Category: भिडियो

  • ६ महिनाअघि ओलीले बोलेको प्रमाण आफ्नो मोबाइलमा भएको भन्दै माधवले भने- विचरा विद्या भण्डारी ! (भिडिओ)

    ६ महिनाअघि ओलीले बोलेको प्रमाण आफ्नो मोबाइलमा भएको भन्दै माधवले भने- विचरा विद्या भण्डारी ! (भिडिओ)

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खारेज भएकोबारे टिप्पणी गरेका छन् ।

    सुरुमा आफैंले नेतृत्वका लागि अघि बढ्न भनेर पछाडि सदस्यता खारेज खारेजको नेपालले टिप्पणी गरे ।

    शुक्रबार पार्टीको काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नै सुरुमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता दिएको बताए ।

    उनले भने, ‘तपाईंहरुलाई प्रमाण चाहिन्छ ? मसँग छ मोबाइलमा । छ महिना पहिले भाषण गरेको । कसले भाषण गरेको नामै नभनिहालौं । पुगिहाल्छ फेरि कानमा, त्यसो हुनाले यति मात्रै भनौं ।’

    ‘विद्याजी तपाईं अघि बढ्नुस् । अध्यक्ष बन्नुपर्छ भन्ने अहिले चाहिँ आँखै निकाल्दिने हो कि खुट्टा भाँच्दिने हो जसरी हेर्ने विचरा विद्या भण्डारीजीलाई ।’

     

     

  • हाम्रो पार्टीको अहिलेको ठूलो समस्या केपी ओली : माधव नेपाल (भिडिओ)

    हाम्रो पार्टीको अहिलेको ठूलो समस्या केपी ओली : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका लागि ठूलो समस्या केपी ओली रहेको बताएका छन् ।

    शुक्रबार पार्टीको काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीका सामु ठूलो समस्याका रुपमा एमाले नेतृत्व विशेषगरी केपी ओली नै रहेको बताएका हुन् ।

    कांग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै बनाइ कमजोर बनाउने सोच गलत रहेको उनले बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ६ महिना अघि सदस्यता दिँदै अध्यक्षको आश्वासन दिने व्यक्ति नै अहिले भण्डारीविरुद्ध लागेको जिकिर गरे ।

    त्यस्तै, अध्यक्ष नेपालले आफ्नो पार्टीभित्र केही नेताहरुले गढबडी गरिरहेको भन्दै अनुशासनहीन कार्य स्वीकार गर्न नसक्ने बताए ।

    उनले पार्टी नेतृत्वविरुद्ध असहमति भए महाविधेशनमा सामना गर्न चुनौतीसमेत दिए ।

     

     

     

  • सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन (भिडिओ)

    सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन (भिडिओ)

    काठमाडौं । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

    शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए । वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केहि दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए भने संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।

    वार्तामा आफुहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए । कृषि मन्त्रालयको बार्षिक बजेटमा नै २ अर्व रुपैया उखु किसान अनुदान दिने भनेर छुट्टाउदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए ।

    प्रवक्ता यादवले शनिबार ११ बजे माइतिघरमा पत्रकार सम्मेलन गरि आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने उल्लेख गरे ।

    उनले उखु किसानको ७५ करोड निकासा गरिसकेको अवस्थामा दशैं अघि नै अर्को ७५ करोड निकासा गर्नुपर्ने बटमलाइन रहेको बताए ।

     

  • कवाडी व्यवसायीमाथि काठमाडौं महानगर प्रहरीको दुर्व्यवहार- संसदमा बहस (भिडिओ)

    कवाडी व्यवसायीमाथि काठमाडौं महानगर प्रहरीको दुर्व्यवहार- संसदमा बहस (भिडिओ)

    काठमाडौं । मेयर बालेन साहले महानगर प्रहरीको बलमा आतंकित पारेको र आफूहरूलाई गरिखान नदिएको भन्दै दुई वर्षदेखि आन्दोलित कवाड व्यवसायी पछिल्लो दिनमा फेरि सडकमा निस्किएका छन् ।

    अदालतले समेत तत्काल कवाड नहटाउन महानगरलाई आदेश दिएको थियो । तर, नगर प्रहरीको दमन नरोकिएको भन्दै उनीहरू विभिन्न मागसहित आन्दोलनमा छन् ।

    बालेन भर्सेस कवाड व्यवसायीको आन्दोलनले आज संसदमा पनि प्रवेश पाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा महानगरले कवाडी व्यवसायीहरूमाथि अत्याचार गरेको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आवाज उठाए ।

    आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु शाहले सहरलाई सफा गर्न पैसा र जीवन सुम्पनेहरूलाई सम्मान गर्नुपर्ने ठाउँमा दण्डित हुँदा पनि सरकार बेखबर बनेको बताए ।

    ‘कवाड व्यवसायहरू एक सातादेखि आन्दोलित छन् । झरीको बेला सडकमा छन्, तर सरकारलाई दुख्दैन् । सरकारलाई छोएकै छैन । सरकार बेखबर जस्तो गर्छ । नेपालमा संवेदना मरेकै हो ? पीडितहरूले शान्ति सुरक्षा, क्षतिपूर्तिको र अदालतको आदेशसँग अपराधीहरूको कारबाहीको माग गर्दैगर्दा सरकार बेखबर हुन मिन्छ कि मिल्दैन् ?’, उनले प्रश्न गरे ।

    काठमाडौंमा कवाड सञ्चालन गर्न पाउनुपर्ने र अदालतको आदेश पालना हुनुपर्ने उनको माग छ ।

    ‘अदालतको आदेशको पालना हुन्छ कि हुँदैन । अदालतको स्टे अर्डरलाई च्यातेर अवेज्ञा गर्दै कवाड व्यवसायमाथि आक्रमण हुन्छ । कुटपिट हुन्छ, डोजर आतंक हुन्छ । तीनिहरूमाथि कानून लाग्नुपर्छ कि पर्दैन । सरकारले शान्ति सुरक्षा गर्न सक्छ कि सुन्दैन यो सरकारले ?’

    यस्तै, सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले कवाड श्रमिकहरूको आदर र सम्मान नगरेकोतर्फ ध्यानाकर्षण गराए ।

    ‘केही समयदेखि कवाडी क्षेत्रमा काम गर्ने श्रमिकहरूको पनि दुःख सुनिरहेका छौँ । उहाँहरूले गर्ने श्रमप्रति आदर, सम्मान गर्ने र सम्मानित भएको महसुस गर्ने गरी भइरहेको आन्दोलनका जायज माग सम्बोधन गरी निरन्तर कामका लागि सहज वातावरण बनाउनुपर्छ’, उनले भने ।

    कवाड व्यवसायहरुको विषयलाई सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद नागिना यादवले नि सदनमा जोडतोडका साथ उठाइन् । अदालतको आदेशविपरीत महानगरले कवाड व्यवसायमाथि अत्याचार र दुर्व्यवहार गरेको उनको आरोप छ ।

    सबै नागरिकले गरिखाने अधिकारका साथ सम्मानजनक बाँच्न पाउन अधिकार रहेको उल्लेख गर्दै उनले कवाड व्यवसायीहरुमाथि महानगरले ज्यादती गर्दा पनि सरकार मौन रहेको र सरकारले वार्तामा समेत नबोलाएको उनको भनाइ छ ।

    यादवले प्रश्न गरिन् ‘महिनौदेखि काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरीत गरेको तोडफोडविरुद्ध कवाड व्यवसायी आन्दोलित छन् । उनीहरूमाथि महानगरले गरेको अत्याचार, दुर्व्यवहार र जनधनको क्षति भएको छ । यस्तो गतिविधि रोक्न सरकारले किन पहल गरिरहेको छैन ?’

    राजु पाण्डेलाई लक्षित गर्दै उनले थपिन्, ‘नगर प्रहरी प्रमुखले कवाडी व्यवसायहरूलाई नेपाली भनेको गोरामात्रै हुन् काला नेपाली होइनन् भन्नु खेदजनक छ । रंगले नेपाली हुने होइन, जन्मस्थलले नेपाली हुने हो । हिमाल र तराईमा पनि काला छन् । वातावरणले असर गर्ने हो । यो विषय महानगरले छुट्याउने होइन् ।’

    कवाड व्यवसायी र संकलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको भन्दै महानगर प्रहरीले गरेको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न उनीहरूको माग छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले पनि कवाड श्रमिकलाई मधेशी नभनेर भारतीय भनी भारतले हेला गरिएको जिकिर गरेकी छिन् ।

    शून्य समयमा बोल्दै उनले भनिन्, ‘नेपाली भएर पनि मधेशीहरूले कहिलेसम्म आइडेन्टिटी दिइराख्ने ? कवाडीहरूलाई मधेशी नभनेर भारतीय भनी अपहेलना गरिएको छ ।’

  • सञ्चारमन्त्रीले दोहोर्‍याए- म्यादभित्र दर्ता गर्न नआउने सामाजिक सञ्जाल बन्द हुन्छ (भिडिओ)

    सञ्चारमन्त्रीले दोहोर्‍याए- म्यादभित्र दर्ता गर्न नआउने सामाजिक सञ्जाल बन्द हुन्छ (भिडिओ)

    काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन् ।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि आह्वान गरिसकेको उनले प्रष्ट्याए ।

    उनले भने, ‘सरकारले निर्णय गरिसकेको छ । एक हप्ताभित्र दर्ता हुन आएन भने स्वतः बन्छ हुन्छ । सरकारको निर्णय त्यही छ ।’

    सरकारले निर्णय गर्छ तर कार्यान्वयन गर्दैन भन्ने जिज्ञासामा उनी भन्छन्, ‘कसले भन्यो ? सरकारले आफूले गरेको निर्णय कार्यान्वयन गर्छ नि !’

