Blog

  • ७ सचिवका लागि २१ सह-सचिव प्रतिस्पर्धामा, ६२ सह-सचिवको दरबन्दी खाली

    ७ सचिवका लागि २१ सह-सचिव प्रतिस्पर्धामा, ६२ सह-सचिवको दरबन्दी खाली

    काठमाडौं । आगामी असारसम्ममा ७ सचिवले अवकास पाउने छन् । तीमध्ये एक सचिवले अवकास पाइसकेका छन् । अवसकासपछि रिक्त हुने दरबन्दीमा बढुवाका लागि २१ सहसचिव मैदानमा छन् ।

    सचिवका लागि सह–सचिव कृष्ण रावत, सुमन अर्याल, भरतमणि सुवेदी, दामोदर रेग्मी, गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुस्कर प्रतिस्पर्धामा छन् ।

    जसमा रावत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अर्याल तथ्यांक विभागमा, सुवेदी ५ नम्बर प्रदेशमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, पाण्डे उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयमा, बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा र पुस्कर गृह मन्त्रालयमा छन् ।

    बढुवा समितिले यीबाहेक अरु पनि बढुवा गर्न सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव एवम प्रवक्ता अधिकारीको भनाइ छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बढुवा समिति छ ।

    उक्त समितिले एक सह–सचिवलाई सचिवमा बढुवा गर्दा ३ सह–सचिवको नाम मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने गरेको छ । ३ जनामध्ये १ जनाको नाम मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्छ ।

    यसअघि ५७ जनाको विशिष्ट श्रेणीमा दरबन्दी रहे पनि काठमाडौं महानगरपालिका र राष्ट्रिय सूचना आयोगको न्याय सेवामा कटौती भएपछि विशिष्ट श्रेणीको दरबन्दी संख्या ५५ पुगेको हो ।

    ६२ सहसचिवको दरबन्दी खाली

    अहिले ६२ सह–सचिव अर्थात् प्रथम श्रेणीको दरबन्दी रिक्त छ । प्रथम श्रेणी अर्थात् सह–सचिव सरहको प्रशासन सेवाको दरबन्दी २ सय ८२ जना रहे पनि २ सय २० जनाको मात्र पदपुर्ती रहेकाले अझै ६२ जना सह–सचिवको दरबन्दी रिक्त रहेको हो ।

    सबैभन्दा धेरै गृह मन्त्रालयमा सह–सचिवको दरबन्दी अभाव भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पनि करिव १५ जिल्लामा उप–सचिवले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् ।

    सह–सचिवमा मात्र नभइ उपसचिवमा पनि ८० जनाको दरबन्दी रिक्त रहेको मन्त्रालयले जनाएको छ । सह–सचिव दरवन्दी रहेका एउटा महानगरपालिका र केही उप–महानगरपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृतका भरमा छन् ।

    मन्त्रालयका अनुसार विरगञ्ज महानगरपालिका, जितपुर सिमरा उप–महानगरपालिका, कलैया उप–महानगरपालिका, तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भए पनि उपसचिको भरमा छन् ।

    विभिन्न मन्त्रालय तथा निकायमा सह–सचिव र उप–सचिवको दरबन्दी अनुसार पदपुर्ती हुन नसकेपछि काममा पनि प्रभाव परेको छ । तर पदपूर्ती गर्नका लागि लोक सेवा आयोगले विज्ञापन आह्वान गरिसकेको मन्त्रालयका सह–सचिव एवम प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    बढुवाबाट, आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धाबाट चालु आर्थिक वर्ष भित्र पदपूर्ती भइसक्ने उनले बताए ।

    ५५ जना विशिष्ट श्रेणी अर्थात सचिवको एक पद रिक्त भइसकेको छ भने ६ जनाको चालु आर्थिक वर्षमा रिक्त हुदैँछ । पुष २१ गते लोक सेवा आयोगबाट सचिव आनन्दराज ढकालले अवकाश पाए पछि एक पद रिक्त भएको हो ।

    रिक्त पदपूर्तीका लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले ३ जना सह–सचिवको नाम सिफारिस गरिसकिएको आयोगका आयोगका अध्यक्ष मैनालीले नेपाल प्रेसलाई जानकारी दिए । तर कसको नाम सिफारिस भएको छ भन्ने बारेमा आफुले भन्न नमिल्ने मैनालीले बताए ।

    यस्तै माघ ८ गते उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव चन्द्र घिमिरे, चैत्र १ गते गण्डकी प्रदेशका प्रमुख सचिव बिष्णु नेपाल, चैत्र गते बाग्मती प्रदेशका सचिव डाक्टर मानबहादुर विके, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तिर्थराज ढकाल चैत्र २७ गते, असार १ गते गोपिनाथ मैनाली, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे असार १७ गते अवकाश लिँदै छन् ।

  • पाम आयलमा भारतको प्रतिबन्धपछि विराटनगरका व्यवसायीको ठूलो लगानी जोखिममा

    पाम आयलमा भारतको प्रतिबन्धपछि विराटनगरका व्यवसायीको ठूलो लगानी जोखिममा

    विराटनगर । भारतले पटक–पटक पाम आयल आयातमा लगाएको प्रतिबन्धका कारण विराटनगरका व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ ।

    भारतले विदेश व्यापार नीतिमा परिवर्तन गर्दै पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको लगानी जोखिममा परेको हो ।

    पाम आयलको माग भारतमा उच्च छ । तर आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म सूचीबाटै हटेको छ ।

    नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार अघिल्लो आर्थिक बर्षको यही अवधिको पाँच महिनामा ६ अर्ब ४२ करोड ९२ लाख मूल्य बराबरको पाम आयल निर्यात भएको छ ।

    साउनदेखि मंसिरसम्म ६ हजार २ सय ३३ मेट्रिकटनको निर्यात हुँदा सोही अवधिमा ५ हजार ६ सय ९० मेट्रिकटन कच्चा पाम तेल आयात भएको भण्डारीले बताए ।

    भारतको यस्तो कदमसँगै पाम आयलमा लगानी गरेका व्यवसायीहरू चिन्तित बनेका छन् । पटक–पटक भारतले प्रतिबन्ध लगाएपछि नेपाली उद्योगीको लगानी जोखिममा परेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहरा बताउँछन् ।

    पाम आयल उद्योग सञ्चालन गरिरहेका उद्योगी बोहराका अनुसार भारतको प्रतिबन्धले नेपालको व्यापार घाटालाई ठूलो प्रभाव पार्ने छ ।

    उनका अनुसार, निर्यात राम्रो भएका करण नेपालका उद्योगहरु राम्रोसँग चलेका थिए । उद्योगीहरुले लेटरअफ क्रेडिट (एलसी) खोलेका ठूलो मात्रामा कच्चा पदार्थ आयात गरेका थिए ।

    तर भारतले प्रशोधित पाम आयल निकासीको सुचीबाट हटाएपछि व्यवसायीहरु मरमा परेका छन् । विराटनगरका पाँच उद्योगले ठूलो मात्रामा कच्चा पदार्थ आयत गरी प्रशोधित पाम आयल निकासी गदै आएका थिए ।

    विराटनगरमा केएल दुगड समूहले स्वस्तिक आयल इन्डस्ट्रिज, मुन्दडा ग्रुपको बाबा भेजिटेबल, मुरारका समूहको श्रीराम रिफाइनरी, घनश्याम काबराको क्वालिटी रिफाइनरी र शारडा–राठी समूहको पशुपति खाद्यतेल उद्योगले पाम तेलको निकासी गरिरहेका थिए । मुन्दडा गु्रपको बाबा भेजिटेबलका सञ्चालक प्रकाश मुन्दाडाले भारतले निर्यातको सूचिबाट पाम आयललाई हटाएपछि त्यसका आधारित उद्योगहरुले ठूलो नोक्सानी व्याहोर्नु परेको जानकारी दिए ।

    अर्बौंको लगानीमा उद्योगहरु सञ्चालनमा रहेकाले सुचीबाटै पाम आयाल हटएपछि निकासीको तयारीमा राखिएको ठुलो मात्रमा पाम आयत गोदाममा लामो समयदेखि थन्किन पुगेको उनले जानकारी दिए । मोरङ व्यापार संघका अध्यक्ष समेत रहेका मुन्दाडाले भने, ‘बैंकको ब्याज, उद्योग सञ्चालन नहुँदा मजदुर र कर्मचारीको खर्चलगायतले उद्योगीहरू निकै समस्यामा छन् ।’

    पाम आयल आयातमा भन्सार छुट दिएको छ । आयत गर्दा १० प्रतिशत बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान छ । आयात गरेको एक वर्षभित्र निर्यात गरे व्यावसायीले थप सुविधा प्राप्त गर्नेछन् ।

    निकासी नगरेको अवस्थामा ग्यारेन्टीको १५ प्रतिशत जरिवाना पर्छ । चालू आवको पाँच महिनामा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    इन्डोनेसिया र मलेसीयाबाट कच्चा पाम तेल आयात गरी नेपालका उद्योगले प्रसोधन गरी भारत निर्यात गर्दै आएका छन् ।

    भारतले नेपालबाट पाम तेल निर्यात गर्दा भारतमा राजस्व तिर्नुपर्दैन । तर भारतका व्यापारीले अन्य देशबाट आयात गर्दा ४० प्रतिशतसम्म भन्सार महशुल तिनुपर्छ ।

    भारतमा पाम ओइल आयात हुने मुख्य देश इन्डोनेशिया र मलेसिया हुन् । नेपाली उद्योगीले मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयल भित्र्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । तर, भारतले मलेसियाबाट हुने प्रशोधित कच्चा पाम आयातलाई लक्षित गरी निकासीको सूचिबाटै हटाएपछि नेपाली उद्योग प्रभावित भएका थिए ।

    नेपालले पनि इन्डोनेशिया र मलेसियाबाट नै कच्चा पदार्थ आयात गरी भारत निर्यात गर्दै आएको थियो । गत पुस २२ गतेबाट ४४ दिन तयारी पाम आयलको निकासी रोकिएको थियो । फागुन ९ गतेबाट विराटनगर भन्सारबाट पुनः निकासी सुरु भएको थियो ।

    फागुनदेखि वैशाखसम्मको तीन महिनाको अवधिमा एक अर्ब २२ करोड मूल्य बराबरको क्रुड पाम आयल आयात भएको थियो भने एक अर्ब ४३ करोड ७७ लाख बराबरको तयारी पाम आयलको निकासी भएको थियो । तीन महिनामा १४ करोड १९ लाख बराबरको राजश्व संकलन भएको थियो ।

    भारतको वैदेशिक व्यापार निर्देशनालयले आयातमा प्रतिबन्ध लगाएपछि पछिल्लो पटक २०७७ वैशाख ३० गते मंगलबारदेखि नेपालबाट प्रशोधित पाम आयल निकासी रोकिएको थियो ।

    यसअघि पनि भारतले २०७६ माघ २५ गतेबाट करिब डेढ महिना यस्तै प्रतिबन्ध लगाएको थियो । माघको अन्तिम सातादेखि भारतले आफ्ना केही आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएपछि नेपालबाट फागुनको दोस्रो साताबाट निर्यात खुलेको थियो ।

    याे पनि पढ्नुहाेस्

    नेपालको व्यापार घाटा घटाउने पाम आयल निर्यातमा भारतको अवरोध किन ?

  • ‘अचेल मायाको’ लिएर आए गायक निर्मल

    ‘अचेल मायाको’ लिएर आए गायक निर्मल

    काठमाडौं । गायक तथा फोटो पत्रकार निर्मल दाहालको नयाँ गीत ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ । रंगकर्मी सन्दिप डंगोलको शब्द तथा संगीत रहेको उक्त गीतमा चर्चित गायक नविन के भट्टराईको संगीत संयोजन छ ।

    भिडियोमा गायक निर्मलसंगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय छ । राजिब थापा र मिलन तामाङले छायाँकन गरेको उक्त भिडियोलाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन मन्दिप बखुंचेले गरेका हुन् ।

    गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युट्युवमार्फत् हेर्न सकिन्छ भने संसार भरका स्ट्रिमिङ प्लेटफार्मबाट सुन्न सकिने जानकारी गायकले दिएका छन् ।

  • प्रधानमन्त्री कप: बागमतीबिरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

    प्रधानमन्त्री कप: बागमतीबिरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा आज समूह बी अन्तर्गत बागमती र सुदूरपश्चिम प्रदेशका टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमले पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

    हिजोको खेलमा साविक विजेता बिभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको बागमती उत्साहित छ ।

    राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, पृथु बास्कोटा, रामनरेश गिरी लगायतका अनुभवी र प्रतिभावान युवा खेलाडी सम्मिलित बागमती टिमले हिजो शानदार प्रदर्शन गरेको थियो । उसले प्रतियोगितामा मुख्य दावेदारिता पेश गरिसमसकेको छ ।

    सुदूरपश्चिमको भने यो प्रतियोगितामा पहिलो खेल हो । सन्तोष भट्टको कप्तानीमा रहेको सुदूरपश्चिममा उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका युवा खेलाडीहरुको बर्चश्व छ । यो टिमलाई प्रतियोगिताको ‘सरप्राइज्ड’ टोलीको रुपमा हेरिएको छ ।

  • ‘कोरोना’ले गण्डकीमा सत्तापक्ष, प्रतिपक्ष एकै ठाउँ !

