Blog

  • को-को हुँदैछन् बामदेव गौतमको राष्ट्रिय अभियानका पदाधिकारी ?

    को-को हुँदैछन् बामदेव गौतमको राष्ट्रिय अभियानका पदाधिकारी ?

    काठमाडौं । राजनीतिक रुपमा विभाजित तर कानुनी रुपमा मान्यता पाइनसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुट्न नदिने बामदेव गौतमको अभियान बुधवारबाट औपचारिक रुपमा शुरु हुँदैछ ।

    साबिक नेकपाको उपाध्यक्ष रहेका गौतम पार्टी विभाजनपछि दुवै समूहमा लागेका छैनन् । गौतमको पार्टी एकता राष्ट्रिय अभियान बुधवार धोविघाटबाट औपचारिक रुपमा घोषणा हुने गौतम निकट नेता हरि पराजुलीले बताए ।

    पार्टी एकता राष्ट्रिय अभियानको संयोजक गौतम आफैं हुनेछन् भने हरि पराजुली सहसंयोजक बन्ने भएका छन् । त्यस्तै पार्टी एकता राष्ट्रिय अभियानको सचिव बाबुराम थापा रहने बताइएको छ ।

    अभियानमा चार जना सहसचिव र कोषाध्यक्ष पनि रहने पराजुलीले बताए । पदाधिकारी र अन्य अभियानका सदस्यहरुको नाम भने बुधवारै बस्ने कार्य सम्पादन समितिको बैठकपछि सार्वजनिक गरिने उनले बताए ।

    यो अभियानमा बामदेवलाई सधैं साथ दिँदै आएका केशवलाल श्रेष्ठ,बलराम बास्कोटा जस्ता नेताहरु सामेल छैनन् । उनीहरु प्रचण्ड माधव पक्षमा लागेका छन् भने बामदेवका अरु धेरै सहयोगीहरु यसअघिनै केपी ओली पक्षमा लागेका छन् ।

    पूर्व कृषिमन्त्री पराजुली विभाजनअघिकै नेकपाका केन्द्रीय सदस्य हुन् । उनी प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए । तर अब बामदेव गौतमको एकता अभियानको सहसंयोजक हुनेछन् ।

    सचिव बन्न लागेका बाबुराम थापा नेकपाका युवा नेता हुन् । तेह्रथुमका थापा युवा संघका पूर्व उपाध्यक्ष हुन् भने अहिले किसान महासंघमा छन् । थापा पार्टी विभाजनपछि कतै खुलेका छैनन् ।

    गौतमको राष्ट्रिय अभियानमा पार्टी एकता पक्षधर दुवै पक्षमा नखुलेका देशभरका नेता कार्यकर्ता सहभागी हुने दावी गरिएको छ । केन्द्रमा संयोजक, सहसंयोजक, सचिव र चार सहसचिव सहित कोषाध्यक्ष रहनेछन् भने जिल्ला तहसम्म सोही संरचना बनाइने पराजुलीले बताए ।

  • महिलालाई लोकसेवा पढाउँदै माछापुच्छ्रे गाउँपालिका

    महिलालाई लोकसेवा पढाउँदै माछापुच्छ्रे गाउँपालिका

    रासस । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । कास्कीको उत्तर-पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब्सुबा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले जानकारी दिइन् ।

    छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग सङ्ख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताइन्।

    उनले भनिन्, ‘कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ । राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।’

    सुविधासम्पन्न प्रशासनिक भवन बन्दै

    माछापुच्छ्रे गाउँपालिकाले आधुनिक र सुविधासम्पन्न प्रशासनिक भवन निर्माण शुरु गरेको छ । गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनी क्षेत्रफलको जमिनमा ६ करोड ६२ लाख ११ हजार ९०६ रुपैयाँ लागतमा गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम भइरहेको छ । साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा अहिलेको भवन साँघुरो हुँदा सेवाप्रवाहमा समस्या छ ।

    विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिनीयरिङ जेभीसँग गत भदौ १५ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको २ करोड ५० लाख रुपैयाँ र प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बाँकी रकम गाउँपालिकाले लगानी गर्नेछ ।

    विद्युतीय भर्‍याङ (लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल बन्ने गाउँपालिकाका सबइञ्जिीनियर राजेन्द्र गौतमले जानकारी दिए । भवनको तल्लो तलामा हाल टाइपिङ र पिलर उठाउने काम सकिएको छ । यसैगरी प्रशासकीय भवनको चारैतिर पर्खाल लगाउने काम पनि भइरहेको उनले बताए ।

    गाउँपालिका उपप्रमुख दवाडीले साँघुरो भवनबाट सेवा दिँदा अप्ठ्यारो भएकामा सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन राम्रोसँग कुर्सी टेवलसमेत राख्न सकिने अवस्था छैन । निर्धारित समयभित्रमा नै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौं ।’ नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिकसहित कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ ।

  • नेपाली टोलीलाई राहुल गान्धीको बधाई

    नेपाली टोलीलाई राहुल गान्धीको बधाई

    काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले माउन्ट केटु आरोहण गर्ने नेपाली दललाई बधाइ दिएका छन् । ट्वीट गर्दै उनले नेपाली टोलीलाई बधाइ दिएका हुन् ।

    उनी लेख्छन् –नेपाली टीम र नेपाललाई बधाई । नेपाली शैलीको उपलब्धीका लागि ।

    गत शनिबार १० सदस्यीय नेपाली टोलीले दोस्रो सर्वोच्च शिखर माउन्ट केटु चढेको थियो । टोलीले हिउँद याममा केटु चढ्ने रेकर्ड पनि राखेको थियो ।

    चुचुरोमा पुग्नै लाग्दा नेपाली टोलीले राष्ट्रिय गान पनि गाएको थियो ।

  • भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै

    भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै

    एजेन्सी । छिमेकी मुलुक भारतले आज आफ्नो ७२ औं गणतन्त्र दिवस मनाउँदैछ ।

    सन् १९५० जनवरी २६ मा संविधान जारी भएसँगै संघीय गणतन्त्रात्मक मुलुक बनेसँगै भारतले गणतन्त्र दिवस मनाउन थालेको हो । भारत सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।

    गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको उपस्थिति हुनेछ ।

    यसअघि आज बिहान प्रधानमन्त्री मोदीले युद्धका क्रममा मारिएका सैनिक जवानलाई श्रद्धान्जलि अर्पण गर्न नेशनल वार म्युजियम पुगेका थिए ।

    राजपथमा हुने कार्यक्रममा भारतले आफ्नो शक्ति प्रदर्शन गर्नेछ । त्यस्तै देशका अलग–अलग क्षेत्रको संस्कृतिको झलक पनि देखाइनेछ ।

    गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूताबासले भने कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्ने यसअघि नै बताइसकेको छ । कोरोना भाइरसको महामारीका कारण २५ भन्दा बढी व्यक्ति एकै ठाउँ भेला हुन नपाउने सरकारी मापदण्डका कारण यस वर्ष औपचारिक कार्यक्रम हुन नसकेको दूताबासले प्रष्ट पारेको छ ।

  • माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

    माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

    काठमाडौं । दोस्रो सर्वोच्च शिखर केटू आरोहण गरेर फर्किएको नेपाली टोलीलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको अगुवाइमा पर्वतारोही संघसंस्था र शेर्पा समुदायले बाजागाजा र झाँकीसहित स्वागत गरे ।

    गत शनिबार दश सदस्यीय नेपाली पर्वतारोही टोलीले हिउँद याममा पाकिस्तानस्थित २८,२५१ फिट उग्लो माउन्ट केटु चढेर इतिहास रचेको थियो ।नेपाल आइपुग्दा आरोही टोली निकै उत्साहित देखिएको थियो । टोलीको नेतृत्व गरेका निर्मल पूर्जाले माउन्ट केटूमाथिको विजय जलवायु परिवर्तन र महामारीविरुद्ध बलियो सन्देश भएको बताए ।

    ‘हामीले ज्यानको बाजी लगाएर केटु चढ्यौं’ उनले भने, ‘निकै खुशी महसुस भएको छ ।’ शेर्पा समुदायको विश्वले प्रशंसा गरेको भन्दै उनले जलवायु परिवर्तन र कोरोनाले थलिएको पर्यटनलाई आफूहरुको माउन्ट केटू विजयले सन्देश दिने बताए ।पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले अब यो टोलीले आठ हजार मिटर उचाइका नेपाली शिखर महामारीपछि खुला भएको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले थलिएको पर्यटनलाई उकास्ने काममा सरकार सधैं साथमा हुने बताए ।

    ‘देशका लागि यो एउटा जित थियो’ अर्का आरोही मिङ्मा जी शेर्पाले भने । निर्मल र मिङ्मासहित मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जिन शेर्पा र किलु पेम्बा शेर्पाले हिमाल आरहेण गरेका थिए ।

            

     

     

     

     

    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ?

    रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ?

    रुपन्देही । केन्द्रीय राजनीतिमा प्रभाव जमाएका अर्थमन्त्रीसमेत रहेका नेकपा ओलीपक्षका महासचिव विष्णु पौडेल र प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालका कारण रुपन्देहीको वडा तहसम्मै नेकपा विभाजनको असर पर्न थालेको छ ।

    स्थानीय सरकारका जनप्रतिनिधि, जिल्ला समन्वय प्रमुख, प्रदेश सांसद तथा विघटित प्रतिनिधि सभाका सांसदहरू, राष्ट्रिय सभाका सांसद, प्रदेश तथा जिल्ला कमिटीको बहुमत सदस्य ओली पक्षमा लागेका कारण पनि प्रचण्ड-माधव पक्ष आफ्‍नो पकड बलियो देखाउन सक्रिय भई गतिविधि गरिरहेका छन् ।

    रुपन्देहीबाट तीन पटक निर्वाचन जितिसकेका विष्णु पौडेल एकीकृत पार्टीको महासचिव पदमा पुगिसकेका छन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादी नेता भक्ति पाण्डे र कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई हराएका पौडेलले २०७० को दोस्रो संविधानसभामा चुनावमा पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराई र कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई धेरै मतान्तरले पराजित गरे । पौडेलले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता युवराज गिरीलाई हराउँदै देशभरमै सबैभन्दा धेरै मतान्तरमा विजयी बनेर थप चर्चा कमाएका थिए ।

    पहिलेदेखि नै माधव नेपाल खेमामा खुलेका घनश्याम भुसाल पनि आफ्नो वर्चश्व जोगाइराख्‍न सक्रिय भएर लागेका छन् । अघिल्लो संविधानसभाको चुनावमा थोरै मतले पराजित भुसालले पछिल्लो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसको समर्थनमा राप्रपाका नेता दीपक बोहरालाई पराजित गरेका थिए । पहिलो निर्वाचनमा पौडेलको साथ नपाएका उनले पछिल्लो पटक भने साथ पाएका थिए । ओली नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका भुसाल नेकपा विभाजनसँगै राजीनामा दिएर प्रचण्ड(माव पक्षको कित्तामा क्लियर गरेका छन् ।

    रुपन्देहीबाट विघटित प्रतिनिधिसभामा निर्वाचित ३ सांसद र समानुपातिकका १ गरी ४ सांसदमध्ये विष्णु पौडेल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली ओली पक्षमा खुलेका छन् भने प्रचण्ड-माधव पक्षमा पक्षमा नेता घनश्याम भुसालमात्र छन् ।

    पार्टी र सरकारमा पौडेलको प्रभाव बलियो भएकाले ओली पक्ष सशक्त देखिएको छ । पार्टी विभाजनको संकेतसँगै पहिलेदेखि नेपाल पक्षमा देखिएका पूर्व जिल्लाअध्यक्ष तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, सांसद तुलसी चौधरी, एमाओवादी खेमाबाट प्रदेश सांसद बनेका दधिराम न्यौपाने, नेपाल पक्षमा रहेका पार्टी केन्द्रीय सल्लाहकार नेत्र पन्थी, सोही पक्षमै रहेकी नेतृ सावित्रा अर्याल, नेता नन्दिकेशर ढकाल ओली पक्षमा ओली पक्षमा उभिएका छन् ।

    ओली पक्षका नेता तेजेन्द्र केसी २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बनेका पौडेलले आफ्नो क्षेत्रको विकासलाई उच्च प्राथमिकताका साथ बजेट ल्याएकोले विकासप्रेमी नेताको छवि बनाएको बताउँछन् । ‘पौडेल आफ्नो पार्टीमा मात्र नभएर सबै क्षेत्रमा लोकप्रिय भएको र सबैका कुरा सुन्नसक्ने नेता हो । त्यसैले उहाँको प्रभाव धेरै छु,’ केसीले भने ।

    जिल्ला र प्रदेश कमिटीमा ओली पक्ष हाबी

    पार्टी एकतापछि रुपन्देहीमा १ सय ७४ सदस्य जिल्ला कमिटी बनाइएको थियो । २०७६ जेठ १३ गते पूर्वएमालेको तर्फबाट शिवराज सुवेदी अध्यक्ष तथा पूर्वमाओवादीको तर्फबाट दधिराम न्यौपानेलाई सचिवमा जिम्मेवारी दिइएपनि न्यौपानेले आफू पहिले नै केन्द्रीय सदस्य बनेको भन्दै राजीनामा दिएपछि निर्मल जिसीलाई सचिव बनाइयो ।

    जिल्ला कमिटीमा ६० प्रतिशत र प्रदेश कमिटीमा रुपन्देहीका २५ जनामध्ये २० जना आफ्नो पक्षमा रहेको ओली पक्षको दाबी छ । प्रचण्ड-माधव पक्षका नेता सिद्धिचरण भट्टराई पनि आफ्नोपट्टि बहुमत रहेको बताउँछन् । तर, उनले संख्याबारे भने खुलाएनन् ।

    स्थानीय तहमा पनि प्रचण्ड-माधव पक्ष कमजोर

    रुपन्देहीका १६ स्थानीय तहमध्ये ८ वटामा प्रमुख उपप्रमुख दुवै तथा एक स्थानीय तहमा नेकपाले उपप्रमुख जितेको थियो । तीमध्ये १५ पदमा पूर्वएमाले र २ पदमा पूर्वमाओवादीले विजयी भएका थिए । ओली पक्षको दाबी अनुसार ७ वटा पालिकाका जनप्रतिनिधि आफ्नो पक्षमा खुलेका छन् ।

    प्रचण्ड-माधव पक्षले ३ प्रमुख र ३ उपप्रमुख गरी ६ जना आफूतिर रहेको बताएको छ । जिल्ला समन्वय समितिका प्रमुख एकराज विकले पनि ओली पक्षमा कित्ता क्लियर गरेका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमादेवी आचार्य ओली पक्षमा छन् । सुवेदी दुई पार्टी एकिकरणपछि बनेको जिल्ला समितिका अध्यक्षसमेत हुन् ।

    त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली ओली पक्षमा छन् । यी दुवै तत्कालीन एमाले पार्टीबाट विजयी भएका थिए ।

    सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु ओली पक्षमा छन् भने उपाध्यक्ष अमृता गुरुङ प्रचण्डमाधव पक्षमा रहेको सो समूहले बताए पनि उनी आफू तटस्थ रहेको बताएकी छन् । उनीहरू पनि दुवै पूर्वएमालेका हुन् । सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की र उपाध्यक्ष विना राना ओली पक्षमा छन् । पूर्वएमालेबाटै निर्वाचित कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्री र उपाध्यक्ष गोमा तरामुले पनि ओलीलाई साथ दिएका छन् । त्यसैगरी देवदहकी उपाध्यक्ष विद्या गुरुङ ओली पक्षमा छन् ।

    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे र जागेश्वरीदेवी चौधरी प्रचण्ड-माधव पक्षमा छन् । उनीहरू दुवैजना तत्कालीन एमालेमा माधव नेपाल पक्षधरका थिए । संसद विघटनपछि केपी ओलीले विस्तार गरेको केन्द्रीय समितिमा उपप्रमुख जागेश्वरीदेवीको नाम आएपछि उनले विज्ञप्ति जारी गरेर आफू ओली पक्षमा नरहेको प्रष्ट्याएकी थिइन् । तिलोत्तमा नेता घनश्याम भुसालको गृहनगर हो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, उपाध्यक्ष उमा काफ्ले प्रचण्ड-माधव पक्षमा खुलेका छन् । यी दुवै तत्कालीन एमालेको माधव नेपाल पक्षका मानिन्छन् । त्यसैगरी पूर्वमाओवादीबाट निर्वाचित ओमसतिया गाउँपालिकाका हिरा केवट र उपाध्यक्ष सुदरमती कुमारीले कित्ता परिवर्तन गरेर ओली समूहमा लागेका छन् ।

