Blog

  • ‘मेरो लोकप्रियताको ग्राफ जिरोमा झर्यो कि माइनसमा ? निर्वाचनमा हेरौंला’ (भिडियो)

    ‘मेरो लोकप्रियताको ग्राफ जिरोमा झर्यो कि माइनसमा ? निर्वाचनमा हेरौंला’ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले आफ्नो लोकप्रियता घटेको बताएको भन्दै त्यसको परीक्षणका लागि चुनावमा आउन चुनौती दिएका छन्।

    ‘कतिपयले भने केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झर्यो,’ आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘जिरोमा झरेछ कि माइनसमा झरेछ कि प्लसमा गएछ, निर्वाचनमा हेरौं न । अब गफ फिट्ने दिन गए । अब गफ फिटेर हुँदैन, अब मैदानमा ।’

    रेस्लिङ खेलको उदारण दिंदै ओलीले अब निर्वाचनको मैदान तयार भएको तर त्यसमा आउन खुट्टा नकमाउन आग्रह गरे। उनको भनाइ छ– अब मैदान घोषणा गरिएको छ, रिङ तयार भएको छ । रिङमा आउनुहोस्, त्यहाँ जितेर अनि लागउनुहोस् न रेस्लिङ बेल्ट । खुट्टा किन कामेको ? निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?’

    ओलीले चुनाव हुनु अस्थिरता नभएको पनि बताए। उनले भने, ‘चुनाव हुनु अस्थिरता होइन । अस्थिरता त्यतिबेला हुन्छ, जब बाह्यि शक्तिको ईसारामा राष्ट्रिय शक्तिहरु गोटी बन्न थाल्छन् ।

    यो पनि पढ्नुहोस्

    काठमाडौंबाट एक घण्टाभित्र चिनियाँ नाका पुग्ने गरी काम गर्दैछौं– प्रधानमन्त्री (भिडियो)

    ‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’ (भिडियो)

    प्रधानमन्त्रीको प्रष्टोक्ति– फोहोरी खेलबाट राजनीति प्रदूषित हुन नदिन प्रतिनिधिसभा विघटन

     

  • ‘कांग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’

    ‘कांग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’

    तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि कांग्रेस ठूलो पार्टी बन्ने जिकिर गरेका छन् ।

    तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको बताए ।

    भण्डारीले कांग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

    कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पार्टीलाई एक ढिक्का बनाउँदै बलियो बनाउन कार्यकर्ताले खबरदारी गरिरहनुपर्नेमा जोड दिए।

  • किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा ?

    किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा ?

    काठमाडौं । सरकारले राष्ट्रिय खेलाडीका लागि भनेर वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष शुरु भएदेखि नै पाएका छैनन । सोही कारण पदक दिलाएका खेलाडी निराश छन्भने नयाँ पिढीका खेलाडीलाई हौसला पाउनुको सट्टा निराशापन छाएको छ ।

    कीर्तिमानी धावन बैकुण्ठ मानन्नधरको यो भनाई सुन्दा लाग्छ नेपाली खेलकुद अझै बामे सर्दैछ । साँघुरा पूर्वाधार र व्यक्तिगत कुन्ठाबाट खेलमा जीवन अहुती गरेका मानन्धरले पुरानो शैलीमा अब खेलकुद चल्न हम्मेहम्मे हुँदै छ भन्ने प्रस्ट भएको बताए ।

    खेलकुद क्षेत्रमा विश्वले मारेको फड्कोलाई आत्मसाथ नगरे नेपाली खेलाडीको स्तर पुरानै अवस्थामा रहने उनको बुझाई छ ।नेपाल सरकारले नै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई भत्ता उपलब्ध गराउने निर्णय गरे पनि पदक दिलाएका खेलाडीले गत साउन महिना देखी भत्ता पाउन सकेका छैनन् ।

    यसै विषयलाई लिएर खेलाडीहरुको संगठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले गत बुधबार नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    यस अघि जगतबहादुर विश्वकर्मा (सुनार) खेलकुदमन्त्री नियुक्त भएको १३ दिनपछि २०७४ साल चैत २६ गते यसरी नै खेलाडी संघले ज्ञापनपत्र बुझाएको थियो । तात्कालिन मन्त्री विश्वकर्माले खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य अनुभूत गर्ने गरी काम गर्ने बताएका थिए । त्यसरी नै यसपल्ट मन्त्री लामाले पनि खेलाडीलाई आश्वासन दिएका छन् ।

    यसका अलावा संघले विभिन्न कार्यकालमा मन्त्रालय सम्हाल्दै आएका मन्त्रीसँग पनि माग राख्दै आएको थियो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यसअघिका मन्त्रीहरूलाई गराइएको ध्यानाकर्षण पत्रले खेलाडीको समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएके तर अहिले सम्मपनि सम्बोधन नभएको भन्दै सम्बोधन गर्न आग्रह गरेको हो ।

    खेलाडीहरुको संघ एनएनआईपिएका पदाधिकारीले मन्त्रीसमक्ष खेलाडीले पाउनुपर्ने मासिक प्रोत्साहन भत्ता रातो किताबमै उल्लेख गरेर वितरण गर्न माग राख्दै आएका छन् ।

    तर सम्बोधन भएको छैन । बरु उपलब्ध गराउने भनिएको सेवा सुविधा नपाउँदा खेलकुदमा जीवन विताएका खेलाडी निराश देखिएका छन् । यस्तै खेलमा जीवन विताउन अभिलासा राखेका नयाँ पिढीमा यसको प्रत्यक्ष असर देखिने थालेको छ ।

    जसका कारण युवा खेलाडी पलायन हुने अवस्था दिन प्रतिदिन बढ्ने क्रम जारी छ । पदकको आशा गर्ने तर सेवा सुविधा दिन कन्जुस्याई गर्ने प्रवृतिले खेलकुद क्षेत्र कहिले उघो लाग्ला ?यस विषयमा खेलकुुदको सर्बोच्च निकायले ध्यान दिने सयम आएको हो की ?

     

  • माघे संक्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    माघे संक्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    काठमाडौं । काठमाडौंको टोखा चाकुका लागि प्रशिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ । सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ ।

    माघे सक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ । नेवारी समुदायमा माघ एक गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठले यस वर्ष कोभिडको कारण चाकुको माग कम भएको बताए ।

    जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ । माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तिब्रता दिएका हुन् । यसवर्ष सख्खरको मूल्य बढेको भएपनि चाकुको मूल्य नबढाइएको श्रेष्ठले बताए ।

    चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । हिजो आज टोखामा तराइबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ ।

    सख्खरलाई करिब तीन घण्टा सम्म पकाउने, करिब आधा घण्टा सम्म चिस्याउने र राम्रोसँग तन्काएर ताडनुपर्छ । जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ । श्रेष्ठका अनुसार ५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्छ ।

    चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका लागि टोखा सम्म पुग्ने गर्छन् । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै बिक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा परम्परागत शैलीबाट चाकु बनाइने हुँदा पनि मानिसहरुले टोखाकै चाकु खान मन पराउँछन् ।

     

  • स्थानीय तहमा पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

    स्थानीय तहमा पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

    काठमाडौं । स्थानीय तहमा पूँजीगत खर्च कम भएको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौड्यालले पूँजीगत खर्च बढाउन आग्रह गरेका छन् ।

    आइतबार अर्थमन्त्रलायमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री पौड्यालले पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका हुन् ।

    हाल स्थानीय तहमा पुगेको रकममध्ये १२६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । यो रुपैयाँ खर्च गर्नका लगि पौड्यालले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई आग्रह गरे ।

    छलफलमा अर्थमन्त्री पौड्याले स्थानीय तहमा कोभिड–१९ कारण अति प्रभावित र अफ्ट्यारो परेकाहरुलाई पनि सहयोग गर्न समेत आग्रह गरे । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सृजना गर्न पनि उनले छलफलमा बताए ।

  • प्रचण्ड–माधव पक्षको सचिवालय बैठक पेरिसडाँडामा बस्दै, महासचिव तोक्ने विषयमा छलफल हुने

    प्रचण्ड–माधव पक्षको सचिवालय बैठक पेरिसडाँडामा बस्दै, महासचिव तोक्ने विषयमा छलफल हुने

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर सचिवालय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम चलिरहेका बेला सो समूहले सचिवालय बैठकमा छलफल गर्न लागेको हो ।

    नेकपाको साबिक सचिवालयका ९ जनामध्ये हाल प्रचण्ण्ड–माधव समूहमा चारजना छन् । वामदेव गौतम दुवै पक्षमा खुलेका छैनन् भने बाँकी चार नेता केपी ओली नेतृत्वको नेकपामा छन् ।

    पार्टी विभाजनपछिको अवस्थामा संगठन समायोजन, जिम्मेवारी बाँडफाँड र महासचिव चयनलगायतका विषयमा पनि नेताहरुबीच छलफल हुने स्रोतले जनाएको छ ।

    समायोजनका लागि सो समूहले माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

  • विदुर नगरपालिकाले दियो  पृथ्वी जयन्तीमा सार्वजनिक विदा

    विदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक विदा

    काठमाडौं । राष्ट्रिय एकीकरण दिवसको अवसरमा नुवाकोटको विद्र नगरपालिकाले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
    नगरपालिकाको २४ गते बसेको बैठककोे निर्णय अनुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा  भोलि सम्पूर्ण कार्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरी एकीकरण गरेको खुसीयालीमा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले बताए ।

     

  • नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रूतगतिमा

    नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रूतगतिमा

    झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ ।

    शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा २० लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवं निवर्तमान सङ्घीय सांसद लालबहादुर सावाले बताए।

    आयोजनाको कूल लागत ७९ करोड रुपैयाँ रहेकामा ६० करोड रुपैयाँ बैंक कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उनले जानकारी दिए । कम्पनीले एक लाख रुपैयाँदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।

    ‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए ।

    उनकाका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिए । यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट ७।३० रुपैयाँ का दरले बिक्री गर्ने कम्पनीको योजना छ ।
    यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने कम्पनीको दाबी छ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पिपीए) गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको इपिसी ठेक्का दिने जनाएको छ ।

    झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको सञ्चालक एवं सहकारी अभियानकर्मी रामचन्द्र उप्रेतीले बताए ।

