Category: भिडियो

  • प्रदूषणविरुद्ध प्रदर्शन

    प्रदूषणविरुद्ध प्रदर्शन

    बुधबार काठमाडौंको माइतीघरमा वायु प्रदूषणविरुद्ध प्रदर्शन भएको छ । केही दिनदेखि प्रदूषण निकै बढेपछि वातावरण जोगाउने अभियानमा लागेका युवाले प्रदूषण कम गर्नका लागि सरकारलाई दबाब दिन प्रदर्शन गरेका हुन् ।

  • फिटनेसमा जुट्दै क्रिकेट खेलाडी

    फिटनेसमा जुट्दै क्रिकेट खेलाडी

    काठमाडौं। झन्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा लाागेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् ।

    नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो सातादेखी बन्द प्रशिक्षणमा राखेर चरणवद्ध तरिकाले अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो ।

    सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो भने चितवनमा भएको च्यारिटी खेलबाट खेलाडीको फिटनेस लेभल प्रस्ट पनि भएको थियो । सोही अवस्थालाई नियाल्दै नेपाली क्रिकेट टोलीका फिजियोले खेलाडीको फिटनेस लेभल विकासका लागि अहिले मिहिनेत गरिरहेका छन् ।

    न्यौपानेलाई साथ दिन ट्रेनर अहिले नेपाली खेलाडीको साथमा छन् । त्यसो त केही खेलाडीले व्यक्तिगत रुपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समय देखी मैदान ओर्लिन नपाएका खेलाडीलाई बृद्धि विकासकालागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिए ।

    प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि क्यानले यस अघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिन यताको फिटनेसले खेलाडीमा सुधार आएको बताए ।

    यस्तै राष्ट्रिय टोली उप कप्तान दिपेन्द्र सिंह ऐरीले इन्जुरी विस्तारै रिकभर हुँदै आएको सुनाए । ओमान सँगको शृखंलालाई लक्षित गरेर टोलीले अभ्यास गरिरहेको छ । ऐरीलाई साथ दिँदै युवा ब्याट्सम्यान रोहित पौडेलले अभ्यासमा फर्किदाँ खुसी लागेको प्रतिक्रिया दिए ।

    सन् २०१४ मा बंगालदेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय स्तरमा उदीयमान देशको परिचय बनाएको नेपालले एक दिवसीय मान्यता पनि पाइसकेको छ । अहिलेको अवस्थामा तयारीलाई तीब्रता दिएको नेपालले ओमन, अमेरिका र नेपालसँगको क्रिकोणत्मक शृखंला सुखद बनाउन जुटिरहेको हो ।

  • ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’

    ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।

    प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो ।

    माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका थिए । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनैपनि धारा नभएको बताए ।

    प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनले माग गरे । प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने बताए ।

    विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले ‘संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ है, ‘हामि अरु जान्दैनौँ, संसद विघटन मान्दैनाै ’ लगायतका नारा समेत लगाएका थिए ।

     

     

  • काठमाडौं उपत्यकामा वायु प्रदूषण

    काठमाडौं उपत्यकामा वायु प्रदूषण

    हिजोदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

    यसले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामीलाई यसबाट उच्च जोखिम बढेको छ ।

    उनीहरूलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वातावरण विभागले आह्वान गरेको छ।

  • काठमाडौं प्रदूषित शहरको ९६औं स्थानमा

    काठमाडौं प्रदूषित शहरको ९६औं स्थानमा

    काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा मौसम चिसिएसँगै काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीमा अटाएको छ ।

    सोमबार बेलुकीपख उपत्यकाको हावा एकदमै आँखा पोल्ने खालको थियो । साँझपख घरबाहिर निस्कँदा अधिकांशले आँखा पिरो महसूस गरेका थिए ।

    यो समाचार तयार पर्दासम्म काठमाडौं संसारकै प्रदूषित शहरको सूचीमा ९६औं स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले ५ छ ।

    हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले सोमबार बेलुका काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको थियो । पहिलो स्थानमा रहेको काठमाडौंको एक्यूआइ ४८७ थियो ।

    मंगलबार‌ सूचीको पहिलो स्थानमा कीर्गिस्तानको विश्केक शहर रहेको छ । हाल विश्केकको एक्यूआइ ४६९  छ  । यस्तै दोस्रो स्थानमा चीनको वुहान शहर छ । छैठौं स्थानमा भारतको मुम्बई र पाँचौं नम्बरमा बंगलादेशको ढाका छन् ।

     

  • गुरु गोविन्दसिंह जयन्ती मंगलबार मनाइँदै

    गुरु गोविन्दसिंह जयन्ती मंगलबार मनाइँदै

    शिख धर्मावलम्बीहरूका गुरु गोविन्दसिंह जयन्ती मंगलबार मनाइँदैछ । विश्वभर रहेका शिखहरूले गुरु गोविन्दसिंहको जन्मोत्सब जनवरी ५ का दिन मनाउने गर्छन् । नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्दसिंह जयन्ती मनाउने गर्छन् । तर, अघिल्लो वर्षहरूमा तामझामका साथ मनाइने जयन्तीमा यसवर्ष कोरोनाको प्रभाव परेको छ । काठमाडौंको थापाथलीमा हुने पूजा र भजनको तयारीमा यसवर्ष भक्तजनहरूको चाप निकै पातलो थियो ।

    भारतकाे पटनामा जन्मेका गोविन्दसिंह (१६६६–१७०८) शिखका दशाैं गुरु थिए ।

  • राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

    राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

    काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आइतबार गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरु विरुद्ध कानूनी कारबाही गर्न माग गरेको हो ।

  • कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक

    कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक

    काठमाडौं । शिल्पी थिएटरका कलाकारले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिको विरोध गर्दै आज (शनिबार) माइतीघरमण्डलमा सडक नाटक प्रस्तुत गरेका छन्।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सँघारमा रहेको र यो अवस्थामा आउनुको कारण पद तथा कुर्सीको लोभ हो भन्ने चर्चा चलिरहेको छ । सोही विषयप्रति व्यङ्ग्य गर्दै बत्तीसपुतलीस्थित शिल्पी थिएटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका हुन् ।

  • हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

    हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलमार्फत् हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् ।

    माग पूरा नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनीसमेत दिए ।

  • आठौं राष्ट्रिय पोशाक दिवस

    आठौं राष्ट्रिय पोशाक दिवस

    शुक्रबार प्रस्तावित आठौं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र श्रद्धावान नेपालले संयुक्त रुपमा पोशाक दिवस मनाएको हो । राष्ट्रिय पोशाकको संरक्षण गर्न सरकारलाई आग्रह गर्दै -यालीसमेत गरिएको थियो । -यालीमा दौरा, सुरुवाल र ढाकाटोपी लगाएका सयौं युवा उपस्थित थिए । -यालीपछिको कोणसभामा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।

  • कसरी भाइरल भयो एका–एक अम्ब्रेला स्ट्रिट ?

    कसरी भाइरल भयो एका–एक अम्ब्रेला स्ट्रिट ?

    अम्ब्रेला स्ट्रिटले चर्चा पाएसँगै संकटा मन्दिरमा आउने दर्शनार्थीको संख्या पनि बढेको छ । २ दिनमा तयार भएको अम्ब्रेला स्ट्रिटलाई दर्शकले मन पराएसँगै यसलाई अझै बढाउने तयारी भइरहेको छ ।

  • माइतीघरमा छमछम नाचेर संसद विघटनको विरोध

    माइतीघरमा छमछम नाचेर संसद विघटनको विरोध

    ‘प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन’ का अभियन्ताहरुले बुधबार माइतीघरमा नौमती बाजा र कविता वाचनसहित प्रदर्शन गरेका छन् ।

  • शान्ति महर्जनको योमरी इतिहास (भिडियो कथा)

