Category: टि २० विश्वकप 2024

  • टी-२० विश्वकप टिम अफ दी टुर्नामेन्टमा ४ देशका खेलाडी, दक्षिण अफ्रिकाका कोही परेनन्

    टी-२० विश्वकप टिम अफ दी टुर्नामेन्टमा ४ देशका खेलाडी, दक्षिण अफ्रिकाका कोही परेनन्

    काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२४ को टीम अफ दी टुर्नामेन्ट घोषणा भएको छ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता समापन भएपछि प्रतियोगिताको ‘प्लेइङ-११’ घोषणा गरेको हो।

    भारतले दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो। उपविजेता दक्षिण अफ्रिकाका खेलाडी पनि सूचीमा छैनन्।

    टिममा ४ देशका खेलाडी छन्। रोहित शर्मा कप्तान रहेको टिममा भारतकै सूर्यकुमार यादव, हार्दिक पान्ड्या, जसप्रित बुमराह, अक्सर पटेल र अर्सदीप सिंह छन्।

    यस्तै अफगानिस्तानका रहमनुल्लाह गुरबाज, रसिद खान र फजालहक फारुकीले पनि स्थान बनाएका छन्।

    वेस्ट इन्डिजका निकोलस पुरन र अस्ट्रेलियाका मार्कस स्टोइनिस पनि टिम अफ दी टुर्नामेन्ट छन्।

    दक्षिण अफ्रिकाका एनरिच नोर्त्यालाई १२ औँ खेलाडीका रूपमा राखिएको छ।

  • बीसीसीआईका सचिव जय शाहले विश्व विजेता भारतीय खेलाडीलाई सवा एक अर्ब दिने घोषणा

    बीसीसीआईका सचिव जय शाहले विश्व विजेता भारतीय खेलाडीलाई सवा एक अर्ब दिने घोषणा

    काठमाडौं । इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले टी–२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विश्व विजेता टोलीलाई १२५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् ।

    गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले आइसीसी टी–२० विश्वकपको उपाधि जितेको थियो ।

  • टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका रोहितको नाममा छन् आधा दर्जन विश्व कीर्तिमान

    टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका रोहितको नाममा छन् आधा दर्जन विश्व कीर्तिमान

    काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्माले यो फर्म्याटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सन्न्यासको घोषणा गरेका छन् ।

    शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको भारतले अपराजित रहँदै विश्वकप जितेको हो । यसअघि टी-२० विश्वकपमा कुनै पनि टोलीले अपराजित रहेर उपाधि जितेको छैन । भारत सन् २०११ मा एक दिवसीय विश्वकप जितेयता सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक विश्व विजेता बनेको हो ।

    भारतले अन्तिम पटक सन् २००७ मा टी-२० विश्वकप जितेको थियो । त्यतिबेला पनि रोहित भारतीय टोलीमा थिए । यस पटक उनले आफ्नो कप्तानीमा भारतलाई विश्वकप जिताएका छन् । गत वर्ष भारतीय टोली घरेलु मैदानमै आयोजित एक दिवसीय विश्वकपको फाइनलसम्म पुगेर पराजित भएको थियो ।

    भारतलाई विश्व विजेता बनाएपछि रोहितले भनेका छन्, ‘यो मेरो अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेल थियो । यसका लागि यो जत्तिको उत्तम अवसर अरु हुन सक्दैन । मैले यसको हरेक क्षण प्रेम गरेको छु । मैले भारतीय टोलीमा यही फर्म्याटबाट करियर सुरु गरेको हुँ । म जस्तो चाहन्थें, त्यस्तै भएको छ । म उपाधि जित्न चाहन्थें ।’

    रोहितले सन् २००७ मा टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको नाममा आधा दर्जन विश्व कीर्तिमान छन् । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन जोडेका छन् । रोहितले १५९ खेलका १५१ इनिङमा ५ शतक र ३२ अर्धशतकसहित ४ हजार २३१ रन बनाएका छन् ।

    दोस्रो स्थानमा रहेका विराट कोहलीको नाममा ४ हजार १८८ र तेस्रो स्थानमा रहेका बाबर आजमको नाममा ४ हजार १४५ रन छ ।

    अस्ट्रेलियाका ग्लेन म्याक्सवेलसँगै रोहित टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने ब्याट्सम्यान पनि हुन् । भारतका सूर्यकुमार यादवले ४ शतक बनाएका छन् ।

    रोहित टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान पजि हुन् । उनको नाममा २०५ वटा छक्का छ । दोस्रो स्थानमा रहेका न्युजिल्यान्डका मार्टिन गुप्टिलले १७३ र तेस्रो स्थानका इङ्ल्यान्डका जोस बटलरले १३७ छक्का हिर्काएका छन् ।

    रोहित टी-२० विश्वकप जित्ने सबैभन्दा बढी उमेरका कप्तान पनि बनेका छन् । उनले ३७ वर्ष ६० दिनको उमेरमा उपाधि जितेका हुन् । पाकिस्तानका तत्कालीन कप्तान इमरान खानले ३९ वर्ष १७२ दिनको उमेरमा एक दिवसीय विश्वकप जितेका थिए ।

    यस्तै रोहित सबैभन्दा बढी टी-२० अन्तर्राष्ट्रिय खेल जित्ने कप्तान बनेका छन् । रोहितको कप्तानीमा भारतले खेलेका ६२ टी-२० अन्तर्राष्ट्रियमध्ये ४९ खेल जितेको छ । पाकिस्तानका बाबर आजमको कप्तानीमा पाकिस्तानले ४८ खेल जितेको छ ।

    रोहितको कप्तानीमा भारतले यसअघि गत वर्ष एसिया कपको उपाधि जितेको थियो भने मुम्बई इन्डियन्सले ५ पटक आईपीएल जितेको छ । उनी दुई पटक टी-२० विश्वकप जित्ने नवौं खेलाडी हुन् । यसअघिका ८ खेलाडी सबै वेस्ट इन्डिजका थिए । हालसम्म टी-२० विश्वकप भारतबाहेक वेस्ट इन्डिज र इङ्ल्यान्डले मात्र दुईदुई पटक जितेका छन् ।

    सन् २०२२ को टी-२० विश्वकपको सेमिफाइनलमा पराजित भएयता रोहित केही समय टी-२० फर्म्याटबाट टाढिएका थिए । तर, विश्वकपपूर्व उनी गत जनवरीमा राष्ट्रिय टोलीमा फर्किए । उनले गत आईपीएलमा १४ खेल खेल्दै एक शतक र एक अर्धशतकसहित ४१७ रन बनाएका थिए । उनी भारतले १३ वर्षपछि विश्व विजेता हुँदा प्रतियोगितामा सर्वाधिक दोस्रो धेरै रन जोड्ने ब्याट्सम्यान बनेका थिए । उनले ८ खेलमा ३ अर्धशतकसहित २५७ रन जोडे । शीर्षस्थानमा रहेका अफगानिस्तानका रहमनुल्लाह गुरबाजको नाममा २८१ रन छ ।

    विस्फोटक ब्याट्सम्यानको छवि बनााएका रोहितको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उत्तिकै छ । उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक तीन पटक दोहोरो शतक बनाउने ब्याट्सम्यान हुन् । अन्य ८ जनाले पनि दोहोरो शतक बनाएका छन् । तर, एक पटकभन्दा बढी उक्त सफलता कसैको नाममा छैन ।

  • सूर्यकुमारले लिएको ‘क्याच’ विवादमा, छक्का भएको बलमा आउट दिएको दाबी

    सूर्यकुमारले लिएको ‘क्याच’ विवादमा, छक्का भएको बलमा आउट दिएको दाबी

    काठमाडौं । टी-२० विश्वकप फाइनलमा भारतका सूर्यकुमार यादवले लिएको एउटा महत्वपूर्ण ‘क्याच’ विवादित बनेको छ । अन्तिम ओभरको पहिलो बलमा लिइएको यही क्याचले खेलमा भारतको जित निश्चित गरेको थियो ।

    दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो र स्ट्राइकमा थिए हार्डहिटर डेविड मिलर । ६ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाको सम्पूर्ण आशा मिलरमाथि नै केन्द्रित थियो । नभन्दै उनले पहिलो बलमै हार्दिक पाण्ड्याविरुद्ध ठूलो सट हाने । बल छक्काको लागि उडिरहेको जस्तो देखियो । तर, बाउन्ड्री लाइनमा सूर्यकुमारले हस्तक्षेप गर्दै सनसनीपूर्ण क्याच लिए । उनले लिएको क्याच क्लियर भने थिएन ।

    तीव्र वेगमा उडेर आएको बललाई सूर्यकुमारले दौडिँदै आएर बाउन्ड्री लाइनमा मुस्किलले समाते तर नियन्त्रणमा रहन सकेनन् । उनी बललाई भित्र फ्याकेर आफू बाउन्ड्रीबाहिर गए र फेरि भित्र आएर उक्त बललाई खस्नु अगावै समाते । त्यसपछि क्याच लिएको भन्दै सेलिब्रेसन गर्न थाले । मिलर स्तब्ध देखिए ।

    सूर्यकुमारले लिएको क्याच फेयर हो वा होइन भनेर निर्णय लिन अन फिल्ड अम्पायरले थर्ड अम्पायरलाई रिफर गरे । थर्ड अम्पायरले क्याच सही भएको ठहर गर्दै मिलरलाई आउट दिए ।

    यो क्याच विवादित हुनुका दुई कारण छन् । पहिलो, थर्ड अम्पायरले क्यामराको अर्को एंगलबाट नहेरिकन हतारमा निर्णय लिनु । सुरुमा बल समाउँदा नै सूर्यकुमारको जुत्ताले बाउन्ड्री कुसनलाई छोएको हुनसक्ने आशंका कतिपयले गरेका छन् । यसलाई विपरीत एंगलको क्यामराबाट हेरेको भए प्रष्ट देख्न सकिन्थ्यो । तर, एक साइडबाट हेरेकै भरमा अम्पायरले निर्णय लिए ।

    दोस्रो, सूर्यकुमारले बाउन्ड्रीभन्दा बाहिरबाट भित्र पसेर क्याच लिँदा बाउन्ड्री कुसन दुई–इन्च पर धकेलिएको देखिएको छ ।

    आईसीसीको नियमले बाउन्ड्री लाइन भनेर डोरीलाई होइन कि कुसनलाई मान्छ । डोरीभन्दा केही इन्चमा कुसनले घेरिएको हुन्छ । यो कुसन सर्नु हुँदैन भन्ने आईसीसीको नियम छ । यदि सरेको पाइएमा पूर्ववत स्थानमा रहेको मानेर निर्णय लिनुपर्छ ।

    आईसीसी प्लेइङ कन्डिसनको सेक्सन १९.३ मा भनिएको छ, ‘यदि बाउन्ड्रीको संकेत गर्न राखिएको ठोस बस्तु कुनै पनि कारणले सरेको पाइएमा बाउन्ड्री पहिलेकै स्थानमा थियो भन्ने सम्झिनुपर्छ ।’

    यसको आशय हो, यदि कुसन पर सरेको छ भने त्यसलाई बाउन्ड्री मानिँदैन । त्यो पहिले जुन स्थानमा रहनुपथ्र्यो त्यसैलाई बाउन्ड्री मानिन्छ । सूर्यकुमारले क्याच लिँदा बाउन्ड्री रोप र बाउन्ड्री कुसनबीच ग्याप देखिएको छ । उनको बायाँ खुट्टा कुसन र रोपको बीचमा छ । यदि बाउन्ड्री कुसन सरेको थिएन भने सूर्यकुमारको खुट्टाले त्यसलाई छुने थियो । यो कतिबेला सर्यो भन्ने चाहीँ स्पष्ट छैन । सायद यो क्याच लिइनुभन्दा पहिल्यै सरेको थियो ।