    भनेपछि सरकारको निर्णय सबै कार्यान्वयन हुन्छ ? भन्ने प्रश्नमा उनी थप्छन्, ‘किन नहुने ? यो अन्तिम मौका दिइएको हो । नत्र बन्द हुन्छ ।’

    सरकारले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन आउनको सात दिनको समय दिएर सूचना निकालेको छ । तर, पटक-पटक आग्रह गर्दा पनि नेपालमा दर्ता हुन अस्वीकार गरिरहेका छन् ।

  • लिपुलेकबारे प्रधानमन्त्रीको जवाफ- उच्चस्तरीय भेटवार्तामा अवश्य कुरा उठ्छ (भिडिओ)

    लिपुलेकबारे प्रधानमन्त्रीको जवाफ- उच्चस्तरीय भेटवार्तामा अवश्य कुरा उठ्छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा चीन भ्रमणबारे सदनलाई जानकारी गराएर फर्किने क्रममा सञ्चारकर्मीहरूले भ्रमणका क्रममा लिपुलेकको कुरा त उठाउनुहुन्छ ? भन्दै प्रश्न सोधेका थिए।
    त्यसको संक्षिप्त जवाफ दिँदै उनले भने, ‘अवश्य उठ्छ ।’

    प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भोलि चीन भ्रमणमा जाँदै छन्। सदनमा भ्रमणबारे जानकारी गराउँदा सीमाबारे बोलेका थिएनन्।

    प्रधानमन्त्रीले भनेका थिए, ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । त्यसमा विश्वस्त रहन आग्रह गर्छु ।’

    भारत र चीनबीच लिपुलेकबारे नयाँ सम्झौता भएपछि त्यसबारेमा भ्रमणको क्रममा स्पष्ट अडान राख्न प्रधानमन्त्रीमाथि चर्को दबाब छ।

    भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग भेट्ने निश्चित भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अझै अनिश्चित छ। ओली चीनबाट फर्केलगत्तै भारतको पनि औपचारिक भ्रमणमा जाँदै छन्।

  • बसाइसराइको प्रभाव : वडाबासी खोज्दै चितवन पुगे राक्सिराङका अध्यक्ष (भिडिओ)

    बसाइसराइको प्रभाव : वडाबासी खोज्दै चितवन पुगे राक्सिराङका अध्यक्ष (भिडिओ)

    हेटाैंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उत्तम वाइबा आफ्ना वडाबासी खोज्दै चितवन पुगेका छन् ।

    आर्थिक वर्षको शुरुवातमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाबासीको विवरण अद्यावधिक गर्न सेवाग्राही खोज्दै वडाध्यक्ष गाउँबस्ती, छिमेकी पालिका हुँदै छिमेकी जिल्लासम्म पुगेका हुन् ।

    राक्सिराङ गाउँपालिकाका वासिन्दा बसार्ईं सरेर नजिकैको मनहरी र सीमा जिल्ला चितवनको राप्ती नगरपालिकासम्म पुगेका छन् । विकट गाउँको बस्तीबाट शहरमा बसोबास गरे पनि उनीहरुको मतदाता अधिकार पुरानै पालिका र वडामा छ ।

    सामाजिक सुरक्षा भत्ता वितरणमा पछि कसैलाई समस्या नहोस् भनेर वडाध्यक्ष वाइबा उनीहरुको घर खोज्दै वडाका कर्मचारी बोकेर सेवा दिन पुगेका हुन् ।

    ‘वडाका केही मानिस चितवनतिर छन्, केही मनहरीमा छन्, अहिले गाउँ आएर अद्यावधिक गर्न उहाँहरुलाई समस्या छ, बाढीले मनहरी खोला ठूलो हुँदा पालिका र वडा आउन समस्या भएपछि हामी नै घरमै पुगेर सेवा दिएका हौँ’, वाइबाले भने, ‘यसो गर्दा गाउँबस्तीमा बासिन्दासँग सम्बन्ध पनि नवीकरण हुन्छ, पछि भत्ता वितरणमा समस्या पनि हुँदैन र हजारौँ खर्च गरेर वडामा पुग्नपर्ने झन्झट पनि टर्छ ।’

    बुधबार वडाध्यक्ष वाइबाले राक्सिराङ–३ मै घरघरमा पुगेर वडा कार्यालय आउन कठिन भएका जेष्ठ नागरिक र अशक्तलाई सेवा दिएपछि उनको चर्चा चुलिएको थियो । उनको कामलाई सञ्चार र सामाजिक सञ्जालले राम्रो भनेका थिए ।

    राक्सिराङ यस्तो पालिका हो, यसको केही वडा हेटौँडा र मनहरी बजारसँग जोडिएको छ भने केही वडामा जान चितवनको राप्ती नगरपालिका हुँदै जानुपर्छ । केही वडा धादिङको सीमानासम्म जोडिएको छ ।

    ‘भौगोलिक हिसाबले आउजाउमा कठिन हुने जेष्ठ नागरिक र अशक्तलाई घरमै गएर सेवा दिने काम प्रभावकारी हुने देखेर यो काम गरेका हौँ’, राक्सिराङ गाउँपालिकाका वडाध्यक्ष राजकुमार मल्लले भने, ‘वडा नम्बर ३ का वडाध्यक्षले गरेको कामको परिणाम देखिएको छ, घरमै स्थानीय सरकार पुगेर काम गरिदिएकामा उनीहरुले राम्रै मानेका छन्, आशीष दिएका छन् ।’

    ‘बुधबारबाट शुरु भएको अभियान आइतबार सकाउने तयारीमा छौँ,’ वडाध्यक्ष उत्तम वाइबाले भने, ‘यसपटक कम्तीमा वडा कार्यालय आउन कठिन भएका ५० जति जेष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर सेवा दिने तयारी छ ।’

  • राष्ट्रवादी र समृद्धिको नेतृत्व गर्नसक्ने उच्च कद भएकैले ओलीमाथि प्रहार हुँदैछ : पदम गिरी (भिडिओ)

    राष्ट्रवादी र समृद्धिको नेतृत्व गर्नसक्ने उच्च कद भएकैले ओलीमाथि प्रहार हुँदैछ : पदम गिरी (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता भएकै कारणले चारैतिरबाट प्रहार भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै मुलुकको समृद्धिको नेतृत्व गर्नसक्ने उच्च कद भएको नेता ओलीमात्रै भएको बताए ।

    उनले भने, ‘उहाँ राष्ट्रवादी र देशभक्त हुनुहुन्छ । मुलुकको समृद्धिको नेतृत्व गर्नसक्ने एउटा उच्च कद भएको नेतामाथि चारैतिरबाट प्रहार हुन्छ । यो सामान्य कुरा हो । यसमा चिन्ता मानुपर्ने कुरा छैन ।’

    उनले कांग्रेस एमाले मिलेर स्थिर सरकार बनेपछि देश अगाडि बढेको जिकिर गरे । अस्थिरता चाहनेहरूले सुरुका दिनदेखि नै सरकार ढल्छ भनेर भ्रम चलाएको भए पनि ती सबै प्रयासहरू असफल भएको बताए । जनताको हितमा काम गर्नको लागि सरकारले महत्त्वाकाङ्क्षी र ऐतिहासिक काम गरिरहेको पनि बताए ।

  • चीन भ्रमणबारे प्रधानमन्त्री- नेपालको प्रतिष्ठा माथि उठाउने गरी काम गर्छु (भिडिओ)

    चीन भ्रमणबारे प्रधानमन्त्री- नेपालको प्रतिष्ठा माथि उठाउने गरी काम गर्छु (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४-१८ सम्म ५ दिने भ्रमणमा जान लागेको बताए ।

    भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु रहेको उनले सुनाए ।

    भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्रीले भने, ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । त्यसमा विश्वस्त रहन आग्रह गर्छु ।’

    भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट हुनुका साथै बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेट हुने बताए ।

    एससीओ शिखर सम्मेलनका दौरान विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको बताए ।

    हालसम्म रूसीका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको बताए । कार्यसूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट्ने उल्लेख छैन ।

  • भारत-चीनसँग दृढ भएर वार्ता गर्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव (भिडिओ)

    भारत-चीनसँग दृढ भएर वार्ता गर्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानुअघि सीमाबारे सदनबाट साझा धारणा बनाउन माग गरेको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले सीमाबारे आफ्नो पार्टीको स्पष्ट धारणा सार्वजनिक गरिसकेको पनि बताए ।

    उनले भने, ‘प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि यो सदनले सत्ता र प्रतिपक्ष भन्दा पनि माथि उठेर राष्ट्रिय सार्वभौमिकता र सीमाको पक्षमा सर्वसम्मत साझा धारणा बनाउन माग गर्दछु ।’

    उनले सोही अवधारणकै आधारमा छिमेकी दुवै राष्ट्र प्रमुखसँग केबल शिष्टाचार मात्रै नभई दृढ परिणाममुखी, शान्तिपूर्ण र कूटनीतिक प्रभावकारी संवाद गर्नुपर्ने बताए।

  • ‘सदनलाई लयमा फर्काउन सरकार र दल पनि जिम्मेवार बनिदिनुस्’ (भिडिओ)

    ‘सदनलाई लयमा फर्काउन सरकार र दल पनि जिम्मेवार बनिदिनुस्’ (भिडिओ)

    काठमाडौं । सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा आन्दोलनरत दल र सरकारबीच सदनको अवरोध हटाउन हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकको सुरूमै सहमतिका लागि आफैँले सबै पहल र संवादको मार्ग अपनाएको बताए ।

    उनले भने, ‘यसरी बैठक सुरू हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीनरूपमा हानिकारक साबित हुनसक्छ । हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ । संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।’

    अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा रहेको बताए ।

    उनले भने, ‘यी विधेयकहरूमा सबै माननीयज्यूहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ । समितिहरूमा जस्तै सभामा पनि संसदको गर्भमा रहेका यी कानूनले सबै माननीयहरूकोबहस खोजिरहेको महसुस गरेको छु । आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ । सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्दछु ।’

    उनले सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहेका दल तथा सबै सांसदहरुलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपील गरे ।

  • संसदको १५ दिने क्यालेण्डर- शिक्षा र निजामती विधेयक पारितको सम्भावित मिति तय (भिडिओ)

    संसदको १५ दिने क्यालेण्डर- शिक्षा र निजामती विधेयक पारितको सम्भावित मिति तय (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको भदौ महिनाभरको क्यालेण्डर तय गरिएको छ । सभामुख र प्रमुख सचेतकसँग छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको पनि बर्तौलाले सुनाए ।

    निजामती विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भदौ १९ गते पारित गर्ने तयारी रहेको र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको बर्तौलाको भनाइ छ ।

    त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्यतालिका तयार भएको बताए ।

    भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ ।

  • नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाका लागि सम्झौता, १० महिनामा कोरियाली कम्पनीले प्रतिवेदन बुझाउने (भिडिओ)

    नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाका लागि सम्झौता, १० महिनामा कोरियाली कम्पनीले प्रतिवेदन बुझाउने (भिडिओ)

    काठमाडौं । लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी जी–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाका लागि सम्झौता भएको छ । कोरियाली कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने भएको हो ।

    लगानी बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र जी–फिलोस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गावु पार्कले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अब नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ ।

    समझदारी अनुसार, जी–फिलोस कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमति प्राप्त गरेपछि करिब १० महिना भित्रमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी बोर्डको कार्यालयमा पेस गर्नेछ । यसले नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको प्राविधिक र आर्थिक सम्भाव्यताको स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

    हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको बताउँदै यस्ता परियोजनाले नेपालको दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताए । दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा विद्युत नियमन आयोग, विद्युत विकास विभाग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयका उच्च पदस्थ अधिकारी तथा अनुसन्धानकर्ताहरूको उपस्थिति थियो । उनीहरूले नेपालमा ग्रीन हाइड्रोजनको नीतिगत र कानुनी व्यवस्था, यसका बहुआयामिक लाभहरू र भविष्यमा यसको उपयोगका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस परियोजनाले नेपालमा पूँजी र प्रविधिको आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। अध्ययन प्रतिवेदन प्राप्त भएपछि यथाशीघ्र नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    जी–फिलोस कम्पनीले २०८२ वैशाख १५ मा सार्वजनिक–निजी साझेदारी मोडलमा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापनाको प्रस्ताव लगानी बोर्डमा पेस गरेको थियो । बोर्डको ६३औँ बैठकले सोही प्रस्तावलाई अगाडि बढाउँदै कम्पनीसँग समझदारी गर्ने निर्णय गरेको थियो ।

  • शिक्षक महासंघको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पाेखरेलले भने- सहमति कार्यान्वयनप्रति प्रतिबद्ध छौँ (भिडिओ)

    शिक्षक महासंघको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पाेखरेलले भने- सहमति कार्यान्वयनप्रति प्रतिबद्ध छौँ (भिडिओ)

    काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिदै ध्यानाकर्षण बुझाएको छ ।

    विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत महासंघले बिहीबार ललितपुरको च्यासलस्थीत एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    सरकारले आफुहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।

    शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थीत गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरुको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए । उनले यसअघि शिक्षक र सरकारबीच भएको सहमति कार्यान्वयन प्रति एमाले प्रतिवद्ध रहेको उल्लेख गरे ।

    पोखरेलले सरकारसँग भएको सहमतिहरु कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भएपनि ती बिषयहरुलाई समावेश गर्न पहल गर्ने आश्वासन दिए ।

    त्यस्तै महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसंग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन्।

    प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेको बताइन् ।

    उनले विधेयकमा रहेका असहमतिका बुँदाहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट संम्बोधन गर्न राजनीतिक दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । महासंघले शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने जनाएको छ ।

  • आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड (भिडिओ)

    आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड (भिडिओ)

    ललितपुर । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

    पूर्व योजनाकारमञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस कार्यक्रममा उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए ।

    ‘योजनाबद्ध विकासमा अगाडि बढेको पाँच दशक बित्दा पनि हामीले सोचेअनुसार काम र स्रोत व्यवस्थापन गर्न सकेका छैनौँ, योजनालाई आवश्यकतासँग कसरी जोड्ने भन्ने प्रमुख चुनौती हो,’ उनले भने, ‘योजना निर्माण र बजेट विनियोजनलाई जोड्न सकेका छौँ कि छैनौँ भनेर गम्भीर समीक्षा गर्नुपर्छ, योजना निर्माण गर्दा प्राथमिकतामा ध्यान दिनुपर्छ ।’

    अर्थमन्त्री पौडेलले योजनाको लागत र प्रतिफल मूल्याङ्कन नगरी योजना बैंकमा योजना समावेश गर्ने परिपाटीले समस्या सिर्जना भएको बताए । ‘अहिले स्थिर र शक्तिशाली सरकार छ, यतिबेला गरेको कामले सार्थकता पाउँछ, हामी शासकीय रुपमा सहमत भए पनि योजनालाई आवश्यकता र स्रोत व्यवस्थापनसँग जोडेर परिस्थिति सापेक्ष विनियोजनलाई ध्यान दिनुपर्छ,’ उनले भने ।

    उनले तीन करोड भन्दा साना योजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्न ठूलो चुनौती व्यहोर्नुपरेको उल्लेख गरे ।

    अर्थमन्त्री पौडेलले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन पनि अनौपचारिक अर्थतन्त्रको प्रभाव दायरालाई सोच्नुपर्ने अवस्था आएको स्पष्ट पारे ।

    पूर्वयोजनाकार मञ्चका उपाध्यक्ष डा पोषराज पाण्डेले नेपाल मानव विकास प्रतिवेदन अनुसार क्षमता अभिवृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने, प्रतिस्पर्धात्मक विकास प्रक्रियालाई जोड दिँदै समृद्धितर्फको यात्रालाई अन्तरराष्ट्रिय समुदायले पनि सम्मान र विश्वास गर्न सक्ने गरी अगाडि बढ्नुपर्ने बताए।

    प्राध्यापक डा. गोविन्द नेपालले बजेट कार्यान्वयनका विषयमा प्रस्तुतिकरण गर्दै ठीक ढङ्गले हिसाब व्यवस्थापन नगर्दा पनि बेरुजु बढिरहेको उल्लेख गरे । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कार्यविधि २०७७ को नीति विपरीत असारको अन्तिम हप्तामा रकमान्तर हुँदा खर्चमा अव्यावहारिक भएको उनको भनाइ छ ।

  • प्रभाकरले नपत्याउँदैमा आन्दोलन रोकिन्न : प्रचण्ड (भिडिओ)

    प्रभाकरले नपत्याउँदैमा आन्दोलन रोकिन्न : प्रचण्ड (भिडिओ)

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले नपत्याउँदैमा माओवादी इतिहास र आन्दोलन नरोकिने बताएका छन् ।

    विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै शेष नागले पृथ्वी थामेको छ भन्ने कुरा पुरानो भएको सन्दर्भमा पाटीको आगामी बैठकमा कुरा हुने बताए । अध्यक्ष प्रचण्डले पाटी भित्र स्वार्थ समूह रहेको भन्दै स्वार्थ समूहको बारेमा पहिचान समेत भइसकेको बताए ।

    उनले भने पाटीको विधि र पद्धति र लिडरसिप भन्दा स्वार्थमा केन्द्रित भएर मिटिङ बैठक गर्ने नै स्वार्थ समूह हुन् । पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रभाकारले (जनार्दन शर्मा) नपत्याएर माओवादी इतिहास र आन्दोलन नरोकिने बताए । उनले भने प्रभाकरले नपत्याएर इतिहास र आन्दोलन रोकिन्न । यसलाई चर्काउने हिसाबले प्रश्न गर्न जरुरी छैन ।

    उनले वर्तमान गठबन्धनले संविधानसँग जोडिएका ऐन कानुन बनाउन अल्छी देखिएको बताएका छन् । नेपालको संविधान राम्रो भए पनि संविधानसँग जोडिएको ऐन कानुन नबन्दा संविधान कार्यान्वयनमा समस्या भएको बताए ।

    उनले भने, ‘संविधान कार्यान्वयनमा एउटा पक्षले संविधानसँग जोडिएको ऐन कानुन बनाउन अल्छी देखायो । जसका कारण प्रहरी समायोजन ऐन, सङ्घीय निजामती ऐनहरू नबन्दा संविधान कार्यान्वयनमा समस्या आएको छ ।’

    उनले यो गठबन्धनले गरिरहेको कामको विषयमा जनतामा आक्रोशित भएको बताए । उनले भने, ‘अहिले जनताहरू यो सरकारसँग आक्रोशित भएका छन् ।’

    उनले भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने गरी गरेको सम्झौताको विषयमा संवादबाट सिमानाको विवाद समाधान गर्नु पर्ने बताए । लिपुलेक, कालापानी सिमाना विवादका बारेमा आफू प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा वार्ताबाट समस्या समाधान गर्ने सहमति भएको उनले बताए ।

    उनले आफूले नै विद्या भण्डारीलाई राजनीतिमा आउने बाटो खोलिदिएको बताए । उनले भने, ‘पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएपछि उहाँका लागि पनि बाटो खुलेको प्रचण्डको भनाइ छ ।’

    उनले यसले संविधानको सफलताको विषय राष्ट्रपतिहरू राष्ट्रिय राजनीतिमा पनि आउन सक्ने बताए ।

  • झलनाथको आरोप- एमसीसी सम्झौता गरेर नेताहरूले राष्ट्रप्रति भयानक घात गरेका छन् (भिडिओ)

    झलनाथको आरोप- एमसीसी सम्झौता गरेर नेताहरूले राष्ट्रप्रति भयानक घात गरेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दर्जन सर्त राखेर गरेको एमसीसी गरेर नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात गरेको आरोप लगाएका छन् ।

    नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको गरेको बताए ।

    उनले भने, ‘१३ वटा दस्तावेज त मैले पनि पढेको छु। हरेकमा अमेरिकी स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्‍यो, यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो। सामान्य घात होइन। यो कुरा ती नेताहरूले हेरेका पनि छैनन् ।’

    उनले एमसीसी सत्ताधारीहरूको चलखेलको विषय बनाएर सम्झौता गरेको बताए ।

    उनले थपे, ‘उहाँ एकाध व्यक्तिको लहड, उनीहरूको निजी स्वार्थ, गुटको स्वार्थको आधारमा हुने गरेका छन्। हामीले यो परिपाटीलाई बदल्नुपर्नेछ। अब एमसीसीजस्तै अर्को गल्ती गर्ने नजिर बनाउन हुँदैन ।’

  • कवाड व्यवसायीले घेरे काठमाडौं महानगर, बालेनले गरिखान नदिएको गुनासो (भिडिओ)

    कवाड व्यवसायीले घेरे काठमाडौं महानगर, बालेनले गरिखान नदिएको गुनासो (भिडिओ)

    काठमाडौं । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टीसँगै विभिन्न माग राखेर काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायी पुन: आन्दोलित भएका छन् ।

    व्यवसायीले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरे ।

    कवाड व्यवसायी, संकलक र मजदुरमाथि महानगर प्रहरीबाट कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्य भइरहेको भन्दै उनीहरूले तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति पनि दिनुपर्ने माग राखेका छन् ।

    कवाड व्यवसायी समाजको आव्हानमा ५ बुँदे मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    पत्रकार सम्मेलनमा कवाड व्यवसायी ओमप्रकाश सिंहले महानगरविरुद्ध निर्णायक आन्दोलन गर्ने बताए । मेयर आफूहरूलाई गरिखान नदिएको उनीहरूको गुनासो छ ।

  • माधवलाई झलनाथको प्रश्न- महाधिवेशनले पारित गरेको दस्ताबेज किन प्रकाशित भएन ? (भिडिओ)

    माधवलाई झलनाथको प्रश्न- महाधिवेशनले पारित गरेको दस्ताबेज किन प्रकाशित भएन ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणको लागि नयाँ अठोट आवश्यक रहेको बताएका छन्।

    पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणका लागि नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए।

    उनले सँगै कार्यक्रममा रहेका अध्यक्ष माधव नेपाललाई १० औँ महाधिवेशनले पारित गरेको दस्ताबेज किन सार्वजनिक नगरेको भन्दै प्रश्न समेत गरे।

