Category: भिडियो

  • राजा राखेरै देश समृद्ध बनाउन सकिन्छ: लिङ्देन (भिडिओ)

    राजा राखेरै देश समृद्ध बनाउन सकिन्छ: लिङ्देन (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देश समृद्ध बनाउन सकिने बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजा चाहिन्छ भन्दा कोही डराउनु नपर्ने भन्दै राजा राखेरै देश समृद्ध बनाउन सकिने बताएका हुन् । यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

    उनले देशमा पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकीय भूमिकामा राजा रहनुपर्ने दोहोर्‍याए । देशको बोझको रुपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरुलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।

    उनले स्वतन्त्रताको नाममा अभिभावकविहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरे ।

  • संसदमा योगेशको आक्रोश- मंकिपक्स र हैजाका विषयमा सरकार किन बेखबर ? (भिडिओ)

    संसदमा योगेशको आक्रोश- मंकिपक्स र हैजाका विषयमा सरकार किन बेखबर ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल सरकार जनस्वास्थ्यका विषयमा गम्भीर नबनेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले २०२२ को मेमा बेलायतमा देखिएको मंकिपक्स अमेरिका, यूरोप, अफ्रिका हुँदै छिमेकी मुलुक भारतसम्म पुगिसक्दा सरकारले कुनै ध्यान नदिएको बताए ।

    ‘विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरिसक्यो,’ भट्टराईले भने, ‘जुन खालको लक्षण देखिँदैछ, त्यसले हायलकायल बनाइरहेको देखिन्छ । दुर्भाग्यवस नेपाल सरकारले सार्वजनिक ढंगले सुसूचित गरेको छैन । सरकार सुतेको छ । खुल्ला सिमाना छ, हामी यसबाट टाढा छैनौं । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु।’

    यस्तै राजधानीमा फैलिएको हैजाका विषयमा पनि सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    ‘बिहानसम्मको डाटामा काठमाडौं उपत्यकामा ३४ जना हैजाका केस भेटिएका छन् । हैजा महामारी हो,’ उनले भने,‘विश्व स्वास्थ्य संगठनले एकजना मात्रै देखिएपनि स्थानीय महामारी भनेको छ । ३४ देखिनु भनेको समुदायमा फैलिएको पुष्टि हुन्छ ।’

    यस विषयमा पनि अहिलेसम्म सरकारको ध्यान नजानु गैरजिम्मेवारीपन भएको उनले बताए ।

  • भित्र रेडक्रसको भेला, बाहिर नाराबाजी (तस्बिरहरू\भिडिओ)

    भित्र रेडक्रसको भेला, बाहिर नाराबाजी (तस्बिरहरू\भिडिओ)

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय भेला चलिरहँदा कार्यक्रमस्थबाहिर नाराबाजी भएको छ ।

    थापागाउँमा रहेको बानेश्वर ब्यांक्वेटमा ‘वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र’ विषयमा छलफलका लागि राष्ट्रिय भेला बोलाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे थिए ।

    हलबाहिर रेडक्रसमा विधिको शासन लागू हुनुपर्ने, अदालतको आदेश पालना गर्नुपर्ने, प्रहरी हस्तक्षेप बन्द गरजस्ता नारा लागेको थियो ।

    रेडक्रसको अघिल्लो कार्यसमितिका पदाधिकारी भ्रष्टाचारमा मुछिएपछि ओली सरकारले कार्यसमिति विघटन गरी तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । तर, पछिल्लो समय तिम्सिना नेतृत्वको समितिलाई कार्यालय प्रवेशमै प्रहरी परिचालन गरेर रोक अवरोध गरिँदै आएको छ ।

    सरकारले जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेपछि उक्त निर्णयप्रति तिम्सिना पक्ष अदालत गएको थियो । सोसाइटीका अध्यक्ष नेपालले अदालतलाई देखाउँदै अर्को पक्षले सोसाइटीको काममा अवरोध सिर्जना गर्दै आएको आरोप लगाए ।

  • अनलाइनबाट मिटरब्याजमा ऋण, नतिरे अश्लील फोटो पठाएर ब्ल्याकमेलिङ (भिडिओ)

    अनलाइनबाट मिटरब्याजमा ऋण, नतिरे अश्लील फोटो पठाएर ब्ल्याकमेलिङ (भिडिओ)

    रुपन्देही । ‘अहिले नै तुरुन्त चुक्ता गर्ने भए गर नत्र तँलाई कतै मुख देख्न नसक्ने बनाइदिन्छु’, आइतबार रुपन्देही प्रहरीले छापा मारेको कल सेन्टरको एउटा कम्प्युटरबाट एक व्यक्तिलाई पठाइएको म्यासेज हो यो ।

    म्यासेज पठाउनुअघि नै ती व्यक्तिलाई आफ्नो टाउकोमा नग्न शरीर जोडेको अश्लील फोटो पठाइएको थियो । आफ्नो नग्न तस्वीर देखेपछि उनको म्यासेज आउँछ, ‘म आज ४ बजेसम्म चुक्ता गर्छु ।’

    फेरि ४ बजेर ३ मिनेटमा ती व्यक्तिको कोही महिलासँग यौन क्रियाकलापसम्बन्धी तस्वीर पठाइन्छ । ८ हजार रुपैयाँ लिएका उनलाई २८ हजार तिर्न बाध्य पारिन्छ ।

    भारतीय नम्बरका मोबाइलबाट ह्वाट्सअपको प्रयोग गरी अनलाइन ऋण प्रवाह र अनलाइनबाटै मिटर ब्याजमा रकम असुली गर्ने उद्देश्यले सञ्चालित कल सेन्टरमा स्टिङ अप्रेसन गरेको रुपन्देही प्रहरीलाई कारोबारको चुरो पत्ता लगाउनै हम्मेहम्मे परेको छ । अवैध कल सेन्टरको जरो पत्ता नलागेपछि आफूहरु गम्भीर अध्ययनमा लागेको रुपन्देही प्रहरीले बताएको छ ।

    भारतीय र चिनियाँ नागरिकको लगानीमा सञ्चालित रुपन्देहीको तिलोत्तमा– २ जानकीनगरमा रहेको ब्लु स्काई बिजेनश सोलुसन प्रालि (कल सेन्टर) मा प्रहरीले आइतबार छापा मारेको थियो । त्यहाँ काम गर्ने २४० युवायुवती नियन्त्रणमा लिएसँगै दैनिक करोडभन्दा बढी ट्रान्जेक्सन हुने गरेको खुलेको छ । कार्यालयबाट दैनिक सयौं सर्वसाधारणलाई एप्लिकेसनको प्रयोग गरी गैरकानूनी कारोबार, ठगी तथा ब्ल्याकमेलिङ हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    विशेषगरी भारतीय नागरिकलाई अनलाइन ऋण प्रवाह गरी मिटर ब्याजमा रकम असुल्ने र भनेको समयमा दिन नसके अश्लील तस्वीर तथा भिडियो पठाइ ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरी स्रोतले बतायो । गिरोहले दैनिक १ करोडभन्दा बढी रकम ट्रान्जेक्सन हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नियन्त्रणमा लिइएकामध्ये ९ जनाबाहेक अरुलाई अनुसन्धानपछि छाडिएको जानकारी दिए । जानकीनगरमा ५ तल्लाको घरमा ३ वटा फल्याट भाडामा लिई ३ सयभन्दा बढी कम्प्युटर राखी युवायुवतीलाई प्रयोग गरेर भारतसहित विभिन्न देशका व्यक्तिलाई व्ल्याकमेलिङ गर्दै रकम माग गरिररहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

    प्रहरीले कल सेन्टर सञ्चालन गर्ने भारतका दवाङ र ८ जना नेपालीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कार्यालयमा रहेका कम्प्युटर, उपकरणलगायतमा शील गरिएको छ । छापा मार्ने क्रममा नियन्त्रणमा लिइएका २५० बढी युवायुवतीको मोबाइल जफत गरेर उनीहरुलाई हाजिर जमानीमा घर पठाइएको डीएसपी केसीले बताएका छन् ।

