Category: भिडियो

  • भर्चुअल गाइजात्रामा गजुरेलको अनुभव : अब मुख बिगारेर मात्रै चल्दैन, दर्शकले सिचुयसनल कमेडी खोज्छन्

    भर्चुअल गाइजात्रामा गजुरेलको अनुभव : अब मुख बिगारेर मात्रै चल्दैन, दर्शकले सिचुयसनल कमेडी खोज्छन्

    काठमाडौं । कोरोना महामारीले मनोरञ्जन क्षेत्र भर्चुअलरुपमा खुम्चिएको छ । कुनैबेला प्रज्ञा प्रतिष्ठानमा खचाखच हुने गाइजात्राको हाँस्यव्यंग्य कार्यक्रम अहिले डिजिटल प्लेटफर्ममा सीमित भएको छ । कोभिडले सामाजिक जीवन सीमित हुँदा हाँस्य कलाकारले भने टेलिभिजन र युट्युवमार्फत प्रहसन पस्किरहेका छन् । माध्यम बदलिए पनि कलाकारको कमेडी स्वाद भने बदलिएको छैन ।

    भदौ १ गतेदेखि सुरु भएको गाइजात्रा सप्ताह ७ गते सकिँदैछ । यो छेकोमा कमेडी कलाकारले टेलिभिजन र इन्टरनेट प्लेटफर्मबाट दर्शकलाई हँसाइरहेका छन् । स्वयम् कलाकारको लागि पनि कोभिडको गाइजात्रा नयाँ अनुभव हो । दर्शकको हाँसो, सिठी र तालीमा खचाखच भएर विगतमा मनाएजस्तो गाइजात्राको आयाम बदलिएको मात्र छैन गाइजात्रा हाइटेक बनिरहेको छ ।

    माध्यम हाइटेक भएपनि गाइजात्राको विषयवस्तु भने उनै छन् । अहिले पनि नेपाली गाइजात्रा हाँस्यव्यंग्यको केन्द्रमा राजनीति, समाज र विकृति लगायतका विषयवस्तु समावेश छन् । काठमाडौं लगायतका ठूला सहरमा निषेधाज्ञा कायमै भएको र जिल्ला प्रशासनहरुले भीडभाड नगर्न आदेश दिएकाले भर्चुअल माध्यममा जानु पनि कलाकारको बाध्यता हो । त्यसैले गत सातादेखि टिभी र युट्युव च्यानलमा गाइजात्रा प्रसारण भैरहेको छ ।

    लामो समयदेखि गाइजात्रा हाँस्यव्यंग्यको अनुभव सम्हालेका वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले ‘हाइटेक गाइजात्रा’को नेतृत्व गरेका छन् । युट्यूवमा उनले आफ्नै च्यानलमा गाइजात्रे कार्यक्रम अपलोड गर्छन् । महामारीबीचको गाइजात्रा कस्तो हुँदैछ ? हामीले गजुरेललाई सोध्यौं ।

    ‘महामारीको गाइजात्रा पनि महामारीजस्तै भएको छ । दर्शकसामु बसेर हाँस्यव्यंग्य गर्नुपर्नेमा डिजिटल प्लेटफर्मबाट गर्दा दर्शकसामु भेला भएर गरेजस्तो छैन । हाम्रा लागि पनि यो नितान्त नौलो अनुभव भएको छ । त्यही पनि हामीले जमर्को गरिरहेका छौं’ गजुरेलले नेपाल प्रेसलाई भने ।

    यसपटक गजुरेल, शैलेन्द्र सिंखडा र पछिल्लो समय गायन रियालिटी सोबाट आएका तन्नेरी कमेडियनहरुले गाइजात्रा हाँस्यव्यंग्य पस्किएका छन् । गाइजात्रासँगै अहिले गजुरेल जजको रुपमा रहेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ पनि प्रसारण भैरहेको छ ।

    यो वर्ष गाइजात्रामा ३४ जना कलाकारले प्रस्तुत दिँदैछन् । मनोज र शैलेन्द्रसहित कमेडी च्याम्पियनका विजेता हिमेश पन्त लगायतले यसपटक हँसाइरहेका छन् । अर्का कलाकार सुबोध गौतमले केपी ओली, मुकुन्दे, पुण्य गौतम, रवि लामिछानेको चरित्र चित्रण गरेका छन् । उनै मनोज हुन् जसलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेबापत अमेरिकी संचारमाध्यम सीबीएस न्यूजले संसारका उत्कृष्ट १८ कमेडियनको सूचीमा राखेको थियो ।

    नेपाल प्रेससँगको हालैको एक गफगाफमा गजुरेलले संसारका चर्चित राजनीतिज्ञदेखि घरेलु नेतालाई व्यंग्य गर्नसमेत बाँकी राखेनन् । उनले तीन पात्रहरुको लवजमा क्यारिकेचरसमेत गरे (हेर्नूस भिडिओ) ।

    यस वर्ष गजुरेलको व्यंग्यमा देउवादेखि पुटिनसम्म

    प्रत्येक गाइजात्रा व्यंग्यको केन्द्रमा मनोजले नेपालदेखि विश्व चर्चित नेताहरुलाई समेत राख्ने गरेका छन् । कोरोना महामारीअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबारे उनले गरेको क्यारिकेचर निकै हिट भएको थियो । केपी ओली अवतारमा देखिएका धुर्मुस र ट्रम्प हुलियामा देखिएका गजुरेलको गाइजात्रे जोडी प्रज्ञा प्रतिष्ठानमा जमेको थियो ।

    उनले अघिल्लो वर्ष ट्रम्पसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, विश्व स्वास्थ्य संगठनका निर्देशक डा. ट्रेडोसको क्यारिकेचर गरेका थिए । यसपटकको गाइजात्रा केन्द्रमा मनोजले पछिल्लो समय सत्तामा रहेका नेताहरुलाई राखेका छन् । खोप कूटनीति, वैदेशिक सहायता, कोभिड, नेताहरुको अहमता उनको कमेडीमा अटाएका छन् ।

    मनोजलाई लाग्छ, अहिलेको पुस्ताले अघिल्लो पिँढीका कलाकारबाट सिक्नु जरुरी छ भने समाजलाई पनि बुझ्नु जरुरी छ । तन्नेरी पुस्ताका कमेडियनले समाज, राजनीति र अर्थतन्त्रलाई बुझुनुपर्ने उनको ठम्याइ छ । विद्यार्थी राजनीति र कलेजको स्टेज पृष्ठभूमिलाई माध्यम बनाउँदै हाँस्यव्यंग्यमा आएकाहरुले वास्तविकरुपमा समाजलाई बुझ्ने र कमेडी गर्न सक्ने उनले बताए । ‘तिनीहरु मात्र वास्तविकरुपमा अर्गानिक कमेडियन हुन्छन् जसले समाज र जनतालाई बुझेका हुन्छन्,’ मनोज भन्छन्, ‘नयाँ पुस्ताले इतिहास बिर्सनु हुँदैन भविष्यको कमेडीलाई पनि निरन्तरता दिनुपर्‍यो ।’

    नयाँ पुस्ताले राजीनितिक व्यंग्यबाट नै सिक्न सक्ने मनोज बताउँछन् । ‘बदलिँदो विश्वको गहिरो अध्ययन गर्न सक्ने नै युवा पुस्ता हुन् । युवा पुस्ताले देशमा के भइरहेको छ भनेर थाहा पाउने भनेको व्यंग्यबाट हो’ मनोजलाई भन्छन् ।

    फिल्ममा हाँस्यव्यंग्यको प्रयोगमा समेत व्यापक परिवर्तन आउने मनोजको भनाई छ । सयकडा दश फिल्ममा अभिनय गरेका मनोजले पञ्चलाइन र मुख बिगार्ने कमेडीको परम्परागत ढाँचामा परिवर्तन आएको र दर्शकले सिचुएनसल कमेडी खोजेको बताउँछन् । कोरोना महामारीको पछिल्लो अवस्था र राजनीतिक अस्थिरताले जनता उदासिन भएको बेला कमेडीको महत्व दिनानुदिन बढेको गजुरेलको कथन छ । ‘दुःखी जनतालाई हँसाउन सक्नु नै महत्वपूर्ण कुरा हो’ उनी भन्छन् ।

  • कोरोनाको तेस्रो लहर नआउँदै मुख्य अस्पताल बिरामीले भरिभराउ (भिडियो रिपोर्ट)

    कोरोनाको तेस्रो लहर नआउँदै मुख्य अस्पताल बिरामीले भरिभराउ (भिडियो रिपोर्ट)

    काठमाडौं । पछिल्लो साता राजधानीका मुख्य अस्पतालमा कोभिड-१९ बिरामीको चाप बढ्न थालेको छ । शुक्रराज ट्रपिकल, वीर, शिक्षण, पाटन लगायतका शैय्या, आइसीयू र भेन्टिलेटर भरिभराउ हुन थालेका छन् । टेकुस्थित शुक्रराजसहितका अस्पतालले बिरामीको चापमा वृद्धि हुन थालेपछि शैय्या संख्यामा बढोत्तरी गरेका छन् । अहिले अस्पताल परिसरकै एक टहरामुनी शैय्या थपेर उपचार थालिएको छ ।

    अस्पतालका सूचना अधिकारी नवराज गौतमले पछिल्लो समय बिरामीको चापमा वृद्धि भएपछि शैय्या संख्यामा वृद्धि भएको जानकारी दिए । सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै अन्य पूर्वाधार पनि बढाउने तयारी भएको उनले जनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार बागमती प्रदेशमा ४७३ जना बिरामी आइसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    प्रदेश १ मा १२० जना आइसीयू र ४३ जना भेन्टिलेटरमा छन् । देशभर ७३२ जना आइसीयू र १५८ जना भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार बिहीबार ३७ सय कोभिड बिरामी थपिएका छन् भने १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

    सक्रिय संक्रमित संख्या ३४ हजार ९४२ छ भने काठमाडौं उपत्यकाको एक्टिभ केस १० हजारभन्दा बढी छ । संक्रमणमा भएको वृद्धि र अस्पतालमा चाप पर्न सुरु भएसँगै काठमाडौं उपत्यकाका सीडीओले सीसीएमसीसँग छलफल तयारी थालेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अस्पतालमा बढेको चाप र संक्रमण संख्यामा भएको वृद्धिबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग आइतबार छलफल हुने बताए ।

     

  • खोप कार्ड लिन यस्तो सास्ती, दिनभर भोकभोकै लाइनमा (भिडिओ)

    खोप कार्ड लिन यस्तो सास्ती, दिनभर भोकभोकै लाइनमा (भिडिओ)

    काठमाडौं । सरकारले खोप प्रमाणीकरण कार्ड जिल्ला अस्पतालबाटै वितरण गर्ने भनेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । विदेश जाने श्रमिकहरु राजधानीबाटै कार्ड लिनुपर्ने बाध्यतामा छन् ।

    क्यूआर कोर्डसहितको कार्ड जिल्लाबाटै वितरण गर्ने भनिएपनि टेकु अस्पतालमा कार्ड लिनेको भीड घटेको छैन बरु, कार्ड लिनकै लागि चारपाँच दिन बसेर भएपनि सर्वसाधारण राजधानी आउनुपर्ने बाध्यतामा छन् ।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले पनि जिल्लाबाट आउनेको बाक्लो भीड छ । खोप कार्ड वितरण कार्य व्यवस्थित नहुँदा अस्पतालबाटै कोरोनाभाइरस संक्रमण हुने जोखिम देखिन्छ । उपत्यकाबाहिरबाट आएका सर्वसाधारणले चारदिनसम्म पनि भोकै बसेर कार्ड लिनुपरेको गुनासो गरेका छन् ।

    अस्पतालले सेवाग्राहीको व्यवस्थापन र कार्यलाई चुस्त र दुरुस्त राख्न नसक्दा सर्वसाधारणले अनाहकमा दुःख पाएको र कोभिड जोखिमको त्रास पनि बढेको गुनासो छ । तर, टेकु अस्पतालका सूचना अधिकारी सूचना अधिकारी नवराज गौतमले सेवा व्यवस्थापनका लागि प्रयास भैरहेको बताए ।

    टेकु अस्पतालमा मात्र भीड बढेको भन्दै स्वास्थ्य मन्त्रालयले उपत्यकाका अन्य चार अस्पतालबाट पनि खोप प्रमाणीकारण लिन सकिने सेवा सुरु गरिएको जनाएको छ । गत साता कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोड सहितको खोप प्रमाणीकरण वितरण गर्न निर्देशन दिएका थिए ।

  • काठमाडौं महानगरले ‘कलाको हत्या’ गरेको भन्दै चित्रकारले गरे प्रदर्शन

    काठमाडौं महानगरले ‘कलाको हत्या’ गरेको भन्दै चित्रकारले गरे प्रदर्शन

    कोभिड १९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाको सम्मानमा कोरिएका चित्र काठमाडौं महानगरपालिकाले मेटाएको विरोधमा चित्रकारहरूले प्रदर्शन गरेका छन् । आज महानगरपालिका अगाडि उनीहरूले प्रदर्शन गरे । सम्बन्धित वडा कार्यालयसँग अनुमति लिएरै चित्र बनाएको भएपनि सो चित्र मेटाइदिएर फ्रन्टलाइनर र कलाको अवमुल्यन गरिएको भन्दै पुन: चित्र बनाउन दिन ज्ञापन पत्रसमेत बुझाइएको छ ।

    दुजाङ शेर्पाको परिकल्पनामा रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना संक्रमण, उपचार तथा रोकथामविरुद्धका फ्रन्टलाइनरको सम्मानमा चित्र कोरिएको थियो । प्रदर्शनकारीले ‘कलाको शहरमा कलाकै हत्या’ गरिएको भन्दै महानगरको कदमको टिप्पणीसहितका ब्यानर बोकेका थिए ।

  • बानेश्वरमा यसरी राखियो आकाशे पुल

    बानेश्वरमा यसरी राखियो आकाशे पुल

    नयाँ बानेश्वर चोकमा आकाशेपुल जडान गरिएको छ । यो पुल एक स्थानबाट अर्को स्थानमा खोलेर लैजान सकिने ‘मुभेबल’ खालको छ ।

    भुइँमा बनाइएको फलामको ट्रष्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । पुल निर्माणको लागत ३ करोड १० लाख रहेको छ । मान्छे हिँड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटरमाथि रहेको छ ।

    चोकबाट पश्चिमतर्फ क्रेनको सहायताले पुल राखिएको छ । सवारी र मानिसको चापले सधैँ व्यस्त हुने बानेश्वर चोकमा आकाशे पुल राखिएसँगै पैदल यात्रुहरूलाई सडक पार गर्न सहज हुनेछ । यसले सवारी जाम कम हुन गर्न मद्दत पुग्ने विभागले जनाएको छ ।

