Category: भिडियो

  • विद्या भण्डारीको प्रश्न- निरन्तर सरकारमा रहेर एमालेले नीति र सिद्धान्तअनुसार कति काम गर्‍यो ? (भिडिओ)

    विद्या भण्डारीको प्रश्न- निरन्तर सरकारमा रहेर एमालेले नीति र सिद्धान्तअनुसार कति काम गर्‍यो ? (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेले सदस्यता नदिएपछि पार्टीको हितमा काम गरिराख्ने बताएकी छन्।

    मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीले जार्नैपर्छ भनेपछि राष्ट्रपतिमा गएको भन्दै अब पनि एमालेकै कार्यकर्ता भएर बस्ने बताइन्।

    उनले भनिन्, ‘एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएको छ। त्यसको मर्म र भावना अनुसार हामीले काम गर्ने हो। त्यसको मर्म र भावना अनुसार काम भएको छ कि छैन समीक्षा गर्ने बेला भएको छ।’

    २०४६/४७ को आन्दोलनपछि बनेको अन्तरिम सरकारसहित ५० सालको चुनावदेखि एमालेले निरन्तर सरकारमा भाग लिइराखेको बताइन्।

    उनले भनिन्, ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो। त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ? विभिन्न समयमा हामीले चर्चा गरिहरेका छौँ। आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा हामीले काम गर्न सक्यौँ कि सकेनौँ समीक्षा गर्ने बेला भएको छ।’

    सिद्धान्त अनुसार समाजलाई डोहोर्‍याउनको लागि वैचारिक मनन गरेर अगाडि बढ्नुपर्ने बताइन्। उनले पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि आफूलाई सरोकार नभएको भन्दै एमालेको सदस्यकै रुपमा काम गरिराख्ने दोहोर्‍याइन्।

  • ठूला दलहरूले नै संविधानमाथि प्रश्न उठाए, संशोधनको कुरा गर्छन् छलफल छैन : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

    ठूला दलहरूले नै संविधानमाथि प्रश्न उठाए, संशोधनको कुरा गर्छन् छलफल छैन : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याएकी छन् । मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद् नै निरीह थलो बनेर बसिरहेको बताइन् ।

    उनले भनिन्, ‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन । पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ । के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन ।

    उनले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न उठाइन् । जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने तर्क गरिन् ।

    रास्वपा सभापति रवि लामिछाने,नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेतातर्फ संकेत गर्दै भण्डारीले अहिले पनि संसदका कतिपय सदस्य आरोप लागेका कारण निलम्बित भएको बताइन् ।

    भण्डारीले भनिन्–संविधानमा संशोधन गर्ने भनेर सरकार बन्यो तर अहिलेसम्म छलफल हुन सकेको छैन । के विषयमा संशोधन गर्न आवश्यक भएको हो ? यसमा केही भएको देखिदैनन् । आरोप लागेर पुष्टि भएको छैन उसले बोल्न पाउँदैन,निलम्बित भइहाल्छ । निर्वाचित भएर आएका जनप्रतिनिधिले आदर्श अनुसार काम गर्नुपर्छ तर आरोप लाग्यो भन्भ्दैमा निलम्बनमा परिहाल्ने व्यवस्था कति लोकतान्त्रिक हो ? अहिले पनि कतिपय संसद सदस्य आरोप लागेका कारण निलम्बनको यात्रा भोगिरहेका छन् ।

     

  • मदन भण्डारी फाउण्डेशन केपी ओलीले बोकेको विचारको झण्डासँग जोडिएको छ : ईश्वर पोखरेल (भिडिओ)

    मदन भण्डारी फाउण्डेशन केपी ओलीले बोकेको विचारको झण्डासँग जोडिएको छ : ईश्वर पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको स्पष्ट पारेका छन् ।

    फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीको सान्निध्य पाएर यो फाउण्डेशन अघि बढेको स्मरण गराए ।

    पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको पूर्वउपाध्यक्ष भन्दै सम्बोधन गरेका पोखरेलले ओलीमाथि पार्टीभित्रैबाट अनेक आरोप लाग्दा यहि फाउण्डेशनबाट वैचारिक लडाईँ लडिएको बताए ।

    पोखरेलले पार्टीभित्र ओलीले विचारको झण्डा बोकेर हिँडेका बेला फाउण्डेशन महत्वपूर्ण ढंगले जोडिँदै आएको बताए ।

  • बालबालिकाको अवैध ओसारपसारमा उपसभामुखको संस्था जोडिएको जाँचबुझ आयोगको प्रतिवेदनमा छ: योगेश भट्टराई (भिडिओ)

    बालबालिकाको अवैध ओसारपसारमा उपसभामुखको संस्था जोडिएको जाँचबुझ आयोगको प्रतिवेदनमा छ: योगेश भट्टराई (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको विषयलाई संवैधानिक परिषद्को अङ्कगणितसँग जोड्न आवश्यक नभएको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुखमाथि गत वर्षदेखि नै प्रश्न उठिरहेको बताए।

    उनले भने, ‘उहाँले पत्र लेखेको विषय सदनलाई जानकारी नै छ। जिम्मेवार पदमा बसेको मान्छेले दूतावासमा पत्र लेख्न हुन्छ कि हुँदैन भन्ने कुरा सामान्य जानकारी राख्नुपर्ने हो। उहाँ संसद्को गरिमासँग जोडिएको व्यक्ति हो।’

    उनले उपसभामुखको विषयमा शिफल बाल सङ्गठनको सुधार गृहबाट ५ जना बच्चा हराएको विषयलाई पनि जोडे।