    यदि यो क्याचलाई थर्ड अम्पायरले मान्यता नदिएको भए छक्का हुने थियो । पहिलो बलमा छक्का लागेको भए बाँकी ५ बलमा १० रन चाहिन्थ्यो । मिलरले टीमलाई जिताउन सक्थे । साउथ अफ्रिकाले इतिहास रच्ने थियो ।

    यो क्याचलाई लिएर सामाजिक सञ्जालमा अहिले निकै विवाद भइरहेको छ । आलोचकहरुले विश्वकप भारतले जितेको नभएर भारतलाई जिताइएको आरोप लगाएका छन् ।

  • विश्वकप उपाधि जितेसँगै विराट र रोहितले लिए टी २० अन्तर्राष्ट्रियबाट सन्न्यास

    विश्वकप उपाधि जितेसँगै विराट र रोहितले लिए टी २० अन्तर्राष्ट्रियबाट सन्न्यास

    काठमाडौं । भारतका दुई क्रिकेटर विराट कोहली र रोहित शर्माले टी २० अन्तर्राष्ट्रियबाट सन्न्यास घोषणा गरेका छन् । हिजो भएको विश्वकप फाइनलमा भारतले उपाधि जितेसँगै उनीहरूले सुखद बहिर्गमन गरेका हुन् ।

    रोचक प्रतिस्पर्धामा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो । खेलमा कोहली म्यान अफ द म्याच भए। उनले ५९ बलमा ७६ रन बनाएका थिए ।

    पोस्ट म्याच प्रिजेन्टेसनमा कोहलीले यो म्याच आफ्नो अन्तिम भएको घोषणा गरे । उपाधिका साथ टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिन पाएकोमा उनले सन्तोष व्यक्त गरेका थिए । कोहलीका अनुसार फाइनल हारेको भए पनि यही नै उनको अन्तिम खेल हुने थियो ।
    कोहली भारतबाट टी- २० मा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।

    कोहलीलगत्तै रोहितले पनि सन्यास घोषणा गरेका छन् । उनी टी २० मा सर्वाधिक रन र सर्वाधिक शतक बनाउने खेलाडी हुन् । सन् २००७ देखि अहिलेसम्म भएका सबै टी २० विशणवकपमा उनले भारतका तर्फबाट सहभागिता जनाएका थिए ।

  • सत्र वर्षपछि भारतले जित्यो आईसीसी टी-२० विश्वकप

    सत्र वर्षपछि भारतले जित्यो आईसीसी टी-२० विश्वकप

    काठमाडौं । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।

    भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

    बार्बाडोसस्थित किङ्सटाउन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले दिएको १७७ रन लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित १९.५ ओभरमा अलआण्ट भएर १६८ रनमा समेटिएपछि भारतले उपाधि जितेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको १७७ रनको लक्ष्य पहिल्याउने क्रममा दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । त्यस्तै क्वान्टिन डी ककले ३९, ट्रिस्टान स्ट्रब्सले ३१, डेविड मिलरले २१, एइडेन मक्रम, रेजा हेन्ड्रिक र कासिगो रबाडाले ४-४ रन बनाए । केशव महाराजा २ रनमा आउट हुँदा एनरिच नोर्त्जे १ रनमा अविजीत रहे ।

    बलितर्फ भारतका हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुईदुई तथा र अक्षर पटेलले एकएक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

    त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

    बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोत्र्जेले २-२ तथा मार्को जान्सेन र काजिसो रबाडाले एकएक विकेट लिए । चार ओभर बलिङ गरेका जान्सेनले सर्वाधिक ४९ रन खर्चंदा चारै ओभर बलिङ गरेका रबाडाले ३६ र नोत्र्जेले २६ रन दिए ।

    त्यस्तै तीन ओभर बलिङ गरेका तब्रेज शम्सीले २६ र एइडन मक्रम दुई ओभर बलिङ गरेर १६ रन खर्चंदा कुनै विकेट हात पार्न सकेनन् ।

  • विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

    विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

    काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

    त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

    बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोर्त्जेले २-२ तथा मार्को जान्सेन र काजिसो रबाडाले एक-एक विकेट लिए । चार ओभर बलिङ गरेका जान्सेनले सर्वाधिक ४९ रन खर्चंदा चारै ओभर बलिङ गरेका रबाडाले ३६ र नाेर्त्जेले २६ रन दिए ।

    त्यस्तै तीन ओभर बलिङ गरेका तब्रेज शम्सीले २६ र एइडन मक्रम दुई ओभर बलिङ गरेर १६ रन खर्चंदा कुनै विकेट हात पार्न सकेनन् ।

  • विराट कोहलीले पूरा गरे अर्धशतक

    विराट कोहलीले पूरा गरे अर्धशतक

    काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतका विराट कोहलीले अर्धशतक पूरा गरेका छन् ।

    बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतको लागि विराट कोहलीले ४८ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले ४ चौका प्रहार गरेका छन् ।

    १७ ओभरको खेलमा ४ विकेटको क्षत्रिमा भारतले १३४ रन जोडेको छ ।

  • दुई ओभरमै भारतले गुमायो दुई विकेट

    दुई ओभरमै भारतले गुमायो दुई विकेट

    काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दुई ओभरमै कप्तान रोहित शर्मासहित दुई विकेट गुमाएको छ ।

    बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतका कप्तान रोहित शर्मा ९ रन बनाएर आउट भए । उनी दोस्रो ओभरको चौथो बलमा केशव महाराजाले आउट गरेका हुन् ।

    ५ बल सामना गरेका उनले एउटा चौका प्रहार गरे । उनको ठाउँमा आएका ऋशव पन्त दोस्रो बलमै विना रन आउट । उनलाई पनि महाराजाले नै आउट गरेका थिए ।

    अहिले भारत तीन ओभरमा २६ रन बनाएर खेलिरहेको छ । विराट कोहली र सूर्यकुमार यादव क्रिजमा रहेका छन् ।

  • टी-२० विश्वकप फाइनल: दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

    टी-२० विश्वकप फाइनल: दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

    काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।

    बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

  • भारत टी-२० विश्वकपको फाइनलमा

    भारत टी-२० विश्वकपको फाइनलमा

    काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् ।

    बिहीबार राति भएको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले हरायो । १७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो । भारतका अक्सर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

    इङ्ल्यान्डका लागि ह्यारि ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । फिल साल्टले ५, मोइन अलीले ८ र साम करनले २ रन बनाए भने जोनी बेयरस्टले खाता खोल्न सकेनन् । लायम लिभिङ्स्टनले पनि १ रन मात्र जोड्न सके ।

    पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको इङ्ल्यान्ड त्यसपछि ४९-५ को स्थितिमा पुगेको थियो । माथिल्लो क्रमका ३ विकेट लिएका अक्सर प्लेयर अफ दी म्याच घोषित भए । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले २० ‌ओभरमा ७ विकेट गुमाएर १७१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ५७ र सूर्यकुमार यादवले ४७ रन बनाए । हार्दिक पान्ड्याले २३, रविन्द्र जडेजाले १७ र अक्सर पटेलले १० रन जोडे ।

    पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता हो । त्यसयता उसले यो प्रतियोगिता जित्न सकेको छैन ।

  • टी-२० विश्वकप : भारतले पहिला ब्याटिङ गर्दै

    टी-२० विश्वकप : भारतले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप क्रीकेटको दोस्रो सेमिफाइनलमा भारतले पहिला ब्याटिङ गर्ने भएको छ । गुयानाको प्रोभिडेन्स स्टेडियममा भारतविरुद्ध ईंल्यान्डका कप्तान जोस बटलरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

  • वर्षातका कारण भारत र ईंग्ल्यान्डको खेलमा टसमा ढिलाइ

    वर्षातका कारण भारत र ईंग्ल्यान्डको खेलमा टसमा ढिलाइ

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रीकेटको दोस्रो सेमिफाइनलमा भारत र ईंग्ल्यान्डबिचको खेलमा टसमा ढिलाई भएको छ ।

    वर्षातका कारण मैदानमा पानी ओबाउन बाकी रहेकाले टसमा ढिलाई भएको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा अहिले पानी रोकिएको छ ।

    अम्पाएरले मैदानको निरीक्षण गरिसकेपछि टस हुनेछ । तर, मौसम खुलिनसकेकाले पुनः वर्षा हुने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

     

  • १३ वर्षदेखि उपाधि खोजिरहेको भारतलाई सजिलो छैन विश्वविजेता इङ्ल्यान्ड

    १३ वर्षदेखि उपाधि खोजिरहेको भारतलाई सजिलो छैन विश्वविजेता इङ्ल्यान्ड

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसिसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार राति साविक विजेता इङ्ल्यान्ड र भारत भिड्दैछन् ।

    १३ वर्षअघि विश्व विजेता बनेको भारतका लागि इङ्ल्यान्डको चुनौती सजिलो हुने छैन । इङ्ल्यान्डले सन् २०२२ मा आयोजित पछिल्लो संस्करणको फाइनलमा पाकिस्तानलाई हराएको थियो ।

    त्यसअघि सेमिफाइनलमा भारतलाई हराएको थियो। भारतलाई एक सय ६८ रनमा सिमित गरेको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पुरा गरेको थियो ।

    इङ्ल्यान्ड टी–२० विश्वकप सर्वाधिक दुईपटक जित्ने दुई टोलीमध्ये एक हो। उसले सन् २०१० मा आयोजित संस्करण पनि जितेको थियो। वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।

    भारतले सन् २००७ मा आयोजना भएको पहिलो टी–२० विश्वकप जितेको थियो । सन् २०१४ को संस्करणमा फाइनलसम्म पुगेपनि उपाधि जित्न सकेको थिएन । गत संस्करणसहित अन्य दुई अवसरमा सेमिफाइनलसम्म पुगेको छ ।

    भारतले सन् २०११ मा आयोजित एकदिवशीय विश्वकप जितेयता सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व विजेता बन्न सकेको छैन । गत वर्ष घरेलु मैदानमा आयोजित एकदिवशीय विश्वकपको फाइनलसम्म पुगेपनि उपाधि भिडन्तमा पराजित भएको थियो ।

    भारत यसपटक उच्च लयमा देखिएको छ । पहिलो चरणमा आयरल्यान्ड, पाकिस्तान र अमेरिकालाई हराएको भारतले क्यानडासँग भने वर्षाले खेल रद्ध भएर अंक बाँढेको थियो । सुपर एटमा भारतले बंगलादेश, अस्ट्रेलिया र अफगानिस्तानसहित तीनवटै टोलीलाई हराएको थियो ।

    इङ्ल्यान्डले पहिलो चरणमा पहिलो खेलमै स्कटल्यान्डसँग वर्षाले खेल रद्ध भएर अंक बाँढेको थियो । दोस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएर बाहिरिने अवस्थामा पुगेको इङ्ल्यान्डले तेस्रो खेलमा १९ बलमै लक्ष्य पूरा गरेर जित हात पारेको थियो भने रनरेटमा पनि व्यापक सुधार गरेको थियो ।

    अन्तिम खेलमा नामिबियालाई पराजित गरेपछि इङ्ल्यान्ड स्कटल्यान्डसँग समान अंक भएपनि नेटरनरेटमा अगाडि रहेर सुपर एट पुगेको थियो ।

