Blog

  • अनुष्का र विराटलाई पुत्रीलाभ !

    अनुष्का र विराटलाई पुत्रीलाभ !

    भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले पुत्रीलाभ गरेका छन् । यी दुईले एक विज्ञप्ती जारी गर्दै पुत्री लाभ गरेकोमा खुशि बाँडेका छन् । उनीहरुले आफूहरुको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

  • बालुवाटारबाट नेकपा प्रवेश गरे जसपाका नेता हाकिम

    बालुवाटारबाट नेकपा प्रवेश गरे जसपाका नेता हाकिम

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तथा मुस्लिम नेता हाकिम राइन केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

    धनुषाका प्रभावशाली नेता मानिने राइन आइतवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा अध्यक्ष केपी ओलीलाई भेटी पार्टी प्रवेश गरेका हुन् ।

    उनलाई बालुवाटारमा प्रधानमन्त्रीले पार्टी प्रवेश गराएको युवा संघ प्रदेश २ का अध्यक्ष सन्जिवकमार झाले बताए ।

    मधेशको हित र मुस्लिमको अधिकारका लागि केपी ओलीको नेतृत्व आवश्यक देखेर आफू जसपा परित्याग गरि नेकपा प्रवेश गरेको उनले बताए ।

  • जंगी अड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ स्थापना

    जंगी अड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ स्थापना

    काठमाडौं । नेपाली सेनाका संस्थापक समेत मानिने तत्कालीन राजा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीका अवसरमा नेपाली सेनाको जंगी अड्डामा सलामी तथा सम्मान अर्पण गरिएको छ ।

    जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरेको सेनाले जनाएको छ ।

    अध्ययन केन्द्रमा पृथ्वीनारायण शाहका दिव्योपदेशदेखि नेपाल एकीकरणसम्बन्धी विभिन्न लडाइसँग जोडिएका सामग्री रहनेछन् ।

    पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधान सेनापतिले जंगी अड्डास्थित शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

    सेनाले पृथ्वीजयन्तीकै अवसरमा गोरखादेखि काठमाडौंसम्म पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको बाटोमा पदयात्रा गरेको थियो । पदयात्राको टोली आइतबार काठमाडौं आइपुगेको थियो ।

  • कार्यकर्तालाई ओलीको सर्कुलर- प्रचण्डले अवैधानिक कब्जा गर्न खोजेका थिए

    कार्यकर्तालाई ओलीको सर्कुलर- प्रचण्डले अवैधानिक कब्जा गर्न खोजेका थिए

    काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले पार्टीका तल्लो तहसम्मका सदस्यलाई अन्तरपार्टी निर्देशन जारी गर्दै अर्का अध्यक्ष प्रचण्डले पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि प्रतिनिधिसभा विघटनको अवस्था आएको जानकारी पठाएको छ ।

    केन्द्रीय कमिटी बैठकका निर्णय जानकारी गराउन पठाइएको सर्कुलरमा राजनीतिलाई पद,पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने प्रचण्डको स्वार्थी चिन्तनले विभाजनको अवस्थामा पु¥याएको दावी गरिएको छ ।

    सर्कुलरमा भनिएको छ–यस परिस्थिति निर्माणका लागि प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने,नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंशकारी मनशाय मुख्य जिम्मेवार छ । पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरुमा अन्तर्निहीत अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ ।

    ओलीले पुस ४ गते आफू प्रचण्ड निवास खुमलटार पुगेर सहमतिको अन्तिम प्रयास गर्दा पनि प्रचण्डले दुरासययुक्त आरोपपत्र फिर्ता लिन नमानेको र उल्टो राजीनामा गर्नु पर्ने हठ नछाडेको सर्कुलरमा उल्लेख छ । अरुलाई बैठकमा अल्मल्याएर प्रचण्डहरुले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न सांसदहरुको फर्जी हस्ताक्षर बोकेर दौडेपछि विघटन गर्नुपरेको कार्यकर्तालाई जानकारी दिइएको छ ।

    सर्कुलरमा भनिएको छ–पुस ४ गते प्रचण्ड निवास खुमलटारमै पुगेर दुराग्रहयुक्त प्रस्ताव फिर्ता लिन,पार्टीको विशेष महाधिवेशनको तयारी गर्न र कमरेड वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णयका लागि सहयोगी बन्न बारम्बार आग्रह गर्नुभयो । तर कमरेड प्रचण्डले यी सबै प्रस्तावलाई अस्वीकार गर्दै तत्काल राजिनामा गर्नुपर्ने हठ गरिरहनुभयो ।

    ओली पक्षको सर्कुलरमा प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई अध्यक्षबाटे हटाउने प्रस्ताव पार्टीको कुनै कमिटीमा निर्णयार्थ प्रस्तुत गर्ने आँट नगरेको र संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्री परिवर्तन गर्ने सहज बैधानिक बाटो पनि अलम्बन गर्न नसकी षड्यन्त्र गरेको उल्लेख छ ।

    कार्यकर्तालाई कुनै अलमलमा नरहन भन्दै ओली पक्षले प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा अप्रत्याशित रुपमा प्रधानमन्त्रीविरुद्ध पेश गरेको अभियोगत्रनै पार्टी विभाजनका लागि ल्याइएको सर्कुलरमा उल्लेख छ ।

    प्रचण्डहरुले महाधिवेशन समेत नपर्खिने भएपछि ओलीले सीमित प्रतिनिधित्व र नेतृत्व परिवर्तनको म्याण्डेट सहितको एकताको विशेष महाधिवेशन यथाशीघ्र अयोजाना गर्न प्रचण्डलाई आग्रह गर्दा पनि नमानेको सर्कुलरमा जनाइएको छ ।

    सरकारको नेतृत्व परिवर्तन गर्ने भए आफूहरु पटक पटक सरकारमा गइसकेकाले वामदेव गौतमलाई यो जिम्मेवारी दिनु न्यायोचित हुने विश्लेषणका साथ यसका लागि अनुकुल वातावरण बनाउन ओलीले औपचारिक रुपमा स्थायी कमिटीमा प्रस्ताव राखेको समेत सर्कुलर स्मरण गराइएको छ ।

  • आफन्तको साँघुरो कोठामा आशाका ८ सदस्य

    आफन्तको साँघुरो कोठामा आशाका ८ सदस्य

    काठमाडौं । घर जलेको दिन आशा परियार निकै गलिन् । घरसँगै उनको मन जलेको थियो । ५ वर्षअघि ऋण काढेर बनाएको घरको किस्ता अझै बाँकी थियो । ‘अब जलेको घरको किस्ता तिर्ने कि नयाँ घरको लागि ऋण काढ्ने,’ पीडामा छट्पटिइरहेकी आशा द्विविधामा थिइन् ।

    काठमाडौं शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा गत मंसिर २९ गते आशाको घर जलेको थियो । घटना भएको २५ दिनपछि समाचार फलोअपका लागि हामी पुगेका थियौं आशाको घर ।

    अवशेषका रुपमा बाँकी रहेका घरका भित्ता टाल्दै थिइन् उनी । कान्ति हराएको उनको अनुहार हामीतर्फ फर्कियो । ‘अहिले कहाँ बस्दै हुनुहुन्छ त ?’ हामीले प्रश्न गर्यौं ।

    हातका औंलाले इसार गर्दै भनिन्, ‘ऊ त्यहाँ पर आफन्तकोमा बसेका छौं ।’

    आशाले उनी बस्दै आएको कोठामा लगिन् । साँघुरो कोठामा उनको ८ जनाको परिवार अटाएको रै’छ । ‘२५ दिनभयो यहीँ बस्दै आएकाे । दिनभर थकान हुन्छ, राति निदाउन सकस हुन्छ,’ आशाले कोठा देखाउँदै भनिन्, ‘यहाँ सामान थुप्रिएका छन् । सुत्न नसकेर नातीहरू रुन्छन् ।’
    घरअगाडि चटपटे पसल थियो । आगलागीपछि ठेलागाडा रित्तो छ ।

    घर उठाउने चिन्ताले गाँजेको छ आशालाई । त्यही चिन्ताले होला, बेलाबेला ढलाउँछ उनलाई । ‘मलाई थाइराइडको समस्या छ । हिजोमात्रै अचानक ढलेछु,’ उनी दुःखी सुनिन्छिन्, ‘डाक्टरले धेरै चिन्ता नलिनु भनेका थिए । तर, चिन्ता कम गराउने ओखती छैन ।’

    डाक्टरले तीन तीन महिनामा उपचार गर्न आउन सुझाएका थिए । तर, उपचार टुटेको छ आशाको । धेरै भयो, ती महिना उपचारबिनै बितेका ।

    हेर्दाहेर्दै जलेको थियो घर

    गत मंसिर २९ गते, बिहान ११ बजे आशा घर अगाडि गाडामा चट्पटे बेचिरहेकी थिइन् । अचानक घरमा केही पड्केको जस्तो आवाज आयो । के भयो, उनले चालै पाइनन् ।

    ‘ए दिदी माथि धुवाँ उडिरहेको छ, के भयो घरमा ?’ छिमेकी अस्मिता तामाङ अत्तालिंदै आशाको घर अगाडि आइन् । उनको आँखै अघि घर जलिरहेको थियो । घिमेकीले पानी खन्याउन थाले ।

    तर, आगो झन्झन् दन्कियो । केही समयपछि दमकल आयो । प्रहरीहरू आए । निकैबेरपछि आगो निभ्यो । ३५ हजार नगद पैसा केही दिन अघि दराजमा राखेकी थिइन् । पाँच तोला सुन, पाँच तोला चाँदी दराजमै थियो । घरभरि सामान अटाई नअटाई थियो । जल्न केही बाँकी रहेन, केवल लगाएको एक सरो कपडा बाहेक ।

    उनलाई रेडक्रसले ग्यास सिलिण्डर राहत दिएको रै’छ । सांसद गणेश दुलालले केही वण्डल जस्ता र ४ बोरो सहयोग गरेका रै’छन् । ‘सहयोग भन्दा बढी आश्वासन मात्र पाइँदो रहेछ,’ आशा सुनाउँछिन् । तर, चिसो छल्ने कपडा भने छैन परिवारको साथमा ।

    केही दिनअघि कांग्रेसकी एक नेतृ आएकी थिइन् । ‘४० बोरा सिमेन्ट भए पुग्छ नानी,’ सहयोगको आश्वासन दिँदै उनले हिसाब गरेकी थिइन् । भोलिपल्ट आशाले फोन गरिन् । जवाफ आयो, ‘खै होलाजस्तो छैन । आशा नगर ।’

    घर नबनुन्जेल न आशा काममा निस्कन पाएकी छन् न उनको परिवार । ‘सबै जना यही घरकै काममा अल्झिएका छौं । यही पनि पूरा होला जस्तो छैन,’ आशा सुस्केरा काढ्छिन् ।

    आफ्नै आफन्तकोमा उनको २ लाख फसेको छ । ३ वर्ष भयो, उठाउन सकेकी छैनन् । ‘मंगलसुत्र बन्धकी राखेर त्यतिबेला एक आफन्तलाई सहयोग गरेकी थिएँ । यस्तो बेलामा पनि उनीहरूले साथ दिएका छैनन्,’ आशा दुखेसो पोख्छिन् ।

    एक महिना नबित्दै आशाको परिवारमा दुईवटा ठूला घटना घटे । नाति बितेको दुई महिना पनि पुगेको छैन । ‘नातिलाई निमोनिया भएको थियो । एक महिना अस्पताल बस्दा डेढ लाख भन्दा बढी खर्च भयो । नाति बाँच्ला भन्ने आश थियो, बचाउन सकिएन’ आशा सुँक्सुकाउँछिन् ।

  • आगलागीबाट ७० लाखको क्षति

    आगलागीबाट ७० लाखको क्षति

    पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ ।

    कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    गाेठबाट सल्किएकाे आगाेले थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर,  ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

    यस्तै डिकबहादुर थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, चौपाया भेडा एउटा, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको उनले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले तीन घण्टापछि आगो निभाएको थियो ।

  • जब अध्याँरो जीवनमा आशाको दीयो बल्यो

    जब अध्याँरो जीवनमा आशाको दीयो बल्यो

    काठमाडौं । २०७७ साल साउन ८ गते लक्ष्मी महर्जन(३४)को जीवनमा भूकम्प आयो । त्यसदिन मनोहरा नगरपालिका–४ डाँछीकी लक्ष्मीका श्रीमान् हिरालाल महर्जनको एक्कासी खुट्टा दुख्यो । बढी नै गाह्रो भएपछि लक्ष्मीले श्रीमानलाई मनमोहन शिक्षण अस्पताल, स्वयम्भू पुर्‍याइन् ।

    खुट्टा दुख्नबाट शुरू भएको हीरालालको विस्तारै शरीरका हरेक पाटपुर्जा दुख्न थाले र बिमारले झन्–झन् च्याप्दै लग्यो । त्यसपछि हीरालाललाई आईसीयूमा राखियो । त्यहाँ पनि सुधार नभए पछि भेन्टिलेटरमा राखेर पनि उपचार गरियो ।

    भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार नभएपछि राति ११ बजे अस्पतालले हीरालाललाई मृत घोषित गरिदियो । लक्ष्मीका लागि त्यो दिनको रात मात्र अँध्यारो भएन, जिन्दगी नै अँध्यारो भयो ।

    लक्ष्मीले आफूलाई विस्तारै सम्हालिन् । “श्रीमान्को निशानीको रूपमा एउटा छोरी छ, त्यसैलाई हेरेर चित्त बुझाउनुपर्ला भनेर सोचें र आफूलाई सम्हालें” गहभरी आँशु झार्दै लक्ष्मीले भनिन् ।

    दुई वर्षअघि मात्र बनाएको घर । ६ लाखभन्दा बढी ऋण लागेको तिर्न बाँकी नै थियो । अस्पतालमा उपचार गर्दागर्दै श्रीमान्लाई बचाउन त लक्ष्मी सफल भइनन्, तर अस्पतालले भने ९२ हजार रुपैयाँको बिल लक्ष्मीको हातमा थमायो । जसोतजो लक्ष्मीले ऋणमाथि ऋण थपेर अस्पतालको बिल चुक्ता गरिन् ।

    श्रीमान् हुँदा र उनको जागिर हुँदासम्म त जसोतसो चलेकै थियो । मासिक रूपमा केही हजार भए पनि पैसा आइरहेकै थियो । तर त्यही श्रीमान् नै नरहेपछि मासिक रूपमा आउने केही हजार रुपैयाँ पनि बन्द भयो ।

    श्रीमान् कुनै पनि सरकारी जागिरे भएको भए सके पेन्सन नभए उपदान त पाइन्थ्यो, तर के गर्नु श्रीमान्को जागिर निजी न पर्‍यो । श्रीमानले काम गर्ने कम्पनी भरोसा सर्भिसेज प्रालिले केही न केही सहयोग गर्ला भन्ने लक्ष्मीलाई झिनो आशा थियो । “सहयोग त परकै कुरा, कम्पनीबाट सहानुभूति दिन समेत कोही आएनन् । त्यतिबेला सारै दुःख लाग्यो”, आँसु पुछ्दै लक्ष्मीले भनिन् ।

    श्रीमान्को मृत्यु भएपछि लक्ष्मीले गर्दै आएको सानोतिनो व्यापार पनि चौपट भयो । एकातिर श्रीमान्को काजकिरिया गर्नु अर्कोतिर छोरीको स्याहार । भएको पसल पनि बन्द गरेर बस्नुपर्‍यो । “श्रीमान्को काजकिरिया पनि ऋण सापटी लिएर गरें” एकैछिन् अघि पुछेका लक्ष्मीका परेली आँसुले पुनः भरिइसकेका थिए ।

    हीरालालको काम गर्ने कम्पनीबाट आधिकारिक रूपमा कोही नआए पनि हीरालालसँगै ड्राइभिङमा काम गर्ने साथीभाइ भने सहानुभूति व्यक्त गर्न लक्ष्मीको घर पुगे । उनका साथीभाइले हीरालाल सामाजिक सुरक्षा योजनामा आबद्ध भएको सुनाए ।

    लक्ष्मीलाई श्रीमान् सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी त थियो, तर श्रीमान्को मृत्युको पीडाले त्यो कुरा सम्झनै रहेन । “जब प्रकृतिको बाबाका साथीहरू आएर मलाई सुनाए, त्यसपछि मात्र मैले सम्झिएँ उसको बाबा त सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुभएको रहेछ भन्ने कुरा”, लक्ष्मीले चियाको गिलास टेबलमा राख्दै भनिन् ।

    हीरालालका साथीभाइले यति मात्र भनेनन्, जतिसक्दो बबरमहलमा रहेको सामाजिक सुरक्षा कोषको कार्यालयमा गएर त्यहाँबाट पाउने सेवा–सुविधाका विषयमा जानकारी लिन पनि सुझाए । श्रीमान्को मृत्युको पीडाले केही समय त लक्ष्मी घरबाट बाहिरै निस्किनन् । एक महिनापछि सामाजिक सुरक्षा कोषको कार्यालय बबरमहल पुगिन् ।

    सामाजिक सुरक्षा कोषको रेकर्डमा हेर्दा हीरालालले २०७६ साल फागुन १ गतेदेखि कोषमा योगदान गरेको विवरण भेटियो । हीरालालले मासिक आधारभूत पारिश्रमिक ८ हजार ८५५ पाउने गरेको पाइयो । उनले २०७७ साल मंसिर महिनाबाट आधारभूत तलबको ३१ प्रतिशत जम्मा गर्न थाले पनि जम्मा भने फागुन १ गतेबाट गर्न थालेको विवरण फेला प¥यो ।

    यसरी हिसाब गर्दा हीरालालले मंसिरदेखि त्यो बेलासम्म ८ महिना ३१ प्रतिशत योगदान गरेको रकममध्ये २८.३३ प्रतिशत (१७ हजार २३३ रुपैयाँ) वृद्धवृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रहेछ । त्यसपछि लक्ष्मीसँग सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सुविधा भुक्तानीसम्बन्धी सम्झौता गर्‍यो । जसको एक प्रति कोषले राख्यो, एक प्रति लक्ष्मीलाई बुझायो ।

    लक्ष्मीले सम्झौता पत्र हेरिन् । सम्झौता पत्र अनुसार उनले श्रीमान्को मृत्यु भएपछि अन्तिम संस्कार सुविधाबापत २५ हजार, वृद्धवृद्धावस्था सुरक्षा योजना बापत १७ हजार २३३ पाउने भइन् ।

    यति मात्र होइन, श्रीमान्को उपचार गर्दा लागेको खर्चको ४५ प्रतिशत अर्थात् ४२ हजार सामाजिक सुरक्षा कोषले उपचारमा खर्च भएको बिलका आधारमा व्यहोर्‍यो ।

    योभन्दा अझ राम्रो त मासिक आधारभूत तलबको ६० प्रतिशत आश्रित परिवार सुरक्षा योजना अन्तर्गत लक्ष्मीलाई जीवनभर ५ हजार ७३ रुपैयाँ उपलब्ध गराउने भयो । अनि छोरी प्रकृतिलाई शैक्षिक वृत्ति सुविधाका लागि आधारभूत पारिश्रमिकको ४० प्रतिशत बापत हुन आउने ३ हजार ३८२ रुपैयाँ मासिक रूपमा २१ वर्ष पूरा नभएसम्म दिने भयो ।

    यसले लक्ष्मीको घाउमा थोरै भए पनि मल्हमपट्टी लगायो । “६ लाखभन्दा बढी ऋण मलाई लागेको छ, अब कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको बेला केही नभए पनि मासिक रूपमा ५ हजार जति सामाजिक सुरक्षा कोषबाट आउन थालेको छ ।

    कम्तीमा ऋण तिर्ने यो पनि त मेरा लागि आधार भयो । यसले गर्दा मलाई ऋण दिएका साहुले पनि तिर्छु भन्दा मान्ने त भए”, अघिदेखि निराशा र पीडाले घेरेको लक्ष्मीको अनुहारमा थोरै भए पनि खुशी देखियो ।

    कोषले बैंक खाता खोल्न भनेपछि भदौमा लक्ष्मीले थलीमा रहेको कुमारी बैंकको शाखामा खाता खोलिन् । भदौदेखि मंसिर महिनासम्म छोरी र आफ्नो गरेर मासिक रूपमा एकमुष्ट रकम ३३ हजार ८२०, किरिया खर्च बापत २५ हजार र उपचार खर्चबापत ४२ हजार गरेर १ लाख ८२० रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ ।

