Category: टि २० विश्वकप 2024

  • फ्लाेरिडामा भारी वर्षा, नेपाल- श्रीलंकाबीचकाे खेल बिथोलिने चिन्ता

    फ्लाेरिडामा भारी वर्षा, नेपाल- श्रीलंकाबीचकाे खेल बिथोलिने चिन्ता

    काठमाडौं । टी-२० विश्वकप अन्तरगत आज हुने नेपाल र श्रीलंका बीचकाे खेल सन्देहमा परेको छ । फ्लाेरिडामा अहिले मुसलधारे पानी रहेकाले खेल बिथोलिन सक्ने अवस्था देखिएको हो ।

    सवा ५ बजेबाट सुरु हुने खेलको टस आधा घण्टाअघि अर्थात् पौने ५ मा हुनुपर्ने हो । तर, वर्षाका कारण हालसम्म टससमेत हुन सकेको छैन ।

  • श्रीलङ्काका यी ५ खेलाडी, जाे बन्न सक्छन् नेपालकाे टाउकाे दुखाइ

    श्रीलङ्काका यी ५ खेलाडी, जाे बन्न सक्छन् नेपालकाे टाउकाे दुखाइ

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपालले बुधबार बिहान श्रीलङ्कासँग आफ्नो दोस्रो खेल खेल्दैछ । खेल अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा बिहान सवा ५ बजे सुरु हुनेछ ।

    नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग २ विकेटले पराजित भएको थियो ।

    पहिलो खेल गुमाएको नेपाल र दुई खेल गुमाएको श्रीलङ्का दुवैलाई जीतको विकल्प हुनेछैन । दुवै खेल हारेको श्रीलङ्का यो खेलमा पराजित भए विश्वकपबाट बाहिरिने निश्चित हुनेछ । पहिलो खेल हारेको नेपाल यो खेलमा पराजित भए सुपर ८ मा पुग्ने सम्भावना कठिन बन्नेछ ।

    श्रीलङ्काको कप्तानी वानिदु हसरंगा र नेपालको कप्तानी रोहित पौडेलले गरेका छन् । टेस्ट टोली श्रीलङ्का र नेपाल पहिलो पटक खेल्न लागेका हुन् । खराब लयबाट गुज्रिरहेको श्रीलङ्कालाई हराउँदै नेपाल विश्व क्रिकेटमा अर्को इतिहास रच्न चाहन्छ ।

    नेपालले पहिलो पटक खेलेको टी-२० विश्वकप २०१४ को च्याम्पियन टोली हो श्रीलङ्का । यी हुन् नेपालका लागि खतरनाक श्रीलङ्काका ५ खेलाडी ।

    वानिदु हसरंगा (कप्तान)

    नेपालका लागि घातक हुन सक्ने पहिलो खेलाडी हुन्, श्रीलङ्काका कप्तान वानिदु हसरंगा । अलराउन्डर हसरंगा ब्याटिङ र बलिङ दुवैतर्फ प्रभाव छाड्नसक्ने खेलाडीको रूपमा चिनिन्छ । यो विश्वकपमा ब्याटिङमा चल्न नसकेका उनले बलिङमा भने राम्रो प्रदर्शन गरेका छन् ।

    सन् २०१९ देखि श्रीलङ्का राष्ट्रिय टोलीबाट खेल्न थालेका उनले ६७ टी-२०आई क्रिकेटमा १०८ विकेटसहित ब्याटिङतर्फ ६५० रन जोडेका छन् । उनी टी-२० आई क्रिकेटमा छिटो १०० विकेट पूरा गर्नेको दोस्रो सूचीमा छन् । उनी आईसीसीको टी-२० वरियतामा बलिङ र अलराउन्डर दुवैतर्फ दोस्रो स्थानमा छन् ।

    पाथुम निसांका

    श्रीलङ्काका ओपनिङ ब्याटर पाथुम निसांकाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले टी-२० विश्वकपको बंगलादेशविरुद्धको खेलमा ४७ रन जोडेका थिए । टी-२०आई क्रिकेटमा सन् २०२१ मा डेब्यु गरेका उनले ५० खेलमा १ हजार २८१ रन जोडेका छन् । उनी ओडीआईका उत्कृष्ट ब्याटर हुन् । उनले गत फेब्रुअरीमा अफगानिस्तानविरुद्धको ओडीआईमा अविजित दोहोरो शतक प्रहार गरेका थिए । त्यस्तै डेब्यु टेस्टमै शतकसमेत प्रहार गरेका थिए ।

    कुशल मेन्डिस

    श्रीलङ्काका विकेट किपिङ ब्याटर कुशल मेन्डिस एक अनुभवी खेलाडी हुन् । २९ वर्षीय कुशलले सन् २०१६ देखि श्रीलङ्काबाट खेल्दै आएका छन् । उनले ६६ टी-२०आई खेलमा १ हजार ५८३ रन जोडेका छन् । उनी आईसीसीको टी-२० वरियतामा ब्याटिङतर्फ २१औं स्थानमा छन् ।

    नुवान तुसारा

    श्रीलङ्काका मिडियम फास्ट बलर नुवान तुसारा उत्कृष्ट लयमा छन् । उनले टी-२० विश्वकपका दुई खेलमा ५ विकेट लिएका छन् । उनले बंगलादेशविरुद्ध ४ र दक्षिण अफ्रिकाविरुद्ध १ विकेट लिएका हुन् । गत संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सबाट खेलेका उनले राम्रो प्रदर्शन गरेका थिए । श्रीलङ्काको टीमबाट १० वटा टी-२० आई खेल खेलेका नुवानले १६ विकेट लिएका छन् ।

    मथिसा पाथिराना

    श्रीलङ्काका युवा बलर मथिसा पाथिराना पनि नेपालका लागि खतरा हुनसक्ने खेलाडी हुन् । २१ वर्षीय फास्ट बलर मथिसाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै आएका मथिसाले गत संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ६ खेलमा १३ विकेट लिएका थिए । सन् २०२२ मा डेब्यु गरेका उनले ८ वटा टी-२० खेलमा १२ विकेट लिएका छन् ।

  • उलटफेरको लक्ष्यसहित पहिलो पटक श्रीलंकाको सामना गर्दै नेपाल, तर वर्षाले खेल विथोल्ने चिन्ता

    उलटफेरको लक्ष्यसहित पहिलो पटक श्रीलंकाको सामना गर्दै नेपाल, तर वर्षाले खेल विथोल्ने चिन्ता

    काठमाडौं । टी-२० विश्वकपमा दुई दक्षिण एसियाली राष्ट्र नेपाल र श्रीलंका भोलि (नेपाली समयअनुसार बिहान सवा ५ बजे) भिड्दैछन् । नेपालको राष्ट्रिय टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामै पहिलो पटक श्रीलंकाको सामना गर्न लागेको हो ।

    अमेरिकाको फ्लोरिडास्थित लडरहिलमा रहेको सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा खेल हुनेछ । यसअघि दुई खेलमा साउथ अफ्रिका र बंगलादेशविरुद्ध लगातार पराजय व्यहोरेको श्रीलंकाका लागि यो ‘गर या मर’ को खेल हो । पहिलो म्याचमा नेदरल्यान्ड्सँग हारेको नेपाल श्रीलंकालाई स्तब्ध पारेर आफ्नो क्षमता विश्वसामु उजागर गर्न चाहन्छ ।

    लडरहिलको रंगशालामा विश्वकपको पहिलो खेल हुन लागेको हो । अहिलेसम्म विभिन्न रंगशालामा ड्रप इन पिचमा खेल भएका थिए । राम्रो फिनिसिङ नभएका ती पीचहरुमा रन बनाउन सबै टीमहरुलाई कठिन भइरहेको छ । लडरहिलको पीच भने वास्तविक क्रिकेट पिच हो । यहाँको पीच ब्याट्सम्यानका लागि बढी अनुकूल छ । यद्यपि सुरुवाती ओभरको तुलनामा विस्तारै पिच स्लो हुँदै जाने भएकाले पहिलो इनिङमा ब्याटिङ गर्ने टीमलाई फाइदा मिल्छ ।

    लडरहिलको पीचमा श्रीलंका अभ्यस्त छ । विश्वकप अगाडि श्रीलंकाले वार्म अप खेल यही खेलेको थियो । वार्मअपमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेको थियो । नेदरल्यान्ड्सले पहिलो इनिङमा ब्याटिङ गर्दै १८२ रनको लक्ष्य दिएकोमा दोस्रो इनिङमा श्रीलंका १६१ रनमा अलआउट भयो ।

    यो मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेल्ने टीम पनि हो श्रीलंका । सन् २०१० मा श्रीलंका र न्यूजिल्यान्डले २ म्याचको टी-२० सिरिज खेलेका थिए । श्रृंखला १-१ ले बराबरी भएको थियो ।

    नेपालले भने यो मैदानमा पहिलो पटक पाइला टेक्दैछ । नेपालले यसअघिको खेल डालासमा खेलेको थियो र नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । विश्वकपअघि एउटा वार्मअप म्याच पनि क्यानडासँग यही मैदानमा खेलेर पराजय व्यहोरेको थियो ।

    नेपाल र श्रीलंका एकअर्काका लागि अपरिचित टीम हुन् । क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो श्रीलंका, जसले एक पटक टी-२० विश्वकपसमेत जितिसकेको छ र दुई पटक उपविजेता बनेको छ । नेपाल भने दोस्रो पटक टी-२० विश्वकपमा सहभागी हुन लागेको हो ।

    अहिलेको श्रीलंका विगतमा जस्तो सुदृढ भने छैन । कुमार सांगकारा, महेला जयवर्द्धने, तिलकरत्ने दिसान जस्ता दिग्गज खेलाडीहरुको पुस्ता एकै समयमा रिटायर्ड भएपछि श्रीलंकाली क्रिकेटको स्तर खस्किन थालेको थियो । अहिलेसम्म पनि टीमले आफ्नो पुरानो साख फर्काउन सकेको छैन ।

    यो विश्वकपमा पनि श्रीलंकाको प्रदर्शन कमजोर नै छ । दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा श्रीलंकाको ब्याटिङ चलेन । यद्यपि, पीच पनि ब्याटिङका लागि चुनौतीपूर्ण थियो । श्रीलंकाका बलरहरुले भने राम्रो प्रदर्शन गरिरहेका छन् । सबैभन्दा खतरानक फर्ममा नुवान थुसरा देखिएका छन् । बंगलादेशविरुद्धको म्याच उनले झण्डै एक्लो बलबुतामा जिताइदिएका थिए ।

