Blog

  • देउवा भेट्न पुगे ओली

    देउवा भेट्न पुगे ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन्।

    देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन्।

    दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो।

  • नारायण गोपालकी धर्मपत्नीको आग्रहमा लोचनले रेकर्ड गराएकी थिइन्- माया गर्नेको…

    नारायण गोपालकी धर्मपत्नीको आग्रहमा लोचनले रेकर्ड गराएकी थिइन्- माया गर्नेको…

    काठमाडौं । आज स्वर सम्राट नारायण गोपालको ३५ औँ स्मृति दिवस । नेपाली संगीतको शिखर पुरुष नारायण गोपाल २०४७ साल मंसिर १९ गते परलोक भएका थिए । उनका गीतहरू पुराना श्रोतामाझ मात्रै होइन, जेनजी पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन् ।

    उनै नारायण गोपालसँग नजिक रहेका संगीतकर्मीमध्ये एक हुन्, वरिष्ठ गायिका लोचन भट्टराई । ‘रिटरिटिङ बजाऊ बिनायो’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘ए दाजु नसमाऊ नाडीमा’, ‘तिहारै आयो लौ झिलिमिली’ लगायत कालजयी गीतमा स्वर भरेकी लोचनको सांगीतिक करियरमा ‘माया गर्नेको’ बोलको गीतको विशिष्ट स्थान छ । किनभने यो गीत नारायण गोपालसम्म पुगेर ठोक्किन्छ ।

    २०४४ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा लोचन प्रथम हुँदा जज थिए नारायण गोपाल । तर, त्यस वेला उनको औपचारिक भेट भने भएको थिएन ।

    २०४५ सालको कुरा हो, एक दिन संगीतकार भूपेन्द्र रायमाझी लोचनकहाँ आए । भूपेन्द्रकै संगीतमा लोचनले रेडियो नेपालमा गीत गाएकी थिइन् । भूपेन्द्रले लोचनलाई भने, ‘नारायण गोपालले रेडियो नेपालमा फर्स्ट हुने गायिकालाई बोलाऊ भनेर भन्नुभएको छ ।’

    सुरुमा त लोचनले भूपेन्द्रको कुरालाई पत्याइनन् । रेडियोमा सुनेको नारायण गोपाल । क्यासेटको कभरमा मात्रै देखेको नारायण गोपाल । उनैले आफूलाई भेट्न बोलाएको कुरा उनले पत्याइहाल्न सकिनन् । तर, भूपेन्द्रले कन्भिन्स गरेपछि भने लोचन नारायण गोपाललाई भेट्न गइन्, कालिकास्थानमा ।

    म्युजिक नेपालको स्टुडियो भर्खरै खुलेको थियो । साढे तीन वर्षको छोरालाई लिएर लोचन कालिकास्थान पुगिन् । तर, नारायण गोपालको अघि के बोल्ने केही मेसो थिएन । उनले सिर्फ नमस्कार मात्रै गरिन् । नारायण गोपालले बस्न इशारा गरे । अनि सोध्न थाले-

    ‘तिमीलाई यो गीतको कोरस आउँछ ?’ लोचनले टाउको हल्लाइन् ।

    नारायण गोपालले फेरि अर्को गीतबारे सोधे । लोचनले टाउको हल्लाइन् । सोध्ने र टाउको हल्लाउने क्रम केही बेर चलिरह्यो । तबला वादक राजु अग्रवाललाई समोसा लिन न्युरोड पठाए नारायण गोपालले । सबैले समोसा खाए । छुटे । रिहर्सल नै भएन ।

    त्यसपछि एकै पटक प्रज्ञा भवनमा कार्यक्रम भयो । लोचनले कोरसमा नारायण गोपाललाई साथ दिइन् । यसपछि कहिले पोखरा, कहिले धनगढी, कहिले दार्जिलिङका कार्यक्रमहरूमा लोचन नारायण गोपालसितै गुन्जिइन् । युगल गीतहरूमा नारायण गोपाललाई साथ दिइन् ।

    एक दिन लोचन नारायण गोपालको घर गएकी थिइन् । नारायण गोपाल गीत रियाज गरिरहेका थिए । लोचनलाई नारायण गोपालले भने, ‘विश्वविद्यालयको एउटा कार्यक्रम छ । म दुईचार वटा गीत गाउँदै छु । एउटा नयाँ युगल गीत कम्पोज गरेको छु ।’

    अनि लोचनलाई सुनाए, ‘माया गर्नेको चोखो माया पनि देखियो ।’

    कालीप्रसाद रिजालले लेखेको यस गीतमा नारायण गोपाल स्वयंको संगीत थियो । यही गीतमा लोचनले पनि रियाज गरिन् ।

    छुट्ने वेला नारायण गोपालले भने, ‘अर्को एक जना साथी पनि खोज न गाउनलाई ।’

    लोचनले गायिका सुनिता सुब्बालाई भनिन् । सुनिताले एक वचनमै मानिन् । दुवैले गीत रियाज गरे । कार्यक्रम भयो । दुवैले गीत गाए र त्यही कार्यक्रम नै नारायण गोपालको जीवनको अन्तिम कार्यक्रम भयो । यसपछि २०४७ मंसिर १९ गते उनको निधन भयो ।

    नारायण गोपाल बिते पनि लोचनले यो गीतलाई हरेक स्टेजमा गाइन् । उनलाई फर्माइस पनि यही गीतको धेरै हुन्थ्यो । गीत रेकर्ड त भएको थिएन । तर, ज्यादै पपुलर बनिसकेको थियो ।

    एक दिन लोचनलाई नारायण गोपालकी धर्मपत्नी पेमलाले भनिन्, ‘तपाईँको आवाजमा रेकर्ड गर्नुस् यो गीत ।’

    अनि लोचनले २०४९ सालमा रेडियो नेपालमा यो गीत पहिलो पटक रेकर्ड गराइन् ।

    ०००

    नारायण गोपाल सिकिस्त बिरामी थिए । उनको मिर्गौलाको डाइलाइसिस भइरहेको थियो । सुगरले निकै साह्रो गरी च्यापेको थियो । खुट्टाहरू सुन्निएका थिए । तर, गायनमा भने सक्रिय नै थिए । २०४७ सालको एक दिन गायिका लोचन भट्टराई नारायण गोपालको घरमा गइन् । नारायण गोपालसँग दिनभरि बसेर गफ गरिन् ।

    र, अन्त्यमा लोचनले भनिन्, ‘दाइ अहिले त धेरै सजिलो छ, हजुरलाई म किड्नी दिन्छु ।’

    नारायाण गोपालले भने, ‘म कसैको आभारी भएर बाँच्न चाहन्नँ ।’

    बरु आफू तराईको कुनै ठाउँमा थोरै जग्गा लिएर बस्न चाहेको बताए । जहाँ केराघारी होस् । लिचीका बोटहरू होउन् । आँपका बोटहरू होउन् । माछा पोखरी होस् । गाईको हुल होस् । सबै गाईहरूको घाँटीमा घण्ट होस् । गाईहरू लस्करै हिँड्दा घण्टहरू बज्छन्, मधुर आवाज निस्कन्छ । जसले आफूलाई शान्ति दिनेछ ।

    नारायण गोपालले भनेका थिए, ‘गाईहरू लाम लागेर हिँड्छन् । उनीहरूको घण्ट बज्छन् । कस्तो मधुर आवाज आउँछ होला ।’

    ०००

    २०४७ साल । नारायण गोपाललाई वीर अस्पतालमा राखिएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आईसीयुमा राखिएको थियो । लोचन अस्पताल पनि गइरहन्थिन् ।

    अहिले आएर लोचनलाई थकथक लाग्छ, ‘नारायण गोपाल दाइको जीवनको कति महत्त्वपूर्ण कुरा क्यामेरामा कैद हुनै पाएन ।’

    नारायण गोपाल बिरामी भएको थाहा पाएपछि शुभचिन्तकहरूले अस्पतालको भित्ताभरि चिठी र सन्देशहरू कागजमा लेखेर टाँसेका थिए । कति कागजमा लेखिएका थिए, ‘म किड्नी दिन्छु ।’

    लोचन अस्पतालको त्यो दृश्य सम्झिन्छिन्, ‘यति धेरै कागजहरू टाँसिएका थिए कि म शब्दमा भन्न सक्दिनँ । मेरो आँखामा झलझली छ । बाहिर बाटोदेखि नै नारायण गोपालको स्वास्थ्यको कामना गर्दै ठूलो भीड लागेको हुन्थ्यो ।’

    मिर्गौलाको बिरामीलाई खानै मन नलाग्ने । अनि नारायण गोपालको परिवार भने झोल तरकारी भए पनि खुवाउन चाहने । एक दिन लोचनलाई नारायण गोपाल पत्नीले भनिन्, ‘दाइले खानुहुन्छ कि बहिनी, एक पटक दाइलाई भन्नू न !’

    तर, लोचनलाई नारायण गोपालले भन्थे, ‘तिमीलाई भाउजूले पठाएकी हो ?’ अनि खानै मान्थेनन् ।

    लोचनका अनुसार नारायण गोपाल एकदमै सिकिस्त हुँदा उनको एउटै चाहना थियो, आफ्नो तत्कालको अवस्थाको कुनै पनि फोटो नखिचियोस् । हुन पनि त्यसवेलाको नारायण गोपालको फोटो पनि छैन । बरु आफूलाई दर्शक, श्रोताले जुन रूपमा देखेका छन्, त्यही रूपमा नै सधैँ उनीहरूको मनमा बस्ने चाहना लोचनलाई सुनाएका थिए ।

    लोचन भन्छिन्, ‘तर, उहाँका शुभचिन्तकहरूले हातले लेखेका कागजका चिर्कटोहरू भित्ताभरि नै थियो । पछि उप्काएर कता फालियो होला ? कसैले क्यामेराले भिडियो पनि खिचेन । संकलन गरेको भए अहिले पुस्तककै रूपमा तयार हुन्थ्यो ।’

  • विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग

    विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग

    काठमाडौं । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत तथा प्राविधिक पहल तत्काल अघि बढाउन माग गरेको छ ।

    पार्टीका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै आज निर्वाचन आयोगमा ज्ञापन पत्र पेस गरेको जानकारी गराएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘रोजगार, अध्ययन तथा बसोबासको कारण नेपाल बाहिर रहेका लाखौँ नेपाली नागरिकहरू र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहनुपरेका नेपालीले संविधानको धारा ८४(५) तथा २०७४ साल चैत्र ७ गते सर्वोच्च अदालतबाट जारी भएको परमादेशअन्तर्गत प्राप्त मतदान अधिकार व्यवहारमा प्रयोग गर्न नसकेको गम्भीर तथ्य उजागर गरिएको छ ।’

    जेन-जी आन्दोलनपछि प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने माग सशक्त र एकमुखी रूपमा उठिरहेको भन्दै आगामी २०८२ फागुन २१ को निर्वाचनदेखि नै विदेशस्थित नेपाली नागरिकलाई प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा सुरक्षित, गोप्य र सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाउन निर्वाचन आयोग र सरकारसमक्ष आग्रह गरेको छ ।

  • लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्स

    लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्स

    काठमाडौं । लुम्बिनी लायन्सविरुद्ध टस जितेको जनकपुर बोल्ट्स ब्याटिङमा उत्रिएको छ ।

    टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनीले ६ खेलबाट ६ अङ्क जोडेको छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ ।

  • अमेरिकी व्यापार दबाबपछि भारतले घटायो रिपो रेट, ५.२५ प्रतिशत कायम

    अमेरिकी व्यापार दबाबपछि भारतले घटायो रिपो रेट, ५.२५ प्रतिशत कायम

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी व्यापारका सन्त्रासबीच भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ (आरबिआई) ले शुक्रबार आफ्नो रिपो रेट (पुनर्खरिद दर) २५ आधार अङ्क घटाएर ५.२५ प्रतिशत गरेको छ ।

    ऋणात्मक मूल्य–दबाव (कम मुद्रास्फीति) र निर्यातमा कमीले प्रमुख अर्थतन्त्रलाई राहत दिन सक्ने आशामा मौद्रिक नीति समितिले सर्वसम्मतिले यो निर्णय गरेको हो ।

    केही विश्लेषकले यस वर्ष आरबिआईले पहिले नै तीन किस्तामा सयभन्दा बढी आधार अङ्क कटौती गरिसकेकोले थप कटौती सहज नहुने अनुमान गरेका थिए । तर अधिकांशले भारतको अर्थतन्त्रमाथि ट्रम्प–अमेरिकाद्वारा लगाइएको उच्च भन्सार शुल्क र निर्यात खारेजीले पार्ने नकारात्मक असरलाई मध्यनजर गरी दर घटाउन उचित बताएका छन् ।

    आरबिआईका गभर्नर सञ्जय मल्होत्राले बैंकले खुला बजारमा ११ करोड १० लाख डलरभन्दा बढी सरकारी प्रतिभूतिहरू खरिद गर्ने निर्णय गरेको बताए । उनले विदेशी मुद्रा तरलता सुनिश्चित गर्न तीन वर्षे डलर–रुपैयाँ स्वापमार्फत पाँच अर्ब डलर किनबेच गर्ने योजना बनाएको खुलासा गरे । साथै उनले मौद्रिक नीतिमा ‘तटस्थ स्थिति’ अपनाउँदै थप दर कटौतीको सम्भावना खुला राखेका छन् ।

    भारतले अहिले निर्यात गिरावट, अव्यवस्थित रूपैयाँ र आर्थिक वृद्धिमा सुस्ती जस्ता चुनौतीहरूको सामना गर्दैछ । यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उपभोग कर कटौती र श्रम कानून सुधारमार्फत आर्थिक गतिविधि प्रवर्द्धन गर्ने पहल गरिसकेको छ ।

    अन्य देशसँगको व्यापार अस्थिरता बीच आरबिआईको नयाँ दर कटौतीले उद्योग, निर्यातकर्ता र उपभोक्ताका लागि केही राहत ल्याउने अपेक्षा गरिएको छ ।

    – रासस/एएफपी

  • मधेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनबाट कांग्रेसका कृष्ण यादव प्रस्ताव

    मधेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनबाट कांग्रेसका कृष्ण यादव प्रस्ताव

    काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्ण प्रसाद यादव प्रस्ताव भएका छन् ।

    सात दलीय गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नियुक्तिका लागि उनको नाम प्रस्ताव गरेको लोसपाका सांसद उपेन्द्र महतोले बताएका छन् ।

  • सिंहदरबार पुगेर जापानका राजदूतले भने- चुनावमा आवश्यक सहयोग गर्न तयार छौँ

    सिंहदरबार पुगेर जापानका राजदूतले भने- चुनावमा आवश्यक सहयोग गर्न तयार छौँ

    काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

    जापानका राजदूत तोरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भेट गरेका हुन्।

    नेपाल-जापान सम्बन्धको ७० औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याए।

    प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग(सद्भाव रहने विश्वास व्यक्त गरिन्।

  • बुटवल क्षेत्रमा अघि बढ्यो अर्को महत्त्वपूर्ण आयोजना : साढे २ अर्बको तिनाउ सिग्नेचर ब्रिजको ठेक्का आह्वान

    बुटवल क्षेत्रमा अघि बढ्यो अर्को महत्त्वपूर्ण आयोजना : साढे २ अर्बको तिनाउ सिग्नेचर ब्रिजको ठेक्का आह्वान

    रूपन्देही। रुपन्देहीको बुटवल क्षेत्रमा अर्को महत्त्वपूर्ण विकासको योजना अघि बढेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिङे सडक खण्डमा पर्ने तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माणका लागि ठेक्का आव्हान भएपछि लामो समयदेखि चर्चामा रहेको यो आयोजना निर्माण प्रक्रियामा अघि बढ्ने भएको हो ।

    साढे २ अर्ब लगानी लाग्ने अनुमान गरिएको यो योजना नेपालमै नमुनामध्येको हो । यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमै पहिलो पटक चितवनको नारायणी नदी र तिनाउ नदीमा यस प्रकारको पुल निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गरेका थिए । रुपन्देहीबाटै धेरै पटक निर्वाचन जितेका उनले आफ्नो निर्वाचनको प्रतिबद्धतामा यसलाई राखेर प्रचार गरेका थिए ।

    बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर ब्रिज (पुल) निर्माणका लागि तयारी सुरु गरिएको छ । चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । नेपाली र विदेशी इन्जिनियरहरूको टोलीले पुलको आर्किटेक्ट डिजाइनको सम्बन्धमा छलफल गरेको छ।

    के हो सिग्नेचर ब्रिज ?

    पुलको आधुनिक प्रकार हो, सिग्नेचर ब्रिज । यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ । अधिकांश शहर नजिकैका नदीहरूमा इन्जिनियरहरूले सिग्नेचर ब्रिज डिजाइन गर्छन् । इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका नमूना हुन् । ‘यो पुल जहाँ पायो त्यहीँ बन्दैन । निश्चित ठाउँमा मात्र बनाइन्छ’ पूर्वाधार क्षेत्रका जानकारहरू भन्छन् ।

    लागतको हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ । भारतको यमुना नदीमा रहेको वाजिरवाद र पूर्वी दिल्ली जोड्ने यमुना नदीका पुल भारतका पहिला सिग्नेचर ब्रिज हुन् । सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ । त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ । पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर ब्रिज निर्माण गर्ने प्रचलन छ । सिग्नेचर ब्रिजको डिजाइन निकै जटिल हुने गर्छ ।

    यसअघि नेपालमा पहिलो पटक ०७९ कार्तिकमा चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएर काम अघि बढेको थियो । ५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रूपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ ।

    कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो ।

    बुटवलको सिगनेचर पुल निर्माणका लागि पुल आसपासमा रहेका जग्गाहरूको व्यवस्थापनमा समस्या आएर ढिलाइ भएको थियो । यो विषयमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक्ट डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका थिए ।

    पुल निर्माणको प्रक्रिया अघि बढाउन बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणमा उपमहानगर सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताको विषय रहेको बताइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिएका थिए । पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको तर अन्तिम समझदारी नभएको उनको भनाइ छ।

    ‘छलफलमा बसेर कुनै समझदारी नभई उठेका हौं, मलाई टेण्डरको विषयमा त जानकारी छैन’ उनले भने–‘हामीले केही प्रस्तावहरू राखेका थियौँ कुनै समझदारीमा पुगेर गर्नुभएको हो ।’ पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रूप दिन उपमहानगरले सुझाव दिएको थियो।

    ‘यो सामान्य पुल मात्र हुनेछैन, यसले जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दू मन्दिर र मुस्लिम मस्जिदका बीचमा समेत मैत्री भाव राख्ने सन्देश दिनेछ’ मेयर पाण्डेले त्यो बेलामा भनेका थिए ।

    ‘जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल, आसपासका धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन गर्न पुलले सहयोग गर्नेछ,’ उनले भने, ‘पुल र यहाँका ऐतिहासिक, पुरातात्त्विक स्थल एकर्काका सहयोगी बन्नेछन्, यसबाट पर्यटक आकर्षित हुनेछन् र स्थानीयवासीको व्यापार व्यवसायमा लाभ हुनेछ।’

    सिग्नेचर ब्रिज निर्माणका लागि यसअघि पनि बुटवलमा छलफल भएको थियो । यो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पुल निर्माण कोसेढुंगा साबित हुने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। ‘यसले बुटवलको विकासमा ठूलो महत्त्व राख्ने भएकाले योजना सम्पन्न गर्न उपमहानगरको साथ र सहयोग रहन्छ,’ उनले भनिन्।

    सिग्नेचर ब्रिजका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ । विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर ब्रिज डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए ।

    आयोजना निर्देशक सुरेश पौडेलले यो योजनालाई डिजाइन र निर्माण गर्ने गरी ठेक्का आह्वान भएको जनाएका छन् । ‘करिब साढे २ अर्बको लागत अनुमान गरिएको छ, यो योजनामा डिजाइन एन्ड बिल एकै ठाउँमा गर्न खोजिएको छ । यसमा हामीले पनि स्टिमेट गरेका छौँ, हामीले आह्वान गरेको २ महिनाभित्रमा आएका कम्पनीको प्राविधिक र आर्थिक डकुमेन्ट हेरेर आर्थिक प्रतिस्पर्धाका आधारमा छनोट गर्ने हो’ उनले भने–‘अब करिब १० महिनामा यो कार्यान्वयन चरणमा जान्छ र २ वर्षमा निर्माण सक्ने लक्ष्य छ ।’

    अहिलेसम्म सडक विभागको पुल आयोजनामार्फत काम भइरहे पनि ठेक्का प्रक्रियामा गइसकेपछि भने यसको कार्यालय नै बुटवल क्षेत्रमा राखेर अघि बढ्ने निर्देशक पौडेलले नेपाल प्रेसलाई जनाए ।

    पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफूले धेरै पहिलेबाट बोकेको सपना पूरा हुने चरणमा पुग्दा निकै खुसी लागेको जनाएका छन् । ‘धेरै पहिलाबाट सुरु गर्न खोजेको योजना हो, यो बुटवल रुपन्देहीका लागि मात्रै होइन, लुम्बिनी र पश्चिम क्षेत्रका लागि सबैको लागि खुसीको कुरा हो ।’ उनले नेपाल प्रेससँग भने–‘समयमै यो योजनालाई गुणस्तरीय रूपमा बनाउन साथ सहयोग गरौं, आफूले बोकेको सपना पूरा हुने चरणमा पुगेको खुसी निकै ठूलो हुने रहेछ । अब यसलाई कार्यान्वयनमा सबैले साथ दिनुपर्दछ ।’

  • सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता

    सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका छन् ।

    आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय स्वयंसेवक दिवस २०८२ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिक प्रहरीले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

    उनले भने, “सवारी चालक र ट्राफिक प्रहरी एकअर्काप्रति सकारात्मक हुनुपर्छ । तपाईंहरु सकारात्मक भए सवारी सञ्चालनमा सहज हुन्छ । सवारी चालकले ट्राफिक प्रहरी र नेपाल प्रहरीप्रति सकारात्मक हुनुहोला ।”

    यसैगरी उनले दुईपाङ्ग्रे सवारीसाधनका घटना बढी हुने गरेको तथ्याङ्क देखिएकाले दुईपाङ्ग्रे सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने बताए । नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका स्रोतसाधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने मन्त्री गुप्ताको भनाई थियो ।

    सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिएको मन्त्री गुप्ताले स्पष्ट पारे ।

    यसैगरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले आमनागरिकको साथ सहयोगबाट ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले समुदायस्तरमा रहेका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, “हामी आमनागरिकको सेवामा खटिएका प्रहरी हौँ । हामी प्रत्येक नागरिकलाई सेवा दिन तयार छौँ ।”

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी सदैव नागरिकको जिउज्यानका लागि खटिकाले हामी सधैँ आमनागरिकप्रति बफादार भएर कटिबद्ध रहेको बताए ।

    कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी दुर्घटना एवं ट्राफिक व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

  • चलचित्र ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक, केन्द्रमा बेनिशा हमाल

    चलचित्र ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक, केन्द्रमा बेनिशा हमाल

    काठमाडौं । पुस १० गतेबाट रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

    पोस्टरमा चलचित्रका तीन मुख्य कलाकार ‘फिचर्ड’ छन् । पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । एउटै पोस्टरमा बेनिशा तीन ठाउँमा छिन् ।

    सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छिन् । दोस्रो आकृतिमा उनको क्यारेक्टर झल्काउने लुक्स छ, जहाँ तनाव मुद्रामा रहेकी उनको हातमा सिगरेट छ । अर्को एक ठाउँमा भने उनी महेश त्रिपाठीसँग टेबुलमा छिन् । आमनेसामने रहेकाले यहाँ यी दुईबीच केही संवाद भइरहेको अनुमान लगाउन सकिन्छ ।

    पोस्टरमा ग्रिस्मा कटुवाललाई पनि देख्न सकिन्छ । उनी आँखाभरि आँसु बनाएर रोइरहेकी छन् ।

    ‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो । चलचित्रको प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

    ‘साइकोलोजिकल थ्रिलर जनरा’ मा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । नरेन्द्र मैनालीको छायाङ्‍कन रहेको चलचित्रको को–प्रोडुसर रमन ग्रे हुन् ।

  • कानून संशोधन ‘पेण्डिङ’ हुँदा मुद्दा खेपेका नेतालाई चुनाव लड्न छूट, पुर्पक्षमा गएकालाई बन्देज

    कानून संशोधन ‘पेण्डिङ’ हुँदा मुद्दा खेपेका नेतालाई चुनाव लड्न छूट, पुर्पक्षमा गएकालाई बन्देज

    काठमाडौं । सरकारले भदौ २८ गते प्रतिनिधिसभा विघटन गरेपछि फागुन २१ मा उक्त सभाका निम्ति निर्वाचन मिति तय गरेको छ । तर, राजनीतिक परिदृश्यका केही शीर्ष एवं चर्चित नेतामध्ये कतिपयमाथि विभिन्न अभियोगमा मुद्दा चलेका छन् । विद्यमान कानूनी व्यवस्था आपसमा बाझ्दा तीमध्ये केहीले चुनावमा भाग लिन पाउँदा केही भने प्रतिस्पर्धाबाट वञ्चित हुँदैछन् । यही कुरालाई दृष्टिगत गर्दै निर्वाचन आयोगले २०८० सालमै अगाडि बढाएको एक विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधिसभा विघटन भएपछि बाझेका कानुनका झमेला ज्यूँकात्यूँ रहेको छ ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दा दायर भएकै मितिदेखि नेपाल तत्कालीन प्रतिनिधिसभा सदस्य पदबाट निलम्बित थिए ।

    नेपाली काँग्रेसका नेता मोहन बस्नेत नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । अर्का कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका निम्ति जेल चलान भएका थिए । उनलाई उच्च अदालत पाटनले २०८० मङ्सिर २८ मा धरौटीमा रिहा गर्न आदेश दिएको छ । यद्यपि, उनीविरुद्धको मुद्दा अझै विचाराधीन छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमै एमाले सांसद टोपबहादुर रायमाझी पुर्पक्षका लागि कारागारमा छन् । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पनि पुर्पक्षका लागि कारागारमै छन् । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्तिका नेता रेसम चौधरी राष्ट्रपतिबाट आम माफी पाएर थुनामुक्त छन् । यद्यपि, कानूनी दृष्टिले उनी अभियोगमुक्त भएका छैनन् ।

    नेकपा नेता कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ परी गत मङ्सिर ११ गते २० लाख धरौटीमा रिहा त भए । तर, उनीविरुद्धको मुद्दा विचाराधीन अवस्थामै छ । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन मेयर बलदेव चौधरीविरुद्ध राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपको मुद्दा विचाराधीन अवस्थामा छन् । नेकपाकै नेता सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घ सोडारीविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रदेश सभा सदस्यबाट निलम्बित छन् ।

    विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध पनि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एमालेका गुप्ता र नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ पनि कानूनतः उम्मेदवार बन्न योग्य भएका छन् । यद्यपि व्यक्तिको नैतिकता र पार्टीले भ्रष्टाचार आरोपीलाई उम्मेदवार बनाउँदा जनताले के भन्छन् भन्ने लोक लाजका कारणबाहेक उनीहरूलाई रोक्ने कानून छैन ।

    यसरी विभिन्न अभियोग लागेका नेतामध्ये आगामी निर्वाचनमा कतिपय नेता उम्मेदवार बन्न योग्य र केही अयोग्य हुने भएका छन् । कानुनका दफा नै एकापसमा ‘बाझेका’ कारण मुद्दा विचाराधीन रहेका एकथरि नेताले चुनावमा उम्मेदवार हुन पाउने र अर्काथरिले हुन नपाउने भएका हुन् ।

    प्रतिनिधिसभा निर्वाचन ऐन– २०७४ को दफा १२ र १३ ले तोकेको उम्मेदवारीसम्बन्धी व्यवस्थाअनुसार विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको र कैदमा रहेका नेताका हकमा फरक फरक व्यवस्था हुने भएको छ । निर्वाचन ऐनको दफा १२ को ‘घ’ अनुसार ‘कुनै संघीय कानूनले अयोग्य नभएको...’ भनेको छ । दफा १३ (घ) ले भन्छ– ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बिस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको…।’

    यो व्यवस्थाअनुसार कुनै पनि अदालतमा मुद्दा चलेकै नाममा कोही पनि उम्मेदवारीबाट वञ्चित हुनुपर्दैन । वा, एक तहको अदालतबाट मुद्दा ठहर भए पनि फैसला अन्तिम नहुँदासम्म उम्मेदवारी दिन पाइने व्यवस्था छ । तर, दफा १३ को ‘झ’ ले भन्छ, ‘कैदमा बसेकोमा कैद बसेको अवधिभर… ।’ यसरी कानूनको एउटा दफाका उपदफाहरु बाझिँदा मुद्दा परेर तारेख धाइरहेका नेताले उम्मेदवार बन्न पाउँदैछन् । तर, मुद्दा विचाराधीन रहेकै अवस्थामा पुर्पक्षका लागि थुनामा रहेका नेता भने उपदफा ‘झ’ को सिकार बनेर उम्मेदवारी वञ्चित हुने भएका हुन् ।

    यस्तो हुँदा विशेष अदालतमा मुद्दा विचाराधीन रहेका नेतामध्ये माधवकुमार नेपाल, मोहन बस्नेतदेखि बलदेव चौधरीसम्मले उम्मेदवार हुन पाउँछन् । तर, पुर्पक्षका लागि थुनामा रहेकै कारण रवि लामिछाने, टोपबहादुर रायमाझीहरु उम्मेदवारीबाट वञ्चित हुँदैछन् ।

    २०७४ को निर्वाचनमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा कांग्रेस नेता विजयकुमार गच्छदार चुनावमा भाग लिएका थिए । चुनाव पनि जिते । एमाले नेता लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेर २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको थियो । यद्यपि, उनी थुनाबाहिरै थिए ।

    त्यही अवस्थामा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी– १ बाट उम्मेदवार बने । चुनाव जितेर निर्वाध संसद प्रवेश गरे । शपथअघि नै प्रहरीले पुस ७ को मितिमा संसद सचिवालयलाई चिठी लेखेर उनी ज्यान मुद्दाका फरार अभियोगी भएको जानकारी दियो । तर, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नयाँ नियमावली पारित भएका कारण पुरानो पत्रका आधारमा कोइरीलाई निलम्बन गर्न नमिल्ने भन्दै शपथ गराए ।

    यो घटनापछि निर्वाचन आयोगले कानून बाझेको स्थितिलाई हल गर्नका निम्ति निर्वाचन सम्बन्धी कानूनलाई संशोधित र एकीकरण गर्न बनेको विधेयक अगाडी बढायो । मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि उम्मेदवार बन्न नपाउनेदेखि कोइरीको जस्तो स्थितिमा स्वतः उम्मेदवार बन्न अयोग्य हुनेजस्ता प्रावधान त्यसमा थिए । यद्यपि, उक्त विधेयक संसदमै अल्झिरहेको छ ।

    त्यसको दफा ६६ को (ग) मा भनिएको थियो, ‘भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको वा भ्रष्टाचार ठहर भई अन्तिम भएको… ।’ यो व्यवस्थाले भ्रष्टाचार मुद्दा दायर भएकै स्थितिमा पनि उम्मेदवार बन्न पाइँदैन ।

    कोइरीको स्थितिलाई सम्बोधन गर्दै विधेयकको दफा ६६ को (त) मा भनिएको थियो, ‘प्रचलित कानूनबमोजिम पक्राउ पुर्जी जारी भएकोमा पक्राउ हुन नसकी फरार रहेको वा अदालतले थुनामा राख्ने गरी आदेश दिएकोमा त्यस्तो आदेश कायम रही थुनामा नबसेको…।’

    निर्वाचन आयोगले २०८० को जेठ महिनामै प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयक गत भदौ २८ मा प्रतिनिधिसभा विघटन हुनुअघिसम्म पनि संसदको कार्यसूचीमा समावेश भएको थिएन । अहिले प्रतिनिधिसभा नै बहाल नभएको अवस्थामा उक्त विधेयक त्यसै पेण्डिङमा रहेको छ ।

    के भन्छन् संविधानविद् ?

    वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई यसलाई ‘संगतिपूर्ण व्यवस्था नभएको’ बताउँछन् । ‘कसैलाई अदालतले अन्तिम रुपमा दोषी ठहर नगरेसम्म निर्दोष सम्झिनुपर्छ भन्ने सिद्धान्त छ, पुर्पक्षमा परेको अवस्थामा पनि अन्तिम ठहर भएको हुँदैन’, उनले भने, ‘निर्दोषिताको सिद्धान्तका आधारमा त्यो गरिएको हो, त्यसलाई विधायिकाले कानून बनाएर भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्थामा उम्मेदवार बन्न नदिने भन्न सक्छ ।’

    निर्वाचन आयोगले तिनै असङ्गतिलाई व्यवस्थापन गर्नका निम्ति संसदमा दर्ता गरेको विधेयक पेण्डिङमा बस्नु दुःखद् कुरा भएको भट्टराई बताउँछन् । ‘मिलेका कानूनलाई मिलाउँदै लैजानुपर्छ, त्यही नियतले यदि आयोगले विधेयक अगाडि सारेको थियो भने संसदले पेण्डिङमा राख्ने कुरा राम्रो भएन’, उनले भने ।

  • प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

    प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्ताको जिम्मेवारी सन्तोष परियारले पाएका छन् ।

    आज बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।  प्रलोपाले ओजस्वी भट्टराईलाई सह-प्रवक्ताको जिम्मेवारी दिएको छ । परियार र भट्टराई दुवै अध्यक्ष परिषद्का अध्यक्ष हुन् ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको यो पार्टीमा ५ जना अध्यक्ष छन् ।

  • राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त

    राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् ।

    मधेश प्रदेशसभाले आज सूचना निकाल्दै सांसदबाट हटाएको जानकारी गराएको हो ।

    पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको भन्दै यही १२ गते बसेको राप्रपाको बैठकले हटाउने निर्णय गरेको थियो । उनी समानुपातिक सांसद हुन्।

  • रिमालाई ज्योतिको कटाक्ष– पार्टी प्रवेश गरुम् भनेको, इन्दिरा गान्धी टाइपको सारी सिलाउनै भ्याइनँ

    रिमालाई ज्योतिको कटाक्ष– पार्टी प्रवेश गरुम् भनेको, इन्दिरा गान्धी टाइपको सारी सिलाउनै भ्याइनँ

    काठमाडौं । केही दिनअघि ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा भयो । कार्यक्रममा अभिनेत्री तथा सञ्चारकर्मी रिमा विश्वकर्मा सारीमा सजिएर आइन् ।

    पार्टीको केन्द्रीय दस्य समेत रहेकी उनले पार्टीको घोषणापत्र पढिन् । भाषण गर्दै आफू देश बनाउने हुटहुटीले राजनीतिमा आएको समेत बताइन् । उनको भाषण सुन्दा लाग्थ्यो, उनले राम्रै पूर्वतयारी गरेर आएकी थिइन् ।

    रिमाको भाषणलाई लिएर कलाकर्मीहरुले पनि तारिफ गरिरहेका छन् । तर, गायिका ज्योति मगरले भने रिमाप्रति कटाक्ष गरेकी छन् ।

    रिमाको नाम नलिईकनै उनले सञ्जालमार्फत् भनेकी छन्, ‘म पनि पार्टी प्रवेश गरुम् भनेको प्रोगामहरुको व्यस्तताले अलि भ्याइएन । इन्दिरा गान्धीको टाइपको नयाँ सारी सिलाउनै भ्याइएन ।’

    चलचित्र क्षेत्रमा रिमाले काम नै नपाएकोप्रति सङ्‍केत गर्दै ज्योतिले भनेकी छन्, ‘अलि कामहरु कम भयो भने राजनीतिमा छिरेर देश बनाउनु पर्ला । हाल मेला महोत्सवतिरै फोकस गर्ने निधो गरियो ।’

    ज्योतिले लमजुङ सुन्दर बजारमा हुने कन्सर्टको पोस्टर समेत सेयर गरेकी छन् ।

  • माओवादी पृष्ठभूमिका नेताको जिम्मेवारी एमालेमा निरन्तर रहने बादलको दाबी, टोपबहादुरबारे के भने ?

    माओवादी पृष्ठभूमिका नेताको जिम्मेवारी एमालेमा निरन्तर रहने बादलको दाबी, टोपबहादुरबारे के भने ?

    काठमाडौंनेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औँ महाधिवेशनमा माओवादी पृष्ठभूमिका नेताहरूको जिम्मेवारीमा निरन्तरता हुने बताएका छन्

    प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै टोपबहादुर रायमाझी भने अहिले थुनामा रहेकाले जिम्मेवारीमा निरन्तरता नहुने बताएथुनाबाहिर आएपछि थप निर्णय हुनसक्ने बताए

    उनले भने, ‘माओवादी पृष्ठभूमि भएकाहरूको जिम्मेवारी अधिकांशको निरन्तरता नै होला । नयाँहरू पनि आउनुहोला । त्यसबारेमा पुराना जिम्मेवारीमा भएका सबैको निरन्तरता हुने र अरू नयाँ पनि आउनुहुन्छ ।’

    अहिलेको अवस्थामा पार्टी र देशका लागि आफ्नो भूमिका अझै बाँकी रहेको भन्दै नेतृत्वको निरन्तरता हुँदा आफ्नो पनि हुने बताए ।

  • महाधिवेशनमा प्रतिस्पर्धातिर जाँदा पार्टी विघटनतिर जान्छ, एमालेमा ओलीको विकल्प छैन : बादल

    महाधिवेशनमा प्रतिस्पर्धातिर जाँदा पार्टी विघटनतिर जान्छ, एमालेमा ओलीको विकल्प छैन : बादल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औँ महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान नहुने बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनलाई एकताको बनाउनुपर्ने उनको भनाइ छ

    उनले भने, ‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्। नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ।’

    अध्यक्षले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको बताए। विधानलाई संशोधन गरेर भएपनि नेतृत्व चयन सर्वसम्मत हुने उनले बताए।

    उनले भने, ‘वरिष्ठ उपाध्यक्ष (ईश्वर पोखरेल)ले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले नयाँलाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व आवश्यक छ भन्नुभएको छ। पार्टीलाई अगाडि बढाउन वर्तमान अध्यक्षको कार्यशैली उचित छैन। त्यसैले निकास दिनुपर्छ भन्ने उहाँको तर्क छ।’

    एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्त्वपूर्ण योगदान रहेको बताए। उनले अहिले पनि एमाले र देशलाई केपी ओलीको आवश्यकता रहेको जिकिर गरे। अहिलेको महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा पार्टीलाई विघटन र विसर्जनतिर लाने उनको बुझाइ छ ।

  • बादलले भने : जेन-जी आन्दोलन प्रतिक्रान्ति हो

    बादलले भने : जेन-जी आन्दोलन प्रतिक्रान्ति हो

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जेनजी आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन्

    प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले जनताद्वारा जनताको निम्ति जेनजी आन्दोलन नभएको बताए ।

    उनले भने, ‘जनताको हातबाट प्रतिगामी शक्तिहरूको हातमा राजनीतिक सत्ता जानु प्रतिक्रान्ति हो ।

    यो परिघटनालाई हेर्दा दुई तिहाइ जनमत भएको निर्वाचित सरकारलाई बलपूर्वक अपदस्थ गरियो । एमाले नेतृत्वको सरकारलाई संविधानको धारा मिचेर बलपूर्वक हटाइयो, यो क्रान्ति थिएन । नागरिकहरूको हातबाट गैरनागरिकको हातमा सत्ता गएको छ ।’

    उनले आफूहरूले राजाको हातबाट जनताको हातमा सत्ता ल्याउनको लागि ०६२/६३ को आन्दोलन गरेको स्मरण गरे ।

    प्रतिक्रान्तिलाई स्थापित गर्नको लागि अहिले राजनीतिक दलको नेतृत्व फेर्ने प्रयास भइरहेको बादलले आरोप लगाए ।

    उनले भने, ‘लोकतन्त्र स्थापना गर्न लागेका सबै राजनीतिक दलहरूको नेतृत्व विस्थापित गरेर प्रतिक्रान्तिलाई स्थापित गर्ने षड्यन्त्र अहिले भइरहेको छ । राजनीतिक दलका शीर्ष नेताहरूलाई सिध्याएर मात्रै प्रतिक्रान्तिलाई वैधानिकता दिने प्रयास हुँदैन ।’

    निर्वाचनबाट जेलेन्सकीहरूको सरकार बनाउने प्रयास भइरहेको उनले टिप्पणी गरे । अहिलेको समस्याको निकास संसद् पुनर्स्थापना नभएको बादलको भनाइ छ ।

  • हर्क साम्पाङ भन्छन्ः मलाई रोक्न देशी-विदेशी तत्त्वले कुलमान भन्ने मान्छेलाई अघि सारेका छन्

    हर्क साम्पाङ भन्छन्ः मलाई रोक्न देशी-विदेशी तत्त्वले कुलमान भन्ने मान्छेलाई अघि सारेका छन्

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा नवगठित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ऊर्जामन्त्री कुलमान घिसिङविरुद्ध खनिएका छन् । आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी विदेशी तत्त्वले कुलमानलाई प्रयोग गरेको उनको दाबी छ । फेसबुक लाइभमा बोल्दै साम्पाङले नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् भनेर षडयन्त्र भइराखेको बताए ।

    त्यसका बाबजुद आफ्नो श्रम संस्कृति पार्टीले बहुमत ल्याएर छोड्ने उनको भनाइ छ । साम्पाङले घिसिङलाई चुनौती दिँदै भने, ‘तपाईँविरुद्ध यसरी प्रयोग भइराख्नुभयो भने हाम्रो श्रम संस्कृति पार्टीले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाउनुस् र मन्त्रीको काममा केन्द्रित हुनुस् ।’

    साम्पाङको भनाइका मुख्य अंश

    काम गर्ने मान्छे सत्तामा नपुगुन् र नेपाल देश दरिद्र भइहराखोस् भन्ने एकथरि र विदेशी इशारामा नाच्ने दुवै तत्त्वहरू सलबलाएका छन् । ती तत्त्वहरूले हर्क साम्पाङलाई रोक्नका लागि कुलमान भन्ने मान्छेलाई अघि सारेको देखिन्छ । आन्दोलनपछि तहसनहसको स्थितिमा विदेशी हस्तक्षेप हुन सक्छ भने पनि म यो देशलाई सम्हाल्न सक्छु भनेर साहस देखाउँदा जेन-जीले समर्थन गरेर माहौल बनाउनुभयो । मैले चाहेको भए त्यस बेला धेरै कुरा हुन सक्थ्यो । तर म ‘सुद्ध र बुद्ध मन’ ले लागेको, कसैको रगतमाथि टेकेर सत्ताको कुर्सीमा पुग्ने नियत छैन । कमिला र किराफट्याङ्ग्राको पनि माया गर्ने मान्छे हुँ । मैले त्यस्तो रक्तपात चाहिनँ । तर, त्यहाँ ठूलो माहौल सिर्जना भएपछि मलाई रोक्न छेक्न कुलमानलाई अघि ल्याइयो । उहाँलाई प्रधानमन्त्री बनाउने भनेर मिडिया ट्रायल गरियो । अहिले पनि त्यस्तै धृष्टता भइराखेको छ ।

    हर्क सत्तामा नआओस् भनेर कुलमानजीलाई अघि सारिएको छ । उहाँ प्रयोग भइराख्नुभएको छ । हर्क आयो भने नेपालमा विदेशी चलखेल रोकिन्छ, उत्पादन हुन्छ, गरिबी निवारण हुन्छ, गरिब मान्छे नरहे कसलाई सानोतिनो प्रलोभनमा किनेर र्‍याली गर्ने ? सबैको दोकान बन्द हुन्छ । अन्य धेरै कारणहरू छन्, जुन खुलाउन वाञ्छनीय ठान्दिनँ । त्यसैले जसरी पनि रोक्नुपर्छ भनेर (हाँसो) । यो देशमा दुई धारको राजनीति छ । यो देश बचाउ, माटो बचाउ स्वाभिमान बचाउ इज्जत बचाउ भन्ने एउटा हर्कवादी विचार । अर्को विचार चाहिँ विदेशी चलखेल, विदेशी सिद्धान्त, विदेशी ऋण लिएर व्यक्तिगत स्वार्थपूर्ति गर्न खोज्ने ।

