Category: भिडियो

  • पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै (भिडिओ)

    पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै (भिडिओ)

    काठमाडौं । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ ।

    बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी दिए । पहिलो चरणमा सातामा तीनदिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि बताउनु भयो । बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान शुरु गरेको छ ।

    स्टेशन म्यानेजर बरालले भने,‘आजबाट हामीले पोखराबाट जनकपुरमा फ्लाइट शुरु ग¥यौं । अब हामीले निकट भविष्यमा विराटनगर र भद्रपुर शुरु गर्दैछौँ । अहिले सामान्यतया प्यासेन्जर फ्लो धेरै राम्रो छ । अधिकांश प्यासेन्जर नेपाली नै छन् । विदेशीहरु आएको अवस्था छैन । काेभिडपछि प्यासेन्जरको फ्लो कम हुन्छ कि भन्ने थियो तर राम्रो भएको छ । कोभिड भन्दा अगाडिको स्थितिमा आइसकेको छ । बुद्धको पोखरा–काठमाडौं १२ वटा फ्लाइट हुन्छ । धनगढी, भैरहवा, जनकपुर, भरतपुर सिमरा गरेर १७ वटा फ्लाइट गर्दछौँ । सबै एयरलाइन्सको गरेर २१ वटा फ्लाइट छ । १२ सय जना प्यासेन्जर हुन्छन् ।’

    बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ ।

    पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताए । बुद्धले पोखराबाट काठमाडौं सहित ठुला सहरसम्म सिधा हवाई उडान सञ्जाल बिस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढने पनि बताइएको छ ।

     

  • दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी (फोटो/भिडिओसहित)

    दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी (फोटो/भिडिओसहित)

    काठमाडौं । तनहुँस्थित दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ ।

    विद्युत् लाइन सर्ट भएको आगो लागेको अनुमान गरिएको छ ।

    हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको बताइएको छ ।

    आगो नियन्त्रणको प्रयास भइरहेको तनहुँका पत्रकार नारायण खड्काले जानकारी दिएका छन् ।

     

  • देश र जनताको हितका लागि एमालेले जित्न जरुरी छ : सचिव विष्ट (भिडिओ)

    देश र जनताको हितका लागि एमालेले जित्न जरुरी छ : सचिव विष्ट (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन् ।

    सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए ।

    देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उनले दावी गरे ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिडन डराएको बताए ।

    सचिव विष्टले भने, ‘देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने हुन्छ । गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लडन आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ । नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ । मुलुकको भाग्य र भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी छ ।’

    सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए ।

  • नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढ्यो : कमल थापा (भिडिओ)

    नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढ्यो : कमल थापा (भिडिओ)

    काठमाडौं । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् ।

    पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरुले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरुकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए ।

    राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दवाव दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे ।

    उनले विदेशी शक्ति राष्ट्रहरुले नेपालको स्वतन्त्र अस्तित्वमाथिनै प्रश्न उठनेगरी राजनीतिक दलहरुका नेताहरुलाई दवाव दिईरहेको दावी समेत गरे । त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको अध्यक्ष थापाको भनाई थियो ।

    अध्यक्ष नेपालले विदेशी सहायता लिने/नलिने निर्णय लिने काम नेपालकै भएपनि त्यसमाथि शक्ति राष्ट्रहरुले हस्तक्षेप गरिरहेको बताए ।

  • गठबन्धन भित्रै स्थानीय तहको निर्वाचन धकेल्ने खेल भैरहेको छ : नेम्वाङ (भिडिओ)

    गठबन्धन भित्रै स्थानीय तहको निर्वाचन धकेल्ने खेल भैरहेको छ : नेम्वाङ (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।

    संविधानसभाका अध्यक्षसमेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जाने भन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पछि सार्ने खेल खेलिरहेको बताएका हुन् ।

    प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एसोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।

    उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउँछन् ? भनि प्रश्न गरे ।

    उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन । भरसक जनतामा जाने मिति पर सार्छन । बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकेका छौं । तर अहिले पनि भित्रभित्र खेल भईरहेको छ । तपाईहरुलाई आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु–किन केही साथीहरु जनतामा जान डराउँछन् ?

    उनले अगाडि भने, ‘यो देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चेनक्शा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौति थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ–यो पछिल्लो सरकारले हामीले त्यतिबेला सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा हामीले चुच्चे नक्शा छापेका थियौं । तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस्त ? त्यहाँ नेपालको लागो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्शा गायक छ । नेपालको नक्शा छ । तर चुच्चे नक्सा छैन । अव हाम्रो लागि र नेपाली जनताको लागि त्यो चुच्चे नक्सा कतिप्रिय छ ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायव पार्नु भयो ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गरे ।

    नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायव बनाउने गरेको उनको भनाई थियो ।

  • ईश्वर पोखरेलको आरोप- माधव नेपालले घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई गरे (भिडिओ)

    ईश्वर पोखरेलको आरोप- माधव नेपालले घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई गरे (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाउने आपराधिक कामको अगुवाई माधव नेपालले गरेको आराेफ लगाएका छन् ।

    ओखलढुंगा काठमाडौं सम्पर्कमञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रमुख प्रतिद्वन्द्वी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको नेतालाई हटाउने आपाधिक काम माधव नेपालबाट भएको बताए ।

    उनले भने, ‘ओलीले कमजोरी गरे भन्ने नाममा हाम्रो प्रमुख प्रतिद्वन्द्वी, बोलिचालीको भाषामा प्रमुख शत्रु नेपाली कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउने आफ्नो पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाउने आपराधिक कामको अगुवाई गर्ने काममा मूख्य भूमिका उहाँ (माधव नेपाल)ले खेल्नुभयो ।’

    पार्टीबाट अलमलिएका नेताहरुलाई संगठनमा ल्याउन आग्रह गर्दै उनले नेपालजस्ता विभाजनको अगुवाई गर्नेहरुप्रति कुनै भ्रम नराख्न पनि उनले आग्रह गरे ।

    केपी शर्मा ओलीले ताजा जनादेशमा जान्छु भन्दा नमान्ने तर संविधान रक्षा गर्ने नाममा यस्ता आपराधिक काम भइरहेको उनको टिप्पणी छ ।
    उनले भने, ‘यतिबेला घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई माधव नेपाले गरेका हुन् ।’

  • संघीय निजामती सेवा ऐन यथाशिघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    संघीय निजामती सेवा ऐन यथाशिघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशिघ्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताए ।

    उनले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए ।

    जनताको सेवकको रुपमा कर्मचारीहरुले काम गर्नुपर्ने उनको भनाई थियो ।

    प्रधानमन्त्री देउवाले कर्मचारीहरु जनताको निरन्तर सम्पर्कमा रहने हुनाले उनीहरुले आफ्नो छवीलाई स्वच्छ बनाईराख्नु पर्ने बताए ।

  • गठबन्धनको एकमात्र उद्देश्य एमालेविरुद्धमा केन्द्रीत हुनु हो : ईश्वर पोखरेल (भिडिओ)

    गठबन्धनको एकमात्र उद्देश्य एमालेविरुद्धमा केन्द्रीत हुनु हो : ईश्वर पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको एकमात्र उद्देश्य एमालेको विरुद्धमा केन्द्रीत हुनु रहेको बताएका छन् ।

    ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले एमालेलाई कमजोर बनाउने उद्देश्यसहितको एकसुत्रिय एजेण्डा बोकेर गठबन्धन हिँडेको बताए ।

    उनले भने, ‘गठबन्धनकारी शक्तिको एक मात्र उद्देश्य नेकपा एमालेको विरुद्धमा केन्द्रीत हुने हो । एकसुत्रिय एजेण्डा एमालेलाई कमजोर बनाउने र एमालाई समाप्त पार्ने हो ।

    गठबन्धनको यो उद्देश्य विफल पार्नका लागि एमाले एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

    उनले स्थानीय तहको निर्वाचन गठबन्धनले टार्न खोजेपनि एमालेको दबाबका कारण वैशाख ३० को मिति तय भएको बताए ।

    स्थानीय निर्वाचनमा दुई ध्रुवमा बाँडिएको राजनीतिमा एमालेलाई बलियो बनाउनुपर्ने बताए ।

    स्थानीय तहको निर्वाचनमा नेताहरुले आँखा झिम्क्याएको भरमा टिकट नपाइने उल्लेख गर्दै पार्टीलाई कमजोर बनाउने गरी अगाडि नबढ्न आग्रह गरे ।

  • राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुले लिए सपथ (भिडिओ)

    राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुले लिए सपथ (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार सिंहदरवारस्थित संसद सचिवालयमा नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

    नवनिर्वाचित सांसदहरुलाई संघीय संसदको लोगो पनि प्रदान गरिएको छ । गत माघ १२ गते राष्ट्रियसभाका १९ जना सदस्यका लागि निर्वाचन भएको थियो ।

    निर्वाचनमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र दुर्गा गुरुङ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यसैगरी नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, सुरेश आलेमगर, नरबहादुर विष्ट, भुवनबहादुर सुनार र जगतबहादुर पार्की निर्वाचित भएका थिए ।

    नेकपा (एकीकृत समाजवादी)बाट जयन्ति राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, मदनकुमारी शाह र उदयबहादुर बोहोरा निर्वाचित भएका थिए ।

    त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ)

    प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन् ।

    नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कटाक्ष गर्दै गुरुङले कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुने गुरुङले बताए ।

    कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले २०७९ साल चुनावी वर्ष रहेको र कांग्रेसरुपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि बानेश्वरमा केही दिन कुकुरहरु भुके पनि एमसीसी पास गरेरै छाडेको बताए ।

    सभापति तथा प्रधानमन्त्री देउवा समेत सहभागी कार्यक्रममा गुरुङले भने,’ दुईचार दिनमात्र अगाडि कांग्रेसरुपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरु भुक्ने काम पनि भए तर एमसीसी पास भयो । २०७९ साल निर्वाचन वर्ष हो । इलेक्सन इयर हो । त्यसैले कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा ।’

    गुरुङ प्रचण्ड–माधवले गरेको चुनावी गठबन्धनको विपक्षमा बोल्दै आएका नेता हुन् । गुरुङ लगत्तै बोलेका सभापति देउवाले भने यसबारेमा कुनै जवाफ दिएनन् ।

  • कमिसन नबढाएपछि पेट्रोलियम व्यवसायी आन्दोलित (भिडिओ)

    कमिसन नबढाएपछि पेट्रोलियम व्यवसायी आन्दोलित (भिडिओ)

    काठमाडौ. । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदापनि कमिसन नबढाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् ।

    गएरातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । मूल्यवृद्धिसँगै कमिसन नबढाएको भन्दै व्यवसायीहरु विभिन्न मागसहित आन्दोलित भएका हुन् ।

    व्यवसायीहरुले पेट्रोलिय पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि, कमिसन वृद्धि र अन्तराष्ट्रिय बजार मूल्य अनुसार नेपाली बजारमा मूल्य समायोजन लगायतका कुरालाई निगमले बेलैमा ध्यान नदिए आन्दोलन गर्ने राष्ट्रिय पेट्रोलियमप व्यवसाय संस्थागत समन्यय समितिले बताएको छ ।

    नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपीजी ग्यास उद्योग संघले मिलेर राष्ट्रिय पेट्रोलियमप व्यवसाय संस्थागत समन्यय समिति बनेको हो ।

    राष्ट्रिय पेट्रोलियमप व्यवसाय संस्थागत समन्यय समितिका संयोजक कुशप्रसाद मल्लीले सरकारले व्यवसायीको माग सम्बोधन नभएर ५ दिनमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुने बताए ।

