Category: भिडियो

  • मेयरको टिकटमा दाबी गर्दै हरिप्रभाले भनिन् : रैथाने नेवार हुँ, सबै कुरामा सक्षम छु (भिडिओ)

    मेयरको टिकटमा दाबी गर्दै हरिप्रभाले भनिन् : रैथाने नेवार हुँ, सबै कुरामा सक्षम छु (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आगामी स्थानीय तहको चुनावमा कांग्रेसबाट मेयरको टिकटमा सार्वजनिक दाबी गरेकी छन् ।

    आज एक कार्यक्रममा बोल्दै उनले आफू हरेक हिसाबले मेयरमा उठ्न योग्य रहेको बताइन् ।

    वैशाख ३० गते मलाई आफ्नो पार्टीबाट मेयरको टिकट चाहिन्छ,’ खड्गीले भनिन्, ‘म के मा असक्षम छु ? म हरेक कुरामा सक्षम छु ।’

    उनले महानगरपालिकाको प्रमुख र उपप्रमुखलाई दाँजेर हेर्नसमेत चुनौती दिइन् । धेरै कुरामा आफूले ‘डिफेन्ड’ गरिरहेको उनले बताइन् ।

    ‘रानीपोखरीदेखि वसन्तपुरमा मैले स्ट्यान्ड लिएँ । किनकि सम्पदा भनेको हाम्रो देशको अमूल्य सम्पत्ति हो । अमूल्य सम्पत्तिलाई प्रहार गर्न पाइँदैन भनेर स्ट्यान्ड लिएँ,’ खड्गीले भनिन् ।

    उनले थपिन्, ‘महिलाले घर चलाउन सकिन्छ भने महिलाले देश चलाउन सक्दिनन् ? हामी एस म्यान हुनका लागि मात्रै राजनीतिमा निस्केको होइन ।’

    खड्गीले आफ्नो राजनीतिक यात्राको चर्चा पनि गरिन् ।

    ‘म यहीँकै रैथाने हो । जातिले पनि नेवार हो । मेरो श्रीमान् प्रोफेसर हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, तँलाई खान पुगेन ? के चाहियो ? तिम्रो आवश्यकता के छ म पुर्‍याउँछु भन्नुहुन्छ । तर, खान, लाउन, सिफनको सारी लगाउन, हिराको टप लगाउन हामी जन्मेको होइन । हामी यो देशका लागि केही गर्न सक्छौँ भनेर अघि बढेका छौँ ।

    खड्गीले हरेक पार्टीले ५० प्रतिशत मेयरको टिकट महिलालाई दिनुपर्ने उल्लेख गरिन् । प्रमुख पदमा नपुग्दा महिलाले राम्ररी क्षमता देखाउन नसकेको पनि उनको टिप्पणी थियो ।

  • आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा (भिडिओ)

    आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।

    आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका हुन् ।

    उनले संघीय चुनावपछि राप्रपाले कांग्रेस एमालेलाई चुनौती दिने गरि अघि बढ्ने बताए । अहिले सामाजिक सञ्जालमा आफूलाई गालिगर्नेहरूको भीड लागेको भन्दै आगामी दिनमा उनीहरू राप्रपा नेपालमा नै आउने उनले बताए ।

    उनले राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुनर्स्थापना, सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर चुनावमा जाने जानकारी दिए ।

    उनले दलहरू एमसीसीका नाममा राष्ट्रियतालाई कमजोर बनाएकाले राप्रपा नेपालले राष्ट्रियताको पक्षमा आवाज उठाउने उल्लेख गरे ।

    कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष थापाले राप्रपा नेपाल प्रवेश गराएका थिए ।

  • मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड जाने फुटबल टोलीको बिदाइ (भिडिओ)

    मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड जाने फुटबल टोलीको बिदाइ (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको राष्ट्रिय टोली र चोङ्बुरी एफ् सीसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

    नेपाली टोलीलाई आइतबार आयोजित एक कार्यक्रमबिच राखेप निमित्त सदस्य सचिव कुल बहादुर थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत पदाधिकारहरूले बिदाइ गरे ।

    नेपालले पहिलो खेल मार्च २४मा थाइल्यान्ड राष्ट्रिय टोली र दोस्रो खेल मार्च २७ मा चोङ्बुरी एफ् सीसँग खेल्दैछ ।

    बिदाइ कार्यक्रममा बोल्दै निमित्त सदस्य सचिव थापाले देशका लागि प्रतिबद्ध भएर खेल्नु भन्दै खेलाडीहरूलाई शुभकामना दिए ।

    यस्तै मुख्य प्रशिक्षक अबदुल्ला अल्मुताईरीले मैत्रीपूर्ण खेल भएकाले धेरै सोच्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

    नेपालले यसअघि तीन पटक थाइल्यान्डको सामना गरेको छ ।

    अन्तिम पटक २००८ मा ७-० को पराजय बेहोरेको थियो ।

  • ओलीको प्रश्न- एमालेले लगाइदिएको फुली अन्तरे जन्तरेहरूले फिर्ता गर्नु पर्दैन ? (भिडिओ)

    ओलीको प्रश्न- एमालेले लगाइदिएको फुली अन्तरे जन्तरेहरूले फिर्ता गर्नु पर्दैन ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको बताएका छन् ।

    आफ्नो पार्टीबाट निर्वाचित भएका मेयर र सांसदहरूले राजीनामा नदिएको भन्दै उनले आलोचना गरे ।

    इलाममा आयोजित पार्टीको जनसभामा बोल्दै ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने पनि बताए ।

    उनले भने, ‘हेर्नुस्त, एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाए र पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने ? एमालेले लगाइरहेको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त, कति साह्रो लाज नभएको ? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि । एमालेले लगाइदिएको जुँगामा ताउँ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईंहरूले जवाफ दिनुपर्छ । यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईंहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’

    ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा एउटै कुचाले बढार्ने उद्घोष गरे ।

    ‘हामी चुनाव पर्खिरहेका छौं । वैशाख ३० गते एमालेले देशभरिबाट पाँच दललाई एउटै कुचाले बढार्छ । जबसम्म पाँच दलीय गठवन्धनको भाँडो रित्तिदैँन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो ’, ओलीले भने ।

  • निर्वाचन अयोगको आलोचना गर्दै ओलीले भने- सूर्य हरियो हुन्छ ? (भिडिओ)

    निर्वाचन अयोगको आलोचना गर्दै ओलीले भने- सूर्य हरियो हुन्छ ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि मतपत्र हरियो बनाइएको विषयमा निर्वाचन आयोगको आलोचना गरेका छन् ।

    उनले चुनावको मनोनयनका लागि दुई दिन समय दिइएकोमा पनि आयोगप्रति आशंका व्यक्त गरे ।

    इलाममा आयोजित जनसभामा सम्बोधन गर्दै ओलीले कांग्रेसको चुनाव चिन्ह रुखसँग रंग मिलाइदिएको आरोप लगाएका हुन् ।

    उनले भने, ‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?’