    उनले भने, ‘१० औँ महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेका छौँ। त्यो कार्यक्रमलाई हामीले अहिलेसम्म प्रकाशित गरेका छैनौँ। यो कसको कमजोरीले हो बुझ्न बाँकी छ। यो प्रकाशित गर्नुपर्छ। यसले हाम्रो देशको समाजवादी कार्यक्रममा रूप अगाडि आउँछ। र त्यो नै हाम्रो लक्ष्य हो।’

    उनले नेपाली समाजवादको रूपमा मार्सवादले लिने भन्दै त्यसलाई पार्टीले जोड्नुपर्ने बताए।

    उनले भने, ‘अहिले हामी पूँजीवादी समाजमा छौँ। यसलाई ध्वस्त पारेर हामीले समाजवाद निर्माण गर्ने हो। त्यो समाजवादको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाहरूको छलफल गरेर अघि बढ्न सकिन्छ। ठोस लक्ष्य तय गरेर नेपाली भएको सबै ठाउँमा पुर्‍याउनुपर्छ। त्यो कार्यदिशा, नीति र सिद्धान्त तय गर्नुपर्छ।’

    उनले पार्टीको प्रधान अन्तर्विरोध किटान गरेर प्रहार गर्नुपर्ने बताए।

  • एमालेमा शक्तिशाली जिम्मेवारीमा थिएँ, नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ : वामदेव गौतम (भिडिओ)

    एमालेमा शक्तिशाली जिम्मेवारीमा थिएँ, नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ : वामदेव गौतम (भिडिओ)

    काठमाडौं । हालै मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता वामदेव गौतमले आफू एमाले विभाजन भएर पार्टी गठन हुने बेलामै आउन चाहेको बताएका छन्। पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै कारणले नमिलेको पनि बताए।

    उनले भने, ‘एमालेको शक्तिशाली जिम्मेवारी थिए, पार्टी निर्माणसम्बन्धी काम उत्साहपूर्वक गरेको थिएँ। त्यसबेला मैले मसँग त्यही शक्ति छ भन्ने सोचेको थिएँ, म लागे भने फुटेका पार्टी जुटाउन सक्छु भन्ने लागेको थियो। केही त गर्नुपर्‍यो, साँच्चिकै केही त गर्नुपर्‍यो भन्नेमै सीमित भइयो।’

    उनले शक्तिबिना अरू पार्टी मिलाउन नसक्ने निष्कर्षमा पुगेको बताए।

    उनले थपे, ‘म सानो टुक्रा लिएर गएर ठुला पार्टीहरूलाई तपाईँहरू जुट्नुपर्छ भन्दा मेरो शक्ति नहुँदो रहेछ। मेरो आवाज हराउँदो रहेछ। त्यसपछि पार्टी निर्माण गर्न लाग्दा पनि भएन। बनेको पार्टीमा पहिला यहीमा खोजेँ।’

    उनले राष्ट्रिय एकता अभियान चलाउँदा समेत आफूलाई निष्कासन गर्ने गरी दुई घटना घटेको स्मरण गरे। उनले नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै सबैलाई एउटा न एउटा कार्यक्षेत्र तोकेर पार्टी निर्माणको काममा लगाउनुपर्ने बताए।

    उनले थपे, ‘म नै तल्लो तहमा गएर काम गर्न तयार छु, मसँग अर्को कोही नेता पनि जानुहोला। कम्तीमा देशभरिका ७५३ पालिकामा ५ जनाको कमिटी निर्माण गर्न सक्यौँ भने पनि हुन्छ। १० जनाको कमिटी बनाउन सक्यौँ भने हाम्रो पार्टीको सदस्य सङ्ख्या २० लाख पुग्छ।’

  • विद्यालाई निषेध गर्ने निर्णयविरुद्ध गृहजिल्ला भोजपुरमा असन्तुष्टि, नेताहरूले भने- ‘मिसन ८४’ लाई असर पर्छ (भिडिओ)

    विद्यालाई निषेध गर्ने निर्णयविरुद्ध गृहजिल्ला भोजपुरमा असन्तुष्टि, नेताहरूले भने- ‘मिसन ८४’ लाई असर पर्छ (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई निषेध गर्दै पार्टीको निर्णयविरुद्ध एमाले भोजपुरको बैठकमा कुरा उठेको छ ।

    शनिबारको जिल्ला कमिटी बैठकमा बोलेका ६ जनामध्ये ५ जनाले विद्याबारेको निर्णयले पार्टीको कामकारबाहीमा असर पर्ने भन्दै सच्याउन र एकढिक्का भएर अघि बढ्न नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

    पूर्व जिल्ला अध्यक्ष शरणकुमार राईले भण्डारी पक्षमा खुलेर भोजपुरको कमाण्ड सम्हालेका छन् ।

    भण्डारीको गृहजिल्ला भएकाले पनि अहिले पार्टीमा चलिरहेको बहसबारे जिल्ला कमिटीमा कस्तो छलफल हुन्छ चासोसाथ हेरिएको थियो । मानेभञ्ज्याङ (हाल रामप्रसादराई गाउँपालिका-५ आमबोटे) मा जन्मिएकी भण्डारीको माइतीघर अझै रंगरोगनसहित संरक्षण गरिएको छ । भोजपुरमा पढ्दादेखि नै २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै युथलिगको कार्यकर्ताको रूपमा उनले सङ्गठित राजनीतिक जीवन सुरू गरेकी थिइन् ।

    बैठकमा बोल्ने जिल्ला कमिटी सदस्यमध्ये अधिकांशले भण्डारीलाई ढोका थुन्दा देशभर पार्टीमा असन्तुष्टि छाएको र यसले मिसन ८४ समेतलाई असर पुग्ने बताएका छन् ।

    साल्पासिलिछो गाउँपालिकाका जीवन राईले तल्लो तहबाट जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सुझाव लैजाने पार्टी पद्धति भएपनि अहिले केन्द्रियता लाद्न थालिएको भन्दै आपत्ति जनाए । उनले भण्डारीको सदस्यताबारे अबको केन्द्रीय कमिटीमा छलफलको विषय बन्नुपर्ने बताए ।

    राईले भने, ‘जबजब विधान अधिवेशन आउँछ हामी जिल्लामा आउने र सर्कुलर सुनाउने, पढ्ने जाने काम भइरहेको छ । मिसन ८४ भनिरहँदा अहिले हामी एमालेका कार्यकर्ता हौं भन्ने लाज लाग्न थाल्यो, यो सरकार बनेदेखि नै हामीमाथि घृणा भइरहेको छ । स्थानीय कमिटीको सुझाव माथिल्लो कमिटीमा लैजाने भोजपुरबाट अभ्यास सुरू गरौं । यही हो निर्देशन भनेर हामीलाई बेवास्ता गर्ने काम नहोस् ।’

    युवा संघ केन्द्रीय स्वास्थ्य विभागका सचिवसमेत रहेका वीरेन्द्र श्रेष्ठले भण्डारीको सदस्यता चाँडो टुंग्याउन आग्रह गरे ।

    ‘यो विषय देशैभर झिल्को बनेर आएको छ । मिसन ८४ आउँदैछ त्यसमा असर नपरोस् । पूर्वराष्ट्रपतिले धेरै अनुभव लिइसक्नुभएको छ । उहाँले २ वर्षअघि नै नवीकरण गरिसकेको विषयलाई हामीले विवादित बनाएर लैजाँदा अझ क्षति नहोस् । यो मिल्यो भने एमाले बहुमतसहितको सरकार बनाउन सक्छौं ।’

    युवा नेता धुर्वराज राईले पार्टीले फरक-फरक नेताहरूसँग सहकार्य गर्दै जाँदा आफ्नै पार्टीमा इतिहास बोकेको र योगदान गरेकी भण्डारीलाई निषेध गर्न नहुने बताए ।

    शीर्ष नेताहरूलाई संवादबाट समस्या सुल्झाउन आग्रह गर्दै उनले भने, ‘शीर्ष नेताहरूकै कारण सल्लाह नै गरेर नवीकरण गरिएको होला । यसमा नेताहरूले नै मिलाइयोस् । यसले ८४ को चुनावमा असर गर्छ । मेरै साङपाङमा १० वर्षदेखि एमालेले सत्ता चलाएको छ, अब के होला भन्ने देख्दैछु ।’

    अर्का सदस्य रेवतीरमण थापाले पार्टी सुधारका लागि विभिन्न बुँदामा सुझाव दिएका छन् । मन्त्रीको सचिवालयमा रहने मान्छे पार्टीले निर्णय गर्नुपर्ने साथै सचिवालयमा जानुअघि र जिम्मेवारी सम्हालेको अवधिको सम्पत्ति लेखाजोखा गर्नुपर्ने उनले राय राखे । जनप्रतिनिधिको घमण्ड बढेको भन्दै थापाले आचरण सुधार नेताबाटै गर्नुपर्ने, धरातल भुल्न नहुने र सुविधाभोगी नबन्न ध्यानाकर्षण गराए ।

    भोजपुरमा एमाले दुईवटा छ भन्ने हल्ला आउने गरेको भन्दै चुनावले छोपेको र यसलाई चाँडो मिलाउन आग्रहसहित थापाले विद्याबारे भने, ‘आउनेबित्तिकै अध्यक्ष पनि नखोजौं । पार्टी सदस्यबाट वञ्चित पनि नगरौं ।’

    षडानन्द नगरपालिकाका मानबहादुर खत्रीले पनि भण्डारीलाई छेक्न नहुने राय राखे । बैठकमा बोलेका अर्का सदस्य प्रचार विभाग प्रमुख केशर राईले पार्टी गतिविधिको प्रचारप्रसारलाई वडा तहसम्म लैजान ‘सूर्य बुलेटिन’ को योजना सुनाए ।

    भोजपुरकै नेता पार्टी स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपतिको सदस्यताबारेको बहस भावनाले नहुने बताउँदै पार्टीले गरेको निर्णयविरुद्ध नजान निर्देशन दिए ।

    केन्द्र र प्रदेशबाट जारी गरेको अपानी अनुसार चल्नुपर्ने भन्दै राईले बैठकमा बोलेका ६ जनामध्ये ५ जनाले जिल्ला पार्टीको गतिविधिमा नभई राजनीति विषयमा चासो राखेको भन्दै असन्तुष्टि जनाए ।

    उनले भने, ‘वार्षिक कार्ययोजना, कामको समीक्षा र जिल्लाको पार्टीले भोगिरहेका समस्यामा फोकस गर्नुभएन । खाली एउटा राजनीतिक विषयमा अलि बढी चासो राखेर विचार राख्नुभयो । एकजनाले विभागीय कामको कुरा गर्नुभयो ।’