    उनले भने, ‘हामीले आजबाट ढुवानी रोकेका छौँ । त्यसको असर ५ दिनपछि देखिन्छ । बजारमा पेट्रोलिय पदार्थको अभाव हुन्छ । हामीले हाम्रो माग पुरा गर्न आन्दोल नै गर्नु पर्ने अवस्था आएको छ ।’

    राष्ट्रिय पेट्रोलियमप व्यवसाय संस्थागत समन्यय समितिका सह-संयोजक लिलेन्द्र प्रसाद प्रधानले यातायात क्षेत्रका अन्य व्यवसायीहरुको भाडा समायोजन हुँदा पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करले पुरानै भाडामा ढुवानी गरिरहेको बताए ।

    राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आफना ६ बुँदेमाग १५ दिनभित्र सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    पेट्रोलियम पदार्थको विक्री मूल्य खरिद मूल्य अनुपातमा कायम हुने स्वाचालित विधिबाट नगरी मनोमानी ढंगले कायम हुँदा निगम कहिले अत्याधिक नाफा र कहिले अत्याधिक घाटामा जाने गरेको राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले प्रष्ट पारेको छ ।

  • पाटन-जावलाखेल-पुल्चोक क्षेत्रमा धुम्रपान गरे जरिबाना तिराइने (भिडिओ)

    पाटन-जावलाखेल-पुल्चोक क्षेत्रमा धुम्रपान गरे जरिबाना तिराइने (भिडिओ)

    काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

    शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको हो ।

    कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए ।

    उनले आजबाट लागू हुनेगरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुआती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिबानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

    महर्जनले भने, ‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो । नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन । तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छाै । दुई वर्ष अघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोनाभाइरसका कारण सफल हुन सकेनौँ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । सुरुआती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ त्यसपछि जरिबाना तिराउँछौँ । त्यो जरिवाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौँ ।’

    उनले सरकारले विभिन्न कानून तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दाबी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिवद्धता जनाए ।

  • चार देशमा छायाङ्कन गरिएको ‘लप्पन छप्पन २’ को प्रिमियर, शिव श्रेष्ठका बाबुछोरा देखिए एकसाथ (भिडिओ)

    चार देशमा छायाङ्कन गरिएको ‘लप्पन छप्पन २’ को प्रिमियर, शिव श्रेष्ठका बाबुछोरा देखिए एकसाथ (भिडिओ)

    काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’ पछि अर्को एउटा सिक्वेल रिलिजको संघारमा छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘लप्पन छप्पन २’ को आज प्रिमियर शो आयोजना गरियो ।

    कोरोना महामारीका कारण यो चलचित्रको रिलिज पटक-पटक स्थगित भएको थियो । बिग मुभिजमा आयोजित प्रिमियरमा आएर चलचित्र हेरेका कलाकार तथा सञ्चारकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    मुस्ताङमा छायांकन भइरहेको सिनेमा ‘लाखे’को छायांकनमा व्यस्त भएका कारण सौगात मल्ल र अर्का अभिनेता अनुपविक्रम शाही प्रिमियरमा उपस्थित भएनन् । शिव श्रेष्ठ र उनका छोरा शक्ति श्रेष्ठ प्रिमियरमा उपस्थित थिए । यस्तै, अभिनेता अर्पण थापा, अभिनेत्री क्यारोलिन कोलिन्डा, निर्देशक मुकुन्द भट्ट र निर्माताहरु आएका थिए ।

    नेपाल, बेल्जियम, अष्ट्रेलिया र नेदरल्याण्ड्समा छायांकन गरिएको मल्टिस्टारर सिनेमाले राजनीति र अपराधको कथा भन्ने छ । सन् २०१७ मा रिलिज भएको सिनेमा ‘लप्पन छप्पन’ को यो दोस्रो सिरिज हो । चलचित्रमा अभिनेता शिव श्रेष्ठ र छोरा शक्तिले सिनेमामा सँगै काम गरेका छन् ।

    प्रिमियरपछि कुरा गर्दै अभिनेता श्रेष्ठले सकारात्मक देशभक्ति विषयवस्तुमा आधारित सिनेमा भएकाले हलमा पुगेर हेर्न दर्शकलाई अपील गरे । महामारीपछि बक्सअफिसलाई चलायमान बनाउन सिनेमाले भूमिका खेल्ने उनको अपेक्षा छ ।
    सिनेमाका एक मुख्य कलाकार अर्पण थापाले हलसम्म फर्किन नपाएका दर्शकलाई ग्याङस्टर कथावस्तुले मनोरञ्जन दिने आशा व्यक्त गरे ।

    ‘दर्शकले लामो समयदेखि ग्याङस्टर र राजनीतिक कथावस्तुका सिनेमा हेर्न पाउनु भएको थिएन,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले समेत यसलाई रुचाउनु हुनेछ ।’

    एक्सन ड्रामामा प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’ बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

    ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषामा रिलिज हुने बताइएको छ ।

    तस्बिरहरु: उमेश कार्की

  • जनकपुरमा सुरु भयो मिथिला माध्यमिकी परिक्रमा (भिडिओ)

    जनकपुरमा सुरु भयो मिथिला माध्यमिकी परिक्रमा (भिडिओ)

    काठमाडौं । जनकपुरमा मिथिलाको महाकुम्भको रुपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आज देखि सुरु भएको छ । आज बिहान मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमाको सुरुवात गरिएको हो ।

    १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौँको संख्यामा भक्तजनहरु जम्मा भइसकेका छन । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृहसहित तीनटा परिक्रमा हुनेगर्छ जहाँ लाखौको सहभागिता हुने गरेको छ ।

    नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल १ सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ ।

    फागुन प्रतिपदाका दिन भक्तजनहरु कलाणेश्वर पुग्छन् । एक रात पहिले नै अमावस्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोलासँगै राति विश्राम गर्ने परम्परा छ ।

    हनुमान नगरबाट कलाणेश्वर १३ किलोमिटर उत्तर पुर्वी क्षेत्रमा पर्छ । कलाणेश्वरबाट गिरिजास्थान डोला पुग्छ । १२ किलोमिटर दुरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको मानिन्छ ।

    दोस्रो बास महोत्तरीको मटिहानीमा हुन्छ । तेस्रो दिन जलेश्वर, चौथौँ दिन मड़ै, पाँचौ दिन ध्रुवकुण्ड, छठौँ दिन कञ्चनवन, सातौँ दिन क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता, आठौँ दिन धनुषाधाम, नवौँ दिन सतोषर, दशौँ दिन औरही, एघारौँ दिन करुणा, बाह्रौँ दिन बिसौल हुँदै कलाणेश्वरमा पुगेर परिक्रमाको पुर्णाहुति हुन्छ ।

    १५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरु पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरु अन्तरगृहमा सहभागी हुने गर्छन ।

    परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख गरिएको छैन । भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रुपमा लिने गरिन्छ ।

    तस्बिरहरु: सन्तोष यादव

  • अमेरिका पुर्‍याइएका पुरातात्विक महत्वको सामान नेपाल फिर्ता (भिडिओसहित)

    अमेरिका पुर्‍याइएका पुरातात्विक महत्वको सामान नेपाल फिर्ता (भिडिओसहित)

    काठमाडौं । विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा चोरेर पुर्‍याइएका पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता भएको छ ।

    बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सचेगीले चोरी निकास भई आफ्नो म्युजियममा पुगेको तीन वटा सामान काठमाडौं ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गरेका छन् ।

    उनले १७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र १३ औं शताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति फिर्ता गरेका हुन् ।

    २२ हजार अमेरिकी डलर बराबरको पुरातात्विक महत्वको सांस्कृतिक सम्पदा फिर्ता भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनले सो मूर्ति राष्ट्रिय संग्राहलयमा तत्कालका लागि राख्ने र पछि हराएको ठाउँमा नै सुरक्षित ढंगले प्रतिस्थापन गर्ने जानकारी दिए ।

    त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले चोरी भएको नेपालको पूरातात्विक महत्वको ती सम्पदाहरु आफैले ढुवानीसहित व्यहोरेर नेपाल फिर्ता गरेको भन्दै रुविन म्युजियम अफ आर्ट र सो खोजी कार्यमा संलग्न परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपालको महावाणिज्य दुतावास, पूरातत्व विभागप्रति आभार व्यक्त गरेका छन् ।

    उनले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरु अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र संचारकर्मीहरुले पुनः सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    पुरातत्व विभागका अनुसार नेपालबाट गैरकानुनी ढंगले चोरी भई विभिन्न मुलुकमा निकासी भएका पुरातात्विक महत्वका सम्पदाहरु ७६ वटा फिर्ता भईसकेका छन ।

     

  • यसरी मनाइरहेछन् शेर्पा समुदायले ग्याल्पो ल्होसार (तस्बिर/भिडिओ)

    यसरी मनाइरहेछन् शेर्पा समुदायले ग्याल्पो ल्होसार (तस्बिर/भिडिओ)

    काठमाडौं । आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । शेर्पा समुदायले विभिन्न गुम्बामा पूजा आरधनासँगै विभिन्न साँस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् ।

    प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन थालेका हुन् ।

    ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ।

    ग्लाल्पो ल्होसारको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • ‘लालबाबु ऐन’ले निजामती क्षेत्र तहसनहस भयो’ (भिडिओसहित)

    ‘लालबाबु ऐन’ले निजामती क्षेत्र तहसनहस भयो’ (भिडिओसहित)

    नेपालको निजामती क्षेत्रभित्र अनेक विकृति विसंगति रहेको चर्चा हुने गर्छ । त्यसमध्ये सबैभन्दा आलोचित विषय हो, कर्मचारीभित्रको राजनीतिकरण ।

    कर्मचारीभित्र सरुवा–बढुवादेखि विदेश भ्रमणका अवसरसम्ममा पार्टी निकट संगठनहरुको हात रहने गरेको छ । पछिल्लो समय संघीयता लागू भएर तीन तहको सरकार बनेयता कर्मचारीयन्त्र झन् अस्तव्यस्त बन्दै गएको छ ।

    सत्तारुढ दल नेपाली कांंग्रेसनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारी भने आफूहरु निजामती क्षेत्रलाई बलियो बनाउनका लागि प्रयासरत रहेको बताउँछन् । कर्मचारी नेताहरुले राजनीतिमात्रै गरेर आफ्नो काम नगरेको आरोप उनले अस्वीकार गरे ।

    युनियनको आठौं महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा फागुन २१, २२ र २३ गते हुँदैछ । अधिवेशनमा देशभरबाट ३५ हजार निजामती कर्मचारी युनियनका क्रियाशील सदस्य एवं प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनले आगामी तीन वर्षे कार्यकाल लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा अध्यक्षका प्रत्याशी समेत रहेका अधिकारीसँग हामीले निजामति कर्मचारीसँग सम्वन्धित विविध विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः

    ट्रेड युनियनमा लागेका कर्मचारी कामभन्दा पनि राजनीति गरेरै जागीर पकाउँछन् भन्ने आरोप लाग्छ, यो कति सत्य हो ?

