Category: भिडियो

  • छानबिन समितिको प्रतिवेदनपछि सभापति खतिवडाको प्रतिक्रिया- मेरो नाम किटान गरेको छैन, राजीनामा दिन्न (भिडिओ)

    छानबिन समितिको प्रतिवेदनपछि सभापति खतिवडाको प्रतिक्रिया- मेरो नाम किटान गरेको छैन, राजीनामा दिन्न (भिडिओ)

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छानबिन समितिले बुझाएको प्रतिवेदनमा आफूलाई दोषी किटान नगरेको दाबी गरेका छन्।

    संसदीय समितिले प्रतिवेदन सदनमा बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दोषी देखिए आफू कारबाही भोग्न तयार रहेको सुरुदेखि नै भन्दै आएको बताए।

    पदबाट राजीनामाबारे उनले भने, ‘मैले दोष देखिए कारबाही भोग्छु भनिरहेको छु। कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा छु। राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु।’

    उनले आफूले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड रहेको जिकिर गरेका छन्। उनले समितिले नाम किटान नगरेको भन्दै राजीनामा नदिने उनको भनाई छ।

  • कुलिङ पिरियडमा भएको छेडखानीमा सभापति खतिवडाको कार्यशैली रहस्यमय देखिन्छ : माधव सापकोटा (भिडिओ)

    कुलिङ पिरियडमा भएको छेडखानीमा सभापति खतिवडाको कार्यशैली रहस्यमय देखिन्छ : माधव सापकोटा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानीलाई मानवीय त्रुटि नभई नियतवश गरिएको कमजोरी भएको दाबी गरेका छन्।

    संसदीय छानबिन विशेष समितिका सदस्य समेत रहेका सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानी गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको बताए।

    उनले भने, ‘राज्यव्यवस्था परामर्श समितिका कर्मचारी, विज्ञहरूसँग छलफल गर्दा पनि सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिन गएको छ। त्यसैले सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको ठहर छ।’

    उनले प्रथम दृष्टिमै हस्ताक्षर गरेका सभापति र सचिवले नैतिक जिम्मेवारी लिनुपर्ने बताए। समितिका सभापति र सचिवले जिम्मेवारी निर्वाह गर्न नसकेको ठहर गरिसकेपछि पदमा बस्ने नबस्ने अब उनीहरूको नैतिकमाथि प्रश्न उठ्ने बताए ।

  • ‘नाडा अटो शो प्रदर्शनीमात्र होइन, सवारीप्रेमीको महान चाड हो’ (भिडिओ)

    ‘नाडा अटो शो प्रदर्शनीमात्र होइन, सवारीप्रेमीको महान चाड हो’ (भिडिओ)

    आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ आयोजना हुँदैछ । यस पटकको नाडा अटो शो केही भिन्न हुँदैछ । यस वर्षको प्रदर्शनी ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुँदैछ ।  यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितीकी तन्त्रलाई एकै छानामुनी ल्याउने भएको छ ।

    यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हो । यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ ।

    स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारखुट्टे रोबोटहरु (यूनिट्री रोबोटिक्स) र भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक (दीपल ईभिटोल युएभी) प्रदर्शनी गरिने छ । यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्राण्डहरु, १३ वटा हल्का व्यवसायीक सवारी साधन ब्राण्डहरु र ४ वटा दुईपांग्रे सवारी ब्राण्डहरु प्रदर्शनीमा राखिने भएको छ ।

    नाडा अटो शोमा ३५ वटा कम्पनीहरू (लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) सहभागी हुनेछन् । एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको छ ।

    ‘नाडा’ भन्ने बित्तिकै सबै नेपालीले अटोमोबाइल क्षेत्रलाई बुझ्छन् । अटोमोबाइल क्षेत्रको पर्यायवाची नै नाडा बनेको छ । नाडाको अर्को महत्त्वपूर्ण पर्यायवाची प्रदर्शनी हो । नाडा भनेकै एउटा चाड हो । ‘नाडा कहिले आउँदैछ ?’ भनेर मानिसहरूले सोध्नुको अर्थ नाडा अटो शो कहिले हुँदैछ भनेर हो ।

    नाडा अटो शो हाम्रो लागि एक महत्त्वपूर्ण कार्यक्रम हो । जसको आयोजना हामी पात्रो हेरेर घटस्थापनाभन्दा अगाडि तोक्छौँ । यो केवल एक प्रदर्शनी होइन, यो अटोमोबाइल व्यवसायीहरूको लागि एउटा चाड हो, जसलाई हामी सबै हर्षोल्लासका साथ मनाउँछौँ ।

    यस पटकको नाडा अटो शो विशेष छ । यो केवल एक चाड मात्र होइन, भविष्यको दूरदर्शी सोचलाई अँगाल्ने एक अवसर पनि हो । गत वर्ष मैले नाडा अटो शोबाट अटोमोबाइल क्षेत्रको भविष्यको दृष्टिकोण प्रस्तुत गर्ने वाचा गरेको थिएँ । यस पटक नाडाले यहाँहरूलाई मोबिलिटी, भविष्य र प्रविधिको वास्तविक अर्थ अनुभव गराउने छ ।

    भविष्यको कुरा गर्दा, विद्युतीकरण (इलेक्ट्रिफिकेसन) एक महत्त्वपूर्ण पाटो हो । नेपालले यति छिटो र बलियोसँग विद्युतीकरणलाई अँगाल्छ भनेर कसैले सोचेको थिएन । भविष्यले नेपाललाई चाँडै नै नयाँ उचाइमा पुर्‍याउनेछ ।

    यस पटकको नाडा अटो शो केही फरक ढङ्गले आयोजना गरिएको छ । यसको कुल क्षेत्रफल ३ लाख स्क्वायर फिटभन्दा बढी छ भने प्रदर्शनी स्थल १ लाख ५९ हजार स्क्वायर फिटभन्दा बढी छ ।

    यस पटक हामी नवीनता, भविष्यको मोबिलिटी र दिगो विकासमा केन्द्रित छौँ । हामीले प्रविधि, संस्कृति र व्यवसायलाई एकसाथ कसरी अगाडि बढाउन सकिन्छ भनेर सोचेका छौँ । हाम्रा सबै प्रायोजकहरूको एउटै लक्ष्य छ– नाडालाई नेपालको चाड बनाउने ।

    यहाँहरूले प्रदर्शनीमा आएर भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक प्रत्यक्ष अनुभव गर्न सक्नुहुनेछ । यहाँहरूले युनिट्री रोबोटसँग अन्तरक्रिया गर्ने मौका पनि पाउनुहुनेछ । यो नै नाडा हो । नाडाको मुख्य ध्यान नेपाली उपभोक्ताहरू हुन् । हामी उनीहरूलाई भविष्यसँग जोड्न चाहन्छौँ । यी कुराहरूले यस पटकको नाडा किन फरक छ भन्ने कुराको आभास दिनेछ ।

    नाडा अब नयाँ युगमा प्रवेश गर्दैछ । अर्को वर्ष नाडाले आफ्नो स्वर्ण जयन्ती मनाउँदैछ । जुन हाम्रो लागि ५० वर्षको यात्रा हो । नाडाको यो ५० वर्षको यात्रा सहज थिएन । केही अग्रजहरूले सुरु गरेको सानो प्रयासबाट आज हामी यो विशाल संगठन बनेका छौँ ।

    (नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष चौधरीले मंगलबार पत्रकार सम्मेलनमा राखेको मन्तव्यको सम्पादित अंश:) 

  • निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री (भिडिओ)

    निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री (भिडिओ)

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    ‘नेपालको संगठीत र सघन प्रयासहरूको परिणामस्वरूप निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनेछ’, अर्थमन्त्री पौडेलले भने ।

    अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा कार्ययोजनाहरु दराजमा थन्काउन नभै कार्यान्वयन र सार्थक नतिजा प्राप्तिका लागि तयार पारेको बताए ।

    अर्थमन्त्री पौडेलले ग्रे लिष्टबाट बाहिर निकाल्नका लागि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन २०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको बताए ।