    दोस्रो चरणमा इङ्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई हराएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । तेस्रो खेलमा अमेरिकासँग १० विकेटको जित निकालेर इङ्ल्यान्ड सेमिफाइनल पुगेको हो ।

    जारी विश्वकपमा इङ्ल्यान्डका जोस बटलरले ७ खेलमा एक सय ९१, फिल साल्टले एक सय ८३ तथा भारतका रोहित शर्माले ६ खेलमा एक सय ९१, रिसभ पन्तले ६ खेलमा एक सय ६७, सुर्यकुमार यादबले एक सय ४९ रन बनाएका छन् ।

    यस्तै, बलिङतर्फ भारतका अर्सदिप सिंहले ६ खेलमा १५ र जसप्रित बुमराहले ११ विकेट लिएका छन् । यस्तै, इङ्ल्यान्डका जोफ्रा आर्चरले ९ र अदिल रसिदले पनि ९ विकेट हात पारेका छन् ।

     

  • ईंग्ल्यान्ड र भारतको सेमिफाइनलमा वर्षाको उच्च सम्भावना, खेल रद्द भए भारत सीधै फाइनलमा

    ईंग्ल्यान्ड र भारतको सेमिफाइनलमा वर्षाको उच्च सम्भावना, खेल रद्द भए भारत सीधै फाइनलमा

    काठमाडौं । टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा आज ईंग्ल्यान्डले भारतको सामना गर्दैछ । तर, आज साँझ (स्थानीय समयअनुसार बिहान) हुने खेल वर्षाले बिथोल्न सक्ने खतरा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले औंल्याएका छन् ।

    वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा खेल हुन लागेको हो । यस क्षेत्रमा दुई दिनदेखि लगातार वर्षात् भइरहेको छ । मौसमसम्बन्धी पूर्वानुमानहरूले विश्वकप सेमिफाइनलका बेला पनि पानी पर्ने उच्च सम्भावना औंल्याएका छन् ।

    २७ तारिख बिहान गुयनामा अलिकति आकाश खुल्ने तर वर्षात् पनि हुने भविष्यवाणी गरिएको छ । दिउँसो हावाहुरीसहित अझै सघन वर्षात हुनेछ । भविष्यवाणी अनुसार वर्षातको सम्भावना ९० प्रतिशत छ । ६१ प्रतिशत आकाश बादलले ढाकिनेछ भने भिजिविलिटी ६ किलोमिटर मात्र हुनेछ । यस्तै, पूर्व दिशाबाट ७ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्ने तथा २० किलोमिटर प्रतिघन्टाको दरमा हुरी पनि चल्न सक्ने जनाइएको छ ।

    यसअघि सुपर ८ मा दुवै टीमबीच कम्तीमा ५-५ ओभरको खेल सम्भव भएमा नतिजा आउन सक्थ्यो । तर, सेमिफाइनलमा नतिजा आउन दुवै टीमले कम्तीमा १०-१० ओभर खेल्नुपर्छ । स्थानीय समयअनुसार बिहान १०:३० मा खेल सुरू हुन्छ । यदि वर्षातले निर्धारित समयमा खेल सुरू हुन सकेन भने २५० मिनेटसम्म तन्काउन सकिने गरी व्यवस्था मिलाइएको छ । अर्थात् यदि २.४० बजेसम्ममा खेल सुरू हुन सक्यो भने ओभर घटाउनु पर्दैन । त्योभन्दा पनि ढिलाइ भएको खण्डमा चाहीँ ओभर घटाउनुपर्छ ।

    यदि वर्षाका कारणले १०-१० ओभरको खेल पनि हुन सकेन भने भारत सीधै फाइनलमा पुग्नेछ । खेल रद्द भएको खण्डमा सुपर ८ मा आफ्नो समूहमा पहिलो हुने टीम फाइनलमा पुग्ने प्रावधान पहिल्यै तय गरिएको थियो । त्यसैले यदि वर्षातले खेल विथोलिएको खण्डमा भारतलाई फाइदा छ । यदि खेल बराबरीमा टुंगियो र सुपर ओभरबाट पनि नतिजा आएन भने पनि भारत नै फाइनलमा जान्छ ।

    रोचक के छ भने भारत र ईंग्ल्यान्डको सेमिफाइनलमा रिजर्भ डे नै राखिएको छैन । जबकि साउथ अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलका लागि रिजर्भ डे थियो, जबकि उक्त सेमिफाइनलमा बर्षातको भविष्यवाणी नै थिएन । वर्षातको सम्भावना नभएको खेलमा रिजर्भ डे राखिने तर उच्च सम्भावना भएको खेलमा नराखिनुलाई लिएर धेरैले आश्चर्य व्यक्त गरेका छन् । आईसीसीले भने फाइनल खेलका लागि एक दिन मात्रै ग्याप भएकाले रिजर्भ डे नराखिएको दाबी गरेको छ ।

    विश्वकपको पूरै सेड्यूल भारतीय टीमलाई फाइदा पुग्ने गरी तय गरिएको थियो । अरु टीमहरूले कुन कुन भेन्यूमा खेल खेल्नेछन् भन्ने निश्चित गरिएको थिएन । तर, भारतको हकमा पहिल्यै निश्चित गरिएको थियो । भारतले समूहमा पहिलो वा दोस्रो जे भए पनि गुयनामै खेल्ने भनेर पहिल्यै तोकिएको थियो । जबकि अन्य टीमले कहाँ खेल्ने निधो थिएन । ईंग्ल्यान्ड र साउथ अफ्रिका भारतभन्दा अगाडि सेमिफाइनलमा पुगे तापनि भारत समूहमा पहिलो भएपछि मात्रै उनीहरुले आफ्नो भेन्यू थाहा पाएका थिए ।

    भारतले रोजेको मैदानमा सेमिफाइनल खेल्ने अवसर दिइएको हो । भारतले सेमिफाइनलमा पुगे यही मैदानमा खेल्नुपर्ने तथ्यलाई ध्यानमा राखेर स्क्वाड घोषणा गरेको थियो । यो मैदानको पीचले स्पिनरलाई भरपुर सहयोग गर्ने अघिल्ला खेलहरुले देखाएका छन् । अफगानिस्तानले न्यूजिल्यान्डलाई यही मैदामा ७५ रनमा अलआउट गरेको थियो ।

    गुयनामा निरन्तर पानी परिरहँदा मैदान र पिचलाई जोगाउन पर्याप्त ध्यान नपुर्याइएको आरोप पनि लागेको छ । ईंग्ल्यान्डका पूर्वक्रिकेटर माइकल भोनले मैदान पुरै कभर नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । निरन्तर पानी परिरहेको अवस्थामा मैदानलाई आंशिक मात्र छोपिएको भन्दै उनले ट्विट गरेका हुन् । केही क्रिकेट विश्लेषकले सकेसम्म खेल रद्द होस भन्ने भारतको चाहनाका कारण मैदान राम्ररी कभर नगरिएको आरोपसमेत लगाएका छन् ।

  • अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुग्यो विश्वकपको फाइनलमा

    अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुग्यो विश्वकपको फाइनलमा

    काठमाडौं। दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

    बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो।

    अफगानिस्तानले दिएको केवल ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर भेट्टाएको थियो।

    दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले २९ र एडेन मार्क्रमले २३ रन जोडे। दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनल पुगेको हो।

    त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोडेकाे थियाे। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।

    २८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो। अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए।

    रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन्।

    अब इङ्ल्यान्ड र भारतबीच हुने खेलको विजेतासँग दक्षिण अफ्रिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

  • अफगानिस्तान ५६ रनमा अलआउट

    अफगानिस्तान ५६ रनमा अलआउट

    काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ।

    टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३र३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २र२ विकेट लिए।

    २८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो। अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए।

    रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन्। दुवै टोली पहिलोपटक फाइनल पुग्ने प्रयाशमा रहेका छन्।

  • दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब ब्याटिङ, ५० रनमा ८ विकेट झर्‍यो

    दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब ब्याटिङ, ५० रनमा ८ विकेट झर्‍यो

    काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध खराब ब्याटिङ गरेको छ।

    टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले १० ओभरमा ८ विकेट गुमाएर ५० रन जोडेको छ। २८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो।

    रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ र अज्मतुल्लाह अमरजाईले १० रन बनाउँदा मोहम्मद नाबीले खाता खोल्न सकेनन्।

    दक्षिण अफ्रिकाका मार्को जान्सेनले ३ तथा कागिसो रबडा र तब्राइज साम्सीले २र२ विकेट लिए। एनरिच नोर्त्याले एक विकेट लिए।

  • वर्षा र डीएलको दबाबमा के अफगानिस्तानका ‘नैब’ले नाटक नै गरेका थिए ?

    वर्षा र डीएलको दबाबमा के अफगानिस्तानका ‘नैब’ले नाटक नै गरेका थिए ?

    काठमाडौं । पानी छिट्याउन सुरु गर्दै थियो, बाहिरबाट अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रट बाहिरबाट संकेत गर्दै थिए- विस्तारै खेल । यो अवस्थामा अफगानिस्तान डकवर्थ लुइस (डीएल)मा २ रनले अगाडि थियो । वर्षाका कारण खेल रद्द भइहाले जित्न सकिने विश्वास ट्रोटको थियो । टी-२० विश्वकपको सेमिफाइनल पुग्न गतिलो अवसर ट्रोटले बुझेका थिए ।

    लगत्तै १२औं ‌ओभरको पाँचौं बल फ्याँक्न नुर अहमद के दौडिएका मात्र थिए, स्लिपमा फिल्डिङ गरिरहेका गुल्बादिन नैब खुट्टा समात्दै लडे । त्यसपछि अम्पायरले पनि वर्षाको कारण खेल रोके ।

    नैब सहकर्मीको काँधमा समातेर बाहिर निस्किए । उनी निस्किरहँदा ब्याटिङ गरिरहेका बंगलादेशका लिटन दासले नैबले नाटक गरिरहेको संकेत गर्दै अफगानी खेलाडीसँग बोल्ने क्रममा अभिनय गरेका थिए । डीएलमा अफगानिस्तान अगाडि भएको र वर्षा सुरु हुन लागेको बुझेर नैबले अभिनय गरेको हुनसक्ने संकेत कमेन्टेटरले पनि गरिरहेका थिए । केही बेरमै खेल सुरु भयो ।

    निकै घाइते जस्तो देखिएर मैदानबाट निस्किएका नैब १३औं ओभरमै फिल्डिङमा फर्किए । नैब खेलमा फर्किएको देखेर कमेन्टेटरले आश्चर्य व्यक्त गरे । अझ १५औं ओभरमा त उनी बलिङमै आए । उनले दोस्रो बलमै विकेट लिएका थिए ।

    वर्षाले खेल प्रभावित हुन र रोकिन सक्ने सम्भावनाबीच बंगलादेश र अफगानिस्तान दुवै डीएलको दबाबमा थिए । बंगलादेशमाथि रोमाञ्चक ८ रनको जीत हात पारेर अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको छ । अफगानिस्तानको जीतले अस्ट्रेलिया सुपर एटबाटै बाहिरिएको छ । अफगानिस्तानका कप्तान रसिद खानले नैबको खुट्टामा ‘क्र्याम्प’ आएकाले उनी लड्न पुगेको बताए ।

    ओपनर दासले मोलेको ‘जोखिम’

    अफगानिस्तानविरुद्ध बंगलादेशका ओपनर लिटन दास ५४ रनमा अविजित रहे । अर्कोतर्फबाट एकपछि अर्को विकेट गइरहेका बेला दास पनि टिकिरहे । अन्तिम समयमा दासले एक रन लिन खोज्दा अन्य ब्याट्सम्यानलाई अफगान बलरले शिकार बनाएका थिए । १७ ओभरको समाप्तिमा बंगलादेशले ८ विकेट गुमाएर १०२ रन चाहिएको थियो ।