    उनीहरु सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा हाजिर हुनेछन् । कल सेन्टरमा काम गर्ने अधिकांश १८ देखि २१ वर्ष उमेर समूहका छन् ।
    कल सेन्टरमा काम गर्नेलाई १२ हजार तलब र इन्सेन्टिभ दिने गरेको त्यहाँ काम गर्ने युवायुवती बताउँछन् । ‘हामीलाई यो गैरकानुनी हो भन्ने थाहा थिएन । कक्षा १२ पास गरेपछि फुर्सदमा काम गर्न आएकी हुँ । तर, यस्तो अवैध काम हो भन्ने थाहा थिएन’, कल सेन्टरमा १ महिनादेखि काम गरेकी बुटवलकी एक युवतीले भनिन् ।

    उनका अनुसार त्यहाँ काम गर्ने विभिन्न व्यक्तिलाई कोड दिइन्थ्यो । कोडअनुसार उनीहरुले इन्टेन्सिभ फरक–फरक पाउने गर्दथे । एक जनाले कति रकम उठाउन सक्छ, त्यहीअनुसार प्रतिव्यक्ति ३ जना बराबर एक सय रुपैयाँ इन्टेन्सिभ पाउने उनले जानकारी दिइन् ।

    उनीहरुले कुनै पनि एप थ्रोबाट डिजिटल लोन १६ सयदेखि अधिकतम १४ हजारसम्म दिने गर्दथे । लोनका लागि सुरुमा रकम पठाउने र त्यसपछि फिर्ता हुँदा बढ्ने भन्दै उनीहरुले प्रलोभनमा समेत पार्ने गर्दथे ।

    यतिसम्मकी कल सेन्टरमा रहेका युवायुवतीलाई के भनेर बोल्नेबारेमा कापीमा समेत लेखेर सिकाइने गरिन्थ्यो । ‘सुरुमा उनीहरुले राम्रो तरिकारले डिल गर्ने, पछि कुरा राम्रो हुँदै गए विश्वास जितेर लोनका लागि पैसा माग्ने गरेको देखियो । यदि अटेर गरे अश्लील सामग्रीमा टाउको जोडेर पठाउने गरेको फेला प¥यो’, रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने ।

    उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए । यसबाट कति व्यक्ति पीडित भएको र उक्त रकम कसरी नेपाली खातामा जम्मा हुने वा कहाँ जम्मा हुनेबारेमा विस्तृत अनुसन्धानपछि मात्र थाहा हुने उनले जानकारी दिए ।

  • काठमाडौं-मधेस फास्ट ट्रयाक समयमै सक्न संसदीय समितिको निर्देशन (भिडिओ)

    काठमाडौं-मधेस फास्ट ट्रयाक समयमै सक्न संसदीय समितिको निर्देशन (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौं-मधेस फास्ट ट्रयाक काम समयमा नै सम्पन्न गर्नका लागि ठोस कार्यातालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले अहिलको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा समिति विश्वस्त नदेखिएको भन्दै आयोजनाको लागत नबढ्ने गरी समयमा नै आयोजनालाई सम्पन्न गर्ने गरी विश्वसनीय आधारसहितको ठोस कार्यातालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

    बैठकले उक्त कार्यतालिका यथाशीघ्र समितिलाई उपलब्ध गराउन मन्त्रीपरिषद कार्यालय, रक्षा मन्त्रालय र सम्वद्ध आयोजनाहरुलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

    त्यस्तै, बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा यसका वातावरणीय पक्षहरुको कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेश्रो पक्षबाट हुने अनुगमनको कार्यान्वयनको जानकारी १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको सभापति खड्काले बताइन् ।

    बैठकमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना अन्तर्गत विभिन्न खण्डमा ठेक्का लगाएर काम भइरहेको जानकारी दिए । उनले आयोजना निर्माण गर्दा वातावरणीय प्रभावलाई पनि सेनाले मध्यनजर गरेको दाबी गरे ।

    समिति सदस्यहरुले आयोजनाको निर्माण गति निकै सुस्त भएको भन्दै आयोजना निर्माणमा देखिएका जटिलतालाई हटाएर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए ।

    २०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको बहुप्रतिक्षित एशियन हाइ–वे मापदण्डको राष्ट्रिय गौरवको उक्त आयोजनाको हालम्म २१ दशमलव १८ प्रतिशत मात्रे समस्टिगत प्रगति भएको छ भने पूर्वनिधारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरु अघि बढ्न सकेको छैन ।

  • विदेशी महिलालाई बिहे गर्नासाथ नागरिकता दिने व्यवस्थाको समर्थनमा उभिए वामदेव (भिडिओ)

    विदेशी महिलालाई बिहे गर्नासाथ नागरिकता दिने व्यवस्थाको समर्थनमा उभिए वामदेव (भिडिओ)

    काठमाडौं । अंगीकृत नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउने व्यवस्थाप्रति राष्ट्रियसभा सदस्य वामदेव गौतमले स्वागत गरेका छन् ।

    राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले कोही पनि अनागरिक भएर बस्न नहुने र अनागरिक बनाउन नहुने तर्क पेस गरे ।

    गौतमले भने, ‘२०४७ सालको संविधानमा नागरिकता परित्याग गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था थियो । र, त्यसबेलाको कानूनमा पनि त्यो व्यवस्था थियो । त्यसबेलाको संविधानअनुसार त्यो वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा जटिल समस्या कहिल्यै पनि उत्पन्न हुन दिएनौं ।’

    गौतमले थपे, ‘जुन व्यक्ति तराईमा गएको छ, त्यहाँ बसोबास गरेको छ । त्यसलाई थाहा हुन्छ, कि हाम्रो देशको जस्तो समस्या, के-के समस्या छन् भन्ने कुरा जटिल समस्या छन् । तर, समाधान गर्नैपर्छ । किनभने तराईमा आधा महिला भारततिरै गएर विवाह गर्छन् । आधा पुरुष भारततिरबाट विवाह गरेर बुहारी ल्याएर आउँछन् । १४ वर्षसम्म नागरिकता नदिने व्यवस्थाले आमाले जन्माएको छोरा जन्मसिद्ध नागरिक बन्छ । १४ वर्षसम्म अमा अनागरिक भएर बसिरहनुपर्छ । अनागरिक भएर कोही पनि मान्छे बस्न हुदैन र अनागरिक बनाइनु पनि पाइँदैन ।’

    गौतमले अंगीकृत नागरिकता प्राप्त गर्नका लागि अहिले विधेयकमा ल्याइएको व्यवस्था नै ठीक भएको बताउदैँ बाहिरबाट विवाह गरेर आएको महिलाले उक्त देशको नागरिकता परित्याग गर्ने प्रक्रिया सुरू गरेको प्रमाण पेस गर्ने व्यवस्था भने गरिनुपर्ने बताए ।

  • नागरिकता विधेयकमा गठबन्धनका नेताको बलमिचाइँ देखियो : विमला राई (भिडिओ)

    नागरिकता विधेयकमा गठबन्धनका नेताको बलमिचाइँ देखियो : विमला राई (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राईले नागरिकता विधेयक संसदमा पेस गर्दा गठबन्धन दलका शीर्ष नेताले बलमिचाइँ गरेको टिप्पणी गरेकी छन् ।

    सोमबारको बैठकमा उनले प्रक्रियामाथि प्रश्न उठाउँदै नागरिकताजस्तो संवेदनशील विषयमा संसदको अवमूल्यन गरेको र सांसदको स्वविवेक निर्णय गर्ने अधिकारको पनि अवमुल्यन गरेको आरोप लगाइन् ।

    उनले भनिन्, ‘जुन तरिकाले प्रतिनिधिसभाबाट हाम्रो सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असमति छ । यो विधेयक पहिलेको सरकारले प्रतिनिधिसभामा पेस गरेर २२ महिना प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएर एउटा निचोडको अवस्थामा आएर एउटा प्रतिवेदन आइसकेपछि अहिलेको सरकारले त्यही प्रतिवेदनमा केही सच्याउनैपर्ने प्रावधान भए प्रतिवेदनमा संशोधन गर्न लगाएर समितिबाट फिर्ता ल्याउन सक्थ्यो । त्यो नगरेरै एकदमै अनाहक रूपमा यो विधेयकलाई फिर्ता लगेर कसको दबाब, कसको चाहना, कसको चालमा के भइरहेको छ, थाहा छैन ।’