    कम्पनीले शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै २०७८ मङ्सिर मसान्तमा आयोजना सम्पन्न गर्ने अठोट गरेको छ

  • काठमाडौंबाट एक घण्टाभित्र चिनियाँ नाका पुग्ने गरी काम गर्दैछौं– प्रधानमन्त्री (भिडियो)

    काठमाडौंबाट एक घण्टाभित्र चिनियाँ नाका पुग्ने गरी काम गर्दैछौं– प्रधानमन्त्री (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीले आफ्नो सरकारले असाधरण र ऐतिहासिक ढंगलले काम गरेको दावी गरेका छन्। उनले यसरी यसअघि कहिल्यै काम नभएको बताए।

    ‘असारधण ढंगले काम भएको छ, ऐतिहासिक ढंगले काम भएको छ,’ आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘ यसअघि यसरी कहिले पनि काम भएको थिएन ।’

    उनले विकास निर्माणका धेरै काममा सरकार अघि बढेको बताए । ‘विकास निर्माणका काम धेरै हुँदै छन्,’ ओलीको भनाइ छ, ‘सुरुङमार्फत् एक घण्टाभित्र हामी चिनियाँ नाका जान्छौं । महाकाली करिडोरको काम भइसकेको छ । झोलेङ्गे पुलले तुइन विस्थापन गर्ने काम भएको छ ।’

    यसले विरोधीलाई असह्य भएको बताए। उनले भने, ‘सरकारले यस्ता धेरे काम गरेपछ के भनेर होच्याउने छोला ? भिजनलाई के भनेर ओझेलमा पार्ने होला भनेर केहीलाई असह्य भयो ।’

    उनले पञ्चेश्वर कार्यान्वयनको काम पनि धेरै टुंगिएको बताउँदै बाँकी विषय टुंग्याउन भारतसँग कुरा भइरहेको बताए । अघिल्लो सरकारमा पनि आफूले विकास निर्माणका काम गर्दा धेरैलाई पीडा भएको बताए ।

    ओलीले भने– सभाहल बनाउँछु भनेपछि, संसद भवन बनाउँछु भनेपछि, लुम्बनीको उराठ भूमीलाई बगैंचाका रुपमा प्रस्तुत गर्छु भनेपछि, अन्तर्राष्ट्रि विमानस्थल बनाउँछु भनेपछि, शहरीकरणलाई तीव्र गतिमा अगाडि बढाएपछि आत्तिएर त्यसबेला अर्कै गठबन्धनतिर हाम फाल्ने काम भएको थियो । देशले छलाङ मारेकाले असैह्य भएको थियो । र, सरकार ढालिएको थियो।

  • स्वर्ण पदक विजेता बनिन् नेपाली एथलेट पुष्पा

    स्वर्ण पदक विजेता बनिन् नेपाली एथलेट पुष्पा

    काठमाडौं । बंगलादेशमा शुक्रबार सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ को स्वर्ण पदक नेपाली एथलेट पुष्पा भण्डारीले हात पारेकी छन् ।

    उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फको स्वर्ण जितेकी हुन् । त्यसैगरी भारतीय खेलाडीले दोस्रो र तेस्रो स्थान हासिल गरे ।

    पुष्पाले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन् । दोस्रो हुने भारतीय खेलाडीले ३ घण्टा ५ मिनेटमा दौड पूरा गरेकी थिइन् ।

    पुष्पा साग गेमको रजक पदक विजेता समेत हुन् । पुरस्कारको राशी ६ लाख ९० हजार नेपाली रूपैयाँ रहेको छ ।

     

  • दश हजार श्रमिकलाई राहत,  दुई लाखको उद्धार

    दश हजार श्रमिकलाई राहत,  दुई लाखको उद्धार

    गैरआवासीय नेपाली सङ्घ  (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड– १९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ ।

    गैरआवासीय नेपाली सङ्घको सक्रियतामा  विदेशमा समस्यामा परेका नेपाली कामदारलाई उद्धार गरिएको हो ।  गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशका विभिन्न देशमा नौ हजार ६५० भन्दाबढी श्रमिकलाई सेल्टरमै राखेर कानूनी सहायता, परामर्श, पिसिआर टेष्ट, तालीम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको छ ।

    सङ्घले साउदी, मलेसिया, कतार, (युएई), बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ । विभिन्न दातृ संस्थाद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएकालगायतलाई आर्थिक सहयोग गरिएको सङ्घले जनाएको छ ।

    हालसम्म गैरआवासीय नेपाली सङ्घले ८६२ जनालाई काठमाडौँबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडास्वरुप आर्थिक सहयोगसमेत गरेको छ । सङ्घले देशका सातै प्रदेशमा १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    अझै सतर्कता अपनाऔँ नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताए । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उनले स्पष्ट पारे ।

    जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उनले जोखिम घट्यो भन्ने बेला नभएको बताए । बेलायतलगायतका युरोपेली मुलुकमा फैलिएको सङ्क्रमणका कारण नेपाली पनि अछुतो नरहेको भन्दै उनले उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । ।
    कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा दुई जना र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा ३१७ पुगेको छ ।

    सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन् ।

    यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रीका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

     

  • ‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’ (भिडियो)

    ‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र होइन व्यवहारमै नेपालको नाममा कायम गरेर छाड्ने घोषणा गरेका छन् ।

    राष्ट्रियसभाको बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुगौली सन्धीले कायम गरेको नेपालको भूभाग मित्रतापूर्ण ढंगले वार्ता गरेरै नेपालको स्वमित्व स्थापित गर्ने बताए । ओलीले नक्सामा सामेल गरेर, संविधान संशोधन गरेपछि केही व्यक्ति अब भूमि पनि आउने भयो भनेर आफूविरुद्ध लागेको टिप्पणी गरे ।

    प्रधानमन्त्रीले भने– सुगौली सन्धीपछि १४६ वर्षसम्म हामीले उभोग गरेको हाम्रो भूभाग कालापानीमा भारतीय फौज बसेपछि नक्साबाट समेत गायब भयो । हामीले पहिलोपटक नक्सामा सामेल गरेर संविधानमा राख्यौं । अब मित्रतापूर्ण ढंगले तथ्यका आधारमा छलफल हुँदैछ । त्यो भूभाग कायम गरेर छाड्छौं । स्वामित्व अब नक्सामा मात्र होइन व्यवहारमै हुन्छ ।

    आफूले अघिल्लो पटक संविधान जारी गरे बापत सरकार ढालेर नाकाबन्दी लगाउन सघाएको र यसपटक नक्सा जारी गरेर धेरै राष्ट्रिय महत्वका काम गरेपछि सरकार ढाल्न खोजेको आरोप प्रचण्डमाथि लगाए ।

  • प्रधानमन्त्रीको प्रष्टोक्ति– फोहोरी खेलबाट राजनीति प्रदूषित हुन नदिन प्रतिनिधिसभा विघटन

    प्रधानमन्त्रीको प्रष्टोक्ति– फोहोरी खेलबाट राजनीति प्रदूषित हुन नदिन प्रतिनिधिसभा विघटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् ।

    राष्ट्रियसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्ड र माधवकुमार नेपालको नाम नलिई व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेको बताएका हुन् ।

    ओलीले भने– सरकारलाई काम गर्न नदिने, व्यवधान खडा गर्ने, जहिले पनि झमेलमात्रै सिर्जना गर्ने । केही व्यक्तिका व्यक्तिगत आकांक्षा, पदलोलुपता जस्ता कुराले राष्टि«य राजनीतिलाई प्रदूषित बनाउन थाल्यो । बहुमतलाई खण्डित गर्ने र ध्वस्त पारेर अनुचित गठजोडमा लाग्ने काम भयो ।

    ओलीले संसदलाई समेत काम नगर्ने थलो बनाउन खोजेको र सरकारले लगेका विधेयक सभामुखले निर्णयार्थ पेश नगर्ने जस्ता असहयोग भएको बताए ।

    ओलीले पार्टी र सरकार विघटन गर्न प्रचण्डको घरमा मात्र वैशाख १३ देखि पुस ४ सम्म २८० वटा गुटका बैठक बसेको र ३५ वटा बैठक अन्यत्र बसेको दावी गरे । ती सबै बैठक मुलुकलाई अस्थिरतामा लैजाने र अनैतिक साँठगाँठबाट भएको उनले बताए ।

  • मन्त्रिपरिषद् बैठक– राष्ट्रियसभा अधिवेशन आज मध्यरातिबाट अन्त्य

    मन्त्रिपरिषद् बैठक– राष्ट्रियसभा अधिवेशन आज मध्यरातिबाट अन्त्य

    काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई बताए ।

    चारवटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ । प्रधानमन्त्रीले आजै थारु आयोगको प्रतिवेदन पेश गर्ने र संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • नक्कली कामरेडहरु

    नक्कली कामरेडहरु

    डनहरुको अखाडामा कता हो भनेर सोधे
    बरीयता कि तल कि माथि भन्छन्
    ठग्छन् वा लुट्छन् सवर्गीय आफ्नैलाई
    तर पनि भन्न लाई त कमरेड साथी भन्छन् ।

    नयाँ सहमतिको पाक्दैछ भनेर सोधे
    विमति भयो थालमा छ माना पाथी भन्छन्
    आँखा सन्काएर निर्लज्ज हात लम्काउँछन्
    तरपनि भन्न लाई त कमरेड साथी भन्छन् ।

    अपराधीको जमघटमा न्यायको कुरा गरे
    तर्साउन पाईन्न हामीलाई के के जाती भन्छन्
    अयोग्य घोषित गरेर आफ्नैलाई लुट्छन्
    तर पनि भन्न लाई त कमरेड साथी भन्छन् ।

    फोहरी घरबेटीलाई सरसफाईको कुरा गरे
    तेरा ‘बा’लाई निकाल्दिन्छु हान्दै लात्ती भन्छन्
    छोरी, बुहारी, ज्वाईं आफ्ना मात्रै भान्साभरी छन्
    तर पनि भन्न लाई त कमरेड साथी भन्छन् ।

    भत्काएर सभ्यता नयाँ बनाउँदैनन् बाँदरहरुले
    भन्न त चोर स्यालहरुले पनि आफूलाई हात्ती भन्छन्
    हराई नै रहेका छन् दुखी किसानका चल्लाहरु
    तर पनि भन्न लाई त कमरेड साथी भन्छन् ।