    बाँकी २ ओभरमा बंगलादेशलाई १२ रन चाहिएको थियो । १७औं ओभरको अन्तिम बलअघि क्रिजमा रहेका दास र तासकिन अहमदबीच सल्लाह भएको देखिएको थियो । उक्त बलमा तास्किनले रन जोड्न सकेनन् । १८औं ओभर सुरु हुँदा स्ट्राइकमा थिए दास । उनी विकेट र रन दुवैको दबाबमा थिए । ननस्ट्राइकमा तल्लोक्रमका ब्याट्सम्यान भए पनि दासले जोखिम मोले ।

    पहिलो बलमा एक रन लिएर तास्किनलाई स्ट्राइक दिए । दोस्रो बलमा तास्किनले एक रन लिए । तेस्रो बलमा दासले एक रन लिएर फेरि तास्किनलाई स्ट्राइक दिए । तर, चौथो बलमा तास्किन नविन उल हकको बलमा बोल्ड हुन पुगे । पाँचौं बलमा मुस्ताफिजुर रहमान एलबीडब्ल्यू धरापमा परे । यसरी बंगलादेशमाथि अफगानिस्तानले जीतमात्र हात पारेन, सेमिफाइनल पनि पुग्यो र यो नतिजाले अस्ट्रेलिया सुपर एटबाटै बाहिरियो ।

  • टी २० विश्वकपमा अफगानिस्तानको ऐतिहासिक सफलता, अष्ट्रेलिया घर फर्कियो

    टी २० विश्वकपमा अफगानिस्तानको ऐतिहासिक सफलता, अष्ट्रेलिया घर फर्कियो

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुँदा एउटा ठूलो उलटफेर नतिजा आएको छ । विश्वकपको दाबेदार अष्ट्रेलियालाई बाहिर धकेल्दै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ ।

    आज भएको रोमाञ्चक खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित भयो । वर्षाले प्रभावित बनेको खेलमा नाटकीय मोडहरू आएका थिए । अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान तीनवटै टीम सेमिफाइनलको दौडमा थिए । अष्ट्रेलिया अफगानिस्तानको पराजय चाहिरहेको थियो । बंगलादेश ठूलो अन्तरको जितको खोजीमा थियो । अफगानिस्तानलाई पनि अनिवार्य जित आवश्यक थियो ।

    ११.४ ओभरमा वर्षाले खेल विथोलिएपछि लक्ष्य परिमार्जन गरिएसँगै बंगलादेशको चुनौती समाप्त भयो । त्यसपछि बंगलादेशले मानौं अष्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याउन खेलिरहेको थियो । तर, यसमा पनि उ चुक्यो ।

    खेलमा निर्णायक ट्वीस्ट ल्याउने काम भने अफगानिस्तानका कप्तान रासिद खानले गरेका थिए । १० ओभरसम्म खेलमा बंगलादेशको हात माथि थियो । बंगलादेशलाई जितका लागि १० ओभरमा ३९ रन चाहिएको थियो भने हातमा पाँच विकेट थिए । ११ औं ओभरमा रसिदले आफूलाई बलिङमा उतारे । यही ओभर नै खेलको टर्निङ प्वाइन्ट बन्यो । पहिलो चार बलमा तीन रन खचेका रदिले त्यसपछिका दुई बलमा लगातार विकेट लिएका थिए । ७ विकेट गुमाएपछि बंगलादेश संकटमा पर्यो ।

    अन्तिम दुई ओभरमा बंगलादेशलाई जितका लागि १२ रन चाहिएको थियो । तर, दुई विकेटमात्र हातमा थिए । १८ औं ओभरमा नबिन उल हकले लगातार दुई विकेट लिँदै अफगानिस्तानलाई ऐतिहासिक जित दिलाए । अफगानिस्तान विश्वकपको सेमिफाइनलमा पहिलोपटक पुगेको हो ।

  • टी-२० विश्वकपपछि के खेल्दैछ नेपाल ? क्यान उपाध्यक्ष भन्छन्- टेस्ट राष्ट्रसँग निरन्तर पहल गर्दैछौं

    टी-२० विश्वकपपछि के खेल्दैछ नेपाल ? क्यान उपाध्यक्ष भन्छन्- टेस्ट राष्ट्रसँग निरन्तर पहल गर्दैछौं

    काठमाडौं । टी-२० विश्वकप खेलेर नेपाली टीम स्वदेश फर्किसकेको छ । विश्वकपमा तीन वटै खेलमा हार व्यहोरे पनि नेपालले बलिया टेस्ट टीमहरुलाई टक्कर दिन सफल भएको थियो ।

    क्रिकेट समर्थकहरुलाई चासो छ कि अब नेपालले टेस्ट टीमहरुविरुद्ध फेरि कहिले खेल्न पाउँछ ? अहिलेसम्म त्यस्तो कुनै चाँजोपाँजो मिलेको छैन । नेपाल एसिया कपमा छनोट भएको भए आगामी वर्ष दक्षिण एसियाली टेस्ट राष्ट्रहरुसँग खेल्न पाउँथ्यो । तर, गत वैशाखमा ओमानमा आयोजित एसीसी प्रिमियर कपको सेमिफाइनलमा पराजित भएपछि त्यो सम्भावना समाप्त भयो ।

    नेपाल क्रिकेट संघ (क्यान)ले टेस्ट राष्ट्रहरुसँग द्वीपक्षीय प्रतिस्पर्धाका लागि पनि प्रयास गरिरहेको छ । यदि मुख्य टीम उपलब्ध नभएको खण्डमा टेस्ट राष्ट्रका ‘ए’ टीमसँग पनि खेलाउने क्यानको सोच छ । यसअघि आयरल्यान्डको ‘ए’ टीम र वेस्ट इन्डिजको ‘ए’ टीमले नेपाल आएर खेलिसकेका छन् । विश्वकपमा नेपालको सहभागितापछि टेस्ट राष्ट्रहरुले चिन्न थालेकाले आगामी दिनमा उनीहरुसँग प्रतियोगिताको वातावरण सहज बन्नसक्ने क्यानको विश्वास छ ।

    नेपालका लागि मुख्य चुनौती भनेको रंगशाला हो । नेपालमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला नभएकाले राम्रा टीमहरु ल्याउन कठिन हुने क्यानको बुझाइ छ । नेपालसँग अन्तर्राष्ट्रिय म्याचका लागि दुई वटामात्र मैदान छन् । त्यसमा पनि त्रिवि मैदानमा अहिले सुधारका कामहरु भइरहेकाले त्यहाँ केही समय खेल हुनेछैन ।

    नेपालको फ्यान फलोइङले धेरै देशहरु लोभिएका छन् । देशको प्राकृतिक सौन्दर्य र फ्यान फलोइङको बलमा विदेशी टीमहरुलाई भ्रमणमा तान्न सकिने भनेर क्यानका पदाधिकारी लागिपरेका छन् ।

    स्रोतका अनुसार दक्षिण एसियाली राष्ट्र अफगानिस्तान नेपाली राष्ट्रिय टीमलाई भ्रमणमा निम्त्याउन इच्छुक छ । विश्वकपभन्दा पहिलेदेखि नै अफगानिस्तान बोर्डले यसका लागि प्रस्ताव पठाएको स्रोत बताउँछ । तर, त्यहाँको सुरक्षा संवेदनशीलताका कारणले क्यानले निर्णय लिन सकेको छैन ।

    अब दुई महिनासम्म नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । नेपालले अब सेप्टेम्बरमा हुने लिग- २ को लागि तयारी गर्नेछ । नेपालका लागि सबैभन्दा महत्वपूर्ण प्रतियोगिता यही नै हो । क्यानडा र ओमानसँग नेपालले दुई-दुई वटा खेल क्यानाडामा खेल्नेछ । त्यस प्रतियोगितापूर्व तीन वटै टीमले तयारीका रुपमा टी-२० म्याचहरु पनि खेल्नेछ ।

    क्यानको क्यालेन्डरअनुसार सेप्टेम्बरमा नै नेपालले क्यानाडासँग दुई म्याचको ओडीआई सिरिज खेल्नेछ । त्यसपछि अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टी-२० प्रतियोगिता आयोजना हुनेछ ।

    नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह नेपालले टेस्ट टीमहरुसँग निरन्तर प्रयास गरिरहेको बताउँछन् । सिंहका अनुसार चतुरबहादुर चन्दको अघिल्लो कार्यकालको बेला श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग प्रस्ताव गरिएको थियो ।

    ‘म र चतुर दाइसँगै भएर कुराकानी गरेका थियौं । उहाँहरुले सकारात्मक जवाफ दिनुभएको हो । नेपाल आउन तयार छौं, तर २०२४ सम्म प्याक छौं भन्नुभएको थियो । मलाई लाग्दैन कि अब श्रीलंका, अफगानिस्तानलाई यहाँ बोलाउन गाह्रो हुन्छ । अध्यक्षज्यू आफैंले समय दिनुभयो भने टेस्ट टीमहरु ल्याउन सकिन्छ’, उनले भने ।

    एसीसी र आईसीसीको प्रोग्राम ल्याउन फ्लड लाइट एकदमै महत्वपूर्ण भएको उनी बताउँछन् ।

    ‘हिजो भर्खरै मेरो एसीसीका मान्छेहरुसँग कुराकानी भएको थियो । हालखबर सुरु हुनु अगाडि नै उनीहरुले सोधे कि तिमीहरुकोमा फ्लड लाइट के भइरहेको छ भनेर । यसबाट नै थाहा हुन्छ कि फ्लडलाइट कति महत्वपूर्ण छ । हाम्रो लागि फ्लड लाइट जडान गर्ने कुरा पनि वीरवलको खिचडी जस्तो भयो’, उनले भने ।

    फ्लडलाइट जडान गर्न कुनै टेन्डर प्रक्रिया नगरिकन नेपाली सेनालाई दिनुपर्ने उनको सुझाव छ ।

    उनले थपे, ‘फ्लड लाइट जडान भएको एक वर्षभित्र एसीसीले प्रोग्राम दिन्छ । नत्र एसीसी र आईसीसीको प्रोग्राम ल्याउन नेपाललाई गाह्रो छ । फ्लड लाइट भयो भने रंगशाला नभए पनि टीमहरु ल्याउन सकिन्छ ।’

    उपाध्यक्ष सिंह छिमेकी राष्ट्र भारतको क्रिकेट बोर्ड, एसीसी र आईसीसीबाट नेपालले सहयोग लिन सक्नुपर्ने बताउँछन् । यसका लागि सरकारले समेत कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ ।

    सिंहले भने, ‘जस्तो कि अफगानिस्तानमा लामो समयदेखि द्वन्द्वका कारण खेल्ने माहोल थिएन । भारत सरकारले अफगानी टीमलाई नोइडामा खेल्न अवसर दिएको थियो । हामीलाई पनि भारत सरकारको सहयोग आवश्यक छ । यसका लागि नेपाल सरकारबाट पहल हुनुपर्छ ।’

  • ईङ्ग्ल्यान्ड र साउथ अफ्रिकाले काटे सेमिफाइनलको टिकट, वेस्ट इन्डिज छुट्यो

    ईङ्ग्ल्यान्ड र साउथ अफ्रिकाले काटे सेमिफाइनलको टिकट, वेस्ट इन्डिज छुट्यो

    काठमाडौं । टी २० विश्वकपको सेमिफाइनलमा ईङ्ग्ल्यान्ड र साउथ अफ्रिकाले आफ्नो स्थान निश्चित गरेका छन् । दोस्रो समूहबाट शीर्ष दुईमा रहँदै यी दुई टिम सेमिफाइनलमा प्रवेश गर्दा आयोजक राष्ट्र वेस्ट इन्डिज भने बाहिरिएको छ ।