    “पैसा खातामा आएर पनि खर्च नै भइसक्यो”, लक्ष्मीले खुशी हुँदै सुनाइन् । अब लक्ष्मीले कुनै जागिर नगरेसम्म वा अर्को बिहे नगरेसम्म यो सुविधा पाइरहने छिन् भने १२ वर्षकी छोरी प्रकृतिले पनि २१ वर्ष पूरा नभएसम्म अर्थात् अबको ९ वर्षसम्म यो सुविधा पाइरहने छिन् ।

    ०००

    काठमाडौं महानगरपालिका वडा नम्बर ६ महाँकालकी अनिता रिजाल (४८ वर्ष) अहिले यो संसारमा छैनन् । अनिता डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेशनल कलेजमा ए लेभलको इन्चार्जका रूपमा विगत १५ वर्षदेखि कार्यरत थिइन् । निजी र चलेकै कलेज भएकाले पनि जागिर ठीकै चलेको थियो । अरू केही नपाए पनि मासिक रूपमा पाउने तलब खाईपाई आएकी थिइन् ।

    सात महिनाअघि जेठको कुरा हो । कोरोनाका कारण सरकारले लकडाउन गरेको थियो । जेठ २४ गते दिउँसो ३ बजेको समय । कलेजको पढाइ भौतिक रूपमा सञ्चालन नभए पनि अनिताले अनलाइनमार्फत भर्चुअल कक्षा घरबाटै सञ्चालन गर्दै आएकी थिइन् । एक्कासी अनितालाई रिंगटा चल्यो । श्रीमान् अरुण रिजालसँगै बसेकी अनिताले श्रीमान्को पाखुरामा बेस्सरी समातेर काखैमा पल्टिइन् । श्रीमान्ले के भयो भनेर टाउको मात्र के उठाउन भ्याएका थिए उनी त बेहोस भइसकिछिन् । श्रीमान् अरुण आत्तिए । उनले हतार–हतार गाडीमा राखेर नजिकै चाबहिलमा रहेको मेडिकेयर अस्पतालमा पुर्‍याए ।

    अस्पतालले अनिताको गुमेको होश फर्काउन अनेक प्रयास गर्‍यो । साढे एक घण्टासम्म प्रयास गर्दा पनि होश नफर्किएपछि अस्पतालले अनिताको मृत्यु भएको जानकारी गरायो ।

    दिउँसो साढे ४ बजेको समय । बाहिर जेठ महिनाको घामले काठमाडौं शहर उज्यालो थियो, तर अरुणलाई भने श्रीमती गुमेसँगै सदाका लागि जिन्दगी अँध्यारो भएको महसूस भयो ।

    श्रीमतीको मृत्युको पीडाले अरुणलाई करिब एक महिनासम्म धेरै सतायो । तर के गर्नु पीडा लिएर गइसकेको मान्छे फर्किने पनि होइन भनेर अरुण मन बलियो बनाउँदै गए । श्रीमती गुमाएको एक महिनापछि अरुण अनिताले काम गर्ने ट्रिनिटी कलेज पुगे । त्यहाँ अनिताका कागजपत्र तथा हिसाबकिताबबारे कुराकानी गरे । विद्यालयले काम गरुन्जेलको तलब बाहेक अरू कुनै सेवा–सुविधा नरहेको जानकारी गरायो ।

    “निजी कम्पनी तथा निजी क्षेत्रमा काम गर्दा त जति काम गरे पनि र जति पसिना बगाए पनि तलब बाहेक केही नहुने रहेछ । कलेजले दिने नाममा त्यही एउटा सम्मानपत्रको खोस्टो बाहेक केही पनि दिएन”, अरुणले अनुहार निन्याउरो बनाउँदै भने ।

    कजेलबाट निस्किंदै गर्दा कलेजमा सँगै काम गर्ने अनिताका साथीहरूले भने अरुणलाई सम्झाउँदै भने, “अनिता म्याम सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभएको छ नि थाहा छ कि छैन तपाईंलाई ? त्यहाँबाट केही न केही सेवा–सुविधा लिन पाइन्छ होला, त्यहाँ गएर बुझ्नुहोला ।”

    यति भनेपछि अरुणलाई पनि श्रीमतीले सामाजिक सुरक्षा कोषमा आबद्ध भएको कुरा केही समय पहिले सुनाएको याद आयो । “शायद अनिताका कलेजका साथीहरूले नसम्झाएको भए म सामाजिक सुरक्षा कोषमा आबद्ध भएको बारेमा थाहा पाउँन्नथें होला”, अरुणले सुनाए ।

    त्यसपछि अरुणले करिब दुई महिनाभन्दा पछि नै सामाजिक सुरक्षा कोषमा गएर बुझे । उनलाई भुक्तानी दाबी गर्नका लागि चाहिने कागजपत्र ल्याएर आउन कोषले भन्यो । पुस २१ गते मात्र सबै आवश्यक कागजपत्र लिएर सामाजिक सुरक्षा कोषसँग सामाजिक सुरक्षा योजना सुविधा भुक्तानी सम्बन्धी सम्झौता भयो ।

    कोष र अरुणबीच भएको सम्झौता हेर्दा अनिताले २०७६ साल भदौ २६ गते साउन महिनाबाट योगदान दिन शुरू गरेको पाइयो । उनले आधारभूत पारिश्रमिक मासिक रूपमा ३९ हजार २०४ रुपैयाँ पाउँदा ३१ प्रतिशत योगदान रकममध्ये २८.३३ प्रतिशतले हुन आउने ११ महीनासम्म १ लाख २२ हजार १७१ रुपैयाँ जम्मा गरेको भेटियो ।

    जेठ २४ गते नै मृत्यु भएपछि गत असार १ गतेबाट नै उनका श्रीमान् अरुणले आश्रित परिवार सुरक्षा योजनाबापत मासिक २३ हजार ५२२ रुपैयाँका दरले एकैपटक १ लाख ४१ हजार १३२ रुपैयाँ, अन्तिम दाहसंस्कार सुविधाबापत २५ हजार रुपैयाँ र सन्तति वृत्ति योजनाअन्तर्गत आधारभूत पारिश्रमिकको ४० प्रतिशतले हुन आउने मासिक १५ हजार ६८२ रुपैयाँ १९ वर्षका छोरी अपूर्वा सौरभ रिजाललाई गरेर ६ महिनाको एकमुष्ट २ लाख ६० हजार २२४ रुपैयाँ मृतक अनिताका श्रीमान् अरुणको बैंक खातामा जम्मा भइसकेको छ ।

    अरुण रिजालले खुशी अनुहार बनाउँदै भने, “श्रीमती गुमाएको पीडा त छँदैछ, तर १५ वर्षसम्म काम गरेको निजी विद्यालयले केही पनि नदिएको अवस्थामा सामाजिक सुरक्षा कोषले ११ महिना मात्र योगदान गरेको भरमा यति धेरै सुविधा दिंदा एकदमै खुशी लाग्यो ।” उनले अगाडि भने, “मलाई त यसले खासै फरक नपार्ला तर जो दैनिक रूपमा ज्यालादारी गरेर खाने व्यक्ति छन्, जागिरबाहेक सहाराविहीन छन्, उनीहरूको त सामाजिक सुरक्षा कोष ठूलै सहारा भएको छ ।”

    सामाजिक सुरक्षा कोषलाई सुझाव दिंदै उनले भने ‘कोषका बारेमा अहिले पनि गलत प्रचार भएको छ, अझै पनि वास्तविक श्रमिकले बुझ्न सकेका छैनन् र सरकारले पनि बुझाउन सकेको छैन । यसलाई राम्रोसँग बुझाउनुपर्छ ।’

    ०००

    सामाजिक सुरक्षा कोषमा योगदान गरेर मृत्यु भएका व्यक्तिका परिवारलाई मात्र कोषबाट सहयोग पुगेको छैन, कोषमा योगदान गरेर बिरामी पर्ने र दुर्घटनामा परेर घाइते भएका व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि सेवा लिन पाएकोमा मक्ख छन् ।

  • आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, नागरिकस्तरबाट कार्यक्रम आयोजना

    आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, नागरिकस्तरबाट कार्यक्रम आयोजना

    काठमाडौं । नेपालको एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज  २ सय ९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

    गोरखाको राजकुमारका रुपमा १७७९ प्स २७ मा जन्मिएका पृथ्वीनारायणलाई बिभिन्न टुक्रे राज्यमा छरिएको नेपाललाई एकत्रित र आनुधिक नेपाल निर्माणको सुरुआत गरेका थिए । त्यसैले उनलाई राष्ट्र निर्माताको मान्यता पनि दिने गरिएको छ ।

    गणतन्त्र घोषणा हुनुअघिसम्म पृथ्वी जयन्तीलाई एउटा पर्वको रुपमा मनाउने गरिएको थियो । तर पछिल्लो समय सरकारले सार्वजनिक विदामा पनि कटौती गरेको छ भने उनको स्मरणमा उपेक्षा गरेको आरोप राजाका अनुयायीहरुले लगाउने गरेका छन् ।

    यसपालीको पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन नागरिक स्तरबाट समिति गठन भएको छ । समितिले राष्ट्र निर्माताप्रति सम्मान अर्पण गर्न अनुरोध गरेको छ ।

    आज ११ बजे शान्तिबाटिका रत्नपार्कमा भेला भएर पन्चेबाजा र धिमेबाजासहित सिंहदरबारको पश्चिम प्रवेशद्वारमा रहेको पृथ्वीनारायणको शालिकमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गरेकी छन्।

  • ट्रम्पलाई महाअभियोग लाग्न सक्ने, रिपब्लिकनका सिनेटर भन्छन्- राजीनामा दिनु उत्तम

    ट्रम्पलाई महाअभियोग लाग्न सक्ने, रिपब्लिकनका सिनेटर भन्छन्- राजीनामा दिनु उत्तम

    एजेन्सी । अमेरिकाको डेमोक्र्याटिक पार्टीका एक नेताले राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरुद्धमा महाअभियोगका लागि हाउस हफ रिप्रिजेन्टेटिभ (प्रतिनिधिसभा)मा मंगलबारसम्म मतदान हुन सक्ने बताएका छन् ।

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने डेमोक्र्याट्सहरुले अमेरिकी संसद भवन क्यापिटोल हिलमा भएको हिंसात्मक दंगामा राष्ट्रपतिको भूमिका रहेको ठहर गर्दै महाअभियोगको विधेयक ल्याउनुपर्ने पक्षमा छन् ।

