Category: एमाले महाधिवेशन

  • महायज्ञमा ‘केटी जिस्क्याएको’ निहुँमा दुई समूहबीच कुटाकुट, पेस्तोलसहित दुईजना पक्राउ

    महायज्ञमा ‘केटी जिस्क्याएको’ निहुँमा दुई समूहबीच कुटाकुट, पेस्तोलसहित दुईजना पक्राउ

    रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा चलिरहेको महायज्ञका क्रममा दुई समूहबीच कुटपिट हुँदा एकजना घाइते भएका छन्।

    प्रहरीका अनुसार महायज्ञमा पुगेका युवाहरूको समूहले युवतीलाई जिस्काएपछि बढेको विवाद झडपमा पुगेको हो । स्थानीयका अनुसार महायज्ञमा सहभागी स्थानीय युवाहरू र वडा नं। ५ मोहसड गाउँबाट आएका युवाहरूबीच शनिबार राति विवादपछि झडप भएको हो।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार महायज्ञ जेठ २ गतेदेखि सुरु भएको हो। पछिल्ला दिनहरूमा मोहसडबाट आएका केही युवाहरू रातिको समयमा विवाद गर्दै आउने गरेका थिए।

    शनिबार राति करिब १२ बजेपछिको समयमा पनि त्यही समूह महायज्ञस्थलमा आएर विवाद गर्न थालेपछि दुवै पक्षबीच कुटपिट भएको थियो।
    घटनामा स्थानीय विक्रम सिंह घाइते भएका छन्। उनी लुम्बिनी प्रदेश सभा सदस्य कन्यैया बानियाका स्वकीय सचिव हुन् । उनको हात र खुट्टामा चोट लागेको र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    घटनापछि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहसडका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर छन्।

    प्रहरी उपरीक्षक क्षेत्रीले पक्राउ परेकाहरूको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोलसमेत बरामद गरिएको जानकारी दिए। हाल उनीहरू इलाका प्रहरी कार्यालय लुम्बिनीको हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    लुम्बिनीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक मगराठीका अनुसार महायज्ञमा गएका युवाहरूले युवतीलाई जिस्काएपछि विवाद सुरु भएको हो । उनले अहिले अवस्था सामान्य भएको र स्थानीयले गलत गर्नेलाई छानविन गरेर कारबाही गर्न सुझाएको बताए ।

  • सशस्त्रद्वारा झापाबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा

    सशस्त्रद्वारा झापाबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा

    झापा । सशस्त्र प्रहरीले झापाबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

    झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुई वट ट्रक नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत रहेका छन् ।

    इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं। १ बराह बाहिनी मुख्यालय र नं। २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको हो ।

    साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाईल सेट समेत बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारवाहिको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ।

  • मन्त्रीको गाडीलाई साइड नदिएको आरोपमा ३ ट्रक चालकहरुलाई कारबाही

    मन्त्रीको गाडीलाई साइड नदिएको आरोपमा ३ ट्रक चालकहरुलाई कारबाही

    रुपन्देही । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको भन्दै ३ वटा ट्रक चालकहरूलाई कारबाही गरिएको छ।

    हुलाकी राजमार्गको कपिलवस्तु नगरपालिका सडक खण्डमा मन्त्री कार्कीको गाडी लु १ झ ७३८ पश्चिमबाट पूर्व तर्फ तीव्र गतिमा जाँदै गर्दा साइड नदिएको आरोपमा प्र १०२००१ ख ८४७३, ३३५१ र ९२०७ नम्बरका ट्रकलाई ५ सय रुपैयाँ दरले जरिवाना गरिएको छ।

    मन्त्रीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले ट्रक चालकहरूलाई रोकेर ट्राफिकलाई जर्जस्ती कारबाही गर्न निर्देशन दिएका थिए।

    ट्रक चालकहरूले भने सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन्।

    मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका चालक दिलबहादुर कटुवालले भने, ‘हामी सामान्य गतिमा थियौँ। एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबर्जस्ती जरिवाना तिरायो।’ उनले थप गुनासो गर्दै भने, ‘मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले सामान्य कारबाही मात्रै गरेर छाडेको छ।’

    बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्य कार्यक्रमका लागि हिँडेका मन्त्री कार्कीको गाडी तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन्। मन्त्रीका पिएसओ भने पटक पटक साइडको लागि आग्रह गर्दा पनि नदिएकाले कारबाहीको सिफारिस गरेको बताएका छन् ।

    ‘ट्रक चालकहरूले बाटो छेकेर भिडियो बनाइरहेको र हर्न बजाउँदासमेत सडक जाम गरेका कारण कारबाहीका लागि सिफारिस गरिएको हो’ उनले भने । यस घटनाले सडक यातायात नियम र सत्ताको दुरुपयोगबीचको विवादलाई फेरि एकपटक उजागर गरेको छ।

  • एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे चयन

    एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे चयन

    कावासोती । नेकपा (एमाले) नवलपुरको आठौं जिल्ला अधिवेशनले मुक्तिराम पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा मनवीर थापामगर, सचिवमा भीमलाल अधिकारी, उपसचिवमा भीमलाल कडेँल र यमुनाथ आचार्यसहित एक सय पाँच जनाको जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो ।

    एमालेका केन्द्रीय सदस्य, नवलपुर इञ्चार्ज एवम् अध्यक्ष मण्डलका अध्यक्ष तिलबहादुर महत क्षेत्री (तिलक) ले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई सपथ ग्रहण गराएका थिए । अध्यक्षले बाँकी पदाधिकारी र सदस्यको सपथ ग्रहण केही दिनपछि गराउने एमाले नवलपुरका जिल्ला सदस्य विद्रोही गिरीले बताए ।

  • देशभरका एमाले जिल्ला अधिवेशनको ओलीले एकैसाथ उद्घाटन गर्ने

    देशभरका एमाले जिल्ला अधिवेशनको ओलीले एकैसाथ उद्घाटन गर्ने

    काठमाडौं । नेकपा (एमाले) का भोलि हुने देशव्यापी जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्चुअल उद्घाटन गर्ने भएका छन् ।

    प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    केही हिमाली जिल्लाबाहेक अधिकांशमा भोलि जिल्ला अधिवेशन उद्घाटन हुने छन् ।

  • ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार (तस्बिरहरू)

    ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् ।

    उनीसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन, निर्वाचन र लेखा आयोगको कार्यकक्ष पनि तयार गरिएको छ ।

    प्रतिस्पर्धी भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेमा दोस्रोपटक अध्यक्ष बनेका ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।

  • एमाले नयाँ नेतृत्व कति समावेशी ?

    एमाले नयाँ नेतृत्व कति समावेशी ?

