काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफूलाई कोरोनाले समाउन नसकेको उनको भनाइ छ ।
संस्कृति बचाउ अभियानले बुधबार ओलीको भक्तपुरकिो बालकोटस्थित निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए ।
कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए ।
‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनु पर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने ।
उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको उनको भनाइ थिउो ।
‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ,’ उनले भने । ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताए ।
काठमाडौं । ललितपुर महानगरपालिकाको पुल्चोकस्थित कार्यालय भवनमा मंगलबार दिउँसो एक परिचित अनुहार देखापरे । उनी थिए, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र ।
प्राय राजनीतिक गतिविधिमै व्यस्त रहने चर्चित नेता ललितपुरका मेयरलाई ज्ञापनपत्र बुझाउन वा अन्य सार्वजनिक सरोकारका विषय लिएर महानगरमा धाएका थिएनन् । उनी विसुद्ध सेवाग्राहीका रुपमा त्यहाँ उपस्थित थिए । केही व्यक्तिको नमस्कार फर्काउँदै उनी सरासर कर तिर्ने लाइनमा खडा भए ।
ललितपुर महानगरपालिकामा अवस्थित भैंसेपाटीका स्थायी बासिन्दा हुन् मिश्र । भैंसेपाटीमा उनका दुईवटा घर छन् । एउटा घरलाई बहालमा लगाएका छन् भने अर्को घरमा आफू बस्छन् । राजनीतिमा लागेदेखि घरबाट आउने मासिक भाडा नै उनको आम्दानीको एकमात्र स्रोत हो । त्यही आम्दानीको वार्षिक कर तिर्न मिश्र महानगरपालिका धाएका थिए ।
काम सकिवरी निस्कने बेलामा उनले हामीसँग केहीबेर वार्तालाप गर्न भ्याए । अन्य राजनीतिज्ञहरुभन्दा फरकरुपमा पेश भएर उनले आफ्नो आम्दानी र खर्चबारे हामीसँग खुलस्त कुरा गरे । अनि, नेपालको कर प्रणाली र करदाताको मनोविज्ञानबारेमा पनि आफ्ना विचार राखे ।
हाम्रो पहिलो चासो थियो, आज कति कर तिरे उनले ?
मिश्रका अनुसार उनले आर्थिक वर्ष २०७७ को चैतदेखि २०७९ को असारसम्मको घरबहाल कर ४ लाख १६ हजार रुपैयाँ महानगरपालिकालाई आज भुक्तानी गरेका छन् । तीन दिनअगाडि उनले महानगर आएर सबै कागजी तयारी गरिसकेका थिए । त्यसैले आज कर तिर्न उनलाई धेरै झमेला भएन । आधा घन्टाभित्रै काम फत्ते गरेर निस्किए । महानगरपालिकामा कर तिर्नेको धेरै भिडभाड पनि थिएन ।
यद्यपि, उनलाई एउटा झमेला भने भयो ।
मिश्रले सुनाए– ‘मेरो पहिले घरभाडा अलि बढी थियो । अहिले कम आएपछि यसमा प्रश्न उठ्यो । अनि, कोरोनाको बेला बीचमा घर खाली पनि भयो दुई वर्ष । बीचको चाहिँ लुकाएको हो कि क्या हो भन्ने अर्को प्रश्न सामना गर्नुपर्यो । त्यसैले वडा कार्यालयमा गएर त्यो अवधिमा घर खाली थियो भन्ने पत्र लिएर अनि महानगर जानुपर्यो ।’
मिश्रले भाडामा लगाएको घर अढाइ तल्लाको मात्र हो । तर, ठूलो क्षेत्रफल (करिब २ रोपनी) मा फैलिएको छ । नेवारी वास्तुकलामा आधारित भएर निर्माणगरिएको सो आफूले मासिक ३ लाख १० हजार रुपैयाँ भाडा लिइरहेको उनले जानकारी दिए ।
मासिक ७ लाख रुपैया आउने बीबीसीको जागीर छोडेर मिश्र राजनीतिमा होमिएका हुन् । राजनीतिलाई नै कमाई खाने भाँडो बनाउनु हुँदैन भन्ने मान्यता राख्ने उनले सुरुमै आफ्नो नियमित आम्दानी सुनिश्चित गर्नकै लागि जीवनभरको कमाई घरमा लगाएका थिए ।
एउटा घर उनले कोलोनीभित्र सन् २०१४ सालमा खरिद गरेका हुन् । एक करोड ६२ लाखमा उनले यो घर किनेका थिए । अर्को घर २०१६ मा आफैंले निर्माण गरेका हुन् । चार वर्ष लगाएर उनले यो घरको निर्माण पूरा गरेका थिए । दुईवटा घरको जोहो गर्ने क्रममा मिश्रले लण्डनमा भएको घर, भैंसेपाटीमा रहेको जग्गा र बौद्धस्थित पैत्रिक सम्पत्तिको वेचविखन गरेका थिए भने त्यसमा केही ऋण थपेका थिए । अहिले कोलोनीभित्रको घरमा आफू बस्छन् र अर्को घर बहालमा दिएका छन् । सन् २०१७ बाट उनले सो घर भाडामा लगाएका हुन् ।
मिश्रका अनुसार घरबाट उठ्ने भाडाले उनको मासिक खर्च टुपुक्क पुगिरहेको छ । उनी छोराछोरीको पढाइमा मासिक एक लाख रुपैयाँ खर्चिन्छन् । थप एक लाख रुपैयाँ घर बनाउँदा बैंकबाट लिएको ऋण र अन्य स्रोतबाट लिएको ऋणको मासिक किस्ता तिर्न खर्च हुन्छ । बाँकी १ लाख १० हजारबाट उनले घर चलाउनुपर्छ । राजनीतिकर्मी भएकाले सामान्यभन्दा बढी खर्च भइहाल्छ । कर तिर्ने पनि यही पैसाबाट हो ।
नेपालमा कोरोना सुरु भएपछि उनको घर झण्डै दुई वर्ष खाली भयो । एक मात्रै आयस्रोत बन्द भएपछि त्यस अवधिमा आफूलाई चरम आर्थिक संकट परेको मिश्रले सुनाए ।
‘पहिले एउटा विदेशी परिवार बस्थ्यो । उनीहरुको फ्रान्समा सरुवा भयो । त्यसपछि कोरोना पनि सुरु भयो र घर भाडामा लागेन । करिब दुई वर्षसम्म घर खाली हुँदा मैले साथीभाइसँग केही लाख रकम ऋण र सापटी लिएर जेनतेन चलाएँ,’ उनले भने ।
०००
काठमाडौंमा अधिकांस घरधनीहरुले घरबहाल तिर्दैनन् भन्न ओपन सेक्रेटजस्तै छ । जसले तिर्छन् उनीहरुमध्ये पनि अधिकांसले उठाउने भाडा र महानगरमा पेश गर्ने भाडादर फरक हुने गर्छ । कर न्यूनिकरणका लागि घरधनीले भाडामा बस्नेसँग वास्तविकभन्दा कम दरमा कागज गरेका हुन्छन् ।
घर भाडा उठाइसकेपछि त्यसवापतको कर तिर्न घरधनीले हिच्किचाउन नहुने बताउँछन् मिश्र ।
‘हामीले यदि राज्यबाट केही अपेक्षा राख्छौं भने राज्यका नीति–नियमहरुको पालनामा पनि उत्तरदायि हुनुपर्छ,’ उनले भने ।
तर, न्यून रकम आम्दानी हुनेहरुका लागि घरबहाल करमा छुट दिनुपर्ने उनको मत छ ।
‘नेपालमा दुई–चारवटा सटर भाडामा दिएर जीवन गुजारा गर्नेको संख्या ठूलो छ । कर छलि गर्नेमा चाहिँ ठूला–ठूला घर भाडामा दिएका धनाढ्यहरु बढी छन् । उनीहरुलाई कोही सोध्न पनि आउँदैन । मैले पनि आफैंले गएर कर नतिरेको भए कोही सोध्न आउँथेन । कतै समस्या पनि पर्थेन । तर, त्यसो भनेर मैले राज्यप्रतिको दायित्वबाट विमुख हुन मिल्दैन,’ उनले सुनाए ।
घरबहालमा कर नतिर्नेहरु भ्रष्टाचारविरोधि अभियानको अग्रपंतिमा देखिनु चाहिँ बिडम्बनाको विषय भएको मिश्र बताउँछन् ।