    २०६२/६३ को आन्दोलतमा यिनै राजनीतिक दलले हामी कर्मचारीलाई सिंहदरबारदेखि लिएर जिल्ला जिल्लाबाट तानेर आन्दोलतमा उतारेको होइन र ? त्यो राजनीतिक दलले बिर्सेका छन् र ? अनि आफुलाई पर्दा सबैलाई बोलाएर आन्दालनमा उतार्ने र आफु कुर्सीमा पुग्ने । अनि अहिले आएर उहाँहरुले हामीलाई राजनीति गर्न पाइदैन भनेर निषेध गर्न पाइदैन नि ।

    तर, पनि म र मेरा साथीहरु आफ्नो कामको समयमा निरन्तर काम गरिरहेका छौ । यहाँले म कार्यरत कार्यालयमा गएर हाजिर पनि हेर्नसक्नुहुन्छ । अहिले मैले नियमानुसार मिल्ने बिदा लिएर तपाईंलाई अन्तरवार्ता दिइरहको छु । हुनत म आधा घण्टा समय लिएर अन्तर्वार्ता दिएर पनि जान सक्थेँ नि, तर काममा आएको दिनमा काम गर्नुपर्छ भन्ने मेरो भनाइ हो । अनि नियमानुसार लिन मिल्ने बिदा लिन पाईंदैन भनेर त कसैले भन्न पाइदैन नि । त्यो त हाम्रो अधिकार हो नि होइन ?

    संघीयता कार्यान्वयनको चरणमा कर्मचारी समायोजन लगायतका मुद्दाले गर्दा संघीयता असफल हुने दिशातिर गइरहेको हो ?

    त्यस्तो होइन । सानातिना समस्या आउदैँमा संघीयता असफलतातिर गएको भन्न मिल्दैन । अहिले विशेषगरी संघीय निजामती सेवा ऐन आउनमा ढिलाइ भएकै कारणले धेरै समस्या भएको हो ।

    त्यसैले त हाम्रो महाधिवेशनको मुख्य एजेण्डा भनेकै संघीय निजामती ऐन ल्याउनका लागि जोड दिने दिशातिर उन्मुख छ । र निजामती कर्मचारी आन्दोलनलाई प्रमुख आन्दोलन गर्ने संगठन बनाउने मेरो नेतृत्वमा आउने टिमको योजना हो ।

    निजामती कर्मचारीको ट्रेड युनियन जरुरी छैन, खारेज गरिनुपर्छ भन्ने पनि एकातिर बहस भइरहेको छ नि ?

    ट्रेड युनियनलाई नबुझेका उच्च प्रशासक र मन्त्रीले यस्तो वक्तव्य दिएका हुन् । ट्रेड युनियन भएका कारण आफुले गरेका गल्ति–कमजोरी बाहिर आउँछ भन्ने डरले उनीहरुले यस्तो भनेका हुन् । मुख्य गरेर राजनीतिज्ञले भनेको नीति निर्माण तहमा काम गर्ने हो । आफू नीति निर्माण तहमा काम गर्न नसक्ने र ट्रेड युनियनले काम गर्न दिएनन् भन्ने एउटा बहाना मात्र हो । निराधार र गलत आक्षेप हो । यसको कुनै तुक छैन ।

    ट्रेड युनियनका संघ–संगठन अर्को पार्टीको सरकार हुँदा आन्दोलनमा उत्रिहाल्ने, आफ्नो पार्टीको सरकार हुँदा चुपचाप बस्ने प्रवृत्ति पनि त छ ?

    ट्रेड युनियन भनेको के हो नबुझ्नेहरु अहिले यसको नेतृत्वमा र आन्दोलनमा भएकाले यस्तो भइरहेको हो र यस्तो आरोप लागिरेहेको हो । ट्रेड युनियन भनेको जहिले पनि सत्ताको विपक्ष वा प्रतिपक्ष नै हुन्छ । चाहे हाम्रो संघ–संगठन होस वा अरु कसैको होस ।

    अहिले नेपालमा सरकारको प्रतिपक्ष तथा विपक्षमा उत्रिने संगठन भनेको नेपाल निजामती कर्मचारी युनियन मात्रै हो । अहिले हाम्रो प्रतिस्पर्धामा रहेका ट्रेड युनियन भनेको यलो ट्रेड युनियन भयो । उहाँहरुले आफ्नो पार्टी सरकारमा आउनेवित्तिकै मन्त्रीले जे भन्यो त्यही मान्ने गरेकाले ट्रेड युनियनप्रति वितृष्णा आएको हो । ट्रेड युनियनले यो सही हो, यो गलत हो भन्ने कुरा नभनेको हुनाले यस्तो आरोप लागेको हो ।

    २०७४ सालमा आएको कर्मचारी समायोजन बिधेयक जस्ताको त्यस्तै ल्याएको भए यि सबै समस्या समाधान हुने थिए । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले समायोजन विधेयक जुन दिन ल्याए, त्यसलाई निजामती सेवा क्षेत्रका लागि एउटा कालो दिनका रुपमा हामी परिभाषित गर्छौैं ।

    यो ऐनलाई त मैले समायोजन ऐन होइन कि लालबाबु ऐन भनेर भन्ने गरेको छु । यसले निजामती सेवा क्षेत्रलाई तहसनहस बनाएको छ । यसमा समायोजनामा बिग्रिएका कुरा, गलत भएका कुरालाई सुधारेर अहिलेको आवश्यकता भनेको संघीय निजामती ऐन नै तत्काल ल्याउनु हो । यो काम गर्न सक्ने भनेकै हाम्रो नेतृत्वमा रहेको नेपाल निजामती कर्मचारी युनियनले नै हो । अरु सबै यलो ट्रेड युनियन हुन् ।

    ऐन ल्याउने कि अध्यायदेश ल्याउने भन्ने विषयमा बहस भइरहेका बेला तपाईहरुको भनाइ के हो ?

    हाम्रो भनाई के हो भने अब ऐन वा अध्यादेश जे ल्याए पनि ढिलाइ गरिनु हुँदैन । जति ढिलाइ गर्यो त्यति नै कर्मचारीमा वितृष्णा पैदा हुदैँ जान्छ । अहिलेको चैत महिना नै कट्नु हुँदैन भन्ने हो । ऐन नै ल्याउँदा धेरै समय लाग्नसक्ने भएकाले अब त्यतातिर अल्झिनु भन्दा पनि अध्यायदेश नै ल्याउनु उपयुक्त हुन्छ भन्ने हाम्रो संगठनको बुझाई छ ।

    ऐन वा अध्यादेशमा सेवा अवधिमा ६० वर्ष पुर्याउने कि नपुर्याउने भन्ने विषयमा र मुख्य सचिव तथा सचिवको पदावधिका विषयमा बहस भइरहेका बेला यहाँहरुको धारणा के हो ?

    नेपालीको औषत आयु नै बढिसकेको हुनाले घटाउने भन्ने त कुरै भएन । बढाउनेतर्फ नै हाम्रो जोड छ । भारत र श्रीलंकाका नागरिकको औसत आयु नै ६३ पुगिसकेको छ । नेपालको हकमा स्वास्थ्यकर्मीको सेवा अवधि ६० राखिएको छ भने निजामती सेवाका कर्मचारीको सेवा अवधि ५८ छ ।

    प्राकृतिक न्यायको सिद्धान्त विपरित पनि उमेर हद राख्न नमिल्ने भएकाले निजामती सेवाको अवधि ६३ वर्ष नै राख्नु उपयुक्त हुन्छ भन्ने हाम्रो भनाइ हो । अब आउने निजामती सेवा ऐनमा ६३ ल्याइनुपर्छ । अनि मुख्यसचिवको र सचिवको समयावधि ३ वर्ष र पाँच वर्ष नै ठिक छ । यसमा केही उच्च पदस्थ व्यक्तिले आफु छिटो बढुवा भएर फाइदा लिनका लागि सचिवको सेवा अवधि पाँच वर्षबाट तीन वर्ष पुर्याइनुपर्छ भनिरहेका छन् ।

    यसबाट केही व्यक्तिलाई फाइदा पुगे पनि धेरै कर्मचारीलाई हानि पुग्छ । उनीहरुले आफु बढुवा भएर अरुलाई बढुवा हुन नखिने खेल गर्नका लागि यस्तो भनेका हुन् । जे पुरानो छ त्यसैलाई कायम गरिनुपर्छ भन्ने नै हाम्रो संगठनको जोडदार माग छ ।

    अहिले स्थानीय तहबाट प्रदेश र संघमा तथा प्रदेशबाट संघमा जान नसकिने अवस्था छ । यसमा निजमती सेवा ऐन कसरी आउनुपर्छ भन्ने यहाँहरुको माग हो ?

    होइन, यसलाई अहिलेको जसरी कसैलाई एकै ठाउँमा थुनेर राखिनु हुँदैन । एउटा स्थानीय तहमा केही वर्ष बसेपछि प्रदेश र संघमा आउनुपर्ने व्यवस्था हुनुपर्छ । स्थानीय तहअन्तरगत लोकसेवा खुलाइयो भने बढुवा त्यहाँ पनि हुने व्यवस्था गरिनुपर्छ । साथै, प्रदेश र संघमा आउने व्यवथा पनि गरिनुपर्छ भन्ने हाम्रो संगठनको धारणा हो । यसैअनुसार हामीले माग पनि राखिसकेका छौं ।

    संघीयता कार्यान्वयनमा रहेका बेला प्रदेश र स्थानीय सरकार संघीय सरकारकै निकायजस्तो तथा नियन्त्रणमुखी भए भन्ने पनि कतिपयको आरोप छ । यसमा के भन्नुहुन्छ ?

    अहिले प्रदेश सरकारको प्रमुख सचिव तथा मन्त्रालयका सचिवसँगै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि संघीय सरकारले नै पठाउने व्यवस्था छ । अहिलेका लागि यो ठिकै छ । किनभने संघीयतापछि कर्मचारी समायोजन पुर्ण रुपमा कार्यान्वयनमा आउन श्रीलंकामा १६ वर्षमा पनि सकिरहेको छैन भने भारतमा १३ वर्षमा पनि भइसकेको छैन । हाम्रो मुलुकमा बल्ल ५ वर्ष पुग्दै छ ।

    अहिले प्रदेश र स्थानीय तहको प्रमुख व्यक्ति संघीय सरकारले नै व्यवस्था गर्नुपर्छ । किनभने प्रदेश र स्थानीय तहका जनप्रतिनिधलाई व्यालेन्स गर्नका लागि पनि त्यो जरुरी छ । संघीय निजामति ऐन, प्रदेश निजामती ऐन र स्थानीय तह निजामती ऐन आयो भने तीनवटै ऐनका बीचमा तादाम्यता मिलाउनुपर्छ । त्यसपछि प्रदेशको प्रमुख सचिवदेखि मन्त्रालयको सचिव तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पनि प्रदेशले व्यवस्थापन गर्न सक्ने अधिकार दिइनुपर्छ ।

    तर, अहिले तत्काल होइन है फेरी । केही वर्षपछि त्यो हुनुपर्छ भनेको हो । अहिले स्थानीय तहका जनप्रतिनिधिले आफु अनुकुलको कर्मचारी भएन यो चाहियो र त्यो चाहियो भनेर काम गर्न खोजिरहेका छन् । यसले वेतिथि पनि निम्त्याइरहेकाले संघीय कार्यान्वयनको जग बसाउनका लागि अहिले संघीय तहबाट नै परिपूर्ति हुने व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

    ट्रेड युनियनहरु आफु निकटका कर्मचारी सरुवामा बढी चलखेल गर्नमै सिमित भएको पनि आरोप छ नि ?