    कुलमानजी आफैँ पनि एमसीसी लगायत राष्ट्रघाती सन्धि-सम्झौतामा मुछिएको व्यक्ति हो । उहाँलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदै छ । बोर्डिङ पास भनेको यहाँबाट काठमाडौं जाँदा एउटा कार्ड दिइन्छ । त्यो कार्ड नदेखाई जान सकिँदैन (हाँसो) । त्यो कार्ड गन्तव्यसम्म पुगेपछि काम हुँदैन । (लामो हाँसो) कुलमानजीलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदै छ । मसित यसको प्रमाण छ । अहिले आएको एउटा पार्टी छ, जसमा उहाँको नाम जोडिएको छ । उहाँले त्यो मेरो पार्टी होइन भन्नुभएको थियो । हेर्दाखेरि लिस्टमा उहाँको नाम छैन । तर, उहाँले त्यो भन्नुभयो ।

    अहिले घोषणा सभामा गएर उहाँ नै सबै थोक हो भनेर वक्तव्यबाजी गरिराख्नुभएको छ । यसले देखाउँछ या त उहाँ अन्योलमा हुनुहुन्छ या दोहोरो चरित्रको मान्छे हो । दोहोरो चरित्रको मान्छे खतरा रहस्यमयी हुन्छन् । यो कुरा सुन्दा कति उहाँलाई मन पराउने समर्थक मसित रिसाउन सक्नुहुन्छ, तर मलाई मतलब छैन । हर्क बोल्दा कसैलाई मन पर्दैन, तर एक साता, एक महिना बितेपछि सबैले बुझ्न थाल्छन् । अहिले जेन-जीलाई यो सरकार बनाएकोमा कति पछुतो भइरहेको छ । जाति समुदायको कुरा पनि आउला । तर, मैले जाति विशेषलाई दोषेको होइन । व्यक्तिलाई भनेको हो । हि इज बिङ युज्ड । मलाई सरकारमा जान्न भनेर उहाँले प्रष्टरुपमा भन्नुभएको थियो । २४ घण्टा नबित्दै… (हाँसो) ।

    त्यसले गर्दा मित्रहरू ह्वाट यु थिंक यु सुड स्पिक द सेम, ह्वाट यु स्पिक यु सुड डु द सेम । त्यो भयो भने मात्रै बोली र कर्ममा एकरूपता आउँछ । सत्यवादी मान्छेले मात्रै सही नेतृत्व दिन सक्छ । मलाई मन नपराउने मान्छेहरूले उहाँलाई अघि सारेर जेन-जीको आन्दोलनमा मेरो बाटो छेकियो, त्यसै गरी बाँसको भाटाको रूपमा मेरो यात्रामा आइराख्नुभएको छ । हाम्रो बाटो त्यसरी छेकिँदैन । बहुमत जसरी पनि ल्याउँछौँ । आइसकेको छ । हरेक मान्छेलाई श्रम संस्कृतिले छोइसकेको छ । तपार्ईं त्यसरी प्रयोग हुनुभयो भने हाम्रो श्रम संस्कृतिले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाएर मन्त्रीको काममा केन्द्रित हुनुपर्छ ।

  • पुटिनले भने- अमेरिकी पक्षले अघि सारेका केही प्रस्ताव क्रेमलिनका लागि अस्वीकार्य

    पुटिनले भने- अमेरिकी पक्षले अघि सारेका केही प्रस्ताव क्रेमलिनका लागि अस्वीकार्य

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनरुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताएका छन् । बिहीबार प्रकाशित उका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गरेको समाचार एजेन्सी एसोसियट प्रेसले जनाएको छ

    समाचार अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने उद्देश्यले कूटनीतिक पहललाई तीव्र पारेका छन् । तर विशेष गरी युक्रेनले रुसलाई भूमि हस्तान्तरण गर्नुपर्ने हो कि होइन र भविष्यमा मस्कोद्वारा सम्भावित आक्रमणबाट युक्रेनलाई कसरी सुरक्षित बनाउने भन्ने प्रश्नमा वार्ताले फेरि उही संवेदनशील मुद्दामा पुगेर रोकावट देखाएको छ ।

    ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा उका ज्वाइँ जारेड कुशनरले क्रेमलिनमा पुटिनसँगको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलसँग पनि भेट गर्ने योजना बनाएका थिए । बैठक भएको / नभएकोबारे भने पुष्टि हुन सकेको छैन । हलान्डेल बिचस्थित शेल बे क्लबमा भएको बैठक औपचारिक रूपमा घोषणा नभएकाले अधिकारीहरूले नाम नखुलाउने सर्तमा मात्र टिप्पणी गरेका छन् ।

    पुटिनले मङ्गलबार विटकफकुशनरसँग भएको पाँच घण्टा लामो वार्ता ‘आवश्यक, उपयोगी तर कठिन’ भएको बताए । केही प्रस्तावहरू रुसका लागि स्वीकार्य नभएको उले उल्लेख गरेका छन् । नयाँदिल्ली आगमनअघि इन्डिया टुडेसँग कुरा गर्दै पुटिनले वार्तामा उठाइएका अमेरिकी विचारहरू अघिल्ला छलफलका आधारमा भए पनि केही नयाँ तत्व पनि सामेल रहेको जानकारी दिए ।

    हामीले प्रत्येक बुँदा बुझ्दै अघि बढ्नुपर्ने भएकाले समय लाग्यो, उले भने, कसैकसैमा हामी छलफल गर्न सक्छौँ, तर सहमत हुन सकिँदैन भन्ने कुरा स्पष्ट छ ।

    ट्रम्पले विटकफकुशनर वार्ताबाट फर्कँदापुटिन युद्ध अन्त्य गर्न इच्छुक हुनुहुन्छभन्ने धारणा लिएर आएको बताएका थिए । पुटिनले अमेरिकाको २८ बुँदे प्रस्ताव छोट्याएर २७ बुँदा बनाइएकोत्यसलाई चार प्याकेजमा विभाजन गरिएको जानकारी दिए पनि कुन बुँदा स्वीकार्य वा अस्वीकार्य हो भन्ने खुलाउन चाहेनन् ।

    रुसी राष्ट्रपतिले ट्रम्पको प्रयासको प्रशंसा गर्दै ‘दुवै पक्षलाई सहमत गराउनु सजिलो होइन’ भनेका छन् । तर अहिले नै कुन बुँदा उपयुक्त वा अनुपयुक्त भन्ने बताउन नचाहेको उको भनाइ थियो, किनकि यसले ट्रम्पको कूटनीतिक पहललाई असर गर्न सक्छ ।

    रुसले पूर्वी डोनेट्स्क क्षेत्र पूर्ण रूपमा लिने लक्ष्य पूरा गर्ने दाबी दोहोर्‍याउँदै पुटिनले भने ‘या त हामी बलपूर्वक छेउका क्षेत्र फिर्ता लिन्छौँ, वा युक्रेनी सैनिक पछि हट्छन्

    यसैबीच, युद्धक्षेत्रमा हिंसा रोकिएको छैन । रुसी क्षेप्यास्त्रले क्रिवी रिहमा प्रहार गर्दा तीन वर्षीया बालिकासहित छ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । आक्रमणले ४० भन्दा बढी आवासीय भवन, एक विद्यालय र घरेलु ग्यास पाइप क्षतिग्रस्त भएको छ ।

    दक्षिणी सहर खेरसनमा अघिल्लो दिनको रुसी गोलाबारीमा छ वर्षीया बालिकाको मृत्यु भएको थियो । निरन्तर प्रहारपछि खेरसनको थर्मल पावर प्लान्ट बन्द हुँदा ४० हजारभन्दा बढी बासिन्दा प्रभावित बनेका छन् ।

    ओडिसामा रुसी ड्रोन आक्रमणमा छ जना घाइते भएका छन् भने नागरिक तथा उर्जा पूर्वाधार क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । समग्रमा रुसले रातभर दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १३८ ड्रोन प्रहार गरेको युक्रेनी पक्षले बताएको छ । उता, खेरसनको रुसीआयोजित प्रशासनले युक्रेनी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको तथा ६८ वर्षीया महिला घाइते भएको दाबी गरेको छ ।

    रासस/एपी

  • ११६ संस्थानमा ५ खर्ब २६ अर्ब बढी सरकारी ऋण लगानी

    ११६ संस्थानमा ५ खर्ब २६ अर्ब बढी सरकारी ऋण लगानी

    काठमाडौँ गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रुपमा नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कूल शेयर लगानी ११६ संस्थानमा चार खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

    सबैभन्दा बढी शेयर लगानी रहेका संस्था नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् ।

    त्यस्तै, गत आर्थिक वर्षसम्मको सरकारको कूल ऋण लगानी पाँच खर्ब २६ अर्ब छ करोड ६३ लाख १० हजार रुपैयाँ रहेको छ । त्यसमध्ये आन्तरिक स्रोतबाट एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार रुपैयाँ र वैदेशिक स्रोतबाट तीन खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

    बढी ऋण लगानी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन् ।

    गत आर्थिक वर्षमा सरकारले साँवा फिर्तातर्फ दुई अर्ब ६२ करोड २९ लाख ९४ हजार ६९५ रुपैयाँ र ब्याज असुलीतर्फ पाँच अर्ब २९ करोड चार लाख ३० हजार ३५६ रुपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै, गत आर्थिक वर्षमा मात्र शेयर लगानीतर्फ पाँच अर्ब ५२ करोड छ लाख ३४ हजार ५४९ रुपैयाँ र ऋण लगानीतर्फ ३५ अर्ब ९५ करोड ९७ लाख ८७ हजार ६९८ रुपैयाँ गरी कूल ४१ अर्ब ४८ करोड चार लाख २२ हजार २४७ रुपैयाँ लगानी भएको छ ।

    विभिन्न संस्थान र निकायमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । ऋण तथा शेयर लगानी भएका निकायले समयमा सरकारलाई साँवाब्याज भुक्तानी नगर्दा त्यसको दायित्व क्रमशः बढ्दै गएको देखिन्छ ।

    आर्थिक वर्ष २०८१/८२ सम्ममा भाका नाघेको साँवा दुई खर्ब ५९ अर्ब १९ करोड ९७ लाख तीन हजार १२६ रुपैयाँ र भाका नाघेको ब्याज एक खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार १६९ रुपैयाँ गरी कूल भाका नाघेको रकम चार खर्ब आठ करोड २० लाख ९९ हजार २९५ रुपैयाँ रहेको छ, प्रतिवेदनमा भनिएको छ ।

    भाका नाघेको साँवा ब्याज बढी भएका सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत रहेका छन् ।

    रासस

  • सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान

    सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान

    रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् ।

    ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताए । सुनापती गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशलाई उज्यालो बनाउने आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । घिसिङले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका छन् ।

    मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न सुझाव दिँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा जिम्मेवार निर्णय गर्न आग्रह गरे । उनैले सो निर्वाचनमा आफ्नो पार्टीलाई देशभरिबाट जिताएर आफूलाई देशको नेतृत्वमा पुर्‍याउन आग्रह गरे ।

    आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको उनले दाबी गरे । परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको बताउँदै उनले त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको बताए ।

    आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै घिसिङले अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताए ।

    ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईँहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रह गर्दछु’, उनले भने ।

    उनले देशभरि नै बिजुलीको उज्यालो आफूले पुर्‍याएको दाबी गरे । रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरिबाट योग्य मानिसलाई चुन्न घिसिङले आग्रह गरे ।

    सुनापती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाईँ, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापा, गाउँपालिका उपाध्यक्ष गीता विष्ट चौलागाईँ, निवर्तमान गाउँपालिका अध्यक्ष धावा लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी थिए ।

    २०७७ साल मंसिर १५ गते शिलान्यास गरिएको सो अस्पताल भवनबाट एक वर्ष अघिदेखि सेवा प्रदान गर्दै आएको भए पनि मन्त्री घिसिङले अस्पताल सञ्चालनमा आएको एक वर्ष पछि उद्घाटन गरेका हुन् ।

    कुल ७ करोड ९० लाख ७५ हजार २ सय ८८ रुपैँयाको लागतमा निर्माण भएको अस्पताल बिएनबिआरएनसिएफ जेभिले निर्माण गरेको हो ।

  • ओपनएआई र नेक्स्टडीसी बीच सम्झौता : अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र

    ओपनएआई र नेक्स्टडीसी बीच सम्झौता : अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र

    काठमाडौं । च्याटजिपीटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडीसी बीच सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ ।

    ब्रिस्बेनमा मुख्यालय रहेको नेक्स्टडीसीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुवै कम्पनीबीच एआई क्याम्पस तथा जिपियु ‘सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौता अनुसार यी कम्पनीहरूले पश्चिमी सिड्नीमा अत्याधुनिक एआई पूर्वाधारको योजना, विकास तथा सञ्चालनमा सहकार्य गर्नेछन् । सम्झौताको प्रभाव बजारमा पनि देखिएको छ नेक्स्टडीसीको सेयर दिउँसोको कारोबारमा ४.१ प्रतिशतले उकालो लागेको छ ।

    अस्ट्रेलियाली सरकारले सात अर्ब अस्ट्रेलियन डलर (झन्डै चार अर्ब ६० करोड अमेरिकी डलर) बराबरको यो परियोजनाले निर्माण, प्रविधि, इन्जिनियरिङ तथा परिचालन क्षेत्र मिलाएर हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ ।

    अस्ट्रेलियाली सरकारका अनुसार यो विशाल केन्द्रले नयाँ नवीकरणीय उर्जा स्रोत प्रयोग गर्नेछ र पिउने पानी प्रयोग नगरी चिस्याउन सकिने ‘नेक्स्ट जेनेरेसन’ सुविधा निर्माण गरिनेछ ।

    अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्सले यस परियोजनालाई देशको एआई क्षमताको ठोस प्रमाणका रूपमा प्रस्तुत गर्दै यो साझेदारीले गुणस्तरीय रोजगारी सिर्जना गर्ने, सीप अभिवृद्धि गराउने र अर्थतन्त्रभरि एआई प्रयोग विस्तार गर्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अस्ट्रेलियामा उपलब्ध प्रतिभा, स्वच्छ उर्जा क्षमता, मजबुत व्यापारिक साझेदारी र सहायक नीतिकै कारण देश एआई क्षेत्रका ‘ठूला विजेतामध्ये एक’ बन्न सक्नेछ ।

    रासस/एएफपी

  • एमाले केन्द्रीय कमिटीमा डेब्युको तयारी गर्दै युवा नेता, ४० वर्षमुनिको क्लस्टर थपिने

    एमाले केन्द्रीय कमिटीमा डेब्युको तयारी गर्दै युवा नेता, ४० वर्षमुनिको क्लस्टर थपिने

    रुपन्देही । नेकपा एमालेको ११ औं महाधिवेशनबाट उल्लेख्य संख्यामा युवाहरूले केन्द्रीय कमिटीमा पहिलोपटक प्रवेश गर्ने प्रयास थालेका छन् । उनीहरूले ४० वर्षमुनिको युवा प्रतिनिधित्व विधानमा सुनिश्चित गर्न पनि संगठितरूपमै पार्टी नेतृत्वलाई दबाब बढाएका छन् । अनेरास्ववियु र युवा संघको नेतृत्वबाट बिदा भएका धेरै नेता पहिलोपटक केन्द्रीय कमिटीमा डेब्युको तयारी गर्दैछन् ।

    जेन-जी आन्दोलनपछिको अवस्थामा विधान संशोधनको आवश्यकता रहेकाले ४० वर्षमुनिका युवालाई क्लस्टर नै तोकेर केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराउने तयारी छ । महाधिवेशन प्रतिनिधि छनौटमै युवा कोटा तोकिएकाले विधानमा संशोधन गरेर युवको प्रतिनिधित्व सुनिश्चित गर्न लागिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

    एमालेले पार्टीमा युवा प्रतिनिधित्व ग्यारेन्टी गराउने गरी प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना गरी १ सय ६५ जना (४० वर्ष मुनिका) युवा महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् भने युवा क्लस्टरबाहेक खुलाबाट पनि केही युवा प्रतिनिधि छानिएकाले पार्टी जिम्मेवारीमा जानेहरूको दौडधुप सुरू भएको हो ।

    अनेरास्ववियुका पूर्वउपाध्यक्ष यम पाण्डेका अनुसार अहिले युवासंघमा भन्दा अनेरास्ववियुबाट पार्टीको नेतृत्वमा जान चाहेका अनुहार धेरै छन् ।

    ‘प्रतिनिधि छनौटमा आएका धेरै साथीहरूको अनुहार पढ्दा अखिलबाटै आएकाहरू धेरै आकांक्षी भएको देखिन्छ, युवासंघबाट सीमित हुनुहुन्छ, महाधिवेशनको मिति नजिकिएसँगै उम्मेदार आकांक्षी अझै बढ्न सक्छन्, अहिले युवाको निश्चित प्रतिशत ग्यारेन्टी गरिएकाले पनि यस्ता भएको हो’ उनले भने ।

    उपमहासचिव प्रदीप ज्ञवालीले करिब २ सयको हाराहारी युवा प्रतिनिधि छनौट भएको र यसपटक केन्द्रीय कमिटीमा युवालाई १० प्रतिशत कोटा सुरक्षित गरिने तयारी भएपनि यसको आधिकारिक निर्णय भने महाधिवेशनको हलबाटै गरिने जनाएका छन् । यसपटक एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ । जसअनुसार १० प्रतिशतले करिब २५ जना युवाले एमालेको केन्द्रीय कमिटी सदस्य बन्ने अवसर पाउनेछन् ।

    ‘नेपालका राजनीतिक दलमध्ये कोटा छुट्याएरै पालिकादेखि केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व गराउने एमाले नै हो, एमाले यसअघि सेल कमिटीहरूमा एक तिहाइ, वडा कमिटीमा २५, पालिका कमिटीमा २० र जिल्ला कमिटीमा १५ प्रतिशत युवाको प्रतिनिधित्व गराइसकेको छ । अब यसै आधारमा संगठनबाट पार्टीमा प्रतिनिधित्व हुनेछ’ उनले भने ।

    केन्द्रसहित सबै प्रदेशमा यसका बलिया संरचनाहरू भएकाले र उमेर हदबन्दीका कारण पनि विद्यार्थी संगठन र युवा संघका नेताहरू पार्टीको जिम्मेवारीमा जान चाहेका हुन् । पार्टीको जिम्मेवारीमा जान चाहेकाहरू केही प्रतिनिधिमै रोकिएका छन् भने केही निर्वाचनमै उठेर पनि पराजित भएका छन् ।

    पार्टीको महाधिवेशन नजिकिएसँगै र प्रतिनिधि छनौट पूरा भइसकेपछि यसको जिम्मेवारीमा जान अनेरास्ववियु र युवा संघका नेताहरू आफू निकटस्थ नेता कार्यकर्ताहरूलाई साथ दिन दौडधुपमा लागेका छन् । अहिले प्रतिनिधि नछानिए मनोनीत कोटामा पर्ने आश गरेकाहरू पनि भने भित्री तयारीमा छन् ।

    अखिलको विरासतबाट केन्द्रमा जान खोज्नेहरू

    अनेरास्ववियुका हालसम्मका सबै अध्यक्ष केन्द्रीय सदस्य भइसकेकाले अब निवर्तमान अध्यक्ष समिक बडाल केन्द्रीय कमिटीको स्वभाविक दाबेदार देखिएका छन् ।

    बडाल ४० वर्ष कटेकाले उनी खुला वा भूगोल प्रदेशबाट केन्द्रीय सदस्य बन्ने तयारी छ । त्यस्तै बडालसँगै बिदा भएका अखिलका पूर्वमहासचिव नरेश रोकाय बाजुराबाट प्रतिनिधि बनेर आएसँगै केन्द्रीय सदस्यको दाबेदार देखिएका छन् । बडालकै कमिटीका उपाध्यक्षहरू गोविन्द गिरी, धर्म गिरी, नारायण घर्तीलगायत पनि केन्द्रीय सदस्यका आकांक्षी छन् ।

    नविना लामा र ऐन महरको कार्यकालका उपाध्यक्षमध्ये रश्मी आचार्यमात्र एमालेको केन्द्रीय सदस्य बन्न नपाएका युवा नेता हुन् । गण्डकीबाट प्रतिनिधि बनेका आचार्य यसपटक केन्द्रीय कमिटीमा उम्मेदवार बन्दैछन् । पूर्व वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने केन्द्रीय सदस्यका स्वाभाविक दाबेदार हुन् भने अखिलकै अनुशासन आयोगको अध्यक्षबाट बिदा भएकी जुम्लाकी मेनका पछाई पनि डेब्युको तयारीमा छन् ।

    यी बाहेक अखिलबाट बिदा भएका रामप्रसाद न्यौपाने, निशा अधिकारी, राधिका खतिवडा, कल्पना वाइबा, सुदर्शन शिवाकोटी, सञ्जिव धिताल, विनिता काफ्लेलगायत पनि केन्द्रीय सदस्यका सम्भावित उम्मेदवार हुन् ।

    अखिलबाटै गएका अछामका मोति विक, रुपन्देहीका बालकृष्ण पाण्डेले प्रदेशगत रूपमा युवा क्लष्टरबाट प्रतिनिधित्व गर्ने अवस्थामा जाने मनस्थिति बनाएका छन् । त्यसैगरी एमाले रुकुमपूर्वको अध्यक्ष बनिसकेका लीलामणि गौतम पनि युवाबाटै प्रतिनिधित्व गरेका छन् उनको बढी सम्भावना रहेको छ । उनी अनेरास्ववियुमै काम गरेर पार्टीको जिल्ला अध्यक्ष बनेका हुन् ।

    जेन-जी आन्दोलनपछि अनेरास्ववियुको अध्यक्षबाट बिदा लिएका डा. सुजन कडेरिया पनि प्रतिनिधि मनोनीत भएर पार्टी राजनीतिमा जोडिने तयारी गरेका छन् ।

    अरु युवा नेता को-को ?