    त्यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली २०८१ जारी गरी कार्यान्वयनमा आएको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी रणनीति तथा कार्य योजना (२०८१/८१– २०८५/८६) कार्यान्वयनमा रहेको जानकारी गराए ।

    शिघ्रातिशीघ्र मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले ग्रे लिस्ट बाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ स्वीकृत गरी कार्यान्वयनमा आएको, एसिया प्यासिफिक ग्रुपबाट प्राप्त रि रेटिङको रिपोर्टिङ ढाँचामा प्रतिवेदन गरी फाइनान्सियल इन्टेलिजेन्स युनिटमार्फत प्रतिवेदनको प्रबन्ध गरिएको अर्थमन्त्रीको भनाइ छ।

    अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने वस्तु व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको पनि सदनलाई जानकारी गराए ।

    त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा क्यासिनो व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा घर जग्गा कारोबार सम्बन्धी (सूचक संस्था)लाई जारी गरेको निर्देशका २०८२ कार्यान्वयनमा रहेको छ ।

    सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनले गठन गरेको निर्देशक समिति र समन्वय समितिका अतिरिक्त रणनीति तथा कार्य योजना (२०८१/८१– २०८५/८६) अवधि भरका लागि ४ वटा कार्यान्वयन समन्वय संयन्त्र गठन गरी समन्वय, सहजीकरण, अनुगमन र निर्देशनसम्बन्धी कार्य भइरहेको पनि अर्थमन्त्री पौडेलले सदनलाई जानकारी गराए ।

  • भदौ ३ गतेदेखि ‘नाडा अटो शो २०२५’ हुँदै, अहिलेसम्मकै ठूलो हुने आयोजकको दाबी (भिडिओ)

    भदौ ३ गतेदेखि ‘नाडा अटो शो २०२५’ हुँदै, अहिलेसम्मकै ठूलो हुने आयोजकको दाबी (भिडिओ)

    काठमाडौं । ‘नाडा अटो शो २०२५’ आयोजना हुने भएको छ । आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना उक्त अटो शो आयोजना हुने भएको हो ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरीका अनुसार ‘नाडा अटो शो २०२५’ को उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने भएका छन् । यस वर्षको प्रदर्शनी ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितकी तन्त्रलाई एकै छानामुनी ल्याउने भएको छ ।

    ‘यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हो । यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ’, अध्यक्ष चौधरीले भने ।

    स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारखुट्टे रोबोटहरू (यूनिट्री रोबोटिक्स) र भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक (दीपल ईभिटोल युएभी) प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यवसायीक सवारी साधन ब्रान्डहरू र ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिने भएको छ ।

    त्यस्तै, नाडा अटो शोमा ३५ वटा कम्पनीहरू (लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) सहभागी हुने भएका छन् । एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

    ‘यो हाम्रो प्रदर्शनी नभएर चाड हो । ३ लाख वर्गफुट क्षेत्रफल र एक लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ’, अध्यक्ष चौधरीले भने ।

    उनका अनुसार शोमा सुविधाजनक जोन विभाजनदेखि मिडिया डेस्कसम्म स्थापना गरिने भएको छ । ‘नाडा अटो शो’ का लागि खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ  ।

    स्वदेशमै निर्माण भएका सवारी तथा पार्टपुर्जाको प्रदर्शनी गरिने भएको छ । दैनिक भाग्यशाली विजेता घोषणा गरिने भएको छ । जसलाई एक वर्षसम्म निःशुल्क लुब्रिकेन्ट सेवा दिइने भएको छ ।

     

  • कुलिङ अफ पिरियडमा ठूला दलको दम्भले चाहेजस्तो प्रतिवेदन आउन सकेन : रोशन कार्की (भिडिओ)

    कुलिङ अफ पिरियडमा ठूला दलको दम्भले चाहेजस्तो प्रतिवेदन आउन सकेन : रोशन कार्की (भिडिओ)

    काठमाडौं । राप्रपा सांसद एवं कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समिति सदस्य रोशन कार्कीले ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताएकी छन् ।

    विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठूला दलका दम्भका कारण चाहेको जस्तो निष्कर्ष निकाल्न नसकिएको जिकिर गरिन् ।

    उनले प्रतिवेदनमा नैतिकता भन्ने शव्द राख्ने बिषयमा सहमति जुट्न नै दुई दिन लागेको उल्लेख गरिन् । नैतिकता भन्ने शव्दसँग ठूला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठूलो दबाब दिनुपरेको उनको भनाइ छ ।

    कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दबाबले कुलिङ आफ पिरियड चलखेल गरेको पाइएको समेत बताइन् ।

  • कांग्रेसलाई राप्रपाको जवाफ- हामीले सदनसँग भत्ता पनि बहिस्कार गरिरहेका छौँ (भिडिओ)

    कांग्रेसलाई राप्रपाको जवाफ- हामीले सदनसँग भत्ता पनि बहिस्कार गरिरहेका छौँ (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई जवाफ फर्काएका छन्। हिजो घिमिरेले सदनमा आफ्नो कुरा राखेर बहिस्कार गर्ने प्रवृत्तिको प्रतिवाद गर्ने चेतावनी दिएका थिए।

    त्यसको जवाफ फर्काउँदै सिंहले भने, ‘सदन बहिस्कार गर्नेलाई प्रतिवाद गर्छौँ भनेर कांग्रेसका प्रमुख सचेतक भनिसक्नुभएको छ। हामीले सदनसँगै हामीले पनि सेवा सुविधा पनि बहिस्कार गरिरहेका छौँ।’

    भिजिट भिसा प्रकरणमा दैनिक असुली धन्दा गरेर युवाहरूलाई विदेश पठाउने, बिचल्ली पर्दा पनि कुनै वास्ता नर्गनको लागि गणतन्त्र ल्याएको होरु भन्दै प्रश्न गरे। रोजगारी देशमा दिन नसक्ने र बाहिर जानेहरूबाट असुली धन्दा चलाउनेमाथि कारबाही गर्न छानबिन समितिको माग गरे।

  • कुलिङ पिरियडमा ‘छेडखानी’ – छानबिन समितिको प्रतिवेदन सभामुखलाई बुझाइयो (भिडिओ)

    कुलिङ पिरियडमा ‘छेडखानी’ – छानबिन समितिको प्रतिवेदन सभामुखलाई बुझाइयो (भिडिओ)

    काठमाडौं । संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।

    समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका छन् ।

    संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठन गरिएको उक्त समितिले २९ दिन लगाएर सरोकारवालासँग छलफलपश्चात प्रतिवेदन तयार गरेको हो ।

    यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो ।

    गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

    समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की थिए ।
  • बहुविवाहलाई मान्यता दिने चर्चाबारे गृहमन्त्रीले भने- देश र जनताको हितमै कानून बन्छ, आशंका नगर्नू (भिडिओ)

    बहुविवाहलाई मान्यता दिने चर्चाबारे गृहमन्त्रीले भने- देश र जनताको हितमै कानून बन्छ, आशंका नगर्नू (भिडिओ)

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले कानून बनाउने बताएका छन्। बहुविवाहलाई मान्यता दिने चर्चाकाबीच बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनमा खराब कुरा आउँछन् भन्ने आशङ्का नगर्न आग्रह गरे।

    उनले भने, ‘आजको बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँच वटा विधेयकमा संशोधन प्रस्ताव भएको छ।’

     

    बहुविवाहका लागि आएको संशोधन व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने सजाय कटौती र सफाइसम्बन्धी व्यवस्था लगायतको विषयमा थप छलफल र परिमार्जन गर्नुपर्ने देखिएको बताए।

    उनले थपे, ‘हामी विधेयक समितिमै एउटा उपसमिति बनायौँ त्यो उपसमितिले सम्बन्धी मन्त्रालयको राय सल्लाह लिएर आवश्यक छलफल गरेर संशोधन हुन्छ। नागरिकका बीचमा भएको चर्चालाई विधेयक समितिले सम्बोधन गरेर कानून परिमार्जन गर्छ।’

  • कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार कस्तो छ रिजल्ट ? (भिडिओ)

    कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार कस्तो छ रिजल्ट ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

    बोर्डले सोमबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत ग्रेडेड भएका छन् ।

    त्यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ । परिक्षामा अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थी ननग्रेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

    ननग्रेड भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने शर्माले बताए ।

    परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १७ जनाको परिक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

     

     

     

     

  • संसदमा बहुविवाह बहस- ज्वाइँले गरे स्याबास ! भन्न तयार हुनुहुन्छ ? (भिडिओ)

    संसदमा बहुविवाह बहस- ज्वाइँले गरे स्याबास ! भन्न तयार हुनुहुन्छ ? (भिडिओ)

    काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा शुन्य समय र विशेष समयमा अधिकांश महिला सांसदको ध्यान सरकारतर्फ केन्द्रित भयो  । कारण थियो, पछिल्लो समय विभिन्न सञ्चार माध्यममा प्रकाशित ‘सरकारले पुरुषलाई बहुविवाह गर्न दिने गरी कानूनी मस्यौदा तयार गरिरहेको छ’ भन्ने समाचार ।

    सांसदले एउटै स्वरमा यस्तो समाचारप्रति आक्रोश प्रकट गर्दै सरकारसँग स्पष्ट पार्न माग गरे । धेरैले नेपालले महिला अधिकारका क्षेत्रमा गरेको उपलब्धिलाई पछाडि धकेल्ने प्रयास भएको आरोप लगाए । कतिपयले मुलुकको संविधानदेखि अन्तर्राष्ट्रिय सन्धि–महासन्धिसम्मलाई लजाउने विषय भएको टिप्पणी गरे ।

    सत्तारुढ दल नेकपा (एमाले)की सचेतक सुनिता बरालले सबैभन्दा पहिले बहुविवाहसम्बन्धी चर्चामा सरकारको भूमिका र कानूनी मस्यौदाको बारेमा प्रश्न उठाउदैँ बहुविवाह सामाजिक र कानूनी दुवै दृष्टिले अस्वीकार्य भएको बताइन् ।

    उनले भनिन्, ‘असामाजिक र गैरकानूनी विषयलाई कानूनी बनाउने कुरा समाजका हरेक व्यक्ति र समूहको चासो बनेको छ । यस्तो संवेदनशील विषयमा कसरी मस्यौदा तयार भइरहेको छ भन्ने कुरा सरकारको स्पष्ट जवाफ आउनुपर्छ ।’

    बरालले कानून निर्माण प्रक्रियामा संवेदनशीलता देखाउनुपर्ने र समाजमा भ्रम फैलाउने खालका समाचार नआउने वातावरण बनाउन आग्रह गरिन् ।

    लगत्तै नेकपा (माओवादी केन्द्र)की सचेतक रुपा चौधरीले पनि प्रश्न गरिन् । उनले भनिन्, ‘हामीले संयुक्त राष्ट्रसंघको महिला माथिको सबै प्रकारको भेदभाव अन्त्य सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेका छौं । तर अहिले आएर सरकारले हिंसाको थुप्रोमाथि सुकुल ओछ्याएर शान्तिको परेवा उडाउने जस्तो काम गरिरहेको छ भन्ने अनुभव भइरहेको छ ।’

    चौधरीले संविधानको धारा ३८ र मुलुकी अपराध संहिताको धारा १७५ को उपधारा ५ लाई स्मरण गर्दै त्यसलाई उपहास गर्ने प्रकारका समाचारले आफूलाई पीडा दिएको बताइन् ।

    उनले थप्दै भनिन्, ‘महिलाले पाएको अधिकारलाई खोस्ने प्रयास भइरहेको आभास भइरहेको छ । यसतर्फ सरकारको ध्यानाकर्षण होस्, यथार्थ बाहिर आउनुपर्छ ।’

    माओवादी केन्द्रककै अर्की सांसद दुर्गा राई अझ कडा रुपमा प्रस्तुत भईन । उनले भनिन्, ‘मुलुकी देवानी र अपराध संहिताले पूर्णतः निषेध गरेको बहुविवाहलाई छुट दिने विधेयक ल्याउन खोजिएको हो भन्ने खबर आएको छ । सरकारले यस्तै विधेयक ल्याउने भए संसदमा प्रस्तुत नगर्नुस् ।’ सांसद राईले व्यंग्य गर्दै सोधिन्, ‘आफ्नो ज्वाईले बहुविवाह गरेमा स्याबास ज्वाई भन्न तयार हुनुहुन्छ ? महिलामाथि हिंसा बढाउने, पुरुषलाई छाडा बनाउने ऐन किन ल्याउन चाहनुहुन्छ ?’

    यस्तो ऐन ल्याउने कार्य ‘विभिन्न बहानामा महिलामाथि भइरहेको असुरक्षालाई बढावा दिने खालको छ र यसको घोर विरोध गरिनुपर्ने उनको भनाइ छ ।

    माओवादीकै सांसद सांसद नारायणी शर्माले भावुक हुदैँ भनिन्, ‘२१औं शताब्दीमा पनि हामीलाई यस्तो निकृष्ट विषयमा बहस गर्नुपरेको छ । संविधान, अन्तर्राष्ट्रिय सन्धि, महिला मुक्तिको आन्दोलन सबैको उपहास भएको छ ।’

    उनले प्रश्न गर्दै भनिन्, ‘कानून मन्त्रालयमा साँच्चै यस्तै मस्यौदा बन्दै छ भने तत्काल नष्ट गरियोस् । हजारौंको त्याग, तपस्या र बलिदानबाट आएको संविधानलाई चुनौती दिने जो कोही भए पनि त्यो अस्वीकार्य हुन्छ ।’ शर्माले संसदमा महिला सम्बन्धी समिति तत्काल गठन गर्नुपर्ने माग पनि गरिन् ।

    माओवादी केन्द्रका सांसद रणेन्द्र बराइली सोमबारको बैठकमा चर्को स्वरमा प्रस्तुत भए । पछिल्ला दिनमा सञ्चार माध्यममा आएको समाचार ‘सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने मस्यौदा तयार गर्दैछ’ भन्ने शिर्षकले उनको ध्यान खिचेको थियो । ‘समाचारमा भनिएको छ, ‘पहिलो पत्नीसँग मन नमिले अर्को महिलासँग सम्बन्ध राख्ने अनि बच्चा जन्माएपछि सम्बन्धलाई वैधानिक बनाउन कानूनी बाटो खोल्न खोजिँदैछ । यो त सरासर कुतर्क हो ।’ उनले थप्दै भने ‘पहिलो पत्नीसँग मन नमिल्ने हो भने सम्बन्ध विच्छेद गरेर अर्को विवाह गर्ने कानूनी बाटो त पहिल्यै छ ।’ बराइलीले बहुविवाहलाई वैधानिकता दिने सोचलाई ‘प्रतिगामी र गैरजिम्मेवार’ भन्दै आलोचना गरे । उनले भने, ‘सरकारको नेतृत्व सम्हालेर बसेका व्यक्तिबाट यस्ता विचार आउनु लाजमर्दो कुरा हो । महिला घर–घरबाट यसविरुद्ध आवाज उठाइरहेका छन् ।’

    माइतीघर मण्डलामा तीन दिनदेखि बहुविवाहविरुद्ध अनशन बसिरहेका बिनु यादवलाई उनले स्मरण गर्दै सम्मान प्रकट गरे । ‘महिला समानता र संविधानले दिएको अधिकारमाथि कुठाराघात गर्ने कुनै पनि विधेयक अस्वीकार्य छ । उनले चेतावनी दिदैँ भने, ‘नेपाल संसारको अगाडि लाजमर्दो अवस्थामा नपरोस् ।’ बराइलीले प्रतिनिधि सभा नियमावली २०७९ अनुसार गठन हुन बाँकी रहेको महिला समन्वय समितिको प्रसंग पनि उठाए । उनले भने, ‘हामी पार्टीभन्दा माथि उठेर महिलाको सवालमा विचार निर्माण गर्न तयार छौं । तर तीन वर्ष भइसके पनि महिला समिति बन्न सकेको छैन । तत्काल गठन हुनुपर्छ ।’

    नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले केही फरक दृष्टिकोण राखिन् । उनले भनिन्, ‘मैले नै कानून मन्त्रीसँग कुरा गर्दा उहाँले यस्तो ऐन हुँदै होइन भन्नुभएको छ ।

    तर मन्त्रीकै सचिवले, ‘पहिलो पत्नीसँग मन नमिल्ने भए अर्कीसँग सम्बन्ध राख्न पाउने’ भन्ने व्याख्या गरेको समाचार आएको भन्दै उनले त्यसप्रति आक्रोश जनाइन् । उनले थप्दै भनिन्, ‘कर्मचारीकै यस्तो भनाइका कारण समाजमा नकारात्मक प्रभाव परेको छ । यस्तो भ्रम तत्काल हटाउनुपर्छ  । मन्त्रीज्यूले सबैलाई चित्त बुझ्ने गरी जवाफ दिनुपर्छ ।’

    जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सुशिला श्रेष्ठले पनि सञ्चार माध्यममा आएका समाचारलाई गम्भीरतापूर्वक लिदैँ भनिन्, ‘पहिलो पत्नीसँग मन नमिल्दा सम्बन्ध विच्छेद गरेर अर्को विवाह गर्ने कानूनी बाटो छ । तर त्यसलाई कानूनी बहुविवाहको नाममा वैधानिक बनाउन खोज्नु खतरनाक सोच हो ।’ श्रेष्ठले पनि प्रतिगामी र गैरजिम्मेवार सोचलाई अस्वीकार गर्न सबैलाई अनुरोध गरिन् ।’ उनले भनिन्, ‘अवैध सन्तानलाई वैधानिकता दिने नाममा ल्याइने यस्तो विचारलाई महिला घर–घरबाट अस्वीकार गरिरहेका छन् । बिनु यादव अनशनमा बस्नुभएको छ, उहाँलाई म हार्दिक सम्मान व्यक्त गर्दछु ।’

    उनले नेपालको संविधान र संयुक्त राष्ट्र संघको महिला माथिका सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि (सिडअ) विरुद्ध जाने कुनै पनि विधेयकलाई अस्वीकार गर्ने चेतावनी दिइन् । ‘नेपाललाई संसारको अगाडि शिर झुकाउनुपर्ने लाजमर्दो अवस्था नबनोस् । सरकारलाई यस्तो विधेयक ल्याउन कहिल्यै मेहेनत गर्न नदिन आग्रह गर्दछु ।’ श्रेष्ठले पनि महिला समन्वय समिति गठन हुन नसकेकोमा दुःख व्यक्त गर्दै तुरुन्त गठन गर्न माग गरिन् । ‘हामी पार्टीभन्दा माथि उठेर महिलाको सवालमा एकताबद्ध हुन तयार छौं । तत्काल महिला समिति गठन हुनुपर्छ ।’

    समग्रमा बहुविवाहका बिषयमा धारणा राख्ने सांसदले महिलाले संविधान र कानूनबाट पाएका अधिकारलाई सीमित गर्ने वा कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने दाबी गरेका छन् ।

    साथै बैठकमा उठेका यी प्रश्नले सरकारलाई जवाफ दिनुपर्ने दबाब सिर्जना भएको छ । सांसदले कानून मन्त्रालयलाई प्रस्ट पार्न आग्रह गरेका छन् । कतिपयले विधेयक मस्यौदा भइरहेको भए तत्काल रोक्नुपर्ने माग समेत गरेका छन् ।

    संविधानको धारा ३८ को उपधारा ३ ले महिलालाई समान अधिकारको ग्यारेन्टी गरेको छ । मुलुकी अपराध संहिता २०७४ ले पनि बहुविवाहलाई अपराधका रूपमा परिभाषित गरेको छ ।

    नेपालले १९९१ मै महिला माथि सबै प्रकारको भेदभाव अन्त्य गर्ने महासन्धि (सिडअ)मा हस्ताक्षर गरिसकेको छ । यस्तो अवस्थामा ‘बहुविवाहलाई केही परिस्थितिमा कानूनी मान्यता दिने’ भनेर बाहिर आएको समाचारलाई सांसदले संविधान र अन्तर्राष्ट्रिय प्रतिवद्धता विरुद्धको कदमका रूपमा पनि व्याख्या गरेका छन् ।

  • रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- ‘गोयबल्स शैली’ मा झूटो प्रचार नगर्नु, प्रतिवादमा उत्रिन नपरोस् (भिडिओ)

    रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- ‘गोयबल्स शैली’ मा झूटो प्रचार नगर्नु, प्रतिवादमा उत्रिन नपरोस् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले आफ्नो कुरा राखेर बैठक बहिस्कार गरेर हिँडेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई पार्टीले उठाएको विषयमा सरकार र संसद्को ध्यानाकर्षण भइसकेको बताए।

    उनले भने, ‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने सांसद यहाँ को छ ? के भन्न खोजेको ? ‘गोयबल्स शैली’ मा झूटो कुरा प्रचार गरेर आज जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने काम बन्द हुनुपर्छ।’

    उनले रास्वपा र राप्रपाको गतिविधिले संसद्को गरिमालाई कमजोर पारेको बताए। उनले दुई पार्टीको शैलीमा आपत्ति जनाउँदै गालीगलौजको प्रतिवादमा उत्रिने समेत चेतावनी दिए।

  • प्रधानमन्त्रीलाई रास्वपाको जवाफ- भ्रष्टाचार मुछिएका मन्त्रीको राजीनामा अपराधबाट मुक्ति पाउने गंगास्नान भएछ (भिडिओ)

    प्रधानमन्त्रीलाई रास्वपाको जवाफ- भ्रष्टाचार मुछिएका मन्त्रीको राजीनामा अपराधबाट मुक्ति पाउने गंगास्नान भएछ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस काण्डमा मुछिएका मन्त्रीहरूमाथि कारबाही प्रक्रिया अघि नबढाएको भन्दै सरकारमाथि नै प्रश्न उठाएको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद असीम साहले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई जनताले कहिल्यै नबिर्सने टिप्पणी गरे।

     

    उनले भने, ‘भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु। जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला। जनताले बिर्सिने छैनन्, हामी कुनै पनि हालतमा बिर्सिन दिने छैनौँ।’

    उनले प्रधानमन्त्रीले रास्वपालाई व्यवस्था विरोधी र संसद् विरोधी भनेकोप्रति आपत्ति जनाए।

    प्रधानमन्त्रीलाई जवाफ दिँदै उनले भने, ‘उम्रभर गालिब यही भूल कर्ता रहा, धूल चेहेरे पे थी और आएना साफ करता रहा। धुलो त ऐना हेर्ने तपाईँहरूकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’

    उनले पूर्वमन्त्री राजकुमार गुप्ताको घुस डिलको अडिओपछि राजीनामा दिएपछि उन्मुक्ति दिइएको र अडिओमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई संरक्षण गरेको आरोप लगाए। राजीनामा भनेको भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ भन्दै कटाक्ष गरे।

  • कानूनमन्त्रीलाई एमाले सचेतकको प्रश्न- बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? (भिडिओ)

    कानूनमन्त्रीलाई एमाले सचेतकको प्रश्न- बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै भइरहेको चर्चाको कानूनमन्त्री अजयकुमार चौरासियासँग जवाफ माग गरेकी छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्रीसन्त्री र मन्त्रालयको ध्यानाकर्षण गराइन्।

    उनले भनिन्, ‘बहुविवाह नेपाली समाजमा सामाजिक रूपमा हेर्न हो भने असामाजिक र कानूनी मान्यताले हेर्ने हो भने गैरकानूनी विषय हो। यो संवेदनशील र गम्भीर विषय हो। यस्ता विषयमा कानून निर्माणको प्रक्रियामा अघि बढ्दा अहिले उठेको विषय के हो ?’