‘संसारभरिकै प्रचलन के हो भने आम्दानीमा कर तिर्नैपर्छ । म त पैत्रिक सम्पत्तिमा पनि कर लगाउनुपर्छ भन्ने पक्षमा छु । संसारका सुसंस्कृत देशमा पैत्रिक सम्पत्तिमा कर लाग्छ । राज्यलाई कल्याणकारी बनाउने हो भनेनेपालमा पनि लगाउनुपर्छ,’ उनले भने ।
तर, जनताले राज्यलाई नियमित कर तिरिरहँदा राज्यबाट चाहिँ के पाएका छन् त ? यो प्रश्न पनि उत्तिकै विचारणीय छ ।
मिश्र भन्छन्, ‘यो बहुतै गम्भीर प्रश्न हो । वास्तवमा यो सम्झियो भने त देशमा कसैलाई पनि कर तिर्न मन लाग्दैन ।’
उनले थपे, ‘मेरो लागि पनि ४ लाख १६ हजार रुपैयाँ भनेको धेरै ठूलो पैसा हो । तर, मजस्ता कर तिर्नेहरुको पैसाबाट यहाँको जनताको जिवन सुधार्छु भन्ने राजनीतिज्ञहरुको जीवन कसरी रुपान्तरण भयो र जनताको जीवन कसरी ओरालो लाग्यो भन्ने पक्ष खोज्न थाल्यो भने त कोही पनि कर तिर्न उत्साहित हँुदैन । जनतालाई मेरो पछाडि अरु कोही नभए पनि राज्य छ भन्ने महसुस गराउने हो भने उनीहरु स्वतः कर तिर्न उत्प्रेरित हुन्छन् । तर, नेपालमा त्यो अवस्था छैन ।’
सरकारको ध्याउन्न राजश्व जसरी पनि बढाउनेमा छ । राजश्वका दर र दायराहरु बढाउने उपायको खोजीमा हुन्छन् सरकारी अधिकारी । तर, मिश्रको भनाइमा करको दर वा दायरा बढाएर जनतालाई निचोर्ने भन्दा देशमा व्याप्त भ्रष्टाचारलाई निर्मुल गर्ने हो भने स्वतः सरकारको राजश्व वृद्धि हुन्छ ।
धेरै नेपालीहरु यस्ता छन् जो अरु व्यवसायको रिस्क लिनुको साटो आफूले कमाएको पैसा घरमा लगानी गर्छन् र मासिक भाडा उठाएर आफ्नो जीवनयापन गर्ने गर्छन् । यस्तो अनुत्पादक लगानीले देशको अर्थतन्त्रमा टेवा नपुग्ने मिश्रको पनि स्वीकारोक्ति छ ।
‘पक्कै पनि यो ठीक होइन,’ उनले उदाहरण दिँदै भने, ‘नेपालको मारवाडी समुदायमा एउटा भनाइ चर्चित छ– अरु नेपालीहरु अलिकति पैसा भयो भने जोडजाड गरेर घर बनाउँछन् र त्यसमा बसेर ढुक्कसँग निदाउँछन् । मारवाडी समूदायका मानिसहरु चाहिँ धेरै पैसा हुँदा पनि घर बनाउँदैनन्, बरु भाडाको घरमा बस्छन् र पैसा चाहिँ व्यापारमा लगानी गर्छन् । घरमा पैसा लगाउनु देशको अर्थतन्त्रको हिसाबले अनुत्पादक नै हो । तर, मेरो हकमा चाहिँ भएको जागीर छोडिहालेँ । पूर्णकालीन राजनीति गरिरहेको हुँदा अरु व्यवसायमा जाने गुञ्जायस छैन । त्यसैले यो विकल्प रोजज्न वाध्य भएको हुँ ।’
घरबहालकै सन्दर्भका कुरा गर्दा घरबेटी र भाडावालबीचको सम्बन्ध पनि चर्चायोग्य पक्ष हो । घेरबेटीसँग भाडावालका र भाडावालसँग घरबेटीका धेरै गुनासो हुने गर्छन् । घरबेटीले मनलाग्दी भाडा बढाउनेदेखि पानी पर्याप्त नदिने सम्मका गुनासो भाडावालका हुन्छन् । अनि भाडावालले घरको राम्रो हिफाजत नगर्ने समयमा घरभाडा नतिर्ने गुनासो घरधनीका । मिश्र चाहिँ यी दुवै तनावमा छैनन् ।
‘अहिलेसम्म न मैले भाडामा बस्नेहरुबाट कुनै हैरानी पाएको छु, न मैले उनीहरुलाई कुनै गुनासोको मौका दिएको छु,’ उनले भने ।
उनले थपे, ‘म बेलायतमा पनि लामो समय घरभाडा लिएर बसेँ । घरबेटी असल भइदिएन भने कति गाह्रो हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । घरबेटीले यो मेरो घरमा बसेको छ र जतिबेलासम्म मेरो घरमा बस्छ, मेरो राम्रो सम्वन्ध हुनुपर्छ भन्ने भावना राख्नुपर्छ । भाडावालमा पनि यो मेरो भाडाको घर हो र जे गरे पनि हुन्छ भन्ने नसोचि आफ्नो घरजसरी त्यसलाई माया गर्नुपर्छ । त्यसो भयो भने दुवै पक्ष गुनासो हुँदैन ।’
काठमाडौँ– नेपाली यु १९ महिला फुटबल टिमकी कप्तान हुन् अञ्जना रानामगर । हालै बंगलादेशमा आयाजित यु–१९ महिला साफ च्याम्पियनसीप खेलेर फर्केकी छिन्- उनी ।
नेपाल उपाधिको लक्ष्य बोकेर बंगलादेश पुगेको थियो । तर, फाइनलमै पुग्न सकेन । नेपालका लागि उही चिर प्रतिद्वन्द्वी भारत नै वाधक बनिदियो । भारतसँगको हार सम्झेर अहिले पनि चुक्चुकाइरहेकी छिन् ।
नेपाली राष्ट्रिय महिला टिमको समेत बैकल्पिक गोलकिपर अञ्जनाका लागि यो म्याच व्यक्तिगरुपमा महत्वपूर्ण थियो । यसकारण कि उनी उमेर समूहको खेलमा अन्तिमपटक खेलिरहेकी थिइन् । अन्तिम प्रतियोगितामा टिमलाई उपाधि दिलाउने सपना उनको अधुरो बनेको छ ।
अञ्जनाले बंगलादेशको अनुभव र आफ्नो फुटबल यात्रा यसरी सुनाइन्ः
उमेरस्तरमा अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता अनि कप्तानको जिम्मेवारी । बंगलादेशमा यु–१९ महिला साफ च्याम्पियनसीप खेल्न जाँदा मेरो दिमागमा मात्र जसरी पनि उपाधि जित्नुपर्छ भन्ने थियो ।
दुई वर्षअघि फाइनल पुगे पनि उपाधि भिडन्तमा बंगलादेशसँगको हार बिर्सिएको थिइनँ । यसपटक नेपाललाई उपाधि दिलाउने अवसर बुझेकी थिएँ । सबै राम्रै भइरहेको थियो । कुनै पनि प्रतिद्वन्द्वी बलियो र जित्नै नसक्ने भन्ने खालका पनि थिएनन् ।
अन्तिम खेलमा भारतसँग बराबरी खेले पनि फाइनल पुग्ने थियौं । त्यसैले गोल गरेनौं भने पनि नखाए पुग्ने अवस्था थियो। हामीले सुरुबाटै धेरै डिफेन्सिभ खेल्न थाल्यौं। पहिलो हाफसम्म बराबरी नै खेलिरहेका थियौं । कोचले चाहिँ तिमीहरु धेरै डिफेन्सीभ भयौं, अलिक अगाडि बढेर पनि खेल भन्दै हुनुहुन्थ्यो । मध्यान्तरमा कोचले अब अट्याकिङ खेल्नुपर्छ भन्नुभयो। तर मैदानमा गएपछि खै के भयो, फेरि सबैजनाले डिफेन्सिभ नै खेल्न थालेछौं। त्यहीबीचमा गोल खायौं। तर हामीले गोल फर्काउन सकेनौं । उपाधि जित्न भनेर गएको हामी फाइनल पनि नपुग्दा दुख त पक्कै लागि हाल्छ ।
मेरो सौभाग्य नै मान्नुपर्छ की मैले नेपालका लागि यु-१४ र यू-१८ राष्ट्रिय टोलीबाट पनि खेल्ने अवसर पाएँ। तर विगतको प्रदर्शन हेर्दा यसपटक नेपाललाई उपाधि दिलाउने गतिलो अवसर खेर गयो भन्ने लागि रहेको छ। लामो समयदेखि नेपालका लागि खेलिरहेकाले यो अनुभव अब सिनियर राष्ट्रिय टोलीमा अझ काम लाग्छ भन्ने लाग्छ। व्यक्तिगतरुपमा मैले गरेको मिहेनत र प्रदर्शनले सबैलाई खुसी र प्रभावित बनाउन सकेकी छु।
भारतसँग त्यो एक गोल खाइसकेपछि मैले मैदानमा जसरी लगातार दवाव सामना गरेको थिएँ, त्यसको भिडियो क्लिप हेर्दा अहिले पनि रुन मन लाग्छ ।
