्वको नेकपाका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका थापा जाजरकोटमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलवार सुर्खेत पुगेका थिए ।

    आज जाजरकोटमा भेला आयोजना गरिएको भेरी नगरपालिकाका मेयर समेत रहेका नेकपा नेता सीपी घर्तीले बताएका छन् । केही व्यक्तिले सडकमा उभिएर कालो झण्डा देखाएको बताउँद घर्तीले आफूहरुले वास्ता नगरेको जानकारी दिए ।

  • बाढीपीडितका ६ वर्ष- हटेन त्रिपालमूनिको बास, छैन सरकारको आश

    बाढीपीडितका ६ वर्ष- हटेन त्रिपालमूनिको बास, छैन सरकारको आश

    सुर्खेत । २०७१ साउन २९ गते सुर्खेत जिल्लाभर भारी वर्षापछिको बाढीले ठूलो क्षति पु¥यायो । ६ वर्षअघि बाढीले घरखेत बगाएपछि विस्थापित भएका सुर्खेतका १ हजार ४५ परिवार अहिलेसम्म पनि पालबाट घरमा फर्किएको छैन ।

    पुस महिनाको मध्यमा जाडो बढिरहेको छ । बाढीपीडित गरिव नागरिकलाई चिसोबाट जोगाउन न राज्य गम्भीर बनेको छ न उनीहरु न्यानो कपडा किन्ने हैसियदमा छन् ।

    रातभरिको शीतले पाल चुहिने गरेको छ । बालबालिकामा निमोनियाको उच्च जोखिम छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेसम्म नागरिकको दुःखलाई नजरअन्दाज गरिरहेका छन् । २०७१ सालमा आएको बाढीमा परी एकसय ३४ जनाको मृत्यु भएको थियो । जसमध्ये ९६ जना अझै वेपत्ता छन् ।

    बराहताल गाउँपालिकाको वडा नं. २ गिरीघाटमा बस्दै आएकी पार्वती कामीको जीवनमा भेरीको बाढीले बज्रपात भयो । जीवनमा सबैभन्दा ठूलो विपत्ती व्यहोर्नु प¥यो । घर, खेत, आठ वर्षीया नातिनी, ७० वर्र्षीया सासुआमा र भान्जालाई गुमाइन् । तर आफूले भने रातभर किमुको रुखमा चढेर ज्यान जोगाइन् ।

    बाढीमा बग्दाबग्दै बाँचेकी पार्वतीलाई अहिलेसम्म पनि बाँच्नकै लागि संघर्षरत छिन् । ६ वटा जाडो त्रिपालमै काटेकी पार्वती भन्छिन्, ‘न हर्ष छ, न कसैले केहि देलान भन्ने आशा नै बाँकी छ । यस्तो जाडोमा बच्चाहरुलाई कसरी रोग र भोकबाट जोगाउने भन्ने चिन्ताले अरु सोच्न भ्याइन्नँ ।’

    पञ्चपुरी नगरपालिकाको तिखाकुनामा पालको छाप्रो बनाइ बस्दै आएका सर्जन थापालाई पनि सरकारप्रति विश्वास उडिसकेको छ । ‘मत माग्ने समय नजिकै आएको भन्ने सुनेको छु, पहिला चुनावमा घर बनाइदिने आश्वासन पुरा नगरेका नेताहरु यो वर्ष कस्तो आशा देखाएर मत माग्ने हुन थाहा छैन,’ उनी भन्छन्, ‘तर यो कठ्यांग्रिने जाडोमा जसरी हाम्रो मन चिसिएको छ, चुनावमा मत माग्न आउने नेतालाई बैशाखको टन्टलापुर घाममा त्यसै चिसो बनाएर पठाउने हो ।’

    न घर रह्यो, न जग्गा जमिन बाँकी रह्यो । लामो समयको लकडाउनले ज्यालादारीका काम गर्न पनि पाइएन । यस्तोमा उनीहरुको दुःख झनै बढेको छ ।

    वीरेन्द्रनगर नगरपालिका–७ महिला विकास केन्द्रमा पालमूनि बस्दै आइरहेकी विमला दमाईलाई यो वर्षको जाडोले ठूलै दशा निम्त्याएको महसुस भएको छ । ‘लकडाउनका कारण आम्दानी नभएको यो समयमा आएको जाडो मौसममा एउटा सिरक पनि किन्न सकिएन,’ विमला भन्छिन्, ‘६ वर्ष भइसक्यो हाम्रो त्रिपालमा जाडोयाममा तातो आएन ।’ मजदूरी गरेर पेट पाल्ने विमलाका लागि यो वर्षको जाडो कतै अभिसाप बनेर आउने हो की भन्ने चिन्ताले ग्रस्त बनाएको छ ।

    चिसो मौसमले झनै चिन्तामा पार्छ, विमलालाई । चिसो मौसममा लगाउने न न्यानो कपडा छ, न त्रिपालले शीत थेग्यो छ । उनी भन्छिन्, ‘हाम्रा पालमा भ्वाङ परिसके, सरकारको मन कडा रहेछ, अलिकति पग्लीएको भए हामीलाई राहत हुन्थ्यो कि ?’

    यसरी त्रिपालमै चिसो रात कटाउनेहरुको संख्या सानो छैन । विस्थापितमध्ये वीरेन्द्रनगर नगरपालिकामा ३ सय २२, पञ्चपुरीमा २ सय १४, बराहताल गाउँपालिकामा २ सय ५९, चौकनेमा ६, भेरीगंगामा १ सय ९८, गुर्भाकोटमा ३४ र लेकवेशीमा १२ परिवार हाल विभिन्न अस्थायी शिविरहरुमा बसिरहेको सरकारी तथ्यांक छ ।

    यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी भने चालू आर्थिक वर्षमा कोरोनाका कारण बाढी पीडितको व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको कारण प्रक्रिया लम्बिएको बताउँछन् ।

    ‘हामीले अघिल्लो आर्थिक वर्षमा ६ करोड भन्दा बढी रकम बाढीपिडितको घर निर्माणका लागि पालिकालाई हस्तान्तरण गरिसकेका छौं । पालिकाले अनुगमन गर्ने, भवन निर्माण भए नभएको हेर्ने र भुक्तानी दिने काम गरेका छन् । अधिकांश जग्गा भएकाहरुले घर निर्माण थालेर पहिलो किस्ता वापतको रकम लिइसकेका छन्,’ उनले भने, ‘जग्गा नभएका पीडितहरुका लागि समस्या भएको छ । जग्गाको खोजी कार्य सरकारले गरिरहेको छ । त्यो हुने वित्तिकै यो समस्या पनि समाधान हुन्छ ।’

  • कानूनी तिकडम र अपवित्र गठबन्धन होइन, ताजा जनादेशमा जाऔं–कमल थापा

    कानूनी तिकडम र अपवित्र गठबन्धन होइन, ताजा जनादेशमा जाऔं–कमल थापा

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकता परीक्षण अदालतले गर्ने भन्दै सरकार र सडक कतैबाट पनि अदालतलाई दबाब वा प्रभावमा पार्ने काम नहोस् भनेका छन् ।

    थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जनताको म्याण्डेटलाई नेकपाले धोखा दिएका कारण ताजा जनादेशमा जानु लोकतान्त्रिक र संवैधानिक मायन्ता हो भनेका छन् । अब प्रतिनिधिसभा पुनर्स्थापना गरेर गठबन्धन सरकारमा जाने खेलमा कांग्रेस नलागोस् भन्ने चेतावनी समेत थापाले दिएका छन् ।

    थापाले भनेका छन्– ‘एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर,सांसद किनबेच गरेर,अपववित्र गठबन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय होइन । लोकतान्त्रिक मान्यता पनि होइन । आ-आफ्नो स्वार्थ अनुकुल संविधानको व्याख्या गर्नु खतरनाक हुन्छ ।’

    थापाले कानुनी रुपमा नेकपा अझै नफुटेको भन्दै ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुने टिप्पणी गरेका छन् ।

    थापाले भनेका छन्–केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्छ । संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ । कानुनी तिकडम र अपवित्र गठबन्धनले होइन ।

    थापाले राप्रपाले संविधानलाई आलोचनात्मक समर्थन गरेको र अहिले संविधानका संवाहकहरु नै संविधानको हत्याको बाटोमा लागेको बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भए संविवधानको हत्या हुने उनको आशय व्यक्त भएको छ ।

  • कक्षा ११ मा नयाँ पाठ्यक्रम– सर्वोच्च पेसी सार्दै, विद्यार्थी फैसला कुर्दै

    कक्षा ११ मा नयाँ पाठ्यक्रम– सर्वोच्च पेसी सार्दै, विद्यार्थी फैसला कुर्दै

    पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउन सक्छ– कक्षा ११ । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैं हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुंगो लागेको छैन ।

    पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालू शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन ।

    भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गरेकी थिइन् ।

    रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनेर अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक पेशी तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ ।

    अब पनि तोकिएकै मितिमा फैसला हुनेमा अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन । ‘अहिले त विद्यालय गयो÷आयो मै बित्दैछ । सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने लाग्छ, पढ्न मन लाग्दैन’, कक्षा–११ मा पढ्ने एक विद्यार्थीले भने, ‘नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौँ कोर्ष निश्चित छैन ।’ त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको छ । एकातिर कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण छैन ।

    पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ । अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउँछन् । नयाँ र पुरानो दुवै पाठ्यक्रम पढाउन अन्योलमा रहेकाले अनुमानका भरमा दुवै पाठ्यक्रम पढाउँदै गरेको भट्टराईको भनाइ छ । ‘के पढाउने भन्ने नै थाहा छैन । त्यसैले दुवै कोर्षलाई बीचबाट पढाउँदैछौं’, भट्टराईले भने, ‘पूर्णांक पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौं ।’ नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा संकाय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको छ ।

    केही नयाँ काम त नयाँ पाठ्यक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो ।

    परीक्षाको मितिभन्दा केही समयअघि मात्रै यस्तो निर्णय आएपछि विद्यार्थी हतोत्साहित हुँदै घर फर्किएका थिए । एसइईको नतिजा आन्तरिक प्रणालीबाट भएपछि समेत विद्यार्थी आलोचित हुनुपरेको थियो । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा पनि ‘कोरोना ब्याच’, ‘सित्तैमा दिएको अंक’ भन्दै व्यंग्य गरिएको थियो । तिनै विद्यार्थी अहिले कक्षा ११ मा पुग्दा अर्को समस्या आएको छ । सामान्यतया कक्षा ११ को अन्तिम परीक्षा वैशाख अन्तिमबाट शुरु हुने गर्छ । यसरी हेर्दा चार महिना मात्र बाँकी छ तर यतिबेलासम्म विद्यार्थी सर्वोच्चको आदेश पर्खिएर बस्नुपरेको छ ।

    सामान्यतया हरेक पाठ्यक्रम १०÷१० वर्षमा परिमार्जन हुनुपर्ने प्रावधान छ । अहिले पाठ्यक्रम परिमार्जन हुने समय पनि हो तर शैक्षिक सत्रको बीचमा अन्योल देखिँदा विद्यार्थीमाथि असर परेको छ । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक बजारमा आइसके पनि सर्वोच्चको विचाराधीन मुद्दाका कारण बिद्यार्थी र अभिभावकहरु नयाँ किताव किन्ने कि नकिन्ने द्विविधामा छन् ।

     

  • सुकुम्बासीका सन्तानको स्याहारमा समर्पित सन्जु

    सुकुम्बासीका सन्तानको स्याहारमा समर्पित सन्जु

    बीस वर्षको उमेर । घुम्ने/रमाउने समय । तर, समकालीन साथीभन्दा उनको स्वभाव भिन्न छ । कलिलो उमेरमै उनले अग्लो अभिभारा उठाएकी छन् । हाँस्ने, रमाउने र चञ्चल हुने किशोरवयमा उनी चाहिं सहयोगी हात लिएर अघि बढ्दैछिन् । ४० केटाकेटीको भविष्यलाई आकार दिन उनका पाइला सधैंजसो बानेश्वर क्याम्पसतिर लम्किन्छन् ।

    उनी अर्थात् सञ्जु ढकाल । सञ्जु तीनकुनेस्थित बानेश्वर क्याम्पसको चौरमा केटाकेटीलाई सीप सिकाउने, पढाउने र सपना देख्न सिकाउने काममा व्यस्त छिन् । सिनामंगलस्थित सुकुम्बासी बस्तीका केटाकेटी पनि सञ्जुसँग नाच्न, खेल्न, पढ्न र सिक्न पाउँदा मक्ख छन् ।

    लकडाउनले सिंगो देश ठप्प थियो । तर सञ्जु भने ती केटाकेटीका सपनामा पखेटा हाल्ने योजना बुन्दै थिइन् । लकडाउनले सबैभन्दा मारमा परेको भनेका पनि यिनै भुईंमान्छे थिए ।

    एकदिन सिनामंगल करिडोरमा हिंड्दै गर्दा सञ्जुका आँखा वागमती किनारको सडकमा रहेका ती सुकुम्बासी केटाकेटीमाथि पर्यो, जो भोकसँग संघर्ष गरिरहेका थिए ।

    ‘यिनीहरूको बाहिरी अवस्था देख्दा मलाई नरमाइलो लाग्यो । वास्तवमा मलाई पहिला यो सुकुम्बासी टोल भन्ने पनि थाहा थिएन । केही समयपछि मात्र थाहा पाएँ । र, मैले एउटा अध्ययन गरें– यहाँ कति जना बालबालिका छन् ? यिनका वुबा आमा के गर्छन् ? यिनीहरूको अवस्था कस्तो छ ? सर्वे गर्दैगर्दा मलाई थाहा भयो कि काठमाडौंको वास्तविक अँध्यारो त यहाँ पो रहेछ ! कति बालबालिकाका घरमा त बिजुली बत्ती पनि छैन । म छक्क परें’ उनले भनिन्, ‘धेरै अभिभावकलाई आफ्ना बालबालिका आफू नभएको वेलामा दिउँसो कहाँ छन् ? के गर्छन् ? भन्ने कुराको पनि थाहा हुँदोरहेनछ ।’

    सुकुम्बासी टोलका केटाकेटी र उनका अभिभावकलाई देखेपछि केही गर्नुपर्छ भन्ने उनलाई लाग्यो । तर, कसरी गर्ने ? उनले यसबारे धेरै उपाय सोचिन् र केही उपाय पो भेटिन्छ कि भनेर सामाजिक संस्थाका पदाधिकारी पनि गुहारिन् । तर, उनीहरूबाट अपेक्षित सहयोग पाइनन् ।

    सञ्जुलाई लाग्यो म आफैं यो काम गर्छु । जस्तोसुकै कठिनाइ आए पनि ती केटाकेटीलाई सहयोग गर्ने संकल्प लिइन् । २० वर्षे यी किशोरीका लागि ती केटाकेटीलाई सहयोग गर्ने काम त्यति सजिलो पनि थिएन ।

