Category: भिडियो

  • ओलीको आरोप- चुनाव शान्तिपूर्ण भएन, यस्तो पञ्चायतमा पनि हुँदैनथ्यो (भिडिओ)

    ओलीको आरोप- चुनाव शान्तिपूर्ण भएन, यस्तो पञ्चायतमा पनि हुँदैनथ्यो (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव शान्तिपूर्ण नभएको निष्कर्ष सुनाएका छन् । उनले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी निर्वाचनमा राज्यसंयन्त्र दुरुपयोग गरिएको बताए ।

    नीति तथा कार्यक्रममाथि आजदेखि सदनमा सुरू छलफलमा बोल्दै ओलीले निर्वाचनको दिन आफूलाई पर्याप्त सूचना नआएकाले आमरूपमा शान्तिपूर्ण नभएको प्रतिक्रिया दिएको बताए ।

    ‘मैले शान्तिपूर्ण भयो होला भन्ने ठानेको थिएँ । दुर्गम र दुरदराजको रिपोर्ट आएको थिएन । तर, पछि रिपोर्टहरू आएपछि थाहा भयो । कति ठाउँमा बुथ कब्जा भए । कति ठाउँमा बम पड्काइए । कति ठाउँमा चुनाव स्थगित भए,’ ओलीले भने ।

    देशका कुनै पनि स्थानमा प्रतिपक्षका कारण चुनाव स्थगित नभएको ओलीले दाबी गरे । उनले २०७४ सालको चुनावमा यही गठबन्धन सरकारमा भए पनि निर्वाचन यस्तो भद्दा नभएको बताए ।

    ओलीले भने, ‘यही गठबन्धन थियो, तर यस्तो आक्रामक र हिंसात्मक खालको चुनाव त्यो बेला भएको थिएन । अहिले त नयाँ कीर्तिमान नै भयो । पञ्चायतकालमा पनि यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भएको थिएन ।’

  • नीति तथा कार्यक्रम सतही भएको एमालेको निष्कर्ष, चिरफार गर्न सांसदलाई निर्देशन (भिडिओ)

    नीति तथा कार्यक्रम सतही भएको एमालेको निष्कर्ष, चिरफार गर्न सांसदलाई निर्देशन (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले सदनमा पेस गरेको नीति कार्यक्रम सतही भएको भन्दै तर्कयुक्त तरिकाले चिरफार गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

    बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यक्रम अहिलेको वास्तविकतालाई सम्बोधन गर्ने भन्दा पनि सतही मात्र भएको भन्दै व्यवस्थित, तरिकाले नीति तथा कार्यक्रमको चिरफार गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।

    ओलीले सरकारको कार्यक्रम नीतिमा आधारित भन्दा पनि कार्यक्रममा आधारितजस्तो देखिएको बताएको बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    उनका अनुसार स्थानीय तहको निर्वाचनमा गठबन्धनको ठूलो घेराबन्दीका बीच आएको परिणाम सन्तोषजनक भएपनि थप संगठितत भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

    ओलीले निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात भएकाले निहीन ढंगले समीक्षा गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

    त्यस्तै बैठकपछि एमाले नेता भीम रावलले सरकारको नीति कार्यक्रममा राखिएका संविधान र राष्ट्रिय हितविपरीतका कुराको प्रतिवाद गर्नुपर्नेमा ओलीले जोड दिएको बताए ।

    सरकारले हिजो सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भोलिबाट छलफल हुँदैछ ।

  • विद्यालयमा तत्काल पाठ्यपुस्तक पुर्‍याउन संसदीय समितिको निर्देशन (भिडिओ)

    विद्यालयमा तत्काल पाठ्यपुस्तक पुर्‍याउन संसदीय समितिको निर्देशन (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरुमा पुराउन सरकारलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरुमा पुराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सवै विद्यालयमा पुराउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् ।

    उनले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न र पाठ्यपुस्तक बितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिइन् ।

    बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले कागज अभावका कारण समयमा नै पाठ्यपुस्तक छपाई कार्यमा समस्या भएको जानकारी दिए । असारको पहिलो हप्तासम्म देशभरका विद्यालयमा पुराउने दावी गरे। स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले र रुस–युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेको उनको भनाई छ ।

    बैठकमा समिति सदस्य योगेश भट्टराईले शैक्षिक सत्र सुरु हुने भन्दा निकै अगाडी देखि नै पाठ्यपुस्तक छपाईको काम सुरु गर्नुपर्ने सुझाव दिए । हरेक बर्ष पाठ्यपुस्तक अभावको समस्या समाधानको दिर्घकालिन समाधान खोज्नुपर्ने उनको भनाई छ ।

    त्यस्तै समिति सदस्य चित्रलेखा यादवले पाठ्यपुस्तक अभावका कारण सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तरमा समेत असर पर्ने धारणा राखे ।

    छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीला देवी बज्राचार्यले कागजको समस्या कारण नै समयमा पाठ्यपुस्तक छपाई गर्न नसकेका भन्दै यसको समाधानमा मन्त्रालय लागिरहेको जानकारी दिइन् ।

     

  • २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध, यी हुन् मन्त्रिपरिषद्का निर्णय (भिडिओ)

    २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध, यी हुन् मन्त्रिपरिषद्का निर्णय (भिडिओ)