    नेपालका लागि पनि सबैभन्दा ठूलो चुनौती भनेको श्रीलंकाको विविधतापूर्ण बलिङ सामना गर्नु नै हो । नेपाली ब्याट्सम्यानहरुले योस्तरको बलिङमा विरलै खेल्न पाएका छन् । खासगरी श्रीलंकाका फास्ट बलरहरु झेल्न नेपाली ब्याट्सम्यानलाई पक्कै सहज हुनेछैन । यद्यपि सम्हालिएर खेलेको खण्डमा नेपालले विश्वकपको एउटा उलटफेर नतिजा अवश्य दिनसक्छ । दुई खेल हारिसकेको श्रीलंकाले नेपाललाई कम आँक्ने गल्ती पक्कै गर्नेछैन ।

    नेपालले नेदरल्यान्ड्विरुद्ध खेलेको टीम नै श्रीलंकाविरुद्ध उतार्ने सम्भावना छ । यदि एक अतिरिक्त ब्याट्सम्यान थप्न चाहेमा मध्यक्रमका सन्दीप जोरा छन्, तर बलिङमा कसैलाई पनि हटाइहाल्ने अवस्था नरहेकोले जोराले भोलि पनि अवसर नपाउन सक्छन् ।

    पीचले फास्ट बलरलाई बढी सहयोग मिल्ने आशा छ । नेपाल चार फास्ट बलरसहित उत्रिनेछ । श्रीलंकाले पीचलाई हेरेर एक फ्रन्टलाइन फास्ट बलरका रुपमा दुस्मन्था चमिरालाई थप्नसक्छ ।

    भोलिको खेलमा दुवै टीमका लागि ठूलो चिन्ताको विषय भनेको सम्भावित वर्षा हो । सोमबार खराब मौसमका कारण श्रीलंकाले नियमित अभ्यास गर्न पाएन । बुधबार पनि वर्षाको उच्च सम्भावना रहेको भविष्यवाणी गरिएको छ । वर्षाले खेल अवरुद्ध भयो भने दुवै टीमलाई ठूलो धक्का पुग्नेछ । श्रीलंकाको सुपर ८ सम्भावना लगभग समाप्त हुनेछ भने नेपालले एउटा बलियो टेस्ट राष्ट्रसँग पहिलो पटक भिड्ने अवसर गुमाउनेछ ।

  • एक हप्ता अगाडि नै क्यानडा गएका थिए सन्दीप, तर फेसबुकमा राखेका थिए मनकामना दर्शनको फोटो

    एक हप्ता अगाडि नै क्यानडा गएका थिए सन्दीप, तर फेसबुकमा राखेका थिए मनकामना दर्शनको फोटो

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा भएको छ । उनी एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य भर्खरै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खोलेका छन् ।

    यसपटक सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्न सफल भयो । सन्दीप स्वयमले पनि सबैलाई अल्मलाइ दिए । उनले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए । सबैले अनुमान लगाए, विश्वकप खेल्न नपाएका सन्दीप मन्दीर डुल्दै मन बहलाइरहेका छन् ।

    यथार्थमा सन्दीप क्यानडा पुगिसकेका थिए । क्यान अध्यक्ष चन्दले एक अन्तरवार्तामा एक हप्ताअगाडि नै सन्दीप नेपालबाट प्रस्थान गरेको बताएका छन् ।

    उनले भने, ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

    नेपालबाट सबैलाई थाहा दिएर फूलमाला खादा लगाएर हिँड्दा विभिन्न बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य रुपमा गरिएको चन्दको भनाइ छ ।

    ‘हिजोजस्तो स्थिति नहोस भनेर हामीले सचेतता अपनाएका हौं,’ उनले भने ।

    क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नियमित अभ्यास गरेको चन्दले जानकारी दिए । चन्दका अनुसार नेपालका भुतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई सहयोग गरेका थिए ।

    सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको उनले बताए ।

    चन्दले भने, ‘उहाँहरुले निकै मिहिनेतपूर्वक सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन सफल हुनुभयो ।’

    यति मिहिनेत गर्नुभएको रहेछ, तर फेसबुकमा सात पुस्तालाई पुग्ने गाली खानुभयो नि भन्ने प्रश्नमा चतुरले भनेका छन्, ‘सबका भला हो ।’

  • प्रतिश जिसी रिजर्भमा परेपछि आमा प्रतिभाको स्टाटास- सबै खेलाडीहरु हाम्रै छोरा हुन्, देशले जित्नुपर्छ

    प्रतिश जिसी रिजर्भमा परेपछि आमा प्रतिभाको स्टाटास- सबै खेलाडीहरु हाम्रै छोरा हुन्, देशले जित्नुपर्छ

    काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकप खेल्ने नेपालको स्क्वाडमा स्पीनर सन्दीप लामिछाने टीममा जोडिएसँगै युवा फास्ट बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । क्यानले वेस्टइन्डिजमा हुने दुई खेलका लागी लेगस्पीनर सन्दीपलाई टीममा समावेश गरेको हो ।

    सन्दीपको आगमनसँगै टीममा रहेका लेफ्टआर्म मिडियम फास्ट बलर प्रतिशलाई प्रतिस्थापन गरिएको हो । नेपाली टिममा फास्ट बलर धेरै भएकाले उनलाई बाहिर राखिएको क्यानले जनाएको छ । यद्यपि, उनी विश्वकपभरि टिमसँगै रहने छन् र अभ्यासमा संलग्न हुनेछन् ।

    प्रतिशकी आमा अमेरिकामा नै बस्दै आएकी छन् । विश्वकप खेल्न अमेरिका जानासाथ उनी आमालाई भेट्न पुगेका थिए । आमाछोराको ८ वर्षपछि भेट भएको बताइएको छ । आमा अमेरिकामा भए पनि प्रतिश सानैदेखि नेपालमै थिए ।

    प्रतिश टीमबाट बाहिरिएको समाचारपछि आमा प्रतिभा जिसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो भावना पोखेकी छन् । उनले सन्दीपको आगमनमा खुशी व्यक्त गर्दै छोराले भन्दा देशले जित्नुपर्ने उल्लेख गरेकी छन् । यद्यपि, स्पिनरका लागि किन फास्ट बलरलाई प्रतिस्थापन गरियो भन्ने उनको प्रश्न छ ।

    हेर्नुस प्रतिभाको भावुक स्टाटसः

    जुन ११ फ्लोरिडा मा हुनगइरहेको नेपाल र श्रीलंकाको गेम हेर्न जाँदै थिएँ । यो न्युज आउँदा म प्लेनमा थिएँ । ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिइनँ । राति निकै ढिला भइसकेको थियो । ढिला समाचार सुनेँ । बाबुले पनि केही भनेको थिएन ।

    एकैचोटि समाचार सुन्दा मन भारी भयो । फेरि सन्दीप टिममा हुँदा मन खुसी भयो । मैले नबुझेको पनि हुनसक्छु, मनमा लागेको कुरा चाहीँ स्पिनर बलरको रिप्लेसमेन्टमा लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ ? त्यो चाहीँ बुझ्न सकिन । तर यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडीहरु हाम्रै छोरा हुन् । यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ । जुन खेलाडी टिममा भए पनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ ।

    हामी देशले जितेको हेर्न चाहन्छौँ । सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु । नेपाल क्रिकेट टिम एउटा परिवार हो । यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो । सन्दिपलाई शुभकामना ।

  • विश्वकपमा सन्दीप लामिछाने : बीबीसीदेखि दी क्रिकेटरसम्मले के लेखे ?

    विश्वकपमा सन्दीप लामिछाने : बीबीसीदेखि दी क्रिकेटरसम्मले के लेखे ?

    काठमाडौँ । अमेरिकाले दुई पटक प्रवेशाज्ञा नदिएर अमेरिकामा हुने टी–२० पुरुष विश्वकप क्रिकेट खेल्न निषेध गरिएका सन्दीप लामिछानेले वेष्ट इन्डिजमा पुगेर खेल्न लागेको कुरा विश्वभर हेडलाइन भएका छन् ।

    बेलायती प्रसारक बीबीसीले सन्दीपको प्रवेसाज्ञाको लागि नेपाल सरकार तथा नेपालको क्रिकेट संघ (क्यान) ले आग्रह गर्दा पनि अमेरिकाले नदिएको उल्लेख गर्दै सन्दीपको वेष्ट इन्डिज यात्राको समाचार बनाएको छ ।

    समाचारमा सन २०२३ डिसेम्बरमा १८ वर्षकी युवतीलाई बलात्कार गरेको आरोप लागेका लामिछानेको मुद्दामा उनले सफाइ पाएको उल्लेख गरेको छ । सन्दीपले मङ्गलवार श्रीलंकासँग खेल्ने खेल भने अमेरिकाको फ्लोरिडामा हुने भएकोले खेल्न नपाउने बीबीसीले लेखेको छ ।

    नेपाल क्रिकेट संघका सचिव पारस खड्काको सूचनालाई साभार गरेर बीबीसीले समाचार बनाएको छ । बीबीसीले सन २०१९ को क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा पनि अमेरिकाले प्रवेशाज्ञा नदिएको समेटेको छ ।

    विश्व क्रिकेटको सबैभन्दा पुरानो म्यागजिन दी क्रिकेटरले पनि सन्दीपको समाचार बनाउँदै सन्दीपले जुन १५ मा दक्षिण अफ्रिका तथा जुन १७ मा बंगलादेशसँग खेल्ने उल्लेख गरेको छ ।

    भारतीय अखबार टाइम्स अफ इन्डिया लगायतका विश्वभरका धेरै मिडियाहरूले सन्दीपको समाचार कभर गरेका छन् ।

    क्रिकेटको सर्वाधिक प्रख्यात वेवसाइट क्रिक इन्फो डटकमले नेपाल क्रिकेट संघलाई उद्वृत गर्दै आइसीसीले सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न अनुमति दिएको लेखेको छ । तर, यस विषयमा आइसीसीले अहिलेसम्म स्टेटमेन्ट ननिकालेको समाचारमा जनाइएको छ ।

    क्रिकइन्फो लेख्छ, ‘क्यानका अध्यक्ष चतुरबहादु चन्दले सन्दीपलाई पछि समावेश गर्न मे २४ मा आइसीसीलाई १४ जनाको मात्र नाम बुझाएको बताए । आइससीएका एक प्रवक्ताले पनि यसअघि १४ जनाको मात्र नाम आएकाले सन्दीपलाई समावेश गर्न अनुमति दिएको पुष्टि गरेका छन् ।’

    समाचारमा सन्दीपको स्टाटस र क्यानको स्टेटमेन्टलाई पनि स्थान दिइएको छ ।

  • सन्दीपकाे आगमनपछि रोहितको प्रतिक्रिया- विकेटटेकर बलर जोडिनुभयो, खेल जित्ने अवसर छ (भिडिओ)

    सन्दीपकाे आगमनपछि रोहितको प्रतिक्रिया- विकेटटेकर बलर जोडिनुभयो, खेल जित्ने अवसर छ (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले नेपाली टीममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् ।

    आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेट टेकर बलर लामिछाने टीममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको रोहितले बताए ।

    उनले भने, ‘वेस्टइण्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेट टेकर बलर एड भएको छ, अनुभव पनि छ, दाइको टी २० मा । अब राम्रो हुनेछ । श्रीलंका टीम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउन सक्यो भने जित्ने सम्भावना हुन्छ । सुरूवाती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टीम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेण्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टीमले नै जित्छ ।’

  • लडरहिलमा विश्वकपको पहिलो म्याच नेपाल र श्रीलंकाबीच हुँदै, कस्तो छ पीच ?