    उनले यो गम्भीर विषय भएको उल्लेख गर्दै चर्चामा आएको वास्तविकता के हो भन्दै कानून मन्त्रीमाथि प्रश्न गरिन्।

  • प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै सभामुखलाई राप्रपाले भन्यो- तपाईँ पनि सत्ता पक्षीय मात्रै हुनु भएन (भिडिओ)

    प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै सभामुखलाई राप्रपाले भन्यो- तपाईँ पनि सत्ता पक्षीय मात्रै हुनु भएन (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले राप्रपा र रास्वपालाई संविधान र व्यवस्था विरोधी भन्दै सदनमा अवरोध गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

    उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले समाधान चाहेका छौँ। स्वार्थ बाझिने समितिले कस्तो छानबिन गर्छ, हामीले त्यसैले संसदीय समिति वा न्यायिक समितिको कुरा उठाइरहेका छौँ। हामी पनि जनताको प्रतिनिधि हौँ। हामी सदन चलाउन सहयोग गर्न तयार छौँ।’

    उनले समस्या समाधान गर्नको लागि सभामुखलाई आँट गर्न आग्रह गरे।

    उनले थपे, ‘सभामुखले पनि सरकार पक्षीय भएर सोचिदिनु भएन। जनताको आवाज हामीले उठाएपछि यसको समाधान के हुनसक्छ। समाधान निकाल्नको लागि सभामुख क्षमतावान् हुनुहुन्छ।’

  • मुख्यमन्त्री लामाले दिए राजीनामा, भने- सभापति देउवाकाे आग्रह मानेकाे छु (भिडिओ)

    मुख्यमन्त्री लामाले दिए राजीनामा, भने- सभापति देउवाकाे आग्रह मानेकाे छु (भिडिओ)

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन् । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर सहमति गरेपछि उनले पत्रकार सम्मेलनमार्फत बागमती प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेको जनाएका हुन् ।

    उनले आफूले पार्टी सभापतिको कुरा मानेर राजीनामा दिएको जनाए । उनले भने, ‘संविधानले त मलाई मुख्यमन्त्री त अझै सुनिश्चित नै गरेको थियो । तर पार्टीभित्रको बृहत छलफलपश्चात विधि मूल्य र मान्यतालाई आधार मानेर । त्यतिमात्र होइन पार्टी सभापतिले देउवासँगको छलफलमा राजीनामा गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेकाले त्यसलाई शिरोधार्य गर्दै राजीनामा दिने निर्णय गरेको हुँ ।’

  • माओवादी निष्कर्ष- अमेरिकी नेतृत्वको विश्व व्यवस्था ढल्दैछ, नेपालको भूमिका कमजोर (भिडिओ)

    माओवादी निष्कर्ष- अमेरिकी नेतृत्वको विश्व व्यवस्था ढल्दैछ, नेपालको भूमिका कमजोर (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकाको नेतृत्वमा रहेको उदारवादी विश्व व्यवस्था विघटन हुन लागेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा आइतवार विश्व राजनीतिबारे छलफल भएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

    बैठकको छलफल सुनाउँदै पूर्व सभामुख सापकोटाले विश्व वहु ध्रुवीय व्यवस्थामा गइरहेको र डलर साम्राज्य भत्केर ब्रिक्स प्रचलनमा ल्याउन लागिएको बताए । उनले जी सेभेनको विकल्पमा २१ देशको संगठनको प्रशंसा गरे ।

    माओवादी बैठकको निष्कर्षबारे सापकोटाले भने- एक ध्रुवीय उदारवादी विश्व व्यवस्था जुन अमेरिकाको नेतृत्वमा छ त्यो विघटन हुँदैछ । खासगरी चीन,रुस र भारत विश्व शक्तिका रुपमा आउँदैछन् । संयुक्त राष्ट्रसंघ निष्प्रभावी भएको छ । यस्तो बेलामा नेपालको भूमिका विश्व मन्चमा कमजोर भएको छ ।

    माओवादीले नेपालको आफ्नो भूमिका प्रभावकारी बनाउन पहल हुनुपर्ने जनाएको छ ।

  • ऐना पहरा दुर्घटना : ७ घाइते, २ जनाको अवस्था गम्भीर (भिडिओ)

    ऐना पहरा दुर्घटना : ७ घाइते, २ जनाको अवस्था गम्भीर (भिडिओ)

    पोखरा । तनहुँको ऐना पहरामा भएको यात्रुबाहक बस दुर्घटनामा ७ जना घाइते भएका छन् । गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस आइतबार दिउँसो ऐना पहरामा दुर्घटना भएको थियो ।

    दुर्घटनामा हालसम्म ७ घाइतेको उद्धार गरिएको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।

    यात्रु झारेर बस रोकेको चिप्लिएर सडक दुर्घटना भएको थापाको भनाइ छ ।

    ‘बस रोकेर ऐना पहरा हेर्ने क्रममा चिप्लिएर दुर्घटना भएको रहेछ । केही यात्रु मात्र बसभित्र हुनुहुने रैछ,’ उनले भने, ‘अहिलेसम्म ७ जनालाई उद्धार गरेका छौं । २ जनाको अवस्था गम्भीर छ ।’ बसको अगाडिको भाग पानीमा डुबेकाले थप यात्रु पनि हुने सक्ने थापाले बताए ।

  • जनार्दनलाई प्रचण्डको जवाफ- जसले गल्ती गरेको छ, त्यसले आत्मालोचना गर्ने हो (भिडिओ)

    जनार्दनलाई प्रचण्डको जवाफ- जसले गल्ती गरेको छ, त्यसले आत्मालोचना गर्ने हो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् । स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले छलफल चलिरहेको बताए ।

    जनार्दन शर्माले अध्यक्ष प्रचण्डबाट आत्मालोचना हुनुपर्ने भनी दिएको अभिव्यक्तिबारे प्रश्नमा उनले भने- छलफल चलिरहेको छ, जसले गल्ती गरेको हो त्यसले आत्मालोचना गर्ने हो ।

    बैठकपछि प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने आवाज बैठकमा एकाधबाहेक अरुले नउठाएको भन्दै त्यो औचित्यहीन नरहेको बताए ।

    शर्माले आइतवार बैठकमा बोल्ने क्रममा आफनो भागमा परेका गल्तीको लागि आत्मालोचना गर्न तयार भएको भन्दै ३१ लाखबाट ११ लाख भोटको पार्टीमा खुम्चिएको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताएका थिए ।

     

  • करिब १५ लाख भूमिहीनलाई पुर्जा दिने सरकारको तयारी छ : मन्त्री अधिकारी (भिडिओ)

    करिब १५ लाख भूमिहीनलाई पुर्जा दिने सरकारको तयारी छ : मन्त्री अधिकारी (भिडिओ)

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पूर्जा उपलव्ध गराउने सरकारको तयारी रहेको बताएका छन् ।

    सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीको बिबरणबारे छलफलमा मन्त्री अधिकारी सो जानकारी दिए ।

    हालसम्म ९९ हजार १ सय ८६ भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ भूमिहिन सुकुम्बासी र ८ लाख ७५ हजार ४ सय १० अव्यवस्थित बसोबासीको बिबरण संकलन गरिएको मन्त्री अधिकारीले बताए ।

    उनले अझै पनि २ सय ८ पालीकाले बिबरण संकलनको काम सम्पन्न गर्न नसकेकाले करिव भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीको संख्या करिव १५ लाख पुग्न सक्ने अनुमान गरिएको धारणा राखे । भूमिहिन सुकुम्बासी र दलितको हकमा अहिले बसेको स्थानमा नै त्यही ठाउमा जग्गा दिने व्यवस्था गरिएको उनले बताए ।

    मन्त्री अधिकारीले कुनै भ्रम नरहने गरि विधेयकलाई अघि बढाउन समिति समक्ष आग्रह गरे । विधेयकमा घर जग्गा व्यवसाय बाहेक अन्य प्रयोजनका लागि प्राप्त गरेको वा स्वीकृति लिएको जग्गा अन्य प्रयोजनका लागि विक्रि गर्न नपाइने व्यवस्था स्पष्ट रुपमा राखिएको अधिकारीले बताए ।