    आज भएको खेलमा ईंग्ल्यान्डले अमेरिकामाथि र साउथ अफ्रिकाले वेस्ट इन्डिजलाई हराउँदै शीर्ष दुईमा रहन सफल भएका हुन् । यससँगै समूह २ का सबै खेलहरू सकिएका छन् ।

    समूह चरणको खड्गो मुस्किलले काटेको ईङ्ग्ल्यान्ड सेमिफाइनलमा स्थान बनाउने पहिलो टीम बन्यो । अर्कोतर्फ हरेक खेलहरूमा हारको मुखबाट बालबाल जोगिएको साउथ अफ्रिका पनि भाग्यमानी बनेको छ ।

    हिजो राति भएको खेलमा ईंग्ल्यान्डले आयोजक राष्ट्र अमेरिकामाथि १० विकेटको शानदार जित हासिल गरेको हो । अमेरिकाले दिएको ११६ रनको मामूली लक्ष्य ईंग्ल्यान्डले ९.४ ओभरमै भेट्टाएको थियो । ईंग्ल्यान्डका कप्तान जोस बटलरले विष्फोटक ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाएपछि अमेरिकाले पानी पनि भन्न पाएन ।

    आज बिहान भएको अर्को खेलमा साउथ अफ्रिकाले वेस्ट इन्डिजमाथि सकसपूर्ण जित हासिल गर्यो । यसअघि हरेक खेलमा भाग्यशाली रहँदै झिनो जितका साथ अगाडि बढेको साउथ अफ्रिका आज पनि भाग्यमानी ठहरिएको हो ।

    वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ८ विकेट क्षतिमा १३५ रन जोडेको थियो । आज निकोलस पुरण नचल्दा वेस्ट इन्डिज ठूलो स्कोर बनाउन चुक्यो । १७ ओभरमा १२३ रनको परिमार्जित लक्ष्य पाएको साउथ अफ्रिका संघर्ष गर्दै लक्ष्यसम्म पुगेको हो । अन्तिम ओभरको पहिलो बलमा म्याक्रो जेसनले छक्का हान्दै साउथ अफ्रिकालाई सेमिफाइनलमा पुर्‍याए ।

    अब समूह १ को खेल आज साँझ अष्ट्रेलिया र भारतबीच हुँदैछ । आज हारेमा अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिन सक्ने खतरा छ ।

  • टी-२० विश्वकप : अमेरिकालाई पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश

    टी-२० विश्वकप : अमेरिकालाई पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश

    काठमाडौं । अमेरिकालाई पराजित गर्दै इङ्ल्याण्ड जारी आईसीसी टी-२० विश्वकप क्रीकेटमा सेमिफाइनलमा प्रवेश गरेको हो । गएराती भएको खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।

    अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्याण्डले ९ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । इङ्ल्याण्डका ओपनर जोस बटलर ८३ र फिल साल्टले २१ रन जोड्दै अविजित रहे ।

    त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका १८ ओभर ५ बलमा ११५ रनमा समेटिएको थियो । अमेरिकालाई सस्तोमा समेट्न इङ्ल्याण्डका क्रीस जोर्डनले ह्याटि्रकसहित ४ विकेट लिएका थिए ।

    ब्याटिङमा अमेरिकाका नितिश कुमारले सर्वाधिक ३० रन जोडे। यो हारसँगै अमेरिकाले विश्वकपको यात्रा सकाएको छ । सुपर-८ मा जितबिहिन हुँदै अमेरिका विश्वकपबाट बाहिरिएको हो ।

    यो ग्रुप (ग्रुप-२) बाट इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गर्दा दोस्रो टोलीको भने टुंगो लागेको छन् । २ खेलबाट ४ अंक जोडेको दक्षिण अफ्रिका र २ खेलबाट २ अंक जोडेको वेस्ट इन्डिजबिचको खेलको नतिजाले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

  • टी-२० विश्वकपमा अफगानिस्तानको सनसनी : न्यूजिल्यान्डपछि अष्ट्रेलियाको ‘शिकार’

    टी-२० विश्वकपमा अफगानिस्तानको सनसनी : न्यूजिल्यान्डपछि अष्ट्रेलियाको ‘शिकार’

    काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको सुपर एटमा आइतबार बिहान अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हात पार्‍यो।

    सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई पहिलो पटक हराएको हो। यी दुई टोलीबीच यसअघि ५ पटक प्रतिस्पर्धा भएकामा अफगानिस्तानले जित्न सकेको थिएन। अस्ट्रेलिया गत वर्ष मात्र भारतमा आयोजित एकदिवसीय विश्वकप जितेको टोली हो।

    सोही विश्वकपमा अफगानिस्तानले साबिक विजेता इङ्ल्यान्डलाई हराएर सनसनी मच्चाएको थियो। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसअघि अफगानिस्तानले इङ्ल्यान्डलाई कहिल्यै हराएको थिएन। इङ्ल्यान्ड सन् २०२२ मा आयोजित अघिल्लो संस्करणको टी-२० विश्वकपको पनि विजेता थियो।

    जारी विश्वकपमा अफगानिस्तानले पहिलो चरणमा न्युजिल्यान्डलाई हराएर ऐतिहासिक सफलता हात पारेको थियो। न्युजिल्यान्डमाथि पनि अफगानिस्तानले अघिल्ला भिडन्तहरूमा जित हात पार्न सकेको थिएन।

    न्युजिल्यान्ड सन् २०२० मा एकदिवसीय विश्वकप र सन् २०२१ मा आयोजित टी-२० विश्वकपको उपविजेता हो। जारी विश्वकपमा न्युजिल्यान्ड पहिलो चरण पार गर्न असफल भयो।

    अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध प्राप्त ऐतिहासिक सफलतामा कम्तीमा एउटा समानता देखियो। दुवै खेलमा प्रारम्भिक ब्याट्सम्यानद्धयले शानदार ब्याटिङ गरे। न्युजिल्यान्डलाई एक सय ६० रनको लक्ष्य दिएको अफगानिस्तानले विपक्षीलाई ७५ रनमा अलआउट गरेर ८४ रनको जित हात पारेको थियो।

    प्रारम्भिक ब्याट्सम्यानद्धय रहमनुल्लाह गुरबाजले ८० र इब्राहिम जद्रानले ४४ रनको पाली खेलेका थिए। यी दुईबीच पहिलो विकेटका लागि एक सय ३ रनको साझेदारी भएको थियो।

    बलिङतर्फ अफगानिस्तानका फजालहक फारुकी र रसिद खानले ४/४ विकेट लिए। मोहम्मद नाबीले पनि २ विकेट लिएका थिए।

    अस्ट्रेलियाविरुद्ध गुरबाज र जद्रानले पहिलो विकेटका लागि एक सय १८ रनको साझेदारी गरेपछि अफगानिस्तानले एक सय ४९ रनको लक्ष्य दिएको थियो। गुरबाजल ६० र जद्रानले ५१ रन बनाए। अस्ट्रेलिया भने एक सय २७ रनमा समेटियो। गुल्बादिन नैबले ४, नबिन उल हकले ३ तथा रसिद खान, मोहम्मद नाबी र अज्मतुल्लाह ओमरजाईले एक एक विकेट लिएका थिए।

    अफगानिस्तानले २०१७ मा टेस्ट मान्यता पाएपछि नियमित रूपमा टेस्ट टोलीहरूसँग खेल्ने अवसरहरू पाइरहेको छ। यसबीचमा अफगानिस्तानले पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश, जिम्बावेलाई धेरैपटक हराइसकेको छ। भारत र दक्षिण अफ्रिकाले मात्र अफगानिस्ताबाट हार ब्यहोरेका छैनन्।

    नेपालले पहिलो पटक खेलेको सन् २०१४ को टी-२० विश्वकपमा नेपाल र अफगानिस्तान एकै समूहमा थिए। त्यतिबेला नेपालले अफगानिस्तानलाई हराएको थियो। त्यसयता पहिलो पटक जारी विश्वकप खेलेको नेपाल पहिलो चरण पार हुन सकेन। तर पहिलो चरणमा बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध नेपाल जित नजिक पुगेर स्तब्ध भएको थियो।

    अहिले भइरहेको सुपर एटमा अफगानिस्तानले २ खेलबाट २ अंक जोडेर समूहको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको भारतको २ खेलबाट चार अंक छ। २ खेल खेलेको अस्ट्रेलियाको २ अंक छ भने बंगलादेशले खाता खोल्न सकेको छैन।

    समूहको आ-आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाले भारत र अफगानिस्तानले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ। यही कारण एकदिवसीय विश्व विजेता अस्ट्रेलिया टी-२० विश्वकपमा भने सुपर एटबाटै बाहिरिन सक्ने संकटमा परेको छ।

  • टी-२० विश्वकपको सेमिफाइनल समीकरण रोचक, अष्ट्रेलिया र ईंग्ल्यान्ड धरापमा !

    टी-२० विश्वकपको सेमिफाइनल समीकरण रोचक, अष्ट्रेलिया र ईंग्ल्यान्ड धरापमा !

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी-२० विश्वकप क्रिकेट सुपर ८ का खेलहरू जारी छन् । सुपर ८ का आठवटा खेल सकिँदा सेमिफाइनलको समीकरण रोचक बनेको छ ।

    दुई वटा समूहका दुई–दुईवटा मात्र खेल बाँकी रहँदा कुनै पनि टीमले सेमिफाइनलमा स्थान निश्चित गरिसकेका छैनन् । यद्यपि, पहिलो ग्रुपबाट भारतले सेमिफाइनलमा एउटा खुट्टा राखिसकेको छ भने दोस्रो ग्रुपबाट साउथ अफ्रिकाको बलियो सम्भावना छ । दुवैले दुई खेलमा दुवै जितेर ४ प्वाइन्ट ल्याएका छन् ।

    सुपर ८ को समूह १ मा आज अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको भए भारत र अष्ट्रेलिया सेमिफाइनलमा जाने थिए । अफगानिस्तान र बंगलादेशको ढोका बन्द हुन्थ्यो । बाँकी दुई खेलहरू ‘डेड रबर’ हुने थिए । तर, अफगानिस्तानले अष्ट्रेलियालाई स्तब्ध पारेसँगै सेमिफाइनल समीकरणमा उथलपुथल भएको हो ।

    आजको नतिजाले अष्ट्रेलिया धरापमा परेको छ । सोमबार हुने खेलमा यदि अष्ट्रेलिया भारतसँग पराजित भयो र मङ्गलवार हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हरायो भने अष्ट्रेलिया सुपर ८ बाट बाहिरिने छ र अफगानिस्तान भारतसँगै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

    अष्ट्रेलिया र अफगानिस्तान दुवै हारे भने नेट रनरेटका आधारमा अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेशमध्ये एक टीम सेमिफाइनलमा जानेछन् । अष्ट्रेलियाले जित्यो र अफगानिस्तान हार्‍यो भने अष्ट्रेलियाको भाग्य खुल्छ । यदि बंगलादेशले ठूलो ठूलो अन्तरले अफगानिस्तानलाई जित्यो र अष्ट्रेलियाले ठूलो अन्तरले भारतसँग हार्‍यो भने बंगलादेशको पनि भाग्य नखुल्ला भन्न सकिन्न ।

    भारतलाई भने सेमिफाइनलबाट वञ्चित गर्न निकै कठिन छ । यदि भारतले अन्तिम खेलमा अष्ट्रेलियासँग पराजय भोग्यो भने पनि नेट रनरेटका आधारमा सेमिफाइनलमा पुग्न सक्ने स्थिति देखिन्छ ।

    भारतको रनरेट अरू सबै टिमहरूको भन्दा निकै राम्रो छ । यदि अष्ट्रेलियाले भारतलाई विशाल अन्तरले हरायो र अफगानिस्तानले पनि बंगलादेशलाई शर्मनाम हार चखायो भने मात्र भारत घर फर्किनुपर्ने हुन सक्छ ।

    यता, दोस्रो समूहको समीकरण पनि उत्तिकै जटिल छ । साउथ अफ्रिका दुई जितका बाबजुद सेमिफाइनलमा पुगिसकेको छैन । अमेरिका दुई हारका बाबजुद सेमिफाइनल दौडबाट बाहिरिइसकेको छैन । साउथ अप्रिलकाले अन्तिम खेलमा वेस्ट इन्डिजबाट ठूलो हार नव्यहोरेमा सेमिफाइनलको यात्रा तय गर्न सक्छ । वेस्ट इन्डिजसँग दक्षिण अफ्रिका हारेर ईंग्ल्यान्डले अमेरिकालाई हरायो भने नेट रनरेटबाट निर्णय हुनेछ ।

    यदि दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हरायो र ईंग्ल्यान्डले अमेरिकालाई जित्यो भने दक्षिण अफ्रिका र ईंग्ल्यान्ड सेमिफाइनलमा जान्छन् । यदि दक्षिण अफ्रिकाले वेस्ट इन्डिजाई हरायो र ईंल्यान्डलाई अमेरिकाले जित्यो भने दक्षिण अफ्रिकासँगै ईंग्ल्यान्ड, वेस्ट इन्डिज र अमेरिकामध्ये एउटा टीमले नेट रनरेटका आधारमा सेमिफाइनलमा स्थान बनाउनेछ ।

    हिजो भएको खेलमा अमेरिकाविरुद्ध फराकिलो जित हासिल गर्दै वेस्ट इन्डिजले आफ्नो नेट रनरेट सुधार गरेको छ । यसले दबाबमा परेको छ ईंग्ल्यान्ड । उसले अन्तिम खेलमा अमेरिकालाई फराकिलो अन्तरले हराउनुका साथै वेस्ट इन्डिजले साउथ अफ्रिका विरुद्ध ठूलो जित हासिल नगरोस् भनेर कामना समेत गर्नुपर्ने छ ।

  • टी-२० विश्वकप: अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

    टी-२० विश्वकप: अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

    काठमाडौं ।  अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रीकेटमा अष्ट्रेलियामाथी अफगानिस्तानले शानदार जित दर्ता गराएको छ ।

    आइतबार बिहान भएको खेलमा अफगानिस्तानलेअष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको हो ।

    अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य अष्ट्रेलिया १९ ओभर २ बलमा १२७ रनमा समेटियो । अष्ट्रेलियाका ग्लेन म्याकवेलले ४१ बलमा ५९ रन जोडे पनि जितका लागी पर्याप्त हुन सकेन । बलिङमा अफगानिस्तानका गुलबदिन नायबले सर्वाधिक ४ विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोडेको थियो । अफगानिस्तानका ओपनरद्वय रहमानउल्लाह गुरबाजले ६० र इब्राहिम जाद्रानले ५१ रन जोड्दै शानदार सुरुवात दिलाएका थिए। बलिङमा अष्ट्रेलियाका पाट कमिन्सले ३ र एडम जाम्पाले २ विकेट लिए ।

    उक्त समूहमा भारतको २ खेलको ४, अष्ट्रेलिया र अफगानिस्तानको समान २ र बंगलादेशको ० अंक छ । अब अष्ट्रेलियाले भारत र अफगानिस्तानले बंगलादेशसंग खेल्नेछ ।

  • धेरैपछि मैदान उत्रिँदा डेव्यु गरे जस्तो भयो: सन्दीप लामिछाने (तस्विरहरु / भिडिओ)

    धेरैपछि मैदान उत्रिँदा डेव्यु गरे जस्तो भयो: सन्दीप लामिछाने (तस्विरहरु / भिडिओ)

    काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने करिब ६ महिनापछि क्रिकेट खेल्न मैदान उत्रिए । गत पुसमा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएपछि सन्दीप क्रिकेटबाट टाढिएका थिए । तर, जेठ पहिलो साता उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटमा फर्कने बाटो खुलेको थियो ।

     

    उनी ६ महिनापछि वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपअन्तर्गतका खेलमा सहभागी भएका थिए । दक्षिण अफ्रिकाविरुद्ध विकेटविहीन रहेका उनले दोस्रो खेलमा दुई विकेट लिँदै टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी र छिटो १०० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बने ।

    विश्वकप खेलेर शनिबार स्वदेश फर्किएका सन्दीपले लामो समयपछि मैदानमा फर्किदा डेव्यु गरे जस्तो लागेको बताए । टी–२० विश्वकप क्रिकेट खेलेर फर्किएका सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै विश्वकप खेल्दा आफूलाई डेव्यु गरे जस्तै लागेको बताएका हुन् ।

    ‘धेरै लामो समयपछि क्रिकेट फिल्डमा पाइला राख्दाखेरि एकछिन त आफैंलाई डेव्यु गरे जस्तो लागेको थियो । यति धेरै प्रेसर, यहाँदेखि त्यहाँसम्मको यात्रा, एकदमै कठिन परिस्थितिबाट त्यहाँ हामी गएका थियौं । तर, राम्रो भयो’, उनले भने ।

    सन्दीपले दक्षिण अफ्रिकाविरुद्ध पराजित भए पनि उत्कृष्ट खेल खेलेको उल्लेख गरे । अन्तिम समयमा खेल्ने अनुभवको कमी भएको उनको भनाइ छ ।

    ‘सबै थाहा नै छ । बाहिरबाट तपाईं जति दुःखी हुनुहुन्थ्यो । सायद त्योभन्दा हजारौं, लाखौं गुणा खेलाडी दुःखी थिए । कसैले अपेक्षा गरेको थिएन कि दक्षिण अफ्रिकाविरुद्ध हामीले यस्तो राम्रो गर्छौं भनेर’, उनले भने, ‘हामीले जुन तरिकाले प्रदर्शन गरेका थियौं । सबैले आफ्नो भूमिका निभाउनुभएको थियो । मलाई लाग्छ अनुभवको चाहिँ कमी भयो ।’

  • टी २० विश्वकप: अफगानिस्तानलाई ४७ रनले हरायो भारतले पराजित

    टी २० विश्वकप: अफगानिस्तानलाई ४७ रनले हरायो भारतले पराजित

    काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।

    भारतले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रनमा समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

    यसैगरी, नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे । गुलबर्बादन नाइबले २१ बलमा १७ रन बनाए भने मोहम्मद नाबीले १४ तथा रहमतुल्लाह गुरबाजले ११ रन बनाए ।

    भारतका लागि जसप्रित बुमराह र अर्शदीप सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै कुल्दीप यादवले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट झारे ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा ऋषभ पन्तले २० रन बनाए । हार्दिक पाण्ड्याले ३२ रन बनाए ।

    अफगानिस्तानका लागि फजलहन फारुकी र रासिद खानले समान तीन–तीन विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल जारी छ ।

  • विश्वकपबारे रोहित भन्छन्- ब्याटिङका लागि पीच चुनौतीपूर्ण थियो

    विश्वकपबारे रोहित भन्छन्- ब्याटिङका लागि पीच चुनौतीपूर्ण थियो

    काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अमेरिका र वेस्ट इन्डिजको पीच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताएका छन्।

    प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले अन्तिम दुई खेलमा सानो लक्ष्यमा हार्नुमा टोलीको एक्सपेरियन्सलाई दोष दिएनन्।

    ‘हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, रोहितले भने।

    नेपालले दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक सय ७ रनको लक्ष्य पाएर पनि जित्न सकेको थिएन।

  • नेपाली क्रिकेट टीम फर्कियो, सन्दीप दुई दिनपछि आइपुग्ने (भिडिओ)

    नेपाली क्रिकेट टीम फर्कियो, सन्दीप दुई दिनपछि आइपुग्ने (भिडिओ)

    काठमाडौं । टी-२० विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ । हिजो राति र आज बिहान गरी दुईवटा समूहमा बाँडिएर टिम फर्किएको हो ।

    कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

    स्पीनर सन्दीप लामिछाने भने आइपुगेका छैनन् । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएको क्यान स्रोतले बताएको छ ।

    सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु परेको छ । उनी क्यानडाबाट आउने छ । दुई दिनपछि उनी आइपुग्ने बताइएको छ ।

    यस्तै प्रशिक्षक मोन्टी देशाईँ पनि आएका छैनन् ।

    तस्बिरहरु : उमेश कार्की/नेपाल प्रेस

  • विश्वकपको सुपर ८ मा अमेरिकालाई पराजित गर्दै दक्षिण अफ्रिका विजयी

    विश्वकपको सुपर ८ मा अमेरिकालाई पराजित गर्दै दक्षिण अफ्रिका विजयी

    काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो ।

    एक सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७६ रनमा समेटियो । अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए । उनले ४७ बलमा ५ चौका र ५ छक्कासहित ८० रनका योगदान दिए ।

    त्यस्तै हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलरले २४, नितेश कुमारले ८ तथा कोरी एन्डरसनले १२ रन जोडे ।

    दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४० बलमा ७ चौका र ५ छक्कासहित ७४ रन बनाएका हुन् ।

    कप्तान एडेन माक्ररमले ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रन जोडेभने हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा बनाए । ट्रिस्टन स्टब्सले १६ बलमा २ चौकासहित २० रन बनाए । अमेरिकाका हरमीत सिंह र सौरभ नेत्रवालकरले समान दुई दुई विकेट लिए ।
    –––

  • बुवाको नाम लिएर गाली दिने समर्थकलाई ह्यारिस रफले चप्पल खोलेर लखेटे, श्रीमतीले रोकिन्

    बुवाको नाम लिएर गाली दिने समर्थकलाई ह्यारिस रफले चप्पल खोलेर लखेटे, श्रीमतीले रोकिन्

    काठमाडौं । पाकिस्तानी क्रिकेटर ह्यारिस रफको एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ उनी रिसले चुर भएर एक समर्थकलाई लेखटिइरहेको देखिन्छन् । भारतीय मिडियाले भिडियोलाई बढाइचढाई र तोडमोड गर्दै भ्रम फैलाइरहेका छन् ।

    फ्लोरिडामा पाकिस्तानी टीम बसेको होटलबाहिर यो घटना भएको थियो । ह्यारिस आफ्नी पत्नीसँग ‘सी बीच’ घुमेर फर्किएका थिए । होटल परिसरमा केही क्रिकेट समर्थकहरुको झुण्ड थिए । ह्यारिसलाई श्रीमतीसँग देखेपछि एक फ्यानले बोलाए । ह्यारिसले वास्ता गरेनन् । अरुबेला फ्यानसँग कुराकानी गर्ने अटोग्राफ दिने ह्यारिस श्रीमतीसँग हिँड्दा भने फ्यानहरुलाई उपेक्षा गर्ने गर्छन् ।

    पटक–पटक बोलाउँदा पनि ह्यारिसले जवाफ नदिएपछि ती फ्यानले गालीगलौज गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । ह्यारिसका अनुसार ती फ्यानले आफ्नो बुवाको नाम लिएर गाली दिएका थिए । त्यो सुन्नासाथ ह्यारिस उत्तेजित हुँदै आफ्नो चप्पल फुकालेर फ्यानलाई झम्टिन कुदेको भिडियोमा देख्न सकिन्छ । ह्यारिसकी पत्नी र अन्य समर्थकहरुले उनलाई रोकेका थिए ।

    ती फ्यान पाकिस्तानी थिए कि भारतीय भन्ने खुलेको छैन । भारतीय मिडियाले अटोग्राफ दिन बोलाउने पाकिस्तानी फ्यानलाई नै ह्यारिसले हमला गरेको भन्दै अतिरञ्जित समाचारहरु बनाइरहेका छन् । ह्यारिसले भने भारतीय सम्झेर उनलाई लखेटेका थिए ।

    भिडियोमा ह्यारिसले ‘इन्डियन है ये’ भनेर हकारेको सुनिन्छ । त्यसपछि ती फ्यानले आफू पाकिस्तानी भएको बताउँछन् । त्यसपछि ह्यारिस भन्छन्, ‘तिमीलाई बाउआमाले यही सिकाएका छन् ?’

