Blog

  • यस्तो छ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको सक्कल प्रति ( पूर्णपाठसहित )

    यस्तो छ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको सक्कल प्रति ( पूर्णपाठसहित )

    काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिसको सक्कल प्रति सर्वाेच्च अदालत परिसरमा विपक्षी वकिलले सार्वजनिक गरेका छन् । जसमा विभिन्न कामका लागि दुई तिहाई बहुमतको सरकार आवश्यक भएकाले प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको उल्लेख छ ।

    रिट निवेदक पक्षले मन्त्रिपरिषद् कार्यालयले सक्कल प्रति सर्वाेच्च अदालतबाट फिर्ता लगेर नफर्काएकोमा इजलास समक्ष उठाएका छन् । पुस २३ गते प्रधानममन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सक्कल प्रति फिर्ता लगेको थियो ।

    सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुपर्ने कारण खुलाउँदै जनता र राष्ट्रको सर्वाधिक महत्व र प्राथमिकताको विषयलाई बेवास्ता गरी निहीत स्वार्थ, व्यक्तिगत कुण्ठा, आग्रह र पूर्वाग्रहलाई केन्द्रमा राखी अनेक तरहले सरकारमाथि निरन्तर प्रहार भइरहेकाले सरकारले कामै गर्न नसक्ने स्थिति बनेपछि यो कदम चाल्नुपरेको निर्णयमा उल्लेख छ ।

    त्यस्तै स्वतन्त्र न्यायपालिकामाथि गम्भीर प्रहार गरी स्वतन्त्र न्यायपालिकाप्रतिको जनविश्वासमा विचलन ल्याई अराजकता सिर्जना गर्न खोज्ने र अख्तियार लगायत संवैधानिक अंगहरुमाथि नियोजित प्रहार गर्ने तथा छिमेकी लगायत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध, साझेदारी र विकास सहायता परिचालनमा प्रतिकुल असर पर्ने गरि अभिव्यक्ति दिने कार्य भएको निर्णयमा उल्लेख छ ।

    सरकारले विघटनको सिफारिस गर्नुको कारण र दुई तिहाई बहुमतको आवश्यकता दर्शाएर गरेको निर्णयको प्रति हेर्नुहोस् ।

  • कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय

    कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोभिड–१९ विरुद्ध आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने निर्णय गरेको छ । औषधि व्यवस्था विभागले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त खोप आपतकालीन रुपमा प्रयोग गर्नको लागि सशर्त अनुमति प्रदान गर्ने जनाएको छ ।

    माघ २ गते बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । भारतले चाहिँ शनिबारदेखि कोभिसिल्ड खोप देशव्यापी प्रयोगमा ल्याउँदैछ ।

  • युवा ब्याडमिन्टन स्टार प्रिन्स जुनियर विश्व बरीयताको तेस्रो स्थानमा

    युवा ब्याडमिन्टन स्टार प्रिन्स जुनियर विश्व बरीयताको तेस्रो स्थानमा

    काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टनल वर्ल्ड फेडेरेसनको जुनियर बरीयताको शीर्ष तीनमा परेका छन्, जुन कुनै पनि नेपाली खेलाडीले अहिलेसम्म हासिल गरेको उच्च स्थान हो ।

    यसअघि ११औं स्थानमा रहेका प्रिन्सले ८ स्थान सुधार गरेर शीर्ष तीनमा स्थान बनाएका हुन् । २०१९ मा दुबईमा सम्पन्न वर्ल्ड जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेका प्रिन्सले राष्ट्रिय स्तरका प्रतियोगितामा एक छत्र राज गर्दैै आएका छन् ।

    २०२० मा उनले प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिजमा दोस्रो स्थान हासिल गरेका थिए । उनले त्यसपछिका दुई प्रतियोगितामा पनि उल्लेख्य प्रदर्शन गरेका थिए ।

  • हुस्सुले जनकपुर विमानस्थल ठप्प, जनजीवन प्रभावित

    हुस्सुले जनकपुर विमानस्थल ठप्प, जनजीवन प्रभावित

    जनकपुरधाम । बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थल शुक्रबार विहानदेखि ठप्प भएको छ । यहाँबाट काठमाडौं दैनिक ५ फ्लाइट हुन्छ । तर आज एउटै फ्लाइट हुन सकेका छैन ।

    विमानस्थल प्रमुख किरण गौतमले बाक्लो हुस्सु लागेकाले आज तीन वटा फ्लाइट रद्द भइसकेको जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने, ‘दुई वटा फ्लाइट पर्ख र हेरको अवस्थामा छ । तर भिजिवलिटी कम रहेकाले यो दुई फ्लाइट पनि रद्द नै हुन्छ ।’ भिजिबलिटी १७ सय मिटर चाहिएकोमा मात्र ७ सय मिटर रहेको उनको भनाई छ ।

    आज विहानैदेखि अत्यधिक कुहिरो लागेको र चिसो हावा चलेका कारण प्रदेश २ मा जनजीवन प्रभावित बनेको छ । बजारमा चहलपहल ह्वात्तै घटेको देखिन्छ ।

  • इजलासमा बहस चर्किएपछि अडियो काटियो

    इजलासमा बहस चर्किएपछि अडियो काटियो

    काठमाडौं । संवैधानिक इजलासमा चर्काचर्की पर्न थालेपछि नेपाल बार एशोसियन र सर्वोच्‍च अदालतभित्रै बहस सुन्न राखिएको भिडियो लाइभबाट अडियो काटिएको छ ।

    बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति कार्यालयबाट आएको सक्कल पत्र किन फिर्ता पठाइयो भनेपछि शुरु भएको बहस विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले बोल्न थालेपछि चर्काचर्कीमा बदलिएको हो ।

    श्रेष्ठले प्रधानमन्त्री र न्यायाधीशहरुबीच भेट भएको र षड्यन्त्रको गन्ध आएको भनेर जनताले प्रश्न उठाएको बताएपछि बेन्चबाट यस्ता कुरा नउठाउन आदेश दिइएको थियो । तर, श्रेष्ठले अपुष्ट कुरालाई इजलासमा उठाएपछि सवाल-जवाफ चर्केको छ ।

  • आर्मीविरुद्ध गण्डकीका समिर कँडेलले बनाए अर्धशतक

    आर्मीविरुद्ध गण्डकीका समिर कँडेलले बनाए अर्धशतक

    काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध गण्डकी प्रदेशका समिर कँडेलले अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याइरहेको गण्डकीका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कँडेलले ८९ बलमा ५ चौकासहित ५० रन बनाएका हुन् ।

    ३५औं ओभरमा अर्धशतक बनाएका समिर सोही ओभरको चौथो बलमा राजेश पुलामी मगरको हातबाट क्याच आउट भए ।

    विभागीय टोली आर्मीविरुद्ध २८८ रनको ठूलो लक्ष्य पछ्याइरहेको गण्डकीले ३८।३ ओभरमा ५ विकेट गुमाएर १४१ रन जोडेको छ ।

  • राष्ट्रपति कार्यालयको फाइल खोजिएपछि इजलासमा सवाल-जवाफ

    राष्ट्रपति कार्यालयको फाइल खोजिएपछि इजलासमा सवाल-जवाफ

    काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाक्इ भइरहेका बेला राष्ट्रपति कार्यालयले पठाएको सकल फाइलको खोजी भएको छ । इजलासमा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति कार्यालयबाट पठाइएको सक्कल फाइल मागेका हुन् ।

    अदालतले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले विघटन गरेको पत्रको सकल फाइल मागेको थियो । श्रेष्ठले राष्ट्रपति कार्यालयको सक्कल फाइल हेर्न पाउँ भन्दै माग गरेपछि इजलासमा हल्लाखल्ला मच्चिएको थियो ।

    इजलासबाट फिर्ता गर्ने गरी आएको फाइल फर्काइएको होला भन्ने जवाफ आएपछि श्रेष्ठले फाइल हेर्न पाउनुपर्ने माग गरेका थिए । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले फाइल पुस २८गते फर्काउने गरी आएको जवाफ दिए पनि श्रेष्ठ रोकिएनन् ।

    इजलासमा सवाल चर्किएपछि बार एशोसियसनमा राखिएको भिडियो लाइभको अडियो काटिएको थियो ।

  • जलविद्युत् लगानी कम्पनीले  गर्‍यो नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी

    जलविद्युत् लगानी कम्पनीले  गर्‍यो नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी

    काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ ।

    कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०।६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।

    चालु आर्थिक वर्षभित्रै कूल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा नौ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले जनाएको छ ।

    चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना तथा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाइ छ ।

    कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ ।

    हाल कम्पनीको अधिकृत पूँजी ५० अर्ब, जारी पूँजी २२ अर्ब र हालसम्मको चुक्ता पूँजी १६ अर्ब ५० करोड पुगेको छ । कम्पनीले हालसम्म आठ अर्ब ३६ करोड कूल आम्दानी गरेको र त्यसमा पाँच अर्ब २२ करोड खुद नाफा गरेको छ ।

    कम्पनीले हालसम्म नेपाल सरकारलाई एक अर्ब ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई छ अर्ब २८ करोड लाभांश वितरण गरेको छ । लाभांशमध्ये नेपाल सरकारतर्फ दुई अर्ब १६ करोड र अन्य शेयरधनीतर्फ चार अर्ब १२ करोड वितरण भएको कम्पनीले जनाएको छ ।

    कम्पनीले आगामी आर्थिक वर्ष २०७८÷७९ सम्म कूल ३३३९ मेगावाट क्षमताका २३ आयोजनामा १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ ।

    साथै, ऋण लगानीतर्फ कूल २,८१० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी १२ अर्ब ६७ करोड पु¥याउने लक्ष राखेको छ । कम्पनीले आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ १०० अर्ब लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ ।

    अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट पाँच अर्ब ५० करोड शेयरबापतको रकम प्राप्त भइसकेको र तीनवटा वित्तीय संस्थाबाट तीन अर्ब ३० करोड प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

    यसै आवभित्र सर्वसाधारणलाई दुई अर्ब २० करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महिनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिए । रासस

  • संवैधानिक इजलासमै न्यायाधीश थप्न एमिकस क्युरीको सुझाव

    संवैधानिक इजलासमै न्यायाधीश थप्न एमिकस क्युरीको सुझाव

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई राय दिन गठित एमिकस क्युरीले संवैधानिक इजलासमै न्यायाधीश थपेर सुनुवाइ गर्न सुझाव दिएको छ ।

    मुद्दाको सुनुवाई बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै भन्ने बहस चलिरहेको बेला एमिकस क्युरीको राय मागिएको थियो ।

    बहसमा भाग लिँदै एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीश थप्न सुझाव दिएका हुन् । तर उनलाई प्रतिप्रश्न गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले भने संविधानमै संवैधानिक इजलासमा ५ जना रहने व्यवस्था रहेको स्मरण गराएका छन् ।

    एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र बिजयकान्त मैनालीले प्रतिनिधित्व गरेका छन् भने सर्वोच्च बारबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

  • हलिउड स्टारर लियाम नेसनले एक्सन फिल्मबाट लिए सन्यास

    हलिउड स्टारर लियाम नेसनले एक्सन फिल्मबाट लिए सन्यास

    हलिउड अभिनेता लियाम नेसनले एक्सन जनराका फिल्मबाट सन्यासको घोषणा गरेका छन् । पाइपलाइनमा रहेका ‘वन्डर वुमन ३’ र ‘ओभिवान केनोभी’को छायांकन पछि एक्सन फिल्म नगर्ने उनले निर्णय गरेको डेलीमेलले उल्लेख गरेको छ ।

    ‘भिजिलान्ते र एक्सन फिल्म गरेर म थाकिसकेँ । मेरो उमेर पनि आउँदो जुनमा ६९ पुग्दैछ ।’ उनले भने ।

    कोभिड महामारी सामान्य भएपछि बाँकी दुई फिल्मको सुटिङ गर्ने उनले जनाए । तर, उनले आफ्नो उमेरका कतिपय अभिनेतासँग एक्सन फिल्म गर्ने योजना गुमाउनुपर्दा चाहिँ मिस गरेको जनाए । लियामले हालै अष्ट्रेलियामा ब्ल्याकलाइट फिल्म छायांकन गरे जहाँ उनले बच्चासँग एक्सन दृश्य सक्नुपर्ने थियो । ‘ती बच्चाको नाम टेलर थियो र उमेर २५ । मेरो ठूलो छोराको उमेरसँगै’ उनले भने, ‘यो मेरा लागि निकै महत्वपूर्ण क्षण थियो ।’

    वन्डर वुमन ३ मा चाहिँ लियामले गल ग्याडटको पिताको भूमिकामा अभिनय गर्दैछन् । यो फिल्मलाई प्याटी जेन्किन्सले निर्देशन गर्दैछन् । लियाम एकपटक अस्करमा र तीनपटक गोल्डेन ग्लोब्स अवार्डमा मनोनित भैसकेका छन् । लियाम स्टारर ‘क्ल्यास अफ दी टाइटन्स’ सन् २०१० मा रिलिज भएको थियो र यसले ४९३.२ मिलियन डलर कमाएको थियो ।

    लियामले नेपालमा छायांकन गरिएको सगरमाथाबारेको डकुमेन्ट्री द वाइल्डेस्ट ड्रीममा आफ्नो आवाजमा न्यारेसन पनि दिएका थिए ।

  • नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ: मन्त्री श्रेष्ठ

    नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ: मन्त्री श्रेष्ठ

    सिरहा । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको तबाएका छन् ।

    सिरहाको सुखीपुर नगरपालिका–४ मा आयोजित शीतलहर र चिसोबाट प्रभावितका लागि न्यानो कपडा वितरण कार्यक्रममा उनले शीतलहर र चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन नपोस् भनेर सरकारले समयमै विपद् व्यवस्थापनको तयारी गरेको बताए ।

    ‘विगतका वर्षमा चिसो र शीतलहरका बेला अनाहकमा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो’, मन्त्री श्रेष्ठले भने,‘अब यस्तो अवस्था आउन नदिन सरकार गम्भीर छ र हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ ।’ हरेक वर्ष चिसो मौमसका बेला बालबालिका र ज्येष्ठ नागरिक अत्यधिक समस्यामा पर्ने गरेकाले सोहीअनुसारको पूर्वतयारी गरिएको उनको भनाइ छ ।

    मन्त्री श्रेष्ठले चिसोका बेला खासगरी विपन्न, दलित र गरीब परिवार बाढीपीडित हुने गरेकाले समयमै विवरण सङ्कलन गरेर न्यायो कपडा र राहतको व्यवस्थापन गर्न स्थानीय सरकारसँग आग्रह गर्दै नागरिकको सुरक्षा गर्ने कार्यमा सरकारले कुनै कमजोरी हुन नदिने बताए ।

    सिरहा जिल्लाको सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन र आवास कार्यक्रमलाई सरकारले तीव्ररुपमा अगाडि बढाउने उल्लेख गर्दै उनले यस्ता कार्यले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएकाले तीनै तहका सरकारले समन्वय गरी विपद्बाट नागरिकलाई जोगाउनुपर्ने बताए । सो अवसरमा मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक, आपाङ्ग, विपन्न परिवारका २०० जनालाई न्यानो सिरक वितरण गरे । रासस

  • लकडाउनमै थपिए अर्बौं लगानीका नयाँ उद्योग

    लकडाउनमै थपिए अर्बौं लगानीका नयाँ उद्योग

    विराटनगर । विश्‍वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमले हर क्षेत्र थलिएको छ । तर, महामारी र लकडाउनको असहज परिस्थितिकै बीच सुनसरी-मोरङ औद्योगिक करिडोरमा अर्बौंको लागानीका नयाँ उद्योगहरू थपिएका छन् ।

    नयाँ स्थापना भएका उद्योगहरू प्रायः कोरोनालक्षित स्वास्थ्य सामग्रीदेखि खाद्यान्‍न उत्पादनसम्म रहेका छन् । उद्योग संगठन मोरङका अनुसार कोरोना महामारी शुरू भएपछि एक दर्जन स्यानिटाइजर र मास्क उद्योग खुलेका छन् । मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु र अध्यक्ष प्रकाश मुन्दडाको संयुक्त लगानीमा स्यानिटाइजर उद्योग खुलेको छ ।

    साबुन र सरफ मात्रै उत्पादन गर्दै आएको हिमगिरी हाइजिन प्रालिले नयाँ उद्योग स्थापना गरेर आउरा ब्रान्डको स्यानिटाइजर बजारमा ल्याइरहेको छ । त्यस्तै उद्योगी महेश सोनीले आफ्नो साबुन तथा सरफ उद्योगमा स्यानिटाइजर उत्पादन गर्ने युनिट औषधि व्यवस्था विभागमा दर्ता गराएर उत्पादन थालेका छन् ।

    ‘स्यानिटाइजरको माग बजारमा अत्यधिक छ’ उद्योगी सोनीले भने,‘बन्दाबन्दीको बीचमा नै हामीले स्यानिटाइजर उद्योगमा लगानी गरेका छौँ ।’ समग्रमा अहिले यसको व्यापार राम्रो छ ।’

    पछिल्लो समय मुलुकभरि बन्दाबन्दी हटाइएपछि ती उद्योग सञ्चालनमा आएका हुन् ।

    विराटनगरका युवा व्यवसायीहरूको समूहले अमेरिकी कम्पनी आरसी कोलाका ६ प्रकारका पेय पदार्थलाई नेपाली बजारमा ल्याएका छन् । उनीहरूले यस वर्षको शुरूमा नै ती उत्पादन बजारमा ल्याउने तयारी गरेका थिए । तर, चैतबाटै बन्दाबन्दी भएपछि उत्पादन रोकिएको थियो ।

    करीब ८० करोडको लागतमा मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा भेन्चुरा बोटलर्स उद्योग स्थापना भएको ७ महीनापछि यसले ६ प्रकारका पेय पदार्थको व्यावसायिक उत्पादन शुरू गरेको हो ।

    विराटनगरका उद्धवप्रसाद आचार्य नेतृत्वको दुर्गालक्ष्मी समूहले फ्रेन्चाइज लिएर आरसी कोला ब्रान्डका पेय पदार्थ नेपाली बजारमा ल्याएको हो । आचार्य भन्छन, ‘परीक्षण उत्पादन गरेको झन्डै ६ महीनापछि बजारमा उत्पादन लिएर आएका छौं, सबैतिरबाट राम्रो प्रतिक्रिया पाएका छौँ ।’

    समूहका सञ्चालक आचार्यका अनुसार भेन्चुरामा ८० करोडको लगानी छ । भेन्चुराले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन र बजारीकरण शुरू गरिसकेको छ । २० जना स्थायी कर्मचारी रहे पनि १ सय ५० ले रोजगारी पाएको उद्योगको भनाइ छ ।

    नेपालमा चप्पलको उत्पादन गर्ने विराटनगरको म्याजिक समूहले काठ र प्लाइउडको विकल्पमा प्रयोग गर्ने गरी ‘प्लास्टिक बेस’ वस्तुको उत्पादन र मार्केटिङ शुरू गर्दागर्दै बन्दाबन्दीमा ठप्प भएको उद्योग पनि सञ्चालनमा आएको छ ।

    लकडाउनको ८ महीनाभन्दा बढी समय उद्योगहरू पूर्णक्षमतामा सञ्‍चालन नहुँदा १५ हजार बेरोजगार भएका उद्योग संगठन मोरङले जनाएको छ ।

