Category: भिडियो

  • ७७ जिल्लाका सीडीओमार्फत सरकारलाई राप्रपाको ध्यानाकर्षण (भिडिओ)

    ७७ जिल्लाका सीडीओमार्फत सरकारलाई राप्रपाको ध्यानाकर्षण (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसरोकार र पार्टीको एजण्डाका विभिन्न विषयमा आज सरकारको ध्यानाकर्षण गराएको छ ।

    राप्रपाले महंगी, भ्रष्टाचार नियन्त्रण, हिन्दू राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत विषयमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकोहो ।

    राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार, रसायनिक मल अभाव, इम्बोस्ड नम्बर प्लेटलगायतका विषयमा राष्ट्रव्यापी आन्दोलन सुरु गरिएको समेत जनाएको छ ।
    त्यस्तै राप्रपाले खेतीपातीको समयमा नै किसानलाई मलखादको उपलब्ध गराउन माग गरेको छ ।

  • एसपीपीको विरोध गर्दै ज्ञवालीले भने- परराष्ट्र नीतिमा श्रृंखलाबद्ध रूपमा विचलनका घटना भए (भिडिओ)

    एसपीपीको विरोध गर्दै ज्ञवालीले भने- परराष्ट्र नीतिमा श्रृंखलाबद्ध रूपमा विचलनका घटना भए (भिडिओ)

    काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले श्रृंखलाबद्ध रूपमा परराष्ट्र नीतिमा विचलनका घटना भएको दाबी गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठककको सुरूमा बोल्दै उनले नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्नेतर्फ सचेत गराए ।

    सांसद ज्ञवालीले अमेरिकासँग हुन लागेको भनिएको एसपीपी सम्झौतामाथि प्रश्न खडा गरे ।

    उनले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन ।’

    सरकारले हस्ताक्षर गर्न भनेर तयार गरेको डकुमेण्टले केही गम्भिर प्रश्न उठाएको उनको भनाइ थियो ।

    ‘हामी सबैका मित्र हौं । उहाँहरूका ग्लोबल एजेण्डाका साथी बन्न सक्दैनौँ भनेर भन्न सक्दैन भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन,’ उनले भने ।

    नेपालको संविधान, परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त र असंलग्नता, विश्वशान्तिको मान्यता अनुसार परराष्ट्र नीति अवलम्बन गर्नु सरकारको दायित्व रहेको ज्ञवालीको भनाइ छ ।

  • एसपीपी संविधानविपरीत, प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ : गगन थापा (भिडिओ)

    एसपीपी संविधानविपरीत, प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ : गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न ।

    कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने उनको भनाइ छ ।

    आजको संसद बैठकमा बोल्दै थापाले एसपीपीबारे आपत्ति जनाएका हुन् । उनले नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न छुट नदिने उल्लेख गरे ।

    थापाले भने, ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’

    यो विषयमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आजै सदनमा जवाफ दिनुपर्ने थापाले माग गरे ।

  • एक विद्यालय एक खेल मैदान बनाइन्छ : शिक्षा पौडेल (भिडिओ)

    एक विद्यालय एक खेल मैदान बनाइन्छ : शिक्षा पौडेल (भिडिओ)

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ स्थानीय तहमा खेलकुद मैदान पुर्‍याउने उद्देश्य भएकाले एक विद्यालय एक खेल मैदान बनाइने प्रस्ताव गरिएको बताएका छन् ।

    मंगलबार आर्थिक वर्ष २०७९/८० को मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कुनै पनि नर्सिङ कलेज बन्द नगरिएको र नर्सिङ पढाइ भइरहेको जवाफ दिएका थिए ।

    उनले दुर्व्यसनमा लागेका युवाहरूलाई छुटकारा दिन ७ वटै प्रदेशमा स्काउटमार्फत टास्क फोर्स गठन गर्ने बताए । १२ हजार युवालाई स्वरोजगार बनाउन सहुलियत कर्जा उपलब्ध गराइने मन्त्री पाैडेलले जानकारी दिए ।

    खेल क्षेत्रमा लागेका खेलाडीहरुको चालू आर्थिक वर्षमै बीमा गरिने उनको भनाइ छ ।

  • भवन पुनर्निर्माण नभएको भन्दै त्रिचन्द्रका विद्यार्थी आन्दाेलित (भिडिओ)

    भवन पुनर्निर्माण नभएको भन्दै त्रिचन्द्रका विद्यार्थी आन्दाेलित (भिडिओ)

    काठमाडौं । भूकम्पबाट पूर्ण रुपमा क्षति भएको भवन पुनर्निर्माण हुनुपर्ने माग गर्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले सडकमै बसेर पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

    भूकम्पबाट क्षति पुगेको लामो समय हुँदा पनि क्याम्पस भवन पुनर्निर्माणमा चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले सडकमै पढेर ध्यानाकर्षण गराएका हुन् ।

    उनीहरुले ‘भवन पुनर्निर्माण गर’, ‘हामी पढ्न चाहन्छौं’, ‘भ्युटावर चाहि बन्ने त्रिचन्द नबन्ने’, ‘इतिहास ढल्दैछ, सरकार मौन छ’, ‘शिक्षा मन्त्रालय हराएको सूचना’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरुको भनाइ छ । १०४ वर्षको इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् ।

    २०७२ सालको भूकम्पले भत्काएको त्रिचन्द्र क्याम्पसको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ  । त्रिचन्द्र क्याम्पसको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो ।

  • प्रतिनिधिसभा बैठकः एमालेद्वारा अर्थमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग (भिडिओ)

    प्रतिनिधिसभा बैठकः एमालेद्वारा अर्थमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग (भिडिओ)

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले करका दर हेरफेरमा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको र करका दरमा नीतिगत भ्रष्टाचार भएको विषयमा सरकारको जवाफ नआएको भन्दै गम्भीर विषयमा प्रस्ट नभएसम्म सदनको कारबाही अघि नबढाउन सभामुखलाई आग्रह गरेको छ ।

    तर, सभामुखले एमालेकाे मागबारे आफ्नाे ध्यानाकर्षण भएकाे बताएपछि शर्तसहित सदनकाे कारबाही अगाडि बढेकाे छ ।

    प्रतिनिधिसभाको मंगलबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेका थिए । एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करका दर हेरेफेर, स्टिल उद्योगका सुविधा कटौति गरेर निश्चित व्यापारीलाई पोस्ने काम भएको र अन्य धेरै नीतिगत भ्रष्टाचार बजेटमा देखिएको बताए ।

    पाण्डेले स्यानिटरी प्याडमा धेरै कुरा उठेको र समग्रमा ८ प्रतिशतसम्म भन्सार कर लगाइएको भन्दै कसको संलग्नतामा गरिएको हो भन्ने प्रश्न उठाउँदै प्रस्ट जवाफ माग गरेका छन् । पाण्डेले धेरै गम्भीर प्रश्न उठेकाले अर्थमन्त्री पदमा बस्न लायक नरहेको भन्दै संसदलाई जवाफ नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने बताए ।

    उनले यो विषयमा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण हुनुपर्ने बताए । संसदले छानबिन गर्नुपर्ने भन्दै पाण्डेले अर्थमन्त्रीले नैतिक हिसाबले मन्त्रालयमा बस्न नमिल्ने बताए ।

  • वाम गठबन्धनबारे ज्ञवालीको टिप्पणी- ५० प्रतिशत सिट माग्न एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्दैछन् (भिडिओ)

    वाम गठबन्धनबारे ज्ञवालीको टिप्पणी- ५० प्रतिशत सिट माग्न एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्दैछन् (भिडिओ)

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले तत्काल आउने चुनावमा वाम गठबन्धन वा अरू कुनै दललाई प्रधानमन्त्री बनाउने अफरलाई खारेज गरेको छ ।

    सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले अहिले एमाले र माओवादी नेताहरूबिच भएका भेट र संवादहरू अन्य सन्दर्भमा रहेको बताए ।

    ज्ञवालीले कांग्रेसलाई शिरमा बोकेर कम्युनिस्ट पार्टीलाई हरायौँ भनेर खुसी मनाउँनेहरुसँग वाम गठबन्धनको सम्भावना नरहेको बताए ।

    ज्ञवालीले प्रचण्ड लगायतका नेताहरूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हल्ला पनि सम्बन्धित पक्षहरूले कांग्रेससँग बार्गेनिङका लागि चलाएको दाबी गरे ।

    उपमहासचिव ज्ञवालीले भने– उहाँहरूले कांग्रेससँग बार्गेनिङका लागि एमाले देखाएर वाम गठबन्धनको हल्ला चलाएको हुनसक्छ । ५० प्रतिशत सिट नदिए भए मलाई त एमालेले प्रधानमन्त्री नै बनाउने प्रस्ताव गरेको छ भनेर कांग्रेससँग बार्गेनिङ गर्ने कुरासँग एमालेको सम्बन्ध छैन ।

    ज्ञवालीले एमालेको जनमत नघटेको भन्दै अब सबै तयारी मङ्सिरमा हुने संघ र प्रदेशको चुनावमा केन्द्रित रहने बताए ।

    एमाले बैठकले पछिल्लो समय सरकारले बाह्य सम्बन्धहरूमा विचलन ल्याउँदै गएको छ र स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खलबलिएको भन्दै मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कामप्रति चिन्ता व्यक्त गरेको छ ।

  • एमाले बैठक- अन्तर्घात र असमझदारी छुट्याएर मात्र दोषीलाई सम्बन्धित कमिटीले कारबाही गर्ने (भिडिओ)

    एमाले बैठक- अन्तर्घात र असमझदारी छुट्याएर मात्र दोषीलाई सम्बन्धित कमिटीले कारबाही गर्ने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि गठबन्धन,सत्ताको दुरुपयोग र कतिपय ठाउँमा आन्तरिक कमजोरीका कारण सिटमा केही क्षति भएको भन्दै यसको गम्भीर समीक्षा हुने जनाएको छ ।

    केन्द्रीय सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकप्रिय मतमा एमाले कांग्रेसभन्दा अगाडि रहेको तर गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको बताए ।

    उनले कतिपय ठाउँमा उम्मेदवारी चयनमा ढिलाइ तथा आकांक्षीहरुबीच असमझदारीका कारण पनि आन्तरिक कारण पराजय भोग्नुपरेको समीक्षा बैठकमा भएको जानकारी दिए । उनले अन्तर्घातको सन्दर्भमा वडादेखि सम्बन्धित कमिटीमै देशभर समीक्षा हुने बताए ।

    ज्ञवालीले भने- समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा,निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा केही ठाउँमा पराजय भएको छ । प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्नेछन् । तर पार्टीले कुन चाहिँ घात अन्तर्घात,कुन चाहिँ असमझदारी हो भनेर छुट्याउँछ र सही घारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुनेछ ।

    बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने,पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष पनि निकालेको छ ।

    ज्ञवालीले २०६४ सालदेखिको चुनावको मत हेर्दा एमाले र कांग्रेस मुख्य शक्ति रहेको र २०७४ सालपछि एमाले नै पहिलो शक्तिका रूपमा रहेको यस पटकको लोकप्रिय मतले पुष्टि गरेको दाबी गरे ।

  • विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर हुन गृहमन्त्रीकाे निर्देशन (भिडिओ)

    विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर हुन गृहमन्त्रीकाे निर्देशन (भिडिओ)

    काठमाडौं । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको साेमबार बसेको १३ औं बैठकमा मन्त्री खाणले यो वर्षका लागि भएका तयारी, जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना आजै लिखित रुपमा मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएका छन् ।

    बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ लगायतका एजेण्डामा विस्तृत छलफल भएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरुको आपतकालीन सम्पर्क नम्बरहरु सर्वसाधरणसम्म पुग्नेगरी सञ्चार गर्न सुझाव दिएका थिए ।

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद्सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राखिन् ।

    मुख्यसचिव शंकरदास बैरागीले उद्दार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय र रणनैतिक स्थानहरुमा पर्याप्त मात्रामा उपकरणहरुको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिए ।

    कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुले आफ्ना मन्त्रालय तथा निकायबाट भएको पूर्वतयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराएका थिए ।

  • मध्यरातमा पूर्वनासुले बजेट चलाएको भन्दै सदनमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

    मध्यरातमा पूर्वनासुले बजेट चलाएको भन्दै सदनमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

    काठमाडौं । बजेट निर्माणको क्रममा रातारात ‘खेताला विज्ञ’ ल्याएर करको दर परिवर्तन गरिएको भन्दै सदनमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको समाचार उल्लेख गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

    सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो ।

    बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । उनले यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैको ध्यानाकर्षण गराएका छन् ।

  • अमेरिका भ्रमणबारे जानकारी माग्दै संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो (भिडिओ)

    अमेरिका भ्रमणबारे जानकारी माग्दै संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो (भिडिओ)

    काठमाडौं । संसदीय समितिले आसन्न अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

    सिंहदरबारमा सोमबार बसेको प्रतिनिसिभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आगामी असार ५ गते अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

    यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेले माग गरेको थियो । त्यस्तै बैठकले नेपालको परराष्ट्र नीतिका बारेमा छलफल गर्न असार ३ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समितिमा बोलाउने निर्णय गर्दै यसका लागि पत्राचार गरिने समिति सभापति पवित्रा निरौलाले बताइन् ।

    बैठकमा समिति सदस्यहरुले प्रधानमन्त्रीको अमेरिका भ्रमणका बोरमा अनेक आशंका पैदा भएको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । सांसद माधवकुमार नेपालले नेपालको परराष्ट्र मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए ।

    सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापनमा नै प्रश्नचिन्ह उठेको बताउँदै अमेरिकामा विभिन्न सहमति हुने चर्चा सुनिएकोले प्रष्ट पार्नुपर्ने बताए ।

    सांसद भीम रावलले समितिमा जानकारी गराउँदा प्रधानमन्त्रीले अपमानका रूपमा सोच्न नहुने बताए ।

    बैठकमा अन्य सदस्यहरूले मुलुकको राष्ट्रियतालाई मध्यनजर गर्दै नेपालको परराष्ट्र नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

  • बर्दिया पुगेर प्रचण्डले भने- मंसिर पहिलो साता संघ र प्रदेशको चुनाव हुन्छ (भिडिओ)

    बर्दिया पुगेर प्रचण्डले भने- मंसिर पहिलो साता संघ र प्रदेशको चुनाव हुन्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको चुनाव आगामी मंसिरसम्ममा हुने समझदारी गठवन्धनभित्र भएको बताएका छन् । दुई चरणमा गर्ने कि एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको उनको भनाइ छ ।

    बर्दियामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास-समृद्धिको यात्रा अघि बढ्ने दाबी गरे । चुनाव कहिले गर्ने भन्नेमा गठबन्धनमा मोटामोटी सहमति भइसकेको उनले बताए ।

    ‘चुनाव दुई चरणमा गर्ने की एक चरणमा भन्ने छलफल भइरहेको छ । सकभर एकै चरणमा गर्ने कि भन्ने छलफल भइरहेको छ । तर मंसिर पहिलो सातामै चुनाव हुन्छ , त्यसमा ढुक्क भए हुन्छ’ उनले भने ।

    चुनावबारे कोही कन्फ्यूजन हुनु नपर्ने पनि प्रचण्डले बताए ।

    उनले स्थानीय चुनाव सफल भएसँगै देशमा संघीयताको जरा मजबुत भएर गाडिएको दाबी गरे ।

    ‘अब यसलाई कसैले हिलाएर हिल्दैन,’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता सबैको मुख्य प्रवक्ता हुनुको नाताले मैले सदनमा पनि खुसी व्यक्त गरेको थिएँ । आमजनतालाई बधाई पनि भन्न चाहन्छु ।’