    लडरहिलमा विश्वकपको पहिलो म्याच नेपाल र श्रीलंकाबीच हुँदै, कस्तो छ पीच ?

    काठमाडौं । पहिलो पटक टी-२० विश्वकप आयोजना गरिरहेको अमेरिकामा वास्तविक क्रिकेट रङ्गशाला २ वटा मात्र छन् । बाँकी रङ्गशालाहरू विश्वकपलाई लक्षित गर्दै हतारमा ‘कन्भर्ट’ गरिएका हुन् ।

    दुई वटामध्ये एउटा क्रिकेट रङ्गशाला हो लडरहिल । यहाँ विश्वकपको पहिलो म्याच भोलि नेपाल र श्रीलंकाले खेल्दैछन् । यो रङ्गशालामा यसअघि नै थुप्रै एकदिवसीय म्याचहरू भइसकेको हुँदा पीच र कन्डिसन रहस्यमय छैन ।

    फ्लोरिडामा अवस्थित रंगशालाको पुरा नाम हो- द सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम । ब्रोवार्ड काउन्टीको स्वामित्वमा रहेको रङ्गशाला सन् २००७ को नोभेम्बर ९ देखि सञ्चालनमा आएको हो । ७ करोड अमेरिकी डलरको लागतमा निर्मित रङ्गशालामा दर्शकका लागि १० हजार कुर्सीहरू छन् । थप १० हजार दर्शक अटाउन सक्ने क्षमता छ । कुल मिलाएर यो २० हजार दर्शक क्षमताको रङ्गशाला हो ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) अन्तर्राष्ट्रिय म्याच आयोजना गर्नका लागि अनुमति दिएको अमेरिकाको पहिलो रङ्गशाला यही नै हो । साथै, अमेरिकाले एकदिवसीय म्याचमा पहिलो जित पनि यही रङ्गशालामा प्राप्त गरेको थियो ।

    लडरहिलमा पहिलो पटक सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलाइएको थियो । न्यूजिल्यान्ड र श्रीलंकाले यहाँ दुई म्याचको टी–२० सिरिज खेलेका थिए । अमेरिकाले सन् २०१९ को सेप्टेम्बरमा पहिलो एकदिवसीय सिरिज पपुवा न्यूगिनीविरुद्ध यहीँ खेलेको थियो । त्यसयता यहाँ थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना भइरहेका छन् ।

    लडरहिल भएको पहिलो अन्तर्राष्ट्रिय म्याचमा श्रीलका र न्यूजिल्यान्डले १–१ को बराबरी खेलेका थिए । दुवै खेलहरू लो स्कोरिङ थिए । उक्त सिरिजमा बनेको उच्च स्कोर भनेको पहिलो म्याचमा न्यूजिल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेट क्षतिमा १२० रन जोडेको थियो ।

    सन् २०१२ मा न्यूजिल्यान्ड र वेस्ट इन्डिजले यहाँ २ टी–२० म्याच खेले । दुवै खेल वेस्ट इन्डिजले जितेको थियो । सन् २०१६ मा वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिगका केही म्याच यो रङ्गशालामा भएका थिए ।

    सन् २०१६ मा भारतले वेस्ट इन्डिजविरुद्ध यो रङ्गशालामा पहिलो पटक टी–२० म्याच खेलेको थियो । दुईवटा म्याचको सिरिज भए पनि दोस्रो म्याच वर्षाका कारण रद्द भयो । पहिलो म्याचमा वेस्ट इन्डिजका एभिन लेभिस र भारतका केएल राहुलले विष्फोटक शतक हानेका थिए । एभिन लेविसले ४९ बलमा शतक हानेपछि वेस्ट इन्डिजले २४५ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा भारत मात्र एक रनले चुक्यो । राहुलले ४६ बलमा शतक हानेका थिए । उनले सो म्याचमा बनाएको ११० रन यो रङ्गशालामा बनेको सर्वाधिक व्यक्तिगत स्कोरका रूपमा रहेको छ ।

    सन् २०१९ मा यहाँ वेस्ट इन्डिज र बङ्गलादेशले दुई टी-२० म्याच खेलेका थिए । यस्तै, सन् २०१९ मा भारतले वेस्ट इन्डिजविरुद्ध खेलेका ३ म्याचको सिरिजमध्ये २ म्याच लडरहिलमा भएको थियो । पहिलो म्याचमा भारतले पहिले बलिङ गर्दै वेस्ट इन्डिजलाई ९५ रनमा रोकेको थियो । दोस्रो इनिङमा भारतले पनि रनका लागि संघर्ष गर्नुपर्‍यो ४ विकेटले भारत विजयी बनेको थियो । दोस्रोमा भारतले डक वर्थ लुइसका आधारमा २२ रनले खेल जित्यो ।

    सन् २०२९ मा अमेरिकाले यहाँ ट्राइ नेसन सिरिज आयोजना गर्‍यो जुन आइसीसी लिग २ को हिस्स थियो । अमेरिकामा भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच यही हो । यस शृङ्खलामा अमेरिकाले एक दिवसीय म्याचको पहिलो जित जित चाखेको थियो ।

    अहिलेसम्म यो स्टेडियममा १३ वटा टी २० म्याच खेलाइएका छन् भने पहिलो ब्याटिङ गर्ने टीमले ९ खेलमा जित हासिल गरेका छन् । यहाँ पहिलो इनिङमा बनिरहेको औसत स्कोर १७७ हो । सर्वाधिक टीम स्कोर २४५÷६ (वेस्ट इन्डिज) हो भने सर्वाधिक न्यून स्कोर ८१÷१० (न्यूजिल्यान्ड) रहेको छ ।

    लडरहिलको पीचले बलिङ र ब्याटिङ दुवै टीमलाई मौका दिन्छ । तर, सुरुमा ब्याटिङ गर्ने टीमलाई फाइदा छ । सुरुका केही ओभरमा राम्रो रन बन्न सक्छ । पावर प्लेमा ब्याट्सम्यानहरूले त्यसको फाइदा उठाउन सक्छन् । बिस्तारै पीच स्लो हुँदै जान्छ र बलरहरू हाबी हुन थाल्छन् । फास्ट बलरभन्दा स्पिनरहरुलाई यहाँ विकेटको मौका छ । फास्ट बलरले पनि बलिङमा विविधता अपनाएमा विकेट लिन सक्छन् ।

    अहिले विश्वकपमा प्राय टस जित्ने टिमहरूले पहिले बलिङ रोजिरहेका छन् । हरेक पीचहरु ब्याटिङका लागि कठिन देखिएकाले दोस्रो इनिङमा लक्ष्य पछ्याउने टिमलाई फाइदा छ । तर, लडरहिलमा भने यो रणनीति गलत साबित हुन सक्छ । यहाँ टस जित्ने टिमले पहिले ब्याटिङ रोजेमा सुरुवाती ओभरमा राम्रो रन बटुल्न सक्नेछन् ।

    नेपाल र श्रीलंका दुवै टीमका लागि भोलिको म्याच एकदमै महत्वपूर्ण छ । श्रीलंकाले अघिल्ला दुई म्याच हारिसकेकाले ‘गर या मर’ को स्थितिमा हुनेछ । नेपालले पनि पहिलो म्याचमा नेदरल्यान्ड्सविरुद्ध पराजय भोगेकाले जित्नै पर्ने दबाब छ ।

  • टी–२० विश्वकप: दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो

    टी–२० विश्वकप: दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो

    काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।

    अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको जित हासिल गरेको हो । दक्षिण अफ्रिकाले दिएको एक सय १४ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो ।

    बङ्गलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाएका हुन् । त्यस्तै महमुदउल्लाहले २७ बलमा दुई चौका प्रहार गरी २० रन जोडे । कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा एक छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले तीन विकेट लिए भने कागीसो रबाडा र एनरिक नोर्ट्जेले समान दुई–दुई विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । त्यसैगरी डेविड मिलरले ३८ बलमा २९ रन बनाए । ओपनर क्विन्टन डिककले ११ बलमा १८ रन जोडे । बङ्गलादेशका लागि तान्जिम सकिबले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै रिशाद होस्सेनले एक विकेट लिए ।

    यस जितसँगै समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले तीन खेलमा छ अङ्क बटुलेको छ । पराजित बङ्गलादेशको दुई खेलमा दुई अङ्क नै छ । सोही समूहमा रहेको नेदरल्यान्ड्सको पनि समान दुई खेलमा दुई अङ्क नै छ । नेपाल र श्रीलङ्का अङ्कविहीन छन् । दुवै टोलीले समान एक–एक खेल खेलेका छन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि हुनेछ ।

  • क्यानको बलियाे पहलले सन्दीप विश्वकपमा, चतुर र पारसविरुद्धको प्रपोगाण्डा पटाक्षेप

    क्यानको बलियाे पहलले सन्दीप विश्वकपमा, चतुर र पारसविरुद्धको प्रपोगाण्डा पटाक्षेप

    काठमाडौं । अन्ततः क्रिकेटर सन्दीप लामिछानेको विश्वकप खेल्ने सपना र उनलाई विश्वकपमा हेर्ने नेपाली दर्शकहरूको चाहना पूरा हुने भएको छ । अमेरिकी दूतावासले भिसा नदिएपछि विश्वकपका दुईवटा म्याच खेल्न वञ्चित भए पनि वेस्ट इन्डिजमा हुने बाँकी दुई म्याचमा उनी उपलब्ध हुनेछन् ।