    रुपन्देही जिल्लामा केन्द्रीय सदस्य तथा इन्चार्ज लिला गिरी, सहइन्चार्जद्वय खिमलाल भट्टरार्ई र एकराज विश्वकर्मा ओली समूहमा लागेका छन् ।

    ११ मध्ये १० प्रदेश सांसद ओलीतिर

    लुम्बिनी प्रदेशमा रुपन्देहीबाट प्रत्यक्ष र समानुपातिक गरी ११ जना सांसदले प्रतिनिधित्व गर्छन् । जसमध्ये १० जना अहिले केपी ओलीको साथमा छन् । निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट २ जना निर्वाचित भएका थिए । रुपन्देही क्षेत्र नम्बर १ को ख बाट दधिराम न्यौपाने र समानुपातिक तर्फबाट दीपा वि।क। प्रदेश सांसद बनेका थिए । तर, न्यौपाने ओली पक्षमा आएपछि जिल्लाबाट प्रचण्ड-माधव पक्षमा लाग्ने प्रदेश सांसद दीपा मात्र बाँकी छिन् ।

    रुपन्देहीबाट लुम्बिनी प्रदेशमा भोजप्रसाद श्रेष्ठ, लिला गिरी, भूमिश्वर ढकाल, कृष्ण न्यौपाने, तुल्सी चौधरी, विमला पन्थी, सुनिता कुमारी ठटेर, थानकुमारी चापागाई, र कमला वि।क। ओली पक्षमा खुलेर लागेका छन् ।

    राष्ट्रियसभाका दुईजना सांसद ओलीतिर

    राष्ट्रिय सभामा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने दुईजनै सांसद ओली पक्षमा लागेका छन् । यहाँबाट नेता खिमलाल भट्टराई तथा गोपाल भट्टराई राष्ट्रियसभामा रहेका छन् । खिमलाल राष्ट्रिय सभामा पार्टीको प्रमुख सचेतक छन् ।

  • प्रचण्डले सूर्य चिन्ह मागेको माधव नेपालको चित्त बुझाउन मात्र हो

    प्रचण्डले सूर्य चिन्ह मागेको माधव नेपालको चित्त बुझाउन मात्र हो

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई जस्तोसुकै परिस्थितिमा पनि आडभरोसा दिने र आँखा चिम्लेर समर्थन एवं बचाउ गर्ने नेता–कार्यकर्ताको एउटा बलियो पंक्ति छ । त्यही पंक्तिभित्रका एक चर्चित हस्ती हुन् महेश बस्नेत

    संसद विघटन र नेकपा विभाजनपछि बस्नेतलाई अहिले निकै दौडधुप छ । उनले पछिल्ला केही दिनमै दुई दर्जनभन्दा बढी जिल्लाको दौडाहा गरे । ओलीले चालेको कदम कसरी बाध्यात्मक थियो, र ओली नेतृत्वको समूह नै नेकपाको मूलधार हो भन्ने स्थापित गर्न उनी खटिएका छन् ।

    हामीसँगको कुराकानीमा बस्नेत निकै उत्साही देखिन्थे । आफूहरूले पहिले सोचेजस्तो ओलीविरोधी माहोल ‘ग्राउन्ड’ मा नरहेको निष्कर्ष सुनाउँदै उनले भने, ‘तल हाम्रो शक्ति खासै क्षय नभएको पाएँ, कार्यकर्ता निकै उत्साहित ढंगले परिचालित छन् ।’

    बस्नेतले पार्टी विभाजन नहुँदै नेकपा एमाले दर्ता गर्न आफ्नो भूमिका रहेको परोक्ष रूपमा स्वीकारेका छन् । त्यसबेला पार्टी दर्ता गरेको ठीकै भएछ भन्ने अहिले लागिरहेको उनले बताए ।

    प्रस्तुत छ, बस्नेतसँग गरिएको विस्तृत कुराकानीको सम्पादित अंशः

    प्रचण्डकै भाषामा भन्ने हो भने तपाईं हाँस्दै, मुस्कुराउँदै, उत्सव मनाउँदै हिंड्नुभएको छ । तपाईं आफैं विघटित प्रतिनिधिसभाको सदस्य पनि, अलिकति पनि गलत भयो भन्ने लाग्दैन ?

    प्रधानमन्त्रीसामु प्रतिनिधिसभा विघटनको जुन बाध्यात्मक अवस्था सिर्जना भयो, त्यसका पछाडि कारणहरू के–के थिए ? त्यसको गर्भमा कस्ता खालका षड्यन्त्र, जालसाजी र चलखेल थिए भन्ने कुरा हिजो पार्टी एकताबद्ध भइरहँदा ‘एक्सपोज’ गर्न सकिरहेका थिएनौं । यी तमाम यथार्थ बाहिर नआएका कारण कतिपय मिडिया, सोसल मिडियाले त्यसलाई अझ धेरै विस्तार र प्रचार गरेको अवस्था थियो ।

    प्रारम्भिक चरणमा प्रधानमन्त्रीको कदमको पक्षमा बोल्ने मान्छेहरूको साँच्चिकै अभाव थियो । जतिसुकै तीतो भए पनि अब हामीले यथार्थ कुरा स्वीकार गर्नुपर्छ र जनताको बीचमा त्यो विषयसँग जोडिएका भ्रम चिर्नुपर्छ भन्ने हिसाबले एउटा अभियान चलाइयो ।

    भ्रम चिर्ने अभियान हो कि पार्टी विभाजनपछिको पुनर्गठन अभियान ?

    दुवै कुरा सँगसँगै जान्छ । प्रारम्भिक चरणमा हामीले भ्रम चिर्ने अभियानका रूपमा लग्यौं । तर, हाम्रो सोचाइ भन्दा ‘ग्राउन्ड’ मा बिल्कुल फरक रहेछ । २०५४ सालमा एमाले विभाजनपछि हामी गाउँ–गाउँमा जाँदा महाकाली सन्धिदेखि लिएर मदन भण्डारी हत्याकाण्डसम्मका धरै प्रश्न कार्यकर्ताका मनमा थिए । अहिले हामी तल जाँदा प्रश्नहरू खासै छैनन् । सारमा मान्छेहरूले बुझेका छन्– केपी ओलीले समृद्ध नेपालको नेतृत्व गरेका थिए, भ्रष्टाचार नियन्त्रण गर्न खोजेका थिए र अपराधीलाई तह लगाउन खोजेका थिए ।

    माधव नेपाल र प्रचण्डलाई जेल हाल्न पनि खोज्नुभएको रहेछ नि ?

    त्यो चाहिं उहाँहरूलाई ‘वनको बाघले होइन मनको बाघ’ ले खाएको जस्तो लाग्छ । कतै काम गर्ने दौरानमा गल्ती, कमजोरी गर्नुभएको छ भने मनको बाघले खाएको हुन सक्छ । केपी शर्मा ओलीले कुनै त्यस्तो योजना बनाउनुभएको भन्ने मलाई लाग्दैन ।

    अल्पमतमा परेपछि नेतृत्व छोड्ने कि पार्टी फुटाउने भनेर जनताले सोधेका छैनन् ?

    केपी अल्पमतमा पर्नुभयो भन्ने कुरा प्रचण्ड र माधव कमरेडले कुनै तथ्यले पुष्टि गर्न सक्नुभएको छैन ।

    उहाँहरूले भनेअनुसार निर्वाचनमा ३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउनुभएको छ । र, संसद विघटन हुँदाका दिन उहाँहरूले संसद सचिवालयमा पेश गरेको ९० जना सांसदको हस्ताक्षर पनि प्रमाण होइन ?

    जो कुरा बाहिर आएको छ, त्यसलाई भोलि निर्वाचन आयोगले सनाखत गर्ला, छलफल गर्ला । एकदम सरल भाषामा बुझ्दाखेरी संसदीय दलमा उहाँहरूको बहुमत थियो भने अविश्वासको प्रस्ताव प्रधानमन्त्रीलाई होइन कि संसदीय दलको नेतालाई हाल्नुहुन्थ्यो । संसदीय दलको नेतालाई अविश्वासको प्रस्ताव नराखी प्रधानमन्त्रीलाई राख्ने भनेको गैरसंसदीय अभ्यास हो ।

    संसदीय व्यवस्था, लोकतन्त्रको उहाँहरूले वकालत गर्दै हुनुहुन्छ । पार्टीभित्रको गतिरोध हल गर्न उहाँहरूले संसदीय दलको नेता फेर्नुपर्ने हो । कांग्रेस र जनता समाजवादी पार्टीको विद्रोही पक्षसँग साँठगाँठ गर्ने कोशिश गर्नुभयो । यसरी अलोकतान्त्रिक विधि र पद्धति अपनाउन खोज्नुले उहाँहरू चाहिं अल्पमतमा हुनुहुन्छ भन्ने स्पष्ट हुन्छ । केन्द्रीय कमिटीमा उहाँहरूले बहुमत भन्दै हुनुहुन्छ, तर मलाई लाग्छ, आधिकारिकता पेश गर्नुपर्ने बेलासम्म उहाँहरूको बहुमत रहँदैन ।

    साविकको केन्द्रीय कमिटीमा पनि उहाँहरूको बहुमत पुग्दैन त ?

    मेरो तर्क हो यो । किनभने हिजो महाधिवेशनबाट आएको कमिटी होइन । कुनै लोकतान्त्रिक विधि अनुसार वा अधिवेशन, सम्मेलन, भेलामार्फत अनुमोदित होइन । पार्टी एकताको बेला दुइटा अध्यक्षले (माधव कमरेडलाई समेत भाग दिएर) बाँडेको हो । त्यो आधारमा व्यक्तिसँग जोडिएका, व्यक्तिका पुच्छरहरूसमेत जोड्दाखेरी बहुमत पुग्छ भन्ने उहाँहरूको तर्क होला । जब पार्टी विभाजनको एउटा गम्भीर मोडमा हामी पुग्यौं, मलाई लाग्छ माधव–प्रचण्ड कमरेड तत्कालीन नेकपाको बहुमत ‘होल्ड’ गर्ने स्थितिबाट हट्दो अवस्थामा हुनुहुन्छ । जस्तो, एक नम्बर प्रदेश, वागमती प्रदेशमा परिस्थिति एक ढंगले विकास भइरहेका छन् । आन्तरिक रूपमा मैले धेरै घटनाक्रम विकास भइरहेको देख्छु ।

    दुई-चार जना सांसदले, एक-दुई जना केन्द्रीय सदस्यले हस्ताक्षर गरे होलान् । तर, यो त १००/१५० संख्याको कुरा पो हो त ! त्यसो हुने भए अहिले किन केपी ओलीले १५००/१९०० को केन्द्रीय कमिटी बनाउनुपथ्र्यो र ?

    महाधिवेशन आयोजक कमिटीको हैसियतले केन्द्रीय कमिटीको विस्तार भएको हो । पार्टी, आन्दोलन र राजनीति बचाउनुपर्ने दायित्व केपी ओलीमा आइसकेपछि चालिएको कदम हो । तीन वर्षदेखि हाम्रा कार्यकर्तालाई ‘फ्रिज’ गरेर राखिएको थियो । गतिहीन, भूमिकाहीन पार्टी पंक्तिलाई चलायमान बनाउन र नयाँ गति दिनका लागि यो विस्तार गरिएको हो । यो एउटा सामान्य प्रचलन पनि हो ।

    तपाईंहरूको चाहना भनेको सके सूर्य आफैं लिने, नसके ‘फ्रिज’ गराउने नै होइन त ?

    सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले नै प्राप्त गर्छ । प्रचण्डले पार्टीको नयाँ नाम र नयाँ चिन्ह लिएर जाने हो भने राजनीतिमा अझै इमानदारिता बाँकी रहेछ भन्ने देखिन्छ । उहाँले लोकलाजको लागि अथवा माधव नेपालको चित्त बुझाउनका लागि सूर्यको पक्षमा वकालत गरिरहनुभएको पनि होला ।

    प्रचण्डले सूर्य चिन्ह नपाए त कयामत ल्याउँछु भन्नुभएको छ नि ?

    उहाँले कयामत ल्याउँछु भन्नुभयो । धेरैले उहाँको यो भनाइलाई हाँसोको विषय बनाए । उहाँले कुण्ठा पोखिरहनुभएको छ । कहिले कयामतको कुरा आइरहेको छ, कहिले टाउको फुटाउन मन लागेको कुरा गरिरहनुभएको छ । यो अराजकतावाद अवसरवादमा र अवसरवाद पलायनवादमा परिणत हुन्छ । यो श्रृंखलाको अन्तिम अवस्थामा कमरेड प्रचण्ड हुनुहुन्छ । हिजो मान्छे काट्ने कुरा गर्नुहुन्थ्यो । त्यसपछि खुट्टा काट्ने चरणमा प्रवेश गर्नुभयो । अहिले कुरा काट्ने चरणमा पुग्नुभएको छ । मलाई लाग्छ, प्रचण्ड कमरेडको उग्रवाद र अराजकतावादको अन्तिम श्रृंखलाका दृश्य हामी देखिरहेका छौं ।

    माथि हेर्दाखेरि पूर्वएमाले सर्लक्कै फुटेको देखियो । ‘ग्राउन्ड’मा जाँदा पनि त्यही स्थिति हो कि फरक छ ?

    पहिले कुरा त माथिल्लो तहमा पनि साविक एमाले ५०–५० प्रतिशतको हिसाबले फुटेको छैन । यो ८०–२० प्रतिशत, ७०–३० प्रतिशत देख्छु म । तल त अझ त्यो पनि छैन । जस्तो कर्णाली प्रदेशमा माधव कमरेडहरूले आफूलाई बलियो दाबी गर्नुभएको छ । त्यो पनि एकल हिसाबले बलियो होइन कि माओवादीका संगठनको बलले । त्यहाँ पनि हामी त्यति धेरै कमजोर छैनौं । प्रदेश–२ मा हिजो हामी निकै कमजोर थियौं । मलाई लाग्छ, अहिले हाम्रा लागि त्यो धेरै बलियो प्रदेशका रूपमा रूपान्तरित हुँदैछ ।

    म तपाईंलाई केही परिदृश्य बताउँछु । माओवादीका शहीद परिवार, पूर्व जनमुक्ति सेनाका ठूलो संख्याले हामीसँग काम गर्न चाहेका छन् । अलिकति विश्वासको वातावरण खोजिरहेका छन् र ठूलो पंक्ति अहिले तटस्थ भएर बसिरहेको छ ।

    माधव कमरेडसँग भएका धेरै साथीहरू प्रचण्ड कमरेड हरेक कमिटीमा बहुमत र हामी हरेक कमिटीमा अल्पमतमा परेका छौं भन्न थालेका छन् । प्रचण्ड कमरेडको बहुमतको पेलान खाइसकेपछि माधव नेपाल फर्केलान्न/फर्केलान्, हामी चाहिं फर्किन्छौं भनिरहेका छन् । यो पार्टी जोगाउनुपर्छ भन्ने लागेका नेता-कार्यकर्ता साथीहरूको कुराकानी आउन थालिसकेको छ ।

    मलाई लाग्छ– निर्वाचनको बेलासम्म पार्टी विभाजन गरेर जुन हिसाब गरिरहनुभएको छ, तल्लो ग्राउन्डमा त्यो बिल्कुल छैन । केपी ओली पक्षको अवस्था धेरै राम्रो छ ।

    हिजो रामहरि श्रेष्ठ हत्याको विरोध गर्दै कालीबहादुर खामलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर कोटेश्वर आन्दोलनको अगुवाई तपाईंले गर्नुभयो । आज रामहरिका परिवार चाहिं तपाईंहरूबाट टाढा, खाम नजिक भइरहेको अवस्था हो ?