    इटहरी उपमहानगरपालिकाको खनारमा रहेको वन्डर म्याटेरियलले ‘अल्टवुड’ ब्रान्डमा पीभीसी र डब्ल्यूपीसीको उत्पादन गरिरहेको उद्योग बन्दाबन्दीका कारण उत्पादन नै ठप्प भएको थियो । बन्दाबन्दी हटेपछि उद्योग सञ्चालनमा आएको प्रबन्धक महेश वाहेतीले बताए । उद्योग पुनः सञ्चालनमा आए पनि उत्पादनको बजारमा खपत भने घटेको वाहेतीले बताए । उद्योग करीब २५ करोडको लागतमा स्थापना गरिएको हो ।

    इटहरी उपमहानगरपालिकाको खनारमा पुराना तथा काम नलाग्ने कागज प्रशोधन गरेर नयाँ कागज बनाउने उद्योगसमेत यस अवधिमा सञ्चालनमा आएको छ । दैनिक सवा सय मेट्रिक टन पुरानो कागज प्रशोधन गरेर सो उद्योगले १ सय टन नयाँ कागज उत्पादन गर्दै आएको छ । अरिहन्त कोरुगेशनले झुत्रा कागज प्रशोधन गर्न थालेको छ । उद्योगका सञ्चालक पारस लुनियाका अनुसार गतवर्षदेखि नै लगानी गरिएको उद्योग बन्दाबन्दीकै बीचमा सञ्चालनमा ल्याइएको हो ।

    उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बन्दाबन्दीको समयमा करिडोर क्षेत्रमा नयाँ उद्योग स्थापना हुनुले औद्योगिक वातावरण निर्माणमा सहयोग पुगेको बताउँछन् । कोरोना महामारीका बीचमा युवाहरूको समूह उद्योगमा लगानी गर्न प्रोत्हासहित भएको उनको भनाइ छ।

    घिमिरेका अनुसार औद्योगिक क्षेत्रमा बन्दाबन्दी हटेपछि क्रमशः उद्योगहरू सञ्चालनमा आउन थालेको र धेरै नयाँ उद्योग र केही पुरानै उद्योगको पनि क्षमता विस्तार भई उत्पादन शुरू भएको छ ।

    सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग पूर्णक्षमतामा फर्कँदै

    कोरोना महामारीका कारण उत्पादन कटौती गरेका उद्योगहरू विस्तारै पूर्णक्षमतामा फर्किन थालेका छन् ।

    कोरोना संक्रमणको प्रभाव कम भएसँगै उत्पादन कटौती गरी १ सिफ्टमा सञ्चालन हुँदै आएका उद्योगहरू पूर्णक्षमतामा सञ्चालन हुन उद्योगीहरू बताउँछन् । उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेका अनुसार करिडोरका बन्दाबन्दीका कारण ठूला उद्योगले ३० प्रतिशतसम्म उत्पादन कटौती गरेका थिए । ती उद्योगले २ सिफ्टबाट २ सिफ्ट कतिपयले एक सिफ्टमात्र उद्योग चलाउदै आएका थिए ।

    साना तथा मझौला उद्योगको उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदारहरू पूर्णबेरोजगार बनेका थिए । तर उद्योगहरू बिस्तारै पूर्णक्षमतामा फर्केपछि कामदारहरू पनि फर्किन थालेका छन् ।

    सुनसरी-मोरङ औद्योगिक करिडोरभित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मिल्टफाइवर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाले पछिल्ला दिनमा मानिसको जीवनशैली बिस्तारै सामान्य बन्‍न थालेसँगै १ सिफ्टमा चल्दै आएका उद्योगहरू अहिले ३ सिफ्टमै सञ्‍चालन भइरहेका छन् ।

    १ सिफ्टमा मात्र सीमित हुँदा उद्योगमा कार्यरत ३० प्रतिशत मजदुर कामविहीन थिए । कोरोनाको प्रभावका कारण उद्योगले १५ दिन काम र १५ दिन आराम दिएर उद्योगले कामदारलाई काममा लगाइरहेको थियो ।

    अरिहन्त मल्टिफाइवर्समा ४ हजार ५ सय मजदुर र रघुपति जुटमिलमा २ हजार ५ सय मजदुर कार्यरत छन् । तर कोभिड १९ को महामारीको कारण ३० प्रतिशतले अर्थात् २ हजार १ सयले रोजगारी गुमाएका थिए ।

    अहिले उद्योग पूर्णक्षमतमा आएसँगै कामदारहरू रोजगारीमा फर्किएका छन् । तर, उद्योगमा कार्यरत भारतीय मजदुर भने आएका छैनन् । करिडोरका उद्योगमा १० हजार भारतीय मजदुर कार्यरत् थिए ।

    इटहरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्समा चार हजार मजदुर कार्यरत छन् । कोरोना महामारीका कारण एक सिफ्टमा सीमित भएको उद्योगलेपनि २ सातादेखि पूर्णक्षमतामा सञ्चालन हुदै आएको छ ।

    रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार कोरोनाको कारण स्थायी मजदुरलाई उद्योगले कामको दिन घटाएर आलोपालो गर्दै आएकोमा अहिले भने उद्योग तिन सिफ्ट चल्न थालेको छ । रिलायन्स ११ महिनापछि पूर्णक्षमतमा फर्किएको प्रशासन प्रमुख पोखरेले बताए ।

    कोरोनाका कारण यसअघि उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेको थियो । उनका करिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दुध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा रहेका छन् ।

    सञ्चालित उद्योगहरूमध्ये धेरै पूर्णक्षमतामा आएका छन् भने कतिपय उद्योगले अहिले पनि ७० देखि ८० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।

    कोरोनाका कारण सुनसरी-मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ सय मजदुरको रोजगारी गुमेको थियो । ८ महीनाभन्दा बढी समय उद्योग पूर्णक्षमतामा सञ्‍चालन नहुँदा १५ हजार बेरोजगार भएका उद्योग संगठन मोरङले जनाएको छ ।

    यो अवधिमा तीमध्ये ३० प्रतिशत अर्थात १० हजार बेरोजगार भएका थिए । १४ हजारले आंशिक रोजगारी पाएका थिए । करिडोरमा ५० हजार मजदुर कार्यरत् छन् । ती मध्ये २१ हजार मजदुरले भने पूर्णकालीन रोजगारी पाइरहेका छन् । करिडोरका साना-ठूला गरी ५०० उद्योग छन् ।

  • पलाता गाउँः जहाँ फोन गर्न एक घण्टा उकालो चढ्नुपर्छ

    पलाता गाउँः जहाँ फोन गर्न एक घण्टा उकालो चढ्नुपर्छ

    सुर्खेत । कालिकोटको पलाता गाउँपालिका सञ्चार सेवा तथा सुविधानबाट अझै टाढा छ । बस्तीमा मोबाइल नेटवर्क कमजोर भएका कारण पलाताका नागरिक फोन गर्नकै लागि डाँडा धाउने गरेका छन् ।

    ‘बिजुलीलगायत अन्य सुविधाको कुरा त परै छाडौं, गाउँमा टेलिफोन पनि राम्रोसँग लाग्दैन’, स्थानीय दिलबहादुर विश्वकर्माले गुनासो भने, ‘चुनावका बेला नेताले गाउँमै टेलिफोनको टावर बनाइदिने बनाइदिने भनेका थिए, तर अझै बनेको छैन ।

    पलाताका धेरै युवा रोगजारीका लागि विदेश गएका छन् । ‘रोजगारीका लागि भारत गएका आफन्तसँग कुरा गर्नकै लागि डाँडाकाँडा धाउनु पर्ने स्थिति छ’ स्थानीय निरज विश्वकर्माले भने, ‘कुनै कुनै बस्तीबाट त मोबाइलमार्फत् कुरा गर्न लागि एक घण्टा उकालो हिँड्नु पर्छ ।’

    स्थानीय सरकार बनेपछि त गाउँमै फोन गर्न सुविधान पाउने आश गरेको पलाताबासी अहिले निराश भएका छन् ।

    पलाताको दुई नम्बरबाहेक अरु वडाका नागरिकको सास्ती उस्तै छ । स्थानीयले पटक–पटक गाउँपालिका अध्यक्षलाई टेलिफोनको टावर राख्ने प्रबन्ध मिलाउन आग्रह गरे । तर अझै उनीहरुको गुनासो सुनुवाइ हुन सकेको छैन ।

    वडा नम्बर दुईका वडाध्यक्ष शक्ति भण्डारीले भने गाउँपालिका अध्यक्ष लक्ष्मण बमको कमजोरीका कारण समयमै टेलिफोनको टावर नबनेको बताए ।

  • फोटो फिचर : श्वेताको विहे भोज, भन्छिन् –जिन्दगीमा अघि बढ्ने हौसला मिलेको छ

    फोटो फिचर : श्वेताको विहे भोज, भन्छिन् –जिन्दगीमा अघि बढ्ने हौसला मिलेको छ

    काठमाडौं । विहेको एकमहिनापछि पनि अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयेन्द्रको सेलिव्रेसन मुड सकिएको छैन । के–टाउनको यो नयाँ जोडीले माघे सक्रान्तिको साँझ निकट फिल्मकर्मीसँग खुशि सेलिव्रेट गर्‍यो । ठमेलको अलफ्ट लाउन्जमा यो कपललाई बधाइ दिन नेपाली फिल्मका सेलेव्रिटी र संचारकर्मी सहभागि थिए ।

    अभिनेता मदनकृष्ण श्रेष्ठ
    अभिनेत्री आँचल शर्मा पतिसँग ।
    बायाँबाट वितरक गोपाल कायस्थ, अभिनेता प्रशान्त ताम्राकार र अभिनेत्री सुभेच्छा खड्का ।
    बायाँबाट गायक प्रमोद खरेल, निर्माता आकाश अधिकारी, बरिष्ठ निर्देशक नीर शाह र गायिका कोमल ओली ।