    ओलीले मनोनयन दर्ताका लागि दुई दिन दिने प्रचलन विश्वमा कतै नभएको दाबी गरे ।

    उनले भने, ‘सधैँ निर्वाचन अयोगले मनोनयन दर्ताका लागि एक दिन दिन समय गर्थ्यो । यसपालि दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो ? मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

  • मूल्यवृद्धिविरुद्ध विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ (भिडिओ)

    मूल्यवृद्धिविरुद्ध विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ (भिडिओ)

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लवनिकटको विद्यार्थी संगठनले विरोध कार्यक्रम गरेको छ ।

    अखिल क्रान्तिकारीले आज बिहान टेकुस्थित आयल निगमको केन्द्रीय कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको हो ।

    सो क्रममा विद्यार्थी नेताहरूले पटकपटक भाउ बढाएर सेवाग्राहीलाई मारमा पारेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब दिएका छन् ।

  • उमेर हदविरुद्ध सानेपामा प्रदर्शन- नेविसंघमा ३२ भए कांग्रेसमा ६० वर्ष कायम गर (तस्बिर/भिडिओ)

    उमेर हदविरुद्ध सानेपामा प्रदर्शन- नेविसंघमा ३२ भए कांग्रेसमा ६० वर्ष कायम गर (तस्बिर/भिडिओ)

    काठमाडौं । भ्रातृ संस्थामा उमेर हदको सिण्डिकेट लगाउन खाजेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।

    लामो समयदेखि महाधिवेशन नभएकोले विधानअनुसार महाधिवेशन गर्नुपर्ने पनि विद्यार्थी नेताहरूको माग छ । उनीहरूले उमेर हद नै लगाउने भए कांग्रेस विधानमा ६० वर्ष, तरुण दलमा ४० र नेविसंघमा २८ वर्ष लागू गर्न चुनौती दिएका छन् ।

    विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने, सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुने गरी तदर्थ समिति बनाउनुपर्ने, आउँदा निर्वाचनमा युवा, युवा, विद्यार्थी परिचालका लागि वातावरण बनाउनुपर्ने, स्ववियू निर्वाचनको ग्यारेन्टी गर्न पनि आन्दोलनकारीको माग छ ।

    आफूहरूका माग पूरा नभए आमरण अनशनसम्म बस्ने चेतावनी नेविसंघ संघर्ष समितिले दिएको छ ।

     

    तस्बिरहरू : उमेश कार्की । 

  • म्यादी प्रहरी बन्न टेकुमा लाइन (तस्बिर/भिडिओ)

    म्यादी प्रहरी बन्न टेकुमा लाइन (तस्बिर/भिडिओ)

    काठमाडौं । स्थानीय निर्वाचनको सुरक्षार्थ एक लाख म्यादीको भर्ना प्रक्रियाका लागि आजदेखि आवेदन लिन थालिएको छ ।

    चैत ११ गतेसम्म आवेदन दिन सकिने छ । कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।

    चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकता पाउनेछन् । उनीहरूले प्रवेश पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

    तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरूलाई म्यादीमा प्राथमिकता दिइएको छ ।

    म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुनेछन् । उनीहरूले तलवबापत एकमुष्ट ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय, पोसाकबापत ६ हजार र यातायात खर्चबापत एक हजार गरी करिब ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय निर्वाचन वैशाख ३० गते देशभर एकै चरणमा हुँदैछ ।

    हेर्नुस् तस्बिरमा टेकु प्रहरी परिसरमा म्यादीका लागि आवेदन दिनेको भीड :-

  • आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ: प्रचण्ड (भिडिओ)

    आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको बताएका छन् ।

    आइतबार पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफनै बलमा चुनाव लडेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका हुन् ।

    उनले पछिल्लो समयमा माओवादी प्रवेश गर्ने लहर देखेर माओवादी पहिलो पार्टी बन्ने संकेत गरिसकेको बताए ।

    उनले भने,‘हामी शान्ति प्रकृया गरेर २०६४मा आउँदा पनि कसैले माओवादीले जित्छ भन्न सकेको थिएन । पुराना भनेको ठूला राजनीतिक दलले त ५ सिट आउँछ होला भनेर हेप्थे । तर जनताले हामीलाई बहुमत दिएर देखाइदिए । प्रत्यक्ष निर्वाचनमा त हामी बहुमत हो । २०७४को परिमाण पनि हामी अगाडि छ । अहिले हामी निर्वाचनमा जादैछौ । देशभरीको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना तिर अगाडि बढिसकेको छौं ।’

    माओवादीले नै देश बचाउने माओवादी नै रहेको भन्ने जनतालाई महसुस भइरहेको उनले दावी गरे ।

    अध्यक्ष प्रचण्डले भने,‘कार्यक्रममा हामीले जुन उभार देखेका छौं अब माओवादी नै रहेछ देश बचाउने संविधान बचाउने पनि शान्ति प्रकृया पुरा गर्ने पनि हामी । बीचमा हामीले गल्ती गरेछौं भनेर रियलाइजेसन भएको छ जनतालाई । अबको चुनावमा हामी वैशाखी टेकेर होइन हामी आफै आफनै बलमा चुनाव लड्ने तयारी गर्दैछौं । र फेरि एकचोटी माओवादी आउँनै पर्छ । देशैभरी माओवादी सकारात्मक बनेको छ । अरु पार्टीपनि माओवादीसँग तालमेल गर्न आउनपर्छ ।’

    उनले चुनावमा एमालेसँग गठबन्धन गर्ने बारेमा आफनो भनाइ राखे । राजनीतिमा असम्भवन भन्ने केही नहुने बताउँदै एमालेसँग गठबन्धन बनाउन सकिने प्रष्ट पारे ।