    माओवादी जनयुद्धमा भएका कुरा १२ बुँदे सम्झौता भइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर सेटल गरियो । त्यो बारेमा हामीले धेरै चासो राखेनौं । राज्य पक्ष र माओवादी पक्षबीच भएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ भन्ने नै हाम्रो बुझाइ रह्यो । त्योबाहेक २०६४ सालपछि जब माओवादी एउटा ठूलो शक्तिका रूपमा उदय भयो, त्यसपछाडि मरेको बाघको जुँगा उखेल्ने प्रवृत्ति जुन देखियो, त्यसको हामीले सशक्त ढंगले प्रतिरोध गरेकै हौं ।

    रामहरि श्रेष्ठको पनि द्वन्द्वकालमा होइन कि पछि हत्या भएको हो । त्यसलाई हामीले बढो सशक्त ढंगले उठाएकै हौं । त्यो घटनामा संलग्न कालीबहादुर खामलगायतका साथीहरूलाई कारबाहीको कुरा पनि गरेकै हो । माओवादी द्वन्द्वको व्यवस्थापनका लागि पूर्वलडाकूको नाममा शिविरमा भएको हिनामिनामाथि पनि हामीले प्रश्न उठाएकै हो । त्यो शान्ति प्रक्रियाको अंग होइन । त्यो पछाडि भएको हिनामिना हो । त्यसविरुद्ध अख्तियारमा हामीले मुद्दा हालेकै हो । मलाई के लाग्छ भने शान्ति प्रक्रियामा टुंगो लागेका, निरुपण भएका विषय हामी नउठाउँला, त्यसलाई राज्यले सम्बोधन गर्ला । तर, त्यस पछाडि भएका आपराधिक कर्मको हिसाब गर्नैपर्छ र राज्यले कारबाहीको दायरामा ल्याउनै पर्छ । क्रान्तिका नाममा कुनै पनि अपराधी र भ्रष्टचारीलाई संरक्षण दिनुहुँदैन ।

    कालीबहादुर खामको व्यक्तिगत कुरा म जान्दिनँ । तर, पूर्व लडाकुहरू र शहीद परिवारको ठूलो पंक्ति सरकारबाट आश गरेर बसेको छ । राहतका लागि लविइङ गरिरहेको छ । उहाँहरूको प्रचण्ड कमरेडप्रति आस्था धुमिल भएको छ । उहाँहरू प्रचण्ड कमरेडलाई साथ नदिने मूडमा हुनुहुन्छ ।

    भनाइको मतलब अब तपाईंहरूले पूर्व लडाकुलाई संगठित गर्दै हुनुहुन्छ ?

    पूर्व लडाकु, शहीद परिवारको ठूलो टिमले राजनीतिक रूपमा हामीसँग नजिक भएर आउने प्रतिबद्धता जनाउनुभएको छ । मधेशलगायतका हिजो विभिन्न क्षेत्रीय, जातिवादी, अतिवादी मुद्दा बोकेका साथीहरू त्यो विचारबाट मुक्त भएर केपी ओलीको यो राष्ट्र निर्माणको अभियानमा, समृद्ध नेपाल निर्माणको अभियानमा आउने चरण शुरू भएको छ । यो निकै राम्रो लहरका साथ आउँछ ।

    पार्टी त फुट्यो । केपी ओली सबैतिर हिंड्न सक्नुहुन्न । अब हिंड्ने, संगठन गर्ने मान्छे तपाईंहरूसँग छैन भनिन्छ । कार्यकर्ता चाहिं कुन ढंगले विभाजित भएका छन् ?

    जति तल गयो, त्यति विभाजनको असर कम देखिन्छ । जति माथि आयो, त्यति विभाजित जस्तो देखिन्छ । पिरामिड मोडलमा हाम्रो पार्टीको संगठन छ । प्रधानमन्त्रीको समर्थनमा देखिएका जुलुस र विरोध/आन्दोलनका जुलुसबीच फरक छुट्याउन सकिन्छ । म औपचारिक रूपमा १८ जिल्ला पुगें । ती जिल्ला जाने क्रममा अनौपचारिक ढंगले म २६/२७ जिल्ला पुगेर आएँ । तल हाम्रो जुन पंक्ति, शक्ति थियो त्यो खासै क्षय भएको, क्षति भएको, अलमलमा परेको छैन । त्यो निकै उत्साहित ढंगले परिचालित छ ।

    पार्टी दुई फ्याक भइसकेपछि कार्यकर्ता उत्साहित हुँदैमा चुनाव जित्न त सकिन्न होला नि ?

    हामीले प्रतिस्पर्धा कांग्रेससँगै गर्ने हो । हिजो जुन जल्दो, जाग्दो कांग्रेस थियो, लामो समय सत्ता स्वाद चाखेको तथा मासमा प्रभुत्व जमाएको कांग्रेसको सांगठनिक अवस्था अहिले कमजोर भएको हुनाले हामीलाई चुनौती दिनसक्ने हैसियत छैन कि जस्तो लाग्छ । डेमोक्र्याट भएका नाममा, कांग्रेससँग जोडिएका नाममा सैद्धान्तिक रूपले कांग्रेसलाई भोट हाल्न जनमत त छँदैछ । तर, आजको कांग्रेसको संगठन र आजका कांग्रेसी नेताको ऊर्जाले हामीलाई मैदानमै आएर टक्कर दिन सक्ने अवस्था म देख्दिनँ ।

    तपाईंकै नेतृत्वमा कतिपय ठाउँमा पार्टी कार्यालयहरू कब्जा भए । केन्द्रमा हेर्दा धुम्बाराहीमा तपाईंहरूले ताला लगाइदिनुभयो भन्ने गुनासो माधव नेपालले गर्दै हुनुहुन्छ । तपाईंहरू पार्टीको सम्पत्ति बलजफ्ती कब्जा गर्ने रणनीतिमा हो ?

    पहिलेको एमालेका लिगेसी स्वाभाविक रूपमा केपी ओलीसँग हुनेभयो । त्यसो हुनाले साविक एमालेका कार्यालय र सम्पत्ति केपी ओलीको पक्षमा छ । उहाँहरूले सहज रूपमा छोड्नुभएको छ । अलिकति हैसियत भएका ठाउँमा निहुँ खोज्नुभएको हो । उहाँहरूको बुझाइ के छ भने पेरिसडाँडादेखि हिजोको माओवादीको सम्पत्ति र कार्यालयहरू उहाँहरूको हुन्छ र हिजोको एमालेको भौतिक सम्पत्ति केपी ओली समूहको हुन्छ । यसमा एउटा अघोषित सहमति जस्तै भएको छ । भीम रावल कमरेडले तीस लाख झिकेको बाहेक धेरै समस्या होला जस्तो मलाई लाग्दैन ।

    त्यो तीस लाख चाहिं माया मार्नुभएको हो ?

    त्यो पैसा भीम रावल कमरेडले एमालेको खातामा फिर्ता गर्नुपर्छ भन्ने लाग्छ, यदि नैतिकता हुने हो भने ।

    माधव नेपालले भन्नुभएको छ– एमालेको लिगेसी केपी ओलीले होइन, म बोक्छु । छुट्टिंदै गर्दा अंश त लाग्ला नि ?

    अंश लाग्ने गरी विभाजन भएन । साविक एमालेभित्रको द्वन्द्वमा प्रचण्डले खेल्नुभयो । मैले कतिपय ठाउँमा उदाहरण पनि दिने गरेको छु– हाम्रो चेलीलाई लिएर जानुभयो, त्यसो गर्दा हाम्रो गोत्र र थर त लिन पाइँदैन । माधव कमरेड प्रचण्ड कमरेडको माओवादी लिगेसीसँग जोडिन जानुभएको हो । त्यसैले साविक एमालेभित्र उहाँहरूले धेरै र्‍याल चुहाउनु र आँखा गाड्नु चाहिं स्वाभाविक नहोला ।

    त्यसो भन्ने हो भने त रामबहादुर थापा, टोपबहादुर रायमाझी र प्रभु साहहरू पनि त तपाईंतिर आउनुभएको छ नि ?

    हामीले माओवादीको सम्पत्तिमाथि दाबी गरेका छैनौं नि त ! बादल कमरेड र टोपबहादुर कमरेड यता आइरहँदा साविक एमालेको सम्पत्तिबाटै उहाँको व्यवस्थापन गर्छौं । हामीले साविक माओवादीको सम्पत्तिमा कहींकतै आँखा लगाएका छैनौं ।

    निर्वाचन आयोगमा तपाईंहरूकै मान्छेले एमाले दर्ता गराएको भन्ने छ । आयोगका सबै प्रक्रिया सकिएपछि अब एमाले ब्युँतिने हो त ?

    पार्टीभित्र गम्भीर मतभेद र विभाजनको अवस्थामा आइसकेपछि एमालेलाई माया गर्ने तथा एमालेको लिगेसी भएका साथीहरूले त्यसको रक्षाका लागि त्यो पार्टी दर्ता गरे । दर्ता गर्ने सिलसिलामा मसँग व्यक्तिगत रूपले नजिक भएका साथीहरू पनि त्यहाँ रहनुभयो । तर, त्यो यति ठूलो सोचाइ गरेर गरिएको थिएन । अहिले ठीकै गरिएछ भन्ने लागेको छ । किनभने, साविक एमालेको लिगेसी (अहिले माधव कमरेडले आफू नै ओरिजिनल एमाले हुँ भन्नुभयो) पनि जाने अवस्था रहेछ । साविक एमालेको लिगेसीलाई बचाउनका निमित्त त्यो ठीकै भएको छ ।

    तर हामी नयाँ एमाले बनाउन जान परेन । एमाले लिगेसी भएको नेकपा नै केपी ओली नेतृत्वको आधिकारिक पार्टी हुन्छ । यो कुरामा दुईमत छैन ।

    भनेपछि एमाले नाम ‘रिजर्भ’ हो ?

    रिजर्भ भन्दा पनि एमालेलाई अरूले दुरुपयोग नहोस् भनेर साथीहरूले सुरक्षित तरिकाले राख्नुभएको छ होला जस्तो लाग्छ ।

    देश यत्रो संकटमा छ । संविधान नै संकटमा पर्छ कि भन्ने छ । यस्तो अवस्थामा पनि केपी ओलीदेखि तपाईंहरूसम्म केही नै भएको छैन र सबै चिज आफ्नै फेभरमा हुन्छ भनेजस्तो आत्मविश्वास देखाइरहनुभएको छ । यो उत्साहको स्रोत के हो ?

    यो मुलुकलाई हामीले गम्भीर ढंगले चिरफार गर्नुपर्ने थियो । भ्रष्टाचार र भूमाफियाको संजाललाई तोड्नुपर्ने नै थियो । कम्युनिष्ट आन्दोलन विकृति, विसङ्गतिमुक्त बनाउनु नै पर्ने थियो । हामीलाई उपेन्द्र देवकोटा, भगवान कोइराला टाइपको सर्जन चाहिएकै थियो । त्यसका लागि केपी ओली उपयुक्त पात्र हुन् भन्ने आम कार्यकर्ता र जनताका बीचमा विश्वास उत्पन्न भइरहेको अवस्था थियो । यस्तो बेलामा प्रचण्ड कमरेडहरूलाई समेत सच्याएर लैजाउँ भन्ने केपी ओलीको अभियानमा बाधा हालिसकेपछि हामी ठूलो साहसका साथ यो आन्दोलनलाई बचाउन जुटेका हौं । मुलुकलाई समृद्धितिर लैजानका लागि गम्भीर चिरफार गर्नै पर्छ, जनताले हाम्रा एजेन्डालाई अनुमोदन गर्छन् भनेर विश्वासका साथ अगाडि बढिरहेका छौं ।

    मानौं प्रतिनिधिसभा पुनस्र्थापित भयो र तपाईंहरूको पार्टीलाई आधिकारिकता पनि प्राप्त भएन भने त केपी ओलीले नाङ्गै खुट्टा पनि हिंड्न नपाउने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा तपाईं जस्ता मान्छेहरूको के हुन्छ ?

    केपी ओलीलाई दूधको तरबाट झिंगो फाले जसरी फाल्छु भन्ने कल्पना सम्भव छैन । हिजो साविक नेकपाभित्रै रहेर प्रचण्ड र माधव कमरेडले त्यो कोशिश गर्नुभएको हो । आज त्यसमा असफल भएर उहाँहरू सडकमा हुनुहुन्छ । भोलि संसद पुनस्र्थापना भएर ओलीलाई सडकमा पुर्‍याउनु भनेको स्यालले साँढेको पछि–पछि लाग्दा साँढेका अण्डकोष झर्लान् र खाउँला भने जस्तो हो ।

    अहिले फेरि दुइटा कोणबाट विश्लेषण गरेको सुनिंदैछ । वामदेव गौतम, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल कमरेडहरू पनि कुनै न कुनै रूपमा अदालतलाई ‘कन्भिन्स’ गरी पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने ढंगले पहल गर्न थाल्नुभएको छ । एकता प्रक्रिया नजोगाउने हो भने हामी कसैको भविष्य जोगिंदैन भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभएको छ रे भन्ने सुनेको छु । अर्को कोण चाहिं, प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर गर्नुभयो । प्रदेश सरकार बाँडफाँट गरेर चलाउँ भन्न थाल्नुभयो । प्रचण्ड र माधव नेपाल कहिले कांग्रेस कार्यालयमा, कहिले जसपाको कार्यालयमा, कहिले बुद्धिजीवीहरूको माझमा, कहिले पत्रकार साथीहरूको माझमा गएर नयाँ ढंगले आन्दोलन र चुनावमा जानुपर्याे भनेर प्रस्ताव गरिरहनुभएको छ ।

    त्यसबाट के बुझिन्छ भने संसद पुनस्र्थापना भयो भने हामी २०५२ सालको बाटोमा जान्छौं । देश फेरि राजनीतिक अस्थिरतातर्फ जान्छ ।

    प्रतिनिधिसभा पुनर्स्थापना भयो भने केपी ओली सिद्धिन्छन्, नेकपा खर्लप्पै हाम्रो हुन्छ भन्ने विश्लेषण प्रचण्ड–माधवहरूको छ नि ?

    उहाँहरूले के आधारमा त्यस्तो विश्लेषण गर्नुभयो मलाई थाहा भएन । एकातिर उहाँहरू केपी ओलीको अदालत, निर्वाचन आयोगसँग पनि ‘सेटिङ’ छ, भारतसँग पनि सेटिङ छ, युरोप र इन्डियाले त वक्तव्य समेत निकालेन भनेर भन्नुहुन्छ । अर्कोतिर उहाँहरू केपी ओलीको राजनीति सकियो, अब संसद पुनर्स्थापना हुन्छ भनेर फलाकिरहनुभएको छ । यो उहाँहरूमा उत्पन्न भएको निराशा, कुण्ठा र पलायनवादको लक्षण हो । अलिकति ‘राजनीतिक डिप्रेसन’ पनि भन्छु, उहाँहरूले प्रयोग गर्ने शब्दलाई विश्लेषण गर्दा । केपी ओलीलाई हराउने, राष्ट्रपतिलाई महाभियोग लगाउने, झलनाथ खनाललाई राष्ट्रपति बनाउने, प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर मनको लड्डु घिउसँग खान खोज्नुभएको थियो । अहिले पनि म बरु प्रधानमन्त्री छोड्छु, शेरबहादुरलाई प्रधानमन्त्री बनाउँछु भनेर नयाँ लड्डु खान लाग्नुभएको छ । यो सफल होला भन्ने मलाई लाग्दैन ।

    त्यसो त केपी ओलीले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्नुहोला नि ?

    पछिल्लो समय शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई भेटेर नेकपासँग सहकार्यको प्रस्ताव गर्नुभएको कुराहरू आइरहेको छ । मलाई जहाँसम्म लाग्छ, कम्युनिष्ट आन्दोलनको नाममा लोकतन्त्रलाई समाप्त पार्ने, अधिनायकवाद लागू गर्ने र भ्रष्टाचार, आपराधिक कर्मलाई मान्यता दिने प्रचण्डपथ भन्दा लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात् गरेर जाने कांग्रेससँगको सहकार्यलाई स्वाभाविक रूपमा लिनुपर्छ ।

    तपाईंको भनाइलाई सार–संक्षेपीकरण गर्दा प्रतिनिधिसभा पुनर्स्थापना भए पनि नभए पनि केपी ओली नै निर्णायक हो ?

