काठमाडौं । यतिखेर मुस्लिम धर्मावलम्बी बकर ईद (इदुल जोहा) को रमझममा छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्नुका साथै एकापसमा शुभकामना आदान-प्रदान गरेका छन् ।
यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
तस्बिरमा हेरौं दरबार मार्गस्थित नेपाली जामे मस्जिदको ईद चहलपहल-
काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले विश्वमा नेपालको मौलिक पहिचान गराउने माध्यम नृत्य भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नृत्य प्रतियोगिता कार्यक्रममा उपराष्ट्रपति पुनले नृत्यका धेरै विधा रहेको भन्दै यसले विश्वमा नेपालको मौलिक पहिचान गराउने बताए ।
समाजको रूपान्तरणसँगै नेतृत्वमा मौलिकता कायम राख्नुपर्ने धारणा उनले राखे ।
नृत्यका सन्दर्भमा औपचारिक शिक्षा सुरु हुनु सकारात्मक भएको भन्दै नृत्यको माध्यमबाट रोजगारीको सिर्जना समेत भइरहेको उनले बताए ।
कार्यक्रममा उपराष्ट्रपति पुनले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेका थिए ।
रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन् ।
समाजवादी प्रेस संगठन रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको स्पष्ट पारेका हुन् ।
आफूहरूले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिकिर गर्दै उनले गलत प्रवृत्तिले गर्दा भएको हानी नोक्सानीको सबैले समीक्षा गर्नुपर्ने बताए ।
उनले अहिलेको पाँच दलीय गठबन्धनले मुलुकलाई जोगाउने काम गरेकाले संघ र प्रदेशको निर्वाचनमा पनि सहकार्य जारी रहने धारणा राखे । निर्वाचनको मिति घोषणा भए लगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए ।
उनले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रबिन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध विस्तार गर्नुपर्ने समेत बताए ।
अर्कै काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमुना युवा संसद् अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले अहिले सामान्य मान्छेले चुनाव लड्नै नसक्ने गरी खर्च हुन थालेको र चुनावमा विकृति र विसंगति देखिन थालेको भन्दै यसको अन्त्यका लागि युवाहरूले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको र अन्य स्थानको विश्लेषण गर्दा विद्यमान परिस्थितिबाट जनताहरू सन्तुष्ट नदेखिएको उनले बताए ।
उनले जनताहरूको भावनालाई नेपालका राजनीतिक पार्टी र नेतृत्वमा बसेकाहरूले बुझ्न नसके आगामी चुनावमा अर्कै परिस्थिति आउन सक्ने धारणा राखे । त्यस्तै उनले चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र असल, इमानदार उम्मेदवारलाई जिताउनका लागि युवाहरूले गरेको नमुना संसद् अभ्यासले महत्त्वपूर्ण योगदान गर्ने जिकिर गरे ।
सभामुख सापकोटाले अहिलेको समयमा सही बिचारका साथ अघि बढ्न युवाहरूलाई सुझाव पनि दिए ।
कोलम्बो । दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिवार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।
‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो ।
आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ । हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ ।
सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वतःस्फूर्त कर्फ्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।
श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ । देशमा विदेशी सञ्चिति सकिएका छ । ईन्धन अभावमा विद्यालय बन्द छन् । केही दिन अघि राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग इन्धन सहयोग मागेका थिए ।
काठमाडौं । सुनिता खड्काको सपना ठूलो थिएन । ओखलढुंगाको एउटा गाउँमा मध्यम वर्गीय परिवारमा जन्मेकी उनको सपना सेनाको जागिर खाने थियो ।
