Category: भिडियो

  • नेकपाको प्रचण्ड–माधव समूहले आज आह्वान गरेको देशव्यापी आम हड्ताल

    नेकपाको प्रचण्ड–माधव समूहले आज आह्वान गरेको देशव्यापी आम हड्ताल

    विभाजित नेकपाको प्रचण्ड–माधव समूहले आज आह्वान गरेको देशव्यापी आम हड्तालका कारण राजधानी काठमाडौं लगायत देशैभरको जनजीवनमा असर परेको छ । काठमाडौंमा बिहानैदेखि सार्वजनिक तथा निजी सवारी, पसल व्यवसाया खुलेका छैनन् । फाट्टफुट्ट चलेका सार्वजनिक सवारीमा पनि बन्दकर्ताको आक्रमणको जोखिम उत्तिकै छ ।

  • काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली (भिडियो)

    काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली (भिडियो)

    काठमाडौं । नेकपा ओली पक्षनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियूले नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ ।

    शुक्रबार तय गरिएको जनसभाको तयारीका लागि मोटरसाइकल र्‍याली निकालिएको आयोजकले जनाएको छ । ललितपुरको बालकुमारी पुलबाट मध्यान्ह शुरू भएको मोटरसाइकल र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमल, दरबारमार्ग, नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेको थियो ।

    वागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली पक्षले नारायणहिटी नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा जनसभाको तयारी गरेको छ ।

  • शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    दुई शहीद गंगालाल र दशरथचन्दलाई सम्झँदै नागरिक समाजले सोमबार शोभाभगवतीमा प्रदर्शन गरेको छ । आजभन्दा ८० वर्षअघि दुई शहीदले राणाशासनविरुद्ध छातीमा गोली थापेर शोभाभगवतीमा सहादत प्राप्त गरेका थिए । त्यस क्षणको दृश्यलाई उतार्दै शिल्पी थिएटरका कलाकारले नाटक प्रदर्शन गरेका थिए ।
    सरकारको प्रतिगमनविरुद्ध खबरदारी गर्दै प्रदीप देवानले जनवादी गीत गाएका थिए । त्यसैगरी उर्मिला गम्वा थारुले थारु भाषाको कविता, अरुणदेव जोशीले डोटेली भाषाको कविता, दुर्गालाल श्रेष्ठले नेपाल भाषाको कविता वाचन गरेका थिए भने सुजन आङदेम्बेले लिम्बू भाषाकाे गीत गाएका थिए ।
    कार्यक्रममा नरेश ताम्राकार, गोविन्द छन्त्याल, कैलाश राई र हिमांशुले प्रतिगमनविरुद्ध बोलेका थिए ।

  • राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

    राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

    विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट धरासायी बनेको पर्यटन क्षेत्रको समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउँदै पर्यटन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

    पर्यटन क्षेत्रका व्यवसायीले काठमाडौं नक्सालस्थिति भाटभटेनी अगाडि प्रदर्शन गरेका छन् । लकडाउनका कारण व्यापार ठप्प भएको समयमा बैंकहरूले समेत केही सहुलियत नदिई उल्टै जरिवाना लिएकोमा उनीहरूको आपत्ति छ ।

  • प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (भिडियो)

    प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (भिडियो)

    काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समर्थित अनेरास्ववियूले गरेको प्रदर्शन रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
    दिउसो साढे दुई बजे भएको प्रदर्शनमा करिब ३०–५ जना विद्यार्थी सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध नारावाजी गरे । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गरे पनि विद्यार्थी पछि हट्न मानेनन् । उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरीले केहीबेर लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियूका एक कार्यकर्ता घाइते भएका छन् ।
    घाइते कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर लगेको छ । उनलाई तीनकुनेमा रहेका प्रहरी चौकीमा लगिएको थियो ।

  • धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    काठमाडौं । सिफलचौरस्थित शहीद धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थानमा नागरिक समाजले प्रदर्शन गरेको छ ।
    शहीद धर्मभक्तलाई सम्झँदै प्रतिगमनविरुद्ध नागरिक समाजले रचनात्मक कार्यक्रमार्फत् प्रदर्शन गरेको हो । कार्यक्रममा कविता, सांगीतिक प्रस्तुतिसहित नागरिक अगुवा केदारभक्त माथेमा, तुलनारायण शाह र नागरिक अभियन्ता रीता परिवार लगायतले बोलेका थिए ।
    धर्मभक्तलाई विसं १९९७ माघ १२ गते सिफलमा फाँसी दिइएको थियो ।
    नागरिक समाजले यसअघि गत शुक्रबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा टेकुस्थित खरिबोटमा नाटक प्रस्तुत समेत गरेको थियो ।