    केटाकेटीलाई सुरक्षित राख्दै उनीहरूको सारथि बन्नका लागि धेरै कुरा चाहिन्थ्यो । त्यसका लागि उनी विभिन्न कम्पनी धाइन् । र, जम्मा पारिन् उनीहरूलाई चाहिने माक्स, स्यानिटाइजर, फेससिल्डलगायतका सामग्री । त्यस्तै स्वयंसेवकका रूपमा बोलाइन् विभिन्न तालीमप्राप्त प्रशिक्षकहरूलाई ।

    बालबालिकाको खाजाका लागि केही व्यक्तिले सहयोग गरे । सडकमा हिंडिरहने बटुवाले समेत आजभोलि आफन्तको जन्मदिन त्यहीं आएर मनाइदिएर बालबालिकालाई दिउँसोको खाजाका लागि सहयोग पुर्याउन थालेका छन् ।

    आँटे नहुने के छ र ? उनले यो आइडियामा काम गर्न साथीभाइ बटुलिन् र सहयोगी मनहरूको साथ लिइन् । नर्स बनेर बिरामीको सेवा गर्ने सञ्जुको बाटो समाजसेवातिर मोडियो ।

    कोरोनाका कारण विद्यालय गुमाएका ती सुकुम्बासी केटाकेटीलाई सीप र पढाइ सिकाउन सञ्जु र उनको टीम सक्रिय छ ।

    गरीब तथा विपन्न बालबालिकालाई सहयोग गर्ने भावना सञ्जुमा सानैदेखि पलाएको थियो । आफू विद्यालय जाँदा आफूजस्तै अन्य बालबालिका सडकमा खेलिरहेको देख्दा मन पोल्ने गरेको बताउँछिन् उनी ।

    ‘कसका छोराछोरी होलान् ? बाबुआमा के गर्छन् ? किन यी बालबालिका विद्यालय नगएका होलान् ? यस्ता प्रश्न मेरो मनमा आइरहन्थे । विद्यालय जाने म जस्तै बालबालिका सडकमा देख्दा मानसपटलमा अनेक कुरा खेल्थे । धेरै प्रश्न दिमागमा आउँथे’ उनले भनिन्, ‘यी बालबालिकाको लागि मैले केही गर्नुपर्छ भन्ने भावना सधैं मेरो मनमा आउँथ्यो । अहिले पनि आउँछ ।’

    विज्ञान संकायमा १२ पास गरेपछि परिवारको दबाब थियो मेडिकल फिल्डमा लैजाने । तर, उनको मन सामाजिक कार्य गर्नेमा नै उद्वेलित थियो । परिवारको दबाबलाई पन्छाउँदै उनी मदन भण्डारी कलेज भर्ना भइन् ।

    ‘एसएलसी र प्लस टुको बीचमा केही संस्थामा आफैं स्वयंसेवकको रूपमा काम गरेकी थिएँ । सोही समयमा मलाई केही सरहरूले कलेज भर्ना हुन सल्लाह दिनुभयो । र, बीएसडब्लू (व्याचलर इन सोसल वर्क) मा भर्ना भएँ । अहिले त्यहाँ बी.ए. दोस्रो वर्षमा अध्ययनरत छु’, सञ्जु भन्छिन् ।

    जब म सुकुम्बासीका ती केटाकेटीलाई सहयोग गर्छु भनेर तिनका आमाबुबालाई भेट्न पुगें झन् आश्चर्यमा परें । ‘विद्यालय नलागेको समयमा तपाईंका छोराछोरीलाई पढाउँछु’ भन्दा ‘नानी तिमीले अमेरिकाबाट कति सहयोग लिएकी छ्यौ ?’ पो भने । कति अभिभावकले त ‘हाम्रा नानी पढाएर हामीलाई कति पैसा दिन्छ्यौ ?’ भन्ने प्रश्न पनि तेस्र्याए ।

    ‘म धेरै केही गर्न सक्दिनँ होला तर, उनीहरूको भविष्यको लागि एउटा आकार दिने काम गर्छु भनें । बल्ल उनीहरू आश्वस्त भए’ उनले सुनाइन् ।

    त्यसपछि बल्ल मेरो कामको शुरुआत भयो । तर, यो कामलाई निरन्तरता दिन म एक्लैले सम्भव छैन । यसका लागि आगामी दिनहरूमा सबैको साथ/सहयोगको अपेक्षा गरेकी छु ।

    हेर्नुहोस्, सन्जुको समाजसेवा

  • सुवास नेम्वाङप्रति गगनको कटाक्ष– संविधान संकटमा पर्दा भाग्नेमाथि दया लाग्याे

    सुवास नेम्वाङप्रति गगनको कटाक्ष– संविधान संकटमा पर्दा भाग्नेमाथि दया लाग्याे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै अध्यक्षतामा जारी भएको संविधान संकटमा पर्दा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भागेर हिँडेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमार्फत थापाले प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नबारे सर्वोच्च अदालतमा बहस सुरु हुँदै गर्दा संविधानसभाका अध्यक्षको निरिहता देखेर दया लागेको टिप्पणी समेत गरे ।

    संविधानका अक्षर र त्यसको विधायकी मनाशय बुझेर पनि संविधानसभाका अध्यक्ष नेम्वाङ प्रश्नबाट भागेर लुक्नु गलत भएको थापाको भनाई छ । उनले संविधान बनाएको नेताले संविधानको पक्षमा उभिने साहस नगरे पनि सर्वोच्च अदालत संविधानको पक्षमा उभिने विश्वास समेत व्यक्त गरेका छन् ।

    गगन थापाले लेखेका छन्–

    प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।

    मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय (Legislative Intent) यस्तो हुँदै होइन भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।

    अपसोच उहाँ त कसैले केही सोध्लान कl भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।

    संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।

  • दक्षिण कोरियाले बनायो जहाजभन्दा छिटो कुद्ने रेल

    दक्षिण कोरियाले बनायो जहाजभन्दा छिटो कुद्ने रेल

    कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

    हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

    नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ ।

    दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ ।

    संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ ।

  • हुम्लामा हिमपातसँगै हावाहुरी, तापक्रम माइनस ८ डिग्री

    हुम्लामा हिमपातसँगै हावाहुरी, तापक्रम माइनस ८ डिग्री

    हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

    आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।

    अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

    चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लामा चिसो अत्यधिक बढेको छ ।

    चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताइरहेका छन् । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन् ।

    चिसोले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सेवा प्रवाहमा पनि कठिनाइ भएको छ । कर्मचारीहरूले हिटर तापेर काम गरिरहेका छन् । चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताए ।

    सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ । स्थानीयवासीलाई आऊजाऊ गर्नै समस्या भएको छ । उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन ।

    हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन । आज बिहानदेखि सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ । अहिले बाक्लो बादल लागेर अझै हिमपात हुने सम्भावना छ ।

  • युवाको ‘लास बुझिरहेको’ देश– ६ महिनामा ६ सय बढी शव बाकसमा स्वदेश

    युवाको ‘लास बुझिरहेको’ देश– ६ महिनामा ६ सय बढी शव बाकसमा स्वदेश

    चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्र वैदेशिक रोजगारीमा गएका ६ सय ८८ जना नेपालीको मृत्यु भएको छ । साथै, उनीहरूका परिवारलाई राहत तथा क्षतिपूर्तिबापत ४८ लाख २२ हजार रुपैयाँ उपलब्ध गराइएको वैदेशिक रोजगार बोर्डले जनाएको हो ।

    यसै अवधिमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका ३५९ शव व्यवस्थापन गर्दा ८ करोड ६० लाख खर्च भएको पनि बोर्डले जनाएको छ ।
    कोरोना महामारीको यस अवधिमा २५ हजारभन्दा बढी व्यक्ति विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउन १ देखि पुस १६ गतेसम्मको अवधिमा २५ हजार ७५४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

    विभागका अनुसार यसै अवधिमा व्यक्तिगत र संस्थागत गरेर ७ हजार ३३५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । ४१० जना गैर–नेपाली नागरिकले नयाँ श्रम स्वीकृति लिएका छन् भने ६३६ जनाले नवीकरण गराएका छन् ।

    ६ महिनाको अवधिमा पौने दुई लाख नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई उद्धृत गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस अवधिमा १ लाख ४२ हजार ८०७ जनाले निवेदन दिए पनि निवेदन दिनेभन्दा १४ हजार ३०९ जना बढेर १ लाख ८७ हजार ११६ जना नेपाली स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ ।

    ९४ प्रतिशत गुनासो तथा उजुरी सम्बोधन

    वैदेशिक रोजगार बोर्ड सचिवालयको सहयोगमा मन्त्रालयमा सञ्चालित कल सेन्टरमा आएका ६ हजार ८९६ गुनासो तथा उजुरीमध्ये करीब ९४ प्रतिशत अर्थात् ६ हजार ४२० वटा गुनासो तथा उजुरी सम्बोधन भएको मन्त्रालयले दाबी गरेको छ ।

    ६ महिनाको अवधिमा नै वैदेशिक रोजगार विभागमा परेका ९४ वटा उजुरीमध्ये २१ वटा उजुरी फस्र्योट भएको र दुई वटालाई दण्ड जरिवाना गराइएको विभागले जनाएको छ ।

    विभागका अनुसार वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएका २६ वटा मुद्दामा ४० लाख दण्ड जरिवाना तिराइएको छ ।

    ७ लाख बेरोजगार, १ हजार २७९ जना मात्रै रोजगार

    ६ महिनाको अवधिमा ७५३ वटै स्थानीय तहमा ७ लाख ४३ हजार ८१ जना व्यक्तिले आफू बेरोजगार भएको भन्दै निवेदन दिएका छन् । तीमध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ हजार २७९ जनाले रोजगारी प्राप्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    ६४७ प्रतिष्ठानले गरे श्रम अडिट

    ६ महिनाको अवधिमा ६४७ प्रतिष्ठानले मात्र श्रम अडिट प्रतिवेदन बुझाएका छन् । यसै अवधिमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र विभाग मातहतका कार्यालयबाट ५३२ प्रतिष्ठानको निरीक्षण भएको छ । यस्तै ४९६ प्रतिष्ठानमा बाल श्रम निरीक्षण गरिएको पनि विभागले जनाएको छ ।
    ६ महिनाकै अवधिमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयमा २७ वटा नयाँ श्रमिक आपूर्तिकर्ता दर्ता भएका छन् भने १८१ श्रमिक आपूर्तिकर्ताले नवीकरण गरेका छन् ।

    श्रम सम्बन्धी ५०७ वटा गुनासो आएकोमा २४९ समाधान भइसकेका र ३०८ वटा प्रक्रियामा रहेको पनि विभागले जनाएको छ । ६ महिनाकै अवधिमा ११ वटा औद्योगिक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचाररत रहेको पनि जनाइएको छ ।

    पौने दुई लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

    योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत ६ महिनाको अवधिमा १३ हजार १८ वटा प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा दर्ता भएका छन् । ती प्रतिष्ठानमार्फत १ लाख ८२ हजार ३९४ जना श्रमिक कोषमा आबद्ध तथा सूचीकरण भएको जनाइएको छ ।

    कोषमा यस अवधिमा ३४ अर्ब २३ करोड ९० लाख रुपैयाँ जम्मा भएकोमा १ हजार ६४ जनाले २३ करोड रुपैयाँभन्दा बढी रकम दाबी गरिसकेका छन् ।

  • कोरोना महामारीका कारण ग्रामी अवार्ड ३ महिना सारियाे

    कोरोना महामारीका कारण ग्रामी अवार्ड ३ महिना सारियाे

    एजेन्सी । सन् २०२१ को ग्रामी अवार्ड कोरोना महामारीका कारण तीन महिना सारिएको छ । संगीत क्षेत्रमा विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्डको ६३ औं संस्करण जनवरी ३१ मा आयोजना हुँदै थियो ।

    क्यालिफोर्निया राज्य र लस एन्जलस शहरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यो अवार्ड मार्च १४ सम्मका लागि सारिएको आयोजकले जानकारी दिएको छ ।

    बेयोन्से, टेलर सिफ्ट, डुवा लिपा लगायतका संगीतकर्मीहरु यस वर्षको अवार्डका लागि मनोनयनमा परेका छन् । नोभेम्बरमा मनोनयन सार्वजनिक गरिएको हो ।

    हाम्रो संगीत समुदाय र अवार्ड सफल पार्न सहयोग गर्ने सयौं मानिसको स्वास्थ्य सुरक्षाभन्दा ठूलो कुरा केहि पनि होइन,’ अवार्ड आयोजक नेशनल एकेडेमी अफ रेकर्डिङ आर्ट एण्ड साइन्सेजको वक्तव्यमा भनिएको छ ।

    अवार्ड कार्यक्रमको सन्चालन हास्य कलाकार ट्रेभोर नोहले गर्ने भनिए पनि उनी यो वर्षको समारोहको सदस्य हुने नहुने प्रष्ट भइसकेको छैन ।

    समाचार संस्था एएफपीलाई उदृत गरी बीबीसीले जनाएअनुसार अवार्ड समारोह अघिल्लो वर्षको तुलनामा फरक हुनेछ, अर्थात सेमी भर्चुअल हुनेछ । तर यसबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

  • सागर राजको म्युजिक भिडियो ‘बरालिदै हिँडे’ रिलिज (भिडियो)

    सागर राजको म्युजिक भिडियो ‘बरालिदै हिँडे’ रिलिज (भिडियो)

    तिम्रो आँगनमा म त बरालिँदै हिँडे साइँली
    तिम्रो बाटो मैले मातिँदै छेके साइँली
    नरिसाउन ढल्के यौवन तिमीलाई कुर्दा कुर्दै
    तिम्रो आँगनमा म त बरालिँदै हिँडे साइँली…

    सुशिल चालिसेले निर्देशन गरेको ‘बरालिँदै हिँडे’ टाइटल गीतको म्युजिक भिडियो इन्टरनेट रिलिज भएको छ । सुनोद श्रेष्ठको कन्सेप्ट र निर्माण रहेको भिडियोमा सुनोदसहित एन्जी मुल्मी श्रेष्ठको अभिनय छ । आकर्षक लोकेसनमा छायांकन गरिएको गीतमा सुजना भारती, वर्षा तिलिजा पुन, प्रशान्त श्रेष्ठ र विशाल परियारले समेत नृत्य गरेका छन् ।

    गीतलाई युट्युव, स्पटीफाइ, अमेजन म्युजिक, एप्पल, जियो साबन लगायतका ओटीटी प्लेटफर्ममा एकसाथ लन्च गरिएको छ । सागर राजको शब्द एवं संगीत रहेको गीतमा समीक सापकोटाको एरेन्ज छ । रुविन श्रेष्ठको बाँसुरी, प्रदीप जोशीको ब्याकग्राउन्ड स्कोर छ । आजसम्म गीतलाई २ लाखभन्दा बढीले युट्युवमा हेरेका छन् । हेर्नूस भिडियो :

    https://www.youtube.com/watch?v=cQ87pvJ6r2k&feature=em-share_video_user&fbclid=IwAR1FfXhCXVcLiYROrP9kcGj9kChRY_qzdOHurUi8NSq1QfJKhDcqh4NmDxY