    यो तपाईंले भनेको एकदमै सही हो । हाम्रो संगठनले समर्थन गर्ने नेपाली कांग्रेसले अहिले सरकारको नेतृत्व गरिरहेको छ । त्यसो भएको हुनाले त्यो आरोप हामीलाई पनि लाग्ला । तर अरु संगठनको तुलनामा हेर्ने हो भने हामीले हाम्रा कुनै पनि सदस्यबाट लेबी लिने गरेको छैन । कतिपय संगठनले त लेबी लिएर पनि सरुवा गरिरहेको तपाईंले सुन्नु भएकै होला ।

    हाम्रो एउटै भनाई के हो भने नीति, नियम र कानून अनुसार नै कर्मचारीको सरुवा हुनुपर्छ । अहिलेको कुरा गर्दा कम्तिमा पनि दुई वर्ष कुनै ठाउँमा बसेपछि सरुवा हुनुपर्छ । यदि कसैको त्यो अवधिमा भएन भने हामीले त्यहाँ सहयोग गर्न सक्छौ । तर, यसअघि अर्को पार्टीले नेतृत्व गरिरहेका बेला हामी निकटका कर्मचारी साथीहरुलाई पेलेर दुर्गममा पठाउने अफ्टयारो ठाउँमा पठाउने काम पनि गरेका थुप्रै उदाहरण छन् । यसैले गर्दा पनि ट्रेड युनियन आन्दोलन असफल दिशातिर गइरहेको छ ।

    मेरो मन्त्री आयो मेरो मान्छे सरुवा गर भनेर पनि हामीले भनेका छैनौं र हाम्रो नेतृत्वमा आएको टिमले पनि त्यस्तो काम गर्नुहुन्न र म गर्न दिने छैन । यदि हामीले त्यसो गरेको पाउनुभयो भने तपाईं पत्रकारिता जगतमा लागेका साथीहरुले त्यतिबेला प्रश्न उठाउनुहोला । हामी त्यस्तो नगर्ने बाचा पनि गर्छौ ।

    नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

    मेरो उम्मेदवारी भनेको थिलोथिलो भएको निजामती कर्मचारी प्रशासनलाई अघि बढाउन, ट्रेड युनियनको आन्दोलनमा अघि बढाउन, कर्मचारीको पिर–मर्कालाई घटाउन, नवआगन्तुक कर्मचारीलाई ट्रेड युनियनको आन्दोलनमा अघि बढाउनका लागि हो ।

    अझ विशेषगरी मेरो मुख्य एजेण्डा भनेको त चार वर्षसम्म पनि सरकारले ल्याउन नसकेको संघीय निजामती सेवा ऐन ल्याउनका लागि जुनसुकै अवस्थाको आन्दोलन गरेर भए पनि यसलाई निष्कर्षमा पु¥याउन हो । यो ऐन सरकारले संसदमा छलफल गरेर अन्तिम चरणमा पु¥याएर पनि अन्तिम समयमा आएर संसदबाट फिर्ता गरेर दराजमा थन्क्याएको छ । सकेसम्म संसदबाट भए पनि ल्याउनुपर्छ । यदि संसदबाट ल्याउन नसकिने भए सरकारले अध्यायदेशबाट भए पनि ल्याउनुर्छ ।

    आउने संघीय निजामती ऐनमा समयमै बढुवा, पुर्वानुमानयोग्य सरुवा, सबै निकायमा तहगत बढुवा, एक तहबाट अर्को तहमा सरुवा, खुला प्रतिस्पर्धामा सबै तहमा कर्मचारीले प्रतिस्पर्धा गर्न सक्ने प्रावधानसहितको ल्याउन जरुरी छ । यि प्रावधानसहितका माग पनि हामीले सरकार समक्ष राखिसकेका छौ । यि सबै मुद्धाको सम्बोधन गर्न र आगामी हुने ट्रेड युनियन आन्दोलनलाई सबैको आधिरकारिक टे«ेड युनियन बनाउनका लागि मेरो उम्मेदवारी हो ।

    अहिले संघीय निजामति ऐन नआएर धेरैको जिन्दगी वर्वाद भएको छ । धेरै कर्मचारी ऐन नआएकै कारण लामो समयदेखि बढुवा हुन पाइरहेका छैनन् । यी सबै समस्याले भरिएको निजामति प्रशासनको औषधी भनेको एकमात्र निजामती सेवा ऐन हो भन्ने मेरो मुल एजेण्डा हो । यदि अब निजामती ऐन ल्याउनमा ढिलाई भयो भने मेरो नेतृत्वको टिमले निर्वाचन जिते पनि नजिते पनि भद्रकाली मन्दिरमा बसेर अनसन बसेरै आन्दोलन गर्ने अठोट छ ।

    लामो समयदेखि ट्रेड युनियनले आन्दोलन गर्न नसकेको काम अहिले गर्ने भनिरहनुभएको छ । यो चुनावी एजेण्डा मात्रै हो कि साँच्चिकै गर्नुहुन्छ ?

    यो चुनावी एजेण्डा मात्र होइन । बारम्बार पूववर्ती सरकारले पनि संघीय निजमती सेवा ऐन ल्याउने भनेर अन्तिम चरण्मा पुर्याएको थियो । हामीले ज्ञापनपत्र पनि बुझाएका थियौं । तर, त्यसलाई अटेर गरेर विवादास्पद निजामती ऐन ठिक छैन, यसलाई सुधार गर्नुपर्छ भनेर हामीले त्यतिबेला भनेका थियौं । हाम्रो आन्दोलन र कामकै कारण उक्त ऐन संसदबाट फिर्ता भएको हो । अब यसमा सबै कुरा समेटेर निजामति सेवा ऐन ल्याउनुपर्छ भन्ने हो । यो चुनावी एजेण्डा मात्र होइन ।

    तपाईं नै नेपाल निजामती कर्मचारी युनियनको अध्यक्ष हुनुपर्ने किन ?

    म निजामती कर्मचारी क्षेत्रमा आउनुअघि नै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरिसकेको छु । नेविसंघकै पश्चिमाञ्चलको उपाध्यक्ष पनि भएँ । त्यसपछि निजामति कर्मचारी युनियनको केन्द्रीय सदस्य हुँदै परिष्ठ उपाध्यक्ष पनि भए । मैले सिंदरबारमा पनि अलिहेसम्म दह्रो उपस्थिति राखे । म निरन्तर ट्रेड युनियनको तर्फबाट कर्मचारी साथिहरुका लागि लडिरहेको छु । सानातिना समस्यादेखि ठूला–ठूला समस्या समाधानका लागि पनि मैले पहल गरेको छु ।

    सबै साथीहरुको भावना बुझेर नै मैले काम गरिरहेकाले होला, मलाई अधिकांश कर्मचारी साथीहरुले युनियनमा तपाईंको खाँचो छ र तपाईंले उम्मदेवारी दिनुपर्छ भनेर अनुरोध गरेकै कारण म उम्मेदवारी दिने तयारीमा अघि बढेको हुँ । यो मेरो व्यक्तिगत रहर मात्र नभएर समग्र कर्मचारीको दवावका कारण पनि हो ।

    तपाइँले उठाएका एजेण्डा जितेपछि मात्रै कार्यान्वयनमा जोड दिने हो कि पराजित भए पनि तपाईंले कार्यान्वयनका लागि अघि बढ्नुहुन्छ ?

    ट्रेड युनियन भनेको नेतृत्व मात्र होइन, एउटा आन्दोलन हो । यसमा जितेपछि वा हारेपछि भन्ने नै हुदैन । यसअघिकै कुरा गर्ने हो भने म अध्यक्ष भए पनि नभए पनि आन्दोलनमा नै छु । हामी निरन्तररुपमा हाम्रा माग र एजेण्डा राखेर अघि बढिहेको छु र निरन्तर बढिरहने छ ।

    तपाईंलाई आफ्नो नेतृत्वको टिमले जिन्छ भन्ने कत्तिको दृढ विश्वास छ ?

    मैले पक्कै पनि जित्छु र मेरो नेतृत्वको टिमले विजय हासिल गर्छ भन्ने पुर्ण विश्वास छ । पहिलो कुरा त म सँग दृढ इच्छाशक्ति छ । दोस्रो कुरा म खरो रुपमा उत्रिने व्यक्तिका रुपमा परिचित छु र साथीहरुले पनि मलाई त्यसरी नै चिनिरहनुभएको छ । लामो समयदेखि म आन्दोलतमा नै रहेकाले ट्रेड युनियनको आन्दोलनका लागि मेरो नाम नै काफी छ ।

  • अध्यक्षको भनाइ र गराइमा संगति भएन, गम्भीर समीक्षा हुनुपर्छ (भिडिओसहित)

    अध्यक्षको भनाइ र गराइमा संगति भएन, गम्भीर समीक्षा हुनुपर्छ (भिडिओसहित)

    काठमाडौं । महाधिवेशन र संसदीय दलले लिएको निर्णय विपरित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न भूमिका खेलेपछि माओवादीभित्र असन्तुष्टि चुलिएको छ । यही विवादले पार्टीलाई विभाजनमा पुर्‍याउने त होइन भन्ने चिन्तामा परेका छन् माओवादी कार्यकर्ता ।

    एमसीसी संशोधनविना पारित गर्न नहुने भन्दै नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरीराजमणि पोखरेल, देव गुरुङ, लिलामणि पोखरेल लगायतले असहमति प्रकट गरेका थिए । एमसीसी पास भएको भोलिपल्ट खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर पार्टी छाड्नसक्ने आशय व्यक्त गरे । यसले माओवादीभित्रको विवाद थप उग्र बनेको छ ।

    विभाजनको आशंका र अन्योलबीच माओवादी केन्द्रमा पूर्वस्थायी समिति सदस्य गिरिराजमणि पोखरेलसँग गरिएको कुराकानी नेपाल टकमाः

    एमसीसी प्रकरणले पार्टीमा विवाद देखिएपछि अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नारायणकाजी निवासमै भेट्न जानुभयो । उहाँहरुबीच के कुराकानी भयो ?

    प्रकाशजीले हिजो आफ्नो कुरा भनिसक्नुभएको छ । २० गतेदेखि हाम्रो केन्द्रीय कमिटीको बैठक छ । पार्टीलाई एकतावद्ध गरेर जानुपर्ने अहिलेको परिवेशमा यिनै विषयको वरिपरि छलफल भएको बुझेको छु ।

    अध्यक्षले एसमीसी पास गर्ने सन्दर्भमा जुन सोच ल्याउनु भएको थियो, हामीले यो समाधान होइन भनेर भनेका थियौं । संसदमा यसलाई हतार हतारमा जुन ढंगले पास गर्न खोजियो, त्यसबारे संसदमै मैले बोलिसकेको छु । त्यो घटनापछि अध्यक्षले पत्रकार सम्मेलन गर्नुभयो ।

    पत्रकार सम्मेलनपछि स्थिति अझ सकरात्मक दिशमा जाने भन्दा पनि भिन्न विचार भएकालाई पार्टी छोडेर गए हुन्छ भन्ने आशय अभिव्यक्त भए । भिन्न विचारको झन् सम्मान गर्नुपर्ने हो ।

    अध्यक्षको अभिव्यक्तिपछि तपाईंहरुबीच छुट्टै छलफल भएको हो ?

    त्यसरी हामी बसेका छैनौं । एमसीसी विकासका नाममा मात्रै आएको भए मलाई केही आपत्ति थिएन । यो एउटा भू–राजनीतिक एजेन्डा हो यो । कम्तिमा माओवादी पार्टीले राष्ट्रियताको सवालमा सच्चा पहरेदारको भूमिका खेल्छ भन्ने अपेक्षा थियो । हाम्रो महाधिवेशनमा पनि यथास्थितिमा एमसीसी पास नगर्ने सहमति भएको थियो ।

    महाधिवेशनमा त्यत्रो निर्णय भएको छ, प्रधानमन्त्रीसँग मिलेर अध्यक्षले पहिले नै यसरी पास गर्छौं भनेर एउटा चिठी लेख्नु भएको रहेछ । उहाँको भनाइ र गराइको बीचमा संगति देखिदैन । हामी एउटा संवेदनशील ठाउँमा छौं । कस्ता अनुदान लिने, कस्ता नलिने भन्नेबारे सोच्नुपर्छ । दुईवटा शक्तिशाली राष्ट्रका बीचमा छौं हामी । हाम्रा पुर्खाले त्यत्तिकै नेपाललाई यो ठाउँमा ल्याएका छैनन् । अहिलको नेतृत्वले त्यो कोणबाट पनि सोच्नुपर्ने हुन्छ ।

    व्याख्यात्मक घोषणाले पनि चित्त बुझाउन सक्नुभएन ?

    यो भनेको उधारो कुरा हो । द्विपक्षीय सम्बन्धमा दुवै पक्षको सहमति हुनुपर्छ । यही कुरा त त्यही दिन किन पास गर्नुपर्‍यो ? हामीले जुन १२ वुँदे घोषणा गरेका छौं, ती उनीहरुलाई पठाएर त्यसप्रति कुनै प्रतिवद्धता आएपछि न त्यो सम्झौताको अंग हुन्छ । हस्ताक्षर र परिमार्जनका पनि निश्चित प्रक्रिया छन् । यो त उधारो कुरा हो । यो चित्त बुझ्ने कुरा होइन । हाम्रो नेतृत्वले महाकाली सम्झौताबाट पनि सिकेन । संकल्प प्रस्ताव त त्यतिबेला पनि संसदले गरेको थियो । त्यो भारतले लागू ग¥यो त ? अझ भियना अभिसन्धी अमेरिकी संसदले पास गरेकै छन् भन्ने कुरा पनि विज्ञले भनिरहेका छन् ।

    प्रचण्डले त धेरै कानूनविज्ञले पत्रै लेखेर व्याख्यात्मक घोषणाले कानूनी मान्यता पाउँछ, त्यही विश्वासले एमसीसी पास गर्न तयार भएँ भनिरहनु भएको छ नि ?

    उहाँ सहमत भएर त यो ठाउँमा पुगियो । नेपाली कांग्रेसको योजना सफल भयो । उहाँ तयार नभइकन हुँदैनथ्यो । पाँच महिना पहिले नै पास गर्ने भनेर जुन पत्र लेख्नु भएको छ, त्यही अनुसार अगाडि बढ्नुभयोे । साँच्चै यो अंग बनोस् । हामीले सोचेजस्तो नहोस् । त्यही कुरा गर्नु थियो भने पछि उहाँले अघि नै भनेर यो ढंगले जाउँ भन्नुपथ्र्यो । संसदीय दलको बैठकमा बसेर टेबुल गरेको दिन विरोध गर्ने, मतदानका बेला विपक्षमा गर्ने र सरकार छोड्ने, सडकमा जाने, जस्तोसुकै परिस्थितिलाई तयार हुनुहोस् भन्नु भएको हो ।

    उहाँले त संविधान र शान्ति सम्झौता नै ‘डिरेल’ हुने खतरा देखेँ एमसीसी पास नगर्दा भन्नुभयो । उहाँलाई के को त्रास छ त्यत्रो ?

    मैले यति भन्न चहान्छु कि संसदीय राजनीतिमा आएपछि दैनिक सम्पर्क, सम्बन्धले एउटा क्रान्तिकारी पार्टीलाई यथास्थितिमा लैजाने र आफ्ना मुलभूत कुराबाट विचलित गर्दै लैजान्छ । हामीले त्यहीँनेर हो सतर्कता देखाउनुपर्ने ।

    यो त राष्ट्रियताको मुद्दा हो । हाम्रा अगाडि केही चुनौती छन् । कसरी संविधानलाई जोगाउने, कसरी राष्ट्रियतालाई जर्गेना गर्ने भन्ने । पार्टी त्यो कित्तामा उभिएपछि न अगाडि बढ्छ । संघर्ष नगरी यहाँसम्म आएको होइन । शान्ति प्रक्रियाका बाँकी कामलाई पनि संघर्ष गरेरै टुंग्याउनुपर्ने हो । उहाँ एजेन्डामा अडिएर नेतृत्व गर्नुहुन्छ भन्ने अपेक्षा थियो । आत्मसुरक्षावादी सोचबाट यो ठाउँमा पुग्नुभयो कि जस्तो लाग्छ ।

    उहाँमाथि साँच्चैको भय हो कि भय देखाएर तपाईंहरुलाई निर्णय मान्न बाध्य पार्न खोज्नु भएको हो ?

    माओवादीलाई सिध्याउन पाए हुन्थ्यो भनेर एकथरी लागेकै छन् । एकथरी माओवादीलाई नसिध्याई यहाँको विकास हुँदैन भन्ने पनि छन् । यतिखेर माओवादी एजेन्डा, माओवादी पार्टी र माओवादी नेतृत्वलाई सिध्याउन त लागेकै छन् । त्यसलाई रत्तिभर पनि वेवास्ता गर्नुहुन्न । यो अवस्थामा अझ बढी संस्थागत भएर जानुपर्छ ।

    अध्यक्षले महाधिवेशनमा पनि विगतमा कतिपय कार्यशैलीगत कमजोरी भएको कुरा राख्नु भएको थियो । महाधिवेशनपछि केन्द्रीय समिति बैठक बसेको छैन । उहाँ मात्रै पदाधिकारी हुनुहुन्छ । पूर्वस्थायी कमिटीलाई आमन्त्रित गरेर निर्णय गरिरहनु भएको छ । त्यहाँ पनि मतभेद देखापर्‍यो । वरिष्ठ साथीहरुले नै यो कुरा राख्नुभयो । अध्यक्षले संसदमा अधिकतम माननीयहरुलाई बोल्न लगाएर अमेरिकासँग पत्राचार गरेको भए के हुन्थ्यो ? १६ गतेभित्र नै पास गराउनेतिर उहाँ लाग्नुभयो ।

    मलाई त अचम्म के लागेको छ भने संसदमा हाम्रै पार्टीका सांसदहरु पनि बोल्नु भएन । यत्रो मुद्दा हो नि । जो–जो सांसद छन्, उनीहरु त जनताबाट निर्वाचित भएर आएका हुन् । हाम्रो सार्वभौम सत्ता अभ्यास गर्ने ठाउँ हो त्यो । यत्रो राष्ट्रको सवाल हो यो ।

    हामी छलफल गर्छौं । छलफल सबै सकाएका पनि छैनौं । एमसीसी पास भइसकेपछि अन्तरविरोध कसरी विकास भएको छ ? को–कोसँग हाम्रो अन्तरविरोध हो भन्ने ढंगले छलफल गर्नुपर्ने आवश्यकता छ ।

    छलफल भनेको असन्तुष्टहरुबीच हो कि अध्यक्षसँग हुन्छ ?

    राष्ट्रकै अगाडि छलफल गर्नुपर्छ । एमसीसीबारे त मैले लिखित धारणा नै संसदमा राखेको छु । असन्तुष्टको मात्रै कुरा भएन, सबैले छलफल गर्नुपर्छ । यो विषयमा यति ठूलो आक्रोस र असन्तुष्टि छ । हाम्रो पार्टीको मात्रै कुरा भएन, नेपाली समाजमै यसले ध्रुविकरण ल्याएर आएको छ ।

    एमसीसी पास गराउने सन्दर्भमा एमालेको सहयोगी भूमिका रह्यो । यत्रो राष्ट्रको मुद्दा आउँदा वेल घेरेर बसिराख्ने कुरा थियो र ? उनीहरुले चाहँदा पर्याप्त छलफल हुन्थ्यो, करेक्सन हुन्थ्यो । यसलाई विफल बनाउन सकिन्थ्यो । उसले पनि त्यो भूमिका खेलेन ।

    गठवन्धन, टुटाउन, फुटाउन पनि खोजेका थिए एमसीसीको प्रयोग गरेर । हामीले त्यो कुरालाई पनि बिर्सन हुन्न । हिजो प्रतिगमनकारी आन्दोलनको विरुद्धमा यो बनेको हो । हिजो न्यूनतम साझा कार्यक्रममा पनि एमसीसी परेको थिएन ।

    प्रचण्डले पनि एमसीसी प्रयोग गरेर गठबन्धन भत्काउने कोसिस भयो भन्नुभएको छ । तपाईंहरुले पनि त्यो कुरा नबुझिदिने त ?

    अध्यक्षले हाउसमै यो कुरा बोल्नुपर्थ्यो । उहाँ त पूर्वप्रधानमन्त्री हो । उहाँलाई समयको सीमा हुँदैन संसदमा बोल्नलाई । भोलिपल्ट पत्रकार सम्मेलन गरेर यो कुरा भन्नुपर्ने थियो र ?

    एमसीसीसँगै पारित भएको व्याख्यात्मक घोषणमा अमेरिकाको इन्डो प्यासेफिङ रणनीति नमान्ने, नेपालीको संविधानभन्दा माथि एमसीसी नहुने र सम्झौतामा उल्लेख गरेभन्दा फरक दायित्व सिर्जना भए नेपालले एकतर्फी खारेज गर्ने भन्ने विषय छ । यसलाई त सकारात्मक मान्नुपर्ला नि ?

    सबै कुरामा सकारात्मक र नकरात्मक पक्ष हुन्छ । त्यसमा धेरै विमति गर्दिनँ । तर, मुख्य कुरा अमेरिकीहरुले भनेको कुरा होइन त्यो । एमसीसी पास गर्न हाम्रा नेताहरुले घोषणा गरेको र बोेलेको कुरा हो । अमेरिका आईपीएस कार्यान्वन गर्न आएको छ, हाम्रा साथीहरु होइन भन्नुहुन्छ । नेपाली राजनीतिमा हामी छौं, भविष्यमा हामी हेरौंला के हुन्छ । दुई चार दिन रोकेर यी विषयमा उनीहरुको समेत सहमति लिएर एमसीसीको अंग बनाएको भए न हुन्थ्यो । यो उधारोको कुरा हो । उनीहरुले खोजेको कुरा प्राप्त गरेको छ ।

    प्रचण्डले व्याख्यात्मक घोषणामा अमेरिकाको सकरात्मक संकेत थियो भन्नु भएको छ नि ?

    संकेत कसले पाएको थियो ? सांसदहरुले कसले भनेको बुझ्ने त्यो ? त्यो त कुनै एउटा प्रणालीमा आउनुप¥यो नि । त्यसको कुनै प्रक्रिया हुनुप¥यो नि ।

    तपाईंहरुको असन्तुष्टिको छलफल कहाँ हुन्छ ? पार्टीमा कसरी कुरा मिलाउनुहुन्छ ?

    अध्यक्षको पत्रकार सम्मेलनले पार्टी छोडेर जाउ भन्ने आशय दिएको छ । यो कुरा उठाउनेहरुका पार्टी कस्ता छन् हेरन त भन्नुभएको छ । अध्यक्षको मुखबाट त्यस्तो कुरा आउनु उपयुक्त हो र ? झन् असन्तुष्टहरुलाई लिएर पार्टीमा व्यापक छलफल गरेर वृहत खालको एकता गर्ने कोणबाट पो कुरा गर्नुपर्थ्यो।

    महाधिवेशनले भनेको यथास्थितिमा पास गर्नुहुँदैन भन्ने ठाउँमा गयो त ? न उहाँ संस्थागत प्रक्रिया अन्तरगत नै जानु भएको छ । त्यही कुरामा पनि केन्द्रीय समिति बैठक बोलाउ, त्यही छलफल गरौं भन्ने कुरा उठेको थियो । कहिलेकाँही पार्टीभन्दा माथि राष्ट्र हुने रहेछ । यो राष्ट्रको मुद्दा भएकाले हामीले संसदमा आफ्ना कुरा राख्यौं ।

    केन्द्रीय समितिको बैठक २० गते बोलाइएको छ। त्यहाँ यो विषयलाई कसरी उठाउनुहुन्छ ?