    विधेयकमा केही राम्रा प्रावधान पनि भएकाले फिर्ता गर्न पनि नसकिने उनले बताइन् ।

    उनले भनिन्, ‘साढे ६ लाखभन्दा बढी युवायुवती अहिले नागरिकताविहीन छन् । तिनले नागरिकता पाउनुपर्छ । यो कुरा हामीले पहिले पनि उठाएको हो । विशेषगरी एकल आमाका सन्तानलाई जुन नागरिकता दिइने प्रावधान आएको छ, त्यो एकदमै सही छ । त्यो सही भएका कारणले पनि हामीले यो विधेयक फिर्ता गर्न अप्ठ्यारो परिरहेको छ ।’

    सांसद राईले विधेयकमा विवाह गरी आएको महिलाले अंगीकृत नागरिकता प्राप्त गर्नका लागि एक दिन पनि कुर्नु नपर्ने प्रावधान डरलाग्दो भएको बताइन् ।

    ‘सार्क मुलुकमा हेर्ने हो भने भारत, अफगानस्थान र श्रीलंकामा वैवाहिक अंगीकृत नागरिकता ७ वर्षमा पाइन्छ । पाकिस्तानमा ५ वर्ष, माल्दिभ्समा १२ वर्ष पर्खिनुपर्छ । बंगलादेशमा २ वर्ष । नेपालमा आएको भोलिपल्ट । किन यस्तो प्रावधान राखियो ? ७ वर्ष भनेर भन्दाभन्दै यो सरकारले किन यसरी बलमिचाइँ गर्‍यो ?’

    नागरिकता विधेयकमा लैंगिक र पितृसत्ताको बलमिचाइँ प्रष्ट देखिएको उनको भनाइ छ ।

  • राष्ट्रियसभामा नारायणकाजीको आपत्ति- नागरिकता विधेयक लोकतान्त्रिक पद्दति र मूल्य-मान्यता विपरीत (भिडिओ)

    राष्ट्रियसभामा नारायणकाजीको आपत्ति- नागरिकता विधेयक लोकतान्त्रिक पद्दति र मूल्य-मान्यता विपरीत (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाबाट हालै पारित नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा रोष प्रकट गरेका छन् । विधेयक पारित गर्ने प्रक्रिया र यसका अन्तरवस्तुमाथि उनले प्रश्न उठाए ।

    राष्ट्रियसभामा आजको छलफलमा सहभागी हुँदै श्रेष्ठले लोकतान्त्रिक पद्दति तथा संसदीयय मूल्य-मान्यतामा यसरी विधेयक पेस गर्न नमिल्ने तर्क गरे । उनले बुँदागतरूपमा आफ्ना भनाइ राखेका थिए ।

    श्रेष्ठले भने, ‘नेपाली नागरिक बाबुआमाका सन्तानले नागरिकता प्राप्त नगर्ने स्थिति समाधान गर्नुपर्थ्यो, त्यो हल हुने दिशातिर जानुपर्थ्यो त्यो राम्रो कुरा हो । बाबुको पहिचान नभएकालाई आमाको स्वघोषणाका आधारमा नागरिकता पाउने कुरा सही छ ।’

    तर, यसका तीनवटा कुरामा उनले ध्यानाकर्षण गराए ।

    ‘पहिलो कुरा लोकतान्त्रिक पद्दति, मूल्य र संसदीय मान्यताको कोणबाट यसरी विधेयक प्रस्तुत गर्न मिल्दैन । हामी कहाँ जान खोज्दैछौं ? जे मन लागे पनि गर्ने प्रवित्तिले हामीलाई गलत दिशातिर लैजान्छ,’ श्रेष्ठले भने ।

    प्रतिनिधिसभाबाट राज्य व्यवस्था समितिमा गएर दुई वर्ष छलफल गर्दा सहमति हुन नसकेपछि बहुमत र अल्पमतका आधारमा प्रतिवेदन बनाइएको श्रेष्ठले स्मरण गरे । प्रतिनिधिसभाले त्यही प्रतिवेदनमा छलफल गरेर निर्णय गर्नुपर्नेमा त्यसो नगरिएको उनले बताए ।

    ‘सरकारले प्रतिवेदन अनुसारको विधेयक फिर्ता लिएर अल्पमतको विचार लागू हुने गरी कानूनी व्यवस्था निर्माण चलन चलायौं भने लोकतन्त्र कमजोर हुन्छ, संसदीय व्यवस्था कमजोर हुन्छ,’ उनले भने ।

    नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्रै नागरिकता प्राप्त गर्ने प्रावधान हटाउनुपर्ने कारण नभएको श्रेष्ठको भनाइ छ । साथै, नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेको हकमा कुनै प्रावधान नराखिएको भन्दै त्यसमा पनि उनले आपत्ति जनाए ।

  • नारायणकाजी श्रेष्ठको आह्वान- वामपन्थी शक्तिबीच सकेसम्म एकता, नत्र चुनावी तालमेल गरौं (भिडिओ)

    नारायणकाजी श्रेष्ठको आह्वान- वामपन्थी शक्तिबीच सकेसम्म एकता, नत्र चुनावी तालमेल गरौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशका वामपन्थी पार्टीहरूले एकले अर्कालाई सिध्याउन र तमासा हेर्न तल्लिन रहेको टिप्पणी गरेका छन् । यो बाटोबाट कम्युनिष्ट तथा वामपन्थी आन्दोलन विसर्जनको दिशामा जाने उनले चेतावनी दिए ।

    राजधानीमा आज आयोजित एक अन्तरक्रियामा बोल्दै श्रेष्ठले वामपन्थी शक्तिबीच एकताका लागि आह्वान गरे । एकता सम्भव नभए कम्तीमा चुनावी तालमेल गर्नुपर्ने उनको भनाइ छ ।

    श्रेष्ठले भने, ‘देशको राष्ट्रवादी शक्ति भनेको वामपन्थी नै हुन् । अहिलेको परिस्थितिलाई गम्भीर अध्ययन र समीक्षा गरेर वामपन्थी शक्ति एकजुट हुनुपर्छ । वैचारिक रूपमा निकट भएकाहरूले सकेसम्म एकता गर्ने र त्यो नभए समाजवादी मोर्चा बनाएर जान सकिन्छ । त्यो पनि नभए अर्को चुनावमा वामपन्थीबीच तालमेल गरौं ।’

    वामपन्थीहरूले समाजवादका कुरा गर्ने तर राष्ट्रिय स्वाधीनताका लागि खतरा बनेको साम्राज्यवादको नाइकेलाई हस्तक्षेप गर्न दिने गलत प्रवृत्ति रहेको उनले बताए ।

    ‘कमसेकम सबैले राष्ट्रियताको पक्षमा संवेदनशील बनौं,’ उनले आग्रह गरे ।

  • लिङ्देनको दाबी- दुई तिहाइ बहुमतविना पनि गणतन्त्र र संघीयता उल्टाउन सक्छौँ (भिडिओ)

    लिङ्देनको दाबी- दुई तिहाइ बहुमतविना पनि गणतन्त्र र संघीयता उल्टाउन सक्छौँ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले हिँडिहेको बाटोबाट देश दुर्घटनातर्फ जाने चेतावनी दिएका छन् । देशलाई विकास र समृद्धितर्फ लैजान नेतृत्व मात्र नभएर राजनीतिक प्रणालीमै परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।

    आज आयोजित एक अन्तरक्रियामा बोल्दै लिङदेनले सत्ता स्वार्थका लागि अहिलेका दलहरु देशद्रोह गर्न पनि पछि नपर्ने गरेको आरोप लगाए । देशलाई कमजोर पार्ने र शक्ति राष्ट्रहरुको क्रिडास्थलमा परिणत गर्ने काम भइरहेको उनको टिप्पणी छ ।