    अध्यक्ष प्रचण्डले भने,‘ राजनीतिक र अहिले भर्खरै एमालेसँग गठबन्धन भइहाल्छ भन्न खोजेको होइन । राजनीतिमा असम्भव भन्ने केही कुरा हुदैन भन्ने पटक पटक भनेको छु । केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताब मैले नै राखेको हु । शेरबहादुर जीलाई मैले नै दुई पटकको प्रस्ताब मैले नै राखेको हुन । राजनितिमा असम्भव भन्ने त केही पनि हुदो रहेनछ नि ।’

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको समेत बताए ।

  • पोखरा पुगेर प्रचण्डले भने- हामी कसैको वैशाखी टेक्ने हैन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन् (भिडिओ)

    पोखरा पुगेर प्रचण्डले भने- हामी कसैको वैशाखी टेक्ने हैन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको  वैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।

    आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

    उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए।

    अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। वडादेखि नै गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्नेमा केही छलफल हुदैछ ।’

    उनले अरू पार्टी माओवादीसँग तालमेल गर्न आउने क्रममा रहेको बताए । उनले भने,‘हामी कसैको बैशाखी टेक्ने हैन, अरु पार्टीपनि माओवादीसँग तालमेल गर्न आउनुपर्छ ।’

  • महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा कुनै भिन्नता छैन : मन्त्री आले (भिडिओ)

    महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा कुनै भिन्नता छैन : मन्त्री आले (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रुपमा खनिएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक नभएको भन्दै आउने वैशाख ३० गतेको निर्वाचनबाट ओलीले जवाफ पाउने बताए ।

    आलेले भने– अझै त्यो व्यक्तिले आउने वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत स्थानीय तह जित्छु भन्ने घमण्ड गरेका छन् । महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन । जनताले वैशाख ३० गते जवाफ दिनेवाला छन् ।

    आलेले ओली सरकारका पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी संग्रहालय र पशुपति धर्मशाला दिएको आरोप समेत लगाए । उनले आफू मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने समेत बताए ।

  • एमालेको बाकसमा जिरो मत पारेर ओलीलाई ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल (भिडिओ)

    एमालेको बाकसमा जिरो मत पारेर ओलीलाई ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आउने निर्वाचनमा एमालेको बासमा जिरो मत दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

    नेकपा एसको गुल्मी काठमाडौं सम्पर्क मन्चको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले संविधान उल्लंघन गर्ने व्यक्तिलाई जेल सजाय दिनुपर्नेमा ओलीलाई अहिलेसम्म सजाय नमिलेको बताए ।

    खनालले भने- संविधान उल्लंघन गर्ने अपराध गर्ने व्यक्तिलाई खोई सजाय अहिलेसम्म रु त्यसैले आउने निर्वाचनमा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ र उनको बाकसमा जिरो मत दिनुपर्छ ।

    ओलील पटक पटक संसद विघटन गरेको सजाय ओलीलाई दिलाउन नेकपा एसका कार्यकर्ता गाउँ गाउँमा जानुपर्ने बताए ।

  • नेपालको दावी– ओलीले एमसीसीमा सैन्य गठबन्धन मानेका थिए, हामीले व्याख्यात्मक घोषणाबाट सच्यायौं (भिडिओ)

    नेपालको दावी– ओलीले एमसीसीमा सैन्य गठबन्धन मानेका थिए, हामीले व्याख्यात्मक घोषणाबाट सच्यायौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र शेरबहादुर देउवा मिलेर एमसीसी जस्ताकोत्यस्तै पारित गर्न खोजेपछि आफूहरुले व्याख्यात्मक घोषणामार्फत देशको पक्षमा पारित गरेको दावी गरेका छन् ।

    गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा अध्यक्ष नेपालले संसदको घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै व्याख्यात्मक घोषणा पनि त्यस्तै बाध्यकारी भएको बताए ।

    नेपालले केपी ओलीको पालामा नेपाललाई इण्डो प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरुले त्यसलाई सच्याएको दावी गरे ।

    नेपालले भने–केपी ओलीका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली गएको बेला एमसीसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो । हामीले हुन्न भन्यौं । हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भनेपछि अमेरिकाले पनि एमसीसीबाट पत्र लेखेर त्यो स्वीकार गर्यो र व्याख्यात्मक घोषणासहित पारित भयो । कतिपयले व्याख्यात्मक टिप्पणीको अर्थ छैन भन्दैछन् तर संसदले नै गणतन्त्र घोषणा गरेको हो । संविधान जारी गरेको हो ।

    अध्यक्ष नेपालले संसदले पारित गरेको एमसीसी र व्याख्यात्मक घोषणाले मुलुकलाई जोगाएको दावी गरे । नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाइने दावी समेत गरे ।

  • दरवार हत्याकाण्ड स्मरण गर्दै ओलीले भने- एमालेलाई विटुल्याउने माधव नेपालको रहर पूरा हुन दिएनौं (भिडिओ)

    दरवार हत्याकाण्ड स्मरण गर्दै ओलीले भने- एमालेलाई विटुल्याउने माधव नेपालको रहर पूरा हुन दिएनौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्षअघि भएको राजदवार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको र कसैले त्यसबेला प्रश्न समेत उठाउन नसकेको स्मरण गरेका छन् ।

    मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दरवार हत्याण्ड र मदन–आश्रित हत्याकाण्डका रहस्यहरु रहस्यकै गर्तमा रहेका बताए । ओलीले राजदवार हत्याण्डको छानबिनका नाममा गरिने नाटकमा एमालेलाई पनि साक्षी राख्ने प्रयास आफूहरुले रोकेर माधव नेपालको रहर पूरा हुन नदिएको बताए ।

    ओलीले भने– राजदवार हत्याकाण्डमा दिपेन्द्रले बाउ आमा र भाइ बहिनी मारेको प्लट बनाइयो । दुनियाँ त्यसको पछि कुद्यो र अन्तर्राष्ट्रिय समुदाय पनि कतिपले बुझे पनि केही भनेनन्,त्यही स्थापित भयो । छानबिन समितिको ड्रामा गरेर त्यसमा माधव नेपाल पनि बस्न रहर गरेका थिए, बसेका थिए तर हामीलाई हटाइदियौं । कमसेसकम त्यो ड्रामामा एमाले संलग्न नहुने भन्यौैं ।

