Category: भिडियो

  • निर्मल निवासमाथि दोष थोपर्दै कमल थापाले भने- राप्रपा राजाले खोलेको पार्टी होइन (भिडिओ)

    निर्मल निवासमाथि दोष थोपर्दै कमल थापाले भने- राप्रपा राजाले खोलेको पार्टी होइन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न प्रतिवद्ध भएपनि निर्मल निवासका कारण सम्भव नभएपछि पार्टी परित्याग गरेको बताएका छन् ।

    पार्टीको महाधिवेशनमा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित भएदेखि नै निर्मल निवासले निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउँदै आएका थापाले मंगलबार राप्रपा परित्यागको घोषणा गरेका हुन् ।

    हेटौडामा पार्टी परित्याग गरेको घोषणा गर्दै उनले राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने र राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाएपनि निर्मल निवासको हस्तक्षेपले सफल हुन नसकेको बताए । उनले निर्मल निवासले प्राविधिक रुपमा पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप पनि लगाए ।

    उनले भने, ‘राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने र राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने, काँग्रेस र एमाले सरहको पार्टीको रुपमा मेरो सपना छ, त्यो सपना पूरा गर्नको निमित्त म अध्यक्ष पदमा उठेको हुँ भनेर उद्घाटन समारोहमा भनेको थिएँ । तर दुर्भाग्यवश निर्मल निवास मेरो त्यो सपनामा तगारो बन्यो । र अनेक किसिमका दबाब दिएर हामीलाई पराजित गर्ने प्रयास भयो । निर्मल निवासको दबाबले चुनावमा प्रभाव प¥यो कि परेन त्यो महत्वपूर्ण कुरा होइन । मैले जितेको भए पनि निर्मल निवासको हस्तक्षेपको विरोध गर्थें ।’

    निर्वाचनमा प्राविधिक रुपमा पराजित भएपनि राजाका लागि राप्रपा स्थापना नभएको उनले बताए ।

    उनले भने, ‘प्राविधिक रुपमा हामीले हारेका छौँ । निर्मल निवासले पार्टीको आन्तरिक मामिलामा किन हस्तक्षेप ग¥यो यो महत्वपूर्ण कुरा हो । राष्ट्रिय प्रजातन्त्र पार्टी राजाले खोलेको पार्टी होइन ।’

    नेता थापाले नयाँ दल दर्ताको प्रक्रिया अरु साथीहरुसँगको उपयुक्त समयमा निर्णय गर्ने पनि बताए ।

  • समकक्षता माग गर्दै इग्नुमा अध्ययन गरेका विद्यार्थीहरुको प्रदर्शन (तस्बिरहरु/भिडिओ)

    समकक्षता माग गर्दै इग्नुमा अध्ययन गरेका विद्यार्थीहरुको प्रदर्शन (तस्बिरहरु/भिडिओ)

    काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले समकक्षता दिन अस्वीकार गरेको भन्दै इन्दिरा गान्धी खुला विश्वविद्यालय (इग्नु)मा अध्ययन गरेका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

    उनीहरुले समकक्षता दिन माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

    त्रिविले सन् २०१८ देखि त्रिविले पूर्वसूचना बिना नै बन्द गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागीहरुले ‘खै कदर हाम्रो दक्षताको, खै डिग्री हामीलाई समकक्षताको ?’, ‘टियु तिम्रो पाराले, दुःख पाए साराले’, ‘पढ्न पाउने हाम्रो अधिकार तर टियुले गर्यो घोर अत्याचार’, ‘कुनै पूर्व सूचना हैन—समकगता आज छ भोलि छैन’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

    तस्बिरहरु : उमेश कार्की

  • अहिलेको कानूनअनुसार वैशाख ३० मा चुनाव हुन सक्दैन : माओवादी नेता गुरुङ (भिडिओ)

    अहिलेको कानूनअनुसार वैशाख ३० मा चुनाव हुन सक्दैन : माओवादी नेता गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मौजुदा कानूनअनुसार २०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् ।

    मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता गुरुङले वैशाखमा निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था रहेको भन्दै उनले कानून संशोधनको कुरा उठाएका हुन् । सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उनो धारणा छ ।

    उनले भने, ‘तीन चरणमा भएको चुनावमध्येमा पहिलो चरणकोलाई कार्याविधि सुरु भएको मानिएको छ । त्यो समयलाई मान्ने हो भने जेठको ५ गते कार्यवधि समाप्त हुन्छ । ऐनअनुसार त चैतको ५ गते अगाडि निर्वाचन गरिसक्नुपर्छ । चैतको ५ गतेभन्दा अगाडी निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था यथावत रहँदासम्म चैतको ५ गतेदेखि जेठको ५ गतेको बिचमा ऐनले परिकल्पना गरेको देखिँदैन ।’

    नेता गुरुङले संविधानले कार्यावधि समाप्त भएपछि ६ महिनाभित्र र ऐनले दुई महिना अगाडि निर्वाचन गर्ने भनेकाले संविधानसँग बाझिएका ऐनहरू खारेज गर्नुपर्ने बताए ।

    ‘ऐन संशोधन गर्न सकिएन भने संविधानको प्रावधानअनुसार संविधान र ऐन बाझिएको अवस्थामा संविधान प्रभावकारी हुन्छ भनेको छ । बाझिएको हदसम्म ऐन निस्क्रिय हुन्छ भन्ने व्याख्या छ’, गुरुङले भने, ‘ऐन र संविधान बाझिएको छ भने हामीले संविधानमै टेक्नुपर्‍यो । संविधानमै टेकेर सरकारका निर्णय गर्दाखेरी वैधानिक रुपमा कम विवादित होला कि ? भन्ने पाँच दलको गठबन्धनले सुझाव त दिएको थियो । सरकारले बैशाख ३० गते गरेको हुनाले पक्कैपनि कानूनीरूपले परिपक्व ढंगले नै गर्‍या हुनुपर्छ भन्ने लाग्छ ।’

    नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै सो मुद्दाहरु यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

    एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने उनले पुन: दोहोर्‍याए ।

  • भृकुटीमण्डपभित्र भाडा नतिर्नेमाथि तत्काल कारबाही गर्ने मन्त्री रेग्मीको चेतावनी (भिडिओ)

    भृकुटीमण्डपभित्र भाडा नतिर्नेमाथि तत्काल कारबाही गर्ने मन्त्री रेग्मीको चेतावनी (भिडिओ)

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन् ।

    भुकटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरेकी हुन् ।

    त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन् । मन्त्री रेग्मीले भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिइन् । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उनले स्पष्ट पारिन्।

    मन्त्री रेग्मीले भने, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यसकारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जोजो बस्नु भएको छ । उहाँहरुले पनि सहयोग गर्नुप¥यो । र यसलाई म व्यवस्थित गर्न चाहन्छु । धेरैले भाडा नतिर्ने गरेको पाइयो । भाडा नतिर्नेलगायत जसले अनियमितता गरेको छ, उसलाई कारबाही हुन्छ नै । अनियमितता गरेर बसेका छन भने कारबाहीको दायरामा आउनु पर्छ ।’

    मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियाहरुले गरिरहेको उल्लेख गर्दै अव सोझैं समाज कल्याण परिषदले भाडा सम्झौंता गर्ने व्यवस्था गर्न लागिएको बताए । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ ।

    मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरुलाई पनि सहयोग गर्न पटकपटक आग्रह गरिन् ।

     

     

  • एमसीसी पन्छाएर गठबन्धन जोगाउन कांग्रेसलाई चासो छैन : मीन विश्वकर्मा (भिडिओ)

    एमसीसी पन्छाएर गठबन्धन जोगाउन कांग्रेसलाई चासो छैन : मीन विश्वकर्मा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन् ।

    एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचार गरि भ्रम सिर्जना गराएको उनले बताए । आफेले योजना माग्ने अनि अहिले फरक मत राख्ने कुराले अन्तर्राष्ट्रिय सम्बन्धलाई अप्ठ्यारो पार्ने उनले बताए ।

    राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ हुन नहुने भन्दै उनले भने, ‘आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमती र फरक फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भनि महशुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैन थियो ।’

    नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरुलाई नपत्याउने बताए ।

    राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए । उनले गठबन्धनलाई जिवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पुर्‍याउन चाहेको उनले स्पष्ट पारे ।

    राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउन तर्फ कांग्रेसको चासो नरहेको नेता विश्वकर्माले बताए ।

    उनले भने, ‘राष्ट्रिय सरोकारका मुद्दाहरु चाहीँ यथास्थितिमा रहने, त्यो कुनैपनि निष्कर्षमा नपुग्ने, तर गठबन्धन चाहीँ जोगाइरहनुपर्छ अथवा गठबन्धन टुट्छकी, गठबन्धन बिग्रिन्छकी भनेर राष्ट्रिय मुद्दालाई यथास्थितिमा लथालिङ्ग छोडेर गठबन्धन जोगाइ राख्दाखोरी जनताले हामीलाई पत्याउँदैनन् ।’

    उनले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरु पनि सन्तुष्ट रहेको बताए । निर्वाचनलाई सतप्रतिशत् निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उनको भनाई छ ।

  • सभामुखलाई महाअभियोग लगाउन  एक सय सांसद स्ट्याण्डबाई छन् : महेश बस्नेत (भिडिओ‌)

    सभामुखलाई महाअभियोग लगाउन एक सय सांसद स्ट्याण्डबाई छन् : महेश बस्नेत (भिडिओ‌)

    काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् ।

    मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका हुन् ।

    उनले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पु¥याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे ।

    उनले बुद्धिजीविहरुले पनि महाअभियोग लगाएर सेफ ल्याण्डिङ गराउने कुरा राखेको बताएका छन् ।

    पार्टीले कारवाही गरेका १४ जनाको कारवाही सदर नभएसम्म संसदको अवरोध जारी नै रहने नेता बस्नेतले बताए ।

    संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको बिरोध स्वभाविक रहने स्पष्ट पारे ।

    उनले भने, ‘एमालेले सभामुख ज्यूलाई महाअभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीविहरुको सुझाव पनि छ । अस्ति एउटा कार्यक्रममा डा. मिनेन्द्र रिजाल र म सँगै थियौँ, युवासंघको कार्यक्रममा । उहाँले पनि त्यो भन्नुभयो । एमालेले महाअभियोगको प्रस्ताव दर्ता गरोस्, पास वा फेल हुने एउटा कुरा भयो । त्यसपछि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्ने पनि आएको छ । त्यो बारेमा नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय गरिसकेको छैन । त्यसैले यो नै हुनसक्छ भन्न म सक्दिन तर एउटा विषय त्यो पनि हुनसक्छ । सभामुख ज्यूलाई महाअभियोग ल्याउन सक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ उहाँको कारणले । तयारी गर्नै पर्दैन, हामी १०० जना स्ट्याण्डबाई छौँ, जुन बेला पनि सही गर्न तयार नै छौँ ।’

    सांसद बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको बताएका छन् । उनले प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वभाविक भएको तर पार्टीको अध्यक्षले प्रधानमन्त्रीसँगै हस्ताक्षर गरेर पठाउँदा त्यसले राज्य शक्तिको दुरुपयोग भएको बताए ।

    प्रचण्डले एमसीसीका बारेमा दोहोरो चरित्र देखाएको उनले यसबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको कुटनीतिक क्षमतामाथि प्रश्न उठेको बताए । बस्नेतले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप लगाए ।

    बस्नेतले राज्य शक्तिको दुरुपयोग गर्नेहरुलाई कानूनि कारबाही गर्नुपर्ने बताए । उनले नेकपा एमाले एमसीसीका बारेमा स्पष्ट रहेको र सरकारको धारणापछि मात्रै पार्टीले आफ्नो धारणा राख्ने स्पष्ट पारे ।

    सांसद बस्नेतले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने उल्लेख गर्दै बस्नेतले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा भने स्थानीय आवश्यक्ताका आधारमा तालमेल गर्न सक्ने बताए । सांसद बस्नेतले माधवकुमार नेपाल र प्रचण्डको दोहोरो चरित्रका बारेमा प्रधानमन्त्री पनि सचेत रहन आवश्यक रहेको औंल्याए ।

    सांसद बस्नेतले माओवादी केन्द्रका केही नेताहरुले कानूनि रुपमा चुनौति दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्रमा लाग्न सक्ने बताए ।

  • गुलाबकाे व्यापार: प्रेमी-प्रेमिकाकाे घरमै डेलिभरी ! (भिडिओ)

    गुलाबकाे व्यापार: प्रेमी-प्रेमिकाकाे घरमै डेलिभरी ! (भिडिओ)

    काठमाडौं । प्रेमलाई प्राेत्साहन गर्दा मृत्युदण्डको सजाय पाएका तत्कालीन रोमन साम्राज्यका सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ मा संसारभर भ्यालेन्टाइन्स डे मनाइन्छ ।

    २६९ एडीको उक्त घटनाको स्मरणमा नेपालसहित संसारका सबै मुलुकमा प्रेम दिवस मनाउने परम्परा झांगिएको छ । आपसमा माया साटेर प्रेम जोडीहरु उक्त दिनलाई उत्सवकै रुपमा मनाउँछन् । पछिल्ला केही वर्षमा नेपालमा समेत भ्यालेन्टाइन्सलाई सप्ताहकै रुपमा मनाउन थालिएको छ ।

    फेब्रुअरी ७ मा रोज डे, त्यसपछि प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र फेव्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाइन्छ । मायालुहरु फेव्रुअरीलाई प्रेम दर्शाउने महिनाको रुपमा पनि लिन्छन् । प्रेमको प्रतीक रातो गुलाब उपहार दिँदा माया अटूट हुने विश्वास प्रेमजोडीमा छ ।

    प्रेम दिवसको सप्ताह सुरु भएको छ र अर्किज ग्यालरी, गिफ्ट पसल र सहरका व्यवसायिक मार्टमा तन्नेरीको चहलपहल पनि । प्रेमीहरुलाई आकर्षित गर्न इ–कमर्सदेखि ब्यवसायिक घरानाहरुले आफ्ना उत्पादन र सेवामा स्किमहरु पनि ल्याएका छन् ।

    काठमाडौं र पोखराजस्ता ठूला सहरका फूल पसलमा सोमबार बिहानैदेखि उपहार र फूल किन्न जाने ग्राहकको घुइँचो छ । राजधानीको कमलादी र दरबारमार्गका अर्किज पसलले भ्यालेन्टाइन सजावटसहित गिफ्ट र फ्लावर किन्न जाने ग्राहकलाई आकर्षित गर्न थालेका छन् । कतिपय इ–कमर्स प्लेटफर्मले अर्डरअनुसार घरमै फूल र गिफ्ट डेलिभरी गर्न थालेका छन् ।

    कोरोनाभाइरस महामारीले व्यवसायिक कारोबार डिजिटल प्लेटफर्ममा हुँदा मायाको आयाम भने झनै फैलने क्रममा छ । नेपालमा माया गर्ने जोडीहरुलाई अब फूल किन्न अर्किज सपमा जानुपर्ने बाध्यता रहेन । एक क्लिकमै मायालुलाई गिफ्ट होम डेलिभरी गर्न सकिने सुविधा छ । लङ–डिस्टेन्स रिलेसनसिपमा रहेका नेपाली तन्नेरीलाई समेत यी प्लेटफर्मले सुविधा दिएका छन् ।

    यी त भए माया गर्न मिल्ने सुविधाका कुरा । तर, बजारको लागि प्रेम दिवस एउटा ठूलो व्यवसायिक अवसर समेत हो । भ्यालेन्टाइन्स छेको फूलको बढी खपत हुने र गिफ्टको कारोबार मौलाउने अवसर हो । भ्यालेन्टाइन्स सुरु भएसँगै अर्किज सपलार्ई फूल बेच्ने र ग्राहकलाई आकर्षित गर्ने चटारो सुरु हुन्छ । पछिल्ला दुईवर्ष कोरोनाले खुम्चिएको फूल ब्यापार ओमिक्रोन ओरालो लागेसँगै उक्सिने आशा व्यवसायीले लिएका छन् ।

    २ लाख ३० हजार थुंगा गुलाब आयात

    प्रेम दिवसलाई लक्षित गर्दै आगामी फेव्रअरी १४ सम्म नेपालमा १ करोड रुपैयाँ बराबरको २ लाख ३० हजार थुंगा गुलाबको फूल आयात हुने लक्ष्य राखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । अध्यक्ष मीनबहादुर तामाङले कोरोना महामारी घट्ने क्रममा रहेकाले फूलको मागमा वृद्धि भएको नेपाल प्रेसलाई बताए ।