उनले आज न राष्ट्रिय टीमको मुख्य खेलाडी बन्छु भनेर सोचेकी थिइन् न त उनलाई कुनै खेलको बारेमा नै ज्ञान थियो । १२ कक्षाको पढाइ सकेर सेनामा भर्ती हुन हिँडेकी सुनिता आज नेपाली महिला राष्ट्रिय टीमकी मुख्य सदस्य भएकी छन् ।
सन् २०१९ मा बंगलादेशमा आयोजना भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपबाट राष्ट्रिय टीममा डेब्यू गरेकी सुनिताले यो तीन वर्षमा महिला भलिबल टीमको मुख्य सफलताहरुको साक्षी बनिसकेकी छन् ।
२०७१ साल चैत्रमा आर्मीमा भर्ती भएकी सुनिता २०७२ सालमा ट्रेनिङका लागि त्रिशूली पुगेकी थिइन् । आर्मीले भर्खरै महिला भलिबल टीम बनाएर खेल्न सुरु गरेको वेला थियो त्यो । राम्रो खेलाडी खोज्ने क्रममा आर्मीका पूर्व खेलाडी दिप खड्का त्रिशूली पुगेका थिए ।
पातलो ज्यानमा ठूलो चुस्ती लगाएकी सुनिता अग्ली देखिइन् । त्यहाँ उनको उचाइ देखेर दिप प्रभावित भए । उनले सुनितालाई भलिबल खेलाडी बन्ने प्रस्ताव राखे । आर्मीको ट्रेनिङले धेरै दुःख भएर घर भागौं कि भन्ने अवस्थामा पुगेकी सुनितालाई दिपको प्रस्तावले ठूलो राहत मिल्यो उनी केही पनि नसोची खेलाडी बन्न राजी भइन् । उनी खेलाडी बन्न काठमाडौं आएका बेला कपिल श्रेष्ठ आर्मी महिला भलिबल टिमकाे प्रशिक्षक थिए ।
ट्रेनिङको त्यो दुःखबाट काठमाडौं आउन पाउँदाको खुसी र फेरि फर्किएर त्यहाँ जानु नपर्दाको आनन्द उनको मुहारमा अझै झल्किएको देखिन्छ । उनी भन्छिन्, ‘त्रिशूलीको ट्रेनिङ मेरो जीवनको ‘टर्निङ पोइन्ट’ सावित भयो । ट्रेनिङ गर्दागर्दा मलाई धेरै दुःख भइसकेको थियो । म आत्तिसकेकी थिएँ । जागिर खाउँ कि छोडौंको दुविधामा परिसकेकी थिएँ । फोन सम्पर्क केही थिएन । घरमा बोल्न नपाएको कत्ति भएको थियो । मलाई कहाँ अन्धकारमा पुगे जस्तो भएको थियो । त्यसै वेला त्यो अवसर पाएँ ।’
खेलाडी छनोटका लागि आएका गुरुले ‘तिम्रो हाइट छ, मेहनत गरे भने राम्रो राष्ट्रिय खेलाडी बन्न सकिन्छ । खेल्न जाने हो ?’ भनेर सोध्दा आफूले केही नसोची हुन्छ भनेको सुनिताले स्मरण गरिन् । ‘आएपछि फर्किएर जानुपरेन । भलिबलमै राम्रो गर्न सकें’, उनले भनिन् ।
खेल के हो भनेर थाहै नपाई सुनिता खेलाडी बनिन् । उनलाई खेलाडीहरुमा क्रिकेटका पारस खड्का र फुटबलमा एक/दुई जनाबाहेक कोहीको नाम थाहा थिएन । आजकल उनलाई भलिबलबाहेक अरु खेल मन नै लाग्दैन । ‘सुरुमै खेलकुदबारे ज्ञान भएको भए खेलाडी बन्नु पर्छ भन्ने सोच आउँथ्यो र सबै खेलकुदमा रुचि हुन्थ्यो’, सुनिताले भनिन्, ‘तर एकैचोटि भलिबल समाएको हुनाले अहिले भलिबलसँगै प्रेम भयो । अरु कुनै खेलमा मलाई सौख छैन ।’
राष्ट्रिय टीममा मिडल ब्लकरको भूमिका निभाइरहेकी सुनिता अरु खेलमा भन्दा भलिबलमै भविष्य देख्छिन् । सायद उनको भविष्य नै भलिबलले बदलेर होला ।
‘भलिबल नै खेलिरहेकाले होला, अरु खेलमा भन्दा म त भलिबलमै भविष्य देख्छु । खेल्न थालेपछि विस्तारै मलाई आर्मीको सेटमा रहेर खेल्नपर्छ मैले भन्ने भयो । पछि राष्ट्रिय टीमको जर्सी लगाएर राष्ट्रका लागि खेल्नुपर्छ भन्ने भयो । त्यो हुँदाहुँदै अरु कुनै खेल खेल्ने अवसर पनि पाइएन र चासो पनि भएन’, उनी भन्छिन् ।
घरपरिवार र घरछिमेकले आफू राष्ट्रिय खेलाडी भएकोमा गर्व महसुस गर्ने गरेको बताउँछिन् सुनिता । सुनितालाई विभागीय र राष्ट्रिय टीमबाट खेल्दा खासै धेरै फरक लाग्दैन । दुवैमा उनी समान जिम्मेवारी महसुस गर्छिन् । जता खेल्दा पनि आफ्नो शत प्रतिशत दिने र उपाधि जित्ने लक्ष्य हुने भएकाले उनलाई केही फरक लाग्दैन ।
तर, नयाँ खेलाडीहरुको आगमनले टीममा स्थान बनाइराख्न भने चुनौती आइलागेको उनी बताउँछिन् । ‘अहिले राष्ट्रिय टीममा नयाँ खेलाडीहरु आइरहेका छन् । एकदमै प्रतिभावान छन् सबैजना । हामी सबै सँगै ट्रेनिङ गरिरहेका छौं । यहाँ टिकिरहन एकदमै चुनौती छ र कडा मेहनत आवश्यक हुन्छ’, उनले भनिन् ।