    ‘कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने खतरा छ । त्यसैले देशलाई दुर्घटनाबाट जोगाउन चाहनेहरु एक ठाउँमा उभिने समय आयो । अन्यथा यो बाटोले हामीलाई पतनतर्फ लैजान्छ,’ लिङ्देनले भने ।

    अहिलेको व्यवस्था असफलताउन्मुख रहेकोले देशलाई राजतन्त्रमै फर्काउनुपर्ने लिङदेनले बताए । यसैगरी, संघीयता खारेज गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगिकार गर्ने र प्रत्यक्ष प्रधानमन्त्रीको व्यवस्था गर्ने एजेन्डा आफ्नो पार्टीले बोकेको उनको भनाइ छ ।

    ‘अहिले हेर्दा हाम्रो मुद्दा असम्भव लाग्न सक्छ । तर, समय आएपछि कांग्रेस र एमाले मात्र होइन, माओवादी पनि हाम्रो एजेन्डामा आउनेछन्,’ लिङदेनले भने ।

    उनले थपे, ‘यो प्रणाली बदल्नका लागि सांसदको दुई तिहाइ बहुमत ल्याइरहनु पर्दैन । हामीले निश्चित संख्याको शक्ति आर्जन गर्दा हुन्छ ।’

    लिङ्देनले यसमा थप व्याख्या गरेनन् ।

     

  • झण्डै यथास्थितिमा एमसीसी पास भएको थियो, व्याख्यात्मक टिप्पणीले ठूलो ढाडस दियो : माधव नेपाल (भिडिओ)

    झण्डै यथास्थितिमा एमसीसी पास भएको थियो, व्याख्यात्मक टिप्पणीले ठूलो ढाडस दियो : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस मिलेर झण्डै एमसीसी एथास्थितिमा पारित गरेको टिप्पणी गरेका छन् ।

    आफूहरुले व्याख्यात्मक टिप्पणीको अस्त्र अघि सारेर देशको खड्को टारेको उनको दाबी छ ।

    आज आयोजित विश्वको भूराजनीति तनाव र नेपालको स्थितिका विषयक अन्तरक्रियामा बोल्दै नेपालले कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएका बेला नेपालमा एमसीसी भित्र्याइएको बताए ।

    उनले भने, ‘एमसीसी मात्र होइन, आइपीएसमा नै नेपाल जोडिने स्थिति आएको थियो । कम्युनिष्ट भनिएको एमाले र दक्षिण तथा पश्चिमी शक्तिको प्रभावमा रहेको नेपाली कांग्रेस मिलेर झण्डै यथास्थितिमा एमसीसी पारित गरेका थिए । तर, हामीले व्याख्यात्मक टिप्पणीबिना पारित गर्नु हुँदैन भनेर अडान लियौं ।’

    अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर आफूहरुले व्याख्यात्मक टिप्पणीको उपाय अघि सारेको नेपालले बताए ।

    उनले थपे, ‘हामी कुनै पनि सैन्य गठवन्धन मान्दनौं भनेर हामी व्याख्यात्मक टिप्पणीमा घोषणा गरेका छौं । ३० दिनको सूचना दिनर कुनै पनि बेला नेपालले सम्झौताबाट ब्याक हुन सक्ने पनि उल्लेख भएको छ । यसले देशलाई ठूलो ढाडस दियो । जनताको भावना व्याख्यात्मक टिप्पणीमा प्रतिबिम्बित भएको छ ।’

    नेपालले कम्युनिष्ट पार्टीकै सरकारको पालामा एसपीपी सम्झौता पनि गर्न खोजिएको नेपालको भनाइ छ ।

    ‘सरकारको स्वीकृति लिएर सेनाले चिठी पठाएको रहेछ । त्यो पनि कम्युनिष्ट सरकारको पालामा । त्यस्तो चिठी सेनाले पठाउनै हुँदैनथ्यो । त्यो अवस्थामा हामीले शेरबहादुर देउवालाई दवाव दियौं र सरकारले निर्णय लियो ।’

    नेपालले भर्खरै पनि आफू र प्रचण्डले देउवालाई एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न भनेको उल्लेख गरे ।

  • सदनको निर्देशन पालना नगरेको भन्दै भीम रावलको प्रश्न- सरकार कहाँ छ ? (भिडिओ)

    सदनको निर्देशन पालना नगरेको भन्दै भीम रावलको प्रश्न- सरकार कहाँ छ ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सरकार देशमा छ कि अन्त कतै भनी प्रश्न गरेका छन् ।

    रावलले एसपीपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेकोमा आपत्ति जनाउँदै सरकार कहाँ छ ? भन्दै प्रश्न गरेका हुन् ।

    एसपीपीबारे संसद र संसदीय समितिको निर्देशनलाई सरकारले सुनेपनि नसुनेझै गरेको उनको भनाई छ । उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरे । त्यस्तै, उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।

  • रुख ढलेर बस र स्कुटर किच्दा भक्तपुरको सल्लाघारीमा ३ को मृत्यु, १२ जना गम्भीर घाइते (भिडिओ)

    रुख ढलेर बस र स्कुटर किच्दा भक्तपुरको सल्लाघारीमा ३ को मृत्यु, १२ जना गम्भीर घाइते (भिडिओ)

    काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् ।

    मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताए ।

    काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएका हुन् ।

    अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

    यता, गृहमन्त्री बालकृष्ण खाडले घाइतेहरूको उपचार गर्न र सडक सुचारु गर्न निर्देशन दिएका छन् ।

  • वीरेन्द्रनगरको सडकका डेढ सयभन्दा बढी छाडा चौपाया व्यवस्थापन (भिडिओ)

    वीरेन्द्रनगरको सडकका डेढ सयभन्दा बढी छाडा चौपाया व्यवस्थापन (भिडिओ)

    सुर्खेत । वीरेन्द्रनगरका सडकमा बेवारिसे डेढ सयभन्दाबढी चौपाया व्यवस्थापन गरिएको छ ।

    ११ नम्बर वडा कार्यालयको पहलमा ती चौपायालाई लेकबेँसी नगरपालिका- ९ स्थित चौरासे गौशालामा पठाइएको छ । सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिम बढेको वडाध्यक्ष खिमलाल देवकोटाले बताए ।

    उनले अबका दिनमा कसैले चौपाया बेवारिसे रूफमा छाडे कारबाही गरिने बताए । छोडेको पुष्टि भएमा कारबाही गर्ने गरी वडा कार्यालय अघि बढेको बताए ।

  • झलनाथको प्रश्न : कांग्रेसलाई बहुमत दिलाउन हामीले किन गठबन्धन गर्ने ?

    झलनाथको प्रश्न : कांग्रेसलाई बहुमत दिलाउन हामीले किन गठबन्धन गर्ने ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने स्पष्ट पारेका छन् ।

    नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए ।

    तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनको तर्क छ । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।

    खनालले भने, ‘कोही हाम्रो बहुमत आउने गरीकन गठबन्धन गर्ने भन्दैछन् । के भनेको त्यो ? बहुमत एउटाको आउँछ भने किन गठबन्धन गर्न जान्छ कोही ? अरुलाई बहुमत दिनका लागि किन हामी गठबन्धनमा जाने ? केको लागि जाने ? दलाल बन्न ? पुच्छर बन्न ? जानु हुँदैन ।’

    उनले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे ।

    खनालले अहिले बाम एकताको खाँचो रहेको औंल्याए । उनले आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको जिकिर गरे ।

    सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए बामपन्थी एकता असम्भव नरहेको उनको भनाई छ ।

     

  • गभर्नरको राजीनामा माग्दै सत्तारुढ विद्यार्थीले पठाए सांसदलाई एसएमएस (फोटोफिचर/भिडिओ)

    गभर्नरको राजीनामा माग्दै सत्तारुढ विद्यार्थीले पठाए सांसदलाई एसएमएस (फोटोफिचर/भिडिओ)

    काठमाडौं । सत्तारुढ दल निकट संयुक्त विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सांसदहरुलाई एसएमएस पठाएका छन् ।

    शनिबार आर. आर. क्याम्पस अगाडि भेला भएर विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, सुजता कोइराला तथा गगन थापासहितका सांसदहरुलाई एसएमएस पठाएका हुन् ।