बंगलादेशबाट फर्किएयता धेरै राम्रो प्रतिक्रियाहरु पाइरहेकी छु । धेरै समर्थकहरु कमाएकी छु । सबैले गेम नजिते पनि तिमीले मन जित्यौ भन्नुहुन्छ । त्यो सबै सुन्दा चाहीँ मनदेखि नै खुसी लाग्छ । सिनियर पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र क्रिकेटर सन्दीप लामिछानेले म्यासेज गरेरै बधाई दिनु भएको थियो। अरु थुप्रै म्यासेजहरु आएका थिए। धेरैको मैले रिप्लाई पनि गर्न पाएको छैन। मलाई अरु कुराले भन्दा पनि आफ्नै खेलले अरुको मन जितेर भाइरल भएँ जस्तो लाग्छ । बंगलादेश र भारतसँगको मेरो प्रदर्शन आफैलाई पनि गर्व लाग्छ।
फुटबलर भएपछि सबैको सोचाई स्ट्राइकर बन्ने, धेरै गोल गर्ने भन्ने हुन्छ। फुटबल खेल्न थाल्दा मेरो इच्छा पनि त्यहि थियो । तर मेरो सोचाइभन्दा फरक, कोचले मलाई गोलकिपर बन्नुपर्छ भन्नुभयो। सायद मेरो क्षमता उहाँले बुझ्नु भएको थियो। उहाँ घरमै पुगेर कुरा गर्नु भएको थियो। त्यसपछि मैले पोजिसन ‘चेन्ज’ गरे । अहिले त गोलकिपर हुनुमै गर्व लाग्छ। यसैमा बढी खुसी प्राप्त हुन्छ। मेरो जीवनमा फुटबल खेल्ने र कुन पोजिसनबाट खेल्ने भन्ने दुवै कुरा मेरो आफ्नो निर्णय थिएन। मम्मी र गुरुले गरिदिनु भएको निर्णय वास्तवमै सही रहेछ।
अनेक अभावबीच यहाँसम्म आइपुग्नु पक्कैपनि सामान्य होइन। मैले फुटबल आफ्नै मर्जीले चाहिँ खेल्न सुरु गरेको हैन। मम्मीले गाँउको साथिहरु, दिदीहरु खेलेको देखेर मलाई ट्रेनिङमा पठाउनु भएको हो । परिवारमा त्यसअघि कसैले फुटबल खेलेको नभए पनि गाउँको वातावरणले आमालाई प्रभावित गरेछ सायद। शेरबहादुर दर्लामी सरले सुरुवाती दिनमा ममा फुटबलको भोक जगाउनु भयो। उहाँ बितेपछि चाहिँ नुर राज काफ्ले र चित्र दर्लामी गुरुले मलाई ‘तिखार्न’ थाल्नु भएको हो।
मैले बीचमा, घरको आर्थिक समस्याले गर्दा खेल्दा लगाउने बुट, जर्सी किन्ने पैसा नहुँदा केहि समय खेल्न पनि छोडेकी थिएँ । खेल्दा खुट्टामा घाउ हुन्थ्यो । घरमा कसैले अभाव छ भनेर त देखाउनु हुन्न थियो तर मैले आफैले महसुस गरेर खेल्न छोडीदिएँ। मम्मीलाई पनि अब खेल्दिनँ भनेकी थिएँ ।
तर मम्मीको मलाई फुटबलर बनाउने सपना थियो होला, पैसा सापटी लिएर भए पनि मलाई बुट र जर्सी किनेर ल्याईदिनु भयो। आमाका लागि केही गरेर देखाउनुपर्छ भन्ने लाग्यो। हजुरबुबाले समेत खेल्न हौस्याउनु हुन्थ्यो। अनि म फेरि मैदान फर्किएँ। प्रतिफल पनि देखिहाल्यो– सन् २०१६ को सुरुतिर सर्लाहीमा भएको यू–१४ को छनोटबाट अगाडि बढ्दै मैले राष्ट्रिय टोलीमा स्थान बनाएँ । त्यसको ६/७ महिनापछि म रौतहटको टिममा सामेल हुँदै प्रधानसेनापति कप खेल्न काठमाडौं आएँ ।
त्यतिबेला कोचले मलाई पहिलो रोजाईको गोलकिपरमा राखिदिनु भयो । सेमिफाइनलमा हामी आर्मीसँग प्रतिस्पर्धा गर्दै थियाैं । त्यो खेलमा मैले तीनवटा पेलाल्टी विफल पारेकी थिएँ। त्यो खेलको उत्कृष्ट प्रदर्शनले मलाई राष्ट्रिय टोलीमा आउन धेरै सजिलो भयो । मेहनत पनि त धेरै गरेकी थिएँ । यू–१४ राष्ट्रिय टोलीबाट खेलेको खेलेको एक वर्ष नबित्दै म सिनियर राष्ट्रिय टोलीमा पर्न सफल भए । १४ कटेर १५ वर्ष लाग्नै लाग्दा सिनियर टोलीमा पर्नुको खुसी बेग्लै थियो।
आफुसँगै खेलेका धेरै खेलाडी पछाडी छुटे, एक दुई जना मात्र अहिलेसम्म खेलिरहेका छाैं । खेलेरै परिवारलाई पनि थोरै आर्थिक सहयोग गरिरहेकी छु। बुबा घर बनाउने काम गर्नु हुने भएकाले परिवारको नियमित आयस्रोत पनि छैन ।
सिनियर राष्ट्रिय टिममा अझै पनि दोस्रो रोजाइमा छु । पहिलो रोजाइमा पर्न कडा मेहेनत गरिरहेकी छु । कप्तान नै हुनलाई म भन्दा अनुभवी दिदीहरु हुनुहुन्छ, मेहनत गर्दै जाँदा सिनियर टोलीलाई नेतृत्व गर्ने दिन पनि आउन सक्ला । त्यसैले म आफ्नो सत प्रतिशत दिइरहेकी छु । अहिले चाहिँ म पहिलो रोजाईमा पर्नलाई लागि परेकी छु ।
मेरो जिल्ला रौतहटबाट महिला फुटबलमा बलियो प्रभाव छ। अहिलेको कप्तान रेनुका नगरकोटी हाम्रै जिल्लाको हुनुहुन्छ। अनु लामा, अनिता केसीलगायत चर्चित खेलाडीहरु पनि रौतहटबाटै आउनुभएकाे हाे । यसले मलाई अझ प्रेरित गर्छ र आत्मविश्वास बढाउँछ।
मलाई दुख लाग्ने कुरा चाहीँ, नेपालमा खेलिरहन पाउने वातावरण नै छैन। प्राय यत्तिकै बस्नु पर्छ। विभागीय टिममा आबद्ध भएकाले नियमित प्रशिक्षण त भइरहन्छ तर प्रतियोगिताहरु नियमित नहुँदा त्यसलाई ‘अप्लाई’ गर्ने ठाउँ हुँदैन। कुनै प्रतियोगिता हुने भयो भने जित्नु पर्छ भन्ने हुन्छ, त्यसैअनुसार तयारि पनि गरिन्छ।
महिला फुटबललाई नेपालमा पुरुषलाई जति प्राथामिकता दिइएको छैन । पुरुष हरुको अहिले ‘ए’ डिभिजन लिग भइरहेको छ। उनीहरु ४/५ महिना त्यतै व्यस्त हुन्छन् । हाम्रो लागि पनि त्यस्तै लिगहरु भइदिए हुन्थ्यो जस्तो लाग्छ । घरेलु प्रतियोगिता बाट नै राष्ट्रिय टोलीमा आउने हो । वर्षमा ४/५ वटा प्रतियोगिताहरु भयो भने खेलाडीलाई पनि सहयोग पुग्थ्यो । नयाँ र प्रतिभावान महिला खेलाडीहरु आउन सक्थे। हामी यो कुरा बारम्बार भनिरहेका छाै ।
उमेर धेरै त भएको छैन तर खेल्न थालेपछि पढाईमा खासै राम्रो गर्न सकिनँ। १२ कक्षापछि पढाइ अगाडि बढ्न सकेको छैन। यू-१४मा परेदेखि त खासै पढ्नै मन नै लागेन। अब रोकिएको पढाइलाई निरन्तरता दिन खोज्दैछु ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नयाँ नेतृत्व चयन प्रजातान्त्रिक र जनवादी विधिबाट भएको दावी गरेका छन् । मिडियामा प्रकाशित विभिन्न टिकाटिप्पणीले महाधिवेशनको अपमान गरेको उनको गुनासो छ ।
केन्द्रीय समिति बैठकले अध्यक्षमा निर्वाचित गरेपछि सम्वोधन गर्दै प्रचण्डले नेतृत्व चयनका विषयमा भइरहेको आलोचनाको बचाउ गरेका हुन् ।
उनले भने, ‘हामीले अपनाएको शैली र विधि पुरै जनवादी र लोकतान्त्रिक छ । हामी बेर्जुवा अराजकतातर्फ जाने खतरा पनि थियो, त्यो हुन दिएनौं । एक व्यक्तिको निरंकशता हावी हुन दिएनौं ।’
प्रचण्डले प्रदेशहरुमा अन्तरक्रिया गएर त्यहाँबाट दिएको नामहरुलाई नै आयोजक समितिले महाधिवेशनमा पेश गरेको बताए ।
प्रचण्ण्डले थपे, ‘मैले कतिपय मिडियामा झल्याकझलुक पनि देखेँ, प्रचण्डले ताली बजाउन भन्यो, प्रतिनिधिले बजाए र महाधिवेशन सकियो भन्ने खालका । यसले हाम्रो अपमान गर्न खोजिएको छ । महाधिवेशनमा आएका १८ सय प्रतिनिधिको अपमान भएको छ । सबैभन्दा बढी देश र जनताको हक अधिकारको बारेमा बहस भएको महाधिवेशन कसैको आदेशमा चलेको भनेर प्रचार गर्नुभन्दा ठूलो बिडम्बना के हुन सक्छ ?’