    काठमाडौं । चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले १९ सदस्यीय पदाधिकारी चयन गरेको छ भने तीन सय एक सदस्यीय केन्द्रीय समिति र २५-२५ सदस्यीय विभिन्न अयोग पनि गठन गरेको छ ।

    राजनीतिक दलको नेतृत्व तहमा ३३ प्रतिशत महिला अनिवार्य हुने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार नै पहिलोपटक नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय समितिमा महिलाको सहभागिता ३३ प्रतिशत पुगेको छ । पदाधिकारीमा महिलाको संख्या बढेको छ भने दलित र मधेसीको पनि उपस्थिति भएको छ ।

    पदाधिकारीमा महिला १०, दलित र मधेसी ५-५ प्रतिशत

    एमालेको १९ सदस्यीय पदाधिकारीमा २ महिला, १ दलित र १ जना मधेसी समुदायका नेताको उपस्थिति भएको छ । यो हिसाबमा पदाधिकारीमा महिलाको सहभागिता १० प्रतिशत देखिएको छ भने दलित र मधेसीको सहभागिता ५-५ प्रतिशत देखिएको छ । संख्यात्मक हिसावले महिला, दलित र मधेशीको संख्या पदाधिकारीमा कम देखिए पनि यसअघिको तुलनामा सुधार भएको छ ।

    २ जना महिला पदाधिकारीमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका हुन् । त्यस्तै, दलित समुदायको तर्फबाट सचिवमा छविलाल विश्वकर्मा र मधेसी समुदायबाट रघुवीर महासेठ पनि निर्वाचित भएका हुन् ।

    ३०१ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको छ । उनीहरूमध्ये अधिकांश निर्विरोध निर्वाचित भएका हुन् भने कतिपय निर्वाचनमार्फत केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

    भूगोलका ६७ केन्द्रीय सदस्यमा एकमात्र दलित

    भौगोलिक क्षेत्रअन्तरगत सातवटै प्रदेशबाट ६७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । जसमा प्रदेश एकबाट ६ जना निर्वाचित भएकोमा जनजातितर्फ ४ जना निर्वाचित भए ।

    प्रदेश एकबाट भौगोलिक क्षेत्रमा खुलामा एकजना पनि महिला र दलित निर्वाचित भएनन् । भूगोलअन्तरगत नै प्रदेश एकबाट ३ जना महिला निर्वाचित भए । जहाँ १ जना जनजाति महिला निर्वाचित भए भने बाँकी २ जना खस आर्यबाटै महिला निर्वाचित भए । दलित र मधेसी समुदायबाट एकजना पनि महिला निर्वाचित भएनन् ।

    प्रदेश दुईमा भने खुलातर्फ ६ जना निर्विरोध निर्वाचित भए, जसमा सबै मधेसी र जनजातिबाटै निर्वाचित भए । खुलातर्फ भने एकजना पनि महिला र दलित निर्वाचित भएनन् । प्रदेश २ कै महिलातर्फ भने ३ जना निर्वाचित हुँदा एकजना पनि दलित महिला परेनन् ।

    वाग्मती प्रदेशमा ६ जना खुलातर्फ निर्विरोध निर्वाचित हुँदा १ जनामात्र जनजातिबाट निर्वाचित भए । दलितबाट एकजना पनि निर्वाचित भएननन् । वाग्मतीबाटै तीनजना महिला निर्वाचित हुँदा १ जना महिला जनजातिबाट परे । बाँकी २ महिला खसआर्यबाटै निर्वाचित भए । यहाँ पनि दलित महिला निर्वाचित भएनन् ।

    गण्डकी प्रदेशबाट ६ जना खुला निर्विरोध निर्वाचित हुनेमा ५ जना खस आर्यबाट निर्वाचित भए भने दलितबाट जगत विश्वकर्मा निर्विरोध भए । गण्डकी प्रदेशकै तीनजना महिला निर्विरोध निर्वाचित हुँदा १ जना खस आर्य महिला निर्वाचित भए । २ जना जनजातितर्फका महिला निर्वाचित भए । दलित महिला भने एकजना पनि आएनन् ।

    लुम्बिनी प्रदेशमा ६ जना खुलातर्फ निर्वाचित भएकामा ५ जना खस आर्यबाटै निर्विरोध भए । एकजना नवीन रोकामगर जनजातिबाट निर्वाचित भए । दलित भने एकजना पनि आएनन् । महिलातर्फ पनि ३ जना निर्विरोध निर्वाचित भएकोमा तीनै जना खस आर्यबाट निर्वाचित भए । महिला भित्र पनि जनजाति र दलित महिला अटाएनन् ।

    कर्णाली प्रदेशबाट खुलातर्फ ६ जना निर्वाचित हुनेमा शतप्रतिशत खस आर्यबाट निर्विरोध निर्वाचित भए । ३ जना महिलातर्फ पनि तीनैजना खस आर्यबाट निर्वाचित भए ।

    सुदूरपश्चिम प्रदेशमा ६ जना खुलामा निर्वाचित भएकोमा चारजना खस आर्यबाट परे । दलितबाट अफिलाल ओखेडा र जनाजातिबाट नारदमुनि राना निर्विरोध भए । महिलातर्फ भने तीनैजना खस आर्य निर्वाचित भए ।

    उपत्यका विशेषबाट भने एक खुला सदस्यमा खसआर्य पुरुष र महिलामा भने जनाजातितर्फ बिनाकुमारी श्रेष्ठ निर्विरोध निर्वाचित भए । सम्पर्क समन्वयतर्फ एकजनामा जनजाति समुदायबाट र महिलातर्फ खस आर्यबाटै निर्विरोध निर्वाचित भए ।

    जनजातिको सहभागिता ३२ प्रतिशत

    समावेशीतर्फ ७८ मध्ये आदिवासी जनजातिबाट खुलातर्फ १७ जना निर्विरोध भएकामा सबै पुरुष परे । आदिवासी जनजाति महिलातर्फ ८ जना निर्वाचित भए । समावेशीतर्फकै मधेसीतर्फ खुलाबाट १३ जना सबै पुरुष निर्वाचित भए भने मधेसी महिलातर्फ ६ जना महिला निर्वाचिन भए ।

    समावेशी दलिततर्फ ८ जना निर्वाचित हुनेमा सबै पुरुष परे । महिलातर्फ भने चारजना निर्वाचित भए । समावेशीकै थारुतर्फ पाँचजना खुलामा निर्वाचित हुनेमा सबै पुरुष नै निर्वाचित भए भने महिला दुईजना निर्विरोध भए ।

    मुस्लिमबाट चारजना खुलामा सबै पुरुष नै निर्विरोध निर्वाचित भए भने महिलामा एकजना निर्विरोध भए । यस्तै श्रमिकतर्फ चारजनामा एकजना जनजातिबाट निर्वाचित भए भने बाँकी तीन जना खस आर्यबाटै निर्वाचित भए ।

    महिलातर्फ २ जना जनजातिबाटै निर्वाचित भए । पिछडिएको क्षेत्रबाट ३ जना खुलामा एकजना जनजातिबाट निर्वाचित भए भने बाँकी २ जना खस आर्यबाट परे । पिछडिएको महिलामा पनि खसआर्यबाटै निर्वाचित भए ।

    ८४ खुला केन्द्रीय सदस्यमा ८६ प्रतिशत खसआर्य

    केन्द्रीय सदस्य खुलाअन्तरगत ८४ जनामा १० जना जनजाति, एकजना मधेसी निर्वाचित भए भने बाँकी सबै खसआर्यबाटै आए । महिला र दलित समुदायबाट खुलातर्फ एकजना पनि निर्वाचित भएनन् । खुलातर्फ नै ५३ जना महिला निर्वाचित हुनेमा ६ जना जनजाति, दुई थारु, १-१ मधेसी र दलित महिला निर्विरोध निर्वाचित भए भने बाँकी सबै खस आर्य महिला नै निर्वाचित भए ।

    नेकपा एमालेको नवौं महाधिवेशनमा पनि २ जना महिला पदाधिकारीमा निर्वाचित भएका थिए । जसमा उपाध्यक्षमा विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य थिए ।

    भण्डारी राष्ट्रपति भएकी थिइन् । त्यतिबेला पदाधिकारीमा दलित र मधेसी समुदायको भने उपस्थिति शून्य नै थियो । नवौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा ३० जनामात्रै महिलाको सहभागिता थियो ।

  • भीम रावलको दाबी- पार्टीलाई विधि, पद्धतिमा हिँडाउँन अन्तिमसम्म प्रयास गरेँ

    भीम रावलको दाबी- पार्टीलाई विधि, पद्धतिमा हिँडाउँन अन्तिमसम्म प्रयास गरेँ

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउँन आफूले प्रयास गरेको दाबी गरेका छन् ।

    १०‍औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरेको उनले जिकिर गरेका हुन् ।

    त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्टोक्ति छ ।

    आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई रावलले धन्यवाद दिएका छन् ।

