काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको बैठकले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ।
कांग्रेसबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा बसेको बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कृष्णप्रसाद सिटौलाले बताए।
आजको बैठकको निष्कर्ष मन्त्री सिंहले लगेर प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको उनले बताए।
आजको बैठकमा भएको छलफलबारे भोलि नै पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराउने पनि बनाए। उनले भने, ‘सरकारले गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ। जाने गरी विश्वासको आधारमा काम गर्नुपर्छ।’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भएको भेटबारे केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन्।
च्यासलमा जारी बैठकमा ओलीले भण्डारीको आग्रहमा नै हिजो भेट भएको जानकारी गराएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनले ओलीको भनाइ उदृत गर्दै भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो। १० औं वर्ष म जान सकिरहेका छैन भन्ने कुरा गर्नुभएपछि उहाँ भेटवार्ता भएको छ। हामीबीच कुनै मतभेद छैन, हिजो पनि खुलस्त छलफल भयो।’
ओलीले बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको पनि बताए।
उनले पार्टी सदस्यताका विषयमा पनि धेरै विवाद गर्नुपर्ने नभएकाले आवश्यक छलफल गरेर केन्द्रीय कमिटीबाटै निर्णय लिने बताए।
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वान टु वान भेटवार्ता सकिएको छ । भेटघाट सकेपछि भण्डारीले पत्रकारमाझ बोल्ने क्रममा होहल्ला र हुलहुज्जत भयो ।
पार्टी कार्यालयबाट निस्किने क्रममा पत्रकारले भण्डारीले घेरेका थिए । तर, धेरै हुलमुल भएपछि भण्डारीले एक मिनेट मात्रै बोलिन् । उनले आज पार्टी अध्यक्षसँग राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भएको दाबी गरिन् ।
पार्टी सदस्यता नवीकरणको विषयमा गरिएको प्रश्नमा उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ । अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईको सदस्यता नवीकरण प्राविधिक विषयमात्रै भएको बताएका छन् । राजनीतिक विषय टुंगिएपछि सदस्यताको नवीकरण कुनै ठूलो मुद्दा नहुने उनको भनाइ छ ।
आज च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मध्यमार्गी धारणा राखे । उनले दुई नेताहरूको छलफलबाट निष्कर्ष निस्किने आशा व्यक्त गरे ।
‘आजको भेटघाट नेकपा एमालेका निम्ति महत्वपूर्ण छ । हाम्रो पार्टीभित्र आएका विषयवस्तुलाई कसरी हल गरिन्छ भन्ने मोडल पनि आज देखिनेछ,’ उनले भने ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणसम्बन्धी विवादमा भट्टराईले यो ठूलो इस्यू नभएको टिप्पणी गरे ।
उनले भने, ‘सदस्यता नवीकरण भनेको केबल प्राविधिक कुरा हो । प्राविधिकभन्दा पहिले राजनीतिक कुरा टुंगिनुपर्छ । राजनीतिक कुरा टुंगियो भने त्यो अनुसार प्राविधिक कुरा पनि सल्टिहाल्छ । पूर्वराष्ट्रपतिज्यू राजनीतिमा आउने सहमति भयो भने सदस्यता तत्कालै लिन सकिन्छ । यदि राजनीतिमा फर्किनु उचित छैन भन्ने भयो भने नवीकरण नै भएको छ भने पनि निस्क्रिय हुन्छ होला । प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक नै छैन । गीत-संगीत तयार भएपछि पो कसरी नाच्ने भन्नु कुरा आउँछ ।’
आजको संवादमा नेताद्वयबीच जे सहमति हुन्छ त्यही नै हुने भट्टराईको भनाइ छ ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालय च्यासल पुगेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने आउन बाँकी छ । दुईजनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ ।
अहिले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानीमा छिन् ।
भण्डारीको सदस्यताको विषय उठिरहँदा दुईजनाबीच हुन लागेको भेटलाई चासोका साथ हेरिएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार भेटघाट हुन लागेको बताएका छन् ।
एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको विषयले पछिल्लो समय पार्टी बैठकमा बहस चर्काएको छ । भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए ।
हिजो पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेण्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी नेतृत्व र आफूलाई राज्यको उपल्लो पदमा पुर्याउने संस्थासँग छलफल नगरी एकतर्फी घोषणा गर्दा समस्या उत्पन्न भएको बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किने, सदस्यता नवीकरण गरिसकेको र एमालेको अध्यक्ष बन्नका लागि फर्किएको जस्ता अभिव्यक्ति दिएकोमा ज्ञवालीले एकतर्फी घोषणा भनेका हुन् । यसबारेमा पार्टी अध्यक्षसँग भण्डारीले पहिले नै छलफल गरेको भए राम्रो हुने ज्ञवालीले बताए ।
नेपाल प्रेससँगको भिडिओ अन्तर्वार्ताका क्रममा उपमहासचिव ज्ञवालीले अहिले विद्या भण्डारीको सदस्यता नवीकरण रित नपुगेकाले स्थगनको अवस्थामा रहेको र पार्टीले त्यसबारेमा संस्थागत निर्णय गर्ने बताए । उनका अनुसार संस्थागत निर्णयअघि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्दैछन् ।
अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच आजै एमाले केन्द्रीय कार्यालय च्यासलमा यसैबारेमा छलफल गर्ने तय भएको छ । उपमहासचिव ज्ञवालीले विद्या भण्डारीलाई सदस्यताबाट बन्चित गर्ने कुनै नियत र उद्देश्य नरहेको तर राष्ट्रपति पदको गरिमा कसले कायम गर्ने भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताए ।
भण्डारीको सदस्यता प्रकरण एमाले विधानको प्राविधिक विषय नभएर राजनीतिक विषयकै रुपमा पार्टीले टुंगो लगाउने ज्ञवालीले प्रष्ट पारे । भण्डारीलाई राजनीतिमा स्थापित गर्नेदेखि राष्ट्रपति पदमा पुर्याउनेसम्म ३ दशक लामो घटनाक्रममा अध्यक्ष ओली र एमालेको संस्थागत योगदान रहेकाले कुनै कदम चाल्नुअघि पार्टीमा संस्थागत ढंगले प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ थियो ।
एमाले उपमहासचिव ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ता नेपाल प्रेसको फेसबुक पेज र युट्युव च्यानलमा प्रसारण हुनेछ ।
काठमाडौं । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा पोलिटब्यूरो बैठकमा छलफल भएको छ ।
शुक्रवार र शनिवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौँ भन्नुभएको’, गौतमले भने ।
भण्डारीको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा रहेको उनले बताए । पार्टीले पछि निर्णय गर्ने पनि उनले जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले फुटाउन नसक्ने दाबी गरेका छन्। मेचीनगरको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा फुटाउने कल्पना कसैले गर्न नसक्ने जिकिर गरे।