मानिस जीवनमा जति कोसिस गरे पनि सफल भएको महसुस गर्दैनन् । त्यस्तै सुनिता पनि सफल खेलाडी हुन कति मेहनत चाहिन्छ, त्यसको कुनै हेक्का नहुने बताउँछिन् । जति मेहनत गरे पनि यो चाहिं सफल भएको हो भन्ने ठम्याउनै नपाई रिटायर्ड भइन्छ जस्तो लाग्छ सुनितालाई ।
‘एउटा सफल खेलाडी बन्न जीवनमा धेरै मेहनत चाहिन्छ । त्यसैले म कहाँ सफल भएकी छु र ! जति मेहनत गर्याे, त्यति सफलता मिल्छ । मलाई लाग्दैन, हामी सफल हुँदैनाैं । सफल हुने दौडकै बीच रिटायर पनि भइन्छ होला’, उनले हाँस्दै सुनाइन् ।
भलिबल नेपालको राष्ट्रिय खेल हो । तर, राष्ट्रिय खेलका खेलाडीलाई प्रदर्शनअनुसारको सेवा सुविधा छैन । गएको तीन वर्षमा नेपाली महिला भलिबल टीमको सफलता क्रिकेट र फुटबलसँग तुलना गर्न नमिल्ने छ । तीन वर्षमा लगातार दुई पटक सेन्ट्रल जोन उपाधि र सागमा रजत पदक महिला भलिबल टीमको सफलता हो । यी तीनवटै सफलताकी साक्षी हुन् सुनिता । तर, फुटबल र क्रिकेटका खेलाडीले जस्तो सेवा सुविधा नपाएको गुनासो सुनिताको छ । उनी भलिबललाई व्यवस्थित बनाउन स्पोर्टस बुझेको मान्छे नेतृत्वमा हुनु जरुरी ठान्छिन् ।
‘म राष्ट्रिय टीममा परेदेखि तीन वटा मेडल हामीले ल्यायौं । फुटबल र क्रिकेटको तुलनामा हामी केही हदसम्म अगाडि छौं । राष्ट्रिय खेल नै भए पनि भलिबलका खेलाडीले फुटबल र क्रिकेटका खेलाडीले पाए जस्तो सेवा सुविधा भने अहिलेसम्म पाएका छैनौं’, उनले भनिन्, ‘भलिबलको समग्र विकासका लागि यसलाई व्यवस्थित बनाएर लैजान स्पोर्टसको बारेमा ज्ञान भएको, बुझेको मान्छे नेतृत्वमा हुनु जरुरी छ ।’
नखेल्दा सुनितालाई केही थाहा थिएन । तर, खेलेर राष्ट्रिय टीममा परेपछि उनलाई आफ्नो खेल जीवन सार्थक भएको महसुस गर्न एसियन गेम्सको मेडलले मात्रै सक्ने उनी बताउँछिन् ।
‘खेल्न नथाल्दा र खेलको बारेमा ज्ञान नहुँदा केही सपनै थिएन । जब आर्मीबाट खेल्न थाले, त्यसपछि मलाई राष्ट्रिय टीमको जर्सी लगाएर खेल्ने सपनाले मेहनत गर्न प्रेरणा दियो । राष्ट्रिय टीममा परेपछि मलाई अब एसियन गेम्समा मेडल ल्याउन सके मेरो खेल जीवन सार्थक हुनेछ । गाउँ र राष्ट्रको नाममा एउटा इतिहास कोर्ने मेरो एउटा ठूलो धोको छ । हेरौं कहिले पूरा हुन्छ’, सुनिताले थपिन् ।
सागमा दोस्रो र आर्मी पहिलो पटक च्याम्पियन बन्दाको अनुभूति
दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला भलिबल टीमले ऐतिहासिक रजत पदक जितेको थियो । त्यतिवेला सुनिता टीमकी मुख्य सदस्य थिइन् । त्यो क्षणलाई उनी शब्दमा बयान गर्न नसक्ने बताउँछिन् ।
‘सागमा रजत जित्दा म टीमको मुख्य सदस्य थिएँ । टीममा हामी नयाँ खेलाडीहरु धेरै थियौं । हामीलाई ठलो चुनौती थियो । सधैं तेस्रो स्थानमा चित्त बुझाउने हामी दोस्रो भयौं । सायदै त्यो हुन्छ भनेर कल्पना गरेका थियौं । त्यो क्षण अविस्मरणीय छ । म शब्दमा बयान गर्न सक्दिनँ ।’
गत वैशाखमा सम्पन्न छैटौं एनभीए क्लब भलिबल लिगमा आर्मी च्याम्पियन बन्यो । आर्मी महिला भलिबल टीमको त्यो पहिलो उपाधि थियो । आर्मी च्याम्पियन बन्दा सुनिता टीमकी मुख्य सदस्य थिइन् । त्यो क्षण उनको सपना पूरा भएको क्षण थियो । आर्मीले महिला भलिबल टीम बनाउँदा सुरुदेखि नै खेलाडी रहेकी उनलाई च्याम्पियन बनेको त्यो क्षण कडा परिश्रम सार्थक भएको लागेको थियो । जुन उनी अहिलेसम्म पनि खुशी हुँदै सुनाउँछिन् ।
‘आर्मी पहिलो पटक च्याम्पियन बन्दाको खुशी पनि बयान गर्न सकिने छैन । सुरुदेखि आर्मीलाई च्याम्पियन बनाउने एउटा लक्ष्य र सपना पूरा भएको क्षण हो त्यो, म वर्णनै गर्न सक्दिनँ । असाध्यै खुशी थिएँ’, उनले भनिन् ।
सुनिताले बुझेको पढाइको महत्व
खेलाडी भएपछि पढाइको धेरै महत्व हुन्छ । तर, पढाइ अगाडि बढाउन नसकेकोमा सुनिता धेरै पछुतो मान्छिन् ।
‘मैले १२ कक्षा पास गरेको छु । आर्मीमा भर्ती भएपछि पढाइ अगाडि बढाउन सकिनँ । मलाई सेन्ट्रल जोन खेल्न जाँदा बंगलादेशका एकजना पत्रकारले इन्टरभ्यू लिन खोज्नुभएको थियो’, उनले भनिन्, ‘मलाई हिन्दी बोल्न आउँदैन । अंग्रेजी पनि त्यति राम्रो नभएपछि मैले इन्टरभ्यू नै दिइनँ । त्यतिवेला मैले पढाइको महत्व बुझेँ । अब पढाइ पनि अगाडि बढाउने सोचेकी छु ।’
एसियन गेम्सका लागि तयारी
छिमेकी देश चीनमा हुने एसियन गेम्सका लागि राष्ट्रिय भलिबल टीम अहिले बन्द प्रशिक्षणमा छ । सन् २०२३ मा हुने भनिएको खेल बढ्दो कोरोना भाइरसका कारण सरेको छ । खेल कहिले हुने निश्चित नभए पनि महिला टीम तयारीमा छ । एसियन गेम्समा महिला भलिबल टीमले मेडल ल्याउने लक्ष्य राखेको छ । त्यहीअनुसारको तयारी गरिएको सुनिता बताउँछिन् ।
तर, त्यसअघि भलिबलका कुनै प्रतियोगिता हुने छैनन् । त्यसैले एसियन गेम्स खेल्नुअघि मैत्रीपूर्ण खेलहरु आयोजना भए त्यसले तयारीमा थप सहयोग मिल्ने सुनिताको बुझाइ छ । लगातार दुई पटक सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि र सागमा जितेको ऐतिहासिक रजत पदकले महिला भलिबल टीममाथि सबैको ठूलो आशा एवं अपेक्षा छ । सबैको यही आशालाई निराशामा बदल्न नदिन महिला टीमलाई दबाब रहेको सुनिता बताउँछिन् ।
रूपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएपछि इमानदारीसाथ पालो दिएको बताएका छन् ।
‘जनआन्दोलनपछि म प्रधानमन्त्री हुने सहमति थियो । तर, मैले उहाँलाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो’, बुटवलमा शनिबार आयाजित पत्रकार भेटघाटमा नेता नेपालले भने, ‘उहाँमा राजनीतिक इमानदारी थियो ।’
उनले पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा त्यो निरन्तर रहने जनाए । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।
एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनको भनाइ छ ।
उनले भने, ‘स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ । महानगर र उपमहानगरसहित धेरै ठाउँमा विजयी भएको छ । हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं । अझै सफलता पाउनेछौं ।’
नेता नेपालले निर्वाचनमा आफूहरुमाथि षड्यन्त्र भएकोसमेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं । गठबन्धन माध्यम थियो । निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए । हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्लाका जनताले ३ सय रुपैयाँ केजी चामल खानुपरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘सडक सञ्जालमा नजोडिएको जिल्ला हुम्ला अहिलेसम्म नेपाल खाद्य संस्थानको चामलबाट बाँचिरहेको छ,’ उनले भनिन्, ‘उताबाट १० हजार क्वीन्टल माग भएर आयो, यहाँबाट २ हजारमात्र स्वीकृत भयो ।’
हुम्लाको उत्तरी भेग नाम्खा गाउँपालिकामा ७ हजार चामल माग भएर आउँदा हिल्सा नाका बन्द भएकोले त्यहाँबाट आउन नसकेको पनि सांसद शाहीले बताइन् । ‘जहाजले मनोमानी भाडा बढाउदा जनताले ३ सय रुपैयाँ किलोमा चामल खानुपरिरहेको छ । गरिब हुम्ली जनताले यो किनेर खान सक्दैनन्,’ उनले भनिन् ।
सरकारले तत्काल हुम्लाको तल्लो क्षेत्रका १० हजार क्वीन्टल र माथिल्लो क्षेत्रमा ७ हजार क्वीन्टल चामल उपलब्ध गराउनुपर्ने उनले बताइन् ।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको ढुकुटीभित्रै बसेर लुटपाट मच्चाएको आरोप लगाएका छन् । अब यो सरकार स्वीकार गरेर बस्न नसकिने उनले टिप्पणी गरे ।
आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले व्यापारीका प्रतिनिधि ल्याएर उनीहरुले डिक्टेसन गरेका आधारमा करका दर र अन्तशुल्क तय गरिएको बताए ।
ओलीले भने, ‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ ? कमसेकम चोरले पनि झ्याल ढोका फाडेर चोर्छ । यो सरकारले त साँचोले खोेलेरै लुट्यो । हद होइन यो ?’
उनले यो सरकारको काम सकिएको भन्दै अबिलम्ब हट्नुपर्ने बताए । ‘यिनीहरुको ठाउँमा सद्दे मान्छे कोही भए मैन पग्लेझैं पग्लिन्थे । तर यिनीहरु त त्यही अनुहार देखाएर ठ्याङठ्याङ हिँडिरहेका छन् । भाषण गरिरहेका छन् । सरकार हुँ भन्न लाज हुँदैन ?’