  • एमाले नेतृत्वमा लुम्बिनीबाट ७ पदाधिकारीसहित ६० जना निर्वाचित (सूचीसहित)

    एमाले नेतृत्वमा लुम्बिनीबाट ७ पदाधिकारीसहित ६० जना निर्वाचित (सूचीसहित)

    रुपन्देही । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमा लुम्बिनीका ७ जना निर्वाचित भएका छन् ।

    उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली र सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी तथा छविलाल विश्वकर्मा निर्वाचित भएका हुन् ।

    यसअघि उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्षमा प्रतिस्पर्धा गरे पनि पराजित भए । तर, केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।

    केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी र केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् ।

    लुम्बिनीबाट ६० जना केन्द्रीय कमिटीमा समेटिएको प्रचार विभागका सदस्य डीआर घिमिरेले बताए ।

    एमालेले लुम्बिनी प्रदेशलाई आधार इलाका मान्दै आएकाले पनि पदाधिकारीमा ठाउँ पाएको नेताहरूको विश्लेषण छ ।

    नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित रुपन्देहीका विष्णु पौडेल अन्तिम समयसम्म महासचिवमा प्रमुख दाबेदार रहेका थिए । तर, अध्यक्ष केपी ओलीकै प्रस्तावमा उनी विष्णु पौडेल उपाध्यक्ष बनेका छन् । उनी दुईपटक अर्थमन्त्री बनेर लोकप्रिय बजेट ल्याएका कारण र नेकपाकालमा महासचिवको जिम्मेवारी कुशलतापूर्वक निभाएका कारण पार्टीभित्र थप बलियो बनेका हुन् ।

    समन्वयकारी भूमिकामा अग्रभागमा देखिने पौडेल यसअघि संगठन विभाग प्रमुख रहेकाले पनि आन्तरिक संगठनमा बलियो बनेका हुन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पराकिलो मतान्तरले हराएर चर्चामा आएका पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । रूपन्देहीमा पौडेलले अगाडि बढाएको विकासले एमालेको जनआधार बलियो छ ।

    उपाध्यक्षमै दाङका युवराज ज्ञवाली निर्वाचित भएका छन् । सरल र सादगी नेताको पहिचान बनाएका ज्ञवाली यसअघि ९ औं महाधिवेशनमा पनि उपाध्यक्षमै विजयी भएका थिए । लामोसमय माधव नेपाल समूहमा रहेका उनी पार्टी विभाजनको बेला एमालेको बलियो खम्बा बनेर मूलधारमै रहेका हुन् ।

    पार्टीभित्र अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट शंकर पोखरेल निर्विरोध भएका छन् ।

    उनी लुम्बिनी प्रदेशको निर्वतमान मुख्यमन्त्रीसमेत हुन् । केपी ओलीको विश्वासपात्र पोखरेललाई ओलीले महासचिव बन्ने संकेत विधान महाधिवेशनमै गरेको धेरैले आंकलन गरेका थिए । पार्टीभित्र सैद्धान्तिक बहस गर्ने र जबजको व्याख्याताका रुपमा पहिचान बनाएका पोखरेल ९ औं महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि स्थायी कमिटीमा रहेर महत्वपूर्ण काम गरेका थिए ।

    वैचारिक नेता मानिने गुल्मीका प्रदीप ज्ञवाली उपमहासचिव बनेका छन् । ज्ञवाली एमाले सचिव थिए । त्यस्तै गुल्मीकै गोकर्ण विष्ट पनि सचिव बनेका छन् । उनी यस अगाडि पनि सचिव नै थिए । गुल्मीमा मात्र नभई लुम्बिनी प्रदेशमै ज्ञवाली र विष्ट लोकप्रिय मानिन्छन् । विष्टले लोकप्रिय मत प्राप्त गरे ।

    त्यस्तै रूपन्देहीकै छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भएका छन् । लामो समयदेखि ओलीलाई साथ दिँदै आएका विश्वकर्मा यसअगाडि स्थायी कमिटी सदस्य थिए । एमालेको पदाधिकारीमा पहिलोपटक दलित समुदायबाट उनले प्रतिनिधित्व गरेका छन् । सचिवमै अर्घाखाँचीका टोपबहादुर रायमाझी निर्वाचित भए । अर्घाखाँचीमा जनआधार राम्रो बनाएका उनी पूर्वमाओवादी नेता हुन् । विकासप्रेमी नेताको पहिचान बनाएका रायमाझी एमालेमा रहेपछि साविकको लुम्बिनीका धेरै माओवादी नेता-कार्यकर्तालाई एमालेमै राख्न सफल भए ।

    माओवादी जनयुद्धका कमाण्डरमध्येका एक रायमाझी शान्ति प्रकृयामा आएपछि कुनै निर्वाचनमा पराजित भएका छैनन् । यसअघि माओवादीले लुम्बिनीका सबै जिल्लाबाट पराजय हुँदा उनीमात्र विजयी भएका थिए ।

    केन्द्रीय आयोगको मुख्य पदमा पनि लुम्बिनी छुटेको छैन । अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी चयन भएका छन् । उनी यसअघि पार्टीको सल्लाहकार थिए । त्यस्तै केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् । आयोगका केन्द्रीय सदस्यमा पनि लुम्बिनीबाट धेरै सदस्यहरू निर्वाचित भएका छन् ।

    नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित हुने लुम्बिनीका पदाधिकारी तथा सदस्यहरू :

    उपाध्यक्ष :

    विष्णु पौडेल
    युवराज ज्ञवाली

    महासचिव :

    शंकर पोखरेल

    उपमहासचिव :

    प्रदीप ज्ञवाली

    सचिव :

    गोकर्ण विष्ट
    छबिलाल विश्वकर्मा
    टोपबहादुर रायमाझी

    लुम्बिनी प्रदेश भुगोल

    खुल्लातर्फ : 
    १. लिला गिरी
    २. खेममान खड्का
    ३. दिनेश पन्थी
    ४. नवीन रोका मगर
    ५. भुमिश्वर ढकाल
    ६. हरिप्रसाद रिजाल
    महिला तर्फ : 
    १. साबित्रा अर्याल
    २. मेनका पोखरेल
    ३. सरिता खनाल भुसाल
    आदिवासी जनजाति खुल्ला 
    गोकुलप्रसाद घर्ती मगर
    दलबहादुर राना
    महिला : 
    ईश्वरी घर्ती
    तराई मधेश खुल्ला : 
    पसुपती दयाल मिश्र
    शुशिलकुमार श्रीवास्तव
    दलित समुदाय खुल्ला : 
    बमवहादुर विश्वकर्मा
    जंग नेपाली
    थारु समुदाय खुल्ला : 
    बैजनाथ चौधरी
    नरुलाल चौधरी
    महिला  : 
    गङा चौधरी सतगौवा
    मुस्लिम समुदाय खुल्ला :  
    महम्मत हारुन हलुवाई
    सिराज अहमद फारुसी
    श्रमिक क्षेत्र खुल्ला : 
    कमल गौतम

    खुला क्षेत्र

    घनश्याम भुसाल
    मणी थापा
    खिमलाल भट्टराई
    गिरिधारीलाल न्यौपाने
    चन्द्र वहादुर खड्का
    ठाकुर गैरे
    दधिराम न्यौपाने
    लक्ष्मण ज्ञवाली
    सुर्य थापा
    बलराम अधिकारी
    घनश्याम पाण्डे
    चेतनारायण आचार्य
    कुमार दशौंदीं
    शिवराज सुवैदी
    सुर्य ढकाल
    किरण पौडेल

    महिला :

    कोमल वली
    गोमादेवि आचार्य
    दीपा शर्मा
    विमला घिमिरे
    शान्ता चौधरी
    शान्तिदेवी ढकाल
    शोभा ज्ञवाली
    सीता न्यौपाने
    सिर्जना काफ्ले
    सुजिता शाक्य