राप्रपाभित्र असन्तुष्टि चर्किरहेको बेलामा उनले भने, राप्रपामा अब कसैले पनि विभाजनको कल्पना गर्न सक्दैन। राप्रपा नयाँ पार्टीको रूपमा धेरै अगाडि बढिसकेको छ। देशका लाखौँ युवाहरूको आशा र भरोसाको पार्टी बनिसकेको छ। त्यसैले अब कुनै सम्भावना छैन।
उनले पार्टीभित्र अराजकता मच्चाउन खोज्नेलाई अनुशासनको दायरामा ल्याउने भन्दै कसैले पनि उन्मुक्ति नपाउने सुनाए। उनले आफूले कुनै गलत काम गरेर पार्टीको नेता कार्यकर्ताको शिर झुकाउने काम नगरेको जिकिर गरे।
राप्रपा यति बेला दुई गुटको विवाद बढेको छ। राप्रपाका चार पदाधिकारीले विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको आलोचना गरेका परेपछि अध्यक्ष लिङ्देन रुष्ट छन्।
उपाध्यक्ष मुकुन्दश्याम गिरी, उपाध्यक्ष विक्रम पाण्डे तथा महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति जारी गरेर उनको आलोचना गरेका थिए। लिङदेनले उपाध्यक्ष गिरीलाई बर्खास्त गरिसकेका छन्।
लिङदेनले यसअघि नवराज सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएका थिए। यस्तै, प्रवक्ताबाट सगुनसुन्दर लावती बर्खास्त गरिएका छन्। केही समय अगाडि महामन्त्री डा। धवलशम्शेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि खोसेका थिए।
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखेका छन्। बैठक अहिले पनि पार्टी मुख्यालय च्यासलमा जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
बैठकमा अझै ४० जनाले बोल्न बाँकी रहेको बताए। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले बैठक आजै ५ देखि ६ बजेभित्रमा बैठक सक्ने निर्देशन दिएको बताए।
विधान संशोधन प्रस्तावबाहेक ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रियतालगायतको विषयमा केन्द्रित रहेर नेताहरूले धारणा राखेको उनले बताए।
बैठकमा नेताहरूले जिल्ला कमिटीलाई समन्वय बनाएर प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी बनाउन सुझाव आएको पनि बताए।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा भएको अधिकार कसैले दिएको नभएकाले खोसेर जान नसक्ने बताएका छन्। लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै संविधान संशोधन अहिलेको आवश्यकता रहेको बताए।
उनले भने, ‘संविधान संशोधनमा कांग्रेसको पोजिसन प्रस्ट हुन आवश्यक छ, संविधानमा भएको विषयलाई सुदृढ बनाउन मात्रै कांग्रेसको पोजिसन हुन्छ। कुनै कुरालाई कम्प्रमाइज गर्ने कांग्रेसको पोजिसन हुँदैन।’
उनले संविधान संशोधनका लागि पार्टीभित्र कार्यदल बनाएर सघन छलफल बनाएर पार्टीको मत बनाएपछि एमालेसँग भएको सहमति अनुसार कार्यदल बनाउने बताए। दुई दलबीचको कार्यदलमा सहमति भइसकेपछि माओवादीसहित अन्य दलहरूसँग संवाद गर्ने उनले बताए।
उनले भने, ‘हामी नहुने भने यो कसले सम्हाल्छ, नेपालको आदिवासी जनजातिले प्राप्त गरेको अधिकार आजको दिनमा कांग्रेसले अलिकति खुट्टा डगमगाउने हो भने यो अधिकार सबै स्वाहा भएर जान्छ, सबै जान्छ यहाँ कोही छैन इमानदार यो मुद्दाप्रति, हामी उत्तेजनामा आएर भित्तामा लेखेर यहाँ आएका होइनौँ, अनुभवबाट आएका छौँ।’
उनले यस्तै तरिकाबाट सङ्घीयता नचल्ने भन्दै निर्मम भएर समीक्षा गर्नुपर्ने बताए। सङ्घले प्रदेशलाई अधिकार दिनै नचाहेको उनको भनाइ छ। उनले संघमा बढीमा ८ मन्त्रालय भए पुग्ने बताए। प्रदेश सङ्घको कपीजस्तो भएको भन्दै यसरी नचल्ने बताए।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले आफ्नो पार्टीलाई सिद्ध्याउने षड्यन्त्रमा रहेकाले एकताको कुनै सम्भावना नभएको प्रस्ट पारेका छन्।
राष्ट्रिय एकता अभियानसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै एमालेसँग एकता हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे।
उनले भने, ‘एमालेसँग एकताको कुनै सम्भावना छैन। अहिलेको विन्दुमा उभिएर भन्दाखेरि एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ। त्यसप्रति लसपस कसैको छ भने आशा, अपेक्षा ज्यादा छ भने मेरो भन्नु केही पनि छैन। यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरूको अभिव्यक्तिले नै प्रस्ट पारिसकेको छ।’
उनले आफ्नो पार्टीलाई सिद्ध्याउने, समाप्त पार्ने ढङ्गले प्रहार भइरहेको बताए। उनले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई लक्षित गर्दै जिम्मेवारीमा बसेपछि त्यही अनुसारको आचरण हुनुपर्ने बताए।
उनले थपे, ‘पार्टीमा जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ। पद ओगट्ने जिम्मेवारी लिने, तर पद अनुकूलको आचरण नगर्ने काम कसैबाट नहोस्।’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानमा आफूहरू रहेको बताएका छन् ।
वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अन्य घटकहरूसँग पनि छलफल चलिरहेको बताए ।
उनले भने, ‘एकताबद्ध भएर जान चाहनेहरूसँग हामीले सहकार्य पनि गरेका छौँ, सहकार्य मात्रै होइन मोर्चा पनि बनाएर अघि बढेको छौँ । समाजवादी मोर्चा हाम्रो पार्टी पनि छ, माओवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा पनि सहभागी छ । उहाँहरूसँग मोर्चा बनाउँदै साझा विषयहरूमा आन्दोलन गर्दै अगाडि बढिरहेको छौँ, विचार सिद्धान्त, मन र भावना मिलेको खण्डमा त्यस्ता समूहहरूसँग मिलेर अगाडि बढ्नसक्छौं ।’
उनले पहिलो प्राथमिकता अरूसँग एकता भन्दा पनि पार्टीलाई नै बलियो बनाउनेमा ध्यान केन्द्रित भएको बताए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन् । पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताए ।
उनले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताए। उनले एमाले र माओवादीबीच एकता हुँदा आफूजति खुसी अरु कोही नभएको भनेपनि त्यो असफल भएको बताए ।
उनले भने, ‘चार वर्षपहिले म आउन पाएको भए समाजवाद हुन्थ्यो। किनभने म लागेपछि हुन्छ। म लागेपछि समाजवाद निर्माण हुन्छ। सबैको साथमा लाग्ने हो, एक्लै लाग्ने होइन, यो आवश्यकता छ आजको ।’
उनले आफू आन्दोलनबाट आएको नेता भएको बताए ।
उनले थपे, ‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो कार्यकालको दिन गनेर नबस्न सुझाव दिएका छन्। कांग्रेस आर्थिक विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारलाई ०८४ सम्मको यो अवधि खेर फाल्नु छुट नभएको बताए।
उनले भने, ‘प्रधानमन्त्रीले अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु, त्यो हिसाबकिताबको बारेमा अब कुरा नगरौँ। सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि हामी ३६५ घट्यो ३६४ भयो भन्दै हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको भनेको त यो एक वर्ष चाहिँ के गर्छौँ हामी ? यो एक वर्ष नेपालले के पाउने ?’