    हामीले आफूलाई लागेका कुरा बैठकमा भनिहाल्छौं । यो छलफलको थलो बन्छ कि बन्दैन ? पार्टी पार्टी जस्तो बन्छ कि बन्दैन ? एमसीसी पास गर्नले पार्टी फुटाउन लागे, अर्कोतिर जान लागे भन्ने ढंगले मात्रै हौवा खडा गरिन्छ कि राम्रो बहस हुन्छ ? आफ्नो विवेक नै जागृत नगर्ने, विवेक नै प्रयोग नगर्ने, आलोचनात्मक चेत नै जागृत हुन नदिने ढंगले बैठक चल्छ कि खुला ढंगले सबै सहभागी हुनुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ ।

    थप कदम चाल्नुअघि केन्द्रीय समिति वैठक र त्यहाँ हुने छलफललाई पर्खिनुहुन्छ उसो भए ?

    हामीले अहिलेसम्म केही निर्णय गरेका छैनौं । यो परिस्थिति भएपछि कैयौं ठाउँमा साथीहरुले पार्टी छाड्न थाल्नु भएको छ । संसदमा हारजित होला, सरकारमा हारजित होला । पार्टी त पार्टी हुनुप¥यो नि ।

    पार्टी देशभक्तहरुको हो कि होइन, राष्ट्रवादी पार्टी हो कि होइन भनेर प्रश्न उठ्ने ठाउँमा हामीले पु¥याइ सकेपछि त यसले देशव्यापी रुपमा तरङ्ग उठेको छ । सांसदहरु नै खुलेर बोल्नु भएन । आफ्नो पोजिसन लिनुभएन । मैले संसदीय दलमा पनि अध्यक्षलाई भनेको थिएँ, सबैलाई बोल्न दिनुहोस् । भोलि जनताको बीचमा गएर पनि बोल्नुपर्छ । मेरो अडान के थियो ? मैले के भनेको थिएँ यो मुद्दामा भन्ने कुरा राख्न दिनुपर्छ ।

    हिजो अप्ठ्यारो बेलामा चुनौती व्यहोरेकाले न प्रचण्ड हुनुभएको हो । अहिले पनि अपेक्षा त्यही थियो, उहाँले ठूलो ‘मिस’ गर्नुभयो ।

    एमसीसीकै कारण माओवादी फेरि विभाजनमा जाने हो कि भन्ने आंशका पनि छ । तपाईंहरु त्यो हदसम्म पनि जान तयार हो ?

    पार्टीमा मुल्यांकन भएन, समीक्षा भएन र जे–जे गलत काम भएका छन् तीनलाई अनुमोदन गर्दै जाने थलो मात्रै भइराख्यो भने के हुन्छ ? अहिले कुनै फुटको कुरा छैन । अध्यक्ष रुपान्तरण हुनुभयो भने पार्टी पनि रुपान्तरण हुन्छ भन्ने ढंगले पछिल्लो केन्द्रीय महाधिवेशनसम्म कुरा गर्दै आएको हो । हामी एकतावद्ध भएर गयौं भने हामी हाम्रै एजेन्डाको वरीपरी फेरि एक नम्बरको पार्टी बनाउन सक्छौं भनेर आएको हो ।

    कसले यस्तो बेलामा फुटबारे सोच्छ ? यो त अन्तरसंघर्ष हो । विचारधारात्मक कुरा हो । यो मुद्दा हो, सबैले ध्यान दिनुहुन्छ भन्ने मलाई लाग्दछ । हाम्रो प्राथमिकता फुट होइन । हामीले वृहत्तर एकताको माग गरेका छौं । अध्यक्षले लिएर आउनु भएका हरेक कुरालाई हामीले महत्वपूर्ण मोडमा पनि साथ दिएका छौं ।

     

    तस्बिर र भिडिओ : नविनमुनि स्थापित

  • दुर्गमका पत्रकारलाई २० प्रतिशत तलव थप गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस (भिडिओ)

    दुर्गमका पत्रकारलाई २० प्रतिशत तलव थप गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस (भिडिओ)

    काठमाडाैं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक दुर्गममा कार्यरत पत्रकारहरुको तलवमा २० प्रतिशत थप गर्न सिफारिस गरेको छ ।

    समितिको तर्फबाट सञ्चाार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बुझाएको न्यूनतम पारिश्रमिक पुनरावलोकन सम्बन्धि प्रतिवेदनमा अन्य क्षेत्रमा काम गर्ने पत्रकार भन्दा २० प्रतिशत पारिश्रमिक निर्धारण गर्ने सफिारिस गरेको हो ।

    श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ को (पहिलो संशोधन २०६४) दफा दफा ११ अनुसार गठन भएको समितिले दुर्गममा बसेर काम गर्ने पत्रकारहरुलाई महंगी, सञ्चारको पहुँचमा समस्या लगायतका विषयलाई मध्येनजर गर्दै पहिलो पटक दुर्गमका पत्रकारलाई न्यूनतम पारिश्रमिक भन्दा २० प्रतिशत थप गर्न सिफारिस गरेको समितिका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।

    २०७५ असोज ३० गते रजपत्रमा प्रकाशित सूचना अनुसारको तलवमा २५ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको समितिले ऐन कार्यान्वयन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजिवि पत्रकारको तलव ३० हजार चार सय ६८ रुपैयाँ ७५ पैशा कायम गर्न सफिरिस गरेको छ भने कर्मचारीका लागि २२ हजार ५ सय सिफारिस गरेको छ ।

    त्यसैगरी अन्य सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजिवि पत्रकारहरुको आधारभूत पारिश्रमिक २२ हजार ३१ कायम गर्न सिफारिस गरेको छ भने कर्मचारीको तलव १९ हजार ५ सय ३१ सिफारिस गरेको हो ।

    श्रमजीवीहरुको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव, अन्य क्षेत्रमा कार्यरत श्रमजीवी वा कर्मचारीको तुलनात्मक पारिश्रमिक दर र संचार प्रतिष्ठानहरुको आर्थिक अवस्था/क्षमतालाई आधार मानेर तय गरेको श्रमजिवि पत्रकार र सञ्चार प्रतिष्ठानमा काम गर्ने कर्मचारीको आधारभूत पारिश्रमिक तय गर्न सरकारलाई सिफारिस गरेको समितिले सञ्चार माध्यममा काम गर्ने स्ट्रीन्जरले प्राप्त गर्ने प्रति समाचारमा समेत सोही अनुसारको वृद्धि गर्न सिफासिर गरेको हो ।

    ‘सुगमका जिल्लामा भन्दा दुर्गमका जिल्लाकमा काम गर्ने श्रमजिवि पत्रकार र कर्मचारीलाई निकै गाह्रो हुने गरेको निचोड निकालेको समितिले पहिलो पटक दुर्गम क्षेत्रका पत्रकार र कर्मचारीका लागि २० प्रतिशत रकम थपेर आधारभूत पारिश्रमिक निर्धारण गर्न सरकारलाई सिफारिस गरेको हो’ सदस्य महताराले भने, ‘यसले दुर्गममा रहेर काम गर्ने पत्रकार र समग्र पत्रकारिता पेशाप्रति नैं राज्यले गर्ने न्याय हुनेछ ।’

  • स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा अव्यवहारिक हुन्छ : कांग्रेस प्रवक्ता (भिडिओ)

    स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा अव्यवहारिक हुन्छ : कांग्रेस प्रवक्ता (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेको दलहरुको चुनावी तालमेल हुन नसक्ने बताएका छन् ।

    आउने स्थानीय तहको निर्वाचनमा कुनैपनि दलहरुबीच चुनावी तालमेल हुने अवस्था आफूले नदेखेको उनले बताए ।

    स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने उनको भनाई छ । तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा भने गठबन्धनमा कुनै छलफल नभएको उनको भनाई छ ।

    उनले भने, ‘स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन ।’

    महतले आवश्यक्ताको सिद्धान्त र आ–आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको दोहो¥याए ।

    उनले भने, ‘स्थानीय आवश्यक्ताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भईसकेको अवस्था छैन ।’

    स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए ।

  • गोकुल बास्कोटाको टिप्प्णीः सभामुखलाई गुरिल्लाको ह्याङओभरले छाडेन (भिडिओ)

    गोकुल बास्कोटाको टिप्प्णीः सभामुखलाई गुरिल्लाको ह्याङओभरले छाडेन (भिडिओ)

    सुर्खेत । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटालाई ‘नालायक’ भन्दै गुरिल्लाको ह्याङओभरबाट उम्कन नसकेको टिप्पणी गरेका छन् । ‘उनी सभामुख जस्तो पदमा बसिरहन मिल्ने मान्छे नै होइनन्’, बास्कोटाले भने, ‘सभामुख कुनै पार्टीको हुँदैन, तर उहाँ माओवादीबाट माथि उठ्नै सक्नुभएन ।’

    नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको पहिले अधिवेशनलाई सम्बोधन गर्न सुर्खेत आइपुगेका बास्कोटाले नेपाल प्रेससँग कुरा गर्दै सभामुखमाथि महाअभियोग लाग्नसक्ने बताएका छन् । उनी भन्छन्– उहाँलाई महाभियोग लगाउन नसक्ने कुरा छैन । हामी प्रतीक्षा गरिरहेका छौं नि त ! उहाँले टोपबहादुर रायमाझीलाई मार हान्न एक सेकेण्ड कुर्नु भएन एमालेका सांसदलाई कारबाही गर्नु भएन, के उहाँ न्यायाधीश हो ?’

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खोलैखोला जान लागेको आफ्नो नेताको हैसियत जोगाउन व्याख्यात्मक टिप्पणी गर्ने भन्दै एमसीसी पारित गराएको आरोप समेत उनले लगाए । नेता बास्कोटाले एमसीसीका विरुद्धमा पहाड सिर्जना गरेर माओवादीले पछि त्यसैलाई समर्थन गरेको बताए ।

    उनले एमसीसी परियोजना तोकिएकै समयमा सम्पन्न होस् भन्दै शुभकामना पनि दिए ।

    उनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरुद्ध ल्याइएको महाभियोगबारे एमालेसँग कुनै सल्लाह नभएको बताए ।

  • पशुपतिमा राष्ट्रपति र पूर्वराजा २० मिनेट अघिपछि (तस्बिरहरु\भिडिओ)

    पशुपतिमा राष्ट्रपति र पूर्वराजा २० मिनेट अघिपछि (तस्बिरहरु\भिडिओ)

    काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन् ।

    राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

    यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पूजा आराधाना गरेका छन् । राष्ट्रपति भण्डारी पुगेको २० मिनेटपछि मन्दिर प्रवेश गरेका पूर्वराजाले पूजाआराधाना गरेका हुन् ।

    यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

    महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध जयन्तीदेखि व्यवसायिक उडान (भिडिओ)

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध जयन्तीदेखि व्यवसायिक उडान (भिडिओ)

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान सञ्चालन हुने भएको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बसद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ ।

    विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताए ।

    आपत्कालीन अवस्थामा विमानस्थल प्रयोग गर्न सकिने

    प्राधिकरणका महानिर्देशक इन्जिनियर अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गरे ।

    नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनु पर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिए ।

    गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ ।

    त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्नेछ ।

    नयाँ एयर रुट चाहिन्छ

    विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहेको तर तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा  दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ ।

    विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताए। विमानस्थलमा उडान शुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बिहरु सिधै लुम्बिनीमा आउनसक्ने उनको भनाई छ ।

    जनशक्ति व्यवस्थापन

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताए। उनले अध्यागमन, भन्सार,क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरुको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताए ।