  • बालेन्द्रको होम भिजिटपछि फेरिए मुकुन्द रिजाल ! दोस्रो कार्यपालिका बैठकमा यति नरम प्रस्तुति (भिडिओ)

    बालेन्द्रको होम भिजिटपछि फेरिए मुकुन्द रिजाल ! दोस्रो कार्यपालिका बैठकमा यति नरम प्रस्तुति (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा चर्को अभिव्यक्ति दिएर भाइरल बनेका वडाध्यक्ष मुकुन्द रिजाल दोस्रो बैठकमा आइपुग्दा भने फेरिएका छन् । आज भएको दोस्रो कार्यपालिका बैठकमा उनले मेयर साहको पक्षमा खुबै सदाशयता देखाए ।

    कार्यपालिका बैठकले मेयरद्वारा प्रस्तुत विभिन्न एजेन्डा पारित भइसकेपछि वडाध्यक्षहरूले आ–आफ्ना वडाका विभिन्न समस्याहरू सुनाउन थालेका थिए । त्यसमा असन्तुष्टि जनाउँदै १६ नम्बर वडाका वडाध्यक्ष रिजालले मेयरको व्यस्त समयलाई ध्यान दिन आग्रह गरे ।

    ‘हाम्रो आजको एजेन्डा पास भइसकेको छ । अब हामीले मेयर सा’बको धेरै समय लिनु हुँदैन । उहाँले हामीभन्दा पनि अरू धेरै स्टेकहोल्डरहरुसँग वार्ता र छलफल गर्नुपर्ने भएकाले यहाँ धेरै नअल्मल्याउँ,’ रिजालले भनेका थिए ।

    उनले मेयरको ऊर्जा र वडाध्यक्षहरूको अनुभवलाई मिलाउन सके काठमाडौं बन्न समय नलाग्ने बताए ।

    आजको वैठकमा रिजालको भनाइ जस्ताको तस्तैः

    हामीले एजेन्डामा आज आएका कुरा आएका कुराहरु लगभग पास गरिसक्यौं । हाम्रो प्रमूखज्यू, उपप्रमुखज्यूहरु सबै समस्या समाधान गर्न अघि बढिसक्नुभएको छ । हामी बोल्नका लागि बोल्नेभन्दा पनि काम गर्नका लागि आएका हौं ।

    आज हाम्रो ३–४ वटा एजेन्डा थिए । ती एजेन्डा टुंगिएको जस्तो लाग्छ । समग्र काठमाडौंको बारेमा कुरा राख्नुभन्दा ती एजेन्डामै केही कुरा राखेको भए राम्रो हुन्थ्यो । हाम्रो प्रमुखज्यूलाई हामीसँग भन्दा पनि धेरै अरु स्टेकहोल्डरसँग वार्ता गर्नुपर्ने स्थिति छ । उहाँले वार्ता गरेर ल्याइसकेपछि त्यो हाम्रो सम्पत्ति हो ।

    त्यसो भएको हुनाले हामीले यी समस्याहरुलाई समाधान कसरी गर्ने भनेर समितिमार्फत पेश गरिसकेपछि प्रमुख, उपप्रमूखज्यू, प्रशासकीय प्रमुख र विभागीय प्रमूखज्यले त्यो निराकरण गर्नुहुन्छ । उहाँहरुले गर्नुभएन भने हामी प्रमूखज्यूसमक्ष प्रत्यक्षरुपमा कुरा गर्न सक्छौं । १२ वटा समिति बनेका छन् । मलाई पूर्वाधार समितिमा राखिएको रहेछ । त्यसको बारेमा म आजैदेखि होमवर्क गर्छु । सबैलाई म के भन्छु भने समस्या पहिले समितिमा पठाउनुस । समितिबाट त्यो कार्यान्वयन भएन भने प्रमुखसमक्ष पेश गर्नेछौं । 

    यो वडाध्यक्षले के भन्यो भन्नुभयो होला । तर एजेन्डावाइज गयौं भने प्रमुखज्यूको टाइम सड्यूलललाई पनि राम्रो होला जस्तो लाग्छ । सम्भवत प्रमुखज्यूको अहिले अन्त पनि विशेष मिटिङ भएको जस्तो लागेको छ । उहाँलाई हामीले धेरै ईंगेज गराउनुभन्दा… उहाँले यी समस्या सबै बुझ्नुभएको छ । बुझेको समस्या समाधान गर्न हामीले विभागीय प्रमुखलाई पनि कुरा गर्दा हुन्छ । 

    धेरै बोल्ने भन्दा पनि गर्ने बेला छ । टाइम लिमिटलाई हेरौं । प्रत्यक्ष प्रशारण पनि भइरहेको छ । एजेन्डा एउटा छ, कुरा अर्को गरिरहेका छन् भन्ने जनमानसमा सन्देश जाला । प्रमुख–उपप्रमुखको व्यस्ततालाई पनि हेर्दिनुपर्छ कि ?

    अबको प्रत्येक वडाको वडाध्यक्ष र वडासदस्य सबै एउटै परिवार हो । प्रमुख–उपप्रमुख तपाईं–हामी नै हौं । हामीले नसकेका कुरा मात्रै प्रमुखज्यूलाई भनेर अगाडि बढ्न पाए राम्रो हुन्छ । प्रमुखज्यूलाई समस्याको गाँठो मात्रै देखाएर हुँदैन समाधान कसरी गर्ने ? जुट्नका लागि हामी लागिसक्यौं । हाम्रो ४२ जनाको टिम र महानगरका २२ सय कर्मचारीको टिम जुटिसकेको छ ।

    आजदेखि प्रमुख, उपप्रमुखको मात्रै मुख ताक्ने होइन, यहाँको समस्यालाई निराकरण गर्न हामी नै लाग्ने हो । जहाँ रोकिन्छ त्यहाँ प्रमुखज्यूलाई भन्ने हो । प्रमुखज्यूसँग उर्जा छ । उहाँभन्दा उमेरमा पाको भएकाले हामीमा बढी अनुभव होला । त्यो दुईवटा मिलाएर काठमाडौं बनिहाल्छ नि ।

  • सिसडोलका स्थानीयमाथि बल प्रयोग गरेकोबारे बालेन्द्रको जवाफ : महानगरको अधिकार क्षेत्र बुझौँ (भिडिओ)

    सिसडोलका स्थानीयमाथि बल प्रयोग गरेकोबारे बालेन्द्रको जवाफ : महानगरको अधिकार क्षेत्र बुझौँ (भिडिओ)

    काठमाडौं । काठमाडौंको फोहोर थुपार्ने स्थल नुवाकोटको सिसडोलमा केही दिनअघि प्रहरी र स्थानीयबीच झडप भयो । उक्त घटनालाई लिएर कतिपयले महानगरका मेयर बालेन्द्र साहको आलोचनासमेत गरेका थिए ।

    साहले सिसडोलवासीको समस्यामा सहानुभूति दर्साउँदै उनीहरूमाथि कुनै बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएकोमा त्यसको उल्लंघन गरेको आरोप लगाइएको छ ।

    आज बसेको काठमाडौं महानगरको नगर कार्यपालिका बैठकमा एक वडाध्यक्षले यो विषय उप्काएका छन् । उनले सिसडोलबासीविरुद्ध बल प्रयोग भएको सन्दर्भमा मेयर साहसँग प्रष्टीकरण मागेका थिए ।

    अस्ति सिसडोलमा फोहोर फाल्ने क्रममा शक्ति प्रयोग भएको देखियो । कहाँबाट भएको हो मेयर गृहमन्त्री वा सहरी विकास मन्त्रालयको निर्देशनमा भएको हो जानकारी दिइयोस् ।’

