Category: भिडियो

  • अर्जुन दास हत्याको आरोपमा चारजना पक्राउ, बाँकी फरारको खोजी जारी (भिडिओ)

    अर्जुन दास हत्याको आरोपमा चारजना पक्राउ, बाँकी फरारको खोजी जारी (भिडिओ)

    काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलिप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । हत्या आरोपी १० जनामध्ये चारलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको हो । बाँकी फरार आरोपीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ परेकाहरुले हत्या गरेको स्वीकारेका छन् ।

    जानकी गाउँपालिका–९ अमरावतीका अर्जुनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएको थियो । पुस २ गते शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए ।

    अर्जुनका परिवारले हत्यारालाई कारबाही नभएसम्म शव नबुझ्ने भन्दै लामो समय आन्दोलन गरेका थिए । शव भेटिएको १० दिनपछि मात्रै अर्जुनका परिवार अन्येष्टि गरेका थिए ।

  • प्रशिक्षक अब्दुल्लाहले भने – टोलीको रणनीति तयार छ, हामी टप फाइट दिन्छौं (भिडिओ)

    प्रशिक्षक अब्दुल्लाहले भने – टोलीको रणनीति तयार छ, हामी टप फाइट दिन्छौं (भिडिओ)

    काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसिया कपको लागि नेपाली टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताएका छन् ।

    उनले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताउँदै नेपाली टोलीको रणनीति तयार रहेको र टप फाइट दिने बताएका हुन् ।

    शुक्रबार दशरथ रंगशालामा अब्दुल्लाहले भने, ‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौं ।’

    समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको उनले सुनाए । उनले नेपालमा केही समय अभ्यास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेलपछि कुवेत जाने जानकारी दिए ।

    एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि शुक्रबारबाट नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा कप्तान किरणकुमार लिम्बू र देवेन्द्र तामाङबाहेक अन्य खेलाडीको उपस्थिति रहेको छ । किरण र देवेन्द्र पारिवारिक कारण उपस्थित भएनन् । किरण माल्दिभ्सको शीर्ष डिभिजन लिगमा व्यस्त छन् ।

    छनोटको समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरियतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

    नेपाली टोली

    गोलकिपर : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
    रक्षक : अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी
    मिडफिल्डर : आयुष घलान, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
    स्ट्राइकर : विमल घर्तीमगर, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

  • नेपाल स्काउटले युवामा देशप्रेम जगाएको छ : राष्ट्रपति भण्डारी (भिडिओ)

    नेपाल स्काउटले युवामा देशप्रेम जगाएको छ : राष्ट्रपति भण्डारी (भिडिओ)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटको संगठित र सेवामूलक अभ्यासले नेपाली बालबालिका तथा युवामा देशप्रेम जागृत भइरहेको बताएकी छन् ।

    विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रले प्रदान गरेको ‘मेधावी स्काउट सुशोभन समारोह’मा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    ‘स्काउटले बालबालिका तथा युवामा समाजसेवाको भावना जागृत गर्दै देशप्रेम जगाउन, सार्वजनिक स्वास्थ्य प्रवर्धन गर्न र विकृतिविरुद्ध चेतना अभिवृद्धि गर्न निर्वाह गरेको भूमिका प्रशंसनिय छ,’ उनले भनीन् ।

    राष्ट्रको सेवा तथा समाजको उत्थानका लागि गठित नेपाल स्काउटले हाम्रो मुलुकका जागरुक बालबालिका तथा युवाहरूमा स्वयंसेवी भाव जागृत गराएको छ । अनेकौ चुनौतीहरूको सामना गर्दै आफ्ना योजना तथा उद्देश्यहरुलाई थप परिस्कृत र सुदृढ तुल्याएर देशव्यापी बनाउन नेपाल स्काउटले देखाएको सुझबुझ र सक्रियताको उनले प्रशंसा गरिन् ।

    उनले भनीन्, ‘महिला हिंसाविरुद्धको अभियान, बालिका तथा किशोरी सशक्तिकरण, लागूऔषध दुर्व्र्यसनविरुद्धको जागरण तथा विभिन्न विपद् व्यवस्थापनमा स्वयमसेवक परिचालन गरी अग्रमोर्चाका कार्य गर्दै आएकोमा सह्राहना व्यक्त गर्दछु ।’

  • स्काउट अप्ठेरोको साथी : ओली (भिडिओ)

    स्काउट अप्ठेरोको साथी : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपद्मा नेपालमा स्काउटले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रले प्रदान गरेको ‘मेधावी स्काउट सुशोभन’ ग्रहण गर्दै उनले स्काउटले नेपालको विपद्मा खेलेको भूमिका उदाहरणीय रहेको बताए ।

    ‘नेपालमा स्काउटले ७० वर्षदेखि गर्दै आएको भूमिकाको प्रशंसनीय छ,’ उनले भने, ‘कोभिड–१९, भूकम्पलगायतका विपद्मा स्काउटले खेलेको भूमिकाका लागि धन्यवाद दिन चाहन्छु ।’

    अध्यक्ष ओलीले विश्वमा स्काउट भनेको अप्ठेरोको साथी हो भन्ने कुरा स्थापित भएको बताए । उनले भने, ‘स्काउट भनेको अप्ठेरोको बेला उद्धारको काम गर्ने, राहत प्रदान गर्ने, निस्वार्थ मानव मित्रको रूपमा विश्वव्यापी स्थापित भएको छ ।’

    आफ्नो प्रतिकुलता भएपनि मानव जातीको अनुकुलताका लागि हित र रक्षाका लागि काम गर्ने संस्थाका रूपमा नेपालमा स्काउट स्थापित भएको पनि उनले बताए ।

    स्काउट नेपालका ७ वटै प्रदेश र ७ सय ५३ स्थानीय तहमा स्काउट विस्तारित रहेको पनि अध्यक्ष ओलीले बताए ।

    पूर्वप्रधानमन्त्री एवं अध्यक्षलाई ओली विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय ‘मेधावी स्काउट सुशोभन’बाट सम्मानित गरेको हो । आज एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सम्मान गरेकी हुन् ।

  • युवती हत्या आरोपमा रुपन्देहीमा माइती पक्षको प्रदर्शन, पति र सासू-ससुरा पक्राउ (भिडिओ)

    युवती हत्या आरोपमा रुपन्देहीमा माइती पक्षको प्रदर्शन, पति र सासू-ससुरा पक्राउ (भिडिओ)

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ भेटनरी लाइनमा २९ वर्षीय युवतीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले विरोध प्रदर्शन गरेका छन् ।

    बुधबार राति करिब पौने १० बजे विष सेवन गरेको अवस्थामा भेटिएकी २९ वर्षीया अमृता टण्डनको उपचारको क्रममा मृत्यु भएको थियो । अमृताको श्रीमान्‌ले नै हत्या गरेको माइती पक्षले दाबी गरेको छ ।

    कारबाहीको मागसहित उनीहरूले घर घेराउ र नाराबाजी गरेका छन् । विष सेवन गरी घाइते भएकी अमृतालाई उनका श्रीमान्‌ले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

    ‘माइती पक्षबाट श्रीमानले नै हत्या गरेको भन्ने आरोप छ, सोही आधारमा उनका श्रीमानलाई पक्राउ गरेका छौं ’, डीएसपी केसीले भने ।

    माइतीतिरका एक आफन्तले अमृताले बुधबार राति करिब साढे ९ बजे आफ्नो दाजुलाई बचाउन अपिल गर्दै म्यासेज लेखेको र म्यासेज आएको जानकारी हुनासाथ कुरा बुझ्दै जाँदा करिब १५ मिनेटपछि अस्पतालमा मृत्यु भएको खबर आएको बताएका छन् ।

    घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने तथा दोषीमाथि कारबाहीको माग गर्दै अमृताको घरअगाडि विरोध प्रदर्शन भइरहेको छ ।

    बुधबार तिलोत्तमाको जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टानबित्दै उनको मृत्यु भएको माइती पक्षको भनाइ छ ।

    अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ । अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे ।

    ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, १० नबज्दै मृत्यु भएको खबर आयो ।’ शर्माले भने ।
    छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्‌ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । उनका ५ वर्षीय छोरा छन् ।

    मृतकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

  • मन्त्री आलेको प्रशंसा गर्दै सोहेल खानले भने : उहाँलाई व्यापारको पनि राम्रो ज्ञान रहेछ (भिडिओ)

    मन्त्री आलेको प्रशंसा गर्दै सोहेल खानले भने : उहाँलाई व्यापारको पनि राम्रो ज्ञान रहेछ (भिडिओ)

    काठमाडौं । बलिउड सिनेमाका सुपरस्टार सलमान खानको आगामी महिना आयोजना हुन लागेको कन्सर्ट दबगंको तयारीका लागि काठमाडौं आएका उनका भाइ तथा अभिनेता सोहेल खानले सँस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेदेखि निकै प्रभावित भएको बताएका छन् ।

    कन्सर्टका विषयमा जानकारी गराउन सोल्टी होटलमा जारी पत्रकार सम्मेलनमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

    उनले भने, ‘विश्वभरमा नेपाललाई पहिचान दिलाउने व्यक्तिमा हुन पर्ने सबै गुण उहाँ (प्रेम आले)मा पाएँ , म उहाँबाट अत्यन्तै प्रभावित भएको छु । हाम्रो पहिलो भेटमै मैले थाहा पाएको थिएँ उहाँलाई व्यापारको पनि राम्रो ज्ञान छ, त्यो भेटमा हामीले सुरुको पाचँ मिनेटसम्म एकअर्काको परिवारको बारेमासमेत सोधेनौँ, हामीले पर्यटन विकासको मात्र कुरा गर्‍याैं र वास्तवमा त्यही नै महत्वपूर्ण कुरा हो । हुन त हाम्रो सम्बन्ध भर्खर सुरु भएको छ तर यसलाई अघि बढाउनको लागि हामी तत्पर छौं। आउँदै गरेको कन्सर्टलाई पनि उहाँले कुनै पनि ढगंबाट बोझको रुपमा लिइदिनु भएन, उहाँ वास्तवमा नै हामीले चाहे जस्तै हुनुहुन्छ।’

  • प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं (भिडिओ)

    प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सकिने बताएका छन् ।

    माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै प्रचण्डले एकतापश्चात नेकपाको दोस्रो बैठकमा एमालेको ठूलो जमातले आफूलाई नेता मानेपछि षड्यन्त्र सुरू भएको दाबी गरे ।

    ‘बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई’, प्रचण्डले भने, ‘अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि !’

    प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँ थिए भने एमालेसँग ४० प्रतिशत हैन ६० मै आफूहरू हुने बताए ।

    ‘परार एमालेसँग एकता गर्दा हामी नफुटेका थियौं भने ६०/४० हैन हामी ६० हुन्थ्यौ । समाजवादतिर लान सजिलो हुन्थ्यो ।’

    एमालेका सबै नेता खराब नभएको उनको भनाइ थियो ।

    ‘चाबी नेतृत्वको हातमा हुन्छ त्यहाँ नेतृत्वले यति भ्रमदिएर राखेको छ । इमान्दार व्यक्तिहरूलाई बन्दी बनाइएको छ । तिनीहरूलाई हामीले साथ लिएर नेतृत्व गर्न जरुरी छ ‘, प्रचण्डले भने ।

    जनयुद्धमा सबै एक ढिक्का भएर लडेको भन्दै उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएर पुन: भिड्ने दिन आएको प्रचण्डको भनाइ छ ।

    मोहन वैद्य, बाबुराम, विल्लवतिर लक्षित गर्दै प्रचण्डले भने, ‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउने मात्र काम भयो । तपाईंहरू जाँदा मलाई त्यत्रो चित्त दुखेको थिएन । तर, जो नेतृत्व गरेर जाने थिए तिनीहरूसँग मेरो रिजर्भेसन थियो । उनीहरू क्रान्तिको चरित्रका थिएनन् ।’

    प्रचण्ड हुने सपना बोकेर जानेहरूलाई अहिले पार्टीमा फर्किन लाज भएको उनको भनाइ थियो ।

  • तल कुरा मिले तालमेल हुन्छ, नमिले हुँदैन : महामन्त्री थापा (भिडिओ)

    तल कुरा मिले तालमेल हुन्छ, नमिले हुँदैन : महामन्त्री थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमति जुट्न नसकेका स्थानीय तहमा केन्द्रबाट तालमेलको निर्णय लाद्न नसकिने बताएका छन् ।

    काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनको मर्म भनेकै स्थानीयको निर्णय लागू गर्ने पद्दति रहेको स्मरण गारउँदै स्थानीय तहमा कुरा मिले तालमेल हुने र नमिले तालमेल नहुने स्पष्ट पारे ।

    नेपाली राजनीतिमा फरक विचार राख्ने दलबीच चुनावका लागि तालमेल हुने विषय हितकर नहुने आफ्नो धारणा यथावत रहेको थापाले बताए । यद्यपि पार्टीले गरेको निर्णय आफ्ना लागि सदैव मान्य हुने थापाले प्रष्ट्याए ।

    ‘चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन भन्ने मेरो मत हो । मेरो मत मैले पार्टीमा राखे तर पार्टीका बहुमत साथीहरुले गठबन्धन जरुरी छ भनेपछि पार्टीको निर्णय मैले मानेको छु । मान्नुपनि पर्छ’, थापाले भने ।

    कुन स्थानीय तहमा कसरी तालमेल गर्ने वा नगर्ने भन्ने विषय पार्टीको सम्बन्धित तहको क्षेत्राधिकार हुने भन्दै थापाले सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने बताए ।

    गठबन्धनको संयन्त्रमा देशभैरी अहिले छलफल चलिरहेको छ । छलफल चल्छ, कुराकानी मिल्यो तालमेल हुन्छ । कुराकानी मिलेन तालमेल हुँदैन । कुराकानी मिलेन भने आफू–आफू लड्न मिल्छ, लड्न पाउनुपर्छ । तल कुरा नमिलेपनि केन्द्रबाट निर्णय थोपर्नु हुँदैन’ थापाले भने ।

  • एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने (भिडिओ)

    एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भोलि (विहीबार) घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ ।

    पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः भोलि नै अन्तिम रूप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रूपमा छलफल भएको उनले बताए ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल बनाएको थियो ।

    घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।

  • चुनाव सार्ने सत्ता गठबन्धनको मतियार नबन्न विप्लवलाई ओलीको आग्रह (भिडिओ)

    चुनाव सार्ने सत्ता गठबन्धनको मतियार नबन्न विप्लवलाई ओलीको आग्रह (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई चुनाव हुन नदिने पाँच दलीय गठबन्धनको षड्यन्त्रको मतियार नबन्न सुझाव दिएका छन् ।

    नेकपा एमाले ललितपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन विप्लवको बहाना देखाएर चुनाव सार्ने खेलमा लागेको र अध्यादेशमार्फत कानून ल्याउने षड्यन्त्र भइरहेको बताए ।

    प्रतिगामी तत्वहरू अहिले पनि चुनाव सार्न कोसिस गरिरहेको उनको आरोप छ ।

    ‘लोकतन्त्र समाप्त पार्न, २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले पहिला स्थानीय निकाय रिक्त बनाउनुभएको थियो,’ उनले भने,‘अनि प्रतिगमनमा पुर्‍याउनुभएको थियो । स्थानीय निकाय रिक्त बनाउने उहाँ नै हुनुहुन्थ्यो ।’

    यस्तै अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू अहिले पनि चुनाव सार्न कोसिस गरिरहेको बताए ।

    ‘लोकतन्त्र समाप्त पार्न, २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले पहिला स्थानीय निकाय रिक्त बनाउनुभएको थियो,’ उनले भने,‘ अनि प्रतिगमनमा पुर्याउनुभएको थियो । स्थानीय निकाय रिक्त बनाउने उहाँ नै हुनुहुन्थ्यो ।’

    ओलीले चुनाव सार्न खोजिएको संकेत गर्दै भने– म विप्लवजीलाई आग्रह गर्न चाहन्छु तपाई षडयन्त्रकारी होइन इमानदार नेता भनेर बनाएको छवि नबिगार्नुस् । कतै पाँच दलीय गठबन्धनको षडयन्त्रको सिकार भएर विप्लवजीहरू मौका पाए चुनाव लड्छौँ भन्ने बहाना बनाइरहेको त छैन ?

    ओलीले विप्लवका नेता कार्यकर्तालाई रिहा गर्न र चुनावको वातावरण बनाउन केहीले नरोकेको भन्दै यही बहानामा वैशाख ३० गते निर्धारित चुनाव सार्न नमिल्ने र नपाइने बताए ।

    उनले यसो गरिए देशविरुद्ध षडयन्त्र हुने भन्दै एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने प्रस्ट पारे ।

  • भागबण्डाबारे कांग्रेसको प्रष्टोक्ति- विधानबमोजिम नै तालमेल हुन्छ (भिडिओ)

    भागबण्डाबारे कांग्रेसको प्रष्टोक्ति- विधानबमोजिम नै तालमेल हुन्छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले विधानले गरेको व्यवस्था अनुसारको अधिकार प्रयोग गरेर नै निर्वाचनमा तालमेल गर्ने जनाएको छ । पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले आज पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् ।

    ‘कहाँ आवश्यक छ ? के आवश्यक छ ? त्यसको निर्णय विभिन्न तहहरूको संरचनालाई जुन हाम्रो विधानले दिएको अधिकार दिएको छ,’ उनले भने,‘त्यो अनुसार नै सम्पन्न हुन्छ ।’

    स्थानीय तह निर्वाचनमा तालमेलका कुरा राष्ट्रिय निर्वाचनजस्तो सहज नभएको पनि उनले बताए ।

    उनले भने, ‘टुंगो लाउन जटिल नै छ । किनभने तल्लो तहको राष्ट्रिय निर्वाचनजस्तो सहज केन्द्रीय नेताहरू बसेर सीमित संख्याको संसद् संख्या बाँडफाँट गरेजस्तो होइन ।’

    यद्यपि तालमेलको कुरा पार्टीको निर्णय अनुसार नै टुंगोमा पुग्ने प्रवक्ता महतले बताए ।

    ‘यसमा केन्द्रीय समितिले निर्णय गरेको छ । जसमा चाहिँ हामीले केन्द्रीय समितिले स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरूसँग हामीले तालमेल गर्ने भन्ने कुरा नै हो,’ उनले भने ।

    कांग्रेसको विधानले महानगरपालिकाको टिकट केन्द्रीय समिति, उपमहानगरपालिका र नगरपालिकाको टिक प्रदेश समिति, गाउँपालिकाको टिकट जिल्ला समिति र वडाको टिकट प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिले वितरण गर्ने अधिकार दिएको छ ।

    गठबन्धनभित्र रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सिटको बाँडफाँट केन्द्रबाटै हुनुपर्ने अडान लिइरहेका छन् ।

  • महेश बस्नेतको टिप्पणी- देवी ज्ञवालीले तयार पारेको लालपुर्जा रेनुका बाले बाँडेछन् (भिडिओ)

    महेश बस्नेतको टिप्पणी- देवी ज्ञवालीले तयार पारेको लालपुर्जा रेनुका बाले बाँडेछन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनका नेताहरू केपी ओली नेतृत्वको सरकारले गरेका कामको जस लिने होडबाजीमा रहेको आरोप लगाएका छन् ।

    ललितपुरको महालक्ष्मीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले जनकपुर जयनर रेलवेदेखि विभिन्न विकास आयोजनाहरू ओली सरकारले गरेको र अहिले उद्घाटनमा प्रधानमन्त्री देउवा व्यस्त रहेको बताए ।

    बस्नेतले देवी ज्ञवाली नेतृत्वको भूमि आयोगले सुकुम्बासीलाई जग्गा वितरण गर्न लाग्दा आयोग खारेज गरेको भन्दै ज्ञवालीले तयार पारेका लालपुर्जा प्रचण्डले बाँड्न थालेको बताए ।

    बस्नेतले भने, ‘अस्ति भरतपुरतिर प्रचण्डले ३९ जना सुकुम्बासीलाई धनीपुर्जा बाँडेको सुनियो । देवी ज्ञवालीले तयार पारेको लालपुर्जा भरतपुरमा गएर रेनुका बाले बाँडेछन् ।’

    बस्नेतले ओली सरकारले बनाएका आयोजना उद्घाटन गर्दै सत्ताधारीहरूले जस लिन खोजेको भन्दै गठबन्धनका नेताहरू आफन्त नियुक्तिमा व्यस्त रहेको आरोप लगाए ।

  • सरकार ‘गैह्रजिम्मेवार’ रहेको टिप्पणी गर्दै ओलीले भने- अहिलेपनि जाली मुद्दा नलाग्ला भन्न सकिन्न (भिडिओ)

    सरकार ‘गैह्रजिम्मेवार’ रहेको टिप्पणी गर्दै ओलीले भने- अहिलेपनि जाली मुद्दा नलाग्ला भन्न सकिन्न (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जनताप्रति जिम्मेवार नभएको बताएका छन् । परमादेशबाट आएको सरकार भएकाले जनताप्रति जिम्मेवार नभएको उनले बताए ।

    उनले भने- हुन त कसैको आलोचना नगरुँ सरकार त उसैबेला-उसैबेलाको जस्तो छ, जालझेल, षडयन्त्र र तिकडम गर्ने खालको । जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैह्रजिम्मेवार भएको, चुनाव गरेर लोकतन्त्र जोगाउनेभन्दा चुनावका लागि काम नगरेर षडयन्त्र गर्ने खालको ।

    त्यसकारण अहिलेपनि के हुन्छ ? भनेर भन्न पनि नसकिने उनले बताए ।

    उनले भने, ‘मान्छेलाई जाली मुद्दा लाग्दैन भन्न सकिदैन् । फँसाईदैन भन्न सकिदैन् । यो सरकार यस्तै हो ।’ तर आफू भने त्यसमा सजग हुनु आवश्यक रहेको उनले बताए ।

    सरकारले जेसुकै गर्न चाहेपनि पहिलेजस्तो तानाशाहको कल्पना नगर्न पनि उनले सुझाए ।

    उनले भने- त्यस्तै दिन हिजकैजस्तै तानाशााही दिन अब आउदैनन । त्यस्तै कुरा गर्दैगए सफलता प्राप्त गर्न सक्दैन् । अहिलेका शासकहरूले बुझुन् यो कुरा ।

  • निर्वाचन आचारसंहिता पालनामा ध्यान दिन प्रधानमन्त्रीको आग्रह (भिडिओ)

    निर्वाचन आचारसंहिता पालनामा ध्यान दिन प्रधानमन्त्रीको आग्रह (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनामा ध्यान दिन आग्रह गरेका छन् ।

    मंगलबार शहरी विकास मन्त्रालयले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन सबैलाई आग्रह गरे ।

    आगामी दिनमा सरकारी कार्यक्रमहरू आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

    प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी वर्षदेखि नै पाइलट प्रोजेक्ट सुरू गरिने जानकारी गराए ।

    शहरीकरणमा देखिएमा समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी विकास र शहरी प्रणालीको विकास गर्नुपर्ने देउवाले बताए ।

    उनले काठमाडौं उपत्यकामा देखिएका फोहोर व्यवस्थापनको समस्या समाधानका लागि फोहरबाट ऊर्जा उत्सर्जनमा मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

  • नारायण दाहालले लिए राष्ट्रियसभा सदस्यको सपथ (भिडिओ)

    नारायण दाहालले लिए राष्ट्रियसभा सदस्यको सपथ (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले सपथ लिएका छन् ।

    सिंहदरबारमा आयोजित एक समारोहबीच अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

    विहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

    उनी माओवादी अध्यक्ष प्रचण्डका भाइ (काकाका छोरा)  हुन् ।

    दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् ।

    यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको वागमती प्रदेश कमिटी अध्यक्ष थिए ।

    रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

  • नारायण दाहालको गुनासो- प्रचण्डको भाइ भएका कारण मैले योगदान अनुसारको अवसर पाइन (भिडिओ)

    नारायण दाहालको गुनासो- प्रचण्डको भाइ भएका कारण मैले योगदान अनुसारको अवसर पाइन (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनीत भएका माओवादी नेता नारायणप्रसाद दाहालले अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण आफूले योग्यताअनुसारको अवसर धेरैपटक गुमाउनुपरेको गुनासो गरेका छन् ।

    राष्ट्रियसभा सदस्यको सपथग्रहणपछि नेपाल प्रेससँग कुरा गर्दै सांसद दाहालले माओवादी आन्दोलनमा प्रचण्ड र आफू एकैदिन होलटाइमर भएर हिँडेको र सिंगो परिवार जनयुद्धमा सामेल भएको बताए ।

    दाहालले भने, ‘अध्यक्ष कमरेड र म एकैदिन होलटाइमर भएको बरु यस्तै कुराले गर्दा अध्यक्षको कारण मैले धेरै अवसर गुमाउनु परेको छ । हिजो जनयुद्धमा अध्यक्षको परिवार र मेरो छोरा बुहारी श्रीमती सबै जनयुद्धमा लागेका हौं ।’

    भरतपुरको मेयर प्रचण्डको छोरीलाई र सांसद भाइलाई दिएको भनेर आलोचना भइरहेको प्रश्नमा दाहालले भतरपुरमा गएर विकास हेर्न सुझाव दिए । उनले अब रेनु दाहाललाई माओवादीले होइन भरतपुरका जनताले खोजी गरेको बताए ।

  • जन्मदिनमा माग्नेबुढालाई दिपाश्रीको उपहार : हर्लिक्स र ललीपप (तस्बिर/भिडियो)

    जन्मदिनमा माग्नेबुढालाई दिपाश्रीको उपहार : हर्लिक्स र ललीपप (तस्बिर/भिडियो)

    काठमाडौं । चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे उर्फ माग्ने बुढाले आज ४७ औ जन्मोत्सव मनाएका छन् । रेडियो अडिओले उनको जन्मदिन विशेष कार्यक्रम आयोजना गरेको थियो ।

    समारोहमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ उपस्थित थिए । यस्तै, हास्यकलाकारहरु सन्दीप क्षेत्री, जितु नेपाल मुन्द्रे, दिपाश्री निरौला, मनोज गजुरेल लगायतको सहभागिता थियो ।

    समारोहमा सहभागी कलाकारहरूले माग्ने बुढालाई सुस्वास्थ्य दीर्घायु तथा सफल कलाकारिता जीवनको लागि शुभकामना व्यक्त गरे । हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले भने अनपेक्षित उपहारसमेत दिइन् । समारोहमा केही ढिला गरी पुगेकी दिपाले माग्ने बुढालाई हर्लिक्स, सुगर फ्री बिस्कुट र ललिपप उपहार दिएकी हुन् ।

    दिपाले अहिले माग्ने बुढा एकदमै दुब्लाएका कारण हर्लिक्स उपहार ल्याइदिएको बताइन् । जन्मेको दिन केही मिठो खानु पर्ने भन्दै उनले आफ्नै हातले माग्नेबुढालाई ललिपप खुवाइदिएकी थिइन् ।

    ‘माग्नु अहिले धेरै नै व्यस्त छ । अहिले वास्तवमा भेट हुनै गाह्रो भएको छ त्यही भएर मैले यो बिस्कुट, हर्लिक्स, ललिपपहरू किन ल्याइदिएको भने एकदम तन्दुरुस्त भएर भाइ र हाम्रो भेट भइराखोस् भनेर । भाइ एकदमै खान छोडेर पेट धप्कार बसिरहेको छ,’ उनले भनिन् । साथै उनले माग्ने बुढालाई एक फोटोसमेत उपहार दिएकी छिन् ।

    तस्बिर भिडिओ : उमेश कार्की

     

  • अर्थमन्त्री भन्छन्- देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो, आज पनि ढुकुटीमा ६७ अर्ब छ (भिडिओ)

    अर्थमन्त्री भन्छन्- देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो, आज पनि ढुकुटीमा ६७ अर्ब छ (भिडिओ)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न अफवाहहरु सिर्जना गरेर देश श्रीलंका हुन्छ भन्ने प्रचारवाजी भइरहेको टिप्पणी गरेका छन् । यस्तो कार्यलाई उनले ‘राष्ट्रघात’ संज्ञा दिए ।

    अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, ‘नेपाल श्रीलंका हुन्छ… हुन्छ… भन्नेतिर लाग्न खोजिँदै छ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्यो नि । श्रीलंका बनाउन किन चासो भइराख्या छ रु अचम्म लाग्छ । आजै पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब छ । त्यसैले त्यो अवस्थाको कुरा होइन ।’

    उनले विदेशबाट आएको पैसा रोकिएकोबारे आफूले बुझिदिन भनेको कुरालाई ठूलो विषय नबनाउन आग्रह गरे ।

    यो पनि पढ्नुहोस् : अर्थमन्त्रीले भने – अर्थतन्त्रमा संकट आएको छैन, गलत प्रचार भयो

  • ‘निराश थिएँ, रोहितको शतकले प्रेरणा दियो’ (भिडिओ)

    ‘निराश थिएँ, रोहितको शतकले प्रेरणा दियो’ (भिडिओ)

    बल्खुबाट कीर्तिपुर जाँदा करिब ६ सय मिटर अगाडि बढेपछि कुमारी क्लब आउँछ । कुमारी क्लबबाट सुरु हुने कच्ची सडक पाँच सय मिटर जति पार गरेपछि अलिकति खाली जग्गाको कुनामा एउटा घर छ, जहाँ बस्छन् दीपेन्द्रसिंह ऐरी ।

    ‘बिहान खाना पकाएर खाएँ, अनि सफा गर्दागर्दै यतिबेला भयो । सामान पनि मिलाउन पाएको छैन’, दिउँसो ३ बजे हामी पुग्नासाथ छरपस्ट सामान देखाउँदै उनले सुनाए ।

    एसएलसी दिने बेलामा क्षेत्रीयहुँदै यू–१९ राष्ट्रिय टोलीमा परेपछि दिपेन्द्रका लागि काठमाडौँ बस्नैपर्ने वाध्यता पर्यो । आखिर क्रिकेट नै उनका लागि ‘सबकुछ’ थियो । काठमाडौं आउजाउ गरेर साध्ये थिएन ।

    ‘प्रतियोगिताहरु भइरहन्थे, त्यसैले यतै बसियो । पहिला समूहमा बसिन्थ्यो । दुई वर्ष जति भयो, एक्लै बस्न थालेको’, उनी आफ्नो डेराजीवनलाई संक्षेपीकरण गर्दै सुनाए ।

    दीपेन्द्र यसै पनि निकै कम बोल्छन् । बाहिरी दुनियाँसँग त्यति धेरै घुलमिल पनि छैनन् । वरिपरिकाले चिन्छन् कि चिन्दैनन्, उनलाई थाहा छैन ।

    मुस्कुराउँदै भने, ‘घरबेटीले चाहीँ चिन्नु हुन्छ । अरुले त खोइ !’

    ०००

    यतिबेला दीपेन्द्रको खेल करिअरले स्वप्निल उडान भरिरहेको छ । यसैसाता घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा उनले शानदार प्रदर्शन गरे । नेपाल विजेता बन्यो । दीपेन्द्र प्लेयर अफ दी फाइनल र प्लेयर अफ दी सिरिज दुवै चुनिए । उनले एक साताको अन्तरमा एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय शतक बनाए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान भए ।

    घरेलु मैदानमा आफूले पनि शानदार प्रदर्शन गर्नु र टीमले पनि सफलता प्राप्त गर्दाको अनुभव कस्तो हुन्छ त ?

    दीपेन्द्रले जवाफ दिए, ‘यस्तो नतिजाले धेरै नै विश्वास बढ्छ । फेरि गेम भयो भने अझ राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास जागेको छ । घरेलु मैदानमा खेल भयो भने विकेटका बारेमा थाहा हुन्छ र प्रदर्शन राम्रो हुने सम्भावना बलियो हुन्छ ।’

    नेपालका लागि पछिल्ला केही प्रतियोगिताहरु अपेक्षाकृत सफल भएनन् । ओमानमा आयोजित टी–२० विश्वकप छनोटबाट नेपाल अगाडि बढ्न सकेन । यूएईमा आयोजित विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि नेपालले चारमध्ये दुई खेल मात्र जित्यो । त्यसपछि पपुआ न्युगिनी–पीएनजी र मलेसियालाई घरमा बोलाएर नेपालले शृंखला खेलेको हो ।

    यूएईको भ्रमणपछि आफूलाई राम्रो प्रदर्शन गर्नैपर्ने दबाब बढेको दीपेन्द्रले अनुभव गरेका थिए । तर उनलाई थाहा छ, एउटा खेलाडीले एकपटक वा एउटा समयमा मात्र राम्रो प्रदर्शन गरेर पुग्दैन ।

    उनी भन्छन्, ‘गेम जितेपछि, रन हानेपछि राम्रो प्रतिक्रिया त आइहाल्छ । तर सफलताको जीवन कति हुन्छ भन्न सकिन्न । राम्रो खेल्दा, एकछिन फ्यानको हाई हाई हुन्छ । तर खेल खस्किन थाल्यो भने सबैले बिर्सन थाल्छन् । मुख्य कुरा, खेलाडीले आफ्नो राम्रो प्रदर्शनलाई निरन्तरता दिन फोकस हुनुपर्छ ।’

    नेपाली टोलीबाट पुरानो पुस्ता बाहिरिँदो छ । नेपाललाई टी–२० विश्वकपमा सहभागितादेखि एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाएका पारस खड्का र शक्ति गौचनले सन्यास लिइसकेका छन् । शरद भेषवाकर र वसन्त रेग्मी टीममा पर्न छाडिसके । घरेलु मैदानमा आयोजित पछिल्लो एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समेत आफ्नो स्थान गुमाए ।

    यतिबेला नेपाली टिम पुस्तान्तरणपछिको संक्रमणकालमा देखिएको छ । ६–७ वर्षअघि डेब्यु गरेका खेलाडीहरु सिनियर सदस्यका रुपमा रहेका छन् । दीपेन्द्रले पुरानो पुस्तासँग पनि खेले, पुरानो र नयाँ पुस्ताको मिश्रित टिममा पनि खेले र नयाँ पुस्ता भनिएको टिममा रहेर पनि खेलिरहेका छन् । ५ वर्षअघि सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दीपेन्द्र टोलीको उपकप्तान समेत भइसकेकाले यतिबेला उनीमाथि जिम्मेवारी बढेको छ ।

    यो पक्षलाई उनले कसरी हेरेका छन् ? दीपेन्द्र यसो भन्छन्:

    ‘खेलाडीले एक दिन त सन्यास लिनैपर्छ । यसलाई सबैले बुझेकै हुन्छन् । मुख्य कुरा हरेक खेलाडीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्यो । मैले राम्रो खेल्न सकिन भने टिम हार्छ भन्ने कुरा हरेकपटक मैदानमा प्रवेश गर्दा म मनन गर्छु ।

    अनुभव त विस्तारै लिँदै जाने कुरा भयो । पहिला सिनियर दाइहरुसँग खेल्दा मलाई दाईहरुले सिकाउनु हुन्थ्यो । सिकाउनेहरु हुन्थे । अहिले मैले सिकाउनुपर्ने हुन्छ । खेलेपछि पर्फमेन्स गर्न सक्नुपर्छ । ओमानमा मैले ठिकै प्रदर्शन गरेको थिएँ, तर जुन निर्णायक खेलमा सकिनँ । त्यसले गर्दा हामीले विश्वकपजस्तो प्रतियोगिता खेल्नबाट चुक्नुपर्यो ।

    यूएईमा भएको प्रतियोगितामा मैले राम्रो गर्न सकिनँ । त्यसपछि, मैले कहिले गर्ने त पर्फमेन्स भनेर आफैलाई प्रश्न गरिरहन्थेँ । अर्को प्रतियोगिता कहिले घोषणा हुन्छ भनेर सुन्न आतुर थिएँ । खराब समयबाट कसरी राम्रो समयमा अघि बढ्ने भन्नेमा खेलाडी केन्द्रित हुनुपर्छ जस्तो लाग्छ ।’

    कुनै समय ब्याटिङमा कमजोर भनेर आलोचना हुने गरेको नेपाली टोलीले पछिल्लो समय भने राम्रो रन बनाइरहेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातपटक २ सयभन्दा बढी रन जोड्नु चानचुने होइन । कुशल भुर्तेल, पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रले टि–२० शतक बनाइसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पारस, दीपेन्द्र र रोहितले सतक बनाएका छन् । यसपटक दीपेन्द्रले एक साताको अन्तरमा दुईवटा सतक बनाए ।

    यी जुम्ल्याहा शतकलाई उनी कसरी सम्झिन्छन् ?

    ‘लामो समय भइसक्यो मैले क्रिकेट खेल्न थालेको । तर शतक बनाउन सकिरहेको थिइनँ । पीएनजीविरुद्ध रोहितले शतक बनाएको साँझ मैलै आफैलाई प्रश्न गरिरहेँ– तँ चाहीँ किन सक्दैनस् ? अर्को खेलमा म पीएनजीविरुद्ध शतकको नजिक पुगिरहेको थिएँ । ९० रन जोड्दा मेरो नजर स्कोर बोर्डमा पुगेको थियो । म निकै नर्भस र एक्साइटेड थिएँ । एक दुई रन जोड्दै सतक पुरा गरेँ ।

    मलेसियासँग टि–२० मा पनि ७० रन बनाएपछि शतकको आशा पलायो । ९० रनपछि भने दबाब बढेको थियो । दुई ओभरको मात्र खेल बाँकी रहेकाले सुरक्षित खेलेर शतक पुरा गर्नतिर लाग्ने कि अलिकति जोखिम लिएर टिमलाई बलियो अवस्थामा पुर्याउने भन्ने थियो । शतक नजिक हुँदा टिमलाई बलियो स्थितीमा पु¥याउनुपर्ने दबाब पनि उत्तिकै हुने गर्छ ।

    एउटा शतक बनाएपछि अर्को शतक बनाउने बाटो थाहा हुन्छ । कसरी रन जोड्दै जाने भन्ने कुरा ब्याट्सम्यानले जान्न थाल्छ । मलाई लाग्छ– हरेक ब्याट्सम्यान एउटा बिग इनिङको खोजीमा हुन्छ । एउटा खेलमा ५०-६० रन बन्यो भने अर्को खेलमा उसको आत्मविश्वास नै बेग्लै हुन्छ । उसलाई रन जोड्ने प्याटर्नहरु थाहा हुन्छ । विपक्षी बलर पनि लयमा रहेको ब्याट्सम्यान भन्ने थाहा पाएपछि दबाबमा हुन्छन्। यही कारण लयमा रहेका ब्याट्सम्यानहरु हावी हुन सक्छन् ।

    राम्रो प्रदर्शन गर्न सकेको दिन मलाई राम्रोसँग निन्द्रा लाग्छ । अरुसँग मज्जाले कुरा गर्न मन लाग्छ । आफुले राम्रो पनि गर्न सकिनँ र टिम पनि हा¥यो भने मलाई राम्रोसँग निन्द्रा पनि लाग्दैन र टाउको दुख्छ । यस्ता थुप्रै अनुभवहरु मसँग छन् ।

    नेपाली टोलीमा अलराउन्डरहरु हावी छन् । तल्लोक्रमका करन केसी, सोमपाल कामीदेखि सन्दिप लामिछानेसम्मले राम्रो ब्याटिङ गरेर टिमको रेस्क्यू गर्न सक्छन् । घरेलु मैदानमा यसपटक कुशल भुर्तेल र रोहित पौडेलले समेत मलेसियाविरुद्ध विकेट लिए । दीपेन्द्र नेपाली टोलीका नियमित बलर बनिसकेका छन् । यसअघि शरद भेषावकरले पनि राम्रो बलिङ गर्ने गर्थे । दीपेन्द्रले यसपटक फाइनलमा अलराउन्ड प्रदर्शन गरे । बलिङतर्फ पनि टोलीको अधिक विश्वास उनले जितेका छन् । कप्तानले एकै खेलमा ८ जना बलरसम्म प्रयोग गरेको देखियो ।

    आफ्नो बलिङ क्षमताबारे दीपेन्द्रले पृष्ठभूमिसहित सुनाए-

    म सानै छँदा दाइहरुले क्रिकेट खेल्न लैजानु हुन्थ्यो, तर मलाई खेलाइन्न थियो । खेल हेरेर मात्र फर्कनु पर्थ्यो । एक दिन टिममा एक जना पुगेन र मैले खेल्नुपर्ने अवस्था आयो । त्यसमा मैले दाईहरुको विश्वास जितेँ । म एउटा अवसरको खोजीमा थिएँ र जे भूमिका पाएँ भने पनि राम्रो गर्न सक्छु भन्ने थियो । म सुरुवाती दिनहरुमा बलिङ बढी र ब्याटिङ कम गर्थेँ । मेरो बलिङ मिडियम पेस हुन्थ्यो ।

    पछि एक्कासी कम्मरमा समस्या आयो । मैले मिडियम पेस बलिङ गर्न सकिनँ । त्यसपछि स्पीनतिर लागेँ । यू–१९ एसिया कपमा भारतविरुद्ध ४ विकेट लिएँ । मेरो खेल जिवनको त्यो एक अविस्मरणीय क्षण थियो ।

    म बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटैमा इन्जोय गर्छु । यी तीनै क्षेत्रमा सक्दो राम्रो गर्न खोज्छु । कतिबेला अवसर पाउँला र राम्रो गरौँ भन्ने कोसिसमा हुन्छु । मलाई लाग्छ– मैले बलिङमा राम्रो गरेँ भने अरु मेन बलरहरुको आत्मविश्वास बढ्छ । मलाई पनि के मौका हुन्छ भने यदी ब्याटिङमा राम्रो गर्न सकिनँ भने आज अब बलिङमा गरेर देखाउँछु भन्ने अप्सन हुन्छ । त्यसैले क्रिकेटरहरु अलराउन्डर बन्न रुचाउँछन् किनभने यसले टोलीमा ठाउँ बनाउन सजिलो हुन्छ ।

    मेन बलर वा मेन ब्याट्सम्यानहरु अभ्यासमा थाकेको अवस्थामा बलरले ब्याटिङ गर्न सिक्ने र ब्याट्सम्यानले बलिङ गर्न सिक्ने काम हुन्छ । टिमले दिएको अवसरलाई सदुपयोग गर्न सक्यो भने अलराउन्डर बन्ने हो । तर यसका लागि अधिक मिहेनत चाहिन्छ ।

    नेपाली क्रिकेट पछिल्लो समय केही विवादबाट समेत गुज्रियो । ग्रेडिङका विषयमा खेलाडीलाई अन्याय भएको भन्दै बोल्दा ज्ञानेन्द्रले कप्तान र दीपेन्द्रले उपकप्तान गुमाए । विश्वकप छनोटका लागि प्रारम्भिक टोलीमा बोलाइएकामध्ये करिब आधा संख्यामा खेलाडीहरुले क्यानको उक्त निर्णयको विरोध गरे । कारबाहीमा परेका खेलाडीले अन्य खेलाडीलाई उचालेको आरोप पनि लाग्यो । क्यान आन्दोलनमा उत्रिएका खेलाडीलाई बाहिर राखेर पनि अगाडि बढ्ने मनस्थितिमा देखिन्थ्यो ।

    त्यसबेलाको परिस्थिति सम्झन चाहँदैनन् दीपेन्द्र । उपकप्तान गुमाएर भविष्यमा कप्तान बन्ने अवसर संकटमा परेकोमा उनलाई कुनै वास्ता छैन । क्रिकेटबाटै बाहिरिने सम्भावनाको त्यस अवस्थालाई दुर्घटनाका रुपमा बुझेका छन् दीपेन्द्रले । उनलाई लाग्छ– अब अगाडिबारे सोच्नुपर्छ ।

    दीपेन्द्र भन्छन्-

    मेरो सँधै ध्यान बेस्ट पर्फमेन्स गर्ने र टिमलाई जिताउनेतर्फ रह्यो । आफ्नो भूमिकालाई कसरी न्याय गर्न सकिन्छ भन्नेतर्फ सँधैभरि केन्द्रित रहेँ । मेरा लागि मिडिया, सोसल मिडिया कहिल्यै चासोमा रहेनन् । उनीहरुले के लेख्छन् भन्नेमा पनि मेरो ध्यान गएन । जित्दाको रमाइलो टिमसँग रहेर बाँड्न मन पराउँछु र हार्दाको दुख पनि ।

    साँच्ची भन्ने हो भने मैले क्रिकेटभन्दा बाहेक केही सोचेकै छैन । कप्तान–उपकप्तान बन्ने कुरामा पनि मेरो कहिल्यै रुची रहेन किनभने जे भए पनि मैले खेल्ने हो । आफुलाई दिएको भूमिकालाई न्याय गर्न सक्नु नै मेरो अपेक्षा हो । मिहेनतअनुसारको प्रतिफल प्राप्त भयो भने त्यही नै सन्तुष्टी हो । नेपाली टोलीमा अहिले युवा तथा प्रतिभावान खेलाडीहरु छन् । उनीहरुमा अधिक सम्भावना छ । हाम्रो अहिलेको टोलीले नेपाललाई निकै अगाडि लैजान सक्छ । उनीहरुलाई अझ एक्सपोजरको खाँचो छ ।

    दीपेन्द्र चाहन्छन्– चाँडै अर्को प्रतियोगिता होस् र उनले अझ राम्रो प्रदर्शन गर्न सकुन् ।

  • खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनामा स्थानीयको तोडफोड (भिडिओ)

    खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनामा स्थानीयको तोडफोड (भिडिओ)

    काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्।

    दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरि दिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको थियो। स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरिरहेको काठमाडौं प्रहरी प्रमुख सुदिप गिरीले जानकारी दिए।

    ‘स्थानीयको गुनासो सुरुङ मार्गका कारण खानेपानीको मुहान सुक्यो भन्ने रहेछ। आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरेपनि पूरा नभएपछि आन्दोलन भएको पाइएको छ’, एसएसपी गिरीले भने।

     

  • नयाँ बजारमा रहेको क्लासिक पार्टी प्यालेसमा आगलागी (भिडिओ)

    नयाँ बजारमा रहेको क्लासिक पार्टी प्यालेसमा आगलागी (भिडिओ)

    काठमाडौं । काठमाडौंको खुखिबुमा रहेको क्लासिक पार्टी प्यालेसमा आगलागी भएको छ ।

    प्यालेसको किचेनबाट लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

    साँझ ५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

    आगलागीको कारण र भएको क्षतिका बारेमा अहिलेसम्म पूर्ण जानकारी आएको छैन ।

    तस्बिरहरु : नविनमुनि स्थापित

  • नेपाल बास्केटबल लिग जेठमा हुने (भिडिओ)

    नेपाल बास्केटबल लिग जेठमा हुने (भिडिओ)

    काठमाडौं । तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठमा हुने भएको छ ।

    नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा पुरुष तर्फको लिग जेठ ७ देखि सुरु हुने भएको हो । त्यस्तै महिला तर्फ लिग भने जेठ १८ बाट सुरु हुने आयोजकले जनाएको छ ।

    लिगमा प्लेअफका खेलहरू असर ३२ बाट सुरु हुने र फाइनल साउन ७ मा खेलाइनेछ । दुई महिनासम्म सञ्चालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो ।

    लिग राउन्ड रोबिनको आधारमा होम एण्ड अवे गरेर खेलिने छ । शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन् ।

    प्रतियोगितामा पुरुष तर्फ ५६ र महिलातर्फ २० लिग खेलहरू हुने छन् । लिगमा पुरुषतर्फ ६ टिमको सहभागिता रहने छ ।

    टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब. रोयल बास्केटबल क्लब, बुढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबको सहभागिता हुने छ ।

    महिला तर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको आयोजकले जानकारी गरेको छ ।

    एनबिएल पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने महिलाको विजेताले १ लाख पाउने छन् ।

    पुरुष तर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने आयोजकको भनाई छ ।

  • अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउने सुरेन्द्र पाण्डेको चेतावनी, गैरकानूनी काम गरिरहेको आरोप (भिडिओ)

    अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउने सुरेन्द्र पाण्डेको चेतावनी, गैरकानूनी काम गरिरहेको आरोप (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले कानून विपरीत काम गरिरहेको भन्दै आफ्नै गलगत कामका कारण अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

    एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पाण्डेले श्रीलंकामा अर्थमन्त्री भाग्नुपरेको भन्दै नेपालको अर्थमन्त्रीको अवस्था पनि त्यही हुन सक्ने बताए ।

    पाण्डेले गलत नीति नै आर्थिक संकटको कारण भएकाले नेपालमा अर्थमन्त्री भाग्ने दिन आउन नदिन गम्भीर बन्न सुझाव दिए ।

    उनले अर्थमन्त्री शर्माले विदेशबाट आएको अवैध रकम छुटाउन दबाब दिनु गम्भीर अपराध भएकाले यसको छानबिन हुनुपर्ने बताए ।

    पाण्डेले त्यस्तो रकम छुटाउन अर्थमन्त्रीले गभर्नरलाई पत्र लेख्नु नै गैरकानूनी रहेको बताए ।

  • डा. युवराज खतिवडाको आरोप- अर्थमन्त्रीले नोटबन्दीको हल्ला चलाएर बजार आतंकित पारे (भिडिओ)

    डा. युवराज खतिवडाको आरोप- अर्थमन्त्रीले नोटबन्दीको हल्ला चलाएर बजार आतंकित पारे (भिडिओ)

    काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री जनार्दन शर्माले सिरानीमुनिको पैसा झिक्छु भनेर मुद्रा निर्मलीकरण (डिमोनिटाइजेशन) को हल्ला चलाएको भन्दै हल्का फुक्ला कुरा गरेर बजार आतंकित पारेको आरोप लगाएका छन् ।

    एमालेले अर्थतन्त्रको अवस्थाबारे आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री खतिवडाले हल्ला गरेर सरकारले नोटबन्दी नगर्ने भन्दै यस्ता कुराले व्यवसायी र जनतालाई नै त्रसित पार्ने बताए ।

    खतिवडाले भने- अर्थमन्त्रीले सिरानी मुनिको पैसा झिक्छु भन्नुभएको छ । त्यो भनेको के हो ? सिरानी मुनी पैसा छ भने झिक्नुपर्‍यो । तर बजारमा अफवाह फैलाएर हुन्न । हामीलाई पनि सोधिरहेका छन् नोटबन्दी हुन लाग्यो भनेर । सरकारले गर्ने भए हल्ला किन गर्थ्यो होला भन्ने गरेको छु । आतंक मच्चाउन हल्का फुल्का कुरा गरेर अन्यौलता पार्ने काम गर्नु हुँदैन ।

    खतिवडाले गभर्नरमाथिको कारबाही सरकारको असफलता ढाक्ने षडयन्त्र भन्दै अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय गरेको आरोप लगाए ।

  • गभर्नर कारबाही तत्काल फिर्ता लिन सरकारलाई एमालेको चेतावनी (भिडिओ)

    गभर्नर कारबाही तत्काल फिर्ता लिन सरकारलाई एमालेको चेतावनी (भिडिओ)

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।

    पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले गलत अभ्यास गरेको भन्दै यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

    पौडेलले भने, ‘यो कुनै व्यक्ति महाप्रसाद अधिकारीमाथि होइन सिंगो प्रणालीमाथिको आक्रमण हो । सरकारमा रहेका व्यक्तिहरुका दुषित आकांक्षा पूरा गर्न उहाँ सहयोगी हुनुभएन । वित्त नीतिमा जसरी सरकारले नकारात्मक हस्तक्षेप गर्दा त्यसको मुकाबिला गरेर अर्थतन्त्र जोगाउन खोज्दा आज गभर्नरलाई पदमुक्त गर्न स्पष्टिकरणको गलत अभ्यास गरिएको छ ।’

    पौडेलले गभर्नरमाथिको कारवाहीले अर्थतन्त्र थप संकटमा जाने भएकाले तत्काल सो कदम फिर्ता लिन सरकारलाई चेतावनी दिए ।

  • सेतो मच्छिन्द्रनाथको रथ जात्रा शनिवारबाट सुरु (तस्बिर/भिडिओ)

    सेतो मच्छिन्द्रनाथको रथ जात्रा शनिवारबाट सुरु (तस्बिर/भिडिओ)

    काठमाडाैं । सेतो मच्छिन्द्रनाथको रथ जात्रा शनिवारबाट सुरु भएको छ ।

    हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दशैंको दिन सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरु गरिन्छ ।

    सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो ।

    करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलको तीनधारा पाठशाला बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।

    तीनधारा पाठशालाबाट शुरु भई पाँच दिनसम्म सेतो मच्छिन्द्रनाथको जात्रा हुने गर्दछ । जात्राको पहिलो दिन जमल-रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । दोस्रो दिन असन,बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पुर्याइन्छ । तेस्रो दिन हनुमानढोका, चिकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइन्छ।

    मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुर्‍याउने बित्तिकै जीवित देवी कुमारीलाई सानो खटमा राखी लगन चोकमा जात्रा देखाउने चलन छ ।

    चौथो दिन मच्छिन्द्रनाथकी आमाको मन्दिर (मां सीमा) नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ । भने पाँचौं दिन

    लगन, ज्याबहाल द्यः लं, यूतुननि, कोहिति, भिमसेनस्थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म खट जात्रा गरिन्छ ।

     

    तस्बिरहरु : गौरव पौडेल

  • कलम देखाउँदै भृकुटीमण्डपमा नाचे माधव नेपाल (भिडिओ)

    कलम देखाउँदै भृकुटीमण्डपमा नाचे माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेता–कार्यकर्तासँग नाचेका छन् । भृकुटीमण्डपमा आयोजित जनसभामा पार्टीको चुनावचिन्ह ‘कलम’ देखाउँदै नेपाल नाचेका हुन् ।

    जनसभाको समापनपछि कलाकारहरुले ‘हाम्रो चुनाव चिन्ह कलम सबैले भोट यसैमा हालम्’ बोलमा गीत गाएका थिए । सोही गीतमा अध्यक्ष नेपाल कलम देखाएर उत्साहपूर्वक नाचेका हुन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले थपडी बजाउँदै साथ दिए ।

    नेकपा एसको जनसभा आज निर्धारित समयभन्दा दुई घन्टा ढिला गरी सुरु भएको थियो । सभास्थल नजिकै एउटा रेस्लिङ प्रतियोगिता भइरहेकाले अध्यक्ष नेपाल लगायतका नेताहरु लामो पर्खाइमा परे । त्यसो त उक्त रेस्लिङ प्रतियोगिताको उद्घाटन पनि नेपालले नै गरेका थिए ।

    कार्यकर्ता ओसार्न स्कुल बस

    नेकपा एसको सभामा कार्यकर्ता ओसार्न स्कुल बस प्रयोग गरिएको थियो ।

    साँखुस्थित एभरग्रिन हाइयर सेकेन्डरी स्कुलको बसमा पार्टीको झण्डा राखेर कार्यकर्ताहरु ओसारिएको हो ।

  • माओवादी र नेकपा एसका कार्यकर्ताद्वारा एमाले नेता फडेराको घर तोडफोड (भिडिओ)

    माओवादी र नेकपा एसका कार्यकर्ताद्वारा एमाले नेता फडेराको घर तोडफोड (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेराको घर माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

    हुम्लाको आदानचुली गाउँपालिकाका अध्यक्ष समेत रहेका फडेराको घर माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी कार्यकर्ताले घेरा हालेर तोडफोड गरेका हुन् ।

    वैशाख ४ गते पार्टी केन्द्रीय अध्यक्ष केपी ओली आउने कार्यक्रमको तयारीमा हिँडेको समयमा एमाले कार्यकर्ताहरूले नारा जुलुस लगाएर हिँड्दा एक जना माओवादी कार्यकर्ता घरमा पानीको ट्याङ्की लडेको र ट्याङ्की पुनः उठाएर पुरानै ठाउँमा राखेर हिँडेका भए पनि त्यही निहुँमा उनीहरूले आफ्नो घर तोडफोड गरेका फडेराले बताए ।

    उनले आफ्नो घर अहिले पनि उनीहरूकै घेरामा रहेको बताए ।

    उनले भने, अहिले प्रहरीले घर भित्र प्रवेश गर्न नदिएको भए पनि प्रहरीको घेरा भन्दा पछाडि सयौँको संख्यामा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता रहेका छन् । मेरो घरमा छापामार शैलीमा जनयुद्धको झल्को दिने गरी घेरा हालेका छन्, प्रहरी नआएको भए पनि प्रहरीको संख्या थोरै भएका कारण उनीहरूले जे पनि गर्न सक्ने अवस्था रहेको छ ।

    फडेराले घरमा क्षति पुगे पनि आफूहरू सुरक्षित रहेको बताए ।

    सङ्ख्यात्मक रूपमा प्रहरीको संख्या कम रहेको छ । अहिले अरू ठाउँबाट पनि प्रहरी आइरहेको उ नले बताए ।

  • ४२ महिनासम्म केपी सरकारले एउटा फुटेको कौडी पनि गरेन : खनाल (भिडिओ)

    ४२ महिनासम्म केपी सरकारले एउटा फुटेको कौडी पनि गरेन : खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले ४२ महिना सरकारमा बसेर फुटेको कौडी पनि गर्न नसकेको टिप्पणी गरेका छन् ।

    पार्टीको काठमाडौं जिल्ला कमिटीले आज भृकुटीमण्डपमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘हामीले जहीँतहीँ बहुमत प्राप्त गरेका थियौँ । त्यसैले क्रान्ति नै क्रान्ति गर्न सक्थ्यौँ,’ उनले भने, ‘४२ महिनासम्म सरकारमा बसेको नेकपा एमाले नेतृत्व गुटको नायक खड्गप्रसाद ओलीको नेतृत्वको सरकारले एउटा फुटेको कौडी पनि गर्न सकेन् ।’

    बरु देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्दै लगेको उनले आरोप लगाए ।

    ‘दक्षिणपन्थी अवसरवादको आहालमा लैजान थाले । उनले अमेरिकाको सेवा गर्न थाले, उनले विदेशी गुप्तचरको प्रमुखसँग आधा रातसम्म छलफल गर्न थाले,’ उनले भने ।

    उनले ओलीजस्ता गैह्र जिम्मेवार नेताको हातमा पुगेकाले देशले दुख पाएको बताए ।

    त्यसैका लागि नयाँ शिराबाट कम्युनिस्ट आन्दोलन सुरु गर्नुपर्ने भएकाले नेकपा एस निर्माण गरेको उनको भनाई छ ।

  • झलनाथ खनाल भन्छन्- गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन (भिडिओ)

    झलनाथ खनाल भन्छन्- गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले अझै गाँस, बास र कपासको ग्यारेन्टी नगरेको बताएका छन् ।

    ‘हामीले २०६२/०६३ को आन्दोलनबाट लोकतन्त्रको स्थापना गर्‍यौँ, गणतन्त्र स्थापना गर्‍यौँ । तर गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन,’ उनले भने, ‘हामीलाई यसको ग्यारेन्टी गर्ने भनेको समाजवादी लोकतन्त्र हो ।’

    नेता खनालले ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबजबाट मात्र प्राप्त नहुने बताए ।

    उनले भने- ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबजबाट मात्र प्राप्त हुँदैन । पुँजीवादी जनवाद व्यवस्थाबाट मात्र प्राप्त हुँदैन । त्यसको एक मात्र भविष्य हो–समाजवाद ।’

    उनले समाजवादको बाटोबिना कुनै पनि देशको समृद्ध हुन नसक्ने उनले बताए ।

    नेपालमा अब समाजवादी क्रान्तिको आवश्यकता रहेको पनि उनले बताए ।

    ‘जनवादी क्रान्ति हामीले सम्पन्न गर्‍यौ । अब दोस्रो समाजवादी क्रान्तिको चरणमा जाँदै छौँ,’ उनले भने,‘यही क्रान्तिबाट हाम्रो देशको विशेषता र वास्तविकता अनुरूपको समाजवाद जुन समाजवादले मान्छेले मान्छेलाई गर्ने शोषण अन्त्य गर्नेछ ।’

  • पछिल्लो चुनावमा मैले ६ करोड खर्च गरेँ : शशांक (भिडिओ)

    पछिल्लो चुनावमा मैले ६ करोड खर्च गरेँ : शशांक (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन निकै महँगो हुँदै गएको बताएका छन् । जसका कारण पछिल्लो निर्वाचनमा आफ्नो ६ करोड खर्च गरेको उनले बताए ।

    उनले भने- मैले मेरो क्षेत्रबाट नवलपरासी गैँडाकोटबाट तीनचोटी जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनाउमा ६ करोड ! ल भन्नुस् त तपाईँहरू कोही चुनाउ लड्न चाहनुहुन्छ ।

    उनले सो क्षेत्रमा अरू कसैले निर्वाचन लड्न चाहेमा आफूले छाड्न तयार रहेको पनि बताए ।

    कोइरालाले भने- म छोड्न तयार छु । तपाईँहरूले त्यहाँ कम्तीमा ६/७ करोड खर्च गर्नुपर्छ ।

    चुनावमा खर्च झन् घट्नुपर्ने मान्यता आफू राख्ने उनले बताए । मान्छे चिन्दै गए चुनाव झन् खर्चिलो हुने गरेको उनले अनुभव सुनाए ।

  • शशांकसँग देउवाले भने- माओवादीहरु एमाले प्रवेश गरिसक्या छन्, कांग्रेसले सम्बन्ध गाँसेन भने बाँकी पनि जान्छन् (भिडिओ)

    शशांकसँग देउवाले भने- माओवादीहरु एमाले प्रवेश गरिसक्या छन्, कांग्रेसले सम्बन्ध गाँसेन भने बाँकी पनि जान्छन् (भिडिओ)

    काठमाडौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस भरसक एक्लै लड्नुपर्ने बताएका छन् ।

    कांग्रेसनिकट नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    कोइरालाले भने- म त कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा छु । तर मैले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई भन्दाखेरि उहाँले यौटा राम्रो प्रश्न उठाउनुभयो । उहाँले माओवादी जसको भविष्य नै छैन । धेरै माओवादीका साथीहरू अहिले एमालेमा प्रवेश गरिसक्या छन् । जुन बचेका साथीहरू उनीहरूको अस्तित्व नै नभएपछि उनीहरू कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ भन्नुभयो ।

    कांग्रेसले सम्बन्ध गाँसेन भने उनीहरूपनि एमालेकहाँ जान सक्ने खतरा रहेको उनले बताए । त्यही कारण फेरी कांग्रेसलाई खतरा हुनसक्ने जोखिम रहेको बताउँदै उनले भने,‘एमाले र माओवादी मिले भने पूर्व चुनाउमा नतिजा हाम्रो २३ सिटमा मात्र झर्‍याथ्यौँ । त्यस्तै होला‘की भन्ने उहाँको (देउवा) चिन्ता थ्यो । जुन स्वाभाविक चिन्ता म पनि स्विकार्छु ।’

    तैपनि आफू एक्लै चुनाव लड्नपर्छ भन्ने पक्षमै रहेको उनले बताए । ‘म भरसक हामी नमिलेर एक्लै लड्नुपर्छ । नेपाली कांग्रेसले आफ्नो शक्ति बुझ्नुपर्‍यो,’ उनले भने ।

  • माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ)

    माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमाले गलत व्यक्तिको कब्जामा परेकाले नयाँ पार्टी खोलेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन । काठमाडौंमा आयोजित पार्टीको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    त्यही कारण आफूहरूले क्रान्तिकारी चेतका साथ क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियानमा जुटेको उनले बताए ।
    ‘त्यहाँ बस्नुको मतलव दास हुनु हो, त्यहाँ बस्नुको मतलव दासता स्वीकार्नु हो, त्यहाँ बस्नुको मतलव मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ,’ उनले भने,‘बोलिहाल्यो भने कार्बाहीको सिकार हुनुपर्ने हुन्छ, होइन भने निरीह भएर बस्नुपथ्र्यो ।’

    पार्टीको निर्देशनको अवज्ञा गरे पार्टीभित्रै अपमान सहनुपर्ने अवस्था देखिएको उनले बताए । उनले भने,‘चुप लाग्नुस्–चुप लाग्यो । निस्किनुस–निस्कियो । कसैले बोल्न खोज्यो त्यहाँका स्यालहुइयाँ साइबर स्यालले कराउथे एइइई चुप लाग चुप लाग १ भनेपछि आफ्नै बेइजती ।’

    एमालेमा अहिले विगतमा १० भाई समुह चलाएका नेताहरूको अवस्था बिजोग भएको अध्यक्ष नेपालले टिप्पणी गरे । ‘त्यहाँ हेर्नुस त १० भाईको कस्तो बिजोग छ रु १० भाई भन्यो भने कोइकोइ भन्छन् बहिनी पनि त छन् नि–दिदी । यो तपाईहरू आफू जान्नुहोस्,’ उनले भने ।

    आफूले पार्टी स्थापना गरेपछि जहीँतहीँ बाक्लो भीड लागिरहेको उनले बताए ।

  • ओलीलाई नेपालको कटाक्ष– काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् (भिडिओ)

    ओलीलाई नेपालको कटाक्ष– काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो नेतृत्वमा रहँदा एमालेले धेरै राम्रा काम गरेको दाबी गरेका छन् । एमालेले बिगतमा गरेका लोकप्रिय कामहरूको श्रेय आफूलाई जाने बताउँदै ती सबै कामहरू आफ्नो अगुवाई र सहभागितामा भएको दाबी गरे ।

    पार्टीनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले नेतृत्वमा आएरपछि अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेको बताए । त्यसैकारण ओली पार्टीभित्रै पेलपाल गर्ने गालीगलौचमा उत्रिने गरेको उनको दाबी छ ।

    एमालेसँगको सम्बन्ध टुँटिसकेको अवस्थामा अब उतातर्फ फर्किएर हेर्नुको औचित्य नरहेको बताउँदै कार्यकर्तालाई पार्टीको काम गर्न आग्रह गरे ।

    ‘काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् । आफ्नो औकात देखाउन दिनुस् । उनी हरू गाली मात्र बक्न सक्दछन् । राम्रो काम गरेपो राम्रो कुरा बोलुन् । आफूबाट राम्रो काम भएको छैन,’ उनले भने,‘अरुले राम्रो काम गरेको देखेर रिसले चूरचूर भएर गालीगलौचमा उत्रिन्छन् भने, उनीहरूको त्यति नै हो हैसियत, यो बुझे हुन्छ । ’

    आफूहरूलाई त्यसमा फुर्सद नभएको उनले बताए । ‘फुर्सद पनि छैन चिन्तन पनि छैन । सोच नै त्यस्तो होइन । हामी सकारात्मक सोचलाई अगाडि बढाउँछौ । राम्रो कुरा गर्नेहरूलाई प्रेरणा दिने गरी सबेलाई हौसला दिनचाहन्छौँ,’ उनले भने ।

    आफ्नो नेतृत्वमा रहेको पार्टीबाट कहिल्यै शीर निहुँराउने काम नभएको अध्यक्ष नेपालले बताए । उनले भने, ‘शीर निहुँराउने होइन । हामीले यो देशका लागि गर्नुपर्ने काम गरेका छौँ । चुनौतीका बीचमा गरेका छौँ ।’

    नेपालको द्वन्द्व रूपान्तरणका लागि आएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)लाई नेपालबाट विदा गरेर आफूले ऐतिहासिक काम गरेको उनले दाबी गरे । ‘सक्छ कसैले? कतिवटा देशमा विदा गरेका छन । यौटा पनि कहीँ छ नेपाल बाहेकको उदाहरण कसैले पेश गर्नसक्छ रु त्यो काम पनि मेरै पालामा गरिएको हो,’ उनले भने ।

  • वैशाख ३० को चुनावप्रति नेपालको आशंका, भन्छन्–भोलि जे हुन्छ अहिलेलाई तयारी गरौं (भिडिओ)

    वैशाख ३० को चुनावप्रति नेपालको आशंका, भन्छन्–भोलि जे हुन्छ अहिलेलाई तयारी गरौं (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन रोकिन पनि सक्ने संकेत गरेका छन् ।

    नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार यो चुनाव घोषणाले हनन् गरेको भन्दै यसबारे अदालतबाट कुनै निर्णय आउन सक्ने संकेत गरे ।

    नेपालले भने,’असोजमा चुनाव भएका मान्छेको ५ वर्ष पुगेको छैन । त्यसको जवाफ कसले दिने रु कानुनमा त्रुटी छ । उनीहरुको संवैधानिक अधिकारको हनन् भएको छ । यो चुनावले असोज महिनामा ५वर्ष पग्नेको भावनाको विपरित निर्णय गरेको छ भन्ने कुरा उठेको छ । सायद यसमा केही होला तरि पनि भोलि जे होला होला अहिले हामी तयारी जुटौं । वैशाख ३० गतेको तयाराीमा जुटौं । मान्छेहरु के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौं ।’

    सर्वोच्च अदालतमा भंगाहाका मेयर सन्जिवकुमार सिंहले दायर गरेको रिटको सुनुवाइको पेशी वैशाख २ गते तोकिएको छ । उनले ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै दायर गरेको रिटमा अन्तरिम आदेश नदिए पनि त्यसका लागि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।