Category: टि २० विश्वकप 2024

  • विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीले दियो शुभकामना

    विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीले दियो शुभकामना

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ ।

    विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रवार शुभकामना तथा बिदाइ गरिएको हो ।

    पुलिसका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सागर ढकाल र ललित राजवंशीले विश्वकप खेल्ने टोलीमा स्थान बनाएका छन् ।

    उनीहरूलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थितिमा शुभकामना दिइएको हो ।

    विश्वकपमा सहभागी हुन नेपाली टोली शुक्रवार बेलुका त्यसतर्फ प्रस्थान गर्दै छ ।

    शुभकामना तथा विदाइ कार्यक्रममा करण केसी र सागर ढकाल उपस्थित थिएनन् ।

  • टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता (भिडिओ)

    टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता (भिडिओ)

    काठमाडौं । नेपाली क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले टी-२० विश्वकपको ठीक अगाडि आफ्नो लय गुमाएका छन् । पछिल्ला केही खेलहरुमा उनको व्यक्तिगत प्रदर्शन दयनीय छ ।

    लामो समयदेखि आसिफ शेखसँग ओपनिङ गर्दै आएका भुर्तेल सम्भवतः नेपालका सबैभन्दा सफल ओपनर हुन् । सुरुबाटै बलरमाथि हावी भएर आक्रामक अन्दाजमा खेल्न रुचाउँछन् उनी । कुशल क्रिजमा टिके भने विपक्षी खेमामा तनाव सुरु हुन्छ । तर, कुशल चाँडै आउट हुँदा नेपालको सिंगो ब्याटिङ पंक्ति दबाबमा पर्ने गरेको छ ।

    एसिया कपमा कुशलले विश्व क्रिकेटको महाशक्ति भारतका फ्रन्टलाइन बलरहरुमाथि गरेको आक्रमण नेपाली फ्यानहरुले सायदै कहिल्यै भुल्नेछन् । यसैगरी, टेस्ट राष्ट्र जिम्बाबेविरुद्धको ९७ रनको इनिङ पनि एउटा ‘मास्टरक्लास’ थियो । एसोसिएट्स राष्ट्रहरुविरुद्धका थुप्रै खेलमा उनले म्याच विनिङ पारी खेलेका छन् । त्यसैले पनि कुशलको ब्याट चल्नु टी-२० विश्वकपमा नेपालका लागि असाध्यै महत्वपूर्ण छ ।

    तर, पछिल्लो समय लगातार खराब प्रदर्शनले कुशल उच्च मनोबलमा छैनन् । हिजो वेस्ट इन्डिज ‘ए’ विरुद्ध उनी ५ बलमा १ रन बनाएर आउट भए । यसले नै उजागर हुन्छ कि उनी कति खराब फर्ममा छन् । त्रिवि मैदान, जहाँ उनले करिअरको पहिलो टी-२० अन्तर्राष्ट्रियमा लगातार ३ अर्धशतक हानेर विश्व कीर्तिमान राखेका थिए, त्यही अहिले कुशलले खुलेर खेल्न सकिरहेका छैनन् ।

    वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो म्याचमा कुशलले १२ बलमा १६ रन बनाएका थिए । दोस्रोमा उनी ८ बल खेल्दा २ रनमात्रै बनाएर आउट भए । तेस्रो खेलमा उनलाई ड्रप गरिएको थियो । चौंथोमा कमब्याक त गरे, तर फर्म भेट्टाउन सकेनन् ।

    यो प्रतियोगिता अगाडि नेपालले ओमानमा खेलेको एसीसी प्रिमियर कपमा कुशलको प्रदर्शन झन् बिर्सनलायक थियो । उनले लगातार तीन खेलमा डकआउट भएर खराब कीर्तिमान राखे । समूह चरणको अन्तिम खेलमा साउदी अरबविरुद्ध २ बलमा कुनै रन नजोडी आउट भएका कुशल नेपालका लागि सबैभन्दा महत्वपूर्ण यूएईविरुद्धको सेमिफाइनल खेलमा गोल्डेन डकआउट भए । तेस्रो स्थानका लागि हङकङविरुद्ध भएको खेलमा पनि उनको ब्याटबाट रन निस्किन सकेको थिएन । उनी २ बलमा कुनै पनि रन नजोडी आउट भए ।

    एसीसी प्रिमियर कपको समूह चरणका सुरुवाती तीन म्याचमा कुशलले क्रमशः २४ (२४), १२ (११) र ३२ (१९) रन जोडेका थिए ।
    त्यसभन्दा अगाडि आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले घरेलु मैदानमा खेलेका खेलमा कुशलले औसत प्रदर्शन गरेका थिए । पहिलो म्याचमा उनी ३२ बलमा ३७ रन बनाएर नटआउट रहे भने दोस्रोमा १६ बल खेल्दै २५ रन बनाएर आउट भए ।

    कुशलले अन्तिम पटक नेपालको हङकङ टुरमा अर्धशतक हानेका थिए । पपुवा न्यूगिनीविरुद्ध उनले ३९ बलमा ५९ रन बनाउँदै नेपाललाई जीत दिलाए । त्यसपश्चात भने उनको ब्याट सुस्ताएको सुस्ताएै छ ।

    नाजुक फर्मका बाबजुद पनि कुशलले विश्वकपको स्क्वाडमा स्थान बनाएका छन् । यो अनपेक्षित पनि थिएन । नेपालसँग उनलाई रिप्लेस गरिहाल्ने अर्को खेलाडी पनि छैन । उनलाई केवल एउटा उत्कृष्ट इनिङको आवश्यकता छ ।

    आफ्नो उच्च फर्ममा रहेका बेला कुशलले शानदार सटहरु खेल्न सक्छन् । उनीसँग थुप्रै प्रकारका सटहरु छन् र त्यसमध्ये पनि उनको पुल सट र हुक सट निकै दर्शनीय हुन्छ । एसिया कपमा भारतका मोहम्मद सिराजलाई हानेको हुक सट निकै चर्चित भएको थियो । कुशल स्कुप पनि राम्रो खेल्छन् । तर, उनी यसको आवश्यकताभन्दा बढी प्रयोग गर्न खोज्दा बारम्बार आउट पनि भएका छन् । कुशलमाथि यही आरोप छ कि उनी अनावश्यक रुपमा जोखिमपूर्ण सटहरु हान्छन् । प्रायः उनी आफ्नै गल्तीले आउट भएको देखिन्छ ।

    ब्याटिङमा लगातार फ्लप भइरहेका कुशलले बरु बलिङ कुशलता देखाउन थालेका छन् । उनको लेग स्पिन पछिल्ला केही खेलहरुमा नेपालका लागि निकै फलदायी बनेको छ । सन्दीप लामिछानेको अनुपस्थितिमा नेपालको स्पिन आक्रमणलाई धेरै हदसम्म अलराउन्डरहरुले नै धानेका छन्, जसमध्ये कुशल एक हुन् ।

    हिजो वेस्ट इन्डिजविरुद्ध पनि उनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रनमात्र खर्चेर तीन विकेट लिएका थिए । यदि ब्याटिङमा सफल भएनन् भने बलिङबाट कम्पेन्सेट गर्ने अवसर उनले आफ्नो लागि सिर्जना गरिरहेका छन् । यसैले गर्दा पनि उनी नेपाली टीममा हम्मेसी छुट्न नसक्ने खेलाडी बनेका हुन् ।

    नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध अन्तिम टी-२० भोलि खेल्दैछ । विश्वकपअघि आफ्नो फर्म फिर्ता ल्याउने यो अन्तिम मौका हो कुशलका लागि । त्रिवि मैदानमै खेलेर राष्ट्रिय टीममा आफूलाई स्थापित गरेका कुशलले यही मैदानबाट आफूलाई फेरि जगाउन सक्लान् त ?

    कुशलका पछिल्ला १० टी-२० स्कोर

    १ (५), २ (८), १६ (१२), ० (२), ० (१), ० (२), ३२ (१९), १२ (११), २४ (२४), १६ (२५)

    नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

    1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
    2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
    3. अनुभवी ओपनर आसिफबाट आशा
    4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
    5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
    6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
    7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
    8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
    9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
    10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
    11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
    12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
    13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
    14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
  • विश्वकपका लागि छानिएको नेपाली टोली अहिलेको ‘बेस्ट १५’ : कप्तान रोहित (भिडिओ)

    विश्वकपका लागि छानिएको नेपाली टोली अहिलेको ‘बेस्ट १५’ : कप्तान रोहित (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपका लागि छनोट गरिएको राष्ट्रिय टोलीमा कुनै त्रुटी नरहेको बताएका छन् ।