    ‘कोरोना’ले गण्डकीमा सत्तापक्ष, प्रतिपक्ष एकै ठाउँ !

    पोखरा । प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिस्ट पार्टी फुटि सकेको छ । पार्टी विभाजन भएपछि विभिन्न प्रदेशमा दाहाल–नेपाल पक्षका मन्त्रीहरुले राजीनामा बुझाउँदै ओली पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे पनि गण्डकी र लुम्बिनी प्रदेशमा भने सरकारमै छन् ।

    प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नै विभाजनको बाटो पछ्याएपछि अन्य कुनै पनि प्रदेश सभा बस्न सकेको छैन । तर, गण्डकी प्रदेशमा विशेष अधिवेशन चलिरहेको छ । विभाजित दुवै समूहका सत्तापक्ष, प्रमुख प्रतिपक्ष सभामा उपस्थितमात्र भएनन, आइतबार साझा संकल्प नै पेश गरे ।

    प्रदेशको विशेष अधिवेशनमा आइतबार कोरोना नियन्त्रणसम्बन्धी साझा संकल्प पेश भएको छ । कोरोना नियन्त्रणका लागि सर्वदलीय सहमतिमै संकल्प प्रस्ताव पेश भएको हो । प्रस्ताव कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले पेश गरेका हुन् ।

    नेपालीले गरेको प्रस्तावको समर्थकमा जसपा सांसद हरिशरण आचार्य, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी र नेकपा सचेतक गायत्री गुरुङ, राजमो सांसद कृष्ण थापा थिए ।

    ‘कोरोना नियन्त्रणमा सरकारलाई सकारात्मक सुझाव, दिशानिर्देश गर्ने गरी दल मिलेर साझा संकल्प ल्याइएको हो,’ प्रस्ताव पेश गर्दै नेता नेपालीले भने, ‘प्रदेश सरकार काममा भन्दा आत्मप्रचारमा लागेकाले संकल्प प्रस्ताव ल्याएका हौं ।’

    स्वास्थ्यसम्बन्धी मौलिक हक बाध्यकारी भएकाले सरकारले त्यसलाई पूरा गर्ने सरकारको जिम्मेवारी भएको नेता नेपालीको भनाइ थियो । ‘यस्तोबेला प्रतिपक्षीसँग मिलेर साझा निश्कर्षका लागि संकल्प प्रस्ताव ल्याइनु आफैंमा देशका लागि नै नजीर बनेको छ,’ उनको दाबी छ, ‘राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा पनि यसले गण्डकी प्रदेश नै उत्कृष्ट बन्ने बाटोमा जान्छ ।’

    नेपाली कांग्रेसकै सांसद विष्णुप्रसाद लामिछानेले सत्तापक्ष र प्रतिपक्षको मिलनले कोरोनासँगको लडाइँमा प्रदेश सभा एक ढिक्का छ भन्ने सन्देश गएको दाबी गरे । उनले भने, ‘कोरोना सत्ता पक्षकोमात्रै टाउको दुखाइको विषय होइन । अहिले प्रतिपक्षसँग मिल्नुले सरकारपनि प्रतिवद्ध छ भन्ने भान भएको छ ।’

    संकल्प साझा, मुद्धा आआफ्नै !

    कोभिड व्यवस्थापनको नाममा सत्तापक्ष, प्रतिपक्ष लगायत सबै दल मिली संकल्प पेश भएको थियो । संकल्प प्रस्ताव साझा भए पनि प्रत्येक दलका मुद्धा आआफ्नै थिए । सत्ता पक्ष कोभिड नियन्त्रणमा सरकारले उल्लेख्य काम गेरेको दाबी गरिरहेकै थियो भने प्रतिपक्ष सरकारको काममा खोट देखाइरहेकै थिए ।

    राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले पछिल्लो राजनीतिक घटनाक्रमले संकल्प प्रस्ताव नै छायामा पर्ने हो कि भन्ने चिन्तामा थिइन् । ‘खासमा संकल्प प्रस्ताव ल्याउनै ढिलो भएको हो । अहिले सबैको नजर सरकारमै छ । यस्तोबेला राजनीतिक घटनाक्रमले प्रस्ताव नै डग्मग्याउने हो कि भन्ने पीर छ,’ उनले भनिन् ।

    नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले कोरोनाविरुद्ध लडेको लडाइँ सम्मानजनक भएको दाबी गरे । ‘प्रदेशका सरकारी अस्पतालहरु हल न चलको अवस्थामा थिए । त्यस्तोबेला पनि ठूलो जनधनको क्षति हुन नदिन प्रदेशले पहलकदमी लिएको छ,’ उनले भने ।

    नेपाली कांग्रेसका सांसद सांसद मेघराज श्रेष्ठले कोरोना नियन्त्रण र संकल्प प्रस्तावबारे सरकारको आँखा बल्ल खुलेको बताए । ‘पहिलेभन्दा अहिले अलि खुलेको छ । तर, अझै पनि केही सांसद साथीहरुको आँखाको पट्टी खुल्नै बाँकी छ,’ उनले भने ।

    सरकारले काम गरेकै छ: मन्त्री पुन

    गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले नेता नेपालीको प्रस्तावको जवाफमा सरकारले कोरोनासँग लड्न काम थुप्रै काम गरेको दाबी गरिन् । सरकारले जति काम गरेपनि विपक्षीले काम नगरेको आरोप लगाउँदै आएको उनको भनाइ थियो ।

    ‘कोरोना आउनेबेला गण्डकीमा अस्पताल, जनशक्ति, बजेट, आइसोलेसन केही पनि थिएन,’ मन्त्री पुनले भनिन्, ‘त्यस्तोबेला पनि मुख्यमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशन समिति, मन्त्रीस्तरीय अनुगमन तथा समन्वयव र काष व्यवस्थापन गर्ने गर्‍यौं ।’ उनले सरकार भएको सीमित स्रोत र साधनको पनि उच्चतम् प्रयोग गरेरै भएपनि कोरोनासँग लडेको जिकिर गरिन् ।

    गण्डकी प्रदेशमा कोरोनाको समयमा १ करोड ५३ लाख रुपैयाँ विदेशबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्न प्रदेश सरकारले खर्च गरेको मन्त्री पुन सुनाइन् । कोरोना कहरकाबीच प्रदेश सरकारले १४१३ शैय्याका ४० आइसोलेसन केन्द्र बनाएको समेत उनले जानकारी दिइन् । ‘विभिन्न जिल्ला अस्पतालमा ४५ भेन्टिलेटरसँगै ९९ शैय्याको सघन उपचार केन्द्र गर्न सामान खरिद भएर पनि जडानको प्रक्रियामा छन्,’ मन्त्री पुनले भनिन् ।

    कोरोना महामारी रोकथामका लागि प्रदेश सरकारले बाह्य श्रोतबाट ३० करोड रुपैयाँ र बाह्य स्रोत गरी जम्मा ३४ करोड ७८ लाख रुपैयाँको कोष खडा गरेको मन्त्री पुनले जानकारी दिइन् ।

  • ओली भर्सेस प्रचण्ड-माधवको दोहोरी ब्याटल, दर्शक दीर्घामा देउवा-पौडेल जुहारी (भिडियो रिपोर्ट)

    ओली भर्सेस प्रचण्ड-माधवको दोहोरी ब्याटल, दर्शक दीर्घामा देउवा-पौडेल जुहारी (भिडियो रिपोर्ट)

    काठमाडौं । प्रतिनिधिसभा विघटन भएको एक महिना पुगेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते विघटन गरेको प्रतिनिधिसभा अब अदालतबाट पुनःस्थापित हुने कि ताजा जनादेशबाट आउने ? यही बहसमा छ अहिले मुलुक ।

    प्रतिनिधिसभा विघटनपछिको यो एक महिनाबीचको सबैभन्दा ठूलो घटनाक्रम भनेको सत्तारुढ नेकपाको विभाजन नै हो । यद्यपी कानुनी रुपमा नेकपा विभाजनले मान्यता पाइसकेको छैन । तर राजनीतिक रुपमा यो एक महिनामा दुवै पक्षका आक्रामक आरोपले भने दोहोरी ब्याटललाई बिर्साएका छन् ।

    ओली र प्रचण्ड माधव पक्षको दोहोरी ब्याटल हेरेर आम नागरिकले कस्तो मूल्यांकन गर्दैछन् ? निर्णायक मण्डलमा बसेका जनताले दिने फैसला त आवधिक निर्वाचनबाटै आउनेछ । तर नेकपाका नेताहरुको जुहारीले मान्छेलाई निःशुल्क मनोरन्जन दिएको छ ।

    ब्याटल १

    प्रचण्डले बारम्बार भन्न थालेका छन्–हामी मातम (शोक) मनाइरहेका बेला केपी ओली मान्छे हसाएर हिडेका छन् । उनलार्ई मुस्काउँदै हिडेका छन्, सामान्य मान्छेले यसरी कमेडी गर्न सक्दैन ।

    ओली पनि के कम, उनले प्रचण्डलाई शनिवार तीनकुनेको रोयल बैंक्वेटबाट जवाफ दिए– ‘मान्छे मारेर, लुटेर, काटेर रुवाउनेलाई मैले हसाएको मन परेन होला । हामी किन नहास्ने ? चुनाव हुँदैछ, हामी जित्दैछौं, हामी हास्छौं ।’

     

    ब्याटल २

    पुस १४ गते प्रचण्ड-माधव नेपाल पक्षले ओलीविरुद्धको दोस्रो आन्दोलन गरेका थिए । जहाँ राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अश्लिल नाराबाजी भयो ।

    त्यसको जवाफ केपी ओलीले भाेलिपल्टै कार्की पार्टी प्यालेसबाट दिए ।

     

    ब्याटल ३

    प्रचण्ड-माधवले पुस १४ गते प्रतिनिधि सभा पुनःस्थापना हुन्छ हामी जीवितै छौं भन्दै केपी ओलीले घोषणा गरेको चुनावलाई खारेज गर्ने भने ।

    यसको जवाफ प्रधानमन्त्री ओलीले पुष २६ गतेको राष्ट्रिय सभाबाट यसरी फर्काए– निर्वाचनको मैदान घोषणा गरिएको छ, रेसलिङ खेल्न आउनुहोस् । रिङ तयार भएको छ । आउनुहोस् खुट्टा कमाउनु पर्दैन जितेर बेल्ट लानुहोस् । खुट्टा किन कामेको ? निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?

     

    ब्याटल ४

    प्रचण्डले वैशाखपछि ओली प्रधानमन्त्री रहँदैनन् र उनको पत्तासाफ हुन्छ भने । उनले ओलीले संविधानको बलात्कार गरेको आरोप लगाए ।

    यसको जवाफमा ओलीले भने- ‘छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्र धुजा-धुजा बनाएको भन्दै पत्तासाफ कसको हुन्छ चुनावमा आउन चुनौति दिए । तर मतपत्र च्यात्न पाइँदैन ।’

     

    ब्याटल ५

    यो एक महिनाको अर्को रोचक दोहोरी ब्याटल चाहिँ केपी ओली र माधव नेपालको क्यारिकेचरवाला सवाल-जवाफको हो ।

    अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीबाट अपमान भोग्नुपरेको बताए । उनले ओली नसुध्रिने मान्छे भएको टिप्पणी पनि गरे ।

    जवाफ फर्काउँदै ओलीले भने-  ‘माधव नेपालको बारेमा मैले कुनै टिप्पणीनै गर्नु छैन, उनी प्रचण्डको मामुली कार्यकर्ता हुन् । मसँग हाताहाती चाहियो भन्दै थिए प्रचण्डको द्वितीय उपाध्यक्ष हुन गएछन् ।

     

    दर्शक दीर्घाबाट देउवा–पौडेल जुहारी

    प्रतिनिधिसभा विघटनको यो एक महिनामा सबैभन्दा रोचक जुहारी नेकपाकै नेताहरुबीच चल्यो । तर प्रमुख विपक्षी नेपाली कांग्रेसका दुई मुख्य नेता शेरवहादुर देउवा र रामचन्द्र पौडेलले पनि दोहोरी ब्याटलमा भाग लिए ।

    देउवाले बुढानिलकण्ठको कार्यक्रमबाट भने- ‘ओली चुनाव प्रचारमा लागि सके, हामी चुनावबाट भाग्ने कुरा हुन्छ ? चुनाव भयो भने चुनावमा जानुपर्छ ।’

    जवाफमा भरतपुरबाट रामचन्द्र पौडेल बोले- ‘के को चुनाव ? हाम्रो सभापतिजीको तालुमा आलु फल्दैछ तर उहाँले किन नबुझेर चुनाव-चुनाव भनेको ?’