    भ्यालेन्टाइन्समा नेपालमा खपत हुने ९० प्रतिशत गुलाब भारतबाट ल्याइने र १० प्रतिशत आन्तरिक उत्पादन रहेको अध्यक्ष तामाङले जनाए । नेपालमा यसपटक ११ रङका गुलाबका फूल ल्याइएको छ जसमा ८० प्रतिशत रातो रङकै थुंगा हुने गरेको छ । यसपटक चिसो याम लामो समय रहेकाले गुलाबको फूल उत्पादनमा कमी आएकाले भारतबाट हुने आयातमा वृद्धि भएको छ । तर, सामान्य अवस्थामा भने नेपालकै उत्पादनले घरेलु गुलाबको मागलाई धान्ने गरेको छ । अहिले नेपाली पसलमा एउटा गुलाबको थुंगालाई ७० देखि सय रुपैयाँ पर्छ ।

    महामारीले फूल ब्यवसायमा परेको असरबारे अध्यक्ष तामाङले भने, ‘सरकारले समयमै हामीलाई सुविधा दिएन । सबै फूलको विरुवा नष्ट भयो । पानी र मलकै अभाव हुँदा ढुक्कले लगानी बढाउन पाएका छैनौं । कोरोनाको असर कहिलेसम्म रहने हो टुंगो छैन । फूल ब्यवसाय नराम्रोसँग प्रभावित भएको छ जसले गर्दा हामी भ्यालेन्टाइन्सको लागि विदेशबाट फूल आयात गर्न बाध्य छौं ।’

    उनका अनुसार महामारीअघि फ्लोरिकल्चर व्यवसायमा साढे २ अर्बजति लगानी हुन्थ्यो तर पछिल्लो आर्थिक वर्षमा उक्त लगानी १ अर्ब ६० करोडमा झरेको छ । कुनैबेला १९ करोड मूल्य बराबरको फूल निर्यात भएको स्मरण अध्यक्ष तामाङले गरे । गुलाब फार्म (नर्सरी) बन्द भएपछि अहिले स्वदेशी उत्पादनमा गिरावट आएको छ ।

    ‘हामी करिब ९० प्रतिशत आत्मनिर्भर छौं । १० प्रतिशतमात्र आयात गरेका छौं । चाडपर्वमा मात्र बढी आयात हुन्छ । तिहारमा ३ दिन सयपत्री फूलको माग उच्च हुन्छ । सोही तीन दिनलाई लक्षित गरि फूल फुलायौं भने उत्पादन राम्रो हुन्छ ।’ नेपाली बजार ठूलो नभएकाले पनि फूल बढी आयात हुने उनको भनाइ छ । फूलको लागि चाहिने हाइब्रिड बीउ विश्वका धेरै मुलुकले आयात गर्ने अनुभव उनले सुनाए ।

    हाइब्रिड बीउ नेपालमा बनाउन सक्ने अवस्था नभएकाले पनि नेपाल आत्मनिर्भर बन्न नसकेको उनले बताए ।

    भ्यालेन्टाइनमा ब्यापार बढ्ने आशा

    रीता बलामीले कमलादीमा फूल बेच्न लागेको १२ वर्ष भयो । तर, कोरोना महामारीले भ्यालेन्टाइन्सको व्यापार सुख्खा भएको उनको भाेगाइ छ । ‘कोरोना र लकडाउनले गर्दा व्यापार घटेको छ,’ नेपाल प्रेससँग रीताले भनिन्, ‘कोरोना घट्न थालेकाले ब्यापार बढ्छ भन्ने कि आशामा छौं । पोहोरको भन्दा केही बढ्ने अनुमान छ ।’

    रीताको पसलअघि गुलाब रंगीविरंगी का फूलहरु सजाएर राखिएका छन् । चिरिच्याट्ट सजाएर राखिएका फूलतर्फ त्यस बाटाे भएर गुज्रिने सबैकाे नजर पुग्छ । कतिपयले फूलसँग सेल्फी लिइरहेको देख्न सकिन्छ । बिहेको सिजन नभएकाले पनि फूलको मूल्य पनि महंगो नभएको रीता बताउँछिन् ।

    उनको पसलमा अधिकांश ग्राहक किशोरकिशोरी हुन् । बिहेको सिजनमा मालाहरुको खपत बढी हुने र भ्यालेन्टाइन्स डे मा गुलाबसहितका फूलहरु बढी बिक्ने उनी बताउँछिन् । उनको पसलमा गुलाब किन्न आउनको राेजाइ रेड रोज हुने गर्छ । किशाेरकिशाेरीले जोडी आकारको ‘स्ट्याचू’हरु पनि रुचाउने गरेका छन् ।

    मीना तामाङ श्रेष्ठले पनि कमलादीमा २५ वर्षदेखि फूल व्यापार गर्दै आएकी छिन् । फूललाई मान्छेले हेर्ने दृष्टिकोणमा पहिलेभन्दा अहिले भिन्नता आएको मीनाको अनुभव  छ । ‘मैले पसल सुरु गर्दा फूल पसल नै थिएनन् । यो फूलको यो नाम हो भनेर मानिसलाई थाहा थिएन । मान्छेलाई फूल कस्तो हुन्छ भनेर चिनाउन धेरै गाह्रो भयो’ उनले सुनाइन्।

    मीनाकाे पसलमा घर र अफिस सजावट, माला बनाउन, विहेका गाडी सजाउन, बेड, स्टेज, मण्डप सजाउनेजस्ता काममा बढी फूल खपत हुने गरेको छ । ‘अरु दिनमा भन्दा भ्यालेन्टाइन्स डेमा फूलको माग धेरै हुन्छ । मान्छेहरु बाहिर निस्किन पनि डराइरहेका छन्, त्यो कारणले पनि व्यापार आधा कम भएको छ’ उनले भनिन् ।

    डिजिटल प्रेम दिवस

    कोरोना महामारीले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको हाम्रो दैनिकी डिजिटलतर्फ आकर्षित हुनु पनि हो । मान्छेले संवेदना पनि ‘इमोजी’मार्फत व्यक्त गर्न थालेका छन् । न्यूयोर्क टाइम्सका अनुसार सन् २०२१ मा संसारमा सर्वाधिक प्रयोग गरिएका दस इमोजीमध्ये पहिलो स्थानमा लभ रियाक्ट थियो । यसको अर्थ, संवेदना अब भौतिकभन्दा डिजिटल बन्न थालेको छ ।

    हुनसक्छ, यही कारण नेपालका चर्चित इ–कमर्स प्लेटफर्मले भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै आकर्षक प्याकेज ल्याएका छन् । मायालु जोडीहरुलाई लक्षित गर्दै उनीहरुले गुलाब र गिफ्टको होम डेलिभरी गर्न थालेका छन् । नेपालका विभिन्न सहरमा मात्र नभएर विदेशमा रहेका मायालुलाई गिफ्ट पुर्‍याइदिने सेवा पनि यस्ता सेवा प्रदायक इ–कमर्स प्लेटफर्मले गरिरहेका छन् ।

    नेपालमा रहेको दराज, भाटभटेनी, गिफ्टमान्डुसहितका ई-कमर्स प्लेटफर्म केही यस्ता माध्यम हुन् जसले भ्यालेन्टाइन्स स्किम नै लन्च गरेका छन् । त्यसमध्येको गिफ्टमान्डुले लङ-डिस्टेन्स सम्बन्धमा रहेका मायालुलाई जोड्ने काम गरिरहेको दावी गरेकाे छ । ग्राहकको रोजाइमा यी प्लेटफर्मले उपभोक्तालाई फूल, चकलेट र अन्य गिफ्टको होम डेलिभरीसमेत गरिरहेका छन् । अहिले ती कम्पनीको पोर्टलमा भ्यालेन्टाइन्स विक अफर देख्न सकिन्छ ।

    ‘पछिल्लो साता अर्डर निकै आइरहेको छ । नेपालमात्र नभएर विदेशबाट समेत अर्डर छ । कम स्टाफले बढी समय काम गरेरै भए पनि अर्डरलाई व्यवस्थापन गरिरहेका छौं’ गिफ्टमान्डुकाे व्यवस्थापक सोनु गुरुङ भन्छिन्, ‘कतिपय अर्डरलाई होल्डमै राख्नुपर्ने अवस्था समेत छ ।’