    उनले अहिलेको अवस्थामा ‘बेस्ट १५’ छनोट भएको बताए । ‘अहिलेको सिनारियोमा यो बेस्ट १५ हो’, वेस्ट इन्डिज एसँग शृंखला गुमाएपछि कप्तान रोहितले भने ।

    नेपाल क्रिकेट संघ-क्यानले बुधबार आगामी महिना हुने विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । वेस्ट इन्डिज एसँग पहिलो खेल जितेको नेपालले लगातार ३ खेल गुमाएपछि ५ खेलको शृंखला हारेको हो ।

    बिहीबारको खेलमा नेपालले अधिकांश पहिलो रोजाइका खेलाडी उतारेको थियो । २१० रनको लक्ष्य पछ्याएको नेपाल २८ रनले पराजित भयो ।

    नेपाल क्रिकेट संघ-क्यानले बुधबार आगामी महिना हुने विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

    वेस्ट इन्डिज एसँग पहिलो खेल जितेको नेपालले लगातार ३ खेल गुमाएपछि ५ खेलको शृंखला हारेको हो ।

    बिहीबारको खेलमा नेपालले अधिकांश पहिलो रोजाइका खेलाडी उतारेको थियो । २१० रनको लक्ष्य पछ्याएको नेपाल २८ रनले पराजित भयो ।

    उनले नेपाली खेलाडीले ठीक निर्णय लिन नसकेको र धैर्यतासाथ खेल्न नसकेको टिप्पणी पनि गरे । पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको उनको भनाइ थियो । कप्तान रोहित एक्लैले ८२ रन बनाए । उनले यो टोलीविरुद्ध अघिल्ला दुई खेलमा शतक र अर्धशतक बनाएका थिए ।

  • २ खेल खेलेका अनिल र ३ खेल खेलेका सागरले बनाए विश्वकप टोलीमा स्थान

    २ खेल खेलेका अनिल र ३ खेल खेलेका सागरले बनाए विश्वकप टोलीमा स्थान

    काठमाडौं । आसन्न टी–२० विश्वकपका लागि घोषणा गरिएको नेपाली टोलीमा स्थान बनाएका अनिल शाह र सागर ढकाल कम अनुभवी खेलाडी हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अनिलले केवल २ खेल खेलेका छन् ।

    त्यसमा उनले एक खेलमा मात्र ब्याटिङ गर्न पाएका थिए र २३ रन जोडेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले १० खेलमा एक सतक र दुई अर्धशतकसहित २ सय ६६ रन जोडेका छन् । उनी टोलीमा विकेटकिपर आसिफ शेखका विकल्प हुनेछन्। अनिल पनि विकेटकिपर हुन् ।

    गत फेब्रुअरीमा भएको एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा क्यानडाविरुद्ध एक सतक र एक अर्धसतक तथा नेदरल्यान्ड्सविरुद्ध एक अर्धशतक बनाएपछि अनिल विश्वकपका लागि स्थान बनाउने होडमा देखिएका थिए । २०१८ मा दुईवटा र सन् २०२२ मा दुईवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलेका अनिलले सन् २०२४ मात्र यो फर्म्याटका ६ खेल खेलेका छन् ।

    सन् २०१८ मा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलेका उनलाई त्यसपछि दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल्न झन्डै ६ वर्ष लागेको थियो । नेपाली टोलीका अर्का कम अनुभवी खेलाडी हुन् स्पीनर सागर ढकाल । सागरले हालसम्म ३ वटा मात्र टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । त्यसमा उनले १ विकेट लिएका छन् । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ खेल खेलेका उनले ४ विकेट हात पारेका छन् ।

    सन् २०२२ को फेब्रुअरीमा दुईवटा टी–२० अन्तर्राष्ट्रिय खेलेका उनले तेस्रो खेल भने गत मार्चमा खेलेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले सन् २०२२ को मार्चमा डेब्यु गरेका हुन्। उनले त्यसै वर्ष ८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

    विश्वकप टोलीमा परेका प्रतिस जिसीले १० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ८ विकेट लिएका छन् । उनको इकोनोमी ८.०८ छ। उनले गत अक्टोबरमा मात्र टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् । उनी मिडियम पेसर हुन् । उनले ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।

    कमलसिंह ऐरीले पनि १० टी–२० अन्तर्राष्ट्रिय १५ विकेट लिएका छन् ६.४९ को इकोनोमीसहित । उनले ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै २ विकेट हात पारेका छन्। उनी पनि मिडियम पेसर हुन् । कमलले सन् २०२२ को अप्रिलयता टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।