    काठमाडौं । सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।
    बैठकले जेठ ११ गते आयोजना हुने नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा, नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

    जेठ २३ देखि असार २ गतेसम्म रुवान्डाको किगालीमा आयोजना हुने विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन सञ्चारमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

  • कांग्रेसको लोकप्रियता पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौं : महामन्त्री थापा (भिडिओ)

    कांग्रेसको लोकप्रियता पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौं : महामन्त्री थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

    बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

    ‘स्थानीय निर्वाचनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको छ । यसपटकको स्थानीय निर्वाचन आमनिर्वाचनको झल्को दिने खालको भयो । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिले हाम्रो राम्रो परिणाम आयो’, थापाले भने ।

    महामन्त्री थापाले मुलुकमा नयाँ अध्याय सुरू भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने बताए । अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिनुपर्ने भन्दै उनले पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

  • मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ (तस्बिर/भिडिओ)

    मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ (तस्बिर/भिडिओ)

    काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा सरकारमा रहेका र अन्य दलनिकट विद्यार्थी संगठनले आयल निगममा घेराउ गरेका छन् । बुधबार बिहान निगम पुगेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेको हो ।

    घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो ।

    प्रदर्शनकारीले जनप्रतिनिधि फेरिए जनजीविका फेरिएन, सबै मूल्यवृद्धिको जड, पेट्रोलियम पदार्थको कर, छिटाे फिर्ता गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    यसअघि १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    नेपाल आयल निगमले आइबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले बढाएको छ ।

  • रेनुको पहिलो निर्णय- अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क (भिडिओ)

    रेनुको पहिलो निर्णय- अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क (भिडिओ)

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेनुले तीनवटा महत्वपूर्ण निर्णय गरेकी छन् ।

    भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् ।

    त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।

    यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्‍याउने उनले तेस्रो निर्णय गरेकी छन् ।

  • सोती नरसंहारको सम्झना : माइतीघरमा न्यायको माग (तस्बिरहरू/भिडिओ)

    सोती नरसंहारको सम्झना : माइतीघरमा न्यायको माग (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । रुकुमपश्चिममा नवराज विकसहित ६ जनाको हत्या हुने गरी नरसंहारको दुई वर्ष पुगेको दिन आज मृतकको सम्झना र न्यायको मागसहित माइतीघरमा प्रदर्शन गरिएको छ ।

    नागरिक समाज र अधिकारकर्मीले आज ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ समेत मनाएका छन् । बृहत् नागरिक आन्दोलनसहित विभिन्न संघसंस्थाले काठमाडौंको माइतीघरदेखि घटनास्थल भेरी किनारसम्म दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् ।

    दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य बाहिर ल्याउन, अपराधीलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न दबाबस्वरूप कविता वाचन, नाटक प्रदर्शन र खबरदारी सभा गरिएको छ ।

  • संसद बैठक : राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ)

    संसद बैठक : राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ)

    काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न बोलाइएको संघीय संसद बैठक सुरू भएको छ ।

    सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने छिन् ।

    सरकारले आफ्नो नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक-सामाजिक उन्नयनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

    सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमकै आधारमा बजेट प्रस्तुत हुनेछ ।

    संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

  • चुनावमा सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद, यी हुन् मन्त्रिपरिषद्का निर्णय (भिडिओ)

    चुनावमा सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद, यी हुन् मन्त्रिपरिषद्का निर्णय (भिडिओ)

    काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

    मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मी लगाएतसवैमा धन्यवाद दिने निर्णय भएको बताए ।

    सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण आयोजनाका लागि स्वीट्जरल्यान्ड सरकारबाट बाट सरकारबाट प्राप्त हुने करिब ८६ करोड १३ लाख नेपाली रूपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

    त्यस्तै विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिए । बैठकले राष्ट्र बैंकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गरेको छ ।

    त्यस्तै जेठ १८ मा नर्वे र १९ गते फिनल्याण्डसँग हुने दुईपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

  • सौन्दर्य प्रतियोगिताका विषयमा कानून बनाउन सरकारलाई संसदीय समितिको निर्देशन (भिडिओ)

    सौन्दर्य प्रतियोगिताका विषयमा कानून बनाउन सरकारलाई संसदीय समितिको निर्देशन (भिडिओ)

    काठमाडौं । विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिता कानून बनाएरमात्र सञ्चालन गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

    मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग जस्तै उमेर, जात, योग्यतामा आधारित कुनै पनि प्रकारका सौन्दर्य सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएरमात्र सञ्चालन गर्न समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य सांसद विमला नेपालीले नेपालप्रेसलाई जानकारी दिइन् ।

    समितिले यौन हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारको घटना भएको थाहा पाएर पनि सम्बन्धित निकायमा उजुरी नदिने, उजुरी दिन दुरुत्साहन गर्ने, पीडकलाई लुकाउने, संरक्षण दिने व्यक्ति अपराधका मतियार भएको जनाएको छ । ती मतियारले घटना बढाउनका लागि वा घटना भइसकेपछि पीडितलाई न्याय नदिन, वा न्यायको पहुँचमा बाधा अड्चन पुयाउन (भूमिका) सहयोग गर्ने भएकाले यस्ता मतियारलाई प्रचलित कानूनबमोजिम कानूनी कारबाहीको दायरामा ल्याउन पनि समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    उनका अनुसार समितिले कानूनको प्रथम दृष्टिमा कुनै न कुनै कारण पीडित अन्यायमा परेको देखिने आधार रहेमा हदम्यादकै कारण न्यायबाट बञ्चित गरिनु अन्यायपूर्ण हुने निष्कर्ष निकाल्दै हदम्यादको व्यवस्थालाई पुनरावलोकन गर्न निर्देशन दिएको छ ।

    सांसद नेपालीले भनिन्, ‘बालबालिका वा नावालिगमाथि हुने र महिलामाथि हुने यौन हिंसा तथा दुर्व्यवहार, जबरजस्ती करणी जस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको व्यवस्थालाई पुनरावलोकन गर्न अत्यावश्यक देखिएकाले अन्य संशोधन गर्नुपर्ने भनी यसअघि पहिचान भएका विषयसमेत समावेश गरी मुलुकी अपराध संहिता एवं अन्य सम्बद्ध ऐन संशोधन गर्ने सरकारी विधेयक तयार गरी संसदमा यथाशीघ्र दर्ता गराउन समितिले कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।’

    समितिले महिला हिंसाविरुद्धका उजुरी तथा मुद्दालाई उच्च प्राथमिकता दिई द्रुतमार्गमार्फत् शीघ्र न्याय प्राप्त हुने अवस्था सृजना गर्न, पीडितलाई संरक्षण एवं मनोपरामर्श उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि निर्देशन दिएको छ ।

  • मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति (भिडिओ)

    मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति (भिडिओ)

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखन कसुरमा मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    बलात्कारको आरोप लागेका पाण्डेविरुद्ध हदम्याद गुज्रिएका कारण प्रहरीले मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि म्याद लिएको हो ।

    सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सन्चालकसमेत रहेका पाण्डेले ८ वर्षअघि बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सन्जालमार्फत घटना विवरण सार्वजनिक गरेकी थिइन् ।

    काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता दिनेश मैनालीले मानव बेचबिखन कसुरमा ५ दिनको म्याद पाइएको बताए । पाण्डेविरुद्ध एक किशोरीले यौन दुर्व्यवहारको आरोपसहितको उजुरी पनि दिएकी छन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • कांग्रेसले भन्यो- तालमेलको नतिजाले संसदीय निर्वाचनसम्म गठबन्धनको आधार मजबुत भयो (भिडिओ)

    कांग्रेसले भन्यो- तालमेलको नतिजाले संसदीय निर्वाचनसम्म गठबन्धनको आधार मजबुत भयो (भिडिओ)

    काठमाडौं । सम्पन्न स्थानीय तह निर्वाचनमा भएको सत्तारूढ दलबीचको तालमेल र आएको नतिजाले गठबन्धनको भविष्य मजबुत बनाएको कांग्रेसले टिप्पणी गरेको छ ।

    पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन र निर्वाचनका सन्दर्भमा उठेका आशंकाहरू स्थानीय तह निर्वाचनको नतिजाले समाप्त पारिदिएको बताए ।

    ‘गठबन्धनका विषयमा पार्टीभित्र र बाहिर धेरै प्रश्न र आशंका सिर्जना भएका थिए । त्यसलाई चिरेर विश्वासको आधार तयार भएको छ’, पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, ‘गठबन्धनको लय मिलेको छ । एकअर्कालाई सहयोग पुगेको छ । अपवाद ठाउँहरू छन् । त्यो मूलतः हामीले मतदातालाई चुनाव चिन्हका बारेमा सुसूचित गर्न नसक्दा समस्या भयो ।’

    समग्रमा गठबन्धनको नेतृत्व सन्तुष्ट रहेको उनले दाबी गरे । ‘विश्वासको वातावरण सिर्जना भएको छ । यसले आगामी संसदीय निर्वाचनसम्म गठबन्धनलाई अगाडि बढाउन मजबुत आधार तयार भएको छ’, उनले भने ।

  • बलात्कारआरोपी पाण्डेलाई अदालत ल्याइयो (भिडिओ)

    बलात्कारआरोपी पाण्डेलाई अदालत ल्याइयो (भिडिओ)

    काठमाडौं । बलात्कारको आरोप लागेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौं ल्याइएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय हुँदै उनलाई केहीबेरअघि थुनामा राखेर अनुसन्धानको अनुमति लिन अदालत ल्याइएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

    एक युवतीले ८ वर्षअघि पाण्डेले बेहोस बनाएर बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । आइतबार एक किशोरीले पनि पाण्डेविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै जाहेरी दिएकी छिन् ।

  • सुस्मितालाई न्याय माग्दै पेप्सीकोलामा गृहिणीको जुलुस (भिडिओ)

    सुस्मितालाई न्याय माग्दै पेप्सीकोलामा गृहिणीको जुलुस (भिडिओ)

    काठमाडौं । सुन्दरी प्रतियोगिताका क्रममा यौन शोषणमा परेकी सुस्मिता रेग्मीका लागि न्याय माग्दै महिलाहरुले पेप्सीकोलामा प्रदर्शन गरेका छन् । सयौं गृहिणीहरु सहभागी जुलुसले वडा कार्यालयसम्म पुगेर ज्ञापनपत्र बुझाएको थियो ।