    उनले थपे, हराएका बच्चाहरूको खोजी हुँदा २०७२ साल माघ १८ गते सो कार्यालयका एक कर्मचारीले केन्द्रीय बाल कल्याण परिषद्मा गएर एउटा बयान दिन्छन्। ती बच्चाहरू पिए नेपालका मानिसहरूले जबरजस्ती लिएर गएका छन्। त्यसको कार्यकारी प्रमुख हुनुहुन्थ्यो अहिलेको हाम्रो उपसभामुखज्यू।

    उनले अवैध रूपमा बालबालिका ओसारपसारमा संलग्नहरूको अध्ययन गर्नको लागि तत्कालीन सरकारले पाटन उच्च अदालतका न्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग बनाएको स्मरण गरे। आयोगले बुझाएको प्रतिवेदन अझै सार्वजनिक नभएको भन्दै त्यसमा पिए नेपाल पनि संलग्न रहेको चर्चा रहेको बताए।

    उनले भने, ‘२०७२ कात्तिक १७ गते बाल संगठनको बालगृहबाट ५ बच्चाहरु हराए । २०७२ माघ १८ गते बाल कल्याण समितिमा एकजना कर्मचारीले दिएको बयानमा पिए नेपालले लगेको भनिएको छ । प्रिजनर्स असिस्टेन्ट नेपालको कार्यकारी अध्यक्ष त्यो बेला हालको उपसभामुख इन्दिरा राना हुनुहुन्थ्यो । उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा गठित समितिले उक्त संस्थाको नाम किटान गरेको भनिएको छ । प्रतिवेदन सार्वजनिक होस् ।’

    उनले प्रतिवेदनमा पिए नेपालमाथि पनि सङ्गठित अपराधमा अनुसन्धान गरी कारबाही गर्न सिफारिस भएको उल्लेख रहेको भन्दै तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। उनले राना उपसभामुख भएपछि मात्रै त्यो संस्थाबाट अलग भएको बताए।

  • रवि र छवि तुलना गर्दै गगनको गुनासो- सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ (भिडिओ)

    रवि र छवि तुलना गर्दै गगनको गुनासो- सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू पनि सहकारी ठगी आरोपमा थुनामा गएको बताए।

    उनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन्। गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि भित्र छन्। तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ। नयाँ पार्टी आयो, नयाँ पार्टीसँग अपेक्षाहरू भए। आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा पनि अस्वभाविक होइन।’

    उनले सातवटा अदालतले छाड्न अस्वीकार गरेको अभियुक्तलाई भेट्न पूर्वप्रधानमन्त्रीहरुको दौड चलिरहेको टिप्पणी गरे।

  • लिपुलेकमा अरुको आँखा पर्न नदिऔं, सबै दल एकढिक्का हौं : कांग्रेस (भिडिओ)

    लिपुलेकमा अरुको आँखा पर्न नदिऔं, सबै दल एकढिक्का हौं : कांग्रेस (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिप्रति असहमति जनाएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले दुई छिमेकी देशबीच भएको यो सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए ।

    उनले भने, ‘सरकारले यसबारे जुन कदम अघि बढाएको छ । सबैलाई समेटेर अघि बढाओस् । हामी आग्रह पनि गर्न चाहन्छौँ । हाम्रै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे ध्यानाकर्षण गराउनुभएको छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’

    उनले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । मतभेद भुलेर सबै राजनीतिक दलहरूले एकढिक्का भएर नेपाली भूमिका अरुको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने पनि थापाको भनाइ छ ।

  • लिपुलेकबारे भारत र चीनबीचको सहमतिबारे माओवादीले माग्यो सरकारको धारणा (भिडिओ)

    लिपुलेकबारे भारत र चीनबीचको सहमतिबारे माओवादीले माग्यो सरकारको धारणा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिको आपत्ति जनाउँदै नेपाल सरकारको धारणा मागेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच भएको भनिएको सम्झौतापछि सरकारको कदमबारे सदनमा जानकारी गराउन माग गरे।

    उनले भने, ‘यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै नेपालको हितमा एकजुट हुनको लागि हाम्रो दलको तर्फबाट अनुरोध गर्छौँ।’

    नेपाललाई जानकारी नै नगराई भएको सम्झौता र नेपालको भूमिमाथि भारतको दाबी चिर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताए।

  • लिपुलेकबारे भारत र चीनबीचको सहमतिप्रति एमालेको आपत्ति, भन्यो- सरकारले तत्काल कूटनीतिक वार्ता गरोस् (भिडिओ)

    लिपुलेकबारे भारत र चीनबीचको सहमतिप्रति एमालेको आपत्ति, भन्यो- सरकारले तत्काल कूटनीतिक वार्ता गरोस् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताए।

    उनले भने, ‘नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबीच सीमा व्यापार गर्ने सम्झौता भएको छ। त्यसको विरोध गर्न चाहन्छौँ। एमालेले यो सहमतिप्रति असहमति जाहेर गर्छौँ।’

    उनले भूगोल र जनसंख्याको हिसाबले देशहरू सानोठूलो हुनसक्ने भए पनि देशको स्वाधीनताको हिसाबले सानोठूलो नहुने बताए।

    उनले थपे, ‘हाम्रो देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि कतैबाट आघात पुग्ने गतिविधि हुन्छ भने हामी प्रतिवाद गर्छौँ, सशक्त विरोध गर्छौँ। यो विषयमा उच्चस्तरको कूटनीतिक संवादबाट यो विषयको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

  • नेपाली भूमिको रक्षा गर्न यथाशीघ्र पहल थाल्न सरकारसँग रास्वपाको माग (भिडिओ)

    नेपाली भूमिको रक्षा गर्न यथाशीघ्र पहल थाल्न सरकारसँग रास्वपाको माग (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली भूमिको रक्षा गर्नको लागि यथाशीघ्र पहल थाल्न सरकारसँग माग गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिव नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति ध्यानाकर्षण गराएका हुन्।