उनले यो सरकार मानेर चल्न नसकिने भन्दै आफै नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पुर्याउँनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताएका छन् ।
शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले हत्या गरेका ओखलढुंगाका एमाले नेता छबी कार्कीको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १७ हजार मान्छे मारेर माओवादीले के पायो ? भन्ने जवाफ दिनुपर्ने बताए ।
ओलीले भने–माओवादीले के का लागि हतियार उठाएको थियो ? आजसम्म उसले जवाफ दिएको छैन । आजको प्रश्न सुनेर भोलि पर्सी प्रचण्डले जवाफ दिए हुन्छ । महान जनयुद्ध उनीहरुले के पाएर छाडे ? बहुदलीय व्यवस्था र विघटित संसदको पुनस्र्थापनाको लागि १७ हजार मान्छे मारेको हो ? फास्ट ट्र्याकबाट सत्तामा जानेबाहेक अरु कुनै उद्देश्य थिएन ।
अध्यक्ष ओलीले पेरुमा साइनिङपाथ नामको माओवादीले ३५ हजार कम्युनिस्ट कार्यकर्ताको हत्या गरेर अन्तिममा आफैं सिद्धिएको उदाहरण दिँदै ओलीले नेपालमा पनि माओवादीले प्रचण्डको नेतृत्वमा एमाले र कांग्रेसका कार्यकर्ताको हत्या गरेको बताए ।
राजाले घोषणा गरेको संसद पुनस्र्थापनालाई जनयुद्धको उपलब्धि मान्ने हो भने त्यो घोषणा आफूले मस्यौदा गरेको भन्दै ओलीले गणतन्त्र,धर्मनिरपेक्ष जस्ता उपलब्धि माओवादी जनयुद्धबाट नभएर पुनस्र्थापित संसदबाट भएको दावी समेत गरे ।
अध्यक्ष ओलीले प्रचण्डपथ भनेको देशलाई अँध्यारो र भड्कालोमा लैजाने पथ भएको भन्दै सबैले भ्रमबाट मुक्त हुनुपर्ने बताए ।
काठमाडौं । जीर्ण त्रिचन्द्र कलेज भवनको पुनर्निर्माणको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
विभिन्न कलेजका सहभागी विद्यार्थीहरूले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित र्याली निकालेका थिए । त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्याली रत्नपार्क, जमल, तीनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।
काठमाडौं । साझा यातायातले आजदेखि तीन वटा नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट नेपाल ल्याइएको बस आजबाट सञ्चालनमा आएको हो ।
चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षणपश्चात आजदेखि सेवा सुरु गरिएको हो ।
चिनियाँ कम्पनी नानजिङस्थित सीएचटीसीएचओले निर्माण गरेको विद्युतीय बस हो । साझाले आगामी दिनमा ३७ वटा बस सञ्चालन गर्ने बताएको छ ।
सञ्चालनमा आएका बसको मूल्य एक करोड ५० लाख रुपैयाँ रहेको छ । सो बसको सीट क्षमता ४० रहेको छ । काठमाडौं उपत्यकापछि साझाले प्रदेशमा पनि बस सञ्चालन गरिने बताएको छ ।
काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधारका लागि प्राप्त हुने ५९.६ मिलियन ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले हरित ग्यास उत्सर्जन न्यूनीकरणका लागि प्राप्त हुने अमेरिकी डलर २१ मिलियन सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल प्रहरीमा क्षमता सहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पहाडी क्षेत्रमा कास्टफल तथा फलफूल आयोजनका लागि एसियाली विकास बैकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता सम्बन्धी अन्तिम रूप दिन अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।
बैठकले प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिस्ट्रेसन दिवस मनाउन स्वीकृत प्रदान गर्ने, विभिन्न २३ जिल्लाका दुई लाख २३ हजार ३३० गरिब परिवारहरूको सूची स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्ले नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रवीन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गरेको छ । नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट रिक्त पदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गरेको छ ।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापिका निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका छन् ।
अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै उहाले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका हुन् ।
संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे ।
पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बतए । अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ ।
उनले छानविन समितिले नै सत्यतथ्य ल्याउने भएपनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ती जनाए ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले घोषणा गरे ।
आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो ।
अर्थमन्त्री शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिए तर आफूले कुनै गल्ती नगरेको बताए ।
उनले थपे, ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु । छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहनेछु ।’
उनले भने, ‘छानबिन समितिले म माथि हजारौं छानबिन गराेस् ।’