    शान्ति महर्जनको योमरी इतिहास (भिडियो कथा)

    काठमाडौं । योमरी पुन्हि नेवा समुदायको विशेष पर्व । मार्ग शुक्लपूर्णिमाको दिन मनाइने यो पर्वमा विशेष परिकार योमरी बनाएर खाने प्रचलन प्राचीनकालदेखि चलिआएको छ ।

    पछिल्लो समय व्यावसायिक रुपमै योमरी बनाइन्छ । तर यसको सांस्कृतिक र परम्परागत पक्ष के हो भने–जाडो बेलामा मात्र योमरी बन्छ । यसले शरीरलाई तागत र तातो दुवै दिन्छ भन्ने मान्यता छ ।

    नेपाल प्रेस टिम योमरी पुन्हिको अवसरमा काठमाडौंको बसन्तपुर पुग्दा शान्ति महर्जन परम्परागत रुपमा योमरी बनाइरहेकी भेटिइन् । योमरीको इतिहास र इतिवृत्तान्त उनले कसरी सुनाइन् ? त्यसका लागि यो भिडियो कथा सुन्न र हेर्न सकिन्छ ।

  • प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन

    प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन

    नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन शुरु गरेको छ । राजधानीका विभिन्न स्थानबाट भृकुटीमण्डपमा जम्मा भएको जुलुस प्रचण्ड- माधव नेपालको नेतृत्वमा सहिद गेट, पुतलीसडक, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर विरोध सभामा परिणत भएकाे थियाे।

  • काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस

    काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा विद्यार्थीहरुले राजधानीमा सोमवार साँझ मसाल जुलुस गरेका छन् ।

    प्रचण्ड–माधव निकट अनेरास्ववियूका कार्यकर्ताले केपी ओलीविरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गरेपछि मीनभवन क्याम्पसबाट निस्केको जुलुस तितरबितर भएको थियो ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।

     

  • कोरोनाविरुद्धको खोप लगाएका ५२ चिनियाँ कामदार नेपालमा

    कोरोनाविरुद्धको खोप लगाएका ५२ चिनियाँ कामदार नेपालमा

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टीले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु भएको र्‍यालीको नेतृत्व डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले गरेका छन् ।

  • उखु किसानका १५ दिन : बरु मार, त्यतिकै फर्कदैनौं (भिडियो)

    उखु किसानका १५ दिन : बरु मार, त्यतिकै फर्कदैनौं (भिडियो)

    काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।

    यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरू हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिन देखि आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।

    विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरूले दिन बाँकी छ । भुक्तानी नपाएपछिगत वर्ष पनि उनीहरूले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए ।

    उखु किसान संघर्ष समितिका सदस्य मायाशंकर प्रसाद यादवले सरकारले प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भए पनि उद्योगीहरूले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदा सम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।

    चिनी उद्योगीहरूबाट उखु किसानहरूले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरूले बताएका छन् । आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदा सम्म आन्दोलनलाई जारी राख्ने किसानहरूले बताए ।

    आन्दोलनरत किसानहरूले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देऊ’ लगायतका नारा समेत लगाएका थिए ।

  • माइतीघरमा मखुण्डो – समृद्धिको यात्रा, ओलीको गाईजात्रा

    माइतीघरमा मखुण्डो – समृद्धिको यात्रा, ओलीको गाईजात्रा

    विभिन्न पेशा व्यवसायमा आबद्ध नागरिक अगुवाहरुको एउटा समूहले शनिबार प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको ब्यानरमा उक्त प्रदर्शन भएको हो।

    सहभागीले समृद्धिको यात्रा– ओलीको गाईजात्रा, म नागरिक संविधानको पालक– नेताज्यू तपाइँ नि ?, संविधानमाथि तीरैतिर–प्रतिगामीलाई खीरैखीर लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त अवसरमा बृहत् नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

    आगामी १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने योजना उनीहरुको छ । उनीहरुले संविधान भित्रैबाट समाधान खोज्न समेत माग गरेका छन् ।