    सत्तारुढ नेपाल कांग्रेस निकट नेवि संघ, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादीकाे अनेरास्ववियुले सांसदहरुलाई एसएमएस पठाएका हुन् । उनीहरुले गभर्नर अवैध भएको दावी गर्दै अधिकारीको राजीनामाका लागि दबाब दिएका हुन् ।

    देउवालाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को उपदफा (क) मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति ‘राजनैतिक दलको सदस्य वा पदाधिकारी’ भएमा नियुक्त हुन अयोग्य हुने छ । भन्ने व्यवस्थाअनुसार नेकपा (एमालेका) अर्थ तथा योजना विभाग सदस्य महाप्रसाद अधिकारी अवैध रुपमा गभर्नर पदमा आसीन छन् । उहाँलाई अहिलेसम्मको सेवा सुविधा फिर्ता गरी तुरुन्तै बर्खास्तीको लागि निर्णायक पहल लिन माननीयज्युलाई संयुक्त विधार्थी संगठन हार्दिक अपिल गर्दछ ।’

    यसअघि साउन ५ मा पनि विद्यार्थीहरुले माइतीघर मण्डला तथा राष्ट्र बैंक परिसरमा विभिन्न कार्टुन बनाएर गभर्नर अधिकारीको राजीनमा माग गर्दै प्रदर्शन गरेका थिए ।

    नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नाम उल्लेख भएपछि गभर्नर विवादमा तानिएका हुन् । विभागमा लेखिएकाे एम अधिकारी गभर्नर नै भएकाे भन्दै सत्तारुढ दलले विरोध जनाउँदै आएका छन् । यद्यपि गभर्नर अधिकारीले त्यो व्यक्ति आफू नभएको जनाइसकेका छन् भने एमालेले पनि विभागमा रहेका एम अधिकारी गभर्नर नभइ अरु कोही भएको स्पष्ट पारिसकेको छ ।

    तस्वीरहरुः गौरव पौडेल

  • माधव नेपालको आशंका- हाम्रो बुई चढेर पहिलो बनेको कांग्रेसले हामीमाथि नै बुर्कुसी मार्ने डर भो (भिडिओ)

    माधव नेपालको आशंका- हाम्रो बुई चढेर पहिलो बनेको कांग्रेसले हामीमाथि नै बुर्कुसी मार्ने डर भो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईतिहाइको फुर्ती देखाउनेलाई सडकमा फालेर आफूहरुले इतिहासमा कीर्तिमान बनाएको दाबी गरेका छन् ।

    नेकपा एस निकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले दम्भी र अहंकारीलाई सडकमा फालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपरेको बताए ।

    नेपालले भने, ‘इतिहासमा हामीले कीर्तिमान बनायौं । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको पनि देख्यौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनायौं । निर्वाचन भयो । निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’

    अध्यक्ष नेपालले आफूहरुले एमालेविरुद्ध कांग्रेसलाई साथ दिनुको कारण प्रष्ट्याउने क्रममा सोभियतकालीन रुस र चीनको सम्बन्धको उदाहरण दिए । रुस र चीन दुवै कम्युनिष्ट मुलुक भए पनि रुसलाई पछार्नुपर्ने अवस्थामा चीनले अमेरिकालाई साथ दिएको नेपालले बताए ।

  • एमालेमात्रै नेकपाको निरन्तरता हो: पोखरेल, माओवादी र समाजवादीका नेता-कार्यकर्तालाई एमालेमा फर्कन आह्वान (भिडिओ)

    एमालेमात्रै नेकपाको निरन्तरता हो: पोखरेल, माओवादी र समाजवादीका नेता-कार्यकर्तालाई एमालेमा फर्कन आह्वान (भिडिओ)

    सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा विभाजन भइसकेपछि नेकपा एमालेमात्रै नेकपाको निरन्तरता भएको दाबी गरेका छन् । आज सुर्खेतमा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादी र समाजवादीका नेताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

    ‘हिजो संविधान निर्माणपछि अब नेपालको राजनीति विकास र समृद्धिमा होमिनेछ र हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हुनेछ भनेर निष्कर्ष निकालेका थियौं’, उनले भने, ‘तर, केही तत्वले नेकपाभित्र विग्रह पैदा गरे । पार्टी अध्यक्षविरुद्ध मोर्चाबन्दी गर्ने, घेराबन्दी गर्ने काम भयो । त्यसपछि एउटा पार्टीको नेता प्रचण्ड बन्नुभयो । अर्को पार्टीको नेता माधव नेपाल बन्नुभयो । नेकपा एकताको पक्षमा छैनन् भनेर अध्यक्ष ओलीमाथि आरोप लगाइयो ।’

    उनले प्रचण्डले नेतृत्व गरेको माओवादीमा माओवादीमात्रै भएको र माधव नेपालले नेतृत्व गरेको पार्टीमा एमालेमात्रै देखिएको बताए ।

    ‘आज प्रचण्ड नेतृत्वको पार्टीभित्र नेकपा देखिन्छ कि देखिँदैन ? दैखिँदैन, त्यहाँ माओवादीमात्रै देखिन्छन् । माधवको पार्टीमा नेकपा देखिन्छन् देखिँदैनन, त्यहाँ एमालेमात्रै देखिन्छ’, नेता पोखरेलले भने, ‘एमालेलाई हेर्नुभयो भने नेकपा देखिन्छ । नेकपाको भावनाको नेतृत्व गर्ने पार्टीको रुपमा एमाले स्थापित भएको छ । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेका साथीहरु प्रचण्डको, माधव नेपालको नेतृत्वमा होइन, कमरेड ओलीको नेतृत्वमा आउनुहोस् । बलियो कम्युनिष्ट बनाउने हो भने कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने हो भने आउनुहोस् । म यहाँबाटै यहाँहरुलाई आह्वान गर्दछु ।’

    उनले जनताले बनाएको संविधानको आधारमा राष्ट्र निर्माणको अभियान पूरा गर्नुपर्ने देखिएको बताए । तर सत्ता गठबन्धनले त्यसको उल्टो गर्दै आइरहेको उनले आरोप लगाए ।

    ‘गठबन्धनको न कुनै लक्ष्य छ न त उद्देश्य छ । निश्चित स्वार्थको झुण्ड हो यो । यसको एकैमात्र उद्देश्य नेकपा एमालेलाई रोक्नेमात्रै छ’, महासचिव पोखरेलले भने, ‘हिजो नेकपामा हुँदा हरेक कदमको विरोध गर्ने प्रचण्ड र माधव अहिले ती सबै कुराको खुलेर सर्मथन गर्दै आइरहेक छन् । एमसीसीदेखि नागरिकता विधेयक पारितसम्मका घटनाक्रमले त्यो कुरा पुष्टि गरेको छ ।’

  • देउवा लक्षित रविको टिप्पणी- ज्योतिष तिम्रा हुनेछन्, भाग्य हाम्रो चम्किनेछ (भिडिओ)

    देउवा लक्षित रविको टिप्पणी- ज्योतिष तिम्रा हुनेछन्, भाग्य हाम्रो चम्किनेछ (भिडिओ)

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुलाई मंसिरको चुनावको तीब्र प्रतीक्षा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने दाबी गरेका छन् ।

    पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताए । उनले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउन आफू राजनीतिमा आएको भन्दै मंसिरको चुनाव अधैर्यसाथ पर्खिएको बताए ।

    लामिछानेले भने, ‘तिम्रा ज्योतिष देखाएर मिति तोक । ज्योतिषा तिम्रो हुनेछ, भाग्य हाम्रो खुल्नेछ । ज्योतिषले मिति तोक्नेछन्, जनताले भाग्यको फैसला गर्नेछन् । सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको तीब्र प्रतीक्षामा छु । तिम्रा ज्योतिषले चुनावको मिति तोक्नेछन्, भाग्य हाम्रो चम्किनेछ ।’

    भेलामा पार्टीका प्रवक्ता डा मुकुल ढकाल, जीता बराललगायत विभिन्न जिल्लाका सहभागीले स्वतन्त्र पार्टी अभियानको बारेमा धारणा राखेका थिए ।

  • नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र–बाबुराम समेटेर समाजवादी केन्द्र: प्रचण्ड (भिडिओ)

    नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र–बाबुराम समेटेर समाजवादी केन्द्र: प्रचण्ड (भिडिओ)

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र यादव र बाबुराम भट्टराई समेटेर समाजवादी केन्द्र बनाउने प्रयास भइरहेको बताएका छन् ।

    शनिबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले समाजवादी केन्द्र बनाउँदा त्यसमा समेटिन उपेन्द्र यादवलाई पनि अप्ठेरो नहुने बताए । उनले पछिल्ला भेटघाट र छलफल चुनावी मोर्चा हुँदै समाजवादी केन्द्र निर्माण र पार्टी एकतासम्म लक्षित रहेको बताए ।

    उपेन्द्र र बाबुरामको पार्टी विभाजन निश्चित भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको उनले बताए ।

    उनले समाजवादी केन्द्र निर्माणबारेमा डा. बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, वामदेव गौतमसँग कुरा भइरहेको बताए । ‘उहाँहरु कोही पनि गठबन्धनबाट बाहिर जानुहँुदैन । गठबन्धनभित्र रहेका सबै वाम दलहरुसँग र वामदेवजीसँग राम्रो समझदारी बनाउनुपर्छ’, उनले भने, ‘ र, चुनावी खालको मोर्चा पनि हुनसक्छ । पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ । केही दिनभित्र हामी निष्कर्षमा पुग्छौं ।’

  • ओलीको आरोपः आफ्नै पार्टीका नेताहरुलाई फाँसी दिँइदा कांग्रेसले सहिद मानेन (भिडिओ)

    ओलीको आरोपः आफ्नै पार्टीका नेताहरुलाई फाँसी दिँइदा कांग्रेसले सहिद मानेन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको गुनासो गरेका छन् । सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको उनले आरोप लगाए ।

    कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा ओलीले भने, ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भिमदत्तलाई सहिद मान्दैन ।’

    भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेसलाई सिरिंग हुने ओलीको टिप्पणी थियो । दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी कांग्रेसले नलिएको पनि उनले बताए ।

    ‘दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो । उनले बम हानेका थिए कि थिएनन् त्यो बेग्लै कुरा हो । हानेका थिए भने त्यो कांग्रेसकै कार्यकर्ताका रुपमा परिवर्तनका लागि हानेका थिए । तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन,’ ओलीले भने ।

    कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भिम नारायण श्रेष्ठहरु सहिद भनेको भए पनि कांग्रेसले उनीहरुलाई नसम्झिने गरेको पनि ओलीको आरोप छ ।

    ‘सत्ता स्वार्थका कारण कांग्रेसले आफ्नै आदरणीय नेताहरुलाई फाँसी दिइँदा वक्तव्यसम्म जारी गर्न सकेन । सामान्य प्रतिक्रिया पनि दिन सकेन,’ ओलीले भने ।

  • माधव नेपालले भने- पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं (भिडिओ)

    माधव नेपालले भने- पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं (भिडिओ)

    काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् ।

    नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन् ।उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।

    उनले भने,‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ । अरु भन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुनेछ ।’

    उनले कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुलाएको समेत बताए । उनले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।

  • कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायाधीश छन् : अध्यक्ष ओली (भिडिओ)

    कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायाधीश छन् : अध्यक्ष ओली (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायाधीश रहेको दाबी गरेका छन् ।

    शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले न्यायालयलगायत विभिन्न स्थानमा कांग्रेसका मान्छेहरु रहेपनि राजीनामा दिएको कहिल्यै नसुनेको बताए ।

    उनले रिटायर भइसकेका मान्छेलाई फकाई पदमा राखेर कांग्रेसले मुलुकमा बेतिथि खडा गरेको आरोप लगाए । एमालेले गर्भनर र एम अधिकारी फरक व्यक्ति भएको भन्दा भन्दै पनि कांग्रेसले एम अधिकारी खोजेको खोजै गरेको उनको भनाइ छ । ओलीले अहिलेको बजेट भ्रष्ट बजेट भएको फुटेज हटाउनुले नै पुष्टि भएको तर्क गरे ।

    त्यस्तै, उनले चूनावलाई लक्षित गर्दै सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप समेत लगाए । उनले मुलुकको आर्थिक अवस्था समस्यामा परेको भन्दै न्युनतम आधारभूत वस्तुहरु स्वदेशमा नै गर्नुपर्ने धारणा राखे ।

    उनले एमालेले सदैव निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको स्पष्ट पारे ।

     

  • विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर (भिडिओ)

    विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर (भिडिओ)

    काठमाडौं, ६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन् ।

    शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरुको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भएपनि नेपाल ल्याउने पहल भइरहेको बताए ।

    ऐन कानून नभएपनि मानव संवेदनशिलताका हिसाबले राज्यले शव ल्याउने उनको भनाई छ । त्यस्तै, उनले विदेश जाने श्रमिकहरुलाई ठगी हुनबाट रोकिने स्पष्ट पारे ।

    सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदै वैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उनले बताए । उनले विदेशबाट श्रम र सिप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरुको पूँजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताए ।

    कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

  • प्रदेश खारेज र हिन्दूराष्ट्र माग्दै कमल थापा सडकमा (भिडिओ)

    प्रदेश खारेज र हिन्दूराष्ट्र माग्दै कमल थापा सडकमा (भिडिओ)

    काठमाडौं । प्रदेश संरचना खारेजीलगायतको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दूराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारवाही गरिनुपर्ने माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेकाे हाे ।

    उनीहरुले महंगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

    प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दल भन्नेहरुले मुलुकमा ब्रह्मलुट मच्चाई राखेको र ठूला–ठूला भ्रष्टाचार लुकाइएको आरोप लगाए ।

    मुलुक अस्तव्यस्त हुँदा पनि दलका नेताहरु चिर निन्द्रामा रहेको उनको भनाई छ । त्यस्तै उनले चार वर्षसम्म सदनमा छलफल भएको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हित विपरितको विधेयक ल्याउने षडयन्त्र भइरहेको आरोप लगाए ।

    उनले जनताको जनजीविकाका विषयमा सरकार गम्भीर नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने स्पष्ट पारे ।

  • समिति बैठकमा पत्रकार र पूर्वअर्थमन्त्रीको जवाफमाथि छलफल, ठोस प्रमाण नभेट्दा अन्योल (भिडिओ)

    समिति बैठकमा पत्रकार र पूर्वअर्थमन्त्रीको जवाफमाथि छलफल, ठोस प्रमाण नभेट्दा अन्योल (भिडिओ)

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक आज पनि बसेको छ । सुरूको १० दिनको म्याद सकिएपछि हिजोको संसद बैठकले समितिलाई थप ७ दिनको समय दिएको थियो ।

    सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा थप गरिएको समयसीमाभित्रै छानबिनका बाँकी काम सक्ने गरी तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

    उनका अनुसार बुधबार र बिहीबार बयान लिइएका पत्रकार र अर्थमन्त्री जनार्दन शर्माको भनाइका बारेमा आजको बैठकमा छलफल भएको थियो ।

    ‘समितिलाई आगामी दिनमा कसरी व्यवस्थित गर्ने र समयमै कसरी काम सक्ने भन्ने सन्दर्भमा माननीयज्यूहरूले आ-आफ्नो धारणा राख्नुभो । थप छलफल गर्नुपर्ने र आज सदन पनि १ बजे भएकोले समय अपुग भयो । आइतबार थप छलफल गर्नेगरी बैठक बस्नेगरी आजलाई बैठक स्थगित भयो’, अर्यालले भने ।

    बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको घुसपैठ गराई करको दायरा हेरफेर गरेको आरोपपछि संसदीय छानबिन समिति बनाइएको थियो ।
    अहिलेसम्मको छानबिनबाट ठोस प्रमाण फेला परेको छैन । यथेस्ट प्रमाण फेला नपरेपछि कसरी अघि बढ्ने भन्ने अन्योल भइरहेको एक सदस्यले नेपाल प्रेसलाई बताए ।