  • कोरोना महामारीको अनुसन्धानमा चीनको व्यवहारले डब्ल्यूएचओ निराश

    कोरोना महामारीको अनुसन्धानमा चीनको व्यवहारले डब्ल्यूएचओ निराश

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना महामारीको अनुसन्धानका क्रममा चीनको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको छ । डब्ल्यूएचओले भनेको छ कि अनुसन्धानमा चीनले देखाएको रबैयाबाट उनीहरु निकै निराश छन् ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानमले मंगलबारको पत्रकार सम्मेलनमा चीनले कोरोना सुरुआतको अनुसन्धानका लागि असहयोग गरेको आरोप लगाएको रोयटर्सलाई उदृत गरी बीबीसीले जनाएको छ ।

    चीनले अहिलेसम्म कोरोना महामारीको सुरुआत कहाँबाट भएको र त्यसको जाँचका लागि विशेषज्ञको टोलीलाई आफ्नो देशमा आउन अनुमति नदिएको डब्ल्यूएचओको भनाई छ ।

    जनवरीको सुरुआत मै विशेषज्ञको एउटा टोली अघिल्लो वर्ष चीनबाट सुरु भइ विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको उद्गमस्थल वुहान जाँदै थियो ।

    जेनेभामा एक अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका निर्देशकले भने, ‘हामीलाई थाहा भएको छ कि अहिलेसम्म चिनियाँ अधिकारीहरुले त्यहाँसम्म पुग्नका लागि अत्यावश्यक अनुमतिका लागि सहमति दिएका छैनन । म लगातार चीनका वरिष्ठ अधिकारीहरुसँग सम्पर्कमा छु र मैले यो स्पष्ट पारेको छु कि यो मिसन डब्ल्यूएचओको प्राथमिकतामा सन्चालित छ ।’

  • संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ, बृहत् पूर्ण इजलासको माग

    संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ, बृहत् पूर्ण इजलासको माग

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा आजबाट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहितले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर गरेकाे रिटमाथि संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भइसकेको छ ।

    अदालतको आदेश अनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले आआफ्नो लिखित जवाफ पेश गरिसकेका छन् । आजबाट निरन्तर सुनुवाइ हुने बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् ।

    पक्ष र विपक्षका वकिलहरुको बहसपछि अदालतलाई सघाउन एमिकस क्युरी गठन भएको छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

    यसैबीच रिट निवेदकहरुले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासबाट सर्वाेच्च अदालतको बहत् पूर्ण इजलासमा सुनुवाइका लागि सार्न माग गरेका छन् । आजको इजलासमा सो निवेदन दिइने रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।

     

     

  • टोटनह्याम लिग कपको फाइनलमा

    टोटनह्याम लिग कपको फाइनलमा

    एजेन्सी । ब्रेन्टफोर्डलाई पराजित गरी इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेपछि टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्होले प्रतियोगितालाई गम्भीरतापूर्वक लिएकामा खेलाडीको प्रशंसा गरेका छन् । टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि जित्न एक कदम टाढा छ ।

    सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले ठूला प्रतियोगिता जित्न सकेको छैन । सन् २००९ मा म्यानचेस्टर युनाइटेड र २०१५ को फाइनलमा चेल्सीसँगै पराजित हुनुपरेको थियो ।

    माउरिन्होले लिग कप उपाधि चारपल्ट जितिसकेका छन् । गएरातिको खेलमा मोउसा सिसोको र सन ह्युङ मिनको गोलपछि उनी पाँचौं उपाधिनजिक पुगेका छन् । यदि उनले पाँचौं उपाधि जिते भने फरक तीन टोलीलाई लिग कपको फाइनलमा पुर्याउने उनी तेस्रो प्रशिक्षक हुनेछन् ।

    ‘म सन् २००४ मा पहिलोपल्ट इंग्ल्यान्ड आएको थिएँ र मलाई अहिलेसम्म सम्झना छ कि त्यो बसाइमा मलाई यहाँ प्रतियोगिताको गम्भीरता र ट्रफीको महत्व जान्नु थियो, त्यसैले मैले त्यसलाई गम्भीरतापूर्वक लिएँ’ उनले भने, ‘सफलताको एउटै सूत्र के भने सबै कुरा गम्भीरतापूर्वक लिने गरौं । इंग्लिस फुटबल के हो, इंग्लिस क्लब के हो र तल्लो डिभिजनको इंग्लिस फुटबल के हो भने जान्ने कोसिस गरौं ।’

    चारवटा प्रिमियर लिग क्लबलाई पराजित गरी पहिलोपल्ट ठूलो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको ब्रेन्टफोर्ड सिसोकोको गोलमार्फत १२ औं मिनेटमै पछि पर्यो । दोस्रो हाफ, ७० औं मिनेटमा सनले दोस्रो तथा निर्णायक गोल गरे । ८४ औं मिनेटमा मिलान्डा डी सिल्भाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।

    टोटनह्यामले उपाधिका लागि दुई म्यानचेस्टरबीच आजराति ओल्ड ट्राफोटमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • मधेशी जनतालाई ईश्वर पोखरेलले मैथिलीमै सुनाए ‘दुश्मनको षड्यन्त्र’

    मधेशी जनतालाई ईश्वर पोखरेलले मैथिलीमै सुनाए ‘दुश्मनको षड्यन्त्र’

    जनकपुरधाम । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रका दुश्मनले सरकार र नेतृत्वलाई सिध्याउने षडयन्त्र गरेपछि व्यवस्था जोगाउन प्रधानमन्त्रीले कठोर कदम चाल्नुपरेको बताएका छन् ।

    मंगलबार जनकपुरमा आयोजित बृहत् कार्यकर्ता भेला तथा जनसभालाई सम्बोधन गर्दै पोखरेलले मधेशका जनतालाई पछिल्लो राजनीतिक अवस्थाबारे मैथिली भाषामै प्रष्ट्याउने प्रयास गरे । उनी मैथिलीमा धाराप्रवाह भाषण गर्न सक्छन् ।

    जनकपुरमै पढेका र जनकपुरमै हुर्के बढेका पोखरेल मैथिलीमा भाषण गर्दा कुनै मधेशी नेता भन्दा कम देखिएनन् । पोखरेल धनुषामा भूमिगत कालदेखि नै काम गरेकाले यहाँका जनताबीच परिचित छन् ।

    पार्टी विभाजनपछि आयोजित पहिलो भेलामा सोचेभन्दा ठूलो सहभागिता र कार्यकर्ताको उपस्थितिबाट उत्साहित भएका पोखरेलले भने– आज तीनवर्ष नवित्दै पार्टीभित्रबाटै एकता कमजोर पार्न हमला शुरु भयो । सत्ता र पदकै लोभमा प्रचण्ड-माधवहरुले पार्टी फुटाए । ती मधेशी जनताका पनि दुश्मन हुन् ।

    उनले केपी ओलीले देशलाई समृद्ध बनाउने सपना देखेर अगाडि बढिरहँदा पार्टीकै नेताले असफल बनाउन लागेको र सोही कारण संसद विघटन गर्नुपरेको सुनाए । ‘पूर्वपश्चिम रेलमार्ग ६ लेन, तराई मधेशका हुलाकी राजमार्ग र उत्तरमा मदन भण्डारी राजमार्गलगायतका योजना अगाडि बढेको छ’ उनले भने, ‘यो सबै ओलीले गरेको हो । ओली सपना देखेर अगाडि बढ्छन् ।’

    उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओली मात्र भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग आँखामा-आँखा जुधाएर कुरा गर्न सक्ने नेपालको नेता भएको बताए ।

    भेलामा प्रदेश २ का नेकपा इन्चार्ज सत्यनारायण मण्डल, नेता रघुवीर महासेठ, प्रदेश अध्यक्ष तथा मन्त्री प्रभु साह, जुली महतो, लीलानाथ श्रेष्ठलगायतले मधेशमा ओली नेतृत्वको नेकपा नै पहिलो शक्ति रहेको दाबी गरेका थिए ।

    सभा गर्नुअगाडि जनकपुरधामको रेल्वे स्टेशन परिसरबाट विशाल र्‍याली निकालिएको थियो । र्‍यालीमा गाउँ-गाउँबाट नेता कार्यकर्ता आइपुगेका थिए । केही दिनदेखि ओली समूहका नेताहरु प्रदेश २ मा केन्द्रित भएर आगामी निर्वाचनको माहोल बनाउन थालेका छन् ।

  • बहसमा प्रतिनिधिसभा विघटन : के हो एमिकस क्युरी ?