प्रचण्डले पार्टीको महाधिवेशनले क्रमभंग गरेको दावी पनि गरे ।
काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो ।
समितिले आगामी आयोजना जनताले अपेक्षा गरे अनुरुप बनाउन पनि टेलिकमलाई निर्देश गरेको छ । समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन्,‘नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको गुनासो आम नागरिकमा उठिरहेको सन्दर्भमा टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरे अनुरुप बनाउन टेलिकमको आगामी आयोजना, कार्ययोजना स्पष्ट रुपमा ३० दिनभित्र पेश गर्न नेपाल सरकारलाई हामीले निर्देशन गरिसकेका थियौँ । फेरी हामीले त्यसलाई पुर्ननिर्देशन गरेका छौँ ।’
समितिले नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार गरिसक्ने कार्ययोजना समितिमा पेश गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ वटा स्थानीय तहमा कहिलेसम्म सेवा पु¥याउने हो ? सो को कार्ययोजना पनि सात दिनभित्र पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सचेत गराएको छ ।
त्यस्तै टेलिकमले पूर्वाधार निर्माणको काम अगाडी बढाउन नसकेको भन्दै समितिले आवश्यक जनशक्ति व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको छ । त्यसैगरी कुनैपनि निकाय वा संस्थालाई निरुत्साहित हुनेगरी नभई संस्थाको हितमा हुनेगरी नियमावली संशोधन गर्ने प्रक्रिया अगाडी बढाउन ध्यान पु¥याउन सरकारलाई समितिको निर्देशन छ ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठवन्धनलाई ‘अलच्छिन’ संज्ञा दिएका छन् । सरकारमा अलच्छिन पसेकाले देशको ढुकुटी रित्तिएको उनले टिप्पणी गरे ।
राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हु्न् । बंैकहरुसँग अहिले पैसा नभएको विषय उप्काउँदै उनले सत्तारुढ दलहरुको आलोचना गरेका थिए ।
ओलीले भने, ‘६ महिनायतादेखि बैकहरुमा पैसा छैन । जानुभयो भने पैसा पाइँदैन, चाहे जेसुकै धरौटी राख्नुस । यात्रोविधि आयोजना काटिएको छ । सबै निर्दिष्ट बजेट छ । तर, पनि खर्च गर्न नसकिने भनेर किन आयोजना काटिन्छ ?’
उनले थपे, ‘मान्छेहहरु कहिलेकाहीँ भन्छन् नि, अलच्छिना पस्यो भनेर । त्यस्तो भयो । पाँच वटा अलच्छिना एकैचोटि पसेपछि के होला ?’
ओलीले प्रधानमन्त्री नियुक्ति गर्न परामादेश दिने सर्वोच्च अदालतप्रति पनि आक्रोश पोखेका थिए । असार २९ गते नै प्रधानमन्त्री नियुक्त गरी सपथ गराउनै पर्ने परामादेश किन दिनुपरेको भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘सर्वोच्च अदालत संवैधानिक बाटोबाट कान्लातिर हाम फालेर गए हुन्छ । प्रधानमन्त्री नियुक्त भएको संसदलाई थाहा छैन । प्रधानमन्त्री नियुक्त भयो, सपथ भयो, संसदलाई थाहा छैन ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको महाधिवेशन र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि कटाक्ष गरेका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढालेर विपक्षीसँग हिड्दैमा समाजवाद नआउने बताए ।
प्रचण्डको प्रतिवेदनमाथि कटाक्ष गर्दै उनले भने- ६४ प्रतिशत मत भएकाे सरकार ढालेर विपक्षीकाे सरकार बनाउने अनि समाजवादकाे नेपाली बाटो भन्ने भन्दै प्रश्न गरे ।
उने भने- बामपन्थीहरुको ६४ प्रतिशत अवस्था छ । त्यही सरकार ढाल्ने । अनि पार्टी फुटाउने । सबै ठाउँमा कम्युनिष्टलाई कमजोर बनाउने अनि समाजवादको नेपाली बाटो रे ! यहि हो नयाँ बाटो ?
अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी फुटाएर तहसनहस गर्ने, विपक्षीसँग मिल्ने र आफ्नालाई दुश्मन ठान्ने बाटो समाजवादको बाटो समेत नभएको बताए ।
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले धराशायी बनेको नेपाल वायुसेवा निगमलाई उकास्न विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यशैली अनुसरण गर्नुपर्ने बताएका छन् ।
विद्युतीय सामान आयातका लागि ढुवानीसम्बन्धी मन्त्रालयमा आयोजित सम्झौता समारोहमा मन्त्री आलेले लोडसेडिङ अन्त्यका लागि कुलमानको व्यवस्थापनको तारिफ गरेका हुन् ।
‘हामीले अरुको नक्कल गर्नु जरुरी छैन तर करोडौं घाटामा रहेको प्राधिकरण अहिले करोडौं नाफामा पुगेको छ यो नै हाम्रो लागि एउटा उदाहारण हो अब नेपाल वायुसेवा निगमले पनि अनुसरण गर्नुपर्छ’, उनले भने ।
चुस्तदुरुस्त व्यवस्थापनमा योजनाबद्ध काम भए अझै पनि देशको नम्बर एक र विश्वभर सञ्जाल फैलाउन सक्ने सम्भावनामा निगम रहेको मन्त्री आलेको भनाइ छ ।
मन्त्री आलेले तत्काल नतिजामुखी काम गरेर देखाउन कर्मचारी र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
इटहरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको टिप्पणी गरेका छन् । आईतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनेर पूजा गरिरहेको बताए ।
अध्यक्ष नेपालले १५ वर्षसम्म आफ्नो मातहतमा रहेकाहरुले नै आफ्नो निवेदन र आग्रह नसुनेको गुनासो समेत गरे ।
अध्यक्ष नेपालले भने- ‘ दम्भी मान्छे, निरंकुश चरित्रको मान्छे, कुनै पार्टीमा नेता भइसकेपछि पार्टी पूरै कब्जामा लिन्छ । केपीका हनुमानहरु मात्रै बस्ने स्थिति भयो । केपीका भजनमण्डलीको मात्रै त्यहाँ ठाउँ रह्यो । ओली सुन्ने खालका मान्छे नै होइनन् । म जस्तो मान्छेको कुरा नसुन्ने मान्छेले तपाईंहरुको कुरा सुन्ला ? १५ वर्ष मैले पार्टी हाँके महासचिव भएर, १५ वर्षसम्म मेरो मातहतमा बसे केपी ओली, मेरो कुरा त उनले टेरेनन् भने अरुको कुरा कसरी सुनुन् । बैठक बोलाइदिनुहोस्, भन्ने निवेदन लिएर जाँदा उनले निवेदनमा तोक लगाइदिन्छु भने । निवेदनमा तोक लाग्छ, यो सरकारी काम हो ?’