    निश्चितै रूपमा । हामीले हिजोका महेन्द्रको कुरा सुन्यौं, बीपीको कुरा सुन्यौं, पृथ्वीनारायणको कुरा सुन्यौं । हामीले भोग्न पाएका थिएनौं । तर, पछिल्लो समकालीन राजनीतिमा केपी ओली यस्तो राजनीतिक पात्र हो, जसका वरिपरि राजनीति घुमिरहेको छ ।

    राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा केपी ओलीले आफ्नो व्यक्तित्वको विकास गर्नुभएको छ । छिमेकी राष्ट्रसँगको सम्बन्धलाई समधुर बनाउनुभएको छ । संवैधानिक निकायसँगको सम्बन्धलाई पनि कार्यपालिकाको प्रमुखको हैसियतले व्यवस्थित बनाउनुभएको छ । आज नेपाली राजनीतिको महानायक भन्नुहोस् वा राजनीतिक प्रमुख पात्र केपी ओली नै हो । प्रचण्ड र माधव कमरेड चाहिं अब खलपात्र हुन्छन् कि सहायक पात्र । सहायक पात्र भएर जाँदा भोलि उहाँहरूको राजनीति सुरक्षित हुन्थ्यो । त्यसो नहुँदा खलपात्रमा परिणत हुने हो कि भन्ने आशंका छ ।

    पार्टीभित्र दुईतिहाइ ‘होल्ड’ गर्छु भन्ने शक्तिलाई अवमूल्यन गरेको भएन र यो त ?

    केपी ओलीको लचकताले, केपी ओलीले दिएका कारणले, केपी ओलीले बाँडेका कारणले उहाँहरूले आफूसँग बहुमत दाबी गरिरहनुभएको छ । यदि केपी ओलीले नदिएको भए नेकपा एमालेभित्र उहाँ बहुमतमा हुनुहुन्थ्यो, माओवादीभित्र प्रचण्ड बहुमतमा हुनुहुन्थ्यो ।

    दुई पक्ष मिल्दामिल्दै बहुमत हुन्छ भनेर जान्दाजान्दै दुइटैलाई लात्ती किन हानेको ?

    उहाँहरूले राजनीतिक बेइमानी गरिसकेपछि, आक्रमण भइसकेपछि प्रत्याक्रमण त भैहाल्छ नि ! प्रचण्डले साविक एमालेको अन्तरविरोधमा खेलेर माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउको हान्न थालेपछि केपी ओली निरीह भएर बस्छन् त ? केपी ओलीले दुवैको टाउकोमा एकैचोटि हान्दिएजस्तो लाग्छ मलाई चाहिं ।

    सिंगो संविधानकै टाउकोमा हान्नुभयो नि !

    संविधानकै टाउकोमा हान्नुभएको भन्न मिल्दैन । संसदलाई निर्वाचनबाट पुनस्र्थापना गर्ने अभियान हो यो । त्यो बाहेक संविधानका कुनै पनि धारालाई असर गर्ने काम वर्तमान सरकारले गरेको छैन । आवधिक निर्वाचनलाई स्वीकार नगर्ने र जनताको मतलाई अलिकति अगाडि (पाँच वर्षमा हुने निर्वाचन साढे तीन वर्षमा) गर्न सकिंदैन भन्ने साथीहरू कसरी लोकतन्त्रवादी ? यो विकृति र विसंगति निर्मूल पार्न जनताको मत लिउँ भन्ने चाहिं कसरी अलोकतान्त्रिक ?

    मानौं अदालतले पनि केपी ओलीको कदमलाई नै सदर गर्‍यो र वैशाखमा चुनाव हुनेभयो भने तपाईंहरूको पार्टीको अवस्था के होला ?

    जति चाँडो चुनाव भयो, त्यति केपी ओलीलाई फाइदा हुन्छ । माधव कमरेडहरू वैशाखमा चुनाव नगराउने हिसाबले पनि लाग्नुहोला । निर्वाचन आयोगमा उहाँहरूले आवेदन नै गर्नुभयो निर्वाचनका प्रक्रिया रोक्नका लागि । त्यो भनेको आफ्नो ग्राउन्ड कमजोर भएरै हो । वैशाखमा निर्वाचन हुँदा केपी ओलीको एजेन्डालाई बहुमत आउँछ, भएन भने सबैभन्दा ठूलो पार्टी हुन्छ । कांग्रेस दोस्रो पार्टी हुन्छ । प्रचण्ड र माधव कमरेडहरूको प्रतिस्पर्धा चाहिं तेस्रो र चौथो पार्टीका लागि हुने अवस्था म देख्छु ।

    मान्छेहरू केपी ओलीले हार्ने चुनाव गराउँछन् र भन्ने आशंका गरिरहेका छन् नि ?

    चुनाव हुन्छ नै । लोकतन्त्रमा हार–जीतको कुरालाई त हामीले स्वीकार गर्नुपर्छ नि ! जनता एउटा हातमा लड्डु र अर्को हातमा लट्ठी लिएर बसेका छन् । लट्ठी प्रचण्डको टाउँकामा हानेर लड्डु केपी ओलीलाई दिए पनि स्वीकार गर्नुपर्‍यो । होइन, केपी ओलीलाई लट्ठी हानेर प्रचण्डलाई लड्डु दिए पनि स्वीकार गर्नुपर्‍यो । यो त लोकतान्त्रिक विधि हो । अर्को पाँच वर्ष फेरि हामीले मिहिनेत गनुपर्छ । त्यसो भएको हुनाले निर्वाचन चाहिं सहज ढंगले जान्छ । केपी ओली निर्वाचनमा कमजोर हुनुहुन्छ भन्ने मलाई चाहिं लाग्दैन ।

    चुनावपछि फेरि उहाँलाई प्रधानमन्त्री बनाउने लक्ष्य हो ?

    अबको निर्वाचन पछाडि हाम्रो प्रधानमन्त्रीको उम्मेदवार भनेको केपी ओली नै हो ।

    उहाँले त अब फेरि प्रधानमन्त्री बन्दिनँ भन्नुभएको थियो त ?

    उहाँले दोहोरिन्न भन्नुभएको छ । चैतमा महाधिवशेन हुँदा म पार्टी अध्यक्षको उम्मेदवार पनि होइन भन्नुभएको हो । जब त्यो कोर्सलाई चुनौती दिएर प्रचण्ड–माधव नेपाल जाने अवस्था बन्यो, अब केपी ओलीले शुरू गरेका बाँकी अधुरा काम पूरा गर्नका लागि उहाँलाई कमसेकम एक कार्यकाल चाहिं नेतृत्वमा जानुपर्छ भन्ने हामी सबैले सुझाव दिएका छौं ।

    वामदेव गौतमलाई त तान्न सक्नुभएन होइन ?

    वामदेव गौतम अन्तिम अवस्थासम्म पनि एकता प्रक्रियालाई नै जोगाउने भूमिकामा रहनुहुन्छ होला । यसमा भित्री रूपले घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतको पनि भूमिका छ जस्तो लाग्छ । अन्ततोगत्वा वामदेव कमरेडले माधव र प्रचण्ड कमरेडतिर लागेका कतिपय साथीहरूसहित केपी कमरेडको नेकपासँग एकता गरेर अगाडि बढ्नुहुन्छ भन्ने मेरो बुझाइ हो ।

    केपी ओलीको पक्षमा नेपालको मूलधारको मिडिया छैन । विचार निर्माण गर्ने प्रबुद्ध वर्ग छैन । अदालतमा बहस गर्ने चर्चित अनुहार पनि विपक्षमा छन् । अर्कोतिर उहाँहरूले साइबर सेना खडा गरेर सामाजिक सञ्जालमा हुर्मत लिइएको आरोप लगाउनुभएको छ । अरू केही उपाय नलागेपछि यतातिर लागिएको हो ?

    पहिलो कुरा त म तपाईंको के कुुरामा सहमत छैन भने केपी ओलीको पक्षमा वैचारिक बहस गर्ने मान्छे छैनन् । पार्टीभित्रको अनुहार हेर्नुभयो भने पनि ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतका साथीहरू केपी ओलीतिरै हुनुहुन्छ । र, अग्नि खरेल, सुवास नेम्वाङलगायत कानूनी ज्ञान भएका नेता केपी ओलीको पक्षमा हुनुहुन्छ ।

    साइबर सेना चाहिं किन हामीले ल्यायौं भने विशेषगरी प्रचण्ड कमरेडले प्रायोजन गरेका कतिपय मिडियाले केपी ओलीविरुद्ध जबरजस्त अभियान चलाए । सोसल मिडियामा फेक आइडी बनाएर केपी ओलीका विरुद्ध विषवमन गर्ने काम भयो । त्यसैले सूचनाप्रविधिको अधिकतम उपयोग गरेर युवा पंक्तिले कम्युनिष्ट आन्दोलन संरक्षण गर्नुपर्छ र कतिपय अवस्थामा कानूनको साथ लिएर न्याय–निरुपणका चरणमा पनि जानुपर्छ भन्ने सन्दर्भमा साइबर सेनाको कुरा आएको हो । यो कुनै व्यारेकमा बस्ने, कम्ब्याट लगाउने खालको सेना होइन । त्यसैले यसबाट कसैले डराउनुपर्ने अवस्था छैन ।

    पार्टी एकता भएदेखि कायम हुँदासम्म तपाईं एकप्रकारले ओझेलमा हुनुहुन्थ्यो । विभाजन आउने बित्तिकै तपाईंको देश दौडाहा शुरू भयो । कार्यकर्ता तपाईंको पछि–पछि लागेका छन् । पार्टी विभाजनले तपाईंलाई फाइदा पुगेको हो ?

    आ–आफ्नो स्वभाव र आचरण हुँदोरहेछ । हिजो म युवा संघको अध्यक्ष हुँदा मैले देशभरि अभियान चलाएँ । साथीहरूलाई संगठित गरें । नयाँ–नयाँ साथीहरूलाई प्रवेश गराएँ । युवाहरूलाई उत्पादन र रोजगारीसँग जोड्ने अभियान चलाएँ । र, त्यसपछि पार्टीले मलाई भक्तपुरको जिम्मा दियो । भक्तपुरमा चौथो अवस्थामा रहेको पार्टीलाई पहिलो बनाएँ । चुनाव जितिसकेपछि पनि एउटा सांसदको हिसाबले विकास निर्माणका काम गरें । पार्टीमा फेरि विभाजन र समस्या आइसकेपछि हिजो मैले नै संगठित गरेका, गोलबन्द गरेका, प्रवेश गराएका साथीहरूलाई फेरि समेटेर केपी ओलीको अभियानलाई साथ दिनुपर्छ भनेर लागेको हुँ ।

    तपाईंले भनेजस्तो व्यक्तिगत रूपमा मलाई फाइदा पनि भएको छ । मेरो तल ग्राउन्ड छ कि छैन भन्ने प्रश्न कतिपय साथीहरूले पार्टीभित्रै उठाउँथे । वास्तवमा महेश बस्नेतको ग्राउन्ड बिगे्रको छैन भन्ने यसले पुष्टि गरेको छ ।

    तपाईंसँग संगठन निर्माणको क्षमता त छ । तर, बेला–बेला अराजक अभिव्यक्ति दिएर विवादमा आउनुहुन्छ । आफ्नो ‘इमेज’ को चिन्ता लाग्दैन ?

    (लामो हाँसो) आपराधिक शक्तिहरू एकोहोरो आइरहेको बेलामा हामीले व्यालेन्स गरेनौं, शक्ति टकरावको स्थिति भएन भने राज्य संयन्त्र पनि कमजोर हुँदोरहेछ । हिजो वाईसीएलको ज्यादतीविरुद्ध युथफोर्स बनाएर हामीले टकराव दिएका थिएनौं भने राज्यले नियन्त्रण गर्न सक्दैनथ्यो । भीम रावल गृहमन्त्री हुँदाको मनोबल र प्रहरी प्रशासनको मनोबल शायद युथफोर्स विना सम्भव थिएन । कहिलेकाहीं राज्य–शक्तिलाई ‘च्यालेन्ज’ दिने गरी आपराधिक शक्तिहरू जागे भने सिंगो जनमत त्यसको विपरीत उभ्याउनुपर्छ । त्यसलाई दीर्घकालीन रूपमा लैजानु पनि हुँदैन । त्यसले राज्यले गर्ने अभ्यास पनि गर्नुहुँदैन ।

    प्रचण्डले ‘मांसहारी आन्दोलन’ गर्ने कुरा गर्नुभएको थियो । अब तपाईंहरूको प्रतिरोध पनि मांसहारी नै हुन्छ ?

    सामान्यतया युवासंघ भनेको पार्टीभित्रको एउटा सुरक्षाकवच पनि हो । राज्यको प्रहरी, सेना जस्तै हो । उहाँहरूले आफ्ना कार्यकर्ता उचालेर हाम्रा नेता कार्यकर्तामाथि आक्रमण गर्नुभयो भने टकरावको अवस्था त हुन्छ नै ।

    प्रचण्ड कमरेडले आफू बूढो भएको कुरा पनि महसूस गर्नुभएको छैन । तन बूढो भए पनि मन बूढो हुँदैन मान्छेको । र, माओवादी पनि बूढो भएको महसूस गर्नुभएको छैन । उहाँले २०५२–२०६२ को युद्धकालीन माओवादी र त्यसपछि राज्यशक्तिमा हालिमुहाली गरेको माओवादी ठान्नुभएको छ । तर त्योभन्दा उहाँहरूको हैसियत धेरै गलेको छ । आज प्रचण्ड तरुणो र माओवादीको तन्नेरी नेता हुनुहुन्न । उहाँ बूढो माओवादीको बूढो नेता हुनुहुन्छ । उहाँको मुख मात्रै चल्ने हो । जिब्रो मात्रै चलेर केही हुने होइन ।

  • जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छुः बामदेव गौतम

    जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छुः बामदेव गौतम

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले जुन समूहले अध्यक्ष दिन्छ त्यही समूहमा जाने र पार्टी एकताका लागि प्रयास गर्ने प्रष्ट पारे ।

    ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन’, उनले भने, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’ उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको प्रष्ट्याए । ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्’, उनले थपे ।

    नेता गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताए । ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।’ उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए ।

    उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिए’, उनले भने, ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।’ उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने दावी गरे ।

    नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । एकता अभियानका संयोजकमा गौतम, सह–सयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा छन्। एकता अभियानसँगै नेता गौतमले लेखेको ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औं शताब्दीको कम्युनिष्ट पार्टी’ र ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ ।

    अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ । उनले आफ्नो दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेता भने साथ रहेको स्पष्ट पारे । उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताए । दुवै अध्यक्ष सहमत भए मात्र पार्टी फुट्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो समूहमा आउन बोलाइरहेको जानकारी दिए ।

     

  • कांग्रेस केन्द्रीय समितिकाे बैठक आज बस्दै

    कांग्रेस केन्द्रीय समितिकाे बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । पुस १९ गतेकाे बैठकपछि पटक-पटक स्थगित भएको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेपछि सानेपामा बस्न लागेकाे हाे ।

    बैठकमा दाेस्राे चरणको आन्दोलनको समीक्षा, थप आन्दोलनको कार्यक्रम, पार्टीको महाधिवेशन तयारी र प्रदेशमा पेश भएका अविश्वास प्रस्तावबारे छलफल हुने जनाईएकाे छ।

  • दोस्रो डिभिजनको क्लबलाई हराउँदै टोटनह्याम एफए कपको पाँचौं चरणमा

    दोस्रो डिभिजनको क्लबलाई हराउँदै टोटनह्याम एफए कपको पाँचौं चरणमा

    एजेन्सी । इंग्ल्यान्डको दोस्रो डिभिजन च्याम्पियनसिपको अन्तिम स्थानमा रहेको क्लब वीकोम्ब वोन्डरर्समाथि ४–१ गोलको पुनरागमन जितका साथ प्रिमियर लिग टोली टोटनह्याम इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफ ए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

    चौथो चरणको खेलमा वोन्डरर्सले अफ्नो मैदानमा अनयेडिन्माको गोलमार्फत पहिलो हाफको २५ औं मिनेटमा अग्रता बनाएको थियो ।

    गर ग्यारेथ बेलले पहिलो हाफको इन्ज्यूरी समयमा बराबरी गोल फर्काएपछि टोटनह्याम खेलमा फर्कियो । तर दोस्रो हाफमा उसलाई गोल गर्न अन्तिम समय कुर्नुपर्‍यो । दोस्रो हाफको सुरुमा वोनडरर्सले टोटनह्यामाथि निकै दवाव पेश गरेको थियो ।

    प्रशिक्षक जोसे माउरिन्होले आफ्ना मुख्य खेलाडीहरु ह्यारी केन, सन ह्युङ मिन र डोम्बेलेलाई मैदानमा छिराएपछि टोटनह्यामको खेलमा एकाएक सुधार आयो । विंक्सले ८६ औं मिनेटमा अग्रता दिलाए ।