  • नागरिक अगुवाले भने– देउवाको सदावहार ढुलमुले चरित्र चिन्ताको विषय

    नागरिक अगुवाले भने– देउवाको सदावहार ढुलमुले चरित्र चिन्ताको विषय

    काठमाडौं । नागरिक अगुवाहरु देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन गैरराजनीतिक असंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरित भएको भन्दै त्यसलाई सच्याउन आह्वान गरेका छन्।

    आइतबार पाण्डे र पहाडीले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमनको अंश भएको टिप्पणी गरेका छन्। ‘अमुक पार्टीको आन्तरिक किचलोलाई संवोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक असंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनकै अंश समेत देखिएको यो कार्य अमान्य छ। यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न हामी आह्वान गर्दर्छौं ।’

    उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनप्रति ढुलमुले चरित्र देखाएको भन्दै आलोचना समेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्यमान्यताको धरोहर दावी गर्ने प्रमूख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ।’

    देउवाले शनिबार विरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चुनाव गराउन लागेकाले निर्वाचनमा जानुपर्ने बताएका थिए। अदालत भन्दा पनि जनताको मत ठूलो हुने देउवाको भनाइ थियो।

  • अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद शेरधनको पक्षमा उभिए

    अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद शेरधनको पक्षमा उभिए

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै प्रदेशमा सांसद तानातान सुरु भएको छ ।

    सोही सिलसिलामा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले कित्ता परिवर्तन गरेका छन्। प्रदेश सांसदद्वय मोरङकी बसन्तीदेवी यादव र उदपपुरकी कला घले प्रचण्ड– माधव समूहको कित्ता परिवर्तन गरी ओली समूहमा लागेका हुन् ।

    मोरङकी सांसद यादवले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा ३४ औं र उदपपुरकी आलेले २९औ नम्बरमा हस्ताक्षर गरेका थिए।

    समानुपातिक तर्फकी सांसद बसन्तीदेवीलाई शनिबार परराष्ट्र मन्त्रीसमेत रहेका ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भेट गरेपछि उनी सो समूहमा खुलेकी हुन्।लगतै बुद्धीजिवी संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।

    प्रचण्ड–नेपाल पक्षका भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी घले पनि समूह परिर्वतन गरेर ओली पक्षमा उभिन पुगेकी छिन् । उनी प्रत्यक्ष निर्वाचित हुन् ।

    प्रचण्ड–नेपाल पक्षका पूर्वमन्त्री इन्द्र आङ्बो प्रस्तावक रहेको सो अविश्वासको प्रस्तावमा कुल ३७ जनाको हस्ताक्षर रहेको थियो । अविश्वासका पस्ताव पेश भएको चारदिनपछि कित्ता परिवर्तन गरी उनी ओली समूहका मुख्यमन्त्री शेरधन राईको पक्षमा उभिएकी थिइन् ।

    नेपाल प्रेससंगको कुराकानीका क्रममा उनले अब आफू मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फेल गराउन लाग्ने बताइन् । वर्तमान प्रदेश सरकारलाई निरन्तरता दिने पक्षमा आफू उभिएको उनको प्रतिक्रिया दिइन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि विस्तार गरेको केन्द्रीय समितिमा सांसद घलेलाई पनि मनोनीत गरिएको थियो । तर, उनी शपथग्रहण कार्यक्रममा भने उपस्थित भएकी थिइनन् ।

    तटस्थ रहेका र प्रचण्ड माधव पक्षमा रहेका अन्य केही सांसद पनि मुख्यमन्त्री शेरधन राईको पक्षमा खुल्ने तयारी भइरहेको स्रोतले जनाएको छ । अविश्वास प्रस्ताव पारित हुन ४७ जना सांसद चाहिन्छ । अब आचार्य पक्षसँग सो संख्या नपुग्ने देखिएको छ ।

  • संसद अधिवेशन अन्त्य हुँदै, बालुवाटारमा मन्त्रिपरिषद् बैठक

    संसद अधिवेशन अन्त्य हुँदै, बालुवाटारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने भएको छ । ६ महिनाभित्र संसद अधिवेशन बस्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले राष्ट्रियसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    पुस १७ गते शुरु भएको राष्ट्रियसभा अधिवेशन आज अन्त गर्नका लागि मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री निवासमा बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने स्रोतले जनाएको छ ।

    राष्ट्रियसभाको बैठकलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । संसदको यो अधिवेशन कुनै पनि विधेयक प्रस्तुत तथा छलफल नभइ अन्त्य हुने भएको छ ।

  • प्रचण्ड–माधव पक्षले सडकमा संविधान वाचन गर्ने, विद्यार्थीले बयलगाडा देखाउने

    प्रचण्ड–माधव पक्षले सडकमा संविधान वाचन गर्ने, विद्यार्थीले बयलगाडा देखाउने

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनमा रहेको विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले आज सडकमा संविधान वाचन गर्दैछ ।

    नेकपाको केन्द्रीय संघर्ष समितिका सहसंयोजक एवम् स्थायी कमिटी सदस्य गणेश साहका अनुसार संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै देशैभर सडकमै संविधान पढेर व्याख्या गर्न लागिएको हो ।

    राजधानीमा भने दिउँसो एक बजे सडकमा संविधान वाचन हुने छ।

    विद्यार्थीले बयलगाडा प्रदर्शन गर्ने

    त्यस्तै प्रतिनिधिसभा विघटनविरद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव पक्षीय अनेरास्ववियूले बयलगाडा प्रदर्शन गर्ने भएको छ । दिउँसो दुई बजे माइतघर मण्डलामा बयलगाडा प्रदर्शन गर्ने तयारी अनेरास्ववियूयको भए पनि प्रहरीले हस्तक्षेप गर्नसक्ने भएकाले कार्यक्रमको स्वरुप परिवर्तन गरिने भएको छ ।

    अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बयगाडा प्रदर्शन गर्नुको अर्थ प्रधानमन्त्री ओली अहिलेको व्यवस्था विरोधी रहेको देखाउनु रहेको बताए ।
    तामाङले नेपाल प्रेससँग भने– गणतन्त्रको आन्दोलन हुँदा केपी ओली बयलगाडा पुगेर अमेरिका पुगिन्न भनेर खिसिट्युरी गर्नुहुन्थ्यो । बाध्यताले उहाँले गणतन्त्र, संघीयता स्वीकार गर्नुभएको हो । तर, उहाँले अहिले व्यवस्थाविरोधी हर्कत देखाइरहनु भएको छ । त्यसलाई सांकेतिक रुपमा जनाउँन हामीले बयलगाडा प्रदर्शन गर्न लागेका हौं ।’

  • खोटाङ र मकवानपुरमा ओली पक्षले बनायो नयाँ अध्यक्ष

    खोटाङ र मकवानपुरमा ओली पक्षले बनायो नयाँ अध्यक्ष

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले खोटाङ र मकवानपुरमा नयाँ नेतृत्व चयन गरेको छ । पार्टी विभाजनपछि जिल्ला अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षमा लागेकाले कमिटी पुनर्गठन गरिएको हो ।

    नेकपाका अनुसार खोटाङ जिल्ला कमिटीको अध्यक्षमा राम दंगाल चयन भएका छन् । साबिक जिल्ला कमिटीका अध्यक्ष रामकुमार राई प्रचण्ड–माधव नेपाल पक्षमा लागेकाले उनलाई सचिव बनाइएको हो ।

    राई पूर्व माओवादीका नेता हुन् भने दंगाल पूर्व एमालेका हुन् । त्यस्तै नेकपा नेता ईश्वर पोखरेलको उपस्थितिमा शनिबार भएको भेलाले मकवानपुरमा पनि जिल्ला कमिटीको नेतृत्व परिवर्तन गरिएको छ ।

    पार्टी विभाजनसँगै जिल्ला अध्यक्ष मुनु सिग्देल प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि उनको ठाउँमा एकालाल श्रेष्ठलाई ओली पक्षले जिल्ला अध्यक्ष चयन गरेको छ ।

  • आइतबार सुन  तोलामा २३०० ले घट्यो

    आइतबार सुन तोलामा २३०० ले घट्यो

    काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुनको मूल्य ९३ हजार कायम गरिएको छ । शुक्रबार छापावाला सुनको मूल्य ९५ हजार ३०० मा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुनको मूल्य आइतबार ९२ हजार ५०० कायम भएको महासंघले जनाएको छ । यसैगरी आइतबार चाँदीको मूल्य १२७० कायम भएको छ ।

  • प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । पुस १७ गतेबाट शुरु भएको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पहिलो पटक आज जाँदैछन् ।

    अपरान्ह १ बजे शुरु हुने बैठकमा प्रधानमन्त्रीले बोल्ने समय मागेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । प्रतिनिधिसभा विघटनपछि संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

    आफूले के कारणले प्रतिनिधिसभा विघटन गर्नुपर्‍यो भन्नेबारेमा संसदमार्फतनै जनतालाई प्रष्ट पार्न खोजेका हुन् ।

  • काठमाडौंका दुई तिहाई जनप्रतिनिधि ओलीतिर

    काठमाडौंका दुई तिहाई जनप्रतिनिधि ओलीतिर

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आएसँगै दुईमध्य एक पक्षमा कित्ता स्पष्ट गर्ने क्रम जारी छ । केन्द्रदेखि स्थानीयतहसम्म नेकपा ओली पक्ष र प्रचण्ड-माधव पक्षमा विभाजित भइरहेका बेला केपी ओली पक्षले शुक्रवार आयोजना गरेको काठमाडौंका जनप्रतिनिधिहरुको भेलामा करीव दुई तिहाई निर्वाचित प्रतिनिधि सहभागी थिए ।

    दुवै समूहले जनतप्रतिनिधि र नेता/कार्यर्तालाई आफ्नो पक्षमा तान्न अधिकतम कोसिस गरिरहेका बेला काठमाडौंका प्रत्यक्ष निर्वाचित सबै तहका प्रतिनिधिलाई आफ्नो कित्ता प्रष्ट पार्न लगाइएको हो । तीनकुनेस्थित रोयल बेंक्वेटमा भएको भेलामा उपप्रधानमन्त्री इश्वर पोखरेलको उपस्थितिमा आफ्ना पक्षका जनप्रतिनिधिहरुको लेखाजोखा ओली पक्षले गर्‍यो ।

    दुई तिहाइ जनप्रतिनिधि ओलीतिर

    संयोगनै मान्नुपर्छ कि काठमाडौंमा तत्कालिन माओवादीले प्रत्यक्षतर्फ कुनै पनि तहमा जित्न नसकेका कारण विभाजित हुनेमा तत्कालिन एमालेबाट निर्वाचित जनप्रतिनिधिमात्र छन् । शुक्रवारको भेलामा धेरै जनप्रतिनिधि ओली पक्षतिर खुले ।

    विघटित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख गरि करिब दुई तिहाइ जनप्रतिनिधि ओली पक्षतिर लागेको पाइएको छ।

    विघटित प्रतिनिधिसभाका ६ सदस्यहरुमध्ये चार जना ओली पक्षतिर र बाँकी दुई जना प्रचण्ड–माधव पक्षतिर खुलेका छन्।

    त्यस्तै प्रदेशसभाका १६ मध्य जना प्रत्यक्ष निर्वाचित सदस्यहरुमध्य चार जना प्रचण्ड-माधव पक्षतिर छन् । बाँकी १२ जना ओली पक्षतिर खुलेका छन्।
    स्थानीय तहका धेरैजसो मेयर/उपमेयर पनि ओलीतिरै खुलेका छन् ।

    प्रतिनिसिधसभा सदस्य

    विघटित प्रतिनिधिसभामा तत्कालिन एमाले ६ सिट जितेको थियो । छ मध्ये चार जना ओली पक्षतिर खुलेका छन् । क्षेत्र नम्बर ३ का कृष्ण राई, ५ का ईश्वर पोखरेल, ७ का रामवीर मानन्धर र ९ का कृष्ण गोपाल श्रेष्ठ ओली पक्षमा छन् ।

    प्रचण्ड–माधव पक्षतिर क्षेत्र नम्बर २ का माधवकुमार नेपाल र ८ जीवनराम श्रेष्ठ छन्। काठमाडौंमा पूर्व माओवादीतर्फबाट उठेका सबै उम्मेदवार पराजित भएका थिए ।

    प्रदेशसभा

    प्रदेशसभाका प्रत्यक्ष निर्वाचित दुई तिहाइ सदस्य ओलीतिर खुलेका छन्। ओलीतिर खुल्नेहरुमा अजय क्रान्ति शाक्य, केशव स्थापित, गणेशप्रसाद दुलाल, नारायणबहादुर सिलवाल, योगेन्द्रराज संग्रौला, रमा आले मगर, राजेश शाक्य, सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाल, दीपक निरौला, प्रकाश श्रेष्ठ र मणिराम फुयाल रहेका छन् ।

    पूर्व माओवादी समूहले प्रदेशसभामा प्रत्यक्षतर्फ कसैले पनि जित हासिल पारेका थिएनन्।

    प्रचण्ड-माधव पक्षतिर खुलेका चार प्रदेश सांसदहरुमा अष्ट लक्ष्मी शाक्य, कुसुम कुमार कार्की,  केशव प्रसाद पोखरेल र वसन्त प्रसाद मानन्धर रहेका छन् ।

    स्थानीय तह

    काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य ओली पक्षीय हुन्। कागेश्वरी मनोहरा नगरपालिकाकामेयर कृष्णहरी थापा प्रचण्ड–माधव पक्षमा लागेका छन् भने उपमेयर विन्दु पुडासैनी ओलीतिर लागेकी छिन्।

    कीर्तिपुर नगरपालिका मेयर रमेश मर्हजन र उपमेयर सरस्वती खड्का प्रचण्ड–माधव पक्षतिर खुलेका छन्। त्यस्तै चन्द्रागिरी नगरपालिका उपमेयर लिशा नकर्मी ओलीतिर लागेकी छिन्।

    टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानमाया डंगोल पनि ओलीतिरै खुलेका छन्।

    तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहोरा ओलितिर लागेका छन् भने उपपेयर भवानी डोटेल धिमाल तटस्थ बसेकी छिन्। नागार्जुन नगरपालिका उपमेयर शुशिला अधिकारी पनि तटस्थ छिन्।

    बूढानीलकण्ठ नगरपालिका मेयर उद्यव खरेल र उपमेयर रमादेवी राई ओलीतिर खुलेका छन् । शंकरापुरका मेयर सुर्वण श्रेष्ठ ओलीतिर खुलेका छन् भने उपमेयर शुक्रलक्षमी श्रेष्ठ माधव नेपाल पक्षमा उभिएकी छन् ।

  • चार पूर्व प्रधानन्यायाधीशलाई चुनाव लड्न आउन सांसद मैनालीको चुनौति

    चार पूर्व प्रधानन्यायाधीशलाई चुनाव लड्न आउन सांसद मैनालीको चुनौति

    काठमाडौं । नुवाकोटबाट निर्वाचित वागमती प्रदेशका सांसद तथा नेकपा नेता बद्री प्रसाद मैनालीले चार पूर्व प्रधानन्यायाधीशहरु राजनीतिक वक्तव्यबाजीमा उत्रिएको भन्दै राजनीति गर्ने भए आफूसँग चुनाव लड्न आउन चुनौति दिएका छन् ।

    मैनालीले विज्ञप्तिमार्फत कुनै राजनीतिक दलको समर्थनमा वक्तव्यबाजी गर्नुभन्दा प्रत्यक्ष राजनीतिमा आउन चुनौति दिएका हुन् ।

    मैनालीले भनेका छन्– ‘कुनै मुद्दा संवैधानिक हो ,वा असंवैधानिक हो वा हाेइन, निरुपण गर्ने संवैधानिक सम्मानित अदालतले हेर्ने हो। यहाँ त , विगतमा अदालतमा नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीशहरु नै एक पक्षीय भएर, पूर्वाग्रही हिसाबले मोर्चा बनाएर मुद्दामाथि नै प्रभाव पार्ने गरी, विज्ञप्ति निकाल्ने काम प्राकृतिक न्यायको सिद्धान्त विपरित छ । म पूर्व श्रीमानहरुलाई प्रश्न गर्न चाहान्छु साँच्चै नै श्रीमानहरुलाई राजनीतिमा आउन वा कुनै राजनीति दलरुलाई सहयोग गर्ने रुचि हो भने आउनुहोस् ।म चुनौतीका साथ भन्छु तपाईंहरुसँग म चुनाव लड्न तयार छु।’

    मैनालीले सामन्य मानिसले बोल्दा मानहानी हुने तर पूर्व प्रधानन्यायाधीशहरुले खुलेआम अदालतलाई धम्की दिन मानहानी सजाय किन नहुने भनी प्रश्न गरेका छन ।

  • क्लीन फिड लागू नगर्नेमाथि कारवाही गर्ने विज्ञापन बोर्डको चेतावनी

    क्लीन फिड लागू नगर्नेमाथि कारवाही गर्ने विज्ञापन बोर्डको चेतावनी

    काठमाडौं । विज्ञापन बोर्डले स्वरांकन (डबिङ) गरिएका विदेशी विज्ञापन प्रसारण नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ । त्यस्तै विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्न समेत ध्यानाकर्षण गराएको छ ।

    बोर्डले सार्वजनिक सूचना प्रकाशित कतिपय सञ्चारमाध्यमले विदेशी विज्ञापन डबिङ गरी प्रसारण गरिरहेको गुनासो आएको भन्दै त्यसो नगर्न ध्यानाकर्षण गराएको हो ।

    क्लीन फिड लागु भइसकेको अवस्थामा विदेशी विज्ञापन नपालका सन्चारमाध्यममा डबिङ गरी प्रसारण गर्न नपाइने बोर्डले जनाएको छ । विदेशी च्यालनहरुमा समेत कानून विपरित विज्ञापन बजिरहेको भन्दै बोर्डले यस्ता कार्य भए कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

    नेपालमा कात्तिक ७ गतेदेखि क्लीन फिड लागू भएको छ । तर यसको मान्यता विपरित आइपी टिभीहरुमा निर्वाध रुपमा विज्ञापन सहितका विदेशी च्यानल प्रसारण भइरहेका छन् । कानुन अनुसार विदेशी विज्ञापन नेपालमा प्रसारण प्रकाशन गर्दा नेपाली कलाकार नै प्रयोग गर्नुपर्ने हुन्छ ।

  • बुटवलमा सडक मिचेर बनाइएका घरटहरामा डोजर चल्यो, स्थानीय असन्तुष्ट

    बुटवलमा सडक मिचेर बनाइएका घरटहरामा डोजर चल्यो, स्थानीय असन्तुष्ट

    रुपन्देही । रुपन्देही बुटवल उपमहानगरपालिकामा मुख्य सडक विस्तारका लागि मापदण्डविपरीतका घरहरु डोजर लगाएर भत्काउन थालिएको छ ।

    राजमार्गको चौराहा, ट्राफिकचोक र मिलनचोकबाट सडक मिचेर बनाएका घरटहरा भत्काउन थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिएका छन् । स्थानीयको अवरोधका कारण चौराहादेखि चिडियाखोलासम्मको सडक बिस्तार रोकिएको थियो ।

    घरधनीहरुले भत्काउन लागेका घरटहराहरु बाहेकका ठाउँमा आयोजनाले डोजर चलाउन थालेको मरासिनीले बताए । लामो समयदेखि रोकिएको सडक विस्तारको काम सर्वोच्च अदालतले बाटो खुला गरिदिएपछि बिहीबारदेखि सडक कार्यालयले सक्रिया थालेको थियो ।

    रुपन्देहीको सुनौली नाकादेखि बुटवलको चिडियाखोलासम्मको सडक विस्तारको काम सुनौलीतर्फ ७५० मिटर र भैरहवामा पनि २८ सय मिटर काम बाँकी रहेको छ । कूल २७ दशमलव ५ किलोमिटरको सडक विस्तार हुनुपर्नेमा हालसम्म २० दशमलव ४५ किलोमिटर सडकमा मात्रै विस्तारको काम सकिएको छ ।

    राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३ दशमलव ५ किलोमिटर सडक विस्तारका लागि कञ्चन जङ्गा विरुवा जेभीले निर्माणको जिम्मा पाएको भए पनि जग्गा विवादले काम रोकिएको थियो । गत जेठमा नै समयावधि सकिएको योजनाका लागि सोही कम्पनीले काम गर्ने गरी म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

  • पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्न मनिषा कोइरालाको आह्वान

    पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्न मनिषा कोइरालाको आह्वान

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ आंै जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आह्वान गरेकी छन् ।

    नागरिकस्तरबाट गठित राष्ट्रिय एकता दिवस समारोह समितिमा समेत रहेकी कोइरालाले स्वाभिमानी नेपाली नागरिकलाई पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्न आग्रह गरेकी हुन् ।

    पुस २७ गते शाहवंशीय राजतन्त्रका संस्थापक वडा महाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जयन्ती हो । गणतन्त्रप्रति पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन छाडिए पनि पछिल्लो समय नागरिकस्तरबाट पृथ्वी जयन्तीमा विदा दिन र पर्वका रुपमा मनाउन दबाब बढिरहेको छ ।

    भोलि विहान ११ बजे शान्तिवाटिका रत्नपार्कमा भेला भएर पञ्चेबाजा र धिमे वाजागाजाको झाँकी सहित पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको कोइरालाले बताएकी छन् ।

    उनले भनेकी छन्– ‘उहाँको अतुलनीय योगदानका निमित्त यही पौष २७ गते दिनको ठीक ११ बजे शान्तिवाटिका रत्नपार्कमा भेला भएर, हाम्रो मौलिक पहिचान पन्चेबाजा , झांकी, धीमे वाजागाजासहित सिंघदरवार स्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै उहाँप्रति सम्मान प्रकट गर्न समस्त स्वाभिमानी नेपाली नागरिकहरुमा हार्दिक आव्हान गर्दछु ।’

  • पद नपाएर खाँबो चिथोर्नेले डुबाए नेकपा

    पद नपाएर खाँबो चिथोर्नेले डुबाए नेकपा

    निर्वाचनताका दुई वामपन्थी दलहरू तालमेल भएको देशी–विदेशीलगायत धेरै शक्तिहलाई चित्त बुझिरहेको थिएन । वामपन्थीहरूले समृद्धि र स्थायित्वको नारा ल्याए । जनता स्थायित्वको नाराले खुशी भए, एउटै दलले पाँच वर्ष काम गर्न पाए देश अघि बढ्छ भन्दै अत्यधिक मत पनि दिए ।

    फलतः निर्वाचनमा वामपन्थीहरूले अत्यधिक बहुमत ल्याए । तर पनि सरकार बन्न नदिने खेल शुरू भयो, वामपन्थी घटकका एक प्रमुख व्यक्ति आफैं खेलोमेलोमा लागे । जब सरकार बन्यो, जितको उन्मादमा केही नेताहरू ‘अब वामपन्थीले ५० वर्षभन्दा बढी शासन गर्छ’ भन्दै हाँक दिंदै थिए ।

    केही नेताहरू मन्त्री हुन नपाएको झोकमा खाँबो चिथोर्दै थिए, कोही अन्टसन्ट बोल्दै जनमतको खिल्ली उडाउँदै थिए । सरकारले गति लिंदै थियो, जनसमर्थन व्यापक पाएको थियो । जस्तोः यातायातमा लगाएको सिन्डिकेट खारेज आदि । तर सरकार विस्तारै ब्याक गिएरतर्फ लाग्यो ।

    विभिन्न शक्तिकेन्द्रहरू यो सरकारलाई सहज रूपमा काम गर्न दिने पक्षमा थिएनन् । विपक्षीहरू सरकारले जे गरे नि मौन थिए । उनीहरूले सत्ता पक्षका मन्त्री नभएकाहरूलाई आफ्नो साथ लिन थाले । उनीहरूलाई सत्तापक्षमा नै खेल्न सकियो भने सरकार अनि वामपन्थीहरू बीच फुट ल्याउन सकिन्छ भन्ने थाहा थियो ।

    लोकतन्त्रमा निर्वाचन आवधिक हुन्छ भन्ने नबुझेर/बुझपचाएर निर्वाचन हारेकाहरूले अर्को निर्वाचनसम्म कुर्ने धैर्य समेत राख्न सकेनन् । सरकारलाई जनताको पक्षमा काम गर्न उत्प्रेरित गर्नुको साटो जनता आफ्नै पकेटको हुन् झैं माने । अहिले नपाए कहिल्यै लुट्न/खान पाइन्न भन्ने दिमागमा राखेर जस्केलाबाट छिर्ने कोशिश गरे, अन्ततः छिरेरै छोडे ।

    पद नपाएर खाँबो चिथोर्दै गरेका लोभीपापीहरूलाई साथमा लिएर खेल शुरु गरे । दुवै पक्षलाई उनीहरू उकास्न थाले, कुरोको चुरो नबुझेकाहरू मज्जाले उक्सिन थाले । उनीहरूको अभिव्यक्ति त्यही रूपमा प्रकट हुन थाल्यो । मिसनकारिता गरिरहेका केही पत्रकार नामधारीहरूले यस्ता विषयहरूलाई प्राथमिकता दिन थाले ।

    कोही ‘देश डुब्यो माझी पठाइदेऊ’ भन्ने त कोही ‘यो सरकार पाँच वर्षको लागि होइन’ भन्दै विभिन्न खेल शुरु गरे । विभिन्न शक्तिकेन्द्रले मज्जाले खेल्न थाले । सरकारकै सत्तापक्ष र विपक्षी (मन्त्री हुन या लाभको पद लिन नपाएका) जुध्न थाले । मजाले उकासे, तिनीहरू आफ्नो पद मर्यादा आदिको ख्याल नगरी अन्टसन्ट बोल्न थाले । फलानो मरिहाल्छ भनेर विभिन्न पदहरू बाँडेर लिने भन्नेमा लोभीपापीहरू एक हुन थाले ।

    लोकतन्त्रमा निर्वाचन आवधिक हुन्छ भन्ने नबुझेर/बुझ पचाएर निर्वाचन हारेकाहरूले अर्को निर्वाचनसम्म कुर्ने धैर्य राख्न सकेनन् । सरकारलाई जनताको पक्षमा काम गर्न उत्प्रेरित गर्नुको साटो जनता आफ्नै पकेटको हुन् झैं गर्न थाले । जम्माजम्मी पाँच वर्ष बाहिर बस्न सकेनन् । अहिले नपाए कहिल्यै लुट्न/खान पाइन्न भन्ने दिमागमा राखेर जस्केलाबाट छिर्ने कोशिश गरे, अन्ततः छिरेरै छोडे ।

    पार्टीमा अन्तरद्वन्द्व चरम सीमामा पुग्दैथियो । शक्तिकेन्द्रहरू खुशी थिए, उनीहरूको उद्देश्यले विस्तारै साकार रूप लिंदैथियो । पार्टीभित्र एकअर्का विरुद्ध पाँडे गाली तीव्र थियो । मानौं त्यो गालीले सगरमाथाको चौथो आधारशिविर पार गर्दैछ ।

    दुई पार्टी गणितीय बाहेक एक भएकै थिएनन् । विभिन्न गुट/उपगुट सल्बलाउन थाले । संगठन पूरै मास बेसमा गयो, सांगठनिक काम लगभग शून्य नै भयो । संगठन कोमामा पुग्यो । यो बारेमा कसैलाई मतलब भएन । आफ्नो मान्छेले नियुक्ति पायो÷पाएन, आफन्तहरू माल अड्डामा सरुवा भए/भएनन्, बढुवामा परे/परेनन् भन्नेमै ध्यान केन्द्रित गरे ।

    दुई पार्टी गणितीय बाहेक एक भएकै थिएन । विभिन्न गुट/उपगुट सल्बलाउन थाले । संगठन पूरै मास बेसमा गयो, सांगठनिक काम लगभग शून्य नै भयो । संगठन पूरै कोमामा पुग्यो । यो बारेमा कसैलाई मतलब भएन । आफ्नो मान्छेले नियुक्ति पायो÷पाएन, आफन्तहरू माल अड्डामा सरुवा भए÷भएनन्, बढुवामा परे/परेनन् भन्नेमै ध्यान केन्द्रित गरे ।

    संगठन ध्वस्त पार्न चाहनेको इच्छा अनुरुप लागेकाहरूको मिसन सफल भयो । जम्माजम्मी ३२ महिनामा संगठन/कमिटी भन्ने चिज त इतिहासमा यस्तो थियो रे भन्ने दिन पनि आयो ।

    फलतः अहिलेको अवस्था आयो । ३२ महिनासम्म एकपटक समेत वास्ता नगरेका जनता अनि कार्यकर्ताहरूतर्फ ध्यान दिन थाले । छेपारोले के रंग फेर्छ र, छेपारोलाई नै माथ दिने गरी रंग फेर्न थाले । कार्यकर्ताहरूको फोन नउठाउने, म्यासेज रिप्लाई समेत नगर्नेहरू दिनहुुँ जसो फोन गर्न थाले ।

    र, अन्त्यमा नेताले गलत गर्दा गलत भन्न नसक्ने कार्यकर्ताहरू समेत दोषी हुन् । विभिन्न शक्तिकेन्द्रको कुरा सुनेर आफ्नै घरमा आगो लगाउनेहरूको त के कुरा गर्नु ! !

     

     

  • एक पाना फोटोकपी गर्न ४० रुपैयाँ !

    एक पाना फोटोकपी गर्न ४० रुपैयाँ !

    निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न ४० पर्ने गरेको छ, यो हुम्लाका जनताको नियति हो ।

    जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंगो मूल्य तिर्नुपरेको गुनासो आएको हो ।

    बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउन बैंक नजिकको फोटोकपी सेन्टरमा एकप्रतिको ४० रुपैयाँ तिर्नुपरेको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँका धीरेन्द्र फडेराले जानकारी दिए ।

    सामाजिक सुरक्षाभत्ता बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गाउँपालिकाले लागू गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुइँचो लाग्ने गरेको छ । उनले भन्नुभयो, ‘किन यति महंगोमा दस्तखत कार्ड फोटोकपी गर्नुपरेको भन्दै बैंकसँग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको जवाफ पाएँ ।’

    यदि कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको व्यवस्था गर्नुपर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँका अर्का स्थानीय छिरिङ फडेराले बताए । दस्तखत कार्ड मात्र नभएर केवाइसी फर्मको पनि ४० रुपैयाँमा फोटोकपी गर्नुपरेको छिरिङको गुनासो छ।

    अन्य बैंक र फोटोकपी सेन्टर नभएका कारण कार्ड तथा केवाइसी फर्मको मूल्य आफूखुशी असुल्ने गरेको स्थानीयवासीको गुनासो छ । यो समस्या सर्केगाड गाउँपालिकाका वडा १ देखि ८ सम्मका सेवाग्राहीले झेल्दै आएका छन् । बैंक खाता खोल्नैपर्ने भएपछि सेवाग्राहीलाई अन्य विकल्प नहुँदा चर्को मूल्य तिरेर खाता सञ्चालन गर्नुपर्ने बाध्याता छ ।

    यस सम्बन्धमा उक्त शाखाका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको दावी गरे । सम्भव भएसम्म बैंकले स्क्यान गरेर सेवाग्राहीलाई उक्त कार्ड दिने गरेको उनको भनाइ छ । सिधै काठमाडौंबाट झिकाउनुपर्ने भएका कारण कहिलेकाहीँ कार्डको समस्या हुने गरेको बैंकको भनाइ छ ।

  • आठ वर्षमा २३ किलोमिटर विस्तार, निर्माण नसकिँदै मर्मतमा करोडौं खर्च

    आठ वर्षमा २३ किलोमिटर विस्तार, निर्माण नसकिँदै मर्मतमा करोडौं खर्च

    बुटवल । आठ वर्षअघि शुरु भएको बुटवल–बेलहिया व्यापारिक आयोजनाको २७ किलोमिटर सडक विस्तार अझै पूरा भएको छैन । तर, निर्माण सम्पन्न नहुँदै सडक मर्मतका लागि करोडौं रुपैयाँ खर्च भइसकेको छ ।

    उक्त सडक विस्तार सम्पन्न हुन अझै साढे ४ किलोमिटर विस्तार गर्नुपर्नेछ । आर्थिक वर्ष २०६८/०६९ बाट निर्माण शुरु भएको यो सडकका विभिन्न स्थानमा समस्या देखिएपछि मर्मतका लागि करोडौं खर्चिएको हो ।

    आयोजना तथा ठेकेदार पक्षले भर्खरै बनाएको सडकमा यातायात व्यवसायीले ओभरलोडका साधन गुडाएका कारण समस्या भएको दावी गरेका छन् भने यातायात व्यवसायी तथा उपभोक्ताले गुणस्तरीय काम समयमै नभएका कारण सडकमा धाँजा फाटेको आरोप लगाएका छन् ।

    सडक निर्माण पूरा नहुँदै यसको मर्मतमा साढे ३ करोडभन्दा बढी खर्च भइसकेको छ । बुटवल–बेलहिया व्यापारिक आयोजनाका प्रमुख जयलाल मरासिनी सडक मर्मत सम्भारमा ३ करोड ५० लाख रुपैयाँ खर्च भएको बताउँछन् ।

    सिद्धार्थ राजमार्गमा रहेको यो सडक नेपालकै दोस्रो ठूलो भन्सार बेलहिया नाकालाई पूर्वपश्चिम राजमार्गसंग जोड्ने सिक्सलेन सडकसँग जोडिएको छ । क्षमताभन्दा बढी लोडका भारबाहक गाडी गुडाउँदा ओभरलोडकै कारण बारम्बार मर्मत गर्नुपरेको आयोजनाका प्रमुख मरासिनीको भनाइ छ ।

    ओभरलोडेड गाडी गुड्दा समस्या !

    प्राविधिकका अनुसार ५० टन क्षमताको आधारमा निर्माण भइरहेको सडकमा १ सय टन भारसहितका गाडी गुडाउने गरेका कारण सडक सम्पन्न नहुँदै भत्किने गरेको हो ।

    सडक ऐनले २ एक्सल भार भएको ६ चक्के गाडीले १६ हजार २ सय केजी, ३ वटा एक्सल भएको १० चक्के गाडीले २५ हजार केजी, ४ वटा एक्सल भएको १२ चक्के गाडीले ३१ हजार केजी, र ४ वटा एक्सल भएका १४ चक्के गाडीले ४० हजार २ सय केजी गरी गुडाउने मापदण्ड तय गरेको भए तापनि यहाँ चल्ने गाडीहरूले १ सय टनसम्म अर्थात १ लाख केजीसम्म तौलका भार ढुवानी गर्ने गरेका छन् ।

    विशेषगरी भारतीय बजारबाट विभिन्न सामान लिएर आउने ठूला गाडीहरुमा ओभरलोडको बढी समस्या देखिएको यातायात व्यवसायीको आरोप छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले नेपालको प्रशासनले यहाँका व्यवसायीलाई कानुनी समस्या देखाएर दुःख दिने तर भारतीय गाडीलाई सहजै छाडिदिने गरेका कारण सडकमा यस्तो दुर्दशा देखिएको बताउँछन् ।

    भारतीय गाडीले मात्र होइन बेलहियाबाट बुटवलसम्मको करिब २४ किलोमिटर सडकमा लुम्बिनी रोडमा रहेका उद्योग र बुटवल-बेलहिया सडकखण्डको किनारमा रहेका ठूला उद्योगहरूले सडकको क्षमताभन्दा कैयौं गुणा बढी भार बोकेका कारण सडक निर्माण सम्पन्न नहुँदै बिग्रँदै गएको व्यापारिक आयोजनाका इन्जिनियर शुभेच्छा सारुले तर्क गर्छिन् ।

    ठूला उद्योगहरुले कच्चा पदार्थ तथा तयारी सामग्री बोकेका गाडी लोड अनलोड गर्न समस्या भएकाले सडकको मापदण्ड बढाउन र आफ्नो उद्योग वरिपरी निर्माणमा ध्यान दिन आग्रह गर्दै आयोजनालाई पत्राचार गरेका थिए । यो सडक सडकखण्डमा रहेका गोयन्का इन्फोटेक र एभरेष्ट रोलिङ मिलले ४ वर्षअघि आयोजनालाई पत्र लेखेरै उद्योगको प्रवेशद्वारमा १ सय टन क्षमताका ट्रक प्रवेश गर्ने भएकोले सोही आधारमा प्रवेशद्वारमा कल्भर्ट निर्माणका लागि आग्रह गरेका थिए ।

     प्रशासनिक समन्वयकाे अभाव

    सडकको मापदण्ड, उद्योगीहरुको आग्रह तथा प्रशासनबीच समन्वय अभावमा पनि समस्या बढ्दै गएको छ । आयोजनाले २०७३ जेठ ३२ गते च नं ७५९ जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही र यातायात व्यवस्था कार्यालय लुम्बिनीलाई पत्र लेखी बेलहिया बुटवल सडकखण्ड निर्माणाधीन रहेको र सडकले १०.२ मेट्रिक टनभन्दा बढी भार थेग्न नसक्ने जनाउँदै बेलहिया नाकाबाट भित्रिने भारतीय गाडीले सडकले थेग्नै नसक्ने गरी भार बोकेर आउने गरेकोले सो नियन्त्रण तथा व्यवस्थापन गर्न आग्रह गरेको थियो । तर ४ वर्षअघिको यो आग्रहलाई बेवास्ता गरेकै कारण अहिले पनि सडक बिग्रिँदै गएको छ ।

    आयोजनाअनुसार बेलहिया–बुटवल सडकखण्डको सडक डिजाइन गर्दा ५० टन क्षमताका आधारमा निर्माण भइरहेको छ । तर, सडकमा निर्वाधरुपमा १ सय टन क्षमताका गाडीहरू सोही बराबरका भार बोकेर हिँडेपछि सडकको आयु खस्किने सम्भावना बढेको हो । ‘हामीले डिजाइन नै ५० टनको गरेका हौं । यदि सय टनका गाडी गुडाउने हो भने डिजाइन परिवर्तन गरेर फेरि बनाउनुपर्यो ।’ आयोजनाका इन्जिनियर शुभेच्छा सारुले बताइन् ।

    भन्सारबाटै ओभरलोड रोकौंः ट्राफिक

    ओभरलोडको समस्या भन्सारबाटै रोक्नुपर्ने ट्राफिक प्रहरीको धारणा छ । भन्सारबाट छुटेर आएका साधन सडकको मापदण्डविपरीत भएपनि रोक्नका लागि समस्या भइरहेको बताउँदै ट्राफिक प्रहरीले भन्सारबाटै समाधान खोज्न वा मापदण्डमै पुगेर सल्टाउनुपर्ने जनाएको छ ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली पाण्डे ओभरलोड सवारीलाई भन्सारबाट प्रवेश नै रोक्नुपर्ने बताउँछन् । पाण्डेले भने ‘ट्राफिकको तर्फबाट गर्ने कारबाही गरेकै छौं । तर यसको नियन्त्रण भन्सार, यातायात विभाग, सडक विभागबाटै हुनुपर्छ । भन्सारबाट छाडिदिएर ट्राफिकले गरेन भन्ने विषय जायज हुँदैन ।’

    अदालतले संरचना हटाउने बाटो खोल्यो

    बेलहिया–बुटवल ६ लेन सडकखण्ड अन्तरगत बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक सिमा मिचेर निर्माण गरिएका संरचना खाली गर्न २४ घण्टे सूचना जारी गरिएको छ ।

    सडक निर्माणको क्रममा केही घरधनीहरु सर्वोच्च अदालत गएकोमा पुस २० गते अदालतले दिएको अल्पकालीन आदेश खारेज गरेपछि लामो बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना मणिग्रामले संरचना हटाउन सूचना जारी गरेको हो ।

    अदालतको आदेशसंगै लामो समयदेखि अवरुद्ध भएको बुटवलको सडक विस्तारको काम सूचारु हुने अपेक्षा गरिएको छ । सर्वोच्च अदालतले गत असार ३ मा आफैले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

    परियोजनाले अहिले सार्वजनिक सूचना जारी गर्दै बुटवलको राजमार्ग चौराहदेखि चिडिया चौकीसम्म सडकको मध्यभागबाट २५ मिटर दायाँ र २५ मिटर बायाँको क्षेत्रभित्र बनेका संरचना खाली गराई सडक बिस्तारमा सहयोग गर्न आग्रह गरेको छ ।