  • जसले ३२ बेवारिसे कुकुर घरमै पालिरहेका छन्

    जसले ३२ बेवारिसे कुकुर घरमै पालिरहेका छन्

    ललितपुर । २७ वर्षीया राइना व्यन्जनकार अक्सा नेपालको फाउण्डर हुन् । उनले ८ कक्षामा पढ्दा जर्मन सेफर्ड कुकुर घरमा ल्याएर पालिन् । उनले बुबालाई कुकुर पाल्छु भनेर आग्रह गरेकी थिइन् । उनलाई साथी चाहिएको थियो, खेल्ने र समय बिताउने । आग्रह गरेको एकवर्षपछि घरमा कुकुर ल्याइन् ।

    उनी कुकुरसँग खेल्थिन्, समय बिताउँथिन् । कुकुरको नाम थियो अक्सा । अक्सा सधैं गाडीको पहिलो सिटमा बस्थ्यो । ऊ भइन्जेल पहिलो सिटमा अरु कोही बस्दैन थिए । उसका रोजाइ पनि भेराइटिका हुन्थे ।

    त्यसबखत अक्सा मात्र नभई बाहिर देखिएका कुकुर देख्दा पनि उनालाई माया लाग्न थाल्यो ।

    घरमा भएको कुकुरलाई खुवाउने क्रममा उनी र उनका बा आमाले बाहिरका कुकुरलाई पनि खाना खुवाउन थाले । त्यसलाई निरन्तरता दिएका थिए ।

    पछि घरलाई सेल्टर बनाएर उनीहरूले बेवारिसे कुकुरलाई पनि पाल्न थाले । बेवारिसे कुकुरलाई उनीहरूले घरमा सेल्टर दिएर राख्न थाले । अहिले राइनाको घरका ३२ वटा कुकुर छन् । त्यसमा उमेर पुगेका र साना कुकुरहरू उनीहरूसँग छन् । त्यसमध्ये बाँकी बलिया कुकुरलाई भने बाटोमै राखेर खाना खुवाइरहेका छन् ।

  • लकडाउनमा घरै बस्नुपर्दा मानसिक रुपमा स्वस्थ रहने टिप्स

    लकडाउनमा घरै बस्नुपर्दा मानसिक रुपमा स्वस्थ रहने टिप्स

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बन्दै गएपछि नियन्त्रणका लागि अहिले प्रायः देशैभर लकडाउन छ ।

    यो बेला घरमै बसिरहँदा धेरैलाई मानसिक रुपमा विभिन्न समस्या देखिरहेको छ । मानसिक स्वास्थ्यमा आफूलाई ‘फिट’ राख्न मनोपरामर्शदाता मिनाशी शर्मासँग हामीले भिडियो कुराकानी गरेका छौं ।

  • च्यासलमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन

    च्यासलमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन

    ललितपुर । ललितपुरको च्यासल युथ क्ल्बले अक्सिजनको व्यवस्था सहित ५ बेडको आइसोलेन बनाएको छ । बढ्दो कोरोना महामारीका कारण अस्पतालमा बेड अभाव भईरहेको बेला च्यासलका स्थानीयले आइसोलेसन बनाएका हुन् । कोभिड संक्रमण भई अस्पतालमा बेड नपाएका, घरमा बस्न समस्या भएका वा अक्सिजन चाहिएका च्यासलका स्थानीयका लागी यो आइसोलेसन बनाइएको हो ।

    हेर्नुहोस् भिडियो रिपाेर्ट

  • त्रिभुवन विमानस्थलमा कोरोना बिर्साउने भिडभाड

    त्रिभुवन विमानस्थलमा कोरोना बिर्साउने भिडभाड

    काठमाडौं । कोरोनाको महामारी नियन्त्रण गर्न भन्दै सरकारले काठमाडौंमा १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । आजबाट सुरु भएकाले निषेधाज्ञाका कारण काठमाडौंका सडक सुनसान छन् । तर, यही बेला देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अर्कै माहोल देखिन्छ । आज बिमानस्थलभित्र छिर्दा नियमितभन्दा पनि बढी भिडभाड देखिन्थ्यो । सामाजिक दुरीको गुञ्जायस थिएन । सरकारले सडकमा गुड्ने सवारीसाधनको आवागनमा रोक लगाए पनि आन्तरिक उडानलाई भने खुला छोडेको छ । आन्तरिक र बाह्य दुवै हवाइ सेवा सुचारु छन् । त्यसैले काठमाडौं आउने वा काठमाडौबाट बाहिरिनेहरुको भिड बढेको हो ।

    सार्वजनिक सवारीसाधन नचलेकाले बिमानस्थल आउने वा बिमानस्थलबाट बाहिरिनेहरुलाई बाटोमा भने सास्ती खेप्नु परिरहेको छ । हेर्नुहोस नेपाल प्रेसको भिडियो रिर्पोट ।

  • मास्क नलगाइ नहिँड्नुस्, ‘होल्डिङ जोन’ मा उभिनुपर्ला (भिडियो)

    मास्क नलगाइ नहिँड्नुस्, ‘होल्डिङ जोन’ मा उभिनुपर्ला (भिडियो)

    काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिएसँगै ट्राफिक प्रहरीले सडकमा मास्क नलगाइ हिँड्ने यात्रुहरूलाई कडाइ गर्न थालेको छ । आज काठमाडौंका विभिन्न स्थानमा प्रहरीले यात्रुहरुलाई रोकेर उभ्याएको दृष्यहरु देखिए ।

    काठमाडौंका सातदोवाटो, जाउलाखेल, किर्तिपुर लगायतका विभिन्न स्थानमा सडक छेउमै ‘होल्डिङ जोन’ भनेर खाली स्थान छुट्याएको थियो थियो । मास्क नलगाइ हिँडेका यात्रुहरुलाई रोकेर सोधपुछ गर्ने, अनि होल्डिङ जोनमा आधा घण्टासम्म उभ्याएको देखिन्थ्यो ।

    पैदल हिँड्ने मात्र नभएर मोटरसाइकलमा यात्रा गर्नेहरुलाई पनि मास्क नलगाएको भेटिए प्रहरीले रोक्ने गरेको छ । यदि तपाईं पनि चर्को घाममा सडकमा उभिएर अरुका लागि रमिता बन्न चाहनुहुन्न भने मास्क लगाएर मात्रै निस्किनुहोला ।

  • भग्नावशेषमा पुरिएका व्यक्तिलाई दुई दिनपछि जीवितै उद्दार गर्दा

    भग्नावशेषमा पुरिएका व्यक्तिलाई दुई दिनपछि जीवितै उद्दार गर्दा

    काठमाडौं । २०७२ वैशाख १२ गतेको महाभूकम्पलगत्तै आम मान्छे आफू र आफन्तको चिन्ता अनि उद्दारमा जुटे । तर, फोटोपत्रकार प्रकाश माथेमा पेशागत धर्म निर्वाह गर्दै फोटो भुकम्पको बिशनालीलाको फोटो खिच्न निस्किए ।

    फोटो खिच्ने क्रममा स्वयम्भु पुग्दा उनले जे देखे, त्यो उनले सोचेका पनि थिएनन् । एउटा घरमा पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले उद्दारको प्रयास गरिरहेका थिए । उद्दारका क्रममा जिउँदा व्यक्ति र मृत भइसकेका व्यक्ति सँगै थिए ।

    हेर्नुहोस् फोटोपत्रकार प्रकाश माथेमाको फोटो खिच्दाको अनुभव भिडियोमा ।

  • कोरोना जोखिमका बीच पाहाँ च:ह्रे जात्रामा रम्यो असन (भिडियो)

    कोरोना जोखिमका बीच पाहाँ च:ह्रे जात्रामा रम्यो असन (भिडियो)

    काठमाडौं । काठमाडौंको असन क्षेत्रमा पाहाँ च:ह्रे जात्रा मनाइएको छ ।

    कोरोना महामारीका कारण गत वर्ष यहाँ खुलेर जात्रा मनाउन पाएका थिएनन् । कोरोनाको दोस्रो लहरको जोखिम बढिरहँदा बाक्लो संख्यामा भेला भएर स्थानीय जात्रा मनाएका छन् ।

    जात्रामा अजिमा दिदीबहिनी लुमधि अजिमा, तेबहाल अजिमा र कङ्ग अजिमालाई असनमा भेट गराइएको छ ।

    फरक-फरक टोपी र टिसर्ट लगाएकाहरू चोकमा भेला भएर तीनवटा खट जुधाई एकअर्कामा आदर र सम्मान प्रकट गरिएको छ ।

    जात्राका क्रममा घरघरबाट फ्याँकिएको चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ ।

  • उठ्नै आँट्यो धरहरा ! वैशाख ११ गते प्रधानमन्त्रीबाट उद्घाटन

    उठ्नै आँट्यो धरहरा ! वैशाख ११ गते प्रधानमन्त्रीबाट उद्घाटन

    २०७२ सालको भुकम्पले ध्वस्त पारेको धरहराको पुनर्निर्माण सकिन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको आगामी ११ वैशाखका दिन उद्घाटन गर्ने भएका छन् । ६ वर्षअघि भूकम्प आएर धरहरा ढलेकाे ठिक ६ वर्षमा यसको नयाँ स्वरुप ठडिने भएको हो ।

    पुनर्निमाण प्राधिकरणका सीइओ सुशील ज्ञवालीका अनुसार अहिलेको संरचनालाई भूकम्पले सजिलै ढाल्न सक्दैन । ‘भूकम्पले ढाल्न नसक्ने गरी निर्माणमा सबै प्रविधिहरु अपनाइएको छ । अब टुप्पोमा बस्दा डराउनुपर्ने हुँदैन,’ उनले नेपाल प्रेससँग भने । अहिले धरहराको कुल क्षेत्रफल ४२ रोपनीमा फैलिएको ज्ञवालीले जानकारी दिए । पहिले ७ रोपनी मात्रै थियो । अहिले धरहरा क्षेत्रमा मुख्य टावरसँगै अन्य संरचनाहरु पनि बन्दै छन् ।

    ११ गते मुख्य टावरको उद्घाटन हुन लागेको हो । अन्य संरचनाहरु भने सकिन केही समय लाग्ने उनले बताए । नवनिर्मित धरहराभित्र लिफ्ट पनि राखिएको छ । लिफ्ट प्रयोग गर्न नचाहनेहरुले भर्‍याङ उक्लेर पनि जान सक्छन् । धरहराको माथिल्लो भागमा बसेर आराम गर्ने व्यवस्था हुनेछ । भुकम्पले भत्काएको धरहराको ठूटो नचलाइकन नयाँ संरचना बनाइएको हो । पछिसम्म स्मृतिको लागि त्यो ठूलोलाई यथावत् राखिएको ज्ञवालीले बताएका छन् ।

     

            
  • कोरोना बिर्सँदै भक्तपुरमा बिस्क‍ा: जात्राको रौनक (भिडियो)

    कोरोना बिर्सँदै भक्तपुरमा बिस्क‍ा: जात्राको रौनक (भिडियो)

    काठमाडाै‌। सरकारले कोरोनाका लागि विभिन्न मापदण्डहरुसहित सचेतना अपनाउन आग्रह गरिरहेका बेला भक्तपुरमा बिस्क‍ा: जात्रा आज सुरु भएको छ । यो जात्रा ९ दिनसम्म चल्ने छ ।
    भक्तपुरको टौमढीस्थित डातापोल (पाँचतल्लै मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै जात्राको सुरुवात गरिएको थियो । जात्राको मुख्य आकर्षण नै रथ तानातान हो । यस वर्ष भैल खः टौमढीबाट पूर्वमा बुलुबुलु हिटी र पश्चिममा नासमनासम्म मौ रथ लैजान अनुरोध गरिएको छ ।
    कोरोनाका कारण भक्तपुर जिल्ला प्रशासन कार्यालयले यसपाली पनि बिस्काः जात्रा स्थगित गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले सरकारको निर्णयलाई खारेज गर्न जात्रा आयोजना गर्न आदेश दिएको थियो ।
    सरकारले कोरोनाका लागि जारी गरेको स्वास्थ्य मापदण्डमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिएको छ ।

  • २३ केन्द्रबाट चिनियाँ खोप लगाउन शुरु

    २३ केन्द्रबाट चिनियाँ खोप लगाउन शुरु

    काठमाडौं । चीनबाट अनुदानमा ल्याइएको कोभिड १९ विरुद्धको सिनोफार्म खोप आजदेखि लगाउन शुरु भएको छ ।

    खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्ति र समूहको प्राथमिकीकरण गरेको छ । मन्त्रालयले तोकेका २३ वटा केन्द्रबाट खोप लगाउन शुरु भएको हो ।

    उपत्यकाको वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, र नेपाल मेडिकल कलेज अत्तरखेल खोप लगाउन शुरु गरिएको छ ।

    यस्तै काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट पनि खोप लगाउन थालिएको छ ।

    यसैगरी ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निस्शुल्क चिकित्सालय क्षेत्रपाटी, भक्तपुर नेपाल कोरिया मैत्री अस्पताल ठिमी, भक्तपुर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनअस्पतालबाट पनि लगाउन शुरु भएको मन्त्रालयले जनाएको छ ।

    किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पतालमा  लगाइदैछ ।

    मन्त्रालयले १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय गरेको थियो।

    खोप लगाउन निवेदन दिएका संघसंस्था र यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिलाई पनि खोप लगाइदैछ । सरकारले आपतकालिन प्रयोगका लागि चिनियाँ खोप प्रयोगमा ल्याएको हो ।

    गत साता उक्त खोप काठमाडौं आइपुगेको थियो । विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि आजदेखि खोप लगाउन शुरु गरिएको हो ।

           

     

     

     

     

    तस्वीर: निशान्त सिहं गुरुङ

     

  • बर्दियाबाट चिडियाखानामा ल्याइयो नरभक्षी बाघ

    बर्दियाबाट चिडियाखानामा ल्याइयो नरभक्षी बाघ

    काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।

    बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीको मृत्यु भएपछि उक्त बाघलाई नियन्त्रणमा लिएर मंगलबार चिडियाखाना ल्याइएको हो ।
    आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाइ नियन्त्रणमा लिइएको हो ।

    ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत ३४ वर्षीय पुलीसराम थारुको आइतबार साँझ पौने ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

    १० वर्षको भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ल्याइएको हो। बाघलाई बिहान ११ बजे चिडियाखाना ल्याइएको हो ।

  • माधव नेपाल पक्षधर विद्यार्थीद्वारा आयल निगम घेराउ

    माधव नेपाल पक्षधर विद्यार्थीद्वारा आयल निगम घेराउ

    पेट्रेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको एक समूहले आज आयल निगम घेराउ गरेको छ ।

    माधव नेपाल पक्षधर अनेरास्वियूको केन्द्रीय कमिटीद्वारा आयोजित घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।

    प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो । प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    माधव नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए ।

    नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ ।

  • पहिलो डिजाब्लिटी क्वीन-२०२१ को उपाधी रजनी र रुपालाई (तस्विर र भिडियोसहित)

    पहिलो डिजाब्लिटी क्वीन-२०२१ को उपाधी रजनी र रुपालाई (तस्विर र भिडियोसहित)

    काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन-२०२१ आयोजना भयो ।

    ग्रीन आर्ट्स मिडियाको आयोजनामा भएको प्रतिस्पर्धामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिएका थिए । दुई विधामा आयोजना भएको प्रतिस्पर्धामा मिस डिजाब्लिटी क्वनीको उपाधी खोटाङकी रजनी राई र मिसेज डिजाब्लिटी क्वनीको क्राउन  सिन्धुलीकी रुपा पहाडीले जिते । दुबैले क्राउनसहित १५-१५ हजार रुपैयाँ जिते ।

    फस्ट-रनरअप सरिता कोइराला र सेकेन्ड रनरअप डीना खत्री घोषित भए । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल अंग नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिएका हुन् । उक्त अवसरमा प्रतियोगीले नृत्य लगायत सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।

    ‘शारीरिकरुपमा अपांग भएपनि उनीहरुको बौद्धिक क्षमता र भित्री सौन्दर्यलाई निखार्ने उद्देश्यले पेजेन्ट गरेका हौं’ इभेन्ट संयोजक एलिना शाक्य तुलाधरले नेपाल प्रेसलाई भनिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रविन्द्रप्रताप शाह प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागि थिए । 

                
    
    
    
    
  • राष्ट्रपतिबाट मेलम्ची उद्घाटन हुने, भृकुटीमण्डपमा बन्यो ढुंगेधारा (फोटो/भिडियो)

    राष्ट्रपतिबाट मेलम्ची उद्घाटन हुने, भृकुटीमण्डपमा बन्यो ढुंगेधारा (फोटो/भिडियो)

    काठमाडौं । गत आइतबार काठमाडौंमा भित्रिएको मेलम्ची खानेपानीको औपचारिक उद्घाटन भोलि हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धाराको टुटी खोलेर मेलम्ची उद्घाटन गर्नेछिन् ।

    भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट उद्घाटनको कार्यक्रम राखिएको हो । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ ।

    राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

    उनले भने, ‘ढुंगेधारामा ठूलो र सानो गरी ३ वटा धारा बनाइएको छ । उद्घाटन कार्यक्रमको तयारी पुरा हुदैछ । भोलिबाट सर्वसाधारणले सार्वजनिक धाराबाट पानी खान पाउनेछन् ।’

    सर्वसाधारणलाई साक्षी राखेर मेलम्ची उद्घाटन गर्न लागिएको उनले बताए । यसअघि आयोजनाले २३ गते उद्घाटन गर्ने तयारी गरेको थियो । तर पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम अगाडि सारिएको हो । अहिले उद्घाटन स्थलमा मञ्चको निर्माण र सजावट धमाधम भइरहेको छ ।

    काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

    तस्बीर/भिडियो :निशान सिंह गुरुङ

  • नालामा सेतो मछिन्द्रनाथको जात्रा (भिडियो)

    नालामा सेतो मछिन्द्रनाथको जात्रा (भिडियो)

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नालामा सेतो मछिन्द्रनाथको जात्रा भब्यसँग मनाइएको छ । नेवार समुदायले मनाउने यो जात्रा होलिको भोलिपल्टदेखि ६ दिनसम्म चल्नेछ । यहाँ मेला भर्न भक्तपुर, काठमाडौ र ललितपुरबाट समेत भक्तजन जाने गरेका छन् । विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नालामा यो जात्रा मनाउने चलन छ । यो जात्रा नालामा २०१७ सालदेखि मनाउन थालिएको हो ।

  • म्यानमार हिंसाविरुद्ध दूतावासअघि प्रदर्शन (भिडियो)

    म्यानमार हिंसाविरुद्ध दूतावासअघि प्रदर्शन (भिडियो)

    काठमाडौं । म्यानमारमा भएको हिंसा तथा दमनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । म्यानमारमा भइरहेको हिंसा तथा दमन अन्त्यका लागि संयुक्त राष्ट्रसंघलाई दबाव दिन भन्दै समाजले म्यनमार दूताबासअघि प्रदर्शन गरेको हो । समाजले म्यानमारका राजनीतिक बन्दीको बिनाशर्त रिहाइका लागि विश्व एक हुनुपर्ने र मानवताविरुद्धको अपराध रोक्न अन्तर्राष्ट्रिय समुदायले सामुहिक मदम चाल्नुपर्ने आवाज उठाएको छ ।

  • कोरोना भुल्दै वसन्तपुरमा यसरी जम्यो होली

    कोरोना भुल्दै वसन्तपुरमा यसरी जम्यो होली

    कोरोनाका कारण गत वर्षजस्तै यसपाली पनि फागु पूर्णिमा प्रभावित बन्यो । सरकारले जारी गरेको सूचनाका कारण काठमाडौंवासीले खुलेर होली खेलेनन् ।

    तर, वसन्तपुरमा भने दिउँसो कोरोना बिर्सेर युवायुवतीहरु होलीको रौनकमा रमाए । सुरुमा पातलो संख्यामा भए पछि दिउँसो १२ बजेपछि राम्रै भीडभाड जम्मा भएको थियो । युवायुवतीहरु अधिक संख्यामा थिए । उनीहरुले नाचगान र रंग दलेर होली मनाए । प्रहरीले सुरुमा कडाइ गर्न खोजेको भए पनि भीड बढ्दै गएपछि खासै अवरोध गरेन ।

  • काठमाडौंमा दिउँसै अँध्यारो, डढेलोको असरले आँखा पोल्ने प्रदुषण

    काठमाडौंमा दिउँसै अँध्यारो, डढेलोको असरले आँखा पोल्ने प्रदुषण

    काठमाडौं उपत्यकामा शुक्रबार अनायास मौसम बिग्रिएर दिउँसै अँध्यारो छाएको छ । साथै, घरभित्रै बस्दा पनि आँखा पीरो हुने गरी वायु प्रदुषण बढेको छ ।

    अहिले पानी पर्ने वा हावाहुरी आउने कुनै सम्भावना नभएको मौसमविद्ले बताएका छन् । उनीहरूको भनाइअनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा लागेको डढेलोले गर्दा काठमाडौंको आकाश खराब भएको हो ।

    वातावरणविद् भुषण तुलाधरले काठमाडौंमा मात्र नभएर देशका अन्य ठाउँमा पनि वायू प्रदुषण बढेको बताए । प्रदुषणले गर्दा आँखा पोलेको मात्र नभइ कतिपयमा स्वासप्रश्वासको समस्या समेत देखिने उनको भनाइ छ । ‘प्रदुषण बढेको ठाउँमा अनिवार्य मास्क लगाएर बाहिर आवतजावत गर्नुपर्छ,’ उनले भने ।

    जनस्वास्थ्यविद् समीरमणी दिक्षितले अहिलेको वातावरणमा ज्येष्ठ नागरिक र स्वास्प्रश्वास सम्वन्धी समस्या भएकाहरुले सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सकेसम्म कम र परेको खण्डमा मास्क लगाएर मात्रै बाहिर निस्कौं । मर्निङ वाक केही दिनलाई रोकौं ।

  • वसन्तपुरमा चीर ठड्याइयो- फागु पर्व सुरु

    वसन्तपुरमा चीर ठड्याइयो- फागु पर्व सुरु

    वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ ।

    आज विहान ८ बजेर २६ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रुपमा फागु पर्व सुरु भएको छ ।

    भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

    प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ । यस वर्ष फागु पूर्णिमा चैत १५ गते परेको छ । तराई मधेशका जिल्लामा १६ गते फागू पर्व परेको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक विदा दिने गर्छ ।

  • हिमाल डेन्टल क्लिनिकको आयोजनामा शनिबार विश्व मुख दिवस मनाइएको छ । (भिडियो)

    हिमाल डेन्टल क्लिनिकको आयोजनामा शनिबार विश्व मुख दिवस मनाइएको छ । (भिडियो)

    काठमाडौं । हिमाल डेन्टल क्लिनिकको आयोजनामा शनिबार विश्व मुख दिवस मनाइएको छ ।

  • राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म

    राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म

    काठमाडौंको थापाथलीमा नेपाल राष्ट्र बैंकको नयाँ भवन भइरहेको छ । दुई वर्षअघि शुरु भएको भवन निर्माणका काम करिब ८० प्रतिशत सकिएको छ ।

    बैंकको अर्को भवन बालुवाटारमा निर्माणाधीन छ । उक्त भवनको पनि करिब ५३ प्रतिशत निर्माण कार्य सकिएको बैंकका सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले जानकारी दिए । नयाँ भन्ने भवन अत्याधुनिक र सुविधासम्पन्न हुने बैंकका सह–प्रवत्ता नारायण प्रसाद पोखरेले बताए । जहाँ सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरिएको छ । साथै भवन निर्माणमा नयाँ प्रविधि प्रयोग गरिएको छ ।

    उनका अनुसार २०७२ सालको भूकम्पले बैंकको केन्द्रीय कार्यालय तथा थापाथलीको भवन क्षतिग्रस्त भएपछि त्यसलाई भत्काएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको समन्वयमा नयाँ भवन निर्माण शुरु गरिएको हो ।