उनले सुरुमा केही काम गर्ने प्रयास भए पनि अहिले बरालिएको टिप्पणी गरे। ०८४ को चुनावअघि के परिणाम दिन्छौँ त्यो सरकारले भन्न सक्नुपर्ने बताए।
उनले थपे, ‘अहिले दिन गनेर बसेजस्तो मात्रै छ सरकारको काम, एक जनाले बोलेपछि अर्कोले ढल्दैन ढल्दैन भन्यो। फेरि भोलिपल्ट आयो त्यसैत्यसै चलिरहेको छ।’
काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
उनले पर्यटन बोर्डको कार्यकाल सकिएलगत्तै पार्टीको सदस्यता लिएको पार्टी प्रवक्ता मनिष झाले पार्टी प्रवेश गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । झाले आजबाट पार्टीमा जोडिएको जानकारी गराउँदै स्वागत गरिएको बताए ।
लामो समयदेखि सरकारी निकायमा संलग्न भई नीति निर्माण तहमा काम गरेका रेग्मी नयाँ पुस्ताको सोच र देशप्रतिको अठोटप्रति आकर्षित हुँदै पार्टी प्रवेश गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । पार्टीमा प्रवेश गरेपछि रेग्मीले भने, ‘देशलाई बनाउने भन्ने क्रममा हामी गन्तव्यविहीन यात्रामा हिँडेजस्तो लागेको छ। व्यक्ति अनुसार बाटो बनाउने प्रवृत्तिले देशलाई कुनै स्पष्ट दिशा दिन सकेन । त्यसैले मैले अब युवाको नेतृत्व र अठोटलाई साथ दिने निर्णय गरेको हुँ।’
उनले पूर्पक्षमा जेल चलान भएका पार्टी सभापति रवि लामिछाने लक्षित न्यायालयको निर्णय र वर्तमान राज्य प्रणालीप्रति आलोचना गर्दै भने, ‘सम्मानित अदालतको निर्णयप्रति असहमति होइन, तर नयाँ पुस्ताका नेतालाई जसरी हेरिएको छ, त्यहाँ कता–कता अन्याय पनि देखिन्छ।’
रेग्मीले आफ्ना अनुभव र ज्ञानलाई अब राजनीतिक नेतृत्वसँग जोडेर प्रयोग गर्न पाउने आशामा रास्वपामा आएको स्पष्ट गरे । उनले भने, ‘मैले अरु पार्टीमा जाँदा न त मत राख्न सकें, न त अवसर पाएँ । तर यहाँ नयाँ युवा, जोश, जाँगर, पढेलेखेका साथीहरू छन्, उनीहरूसँग मिलेर काम गर्न सक्छु भन्ने लागेर आएको हुँ।’
उनले पर्यटन, उद्योग, श्रम, परराष्ट्रजस्ता क्षेत्रमा आफ्नो विज्ञता प्रयोग गरेर देशलाई सही दिशा दिन सकिने विश्वास व्यक्त गरे । ‘अब देशलाई गन्तव्य दिन सकिने वातावरण यहीँ (रास्वपा)मा देखिएको छ । यही भरोसा लिएर म पूर्ण रूपमा सक्रिय हुने निर्णयमा पुगेको हुँ ।’ उनले थपे ।
उनले पार्टी प्रवेशका लागि एक–दुई वर्षदेखि छलफलमा रहेको र यसबीचमा आफ्ना व्यक्तिगत व्यावसायिक काम सकेर अब पार्टी राजनीतिमा पूर्ण रूपमा सक्रिय भएको जानकारी पनि दिए । रेग्मीले अघिल्लो पुस्ताको अनुभवबाट सिक्दै अब गल्ती नगरी मुलुकको समृद्धिका लागि नयाँ नेतृत्वसँग मिलेर अघि बढ्ने दृढता व्यक्त गरे ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए।
५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियान लिएर घरदैलो कार्यक्रम गर्ने पनि उनले बताए। रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध सरकारले साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो।
अब केन्द्रीय कार्यालय, प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर अभियान चलाउने बताए। उनले अहिलेसम्म अभियानको लागि सहयोग रकम ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको बताए।
अभियानका संयोजक समेत रहेका बोहराले सभापतिको अपिल र हस्ताक्षर फारम छाप्नेलगायत अभियानका लागि अहिलेसम्म ५९ लाख ६८ हजार खर्च भइसकेको पनि बताए।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमिमन्त्री बलराम अधिकारीले तथ्यलाई बंग्याएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले स्वार्थ समूहले गलत प्रचार गरेको दाबी गरेका छन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ३२ लाख घुस लिएको दाबीसहितको अडिओबारे प्रष्टीकरण दिए।
अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको पनि जिकिर गरे। उनले सञ्चारकर्मीहरुलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रित भएर सोधेर लेख्न आग्रह गरे।
उनले भने, ‘मेरो नाम र परिवारसँग मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गर्दैछन्। मेरो आवाज मैले मागेको कुरा भनेको कुरा गर्दिन्छु भन्ने कुरा फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु।’
उनले आफ्नो परिवारका सदस्य समेत जोडेर चरित्र हत्या गरएको उनले गुनासो गरे । मन्त्री अधिकारीले भने, ‘केही दिन यता मसँग जोडिएको केही कुरा आएको छ । मसँग जोडेर अडियो आएको भनिएको छ । उक्त अडियोमा आएका व्यक्तिहरू मसँग र मेरो मन्त्रालयसँग सम्बन्धित छैन । मन्त्रीमात्रै भनेर होइन यसमा मेरो छोरालाई पनि जोडियो । मेरो छोराको यिनीहरूसँग भेटेकै छैन।’
सरूवाको काम नियमित रहेकाले यसमा मेरो कुनै संलग्नता नरहेको उनले जिकिर गरे । यसबारे छानविन गरे त्यसमा आफु सहयोग गर्न तयार रहको उनले बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले निकै नै जटिल मोडमा रहेको बताएका छन्।
श्रम र उत्पादनमा वाइसीएल अभियानको सुरु गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जहाँ टेक्यो त्यही भ्रष्टाचार भइरहेको आरोप लगाए।
उनले भने, ‘देशमा अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ। अहिलेको सरकारले जहाँ टेक्छ त्यही भ्रष्टाचार मात्रै छ। यो सरकार देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको छ।’
उनले सरकार यही ढङ्गले अघि बढे सडकबाट पनि प्रतिवाद गर्नुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिए। उनले जनतासँग राम्रो सम्बन्ध बनाएर श्रम र उत्पादनमा जोडेर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्नेमा जोड दिए।
उनले श्रम र उत्पादनसँग जोडिएर प्रतिक्रियावादी र प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्नको लागि वाइसीएललाई निर्देशन दिए। उनले थपे, ‘यो परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेको छ। सुशासनकाविरुद्ध सरकारबाटै निकै ठुलो षड्यन्त्र भएको देखिएको छ। यसबारे जनतालाई सचेत बनाएर युवाहरूलाई सङ्गठित र परिचालित गर्न आवश्यक छ।’
काठमाडौं । टीयु क्रिकेट मैदानमा अहिले प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ ।
तोकिएको र थप भएको समयमा काम नसकिएपछि निर्माण कम्पनीले दैनिक २ लाख हर्जाना बुझाएर काम गरिरहेको छ ।
सुरुमा वैशाख २४ भित्र सक्ने गरी सम्झौता भएको थियो । तर, उक्त समयमा नसकिएपछि असार मसान्तसम्मका लागि थप गरिएको थियो । उक्त समयमा पनि नसकिएपछि निर्माण कम्पनीले हर्जना तिर्नुपरेको हो ।
चितवनमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापक डाक्टर शारदा थपलिया उपकुलपति नियुक्त भएको ६ महिना पूरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्थापना हुँदा योजना निर्देशक त्यसपछि डीन, कार्यवाहक उपकुलपति र राजिष्ट्रार हुँदै कुलपतिसम्म आइपुगेकी प्राध्यापक डा. शारदा थपलियासँग नेपाल प्रेसले विश्वविद्यालयको शैक्षिक सुधारसँग सम्बन्धित कुराकानी गरेको छ । शैक्षिक सत्रको आधाबढी समय हड्ताल बेहोर्दै आएको कृषि तथा वन विज्ञान विश्वविद्यालय सुधारको लागि उपकुलपति प्रा. डा. थपलियाले बनाएको योजनासहितका विषयमा गरिएको कुराकानी नेपाल टकमा –
– कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति हुनुभएको ६ महिना पनि पूरा भएको छ । यो समयको अनुभव कस्तो रहेको छ ?
म यही विश्वविद्यालयको विभिन्न पदमा काम गरिसकेकोले होला त्यस्तो छुट्टै खालको अनुभव भन्ने चाहिँ भएको छैन । म यही विश्वविद्यालयको स्थापना कालको योजना निर्देशक, त्यसपछि डीन अनि कार्यवाहक उपकुलपति भएर त्यसपछि रजिष्ट्रार हुँदै अहिले उपकुलपति भएको हुँ । मैले यहाँ हुने गतिविधि, यहाँका काम र यहाँका काममा संलग्न हुने सरोकारवालाहरू सबैलाई मैले राम्ररी चिनेको कारणले मलाई उपकुलपति भएपछि विशेष खालको अनुभव भन्ने चाहिँ छैन ।
– भूमिकाको हिसाबले यसअघि दोस्रो वरीयतामा हुनुहुन्थ्यो । अब कार्यकारी तहमा हुनुहुन्छ । एकजना महिला उपकुलपति हुँदाखेरी स्वीकार अवस्थामा फरक अनुभूति गर्नुपर्ने अवस्था आएको छ ?
मलाई विभिन्न ठाउँमा यो कुरा बारम्बार प्रश्न गर्ने गरिन्छ । जस्तो म डीन हुँदा पनि सोधिएको थियो । रजिष्ट्रार हुँदा पनि प्रशासनिक र आर्थिक रूपमा फष्ट म्यान जस्तै भएर काम गर्ने हो । कतिपय कुराहरू नीतिगत हिसाबले उपकुलपतिसँग समन्वय गर्नुपर्छ । कार्यकारी परिषद्बाट कतिकुरा निर्णय हुने छन् । तर, कार्यान्वयको पहिलो चरणमा हुनेगरि काम गरिआएको हुनाले हुनसक्छ मैले चाहिँ स्वीकार गर्न समस्या भएको अनुभूती भएके छैन । झन् स्वीकार गर्नुभएको हो कि जस्तो अनुभूति भएको छ ।
– रामपुर क्याम्पसको भन्नासाथ सबैभन्दा धेरै आन्दोलन हुने, ताला लाग्ने राजनीतिक लफडा हुने बुझ्दै, देख्दै आएका छन्, नागरिकले । तपाईँको कार्यकालमा यी कुराहरूमा बदलाव आउने केही योजना छ ?
यो अवस्था हटाउन बहुत ठूलो मेहनत चाहिन्छ । र, टीम वर्कको आवश्यकता पर्छ । म ६ महिना पूर्णकालीन उपकुलपति (भिसी) भएँ, तीन महिना कार्यवाहक भूमिकामा गरी ९ महिना यहि पदमा बसेर भूमिका निभाएँ । यो समयमा त्यो खालको गतिविधिहरू भएको छैन । र, मैले आफ्नो पदभार सम्हाल्दै गर्दा कसैलाई म पाखा लगाउँछु, भित्तामा पुर्याउँछु, त्यसलाई देखाइदिन्छु जस्ता शब्दहरू अबदेखि यो विश्वविद्यालयमा बोलिने छैन भनेको थिएँ । कसैले पनि काखा वा पाखा परेँ भनेर अनुभूति गर्नुपर्ने छैन । भनेको थिएँ । त्यसका लागि हामीले कामको सुरूआत नै त्यसैगरी गरेका छौँ । सुशासन सबैभन्दा महत्वपूर्ण विषय हो । त्यसका लागि हामीबाट नै सुरूआत गरौँ भनेर मैले र रजिष्ट्रारज्यूले पटक-पटक छलफल गरेका छौँ । नयाँ नियम हामीबाट थालनी हुनुपर्छ भनेर विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर काम काम थालेका छौँ ।
पठनपाठन सुधार गर्नुपर्ने विषय भएकोले हामीले एउटा विषयको ३० घण्टा लेक्चर दिनुपर्नेमा १५/२० लेक्चरमा नै सकाएको भन्ने गुनासो सम्बोधन गर्न हामीले शिक्षक विद्यार्थी सम्पर्क समय बढाउँदै लैजानुपर्छ भनेर त्यसमा काम गरेका छौँ । विद्यार्थीलाई पठनपाठनमा केन्द्रित गराउने अभ्यास गरिरहेका छौँ । शिक्षक र कर्मचारीहरूसँग पनि यस विषयमा छलफल गराएर अगाडि बढाइरहेका छौँ ।
– विद्यार्थी पहिले फुर्सदमा हुने भएकोले बढी आन्दोलन गर्थे भन्न खोज्नुभएको हो ?