    फिल्मकर्मीका लागि श्वेताले भोजको आयोजना गरिन् । उक्त गेट–टुगेदरमा श्वेता र विजयेन्द्रले केक काटे र चखाए । करिश्मा मानन्धर लगायतका सेलेब्स पार्टीमा थिए । खुशिको मुडमा देखिएकी श्वेताले आगन्तुकलाई धन्यवाद दिइन् । ‘यहाँहरुले दिनुभएको आशिर्वादले ऊर्जा मिलेको छ’ श्वेताले भनिन्, ‘जिन्दगीमा अगाडि बढ्ने हौसला मिलेको छ । मलाई मेरो परिवारले माया दिनुभएको थियो ।’

    मंसिरको २२ गते विहे गरेको यो जोडीले पहिलोपटक फिल्मकर्मीका लागि रिसेप्सन आयोजना गरेको हो । यसअघि उनीहरुले अन्य क्षेत्र र आफन्तका लागि पार्टी गरेका थिए । पार्टीमा विजयेन्द्र भने खासै बोलेनन् । लकडाउनकै समयमा मौलाएको श्वेता–विजयेन्द्र प्रेम बल्ल अहिले आएर विहेमा रुपान्तरण भएको हो ।

    तस्विर सौजन्य : नवीन कार्की

  • ‘ओली होइनन्, प्रचण्ड–माधव चाहिँ प्रतिगमनकारी’

    ‘ओली होइनन्, प्रचण्ड–माधव चाहिँ प्रतिगमनकारी’

    रुपन्देही । नेकपा ओली पक्षका नेता एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नभइ प्रचण्ड–माधव नेपालहरु प्रतिगमनकारी भएको आरोप लगाएका छन् ।

    ‘कोही कसैलाई बीचैमा प्रधानमन्त्री, पार्टी अध्यक्ष हुन मन लागेर सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रसँग मिलेर देशलाई भड्खालोमा हाल्न खोज्नेहरु अग्रगामी हुने अनि सिस्टम बँचाएर जनमत लिन खोज्ने प्रतिगमनकारी हुने, कहाँको परिभाषा हो यस्तो ?’ शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रश्न गरे, ‘आफैंले बनाएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई अविश्वास गरी संसद विघटन गर्न बाध्य बनाउने अनि ओलीले प्रतिगमनकारी काम गरे भनेर जनता झुक्याउँदै हिंड्ने गर्न हुन्छ ?’

    उनले प्रचण्ड–माधव नेपाल समूह नेपाली जनतालाई झुक्काउन ‘आफैं धामी, आफैं झाँक्री’ बनेको आरोप समेत लगाएका छन् ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली जनताले निश्चित समयका लागि जनमत दिएको र कार्यकर्ताले निश्चित समयका लागि पार्टी अध्यक्ष दिएपनि पार्टीका केही पदलोभी नेताका कारण यस्तो अवस्था आएको उनले बताए ।

    प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै संभावना नरहेको बताउँदै उनले भने– अब प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना छैन, सबै चुनावकेन्द्रित हुन जरुरी छ ।

    लोकतान्त्रिक संस्कार मान्ने राजनीतिक दल चुनावी मोर्चामा जान डराउनु आश्चर्य रहेको बताउँदै नेता रायमाझीले भने– सरकारले कुनै रहरले नभएर मुलुकको सिस्टम बचाउँन प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जानुपरेको हो, यसलाई बुुझाउन हामीले अभियान चलाएका छौं, जनतालाई दिइएका भ्रमलाई चिर्ने छौं ।

    ‘एमसीसीबारे छिटो निर्णय गरौं’

    मन्त्री रायमाझीले एमसीसीका विषयमा आफूले बोलेका कुरालाई विषयान्तर गरिएको भन्दै यसलाई पास गर्ने वा अस्वीकार गर्ने विषय छिटो छुङ्गाउनुपर्ने बताएका छन् ।

    उनले भने– मैले पास गर्ने वा नगर्ने छिटो टुंगाऔं भनेको हुँ, एमसीसी अहिलेको योजना होइन, यदि यसलाई अस्वीकार गर्ने हो भने अन्य विकल्प खोजेर अगाडि बढ्नुपर्छ ।

    फरक प्रसङ्गमा रायमाझीले राजनीतिमा हरेक सम्भावना हुने भन्दै पार्टी एकता टरिनसकेको तर्क गरे ।

     

  • मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

    मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

    नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरिएको निर्णयानुसार विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिए ।यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ ।

    नगरपालिकाले जारी गरेको निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

    विद्यालय सञ्चालनका लागि विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रममापन गर्ने व्यवस्था मिलाउने, सबै विद्यालय र शिक्षकले सङ्क्रमणकालीन योजना बनाउनुपर्ने निर्देशन दिइएको वनले बताए ।

    त्यसैगरी स्वास्थ्य मापदण्डपालना हुनेगरी कक्षा कोठामा बसाइको व्यवस्था मिलाई सहज सिकाइएको व्यवस्था गर्नुपर्ने, विद्यार्थी र शिक्षक विद्यालय आउनजान सवारीसाधनको प्रयोग गर्नुपर्ने भए स्वास्थ्य मापदण्डको पालना गर्ने गराउने र कोभिड– १९ सङ्क्रमितको सङ्ख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा नगरपालिकाभरि सूचना जारी गरी कुनै पनि समयमा विद्यालय बन्द गर्न सकिने निर्देशनसमेत दिइएको छ ।

    यसैबीच विद्यालय सञ्चालन गर्न नगरपालिकाले शुल्कसमेत निर्धारण गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयले मासिक शिक्षण शुल्क तहगत र श्रेणीगत रुपमा शैक्षिक सत्र २०७६ का लागि नगरपालिकाबाट तोकिएको शुल्क शैक्षिक सत्र २०७७ का लागि कायम गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी नगरपालिकाले शैक्षिक सत्र २०७७ का लागि वार्षिक शुल्क ५० प्रतिशत मात्र लिने व्यवस्था गर्न निर्देशन समेत दिएको छ ।विद्यालयले विद्यार्थीसँग शुल्क लिँदा सम्बन्धित विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सम्बन्धित विद्यार्थी वैकल्पिक प्रणालीमा सहभागी भएको समयको मात्र मासिक शुल्क लिन निर्देशन दिएको छ ।

  • संसद विघटनविरुद्ध स्थानीय तहमा भोलि हुने प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

    संसद विघटनविरुद्ध स्थानीय तहमा भोलि हुने प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध शनिबार देशभरका स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

    सभापति देउवाले ७ सय ५३ वटै स्थानीय तहमा पूर्वनिर्धारित कार्यक्रममा सक्रिय सहभागिता जनाई विरोध प्रदर्शन सफल बनाउन शुक्रबार एक अपिलमार्फत् आग्रह गरेका हुन् ।

    कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध जनाइसकेको छ ।

  • बाइडेनले घोषणा गरे १.९ ट्रिलियन डलर राहत प्याकेज

    बाइडेनले घोषणा गरे १.९ ट्रिलियन डलर राहत प्याकेज

    काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाभाइरस महामारीको चुनौतिसँग लड्न १.९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् । औपचारिक रुपमा सार्वजनिक गरिएको यो घोषणामा राहत चेक, बेरोजगारी बिमा, साना ब्यापारलाई सहयोग, कोरोनाविरुद्धको खोप र परिक्षणमा थप सहयोग राशी समेटिएको छ ।

    प्याकेजमा १४ सय डलरको राहत रकम समेटिएको छ । डेमोक्र्याटहरुले प्रतिनिधि सभामा प्रस्ताव गरेको २ हजार डलरको राहत प्रस्तावलाई समेत अघि बढाउने बाइडेनले जनाए । डेमोक्र्याटिक सांसदले २ हजार डलरको राहत प्रस्ताव गरेपनि रिपब्लिकनले रोकेका थिए । तर, अब बाइडेनको जितसँगै संसदमा डेमोक्र्याटको बहुमत भएको छ ।

    बेरोजगारी बिमा रकम अन्तर्गत हप्तामा ३ सय डलर प्रदान गरिएकोमा बाइडेनको प्याकेजमा त्यसलाई ४ सय डलर बनाउने उल्लेख छ । महामारीले सिर्जना गरेको बेरोजगारी कार्यक्रमलाई आगामी सेप्टेम्बरसम्म अघि बढाउने निर्णय पनि प्याकेजमा समावेश छ । भाडा सहायता कार्यक्रमका लागि २५ सय बिलियन डलर विनियोजन गरिएको छ । महामारीमा काम गुमाएकालाई सहयोग गर्न यो कार्यक्रम प्रभावकारी हुने आशा छ ।

    घरपरिवार विहिनको लागि ५ बिलियन डलर छुट्याइएको छ । सेप्टेम्बरसम्म फुड स्ट्याम्पमा १५ प्रतिशत वृद्धि गर्ने जनाइएको छ । बालबालिकाको ट्याक्स क्रेडिट बढाइने भएको छ । ६ वर्ष मुनिको बालबालिकाको लागि ३६ सय डलर र ६ देखि १७ वर्षसम्मको बालबालिकाको लागि ३ हजार डलर ट्याक्स क्रेडिटमा समावेश गरिएको छ । आकस्मिक तलब बिदाको सुविधा सेप्टेम्बरसम्म लम्ब्याइएको छ ।

    राज्य र विद्यालयको लागि समेत प्याकेजमा राहत रकम विनियोजन गरिएको छ । न्यूनतम तलबमा बढोत्तरी, खोप वितरण तथा परिक्षणको विषय पनि समावेश गरिएको छ । यी प्याकेज कार्यक्रम लागु हुन संसदबाट पारित हुनुपर्छ । जनवरी २० मा बाइडेनले सपथ ग्रहण गरेपछि मात्र यी कार्यक्रमको प्रक्रिया अघि बढ्नेछन् । बाइडेनको यो राहत प्याकेजमा थुप्रै रिपब्लिकन सांसदले समेत समर्थन गरेका छन् ।