    अनुशासन आयोग :

    उपाध्यक्ष : (१) नेत्रप्रसाद पन्थी
    खुल्ला सदस्य :
    छबिलाल ओली
    झपेन्द्रबहादुर जिसी
    डा.कृष्ण न्यौपाने
    तुलसीप्रसाद चौधरी
    देवराज भार
    महिला सदस्य 
    सरस्वती गौतम

    लेखा आयोग :

    उपाध्यक्ष : (१) बिष्णु पन्थी
    खुल्ला सदस्य  :
    धनेन्द्रराज घिमिरे
    रेवतीरमण शर्मा
    महिला सदस्य : 
    बिजया धिताल
    बिमला केसी
    सावित्री विश्वकर्मा
  • एमालेको जनसमर्थन नघटेको महाधिवेशनबाट स्थापित भयो : सुवास नेम्वाङ (भिडिओ)

    एमालेको जनसमर्थन नघटेको महाधिवेशनबाट स्थापित भयो : सुवास नेम्वाङ (भिडिओ)

    चितवन । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनको मूलधार एमाले नै रहेको सन्देश दिएको दाबी गरेका छन् ।

    महाधिवेशनपछि काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘महाधिवेशन सफल बनेको छ, एमाले नै कम्युनिष्ट आन्दोलनको मुलधार रहेको सन्देश दिएको छ ।” एमालेप्रतिको जनमत यथावतै रहेको पुष्टि गरेको पुष्टि भएको नेम्वाङको भनाइ छ ।

    ‘धेरै षड्यन्त्रका बावजुद कमजोर बनाउने, घेराबन्दी गर्ने कैयन प्रयास भए’, उनले भने, ‘अझैपनि एमालेको उही शक्ति रहेछ, जनताको उत्तिकै समर्थन रहेछ भन्ने स्थापित भएको छ ।’ महाधिवेशनले एमाले एकजुट भएको देखाएको भन्दै नेम्वाङले भने, ‘विधान महाधिवेशनका बेलामा पनि के गर्छन् भन्थे । राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने प्रश्नहरू उठे, तर हामीले सफलतापूर्वक सम्पन्न गर्‍यौं ।’

    उनले एकता, सहमति र समझदारीको महाधिवेशन बनाउन सुरूदेखि नै जोड दिइएको त्यसमा सफल पनि भएको जिकिर गरे । केही पदमा निर्वाचन हुनु स्वाभाविक भएको बताउँदै निर्वाचनमा भाग लिएकाहरूलाई समेटेर लैजानुपर्नेमा नेम्वाङको जोड छ ।

    ‘भीम रावललाई परेको मत पनि एमालेकै हो’, उनले भने, ‘निर्वाचनमा गएपछि मत पाउने नै भए, त्यसलाई अन्यथा लिनुहुँदैन, कसले कति प्रतिशत मत पाए भनेर निष्कर्षमा पुग्नुहुँदैन, एमाले एकजुट र एक ढिक्का बनेको छ ।’

    उनले आफूले पाएको जिम्मेवारीमा सन्तुष्ट रहेको बताए । ‘सयमा सय सन्तुष्टि कहिँ पनि हुँदैन’, नेम्वाङले भने, ‘समग्रमा म सन्तुष्ट छु, महाधिवेशनले चाहेको सन्देश दिएको छ ।’

  • एमालेको १० औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

    एमालेको १० औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेर सकिएकाे छ ।

    सपथग्रहणपछि बैठक चिवतनको सौराहामा बसेको हो । बैठकले निर्णय भने केही पनि गरेन् । बैठकलाई केपी शर्मा अ‍ोलीले सम्बोधन गरेका छन् ।

    सम्बोधनका क्रममा अध्यक्ष ओलीले निर्वाचनको तयारीका लागि तीन महिना मात्रै बाँकी रहेकाले सोही अनुसार काम गर्न निर्देशन दिए ।

    अन्तरविरोध पार्टीका लागि कति खरतनाक हुन्छ भन्ने कुरा थाहा पाइसकेपछि जिम्मेवारीबाट थिचिएर अगाडी बढ्नुपर्ने उनले उनले भने, ‘आपसको अन्तरविरोध कति खतरनाक हुन्छ, भन्ने हामी थाहा पाएका छौँ । साथीको बात सहन सकिएन भने शत्रुको लात खान सकिन्छ । हामीमा उन्माद चढ्नु हुँदैन । जिम्मेवारीबाट थिचिएर अघि बढ्नु पर्छ।’

    केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट पोलिट ब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने उनले बताए ।

    ओलीले अब १० प्रतिशत केन्द्रीय कमिटी सदस्य नियुक्त हुने पनि बताए ।

    यस्तै बागमती प्रदेश कमिटीले नवनिर्वाचित केन्द्रस्यहरुलाई २४ गते स्वागत गर्ने भएको छ ।

  • दम्पत्तिकै हार : भीम आचार्य सचिवमा हार्दा पत्नी निरा केन्द्रीय सदस्यमा पराजित

    दम्पत्तिकै हार : भीम आचार्य सचिवमा हार्दा पत्नी निरा केन्द्रीय सदस्यमा पराजित

    इटहरी । नेकपा (एमाले) को दसौं महाधिवेशनमा चुनाव लढेका एमाले पूर्वसचिव भीम आचार्य दम्पत्ति नै पराजित भएका छन् ।

    सात सचिवका लागि भएको चुनावमा भीम आचार्यले आठौँ धेरै मत ल्याए  । आचार्यको मत ७८८ आयो भने उनी भन्दा थोरै कम चीनका लागी पूर्व नेपाली राजदूत टंक कार्कीको ५५९ मत भएको थियो ।

    भीम आचार्य पत्नी निरा खनाल समेत चुनावमा हारेकी छन् । प्रदेश १ महिला सदस्यको उम्मेदवार रहेकी खनालले ६१४ मत प्राप्त गरिन् । उनको जित सुनिश्चित भएन् ।

    ३० पदको लागी भएको चुनावमा प्रदेश १ महिलातर्फ झापाको कमल गाँउपालीकाकी प्रमुख मेनुका काफ्ले, धरानकी उपमेयर मन्जु भन्डारी र पूर्व प्रदेशमन्त्री उसाकला राई विजयी भए ।

  • जाँदाजाँदै भीम रावलले भने : अब के गर्ने, भोलिदेखि सोचौंला !

    जाँदाजाँदै भीम रावलले भने : अब के गर्ने, भोलिदेखि सोचौंला !

    चितवन । एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

    चुनावी परिणामले भने रावललाई केन्द्रीय सदस्यमा विजयी गराएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको पनि नाम थियो ।

    एमाले प्रतिनिधहरुले अध्यक्षमा भोट नदिए पनि केन्द्रीय सदस्यमा उनलाई भोट दिएका छन् । तर, रावल आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएको बताइरहेका छन् ।

    निर्वाचन परिणामपछि महाधिवेशनस्थलमा नै सपथग्रहण समारोह आयोजना गरिएको थियो । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराउँदा रावल कुर्सीबाट उठेनन् । उनले आफू सपथ ग्रहण नगर्ने जानकारी पार्टीको निर्वाचन आयोगलाई समेत गराएका थिए ।

    कार्यक्रमपछि सबै केन्द्रीय सदस्यहरु वैठकका लागि गएका थिए । रावल भने एक्लै बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई घेरे । सक्षिप्त प्रतिक्रिया दिँदै रावलले आफू अब कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन बाँकी रहेको बताए ।

    ‘महाधिवेशनका विविध पक्षको विवेचना म काठमाडौंमा गएर गर्नेछु । तर, जुन वातावरणमा मैले जति मत प्राप्त गरेको छु, त्यसलाई महत्वपूर्णरुपमा लिएको छु ।’ उनले भने ।

    रावलले आफू केन्द्रीय कमिटी सदस्य नरहेको बताए । निर्वाचन आयोगलाई आफूले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको जानकारी गराएको भन्दै उनले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदारी नै दिएको छैन भने कसरी निर्वाचित हुन सक्छु ?’