    उनले भने, ‘लिपुलेक र कालापानीलगायतको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने कुरा आएको छ। नेपालको भूभागको संरक्षण गर्नको लागि सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ।’

    यस्तै, उनले देश हाँक्नेहरुले संविधानको रक्षा गर्नुपर्नेमा अपमान गरिरहेको टिप्पणी गरे।

    भ्रष्टाचार नियन्त्रण गरेर जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्ने सरकार उल्टै मानव तस्करी गर्नेको संरक्षणमा लागेको आरोप लगाए।

  • सिंहदरबारमा शिक्षा विधेयक पारितको तयारी भइरहँदा सडक आन्दोलनमा होमिए बोर्डिङ सञ्चालक (भिडिओ)

    सिंहदरबारमा शिक्षा विधेयक पारितको तयारी भइरहँदा सडक आन्दोलनमा होमिए बोर्डिङ सञ्चालक (भिडिओ)

    काठमाडौं । सिंहदरबारमा शिक्षा विधेयक पारित गर्ने कार्यसूचीका साथ संसदीय दलको बैठक चलिरहँदा निजी विद्यालयका सञ्चालकहरू सडक आन्दोलनमा होमिएका छन् ।

    प्याब्सन र एन प्याब्सनको संयुक्त आव्हानमा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै उनीहरूले आन्दोलन थालेका हुन् । माइतीघर मण्डलामा निजी विद्यालयका प्रिन्सिपलहरू व्यानरसहित भेला भएका छन् । नयाँबानेश्वर चोकसम्म न्याली निकाली पुन माइतीघर फर्किएर कोणसभा गर्ने उनीहरूको तयारी छ ।

    विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री नभएको उनीहरूको भनाइ छ ।

    विधेयकबाट पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना-खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्नेलगायतका माग निजी विद्यालयको छ ।

  • ‘कति प्रधानमन्त्री भइरहेको भन्छन्, जनताले भोट हाल्छन् मैले के गर्ने ?’ (भिडिओ)

    ‘कति प्रधानमन्त्री भइरहेको भन्छन्, जनताले भोट हाल्छन् मैले के गर्ने ?’ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अहिलेसम्म कुनै चुनाव नहारेको बताएका छन् ।

    स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै जनताको सौभाग्यले आफू कहिल्यै हार्नु नरेको बताए ।

    उनले भने, ‘यहाँ धेरै साथीहरूले मेरै कुरा उठाउनुभयो। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने ? कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो ।’

    धेरै पार्टीका नेताहरू आफ्नो खिलाफमा लागेको भएपनि निरन्तर चुनाव जितिरहेको भन्दै देउवाले जनता देशको मालिक भएकाले जनताको सेवामा लाग्न आग्रह गरे ।

  • प्रचण्डको चिन्ता- मैले खाँबो थेग्न छाडेँ भने देशको राजनीति गर्ल्यामगुर्लुम भइहाल्छ कि भन्ने लाग्छ (भिडिओ)

    प्रचण्डको चिन्ता- मैले खाँबो थेग्न छाडेँ भने देशको राजनीति गर्ल्यामगुर्लुम भइहाल्छ कि भन्ने लाग्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अहिले सरकारमा नभएपनि देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका छन्।

    रङ्गीन घरहरू (कथासङ्ग्रह) लोकार्पण समारोहलाई सम्बोधन गर्दै आफू प्रमुख प्रतिपक्ष दलको नेता मात्रै भएपनि पूरै जिम्मा आफ्नै काँधमा भएजस्तो लाग्ने बताए।

    उनले भने, ‘अहिले म सरकारको नेतृत्वमा छैन। प्रमुख प्रतिपक्ष दलको नेता छु। तर देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ, कहिलेकाहीँ सोच्छु यस्तो त हुँदैन जीवन त। निश्चित अवधिसम्म गर्ने हो प्रकृतिको नियम अनुसार मरिन्छ, अर्कोले आएर लान्छ गाडीमा।’

    उनले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको बताए।

    उनले थपे, ‘तर जिम्मेवारी बोध आफ्नो अन्तिम अवस्था नभएसम्म जिम्मेवारीले थिचिराख्ने र त्यो जिम्मेवारी पूरा गर्नको लागि समर्पित भइराख्नुपर्ने आवश्यकता छ। साहित्य क्षेत्रमा मैले धेरै दिन नसके पनि मैले शान्ति प्रक्रियामा आएपछि र पहिलो पटक प्रधानमन्त्री भएपछि साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको छु।’

  • घनश्याम भुसालको टिप्पणी- नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने नारा पपुलर हुँदैछ (भिडिओ)

    घनश्याम भुसालको टिप्पणी- नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने नारा पपुलर हुँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले राजनीतिमा नैतिकताको खडेरी परेको बताएका छन्।

    राजनीतिमा निष्ठा र नैतिकता विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै नैतिकताको प्रश्न सत्तासँग जोडिएको बताए।

    उनले भने, ‘अहिले नेपाली राजनीतिमा नयाँ भ्रष्ट जिन्दावाद, पुरानो भ्रष्ट मुर्दावाद भन्ने नारा पपुलर भइरहेको छ। अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दावाद, अनि हामी पुरानाहरूले रैथाने भ्रष्ट जिन्दावाद भन्न खोजेको हो कि? सहरमा तर्क छैन। अहिले राजनीतिमा तर्क हरायो। यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ।’

    उनले शितलनिवास, बालुवाटार र सर्वोच्च अदालतमा सेना नभए यिनीहरूको हालत के होला? भन्दै प्रश्न गरे। उनले आजको नैतिकताको व्याख्या पुँजीले गर्ने बताए।

