Category: भिडियो

  • पशुपतिमा शिवरात्रिको रौनक

    पशुपतिमा शिवरात्रिको रौनक

    महाशिवरात्रिको दिन आज पवित्र पाशुपत क्षेत्रमा दर्शनार्थीको भीड लागेको छ । सम्भावित कोरोना जोखिमको परबाह नगरी हजारौं दर्शनार्थी पशुपतिनाथ मन्दिर पुगेका छन् ।

    आज पशुपतिका चारै ढोकाहरु खुला गरिएका छन् । अघिल्ला वर्षहरुको तुलनामा यसपल्ट दर्शनार्थीहरुको चाप कम रहेको देखिएको छ ।

    यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

  • शिवरात्रि मा पशुपति मन्दिरको चहलपहल

    शिवरात्रि मा पशुपति मन्दिरको चहलपहल

    हिन्दूहरुको महान पर्व महाशिवरात्रि देशभरि मनाइँदैछ । विशेषगरी यो पर्व हिन्दूको आस्थाको मन्दिर पशुपतिनाथमा विशेष पूजा गरी मनाइन्छ ।

    शिवरात्रिमा नेपालबाट मात्र हैन भारत तथा तेस्रो मुलुकबाट पनि पशुपतिमा दर्शन गर्न आउँछन् । विशेषगरी भारतबाट बाबा तथा साधुहरू दर्शन गर्न आउने गरेका छन् ।

    कोरोना महामारीका कारण यसपटक महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा पहिलेको जस्तो रौनक छैन । तर पशुपतिमा नियमित गरिने आरती पूजामा भने भक्तजनको भीड थियो ।

  • माइतीघरमा अनेरास्ववियूको नारीवादी सडक नाटक

    माइतीघरमा अनेरास्ववियूको नारीवादी सडक नाटक

    अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुन:स्थापित एमालेनिकट विद्यार्थीहरूले सडक माइतीघरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । त्यस अवसरमा नारीवादी एकल नाटक, गीत-संगीत तथा कवितावाचन प्रस्तुत गरिएको थियो ।

    अनेरास्ववियूकी केन्द्रीय सदस्य जस्मिन ओझाले बलात्कृत युवतीको भूमिकामा एकल अभिनय देखाएकी थिइन् । उनको अभिनय र संवादले कार्यक्रमस्थलमा सन्नाटा छाएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि महिला मन्त्री जुली महतो थिइन् भने अनेरास्ववियूकी पूर्वअध्यक्ष नविना लामा र केन्द्रीय सदस्य सुनिता बराल अतिथि थिए ।

  • सांसदहरुलाई खबरदारी गर्दै नागरिक आन्दोलन

    सांसदहरुलाई खबरदारी गर्दै नागरिक आन्दोलन

    सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतबार माइतिघरमण्डलादेखि बानेश्वर सम्म नागरिक अगुवाहरुले जुलुश निकालेका हुन् । जुलुशमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायत प्लेकार्डहरु बोकेका थिए भने सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए ।

  • केपी शर्मा ओली सुन्दरीजलमा अवलोकन

    केपी शर्मा ओली सुन्दरीजलमा अवलोकन

    शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक हल कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाउनु भएको हो । प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको भन्दै उहाँले जनताको आदेश र इच्छा त्यस्तो नभएको बताउनुभयो । लोकतन्त्रिक विधि र पद्धतीको कुरा गरेर भ्रममा पारिएको पनि उहाँको भनाई छ ।

  • नेफ्टा अवार्डको डान्स रिहर्सलमा कलाकार (भिडियो)

    नेफ्टा अवार्डको डान्स रिहर्सलमा कलाकार (भिडियो)

    काठमाडौं । १० औं नेफ्टा फिल्म अवार्ड फागुन २९ गते काठमाडौंमा हुँदैछ । चलचित्र प्राविधिक संघको आयोजनामा हुने अवार्डमा गतवर्ष मनोनित फिल्मका विजेताले अवार्ड प्राप्त गर्नेछन् ।