    उनका अनुसार विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको छ ।

    उनले भने,‘विमानस्थलमा आवश्यक जनशक्तिको व्यस्थापन गरिसकेका छौं । अध्यागमन, भन्सार,क्वारेन्टाइन र सेक्युरेटी एजेन्सीहरुको सोही अनुसारको दरबन्दीका कामहरु भएको छ । मैले के भन्न खोजेको हो भने क्यानको मात्रै एयरपोर्ट होइन । क्यानले मात्रै चलाउन सक्ने विषय पनि होइन । त्यसैले त यसलाई राष्ट्रिय गौरवको आयोजना भनिएको हो । सबै स्टेक होल्डरहरु सबै एजेन्सीहरुले आ–आफ्नो तरिकाबाट काम भएको छ । आगामी जेठ २ गतेसम्म सबै काम पूरा हुनेछ । एशियाली विकास बैंक र हामीले लगानी गर्दा रेटअफ रिटन नहेरी काम गरिएको हुँदैन । हामीसँग मार्केट छ । त्यो भएकाले सोचिहाल्नु पर्ने जरुरी देखिदैन ।’

    विमानस्थलको व्यापार, प्रचारप्रसार

    त्यस्तै,महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरुसँग औपचारिक रुपमा छलफल भइरहेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरु प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताए ।

    विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उनको भनाई छ । अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गर्नुभयो । उहाँले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गरे ।

    विमानस्थल सञ्चालन

    महानिर्देशक अधिकारीले विमानस्थल व्यवसायिक ढङ्गले सञ्चालन गर्दा विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन नीजि क्षेत्रलाई दिनुपर्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलहरुको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको छ ।

    अब यो संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै विस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले भने । यो विमानस्थल नीजि क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरु केलाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ ।

    उनले भने,‘विमानस्थल सञ्चालन भनेको विश्वव्यापी अभ्यास हेर्ने हो भने जुन परमपरागत ढङ्गले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिहेका छौं । अहिले गौतमबुद्ध विमानस्थल पनि त्यही मापदण्डमा त्यही ऐन र नियमावली अनुसार हामीले सञ्चालन गरिरहेका छौं । यो गौतमबुद्ध विमानस्थल नीजी कम्पनीले बनाएको भए यसको विज्ञापन कति हुने थियो । यसलाई व्यवसायी ढङ्गमा लिएर जाने हो भने व्यवसायी सञ्चालन गरियो भने अब हामी विस्तारी विमानस्थलको अप्रेशन, यसको मर्मत समग्र यसको सञ्चालन नीजि क्षेत्रले गराउनु पर्छ ।’

    उनले अब सरकारले नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नीति लिनु आवश्यक भएको बताए । अधिकारीले सरकारले भएको संरचनाबाट विमानस्थल राम्रो बनाउने भएपनि खोजेस्तो राम्रो बनाउने उत्तम उपाय नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नै रहेको उनको भनाइ छ ।

  • सभामुखले घुँडा टेक्ने कुरा केपी ओलीले नचिताए हुन्छ : माधव नेपाल (भिडिओ)

    सभामुखले घुँडा टेक्ने कुरा केपी ओलीले नचिताए हुन्छ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभामुखका पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखमाथि महाअभियोग ल्याउन सक्ने चेतावनी दिएपछि नेपालले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको बताएका हुन् ।

    ‘सभामुखको पक्षमा हामी दृढताका साथ उभिन्छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘सभामुखले राजीनामा दिने, घुँडा टेक्ने केपी ओलीका सामु ? नचिताए हुन्छ । हामी उहाँको पक्षमा दृढताका साथ उभिन्छौं ।’

    सभामुखले सांसदको अधिकारको रक्षा गरेको भन्दै उनले ओलीले अपमानपूर्ण व्यवहार गरेको समेत आरोप लगाए ।

    ‘जुन सभामुखले संसदको गरिमाको रक्षा गरिरहनु भएको छ, सांसदको अधिकारको रक्षा गर्नु भएको छ, उसमाथि धारेहात लगाउने ?,’ नेपालको प्रश्न छ, ‘आरोप लगाउने ? त्यस्तो दुष्चेष्ठा गर्ने ? अपमानपूर्ण व्यवहार गर्ने ? सभामुखको गरिमाको रक्षा नगर्ने ? केपी ओलीको यो प्रवृत्ति अत्यन्तै असभ्य हो ।’

  • व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नु अज्ञानीहरुको कुरा मात्रै हो : नेपाल (भिडिओ)

    व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नु अज्ञानीहरुको कुरा मात्रै हो : नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमाथि घोषणा गरिएको व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नेलाई ज्ञानको कमी भएको टिप्पणी गरेका छन् ।

    ‘केही पनि होइन यो भनेर जसरी प्रचार गर्न खोजिएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘ अन्तर्राष्ट्रिय सन्धी सम्बन्धि व्यवहारको ज्ञान नभएका अज्ञानीहरुको कुरा मात्रै हो त्यो । उनीहरुलाई यो पनि थाहा छैन कि २०७७ सालमा सन्धी सम्बन्धी नियमावली जारी भएको थियो । त्यसमा कुनै पनि सन्धीका साथमा त्यसलाई अगाडि प्रस्तुत गर्‍यो भने त्यससँग त्यो जोडिन पुग्दछ भन्ने व्यवस्था गरेको छ । त्यही आधारमा व्याख्यात्म घोषणा तयार भएको हो ।’

    सिंगो संसदले व्याख्यात्मक घोषणा गरेको र त्यसलाई अमेरिका र चीनले समेत स्वागत गरेको दावी गर्दैै विरोधको कुनै अर्थ नहुने नेपालको भनाइ छ ।

    उनले भने, ‘सिंगो संसदले (सम्भवत दुई चार जना बाहेक केपी ओलीकाले पनि विरोध गरेनन्)अनुमोदन गरिसकेपछि त्यसको बारेमा अमेरिकाले पनि सकरात्मक प्रतिक्रिया र स्वयं चीनले पनि सकरात्मक प्रतिक्रिया दिएपछि यसको केही पनि अर्थ छैन भन्ने ?’

    १२ बुँदे व्याख्यात्मक घोषणबाट एमसीसीबारेका भ्रम चिर्ने प्रयास गरिएको भन्दै नेपालले नेपालको संविधानभन्दा माथि केही नरहेको समेत बताए ।

    ‘१२ बुँदेमा जनतामा गएको सबै भ्रमलाई चिर्ने कोसिस भएकोछ,’ नेपालको भनाइ छ, ‘प्रष्ट पार्न खोजिएको छ । नेपालको संविधान भन्दामाथि कुनै चिज हुन सक्दैन भनिएको छ ।’

  • माधव नेपालको टिप्पणी- एमसीसी अघि बढाउन तमासा गर्ने ओली अहिले मुकदर्शक भएर बसे (भिडिओ)

    माधव नेपालको टिप्पणी- एमसीसी अघि बढाउन तमासा गर्ने ओली अहिले मुकदर्शक भएर बसे (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका छन् ।

    मंगलबार एमसीसीबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘अन्तमा न समर्थन, न विरोध । एउटा प्रहसन, तमासा जस्तो सुनियो । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’

    नेपालले आफ्नो पार्टी देखेर ओली विचलित भएको अरोपसमेत लगाए । ‘उनी विचलित हुनुको कारण हाम्रो पार्टी र हाम्रो पार्टीको अस्तित्व देखेर हो,’ उनले भने ।

    आफ्नो पार्टी संवैधानिकरूपमा बनेको नेपालको भनाइ छ । ‘हाम्रो पार्टी वैधानिकरुपमा स्थापित भएको हो,’ उनले भने, ‘सर्वोच्च अदालतले ७६ को (६) मा कुनै ह्वीप लाग्दैन भन्ने सर्वोच्चले फैसला गरेको छ । त्यसमा कुनै कारबाही गर्न मिल्दैन्थ्यो ।’

    आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसदमा त्यसलाई उठान नपाउने दावी गरे । ‘अदालतमा गएको कुरामा संसदमा कुरा उठाउन पाइन्छ ?,’ उनको भनाइ छ, ‘संविधान, ऐनको उल्लघंन गर्ने काम केपी ओली एण्ड कम्पनीबाट हुँदै आएको छ ।’

  • ओलीको प्रश्न- प्रचण्ड त्यति साह्रो किन आत्तिनुभयो ? (भिडिओ)

    ओलीको प्रश्न- प्रचण्ड त्यति साह्रो किन आत्तिनुभयो ? (भिडिओ)

    काठाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एसीसीलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै आत्तिएको भन्दै कटाक्ष गरेका छन् ।

    प्रचण्डको नाम नलिइकन मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘एकजना उहाँको म थर भन्न चाहान्नँ । एकजनाले त के भाषण गर्नुभयो भने केपी ओली फेरि प्रधानमन्त्री भए भने नेपालको सर्वनाश हुन्छ । उहाँको म थर भन्न चाहान्नँ कसले भनेको भनेर । किन आत्तिनुभयो उहाँ त्यति साह्रो ? नेपालको पार्टी पनि ध्वस्त हुन्छ । अनि त्यस कारणले एमसीसी पास गरियो भन्नुहुन्छ उहाँ ।’

    ओलीले प्रचण्ड, माधवहरूको कुनै भविष्य नरहेको समेत दाबी गरे । ‘उहाँहरूको हैसियतले एक्लै चुनावमा जान दिँदैन,’ ओलीको भनाइ छ, ‘राम्रै बुझ्नु भएको छ। उहाँहरूको कुनै भविष्य छैन ।’

  • ओलीको दाबी- गैरकानूनी ढंगले एमसीसीको ‘मृत प्रस्ताव’ माथि निर्णय भयो (भिडिओ)

    ओलीको दाबी- गैरकानूनी ढंगले एमसीसीको ‘मृत प्रस्ताव’ माथि निर्णय भयो (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा पेस भएको एमसीसीसम्बन्धी प्रस्तावलाई ‘मृत प्रस्ताव’ भन्दै त्यो गैरकानूनी ढंगले पारित गरिएको बताएका छन् ।

    तीन वर्षअघि नै एमसीसी पेस गरिएको र त्यसपछि संसदका धेरै सत्र बसेको तर्क गर्दै ओलीले पुनः प्रस्ताव ल्याउनुपर्नेमा त्यस्तो नगरिएको दाबी गरियो ।

    ‘तीन वर्षअगाडि प्रस्तुत भएको भनिएको प्रस्तावलाई अहिले प्रस्तावै पेस नगरिकन गैरकानूनी ढंगले मृत प्रस्ताव, अस्तित्वमा नरहेको प्रस्तावलाई नै अस्तित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानूनी काम फेरि पनि सभामुखले गर्नुभयो,’ ओलीले भने ।

    संसदमा आफ्ना मागको सम्बोधन नगरी पेलेर अघि बढिएको ओलीले गुनासो गरे । ‘हाम्रा माग सम्बोधन गरेर हामीलाई पनि संसदमा सहभागी हुने अवस्था सिर्जना गराउनुहोस् भन्यौं,’ उनले भने, ‘तर, त्यसलाई बेवास्ता गरियो । हामीलाई पेलेर जाने काम भयो ।’

    विरोधका बाबजुद पनि संसदन चलाएको भन्दै ओलीले त्यो संसदीय मर्यादाबाहिर रहेको समेत टिप्पणी गरे । ओलीले भने, ‘सांसदहरूले सभामुखतिर पिठ्यूँ फर्काउनुलाई संसदीय व्यवस्थामा शोभनीय मानिँदैन । यस्तो व्यवहार स्वीकार गरिँदैन ।’