    सुस्मिताको घरसमेत रहेको पुरानो सिनामंगलका वासिन्दाहरुको अगुवाइमा जुलुस निकालिएको हो । सहभागीहरुले ‘सुस्मितालाई न्याय दिलाऔं, दोषीलाई अविलम्ब कारबाही गर’ लेखिएको व्यानर बोकेका थिए । उनीहरुले नाराबाजी पनि गरेका थिए ।

    सुस्मितामाथि भएको यौन शोषणको घटना सार्वजनिक भएपछि न्यायको लडाइँमा आफूहरुको ऐक्यबद्धता रहेको जुलुसमा सहभागी सुभद्रा पौडेलले बताइन् ।

    उनले भनिन्, ‘हामी छरछिमेकीहरुको तर्फबाट पीडित र उनको परिवारलाई पूर्ण साथ–सहयोग रहेको छ । पीडकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

  • बलात्कार घटनामा हदम्याद हटाउन दबाब दिँदै महिला आयोगमा धर्ना (भिडिओ)

    बलात्कार घटनामा हदम्याद हटाउन दबाब दिँदै महिला आयोगमा धर्ना (भिडिओ)

    काठमाडौं । बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्यादको कानूनी संशोधन गर्नुपर्ने भन्दै समृद्धि फाउण्डेशन नेपालले महिला आयोगलाई ध्यानाकर्षण गराएको छ ।

    सोमबार आयोगमा धर्ना दिँदै फाउण्डेशनले बलात्कारमा संलग्न अपराधीलाई कारबाही गर्न हदम्याद हटाउनुपर्ने भन्दै आयोगमा ध्यानाकर्षण पत्र बुझाएको हो । उनीहरूले अपराधीलाई कडाभन्दा कडा सजाय दिन नसक्नु, कानूनको कार्यान्वयन फितलो हुनु जस्ता कुराहरू चिन्ताको विषय भएको भन्दै यस्ता विषयमा आयोगले अहम भूमिका निभाउनुपर्ने जनाएका छन् ।

    फाउण्डेशनले बलात्कारसम्बन्धी फितलो कानूनलाई तत्काल संशोधन गर्न, पीडितलाई न्याय दिलाउनसमेत आयोगको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्र बुझ्दै आयोगका अध्यक्ष कमला पराजुलीले हदम्यादको कानून संशोधनका विषयमा आयोगले सरकारसँग छलफल गर्ने आश्वासन दिइन् ।

    एक युवतीले सामाजिक सञ्जालमार्फत आठ वर्षअघि आफूलाई बलात्कार तथा यौनशोषण गरेको खुलासा गरेकी थिइन् । त्यसपछि अधिकारकर्मीले हदम्यादको कानूनी व्यवस्थाका कारण दोषीले उन्मुक्ति पाउन नहुने भन्दै निरन्तर विरोध गर्दै आएका छन् ।

  • एन्फा नेतृत्वका लागि शेर्पाको प्यानल घोषणा, को-को छन् टीममा ? (भिडिओ)

    एन्फा नेतृत्वका लागि शेर्पाको प्यानल घोषणा, को-को छन् टीममा ? (भिडिओ)

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार घोषणा भएको छ ।

    वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।

    यसैगरी, उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरू दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।

    सदस्यमा फ्रेन्डसका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बागलुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेशसिंह राठोर, जुम्लाका अध्यक्ष भरत बुढथापा, मछिन्द्रका टिम म्यानेजर अनिल श्रेष्ठ, च्यासलका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा भगवती क्लबका अध्यक्ष मनिस जोशीको उम्मेदवारी घोषणा गरेका छन् ।

    शेर्पा प्यानलले महिलामा सदस्यको उम्मेदवारी घोषणा गरेको छैन ।

    उम्मेदवारी घोषणा कार्यक्रममा शेर्पा पक्षले आफूहरूले विगत चार वर्षमा गरेका कामको उल्लेख गर्दै ‘नेपाली फुटबलमा, संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सवलीकरण र व्यावसायिकता हाम्रो अभियान’ नामको पुस्तिका सार्वजनिक गरेको थियो ।

    यसअघि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा उम्मेदवारी घोषणा गरेपछि शेर्पाले आजै निर्वाचन समितिसमक्ष उम्मेदवारी दर्ता गराउनेछन् ।

  • दलसँग कामको योजना नभएको स्वीकार्दै गगनले भने- उम्मेदवार उठाउँदा सोच्नुपर्ने भयो (भिडिओ)

    दलसँग कामको योजना नभएको स्वीकार्दै गगनले भने- उम्मेदवार उठाउँदा सोच्नुपर्ने भयो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरूसँग नरहेको स्वीकार गरेका छन् ।

    आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ लोकार्पण तथा समसामयिक अर्थ-राजनीतिक विमर्श कार्यक्रममा थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन् ।

    जतिसुकै ठूला कार्यक्रम ल्याएपनि कार्यान्वयनको नीति फितलो देखिएको थापाको भनाइ थियो । थापाले अगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दाबी गर्दै भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको पनि बताए ।

    कांग्रेसले बहुमत प्राप्त गर्दै गर्दा मुलुकलाई दुर्घटनामा पार्दैन भनेर कसरी आश्वस्त पार्ने भन्ने विषय प्रमुख रहेको उनले बताए ।

    थापाले विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवार हाबी भएकोतर्फ संकेत गर्दै दलहरूले उम्मेदवार उठाउँदा निकै सोच विचार गर्नुपर्ने अवस्था आएको धारणासमेत राखे ।

    पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकमा वाग्लेद्वारा लिखित बिभिन्न लेखहरू संग्रहित गरिएको छ ।

  • बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा चेलीहरू (तस्बिर/भिडिओ)

    बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा चेलीहरू (तस्बिर/भिडिओ)

    काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न राज्यमाथि निरन्तर दबाब परिरहेको छ । यसैक्रममा माइतीघरमा प्रदर्शन गरिएको छ ।

    सयौंको संख्यामा उपस्थित युवा-युवतीले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानूनमा हदम्यादको व्यवस्था हटाउन पनि माग गरेका छन् ।

    ८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले बलात्कार गरेको घटनाबारे एक युवतीले सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेपछि सदनमा समेत यो विषय उठेको छ ।

  • काठमाडौंका ५ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ (भिडिओ)

    काठमाडौंका ५ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ (भिडिओ)

    काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मतगणनाको अन्तिम परिणाम घोषणा भएका काठमाडौंका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको सपथग्रहण भएको छ ।

    शुक्रबार काठमाडौंका मुख्य निर्वाचन अधिकृतले दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिकालगायतका स्थानीत तहका जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

    निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ ।

    नयाँ निर्वाचनसँगै कार्यपालिकाका पदाधिकारीको पनि कार्यकाल स्वतः समाप्त भएको छ । सपथपछि चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित प्रमुख घनश्याम गिरीले उत्पादन रोजगारमार्फत नगरलाई विकासको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाए ।

    नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् ।

  • किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन (भिडिओ)

    किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ ।

    आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको धारणामा ध्यानाकर्षण भएको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

    ‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’, सभामुख सापकोटाले भने ।

    ८ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले भिडिओ सार्वजनिक गरेपछि दोषीलाई कारबाही गराउन चौतर्फी दबाब बढिरहेको छ ।

  • किशोरी ‘बलात्कार’ को घटना संसदमा, हदम्यादबारे पुनर्विचार हुनुपर्ने गगन थापाको माग (भिडिओ)

    किशोरी ‘बलात्कार’ को घटना संसदमा, हदम्यादबारे पुनर्विचार हुनुपर्ने गगन थापाको माग (भिडिओ)

    काठमाडौं । सुन्दरी प्रतियोगिताका सञ्चालकले आठ वर्षअघि एक किशोरीमाथि गरेको बलात्कारको घटनाले संसदमा प्रवेश पाएको छ ।

    नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले किशोरी बलात्कारको घटनामा तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

    प्रतिनिधिसभामा जारी विनियोजनक विधेयकको पूर्वछलफलमा भाग लिनुअघि किशोरी बलात्कारको घटनाबारे ध्यानाकर्षण गराउँदै थापाले बलात्कारसम्बन्धी कानूनमा रहेको हदम्यादसम्बन्त्री विषयमा पुनर्विचार गर्न माग गरे ।

    ‘सभामुखज्यूमार्फत नेपाल सरकारले तत्कालै अभियुक्तलाई अनुसन्धानमा ल्याउन माग गर्दछु । साथै यसै संसदले बनाएको बलात्कारसम्बन्धी कानून फौजदारी सहिंताको खासगरी हदम्म्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन माग गर्दछु’, थापाले भने ।

  • बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन (तस्वीर/भिडिओ)

    बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन (तस्वीर/भिडिओ)

    काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएपछि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ ।

    बलात्कारको घटनामा जाहेरी दिने हदम्याद घटाउनुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरिएको हो ।

    प्रदर्शनका सहभागीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । बढीजसो युवतीहरु प्रदर्शनमा संलग्न छन् । यो घटनामा प्रधानमन्त्रीसमेतको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ ।

  • मतगणनास्थल पुगेर सिर्जनाले भनिन्- जित्नेमा ढुक्क छु, धेरै भोट गन्न बाँकी भएकाले अरु नबोलौं (भिडिओ)

    मतगणनास्थल पुगेर सिर्जनाले भनिन्- जित्नेमा ढुक्क छु, धेरै भोट गन्न बाँकी भएकाले अरु नबोलौं (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छिन् ।

    मतगणनास्थल राष्ट्रियसभा गृह पुगेकी उनले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुने बताइन् ।

    ‘धेरै वडामा हामीले लिड गरिरहेका छौँ । एक लाख ९० हजार मतमध्ये ६० हजार मात्र गणना भएको छ । त्यसैले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुन्छ’, सञ्चारकर्मीसँग सिर्जनाले भनिन् ।

    उनले परिणामबारे मतगणना सम्पन्न भएपछि छलफल गरेर मात्र धारणा सार्वजनिक गर्ने पनि बताइन् ।

  • अरुण चाैथाे भारतलाई दिइएकोमा भीम रावलको आपत्ति, कुलमानले राष्ट्रिय हितविपरीत सम्झौता गरेको आरोप (भिडिओ)

    अरुण चाैथाे भारतलाई दिइएकोमा भीम रावलको आपत्ति, कुलमानले राष्ट्रिय हितविपरीत सम्झौता गरेको आरोप (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अरुण चाैथाे जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेको उनको आरोप छ ।

    आज संसद बैठकमा बोल्दै रावलले अरुण तेस्राे निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्री देउवाको निर्देशनमा कुलमान घिसिङले राष्ट्रिय हितविपरीतको सम्झौता गर्नुभएको छ ।’

    भारतबाट ३२ रुपैयाँ प्रतियुनिटमा बिजुली किनिरहेको प्राधिकरणले नेपालमा बिजुली बढी भएको हल्ला फैलाएर स्वदेशी नदीनाला विदेशीको हातमा सुम्पिन खोजेको रावलले आरोप लगाए । ‘यो सरकारले जलस्रोतका सन्दर्भमा राष्ट्रिय हितमा काम गर्ने आशा छैन । कोसी, गण्डकीकै नियति भोग्नुपर्ने भएको छ,’ उनले भने ।

    प्रधानमन्त्री देउवाले डडेलधुरामा चुनावी सभामा बोल्दै चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कुतर्क गरेको रावलले बताए । ‘के नेपालले अब स्वतन्त्र राष्ट्रका रुपमा आफ्नो निर्णय लिन नसक्ने भयो ?’, उनले प्रश्न गरे ।

    यो सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण नरहेको रावलले बताए । उनले थपे, ‘भारतीय प्रधानमन्त्रीको छेउमा बसेर निदाउने र छटपट गर्ने प्रधानमन्त्री भएको सरकारले कालापानी, सुस्ता जस्ता अतिक्रमित भूभागहरु कसरी फिर्ता ल्याउँछ ?’

  • बजेटको सैद्धान्तिक छलफलमा अर्थमन्त्री गयल भएपछि एमालेको आपत्ति, सभामुखले गरे रुलिङ (भिडिओ)

    बजेटको सैद्धान्तिक छलफलमा अर्थमन्त्री गयल भएपछि एमालेको आपत्ति, सभामुखले गरे रुलिङ (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विनियोजना विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा सदनमा नदेखिएपछि एमालेले नियमापत्ति गरेको छ ।

    आगामी बजेटका सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री नै अनुपस्थित रहेपछि यसको औचित्यमाथि प्रश्न उठाउँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

    एमालेको नियमापत्ति लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रीलाई उपस्थित हुन रुलिङ गरेका छन् । कांग्रेस सांसद मिनेन्द्र रिजालले समेत अर्थमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका छन् ।

  • नेपाल टी–२० लिगमा ‘ए’ ग्रेडको खेलाडीले न्यूनतम १५ लाख पाउने (भिडिओ)

    नेपाल टी–२० लिगमा ‘ए’ ग्रेडको खेलाडीले न्यूनतम १५ लाख पाउने (भिडिओ)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी–२० लिगमा ‘ए’ ग्रेडको खेलाडीले न्युनतम १५ लाख प्राप्त गर्ने भएका छन् ।

    बुधबार प्रतियोगिताको अधिकारिक घोषणा गर्ने क्रममा एक कार्यक्रमबीच नेपाल क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताको लागि ए’ ग्रेडको खेलाडीले न्युनतम १५ लाख, ‘बी’ ग्रेडको खेलाडीले न्युनतम १० लाख र ‘सी’ ग्रेडको खेलाडीले पाँच लाख प्राप्त गर्ने जानकारी दिए ।

    क्यानले उक्त प्रतियोगिता डबल राउन्ड रोविनका आधारमा असोज ८ गतेदेखि कार्तिक पाँच गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने जनाएको छ ।

    लिगमा ६ टीमको सहभागिता रहने तर, टिमको नामको आधिकारिक घोषणा भने केहीदिनमा हुने क्यानले जनाएको छ ।

  • सत्ताको दुरुपयोग गर्दै गठबन्धनले धाँधली गरेको रघुवीर महासेठको आरोप (भिडिओ)

    सत्ताको दुरुपयोग गर्दै गठबन्धनले धाँधली गरेको रघुवीर महासेठको आरोप (भिडिओ)

    धनुषा । नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

    बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले कांग्रेसले नेतृत्व गरेको गठबन्धनले सत्ताको दुरुपयोग गर्दै निर्वाचनमा धाँधली गरेको आरोप लगाएका हुन् ।

    सीधै जिल्लाबाट परिचालित कर्मचारी, सुरक्षाकर्मी निष्पक्ष भएपनि स्थानीय तहमा रहेका कर्मचारी तथा प्रहरीले सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको उनको टिप्पणी थियो ।

    महासेठले खसेको मतभन्दा बढी मत भेटिए पनि त्यसलाई मान्यता दिएको पनि आरोप लगाए ।

    ‘मधेशका विभिन्न स्थानीय तहमा कांग्रेसले आक्रमण गरी मतदान रद्द गराएको, मतपेटिका कब्जामा लिइ फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मत भन्दा बढी मतपत्र फेला परेको पाइएको छ’, उनले भने ।

    सरकारले अविलम्ब यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हुने महासेठले चेतावनी दिए ।

  • समाजवादका लागि प्रगतिशील करप्रणाली अनिवार्य : झलनाथ (भिडिओ)

    समाजवादका लागि प्रगतिशील करप्रणाली अनिवार्य : झलनाथ (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रगतिशील कर लगाएर मात्रै समाजवादको लक्ष्य पूरा हुनसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै खनालले विद्यमान कर प्रणालीमा सुधार गर्न सरकारसँग माग गरे ।

    ‘समाजवाद उन्मुख हुने हो भने कर प्रणाली सुधार्नुपर्छ । प्रगतिशील कर प्रणाली लागू गर्नुपर्‍यो । बढी सम्पत्ति हुनेले बढी कर तिर्नुपर्‍यो, कम सम्पत्ति हुनेले कम तिर्नुपर्‍यो । प्रगतिशील कर प्रणाली भएन भने समाजवाद गफमात्रै हुन्छ’, खनालले भने ।’

    अर्थतन्त्र सुधारका लागि राज्यको भूमिकालाई बढोत्तरी गर्नुपर्ने भन्दै खनालले विदेशी अनुदान र कमिसनको भरमा मात्रै पर्न नहुने बताए । भूमी सुधार र कृषि क्रान्ति नै नेपाली अर्थतन्त्र सुधारको मुख्य आधार हुने खनालको भनाइ छ ।

    ‘वैज्ञानिक भूमिसुधार जरुरी छ । भूमिको वैज्ञानिकीकरण नभएका कारण हाम्रो उत्पादनमा समस्या छ । कृषिमा क्रान्ति गर्नको लागि कृषि अनुसन्धान केन्द्रहरू सबैतिर स्थापना गर्नुपर्छ’, खनालले भने ।

    उत्तर र दक्षिण दुवैतिरका छिमेकीसँग समान आर्थिक सम्बन्ध स्थापना गर्नुपर्ने भन्दै खनालले उत्तरी नाकाहरु जतिसक्दो धेरै खोल्न उपयुक्त हुने बताए । उनले यसपटकको बजेटमा संसदीय निर्वाचन गराउनुपर्ने विषय पनि मुख्य प्राथमिकतामा रहनुपर्ने बताए ।

  • सदनमा हरिबोलले भने- बालेन साहले पाएको मत दलप्रतिको आक्रोश (भिडिओ)

    सदनमा हरिबोलले भने- बालेन साहले पाएको मत दलप्रतिको आक्रोश (भिडिओ)

    काठमाडौं । माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरू भएको आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, त्यो हामी, राजनीतिक दल र नेताप्रतिको आक्रोश हो ।’

    काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले राजनीतिक दलका उम्मेदवारभन्दा करिब दोब्बर मत ल्याएर अग्रता कायम राखिरहँदा गजुरेलले यस्तो बताएका हुन् ।

    नागरिकमा राजनीतिक दल र नेताप्रतिको आक्रोश बढेको विषय सोचनीय रहेको भन्दै उनले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । यसका लागि बजेट बनाउने विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।

    जनताको चासो र अपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा संविधान नै खतरामा परेको उनको भनाइ छ ।

  • संसद भवनअघि सिलिन्डर विस्फोट गराएको आरोपमा ४ जना पक्राउ (भिडिओ)

    संसद भवनअघि सिलिन्डर विस्फोट गराएको आरोपमा ४ जना पक्राउ (भिडिओ)

    काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मतदानको दिन बिहान नयाँ बानेश्वरस्थित संसद भवनअगाडि सिलिन्डर विस्फोटमा संलग्न आरोपमा चारजना पक्राउ परेका छन् । उनीहरूले नेकपा सिवादीको नाममा आतंक मच्चाउन खोजेको प्रहरीको दाबी छ ।

    पक्राउ पर्नेमा गोरखाको लखन गाउँपालिका स्थायी घर भइ काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तिमाल घर भइ ललितपुरको टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका स्थायी घर भइ भक्तपुरको चागुनारायण बस्ने २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका स्थायी घर भएका ३६ वर्षीय भरतकुमार राई छन् । भरत यसअघि पनि हात हतियारसहित पक्राउ परेका थिए ।

    उनी सिवादीको अध्यक्ष रहेको बताइएको छ । पीएम टेलिभिजन युट्यूव च्यानल उनकै नेतृत्वमा रहेको बताइएको छ ।

    उनीहरूको साथबाट नेकपा सिवादीसँग सम्बन्धित कागजपत्र फेला परेको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । मैनालीले उक्त समूहबारे अनुसन्धान भइरहेको बताए ।

    वैशाख ३० गते बिहान २ बजे सिलिन्डरमा आगो लगाएर विस्फोट गराइएको थियो ।

    विस्फोटबाट बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्रको भवन तथा शाइन ग्लोबल एजुकेसनल कन्सल्टेन्सिमा समेत सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ ।

  • राजनीतिक गुरुको भोट गन्न ललितपुर पुगे बालेन साह (भिडिओ)

    राजनीतिक गुरुको भोट गन्न ललितपुर पुगे बालेन साह (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह भने ललितपुरको मतगणनामा पुगेका छन् ।

    ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित छिरेका थिए ।

    अहिले ललितपुरको वडा नम्बर १० को मतगणना सुरु हुन लागेको छ । यस वडाबाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रूपमा मतगणनामा सहभागी हुन बालेन त्यहाँ गएका हुन् । व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गर्छन् । व्यञ्जनकारले पञ्चायतकालदेखि हरेकपटक सोही वडाबाट निरन्तर वडाध्यक्ष जित्दै आएका छन् ।

    नरसिंह व्यञ्जनकार ।

    व्यञ्जनकारका छोरा कुमार बेन बालेनका निकट सहयोगी हुन् । उनले यो स्थानीय चुनावमा बुबाका लागि भन्दा बालेनका लागि समय दिइरहेका छन् ।