    अवार्डलाई भव्य बनाउन कलाकारले नृत्य प्रस्तुति दिँदैछन् । राष्ट्रिय नाचघरमा कलाकारले डान्स रिहर्सल गरिरहेका छन् । सुरक्षा पन्त, प्रमोद अग्रहरि, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रुबिना थापा, जेविका कार्कीले नृत्य सिकिरहेका छन् ।

    नरेशविर सिंहले नृत्य निर्देशन गरिरहेका छन् । एलआइसी नेपालले प्रायोजन गर्ने अवार्ड सोल्टी क्राउन प्लाजामा हुनेछ । कोरोनाभाइरस महामारीपछि पहिलोपटक फिल्म अवार्ड हुन लागेको हो ।

    कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउन अवार्ड महत्वपूर्ण हुने आशा प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राखेका छन् । यसअघि विदेशमा हुँदै आएको अवार्ड यसपटक भने स्वदेशमै हुन लागेको हो ।

  • फ्ल्यास मब गरी काठमाडौंमा मनाइयो विश्व श्रवण दिवस

    फ्ल्यास मब गरी काठमाडौंमा मनाइयो विश्व श्रवण दिवस

    विश्व श्रवण दिवस बुधबार इयर केयर नेपालले काठमाडौंको तीन स्थानमा फ्ल्यास मब गरी मनाएको छ ।

    कमलपोखरीस्थित रसियन कल्चर सेन्टर, बसन्तपुर डबली र पाटन दरबारमा इयर केयर नेपालले कार्यक्रम गरेको हो । बहिरोपन अन्त्यका लागि सन् २०१३ मा उक्त संस्थाको स्थापना भएको थियो । संस्थाकी अध्यक्ष इएन्टी सर्जन डा मिलन महर्जनका अनुसार एयर केयर नेपालले नेपालभरका सामुदायिका विद्यालयहरूमा बहिरोपन रोकथामका कार्यक्रमहरू सञ्चालन हुने गर्छ । स्कुलहरूमा विद्यार्थीको कानको परीक्षण गर्ने उनी बताउंछिन् ।

    अहिलेसम्म उक्त संस्थाले ८० हजार विद्यार्थीको उपचार तथा परीक्षण गरिसकेको छ । नेपालमा १६. ६ प्रतिशतमा बहिरोपन छ । डा महर्जनका अनुसार यो एसियामै उच्च हो ।

  • सभामुखले गरे संसद बैठक तयारीको अवलोकन

    सभामुखले गरे संसद बैठक तयारीको अवलोकन

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसँग परामर्श गर्ने बताएका छन् ।

    मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भोलि बुधबारदेखि नै दलका नेताहरुसँग छलफल शुरु गर्ने बताएका हुन् ।

    संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।

  • काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

    काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

    ‘विकासको नाममा प्रतिगमन’ भन्दै आन्दोलन गरिरहेका अभियन्ताहरूले आज काठमाडौं महानगरपालिका कार्यालयअघि धर्ना दिएका छन् ।

    बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा भइरहेको प्रदर्शनअन्तर्गत आइतबार महानगरपालिकाअघि विरोध प्रदर्शन गरिएको हो ।

    चक्रपथ विस्तारमा आफूहरूलाई उठिबास लगाएको प्रदर्शनकारीहरूको गुनासो छ । त्यस्तै कमलपोखरीमा कंक्रिटको कमल फूल राख्ने कार्यप्रति पनि आपत्ति जनाइएको छ ।

    
    
  • त्रिविमा २५ दिनदेखि नेविसंघको रिले अनसन (भिडियो)

    त्रिविमा २५ दिनदेखि नेविसंघको रिले अनसन (भिडियो)