    भिडिओ भाइरल भएपछि ह्यारिसले ट्विट गर्दै आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

    ‘मैले यो विषयलाई सामाजिक सञ्जालमा नल्याउने निर्णय गरेको थिएँ, तर अब भिडियो भाइरल भइसकेपछि मैले परिस्थितिलाई सम्वोधन गर्नुपर्छ भन्ने सोचेँ । एउटा पब्लिक फिगरको रुपमा हामी जनताबाट सबै प्रकारका फिडब्याक हरु प्राप्त गर्नका लागि खुला छौं । उनहिरुसँग हामीलाई समर्थन गर्ने वा आलोचना गर्ने हक हुन्छ । यद्यपि, जब मेरो बुवाआमा र परिवारमा कुरा जोडिन्छ, त्यसमा आवश्यकता अनुसार प्रतिक्रिया जनाउन म हिच्किचाउँदिन । कुनै पनि पेशाका मानिसहरु र तिनीहरुका परिवारप्रति सम्मान देखाउनु महत्वपूर्ण छ ।’

    ह्यारिसको भिडिओ अहिले भारतीय मिडिया र युट्यूव च्यानलका लागि गज्जब मसला भइरहेको छ । उनीहरु सनसनी हेडलाइन हाल्दै ह्यारिसमाथि गालीगलौज गरिरहेका छन् ।

    पाकिस्तानले यो विश्वकपमा खराब प्रदर्शन गरेको थियो । अमेरिका र भारतसँग पराजित भएपछि विश्वकपबाट बाहिरिएको पाकिस्तान हिजो अमेरिकाबाट फिर्ता भइसकेको छ ।

  • राेहित पाैडेललाई हात लगाउने बंगलादेशी बलरमाथि आईसीसीकाे कारवाही

    राेहित पाैडेललाई हात लगाउने बंगलादेशी बलरमाथि आईसीसीकाे कारवाही

    काठमाडौं । टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धकाे म्याचमा गलत व्यवहार गरेकाे विषयलाई लिएर बंगलादेशी एक बलर दण्डित भएका छन् । खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता ताेडेकाे आराेपमा आईसीसीले कारवाही गरेकाे हाे ।

    नेपालकाे इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान राेहित पाैडेलसँग नाेकझाेक गरेका थिए । उनले राेहितकाे शरीरमा हात लगाएकाेसमेत पाइएपछि कारवाही भाेगेका हुन् ।

    तान्जिमलाई म्याच फीकाे १५ प्रतिशत जरिवाना गरिएको छ । आईसीसीकाे खेलाडी आचारसंहिताकाे धारा २.१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई शरीरमा छुन पाउँदैन । अन फिल्ड अम्पायर असन राजा र साम नाेगाज्स्कीकाे सिफारिसमा थर्ड अम्पायर जयरमन मदनगाेपाल र फाेर्थ अम्पायर कुमार धर्मसेनासमेत सहमत भएपछि कारवाही भएकाे हाे ।

    तान्जिमले आफ्नाे गल्ती स्वीकार गरिसकेका छन् । उनले आफूलाई गरिएकाे सजाय पनि स्वीकारेकाले औपचारिक सुनुवाइ गर्नु नपरेको आइसीसीले जनाएको छ ।

    खेलपछिकाे प्रेसमिटमा नेपाली कप्तान पाैडेललाई याे घटनाकाे विषयमा पत्रकारले साेधेका थिए । पाैडेलका अनुसार तान्जिमले उनलाई आँखा तरेर ‘हिट मी’ भन्दै उक्साउन खाेजेका थिए । त्यसपछि आफूले पनि ‘बल मी’ भनेर जवाफ दिएकाे उनकाे भनाइ छ ।

    राेहितले तान्जिमकाे बलिङकाे तारिफसमेत गरेका थिए ।

    ‘उहाँले राम्राे ठाउँमा बल फ्याँक्नुभयाे र हामीलाई कठीन प्रश्नहरू साेध्नुभयाे’ राेहितले भनेका थिए ।

    दुई खेलाडीबीचकाे नाेकझाेक टेलिभिजन लाइभमा पनि देखिएकाे थियाे । तान्जिमले हातै हालेर राेहितलाई धकेल्न खाेजेकाे देखिएकाे थियाे ।

    त्यसलगत्तै तान्जिमकाे बलमा आक्रामक सट खेल्न खाेज्दा राेहित आउट भए । खेलमा तान्जिमले चार ओेभरमा ७ रन मात्र खर्चेर ४ विकेट लिएपछि नेपालकाे ब्याटिङ धराशयी बनेकाे थियाे ।

  • जारी टी-२० विश्वकपका ५ `थ्रिलर´, जाे लामाे समय यादगार रहनेछन्

    जारी टी-२० विश्वकपका ५ `थ्रिलर´, जाे लामाे समय यादगार रहनेछन्

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा समूह चरणका खेल सकिएका छन् । २० राष्ट्र सहभागी विश्वकपमा १२ टीम समूह चरणबाट बाहिरिँदा ८ टीमले सुपर–८ मा आफ्नो स्थान पक्का गरेका छन् । समूह चरणका खेल सकिँदा ४ टीम अपराजित छन् भने ४ टीम जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

    विश्वकपको समूह चरणमा केही खेल यस्ता भए, जुन क्रिकेट समर्थकले छिट्टै बिर्सन सक्दैनन् । ती खेलमध्ये केही खेललाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

    नामिबियाविरुद्ध ओमान

    टी–२० विश्वकप क्रिकेटमा नामिबिया र ओमनबिचको खेल सुपर ओभरमा जाने पहिलो खेल हो । विश्वकपको तेस्रो खेलमा सुपर ओभरमा नामिबियाले ओमनलाई पराजित गरेको थियो ।

    ओमनले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा जितका लागि ५ रन चाहिएको नामिबियाविरुद्ध ओमनका मेहरान खानले महत्त्वपूर्ण २ विकेट लिएसँगै खेल सुपर ओभरमा धकेलिएको हो ।

    सुपर ओभरमा पहिला ब्याटिङ गरेको नामिबियाले २१ रन जोड्यो । जवाफी ब्याटिङ गरेको ओमन १० रनमा समेटिँदै हार बेहोर्यो । यी दुवै टोली समूह चरणबाट बाहिरिइसकेका छन् ।

    पाकिस्तानविरुद्ध अमेरिका

    जारी विश्वकपमा दोस्रो सुपर ओभरमा गएको खेल पाकिस्तान र अमेरिकाबिचको खेल हो । उक्त सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई स्तब्ध पारेको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजमको ४४ र शादाब खानको ४० रनको मद्दतमा १ सय ६० रन जोड्यो ।

    जवाफी ब्याटिङमा मोनक पटेलले ५० र आरोन जोन्सले ३६ रनको योगदान दिँदा अमेरिकाले खेल बराबरीमा पुर्याएपछि खेल सुपर ओभरमा धकेलिन पुग्यो । अमेरिकाले १९औँ ओभरमा १४ र अन्तिम ओभरमा १८ रन जोडेको थियो ।

    सुपर ओभरमा अमेरिकाले १८ रन बनायो र त्यसपछि अमेरिकाका सौरभ नेत्राभाल्करले शानदार बलिङ प्रदर्शन गर्दै पाकिस्तानलाई ५ रनले पछाडि पार्न सफल भए ।

    पाकिस्तानविरुद्ध भारत

    भारतविरुद्ध पहिलो इनिङमा पाकिस्तानले उत्कृष्ट बलिङ प्रदर्शन ग¥यो । पाकिस्तानको असाधारण बलिङ आक्रमणले भारतीय ब्याटरलाई १ सय १९ रनमा समेट्यो । नसिम शाह र हरिस रउफले ३–३ विकेट लिए । भारतका लागि ऋषभ पन्तले ३१ बलमा ४२ रन बनाए । जवाफमा भारतले पाकिस्तानविरुद्ध झनै घातक बलिङ गर्यो ।

    मोहम्मद रिजवानले पाकिस्तानलाई जिततर्फ दोहोराउन कोसिस गरे पनि सफल हुन सकेनन् । ८० रन जोड्दा रिजवानलाई गुमाएसँगै भारतका बलरसामु पाकिस्तान निरीह बन्न पुग्यो । पाकिस्तानका लागि जसप्रित बमराह घातक बने । अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा ११ रन जोड्दै पाकिस्तान ६ रनले पराजित हुन पुग्यो ।

    बंगलादेशविरुद्ध दक्षिण अफ्रिका

    जुन १० मा भएको दक्षिण अफ्रिका र बङ्गलादेशबिचको खेल पनि क्रिकेट समर्थकका लागि यादगार रह्यो । एक समय जित नजिक पुगेको बंगलादेशविरुद्ध पुनरागमन गर्दै दक्षिण अफ्रिकाले ४ रनको रोमाञ्चक जित निकालेको हो ।

    नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १३ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले १७ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ९४ रन जोडेको थियो ।

    जितका लागि बङ्गलादेशलाई १८ बलमा २० रन आवश्यक थियो । जुन टी–२० क्रिकेटमा नर्मल मानिन्छ । बङ्गलादेशसँग ६ विकेट हातमा थियो । बङ्गलादेशलाई अन्तिम ओभरमा ११ रन आवश्यक थियो । अन्तिम ओभरमा महत्त्वपूर्ण २ विकेट लिँदै दक्षिण अफ्रिकाले ४ रनको रोमाञ्चक जित दर्ता गर्यो ।

    दक्षिण अफ्रिकाविरुद्ध नेपाल

    दक्षिण अफ्रिका र नेपालबिचको खेल नेपाली मात्र होइन विश्वकै क्रिकेट समर्थकका लागि यादगार बनेको छ । बलियो राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध नेपालले जुन किसिमको प्रदर्शन गर्यो । जुन, अविश्वसनीय छ ।

    बलियो ब्याटिङ रहेको दक्षिण अफ्रिका नेपाली बलरसामु टिकेर खेल्न सकेनन् । उपाधि दाबेदार दक्षिण अफ्रिकालाई नेपालले १ सय १५ रनमा रोक्न सफल भयो । दक्षिण अफ्रिकासामु नेपाली स्पिनर हाबी भए । नेपालका कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

    १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुआत गर्यो । १३ ओभर ३ बलमा नेपालले २ विकेट गुमाएर ८५ रन जोडेको थियो । तर, त्यसपछि क्रमशः विकेट जान थालेपछि खेल अन्तिम ओभरमा धकेलिएको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रनको आवश्यक थियो ।