  • ‘पब्लिक डिप्लोमेसी’मा पछि पर्दै नेपाल

    ‘पब्लिक डिप्लोमेसी’मा पछि पर्दै नेपाल

    इटहरी । ब्राजिलमा रहेको नेपाली दूतावासको आधिकारिक वेबसाइट दुई भाषामा छ । वेबसाइटले ब्राजिलको राष्ट्रिय भाषा पोर्चुगिससँगै अंग्रेजी भाषा जान्ने दुवैखाले भिजिटरलाई सहज बनाएको छ । सन् २०१० जनवरी २१ मा ब्राजिलको राजधानी ब्रासिलियामा स्थापना गरिएको नेपाली दूतावासले दुई भाषा आफ्नो आधिकारिक वेबसाइटमा प्रयोग गरेको हो ।

    ब्राजिलमा जस्तै स्थानीय र अंग्रेजी भाषा प्रयोग भएका अन्य दूतावासहरू चीन र दक्षिण कोरियामा छन् । सन् १९६१ मा स्थापना भएको बेइजिङस्थित नेपाली दूतावासको वेबसाइट चिनियाँ र अंग्रेजी भाषामा हेर्न सकिन्छ ।

    २००७ मा सिओलमा रहेको नेपाली दूतावासले कोरियन र अंग्रेजी भाषा प्रयोग गरेको छ । वेबसाइटमा बहुभाषा प्रयोग गर्ने दूतावासमध्ये जापानस्थित नेपाली दूतावास अगाडि छ । सन् १९६५ मा टोक्योमा स्थापित दूतावासले नेपाली, अंग्रेजी र जापानीज भाषालाई वेबसाइटमा प्रयोगमा ल्याएको छ ।

    ब्राजिल, दक्षिण कोरिया, चीन र जापानमा रहेका दूतावासका जस्ता बहुभाषिक वेबसाइट अन्य मुलुकहरुमा भने छैनन् । ३० देशमा रहेका आवासीय नेपाली दूतावासहरूमा चार देशमा मात्रै बहुभाषिक वेबसाइट छन् । बाँकी २६ देशहरु अंग्रेजी भाषामा मात्रै छन् ।

    ३० आवासीय दूतावासहरूमा एसियामा नेपालका १८ आवासीय दूतावासहरू छन् । भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, युएई, थाइल्यान्ड, साउदी अरेबिया, कतार, ओमान, दक्षिण कोरिया, जापान, म्यानमार, मलेसिया कुवेत, जापान, इज्राएल, बहराइन नेपाली दुतावास भएका एसियाली देशहरू हुन् ।

    यूरोपममा बेलायत, बेल्जियम, जर्मनी, फ्रान्स, स्पेन र रसियासमेत ६ आवासीय दुतावास छन् । यस्तै अस्ट्रेलियामा १ तथा अफ्रिकामा इजिप्ट र दक्षिण अफ्रिका गरेर २ आवासीय दुतावासहरू छन् । उत्तर अमेरिकाका अमेरिका र क्यानडामा आवासीय दुतावास साथै दक्षिण अमेरिकामा भने ब्राजिलमा मात्रै आवासीय दुतावास छ ।

    संयुक्त राष्ट्रसंघका चार आधिकारिक भाषाको समेत छैन प्रयोग

    ब्राजिल, दक्षिण कोरिया, चीन र जापानका दूतावासमा बहुभाषा प्रयोग भए पनि संयुक्त राष्‍ट्र संघमा प्रयोग हुने भाषा भएका देशहरूका भाषा भने नेपाली दूतावासले प्रयोग गरेका छैनन । संयुक्त रास्ट्रसंघमा बोलिने अंग्रेजी, स्पेनिस, चिनियाँ, रसियन, अरबिक र फ्रेन्च ६ भाषामध्ये नेपाली र अंग्रेजी सबै देशका दूतावासको वेबसाइटमा प्रयोगमा छ ।

    चीनको दूतावासमा प्रयोग गरेको चिनियाँ बाहेक नेपालले स्पेनिस, रसियन, अरबिक र फ्रेन्च भाषाहरूको प्रयोग कतै गरेको छैन । स्पेन, रसिया र फ्रान्सका नेपाली दूतावासमा समेत अंग्रेजी भाषाहरू मात्रै प्रयोग छन् ।

    अरबिक भाषा मुख्य भाषाको रूपमा बोलिने कतार, युएइ, साउदी अरेबिया, ओमान, कुबेत, बहराइन, इजिप्टजस्ता देशमा रहेका दूतावासमा समेत अंग्रेजी भाषा मात्रै प्रयोग भएको छ ।

    महावाणिज्यदूतावासका पनि छैनन् बहुभाषिक वेबसाइट

    ३० आवासीय दूतावासहरु भएको चार देशका नेपाली दूतावासहरु बहुभाषिक छन । तर, ६ महावाणिज्यदूतावास भएको नेपालका कुनैपनि महावाणिज्यदूतावासका वेबसाइट बहुभाषिक छैनन् ।

    चीनको ग्वोन्जाओ, हङकङ र ल्हासादेखि भारतको कोलकत्ता हुँदै अमेरिकाका न्यूयोर्क तथा साउदी अरेबियाको जद्दामा नेपालका महावाणिज्यदूतावासहरु छन । बेइजिङस्थित नेपाली दूतावासमा बहुभाषिक वेबसाइट प्रयोग भएकोमा चीनका तीन क्षेत्र- हङकङ, ग्लोन्जाओ र ह्लासाका महावाणिज्यदूतावासहरुमा अंग्रेजी मात्रै प्रयोग भएको छ ।

    पब्लिक डिप्लोमेसीमा पछि पर्दै नेपाल

    नेपाल सरकारले हालसालै ल्याएको नयाँ परराष्‍ट्र नीतिमा प्रमुखताका साथ उठाइएका बुँदा हुन्- ‘पब्लिक डिप्लोमेसी’ र ‘डिजिटल डिप्लोमेसी’ । तर, यी दुवै झल्काउने खालका वेबसाइट भने छैनन् ।

    त्रिभुवन विश्विद्यालय परराष्‍ट्र सम्बन्ध तथा कुटनीति विभागकी उपप्राध्यापक अपेक्षा शाह दूतावास भएको मुलुकको भाषामै आधिकारिक वेबसाइटमा दिनु पनि एक पब्लिक डिप्लोमेसी वा डिजिटल डिप्लोमेसी भएको बताउँछिन् । उनका अनुसार दूतावास भएको देशको भाषा, अंग्रेजी र नेपाली भाषा प्रयोग भएको वेबसाइटले सूचना आदानप्रदानमा सहज हुन्छ ।

    ‘सम्बन्धित देशको भाषाले त्यो देशका नागरिकसम्म जानकारी पुग्न सजिलो हुन्छ, नेपाली भाषा प्रयोग हुँदा नेपाली कामदार भएको देशमा आवश्यक जानकारीहरु लिन-दिन सजिलो हुन्छ, अंग्रेजीले बाँकीलाई थाहा भइहाल्छ’, शाह भन्छिन्, ‘बहुभाषिक दूतावासको वेबसाइट हुँदा पब्लिक डिप्लोमेसी वा भनौँ डिजिटल डिप्लोमेसी सहज हुन्छ ।’

    शाहले नेपाली कामदारहरु जाने मुलुकमा भएका दूतावासहरुमा नेपाली भाषाको समेत अनिवार्य प्रयोग हुनुपर्ने बताउँछिन । कोरोना महामारीको समयमा उद्धार गर्ने क्रममा धेरै नेपालीले दूतावासको वेबसाइटमा भाषाको समस्या समेत भोगेको सुनेको बताउँदै उनी, ‘सबै हिसाबमा दूतावासको वेबसाइट बहुभाषिक भएकै राम्रो ।’

    स्थानीय आवश्‍यकता र जनशक्ति अनुसार काम हुन्छः पररास्ट्र प्रवक्ता लम्साल

    विभिन्‍न देशमा रहेका नेपाली दूतावासका वेबसाइटहरुमा भाषिक एकरुपता नभएको पररास्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल स्वीकार्छिन् । पाकिस्तानकी पुर्वराजदूतसमेत रहेकी लम्सालले दूतावासको वेबसाइट एक भाषामा राख्ने कि बहुभाषा भन्नेमा दूतावास भएको देशको आवश्यकता अनुसार हुने। उनले नेपाल प्रेससँग भनिन्, ‘स्थानीय आवश्‍यकता र जनशक्ति अनुसार काम हुन्छ ।’

     

  • नेपालको व्यापार घाटा घटाउने पाम आयल निर्यातमा भारतको अवरोध किन ?

    नेपालको व्यापार घाटा घटाउने पाम आयल निर्यातमा भारतको अवरोध किन ?

    काठमाडौं । नेपालको व्यापार घाटा घटाउने प्रमुख उत्पादन पाम आयलको निर्यातमा भारतले पुनः प्रतिबन्ध लगाएको छ । भारतको प्रतिबन्धसँगै नेपालमा स्थापना भएको पाम उद्योग धराशायी बनेका छन् ।

    यसअघि पनि धेरै परिमाणमा नेपालबाट निर्यात भइरहेको बेला भारतले विभिन्न कारण देखाउँदै पाम आयल निर्यातमा प्रतिबन्ध लगाएको थियो । योसमेत पाम आयल निकासीको प्रतिबन्ध २ पटक हो ।

    पाम आयलको धेरै माग भएको छिमेकी देश भारत आफैँले प्रतिबन्ध लगाएपछि नेपाली उद्योगहरूको लगानी नै जोखिममा परेको छ । नेपालको व्यापार घाटा घटाउन सहयोग गरेको पाम आयल प्रतिबन्ध लगाउनु दुःखद रहेको उद्योगीहरु बताउँछन् । नेपालमा प्रशोधन भएर भारतीय बजारमा राम्रो प्रभाव जमाएको कारण भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले पाम आयल निर्यातमा प्रतिबन्ध लगाएको उनीहरूको भनाइ छ ।

    आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मंसीरसम्म सूचीबाटै हटेको छ ।

    क्यानाडा, इण्डोनेसियालगायतका तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालमा प्रशोधन भई भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने भन्दै भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो ।

    विराटनगर उद्योग सघंठनका उपाध्यक्ष तथा पाम आयल उत्पादक प्रदिप मुरारकाले भारतले नेपालमा पाम आयल उत्पादन गर्ने उद्योग नै नभएको भनेर हल्ला चलाएर नेपालबाट निर्यात हुने पाम आयल बन्द गरेको बताए । नेपालबाट अलि धेरै मात्रामा पाम आयल निर्यात हुन शुरू भएदेखि नै भारतले रोक्न चलखेल गरेको उनको भनाइ छ ।

    उनले भने- ‘भारतको भन्सारले बेला-बेलामा आएर पाम प्रशोधत गर्ने उद्योगहरू हेरेर जाने गरेका छन् । तर, भन्सारले हेरिरहेको प्रशोधन गर्ने उद्योगहरू नै भारतले छैन भन्दा अचम्ममा परेका छौँ ।’

    मुरारकाका अनुसार नेपाल सरकारले भारत सरकारसँग छलफल गरेर नेपालको उद्योगहरु देखाएर पुनः पाम निर्यातका लागि पहल शुरू गर्नुपर्छ ।

    वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोड रूपैयाँको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेका १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड रूपैयाँ मूल्य बराबरको १ लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो ।