हजुर ! हामीले अहिले विद्यार्थीलाई इन्गेज गराएका छौँ । जस्तो अहिले हामीले विश्वविद्यालयमा इन्कुभेसन सेन्टर जसले विद्यार्थीलाई पढ्दैदेखि व्यवासायी बनाउनका लागि भनेर कार्यक्रम अघि बढाएका छौँ । जसमा विद्यार्थी पढ्दा पढ्दै विभिन्न चरणमा छनौट हुन आइडिया ल्याए । त्यसपछि प्रपोजल बनाए, त्यसपछि हामीले मूल्याङ्कन गर्यौँ, त्यहाँबाट छानिएका विद्यार्थीलाई फेरि इन्टेन्सिभ तालिम दियौँ । त्यसपछि फेरि उनीहरूले परिस्कृत प्रस्तावना ल्याए । त्यसपछि छानेर उद्यमशीलतामा लगाएका छौँ ।
२० समूहमा एक सयजना विद्यार्थीको प्रपोजल लिएका थियौँ । त्यसबाट पनि छानेर ८ समूहका विद्यार्थीलाई हामीले पाँच लाख रूपैयाँ बराबरको लगानीका लागि पैसा दिएका छौँ । उनीहरूले त्यो पैसा व्यवसाय स्थापित गरेपछि फिर्ता गर्छन् । पठनपाठनपछि पनि त्यही कामलाई अघि बढाउन सक्छन् । हामीले थोरै छनौट गर्दा अरु विद्यार्थीलाई पनि आवेदन दिने हौसला बढेको छ । त्यसका साथै हामीले अरु क्रियाकलापहरू पनि गराएका छौँ ।
हामी परीक्षा समयमा गराउन पनि मेहनत गरिरहेका छौँ । उनीहरूसँग हामी एकदम नजिक छौँ । उपकुलपति र शैक्षिक कार्यक्रम प्रमुख भएकोले उनीहरूसँग अन्तर्वार्ता पनि लिने गरेको छु । जसले गर्दा पढाइमा पनि केन्द्रित भएको, सुधार भएको कुरा विद्यार्थीहरूले नै भन्न थालेका छन् । यो बीचमा आन्दोलन नहुनुको पछाडिको कारण यो पनि हो । अनि अर्को कुरा अलिकति असमझदारी आउने बित्तिकै हामी छलफलमा जान्छौँ । त्यसैले पनि शिक्षक कर्मचारी, विद्यार्थीहरू पनि त्यस्तो तिक्तता लिएर आउनुभएको छैन । अर्को कुरा जति आन्दोलन गरेपनि विद्यार्थीलाई नै घाटा हुने हो । हामीले बन्द हड्तालले शैक्षिक क्यालेण्डर लागू गराउन सक्दैनौँ । त्यसलै पनि समयमा समेत घाटा लाग्छ । अहिले यो विषय विद्यार्थीले पनि बुझ्न थाल्नुभएको छ । र, अवरोध घट्न थालेको छ ।
– अघिल्लो वर्षभन्दा यो वर्ष आउने संघीय सरकारको पूँजीगत बजेट एक तिहाइमा झरेको देखिन्छ । तपाइँहरूको कार्यसक्षमता नभएर सरकारले घटायो कि, पूँजीगत बजेट खर्च गर्न आवश्यक कार्यक्रम नै नभएर हो ?
हाम्रो सञ्चालनको लागि आवश्यक बजेट घटेको होइन । पूँजीगत बजेट घटेको हो । पूँजीगतमा आङ्गिक कलेजका लागि भनेर यसअगाडि बजेट आएको हो । अहिले आङ्गिक कलेजहरूमा शैक्षिक भवन, प्रशासनिक भवन करिब करिब बनाइसकेका छौँ । आङ्गिक कलेजका विद्यार्थी संख्या भएको कलेजको मर्जरमा पनि जानुपर्छ भनिराख्नुभएको छ । अर्कोतर्फ नेपाल सरकारकै बजेट कम छ त्यसैले पनि विश्वविद्यालय अनुदान रकम पनि कम छ ।
अघिल्ला वर्षहरूमा आएका बजेटले निर्माण सुरू गरेका भवनलाई पुग्ने बजेट छ, हामीले नै भनेका थियौँ । अहिले बजेट अभाव भएकाले नयाँ निर्माणमा अगाडि नबढ्नुस् भन्ने सुझाव पनि हामीलाई आयो । सञ्चालनमा छँदैन । त्यसमा थोरै हामीले बुझाउन नसकेको जस्तो चाहिँ अनुभव भइरहेको छ । जस्तो बजेट बनाउने बेलामा हामी आफ्नै फिल्डमा केन्द्रित भयौँ । हाम्रो बजेट राख्नुमा कसले टेबल ठटाउन सक्छ भन्ने पनि अर्थ लाग्छ । त्यसैले पनि हामीलाई अलि कम बजेट आएको जस्तो लाग्छ ।
– विश्वविद्यालयको आधार भनेकै विद्यार्थी हुन् । पहिले पहिले कृषि, भेटेनरी, वन विज्ञान लगायतका यहाँबाट पढाइ हुने विषयमा प्रवेश परीक्षा दिने विद्यार्थीको ठूलो संख्या हुन्थ्यो । पछिल्ला वर्ष यहाँ विद्यार्थीको संख्या पनि घट्दै गएका देखिन्छ नि ?
विद्यार्थी घटेको हाम्रो विश्वविद्यालयमा मात्रै होइन । यहाँले हेर्नुभयो भने इन्जिनियरिङमा कोटा नभरिएको अवस्था छ । त्रिभूवन विश्वविद्यालयले मर्ज गरेको भन्ने समाचारहरू पनि आइरहेको देखिन्छ । कृषिमा मात्रै केन्द्रित हुने हो भने हाम्रो देशमा पहिला रामपुरमा मात्रै कृषि पढाइ हुन्थ्यो । अहिले कम्तीमा पनि ६/७ विश्वविद्यालयले कृषि पनि पठनपाठन गराइरहेका छन् । हामी कृषिमात्रै पढाउँछौँ । अन्य विश्वविद्यालयले अरु विषयसँगै कृषि पनि पढाउनुहुन्छ । त्यस हिसाबले हेर्दा कृषिको शिक्षा दिने निकाय बढेको कारण संख्या कम भएको हुनसक्छ ।
त्यसको अलवा अहिले कक्षा १२ पास गर्ने बित्तिकै अघिल्लो वर्ष नो अब्जेक्सन लेटर लिएर १ लाख १५ हजार विद्यार्थी बाहिर पढ्न गए भन्ने तथ्याङ्क विश्वविद्यालय अनुदान आयोगले नै प्रस्तुत गर्नुभएको थियो । भनेपछि कक्षा १२ पास भएर विश्वविद्यालय भर्ना हुन आउनुपर्ने विद्यार्थीको जमात बाहिर गइरहेको अवस्था छ । त्यो हिसाबले पनि विद्यार्थीको संख्या घटेको देखिन्छ ।
– विश्वविद्यालयले विद्यार्थीलाई कस्ता अवसरसँग जोड्न नसकेर आफ्नै देशका यतिराम्रा विश्वविद्यालय छोडेर विद्यार्थीहरू देश बाहिर गइरहेका होलान् ?