    पार्टीका कमिटीमा नबसीकन अब कसरी काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘सोचौंला नि भोलीदेखि ।’

    रावलले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बधाइ दिइसकेका छैनन् । मञ्चमा सँगै बसेर ओलीसँग उनको भलाकुसरी भएको भने देखिएको थियो ।

  • केन्द्रीय सदस्यमा देवी ज्ञवालीलाई सर्वाधिक मत, ठाकुर गैरे दोस्रो – कसकाे कति ? (सूचीसहित)

    केन्द्रीय सदस्यमा देवी ज्ञवालीलाई सर्वाधिक मत, ठाकुर गैरे दोस्रो – कसकाे कति ? (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको खुलातर्फको ८४ सदस्यका लागि भएको निर्वाचनमा देवी ज्ञवालीले सबैभन्दा बढी १८७७ मत प्राप्त गरेका छन् ।

    चितवनका ज्ञवाली प्रचण्डपुत्री रेणु दाहालसँगको निर्वाचनमा भरतपुरको मेयरमा उम्मेदवार भएदेखि नै चर्चामा छन् । उनलाई हालै गठबन्धन सरकारले राष्ट्रिय भूमि आयोगको अध्यक्षबाट हटाएको थियो ।

    ज्ञवालीपछि दोस्रो लोकप्रिय मत ठाकुर गैरेले पाएका छन् भने तेस्रो लोकप्रिय मत किरण गुरुङले पाएका छन् ।

    खुलातर्फ केन्द्रीय सदस्यहरुको मत यसप्रकार छ ।

    अग्नि खरेल १७८४

    अच्युत मैनाली १७६३

    अरुण नेपाल १७८४

    कपिलदेव पोखरेल १५७७

    कमल चौलागाई १७४०

    कर्णवहादुर थापा १७०५

    काशिनाथ अधिकारी १८०६

    किरण गुरुङ १८११

    किरण पौडेल १६४४

    किशोरविक्रम मल्ल १७८७

    कुमार दशौंदी १६५०

    कृष्णगोपाल श्रेष्ठ १७४५

    कृष्ण प्रसाद दाहाल १७११

    कृष्ण प्रसाद पौडेल १६७७

    कृष्ण वहादुर थापा १७२६

    खगराज अधिकारी १७९७

    खड्गवहादुर खड्का १५८८

    खिमलाल भट्टराई १७६९

    गणेश पहाडी १७८१

    गणेश ठगुन्ना १७३५

    गिरिधारीलाल न्यौपाने १६२९

    गुरु बराल १७३०

    गोकुल बास्कोटा १७१२

    गोरखवहादुर बोगटी १७५०

    गोविन्द थापा १६०८

    घनश्याम पाण्डे १७२७

    घनश्याम भुसाल १२६५

    चेतनारायण आचार्य १६५०

    चन्द्रवहादुर खड्का १६६२

    जगन्नाथ थपलिया १७१६

    जीवन घिमिरे १७२२

    झपट रावल १७२५
    ठाकुर गैरे १८३२

    राजन भट्टराइ १७५९

    दधिराम न्यौपाने १६४१

    दयालवहादुर शाही १७१५

    दल रावल १६७२

    दिवाकर देवकोटा १६२७

    देवराज घिमिरे १७५२

    देवी ज्ञवाली १८७७

    देवेन्द्र दाहाल १७०३

    नरवहादुर धामी १७१८

    नवराज रावत १७०४
    नारायण सिलवाल १६४४

    निर्मल भट्टराई १४८०

    पठानसिंह बोहोरा १६४४

    परशुराम मेघी गुरुङ १७८३

    पार्वत गुरुङ १७९७

    पुरुषोत्तम पौडेल १८०६

    प्रकाश शाह १७१४

    बलराम अधिकारी १६९०

    बालकृष्ण ढुंगेल १६६६

    भानुभक्त ढकाल १७९९

    भीम आचार्य १३९३

    भीम कार्की १५९२

    भीम रावल ९०४

    मणी थापा १६९१

    मनोजजंग थापा १५४२

    महेश बस्नेत १७२५

    माधव अर्याल १६६९

    यज्ञराज सुनुवार १७५२

    यमलाल कडेल १७२०

    रघुजी पन्त १७२५

    रविन कोइराला १६०४

    रविन्द्र अधिकारी १६९६

    राजवहादुर बुढा १६००

    राम राना १५४६

    राजिव पहारी १६३६

    रामशरण बस्नेत १५९३

    रामेश्वर फुयाल १६९६

    राजेन्द्र गौतम १६३९

    रोमनाथ ओली १५२७

    लक्ष्मणराज ज्ञवाली १५४९

    लक्ष्मी पोखरेल १४६३

    विनोद ढकाल १५६१

    शिवराज सुवेदी १४११

    शेरवहादुर तामाङ १७१०

    शेरधन राई १६५६

    श्रीप्रसाद जगेबु १३४४

    सन्जिव झा १२६८

    सुर्य ढकाल १४२३

    सुर्य थापा १४८५

    सोम मिश्र १४९४

    हिक्मत कार्की १५८९

  • एमालेमा पूर्वमाओवादीको आकर्षक उपस्थिति, केन्द्रीय कमिटीमा १० प्रतिशत (सूचीसहित)

    एमालेमा पूर्वमाओवादीको आकर्षक उपस्थिति, केन्द्रीय कमिटीमा १० प्रतिशत (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक भन्दै आएका छन् यो- पार्टी २०७५ जेठ २ अघिको एमाले होइन । यो त नेकपा एकताको निरन्तरता हो ।

    तत्कालीन नेकपा विभाजनपछि आफूलाई साथ दिएका पूर्वमाओवादी नेता कार्यकर्ताको मनोविज्ञानलाई बुझेर ओलीले एमालेलाई नेकपाको निरन्तरता भनेका हुन् ।

    सर्वोच्च अदालतबाट एमाले र माओवादी अलग पार्टी बनेको फैसलापछि पनि आफूसँगै रहेको माओवादी पंक्तिलाई विचलित हुन नदिन ओलीले कुनै कसर बाँकी राखेका छैनन् ।

    सरकारमा ७ जनासम्म मन्त्री, तत्कालीन केन्द्रीय कमिटीमा २३ जना केन्द्रीय सदस्य बनाएका ओलीले १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा तत्कालीन माओवादीलाई करिब १२ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।

    १९ पदाधिकारीमध्ये तीनजना पूर्व माओवादीका परेका छन् भने केन्द्रीय कमिटीमा ३३ जना सदस्य निर्वाचित भएका छन् । माओवादी छाडेर एमालेमा रहँदा केन्द्रीय कमिटीमा परेका विषमलाल अधिकारी दनुवारबाहेक सबैले निरन्तरता पाएका छन् ।

    तत्कालीन माओवादीबाट नेकपा विभाजनपछि एमालेमा बसेका करिब एक दर्जन नयाँ अनुहारले केन्द्रीय कमिटीमा प्रवेश पाएका छन् भने अन्यले विभिन्न आयोगको सदस्यमा जिम्मेवारी पाएका छन् ।

    एमाले महाधिवेशनमा करीव डेढ सयजना तत्कालीन माओवादीका नेता कार्यकर्ता प्रतिनिधि बनेको अनुमान छ । एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै तत्कालीन माओवादीका कार्यकर्ता तान्न ओलीले रणनीतिक रुपमै माओवादी पंक्तिलाई सम्माजनक स्थान दिएका हुन् ।

    तत्कालीन नेकपा स्थायी कमिटीमा रहेका चारजना पूर्व माओवादी स्थायी कमिटी सदस्यले विभाजनको बेला ओलीलाई साथ दिएका थिए । तीमध्ये रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष बनेका छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिव बनेका छन् ।

    मणी थापा र प्रभु साह स्थायी कमिटीमा रहने बताइएको छ । यसपटक तत्कालीन माओवादीबाट संविधानसभा सदस्य भइसकेका निरु दर्लामी कुँवर,बुधनीदेवी महतो,प्रतिक्षा तिवारी जस्ता महिला केन्द्रीय कमिटीमा थपिएका छन् ।

    त्यस्तै पूर्वमन्त्री श्रीप्रसाद जगेबु,संविधासनभा सदस्य बालकृष्ण ढुंगेललगायत नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश भएका छन् ।
    माओवादीबाट एमालेमा रहेका क कसले पाए जिम्मेवारी ?