    राजदरवार हत्याण्डमा प्रधान न्यायाधीशको अध्यक्षतामा गठित छानबिन समितिमा तत्कालीन विपक्षी दलका नेता माधवकुमार नेपाल पनि बसेका थिए । पछि एमालेले उनलाई फिर्ता बोलाएको थियो ।

    मदन आश्रितको दुर्घटनामा निधनपछि पार्टीले मदन आश्रित स्मृति प्रतिष्ठान बनाए पनि त्यो केही व्यक्तिको मागी खाने भाँडो भएपछि मदन भण्डारी फाउन्डेसन खोलिएको ओलीले बताए ।

    फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा भएको तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरका प्रतिनिधि सहभागी छन् ।

    तस्बिरहरु : उमेश कार्की

  • माधव नेपाललाई ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ? (भिडिओ)

    माधव नेपाललाई ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ? (भिडिओ)

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

    राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’

    उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए ।

    अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।

  • ओलीको उद्घोष- अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने हो (भिडिओ)

    ओलीको उद्घोष- अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने हो (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

    एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताए ।

    ओलीले भने,’यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने हो,हामी जनताको बीचमा जाने हो ।’

    कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमाले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नै पर्ने बताए ।

  • एमाले महासचिवको चुनौती- पाँचवटाले नसके ६ पार्टी गठबन्धन बनाएर आए हुन्छ (भिडिओ)

    एमाले महासचिवको चुनौती- पाँचवटाले नसके ६ पार्टी गठबन्धन बनाएर आए हुन्छ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी बैशाखमा हुने स्थानीय तहको चुनावमा ६ वटा पार्टीकाे गठबन्धन बनाएर चुनाव लड्न चुनौती दिएका छन् ।

    शनिबार काठमाडौमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी चुनावमा ६ वटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिएका हुन् ।

    उनले नेकपा एमाले चुनाबमा एक्लै सामना गर्नको लागि तयार भएको बताए । महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनाबसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न  पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौती दिए ।

    उनले भने,‘ चुनावसम्मै मिलेर जान्छौं एमालेलाई देखाइदिन्छौं । मिलेर आए हुन्छ । पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ । नेकपा एमाले एक्लै सामना गर्नको लागि तयार छ । यो फोर्स त्यही सामना गर्नको लागि जुटेको छ भन्ने कुरा सबैले बुझे हुन्छ । यो त एउटा कास्टिङ मात्रै हो ।’

    मनोनयको दिनदेखि नै सत्ता गठबन्धनको समय समाप्त हुने संकेत गरेको समेत दाबी गरे ।

    महासचिव पोखरेलले भने,‘बैशाख ११ गते स्थानीय तहको मनोनयको दिन देशैभरीका निर्वाचन केन्द्रमा उर्लेको भीड देख्नुहुनेछ । सिहंदरबारमा बसेर गठबन्धनको कुरा गरेर जनताको अभिमतलाई खण्डित गर्न खोज्नेहरुको समय समाप्त हुदैछ भनेर संकेत ११ गतेबाटै आरम्भ हुनेछ । ’

    साथै उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेको आरोप लगाए । उनले भने,‘ प्रचण्डले अहिले स्थानीय तहको चुनाब ६ महिना पछि सारेर बरु प्रतिनिधिसभाको चुनाव बैशाखमा गरों भनेर सत्ता गठबन्धनको बैठकमा भन्दै आएको मैले सुने ।’

    एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पटक पटक हमला भएको पनि बताए ।

  • कांग्रेसले हेपे एमालेसँग मिल्ने प्रचण्डको भनाइप्रति शंकर पोखरेलको जवाफ- एमालेले लिए न मिल्ने हो (भिडिओ)

    कांग्रेसले हेपे एमालेसँग मिल्ने प्रचण्डको भनाइप्रति शंकर पोखरेलको जवाफ- एमालेले लिए न मिल्ने हो (भिडिओ)

    धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड–माधव समूह कसैको सहयोगबिना चुनाव जित्ने अवस्थामा नरहेकाले कांग्रेसले हिर्काए एमालेसँग मिल्ने भनेर घुर्क्याउन थालेको टिप्पणी गरेका छन् ।

    धादिङमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब प्रचण्ड–माधवसँग एमालेको एकता नहुने तर कार्यकर्तालाई भने एमालेमा फर्काइने बताए ।

    पोखरेलले भने– हिजो आज सुन्दैछु, कांग्रेसले टेरेन भने एमालेसँग मिल्दिन्छौं । एमालेले लिए न मिल्ने हो । कांग्रेसले हिर्कायो अब आऊ भन्नेवाला छैनौ । हिजो नेताका टाउका मिलाएर गयौं,जनताले मत दिए । तर जनतलाई धोखा दिएर उनीहरु गए । फेरि तिनीहरुलाई लिएर गयौं भने जनताले हामीलाई पत्याउँछन् ?

    हिजो मिलेर चुनाव लड्दा जनताले दिएको जनमतमाथि घात गर्नेहरु नेताहरु अब एमालेलाई स्वीकार्य नरहेको बताए ।

    नेताका टाउका मिलाएर केही नहुने रहेछ भन्दै उनले अब कार्यकर्ताको मन मिलाउने पोखरेलले ।

    उनले प्रचण्ड माधवबाहेक अरुलाई नेकपा एकताको निरन्तरताका रुपमा एमालेमा समाहित हुन ढोका खुला रहेको बताए ।

  • नेताहरुले राजनीतिलाई पेशा बनाएका कारण विश्वास घट्दै गयो : अध्यक्ष लिङ्देन(भिडिओ)

    नेताहरुले राजनीतिलाई पेशा बनाएका कारण विश्वास घट्दै गयो : अध्यक्ष लिङ्देन(भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दलका नेताले राजनीतिलाई पेशा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु नराम्ररी परााजित हुने पनि बताए ।

    उनले अब राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु कांग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्नुहुँदैन भन्नेहरु आफ्नो पक्षमा रहने धारणा राखे । त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली बिदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे ।

    विजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक बिकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाई छ । उनले मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए ।

    कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।

  • चुनावमा होमियो एकीकृत समाजवादी, संगठन विस्तारसँगै चुनावी प्रचार गर्ने (भिडिओ)