    यसमा मेयर साहले सिधा जवाफ दिएनन् । उनले घुमाउरो ढंगले बल प्रयोगमा महानगरको हात नभएको बताए ।

    साहको जवाफ यस्तो थियो

    पहिले काठमाडौं महानगरपालिकाको अधिकार क्षेत्र के–के पर्छ भन्ने बुझ्नुपर्छ । महानगरसँग सुरक्षाका रूपमा नगर प्रहरी मात्रै छ । जनपद प्रहरी, नेपाली सेना, एपीएफलगायत गृह मन्त्रालय मातहतमा हुन्छन् । यति भनिसकेपछि अरू केही भन्न पर्छ जस्तो लाग्दैन ।

    वडाध्यक्षले महानगरले नै गृहलाई प्रहरी परिचालनका लागि पत्र पठाएको हो कि भन्ने थप जिज्ञासा राखे ।

    त्यसलाई पनि साहले इन्कार गरे ।

    त्यसरी हामीले पत्र पठाउन पाइँदैन । गृह मन्त्रालयलाई महानगरले कसरी पत्र पठाउन मिल्छ ? गृह मन्त्रालय छुट्टै निकाय हो । ऊसँगै छ सशस्त्र, जनपद प्रहरी र नेपाली सेना । दोस्रो कुरा, महानगरपालिकाको मात्रै फोहोर गएको होइन सिसडोलमा । त्यहाँ २२÷२३ वटा नगरपालिकाको फोहोर जान्छ । त्यही भएर यस्तो प्रश्न महानगरपालिकालाई सोधिनुपर्छ जस्तो लाग्छ ।

    मेयर साहले जवाफ दिँदा एउटा तथ्यगत त्रुटि गरेका थिए । उनले नेपाली सेना गृह मन्त्रालय मातहत पर्ने बताए । यद्यपि, सेना रक्षा मन्त्रालय मातहत हुन्छ ।

     

  • जि-बबको घमण्ड- म सुपरस्टार हुँ, बाबुआमा चाहिँदैन (भिडिओ)

    जि-बबको घमण्ड- म सुपरस्टार हुँ, बाबुआमा चाहिँदैन (भिडिओ)

    काठमाडौं । र्‍यापर जि-बब यतिबेला तीब्र विवादमा छन् । आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा दिएको उजुरी र अन्तर्वार्ताका कारण उनको चर्को आलोचना भइरहेको छ ।

    आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन जि-बबले आज एउटा प्रेस मिट आयोजना गरे । यो उनको जीवनकै पहिलो प्रेस मिट थियो । तर, हाउभाउ र अभिव्यक्ति हेर्दा कुनै सुपरस्टारको भन्दा कम थिएन ।

    त्यसो त पत्रकार सम्मेलनमा जि-बब आफैंले आफूलाई सुपरस्टार घोषणा पनि गरे ।

    उनले भने, ‘म सुपर स्टार नै हो । आज तपाईंहरू ८०-५० जना मिडिया आउनुभएको छ । मैले चाहेँ भने ३-४ सय जना मिडिया पनि जम्मा पार्न सक्छु ।’

    जि-बब यतिमा रोकिएनन् । उनले आफू ब्रम्हान्डकै सर्वोत्कृष्ट ब्याटल र्‍यापर भएको अर्को घोषणा गरे ।

    ‘आई एम बेस्ट अफ दी बेस्ट ब्याटल र्‍यापर एभर अलाइभ इन द युनिभर्स’ उनले भने, ‘यो मैले घमण्ड गरेर भनेको होइन ।’

    आजको पत्रकार सम्मेलनको मुख्य विषय चाहिँ जि-बबको व्यक्तिगत र पारिवारिक विवाद थियो । उनले बुबाआमाविरुद्ध आफूले स्वतन्त्रता खोजेको कुरालाई गलतरूपमा बुझिएको गुनासो गरे । जिप्रकामा आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन मात्रै हालेको उनले पटक-पटक दोहोर्‍याए ।

    हिजो एक अन्तर्वार्तामा जि-बबले आफ्नी आमामाथि चारित्रिक आरोप लगाएका थिए । आज प्रेसमिटमा उनले त्यसबारे पनि बोले ।

    उनले भने, ‘मलाई घरको गोप्य कुरा बाहिर ल्याउन मन थिएन । तर, उहाँहरू (बुबाआमा) ले नै बाहिर ल्याएकाले मैले अन्तर्वार्ता दिएको हुँ । मैले रियालिटी बोलेको हो । तर, आमालाई दोष लगाउँदिन । हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो ।’

    आमाले आफू एएनटीएफको कब्जामा रहेको भनेर गलत आरोप लगाएको जि-बबले बताए ।

    उने भने, ‘म उहाँसँग कन्ट्याक्टमा नबसेको भएर यस्तो आरोप लगाउनुभएको होला । हो म मम्मीसँग कन्ट्याक्टमा बस्दिनँ । मलाई उहाँसँग बोल्नै मन लाग्दैन त के गर्ने ? म ठूलो भएको छोरा हो । मेरो पनि लाइफ हुन्छ नि । तपाईंहरू पनि मेरो ठाउँमा आएर सोच्नु न । मेरो लागि मेरो फेमिली र एएनटीएफ एउटै हो । एएनटीएफ थिएन भने जि-बब हुन्थेन ।’

    बाबु भने सानैदेखि आफूसँग टाढा रहेको जि-बबले बताए ।

    ‘म सानै छँदा दुबई जानुभयो । फोटो देखेको हो । बेलाबेलामा फोनमा कुरा गर्नुहुन्थ्यो । जहिले पनि आईटी पढ भन्नुहुन्थ्यो । मेरो र्‍यापमा बुबाआमाको कुनै सहयोग भएन,’ उनले भने ।

    अस्ति भर्खर दुबईबाट फर्केर आएको बुबासँग आफू नबस्ने उनले बताए । आमाबुबासँगको सम्बन्ध समाप्त नै गर्न चाहेको उनको भनाइ थियो ।

    ‘मैले सिध्याउनै खोज्या हो । आई क्यान लिभ अलोन । म अब फेमिलीसँग बस्दिनँ । डेन्जर प्लान बनाइराको छु । म मेरो नयाँ फेमिली बनाउँछु,’ जि-बबले भने ।

    पत्रकार सम्मेलनको अन्त्यमा जि-बबले आफूलाई सही लागेको कुरा जे पनि बोल्न पाउनुपर्ने बताए । व्यक्तिगत स्वतन्त्रता भन्दै उनले माइकमै अश्लिल शब्द बोले ।

    उनले भने, ‘हामीलाई यदि दुई प्लस दुई पाँच हो भन्ने लाग्छ भने हामी दुई प्लस दुई पाँच भनिरहन्छौं । त्यो त स्वतन्त्रता हो नि हाम्रो । हामी माइक अगाडि जे पनि भन्न पाउँछौं । हामी मुखै छाड्न पनि पाउँछौं । माइकअगाडि ‘मा…’ भन्नु स्वतन्त्रता हो क्या र्‍याप आर्टिस्टको । कुरा बुझ्नु हुन्न ?’

  • वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा योजनामा समेट्ने प्रधानमन्त्रीको आश्वासन (भिडिओ)

    वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा योजनामा समेट्ने प्रधानमन्त्रीको आश्वासन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट संचालित सामाजिक सुरक्षा योजनाहरूमा आबद्ध गर्दै लैजाने बताएका छन् ।

    आइतबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै देउवाले संविधान तथा प्रचलित कानूनमा श्रमिकको हकलाई पूर्णरूपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।

    श्रमिकको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति संविधानले गरेको प्रधानमन्त्रीको भनाइ छ ।

    देउवाले अहिलेको अवस्थामा कोभिड नियन्त्रणमा आएपनि रुस-युक्रेन द्वन्द्वका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको र यसको प्रभाव सवै क्षेत्रमा देखिएको उल्लेख गरे ।

    ट्रेड युनियनले राखेका मागहरू सकारात्मक रहेको र बजेटमा समावेश नभएका विषयलाई सम्बोधन गरिने उनले आश्वस्त पारे ।

  • खुट्टा लागेको छोरा हुँ, आमा-बुबाबाट स्वतन्त्रता चाहन्छुः जि-बब (भिडिओ)

    खुट्टा लागेको छोरा हुँ, आमा-बुबाबाट स्वतन्त्रता चाहन्छुः जि-बब (भिडिओ)

    काठमाडौं । चर्चित र्‍यापर सुदीप भण्डारी ‘जि-बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएको बताएका छन् । बुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उनको भनाइ छ ।

    जि-बब र बाबुआमाले एक-अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जि-बबले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहोर्‍याए ।

    जि-बबले भने, ‘मैले स्वतन्त्रता खोजिरहेको हो । त्यसैका लागि कपीमा लेखेर सिडीओमा निवेदन दिएको हुँ । तर सबैले मुद्दा हाल्यो भन्दा समस्या भयो । मेरो भनाइ यत्ति हो कि म खुट्टा लागेको छोरा हुँ । मेरो बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन । तर, मैले मुद्दा हालेको होइन । निवेदन दिएको हुँ । निवेदन भन्छ यसलाई । नि…वे…द..न…’

  • किसानलाई छिटो मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ (भिडिओ)

    किसानलाई छिटो मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ (भिडिओ)

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

    प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले खेतीपातीको सिजन सुरू भइसक्दा पनि मल नपाएर किसान प्रताडित बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आइतबार सरकारको नाममा रुलिङ गरेका हुन् ।

    बैठकमा सभामुख सापकोटाले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।

    त्सअघि बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन ध्यानाकर्षण गरेका थिए ।

    सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रित निकै राम्रा कार्यक्रम आएपनि मल नपाउनु दु:खद भएको बताउनुभयो । त्यस्तै बताइन् । बिनादेवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको टिप्पणी गरिन् ।

    अन्य सांसदहरूले हरेक वर्ष हुने मल अभावको समस्या दीर्घकालीनरूपमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

  • रावलको प्रश्न- देउवा पाँचपटक प्रधानमन्त्री बन्दा राष्ट्रघात र प्रतिगमन भयो, सातौंपटक भए नेपाल रहला ? (भिडिओ)

    रावलको प्रश्न- देउवा पाँचपटक प्रधानमन्त्री बन्दा राष्ट्रघात र प्रतिगमन भयो, सातौंपटक भए नेपाल रहला ? (भिडिओ)

    काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको भन्दै संसदमा केही गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै एमाले नेता रावलले नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न समेत माग गरेका छन् ।

    रावलले विभिन्न घटनाक्रमहरूको दृष्टान्त दिँदै नेपालको संविधानविपरीत अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउन खोजेको बताए । रावल बोल्दा बोल्दै संसद बैठकमा भित्रिएका प्रधानमन्त्री देउवाले उनको कुरामा हाँस्दै टाउको हल्लाएका थिए । देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको टिप्पणी गरे ।

    रावलले भने, ‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धी भयो । अर्को पटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँचपटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंका गर्नुपर्ने भयो ।’

    प्रधानमन्त्री देउवाले चिनियाँ आयोजनाले बनाएको बिजुली नकिन्ने भन्नु, चिनियाँबाट खोसेर पश्चिमसेती आयोजना भारतलाई दिनु,अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानु जस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको रावलले बताए ।

    देउवाको अमेरिका भ्रमणको तयारीबारे सत्तापक्षबाटै प्रश्न उठिसकेको भन्दै रावलले प्रधानमन्त्रीले पछिल्ला एकपक्षीय र नेपालको संविधानविपरीतका परराष्ट्र नीतिबारे जवाफ दिनुपर्ने बताए ।

  • नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउन खोजिएको हो ? एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

    नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउन खोजिएको हो ? एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकलाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन लागिएको भन्दै सरकारसँग जवाफ माग गरेको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमण, अमेरिकी सेनाको नेपालमा उपस्थिति लगायतका विषयमा प्रश्न उठाएका हुन् । प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्टी गर्न माग गर्दै ज्ञवालीले परराष्ट्र सम्बन्धका आधारहरु नभत्काउन माग गरेका छन् ।

    ‘नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन जरुरी छ । यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन । नेपाललाई कुनैपनि अर्थमा भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन’, ज्ञवालीले भने ।

    प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी दुवै देशका सैन्य निकायबाट भइरहेको भन्दै ज्ञवालीले कुन हैसियतमा भ्रमणमा जान लागेको भन्ने तथ्य संसदलाई जानकारी गराउन मागसमेत गरेका छन् ।

    ‘ यो भ्रमणको समग्र चाँजोपाँचोमा न अमेरिकाको स्टेट डिपार्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय देखिन्छ । भ्रमणको चाँजोपाजो मिलाइरहेको अमेरिकाको मिनिष्ट्री अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालय वा सेना त्यसमा जोडिएको देखिन्छ । यसले गम्भीर प्रश्न उठाएको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ वा रक्षामन्त्रीको हैसियतमा ?’, ज्ञवालीले भने ।

    उनले बजेटको ७७ नम्बर बुँदामा उल्लेख भएअनुसार भारतसँग भएको भनिएको दीर्घकालीन ऊर्जा सम्झौताबारे पनि संसदलाई जानकारी गराउन माग गरे ।

    यो पनि पढ्नुस् : गठबन्धनको भूराजनीतिक भूल : चीनलाई बिझाउने, भारत-अमेरिका रिझाउने

  • सार्वजनिक शौचालय बनाउने होटल-रेस्टुरेन्टलाई मात्र कर छुट : मेयर साह (भिडिओ)

    सार्वजनिक शौचालय बनाउने होटल-रेस्टुरेन्टलाई मात्र कर छुट : मेयर साह (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सार्वजनिक शौचालय सञ्चालन गर्ने होटल तथा रेस्टुरेन्टलाई मात्र कर छुट दिन सकिने बताएका छन् ।

    महानगर कार्यपालिकाको दोस्रो बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मेयर साहले यस्तो बताएका हुन् ।

    उनले भने,‘हामीले कुनैपनि संस्थालाई, रेस्टुरेन्टलाई कर लगाएको होइनौं । रेस्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई कर छुट दिन सकिन्छ कि सकिदैन भन्ने छ । एउटालाई मात्र कर छुट दिँदा अर्कोलाई भेदभाव हुन सक्छ । रेस्टुरेन्टको कुरामा कर छुट कुरा आएको थियो । तर त्यो चाहिँ बैंकलाई लागू हुँदैन । बैंकको कर धेरै हुन्छ त्यो भएर ४/४ महिनामा सरसफाइ सामाग्री दिने निर्णय गरेको छ । त्यो महानगरको तर्फबाट जान्छ ।’
    उनका अनुसार शौचालय २४ घण्टा सञ्चालन हुँदैन । उनीहरुको कार्यालय समयमा मात्र सञ्चालन हुन्छ । काठमाडौं महानगरले बनाउँदै आएको स्मार्ट शौचालयको निर्माण निरन्तर हुने उनले बताए ।

  • डेढ वर्षभित्र काठमाडौंमा विद्युतको तार अन्डरग्राउन्ड हुन्छ: मेयर साह (भिडिओ)

    डेढ वर्षभित्र काठमाडौंमा विद्युतको तार अन्डरग्राउन्ड हुन्छ: मेयर साह (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन)साहले डेढ वर्षभित्र काठमाडौं महानगरमा विद्युत्को तार अन्डरग्राउन्ड हुने बताएका छन् ।