     

  • समावेशीता कुनै कामको कुरा होइन, यसबाट राजनीतिक पदमा पुग्ने मात्र होः प्रधानमन्त्री ओली (भिडिओ)

    समावेशीता कुनै कामको कुरा होइन, यसबाट राजनीतिक पदमा पुग्ने मात्र होः प्रधानमन्त्री ओली (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गर्दै आएको समावेशीताको सिद्धान्तमाथि सार्वजनिकरूपमा प्रश्न उठाएका छन् । समावेशीताले महिलाको सशक्तिकरण नहुने उनले बताए ।

    आज बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन गर्दै ओलीले समावेशीताको नीति अस्थायीमात्रै भएको बताए । उनले विभिन्न देशका दृष्टान्त दिँदै समावेशीताले मात्रै महिलाको प्रतिनिधित्व नबढ्ने तर्क गरे ।

    ओलीको भनाइ यस्तो थियोः

    ‘हामी कहिलेकाहीँ बहकिएर कुरा गर्छौँ । हामीले समावेशीताको अस्थायी व्यवस्था छौँ । जबसम्म सशक्तिकरण हुँदैन, महिलालाई सशक्तिकरण गर्दैनौं, समावेशीताले केही पनि हुँदैन । मैले कोस्टारिका हेर्‍या छु । हाम्रो डेलिगेसनमा दुई-तीनजना महिला थिए । उहाँहरूकोमा ८ जना । १० जनामध्ये ८ जना महिला थिए । त्यो संविधानमा राखेर भएको होइन । समावेशीताले ८ जना महिला पुर्‍याउँछ र ? धेरै भए ५ जना पुर्‍याउने हो । तर, क्षमता बढायो भने पुग्छ । केही देशहरूमा बेग्लै परिपाटी छ । उनीहरूले इम्पावर गरेका छन् । त्यसैले महिलाको प्रतिनिधित्व ५० प्रतिशतभन्दा बढी छ । डाक्टर, प्रोफेसर, नर्स यी सबै महिलाले कब्जा गरेका छन् । हेभी कामहरू त्यहाँ पुरुषले गर्छन् । क्युवामा महिला डाक्टरहरू धेरै छन् । प्रोफेसर छन् । डाक्टर प्रोफेसर महिलाकै पेसा जस्तो । त्यो कुनै समावेशीताबाट भएको होइन । समावेशीताबाट डाक्टर र इन्जिनियर हुँदैन । यो त राजनीतिक पदमा पुग्नमात्रै हो, कुनै कामको कुरा होइन । राम्ररी पढे भने महिला आफैँ अघि बढ्छन् । मुख्य कुरा मानव जातिमा कुनै पनि विभेद हुनु भएन ।’

  • लोकतन्त्र खतरामा छ : शेखर (भिडिओ)

    लोकतन्त्र खतरामा छ : शेखर (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको टिप्पणी गरेका छ्न् ।

    आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताए ।

    कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा परेको उनको जिकिर छ ।

    उनले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको बताए । मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुने कोइरालाले जोड दिए ।

    कार्यक्रममा राजनीति तर्फ हरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिक तर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मान गरियो ।

    यसैगरी प्रतिभा तर्फ डा. प्रमिला गच्छेदारलाई नेता डा. कोइरालाले सम्मान पत्र प्रदान गरे ।

  • एकचोटि नयाँ विद्रोह गरेर प्रतिक्रियावादीलाई परास्त गर्ने तयारीमा छु : प्रचण्ड (भिडिओ)

    एकचोटि नयाँ विद्रोह गरेर प्रतिक्रियावादीलाई परास्त गर्ने तयारीमा छु : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक फेरि विद्रोहको आवश्यकता भएको र आफूले त्यसको तयारी गरिरहेको बताएका छन् ।

    ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी गरेको बताए ।

    प्रचण्डले भने- एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।

    अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला पछिल्लोपटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरेको तर अदालतबाट रोकिएको बताए ।

    २०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस वडा नम्बर १ बोत्ले भन्ने ठाउँमा सुरक्षा फौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको हत्या भएको दिनलाई सो पार्टीले बोत्ले हत्याकाण्डका रूपमा स्मरण गर्ने गरेको पूर्वमन्त्री विशाल खड्काले बताए ।

  • माधवलाई झलनाथको जवाफ- पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिँडे हुन्छ (भिडिओ)

    माधवलाई झलनाथको जवाफ- पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिँडे हुन्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालबाट आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने आफूले कल्पना पनि नगरेको बताएका छन्।

    अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनेपछि पत्रकार सम्मेलन गरेर आफूले बोलेको विषयले पार्टीलाई असर गरेको भए पार्टी बैठक बोलाउन माग गरे।

    उनले भने, ‘उहाँले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड भनेर आदेश दिनुभएछ। उहाँले आदेश दिने बित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ। नेताले छाड्छ। यही हो पार्टीको नेताको हैसियत? मैले त भव्य नेताको रूपमा हेरेको थिएँ उहाँलाई तर यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ।’

    उनले अध्यक्ष नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिँड्न सुझाए।

  • एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको मैले मात्रै होइन, आम कार्यकर्ताले भन्दैछन्: झलनाथ खनाल (भिडिओ)

    एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको मैले मात्रै होइन, आम कार्यकर्ताले भन्दैछन्: झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेको ४ वर्ष बितेपछि औचित्य पुष्टि गर्ने ढंगले अघि बढ्न नसकेको बताएका छन्।

    अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनेपछि पत्रकार सम्मेलन गरेर विद्रोहको औचित्य पुष्टि गर्ने कार्यदिशा नै अघि बढाउन नसकेको बताए। उनले पार्टीले दक्षिणपन्थी अवसरवाद खण्डन र आलोचना गर्नै नसकेको जिकिर गरे।

    उनले भने, ‘औचित्य पुष्टि गर्न नसकेको कुरा मैले मात्रै भनेको होइन। आम नेता कार्यकर्ताको कुरा हो। मैले उठाइदिएको मात्रै हो। आजको नेतृत्वलाई खबरदारी गरेको पनि हुँ।’

    उनले नेतृत्वले आफ्नो खबरदारीले अस्वीकार गरेको बताए। उनले एउटै कार्यक्रममा सहभागी हुँदा पनि आफूले वैज्ञानिक समाजवादको कुरा गरेपछि अध्यक्षले जबज छाड्नै सकिँदैन भन्ने गरेको बताए।

    उनले थपे, ‘म त यस्ता कुराहरू पार्टीभित्र छलफल गरेर सही र गलत छुट्टाएर समाधान गर्नुपर्छ भन्ने पक्षमा छु। म अरू ढंगले जान्न। विद्रोह गरेको गलत भनेको छैन। तर औचित्य पुष्टि गर्न सकेनौँ भने स्वतः गलत हुन्छ। त्यसैले वैचारिक सैद्धान्तिक छलफल गरौँ भनेको हुँ।’

  • देउवालाई शेखरको सुझाव- तपाईंजतिको सिनियर नेता कोही छैनन्, एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस् (भिडिओ)

    देउवालाई शेखरको सुझाव- तपाईंजतिको सिनियर नेता कोही छैनन्, एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन दलबाहेक अरूसँग भेट्नै नहुनेजस्तो गरेको बताएका छन्। कांग्रेस विराटनगर ४ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवालाई अरू पार्टीका नेतालाई घरमै बोलाएर कुराकानी गर्न सुझाए।

    उनले आफूले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी अध्यक्ष प्रचण्डसँग भेट्नुको कारण पनि खुलाए। उनको भनाइ जस्ताको तस्तै,