काठमाडौं । आजको प्रतिनिधिसभा बैठक भर्खरै सुरु भएको छ । बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्ने समय दिएका थिए ।
त्यसपछि नेकपा एमालेका सांसदहरूले बोल्न अवरोध गरेका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले सांसद योगेश भट्टराईलाई बोल्ने समय दिएका थिए ।
त्यस क्रममा सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई अव अर्थमन्त्रीको हैसियतले बोल्ने नैतिक धरातल नभएको बताएका छन् ।
‘यो गरिमामय संसद्मा अर्थमन्त्रीका हिसाब उहाँले बोल्ने कुनै अधिकार उहाँसँग छैन,’ उनले भने,‘उहाँमाथि यो कुनै आरोप मात्रै होइन, यो संसदीय समितिले उहाँको दोष छ कि छैन भनेर प्रमाणित गर्ने होइन, उहाँ दोषमाथि के कारबाही गर्ने हो ।’
मुलुक अपराध संहिता, साइबर ऐन, सिसिटिभी फुटेज व्यवस्थापन समिति कार्यविधि लगायतका कानुनहरू अर्थमन्त्री शर्माको अपराधमा आकर्षित हुने उनले बताए ।
अर्थमन्त्री शर्माले राजीनामा वा बर्खास्तीपछि मात्रै बोल्न पाउने सांसद भट्टराईले बताए ।
‘राजीनामा दिएपछि मात्रै उहाँ यहाँ बोल्न सक्नुहुन्छ । प्रधानमन्त्रीले बर्खास्त गर्नुस् । अनि मात्रै हामी उहाँको कुरा सुन्छौ,’ उनले भने ।
यस्तै अर्थमन्त्रीकै पदमा राखेर कुनै पनि छानबिन गर्न नसकिने पनि उनले बताए ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन भएको छ ।
प्रमुख विपक्षी नेकपा एमालेको मागबमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठकमा समितिको घोषणा गरेका हुन् । समितिलाई १० दिनको समय दिइएको छ ।
समितिमा निम्न सदस्यहरु छन्:
एमालेबाट
प्रदीप ज्ञवाली
खगराज अधिकारी
भानुभक्त ढकाल
विमला विक
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् ।
बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए ।
उनले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे । उक्त घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग गरेको उनको भनाई छ । उनले छानबिन समिति गठन भए पनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे ।
त्यस्तै उनले सिसिटिभी फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने औंल्याए ।
‘यस्ता सवालमा कसैले हेलचेक्रयाइँ गर्न हुँदैन । गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्छ । घटनाका विषयमा निष्पक्षरूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ यदी सत्य भए अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’, नेता खनालले भने ।
अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटनाले धेरै कुरामा प्रश्न उठ्ने खनालको तर्क छ । खनालले सवै विषयको उचित समाधान निकाली सदनलाई सहज रूपमा सञ्चालन गर्न दिने वातावरण बनाउन पनि आग्रह गरे ।
काठमाडौं । काठमाडौंका भाइरल वडाध्यक्ष मुकुन्द रिजालले आजको नगरसभा बैठकमा लोकप्रिय कुरा गरेका छन् । उनले जनप्रतिनिधिहरूको तलब–सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरे ।
केही वडाध्यक्षले जनप्रतिनिधहरुलाई औपचारिक पोशाक र लोगोको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । औपचारिक पोशाक नलगाउँदा जनताले काठमाडौंका जनप्रतिनिधिलाई चिन्न नसकेको उनीहरुको गुनासो थियो । १६ नम्बरका वडाध्यक्ष रिजालले भने फरक विचार राखे । उनले जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधाभन्दा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
रिजालले भने, ‘हामी लोकसेवा लडेर जागिर खान आएका होइनौँ । आफ्नो इच्छाले जनताको सेवा गर्न आएका हौँ । त्यसैले हामीलाई कुनै तलब–सुविधा चाहिँदैन । हाम्रो सुविधा काटेर लोकसेवा लडेर आएका कर्मचारीको सुविधा वृद्धि गर्दा राम्रो हुन्छ ।’
उनले जनप्रतिनिधिको तलब–भत्तामा मासिक ५५/६० लाख खर्च हुने उल्लेख गरे । त्यो काटिएको खण्डमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने हिसाब उनले सुनाए । यो रकमबाट महत्त्वपूर्ण विकास आयोजना सम्पन्न हुन सक्ने उनको भनाइ छ
।
रिजालले थपे, ‘हामीलाई लोगो, पोसाक, जुत्ता महानगरबाट चाहिएको छैन । यदि ड्रेस चाहिने हो भने त्यो हामीलाई तोकिदिनुस्, हामी त्यो लुगा आफैँले व्यवस्था गर्न सक्छौँ । महानगरले दिनु पर्दैन । हामी महानगरबाट लिन आएका होइनौँ, जनतालाई दिन आएका हौँ । हामीसँग भएको गाडी, घोडा, मोबाइल सबै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मङ्गलवार काठमाडौंमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्राज्ञ-सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुने विषयलाई संविधानले सुनिश्चित गरेको भन्दै त्यसको पूर्णकार्यान्वयन हुने बताए ।
उनले संगीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै आमजीवनमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको जिकिर गरे । नाट्य प्रज्ञा-प्रतिष्ठानले नाट्य, नृत्य, संगीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने उनको भनाइ थियो ।