  • उपसभामुखबारे चर्चा गरेर आक्रमण र आतङ्कित बनाउने काम भयो : हितराज पाण्डे (भिडिओ)

    उपसभामुखबारे चर्चा गरेर आक्रमण र आतङ्कित बनाउने काम भयो : हितराज पाण्डे (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कामको विरोध जनाएको छ ।

    बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखका बारेमा बारम्बार चर्चा गरेर आक्रमण र आतङ्कित बनाउने काम भएको भन्दै विरोध जनाएका हुन् ।

    सामाजिक काममा सक्रिय एउटा जनजाती महिलामाथि यसरी आतङ्कित पार्ने र उनको मानमर्दन गरेर सदनलाई कमजोर पार्ने काम नगर्न उनले ध्यानाकर्षण गराए ।

    त्यस्तै, पाण्डेले राज्य व्यवस्था समिति सभापतिको निर्वाचन अविलम्ब गरी समितिको कामलाई अगाडि बढाउन माग गरे ।

    उनले निजामती कर्मचारी विधेयकमाथि भएको छेडखानी छानबिन गर्न गठित विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरे ।

     

  • बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा (भिडिओ)

    बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती कांग्रेसले मात्रै समाधान गर्नसक्ने दाबी गरेका छन् ।

    प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

    उनले भने, ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’

    उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने बताए ।

    उनले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसद्मा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ ।’

    उनले आफूहरूले गरेको निर्णय समाजले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

  • कांग्रेस-एमालेले देशलाई असफलतातिर धकेले : सुदन (भिडिओ)

    कांग्रेस-एमालेले देशलाई असफलतातिर धकेले : सुदन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले उपसभामुख इन्दिरा राना मगरमाथि उठेको प्रश्नको बिट मार्नको लागि न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस एमालेले अहिले संवैधानिक परिषद्मा बहुमत पुर्‍याउनको लागि हटाउन खोजेको आरोप लगाए ।

    उनले भने, ‘उपसभामुखमाथि लागेको आरोपको बिट मार्ने हो भने न्यायिक छानबिन हुनुपर्छ । तर, संवैधानिक परिषद्मा बहुमत पुर्‍याई आफन्तको भर्तीकेन्द्र बनाइ निरंकूश शैलीमा शासन सत्ता चलाउने तानाशाही प्रवृत्ति मान्य हुनेछैन ।’

    आफूलाई सुशासन र लोकतन्त्रको पहरेदार भन्ने ठूला पार्टीहरूले देशलाई असफलतातिर धकेलिरहेको उनले आरोप लगाए ।

  • माओवादीको चेतावनी : कांग्रेस-एमालेको दुई दलीय व्यवस्थाको मिसन जनताले पूरा गर्न दिँदैनन् (भिडिओ)

    माओवादीको चेतावनी : कांग्रेस-एमालेको दुई दलीय व्यवस्थाको मिसन जनताले पूरा गर्न दिँदैनन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका कांग्रेस र एमाले देशमा दुई दलीय व्यवस्थाको अवधारणामा अघि बढेको आरोप लगाएको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उपमहासचिव शक्ति बस्नेले नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त नहुने बताए।

    उनले भने, ‘कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको मिसनमा हिँडेको देखिन्छ। नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त छैन। यो दुई दलीय व्यवस्थाको मिसन अन्ततः एक दलीयमा पुग्ने होला र प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुनेछ ? त्यो उहाँहरूले नै सोचिराख्नुभएको होला।’

    उनले कांग्रेस एमालेको दुई दलीय व्यवस्थाको अवधारणा जनताले पूरा गर्न नदिने बताए।

  • संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा (भिडिओ)

    संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतामा ठुलो असन्तुष्टि प्रकट भइरहेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै जनतामा बढ्दो असन्तुष्टि ठुलो चुनौती बन्दै गइरहेको बताए।

    उनले भने, ‘संसद्, सरकार र संवैधानिक अदालतको गतिविधिहरूका कारण जनतामा असन्तुष्टि व्यक्त भइरहेको छ। यो हाम्रो लागि चुनौती हो। राज्य र राजनीतिको लागि पनि चुनौती हो त्यसप्रति हामी सचेत बन्नुपर्छ।’

    उनले जनअपेक्षित काम नभएकै कारणले प्रश्न उठेको बताए।

  • राप्रपा सांसद कार्कीको अभिव्यक्ति रेकर्डबाट हटाउन सूर्य थापाको माग

    राप्रपा सांसद कार्कीको अभिव्यक्ति रेकर्डबाट हटाउन सूर्य थापाको माग

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की गालीगलौजमा उत्रिएको भन्दै उनको भनाइ रेकर्डबाट हटाउन माग गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले कांग्रेस एमालेका सांसदहरूले खाली कागजमा सही गरेको भन्दै धिक्कार होस् भन्दै कटाक्ष गरेकी थिइन्।

    लगत्तै थापाले उठेर भने, ‘उहाँले खाली कागजमा सही गराएको भनेर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको छ। यो रेकर्डबाट हटाउनुपर्छ। हामी मण्डले तन्त्रविरुद्ध लडेर आएका सार्वभौम जनताका प्रतिनिधिहरू हौँ। हामी जनताबाट निर्वाचित हौँ।’

    उनले आफूहरूले जानेर बुझेर नै सही गरेको जवाफ फर्काए।

  • कांग्रेस-एमालेलाई रास्वपाको जवाफ : तपाईँहरू जति उफ्रे पनि उपसभामुखले पाएको सम्मानभन्दा माथि पुग्नुहुन्न (भिडिओ)