    महानगर कार्यपालिकाको दोस्रो बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मेयर साहले डेढ वर्षभित्र महानगरभित्रका तारहरु अन्डरग्राउन्ड हुने बताएका हुन् ।

    महानगरले विद्युत प्राधिकरणका प्रमुखसँग तार व्यवस्थापनकाे विषयमा छलफल गरेकाे  बताउँदै उनले भने, ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ। जुनमा महानगरपालिकाको सहकार्य रहनेछ।’

    उनले महानगरमा देखिने ढल खानेपानी सडकका समस्या समाधान सबै निकायसँग सहकार्य गरिने बताए । ‘एउटा क्यालेन्डर निकालेर विद्युतले कहिले पोल गाड्ने, सडकले कहिले खन्ने तालिका निकाल्ने भन्ने कुरा भएको छ ।’

  • रुवाण्डाबाट फर्किए सञ्चारमन्त्री कार्की (भिडिओ)

    रुवाण्डाबाट फर्किए सञ्चारमन्त्री कार्की (भिडिओ)

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन् ।

    मन्त्री कार्की सम्मेलनमा भाग लिएर शनिवार अपराह्न स्वदेश फर्किएका हुन् ।

    स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले विभिन्न कठिनाइकाबीच सन् २०२५ सम्म दूरसञ्चार सबै नेपालीको पहुँचमा पुराउने प्रतिबद्धता सरकारको तर्फबाट व्यक्त गरेको बताए ।

    नेपाली जनतालाई अहिलेको सञ्चार प्रविधिबाट लाभान्वित गराउनका लागि प्रयत्न जारी राख्ने उनको भनाई छ ।

    भ्रमणका क्रममा अन्य देशका समकक्षीसंग भेट गरेको र नेपाल प्रति सद्भाव प्रकट भएको मन्त्री कार्कीले जानकारी दिए ।

    सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री कार्की यही जेठ २० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

  • काठमाडौंकी उपमेयरसहित जब ओली दम्पत्ती मदन भण्डारी बाटिकामा देखिए (तस्बिर र भिडिओ)

    काठमाडौंकी उपमेयरसहित जब ओली दम्पत्ती मदन भण्डारी बाटिकामा देखिए (तस्बिर र भिडिओ)

    काठमाडौं । शनिवार अपराह्न बुद्धनगरस्थित क्वालिटी ब्याक्वेटमा आयोजित जनसांस्कृतिक महासंघको कार्यक्रमपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय जाने भनिएको थियो, तर बाटो मोडिएर काटेश्वर महादेवस्थानतर्फ लागे ।

    काटेश्वर महादेवस्थानस्थित मदन भण्डारी बाटिकामा पुगेका अध्यक्ष ओलीलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, सोही ठाउँमा स्थानीय समेत रहेका नेता अग्नि खरेल लगायतले स्वागत गरे ।

    ओली दम्पत्ती र उपमेयर सुनिताले त्यहाँ वृक्षारोपण गरे । प्रायः जेठ ३ र असार १४ मदन भण्डारीको जन्मदिनको बेला यो बाटिका गुल्जार हुने गर्छ । तर शनिवार अध्यक्ष अ‍ोली पुगेपछि त्यहाँ रौनक थपियो ।

    उनले मदन भण्डारी पुस्तकालयको अवलोकन गर्नुको साथै केही बेर बाटिकाभित्रै क्यारेमबोर्ड समेत खेले ।

    पत्नी राधिका शाक्यले बालुवाटारमा आफूले रोपेको बिरुवा पछिल्लो पटक बाढी पसेको भिडिओमा हेर्दा नदेखिएको भन्दै एक दिन मिलाएर आफैँ हेर्न जाने बताइन् ।

     

  • केपी ओलीको स्मरण : अस्पतालमा हुँदा जाँच्नुभन्दा पहिले डाक्टर, नर्सहरूलाई गीत गाउन लगाउँथे (भिडिओ)

    केपी ओलीको स्मरण : अस्पतालमा हुँदा जाँच्नुभन्दा पहिले डाक्टर, नर्सहरूलाई गीत गाउन लगाउँथे (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा उपचारमा संलग्न डाक्टर, नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गरेका छन् ।

    स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘तपाईँहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर नर्स र त्यहाँ काम गर्ने सबैले गीत गाउनै पर्ने र सुनाउनै पर्ने भनेर लगाउँथे । जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउनुपर्थ्यो किनकि बिरामीसँग झगडा गर्न हुँदैन गाउनै पर्ने थियो ।’

    अध्यक्ष ओलीले काममा व्यस्त भए पनि डाक्टर चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताए ।

    उनले भने, ‘उनीहरू काममा व्यस्त हुन्थे तर मैले तिमीहरूले गीत गाउनै पर्छ भन्थे । डाक्टर जाँच्न आउँछ पहिले एउटा गीत सुनाउनुस् अनि मात्रै जाँच्ने भन्थे । नर्सले कुनै इन्जेक्सन लगाउनु छ भने पहिले गीत भन्थे । जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउँथे ।’

    ओलीले ‘सालको पात टपरी हुने…’ गीत डाक्टर, नर्सहरुले सुनाउने गरेको बताए ।

    बिरामी अवस्थामा पनि गीत सुन्दा आनन्द हुने गरेको उनले बताए ।

  • मानसिक सन्तुलन गुमाएका व्यक्तिको पागलपन- विद्युत हाइटेन्सन लाइनको तारमा सवार (भिडिओ)

    मानसिक सन्तुलन गुमाएका व्यक्तिको पागलपन- विद्युत हाइटेन्सन लाइनको तारमा सवार (भिडिओ)

    काठमाडौं । बिहान १० बजेदेखि नुवाकोटमा विद्युतको पोलमा एक जना झुन्डिएका छन् । ककनी गाउँपालिका ७ मा रहेको पोल चढेर उनी अहिले तारमा झुण्डिरहेका छन् ।

    प्रहरीका अनुसार उनी बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हुन् । उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

    ‘हामीलाई २ घण्टा अगाडि स्थानियले फोन गरेर जानाकारी दिनुभएको हो । त्यहाँ पुग्दा बिहान १० बजे देखीनै उहाँ त्यहाँ हुनुहुँदो रहेछ । उहाँ मानसिक रुपमा असन्तुलित हुनुहुन्छ भन्ने बुझिएको छ । हामीले ललाईफकाई गरेर तल झार्न खोज्छौँ उहाँ यसो तल झर्नु हुन्छ अनि फेरी माथि चड्नु हुन्छ । हामी उहाँलाई फकाएर तल झार्ने प्रयास गर्दै छौँ’, नुवाकोट प्रहरी स्रोतले नेपालप्रेसलाई जानाकारी गरायो ।

    स्थानीय र प्रहरीले उनलाई विद्युत् पोलबाट तल झर्न आग्रह गरे पनि उनी त्यहीँ बसिरहेका छन् । स्थानीय हरि गुरुवाचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत फोटो र भिडिओ सार्वजनिक गरेका छन् ।

    सार्वजनिक भिडिओमा गुरुवाचार्यले त्यसअघि पनि अर्को पाेलमा चढेर साे पाेलमा रहेकाे साेलार निकालेर फालिदिएका थिए । साे बारे प्रहरीलाई जानकारी दिँदा मानसिक सन्तलन गुमाएकाे व्यक्तिलाई केही गर्न नसकिने भन्दै प्रहरी पन्छिएकाे बताएका छन् ।

    दाेस्रो पटक उनी अहिले चढेको पाेलबाटमाथि चढेर हाइटेन्सन लाइनकाे तारमा झुन्डिँदै अगाडि बढीरहेका छन् ।

  • माइतीघरदेखि बानेश्वरसम्म ‘नेपाल गौरव यात्रा’ (भिडिओ)

    माइतीघरदेखि बानेश्वरसम्म ‘नेपाल गौरव यात्रा’ (भिडिओ)

    काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौं नेपाल गौरव यात्रा गरेका छन् ।

    शनिबार काठमाडौंको माइीिघरबाट बानेश्वरसम्म नेपाल सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेयषताका व्यक्तिहरुको गौरव यात्रा गरिएको हो ।

    यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै बिभिन्न भाषामा देखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई ’प्राइड मन्थ’ अर्थात् ’गौरवको महिना’ मानिन्छ र यो महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले बिभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् । यसै महिना विश्वका विभिन्न देशहरूमा पनि गौरव यात्रा अर्थातप्राइड परेड आयोजना गर्ने गरिएको छ ।

     

  • टौदहमा विपद् प्रतिकार्यको अभ्यास (भिडिओ)

    टौदहमा विपद् प्रतिकार्यको अभ्यास (भिडिओ)

    काठमाडौं । काठमाडौंको टौदहमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, काठमाडौंको आयोजनामा शनिबार विपद् प्रतिकार्य अभ्यास गरिएको हो ।

    विपदमा परेकाहरुको खोज तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धार र राहत सामाग्रीको बन्दोबस्ती, सुरक्षा निकायसंगको समन्वय तथा परिचालन लगायतका विषयमा केन्द्रित रहेर पूर्वअभ्यास गरिएको समितिले जनाएको छ ।

    अभ्यासमा कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक रुपमा पोखरीमा डुवेका व्यक्तिहरुको उद्दार र उपचार गरेको थियो ।

    कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मनसुनका बेला काठमाडौंमा हुनसक्ने बिपतका घटनाका लागि तत्कालै उद्दारका लागि तयारी अवस्थामा रहेको बताए । विपतका घटनामा धनजनको क्षति हुन नदिनका लागि तयार रहेको सन्देश दिनका लागि र बिपदको पूर्वतयारीका लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

    मनसुन सुरु हुनै लाग्दा काठमाडौ लगाएत ललितपुर र भक्तपुरका साथै देशका अन्य जिल्लाहरुमा समेत विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ ।

  • झलनाथ खनालको गुनासो– गठबन्धनले नेकपा एसलाई ठिक ढंगले सम्मान गरेन

    झलनाथ खनालको गुनासो– गठबन्धनले नेकपा एसलाई ठिक ढंगले सम्मान गरेन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताएका छन् ।

    स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उम्मेदवारलाई बिजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताएका हुन् ।

    उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दावी गरे । १५ वडामा पनि तालमेल गर्दा सवै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चूनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाई छ ।

    खनालले बिद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउदै लैजानुपर्ने धारणा राखे । काठमाडौंको मेयरमा नयाँ मान्छे बिजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार घोषणापत्रमा उल्लेख बिषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

     

  • सुनिता डंगोल भन्छिन- ‘जहाँको फोहोर त्यहीँ व्यवस्थापन योजना’ छिट्टै लागू गर्छौ (भिडिओ)

    सुनिता डंगोल भन्छिन- ‘जहाँको फोहोर त्यहीँ व्यवस्थापन योजना’ छिट्टै लागू गर्छौ (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।

    ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई गरेको सम्मान कार्यक्रमपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

    ‘महानगरबाट हामीले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ,’ उपमेयर डंगोलले भनिन्, ‘हिजोबाट फोहोर उठ्न पनि थालिसकेको छ ।’ तर यो दीर्घकालिन समाधान भने नभएको उनले बताइन् । ‘दीर्घकालिन रुपमा हामीले जहाँको फोहोर हो, त्यहीँ नै फोहोरको व्यवस्थापन गर्नुपर्छ । त्यसैलाई नै हामीले दीर्घकालिन रुपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउदैछौँ । छिट्टै त्यो लाग गर्नेछौँ ।’ उनले घरैबाट जैविक–अजैविक छुट्याइदिनपनि अनुरोध गरिन् ।

  • बालेनले गरे छत्रपाटी निःशुल्क चिकित्सालयको अनुगमन (भिडिओ)

    बालेनले गरे छत्रपाटी निःशुल्क चिकित्सालयको अनुगमन (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले छत्रपाटी निःशुल्क चिकित्सालयको अनुगमन गरेका छन् । बिहान चिकित्सालय पुगेर उनले अनुगमन गरेका हुन् ।

    मेयर साहले त्यहाँ पुगेर उपचाररत बिरामीसँग चिकित्सालयको अवस्थाका बारेमा जानकारी लिएका थिए । सँगै उनले त्यहाँको वाताबरण, सेवा सुबिधा र स्वास्थ्य तथा चिकित्साकर्मीको व्यवहारका बारेमा पनि बिरामीसँग जानकारी लिएका छन् ।

    अनुगमनपछि चिकित्सालयको सेवाबारे आफुले सुनेभन्दा राम्रो अवस्था रहेको पाएको मेयर साहले बताए । ‘अफिसमा यो विषयमा हिजोपनि कुरा भइरहेको थियो,’ उनले भने,‘यहाँ आउँदा त्योभन्दा राम्रो पाए ।’ छत्रपाटीजस्ता समुदायबाट चलेको अस्पतालमा महानगरबाट गर्नसक्ने प्रयासका विषयमा आफु आवश्यक छलफल गरेर अघि बढ्ने मेयर साहले बताए । ‘शिक्षा र स्वास्थ्य व्यापार होइन, सेवाकै रुपमा चल्नुपर्छ,’ उनले भने ।

    छत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको पूँजीबाट शुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो ।

    तस्बिर सौजन्य : बिनय शाक्य

  • प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न सशस्त्रको विज्ञापन हटाइएको पूर्व गृहमन्त्री अधिकारीको आरोप (भिडिओ)

    प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न सशस्त्रको विज्ञापन हटाइएको पूर्व गृहमन्त्री अधिकारीको आरोप (भिडिओ)

    काठमाडौं । पूर्व गृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाका भान्जालाई बढुवा गर्नका लागि सशस्त्र प्रहरीको सूचना नै हटाइएको दाबी गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रवारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि छलफलका क्रममा सांसद अधिकारीले बढुवा सम्बन्धी विज्ञापनको सूचना हटाएर प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न चलखेल भएको बताए ।

    उनले भने- यो विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्बन्धी सबै ठाउँमा आएको छ । गृहमन्त्रीज्यू यसमा सहमति हुनुहुन्छ वा हुनुहुन्न, गृह मन्त्रालय छ कि छैन । विज्ञापन प्रकाशित गर्ने ठाउँमा उहाँहरू हुनुहुन्छ कि हुनुहुन्न ?

    प्रधानमन्त्रीको आफ्नो भान्जा पर्ने धेरै जुनियर तान्नुपर्ने भएकाले सूचना हटाइएको उनको दाबी छ ।

    अधिकारीले भने – प्रधानमन्त्रीको साक्खै भान्जा पर्ने धेरै जुनियर तान्नु पर्ने भएकाले एकाएक वेबसाइटबाट यो सूचना हटाइएको जानकारी छ । गृह प्रशासनमा बसेर न्याय दिनुपर्ने ठाउँमा रहेका पदाधिकारीहरूलाई यहाँसम्मको अत्याचार प्रधानमन्त्रीको कार्यालयमा हुक्के चिलिमे बैठकेको नातेदार पर्‍यो भन्दैमा निकालेको सूचना एकाएक हटाइन्छ भने गृह मन्त्रालयलाई यो पैसा किन चाहियो ?