  • प्रचण्ड-माधव समूह सडकमा, माइतीघरबाट शुरु भयो ओलीविरुद्ध आन्दोलन

    प्रचण्ड-माधव समूह सडकमा, माइतीघरबाट शुरु भयो ओलीविरुद्ध आन्दोलन

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आज पहिलो दिन काठमाडौंको माइतीघरमण्डलमा विरोध प्रदर्शन शुरु गरेको छ ।

  • असारदेखि धरहरा चढ्न पाइने, २०औं तलासम्मको निर्माण सकियो

    असारदेखि धरहरा चढ्न पाइने, २०औं तलासम्मको निर्माण सकियो

    काठमाडौं । २०७२ सालको भूकम्पले ढालेको धरहरा पुनर्निर्माण भइरहेको छ । अहिलेसम्म धरहराको २०औं तलासम्मको काम सकिएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले २०औं तलाको बार्दली निर्माणको काम भइरहेको जानकारी दिएका छन् । यही बार्दलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् ।

    धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङस्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले बताए । ४२.२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहरा २३ तलाको बन्नेछ ।

    त्यसबाहेक टक्सार संग्रहालय, भूकम्प संग्रहालयलगायतको संग्रहालय रहने भवनको निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । जमीनमुनिको दुईतलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने गरी तयार पारिएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ ।

    भूकम्पले ढालेको तीन वर्षपछि मात्रै पुनर्निर्माणको कामले गति लिएको हो । धरहरा पुनर्निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

    मुख्तियार भीमसेन थापाले १८८२ सालमा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पुर्याएपछि नौतले बनाइएको थियो ।

    आगामी असार मसान्तसम्ममा हस्तान्तरण

    ३ अर्ब ४५ करोड रुपैयाँ लागतमा पुनर्निर्माण हुँदै गरेको धरहरा आगामी असार मसान्तभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणका सिईओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए ।

    प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गतेसम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने समेत बताए ।

  • आन्दोलनकाे तयारी गर्दै जनता समाजवादी पार्टी

    आन्दोलनकाे तयारी गर्दै जनता समाजवादी पार्टी

    संसद विघटनकाे विराेधमा जनता समाजवादी पार्टीले आन्दाेलकाे घाेषणा गरेकाे छ। आन्दाेलनकाे क्रममा पुत्ला दहन, मसाल जुलुस तथा बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

  • बेलायतका नेपाली वैज्ञानिकलाई प्रश्न– कस्तो हाे नयाँ कोरोनाभाइरस ?

    बेलायतका नेपाली वैज्ञानिकलाई प्रश्न– कस्तो हाे नयाँ कोरोनाभाइरस ?

    काठमाडौं । के बेलायतमा देखिएको कोरोनाभाइरस नेपालसम्म पुग्ला ? सरकारले बेलायतबाट नेपाल आगमनमा रोक लगाएसँगै चिन्ता र चासो बढेको छ ।बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि विश्वभर महामारीको चिन्ता बढेको छ ।

    हालसम्मको अध्ययन अनुसार यो भाइरस पुरानो कोरोनाभाइरस भन्दा ७० गुणा संक्रामक छ ।नयाँ स्वरुपको कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्छ ।

    बेलायतमा देखिएको नयाँ कोरोनाभाइरसको स्वरुप के हो ? पुरानो कोरोनाभाइरस विरुद्ध बनाइएका खोपले यो भाइरसलाई काम गर्छ कि गर्दैन ? विश्वमा फेरि यो भाइरस फैलिने सम्भावना कत्तिको छ ? अहिले बेलायतको अवस्था कस्तो छ ? नेपालमा नयाँ स्वरुपको कोरोनाभाइरस आउने सम्भावना कत्तिको छ लगायतका विषयमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरिसकेका र हाल कोभेन्ट्री विश्वविद्यालयमा इपिडिमियोलोजी तथा हेल्थ केयर रिसर्च विषयका सहप्राध्यापक डा. ओम कुर्मीसँग नेपाल प्रेसले भिडियो वार्ता गरेको छ । जसले सबैको चासो र चिन्तालाई सम्बोधन गर्नेछ ।