    काठमाडौं । शैक्षिक क्षेत्रका विभिन्न माग राखेर नेपाल विद्यार्थी संघ त्रिवि समितिले सुरु गरेको रिले अनसन आज २५ औं दिनमा प्रवेश गरेको छ । लामो समयदेखि संघर्ष गर्दा पनि सुनवाइ नभएको भन्दै आन्दोलनकारी आक्रोशित देखिएका छन् ।स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तत्काल घोषणा गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेर समितिले रिले अनसन सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा अनसन बसेका विद्यार्थीहरु माग पुरा नभएसम्म संघर्ष जारी राख्ने बताउँछन् ।

    कोभिड–१९ का कारण लामो समयपछि भएको परीक्षा र त्रिविको नतिजा प्रकाशनमा ढिलासुस्तिले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था आएको भन्दै परीक्षा भएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्न अनसनकारीले माग गरेका छन् । त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने, त्रिविका प्राध्यापक तथा विद्यार्थी संगठनको नेतृत्वमाथि झूटा मुद्दा लगाउने कार्य बन्द गर्न पनि माग गरिएको छ ।त्रिविमा २५ दिनदेखि नेविसंघको रिले अनसन (फोटो÷भिडियो)
    काठमाडौं । शैक्षिक क्षेत्रका विभिन्न माग राखेर नेपाल विद्यार्थी संघ त्रिवि समितिले सुरु गरेको रिले अनसन आज २५ औं दिनमा प्रवेश गरेको छ । लामो समयदेखि संघर्ष गर्दा पनि सुनवाइ नभएको भन्दै आन्दोलनकारी आक्रोशित देखिएका छन् ।

    स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तत्काल घोषणा गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेर समितिले रिले अनसन सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा अनसन बसेका विद्यार्थीहरु माग पुरा नभएसम्म संघर्ष जारी राख्ने बताउँछन् ।कोभिड–१९ का कारण लामो समयपछि भएको परीक्षा र त्रिविको नतिजा प्रकाशनमा ढिलासुस्तिले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था आएको भन्दै परीक्षा भएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्न अनसनकारीले माग गरेका छन् । त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने, त्रिविका प्राध्यापक तथा विद्यार्थी संगठनको नेतृत्वमाथि झूटा मुद्दा लगाउने कार्य बन्द गर्न पनि माग गरिएको छ ।

  • चक्रपथ विस्तारलाई ‘प्रतिगमन’ भन्दै नागरिक आन्दोलन

    चक्रपथ विस्तारलाई ‘प्रतिगमन’ भन्दै नागरिक आन्दोलन

    बालाजु क्षेत्रमा जारी सडक विस्तारको विरोध गर्दै आज शुक्रवार नागरिक समाजको ब्यानरमा माइतीघर मण्डलमा प्रदर्शन गरियो । सो प्रदर्शनमा काठमाडौंको चक्रपथ विस्तारलाई ‘प्रतिगमन’ संज्ञा दिइएको थियो ।

    बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा विभिन्न खलः पुचः/मोर्चा/अभियानले आज बिहान १० बजे प्रतिरोध कार्यक्रम गरेका हुन् । ‘विकासका नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोध’ लेखिएको ब्यानर सहभागीले बोकेका थिए ।

  • फिस स्पा – माछालाई टोकाएर रोगको उपचार (भिडियो)

    फिस स्पा – माछालाई टोकाएर रोगको उपचार (भिडियो)

    काठमाडौं । बानेश्वरस्थित आइप्लेक्समा माछाको माध्यमबाट रोगको उपचार थालिएको छ । नेपालमा पहिलोपटक खुलेको फिस स्पामा माछाका माछाका भुरा राखिएको एक्वेरियममा खुट्टा डुबाएर माछालाई टोक्न लगाइन्छ । माछाले टोकेपछि खुट्टामा भएका रोग निको हुनुका साथै शरीरमा स्फूर्ति ल्याउने स्पाले जनाएको छ ।

  • खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

    खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-माधव पक्षले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विजय र्‍याली निकालेको छ ।

