काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा एक-एक घण्टा धर्ना दिएको छ ।
महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले बिहान ११ देखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ देखि २ बजेसम्म बीमा समितिको कार्यालयमा धर्ना दिएका हुन् ।
धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्नेलगायतका नारा लगाएका थिए । आफ्ना मागहरू सम्बन्धित सरकारी निकायहरुमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएकाले बाध्य भएर धर्ना दिनुपरेको महासंघ अध्यक्ष सिंहले बताए ।
उनले निर्माण उद्योगका समस्या समाधान गर्न महासंघले पर्याप्त समय दिँदासमेत मागहरू सम्बोधन नभएको जानकारी दिए ।
सरकारी नीति नियम समय सापेक्ष नभएकाले निर्माण उद्योग धराशायी भएको भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले आन्दोलन रहर नभई बाध्यता भएको बताए ।
जटिल अवस्थाबाट गुज्रिरहेको नेपालको निर्माण उद्योगलाई सही दिशा दिई भौतिक पूर्वाधारको क्षेत्रमा समर्पित सबैखाले निर्माण व्यवसायीहरूको वृत्ति विकासका लागि महासंघले उठाएका मागहरू कार्यान्वयन गर्नु अपरिहार्य रहेको महासंघका महासचिव रोशन दाहालले बताए ।
त्यस्तै बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको लागि पटक पटक पत्राचार तथा ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको महासंघले जनाएको छ । बीमा निर्देशिका खारेजीसम्बन्धी महासंघको आन्दोलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ईप्पानले पनि ऐक्यबद्धता जनाएको छ ।
ऊर्जा उत्पादकहरू पनि सहभागी धर्ना कार्यक्रममा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कुनै पनि दृष्टिकोणले व्यवसायीको पक्षमा नरहेको निर्देशिका खारेज गर्नुको विकल्प नरहेको औंल्याए ।
इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय उद्योग र कलकारखानाहरू बेचेर नेपाली कांग्रेसले देशलाई परनिर्भर बनाएको आरोप लगाएका छन् ।
इलामको माइजोगमाई गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सत्य तीतो भए पनि कांग्रेसले देशका उद्योग र कलकारखाना सिध्याएको आरोप लगाए ।
खनालले भने, ‘कांग्रेसको विरोध गर्यो भन्नुहोला तर कांग्रेसका साथीहरूले पनि स्वीकार गर्नुपर्छ । कृषि औजार कारखाना, छालाजुत्ता, कपडा जस्ता राष्ट्रिय कलकारखाना कांग्रेसले देख्नै नहुने । सबै सिध्याएर आज हामीलाई परनिर्भर बनाइएको छ । वास्तवमा यो देश गरिब हुने देश नै होइन,गरीव बनाइएको हो ।’
खनालले अहिलेको पाँच दलीय गठबन्धन केपी ओलीको तानाशाही प्रवृतिलाई परास्त गर्न बनेको भन्दै आउने चुनाव प्रतिगमनविरुद्धको निर्णायक लडाइँ हुने बताए ।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातिसम्म भेटघाटमा हुन्छन् भन्ने सबैलाई थाहा छ । पछिल्लो समय देश दौडाहामा पनि उनले सबै दलका नेतालाई पछि पारेका छन् ।
चुनावको बेला नखटे कहिले खट्ने भन्दै उनले आफ्नो पछिल्लो दैनिकी बिहीबार एक कार्यक्रममा खुलासा गरे । केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकमा पाका नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउन आफू दुई घण्टामात्रै सुत्ने गरेको सुनाए ।
ओलीले भने, ‘आज पनि म बिहान ४ देखि ६ बजेसम्म सुतेको । साढे २ बजेसम्म बैठक नै थियो । त्यसपछि एउटा किताब पल्टाउँदा ४ बजेछ । श्रीमती आएर थर्काएपछि बल्ल घडी हेरेको ४ बजेछ । एकछिन सुतेँ, बाहिर हल्लाखल्ला भइहाल्यो, उठ्न परिहाल्यो ।’
ओलीले देश बनाउन खोज्दा आफूमाथि अवरोध भए पनि बेलैमा गठबन्धन गरेर अब कांग्रेस पनि एमालेको चुनौती नरहेको भन्दै एकदिन सफल भइने बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सिद्धान्त नै एमाले र केपी ओली सिध्याउने रहेको भन्दै पाँचले मात्र नसक्ने भएर राजावादी राप्रपालाई समेत बोकेर ६ दलीय गठबन्धन बनाइएको टिप्पणी गरेका छन् ।
एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको एकमात्र उद्देश्य एमाले सिध्याउनेबाहेक देश बनाउने नरहेको बताए । उनले माधव नेपालले एमाले सिध्याउँछु भनेर भाषण गरिरहेकोमा व्यंग्यसमेत गरे ।
ओलीले भने, ‘यिनीहरू पाँच दलले नसकेर झापामा मेरै गृहजिल्लामा राप्रपालाई मेयर दिएर जाने भएछन् । ६ दलीय गठबन्धनको उद्देश्य के त भन्दा एमाले सिध्याउने, केपी ओली सिध्याउने । माधव नेपालले भाषण गरेको सुनेँ एमालेको पत्तासाफ हुन्छ । एमालेलाई सिध्याइदिन्छु । बिचरा माधव नेपालले एमाले सिध्याउने ।’
ओलीले आफूलाई पहिलोपटक प्रधानमन्त्री भएको बेला सत्ताच्युत गर्न पनि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रचण्डलाई उक्साएको कुरा प्रचण्डले नै स्वीकार गरिसकेको भन्दै परमादेशबाट बनेको सरकारलाई जनादेशबाटै हटाएर सिंहदरबार फर्किने बताए ।
काठमाडौं । विश्व स्वास्थ्थ संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । उनी भारत हुँदै नेपाल आएका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।
डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्नेछन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो अहिले जलिरहेको टिप्पणी गरेका छन् ।
केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपा एकताको बेला आफूले दिएको बहुमत दुरुपयोग गर्न प्रचण्ड-माधव उद्धत भएर १९ पृष्ठ लामो फौजदारी अभियोग लगाएको बताए ।
ओलीले हनुमानले सूर्य सिध्याउँछु भन्दा आफ्नो मुख जलेको उदाहरण दिँदै भने, ‘हनुमानले जस्तै यिनीहरूले पनि एमालेको सूर्य सिध्याउँछौ भनेर खान खोजे तर उनीहरुकै थुतुनो अहिले जलिरहेको छ । एक वर्षअघि यिनीहरूले भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेका थिए तर मैले जनमत खण्डित भएकाले प्रतिनिधिसभा भंग गरेर पार्टी जोगाएँ ।’
ओलीले आफूलाई प्रचण्ड-माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोपपत्र दर्ता गरी पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर त्यही अभियोगका आधारमा थुन्नेसम्मको षड्यन्त्र गरेको बताए । उनले एमाले र माओवादीको एकता भंग भएर जनमत खण्डित भएपछि प्रतिनिधिसभा भंग गरेको बताए ।
ओलीले अदालतले संविधानबाहिर गएर आफ्नो सरकार हटाएको न्यायाधीशले नै स्वीकार गरिसकेको बताए ।
काठमाडौं । ललितपुरको लगनखेलस्थित औधोगिक क्षेत्रमा बुधबार बिहान भएको विस्फोटमा मृत्यु हुनेको सनाखत भएको छ ।
भारतको पश्चिम चम्पारम घर भएका ४५ वर्षीय ब्रिज महतोको मृत्यु भएको ललितपुर प्रहरी परिसर प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए । रिफिल गर्न कुरिरहेका महतोको शव क्षतविक्षत भएको थियो । उनी सोही प्लान्टका कामदार हुन् ।
प्रहरीले घटनामा अन्य ५ जना घाइते भएको बताएको छ । तीमध्ये भारतकै राजकुमार महतोको अवस्था पनि चिन्ताजनक रहेको छ । अक्सिजन भर्नेक्रममा प्राविधिक त्रुटि भएर विस्फोट भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको घोषणापत्रबाट मदिरा पिउनेले लाइसेन्स लिनुपर्ने सम्बन्धी प्रसंग सच्याउने बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले यसबाट पार्टीको भोट प्रभावित बन्न सक्ने संकेत गरे ।
नेपालले भने, ‘भोट चाहिँदैन कि क्या हो साथीहरूलाई ? कुरा राम्रो हो, असल समाज बनाउन चाहेको हो । तर सबै काम समयमा गर्नुपर्छ । मध्यराति गीत गाएर हुँदैन ।’
नेकपा एसले आफ्नो घोषणापत्रमा आफूले जितेका पालिकामा मदिरा सेवन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ । मदिरा सेवन गर्ने व्यक्तिहरूले पालिकाबाट यस्तो कार्ड लिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
नेपालले घोषणापत्रमा रहेको सो प्रावधानलाई मिलाएर प्रकाशित गर्न भनेको उल्लेख गरे ।
‘धेरै कुराहरू यसमा राम्रा छन् । कतिपय कुरा अझै थप्नुपर्ने हुन सक्छ । सकेसम्म धेरै पक्षलाई समेट्नुपर्छ ।’
कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरे ।
नेपालले थपे, ‘देशमा ओली नामको हिटलरको नयाँ अवतार देखा परेको छ । मलाई त नामै लिन मन लाग्दैन, लिइहालेछु । के गर्नु, नेगेटिभ व्यक्तिको चर्चा हुन्छ नि । कृष्णको मात्रै चर्चा हुँदैन, कंशको पनि नाम लिइन्छ । रामको मात्रै नाम लिइँदैन रावणको पनि लिइन्छ । दुर्गाको मात्रै नाम लिइँदैन, भष्मासुरको पनि लिइन्छ ।’
ओली सत्तामा रहिरहेको भए अहिलेसम्म सबै भष्म भइसक्ने उनको दाबी थियो ।
‘त्यही भएर हामीले उनलाई सत्ताबाट भुईँमा झारेकै हो । पछारेकै हो । निकालेकै हो । उनको अहंकारलाई चुनौती दिएकै हो,’ नेपालले भने ।
रुपन्देही । कांग्रेस नेताहरूबाटै गठबन्धन विरोधी आवाज आइरहेको बेला नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनविरुद्ध लाग्नेहरूलाई पार्टीले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
रुपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले उक्त चेतावनी दिएका हुन् ।
पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयविरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाणको भनाइ छ ।
वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने खाणले बताए ।
‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको केन्द्रीय कमिटीको निर्णय हो त्यस विपरीत जान सकिँदैन, निर्णय विपरीत जाने नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा मात्रै होइन प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी गतिविधि नोटिस गरिएको छ’, खाँणले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति टिप्पणी गर्दै गृहमन्त्री खाणले गभर्नर अधिकारीले गरेका काम कारबाहीप्रति कमीकमजोरी देखिएकोले सरकारले निलम्बन गरे पनि सर्वोच्च अदालतले गरेको निर्णयलाई सरकारले सम्मान गर्ने बताए ।
अर्थमन्त्रीको सिफारिस भए पनि मन्त्रिपरिषद्को निर्णयबाटै गभर्नर अधिकारीलाई निलम्बन गरिएकोले यसको जिम्मेवारी पनि सरकारले नै लिने उनको भनाई छ ।
खाँणले स्थानीय तहको निर्वाचन देशभर एकै पटक हुँदा सुरक्षा चुनौती थपिएको भए पनि सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेको बताए ।
अघिल्लो पटकको तिन चरणमा सम्पन्न गरिएको स्थानीय तहको निर्वाचन यस पटक भने वैशाख ३० गते एकै दिन हुने भएकोले सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ ।
सिन्धुली – अवरुद्ध बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि बन्दकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुकाे आक्रमणमा परी ११ प्रहरी घाइतेसमेत भएका छन्।
प्रहरी र बन्दकर्ताबीचकाे बुधबार भएकाे दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका- २ पीपलभन्ज्याङ तनावग्रस्त बनेको थियाे ।
घाइते प्रहरीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । सिन्धुली प्रहरीका अनुसार घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ ।
बोलेरोको ठक्करबाट गम्भीर घाइते पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएकाे थियाे । उक्त घटनाका दाेषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि सडक अवरुद्ध गरेका छन् ।
सडक अवरुद्ध गरेका स्थानीयलाई हटाउन गएकाे प्रहरी टाेलीमाथि आक्रमण भएकाे हाे । दोहोरो झडपका क्रममा सडकमा राेकिएका केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएकाे छ । प्रहरीले स्थिति नियन्त्रणमा दिन केही राउन्ड अश्रुग्यास र हवाई फायरसमेत गरेको छ ।
स्थानीयले सडक बन्द गरेपछि सयौं सवारीसाधन बीच बाटाेमै राेकिएका छन् । स्थिति नियन्त्रणमा लिन र अवरुद्ध राजमार्ग खुलाउने पहल भइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनावलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।
‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारासहितको प्रतिबद्धता पत्र आज पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक गरेका हुन् ।
परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिँदै समयानुकूल सुधार गर्ने राप्रपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतमा उच्च प्राथमिकता दिने तथा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने भनिएको छ ।
राप्रपाले आफूले जितेका स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने तथा सबै स्थानीय ऐनको निर्माण तथा परिमार्जन गरिसक्ने जनाएको छ ।
यस्तै, हरेक वडामा स्वास्थ्य चौकी, तथा प्रसूति सेवा दिने, हरेक स्थानीय तहमा न्यूनतक एक सुलभ औषधि पसल खोल्ने, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने लगायतका कार्यक्रम समेटिएका छन् । निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने आश्वासन राप्रपाले दिएको छ ।
छात्राहरूलाई निशूल्क सेनिटरी प्याड उपलब्ध गराउने तथा छात्रा शौचालय अनिवार्य गर्नेजस्ता योजनाहरू पनि छन् ।
राप्रपाले १२ कक्षासम्म पूर्ण निःशुल्क बनाउने तथा सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने जनाएको छ । १–१ प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने भनिएको छ ।
अध्यक्षले लिङदेनले आफ्नो पार्टीको प्रतिबद्धता पत्र ठूलाठूला आश्वासनहरूले भरिएको लम्बेतान नभएर पार्टीले पूरा गर्न सक्ने विषयहरू मात्र समेटेर छोटो छरितो बनाइएको बताए । उनले राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेन्डा पार्टीको आधार स्तम्भ रहेको उल्लेख गरे ।
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यालय फर्केका छन् । आज राष्ट्र बैंकमा पुनर्वहाली गर्दै उनले कसैप्रति आग्रह-पूर्वाग्रह नराखी काम गर्ने बताए ।
पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अधिकारीले राष्ट्र बैंकको स्वायत्तता र देशको अर्थतन्त्रका विषयमा संवेदनशिलता देखाएकोमा सबैप्रति आभार प्रकट गरेका थिए ।
उनले भने, ‘सञ्चारमाध्यम, नागरिक समाज, सामाजिक सञ्जाल र केही राजनीतिक नेतृत्वबाट समेत विषयको संवेदनशिलता महसुस गरेर सरोकार देखाइएकोमा आभारी छु ।’
आफ्नो निवेदन सर्वोच्चमा विचाराधीन नै रहेको हुँदा यस विषयमा धेरै नबोल्ने उनले बताए ।
‘हामी व्यक्तिभन्दा पनि संस्था हौं । यो सिस्टमका लागि आएको आदेश हो । म त एउटा माध्यम मात्रै हुँ । विभिन्न घटना-परिघटनाले यस्तो स्थिति ल्याउँछन् । हामीले जिम्मेवारी निर्वाह गर्दा सबैसँग आवश्यक समन्वय सम्पर्क गरिरहने छौं । आग्रह-पूर्वाग्रह राखेर काम गर्ने भन्ने हुँदैन । यसमा सतर्क रहनेछौं,’ उनले भने ।
सर्वोच्च अदालतले अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको थियो ।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताएका हुन् । उनले एमालेलाई घरको झ्याल र छानाबाट नभएर घरको मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न कसैले रोक्न नसक्ने दाबी गरे ।
नेम्वाङले बहिखाता लिएर जनतामा हिसाबकिताब देखाउन एमाले तयार रहेको उल्लेख गरे । टर्चलाईट बालेर एमाले खोज्नुपर्छ भन्नेहरूलाई आगामी निर्वाचनमा जनताले सजाय दिने उनको भनाई छ । उनले आगामी निर्वाचनमा एमालेको नभई आफ्नै पार्टीको विरुद्धमा लाग्नेहरूको बक्सा खालि गर्ने धारणा राखे ।
त्यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले विभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाए । गठबन्धन आपसी विवादमा फसेकाले पनि निर्वाचन टार्न र सार्न चाहिरहेको उनको भनाई छ । पौडेलले निर्वाचन सार्ने दुष्कर्म गरिए जनस्तरको कडा प्रतिवादको सामना गर्नुपर्ने चेतावनी दिए ।
उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशतभन्दा माथि जीत हासिल गर्ने लक्ष्यका साथ अघि बढेको धारणा राखे ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्नेमा जोड दिए ।
‘गठबन्धन टुटे दलहरू फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै छ । अहिलेको निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक छ’, देउवाको भनाइ थियो ।
गठबन्धन भएपछि ‘गिभ एण्ड टेक’ हुने देउवाले प्रष्ट्याए । आफ्नै पार्टीका नेतालाई प्रश्न गर्दै उनले कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने स्पष्ट भन्नुपर्ने बताए ।
आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको उनको जिकिर थियो । देउवाले स्कूल-स्कूलमा संगठन विस्तार गर्दै बलियो उपस्थिति जनाउन नेविसंघलाई निर्देश दिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले डराएको टिप्पणी गरे । लोकतन्त्रलाई बलियो बनाउनका लागि लडाइँ बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरूविरुद्ध सतर्क हुनुपर्ने उनको भनाइ छ ।
नेविसंघ सभापति दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेविसंघले मोबाइल एपको शुभारम्भ गरेको थियो भने नेविसंघका अग्रज नेताहरूलाई सम्मान गरिएको थियो ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको भागबण्डामा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै कुनै पनि पक्षबाट हुने अपमान सैह्य नहुने बताएका छन् ।
नेकपा गौरवशालीसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू अपमान सहन नसकेर विद्रोह गरेका शक्ति भएकाले आफूहरूको शक्तिलाई कम नआँक्न चेतावनी दिए ।
नेपालले भने- हामी अपमान सहन जन्मिएका होइनौँ,अपमानका विरुद्ध विद्रोह गरेका शक्ति हौँ । हामी हाम्रो शक्तिको अति मूल्याङ्कन गर्दैनौँ तर अवमूल्यन गर्न पनि पाइँदैन ।
नेपालले सात महिनामै नेकपा एसले मेची देखि महाकालीसम्म जनलहर सिर्जना गरेको बताए । उनले सत्ता गठबन्धनमा चुनावी तालमेल हुने भन्दै भागबण्डा हैसियत अनुसार नै हुने बताए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई आफूले के गल्ती गरेँ ? भनी सोधेका छन् ।
नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए ।
त्यसैको परिणामस्वरूप अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले बताए ।
‘मैले के गल्ती गरेँ ? कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ? मैले के बिगारेको छु, झन् रामचन्द्रले त मलाई धन्यवाद भन्नुपर्ने हो,’ देउवाले भने ।
पार्टीभित्र हरेक क्षेत्रमा भागबन्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनले आग्रह पनि गरे ।
‘हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबन्डा खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ्य प्रतिस्पर्धा गरेर अघि बढौं । जसले जित्छ त्यसैले नेतृत्व लिन्छ,’ देउवाले भने ।
नेविसंघका नेताहरूलाई उनले पढाइमा पनि अब्बल हुन निर्देशन दिए । ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाइमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाँक्न सक्नुहुन्छ ?,’ देउवाले भने ।
अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाँक्ने तयारी गर्न निर्देशन दिए । सबैभन्दा ठूलो कुरा एकता भएको भन्दै उनले भने, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुपर्यो नि । चुनाव हारेको भोलिपल्ट त्यसलाई बिर्सिहाल्नुपर्यो । हार स्वीकार्दैनन् कहाँबाट हुन्छ ।’
काठमाडौं । कमरेड ‘भास्कर’, ‘रन्जन’, ‘अन्जान’ अर्थात् शिव अधिकारी अहिले नयाँ बानेश्वरमा ॐ ओस्कार भोजनालय चलाउँछन् । भोजनालयमा आएका ग्राहकसँग जनयुद्धकै गफ गर्छन् । क्रान्तिका आयामबारे छलफल गर्छन् । परिवर्तनका खातिर रगतले गरिएका दस्तखतहरुको प्रसंग उप्काउँछन् ।
जनयुद्धमा बगेका आँसु अनि रगतको वहिखाता बोकेर ६० वरिपरि हिँडिरहेका छन् शिव । जनयुद्धका घाइतेहरुसँग सम्पर्कमा छन् । तर जनयुद्धका नाइकेहरु सम्पर्कमा छैनन् । यस्तै छ ॐ भोजनालयमा पाक्ने भोजनसँगै थपिने थरिथरिका ब्यञ्जन जस्तै मसला गफहरु ।
जनयुद्धको आफ्नै कथा भने उप्काउन चाहँदैनन् शिव । कसैले उप्काए भने हप्काउन खोज्छन् । उप्किहाले, आँसु थाम्न सक्दैनन् । रोइहाल्छन् । हामीसँग कुराकानीको सुरुवातमै शिवको जिब्रोेभन्दा पहिला आँखाबाट आँसु फड्कियो । केहीबेर बोल्न सकेनन् ।
बाबु छोरै होलटाइमर
२०६० साल, जनयुद्ध चरमोत्कर्षमा थियो । उनका युद्ध कमाण्डर प्रचण्डको भाषामा ‘दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिक प्रत्याक्रमणका एक योद्द थिए शिव । त्यसैबेला माओवादीका तर्फबाट बाबुराम भट्टराई र कृष्णबहादुर महरा र सरकारको तर्फबाट कमल थापा र प्रकाशचन्द्र लोहनीले तेस्रो चरणसम्म वार्ता गरेका थिए । त्यही वार्तापछि शिव २०६० सालमा केन्द्रीय कारागारबाट छुटे ।
शिव मात्रै छुटेनन्, उनका छोरा रमेश अधिकारी पनि छुटे । जनयुद्धमा बाबु र छोरा दुवै उत्तिकै भिडेका थिए ।
शिव थानकोटमा आयल निगमको कर्मचारी थिए । साथसाथै माओवादी जनयुद्ध केन्द्रित पोस्टरहरु पनि रातिराति टाँस्दै हिँड्थे । त्यही सूचनाका आधारमा उनलाई अफिसबाटै पक्राउ गरिएको थियो । अनि सूर्यविनायक आर्मी ब्यारेकमा लगिएको थियो । र त्यसपछि केन्द्रीय कारागारमा लगिएको थियो ।
जनयुद्धमा बगेका आँसु अनि रगतको वहिखाता बोकेर ६० वरिपरि हिँडिरहेका छन् शिव । जनयुद्धका घाइतेहरुसँग सम्पर्कमा छन् । तर जनयुद्धका नाइकेहरु सम्पर्कमा छैनन् । यस्तै छ ॐ भोजनालयमा पाक्ने भोजनसँगै थपिने थरिथरिका ब्यञ्जन जस्तै मसला गफहरु ।
शिवको छोरा रमेश माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भक्तपुर क्याम्पसमा सचिव थिए । माओवादी आन्दोलन र कार्यक्रमका लागि सामानहरु ल्याउने लाने गर्थे रमेश । शिवलाई पक्राउ गरेको सात दिनपछि रमेशलाई पनि गाउँबाटै पक्राउ गरिएको थियो । र भद्रगोल जेलमा राखिएको थियो ।
सुरुवातमा प्रहरीले ‘हतियार देखा’ भनेर चरम यातना दिएको थियो शिवलाई । पछि सेनाले चाहिँ ‘तँ इँटा भट्टाहरु बन्द गराउने ?’ भन्दै यातना दिएका थिए । शिव सुनाउँछन्, ‘त्यसबेला मलाई मार्ने लाइनमा थिए उनीहरु । मार्ने भनेर जिल्ला सुरक्षा परिषदमा कागज गराउन जाँदा सुरेन्द्रप्रताप शाहले यस्तो मान्छेलाई मार्नु हुँदैन भनेकाले म बाँचेको थिएँ । हामीजस्तो हजारौं परिवारले यस्तो दुःख भोगेका छन् । संसारभरका क्रान्ति निर्मम छ । सबैले त्याग र बलिदान गर्नुपर्छ ।’
सुरेन्द्रताप शाह भक्तपुरका राप्रपा नेता र मनोनित जिल्ला विकास समितिका सभापति थिए ।
शिव २०४२–४३ सालदेखि नै राजनीतिमा सरिक थिए । नेकपा एमालेको गाउँ कमिटी सचिव थिए । तर, एमालेबाट परिवर्तन सम्भव छैन भनेर माओवादीतिर लागे । भन्छन्, ‘लाखौं मान्छे लामबद्ध भएर ज्यानको पर्वाह नगरी क्रान्तिमा होमिन्छ भने म किन नहोमिने भनेर लागेँ ।’
माओवादीमा लागे पनि शिवलाई सबैले शंकाको दृष्टिले हेर्थे । एमालेको कार्यकर्ता भएकाले सीआईडी हो कि भनेर शंका गर्थे । जेलबाट छुटेपछि पनि उनलाई सबैले शंकालु व्यवहार नै गरे । जनयुद्ध नसकिँदासम्म शिव शंकाकै घेरोभित्र परे ।
जेलबाट छुटेको छोरो शहीद भयो
२०६० सालमा बाबुछोरा जेलबाट छुटेपछि फेरि जनयुद्धमा सरिक भए । शिव गाउँगाउँमा जनसरकार बनाउँदै हिँडे । छोरो पनि भूमिगत बनेर हिँड्यो ।
सेनाले काठमाडौंबाट माओवादीलाई लखेटिरहेको थियो । एक गाउँमा सक्रिय भएर अर्को गाउँमा गएर बास बस्ने पार्टीको नीति थियो । अनि सुरक्षकर्मीलाई बोलाएर कारबाही गर्ने नीति लिएको थियो । तर, शिवका छोरा रमेशहरु दुई दिनसम्म भूमेडाँडामा गएर बसे । पहिलो दिन निरीक्षणका लागि आएका सेनाले दोस्रो दिन आक्रमण गरिहाल्यो । एउटा घरमा बसेका रमेश लगायत छ जनालाई सेनाले भुटिदियो काभ्रेको चिसापानीमा ।
अज्ञात ठाउँको नौ महिनासम्मको यातनापछि शिवलाई हनुमानढोका ल्याइयो । अनि उनलाई नख्खु कारागार चलान गरियो । त्यहाँ मात्रिका यादव, कृष्ण केसी, सुरेश आलेमगर लगायतसँग भेट भएको थियो शिवको ।
पहिलो गिरफ्तारीबाट छुटेका रमेश दोस्रो आक्रमणमा शहीद भए । शिव पनि ०६१ साल, पुसमा अनामनगरबाट फेरि पक्राउ परे । ्
पार्टीकै काममा स्पेशल टास्क फोर्सको रुपमा काठमाडौं छिरेका थिए । दिउँसो दुईबजेतिर एकजना मान्छेसँग छलफल गरिसकेपछि बाहिर बाटोमा हिँड्दै गर्दा पक्राउ परे । शिव सुुनाउँछन्, ‘ती मान्छे सरकारी रहेछन् । बाहिर निस्केपछि चारैतिर घेरो हालेर पक्राउ गरे रामकुमार कार्की र मलाई । हुन त त्यसवेला ज्यानलाई माया मारेर काठमाडौं छिरेका थियौं ।’
त्यसपछि शिव र रामकुमारको अनुहार मुकुण्डो लगाइयो । हातमा हतकडी लगाइयो । उनीहरुलाई कता लगियो, पत्तो पाएनन् ।
२४ घण्टै उनीहरुको अनुहारमा मुकुण्डो हुन्थ्यो । २४ घण्टै उनीहरुको हातमा हतकडी हुन्थ्यो । दिसा पिसाब पनि सेनाको चाहना अनुसार हुन्थ्यो । त्यहाँ कतिसम्म यातना भयो, शिव सम्झनै चाहँदैनन् ।
ब्यारेकमा करङ भाँचियो, यातनाको त के कुरा
शिव सास रोकेर सुनाउँछन्, ‘त्यहाँ यातनाको हिसाब नै छैन । मेरा छातीका दुवै दुधका थुन काटिएका छन् । नांगेझार बनाएका थिए । छातीमा आतंककारी भनेर पोस्टर टाँसिदिए । फाइल बनाए । क्रुरताको चरम सीमा भेगेँ । अहिले मैले बाँचिरहेको जीवन त नाफाको जीवन हो ।’
शिवको दुईवटा करङ भाँचिएको छ । त्यहाँ अहिले पनि हावा पस्छ । शिवको अनुमान छ, भोलिका दिनमा बन्दुक चलाउन नसकोस् भनेर त्यसो गरिएको होला । करङ भाँचिएको शिवलाई पहिले थाहा थिएन । छाती बेस्सरी दुखेपछि घस्रिएर हिँडेका थिए । पछि अस्पतालमा एक्सरे गर्दा मात्रै थाहा पाएका थिए ।
‘सिंगो शरीरमा रोल लगाएको छ । सिंगो शरीर घाइते छ । कहाँ कहाँको घाउ देखाउँ ?,’ शिव दुःखी भएर सुनाउँछन्, ‘जनयुद्धमा जेल परेका सबैको हालत यस्तै छ । जेल परेका कसैले पनि काम गर्न सक्दैनन् । बोल्न चाहिँ सक्लान् । उनीहरु बोलेको पनि कुनै समय हिँडेको थिएँ भन्ने एग्रेसनले मात्रै हो ।’
अज्ञात ठाउँको नौ महिनासम्मको यातनापछि शिवलाई हनुमानढोका ल्याइयो । अनि उनलाई नख्खु कारागार चलान गरियो । त्यहाँ मात्रिका यादव, कृष्ण केसी, सुरेश आलेमगर लगायतसँग भेट भएको थियो शिवको ।
‘ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय मानवअधिकार कानून पालना गर्छु भने । सँगै १२ बुँदे सहमति भयो । त्यसकारण मात्रै मुकुण्डो खोलिएको थियो । तर, ज्ञानेन्द्रले सत्ता हातमा नलिएको भए मारिने थिएँ,’ शिव भन्छन्, ‘प्रचण्डले १२ बुँदे सहमति नगरेको भए मलाई नमारे पनि जन्मकैद तोकिएको मान्छे हो । त्यही १२ बुँदेले हामीजस्तो मान्छेलाई बाँच्ने वातावरण बनाइदिएको छ ।’
आफूलाई माओवादीको होलटाइमर कार्यकर्ता भएको बताउँछन् शिव । पार्टीले आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यता राखेकाले चाँगुनारायणका शिवले नयाँ बानेश्वरमा भोजनालय चलाइरहेका छन् । भन्छन्, ‘तर धेरै मान्छेको अंगभंग भएको छ । धेरैले गोली खाएका छन् । देशैभरि क्षति भएको भएको छ । यदि परिवर्तन भएको भए पीडालाई बिर्सन सकिने अवस्था हुन्थ्यो । तर, पीडाहरु झनै बल्झन्छन् ।’
शिव गएको स्थानीय निर्वाचनमा माओवादीबाट चाँगुनारायण नगरपालिकाको मेयरमा उठे । उनी पराजित भए । तर पनि भन्छन्, ‘मेरो जीवन नै माओवादी पार्टी हो । प्रचण्ड भइन्जेल म कार्यकर्ता हो ।’
शिव गएको स्थानीय निर्वाचनमा माओवादीबाट चाँगुनारायण नगरपालिकाको मेयरमा उठे । उनी पराजित भए । तर पनि भन्छन्, ‘मेरो जीवन नै माओवादी पार्टी हो । प्रचण्ड भइन्जेल म कार्यकर्ता हो ।’
साथै पार्टी र नेतृत्वबारे भन्छन्, ‘पार्टीको नीति संसदीय व्यवस्थामा टेक्ने भन्ने मात्रै थियो । संविधानसभा भनेको कांग्रेसको नारा थियो । पार्टी संविधानसभामा प्रवेश ग¥यो । त्यहाँ प्रवेश गरेपछि आर्थिक रुपमा सबै रुमल्लिए । आर्थिक नभई चुनाव जित्न सकिँदैन । चुनाव नजिति सत्तामा पुग्न सकिँदैन । सत्तामा नपुगी परिवर्तन हुँदैन भन्नेमा पुग्यो । त्यसले पार्टीलाई भ्रष्टिकरणमा लगिदियो । पैसा नभइ चल्न सकिँदैन भनेर लागे सबै ।’
माला फालेर खुमलटारबाट खुइय गर्दै फर्किए
गत वैसाख १ गते शिव र उनकी श्रीमती लक्ष्मी अधिकारी पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार गएका थिए । उनीहरुलाई अध्यक्षसँग भेटघाट गर्नु थियो, नयाँ वर्षको शुभकामना पनि दिनु थियो । तर, शिव र लक्ष्मीले अध्यक्षलाई भेट्न पाएनन् । गेटबाटै फर्काइए । अनि श्रीमतीले रुँदै भनिन्, ‘छोरालाई हाँसीहाँसी बिदाइ गरेकी थिएँ । छोरो शहीद भयो । मेरो छोरो शहीद हुनुमा भन्दा अध्यक्षलाई भेट्न नपाउँदा दुःख लाग्यो । अबदेखि कहिले पनि आउन्नँ ।’
त्यहाँ भएका मानिसहरुले शिव र लक्ष्मीलाई भने, ‘सल्यान, रुकुम, रोल्पा लगायत देशभरिका मान्छे आउँदा त भेट्न पाइँदैन यहाँ । तपाईंहरु के भेट्न पाउनुहुन्थ्यो र !’ मानिसहरुका कुराले शिवको मन झनै अमिलो बन्यो । अनि आफ्नै मनलाई थुमथुमाए, ‘अध्यक्षको पनि पीर मर्का थियो होला । छुट्टी थिएन होला ।’
अनि श्रीमतीलाई सम्झाए, ‘उहाँ सञ्चो हुनुहुन्न होला । फेरि हामीले भेटेर पनि के हुन्छ र !’
शिव १ गतेको नमीठो पल सम्झँदै भन्छन्, ‘मेरो व्यक्तिगत स्वार्थ पनि केही थिएन । अब भेट्न पाइएन, सकियो । उहाँलाई भेट्नका लागि त स्पेशल समय लिएर जानुपर्ने रहेछ ।’
लक्ष्मीले अध्यक्ष प्रचण्डका लागि फूलको माला पनि किनेर लगेकी थिइन् । शिवले त्यो माला श्रीमतीको हातबाट लिए । अनि त्यहाँ भएका मान्छेलाई दिँदै भने, ‘अध्यक्ष ज्यूलाई शुभकामना भनिदिनुस् है !’
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा मंगलबार सहमति जुट्ने दावी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेको बताएका हुन् । उनले मंगलबार साढे ११ बजे गठबन्धनको बैठक बस्ने र सहमतिको खाका सार्वजनिक हुने बताए ।
‘हामी समग्ररुपमा सहमतिको नजिक पुगेका छौं । भोलि साढे ११ बजेको बैठकपछि मैले तपाईहरुलाई सहमतिको खाका सुनाउनेछु । गठबन्धनमा सबैकुरा सकरात्मक भइरहेको छ’, मन्त्री कार्कीले भने ।
सबै महानगर र उपमहानगगरबारे वस्तुनिष्ठ छलफल भइरहेको भन्दै मन्त्री कार्कीले मंगलबार सुखद परिणाम आउने दावी गरेका हुन् ।
काठमाडौं । ६६ वर्षीय हरिकृष्ण ब्यन्जनकारले नेकपा एमालेका चार दशक बढी विभिन्न तहमा काम गर्दै केन्द्रीय कमिटी सदस्यमा पुग्दासम्म राजकीय पद पाएनन् । उनका लागि २०७४ सालको स्थानीय तह निर्वाचन विर्सनलायक बन्यो । ललितपुर महानगरपालिकाको मेयरमा पराजित भएका कारण विर्सनलायक बनेको होइन, बरु गन्दागन्दैको मत तलमाथि हुँदा पनि निरीह बन्नुपरेका कारण उनका लागि विर्सनलायक बनेको हो ।
हरिकृष्णले दुईटा वडाको मत तलमाथि भएको भन्दै फेरि गन्न माग गरे पनि निर्वाचन अधिकृतले मानेनन् । अन्ततः उनी कांग्रेसका चिरिबाबु महर्जनसँग ३२६ मतले स्तब्ध भए । महर्जनले २४ हजार ६४२ मत पाएर ललितपुरको मेयर निर्वाचित हुँदा ब्यन्जनकारले २४ हजार ३१५ मत पाए ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४६८ मत पाउँदा माओवादीका दिपेश महर्जन १३ हजार ४५८ मतसहित चौथो स्थानमा रहेका थिए । पुनः मतगणनाको माग लिएर ब्यन्जनकार अदालत पनि गए । अदालतले उनको रिट खारेज गर्यो ।
अदालतले रिट खारेज गरेपछि ब्यन्जनकार यसपटक फेरि जनताको अदालतमा न्याय माग्न जाँदैछन् । ललितपुर महानगरपालिकाको मेयरमा स्थानीय पार्टी कमिटीले ब्यन्जनकारको एकल नाम सिफारिस गरेपछि उनी उम्मेदवार बन्ने पक्का भएको छ । ब्यन्जनकारले विगतको त्रुटिबाट पाठ सिकेर चुनाव जित्नेगरी आफ्नो अभियान थालिसकेका छन् ।
महर्जनका लागि यसपटक चुनौती भनेको कांग्रेस–माओवादी गठबन्धन हो । किनकि अघिल्लो चुनावमा तीन सय मतले पराजित भएका ब्यन्जनकारको लागि करिब १० हजार मतसहितको माओवादीले कांग्रेसलाई समर्थन गर्नु भनेको हिसाब सिधै गठबन्धनको माथि हुन्छ ।
तर एमालेहरु भने माओवादीको मत एमालेमा आएको दाबी गर्छन् । नेकपा एकता भंग भएसँगै माओवादीकी यसअघिकी प्रस्तावित उपमेयर मञ्जली शाक्यसहितको समूह एमालेमा लागेको छ । एमालेले शाक्यलाई उपमेयरको उम्मेदवार बनाएको छ । नेकपा एसमा नगन्य व्यक्ति लागेको र माओवादीको एउटा समूह नै एमाले बनेको अवस्था छ ।
अर्कोतिर विगतमा रमेश महर्जनले पाएको करिब १४ हजार मत ललितपुरको लागि निर्णायक हुनसक्छ । महर्जनको निधन भइसकेको छ । विगतमा एमालेको आधार क्षेत्र रहेका तीनवटा वडाबाट महर्जनले आफ्नो मत काटेको र यसपटक सो मत फिर्ता हुने ब्यन्जनकारको हिसाबकिताब छ ।
ब्यन्जनकार चुनाव लड्दै गर्दा गठबन्धनबाट चिरिबाबु नै दोहोरिए भने उनीसँग प्रशस्त चुनावी एजेण्डा छन् । चिरिबाबु दोहोरिन आफ्नो लागि फाइदा हुने ब्यन्जनकारको विश्लेषण छ ।
मेयरको उम्मेदवार बन्दैगर्दा पार्टीभित्र उनी सर्वसम्मत भएकाले अन्तर्घातको डर छैन । त्यो उनका लागि अर्को सुविधा हो । अब उनी पार्टीबाहिरका र स्वतन्त्र मतदातासमक्ष केन्द्रित हुन पाएका छन् ।
ललितपुरको मेयरमा दोस्रोपटक प्रतिस्पर्धा गर्दैगर्दा उनीसँग के एजेण्डा छन् ? हिसाबकिताब कस्तो छ ? यिनै विषयमा केन्द्रित भएर गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।
महानगरपालिकाको मेयरमा तपाईं एक महिनाअघि नै सिफारिसमा पर्नुभयो । अघिल्लोपटक थोरै भोटले हारेको, यसपटक गठबन्धनसँग लड्नुपर्ने भएपछि हार्ने डरले सबै ब्याक भएकाले तपाईँलाई नै अघि सारेको हो ?
त्यस्तो हैन । म पहिला पनि महानगरपालिकाबाट एक्लै सिफारिस भएको उम्मेदवार थिएँ । त्यतिबेला हामी आफ्नो सानो कमजोरीका कारण हार्न पुग्यौं । अरुलाई दोष दिनुभन्दा हामीले आफ्नै कमजोरी सम्झनुपर्छ । जितेको चुनाव हारियो, दुई सय भोट तलमाथि परेर ।
अहिले पनि सबै साथीहरुले मलाई विश्वास गरेका छन् । त्यो बेला जितेको एकजना हाम्रो उम्मेदवार हार्न पुगे, यसपालि चाहिँ जसरी पनि जिताउन पर्छ भन्ने सबैको राय रह्यो । अरुले हार्ने डरले होइन कि योपटक जसरी पनि जिताउने हिसाबले मलाई अगाडि सारिएको हो ।
तर त्यो बेला फरक दुई सय मत छ । जबकि यसपटक गठबन्धन हुँदैछ र एमाले पनि फुटेको छ । कसरी जित्ने विश्वास पलायो ?
एमाले चोइटिएको छ, माओवादी चाहिँ फुटेको छ । अहिले हाम्रो पार्टीबाट नेकपा एसमा जाने साथीहरु ललितपुर महानगरबाट ३० देखि ४० जना होलान् । तर माओवादीबाट हामीसँग आउने साथीहरु ४०० भन्दा बढी छन् । अरु पार्टीबाट पनि एमालेमा आउने साथीहरु धेरै छन् । केही दिन अघिमात्र पार्टी कार्यालयमा २०० भन्दा बढी अन्य दलबाट आउने साथीहरुलाई स्वागत गरेका छौं ।
धेरै साथीहरु पटक–पटक पार्टी प्रवेश गरेका छन् । त्यसमा सिन अनसिन मान्छेहरु पार्टी प्रवेश गरेका छन् । कांग्रेसमा पनि अहिलेको नेतृत्वदेखि रुष्ट रहेका छन् । उनीहरुले पनि हामीलाई सहयोग गरिरहेका छन् ।
त्यो बेलाको मतभार हेर्दा कांग्रेस र माओवादीमात्रै मिल्दा पनि एमालेको भन्दा १० हजार बढी हुन्छ । साझा विवेकशीलका रमेश महर्जनले पाएको १३ हजार मत कता जान्छ, ठेगान छैन । तपाईंको हिसाबकिताब के हो ?
अहिले त्यस्तो हैन । २०७४ सालमा हाम्रो पार्टी सदस्यता नै पाँच हजार थियो । अहिले ९ हजार पुगेको छ । त्यो बेला भर्खर महानगरपालिका भएको हुनाले वडाहरु मर्ज भएको थियो । संगठन अलि राम्रो अवस्थामा थिएन । कात्तिक ६ र ९ गते गरेको वडा अधिवेशन र पालिका अधिवेशनले अहिले संगठन सुदृढ भएको छ ।
नेकपा एमाले अझै सुदृढ छ भन्नेमा हामी विश्वस्त छौं । अर्को कुरा उनीहरुले नेकपा एमाले कमजोर देखेको भए त किन तालमेल गर्न पर्यो ? तालमेल गर्नै पर्दैन नि । नेकपा एमाले बलियो देखेर त उनीहरुले तालमेल गरेका हुन् ।
त्यतिबेला तपाईंलाई राप्रपाको समर्थन थियो, उपमेयर राप्रपाको थियो । राप्रपाको भोट पनि त्यतिबेला पाउनु भयो । अर्को कुरा साझा विवेकशीलका उम्मेदवारले पनि राम्रै मत ल्याएका थिए । फेरि पनि न्युट्रल भोट तान्न नसक्ने हो भने त कसरी हिसाब मिल्छ र ?
एउटा कुरा राप्रपासँग हाम्रो तालमेल अन्तिममा आएर भयो । त्यसले गर्दा उनीहरुसँग जति समन्वय गर्नुपर्ने हो, गर्न सकिएन । हाम्रो उपमेयरको उम्मेदवार नै नभएकोलाई १३ हजार मत आयो राप्रपाको उपमेयरलाई १० हजार मत आयो । भनेपछि राप्रपासँग समन्वय हुन नसकेपछि त्यो अवस्था आयो ।
ललितपुरलाइ स्मार्ट सिटी हैन, विकसित सांस्कृतिक नगरका रुपमा विकास गर्नुपर्छ । खानेपानीको समस्या जुन छ, त्यसलाई हामीले पूर्णरुपमा निराकरण गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । किनभने यहाँका स्रोतहरुको पहिचान गरेर अगाडि बढ्न सकिन्छ ।
दोस्रो कुरा भनेको साझा पार्टीबाट स्वतन्त्र उम्मेदवार रमेश महर्जनले व्यक्तिका कारणले लगेको मत हो । रमेश महर्जन एकजना सुन व्यापारी र समाजसेवी भएका कारण पनि उहाँलाई त्यति मत गएको हो । उहाँले लगेका भोटहरुमध्ये कुनै कुनै वडाहरुमा हाम्रो पकड भएका ठाउँहरुबाट पनि गयो ।
त्यो बेलामा केही स्थानमा जातीय हिसाबले उहाँलाई केही मत गयो । जस्तो पुरानो २० नं. वडा नःटोल भनेको एमालेको पहिलादेखि पकड रहेको स्थान हो । त्यो ठाउँबाट मलाई कम भोट आयो, उहाँलाई बढी भोट गयो । त्यहाँ भनेको नेकपा एमालेको विरुद्धमा भन्दा पनि जातीय र धार्मिक हिसाबले शोभा शाक्य र रमेश महर्जनलाई भोट गएको हो । उहाँहरु बुद्धिष्ट भएका हिसाबले केही मत काटिएको हो ।
हामीले धर्म र जातबारे त्यहाँ बुझाउन नसकेका कारण पनि हाम्रो मत काटिएको हो । अब ती मत फिर्ता ल्याउन सकिन्छ र आउँछ पनि ।
अर्को कुरा १६ नम्बर वडाको नागबहाल, गाबहाल र विशेषगरी वडा नम्बर ८, १२, १६ र २० नम्बरबाट मलाई कम मत आयो । अन्य स्थानबाट राम्रो मत आयो । २५ नम्बरको मत गणना हुँदासम्म मैले जितिरहेको थिएँ । २६, २८ र २९ को मत गणना गर्दा थोरै मतले म पछि परेको हुँ । त्यसमा पनि ४ नम्बर वडामा ११२ भोट गणनामा गल्ती गरिदिएको छ ।
मसँग त्यसको प्रमाण छ । ८ नम्बर वडामा १२८ भोट मिस्टेक गरिदिएको छ, त्यो पनि मसंग प्रमाण रहेको छ । यी दुवै स्थानका मत गणना गर्दा टोटल गर्ने बेलामा मलाई तल झारियो ।
हामीले यो विषयमा मुद्दा लड्दा निर्वाचन आयोगले प्रमाण दिएको छ । सबै गर्दा अघिल्लो चुनावमा ४०९ मतले म अगाडि भएको त मसँग प्रमाण छ । मैले अदालतमा पेश गरेको छु । न्यायधीशले हैन भन्न सक्नु भएको छैन । तर, अदालतले त्यो बेलामा मतगणना हुँदा चुप लागेर बसेको र हारेपछि मात्रै अदालतमा आएको भन्ने तर्क राखेर त्यो रिट खारेज गरिदियो ।
चुनाव लड्दै गर्दा तपाईंले कस्तो आँकडा निकाल्नु भएको छ ? अन्य पार्टीहरुले कति–कति भोट होल्ड गर्छन् ललितपुर महानगरमा ?
अहिले नेकपा एमालेले ३५ हजारभन्दा बढी भोट लिन्छ । कांगे्रसको अलि खस्किँदो अवस्था रहेको छ । उसले लिने भोट भनेको त्यस्तै १८ देखि २० हजारसम्म रहन्छ । माओवादीले पाउने भनेको आफ्नो उम्मेदवार हुँदा भिन्दै हुन्छ र अर्को दलको उम्मेदवार हुँदा अर्कै हुन्छ । अहिले स्थानीय चुनाव हुँदैछ, स्थानीय चुनावमा नीतिगतभन्दा पनि स्थानीयस्तरमा कसले सहयोग गरेको छ, कसले काम गरेको छ र कसले काम दिन्छ भन्ने हेर्ने हो ।
माओवादीकै कुरा हेर्ने हो भने अघिल्लो चुनावमा करिब १० हजार मत ल्याएको थियो । अब त्योभन्दा त बढाउला नि ?
धेरै माओवादीहरु एमालेमा समाहित भएका छन् । नेकपा एकताको निरन्तरताका रुपमा उहाँहरु एमालेमा रहनुभयो । हाम्रो महानगर कमिटीको अध्यक्ष आस्था शाक्य (मन्जली) जनयुद्धदेखि नै कमाण्डर हुनुहुन्छ । अहिले हामीले उपमेयरको उम्मेदवार बनाएका छौं ।
गोदावरी नगर कमिटीका मिथुन महर्जन माओवादीबाटै आउनु भएको हो । उहाँलाई हामीले सचिव बनाएका छौं । नगर कमिटीमा थुप्रै पूर्वमाओवादी साथीहरु हुनुहुन्छ । जिल्ला कमिटीमा पनि थुप्रै साथीहरु रहनुभएको छ । माओवादीले पहिला जति पनि मत ल्याउनसक्ने सम्भावना छैन ।
भनेपछि माओवादीले अघिल्लो निर्वाचनमा ल्याएको १० हजार मत होल्ड गर्ने अवस्था रहेन ?
त्यो त कसरी सम्भव हुन्छ ? ललितपुरमा माओवादीहरु सबै एमाले भइसकेका छन् । अहिले एमसीसीका कारणले गर्दा उनीहरु अझै घट्दै गएका छन् । म पनि माओवादीसँग नजिक छु । म आफै पनि ३ वर्षसम्म अध्यक्ष भएको मान्छे । मलाई माओवादीभित्र को कहाँ के छ भन्ने कुरा सबै थाहा छ । २०७५ देखि ३ वर्ष त एमाले माओवादी सबैको अध्यक्ष भएको मलाई जिल्लामा माओवादी कुन अवस्थामा छ भन्ने प्रस्ट जानकारी छ ।
पम्फा भुसाल मन्त्री यहीँकै हुनुहुन्छ । उहाँ त हरेक वडा र टोल–टोलमा गइरहनुभएको छ नि ?
हैन, उहाँहरु टोल–टोलसम्म जानुभएको छ । हामी टोल–टोलसम्म मात्र नभएर घरघरसम्म गएका छौं ।
पार्टीको केन्द्रीय सदस्य भएकाले सुरक्षित हुन खोज्दा तपाईंले संसदको टिकट पनि पाउनु हुने थियो । तर, ललितपुरमा जातीय कुरा पनि छ भनिन्छ नि ! जस्तो अघिल्लो चुनावमा तपाईं हार्ने र कांग्रेसका चिरीबाबु महर्जनले जित्ने कारण महर्जन भएकै कारण उहाँले जित्नु भएको भन्छन् नि ?
कसैकसैमा होला तर ललितपुरमा अरु जात पनि छन् नि । अरुमा पनि आफ्नो जातको हेर्ने होला तर यहाँ खास त्यस्तो देखिँदैन र छैन । त्यो जात भइ दिएको भए त मैले १० हजार भोटले हार्नुपर्ने नि । मैले त जितेकै हो । मैले अघि पनि भने मैले त जितेर हारेको हो नि !
पहिला राप्रपालाई उपमेयर दिनुभएको थियो । योपटक पनि अरु कोहीसँग तालमेल हुन्छ कि एमाले एक्लै लड्छ ?
योपटकको निर्वाचनमा यहाँ एमाले एक्लै लड्छ । अरुसँग गठबन्धन हुने कुरा आएको छैन ।
भनेपछि माओवादी सेन्टिमेन्टलाई उपमेयर दिने ?
उपमेयरमा आस्थाजी नेकपाको निरन्तरताको रुपमा आउनु भएको हो । यो एमाले भनेको पहिलाको एमाले हैन । ०७४ को एमाले नभएर ०७५ जेठ ३ पछिको नेकपाको निरन्तरता हो ।
नेकपा एमाले अहिले नयाँ रुपमा आएको छ । त्यसमा माओवादीको सेन्टिमेन्टभन्दा पनि उहाँ नेकपालाई स्वीकार गरेर आइसकेपछि सबै समूहको र अझ माओवादीभित्रको पनि व्यक्तिगत राजनीति गर्नु हुँदैन, संस्थागत राजनीति गर्नु पर्छ भन्ने साथीहरु धेरै छन् । उनीहरु पनि हाम्रो पक्षमा आएका छन् ।
भनेपछि यसपटक सिंगल लड्ने तयारीमा हुनुहुन्छ ?
अँ, योपटक ललितपुरमा हामी सिंगल लड्ने हो ।
यो एउटा राजनीतिक कुरा भयो, महानगरपालिकामा चिरीबाबु महर्जनले निकै राम्रो काम गर्नुभयो भनिएको छ, झन् पपुलर बनिराखेको बेलामा तपाईं भिड्दा चुनौती पनि त होलान् नि ?
मलाई हाँसो उठ्छ, राम्रो काम भनेपछि । उहाँले पुल्चोकदेखि कुपण्डोलसम्म फ्लाईओभर बनाउने कुरा गर्नु भएको थियो । उहाँले त्यो राम्रो काम गर्नुभयो त ? कुपण्डोलदेखि पुल्चोकको फ्लाइओभर कहाँ छ ?
साइकललेन उहाँले बनाउनु भएको छ, त्यो कस्तो भयो जनताले देखेका छन् । साइकललेन बनाएको स्थानमा मोटरसाइकल पार्किङ गरेर पैसा खाइरहेका छन् । नगरपालिकाको साइकल लेन त्यस्तो छ । ट्राफिक र यातायात व्यवस्थाले हुँदैनभन्दा पनि साइकल लेन बनाइयो । हरेक काम एकलौटी ढंगले गरिएको छ ।
काम राम्रो गर्यो भने खै जनताले त देखेकै छैन । मिडियामा प्रचारबाजी गरियो होला । तर, जनताले देख्ने काम खै त ?
एकजना मान्छेलाई तपाईं राम्रो भन्नुहुन्छ, खै के राम्रो भन्ने ? बानी राम्रो छैन । खानेपानी राम्रो छैन । स्वास्थ्य राम्रो छैन । अनि मान्छेमात्रै राम्रो भएर हुन्छ ? हुन्न नि । भएको तपाईं हामी सबैले देखेकै कुरा हो ।
भनेपछि उहाँको व्यक्तित्व र लोकप्रियता बढ्यो । मलाई चुनौती हुन्छ कि भन्ने छैन तपाईंलाई ?
छैन छैन । किन हुनु ? पहिलाभन्दा उहाँ फेल भइसक्नुभयो अनि किन मलाई चुनौती हुनु । चिरीजाबाबुलाई असफल मेयर भनेर नगरपालिकाका जनताले टेस्ट गरिसके । मलाई अब झन् सजिलो भएको छ ।
मलाई त उहाँ चुनाव लड्न फेरि आउनु भयो भने झन् सजिलो हुन्छ । मलाई उहाँको नशा–नशा थाहा छ । उहाँ आउँदा त म त्योअनुसारको रणनीति बनाउन सक्छु ।
उपविजेताको हिसाबले तपाईंले उहाँको पाँचवर्षे कार्यकाललाई मूल्याङ्कन गर्दा कति नम्बर दिनु हुन्छ ?
उहाँले पास नम्बर पाउनु हुन्न । प्रशासनमा खत्तम छ । उहाँले बनाएका योजनाहरुमा नम्बर पाउने हो भने एउटा कर्मचारीको ओडी चार्ट पाँच वर्षसम्म बनाउन सक्नु भएन ।
महानगरमा कर्मचारी कति चाहिन्छ भन्नेबारे उहाँले केही बनाउन सक्नुभएन । अब नगर कसरी विकास गर्ने भन्ने विषयमा उहाँसँग केही पनि योजना छैन । भिजन पनि छैन । के गर्नु भएको छ उहाँले ? केही गर्नु भएको छ ?
उहाँसँग विकास निर्माणका विषयमा केही भिजन छैन । जस्तै ललितपुरलाई क्राफ्टसिटीको रुपमा विकास गर्ने भनिएको थियो । त्यसमा वल्र्ड क्राफ्टसिटीले समर्थन गरेको छ । त्यसमा के गरेको छ त ?
ललितपुर ह्याण्डीक्राफ्टको विषयमा संसारमा प्रख्यात छ । त्यसको विकासका लागि के गरिएको छ ? म विरोध गर्न त चाहन्नँ तर अब के कुरामा राम्रो भन्ने ? उहाँले यसमा राम्रो गर्नु भएको छ भन्ने कुरा नै देखेको छैन । उहाँले गरेका विकासका कामहरु मैले त देखिनँ । जनताले पनि देख्नुभएको छैन ।
अघिल्लो निर्वाचनमा तपाईंले जित्न सक्नु भएन । अबको चुनावमा जनताबीच के एजेण्डा लिएर जाँदै हुनुहुन्छ ?
पहिलो, ललितपुरलाइ स्मार्ट सिटी हैन, विकसित सांस्कृतिक नगरका रुपमा विकास गर्नुपर्छ । खानेपानीको समस्या जुन छ, त्यसलाई हामीले पूर्णरुपमा निराकरण गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । किनभने यहाँका स्रोतहरुको पहिचान गरेर अगाडि बढ्न सकिन्छ ।
स्वास्थ्यको सवालमा ७० वर्ष नाघेकाहरुलाई निःशुल्क औषधोपचार गराउन सकिन्छ । ललितपुरमा गर्न सकिने धेरै छन् ।
ललितपुरमा पूर्वाधारको कुरा गर्ने हो भने यहाँका सम्पूर्ण बाटाहरुलाई पक्की गर्ने, इँटा बिछ्याएर हुन्छ कि ढुंगा राखेर हुन्छ कि ढलान र पिच के गरेर हुन्छ, सबै सडकलाई पक्की गर्ने हो ।
फ्लाईओभर आवश्यक छ । तर, त्यो ठाउँमा हैन । त्यसलाई ग्वार्कोमा राख्न पर्छ । सातदोबाटोमा राख्न पर्छ । त्यसपछि धोबीघाटको मुनि राख्न पर्छ फ्लाईओभर । पाँच–छ वटा फ्लाईओभर आवश्यक छ । तर त्यो पुल्चोकदेखि कुपण्डोलसम्म हुन्न । समस्या थापाथलीको हो । थापाथलीमा लगेर खसालेर त्यसको औचित्य के ?
फ्लाईओभर आवश्यक छ । तर, त्यो ठाउँमा हैन । त्यसलाई ग्वार्कोमा राख्न पर्छ । सातदोबाटोमा राख्न पर्छ । त्यसपछि धोबीघाटको मुनि राख्न पर्छ फ्लाईओभर । पाँच–छ वटा फ्लाईओभर आवश्यक छ । तर त्यो पुल्चोकदेखि कुपण्डोलसम्म हुन्न । समस्या थापाथलीको हो । थापाथलीमा लगेर खसालेर त्यसको औचित्य के ?
शिक्षामा फड्को मार्न सक्छौं, आमूल परिवर्तन गर्न सक्छौं । शिक्षामा मात्र नभएर स्वास्थ्यमा पनि आमूल परिवर्तन ल्याउन सक्छौं । जहाँ जहाँ भौतिक पूर्वाधारको काम सकिएको हुन्छ त्यहाँमा जनताको जीवन सहज बनाउन अनलाइनबाट सिफारिस लिने, अनलाइनबाटै नक्सा पास गर्ने व्यवस्था गर्न सकिन्छ ।
सीसी टीभी क्यामेरा राखेर सबै ठाउँका जनताले गुनासो गर्नु नपर्ने गरी कार्यालयबाटै फलानो ठाउँमा ढल भत्केको रहेछ, फलानो ठाउँमा बाटो भत्केको छ, तुरुन्त मर्मत गर्न लगाउने र जनताको जीवन सहज बनाउन सहयोग गर्ने तथा जनताको जीवनस्तरलाई आयमूलक बनाउने काम गर्न सकिन्छ । नगरपालिकाबाट विभिन्न किसिमका तालिमहरु दिएर तालिमपछि निब्र्याजी ऋण दिएर स्वरोजगार बनाउने काम हामीले गर्ने छौं ।
माथिबाट आउने प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई हामीले वडाबाट पनि पैसा थपेर अझ व्यापक बनाउँछौं । यसबाट स्वरोजगार बनाउने सवालमा हामी पूर्ण सफल हुन्छौं ।
अहिलेका मेयरले अघि सार्नुभएको तर हुन नसकेको फ्लाईओभर आवश्यक हैन जस्तो लाग्यो तपाईंलाई ?
फ्लाईओभर आवश्यक छ । तर, त्यो ठाउँमा हैन । त्यसलाई ग्वार्कोमा राख्न पर्छ । सातदोबाटोमा राख्न पर्छ । त्यसपछि धोबीघाटको मुनि राख्न पर्छ फ्लाईओभर । पाँच–छ वटा फ्लाईओभर आवश्यक छ । तर त्यो पुल्चोकदेखि कुपण्डोलसम्म हुन्न । समस्या थापाथलीको हो । थापाथलीमा लगेर खसालेर त्यसको औचित्य के ?
थापाथलीबाट माथि पनि लान सकेको भए हो । तर थापाथलीमा लगेर खसालेपछि के हुन्छ ? थापाथलीमा जामको समस्या हो । अब पुल्चोकबाट कुपण्डोल लगेर खसालेपछि त्यहाँ जाम हुँदैन त ? कुपण्डोल लगेर थापाथलीमा खसाल्दैमा समस्याको समाधान हुन्न ।
तपाईंले अहिलेका मेयर असफल भन्नुभयो तर कार्यपालिकामा एमालेको बहुमत छ । यस्तोमा एमालेले कामै गर्न दिएन भनेर उहाँ पुनः जनतामा जान सक्ने सम्भावना पनि रहन्छ । यस्तो अवस्थामा तपाईंहरु जनतामा के भनेर जानुहुन्छ ?
उहाँले पहिलो परिषदबाटै १४ करोड रुपैयाँ स्वविवेकले खर्च गर्न पाउने अधिकार लिनुभयो । उहाँलाई एमालेले सपोर्ट नै गर्यो । कुन कुरामा नेकपा एमालेले भाँजो हाल्यो, कुन निर्णयमा असहयोग गर्यो, उहाँले भन्न सक्नुपर्यो । तर, उहाँले के गर्नु भएको छ भने बोर्ड बैठक र निर्णयविनै जथाभावी काम गर्नुभएको छ ।
जस्तो कि कर्मचारी भर्नाको विषयमा त्यस्तै गरेको छ । विभिन्न किसिमको रकम बाँड्ने सवालमा पनि त्यस्तै गरेको छ । एक हिसाबले भन्ने हो भने उहाँ संस्थागत नभएर निजी प्रोजेक्टको मेनेजर जस्तै हुनुभएको छ । जे पनि गर्न पाउने जे पनि हायर–फायर गर्न पाउने प्रोजेक्टको मेनेजर जस्तो काम गर्ने प्रवृत्ति बस्यो । त्यसले गर्दा नगरपालिकामा संस्थागत काम भएन ।
त्यहाँको प्रशासन खत्तम नै छ । निर्माण सम्पन्न लिन पनि पैसा खुवाउनु परेका गुनासाहरु सुनिरहेका छौं । सामान्य चिया खर्चमात्रै नभएर एकजनाको पार्टीको भोज खर्च व्यहोरेका जनगुनासाहरु छन् । त्यस्ता खालका काम गर्दा पनि उहाँलाई हामीले एमालेको तर्फबाट कुनै भाँजो हालेका छैनौं । बरु उहाँको मनोमानी निर्णयहरुलाई एमालेका जनप्रतिनिधिहरुले सहेर बस्नु भएको छ । हामीहरुले एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई तपाईंहरु संस्थागत भएर जानुस् भनेर भनेका थियौं र भनिरहेका छौं ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् ।
पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजामहाराजाहरूको गठबन्धन’ बीच प्रतिस्पर्धा हुने बताए ।
‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होली वाइन, हिन्दूवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ’, प्रचण्डले भने ।
राष्ट्रको आवश्यकताअनुसार नै ५ दलीय गठबन्धनमा चुनावी तालमेल हुन लागेको भन्दै प्रचण्डले महानगर र उपमहानगरको नेतृत्वबारे गठबन्धन सहमतिनजिक पुगेको बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनमा एउटै चिह्नबाट चुनाव लड्नेबारे छलफल चलिरहे पनि प्राविधिक समस्या रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कमसेकम वडाध्यक्ष जसको भागमा पर्छ त्यहीं पार्टीको चुनाव चिह्नमा जानेबारे छलफल भइरहेको बताए ।
तर निर्वाचन आयोगले मतपत्र छपाइको काम गरिसकेकाले ‘प्राविधिक रुपमा पनि त्यो सम्भव नहुने हो कि जस्तो देखियो’ भन्दै प्रचण्डले गठबन्धनमा यसबारे छलफल भइरहेको बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि दलगत असन्तुष्टिले खासै असर नपर्ने बताएका छन् ।
पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ५ दलबीच तालमेल हुँदा केही असन्तुष्टि देखिएपनि त्यसले परिणाममा असर नपर्ने दाबी गरेका हुन् ।
‘एउटै पार्टीभित्र त आन्तरिक विवाद र असन्तुष्टि हुन्छ भने ५ दल मिल्दा केही असन्तुष्टि हुने नै भयो । अन्तिममा गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि सबैले संस्थागत निर्णय नै मान्नुपर्छ’, प्रचण्डले भने ।
उनले माओवादीले भरतपुरमा मात्रै दाबी नगरेको बताए । उनले भरतपुरको सट्टा काठमाडौं वा विराटनगर महानगरको प्रमुख लिन तयार रहेको बताए ।
‘माओवादीलाई भरतपुर र रेनु नै चाहिएको होइन । ६ वटा महानगरमध्ये एउटा त माओवादीलाई चाहिन्छ । त्यसमध्ये भरतपुर नै होइन काठमाडौं वा विराटनगर दिए पनि हुन्छ । तर, भरतपुर माओवादीले जितेको भएर कांग्रेसले पनि हामीलाई भरतपुर नै छाड्न खोजेको छ’, प्रचण्डले भने ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।
सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।
‘नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले कार्यकर्तालाई निर्देशन दिए ।
आफू विभिन्न जिल्लाका नेता-कार्यकर्तासँग सम्पर्कमा रहेको थापाले सुनाए ।
‘ ५० भन्दा बढी जिल्लाका साथी तालमेलको पक्षमा छैनन् । मतदातादेखि नेतासम्म विरोधमा छन् । विचार प्रमुख भन्ने कुरामा उनीहरू अडिग छन् । जबरजस्ती लाद्ने हो भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्नसक्छन् भन्ने उनीहरूको भनाइ छ’, उनले भने ।
थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने बताए ।
उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए ।
केन्द्रको घोषणा पत्र नकुर्न भन्दै थापाले भने, ‘विस्तृत कार्ययोजनासहित कार्यतालिका बनाएर अघि बढ्नुस् । सक्नुहुन्छ उम्मेदवार टुंगो गरिहाल्नुस् ।’
उनले आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न पनि निर्देशन दिएका छन् ।
जनकपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने प्रष्ट्याएका छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा राप्रपा आफ्नै बलबुतामा लड्ने बताए ।
अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित्ने उनको दाबी छ ।
‘राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्र समेत घोषणा गर्नेछ । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको छ’, लिङदेनले भने ।
धनुषाको विरेन्द्रबजारमा पार्टी प्रवेश एवम् स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर आइपुगेका हुन् ।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानअनुसारको दायित्व पूरा गर्न आफूलाई सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् ।
आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ को उद्घाटन गर्दै सभामुख सापकोटाले आफुले गर्नुपर्ने दायित्य पूरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको बताए ।
सभामुखको काम कानून निर्माणमा नेतृत्व गर्ने, गुणस्तरीय कानून निर्मााणका साथै बनेका कानूनको संसदीय निगरानी गर्नु रहेको भएपनि त्यसका लागि आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेको सापकोटाको भनाइ छ ।
उचित वातावरण बनाउनका लागि आफूले पहल गरेपनि विभिन्न अप्ठ्यारो रहेको उनले सुनाए ।
नेपाल कार्टुनिष्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सिलमा वैशाख ६ सम्म चल्नेछ । करिब तीन दर्जन कार्टुनिष्टहरूद्वारा तयार पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरू देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लबले जनाएको छ ।
भक्तपुर । आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्राको आठौं दिन आइतबार भक्तपुरमा द्यः स्वगं बियगु जात्रा धुमधामसँग मनाइँदै छ। यस जात्राअन्तर्गत शनिबारसम्म जात्रा गरिएका देवदेवीलाई ‘स्वगं’ (सगुन) दिइन्छ । यस जात्रा देवदेवीलाई चोख्याउने प्रक्रिया पनि मानिन्छ । जसअनुसार स्वगं दिएर आइतबार भक्तपुरका ४३ देवदेवी चोख्याइँदै छन् ।
टोल–टोल लगेर जात्रा गरिँदा देवदेवी अशुद्ध हुने धार्मिक मान्यता छ । सोही मान्यताको आधारमा स्वगं दिएर देवदेवीलाई चोख्याउन बिस्का जात्राको आठौं दिन द्यः स्वगंबियगु जात्रा मनाइने प्रचलन रहेको छ ।
बिस्का जात्राभित्रको यस जात्रालाई स्थानीय नेपालभाषामा द्यः स्वगं बियगु (देवतालाई सगुन दिने) जात्रा भनिन्छ । भक्तपुर नगरभित्र रहेका ४३ देवदेवीलाई पूजाआजापछि भोजसहितको स्वगं चढाइन्छ । भक्तपुर नगरभर छरिएर रहेका देवदेवीलाई सगुन चढाउन जात्रालुमध्ये महिला हातमा पूजा थाली र पुरुष खर्पन बोकेर सहभागी हुन्छन् । कोही मौलिक बाजागाजा बजाएर त कोही भजन गाउँदै पछि लाग्छन् ।
पूजा थाली तथा खर्पनमा पूजा सामग्री तथा भोजका परिकार हुन्छन् । जात्रामा देवदेवीलाई स्वगंसहित नेवारी भोजका परिकार चढाइने गरिन्छ । यसरी देवदेवीलाई स्वगं र भोज चढाउँदै भक्तपुर नगरलाई एक चक्कर लगाएपछि द्यः स्वगं बियगु जात्रा सम्पन्न भएको मानिन्छ ।
नेवारी परम्पराअनुसार भक्तपुर नगरभित्रका अष्टमातृकाअन्तर्गतका ब्रह्मायणी, माहेश्वरी, कुमारी, विष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी तथा भैरव, भद्रकाली, बेताल, गणेश, मनकामना र भीमसेन गरी ४३ देवदेवीलाई स्वगं चढाइन्छ ।
दुईदिने प्राचीन बिस्का जात्रालाई आठ दिन नौ रात बनाउने क्रममा भूपतीन्द्र मल्लले द्यः स्वगं बियगु जात्रा पनि प्रचलनमा ल्याएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले जानकारी दिए । उनका अनुसार बिस्का जात्राअन्तर्गत देवदेवीलाई खट वा रथमा राखेर जात्रा मनाउँदा देवदेवी पनि अशुद्ध हुने मानिन्छ । त्यसैले प्रत्येक वर्ष बिस्का जात्राको आठौं दिन द्यः स्वगं बियगु जात्रा गर्ने चलन चलाइएको धौभडेलले स्पष्ट पारे ।
‘द्यः स्वगं बियगु जात्रामा सहभागी गराउन प्रत्येक देवदेवीलाई अघिल्लो दिन राति नै द्योछें (देवघर) बाट बाहिर निकालिन्छ’, उनले भने, ‘सुरुमा अष्टमातृकाभित्र पर्ने ब्रह्मायणी, माहेश्वरी, कुमारी, विष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी तथा भैरवनाथ र भद्रकाली गरी ३२ देवदेवीलाई मात्रै सगुन दिइन्थ्यो । तर पछिल्लो समय गणेश, मनकामना र भीमसेन देवतासमेत थपिएर ४३ देवदेवी पुगेका छन् ।’
स्वगं दिइसकेपछि रथमा बिराजमान भैरवनाथ र भद्रकालीबाहेक सम्पूर्ण देवीदेवीलाई आइतबार नै द्योछें भित्र्याइने धौभडेल बताउँछन् ।
सोमबार सकिँदै बिस्का जात्रा
यसैबीच यस वर्षको बिस्का जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन सोमबार ‘द्य थहाँ बिज्यागु’ (देउता मन्दिर सवारी हुने) जात्रा मनाइन्छ । उक्त जात्राअन्तर्गत भक्तपुर नपा ५ गःहिटीमा रहेको भैरवनाथको रथ तानेर पाँचतले मन्दिर परिसरमा पुर्याइन्छ ।
उक्त रथ पाँचतले मन्दिर परिसर पुर्याइएपछि रथमा सवार भैरवनाथ र बेताल झिकेर मन्दिरमा पुनः विराजमान गरिएपछि यसवर्षको बिस्का जात्रा विधिपूर्वक सम्पन्न भएको मानिन्छ ।
त्यस्तै सोमबार नै भक्तपुर नपा ४ पोटेरी स्क्वायरमा गत चैत ३० गते ठड्याइएको हात नभएको लिंगो ढाल्ने परम्परा रहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाको मेयरमा नयाँ प्रस्ताव अघि सारेका छन् ।
केन्द्रीय कार्य सम्पादन समितिको शनिवारको बैठकमा उनले गठबन्धन हुँदा कांग्रेसले नै लिने र नभए मित्रवत् प्रतिस्पर्धा गरेर जित्ने प्रस्ताव राखेका हुन् ।
भरतपुरमा नयाँ र तेस्रो विकल्पमा जाऔँ भन्दै शर्माले त्यो भनेको दुवैले नछाड्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने रहेको बताए ।
शर्माको भनाइ थियो– ०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो । माओवादी चाहन्छ यो पटक पनि कांग्रेसले सघाउनु पर्छ । हामी चाहन्छौँ यो पटक माओवादीले कांग्रेसलाई छोड्नु पर्छ । त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धा जिन्दाबाद ।
शर्माले आफू व्यक्तिगत रूपमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा रहेको समेत बताएका थिए ।
उनको भनाइ थियो– नितान्त व्यक्तिगत रूपमा भन्नुपर्दा मेरो दृष्टिकोण देशभर एक्लै लड्नुपर्छ भन्ने हो तिर निजात्मक बुझाई, भावनात्मक आवेग र धरातलीय यथार्थ बीच जो फरक हुन्छ, त्यही गाम्भिर्यताले तालमेलको तर्कमा म सुरुमै सहमत भएको हुँ । हाम्रो निर्णय गठबन्धन होइन,तालमेल मात्र हो, त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरूप मात्र ।
रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनबाट सम्मानजनक उपस्थिति हुने र पार्टी स्थापित गरेरै छाड्ने बताएका छन् ।
आज बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताएका हुन् ।
थापाले मत बदर हुनसक्ने भएकाले संयुक्त रूपमा सूर्य चिन्हबाटै चुनावमा जाने निर्णय भएको तर्क गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडान, स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रूपमा स्थापित गराएरै छाड्ने थापाको दाबी थियो । अब देशमा राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको अबको एजेण्डा गणतन्त्रसहितको हिन्दु राष्ट्र रहेको थापाले बताए ।
राजाको आफ्नै कारणले देशमा राजसंस्था आउन नसक्ने उनले ठोकुवा गर्दै गणतन्त्र आएको १५ वर्षमा राजाले जनताको मन जित्न नसकेको आरोप लगाए ।
राजाले भित्री रूपमा गणतन्त्र स्वीकार गरेर व्यवसायमा लागेको थापाले दाबी गरे । यस्तै राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने थापाको तर्क छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरा महानगरपालिका आफ्नो पार्टीले दाबी गर्दा नकारात्मक टिप्पणी गर्नेहरूलाई आफूले तथ्याङ्क अघि सारेर मुख बुझो लाइदिएको बताएका छन् ।
सत्ता गठबन्धनमा ६ वटा महानगरपालिकामध्ये नेकपा एसले पोखरा दाबी गर्दा कसैले नकारात्मक टिप्पणी गरेपछि आफूले बालुवाटारको बैठकमै तथ्य पेस गरेको नेपालले बताए ।
शनिवार सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पोखरा महानगरपालिकाभित्र मात्रै नेकपा एसका ८ हजार सङ्गठित सदस्य रहेको तथ्य आफूले पेस गरेको बताए । उनले जन वर्गीय संगठनको समय कार्यकर्ता जोड्दा पोखरामा नेकपा एसका १२ हजार कार्यकर्ता रहेको बताए ।
अध्यक्ष नेपालले भने– मैले पोखराका एक एक तथ्य अगाडि सारेँ । कास्की जिल्लाको कुरा छाड्नुस् पोखरामा मात्रै ८ हजार सदस्य सङ्गठित छन् । भोटर होइन कार्यकर्ता हुन् । जन वर्गीय संगठनको समेत जोड्दा १२ हजार कार्यकर्ता अरूका छन् ? त्यसैले एकीकृत समाजवादीलाई कम आँक्ने गल्ती नहोस् ।
अध्यक्ष नेपालले २०७४ सालमा आफूहरूले एमालेकै नामबाट चुनाव लडेकाले एमालेको सफलतामा आफूहरूको हक लाग्ने बताए । कपिलवस्तुमा एउटा नगरपालिकामा १३४ मत पाएको दलले मेयर दाबी गरेको भन्दै नेपालले नेकपा एसले एमालेले जितेका सबै पालिकामा दाबी गर्ने बताए ।
उनले भने– हामीले एमाले भएर त्यति बेला जिताएका हौँ । त्यसैले एमालेको सफलतामा हाम्रो पहिलो हक लाग्छ । अरूले चाहेर पनि एमालेका मान्छेलाई आकर्षित गर्न सक्दैनन् । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक हुन्छ,जित्ने हो भने पनि हामीलाई दिनुपर्छ किनभने एमालेका मान्छेहरूले हामीलाई नै भोट हाल्छन् ।
अध्यक्ष नेपालले गठबन्धनमा सिट बाँडफाँट सहज नभएको भन्दै नेकपा एस चानचुने शक्ति नभएको बताए ।
नेपालले पाँचै दलमा सहमति नभए अन्य दलसँग पनि नेकपा एसको तालमेल हुने भन्दै एक्लै प्रतिस्पर्धा गर्नुपरे पनि आफू तयार रहेको बताए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका अन्य दललाई चेतावनी दिएका छन् ।
नेकपा एसले हैसियतभन्दा बढी मागेको भनेर कांग्रेस र माओवादीले भनिरहेका बेला अध्यक्ष नेपालले आफूहरूमाथि अपमानपूर्ण व्यवहार नगर्न चेतावनी दिएका हुन् ।
नेकपा एसको सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएकोले कम नआँक्न चुनौती दिए ।
अध्यक्ष नेपालले भने– हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीलाई अझै पनि भ्रम रहेछ । कता कता हामीमाथि अपमानपूर्ण व्यवहार गर्ने गरेको सुन्दै छु । आफ्नो शक्तिको अति मूल्याङ्कन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस् । हामीलाई अपमान गरेको हुनाले केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुईँमा पछार्न निर्णायक भूमिका खेलेका छौ । ख्याल गर्नुस्,यो चेतना भया ।
अध्यक्ष नेपालले एक वर्ष पूरा गर्न पाएको भए आफ्नो पार्टीको वास्तविक शक्ति देखिने थियो भन्दै चुनाव चाँडो भए पनि आफूहरू मुख्य शक्ति रहेको बताए ।
काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रस्ट पारेको छ ।
केन्द्रीय कार्य सम्पादन समिति बैठक चलिरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जहाँ तालमेल हुन सक्दैन ती ठाउँको रिपोर्ट केन्द्रमा दिनुपर्ने बताए । महतले तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाइने बताए ।
महतले भने–कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौँ । महानगरपालिका र उपमहानगरबाहेक अरू नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ । यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरूले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौँ, मित्रवत् प्रतिस्पर्धा गर्छौँ भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ तर एमालेसँग हुँदैन ।
कांग्रेसले शीर्ष बैठकको मापदण्डका अनुसार तालमेल सम्भव भएका ठाउँमा तालमेल गर्ने र नभएको अवस्थामा तलकै कमिटीहरूले एक्ला एक्लै लड्ने निर्णय गरेमा स्वतन्त्र रहेको जनाएको छ । तर एमालेसँग भने मिल्न नपाइने भनेको छ ।
कार्य सम्पादन समिति बैठकमा महानगर र उपमहानगरपालिकाको हकमा कसरी भागबन्डा गर्ने भन्नेबारेमा छलफल भएको महतले बताए ।
काठमाडौं । परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई सर्त बिना नै सहयोग गरिरहेको बताए ।
उनले विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको भन्दै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए ।
नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उहाँले जानकारी गराए ।
कार्यक्रममा एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको थियो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान मास्न खोज्ने शक्तिका विरुद्ध जनता एकजुट हुन थालेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले गत वर्ष संविधान मास्ने र परिवर्तन उल्ट्याउने प्रयास भएको बताए । ‘गत साल जति बेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भयो, प्रतिगामी षडयन्त्र भयो, प्रतिक्रान्ति निम्त्याउने षडयन्त्र भयो,’ उनले भने, ‘त्यसका विरुद्ध हामीले संघर्ष गर्यौ र सफल भयौँ ।’
माओवादीले नै सबै जातजातिको पहिचान सहितको अधिकार स्थापित गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले त्यो अधिकार हरण गर्ने प्रयास भइरहेको पनि बताए ।
‘मधेसी, मुस्लिम, आदिवासी जनजाति, दलित, थारु महिला सबै समुदायको पहिचान र अधिकारको लडाई माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो,’ उनले भने ।
त्यो परिवर्तनलाई उल्ट्याउन खोज्नेका विरुद्ध देश एकत्रित हुने लागेको पनि अध्यक्ष दाहालले बताए ।
उनले भने,‘यसलाई उल्ट्याउन खोज्ने तत्त्वका विरुद्ध फेरी एकचोटी नेपाल राष्ट्रका सम्पूर्ण जनता एकजुट प्रक्रियामा मैले महसुस गरेको छु ।’
काठमाडौं । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडका अध्यक्ष रामाआधार कापरको राजीनामा स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी गराए ।
त्यस्तै संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यसैगरी विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गरिएको छ ।