  • एमसीसीमा एमालेलाई जोडेर निर्लज्ज ढंगले हल्ला चलाइयो : ओली (भिडिओ)

    एमसीसीमा एमालेलाई जोडेर निर्लज्ज ढंगले हल्ला चलाइयो : ओली (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा एमालेलाई जोडेर हल्ला चलाइएको दावी गरेका छन् ।

    अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा संसदमा पेस गरेकाे र प्रदीप ज्ञवाली अमेरिका जाँदा आईपीएसको अंग बनाइयो भन्ने जस्ता हल्ला चलाइएको बताए ।

    ‘निर्लज्ज ढंगले हल्ला चलाइयो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा संसदमा ल्याइयो र प्रदीप ज्ञवाली अमेरिका गएका बेला आईपीएसको अंग बनाइयो ।’

    ओलीले एमसीसी सम्झाैता गर्दा एमालेसँग कुनै सहकार्य र सल्लाह नभएको दावी समेत गरे । ‘सम्झौता गठबन्धनवालाले गरे,’ उनले भने, ‘हामीसँग सहकार्य, सोधपुछ गरेको पनि होइन । त्यति बेला हामी प्रतिपक्षको हैसियतमा थियौं । हामीसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन ।’

    ओलीले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणालाई तथाकथित भन्दै त्यसको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘तथाकतिथ व्याख्यात्मक घोषणा गर्नु भयो, त्यसको कुनै अर्थ छैन् ।’

    ओलीले एमसीसीलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्नेमा राजनीति गरिएको समेत आरोप लगाए । ‘यसभित्र राजनीति नगरि यसलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्ने थियो,’ ओलीले भने, ‘यसबाट मतभेद सिर्जना गर्ने, हुँडलो मच्चाउने काम भयो ।’

    ओलीले माओवादी केन्द्र र एकीकृत समाजादीप्रति समेत कटाक्ष गरे । एमसीसीलाई राष्ट्रघाती भन्नेले के आधारमा त्यसलाई स्वीकार गरेको भन्दै प्रश्न समेत गरे ।

    उनले भने, ‘एमसीसीमा राष्ट्रघात भएको हो कि होइन ?,’ उनको प्रश्न छ, ‘होइन भने किन कार्यकर्ता परिचालन गर्नुभयो, कार्यकर्ता भत्काउनुभयो ?’

  • निफ चैत १७ देखि, ३८ देशका ८९ चलचित्र प्रतिस्पर्धामा (भिडिओ)

    निफ चैत १७ देखि, ३८ देशका ८९ चलचित्र प्रतिस्पर्धामा (भिडिओ)

    काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’(निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । गत वर्ष कोरोनाभाइरसका कारण महोत्सव भर्चुअल माध्यमबाट गरिएको थियो ।

    यसवर्ष भने राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको आयोजक सस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधिको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करण भन्दा यता परिस्कृत भएर आइरहेको बताए । उनले यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप शिक्षित बनाएको पनि बताए ।

    शाहले भने, ‘यो निफलाई मैले पहिलो संस्करणको बेलादेखि नै नियालेर आइरहेको छु । पहिलो संस्करणमा यसले असाध्यै धेरै संघर्ष गर्नुपरेको थियो । तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिस्कृत फम्र्याटमा प्रश्तुत गर्न सफल भयो । यसले हामीलाई धेरै शिक्षित र दिक्षित बनाएको छ । यो अभियानलाई अझै बढी अघि बढाएर लैजानु पर्छ ।’

    यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ । यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ ।

    महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो ।

  • एमसीसीको व्याख्यात्मक घोषणामा नेपाल र अमेरिकाको समान बुझाइ छ : कांग्रेस (भिडिओ)

    एमसीसीको व्याख्यात्मक घोषणामा नेपाल र अमेरिकाको समान बुझाइ छ : कांग्रेस (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेको बताएका छन् ।

    सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीबारे नियोजितरूपमा भ्रम फैलाइए पनि अब त्यो आशंका दूर भएको बताए । एमसीसीबारे नेपाल र अमेरिकाको बुझाइ समान रहेको उनले उल्लेख गरे ।

    ‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ महतले भने, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन । जुन भ्रम थियो त्यो अब दूर भएको छ । अब यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्छ ।’

    विदेशी सहयोगलाई लिएर नेपाली कांग्रेसको फरक-फरक धारणा नहुने भन्दै एउटै मापदण्ड र धारणा रहेको महतले बताए । उनले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झूटो भएको पनि बताए ।

    संसद्ले एमसीसीलाई अपनत्व गरेको भन्दै त्यसलाई अब सदुपयोग गर्नेतिर लाग्ने उनले बताए । महतले एमसीसी अनुमोदन गराउन भूमिका खेल्ने सबै वर्ग र क्षेत्रका मानिसलाई धन्यवाद पनि दिए ।

  • बानेश्वरमा राखिएको प्रेसर कुकरभित्र इँटाको टुक्रा र कागज (भिडिओसहित)

    बानेश्वरमा राखिएको प्रेसर कुकरभित्र इँटाको टुक्रा र कागज (भिडिओसहित)

    काठमाडौं । बानेश्वरस्थित संसद भवनको मुलद्वारअघि सडकमा राखिएको शंकास्पद प्रेसर कुकर बम नभएको पुष्टि भएको छ ।

    बम हुन सक्ने आशंकामा डिस्पोजका लागि आएको सेनाको टोलीले प्रेसर कुकरभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको बतायो ।

    शंकास्पद वस्तुको परीक्षणपछि त्यहाँ कुनै पनि विष्फोटजन्य पदार्थ नभेटिएको क्याप्टेन सन्दीप थापाले जानकारी दिए । ‘हामीले भित्र हेर्दा इँटाको टुक्रा, प्लाष्टिक र नो एमसीसी लेखिएको कागजमात्र भेट्यौं । त्यो तर्साउने हिसाबले राखिएको फेक बम मात्र हो । कुनै पनि शंकास्पद वस्तु भेटिएन ‘, उनले भने ।

    भिडिओ : नविनमुनि स्थापित ।

    तस्बिरहरू : उमेश कार्की । 

  • एमसीसीले स्वाधीनता संकटमा परे मेरो नागरिकता खोसियोस्: गगन थापा (भिडिओ)

    एमसीसीले स्वाधीनता संकटमा परे मेरो नागरिकता खोसियोस्: गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौताका कारण नेपालको स्वाधीनता तलमाथि भए आफूलाई सर्वस्वसहित नागरिकता खोस्न माग गरेका छन् ।

    प्रतिनिधिसभामा बोल्दै महामन्त्री थापाले एमसीसीका कारण स्वाधीनतामा आँच आउने भ्रम छरिएको भन्दै एमसीसी पास गर्ने संसदको सदस्यका रुपमा नेपालको स्वाभिमान संकटमा परे जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका हुन् । सुकै कारवाही भोग्न तयार रहेको बताएका हुन् । ‘अबको ५ वर्षमा यदि यो सम्झौताका कारण नेपालको स्वाधीनता संकटमा परेछ भने म सरी भन्दिन । त्यतिबेला मलाई थानकोट कटाइयोस, नागरिकता खोसियोस्, चारपाटा मुडेर मेरो सर्वस्वहरण गरियोस्’, थापाले भने ।

    एमाले नेता डा.भीम रावलले एमसीसी पारित गर्ने सांसदहरु राष्ट्रघाती हुने बताएकोप्रति आपत्ति जनाउँदै थापाले आफू नक्कली राष्ट्रवादी नभएर सक्कली देशभक्त भएको बताए । ‘भीम रावलजी सडकमा बहस गर्ने की संसदमा ? अछाममा गर्ने की काठमाडौमा ? नक्कली राष्ट्रवादीले जनतालाई मर्न लगाउँछ, सक्कली देशभक्त देशका लागि आफै मर्न तयार हुन्छ । म सक्कली देशभक्त हुँ, देशका लागि मर्न तयार छु’, थापाले भने ।

    उनले एमसीसीका सन्दर्भमा आएको व्याख्यात्मक घोषणाले सार्वजनिक रुपमा उठेका संशयलाई सम्बोधन गरेको भन्दै नेपालको हित विपरीत भएमा सन्धि खारेज गर्ने हिम्मत राख्नुपर्ने बताए ।

  • एमसीसीको छलफलमा गिरिराजमणिको आग्रह- लेन्डुप दोर्जेको बाटोमा नहिडौं (भिडिओ)

    एमसीसीको छलफलमा गिरिराजमणिको आग्रह- लेन्डुप दोर्जेको बाटोमा नहिडौं (भिडिओ)

    काठमाडौं । एमसीसीका विषयमा संसदमा चलिरहेको बहसमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदहरुबीच नै मतभेद देखिएको छ । नेता मात्रिका यादवले एमसीसीको व्याख्यात्मक घोषणाको स्वागत गर्दै भाषण गर्दा अर्का नेता गिरिराजमणि पोखरेलले यो व्याख्याको कुनै कानूनी हैसियत नभएको भन्दै आलोचना गरे ।

    नेता यादवले व्याख्यात्मक घोषणाले जनताको माग सम्वोधन भएको टिप्पणी गरेका थिए । व्याख्यात्मक घोषणा पनि एमसीसीको अंग हुने र यसलाई अमेरिकाले स्वीकार्नुपर्ने उनको भनाइ थियो ।

    यादवले भने, ‘कतिपयले भनिरहेका छन्, माओवादीले सडकमा ढुंगा हान्न लगायो, अनि संसदबाट पारित गर्यो । तर, यदि यस्तो आन्दोलन नगरेको भए आज यो व्याख्यात्मक घोषणा आउने थिएन । जनताको माग सम्वोधन भएको छ ।’
    तर, यादवको भनाइलाई माओवादीकै नेता पोखरेलले खण्डन गरे । उधारो घोषणाबाट एमसीसी पारित गर्न नहुने भन्दै उनले लेन्डुप दोर्जेको बाटोमा नहिँड्न आह्वानसमेत गरे ।

    पोखरेलले भने, ‘हाम्रो माग यसबाट सम्वोधन हुँदैन । यस्तो एकतर्फी घोषणाको कुनै कानूनी हैसियत पनि हुँदैन । एमसीसी आज पारित नगरौं । लेन्डुप दोर्जेको बाटोमा नहिँडौं ।’

  • व्याख्यात्मक घोषणाले जनताको आवाज सम्वोधन भयो : मात्रिका यादव (भिडिओ)

    व्याख्यात्मक घोषणाले जनताको आवाज सम्वोधन भयो : मात्रिका यादव (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले एमसीसीको व्याख्यात्मक घोषणाले जनताको माग सम्वोधन भएको बताएका छन् ।

    व्याख्यात्मक घोषणा पनि एमसीसीको अंग हुने र यसलाई अमेरिकाले स्वीकार्नुपर्ने उनको भनाइ छ ।

    यादवले संसदमा बोल्दै भने, ‘कतिपयले भनिरहेका छन्, माओवादीले सडकमा ढुंगा हान्न लगायो, अनि संसदबाट पारित गर्यो । तर, यदि यस्तो आन्दोलन नगरेको भए आज यो व्याख्यात्मक घोषणा आउने थिएन । जनताको माग सम्वोधन भएको छ ।’

    लाज ढाक्ने धोतिका रुपमा व्याख्यात्मक घोषणा ल्याइएको टिप्पणी भइरहेको भन्दै उनले थपे, ‘हामी मधेसमा त लाज ढाक्न धोति नै लगाउँछौं । कसैलाई नांगै हिँड्नु छ भने केही छैन ।’

    संसदबाट पारित भएको एमसीसी लागू हुने तर व्याख्यात्मक घोषणा लागू नहुने तर्क सही नरहेको उनको टिप्पणी छ ।