यो जटिल अवस्था हो । विकसित देशहरूमा विश्वविद्यालय भर्ना हुन जाने विद्यार्थीले पठनपाठन सँगसँगै पढ्ने समयमा आवश्यक गर्ने न्यूनतम खर्च जुटाउन काम गरेर उनीहरूले खर्च धानिरहेको अवस्था छ । हामीकहाँ त्यो अवस्था छैन । अर्को नम्बरमा समाजमा के धारणा व्याप्त भएको छ भने नेपालमा बस्यो भने अभिभावकले बाहिर पठाउन सकिन भनेर हीनताबोध गर्ने अवस्था पनि छ । जो विद्यार्थी छ उसलाई सानैदेखि बाहिर जाने खालको मनोविज्ञान भरिदिने विषय हाम्रालागि चुनौती बनेर आएको छ । यो अवस्था हामीले चिर्नुपर्छ ।
नेपाल सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालयमा रहेका हामीले विकिसत देशको झैँ शिक्षा, सीप र समय उपलब्ध गराउने होकि, विश्वविद्यालयकै काममा सहभागी गराउने हो कि भनेर योजना बनाउन जरुरी छ । मैले आफ्नो कार्यकाल सुरू भएदेखि नै कसरी विश्वविद्यालयमा भएका काममा लगाउन सकिन्छ भनेर निर्देशिका बनाउनको लागि मैले एउटा समिति नै बनाइसकेको छु । त्यो निर्देशिका अनुरूप विद्यार्थीको तह वा योग्यता हेरेर काम दिने । जस्तो पिएचडी, मास्टर्स गरेका विद्यार्थी र स्नातक तहका विद्यार्थीले गर्न सक्ने तहका काम गर्न सक्छन् । हामीले त्यसको लागि एप्लिकेशन बनाएर पार्टटाइम काम गर्न सक्ने विद्यार्थीको डाटा संकलन गरेका छौँ । जसबाट काम सानो ठूलो हुँदैन भनेर उनीहरूलाई सिकाउने अवस्था पनि हामीले तयार गर्नुपर्ने छ ।
– तपाईँको कार्यकालमा योसँगै अरु के-के सुधार्नुहुन्छ ?
मैले सुधार नगरी नहुने कुरा शैक्षिक पात्रो हो । विश्वद्यालयमा हामीले शैक्षिक संस्थाको मुटुको रूपमा रहेको शैक्षिक क्यालेण्डर लागु गर्न सकेका छैनौँ । मेरो पहिलो योजना शैक्षिक क्यालेण्डर मेन्टेन गर्ने हो । त्यसैमा समयमा पठनपाठन कसरी गर्ने भन्ने कुरा आइहाल्छ । सँगसँगै मूल्यांकन र नतिजाको पाटो परीक्षा भयो । यसमा परीक्षा कसरी गर्ने र परीक्षापछि नतिजा कसरी समयमा प्रकाशन गर्ने भन्ने काममा हामी मूल रूपमा केन्द्रित भएका छौँ ।
यो समयसँगैको कुरा भयो भने गुणात्मक फड्को कसरी मार्ने ? हामीले विद्यार्थीलाई बढी भन्दा बढी सैद्धान्तिक ज्ञानसँगै सीप कसरी सिकाउने भन्ने काममा हामी घोत्लिरहेका छौँ । योजना बनाइरहेका छौँ । विद्यार्थीलाई नै जनशक्तिको रूपमा जोड्ने प्रयत्न गरिरहेका छौँ ।
अर्को हाम्रो योजना अनुसन्धान हो । विकसित देशमा अनुसन्धान भनेको विश्वविद्यालयले नै गर्ने हो भन्ने स्थापित भइसकेको छ । जब अनुसन्धानमा विद्यार्थी प्रयोग हुन्छन् तब अनुसन्धान सस्तो पनि हुनसक्छ । उसलाई डिग्रीको लागि अनुसन्धान गर्छ । विद्यार्थीले राम्रोसँग काम गरेको हुन्छ । त्यसैले हामीले हाम्रा शिक्षक विद्यार्थीलाई अनुसन्धानमा केन्द्रित गर्ने गरि तयारी गरिरहेका छौँ ।
– तपाइँहरू कृषि पढाइरहनुभएको छ, यसैमा अनुसन्धान गरिरहनुभएको छ । तर, लगातार वातावरणीय परिवर्तनका कारण किसानहरूले समयमा बाली लगाउन नपाउने, समय बदलिँदै जाने अवस्था आएको छ । यस्तो अवस्थामा अनुसन्धानमार्फत किसानलाई मार्गनिर्देश गर्ने दायित्व पनि होला नि ?
एकदमै हो । त्यसमा हामी काम गरिरहेका छौँ । नयाँ प्रजाति निकाल्न समय लाग्छ । हामीले केही वर्षमा नै मौसममा आएको परिवर्तनको अनुभव गरिरहेका छौँ । त्यही तहमा अनुसन्धानले सम्बोधन गर्न नसकेको कुरा यथार्थ हो । तर, हामी यसका काम गरिरहेका छौँ । हामीले बिउमा, लगाउने समयलगायतका विषयमा किसानहरूलाई तालिम दिने, अनुुसन्धानमा पनि लागिरहेका छौँ ।
हामीले तेस्रो काम प्रसारमा गर्नुपर्ने हो । तर, हामी आफै प्रसारमा सन्तुष्ट छैनौँ । यद्यपि हामीले काम चाहिँ गरिरहेका छौँ । खेतीपातीको तरिका, बिऊबीजनमा तालिम दिने, पशु स्वास्थ्य क्याम्प गर्ने लगायतका काम पनि हामीले गरिरहेका छौँ । हामीले अडियो, भिडियो ल्याब तयार गरेर विज्ञहरू ल्याएर किसानसम्म सूचना पुर्याउन मिडियाको प्रयोग पनि हामीले गरिरहेका छौँ । पठनपाठन, अनुसन्धान र प्रसारमा लागिरहेका छौँ ।
विद्यार्थी घटेको हाम्रो विश्वविद्यालयमा मात्रै होइन । यहाँले हेर्नुभयो भने इन्जिनियरिङमा कोटा नभरिएको अवस्था छ । त्रिभूवन विश्वविद्यालयले मर्ज गरेको भन्ने समाचारहरू पनि आइरहेको देखिन्छ । कृषिमा मात्रै केन्द्रित हुने हो भने हाम्रो देशमा पहिला रामपुरमा मात्रै कृषि पढाइ हुन्थ्यो ।
– यो विश्वविद्यालयको कुर्सी खरिददेखि दराजसम्म पनि अनियमितताका खबरहरू आइरहन्छन् । पारदर्शीता र सुशासनमा सुधारको योजना के छ ?
आर्थिक पारदर्शीताका लागि म रजिष्ट्रार हुँदादेखि नै निरन्तर खटेर एउटा सफ्टवेयर बनाएका छौँ । त्यसमा रिअल टाइम डाटा इन्ट्री हुन्छ । यसमा आङ्गिक लेजदेखि सबै संकायहरूमा सफ्टवेयर प्रयोग गरेका छौँ । यो टीम आएपछि नियमकानूनले जे भनेको छ त्यसलाई हुबहु प्रयोग गर्न हामी लागिपरेका छौँ । यतिसम्म कि मैले चढेको गाडी यसअघि रातो नम्बर प्लेटको थियो । म आएपछि त्यो गाडीको नम्बर सेतोमा परिवर्तन गरियो । सरकारी निकायको एक पैसा पनि आफ्नो काममा खर्च गर्नु हुँदैन भन्नेमा हामी सचेत छौँ ।
म डीन हुँदादेखि नै आफ्नो कार्यक्षेत्रको आर्थिक हिसाबकिताब पारदर्शी गरेँ । मैले राजिष्टार भएर लेखा चलाउँदा पनि ४ वर्षसम्म शून्य बेरुजु भयो । हामीले आर्थिकसँगै प्रशासनिक पारदर्शीताको काममा पनि काम गरिरहेका छौँ । अन्य विषयमा पनि हामी नियम अनुसार काम गर्न लागेका छौँ । मलाई लाग्छ यो आर्थिक वर्षबाट नै द्रुत गतिमा अगाडि बढ्ने योजना बनाएका छौँ । यो काममा मेरो टीमले मलाई सहयोग गरिरहनुभएको छ ।
काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छन् ।
बुधबार शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । उनले शपथ पछि कार्यभार पनि सम्हालेकी छन् ।
घुस डिलको अडियो प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपानले मन्त्री नियुक्त भएकी हुन् ।
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग र लथालिङ्ग हुनसक्ने चेतावनी दिएका छ्न् ।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले २०२८ सालको विद्यालय ऐनलाई विस्थापित गर्दै सचेत नागरिक निर्माण गर्न विधेयकले धेरै काम गरिरहेको भन्दै अब पनि विद्यालय शिक्षा विधेयकमा तुषारापात हुन नहुने बताए ।
शिक्षालाई सुधार गर्न विधेयक अघि बढेपनि यो शिक्षा विधेयक भन्दा पनि ‘शिक्षक विधेयक’ जस्तो भइसकेको उनको भनाइ छ ।
‘शिक्षक महासंघका सभापति यहिँ हुनुहुन्छ । मसँग सबैकुराको सहमति हुन्छ । अन्त गएर के हुन्छ थाहा हुँदैन । अब स्वत: स्थायी, स्वत: बढुवा हुँदैन । प्रतिस्पर्धा गर्नुपर्यो । शिक्षाको गुणस्तर असल शिक्षक बनाएपछि मात्र हुन्छ ।’
थापाले थपे, ‘अहिले पनि आन्दोलन गर्छौं भनिरहनुभएको छ । आन्दोलनले शिक्षा क्षेत्र बन्ने होइन । नेविसंघलगायत सबैजसो विद्यार्थी संगठनले ज्ञापन पत्र दिइसकेका छन् । सत् प्रतिशत खुला गर भनेर ज्ञापन पत्र बुझाएका छन् । हामी कहाँ जाने ? सधैँ बेरोजगार बस्ने ? पुरानाले मात्र जागिर खाने भनिरहेका छ्न् ।’
सभापति थापाले समितिमा शिक्षा विधेयक लक भइसकेको भन्दै अग्रगमनको बाटो लिने वातावरण बन्छ भने आवश्यक बुँदा थप गर्न तयार रहेको प्रष्ट्याए । शिक्षकहरूको असन्तुष्टि र कांग्रेसका कारण विधेयक रोकिएको भन्दै विधेयकलाई सहज रूपमा अघि बढ्ने वातावरण बनाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रहसमेत गरे ।
देउवातिर हेर्दै उनले भने, ‘अलिअलि त्यहीँबाटै अड्किएको छ है हजुर !’
काठमाडौं । नगर सभा १७ औ अधिवेशन दोस्रो बैठकमा नगरसभा सदस्य सर्मिला परियारले आफ्नो सम्बोधनका क्रममा उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर- २०२५ मा छनोट भएको भन्दै सबै नगरसभा सदस्यलाई उठेर बधाई दिन आग्रह गरिन् ।
उनले ‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगरसभाबाट किन बधाइ नभन्ने’ भन्दै यस सभाले हार्दिक बधाई ज्ञापन गदर्छ भनिन् । उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरु उठेका थिए भने मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरे ।
सुरुमा बसेरै ताली बजाएका मेयर साहले उठेर ताली बजाए । त्यसपछि फेरि परियाले उपप्रमुखले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुशी व्यक्त गरिन् ।
संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी थिइन् ।
डंगोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् । डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका थिए ।
वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन् ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट पारेकी छन् ।
मंगलबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले २०१७ सालदेखि पटकपटक संसद विघटन भएको भन्दै आफू राष्ट्रपति भएका बेला पनि मन्त्रिपरिषदको सिफारिसमा संविधान बमोजिम भएको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले २०१७ साल,२०५१ साल,२०५९ सालमा पनि संसद विघटन भएको भन्दै विघटनका राजनीतिक पाटोका बारेमा आफू छलफल गर्न तयार रहेको बताइन् ।
तर, संविधानले मन्त्रिपरिषदको सिफारिस कार्यन्वयन गर्ने दायित्व राष्ट्रपतिलाई भएको स्मरण गराउँदै उनले सोही बमोजिम आफूले गरेको र कसैको दबाबमा नपरेको प्रष्ट पारिन् ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।
एमालेमा आफू सक्रिय भइसकेको भन्दै भण्डारीले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने प्रष्ट पारेकी हुन् । मदन भण्डारी फाउन्डेशनमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएको बताइन् ।
उनले एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भएका पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने बताइन् ।
दशौं महाधिवेशनमा भाग नलिएका व्यक्ति पनि केन्द्रीय सदस्य र प्रतिनिधि मनोनीत भएको भन्दै मनोनयबाट आफू त्यसमा सहभागी हुन सक्ने तर्क पूर्व राष्ट्रपतिले गरेकी छन् ।
काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले बर्तमान सरकारले गरेका कामलाई चुनौती दिन नसकेर प्रमुख प्रतिपक्ष लगायतका दलले जनतामा भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बाेल्दै गिरीले प्रतिपक्ष लगायतका दललाई यस्तो आरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेन भ्रमणमा गएको टोलीमा सबै सदस्य फर्किसकेको दाबी गर्दै नफर्किएको भनेर भ्रम फैलाएको बताए ।
उनले भने, ‘यतिबेला विकास निर्माणको सवालमा सरकारले गरेका कामलाई चुनौती दिन नसके पछाडि स्पेन जाँदा प्रधानमन्त्रीले प्रतिनिधिमण्डलमा लगेका मान्छे विदेश लुकेका छन् भनेर जनतामा भ्रम फैलाउने काम भयो । प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय उच्चस्तरीय भ्रमण टोली थियो, त्यो जस्ताको तस्तै नेपाल फर्किएको छ ।’
सांसद गिरीले यस अघि विश्वका विभिन्न मुलुकमा गएर नफर्किएका व्यक्तिको बर्तमान सरकारले कसरी जिम्मा लिन सक्छ भन्दै प्रमुख प्रतिपक्ष दल लगायतलाई प्रश्न गरेका छन् ।
उनले भने, ‘अघिपछि कुन जहाजमा को मान्छे संसारभरि गयो, त्यसको जिम्मा सरकारले लिन सक्छ ? यस्ता भ्रमपूर्ण कुरा गरेर जनतामा भ्रम पार्ने कोसिस भएको छ र हाम्रो सरकारले गरेका कामहरूलाई ओझेलमा पार्ने, जनतामा लाई छायामा पार्ने र भ्रम पार्ने कोसिस भएको छ । यस तर्फ पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’
काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तन गराएको र भविष्यको स्पष्ट खाका कोर्ने हिम्मत र दूरदृष्टि समेत आफूसँग मात्रै रहेको दाबी गरेका छन् ।
सोमबारको संसद बैठकलाई विशेष सम्बोधन गर्दै उनले गणतन्त्र, संविधान निर्माणदेखि ऊर्जा क्षेत्रमा हासिल उपलब्धिसम्मका विषयमा माओवादी नेतृत्वको योगदान स्मरण गराए ।
प्रचण्डले भने, ‘हामी इतिहास बनाएर आएका हौं र भविष्यको खाका कोर्ने हिम्मत र साहस पनि हामीसँग मात्रै छ । जनताको सपना पूरा गर्ने जिम्मेवारी पनि हामीले लिएका छौं । संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ ।’
शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न दुईतिहाइ बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु ।’
उनले गणतन्त्रको भविष्यमाथि खतरा सरकारको कार्यशैलीबाट आएको दाबी गरे । भने, ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन, सरकारकै कार्यशैलीबाट हो ।’