    कांग्रेस-एमालेलाई रास्वपाको जवाफ : तपाईँहरू जति उफ्रे पनि उपसभामुखले पाएको सम्मानभन्दा माथि पुग्नुहुन्न (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेले अघि बढाएको प्रयासप्रति आपत्ति जनाएको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए।

    उनले भने, ‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’

    उनले आफूहरूलाई कमजोर बनाउने खोजिए पनि निषेध गर्न कुनै हालतमा सक्ने बताए। उनले सदनमाथि बारम्बार भइरहेको आक्रमण टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए।

  • उपसभामुखबारे एमाले- तत्काल हटाउन प्रस्ताव राख्ने मनसाय छैन, उहाँमाथि उठेका प्रश्नको राफसाफ गर्नुपर्छ (भिडिओ)

    उपसभामुखबारे एमाले- तत्काल हटाउन प्रस्ताव राख्ने मनसाय छैन, उहाँमाथि उठेका प्रश्नको राफसाफ गर्नुपर्छ (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले आज भोलि नै उपसभामुख इन्दिरा राना मगरलाई हटाउन मनसायले सांसदहरूको हस्ताक्षर सङ्कलन नगरिएको दाबी गरेका छन्।

    संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभामुखको बारेमा केही प्रशंग संसद्मा उठेको यथार्थ भएको बताए।

    उनले भने, ‘अहिले रास्वपासहित केही दलहरूले भिजिट भिसा प्रकरणको विषयलाई लिएर सदन बहिस्कार गरिरहेका छन्। हिजो उपसभामुखले पनि असम्बन्धित मान्छेलाई अमेरिका लैजानको लागि अमेरिकी दूतावासमा पत्र लेख्नुभएकै हो। त्यो विषय अहिलेसम्म राफसाफ भएको छैन। उहाँलाई आज भोलि नै सत्तारुढ दलहरूले पद अनुसारको आचरण नगरेको भनेर हटाउने प्रस्ताव ल्याउन लागिएको होइन। अहिले भर्खर कुनै प्रस्ताव दर्ता गर्न खोजिएको छैन। तर उहाँमाथि प्रश्न उठेको छ।’

    भिजिट भिसा प्रकरणले सदनमा विरोध र बहिस्कार चलिरहेको बेलामा सभामुखको विषयमा छलफल सतहमा आउनुलाई अन्यथा लिन नहुने बताए।

    उनले थपे, ‘तर उठेका बहस र छलफललाई समयक्रममा निरूपण गर्नुपर्छ। उहाँमाथि उठेको विषयमा संसद्ले राफसाफ पार्नुपर्छ। यो सरकारको विषय होइन। संसद्को विषय हो। तर आजभोलि नै उहाँलार्ई हटाउने प्रस्ताव राख्ने मनसाय छैन।’

  • कांग्रेससँग सल्लाह गरेर सांसदहरूको हस्ताक्षर लिइएको होइन, संयोगले एकैदिन परेको हो : योगेश भट्टराई (भिडिओ)

    कांग्रेससँग सल्लाह गरेर सांसदहरूको हस्ताक्षर लिइएको होइन, संयोगले एकैदिन परेको हो : योगेश भट्टराई (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीले सांसदहरूको हस्ताक्षर लिनुलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।

    एमाले र कांग्रेस दुवै पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेर सांसदहरूको हस्ताक्षर गराइरहेको बेलामा सचिव भट्टराईले यस्तो बताएका हुन्।

    संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यस्तो हस्ताक्षर अहिले मात्रै होइन ०८४ सालदेखि चलिआएको चलन हो। यो नेपालमा मात्रै होइन हाम्रो जस्तो संसदीय अभ्यास भएका देशहरूमा पनि चल्छ। दलले पार्टीका सांसदहरूको हस्ताक्षर लिइराखेको हुन्छ। कुनै बेला अपर्झट प्रस्तावहरू दर्ता गर्नुपर्ने हुनसक्छ। त्यसैले पूर्वतयारका लागि हस्ताक्षर लिन्छौँ।’

    उनले कांग्रेस र एमालेले सल्लाह नै गरेर सांसदहरूको हस्ताक्षर नलिएको बताए। उनले थपे, ‘कांग्रेस र हामीले सल्लाह गरेर हस्ताक्षर लिएका होइन। एकै दिन परेको होला। संयोग हो। हस्ताक्षर महाअभियोग, सरकार बदल्नमा पनि प्रयोग हुन्छन्।’

  • दुर्गा प्रसाईले गरे नयाँ दल खोल्ने घोषणा (भिडिओ)

    दुर्गा प्रसाईले गरे नयाँ दल खोल्ने घोषणा (भिडिओ)

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिटै राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

    सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दलहरुले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन राजनीतिक दल खोल्न लागेको बताएका हुन् ।

    देशको अवस्था परिवर्तनका लागि राष्ट्रिय र स्वाभिमान सहितको पार्टी छिटै घोषणा हुने उनले जानकारी दिए । प्रसाईंले वर्तमान शासन प्रणाली अन्तर्गत नै राजनीतिक शक्ति निर्माणका लागि दल खोल्ने निर्णयमा पुगिएको जिकिर गरे ।

    उनले अब राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका केन्द्रित हुने उल्लेख गरे ।

  • ८४ को चुनावमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : देउवा (भिडिओ)

    ८४ को चुनावमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : देउवा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

    पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताए ।

    उनले भने, ‘यस्ता भाष्यलाई चिर्दै हामी शक्ति र क्रियाशील हुन आवश्यक छ। पार्टीका शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक छ ।’

    उनले आज मुलुकको सबैभन्दा ठुलो पार्टी कांग्रेस नै रहेको भन्दै आगामी दिनमा पनि सबै मिलेर बलियो बनाउनुपर्ने बताए ।

