काठमाडौं । बर्लिन म्याराथनमा सहभागी हुन जर्मनी जान लागेका नेपाली धावक गोपीचन्द्र पार्कीलाई क्रिएटिभ ह्यान्डले शुभकामनासहित आवश्यक खेल सामग्री सहयोग गरेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि म्याराथनमा स्वर्ण दिलाएका गोपीले ओलम्पिकको छनोट मानिएको नेपालगञ्ज म्याराथन पनि जितेका थिए ।
तर, प्राविधिक कारणले टोकियो अोलम्पिक गुमाएका गोपीले बर्लिन म्याराथन खेल्ने निश्चित भइसकेको छ । त्यसैका लागि क्रिएटिभ ह्यान्डले मंगलबार पत्रकार सम्मेलन गर्दै गोपीलाई प्रतियोगिताका लागि शुभकामनासँगै सहयोग सामग्री हस्ताण्तरण गरेको हो ।
नेपालगञ्ज म्याराथनको आयोजकसमेत रहेको क्रिएटिभले गोपीको बर्लिन म्याराथनको सहभागिताले हर्षित बनाएको बनाएको बताउँदै उनलाई प्रोत्साहन स्वरुप टिसर्ट, ट्र्याक सुट र ब्याग प्रदान गरेको हो ।
बर्लिन म्याराथनबाट फर्केर गोपीले नेपालगञ्ज म्याराथनमा पनि सहभागिता जनाउने विश्वाससमेत क्रिएटिभले व्यक्त गरेको छ ।
काठमाडौं । विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोर गत जनवरी १ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भए । तर, उनको यात्रा लामो हुन सकेन । ओमानमा सम्पन्न भएको त्रि-देशीय आईसीसी विश्वकप क्रिकेट लिग-२ सँगै उनी नेपाली टिमबाट विदा भएका छन् ।
पारिवारिक कारण देखाउँदै ह्वाटमोरले प्रशिक्षकबाट राजीनामा दिएका थिए । अन्तिम म्याचमा ओमानविरुद्धको शानदार जितले उनको बहिर्गमनको क्षण सुखद बनेको छ । पहिलोपटक एकदिवसीयमा ओमानविरुद्ध नेपालले जित हासिल गरेको हो ।
सँधै ओपनिङमा चुक्ने नेपालका लागि अहिले त्यो टाउकोदुखाइ ह्वाटमोरले अन्त्य गरेका छन् । ओपनिङमा जमेका दुई युवा व्याट्सम्यान कुशल भुर्तेल र आसिफ सेख उनका खोज हुन् ।
अन्तिम खेलपछि प्रतिक्रिया दिँदै ह्वाटमोरले नेपाली क्रिकेट समर्थक र क्रिकेटको सँधै याद आउने बताए । नेपालका मानिसहरु मिलनसार र उत्सुक रहेको भन्दै उनल प्रशंसा समेत गरे ।
‘त्यहाँका क्रिकेट समर्थकहरुको भिडल पनि धेरै कुरा बताउँछ । समग्रमा यो मेरालागि अद्भूत अनुभव रह्यो ।’
नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रतियोगिताको आवश्यकता रहेको ह्वाटमोरले औंल्याए । ५० ओभरको खेलमा खेलाडीहरुले केही गल्तिहरु दोहोर्याइरहेको भन्दै उनले ब्याटिङमा ध्यान दिन सुझाव दिएका छन् ।
‘नौ महिनाको बनाइमा मेलै धेरै सुखद यादहरु पाएको छु, त्यही संगालेर बिदा हुँदैछु,’ उनले भने ।
प्रतियोगिताको दौरान धेरै महिना काठमाडौंमा बिताएको र यहाँको बसाई सुखद भएको उनले बताए ।
‘बिराटनगरको छोटो तर रमाइलो यात्रा भएको थियो, त्यहाँ मैले क्रिकेट खेल्न सुरुवात गरेकाहरुसँग एउटा अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ । त्यो भ्रमण असाध्यै राम्रो भयो,’ ह्वाटमोरले सुनाए ।
हिजोको म्याचमा खेलाडीहरुको प्रदर्शनको उनले तारिफ गरेका छन् । नेपालले राम्रो तयारी गरेको र खेलाडीहरुले निकै मिहिनेत गरेको ह्वाटमोरले बताए ।
‘खेलाडीहरुको प्रदर्शनमा म गर्व गर्छु,’ उनले भने, ‘अघिल्ला दुई म्याचमा अलि निराशाजनक नतिजा आएको थियो । तर हामीले राम्रो रनरेटसहित लिग तालिकाको चौंथो स्थानमा रहेर यो सिरिजको समापन गर्यौ । त्यही सुखद पक्ष हो । ’
काठमाडौं । इन्द्रजात्रा पर्वअन्तर्गत जीवित देवी कुमारीको रथयात्रा शुरू भएको छ ।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेकी छन् ।
जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शार्मालगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि सहभागी भएका थिए ।
जात्राका अवसरमा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।
भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । सोमबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।
असोज ८ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।
असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआज पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।
काठमाडौं । कोरोना महामारीका कारण पछिल्लोपल्ट लागू गरिएको लकडाउनका कारण बैशाख १५ देखि पशुपतिनाथ मन्दिर बन्द छ ।
हरेक वर्ष हरितालिका तीजका दिन ठूलो संख्यामा दर्शनार्थीको उपस्थिति रहने पशुपतिनाथमा गत वर्ष र यो वर्ष पनि नियमितबाहेक पूजाआजा बन्द गरिएको छ ।
तर, तीजमा व्रत बसेकाहरु सयौंको संख्यामा पशुपति पुगेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे परेको छ । प्रहरीले माइकिङ गरी भीड कम गर्न र कोरोना जोखिमका कारण घरमै पूजा गर्न आग्रह गरिरहेको छ ।
मन्दिर बन्द भए पनि व्रतालुहरु पशुपतिको दक्षिण र पश्चिम प्रवेशद्वारमै पूजा गरेर फर्किएका छन् । गेटमै पूजा गर्न पनि लामो लाइन लाग्न थालेको छ ।
आज हरितालिका तीज देवादिदेव महादेवको पूजा गर्ने र निरहार व्रत बस्ने परम्परा छ । आरध्यदेव पशुपतिनाथमा हरेक वर्ष तीजका दिन ठूलो मेला लाग्ने गर्छ । काेराेना महामारीका कारण बन्द मन्दिरकाे भित्र सुनसान छ तर गेटबाहिर थामिनसक्नुकाे भीड छ ।
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले भक्तपुरको सूर्यविनायकमा पुगेर एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।
कांग्रेसको आजदेखि शुरू भएको वडा अधिवेशनको उद्घाटन गर्न सूर्यविनायक-५ कटुञ्जेमा पुगेका देउवाले महेश बस्नेतको नाम लिँदै जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन् ।
देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ । महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’
भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए । केही दिनअघि उनले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए ।