अमेरिकी संसदमा भएको हिंसात्मक घटना लगत्तै अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पका प्रमुख सचिव एवं ह्वाइट हाउसका संचार अधिकृत स्टिफेन ग्रासमले पदबाट राजीनामा दिएका छन् । साथै, ह्वाइट हाउसका सामाजिक सचिव अन्ना क्रिस्टिनाले पनि घटना लगत्तै राजिनामा दिएकी छन् । यी दुबैजना अधिकृत ट्रम्प प्रशासनमा लामो समयदेखि कार्यरत थिए ।
ह्वाइट हाउसकी प्रेस सहयोगी सराह म्याथ्युजले पनि राजिनामा दिएकी छन् । ‘हाम्रो देशले सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्नुपर्छ’ उनले राजिनामा पत्रमा उल्लेख गरेकी छन् । घटनालाई लिएर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले पनि राजिनामा दिने मनस्थिती बनाइरहेको सीएनएनले जनाएको छ । अबको १४ दिनपछि नयाँ राष्ट्रपतिमा जो बाइडेनले सपथ लिने कार्यक्रम छ ।
विराटनगर । विराटनगर सहरको वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ। काठमाण्डौ जस्तै विराटनगर पनि बढी प्रदूषण हुनेमा उक्लिएको हो ।
आइक्यू एअरका अनुसार विराटनगरको वायुमण्डलमा विहिबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई ०१९७ पुगेको छ।
विराटनगरमा चिसो बढेसँगै वायु प्रदूषण खतराको सङ्केत पार गरेको हो।गएको मंगलबार सबै भन्दा बढी एअर क्वालिटी इन्डेक्स एक्यूआई० २१९ पुगेको थियो । विज्ञहरुका अनुसार हावामा प्रदूषणको मात्र ४०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर ९एयर क्वालेटी इन्डेक्स० १८० भन्दा माथि छ ।
चिसो बढेसँगै हावामा प्रदूषणको मात्रा पनि बढेको वातावरण विज्ञ रामचन्द्र अधिकारीले बताए । उनका अनुसार हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २।५’ र ‘पिएम १०’ स्केल बिधीबाट मापन गरिन्छ ।
यसरी मापन गर्दा ४०–६० सम्मको अवस्थालाई सामान्य र त्यसमाथिको अवस्थालाई खतराको संकेत भन्दा माथि मानिने उनले बताए । ‘ चिसो बढेका कारण धूला धूलो उडेर धेरै टाढा जानसक्दैन् ।’ उनले भने ‘ हावामा धूवा धूलोको मात्र बढी भए मानव स्वास्थ्यलाई गम्भिर असर गर्छ ।’
प्रदूषणका कारण मंगलबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन्।हिजो वायु प्रदूषणमा केही सुधार आएको थियो। तर अहिले एक नम्बरमा छ।
आइक्यु एयरले वायु प्रदुषणको स्तर केही कम देखाए पनि विराटनगरको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन। विहिबार विहान समान्य घाम लागेकाले आकाश तुवाँलो घटदै गएको छ ।
मुलुकभरको बायु प्रदुषणको विवरण हेरिने डिस्प्ले अहिले विराटनगर ३ स्थित डिभिजन बन कार्यालयमा राखिएको छ । संघीय सरकार अन्र्तगत बातावरण विभागले वायुप्रदुषण मापन गर्ने उत्त डिस्प्ले गत वर्ष साउनदेखी राखेको थियो ।
वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्।
वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा दिपक सिग्देलको सुझाव छ । डा सिग्देलले सामान्य मानिसदेखि सबै उमेर समूहका मानिसलाई यसले असर पार्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन ।
महानगरको आग्रह
विराटनगरको वायू प्रदूषणले खतराको संकेत पार गरेपछि घरबाहिर ननिस्कन विराटनगर महानगरपालिकाले अपिल गरेको छ ।वायू प्रदूषण बढेपछि महानगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।
काठमाडौंको प्रदूषण उच्च भएका कारण मंगलबार सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको थियो ।
महानगरपालिकाले फाहोर सामाग्री डढाउने र मर्निङवाक गर्ने कार्य केही दिनलाई रोक्न आग्रह गरेको छ । धुलो उत्सजन हुने विकास निर्माणका काम पनि तत्कालका लागि रोक्न महानगरले आग्रह गरेको हो ।
अमेरिकी संसदमा गएराति भएको तोडफोड र हिंसाको घटनालाई विश्व नेताहरुले निन्दा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी लोकतन्त्रमाथिको हमलाले आफूलाई चिन्तित बनाएको बताएका छन् । क्यानेडेली प्रधानमन्त्री जस्टिन टुर्डोले पनि अमेरिकी संसदमा भएको हमलाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् । हिंसाले जनताको भावनालाई जित्न नसकिने उनको भनाइ छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी संसदमा देखिएको दृश्यलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । ‘लोकतान्त्रिक मुलुकको लागि शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण छ’ उनले भनेका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले पनि ट्वीट गर्दै अमेरिकी परम्पराअनुसार सत्ताको हस्तान्तरण हुनुपर्ने बताएका छन् ।
न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले क्यापिटल हिलमा भैरहेको विकासक्रमलाई नियालिरहेको लेखेकी छन् । उनले लोकतन्त्रको जित हुनेमा शंका नरहेको लेखेकी छन् । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी लोकतन्त्रमा आफूलाई विश्वास रहेको उल्लेख गर्दै लोकतन्त्रको जित हुने बताएका छन् । जर्मनीका विदेशमन्त्री हेड्को मासले निर्वाचनको नतिजालाई स्वीकार्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन् ।
अमेरिकी विदेशमन्त्री जिन यभ्सले अमेरिकी लोकतन्त्रको विजय हुनेमा आफू ढुक्क रहेको बताएका छन् । गएराति राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद सत्र चलिरहेको बेला संसद भवन क्यापिटल बिल्डिङ भित्रै पसेर तोडफोड र हमला गरेका थिए ।
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विकल्प दिंदादिंदै पनि प्रचण्ड–माधव नेपाल समूह सहमतिमा नआएको दावी गरेका छन् ।
बुधबार साँझ काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले पार्टी विवादको सहज अवतरणका लागि प्रधानमन्त्रीले प्रचण्ड–नेपालसामू तीन प्रस्ताव राखेको तर प्रचण्ड सहमत नहुँदा समस्या पैदा भएको बताए।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चैतमा हुने महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताका विचमा जाने प्रस्ताव गरेपनि प्रचण्ड सहमत नभएको मन्त्री मानन्धरको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई पार्टी नेतृत्वमा ल्याउनेगरी काम गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेको भए पनि उहाँहरु सहमत नभएको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।
अझै पनि एकता कायम हुने सम्भावना नसकिएको बताउँदै राज्यमन्त्री मानन्धरले ताजा जनादेशका लागि जनतामा जाने निर्णयमा सहमत भएर आउन प्रचण्ड नेपाल समूहलाई आग्रह गरे । राज्यमन्त्री मानन्धरले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिइएको बताउँदै जनताको समृद्धिको सपना साकार पार्न पुन निर्वाचनमा जानुपरेको बताए।
प्रधानमन्त्री ओलीले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने र आगामी चुनावबाट नयाँ नेतालाई समृद्धिको अभियानको नेतृत्व दिने बताउँदा पनि केही नेताको स्वार्थले पार्टीमा विभाजन आउन लागेको मन्त्री मानन्धरको तर्क छ ।
अहिले भड्किएर हिडेका नेता कुनै दिन पश्चातापसहित मुलधारमा फर्कने बताउँदै मन्त्री मानन्धरले अरुको उक्साहटमा प्रचण्डले नेपालको राजनीतिक इतिहासै ठुलो अवसर गुमाएको बताउनुभयो । एकतापछि चलायमान हुनुपर्ने पार्टी संगठनहरु जाम भएर बसेको तर अहिले अध्यक्ष ओलीको सक्रियतामा चलायमान हुन थालेको बताउँदै मन्त्री मानन्धरले सरकार र पार्टी दुबै चलायमान हुने दाबी गरे ।
कार्यक्रममा ४ घण्टा ५ मिनेट २० सेकेण्ड लगातार गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकड्समा नाम लेखाएका राज्यमन्त्री मानन्धरलाई सम्मान गरिएको हो । त्यस्तै बालाजु यातायात र तारकेश्वर यातायात प्रालीले मन्त्री मानन्धरलाई सम्मान गरेको थियो ।
काठमाडौं । डेराबाट ट्याक्सी लिएर निस्कँदा ईश्वरी थापाको साथमा एउटा कसिलो लट्ठी अनिवार्य हुन्छ । छेवैमा राखिएको लट्ठी देखेपछि यात्रुहरू अनायास सोध्छन्– ‘दिदी, तपाईंले यो किन राख्नुभएको ?’ प्रश्नमा उनको हँसिलो जवाफ सुनिन्छ, ‘आफ्नो सुरक्षाको लागि नि !’ यो जिज्ञासा यात्रुलाई मात्र हैन, कहिलेकाहीं प्रहरीलाई पनि हुन्छ । सोधिहालेमा उनी टाठो जवाफ दिन्छिन्– ‘मेरो सुरक्षा तपाईंहरूले त गर्नुहुन्न । यसैले त गर्छ !’
सुन्दा अनौठो लागे पनि यो ईश्वरीको बाध्यता हो । स्टेसनपिच्छे आउने समस्याहरूलाई उनले सामना गर्नुपर्छ । त्यसमाथि महिला चालक भएर स्टेयरिङ घुमाउँदा दुःखका थुप्रै चक्कर काट्नुपर्ने हुन्छ । र नै स्टेयरिङ समाउने हातले ईश्वरी कहिलेकाहीं लाठी उज्याउँछिन् । ट्याक्सी चढेर पैसा नदिने, धम्क्याउने र ठगी गर्न खोज्नेहरूलाई उनी यसैले ठीक पार्छिन् ।
एकपटक गट्ठाघर चोकमा उनी यात्रुको प्रतीक्षामा थिइन् । एक जना पुरुष आए । लुभु बसपार्कबाट ६ किलोमिटर माथि पुग्नु रहेछ । त्यहाँबाट त्रिपुरेश्वर हुँदै पुनः गट्ठाघर । सिटमा बसेर लोकेसन बताएपछि ईश्वरीको ट्याक्सी हुँइकियो । ती पुरुषलाई गन्तव्यमा ल्याइपुर्याएपछि उनले भाडा मागिन् । तर, पुरुषको खल्ती रित्तो रहेछ । ईश्वरीको अनुहार क्रोधले रातो भयो । पैसा नझरेपछि उनले प्रहरी गुहारिन् । ‘पैसा रहेनछ उसँग । के गर्नु, अब माया मारिदिनु दिदी’ प्रहरीका असईले भने ।
त्यही कमाइले साँझमा चूलो बल्थ्यो । घरका अभावहरू टर्थे । पसिनाको मूल्य त्यसै कहाँ छोड्थिन् ! आफू ठगीमा परेको भान भयो । आवेगमा ईश्वरीले लट्ठी झिकिन् र ती पुरुषलाई दुई लाठी बजाइन् ।
यो आक्रोशले उनलाई हिरासतसम्म पुर्यायो भने प्यासेन्जरलाई अस्पताल । प्रहरीले नियन्त्रणमा लिएर भित्र राखेको केहीबेरमा ईश्वरी छुटिन् । ‘म त छुटें । पछि अस्पताल लगेका ती प्यासेन्जर अस्पतालबाटै भागेछन्’ ईश्वरी सम्झिन्छिन् ।
त्यही कमाइले साँझमा चूलो बल्थ्यो । घरका अभावहरू टर्थे । पसिनाको मूल्य त्यसै कहाँ छोड्थिन् ! आफू ठगीमा परेको भान भयो । आवेगमा ईश्वरीले लट्ठी झिकिन् र ती पुरुषलाई दुई लाठी बजाइन् ।
त्यो बेलामा लट्ठी प्रयोग गरेको सम्झेर उनी अहिले चुक्चुकाउँछिन् । ‘मैले हान्नु त नहुने थियो । तर, यति नगरेसम्म यो पेशामा कसरी टिक्नु !’
यो एउटै घटना भने होइन । कहिलेकाहीं समूहमा आउने डरलाग्दा युवकहरू ट्याक्सी चढेपछि भन्छन्– ‘भाडा दिंदैनौं । यस्ता ड्राइभर त मारेर फालिदिन सक्छौं ।’
त्यतिबेला उनको धड्कन तेजले बढ्छ । आफूलाई भित्रभित्रै सम्हाल्छिन् । अनि भद्र हुँदै सम्झाउने प्रयत्न गर्छिन् । ‘जतिपटक गाडीको गियर चेन्ज गर्छु, त्यतिपटक उनीहरूलाई लाइनमा ल्याउने कोशिश गर्छु’ उनी आँटिलो सुनिन्छिन्, ‘यति गर्दा नि भएन भने लट्ठी बजाउँछु ।’
जीवनको एक दशक त ईश्वरीले ट्याक्सी कुदाएरै विताइन् । यो बीचमा थुप्रै आरोह–अवरोह छिचोलेकी छन् उनले । डाँकाहरूबाट पैसा लुटिंदा मृत्युको सम्मुख पुगेको भानसमेत गरेकी छन् ।
जब मोबाइल र नगद लुटियो
करीब चार वर्षअघि । एक साँझ कोटेश्वरबाट उनको ट्याक्सीमा युवती चढिन् । स्वयम्भू जानु रहेछ । युवतीले भनेकोे लोकेसनअनुसार ट्याक्सी स्वयम्भूमाथि लगिन् । ट्याक्सी रोकेपछि उनको सातो उड्यो । युवतीले इशारा गर्नेवित्तिकै डरलाग्दा पुरुषको समूहले ईश्वरीलाई घेरे । खोतलखातल पारे । २० हजारको मोबाइल र २५ हजार जति नगद झिके । प्रतिकार गर्न नसकेपछि ईश्वरी मौन बसिन् ।
लुटेरा समूह लुटेर भागे । डरले ईश्वरीको ओठमुख सुकिसकेको थियो । उनी हतारहतार तल झरेर प्रहरी गुहार्न पुगिन् । ‘पछि प्रहरी लिएर जाँदा उनीहरू लुकिसकेका थिए’ ईश्वरी त्यो क्षण सम्झिन्छिन् । त्यसबेला दशैं नजिकिंदो थियो । त्यो वर्ष ईश्वरीको दशैं खल्लो भयो ।
यस्ता घटना दोहोरिरहन्छन् । ट्याक्सी चढेर भाडा नदिई भाग्नेहरू पनि थुप्रै छन् । एकपटक एउटा प्यासेन्जरले झोलामा कार्टुन हालेका रहेछन् । ट्याक्सी हुँइकिंदै पर पुगेपछि ती प्यासेन्जरले भने– ‘दिदी, एकपटक रोक्नुस् त, म पर पुगेर आइहाल्छु ।’
लुटेरा समूह लुटेर भागे । डरले ईश्वरीको ओठमुख सुकिसकेको थियो । उनी हतारहतार तल झरेर प्रहरी गुहार्न पुगिन् । ‘पछि प्रहरी लिएर जाँदा उनीहरू लुकिसकेका थिए’ ईश्वरी त्यो क्षण सम्झिन्छिन् । त्यसबेला दशैं नजिकिंदो थियो । त्यो वर्ष ईश्वरीको दशैं खल्लो भयो ।
‘सामान छाडेर गएको छ । आउला भनेर कुरें । निकै बेर कुरेपछि पनि आएन । कार्टुनमा के छ भनेर हेरेको थोत्रा जुत्ता र इँटा हालेर भागेको रहेछ’, उनी सुनाउँछिन् ।
केही महिनाअघि मात्रै ईश्वरी पुनः ठगिनुपरेको थियो । उनी हस्पिटलमा बिरामी छाडेर बाटोमा फर्किंदै थिइन् । एउटा प्यासेन्जरले रोक्दै भने, ‘दिदी जडीबुटी जाऊँ न ।’
उनले ती प्यासेन्जरलाई जडीबुटी पुर्याइन् । प्यासेन्जरले हजारको नोट निकालेर दिए । ईश्वरीले भनिन्– चानचुन छैन नि !
त्यसपछि चानचुन ल्याउँछु भनेर गएको प्यासेन्जर फर्केर आएनन् । ‘झण्डै तीन घण्टा कुरें । तर आएन’ उनी दुःखी सुनिन्छिन् । यसरी ठगिनुपर्दा धेरैपटक रित्तोहात डेरा फर्कनुपरेको ईश्वरीको अनुभव छ ।
यी सबै कुरा त उनले सहेकी छन् । तर, एउटै कुराले उनलाई कहिलेकाहीं चालक हुनुमा पश्चात्ताप हुन्छ । ‘अरू त ठीकै थियो, ट्राफिकहरूले विना कारण मुख छाड्दा भने आफ्नो पेशादेखि विरक्त लागेर आउँछ । त्यो क्षण धिक्कार छ ड्राइभरको जिन्दगी जस्तो लाग्छ’ उनी भावुक देखिन्छिन् ।
धेरै पटक ट्राफिकको अपशब्दको शिकार भएकी छन्, उनी । अपशब्द मात्र हैन, प्रत्यक्ष ठगिनुको पीडा पनि ईश्वरीसँग छ । विभिन्न बहानाबाजीमा चिट काट्दा भने ईश्वरीलाई भाउन्न हुन्छ । ‘हामी ट्राफिकबाट भागिरहेका हुन्छौं । उनीहरू दुःख दिन छाड्दैनन् । लकडाउनबाट भर्खरै उत्रेको बेलामा उनीहरू चिट काट्न तत्पर हुन्छन् । के यस्तो बेलामा पनि हामीसँग ठगी गर्न मिल्छ ?’ उनी प्रश्न गर्छिन् ।
ट्याक्सीको खोजीमा भौंतारिएको वर्ष
‘दिदी मलाई गाडी खोजिदिनु न’ लाइसेन्स प्राप्त गरेका नयाँ चालकको आग्रह कहिलेकाहीं ईश्वरीको कानमा ठोक्किन्छ । त्यसदिन रातभरि उनमा निद्रा पर्दैन । ‘विचरा कुनै बेला मैले जस्तै गाडी नपाएर छट्पटाएको पो हो कि’ मनमा यावत् कुराहरू खेल्छन् । त्यसक्षण आफूले गाडी चलाउन नपाएर भौंतारिंदाको क्षण उनको स्मृतिमा छरिन्छन् ।
ट्याक्सी चालक हुनुअघि ईश्वरीले केही वर्ष होटल चलाएकी थिइन् । त्यसपछि टेलरिङ गरिन् । पाँच वर्ष टेलरिङ गरेपछि त्यसमा पनि सन्तुष्ट हुन सकिनन् । टेलरिङ छाडेर किराना पसल शुरू गरिन् । त्यसमा पनि मन नअडिएपछि मासु पसलतिर लागिन् । तर खुशी यता पनि छैन । ‘मासु बेच्दा दिनमा ३०० भन्दा बढी कमाइ हुन्नथ्यो । त्यही पैसाले कोठाभाडा तिर्र्नु, बच्चा पढाउनुपथ्र्यो । नपुगेपछि छाड्ने विचार गरें’ ईश्वरी सुनाउँछिन् । एकदिन ट्याक्सी चढ्दै गर्दा उनलाई लाग्यो– अब ट्याक्सी सिक्नुपर्यो । कमाइ यसमा पो हुन्छ कि !
मासु पसल थन्क्याएर उनी ड्राइभिङ सेन्टर हानिइन् । ड्राइभिङ सिकिन् । सिकेलगत्तै लाइसेन्स पनि झिकिन् ।
अब सडकमा ट्याक्सी गुडाएर गुजारा टार्ने रहर थियो । उनी ट्याक्सी खोज्न हिंडिन् । तर, पाउनु कहाँ सजिलो थियो ? लाइसेन्स भएर पनि ट्याक्सी नपाउँदा ईश्वरी पाँच वर्ष भौंतारिइन् । ‘मलाई ट्याक्सी दिनुहोस् म चलाउँछु भन्दा पनि कसैले दिएनन् । महिला भएकै कारण पुरुषले विश्वास गर्दैनथे’ उनी सुनाउँछिन् ।
यसरी भौंतारिने क्रममा उनले पेप्सीकोलाका जीवन खड्कालाई भेटिन् । उनले विश्वास गरे । शुरूमा ५० हजार धरौटी राखेर ईश्वरीले ट्याक्सी चलाउने भइन् । गाडी पाएपछि हौसिंदै सडकमा लगेर उनले असीमित खुशी साटिन् । पछि उनले विस्तारै बाँकी पैसा तिरिन् । र ट्याक्सी आफ्नो बनाइन् । शुरुमा उनले सडकमा ट्याक्सी हाँक्दा ट्याक्सी चलाउने महिला थिएनन् । पुरुषहरूले रोकिहाले भने पनि उनलाई देखेपछि भन्थे– आईमाईले चलाएको ट्याक्सीमा त के चढ्नु !
तर, विस्तारै उनको कामलाई प्रशंसा गर्ने पनि भेटिए । महिला चालक देखेपछि कतिले बाहिरैबाट सल्युट गर्थे । धन्यवाद भन्थे । त्यतिबेला भने ईश्वरी आफ्नो कामप्रति गर्व गर्थिन् ।
संघर्षले बनाएको छवि
ईश्वरी हक्की स्वभावकी छिन् । उनको जंगी स्वभावलाई चिन्ने कतिपयले त ‘हरामी दिदी’ भनेर जिस्क्याउँछन् । बाल्यकालको संघर्षले नै आफूलाई हक्की बनाएको ईश्वरीको अनुभव छ । ‘१३ वर्षको उमेरमै पिचमा काम गर्न थालेकी म । स्कूलको आँगन टेक्नै पाइनँ । यस्तै भोगाइले मलाई हक्की बनायो’, उनी सुनाउँछिन् ।
ईश्वरी स्याङ्जामा जन्मेकी । सानोमै बुबा गुमाइन् । बुबाको अनुहार कस्तो थियो थाहा छैन ईश्वरीलाई । आफूभन्दा मुनिका दुई बहिनी । घरमा खानै धौ–धौ पर्ने स्थिति आएपछि उनी काम गर्न बाध्य भइन् ।
ट्याक्सी चलाउन ठप्प हुँदा चालकहरू आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनमा ईश्वरी पनि मिसिएकी थिइन् । ‘आन्दोलनताका हामी रातभर सडकमै सुत्यौं’, उनी सुनाउँछिन् ।
सडकमा पिचको काम गर्दागर्दै उनलाई काठमाडौं जान रहर जाग्यो । कस्तो हुन्छ काठमाडौं हेर्नुथियो । एकदिन बसको ढोका समाएर ईश्वरी काठमाडौं हान्निइन् । गाडीले बिहान काठमाडौं ल्याइपुर्याउँदा उनलाई अनौठो लाग्यो । ‘एकजना चिया बेच्ने दिदीको नजिक गएँ । दिदीलाई सबै कुरा सुनाएँ । अनि ती दिदीले आश्रय दिइन्’, ईश्वरी पुराना दिन सम्झिन्छिन् ।
त्यसपछि उनले तरकारी व्यापारबाट काठमाडौं सफर शुरू गरिन् ।
लकडाउनले उब्जाएको दुःख
उमेरले ३८ टेकिन् ईश्वरी । भक्तपुरमा बस्छिन् । साथमा २० वर्षकी छोरी छिन् । श्रीमान्सँगको डिभोर्सबारे कसैसँग खुल्न चाहन्नन् । केही समयअघिसम्म तीन जना अनाथ बच्चाहरू पनि पालेकी थिइन् । ‘एउटा परिवार थियो । आमा अर्कैतिर लागिन् । बाबुले अर्को श्रीमती ल्यायो । मेरा आँखाले तीन जना कलिला बच्चाहरूको दुःख देख्न सकेन । अनि आफूसँगै ल्याएँ’, उनी सुनाउँछिन् ।
१० वर्षअघि उद्धार गरेर ल्याएका तीन बच्चामध्ये जेठो छोरो १८ वर्षका भए । अहिले उनी ईश्वरीबाट टाढा छन् । अर्का दुई जनालाई होस्टल हालिदिइन् । ‘मदन राई सरमार्फत निःशुल्क होस्टल हालिदिएँ । बेला बेलामा कपडाहरू पनि हालिदिने गर्छु’, उनी भन्छिन् ।
अहिले त त्यही कपडा हालिदिने पैसा पनि छैन ईश्वरीसँग । लकडाउनले उनैलाई अलपत्र पारिदियो । बचत भएको केही रकम लकडाउनमा सकियो । ‘लकडाउन नखुलेको भए खान नपाएरै मर्ने स्थिति हुन्थ्यो’, उनी सुनाउँछिन् ।
ट्याक्सी चलाउन ठप्प हुँदा चालकहरू आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनमा ईश्वरी पनि मिसिएकी थिइन् । ‘आन्दोलनताका हामी रातभर सडकमै सुत्यौं’, उनी सुनाउँछिन् ।
त्यही लकडाउनको प्रभाव अहिलेसम्म छ ईश्वरीको दैनिकीमा । पहिलेजस्तो कमाइ अचेल ट्याक्सीमा हुन छाडेको छ । होस्टलमा भएका बच्चाहरू तातो लुगा भएन भन्दै रुन्छन् । उनी भित्रभित्रै दुःखित हुन्छिन्– ‘यो जाडो बच्चाहरूलाई चिसै बनाएर बित्ने भयो ।’ कपडा किनिदिन पनि पैसा छैन उनीसँग ।
उनको नीरस अनुहारको दाहिने आँखामा गिर्खो बढेको देखिन्छ । हातले इंगित गर्दै सुस्केरा काढ्छिन्, ‘अरू त के ! आफ्नै आँखाको अप्रेसन गर्नुपर्ने, यत्ति पनि सकेकी छैन !’
बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले बताए ।
दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मण् िविक, २१ वर्षीया रतना सुनार, ६ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले जानकारी दिए ।
कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
एजेन्सी । अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिएको छ ।
स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे आसपास ट्रम्पले एउटा ट्वीट गरे जहाँ उनले चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे ।
उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ । लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस ।’
ट्वीटरले लगत्तै यो ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा राखेको छ । उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ ।
राष्ट्रपति ट्रम्पले धोखाधडीका कारण चुनाव हारेको आधारहीन टिप्पणीसहितको भिडियो ट्वीटर, फेसबुक र युट्युबमा लगातार पोष्ट गरिरहेका थिए । तीनै सामाजिक सन्जालबाट ट्रम्पका त्यस्ता सबै भिडियो हटाइएको छ । फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाइ २४ घण्टाका लागि कुने अपडेट गर्न राेक लगाएकाे छ ।
एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले २ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई उसकै मैदानमा ३–२ गोलको पुनरागमन जित हासिल गरेको छ ।
विल्बाओले खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सको गोलमार्फत अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि नै पेड्री गोन्जालेसले हेडमार्फत बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
मेस्सीले ३८ औं मिनेटमा पेड्रीको ब्याकहिल र उनाइ सिमोनको छोटो पासको सदुपयोग गरी गोल गरे र पहिलो हाफमा २–१ को अग्रता दिलाए । ६२ औं मिनेटमा मेस्सीकै शशक्त प्रहार गोलमा परिणत हुँदा बार्सिलोनाले ३–१ को अग्रता बनायो । खेलको अन्तिम मिनेटमा विल्बाओका मुनिइनले २० यार्डबाट शानदार गोल गरे पनि जितका लागि पर्याप्त बनेन ।
यो जितले रोनाल्ड कोम्यानको बार्सिलोनाले अंकतालिकामा रियल सोसिडाड र भिल्लारियललाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ ।
बार्सिलोनाको १७ खेलबाट ३१ अंक छ । दोस्रो स्थानको रियल मड्रिडको पनि समान खेलबाट ३६ अंक छ भने २ खेल कम खेलेको एट्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ ।
एजेन्सी । चीर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि २–० को जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । वेम्बलीमा हुने फाइनल भिडण्तमा सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो हाफमा जोन स्टोनेस र फर्नान्डिन्होको गोलमार्फत सिटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा दुवै टोलीको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीबाट खारेज गरिएको थियो ।
स्टोनेसले युनाइटेडको कमजोर रक्षापंक्तिको फाइदा उठाएका हुन् । उनले दोस्रो हाफ सुरु भएको ५ मिनेटपछि फिल फोडेनको फ्रिककलाई क्लोज रेन्जबाट गोल गरे ।
त्यसपछि पेप ग्वार्डिओलाको टिम सिटीले लगातार अवसरहरु सृजना गरिह्यो । युनाइटेडका एन्थोनी मार्सल र आरोन वान विसाकाले पनि एउटा अवसर गुमाएका थिए । ८३ औं मिनेटमा फर्नान्डिन्होले २० यार्डबाट आकर्षक भली प्रहार गोलमा परिणत भएपछि खेलले निर्णायक मोड लियो ।
अप्रिल २५ मा हुने टोटनह्यामबिरुद्धको फाइनल जितेमा सिटीले लगातार चारपल्ट लिग कप जित्ने लिभरपुलको कीर्तिमान बराबरी गर्नेछ ।
सिटीका प्रशिक्षक ग्वार्डिओला र टोटनह्याम प्रशिक्षक जोसे माउरिन्होबीच सन् २०११ पछि पहिलोपल्ट फाइनल प्रतिस्पर्धामा भेट हुन लागेको हो । त्यतिबेला ग्वार्डिओला बार्सिलोना र माउरिन्हो रियल मड्रिडमा थिए, ती दुई टोलीले कोपा डेल रे को फाइनल खेलेका गिए । त्यतिबेला बार्सिलोनाले सिजनको तीन ठूला उपाधि जितेको थियो ।
म्यानचेस्टर सिटीले सन् २०१३÷१४ को सिजनयता पाँचपल्ट लिग कपको उपाधि जितेको छ । मंगलबार राती भएको पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरी टोटनह्याम सेमिफाइनलमा पुगेको हो । टोटनह्याम पनि सन् २००८ यता ठूला प्रतियोगितामा उपाधिबिहीन छ ।
काठमाडौं । अदालतमा विचाराधीन कुनै पनि मुद्दामा गम्भीर संवैधानिक व्याख्या गर्नुपरेमा भनेर संविधानले नै व्यवस्था गरेको संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासको माग भएसँगै प्रतिनिधिसभा विघटनको मुद्दा झनै जेलिन थालेको छ ।
विघटन असंवैधानिक भएको भन्दै रिट लिएर गएकाहरुले नै संवैधानिक इजलासबाट होइन बृहत् पूर्ण इजलासबाट सुनुवाइ होस् भन्दै निवेदन दर्ता गराएका छन् । जबकि संवैधानिक विवादको निरुपण संवैधानिक इजलासबाटै हुने व्यवस्था छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासबाट आफूलाई अलग गर्ने ‘स्वआदेश’ गरेसँगै प्रतिनिधिसभा विघटन सम्बन्धी रिटहरुमाथिको सुनुवाइ नयाँ विषयमा प्रवेश गरेको छ ।
इजलाससामु कानून व्यवसायीहरुले दुई प्रश्न तेर्स्याएका थिए । पहिलो प्रश्न विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीकै महान्यायाधिवक्ता रहेका हरिकृष्ण कार्की ओली विरुद्धकै मुद्दा हेर्न मिल्ने कि नमिल्ने ?
बुधबारको सुनुवाइपछि न्यायाधीश कार्की आफैं इजलासमा नबस्ने निष्कर्षमा पुगेपछि दोस्रो प्रश्न पेचिलो बनेको छ ।
मनमोहन अधिकारीले संसद विघटन गर्दा ११ जनाको पूर्ण इजलासले फैसला गरेको थियो । अहिले पनि कम्तीमा ११ जनाको बृहत् पूर्ण इजलास बन्नुपर्छ भन्ने सबै रिट निवेदकहरुको साझा मत रहेको छ।
रिट निवेदकहरुको दोस्रो प्रश्न छ– प्रतिनिधिसभा विघटन जस्तो गम्भीर संवैधानिक विषयको निरुपणका लागि बृहत् पूर्ण इजलास किन गठन नगर्ने ?
उल्लिखित मुद्दामा बृहत् पूर्ण इजलास गठन हुन्छ वा संवैधानिक इजलासबाटै किनारा लाग्छ ? न्यायक्षेत्रमा चासोको विषय बनेको छ । यद्यपि संवैधानिक इजलासले नै यसको निर्क्याेल गर्नुपर्नेछ ।
मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध रिट हालेका सबै निवेदकहरुले बृहत् पूर्ण इजलास गठनको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गर्ने प्रयास गरेका थिए । मंगलबार दर्ता नभए पनि बृहत् पूर्ण इजलास गठनको विषय बुधबारको सुनुवाइमा शुरुमै उठ्यो ।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बृहत् पूर्ण इजलास गठनको माग गरे । ‘विगतको अभ्यास र संवैधानिक व्यवस्थाका कारण पनि प्रस्तुत मुद्दामा बृहत् पूर्ण इजलास गठन हुनुपर्छ’, श्रेष्ठको दाबी थियो ।
रिट निवेदकहरुका तर्फबाट बोल्दै श्रेष्ठले संवैधानिक इजलासबाट मात्रै प्रतिनिधिसभा विघटन जस्तो गम्भीर संवैधानिक, कानूनी एवं राजनीतिक प्रश्नको फैसला खोजिन नहुने बताएका थिए ।
श्रेष्ठको भनाइप्रति इजलास सन्तुष्ट देखिएन । प्रधानन्यायाधीश राणाले भने– यहाँ आएका सबै निवेदनमाथि बहस होस् । त्यसपछि के आवश्यक छ इजलासले निर्णय लिनेछ ।
बृहत पूर्ण इजलास किन ?
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी प्रतिनिधिसभा विघटनबारे बृहत् पूर्ण इजलास गठन हुनुपर्ने बताउँछन् । विगतमा सर्वोच्च अदालतले गम्भीर विषयमा निर्णय लिनका लागि बृहत् पूर्ण इजलास गठन गरेको स्मरण गर्दै त्रिपाठीले बृहत् पूर्ण इजलास गठनको माग निरन्तर राखिने बताए ।
‘मनमोहन अधिकारीले संसद विघटन गर्दा ११ जनाको पूर्ण इजलासले फैसला गरेको थियो । अहिले पनि कम्तीमा ११ जनाको बृहत् पूर्ण इजलास बन्नुपर्छ भन्ने सबै रिट निवेदकहरुको साझा मत रहेको छ’, त्रिपाठीले भने ।
प्रतिनिधिसभा विघटनको विषय संवैधानिक इजलासले हेर्नुपर्ने भनी संविधानमा किटान नभएको त्रिपाठीको दाबी छ । ‘यो संविधानको धारा ३३ को २ र ३ अनुसारको रिट निवेदन हो । कानून संशोधन, अन्तर प्रदेश विवाद वा संघ–प्रदेशको विवाद यो होइन । त्यसैले बृहत् पूर्ण इजलास आवश्यक छ’, त्रिपाठीले भने ।
संवैधानिक इजलासको अर्को सुनुवाइ आगामी बुधबारका लागि तोकिएको छ । बुधबारसम्म बृहत् पूर्ण इजलास गठन नभए निवेदकहरुले सोही विषयलाई उठान गर्ने बताएका छन् ।
संविधान हेर्ने कि नियमावली ?
प्रतिनिधिसभा विघटनको विषयमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलास कुन उपयुक्त भन्ने प्रश्नको स्रोत संविधान र नियमावली हुन् ।
संविधानको धारा १३७ को ३ मा ‘सर्वाेच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा उपधारा (१) बमोजिमको इजलासबाट हेर्ने गरी प्रधान न्यायाधीशले तोक्न सक्ने’ उल्लेख छ ।
उपधारा (१)मा सर्वोेच्च अदालतमा एक संवैधानिक इजलास रहने र त्यसमा प्रधानन्यायाधीश र निजले तोकेका चार जना न्यायाधीश रहने व्यवस्था छ ।
रिट निवेदकहरुले माग गरेको बृहत् पूर्ण इजलास भने सर्वोच्च अदालत नियमावलीको व्यवस्था हो । सो नियमावलीको दफा २२ मा बृहत् पूर्ण इजलासको प्रावधान रहेको छ । उपदफा २ को ‘च’ मा मुद्दामा समावेश भएको कानूनी प्रश्नको जटिलता र महत्वको विचार गरी प्रधानन्यायाधीशले बृहत् पूर्ण इजलासमा पेश गर्न सक्ने’ व्यवस्था रहेको छ । बृहत् पूर्ण इजलासमा पाँच वा सोभन्दा बढी न्यायाधीशहरु रहनेछन् ।
संवैधानिक इजलासमा न्यायाधीशहरुको राय बाझिएमा वा कुनै न्यायाधीशले राय व्यक्त नगरेमा फैसला हुन नसकी बृहत् पूर्ण इजलासमा पठाउन सक्छ । एउटा प्रश्न चाहिं के अनुत्तरित छ भने, संवैधानिक इजलाससँग रिट निवेदकहरुको भरोसा नभएकै हो ? नत्र बृहत् पूर्ण इजलासको माग किन ?
बुधबार काठमाडौंको माइतीघरमा वायु प्रदूषणविरुद्ध प्रदर्शन भएको छ । केही दिनदेखि प्रदूषण निकै बढेपछि वातावरण जोगाउने अभियानमा लागेका युवाले प्रदूषण कम गर्नका लागि सरकारलाई दबाब दिन प्रदर्शन गरेका हुन् ।
जनकपुरधाम। सिरहामा कक्षा १० मा पढ्ने एक विद्यार्थीको हत्या भएको छ। गोलबजार नगरपालिका–१२ हरिपुर घर भएका विद्यार्थी आनन्द सिंहको शव फेला परेको हो।
गोलबजार नगरपालिका–६ डोहटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनी गोलबजारस्थित सृजना सेकेड्री इङ्लिश बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत थिए।
गोलबजारमै बस्दै आएका उनी मंगलबार परीक्षा दिएर साथीलाई पुर्याउन भन्दै निस्केका थिए। तर, रातिसम्म फर्केर नआएपछि घरपरिवारले खोजतलास जारी राखेको बेला डोहटी टोल नजिकै खेतमा शव फेला परेको छ हो।
घटनास्थलमा उनले प्रयोग गरेको साइकल, ब्लेड र किटनाशक विषादी फेला परेको प्रहरीले जनाएको छ। यद्यपि घटनास्थल हेर्दा कसैले हत्या गरेको देखिन्छ। प्रहरीले भने अनुसार घटना शंस्कास्पद रहे पनि अहिले नै केही भन्न नसकिने बताएको छ।
उनी दुई वर्षअघि पनि अपहरणमा परेका थिए। तर भारतबाट अपहरणकारीको चङ्गुलबाट भाग्न सफल भएको स्थानीयले जनाएको छ। अपहरणबाट बचेका उनको अहिले आएर हत्या भएपछि परिवार शोकमा डुबेका छन्।
घटना विषयमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए।
वैज्ञानिक यतिबेला आयु कसरी लामो बनाउने र स्वस्थ रहने भन्ने कुरामा अनुसन्धान गरिरहेका छन् । आफूलाई स्वस्थ राख्न केही कुरामा ध्यान दिनु जरुरी छ । ग्रीन टी, ड्राइ फुड, तरकारी र केही मिनेटको दौडमा ध्यान दिनुपर्ने हुन्छ । जान्नूस, यी कुरालाई पालना गरेर कसरी जीवनमा खुशि रहन सकिन्छ ?
ग्रीन टी पिउनेले जीवन लामो हुन्छ डायबिटीज रिचर्स एन्ड केयर जर्नलमा अक्टोबरमा प्रकाशित एक शोधअनुसार जसलाई डायबिटीज छ र जो ग्रीन टी अथवा कफी पिउँछन्, उनीहरु उमेरभन्दा बढी समय बाँच्ने सम्भावना हुन्छ । ५ सासम्म ५००० व्यक्तिमाथि यो अनुसन्धान गरिएको हो । डायबिटिज नभएकालाई पनि ग्रीन टी लाभदायक हुने बताइएको छ । कफी र ग्रीन टीमा हुने प्लान्ट कम्पाउन्डले गर्दा शरिरको लागि राम्रो हुन्छ ।
दौडिनु लाभदायक विश्व स्वास्थ्य संगठनले एक सातामा कम्तीमा ७५ मिनेट दौडनुलाई राम्रो मानेको छ । दौडसहित साइक्लिङ, पौडी र एरोबिक गर्न पनि सुझाइएको छ । दैनिक ३५ मिनेट जगिङ गर्न पनि भनिएको छ । ब्रिटिस जर्नल अफ मेडिसिनमा प्रकाशित एक सोधअनुसार दैनिक दौडिनु आवश्यक छ । थोरै भएपनि दौडिनुले मान्छेलाई मृत्यु हुने खतराबाट जोगाउँछ ।
दैनिक केही मात्रामा ड्राइ फुड अक्सफोर्डको इन्टरनेसनल जर्नल अफ एपिडिमियोलोजीमा २०१५ मा छापिएको एक सोधअनुसार दैनिक बदाम, ओखर, पास्ताजस्ता ड्राइफुड खानाले मृत्युको खतरालाई कम गर्छ । यस अध्ययनअनुसार क्यान्सर, स्ट्रोक, सास र मस्तिष्कको बिरामीलाई ड्राइफुड लाभदायक हुन्छ ।
खानपानमा तरकारी लाभदायक जर्नल अफ दी अमेरिकन हार्ट एसोसिएसनमा उल्लेख भएअनुसार रुखविरुवमा आधारित खानालाई आहारमा समेट्दा कार्डियोभास्कुलरबाट हुने मृत्युको जोखिमलाई ३२ प्रतिशतले घटाउन सकिन्छ । हावर्ड मेडिकल स्कुलका कैथरिन डी म्याकम्यान्सका अनुसार रुखविरुवामा आधारित आहारको अर्थ तरकारी र फलफूल मात्र हैन । यसमा ओखर, बिउ, तेल, होलग्रेन, बिन्स पनि पर्छन् ।
काठमाडौं । नेपालको अनलाइन बजारमा लोकप्रिय ई–कमर्श कम्पनी ‘दराज’ले आफ्नो प्लेटफर्मबाट ‘अवैध’ सामग्रीहरूको व्यापार गरिरहेको पाइएको छ । नेपालमा ‘नेटफ्लिक्स’, ‘अमेजन प्राइम भिडियो’ लगायतका भिडियो कन्टेन्ट प्लेटफर्महरू उपलब्ध छैनन् ।
तर, अहिले दराजको वेबसाइटमा भारत, अमेरिका, क्यानडा तथा युरोपेली देशबाट रजिस्टर भएका ‘गिफ्ट कार्ड’हरूको पनि खुलेआम व्यापार भइरहेको स्पष्ट देखिन्छ ।
यो हेर्नुहोस्…
‘गिफ्ट कार्ड’ भनेको के हो ?
‘गिफ्टकार्ड’ भनेको सामान्य हामीले रिचार्ज कार्ड किने जस्तै हो । दराजमा राखिएको कुनै एउटा ‘गिफ्ट कार्ड’ खरिद गर्नु भनेको फोनको रिचार्ज कार्डको पिन नम्बर किने जस्तै हो ।
तपाईँले यसरी गिफ्ट कार्ड किनिसकेपछि विक्रेताले तपाईँलाई एउटा कोड दिन्छन् । र, त्यो कोड ‘रिडिम’ गर्नका लागि नेटफ्लिक्स उपलब्ध देशबाट नयाँ अकाउन्ट खोल्नुपर्छ ।
“नेपालबाट त्यो प्रक्रिया उपलब्ध नहुने भएकाले ‘भर्चुअल पाइभेट नेटवर्क’ (भिपिएन)को प्रयोग गरेर मात्रै गर्न सकिन्छ’ यहि व्यवसायमा संलग्न एक व्यक्तिले भने “नेपालमा अहिले अमेरिकी डलर, युरो र भारतीय रूपैयाँ सपोर्ट गर्ने गिफ्टकार्डहरू बिक्री वितरण भइरहेका छन् । र, त्यसका लागि ‘हुन्डी’, अनलाइन ट्रान्जेक्सन जस्ता माध्यमबाट दिनहुँ पैसा बाहिर गइरहेको छ ।”
कसले गर्छन् व्यापार ?
‘भर्चुअल गिफ्ट कार्ड नेपाल’ नामको फेसबुक पेज बनाएर यसको बिक्री गरिहेका एक व्यक्तिले ‘युरो कार्ड’ मात्रै उपलब्ध भएको बताए ।
उनले भने–१५,२५ र ५० युरोका अकाउन्टहरू उपलब्ध छन्, र क्रमश ती अकाउन्टको मुल्य २ हजार ७ सय २०, ४ हजार ५ सय २० र ९ हजार ५० रूपैयाँ पर्छ ।
तर, ती अकाउन्ट आफूले कसरी ल्याएको भन्नेबारे केही पनि जानकारी नभएको भन्दै उनी पन्छिए । यो एउटा उदाहरणमात्र हो । यस्ता सयौं विज्ञापनहरू अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा छरपस्ट छन् ।
यसरी सामाजिक सञ्जाल र इन्टरनेटमा देखिएका विज्ञापनले लोभिएको दराजले पनि आफ्नो प्लेटफर्मबाट यसको खुलेआम बिक्री वितरण गरिहेको छ ।
के यो वैधानिक हो ?
सामान्यतया नेपालमा उपलब्ध नै नभएको सेवा गैर कानुनी माध्यमबाट ल्याएर वितरण गर्न खोज्नु भनेको अवैध कार्य हो ।
“यस्तो काम विदेशमा बस्ने नेपाली साथी तथा आफन्तको माध्यमबाट हुने गरेका छन् ,” सूचना तथा प्रविधि विभागका निर्देशक लोकराज शर्माले नेपाल प्रेससँग भने, “त्यो त वैधानिक माध्यम भएन ।”
कुनै पनि देशमा उपलब्ध नभएका कुराको ‘थर्डपार्टी’ माध्यमबाट बिक्री वितरण गर्नु कानुनको पूर्ण रूपमा अवहेलना हुने साइबर इन्टरनेट अधिकारको क्षेत्रमा क्रियाशील अधिवक्ता बाबुराम अर्याल बताउँछन् ।
“दराजले नेपालमा डलरबाट कारोबार गर्न पाएन, नेटफ्लिक्सलाई डलरमा भुक्तानी गर्नुपर्छ । र, नेपालबाट भुक्तानी गर्न सक्दैन, ” अधिवक्ता अर्यालले भने, “त्यसो हुँदा उसले ‘थर्डपार्टी’ देशबाट भुक्तानी गर्नुपर्यो । त्यसैले सेवा यहाँ दिने र भुक्तानी ‘थर्डपार्टी’ देशहरूबाट लिनु भनेको कानुनको उल्लंघन गर्नु हो ।”
गैर जिम्मेवार दराज
हुनत, दराज आफैँले सामान बेच्ने होइन । तर, प्लेटफर्म दराजको प्रयोग भएकाले यसको जिम्मेवारी र जवाफ पनि दराजसँग हुनुपर्ने अधिवक्ता अर्यालले बताए । “दराजलाई नेपालको कानुनमा के छ भन्ने कुरा थाहा हुनुपर्छ,” उनले भने, “नेपालको कानुनअनुसार नै ‘गाइड’ हुनुपर्ने दराजको दायित्व हो ।”
तर, यसबारे जानकार भएर जिम्मेवारी निर्वाह गर्नुको सट्टा दराज यी गैर कानुनी व्यापारबाट आएको नाफा हेरेर मख्ख बसेको देखिन्छ । किनभने, अमेजन प्राइम भिडियो र नेटफ्लिक्स ‘गिफ्टकार्ड’का विज्ञापन दराजको वेबसाइट अहिले पनि भेटिन्छ ।
यसबारेमा दराजको धारणा बुझ्न खोज्दा उक्त कम्पनीका मार्केटिङ प्रमुख सलिना नकर्मीले आफूले यसबारे बोल्न नमिल्ने भन्दै इमेलको बाटो देखाएर आफू तर्किइन् ।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)ले प्रचण्ड–माधवका नेता एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई कारबाही गरेको छ।
बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रेम ओलेले नेपाल प्रेसलाई जानकारी दिए।
आलेले रिक्त स्थानमा हाललाई कुसैलाई पनि नियुक्त नगरिएको जानकारी दिए।
प्रचण्ड–माधव पक्षको १७ पुसमा बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गरेको थियो।
हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको डिजाइन अनुसार नेपाललाई धार्मिक, सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको दाबी गरेका छन्।
२०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै थापाले त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा र आफू गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको दाबी गरे।
हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको बताए।
संसद विघटनको घटनाबाट मुकुक थप जटिलतातर्फ फसेको थापाको भनाइ थियो। उनले लोभ, लालच र प्रलोभन दिई योजनाबद्ध रुपमा गाउँ–गाउँमा धर्म परिवर्तन गराउने काम भएको भन्दै कडा आपत्ति जनाए।
काठमाडौं । भारतका चार राज्यमा बर्डफ्लु (एचफाइभ एनवान)को संक्रमण फैलिएको छ । इन्डियन एक्सप्रेसका अनुसार हिमाञ्चल प्रदेशमा जंगली पंक्षी, राजस्थानमा काग, मध्यप्रदेश र केरलामा हाँसमा फ्लु देखिएको हो । हरियाणाका पोल्टी फार्ममा केही दिनयता एकलाख भन्दा बढी हाँस र कुखुराको मृत्यु भएको जनाइएको छ ।
हिमाञ्चल प्रदेशको पोङ ड्याम तालमा बसाइ सरेर आएका करिब १८ सय चरा मरेको भेटिएको छ । केरलास्थित दुई राज्यमा हाँसमा बर्डफ्लु संक्रमण भेटिएको छ । २५० वटा काग मरेपछि राजस्थानका दर्जनौं जिल्लामा सतर्कता अपनाइएको छ । इन्फ्लुएन्जा टाइपको भाइरसले गर्दा कुखुरा, हाँस र जंगली पंक्षीमा बर्डफ्लु संक्रमण बढी हुने गर्छ ।
भारतमा अहिले लक्षणसहित र लक्षणविहिनको बर्डफ्लु भेटिएको छ । अन्डा उत्पादन शक्ति कम हुने कुखुरा र हाँसमा लक्षणविहिन बर्डफ्लु भेटिएको बताइन्छ । पंक्षीविज्ञहरु जंगली पंक्षी र हाँसको कारण इन्फ्लुएन्जाको संक्रमण व्यापक हुने बताउँछन् । लक्षण नदेखिएका केही पंक्षी उडेर एक ठाउँमा अर्को ठाउँमा जाने र उनीहरुको दिशामा समेत भाइरस भेटिने बताइएको छ ।
सिजनअनुसार बसाइ सर्ने चराहरु एक ठाउँबाट अर्को ठाउँमा उडेर जाँदा भाइरसको प्रसारण व्यापक हुने गरेको अमेरिकी भाइरोलोजिस्ट भिन्सेन्ट राकानिलोले बताए । कहिलेकाहिँ बर्डफ्लु चराबाट सुँगुर, घोडा, बिराला र कुखुरामा पनि सर्न सक्ने उनले बताए । सन् १९९७ मा हङकङको मासु बजारमा बर्डफ्लु भेटिएको थियो र संक्रमित १८ जनामध्ये ६ जनाको मृत्यु भएको थियो ।
नेपालको तयारी कस्तो छ ?
सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ ।
हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि विगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहीदिन अघि छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिन थालेको छ ।
छिमेकी मुलुकमा देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपन्छी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको बताए ।
उनले भने,‘यस वर्षको तयारी भनेको, जहाँ फार्ममा लाग्यो त्यहीँ त्यो रोगलाई समाप्त गर्ने वा नष्ट गर्ने भन्ने छ । पहिले ३ किलोमिटर वा ५ किलोमिटर भन्ने थियो । अहिले त्यो छैन । पहिलो सूचना आउनेबित्तिकै टार्गेट त्यो फार्मलाई गर्छौ । हामिसँग अहिले बर्डफ्लु आदेश छ । बर्डफ्लु नियन्त्रण आदेशमा कन्ट्रोल रुम स्थापना गर्छौ ।’
उनका अनुसार कोभिड कहर नेपालमा शुरु भइसकेपछि बर्डफ्लु नेपालमा आएको थिएन । बोर्डहरु सिल भएको, पशु तथा पशुजन्य बस्तु कुनैपनि आयात भएको अवस्था थिएन । अहिले भारतमा बर्डफ्लु देखिएको छ । तर नेपालमा देखा परिसकेको त छैन तर सम्भावना भने उच्च छ ।
सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठुलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउन पनि उनको आग्रह छ ।
उनी भन्छन्,‘गत वर्ष कतिपय रोगको नियन्त्रणमा केन्द्रीय सरकार र प्रदेश सरकारको तालमेल मिलेन । किनभने धेरैजसो यो रोग नियन्त्रणको स्रोतहरु र जिल्लाका कर्मचारीहरु प्रदेश सरकार अन्र्तगत परिसकेपछि अप्ठ्यारो भएको थियो । आदेशमा त्यससम्बन्धी संशोधन पनि गरिसकिएको छ । गृह मन्त्रालय समेतको समन्वयमा रहेर बर्डफ्लु रोग नियन्त्रण नियमावली नै बनाईरहेका छौँ । तर अहिले आदेशमै काम गरिरहेको अवस्था हो ।’
उनले अगाडी थपे, ‘यो बेलामा दुई कुरामा विशेष तत्परता देखाएका छौँ । प्रयोगशाला– जहाँ यस सम्बन्धी रोगको निदान र पहिचान गर्ने र अर्को, क्वारेन्टाइन–जतिपनि सीमा क्षेत्र छ त्यहाँ ध्यान दिने । झन्डै १ खर्ब भन्दाबढी लगानी भएको उद्योग यसलाई जोगाउनका लागि व्यवसायीहरु आफैँपनि लाग्नुहुन्छ । प्रत्येक प्रदेशमा उहाँहरुसँग हाम्रो एउटा संयन्त्र छ । बर्डफ्लु नियन्त्रण आदेश अनुसार प्रमुख भएकाले यसलाई प्रमुख जिल्ला अधिकारीले हेन्डील गर्नुहुन्छ ।’
नेपालमा यो रोग देखियो भने प्रयोगशालाले किटान गर्ने, क्वारेन्टाइनले सुपरिवेक्षण गर्ने, तुरुन्तै बर्डफ्लु नियन्त्रणको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीले यसमा नियन्त्रणको प्रक्रिया अगाडी बढाउने सरकारको तयारी छ ।
कोभिडको बेला प्रयोग भएको प्रयोगशालाहरु पशुपन्छीको लागि पनि प्रयोग गर्न सकिने उनको भनाइ छ ।
साथै किसानलाई पनि ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन, हेल्थ सर्टिफिकेशन नलिइ जान नदिने सरकारको तयारी छ ।
काठमाडौं । कतारसँगको सीमा खोल्ने साउदी अरबको निर्णयको नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कतारसँगको स्थल, हवाई र समुन्द्री सीमा खोल्ने साउदी सरकारको निर्णयको स्वागत गरेको हो।
‘नेपाल सरकार स्थलगत, हवाई र समुन्द्रि सीमा खोल्ने साउदी अधिराज्य र कतार अधिराज्यको निर्णयको स्वागत गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘गल्फ कोअपरेसन काउन्सिल (जिसससी) देशका नेताहरुले हिजोको सम्मेलनबाट लिएको कदमले केही सदस्य राष्ट्रहरुबीचको विवादको समाधान गर्न तथा यो क्षेत्रमा स्थायित्व र सहकार्य बढाउन योगदान गर्नेछ भन्ने नेपाल विश्वास गर्छ ।’
जिसीसीका देशहरुसँगको सम्बन्धलाई नेपालले महत्व दिएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार र नेपाली जनता खाडी क्षेत्रमा सधै शान्ति, समृद्धि र विकास चाहान्छन् ।’
मंगलबार साउदी अरबले कतार र अन्य खाडी मुलुकसँगको स्थलगत, हवाई र समुन्द्रि सीमा पुनः सुचारु गर्ने निर्णय गरेको थियो । साउदीको यो कदमले रियाद र उस नेतृत्वको गठबन्धनले कतारविरुद्ध लगाएको नाकाबन्दीको हल निकाल्ने अपेक्षा गरिएको छ ।
सन् २०१७ मा साउदी, युएई, बहराइन र इजिप्टले कतारसँग कूटनीतिक, व्यापारिक तथा यातायात सम्बन्ध विच्छेद गरेका थिए ।
काठमाडौं । बुधबार काठमाडौंको माइतीघरमा वायु प्रदूषणविरुद्ध प्रदर्शन भएको छ । केही दिनदेखि प्रदूषण निकै बढेपछि वातावरण जोगाउने अभियानमा लागेका युवाले प्रदूषण कम गर्नका लागि सरकारलाई दबाब दिन प्रदर्शन गरेका हुन् ।
हामी अब हामी रहेनौं, मपाइँमा रूपान्तरित भएका छौं । सामूहिकता र हाम्रो भन्ने शब्द व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि मात्र प्रयोग हुन पुगेको छ ।
सिद्धान्ततः समाज विकासको नेतृत्व एक व्यक्तिबाट शुरू हुन्छ । तर यसलाई सार्थक बनाउन समाजका हरेक व्यक्तिको भूमिका अहं हुने गर्दछ । हिजोका दिनहरूमा हामी र सामूहिकताले काम गरेको थियो । परिवार, समुदाय र समाजले जस–अपजस दुवैको जिम्मेवारी लिन्थ्यो । अहिले जस सबै व्यक्तिमा केन्द्रित हुने गरेको छ । अपजस समूहलाई लगाएर व्यक्ति उम्कने गरेका छन् । समाज परिवर्तन र विकासको बाधक यही मपाइँवाद हो ।
विद्यमान देशको राजनीतिक अस्थिरता मपाइँको ज्वलन्त प्रमाण हो । अहिले देशका राजनीतिज्ञ, बुद्धिजीवी, पत्रकारदेखि कर्मचारीलगायत हरेक नागरिक यही मपाइँको शिकार भएका छन् । हरेक व्यक्ति आफ्नो दायित्व र जिम्मेवारी बाहेकका अन्य सबै विषयका विज्ञ भएर सामाजिक संजालमा छताछुल्ल भएका छन् । सबैमा एउटै कुरामा समानता देखिन्छ त्यो हो, मपाइँ । म के हुँ र मेरो दायित्व के हो त्यो पूरा गर्न कोही तयार छैन तर अरू सबैको लागि सल्लाह दिन तँछाडमछाड गरिरहेका छन् ।
जबसम्म हामी संस्थागत भन्ने भावनालाई आत्मसात् गर्न सक्दैनौं, जस तथा अपजसलाई संस्थागत रूपमा स्वीकार्न, संस्कृतिको विकास गर्न सक्दैनौं त्यसबेलासम्म संस्थागत अपनत्व रहँदैन । यहाँ मपाइँ केन्द्रविन्दु भइरहनेछ । व्यक्ति र सदस्यहरू त्यही मपाइँलाई प्रश्रय दिंदै उसैको फेरो समाएर रमाउने गर्छन् ।
उनै मपाइँवादीहरूलाई आफ्नो रोलमोडल बनाउन पत्रकार, नागरिक समाजदेखि विरोधी पक्ष वा समर्थकहरू लागिपरेका छन् । उनीहरूको प्रशंसामा होस् वा विरोधका नाममा उनीहरूकै प्रचारप्रसारमा तल्लीन मात्र होइन उनीहरूको पदचाप पछ्याइरहेका छन् । हरेक संचार गृह र बुद्धिजीवीहरू मपाइँवादीहरूको मपाइँत्व बढाउन लागिपरेका छन् । यसैलाई थप मलजल गराउन विरोध वा समर्थनका नाममा सामाजिक संजालमार्फत उनीहरू नै आँखा चिम्लेर लागिरहेका छन् । यस्ता कार्यले मपाइँवादीहरूलाई थप मपाइँत्व प्रस्तुत गर्न बल पुर्याउँदै आएको छ ।
व्यक्ति जब सामूहिकतालाई तिलाञ्जली दिएर ‘म’मा केन्द्रित हुन्छ तब उसको अधोगति प्रारम्भ भएको विश्व इतिहास प्रशस्त छन् । आजका दिनमा हामीले देशका नेता भनिएका व्यक्तिहरूदेखि बुद्धिजीवी, पत्रकार, वकिल, पूर्व कर्मचारी र नागरिक समाजका हरेकमा सामूहिकता सकिंदै गरेको देखेका छौं । यसले नेपाललाई अधोगतितिर धकेलिरहेको छ । हरेकले अरूलाई सुझाव दिइरहँदा उनीहरूमा मपाइँत्व स्पष्ट झल्कन्छ । ऊ सबै विषयमा सर्वज्ञानी देखिन्छ । अरू सबैलाई अबुझ, मूर्ख भन्न भ्याउँछ । यो सोचले अब हामीलाई कहाँ पु¥याउने हो, यो अहिलेको प्रमुख मुद्दा हो ।
प्रधानमन्त्री सर्वज्ञानी, अहिलेको सबै परिवर्तन उहाँ एक्लैको देन हो । प्रचण्ड एक्लैको कारण हामी यो अवस्थामा आइपुगेका छौं । माधव नेपाल उहाँ एक्लो यस्तो मानिस हो जसमा सबै कुरा केन्द्रित छ । उहाँको कारण यो सबै परिवर्तन भएको हो । यसैगरी शेरबहादुर देउवा, रामचन्द्र पौडेलका व्यक्तिगत कारणले मात्र हाम्रोमा प्रजातन्त्र र गणतन्त्र उपभोग गर्न पाएका छौं । यस्तै बाबुराम, मुमाराम, रामकुमारी, गगन, अरुण, किशोर नेपाल, रवीन्द्र मिश्र, विश्व प्रकाश, सुरेशराज आचार्य, पूर्व प्रधानन्यायाधीश, कार्की, श्रेष्ठ, मानवअधिकारकर्मी आदि आदिहरूमा अब पूर्ण रूपले मपाइँत्वले घर गरिसकेको छ ।
हिजोका सबै राम्रा भन्न मिल्ने कार्यहरू मेरो कारणले मात्र भएको हो । म थिइनँ भने परिवर्तन हुँदैनथ्यो । यहाँ पार्टी, संस्था, निकाय र कार्यकर्ता, कर्मचारी र शुभचिन्तकको कुनै महत्व र भूमिका छैन । फगत म हुँ ।
हामी आफूलाई सचेत र जिम्मेवार भन्न रुचाउनेहरू व्यक्तिगत स्वार्थमा डुबुल्की मार्दै मस्तिष्क र चेतनालाई बन्धकी राखेर वाद, गुट वा व्यक्तिको नाममा मपाइँलाई अझ बढावा दिन लालायित छौं । त्यसैमा रमाइरहेका छौं । अनि फेरि पनि अरूको परिवर्तनको आशामा अरूलाई लाञ्छना लगाइरहेका छौं र आफूभित्रको मपाइँत्व बढाइरहेका छौं । आफैं स्वघोषित आफैं स्वच्छ, सर्वज्ञानी आदि आदि ।
यति हुँदा पनि हामी आफूलाई सचेत र जिम्मेवार भन्न रुचाउनेहरू व्यक्तिगत स्वार्थमा डुबुल्की मार्दै मस्तिष्क र चेतनालाई बन्धकी राखेर वाद, गुट वा व्यक्तिको नाममा मपाइँलाई अझ बढावा दिन लालायित छौं । त्यसैमा रमाइरहेका छौं । अनि फेरि पनि अरूको परिवर्तनको आशामा अरूलाई लाञ्छना लगाइरहेका छौं र आफूभित्रको मपाइँत्व बढाइरहेका छौं । आफैं स्वघोषित आफैं स्वच्छ, सर्वज्ञानी आदि आदि ।
जबसम्म हामी संस्थागत भन्ने भावनालाई आत्मसात् गर्न सक्दैनौं, जस तथा अपजसलाई संस्थागत रूपमा स्वीकार्न, संस्कृतिको विकास गर्न सक्दैनौं त्यसबेलासम्म संस्थागत अपनत्व रहँदैन । यहाँ मपाइँ केन्द्रविन्दु भइरहनेछ । व्यक्ति र सदस्यहरू त्यही मपाइँलाई प्रश्रय दिंदै उसैको फेरो समाएर रमाउने गर्छन् ।
नेपाल जस्ता विकासोन्मुख देशहरूमा सधैं अस्थिरता सिर्जना गरी सम्पूर्ण शक्ति र स्रोत व्यक्तिमा केन्द्रित गराई सधैं खेलिरहन चाहने विकासे संस्थाका नाममा सम्पन्न देशहरूले बिरालोले मुसा खेलाए झैं देशलाई नै खेलाइरहेका हुन्छन् । थोरै ललीपपमा आफू गुमराहमा परेको थाहा नपाई सीमित मपाइँहरूको फेर वरिपरि घुमिरहेका हुन्छन् ।
एक पटक सबैले आफैंलाई हेरौं । स्वार्थभाव, अन्धभक्त, घृणा र एकपक्षीय सोचबाट बाहिर निस्कौं । भावनालाई होइन आफ्नो अन्तरमन र आत्मालाई नियालौं ।
मबाट हामी र हाम्रो भन्ने भावनाको विकास गरौं । यहीबाट परिवर्तनको थालनी हुनेछ । सकारात्मकता झल्कनेछ, आशाका दियोहरू बल्न थाल्नेछन् ।
काठमाडौं। झन्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा लाागेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् ।
नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो सातादेखी बन्द प्रशिक्षणमा राखेर चरणवद्ध तरिकाले अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो ।
सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो भने चितवनमा भएको च्यारिटी खेलबाट खेलाडीको फिटनेस लेभल प्रस्ट पनि भएको थियो । सोही अवस्थालाई नियाल्दै नेपाली क्रिकेट टोलीका फिजियोले खेलाडीको फिटनेस लेभल विकासका लागि अहिले मिहिनेत गरिरहेका छन् ।
न्यौपानेलाई साथ दिन ट्रेनर अहिले नेपाली खेलाडीको साथमा छन् । त्यसो त केही खेलाडीले व्यक्तिगत रुपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समय देखी मैदान ओर्लिन नपाएका खेलाडीलाई बृद्धि विकासकालागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिए ।
प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि क्यानले यस अघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिन यताको फिटनेसले खेलाडीमा सुधार आएको बताए ।
यस्तै राष्ट्रिय टोली उप कप्तान दिपेन्द्र सिंह ऐरीले इन्जुरी विस्तारै रिकभर हुँदै आएको सुनाए । ओमान सँगको शृखंलालाई लक्षित गरेर टोलीले अभ्यास गरिरहेको छ । ऐरीलाई साथ दिँदै युवा ब्याट्सम्यान रोहित पौडेलले अभ्यासमा फर्किदाँ खुसी लागेको प्रतिक्रिया दिए ।
सन् २०१४ मा बंगालदेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय स्तरमा उदीयमान देशको परिचय बनाएको नेपालले एक दिवसीय मान्यता पनि पाइसकेको छ । अहिलेको अवस्थामा तयारीलाई तीब्रता दिएको नेपालले ओमन, अमेरिका र नेपालसँगको क्रिकोणत्मक शृखंला सुखद बनाउन जुटिरहेको हो ।
विराटनगर । विराटनगरको रानीदेखि सुनसरी धरानसम्मको सडक पाेहाेर नै ६ लेनको बनाइसक्नुपर्ने थियो । तर अहिलेसम्मको करीब ६० प्रतिशत मात्र काम पूरा भएको छ । यसरी समयमै काम पूरा नहुनुको मुख्य कारण, सडक विस्तारको क्रममा विवाद भएर काम रोकिनु नै हो ।
आयोजनाका अनुसार अहिलेसम्म विभिन्न प्याकेजमा २२ किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भएको छ भने विभिन्न प्याकेटमा नाका निर्माणसँगै सडकपेटी निर्माणको काम पनि भइसकेको छ ।
२०६९ सालबाट ठेक्का लागेर रानी विराटनगर–इटहरी–धरान सडक खण्ड व्यापारिक मार्ग विस्तारको शुरू भएको थियो । कुल ४९ किलोमिटर सडक विस्तारको काममा अझै पनि केही ठाउँमा विवाद कायम रहेकाले विस्तारका लागि ठेक्का लाग्न सकेको छैन ।
विशेषगरी सुनसरीको दुहबी र धरानको तिनकुनेदेखि धरान बजार क्षेत्रमा सडक विस्तारका लागि घरहरू नहटाइएका कारण यी दुई खण्डमा सडक विस्तारको ठेक्का लाग्न नसकेको उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजनाको कार्यालयले जनाएको छ ।
आयोजनाका प्रमुख बद्री शर्माका अनुसार कुल लागत १० अर्बको आयोजनामा विराटनगरको रानीदेखि धरानको तिनकुनेसम्मको सडक विस्तारका लागि पुलसहित १७ प्याकेजको कुल ४४ किलोमिटरमा ६ लेनको सडक विस्तार गर्ने काम भइरहेको छ ।
सडक विस्तारको आयोजनाले सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोला पुलको विस्तारका लागि २० करोडमा ठेक्का लागेर पुल विस्तारको काम भइरहेको छ । त्यसैगरी रानीदेखि सुनसरीको तरहरासम्मको कुल ३४ किलोमिटर ६ लेनको सडक विस्तारको काम यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको आयोजनाका प्रमुख शर्माले बताए ।
‘रानीदेखि तरहरासम्मको प्याकेजको काम यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौं । दुहबी बजारमा रहेको समस्यालाई सुल्झाउने प्रयास भइरहेको छ’, आयोजना प्रमुख शर्माले भने ।
शर्माले चालु आर्थिक वर्षभित्र रानीदेखि तरहरासम्मको सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्यसहित लकडाउनको अवधिमा पनि सडक विस्तारको काम नरोकिएको बताए ।
‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर महामारीको बीचमा पनि सडक विस्तारको काम जारी रह्यो’ शर्माले भने, ‘यो बीचमा सडक विस्तारको धेरै काम भएको छ ।’ धेरै ठाउँमा नाला निर्माणदेखि सडक कालोपत्रे गर्न काम सम्पन्न गरेको पनि उनले बताए ।
कंचनजघा एस गीताञ्जली जेवी, ठुकुचु कान्छा राम हिम्डुङ, शर्मा कान्छाराम, आशिष एपेक्स रोशन, कालिका कान्छा राम जेवी, तुक्जी रमन जेवी निर्माण कम्पनीले विभिन्न खण्ड/खण्ड गरेर पहिलो चरणको विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको ६ लेनको सडक विस्तारका लागि नाला निर्माणदेखि ६ लेनको सडक निर्माणसम्मको काम गरिरहेका छन् ।
सरकारी निकायबाटै असहयोग
राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको रानीदेखि धरानसम्मको ६ लेन सडक विस्तारमा एकातिर धेरै स्थानमा आवश्यक मापदण्ड अपुगको समस्या देखिएको छ भने अर्कोतर्फ सडक विस्तारको क्रममा सरकारी निकायबीचको समन्वयले उत्पन्न समस्या पनि रहेको छ ।
उत्तर–दक्षिण व्यापारिक मार्ग परियोजना कार्यालय इटहरीका प्रमुख बद्री शर्माले बजेट अभावको समस्यासँगै रानीदेखि इटहरीहुँदै तरहरासम्मको ३४ किलोमिटर सडक विस्तारमा बिजुली, खानेपानी र टेलिफोन स्थानान्तरणको काम समयमै नहुँदा धेरै ठाउँमा समस्या भएको बताए ।
‘आयोजनाले सडक विस्तारको काममा सरकारी निकायबाट पनि आवश्यक सहयोग पाएको छैन’ आयोजना प्रमुख शर्माले भने, ‘पटक–पटक सडकमा भएको बिजुलीको पोल, टेलिफोनलगायत हटाउनुपर्ने संरचनाका लागि सम्बन्धित निकायलाई भनेका छाै । तर सडक विस्तार भइसकेको धेरै स्थानमा अहिले पनि सडकमै बिजुलीको पोल ठडिएका छन् । सडक विस्तारमा स्थानीयको अवरोध छिचोल्न उत्तिकै गाह्रो छ ।’
विद्युत्, टेलिकम, खानेपानीलगायतका निकायबाट पनि सडक विस्तारमा आवश्यक सहयोग भन्दा पनि व्यवधान उत्पन्न गर्ने काम गरिएको उनले बताए ।
आयोजना कार्यालयका अनुसार विराटनगरको रानीदेखि इटहरीसम्म नाला र फुटपाथ निर्माणसहितको पुल निर्माण बाहेक १६ प्याकेजमा अहिले काम भइरहेको छ । तर पनि ठेक्का लागेको र काम भइरहेको रानीको भन्सार क्षेत्रमा सडक विस्तारको लागि आवश्यक जमिन उपलब्ध नहुँदा १७५ मिटर लम्बाइमा सडक विस्तारको काम अघि बढ्न सकेको छैन ।
त्यसैगरी नहरदेखि एसलाल पम्पसम्म टेलिफोन र बिजुलीको पोल स्थानान्तरण गर्ने काम भर्खरै पूरा भएको छ । त्यस क्षेत्रमा टेलिफोन र बिजुलीको पोलका कारण सडक कालोपत्रे गर्ने काम रोकिएको थियो ।