  • माइतीघरको सडकमा प्रचण्ड र माधव नेपालको पलेटी कसेर धर्ना (भिडियो)

    माइतीघरको सडकमा प्रचण्ड र माधव नेपालको पलेटी कसेर धर्ना (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव पक्षले माइतीघर मण्डलामा ४ दिनदेखिको धर्ना आइतबार पनि जारी राखेको छ ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेता पलेटी कसेर सडकमा धर्ना बसेका छन् ।धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरू सहभागी छन् ।

    २८ गतेको काठमाडौंका वृहत शक्ति प्रदर्शनअघि प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी धर्नाको तय गरेको थियो ।सो पक्षले यसबीचमा प्रादेशिक जनसभाहरू समेत गरेको छ ।

  • शहीद शुक्रराजको सम्झनासहित नागरिक समाजको प्रदर्शन

    शहीद शुक्रराजको सम्झनासहित नागरिक समाजको प्रदर्शन

    शहीद शुक्रराज शास्त्रीको सम्झना गर्दै काठमाडौं टेकुस्थित नागरिक समाजले प्रदर्शन गरेको छ । विसं १९९७ मा शहीद शुक्रराजलाई झुण्ड्याइएको रुखमुनि नागरिक समाजले नाटकसहितको आन्दोलन प्रस्तुत गरेको हो । शिल्पी थिएटरका कलाकारले प्रस्तुत गरेको नाटकमा शुक्रराजले जेलमा भोगेको यातनादेखि उनलाई रुखमा झुण्ड्याइएको कथा समेटिएको थियो । यससँगै सरकारको प्रतिगमन विरुद्ध नागरिक समाजका अभियन्ताहरूले सडकमा सुतेर विरोध जनाएका थिए ।

  • यसरी मनाइयो शहीद दिवस

    यसरी मनाइयो शहीद दिवस

    प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

    दिवसका अवसरमा शुक्रबार बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।

  • प्रचण्ड–माधव समूहको माइतीघरमा धर्ना

    प्रचण्ड–माधव समूहको माइतीघरमा धर्ना

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बिहीबार) पनि माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिएको छ । रोल…
    नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा काठमाडौंको माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरे अनुसार आज दोस्रो दिन पनि धर्ना दिएको हो । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको प्रचण्ड–माधव समूहले बताएको छ ।

  • कोरोनाविरुद्ध खोप अभियान शुरु, दक्षिण एशियामा दोस्रो मुलुक बन्यो नेपाल (भिडियो)

    कोरोनाविरुद्ध खोप अभियान शुरु, दक्षिण एशियामा दोस्रो मुलुक बन्यो नेपाल (भिडियो)

    काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप अभियान नेपालमा आजबाट शुरू भएको छ ।

    खोप अभियान शुरू भएपछि आशासँगै उत्साह छाएको छ । नेपालमा कोरोना संक्रमणको पहिलो केस गत वर्षको माघ १० गते भेटिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बिहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।

    प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

    आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    नेपाल दक्षिण एशियामा कोभिड विरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको छ ।

  • माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

    माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

    काठमाडौं । दोस्रो सर्वोच्च शिखर केटू आरोहण गरेर फर्किएको नेपाली टोलीलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको अगुवाइमा पर्वतारोही संघसंस्था र शेर्पा समुदायले बाजागाजा र झाँकीसहित स्वागत गरे ।

    गत शनिबार दश सदस्यीय नेपाली पर्वतारोही टोलीले हिउँद याममा पाकिस्तानस्थित २८,२५१ फिट उग्लो माउन्ट केटु चढेर इतिहास रचेको थियो ।नेपाल आइपुग्दा आरोही टोली निकै उत्साहित देखिएको थियो । टोलीको नेतृत्व गरेका निर्मल पूर्जाले माउन्ट केटूमाथिको विजय जलवायु परिवर्तन र महामारीविरुद्ध बलियो सन्देश भएको बताए ।