    काठमाडौंको शान्तिबाटिकामा भेला भएका नेता कार्यकर्ताहरू विजय उत्सवमा सहभागी भएका छन् । विजय र्‍याली रत्नपार्क, जमल, बागबजार पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ । सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

    मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसलापछि प्रचण्ड-माधव पक्षीय नेकपा उत्साहित बनेको छ । खुशियालीमा आज देशभर विजय सभा गर्न जिल्ला र मातहतका कमिटीलाई बिहानै निर्देशन दिइएको थियो ।

  • प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन (भिडियो)

    प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव पक्षको नेकपानिकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ ।

    चरणवद्ध संघर्ष गरिरहेको प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन अन्तर्गत दिउँसो १ बजेदेखि काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरिएको हो ।

  • ओलीको प्रतिमामाथि जुत्ता हान्दै ‘प्रतिगमन’ को विरोध

    ओलीको प्रतिमामाथि जुत्ता हान्दै ‘प्रतिगमन’ को विरोध

    प्रचण्ड-माधव समर्थित अनेरास्ववियूका कार्यकर्ताले नारायणहिटी अगाडि ‘प्रतिगमनको विरोध’ मा जुत्ता हानेर प्रदर्शन गरेका छन् ।
    सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विभिन्न नारावाजी गर्दै जुत्ता हानेका थिए ।
    केपी ओलीको प्रतिमा बनाएर उनीहरुले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिएका थिए ।
  • प्रतिनिधिसभा विघटनविरुद्ध अभियन्ताको ‘टुँडिखेल मार्च’

    प्रतिनिधिसभा विघटनविरुद्ध अभियन्ताको ‘टुँडिखेल मार्च’

    प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न पेशा क्षेत्रका अगुवाहरूले काठमाडौंको टुँडिखेलबाहिर नागरिक प्रदर्शन गरेका छन् ।

    ‘टुँडिखेल मार्च’ नाम दिइएको प्रदर्शन शुक्रबार दिउँसो गरिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको प्रदर्शनमा साहित्यकार, पत्रकार, अधिकारकर्मी, सम्पदा संरक्षणकर्मीलगायत अगुवाहरू सहभागी थिए ।

    बृहत् नागरिक आन्दोलन लेखिएको ब्यानरमा गरिएको प्रदर्शनमा टुँडिखेलको जमिन सार्वजनिक भएको घोषणासमेत गरिएको छ । नागरिक सभामा खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायत सहभागी थिए ।

  • मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

    मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

    नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ ।

    मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षीय अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअघि टायर बालेर प्रदर्शन गरेको छ भने नेविसंघले मिनभवनस्थित नेपाल कमर्श क्यापसअघि प्रदर्शन गरेको छ ।

    यससँगै देशका विभिन्न क्यापसअघि विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले सातामा दुईचोटि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

  • खुलामञ्च अतिक्रमण गरी बनाइएका टहरा महानगरले हटायो

    खुलामञ्च अतिक्रमण गरी बनाइएका टहरा महानगरले हटायो

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कूलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौं महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो ।

    ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कूल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौं’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कूलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौं ।’ उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए ।

    ‘काठमाडौं महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागिपरेको छ’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’

    काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयरको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताए । ‘दरबार हाइस्कूल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफलपछि हामी यो चरणमा आएका हौं’ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो । कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाइ भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाइ भएको थियो । दरबार हाइस्कूल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । त्यसैले खुलामञ्च खुला गर्ने काम थालेका हौं । केही दिनभित्रै सबै खुला हुन्छ ।’

    उनले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताए ।

    ‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठूला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्रभित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ’ ज्ञवालीले भने, ‘प्राचीनकालदेखि काठमाडौंको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै बनाउँछौं । अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।’ ज्ञवालीले महानगरपालिका विकास निर्माणसँगै मिचिएका सार्वजनिक जग्गा फिर्ता गरी खुला गर्ने अभियानमा आक्रामक रुपमा अघि बढेको जानकारी दिए ।

    काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कूल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै हिजोसम्म खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिनुभयो । ‘हामीले हिजोसम्म खाली गर्न तीन निकायलाई भनेका थियौं’ सापकोटाले भन्नुभयो, ‘उहाँहरुलाई ठेकेदार कम्पनीलाई पनि उहाँहरुका सामग्री हटाउन आग्रह गर्नु भनेका थियौं । आज हामीले हटाउन सुरु गर्यौं ।’

    केही दिन अघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताएका थिए ।

    भूकम्पपछि दरबार हाइस्कूलको पुनर्निर्माण सामग्री तथा वीर अस्पतालको निर्माण सामग्री खुलामञ्चमा राखिएको थियो । दुवै संरचनाको निर्माण सम्पन्न भइसकेकाले जानकारी दिएर खुलामञ्च खाली गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

  • विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइँदै (भिडियो)

    विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइँदै (भिडियो)

    काठमाडौं । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पंचमीका दिन मनाइने श्रीपंचमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिंदैछ ।

    वसन्त ऋतुको शुरुआत हुने भएकाले वसन्त पंचमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।

    विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।

    आजको दिन आफैंमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।

    उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ ।

  • वसन्त श्रवणका लागि राष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा

    वसन्त श्रवणका लागि राष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा

    आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्‍चमीका दिन मनाइने श्रीपञ्‍चमीमा देशभर बिद्याकी देवी सरस्वतीको पूजा गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक गई परम्परानुसार वसन्त श्रवण गरेकी छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान १०:१७ बजेको साइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन् ।

    राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो। वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री केपी ओली, सभामुख अग्‍निप्रसाद सापकोटालगायतको सहभागिता थियो ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन (भिडियो)

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन (भिडियो)

    ललितपुर । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । पार्टीको निर्धारित कार्यक्रम अन्तर्गत ललितपुर कांग्रेसले पनि सरकारविरुद्ध प्रदर्शनसहित सभा गरेको छ ।

    जावलाखेलबाट सुरु भएको ललितपुर कांग्रेसको जुलुस लगनखेलमा पुगेर सभामा परिणत भयो । सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गरेका छन् ।

  • स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना खोप लगाउन थालियो

    स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना खोप लगाउन थालियो

    निजामती सेवाका कर्मचारीलाई आजदेखि कोभिड-१९ खोप दिन थालिएको छ ।

    आइतबारदेखि निजामती निजामती सेवाका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।

    काठमाडौंमा निजामती सेवाअन्तर्गतका जिल्ला प्रशासन, मालपोत, नापी, हुलाक, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले बताइन् । त्यसैगरी प्रहरीहरूलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनले जानकारी दिइन् ।

  • बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’

    बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’

    नागरिक आन्दोलनका नाममा राजधानीमा दिनहुँ थरि-थरि प्रदर्शनहरु भइरहेका छन् । शुक्रबारको एउटा प्रदर्शनमा भने अनौठो दृष्य देखियो ।

    प्रदर्शनकारीकै हुलबीच सेता वस्त्र पहिरिएका केही महिला पुरुषले एक युवतीको ‘लाश’ बोकेर हिँडिरेहका थिए । महिलामाथिको बढ्दो हिंसा र बलात्काको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाइमा गरिएको ‘सिंहदरबार महिला मार्च’ वसन्तपुरबाट शुरू भएर रत्नपार्क हुँदै सिंहदरबारको मूलगेटसम्म आएको थियो ।

  • माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो

    माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो

    पौष शुक्ल पूर्णिमाबाट शुरु भएको माधवनारायण मेलाका ब्रतालुहरु पशुपतिनाथमा आइपुगेका छन् । नेपाल संवतको आठौँ शताब्दीदेखि एकमहिने यो मेला शुरु भएको थियो ।

    हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला देशभरका पवित्र नदी तलाउ र घाटहरुमा पनि लाग्ने गरेको छ ।

    आराध्यदेव पशुपतिनाथमा भक्तालुहरुले विहानै वागमतीमा स्नान गरेर माधवनारायणको व्रत बसेका छ । माधवनारायणको व्रत बसेका भक्तालुहरु आज विहान पशुपतिनाथ पुगेपछि आर्यघाटमा शवदाह कार्य बन्द गरिएको छ । भष्मेश्वरतर्फ भने शव जलाइन्छ ।

  • प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शक्ति प्रदर्शनन्तर्गत काठमाडौं उपत्यकामा जुलुस निकालेको छ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल गरी उपत्यकाका पाच ठाउबाट जुलुस निस्कीएको थियो । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत सबै केन्द्रीय नेताले जुलुसको नेतृत्व गरेका थिए । जुलुस सुन्धारा–वीर अस्पताल–जमल–घण्टाघर–बागबजार–पुतलीसडक–पद्मोदय मोड–प्रदर्शनी मार्ग हुदै भृकुटीमण्डपस्थित सभास्थलमा परिणत भएको थियो ।

  • वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (भिडियो)

    वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (भिडियो)

    काठमाडौं । समाजिक न्यायका निम्ति युवा कविहरूले वसन्तपुर डबलीमा कविता सुनाएका छन् । बृहत् नागरिक आन्दोलनमा जोडिएका नयाँ पुस्ताका कविहरूले सत्ताको गलत प्रवृत्तिविरुद्धका कविता सुनाए । राजु स्याङतान, बिवश बाबु, निर्भीकजंग रायमाझी, अन्शु खनाल, स्मृति रानाभाट लगायत एक दर्जन भन्दा बढी कविले कविता सुनाएका हुन् ।

  • गंगामायाको जीवन रक्षाको माग गर्दै बालुवाटारअघि र्‍याली (भिडियो)

    गंगामायाको जीवन रक्षाको माग गर्दै बालुवाटारअघि र्‍याली (भिडियो)

    काठमाडौं । अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा र न्यायका लागि सरकारलाई दबाब दिन बालुवाटारमा  प्रदर्शन गरिएको छ । प्रदर्शनको नेतृत्व नेपाल मानवअधिकार संगठनले गरेको छ ।

    मंगलबार बिहान १० बजे नक्सालको नारायणचौरबाट शुरू भएको र्‍याली प्रधानमन्त्री निवास बालुवाटार गेको थियो ।

    नारायण चौरबाट शुरू भएको र्‍याली प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको छ।

    द्वन्द्वको समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै गंगामाया लामो समयदेखि वीर अस्पतालमै अनशन बसिरहेकी छन् ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो)

    प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो)

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता योद्धा परिवारले प्रदर्शन गरेका छन्। शहीद, बेपत्ता योद्धा परिवार बागमती प्रदेशको आयोजना सोमबार काठमाडौंको बानेश्वरमा भएको सभामा उनीहरूले शहीदहरूको रगतले लेखिएको संविधानको रक्षार्थ प्रदर्शन गरिएको बताए।

    प्रदर्शनमा सहभागिहरूले ‘हाम्रो बलिदान हाम्रो शान, जनताको शक्ति छ महान’, ‘असंवैधानिक कदम खारेज गर, शहीद बेपत्तालाई सम्मान गर’, ‘शहीद बेपत्ता परिवार के भन्छ, बलिदानको मूल्य ले भन्छ, ‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

  • प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

    प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव पक्षनिकट अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ ।

    दिउँसो २ बजे सिंहदरबार दक्षिण गेटनजिकै हनुमानस्थानमा भेला भएका विद्यार्थीहरू सिंहदरबारतर्फ बढेका छन् ।

    हनुमानस्थानबाट जुलुससहित विद्यार्थीहरू निस्केपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    आन्दोलनको कार्यक्रमअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर प्रधानमन्त्रीसमक्ष विरोधपत्र बुझाउने सो संगठनले तय गरेको थियो ।

  • ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग (भिडियो)

    ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग (भिडियो)

    काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको आमहड्तालको क्रममा ट्याक्सीमा गरिएको आगजनीको विरोधमा ट्याक्सी व्यवसायीले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् ।

    माइतीघरमण्डलमा आयोजित विरोधमा २०० भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्द र हड्तालको कारण आफूहरुको रोजीरोटी र ज्यान जोखिममा परेको समेत बताए ।

    राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा भएको विरोध सभामा ट्याक्सी व्यवसायीले बन्द हड्ताललाई सधैंका लागि बन्द गर्नुपर्ने माग समेत गरेका थिए ।

    दाहाल–नेपाल समूहले विहीबार गरेको आमहड्तालको क्रममा गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो । सरकारले भने आगजनी भएको ट्याक्सीलाई क्षतिपूर्ति दिने बताइसकेको छ ।

  • कांग्रेसद्वारा टुँडिखेल घेराउ, ७७ जिल्लामै आज सरकारविरोधी प्रदर्शन (भिडियो)

    कांग्रेसद्वारा टुँडिखेल घेराउ, ७७ जिल्लामै आज सरकारविरोधी प्रदर्शन (भिडियो)

    काठमाडौं । संसद विघटनलाई असंवैधानिक भन्दै सडकमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीको टुँडिखेल र ७७ वटै जिल्लामा शनिबार प्रदर्शन गर्दैछ ।

    कांग्रेस निकट विभिन्न १८ संघसंगठनले टुँडिखेलमा भेला भएर सरकार विरोधी प्रदर्शन गर्दैछन् । राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित टुँडिखेलमा भेला हुने क्रम जारी छ ।

    टुँडिखेल घेराउमा उनीहरुले सरकार विरोधी नारा लेखिएका प्लेकार्ड र कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । कांग्रेसले प्रदर्शनका क्रममा कोभिड प्रोटोकल पालना गर्न समेत आग्रह गरेको छ ।

    माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।

  • ओली पक्षको शक्ति प्रदर्शन, काठमाडौंका विभिन्‍न ठाउँबाट जुलुस

    ओली पक्षको शक्ति प्रदर्शन, काठमाडौंका विभिन्‍न ठाउँबाट जुलुस

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा वृहत शक्ति प्रदर्शन गर्दैछ । वागमती प्रदेश कमिटीको आयोजना हुन लागेको जनसभा अगाडि काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु निस्कने क्रम जारी छ ।

  • ओलीको आमसभा  ‘हाइटेक’ मञ्च, दरबारमार्ग सफाई गरिँदै

    ओलीको आमसभा ‘हाइटेक’ मञ्च, दरबारमार्ग सफाई गरिँदै

    काठमाडौं । विभाजित नेकपाको ओली पक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा हुने आमसभा दरबारमार्गमा १२ बजेदेखि सुरु हुनेछ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जनाले सम्वोधन गर्ने आमसभाका लागि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको प्रवेशद्वारमा ‘हाइटेक’म मन्च तयार पारिएको छ ।

    नारायणहिटी संग्रहालयको गेटमा बनाइएको हाइटेक मन्चबाट दक्षिण महेन्द्र शालिक, पूर्व नागपोखरी र पश्चिम ठमेलतर्फसमेत मान्छे बसेर हेर्न मिल्ने गरी ‘टी’ आकारको बनाइएको छ ।

    प्रधानमन्त्रीलगायत मन्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ ।

    महेन्द्र शालिक छेउमा, जयनेपाल हलनजिकै, ठमेलनजिकै र यति समूहको भवनमा डिजिटल स्क्रिन राखिनेछ ।

  • छातीमा केपी ओली टासेर युवा विद्यार्थीको मार्चपास

    छातीमा केपी ओली टासेर युवा विद्यार्थीको मार्चपास

    केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।

    शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् ।

  • ‘एउटाले ट्याक्सीमा पेट्रोल छर्कियो, अर्कोले सलाई काेरेर फाल्यो, म झण्डै जिउँदै जलेको !’