    तोकिएको समयमा नहटाए बल प्रयोगः सडक कार्यालय

    डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले सार्वजनिक सूचना जारी गरेर घरटहरा खाली गर्न घरधनीहरुलाई सूचित गरिएको र तोकिएको समय सिमाभित्र नहटाए सरकारी उपकरण प्रयोग गरेर कार्यालयले नै संरचना भत्काएर त्यसवापतको रकम घरधनीहरुसंग असुल गरिने बताए ।

    पटक पटक अदालतको आदेशले रोकिदै आएको उक्त सडकको बिस्तारकाविरुद्ध नारायणी देवी प्रधानलगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा सर्वोच्च अदालतले यसअघि दिएको आफ्नै आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि बाटो बिस्तार रोक्नुपर्ने अवस्था नभएको अधिवक्ता खुमाकान्त पौडेलले बताए ।

    पुस २० गते सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । पछिल्लो पटक जारी गरिएको उक्त आदेशमा- जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लगत संकलन गर्नका लागि सूचना प्रकाशन गरी कागजात माग गरिएको र उक्त सूचना बमोजिम पेश गरिएका कागजातहरुको सन्दर्भमा नापी कार्यालय बुटवलबाट जग्गाको पुनः नापजाँंचको समयमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकको केन्द्र बिन्दुबाट दाँयाबाँया २५/२५ मिटर कायम गरी राजमार्गको नापनक्सा तयार पारी फिल्डबुक कायम भएपश्चात बांकी रहेका जग्गाको निवेदकहरुले हाल साविक गराई नयाँ जग्गाधनी प्रमाणपुर्जा लिएको भन्ने देखिँदा २०७७ असार ९ गतेको आदेशलाई निरन्तरता दिनुपरेन भन्ने उल्लेख गरिएको छ ।

    करीब डेढ वर्षअघि तुलसीपुर उच्च अदालतको बुटवल इजलासले पछिल्लो पटक जग्गाधनीहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत कानूनी प्रकृया पुर्याएर मुआव्जा दिएपछि मात्र सडक बिस्तार कार्य गर्नु भन्ने आदेशसंगै सडक बिस्तार अवरुद्ध भएको थियो ।

    अदालतको आदेशअनुसार निवेदकहरुका कागजात अध्ययन गर्दा १ सय ५६ जना निवेदकमध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नुपर्ने भएकोले १५ दिनभित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरुले आफ्नो प्रमाण पेश गर्न नसकेपछि २४ जना सर्वोच्च अदालत पुगेका थिए ।

    उक्त सडकखण्डमा ३ सय १० घर र बांकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सीमा मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै घर भत्काई सडक खाली गरिदिएका छन् ।

  • विराटनगर चक्रपथको नियतिः २२ वर्षमा ट्रयाक पनि खुलेन

    विराटनगर चक्रपथको नियतिः २२ वर्षमा ट्रयाक पनि खुलेन

    विराटनगर । विराटनगरको बाहिरी चक्रपथ निर्माण शुरु भएको २२ वर्ष भयो । निर्माण कार्यले गति नलिँदा चक्रपथ निर्माणको काम अलपत्र परेको छ । यतिमात्र होइन यो परियोजना नेपालको विकासको गति झल्काउने गतिलो उदाहरण बन्न पुगेको छ ।

    विराटनगर चक्रपथको लम्बाई ४२ किलोमिटर छ । अहिलेसम्म ३७ किलोमिटरमात्र ट्र्याक खोलिएको छ । चक्रपथ निर्माण बजेट अभावमा रोकिएको होइन, जिम्मेबार निकायको नालाकीपनले यो योजना अलपत्र परेको हो ।

    भौतिक योजना मन्त्रालय मातहत रहने गरी सरकारले २०५४ सालमा सुरू गरेको योजना सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय हुँदै प्रदेश सरकार मातहतमा आइपुगेको छ ।

    गुणस्तरहीन निर्माण भएकाले चक्रपथमा पीच गरिसकिएको खण्डमा पनि भत्कन थालेको छ । दीर्घकालीन कार्ययोजना र विस्तृत अध्ययन अनुसन्धानबिना नै ट्रयाक खोलेर पिच पीच गरिएको छ ।

    रोड बनेको ठाउँमा पानीको निकास नहुँदा वर्षायाममा बस्ती डुबानको समस्या उस्तै छ । संघीय सरकारको शहरी विकास कार्यालय मातहतमा रहेको चक्रपथ परियोजना अहिले प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मोरङलाई हस्तान्तरण भएको छ । चक्रपथ निमार्णको जिम्मा पाएसँगै आर्थिक बर्ष २०७६÷०७७ को मंसिर १६ मा पुर्वाधार विकास कार्यालयले १ किलोमिटर सडक ग्राभेल गर्ने कार्य थालेको थियो ।

    कार्यालयले सुनसरीको शाह निर्माण सेवा कम्पनीलाई ३ करोड ८८ लाख ७४ हजार लागतमा विराटनगर–६ स्थित ब्रम्हपुरादेखि उत्तर ग्राभेल गर्ने ठेक्का लगाएकोमा बजेट अभावका कारण ६६० मिटर मात्र काम भएको छ ।

    अहिलेसम्म यो योजनामा १ करोड ३१ लाख ९६ हजार रुपैयाँ बराबरको कार्य भएको पुर्वाधार विकास कार्यालय मोरङले जनाएको छ । चालू आबको साउनमसान्त यता निर्माण कम्पनीले काम गरेको भए पनि ६९ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको कार्यालयका अधिकृत सोहन महासेठले बताए । चक्रपथ निर्माणका लागि संघीय सरकारले हरेक वर्ष ५ करोड बजेट विनियोजन गर्दै आएको छ । एकमुष्ठ बजेटकै अभावमा विगत २ दशकदेखि चक्रपथ निर्माणको कार्यले गति पाउन नसकेको सरोकारवालाको दावी छ ।

    बजेटको आधा रकम फ्रिज

    चक्रपथ निर्माणको काम पैसा अभावले भन्दा पनि इच्छाशक्तिको अभावका कारण सुस्त भएको थाहा पाउन योजनाका लागि आएको बजेट फ्रिज हुनुले पनि देखाउँछ । चक्रपथ निर्माणका लागि पछिल्लो १२ वर्षभित्र ५० करोडभन्दा बढी विनियोजन भएकोमा त्यसको आधा अर्थात २५ करोड रुपैयाँ फ्रिज भएको शहरी विकास कार्यालयले जनाएको छ ।

    २०६४ साल यता मात्र चक्रपथ निर्माणको लागि ५० करोड रुपैयाँ बजेट विनियोजित भएको पाइन्छ । काम नहुँदा प्रत्येक वर्ष विनियोजित बजेटको आधा बजेट फ्रिज भएर जाने गरेको प्रदेश नं १ सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख राजेशराज रेड्डीले बताए ।

    ‘चक्रपथ निर्माणमा ठूलो बजेटको आवश्यता पर्छ,’ कार्यालय प्रमुख रेड्डी भन्छन, ‘सरकारले चक्रपथ निर्माणका लागि ठूलो स्केलमा बजेट विनियोजन गरेको छैन, सानो स्केलको बजेटले काम गर्ने स्थिति छैन,’ काम नहुँदा बजेट फ्रिज भएर जाने कुराले प्रत्येक बर्ष निरन्तरता पाएको छ ।

    चालू आर्थिक वर्षमा पनि ५ करोड ५ लाख रुपैयाँ विनियोजन भएकोमा काम हुन नसकेपछि १ करोड ६० लाख रुपैयामात्र खर्च भई अरु बजेट फ्रिज हुने अबस्थामा छ । संघीय सरकारबाट यही वर्ष हस्तान्तरण भएको चक्रपथको योजनाका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३ करोड रुपैयाँ विनियोजन गरेको छ । कुल ४२ किमी लम्बाइ रहेको चक्रपथको सम्पूर्ण निर्माण भइसक्दा करिब पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    मुआब्जा विवाद मुख्य समस्या

    बाहिरी चक्रपथ निर्माणको काम मुआब्जा विवादको कारण अड्किएको छ । ४२ किलो मिटर मध्ये करिव ५ किलोमिटर सडक मुआब्जा विवादको कारण रोकिएको हो ।

    ‘मानववस्ती नभएको स्थानमा चक्रपथ निर्माणमा कुनै समस्या झेल्नु परेन,’ प्रमुख रेड्डी भन्छन, ‘बजार क्षेत्रमा ट्रयाक खोल्नसकस भएको छ,’ धेरैको घर पर्ने भएकाले उनीहरुलाई कसरी व्यवस्थापन गर्ने बारेमा समाधान हुन नसक्दा ७ वर्षदेखि ती स्थानमा ट्रयाक खोल्ने काम अड्किएको छ ।

    सार्वजनिक निजी साझेदारीमार्फत सरकारले स्थानीयको जग्गा लिएर चक्रपथ बनाउने र सडकका दुवैपट्टी एक सय मिटर जग्गा प्लानिङ गरी स्थानीयलाई नै फिर्ता गर्ने योजना अघि सारेको थियो । स्थानीयको जग्गा लिँदा मुआब्जा दिने सरकारको नीति नरहेको प्रमुख रेड्डीले बताए ।
    चक्रपथका लागि मात्रै २ सय ११ बिघा जग्गा आवश्यक पर्छ । यो सबै जग्गा निःशुल्क अधिग्रहण गर्ने सरकारी योजना छ । अहिले यसको ट्रयाक खोल्ने काम पूरा गर्ने क्रममा विवादले रोकिएको छ । झोराहाटमा जग्गा बिवाद अदालतमा मुद्दा विचाराधीन छ ।

    सर्वसाधरणले रिङरोडमा पर्ने जग्गाको मुआब्जा माग गरेका छन् । प्रदेश प्रहरी कार्यालयको दक्षिणपट्टीको सीमा क्षेत्र दरैयामा पनि समस्या छ । त्यहाँका ८/१० घर भत्किने अवस्था छ । पक्की घरसमेत परेकाले उनीहरुलाई कसरी व्यवस्थापन गर्ने समस्या अहिले मुख्य बनेको छ ।