    त्यसको १ मिनेटपछि नै डोम्बेलेले गोल गरे । इन्ज्यूरी समयमा उनैले अर्को गोल थपे र टोटनह्यामले सुखद नतिजा निकाल्न सक्यो ।

  • अमेरिकाको पहिलो महिला अर्थमन्त्रीका रुपमा येलेनको नाम सिनेटबाट पारित

    अमेरिकाको पहिलो महिला अर्थमन्त्रीका रुपमा येलेनको नाम सिनेटबाट पारित

    एजेन्सी । अमेरिकी सिनेटले सोमबार सर्वसम्मत पारित गरेपछि जानेट येलेन अमेरिकी इतिहासमै पहिलो महिला अर्थमन्त्री (युएस ट्रेजरी सेक्रकेटरी) नियुक्त भएकी छन् ।

    येलेन सन् २०१४ देखि २०१८ सम्म अमेरिकाको केन्द्रीय बैंककी प्रमुख थिइन् भने त्यसपछि अमेरिकी सिनेटको अर्थ कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् ।

    उनले कोरोना महामारीको समयमा राष्ट्रपति जोय बाइडेनको प्रशासनका लागि आर्थिक व्यवस्थापनको दायित्व पूरा गर्नुपर्नेछ । कोरोना भाइरसको महामारीपछि अमेरिका आर्थिक रुपमा सक्षम हुन संघर्ष गरिरहेको छ ।

    जनवरी १९ मा अमेरिकी कंग्रेसमा भएको पहिलो सुनुवाइका क्रममा येलेनले खर्बौंको आर्थिक सहायता कार्यक्रमका लागि अनुमति मागेकी थिइन् । त्यहाँ उनले भनेकी थिइन् कि सांसदहरुले राष्ट्रिय ऋणको चिन्ता छाडेर एउटा ठूलो काम गर्नुपर्‍यो ।

    जवाफमा रिपब्लिकन सांसदहरुको उनको प्रस्तावको बिरोध गरेका थिए । तर उनले आफ्नो दावीलाई तथ्यगत रुपमा पुष्टि गर्ने प्रयास गरेकी थिइन् । उनले कम आय भएका परिवार, बेरोजगार नागरिकलाई यो सहायता योजना प्रभावकारी हुने र अमेरिकी अर्थतन्त्र प्रतिस्पर्धात्मक बनाउनका लागि ठूला लगानीकर्तालाई प्रोत्साहित गर्नुपर्ने बताएकी थिइन् ।

  • बुटवलका तीन ओटा पुलको अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गर्दै

    बुटवलका तीन ओटा पुलको अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गर्दै

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाभित्र रहेका तीन ठूला पुल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैदिन उद्घाटन गर्ने भएका छन् ।
    मन्त्री पौडेलले बुधबार तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गर्नेछन् ।

    डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरका अनुसार योसँगै बुटवलमा लामो समयदेखि रोकिएको राजमार्गचौराहदेखि चिडियाखोलासम्मको सडक बिस्तार पनि अर्थमन्त्री पौडेलले शुरु गर्ने छन् ।

     

    तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७३ असार २९ गते निर्माण शुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो ।

    कंक्रिट प्रि–स्टेट प्रविधिमा बनाइएको सो पुल लुम्बिनी बिल्डर्सले निर्माण सम्पन्न गरेको हो । १८० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको यसको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।

    त्यसैगरी देवीनगरस्थित हात्तिसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । ११० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यो पुल लुम्बिनी अरनिकोले जिम्मा पाएको थियो ।

    २०७२ असार ३० मा निर्माण शुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो । यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

    त्यसैगरी नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो । २०६९ असार २४ गते निर्माण शुरु भएको यो पुल २०७६ भदौ ३० गतेमात्र सम्पन्न भएको हो ।

    स्थानीयको विवादका कारण लामो समय निर्माण कार्य रोकिएको थियो । ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाई रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको पनि जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

    यो क्षेत्रका जनप्रतिनिधिसमेत रहेका पौडेलकै पहलमा संघीय सरकारबाट बजेट विनियोजन गरिएको उनको सचिवालयले जनाएको छ ।

  • डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाऔं : सञ्चारमन्त्री गुरुङ

    डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाऔं : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् ।

    मन्त्री गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गर्दै अघि बढ्न डिजिटल नेपाल फ्रेमवर्कको विकल्प नरहेको स्पष्ट पारे ।

    उनले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरकारलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह समेत गरे ।

    ‘सूचना र प्रविधिको क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रहरुसँग प्रतिस्पर्धा गरेर अघि बढनुुको विकल्प छैन,’ सोमबार मन्त्रालयले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने ।

    ‘सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा जोड दिने नीति लिएको पनि स्पष्ट पारे ।

    सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले त्यसका लागि पनि उपयुक्त वातावरण बनाई दिने काममा सरकारलाई सहयोग गर्न विज्ञहरुलाई अनुरोध गरे ।

    मन्त्री गुरुङले एप लञ्च गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको पनि पटक–पटक दोहोर्‍याए । उनले विज्ञको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुुर्‍याएको बताए ।

  • पशुपतिनाथमा प्रधानमन्त्री : हिन्दूराज्य पक्षधरका लागि सुखद संकेत ?

    पशुपतिनाथमा प्रधानमन्त्री : हिन्दूराज्य पक्षधरका लागि सुखद संकेत ?

    काठमाडौं । न शिवरात्रि, न अरु कुनै पर्व । न सरकारीस्तरको कुनै औपचारिक कार्यक्रम । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान अचानक पत्नीसहित पशुपतिनाथ मन्दिरमा झुल्किए । झुल्किएका मात्रै होइनन्, उनी बकाइदा पूजा–अनुष्ठानमा सहभागी भए ।

    गणतन्त्र स्थापनायता कुनै पनि बहालवाला प्रधानमन्त्रीले सम्भवतः यसरी पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा–अनुष्ठान गरेका थिएनन् । संविधानले नेपालको हिन्दूराज्यको मान्यता खारेज गरेर धर्मनिरपेक्ष बनाएपछि मन्त्री–प्रधानमन्त्रीहरु पशुपतिनाथ छेउछाउको बाटो हिंड्नसमेत हिच्किचाउँथे । तर, ओलीले सम्भावित प्रतिक्रियाको वास्ता नगरी पशुपतिनाथ मन्दिर धाएर अर्थपूर्ण सन्देश दिएका छन् ।

    परराष्ट्रविद निश्चलनाथ पाण्डे ट्वीटरमा लेख्छन्, ‘आर्यघाट जाने तर माथि मन्दिरमा नउक्लिने बाम विचारका नेताहरुको बानी थियो । भारतीय प्रधानमन्त्रीले श्रीखण्ड चढाएर पूजा गर्न हुने, हाम्रा प्रधानमन्त्री जानै नहुने कदापि होइन ।’

    ओली धर्ममा आस्थावान वा धार्मिक भावनाले ओतप्रोत नेता होइनन् । उनी त धर्मलाई अफिम मान्ने कम्युनिष्ट स्कुलिङबाट आएका हुन् । बाल्यकालमा उनले रामायण–महाभारतहरुजस्ता ग्रन्थ पढेका थिए । स्वस्थानी भट्याएका थिए । तर, धर्मप्रति उनको लगाव विगतमा कहिल्यै नदेखिएको उनका पुराना सहयोद्धा राधाकृष्ण मैनाली बताउँछन् ।

    ‘बरु म यदाकदा मन्दिर जान्थेँ । उहाँ कहिल्यै गएको थाहा छैन’ मैनालीले नेपाल प्रेससँग भने, ‘उहाँ पहिले नास्तिक नै हुनुहुन्थ्यो, अहिले धेरै फेरिनुभयो ।’

    हो, पछिल्लो समय हिन्दू धर्म र पूर्वीय दर्शनप्रति ओलीको रुझान स्पष्ट देखिन थालेको छ । त्यसलाई उनी लुकाउन खोजिरहेका पनि छैनन् । ओली आफ्नो भाषण र अन्तरवार्ताहरुमा पूर्वीय दर्शनको व्याख्या गरेर थाक्दैनन् । हिन्दू धर्ममा पुजिने देवी–देवताहरुका प्रसंगहरु पनि उनी झिकिरहन्छन् । नेपाललाई ऋषिमुनिहरुको तपोभूमिका रुपमा चित्रण गर्ने गर्छन् । अलिक दिनअघि उनले जीटीभीसँगको अन्तरवार्तामा अन्तरवार्ताकारलाई पूर्वीय दर्शनबारे राम्रैसँग पढाएर पठाएका थिए ।

    केही समयअघि ओलीले भगवान रामको जन्मस्थल भारतमा नभएर नेपालको ठोरीमा रहेको उल्लेख गर्दै यसको उत्खनन् गरिने घोषणा गरे । उनको यो अभिव्यक्तिले नेपालमा मात्रै नभएर भारतमा समेत तरंग ल्यायो । भारतीय मिडियाहरुले आफ्नो देशको सम्पदामा आँखा गाडेको भनेर ओलीलाई खुबै खेदे । तर, ओली अहिले पनि भगवान रामको वास्तविक जन्मस्थल नेपालमा भएको मान्यतामा अडिग छन् ।

    पहिलेका नास्तिक ओली अहिले हिन्दूधर्मप्रति मोहभाव किन देखाइरहेका छन् त ? यसका दुई आयाम छन् । पहिलाे भनेको उमेर र अनुभवले खारिंदै जाँदा उनीभित्र विगतमा जस्तो कम्युनिष्ट कट्टरता छैन । धर्म समाजविज्ञानको एउटा महत्वपूर्ण अंग हो भन्ने निष्कर्षमा उनी पुगेका छन् । नास्तिकबाट आस्तिकमा परिणत भएका हुन् वा होइनन्, त्यो उनैलाई थाहा होला । तर उनी धर्मलाई अफिम ठान्ने कम्युनिष्ट स्कुलिङबाट मुक्त भएको चाहिं यथार्थ हो ।

    पछिल्लो समय हिन्दू धर्म र पूर्वीय दर्शनप्रति ओलीको रुझान स्पष्ट देखिन थालेको छ । त्यसलाई उनी लुकाउन खोजिरहेका पनि छैनन् ।

    ओली निकट एक नेता भन्छन्, ‘उहाँ भौतिकवादबाट बाहिर आएर पूरै आध्यात्मिक व्यक्तिमा परिणत हुनुभएको होइन, हिन्दू धर्म देशको पहिचान र संस्कृतिको एउटा अंग भएकोले यसले आवश्यक सम्मान पाउनुपर्छ भन्ने दृष्टिकोण उहाँको हो ।’

    ओलीको हिन्दूत्व प्रेमको अर्को महत्वपूर्ण आयाम छ । नेपाललाई धर्मनिरपेक्षबाट हिन्दू राज्यमै फर्काउनुपर्छ भन्ने बढ्दो जनमतबाट उनी लोभिएका हुन सक्छन् । बलियो नेतृत्व नपाएको यो जनमत आफूतिर खिच्ने रणनीतिका रुपमा पनि उनले हिन्दू धर्मतर्फ झुकाव देखाइरहेको कतिपयको बुझाइ छ ।

    ओलीका निकटवर्तीहरु त उनले आफ्नो कार्यकालमै धर्मनिरपेक्षता र संघीयता उल्टाउने दावीसमेत गर्छन् ।

    बालुवाटारनिकट स्रोत भन्छ, ‘नेपालमा धर्मनिरपेक्षता र संघीयता ल्याएर गलत भएको उहाँले पहिल्यै महसुस गरिसक्नुभएको छ । अब यी दुवै प्रणाली उल्टाउनका लागि उपयुक्त समयको पर्खाइमा हुनुहुन्छ ।’

    त्यसो त ओलीका विरोधीहरुले उनीहरुमाथि प्रहार गर्ने मुख्य अस्त्र पनि ‘परिवर्तन विरोधी’ भन्ने हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता केही पनि ओलीले नरुचाएको उनीहरु बताउने गर्छन् । नेकपाको ‘विभाजन’ पछि प्रचण्ड र माधव नेपालले ओलीमाथि लगाइरहेको एउटा आरोप पनि यही हो । सानातिना आरोपको पनि मुखभरिको जवाफ फर्काउने ओली संघीयता र धर्मनिरपेक्षता विरोधीको आरोपमा चाहिं खासै कडा जवाफ दिन चाहिरहेका छैनन् । महसुस गर्न सकिन्छ कि यो आरोपमा उनलाई ठूलो आपत्ति छैन । जनताले आफूलाई संघीयता-धर्मनिरपेक्षता विरोधीकै रुपमा चिन्दा राजनीतिक नोक्सानी नहुने बुझाइसमेत ओलीको छ ।

    नेपालमा हिन्दू राज्यको पक्षमा निकै ठूलो जनमत रहेको र यो बढ्दो क्रममा रहेको विषय अब लुकाएर लुक्दैन । तर, यो जनमतलाई प्रतिनिधित्व गर्ने बलियो राजनीतिक शक्ति छैन । हिन्दू धर्मको वकालत गर्ने सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी हो । तर, यसले आफ्नो आकर्षण गुमाइसकेको छ । यसर्थ, ओलीले साँच्चिकै आँट गरेर संघीयता-धर्म निरपेक्षताका विषयमा बोल्ड निर्णय लिए भने यो जनमत उनले कब्जा गर्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन । तथापि विरोधी कित्ताबाट उत्पन्न हुनसक्ने कठोर प्रतिक्रियाको सामना गर्न पनि उनी तयार हुनुपर्नेछ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन श्रेष्ठ प्रधानमन्त्री ओलीले हिन्दूधर्मप्रति दर्शाइरहेको प्रेम स्वागतयोग्य भएको बताउँछन् ।

    ‘उहाँले हिन्दू राज्यको वकालत गर्दा हामीलाई राजनीतिक नोक्सानी हुन्छ कि हुँदैन भन्ने गौण विषय हो, ठूलो कुरा यही हो कि उहाँजस्तो कम्युनिष्ट नेताले हिन्दू राज्यको आवश्यकता र औचित्यको महसुस गर्न थाल्नुभएको छ ।’

    तर, सजिलो छैन

    ओलीको भित्री चाहना संघीयता र धर्मनिरपेक्षता उल्टाउने हो भने पनि त्यो कदम चाल्न उनका लागि फलामकै च्यूरा चपाएभन्दा कम चुनौतीपूर्ण हुने छैन । यसमा सबैभन्दा पहिलो तगारो पार्टीभित्रैबाट उत्पन्न हुने निश्चित छ ।

    नेपाल कम्युनिष्ट पार्टी अहिले अर्धविभाजित अवस्थामा छ । नेताहरु दुई ध्रुवमा बाँडिइसके पनि निर्वाचन आयोगले विभाजनको मान्यता दिएन । यसले आगामी दिनमा एकताको झिनो सम्भावना पैदा गरेको छ । यदि एकता भएन भने पनि पूर्वमाओवादीका केही नेताहरु ओलीसित छन् । उनीहरुलाई धर्मनिरपेक्षता र संघीयताप्रति अघोर प्रेम छ । पूर्वएमालेकै कतिपय नेताहरु ओलीसँग सहमत नहुन सक्छन् । त्यसबेला ओलीले पार्टीभित्रको सम्भावित विरोध पन्छाउँदै जनसमर्थनको आडमा आफूलाई थिग्राउनुपर्ने हुन्छ । त्यसका लागि उनमा बलियो मानसिक दृढता चाहिन्छ । कथंकदाचित एकता भएर फेरि प्रचण्ड–माधवहरु सँगै भए झन् चुनौतीको आयतन झनै भयानक हुन्छ ।

    खैर, यो अलि परको कुरा भयो । हिन्दू राज्य वा संघीयताबाट एकैचोटि ब्याक हुने आँट गर्न नसके यी विषयमा जनमतसंग्रह गराउन मध्यमार्गी विकल्प ओलीसँग छ । आगामी चुनावसँगै जनमतसंग्रहको पनि घोषणा गर्ने हो भने सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी उनले चाहेको नतिजा आउन सक्छ । नेपालको संविधानले पनि दूरगामी मुद्दाहरुमा जनमत संग्रहमा जान सकिने प्रावधान राखेकै छ । यो एउटा प्रजातान्त्रिक प्रक्रिया पनि हो । गणतन्त्रकै विषयमा पनि जनमतसंग्रहमा जाँदा अन्यथा हुँदैन, यसकारण कि यो व्यवस्था अहिलेसम्म जनअनुमोदित भएको छैन ।

  • नेकपा विवादः दुवैले जिते कि दुवैले हारे ?