    मैले सभापतिलाई पटक पटक भने तपाईँ कांग्रेसको मात्रै होइन देशैको नेता हो, तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। तपाईँले बोलाएर भेट्नुस् सबै दलका नेतालाई, उहाँ हुँदैन भन्नुहुन्छ। अहिले हाम्रो गठबन्धन एमालेसँग छ। एमालेसित मात्रै भेट्नुपर्छ। जुन बेला माओवादीसित थियो त्यसबेला माओवादीसित मात्रै भेट्नुपर्छ। म त्यो मान्यता राख्दिनँ।
    मैले माओवादीसित पनि भेटेँ, भोलि मधेसी दलसँग पनि भेटौँला। त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेँ। माओवादीका अध्यक्ष प्रचण्डजीसँग मैले त्यस्तो धेरै कुरा गरेकै होइन। सामाजिक सञ्जालमा धेरै गलत कुरा लेखेका हुन्छन्। बरु चित्त बुझेन भने हामीलाई सोधे हुन्छ। आजकाल सामाजिक ओलीजी र विद्याजीको फाइट देख्नुभएको होला नि।
    मैले प्रचण्डजीको भेटमा तपाईँ सत्तापक्षको हो कि विपक्षको भनेँ संसद्मा, उहाँले आफू विपक्षमा हुँ भन्नुभयो। तर मैले तपाईँहरू सत्तापक्षजस्तो हुनुभयो, अहिले विपक्षी त रास्वपा मात्रै भएजस्तो देखियो उनीहरू भिडिरहेका छन् सत्तापक्षसँग। तपाईँहरू त हामीसँगै बसेर छलफलमा बसेपछि कसरी विपक्ष हुनुभयो भने। अब विद्या भण्डारीसँग मैले राष्ट्रपति हुँदा पनि कुरा भइरहेको थियो। उहाँले विराटनगरको प्रसङ्ग झिकेर केदार कार्की, नागेश कोइरालाको कुरा सोध्नुभयो। उहाँले विगतको कुरा सम्झिनुभयो। तर सरकार गिराउन र शेरबहादुरजी विरुद्ध जान लाग्यो भनेर धेरै कुरा आएका छन्। केही भएको होइन, पहिलो ओलीजी विपक्षमा हुँदा म उहाँको घरमै जान्थे।

  • शंकर पोखरेलको दाबी- सरकार गरिब हो, नागरिक छैनन् (भिडिओ)

    शंकर पोखरेलको दाबी- सरकार गरिब हो, नागरिक छैनन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले नेपाल चर्चामा रहेजस्तो गरिब नभएको दाबी गरेका छन्। नवयुग उद्यमशालामा बोल्दै अनौपचारिक अर्थतन्त्रको गणना नगरेकै कारणले जनता धेरै गरिब देखिएको उनको बुझाइ छ।

    उनले भने, ‘हामी नेपालीहरू गरिब छन् भन्छन् तर बाहिर गएर विदेशीहरूले भन्दा ज्यादा खर्च गरिरहेका छन्। त्यसैले नेपालको सरकार गरिब हो, नागरिक गरिब छैनन्। नागरिक गरिब छन् भन्नुको कारण अनौपचारिक अर्थतन्त्रको गणना नगर्दाले हो। अनौपचारिक अर्थतन्त्रको गणना गर्ने हो भने नेपाल चर्चामा रहेजस्तो गरिब होइन।’

    राष्ट्र बैंकबाट प्रकाशन हुने सबै तथ्याङ्क पोजेटिभ रहेको उल्लेख गरे।

    उनले थपे, ‘राज्य घाटामा छ, बैङ्कहरूमा पैसा थुप्रिएको छ। तर लगानी वृद्धि हुन सकेको छैन। तरलता नियन्त्रण गर्नको लागि राज्यले लगानी गर्नुपरेको छ राष्ट्र बैङ्कको माध्यमबाट। विकास र उद्यमशीलतामा लगानी गर्नुपर्ने राज्य सन्तुलनमा लगानी गर्न बाध्य छ। राष्ट्र बैंक तरलता सन्तुलन गर्नको लागि लगानी गरिरहेको छ। जे कुरामा लगानी गर्नुपर्ने हो त्यो कुरामा गर्न हामीले सकेका छैनौँ।’

    नेपालको अर्थतन्त्र निरन्तर रूपमा प्रगतितिर रहेको भए पनि राज्य अझै बलियो भइनसकेको उल्लेख गरे।

    उनले भने, ‘लोकतन्त्रमा राज्य बलियो भएन भने नागरिकहरू बलियो हुन सक्दैनन्। हामी नेपालीहरू कर तिर्न नपरे हुन्थ्यो भन्ने अपेक्षा गर्छौँ। अधिकार खोज्ने, कर्तव्य निर्वाह नगर्ने गर्न मिल्दैन। त्यसैले राज्य जुन रूपमा सक्षम र प्रभावकारी हुनुपर्ने हो हुन सकिरहेको छैन।’

    नेपालमा औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र शक्तिशाली रहेको भन्दै राज्यको नीति र कानुनले पनि अनौपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गरिरहेको बताए। राष्ट्र बैंक र अर्थ मन्त्रालय प्रभावकारी ढङ्गले काम गर्न चुकेको उनको बुझाइ छ।

  • काठमाडौं-तराई/मधेश द्रुतमार्गको कामले लियो गति (तस्बिरहरू/भिडिओ)

    काठमाडौं-तराई/मधेश द्रुतमार्गको कामले लियो गति (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ ।

    नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको थिएन ।

    अब भने कामले गति लिएको नपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१/८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ । यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेशन सहित) रहेको छ ।

    आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

    प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना-डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ।

    आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्व ५४ करोड रहेको छ। जग्गा खरिदको लागि दिइएको पेश्की रु १ अर्व ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की दिइएको रकम रु ९.८१ करोड सहित कुल २ अर्व ५७ करोड राजश्व दाखिला गरिएको रकम समेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्व ९७ करोड रहेको छ ।

    नमूना सडक बन्दै लेनडाँडा खण्ड

    काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसका कुल लम्बाई ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्यूब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भई रहेको छ । त्यस्तै गरी ५ वटा कलभट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।

    सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी सुपरस्टक्चर निर्माणको काम थालिएको छ भने काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५, ३३३ मिटर लम्बाईको पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालन गरिएको छ ।

    तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी ।

  • संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ: देउवा  (भिडिओ)

    संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ: देउवा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानकै कारणले अहिले कुनै पार्टीको स्पष्ट बहुमत नआउने बताएका छन्।

    पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एउटै पार्टीको बहुमत नआएको कारणले मिलेर सरकार बनाउनुपरेको बाध्यता सुनाए।

    उनले भने, ‘संविधान सबैलाई जोड्ने खालको छ। महिला, दलित, जनजाति, आदिवासी सबैलाई समेट्छ। यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ। तर, संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ। कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ। कुनै पार्टीको बहुमत आउँदैन।’

    पार्टी एक ढिक्का भएर अगाडि बढे बहुमत आउन पनि सक्ने भएकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे। उनले आफूले थारु समुदायबाटै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाएको र पार्टी सहमहामन्त्री एकजना अनिवार्य हुनुपर्ने व्यवस्था राखेको बताए।

  • प्रधानमन्त्रीको दाबी- नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ (भिडिओ)

    प्रधानमन्त्रीको दाबी- नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् ।

    बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई समृद्ध र आधुनिक बनाउन चाहेको बताए ।

    उनले भने, ‘हामी जहाँ सुशासन र स्वच्छता छ त्यस्तो देश बनाउन चाहन्छौँ । यहाँको जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा पवित्र अरू उद्देश्य हुन सक्दैन । नेपाललाई समृद्ध आधुनिक देश बनाउने गरी अघि बढेको बताए ।’

    उनले भने, ‘हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा अर्को वर्ष स्तर उन्नत हुँदैछ । आउँदो होइन अर्को मंसिरमा अल्पविकसितबाट विकास गरिरहेको, विकासशील राष्ट्रमा परिणत हुनेछ । ८३ मंसिरमा विकासशील राष्ट्र बन्छ ।’

  • झलनाथप्रति माधवको टिप्पणी- निर्णय नमान्नेमा ‘नम्बर वान’, खुरुक्क राजीनामा दिएर हिँडे हुन्छ  (भिडिओ)

    झलनाथप्रति माधवको टिप्पणी- निर्णय नमान्नेमा ‘नम्बर वान’, खुरुक्क राजीनामा दिएर हिँडे हुन्छ (भिडिओ)

    विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झालनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान सुझाव दिएका छन् ।

    सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले जवाफमा यस्तो भनेका हुन् ।

    पार्टी भित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल एक नम्बरमा रहेको भन्दै उनले खनाललाई पार्टीमा बस्ने अधिकार समेत नभएको बताए ।

    उनले भने ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ ।

    उनले खनाललाई पाटीको निर्णय उलङ्घन गर्ने कुरामा नम्बर वान भएको बताए । उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पाटी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए ।

    उनले भने, ‘यो हाम्रो पाटीको संस्थागत निर्णय हो । यसमा कसैले विरोध गर्नुको अर्थ छैन ।’

    उनले माओवादीसँग एकीकरणको कुरा नभएको बताए । उनले भने ‘तपाईँहरुलाई कसले भन्यो माओवादीसँग एकीकरणको कुरा भएको ? यो कुरा भएको छैन । अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको छ । दुई पाटी बिच सहकार्यको कुरा अगाडि बढाऔँ ।’

    उनले यो सरकार सबै हिसाबले असफल भएको बताए । उनले भने, ‘एउटा व्यक्ती केपी ओलीको अहङ्कारको दम्भका कारण देश पीडित छ ।’

    उनले आफूलाई लागेको केस भ्रष्टाचारको केस नै नभएको दाबी गरे । उनले भने आफूमाथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिसोध भएको दाबी गरे । उनले आफू माथि पूर्वाग्रह भएको कुरा सबैले बुझेको र आफूले एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।

    उनले आफूसँग जोडिएको भ्रष्टाचारको केसमा सबै विधि प्रक्रिया तलबाटै पुगेको बताए बताए । उनले भने, ‘मन्त्रालय, उप सचिव सचिव राज्यमन्त्री पूर्ण मन्त्री र क्याविनेटको सबै सम्मत निर्णय भएको छ कसैको फरक मत छैन । त्यसो हुनाले यो काम गर्न ऐन र कानुनले दिएको छ । संविधानले दिएको छ ।

    उनले पताञ्जलीलाई सार्वजनिक जग्गा एक टुक्रा पनि नदिएको दाबी गरे । उनले पताञ्जलीलाई हद बन्दी भन्दा बढी जग्गा किन्न कानुनले नै दिएको बताए ।

  • एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ : पारस खड्का (भिडिओ)

    एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ : पारस खड्का (भिडिओ)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हुनुपर्ने पक्षमा बोर्ड बैठकमा सबैको एकबद्ध धारणा आएको बताएका छन् ।

    आज बसेको बोर्ड बैठकपछि बोल्दै सचिव खड्काले सबै सदस्य एनपीएल हुुर्ने पक्षमा रहेको उल्लेख गरे । ‘केही सदस्यहरुले खर्चको विवरण अझै विस्तृत भयो भने हामीलाई सजिलो हुन्छ भन्ने क्रममा एनपीएल अघि बढ्नुपर्छ । एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ’, उनले भने ।

    सचिव खड्काले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब बोर्ड बैठकमा पेस गरेका हुन् । ‘हामीले हिसाबकिताब प्रष्ट राख्यौं’, उनले भने, ‘६–७ महिना लागेको थियो । विभिन्न कारण त्यो राष्टको चर्चाको विषय भयो । नेपाल क्रिकेट संघको स्रोत, आम्दानीदेखि ल्याएर खर्चको सबै विवरण सबै बोर्डलाई पेस गर्नुपर्छ । जुन हामीले पेस पनि गर्यौं ।’

     

  • ‘कांग्रेस-एमालेको सहमतिले राजनीतिक स्थायित्वको वातावरण बन्दैछ’ (भिडिओ)

    ‘कांग्रेस-एमालेको सहमतिले राजनीतिक स्थायित्वको वातावरण बन्दैछ’ (भिडिओ)

    काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका छन् ।

    विहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको जिकिर गरे ।

    ‘हामी सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुनमात्रै सातबुँदे सहमति भएको हैन’, सिंहको प्रष्टोक्ति थियो ।

    कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधिविधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए । कांग्रेसलाई विभिन्न चुनौती सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने चाहना रहेको उनले दोहोर्‍याए ।

    सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगेकाले आफूसँग भएका अनुभव सबैलाई बाँड्दै पार्टीलाई बलियो बनाउन लाग्ने बताए ।

  • युवाहरूको सुन्दर भविष्यका लागि एमालेले ०८४ मा एकल बहुमत ल्याउनुपर्छ : शंकर पोखरेल (भिडिओ)

    युवाहरूको सुन्दर भविष्यका लागि एमालेले ०८४ मा एकल बहुमत ल्याउनुपर्छ : शंकर पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवाहरूको उज्ज्वल भविष्य बनाउने सामर्थ्य राख्ने दाबी गरेका छन्।

    राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सामाजिक अराजकताको र राजनीतिक अस्थिरता मच्चाउन खोज्नेहरू सक्रिय भइरहेको बताए।

    उनले भने, ‘राजनीतिक अस्थिरता र सामाजिक अस्थिरतालाई हटाउन सकिएन भने विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिँदैन। मुलुकको समृद्धि र विकासको लागि राज्यलाई बलियो बनाउनु, राजनीतिक दलहरूलाई बलियो बनाउनको लागि ध्रुवीकरणलाई अगाडि बढाउन आवश्यक छ।’

    नयाँ पुस्ताले जनमतलाई विभाजित गर्नेतिर नभई परम्परागत राजनीतिक दललाई मत दिएर केन्द्रीकृत गर्ने बाटोतर्फ समाजलाई दोहोर्‍याउनुपर्ने बताए।

    उनले थपे, ‘‘एमालेले युवाहरूको सुन्दर भविष्यका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ। मिसन २०८४ नेपालको नयाँ यात्राको रूपमा अगाडि बढाउनुपर्छ। एमालेको एकल बहुमत आएर बनेको सरकारले मात्रै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ।’

  • मोदीलाई जया बच्चनको प्रश्न- सिउँदो त उजाडियो, अप्रेसन सिन्दूर नाम किन राखेको ?  (भिडिओ)

    मोदीलाई जया बच्चनको प्रश्न- सिउँदो त उजाडियो, अप्रेसन सिन्दूर नाम किन राखेको ?  (भिडिओ)

    काठमाडौं । भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले नरेन्द्र मोदी सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै ‘अप्रेसन सिन्दूर’को नामप्रति नै आपत्ति जनाएकी छन् । पहलगाम आतंकी हमलापछि भारतले पाकिस्तानमाथि गरेको युद्धलाई अप्रेसन सिन्दूरको नाम दिएको छ ।

    बुधबार भारतको माथिल्लो सभा राज्यसभामा सम्बोधन गर्दै जया बच्चनले पहलगाम आतंकवादी हमलापछि भारतको प्रतिशोधात्मक कारबाहीलाई अप्रेसन सिन्दूर नामकरण गरिएकोमा प्रश्न उठाएकी हुन् ।

    बच्चनले भनिन्– जे भयो सबै कुरा फिक्सन जस्तो भयो । केही मान्छे आए, त्यति ठुलो हत्याकाण्ड मच्चाए । एकतर्फ म तपाईहरुलाई बधाई दिन्छु, तपाईहरुले यस्ता लेखकहरूलाई राख्नुभएको छ । तपाईंहरूले भव्य नाम दिनुहुन्छ। यो अप्रेसनको नाम ‘सिन्दूर’ किन राख्नुभयो ? जबकि सिन्दूर त उजाडियो । जो मारिए, जसका पत्नी विधवा भए सिन्दूर त उजाडियो ।

    अभिनेत्री बच्चनले मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेपछि कश्मीरमा आतंकवाद खत्तम भयो भनेर ढोल पिटेको स्मरण गराइन् । मोदी सरकारको भरोसा मानेर यात्री कश्मीर जाँदा यति ठुलो घटना भएको भन्दै उनीहरूले मोदी सत्तालाई कहिल्यै माफ नगर्ने बताइन् ।