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिनु नहुने बताएका छन् ।
आइतबार माइतीघर मण्डलामा आयोजित बिरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिनु नहुने बतएका हुन् । उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसीएलको कर उठाउँदा जम्मा हुने भन्दै रकम भन्दा पनि परिणाम घातक रहेको उल्लेख गरे ।
अध्यक्ष गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पास गर्नु नहुने बताए ।
अध्यक्ष गजुरेलले भने,‘एनसीएलसँग बाँकी रहेको कर उठायो भने त्यसको डेढि रकम त त्यहीँ हुँदो रहेछ । ७५ अर्ब बाँकी छ भनेर चर्चा भइरहेको छ । त्यो रकम ठूलो होइन, तर त्यसको परिणाम कति घातक छ ? किनभने यहाँ एमसीसीको बहानामा अमेरिका नेपालभित्र पसिसकेपछि यहाँबाट पछि हट्ने छैन ।एमसीसी खारेजीको अभियान नेपालकै लागि चलाइएको हो । हामीले यसलाई संसदमा एजेण्डाको रुपमा लैजान दिनु हुँदैन । लग्ने र टेबुल गर्ने बित्तिकै पारित हुनेवाला छ ।’
अध्यक्ष गजुरेलले चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दवाव दिएकाले आफूहरुले विरोध गर्नु परेको तर्क समेत गरे ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध एक अर्बभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।
सरकारले तोकेको मापदण्डभन्दा न्युन गुणस्तरको डीएपी खरिद गरेको भन्दै कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ ।
आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो ।
लिमिटेडका कर्मचारी र आपूर्तिकर्ताको मिलेमतोमा अनियमितता भएको निष्कर्ष आयोगले निकालेको हो ।
आयोगका अनुसार कृषि सामग्री लिमिटेडले डीएपी परीक्षणका लागि प्रमाणपत्रसमेत अद्यावधिक नगरेको नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसलाई बिना प्रतिस्पर्धा छनोट गरेको थियो ।
आयोगकाअनुसार कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप—प्रबन्धक पुष्कर दिप बुढाविरुद्ध उक्त बिगो दावी गरिएको छ ।
यसैगरि नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी तथा उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज आचार्यविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा विगो दावी गरिएको छ ।
यसैगरि आपूर्तिकर्ता जोशी बिज हाउस प्राइभेट लिमिटेड र उसका कार्यकारी निर्देशक विनित जोशीविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ७२ पैसा बिगो दावी गरिएको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट क्याविनेटबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अव छिट्टै बस्ने क्याविनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिएका हुन् ।
उनले त्यसका लागि आवश्यक तयारी गरेर आउन सो प्रतिष्ठानलाई आग्रह पनि गरे । मन्त्री आलेले राष्ट्रिय पोशाक दिवसको अवसरमा दिइएको सन्देशसहित आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय पोशाकलाई आधिकारिकता प्रदान गराउन अनुरोध गर्ने बताए ।
उनले भने, ‘हामीले अहिलेसम्म राष्ट्रिय पोशाक मात्रै मनाईराख्ने हो कि ? त्यसलाई कार्यान्वयनमा ल्याउने हो ? यो विषयमा मैले अध्यक्षज्यूलाई भने तपाईहरु पूरा तयारीको साथ आउनुहोस् । मलाई लाग्छ, आज पौष १७ गते । यो कार्यक्रम मनाईरहँदा माफ गर्नु होला, तपाईँहरुले अलि अगाडि एक, डेढ महिना अगाडिनै आएर यो विषयमा वृहत छलफल गरेर सम्माननीय प्रधानमन्त्रीदेखि लिएर विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरुसँग समन्वय गरेर हामीले यही १७ गते आज क्याविनेटबाट पास गराएर मनाउन पाएको भए अझै भव्य र सब्य हुन्थ्यो भन्ने मलाई लाग्दछ । यसमा हामी चुकेका छौं । तर छिट्टै म यही मञ्चबाट तपाईहरुलाई आग्रह गर्न चाहन्छु । छिटोभन्दा छिटो कृपया, तपाईहरुले तयारीका साथ आउनु होला । आज भएको कार्यक्रमको सन्देश पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनाउनेछु । र तपाईँहरु पूरा तयारीका साथ आउनुहोस् । म मेरो मन्त्रालयको तर्फबाट, मेरो तर्फबाट यसलाई आधिकारिता दिनका लागि क्याविनेटमा यो फाईल लग्नेछु भन्ने कुरा म तपाईहरुलाई विश्वस्त बनाउन चाहन्छु ।’
मन्त्री आलेले नेपाली पोशाक हरेक नेपालीको पहिचान भएको बताए । कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोशाक नेपालीहरुको राष्ट्रिय गौरव भएको बताए । उनले राष्ट्रिय पोशाकको कुरा गर्दा जातीय पोशाकको महत्व कम नहुने पनि स्मरण गराए ।
कार्यक्रममा नेपाली भाषा, संस्कृति र पोशाकको प्रवद्र्धनमा योगदान पुर्याएकाहरुलाई सम्मान पनि गरिएको थियो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आजबाट झ्यापझ्याप बिजुली नजाने बताएका छन् । शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको प्रष्ट्याए ।
विद्युतको जति माग आए पनि प्राधिकरण वितरण गर्ने स्थितिमा रहेको दाबी गर्दै उनले भने, ‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरू देखियो भन्ने जनगुनासोहरू आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति गर्न नसकेको होइन । काठमाडौंका सबै ठाउँमा नभएर केही ठाउँहरूमा मात्र समस्या भएको हो ।’
काठमाडौं उपत्यकामा निर्माणाधीन ९ वटा सबस्टेशन बनिसकेपछि दीर्घकालीनरूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने घिसिङले बताए ।
उनले भने, ‘वास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिव साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ ।’
काठमाडौं उपत्यकामा मात्रै करिव ३७ सय ट्रान्सफर्मर रहेको भन्दै घिसिङले थपे, ‘ यदि फिडरमा नै समस्या आएको छ भने १०/२० वटा ट्रान्सफर्मरहरूमा समस्या आउने हुन्छ । अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरु ओभरलोड भएको हो । लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरूमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरूपछि पनि केवलहरु घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो मन्त्रालय अन्तर्गतका संस्थाहरूमा जताततै विकृति रहेको भन्दै सम्हाल्नै गाह्रो परेको गुनासो गरेका छन् ।
नेपाल पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री आलेले हाल छानबिनमा रहेको सीईओ धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताए ।
मन्त्री आलेले हालै लण्डनमा आयोजित विश्व पर्यटन मेलामा सीईओ रेग्मीका कारण नेपालकै बेइज्जत भएको भन्दै आफ्नो इमान किन्न खोजेको आरोप लगाए । विगतमा जस्तो काले-काले मिलेर खाउँ भाले भन्ने तरिकाले अब काम नहुने भन्दै अब प्रेम आलेको स्टाइलमा काम हुनुपर्ने बताए ।
मन्त्री आलेले पर्यटन बोर्डका निलम्बित सीईओको हर्कतबारे यसो भने:
लण्डनमा आयोजित विश्व पर्यटन मेलामा १६ देशका मन्त्री थिए । नेपालबाट मेरै नेतृत्वमा गयौं । तर, सीईओको धन्दा चाहिँ जाँड खाने र रमाइलो गर्नेमात्र रहेछ । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइन । त्यो त मुलुकुक बेइज्जत भयो । म इरिटेड भएँ । यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ ? केही कुरा तपाईंहरूका मागका विषयमा छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौं संस्था डुब्छ भन्दा आज तपाईं रिसाउनुभयो जाउँ हिँड्नु रक्सी खान भन्ने उनको चलन रहेछ । दुःखको साथ भन्न चाहान्छु लण्डनमा हुँदा ६ बजे कार्यक्रम भन्यो साढे ७ मा सुरू भयो । डेढ घण्टा म चिसोमा उभिएँ । सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा बसे । हाम्रो साँढेले पनि भटाभट मगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु । मलाई पनि खा भन्छ । पहिलाको मन्त्री जस्तो ठान्या होला प्रेम आलेलाई । लण्डनमा पुरानो व्यवसायी हुनुहुन्छ नेपाली साथी । उहाँले डिनरमा बोलाउनुभयो । त्यहाँ गइसकेपछि भटाभट ह्वीस्की तानेको छ । के कामको लागि आएको भन्ने मतलबै छैन । यस्तो मान्छेलाई सीईओ बनाइएर चल्छ ? चारवटा गाडी टोयोटाको बेचेर प्रेम आलेको इमान खरिद गर्ने कुरा नसोचे पनि हुन्छ ।
डब्लुटीएममा जाँदा सबैभन्दा सानो स्टल हाम्रो थियो । त्यसमा पनि गैंडा भएपछि अट्न पनि गाह्रो । मैले सुन्दैछु लण्डन जाँदा बोर्डको ८० लाख खर्च भयो भनेर बिल पेस भएको छ रे । त्यहाँ खानसमेत मैले पकेटबाट व्यहोरेको छु । बस्न लागि सचिवज्यू र दूतावासमा बसेका छौं । होटल र खानामा एक रूपैयाँ खर्च भएका छैन । असी लाख बील आयो भन्नुभएको छ, असी लाख कसरी आयो ? मेरो टिकट मन्त्रालयले व्यहोरेको छ । छानविन होस् । छानबिन गर्नुस् र कानुनी दायरमा ल्याउनुस् । त्यो धन्दा अब चल्नेवाला छैन ।