    सभाका सचेतक जेम्स क्लिबर्नले यसै साता महाअभियोगबारे छलफल हुने सीएनएनलाई बताएका छन् । यो प्रक्रिया ढिला भयो भने राष्ट्रपछि जोए बाइडेनको कार्यकाल सुरु भएसँगै १ सय दिनसम्म पार्टीले कुनै पनि बिधेयक सभामा प्रस्तुत गर्न पाउने छैन ।

    ‘राष्ट्रपति बाइडेनलाई हामीले १ सय दिनको समय दिनुपर्ने हुन्छ ता कि उनले आफ्नो एजेन्डा कार्यान्वयन सुरु गर्न सहज होस,’ सचेतक क्लिवर्नले भनेका छन् ।

    यसो भयो भने सभाले बाइडेनलाई उनको मन्त्रिपरिषद पू्रा गर्न र कोरोना भाइरसबिरुद्धका मुख्य नीतिहरु सुरु गर्न अनुमति दिनेछ ।
    शुक्रबार ट्वीटर लगायत सबै सामाजिक सन्जालका एकाउन्ड स्थायी रुपमा बन्द गरिएपछि ट्रक्पले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

    तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प मंगलबार टेक्सास जाने र उनको प्रशासनमा मेक्सिकोको सीमामा पर्खाल लगाउने कामको प्रगति विवरण लिनेछन् ।

    डेमोक्र्याटिक पार्टीका सांसदहरुले गएको बुधबार पाँच जनाको ज्यान जाने गरी अमेरिकी संसदमा भएको आक्रमणमा मुख्य जिम्मेबार राष्ट्रपति ट्रम्पलाई लगाउँदै आएका छन् । ट्रम्पलाई दोषी मान्नेमा उनकै पार्टी रिपब्लिकका पनि उल्लेख्य सांसदहरु छन् ।

    तर अहिलेसम्म कुनै रिपब्लिकन सिनेटरले घोषणा गरेका छैनन् कि उनीहरु ट्रम्पबिरुद्ध महाअभियोग प्रस्ताव आएको खण्डमा पक्षमा मतदान गर्नेछन् ।

    रिपब्लिकन पार्टीका एकजना सिनेटर प्याट टूमीले राष्ट्रपटि ट्रम्पलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । ‘मेरो बिचारमा यो देशका लागि सबैभन्दा उत्तम तरिका हो । राष्ट्रपतिले छिटोभन्दा छिटो राजीनामा दिनुपर्छ,’ पत्रकार सम्मेलनमा टूमीले भने, ‘म स्वीकार गर्छु कि यो संभावना नहुन सक्छ । तर मेरो बिचारमा यो नै उत्तम विकल्प हो ।

  • एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

    एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

    बिभिन्न रोगको संक्रमणले थलिएका शाहीको ६५ वर्षको उमेरमा गएराति साढे ९ बजे दैलेखस्थित आफ्नै निवासमा निधन भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

    शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए । नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा तथा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा थिए ।

    २०५२ सालमा एन्फाको निर्वाचनबाट महासचिव निर्वाचित भएका शाहीले २ कार्यकाल विताए । २०६० सालयता २ कार्यकाल उनले नेपाल बक्सिङ संघको महासचिवका रुपमा जिम्मेबारी संहालेका थिए । उनी नेपाल आइस हकी संघका संस्थापक अध्यक्षसमेत हुन् ।

  • युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र आरोन राम्सेको निर्णायक गोल

    युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र आरोन राम्सेको निर्णायक गोल

    एजेन्सी । आरोन राम्से र क्रिष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि युभेन्टस १० खेलाडीमा सीमित सासोउलोलाई ३–१ गोलले पराजित गर्दै इटलीको सिरी एको चौथो स्थानमा उक्लिएको छ ।

    वेल्सका मिडफिल्डर राम्सेले खेलको ८२ औं मिनेटमा ६ यार्ड भित्रबाट गोल गरेका हुन् । रोनाल्डोले ९२ औं मिनेटमा आन्द्रे कोनसिग्लीको पासलाई सदुपयोग गरेका हुन् ।

    यसअघि पहिलो हाफको अन्तिम मिनेटमा फेडेरिको सिसेलाई फल गरेपछि सासोउलोका पेड्रो ओवियाङ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पाहुना टोलीले दोस्रो हाफ १० खेलाडीमा खेलेको हो ।

    ५० औं मिनेटमा ड्यानिलोले २५ यार्डबाट सानदार गोल गरी एलियान्ज रंगशालामा युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ८ मिनेटपछि नै ग्रेगोरी ड्रेफेलले बराबरी गोल फर्काएका थिए ।

    यो सिरी ए को साविक विजेता युभेन्टसका लागि जारी सिजन लिगमा लगातार तेस्रो जित हो, जसकारण १७ खेलबाट ३३ अंकका साथ युभेन्टस अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।

    युभेन्टस शीर्ष स्थानको एसी मिलानसँग ७ अंकले पछि छ । मिलानलाई गत साताको बुधबार ३–१ ले पराजित गरेको थियो । युभेन्टससँग अतिरिक्त एक खेल पनि बाँकी छ ।

    युभेन्टसलाई पराजित गर्न सकेको भए चौथो स्थानमा उक्लने अवसर सिसोउलोलाई पनि थियो । १७ खेलबाट सिसोउलोको २९ अंक छ, तालिकाको सातौं स्थानमा छ ।

  • फिल्म हल खुलाउने मन्त्रिपरिषद्को निर्णय, नाटक घरहरु माघ १ गतेदेखि खुल्ने

    फिल्म हल खुलाउने मन्त्रिपरिषद्को निर्णय, नाटक घरहरु माघ १ गतेदेखि खुल्ने

    सरकारले १० महिनादेखि बन्द रहेका फिल्म हललाई खुलाउने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खुलाउन दिने निर्णय गरेको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै एक मन्त्रीले फिल्म हल खुलाउने निर्णय भएको जानकारी दिए । सरकारले अनुमति नदिएपनि व्यवसायीले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएर फिल्म प्रदर्शन गर्दै आएका थिए । ‘अर्को निर्णय नहुँदासम्म अहिलेलाई स्वास्थ्य मापदण्ड पुरा गरेर हल खुलाउने निर्णय भएको छ’ ती मन्त्रीले भने ।

    यसैगरि, बन्द भएका नाटक घर माघ १ गतेदेखि खुल्ने भएका छन् । सिल्पी थिएटरले उक्त दिनमा ‘६ पात्रको एकलाप’ नामक नाटक मंचन गर्दैछ ।

  • देउवाको भूमिकाले ओलीलाई सघाएको पौडेल पक्षको निष्कर्ष

    देउवाको भूमिकाले ओलीलाई सघाएको पौडेल पक्षको निष्कर्ष

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको भूमिकाको विषयमा प्रश्न उठ्न थालेको छ । सभापति देउवाको अभिव्यक्तिले असंवैधानिक कदमलाई बल पुर्याएको ठहर देउवा इत्तर समूहले गरेको छ ।

    महामन्त्री शशांक कोइरालाको महराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको बैठकमा देउवाको भूमिकाबारे समिक्षा भएको नेताहरुले बताएका छन् । बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याएर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

    महाराजगञ्जस्थित कोइराला निवासमा दिउसो साढे २ बजे भेला भएका नेताहरुबीच ४ घण्टा छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता पौडेलले सभपातिको भूमिकामाथि प्रश्न उठाएका थिए ।

    सभापति देउवाले शनिबार बुढानिलकण्ठमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिको चर्चा गर्दै नेता पौडेलले सभापतिका कारण कांग्रेसमाथि प्रश्न तेर्सिएको बताए । नागरिक समाजका अगुवाहरुले वक्तव्य नै जारी गरेर कांग्रेसको नेतृत्वलाई ढुलमुले भनेको भन्दै नेता पौडेलले असंवैधानिक कदमविरुद्ध कांग्रेसलाई खरो उतार्न जरुरी रहेको बताए ।

    त्यसका लागि सभापति देउवाको अभिव्यक्ति र कार्यशैली सच्चिनुपर्ने पौडेलको भनाइ छ । ‘सभापतिजीको भनाईले असंवैधानिक कदमलाई बल पुर्याएको छ । निर्वाचनका लागि तयार छ भन्नुको अर्थ असंवैधानिक कदम नसच्याउने भन्ने बुझिन्छ । नागरिक समाजले समेत कांग्रेस केपी ओलीकै पक्षमा छ भन्न थालेको छ । के हाम्रो धारणा यही हो ?’ बैठकमा पौडेलले भने ।

    उनले सभापतिको व्यक्तिगत चाहनाका लागि पार्टीले लोकतन्त्र बिर्सन नसक्ने उल्लेख गरे । असंवैधानिक कदमविरुद्ध आन्दोलन घोषणा गरेपनि सभापति देउवाको भूमिका आन्दोलनको भावना विपरीत रहेको पौडेलको दावी थियो । बैठकमा सहभागि अन्य नेताहरुले पनि सभापतिको भूमिकाले पार्टीलाई बेफाइदा हुने चर्चा गरेका थिए ।

    महामन्त्री डा. शशांक कोइरालाले आन्दोलनप्रति जनताको सकरात्मक उत्साह देखिएको भन्दै पार्टीभित्र साझा धारणा बनाउनुपर्ने बताए । बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको अलोकतान्त्रिक कदमविरुद्ध पार्टीले खुट्टा नकमाई आन्दोलन गर्नुपर्ने बताए । सभापति देउवाले व्यक्तिगत स्वार्थका लागि पार्टीको महाधिवेशनमा पनि विलम्व गरेको सिंहको आरोप थियो ।

    बैठकपछि प्रतिक्रिया दिदैं सिंहले नेपालप्रेसँग भने– पदाधिकारी बैठक र केन्द्रीय समितिले नै असंवैधानिक अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यो निर्णयभन्दा बाहिर कांग्रेसका कोही नेता छैननन् । उनले सभापतिको अभिव्यक्ति आन्दोलनको भावना विपरीत भएपनि पार्टीको निर्णय आन्दोलन नै भएको जिकीर गरे ।

    बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्री सिंहसहित नेता डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, जीवन परियार लगायत उपस्थित थिए । बैठकमा सबैजसो नेताहरुले आन्दोलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

    बैठकमा सहभागी केन्द्रीय सदस्य जीवन परियारले बैठकको स्पिरिट आन्दोलन प्रभावकारी बनाउने र असंवैधानिक कदम सच्याउनेतर्फ केन्द्रीत रहेको बताए । ‘पार्टीको मूल नेतृत्वलाई आन्दोलनमै केन्द्रीत गराउन र संसद पुनःस्थापना गराउन सक्रिय भूमिका खेल्ने विषयमा छलफल भएको छ’, परियारले भने ।

    उनले संसद पुनःस्थापना नै पार्टीको बटमलाइन हुनुपर्ने विषयमा बैठकमा छलफल भएको बताए । सभापति देउवाले शनिबार बुढानिलकण्ठमा आयोजित विरोध सभामा निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका थिए ।
    ‘अदालतले विघटन सदर गर्यो भने हामी चुनावमा जान्छौं । प्रधानमन्त्री ओलीले चुनावी दौड थालिसके हामी यत्तिकै बस्न हुन्न । यो आन्दोलन पनि चुनावकै तयारी हो’, देउवाको भनाई थियो ।

    देउवाको यही भनाईपश्चात शनिबार नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले जारी गरेको वक्तव्यमा सभापति देउवाले ढुलमुले चरित्र देखाएको उल्लेख थियो ।

    महाधिवेशनबारे आशंका

    बैठकमा सबैजसो नेताहरुले राष्ट्रिय राजनीतिका विषय देखाएर पार्टीको महाधिवेशन टार्ने सम्भावना देखिएको बताएका थिए । यसअघि सभापतिलाई बुझाइएको १६ बुँदे असन्तुष्टी पत्रका कार्यान्वयन हुन बाँकी विषय तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा पौडेल पक्षले जोड दिएको छ ।

    समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरण लगायतका विषयमा देखिएका समस्या समाधान गर्न सभापति देउवा अनिच्छुक भएको आरोप पौडेलको छ । बैठकमा पौडेलले पार्टीलाई विधान अनुसार चलाउनका लागि आन्तरिक रुपमा दवाव बढाउनुपर्ने बताएका थिए ।

  • सरुवा माग्दै गुर्भाकोटका एक शिक्षकद्वारा आमरण अनशन शुरु

    सरुवा माग्दै गुर्भाकोटका एक शिक्षकद्वारा आमरण अनशन शुरु

    सुर्खेत । एक जना शिक्षकले आफ्नो सरुवा माग्दै आइतबार देखि आमरण अनसनमा बसेका छन् ।

    पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय भित्रीखोलामा प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षक उत्तम बिकले नगर शिक्षा शाखा गुर्भाकोटमा आज देखि आमरण अनसन सुरु गरेका हुन् । न्यून दृष्टिविहिन भएका उपेन्द्र अपांगता शिक्षक हुन् ।

    किन गरे अनसन शुरु
    उनको घर गुर्भाकोट नगरपालिकाको वडा नं. ९ सिमघाटमा पर्छ । आँखा असाध्यै कम देख्ने भएका कारण उनी विद्यालय आउन तीन घण्टा खर्चनुपर्ने बाध्यता छ । मेरो आँखा अत्यन्तै कमजोर छ । मेरो आँखामा अहिलेपनि थप समस्या आइरहेको छ । तीन घण्टा पैदल हिडनुपर्ने, यातायातका साधन नभएका कारण नगरपालिकासँग बारम्बार मैले मेरो घरपायक पर्ने स्थानमा सरुवा मिलाईदिन लिखित र मौखिक आग्रह गरेको थिएँ । नेपालप्रेससँग कुरा गर्दै उपेन्द्रले गुनासो गरे, तर तीन पटकको लिखित निवेदन, पटक-पटकको मौखिक आग्रहलाई नगर शिक्षा समितिले लत्याई दिएको छ । त्यहि कारण बाध्य भएर म अनशन बसेको हो ।

    उनले नेपाल सरकारको शिक्षा नियमावली २०५९ को नियम ९९ मा अपांगता भएकालाई घरपायक सरुवा गर्ने व्यवस्था गरेको बताए । आफूले सोही नियममा टेकेर बारम्बार नगरपालिकामा हार गुहार गर्दा पनि एक जनाको मात्रै दरवन्दी मिलान गर्न नसकिने जवाफ पाउनु परेको गुनासो गर्दै अन्तिम विकल्पको रुपमा आमरण अनशन रोजेको बताए ।

    २०७१ साल भदौ १५ गते स्थायी शिक्षकको रुपमा नियुक्त भएको बताउँदै उनले आज केहि घण्टा अनशन बसेको र सोमबार निर्णय गर्ने आश्वासन नगरपालिकाबाट पाएको बताए । उहाँहरुले मागबारे आवश्यक निर्णय गर्छौ भन्नु भएको छ । मेरो माग पुरा नभए भोली विहान दश बजेदेखि नगर शिक्षा कार्यालयमा नै आमरण अनशन बस्नेछु । आज प्रमुख प्रशासकीय अधिकृतका कारण अनशन स्थगित मात्रै गरेको हो ।

  • प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (भिडियो)

    प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (भिडियो)

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध आन्दोलनका क्रममा बयलगाडा जुलुस निकाल्न खोज्दा माइतीघरमा झडप भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालमा आउनु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेको भन्ने १६ वर्षअघिको भनाइलाई व्यंग्य गर्दै प्रचण्ड-माधव पक्षधर अनेरास्ववियूले आइतवार बयलगाडा जुलुस निकालेको हो ।

    प्रदर्शनकारीले  बयलगाडा माथि तान्न लगाएर त्यसमाथि प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

  • लगानी सम्मेलन गर्ने तयारीमा लुम्बिनि प्रदेशः मुख्यमन्त्री पोखरेल

    लगानी सम्मेलन गर्ने तयारीमा लुम्बिनि प्रदेशः मुख्यमन्त्री पोखरेल

    बुटवल । प्रदेश सरकारको पहलमा लुम्बिनी प्रदेशमा लगानी सम्मेलनको तयारी भइरहेको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

    मुख्यमन्त्री पोखरेलले आइतबार उद्योग बाणिज्य महासंघका प्रदेश नव निर्वाचित पदाधिकारीलाई स्वागत गर्दै सो कुरा बताएका हुन् । ‘परदेश सरकारको पहलमा छिट्टै हामी लगानी संम्मेलन गर्दै छौं,’ उनले भने ।

    लगानी सम्मेलनका लागि उद्योग बाणिज्य महासंघ र लुम्बिनी प्रदेशबीच आवश्यक समन्वयको समेत तयारी भइरहेको उनले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको विकासका लागि व्यवसायीसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । व्यवसायीको कुनै पनि समस्यालाई समाधान गर्न प्रदेश सरकार तत्पर रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा कृषि तथा बजार व्यवस्थापनमा जोड दिंदै मेला महोत्सव गर्दा ध्यान पुर्‍याउने उनले बताए ।
    मेला महोत्सवमा भारतीय व्यवसायी आउने र यहाँको पैसा लिएर जाने भएकाले यसमा सतर्कता अपनाउनु पर्ने भन्दै व्यवसायीलाई सजक गराए ।

    मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारमा राजनीतिक अस्थिरता नभएकाले ढुक्कसँग लगा
    नी गर्न व्यवसायीलाई आग्रह गरे । लुम्बिनी प्रदेशको सरकार अल्पमतमा परेको भन्ने भनाइलाई खण्डन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार अल्पमतमा नपरेको दाबी गरे ।

     

  • चार पूर्व प्रधानन्यायाधीशको प्रतिरक्षामा उभियो प्रचण्ड–माधव समूह (भिडियो)

    चार पूर्व प्रधानन्यायाधीशको प्रतिरक्षामा उभियो प्रचण्ड–माधव समूह (भिडियो)

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले चारजना पूर्व प्रधानन्यायाधीशहरुको प्रतिरक्षमा उभिएको छ ।

    आइतवार साँझ सम्पन्न उक्त समूहको सचिवालय बैठकले पूर्व प्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्रीले धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।

    बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानन्यायाधीशहरुले स्वतन्त्र नागरिकको हैसियतमा सत्य कुरा बोल्दा प्रधानमन्त्रीले धम्क्याउने र अपमान गर्ने काम गरेको आरोप लगाए ।

    श्रेष्ठले भने–हरेक नागरिकले संविधान बमोजिम आफ्नो विचार राख्न पाउने स्वतन्त्रत छ । सरकारले त्यो स्वतन्त्रताको सम्मान गर्नुको साटो प्रधानमन्त्रीलेनै धम्क्याउने गर्नुभएको छ । यो स्वीकार्य छैन ।

    विभाजनअघिको ९ सदस्यीय सचिवालयमध्ये आइतबारको बैठकमा ४ जना सहभागी थिए । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बैठकमा थिए । बामदेव गौतम दुवै पक्षमा खुलेका छैनन् ।

    बाँकी चारजना केपी ओली, ईश्वर पोखरेल, रामवहादुर थापा (बादल) र बिष्णु पौडेल एकातिर छन् । सचिवालय बैठकमा आन्दोलनको समिक्षा र पार्टीको कार्यविभाजन लगायतका विषयमा पनि छलफल भएको श्रेष्ठले बताए ।

  • पूर्वराजाले भने– राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी देखायौं

    पूर्वराजाले भने– राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी देखायौं

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तनका नाममा नेपालको आफ्नो इतिहास, धर्म, संस्कृति र एकता भत्काउँदै पराइको इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको टिपप्णी गरेका छन् ।

    बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्मदिको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गरि पूर्वराजाले राजनीति भन्नु नै देशको सेवा गर्ने उच्चतम साधन भएको बताएक छन् ।

    तर अहिले नेपालले व्यहोरेको राजनीतिक कति इमान्दार र राष्ट्र केन्द्रित छ भन्ने प्रश्न समेत गर्दै उनले यसको समिक्षा गर्न ढिला भइसकेको बताएका छन् ।

    राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व राजाले जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा रहेको स्मरण समेत गराएका छन् । उनले देश जोगाउन अझ बलियो एकता माग गरेका छन् ।

    पूर्वराजाले भनेका छन्– राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो,आज छ र भविष्यमा पनि रहनेछ । यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।

    पूर्वराजाले जनताको चाहना अनुसार नेपालको राजतन्त्रले संवैधानिक मर्यादाअनुसार व्यवहार गरेको र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी दर्शाएको समेत बताएका छन् ।

    पूर्वराजाको विज्ञप्तिमा भनिएको छ– हाम्रा निम्ति देश र रजनताको हित नै सर्वोपरि रहदै आएको छ । हाम्रो बिचारमा राजनीति भन्नु नै देशको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ ?, कति अनुकुल छ ? त्यसको समीक्षा हुन अब विलम्ब भइसकेछ ।

  • आफ्नो स्वार्थका लागि ओलीले नै जबज सिध्याए: भट्टराई

    आफ्नो स्वार्थका लागि ओलीले नै जबज सिध्याए: भट्टराई

    सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद (जबज) सिध्याएको आरोप लगाएका छन्।

    आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै भट्टराईले त्यसतो आरोप लगाएका हुन।

    ‘मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा कानुनी शासन, संविधानको सर्वोच्चता, बहुमतको अधिनमा अल्पमत जस्ता १४ वटा बुँदा छन्,’ भट्टराई भन्छन्, ‘ती मध्य ओलीले कुनै पनि बुँदालाई पालना गरेनन्। उहाँले जबजलाई आफ्नो स्वार्थको लागि खानुभयो। जबजलाई भजाउँदै सनकी तालले संसद विघटन गरेर संविधानलाई नै च्यात्ने प्रयास गर्नुभयो।’

    प्रधानमन्त्री ओलीले पद र शक्तिलाई नै आफ्नो अन्तिम लक्ष्य ठानेका कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको उनको टिप्पणी थियो।

    भट्टराईको भनाइ छ, ‘उहाँ अध्यक्ष पनि हो। प्रधानमन्त्री पनि हो। उहाँले पार्टी एकीकरणपछि आफ्नो स्वार्थमा मात्रै काम गर्नु भयो। उहाँले पार्टी बैठकमा एक कुरा गर्ने, अनि निर्णय अर्को गर्ने गर्नुभयो।’

    आफूले गल्ती गरेको भन्दै आत्माआलोचना गरेर एकताको बाटोमा ओली आएमा आफूहरु पुनः एकतामा अघि बढ्न सक्ने बताए।

  • प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कपिलवस्तु पराजित

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कपिलवस्तु पराजित

    रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा आइतबार समूह ‘ए’को खेलमा नवलपरासीले कपिलवस्तुलाई ४० रनले पराजित गरेको छ ।

    टस जितेर ब्याटिङ रोजेको नवलपरासीले ७ विकेट गुमाई ११९ रन बनायो । उसका लागि अमर रसाइली ३४, इकलाख अहम्मदले नटआउट १९ र अर्पण लोनियाले १२ रनको योगदान दिए ।

    बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले २, गणेश हरिजन, रमज अग्रहरी, वसिर अहम्मद, शिव कुँवरले समान १/१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २३.४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । उसका लागि इमरान खानले १८, रवि शुक्लाले नटआउट १३ र राज अग्रहरीले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् ।

    बलिङमा नवलपरासीका अजित यादवले र जितेन्द्र साहनी ३/१ तथा अर्पण लोनिया, इकलाख अहम्मद र रविस कुर्मीले १/१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच भए । भोलि पाल्पा र नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ । आजको खेल मौसम खराबी भएपछि २६ ओभरमा छोट्याइएको थियो ।

    उता आजबाट दाङको लमहीमा सुरु भएको समूह ‘बी’को पहिलो खेलमा दाङले बर्दियालाई ६७ रनले पराजित गरेको छ । दाङले २०९ रन बनायो भने बर्दिया १३३ रनमा अलआउट भयो ।

    समूह ‘बी’अन्तर्गत भोलि लमहीमा बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापनपछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडांैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।

  • ३३ वर्ष ‘टीके अध्यक्ष’ भएका प्रचण्डलाई साथ दिन सकिएन: रायमाझी

    ३३ वर्ष ‘टीके अध्यक्ष’ भएका प्रचण्डलाई साथ दिन सकिएन: रायमाझी

    रुपन्देही । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पुर्‍याउने उद्देश्यले प्रचण्ड नेपालले डिजाइन गरेपनि प्रधानमन्त्री ओलीले तुहाइदिएको बताएका छन् ।

    पार्टी भित्रैबाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै विभिन्न कठिनाई र अवरोधकाबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको बताएका छन् ।

    आइतबार नेकपा मालारानी गाउँ कमिटी अर्घाखाँचीको प्रशिक्षण कार्यक्रमलाई खनदहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
    संसद पुनःस्थापनाको माग गर्दै आन्दोलनरत समूहलाई लक्षित गर्दै उनले संसद पुनःथापनाको सपना नदेख्न आग्रह गरे र भने– मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनःथापना हुन्छ भन्नु एउटै हो । यस्तो दिवास्वप्न देखेर भ्रममा नपरे हुन्छ ।

    बाह्य शक्तिको इसारामा प्रचण्ड माधव समूहले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई दुबै पदबाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै रायमाझीले केही नेताको पदलोलुप चरित्र र निहीत स्वार्थ मुलुकको विकास र समृद्धिको निम्ति बाधक रहेको बताए ।

    यस्ता नेतालाई नेपाली जनताले समय आउँदा जवाफ दिनुपर्ने उनको भनाइ छ ।

    नेता प्रचण्डविरुद्ध आक्रोशित अभिव्यक्ति दिँदै आएका रायमाझीले ३३ वर्षसम्म प्रचण्ड आफैँ ‘टिको लगाएर पार्टी अध्यक्ष’ बनेको आरोप लगाउँदै पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको बताएका थिए ।

    पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्यले विदेशी शक्तिको आडमा प्रचण्ड, माधव, झलनाथले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । नेता रायमाझी पार्टीमा स्पष्ट विभाजनको संकेत देखिएपछि आफ्नो निर्वाचन क्षेत्रका धेरै कार्यक्रममा सहभागी हुन थालेका छन् ।

  • विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ सञ्चालनमा

    विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ सञ्चालनमा

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि सञ्चालनमा ल्याएको छ ।

    उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र तिब्र गतिलाई नियन्त्रण गर्न आइतबारदेखि सीसीटीभी क्यामराजडित भेइकल सञ्चालनमा ल्याइएको हो ।

    कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सकिन्छ बताए।

    पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने बताए ।

    भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधि जडान गरेको छ ।

  • नेपाल एकीकरणको सन्दर्भ जोडेर पर्यटन पर्वद्धन विकास समिति गठन

    नेपाल एकीकरणको सन्दर्भ जोडेर पर्यटन पर्वद्धन विकास समिति गठन

    काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

    आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको बताएका हुन् ।

    पृथ्वीनारायण शाहको एकीकरणको अभियान नुवाकोटबाट शुरु भएर विजय प्राप्ती भएको र देहवसान पनि नुवाकोट मै भएकोले चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले संरक्षण गर्न गठन आदेश मार्फत विकास समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको बताए ।

    सरकारले अग्रज र पुर्खाहरुले राष्ट्र निर्माणका निम्ति गरेको योगदानको सधै सम्मान गर्ने पनि मन्त्री ढकालले बताए । पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदानको रक्षाका लागि विभिन्न संघसंस्था, अभियान्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको पनि बताए ।

  • ‘कि रोजगारी देऊ कि कोरिया पठाइदेऊ’ भन्दै इपिएस शाखा अगाडि प्रदर्शन

    ‘कि रोजगारी देऊ कि कोरिया पठाइदेऊ’ भन्दै इपिएस शाखा अगाडि प्रदर्शन

    काठमाडौं । रोजगारीका सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले आज ग्वार्कोमा रहेको इपिएस कोरिया शाखाको कार्यालयमा प्रदर्शन गरेका छन् ।

    सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहँदा सरकारले कुनै वास्ता नगरेको भन्दै इपिएस संघर्ष समितको समन्वयमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

    सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कोरिया उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले आफूहरुलाई अनिवार्य पठाउनुपर्ने माग गरेका छन् । उनीहरुले ‘कि रोजगारी दिनुपर्‍यो, कि कोरिया जान दिनुपर्‍यो’, लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागीले स्वदेशमा रोजगारी नभएको अवस्थामा कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो आफूहरुलाई पठाउन सरकारसमक्ष आग्रह गरेका छन् ।

  • भायनेटको वेबसाइट ह्याक गर्ने ‘नरपिचास’ पक्राउ

    भायनेटको वेबसाइट ह्याक गर्ने ‘नरपिचास’ पक्राउ

    काठमाडौं । भायनेटको वेबसाइट ह्याक गरेर डेढ लाख भन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ट्वीटरमार्फत सार्वजनिक गर्ने  नरपिचास नामका एक युवक पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको साइबर व्यूरोमा ह्याकरको उजुरी पर्नासाथ अनुसन्धान शुरु भएको थियो ।

    रुपन्देहीको तिलोत्तम नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नरपिचासलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अपरान्ह ४ बजे उनकै घरबाट पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताएका छन् । उनलाई आजै काठमाडौं ल्याइएको छ ।

  • प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (फोटो फिचर)

    प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (फोटो फिचर)

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध आन्दोलनका क्रममा बयलगाडा जुलुस निकाल्न खोज्दा माइतीघरमा झडप भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालमा आउनु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेको भन्ने १६ वर्षअघिको भनाइलाई व्यंग्य गर्दै प्रचण्ड-माधव पक्षधर अनेरास्ववियूले आइतवार बयलगाडा जुलुस निकालेको हो ।

    प्रदर्शनकारीले  बयलगाडा माथि तान्न लगाएर त्यसमाथि प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

            
  • कोड्कु खोला हाउजिङको नाममा पास गर्नेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    कोड्कु खोला हाउजिङको नाममा पास गर्नेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको धापाखेलस्थित कर्मनासा (कोड्कु) खोला र खोला आसपासको सरकारी जग्गा हाउजिङ कम्पनीका नाममा पास गर्ने मालपोत तथा नापीका कर्मचारी र हाउजिङ कम्पनी सन्चालक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले आइतवार विशेष अदालतलमा जनही २ करोडभन्दा माथि बिगो दावी सहित नापी कार्यालयका अधिकृत बुद्धिमान जैसी, बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगरविरुद्ध मुद्दा दायर गरेको छ ।