  • ‘राज्यले खुट्टा बाँधेर दौडन लगायो’

    ‘राज्यले खुट्टा बाँधेर दौडन लगायो’

    सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतकी उपप्रमुख देवी आचार्य भट्टराईले चाहेर पनि खासै काम गर्न नसकेको गुनासो गरेकी छन् । तीनवर्षे कार्यकालको अनुभव सुनाउँदै उनले भनिन्, ‘हाम्रो मर्यादाक्रम माथि भए पनि जिम्मेवारीका हिसाबले वडा सदस्यको भन्दा पनि कम छ ।’

    उपप्रमुख आचार्यको तीनवर्षे जिसस उपप्रमुख हुँदाको अनुभव उनकै शब्दमा

    तीन वर्षमा हामीले हरेक पालिका र प्रदेश सरकारले बनाएका योजनाको अनुगमन गरेका छौं । ती योजनाबारेमा प्रतिवेदन र सुझाव दिने काम पनि गरेका छौं । तर आमजनताले अहिले पनि जिल्ला विकास समिति जस्तै जिल्ला समन्वय समिति हो भन्ने बुझेका रहेछन् । वास्तवम यो तीन वर्ष त त्यही बुझउन ठिक्क जस्तै भयो ।

    पालिकाका प्रतिनिधि भन्दा हाम्रो मर्यादाक्रम माथि छ । गाउँमा जाने हरेक नेताले जनताका लागि यो गर्छु भन्दै आएका छन् । कतिपयले भनेका कुरा पनि पुर्याउँदै आएका छन् तर हामीमा भने त्यो अवसर नै आएन ।

    हिजो चुनावको समयमा हामीले पनि जनतासामू केहि प्रसतवद्धता जनाएका थियौं । हामीले ‘बाटो बनाउँछौं, शिक्षा क्षेत्रको विकास गर्छौ, स्वास्थ्य सेवाको पहुँच बढाउँछौं । जनतालाई रोग, भोक र शोकमा पर्न दिँदैनौं’ भनेर नै मत मागेर जितेका थियौं ।

    उतिबेला जनताले हाम्रा कुरा सुनेर, हामीप्रति माया गरेर, भावना सुनेर र विश्वास गरेर नै हामीलाई मत दिए, विजय गराए । तर बिडम्वना हाल हामीले केही पनि काम गर्न पाएका छैनौं । काम गर्न चाहन्छौं तर हामीलाई अधिकार नै दिइएको छैन ।

    योजना अनुगमन गर्न जान्छौं, हामीसँग इन्जिनियर हुँदैनन् । त्यो कतिको गुणस्तरीय छ भन्ने कुरा हामीले आँखाले हेरेर भन्नुपर्ने बाध्यता छ । अहिलेको समन्वय समिति भनेको विगतको जिल्ला विकास समितिको जस्तो होइन भनेर हामीले बारम्बार भन्दै आएका छौं ।

    तर पनि जनताले त्यो स्वीकार्न सकेका छैनन् । विगतमा यही कार्यालयबाट संघ संस्थाहरु गाउँमा जान्थे । उनिहरुले जिविसमार्फत् नै हरेक गाउँमा काम गर्ने गर्थे । तर अहिले संविधानले नै त्यो गर्ने सबै काम स्थानीय तहलाई दिएको छ ।

    हामीलाई नौ वटै तहको बजेट बाँडफाँडको जिम्मा दिएको भए हुन्थ्यो । कोआर्डिनेशन गर्नुपर्ने व्यवस्था दिएको भए हुन्थ्यो, तर भएन ।

    नाम मात्रको अनुगमन !

    हामीलाई हरेक पालिकाले सहयोग गरेका छन् । अनुगमनमा जाँदा त्यहाँका प्रमुख उपप्रमुखको पनि सहभागिता हुन्छ । तर पनि हामीले गरेको अनुगमन खासै खासै प्रभावकारी भए जस्तो लाग्दैन ।

    किनभने हामीले अनुगमन गरेका योजनाको भुक्तानी रोक्ने वा कारवाही गर्ने अधिकार छैन । हामीले हेर्ने मात्रै हो । योजनामा हाजिरी लगाउनेबाहेक अन्य केही उपलब्धी भएको छैन ।

    जनतालाई के जवाफ दिने ?

    अहिले हामीले हात बाँधेर बस्नुपर्ने अवस्था छ । राज्यले, जिल्ला समन्वय समितिलाई के काम गर्ने भन्ने बारेमा जानकारी राख्नु पथ्र्यो । हामी कहाँ जाने, के गर्ने, कसरी जनताका भावना सम्वोधन गर्ने, कसरी राज्यका अन्य निकायको अनुगमन गर्ने र त्यसलाई कार्यान्वयन गर्ने, प्रस्ट रोडम्याप भएको भए हुन्थ्यो । अहिले अधिकार विहीन जनप्रतिनिधि जस्तो, अपांगता भएको जस्तो महसुस भएको छ ।

    हामी पनि चुनावबाटै आएका हौं । अब डेढ वर्षमा चुनाव फेरि हुनेछ । त्यतिबेला जनतामाझ गएर के भन्ने ? जनताले हामीलाई प्रश्न सोध्लान हामीले के जवाफ दिने समस्या छ ?

    समन्वय समिति खारेज गरियोस्

    मलाई के लाग्छ भने यो समिती खारेज गर्न आवश्यक छ । आगामी दिनमा जिल्ला समन्वय समिति नराख्दा हुन्थ्यो । वडा सदस्य भएको भए पनि वडामा काम गथ्र्यौ । जनताले हामीलाई पत्याउँथे । वडाको कार्यालयमा हामीलाई बोलाउँदैनन् । वडा अध्यक्षले खबर नै गर्दैनन् । जनप्रतिनिधि हौं भन्ने आधार नै रहेन । मर्यादाक्रम माथि भएर के गर्नु ? सेवा सुविधा हामीले पाएर मात्रै के गर्नु ? जनताको घाउमा मल्हम लगाउने, जनअपेक्षा पुरा गर्ने सोचलाई मनभित्रै राख्नु पर्ने बाध्यता आएको छ । यसरी हेर्दा, यदि कुनै जनताको प्रत्यक्ष काममा सहयोग गर्न सकिदैन, जनताका साना समस्या पनि समाधान गर्न, चुनावमा गरेका प्रतिबद्धता अनुसार काम गर्न सकिदैन भने यो समितिमा आएर बस्नुको अर्थ के होला र ?

    हाम्रो भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिएः समन्वय समिति भनेका टपरीमा राखेको कुस फूली हो । यो सजाउनका लागि मात्रै बनाइएको हो । बाहुनले सजाएर राख्ने बस्तु हो भन्नु भएको थियो उहाँले नै । त्यो कुरा गरेको कारण धेरै कुरा गर्न सकिएन । आशामाथि निराशा छाएको छ । यद्यपी प्रदेश सरकारले भने केहि हदसम्म योजना अनुगमनको जिम्मा दिएको छ । हामी राजधानीमा नै भएका कारण होला केहि अधिकार कार्यान्वयन गर्न सकिएपनि अन्य जिल्लाका साथीहरुको अवस्था दयनीय नै छ ।

    यो संरचना नराख्दा हुन्छ । प्रमुख, उपप्रमुखमा नजाँदा हुन्छ । राज्यको ढूकुटी सिध्याउने काम भएको छ । जनताको काम गर्न गएकालाई राज्यले सेवा सुविधा दिएर राख्न जरुरी नै छैन । वडा सदस्यमा चुनाव जित्न पनि पन्ध्र सोह्र लाख खर्च गर्नुपर्ने अवस्था छ । कोही पनि प्रतिनिधिलाई सेवा सुविधा नदिने व्यवस्था राज्यले गरेको खण्डमा मात्रै विकास गर्न सकिएला जस्तो लाग्न थालेको छ ।

    सरकारले समन्वय समितिलाई भ्रष्टाचार नियन्त्रणमा, योजना अनुगमनमा र कारवाही गर्न परिपत्र दिने खालको अधिकार देओस । तीनै तहले जिल्लामा गरेका कामको मूल्यांकन गर्ने र त्यसलाई नियमन गर्ने अधिकार दिएको भए यो संस्थाको काम हुन्थ्यो । समन्वय समितिले समन्वय मात्रै गर्ने भनेको छ । पर्याप्त अधिकार नै छैन । हामीले गरेको समन्वय सबैले मान्नुपर्ने भन्ने व्यवस्था छैन ? तसर्थ म भन्छु, कि संरचना नै नराखौं, राख्ने भए यसलाई कम्तिमा अधिकार सम्पन्न गराऔं ।

  • संसद विघटनको विषयका लागि संवैधानिक इजलास नै ठीक : सुरेन्द्र भण्डारी

    संसद विघटनको विषयका लागि संवैधानिक इजलास नै ठीक : सुरेन्द्र भण्डारी

    काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रतिनिधिसभा विघटनको विषय गम्भीर संवैधानिक महत्वको विषय भएकाले संवैधानिक इजलासमै छलफल हुनुपर्ने तर्क गरेका छन् ।

    सरकारको विपक्षमा बहस गरिरहेका संविधानविद् र अधिवक्ताहरुले बृहत पूर्ण इजलास गठन हुनुपर्ने माग गरिरहेका बेला भण्डारीले भने संवैधानिक इलाजसमै जोड दिएका हुन् ।

    भण्डारीले सरकारको तर्फबाट बहस गरिरहेका छन् । ‘संवैधानिक इजलास सबैभन्दा उच्चस्तरीय इजलास हो,’ शुक्रबार बहसमा भाग लिँदै उनले भने, ‘इजलासमा ११ जना कि ५ जना भन्ने सवाल होइन । संख्याको आधारमा हेरेर हुँदैन ।’

    यसमा विगतका अभ्यास र अन्तर्राष्ट्रिय उदाहरण पनि हेर्नुपर्ने उनको भनाइ छ । भण्डारी भन्छन्- विगतका अभ्यास, अन्तर्राष्ट्रिय उदाहरण र हाम्रै संविधानको व्यवस्था अनुसार संसद विघटनको विषय गम्भीर संवैधानिक महत्त्वको भएकाले संवैधानिक इजलास नै उपयुक्त हो ।’

    अर्का अधिवक्ता बिजय मिश्रले संवैधानिक इजलास आफैंमा बृहत् पूर्ण इजलास भएको तर्क गरे । ‘इजलासको क्षेत्राधिकारबारे बहस गरेर निवेदकहरूले यो बिषय पहिले नै टुंगोमा पुर्‍याउनुपर्छ भन्नु उपयुक्त भएन श्रीमान्,’ उनको भनाइ छ, ‘संवैधानिक इजलासमा विषय ‘इन’ भइसकेपछि ‘आउट’ हुन सक्दैन । संवैधानिक इजलास आफैंमा बृहत् पूर्ण इजलास हो श्रीमान् ।’

  • मानव बेचबवखन मुद्दामा दुई वर्ष कैद सुनाइएका पत्रकार पक्राउ

    मानव बेचबवखन मुद्दामा दुई वर्ष कैद सुनाइएका पत्रकार पक्राउ

    दाङ । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिशीविरुद्ध उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय दाङले मुद्दा चलाएको थियो ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिशीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।

    पुष १९ गतेको अदालतको फैसलापछि जिशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । जिशीलाई घोराहीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनलाई कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिशी नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य हुन् ।

  • कप्तान भण्डारीको शतकमा आर्मीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य

    कप्तान भण्डारीको शतकमा आर्मीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य

    काठमाडौं । कप्तान विनोद भण्डारीको अविजित शतक प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशलाई २ सय ८८ रनको विजय लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीका लागि शतक बनाएका भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्कासहित १११ रन बनाए ।

    ओपनरद्वय हरिकृष्ण झाले ४८ बलमा एक चौकासहित १४ रन बनाउँदा विकेटकिपर ब्याट्सम्यान राजु रिजालले ७१ बलमा ४ चौका र १ छक्कासहित ४५ रन जोडेका थिए ।

    तेस्रो नम्बरमा क्रिजमा उत्रिएका रोहित कुमार पौडल ८ बलमा एक छक्कासहित १० रन बनाएर आउट हुँदा पाँचौ ब्याट्सम्यान भीम सार्कीले १५ बलमा १५ रन जोडे । ५२ बल खेलेका राजेश पुलामी मगरले ४ छक्कासहित ३८ रन बनाएर पेभेलियन फर्किँदा लोकेश बमले ३० बलमा ३ चौका र २ छक्कासहित ४२ रन बनाएर आउट भए ।

  • संवैधानिक इजलासभन्दा बाहिर जानु ‘संविधान संशोधन’ सरह

    संवैधानिक इजलासभन्दा बाहिर जानु ‘संविधान संशोधन’ सरह

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई बृहत् पूर्ण इजलासमा छलफल गरिनुपर्ने माग भइरहेका बेला सरकारको पक्षमा बहस गरिरहेका वकिलहरुले भने संवैधानिक इजलासमै छलफल गर्नुपर्नेमा जोड दिएका छन्।

    शुक्रबार शुरु भएको सुनुवाइको शुरुवातमै सरकारका तर्फबाट बहसमा भाग लिंदै वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले संवैधानिक इजलासबाटै निष्कर्षमा पुग्नुपने बताए।

    उनले भने– संविधानको व्याख्याको प्रश्न भएकोले संवैधानिक इजलासबाटै निष्कर्ष निरुपण हुनुपर्छ। संविधानमै व्यवस्था भएकोले संवैधानिक इजलासभन्दा बाहिर जाँदा संविधान संशोधन गरेसरह हुन्छ।’

    त्यस्तै अर्का वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराईले विगतमा संसद विघटनको मुद्दा विशेष अदालतले हेर्ने गरेको र अहिले त्यसमा साटो संधिवानमा संवैधानिक इजलास भएकाले प्रतिनिधिसभा विघटनको विषय पनि यसमै छलफल हुनुपर्ने जिकिर गरे।

    ‘विगतमा संसद विघटनको मुद्दा विशेष इजलासले हेरेको हो,’ उनको तर्क छ, ‘बृहत् पूर्ण इजलासले होइन। हिजोको संविधानले विशेष इजलासको व्यवस्था गरेकोमा अहिलेको संविधानले संवैधानिक इजलासको व्यवस्था गरेको छ। अब यो विषय यही इजलासबाट टुंग्याउनुपर्छ ।’

    त्यस्तै अर्का अधिवक्ता रमेश बडालले पनि संवैधानिक इजलासमै जोड दिए। उनले भने– विगतको संविधानको व्यवस्थाका आधारमा ११ जनाले फैसला गरे होलान्। अहिले त्यो आवश्यक छैन्। अहिले संविधानले नै संवैधानिक इजलासको व्यवस्था गरेको छ। हिजाको संविधानका सन्दर्भमा कुनै धाराको व्याख्या गरियो होला।

  • गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको अर्धशतक

    गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको अर्धशतक

    काठमाडौं । आजदेखि शुरू भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले गण्डकी प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका भण्डारीले ४२ बलमा ५० रन पूरा गरेका हुन् । अहिले ४९ बलमा ५५ रन बनाएर खेलिरहेका भण्डारीले ५ चौका र १ छक्का प्रहार गरिसकेका छन् ।

    अहिले ४२ ओभरको समाप्तीमा आर्मीले ५ विकेट गुमाएर १९३ रन बनाएको छ । भण्डारीसँगै आर्मीका लोकश बम ९ बलमा ७ रन बनाएर खेलिरहेका छन् ।

  • हैदरावाद हाउसमा नेपाल-भारत संयुक्त आयोगको बैठक सुरू

    हैदरावाद हाउसमा नेपाल-भारत संयुक्त आयोगको बैठक सुरू

    काठमाडौं। नेपाल-भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक छलफल भएको थियो।

    संयुक्त आयोगको बैठकको अध्यक्षता दुवै परराष्ट्रमन्त्रीले संयुक्त रुपमा गर्दैछन्। आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको १२ सदस्यीय टोली बिहीवार नै दिल्ली पुगिसकेको थियो ।

    बैठकमा नेपालले कालापानीलगायत सीमा विवाद टुंग्याउने विषयलाई पनि उठाउने तयारी गरिरहेको छ। तर, भारतले भने सीमा विवादको विषय आयोगमा आउन नदिन चाहेको छ।

  • नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतमा बन्यो जनरल बक्सीको ‘कोर टीम’

    नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतमा बन्यो जनरल बक्सीको ‘कोर टीम’

    काठमाडौं । नेपालमा हिन्दू राज्य पुनस्र्थापनाको गर्ने भन्दै भारतीय सेनाका अवकासप्राप्त मेजर जनरल जीडी बक्सीको नेतृत्वमा हिन्दू चेतना कोर टीम गठन भएको छ । भारत र नेपालको सम्बन्धलाई बिगार्न नेपाली प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार भएको भन्दै बक्सीले ओलीलाई गत जुन महिनामा ‘चोर’को संज्ञा दिएका थिए ।

    विहिबार एक ट्वीट गर्दै बक्सीले नेपालमा हिन्दु राज्य स्थापना गर्न र नेता सुवासचन्द्र बोसको १२५ औं स्मृति दिवस मनाउन उक्त टीमको गठन भएको जनाएका छन् । उनी लेख्छन् –‘हाम्रो टीमको मुख्य उद्देश्य भनेको लक्ष्य प्राप्तीका लागि आवाज मुखरित गर्नु हो । आन्तरिक र बाह्य सुरक्षा चुनौतिलाई रोक्न भारतको प्रभाव भएका ठाउँमा सैन्यशक्ति मजबुत मनाउनु र नेता बोसको वार्षिकी मनाउनु उद्देश्य रहेको छ ।’

    ‘हिन्दु राष्ट्र नेपाललाई समर्थन गर्नुपनि हाम्रो उद्देश्य हो’ उनी लेख्छन्, ‘हिन्दु चेतनालाई मुखरित गर्नु पनि रहेको छ ।’ जनरल बक्सी हिन्दुत्वलाई समर्थन गर्ने कट्टर भारतीय पूर्व सैनिक अधिकृत हुन् । उनले पटक–पटक नेपाललाई हिन्दु राज्यको पुनस्र्थापना गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।

  • नेपाल-भारत संयुक्त आयोग बैठकअघि दुई देशका परराष्ट्रमन्त्रीबीच भेट

    नेपाल-भारत संयुक्त आयोग बैठकअघि दुई देशका परराष्ट्रमन्त्रीबीच भेट

    काठमाडौं। नेपाल-भारत संयुक्त आयोगको बैठक बस्‍नुअघि दुई देशका परराष्ट्रमन्त्रीहरूबीच भेटघाट भएको छ।

    बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकर अनौपचारिक छलफलमा जुटेका हुन्।

    बैठक हैदरावाद हाउसमा केही बेरपछि शुरू हुँदैछ। संयुक्त आयोगको बैठकको अध्यक्षता दुवै परराष्ट्रमन्त्रीले संयुक्त रूपमा गर्दैछन्।

    आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको १२ सदस्यीय टोली बिहीवार नै दिल्ली पुगिसकेको छ।

    नेपाल र भारतबीच नक्सा विवाद भएपछि नेपालबाट भएको यो पहिलो उच्चस्तरीय भारत भ्रमण पनि हो। यसअघि भारतीय विदेश
    सचिव,सेना प्रमुख र गुप्तचर प्रमुखले नेपाल भ्रमण गरेका थिए।

    नेपालले कालापानी लगायत सीमा विवाद टुंग्याउने विषयलाई पनि बैठकमा उठाउने तयारी गरिरहेको छ। तर, भारतले भने सीमा विवादको विषय आयोगमा आउन नदिन चाहेको छ।

  • अझै तीन दिन मौसम बदली हुने

    अझै तीन दिन मौसम बदली हुने

    काठमाडौं। अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अधिकांश भूभागको मौसम प्रभावित हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, उनले भनिन्। वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

    दिउँसो प्रदेश १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री र अधिकतम तापक्रम १८ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ । राससबाट

  • नेपालको सबैभन्दा ठूलो आइपीओ आजबाट सर्वसाधारणका लागि खुला

    नेपालको सबैभन्दा ठूलो आइपीओ आजबाट सर्वसाधारणका लागि खुला

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारबाट सर्वसाधरणका लागि विक्री खुला गरिएको छ । नेपालको इतिहासमै आजसम्मको सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड शेयर कित्ताका लागि आइपीओ खुला भएको हो ।

    नेपालका सबै आवेदकले यो आईपीओ पाउने निश्चि नै छ । कम्पनीको कूल ८ करोड कित्ता मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधरणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।

    बाँकी रहेको ५ प्रतिशत कित्ता सामूहिक लगानी कोष र शून्य दशमलव २ प्रतिशत कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
    हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रहेको छ ।

    आईपीओ पछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीको अधिकतम पूँजी ४० अर्ब रहेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल रहेको छ ।

    उक्त कम्पनीको आईपीओ प्रत्याभूतिको जिम्वेवारी नागरिक लगानीकोषले गर्ने छ । यो आइपीओ छिटोमा माघ ६ गते र ढीलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ ।

    कम्पनीको आइपीओ इक्रा नेपालले वित्तीय अवस्था मध्यम रहेको ‘इक्राएनपी आई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७६७७ मा १ अर्ब २३ करोड ४३ लाख ७१ हजार खुद नाफा गरेको छ ।

  • प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुरु

    प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुरु

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को स्थायी कमिटी बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुरु भएको छ।

    बिहीबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन र पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा छलफल भइरहेको छ।

    यी दुवै विषयमा हिजो कुनै निष्कर्षमा नपुगेको बैठकले आज ओली पक्षका प्रदेश तथा जिल्ला पदाधिकारी हटाउँदै निर्णय गर्ने ठानिएको छ।

    त्यस्तै तेस्रो चरणको आन्दोलनका कार्यक्रम पनि घोषणा बैठकबाटै हुने बताइएको छ ।

     

  • प्रचण्ड-माधव पक्षले ओली पक्षका प्रदेश तथा जिल्ला पदाधिकारी हटाउँदै

    प्रचण्ड-माधव पक्षले ओली पक्षका प्रदेश तथा जिल्ला पदाधिकारी हटाउँदै

    काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले प्रदेश २ का पदाधिकारी र जिल्ला अध्यक्ष तथा सचिवहरुको टुंगो लगाउने भएको छ । ओली पक्षमा लागेका प्रदेश तथा जिल्लाका पदाधिकारीलाई हटाएर नयाँ राख्नेबारे छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपालप्रेसलाई जानकारी दिए ।

    विहीवारदेखि शुरु भएको स्थायी कमिटी बैठक आज पनि पेरिसडाडामा बस्दैछ । यसअघिको बैठक गण्डकी र लुम्बिनीका प्रदेश इन्चार्ज चयन गरे पनि बाँकी ठाउँमा चलाएको थिएन । प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल,अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल ओली पक्षमा रहेकाले प्रचण्ड–माधव पक्षले उनीहरुलाई हटाउन लागेको हो ।

    नेताहरुबीच छलफलपछि आजको बैठकमा इन्चार्ज सहित पदाधिकारीको नाम प्रस्ताव हुने बताइएको छ । रामचन्द्र झा र मातृका यादवमध्ये एकजनालाई इन्चार्ज बनाएर अध्यक्ष माधव नेपाल समूहलाई दिने तयारी रहेको स्रोतले जनाएको छ ।

    प्रदेश १ का अध्यक्ष देवराज घिमिरे,वागमतीका सचिव आनन्द पोखरेल, कर्णालीका अध्यक्ष गोरखवहादुर बोगटी र सुदूरपश्चिमका अध्यक्ष कर्णवहादुर थापालाई पनि हटाएर आफ्नो पक्षकालाई ल्याउन छलफल भइरहेको छ । त्यस्तै ओली पक्षमा लागेका जिल्ला अध्यक्ष र सचिवहरु हटाएर प्रचण्ड माधव पक्षकालाई ल्याइने भएको छ ।

  • डेरी उद्योगमा तीन वर्षमा पाँच अर्ब लगानी वृद्धि, खोरेत उन्मूलन नभएसम्म दूग्धजन्य पदार्थ निर्यातमा रोक

    डेरी उद्योगमा तीन वर्षमा पाँच अर्ब लगानी वृद्धि, खोरेत उन्मूलन नभएसम्म दूग्धजन्य पदार्थ निर्यातमा रोक

    काठमाडौं । नेपालका डेरी उद्योगमा ३० अर्व लगानी पुगेको छ । नेपाल डेरी एसोसिएसनका अनुसार तीन वर्ष यता डेरी उद्योगमा पाँच अर्बले लगानी वृद्धि भएको छ ।

    एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार तीन वर्ष अघिसम्म डेरी उद्योगमा २५ अर्बको लगानी रहेको थियो । उनका अनुसार नेपालमा दैनिक ३२ लाख लिटर दूध कृषकले व्यपारीलाई बेच्ने गरेका छन् ।

    ३२ लाख लिटर दूधको १७ लाख लिटर दूध प्याकेटमा बेचिने दूधमा प्रयोग हुन्छ । र, १५ लाख लिटर दूध लुज दही, मही आइसक्रिमलगायतका समाग्री बनाउनका लागि प्रयोग हुने गरेको छ ।

    नेपालमा दूग्धजन्य पदार्थमा ६० प्रतिशत बजार निजी क्षेत्रको र ४० प्रतिशत बजार हिस्सा सरकारको रहेको छ । नेपाल दूग्धजन्य पदार्थमा आन्मनिर्भर रहेको डेरी उद्योगको व्यवसायीको भनाइ छ ।

    महासचिव दाहालका अनुसार नेपालमा ८० प्रतिशत दूध नेपाली कृषकबाट नै आउँछ । अरु २० प्रतिशत दूध भारतबाट पाउडर ल्याइन्छ । हाल नेपालमा ६ लाख मानिस डेरी उद्योगमा आवद्ध छन् । त्यस्तै, छ लाख रुपैयाँ दैनिक शहरबाट गाउँ जाने गरेको छ ।

    दूधजन्य पदार्थ विदेश निर्यातका लागि खोरेत बाधक

    पशुहरुलाई लाग्ने खोरेत रोगका कारण नेपालको दूग्धजन्य पदार्थ विदेश निर्यात हुन सकेको छैन । एसोसिएसनका महासचिव दाहालका अनुसार नेपालले सन् २०३० सम्ममा खोरेत रोगको उन्मूलन गर्ने प्रतिवद्धता जनाएको छ ।

    सन् २०३० मा खोरेत रोग उन्मूलन भएमा मात्र नेपालको दूग्धजन्य पदार्थ विदेश निर्यात हुने छ । उनका अनुसार सरकारले देशबाट नै खोरेत रोग उन्मूलन गर्न नसकेपनि कुनै जिल्ला वा क्षेत्रमा खोरेत रोग उन्मूलन गरेको सन्देश विश्व सामु दिन सके यसले नेपाल र डेरी उद्योगीहरु लावन्वित हुने छन् ।

    दूधका लागि गाई हैन भैसी पाल्छन् व्यवसायी

    भैसीभन्दा गाईले दोब्बर दूध दिन्छन् । तर, नेपालमा व्यवसायका रुपमा गाईभन्दा भैसी पाल्ने गरेको डेरी एसोसिएसनका महासचिव दाहलले बताए । साथै नेपाल सरकारको तथ्याङकमा पनि नेपालमा गाईभन्दा भैसी नै धेरै पालिने गरिएको छ ।

    उनका अनुसार गाईले भैसीको भन्दा दोब्बर दूध दिएपनि नेपालमा गाई सहजै ‘डिस्पोजल’ गर्न नसकिने भएकाले व्यवसायी कृषक भैसीमा आर्कषित भएका हुन् ।

    ‘नेपालमा गाई सहजै ‘डिस्पोजल’ गर्न सकिदैन तर, भैसी बुढो भएपनि मासुका लागि प्रयोग हुन्छ । त्यसैले गाई तीन /चार बेत ब्यहाएपछि व्यवसायी प्रयोजनका लागि पाल्न गार्‍हो हुन्छ । यसले कृषक गाईभन्दा भैसीमा आकर्षित भएका हुन्,’ उनले भने ।

    लागत बढी आम्दानी कम

    नेपालमा अहिले व्यवसायिक रुपमा गरिएको गाईभैसी पालनमा लागत बढी र उत्पादन कम देखिएको छ । उत्पादन कम हुँदा कृषक अझैपनि व्यवसायका रुपमा गाईभैसी पालनमा रुचि देखाउँदैनन् ।

    महासचिव दाहालका अनुसार नेपालमा दूधका लागि पालिने गाईबस्तु घासमा आधारित छैनन् । अन्नमा आधारित भएका कारण लागत बढी भएको हो । जसले कृषिक अझै मारमा छन् ।

  • जसपामा मर्यादाक्रमको लफडा, उपेन्द्र यादवलाई कालोझण्डा देखाउने चेतावनी (अडियोसहित)

    जसपामा मर्यादाक्रमको लफडा, उपेन्द्र यादवलाई कालोझण्डा देखाउने चेतावनी (अडियोसहित)