    ‘हामीले ज्यानको बाजी लगाएर केटु चढ्यौं’ उनले भने, ‘निकै खुशी महसुस भएको छ ।’ शेर्पा समुदायको विश्वले प्रशंसा गरेको भन्दै उनले जलवायु परिवर्तन र कोरोनाले थलिएको पर्यटनलाई आफूहरुको माउन्ट केटू विजयले सन्देश दिने बताए ।पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले अब यो टोलीले आठ हजार मिटर उचाइका नेपाली शिखर महामारीपछि खुला भएको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले थलिएको पर्यटनलाई उकास्ने काममा सरकार सधैं साथमा हुने बताए ।

    ‘देशका लागि यो एउटा जित थियो’ अर्का आरोही मिङ्मा जी शेर्पाले भने । निर्मल र मिङ्मासहित मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जिन शेर्पा र किलु पेम्बा शेर्पाले हिमाल आरहेण गरेका थिए ।

  • नागरिक मार्चमाथि पानीको फोहोरा

    नागरिक मार्चमाथि पानीको फोहोरा

    संसद विघटनविरुद्ध नागरिक समाजले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि भएको प्रदर्शनमा झडप भएको हो ।

    प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा जानबाट रोक्न प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रहार गरेको छ ।

    बृहत नागरिक आन्दोलनका नाममा बालुवाटारमा प्रदर्शन भएको हो ।

  • फागुन पहिलो सातादेखि मेलम्चीको पानी काठमाडौंमा

    फागुन पहिलो सातादेखि मेलम्चीको पानी काठमाडौंमा

    सुरुङको मर्मतको काम सकेलगत्तै फागुन पहिलो साताबाट मेलम्चीको पानी काठमाडौंमा परिक्षणका लागि पठाइने भएको छ । सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

  • मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो

    मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो

    रोजगारीका लागि मलेशिया गएर विभिन्न कारणले उतै मृत्यु भएका १७ नेपालीको शव स्वदेश ल्याइएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी  विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो ।

    मलेशियामा मृत्यु भएकाको शव ल्याउनका लागि निगमको जहाज शुक्रबार राति मलेशिया गएको थियो । निगमले नै उनीहरुको शव नेपाल ल्याउन पहल गरेको हो ।

     

  • भिडियो र तस्वीरमा हेर्नुहोस् प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन

    भिडियो र तस्वीरमा हेर्नुहोस् प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले शक्ति प्रदर्शन गरेको छ ।

    शक्ति प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न नौ ठाउँबाट निस्केको जुलस रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । सभालाई उक्त पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुषाललगायतले सम्बोधन गरेका थिए ।

    शक्ति प्रदर्शनमा सहभागी हुन देशभरबाट कार्यकर्ता काठमाडौं उतारिएको थियो ।

     
    
             

     

  • नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (भिडियो)

    नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (भिडियो)

    काठमाडौं । भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो ।

    त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने मिडियालाई बताए । मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए ।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो । विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ ।एयरपोर्टबाट तापक्रम कायम गर्न मिल्ने उपकरण जडित दुईवटा ट्रकमा टेकु लगिएको थियो । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।

    पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।

    सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ । अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र जोखिममा रहेका अभियन्तालाई लगाइनेछ । अनुदानको खोप पर्याप्त नहुने भएपछि सरकारले भारत सरकारबाटै थप खोप किन्ने जनाएको छ ।

    नेपाल सरकारले गतसाता आपतकालिन प्रयोगका लागि कोभिसिल्ड खोपलाई प्रयोगमा अनुमति दिएको हो । यो खोपले अन्तराष्ट्रिय स्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठनबाट छिटै अनुमति पाउने सम्भावना पनि देखिएको छ । खोप आएपनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको सुझाव छ ।

  • शक्ति प्रदर्शन अघि प्रचण्ड–माधव पक्षको मोटरसाइकल र्‍याली (भिडियो)

    शक्ति प्रदर्शन अघि प्रचण्ड–माधव पक्षको मोटरसाइकल र्‍याली (भिडियो)

    काठमाडौं। प्रचण्ड–माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट जनसंगठनले मोटरसाइकल र्‍याली निकालेर प्रतिनिधिसभा विघटनको विरोध जनाएका छन्।