    दुईपटकको प्रयासमा पनि अमेरिकी दूतावासले भिसा दिन इन्कार गर्दा सन्दीप निकै निराश थिए । उनी यसअघि आफूविरुद्ध मुद्दा पर्दा र जेल जाँदा पनि यति नटुटेको निकटस्थहरू बताउँछन् । हुन पनि एउटा नेपाली खेलाडीका लागि विश्वकप खेल्नु दुर्लभ अवसर नै हो । १० वर्षपछि बल्लतल्ल फर्केर आएको यो अवसरबाट वञ्चित हुनुभन्दा पीडादायी सन्दीपका लागि के हुन सक्थ्यो । त्यसमाथि सन्दीप ती खेलाडी हुन्, जसले नेपाललाई टी २० विश्वकपमा पुर्‍याउन अहम् भूमिका निभाएका थिए ।

    सन्दीपलाई वेस्ट इन्डिज पुर्‍याउने सबैभन्दा ठूलो श्रेय नेपाल क्रिकेट संघ (क्यान) लाई नै दिइनुपर्छ । सन्दीपको मुद्दाको फैसला लगत्तैबाट क्यानले उनलाई विश्वकपमा खेलाउन पहल थालेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग क्यानका पदाधिकारीले निरन्तर संवाद र समन्वय गरेका थिए । आईसीसीले पनि सन्दीपलाई नेपाली टीममा समावेशका लागि निकै नै लचकता प्रस्तुत गर्‍यो ।

    सन्दीपको मुद्दा फैसलाअगाडि नै नेपालले आफ्नो १५ सदस्यीय टीम घोषणा गरिसकेको थियो । तर, त्यस बेला टीम घोषणा गर्दा फैसला पछाडि सन्दीपलाई समावेश गर्न सकिने रणनीति क्यानले लिएको हो । स्रोतकाअनुसार सन्दीपले सफाइ पाएको खण्डमा १५ सदस्यीय स्क्वाडबाट एकजना फास्ट बलरलाई सन्दीपले प्रतिस्थापन गर्ने आईसीसीसँग क्यानको समझदारी थियो । त्यहीअनुसार फैसलापछि आईसीसीले सन्दीपलाई १५ सदस्यीय टीममा समावेश गर्न अनुमति दियो । तर, सन्दीपले भिसा नपाएपछि फेरि पुरानै स्क्वाडलाई निरन्तरता दिइयो ।

    अमेरिकाको भिसाका लागि क्यानले अधिकतम प्रयास गरेको हो । पहिलो पटकमा भिसा दिन इन्कार गरिएपछि क्यानले सरकारलाई गुहारेको थियो । क्यानका पदाधिकारीहरू सन्दीपलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठदेखि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसम्मको दैलो ढक्ढकाउन पुगे । खेलकुद परिषददेखि खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालय सबैले सन्दीपको विषयमा चासो र गम्भीरता पनि देखाए । परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट समेत जारी गरेको थियो । तर, दूतावासले यसलाई लत्त्याइदिएपछि सरकारको केही लागेन ।

    अमेरिका जाने ढोका बन्द गरिएपछि क्यानले ‘ट्र्याक टु’ अन्तर्गत सन्दीपलाई वेस्ट इन्डिज लैजान पहल सुरू गरेको हो । तर, यो प्रक्रियालाई भने निकै गोप्य राखियो जुन निकै महत्त्वपूर्ण छ । सन्दीपलाई फलानो देशबाट लैजाने भनेर ढिंडोरा पिटिएको भए फेरि पनि एकथरि तत्त्वहरू उनलाई रोक्न सलबलाउने थिए । सम्बन्धित दूतावासमा भिसा नदिनका लागि लबिङ सुरु हुन सक्थ्यो, जसरी अमेरिकी दूतावासमा गरिएको थियो । तर, यसपालि उनीहरूले चालै पाएनन् ।

    सन्दीपले अमेरिकाको भिसा नपाएपछि एउटा जमातले क्यानविरुद्ध अफवाहको खेती सुरू गरेको थियो । एकाध खेल पत्रकार र मिडियाले क्यानले सन्दीपलाई १५ सदस्यीय स्क्वाडमा समावेश नगरेकाले नै उनलाई अमेरिकाले भिसा नदिएको भन्दै भ्रम फैलाएका थिए । यसलाई पत्याएर क्यानका अध्यक्ष र सचिवविरुद्ध सामाजिक सञ्जालमा तीव्र आक्रमण भइरहेको थियो । सन्दीपलाई वेस्ट इन्डिज पुर्‍याइएपछि यस्तो नियोजित प्रपोगाण्डा उदांगो भएको छ ।

    सन्दीपको भिसा प्रकरणमा क्यानलाई दोष दिने कुनै ठाउँ छैन । उनले सफाइ पाएकै दिन कत्ति पनि ढिलाइ नगरीकन क्यानले निलम्बन फुकुवा गरेको हो । लगत्तै आईसीसीसँग समन्वय र भिसा प्रक्रिया पनि सुरु गरिएको थियो । क्यानले एक खेलाडी प्रतिस्थापनका लागि आईसीसीसँग अनुमति माग्यो । जसअनुसार एक खेलाडीको स्थानमा सन्दीपलाई स्क्वाडमा समावेश गरिएको थियो । प्रतिस्थापित खेलाडीलाई अमेरिकामा टीमसँगै रहने गरी ट्राभलिङ रिजर्भमा राखियो । तर, सन्दीपको भिसा नआइसकेको हुँदा क्यानले कुन खेलाडीलाई उनले प्रतिस्थापन गरेका हुन् भन्ने खुलासा गरेको थिएन । त्यसैले प्रपोगाण्डा फैलाउनेहरूले स्पेस पाए । यति मात्र नभएर कथंकदाचित सन्दीपको भिसा नलागेको खण्डमा पुरानै स्क्वाडलाई निरन्तरता दिन पनि आइसीसी मञ्जुर भएको थियो ।

    यथार्थमा सन्दीपविरुद्ध अदालतमा मुद्दा परेदेखि कसैले उनलाई अनवरतरूपमा बलियो साथ दिएको छ भने त्यो क्यान नै हो । खासगर क्यानका अध्यक्ष चतुरबहादुर चन्दले चौतर्फी आक्रमण सहेर भए पनि सन्दीपको पक्षमा निरन्तर अडान लिएका हुन् । सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरे लगत्तै क्यानले राष्ट्रिय टिममा समावेश गर्ने निर्णय गरेको थियो । त्यस बेला एउटा कित्ताबाट क्यानको तेजोवध गरिएको थियो । महिलावादी अभियन्तादेखि गगन थापा, विश्वप्रकाश शर्माजस्ता नेताहरूले सामाजिक सञ्जालमै क्यानको निर्णयप्रति विरोध जनाएका थिए । तर, चतुर टसमस भएनन् ।

    सन्दीपलाई टीममा समावेश गर्ने क्यानको निर्णय नेपालका लागि निकै प्रतिफलदायी पनि बन्यो । नेपालको एक दिवसीय मान्यता जोगाउन, एसिया कपमा सहभागी गराउन र टी २० विश्वकपमा पुर्‍याउन सन्दीपले निर्णायक भूमिका निभाए । लिग २ मा नेपालले पछिल्ला १० मध्ये ९ वटा म्याच लगातार जितेर नेपालले एक दिवसीय मान्यता जोगाएको हो । ती खेलहरूमा सन्दीपले बलिङबाट मात्र नभएर ब्याटिङबाट पनि योगदान दिएका थिए ।

    नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का ९ महिनाअगाडि क्यानको सचिव बने । विगतमा सन्दीपसँग पारसको केही व्यक्तिगत तीतामीठा थिए होलान् । तर, क्यानमा आइसकेपछि पारसले सन्दीपप्रति कुनै पनि मनमुटाब नराखीकन उनलाई बलियो साथ दिँदै आएका छन् । चीनमा आयोजित एसियन गेम्समा सहभागी नहुने सन्दीपले निर्णय लिँदा पारसले उनलाई भेटेर फकाएका थिए ।

    अहिलेको भिसा प्रक्रियामा पनि सबैभन्दा बढी पारस नै खटिएका थिए । उनी विश्वकप हेर्न अमेरिका जाने योजनामा थिए, तर सन्दीपको भिसा नलागेकाले नै रोकिएका हुन् । अमेरिकी दूतावासदेखि नेपालका सरकारी निकायहरूमा उनले नै समन्वय गरिरहेका थिए । यद्यपि, सार्वजनिकरूपमा खुलेर सन्दीपको पक्षपोषण नगरेको भन्दै फ्यानहरू अझै पनि उनीप्रति सन्तुष्ट छैनन् ।

    सन्दीपले आज फेसबुकमा लेखेको स्टेटमेन्टमा पनि चतुर र पारसको नामै लिएर धन्यवाद दिएका छन् । क्यानविरुद्ध फैलाइएको प्रपोगाण्डामा विश्वास नगर्न उनले आग्रह गरेका छन् ।

    जे होस, सन्दीपको उपस्थितिले नेपाली टीमको मनोबल उकासिने छ नै । नेपालको बलिङसँगै ब्याटिङ स्ट्रेन्थ पनि बढेको छ । कप्तानले ढुक्कसँग चार ओभर बल थमाउन सक्छन् । चाहिएको बेला महत्त्वपूर्ण विकेट लिने क्षमता सन्दीपको छ । यद्यपि, वेस्ट इन्डिजको पीचले स्पिनरभन्दा फास्ट बलरलाई बढी मद्दत गर्छ । लामो समयदेखि प्रतिस्पर्धात्मक क्रिकेटबाट बाहिर रहेकाले सन्दीपको फिटनेस र फर्ममा पनि प्रश्न छ । अदालतबाट सफाइ पाएपछि उनी मानसिकरुपमा भने दबाबमुक्त छन् ।

    सन्दीपले विश्वकपमा कस्तो गर्लान् त्यो आफ्नो ठाउँमा छ । तर, उनले विश्वकप खेल्न पाउनुपर्थ्यो । सन्दीपको समावेशले क्रिकेट समर्थकहरूमा उत्साह भरिएको छ । नेपालले तीनवटा म्याच खेल्दैछ र तीनवटै प्रतिस्पर्धी टेस्ट राष्ट्र हुन् । श्रीलंका, साउथ अफ्रिका र बंगलादेशमध्ये कम्तिमा एउटालाई नेपालले स्तब्ध पार्न सक्यो भने त्यो ठूलो सफलता मानिनेछ । सन्दीपले अमेरिकामा पर्सी हुने श्रीलंकाविरुद्धको म्याचमा खेल्न पाउने छैनन् । साउथ अफ्रिका र बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा हुने खेलहरूमा सम्भवतः उनी प्लेइङ ११ मा अटाउन सक्छन् ।

  • वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

    वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

    काठमाडौं । वाइ वाइ चाउचाउले दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।

    नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप सिजीले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो । सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

    टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

    वाइ वाइको विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि कम्पनीको छ ।

    यसका साथै, वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको छ ।

    सोमबार पत्रकार सम्मेलनमार्फत चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी र क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    यसअघि नै वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरूप सुपर-८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरी सकेको छ ।

  • टी-२० विश्वकपका लागि सन्दीपलाई हरिवंशले दिए शुभकामना

    टी-२० विश्वकपका लागि सन्दीपलाई हरिवंशले दिए शुभकामना

    काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सन्दीप लामिछानेलाई टी-२० विश्वकपका लागि शुभकामना दिएका छन् ।

    वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन सोमबार त्यहाँ पुगेका लामिछानेलाई आचार्यले बधाई र नेपाली टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

    लामिछाने सोमबार नै वेस्ट इन्डिज पुगिसकेका छन् । अमेरिकाले भिसा नदिएपछि उनले अमेरिकामा हुने २ खेल गुमाएका छन् ।

    वेस्ट इन्डिजमा बङ्गलादेश र साउथ अफ्रिकासँग उनले खेल्नेछन् ।

  • वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, क्यानविरूद्धको प्रपोगाण्डामा विश्वास नगर्न आग्रह

    वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, क्यानविरूद्धको प्रपोगाण्डामा विश्वास नगर्न आग्रह

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् ।

    विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।

    उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।

    उनले भनेका छन्, ‘चतुर सर र पारस दाइजस्ता महत्त्वपूर्ण व्यक्तित्वहरूको छविलाई कलङ्कित गर्न झुटो प्रचार भइरहेको छ । त्यस्ता प्रपोगाण्डामा विश्वास नगर्नुहोला । उनीहरूकै पहल र सक्रियताले मेरो विश्वकप सहभागिता सम्भव भएको छ ।’

  • सन्दीपले विश्वकप खेल्ने पक्का भएपछि प्रतिश ट्राभलिङ रिजर्भमा

    सन्दीपले विश्वकप खेल्ने पक्का भएपछि प्रतिश ट्राभलिङ रिजर्भमा

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप खेल्ने पक्का भएपछि प्रतिश जिसी ट्राभलिङ रिजर्भमा तानिएका छन् ।

    क्यानले प्रतिशलाई रिजर्भमा राख्दै सन्दीपलाई टीममा समावेश गरेको हो । उनी ट्राभलिङ रिजर्भमा भएपनि नेपाली टोलीसँगै हुनेछन् । टीममा कुनै सदस्य घाइते भएमा उनी खेल्न पाउनेछन् ।

    यता सन्दीप सोमबार बिहान वेस्ट इन्डिज पुगेका छन् ।

    नेपालले बुधवार दोस्रो खेल श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

    वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग तालिका छ । दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले खेल्नेछन् ।

    नेपाल पहिलो खेलमा नेदरल्यान्डससंग ६ विकेटले पराजित भएको थियो

  • विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

    विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

    काठमाडौं ।  टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ ।

    उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका हुन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका उनी वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएकाे क्यान स्राेतले बतायाे । अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् ।

    फास्ट बलर प्रतिश जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ ।

    नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

    वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।

  • वेस्ट इन्डिजमा हुने विश्वकपमा सन्दीप सहभागी हुँदै

    वेस्ट इन्डिजमा हुने विश्वकपमा सन्दीप सहभागी हुँदै

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुने भएका छन् ।

    नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो ।

    प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानको भनाई छ ।

    आइसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको छ ।

  • टी-२० विश्वकप : भारतसँग पाकिस्तान ६ रनले पराजित

    टी-२० विश्वकप : भारतसँग पाकिस्तान ६ रनले पराजित

    काठमाडौं । टी-२० विश्वकप अन्तरगत आइतबार राति भएको खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ ।

    १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो ।

    पाकिस्तानका मोहम्मद रिजवानले ३१ रन बनाएका थिए । बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले १० रन बनाए ।

    भारतका लागि जस्प्रित बुमराहले ३, हार्दिक पान्ड्याले २ विकेट र अक्षर पटेलले १ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले अलआउट हुनुपूर्व १९ ओभरमा ११९ रनमा मात्रै बनाउन सकेको थियो ।

    भारतका विकेटकिपर ऋषभ पन्तले ४२, रोहित शर्माले १३, विराट कोहलीले ४, अक्षर पटेलले २०, सूर्यकुमार यादव र हार्दिक पान्ड्याले ७–७ रन बनाएका थिए ।

    पाकिस्तानका नसिम साहले ३, हरिस रौफले ३ र मोहम्मद आमिरले २ विकेट लिएका थिए ।

    आइतबार राति नै भएको विश्वकपको अर्को खेलमा स्कटल्याण्डले ओमानविरुद्ध ७ विकेटको सहज जित निकालेको छ । १५१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १३ दशमलव १ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

  • विश्वकपको ‘हाइभोल्टेज’ खेल : रवाफिलो भारतविरुद्ध अविश्वसनीय पाकिस्तान

    विश्वकपको ‘हाइभोल्टेज’ खेल : रवाफिलो भारतविरुद्ध अविश्वसनीय पाकिस्तान

    काठमाडौं । अमेरिकामा जारी टी-२० विश्वकपमा आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । यो ‘हाइभोल्टेज’ न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियम भरिभराउ हुने अपेक्षा छ ।

    भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डविरुद्ध सहज जित हासिल गरेको थियो भने पाकिस्तान घरेलु टिम अमेरिकासँग स्तब्ध बनेको थियो । पाकिस्तानको लागि आजको खेल प्रतिष्ठाको विषय मात्र नभएर अर्को चरणमा उक्लिनका निम्ति अत्यन्त महत्त्वपूर्ण छ । आज पनि पराजित भए पाकिस्तानको गणितीय सम्भावना मात्रै बाँकी रहन्छ । उसले आफू जितेर मात्र पुग्दैन, अरू टिमको नतिजामा पनि भर पर्नुपर्छ । भारतलाई यस्तो दबाब छैन ।

    म्याचअगाडि नै कन्डिसनलाई आफ्नो अनुकूल पार्नलाई भारतले सक्दो प्रयास गरिरहेको छ । नासाउ स्टेडियमको ड्रप इन पिचमा खेल हुँदैछ, जुन ब्याटिङका लागि कठिन मानिन्छ । अघिल्लो खेल भारतले यही मैदानमा आयरल्यान्ड विरुद्ध खेलेको थियो । अभ्यास म्याच पनि बंगलादेशविरुद्ध भारतले यहीँ खेलेको हो । त्यसैले भारतले पिचको व्यवहार चिनिसकेको छ ।

    भारतीय टीम एक सातादेखि न्यूयोर्कमा नै छ । आईसीसीले भारतीय टीमलाई रंगशालाबाट १० मिनेटको दुरीमा रहेको होटलमा बस्ने प्रबन्ध मिलाएको थियो । पाकिस्तानी टिम भने ७ तारिखमा मात्रै न्यूयोर्क आएको हो । रंगशालाबाट डेढ घण्टाको दुरीमा रहेको होटलमा पाकिस्तानी टिमलाई राखिएको थियो । तर, टीम म्यानेजमेन्टले बारम्बार कम्प्लेन गरेपछि भर्खरै स्थानान्तरण गरेर नजिकैको होटलमा राखिएको छ । पाकिस्तानका लागि न्यूयोर्कको पीच नौलो हुने छ ।

    भारतले पाकिस्तानविरुद्धको म्याच अगाडि पीचलाई आफ्नो बलिङका लागि अनुकूल हुने गरी सुधार गर्न लगाएको थियो । भारतीय क्रिकेट बोर्ड बीसीसीआइको दबाबपछि आईसीसीले पीचको गुणस्तर राम्रो नदेखिएको भन्दै ‘सुधार भइरहेको’ जनाएको छ । भारतीय प्रशिक्षक राहुल द्रविण स्वयम् उपस्थित भएर क्युरेटरलाई निर्देशन दिएका थिए । भारतले स्पिनरलाई सहयोग गर्ने गरी पीचलाई तोडमोड गरेको बुझिएको छ । पाकिस्तानसँग गतिला स्पिनर नभएको र फास्ट बलरमा भर पर्ने भएकाले भारतले यस्तो रणनीति अवलम्बन गरेको हो ।

    भारत–पाकिस्तानका हरेक खेलहरू तनावपूर्ण हुन्छन् नै । द्विपक्षीय प्रतियोगिताहरू नभए पनि यी दुई देश पछिल्ला १३ वर्षमा १२ पटक भिडिसकेका छन् । यसमध्ये १० पटक भारतले जितेको छ र २ खेलको नतिजा मात्रै पाकिस्तानको पक्षमा गएको छ । आजको म्याचमा पनि भारतलाई हराउन पाकिस्तानलाई सजिलो छैन ।

    भारतीय टीम निकै सन्तुलित र स्थिर छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा भारत पाकिस्तानभन्दा बलियो देखिन्छ । भारतसँग ब्याटिङमा विराट कोहली, रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, रिसव पन्तजस्ता कहलिएका नामहरू छन् । यद्यपि, बलिङ मैत्री पीचमा भारतको सशक्त ब्याटिङ पङ्ति तहसनहस भएका उदाहरण पनि थुप्रै छन् ।

    पाकिस्तानको ब्याटिङ त्यति सुदृढ छैन । मोहम्मद रिजवान र बाबर आजमको ओपनिङ जोडीमा पाकिस्तानले धेरै भर पर्नुपर्ने हुन्छ । उनीहरू दुवैको ब्याटिङ शैलीमा पनि प्रश्न उठ्दै आएको छ । पाकिस्तानको मध्यक्रम अपरिपक्व छ । फकार जमानबाहेकका ब्याट्सम्यानहरू अहिले पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफूलाई प्रमाणित गरिसकेका छैनन् । आजको खेलमा पाकिस्तानले आजम खानको स्थानमा इमाद वसिमलाई खेलाउन सक्छ ।

    बलिङतर्फ पनि फास्ट र स्पिनको राम्रो सन्तुलन भारतसँग छ । पाकिस्तानले भने फास्ट बलरमा बढी भर पर्नुपर्ने हुन्छ । भारतीय टिममा फास्ट बलिङको नेतृत्व जसप्रित बुमराहले गर्ने छन् । उनी कुनै पनि ब्याट्सम्यानका लागि सबैभन्दा कठिन बलर हुन् । पाकिस्तानसँग साहिन अफ्रिदी, मोहम्मद अमिर, ह्यारिस रफ र नसिम साह गरी ४ फास्ट बलर छन् ।

    पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेटमा ‘अविश्वसनीय’ टीमका रूपमा परिचित छ । पाकिस्तानले कहिले उत्कृष्ट खेल्छ त कहिले साह्रै झुर । भारतविरुद्ध पाकिस्तानको कुन रूप प्रकट होला, त्यसमै आजको नतिजा निर्भर हुने देखिन्छ ।

    ३४ हजार दर्शक क्षमताको नासाउ रंगशालाका सस्ता टिकटहरू बिकिसकेका छन् । महँगो दरका प्रिमियम टिकटहरू भने अझै उपलब्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता टिकटको मूल्य १५०० डलरदेखि १० हजार डलरसम्म राखिएको छ । टिकट रिसेल गर्ने वेबसाइटहरूले मूल्य बढाएर १७ हजार ४७५ डलरसम्ममा बेचिरहेको अल जजिरामा प्रकाशित समाचारमा उल्लेख छ ।

    आजको खेलमा टस एकदमै महत्त्वपूर्ण हुन सक्ने ठानिएको छ । टस जित्ने टिमले पहिलो बलिङ रोजेर विपक्षी टिमलाई सस्तैमा अलआउट गर्ने रणनीति लिनेछन् । दोस्रो ब्याटिङ गर्ने टिमलाई सानो लक्ष्य पछ्याउँदाको फाइदा मिल्न सक्छ ।

  • टी-२० विश्वकप: आज भारत र पाकिस्तान भिड्दै

    टी-२० विश्वकप: आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत आज राति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् ।

    समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती सवा ८ बजेबाट सुरु हुनेछ ।

    यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

    यो खेल हारेमा पाकिस्तानको सुपर-८ मा पुग्ने सम्भावना कठिन हुनेछ । २०२२ मा भएको टी-२० विश्वकपमा फाइनलमा पराजित पाकिस्तान त्यसयता खराब प्रदर्शन गरिरहेको छ । भारत भने पछिल्लो समय उत्कृष्ट लयमा छ ।

  • टी २० विश्वकप: युगान्डालाई १३४ रनले हरायो वेष्ट इन्डिजले

    टी २० विश्वकप: युगान्डालाई १३४ रनले हरायो वेष्ट इन्डिजले

    काठमाडौं ।आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’को खेलमा वेष्ट इन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

    आज विहान सम्पन्न खेलमा वेष्ट इन्डिजले युगान्डालाई १३४ रनले पराजित गरेको छ ।

    पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।

    वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२/२२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडेका थिए ।

    युगान्डाका ब्रायन मसाबाले २, दिनेश नाक्रानी, कसमस केइवुता र अल्पेश रामजानीले एकरएक विकेट लिए ।

    २७३ रनको विजयी लक्ष्य पछाएको युगान्डा १२ ओभरमा अलआउट हुँदै ३९ रनमा समेटियो । युगान्डाका लागि जुमा म्यागीले अविजित सर्वाधिक १३ रनको योगदान दिए । उनीबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

    वेस्ट इन्डिजका अकील हुसेनले सर्वाधिक ५ विकेट लिए।  अल्जरी जोसेफले दुई तथा रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोटीले समान एक विकेट लिए।

    जारी विश्वकपमा युगान्डाले बनाएको यो सबैभन्दा कम रन हो।

    जितसँगै वेस्ट इन्डिजले समूह सी मा दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले पराजित गरेको थियो भने

    युगान्डाको यो दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग युगान्डा १२५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा पुनरागमन गर्दै पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको थियो।

     

  • टी- २० विश्वकप: इङ्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया विजयी

    टी- २० विश्वकप: इङ्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया विजयी

    काठमाडौं ।अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।

    बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो ।

    अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए । उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन् । त्यस्तै ट्राभिस हेडले ३४ रन बनाए । उनले १८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए । ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन बनाए ।

    इङ्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । २०२ रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रनको योगदान दिए ।

    त्यस्तै फिल साल्टले ३७ रन जोडे । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मोइन अलीले २५, ह्यारी ब्रुकले २०, लियाम लिभिङ्गस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो सात रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिए । यससँगै अष्ट्रेलियाले दुई खेलमा चार अंक जोडेको छ ।

  • टी- २० विश्वकप: न्युजिल्यान्डमाथि‌ अफगानिस्तानको सानदार जित

    टी- २० विश्वकप: न्युजिल्यान्डमाथि‌ अफगानिस्तानको सानदार जित

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेटअन्तर्गत अफगानिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको छ।

    आज भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको  हो।

    अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो।

    जवाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्ड ७५ रन बनाएर १५.२ ओभरमै अल आउट भएको हो।

    न्युजिल्याण्डलाई सस्तोमा समेट्न अफगानिस्तानका कप्तान रसिद खान र फजालहक फारुकीले समान ४ विकेट तथा मोहम्मद नावीले २ विकेट लिए।

    न्युजिल्याण्डका ग्लेन फिलिप्सले १८ रन‌ बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    न्युजिल्याण्डका ओपनर फिन एलेन गोल्डेन डक भएका थिए। अर्का ओपनर डेभन कोन्वे ८, कप्तान केन विलियसन ९,ड्यारिल मिचेल ५, मार्क च्यापम्यान ४ र मिचेल सान्टनर ४ रन बनाएर आउट हुँदा माइकल ब्रेसवेल शून्यमै आउट भए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। रहमदुल्ला गुरबाज र इब्राहिम जार्डनले पहिलो विकेटका लागि १ सय ३ रनको‌ साझेदारी गरेका थिए।

    गुरबाजले ५६ बलमा ५ छक्का र ५ चौकासहित ८० रन बनाए। जार्डनले ४१ बलमा‌ ३ चौथो र २ छक्का साथ ४४ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ विकेट लिए। लगातार २ खेल जितेको अफगानिस्तान ४ अंकसहित समूह सीको शीर्ष स्थानमा छ।

  • टी-२० विश्वकप: अमेरिकाले सुपर ओभरमा हरायो पाकिस्तानलाई

    टी-२० विश्वकप: अमेरिकाले सुपर ओभरमा हरायो पाकिस्तानलाई

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।

    समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति ग्रान्ड प्रिएरीमा भएको खेलमा पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो।

    पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो। एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले अतिरिक्त ७ रन उपहार दिएका थिए। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पाकिस्तान एक विकेट गुमाएर १३ रनमा समेटिएको हो।

    त्यसअघि सुरुमा ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकालेसमेत ३ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

    विश्वकपमा पहिलो हारसँगै पाकिस्तान अंकबिहीन बनेको छ। अमेरिका दोस्रो जितसँगै चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। अमेरिकाले पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो।

    पहिलो खेलमा नै पराजित भएपछि पाकिस्तानलाई सुपर-८ मा पुग्न दबाब पुगेको छ।‌ अब पाकिस्तानले दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग खेल्दैछ।

     

  • भारतीय कप्तानमाथि फेरि लाग्यो टस फिक्सिङको आरोप, ‘ड्रप इन’ पीचमाथि पनि पाकिस्तानी मिडियाले उठाए प्रश्न

    भारतीय कप्तानमाथि फेरि लाग्यो टस फिक्सिङको आरोप, ‘ड्रप इन’ पीचमाथि पनि पाकिस्तानी मिडियाले उठाए प्रश्न

    काठमाडौं । अमेरिकामा जारी विश्वकप क्रिकेटमा चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आउँदो ९ तारिखमा भिड्दैछन् । न्यूयोर्कमा हुने उक्त म्याचअघि सधैँजस्तो दुई देशका मिडियाबीच नोकझोँक सुरु भइसकेको छ ।

    भारतले हिजो विश्वकपको पहिलो म्याच आयरल्यान्डविरुद्ध खेलेको थियो । उक्त म्याचमा भारत ८ विकेटले विजयी भयो । तर, केही पास्कितानी मिडिया र पूर्वक्रिकेटरले भारतका कप्तान रोहित शर्मामाथि ‘टस फिक्सिङ’ को आरोप लगाएका छन् । उनीहरूको दाबीअनुसार भारतले टस जित्नका लागि पहिल्यै सेटिङ मिलाएको थियो ।

    अमेरिकाको कठिन पीचमा टस निकै महत्त्वपूर्ण देखिँदै आएको छ । टस जित्ने टीमले पहिले बलिङ रोज्ने, विपक्षी टिमलाई न्यून स्कोरमा समेट्ने र दोस्रो इनिङमा बिस्तारै खेलेर लक्ष्यसम्म पुग्ने रणनीति अवलम्बन गर्ने गरेका छन् । हिजोको म्याचमा टस जितेको भारतले यही रणनीतिमा खेलको थियो । तर, रोहित शर्मामाथि किन लगाइयो त टस फिक्सिङको आरोप ।

    खासमा रोहितले आफूभन्दा निकै पर, विपक्षी कप्तानको आँखा नपर्ने ठाउँमा टस हुर्र्‍याएका थिए । सामान्यतया अरू कप्तानले सबैको सामुन्नेमा फ्याँक्ने गर्छ । अगाडि विश्वकपको लोगो भएको गोलो घेराभित्र टस खसाउने गरिन्छ । तर, रोहितले घेरोभन्दा निकै पर फ्याकेका थिए ।

    टस फ्याकेपछि म्याच रेफ्रीले टिप्छन् र फलानोले जित्यो भनेर सुनाउँछन् । हिजोको म्याचमा म्याच रेफ्रीले टस टिपेपछि सुरुमा आयरल्यान्डले जितेको भनेका थिए । तर, फेरि त्यसलाई सच्याएर भारतले जितेको बताए । आयरल्यान्ड्का कप्तानले टस हेर्न पाएका थिएनन् । त्यसैले निर्णय स्वीकार्नुको विकल्प थिएन । यसैलाई लिएर भारतीय कप्तानमाथि आरोप लागेको हो ।

    फेरि यो आरोप उनीमाथि लागेको यो पहिलो पटक थिएन । आफ्नै देशमा आयोजित एक दिवसीय विश्वकपको बेला पनि उनले टस फिक्सिङ गरिरहेको दाबी खासगर पाकिस्तानी मिडियाबाट गरिएको थियो । सेमिफाइनलसम्म रोहितले लगातार टस जितिरहेका पनि थिए । तर, फाइनलमा उनले टस हारे । म्याच पनि हारे ।

    भारत र पाकिस्तानको म्याचमा पनि टस महत्त्वपूर्ण हुन पक्का छ । यो म्याच ड्रप इन पिचमा हुँदैछ । यो पीचमा यसअघि श्रीलंका र साउथ अफ्रिकाको म्याच भएको थियो । पहिलो इनिङमा ब्याटिङ गरेको श्रीलंका ७७ रनमा अलआउट भएको थियो । साउथ अफ्रिकाले १६.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । यही पीचमा भारतले हिजो आयरल्यान्ड्सँग खेलेको हो ।