    अर्थमन्त्रालयले सीसीटीभी फुटेज डिलिट भएको जवाफपछि हार्डडिस्क फरेन्सिक परीक्षणको लागि ल्याबमा पठाइएको छ ।

  • जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन- समानुपतिकतर्फ २० लाख मत ल्याउने गरी लाग्नुस् (भिडिओ)

    जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन- समानुपतिकतर्फ २० लाख मत ल्याउने गरी लाग्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कायम राख्दै बाम शक्तिहरूलाई एकताबद्ध गर्ने बताएका छन् ।

    बिहीबार काठमाडौंमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई कायम राख्दै बाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिष्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै अगाडि बढ्ने बताए ।

    उनले अहिले आफ्नो पार्टीप्रति आकर्षण बढ्दै गएको जिकिर गरे । उनले अबको निर्वाचनमा समानुपातिकतर्फ २० लाख मत भन्दा बढी ल्याउने गरि तयारीमा जुट्न कार्यकर्तालाई पनि निर्देशन दिए ।

    उनले प्रत्येक प्रदेशमा पार्टी स्कुलको व्यवस्था गर्ने र पार्टीको विचार र नीतिका बारेमा प्रशिक्षण गर्ने जिकिर गरे ।

     

  • झलनाथको आक्रोशित प्रश्न- अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ? देशको कार्यकारी अधिकार कहाँ छ ? (भिडिओ)

    झलनाथको आक्रोशित प्रश्न- अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ? देशको कार्यकारी अधिकार कहाँ छ ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा आपत्ति जनाएका छन् ।

    संसदमा विशेष समय लिएर बोल्दै खनालले देशको कार्यकारी अधिकार कहाँ कोसित छ भनेर प्रश्न गरे ।

    खनालले एसपीपी सम्झौता नगर्ने भनेर मन्त्रीपरिषदले एक महिना अगाडि नै निर्णय गरेको स्मरण गराए ।

    उनले भने, ‘एसपीपी लिन्नौं भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ यो देशमा ? कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?’

    यो विषयलाई चाँडोभन्दा चाँडो समाधान गरेर राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्न खनालले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

  • संसदमा महेश बस्नेतको प्रश्नः एम अधिकारी खोजेर बस्ने कि एस देउवा, जे शर्माहरुलाई कारवाही गर्ने ? (भिडिओ)

    संसदमा महेश बस्नेतको प्रश्नः एम अधिकारी खोजेर बस्ने कि एस देउवा, जे शर्माहरुलाई कारवाही गर्ने ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो पार्टीको आर्थिक विभागका सदस्य एम अधिकारीको खोजी गर्नुको साटो विभिन्न ढंगले राज्यको दोहन गरिरहेका नेताहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

    आजको संसद बैठकमा कटाक्षपूर्ण अभिव्यक्ति दिँदै उनले यस्तो माग गरेका हुन् । सांसद बस्नेतले बैठकको शून्य समयमा राखेको संक्षिप्त मन्तव्य यस्तो थियोः

    ‘केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजिरहेका छन् । विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कारवाही गर्नुपर्ने होइन र ? बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दररेटहरु गडबड गरेर सीसीटिभी लगायतका प्रमाणहरु नष्ट गर्ने र ६ अर्बभन्दा बढी कमिसन गडबडी गर्ने माओवादी नेता जी शर्माको खोजी गरेर कारवाही गर्नुपर्ने होइन र ?
    पेट्रोलियमको भाउ, महंगी र कालोबजारीलाई प्रोत्साहन गर्ने कांग्रेस नेता डी बडुलाई कारवाही गर्नुपर्ने होइन र ? मल अभाव र पुस्तक अभाव गराइ किसान र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने होइन र ? प्रधानन्यायाधीशलाई महाअभियोग लगाइ प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी कार्कीहरुलाई कारवाही गर्नुपर्ने होइन र ? एमसीसी पास गर्न व्याख्यात्मक टिप्पणी गर्ने र एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एम खड्का लगायतलाई कारवाही गर्नुपर्ने होइन र ?

    (बस्नेतले बोल्दाबोल्दै सभामुखले माइक काटिदिएका थिए ।)

  • देव गुरुङको दाबी- एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयास भइरहेको छ (भिडिओ)

    देव गुरुङको दाबी- एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयास भइरहेको छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एसपीपीको विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् । सरकारले निर्णय गरिसकेपछि परराष्ट्रले पत्राचार गर्न आनाकानी गर्नु सन्देहास्पद रहेको उनले बताए ।

    आजको संसद वैठकमा बोल्दै गुरुङले परराष्ट्र प्रवक्ता सेवा लम्सालको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । लम्सालले अमेरिकालाई तत्काल पत्राचार गर्न सकिँदैन भनेर दिएको अभिव्यक्ति मन्त्रीपरिषद्को निर्णयविपरीत रहेको उनको भनाइ छ ।

    ‘सरकारको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो । अमेरिकालाई एसपीपीमा सम्झौता गर्न सकिँदैन भनेर अविलम्ब पत्राचार गर्न भनेर सभामुखबाट रुलिङ होस्’ गुरुङले भने ।

    उनले एसपीपी गर्न नसके यसको नाम फेरेर अन्तरवस्तु उही हुने गरी सम्झौता गर्ने प्रयास भइरहेको पनि दाबी गरे ।

    गुरुङले भने, ‘त्यही कन्टेन्ट राखेर म्युचुअल डिफेन्स ट्रिटी, स्ट्राटिजिक डिफेन्स प्याक्ट, त्यो भएन भने एमसीसीमा टेकेर स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) गर्ने प्रयासहरू भइरहेको छ । यी पनि हुन सकेन भने पिस कोअपरेसन एग्रिमेन्टको नामबाट सैन्य सम्झौतासम्बन्धी कन्टेन्टमा हस्ताक्षर गर्ने तयारी छ । जसरी भए पनि नेपाललाई आईपीएसको पार्ट बनाउने र अमेरिकाको नेसनल गार्डसँग सैन्य सम्झौता गर्ने तयारी भित्रभित्र चलिरहेको छ । यो गम्भीर विषय भएको हुनाले सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।’

    गुरुङले एमसीसीका विषयमा संसदबाट पारित १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकालाई पत्राचार नगरेकोमा पनि असन्तुष्टि जनाए ।

  • महंगीको चित्र देखाउँदै ज्ञवालीले भने- मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ ? (भिडिओ)

    महंगीको चित्र देखाउँदै ज्ञवालीले भने- मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नियन्त्रणहीन ढंगले मूल्यवृद्धि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आजको संसद बैठकमा विभिन्न वस्तु तथा सेवाहरूमा भएको मूल्यवृद्धिको तथ्यांकसमेत प्रस्तुत गरे ।

    ज्ञवालीले पछिल्लो एक वर्षमै खाद्यान्नमा ४० प्रतिशत मूल्यवृद्धि भएको बताए । मूल्यवृद्धिको मारमा परेका जनतालाई सरकारले राहत दिने र मूल्य नियन्त्रणमा लाग्नुको साटो विषयान्तर गर्ने प्रयास गरिरहेको उनको आरोप छ ।

    ज्ञवालीले भने, ‘यतिबेला मध्यमवर्गलाई पनि आच्छुआच्छु परिरहेको छ । बहुआयामिक गरिबीले आक्रान्त नागरिकको संख्या ठूलो छ । थोरै भए पनि उनीहरूको लागि के गर्न सकिन्छ भन्ने अहिलेको साझा विषय बन्नुपर्ने होइन ? तर, सरकार विषयान्तर गरेर एम अधिकारी खोजेर बसेको छ ।’

    मूल्यवृद्धिको विषयमा बोल्दा आफूलाई ट्रोल गरिएको भन्दै उनले चित्त दुखाए ।

    ‘अमेरिकामा खाना खाएको मेरो फोटो राखेर उहाँहरूको भान्सा सस्तो होस, मेरो शुभकामना छ,’ ज्ञवालीले भने, ‘तर, गम्भीर विषयलाई पन्छाएर हामीले कता ध्यान दिइरहेका छौं भन्ने चिन्ताको कुरा हो ।’