    उता युवासंघबाट सर्वसम्मत रुपमा अध्यक्ष क्षितिज थेबेलाई उम्मेदारी बनाउने निर्णय गरिए पनि क्लष्टरबाट जिम्मेवारी आउँदा अरु नेताहरूले पनि तयारी गरेका छन् ।

    युवासंघका नेताहरूका अनुसार थेबे पार्टी जिम्मेवारीमा जाँदा उपाध्यक्ष रहेका महाराज गुरुङ त्यसको नेतृत्वमा जाने भद्र सहमति छ । निर्वाचनका बेला यो अनौपचारिक समझदारी पनि भएको विषय बाहिर आएको थियो । त्यसैगरी अर्का उपाध्यक्ष विनय शाह पनि संघकै जिम्मेवारी रहने इच्छा गरेका छन् ।

    युवासंघको अध्यक्ष उठेर पराजित भएका सुमन पुरी प्रतिनिधि बनेर एमालेको नेतृत्वमा जाने तयारी गरे पनि रुपन्देहीमा भएको प्रतिनिधि छनौटको निर्वाचनमा पराजित भएर थन्किएका छन् । युवासंघबाट केन्द्र तथा जिल्लाबाट थेबे समूहमै लागेकाहरू प्रतिनिधि छनौट भएका छन् । पुरीको समूहमा लागेका धेरै सहमति र निर्वाचन दुवै विधिबाट गरिएको प्रतिनिधि छनौटमै फालिएका छन् ।

    युवासंघको पूर्वउपाध्यक्ष बनेका र नेकपा एसको केन्द्रीय कमिटी सदस्य बनेर अहिले एमालेमा आएका राजु गुरुङ पनि अहिले प्रतिनिधि बनेका छन् ।

    युवा संघका अध्यक्ष क्षितिज थेबे, पूर्व अध्यक्ष बचनवहादुर सिंह, पूर्वउपाध्यक्ष अमित लामा, क्रान्ति बुर्लाकोटी पनि केन्द्रीय सदस्यको रूपमा पहिलोपटक प्रवेश गर्ने तयारीमा छन् ।

    इलामका पूर्वसांसद सुहाङ नेम्वाङ केन्द्रीय सदस्यको प्रबल दाबेदार हुन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पनि युवा पुस्ताबाट सम्भावित केन्द्रीय सदस्यका रूपमा हेरिएको छ । यद्यपि उनी महाधिवेशन प्रतिनिधिको चुनावमा भने सहभागी भइनन् । सम्भवतः उनलाई मनोनीत गर्ने सूचीमा राखिएको नेताहरूले बताएका छन् ।

  • २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किन राप्रपाको आव्हान

    २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किन राप्रपाको आव्हान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कामाण्डर ज्ञानेन्द्र शाही पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलनमा सहभागी हुन आग्रह गरे ।

    उनले भने, ‘आयोजक राप्रपा हो तर राप्रपाको मात्रै झन्डा सहभागी गर्दैनौँ । राष्ट्रिय झन्डामा जो जति साथीहरू हुनुहुन्छ, एकजुट भएर आउनुस् ।’

    उनले जेनजीहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको टिप्पणी गरे । जेन-जीको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले ७५ जनाले किन ज्यान फालेका थिए ? त्यसको जवाफ दिनुपर्ने बताए ।

    संविधान संशोधनको माग गर्दै उनले प्रदेश खारेजी, हिन्दू राज्य, संवैधानिक राजा, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैर दलीय, भ्रष्टाचारीलाई आजीवन कारावास र जेनजी आन्दोलनको हत्यारालाई कारबाहीको माग राखे ।

    राजा, जेन-जी र दलहरूबीचको त्रिपक्षीय सम्झौता गर्न माग गर्दै आफूहरूले उठाएको एजेन्डामा समर्थन गर्नेहरूलाई एकैठाउँमा उभिन आह्वान समेत गरे ।

  • ह्वीलचेयरमै बसेर बञ्जी ! अपाङ्गता भएका २ युवाको साहस

    ह्वीलचेयरमै बसेर बञ्जी ! अपाङ्गता भएका २ युवाको साहस

    सिन्धुपाल्चोक । साहस केवल शरीरले मात्र नभई, दृढ इच्छाशक्तिले जन्माउने कुरा हो भन्ने प्रमाणित गर्दै अपाङ्गता भएका दुई युवाले ह्वीलचेयरमै बसेर बञ्जी जम्प गरेका छन् ।

    चौतारा साँगाचोकगढी नगरपालिका-५ का ३६ वर्षीय दिलीप सापकोटा र सिन्धुलीका २५ वर्षीय शिशिर दाहालले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा भोटेकोशी गाउँपालिकाको नयाँ पुलस्थित बञ्जी स्पटबाट ह्वीलचेयरमै बसेर साहसिक छलाङ मारेका हुन् ।

    मेरुदण्ड पक्षघातका कारण १५ वर्षदेखि पूर्ण अपाङ्ग सापकोटा १३ वर्षदेखि ह्वीलचेयरमा दैनिकी बिताउँदै आएका छन् । केही वर्षअघिसम्म सदरमुकाम चौतारामा मोबाइल पसल सञ्चालन गर्दे आएका उनी बिरामी भएपछि पूर्णरूपमा शारीरिक अपाङ्गता छन् । अहिले सापकोटामा जीवनप्रतिको ऊर्जा, उत्साह र जोशले भरिपूर्ण छ ।

    अपाङ्गता भएकाहरूका लागि बञ्जी जस्तो साहसिक खेल झनै जटिल मानिन्छ, तर सापकोटाले ह्वीलचेयरमै बसेर बञ्जी गरेर ‘अपाङ्गता कमजोरी होइन’ भन्ने सन्देश दिएका छन् ।

    उनी भन्छन्- यी खेलहरू मेरो व्यक्तिगत साहस मात्र होइन, नेपालमा पहुँचयुक्त पर्यटन विकास होस्, अपाङ्गता भएकाहरूले पनि हाइकिङ, ट्रेकिङ र एडभेञ्चर गतिविधिमा समान अवसर पाउन् भन्ने चाहना हो । यही उद्देश्यले म निरन्तर नयाँ-नयाँ साहसिक गतिविधिमा सहभागी हुन्छु ।

    सापकोटा हाल अपाङ्गता भएकाहरूको संगठन बीआईएमा खेलकुद तथा मनोरञ्जन विभाग प्रमुख र जुगल पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण मञ्च मार्फत समावेशी पर्यटनको वकालत गर्दै आएका छन् ।

    अर्का साहसी युवा सिन्धुली कमलामाई-५ का शिशिर दाहाल ४ वर्षदेखि ह्वीलचेयर प्रयोग गर्छन् । २५ वर्षीय शिशिर कृषि उद्यम र नर्सरी व्यवसायमा संलग्न छन् । दाहालले पनि सोही दिन सापकोटासँगै बञ्जी गरेर अपाङ्गता भएका युवाहरूको आत्मविश्वासमा इँटा थपे ।

    नेपालमा पहुँचयुक्त पर्यटनको अभावका कारण धेरै अपाङ्गता भएका व्यक्तिहरू साहसिक गतिविधिबाट टाढा रहँदै आएका छन् । सापकोटा र दाहालको यस कदमले नेपालमा समावेशी पर्यटनको सम्भावनालाई पुनः उजागर गरेको छ ।

    ह्वीलचेयरमै बसेर गरिएको यो बञ्जी जम्प केबल व्यक्तिगत जीत मात्रै होइन, ‘समान अवसर, समान सहभागिता’ को सन्देश बोकेको ऐतिहासिक क्षण पनि भएको दाहालले बताए ।

  • रुसी राष्ट्रपतिलाई भारतमा २१ तोपको सलामी

    रुसी राष्ट्रपतिलाई भारतमा २१ तोपको सलामी

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका क्रममा छन् । बिहीबार उनी दिल्ली पुगेका हुन् । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई स्वागत गरे । आज पुटिनको भ्रमणको दोस्रो दिन हो । पुटिन र मोदी २३औं भारत-रुस शिखर सम्मेलनमा सहभागी हुँदैछन् ।

    आजको बैठक वित्त, सुरक्षा र उर्जासँग सम्बन्धित सम्झौतामा केन्द्रित हुने भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । यसको घोषणा दुवै नेताहरुले संयुक्त पत्रकार सम्मेलनमार्फत गर्नेछन् । साँझ ७ बजे पुटिनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नेछन् । सन् २०२२ मा रुस र युक्रेनको युद्ध सुरु भएपछि पुटिनको पहिलो भारत भ्रमण हो ।

    एएनआईका अनुसार रुसी राष्ट्रपति पुटिनलाई २१ तोपको सलामी (गार्ड अफ अनर) दिइएको छ । राष्ट्रपति भवनको औपचारिक स्वागतपछि पुटिन राजघाटतर्फ प्रस्थान गरेका छन् । जहाँ उनले महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

  • एनपीएल २: लुम्बिनी र जनकपुरको भिडन्तमा थप दुई टीमको चासो, यस्तो छ ‘प्ले अफ’ को गणित

    एनपीएल २: लुम्बिनी र जनकपुरको भिडन्तमा थप दुई टीमको चासो, यस्तो छ ‘प्ले अफ’ को गणित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफमा पुग्ने ३ टीमको टुंगो लागिसकेको छ भने बाँकी एक स्थानका लागि चार टीम प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये सबैभन्दा बलियो दाबेदारी रहेको छ लुम्बिनी लायन्सको ।

    सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किङ्सले प्लेअफमा आफ्नो स्थान पक्का गरेका हुन् । ६ म्याचमा शतप्रतिशत जित हासिल गरेको सुदूरपश्चिमले क्यालिफायर खेल्ने पक्का गरेको छ । समूह चरणका शीर्ष दुई टीम क्वालिफायरमा भिड्छन् र हार्ने टीमले अर्को एक मौका पाउँछन् ।

    तेस्रो र चौथो स्थानमा रहेका टीमले इलिमिनेटर खेल्नुपर्छ । इलिमिनेटरमा हार्ने टीम बाहिरिन्छ भने जित्ने टीमले पहिलो क्वालिफायरमा हार्ने टीमसँग दोस्रो क्वालिफायर खेल्नुपर्छ । पहिलो क्वालिफायर जित्ने र दोस्रो क्वालिफयर जित्ने टीम फाइनलमा पुग्छन् ।

    आज हुने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सको म्याचले प्लेअफको छिनोफानो गर्न पनि सक्छ । यदि लुम्बिनीले जित्यो भने बाँकी तीन टीम (जनकपुर, पोखरा र चितवन) को ढोका बन्द हुनेछ । लुम्बिनीले अहिलेसम्म तीन म्याच जितेर ६ अंक बटुलेको छ । दुई-दुई म्याच जितेका पोखरा र चितवनसँग ४ अंक छ भने एक म्याच मात्रै जितेको जनकपुरसँग् २ अंक छ । लुम्बिनीले आज जितेमा उसको ८ अंक पुग्छ र बाँकी तीन टीमको खेल खत्तम हुन्छ ।

    यदि लुम्बिनीलाई जनकपुरले हरायो भने चाहिँ चारवटै टीमको सम्भावना जीवित रहन्छ । जनकपुरले दुई म्याच खेल्न बाँकी छ । दुईमध्ये एक म्याच हारेमा उसले घर फर्किनुपर्छ । दुवै म्याच राम्रो अन्तरालले जितेमा मात्रै उसको सम्भावना रहन्छ ।