    आयरल्यान्डले पहिलो इनिङमा ब्याटिङ गर्दै ९६ रन मात्र जोड्न सक्यो । भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्यो ।

    भारत र पाकिस्तानविरुद्धको म्याच पनि लो स्कोरिङ नै हुने गरेको छ । तर, भारतले म्याचअघि पीचमा हस्तक्षेप गरिरहेको समाचारहरू आइरहेका छन् । केही मिडियाका अनुसार भारतीय क्रिकेट बोर्डको निर्देशनमा आईसीसीले पीच मर्मत गरेको छ । यसमा भारतीय प्रशिक्षक राहुल द्रविणले नै क्यूरेटरहरुलाई निर्देशन दिएको समाचारमा जनाइएको छ ।

    भारत पाकिस्तानविरुद्ध स्पिनमैत्री पिच चाहन्छ । यो विश्वकप खेल्ने पाकिस्तानी टिमको स्पिन आक्रमण मजबुत छैन । पाकिस्तान फास्ट बलरमा निर्भर छ । भारतसँग भने राम्रा स्पीनरहरु छन् । यदि पीचले स्पिनरलाई सहयोग मिल्यो भने फाइदा भारतलाई पुग्न सक्छ ।

    अमेरिकाका ड्रप इन पिचमा रन बनाउन निकै कठिन छ । १४० को स्कोर पनि त्यहाँ मजबुत मानिन्छ । क्रिकेट एक्सपर्टले ड्रप इन पीचको व्यवहारलाई लिएर तीव्र आलोचना गरिरहेका छन् । पाकिस्तानी मिडियाले भने भारतले आफ्नो टीमका लागि अनुकूल बनाउने हिसाबले ड्रप इन पिचमा छेडछाड गरेको आरोप लगाएका छन् ।

    ड्रप इन पिच भनेको मैदान बाहिरै बनाइने कृत्रिम पिच हो । यो मेटलमाथि माटो र घाँसहरू राखेर बनाइएको हुन्छ । मैदानपछि पछि जडान गरिन्छ । यसलाई निकालेर जता पनि लैजान मिल्छ ।

  • दीपेन्द्रले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने

    दीपेन्द्रले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने

    काठमाडौं । नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने भएका छन् ।

    दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी-१० खेल्न लागेका हुन् ।

    उनी सुपर टी-१० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् ।

    दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी-२० र यूएईको आईएल टी-२० खेलिसकेका छन् ।

  • टी-२० विश्वकप : अष्ट्रेलियासँग ओमान ३९ रनले पराजित

    टी-२० विश्वकप : अष्ट्रेलियासँग ओमान ३९ रनले पराजित

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले ओमानलाई पराजित गरेको छ।

    बिहीबार बिहान भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो ।

    अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो । ओमानका आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८ र शकील अहमदले ११ रनको योगदान दिए ।

    बलिङमा अष्ट्रेलियाका मार्कस स्टोनिसले ३, मिचेल स्टार्क, नाथन एसिस र एडम जाम्पाले २-२ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पारेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

    अष्ट्रेलियाका मार्कस स्टोनिसले ६६ र ओपनर डेभिट वार्नरले ५६ बनाएका थिए । बलिङमा ओमानका मेहरन खानले २, कलीमुल्लाह र विलाल खानले १-१ विकेट लिएका थिए ।

  • टी–२० विश्वकपः पपुवा न्यूगिनीलाई ३ विकेटले हराउँदै युगान्डाकाे कठिन जित

    टी–२० विश्वकपः पपुवा न्यूगिनीलाई ३ विकेटले हराउँदै युगान्डाकाे कठिन जित

    काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

    प्रोभिडेन्स स्टेडियममा भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले हराउँदै विजयी भएको हो । ७७ रनको सामान्य लक्ष्य पछ्याएको युगान्डाले १८.२ ओभरमा ७  विकेट गुमाउँदै पूरा गर्यो ।

    युगान्डाका लागि रियाज्त अलि शाहले ५५ बलमा एक चौकासहित सर्वाधिक ३३ रन जोडे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो ।

    हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन थियाे । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।

  • क्याच छुट्यो, म्याच छुट्यो !

    क्याच छुट्यो, म्याच छुट्यो !

    काठमाडौं । हुन त क्रिकेटमा ‘इफ र बट’ को कुनै अर्थ हुँदैन, तर हिजो नेदरल्यान्ड्सविरुद्धको खेलपछि नेपाली समर्थकहरूको दिमागमा एउटा प्रश्न घुमिरहेको छ । यदि दोस्रो इनिङको १७.२ ओभरमा नेदरल्यान्ड्सका ब्याट्सम्यान म्याक्स ओ डाउडलाई नेपालका कप्तान रोहित पौडेलले ड्रप नगरेको भए खेल कता मोडिन्थ्यो होला ? यसको जवाफ भने कहिल्यै प्राप्त हुनेवाला छैन किनकि क्रिकेटमा इफ र बटको कुनै अर्थ हुँदैन ।

    हिजोको खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार व्यहोर्यो । नेदरल्यान्ड्सले ८ बल बाँकी छँदै लक्ष्य भेट्टाएको थियो । यो आँकडा मात्र हेर्दा नेदरल्यान्ड्सले सजिलै जित हात पारेको जस्तो महसुस हुन्छ । तर, यथार्थमा त्यस्तो थिएन । दोस्रो इनिङको १८ ओभर सकिँदासम्म खेल रोचक स्थितिमा थियो । नेपालका बलर मात्र होइन नेदरल्यान्ड्सका ब्याट्सम्यानहरुले पनि ‘हिट’ महसुस गरिरहेका थिए ।

    १७ ओभरको खेल समाप्त हुँदा नेदरल्यान्ड्सले ४ विकेट क्षतिमा ८८ रन बनाएको थियो । जितका लागि १८ बलमा १९ रन चाहिन्थ्यो । ६ विकेट हातमा रहेको हुँदा नेदरल्यान्ड्सको हात माथि थियो नै । तर, स्लो पीचमा ब्याट्सम्यानहरुलाई रन बनाउन त्यति सहज भइरहेको थिएन । चौका र छक्काको खडेरी लागेको थियो भने एक रनका लागि पनि ब्याट्सम्यानले रिस्क लिएर दौडिनुपर्ने अवस्था नेपालका बलरले सिर्जना गरेका थिए । नेदरल्यान्ड्सको ब्याटिङ म्याक्स ओ डाउडमै बढी निर्भर थियो जो ४२ बलमा ४० रन बनाएर खेलिरहेका थिए ।

    यदि डाउड आउट भएको भए खेलको मोमेन्टम सिफ्ट हुने पक्का थियो । नयाँ आउने ब्याट्सम्यानले खुलेर खेल्न सक्दैनथे । खेल अन्तिम ओभरसम्म जान सक्थ्यो र परिणाम जे पनि हुन सक्थ्यो । तर, यो सबै अनुमानका कुरा मात्र हुन् ।

    डाउडले जीवनदान पाएपछि नेपाली बलरहरूको मनोबल गिर्‍यो । त्यस ओभरका बाँकी ४ बलमा नेदरल्यान्ड्सका ब्याट्सम्यानले चार रन दौडिएर लिए । त्यसपछि १९ औँ ओभरको पहिलो र दोस्रो बलमा डाउडले अविनाश बोहरालाई लगातार बलमा चौका र छक्का हान्दै नेपालको सम्भावना समाप्त गरिदिए ।

    क्रिकेटमा स्थापित एउटा मान्यता छ– क्याचेज विन म्याचेज । अर्थात्, क्याचले नै खेल जिताउँछ । नेदरल्यान्डविरुद्ध नेपाल यसमै चुक्यो । अत्यन्त महत्त्वपूर्ण क्याच नेपालले छुटायो । नेपालले तीन पटक क्याच ड्रप गरेको थियो । त्यसमध्ये पनि रोहितले छुटाएको क्याचले सबैभन्दा बेसी पिरोलेको छ ।

    स्वयम् रोहित पनि चुक्चुकाइरहेका छन् । उनले म्याचपछिको प्रिजेन्टेसनमा भने, ‘सायद मैले त्यो क्याच नछुटाएको भए खेल हाम्रो पक्षमा मोडिन पनि सक्थ्यो ।’

    रोहित नेपालका उत्कृष्ट फिल्डर हुन् । उनी प्राय क्याच मिस गर्दैनन् । अप्ठेरा क्याच पनि सजिलो तरिकाले लिन्छन् । तर, हिजो सायद उनलाई पनि खेलको प्रेसरले थिच्यो । लङअफमा रहेका रोहितले हातमा आइसकेको बल भुईँमा खसाए । अन्तर्राष्ट्रिय क्रिकेटमा यत्तिको क्याच सामान्य मानिन्छ ।

    नेपाल एउटा राम्रो फिल्डिङ साइड हो । तर, विश्वकपको दबाब महसुस गरेर हो वा क्राउडको, नेपालले हिजो आफ्नो स्तर अनुसारको फिल्डिङ गर्न सकेन । समग्र प्रदर्शनको विश्लेषण गर्दा दुई टीमबीचको फरक नै फिल्डिङ देखियो । नेदरल्यान्ड्सका फिल्डरले कुनै पनि क्याच छुटाएनन् । नेपालले भने तीन वटा क्याच छुटाउनुका साथै एउटा रनआउटको अवसर पनि खेर फाल्यो । यस्तै, एक रनमा रोक्न सकिने केही बलहरू फिल्डरको कमजोरीले चौका हुन पुगे ।

    आठौँ ओभरका दुई बलमा नेपालले लगातार विकेटको सम्भावना खेर फालेको थियो । ७.२ ओभरमा अविनाश बोहराको बलमा एक रन चोर्न खोज्दा डाउड रनआउटको खतरामा परेका थिए । सर्ट फाइनबाट फिल्डरले फ्याकेको बल सटिक हुन नसक्दा जोगिए । लगत्तैको बलमा बोहराले विक्रमजित सिंहको एज निकाल्न सफल भए । हावामा उडेको बललाई समात्न डिप स्क्वायरबाट दौडिँदै सोमपाल कामीले डाइभ लगाए । तर, बल पकड्न सकेनन् । यो क्याच भने धेरै महँगो परेन । लगत्तैको ओभरमा दीपेन्द्रसिंह ऐरीले सिंहलाई एलबीडब्लु आउट गरे ।