कार्यक्रममा मन्त्री आलेले आफू इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने प्रष्ट पार्दै विकृतिविरुद्ध साथ दिन आग्रह गरे । उनले पर्यटन विभागको पछिल्लो सेटिङवाला ठेक्का रद्द गराएको सुनाउँदै भने, ‘विगतदेखि नै यस्तै थियो हजुर भन्छन् । विगतमा काले-काले मिलेर भाले खाए होलान, तर अब आयो प्रेम आले ।’
हालै त्रिभुवन विमानस्थलभित्र सरसफाइको टेण्डर निस्किएकोमा ३ करोड २३ लाखलाई नदिएइर ३ करोड ७२ लाखको ठेकेदारलाई दिन लागिएकोमा आफूले हस्तक्षेप गरेको मन्त्री आलेले सुनाए ।
उनले भने, ‘स्पेसिफिकेशन मिलेन भनेर ४९ लाख कम कबोल गर्नेलाई दिएनन् । मैले भनेँ, ट्वाइलेट सफा गर्न के को स्पेशिफिकेशन ? ३ करोड ७२ लाखवालाले हातको साटो टाउकोले सफा गर्ने हो ? यस्तो अब चल्नेवाला छैन ।’
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु भ्रेमाथाङमा हिउँमा फसेको एसियाली विकास बैक (एडीबी) को टोलीलाई हेलिकप्टरमार्फत उद्दार गरिएको छ । पहिरोको अध्ययन गर्न मेलम्ची खानेपानी आयोजनाको मुहान भेम्राथाङमा गएको १६ जनाको टोली हिउँमा फँसेको थियो ।
श्री एअरलाइन्सको हेलिकप्टरमामार्फत उनीहरुलाई उद्दार गरिएको हो । अध्ययन गर्न गएको टोलीका ५ जनालाई आज विहान काठमाडौं ल्याइएको एडीबीको टोलीको पथप्रर्दशक सोनाम लामाले बताए । लामाका अनुसार बाँकीलाई हेलम्बु गाउँपालिकाको तारकेश्वरमा राखिएको छ । उनीहरु गाडीमा काठमाडौं आउँदैछन् ।
गत असार १ गते हेलम्बुमा हिमपहिरो जाँदा मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो । त्यसैको अध्ययन गर्न एडीबीको विशेषज्ञसहितको टोली पहिरो गएको मुख्य ठाउँमा गएको थियो । एडीबी मेलम्ची खानेपानी आयोजनाको ऋणदाता हो ।
एडीबीको टोली डिसेम्बर २३ मा हेलिकप्टरमार्फत मेलम्ची खानेपानीको पहिरो गएको ठाउँ भ्रेमाथाङ पुगेको थियो । एडीबीको विशेषज्ञ, हेलम्बुकै ५ स्थानीय र एक जना पथप्रर्दशक गरी १६ जना टालीमा थिए । टोलीको पथप्रदर्शन गरिरहेका थिए पथप्रर्दशक ट्रेकिङ गाइड लामा । उनी हेलम्बुकै हुन् । उनी भ्रेमाथाङमा यसअघि पनि पुगेका थिए ।
ट्रेकिङ गाइडको रुपमा काम गर्दै आइरहेका सोनाम आवद्ध कन्सल्टेन्सीले एडीबीको टोलीलाई भे्रमाथाङ लैजाने टेन्डर पाएको थियो । कन्सल्टेन्सीले सोनामलाई पठायो । टोली त्यहाँ जाँदा हिउँ परेको थिएन । सुख्खा नै थियो ।
भ्रेमाथाङ मेलम्ची पहिरोको मुख्य ठाउँ हो । ग्यासियरसँगै चुन मिसिएको माटो माथिबाट बगेर ठूलो चौर बनेको छ । जुन चौर आँखाले हेर्दा पनि भ्याइदैन । २३ डिसेम्बर अर्थात ८ गते विहानै भ्रेमाथाङ पुगेको टोलीले चौर नजिकै टेन्ट गाडेर क्याम्प बनायो । १६ जनाका लागि ४ वटा टेन्ट राखिएको थियो, जहाँ सुत्ने, खाने पकाउने सबै व्यवस्था थियो ।
टोलीले ५ दिन काम अध्ययन गरिसकेको थियो । तर छैठौं दिन अर्थात मंगलबार बिहानैदेखि मौसम विग्रियो । ३६ सय मिटर उचाइमा पुगेको टोलीलाई छैटौं दिन मौसमले साथ दिएन । मंगलबार बिहानैदेखि हिउँ पर्न थाल्यो । तीन दिन लगातार हिउँ परेको पर्यै भयो । बुधबार झन् धेरै हिउँ पर्यो ।
ट्रेकिङ गाइड सोनाम भन्छन् – अस्ति दिउँसोदेखि हिउँ पर्न थाल्यो । हिउँ परिरहे पनि हामीले काम रोकेका थिएनौ । अस्ति रातिदेखि चाहिँ काम रोक्नैपर्ने अवस्था आयो ।
उनीहरुले एक रात त टेन्टमै विताए । तर हिजो दिउँसो २ बजे सोनामसहित १६ जना बसेको टेन्ट हिमपहिरोले बगायो । उनीहरु माथिबाट हिउँ झर्न थालेपछि १२ बजे नै टेन्ट छोडेर भागिसकेका थिए । धन्न उनीहरुलाई केही भएन ।
सोनामले भने – भ्रेमाथाङको चौरभन्दा साइडमा टेन्ट राखेर बसेका थियौ । हाम्रो टेन्ट बगाएपछि हामीले आफ्ना सामान केही पनि निकाल्न पाएनौं । सबै बगाएर लग्यो ।
अनुभवि ट्रेकिङ गाइड थिए सोनाम । उनको अनुभवले बचायो १५ जनालाई । हिमपहिरो कस्तो बेलामा जानसक्छ भन्नेमा उनी अनुभवी थिए ।
उनले हिमपहिरोमा जोगिएको अनुभव सुनाए, ‘हिउँ परेपछि दिउँसो अर्कै आवाज आयो । माथिबाट हिउँ खस्न थालेपछि हिमपहिरो जानसक्ने खतराको संकेत हो भन्ने बुझछौं हामी । त्यसपछि टेन्ट छोडेर भे्रमाथाङको चौरमा आएर बस्यौं । हिउँ पहिरोमा पुरिने डर थियो । टेन्टमा बसेको भए कोही सकुशल फर्कदैन थियौं होला ।’
तर टेन्ट भएको ठाउँदेखि चौरसम्म आइपुग्न ठूलै सर्घष गर्नुपर्यो । टोलीका सबै आत्तिएका थिए । त्यसमाथि ४ फिट जमेको हिउँ । हिउँको बाटो खनेर बाटो पत्ता लगाउनुपर्र्ने । क्याम्प साइटबाट चौरमा आउन डेढ–दुई घण्टा लाग्यो ।
‘चौरसम्म पुग्न बाटो खन्नु पर्यो । ४ फिट हिउँमा बाटो खन्दा कम्ता सकस भएन,’ सोनामले सुनाए ।
हिउँमा बाटो बनाउन उनलाई डेढ घण्टा लाग्यो । बाटो खन्दा उनले लगाएको जुत्ताले थामेन । जुत्ता फाट्न थाल्यो । खुट्टाले चिसो सहन गाह्रो परिरहेको थियो । झण्डै ७ घण्टा हिउँभित्रै बस्नुपर्यो ।
उनले भने- हामी त्यहाँबाट कतै भाग्ने चान्स नै थिएन । गाइड म मात्रै थिएँ । हिउँको बाटा खन्न मलाई उहाँहरुले पनि सपोर्ट गर्नुभयो ।
उनका अनुसार त्यहाँबाट सुरक्षित ठाउँमा जान पनि झण्डै ४२ सय मिटरमा चढेर जानुपर्ने हुुन्थ्यो । त्योभन्दा माथि ७ मिटर बाक्लो हिउँ परेको थियो ।
टीममा गएका कर्मचारीहरु हिउँमा फसेको अनुभव नगरेका भर्खरैका युवाहरु थिए । सोनामले भने – उनीहरुसँग यस्तोमा काम गर्ने अनुभव छैन । खोलाबाट पनि आउने बाटै थिएन ।
बस्नको लागि कपडाहरु स्लीपिङ ब्याग त लिएर गएका थिए । तर सबै पहिरोसँगै पुरिए । त्यो रात ओडारमै आगो बालेर डेढ दिन कटाए उनीहरुले ।
‘दुई–दिन हिउँमै रोकियौ । टेन्ट बगाइहाल्यो खाना पनि थिएन । त्यत्तिकै ओडारमुनि बस्यौ । हिजो दिनभरि आज बिहानसम्म डेढ दिन भोकै भयौं,’ उनले भने ।
त्यहाँ राति त्यहाँको तापक्रम माइनस २५ सम्म पुगेको उनी बताउँछन् ।
सोनामले भने, ‘कम्पनीबाट गएका कर्मचारीहरुलाई त डराइराखेका थिए । मलाई भने खासै डर लागेन । म त धेरैचोटी परिसकँे । अबको उपाय भनेको हेलि रेस्क्यु मात्रै हो भन्ने मनमा लागिरहेको थियो । टोलीमा रहेकाहरु भने अब बाँचिदैन भनेर घरतिर रुँदै फोन गर्दै थिए ।’
३६ घण्टासम्म त जसरी बाँच्न सक्छौ भन्ने उनीमा आत्मविश्वास थियो । र सबैलाई ढाडस दिए । भाग्यले साथ दिए पक्कै उद्धार हुन्छ भन्ने लागिरहेको थियो सोनामलाई । जब बिहीबार विहान उनीहरुले हेली देखे त्यसपछि खुसीको सीमै भएन । ‘अब हामी बाच्यौं’ भन्दै सबैजना चिच्याए ।
हिउँमा फसेका केहीलाई भने स्वास्थ्यमा समस्या आएको थियो । उनीहरुसँग मेडिसिन अक्सिजन सबै थिए । उद्धारको लागि हेलिकप्टर नआएको भए पनि उनले हिँडेरै भए पनि तल झर्ने योजना बनाइसकेका थिए ।
उनी भन्छन्, ‘आज पनि हेलि आएन भने त्यही खोलाबाटै भए पनि आउन पर्यो भनेर बसिराखेका थियौ ।’
टोलीमा रहेकामध्ये स्वास्थ्य समस्या देखिएका ५ जनालाई १० बजे हेलिकप्टरले रेस्क्यु गरेर काठमाडौं ल्यायो । सोनाम अहिले घरमै आराम गरिरहेको छन् । हिँउमा बाटो खन्दा उनको खुट्टामा घाउ भएको छ । आफूसहित सबैको ज्यान जोगिएपछि सबै पिडा भुलेको उनले बताए ।
काठमाडौं । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्ध बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताएका हुन् ।
नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताएका हुन् ।
उनले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताए । संयोजक भण्डारीले नेपाल स्काउटका सदस्यहरुले मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउनु पर्ने भन्दै यसका लागि युवा पुस्ता तयार हुनुपर्ने बताए ।
उनले स्काउटले देशका हरेक कुनाको प्रतिनिधित्व हुने गरेर काम नगरे देशको विकास हुन नसक्ने बताउनु भयो ।
उनले भने – समाजका विकृति र विसंगतिहरु विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट उभिनुपर्छ । सबल, सक्षम समाज निर्माण गर्नका लागि अब तपाईहरुको तहबाट राज्यले परिकल्पना गरेको छ । परिकल्पना गरेको चिज भनेको त्यहाँका बालबालिकाहरु, त्यहाँका जुनकुनै समुदायका मान्छेहरु, कुनै पनि समाजका सूचनाका हकबाट, तालिमको दृष्टिकोणबाट एउटा सबल नेतृत्व गर्नको लागि कुनै कुराले अभाव हुने छैन भन्ने महशुस गराउने गरी कर्णालीलाई परिवर्तन गर्नुपर्छ ।
संयोजक भण्डारीले कर्णाली प्रदेशसहित देशभरका ग्रामिण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनु पर्ने बताए ।
