उद्योग, वाण्ज्यि तथा आपुर्ति मन्त्री लेखराज भट्ट उखु किसानको आन्दोलनमा एक्यबद्वता जनाउन माइतीघर पुगेका छन्। पाउनुपर्ने रकम नपाएपछि उखु किसानहरु विगत ६ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन्। मन्त्री भट्टले १०–१२ दिन भित्र रकम भुक्तानी गराउने बताए। उत्त आन्दोलनमा एक्यबद्वता जनाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पनि पुगेका थिए।
Category: भिडियो
-

बुबा जेल, आमाको झेल: तर पनि देवकी जित्दैछिन् खेल
फौजदारी अभियोगमा कारागारमा रहेका अभिभावकका सन्तानलाई अभिभावकत्व दिने संस्था हो बन्दी सहायता नियोग(पाम) । त्यस्ता बालबालिकाहरूको उद्धार गरी उनीहरूको शिक्षा र पालनपोषणमा पामको महत्वपूर्ण योगदान छ । काठमाडौंको नागार्जुन नगरपालिका रानीवनमा रहेको पामले त्यहाँ भएका बालबालिकालाई जुडो तालिम दिने र अब्बल खेलाडीको रुपमा समेत स्थापित गर्ने गरेको छ । पाममा हुर्किएकी १८ वर्षीय देवकीमाया श्रेष्ठ सिन्धुल्चोककी हुन् । बुबा जेलमा पर्दा उनी सानै थिइन् । बुबा जेल परेको सुरुका दिनमा आफ्ना भाइबहिनी सहित देवकीमाया ममीसँग बस्दै आइन् । तर, अचानक ममीले छाडेर हिंडेपछि उनीहरूको बिचल्ली भयो । त्यसपछि उनी पाममा पुगिन् र त्यहीँ हुर्किइन्।
साहित्यकार पारिजातको पहलमा सन् १९९१ मा पामको स्थापना भएकाे हाे । स्थापनाको तीन दशकसम्म आइपुग्दा संस्थाले ५०० भन्दा बढी बालबालिकाको उद्धार गरिसकेको छ । संस्थाका अध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार हाल पाममा ३५ जना बालबालिका रहेका छन् ।
-

उखु किसानको आन्दोलनको समर्थनमा सडक नाटक
उखु किसानहरुको समर्थनमा कलाकारहरुले बिहीबार सडक नाटक प्रस्तुत गरेका छन् । नाटकमा किसानको ऋण, मल तथा उखुको बक्यौता नपाएको विषयलाई प्रस्तुत गरीएको थियो ।
नेपाल सरकारले तोकेबमोजिमको मूल्य र उद्योगीले दिनुपर्ने बक्यौता रकम नपाएका सर्लाहिका उखु किसानहरु विगत ५ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् । नाटक काठमाडौंको माइतीघरमा प्रस्तुत गरीएको थियो । -

नौ महिनापछि खुल्यो पशुपति मन्दिर
कोरोना भाइरसका कारण २०७६ चैत ११ गतेदेखि बन्द भएको पशुपतिनाथको मन्दिर आजदेखि भक्तजनकाल लागि खुला गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड पालना गरेर मन्दिर खोलिएको हो । मन्दिर प्रवेश गर्दा २ मिटरको दुरी राख्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने नियमको व्यवस्था गरिएको छ ।
-

माइतीघरमा उखु किसानको प्रदर्शन
सर्लाहीबाट काठमाडौं आएका उखु किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् ।