    बाहिर चक्रपथ निर्माणमा मुख्य समस्याका रुपमा देखिएको मुआब्जा विवाद तत्काल हल हुने अबस्था देखिन्न । स्थानीयले मुख्य मागका रुपमा जग्गाको मुआब्जालाई अघि सारेका छन् । यसैकारण चक्रपथले पूर्णता पाउने कुरा अझै लम्बिने छ ।

    ट्रयाक समेत खोल्न समस्या रहेको प्रदेश प्रहरी कार्यालयको दक्षिणपट्टिको सीमा क्षेत्र दरैयाका स्थानीयबासीले मुआब्जा नपाएसम्म सडक बिस्तार गर्न नदिने अडानमा छन् । स्थानीय आन्नदी ठाकुरले चक्रपथ निर्माणका लागि जग्गा दिएर आफूहरु उठीबास हुने अबस्थामा रहेकाले बैकल्पिक समस्या नभएसम्म आफनो थातथालो नछाडने बताए ।

    ‘चक्रपथका कारण घर न घाटको हुने अबस्थामा छु,’ ठाकुरले भने, ‘मेरो लागि बैकल्पिक व्यवस्था नभएरसम्म म घर छाडन तयार छैन । पहिला मेरो समस्या हल हुर्नुपर्छ, अनि मात्र अन्य बिकल्प सोचौँला ।’

    स्थनीयका अनुसार तत्कालीन समयमा चक्रपथलाई स्थानीयले दिएको जग्गा अहिलेपनि स्थानीयको नाममा नै रहेको छ । उनीहरुले मालपोत समेत आफैले तिर्दै आएका छन भने जग्गाको मुआब्जा समेत पाउने नसकेको बताउँछन् ।

    अतिक्रमित क्षेत्रको भूमि कर जनताकै थाप्लोमा

    चक्रपथ निर्माणको काम एकातिर पूरा भएको छैन भने अर्कोतिर चक्रपथमा परेको जग्गाको मालपोत जग्गाधनीले अझै तिरिरहेका छन् । विराटनगर–१६ स्थित दरैया बस्तीका पवनकुमार रायले २३ वर्षदेखि चक्रपथका लागी रेखाङ्कन गरिएको जग्गाको मालपोत तिर्दै आईरहेको बताए । उनको १ बिघामध्ये ७ कठ्ठा जग्गा चक्रपथमा पर्ने भनि रेखाङ्कन गरिएको छ ।

    विराटनगर–१६ का रुपेशकुमार गुप्ताको गुनासो उस्तै छ । उनले पनि दुई दशकदेखि निरन्तर जग्गाको कर तिर्दै आएका छन् । योजना अलपत्र बनाएर छोडिदिँदा जग्गाको मोलभाउ पनि नबढेको र पानीको निकास नहुँदा वर्षायाममा डुबानको अर्को समस्या सृर्जना गरेको उनको गुनासो छ ।

    विराटनगर महानगरपालिकाले चक्रपथको निर्माण कार्यलाई तीव्रता प्रदान गर्न सरोकारवालाहरुसँग बारम्बार छलफल र पहल गर्दै आएको जनाएको छ । विराटनगर मात्रै नभएर छिमेकी स्थानीय तहलाई पनि लाभ दिनसक्ने परियोजना भएकाले यसलाई पूर्णता दिनु आवश्यक रहेको महानगर उप–प्रमुख इन्दिरा कार्कीले बताइन् ।

    निर्माण नहुँदै अतिक्रमणको चपेटामा

    चक्रपथ निर्माणले गति नलिएपछि कटहरी क्षेत्रमा ट्रयाक खोलेको ४ किलोमिटर सडकमा स्थानीयले पुन खेती गर्न शुरु गरेका छन् । ट्रयाक खोलेर सडक निर्माणको काम नगरेपछि स्थानीयले सो क्षेत्रमा पर्ने ४ किलोमिटर सडक जोतेर खेत बनाइसकेका छन् । जसका कारण अन्य ट्रयाक खोलिसकेको सडक पनि अतिक्रमण हुने सम्भावना बढेको शहरी विकास कार्यालयले जनाएको छ ।

    ‘ट्रयाक खोलिएका कतिपय स्थानमा सडक अतिक्रमण हुने क्रम बढेको छ,’ कार्यालय प्रमुख रेड्डीले भने, ‘धेरै जसो स्थानमा स्थानीयले नै पुनःसडक मासेर खेत बनाएका छन् भने कतिपय स्थानमा सडकमै टहरा बनाउने काम पनि भएको छ ।’

    उनले तत्काल चक्रपथ निर्माणको कामलाई सम्पन्न नगरिने हो भने निर्माण सम्पन्न नहुँदै धेरै स्थानमा सडक अतिक्रमण हुने सम्भावना स्वीकार गरे ।

    यस्तो छ आयोजना

    तत्कालीन विराटनगर उपमहानगरपालिका र आसपासका कटहरी, भौडाहा, वैजनाथपुर, झोराहाट, लखन्तरी, हात्तीमुडा र टंकीसिनुवारी गाविसलाई जोड्ने गरी जग्गा विकास योजनासहितको चक्रपथ निर्माणको काम शुरु भएको थियो ।

    यी मध्ये अधिकाश गाविसहरु अहिले विराटनगर महानगरपालिकामा समेटिएका छन । सार्वजनिक निजी साझेदारीमार्फत सरकारले स्थानीयको जग्गा लिएर चक्रपथ बनाउने र सडकका दुवैपट्टी एक सय मिटर जग्गा प्लानिङ गरी स्थानीयलाई नै फिर्ता गर्ने योजना अघि सारेको थियो ।

    सरकारी योजना अनुसार निर्माण अघि बढाइएको चक्रपथका लागि सिंघिया नदीमा भने दुईवटा ठूला पुल बनाउनुपर्ने छ । ३४ मिटर चौडाइ रहेको चक्रपथको सहायक मार्ग आठ देखि १० मिटरका हुनेछन् । हालसम्म चक्रपथको २५ किलोमिटर सडक ग्राभेल गरिएको छ । थप १२ किलोमिटर पिच गरिसकिएको छ ।

    तत्कालीन भौतिक पूर्वाधार तथा यातायतामन्त्री विजयकुमार गच्छदारले विराटनगरको समग्र विकास एवं ट्राफिक व्यवस्थापनमा टेवा पुग्ने भन्दै ४२ किलो मिटर लामो चक्रपथको शिलान्यास गरेका गरेका थिए ।

  • झुठ र घमण्डको दोस्रो नाम केपी ओली- नेता नेपाल

    झुठ र घमण्डको दोस्रो नाम केपी ओली- नेता नेपाल

    जनकपुर । नेकपाका अध्यक्ष माधव कुमार नेपालले झुठ र घमण्डको दोस्रो नाम केपी ओली भएको बताएका छन् । सिरहाको कर्जन्हामा आयोजित किसान नेता जय गोविन्द साहको ३१ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले ओलीलाई ठग र घमण्डीको संज्ञा दिए ।

    ‘पार्टी र सरकारलाई एकतन्त्रीय ढङ्गले चलाउने, अनि केही गर्न दिएन भन्ने ?’, प्रचण्ड समूहका नेकपा अध्यक्ष नेपालले भने, ‘ओलीले अरुमाथि थोपर्ने दोष सरासर झुठ हो ।’ उनले ओलीलाई कारबाही गरेकाले अब केन्द्रीय सदस्य मात्र रहेको र सूर्य चिन्ह आफ्नो भएको दावी गरे ।

    उनले ओलीको नेतृत्वमा समाजवाद नआउने पक्का भएको बताए । ‘ओली पूँजीवादको बाटो समाएर अगाडी बढिसकेकाले उनको नेतृत्वमा समादवाद आउदैन’, उनले भने, ‘ओली कम्यूनिष्ट सिद्धान्त समेत छाडिसके ।’

    कर्जन्हा–५ का किसान नेता साहको २०४७ पुस २५ मा भारतको जयनगरमा निधन भएको थियो । तत्कालिन पञ्चात विरोधी कम्युनिष्ट आन्दोलनमा लागेकै कारण उनको शवसमेत नेपाल दिएको थिएन । कर्जन्हामा सरकारले उनको शालिक बनाएको छ ।

  • कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरको ५० लाख सहयोग

    कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरको ५० लाख सहयोग

    ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

    कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने वचन दिएसँगै यस वर्ष भने ५० लाख रुपैयाँ दिन सफल भएको बताए । उनले भने, ‘विष्णुपुराणमा आधारित यस नाचले जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिने भएकाले सदियौँसम्म जोगाइराख्नुपर्नेछ ।’ यसैगरी वडा नं २१ खोकनामा नाचिने ‘रुद्रायणी नाच’ र वडा नं २९ हरिसिद्धिमा मनाइने हरिसिद्धि भवानीको जात्रा एवं नाच संरक्षणका लागि रकम सहयोग गर्ने योजना बनाइरहेको उनले जानकारी दिए । ।

    समितिका अध्यक्ष चित्रकारले कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटि शान्ति र सुव्यवस्था कायम रहने विश्वास रहँदा कोष स्थापना गर्न सहयोग पुगेको धारणा राखे । उनले भने, ‘यसअघि हामीलाई कोष स्थापनाका लागि पहिलोपटक नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले १० लाख सहयोग गरिसक्नुभयो ।’ त्यसैगरी अझै अन्य दाताबाट पनि रकम सहयोग हुने अपेक्षा उनको थियो । हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा यो नाच मञ्चन गर्ने गरिन्छ । यो नाच ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने एक माध्यम बनिरहेको छ ।

    कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । परापूर्वकालदेखि चलेको यो नृत्य यसपटक कोरोना कहरका कारण इच्छुक व्यक्तिले प्रत्यक्ष हेर्न नपाए पनि घर–घरबाटै टेलिभिजनमार्फत आनन्द लिएका थिए । विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव रहेको दाबी गरिन्छ ।

    कात्तिक नाच प्रथमपटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकारहरुको भनाइ छ ।

    यसैगरी श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । यी विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुशी छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात् छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामुर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका समितिले जनाएको छ ।

  • बेलायत बस्दै आएका गायक केसीले गरे आत्महत्या

    डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए।

    पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्केका केसी पुनः बेलायत पुगेका थिए ।

    लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए । उनले पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरेका थिए । पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।