काठमाडौं । लामो समयपछि नेपाल पर्यटन बोर्डले निजि क्षेत्रको प्रतिनिधित्व हुने उपाध्यक्ष पद पाएको छ ।
पब्लिक प्राईभेट पार्टनरसीप (पीपीई) मोडलबाट अघि बढ्ने बोर्डमा निजि क्षेत्रको प्रतिनिधित्वविना कर्मचारीकै भरमा वर्षौ देखि जिम्मा दिइदाँ नतिजामुखी काम हुन सकेको पाइएको छैन ।
पर्यटन मन्त्रालयको सचिव बोर्ड सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ । काम चलाउ रुपमा बोर्ड सञ्चालक समिति गठन हुँदा कर्मचारीले बार्षिक बजेटलाई कागजी रुपमा मात्र कार्यन्वयन गर्ने भन्दा अन्य उपलब्धीमुलक काम नभएको पर्यटन व्यवसायीहरुले आरोप लगाउदै आएका छन् ।
गत वर्ष देखि बोर्डले निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी उपाध्यक्षमा चन्द्र रिजाललाई नियुक्त गरेका छन् । समस्यानै समस्याकाबिचमा रहेर बोर्डले योजनाबद्ध काम सुरु गरेको उपाध्यक्ष रिजालले नेपालप्रेसलाई बताए ।
बोर्डका कर्मचारी धेरै विवादमा आउने क्रम नरोकिएपछि बोर्डको कार्यशैलीमाथि प्रश्न उठ्ने गरेकाले यसलाई समधान गर्नतर्फ बोर्ड सञ्चालक समितिले नयाँ योजनाहरु निर्माण गर्न सुरु गरेको उनको भनाई छ ।
प्रमुख कार्यकारी अधिकृत राजनीतीक नियुक्ती हुनु र बिना अनुभवका व्यक्ति सिमित स्वार्थ लिएर बोर्डमा प्रवेश पाउँदा भनेअनुसार उपलब्धी हुन नसकेको रिजालले आरोप लगाए ।
पछिल्लो समय बोर्डले युएनडीपीसँग सहकार्य गरेर २१ करोड रुपैयाँको परियोजना ल्याएर पाँच हजार छ सय जना मजदुरलाई काम दिएको र कोभिड–१९ पीडित व्यवसायीलाई राहत दिन पाँच प्रतिशत व्याजमा बैंक ऋण उपलब्ध गराएर व्यवसायीहरुलाई सहयोग पुर्याएको उनले बताए ।
व्यवसायीलाई पुनःउत्थान गर्ने योजना, होटल क्वारेन्टिनको उचित व्यवस्थापनमा नीजि क्षेत्रले भूमिका खेलेको तर सरकार र सचिव परिर्वतनले पटक÷पटक अस्थिरता थपिदाँ कामको गति अगाडी बडाउन समस्या हुने गरेको यथार्थ पनि उनले नेपालप्रेसलाई सुनाए ।
नीजि क्षेत्र र पर्यटन व्यवसायीलाई बेवास्ता गरेर देशको पर्यटन क्षेत्रको विकास असम्भव भन्दै बोर्डले निजि क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाएर अघि बडेका कारण पर्यटन प्रवद्र्धनमा टेवा पुग्दै गएको उनले बताए ।
कर्मचारीलाई १० दिन पर्यटन काजको व्यवस्था निजि क्षेत्रबाटै प्रस्ताव भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धनबिना पर्यटन क्षेत्रको विकास असम्भव तर सरकारले आर्थिक वर्षको मध्यसमयमा आइपुग्दा समेत कार्यन्वयनमा ल्याउन नसक्दा यी कामहरु प्रभावित बन्दै गएका छन् ।
पर्यटन बोर्ड कर्मचारीलाई नै जिम्मेवारी दिँदा बजेट विनियोजन प्रभावकारी नहुने, विनियोजित बजेटको कार्यान्वयनमा समस्या हुने गरेको बोर्ड सदस्यहरुको भनाई छ ।
जनताको प्रत्यक्ष संलग्नता रहेको बोर्ड पर्यटन क्षेत्रको ‘थिं ट्याक’ को रुपमा विस्तार हुन सकेको छैन । पछिल्लो समय बोर्डको समस्या बोर्ड सञ्चालक समितिबाट समधान गर्ने अभ्यास सुरु हुँदै गएको पाइएको छ ।
काठमाडौं । केकको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिम मलमा बेक फेष्ट सुरु भएको छ । विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरुले संयुक्त रुपमा लबिम मलमा बुधवारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् ।
केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक दिपा भुसालले बताए । शहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृती बिस्तारै गाँउ पसिरहेको छ ।
हरेक उत्सव अनिवार्य बन्दै गएको केकको मेला नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो । आजबाट सुरु फेष्टिभलमा केक र बेकरीको नयाँ नयाँ प्रोडक्ट समावेश रहेको आयोजक भुषालले जानकारी दिए ।
उनले भने,‘केकको कल्चर, बेकरीको कल्चर कस्तो छ अहिले नेपालमा सबै बेकरीको आफ्नै प्रकारको शैली छ । सबै बेकरीमा के फरक छ र हरेक बेकरीबाट मानिसहरुले के–के बुझ्नुपर्छ भन्ने झल्काउन खोजेको हो ।’
बुधबारदेखि सुरु भएको इभेन्ट तीन दिनसम्म सञ्चालन हुने भएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरवार हत्याकाण्डमा भारतको हात हुन सक्ने परोक्ष टिप्पणी गरेका छन् । भारतले तेर्स्याएका शर्तहरू राजा वीरेन्द्रले पूरा गरेको भए राजा वीरेन्द्रले मारिनुनपर्ने उनको अभिव्यक्ति छ ।
राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरण गरे ।
उनले भने, ‘त्यसबेला म सानै थिएँ । राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराए । आज नेपालमा पनि त्यही खतरा मडराइरहेको छ ।’
आफूले राजा वीरेन्द्रसँग नजिक हुने कहिल्यै अवसर नपाए पनि उनका शासनकालका धेरै प्रसंग आफ्ना लागि प्रेरणादायी रहेको लिङदेनले बताए । उनले २०४५/४६ सालको नाकाबन्दीकाल सम्झिए ।
लिङदेनले भने, ‘राजा वीरेन्द्रको कुरा गर्दा २०४५/४६ सालताकाको नाकाबन्दी सम्झिन्छु । म त्यसबेला विद्यार्थी राजनीतमा थिएँ । तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु ६ बुँदे शर्तहरू अघि सारेको मैले बताइराख्नु पर्दैन । त्यसबेला राजाले ती शर्तहरू मानेको भए राजसंस्था पनि रहिराख्थ्यो होला । यद्यपि, नाममात्रैको हुन्थ्यो होला । र, वीरेन्द्र मारिनुपर्ने परिस्थिति पनि आउँदैनथ्यो होला ।’
राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका जनता र राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको लिङदेनले बताए ।
उनले भने, ‘त्यसबेलादेखि मलाई कस्तो लाग्यो भने, हामी कोहीभन्दा, कुनै राजनीतिक दलको नेताभन्दा, कुनै नागरिकभन्दा राजा देशभक्त हुन्छन् ।’
काठमाडौं । नेपाल सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालमा आज भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम पाटनमा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा सो समारोहमा प्रमुख अतिथि रहनेछन् ।
१९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप २०५५ देखि हरेक वर्ष सोही दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने सन्दर्भमा जनचेतना दिलाउन स्वास्थ्य मापदण्डको पालना गर्दै मुलुकभर यही पुस २६ देखि आगामी माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प दिवस भव्यताका साथ मनाउन लागिएको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । भूकम्प सुरक्षा दिवसको नारासहितका पोष्टर मुलुकभरका निजी, सामुदायिक तथा सरकारी विद्यालयमा पठाई विभिन्न शैक्षिक एवं चेतनामूलक कार्यक्रम गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय पालिकालाई सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमार्फत प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमसहित दिवस मनाउन सबै प्रदेश सरकारलाई पत्राचार गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले जिल्ला प्रशासन कार्यालयलाई भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम आयोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट परिपत्र गर्ने निर्णय गरेको छ । यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने रहेको छ ।
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको रत्नराज्य क्याम्पसको गेटअगाडि विरोध प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सोक्रममा प्रहरीले बलसमेत प्रयोग गरेको छ ।
पटकपटक भाउ बढाएर जनताको ढाड सेकेको भन्दै तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता लिन उनीहरूको माग छ ।
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइत डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् । आज ११ बजेर २ बजेको उत्तम साइतमा राष्ट्रपति भण्डारीले शीतलनिवासमै भाई डेगेन्द्रलाई टीका लगाइदिएकी हुन् ।
सोही अवसरमा भाई डेगेन्द्रले पनि राष्ट्रपति भण्डारीसहित दिदीहरुलाई टीका तथा माला लगाइदिएका थिए ।
काठमाडौं । तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन आज भाइटीका लगाएर मनाइँदै छ । भाइपूजा अर्थात् भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाइन्छ । र, यो वर्ष पनि शनिबार बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ ।
दिदीबहिनी तथा दाजुभाई नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला गरिन्छ । यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्छ ।