    केही दिनअघि मूल्यवृद्धिको विषयमा चर्चा गर्ने क्रममा ज्ञवालीको एउटा भनाइमाथि ट्रोल गरिएको थियो । उनले महंगीका कारण आफ्नो भान्सामा समेत दुईथरि तरकारी पकाउन नसक्ने स्थिति भएको बताएका थिए । तर, ज्ञवालीले विभिन्न परिकारसहित खाना खाइरहेका पुरानो तस्बिर भाइरल बनाइएको थियो ।

  • राजस्व छलेर ल्याइएका एक करोडका सामान चाबहिलबाट बरामद (भिडिओ)

    राजस्व छलेर ल्याइएका एक करोडका सामान चाबहिलबाट बरामद (भिडिओ)

    काठमाडौं । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ ।

    काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

    प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रिोनेनिक्स चिप्स, अक्सिमिटर, पटाका, भुइचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी आज सार्वजनिक गरेको छ ।

    अवैधरुपमा सामान ल्याएर राखिएको छ भन्ने सूचनाको आधारमा परिचालित टोलीले बुधबार ती सामान बरामद गरेको हो । ती सामान अवैधरुपमा ल्याई काठमाडौँ महानगरपालिका–७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनले ती सामान भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएका थिए ।

    उक्त कारोबारमा संलग्न रहेको आरोपमा पर्सा घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय छविलाल अगस्ती पक्राउ परेका छन् । उनले काठमाडौं महानगरपालिका–७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिई राजस्व छली गरेर ल्याइएका सामान भण्डारण गर्ने गरेको खुलेको छ ।

    कार्यालयले अनुसन्धान तथा कारबाहीका लागि बरामद सामान आजै राजस्व अनुसन्धान विभागमा पठाएको छ भने विष्फोटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।

  • पूर्वअर्थमन्त्रीको बयानपछि छानबिन समितिका सदस्यसचिव भन्छन्- हामीले धारणा बनाउन बाँकी नै छ (भिडिओ)

    पूर्वअर्थमन्त्रीको बयानपछि छानबिन समितिका सदस्यसचिव भन्छन्- हामीले धारणा बनाउन बाँकी नै छ (भिडिओ)

    काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिलाई दिइएको म्याद आज सकिँदैछ । तर, समिति अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

    समितिले आज पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर ३ घन्टा लामो बयान लिएको थियो । बयानमा अर्थमन्त्रीले आफूमाथि लागेको आरोप अस्वीकार गरे । बजेट भाषणको अघिल्लो रात अर्थ मन्त्रालयमा कोही पनि अनाधिकृत व्यक्तिको प्रवेश नभएको उनको जिकिर थियो ।

    बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले शर्माले यसअघि संसदमा बोलेका कुराहरुलाई नै बल पुग्ने गरी बयान दिएको बताए । अहिलेसम्म कसैले पनि बजेट निर्माण प्रक्रियामा अनाधिकृत हस्तक्षेप स्वीकार नगरेको उनको भनाइ छ ।

    अर्यालले भने, ‘हामीले बजेट निर्माणमा संलग्न सबैको बयान लियौं । अहिलेसम्म कसैले पनि अनधिकृत व्यक्ति प्रवेश गरेको हो भनेर भन्नुभएको छैन ।’

    समितिमा बयान दिनेहरूको कुरा बाझिएको छ कि छैन भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यस्तो हामीले पाएका छैनौं ।’

    करका दरको हेरफेर गर्नुपर्ने आवश्यकता र सान्दर्भिकताबारे सबैले आफ्नो धारणा राखेको काफ्ले बताए । सबैको बयान सकिएर सीसीटीभी फुटेजको रिपोर्ट पनि आइसकेपछि समितिले धारणा बनाउने उनको भनाइ छ ।

    ‘सीसीटीभी फुटेजको रिकभरिका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । त्यसको रिपोर्ट आएपछि निष्कर्षमा पुग्न सहज हुन्छ । अहिलेसम्म समितिले आफ्नो धारणा बनाएको छैन,’ उनले भने ।

    समितिको काम नसकिने भएपछि म्याद थपका लागि सभामुखसमक्ष लिखित आग्रह गरिएको काफ्लेले जानकारी दिए ।

    उनले भने, ‘अब कति समय लाग्ने हो भन्न सकिँदैन । त्यसैले यति दिन उति दिन नभनिकन हामीले आवश्यकता अनुसार समय थप गर्न माग राखेका छौं । आज संसद बैठक पनि छ । कति दिन म्याद थप हुन्छ, अहिले भन्न सक्दिनँ ।’

  • ३ घण्टा बयान दिएर निस्किएका जनार्दनले भने- सोधेका सबै प्रश्नको जवाफ दिएँ (भिडिओ)

    ३ घण्टा बयान दिएर निस्किएका जनार्दनले भने- सोधेका सबै प्रश्नको जवाफ दिएँ (भिडिओ)

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिले आज शर्मासँग बयान लिएको छ । बयान झण्डै ३ घण्टासम्म चलेको थियो ।

    बाहिरिने क्रममा उनले सोधेका प्रश्नको उत्तर दिएको पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिए । ‘मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’

    समितिसमक्ष बयान दिँदै उनले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा कोही बाहिरी मान्छे नआएको दाबी गरे ।

    उनले भने,‘त्यहाँ को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । सुरक्षाकर्मीहरू हुन्छन् अरु मर्यादापलकहरू हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भए थाहा भइहाल्थ्यो ।’

    सिसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुने उनले बताए । उनले भने, ‘भिडिओ कहिलेसम्म रहन्छ के हुन्छ त्योबारे मलाई केहि जानकारी थिएन ।’

    बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति घुसपैठ गरेर करको दायरा हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिनका लागि समिति बनाइएको थियो । शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् । समितिले अहिले बजेट निर्माणसँग सम्बद्ध सरोकारवालासँग बयान लिने क्रममा आज शर्मासँग बयान पनि बयान लिएको हो ।

  • वडाध्यक्ष मुकुन्दसहित बिहानै स्वयम्भू क्षेत्रको अनुगमनमा मेयर बालेन्द्र (भिडिओ)

    वडाध्यक्ष मुकुन्दसहित बिहानै स्वयम्भू क्षेत्रको अनुगमनमा मेयर बालेन्द्र (भिडिओ)

    काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरका ठाउँहरुको स्थलगत निरीक्षणलाई तिव्रता दिएका छन् ।

    हिजो साझँ मात्र काठमाडौंको बानेश्वर वरपरका क्षेत्रका फुटपाथ व्यपारीहरुलाई भेटेर फुटपाथमा व्यापार नगर्न आग्रह गरेका मेयर बालेन आज बिहानै काठमाडौं महानगरपालिकाको स्वयम्भु वरपरको क्षेत्रको स्थलगत अनुगमनमा निस्किएका छन् ।

    बालेनले काठमाडौं महानगरपालिका वडा नं १५ का वडा अधक्ष्य ईश्वरमान डंगोलले तथा वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल लगायतका टोलीसहित सो क्षेत्रको अनुगमनमा निस्किएका हुन् ।

    बालेन स्वयमले मिडिया सामु कुनै प्रतिक्रिया नदिएता पनि सँगै रहेका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजालले नेपाल प्रेसलाई जानकारी गराए अनुसार सो क्षेत्रका सार्वजनिक सम्पत्ति पार्क , हिटी , सडक लगायतका पूर्वाधारहरुको स्थलगत अनुगमनका निमित्त सो टिम त्यहाँ पुगेको हो ।

    चमति, रोपवे मार्ग, जोरोल, ऐराहिटी, अन्नपूर्ण, बनस्थली, भगवान पाउ लगायतका क्षेत्रको अनुगमन गरेपछि राजकुलो र सानातिना खोलालाई अतिक्रमण गरी बनेका घरटहराहरूको निर्माणले गर्दा र अनविज्ञ प्राबिधिकबाट बनेका ढल तथा बाटोले गर्दा डुबान भई रहेको निष्कर्ष निकालिएको वडा नं १५ का वडा अधक्ष्य ईश्वरमान डंगोलले जनाएका छन् ।