    राईको थप भनाइ यस्तो थियो-

    विधान मस्यौदामा उमेरको हद र कार्यकालको कुरालाई नराख्ने कुरा गरिएको छ । सदस्यता दुई प्रकारको राख्ने कुरा गरिएको छ । संगठित सदस्यलाई अझ कसिलो र गुणात्मक गर्ने र अर्को सदस्यतालाई खुल्ला गर्ने । पार्टी अध्यक्षको हस्ताक्षरमा एमालेको सदस्यता बोक्न लिन चाहने जसले एमालेलाई समर्थन गर्छ, एमालेलाई भोट हाल्छ, एमालेको सहयोग लिन्छ । एमालेलाई माया गर्ने मन पराउने जोकोहीलाई पनि दिन सकिने खालको सदस्यता अब खुला गर्नुपर्छ । त्यसो नगर्ने हो भने हामी जुन मिसनमा अघि बढिरहेका छौं । त्यसमा ती मान्छेहरूलाई अड्याउन कठिन हुनेछ । एकपटक न्यूनतम शुल्क लिएर प्राप्त गर्न सकिने तर, नवीकरण गर्नुनपर्ने एमालेको जुनसुकै कार्यक्रम अभियानमा सहभागी हुने, भोट हाल्नुपर्ने सदस्यता दुरूपयोग गर्न नहुने गरी लैजान लागिएको छ ।

  • कोशीमा आमसञ्चार विधेयकको विरोधमा उल्टो हिँडेर पत्रकारको प्रदर्शन (भिडिओ)

    कोशीमा आमसञ्चार विधेयकको विरोधमा उल्टो हिँडेर पत्रकारको प्रदर्शन (भिडिओ)

    काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी विधेयकको केही दफामा असन्तुष्टि जनाउदैँ पत्रकारहरुले उल्टो हिडेर विरोध प्रदर्शन गरेका छन् ।

    प्रेस युनियन कोशी प्रदेश समितिको आह्वानमा पत्रकारहरु विराटनगरको देवकोटा चोक देखि हाटखोला सम्म मुखमा र हातमा कालोपट्टी बाँधेर उल्टो हिँडेका हुन् ।

    आमसञ्चार विधेयकमा पत्रकारहरुलाई लेखेकै कारण दण्ड जरिवाना गर्ने र प्रेस रजिष्ट्रारलाई अदालतको अधिकार दिएकोमा पत्रकारहरुले विरोध गर्दै आएका छन् ।

    संविधानले दिएको र्पूण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने गरी कोशी प्रदेश सरकारले ल्याएको विधेयक सच्याउन पत्रकारहरुले आग्रह समेत गरेका छन् ।

     

  • ब्रेक हान्दा आफैँ चार्ज हुने विद्युतीय भ्यान नेपालमा, प्रति किलोमिटर खर्च साढे दुई रूपैयाँमात्र (भिडिओ)

    ब्रेक हान्दा आफैँ चार्ज हुने विद्युतीय भ्यान नेपालमा, प्रति किलोमिटर खर्च साढे दुई रूपैयाँमात्र (भिडिओ)

    काठमाडौं । एभरग्रिन इनर्जी एण्ड इन्भेस्टमेन्ट प्रालिले १४ सिटर इलेक्ट्रिक भ्यान नेपाल बजार भित्र्याएको छ । वुलिङ कम्पनीको उक्त भ्यान काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा सार्वजनिक गरिएको हो । ६ दिन चलेर शो आजदेखि सकिएको छ ।

    कम्पनीका अनुसार भ्यान ४२ युनिट विद्युत खपतमा फुल चार्ज हुन्छ । हालको दरअनुसार जम्मा ६३० रुपैयाँमा करिब ३०० किलोमिटर यात्रा गर्न सकिन्छ ।  यात्रुसहित हिसाब गर्दा प्रति किलोमिटर लागत २ रुपैयाँ ५२ पैसा मात्रै पर्ने कम्पनीले जनाएको छ ।

    नाडा अटो शोमा प्रदर्शनी गरिएको यस भ्यान हालसम्म १२८ वटा बुकिङ भइसकेको छ । विशेषगरी स्कुल, ट्राभल तथा टुर कम्पनी, होटल व्यवसायी र व्यक्तिगत लक्जरी प्रयोगकर्तासम्मले बुकिङ गरिसकेका छन् । उद्घाटनको दिनमै सोल्टी होटलले पनि अर्डर गरेको कम्पनीले जनाएको छ ।

    भ्यानको बजार मूल्य ५० लाख रुपैयाँ तोकिएको छ । तर, नाडा अटो शोमा विशेष अफरअन्तर्गत ४१ लाख ९८ हजार रुपैयाँमै बिक्रीमा राखिएको छ । खरिदकर्तालाई ३.५ किलोवाट वा ७ किलोवाट क्षमताको चार्जर, पहिलो वर्षको बिमा र सडक कर लागत निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    भ्यानमा वुलिङ रेड नम्बर वान ब्याट्री टेक्नोलोजी प्रयोग भएको छ । जसले करिब ३०० किलोमिटर रेन्ज दिन्छ । यसमा ६० किलोवाट फास्ट चार्जिङ सुविधा, ब्याट्री तापक्रम नियन्त्रण प्रणाली र करिब ४ हजार चार्जिङ साइकलको क्षमता रहेको दाबी गरिएको छ । अन्य विद्युतीय गाडीमा करिब २ हजार चार्जिङ साइकल रहने गरेको छ ।

    गाडीको संरचना ‘सिंगल सेल बडी’ प्रविधिबाट बनेको छ । यस प्रविधिले दुर्घटना हुँदा क्षति न्यून पार्ने र ब्याट्रीलाई सुरक्षित राख्ने बताइएको छ । ब्याट्री फ्लोरभन्दा माथि राखिएको हुँदा दुर्घटनाको अवस्थामा पनि उच्च सुरक्षा हुने कम्पनीको भनाइ छ ।

    एभरग्रिन इनर्जीले हालसम्म ८० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको र आगामी महिनाभित्रै १३० भन्दा बढी पुर्याउने योजना कम्पनीको छ ।

    यस भ्यानबारे विस्तृतमा एभरग्रिन इनर्जी एण्ड इन्भेस्टमेन्टका निर्देशक सन्तोष प्रसाईंसँग नेपालप्रेसले कुराकानी गरेको छः

    यो वुलिङ भन्ने कम्पनी हो ।  वुलिङ कम्पनी चीनको नम्बर वान मिनी कमर्सियल ईभी बिक्रेता कम्पनी हो ।

    हाम्रो यो नाडा भरिमा विशेष छुट दिएका छौं । यो गाडी हामीले पहिलो चोटि लन्च गरेको हो । ६ दिन चलेको शोमा १२८ वटा गाडी बिक्री भएको छ ।

    – पहिलो पटक  नेपाल भित्रिएको यो गाडीमा विशेष अफरहरु के दिनु भएको छ ?

    यो गाडीको ५० लाख एमआरपीको हो । नाडामा ८ लाखभन्दा धेरै छुट दिएका छौं । नाडामा यसको मूल्य ४१ लाख ९८ हजार रुपैयाँमा तोकिएको थियो । नाडामा बुक गर्नेहरुले सोही मूल्यमा गाडी लिन सक्ने छन् । ग्राहकले गाडी खरिद गर्दा ७ किलोवाटको चार्जर, इन्स्योरेन्स र रोड ट्याक्स लगायतका सेवा पनि थप गरेका छौं ।

    – अरु विद्युतीय भ्यानभन्दा यो गाडीमा के कुराले भिन्न छ ? ग्राहकले किन रोज्ने ?

    अरु भ्यानभन्दा हाम्रो भ्यानको कम्प्यारिजनमा एकदमै युनिक छ । पहिलो कुरो त गाडी आफैमा यो वुलिङको गाडी हो । जसमा चाहिँ वुलिङ रेड नम्बर वान ब्याट्री टेक्नोलोजी भन्ने ब्याट्री टेक्नोलोजी प्रयोग गरेको छ । यो एउटा विशेष हो । जसको एफीसीयन्सी हाइ छ । कम्पनीले ३०२ किलोमिटरको रेन्ज दिन्छ भनेको छ ।

    यो गाडीमा फ्युल इन्टेलिजेन्ट टेम्परेचर कन्ट्रोल सिस्टम रहेको छ । हाम्रो १४ सिटर गाडीमा सिंगल सेल बडी रहेको छ । बजारमा हेर्ने हो भने १४ सिटर गाडीमा सिंगल सेल छैन ।

    –  ब्रेक हान्दा आफैँ चार्ज गर्छ ?

    हो, ब्रेक हान्दा गाडी आफैँ चार्ज हुन्छ ।  त्यो चार्ज गर्दा जुन इनर्जी पैदा गर्छ, त्यो इनर्जीबाट चाहिँ ३० प्रतिशत चार्ज हुन्छ । ब्रेक हान्दा पावर जेनेरेट गर्छ र त्यो व्याट्रीमा जम्मा हुन्छ । नेपालमा यो पहिलो एउटा यस्तो भ्यान हो । यो गाडी चाहिँ हामीले लिएर आउने हुँदाखेरि हामीले यहाँ बाटो यस्तो छ सबैथोक भइसकेपछि हामीले चाइनाबाट इन्जिनियरहरू लिएर आयौँ। हामीले यहाँको बाटोहरू टुर गर्यौँ। टुरका क्रममा उहाँले भन्नुभयो की यहाँको बाटो अलि बम्पी रहेछ । यहाँ चाइनाको जस्तो स्मूथ बाटो रहेनछ ।

    पातलो ब्याट्री टेक्नोलोजी प्रयोग भएको छ । यो गाडीको ग्राउण्ड क्लियरेन्स नेपालको सडक अवस्था अनुसार उत्कृष्ट छ । यसमा ब्याट्री तल्लो बडीभन्दा माथि जडानगरिएको छ । नेपालमा आएको अन्य गाडीहरुमा ब्याट्री बडीभन्दा तल झुण्डिएको देखिन्छ । तर हाम्रो गाडीमा त्यस्तो समस्या छैन ।

    गाडीको फिचर्स र युएसपीको कुरा गर्ने हो भने हाम्रो गाडीमा अल्ट्रा फास्ट चार्जिङ प्रणाली उपलब्ध छ । गाडीको बाहिरबाट हेर्दाखेरि लुक्स नै अट्र्याक्टिभ छ । अर्को १४ सिटर सेग्मेन्टमा सबैभन्दा धेरै लेग स्पेस भएको गाडी हो । जस्तै कस्टमर त्यहाँ भित्र बस्नुभयो, प्यासेन्जर त्यहाँ भित्र बस्नुभयो भनेदेखि उहाँलाई गाडीको सिट फोल्डिङ गर्दा पनि खुट्टामा गाडीको सिट ठोकिँदैन  ।

    –एकचोटि तपाईँको यो फास्ट चार्जिङ गर्दा अथवा चार्जरले गर्दा कति समय लाग्छ ? एकचोटि चार्ज गर्दा कति युनिट तान्छ ?