    महामारीको समयमा पनि आफ्नो प्लेटफर्मले डिजिटल डेलिभरीमा काम गरेको अनुभव उनले सुनाइन् । ‘मान्छेलाई अहिले फूल पसलमा जानुभन्दा अनलाइनबाटै सामान अर्डर गर्न सजिलो भएको छ । यही कारण ब्यापार पनि राम्रो छ,’  गुरुङले बताइन् । काठमाडौंबाहेकका ठूला शहरमा समेत ब्रान्च विस्तार गरेको गिफ्टमान्डुले अन्तर्राष्ट्रिय डेलिभरीमा पनि काम गर्न थालेको छ ।

    यसरी सुरु भयो भ्यालेन्टाइन्स डे

    रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम विवाह गर्न रोक लगाएका थिए । तर, सम्राटको नियमप्रति सन्त भ्यालेन्टाइनले आलोचना गरे । उनले प्रेम विवाहको अनुमति दिनुपर्ने पक्षमा अभियान चलाए ।

    सम्राटको आदेशविपरीत उनले धेरै सैनिकको प्रेम बिहे गराएको किम्वदन्ती छ । आदेश उल्लंघन गरेको भन्दै सम्राट क्लाउडियसले भ्यालेन्टाइनलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । कतिपयले सिपाही भ्यालेन्टाइनलाई प्रेमका पहिलो सहिद पनि भनेका छन् ।

    जेलमा रहँदा जेलरकी दृष्टिबिहीन छोरीसँग सन्त भ्यालेन्टाइनको माया बस्यो । उनले आफ्ना दुबै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारे । सन्त भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ लेखिएको हस्ताक्षरसहितको प्रेमपत्र प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको बताइन्छ । जेलमै रहेका भ्यालेन्टाइनलाई उनलाई इशापूर्व २६९, फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

    यसै दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर १४ फेब्रअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स डे मनाउने चलन छ । यसबाहेक विश्वमा भ्यालेन्टाइन्स डेलाई लिएर अन्य किम्वदन्ती पनि प्रचलित छन् । पछिल्ला केहीवर्षदेखि नेपालमा पनि प्रेम दिवस मनाउने ट्रेन्ड झांगिएको छ । फेब्रुअरी ७ देखि प्रेम दिवसको सप्ताह सुरु हुन्छ र जुन १४ सम्म मनाइन्छ ।

    तस्बिरहरु : उमेश कार्की र सरोज बैजु/नेपाल प्रेस

  • प्रशासनलाई क्रमशः सुधार्दै लैजाने गृहमन्त्री खाडको प्रतिवद्धता (भिडिओ)

    प्रशासनलाई क्रमशः सुधार्दै लैजाने गृहमन्त्री खाडको प्रतिवद्धता (भिडिओ)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

    द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए ।

    संविधानले दिएको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उनले उल्लेख गरे ।

    उनले भने, ‘शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ । यो संविधान बनिसकेपछि संविधानमा मौलिक अधिकारहरु जनताको चाहाना अनुसार, आवश्यकता अनुसार नै व्यवस्थापन गरिएको छ । ति जनताका मौलिक अधिकारहरु स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको त्यति नै ठुलो आवश्यकता छ । त्यसकारण यो गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को निर्माण गरिएको छ ।’

    गृहमन्त्री खाणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरुको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए ।

    पछिल्लो समय भिजिट भिजामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरु भौतारिएका विभिन्न घटनाहरु आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले संयुक्त रुपमा गम्भिरतापूर्वक कदम चालिरहेको पनि उनले उल्लेख गरे ।

    उनले भने, ‘अध्यागमनलाई प्रयोग गर्नेको संख्या दिनानुदिन बढिराखेको छ । विभिन्न खालका सुरक्षालाई गम्भिर पार्ने खालका गतिविधि पनि विभिन्न ठाउँमा भएका छन् । त्यसकारण नेपाल आउने मान्छेको पनि यथार्थ प्रोफाइल अध्यागमनसँग रहन सकोस् या सुरक्षा निकायसँग रहन सकोस् । नेपालबाट बाहिर जानेहरुको पनि तथ्यांक पनि होस् र के प्रयोजनका लागि जाने हो त्यसै प्रयोजनमा त्यहाँ उहाँहरु रहनुहोस् भन्ने नै हाम्रो प्रयत्न हो ।’

    गृहमन्त्री खाणले बदलिँदो परिवेश अनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशिलता ल्याउनुपर्नेमा जोड दिए । कार्यशैलीलाई पनि तिव्र गतिमा आधुनिकिकरण गर्नुपर्ने उनले बताए ।

    जारी भयो ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’

    गृह मन्त्रालयले दुई सय ६ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी गरेको छ ।

    गृहमन्त्री खाणले अपराध अनुसन्धान तथा नियन्त्रण, सीमा सुरक्षा, आन्तरिक प्रशासनिक सुधारलगायत विषय समेटेर कार्ययोजना सार्वजनिक गरेका हुन् ।

    कार्ययोजनामा सीमा सुरक्षादेखि गृह मन्त्रालय, त्यस मातहतका अरु निकाय, प्रहरी र सशस्त्र प्रहरीको कामकारबाहीलाई व्यवस्थित, आधुनिकीकरण र साधनस्रोतयुक्त बनाइने उल्लेख गरिएको छ ।

  • नेकपा एसनिकट अखिलको माग- विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुह्लो चाहियो (भिडिओसहित)

    नेकपा एसनिकट अखिलको माग- विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुह्लो चाहियो (भिडिओसहित)

    काठाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तत्कालका लागि विद्यार्थीहरुलाई इन्डक्सन चुह्लो निःशुल्क वितरणका लागि माग गरेको छ ।

    सोमबार सिंहदरवारस्थित ऊर्जा तथा जलस्रोत मन्त्रालयमा पुगेर अनेरास्ववियूले मन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाएको हो । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै अनेरास्ववियूले विद्यार्थीलाई निशुल्क इन्डक्सन चुह्लो वितरण गर्न माग गरेको हो ।

    ‘हाम्रो संगठन अनेरास्ववियू तत्कालका लागि विद्यार्थीहरुलाई विद्युतीय इन्डक्सन चुह्लो निशुल्क वितरणका लागि माग गर्दछ,’ अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका ज्ञापनपत्रमा भनिएको छ, ‘विद्युतीय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन ध्यानाकर्षण गराउन चाहन्छौं ।’

    ज्ञापनपत्र बुझ्दै जवाफमा ऊर्जामन्त्री भुसालले बजेट हेरेर सकिने अवस्था भए निर्णय लिने जानकारी दिएकी थिइन् ।

  • पार्टी विभाजनको खतराबारे के भन्छन् कमल थापा पक्षधर पदाधिकारी ? (भिडिओ)

    पार्टी विभाजनको खतराबारे के भन्छन् कमल थापा पक्षधर पदाधिकारी ? (भिडिओ)

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी निर्माणको गृहकार्य गरिरहेका बेला उनका पक्षधर नेताहरुले के गर्लान् भन्ने कौतुहल बढेको छ । राप्रपा महाधिवेशनमा थापा पक्षधर उल्लेख्य संख्यामा पदाधिकारी र केन्द्रीय समितिमा निर्वाचित भएका थिए ।

    थापाले आफैं आफ्नो नाडी छाम्न आज एउटा भेला आयोजना गरे । भेलामा उनको पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यको उपस्थिति थियो । तर, भेलामा उपस्थित भएकाहरुले पनि आफूले साथ दिनेमा थापा ढुक्क हुन सकेनन् । उनले आफूलाई साथ दिने नदिने विषयमा स्वविवेकले निर्णय गर्न सक्ने बताए ।

    भेलामा थापा बाहेक अरु कसैले पनि बोल्न पाएनन् । तर, भेला सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेताहरुले थापाले पार्टी विभाजन नगर्ने दावी गरेका छन् ।

    सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पूर्वअध्यक्ष कमल थापा एकताकै पक्षमा रहेको बताए ।

    महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको उनले उल्लेख गरे । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ थियो ।

    प्रधानले भने, ‘उहाँले पार्टी फुटाउने सोच्नुभएको जस्तो मलाई लागेको छैन । महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकतावद्ध बनाएर लैजाने हो । त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ । हामी पार्टी एकताको पक्षमा छौ । एकतावद्ध भएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’

    पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन् । पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने उनको भनाइ छ ।

    महामन्त्री शाहीले भनिन्, ‘पार्टीका पूर्वअध्यक्ष थापा पार्टी विभाजनको पक्षमा हुनुहुन्न । बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नु भएको छ । विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढी नै सचेत हुनुपर्छ ।’

    महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याइन् ।

  • चुनाव घोषणा र मुल्यवृद्धि फिर्ता माग्दै सिंहदरबारमा युवा संघको कालो बेलुन प्रदर्शन (तस्बिर/भिडिओ)

    चुनाव घोषणा र मुल्यवृद्धि फिर्ता माग्दै सिंहदरबारमा युवा संघको कालो बेलुन प्रदर्शन (तस्बिर/भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघले आइतबार स्थानीय तहको निर्वाचनको मिती घोषणा र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

    विरोधस्वरुप उनिहरु कालो बेलुन बोकेर सडकमा उत्रिएका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य लगातार बढाइरहेको सन्दर्भमा चौतर्फी विरोध भइरहेको छ। पछिल्लोपटक पेट्रोलको मुल्य गत साता प्रति लिटर ३ रुपैयाँ बढाइएको थियो।

    सरकारले स्थानीय तहको निर्वाचन जेठमा गर्ने तयारी गरेपनि औपचारिक निर्णय गरिसकेको छैन। प्रदर्शनमा उत्रिएका केही युवा संघ कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ।

    प्रदर्शनका क्रममा युवा संघ केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्यहरु जयराम लामा,अजित लामा, गणेश थापालाई प्रहरीले पक्राउ गरेको अन्तरजिल्ला विशेष प्रदेश कमिटीका संयोजक जय गुरुङले बताए । सो कार्यक्रम विशेष प्रदेश कमिटीको समन्वयमा भएको थियो ।

    तस्बिरहरु : उमेश कार्की

  • वसन्त पञ्चमीः सरस्वती पूजासँगै बालबालिकालाई अक्षरारम्भ गराइँदै (भिडिओ)

    वसन्त पञ्चमीः सरस्वती पूजासँगै बालबालिकालाई अक्षरारम्भ गराइँदै (भिडिओ)

    काठमाडाैं । वसन्त पञ्चमी अर्थात सरस्वती पूजा आज मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ ।

    हिन्दु मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ । सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो । आजको दिन विवाह, व्रतमन्धलगायतको धार्मिक कामका लागि साइत हेर्नु नपर्ने मान्यता छ ।

    देशभरका सरस्वती मन्दिरहरुमा आज पूजा हुने गरेको छ । कोरोना महामारीको जोखिमका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरी पूजा गर्न स्थानीय प्रशासनले आग्रह हरेका छन् ।

    राजधानीको स्वयम्भूस्थित सरस्वती मन्दीरमा आज विहानैदेखि पूजाआजा र वालवालिकालाई अक्षरारम्भ गराउनेको भीड लागेको छ । साना साना बच्चाहरुलाई चकले भित्तामा लेखाइरहेका छन् ।

  • फाईभजी सेवा चाँडो परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन (भिडिओ)

    फाईभजी सेवा चाँडो परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन (भिडिओ)

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

    मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्विकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।

    कम्पनीको १८ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाई नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराए ।

    मन्त्री कार्कीले भने, ‘फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणबाट फाईभजीको सेवा परीक्षणका निम्ति स्विकृति प्राप्त भईसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु । देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैंत्री सेवा पुर्‍याउनेनै छ ।’

    मन्त्री कार्कीले तीव्र गतिको इन्टरनेट सेवाको विस्तार गरी आफ्ना ग्राहकहरुलाई छिटो, छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि नेपाल टेलिकम समक्ष हुने बताए ।

     

  • श्रीमानले बनाएको सरकार संविधान उल्लंघन गर्ने धृष्टता गर्दै छ : पोखरेल (भिडिओ)

    श्रीमानले बनाएको सरकार संविधान उल्लंघन गर्ने धृष्टता गर्दै छ : पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संविधान उल्लघंन गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

    शनिबार प्रेस चौतारी स्थापना दिवस कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पोखरेलले ‘श्रीमानले बनाएको सरकार’ले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी समेत दिए । ‘श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भने, ‘काूननलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ। यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापीरुपमा जन परिचालन हुन्छ ।’

    पोखरेलले अहिलेको गठबन्धन विचार नमिल्नेहरुबीचको भएको समेत टिप्पणी गरे । ‘संघीयताको स सुन्न नचाहाने पनि त्यही छन्,’ उनको भनाइ छ, ‘संघीयता पुगेन भन्ने पनि त्यही छन् । प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको वकालत गर्नेहरु पनि त्यही छन् । परम्परागत संसदीय व्यवस्थाको वकालत गर्नेहरु पनि त्यही छन् ।’

    गठबन्धन सरकारले कालापानी, लिपुलेक लगायतलाई हाम्रो हो भन्न नसेकर समस्याको रुपमा प्रस्तुत गरेको उनले आरोप लगाए ।

    फरक प्रसंगमा पोखरेलले सञ्चार माध्यम सेटिङ गराउनेका रुपमा चित्रित भइरहेको समेत दाबी गरे । ‘आज संचारमाध्यम एउटा सेटिङ गराउने विकृत रुपमा चित्रित भइरहेका छन्,’ उनले भने, ‘एक महिनासम्म कुनै अघोषित संस्थाबारे धज्जी उडाएर लेख्ने अनि सेयर दिएपछि, ज्याकेट विज्ञापन दिएपछि लगालग हुने निर्लज्ज ब्रोडसिडहरु छन् ।’

  • सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु (भिडिओ)

    सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु (भिडिओ)

    सुनसरी । पूर्वपश्चिम राजमार्गअन्तगर्त सुनसरीको कोशी गाउँपालिका– १ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको मृत्यु भएको छ ।

    पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाँदा गाडीमा आगलागी भएको थियो । आगलागीमा जलेर दुवै चालकको मृत्यु भएको हो ।

    सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा नष्ट भएका छन् । बसमा के कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने खोजी भइरहेको पाण्डेले बताए । मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको छ ।

    आगोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले नियन्त्रण लिने प्रयास गरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जानकारी दिएको छ । प्रतिकुल मौसम र तिब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ ।

  • भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित सिन्धुलीबाट पक्राउ (भिडिओ)

    भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित सिन्धुलीबाट पक्राउ (भिडिओ)

    सिन्धुली । भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित सिन्धुलीबाट पक्राउ परेका छन् ।

    जिल्लाको खुर्कोटस्थित राजमार्गमा चेक पोइन्टबाट उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित बुधबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलीयाले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षका कार्की सुनसरीबाट काठमाडौं आउदैँ गरेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ परेका हुन् ।

    बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेकजाँच गर्नेक्रममा उनीमाथि तलासी गर्दा ज्याकेटको खल्तीबाट ४ दशमलव १३ ग्राम ब्राउन सुगर र गितारको कभरबाट करिव ७ ग्राम गाँजासमेत फेला परेको एसपी थपलीयाले जानकारी दिए ।

    कार्कीमाथि लागूऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • नारायणहिटी दरबार संग्रहालयका जीर्ण संरचनाहरुलाई मर्मत गर्न मन्त्री आलेको निर्देशन (भिडिओ)

    नारायणहिटी दरबार संग्रहालयका जीर्ण संरचनाहरुलाई मर्मत गर्न मन्त्री आलेको निर्देशन (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् ।

    बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जिर्ण अवस्थामा रहेका संरचनाहरुको मर्मत सम्भार गर्न निर्देशन दिएको हुन् । संग्रहालय अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री आलेले संग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तिहरु जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए ।

    त्यसैगरी गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न, संग्रहालयमा रहेका पुराना गाडीहरुलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न र संग्रहालयमा अधुरा रहेका कामहरुलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिए ।

    उनले भने,‘विभिन्न कामहरु यो डिपिआर गर्नेदेखि लिएर थप्रै कामहरु यहाँ देखियो । अब हामी करिब बजेटको नजिक छौँ । जेठ १५ गते नयाँ बजेटमा यि सबै भएका अधुरा कामहरुलाई सम्पन्न गर्नका लागि एउटा डिपिआर छुट्टै बनाउने भनेर मैले उहाँहरुलाई निर्देशन पनि दिएको छु । छिट्टै त्यो डिपिआर बनिसकेपछि नारायणहिटी संग्रहालय भित्र भएका जतिपनि अधुरा कामहरु छन्, त्यसलाई सम्पन्न गर्नको लागि छलफल पनि भएको छ ।’

    उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनि १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरु भत्काइसकिएको बताए । संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे ।

    उनले भने,‘थुप्रै कामहरु भएका, नभएका कुराहरु हामीले अवलोकन पनि गर्‍यौँ । अब यसलाई छिट्टै सम्पन्न गर्नेतिर आगामी बजेटमा तयारीमा पनि छौँ । १४ रोपनीभित्र बनाउनुभएको क्रंक्रिट संरचना सबै भत्किइसकेको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरेर हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिबिआइमा पठाएका छौँ । उहाँहरुको पनि ध्यान त्यसमा ध्यान छिटो जानेछ भन्ने हामीले विश्वास लिएका छौँ । हामीले निर्णय गराएर पठाएको करिब १५ दिनभन्दा बढी भइसक्यो ।’

  • प्रधानसेनापति म्याराथन फागुन १४ मा

    प्रधानसेनापति म्याराथन फागुन १४ मा

    काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाल सेनाले फाल्गुन १४ गते ‘कोआस म्याराथन तथा रन फर फन’ को आयोजना गर्ने भएको छ ।

    ‘युनिटी,टिम, स्पिरिट र स्ट्रेन्थ’ भन्ने मुल नाराका साथ विभिन्न चार विधामा म्याराथनको आयोजना हुने आयोजकले बिहीबार जानकारी गराएका छन् ।

    म्याराथन(४२.१९५) पुरुष तर्फ खुल्ला, हाफ म्याराथन(२१ कि.मि.) महिला/पुरुष खुल्ला, (१० कि.मि.) तर्फ सैनिक अधिकृतहरु र सैनिक सहचारी(महिला तथा पुरुष) र (५ कि.मि.)वाकाथन तर्फ उपत्यका भित्रका सहायक रथी र सो भन्दा माथीका रथीवृन्दहरु र सैनिक श्रीमती संघका कार्यकारिणी पदाधीकारी र आमन्त्रीत विशिष्ट व्यक्तिहरुले सहभागिता जनाउने छन् ।

    यस्तै, (४२.१९५ कि.मि.)म्याराथनमा प्रथम हुनेले मोटरसाइकल र तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रोले २ लाख र मोटरसाइकल, तेस्रोले एक लाख, चौथो ५० हजार, पांचौं ३० हजार, छैठौं २५ हजार, सातौं २० हजार, आठौं १५ हजार नवौं १० हजार र दसौं हुनेले पाँच हजार प्राप्त गर्नेछन् ।

    हाफ म्यारथन (२१ कि.मि)तर्फ प्रथम हुने महिला धावकले स्कुटर सहित नगद ७५ हजार पाउनेछन् । यस्तै प्रथम हुने पुरुषले मोटरसाइकल र ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला तथा पुरुष दोस्रो हुनेले ५० हजार तथा तेस्रोले ३५ हजार समान रुपमा प्राप्त गर्नेछन् ।

    १० कि.मि तर्फ अधिकृत तर्फ र सैनिक सहचारी तर्फ प्रथम हुने महिला तथा पुरुषले समान रुपमा १० हजार , दोस्रो हुनेले पनि समान रुपमा सात हजार र तेस्रो हुनेले पाँच हजार पाउनेछन् ।

    कोरोनाभाइरस महामारीको अवस्थालाई मध्यनजर गर्दै सेनाले म्यारथनमा सहभागी हुने हरुको संख्यापनि तोकेको छ । जस्मा म्याराथनमा २ सय, हाफ म्याराथनमा २ सय ५०, १० कि.मि.तर्फ २ सय ५०, वाकाथन ५ कि.मी तर्फ २ सय ५० र अफिसियल २ सय ५० गरि ११ सय ५० जनाले सहभागिता जनाउने छन् ।

    रजिस्ट्रेसन फारम भर्दा राष्ट्रिय खेलाडी र सुरुमा फारम भर्नेले प्राथमकिता पाउनेछन् ।

  • प्रेम आलेकै जस्तो क्षमता देखाउन अन्य मन्त्री र मुख्यमन्त्रीलाई माधव नेपालको निर्देशन (भिडिओ)

    प्रेम आलेकै जस्तो क्षमता देखाउन अन्य मन्त्री र मुख्यमन्त्रीलाई माधव नेपालको निर्देशन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गतिमा काम गर्न अन्य मन्त्री तथा मुख्यमन्त्रीहलाई निर्देशन दिएका छन् ।

    नेकपा एस निकट अनेरास्ववियूले बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मन्त्री प्रेम आलेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

    नेपालले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई समेत उपस्थित कार्यक्रममा अन्य मन्त्री र प्रदेश १ तथा वागमतीका मुख्यमन्त्रीले पनि आलेकै जस्तो क्षमता देखाउनुपर्ने बताए ।

    सो कार्यक्रममा मन्त्री आले पनि रक्तदान गरेर सहभागी भएका थिए । नेपालले गठबन्धन भत्काउने प्रयास सफल नहुने बताए ।

  • मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासका निर्माण सामग्री (तस्बिर/भिडिओ)

    मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासका निर्माण सामग्री (तस्बिर/भिडिओ)

    काठमाडौं । सरकारले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाएको छ । ती सामान हटाउन शहरी विकास मन्त्री रामकुमारी झाँक्री स्थलगत अनुगमनमा पुगेकी थिइन् ।

    धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक छेकेरै जथाभावी निर्माण सामग्री राखेका थिए । मन्त्रीको निर्देशनमा डोजर लगाएरै ती सामग्री हटाइएको छ । स्थलगत अनुगमनका क्रममा सरकारी अधिकारीले पुन: सामान राखे जरिबाना गर्ने चेतावनी दिए । फुटपाथका पसल पनि हटाउन निर्देशन दिइएको थियो ।

    करिडोरको सडक आसपास इँटा, प्लाष्टिक ट्यांकी, बालुवा, रडलगायतका सामान राखिएको थियो । मन्त्रीले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण नसहने बताइन् ।

  • माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

    माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केही युवाहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्न आग्रह गरेका छन् ।

    पार्टीनिकट अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा केही युवाहरूले नेपालको गाडी रोक्दै एमसीसीबारे धारणा मागेका थिए ।

    उनीहरूले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

  • मिडियाको आधारमा दिमाग खराब नगरौं, गठबन्धन कुनै हालतमा टुट्दैन : अध्यक्ष नेपाल (भिडिओ)

    मिडियाको आधारमा दिमाग खराब नगरौं, गठबन्धन कुनै हालतमा टुट्दैन : अध्यक्ष नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् ।

    अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।

    ‘अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी छैन । भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो छलफल भएको छ । मिडियामा आएका विषय मनगढन्ते भएकोले गठबन्धनलाई मजबुत बनाउने कुरा भएको छ’, नेपालले भने ।

    उनले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताए । ‘जेठमा स्थानीय चुनाव हुँदैछ । गठबन्धन एकढिक्का भएर जानेछ । कसैले गठबन्धन तोड्नुस् भनेका होलान् तर तिनले चाहँदैमा गठबन्धन टुट्दैन’, उनले भने ।

    राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनको जितको क्रम सुरू भएको बताए । ‘देश अब गठबन्धनको राजनीतिमा गइसक्यो । अब सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्छौं’, उनले भने ।

  • नेकपा एसका महासचिव भन्छन्- एमसीसीका दस्तावेज बल्ल बाहिरिँदै छन्, अझै गहिरो अध्ययन गरौं (भिडिओ)

    नेकपा एसका महासचिव भन्छन्- एमसीसीका दस्तावेज बल्ल बाहिरिँदै छन्, अझै गहिरो अध्ययन गरौं (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजावदी) का महासचिव बेदुराम भुसालले अमेरिकी सहायता परियोजना (एमसीसी) मा अझै पनि अध्ययन आवश्यक रहेको बताएका छन् ।

    बुधबार पार्टी कार्यालयमा संवाददाताहरूसँग कुरा गर्दै भुसालले सम्झौताका सहायक दस्तावेजहरु रहेको खुल्दै गएकाले पनि यसमा अध्ययन आवश्यक रहेको तर्क गरे ।