विराटनगर महानगरले निर्माण गरेको विराटनगर प्रवेशको ढाँटमा रहेको प्रवेशद्वारको गेट हटाउन पटक–पटक महानगरलाई पत्राचार गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको आयोजनाले जनाएको छ ।
दुई लेनको सडक हँुदा निर्माण गरेको गेट ६ लेनमा सडक विस्तार गर्दा भत्काउनुपर्ने अवस्था रहेको छ । सबैभन्दा पहिलो ठेक्का लागेर निर्माण भएको बरगाछी एअरपोर्टसम्मको सडक कालोपत्रे गर्ने काम पूरा भए पनि रेलिङ र फुटपाथको काम अलपत्र छ ।
त्यसैगरी दुहबी बजार क्षेत्रको ६०० मिटर क्षेत्रमा सडकको लागि आवश्यक ३० मिटर चौडाको मापदण्ड आवश्यक पर्ने भए पनि त्यस क्षेत्रमा १६.५ मिटर मात्र जग्गा उपलब्ध भएकाले ठेक्का प्रक्रिया रोकिएको छ । बजार क्षेत्रमा पर्ने करीब ६० वटा घर सडक विस्तार आयोजनाभित्र पर्ने भए पनि अहिलेसम्म हटाउन सकिएको छैन ।
आयोजनाले सडक विस्तार भित्र पर्ने घरको क्षतिपूर्ति दिने शर्त राखे पनि स्थानीयले घरसहित जग्गाको मुआब्जाको विषयसमेत उठाएका कारण समस्या समाधान हुन नसक्दा विस्तारको काम रोकिएको छ ।
इटहरी बजार ट्याग्रा खोलादेखि तरहरासम्मको सडक विस्तारका लागि ५० मिटर चौडा सडकको मापदण्ड तय गरी ठेक्का लागे पनि धेरै घर भत्काउनुपर्ने भएर स्थानीयले सडक विस्तारमा अवरोध गरेका कारण विस्तारको काम रोकिएको छ । त्यस क्षेत्रको सडकको दुवैतर्फ पर्ने करीब २०० घर हटाउनुपर्ने अवस्था छ ।
घर हटाएर सडक विस्तारको लागि जमिन प्राप्तिका लागि आयोजनाले गएको फागुन २० गते सार्वजनिक सूचना निकाले पनि अहिलेसम्म घर खाली गर्ने काम भएको छौन ।
त्यसैगरी धरानको तिनकुनेदेखि धरान बजार क्षेत्रमा पनि सडक विस्तारको काम हुनसकेको छैन । एक किलोमिटर बजार क्षेत्रमा सडक विस्तारका क्रममा धेरै घर पर्ने भएकाले त्यो क्षेत्रमा स्थानीयले सडक विस्तारको काममा अवरोध सृजना गर्दै आएका छन् ।
जसका कारण सडक विस्तारको लागि ठेक्का समेत लाग्न सकेको छैन । ठेक्का लागेका सडक र अवरोध नभएका स्थानमा अहिले सडक विस्तारको काम भइरहेको छ । व्यापारिक मार्ग मध्यविन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर फराकिलो हुनुपर्नेमा रानी–इटहरी सडकखण्ड १५/१५ मिटर मात्र बनाइँदैछ ।
धरान तिनकुनेसम्मको सडक विस्तार कार्य शुरू
आँपगाछीदेखि धरानसम्मको वन क्षेत्रभित्रको सडक विस्तारको काम पनि यही आर्थिक वर्षबाट शुरू भएको छ । आँपगाछीदेखि धरानसम्मको ९ किलोमिटर क्षेत्रमा वन क्षेत्र परेकाले ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
वन विभागले सडक विस्तारका लागि १ हजार ४३० वटा रूख कटानको अनुमति दिएपछि ८० करोडको लागतमा सडक विस्तारको ठेक्का लागेको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख शर्माले असारमा सडक विस्तारको ठेक्का लागेर अहिले रूख कटानको काम भइरहेको बताए । साढे चार किलोमिटरको दरले दुई खण्डमा ठेक्का लागेको सडक विस्तारका लागि अहिलेसम्म ८०० रूख कटान गरिएको आयोजना प्रमुख शर्माले बताए ।
यो क्षेत्रको सडक विस्तारको लागि आँपगाछीदेखि सेउती खोलासम्मको ठेक्का रौता कन्ट्रक्सन र सेउतीदेखि तिनकुनेसम्मको सडक विस्तारका लागि हिम्डुङ एण्ड ठोकर प्यासिफिकले ठेक्का पाएर विस्तारको काम अगाडि बढाएको छ । यी दुवै निर्माण कम्पनीले तीन वर्षभित्र सडक विस्तारको काम पूरा गर्नुपर्नेछ ।
एकरूपता छैन मापदण्डमा
९ वर्षदेखि, रानीदेखि धरानसम्मको ६ लेनको सडक विस्तारको ठाउँपिच्छे मापदण्ड तय गरिएको छ । रानीदेखि इटहरी हँुदै आँपगाछीसम्म काम भइरहेको स्थानमा फरक–फरक ३० मिटर र ५० मिटर चौडाको मापदण्ड कायम गरिएको छ ।
रानीदेखि दुहबी बजारसम्म सडक चौडाको लागि ३० मिटर कायम गरिएको छ । त्यसैगरी दुहबी उत्तरबाट इटहरी बजार क्षेत्र हुँदै आँपगाछी क्षेत्रसम्मको सडक ५० मिटर चौडा बनाउने मापदण्ड तोकिएको छ ।
सडक मापदण्डमा एकरूपता नहँुदा विशेषतः इटहरी बजार क्षेत्रमा यसै विषयलाई लिएर विवाद कायम छ ।
इटहरी बजार क्षेत्रमा ५० मिटर चौडा कायम गरेका कारण धेरै घर पर्ने भएपछि स्थानीयले मापदण्डलाई लिएर सडक विस्तार कार्यलाई नै लामो समयदेखि अवरोध पु¥याएका छन् । जसका कारण करीब ६०० मिटर क्षेत्रमा सडक विस्तारको काम हुनसकेको छैन ।
इटहरी–आँपगाछी खण्डको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर दीपक थिङले इटहरी बजार क्षेत्रमा आफूहरूले सडक निर्माणको जिम्मा पाए पनि त्यस क्षेत्रमा सडक विस्तारको मापदण्डमा एकरूपता नभएको भन्दै स्थानीयले काममा अवरोध उत्पन्न गरेको बताए ।
‘सडक विस्तारका लागि पुग्दा मेसिन जलाइदिनेदेखि धरपकड गर्ने समेतको काम हामी माथि भयो’ प्रोजेक्ट म्यानेजर थिङले भने, ‘असुरक्षाका कारण काम गर्न असमर्थ भएपछि आयोजनालाई जानकारी गराएका छांै । सडक विस्तारको काम गर्ने वातावरण तयार नहुञ्जेल काम अगाडि बढाउन सकिंदैन ।’
सहयोगी सडक
पूर्वी नेपालको कोशी र मेचीमा चीन र नेपाललाई जोड्ने दुईवटा महत्वपूर्ण नाकाहरू छन् । तीमध्ये एउटा संखुवासभाको किमाथाङ्का हो भने अर्को ताप्लेजुङ जिल्लामा पर्ने ओलाङचुङगोला ।
यी दुवै नाकाहरू भारत र चीनलाई छोटो दूरीमा जोड्न सकिने महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट पनि हुन् । विराटनगरको रानी सीमामा जोगवनीसँग यी दुवै नाकालाई जोड्न सके पूर्र्वी नेपालले निकै ठूलो आर्थिक उपलब्धि पाउन सक्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउत बताउँछन् ।
तिव्बतसँगको सिमाना किमाथाङ्काबाट पनि सडक निर्माणको काम अघि बढेको छ । रानीबाट धरानसम्मको सडकलाई ६ लेनको बनाउँदा किमाथाङ्का सडकका लागि यो सहयोगी बन्नेछ ।
जोगवनी नाकादेखि किमाथाङ्कासम्मको दूरी ३७६ किलोमिटर मात्रै छ । यो बाटोको ट्रयाक खोल्ने काम अब ३४ किलोमिटर मात्रै बाँकी रहेको छ ।
अबको दुई वर्षभित्र तिब्बतको यो नाकालाई धनकुटा र धरानहुँदै भारतको जोगवनी जोड्ने सरकारी लक्ष्य छ । भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा ४०९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ५ हजार २२५ जना छन् । यस्तै आज ४९५ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले बुधबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नंको नेपाली सेनाको वानटनले सोही दिशाबाट जाँदै गरेको स.५प ५०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक साहले बताए ।
सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
पूर्व माओवादीबाट निर्वाचित बोहोराले मुख्यमन्त्री सहित प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग असहमति जनाएर सरकार छाडेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–माधव पक्षको बहुमत छ । केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका थिए ।
काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले रामेछाप जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
पार्टी विभाजनसँगै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्ति पौडेल प्रचण्ड–माधव नेपाल समूहमा लागेपछि बुधवार मन्थलीमा आयोजित कार्यकर्ता भेलाबाट नयाँ नेतृत्व चयन भएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा भएको भेलाले अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेको छ । श्रेष्ठ तत्कालिन एमालेको जिल्ला सचिव थिए ।
कडरिया प्रचण्ड–माधव नेपाल पक्ष छाडेर बुधवारकै कार्यक्रमबाट ओली पक्षमा खुलेका हुन् । श्रेष्ठ र कडरिया दुवैजना विद्यार्थी राजनीतिबाट पार्टीको नेतृत्वमा गएका हुन् ।
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको निरन्तर सुनुवाइ एक सातालाई स्थगित भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने स्वआदेश दिएपछि सुनुवाई स्थगित भएको हो ।
अब अर्को पेशी एक सातापछि अर्थात पुस २९ गते तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले कार्कीमाथि प्रश्न नउठाउन शम्भु थापालगायतका वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरे पनि आफ्नो भूमिकामाथि प्रश्न उठाइएको भन्दै न्यायाधीश कार्कीले आफू नरहने घोषणा गरेका हुन् ।
अब राणाले संवैधानिक इजलासमा नयाँ न्यायाधीश चयन गर्नुपर्नेछ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले सत्ताले मान्छेले बिगार्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै बुधबार काठमाडौंमा राजनीतिक दलहरुले गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘सत्ताले मान्छेलाई बिर्गादो रहेछ । सत्ताको मात अत्यन्तै खरानाक हुँदो रहेछ ।’
संसद विघटन गरेपछि पनि प्रधानमन्त्री ओलीले आफूलाई पूर्ण अधिकारसहितको प्रधानमन्त्री दावी गरेको भन्दै उनले कुनै पनि कदमलाई सफल हुन नदिने बताए।
‘विघटन पनि गर्ने अनि पूर्ण अधिकारसहितको प्रधानमन्त्री पनि ठान्ने,’ नेपालको भनाइ छ, ‘कस्तो निरङकुश । संकटकाल निम्त्याउने, अनेक खालका संयन्त्रका तानाबाना बुनिरहेको सुनेका छौं । त्यो सफल हुन्छ भन्ने नसोचे हुन्छ ।’
नेपालले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको समेत दावी गरे। ‘यो अग्रगामी कदम होइन, प्रतिगामी कदम हो,’ उनले भने, ‘यसले अग्रमणतिर लैजादैन । घरमा झमेला भएकाले घर नै भत्काइदिने, परिवारमा झगडा भएकाले परिवारै भत्कादिने प्रवृत्ति यो हो ।’
काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि प्रश्न उठाएका थिए ।
नयाधीश थापाको प्रश्नपछि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका थिए ।
काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाका क्रममा शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि इजलासबाट तत्कालै राणाले पछाडि नफर्किन आग्रह गरेका हुन् ।
राणाले त्यसरी पछाडि फर्किने हो भने केपी ओलीले नियुक्त गरेको चोलेन्द्रले के मुद्दा हेर्ने ? भन्ने प्रश्न पनि कसैले उठाउन सक्ने बताए ।
राणाले भने– संवैधानिक इजलासमा बस्न किन नमिलने ? भन्नेले त केपी ओलीले नियुक्त गरेको चोलेन्द्रले के मुद्दा हेर्ने भन्लान् । त्यसरी त कसरी हुन्छ ? हामी पछाडि नफर्कौ ।
कार्की विगतमा केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको भन्दै संवैधानिक इजलासमा केपी ओलीविरुद्धकै मुद्दा हेर्नेमा रहेकोमा विपक्षी वकिलले प्रश्न उठाएका हुन् ।
थापाले १४ जना न्यायाधीशको रोस्टरबाट अरु न्यायाधीश राख्न सकिन्थ्यो भन्दै कार्कीमाथि नैतिक प्रश्न उठेको बताए ।
उनले भने– हिजो श्रीमान कुन पार्टीमा हुनुहुन्थ्यो । म केपी ओलीको मुद्दा चै हेर्दिन भनेको भए हुन्थ्यो । हिजो एउटै पार्टीमा हुनुहुन्थ्यो हरिकृष्ण श्रीमान र महान्यायाधिवक्ता अग्निजी । आज अग्निजी सरकारको बचाउमा तल हुनुहुन्छ , श्रीमान माथि हुनुहुन्छ । यो भन्दा के भन्ने ?