    चुनावमा होमियो एकीकृत समाजवादी, संगठन विस्तारसँगै चुनावी प्रचार गर्ने (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचनको अभियानमा होमिने भएको छ । समाजवादीको आज बसेको सचिवालय बैठकले निर्वाचन अभियानको नारा र प्रदेशगत अनुगमनको जिम्मेवारी टुुंगो लगाएको छ ।

    समाजवादीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीले संगठन निर्माण, सदस्यता वितरण र चुनावी प्रचारको कामलाई एकैसाथ अगाडि बढाउने छ । निर्वाचन अभियानका लागि ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ नारा तय गरिएको छ ।

    ‘जनतामा जाऔं एकीकृत समाजवादीलाई जिताऔं भन्ने नाराका साथ हामी निर्वाचन अभियानमा होमिदैछौं । अभियानका लागि सातवटै प्रदेशमा केन्द्रीय कार्यालयका नेताहरुलाई अनुगमनका लागि खटाउने निर्णय पनि गरेका छौं’, बैठकपछि प्रवक्ता खतिवडाले पत्रकारहरुसँग भने ।

    समाजवादीले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्विनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भूसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई अनुगमनका लागि खटाउने निर्णय गरेको छ ।

    उनीहरुले प्रदेश अन्तर्गतका स्थानीय तहमा संगठन निर्माण, सदस्यता वितरण र निर्वाचन प्रचारका लागि भएका कामहरुको अनुगमन गर्नेछन् । त्यस्तै सम्बन्धित प्रदेशका स्थानीय तहहरुमा पार्टी संगठनको वास्तविक अवस्था र शक्ति परीक्षण गरेर प्रतिवेदनसमेत तयार गर्नेछन् ।

    यसैबीच नेकपा समाजवादीले चुनावी गठबन्धन अपरिहार्य भएको भन्दै तालमेलको बाटो खुला राख्ने निर्णयसमेत गरेको छ । प्रवक्ता खतिवडाले निर्वाचनमा तालमेलका लागि खुला रहने निर्णय भइसकेको भन्दै गठबन्धनमा रहेका अन्य दलहरुपनि तालमेलको पक्षमा रहेको बताए ।

    ‘हामीले चुनावी तालमेलका लागि हात खुला राखेका छौं । माओवादी र समाजवादी पार्टीले पनि तालमेलको पक्षमा निर्णय लिइसकेका छन् । अब कांग्रेसले पनि चाँडै यसबारे निर्णय लिओस् भन्ने हाम्रो सुझाव छ’, खतिवडाले भने ।

  • फागु पर्वमा झुमेको काठमाडौं (फोटो/भिडिओ)

    फागु पर्वमा झुमेको काठमाडौं (फोटो/भिडिओ)

    काठमाडौं । आज देशको हिमाली तथा पहाडी क्षेत्रमा हर्षोल्लासपूर्वक फागु पूर्णिमा अर्थात होली मनाइरहेको छ ।

    प्रेम, सद्भाव, भातृत्व र एकताको पर्व होलीलाई रंगहरुको पर्व पनि भनिन्छ । आपसमा रंग खेलेर मनाइने यो पर्वको बेग्लै धार्मिक तथा साँस्कृतिक महत्व छ ।

    होलीका अवसरमा काठमाडौंको वसन्तपुर, पाटनलगायत क्षेत्रमा विशेष कार्यक्रम भइरहेको छ । सडकमा पनि होली खेल्न निस्कनेहरु प्रशस्त भेटिएका छन् ।

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

    केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

    सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

    फागु पुर्णिमाको अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइन्छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

    त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागुन) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

     

  • नारायणकाजी साथमा राखेर प्रचण्डले भने: हाम्रो विवाद मिलिसक्यो, घाउ नकोट्याउनुस्(भिडिओ)

    नारायणकाजी साथमा राखेर प्रचण्डले भने: हाम्रो विवाद मिलिसक्यो, घाउ नकोट्याउनुस्(भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र एमसीसीका कारण उत्पन्न विवाद समाधान भइसकेको दाबी गरेका छन् । आफूहरु एक ढिक्का भएर चुनावी अभियानमा हिँडिरहेको उनले बताए ।

    बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डलाई पत्रकारले सोधेका थिए, ‘आफूसँगै हिँडिरहेका नेता–कार्यकर्तालाई असन्तुष्ट भए छोडेर गए हुन्छ भन्नेसम्मको शब्द प्रयोग गर्नुभयो । सबैले छोड्दै गएर अझै कति एक्लै बन्न चाहनुहुन्छ ? कम्युनिष्ट पार्टीभित्र कतिवटा झुपडी बनाउने लक्ष्य हो ?’ प्रचण्डले जवाफ दिए, ‘मैले मात्र बनाएर (झुपडी) भएको होइन । (नारायणकाजी श्रेष्ठसँग) अहिले सँगै आएका छौं। देशभरि सँगै हिँडेको देख्नुभएको छ । तपाईंहरुले घाउ कोट्याउन खोजेको हो ? अलिकिति चर्काइदिउँ भन्न खोजेको हो ? तपाईंको प्रश्न पुरानो भइसक्यो । हामी त एक भएर, एक ढिक्का भएर हिँडिरहेका छौं । यो प्रश्न पहिल्यै सोधेको भए हुन्थ्यो । अब अर्थ छैन ।’

    पत्रकार सम्मेलनमा असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए ।

  • होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ)

    होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताएका छन् । होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नलाई जनताले साथ दिने बताए ।

    निर्वाचनमा प्रगतिशील र प्रतिगामीबीच प्रतिस्पर्धा हुने भन्दै नेपालले जनताले प्रगतिशील विचारलाई साथ दिनुपर्ने बताए । ‘आउने चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ । प्रगतिशील भूमिका खेल्नेहरुलाई अवसर दिनुपर्छ भने प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ’ नेपालले भने ।

    सो क्रममा नेता नेपालले समाजवादीको चुनाव चिह्न कलम सत्य र न्यायको प्रतीक रहेको उल्लेख गरे । ‘सत्य र न्यायको प्रतीकका रुपमा रहेको कलमले अबको चुनावमा कमाल गर्नुपर्छ । कलमको प्रचार र पार्टीको संगठन निर्माणमा हामी सक्रिय भएर लागौं’, उनले भने ।

    सो क्रममा अध्यक्ष नेपालले क्षणिक स्वार्थका लागि सञ्चारमाध्यमहरुले सत्यको संप्रेषण गर्न छाड्न नहुने बताए ।

  • कांग्रेसका केही नेता अतिवादी देखिए, एमालेसँग तालमेल असम्भव छैन: प्रचण्ड (भिडिओ)

    कांग्रेसका केही नेता अतिवादी देखिए, एमालेसँग तालमेल असम्भव छैन: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गरेका छन् । उनले प्रतिपक्षी एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बताए ।

    बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन ।’

    उनले अगाडि थपे, ‘कांग्रेसका केही नेताले माओवादीसँग माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

    उनले प्रधानमन्त्री देउवाल यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको बताए । यद्यपि, आफ्नो पार्टीले आफ्नै तागतमा चुनाव लड्ने कुरालाई प्राथमितामा राख्ने उनको भनाइ छ ।

    गठवन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न उनले कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले चुनाव हुन्छ वा हुँदैन भन्ने संशयको अवस्था अझै व्याप्त रहेको पनि बताए ।

    उनले भने, ‘बाहिर अझै पनि निर्वाचन हुँदैन कि भन्ने चर्चा सुनिन्छ । तर, हामी चुनावको तयारीमा पुरै तागत लगाएर गइसक्यौं।’ उनले आज प्रधानमन्त्रीसँग भएको भेटमा पनि आफूले चुनावका बारेमा उठेका संशयबारे छलफल गरेको बताए ।

    ‘प्रधानमन्त्रीले भोट हाल्ने दिन पनि चुनाव हुन्छ कि हुँदैन भनिराख्छन्, नेपाल यस्तै हो भन्नुभयो,’ प्रचण्डले भने । उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने बताए ।

    ‘आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो साथै निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखौं ।’

     

  • श्वेतकाली अजिमा देवीनाच पर्व सुरु (भिडिओ)

    श्वेतकाली अजिमा देवीनाच पर्व सुरु (भिडिओ)

    काठमाडौं । १२ वर्षे नरदेवी श्री श्वेतकाली अजिमा देवीनाच पर्व सुरु भएको छ । देवीनाच पर्वका अवसरमा बुधबार स्वयम्भु स्थित महाचैत्य वनबाट मूठाँ (लिङ्गो) ल्याइएको छ ।

    हरेक १२ वर्षमा श्रीको विशेष देवीनाच पर्व मनाउने परम्परा रहेको जस अनुसार पाहांचंहरेको पर्वसध्यामा प्राचिन भित्रि शहरको देवी मार्ग अन्तर्गत मुलदेवीघरबाट आरम्भ भइ नरदेवी-असन-हनुमानढोका-जैशिदेवल-भिमसेनस्थान-मरु हुँदै पुनः देवीको मूलदेवीधरमा फिर्ता भएपपछि नरदेवी डबलीमा १२ बर्षे देवीनाच पर्व अन्तर्गतको पहिलो देवीनाच प्रदर्शन गरिन्छ ।

    काठमाडौंका विभिन्न प्राचिन डबलीका साथै मल्लकालिन राज्यहरु ललितपर, किर्तिपुर, भक्तपुर, बनेपाका प्राचिन दरवारस्थित मल उपलीहरु समेत विभिन्न १२ स्थानहरुमा यो देवीनाच प्रदर्शन गर्नपर्ने परम्परा रहेको छ जुन प्रारम्भ भएको मितिले १२ वर्ष भित्र सम्पन्न गर्नु पर्ने मान्यता रहिआएको चलन छ ।

    नरदेवीको स्थापना गणकामदेवको पालामा भएको अनुमान गरिएको छ भने श्रीको देवीनाच पर्व अमर मल्लको पालामा शुभारम्भ भएको देखिन्छ । यसरी श्रीका देवीनाच लगायत गुठीगहनाहरु परापूर्वकालदेखिनै राष्ट्रबाट संरक्षित रहेका छन् ।

  • अदालतलाई अस्थिर र नियन्त्रित बनाउने प्रयासको एमालेले भण्डाफोर गर्ने (भिडिओ)

    अदालतलाई अस्थिर र नियन्त्रित बनाउने प्रयासको एमालेले भण्डाफोर गर्ने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन न्यापालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले अघि बढेको भन्दै त्यसको संवैधानिक तथा कानूनी प्रतिवाद गर्दै भण्डाफोरमा उत्रिने निर्णय गरेको छ ।

    संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभइ अदालतलाई आफू अनुकूल चलाउन आएको थियो भन्ने कुरा संसदको अधिवेशन हठात् अन्त्य गर्नुले पनि पुष्टि भएको बताएका छन् ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले अदालतलाई अस्थिरतामा राख्ने दुराशयको भण्डाफोर गर्दै आवश्यक पर्दा सबै उपायबाट न्यायिक स्वतन्त्र बचाउन एमाले तयार रहेको बताए ।

    प्रमुख सचेतक भट्टराईले महाअभियोग प्रस्तावको उद्देश्य प्रष्ट भइसकेको भन्दै अदालतलाई सत्ता गठबन्धनको मतियार बनाउने संकेत देखिए एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।

  • एमालेको नीति अनुसन्धान निर्देशक समितिमा को-को परे ? (भिडिओ)

    एमालेको नीति अनुसन्धान निर्देशक समितिमा को-को परे ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा पार्टीको नीति अनुसन्धान प्रतिष्ठान निर्देशक समिति गठन गरेको छ ।

    अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलवार बसेको सचिवालय बैठकले थिंक ट्यांकहरु रहेको निर्देशक समिति गठन गरेको छ ।

    समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा. राजन भट्टराई छन् ।

    त्यस्तै डा. युवराज खतिवडा, डा. दिनेश देवकोटा,डा. अन्जान शाक्य,डा. राजेश अहिराज र डा. योगेन्द्र ढकाल (अजय शर्मा) समिति सदस्य रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

  • बलात्कारविरुद्ध सडकमा उत्रिए महिला अधिकारकर्मी (तस्बिर/भिडिओ)

    बलात्कारविरुद्ध सडकमा उत्रिए महिला अधिकारकर्मी (तस्बिर/भिडिओ)

    काठमाडौं । बढ्दो बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।

    राजधानीको माइतीघरमा अधिकारकर्मीहरुले बलात्कारीहरुलाई कडा कारवाही हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

    बलात्कारका विरुद्धमा उभिने राजनीतिक पार्टीलाई मात्रै भोट दिन्छौँ भन्ने सन्देश बोकेका महिलाहरुले बलात्कार गर्नेहरु खुल्लमखुल्ला हिड्ने महिला चाँही लुकेर बस्ने भन्दै प्रश्न गरेका छन् ।

    उनीहरुले ‘बलात्कार वरिुद्धमा उभिने पार्टीलाई मात्र भोट दिन्छौँ’, ‘बलात्कार तिमीहरु गर्ने, लुकेर हामीले बस्नुपर्ने ?’, ‘तिमीहरु खेलमखुल्ला हिड्ने हामी भित्रभित्रै !’, ‘छोरी चेलीको रक्षा गर्न नारी शक्ति एक हौँ ।’ ‘कपाल काट्ने, मेकअप गर्ने, छोटो लगाउने हाम्रो गल्ति हैन, तिम्रो मानसिकता गलत हो ।’, ‘बलात्कारविरुद्धको शिक्षा विद्यालयबाटै सुरु गरौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।’

    तस्बिरहरु : गाैरव पाैडेल

     

  • एक्काइशौं शताब्दीमा पनि महिला, बालबालिकाले शोषण र हिंसा हुनु दुःखद : उपराष्ट्रपति पुन (भिडिओ)

    एक्काइशौं शताब्दीमा पनि महिला, बालबालिकाले शोषण र हिंसा हुनु दुःखद : उपराष्ट्रपति पुन (भिडिओ)

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको समयमा पनि महिला, बालबालिकाको शोषण र हिंसा भोग्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।

    मंगलबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एसियाली महिला सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले घरेलु हिंसाबाट पीडितमध्ये ७० प्रतिशत महिला आफन्तबाटै हिंसाको शिकार हुनुपरेको बताए ।

    अशिक्षा, अज्ञानता, वेरोजगारी, गरिबी र विभिन्न प्रकारका द्धन्द्ध, जलवायु परिवर्तन, कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको उनको भनाई छ ।

    उपराष्ट्रपति पुनले विभिन्न मुलुकबीचको अन्तर्राष्टिय रुपकै सहकार्यबाट मात्रै विश्वबाट महिला हिंसाका घटना न्यूनीकरण गर्न सकिने बताए ।

    नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकाको हक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउदैँ उपराष्ट्रपति पुनले सम्मेलनले महिला शसत्तिकरण र महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि दक्षिण एसियाबाट पहलकदमी सुरु हुने बताए ।

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले महिला र बालबलिकामाथिको हिंसा अन्तराष्ट्रिय रुपमै ब्याप्त भएकाले यसको न्यूनिकरणमा अन्ताराष्ट्रिय रुपमै पहल जरुरी रहेको औल्याए ।

    महिला र बालबालिकामाथि हुने हिंसा विरुद्ध विभिन्न कानुन बने पनि तीनको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकायले आ–आफ्नो भूमिकालाई अझै बढाउनुपर्ने बताए ।

    नेपालको राजनीतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा महिला सहभागिता बढे पनि महिलामाथिको हिंसा पनि बढेको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् ।

    महिला तथा बालबालिकामाथिको हिंसामा पनि पछिल्लो समय यौनजन्य हिंसा बढेको बताउँदै राज्यले बनाएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्नु चुनौतीका रुपमा देखा परेको बताईन ।

    कार्यक्रमको मुख्य बक्ताकी रुपमा रहेकी भारतीय मानवअधिकारकर्मी एवं वातावरणविद् डा।बन्दना शिवाले महिला आर्थिक रुपमा शसक्त हुन सके कुनै पनि हिंसा सहेर बस्न नपर्ने बताइन् ।

    कुनै पनि महिला र बालबालिकामाथिको हिंसा भनेको समाजमाथिकै हिंसा रहेको जनाउँदै अधिकारकर्मी शिवाले यसको अन्त्यका लागि एक विश्वब्यापी नीति नियमको आवश्यकता रहेको उल्लेख गरिन् ।

    कार्यक्रममा सार्कका महासचिव इसाला रुवान विराकुनले विभिन्न किसिमका विभेदले नै महिलामाथिको हिंसा निम्त्याएको बताउँदै सार्कले महिला तथा बालबालिका हिंसा अन्त्य र लैंगिक समानतालाई प्राथमिकतामा राख्ने जनाए ।

    बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतका महिला अधिकारकर्मी, लेखक, मानव अधिकारकर्मीले विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको दक्षिण एसियाली महिला पत्रकार सञ्जाल नेपालका अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् ।

  • भूकम्पबाट क्षति पुगेको त्रिवि केन्द्रीय पुस्तकालय निर्माण सुरू, लागत ३६ करोड ११ लाख (भिडिओ)

    भूकम्पबाट क्षति पुगेको त्रिवि केन्द्रीय पुस्तकालय निर्माण सुरू, लागत ३६ करोड ११ लाख (भिडिओ)

    काठमाडौं । २०७२ वैशाख १२ को महाभूकम्पले क्षति पुगेको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सुरू गरिएको छ । पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो ।

    केन्द्रीय पुस्तकालयको नयाँ बन्ने आधुनिक भवनको शिक्षामन्त्री एवं सहकूलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरूपमा शिलान्यास गरे ।

    नयाँ भवनको कूल अनुमानित लागत ३६ करोड ११ लाख ६६ हजार रहेको छ । उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ-लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष पनि रहने बताइएको छ ।

    शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पौडेलले दक्ष र गुणस्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने बताए । देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको पौडेलको भनाइ थियो ।

    त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताए । विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा दूतावास हर्षित भएको उनले सुनाए ।

    पुस्तकालय भवन १५ महिनाभित्र निर्माण सक्ने योजनासहित काम थालिएको त्रिविले जनाएको छ ।

  • उपप्रमुख महिलाले प्रमुख मागेकोमा ओलीको जवाफ- माग सकारात्मक छ, अस्वस्थ क्याम्पेन नगर्नुस् (भिडिओ)