    ‘यसको गहिरो गरी अध्ययन गरौं, यसले राष्ट्रलाई फाइदा छ कि बेफाइदा छ ?,’ भुसाल भन्छन्, ‘बेफाइदा भए त किन गर्ने भन्ने हो हाम्रो कुरा । सामान्य अध्ययनका आधारमा सबै बोलिरहेका छन् । दस्तावेजको गहिरो अध्ययन त कसैले पनि गरेको छैन । थप नौ वटा दस्तावेज रहेछन् भन्ने कुरा अहिले बाहिर आयो । त्यसको अध्ययन त कसैले गर्न पाएको छैन । यस्तै-यस्तै कारणले गर्दा पनि यो विषय पेचिलो बन्दै गएको हो ।’

    भुसालले स्थानीय चुनाव गराउने विषयमा आफूहरूको कुनै मतभेद नरहेको बताए । प्रधामन्त्री शेरबहादुर देउवाले ४ जेठमा स्थानीय चुनाव तोक्ने तयारी गरिरहेका बेला भुसालले त्यसमा आफ्नो विमत्ति नरहेको बताए । ‘जेठमा चुनाव गर्न त हामीले गठबन्धन बैठकमा सुझाव नै दिएका छौं, त्यसमा कुनै विमत्ति छैन,’ भुसालले भने ।

  • प्रधानमन्त्रीसँगको भेटपछि आयोगले भन्यो- जेठ ४ मै चुनाव गराउन तयार छौं (भिडिओ)

    प्रधानमन्त्रीसँगको भेटपछि आयोगले भन्यो- जेठ ४ मै चुनाव गराउन तयार छौं (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले जेठ ४ मा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा जेठ ४ मा चुनाव गर्न प्रस्ताव गरिएको आयोगले बताएको छ।

    निर्वाचन गर्न सामान्यतया १ सय २० दिन चाहिने भए पनि जेठ ४ मा निर्वाचन गराउन आफूहरु तयार रहेको बताएको छ ।

    प्रधानन्त्री देउवाले एकै चरणमा निर्वाचन गराउने र यसबारे केही दिनमै मन्त्रिपरिषदबाट औपचारिक निर्णय गर्ने जानकारी आयोग पदाधिकारीहरुलाई गराएका थिए ।

    आयोगले मितव्ययी तरिकाले चुनाव गराउने प्रतिवद्धता समेत जनाएको थियो ।

     

  • ललितपुर महानगरले ७ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने (भिडिओ)

    ललितपुर महानगरले ७ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने (भिडिओ)

    काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन् ।

    सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको पनि बताए । मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताए । महानगरपालिका भित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उनको भनाई छ ।

    मेयर महर्जनले भने, ‘ विस्तारै महानगरलाई स्मार्ट सिटी बनाउने गरी काम गर्दै जान्छौँ । १८ वर्षसम्म स्थानीय निकायको चुनाव नभएकाले चुनावपछि ललितपुर महानगरपालिका भित्र गर्नु पर्ने धेरै कामहरु थिए । केही कामहरु महानगरपालिकाले सुरुवात गरेको छ । अहिले ललितपुर महानगरपालिकाको २९ वटै वडामा निर्माणको कामहरु भएको छ । त्यी मध्ये एउटा काम नगर प्रहरी सूचना केन्द्र हो । यो हेर्दा र देख्दा सानो भए पनि यसको महत्व ठूलो रहेको छ ।’

    त्यस्तै मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारी रहेको बताए ।

  • स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै अख्तियार पुग्यो युवा संघ (भिडिओ)

    स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै अख्तियार पुग्यो युवा संघ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कारबाहीको माग गर्दै अख्तियार पुगेको छ ।

    खतिवडा मन्त्री नियुक्त भएपछि २४ लाख डोज खोप हिनामिना गरी राज्यको २ अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गर्न अख्तियार पुगेको हो ।

    खोप हिनामिना कार्यमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरिएको छ ।

    तत्कालिन केपी ओलीको सरकारले सबै नागरिकलाई निः शुल्क खोप अभियान सुरु गरेपनि अहिलेको सरकारले नागरिकलाई पर्याप्त खोप लगाउनुपर्नेमा उल्टै राज्यकोषबाट खर्च गरी खरिद गरिएको र कोभ्याक्स सुविधा मार्फत मुलुकमा आएको खोपको चरम दुरुपयोग भएको संघले जनाएको छ ।

    तस्बिरहरु : गाैरव पाैडेल

  • निर्मल लामा प्रतिष्ठानद्धारा वीर अस्पताललाई ३० वटा आईसीयू बेड सहयोग (भिडिओ)

    निर्मल लामा प्रतिष्ठानद्धारा वीर अस्पताललाई ३० वटा आईसीयू बेड सहयोग (भिडिओ)

    काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताए । उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए । नेता पोख्रेलले प्रतिष्ठानमा अहिले १५० वटा आईसीयू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिए ।

    नेता पोख्रेलले भने, ‘आईसीयू बेड हामीले सरकारी अस्पताल र सामुदायिक अस्पताललाई हस्तान्तरण गरेका हौँ । सरकारी र सामुदायिक अस्पतालमा वितरण गर्ने भनेर हामीले यो कुरा गरेका हौँ । त्यसैले पहिलो हाम्रो प्राथमिकता वीर अस्पताल नै थियो । हामीले हाम्रो संविधानमा शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउने भनेका छौँ । हाम्रो प्रयत्न भनेको शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ । यो मौलिक अधिकार हो, फन्डामेण्टल राइट हो । पैसा हुनेले स्वास्थ्य किन्ने, पैसा हुनेले शिक्षा किन्ने प्रणालीको अन्त्य गरेर आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यता अन्तर्गत हामी स्वास्थ्य र शिक्षा क्षेत्रलाई त्यो दिशामा लैजानुपर्छ भन्ने मान्यता राखेका थियौँ ।’

    त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोनाभाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताए । उनले प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याउने बताए ।

    डा. बस्नेतले भने, ‘अहिले दुई तीन वटा आईसीयू त अलरेडि फङ्सनिङ छ । हामीलाई एउटा आईसीयूको लागि एफएचआइयूएसएडले ५० वटा बेड भेन्टिलेटरसहित सम्पूर्ण सामान दिएको छ । सूर्य नेपालले १०० वटा बेड दिएको छ । एफएचआईले नै १०० बेड अर्को थपेको छ । यहाँहरुले आज ३० वटा आईसीयू बेड दिनुभएको छ । एउटा आईसीयू खालि हामी त्यसमा राखेर आजैबाट सेवा सुरु गर्नेछौँ । यो सबैको सहयोगले गर्दा तेस्रो लहरमा कोरोनाका बिरामीहरु आज पनि १६०/१७० जना बिरामीहरु हुनुहुन्छ । सबैको उपचार सहज रुपले भएको छ । आज अक्सिजन, बेड, भेन्टिलेटर पाइएन भन्ने नै छैन ।’

    डा. बस्नेतले संस्थाहरुको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको पनि बताए ।

  • भीम रावलको आरोप- एमसीसी बाबुरामले सुरू गरेका हुन्, गोप्य साँठगाँठ हुनसक्छ (भिडिओ)

    भीम रावलको आरोप- एमसीसी बाबुरामले सुरू गरेका हुन्, गोप्य साँठगाँठ हुनसक्छ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले एमसीसी सम्झौतामा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अनुचित साँठगाँठ गरेको हुनसक्ने आरोप आरोप लगाएका छन् ।

    रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर एमसीसीबारे आफ्नो धारणा व्यक्त गर्दै डा. रावलले नेपालमा संविधानसभाबाट संविधान निर्माणको काम भइरहेका बेला डा. भट्टराईको बेलामा एमसीसी भित्र्याइएको दाबी गरे ।

    डा. रावलले भने, ‘नेपाल संविधान निर्माण र शान्ति प्रक्रियाको संवेदनशील चरणमा थियो । म आफैं र हामी संविधान निर्माण र शान्ति प्रक्रियामा संलग्न व्यस्त थियौं । त्यो बेला हामीलाई जानकारी नगराई तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले गोप्यरूपमा सुरू गर्नुभएको हो । त्यही भएर अहिले ठुल्ठूलो स्वरमा एमसीसी पारित गर्नुपर्छ भनेर चिच्याइरहनुभएको छ । हुनसक्छ उहाँले त्यहीबेला गोप्य साँठगाँठ गर्नुभएको थियो होला ।

    एमसीसी सम्झौताको बारेमा आफूले प्रतिनिधिसभामा सम्झौता वितरण भएपछिमात्र थाहा पाएको बताए ।’