    पदाधिकारी

    रामबहादुर थापा ‘बादल’ –उपाध्यक्ष

    लेखराज भट्ट–सचिव

    टोपवहादुर रायमाझी–सचिव

    केन्द्रीय सदस्यहरू

    प्रदेश १

    टंक आङबुहाङ

    श्री प्रसाद जगेबु

    पासाङ शेर्पा

    बालकृष्ण ढुंगेल

    प्रदेश २

    उपेन्द्र साह

    प्रभु साह

    रामचन्द्र मण्डल

    ज्वालाकुमारी साह

    कुन्दन कुशवाह

    मोहम्मद समिर

    टेकबहादुर बलम्पाकी मगर

    बुधनी देवी महतो

    प्रतीक्षा तिवारी

    वागमती

    दावा तामाङ

    कमल प्रसाद चौलागाई

    मनोजजंग थापा

    निरु दर्लामी कुँवर

    गण्डकी

    लिलबहादुर थापा

    लुम्बिनी

    मणी थापा

    नविन रोका मगर

    गिरिधारीलाल न्यौपाने

    दिनेश पन्थी

    चन्द्रबहादुर खड्का

    दधिराम न्यौपाने

    कर्णाली

    धर्मराज रेग्मी

    सुदूरपश्चिम

    झपट बोहरा

    गौरीशंकर चौधरी

    लीलाकुमारी भण्डारी

  • तीन महिनासम्म कार्यकर्ता एकीकरण अभियान चलाउने ओलीको घोषणा

    तीन महिनासम्म कार्यकर्ता एकीकरण अभियान चलाउने ओलीको घोषणा

    काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब तीन महिनासम्म एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । यस्तो एकीकरण अरु पार्टीसँग नभएर कार्यकर्ताहरुको हुने उनको भनाइ छ ।

    पार्टीका निर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण समारोहपछि ओली अब एमालेमा अरु पार्टीका कार्यकर्ता प्रवेश गराउने अभियान चलाइने बताए ।

    उनले भने, ‘पार्टी–पार्टी भेला गरेर हुँदैन, कार्यकर्ता भेला गर्नुपर्छ । विभिन्न पार्टीबाट कार्यकर्ता हामीले प्रवेश गराउनुपर्छ । यस्तो अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाइन्छ ।’

    यस्तो अभियान कहिलेबाट सुरु गर्ने भन्ने केन्द्रीय कमिटीले मिति तय गर्ने ओलीले जानकारी दिए । एमालेको १० औं केन्द्रीय कमिटीको पहिलो वैठक आजै बस्ने पनि उनले बताएका छन् ।

  • माधव नेपाल छाड्ने समूहको मत जोगाउन भीम रावल असफल, यस्तो रह्यो मतान्तर

    माधव नेपाल छाड्ने समूहको मत जोगाउन भीम रावल असफल, यस्तो रह्यो मतान्तर

    काठमाडौं । एमाले अध्यक्षको प्रतिस्पर्धामा रहेका नेता भीम रावलले सोचेभन्दा पनि निकै कम मत प्राप्त गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिकरूपमा चुनौती दिए पनि मतको हिसाबले रावल कमजोर देखिएका हुन् ।

    एमालेमा १० बुँदे सहमति गरेर माधव नेपाल छाडेको समूहका पनि सबै मत रावलले पाउन नसकेको मत परिणामले देखाएको छ । कुल २०९६ मतमध्ये अध्यक्ष ओलीले १८३७ मत प्राप्त गरेर विजय हासिल गर्दा रावलले २२३ मतमात्र प्राप्त गरेका छन् ।

    देशभरबाट माधव नेपाल छाडेको समूहका करिब ५०० महाधिवेशन प्रतिनिधि निर्वाचित भएको दाबी गरिएको थियो । तर, रावलले पाएको मत भने त्यो भन्दा पनि निकै कम छ ।

    १० बुँदे पक्षधर अधिकांश नेता अध्यक्ष ओलीको प्रस्तावमा विभिन्न पदमा सेटल भएका कारण पनि रावलले सो समूहको सबै मत प्राप्त गर्न नसकेको अनुमान छ ।

    उसै पनि १० बुँदे सहमति लागू गर्ने सन्दर्भमै सो समूहका नेताहरू विभाजित भएका थिए । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले आ-आफ्नो क्षेत्रमा १० बुँदे सहमति संस्थापन पक्षसँग मिलेरै लागू गरेका थिए ।

    तर, रावलको क्षेत्रमा उनीनिकट अधिकांश नेता नेकपा एसमा लागेका कारण १० बुँदेको किचलो बढेको थियो ।

  • स्थायी कमिटी र पोलिटव्यूरो चयन गर्न मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटी बैठक बस्ने

    स्थायी कमिटी र पोलिटव्यूरो चयन गर्न मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटी बैठक बस्ने

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको ‘बिजनेश बैठक’ मंसिर २५ र २६ गते बस्ने भएको छ ।

    घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने बताए । आजै पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा बस्दैछ ।

    मंसिर २५ र २६ गते बस्ने बैठकमा व्यवस्थित ढंगले प्रस्ताव लगिने र स्थायी कमिटी तथा पोलिटव्यूरो निर्वाचित गर्ने अध्यक्ष ओलीले बताए ।

  • नवनिर्वाचित केन्द्रीय सदस्यलाई ओलीले भने : शालिन हुनुस्, नेता झैं व्यवहार गर्नुस् !

    नवनिर्वाचित केन्द्रीय सदस्यलाई ओलीले भने : शालिन हुनुस्, नेता झैं व्यवहार गर्नुस् !

    काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ नेतृत्व पंतिलाई बधाई दिएका छन् ।

    मतपरिणाम घोषणा र सपथग्रहणपछि बोल्दै ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई ‘नेता झैं व्यवहार देखाउन’ आग्रह गरे ।

    पार्टीका पुराना केन्द्रीय सदस्यहरुले नयाँ आएकाहरुलाई असल तौरतरिका सिकाउन पनि ओलीले दिर्नेशन दिए ।

    उनले भने, ‘नयाँले उत्सुकता र जागरुकताका साथ सिक्ने काम गर्न जरुरी छ । नेता झैं व्यवहार गर्नुस । शालिनता र विनम्रताका साथ व्यवहार गर्नुस । घमण्ड र अहंकार छोड्नुस । अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन ।’

    ओलीले आफूहरु जनताका सेवक भएको बताए । विनम्रताका सथा देश र जनताको सेवामा समर्पित हुनुपर्ने उनको भनाइ छ ।

    ‘हरेक व्यक्तिहरुप्रति हामी सम्मानजनक सहिष्णुताका साथ हामी जान्छौं,’ उनले भने ।

  • यस्तो बन्यो १०‍औं महाधिवेशनबाट निर्वाचित एमाले नेतृत्व (मत परिणामसहित)

    यस्तो बन्यो १०‍औं महाधिवेशनबाट निर्वाचित एमाले नेतृत्व (मत परिणामसहित)

    काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ ।

    सौराहामा एक कार्यक्रम बीच महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन कमिटीका अध्यक्ष विजय सुब्बाले मत परिणामसहित अध्यक्षसहित पदाधिकारी, ३०१ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा परीक्षण आयोगका निर्वाचितहरूको विवरण सार्वजनिक गरेका छन् ।

    एमालेको नयाँ नेतृत्व र प्राप्त मत यसप्रकार छ :

     

  • ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए, रावल उठेनन् (तस्बिरहरू)

    ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए, रावल उठेनन् (तस्बिरहरू)

    काठमाडौं । एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

    ओलीलाई १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाबाट सपथ ग्रहण गराउने कार्यक्रम थियो । यद्यपि, उनले सुब्बालाई नपछ्याइकन आफैं सपथको व्यहोरा वाचन गरेका थिए ।

    आफूले सपथग्रहण गरेपछि ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन् । उनले तर, ३०१ निर्वाचित केन्द्रीय सदस्यहरुमध्ये भीम रावलले भने सपथ खाएनन् । उनले पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकका छन् ।

  • भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

    भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

    काठमाडौं । एमालेको पदाधिकारी प्रतिस्पर्धामा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । अहिले सुनाइएको मतपरिणाम अनुसार उनीहरु केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

    केन्द्रीय सदस्य भीम रावलले ९०४ मत प्राप्त गरेका छन् । घनश्याम भुसालले १२६४ मत ल्याएका छन् ।

    रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएका भुसाल पनि हारेका थिए । उनीहरु दुवैलाई महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यमा भोट दिएका छन् । रावलनिकट नेता झपट रावल पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । सचिवमा हारेका भीम आर्चा १३९३ मत ल्याउँदै केन्द्रीय सदस्य बनेका छन् । सचिवमै पराजित टंक कार्कीले भने केन्द्रीय सदस्य गुमाए उनले ९०५ भोट ल्याए ।

    भीम रावलले भने आफू केन्द्रीय सदस्य नबस्ने बताएको एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए ।

  • परमादेश सत्ता गठबन्धन र न्यायालयबीच राजनीतिक सेटिङ थियो भन्ने पुष्टि भयो : एमाले

    परमादेश सत्ता गठबन्धन र न्यायालयबीच राजनीतिक सेटिङ थियो भन्ने पुष्टि भयो : एमाले

    चितवन । नेकपा एमालेले असार २८ को सर्वोच्च अदालतको फैसला सत्ता गठबन्धनका नेताहरू र न्यायाधीशहरूको सेटिङमा भएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताएको छ ।

    १०औं राष्ट्रिय महाधिवेशनबाट पारित प्रस्ताव बन्दसत्रमा पेस गर्दै एमालेका प्रवक्ता तथा नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रम असार २८ को फैसलाको बाइप्रडक्ट भएको बताए ।

    एमालेको प्रस्तावमा भनिएको छ, ‘असार २८ को परमादेश सत्ता गठबन्धनका नेताहरुको स्वार्थका लागि न्यायालय र राजनीतिक पक्षका बीच भएका सेटिङको परिणाम र राजनीतिक उद्देश्यले निर्देशित फैसला थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् ।’

    एमालेले सर्वोच्च अदालतमा देखिएका बेथितिप्रति खेद व्यक्त गर्दै निश्चित स्वार्थ समूहको स्वार्थपूर्तिका लागि न्यायलाई वञ्चित गर्ने क्रियाकलापको भर्त्सनासमेत गरेको छ ।

  • अध्यक्षमा पराजित रावल ओलीसँगै मञ्चमा (तस्बिरहरू)

    अध्यक्षमा पराजित रावल ओलीसँगै मञ्चमा (तस्बिरहरू)

    काठमाडौं । भीम रावललाई पराजित गर्दै नेकपा एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन् । यद्यपि, एमालेले निर्वाचन परिणामको औपचारिक घोषणा गरेको छैन ।

    मतपरिणम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रम अहिले आयोजना हुन लागिरहेको छ । कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा छन् । अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेका छन् ।

    एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारीबाट पछि हट्न चाहेनन् । उनले थोरै भोट ल्याएका छन् । यद्यपि, ओलीको एकाधिकारलाई चुनौती दिने प्रयास गरेको भनेर एमालेवृत्त बाहिरबाट उनको प्रशंसा भइरहेको छ ।

  • एमालेको नवनिर्वाचित नेतृत्व घोषणा र सपथग्रहण समारोह (सौराहाबाट लाइभ)

    एमालेको नवनिर्वाचित नेतृत्व घोषणा र सपथग्रहण समारोह (सौराहाबाट लाइभ)

    काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम घोषणा सुरू भएको छ । १०औं महाधिवेशनअन्तर्गतको केन्द्रीय निर्वाचन कमिटीले बन्दसत्र हलबाट औपचारिकरूपमा निर्वाचन परिणाम घोषणा गरिँदैछ ।

    चुनावी परिणाम घोषणा गरेपछि नवनिर्वाचितलाई सपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

    एमालेमा सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै अध्यक्षमा भीम रावलसहित केही नेताहरूले उम्मेदवारी दिएका थिए ।

  • एमालेको ‘हाइकमाण्ड’ मा पहिलोपटक दलित र मधेशी निर्वाचित

    एमालेको ‘हाइकमाण्ड’ मा पहिलोपटक दलित र मधेशी निर्वाचित

    काठमाडौं । नेकपा एमालेको शीर्ष नेतृत्वमा पहिलोपटक मधेशी र दलित समुदायको प्रतिनिधित्व स्थापित भएको छ । आठौं महाधिवेशनदेखि बहुपदीय प्रणालीमा गए पनि एमालेको शीर्ष नेतृत्व अर्थात पदाधिकारीमा दलित र मधेशी नेताले जित्न सकेका थिएनन् ।

    दशौं राष्ट्रिय महाधिवेशनबाट सचिवमा मधेशी समुदायका रघुवीर महासेठ र दलितबाट छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । महासेठ नवौं राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानलबाट सचिवमा पराजित भएका थिए ।

    त्यस्तै नवौं महाधिवेशनमा मधेशीबाट उम्मेदवार भए पनि लालबाबु पण्डित र धर्मनाथ साह पराजित भएका थिए । पण्डित यसपटक पदाधिकारीमा नपरेपछि असन्तुष्ट भएर फर्किएका छन् भने साह नेकपा एसमा छन् ।

    छविलाल विश्वकर्मा प्रमुख पार्टीको शीर्ष तहमा पुग्ने पहिलो दलित हुन् । उनी यसअघि एमालेको स्थायी कमिटी सदस्य तथा एकपटक मन्त्री भएका थिए । उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् ।

    समावेशीताको हिसाबले पहिलोपटक एमालेको पदाधिकारीमा दुई महिला निर्वाचित भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत प्राप्त गरेर दोस्रोपटक विजयी हुँदा पद्मा अर्याल सचिव निर्वाचित भएकी छन् ।

    एमालेको पदाधिकारीमा आदिवासी जनजाति समुदायका रामबहादुर थापा ‘बादल’ र अष्टलक्ष्मी शाक्य सचिव निर्वाचित भएका छन् भने उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् ।

    नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका एमाले नेता पासाङ शेर्पाले समावेशीताको हिसाबले नेकपा एमाले सबैभन्दा समावेशी पार्टी बनेको बताए । उनले ३३ प्रतिशत महिलासहित देशका सबै समुदायको अनुहार एमालेको नेतृत्वमा झल्किएको दाबी गरे ।

  • रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य (भिडिओ अन्तर्वार्ता)

    रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य (भिडिओ अन्तर्वार्ता)