    उपप्रमुख महिलाले प्रमुख मागेकोमा ओलीको जवाफ- माग सकारात्मक छ, अस्वस्थ क्याम्पेन नगर्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई एक तह माथिको पदमा लैजान मागमा आफू सकारात्मक रहेको बताएका छन् । तर यो माग राखेर अस्वस्थ क्याम्पेन नगर्न उनले महिला नेताहरुलाई आग्रह गरका छन् ।

    अखिल नेपाल महिला संघको केन्द्रीय समिति बैठकमा सहभागी महिला नेता तथा महिला जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला प्रमुख र उपप्रमुखहरुले तुलनात्मक रुपमा स्वच्छता र सफलताका साथ सम्पन्न गरेको बताए ।

    ओलीले भने– अहिले देशभर महिला अधिकांश उपप्रमुख छन् । एक तह प्रमोसन पाउनु राम्रो हुन्छ भन्ने माग छ । महिला प्रमुख भएका ठाउँमा निरन्तरता होस् र महिला उपप्रमुखले माथिल्लो तहमा टिकट पाउने अवस्था नभए पनि अहिलेको पदमा कायमै राखियोस् भन्ने पनि छ । महिलाहरु उपमात्र होइन प्रमुखमा राम्रो संख्या हुनुपर्छ । यो कुरामा पार्टी गम्भीर छ तर अस्वस्थ क्याम्पेन नचलाउनुस् ।

    यो चुनाव पार्टीले लड्ने भएकाले पार्टीका नीति निर्देशनबाहिर नजान उनले निर्देशन समेत दिए ।

  • गगन थापाद्वारा शहरी स्वास्थ्य केन्द्र उद्घाटन, स्वास्थ्यको हक स्थापितमा जोड (भिडिओ)

    गगन थापाद्वारा शहरी स्वास्थ्य केन्द्र उद्घाटन, स्वास्थ्यको हक स्थापितमा जोड (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानमा उल्लेख नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

    मंगलबार काठमाडौंमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन गर्दै नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

    निर्वाचनमा उठ्दै गर्दा पूर्वाधार निर्माणमा प्रतिबद्धता जनाएसँगै जनताको स्वास्थ्यको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाउनुपर्ने थापाको भनाइ छ । सहुलियतमा स्वास्थ्य उपचारका लागि महानगरले पनि आवश्यक काम गर्नुपर्ने थापाले सुझाव दिए ।

    महामन्त्री थापाले जनताको स्वास्थ्य समस्याका आधारमा वडा वडामा स्वास्थ्य पूर्वाधार तयार हुनुपर्ने बताए ।

  • घनश्यामलाई ओलीको व्यंग्य- कम्युनिष्ट सरकार ढाल्नेसँग नमिले एमालेको सर्वनाश हुन्छ रे ! (भिडिओ)

    घनश्यामलाई ओलीको व्यंग्य- कम्युनिष्ट सरकार ढाल्नेसँग नमिले एमालेको सर्वनाश हुन्छ रे ! (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नमिले सर्वनाश हुने भनी आफ्नै पार्टीका नेता घनश्याम भुसालको पछिल्लो अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् । भुसालले कम्युनिष्ट पार्टीहरू आउने स्थानीय चुनावमै मिल्नुपर्ने बताएका थिए ।

    अखिल नेपाल महिला संघको बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भुसालको नाम नलिई तथाकथित बुद्धिजिवीहरूले कम्युनिष्ट नमिले एमाले सिद्धिन्छ भन्ने ढंगले निरास बनाए पनि एमाले एक्लै जित्न सक्षम रहेको बताए ।

    ओलीले भने, ‘नेकपा एमालेका बारेमा कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजिवी त्यसामा कोही कम्युनिष्टको खोल ओढेका पनि हुन्छन् उनीहरूले लेख्छन् र निरास बनाइदिन्छन् । हिजोमात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कहिँ जित्ने नभए । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे । एउटा बुद्धिजिवीलाई त्यस्तो लागेछ ।’

    एमाले एक्लैले स्थानीय चुनावमा ६० प्रतिशत जित्ने दाबी उनले गरे ।

    ओलीले भने, ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने,अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’

    अध्यक्ष ओलीले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै कम्युनिष्ट एकता भनेर गीत गाउँनु बेकारको तमासा भएको बताए । कम्युनिष्ट पार्टी ढाल्न बाहिर गएर भोट हाल्ने, अनि दक्षिणपन्थी सरकार बनाउनेहरूलाई एमालेले कम्युनिष्ट मानेर बोक्न नसक्ने बताए ।

  • महिलाको ३३ प्रतिशत हक एमालेको प्रस्तावमा पारित भएको हो, माओवादी जनयुद्धको एजेण्डा होइन : ओली (भिडिओ)

    महिलाको ३३ प्रतिशत हक एमालेको प्रस्तावमा पारित भएको हो, माओवादी जनयुद्धको एजेण्डा होइन : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता माओवादी युद्धको एजेण्डा नभएको भन्दै यसलाई एमालेको नेतृत्वमा २०६३ सालमा पुनर्स्थापित संसदले पारित गरेको बताएका छन् ।

    एमाले निकट अखिल नेपाल महिला संघको मंगलवार काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेमसंघकी तत्कालीन अध्यक्ष विद्या भण्डारीको प्रस्तावमा कांग्रेस लगायतका दलका प्रतिनिधिहरुले समर्थन गरेर २०६३ जेठ १६ गते संसदबाट पारित भएको स्मरण गरे ।

    बैठकमा ओलीले भने- म कतै कतै सुन्ने गर्छु हाम्रो जनयुद्धले गर्दा महिलाको ३३ प्रतिशत पुर्यायौं भन्छन् ।तर त्यसको कुनै भूमिका छैन । ३३ प्रतिशतको अवधारण अखिल नेपाल महिला संघले ल्याएको हो । त्यो भनेको एमालेबाट आएको हो । अहिलेको राष्ट्रपतिज्यूको अगुवाईमा २०६२÷६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाले त्यो निर्णय गरेको हो ।

    तस्बिरहरू : उमेश कार्की । 

  • नेपाल-साउदी अरबबीच पारस्परिक सहयोग सम्झौतामा हस्ताक्षर (भिडिओ)

    नेपाल-साउदी अरबबीच पारस्परिक सहयोग सम्झौतामा हस्ताक्षर (भिडिओ)

    काठमाडौं । नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    मंगलबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्रीस्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका हुन् । उनले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटसमेत गर्दैछन् ।