    एसपीबाट एसएसपी बढुवा दीपेन्द्र कुँवरको बढुवाका लागि सो विज्ञापन हटाइएको आरोप छ ।

    कुँवर प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव समेत रहेका भतिज भानु देउवाका बहिनी ज्वाइँ हुन् । उनलाई कामु एसएसपी बनाइसकिएको छ ।

    अवधि नपुगेका कारण कन्फर्म एसएसपी बनाउन नमिलेको र विज्ञापनको सूचना नै हटाइएको आरोप छ ।

  • ओलीको प्रष्टोक्ति- वाम गठबन्धन असम्भव (भिडिओ)

    ओलीको प्रष्टोक्ति- वाम गठबन्धन असम्भव (भिडिओ)

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको प्रष्ट्याएका छन् ।

    शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको बताए । सरकारमा रहेका दलहरू वामपन्थी नरहेको उनको टिप्पणी थियो ।

    ओलीले स्थानीय निर्वाचनमा सिटका हिसाबले एमाले दोस्रो दल भएपनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दाबीसमेत गरे । कुनै सिद्धान्त‚ विचारबिना नै ६ दलले एमालेलाई हराउनकै लागि गठबन्धन गरेको उनको टिप्पणी छ ।

    अहिलेको सरकारले संविधानलाई तोडमोड गरेको आरोप ओलीको थियो ।

    आगामी निर्वाचनमा एमाले अत्यधिक बहुमतका साथ विजयी हुने दाबी पनि उनको थियो ।

  • ऊर्जा उत्पादनका ११२ वर्षले हाम्रो खिल्ली उडाइरहेका छन् : सांसद विष्ट (भिडिओ)

    ऊर्जा उत्पादनका ११२ वर्षले हाम्रो खिल्ली उडाइरहेका छन् : सांसद विष्ट (भिडिओ)

    काठमाडौं । पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सांसद गोकर्ण विष्टले नेपालको ऊर्जा उत्पादनको इतिहास निकै दयनीय हुन पुगेको बताएका छन् । बजेट विधेयकमाथि प्रतिनिधिसभामा चलिरहेको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

    ‘जलस्रोतको विकासमार्फत राष्ट्रको समृद्धि प्राप्त गर्छौं, रोजगारी सिर्जना गर्छौं, देशलाई रुपान्तरण गर्छौं, पूर्वाधार निर्माण गर्छौं, भनिरहेका छौं,’ उनले भने,‘यो एक प्रकारले ११२ वर्षको अवधिले हामीलाई मजाक गरिरहेको छ । एकप्रकारले खिल्ली उडाइरहेको छ ।’ आफ्नो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुनेमा उनले शंका व्यक्त गरे ।

    सांसद विष्टले छिमेकी मुलुकहरूको विद्युत उत्पादनको दृष्टान्त पनि प्रस्तुत गर्दै भने,‘सन् २०१९ को एउटा तथ्यांक चीनमा कुल जडित क्षमतामा २० लाख मेगावाट, भारत २०२२ को तथ्यांकले कुल जडित क्षमतामा ३ लाख ९९ हजार ४९७ मेगावाट र बंगलादेशमा २५ हजार ५१४ मेगावाट उत्पादन गर्ने गरेका छन् ।’ नेपालमा भने कुल जडित क्षमतामा २ हजार १७१ मेगावाट विजुली उत्पादन गरिरहेको उनले बताए ।

    यही तथ्यांकमा पनि नेपाल विद्युत प्राधिकरणले ४४६ मेगावाट, अन्य सहायक कम्पनीले ५३८ मेगावाट, नीजि क्षेत्रको अगुवाइमा ९८६ मेगाावाट । पीपीपी मोडलमा ७०.१९ मेगावाट विजुली उत्पादन भइरहेको सांसद विष्टले बताए ।

    गतवर्ष ४ सय मेगावाट बिजुली भारतबाट आयात गरिएको र त्यसमा २१ अर्ब ५० करोड बराबर रकम बाहिरिएको उनले बताए ।

    ‘दुई दिनअगाडि २५ गतेको दिन ९५ मेगावाट बिजुली भारतबाट आयात गरेका छौँ । आगामी वर्ष १२ अर्ब बिजुली आयात गर्ने सम्भवाना देखा परेको छ,’ उनले भने । यद्यपी २५ गते नै १५८ रातीमा भारततर्फ निर्यात गरेको पनि उनले बताए ।

    यद्यपि वर्षायाम र हिउँदेयामको विद्युत उत्पादनको अन्तर निकै कम हुने विष्टले बताए । ‘सन् २०२१ पिक डिमान्ड १४८५ मेगाावाट थियो । आउँदो वर्ष अझ बढी हुन्छ,’ उनले भने,‘यसमा हामीले विचार पुर्‍याउनुपर्ने के छ भने वर्षायाममा २१७१ हिउँदमा यसको एक तिहाइ मात्र उत्पादन हुन्छ ।’

    सुख्खायाममा बाहिरबाट हामीले विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘जुनप्रकारले वर्षायाम र सुख्खायाममा ऊर्जा उत्पादनमा असमानता देखिएको छ । यसलाई सम्बोधन गर्नेगरी जलासययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने ।

    सांसद विष्टले आयोजनाका हिसाबले ३७ हजार ९४५ मेगावाट विद्युत पहिचान भएर त्यसमा लगानीकर्ता समेत लगानी गर्न इच्छुक रहेको बताए । त्यसमा विद्युत उत्पादनमा विभिन्न चरणमा रहेको आयोजनाहरू रहेको उनको भनाइ छ ।

    ‘सर्भेक्षण लाइसेन्स प्राप्त गरेका, वा सर्भेक्षण लाइसेन्सका लागि आवेदन दिएका, जेनरेसन प्राप्त गरेका वा जेनरेसनका लागि आवेदन दिएका, पीपीएको लाइनमा बसेका वा कनेक्सन प्राप्त गरेका यि विभिन्न चरणमा रहेका आयोजनाहरू छन्,’ उनले भने, ‘केही प्राधिकरण, केही सहायक कम्पनी, केही लगानी बोर्ड र केही निजी क्षेत्र गरेर ३७ हजार ९४५ मेगावाट कम्तीमा आयोजनाका हिसाबले पहिचान भएका छन् ।’

  • सांसद चन्दा चौधरीको माग- गठबन्धन कार्यकर्ताले ममाथि दुर्व्यवहार गरे, न्याय पाउँ (भिडिओ)

    सांसद चन्दा चौधरीको माग- गठबन्धन कार्यकर्ताले ममाथि दुर्व्यवहार गरे, न्याय पाउँ (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरीले चुनावको बेला सत्ता गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार भएको भन्दै न्यायको माग गरेकी छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सांसद चौधरीले स्थानीय चुनावको ३ दिनअघि वैशाख २७ गते महोत्तरीको मटिहानीस्थित आफ्नो घरमा हातहतियारसहित आक्रमण भएको बताइन् ।

    सांसद चौधरीले आफू घरबाट २० मिटर टाढा अर्का दाजुको घरमा रहेको बेला सत्ता गठबन्धनका उम्मेदवार र उनका समर्थकले दुर्व्यवहार गरेको बताइन् । उनले आफूलाई न्याय चाहियो भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

    चौधरीले भनिन्, ‘मलाई मार्ने उद्देश्यले उनीहरूले घर घेरा हालेर ८० वर्षकी मेरी आमालाई दुर्व्यवहार गरे । हातहतियार निकालेर यसलाई मार्नुपर्छ भनेपछि म मृत्युको मुखमा पुगेर ४० मिनेटपछि सशस्त्र प्रहरीका एसपीले उद्दार गरेपछि बाँचे । आज पनि त्यो घटना सम्झिँदा मलाई डर लाग्छ । मलाई न्याय चाहियो ।’

    आफूलाई दुर्व्यवहार गर्ने समूहले २०५४ सालमा पनि दाजुलाई बेपत्ता बनाएको भन्दै पटकपटक आफूमाथि दुर्व्यवहार भएको र अझै पनि आफू सुरक्षित नरहेको सांसद चौधरीले बताइन् ।

    सांसद चौधरीमाथि नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार विजय चौधरी, जितेन्द्र चौधरी, निरज चौधरीलगायतले दुर्वव्यवहार गरेको आरोप छ ।