    चितवन । नेकपा एमालेको अध्यक्षमा ७० वर्षीय केपी शर्मा ओली निर्वाचित भइरहेको बेला सोही पार्टीमा ३२ वर्षीया युवतीले केन्द्रीय सदस्यका रुपमा प्रवेश पाएकी छन् ।

    रोल्पाकी ईश्वरी जिएम एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा कान्छी सदस्यको रूपमा निर्विरोध निर्वाचित भएकी हुन् । २०४६ सालमा जन्मिएर २०६२ सालदेखि एमालेको राजनीतिमा लागेकी ईश्वरी १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

    आदिवासी जनजाति महिलातर्फको कोटाबाट निर्विरोध निर्वाचित भएकी ईश्वरी नै एमालेको कान्छो केन्द्रीय सदस्य बनेकी हुन् । ४० वर्षमुनिका सीमित महिलाहरूमात्र केन्द्रीय सदस्यमा प्रवेश पाएका बेला उनी सबैभन्दा कम उमेरकी हुन् ।

    २०६२ सालमा माओवादी आधार क्षेत्र मानिने रोल्पामा भूमिगत शैलीमा एमालेको संगठन विस्तार थालेकी ईश्वरीले पार्टीमा लागेको १६ वर्षमै केन्द्रीय कमिटीमा पुग्ने मौका पाएको भन्दै अब चुनौती थपिएको बताइन् ।

    केही समय पत्रकारितासमेत गरेकी उनी प्रेस चौतारीको जिल्ला अध्यक्ष र नेपाल पत्रकार महासंघको सचिव रहेकै बेला पत्रकारिता छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् ।

    हामीले उनीसँग भिडिओ कुराकानी गरेका छौं ।

  • सचिवमा गोकर्ण लोकप्रिय, कसले कति मत ल्याए ?

    सचिवमा गोकर्ण लोकप्रिय, कसले कति मत ल्याए ?

    काठमाडौं । एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्ताव ७ जना नेता विजयी भएका छन् । सूचीबाहिरबाट उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भए ।

    विजयी उम्मेदवारमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, टोपबहादुर रायमाझी र रहेका छन् । उनीहरुमध्ये विष्टले सर्वाधिक १९७४ भोट ल्याएर विजय भए । एमालेकाे अघिल्लाे नवाै‌ महाधिवेशनमा पनि उनले सर्वाधिक मत ल्याएर सचिव बनेका थिए ।

    अन्य उम्मेदवारमा क्रमशः भट्टराईले १९६०, अर्यालले १७९९, विश्वकर्माले १८०३, भट्टले १७०४, रायमाझीले १८०४, महासेठले १५०० भोट ल्याउँदै सचिव निर्वाचित बनेका छन् ।

    पराजित उम्मदवारहरु आचार्यले ७६० र कार्कीले ५५९ भोट ल्याएका छन् ।

  • उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, बादलको सबैभन्दा कम

    उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, बादलको सबैभन्दा कम

    काठमाडौं । एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सूचीअनुसार नै मतदाताले भोट हालेका छन् । उपाध्यक्षमा सूचीबाहिरबाट उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भए ।

    ओलीको सूचीमा परेका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उपाध्यक्षमा विजय भएका छन् । उनीहरूमध्ये अष्टलक्ष्मीले सर्वाधिक भोट प्राप्त गरेको निर्वाचन आयोगबाट घोषित मतपरिणामले देखाएको छ ।

    शाक्यले १९७६, पौडेलले १८५६, पाण्डेले १९२५, नेम्वाङले १८६५, ज्ञवालीले १८४२ र थापाले १७६८ मत ल्याएको आयोगले जानकारी दिएको छ । पराजित उम्मेदवार भुसालले ७२५ भोट ल्याएका छन् ।

  • ओलीको सूची सदर, यस्तो बन्यो एमालेको पदाधिकारी टिम

    ओलीको सूची सदर, यस्तो बन्यो एमालेको पदाधिकारी टिम

    काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

    ओली खसेको मतको तीन चौथाई भन्दा बढी मत प्राप्त गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित हुँदा उनीपछिको दोस्रो बरीयताको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् ।

    दुई पटक पार्टीको महासचिव निर्वाचित भएका पोखरेल वरिष्ठ उपाध्यक्षमा भने प्रतिस्पर्धाविहीन भए । त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

    ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् ।

    उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

    निर्वाचित उम्मेदवारले पाएको मत परिणाम औपचारिक रूपमा एकैपटक सार्वजनिक गरिने निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बताए ।

  • प्रस्तावित सूची अश्वीकार गर्दै उम्मेदवार बनेका चारै नेता पराजित

    प्रस्तावित सूची अश्वीकार गर्दै उम्मेदवार बनेका चारै नेता पराजित

    काठमाडौं । नेकपा एमालेको प्रस्तावित सूची अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेता निर्वाचनमा पराजित भएका छन् । अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् ।

    महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रति असहमति जनाउँदै यी नेताले आ-आफ्नो उम्मेदवारी दिएका थिए ।

    मतगणना सकिँदा चारैजना पराजित भए पनि उनीहरुले प्राप्त गरेको मत केहीबेरमा आधिकारिकरूपमा सार्वजनिक गरिने निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    आयोगले आधिकारिक निर्वाचन परिणाम केहीबेरमै सार्वजनिक गर्दैछ । नेपाल प्रेसको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

  • केपी ओली र भीम रावल दुवैलाई अध्यक्ष नचाहनेले गरे ‘नो भोट’

    केपी ओली र भीम रावल दुवैलाई अध्यक्ष नचाहनेले गरे ‘नो भोट’

    काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा केही प्रतिनिधिले दुवै अध्यक्षलाई मत दिन्नँ भन्ने पक्षमा मत जाहेर गरेको पाइएको छ ।

    निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार ‘नो भोट’ को संख्यालाई घटाएर बाँकी मतमा अध्यक्ष केपी शर्मा ओलीले १८०८ मत प्राप्त गरेका हुन् ।

    पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

    ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ७५ कम हुन्छ । ७५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ । विद्यु्तीय मेसिनबाट भएको मतदानमा मत बदरको सम्भावना हुँदैन ।

  • भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

    भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

    काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

    चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

    एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८३७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।

    पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

    एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गरेका छन् ।

    निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।

  • एमाले अध्यक्षमा ओलीको अग्रता, भीम रावल फराकिलो मतान्तरले पछाडि

    एमाले अध्यक्षमा ओलीको अग्रता, भीम रावल फराकिलो मतान्तरले पछाडि

    काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुगेका हुन् ।

    ओलीले ५ सय मत कटाउँदा रावले एक सय मतभन्दा तलै छन् ।

    निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अहिले सबै पदको गणना भइरहेको र साढे ३ बजेसम्म एकैपटक सबै नतिजा सार्वजनिक गरिने बताए । नवनिर्वाचित सदस्यहरूको सपथग्रहण ४ बजे तोकिएको छ ।

  • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने

    काठमाडौं । नेकपा एमालेको १० महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने भएको छ । एमाले नेता विष्णु रिजालका अनुसार निर्वाचित पदाधिकारी एवम् सदस्यको सपथ ग्रहण र पहिलो बैठक महाधिवेशन भएको सौराहास्थित होटल सेभेन स्टारमै हुनेछ ।

    महाधिवेशन अन्तरगत नयाँ केन्द्रीय कमिटीका लागि भएको मतदानको मतगणना भइरहेको छ । अबको केहीबेरमा परिणाम घोषणा हुने पनि रिजालले बताए ।

    अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरुका लागि निर्वाचन भएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवहरु निर्विरोध चयन भइसकेका छन् ।

    एमालेको १० गतेदेखि चितवनमा जारी १० औं महाधिवेशन आज सकिँदैछ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको छ ।