    नेकपा विवादः दुवैले जिते कि दुवैले हारे ?

    काठमाडौं । भनिन्छ, कानुनका नौं सिङ हुन्छन् । यसको सरल अर्थ हो, कानुनलाई जे–जसरी पनि व्याख्या र तोडमोड गर्न सकिन्छ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयलाई अर्थ्याउने क्रममा यही उखान चरितार्थ भएको छ । ओली पक्षले यसलाई आफ्नो जितका रुपमा अर्थ्याउँदा प्रचण्ड—माधव पक्षले पनि उस्तै दावी गरेको छ ।

    प्रचण्ड–माधव पक्षका ‘अध्यक्ष’ माधवकुमार नेपाल आज पत्रकारमाझ प्रस्तुत हुँदा विजयी मुडमा देखिए । आयोगको निर्णयले आफ्नो अध्यक्ष पदको वैधानिकता समाप्त गरिदिएको भए पनि उनी चिन्तित थिएनन् ।

    नेपालले पत्रकारसँग भने, ‘निर्वाचन आयोगले पत्रमा लेखेको छ, ४४१ लाई आधार मान्छौं । दुई अध्यक्षलाई मान्छौं पनि भनेको छ । (हाँस्दै) माधव नेपाललाई मान्दिन पनि भनेको छ । तर, केही भएको छैन । कमरेड प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिता रह्यो ।’

    आफूलाई अध्यक्ष बनाउने निर्णयलाई आयोगले नमाने पनि ४ सय ४१ केन्द्रीय कमिटी सदस्यलाई आधार मानेकाले अन्ततः आफूहरूकै जित भएको विश्लेषण नेपालको छ ।

    केन्द्रीय कमिटीमा आफूहरू बहुमतमा रहेको र बहुमतले गरेको अनुशासनको कारबाही पनि बैध हुने उनको तर्क छ । नेपालले एउटा पत्र देखाउँदै थपे– केन्द्रीय कमिटीले अध्यक्ष पदबाट निकालिसकेपछि (निर्वाचन आयोगले) अधिकार छ भनेर लेखेको छ । के लेखेको छ भने अनुशासनको कारबाही गर्ने त्यही पुरानो (व्यवस्था) लागू हुनेछ ।’

    यस्तै तर्क ओली पक्षको पनि छ । ओलीपक्षीय नेता ईश्वर पोखरेलले आयोगको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको अडानलाई बल पुगेको निस्कर्ष सुनाएका छन् ।

    धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्छौं, सकारात्मक ढंगले लिन्छौं । शुरुदेखि नै केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको तर्फबाट जे अडान राखिएको थियो, त्यसलाई बल पुग्ने स्थिति हामीले देखेका छौं ।’

    नेपाल प्रेससँगको कुराकानीमा ओली पक्षीय नेता सुवास नेम्वाङले पनि प्रष्ट शब्दमा आफूहरूकै जितको दावी गरेका छन् । उनको तर्क छ–हाम्रो दावीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । हाम्रो अध्यक्ष केपी ओलीलाई निष्कासन गर्ने र अर्को कमरेडलाई अध्यक्ष नियुक्त गरेको भन्ने जुन चर्चा हामीले सुनेका थियौं, त्यसलाई निर्वाचन आयोगले अमान्य भनेको छ । यस्तो अवस्थामा समग्रमा निर्वाचन आयोगले ठीक निर्णय गर्‍यो । निर्वाचन आयोग यो विषयमा निर्णय गर्ने अधिकारप्राप्त सक्षम निकाय हो ।’

    के हो आयोगको निर्णय ?

    ‘दुवै पक्षले आधिकारिकता दावी गर्दै पेस गरेको कागजातमा कानुनी हिसाबले दुवै पक्षको दावी नपुगेको’ आयोगको निर्णयको सार हो । आयोगले नेकपाको पुरानै विवरण कायम रहने बताएको छ ।

    आयोगको निर्णयमा भनिएको छः

    विधानको धारा १८ (घ) बमोजिम आगामी एकता महाधिवेशन सम्मको लागि केन्द्रीय कमिटीमा दुई जना अध्यक्ष, दुई जना वरिष्ठ नेता, एक जना महासचिव र एक जना प्रवक्ता रहने र केन्द्रीय कमिटी ४४१ सदस्यीय रहने व्यवस्था भएबमोजिम ती पदाधिकारी तथा केन्द्रीय सदस्य यथावत नै रहनु भएको भन्ने उल्लेख भएको देखिँदा उक्त दलबाट विभिन्न मितिमा प्राप्त हुन आएका फरक–फरक विवरण राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (५) बमोजिम कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन सक्ने अवस्था देखिएन ।

    निर्णयको भाषा लम्बेतान भए पनि सार यही हो कि दुवै पक्षले आधिकारिकता पाउन नसकेकाले नेकपाको पुरानै विवरण आयोगमा कायम रहने छ ।

    के गर्लान् विवादित पक्ष ?

    ओली पक्ष आयोगले गरेको निर्णयबाट हर्षित नै भएकाले निर्णयको पूर्ण विवरण अध्ययन गर्नेबाहेक बाँकी प्रक्रियामा नजाने देखिन्छ । प्रचण्ड–माधव पक्षले अब के गर्ला भन्ने प्रश्न छ । निर्णय आफ्ना लागि पनि सकारात्मक रहेको भन्नु बाहेक यो पक्षले आगामी रणनीति तय गरिसकेको छैन ।

    आयोगको निर्णय हेर्दा आफ्नो पक्षमा ४० प्रतिशत पुगेको देखाएर दल विभाजनका लागि आवेदन दिने एउटा विकल्प देखिन्छ । तर, त्यसका लागि दुवै पक्ष तयार नहुन सक्छन् । किनभने नेकपा फुटाएको अबगाल दुवै पक्षले बोक्न चाहँदैनन् । विद्रोही प्रचण्ड–माधव पक्षले आयोगको निर्णयप्रति औपचारिक प्रतिक्रिया जनाउन ढिलाइ गर्नुको कारण पनि कुन छिद्र प्रयोग गरेर आफूलाई नै आधिकारिक देखाउन सकिन्छ भनेर खोज्नु हो ।

    विधिका हिसाबले अहिले आयोगले प्रशासनिक तहको निर्णय मात्रै गरेको र न्यायिक निरुपणको दृष्टिकोणले प्रयोग गनुपर्ने दफाहरू प्रयोग गर्न बाँकी नै रहेको भन्ने स्थायी कमिटी सदस्य देव गुरुङको भनाइ छ । यसको अर्थ पार्टी फुटको अगुवाइ आफैले गर्नेभन्दा पनि राजनीतिक दल सम्बन्धी ऐनले दिएका विकल्पमै अन्तिमसम्म खेल्ने मनशाय देखिन्छ ।

    ‘अहिले दफा ५१ अनुसार राजनीतिक दलको विवरण अद्यावधिक मात्रै गरिएको छ,’ नेपाल प्रेससँग गुरुङले भने, ‘अद्यावधिक विवरण फरक परेको र बाझिएको अवस्थामा दुवै पक्षलाई बोलाएर आधिकारिक गराउनुपर्छ । दुवै पक्षले त्यही नै हो नभनेको अवस्थामा विवाद निरुपणसम्बन्धी दफाहरू प्रयोग गर्नुपर्ने हुन्छ । त्यो भनेको राजनीतिक दलसम्बन्धी दफा ४३, ४४, ४५, ४६ का प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।’

    गुरुङको भनाइ विश्लेषण गर्ने हो भने आधिकारिकताको विषयलाई प्रचण्ड–माधव पक्षले तत्काल अदालतमा प्रवेश गराउने देखिँदैन । त्यसकारण आधिकाकिरताको लडाइँ लम्बिन सक्छ ।

  • नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा (सूचीसहित)

    नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा भएका छन् ।

    सोमवार बसेको बढुवा समितिको बैठकले बढुवाको लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको एक नम्बरमा भुवनेश्वर तिवारी परेका छन् ।

    नेपाल प्रहरीमा ०५८ सालमा भर्ना भएका १६ डिएसपीको आज एसपीमा बढुवा सिफारिस भएको हो । अघिल्लो बढुवामा छुटेका सबै डिएसपी यसपटक एसपी भएका छन् ।

    बढुवा सिफारिसमा परेका १६ जना डिएसपीको सूची यस्तो छ ।

  • १५ सचिव र ५९ सह–सचिवको एकै पटक सरुवा हुँदै

    १५ सचिव र ५९ सह–सचिवको एकै पटक सरुवा हुँदै

    काठमाडौं । सरकारले १५ सचिव र ५९ सह–सचिवको एकैपटक सरुवा गर्ने प्रक्रिया थालेको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै निर्वाचन घोषणा गरेको सरकारले निर्वाचनलाई सहयोग पुग्ने गरी सचिव र सह–सचिवको सरुवा गर्न लागेको हो ।

    सरुवा हुने सचिव र सह–सचिवको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पठाइसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

    मन्त्रालय स्रोतका अनुसार गृह सचिव महेश्वर न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई सचिव दिनेश घिमिरे, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सुर्य गौतम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललगायत अन्य सचिवको पनि अन्य मन्त्रालय र निकायमा सरुवा हुन लागेको जनाइएको छ ।

    गृहमन्त्रालयको सचिव बन्न एकनारायण अर्याल र सूर्य गौतमले लबिङ गरिरहेका छन् । यस्तै सह–सचिवमा भने अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सरकारले सरुवा गर्न लागेको हो । करिव २ दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा हुने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

    यस्तै विभिन्न विभागिय प्रमुखको जिम्मेवारी सम्हालेका सह–सचिवको पनि सरुवा हुने भएको छ । मन्त्रालय स्रोतका अनुसार बैदेशिक रोजगार विभागका महानिर्देशक कु्मार दाहाल, सम्पती शुद्धीकरण विभागका महानिर्देशक रुपनारायण भट्टराई, बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलगायतका सह–सचिवको सरुवा हुन लागेको हो ।

  • नागरिक मार्चमाथि पानीको फोहोरा

    नागरिक मार्चमाथि पानीको फोहोरा

    संसद विघटनविरुद्ध नागरिक समाजले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि भएको प्रदर्शनमा झडप भएको हो ।

    प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा जानबाट रोक्न प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रहार गरेको छ ।

    बृहत नागरिक आन्दोलनका नाममा बालुवाटारमा प्रदर्शन भएको हो ।

  • कपिल शर्मा सो बन्द हुने, यस्ता छन् कारणहरु

    कपिल शर्मा सो बन्द हुने, यस्ता छन् कारणहरु

    काठमाडौं । लोकप्रिय भारतीय कमेडी टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा सो’ केही समयको लागि बन्द हुने भएको छ । भारतीय संचारमाध्यमका अनुसार फेब्रुअरी मध्यदेखि सोले ब्रेक लिन लागेको हो ।

    दुईवर्षदेखि संचालन हुँदै आएको सो केही समयको लागि बन्द हुने टाइम्स अफ इन्डियाले जनाएको छ । कोरोनाभाइरस महामारीको कारण लाइभ दर्शकको संख्यामा कमी आएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

    फिल्म पनि रिलिज नभएको अवस्थालाई दृष्टिगत गरेर यस्तो निर्णय लिइएको संचालक कपिल शर्माले जनाएका छन् । साथै कपिलकी श्रीमती गिन्नी पनि गर्भवती छिन् । ब्रेकको समयमा कपिलले पत्नीसँग समय बिताउने भएका छन् ।

    नयाँ सिजन कहिलेदेखि सुरु हुन्छ भन्ने बारे कपिलले केही खुलाएका छैनन् । तर, उनले केही समयपहिले नेटफिल्क्ससँग सहकार्य गर्न लागेको जनाएका थिए ।

  • शहीदनगरका नगरप्रमुखकै भाइले कुटे इन्जिनियर, कमिशन मागेको आरोप

    शहीदनगरका नगरप्रमुखकै भाइले कुटे इन्जिनियर, कमिशन मागेको आरोप

    जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका नगरप्रमुख उदय बरबरियाका भाई विजय यादवले इन्जिनियर सन्जय यादवलाई कार्यकक्षमै हातपाट तथा दुव्र्यवहार गरेका छन् ।

    बिल पास गर्न कमिशन मागेको भन्दै ठेकेदारी गर्ने बिजयले नगरपालिका कार्यालयमै इन्जिनियर यादवमाथि हातपात तथा दुव्र्यवहार गरेका हुन् ।
    साथै इन्जिनियर यादवको कार्यकक्षमा तोडफोड समेत गरिएको छ । एक प्रत्यक्षदर्शीका अनुसार नगरप्रमुखका भाई विजयले गालीगलौज गर्दै इन्जिनियर यादवलाई हातपात गर्नुका साथै टेबलमा भएको समानहरु समेत फालेका थिए ।

    इन्जिनियर यादवलाई कुट्न विजयले १५\२० जना युवा समेत कार्यालयमा लगेका थिए । १५\२० जनाले होहल्ला गरेपछि कार्यालयमा भीड नै लागेको थियो । लगत्तै सुरक्षाकर्मी समेत पुगेको र त्यसपछि अवस्थामा सामान्य भएको बताइएको छ ।

    नाम नखुलाउने शर्तमा एक कर्मचारीले भने, ‘यहाँका अधिकांश योजनाको ठेक्का मेयरका भाई विजय नै पाउँने गरेकाछन् । कर्मचारीबाट सानो समस्या भयो भने सधै गाली गर्नेगर्छन् । आज त हदै पार ग¥यो । कर्मचारीलाई तथानाम गाली गर्दै कुटपिट नै गरियो ।

    यसरी कर्मचारीमाथि हातपात हुँदा कसरी काम गर्ने ।’ इन्जिनियर यादवले आफुमाथि भएको दुव्र्यवहारबारे खुलेर बोल्न मानेका छैनन् । उनले नेपाल प्रेससँग भने, ‘यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सरसँग सोध्नुस् ।’ तर प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवको फोन उठेन । उनी सम्पर्कमा छैनन् ।

    यता, नगर प्रमुख उदय बरबरियाले कार्यालयमा सामान्य भनाभन मात्र भएको दावी गरे । उनले भने, ‘त्यस्तो केही भएन । सामान्य विवाद भयो । इन्जिनियरमाथि हातपात र तोडफोड भएको छैन ।’ उनले सामान्य कुराको समाचार नलेखिदिन आग्रह समेत गरे ।

    बिजयले फेसबुकमा आफ्नै सहोदर दाई नगर प्रमुख बरबरियाको कार्यशैलीमाथि समेत प्रश्न उठाएका छन् । बिजयले फेसबुकमा लेखेका छन्, ‘एफबी (फेसबुक)मै समृद्ध नगरपालिका बन्दैन एफबी मेयर साहेब ।’

    यसबारे नगरप्रमुख बरबरियाले भन्छन्, ‘आवेगमा आएर लेखेको होला ।’ बिजयले इन्जिनियर यादवलाई हातपाट तथा दुव्र्यवहार गर्नु अगाडी नै फेसबुकमा स्टाटस लेखेर धम्की दिएका थिए । भनेका थिए, ‘अधिकृतलाई बिलपास गर्नुभन्दा पहिले नै कमिशन चाहियो । आमाको दुध खाएको छौं भने भोली आउ नगरपालिका, कुकुरहरु ।’

    ७ लाखको ग्राभेलको काम गरेको र कमिशन नदिएपछि घटाएर ४ लाखको मूल्यांकन गरेकोमा विजयले आक्रोस पोखेका छन् ।

    उनले इन्जिनियरको योग्यतामाथि समेत प्रश्न तेर्साएका छन् । भारतबाट सर्टिफिकेट ल्याएका इन्ज्निियर होइन्, लोकसेवा पास गरेका इन्जिनियरको माग समेत गरेका छन् ।

  • मौसमी घटनाबाट यस शताब्दीमा चार लाख ८० हजारको मृत्यु

    मौसमी घटनाबाट यस शताब्दीमा चार लाख ८० हजारको मृत्यु

    पेरिस -यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । हालै सार्वजनिक एक मूल्याँकन प्रतिवेदनले जलवायु परिवर्तनले मानवको अस्तित्वमा नै खतरा उत्पन्न गराइरहेको औंल्याएको छ ।

    खासगरी विकासशील मुलुकहरुले सामना गर्नु परेका आँधी, बाढी र तातो हावा जस्ता जलवायु–सम्बन्धित विपदाले हरेक वर्ष ठूलो संख्यामा मानिसको मृत्यु हुनेक्रम बढेको छ ।