    कप्तान रोहित पौडेलले फिल्डिङ प्लेसमेन्टमा गरेको त्रुटिले पनि नेपालले एक विकेटको सम्भावना खेर फालेको थियो । २.५ ओभरमा करण केसीले बिक्रमजित सिंहको ब्याटबाट एज निकाल्न सफल भएका थिए, तर बल पछाडि उडेर चार रन हुन पुग्यो । यदि स्लिप फिल्डर राखेको भए सहजै क्याच हुन सक्थ्यो ।

    रोहितले बलरको प्रयोगमा पनि केही गल्ती गरेका छन् । नेपालसँग भएका बलिङ अप्सनलाई उनले राम्ररी सदुपयोग गर्न सकेनन् । उनी नियमित फ्रन्टलाइन बलरमै निर्भर बने । फ्रन्टलाइन बलरले रन त रोकिरहेका थिए, तर विकेट समयमा लिन सकेका थिएनन् । यस्तोमा रोहितले अन्य अप्सनहरूमा जान सक्थे । उत्कृष्ट बलिङ गर्दै एक विकेटसमेत लिएका दीपेन्द्रलाई उनले दुई ओभर मात्रै दिए । नेपाल विकेटको खोजीमा रहँदा कुशल भुर्तेल, कुशल मल्ल र आफू स्वयम्लाई बलिङमा नै उतारेनन् ।

    चिरञ्जीवी

  • बलिङमा नेपालको साहसिक प्रयास, तर फिल्डिङले डुबायो 

    बलिङमा नेपालको साहसिक प्रयास, तर फिल्डिङले डुबायो 

    काठमाडाैं । टी–२० विश्वकपको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको पराजय स्वीकारेको छ ।

    नेपाललाई कमजोर ब्याटिङ र खराब फिल्डिङले डुबायो । ब्याटिङका लागि आजको पिच निकै चुनौतिपूर्ण थियो ।

    टस हारेर पहिले ब्याटिङमा होमिएको नेपालले स्कोरबोर्डमा १०६ रन मात्रै चढाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।

    रन ब्याटमा नआइरहेको अवस्थामा नेपालले सम्हालिएर खेल्न सकेन ।

    २० ओभरसम्म टिकेर १२० रनसम्म पुर्याउन सकेको भएर नेपालले नेदरल्यान्ड्सलाई मात दिन सक्थ्यो भन्ने अन्तिम नतिजाबाट देखिनछ ।

    १०७ रनको झिनो लक्ष्य रक्षा गर्न नेपालका बलरहरुले साहसिक प्रदर्शन गरे । उनीहरुले ब्याट्सम्यानहरुलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राखेका थिए ।

    तर, महत्वपूर्ण समयमा महत्वपूर्ण ब्याट्सम्यानको क्याच मिस गर्नु नेपालका लागि घातक बन्यो । १७.२ ओभरमा सोमपाल कामीको बललाई म्याक्स ओ डाउडे हावामा खेल्दा रोहित पौडेलसँग क्याचको सुन्दर अवसर थिए ।

    रोहित सामान्यतया नेपालका सुरक्षित फिल्डर हुन् । तर, आज सायद उनले बढी नै दवाव महसुस गरिरहेका थिए ।

    सहज क्याच छोड्न पुगे । यो क्याच लिएको भए खेल जता पनि मोडिन सक्ने अवस्था थियो ।

    नेदरल्यान्ड्सलाई १७ बलमा १८ रन मात्रै चाहिएको थियो, तर बल राम्ररी ब्याटमा आइरहेको थिएन । बाउन्ड्री निकाल्न नसकिरहेका ब्याट्सम्यानहरु १–१ रनमा निर्भर थिए ।

    योभन्दा अगाडि पनि नेपालले एउटा क्याच ड्रप गरेको थियो भने एउटा रनआउट चान्स मिस गरेको थियो ।

    नेदरल्यान्ड्सले भने उत्कृष्ट फिल्डिङ गर्यो । कुनै पनि क्याच मिस गरेन । आज दुई टिमको फरक भनेकै फिल्डिङलाई मान्न सकिन्छ ।

    क्याच मिसपछि डाउडले आफ्नो व्यक्तिगत अर्धसतक पूरा गरे । उनले १८ औं ओभरमा अविनाश बोहरालाई लगातार चौका र छक्का प्रहार गरेपछि नेपालको सम्भावना समाप्त भएको थियो ।

  • उत्कृष्ट बलिङका बाबजुद ६ विकेटले हार्‍याे नेपाल

    उत्कृष्ट बलिङका बाबजुद ६ विकेटले हार्‍याे नेपाल

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

    नेदरल्यान्डसका म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । म्याक्स ५४ रनमा अविजित रहे । बिक्रमजित सिंहले २२ रनको योगदान दिए । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले एकएक विकेट लिए ।

    १२ बलमा १३ रन आवश्यक रहेकोमा म्याक्सले १९ औ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका र छक्का प्रहार गरेका थिए । तेस्रो बलमा एक रन र चौथो बलमा चौका प्रहार गर्दै नेदरल्यान्डस्ले जित पक्का गर्यो ।

    यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा १०६ मा समेटिएको थियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडेका थिए । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

    आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी आउट भए । अनिल ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रन जोडे । सोमपाल कामी ०, गुल्सन झा १४ र करन केसीले १७ रन जोडेर आउट भए ।

    बलिङमा नेदरल्यान्डसका टीम प्रीङल र लोलन भान विकले ३–३ विकेट लिए । पाउल भान मिर्केन र बास डी लेडीले २–२ विकेट लिए ।

     

  • विकेटको खोजीमा नेपाल, नेदरल्यान्ड्स सम्हालिएर खेल्दै

    विकेटको खोजीमा नेपाल, नेदरल्यान्ड्स सम्हालिएर खेल्दै

    काठमाडौं । नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेलको दोस्रो इनिङमा पावर प्लेको ६ ओभर सकिएको छ । नेपालले कसिलो बलिङ गरिरहे पनि खेल नेदरल्यान्ड्सको पकडमा छ ।

    नेपालले पहिलो इनिङमा ब्याटिङ गर्दै १०७ रनको झिनो लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा नेदरल्यान्ड्सले पहिलो विकेट सस्तैमा गुमायो । सोमपाल कामीले दोस्रो ओभरको दोस्रो बलमा नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई आउट गरेका थिए । त्यसपछि भने नेदरल्यान्ड्सले सम्हालिएर खेलिरहेको छ ।

    नेपालका बलरहरुले कसिलो बलिङ गरिरहेका छन् । खेलमा आफूलाई बनाइराख्न नेपालले नियमित विकेट निकाल्नुपर्ने हुन्छ । नेदरल्यान्ड्सका ब्याट्सम्यान रनका लागि संघर्ष गरिरहेका छन्, तर विकेट दिइरहेका छैनन् । नेपालका स्पिनरहरुको प्रदर्शनमा अब धेरै कुरा निर्भर रहनेछ । दिपेन्द्र सिंह ऐरीले पहिलो ओभर उत्कृष्ट बलिङ गर्दै झिनो आशा जगाएका छन् ।

  • नेपाललाई पहिलो सफलता, सोमपाल कामीले लिए विकेट

    नेपाललाई पहिलो सफलता, सोमपाल कामीले लिए विकेट

    काठमाडाैं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

  • नेदरल्यान्ड्सका बलरले भने- नेपालमा खेल्दैछु कि अमेरिकामा कन्फ्यूज्ड भएँ

    नेदरल्यान्ड्सका बलरले भने- नेपालमा खेल्दैछु कि अमेरिकामा कन्फ्यूज्ड भएँ

    काठमाडौं । टी २० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब ब्याटिङ गर्यो । डालासस्थित प्राइरी ग्रान्ड स्टेडियममा खचाखच नेपाली समर्थकलाई निराश तुल्याउँदै नेपाली टीम १०६ रनमा अलआउट भएको छ ।

    ७ हजार २ सय सिट क्षमताको रंगशालामा आज नेपाली समर्थकको एकछत्र राज थियो । नेदरल्यान्ड्सका समर्थक न्यून संख्यामा उपस्थित छन् । पहिलो इनिङपछि प्रतिक्रिया दिँदै नेदरल्यान्ड्सका बलर लोगान भान बिकले नेपाली दर्शकको चर्चा गरे ।

    उनले भने, ‘मलाई कन्फ्यूज्ड भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा ।’

    खेलमा उनले तीन विकेट लिएका थिए । १०७ रनको स्कोर आफूहरुले सहजै रक्षा गर्न सक्ने उनको भनाइ थियो । बिकले थपे, ‘हामी सकारात्मक रुपमा ब्याटिङ गर्नेछौं । टप अर्डरे राम्रो खेल्यो भने हामीलाई खासै दवाव पर्छ जस्तो लाग्दैन ।’

     

     

  • नेपालको कमजोर ब्याटिङ, १०६ रनमा अलआउट

    नेपालको कमजोर ब्याटिङ, १०६ रनमा अलआउट

    काठमाडौं । टी २० विश्वकपको पहिलो खेलमा नेपालले खराब ब्याटिङ गर्दै १०६रनमा समेटिएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे । चौथो नम्बरमा ब्याटिङ गर्ने आएका कप्तान रोहितले ३७ बलमा ५ चौकाको मुद्दतमा ३५ रन जोडेर आउट भए ।

    १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

    आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी आउट भए ।

    अनिल ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रन जोडे । सोमपाल कामी ०, गुल्सन झा १४ र करन केसीले १७ रन जोडेर आउट भए ।

     

     

  • अमेरिकामा खेल, टुँडिखेलमा भिड (तस्बिरहरु)

    अमेरिकामा खेल, टुँडिखेलमा भिड (तस्बिरहरु)

    काठमाडौं । नेपालले अमेरिकामा टी २० विश्वकप खेलिरहँदा काठमाडौंको टुँडिखेलमा चर्को भिडभाड छ ।

    काठमाडौं महानगरपालिकाले ठूलो स्क्रिनमा खेल हेर्ने व्यवस्था मिलाएकाले काठमाडाैंबासी त्यहाँ झुम्मिएका हुन् ।

    १७ वाइ ३० को स्क्रिनमा दर्शकले खेल हेर्न पाएका छन् । टुँडिखेलमा रंगशालाकै जस्तो माहोल छ ।

    नेपालका प्रत्येक रनमा दर्शकले हुटिङ गरिरहका छन् । नेपालले नेदरल्यान्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्न भने सकरिहेको छैन । ब्याट्सम्यानहरुले रनका लागि संघर्ष गरिरहेका छन् ।

    तस्बिरहरु: उमेश कार्की र श्रीधर पाैडेल

    default
    default