     

  • जनतामा देखिएको असन्तुष्टिको आगो निभाउने तागत कांग्रेससँग मात्रै छ : गगन थापा (भिडिओ)

    जनतामा देखिएको असन्तुष्टिको आगो निभाउने तागत कांग्रेससँग मात्रै छ : गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा देखिएको असन्तुष्टिको आगोको समाधान कांग्रेसले नै खोज्नुपर्ने बताएका छन् ।

    पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै केही तत्त्वहरूले असन्तुष्टिको आगोमा मट्टितेल खन्याइरहेको आरोप लगाए ।

     

    उनले भने, ‘हामीले असन्तुष्टिको आगोमा मट्टितेल खन्याएकाहरूलाई चिन्नुपर्छ । हामी संघ, प्रदेश र स्थानीय सरकारमा छौँ। हाम्रो हातमा सत्ता, शक्ति र नेतृत्व छ । हामीले कामबाट असन्तुष्टिको आगोलाई निभाउनुपर्छ । हामीमाथि लागेको अनावश्यक आरोपहरूबारे पनि बताउनुपर्छ। हाम्रो कारणले भइरहका पनि सच्याउनुपर्छ ।’

    उनले कांग्रेसभित्र शुद्धीकरण र जागरण आवश्यक रहेको बताए ।

    उनले थपे, ‘कांग्रेसमा अहिले देखिएको समस्याको हल दिन्छु भन्ने कुराको आत्मविश्वास चाहिएको छ । हाम्रो पार्टीभित्र ८ लाख सदस्य छ । यतिठूलो परिवार छ । त्यसैले हामीले कांग्रेसलाई पनि सफा गर्नुपर्छ ।’

  • भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन (भिडिओ)

    भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधि सकेपछि राजनीतिमा फर्कन मिल्ने बताएकी छन् ।

    सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन् ।

    गणतन्त्र र राजतन्त्रमा फरक-फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको तर्क छ ।

    एमालेसँग आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै उनले एमालेकै नीति-कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमाले नै भएको भण्डारीले बताइन् ।

    ‘मैले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नवीकरण गरेको हो । अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको छु’, उनले भनिन् ।

    पुर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन ? भन्ने प्रश्नमा पूर्वराष्ट्रपति भण्डारीले यस्तो विषयमा संविधानविद्हरूले जवाफ दिने बताइन् ।

    मुलुकमा धेरै वामपन्थी दलहरू रहेकाले वाम एकता हुने सम्भावना नदेखेको उनको भनाइ छ । एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको बताएकी छन् ।

  • अनमोल केसीलाई विजय बरालको सुझाव: एउटा ‘कोर टीम’ राखेर रणनीतिक हिसाबले काम गर्नुस् (भिडिओ)

    अनमोल केसीलाई विजय बरालको सुझाव: एउटा ‘कोर टीम’ राखेर रणनीतिक हिसाबले काम गर्नुस् (भिडिओ)

    काठमाडौं । चलचित्र खेले पनि, नखेले पनि अभिनेता अनमोल केसी प्रायजसो चर्चामै रहिरहन्छन् । वर्षमा एउटा मात्रै चलचित्र खेल्ने भएकाले उनको चलचित्र पनि प्रतिक्षित हुन्छ । अभिनेता भुवन केसीको छोरा हुनुको नाताले उनको पारिवारिक लिगेसीका कारण पनि चर्चामा रहन्छन् ।

    सँगसँगै अनमोलको अभिनय कमजोर रहेको चर्चा बेलाबखत सुनिन्छ । अभिनयमा निखारता नभएको भनेर अनमोलको आलोचना पनि हुने गरेको छ । तर, अर्का अभिनेता विजय बराल भने अनमोलको अभिनय झुर नै चाहिँ नभएको बताउँछन् ।

    नेपालप्रेससँगको कुराकानीमा उनले भने, ‘क्युट मान्छे हो उहाँ । अनमोलले वर्षमा एउटा त काम गर्ने हो । यही कारण उहाँको चलचित्रको प्रतीक्षा हुन्छ दर्शकलाई । उहाँले के गर्नुपर्थ्यो जस्तो लाग्छ भने जति सरल हुनुहुन्छ नि, अभिनयमा पनि त्यही किसिमको सरलता दिने कोसिस गर्नुभयो भने गजब हुन्छ । मलाई के लाग्छ भने उहाँबाट धेरै कुरा निकाल्न सकिन्छ ।’

    अनमोललाई विजयको सुझाव पनि छ । अनमोलले आफ्नो एउटा भित्री कोर टिम राखेर रणनीतिक हिसाबले अभिनयको तयारी गर्दाखेरि राम्रो हुने विजयको सुझाव छ । त्यो टिमबारे कसैलाई देखाउन परेन, तर उक्त टिमका कारण पोजिटिभिटी पैदा हुनसक्ने विजयको आँकलन छ ।

    ‘अरुले अभिनयमाथि प्रश्न गर्छन् । तर, उहाँको अभिनय त्यस्तो झुर होइन, त्यसलाई बनाउने ठाउँ चाहिँ प्रशस्त छन्,’ विजयले थपे, ‘कलाकार कहिल्यै झुर हुँदैनन् । कलाकारले अभिनय गर्न नसक्ने भन्ने हुँदै हुँदैन । बरु त्यसलाई अझैं माझ्न सकिन्छ, बनाउन सकिन्छ ।’

    विजयको ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरु’ यही भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ भने अनमोलको ‘जेरी अन टप’ यही असोज ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

  • विराटनगर झरेकी विद्याले भनिन्- एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन (भिडिओ)

    विराटनगर झरेकी विद्याले भनिन्- एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन (भिडिओ)

    विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् ।

    विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् ।

    उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’

    उनले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै भएको दाबी गरिन् ।

    उनले भनिन्, ‘राष्ट्रपतिबाट फर्किएपछि आफूले एमालेको सङगठित सदस्यको नवीकरण गरेको दाबी गरिन् ।’

    भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको बताएकी छन् ।

  • के कारणले घट्यो विद्युत प्राधिकरणको नाफा ? यस्तो छ हितेन्द्रको हिसाब (भिडिओ)

    के कारणले घट्यो विद्युत प्राधिकरणको नाफा ? यस्तो छ हितेन्द्रको हिसाब (भिडिओ)

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा नाफा घटेको छ । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले ९ अर्ब ६ करोड नाफा कमाएको थियो । भने, अघिल्लो आवमा प्राधिकरणले १३ अर्ब ३१ करोड नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा प्राधिकरणको नाफा घटेको हो ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विभिन्न कारणले गर्दा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नाफा घटेको बताए । नाफा घट्नुको मूल्य कारण भनेको उद्योगबाट उठाउन बाँकी रहेको विद्युत् बक्यौता नजोडिएको बताए ।

    उनले भने, ‘अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ५ अर्ब जति नाफा घटेको छ । यो बक्यौता उठ्दैन भन्ने होइन । तर, उठ्न बाँकी रहेको बक्यौता नाफामा जोडिएको छैन । विदेशी मुन्द्राको मूल्य वृद्धि भएको कारण पनि गत आवको नाफा घटेको हो । प्रशासनिक खर्च पनि वृद्धि भएको छ । चालु आवमा करिब १५ अर्ब जति नाफा कमाउन सकिन्छ होला ।’

    अघिल्लो वर्षको तुलनामा गत आवमा प्राधिकरणको कुल सम्पत्ति ६।२ प्रतिशतले वृद्धि भएको छ । भने, कुल सम्पत्ति ६ खर्ब ८७ अर्ब ९१ करोड पुगेको छ । ग्राहक सङ्ख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष ४।६ प्रतिशत पुगेको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत् थपिएको छ । जसमा निजी क्षेत्रबाट २८० मेगावाट विद्युत् उत्पादन थप भएको हो ।

  • कार्यकर्तालाई राजेन्द्र लिङदेनकाे निर्देशन- राजनीतिलाई कमाइ खाने धन्दा नबनाउनू (भिडिओ)

    कार्यकर्तालाई राजेन्द्र लिङदेनकाे निर्देशन- राजनीतिलाई कमाइ खाने धन्दा नबनाउनू (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन निर्देशन दिएका छन् ।

    राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङदेनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका हन् । उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने उल्लेख गरे ।

    लिङदेनले आफूले राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैयाँ पनि घुस नलिएको बताए ।

    उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरु विदेशिन नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे ।

    उनले पार्टीले लिएको उद्देश्यका एकजुट भएर लाग्न पार्टीको महिला संगठनलाई निर्देशन दिए ।

     

  • प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट (भिडिओ)

    प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

    तस्बिरः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय ।

  • रवि लामिछानेका समर्थकलाई छल्दै आयल निगमबाट निकालेर नख्खु कारागार लगियो (भिडिओ)

    रवि लामिछानेका समर्थकलाई छल्दै आयल निगमबाट निकालेर नख्खु कारागार लगियो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागार लगिएको छ। रुपन्देहीबाट काठमाडौं विमानस्थलबाट कारागारतर्फ लगिएको हो।

    लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।

    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।

    भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू पुगेका थिए।

    तल्लो बाटोबाट निकालेपछि अहिले लामिछानेका समर्थकलाई नख्खु कारागारतिर सोझिएका छन्। त्यहाँ पनि बाल्लो भिड जम्मा भइसकेको छ।

  • श्रीकृष्णजन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको भिड (फोटो फिचर/भिडिओ)

    श्रीकृष्णजन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको भिड (फोटो फिचर/भिडिओ)

    काठमाडाैं । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइरहिएकाे छ ।

    त्यसैक्रममा बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको छ ।

    विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

    तस्बिर : नेपाल फोटो लाइब्रेरी 

  • निर्माण सकिनै लाग्दा पहिलो सुरुङमार्ग यस्ताे देखियाे (फाेटाे फिचर/भिडिओ)

    निर्माण सकिनै लाग्दा पहिलो सुरुङमार्ग यस्ताे देखियाे (फाेटाे फिचर/भिडिओ)

    काठमाडाैं । नेपालमा सडक निर्माण तथा विकासको इतिहास गर्ने हो भने राणाकालीन समयदेखि नै सडक निर्माण कार्य सुरु भएको विभिन्न अभिलेखहरु पाइन्छ ।

    यस्ता विभिन्न प्रकाशनहरुमा प्रकाशित आलेख अनुसार पहिलोपटक वि.सं. १९९८ मा मानिसले बोकेर सवारीसाधन काठमाडौँ उपत्यकामा ल्याइएको भएतापनि वि.सं. १९८० को दशकबाटै काठमाण्डौं उपत्यकामा पहिलो सडक निर्माण सुरु भएको पाईन्छ ।

    त्यस्तै काठमाडौं उपत्यका बाहिर निर्माण भएको पहिलो सडक भने ४२ कि.मि. लामो अमलेखगन्ज – भिमफेदी सडकलाई लिईने गरिएको छ ।

    यसरी सडक निर्माण तथा विकासको एक शताब्दी लामो इतिहास भएको नेपाल अब भने इतिहासमै पहिलो पटक सुरुङमार्गको चरणमा प्रवेश गर्दै छ ।

    निर्माणको अन्तिम चरणमा रहेको काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङमार्गको रुपमा रहने छ ।

    वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वि.स २०७६ कात्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।

    सो सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो ।

    सो आयोजना अन्तर्गत पूर्वी खण्ड ( काठमाडौं तर्फ) २.५ किमी एप्रोच सडक निमा गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ ।

    त्यस्तै पश्चिम खण्ड (सिस्नेखोला तर्फ ) मिचिनीकी अर्थात् रोड साइड स्टेसन निर्माण गरिने भनिएकोमा जग्गा उपलब्ध नहुनाले र विभिन्न कारणले त्यो काम आधिअधुरोमा छोड्नु परेको कोइरालाले जानकारी दिए ।

    तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङमार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाख ३ गते मुख्य सुरुङमार्गमा ब्रेक थ्रु गरेका थिए ।

    हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

    जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङमार्गको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

    सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङमार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रोल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।

    जस अनुसार कार/भ्यानहरूलाई काठमाडौ आउँदा रु.६५ र काठमाडौँबाट फर्किदा रु. ६० शुल्क लाग्ने छ। मिनी बस र मिनी ट्रकलाई काठमाडौं आउँदा रु. ११५ र काठमाडौँबाट जाँदा रु.८० शुल्क लाग्ने छ। त्यस्तै बस र ट्रकले काठमाडौं आउँदा रु. २६० र काठमाडौँबाट जाँदा रु.२०० शुल्क तिर्नु पर्ने छ। भारी उपकरणले भने काठमाडौं आउँदा रु.६०० र काठमाडौँबाट जाँदा रु.२५० शुल्क तिर्नु पर्ने छ । यस सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन् ।

    हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङमार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ ।

    यो सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ ।

    नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्रहरू जडान, सुरुङमार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रूम लगायत हरेक १५० देखि २०० मीटरको दूरीमा सीसी क्यामेरा जडान गरिएको र सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि र सुरुङमार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्नका लागि १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिविलित मीटरको समेत प्रयोग र आपतकालिन सञ्चारका लागि टेलिफोन समेत जडान गरिएको छ ।

    तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

     

  • पदम गिरीको टिप्पणीः पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा गणतन्त्रको गरिमा रहन्न (भिडिओ)

    पदम गिरीको टिप्पणीः पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा गणतन्त्रको गरिमा रहन्न (भिडिओ)

    काठमाडौ । नेकपा एमालेका नेता तथा सांसद पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किँदा वर्तमान प्रणालीको गरिमामा आँच आउनसक्ने टिप्पणी गरेका छन् । यसबाट लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिहेका प्रतिगमनकारी शक्तिहरुलाई बल पुग्ने उनले तर्क गरे ।

    पर्वत कुश्माको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै गिरीले एमाले अध्यक्ष केपी ओलीलाई कमजोर पारे खेल भइरहेको पनि बताए । जुनसुकै कारणबाट एमालेविरुद्ध हुने हमलालाई एकताबद्ध भएर निस्तेज पार्न उनले कार्यकर्ता पंतिलाई आह्वान गरे । पार्टीभित्रको नेतृत्व्को विषयमा कुनै विवाद नरहेको उनको भनाइ छ ।

    गिरीले भने, ‘अस्ति मात्रै पार्टीको केन्द्रिय समिति वैठक सम्पन्न भयो । नेतृत्वका विषयमा विवाद छैन । नीतिका विषयमा विधान महाधिवेशनमा व्यापक छलफल गरेर जान सक्छौ । यसबेला नेतृत्वलाई कमजोर पार्ने गरी विभिन्न अभिव्यक्तिहरु सामाजिक सञ्जाल र अनेक फोरममा देखिएका छन् । यसबाट कोही पनि भ्रमित बन्नु हुँदैन ।’
    गिरीले पूर्वराष्ट्रपतिज्युलाई सदस्यतासम्वन्धी विषय पार्टीले टुंग्याइसकेको उल्लेख गरे ।

    उनले थपे, ‘पार्टी सदस्यताको नविकरण गराउने चर्चामा एमाले भन्दा बाहिर रहेका विभिन्न खाला मान्छे संलग्न छन् । उनीहरुले यसलाई व्यापक ढंगले उठाउने र आमजनतामा पूर्वराष्ट्रपतिको सदस्यता नविकरण गरिएन, पार्टी नेतृत्व स्वेच्छाचारी र निषेधकारी भयो भनेर भ्रम सिर्जना गर्ने कोशिष भएको छ । यस्तो भ्रममा कोही पनि पर्नु हुँदैन । विद्यादेवी भण्डारीलाई हामी पूर्वराष्ट्रपतिका रुपमा आदर र सम्मान गर्छौं । त्यसमा कुनै कमि हुँदैन । अहिले भण्डारीप्रति लक्ष्यित भएर यी कुराहरु आएका हेइनन् ।

    सम्मानित पदमा पुगेको व्यक्ति फेरि राजनीतिमा फर्किने र पार्टीको सदस्यता लिएर प्रतिस्पर्धा गर्ने कुराले गणतन्त्रको गरिमा रहन्छ कि रहन्न र प्रणालीको रक्षा हुन्छ कि हुँदैन भन्ने प्रश्न हो । यो लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगमनकारी शक्तिहरु खेल्न खोजेका छन् । आक्रमण गर्न खोजेका छन् । यस्ता कुराले भोलि त्यसमा मलजल त पुग्दैन रु त्यसतर्फ गम्भीर बन्नुपर्छ भन्ने अर्थमा पूर्वराष्ट्रपति भएको जोकोही व्यक्ति फेरि राजनीतिमा फर्किने प्रवन्ध गर्नु हुँदैन भन्ने निस्कर्ष निकालिएको हो ।’