लोकतन्त्रको स्थापना र संवर्द्धनमा कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको देउवाले बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवर्द्धनका निम्ति आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।
नेपाल ललितकता प्रज्ञा-प्रतिष्ठानका कूलपति केके कर्मचार्यले नेपाली साहित्य क्षेत्रको विकासमा सवै लाग्नुपर्ने जोड दिए ।
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।
नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन् । उक्त कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेका थिए ।
गुरुङलाई जवाफ दिँदै देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरुले यसलाई बुझ्नुपर्छ ।’
देउवाले नेपाली राजनीतिमा स्व. कोइरालाको भूमिकाबारे पनि चर्चा गरेका थिए ।
काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले पाँच दलीय गठबन्धनलाई उडिरहेको जहाजसँग तुलना गरेका छन् । उनले सुरक्षित अवतरण नहुँदै जहाजभित्र आपसी झगडा सुरु भएकोमा चिन्ता व्यक्त गरे ।
भूतपूर्व कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाको शालिक अनावरणका अवसरमा बोल्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
गुरुङले भने, ‘स्थानीय तहको निर्वाचनका क्रममा पाँच दल एउटै जहाज चड्यौं । जहाज आकाशमै उडिरहेको छ । यसलाई कसरी सुरक्षित अवतरण गर्ने भनेर चिन्ता गरिरहेको बेलामा जहाजभित्रै बसेर ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ ।’
जहाजलाई जसरी पनि सुरक्षित अवतरण गर्नुपर्नेमा उनले जोड दिए । ‘या त हामीले प्यारासुट जम्प गर्नुपरो । त्यसो गर्दा खुट्टा भाँचिन्छ कि भन्नो त्राश छ । त्यसैले मिलेर सुरक्षित अवतरण गराउनै पर्छ । ल्यान्ड गर्ने बेला कसैले कांग्रेस इमान्दार भएन भन्ने कुरा गरिरहेका छन् । उडिरहेको जहाजमाथि झगडा सुरु गर्ने काम भइरहेको छ । मिसन पूरा नहुँदै यसरी आरोप प्रत्यारोप गर्नु अपरिपक्व राजनीति हो,’ उनले भने ।
आउने मंसिरतिर जहाज अवतरण हुने आशा उनले व्यक्त गरे ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभीको फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् ।
उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानबिन गर्नुपर्ने धारणा राखे । संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानबिनबाटै निष्कर्षमा पुराउनुपर्ने जिकिर गरे ।
उनले तीन महिनाको सिसिटिभीको फुटेज राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टाउकोको मोल तोक्ने र अर्काको टाउकोमा बम हान्ने दुवै पक्ष मिलेर आज देश लुट्ने र युद्ध पीडितलाई झन् पिडा दिने खेलमा संलग्न रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा ओलीले टाउको मोल तोक्ने शेरबहादुर देउवा र बम हान्ने प्रचण्डलाई लक्षित गर्दै दुवै नेताको एक मात्र उद्देश्य हानिकारक गठबन्धन टिकाउनेबाहेक केही नरहेको आरोप लगाए ।
ओलीले भने– हिजो टाउको मोल तोक्ने र टाउकोमा बम हान्नेहरू मिलेर देश लुट्ने ? अनेक सपना देखाएर लडाइमा धकेलिए लडाकुहरूलाई केही गर्न नपर्ने ? काले काले मिलेर भाले खाने,गठबन्धन टिकाउने बाहेक संक्रमणकालीन न्यायको काम खोइ ?
ओलीले आफ्ना पालामा संक्रमणकालीन न्याय निरूपणको काम टुंगिन लाग्दा जस एमालेले लिन्छ भनेर अहिले सरकारमा हुनेहरूले काम हुन नदिएको आरोप लगाए । ओलीले युद्ध पीडितहरूको बिचल्ली रहेको बताए ।
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद तथा खर्बपति व्यापारी विनोद चौधरीको लागि बजेटमा करका दर हेरफेर गरिएको दाबी गरेका छन् ।
चौधरीको नाम नलिई प्रमुख विपक्षी नेता ओलीले प्रतिनिधिसभामा बोल्ने क्रममा उनीहरूकै प्रतिनिधि राखेर अर्थमन्त्रीले बजेट बनाएको र त्यो कुरा बाहिर आएपछि सिसिटिभी फुटेज नै डिलिट गरिएको बताए ।
ओलीले भने– एउटा व्यापारिक घरानाले ठूलो संख्यामा गाडीहरू अर्डर राखेर भन्सार बिन्दुमा आइसकेपछि भन्सार र करको दर परिवर्तन गरियो । नेटाभी, टाटा र कियाजस्ता सीमित कम्पनीलेमात्र गाडी आयातमा फाइदा हुने गरी बजेटमा हेराहेरी गरियो । व्यापारीका प्रतिनिधि राखेर भन्सार,राजश्वका दर परिवर्तन हुन्छ भने हामी दुर्घटनामा जाने निश्चित छ ।
पूर्व प्रधानमन्त्री ओलीले कुन कुन वस्तुको भन्सार दर घटाउने र बढाउने भन्ने निर्धारण बजेट बनाउने बेला ती व्यापारीका प्रतिनिधि राखेर गरिएको र व्यापारीको अनुहार बजेटमा झल्किएको बताए ।
ओलीले आफ्नो सरकारका पालामा एउटा सहसचिवले गर्ने काममा प्रश्न उठाउँदै प्रतिपक्षका सांसदले युवालाई बेसादर दलेर सडकमा पठाएको र ओम्नी काण्डको आरोप लगाएको भन्दै अहिलेको सरकारले ओम्नी काण्डलाई सडकमा ल्याएर छानबिन गर्न चुनौती दिए ।
ओलीले भने– तपाईँहरू सरकारमा हुनुहुन्छ, ओम्नीलाई सडकमा ल्याउनुस र जनतालाई भन्नुस् । हामीले त ओम्नी काण्डको प्रश्न उठ्ने बित्तिकै व्यापारीका छानबिन समिति बनाएर कारबाही अघि बढाएका थियौँ । तर अहिले व्यापारिक प्रतिनिधि राखेर बिचौलिया राखेर बजेट बनाउनेमाथि के हुन्छ ?