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटनविरुद्ध सिरहामा गर्न लागेको सभा विवादित बनेको छ । आन्दोलनको घोषणा गर्दा सभामा सहभागी हुने नेताको नाम मर्यादाक्रम मिचेर राखेपछि विवाद उत्पन्न भएको हो ।

    जसपाले जनप्रदर्शन एवम् विरोध सम्बन्धी कार्यक्रमका लागि जारी गरेको परिपत्रमा माघ ३ मा सिरहामा हुने प्रदर्शन तथा सभामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव सहभागी हुने उल्लेख छ । परिपत्र गर्दा मर्यादाक्रम मिचेर आफ्नो नाम सबभन्दा तल राखेकोमा नेता राजकिशोर यादवले असन्तुष्टी पोखेका छन् । उनले कार्यक्रम नै बहिष्कार गर्ने बुझिएको छ ।

    अहिले सिरहामा जताततै मर्यादाक्रमबारे अनेक टिकाटिप्पणी भइरहेका बेला राजकिशोर निकट नेता राजाराम यादव र जसपा अध्यक्ष उपेन्द्र यादवसँग फोनमा चर्काचर्की भएको अडियो सार्वजनिक भएको छ ।

    अडियोमा उपेन्द्र यादव परिपत्रमा मर्यादाक्रम अनुसार नाम नलेखेको बताउँछन् । तर, नेता राजाराम त्यो नसच्याए एउटा समूह (राजकिशोरका समर्थक) कार्यक्रममा सहभागी नहुने भन्छन् । त्यसपछि उपेन्द्र यादवले रिसाएर ‘ओलीको कार्यक्रममा जान र पार्टी छाडेर भाग्न’ भनेका छन् ।

    जवाफमा नेता राजारामले भनेका छन्,–तपाई डिक्टेटरशीप चलाउनुहुन्छ । अध्यक्ष हुनुहुन्छ भने के भयो ? तपाई आउनुस् सिरहा हामी पार्टीकै मान्छे कालो झण्डा देखाउँछौं ।’ उनले सिरहाको कार्यक्रम समेत राजकिशोरको समूहले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

    राजकिशोर यादव तत्कालिन राजपाका अध्यक्ष मण्डल सदस्य थिए । पार्टी एकतापछि उनी रेणु यादवभन्दा पनि मर्यादाक्रममा अगाडी छन् । फोनमा भएको चर्काचर्कीले पार्टीको एकता प्रक्रियामा असर पर्ने देखिन्छ ।

    अडियो

  • कोभिडले रोकिँदा ७० प्रतिशत काम, अब निर्माण धमाधम !

    कोभिडले रोकिँदा ७० प्रतिशत काम, अब निर्माण धमाधम !

    पोखरा । राष्ट्रिय गौरवको योजनाअन्तर्गतको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्झौता मितिभन्दा ६ महिनाअघिनै सक्ने निर्माण कम्पनीको घोषणा थियो । तर, सम्झौता मिति सकिन ६ महिना बाँकी हुँदा ७० प्रतिशतमात्रै निर्माण कार्य सकिएको छ ।

    समयमै निर्माण सक्ने लक्ष्य लिएर काम तीब्र रूपमा अघि बढाइएको भए पनि विश्वव्यापी फैलिएको कोभिड-१९ महामारी र लामो समयको लकडाउनले गर्दा विमानस्थल निर्माण कार्य सम्पन्‍न मिति धकेलिएको हो।

    सम्झौता अनुसार विमानस्थल निर्माण कार्य सन् २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । महामारीले प्रभावित बनेको निर्माण कार्य समयमै नसकिने देखिएको नागरिक, उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

    ‘कोभिड महामारीले गर्दा चिनियाँ कामदारहरू स्वदेश फर्किए । थोरै र सीमित कामदारले काम अघि बढाउनुपर्ने भयो,’ विमानस्थलको निरीक्षण गर्न पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई जानकारी दिँदै निर्देशक अधिकारीले भने, ‘अब समयमै सक्न गाह्रो छ । ५/५ महिना अझै समयावधि थप गर्नुपर्ने देखियो ।’

    निर्देशक अधिकारीले विमानस्थलका लागि पूर्वतर्फको रिठ्ठेपानी डाँडा काट्न पनि स्वीकृति नपाएको बताए । विमानस्थलमा उडानका लागि रिठ्ठेपानी डाँडाले समस्या पार्ने भएकाले त्यहाँको ४० मिटर डाँडा काट्ने भनिएको थियो । ‘त्यहाँको डाँडा सम्याएपछि उडानमा कुनै समस्या हुँदैन । त्यसका लागि स्वीकृति बाँकी छ, त्यो कागजी कुरामात्रै हो । होला !’ उनले भने ।

    पोखरा क्षेत्रीय विमानस्थलका लागि कुल ३ हजार ८ सय ९९ रोपनी क्षेत्रफल आवश्यक छ । जसमध्ये हालसम्म ९८ प्रतिशत जग्गा अधिग्रहण गरिसकिएको छ । विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीका अनुसार २०३२ सालदेखि हालसम्म ३ हजार ८ सय २० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ।

    ‘०७२/७३ देखि थप जग्गा अधिग्रहण सुरू गरिएको थियो । त्यसबेला पहिलो चरणमा ६ सय २९ रोपनी, दोस्रो पटकमा बाटोका लागि ६० रोपनी र तेस्रो पटकमा १ सय ४ रोपनी जग्गा अधिग्रहण गरेका थियौं,’ मुनकर्मीले भने, ‘अब २ प्रतिशतमात्रै जग्गा अधिग्रहण गर्न बाँकी छ ।’

    विमानस्थलमा टर्मिनल भवन, ह्यांगरलगायत १४ वटा भवन निर्माण र छाना लगाउने काम पनि पनि सकिसकेको आयोजना प्रमुख मुनकर्मीले जनाए । विद्युतीय र प्लम्बिङ सम्बन्धी कामसमेत ८० प्रतिशत पूरा भइसकेको र चाँडै सकिने उनको दाबी छ । ‘पानी पम्प र एअर प्रेसर ट्यांकको कामसमेत सुरू भइसकेको छ,’ उनले भने ।

    कोभिड महामारीले चिनियाँ कामदार स्वदेश फर्किएको र काममा फर्किन ढिलाइ भएका कारण निर्माण कार्य पनि प्रभावित भइरहेको मनकर्मीको भनाइ छ । कोभिडका कारण उडान बन्द र कामदारको भिषा स्वीकृत नहुँदा पनि चिनियाँ जनशक्ति नेपाल आउन ढिलाइ भइरहेको उनको भनाइ थियो ।

    ‘पहिले नेपाली चिनियाँ गरेर ६ सय कामदार थिए । तर, अहिले हामीसँग ३ सय ३० जना कामदारले मात्रै काम गरिरहेका छन्,’ उनले भने, ‘बाँकी चिनियाँ कामदार पनि कोभिड भ्याक्सिन लगाएर काममा फर्किन तयार भइसकेका छन् ।’ विमानस्थलमा हाल १ सय ५० जना चिनियाँ र १ सय ८० जना नेपाली कामदारले काम गरिरहेका छन् । विमानस्थलका लागि हालसम्म ५० प्रतिशतमात्रै वित्तीय खर्च भएको छ ।

    आयोजना निर्माणमा तेलको डिपोका लागि नेपाल आयल निगमबाट पनि ढिलाइ भइरहेको आयोजना प्रमुख मुनकर्मीले बताए। उनले पटक-पटक पत्राचार गरेको भएपनि निगमबाट ठोस रूपमा काम अगाडि नबढाइएको बताए । ‘डिपोका लागि जग्गा छुट्याइसकेका छौं । पछि उडान सुरू हुने तर, डिपो नहुने आउन समस्या हुन सक्छ,’ उनले भने ।

    विमानस्थल क्षेत्रबाहिरबाट बग्ने पानीका कारण पूर्वी भागमा बाढीले समस्या भइरहेको मुनकर्मीले जानकारी दिएका छन् । उनका अनुसार पोखरा महानगरले ल्यान्डफिल्ड साइटको स्थानान्तरण कार्य अघि नबढाउँदा पनि काम प्रभावित भइरहेको छ । ‘महानगरलाई ३ पटक पत्राचार गरिसकेका छौं । तर, महानगरबाट अन्य कामकामकारबाही अघि नबढेकाले समस्या भएको छ,’ उनले भने ।

    भैरहवाभन्दा पोखरा विमानस्थलनै राम्रो : मन्त्री ढकाल

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पोखरा विमानस्थल राम्रो भएको पर्यटनमन्त्री भानुभक्त ढकालले बताएका छन् । बुधबार भैरहवा विमानस्थल अवलोकनपछि बिहीबार पोखरा आइपुगेका उनले २ विमानस्थलको तुलना गरेका हुन् ।

    ‘भैरहवा विमानस्थल बुद्धझैं शान्त छ । पोखरा फेवाताल, माछापुच्छ्रेझैं भन्ने होला,’ मन्त्री ढकालले भने, ‘व्यक्तिगत रूपमा भने मलाई पोखरामा बनिरहेको विमानस्थल मन परेको हो ।’ उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य कोभिडका कारण ढिलाइ भएपनि एकदमै सकारात्मक रहेको सुनाए । ‘सकेसम्म तोकिएको समयमै काम सक्ने गरी हामी कोसिस गर्छौं नसकेपनि के-के कुराले समस्या पारिरहेका छन्, ती समस्या समाधान गर्न पहलकदमी गरी विलम्व गर्ने पक्षमा छैनौं,’ उनले भने ।

    विमानस्थल निर्माणका लागि करिब २२ अर्ब रुर्पयाँमा २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । सन् २०१७ नोभेम्वर महिनादेखि निर्माण सुरू भएको विमानस्थलको २०२१ जुलाई २०२१ सम्म सम्पन्न गरिसक्ने र नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।