    हाम्रो ४२ किलोवाटको चार्जर रहेको छ । ४२ किलोवाट आवरको ब्याट्री रहको छ ।  ४२ देखि ४५ मिनेटमा फुल चार्ज हुन्छ । यसले एकचोटि चार्ज गर्दा ४२ युनिट तान्छ । २.५२ रुपैयाँको चार्जले १६ जना मान्छे बोकेर १ किलोमिटर यात्रा गर्छ ।

    – गाडीमा वारेन्टी कति हुन्छ? के–के दिनुहुन्छ ?

    हामी एकदमै एक्सटेन्सिभ वारेन्टी दिएका छौँ । मोटरको पाँच वर्षको वारेन्टी छ । ब्याट्रीको छ वर्षको वारेन्टी छ । लाइटको एक वर्षको वारेन्टी छ । अरू पाट्र्सको डेढ वर्षको वारेन्टी छ । बजारमा भएका वारेन्टीको स्ट्रक्चरभन्दा हाम्रो वारेन्टीको स्ट्रक्चर अझै स्ट्रङ पनि छ ।

    – तपाईँको टार्गेट अडियन्स विशेष गरी अब सर्वसाधारण त हुनु नै भइहाल्यो, त्यो बाहेक तपाईँहरूको लेभलले कभर गर्ने चाहिँ को–को हो?

    हाम्रो यो नाडामा पहिलो बुकिङ नै सोल्टी होटेलले गरेको थियो । सोल्टी जस्तो फाइभ स्टार होटेलले अहिलेसम्म ई भी भ्यान लिएको थिएन । किनभने फाइभले सबै चीज फाइभ स्टार दिनुपर्यो । त्यसका लागि हाम्रो भ्यान ठिक लागने लिएको हो ।

    हस्पिटालिटी, होटेलको, टुर एन्ड ट्राभलको र स्कुलको हाम्रो लक्षित वर्ग हो । सार्वजनिक सवारीको रुपमा पनि यो गाडीको उस्तै महत्व हरको छ ।

    तपाईँको यो नाडा अटो शो सकिएपछि तपाईँको गाडी किन्न चाहने ग्राहकहरुले कसरी सम्पर्क गर्ने ?

    नाडा अटो सकिसकेपछि हाम्रा ग्राहकहरूले फेसबुक पेज, हाम्रो टिकटक, वुलिङ फेदी मोटर्सको साइडहरु हेरेर गाडीको बारेमा बुझ्न र किन्न सकिने छ ।

  • बुवाको सपना, छोराको दृढता र अथक संघर्षले नेपालमै जन्मिएको ‘केपीआई हेल्मेट’ (भिडिओ)

    बुवाको सपना, छोराको दृढता र अथक संघर्षले नेपालमै जन्मिएको ‘केपीआई हेल्मेट’ (भिडिओ)

    काठमाडौं । कुनैबेला हजारौँ युवाको जस्तै सपना बोकेर सुमन बस्याल पनि विदेशिन तयार थिए। १२ कक्षामात्रै पास गरेका ती युवकलाई लाग्थ्यो—‘विदेश गएपछि जीवन सुरक्षित हुन्छ।’ यही विश्वासले उनी रुपन्देहीबाट राजधानी काठमाडौंसम्म आइपुगे। विदेश जाने भीडमा हराउन लागेको उनको पाइला भने एक मोडमा अडियो। त्यही मोडबाट सुरु भयो अर्को यात्रा—विदेशको रेमिट्यान्स होइन, आफ्नै माटोमा पसिना बगाएर केही नयाँ सिर्जना गर्ने संकल्प।

    फर्कँदै गर्दा उनले नयाँ संकल्प गरेका थिए– देशभित्रै केही गर्न सकिन्छ । उनले उद्यमको बाटो खोज्न थाले । बजार हेर्दा एउटा कुरा प्रष्ट देखियो, ‘नेपालमा हेल्मेटको माग त हरेक दिन बढिरहेको छ, तर सबै आयातमै निर्भर’ । विदेशी ब्रान्डका हेल्मेट महँगा मात्रै नभई सामान्य प्रयोगकर्ताको लागि सहज पनि थिएनन् । यही अभावलाई अवसर ठानेर उनले हेल्मेट उत्पादन गर्ने सोच बनाए ।

    नेपालमै पहिलो पटक हेल्मेट उत्पादन गर्ने उद्योग स्थापना गरेर उनले ‘केपीआई हेल्मेट’को यात्रा सुरु गरे । परिवारबाट सानो लगानी संकलन गरे, प्राविधिक सहयोग जुटाए र बुटवलमै उद्योगको जग बसाए । अनि जन्मियो विदेशी हेल्मेटको दबदबा रहेको बजारको भिडमा नेपाली हेल्मेट ‘केपीआई’ ।

    विदेश जान काठमाडौंमा बसेर आइइएलटीएस गरिरहेका उनलाई परिवारका सदस्यले भने सधैँ विदेश नजान आग्रह गर्ने पनि गर्थे । उनका बुवाको चाहाना पनि छोराले नेपालमै केही गरोस् भन्ने थियो । बुवाको बारम्बारको आग्रहपछि अन्ततः विदेशका लागि हिँडेका उनका पाइला रुपन्देही फर्किए ।

    ‘२०६० सालमा एसएलसी सकेपछि काठमाडौं आए । त्यसबेला अष्ट्रेलिया जाने लहरमा थियो । आईईएलटीएस पनि गरे । तर घरको आग्रहलाई नकार्न सकिएन । अहिले नेपालमै उद्यमीको परिचय बनाए’, उनले भने ।

    नेपालमै पहिलो पटक स्थापना भएको यो हेल्मेट उद्योग अहिले नेपाली बजारमा परिचित छ । स्थानीयस्तरमै बनेको भएकाले मूल्य सहज छ, गुणस्तरमा पनि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने लक्ष्य राखिएको छ ।

    विदेश जाने बाटोमा रहेकाे पाइला माडेर उद्यमी बनेका उनको उद्यमको यात्रा अरू युवाका लागि प्रेरणादायी बनेको छ । वैदेशिक रोजगारी होइन, आफ्नै देशमा नयाँ सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश उनीहरूको उद्योगमार्फत फैलिन थालेको बस्यालको भनाई छ ।

    ‘केपीआई हेल्मेट’को यात्रा: एयर कुलरदेखि आत्मनिर्भर उद्योगतर्फ 

    ‘केपीआई हेल्मेट’ केवल सुरक्षा उपकरण मात्र नभएर बुटवलका एउटा परिवारको सपना, संघर्ष र मेहनतको प्रतीक पनि हो । जहाँ एक बुवाको सपना, छोराको दृढता र उद्योगमा गरेको अथक संघर्ष छ ।

    बुटवलबाट सुरु भएको एउटा सपनाको उद्योग आज नेपालको पहिलो हेल्मेट उत्पादन उद्योगको रूपमा स्थापित भएको छ । एयर कुलर उत्पादनबाट सुरु भएको यात्रा दर्जन बढी मोडलको हेल्मेट र ५० हजार स्क्वायर फुटको अत्याधुनिक प्लान्टमा परिणत भइसकेको छ ।

    बुटवलबाट सुरु भएर देशभर फैलिएको ‘केपीआई हेल्मेट’ले नेपालीपन झल्काउने र आत्मनिर्भर उद्योगको उदाहरण दिने कोहिनूर मेटल इन्डस्ट्रिजका निर्देशक बस्याल बताउँछन् ।

    उनका अनुसार कोहिनूर मेटल इन्डस्ट्रिज वि.सं २०४४ सालमा बस्याल परिवारले एयर कुलर उत्पादन गरेर सुरु गरेको थियो । त्यसपछि २०५७–५८ तिर नेपालमै पहिलो पटक मोटरसाइकलका लेगगार्ड उत्पादन गर्दै आयातलाई प्रतिस्थापन गर्न सफल भएको उनको दाबी छ ।

    लेगगार्डमार्फत बनेको बजार र नेटवर्कले बस्याल परिवारलाई हेल्मेट उत्पादनमा प्रवेश गर्न प्रेरित गर्‍यो । वि.सं २०७०–७१ सालमा बुटवल औद्योगिक क्षेत्रमा कोहिनूर प्लास्टिक इन्डस्ट्रिज (केपीआई) मार्फत हेल्मेट उत्पादन सुरु भयो ।

    पछि औद्योगिक क्षेत्रको साँघुरो स्थान पर्याप्त नभएपछि तिलोत्तमा–१७, गंगोलियामा ५० हजार स्क्वायर फुट क्षेत्रफलमा अत्याधुनिक कारखाना स्थापना गरियो । अहिले त्यहाँ १३ वटा मोडलका हेल्मेट उत्पादन भइरहेका छन् । जसलाई आईएसआई र अमेरिकी डीओटी मापदण्डले प्रमाणित गरेका छन् ।

    सुरुवाती चरणमा ८–१० करोडको लगानीबाट सुरु भएको उद्योग अहिले करिब ७० करोडको पुगेको छ । सुरुमा इन्डियन मेसिन प्रयोग भएपनि पछि जापानी अत्याधुनिक मेसिन ल्याएर फुल्ली अटोमेटिक उत्पादन प्रणाली लागू गरियो ।

    तर यो यात्रामा सजिलो थिएन । नेपालमै पहिलो हेल्मेट उद्योग बनाउँदा सबै कच्चा पदार्थ यहाँ उपलब्ध थिएनन् । सुरुवातमा प्याकेजिङ कार्टुनसम्म इन्डियाबाट ल्याउनु पर्ने अवस्था थियो । तर, विस्तारै धेरै कच्चा पदार्थ नेपालमै उपलब्ध हुँदै गएको उनले जानकारी दिए ।

    हाल केपीआईको दैनिक उत्पादन क्षमता ५ हजार हेल्मेटसम्म पुगेको छ । जुन नेपालकै मागभन्दा धेरै हो । त्यसैले बस्याल भन्छन्, ‘हामी अहिले आत्मनिर्भर भइसकेका छौँ । अब हामी निर्याततर्फ पनि अघि बढिरहेका छौँ ।’

    नेपालीपन झल्काउने हेरिटेज सिरिज, ४० करोडको कारोबार 

    हाल केपीआईको वार्षिक कारोबार ४० करोड रुपैयाँ पुगेको छ । ‘केपीआई हेल्मेट’ देशभरका डिलर नेटवर्क र सोरुममार्फत बिक्री वितरण हुँदै आएको छ । लेगगार्ड उत्पादनमा पाएको अनुभवले हेल्मेट बजार विस्तार गर्न सजिलो भएको उनी बताउँछन् ।