    प्रतिष्ठानको भवनमा बालेनको प्रवेश हुँदा सञ्चारकर्मी उनीतिर झुम्मिएका थिए । केही सञ्चारकर्मीले उनीसँग कुरा गर्न खोजे पनि उनले बोल्न मानेनन् । बालेनको आग्रहमा सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोकेका थिए ।

    सधैँ कालो चश्मामा देखिने गरेका बालेन यहाँ चश्मा नलगाइकन आएका थिए ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • हामीलाई चौतर्फी घेराबन्दी गरियो, राज्यसत्ताको दुरुपयोग भयोः ज्ञवाली (भिडिओ)

    हामीलाई चौतर्फी घेराबन्दी गरियो, राज्यसत्ताको दुरुपयोग भयोः ज्ञवाली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई चुनावमा चौतर्फी घेराबन्दीमा पारिएको बताएका छन् । यसका बाबजुद एमालेले ल्याइरहेको नतिजाप्रति उनले सन्तोष व्यक्त गरे ।

    संसद बैठकमा बोल्दै ज्ञवालीले भने, ‘हामी झल्झली सम्झिरहेका छौं । चुनावपछि एमाले मटियामेट हुने, टर्च बालेर खोज्नुपर्ने, धूलोमा मिल्ने जस्ता कुराहरु गरिएका थिए । तर, हामीले गठबन्धनसँग संघर्ष गर्दै ३२२ मध्ये ९९ भन्दा माथि विजय हासिल गरेका छौं ।’

    उनले थपे, ‘परिणामप्रतिको कुरा होइन । तर, यसरी प्रतिपक्षी दललाई जुन तरिकाले चौतर्फी घेराबन्दी गरियो यस्तो दुनियाँमा कतै हुँदैन । स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट योभन्दा कमजोर बन्न एमाले तयार छ । तर सत्ताको दुरुपयोग भयो । यसले लोकतन्त्रलाई राम्रो गर्दैन ।’

    उनले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने गरी घटनाहरु भएको बताए । निर्वाचन प्रभावित गर्नेगरी सुरक्षाकर्मी यताबाट उता सारिएको, आचारसंहितालाई अचारसंहिता बनाइएको तथा प्रधानमन्त्रीले सेनाको हेलिकोप्टर चढेर भोट माग्न हिँडेको ज्ञवालीको आरोप छ ।

    चुनावी परिणामपछि आफ्नो पार्टी धूलो टक्टक्याएर उठ्न तयार रहेको उनको भनाइ छ ।

  • कालो धनलाई वैध बनाउन नसकेपछि गभर्नरलाई निलम्बन गरियाेः ज्ञवाली (भिडिओ)

    कालो धनलाई वैध बनाउन नसकेपछि गभर्नरलाई निलम्बन गरियाेः ज्ञवाली (भिडिओ)

    काठमाडौं । करिब ९ महिनापछि संसदमा नेकपा एमालेले भाग लिँदै देशको अर्थतन्त्र खराब हुँदै गएको नेकपा एमालेका संसद प्रदीप ज्ञवालीले बताएका छन् ।

    देशको अर्थतन्त्र बिग्रिँदै जाँदा पनि सरकारले नदेखेको जस्तै गरेको उनले आरोप लगाए ।

    ज्ञवालीले भने, ‘कालो धनलाई वैध बनाउन नसकेपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बल गरेको थियो । अहिले उहाँले राष्ट्र बैंकमा नै काम गरिरहनु भएको छ । कालो धनलाई सेतो बनाउन साबुनले धुने कामको प्रयाससमेत भएको थियो ।’

  • शंकर पोखरेलको दाबी- एमाले समाप्त पार्ने गठबन्धनको मोर्चाबन्दी असफल भएको छ (भिडि‌ओ)

    शंकर पोखरेलको दाबी- एमाले समाप्त पार्ने गठबन्धनको मोर्चाबन्दी असफल भएको छ (भिडि‌ओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्ने पाँच दलीय गठबन्धनको मोर्चाबन्दीलाई असफल बनाउन एमाले सफल भएको दाबी गरेका छन् ।

    मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसके पनि एमालेको जनमत एक ठाउँमा संगठित भएको र पाँच दलीय गठबन्धन जनमतको हिसाबले तल परेको बताए ।

    सेटिङ र धाँधलीका घटनाहरुको बारेमा निरन्तर एमालेले खबरदारी गर्दागर्दै पनि धेरैठाउँमा धाँधली तथा कब्जा रोक्न नसकिएको र सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाए । चुनावअघि नै कर्मचारी हेरफेर गर्ने र परिणाम प्रभावित गर्ने काम सरकारले गरेको उनले बताए ।

    पोखरेलले प्राविधिक रुपमा केही स्थानीय तहमा पराजय भोग्नु परे पनि समग्र जनमतको हिसाबले एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताए । सत्तापक्षले गुण्डागर्दीको सहारा लिएर धेरै ठाउँमा एमालेका कार्यकर्ताको अपहरण र कुटपिट भएको तथा उल्टै पीडितलाई थुन्ने काम गरेको उनले बताए ।

    पोखरेलले दुई ठाउँमा एमाले कार्यकर्ताको हत्या भएकोसमेत बताए । पोखरेलले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्तापक्षका कार्यकर्ता बसेर पैसा बाँड्ने काम भएको आरोपसमेत लगाए ।