    क्रिजमा गुल्सन झा र सोमपाल कामी थिए । अन्तिम ओभरको सुरुआत दुई बल डट खेलेका गुल्सनले तेस्रो बलमा चौका र चौथो बलमा दुई रन लिँदै नेपाललाई जिततर्फ अग्रसर गराए । तर, अन्तिम दुई बलमा गुल्सनले दुई बल डट खेलेपछि नेपाल दक्षिण अफ्रिकामाथिको ऐतिहासिक जितबाट केबल एक रन टाढा हुन पुग्यो ।

     

  • दीपेन्द्र चौधरीको विश्वकप समीक्षा: नेपालसँग तीनवटै म्याच जित्ने माैका थियाे

    दीपेन्द्र चौधरीको विश्वकप समीक्षा: नेपालसँग तीनवटै म्याच जित्ने माैका थियाे

    काठमाडाैं । नेपालको टी-२० विश्वकप यात्रा सकिएको छ । विश्वकपका तीन वटै खेलमा नेपाल साँघुरो अन्तरले पराजित भयो । एउटा खेल वर्षाले रद्द भएको थियो ।

    नेपाली राष्ट्रिय टीमका पूर्वखेलाडी दीपेन्द्र चौधरी (हाल चयनकर्ता) यो विश्वकप थुप्रै दृष्टिकोणबाट नेपालका लागि फलदायी बनेको बताउँछन् । नेपालले बलिया टीमहरुसँग पनि फाइट गरेर आफ्नो क्षमता पुष्टि गरेको उनको भनाइ छ । यद्यपि नतिजा नेपालको पक्षमा नआउँदा केही निराश भएको उनले बताए ।

    चौधरीको विश्लेषणमा नेपालको बलिङ उत्कृष्ट रह्यो, तर ब्याटिङ भने ऐन मौकामा चुक्यो । टी-२० विश्वकपबारे चौधरीको टिप्पणी उनकै शब्दमाः

    नेपालको टी-२० विश्वकप यात्रालाई दुइटा पाटोबाट हेर्नुपर्छ । रिजल्टको पाटोबाट हेर्ने हो भने पक्कै पनि हामी चुक्यौं । हामीसँग तीनवटै म्याच जित्न सक्ने मौका थियो, तर अलिकति लाइन क्रस गर्न नसक्दा तीन वटैमा फेल भयौं । यसले गर्दा अलिकति निराशा अवश्य छ ।

    तर, अर्को पाटो चाहिँ प्रदर्शनको हो । हाम्रो टीमले जुन हिसाबले टेस्ट टीमहरुसँग फाइट गर्‍यो, त्यो चाहिँ सन्तोषजनक छ । कुनै पनि खेल वान साइडेड भएन । हामीले कसैसँग पनि सरेन्डर गरेनौं । हामीलाई हराउन कुनै पनि टीमलाई सहज भएन । यसलाई सकारात्मक पक्षको रुपमा लिनुपर्छ ।

    हामी वर्ल्ड कप नै जित्ने भनेर गएका थिएनौं । सुपर ८ सम्म पुग्ने लक्ष्य थियो । कम्तीमा एउटा टेस्ट कन्ट्रीलाई जित्न सकेको भए त्यो अभूतपूर्व र ऐतिहासिक हुन्थ्यो । विश्व क्रिकेटले हामीलाई हेर्ने नजर बदलिने थियो । नेपाली क्रिकेटको आगामी यात्रा धेरै सहज बन्न सक्थ्यो । ठूला टीमहरु हामीसित खेल्न इच्छुक हुन सक्थे ।

    हामी टेस्ट राष्ट्रविरुद्ध जीतको धेरै नजिक पनि थियौं, खासगरी दक्षिण अफ्रिकाविरुद्धको म्याचमा । त्यो म्याच हामीले जित्नुपर्थ्यो, तर क्रिकेटमा सानो सानो मोमेन्टले पनि रिजल्ट उल्टिन सक्छ । त्यस्तो नै भयो । साउथ अफ्रिका जस्तो टीमलाई ११५ रनमा रोक्न सफल भएर पनि हामीले लक्ष्य पछ्याउन सकेनौं ।

    अन्तिम दुई बलमा दुई रनमात्रै ल्याउनुपर्ने थियो । जस्तो पीच भए पनि यो जीतका लागि अनुकूल अवस्था हो । क्रिजमा गुल्शन झा थिए । उनी दुवै बलमा बिट हुन पुगे । अन्तिम बलमा एक रन पूरा गर्न सकेको भए पनि सुपर ओभरमा जान सकिन्थ्यो, तर उनको रनिङ त्यति ‘स्मुथ’ भएन । प्रेसरको कन्डिसनमा ब्ल्यांक आउट भएको पनि हुनसक्छ ।

    म गुल्शनलाई दोष दिन चाहन्न । खासमा हामीले केही बल बाँकी छँदै जित्नुपर्थ्यो । १८ बलमा १८ रन ल्याउनुपर्ने थियो र ७ विकेट सुरक्षित थियो, तर जीत नजिक पुगेपछि ब्याट्सम्यानहरु सम्हालिन सकेनन् । यसले अलिकति प्रश्न चिह्न खडा गरेको छ ।

    हार र जीत भनेको खेलको पाटो हो । साउथ अफ्रिकाले पनि विगतको एउटा वर्ल्डकप सेमिफाइनलमा यस्तै कन्डिसनमा अस्ट्रेलियासँग हारेको थियो । एउटा हारलाई लिएर सबै सकियो भन्नु पनि हुँदैन, तर समीक्षा गरेर कमजोरीहरु पहिल्याउनुपर्छ र त्यसबमोजिम सुधार गर्नुपर्छ । टीम फिर्ता आएपछि त्यो कामहरु हुने नै छ ।

    हामीले जोसित खेल्यौं, उनीहरुहरु हामीभन्दा बलिया टीम हुन् । क्रिकेटमा उनीहरुको इतिहास ठूलो छ । स्रोतसाधन बढी छ । हामी भर्खर त दोस्रो पटक विश्वकप खेल्दैछौं । त्यसैले यो नतिजा अनपेक्षित होइन । प्रतियोगिताबाट हामीले धेरै सुखद अनुभव लिएका छौं ।

    नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो । टेस्ट टीमहरुलाई पनि मामुली स्कोरमा रोक्न सफल भए हाम्रा बलरहरु । पीचले पनि बलरलाई साथ दिएको थियो । ब्याटिङबाट चाहिँ अलिकति निराश छु । हो, पीच अलिकति चुनौतीपूर्ण थियो, तर योभन्दा १०-१२ प्रतिशतमात्रै राम्रो ब्याटिङ गरेको भए कम्तीमा दुइटै टेस्ट राष्ट्रलाई हराउने अवसर थियो । हाम्रो मुख्य ब्याट्सम्यानहरु फेल भए । कसैले पनि अर्धशतक बनाउन सकेनन् । मुख्य कारण यही नै हो जस्तो लाग्छ, रिजल्ट नआउनुको ।

    एकजना ब्याट्सम्यानलाई मात्र दोष दिने अवस्था छैन । टप ५-६ जना सबै नै फेल भएको हो । नेपालसँग प्रमुख प्रशिक्षक मोन्टी देसाई हुनुहुन्छ, जो ब्याटिङ कोच पनि हो । उहाँले पनि जिम्मेवारी लिनुपर्छ । पक्कै फर्किएपछि समीक्षा होला ।

    बलिङमा चाहिँ खोट लगाउने ठाउँ छैन । सोमपालले धेरै राम्रो गरे । उनले नेपालको लिडिङ बलरको भूमिका जिम्मेवारीपूर्वक निभाए । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएनन् । नेदरल्यान्ड्ससँगको म्याचमा सन्दीप भएको भए केही फरक पर्न सक्थ्यो । किनकि त्यो म्याच पनि टाइट नै थियो, तर हामीसँग जे रिसोर्सहरु उपलब्ध छन्, त्यसैबाट खेल्ने हो ।

    श्रीलंकासँगको म्याच रद्द भयो । त्यसमा रिजल्ट जे पनि आउन सक्थ्यो । नेपालले चाहिँ खेल्न पाएको भए राम्रो हुन्थ्यो । हामीले एउटा अवसर मिस गर्‍यौं । ठूलो टीमसँग खेल्न हामीले धेरै समय कुर्नुपर्छ । श्रीलंकासित पहिलो पटक खेल्दै थियौं । जितेको भए इतिहास बन्थ्यो । हारेको भए पनि एउटा राम्रो अनुभव हुन्थ्यो । त्यो खेर गयो ।

    नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट तयारीमा कुनै पनि कसर बाँकी राखिएको थिएन । नेपाली टीमले निरन्तर विभिन्न देशहरुसँग खेलिरहेको थियो । विश्वकपभन्दा एक महिना अगाडि नै अमेरिका र वेस्ट इन्डिज पठाएर त्यहाँको कन्डिसनमा अभ्यस्त बनाइएको थियो । त्यसैले कुनै पनि ‘एक्स्क्युज’ छैन । त्यहाँ पीच फरक र कठिन छ भनेरै अगाडि पठाइएको हो ।

    नेपालले योभन्दा अगाडि सन् २०१४ मा पनि टी-२० विश्वकप खेलेको थियो । त्यो विश्वकपको फर्म्याट अलिकति फरक थियो । त्यसमा नेपालले अफगानिस्तान र हङकङलाई हराउन सफल भएको थियो । अफगानिस्तान त्यसबेला टेस्ट कन्ट्री भने थिएन । बंगलादेशलाई पनि नेपालले कडा फाइट दिएको हो । अहिले चाहिँ फाइट भयो, तर रिजल्ट आएन ।

    सन् २०१४ को वर्ल्ड कप खेल्ने टीम पनि निकै प्रतिभाशाली थियो । म सन् २०१२/१३ को ब्याचलाई नेपालको सबैभन्दा ट्यालेन्टेड ब्याच मान्छु । हामीले सन् २००५/०६ तिर खेल्दा पनि ट्यालेन्ट त थियो, तर अवसर थिएन । एक्स्पोजर थिएन । सन् २०१४ को विश्वकप खेल्ने टीम पारस खड्का, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर जस्ता खेलाडी थिए । अहिलेको टीमको तुलनामा त्यो टीमसँग अनुभव थिएन । प्रतिभाको कुरा गर्दा अहिलेको भन्दा त्यो बेलाका खेलाडीलाई माथि राख्छु ।

    एउटा फरक के भने त्यो बेला हाम्रो टीमले फस्ट ब्याटिङ गर्न रुचाउँथ्यो । सानो स्कोर पनि बलरहरुले रक्षा गर्थे । अहिले चाहिँ नेपालको टीम चेज गर्न बढी रुचाउँछ । यो विश्वकपमा भने न लक्ष्य दिँदा जितियो न लक्ष्य पछ्याउँदा ।

    विश्वकपपछि टीममा केही फेरबदल हुन सक्छ । जसले पर्फम गरिरहेको छैन, उसलाई राखिरहनु पर्छ भन्ने हुँदैन । बाहिर पनि प्लेयरहरुले मेहनत गरिरहेका छन् । उनीहरुलाई मौका दिनुपर्छ । हामी अब ‘वान डे’ मोडमा फर्किंदै छौं । हाम्रो ब्याटिङको कमजोरी हामीले पत्ता लगाएपछि अब यसलाई सुधार्ने जिम्मेवारी प्रशिक्षकको हो । नेपाली क्रिकेटको आगामी यात्रा सुखद हुने विश्वास छ ।