    बहसमा प्रतिनिधिसभा विघटन : के हो एमिकस क्युरी ?

    काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका एक दर्जन रिटमाथिको प्रारम्भिक सुनुवाइसँगै संवैधानिक इजलासले एमिकस क्युरी गठनको आदेश जारी गर्दै नेपाल बार एशोसिएसन र सर्वाेच्च बारसँग नाम माग्यो ।

    बुधबारदेखि संवैधानिक इजलासमा सो मुद्दाको निरन्तर सुनुवाइ हुँदैछ र राष्ट्रपति, प्रधानमन्त्रीलगायतका विपक्षीले लिखित जवाफ दिइसकेका छन् । यसबीचमा सर्वसाधारणलाई एमिकस क्युरीको बारेमा जिज्ञासा उत्पन्न भएको पाइएको छ ।

    कानूनका विद्यार्थीबीच ‘एमिकस क्युरी’ अदालतको साथीका रुपमा परिचित छ । कुनै पनि अदालतमा विचाराधीन मुद्दामा न्यायाधीशले विज्ञसँग सल्लाह लिनुपरेको अवस्थामा ‘एमिकस क्युरी’ गठन गर्ने प्रचलन रहिआएको छ । एमिकस क्युरीले अदालतलाई आफ्नो राय, सल्लाह र सुझाव दिई न्याय निरुपणमा सहयोग गर्ने हुँदा यसलाई ‘अदालतको साथी’ भन्ने गरिन्छ ।

    हालै प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटका सन्दर्भमा सर्वोच्च अदालतको संवैधानिक इजलासले एमिकस क्युरीसँग राय लिने निर्णय गरेको छ । सर्वोच्चको आदेश अनुसार नेपाल बार एशाेसिएसनले तीन जना र सर्वोच्च अदालत बार एशाेसिएसनले दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा पठाउने निर्णय गरेका छन् ।

    कानूनका विद्यार्थीबीच ‘एमिकस क्युरी’ अदालतको साथीका रुपमा परिचित छ । कुनै पनि अदालतमा विचाराधीन मुद्दामा न्यायाधीशले विज्ञसँग सल्लाह लिनुपरेको अवस्थामा ‘एमिकस क्युरी’ गठन गर्ने प्रचलन रही आएको छ ।

    नेपाल बारले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम पठाएको छ भने सर्वोच्च बारले पूर्णमान शाक्य र गीता पाठकको नाम पठाएको छ ।

    लामो समयदेखि न्याय क्षेत्रमा क्रियाशील उनीहरुले प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्चमा परेको रिटका सन्दर्भमा न्याय निरुपणमा सहज हुने गरी तटस्थ रुपमा आफ्नो सुझाव राख्नेछन् ।

    एमिकस क्युरीको काम जुन मुद्दाका सन्दर्भमा अदालतले राय मागेको हो, सोही मुद्दाका विषयमा आफ्नो राय दिनु हो । सामान्यतया एमिकस क्युरीले दिने सुझावले अदालतलाई उपयुक्त निर्णयमा पुग्न मद्दत पुग्ने विश्वास गरिन्छ । एमिकस क्युरीले दिने राय ग्रहणका लागि अदालत बाध्य भने हुँदैन ।

    सर्वोच्च अदालत संवैधानिक इजलास सञ्चालनसम्बन्धी निर्देशिका, २०७२ मा एमिकस क्युरीसम्बन्धी व्यवस्था गरिएको छ । परिच्छेद ५ को दफा १३ को १ मा ‘इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानूनको प्राध्यापक, कानून व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) को रुपमा झिकाई निजको राय लिन सक्ने’ व्यवस्था छ ।

    ‘एमिकस क्युरी भनेको अदालतमा विचाराधीन विषयको पक्ष वा विपक्षमा आफ्नो धारणा नदिइसकेका कानून व्यवसायीलाई आफ्नो सहयोगीका रुपमा स्वीकार गर्नु’ हो ।

    नेपाल बार एशाेसिएसनका पूर्व महासचिव सुनिल पोखरेलको बुझाइमा ‘एमिकस क्युरी भनेको अदालतमा विचाराधीन विषयको पक्ष वा विपक्षमा आफ्नो धारणा नदिइसकेका कानून व्यवसायीलाई आफ्नो सहयोगीका रुपमा स्वीकार गर्नु’ हो ।

    एमिकस क्युरीमा रहेका कानूनविदहरुले दिने राय ‘स्वतन्त्र विवेकपूर्ण विचार’ का रुपमा रहने पोखरेलको भनाइ छ । ‘एमिकस क्युरीमा रहेका कानूनविद्हरु बारे वैचारिक झुकावको दृष्टिकोणले टिप्पणी गर्ने चलन छ । तर जुनसुकै विचारको नजिक भए पनि एमिकस क्युरीमा रहेको कानूनविदले संविधान, कानून र न्यायलाई प्राथमिकता दिएर काम गर्छ भन्ने मान्यता हुन्छ । यहीकारण एमिकस क्युरीलाई विश्वास गर्नुपर्छ’, पोखरेलले नेपाल प्रेससँग भने ।

    उनीहरुले संवैधानिक इजलासमा रहेका मुद्दामाथि पक्ष/विपक्षका कानूनविदहरुको बहस सकिएपछि इजलासमा उपस्थित भएर आफ्नो राय प्रस्तुत गर्नेछन् । अदालतले यसअघि पनि पटक पटक यस्तो अभ्यास गरिसकेको छ ।

    यसैबीच प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासमा चलिरहेका बेला रिट निवेदकहरुले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । उनीहरुले बुधबारको इजलासमा आफ्नो माग राख्ने तयारी गरेका हुन् ।

    संवैधानिक इजलासमा सुनुवाइ भइरहेको र फैसला भएको मुद्दामाथि कतै पुनरावलोकन लाग्दैन ।

  • काठमाडौं उपत्यकामा वायु प्रदूषण

    काठमाडौं उपत्यकामा वायु प्रदूषण

    हिजोदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

    यसले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामीलाई यसबाट उच्च जोखिम बढेको छ ।

    उनीहरूलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वातावरण विभागले आह्वान गरेको छ।

  • ‘नोकझोक’ मा प्रधानमन्त्री–सभामुख : शक्ति पृथकीकरण कि गुट पृथकता ?

    ‘नोकझोक’ मा प्रधानमन्त्री–सभामुख : शक्ति पृथकीकरण कि गुट पृथकता ?