उनले सत्तापक्षलाई जनताको धैर्यको सीमा नाघ्न नदिन सचेत गराउँदै चेतावनी दिदै भने, ‘तपाईंहरू अझै पनि संख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ । यो बन्द हुनु पर्दछ, अन्यथा जनताको धैर्यको सीमा टुट्नेछ ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको आरोप लगाएका छन् ।
सदनमा सम्बोधन गर्दै उनले सरुवा तथा भूमि आयोग पदाधिकारी नियुक्तिमा मन्त्रीले खुलेआम लाखौंको डिल गरिरहेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न तेर्स्याए । उनले भने, ‘तपाईंका मन्त्री खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’
उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र बिचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिँदैन’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे ।
उनले भने, ‘गत वर्ष नै मैले भनेको थिएँ सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन । सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो । आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्री व्यस्त छन्।’
सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडो जस्ता भएका टिप्पणी गरे । उनले भने, ‘एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको शिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ ।’
काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासिनता र असफलता देखिएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’
तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै उनले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाए । दाहालले भने, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट’ ?
प्रचण्डले यस्तो कार्यशैलीले सरकारको घोषणा केबल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै, राष्ट्रिय गौरवका अन्य आयोजनामा समेत यस्तै लापरवाही दोहोरिएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनावद्ध ढंगले निरन्तरता दिइनु पर्दछ । तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन ।’
सरकारलाई घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन उनको आग्रह थियो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कामले कांग्रेस एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन् ।
संसदमा सोमबार विशेष सम्बोधन गर्दै उनले प्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, राज्यको स्रोत र साधन सीमित दलाल पुँजिपति र विचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ? उनले पचासौं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवक कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मीटरब्याज पीडितको समस्या झन जटिल बन्दै गएको उल्लेख गरे।
उनले सरकारका गतिविधिबाट आम जनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘यो एक वर्षमा तपाईंले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भयो ?’ प्रचण्डले थप्दै भने, ‘सरकारका गतिविधिले जनविश्वासको गम्भीर प्रश्न खडा गरेको छ।’
काठमाडौं । गृहमन्त्री रमेश लेखक सहित बर्तमान मन्त्रिपरिषद्मा ३ मन्त्रीलाई तत्काल कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा माग गरेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले समय दिदाँ पार्टीको तर्फबाट रास्वपाका सांसद अशोककुमार चौधरीले गृहमन्त्री लेखकसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई तत्काल कारबाही गर्न माग गरका हुन् ।
पार्टीको तर्फबाट धारणा राख्दै रास्वपाका सांसद चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाउदैँ प्रश्न उठेका ३ जना मन्त्रीलाई कारबाही गर्न माग गरे ।
उनले भने, ‘गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन रु यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कारबाही गरियोस् ।’
भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले विगत ४७ दिनदेखि संसदमा अबरोध सजना गर्दै आएको छ । पछिल्लो समय सामान्य प्रशासनमन्त्री गुप्ताको घुसका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले गृहमन्त्री लेखकसँगै अन्य मन्त्रीमाथि पनि प्रश्न उठाएर कारबाहीको माग राखेको छ ।
काठमाडौं । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका माग राखेर विरोधमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ताहरु बानेश्वरबाट पक्राउ परेका छन् ।
नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पस कमिटीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले मीनभवन क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि कोटेश्वरमा टायर बालेर सडक अवरुद्ध गर्न खोजेपछि ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल आफूहरुबीच देखिएको मनमुनमुटावले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउन केही ढिलाइ भएको बताएकी छन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्थानीय सरकार सञ्चालन ऐनमा भएको ससमयीमा भन्दा हामी केही ढिला भएकाे भन्दै विगतका दिनहरूमा केही मनमुटावले असर गरेको पनि बताइन् ।
उनले थपिन्, ‘हामीबीच केही अविश्वास, केही तीता-मिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए सबै कुरा मन्थन भयो । समस्याहरू समाधान पनि भए र आज हामी फेरी एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ । समयमै अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र सबै नगर सभा सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना व्यक्त गर्दछौँ ।’
ढिलै भए पनि अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जनप्रतिनिधि, कर्मचारी सबैलाई धन्यवाद दिइन ।
उनले थपिन्, ‘हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ । जनताको अपेक्षाहरू धेरै छन्, अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामर्थ्यले भ्याएसम्मको काम गर्ने प्रण यसै सभा मार्फत गर्न चाहन्छु। जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावना सहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वास लिएकी छु ।’
उनले आफूहरू काठमाडौंको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधि भएको भन्दै काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरुबीच परस्पर सहकार्य र समन्वयमा कामहरू अगाडि बढाउन चाहेको पनि उल्लेख गरिन्। उनले सङ्घ र प्रदेश सरकारसँग सधैँ सहकार्यको अपेक्षा राखेको पनि बताइन् ।
काठमाडौं । रास्वपाकी सुमना श्रेष्ठले आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रमबाट झन् पुष्टि गएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले भिजिट भिसाको आवरणमा भएको मानव तस्करको विषयले औचित्यपूर्ण बन्दै गएको पुष्टि भएको बताइन् ।
उनले भनिन्, ‘सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न सङ्कोच । कसको अकरमन्यताले गर्दा यस्तो आँट मानव तस्करहरुमा पलाएको हो? देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’
उनले यो भिजिट भिसा प्रकरणको छानबिन गर्ने संसदीय छानबिन समिति वा उच्च स्तरीय आयोग मागेका दोहोर्याइन् ।
उनले भनिन्, ‘फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हालेको ? अझै व्यक्ति केन्द्रित भएर सरकार सम्म डराउने? एक व्यक्ति केन्द्रित भएर सिङ्गो सरकारले जनताको पिडा नसुन्ने नै हो त? किन डराएका छैनन् तस्करहरू ?’
भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने प्रधानमन्त्री समेत रहेका सुशासन आयोगका प्रमुखको पनि जवाफ मागिन् ।