    हेर्नुस्,विशेषज्ञ कुर्मीको अन्तर्वार्ता

  • नागढुंगामा शुरु भयाे­ सुरुङमार्ग निर्माण

    नागढुंगामा शुरु भयाे­ सुरुङमार्ग निर्माण

    काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन् २०२२ को अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको छ ।

  • प्रचण्ड–माधव पक्षको नेकपा बैठकमा के भयो ?

    प्रचण्ड–माधव पक्षको नेकपा बैठकमा के भयो ?

    प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा केन्द्रीय कमिटीको मंगलबार काठमाडाैंकाे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको छ । प्रचण्डको अध्यक्षतामा शुरु भएको बैठकको संचालन नारायणकाजी श्रेष्ठले गरेका छन् ।

  • प्रचण्ड पक्षधर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ के भन्छन् ?

    प्रचण्ड पक्षधर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ के भन्छन् ?

    नेकपा(प्रचण्ड–माधव) पक्षधर केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ ।

  • ओलीको चुनावी योजना– प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत (भिडियो)

    ओलीको चुनावी योजना– प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट प्रचण्ड–माधव नेपालहरु आफ्नै कारणले किनारा लागे पनि आफू नेतृत्वको नेकपाले आगामी वैशाखमा हुने निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने गरी योजना बनाइने बताएका छन् ।

    केन्द्रीय कमिटीको बालुवाटारमा सम्पन्न बैठकमा ओलीले महत्वाकांक्षी योजना सुनाउँदै भने– हामीले चुनावमा कम्तीमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्छ, किनभने त्यो समानुपातिकमा जोडिन्छ । प्रत्यक्षमा हिजो दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं अब कम्तीमा चार सिट बढाएर १२० सिट जित्नुपर्छ ।

    प्रधानमन्त्री ओलीले अबको आफ्नो अभियान त्यस हिसाबले सञ्चालन हुने र आँधी तुफान सिर्जना गरिने बताए । बैठकमा सदस्यहरुलाई उत्साहित पार्दै ओलीले त्यो जित निकाल्ने योजना र सामर्थ्य आफूसँग रहेको दाबी गरे ।

    यसबीचमा पार्टीका कमिटी तथा विभागहरुलाई पूर्णता दिने र सबै संरचनाहरु व्यवस्थित गरि चुनावमा होमिन सबैलाई निर्देशन दिए । ओलीले प्रचण्ड माधव नेपालहरु बैठकमा किन आएनन् ? भनेर निराश नहुन आग्रह गर्दै त्रिशूलीमा पसेका कतिपय वस्तु विस्तारै आफैं किनारामा लाग्ने उदाहरण दिंदै आफ्नै कारण उनीहरु किनारा लागेको बताए ।

  • सरकार विरुद्ध साेमबार प्रदर्शन

    सरकार विरुद्ध साेमबार प्रदर्शन

    सरकारको सिफारिसमा राष्ट्रपतिले आईतबार गरेको संसद विघटनको सोमबार काठमाडौंमा विरोघ प्रदर्शन भएको छ । विरोधको क्रममा विवेकशील साझा पार्टिले माइतीघरमा प्रदर्शन गरेको थियो। सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका मानव अधिकारकर्मीहरुलाई भने प्रहरीले पक्राउ गरेको थियो ।

     

  • संसद विघटनको विरोधमा प्रदर्शन

    संसद विघटनको विरोधमा प्रदर्शन

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछि काठमाडौंका विभिन्न ठाउँमा आज विरोध प्रदर्शन भएका छन्।

    प्रधानमन्त्री ओलीले चालेको कदमप्रति विरोध जनाउँदै नेकपा सम्बद्ध जनवर्गीय संगठनहरू, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी लगायतका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।