    ‘एउटाले ट्याक्सीमा पेट्रोल छर्कियो, अर्कोले सलाई काेरेर फाल्यो, म झण्डै जिउँदै जलेको !’

    काठमाडौं । कुम्भनाराणको बयान जस्ताको तस्तै-

    मेरो नाम कुम्भनारायण श्रेष्ठ हो । म थापाथलीमा बस्छु । हिजो राति ११ बजे गाडी थन्क्याएँ । आज बिहान घरबाट गाडी निकालेर हिँडें । थापाथली पुगें । त्यहाँबाट मलाई मैपीको ट्रिप लाग्यो । मैपी गएँ । मैपीबाट फेरि गोंगबु ट्रिप लगें ।

    त्यहाँबाट मान्छे झारें । त्यहाँ पनि राम्रै ट्रिप पर्याे । त्यहाँबाट गोंगबु फेरि जान्छु भनेर सोचें । त्यहाँ जाँदा २ जना मान्छेले हात दियो । कालो ज्याकेट लगाएका मोटो थिए । मैले ‘दाइ कता जानुपर्ने’ भनेर सोधें । उनीहरूले चाबहिल जाने भने ।

    एकजना मान्छे गाडीमा चढ्यो । मलाई थाहा भएन गाडीमा पेट्रोल हाल्छ भनेर । एक जना गाडीमा चढे । मैले मिटर दबाएँ । मिटर बदाएपछि त्यो मान्छे झरेर अर्को मान्छे चढ्न लागेजस्तो गरेको थियो, सलाई कोरेर गाडीमा हालेर भाग्यो । म बेसरी आतिएँ । सिट बेल्ट खोल्छु भनेर गरेको ढाडमा तातो आइसक्यो, आगो बाहिर दन्केर पछाडि सिट बल्यो ।

    बल्ल बल्ल सिट बेल्ट खोलेर भागें । गाडी बलेको दुई मिनेटमा प्रहरीहरू आइपुगे । त्यसपछि हामीले ती मान्छेलाई खोज्यौं, गल्लीहरूमा पनि खोज्यौं । अरुले गाडीमा आगो लाग्ने बित्तिकै बाइक हरायो भने । मलाई लाग्यो, उनीहरूले आगो लगाउने बित्तिकै बाइक लिएर भागे ।

    ट्याक्सी आफ्नो पनि होइन । साहुको हो । कमाइ पनि सोचेजस्तो भइरहेको थिएन ।

    मलाई त बन्द भन्ने नै थाहा भएन । मैले सुनेको पनि थिइनँ । आज बिहान थापाथली आउँदा मात्र बन्द भन्ने सुनेको थिएँ । त्यो पनि हो होइन थाहा थिएन । अरु गाडीहरू पनि चलिरहेका थिए । बन्द भन्ने कुुरा प्यासिन्जरको मुखबाट मात्र सुनें । जे हुनु भइसक्यो भनेर गाडीका साहुले भनेका छन् । घर धादिङ मेरो । ट्याक्सी चलाएको १५ वर्ष भयो । लकडाउनमा पनि लामो समय घर बस्नुपर्यो ।

    त्यो बेलामा धेरै दुःख पाइएको थियो । ऋणहरू छन् । त्यो तिर्न सकिरहेको थिएन ।
    मेरो गरिखाने भनेको ट्याक्सी थियो । अब अरुले पनि ट्याक्सी चलाउन दिन्छन् कि दिँदैनन्, थाहा छैन । सोच्दै नसोचेको घटना भयो आज । कमाइ खाने स्थिति पनि देशमा भएन अब ।

    लकडाउनले गर्दा छोराछोरीको पढाइ बिग्रियो । ८ कक्षा पढ्दै गरेकी छोरी अहिले कपडा पसलमा काम गर्छिन् । दुःखजिलो गरेर कमाउँ भन्दा पनि देशमा नपाइने भइयो । अब के गर्ने हो ?