भूकम्प र कोरोना महामारीका कारण पछिल्लो समय बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको थिएन । यद्यपि, यसपाली भने सर्वसाधारणका लागि खुलाइएको हो ।
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई स्वागत गर्दै हिजो साँझ नेपाल प्रेसले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले देउसी-भैलोदेखि विविध मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
मिनभवनस्थित नेपाल प्रेस प्रधान कार्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरिएका थियो । प्रख्यात लोकगायक बद्री पंगेनीको नेतृत्वमा कलाकारहरुले देउसी-भैलो खेले । अन्य सांगीतिक प्रस्तुतिसहित नृत्य र कमेडीको समेत प्याकेज कलाकारहरुले प्रस्तुत गरेका छन् ।
उक्त कार्यक्रमको रेकर्डेड भिडियो हामीले अहिले प्रिमियर गरेका छौं । यस भिडियोबाट कुनै पनि अंश काँटछाट गरी सामाजिक सञ्जालमा राख्न अनुमति नरहेको जानकारी गराउँछौं ।
काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गत बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको घुइँचो लागेको छ । तिहारमा बिक्री गर्न विभागले सुन र चाँदीको असर्फी छपाइ गर्दै आएको छ ।
असर्फी बिक्रीका लागि विभागले कोटा तोकेको छ । सुनको असर्फी लिन १२५ जनालाई कोटा बाँडिएकोमा करिब ४०० ग्राहक लाइन बसेपछि अधिकांश निरास भएर फर्किएका छन् ।
विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । टक्सार महाशाखाले ५ ग्राम असर्फीको मूल्य ४० हजार ४३८ र २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ निर्धारण गरेको छ ।
नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले वर्षेनी दसैँ र तिहारमा असर्फी र चाँदीको सिक्का बनाउँदै आएको छ । पुरानो मेसिन भएकाले सिक्का उत्पादनमा भने समस्या भएको बताइएको छ ।
काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आजबाट अभ्यास थालेको छ । २४ खेलाडीलाई समावेश गरि मुख्य प्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास सुरु गरेका हुन ।
नोभेम्बर महिनामा युएईमा आयोजना हुने एसियाली छनोट खेलबाट नेपाली टोली अघिल्लो चरण पुग्ने लक्ष्यका तयारी थालेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेका २४ खेलाडीलाई समावेश गरेर मुख्य प्रशिक्षक जगत टमाटाले युएईमा हुने छनोट प्रतियोगिताको अभ्यास सुरु गरेका हुन् ।
कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थालनी गरिएको अभ्यासमा पहिलो दिन टोलीले फिटनेसका लागि विशेष ध्यान दिइएको छ । विभिन्न तीन क्षेत्रमा गरिएको छनोट पश्चात अभ्यास काठमाडौंमा केन्द्रित बनेको छ ।
घोषणा भएका २४ खेलाडी उत्साहित भएको र लामो समय देखी क्रिकेट खेलिरहेका खेलाडीमा आफ्नो देशलाई विश्वकप सम्म पुर्याउने लक्ष्यका साथ मिहिनेत गर्न खेलाडी आतुर रहेका मुख्य प्रशिक्षक जगत टमाटाले बताए ।
पुरुष क्रिकेटको तुलनामा कमै मात्र आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टोलीको अनुभव कम नै रहेको छ । घरेलु क्रिकेट प्रतियोगितामा सिमित भएका खेलाडीमा विगतमा फिटनेसको समस्या पनि हुने गरेको थियो ।
खेलाडीले फिटनेसका लागि व्यक्तिगत तरिकाले मिहिनेत गरिरहेका थिए । यद्यपि प्रतियोगितामा राम्रो प्रदर्शन गर्न फिटनेसलाई ध्यान दिएर तयारी थाल्दा अभ्यास सार्थक हुने प्रशिक्षक टमाटले विश्वास लिएका छन् ।
एसियाली छनोटमा ८ टोली भए पनि अन्तिम समयमा चीनले सहभागिता जनाउने छैन । चीन बाहेक मलेसिया, भुटान, हङकङ, कुवेत, म्यानमार, युएई र नेपालले छनोटमा प्रतिस्पर्धा गर्दैछन् । छनोट खेल नेपाली टोलीका लागि ठूलो अवसर भएको खेलाडीले बताएका छन् । टोलीमा अहिले युवा र अनुभवि खेलाडीको संयोजन रहेको छ ।
नयाँ खेलाडीको आगमन र देशलाई विश्वकप सम्म पुर्याउने पाका खेलाडीको आकांक्षा गर्दा टोली कडा मिहिनेत गर्नेछ । त्यसो त प्रतियोगितामा सहभागि भएका टोलीसँग यस अघि नेपालले प्रतिस्पर्धा गरेर सुखद नतिजा पनि निकालेको छ ।
नतिजा निकाल्दै अनुभव लिइसकेकाले अघिल्लो चरण पुग्नका लागि नेपाललाई मौका हुने छ । नयाँ र पुराना पाका खेलाडीको संयोजन भएकोले टोलीले छनोट हुने लक्ष्य लिएको छ । त्यसमा खेलाडी पनि छनोट हुनेमा आशावादी छन् ।
क्यानले छनोट खेल अघि केही अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रबन्ध मिलाउने आश्वासन पनि दिएको छ । दुई वर्ष देखी अन्तर्राष्ट्रिय खेलमा सहभागि हुन नपाएको नेपाली महिला क्रिकेट टोली पनि केही अन्तर्राष्ट्रिय म्याच आयोजना भएको अवस्थामा छनोट खेल अघि कमीकमजोरी थाहा पाउने र सोही कमीकमजोरीलाई सुधार गर्दै छनोट खेल खेल्न अपेक्षा राखेको छ ।
कैलाली । महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका- ९ खल्ला मसेट्टीमा एकै परिवारका पाँचजना सोमबार रातिदेखि फसेका थिए ।
नेपाली सेनाको हेलिकप्टरले उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । सबैको एक/एक गरेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरुले रुखमा चढेर ज्यान जोगाएका थिए । नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई रुखमै रहेको अवस्थामा उद्धार गरिएको हो । मंगलबार दिउँसो नै उनीहरुको उद्धार गर्ने तयारी भएको थियो ।
मौसम प्रतिकुल हुँदा उनीहरु रहेको स्थान सम्म हेलिकप्टर पुन्न नसक्दा ढिला भएको थियो । मौसमकै कारण केही समय हेलिकप्टर धनगढीमै रोकिएको थियो ।
कैलाली । कर्णालीको बाँध फुटेर रानी जमरा नहरमा पानी पसेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिका जोखिममा परेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकामा ‘हाइ अलर्ट’ गरिएका छ ।
‘गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सिंचाइ आयोजनामा कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘उहाँहरूलाई हाइ अलर्ट रहन भनिएको छ ।’
अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उनले जानकारी दिए।
अहिले पानीको सतह १२.५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ ।
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ ।
बुधबार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो । नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौती नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको बताएको छ ।
मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले आगन्तुकहरुलाई आनन्द प्रदान गर्ने मनोरम स्थानहरु रहेको निस्कर्ष रहेको छ । साहसीक पर्यटनका लागि पनि पनौती उपर्युक्त स्थान रहेको भन्दै नगरपालिकाले पनौतिमा मनोरञ्जनात्मक कार्य गर्नको लागि प्याराग्लाडिङ, रक क्लाइम्बिङ जस्ता खेलहरु रहेको बताएको छ ।
पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक –लोल्याण्ड ट्रेक), साँगा–पनौती हाएक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फूल्चोकी वरीपरी),बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रट, सामुदायिक र नीजि होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा मेला अवलोकन भ्रमण गर्नेपर्ने गतिविधिहरु हुन् ।
काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पिनयनको उपाधि जितेका भरतमणि पौडेलले पुरस्कारस्वरुप घोषित नयाँ कार आज प्राप्त गरेका छन् । कार्यक्रमका निर्देशक विशाल भण्डारीले उनलाई कारको साँचो हस्तान्तरण गरे ।
कमेडी च्याम्पियनले करिब २४ लाख मूल्यको कार उनलाई दिएको छ । भरतमणिसँग कारको लाइसेन्स नभएकाले एकजना सहयोगी लिएर आएका थिए ।
यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका सन्तोष थापालाई स्कुटर हस्तान्तरण गरिएको छ । उपबिजेता बनेका बिक्की अग्रवाल भने आज स्वास्थ्यका कारण आफूले जितेको मोटरसाइकल लिन आउन पाएनन् ।
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने भएका छन् । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले भाग लिने जानकारी दिए । विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन् ।
केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्च पर्छन् । त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने भट्टराईले बताए ।
जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । त्यस्तै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम १० जना सदस्यले सहभागी हुने भट्टराईले बताए ।
यीबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने भट्टराईले बताए ।