    तेस्रो मुलुकबाट नेपाल ल्याएर प्रशोधित भई भारत जाने पाम आयलले ८० देखि ८५ प्रतिशत भारतीय बजारमा आफ्नो बजार ओगटेको छ । पाम आयल निर्यातबाट विदेशी मुद्रा नेपाल भित्रिँदा यहाँका उद्योगलाई टेवा पुगिरहेको थियो ।

    चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ९ अर्ब १० करोड मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा करिब २ अर्बको १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क. ले पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्धको विषयमा उद्योग मन्त्रालयमा छलफल शुरू भएको बताइन् ।

    उनले नेपालप्रेससँग भनिन्, ‘मन्त्रालयले किन पटक-पटक नेपालबाट निर्यात हुने पाम आयलमा प्रतिबन्ध गरिरहेको छ भन्ने विषयमा छलफल गरेर भारतसँग कुरा गर्ने छ प्रतिबन्ध फुकुवा गर्न ठोस कदम चाल्छौं ।’

    याे पनि पढ्नुहाेस्

    पाम आयलमा भारतको प्रतिबन्धपछि विराटनगरका व्यवसायीको ठूलो लगानी जोखिममा

  • प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेले, सिटीको विजय

    प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेले, सिटीको विजय

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडले साविक विजेता लिभरपुलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ४–० को फराकिलो जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

    घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफ खेल नियन्त्रणमा राखेको थियो । निश्चित पोजिसनको सेन्ट्रल ब्याक बिना मैदानमा उत्रिएको लिभरपुलले मिडफिल्डर जोर्डन हेन्डरसन र फाविन्होलाई डिफेन्समा खेलाएको थियो ।

    खेल अवधिभर दुवैले गोलका केहि अवसर सृजना गरेका थिए तर असफल भए । लिभरपुलले प्रिमियर लिगमा पछिल्लो ४ खेलमा जित निकाल्न सकेको छैन । यो उसको चौथो खेलमा तेस्रो बराबरी हो ।

    बराबरी पछि पनि युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा यथावत छ । उसको १८ खेलबाट ३७ अंक भएको छ । समान खेलबाट ३४ अंक रहेको लिभरपुल चौथो स्थानमा छ ।

    अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदा जोन स्टोन्सले २ गोल गरे । २६ औं मिनेटमा स्टोन्सले केभिन डी ब्रुयेनको पास सदुपयोग गरी सिटीलाई अग्रता दिलाएका थिए ।

    बाँकी गोल दोस्रो हाफमा सम्भव भयो । ५६ औं मिनेटमा गुन्डोगानले गोल गरे भने ६८ औं मिनेटमा स्टोन्सले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा नियमित समय सकिनु २ मिनेटअघि रहिम स्टलिङले ४–० को जित निश्चित गरे ।

    जितसँगै सिटी १७ खेलबाट ३५ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २ खेल बढी खेलेको क्रिष्टल प्यालेस २३ अंकसहित १३ औं स्थानमा छ ।

  • रुसी राष्ट्रपति पुटिनका आलोचक एलेक्सी मस्को एयरपोर्टबाटै पक्राउ

    रुसी राष्ट्रपति पुटिनका आलोचक एलेक्सी मस्को एयरपोर्टबाटै पक्राउ

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई रुस पुग्नेबित्तिकै प्रहरी हिरासतमा लिइएको छ ।

    उनी पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका थिए । गत वर्ष उनलाई घातक नर्व एजेन्टमार्फत हमला भएको थियो र उनी भाग्यले बाँचेका थिए । ४४ वर्षीय नाभेल्नीलाई प्रहरीले पासपोर्ट कन्ट्रोल बिभागमा पनि नपुर्‍याइ आफ्नो साथ लगेको थियो । बर्लिनबाट आएको उनको विमानलाई निर्धारित विमानस्थलमा अत्याधिक भिड जम्मा भएपछि अर्को विमानस्थलमा अवतरण गराइएको थियो ।

    रुसका राष्ट्रपतिको बिरोध गरेकै कारण रुसी सरकार नाभेल्नीको ज्यान लिने प्रयासमा रहेको धेरैको बुझाइ छ । केहि खोजी पत्रकारहरुले पनि यही आशयको टिप्पणी गरेका थिए । तर रुसी सरकारले सबै आरोपको खण्डन गरेको छ ।

    प्रहरीले नियन्त्रणमा लिनुभन्दा केहि मिनेटअघि नाभेल्नीले मस्कोको सेरेम्योत्योभ विमानस्थलमा आफ्ना समर्थकहरुसँग कुरा गर्दै भनेका थिए, ‘मलाई थाहा छ कि म सही छु । मलाई कुनै कुराको पनि डर छैन र मेरा बिरुद्ध लगाइएका सबै आपराधिक मुद्दा झूठो हो ।’

  • मेस्सीलाई क्लब करिअरमै पहिलो ‘रेड कार्ड’, बार्सिलोनाले सुपर कप गुमायो

    मेस्सीलाई क्लब करिअरमै पहिलो ‘रेड कार्ड’, बार्सिलोनाले सुपर कप गुमायो

    एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले करिअरकै पहिलो रातो कार्ड पाएका छन् । स्पेनिस सुपर कपको फाइनलमा गए राति बार्सिलोना एथ्लेटिको विल्बाओसँग ३–२ गोलले पराजित भएको खेलमा अतिरिक्त समयको अन्तिम सेकेण्डमा मेस्सीले रातो कार्ड पाएका हुन् ।

    बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ५३ औं खेलमा मेस्सीलाई एथ्लेटिकोका स्ट्राइकर असिर भिल्लालिब्रेसँगको नोकझोँकमा दोषी देखाउँदै भिडियो असिस्टेन्ट रेफ्री (भार)ले रातो कार्ड दिने निर्णय गरेको हो ।

    बार्सिलोनाले २ पटक अग्रता बनाएर पनि खेल आफ्नो पक्षमा पार्न सकेन । एन्टोइन ग्रिजमनले ४० औं र ७७ औं मिनेटमा गोल गरेका थिए । तर सेभियाको ओलम्पिक रंगशालामा एथ्लेटिकोका ओस्कार डी मार्कसले ४२ औं र भिल्लालिब्रेले ९० औं मिनेटमा गोल गरेपछि नियमित समयमा खेल बराबरी भयो र अतिरिक्त समयमा धकेलियो ।

    ३० मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमै विलियमले गोल गरेपछि अग्रता बनाएको एथ्लेटिकोले त्यसयता गोल खाएन ।

    एथ्लेटिकोले सन् १९८५ पछि पहिलोपल्ट ठूलो उपाधि जित्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेको थियो । यद्यपी खेलको अन्त्यतिर केहि नाटकीय घटनाहरु भए ।

    १ सय २० औं मिनेटमा मेस्सीले एथ्लेटिकोको पोष्टतर्फ बल अगाडि बढाउँदै थिए । भिल्लालिब्रे उनलाई रोक्ने प्रयासमा थिए । मेस्सीले बल पास दिए र नजानिदो ढंगले अगाडि बढेको मौकामा भिल्लालिब्रेको टाउकोमा प्रहार गरे । रेफ्रीले त्यो घटना देखेका थिएनन् । पछि भारमा हेरेपछि मेस्सीलाई रातो कार्ड देखाउने निर्णय गरे ।

    ३३ वर्षीय मेस्सीले आफ्नो खेल करिअरमा यसअघि दुईपल्ट मात्र रातो कार्ड ब्यहोरेका छन् । सन् २००५ मा हंगेरीबिरुद्ध अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि डेब्यू खेलमा र सन् २०१९ मा चिलीबिरुद्ध कोपा अमेरिका तेस्रो स्थानको प्लेअफ खेलमा मेस्सीले रातो कार्ड पाएका छन् ।
    यो घटनापछि मेस्सीले कम्तिमा पनि ४ घरेलु खेलको प्रतिबन्ध झेल्नुपर्ने हुनसक्छ ।

    बार्सिलोना १४ औं सुपरकप उपाधिबाट सेकेण्डले टाढा थियो । यो रोनाल्ड कोम्यानका लागि पहिलो उपाधि हुन सक्थ्यो । मेस्सीका लागि आठौं सुपरकप हुनसक्थ्यो, सम्भवतः मेस्सी बार्सिलोनामा अन्तिम वर्ष विताइरहेका छन्, उनको सम्झौता यसै वर्षको समरमा सकिँदैछ । तर ९० औं मिनेटमा बराबरी गोल खानु परेपछि सबै कुरा बदलियो ।

  • नेपाललाई दिइने खोपबारे भारतले आज टुंगो लगाउने

    नेपाललाई दिइने खोपबारे भारतले आज टुंगो लगाउने

    नयाँ दिल्ली । नेपालसहित भुटान, बंगलादेश र ब्राजिललाई उपलब्ध गराइने कोभिड–१९ विरुद्धको खोपको मात्रा र समय तय गर्न आज भारतमा केन्द्रीय स्वास्थ्य समितिको बैठक बस्दैछ ।

    नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे बस्ने बैठकले नेपाललाई दिइने खोपको मात्रा निधो गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् । बैठकमा भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धन, विदेशमन्त्री एस जयशंकर, भारत बायोटेक र सिरम इन्स्टिच्युटका प्रतिनिधि पनि सहभागि हुनेछन् ।

    नेपालसहितका मुलुकलाई कहिले र कति मात्रामा खोप दिइने भन्ने कुरा बैठकमा टुंगो लगाइने भएको छ । भारतले शनिबारदेखि खोप लगाउन सुरु गरेको छ भने नेपालले आपतकालीन प्रयोगका लागि अक्सफोर्डले विकसित गरेको एस्ट्राजेनेका खोपलाई अनुमती दिएको छ ।

    यसैसाता दिल्लीमा बसेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा पनि भारतले खोप निर्यातका लागि छिमेकी मुलुक नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाएको थियो ।

  • नयाँ कोरोनाभाइरसले २०२१ सबैभन्दा कठिन हुनसक्छ : विश्व स्वास्थ्य संगठन

    नयाँ कोरोनाभाइरसले २०२१ सबैभन्दा कठिन हुनसक्छ : विश्व स्वास्थ्य संगठन

    जेनेभा –नयाँ कोरोना भाइरसको फैलावटसँगै विश्व स्वास्थ्य संगठनले वर्ष २०२१ अघिल्लो वर्षभन्दा बढी कठिन हुने चेतावनी दिएको छ । नियमित मिडिया ब्रिफिङमा संगठनका प्रमुख डा. टेड्रोस आधानोमले नयाँ भाइरसले यो वर्ष कठिन हुने बताएका हुन् ।

    उनका अनुसार बेलायत र ब्राजिलमा भेटिएको भनिएको नयाँ प्रजातिको कोरोना भाइरस सबै महादेशका ५० देशमा फैलिइसकेको उल्लेख गरे । नयाँ म्युटेन्ट भाइरसले विकसित खोपको प्रभावकारितालाई पनि चुनौति दिएको भन्दै उनले सरकार प्रमुखहरुलाई गम्भिर बन्न आग्रह गरे ।

    नेपालको छिमेकी मुलुक भारतमा समेत नयाँ भाइरस फैलिइसकेको विश्वास गरिएको छ । एसियामा नयाँ भाइरस फैलने क्रम जापानमा तीव्र रहेको समेत संगठनले जनाएको छ । जापानमा अहिले आपतकाल लागु भैरहेको छ । नेपालले समेत नयाँ भाइरसको सम्भावित नमुना हङकङमा परिक्षणका लागि पठाएको थियो ।

    शुक्रबारसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ भने संक्रमित संख्या ९ करोड नाघेको छ । यसमा सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजिल र भारत छन् ।

  • जर्मन चान्सलर एन्जेला मर्केलद्धारा सत्ता त्याग्ने घोषणा

    जर्मन चान्सलर एन्जेला मर्केलद्धारा सत्ता त्याग्ने घोषणा

    सीएनएन –विश्वकै सफल राजनीतिज्ञको छवि बनाएकी जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०२१ को अन्त्यमा सत्ता त्याग्ने घोषणा गरेकी छिन् । उनको सत्ता कार्यकालमा बेलायतमा पाँच प्रधानमन्त्री फेरिए, फ्रान्समा चार राष्ट्रपति र इटालीमा सात प्रधानमन्त्री ।

    विहिबार राष्ट्रपतिको सपथ लिन लागेका जो बाइडेनसहित चार अमेरिकी राष्ट्रपतिसँग मर्केलको सहकार्य अनुभव हुनेछ ।

    विश्वकै चौंथो ठूलो अर्थतन्त्रलाई नेतृत्व गरेकी मर्केलले आफ्नो शासन अवधिभर आफ्ना मूल्यहरुलाई स्थापित गर्न डटिरहिन् । उनका समकक्षीले उनलाई सत्ताच्युत गर्न र अपमान गर्न धेरै प्रयास गरे ।