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा चिया ब्रेकपछि पहिलो बहस गर्दै थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि प्रश्न उठाएका हुन् ।
बरिष्ठ अधिवक्ता थापाले भने– हरिकृष्णजी विगतमा केपी ओलीको सल्लाहकार हो । तपाईको कमन सेन्सले के भन्छ ? पब्लिकले के भन्लान् ? हामी अदालतको आदेश त मानौंला, यसबारे इजलासले विवेक प्रयोग गरोस् । हरिकृष्ण श्रीमानलाई के लाग्छ ? बस्नुस् वा छाड्नुस् म भन्दिनँ ।
कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए । थापाले हिजोको भूमिकामाथि प्रश्न उठाउँदै आजका महान्यायाधिवक्ता अग्नि खरेल र न्यायाधीश कार्कीमा के फरक छ भनी प्रश्न उठाएका हुन् ।
बार एशोसियनका पूर्व अध्यक्ष थापाले कानुनविदले प्रश्न उठाइसकेपछि अदालतले यसको जवाफ दिनुपर्ने बताए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।
प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो ।
माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका थिए । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनैपनि धारा नभएको बताए ।
प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनले माग गरे । प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने बताए ।
विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले ‘संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ है, ‘हामि अरु जान्दैनौँ, संसद विघटन मान्दैनाै ’ लगायतका नारा समेत लगाएका थिए ।
रुपन्देही । रुपन्देहीको भलवारीमा रहेको पेट्रोलिय पदार्थ भण्डार गृहको क्षमता बढाइएको छ । रि–इन्जिनियरिङ गरी पहिलो चरणमा पेट्रोलियम पदार्थ लोडिङ/अनलोडिङ सेड, पार्किङ यार्ड, विद्युतीय प्यानल भवन र १४० किलोलिटर मट्टितेल भण्डार गृह निर्माण गरिएको हो ।
पेट्रोलियम पदार्थ लोड/अनलोड गर्दा समस्या भएपछि नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले क्षमता बढाएको हो । यस्तै पार्किङ क्षमता पनि बढाइएको छ भने विद्युतीकरणलाई थप व्यवस्थित गरिएको निगमका प्रादेशिक कार्यालय भलवारीका प्रमुख प्रल्यांकर आचार्यले जानकारी दिए ।
केही दिनअघि नवनिर्मित संरचनाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगम संचालक समिति अध्यक्ष डा. बैकुण्ठ अर्यालले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले निमगसँगै पेट्रोलियम व्यवसायी पनि आधुनिक टेक्नोलोजीअनुसार चल्नुपर्ने बताए ।
निगमकाअनुसार भलवारी डिपोमा १ करोड ५० लाख रुपैयां लागतमा लोड/अनलोड गर्नसक्ने अन्तर्राष्ट्रिय मापदण्डको ४ वाय लोडिङ/अनलोडिङ सेड निर्माण गरिएको छ ।
यो पूर्वाधार बन्नुअघि दैनिक ३ देखि ४ लाख लिटर पेट्रोलियम पदार्थ लोड गर्न सकिनेमा अब दैनिक १० लाख लिटर लोड गर्न सकिने छ । यस्तै, २ करोड २५ लाखमा पार्किङ यार्ड बनाइएको छ । यसअघि धुलाम्य रहेको पार्किङ यार्ड पक्की गरिएको छ भने एकैपटकमा एक सय ट्यांकर पार्किङ गर्न सकिने छ । निगमले २६ लाखमा विद्युतीय प्यानल भवनसमेत बनाएको छ ।
विद्युतलाई नियमित गर्न र यहाँबाट विद्युत कन्ट्रोल हुने जनाइएको छ । यस्तै, १ करोड रुपैयाँ लागतमा ७०/७० किलोलिटर क्षमताका दुईवटा मट्टीतेल भण्डारण ट्यांकी निर्माण गरिएको छ । क्षमता बृद्धि गरी तीन दिनलाई पुग्ने मट्टीतेल भण्डार हुने गरी ट्यांकी बनाइएको हो ।
निगमले ४५ लाखमा क्याप्सीटेन्स अर्थिङ निर्माण गरेको छ भने ८० लाखमा दमकल र फायर इन्जिन पनि खरिद गरेको प्रादेशिक कार्यालय भलवारीका प्रमुख आचार्यले जानकारी दिए ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले व्यवस्थित र आधुनिक प्रविधिअनुसार निगमलाई अघि बढाउन लागिएको जानकारी दिए । उनले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बृद्धि गर्न लागिपरेको जनाए । निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टले नेपालगंज र पोखराका मट्टीतेल ट्यांकीमा पेट्रोल भण्डारण गर्ने गरी योजना बनाइरहेको बताए ।
केही महिनाभित्रै क्षमता ५ बढाउने
नेपाल आयल निगमले पेट्रोलको भण्डारण क्षमता वृद्धि गर्न लागेको छ । केही महिनाभित्रै ५ हजार किलोलिटर पेट्रोलको भण्डारण बढाउन लागिएको हो । मट्टितेलको माग घट्दै गएपछि ती ट्यांकीमा पेट्रोल भण्डारण गर्न लागिएको निगमले जनाएको छ ।
अहिले भारतबाट दुई दिन मात्रै पेट्रोल आयात नहुँदा अभाव सिर्जना हुने गरेको छ । पोखरा र नेपालगञ्जको मट्टितेल ट्यांकीमा पेट्रोल राख्न थालिएपछि सो समस्या हट्ने निगमको विश्वास छ । भलवारी डिपोको क्षेत्रमा हुने अभावसमेत हट्ने निगमले जनाएको छ ।
‘महिना दिनभित्रै ५ हजार किलोलिटर पेट्रोलियमको भण्डारण बढ्नेछ’, निगमका कार्यकारी निर्देशक सुशीलकुमार पौडेलले भने, ‘भण्डारण क्षमता वृद्धिपछि आयात अवरुद्ध हुँदैमा तत्काल अभाव सिर्जना हुनेछैन ।’ पाइपबाट डिजलको आयात बढेपछि रुपन्देहीको भलवारी डिपोमा ट्यांकरबाट आयात हुने मात्रा घट्ने उहाँले बताउनुभयो । यसो हुँदा तेल आयातमा हुने लागत घट्ने निगमले जनाएको छ । किलोलिटर मट्टितेल भण्डार गृह निर्माण गरेको छ ।
हलिउड फिल्म ‘मन्स्टर हन्टर’ कोभिड लकडाउनपछि नेपालमा रिलिज हुने पहिलो फिल्म बन्ने भएको छ । मिला जोभोभिक स्टारर यो एक्सन फिल्मलाई एप्पल इन्टरटेनमेन्टले शुक्रबार रिलिज गर्न लागेको हो । गत शुक्रबार व्यवसायीले एकपक्षीय हल खुलाएपनि पुराना फिल्म मात्र रि–रिलिज भैरहेका थिए ।
फिल्म समिक्षकबाट मिश्रित समिक्षा प्राप्त गरेको यो फिल्मलाई अन्तराष्ट्रिय बजारमा चाहिँ सोनी पिक्चर्सले वितरण गरेको छ । एप्पलका रुबेन श्रेष्ठका अनुसार शुक्रबार नेपाली मल्टिप्लेक्समा फिल्म रिलिज हुनेछ । क्रिटिक्सले यो फिल्मले भिजुअल इफेक्ट्स र एक्सन दृश्यलाई निकै रुचाएका छन् । पल एन्डर्सनले निर्देशन गरेको यो फिल्म क्यापकमको भिडियो गेम सिरिजमा आधारित फिल्म हो ।
मिला जोभोभिकसहित फिल्माम थाइल्यान्डका मार्सल आर्ट्स स्टार टोनी जा, अमेरिकी र्यापर टीआइ ह्यारिस मुख्य भूमिकामा छन् । लकडाउनअघि रिलिज तयारीमा रहेको डिज्नेको मुलान चाहिँ निश्चित छैन । तत्काल भारतीय फिल्म रिलिज हुने तय छैन ।
माघ १ गते शिव श्रेष्ठको ‘यस्तो एउटा प्रेम कहानी’ लाग्दैछ । फिल्म हल खुलेपनि प्रदर्शकलाई नयाँ फिल्म चलाउन हम्मे भैरहेको छ । तत्काल ठूलो लगानीमा फिल्म ल्याउँदा रिकभर हुने वा नहुने अन्यौलले गर्दा प्रदर्शक दोधारमा देखिन्छन् । नयाँ रिलिज गर्दा हलमा दर्शक आउने हुन् वा नहुने भन्ने निश्चित छैन । यस्तो बेला, माहौल बनाउन नयाँ फिल्म रिलिज गर्नुपर्ने बाध्यता छ ।
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने बताएको छ । कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ०. ६ प्रतिशतमा मात्र सिमित रहने विश्व बैंकको भनाइ छ ।
विशेषगरी पर्यटन क्षेत्रमा परेको प्रभावले आर्थिक वृद्धिदर खुम्चिने विश्व बैंकको भनाइ छ । विश्व बैंकले मंगलबार सार्वजानिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकले यस अघि चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतले रहने प्रक्षेपण गरेको थियो ।