    मंगलबार राजधानीको भृकुटीमण्डपबाट शुरु भएको र्‍याली बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको थियो।

    नेकपाले राजधानीमा ९ माघमा तोकेको शक्ति प्रदर्शनको तयारी स्वरुप र्‍याली निकालेको हो।

    नेकपाले काठमाडौं उपत्यका बाहिर बाट समेत ठूलो जनशक्ति ल्याएर शक्ति प्रदर्शनको तयारी गरिरहेको छ।

  • नेविसंघ केश मुण्डन गरेर प्रर्दशनमा, प्रहरी हस्तक्षेप (भिडियो)

    नेविसंघ केश मुण्डन गरेर प्रर्दशनमा, प्रहरी हस्तक्षेप (भिडियो)

    काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभा विघटनविरुद्ध केश मुण्डनसहित राजधानीका केही कलेज तथा कम्याम्पसमा प्रदर्शन गरेका छन्।मंगलबार काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस र चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा उनीहरुले प्रदर्शन गरेका हुन् ।प्रर्दशनमा उत्रेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका अनुसार १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

  • संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

    संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

    काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

  • कोभिड भ्याक्सिन : भारतको उच्च प्राथमिकतामा नेपाल

    कोभिड भ्याक्सिन : भारतको उच्च प्राथमिकतामा नेपाल

    काठमाडौं । कोभिड–१९ विरुद्धको खोप वितरणमा छिमेकी मुलुक नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको र खोप चाँडै आपूर्ति हुने भारतले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीको तीनदिने औपचारिक भ्रमण सकेर शनिबार काठमाडौं आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए ।

    उनले नेपाल–भारतको संयुक्त आयोगको बैठकको मुख्य एजेन्डा नै कोभिड–१९ खोप वितरण तथा आपूर्ति रहेको भन्दै भारतले नेपाललाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । भ्रमणका क्रममा ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए । सो अवसरमा दुई देशबीच व्यापार, संचार, पारवहन लगायत १७ भन्दा बढी विषयमा छलफल भएको छ ।

    कोभिडको कारण रोकिएका नेपाल–भारतबीचका हवाइ तथा स्थलमार्गलाई क्रमशः खोल्ने सहमति भएको छ । हुलाकी सडकअन्तर्गतका १४ मध्ये निर्माण सम्पन्न भएका ११ सडकको हस्तान्तरण प्रक्रिया सुरु गरिने र बाँकी तीन सडकको निर्माण चाँडै सम्पन्न गर्ने निधो भएको छ । रक्सौल–काठमाडौं रेल सेवाको अध्ययन अन्तिम चरणमा पुगेको र निर्माण चाँडै थाल्ने सहमति पनि भएको छ ।

    भैरहवामा एकीकृत चेक पोस्टको काम चाँडै थाल्ने पनि कुरा भएको छ । महाकालीमा निर्माणाधीन चार लेनको सडकलाई भारतको राष्ट्रिय सडक संजालसँग जोड्ने विषयमा भारत सहमत भएको ज्ञवालीले जनाए । यो सडक बने भारतको उत्तराखण्ड र नेपालको सुदुरपश्चिमलाई सुविधा पुग्ने उनले जनाए । भारतले भूकम्पपछिको पुननिर्माणका लागि घोषणा गरेको अनुदान र ऋणलाई उपयोग गर्ने र परियोजनालाई अन्तिम रुप दिने छलफल पनि भएको छ ।

    नेपाल र भारतबीचका पारवहन सम्बन्धी सन्धी एवं सम्झौता पुनरावलोकनको प्रक्रिया चाँडै सम्पन्न गर्ने र वाणिज्य सन्धीको पुनरावलोकन कार्यान्वयन गर्न आवश्यक नियमावली बनाउने सहमति जुटेको छ । व्यापार प्रवद्र्धन गर्ने र यस क्षेत्रका अवरोध हटाउने, नेपालको निर्यात बढाउनको लागि ठोस उपाय अवलम्वन गर्न नेपालले भारतसँग आग्रह गरेको छ ।