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै विपक्षी नेता ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसदलाई र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताएका हुन् । ओलीले आफ्नो पहिलो माग नै यही रहेको भन्दै एसपीपीको बारेमा क-कसको पालामा के-के भयो सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताए ।
ओलीले भने, ‘कुनै भ्रमपूर्ण प्रचारबाजी गर्ने होइन सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ र यो काम सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । तत्कालीन सेनापति छन् सोधे हुन्छ । यो कुनै गठबन्धनको विषय होइन राष्ट्रको विषय हो ।’
पूर्वप्रधानमन्त्री ओलीले एसपीपीका सन्दर्भमा सन् २०१५ देखि सुरू भएका सिलसिला सुनाउँदै ओलीले सुशिल कोइरालाका पालामा सुरू भएर प्रचण्ड र शेरबहादुर देउवाका पालामा पत्राचार अघि बढेको बताए । ओलीले २०७६ जेठमा एमसीसीको प्रतिवेदनमा एसपीपी इण्डो प्यासिफिकको अंग भएको र नेपाल त्यसम सामेल भएको रिपोर्ट आएपछि आफ्नो सरकारले त्यसलाई रोकेको बताए ।
तत्कालीन रक्षामन्त्रीले परराष्ट्रसचिवको संयोजकत्वमा गठन गरेको समितिले तत्कालै स्टप गरेको भन्दै ओलीले यसबारेमा यथार्थ जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरेका छन् ।
आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताएका छन् ।
उनले गगन थापाले विगतमा आफ्नो पालामा इनफ इज इनफ भनेर आन्दोलन उक्साएको स्मरण गरेका हुन् ।
काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दा अन्य दलहरूसँग गठबन्धन गर्न सक्ने संकेत गरेको छ ।
सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सत्तारुढ गठबन्धन चुनावसम्म भत्किन सक्ने दाबी समेत गरे ।
‘सत्तारुढ गठबन्धनमा रहेका दलहरूको आआफ्ना गुनासो छन् । एक अर्काप्रति अविश्वासको वातावरण छ । यो गठबन्धन चुनावसम्म सग्लो रहला भन्ने हामीलाई लाग्दैन,’ गुरुङले भने ।
के एमालेले पनि अर्को गठबन्धन निर्माणका लागि पहल गर्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हेर्दै जाऊँ, हामी आफ्नो हातखुट्टा बाँधेर राख्दैनौँ । राजनीतिमा सबैले आआफ्नो खेलो फड्को गरिहाल्छन् । हामी जस्तालाई तस्तै ढिँडालाई निस्तैको मनस्थितिमा छौँ ।’
अहिलेसम्म गठबन्धनको विषयमा टिम बनाएर छलफल सुरु नगरिएको तर व्यक्तिगत स्तरमा कुराकानी भइरहेको उनले उल्लेख गरे ।
एमालेले आफ्नो शक्ति बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखेको गुरुङले बताए ।
अहिलेको गठबन्धनले गरिरहेका जनविरोधी र राष्ट्रविरोधि कामलाई जनताका बीचमा पर्दाफास गर्ने तथा विगतमा आफ्नो सरकारले गरेका राम्रा कामको प्रचार गर्ने उनको भनाइ छ ।
काठमाडौं । नेकपा एमाले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।
पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको बताए ।
‘तर, आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा आएन । अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भए । त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने ।
असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ । जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन भनिएको छ ।
निर्वाचनका क्रममा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गुरुङले जानकारी दिए ।
यो समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।
काठमाडौं । बालुवाटारमा फुटपाथमा मकै बिक्री गर्ने क्रममा काठमाडौं महानगरले ठेला उठाएका दम्पतीलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची-१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्नेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रूपैया सहयोग गरेका हुन् । महानगरका प्रहरीले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए । उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरी व्यवसाय गर्न सुझाव दिएका छन् ।
चेतेन्द्रले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो ठेला लगेको गुनासो गरे ।
प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरूको गाडा जफत गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
काठमाडौं । राष्ट्रियसभा गृहमा भर्खरै सुरू केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा राखेका छन् ।
बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुनेछ ।
केन्द्रीय कमिटी बैठकका मुख्य एजेण्डाहरू निम्नानुसार छन् ।
१. सहिदहरूप्रति श्रद्धाञ्जली
२. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण
३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट
५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट
६. संगठनात्मक विषय र संरचनाबारे
७. स्थानीय निर्वाचनको समीक्षा
८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे
काठमाडौं । होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारीको शव भेटिएपछि बुद्धनगरस्थित केएमसी स्कुल अशान्त बनेको छ ।
मृतकका बुबाआमा स्कुलमा आइपुगेका छन् भने प्रहरीले भित्र कडा सुरक्षा दिइरहेका छन् । काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझीको हिजो राति झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको हत्या भएको हुन सक्ने परिवारको आशंका छ ।
मृतकका बुबाआमा स्कुलबाहिर भावविव्हल अवस्थामा छन् । पिडित परिवारका तर्फबाट केही व्यक्तिहरुले प्रहरीसँग विवाद गरेका थिए । उनीहरुले मिडियालाई भित्र पसाएर पारदर्शी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । बुबाआमाले भने मिडियासँग बोलेका छैनन् । अहिले विद्यालय, प्रशासन र मृतकका परिवारबीच वार्ताको तयारी भइरहेको छ ।