  • केशरमहल पुगेर शिक्षामन्त्रीले भने- सरकारका भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनाै (भिडिओ)

    केशरमहल पुगेर शिक्षामन्त्रीले भने- सरकारका भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनाै (भिडिओ)

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।

    आइतबार केशरमहलको निरीक्षणका लागि पुगेका मन्त्री पौडेलले महल परिसरमा रहेको जग्गा निजी क्षेत्रलाई नदिने बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए ।

    उनले सरकारी संरचनाहरु नियमविपरित निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानूनअनुसार कारबाही गरिने पनि बताए ।

    मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय कामहरु व्यवस्थित गर्नको निम्ति भौतिक ठाउँहरुको अभाव भएको समेत बताए । उनले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्नेगरी लाग्न पनि निर्देशन दिए ।

    २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ । केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलमा स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाएर भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ । केशरमहल ३४ रोपनी,दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ स्थित स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ ।

  • अब ढिलाई सहन सकिन्न: मन्त्री आले (भिडिओ)

    अब ढिलाई सहन सकिन्न: मन्त्री आले (भिडिओ)

    रुपन्देही । निर्माणको अधिकांश काम सकिएर पनि लामो समय रोकिएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्धजयन्तीमा जसरी पनि अन्तर्राष्ट्रिय उडान हुने संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

    शनिबार अनुगमनका लागि भैरहवा विमानस्थल आएका मन्त्री आलेले अब कुनै बहानामा ढिलाई नहुने दावी गरे । परीक्षण उडानको तयारीमा रहेको तर पटकपटक मिति सर्दै आएकाले धेरैलाई विश्वास गर्न नै कठिन भएको तर अब त्यसो नहुने उनले बताए ।

    उनले भने,म पत्रकार साथीहरुलाई साक्षी राखेर भनेको छु अब कुनै बहानामा ढिलाई हुँदैन म यहीँबाट निर्देशन दिन चाहन्छु बुद्धजयन्ती यसको अन्तिम मिति बनोस् उडानका लागि, त्यो भन्दा अगाडि भए अझै राम्रो सन्देश जान्छ म विशेष धन्यवाद दिनेछु ।’

    मौसम प्रतिकूलताका कारण पछिल्लो समयमा परीक्षण उडानमा ढिलाइ भइरहेको उनको भनाइ छ । यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएको भन्दै मन्त्री आलेले त्यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।

    नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले मौसम अनुकूल बन्दै गए ढिलोमा पनि परीक्षण उडानका लागि थाइल्याण्डदेखि आउँदो फेबु्रअरी २१का दिनसम्म विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको जनाए ।

    परीक्षण उडानका लागि विमानसहित मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको जिममा लिएको थाइल्याण्डको सरकारी विमान कम्पनी एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य जारी रहेको जानकारी गराए ।

    निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षणका लागि मन्त्री आलेसँगै मन्त्रालयका सचिव,नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक,राष्ट्रिय गौरव आयोजनाका निर्देशक,राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली सहभागी थियो ।

  • सत्ता गठबन्धनको निर्णय– जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने (भिडिओ)

    सत्ता गठबन्धनको निर्णय– जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

    गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताए ।

    मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिएको पनि उनले बताए । जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने उनले प्रष्ट पारे ।

    उनले संविधानसँग बाँझिएका कानूनहरुलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि पनि सरकारलाई सुझाव दिएको जनाएका छन् ।

  • श्रम आयोग गठन गर्नेबारे गम्भीर छु : श्रममन्त्री श्रेष्ठ (भिडिओ)

    श्रम आयोग गठन गर्नेबारे गम्भीर छु : श्रममन्त्री श्रेष्ठ (भिडिओ)

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागि परेको बताएका छन् ।

    मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानून संशोधन गरी अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

    नेकपा (एकीकृत समाजवादी) निकट निजामति कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको समस्या समाधान हुनेगरी सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आफूले काम गरिरहेको पनि बताए ।

    ‘कर्मचारी समायोजनबाट उत्पन्न समस्यालाई सरकारले समाधान गर्नका लागि तपाईहरुसँग हातेमालो गर्नेछ । संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्न सरकारले शिघ्र संघीय निजामति सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलगायत अस्थायी, करार, ज्यालादारी कर्मचारीको समस्यालाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धताका लागि पनि मेरो तर्फबाट हाम्रो मन्त्रालय गम्भीर भएर लागि परेको छ’, मन्त्री श्रेष्ठले भने, ‘श्रम कानूनलाई समयानुकूल सुधार गरी सरकार, रोजगारदाता र ट्रेड युनियन श्रमिक बीचको सम्बन्ध सुमधुर बनाउने गरी मैले मन्त्रीको रुपमा नियुक्त भएदेखि नै काम गरिरहेको छु ।’

  • संविधानविद् टीकाराम भट्टराई भन्छन्– अनावश्यक धाराबारे बहस जरुरी छैन, वैशाखमा चुनाव हुनुपर्छ (भिडिओ)

    संविधानविद् टीकाराम भट्टराई भन्छन्– अनावश्यक धाराबारे बहस जरुरी छैन, वैशाखमा चुनाव हुनुपर्छ (भिडिओ)

    काठमाडौं । नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष तथा संविधानविद् टीकाराम भट्टराईले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्नु गैरसंवैधानिक र अलोकतान्त्रिक कदम हुने बताएका छन् ।

    संविधानको कुनै पनि अनावश्यक धारा टेकेर चुनाव सार्न वा स्थानीय तह रिक्त राख्न खोज्नु गलत हुने उनको तर्क छ ।

    संविधानको धारा २२५ को दोस्रो हरफ नै अनावश्यक भएको तर्क गर्दै उनले भने– स्थानीय तहको निर्वाचन जेठभन्दा पर धकेल्नेबारे संविधानले कल्पना नै गरेको छैन, कुनै दल वा गठबन्धनले संविधान संशोधन गरेर भए पनि चुनाव धकेल्न खोज्नु असंवैधानिक काम हुनेछ ।

    प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानविद् भट्टराईले तीनैतहको निर्वाचन एकैचोटि गर्ने कुरा पनि व्यवहारिक नहुने बताए । दलीय स्वार्थका लागि संविधान प्रयोग गर्न नहुनेमा उनले जोड दिए ।

    ‘संविधान स्पष्ट छ, निर्वाचन सार्नुपर्ने कुनै कारण छैन’, उनले भने ।

  • चुनावमा गठबन्धन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ, अब वैशाखमै भए पनि सामना गर्छौं- नेपाल (भिडिओ)

    चुनावमा गठबन्धन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ, अब वैशाखमै भए पनि सामना गर्छौं- नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन् ।

    राजधानीमा आयोजित नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावबाट भाग्न खोजेको नभइ जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको बताएका हुन् । तर उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए ।

    एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने– हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।

    उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे । शनिबार गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेताहरुले गठबन्धन निर्वाचनसम्म नै कायम रहने आश्वासन दिएको र प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यसमा सकारात्मक रहेको बताए ।

  • हार्ने डरले चुनाव सार्नु सत्ता गठबन्धनलाई प्रत्युत्पादक- पूर्वप्रधानन्यायाधीश पराजुली (भिडिओ)

    हार्ने डरले चुनाव सार्नु सत्ता गठबन्धनलाई प्रत्युत्पादक- पूर्वप्रधानन्यायाधीश पराजुली (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त हुने चेतावनी दिएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए ।

    पराजुलीले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः लोकतान्त्रिक प्रणाली नै नरहने अवस्था आउने दाबी गरे । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरे अहिलेको संविधान नचाहेका शक्तिहरुलाई बल पुग्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

    उनले भने, ‘निर्वाचन सार्ने भनेको त्यो आफैंमा मलाई कस्तो लाग्दछ भने यो गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ । डेमोक्रेसीलाई पनि धावा बोल्छ । अर्को त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ । गठबन्धन साहसका साथ निर्वाचनमा जान सक्नुपर्छ । गठबन्धन होस वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ । संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ । र, अन्ततः यो डेमोक्रेटिक सिष्टम जान्छ र जसले यो संविधान चाहेका छैनन्, त्यस्ता तत्वहरुलाई ठूलो टेवा मिल्छ ।’

    पराजुलीले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अवलम्बन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने बताए ।