    काठमाडौं । प्रधानमन्त्री र सभामुख राज्यका पृथक् अंगका नेतृत्वकर्ता हुन् । नेपालको संविधान र शक्ति पृथकीकरणको सिद्धान्तले पनि यी दुईबीचको फरक पदीय जिम्मेवारीलाई प्रष्ट रुपमा परिभाषित गरेको छ ।

    कार्यपालिकाको नेतृत्वकर्ता प्रधानमन्त्री र व्यवस्थापिकाको नेतृत्वकर्ता सभामुखबीच ‘भद्र असहमति’लाई स्वाभाविक मानिन्छ तर उनीहरुबीच ‘टसल’को भने खासै कल्पना गरिन्न ।

    तर, पछिल्लो समय यी दुईको अन्तरद्वन्द्व सार्वजनिक तहमै प्रकट भइरहेको छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र प्रष्ट रुपमा सभामुखप्रतिको चर्को असन्तुष्टि प्रकट गरेका छन् । र, सभामुख अग्नि सापकोटाले त्यसको प्रतिवाद गरिरहेका छन् ।

    सामान्यतः सरकारले संसदलाई ‘बिजनेश’ दिन्छ । सरकारले लगेका विधेयक र प्रस्तावहरु हाउसमा लैजाने काम सभामुखको हो । तर एमसीसी प्रकरणमा सरकारलाई कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा दुवै सभामुखले असहयोग गरे ।

    सरकारले संसद अधिवेशन हठात् अन्त्य गर्दा होस् वा लामो समय अधिवेशन नबोलाउँदा सभामुख प्रधानमन्त्रीप्रति अझ असन्तुष्ट बने । वास्तवमा जुन-जुन मुद्दामा नेकपामा ओली र प्रचण्डबीच फरक मत भयो त्यसको असर संसदमा देखियो ।

    ओलीले महराबाट असहयोग भएकै कारण ‘बलात्कार काण्ड’पछि नयाँ सभामुख चयन गर्ने बेलामा लामो समय पूर्व माओवादीलाई नदिन प्रयास गरे । उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा रोकेर राखियो ।

    तर पूर्व एमालेको माधव नेपाल पक्ष प्रचण्डको पक्षमा उभिएपछि ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन सकेनन् । सापकोटा सभामुख निर्वाचित भए लगत्तै दौडेर सबैभन्दा पहिले ओलीलाई नै नमस्कार र धन्यवाद प्रकट गर्न लम्किए पनि त्यो सम्बन्ध हार्दिकतामा बदलिन भने सकेन ।

    प्रधानमन्त्रीको असन्तुष्टि

    इस्वी सनको नयाँ वर्षका दिन प्रवासी नेपालीहरुलाई सम्बाधेन गर्दै प्रधानमन्त्री ओलीले सभामुखप्रतिको असन्तुष्टि मुखर रुपमा प्रकट गरे । ‘भर्चुअल’ भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाप्रति विशेष गरी दुई विषयमा खुलेरै असन्तुष्टि जनाए ।

    ओलीको असन्तुष्टि अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सन्धिलाई अगाडि नबढाएको भन्नेमा थियो । त्यसलाई उनले ‘संसदीय अराजकता’ समेत भनेका छन् ।

    ‘सरकारले निर्णयार्थ संसदमा पेश गरेका कुराहरु सभामुखले प्रस्तुत नगर्ने, यो भन्दा संसदीय अराजकता के हुन्छ ?’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘सरकारको प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेछ, त्यो नगर्दिने । हाम्रा कूटनीतिक सम्बन्धहरु कमजोर हुने, आशंकित हुने । हाम्रा विकासका प्रयासहरुमा बाधा पर्ने । त्यसप्रकारका कामहरु संसदीय प्रणालीमा हुन्छन् ? तर, यहाँ हुने गरेको छ ।’

    सभामुखप्रति प्रधानमन्त्रीको दोस्रो आरोप भने निकै गम्भीर खालको छ । यो प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छ। ओलीले आफूविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वास दर्ता गर्ने सन्दर्भमा सभामुखले किर्ते गरेको आरोप प्रधानमन्त्रीले लगाएका छन् ।

    ‘संसद विघटन भइसकेपछि केही सांसदहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव राख्ने भन्दै साढे तीनबजे प्रस्ताव दर्ता गर्न गए’ ओलीको भनाइ थियो, ‘संसद विघटन भएपछि अविश्वास प्रस्ताव दर्ता गर्नुको कुनै अर्थ छैन, त्यसैले दर्ता नगर्ने भनेपछि उहाँहरु सभामुखकहाँ गएर १० : ४० मै मकहाँ निवेदन आएको थियो भनेर किर्ते सनाखत गर्नुभयो सभामुखले । संसदीय पद्धतिमा सभामुखजस्तो मर्यादित पदबाट झुटो सनाखत हुनु कहाँसम्म लज्जास्पद कुरा हो ।’

    एमसीसीलाई लिएर नेपाल कम्युनिष्ट पार्टीभित्र चलेको विवादका कारण पछिल्ला दुई सभामुख निर्विवादित बन्न सकेनन् । सभामुखको कार्यभार सम्हाल्दा एमसीसीप्रति तटस्थ सुनिएका सापकोटा पछिल्लो दिन भने यसप्रति केही प्रखर बनेका थिए ।

    सभामुख भएपछि सम्मान थाप्न २५ माघ २०७६ मा गृहजिल्ला सिन्धुपाल्चोक पुगेका सापकोटाले एमसीसीप्रति लक्षित गर्दै ‘राष्ट्रघात’ हुने कुनै पनि सम्झौता आफूले संसदबाट अघि नबढाउने बताएका थिए । यही विषयलाई लिएर प्रधानमन्त्री ओलीको सभामुख सापकोटाप्रति असन्तुष्टि थियो ।

    प्रधानमन्त्री ओली एमसीसीलाई सदनमा अघि बढाउन चाहन्थे भने सभामुख पार्टीभित्र सहमति नभएको भन्दै त्यसलाई रोकिरहेका थिए । यही कारण गत जुन ३० सम्म संसदबाट पारित हुनुपर्ने समयसीमा रहेको एमसीसी अनुमोदन नभएपछि अहिले अन्याेलमा छ ।

    सभामुखमा निर्वाचित भए लगत्तै १३ माघ २०७६ मा आफ्नै कार्यकक्षमा संवाददातासँग एमसीसी बारे भने केही लचक भनाइ राखेका थिए । ‘सांसदको भावना समेट्न अधिकतम कोशिश गर्ने’ उनको भनाइ थियो । ‘एमसीसीको बारेमा बहस छेडिएको छ, बहस छेडिएपछि निचोडतिर पुग्छ’ उनको भनाइ थियो, ‘सबैले अध्ययन गर्दै जाँऔं न। अहिले किन हतार गर्नु र ? अहिले बाहिर बहस भइरहेको छ, ठीकै छ। मैले सुनिरहेको छु । भित्र पसेपछि मैले के देख्छु। यसमा पनि प्रतिनिधिसभाका सांसदको भावना समेट्न अधिकतम कोशिश गर्छु।’

    एमसीसीलाई लिएर सभामुखले एउटा पार्टीको गुटलाई समातेको ओली पक्षको आरोप छ । यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महराप्रति पनि असन्तुष्टि पोखेका थिए । ‘त्यसमा तत्कालीन सभामुखजीले अलि बेठीक काम गर्नुभयो’ २ कार्तिक २०७६ मा कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा ओलीले भनेका थिए, ‘सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो। कसैले उहाँलाई भनिदियो, अलिकति विलम्ब गर्नुपर्छ। त्यसपछि विभिन्न नेताहरूका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ उहाँ लाग्नुभयो।’

    महरा पनि एमसीसीप्रति नकारात्मक धारणा राख्थे । यो मामिलामा दुवै सभामुखले आफ्नो संवैधानिक दायित्व अनुसारको भूमिका निर्वाह गर्न नसकेका भन्ने बुझाइ ओलीको छ । महराका पालामा एमसीसी टेबुल भएर पनि सदनमा गएको थिएन । त्यही बेला महरा ‘बलात्कार काण्ड’मा परे ।

    प्रधानमन्त्री–सभामुख विवाद शृंखला

    अविश्वास प्रस्तावलाई लिएर आफूमाथि प्रधानमन्त्रीले गरेको टिप्पणीको सभामुखले तत्कालै खण्डन गरे । सभामुख सापकोटका प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको प्रेस नोटमा प्रधानमन्त्रीले गरेको टिप्पणीको घुमाउरो शैलीमा खण्डन गरिएको छ । ‘मिति २०७७ पुस ५ गते ९० जना माननीय सदस्यहरुले संघीय संसद सचिवालयमा दर्ता गर्नुभएको अविश्वासको प्रस्तावका विषयमा सम्माननीय सभामुखज्यूलाई समेत जोडी टिप्पणी गरिएको सम्बन्धमा थप स्पष्ट पार्न यो प्रेस नोट जारी गरिएको छ’ भनिएको छ, ‘सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनुभएको हो । तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन । तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’

    सभामुख र प्रधानमन्त्रीबीचको ‘टसल’ संवैधानिक परिषदको बैठकलाई लिएर पनि झल्किएको थियो । २८ मंसिरमा बोलाएको संवैधानिक परिषद बैठकमा कार्यव्यस्तता देखाउँदै सभामुख नगएपछि प्रधानमन्त्री ओली बैठक त्यतिकै रोक्न बाध्य भएका थिए । त्यसको दुई दिनपछि ३० मंसिरमा बोलाएको बैठकमा पनि सभामुख सहभागी नभएपछि प्रधानमन्त्री ओलीले सभामुखको समेत उपस्थित आवश्यक नभए पनि निर्णयमा पुग्न सकिने गरी अध्यादेश ल्याएका थिए ।

    संवैधानिक परिषदको बैठकमा सभामुख नै उपस्थित नभएको विषयमा टीकाटिप्पणी भएपछि उनको सचिवालयले ३० मंसिरमा प्रेस नोट जारी गर्दै स्पष्टीकरण दिएको थियो । पहिलो बैठकमा कार्यक्रम जुधाइएकाले उपस्थित हुन नसकिएको सभामुख सचिवालयको प्रष्टीकरण थियो । ‘मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत बिहान ८: ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नुभएको यसअघि नै जानकारी गराइसकिएको छ’ प्रेस नोटमा भनिएको छ, ‘स्मरण रहोस्, त्यस दिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो ।’

    दोस्रो बैठकमा उपस्थित नहुनुको कारण भने प्रधानमन्त्रीले पर्याप्त समन्वय नगरेको र दूरगामी महत्व राख्ने निर्णयमा सदस्यहरुबीच छलफल समेत नगरेको बताइएको थियो । प्रेस नोटमा भनिएको थियो, ‘जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको थियो । राज्य संचालनमा दीर्घकालीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।’

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबीच चर्को विवादमाझ प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा नै विघटन गरिदए । र, सभामुखले पनि त्यसप्रति असहमति जनाए । उनले प्रधानमन्त्रीको कदमप्रति असहमति मात्रै जनाएनन् ‘संविधानको रक्षार्थ’ भन्दै राजनैतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी र सञ्चारजगतलाई आह्वान समेत गरे ।

    ‘संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ’ ८ पुसमा एक प्रेस नोट जारी गर्दै सभामुख सचिवालयले भनेको छ, ‘साथै, संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।’

    सभामुखले त प्रधानमन्त्रीको कदमलाई खारेजयोग्य समेत भनेका छन् । सर्वोच्च अदालतलाई आइतबार लिखित रुपमा पठाएको जवाफमा सापकोटाले प्रधानमन्त्रीको कदमलाई ‘प्रतिनिधिमूलक संस्थामाथि हस्तक्षेप’ समेत भनेका छन् ।

    ‘प्रतिनिधिसभा विघटन हुँदा सिंगो प्रतिनिधिसभा तथा म समेतलाई मात्रै मर्माहत बनाएको होइन, सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था उपर हस्तक्षेप हुन गएको देखिन्छ’ महान्यायाधिवक्ताको कार्यालयमार्फत पठाएको जवाफमा भनिएको छ, ‘यस्तो हस्तक्षेप नेपालको संविधानको मर्म र भावना अनुरुप समेत देखिन नआएको हुँदा रिट निवेदकहरुको दाबी संविधान बमोजिम नै देखिएकाले प्रतिनिधिसभा विघटन हुनसक्ने कुनै आधार छैन। तसर्थ, प्रतिनिधिसभा विघटनको विषय स्वतः खारेजभागी छ।’

    गत १८ असारमा सरकारले अचानक संघीय संसदको बर्खे अधिवेशन अन्त्य गरेको थियो । आफूलाई थाहा समेत नभई अधिवेशन अन्त्य गरेको भन्दै सापकोटाले असन्तुष्टि जनाएका थिए ।

    ‘राजनीतिक मतभेद हुँदैमा गाली गर्नुहुँदैन’

    दमननाथ ढुंगाना
    पूर्व सभामुख

    प्रधानमन्त्री र सभामुखले अदालतलाई दिएको जवाफै फरक देखिइसक्यो । सभामुखले संसद बिउँझाउनुपर्छ, संसद विघटन गरेको खारेज हुनुपर्छ भन्नुभयो । प्रधानमन्त्रीको तर्फबाट अब चुनावमै जानुपर्छ, खारेज गर्नुपर्दैन भन्नुभयो ।

    प्रतिनिधिसभा विघटनको विषयलाई मात्रै केन्द्र बनाउँदा पनि दुइटाको दुइटा मत आएको देखियो । यसमा प्रधानमन्त्री र सभामुखको एउटै मत हुनुपर्छ भन्ने छैन । दुइटै स्वतन्त्र संस्थाहरु हो । यो विघटनमा सभामुखको कुनै भूमिका हुँदैन । उहाँलाई चित्त पनि बुझेको रै’नछ । त्यसकारण सभामुखले आफ्नो किसिमले प्रतिरक्षा गर्नुभयो ।

    सभामुख भनेको त सार्वभौम संस्थाको अध्यक्ष हो । एकअर्कालाई आलोचना गर्ने, आरोपित गर्ने काम चाहिं गर्नुहुँदैन । दुवैले एकअर्काको सम्मान गर्नुपर्छ ।

    अलिकति राजनीतिक संस्कृतिमा विचार गर्नुपर्‍यो । राजनीतिक मतभेद, फरक दृष्टिकोण हुँदैमा आक्षेप, गाली र हाँसिमजाक धेरै गर्नुभएन ।

    यो संस्कार बसाउने बेला हो । भर्खर संविधानसभाले संविधान बनाएको पाँच वर्ष भयो । संविधान लागू भएको तीन वर्ष पनि भएको छैन । देशका सर्वोच्च नेताहरुले राजनीतिलाई नै जनताको माझ आफ्नो छवि गिराउने गरी काम गर्नु भएन ।

    मेरो पालामा त्यस्तो केही पनि थिएन । मैले सभामुख भएर जे गरेँ, त्यो राम्रो गरेँ भन्ने एउटा मान्यता थियो । प्रधानमन्त्रीसँग मेरो त्यस्तो मतभेद थिएन । अरुको पालामा पछि के–के भयो म त्यस्तो भन्न सक्दिनँ ।