    भोली समूह चरणका दुई म्याच हुनेछन् । पहिलो म्याचमा बिराटनगर र सुदुरपश्चिम भिड्नेछन् । यी दुवै प्लेअफमा पुगिसकेका टीम हुन् । सुदुरपश्चिमका लागि यो म्याचको कुनै अर्थ छैन । विराटनगरका लागि भने महत्वपूर्ण किन हुन छ भने ठूलो अन्तरले जितेमा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएर क्वालिफायरमा स्थान सुरक्षित गर्न सक्छ । हारेमा इलिमिनेटरमा धकेलिन्छ ।

    भोलिको दोस्रो म्याचमा चितवन र पोखरा भिड्नेछन् । आजको म्याचमा लुम्बिनीले जिते यो म्याच अर्थहीन बन्ने छ । लुम्बिनीले हारेमा भने दुवै टीम ठूलो जितको खोजीमा हुनेछन् ।

    पर्सी समूह चरणको अन्तिम म्याचमा जनकपुर र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् । कर्णाली प्लेअफ दौडबाट बाहिरिइसकेको छ । त्यसैले उसका लागि प्रतिष्ठाको विषय मात्र हो । जनकपुरले आजको म्याच हारेमा यो म्याच पनि अर्थहीन बन्ने छ । जनकपुरले आज जितेमा भने पर्सीको म्याचले अन्तिम स्थानको छिनोफानो गर्न सक्छ ।

  • प्रदीप अधिकारीसहितको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस

    प्रदीप अधिकारीसहितको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस हुँदैछ ।

    विशेष अदालतमा न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको २ नम्बर इजलासमा उनको बयान हुनेछ ।

    भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा अनियमितता अभियोगमा बुधबार अधिकारीसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    बयानपछि अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्नेबारे आदेश दिइनेछ ।

    अख्तियारले प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ ।

    उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।

    बुधबार मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो ।

  • एनपीएलबाटै आकाश चोपडाको भ्लग, टियू मैदान देखाउँदै के के भने ?

    एनपीएलबाटै आकाश चोपडाको भ्लग, टियू मैदान देखाउँदै के के भने ?

    काठमाडौं । भारतका चर्चित क्रिकेट कमेन्टेटर आकाश चोपडा अहिले काठमाडौंमा छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कमेन्ट्री गर्न ढिला गरी आइपुगेका हुन् ।

    चोपडाले हिजो भएका दुई म्याचमा पहिलोपटक कमेन्ट्री गरे । पहिलो म्याचमा पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज भिडेका थिए भने दोस्रोमा सुदुरपश्चिम रोयल्स र चितवन राइनोज । पोखरा र काठमाण्डुको म्याचपछि मैदानबाटै चोपडाले आफ्नो नियमित भ्लग ‘आकाशवाणी’ का लागि समेत समय निकाले ।

    ढाका टोपी र कालो चश्मामा ‘कुल’ देखिएका चोपडाले आफ्नो भ्लगमा बढी चर्चा भने भारतीय क्रिकेटकै गरे । बिराट कोहलीले १०० सतक लगाउलान् कि नलगाउन् भनेर टियु मैदानबाट विश्लेषण गरिरहँदा त्यति सान्दर्भिक लाग्दैन । यद्यपि, उनले एनपीएल र टियु ग्राउन्डको विषयमा पनि थोरै बोलेका छन् । सवा १२ मिनेटको भ्लगमा उनले नेपालको सन्दर्भमा मुस्किलले एक मिनेट टिप्पणी गरेका छन् ।

    टियु मैदानका दृष्य देखाउँदै उनी भन्छन्- ‘यो मैदान निकै सुन्दर छ । अहिले जुन स्ट्यान्ड देखिरहनुभएको छ, एक वर्षअगाडि घाँस थियो । तपाईंहरूले जुन फ्लडलाइट्स देख्नुभएको छ, यो अघिल्लो वर्ष थिएन । यो प्रतियोगिताको ठिक अगाडि फ्लडलाइट तयार गरिएको हो । म दुई-तीन दिनका लागि एनपीएलमा कमेन्ट्री गर्न आएको छु । यहाँ क्रिकेटको माया बयान गरिनसक्नु छ । एकछिनमा दिपेन्द्रसिंह ऐरी आउनेछन् । उनी आएपछि यहाँ यति होहल्ला हुने छ कि मानौं भगवान् नै धर्तीमा उत्रेर आएका हुन् । म पनि उनको खेल हेर्न आतुर हुँ । मैदानमा उनी आँधिजस्ता छन् । क्या थ्रो मार्छन् । मैले उनको एउटा रिल्स पनि बनाएको छु । अनि मेरो टोपी कस्तो लाग्यो बताउनुहोला ।’

    चोपडाले आफू पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने र थप सामग्री प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।

  • ठेकेदार बेपत्ता भएपछि भोजपुरको कोट अस्पताल निर्माण अलपत्र

    ठेकेदार बेपत्ता भएपछि भोजपुरको कोट अस्पताल निर्माण अलपत्र

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम ५ वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो ।

    २०७८ मा २ वर्षभित्र सम्पन्न गर्नेगरी १५ शय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदार मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर सम्पर्कविहीन भएका छन् ।

    २०८० सालको असारमा सम्पन्न गर्नेगरी भूमि हिमालयण जेभीले अस्पताल निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिएको २ वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ ।

    अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक १० करोड १३ लाख ८३ हजार छ । अहिलेसम्म ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन् । काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग रहेको स्थानीय भवानी नेपाल बताउँछन् ।

    ‘अस्पताल निर्माण पाँच वर्षदेखि अलपत्र छ । अस्पताल बनेर सेवा पाइएला भन्ने आशामा जग्गा दिएका थियौँ । हामी निराश बनेका छौँ । सरकारले ठेकेदारलाई कारबाही गरोस् र अर्को ठेकेदारबाट कामको प्रक्रिया अघि बढोस्’, उनले भने ।

    देश विदेशमा रहेका कोटबासी तथा स्थानीयसँग समन्वय गरेर १३.५ रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गरिएको स्थानीय योगेन्द्र कटुवाल बताउँछन् ।

    ‘अस्पताल बन्ने आशामा देशविदेशमा रहेका तथा स्थानीयसँग समन्वय गरी रकमको व्यवस्थापन गरेर जग्गा प्रदान गरेका हौँ । अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । लामो समयसम्म पनि अस्पताल बनेन्’, कटुवालले भने ।

    अस्पताल भवन समयमा सक्न पटकपटक ताकेता गरेपनि ठेकेदार सम्पर्कमा नआएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । गाउँपालिकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उनले सुनाए ।

    ‘काम छिटो थाल्न पालिकाको तर्फबाट पटक-पटक ताकेता गर्दा पनि ठेकेदार आएनन् । अब भने कारबाहीको थप प्रक्रिया अघि बढाउने तयारीमा छौँ’, बस्नेतले भने ।

    -रासस

  • बीपी राजमार्गको पुनर्निर्माण धमाधम, बर्खा लाग्नुअघि नै काम सक्न कुलमानको निर्देशन

    बीपी राजमार्गको पुनर्निर्माण धमाधम, बर्खा लाग्नुअघि नै काम सक्न कुलमानको निर्देशन

    काठमाडौं । २ वर्षको लगातार बाढीपहिरोले क्षति पुर्‍याएको बीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो ।

    क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डमा पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

    बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् ।

    सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपाने पनि त्यहाँ पुगेका थिए । घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रुपमा गरिएको डाइसर्भनको व्यवस्था,जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरेका छन् ।

    हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरू भएसँगै काम नगर्ने भएकाले मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम अगाडि नै आवश्यक संरचना बनाउन भनेका छन् । जनशक्ति थप र विद्युतको व्यवस्था गरी राति पनि काम गर्न उनले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

    काठमाडौंलाई पूर्वी क्षेत्रसँग जोड्ने लाइफलाइन सडक बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको यो सडक गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाई पुनर्निर्माण गरिँदैछ ।

  • जनप्रतिनिधि र कर्मचारीको जीवनशैली सर्वेक्षण गर्दै काठमाडौं महानगर

    जनप्रतिनिधि र कर्मचारीको जीवनशैली सर्वेक्षण गर्दै काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण थालेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही १६ गतेबाट उक्त कार्यक्रम सुरु गरेको हो ।

    २६ गतेसम्म सञ्चालन हुने सर्वेक्षणमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय छुट्याइएको छ । छुटेका सबैलाई २६ गते सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

    सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहित दीर्घरोगको जोखिम उच्च रहेकाले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनको नीतिगत सिफारिसमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सर्वेक्षणमा उचाइका आधारमा तौल (बीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर ‘बडीफ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट फ्री मास’, ‘टोटल बडी वाटर’ को प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृतिअनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् ।

    सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, ‘डिजिटल ग्याजेट’हरूमा बिताउने समय, कार्यस्थलको वातावरणसम्बन्धी विवरण सङ्कलन हुनेछ ।

    मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ । सर्वेक्षणमा सहभागी ‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीयस्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरू धेरै पाइन्छ । जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रूपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।

    कामपाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने कामपाले योजना रहेको छ ।

    -रासस

  • आज स्वरसम्राट् नारायणगोपालको ३५औँ स्मृति दिवस

    आज स्वरसम्राट् नारायणगोपालको ३५औँ स्मृति दिवस

    काठमाडौं । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५औँ स्मृति दिवस मनाइँदैछ ।

    जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।

    ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि’ उनको स्वर र संगीतका गीत कालजयी छन् ।

    मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनको निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक डाकिएको छ ।

    बिहान ११:३० बजे समितिको बैठक बस्ने भएको हो ।

    बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची छ ।

  • हेटौँडामा सडक विस्तार तयारी अन्तिम चरणमा- भोलिदेखि डोजर चलाइने

    हेटौँडामा सडक विस्तार तयारी अन्तिम चरणमा- भोलिदेखि डोजर चलाइने

    हेटौँडा । भोलिदेखि हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक-सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर-टहरा तथा अन्य संरचना भत्काइने भएका छन् ।

    सडक डिभिजन कार्यालय हेटौँडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरू हुने जानकारी दिएको छ ।

    सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ ।

    अधिकारीले भने, ‘भोलिदेखि हामी राप्तीपुर र रातोपाटी तर्फ विस्तारको दायरा बढाउँदै लैजान्छौँ । २५ वटा डोजर र २५ वटा अन्य मेसिन ल्याएर काम सुरु गर्ने तयारीमा छौँ ।’

    उनका अनुसार सडक विस्तारसँगै निर्माण भइरहेको बाइपास सडक पनि अन्तिम चरणमा पुगेको छ । विस्तार कार्य संवेदनशील मानिँदै सुरक्षा निकायले साइट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ ।

    सडक विस्तारको सूचना सार्वजनिक भएको केही दिनमै बजार क्षेत्र तनावग्रस्त बनेको छ । २५/२५ गजभित्र पर्ने संरचनाधनीहरू आन्दोलित भइरहेका छन् भने स्थानीय तहमा समेत दबाब बढिरहेको छ ।

    सरकारले सडक विस्तारलाई दीर्घकालीन यातायात व्यवस्थापनको पूर्वाधारका रूपमा अघि बढाएको बताउँदै, डिभिजन कार्यालयले सबै प्रक्रियाहरू कानुनी दायराभित्र रहेर अघि बढाइने जनाएको छ ।