    कुकुरदेखि डराउने स्वभावकी मर्केलसँगको एक बैठकमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफूसँगै कुकुर लगेर अपमानको प्रयास गरेका थिए । डोनाल्ड ट्रम्पले त बदमास भन्दै टिप्पणी गरेका थिए । सिल्भियो बर्लुस्कोनीले एकछिन पर्खनूस भन्दै फोनमा १५ मिनेट वेट गराएका थिए ।

    सन् २००५ मा जर्मनीलाई नेतृत्व गर्ने पहिलो महिला चान्सलर भएलगत्तै उनलाई आलोचकले अनुभव नभएकी र राम्रो छवि नभएकी महिलाको रुपमा लिएका थिए । जर्मनीमा सबैभन्दा बढी पढिने बाइल्ड नामक अखबारले एकपटक मर्केलको ठूलो फोटो पहिलो पृष्ठमा छाप्दै ‘मिस जर्मनी’ हेडलाइन लेखेको थियो ।

    १५ वर्ष लामो राजनीतिको करियमा राजनीतिज्ञ, त्यसमा पनि पुरुषले सिक्नुपर्ने पाठ भनेको कहिल्यै महिलालाई कमजोर नठान्नू भन्ने हो । मर्केलले अहिले जर्मनीमा चौंथो पटकको कार्यकालमा शासन गरिरहेकी छिन् । मर्केलले आफ्नो दललाई १८ वर्षसम्म नेतृत्व गर्दै सन् २०१८ बाट पदबाट हटेकी थिइन् । बर्लिन पर्खाल ढलेपछि पूर्वी जर्मनीबाट उच्च नेतृत्वमा पुग्ने राजनीतिज्ञ पनि हुन् उनी ।

    तर, उनका आलोचक चाहिँ के कुरामा सहमत छन् भने जब संकट आइपर्छ, त्यसलाई व्यवस्थापन गर्ने कुरामा मर्केल सक्षम हुने गर्छिन् । उनी खासगरि वित्तिय संकटसँग जुधिरहेको जर्मनी, युरोपेली ऋण संकट, आप्रवासी समस्या र कोरोनाभाइरस महामारी व्यवस्थापनमा सफल रहिन् ।

    पाँचौंपटक पुनः चान्सलर बन्ने सम्भावनालाई भने स्वयम मर्केल नकार्छिन् किनभने उनी स्वयम आफ्नो प्रतिबद्धतामा अडिग छिन् । चान्सलर पदबाट हटेपछि आफू आलुको सुप लगायतका खानेकुरा पकाउन व्यस्त हुने उनले बताइन् । अर्को ठूलो पद लिने सम्भावनालाई पनि उनले नकारिन् ।

  • प्रतिनिधिसभा विघटनको एक महिना–पाइला बढाउँदै अदालत र आयोग

    प्रतिनिधिसभा विघटनको एक महिना–पाइला बढाउँदै अदालत र आयोग

    काठमाडौं । संयोग नै सही–प्रतिनिधिसभा विघटन भएको महिना पुगेकै बेला आइतबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाई शुरुभयो । निर्वाचन आयोगले पनि निर्वाचन प्रक्रियालाई थप एक कदम अगाडि बढायो सर्वदलीय बैठकमार्फत ।

    प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको फैसला निर्वाचन आयोगको तयारीसँग प्रत्यक्ष जोडिन्छ । ‘संवैधानिक इजलास कि बृहत पूर्ण इजलास’ भन्ने लामो बहसलाई किनारा लगाउँदै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई आइतबारदेखि संवैधानिक इजलासमै सुनुवाइ शुरु गरेको छ ।

    यसअघि संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र बस्ने प्रचलन रहेकोमा प्रतिनिधिसभा विघटनको मुद्दाको गाम्भीर्यतालाई ध्यान दिँदै अदालते सोमबार पनि सुनुवाइ तोेकेको छ । यसको संकेत अब अदालत सुनुवाई प्रक्रियालाई ‘फास्टट्रयाक’मा लैजान चाहान्छ भन्ने हो ।

    विघटनको एक महिना पुगिसकेको अवस्थमा अदालतले गर्ने फैसलासँग निर्वाचन आयोग र सरकार निर्भर छन् । अदालतले पुनःस्थापना नगरेको अवस्थामा निर्वाचन तोकिएकै मितिमा गराउन आयोगमाथि दबाब बढ्नेछ । त्यसैले पनि व्यवहारिक पाटोलाई अदालतले बुझेको हुनुपर्छ ।

    प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ र २७ का लागि तोकिसकेका छन् । निर्वाचनको पूर्ण तयारीका लागि आयोगलाई तीन महिना आवश्यक नै हुन्छ ।

    त्यसै अनुसार आइतबार आयोगले १४ दलका दुई-दुई प्रतिनिधिलाई बोलाएर छलफल गर्‍यो जुन निर्वाचन प्रक्रियामा एक कदम गति हो। तोकिएको मितिमा निर्वाचन गराउन माघ १५ को आसपासमा अदालतबाट कुनै फैसला आउनैपर्छ । अदालतको पछिल्लो शीघ्रता त्यसलाई ध्यानमा राखेर पनि हुन सक्छ ।

    यद्यपि, प्रधानमन्त्रीको कदमविरुद्ध रहेको नेकपाको प्रचण्ड–माधव पक्षले भने यसमा आपत्ति र संशय प्रकट गरेको छ। प्रचण्ड–माधव पक्षको प्रतिनिधि बनेर निर्वाचन आयोगको छलफलमा पुगेका नेता राजेन्द्र पाण्डेले सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा विचाराधीन भएकाले निर्वाचन प्रक्रिया अघि बढाउनु राम्रो नहुने मत राखेका थिए।

    प्रचण्ड–माधव पक्षीय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने यसलाई ‘सेटिङ’को संज्ञा दिएका छन्। राजधानीमा आयोजित विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले सर्बोच्च अदालत र निर्वाचन आयोगलाई शंकाको लाभ दिदै केपी ओलीको सेटिङबारे प्रश्न गरेका छन् ।

    प्रचण्डको शंका छ–मुलुकलाई अँध्यारो सुरुङतर्फ लैजाने सेटिङको शंका हुन थालेको छ । हामीले अदालत र निर्वाचन आयोगलाई अहिले केही भन्दैनौं तर केपी सेटिङलाई त शंका गर्न पाइयो नि । केपी र केपीका मान्छेहरु अचेल किन ढुक्कका साथ हाम्रो सेटिङ भइसकेको छ भन्दै हिडेका छन् ?

    सर्वोच्चमा आइतबारदेखि जारी बहस सकिएर फैसला कहिले आउला भनेर यसै भन्न सकिने अवस्था छ्रैन् । तर, सातामा दुई दिन मात्रै संवैधानिक इजलासमा बस्ने प्रचलन तोड्दै नियमित बनाउनुले अदातल पनि द्रुत गतिको बाटोमा जान्छ भन्ने अनुमान भने लगाउन सकिन्छ ।

    नियमित सुनुवाइको पहिलो दिन पाँच जनाले बहस गरे । सुनुवाईको सुरुमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहसमा भाग लिए । उनले संविधानको मर्म बुझ्न संविधान निर्माणताका गरिएको बहसको रेकर्ड मगाउन माग गरे ।

    प्रधानन्यायाधीशले आवश्यक परे त्यो पनि मगाउने भनेर उनको चित्त बुझाउन खोजे । त्यसपछि रिट निवेदक मध्यका एक सन्तोष भण्डारीले आफ्ना कुरा राखे । प्रतिनिधिसभा विघटका विरुद्धमा वरिष्ठ अधिवक्ताहरु ब्रदिराज भट्ट, भीर्माजुन आचार्य र सुनिल पोखरेलले बहस गरे ।

    ‘काल्पनिक कुरा’माथि बहस

    वरिष्ठ अधिवक्ता भीर्माजुन आचार्य र सुनिल पोखरेलले गरेको बहस अलि सवाल–जवाफपूर्ण बन्यो । दुवै जनाको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र राणाले फुत्त–फुत्त सोधेका प्रश्नले बहस केही चोटिलो बन्न पुगेको थियो ।

    बहुमतको प्रधानमन्त्रीले संसद विघटनको ‘व’ पनि उच्चारण गर्न नपाउने आचार्यको तर्क थियो । २०४७ को संविधान र अहिलेको संविधानमा आकाश जमीनको फरक भएको भन्दै उनले अहिलेको संविधानमा ५ बर्ष नपुगी संसद विघटन गर्ने ब्यवस्था नै भएको तर्क गरे ।

    बहसका क्रममा प्रधानन्यायाधीश राणाको आर्याचयलाई प्रश्न थियो– संविधानको धारा ७६ को उपधारा २ अनुसार बनेका प्रधानमन्त्रीले अर्को सरकार बन्ने सम्भावना नभएको अवस्थामा प्रतिनिधि सभा विघटन गर्न सक्दैन र?

    वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानन्यायाधीशको प्रश्न ‘काल्पनिक’मात्रै भएको भन्दै अदालतमा संविधानभन्दा बाहिर गएर कल्पना गर्न नमिल्ने बताए।

    राणाको सवालमा आचार्यको जवाफ थियो–यो काल्पनिक कुरा हो। अदालतले यो कल्पना गर्न मिल्दैन। संविधानमा लेखेका प्रक्रिया पूरा गरेर मात्र विघटनमा जाने हो। संविधानको धारा ७६ को उपधारा १ देखि ७ सम्मका प्रक्रिया पूरा हुनु त पर्‍यो नि! अन्तिम अवसरसम्म संसद्ले आफ्नो काम गर्नुपर्‍यो। संविधानको धारा ७६ ले सिधै विघटन गर्न दिँदैन। यो धारा (उपधारासहित)का सबै प्रक्रिया पूरा गरेर संसदमा गएपछि मात्र हुने कुरा हो।

    बहस अवधिभर राणाले आचार्यलाई लक्षित गर्दै अन्य चोटिला प्रश्न पनि गर्न छाडेनन्। जस्तो–म सरकार चलाउदिन भन्न पाउदैन प्रधानमन्त्रीको पार्टीले ? संसदमा बहुमत पाएको दलले सरकार बनाउनु नै पर्ने ? सरकार चलाउन पाउदिन भन्न नपाउने ?

    अर्का वरिष्ठ अधिवक्ता पोखरेलको तर्क चाहिं अदालते संविधानको व्याख्या गर्दा कार्यकारी भन्दा सर्वसाधरणलाई बढ्ता प्राथमिकतमा राख्नुपर्ने भन्ने थियो। उनको तर्क थियो–अदालतले जहिले पनि संविधानको ब्याख्या गर्दा नागरिकको अधिकार बढाउने र कार्यकारीको घटाउने गरि गर्नुपर्छ।

    उनको अर्को तर्क संसद विघटन ‘संसदको इच्छा’बिना नहुने भन्ने थियो ।

    पोखरेलको जिकिर थियो– संसद विघटन संसदको इच्छाबिना हुन्न। पुस्पकमल दाहाल र माधवकुमार नेपालले द्ल भित्र असहयोग गरेका कारण संसद विघटन हुदैन। प्रधानमन्त्रीले संसदमा संविधानका धारामा भएको व्यवस्था अभ्यास हुनै दिनु भएन।

    उनको अर्को तर्क थियो–संसद्ले आफूले बनाएको प्रधानमन्त्री २ बर्षसम्म हटाउन नपाउने, अनि प्रधानमन्त्रीले संसद विघटन गर्न १७ मिनेट पनि पर्खिनु नपर्ने ?