    कोरोनाभाइरसका कारण यस वर्ष भर्जुअल रुपमा शुभारम्भ भएको जलवायु अनुकूलन सम्मेलनका अवसरमा जर्मनवाच नाम गरेको संस्थाले यस शताब्दीको शुरुका २० वर्षमा यी विपदाले विश्वभर करिब २५ खर्ब ६० अर्ब डलर बराबरको आर्थिक क्षति पुगेको विवरण सार्वजनिक गरेको छ ।

    एघार हजारभन्दा बढी विषम मौसमी घटनाको अध्ययनले सन् २००० यतामात्र झण्डै चार लाख ८० हजार व्यक्तिको मृत्यु भएको देखाएको छ जसमा पोर्टोरिको, म्यान्मार र हैटीमा सर्वाधिक प्रभाव परेको छ ।

    सन् २०१५ को जलवायु सम्बन्धी पेरिस सम्झौता बमोजिम धनी देशहरुले हरेक वर्ष गरिब मुलुकहरुलाई १०० अर्ब डलर उपलब्ध गराउनु पर्नेछ । यो रकम गरिब मुलुकमा तापमानलाई कम गर्ने उपायमा खर्च गर्न र बदलिँदो जलवायुलाई अनुकूलन गर्न प्रयोग गरिने उल्लेख छ ।

    तर पछिल्ला अनुसन्धानहरुले गरिब मुलुकका लागि व्यवस्था गर्ने भनिएको रकम ज्यादै नै न्यून देखिएको जनाएका छन् ।

    जर्मनवाचको विश्व जलवायु सूचकले दुई दशकको विषम मौसमी घटनाहरुबाट सिर्जित असरको जाँच गरेको छ, खासगरी सन् २०१९ को आँधीहरुलाई यसले विश्लेषण गरेको छ । यी आँधीहरुले खासगरी क्यारेबियन, पूर्वी अफ्रिका र दक्षिण एसियालाई बढी प्रभाव पारेको छ ।

    अनुकूलन कार्यक्रम पेरिस सम्झौताको आधार स्तम्भ नै हो । यस सम्झौतामा हरेक वर्ष करिब ५० अर्ब डलर वातावरणीय अनुकूलनका कार्यक्रममा खर्च गरिने उल्लेख छ । तर सम्झौता भएपछिका पाँच वर्ष प्राकृतिक प्रकोपको संख्या र आकार ज्यादै बढिसकेको छ ।

    राष्ट्रसंघका अनुसार प्राकृतिक विपदको सम्बोधनका लागि गर्नुपर्ने खर्च आकाशिएको छ । हरेक वर्ष विकासशील मुलुकहरुलाई करिब ७० अर्ब डलर जरुरी भएकोमा करिब ३० अर्ब डलर मात्र उपलब्ध भइरहेको छ ।

    अनुकूलन कार्यक्रमका लागि स्रोतमा देखिएको यो फरकलाई सूक्ष्म रुपमा अध्ययन गरिरहेको राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप)ले सन् २०३० सम्ममा जलवायुका प्रभावको अनुकूलनका लागि ३०० अर्ब डलर लाग्ने प्रक्षेपण प्रस्तुत गरेको छ । साथै यस शताब्दीको मध्यसम्ममा हरेक वर्ष ५०० अर्ब डलर अनुकूलन कार्यक्रमका लागि जरुरी हुने युनेपको अनुमान छ ।

    नेदरल्यान्ड्स आयोजक रहेको जलवायु अनुकूलन सम्मेलनमा परिवर्तित जलवायुबाट सिर्जित चुनौती व्यहोरिरहेका मुलुकहरुलाई सहयोग गर्न ठोस सहमति जुटाउन प्रयास हुनेछ । यो सम्मेलन भर्चुअल विधिबाट संचालन भइरहेको आयोजकहरुले बताएका छन् ।

  • ‘निर्वाचन आयोगको निर्णयप्रति छलफलपछि धारणा आउँछ’

    ‘निर्वाचन आयोगको निर्णयप्रति छलफलपछि धारणा आउँछ’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीको आधिकारिक धारणा आन्तरिक छलफलपछि मात्रै आउने बताएका छन् ।

    यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले आयोगको निर्णयप्रति भने आफ्नो समूह सन्तुष्ट नभएको उल्लेख गर्दै अब अदालत जाने कि आयोगमा जाने भन्नेमा पार्टीले सबै कागजी प्रमाण हेरेर निर्णय गर्ने स्पष्ट पारे ।

    पूर्वमन्त्री पुनले संसद् पुनस्र्थापनाको विकल्प नभएको प्रस्ट पार्दै त्यो नै वर्तमान राजनीतिक निकासको बाटो भएको जिकिर गरे । उनले वतर्मान ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई विद्युत्को सही व्यवस्थापन गरेर काम गर्न सुझाव दिए ।

  • इङल्यान्डले जित्यो टेस्ट सिरिज

    इङल्यान्डले जित्यो टेस्ट सिरिज

    काठमाडौं । इङ्ल्यान्डले घरेलु टीम श्रीलंकाविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेस्टमा सोमबार श्रीलंकालाई ६ विकेटले पराजित गर्दै इङ्ल्यान्डले सिरिज २–० ले जितेको हो ।

    श्रीलंकाले १६४ रनको लक्ष्य दिएको थियो । इङ्ल्यान्डले ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

    दोस्रो इनिङमा इङ्ल्यान्डका डम सिब्लीले अविजित रहँदै ५६ विकेट लिए । जस बटरलरले ४६ रन बनाए ।

    श्रीलंकाको लागि लासिथ इमबुल्डेनियाले ३ विकेट लिए । उनले नै सर्वाधिक ४० रन पनि जोडे । इङल्यान्डका डम बेस र ज्याक लिचले ४/४ विकेट लिए ।

  • शक्ति प्रदर्शनसहितको आन्दोलनका पक्षमा पौडेल समूह

    शक्ति प्रदर्शनसहितको आन्दोलनका पक्षमा पौडेल समूह

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध शक्ति प्रदर्शनसहितको सभाहरु गर्नुपर्ने बताएका छन् ।

    महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा वरिष्ठ नेता पौडेलले वडा तहसम्मको आन्दोलनले पार्टीमा ऊर्जा भरेको भन्दै प्रतिगमनविरुद्ध आन्दोलनको थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन् । पौडेल पक्षको बैठकमा आन्दोलनका कार्यक्रम र महाधिवेशनको तयारी बारे छलफल भएको थियो ।

    मंगलबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा पौडेल पक्षले शक्ति प्रदर्शनसहितको सभा र महाधिवेशनका कामहरुलाई तीव्रता दिने विषयलाई प्राथमिकता दिने भएको छ । ‘संसद विघटनविरुद्ध पार्टी आन्दोलित भइसकेको छ । त्यसैले अझ सशक्त कार्यक्रम जनतामाझ लैजान आवश्यक छ । आन्दोलनबाट फर्किन मिल्दैन बैठकमा पौडेलले भने । कांग्रेसले आफैंले बनाएको संविधान जोगाउन आफैंले अग्रसरता लिनुपर्ने पौडेलको धारणा थियो । बैठकमा सहभागि अन्य नेताहरुले हालसम्मका आन्दोलन सफल भएपनि सरकारलाई त्यसले कुनै असर नगरेको बताएका थिए । ‘हामीले आन्दोलन त गर्‍यौ तर हाम्रो आन्दोलनले कसैलाई प्रभाव नपरेजस्तो देखियो । वडामा होइन केन्द्रमा असर पर्नेगरी आन्दोलन गर्नुपर्छ’, बैठकमा अधिकांश नेताहरुको भनाई थियो ।

    बैठकमा सहभागि कांग्रेस नेता नवीन्द्रराज जोशीले आन्दोलनबाट पार्टी पछाडि फर्कन नसक्ने बताए । ‘आजको बैठकमा पार्टीको केन्द्रीय समितिबाट आन्दोलनका थप कार्यक्रम ल्याउन पहल गर्ने निर्णय भएको छ । अरु विषय महाधिवेशनको कामलाई तीव्रता दिने भन्नेमा केन्द्रीत रह्यो’, जोशीले नेपाल प्रेससंग भने ।

    उनले माघ मसान्तभित्र क्रियाशील सदस्यता केन्द्रमा पठाउने विषयमा जिल्ला समितिहरुलाई ताकेता गर्ने, पार्टीको महाधिवेशन सुनिश्चित गर्ने लगायतका विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिए । यस्तै बैठकमा प्रदेश सभामा पेश भएका अविश्वास प्रस्तावहरुबारे पनि छलफल भएको थियो ।

    बैठकमा सहभागि अधिकांश नेताले अविश्वास प्रस्ताव पारित गराउने पक्षमा पार्टी उभिनुपर्ने र सम्भव भएसम्म दुवै प्रदेशमा सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए ।

  • प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट : कांग्रेस

    प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई स्वतन्त्रताविरुद्धको बर्बराहटको संज्ञा दिएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै ‘संसद विघटनको विरोध गर्नेहरु देशद्रोही हुन्’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना गरेको हो । ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ’, शर्माले भनेका छन् ।

    सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएकोमा पनि प्रवक्ता शर्माले आपत्ति जनाएका छन् । प्रधनमन्त्रीका पछिल्ला अभिव्यक्तिले पदको गरिमा घटाएको कांग्रेसको टिप्पणी छ । ‘प्रधानमन्त्रीका पछिल्ला कैयौ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन् । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ’, विज्ञप्तीमा भनिएको छ ।

    कांग्रेसले समाजको कुनैपनि वर्ग, पेशा वा समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई कांग्रेसले चेतावनी समेत दिएको छ ।

  • बादलले ठम्याएका नेकपा विभाजनका तीन कारकतत्व

    बादलले ठम्याएका नेकपा विभाजनका तीन कारकतत्व

    काठमाडौं । नेकपा विभाजनपछि पनि दुई दिनसम्म तटस्थ बसेर अन्तिममा केपी ओली पक्षमा खुलेका गृहमन्त्री रामबहादुर थापा बादल सोमबार तत्कालीन माओवादीको प्रभाव क्षेत्र कालिकोटमा पुगेर प्रचण्डमाथि खनिए ।

    उनले नेकपा विभाजन गर्ने तीन प्रमुख पात्रका रुपमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई चित्रित गर्दै उनीहरु प्रतिगामी शक्तिको मतियार बनेको आरोप समेत लगाए । बादलले प्रतिनिधिसभा पुनःस्थापना भए राजतन्त्र पुनःस्थापना हुने दावी समेत गरे ।

    बादलले प्रचण्डलाई प्रधानमन्त्री नपाएको छटपटी, झलनाथलाई राष्ट्रपति बन्न नपाएको कुण्ठा र माधव नेपाललाई अध्यक्ष बन्ने हुटहुटीले नेकपा विभाजन गरेर बाहिरिएको टिप्पणी गरे । उनले तीनै जना नेताको षड्यन्त्र असफल पार्न प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताए ।

    कालिकोटमा बादलले गरेको भाषण यस्तो थियो

    केपी ओलीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको एकीकरण भएपछि धेरै देशी विदेशी शक्तिहरु छटपटिएका थिए । समृद्धिको यात्रा अघि बढेपछि पार्टीभित्रका अशन्तुष्ट शक्ति खोज्न थाले ।

    नेकपाभित्रका कमजोर पात्र खोज्ने क्रममा उनीहरुले राष्ट्रपति हुन नपाएकोमा असन्तुष्ट व्यक्ति भेटे । प्रधानमन्त्री बन्न नपाएको असन्तुष्ट पात्र छन् भन्ने उनीहरुले पत्ता लगाए । अनि नेकपाभित्र यस्ता नेताहरु पनि छन्, जो अध्यक्ष हुन चाहन्छन् । प्रतिस्पर्धामा पराजित भएकोमा तीब्र असन्तुष्ट छन् भन्ने उनीहरुले पत्ता लगाए । वास्तवमा नेकपाको शीर्ष नेतृत्वमा रहेका तीन अवसरवादीलाई उनीहरुले समाते ।

    तीनै असन्तुष्टि र कमजोर पात्रलाई उनीहरुले समाते । गत असोज महिनासम्म आउँदाखेरि नेकपाभित्रका ती असन्तुष्टिलाई, कुण्ठाहरुलाई उनीहरुले उत्कर्षमा पुर्‍याए । तपाई हामीले देख्यौं, नेकपाभित्रका केही फुटवादी, गुटवादी महत्वाकांक्षी पात्रले पार्टी अध्यक्षको विरुद्ध आरोपहरु खडा गरे । पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ । अन्यथा केन्द्रीय समितिबाट हटाउँछौं भने । उनीहरुले प्रधानमन्त्री हुनका निम्ति तथाकथित आरोपहरु खडा गरे । प्रधानमन्त्रीबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याएर अपदस्थ गर्छौ भने ।

    पार्टीभित्रका असन्तुष्ट ती फुटवादीहरुलाई आरोपपत्र फिर्ता लिन भनेर हामीले धेरै प्रयत्न गरेको हो । अन्तिमसम्म हामीले गरेको प्रयत्न असफल भयो । त्यो गुट भेला भएर पार्टी अध्यक्षलाई कारवाही गरेको नाटक मन्चन गरेर पाटी फुटाइछाडे ।

    उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लगे । त्यो औपचारिक रुपमा दर्ता नभए पनि उनीहरुको षड्यन्त्र प्रष्ट भयो । हाम्रो पार्टीभित्रका ती अवसरवादी तत्वहरु प्रतिगामीको षडयन्त्रमा परेर फेरि प्रतिगमनमा संसद पुनःस्थापना गर्ने षडयन्त्रका मतियार भएका छन् ।

    आज उनीहरुले भनिरहेका छन्स- सरकारले असंवैधानिक कदम उठायो भनेर स्याल हुइइया गरेका छन् । वास्तवमा यो उनीहरुको छटपटी हो । प्रधानमन्त्रीलाई अपदस्थ गर्ने, प्रतिक्रान्ति गर्ने उनीहरुको षड्यन्त्र असफल भएकोमा छटपटाहट हो ।

    हिन्दीमा एउटा भनाइ छ नि, ना रहेगा बाँस, ना बजेगा बाँसुरी। उनीहरुको प्रधानमन्त्री हुने सपनालाई चकनाचुर पार्‍यौं । हामी ती अवसरवादीहरुलाई जनताको बीचमा गएर जनताको अभिमत लिएर प्रधानमन्त्री हुने अवसर दिएका छौं । प्रतिगामी शक्तिहरुले नेकपाको नेतृत्व र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेका थिए । संसद पुनःस्थापना भयो भने राजतन्त्र पुनःसस्थापना हुन्छ । प्रतिगमनका मतियार संसद पुनःस्थापना हुँदैन । पुनःस्थापनाको कुरा भनेको राजनीतिक अस्थिरता पैदा गर्ने नारा हो । यसको भण्डाफोर गर्न जरुरी छ ।

  • हराएका मोटरसाइकल भेटेपछि  मक्ख

    हराएका मोटरसाइकल भेटेपछि मक्ख

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

    महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीहरुलाई सोमाबार मोटरसाइकल हस्तान्तरण गरेको हो ।

    महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी चोरी भएका मोटरसाइकल पक्राउ गर्न थालेको छ ।

    खोजीको दायरा बढाउँदै लगेको तथा मोटरसाइकल फेला पर्ने क्रमपनि बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताए । चोरहरुलाई मुद्दा दायर गरेको पनि उनले जानकारी दिए ।

    महाशाखा प्रमुख भट्टराईले यो अभियानलाई अझ तिव्रताका साथ अघि बढाउने बताए । हराएको मोटरसाइकल पाएपछि मोटरसाइकल धनीहरुले खुशी व्यक्त गरेका छन् । हराउन नदिनको निम्ति आगामी दिनमा सवारी धनिले नै सर्तकता अपनाउनुपर्ने उनीहरुको भनाई छ ।

    महाशाखाको टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुंगेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, सुकेधारा बसुन्धारा, कोटेश्वर, धुम्बाराही लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी बुझाएको हो ।

     

  • मेनपावरपछि सेक्युरिटी कम्पनीमा विभागको छापा, अवैध कागजपत्र बरामद

    मेनपावरपछि सेक्युरिटी कम्पनीमा विभागको छापा, अवैध कागजपत्र बरामद

    काठमाडौं । काठमाडौंको सिनामंगलस्थित म्यानपावर बजारमा रहेको कल्याण सेक्युरिटी सर्भिस प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