    नेपाली उपभोक्ताले ‘नेपाली उत्पादनको गुणस्तरीय’बारे प्रश्न उठाउँदै आएका छन् । तर बस्याल दाबी गर्छन्, ‘हाम्रो हेल्मेट आईएसआई र डीओटी दुवै सर्टिफाइड छन् । ल्याबमा परीक्षण गरेर मात्र बजारमा पठाइन्छ । उपभोक्ताले निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ ।’

    केपीआईका हेल्मेट अग्नि ग्रुप, त्रिवेणी ग्रुप, बजाजलगायतले प्रयोग गर्ने गरेका छन् । केपीआईले दुई जनाभन्दा बढीलाई रोजगारी समेत दिएको छ ।

    कोहिनूरले बजारमा सामान्य हेल्मेट मात्र ल्याएको छैन, नेपालीपन झल्काउने विशेष शृङ्खला पनि ल्याएको छ । ‘हेरिटेज एडिसन’मा धरहरा, दरबार स्क्वायर, पशुपतिनाथ, लालीगुराँस, कर्णाली पुलदेखि ‘मुस्ताङ एडिसन’सम्मको झल्को पाइन्छ ।

    ‘हामीले हेरिटेज एडिसन भनेर नेपाल, नेपाली बजारमा पहिलो पटक ल्यायौँ । अन्य विभिन्न राष्ट्रिय सम्पदाहरू झल्किने किसिमका हामीले कर्णाली पुल, लालीगुराँस, जानकी मन्दिर, रोयल बंगाल टाइगरदेखि लिएर धरहरा, दरबार स्क्वायरहरू, हैन, स्वयम्भू, पशुपतिनाथ एडिसन निकाल्यौँ । अहिले मुस्ताङ सिरिज भनेर मुस्ताङ एडिसन पनि निकालेका छौँ’, उनले भने ।

    केपीआईका हेल्मेट नेपाली बजारमा एक हजार ५ सय रुपैयाँदेखि तीन हजार पाँच सय रुपैयाँसम्मका छन् । नाडा अटो शोमा सहभागी भएको केपीआईले अहिले २५ प्रतिशत छुट समेत दिइरहेको छ ।

    आयातित हेल्मेटले थपेको चुनौती  

    सरकारले नेपाली उद्योगलाई प्रोत्साहन गर्ने भनेपनि व्यवहारमा भने नदेखिएको उनको गुनासो छ । ‘सरकारको एउटा बोली अनि काम अर्कै हुने गरेको छ । नेपाली उद्योगलाई प्रोत्साहन गर्ने भनेपनि व्यवहारमा देखिएको छैन’, बस्यालले भने, ‘नेपाली उद्यमीहरूलाई कसरी आत्मनिर्भर गराउन सकिन्छ भन्ने कुराहरूमा सरकारले अलि बढी चासो दिनुपर्छ । सरकारको साथ पाए नेपालका उद्यमीहरू सबै खुसी हुने थिए ।’

    आयातित हेल्मेटसँग प्रतिस्पर्धा गर्नु ठूलो चुनौती बनेको छ । बस्याल भन्छन्, ‘कोहिनूर र केपीआईका हेल्मेटहरू पूर्णरूपमा मेड इन नेपाल उत्पादन हुन् । सरकारबाट आवश्यक नीतिगत सहयोग पाएमा हामी अझै प्रतिस्पर्धी भएर अगाडि बढ्नेछौँ ।’

    उनका अनुसार नेपालीभन्दा आयातित हेल्मेट सस्ते पर्ने गरेको छ । खुल्ला सिमानाका कारण ग्रे मार्केटिङ बढी हुने गरेकाले अन्डर–भ्यालु प्राइसिङ गरेर ल्याउ गरिएको छ । जसले गर्दा नेपाली उद्योगलाई प्रतिस्पर्धा गर्न समस्या सिर्जना हुने गरेको छ ।

    केपीआईले हालसम्म १३ मोडल बजारमा ल्याइसकेको छ । प्रत्येक वर्ष नयाँ मोडल थप्दै सम्पूर्ण रेन्ज उपलब्ध गराउने लक्ष्य छ । साथै निर्याततर्फ विस्तार र ग्राहकसँगको साझेदारीलाई अझ मजबुत बनाउने योजना रहेको बस्याल बताउँछन् ।

    ‘हामीसँग १३ वटा मोडल भइसकेको छ । हरेक वर्ष एउटा या दुइटा थपिरहेका छौँ । जतिपनि मोडलहरू बजारमा चलिरहेका छन् अथवा जुन आउने क्रममा छन्, त्यो चिजहरू हामीले उत्पादन गर्ने प्रयत्न गरेका छौँ’, उनले भने, ‘हाम्रो ग्राहकहरूका लागि सन्तुष्ट पार्ने गरेर उत्पादन गरिरहेका छौँ ।’

    उद्योग शुरु गर्दा थुप्रै चुनौती रहेको सुनाउँदै बस्याल भन्छन्, ‘बजारमा सुरुवाती क्रममा धेरै चुनौती थियो । तयारी वस्तुभन्दा कच्चा पदार्थ धेरै महँगो भन्सार तिरेर ल्याउनुपर्ने हामी बाध्यतामा थियौँ । विस्तारै त्यो कुराहरू क्रमिक रूपमा सुधार त भइरहेको छ । र अझै पनि हामीले सरकारबाट उद्यमीका अन्य समस्या समाधान गरिदिन अनुरोध गर्दछु ।’

     

  • विद्याको सम्पर्क कार्यालयप्रति ओलीको आक्रोश- मदन भण्डारीको नाममा सधैँ असन्तुष्ट पक्ष भेला हुँदैछन् (भिडिओ)

    विद्याको सम्पर्क कार्यालयप्रति ओलीको आक्रोश- मदन भण्डारीको नाममा सधैँ असन्तुष्ट पक्ष भेला हुँदैछन् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेकोप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपतिबाट फर्केर आएपछि पार्टीमा समस्या खडा गर्ने कुरा आफूहरूले कल्पना पनि नगरेको बताए ।

    उनले थपे, ‘दुई पटक उहाँलाई पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना गरेको थिएन । तर, उहाँ आएर पार्टीको एकतामा बल पुर्‍याउनुपर्ने हो । तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीमा जनसङ्गठनमा चुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ ।’

    मदन भण्डारीका अर्को वर्ष आउने जन्मदिन मनाउनको लागि अहिलेदेखि नै पार्टी कार्यालय खोल्नुपर्छ ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘अर्को वर्षको जन्मदिन मनाउनको लागि अहिलेदेखि नै पार्टी कार्यालय खोलेर, असन्तुष्ट तत्त्वहरूलाई भेला गर्नुपर्छ ? यत्रो ठूलो आन्दोलनमा कहिलेकाहीँ हुन्छन् ।’
    हिजो भण्डारीको सम्पर्क कार्यालय खोल्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष द्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसहित नेता कार्यकर्ताहरू सहभागी भएका थिए ।

  • विद्या भण्डारीको सदस्यताबारे ओली- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण हुँदैन (भिडिओ)

    विद्या भण्डारीको सदस्यताबारे ओली- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण हुँदैन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता एमालेले नखोसेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति हुने बेलामा आफैँले परित्याग गरेको बताए ।

    उनले भने, ‘उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । फर्केर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर लिएर हुँदैन । राष्ट्रपति भएको मान्छे भनेर कर्मचारीले त रसिद काट्दिन्छ । त्यसरी लिने होइन ।’

    उनले छाडेको सदस्यता नवीकरण नहुने बताए ।

  • रविमाथि ओलीको आक्रोश- ७ वटा अदालतले थुनेको छ, गाली हामीलाई गर्छन् (भिडिओ)

    रविमाथि ओलीको आक्रोश- ७ वटा अदालतले थुनेको छ, गाली हामीलाई गर्छन् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछाने र रास्वपाका नेता कार्यकर्तामाथि आक्रोश पोखेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ठगेर ७ वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको बताए ।

    उनले भने, ‘अहिले मान्छेहरु लहलहैको पछाडि कुदेका छन्। नयाँ भन्नेको पछि मान्छे कुँदेका छन्। करोडौँको ठगी गरेको छ । सबैतिर सहकारी ठगी गरेको छ। ७ वटा अदालतले छाडेर कारबाही गर्न हुँदैन। थुन्नुपर्छ भनेर फैसला गरेको छ। गाली हामीलाई गर्छन्, ठगी आफू गर्छन्। त्यस्ताका पछि पनि मान्छे कुदेका छन् ।’

    उनले इज्जत कमाउन गाह्रो भए पनि जान धेरै समय नलाग्ने बताए ।

    उनले थपे, ‘तपाईँहरूले जुन पार्टी छाड्नुभयो त्यस्ताको पछि पनि अझै मान्छे छन् अलिअलि । कस्तो अचम्म? अझै अलमल गरिरहेका छन्। इज्जत कमाउन गाह्रो छ। गुमाउन सजिलो छ। एउटा बदमासी गर्‍यो भने जिन्दगी भरी बनाएको इज्जत एकै पटक ध्वस्त हुन्छ ।’

    उनले आफू नेतृत्वको सरकारले देश विकासको पक्षमा काम गरिरहेको बताए ।

  • शिक्षा र भूमि विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश (भिडिओ)

    शिक्षा र भूमि विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश (भिडिओ)

    काठमाडौं । शिक्षा र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभा सांसदमा पेस भएको छ ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी विधेयकको प्रतिवेदन पेश गरेकी हुन् ।

    विधेयकमा प्रचलित कानूनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीहरुले हदभित्रको जग्गा बिकास गरि घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरि बिक्रि गर्न सक्ने व्यवस्था उल्लेख गरिएको उनले बताए ।

    त्यस्तै, भूमिहिन, सुकुम्वासी, अव्यवस्थीत बसोवासीलाई व्यवस्थीत गर्नसमेत कानूनी व्यवस्थाका साथ विधेयकलाई अघि बढाइएको सभापति थापाले जानकारी दिए ।

    यसअघि बिहिबार बसेको समिति बैठकले उक्त विधेयकलाई पारित गरेको थियो । विधेयकमा माओवादी र रास्वपा सांसदहरुले असहमति जनाएका थिए ।

    त्यसैगरी, विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।

    समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए ।

    सभापति थापाले विद्यालय शिक्षाका क्षेत्रमा रहेका बिषयलाई नविनता दिनका लागि अधिकतम प्रयास गरेको उनको भनाइ छ । उनले विद्यार्थीको शिक्षा पाउने अवसरबाट बञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको पनि धारणा राखे ।

    सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दवाव आएपनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दवावलाई वेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गर्न सफल भएको जिकिर गरे ।

     

  • सरकारले सम्झौतालाई बेवास्ता गरेर शिक्षा विधेयक अघि बढाउँदा असन्तुष्टि बढ्यो: एनपी साउद (भिडिओ)

    सरकारले सम्झौतालाई बेवास्ता गरेर शिक्षा विधेयक अघि बढाउँदा असन्तुष्टि बढ्यो: एनपी साउद (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले शिक्षा विधेयकमा देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गरेर अगाडि बढाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विधेयक सबैलाई स्वीकार्य हुने गरी अगाडि बढाउन आवश्यक रहेको बताए।

    उनले भने, ‘शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव हुँदैन। त्यस कारण यो विषयमा सरकार गम्भीर हुन जरुरी छ। शिक्षा विधेयकले संघीय संरचनाअनुसार विद्यालय शिक्षालाई कानुनी रूपमा व्यवस्थित गर्दै आधारभूत शिक्षा सुनिश्चित र निजी विद्यालय नियमन गर्ने लगायतका प्रावधानहरू सकारात्मक छ।’

    विगतमा सरकारले गरेका सम्झौताहरूको बेवास्ता गरी अगाडि बढाउँदा व्यापक असन्तुष्टि देखिएको उनको भनाइ छ। २० औँ वर्षदेखि कार्यरत अस्थायी प्रकृतिका राहत, साविक उच्च मावि, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्ने दायित्वबाट सरकार पन्छिन खोजेको आरोप लगाए।

  • करका दर हेरफेर गरेकोप्रति माओवादीको आपत्ति, माग्यो सरकारको जवाफ (भिडिओ)

    करका दर हेरफेर गरेकोप्रति माओवादीको आपत्ति, माग्यो सरकारको जवाफ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई छलेर करका दर हेरफेर गरेकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उपमहासचिव वर्षमान पुनले विभिन्न सामग्रीको भन्सार शुल्क घटाइएको कुरा बाहिर आएको बताए।

    उनले भने, ‘संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ। एक महिना बित्दै गर्दा पहिलो चौमासिकमै सरकारले करको दरमा हेरफेर गरेको छ। यो कदमप्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ।’

    सदन चलिरहेको बेलामा सदनलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जाने बताए। बिना कारण करका दर हेरफेर गर्नुको कारण अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए। सुनमा लाग्ने करलगायत अन्य करकाे दर हेरफेर भएकाे उनकाे दाबी छ ।

  • कोशीमा आमसञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित (भिडिओ)

    कोशीमा आमसञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित (भिडिओ)

    विराटनगर । कोशी प्रदेशसभाको न्याय प्रशासन तथ विधायन समितिबाट पास भएको आम सञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित भएका छन् ।

    प्रदेशसभा सचिवालय अघि पत्रकारहरूले विरोध जनाए । नेपाल पत्रकार महासंघको आव्हानमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

    कोशी प्रदेश सरकारले ल्याउन लागेको उक्त विधेयकमा मिडिया हाउस र पत्रकारलाई सञ्चार रजिष्ट्रारले जरिबाना तिराउन सक्ने प्रावधान राखिएपछि पत्रकारसम्वद्ध संघसंगठनले संशोधनको माग राखेका थिए ।

    छलफलका क्रममा दिइएका सुझाव सम्बोधन नभएपछि पत्रकारहरू आन्दोलनमा निस्किएका हुन् ।

  • सत्तापक्षलाई रास्वपाको जवाफ- हाम्रो बहिस्कार संविधान विरोधी होइन, लोकतन्त्रभित्र असहमतिको शैली हो (भिडिओ)

    सत्तापक्षलाई रास्वपाको जवाफ- हाम्रो बहिस्कार संविधान विरोधी होइन, लोकतन्त्रभित्र असहमतिको शैली हो (भिडिओ)

    काठमाडौं । रास्वपाले सरकारले आफूहरूको बहिस्कारलाई लोकतन्त्रविरोधी भनेर चित्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद निशा डाँगीले संसद् बहिस्कार संविधान विरोधी अभ्यास नभएको बताइन्।

     

    उनले भनिन्, ‘हाम्रो बहिस्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो। जो विगतमा आज सत्तामा बसेकाहरूले पटक पटक प्रयोग गरेका छन्। हाम्रो आन्दोलन र बहिस्कार सरकारको खबरदारी गर्ने र जनताको आवाजलाई प्रतिनिधित्व गर्नको लागि हो। लोकतन्त्र भनेको सङ्ख्याको बलमा सरकार चलाउने नाम होइन। प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने बिर्सनुहुँदैन।’

    उनले सरकार जनताको आवाज सुन्न भन्दा पनि अपराधमा मुछिएकाहरूको बचाउनमा लागेको आरोप लगाइन्। दुई महिनादेखि आफूहरूले मानव बेचबिखनविरुद्ध आज उठाइराख्दा पनि परिणाम शून्य भएको बताइन्।

  • लिपुलेकबारे सरकारका प्रवक्ता- डिप्लोमेटिक डाइलगबाट समाधान गर्छौं (भिडिओ)

    लिपुलेकबारे सरकारका प्रवक्ता- डिप्लोमेटिक डाइलगबाट समाधान गर्छौं (भिडिओ)

    पोखरा । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुराको समस्या डिप्लोमेटिक डाइलगको माध्यमबाट समाधान गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता गुरुङले लडाई गरेर भूमि प्राप्त गर्ने कल्पना नगरेको बताएका हुन् ।

    ‘डिप्लोमेटिक डाइलगको माध्यमबाट समस्या समाधान गर्ने हो, लडाई गरेर प्राप्त गर्ने त कल्पना गरेका छैनौँ,’ उनले भने ।

    उनले उक्त भूमि नेपालकै भएको उल्लेख गरे । उनले भने, ‘त्यो भूमि हाम्रै हो । बिचमा अतिक्रमण हुँदै गएर क्लेम गर्न नसक्दा हेरेर बसेको हुनाले उसैको९भारत० जस्तो भो । उपभोग पनि उसैले गरेको स्थिति छ ।’

    भारत र चीनबीच नेपालको पूर्वसहमति र परामर्श बिना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौता गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।

    सरकारका प्रवक्ता गुरुङले लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएकाले त्यसबाट पछि नहट्ने अठोट गरे । ‘लिपुलेक लिम्पियाधुरा नेपालको भूमि हो । नेपालको स्वामित्वमा रहेको जग्गा हो । नेपालले त्यसलाई क्लेम गर्छ । तथ्य प्रमाणले त्यही कुरा गर्छ,’ उनले भने, ‘त्यसबाट हामी पछि हटेको होइन । हट्ने कुरै छैन । अन्तर्राष्ट्रिय फोरमहरूमा सरकारले नगर्ने कुरै छैन ।’

  • शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा (भिडिओ)

    शिक्षा विधेयकमा शिक्षक नेता अझै असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा (भिडिओ)

    काठमाडौं । संसदीय समितिबाट हिजो पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना सबै माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले ११ गतेदेखि विधेयकको विरोधमा देशभर सडक आन्दोलन सुरू गर्ने जनाएको हो ।

    महांसघले ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, सबै राजनीतिक पार्टीको दलहरु, विभिन्न समितिका सभापतिहरुलाई भेटेर ध्यानाकर्षण गर्ने जनाएको छ ।

    सोही दिन २ घटना धर्ना गर्ने, शुक्रबार सबै पालिकामा र १५ गते सबै जिल्लाको सम्वय इकाइमा ध्याकर्षण पत्र बुझाउने र २१ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

     

    महासङ्घले शिक्षा समितिबाट पारित भएको विधेयक आफूहरूको असन्तुष्टिको बाबजुद पारित गरेको आरोप लगाएको छ । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ।

    समितिबाट पारित भएको विधेयकमा महासंघले उठाएको आंशिक मागहरूमात्र पूरा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । उनले सरकार इमान्दार नभएको जिकिर गरिन् ।

    मुख्य विषय हल नभएको बताउँदै उनले आफूहरूले राखेको मुद्दा संशोधन हुनेमा आशावादी रहेको उनले बताइन् । उनले फेरि यो सरकारले आन्दोलन गर्न बाध्य बनाएको उनको आरोप छ ।

  • शेखरको प्रश्न- शिक्षकहरू महिनाको १६ हजार ५ सयमा पढाउन बाध्य छन्, विधेयकमाथि लडाइँ केका लागि ? (भिडिओ)

    शेखरको प्रश्न- शिक्षकहरू महिनाको १६ हजार ५ सयमा पढाउन बाध्य छन्, विधेयकमाथि लडाइँ केका लागि ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामुदायिक विद्यालयलाई राम्रो बनाउनेतिर सरकारको ध्यान जानुपर्ने बताएका छन्।

    ज्ञान ज्योति महिला माविको कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरूले महिनाको १६ हजार ५ सय पढाउन बाध्य हुनुपरेको बताए।

    उनले भने, ‘मलाई त अचम्मै लाग्यो अघि एक जना शिक्षकको तलब १ लाख ९८ हजार भन्नुभयो। महिनाको १६ हजार ५ सय पर्दो रहेछ। कार्यालय सहायक भन्दा पनि शिक्षकको तलब कम छ यो देशमा। अनि शिक्षकहरूले कसरी काम गर्छन् सोचौँ तरु हामीहरू सोच्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ। अहिले शिक्षा विधेयकमा झगडा चलिरहेको छ। के कुराको लडाइँ हो मैले बुझेको छैन। निजी र सामुदायिक विद्यालयलाई नै कस्तो बनाउने भन्ने विवाद हो जस्तो लाग्छ मलाई, निजी विद्यालयहरूले विरोध गर्दैछन् भन्ने कुरा पनि मैले सुनेँ।’

    माथिल्लो तहका शिक्षकलाई राम्रो दिएको भए पनि तल्लो तहका शिक्षकलाई तलब नभएको बताए।

    उनले थपे, ‘मैले सांसद र आन्दोलनरत शिक्षकहरूलाई पनि भनेँ। इसीडी तहको शिक्षकलाई राम्रो तलब नदिएसम्म विद्यार्थी राम्रो बन्न सक्दैन। माथिल्लो तहका शिक्षकलाई राम्रो दिएको भए पनि तल्लो तहका शिक्षकलाई तलब छैन। १६ हजार ५ सयको कुरा त। अस्तिसम्म त ७ हजार ५ सय थियो। कसरी पढाइरहेका होलान्। देशको आर्थिक अवस्था कमजोर छ भन्ने सबैले बुझेको छ। तर कुनै पनि देशलाई अगाडि ल्याउनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा शिक्षा नै हो भन्ने कुरा पनि बुझेका छौँ।’