    त्यस्तै मालपोत कार्यालय ललितपुरका तत्कालिन कार्यालय प्रमूख उपसचिव बाबुराम खनाल, नायव सुब्बा ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    अख्तियारले खोलाको जग्गा आफ्नो नाममा पार्ने युरो हाउजिङका गुणिकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकवहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्जल मानन्धर विरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको जनाएको छ ।

    त्यस्तै काठमाडौं अस्पतालका सन्जालक ईश्वरलाल आचार्य, दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचनलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरिएको छ । युरो हाउजिङ डेभलपर्स प्रालि, युरो ल्याण्ड डेभलपर्स प्रालि र काठमाडौं हस्पिटल प्रालिका कम्पनी संचालकहरु तथा सरकारी कर्मचरीहरुको मिलेमतो र बदनियतबाट सार्वजनिक जग्गा कम्पनीको नाममा घुसाई प्लटिङ गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।

    यो गिरोहले २०२२ सालको नापी नक्सालाई तोडमोड गरि नयाँ फाइल नक्सा बनाएर सार्वजनिक जग्गासमेत प्लटिङ गरे व्यक्ति विशेषलाई बिक्री वितरण गर्न लागेको उजुरीपछि अख्तियारले छानविन थालेको थियो ।

    ललितपुर महानगरपालिका वडा नम्बर २३ र २८ को कुल आठ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

  • संसद विघटन राजनीतिक अपराध, प्रधानमन्त्रीलाई बहिस्कार गरौं– रामकुमारी झाँक्री

    संसद विघटन राजनीतिक अपराध, प्रधानमन्त्रीलाई बहिस्कार गरौं– रामकुमारी झाँक्री

    विराटनगर । नेकपा (प्रचण्ड–माधव) पक्षकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक अपराध भएको टिप्पणी गरेकी छिन् । उनले राजनीतिक अपराध गरेको प्रधानमन्त्री ओलीलाई सार्वजनिक रुपमै बहिस्कार गर्नुपर्ने बताइन् ।

    प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन मोरङ जिल्ला कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्– सनकको भरमा संविधानको चीरहरण गर्ने ओली र तीनका मतियारलाई आन्दोलनबाटै पदच्यूत गर्ने मात्रै होइन, बहिस्कार नै गर्नुपर्छ ।

    प्रधानमन्त्रीले पानीजहाज, हावाबाट बिजुली जस्ता कुरा गरेर समय खेर फालिरहेको उनको भनाइ थियो ।

  • दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

    दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

    काठमाडौं । सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

    गत महिनासम्ममा पाँच हजार ३०० सवारीसाधनले सो नम्बर प्लेट लिइसकेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार केही समययता सरकारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने क्रम बढिरहेको छ । अन्तिम म्याद नजिकिएकाले यो सङ्ख्या अझै बढ्ने उनले बताए । उनले भने, ‘कोरोनाका कारण प्रगति कम भए पनि अब सङ्क्रमण कम भएकाले विस्तारै बढ्न सक्छ ।’

    सरकारले इम्बोस्ड नम्बर प्लेट लिन सरकारी सवारीसाधनका लागि विभागमा जाने व्यवस्था मिलाएको छ । निजी चारपाङ्ग्रे सवारीसाधनलाई टेकुस्थित भेहिकल फिटनेस सेन्टर र मोटरसाइकलका लागि गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ । निजी सवारीसाधनमा इम्बोस्ड लिनेको सङ्ख्या अझै कम रहेको विभागले जनाएको छ । विभागले यसको प्रयोग बढाउन नयाँ दर्ता हुने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको उनले बताए ।

    प्रगति कम भइरहेमा यो लटसम्म वा यो मितिसम्म लिनुपर्छ भनी अनिवार्य गरिने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने,‘यो मितिसम्म गर्नुैपर्छ भनेर मात्रै धेरैले गर्नेछन् ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरु गरेका थिए ।

    सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डका रुपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारीसाधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि रु दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

    सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ ।

  • चार वटा बैठक बसेर सकियो राष्ट्रियसभाको  हिउँदे अधिवेशन

    चार वटा बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन

    काठमाडौं । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य भएको छ ।

    राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए ।

    सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे । यस वर्षको हिउँदे बैठक ४ वटा मात्रै भयो ।

    चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।

    आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन राष्ट्रपति विद्या देवी भण्डारीले अन्तय गरेकी छिन् ।यसअघि बैठकमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य दिएका थिए ।

    बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश पेश गरेका थिए ।

  • शेयर बजारले दिनै–दिनै नयाँ रेकर्ड बनाउँदै, नेप्स ४१ दशमलव २४ अंकले वृद्धि

    शेयर बजारले दिनै–दिनै नयाँ रेकर्ड बनाउँदै, नेप्स ४१ दशमलव २४ अंकले वृद्धि

    काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्सले बजार खुलेको पहिलो दिन आइतबार ४१ दशमलव २४ अंकले वृद्धि भएको छ । आज भएको कारोबारमा नेप्से २ हजार २३५ दशमलव ७३ विन्दुमा पुगेको छ ।

    आज भएको १ करोड ५० लाख ३० हजार ८३६ कित्ताको किनबेचमा ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
    आज सबैभन्दा धेरै कारोबार प्रभु बैंक रहेको छ । आज भएको प्रभु बैंकको ४० करोड २९ लाख ९१ हजार ९८ रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी आज प्रभुलाइफ एन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै नारायणी विकास बैंकले ९ प्रतिशत, आरम्भ चौतारी लघुवित्त संस्थाको ९ प्रतिशत, कुमारी बैंकले ९ प्रतिशतले कमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा निर्धान उत्थान लघुवित्त रहेको छ । जसले ४ प्रतिशत गुमाएको छ ।

  • माघे संक्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    माघे संक्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    काठमाडौंको टोखा चाकुका लागि प्रशिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ । सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ ।

  • प्रचण्ड–माधव पक्षद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

    प्रचण्ड–माधव पक्षद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

    काठमाडौं । राष्ट्रियसभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा प्रचण्ड–माधव नेपाल पक्षका सांसदले बहिस्कार गरेका छन् । प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार आफूहरुले बहिस्कार गरेको सांसद बेदुराम भुसालले बताए ।

    राष्ट्रियसभामा नेकपाका ५० मध्ये प्रचण्ड–माधव नेपाल पक्षमा २१ जना सांसद छन् । संसदीय दलका नेता दिनानाथ शर्मा र पार्टी उपाध्यक्ष वामदेव गौतम तटस्थ छन्। उनीहरु दुवै प्रधानमन्त्रीको सम्बोधन चल्दा बैठकमै थिए ।

    बाँकी २७ सांसद ओली पक्षमा छन् । त्यो भनेको संसदीय दलको बहुमत हो ।

  • दुनियाँलाई निको पारिन्, आफूसँगै परिवारै ढाल्यो

    दुनियाँलाई निको पारिन्, आफूसँगै परिवारै ढाल्यो

    काठमाडौं । त्यो क्षण डा. स्वीकृति खतिवडाले कहिल्यै नबगाएको आँसु बगाउनुपरेको थियो । अल्का अस्पतालबाट भारी मन लिएर फर्किरहँदा उनका पाइला घरसम्म लम्किरहन पनि काँप्थे । रोगले च्यापिरहेका बा–आमालाई बाटोमा सम्झँदै झस्किन पुग्थिन् । ‘मेरो कारण उहाँहरूलाई रोग सर्ने त होइन !’ अनुहारभरि चिन्ता बोकेर घर पुग्थिन् ।

    पुग्नेवित्तिकै शुरुमा सावर लिन्थिन्, स्यानिटाइज गर्थिन् । त्यसपछि एक्लै कोठाभित्र धुमधुम्ती बस्थिन् ।

    यो नियमित दिनचर्या जस्तो भइसकेको थियो । यतिबेला डाक्टर हुँ भनेर गर्व गर्नुमा उनी खुशी थिइनन् । यही पेशाका कारण कुनै समय मानिसहरू नजिकिन्थे । सम्बन्ध बनाउन मरिमेट्थे । तर, ती दिनमा नजिकिएका साथीहरू त्यसक्षण टाढिंदै गएका थिए । ‘स्वीकृति डाक्टर हो । उसलाई नभेट्नू, कोरोना सर्छ’ परिचितका शब्दहरू कानसम्म आएर ठोक्किएपछि उनको हृदय बिझाउँथ्यो ।

    अनुभूति यतिसम्म नमीठा थिए, खाजा खान जाँदा पनि सेतो एप्रोनदेखि मानिसहरू तर्सिन्थे । कसैले सोधिहालेमा पेशा लुकाएर हिंड्नुपर्ने बाध्यता थियो । वरिपरिका छिमेकीले कानेखुसी गर्दै भन्थे– यो घरमा त डाक्टर बस्छ ! कसैले मुखै पनि फोड्थे– अझै काममा गइरहेकी छ्यौ ? अब छाडिदिए पनि हुन्थ्यो !’

    बा–आमाको भावमा पनि त्यही आग्रह झल्कन्थ्यो– ‘अस्पतालबाट सर्छ कि ? बरु नजाऊ, छाडिदेऊ !’

    निराशाको तुवाँलो स्वीकृतिको अनुहारभरि ढाकिन्थ्यो । चैत महिनायता केही स्टाफले धमाधम काम छाडिरहेका थिए । उनी गम्भीर भएर सोच्थिन्– ‘बच्चैदेखिको सपना । नयाँ महामारी आयो भन्दैमा कसरी छाड्नु ? आफूलाई प्रमाणित गर्ने यस्तै बेलामा त हो नि !’