    भारतको बाटो हुँदै २२ जना नेपाली युवालाई अवैध रुपमा कतार प्रहरीमा लैजानका लागि अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागले आज दिउँसो छापा मारेको हो । विभागको टोलीले कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम पनि बरामद् गरेको छ ।

    पछिल्लो समय सिनामंगलको कल्याण सेक्युरिटीबाट कतार जानका लागि २२ जना युवाले कागजपत्र पेस गरेको थिए । वैदेशिक रोजगार ऐनविपरीत नेपाली युवालाई भारतको बाटो हुँदै गैरकानुनी रुपमा कतार प्रहरीमा पठाउन लागेको सूचना पाएपछि छापा मारेको विभागका महानिर्देशक कुमार दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

    विभागले निरन्तर म्यानपावर कम्पनीमा छापा मार्न थालेपछि पछिल्लो सयम व्यवसायीले सेक्युरिटी कम्पनीमा अन्तरवार्ता लिन थालेका छन् । विभागले एक महिनाअघि पनि कतार प्रहरीको अवैध अन्तर्वार्ता लिनमा संलग्न विभिन्न तीन म्यानपावर कम्पनीमा छापा हानेको थियो ।

    त्यसपछि भएको अनुसन्धानमा कतार सरकार नै अवैध रुपमा नेपाली श्रमिकलाई कतारको प्रहरीमा लैजान लागेको खुलेको थियो । कतार प्रहरीमा पठाउने क्रममा ९ देखि १५ लाखसम्म प्रतिव्यक्ति अशुली गरेको यसअघिनै खुलाशा भएको थियो ।

  • प्रदेश १ का लागि कोरोना विरुद्धको ९६ हजार खोप

    प्रदेश १ का लागि कोरोना विरुद्धको ९६ हजार खोप

    विराटनगर । भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोना विरुद्धको ९६ हजार डोज खोप प्रदेश १ मा पनि आईपुगेको छ ।

    सोमबार प्रदेश नं. १ को राजधानी विराटनगरमा पहिलो चरणमा लगाउने खोप आएकोे हो ।

    प्रदेश १ का सबै १४ जिल्लालाई पर्याप्त हुने गरि डबल डोजको खोपको ९६ हजार खोप आइपुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईले बताए ।

    विराटनगर आईपुगेको खोप माघ १३ गते बेलुकासम्म प्रदेशभरिका सबै जिल्लाहरुमा आवश्यकता अनुसार खोप पुगिसक्ने प्रमुख प्रसाईले जानकारी दिए ।

    प्रदेशभरिका प्रत्येक जिल्ला अस्पताल र केही ठुला अस्पतालहरुबाट प्रथम चरणमा कोरोना महामारीका बिच अग्रभागमा रहेर क्रियाशील स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना छ ।

    प्रथम चरणमा ३५ हजार ५ सय ७६ जना लक्षित जनशक्तिलाई कोरोना विरुद्धको खोप लगाउने तयारी रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख प्रसाईले बताए।

    प्रथम पटक खोप लगाईसकेका व्यक्तिले १ महिनापछि पुनः दोश्रोपटक खोप लगाउनुपर्ने भएकाले प्रदेशलाई हाल कुल ७१ हजार १ सय ५२ डोज कोरोना विरुद्धको खोप आवश्य पर्छ ।

    तर केन्द्रसरकारले पहिलो चरणमै सोमबार ९६ हजार डोज कोरोना विरुद्धको खोप विराटनगर पठाएको छ। यो सगै दोश्रो चरणको खोपपनि प्रदेश सरकारसँग पर्याप्त रहेको स्वास्थ्य महाशाखा प्रमुख प्रसाईले बताए ।

    कोरोना विरुद्धको खोप विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरिएको छ ।

  • संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन: सभामुख

    संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन: सभामुख

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

    सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधि सभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन् ।

    संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए । संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताए ।

    उनले भने ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्द ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत गर्‍यौं । हामी सबै सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।’

    सभामुख सापकोटाले प्रतिनिधि सभाको अधिवेसन सूचारु गर्ने कुरामा सरकारले अवरोध गनु बेठिक भएको पनि बताए छ । संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यैपनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधि सभालाई सञ्चालन गर्न अवरोध गरेको बताए ।

    उनले भने, ‘म के भन्न चाहन्छु भने एउटा यस्तो अवरोध गरेको कुरा चाहे त्यो नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस, चाहे बजेट पास गर्ने कुरामा होस कुनै कुरामा पनि प्रतिनिधि सभाले सहयोग नै गरेको छ । कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन् । त्यसकारण यस्तो परिस्थितिमा जुन खालको अवरोध सिर्जना गरिएको छ त्यो बेठिक छ ।’

    संसदले संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना गर्‍यो भन्नु गलत भएको पनि बताए । संसद भित्र कहिल्यैपनि प्रतिपक्ष र कुनैपनि सांसदले अवरोध नगरेको पनि बताए ।

    उनले भने ‘हामीले संविधान संशोधन गरेर नक्सा पास गर्‍यौं त्यो सायदै अभूतपूर्व एकता थियो हाम्रो संसदमा प्रकट भएको । त्यसैगरी यो पनि स्पष्ट पार्न चाहन्छु संसद भित्र न प्रतिपक्षले न कुनै माननिय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन् ।’

    संसद फेरीपनि सूचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए ।

    उनले भने ‘दुईवटा सदन चलाएको अनुभव सहित हाम्रो व्यवस्थित देशको सर्वाङ्गिण कुरामा ध्यान दिदै व्यवस्थित ढंगले संसद सञ्चालन गर्ने तयारी हुँदै गर्दाखोरी हठात संसद सञ्चालनमा आवरुद्धता आएको छ । त्यसलाई सूचारु गर्नपर्छ भनेर तपाईहरुले मात्रै होइन यो देशका सबै संविधानविद्हरु, कानूनविद्हरु, विज्ञहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांसले चिन्ताका साथ सूचारु हुनुपर्छ भन्ने आवाज उठाईराख्नु भएको छ । त्यस सम्बन्धमा म गम्भिरतापूर्वक जिम्मेवारी पूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।’

    सभामुख सापकोटाले संसदले सरकारलाई जहिले पनि सहयोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताए ।

    प्रतिनिधि सभाले सरकारलाई कहिले पनि कार्यपालिकालाई असहयोग नगरेको अवस्थामा सरकारले विघटन गरेर प्रतिनिधि सभालाई अवारेध गर्न नहुने पनि उनको भनाई छ ।

     

     

  • निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न मन्त्री पौडेलको आग्रह

    निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न मन्त्री पौडेलको आग्रह

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् ।

    नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजूल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् ।

    निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताए ।

    निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ  ।
    निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्‍यो भन्ने बुझाई गलत भएको पनि उनको भनाइ थियो । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव पर्‍यो भन्ने अर्थमा बुझ्न नहुने बताए ।

    अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधि सभा नभई स्थिरता, विकास र समृद्धि तर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ ।

    अर्थमन्त्री पौडेलले कोरोनाको खोप किन्नको लागि सरकारले नेपालीसँग पैसा मागेको भन्ने कुराको खण्डन गरेका छन् ।

    कोरोनाको खोप किन्नका लागि नेपाली जनतासँग पैसा नमागेको बताए । उनले खोप किन्नका लागि विदेशी दातृ निकायलाई मात्रै सहयोग गर्न आग्रह गरेको बताए ।

     

  • यस्तो छ करिनाको प्रेगनेन्सी फोटोसुट : बेबी–बम्प फोटोमा योगा आसन

    यस्तो छ करिनाको प्रेगनेन्सी फोटोसुट : बेबी–बम्प फोटोमा योगा आसन

    काठमाडौं । बलिउड सेलेब्समाझ गर्भवती फोटोसुट सामान्य हुन थालेको छ । प्रेगनेन्ट नायिकाले बेबी–बम्पसहितको फोटोसुट गर्न थालेका छन् । अनुष्का शर्मापछि अब दोस्रोपटक ममी बन्न लागेकी करिना कपुर खानको कुरा गरौं ।

    करिनाको बेबीबम्प फोटोसुट हेर्दा लाग्छ, प्रेगेनेन्ट फोटो पनि सुन्दर र प्लेफूल लाग्छ । इन्स्टग्राम एकाउन्टमार्फत करिनाले यस्तै केही तस्विर सार्वजनिक गरेकी छिन् ।

    तस्विरमा करिनालाई शान्त मुद्रामा योग गरेको देख्न सकिन्छ । ट्रेनिङ अटायरमा करिनालाई देख्न सकिन्छ । बम्बर ज्याकेट र ट्रेनिङ ब्रामा उनी हट देखिन्छिन् । प्रेगेनेन्सी पिरियड देखि नै उनले आफ्ना स्टाइलिस लुक्स सार्वजनिक गरेकी छिन् ।

  • नेपालमा कोरोनाको एकवर्ष : मृतक २ हजार नाघे, ४ लाख ३० हजारलाई खोप दिइँदै

    नेपालमा कोरोनाको एकवर्ष : मृतक २ हजार नाघे, ४ लाख ३० हजारलाई खोप दिइँदै

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म भाइरसबाट २०११ जनाले ज्यान गुमाएका छन् ।

    सोमबार १० जनाले ज्यान गुमाएका छन् । बितेको २४ घन्टामा ३३९ जना संक्रमित थपिए । कूल संक्रमित संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । आइतबार कोरोना भेटिएको ठीक एकवर्ष पुगेको छ ।

    २ लाख ६४ हजार ५३८ जना निको भएका छन् । ७० हजार १८९ जनाको आरटी पीसीआर परिक्षण गरिएको छ । संक्रमित हुनेमा पुरुष ६५ प्रतिशत र महिला ३४ प्रतिशत छन् ।

    बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा १५४ जना थपिएका छन्। काठमाडौंमा मात्र ४९४ जनाको मृत्युु भएको छ । नेपालमा कोरोनाको मृत्युदर ०.७ प्रतिशत मात्र छ । कालिकोट, रुकम पश्चिम र मुगु कोरोनामुक्त भएका छन् ।

    सरकारले बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान सुरु गर्दैछ । प्रधानमन्त्रीले बुधबार खोप कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रम छ । सरकारले भारतको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

  • पशुपतिमा जल्दै गरेको महिलाको शव प्रहरीले किन खोस्यो ?

    पशुपतिमा जल्दै गरेको महिलाको शव प्रहरीले किन खोस्यो ?

    काठमाडौं । पशुपतिको राममन्दिरनजिकै पञ्चदेवलमा आइतबार बिहान आगो लागेको खबर गौशाला प्रहरीमा पुग्यो । प्रहरी टोली बिहानै पञ्चदेवलमा पुग्दा प्रहरीले आगो लागेको ठाउँ शंकास्पद देखेपछि प्रहरीले खोजी गर्न थाल्यो ।

    आगो लागेको भनिएको ठाउँमा मानिसको शव जल्दै गरेको फेला पर्‍याे । गौशाला प्रहरी वृतका अनुसार आगो लागेको स्थानमा ३५ वर्षीया बबितादेवी चौधरीको शव पूरै जलेको अवस्थामा फेला परेको छ ।

    मृतक बबितादेबी र उनका श्रीमान रवि चौधरी राममन्दिर नजिकैको पञ्चदेवलमा बस्दै आएका थिए । बबिताले चार दिन अगाडी अनु थापाको मोवाइल चोरेकी थिइन् ।

    मोवाइल चोरेपछि अनु थापा र उसको साथीहरु मिलेर बबितादेबीलाई मरणाशन्‍न हुने गरी कुटे । उनीहरुको कुटपिटबाट बबिताको टाउको र आँखामा चोट लागेको थियो ।

    सोही चोटको कारण उनी उठ्न सकिनन् । उनी दुईतीन दिनदेखि त्यही सुतिरहेकी थिइन् । कुटपिटपछि घाइते भएकी उनलाई रविले अस्पताल लैजानुको साटो बेवास्ता गरे ।

    सुतिरहेकै ठाउँमा रविले खाना ल्याइदिएका थिए । ‘त यस्तो चोरी गर्ने म त सँग बस्दिन ’ भनेर उसलाई छोडेर रवि छुट्टै सुत्ने गरेका थिए । शनिवार दिउँसो अनु थापा र रविले श्रीमती लरखराउदै ढलेको देखे ।

    बबिता ढलेको देखेपछि प्राण त्यागेकोे अनु र रविले चाल पाए । उनको मृत्यु भएपछि अब के गर्ने भनेर आत्तिएर डराए । बरु पशुपतिमा ल्याउ जलाइदिउँ भनेर अनुले भनिन् ।

    रविले ‘होइन कसैलाई खबरै नगरी यसलाई एउटा खाल्डो खनेर गाडिदिनुपर्छ’ भने । मृतक अघिल्लो दिन ढलेकै ठाउँबाट उठाएर भित्र लगे । त्यहाँ राखेर ब्ल्याङकेट ओडाएर छोपेर राखे ।

    बेलुका ५ बजे रविले बबितालाई गाड्नका लागि नजिकै खाल्डो खन्ने प्रयास गरे । बेल्चाले खाल्डो खन्न सम्भव नभएपछि उनले ७ बजे आगो लगाइदिए ।

    घटना भएको भोलिपल्ट बिहान आइतबार प्रहरी पुग्दा आगो लगाएको अवस्थामा शव फेला परेको हो । घटनामा संलग्न भएको आरोपमा गौशला प्रहरी वृतले रवि चौधरी र अनु थापालाई पक्राउ गरेको छ ।

    गौशाला प्रहरी वृतका प्रहरी निरिक्षक जनक ढुंगानाले नेपालप्रेससँग भने,‘शरीर पूरै जलेर शव नचिनिने अवस्थामा फेला परेको हो । बायाँपट्टीको खुट्टा र घुँडा अलिकति भाग फेला परेको हो ।’

    प्रहरीले फरेन्सिक ल्याबमा अनुसन्धानसँगै शवलाई पोष्टमार्टम गर्न टिचिङ अस्पतालमा लगिएको छ । उनका अनुसार सुतेकै ठाउँमा शवमा आगो लगाएको थियो । त्यहीबाट शव बरामद गरेको हो ।

    मृतकका श्रीमानले शुरूमा आफूले आगो लागेको मात्रै देखेको बयान दिए तर बुझ्दै जाँदा पछि उनले खाल्डो खनेर गाड्ने योजना बनाएका थिए । तर, सफल हुन नुसकेपछि उनले शव भएकै ठाउँमा आगो लगाइदिए ।

    उनले भने,‘प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोवाइल चोरेको कारणले गर्दा अनु थापाको कुटपिटबाट घाइते भएकी बबिता चोटपटकको कारण उनको मृत्यु भएको खुल्न आएको छ । यिनिहरुले लाश लुकाउनका लागि शव जलाए ।’

  • सर्वोच्चमा अवहेलना मुद्दाको ओइरो, चार पूर्वप्रधानन्यायाधीश र दमननाथविरुद्ध पनि निवेदन

    सर्वोच्चमा अवहेलना मुद्दाको ओइरो, चार पूर्वप्रधानन्यायाधीश र दमननाथविरुद्ध पनि निवेदन

    काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ चलिरहेका बेला सर्वोच्च अदालतमा अवहेलना मुद्दाको लागि निवेदन थपिने क्रम बढ्दो छ । सर्वोच्च प्रशासनले अहिलेसम्म कुनै निवेदन दर्ता भने गरेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा व्यक्त गरेको भनाइले अदालतको अवहेलना भएको भन्दै आइतबार अवहेलनाको निवेदन पेश भएको थियो । तर सो निवेदन दर्ता नहुँदै सोमबार थप तीनवटा निवेदन गएका छन् ।

    पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, मीनवहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्कीले अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने गरी वक्तव्य निकालेर न्यायलयमाथि अवहेलना गरेको भन्दै अवहेलना मुद्दा चलाउन निवेदन परेको सर्वोच्च स्रोतले जनाएको छ ।

    त्यस्तै पूर्व सभामुख दमननाथ ढुंगानाले पनि अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै निवेदन परेको बताइएको छ । कुनै पनि निवेदन दर्ता भएका छैनन् । यी विषय संवैधानिक इजलासमा वकिलहरुले उठाउँदा पनि प्रधानन्यायाधीशले बाहिरका कुरामा प्रवेश नगर्न आग्रह गर्दै आएका छन् ।