  • प्रेमगीतको तेस्रो सिक्वेल रिलिज पोस्टपोन्ड, निर्देशक भन्छन् : सबै फिल्म हल खुलेमात्र रिलिज गर्छौ

    प्रेमगीतको तेस्रो सिक्वेल रिलिज पोस्टपोन्ड, निर्देशक भन्छन् : सबै फिल्म हल खुलेमात्र रिलिज गर्छौ

    काठमाडौं । प्रदीप खड्का स्टारर प्रतीक्षित नेपाली रोमान्टिक ड्रामा ‘प्रेमगीत ३’को पूर्वानिर्धारित रिलिज मिति पोस्टपोन्ड भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले नेपाली नयाँवर्षमा फिल्म प्रदर्शन नहुने कुराको पुष्टि गरे ।

    सामाजिक संजालमा उनी लेख्छन् –जनजीवन सामान्य हुँदै गएसँगै, चलचित्र घरहरु खुलेसँगै, मनोरञ्जनको पुरा संगालो, निषेधित प्रेमकथा ‘प्रेमगीत ३’ एउटा ठूलो प्रस्तुतिसहित चाँडै त्यो दिन, त्यो कुरा घोषणा गर्नेछौं ।’

    नेपाली नयाँवर्षमा रिलिज हुने घोषणासहित फिल्मले लकडाउनअघि नै टीजर एवं पोस्टर लन्च गरेको थियो । अहिले मुम्बइमा फिल्मको पोस्टप्रोडक्सन भैरहको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै उपयुक्त समयमा फिल्मको मिति घोषणा गरिने बताए । नेपाली दर्शकमाझ प्रेमगीतको सिरिजको तेस्रो सिक्वेलको प्रतिक्षा छ । यसपटक हिमाली थलोको प्रेमकथालाई फिल्ममा चित्रण गरिएको छ । आसुसेन फिल्मसले प्रोजेक्ट निर्माण गरेको हो ।

    सरकारले फिल्म हल संचालन फुकुवा गरेपनि केही हलमात्र संचालनमा आएका छन् र अकुपेन्सीलाई ५० प्रतिशतमा सीमित गरिएको छ । १० प्रतिशत फिल्म हल सँधैको लागि बन्द हुने चलचित्र संघको तथ्यांक छ । हल खुलेपनि लगभग जिरो अकुपेन्सीमै फिल्म चलिरहेका छन् ।

  • माघ ११ गते विहे गर्दै बरुण र नताशा, बलिउडमा पाँचदिनसम्म ग्रान्ड पार्टी

    माघ ११ गते विहे गर्दै बरुण र नताशा, बलिउडमा पाँचदिनसम्म ग्रान्ड पार्टी

    मुम्बइ -अन्ततः बलिउड अभिनेता वरुण धवन आगामी जनवरी २४ मा विहे बन्धनमा बाँधिने भएका छन् । फेसन डिजाइनर प्रेमिका नतासा दलालसँग उनले विहे गर्न लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    बलिउड हंगामाका अनुसार पाँच दिनसम्म भव्यरुपमा उनको विहे सेलिव्रेसन हुने भएको छ । अलिबगमा हुने उनको विहे समारोहमा केही खास र निकटलाई मात्र निम्तो गरिएको छ ।

    विहेको दिन आउन जम्मा १० दिनभन्दा कम समय बाँकी छ र यो जोडीले विहेमा जुटेको छ । ग्रान्ड रिसेप्सनसहित उनको विहे पार्टी मुम्बइमा जनवरी २२ देखि २६ सम्म चल्नेछ ।

    फेसन डिजाइनर हुनुको नाताले नतासाले आफ्नो विहे पहिरन आफै डिजाइन गर्नेछिन् भने वरुणको वार्डरोव चाहिँ कुनाल रावले डिजाइन गर्ने भएका छन् । पहिलो दिन हुने संगीत नाइटमा अर्जुन कपुर, सारा अली खान, मलाइका अरोरा, जान्वी कपुर, खुशि कपुर, करण जोहर र अनिल कपुर लगायतले प्रस्तुति दिने भएका छन् ।

    डेभिड धवनका पुराना मित्र भएकाले पनि सलमान खानले पनि पार्टी ज्वाइन गर्ने भएका छन् । अर्को दिन मेहेन्दी सेलिव्रेसन हुनेछ । २०० जना पाहुनाको उपस्थितीमा ककटेल नाइट पनि हुनेछ । २०२० मा विहे हुने भनिएपनि भाइरस महामारीले विहे रोकिएको थियो ।

  • १५ दिन भित्र आयोजनाको काम भए नभएको विवरण पठाउन सहरी विकास मन्त्री साहको निर्देशन

    १५ दिन भित्र आयोजनाको काम भए नभएको विवरण पठाउन सहरी विकास मन्त्री साहको निर्देशन

    काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले कुनै पनि परियोजना ठेक्का गर्दा ठेकेदारले पेश गरेको कार्यतालिका बमोजिम काम भए नभएको तथा त्यसमा सम्बन्धित निकायको तर्फबाट भएका कामकारवाहीको विवरण १५ दिन भित्र पठाउन निर्देशन दिएका छन् ।

    मन्त्री साहले आइतबार एक परिपत्र जारी गर्दै मन्त्रालय मातहतका निकायबाट सम्पूर्ण आयोजनाको विस्तृत विवरण माग गरेका हुन् । खरिद सम्झौता गरेबमोजिम काम नभई रुग्ण बनेका आयोजनालाई रुग्ण हुन नदिन गरिएका प्रयास तथा ठेकेदारलाई नियम बमोजिम कारवाही लगायतका कार्यको विवरण समेत माग गरिएको मन्त्री साहको सचिवालयले जनाएको छ । रुग्ण तथा निर्माणाधीन आयोजनाको निर्माण कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्देशन दिइएको सचिवायलयको भनाइ छ ।

    निर्देशन पछि प्राप्त हुने विवरणबाट आयोजनाको स्थिति र शहरी विकास मन्त्रालय मातहतका निकायको क्षमता तथा काम कारवाहिको स्थिती पनि थाहा हुने विश्वास मन्त्री साहको छ । त्यसै बमोजिम निर्माण कार्यलाई प्रभावकारी बनाउन कदम चाल्ने तयारीमा मन्त्री साह रहेको मन्त्री साहको सचिवालयको बुझाइ छ ।

    कुनै पनि आयोजना खरिद सम्झौता भएपछि ठेकेदारले काम सम्पन्न गर्ने कार्यतालिका पेश गरेको हुन्छ । त्यसै बमोजिम तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरे प्रोत्साहन रकम तथा ढिलाई गरे १० प्रतिशतसम्म जरिवाना तिराउनुपर्ने कानुनी व्यवस्था छ । काममा ढिलाई भए सुरुमा ताकेता पत्र काट्ने, त्यसपछि मोबिलाइजेसन रकम कट्टा गर्न, अझ अटेर गरे धरौटी रोक्का गर्ने र अन्तिममा ठेक्का रद्द गर्ने प्रक्रिया सरकारी पक्षले अपनाउने गरेको छ । तर प्रायजसो आयोजनामा कुनै प्रक्रिया नै नअपनाई रुग्ण भएको पाइन्छ ।

  • अबदेखि कार्यपालिकाबाट निर्णय गरेर मात्रै स्थानीय तहमा करारमा कर्मचारी राख्नुपर्ने

    अबदेखि कार्यपालिकाबाट निर्णय गरेर मात्रै स्थानीय तहमा करारमा कर्मचारी राख्नुपर्ने

    काठमाडौं । अबदेखि ७ सय ५३ वटै स्थानीय करारमा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाबाट निर्णय गरेर मात्र नियुक्त गनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले जारी गरेको सार्वजनिक खर्चमा मितब्ययिता कायम गर्ने सम्वन्धी मापदण्ड–२०७७ ले यस्तो व्यवस्था गरेको हो ।

    मापदण्ड अनुसार कुनै पनि कर्मचारीलाई करारमा नियुक्ति गर्दा अन्य कानून, निर्देशिका वा मापदण्डले अन्यथा व्यवस्था गरेकोमा बाहेक स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरेर मात्र गर्न सकिने व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव एवम प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सवारी साधन खरिद गर्दा समेत स्थानीय तहले स्थानीय तह अन्तरगतको सार्वजनिक निकायले सम्वन्धित कार्यपालिकाको निर्णय वमोजिम सहमति लिनुपर्नेछ ।

    पुष १४ गते अर्थ मन्त्रिस्तरीय निर्णयबाट सार्वजनिक खर्चमा मितब्ययिता कायम गर्नका जारी गरिएको मापदण्ड ७ सय ५३ वटै स्थानीय तहलाई कार्यान्वयनका लागि परिपत्र गरिसकिएको प्रवक्ता अधिकारीले बताए । मापदण्ड अनुसार अत्यावश्यक विषयमा थप आर्थिक दायित्व सिर्जना हुने गरी वा खाईपाई आएको भत्ता वा सुविधा थप हुने गरि निर्णय गर्नु परेमा पनि स्थानीय तह अन्तरगतको सार्वजनिक निकायले सम्वन्धित कार्यपालिकाको निर्णय वमोजिम सहमति लिनुपर्नेछ ।

    दीर्घकालिन दायित्व सिर्जना हुने गरी ठेक्का लगाउँदा स्थानीय तहले स्थानीय तह अन्तरगतको सार्वजनिक निकायले सम्वन्धित कार्यपालिकाको निर्णय वमोजिम सहमति लिनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । उपर्युक्त वमोजिमको स्वीकृति वा सहमतिमा सृजना हुने दायित्व सम्वन्धित तहको विनियोजन सशर्त अनुदान वाहेकबाट व्यहोर्नुपर्नेछ ।

  • जन्मदिनमा निश्चलको ‘जिन्दाबाद’ घोषणा, बुद्धिसागर लेख्दैछन् फिल्म

    जन्मदिनमा निश्चलको ‘जिन्दाबाद’ घोषणा, बुद्धिसागर लेख्दैछन् फिल्म

    काठमाडौं । ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले आइतबार जन्मदिन सेलिव्रेट गरे । जीवनको ४० औं वर्षगाँठ मनाउन उनीसँग एउटा सरप्राइज पनि थियो । त्यो हो –नयाँ फिल्म घोषणा गर्ने ।

    बस्नेतले होमप्रोडक्सन प्रोजेक्ट ‘जिन्दाबाद’ निर्माण एवं निर्देशनको घोषणा गरेका छन् । उनी सामाजिक संजालमा लेख्छन् –जन्मदिनको शुभकामना निश्चल । राम्रो मान्छे बन्न सकूँ । यही दिएँ आफैलाई शुभकामना । यो वर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’

    यसैसाता निश्चलको डेब्यु निर्देशकीय फिल्म ‘लुट’ले प्रदर्शनको नौ वर्ष पुरा गरेको छ । यसैसाता उनी बर्थडे सेलिव्रेट गर्दैछन्। टलकजंग भर्सेस टुल्के र लुटको दोस्रो सिक्वेल पनि उनले निर्देशन गरे ।

    निश्चलले निर्देशन गर्ने फिल्म ‘जिन्दाबाद’को पटकथा उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । कर्णाली ब्लुज फेम्ड लेखक बुद्धिसागरले फिल्मका लागि निश्चलसँग टीमअप गरिरहेका छन् । उनै निर्देशकलाई ह्याप्पी बर्थडे ।

  • प्रचण्डलाई ओलीको जवाफ–अदालत र निर्वाचन आयोगको हुर्मत नलेऊ (भिडियो)

    प्रचण्डलाई ओलीको जवाफ–अदालत र निर्वाचन आयोगको हुर्मत नलेऊ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल समूह सर्बोच्च अदालत र निर्वाचत आयोगको हुर्मत लिने काममा लागेको आरोप लगाएका छन् ।

    अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले न्यायाधीशलाई प्रधानमन्त्रीले भेटेको अफवाह फैलाएर स्वतन्त्र न्यायपालिकामाथि प्रचण्ड समूहले आक्रमण गरेको बताए ।

    ओलीले निर्वाचन आयोगमा सूर्य चिन्ह चाहियो भन्दै गएको अनाधिकृत समूहले चुनावी कार्यक्रम अघि नबढाउन धम्की दिएर अलोकतान्त्रिक काम गरेको बताए । प्रतिनिसभा विघटन भइसकेको अवस्थामा निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाबाट रोक्न खोज्नु देशलाई अलोकतान्त्रिक बाटोमा लैजान खोजेको बताए ।

    ओलीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाइएकोमा समेत आपत्ति जनाए । प्रधानमन्त्रीले गरेको सिफारिसमा तोक लगाउनु राष्ट्रपतिका संवैधानिक कर्तव्य हो भन्दै त्यसमा कुनै त्रुटी भए आफूले जवाफ दिने बताए ।

    ओलीले भने–प्रश्न छ भने मलाई गरे हुन्छ, म हरेक प्रश्नको जवाफ दिन र जवाफदेहीता लिन तयार छु । आइतबारै सोही समयमा नेकपाका अर्का अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगमा सेटिङको शंका गरेकै बेला ओलीको यस्तो जवाफ आएको हो ।

  • संगीतकार संघको अध्यक्षमा पारस मुकारुङ निर्वाचित

    संगीतकार संघको अध्यक्षमा पारस मुकारुङ निर्वाचित

    काठमाडौं । पारस मुकारुङको नेतृत्वमा संगीतकार संघ नेपालको नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार राजधानीमा भएको सम्मेलनबाट मुकारुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

    बरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, हरि लम्साल प्रथम उपाध्यक्ष, अष्ट लामा द्धितीय उपाध्यक्ष, बसन्त सापकोटा महासचिव निर्वाचित भएका छन् । सचिवमा सुदाम थापा र कोषाध्यक्षमा राजेश थापा चुनिएका छन् ।

    सदस्यमा जेम्स प्रधान, राजन इशान, टंक बुढाथोकी र कालिप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । निर्वाचित भएपछि नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष मुकारुङले संगीतकर्मीको हितमा आफ्नो कार्यकाल केन्द्रित हुने बताए ।

  • उद्योगको विद्युत डिमाण्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने

    उद्योगको विद्युत डिमाण्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने

    काठमाडौं । कोभिड -१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले भोलिदेखि विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरु लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ ।

    आर्थिक वर्ष २०७७र७८ को बजेटमा कोभिड(१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लडडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

    बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेश घिमेरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी थिए ।

     

  • अदालत र निर्वाचन आयोगलाई प्रचण्डको प्रश्‍न – केपी ओलीको सेटिङ के हो ? (भिडियो)

    अदालत र निर्वाचन आयोगलाई प्रचण्डको प्रश्‍न – केपी ओलीको सेटिङ के हो ? (भिडियो)

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्‍च अदालत र निर्वाचन आयोगलाई शंकाको लाभ दिँदै केपी ओलीको सेटिङबारे प्रश्न गरेका छन् ।

    राजधानीमा आइतवार आयोजित विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूले अदालत र निर्वाचन आयोगलाई विश्वास गरे पनि केपी ओलीको सेटिङप्रति शंका रहेको बताए ।

    प्रचण्डले भने- मुलुकलाई अँध्यारो सुरुङतर्फ लैजाने सेटिङको शंका हुन थालेको छ । हामीले अदालत र निर्वाचन आयोगलाई अहिले केही भन्दैनौं तर केपी सेटिङलाई त शंका गर्न पाइयो नि । केपी र केपीका मान्छेहरू अचेल किन ढुक्कका साथ हाम्रो सेटिङ भइसकेको छ भन्दै हिँडेका छन् ?

    प्रतिनिधि सभा पुनःस्थापना पनि नहुने र निर्वाचन आयोगले दलको आधिकारिकता र सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपालाईनै दिने सेटिङमा काम भइरहेको आशंका उनले व्यक्त गरेका हुन् ।

    विद्यार्थी भेलामा उनले भने- सेटिङ भनेको के हो ? केपी र उनका मान्छेले सेटिङ भइसकेको छ भन्दैछन् । अदालतले र निर्वाचन आयोगले अन्यथा फैसला गरे भने के गर्ने त्यही बेला निर्णय गरौंला, तर अहिले आक्रामक ढंगले सडकबाट दबाब दिनुपर्छ । भेज आन्दोलनले हुँदैन ।

  • राज्यमन्त्रीबाट पदमुक्त भएका दुगड बने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

    राज्यमन्त्रीबाट पदमुक्त भएका दुगड बने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

    काठमाडौं । नेकपा विभाजनपछि मन्त्रिपरिषद पुनर्गठनका क्रममा पदमुक्त भएका तत्कालिन उद्योग राज्यमन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

    नेपाल सरकारको मन्त्री सरहको मर्यादा कायम हुने गरि प्रधानमन्त्री ओलीले दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । उनले राज्यकोषबाट तलब सुविधा भने पाउने छैनन् ।

    अवैतनिक सल्लाहकारमा नियुक्त भएका दुगड नेकपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिए । उनी चीर परिचित उद्योगपति हुन् ।

  • ७ सचिवका लागि २१ सह-सचिव भिड्दै, ६२ सह-सचिवको दरबन्दी खाली

    ७ सचिवका लागि २१ सह-सचिव भिड्दै, ६२ सह-सचिवको दरबन्दी खाली

    काठमाडौं । आगामी असारसम्ममा ७ सचिव अवकास पाउने छन् । तीमध्ये एक सचिवले अवकास पाइसकेका छन् । अवसकासपछि रिक्त हुने दरबन्दीमा बढुवाका लागि २१ सहसचिव मैदानमा छन् ।

    सचिवका लागि सह–सचिव कृष्ण रावत, सुमन अर्याल, भरतमणि सुवेदी, दामोदर रेग्मी, गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुस्कर प्रतिस्पर्धामा छन् ।

    जसमा रावत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अर्याल तथ्यांक विभागमा, सुवेदी ५ नम्बर प्रदेशमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, पाण्डे उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयमा, बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा र पुस्कर गृह मन्त्रालयमा छन् ।

    बढुवा समितिले यीबाहेक अरु पनि बढुवा गर्न सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव एवम प्रवक्ता अधिकारीको भनाइ छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बढुवा समिति छ ।

    उक्त समितिले एक सह–सचिवलाई सचिवमा बढुवा गर्दा ३ सह–सचिवको नाम मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने गरेको छ । ३ जनामध्ये १ जनाको नाम मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्छ ।

    यसअघि ५७ जनाको विशिष्ट श्रेणीमा दरबन्दी रहे पनि काठमाडौं महानगरपालिका र राष्ट्रिय सूचना आयोगको न्याय सेवामा कटौती भएपछि विशिष्ट श्रेणीको दरबन्दी संख्या ५५ पुगेको हो ।

    ६२ सहसचिवको दरबन्दी खाली

    अहिले ६२ सह–सचिव अर्थात् प्रथम श्रेणीको दरबन्दी रिक्त छ । प्रथम श्रेणी अर्थात् सह–सचिव सरहको प्रशासन सेवाको दरबन्दी २ सय ८२ जना रहे पनि २ सय २० जनाको मात्र पदपुर्ती रहेकाले अझै ६२ जना सह–सचिवको दरबन्दी रिक्त रहेको हो ।

    सबैभन्दा धेरै गृह मन्त्रालयमा सह–सचिवको दरबन्दी अभाव भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पनि करिव १५ जिल्लामा उप–सचिवले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् ।

    सह–सचिवमा मात्र नभइ उपसचिवमा पनि ८० जनाको दरबन्दी रिक्त रहेको मन्त्रालयले जनाएको छ । सह–सचिव दरवन्दी रहेका एउटा महानगरपालिका र केही उप–महानगरपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृतका भरमा छन् ।

    मन्त्रालयका अनुसार विरगञ्ज महानगरपालिका, जितपुर सिमरा उप–महानगरपालिका, कलैया उप–महानगरपालिका, तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भए पनि उपसचिको भरमा छन् ।

    विभिन्न मन्त्रालय तथा निकायमा सह–सचिव र उप–सचिवको दरबन्दी अनुसार पदपुर्ती हुन नसकेपछि काममा पनि प्रभाव परेको छ । तर पदपूर्ती गर्नका लागि लोक सेवा आयोगले विज्ञापन आह्वान गरिसकेको मन्त्रालयका सह–सचिव एवम प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    बढुवाबाट, आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धाबाट चालु आर्थिक वर्ष भित्र पदपूर्ती भइसक्ने उनले बताए ।

    ५५ जना विशिष्ट श्रेणी अर्थात सचिवको एक पद रिक्त भइसकेको छ भने ६ जनाको चालु आर्थिक वर्षमा रिक्त हुदैँछ । पुष २१ गते लोक सेवा आयोगबाट सचिव आनन्दराज ढकालले अवकाश पाए पछि एक पद रिक्त भएको हो ।

    रिक्त पदपूर्तीका लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले ३ जना सह–सचिवको नाम सिफारिस गरिसकिएको आयोगका आयोगका अध्यक्ष मैनालीले नेपाल प्रेसलाई जानकारी दिए । तर कसको नाम सिफारिस भएको छ भन्ने बारेमा आफुले भन्न नमिल्ने मैनालीले बताए ।

    यस्तै माघ ८ गते उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव चन्द्र घिमिरे, चैत्र १ गते गण्डकी प्रदेशका प्रमुख सचिव बिष्णु नेपाल, चैत्र गते बाग्मती प्रदेशका सचिव डाक्टर मानबहादुर विके, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तिर्थराज ढकाल चैत्र २७ गते, असार १ गते गोपिनाथ मैनाली, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे असार १७ गते अवकाश लिँदै छन् ।

  • काठमाडौंको प्रदर्शनमा २ हजार कार्यकर्ता लिएर आउन प्रचण्ड-माधव पक्षको उर्दी (भिडियो)

    काठमाडौंको प्रदर्शनमा २ हजार कार्यकर्ता लिएर आउन प्रचण्ड-माधव पक्षको उर्दी (भिडियो)

    जनकपुरधाम । प्रतिनिधि सभा विघटनविरुद्ध माघ ९ गते काठमाडौंमा विरोध प्रदर्शनको घोषणा गरेको नेकपा प्रचण्ड-माधव पक्षले कम्तीमा २ हजारका दरले कार्यकर्ता राजधानी लिएर आउन उर्दी जारी गरेको छ ।

    प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटीले मान्छे उतारेर सरकारलाई दबाब दिन ७७ वटै जिल्लामा गठित संघर्ष समितिलाई २ हजारका दरले कार्यकर्ता लिएर काठमाडौं आउन निर्देशन दिएको स्रोतले जनायो ।

    करिब डेढ लाख कार्यकर्ता उतारेर संसद पुन:स्थापनाका लागि अदालतलाई दबाब दिने प्रचण्ड-नेपाल समूहको योजना छ । सो समुहका केन्द्रीय सदस्य सुधिरकुमार साहले माघ ९ गते काठमाडौंमा विशाल शक्ति प्रदर्शन गर्ने तयारीमा लागेको जानकारी दिए ।

    उनले भने, ‘संसद विघटनविरुद्ध संघर्षका लागि ७७ वटै जिल्ला र अधिकांश स्थानीय तहमा समेत संघर्ष समिति गठन भइसकेको छ । माघ ९ गते हरेक जिल्लाबाट २ हजार कार्यकर्ता काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन्छन् ।’

    प्रदेश २ का आठ जिल्लाबाट नेता तथा कार्यकर्ता सवारीसाधन भाडामा लिएर माघ ८ गते नै काठमाडौं हिँड्ने तयारीमा लागेको उनले बताए । आन्दोलन संघर्ष समिति धनुषाका संयोजक समेत रहेका साहले भने, ‘आज धनुषाका १८ वटै स्थानीय तहका संघर्ष समितिको बैठक बसेर बढीभन्दा बढी कार्यकर्तालाई काठमाडौं लग्ने निर्णय गरेका छौं ।’

    विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आज मात्रै काठमाडौंमा अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् ।

    छिल्लो समय प्रधानमन्त्री ओली र अदालतका न्यायधिसबीच सेटिङ भएको भन्दै संसद पुर्नस्थापना नहुने हल्ला चलेको छ । हुन त प्रधानमन्त्री ओली र अदालतले पनि यसबारे स्पष्टोक्ति दिइसकेको छ । तर यो हल्ला चलेपछि प्रदेशदेखि केन्द्रसम्मका नेता आक्रमक बनेको देखिन्छ ।

    उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाकाहारी) खालको आन्दोलनले काम नहुने बताए ।

  • पुलिस स्कुल र एन्फा बीच समझदारीपत्रमा हस्ताक्षर

    पुलिस स्कुल र एन्फा बीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझदारीपत्र आदानप्रदान समेत गरे ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल पुलिस स्कुललाई सहकार्यका लागि एन्फाले छनोट गरेको प्रति हार्दिक आभार प्रकट गरे ।

    समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनको चरणमा लैजानका लागि संगठनको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

    फुटबलको विकासमा योगदान पुर्‍याउन थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यसलाई सकारात्मक रुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे ।

    उक्त अवसरमा अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी र गौरवान्वित भएको बताए ।

  • पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि प्रिन्सलाई

    पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि प्रिन्सलाई

    काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ्ग प्रतियोगिताको उपाधि उचालेका छन् ।

    सेमिफाइनमा शीर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपीएफका दिपेश धामीमाथि २१।१८, २१।१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ ईतिहास रचेका छन् ।

    गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपीएफकी जेशिका गुरुङले उपाधि उचालिन् । १८।२१, २१।१५, २२।२० का साथ उनले उपाधीमा कब्जा गरेकी हुन् । पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा जेशिकाको यो दोस्रो उपाधि हो । यसअघि ईटहरीमा भएको सातौं पुष्पलाल स्मृतिमा पनि जेशिकाले उपाधि उचालेकी थिईन् ।

    राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शीर्ष १६ बरियता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे । उनले सेनाका दिवश शंकरलाई १५।२१, २१।१८, २१।१६ ले पराजित गर्दै उपाधी जिते । यस्तै शिर्ष १२ बरियता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवाले बाजी मारिन् । देउवाले झापाकी अञ्जना राईलाई २१।९, २१।१३ ले पराजित गरिन् ।

    पुरुष युगलतर्फको प्रतिस्पर्धाम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले उपाधी उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडी २१।१९, १९।२१, २१।१३ को जित निकाल्दै विजयी भएका हुन् । महिला युगलतर्फ पनि सेनाले उपाधी उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपीएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१।१८, २१।१२ ले पराजित गरेको हो ।

    ब्वाईज एकलतर्फ त्रिभुवन आर्मीका भोजबहादुर गुरुङ च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१।१५, १९।२१, २१।१० ले पराजित गरे । यस्तै गर्ल्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेमाथि २१।१० को समान अन्तरले पराजित गर्दै उपाधि रक्षा गरिन् ।

    भेट्रान्स युगलतर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिलकुमार लाखे विजयी भए । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भण्डारी र नविन पराजुलीको जोडीलाई २१।१२, २१।१९ ले पराजि गरेका हुन् । लाखेले करिब १२ बर्षपछि कोर्टमा उत्रदैँ उपाधि उचालेका हुन् ।

    विजयी खेलाडीहरुलाई गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

    र्‍यांकिङ्ग बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५/५ हजार नगदसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यसैगरि छात्र तथा छात्रा यू- १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४/४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरूले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

  • कोटेश्वर–जडिबुटी सडकः अन्डरपास र फ्लाइओभरसहितकाे बनाउने काम थालियो

    काठमाडौं । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ ।

    सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो । हालसम्म सो सडकको निर्माणको काम सात प्रतिशत सकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए ।

    टुन्डी सुसन जेभिसँग सो सडकको निर्माण छ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । सडकका लागि १२ करोड छुट्याइएकामा आठ करोडमा ठेक्का सम्झौता भएको उनले बताए । उनका अनुसार सडकमा तीन लेन थपेर बिस्तार गरिनेछ । उनले भने ‘कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दायाँ दुई लेन र बायाँ एक लेन थप गर्न लागिएको छ ।’

    सो सडकमा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । उक्त सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । डिभिजनले गत भदौदेखि सडकका दुवैतर्फको निर्माणस्थल खाली गरिरहेको जनाएको छ ।

    देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको प्रमुख नेपालीले बताए । उनले भने, ‘संरचना हटिसकेपछि निर्माणको काम सरासर अघि बढ्न सक्नेछ ।’

    सडक निर्माणका क्रममा विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो ।

    विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकाले घर धनीसँग कुरा भइरहेको र सहमतिमा ल्याएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भइरहेको छ ।

    सडक निर्माणको केही समयमा भत्काउन नपरोस् भनी सडकमा बिच्छ्याउने संरचना पहिले नै राखिनेछ । यसका लागि विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वयमा संरचना निर्माण भइरहेको छ । सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ ।

    त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने राकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ ।

    सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो ।

    अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीन रुपमा यसको समाधान ‘अण्डर पास’ वा ‘फ्लाई ओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । यी संरचना बन्न अझै केही वर्ष लाग्नेछ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग(जाइका) ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माणका लागि अध्ययन गरिसकेको छ । रासस

  • ‘पहिलो बल फालेपछि सबै नैराष्‍य हटेर गयो’

    ‘पहिलो बल फालेपछि सबै नैराष्‍य हटेर गयो’

    काठमाडौं । जीवनको पहिलो प्रतियोगिता- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट खेलिरहेका तिलक भण्डारीले पहिलो बल फालेपछि सबै नैराष्यता हराएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा आइतबार विभागीय टोली तथा साविक विजेता नेपाल पुलिस क्लबविरुद्ध ‘म्यान अफ दी म्याच’ प्रदर्शन गरेका भण्डारीले ७.३ ओभरमा मात्रै १७ रन खर्चेर १ मेडनसहित चार विकेट लिएका थिए ।

    ‘डेब्यू’ प्रतियोगिताको पहिलो खेलमै पुलिसका अनुभवी ब्याट्सम्यानहरू– आरिफ शेख, अनिल शाह, पवन सर्राफ र ललित राजवंशीलाई आफ्नो शिकार बनाएका भण्डारी खेल शुरू हुनु अगाडि ‘नर्भस’ भएको बताउँछन् ।

    “शुरूमा नर्भस थिएँ ग्यानु (ज्ञानेन्द्र मल्ल) र पारस (खड्का) दाईले हौसला दिनुभयो,” उनी भन्छन्, “रिदममा बलिङ चल्यो । पिच पनि टन भइरहेको थियो ।”

    तर, साविक विजेता र त्यसमाथि विभागीय टोलीसमेत भएकाले पुलिसविरुद्ध मैदानमा उत्रिँदा आफूले दबाब महसुस गरेको उनले सुनाए । “पुलिस विरुद्ध सुरुमा प्रेसर थियो,” उनले भने, “पहिलो बल फालेपछि सबै दबाब हराएको महसुस गरेँ ।”

    राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काको रेखदेखमा रहेर खेल्न पाउँदा आफूलाई धेरै सहज भएको उनले सुनाए ।

    “दाइहरू (पारस र ज्ञानेन्द्र) ले गेममा ‘इन्जोए’ लिनुपर्छ भन्नुभएको थियो । मैले पनि इन्जोए गर्ने प्रयास गरेँ,” उनले भने ।

  • फेरि एक ठाउँमा आउनु नै छ, गालीगलौज नगरौं–प्रदीप ज्ञवाली

    फेरि एक ठाउँमा आउनु नै छ, गालीगलौज नगरौं–प्रदीप ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री तथा केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले अहिले छुट्टिएर गएका प्रचण्ड र माधव कुमार नेपाल सहितका नेताहरु मूलधारमै फर्किने भन्दै गालिगलौज नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

    उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपामा नआई सुख्खै नहुने बताए । अखिल नेपाल महिला संघ केन्द्रिय कमिटिको दोस्रो बैठकमा सहभागी महिला नेताहरुलाई निर्देशन दिँदै उनले दुवै धार फेरि कुनै न कुनै बेला एकै ठाउँमा मिल्ने भएकाले गाली गलौजमा नउत्रन निर्देशन दिएका छन् ।

    उनले भने– कुनै न कुनै मोडमा एउटै धारमा नआइ सुखै छैनऽ त्यसैले गाली गलौज नजानुहोला । गाली गलौजको जिम्मा उहाँहरुलाई नै दिनुहोला, तपाइँहरु त्यस्तो काममा नलाग्नुहोला । उहाँहरुले त राष्ट्रपतिविरुद्ध कस्ता नारा लाउनुभयो देखियो ।

    परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेक लिम्पियाधुरा कालापानी लगायतका क्षेत्र नेपालको नक्सामा समेटिएला भनेर कसैले पनि कल्पना नगरेको तर कसैले गर्न नसकेका त्यस्ता काम ओलीको नेतृत्वमा भएको बताए ।

    महाधिवेशनमा जान नसक्ने तर प्रधानमन्त्रीको कुर्सी चाहिने प्रचण्डको लोभका कारण पार्टी एकता भंग भएको उनको भनाइ छ ।

    ज्ञवालीले भने– खुलमटारमा स्वयं प्रधानमन्त्री पुगेर फागुनमै विशेष महाधिवेशन गरौं, म छोड्छु भन्दा पनि प्रचण्ड मान्नुभएन । बाटो र बिजुलीको पोल चाहियो भनेर सांसदहरुलाई बोलाएर प्रधानमन्त्री फाल्ने प्रस्तावमा हस्ताक्षर गर्न लगाइयो । उहाँहरुको षडयन्त्र त्यतिमै मात्र सिमित थिएन राष्ट्रपतिविरुद्ध पनि महाअभियोगमा जाने योजनामा हुनुहुन्थ्यो ।

  • सामाजिक सञ्‍जाल कि ठगीको जालो ? (भिडियो)

    सामाजिक सञ्‍जाल कि ठगीको जालो ? (भिडियो)

    काठमाडौं । ललितपुर प्रहरीले अनलाइन मार्फत विद्युतीय सामान बिक्रि गर्ने भनि ठगि गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगी गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुर घर भएका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् । पक्राउ परेका दुबैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै बिज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगि गर्ने गरेका थिए ।

    यसबाट ठगिएका प्रविन प्रसाद साहको जाहेरीमा प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

    पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्तिसँग एक करोड बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताए । अनुसन्धान बाँकी नै रहेकोले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने बताए ।

    आज सार्वजनिक गरिएका ब्यक्तिले बजार मूल्य भन्दा सस्तोमा सामान दिन्छु भनेर फेसबुकमा बिज्ञापन गरेको देखे पछि शंका लागेर प्रहरीले अनुशन्धान गर्दै जाँदा ठगि धन्दा भएको खुलेको हो ।

    ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाइनहरुमा फेसबुक लगायतका अन्य नेटवर्कमा फेक एकाउन्ट खोल्ने विभिन्न प्रलोभन देखाउने, विज्ञापन गर्ने त्यसपछि सम्पर्कमा आएका व्यक्तिलाई ठगि गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

  • निर्वाचन आयोगले काम थाल्यो, चुनावी प्रक्रियाबारे दलसित छलफल

    निर्वाचन आयोगले काम थाल्यो, चुनावी प्रक्रियाबारे दलसित छलफल

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकनका विषयमा ३ वटै तहमा प्रतिनिधित्व गर्ने ११ राजनीतिक दलसंग छलफल गरेको छ । निर्वाचन आयोगले बोलाएको छलफल कार्यक्रममा प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाका प्रतिनिधि पनि सहभागी भए ।

    छलफलमा नेपाल कम्युनिष्ट पार्टी ओली पक्षबाट बाबुराम दाहाल, नेकपा प्रचण्ड–नेपाल पक्षबाट राजेन्द्र पाण्डे र लिलामणि पोखरेल तथा नेपाली कांग्रेसबाट आनन्तराज ढुंगाना सहभागि थिए ।

    २०७८ साल वैशाख १७ र २७ गते निर्वाचन गर्नका लागि तयारी गरिरहेको आयोगले छलफलका १४ राजनीतिक दलका प्रतिनिधिलाई बोलाए पनि ११ दलको मात्र उपस्थिति थियो ।

    आयोगले ३ वटै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट मतदाता नामावली, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनका विषयमा सुझाव तथा प्रतिक्रिया लिएको आयोगका सह–सचिव एवम प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार आयोगले निर्वाचन प्रक्रियामा सहभागी भइदिन आग्रह गर्नुका साथै आफ्ना मातहतका समितिमार्फत् सबै नागरिकलाई जानकारी गराउनका लागि पनि आग्रह गरेको छ । आयोगले निर्वाचनको तयारी कार्यक्रम सफल पार्नका लागि १४ वटै राजनीतिक दललाई समन्वय र सहजीकरण गर्नका लागि पनि आग्रह गरेको श्रेष्ठले बताए ।

    मतदाता नामावली अध्यावधिक गर्नका लागि आयोगले माघ १५ गते देखि २१ गतेसम्मको समय तोको छ । यस अवधिमा मतदाता नामावलीको सूचना प्रकाशन गर्ने, त्रुटि सच्याउने, दोहोरो नाम परेको भए हटाउनेलगायतका छन् ।

  • प्रचण्डले भने– मेरो टाउको चिलाएको छ, यसपटक लाठी खान मन छ (भिडियो)

    प्रचण्डले भने– मेरो टाउको चिलाएको छ, यसपटक लाठी खान मन छ (भिडियो)

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको बताएका छन् ।

    प्रचण्ड-माधव नेपाल निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् ।

    प्रज्ञा भवनमा गर्जिदै उनले भने– मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस्।

    विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाकहरी) खालको आन्दोलनले काम नहुने बताए ।

    विगतमा आफू भावुक बन्दा केपी ओलीले धुर्त्याइँ गरेको भन्दै मुर्मुरिएर भाषण गरेका प्रचण्डले सम्झिँदा आक्रोश उत्पन्न हुने गरेको सुनाए । उनले आफ्नो कुर्सी ओलीले भाँचेकै दिनदेखि पार्टी एकता टुटेको बताए ।