    भर्खरै कोभिड–१९ नेपाल भित्रिएको बेला नागरिकहरू त्रासमा रुमल्लिएका थिए । सरकारले देशमा लकडाउन गरिसकेको थियो । प्रायः अस्पतालबाट कोरोना फैलन्छ भन्ने डर अधिकांशमा थियो । बाहिर मात्र हैन, अस्पतालभित्रै पनि त्यही त्रासले स्टाफहरूलाई चिन्तित बनाएको थियो ।

    ‘जुन बिरामी आए पनि कोरोना नै हो कि भन्ने डर हुन्थ्यो । यसले गर्दा आफ्नै पेशामा निराश भइयो’, स्वीकृति सम्झिन्छिन् ।

    लुम्बिनी मेडिकल कलेज पाल्पाबाट दुई वर्षअघि एमबीबीएस गरेकी थिइन् स्वीकृतिले । त्यसलगत्तै अल्का अस्पतालबाट डाक्टरी पेशामा होमिएकी थिइन् उनी । शुरुदेखि नै आकस्मिक कक्षमा थियो उनको ड्यूटी । काम शुरु गर्दायता उनलाई यसपालि जस्तो डर यो दुई वर्षमा कहिल्यै लागेको थिएन ।

    वैशाखतिर, अर्थोपेडिक डिपार्टमेन्टमा काम गर्ने एक नर्सलाई अस्पतालमा पहिलो पटक कोभिड देखियो । उनलाई कोभिड देखिएसँगै स्टाफहरू सबैमा डरको घण्टी बज्न थाल्यो । सञ्चारमाध्यममा यो घटनाबारे समाचार छापिए । स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि अन्योलता बढ्दै गएको थियो । ‘त्यसपछि त अस्पतालदेखि घरसम्म डरैडर । चैनको सास फेर्ने त समय नै थिएन’, स्वीकृति सम्झिन्छिन् ।

    जब बा–आमालाई कोरोनाले गाल्यो

    स्वीकृतिले हरदिन जे नहोस् भनेर कामना गरेकी थिइन्, त्यही भयो । परिवारमा पहिलो पटक बालाई ज्वरोको लक्षण देखियो । ६६ वर्षका थिए, बा । त्यसमाथि डाइबेटिज र प्रेसरका रोगी । शुरुमा १०२ डिग्री ज्वरो देखियो । स्वीकृति सशंकित भइन्– ‘कतै कोरोना त हैन !’

    उनले बालाई औषधि चलाउन शुरु गरिन् । दुईदिनसम्म औषधि चलाउँदा पनि ज्वरो घटेन । लगत्तै आमालाई पनि बाकै लक्षण देखियो । ५७ वर्षकी थिइन् आमा । आमा पनि प्रेसर र डाइबिटिजको रोगी । दुवैलाई स्वाद हराउने, गन्ध हराउने, ढाड दुख्ने र लगातार ज्वरो आउने खालका लक्षण सँगै देखिन थाले ।

    उनी कार्यरत अस्पतालमा एउटै बेड पनि खाली थिएन । अरू अस्पताल पनि प्याक । उनले घरमै राखेर बा–आमाको उपचार गर्ने सोच बनाइन् । तर, दुवैलाई कमी भएन । तेस्रो दिन उनका दाइलाई पनि १०१ डिग्री ज्वरो आयो । अब उनले कोरोना नै हो भन्ने ठम्याइन् । त्यसपछि तिनै जनालाई पीसीआर टेस्ट गराउन लगिन् । त्यस दिनको ११ बजे रिपोर्ट आयो– पोजेटिभ !

    शुरुमा त उनी अत्तालिइन् । अब के गर्ने ? भोलिपल्ट बा, आमा र दाइलाई कोरोना पोजेटिभ भएको जानकारी गराइन् । घरका सबै जना अत्तालिए । तनावपूर्ण स्थिति थियो, त्यो । आफूबाहेक सबै सदस्यलाई कोरोना देखिएको थियो । उनले अस्पतालमा खबर गरिन्, ‘घरमा सबैलाई कोरोना देखियो । म ड्युटी आउँदिनँ ।’

    त्यसपछि उनी बा, आमा र दाइको उपचारमा लागिपरिन् । त्यसको भोलिपल्ट बालाई सास फेर्न गाह्रो भयो । ज्वरो घटेन । अक्सिजन पनि ९० भन्दा तल घट्यो ।

    अब घरमा राख्नु उचित थिएन । उनले तुरुन्त अस्पताल लगिन् । दाइको भने अवस्था सामान्य थियो । बा–आमा दुवैको रिपोर्टमा छातीमा समस्या धेरै देखियो । निमोनिया पनि थियो । कोभिडले बा–आमा निकै गल्दै गइरहेका थिए । तर, अस्पतालमा खाली बेड थिएनन् । ‘मैले चेस्ट फिजिसियन डाक्टरहरूसँग कन्सल्ट गरें । उहाँहरूले हेरेर भन्नुभयो– केस क्रिटिकल छ, भर्ना नै गर्नुपर्छ’, स्वीकृति सुनाउँछिन् ।

    त्यो दिन बेड नपाएपछि इन्जेक्सन क्यानेला घरमै ल्याएर बा–आमाको उपचार गरिन् । भोलिपल्ट अस्पतालमा बेड खाली भयो । बिहान सबेरै बा–आमालाई अस्पताल ल्याएर उपचार शुरु गरिन् । ‘त्यतिबेला दाइको अवस्था सामान्य भइसकेको थियो । बा–आमाको अवस्थाले भने चिन्तित तुल्याएको थियो’, उनी सुनाउँछिन् ।

    ‘अस्पतलामा करिब ९ दिनको उपचारपछि बा–आमालाई सुधार देखिंदै गयो । अक्सिजनको मात्रा पनि बढ्दै गयो । निको हुने छाँट देखिएपछि डिस्चार्ज गर्ने योजना बनायौं’ डा. स्वीकृति सुनाउँछिन् ।

    त्यसपछि आफैं थलिइन्…

    बा–आमा निको भएर घर जानु अघिल्लो दिन स्वीकृतिको जिब्रोले स्वाद लिन छाड्यो । नाकले वास्ना पनि लिएन । अचानक ज्वरो बढेर १०३ डिग्रीमा उक्लियो । औषधि लिइन्, निको भएन । इन्जेक्सन चढाएर पनि निको भएन । झन्झन् शिथिल हुँदै गएकी थिइन् ।

    बा–आमा डिस्चार्ज भएको दिन त्यही बेडमा उनी भर्ना भइन् । ‘यो दुःखको कुराले बा–आमा आत्तिनुहुन्थ्यो । उहाँहरूलाई मेरो ड्यूटी छ भनेर साथीहरूलाई भन्न लगाएँ । अनि उहाँहरू घर जानुभयो, मेरो भने उपचार शुरु भयो’, उनी भावुक सुनिइन् ।

    आफू बेडमा सिकिस्त भइरहँदा पनि उनलाई चिन्ता भने बा–आमाकै थियो । कोभिड जितेर गएकोमा खुशी पनि थिइन् उनी ।

    अचानक स्वीकृतिको श्वासप्रश्वासमा समस्या देखियो । अक्सिजन घटेर ८०/८४ मा पुगेको थियो । उनको रिपोर्टमा निमोनिया बढेर छाती बिग्रिएको देखियो । ६ दिनसम्म त ज्वरो १०४ डिग्रीबाट तल झरेको थिएन । रक्तचाप घटेको थियो । संक्रमणले गाल्दै गइरहेको बेलामा स्वीकृतिका कोही आफन्त नजिक थिएनन् । उनलाई लागेको थियो– अब बाँच्दिन होला ।

    स्वीकृतिलाई आईसीयूमा राख्नुपर्ने अवस्था आयो । उनको साथी थिइन् डा. सम्झना पोखरेल । उनले त्यतिबेला रत्तिभर छाडिनन् स्वीकृतिलाई । साथीको स्वास्थ्य सुधार्न डा. सम्झना दिलोज्यानले लागिन् ।

    करिब १० दिनपछि स्वीकृति तंग्रिइन् । शारीरिक रूपमा सहज महसूस गर्न थालिन् । तर, मानसिक रूपमा उत्रिन भने निकै समय लाग्यो ।

    मर्छु कि भन्ने डर

    कोरोनाबाट तंग्रिसक्दा पनि स्वीकृतिमा अनौठा समस्या देखापर्न थाले । एक्लै हुँदा भित्ताहरू हेरेर टोलाइरहन्थिन् । कसैसँग बोल्ने उत्साह थिएन उनमा । नजिकका मान्छे गुमाउँछु भन्ने डरले अत्तालिइरहन्थिन् । कुनै ठूलो पहाडले थिचेको भानले उनलाई सताइरहेको थियो । स्कुटर लिएर घरबाहिर हिंड्दा मर्छु कि भन्ने डरले हात थर्थराउँथ्यो ।

    ‘कोरोनाले त बाँचे, अरु कुराले मर्छु कि भन्ने लागिरह्यो’, उनी भावुक मुद्रामा सुनिइन् । उनको अनौठो स्वभाव देखेर साथीहरू र बा–आमा अत्तालिन थाले । आखिर उनलाई साइक्याट्रिक परामर्शको आवश्यकता नै पर्यो ।

    परामर्शको क्रममा थाहा भयो, उनलाई अड्युटरी ह्यालुसिनेसन भएछ । ‘म बिरामी भएर अस्पताल बस्दा मान्छेहरू रोएको, चिच्याएको कुराले नमीठो छाप पारेको थियो । सपनामा पनि आफ्नै कुरा गुमाएको देखेपछि म आधारातमै आत्तिन्थें’, स्वीकृति सुनाउँछिन् ।

    अस्पतालमा कोरोनाले बितेकाहरूको शव आफन्तले छुन पाउँदैनथे । त्यो बेला रोएको आवाजले उनलाई धेरै दिन सताइरह्यो । घर जाने बित्तिकै पनि स्वीकृति आफन्तसँग भेट्न पाएकी थिइनन् । यसले पनि उनको मस्तिष्कमा गहिरो प्रभाव पारेको थियो ।

    ‘परामर्शपछि म मानसिक रूपमा ठीक हुँदै गएँ । परिवारसँग समय खर्चिन, साथीहरू भेट्न थालें । त्यसपछि रिकभर हुँदै सामान्य अवस्थामा आएँ’, स्वीकृति सुनाउँछिन् ।

    झण्डै एक महिना आफ्नो र परिवारको स्वास्थ्यका लागि निकै कष्टकर भयो स्वीकृतिको लागि । उनले आफू, परिवारको लागि मात्र लडिनन्, पुनर्जीवनको आशामा अस्पताल आएका संक्रमितहरूको लागि पनि लडिन् ।

    हुन त अहिले पनि कोभिड सकिएको छैन । उनको जिम्मेवारी घटेको छैन । तापनि उनी पछि हटेकी छैनन् । उनको अनुभवले भन्छ– अब थाक्नुहुँदैन ।

     

  • माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले माघे संङक्रान्तिको दिन सार्वजनिक   बिदा दिने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते  बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा जानकारी दिए । हुन ।

    यस्तै आजको मन्त्रिपरिषद्मा राष्ट्रिय सभाको हिउँदे अघिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष प्रस्ताव पेश गरेको छ ।