    जलमार्गको निर्माण तथा विस्तार, सीमापार आर्थिक क्षेत्रको निर्माण सम्बन्धी विषयमा समेत छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जनाए । सन् २०१६ मा हस्ताक्षर भएको ऊर्जा व्यापार सम्झौतामा विद्यमान सुधारोन्मुख व्यापार अनुसार क्रसबोर्डर पावर सेयरिङ चाँडै जारी गर्ने सहमति पनि भएको छ । ढल्केवर–मुजफ्पुर उच्च भोल्टको प्रसारण लाइन निर्माण गर्ने, भैरहवा–गोरखपुर उच्च प्रसारण लाइन र सीमापार लाइनको निर्माणलाई उच्च प्राथमिकतामा राख्ने सहमति पनि भएको छ ।

    पञ्चेश्वर बहुेउद्देश्यीय परियोजनाको योजना तयार पार्ने सहमति पनि भएको छ । महाकाली सन्धीको प्रावधान अनुरुप नेपालले पाउनुपर्ने पानीका लागि जनकपुर बाँधमा जेनेरेटर र लिंक च्यानलको काम अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिने सहमति पनि भएको छ । महाकाली नदीका विभिन्न तीन ठाउँमा आवतजावत गर्न सकिने पुल निर्माणको पनि कुरा भएको छ ।

    भारतीय भूमिमा निर्मित सडकबाट नेपालको सीमा क्षेत्रमा हुने गाउँ तथा सहर डुबानको समस्या समाधानको लागि विगतमा सम्झौता कार्यान्वयन गर्ने बारे पनि छलफल भएको छ । कृषि क्षेत्रमा थप सहकार्य गर्ने र सरकारले सरकारसँग (जीटुजी) आधारमा मल खरिद गर्ने सम्झौता पनि भएको छ ।

    मन्त्री ज्ञवालीले द्धिपक्षीय सम्बन्ध सुद्धढ गर्नको लागि भ्रमण फलदायी भएको बताउँदै नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक दुबै पक्षलाई अनुकूल हुने समयमा नेपालमा बस्ने सहमति समेत भएको बताए । साथै, शनिबार विहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा दुई देशबीचको समसामयिक विषयमा छलफल भएको समेत मन्त्री ज्ञवालीले बताए ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध डा.केसीको अगुवाइमा प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध डा.केसीको अगुवाइमा प्रदर्शन

    प्रतिनिधिसभा विघटनको विरोधमा प्राध्यापक डा.गोविन्द्र केसीको अगुवाइमा प्रदर्शन भएको छ। डा.केसी लगायतको अगुवाईमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो। नागरिक समाजका विभिन्न अभियान्ताहरु समेत सहभागि प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, निरंकुश सरकार चाहिँदैन लगायत लेखिएका प्लेकार्ड बोकेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार माइतीघर मण्डलामा विभिन्न नागरिक समूहले प्रदर्शन गरिरहेका छन्।

  • ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता

    ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता

    नेपाली कांग्रेसको युवा प्रचार नेटवर्क र सूचना, सञ्चार तथा प्रचार विभागले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ । ‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शनमा युवाहरुले डोरी तानातान गर्दै नेपाली जनता मारमा परेको सन्देश दिएका थिए । ‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शन सरकारको असंवैधानिक कदमविरुद्धको अभियान भएको नेपाली कांग्रेस प्रचार विभागले जनाएको छ ।

  • २३ औं भुकम्प सुरक्षा दिवस

    २३ औं भुकम्प सुरक्षा दिवस

    २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार काठमाडौंको न्युरोडस्थित भूगोल पार्कमा काठमाडौं महानगरपालिकाले भूकम्पमा ज्यान गुमाउनेहरुको स्मरणमा स्मृति सभा आयोजना ग¥यो ।
    कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, महानगरपालिका मेयर विद्यासुन्दर शाक्य सहभागि रहेका थिए ।
    सो अवसरमा गृहमन्त्री थापाले जुद्ध वरुण यन्त्रको अवलोकन समेत गरे ।  महानगरपालिकाले हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प स्मृति सभा गर्दै आएको छ ।

  • सरकारको विरोधमा नेविसंघको प्रदर्शन

    सरकारको विरोधमा नेविसंघको प्रदर्शन

    काठमाडौं । नेपाल विधार्थी संघले सरकारले गरेको संसद विघटन विरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा विधार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै सडकमा सुतेर विराेध जनाएका थिए ।

  • संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरी नियन्त्रणमा

    संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरी नियन्त्रणमा

    प्रतिनिधिसभा विघटनविरुद्ध ‘केश मुण्डन’ सहित प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्य बानेश्वरस्थित एपेक्स कले अगाडि नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा प्रदर्शन गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए । केश मुण्डन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघ कार्यकर्ता सन्तोष चौधरी घाइते भएका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजी गरेका थिए ।

  • प्रतिगमनविरुद्ध अभियन्ताहरूको रचनात्मक प्रस्तुति

    प्रतिगमनविरुद्ध अभियन्ताहरूको रचनात्मक प्रस्तुति

    प्रतिगमनविरुद्ध अभियन्ताहरूले प्रज्ञा प्रतिष्ठान परिसरमा रचनात्मक प्रस्तुति दिएका छन् । ‘असंवैधानिक’ लेखिएको रातो मास्क सहित रातो टिसर्टमा देखिएका उनीहरूले सरकारको कदमविरुद्ध नारा लगाएका थिए ।

  • स्रष्टाहरूले गरे प्रतिगमनविरुद्ध सिर्जना अभियान

    स्रष्टाहरूले गरे प्रतिगमनविरुद्ध सिर्जना अभियान

    मार्क्सवादी सांस्कृतिक मोर्चाले मंगलबार माइतीघर मण्डलामा राजनीतिक प्रतिगमनका विरुद्ध प्रतिरोध सिर्जना अभियान गरेको छ । दिउँसो साढे एक बजे गरिएको कार्यक्रममा कविता तथा गीत मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गरेका थिए ।

  • यसरी मनाइयो एकता दिवस

    यसरी मनाइयो एकता दिवस

    सोमबार राजधानीमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । झाँकी, धिमे बाजागाजासहित रत्नपार्कदेखि सुरु भएको एकता र्‍याली सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिक अगाडि आइपुगेको थियो । र्‍यालीमा सहभागी ले शालिकमा मालार्पण गर्दै पृथ्वीनारायण शाहको योगदानको चर्चा गरे ।

  • प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (भिडियो)

    प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (भिडियो)

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध आन्दोलनका क्रममा बयलगाडा जुलुस निकाल्न खोज्दा माइतीघरमा झडप भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालमा आउनु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेको भन्ने १६ वर्षअघिको भनाइलाई व्यंग्य गर्दै प्रचण्ड-माधव पक्षधर अनेरास्ववियूले आइतवार बयलगाडा जुलुस निकालेको हो ।

    प्रदर्शनकारीले  बयलगाडा माथि तान्न लगाएर त्यसमाथि प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

  • माघे संक्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    माघे संक्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    काठमाडौंको टोखा चाकुका लागि प्रशिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ । सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ ।

  • केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस ! (भिडियो)

    केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस ! (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा शनिवार काठमाडौंमा धोती जुलुस निकालिएको छ । नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको हो ।

  • सरकारको विरोधमा ‘नेविसंघको उल्टो यात्रा’ (भिडियो)

    सरकारको विरोधमा ‘नेविसंघको उल्टो यात्रा’ (भिडियो)

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रतिनिधिसभा विघटनको विरोधमा उल्टो हिँडेर प्रदर्शन गरेको छ । सरकार उल्टो बाटोमा हिँडेको भन्दै सांकेतिक रुपमा नेविसंघले उल्टो नै हिँडेर प्रदर्शन गरेको हो ।

    माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेविसंघका नेता तथा कार्यकर्ता उल्टो हिँडेका थिए । उल्टो हिँडाइपछिको कोणसभामा विद्यार्थी नेताहरुले भाषण गर्दै सरकारको विरोध गरे ।

  • प्रचण्ड–माधव पक्षले सिडिओमार्फत प्रधानमन्त्रीलाई बुझायो विरोधपत्र

    प्रचण्ड–माधव पक्षले सिडिओमार्फत प्रधानमन्त्रीलाई बुझायो विरोधपत्र

    नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरुले सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका हुन् ।

  • केपी ओली मूर्दावाद भन्दै पुत्ला दहन

    केपी ओली मूर्दावाद भन्दै पुत्ला दहन

    प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव पक्षीय नेकपाका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

    देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत उनीहरुले बिहीबार देशका विभिन्न क्याम्पसहरुमा ओलीको पुत्ला जलाएका हुन् ।

    काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी कलेजमा पनि उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए ।