Category: सुशासन प्रेस

  • गण्डकीको मितव्ययी कदम: ७ निर्देशनालयसहित ९ कार्यालय खारेज, वार्षिक ५० करोड जोगिने

    गण्डकीको मितव्ययी कदम: ७ निर्देशनालयसहित ९ कार्यालय खारेज, वार्षिक ५० करोड जोगिने

    पोखरा । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशका सबै निर्देशनालय र दुई केन्द्र खारेज गर्ने निर्णय गरेको हो ।

    प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन गर्न गठित पूर्वसचिव शरदचन्द्र पौडेल संयोकत्वमा गठित समितिले गत जेठ २३ गते प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई केलाउन प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरियो । उक्त समितिले आइतबार प्रतिवेदन बुझाएसँगै सोमबारको मन्त्रिपरिषद् बैठकले ९ कार्यालय खारेज र १५ कार्यालय गाभ्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

    पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र खारेजमा परेका हुन् ।

    यस्तै अन्य ३२ वटा कार्यालयलाई घटाएर १७ वटामा झारिएको मुख्यमन्त्री पाण्डेले बताए । खारेजी र गाभ्ने निर्णयले कर्मचारीको वार्षिक ५० करोड रूपैयाँ बचत हुने मुख्यमन्त्री पाण्डेले सुनाए ।

    ‘निर्देशनालय र कार्यालयहरू खारेजी र गाभ्ने निर्णयले ५० करोड रुपैयाँ बचत हुने अपेक्षा गरेका छौं । कार्यालय सञ्चालन खर्च लगायतका हिसाब निकाल्दा अझ धेरै बचत हुन सक्छ,’ उनले भने ।

    गाभिने कार्यालयलमा सामाजिक विकास कार्यालय र पर्यटन तथा उद्योग कार्यालय छन् । दुवैतर्फ कास्की र स्याङ्जाको कार्यालय कास्कीमा हुँदा मनाङको पनि लमजुङले हेर्नुपर्नेछ । बागलुङले पर्वत, म्याग्दीले मुस्ताङ जिल्लाको पनि काम गर्नुपर्नेछ ।

    बाली संरक्षण प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला, प्रदेश बीउ-बिजन तथा गुणस्तर नियन्त्रण केन्द्रलाई गाभेर एकीकृत प्रयोगशाला बनाइएको छ । बागवानी विकास स्रोत केन्द्र पोखरालाई कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्र पोखरामा गाभ्ने तथा मनाङ र मुस्ताङका कृषि ज्ञान केन्द्रसँग भेटेरेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गाभेर एउटै कार्यालय बनाउने निर्णय मन्त्रिपरिषद्बाट भएको छ ।

    व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पर्वत र कास्की गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान पोखरामा गाभिएका छन् । प्रादेशिक क्षयरोग केन्द्र पोखरा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गाभेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा क्षयरोग नियन्त्रण बन्नेछ । जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयबाट भूमिगत जलस्रोत तथा सिंचाइ कार्यालय नवलपूरको सेवा दिइनेछ ।

    खारेज र गाभिएका कार्यालयबाट १८५ कर्मचारीको दरबन्दी पनि खारेज भएको मुख्यमन्त्री पाण्डेले बताए । जसमा अधिकृतस्तरको ४१, सहायकस्तरको ९६ र श्रेणीवीहिन ४८ कर्मचारी छन् ।

    योसँगै कर्मचारीको प्रशासनिक संरचनाहरू पुनर्विचार गरिनेछ । जसका लागि ३० दिनभित्र ओएनएम गरेर प्रतिवेदन पेश गर्न सबै मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

  • कोशी पर्यटन वर्ष : होटलको खाली बील ल्याएर नगदै भुक्तानी गरेका सचिवलाई संसदीय समितिमा केरकार

    कोशी पर्यटन वर्ष : होटलको खाली बील ल्याएर नगदै भुक्तानी गरेका सचिवलाई संसदीय समितिमा केरकार

    विराटनगर । पर्यटन वर्षको उद्घाटनका बेला तेह्रथुमका होटलहरुमा भएको खर्चको विषयमा जवाफ दिन पर्यटन, वन तथा वातावरण सचिव विशाल घिमिरेलाई संसदीय समितिमा बोलाइएको छ ।

    तेह्थुमको बसन्तपुरमा रहेका होटलहरुमा आर्थिक वर्ष सम्पन्न भएपछि नगदै भुक्तानी गरिएको विषयमा जवाफ दिन कोशी प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिले घिमिरेलाई बैठकमा बोलाएको हो ।

    आज भएको बैठकमा सचिव घिमिरेले तेह्थुमको होटलहरुमा नगदै भुक्तानी गरेको विषयमा जवाफ दिएका हुन् ।

    गएको चैत २७ गते पर्यटन वर्षको उद्घटन कार्यक्रममा भएको खर्चको भुक्तानी आर्थिक वर्ष सकिँदा पनि नभएको विषयमा नेपाल प्रेसमा समाचार छापिएको थियोे ।

    पर्यटन, वन तथा वाताबरण मन्त्रालयका सचिव विशाल घिमिरले होटलबाट खाली बील संकलन गरेर ल्याएको भएपनि भुक्तानी नपाएको विषयमा समाचार प्रकाशन भएको थियो ।

    समाचार प्रकाशन भएको भोलिपल्ट साउनको ६ र ७ गते होटल होटलमा गएर सव डिभिजन कार्यालय बसन्तरका प्रमुखले होटलमा गएर भरपाई गराँउदै भुक्तानी गरेका थिए ।

    सो विषयमा जवाफ दिँदै समितिको बैठकमा सचिव घिमिरले अनुमानभन्दा बढी सहभागी आएपछि खानपानमा अतिरिक्त खर्च भएको र मन्त्रालयले सहभागी सङ्ख्या तथा खर्चको रेकर्ड व्यवस्थित गर्न नसक्दा समस्या उत्पन्न भएको जवाफ दिएका छन् ।

    उनले बैठकमा करिब ३० लाख रुपैयाँको अनुमानित बजेटमध्ये २९ लाख खर्च भए पनि तत्काल भुक्तानी दिन सकिने मात्र भुक्तानी दिइएको बताए ।

    उनले भने बाँकी रकम पछि मिलाउने योजना अनुसारको रकम भुक्तानी रोकिएको हो ।

    उनले नकारात्मक समाचार आउन थालेपछि आफूले व्यक्तिगतरूपमा २ लाख ७६ हजार रुपैयाँ बैङ्कबाट निकालेर सम्बन्धित होटलहरूलाई भुक्तानी गराएको दाबी गरे ।

    उनले भने ‘यसले प्रदेश सरकारलाई थप आर्थिक भार पारेको छैन, यो मेरो व्यक्तिगत खर्च हो’, घिमिरेले समितिमा भने, ‘समस्या कार्यक्रममा भएको व्यवस्थापनको कमजोरी हो, सुशासनमा हानि पुर्याएको छैन ।’ उनका अनुसार, केही होटलका बिलमा मासु, मदिरालगायतका सामग्रीसमेत रहेका कारण मन्त्रालयबाट भुक्तानी गराउन नसकिने अवस्था थियो ।

    कार्यक्रममा मन्त्रालयका कर्मचारी मात्र नभई निमन्त्रणा प्राप्त अतिथि र बाह्य सहभागीहरू पनि संलग्न थिए । समितिको बैठकमा प्रदेश सांसद गणेश उप्रेतीले पर्यटन वर्ष २०८२का लागि छुट्याएको बजेट फिर्ता पठाउने अनि खर्च खल्तीबाट गरिएको भनेर हल्ला चलाउने काम भएको भन्दै मन्त्री र सचिव लक्षित आलोचना गरे ।

    ‘आर्थिक वर्ष बितेपछि नगदै तेह्रथुमका होटलहरूलाई भुक्तानी गरिएको विषय स्पष्ट पार्नुपर्छ’, उनले भने, ‘सुशासन र पारदर्शीतामाथि प्रश्न उठेको छ, पर्यटन प्रवद्र्धनको नाममा दुरुपयोग गरेको भन्ने सन्देश जानु राम्रो भएन ।’

    प्रदेश सभा सदस्य गोपाल तामाङले पर्यटन वर्षको नाममा अन्तर प्रदेश, अन्तर देशीय पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू हचुवाको भरमा रकम खर्च हुने गरेको बताए ।

    ‘अन्तर प्रदेश र अन्तर देशीय पर्यटन गतिविधिहरू घुम्ने र राज्यको रकम खर्च गर्ने मात्रै भयो’, उनले भने, ‘अब पर्यटन गतिविधि गर्नको लागि नयाँपन दिन सक्नुपर्छ, राज्यको रकम दोहन गरेर मात्रै हुन्न ।’

    सांसदहरू जय प्रकाश चौधरी, निरादेवी खनाल, मैयाँ श्रेष्ठ, उमाकान्त गौतम, सुनीता कुमारी गच्छदारलगायतले सरकारले गर्ने कार्यक्रमहरू व्यवस्थित रूपमा हुनु पर्नेमा त्यस्तो हुन नसकेको बताए ।

  • घुससहित रंगेहात पक्राउ परेका कल्याणपुरका मेयरविरुद्ध मुद्दा दायर

    घुससहित रंगेहात पक्राउ परेका कल्याणपुरका मेयरविरुद्ध मुद्दा दायर

    काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग  १ लाख घुस लिएकाे ठहर गर्दै आयोगले  विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।

    आयोगले मेयरविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उदफा १ बमोजिम कैद सजाय र बिगोअनुसार जरिवाना हुनुपर्ने मागसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    अनुसन्धानका क्रममा साहले सेवाग्राहीबाट १ लाख घुस लिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर देखिएको हो ।

    उनका अनुसार अख्तियारले यस घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान पनि अघि बढाउने जनाएको छ । नगरप्रमुख साहले उक्त नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए ।

    आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण कार्यको भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत लिएको एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

     

     

  • कुलिङ पिरियड छेडखानी : छानबिन समितिले बुझाएको ११६ पृष्ठको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

    कुलिङ पिरियड छेडखानी : छानबिन समितिले बुझाएको ११६ पृष्ठको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

    काठमाडौं । संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।

    समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका छन् ।

    संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठन गरिएको उक्त समितिले २९ दिन लगाएर सरोकारवालासँग छलफलपश्चात प्रतिवेदन तयार गरेको हो ।

    यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो । समितिले ११६ पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

    गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

    समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की थिए ।

  • ५१ शाखा अधिकृतको सरुवा, ३ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

    ५१ शाखा अधिकृतको सरुवा, ३ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

    काठमाडौं । बढुवा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रशासन सेवाका ३२ जना शाखा अधिकृत र लोक सेवा आयोगबाट सिफारिस भएका प्राविधिक सेवा र तथ्यांक सेवाका गरेर ५१ जना शाखा अधिकृतको पदस्थापन तथा सरुवा भएको छ । मन्त्रालयले सोमबार उनीहरुलाई विभिन्न निकायमा पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको हो ।

    जसमा १० जना नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, जनरल उपसमूह अन्तर्गतका राजपत्रांकित तृतीय श्रेणीका इञ्जिनियर र ९ जना नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह अन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको रहेका छन् ।

    मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३२ जना प्रशासन सेवाका शाखा अधिकृतको पदस्थापन तथा सरुवा गर्दा २३ जनाको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएको छ भने ५ जनालाई विभिन्न जिल्ला समन्वय समितिमा पठाइएको छ ।

    यस्तै ३ जनालाई विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

    जसमा कमलबहादुर केसीलाई तनहुँको बन्दिपुर गाउँपालिका, थमनबहादुर रेग्मीलाई पर्वतको बिहादी गाउँपालिका र रामबाबु पौडेललाई धादिङको थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

  • संवैधानिक इजलासमाथि प्रधान न्यायाधीशको प्रतिशोध, सर्वोच्चका न्यायाधीशको कित्ताकाट

    संवैधानिक इजलासमाथि प्रधान न्यायाधीशको प्रतिशोध, सर्वोच्चका न्यायाधीशको कित्ताकाट

    काठमाडौं । न्यायपालिकाको नेतृत्व गर्ने प्रधान न्यायाधीश नै आफ्नै अध्यक्षतामा रहेको संवैधानिक इजलासमाथि बदला लिन अग्रसर भएपछि सर्वोच्च अदालतमा गुटबन्दी र कित्ताकाट प्रष्ट देखिएको छ ।

    प्रधान न्यायाधीश भएलगत्तै ‘अरुको थाहा छैन न्यायपालिका सुधारको जिम्मा म लिन्छु’ भन्ने प्रकाशमान सिंह राउत न्यायाधीशजस्तो नभई ‘एनार्किस्ट एक्टिभिस्ट’ भूमिकामा प्रकट भएपछि सर्वोच्चमा प्रष्ट कित्ताकाट भएको हो ।

    संवैधानिक इजलासको हालैको एक फैसलामा आफू अल्पमतमा परेपछि प्रधान न्यायाधीश राउतले ‘रिभेन्ज’ को भावना देखाएको न्यायाधीशहरूले बताएका छन् । एउटै प्रकृतिको नियुक्तिमा फरक राय लेखेर कमजोर न्यायिक क्षमता प्रदर्शन गरेका राउत उल्टै प्रतिशोधमा उत्रिएको आरोप लागेको छ ।

    संवैधानिक अंगका पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा राउत अल्पमतमा परेका थिए । आफूलाई अल्पमतमा पार्ने न्यायाधीशमाथि राउत न्यायिक आचरणविपरीत ‘देखाउने’ शैलीमा प्रस्तुत भएको आरोप छ ।

    सर्वोच्च अदालतमा प्रधान न्यायाधीश अल्पमतमा परेको यो पहिलोपटक होइन र इजलासमा बसेपछि सबै न्यायाधीश बराबर हुन् । यसअघि कल्याण श्रेष्ठ, त्रिलोकप्रताप राणाहरू पनि अल्पमतमा परेका दृष्टान्त छ । तर, न्याय सम्पादनको सिलसिलामा भएका कार्य इजलासपछि सकिन्छन् ।

    राउतले भने आफू अल्पमतमा परेको कारण संवैधानिक इजलास नै बस्न दिएका छैनन् । संविधानको धारा १३७, सर्वोच्च अदालतको परमादेश र राउत आफैँ संलग्न रहेको गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी समितिको अध्ययन प्रतिवेदन २०७८ विपरीत प्रधान न्यायाधीशले संवैधानिक इजलास गठन गर्न खोजेपछि सर्वोच्चको फुलकोर्ट विभाजित बनेको छ ।

    बार पदाधिकारीलाई न्यायाधीशको घाँस देखाउने क्रम अझै रोकिएको छैन । सर्वोच्चमा २ न्यायाधीश नियुक्त गर्नुपर्नेमा प्रधान न्यायाधीशले मेघराजलाई मात्र नियुक्त गरेर एउटा खाली राखेका छन् । ईश्वरी भट्टराई र शशी रावलको नाम प्रस्ताव हुँदा अश्वीकार गरेको राउतले नेपाल बारका एक पदाधिकारीलाई समेत ‘न्यायाधीशको घाँस’ देखाएर बारलाई आफ्नो प्रभावमा राख्न खोजेको आरोप छ ।

    केही दिनअघि आन्तरिक समीक्षाका लागि बसेको सबै न्यायाधीशहरू संलग्न ‘फुलकोर्ट’ बैठकमा एजेण्डा र प्रसंगबिनै प्रधान न्यायाधीश राउतले संवैधानिक इजलास पनि गोला प्रक्रियाबाट गठन गर्ने प्रस्ताव अघि सारेपछि न्यायाधीशहरू झस्किएका थिए ।

    संविधान, सर्वोच्चको आफ्नै परमादेश र हरिकृष्ण कार्की तथा राउत सम्मिलित समितिको प्रतिवेदनविपरीत प्रधान न्यायाधीश कार्कीले संवैधानिक इजलास गठनमा गोलाप्रथाको प्रस्ताव ल्याएपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहितका सिनियर न्यायाधीशले विमति जनाएका थिए ।

    न्यायपालिकामा कित्ताकाट र भाँडभैलो मच्चाउने नियतले केही नवनियुक्त न्यायाधीशहरूको उक्साहटमा प्रधान न्यायाधीश प्रस्तुत भएपछि वरिष्ठ न्यायाधीशहरूले फुलकोर्ट नै छाडेर हिँडेको स्रोतको दाबी छ । प्रधान न्यायाधीशले आफैँ गुट बनाएर न्यायपालिका कमजोर बनाउन खोजेपछि आफूहरू असंवैधानिक छलफलको प्रक्रियामै सहभागी हुन नसकेको एक न्यायाधीशले बताए ।

    उनले भने- संवैधानिक इजलास आफैँमा भिन्न अदालतको मान्यताबाट बनेकाले त्यसबारे संविधानको धारा १३७ ले नै व्यवस्था गरेको छ । यसबीचमा अधिवक्ता माधव बस्नेतको रिटमा मीरा खड्का श्रीमानसहितको इजलासले प्रष्ट परमादेश गरेर रोष्टर बनाउनू भनेको छ । अहिलेका प्रधान न्यायाधीशसमेत संलग्न हरिकृष्ण कार्की समितिले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुने भनेर प्रतिवेदन दिएको छ । यस्तो व्यवस्था हुँदा हुँदै उहाँ बदलाभावले संविधान, सर्वोच्चको परमादेश र अध्ययन प्रतिवेदन कुल्चिन ढंगले प्रस्तुत हुनु न्यायपालिकाको लागि दुर्भाग्यपूर्ण र सर्वथा अश्वीकार्य कुरा हो । उहाँ हिजो चोलेन्द्र शमशेरले स्वेच्छाचारिता देखाए भनेर हड्ताल गरेको मान्छे तर आज संविधानकै विपरीत जान खोज्दै हुनुहुन्छ, कम्तीमा चोलेन्द्रले त विधि स्थापित गरेका थिए ।

    के छ संविधान र प्रतिवेदनमा ?

    संविधानको धारा १३७ को उपधारा १ मा ‘सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस इजलासमा प्रधान न्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चारजना न्यायाधीश रहनेछन् ।’ भन्ने प्रष्ट उल्लेख छ ।

    संविधानले संवैधानिक इजलास गठनबारे प्रधान न्यायाधीशलाई दिएको अधिकार र न्याय परिषदको सिफारिसको व्यवस्थाविपरीत गोला प्रक्रियामा लैजाने प्रस्ताव नै असंवैधानिक र न्यायपालिकालाई अराजकतामा धकेल्ने प्रयासका रूपमा न्यायाधीशले लिएका छन् ।

    यसबीचमा कुनै एकजना न्यायाधीश नभएको अवस्थामा के गर्ने भन्ने भएपछि न्याय परिषदले वरिष्ठताका आधारमा संवैधानिक इजलासमा रहने न्यायाधीशहरूको रोष्टर सर्वोच्च अदालतमा पठाउने प्रचलन रहेको छ । सोहीबमोजिम वरिष्ठतामा रहेको कुनै न्यायाधीश अनुपस्थित रहने अवस्थामा त्यसपछिकाले मौका पाउँछन् ।

    त्यस्तै सर्वोच्च अदालतबाटै गठित समितिको प्रतिवेदनमा संवैधानिक इजलासबारे प्रष्ट भाषामा यस्तो लेखिएको छ- संवैधानिक इजलासको हकमा नेपालको संविधाको धारा १३७ (१) अनुसार प्रधान न्यायाधीशले गठन गर्ने र सो कार्य न्याय परिषदको सिफारिसबमोजिम रोष्टरमा रहेका न्यायाधीशहरूबाट वरिष्ठताको आधारमा तोकिँदै आएकोले त्यस बारेमा नियमावली वा निर्देशिकामा कुनै व्यवस्था गरिएको छैन ।

    यसबाहेक माधव बस्नेतको रिटमाथि सर्वोच्चको पूर्ण इजलासले फैसला गरेर संवैधानिक इजलासमा रहने न्यायाधीशहरूको रोष्टर बनाएर तोक्नू भन्ने आदेश गरेको थियो । १० महिनासम्म संवैधानिक इजलास बस्न नसकेको अवस्थामा सर्वोच्चले नै त्यस्तो आदेश गरेर वरिष्ठताका आधारमा रोष्टर तोक्ने व्यवस्था भएको सर्वोच्चका पूर्व न्यायाधीश अनिल सिन्हा बताउँछन् ।

    यसबीचमा दीपक कार्की कामु प्रधान न्यायाधीश भएका बेला अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधान न्यायाधीशबिना संविधानले संवैधानिक इजलास परिकल्पना नगरेको आदेश जारी गरेका थिए ।

    अहिले प्रधान न्यायाधीशले केही नयाँ न्यायाधीशहरूसहितको पहलमा ल्याएको प्रस्तावले संवैधानिक इजलासको संवैधानिक मान्यतालाई खण्डित गर्ने र भाँडभैलो मच्चाउने पूर्वन्यायाधीश सिन्हाको भनाइ छ । प्रधान न्यायाधीश राउतका क्रियाकलाप न्यायपालिकामा कित्ताकाट गर्ने, राजनीतिक आस्थाका आधारमा न्यायाधीशलाई जबर्जस्ती विभाजित गर्न खोज्ने र आफू अनुकूलका बार परिचालन गरेर बेन्च विभाजित गर्नेतर्फ अग्रसर रहेको आरोप छ ।

    नयाँको नियत र बारलाई घाँस

    संवैधानिक इजलास गठन संवैधानिक र स्थापित मान्यताविपरीत गोला प्रक्रियाबाट गर्ने कुरामा प्रधान न्यायाधीशलाई न्यायाधीश सुनील पोखरेल र मेघराज पोखरेलले सक्रियता देखाएको सर्वोच्च स्रोतले जनाएको छ । सुनील पोखरेलले अलि पहिलेदेखि थालेको यो लबिङमा सबैभन्दा पछि नियुक्त न्यायाधीश मेघराजको बलियो समर्थन देखिएको छ ।

    सर्वोच्च बारको अध्यक्ष निर्वाचित भएलगत्तै न्यायाधीश बनेका पोखरेलको भूमिका पछिल्लो फुलकोर्टमा बार अध्यक्षकै हैसियतमा देखिएको सिनियर न्यायाधीशहरूको भनाइ छ । पछिल्लोपटक सर्वोच्च बारले गोला प्रथाबाटै संवैधानिक इजलास गठन गर्न ज्ञापनपत्र नै बुझाएपछि त न्यायाधीशहरू झस्किने नै भए ।

    एक न्यायाधीशले भने- मेघराजजीले सर्वोच्च बारको अध्यक्ष नछाडेको जस्तो देखियो । उहाँ न्यायाधीश हुने कुरा रहेछ त प्रधान न्यायाधीशले उहाँलाई सर्वोच्च बारको अध्यक्ष चुनाव नलड्न भन्नुपर्थ्यो । एउटा समूहबाट चुनाव जितेर आएलगत्तै न्यायाधीश बन्ने र फुलकोर्टमा त्यही समूहको प्रतिनिधित्व गरेर संवैधानिक इजलासमा बस्न रहर गर्ने अनि आफ्नै बारमार्फत प्रधान न्यायाधीशलाई ज्ञापनपत्र बुझाएर गोला प्रक्रिया गर्न दबाब दिने कुरा त स्वार्थको द्वन्द्व भयो । उहाँहरू आज न्यायाधीश नियुक्त भयो भोलि नै संवैधानिक इजलासमा बस्न पाउनुपर्छ भन्ने ढंगमा जानुभभयो ।

    अध्यक्ष पोखरेल न्यायाधीश भएपछि उपाध्यक्ष अमरबहादुर राउत कार्यवाहक अध्यक्षको हैसियतबाट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको इच्छाबमोजिमको ज्ञापनपत्र बुझाउन गएका थिए । स्रोतका अनुसार नातामा भाइ पर्ने अमरलाई उच्च अदालतको न्यायाधीश बनाउने आश्वासन दाइबाट प्राप्त भएको छ ।

    सर्वोच्च बारको चुनावमा कांग्रेस र नेकपा एसनिकट वकिलको गठबन्धनबाट पोखरेल अध्यक्ष र राउत उपाध्यक्ष निर्वाचित भएका थिए । पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त भइसकेका छन् भने राउतलाई पनि उच्चको आश्वासन दिएर पछिल्लो ज्ञापनपत्र झिकाइएको हो ।

    बार पदाधिकारीलाई न्यायाधीशको घाँस देखाउने क्रम अझै रोकिएको छैन । सर्वोच्चमा २ न्यायाधीश नियुक्त गर्नुपर्नेमा प्रधान न्यायाधीशले मेघराजलाई मात्र नियुक्त गरेर एउटा खाली राखेका छन् । ईश्वरी भट्टराई र शशी

    अधिकार राउतको नाम प्रस्ताव हुँदा अश्वीकार गरेको राउतले नेपाल बारका एक पदाधिकारीलाई समेत ‘न्यायाधीशको घाँस’ देखाएर बारलाई आफ्नो प्रभावमा राख्न खोजेको आरोप छ ।

    चोलेन्द्र शम्सेरको पालामा संवैधानिक इजलासमा पनि गोला प्रथा गरौँ भनेर हालका महान्यायाधिवक्ता रमेश बडालले प्रस्ताव राख्ने विरोध गर्ने वकिल र हालका केही न्यायाधीशहरू नै अहिले गोला प्रक्रियाको पक्षमा उभिएको आरोप समेत छ ।

    न्यायाधीशको कित्ताकाट

    प्रधान न्यायाधीशले संवैधानिक इजलासको एउटा फैसलामा आफू अल्पमतमा परेपछि बदला लिन गरेको प्रयासले न्यायाधीशहरू कित्ताकाट भएका छन् । संविधान, सर्वोच्चको फैसला र अध्ययन प्रतिवेदनको सिफारिसविपरीत संवैधानिक इजलास गठन गर्ने प्रस्तावको बरिष्ठ नयायाधीशहरूले विरोध गरेका छन् ।

    वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा.नहकुल सुवेदीले राउतको प्रस्तावमा विमति जनाएका छन् । उनीहरू वरिष्ठताका आधारमा संवैधानिक इजलासको रोष्टरमा रहेका न्यायाधीश हुन् ।

    त्यस्तै कुमार चुँडाल, नित्यानन्द पाण्डे, शान्ति सिंह थापा, नृपध्वज निरौला, श्रीकान्त पौडेललगायतले पनि संवैधानिक इजलास गठन संविधानले तोकेबमोजिम नै हुनुपर्ने पक्षमा देखिएका छन् ।

    प्रधान न्यायाधीशको प्रस्तावका पक्षधर भने सुनील पोखरेल, विनोद शर्मा, टेकप्रसाद ढुंगाना, मेघराज पोखरेल, तीलप्रसाद श्रेष्ठ, सारङ्गा सुवेदी, महेश शर्मा पौडेल र अब्दुल अजिज मुसलमान देखिएको बताइएको छ ।

    प्रधानन्यायाधीशले न्यायपालिका सुधारका काममा ध्यान दिनै नसकेको आरोप छ । वरिष्ठतम न्यायाधीशलगायत सर्वोच्चका न्यायाधीशहरुसँग छलफल नगर्ने र बेलुका चीर परिचित सानो घेरामा बसेर ‘सन्ध्याकालीन मिटिङ’ गरेको आरोप प्रधानन्यायाधीशमाथि छ ।

    सर्वोच्चको न्यायाधीश नियुक्तिमै पनि उनलाई शक्ति सन्तुलन बुझेर अघि बढ्न कतिपयले सल्लाह दिएका थिए । मेघराज पोखरेलको नाम सिफारिस गरेपछि सोही लटमा वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराईको पनि नाम प्रस्ताव भएको थियो, तर राउतले मानेनन् । उनले त्यहाँ पनि बार्गेनिङको लागि खाली ठाउँ राखे ।

    यो पनि पढ्नुहोस्-

    प्रधानन्यायाधीशले शक्ति सन्तुलन बेवास्ता गर्दा न्यायपालिकामा भद्रगोल

    संवैधानिक इजलासको बहुमतको फैसलाका साइड इफेक्ट- बीआरआई कार्यान्वयनमा ‘न्यायिक अवरोध’

  • स्थानीय तहका कर्मचारीको समस्याबारे संघीय मामिला मन्त्रीको ध्यानाकर्षण

    स्थानीय तहका कर्मचारीको समस्याबारे संघीय मामिला मन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । स्थानीय तह कर्मचारी संघले लामो समयदेखि कार्यरत स्थानीय तहका अस्थायी कर्मचारीलाई आस्थाका आधारमा हटाउने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    पेशागत महासंघ नेपालका नेतृत्वमा शुक्रवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई भेटेर संघले स्थानीय तहका कर्मचारी माग र मुद्दाहरुबारे जानकारी गराएको महासचिव शम्भु बरालले जानकारी दिए ।

    संघले स्थानीय तहले गरेका समायोजनलाई सम्मान गर्दै वृत्ति विकासमा मान्यता दिन, साबिक गाविस र जिविसबाट समायोजित कर्मचारीलाई जुन सेवा सर्त र सुवधामा नियुक्त गरिएको हो सोही बमोजिम समायोजनपछि पनि सुविधा उपलब्ध गराउन माग गरेको छ ।

    पेशागत महासंघ नेपालका अध्यक्ष पुन्य ढकाल, उपाध्यक्ष भोलानाथ पोखरेलसहितका नेतृत्वमा गएको टोलीले कर्मचारीका विषयमा छलफल गरेको थियो ।

  • अडियो काण्डको साइड इफेक्ट: मोबाइल लकरमा राखेर मात्र उद्योगमन्त्रीको कार्यकक्षमा प्रवेश अनुमति

    अडियो काण्डको साइड इफेक्ट: मोबाइल लकरमा राखेर मात्र उद्योगमन्त्रीको कार्यकक्षमा प्रवेश अनुमति

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कार्यकक्ष बाहिर एउटा सूचना टाँसिएको छ । सूचनामा लेखिएको छ, ‘कृपया मोवाइल फोन लकरमा राखेरमात्र भित्र प्रवेश गर्न अनुरोध गरिन्छ ।’

    उच्च पदस्थलाई भेट्न जाँदा मोबाइल बाहिरै छोड्नुपर्ने अभ्यास नेपालमा सामान्यतया छैनन् । प्रधानमन्त्रीदेखि राष्ट्रपतिलाई समेत मोबाइलसहित नै कार्यकक्षमा भेट्न सकिन्छ । सिंहदरबारभित्रै अरु थुप्रै मन्त्रालयहरू छन् । नेपाल प्रेसको टीमले हिजोमात्रै संघीय मामला तथा सामान्य प्रशासनमन्त्री, महिला बाललबालिकामन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको कार्यकक्ष बाहिर पनि अवलोकन गर्‍यो । अन्यत्र कतै पनि यस्तो सूचना लेखिएको थिएन ।

    उद्योगमन्त्रीले चाहिँ कार्यकक्षमा मोबाइल लैजान किन निषेध गरे त ? यो प्रश्न हामीले स्वयम् मन्त्री भण्डारीलाई नै सोध्यौ । उनले नलुकाइकन जवाफ दिए- ‘जो आउँदा पनि मोबाइलबाट कुराकानीको अडियो रेकर्ड गर्न थाले । फोनमा सुरक्षा भएन, कसैको विश्वास भएन ।’

    उद्योगमन्त्री भण्डारीले आफू आउनुअघि पनि यस्तै सूचना रहेको बताए । तर, यसअघि मन्त्रालय जादाँ त्यस्तो सूचना टाँसिएको थिएन ।

    उद्योगमन्त्री भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टले भने, ‘सुरूदेखि नै त्यस्तो सूचना टाँसिएको थियो । हाम्रो मन्त्रीज्यू आएपछि केही खुकुलो बनाएका थियौं । त्यसपछि एक-दुईवटा समूहगत भेटघाटमा आएका व्यक्तिले आन्तरिक छलफलको पनि भिडिओ बनाउने गरेपछि एक सातादेखि कडाइ गरिएको हो ।’

    वाईफाईको स्क्यान गर्ने र दिनभरी नेट चलाएर बस्ने समस्या पनि रहेको उनको भनाइ छ ।

    भर्खरै बहिर्गमित सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो सार्वजनिक भएपछि मन्त्रीज्यू डराउनुभएको त होइन ? भन्ने प्रश्नको उनले प्रतिवाद गरे ।

    भट्टले भने, ‘त्यस्तो केही पनि होइन । मन्त्रीज्यूको काममा प्रभाव पर्न थाल्यो । मन्त्रीज्यू गम्भीर छलफलमा बसिरहेको बेला भिडिओ खिच्ने र फोनको घन्टी बजेर डिस्टर्ब हुने भएपछि त्यस्तो गरिएको हो ।’

    उनले पूर्णतया नियन्त्रण नगरिएको तर समूहगतरूपमा आउनेलाई केही कडाइ गरिएको बताए ।

    केहि दिनअघि मात्रै तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाटै राजीनामा दिनु परेको थियो । उद्योग मन्त्रालयमा पनि उद्योगी व्यवसायी र व्यापारीहरू मन्त्रीलाई भेट्न आइराख्छन् ।

  • चार सहसचिवको सरुवा, पौडेललाई सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी

    चार सहसचिवको सरुवा, पौडेललाई सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी

    काठमाडौं । सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

    बैठकले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने डोटीका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई आदिवासी जनजाति आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।

    यस्तै, कोशी प्रदेश योजना आयोगका प्रदेश सचिव मिमांश अधिकारीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ ।

  • पतञ्जली भ्रष्टाचार मुद्दा : पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश

    पतञ्जली भ्रष्टाचार मुद्दा : पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश

    काठमाडौं । पूर्व भूमिसुधार सचिव छविराज पन्तलाई पतञ्जली जग्‍गामा भ्रष्टाचार गरेको मुद्दामा ५ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

    मंगलबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पाँच लाख धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार पन्त मंगलबार अदालतमा हाजिर भएपछिको बयान र थुनछेक बहसपछि यस्तो आदेश दिएको हो ।

    पन्तसहित पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ मा ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । २०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो । उक्त निर्णय विरुद्ध अख्तियार अदालत गएको हो ।

  • पर्यटन वर्ष उद्घाटन खर्चको खाली बील ल्याएका सचिवले होटलमा नगदै पठाए

    पर्यटन वर्ष उद्घाटन खर्चको खाली बील ल्याएका सचिवले होटलमा नगदै पठाए

    विराटनगर । ‘कोशी पर्यटन वर्ष’ को उद्घाटनताका खर्च भएको वसन्तपुरका होटलहरूको उधारो प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले नगदै भुक्तानी गरेको छ ।

    सरकारी कार्यालयले गर्ने भुक्तानी बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधानलाई मिच्दै कर्मचारीलाई त्यहिँ पठाएर भुक्तानी गरिएको हो । टीएमजे क्षेत्रमा भएको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका साथै अतिथिहरूको खानाबास खर्चबापत होटलहरूमा ८ हजारदेखि डेढ लाख रूपैयाँसम्म उधारो बाँकी थियो ।

    पर्यटन वर्षका लागि छुट्याइएको बजेट खर्चको अपारदर्शीतामा प्रश्न उठेको विषयमा नेपाल प्रेसमा समाचार प्रकाशन भएपछि मन्त्रालयले रकम भुक्तानी गरेको हो । डिभिजन वन कार्यालय वसन्तपुरका प्रमुख विन्देश्वर साहले वसन्तपुरका होटल होटलमा गएर भरपाइ गराउँदै नगदै भुक्तानी गरेका छन् ।

    बुधबार दिउँसो होटलहरूमा भुक्तानी गर्दै जाँदा पैसा नपुगेपछि विहीबार बाँकी तिरिएको छ ।

    एक होटल व्यवसायीले नेपाल प्रेससँग भने, ‘हामीलाई त हामीले दिएको सेवाबापतको पैसा चाहिएको थियो । कहाँबाट ल्याए, कसरी ल्याए मतलब पनि भएन, हाम्रो पाउनु पर्ने सबै रकम पायौं ।’

    व्यवसायीको सबै उधारो तिरेको होटल व्यवसायी संघ तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

    उनले भने, ‘शव डिभिजन कार्यालयका प्रमुख विश्वेश्वर साह आएर नगदै भुक्तानी गर्नुभयो ।’

    कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभाको सङ्गम स्थल तीन जुरे मिल्के जलजले क्षेत्रबाट पर्यटन वर्ष २०८२ को उद्घाटन गरेको थियो ।

    पर्यटन वर्षको उद्घाटन उप प्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए । सो कार्यक्रममा सहभागी हुने प्रदेश सरकारका मन्त्री, मन्त्रीका स्वकीय, पर्यटन मन्त्रालयका कर्मचारी, पर्यटन क्षेत्रका सरोकारवाला र पत्रकार वसन्तपुर पुगेका थिए ।

    पर्यटन वर्षको उद्घाटन कार्यक्रममा मन्त्री, सचिव, कर्मचारी, पीए, सुरक्षा टोली, पत्रकारदेखि मुख्यमन्त्रीका निजी सचिवालयका नाममा चैत २५ देखि २७ गतेसम्म खानाबासका लागि पर्यटन मन्त्रालयले होटलहरू बुक गरेको थियो ।

    कार्यक्रम सकिएपछि मन्त्रालयका सचिव विशाल घिमिरेले होटलहरुबाट खाली बील ल्याएका थिए । आर्थिक वर्ष सकिदासम्म सचिवले भुक्तानी अड्काएपछि व्यवसायीले पटक-पटक ताकेता गरेका थिए ।

    बिहीबार दिउँसोसम्म सम्पर्कमा रहेका सबै होटलहरूको तिरोभरो गरिएको वन अधिकृत विश्वेश्वर साहले बताए ।

    कहाँबाट भयो भुक्तानी ?

    पर्यटन वर्षको उद्घाटनका क्रममा भएको खर्चको भुक्तानी मन्त्रालयको कुन शीर्षकबाट गरियो भन्ने बारे खुलाइएको छैन । खाली बील लिएर आएका मन्त्रालयका सचिव विशाल घिमिरेले समाचार आएपछि आफूले नै मिलाएर पैसा पठाएको मन्त्रालय स्रोतले बतायो ।

    होटल होटलमा गएर बाँकी बक्यौता फरफराक गरेका वन अधिकृत साहले रकम मन्त्रालयबाट आएको बताए ।

    उनले भने, ‘यो रकम मन्त्रालयले पठाएको होला, कहाँबाट आएको भन्दा पनि हामीले होटल व्यवसायीलाई रकम भुक्तानी गरिसकेका छौँ ।’

    कति रकम आएको र कस कसलाई भुक्तानी गरेको विषयमा उनले केही पनि बताएनन् । अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएको कार्यक्रमको फरफारक मन्त्रालयको सञ्चित कोषबाट चालू आर्थिक वर्षमा गर्न सकिन्छ । त्यो रकम सञ्चित कोषबाट निकासा नभएको पाइएको छ ।

    कोशी प्रदेश वन तथा वातावरण मन्त्रालयका वरिष्ठ लेखा अधिकृत भीमकुमार लिम्बूले बिहीबार दिउँसो १२ बजेसम्म सबैको पेमेन्ट भैसकेको भन्ने मात्रै सुन्नमा आएको बताए ।

    उनले भने,‘त्यो मन्त्रालयको सिस्टम र प्रदेशको सञ्चित कोषबाट निकासा भएको छैन । त्यसरी होटललाई भुक्तानी भएको रकम लेखाबाट पेमेन्ट गरिएको छैन । ’

    प्रदेश सरकारको तर्फबाट लेखा प्रणाली प्रयोग नगरिएको भए, कुन निकाय जिम्मेवार थियो ? यदि व्यक्तिगत रूपमा उठाइएको हो भने, त्यसको लेखाजोखा कहाँ छ ? भनी राखिएको जिज्ञासामा मन्त्रालय स्रोत भन्छ ‘सचिव विशाल सरलगायतका केही हाकिमहरूलाई मात्र थाहा छ ।’

    सचिव घिमिरे ।

    सचिव घिमिरेले व्यक्तिगतरूपमा पैसा तिरेको, मन्त्रालयबाट नतिरेको बताएका छन् ।

    पर्यटन वर्षका लागि मन्त्रालयमा बजेट नराखी धरान, काँकडभिट्टास्थित पर्यटन कार्यालय र पर्यटन विकास आयोजना विराटनगरमा पठाइएको उपसचिव गुरुप्रसाद दाहाल बताउँछन् ।

    १० करोडमध्ये पर्यटन विकास आयोजनालाई ४ करोड ४६ लाख ९० हजार रूपैयाँ, पर्यटन कार्यालय काँकडभिट्टालाई २ करोड ४८ लाख, पर्यटन कार्यालय धरानलाई १ करोड ६५ लाख र आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई ६२ लाख रूपैयाँ पठाइएको उनको भनाइ छ ।

    विनियोजित रकममध्ये कहाँ कुन शीर्षकमा कसरी खर्च भयो भनेर मन्त्रालयले अझै हिसाब सार्वजनिक गर्न सकेको छैन । सो बजेटबाट पर्यटन प्रवर्द्धनात्मक क्रियाकलापमा मात्रै ७ करोड ५० लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको थियो ।

    यो समाचार पनि पढ्नुहोस्

  • विशेष अदालतको फैसला नै ‘चयनमुखी’- प्रेम राई अख्तियारमा रहँदा स्वार्थ समूह दुःखी

    विशेष अदालतको फैसला नै ‘चयनमुखी’- प्रेम राई अख्तियारमा रहँदा स्वार्थ समूह दुःखी

    काठमाडौं । विशेष अदालतले वाइडबडी बिमान खरिद भ्रष्टाचार प्रकरणमा गरेको फैसलाको पूर्णपाठमा अख्तियार प्रमुख प्रेम राईलाई नियतवश विवादित बनाउन चयनमुखी (सेलेक्टिभ) टिप्पणी गरेको पाइएको छ ।
    अख्तियारले चयनमुखी अभियोजन गरेको भनेर प्रेम राईमाथि प्रश्न उठाइएको फैसला आफैँमा चयनमुखी रहेको कानूनविदहरूको टिप्पणी छ ।

    प्रेम राईको प्रतिष्ठामाथि हिलो छ्याप्न प्रयोग गरिएको भाषा उनीअघि पर्यटन मन्त्रालयको सचिव भएर वाइडबडी विमान खरिदको नीतिगत निर्णय गरेका सुशील घिमिरे र दिनेश थपलियाबारे भने विशेष अदालत मौन देखिनुले बदनीयत देखिएको टिप्पणी उनीहरूले गरेका हुन् ।

    एक वर्षअघिको फैसलाको पूर्णपाठलाई अहिले राष्ट्रिय विमर्शको विषय बनाइनु र पूर्णपाठ वेबसाइटमा राख्नुअघि प्रेम राई अख्तियार प्रमुख भएको देखि नसहने स्वार्थ समूहमार्फत सीमित मिडियाबाट राईमाथि प्रहार गरिनुले पनि यसबारे प्रश्न उठेको हो । जबकी अख्तियारले एक वर्षअघि गरेको फैसलाको संक्षिप्त आदेशमै यो विषय आएकै थियो ।

    वाइडबडी मुद्दाको बहसमा सहभागी एक वरिष्ठ अधिवक्ताले भने-अहिले आएर प्रेम राईलाई तारो बनाएर फैसलाको व्याख्या गर्नुको उद्देश्य भने सर्वोच्च अदालतबाट उनीसहित ५२ जनाको नियुक्ति खारेज गर्ने प्रयास असफल भएपछिको ‘खाँबो चिथोराई’ मात्र हो । त्यसमाथि विशेष अदालतका कतिपय श्रीमानले प्रेम राईलाई देखाइदिने नाममा अख्तियारलाई धेरै मुद्दामा हराइरहेको पृष्ठभूमि पनि हेर्नुपर्छ ।  ठूला नेता र प्रशासक जोगाएर हजार घुसकाण्डमा पर्ने कर्मचारीहरु दोषी ठहर भइरहेको पनि बुझ्नुपर्छ । वास्तवमा अख्तियारको अभियोजन चयनमुखी नभएर विशेषको फैसला चयनमुखी देखिएको र प्रेम राई अख्तियारमा रहँदा स्वार्थ समूह दुःखी भएकाले अहिले केही मिडियामार्फत संवैधानिक अंगको गरिमामाथि प्रहार गर्न खोजिएको हो ।

    सर्वोच्च अदालतमार्फत प्रेम राईलाई पदमुक्त गर्ने लामो समयदेखिको प्रयास असफल भएपछि एक वर्ष पुरानो फैसलाको व्याख्या गरेर राष्ट्रिय बहस सिर्जना गर्न खोजिएको कानूनविदहरू बताउँछन् ।

    तत्कालीन मन्त्रीसहित नेपाली उच्च अधिकारी र विदेशी नागरिकसमेत ३२ जनालाई प्रतिवादी बनाएर अख्तियारले यो मुद्दा २०८० चैत २२ गते विशेष अदालमा दायर गरेको थियो । उनीहरूसँग एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रूपैयाँ बिगो दाबी गरिएको थियो ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २०८१ मंसिर २० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

    नेवानीको वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको विशेष अदालतको ठहर थियो । मुख्य प्रतिवादी तत्कालीन मन्त्री जीवनबहादुर शाहीसहित २१ जनाले सफाइ पाएका थिए । विशेष अदालतको पूर्णपाठमा विमानको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट, विमान खरिद-प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियामा सामेल सचिवहरूको नाम उल्लेख छैन । तत्कालीन सचिव राईले विमान आवश्यक छ या छैन अध्ययनका लागि उपसमिति बनाएका थिए ।

    अदालतलले भनेको छ, ‘चयनमुखी अभियोजन गर्नु सामान्य न्यायको सिद्धान्तविरुद्ध हुन्छ, यस्तो कार्यले कानून सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्‍याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ ।’ तर यो अदालतको निर्देशनात्मक आदेश वा न्यायिक टिप्पणी नभएको एक कानून व्यवसायीको जिकिर छ ।

    बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट, खरिद प्रक्रिया, खरिदबिक्री सम्झौता र भुक्तानीमा अन्य पूर्वसचिव सहभागी भएपनि उनीहरूको नाम हटाएर पूर्णपाठमा तात्कालीन सचिव राईको मात्रै नाम राखिनु ‘दुराशयपूर्ण’ रहेको टिप्पणी उनको छ ।

    एकजना सरकारी वकिलले भने–अख्तियारले गरिरहेका कामबाट स्वार्थ समूहले राजनीति नेतृत्वलाई पनि नकारात्मक बनाइरहेको छ । राईविरुद्ध कांग्रेस,माओवादी,नेकपा एसलगायत तत्कालीन गठबन्धन त शुरुदेखि नै छँदै थियो,पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली पनि सन्तुष्ट नरहेको बताइन्छ । ओलीको चाहनाविपरीत कतिपय मुद्दा अदालतमा गएपछि उनी पनि असन्तुष्ट छन् । यही मौकामा स्वार्थ समूहले एक वर्षअघिको फैसलाको पूर्णपाठ मिडियामा डुलाइरहेको प्रष्ट बुझ्न सकिन्छ, त्यो पनि सर्वोच्चको फैसलापछि । त्यो भनेको कतै यही फैसला डुलाएर राजीनामा गराउन सकिन्छ कि भनेर हुनसक्छ ।

    राईको संलग्नता के ?

    पर्यटन मन्त्रालयबाट सरुवा भइसकेपछि विमानको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट, विमान खरिद प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी भएको थियो ।

    सचिव राईको अध्यक्षतामा २०७३ वैशाख २ को बैठकले ‘वाईड बडी विमान खरिद उप समिति’ बनाएको थियो । समितिको संयोजकमा सूर्यप्रसाद आचार्य, निमानुरु शेर्पा, रमेशबहादुर शाह र रामहरि शर्मा सदस्य थिए । दुई महिनाभित्रसमिति समक्ष प्रतिवेदन पेश गर्न जिम्मा दिइएको थियो ।

    विशेष अदालतले फैसलामा २०७१।०७२ को बजेट वक्तव्यको सार्वजनिक संस्थान सुधार शीर्षक नं. 173 HT आन्तरिकतर्फ १५ वटा विमान र अन्तर्राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाज ल्याईने भनी उल्लेख भएको र आर्थिक वर्ष २०७२/०७३ को वजेट वक्तव्यमा निगमका विमानहरु थप गर्ने भनेको उल्लेख गरेको छ ।

    फैसलामा भनिएको छ, ‘तत्काल २ वटा वाईड वडी विमान खरिदका लागि गर्न नेपाल सरकारको जमानतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय मार्फत सरकारलाई लेखी पठाउने गरी तत्कालीन सचिव एवं निगमका तत्कालीन सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको देखिन्छ। निगमका अध्यक्ष श्री दिनेश कुमार थपलियाको अध्यक्षतामा मिति २०७२।९।२७ मा वसेको संचालक समितिको बैठकले पुनः २५ अर्वको सहुलियत ऋण अथवा पुंजी लगानीको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको देखिन्छ । यही प्रक्रियाअघि वढ्दै नागरिक लगानी कोष तथा कर्मचारी संचय कोषले नेपाल सरकारको जमानतमा ऋण प्रदान गरेको देखिन्छ ।’

    तत्कालीन सचिव राई संलग्न निर्णय 

    उप समितिले ३१ साउन २०७५ मा पेश गरेको प्रतिवेदनमा ३ विकल्प दिएको थियो । तर, खरिद प्रक्रिया नबढ्दै सचिव राई २३ भदौ २०७३ मा आपूर्ति मन्त्रालय सरुवा भएका थिए ।

    त्यसपछि शंकर अधिकारीको पालामा ३ माघ २०७३ मा प्रस्ताव स्वीकृति, खरिद निर्णय र एमओयू उपसमिति बनाइको थियो । २६ फागुन २०७३ मा सम्झौता मस्यौदा उप समिति गठन भई । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर झण्डै २४ अर्बमा वाइडबडी खरिद गरिएको थियो ।

    अन्नपूर्ण मिति २०७५/३/ १४ र दोश्रो वाइडबडी विमान ए ३३०–२४३ ९एन एएलजेड मकालु मिति २०७५/४/१० मा फ्रान्सको टुलुजबाट काठमाडौं अवतरण गरेका थिए ।

    संसदको तात्कालीन सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद ऐन मिचेर जहाज खरिद गरिएको आशंकासहित सांसद राजन केसीको नेतृत्वमा उपसमिति बनाएको थियो । उक्त उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ अनियमितताको निष्कर्ष निकालेको थियो ।

    १८ पुस २०७५ मा बुझाइएको ५९ पानाको प्रतिवेदनमभा आवश्यकता र औचित्यविना जहाज र इन्जिन छनोट गरिएको, खरिद सम्झौतामा सर्तहरूको दुराशययुक्त प्रयोग भएको, जहाजको क्षमता नघटाइएको, शंकास्पद कम्पनी स्थापना गरी कारोबार गरेको निष्कर्ष निकालेको थियो ।

    उपसमितिले जहाजको सिरियल नम्बर फेरिएको, भुक्तानीका लागि एजेन्ट खडा गरिएको, सार्वजनिक खरिद कानून उल्लंघन भएको, लागत अनुमान र खरिद मूल्यमा मिलेमतो भएको, मूल्यवृद्धि गरिएको र जहाजको पूर्वनिरीक्षणका नाममा खर्च गरेर अनियमितता भएको पनि ठहर्‍याएको थियो ।

    वाइडबडी खरिदमा लेखा समितिको निष्कर्ष र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दा लिएका आधार उस्तै प्रकृतिका रहेको बताइएको छ । बिगो गणना भने केही फरक थियो ।

  • स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र- कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु

    स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र- कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् । उनले पत्रमा प्रयोग गरेको भाषा शैली भने मर्यादित छैन ।

    अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला । धन्यवाद ।’

    पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालयलाई पनि पठाइएको छ ।

  • मुख्यसचिव, २१ सचिव र ७८ सहसचिवसमेत २२ सय कर्मचारी यो वर्ष घर जाँदै (सूची)

    मुख्यसचिव, २१ सचिव र ७८ सहसचिवसमेत २२ सय कर्मचारी यो वर्ष घर जाँदै (सूची)

    काठमाडौं । यो वर्ष विभिन्न सेवाका २२११ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् । राष्ट्रिय निजामती किताबखानाको तथ्यांकअनुसार अवकाशमा जानेको सूचीमा मुख्यसचिव एकनारायण अर्यालसहित २१ सचिव र ७८ जना सहसचिव पनि छन् ।

    विभिन्न सेवाका सचिवमध्ये केही ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । साथै कोही ५८ वर्षे उमेर हदले घर जाँदैछन् ।

    २०८१ भदौ १३ गते मुख्यसचिव नियुक्त भएका एकनारायण अर्याल आगामी मंसिर १० मा उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । मुख्यसचिवको कार्यकाल ३ वर्ष भए पनि ५८ वर्षे उमेर हदका कारण उनी १५ महिना पूरा नगर्दै घर जान लागेका हुन् । अर्यालसँगै गृहसचिव गोकर्णमणि दुवाडी पनि अवकाशमा जाने छन् । दुवाडी ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका हुन् ।

    न्याय समूहतर्फ नेपाल कानून आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ उमेर हदका कारण साउन ८ गते अवकाशमा जाँदैछन् । श्रेष्ठ एक वर्षअघि बढुवा भएका थिए ।

    सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, एक महिनाअघि मात्र बढुवा भएका उपमहालेखापरीक्षक नारायण एमसी पनि उमेर हदका कारण अवकाश जाँदैछन् । ऊर्जासचिव सुरेश आचार्य भदौ १५ मा, भर्खरै बढुवा भएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी भदौ १८ मा, नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजाल असोज ५ मा अवकाशमा जाँदैछन् ।

    यसै वर्ष सचिवबाट अवकाश हुनेमा प्रधानमन्त्री कार्यालयमा कार्यरत कानून सेवाका सचिव फणिन्द्र गौतम आगामी मंसिर १८ गते, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणी सुवेदी पुस २९, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल माघ १९, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे फागुन २०, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल फागुन २४, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा चैत ९ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दिपककुमार खराल चैत १५ रहेका छन् ।

    यस्तै नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह वैशाख १०, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य आगामी असार १७, राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी असार २१, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्कर असार २४ र असार २८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल पनि अवकाशमा जाने छन् ।

  • कोशीमा कोटेसन मोह: बजेट टुक्रा पारेर खरिद सजिलो बनाउन जनस्वास्थ्य र जिल्ला अस्पतालमा बजेट

    कोशीमा कोटेसन मोह: बजेट टुक्रा पारेर खरिद सजिलो बनाउन जनस्वास्थ्य र जिल्ला अस्पतालमा बजेट

    विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अस्पताललाई चाहिने उपकरण र औषधी खरिद कोटेसनबाट गर्ने गरी तयारी गरेको छ ।

    प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगतको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट हुँदै आएको खरिदलाई रोकी सिधै जिल्ला अस्पतालबाट खरिद गर्ने गरी बजेट विनियोजन भएपछि कोटेसनमा खरिद गर्ने तयारी देखिएको हो ।

    प्रदेश स्वास्थ्य मन्त्रालयले चालू आर्थिक वर्षका लागि व्यवस्थापन केन्द्रको बजेटमा ५४ प्रतिसतले कटौती गरेको छ । केन्द्रको बजेट काटेर मन्त्रालयले यस वर्ष सिधै जिल्ला अस्पतालहरूले खरिद गर्न सक्ने गरी बजेट पठाएको छ ।

    प्रदेश सरकारले चालू वर्षका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई उपकरण खरिदमा ७ करोड ६० लाख र औषधी खरिदमा ४ करोड ४४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको छ ।

    आर्थिक वर्ष २०८१/८२ का लागि मन्त्रालयले केन्द्रमा उपकरण खरिदका लागि १४ करोड २४ लाख रुपैयाँ र औषधी खरिदमा १२ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रद्वारा औषधी र उपकरण खरिद गर्दा टेन्डर प्रक्रियामा जानु पर्ने र यसले खरिदमा ढिलाइ हुने भन्दै कोटेसनबाट खरिद गर्न सकिने गरी जिल्ला अस्पतालबाटै खरिदका लागि बजेट विनियोजन भएको छ ।

    जिल्लामा बजेट पठाउँदा सानो सानो बजेट हुन्छ । मन्त्रालयका कर्मचारीका अनुसार यसरी सानो सानो बजेटलाई टुक्राएर खरिद गर्दा कोटेसनबाट नै खरिद गर्न सकिन्छ ।

    आपूर्ति व्यवस्थापनमा कार्यरत एक कर्मचारीले भने, ‘खरिद प्रक्रियामा हुने ढिलाइलाई रोकी छिटो काम निकाल्ने भनिए पनि यो सेटिगमा आफू निकटका कम्पनीलाई सजिलै काम दिने उपाय हो ।’

    कोटेसनबाट खरिद गर्दा आर्थिक अपचलन हुने र सेटिङ गरी कार्यालय प्रमुखले आफू निकटका ठेकेदारहरूलाई काम दिने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

    आलोचना भइरहँदा पनि स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कोटेसनमा मोह देखाएका छन् । सानो बजेटमा कोटेसनमा काम दिन सकिन्छ । स्वास्थ्य मन्त्रालयका कर्मचारीले भने, ‘सानो परिमाणमा हुने खरिदमा जिल्ला अस्पतालले कोटेसन विधि प्रयोग गर्न सक्ने भएको त्यसमा मिलेमतो हुने सक्नेछ । यसरी सामान किन्दा समान महँगो पर्न सक्नेछ ।’

    सानो टेन्डरमा ठुला सप्लायर्स प्रतिस्पर्धामा नजाने र साना बिक्रेताबिचको मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढ्दा थप घोटालाको जोखिम हुनसक्ने मन्त्रालयका एक कर्मचारीले बताए । ‘यस्तो हचुवाको निर्णय किन भयो बुझ्न सकिएको छैन’, उनले भने, ‘जिल्ला खरिदमा मिलेमतो गरेर कमिसन लिन पाइन्छ भन्ने सोच पनि हुन सक्छ ।’

    कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रहेको छ । केन्द्रको काम स्वास्थ्यसँग सम्बन्धी औषधि तथा उपकरण खरिद गरेर प्रदेशभरि वितरण गर्नु हो ।

    आपूर्ति केन्द्रले प्रदेश सरकार मातहतका अस्पतालहरूलाई चाहिने औषधी र उपकरणका लागि एकै पटक टेन्डर आव्हान गर्थ्यौ ।

    टेन्डर मार्फत ठुलो परिमाणमा एकमुस्ट औषधि खरिद गर्दा कम मूल्य पर्ने गरेको थियो । जिल्लाले छुट्टाछुट्टै कम परिमाणमा खरिद गर्दा महँगो पर्न सक्ने चिन्ता स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरूले गरेका छन् ।

    ‘पहिले विराटनगरमा रहेको केन्द्रले १४ वटै जिल्लाका लागि औषधी र उपकरणहरू एकै पटक टेन्डरमार्फत खरिद गर्थ्यो, जसले प्रतिस्पर्धा बढाउँथ्यो र मूल्य घट्थ्यो’ ती कर्मचारीले भने, ‘अब प्रत्येक अस्पतालले छुट्टाछुट्टै थोरै परिमाणमा खरिद गर्दा लागत वृद्धि हुने प्रबल सम्भावना छ ।’

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका पूर्वप्रमुख भोगेन्द्रराज डोटेलले पनि सरकारको पछिल्लो नीतिले औषधी र उपकरण खरिद महँगो पर्ने खतरा रहेको बताएका छन् । ‘प्रदेश केन्द्रबाट सामूहिक खरिद हुँदा ठुला सप्लायर्सको सहभागिता बढ्थ्यो र प्रतिस्पर्धाबाट दर घट्थ्यो’ उनले भने, ‘जिल्लाले छुट्टाछुट्टै थोरै परिमाणमा खरिद गर्दा प्रतिस्पर्धा न्यून हुन्छ र मूल्य स्वाभाविक रूपमा महँगो पर्छ ।’

    आफ्नै दाबीलाई काट्दै मन्त्री राई

    स्वास्थ्य मन्त्री राईले केही दिन अघि मन्त्रालयमा पत्रकार सम्मेलन गदै आपूर्ति व्यवस्थापन केन्द्रबाट खरिद गर्दा साँढे पाँच करोड रुपैयाँ जोगिएको दाबी गरेका थिए ।

    उनले प्रतिस्पर्धाबाट औषधी र उपकरण खरिद गर्दा आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरिएको बजेटभन्दा आधा कममा स्वास्थ्य उपकरण खरिद गरेको बताएका थिए ।

    उनले पत्रकार सम्मेलनमा भनेका थिए, प्रतिस्पर्धामा उपकरण र औषधी खरिद गर्दा सस्तो मूल्यमा समान किनिएको छ । यसले प्रदेशको बजेट जोगिएको छ ।

    उनले मन्त्रालयले स्वास्थ्य उपकरण खरिदमा ११ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५ करोड ६३ लाख ६९ हजार ७ सय रुपैयाँमा खरिद सम्पन्न गरेको बताएका थिए । उनले विनियोजित बजेटमा ५ करोड ५१ लाख ३ हजार रुपैयाँ जोगिएको बताएका थिए ।

    उनले भनेका थिए, आपूर्ति केन्द्रको उक्त खरिदलाई ‘मितव्ययिता र सुशासनको उत्कृष्ट नमुना’ छ ।

    तर मन्त्री राईले आपूर्ति व्यवस्थापन केन्द्रका खरिदलाई मितव्ययी भने पनि व्यवहारमा भने चालू वर्षमा उपकरण खरिदको ४७ प्रतिशत र औषधी खरिदको ६४ प्रतिशत बजेट कटौती गरेका छन् ।

    उनले पत्रकार सम्मेलनमा आपूर्ति केन्द्रबाट उपकरण र औषधि खरिद गर्दा मितव्ययी भएको र सरकारी बजेट बचत भएको दाबी सुशासनको रूपमा प्रचार गरेका थिए ।

    अस्तालमा छैनन् प्राविधिक

    औषधी र उपकरण खरिद प्राविधिक विषय भए पनि प्रदेश सरकार मातहतका जिल्ला अस्पतालहरूमा उपकरण औषधीको खरिदको गुणस्तर गर्ने प्राविधिकहरूको अभाव रहेको छ ।

    स्वास्थ्य उपकरण खरिद गर्न त्यसको प्राविधिक पक्ष प्रमाणीकरण गर्ने बायो मेडिकल इन्जिनियर चाहिन्छ ।

    मन्त्रालय अन्तर्गतको आपूर्ति केन्द्र र मेची प्रादेशिक अस्पताल भद्रपुरमा मात्र यस्तो इन्जिनियरको दरबन्दी छ । जिल्ला अस्पतालमा बायो मेडिकल इन्जिनियरको दरबन्दी छैन । त्यसैले अस्पतालले कसरी उपकरण खरिद गर्छन् भन्ने प्रश्न उठेको छ ।

    आपूर्ति केन्द्रका एक कर्मचारीका अनुसार उपकरण र स्वास्थ्य केमिकल खरिदपछि त्यसको ल्याब परीक्षण गर्नुपर्छ । त्यो परीक्षण गर्ने उपकरण र जनशक्ति पनि जिल्लामा छैन ।

    त्यसैले जिल्लाले खरिद गर्ने उपकरणको ल्याब परीक्षणको लागि कि आपूर्ति केन्द्रमै आउनुपर्ने वा आपूर्ति केन्द्रको प्राविधिक टिम उपकरण बोकेर जिल्ला जानुपर्ने बाध्यता हुनेछ ।

    मन्त्री भन्छन् कोटेसनबाट हुने खरिद प्रति होसियार छौ

    प्रदेश सरकारका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कोटेसनबाट हुने खरिद प्रति आफू होसियार रहेको बताएका छन् । उनले २० लाख रुपैयाँ भन्दा तलको खरिद सिल कोटेसनबाट गर्न सकिने भएकाले बजेटको सीमा २० लाख रुपैयाँ भन्दा माथि राखिएको बताए ।

    उनले भने, ‘हामीले जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयहरुको बजेटको सीमा बढाएर २० लाख रुपैयाँ भन्दा माथि पुर्‍याएका छौ । कोटेसन काम गर्न सकिने भन्दा माथिको बजेट भएकाले इ बिडिंग मार्फत नै खरिद हुन्छ ।’

    उनले औषधी र उपकरण खरिदमा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र मात्रै जिम्मेवार हुँदा प्रदेश सरकार मातहतका अस्पतालमा निःशुल्क वितरण हुने औषधी खरिदमा ढिलाइ भएको बताए ।

    उनले भने, ‘हामीले विराटनगर मात्रै हेरेर भएन ताप्लेजुङ र सोलुखुम्बु पनि हेर्न पर्‍यो । त्यहाँ के औषधी चाहिएको छ त्यो थाहा पाउनु पर्‍यो । त्यसैले आवश्यकता अनुसार त्यही अस्पतालले खरिद गर्न सक्ने गरिको व्यवस्था मिलाएको छौं ।’

    उनले आपूर्ति केन्द्रका बजेट कटौती गरेको नभई जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयको बजेट बढाएको दाबी गरे ।

  • त्रिवि अध्यागमनमा ४५ जना फ्रेस शाखा अधिकृत खटाइयो

    त्रिवि अध्यागमनमा ४५ जना फ्रेस शाखा अधिकृत खटाइयो

    काठमाडौं ।  अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।

    अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।

    ‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीनदिने तालिमपश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ,” उनले भने, ‘अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आउनुभएका सहसचिव घिमिरेले आजदेखि हाजिर भइसक्नुभएको छ ।’

    विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सुरूवा भएका घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् ।

    केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही सङ्ख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ ।

    ‘विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ ।’ उनले दरबन्दीअनुसार मात्रै मन्त्रालयले अधिकृतहरू राख्ने बताए ।

    त्यस्तै सरकारले पूर्वमुख्य सचिव शङ्करदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ ।

    उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रश्तुत गर्नेलगायत कार्यादेश दिइएको छ । समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ ।

     

  • जागिर छाडेकी लेखापालकै हस्ताक्षरमा बैंकिङ कारोवार, अख्तियारमा उजुरी

    जागिर छाडेकी लेखापालकै हस्ताक्षरमा बैंकिङ कारोवार, अख्तियारमा उजुरी

    काठमाडौं। जागिरबाट राजीनामा दिई लेखापाल पाँच महिनादेखि वैदेशिक रोजगारीका सिलसिलामा देशबाहिर छिन् । तर उनको हस्ताक्षरमा आर्थिक कारोबार जारी भएपछि अजुसन्धान र कारबाहीकाे माग गर्दै अख्तियारमा उजुरी परेको छ ।

    नुवाकोटको तारकेश्वर गाउँपालिका-५, कल्लेरीडाँडास्थित शंखादेवी माविकी लेखापाल अनिता तामाङले फागुन १ गते ने राजीनामा दिएकी हुन् ।

    तर, प्रधानाध्यापक राजाराम अधिकारीसहितको हस्ताक्षर चल्ने चेकमा अझै राजीनामा दिएकी लेखापाल तामाङको पनि हस्तक्षर देखिएपछि सरोकारवालाले अख्तियारमा उजुर गरेका हुन् । उक्त विद्यालयको बैंक खाता हिमालयन बैंकको गोर्स्याङ शाखामा सञ्चालित छ ।

    अन्य सिनियर शिक्षक हुँदाहुँदै गाउँपालिका अध्यक्ष शिव अधिकारीको दबाबमा अधिकारीलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको एक शिक्षकले बताए । उनले प्रदेश सरकारबाट विनियोजित ‘सिक्दै, कमाउँदै’ शीर्षकको ५ लाख बजेटमध्ये १ लाख रुपैयाँको लगानीमा एउटा सानो टनेल बनाए बाँकी रकमको हिसाब सञ्चालक समितिलाई दिएका छैनन् ।

    अर्को गाउँपालिका बाट वाल लगाउन भन्दै ४ लाख ५० हजार बजेट निकास भए पनि प्रधानाध्यापक अधिकारीले हिसाब दिन नसकेपछि सरोकारवाला अख्तियार गएका हुन् ।

  • भ्रष्टाचार मुद्दाका अभियुक्तलाई अख्तियार प्रतिनिधिकै ‘रेड कार्पेट’, सिन्धुका सीडीओले प्रमुख अतिथि बनाए

    भ्रष्टाचार मुद्दाका अभियुक्तलाई अख्तियार प्रतिनिधिकै ‘रेड कार्पेट’, सिन्धुका सीडीओले प्रमुख अतिथि बनाए

    सिन्धुपाल्चोक । टेरामक्स खरिद प्रकरण भ्रष्टाचार मुद्दाका अभियुक्त पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियारकै प्रतिनिधिले प्रमुख अतिथि बनाएर सार्वजनिक कार्यक्रम गरेका छन् ।

    जिल्ला जिल्लामा अख्तियारको प्रतिनिधिको रूपमा सीडीओलाई जिम्मेवारी दिइएको हुन्छ । तर, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने बस्नेतलाई खुसी पार्नकै लागि जिल्ला प्रशासन कार्यालयले कार्यक्रम आयोजना गरेर बस्नेतलाई प्रमुख अतिथि बनाएपछि थापाको आलोचना सुरू भएको छ ।

    सिन्धु प्रशासनको आयोजनामा असार ३२ गते बाह्रबिसेमा बाढी पहिरोले अरनिको राजमार्गमा हुनसक्ने क्षति र रसुवामा बाढीपहिरो गएपछि तातोपानी नाकाको सम्भावित सुरक्षा जोखिमबारे पालिकाका प्रमुख, व्यापारिक संघ/संस्थालगायत सरोकारवालाको समन्वयात्मक बैठक राखिएको थियो ।

    उक्त बैठकमा अख्तियारले मुद्दा दर्ता गरेका सिन्धुपाल्चोकका निलम्बित सांसद बस्नेतलाई प्रमुख अतिथि बनाइयो । तर, यहीँका संघीय सासंद माधव सापकोटालगायत प्रदेश सभाका कोही सांसदलाई बोलाइएको थिएन ।

    बैठकमा विशेष गरी क्षेत्र नम्बर १ का चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोशी, सुनकोशी, बलेफी गाउँपालिकाका प्रमुख, भन्सार कार्यालयलगायत १८ सरकारी र गैरसरकारी कार्यालयलाई बोलाइएको थियो ।

    सीडीओ थापाले रसुवामा बाढी गएपछि तातोपानी नाकामा मालवाहक सवारी साधानहरूको चाप बढेको, राजमार्गमा समस्या भएपछि त्यसलाई सहजीकरणका लागि जिल्ला समन्वय समितिको आग्रहमा आफूहरूले बैठक राखेको जानकारी दिए ।

    ‘मैले क्षेत्र नम्बर १ का सासंद माधव सापकोटालाई पनि बोलाएको थिएँ, उहाँ कार्यव्यस्तताले आउनु भएन । अख्तियारले मुद्दा दर्ता गरेपनि उहाँ त्यो क्षेत्रको बासिन्दा हो । त्यही भएर बोलाएको हुँ’, थापाले नेपाल प्रेससँग भने ।

                                                                                                               सीडीओ थापा ।

    आफूले बस्नेतलाई बोलाएर कानूनविपरीत काम नगरेको र बोलाएर कुनै अपराध नगरेको उनको भनाइ छ ।

    ‘राम्रो कामको लागि बैठक बोलाएको हो, कसले के भन्छ, के गर्छ, त्यो उहाँहरूको दृष्टिकोणमा भर पर्छ । के मैले त्यो बैठक राखेर समन्वय गर्न खोज्दा नराम्रो भयो र ? बाहिर जे जस्तोसुकै आलोचना भएपनि केही फरक पर्दैन’, उनले थपे ।

    सांसद सापकोटा भने योजनाबद्ध रूपमा षडयन्त्र गरेर भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई बोलाएर सीडीओले कार्यक्रम गर्नु गलत भएको बताउँछन् । अख्तियारका प्रतिनिधिले अख्तियारले नै मुद्दा दर्ता गरेको व्यक्तिलाई सरकारी कार्यक्रममा बोलाएर कानूनकै धज्जी उडाएको उनको टिप्पणी छ ।

    पूर्वकानूनमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पनि अख्तियारको प्रतिनिधिले कानूनविपरीत काम गरेको टिप्पणी गरे । विपदजस्तो संवेदनशील सवालमा सरोकारवाला सबैलाई बोलाएर समन्वय गर्नु ठीक भएपनि योजनाबद्धरूपमा कसैलाई खुसी पार्न गरिने यस्ता गतिविधि सही नभएको उनको जिकिर छ ।

    माओवादी सिन्धुपाल्चोकले भन्यो- सिडीओले अक्षम्य गल्ती गरे

    नेकपा माओवादी सिन्धुपाल्चोकले विज्ञप्ति निकालेर निलम्बित सासंदलाई शिरमा बोकेर हिँड्ने जिल्ला प्रशासन कार्यालय र सीडीले जिल्लाबासीको शान्ति सुरक्षा र अमनचैनको अधिकारलाई हनन् हुने गरी बेथितिको प्रदर्शन गरिरहेको आरोप लगाएको छ ।

    माओवादी केन्द्र सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनतामा क्षमायाचना गर्नुपर्ने, जनताको काममा तल्लीन हुन र अन्य राजनीतिक गतिविधि नगर्न चेतावनीसमेत दिइएको छ ।

  • उच्च अदालत बुटवलको सुधार : फैसलाको दर बढ्दै, १८ महिना नाघेका मुद्दा लगातार शून्य

    उच्च अदालत बुटवलको सुधार : फैसलाको दर बढ्दै, १८ महिना नाघेका मुद्दा लगातार शून्य

    रुपन्देही । न्यायिक प्रक्रियामा ढिलाई भइरहेका गुनासा आइरहेका बेला उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दाको लगतसँगै यसको फर्छयौटको दर पनि बढेको छ । त्यसमाथि लगातार दुई आर्थिक वर्षमा १८ महिना नाघेका मुद्दाको संख्या शून्यमा झारेर समयमै मुद्दाको किनारा लगाएको बलियो आधार पेश गरेको छ ।

    पछिल्लो पाँच वर्षमा मुद्दा फछ्र्योटमा उल्लेखनीय प्रगति गरेको अदालतको तथ्यांकमा उल्लेख छ। समयमै फैसलाले लामो समयसम्म न्यायको प्रतीक्षामा बस्नुपर्ने परिपाटी अन्त्यतर्फ उन्मुख भएको यहाँका न्यायधीश तथा कर्मचारीहरुले बताएका छन् ।

    अदालतको कार्यसम्पादन मूल्याङ्कन गर्दा चालु आर्थिक वर्ष २०८१/८२ को असार ३० सम्ममा फैसलाको दर ८२ दशमलब ०१ प्रतिशत पुगेको छ। अघिल्ला वर्षहरूको तुलनामा यो दर बढेको देखिन्छ ।

    पछिल्लो पाँच वर्षको प्रगति

    उच्च अदालत बुटवलका निमित्त रजिस्ट्रार हरिगोपाल ज्ञवालीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका २,५७८ मुद्दामध्ये १,२८५ मुद्दा फछ्र्योट भएका थिए, जुन ४९ दशमलब ८४ प्रतिशत हो । त्यसयता हरेक वर्षमा क्रमशः सुधार हुँदै गएको छ । त्यसो त यसमा मुद्दाको संख्या पनि बढेको छ ।

    २०७८/७९ मा ३,५२४ मुद्दामध्ये १,८७१ फैसला भएका थिए त्यो वर्ष १६५३ मुद्दा बाँकी रहँदा ५३ दशमलब ०९ प्रतिशत पुगेको थियो । २०७९/८० मा ३,८८९ मुद्दामध्ये २,३४८ मुद्दा फैसला हुँदा १५४१ वटा मुद्दा बाँकी रहेका थिए । यो वर्ष ६० दशमलब ३७ प्रतिशत फैसलाको दर पुगेको थियो ।

    २०८०/८१ मा ३,९०७ मुद्दामध्ये ३,०७५ मुद्दा फैुसला भएका थिए जसको प्रतिशत ७८ दशमलब ७० हुनआउँछ । अहिले २०८१/८२ असार ३० सम्म ३,९१३ मुद्दामध्ये ३,२०९ मुद्दा फैसला भइसकेका छन् जसको प्रतिशत ८२ दशमलब ०१ रहेको छ ।

    गत र चालू  आर्थिक वर्षमा १८ महिना देखि २ वर्षसम्मका मुद्दा शून्यमा झरेका छन् भने पछिल्ला तीन आर्थिक वर्षदेखि २ वर्षभन्दा बढी पुराना मुद्दाहरू पनि पूर्णतः फर्छ्याैटमा परेका छन् ।

    ढिलो न्याय पाइन्छु भन्ने मान्यता तोडिँदै

    उच्च अदालत बुटवलका मुख्य न्यायाधीश बासुदेव आचार्य अदालतमा ढिलो न्याय पाइन्छ भन्ने धारणा क्रमशः कम हुँदै गएको र मुद्दाको प्रकृति अनुसार केहीमा समय लागे पनि सक्दो छिटो फैसला गर्ने प्रयास गरिएको बताउँछन् ।

    उनले अदालतमा मुद्दाको संख्या बढे पनि समयमा फैसला गर्ने कार्यशैली विकास भएकाले सेवाग्राहीले न्यायको अनुभूति गर्न थालेको बताए ।

    ‘देशैभरका अदालतमा मुद्दा फर्याैटको संख्या र प्रतिशत हेर्नुहोस् अनि बुटवलबाट कसरी काम भएको रहेछ भन्ने बुझ्न सकिन्छ, मुद्दाको चाप र यसको फैसलाको संख्याको प्रतिशतलाई हामीले देशमै नमुना बनाएका छौ, त्यसमाथि पछिल्लो दुई वर्षमा लगातार १८ महिना नाघेका मुद्दाको संख्या शून्यमा झार्न सकेका छौं यसबाट न्याय समयमै पाइन्छ भन्ने आधार देख्न सकिन्छ’, उनले भने ।

    वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले मुद्दा फछ्र्योटको दरमा आएको सुधारलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् । उनले भने,’लामो समयदेखि रोकिएका मुद्दाहरू अब फैसलामा पुगेका छन्, जुन राम्रो संकेत हो ।’

    मुद्दाको चाप बढ्दै, कहाँबाट आउँछन् बढी मुद्दा ?

    उच्च अदालत बुटवलमा पूर्व लुम्बिनी अञ्चलअन्तर्गतका ६ जिल्ला– रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट जिल्ला अदालतका फैसलाप्रति असन्तुष्टि जनाउनेहरू निवेदन दिन आउँछन्। केही मुद्दाहरू भने सीधै उच्च अदालतमै दर्ता हुने गर्छन् ।

    जिल्लागत फर्छ्याैट दरः अर्घाखाँची उत्कृष्ट, रुपन्देही पछाडि

    साबिक लुम्बिनी अञ्चलका ६ जिल्ला अदालतमा मुद्दा फर्छ्याैटको अवस्था यस्तो देखिएको छ ।

    जिल्ला मुद्दा संख्या फैसला संख्या प्रतिशत ९५०

    अर्घाखाँची ५९८ ५२५ ८७/७९५

    पाल्पा १,०८१ ८०१ ७४/०९५

    गुल्मी ७६२ ५५० ७२/१७५

    नवलपरासी ३,५५५ २,४३१ ६८/३८५

    कपिलवस्तु ४,४१६ २,८७० ६४/९९५

    रुपन्देही ९,०३९ ५,७३९ ६३/४९५

    तथ्यांकअनुसार पहाडी जिल्लाहरूमा मुद्दा संख्या कम भए पनि फैसलाको प्रतिशत धेरै छ । तराईका जिल्लामा मुद्दाको संख्या धेरै हुने हुँदा फैसला प्रतिशत तुलनात्मक रूपमा कम देखिएको हो ।

    उच्च अदालत बुटवल र मातहतका जिल्ला अदालतहरूले पछिल्लो पाँच वर्षमा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेका छन् । मुद्दा फछ्र्योटको बढ्दो दरले सेवाग्राहीको विश्वास बढेको छ । तर, अदालती सेवाको गुणस्तर पनि न्यायको महत्त्वपूर्ण पक्ष हो भन्ने विषयमा बहस भने कायमै छ ।

    उच्च अदालतमा मेलमिलापका मुद्दामा चासो कम

    अन्य मुद्दाहरुमा फैसलाको दर बढेपनि मेलमिलापको विषयमा भने उच्च अदालतले कम चासो दिएको छ । यहाँ जिम्मेवारीमा आएका १३, नयाँ दर्ता भएका ३०८मध्ये ६० वटा मुद्दामा मात्रै मेलमिलाप भएको छ ।

    यसमा २४८ वटा असफल देखिन्छ, अदालतमा जम्मा १९ दशमलब ४८ प्रतिशत मात्रै मेलमिलापमा सफल रहेको तथ्यांकले देखाउँछ ।

    मुख्य न्यायधीश बासुदेव आचार्यले जिल्लामा जितेर आउनेहरु उच्चमा मेलमिलाप गर्न नचाहने भएको र धेरै मेलमिलापवाला मुद्दा स्थानीय तहमै रहने भएकाले पनि उच्चमा कम रहेको दावी गर्छन् ।

    न्यायाधीशको प्रश्न- आफ्नो पक्षमा फैसला नहुँदा गाली पक्षमा आउँदा झ्याली पिट्ने किन ?

    अदालतको न्यायसम्पादनका विषय सुनाउन पत्रकार सम्मेलनमा जुटेका मुख्यन्यायधीशसहित अन्य न्यायधीशहरुको एकै स्वर थियो मुद्दा फैसला गरिँदा बाहिरको वातावरण कस्तो छ, फैसलापछिको अवस्था कस्तो आउँछ भनेर निर्णय हुँदैन ।

    कानूनको दफाले के भनेको छ, तथ्य र प्रमाणले के भनेको छ त्यसैलाई आधार मानेर हुन्छ । उनीहरुले हरेक फैसलामा पक्ष र विपक्ष हुने भएकाले विपक्षमा फैसला आउनेहरु असन्तष्ट भइरहने भएको विषयमा आफूहरु जानकार रहेको जनाए ।

    मुख्यन्यायधीश बासुदेव आचार्यले भने, ‘अदालत र न्यायधीशका पीडा हामी बोल्ने कुरा भएन, हरेक मुद्दाका पक्षसँगै विपक्षी हुन्छन् हरेक फैसलामा एउटा पक्ष असन्तुष्ट हुन्छ नै तर असन्तुष्ट पक्ष बाहिर गएर गलत भयो भनेर बोल्छ, न्यायधीशकै तेजोबध गर्छ, यही देखेरै हो सर्वोच्चले अंकुश लगाउनुपरेको तर सुधार भएको छैन, यति हुँदा पनि हामीले आफ्नो काम कानुनी आधारमै गरिरहेका छौं गरिरहन्छौं, बाहिरको माहोल हेरेर अदालतले फैसला गर्दैन । यसको विषयमा पत्रकारहरुले वास्तविक विषय लेखिदिनुपर्यो ।’

    न्यायाधीश रमेश ढकालले भने, ‘हरेक फैसला प्रमाणका आधारमा हुन्छ, बाहिरको माहोलले केही गर्दैन तर फैसलापछि त्यसको डिफेन्स न्यायधिश र अदालतले गर्ने होइन, विश्यका सबै ठाउँको अनुभवलाई हेर्न सकिन्छ तर पछिल्लो समय यसलाई गलत ढंगले प्रचार गर्न थालिएको छ जुन सकारात्मक होइन ।’ श्रीमानहरुले कसैको नाम भने कोर्ड गरेनन् ।

     

  • गृहका ५ सहसचिवको सरुवा, गोविन्द रिजाल र रामचन्द्र तिवारीको जिम्मेवारी साटफेर

    गृहका ५ सहसचिवको सरुवा, गोविन्द रिजाल र रामचन्द्र तिवारीको जिम्मेवारी साटफेर

    काठमाडौं । गृहमन्त्रालयले ५ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

    मन्त्रालयले आज गरेको निर्णय अनुसार त्रिवि प्रमुख अध्यागमन अधिकृतमा खोटाङका सीडीओ नरहरि घिमिरेको सरुवा गरिएको छ । खोटाङमा कल्पना श्रेष्ठलाई पठाइएको छ ।

    त्यस्तै अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई मन्त्रालय सरुवा गरिएको छ । उनको ठाउँमा सहसचिव रामचन्द्र तिवारीलाई पठाइएको छ । त्रिवि प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाई पनि गृहमा सरुवा गरिएको छ ।

  • अत्यावश्यक भन्दै निवेदन दिएका २५ हजार जना लाइसेन्स लिनै आएनन्

    अत्यावश्यक भन्दै निवेदन दिएका २५ हजार जना लाइसेन्स लिनै आएनन्

    काठमाडौं । अति आवश्यक भनेर यातायात व्यवस्था विभागमा आएर निवेदन दिएर वा अनलाइनबाट लाइसेन्स प्रिन्ट गर्न दिएकाहरु लाइसेन्स लिनै नआएकाे बुझिएकाे छ । अति आवश्यक भनेर लाइसेन्स प्रिन्ट गर्दा निवेदन दिएका २५ हजारभन्दा धेरैको लाइसेन्स प्रिन्ट भएर विभागमा राखिएको भएपनि सम्बन्धितहरु नआएकाे विभागले जनाएकाे छ ।

    केही समय पहिले अति आवश्यक भनेर लाइसेन्स प्रिन्ट गर्न दिएकाहरुको करिब १ लाख लाइसेन्स प्रिन्ट भएर विभागमा नै रहेको थियो । आफ्नो लाइसेन्स लिन नआएपछि विभागले छपाइ भएको ती लाइसेन्स सम्बन्धित यातायात कार्यालय पठाएको छ ।

    सन् २०२३ देखि अति आवश्यक भनेर लाइसेन्स प्रिन्ट गर्न दिए पनि लिन नआएकाहरुको लाइसेन्स सम्बन्धित यातायात कार्यालयहरुमा पठाइएको छ । अहिले पनि विभागमा अति आवश्यक भनेर स्मार्ट कार्ड प्रिन्ट गर्न निवेदन दिएकाहरुको २५ हजारभन्दा धेरै लाइसेन्स प्रिन्ट भएर बसेको छ । लाइसेन्स प्रिन्ट गर्न दिएपछि विभागमा लिन नआएकाहरुको लाइसेन्स पनि सम्बन्धित यातायात कार्यालयमा पठाउने तयारी विभागले गरेको छ ।

    अति आवश्यक भनेर छपाइ गरेका लाइसेन्स लिन यातायात व्यवस्था विभागमा लाइसेन्स छाप्न निवेदन दिएका मान्छे नआएपछि सम्बन्धित कार्यालयमा लाइसेन्स पठाउने गरिएको विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले बताए । विभाग नै आएर वा अनलाइनबाट अति आवश्यक भनेर लाइसेन्स प्रिन्ट गर्न दिएका सेवाग्राहीहरू लाइसेन्स लिन नआएपछि हामीले सम्बन्धित यातायात कार्यालयलाई लाइसेन्स पठाइरहेका छाैं ।

    उनले नेपाल प्रेससँग भने, ‘अति आवश्यक भनेर लाइसेन्स प्रिन्ट गर्न दिनुभएको सेवाग्राही प्रिन्ट भएको लाइसेन्स लिन नआएपछि विभागले प्रिन्ट भएको लाइसेन्स जुन कार्यालयबाट जारी भएको हो त्यही कार्यालय पठाइरहेका छौँ । विभागमा आएर फर्म भरेर वा अनलाइनबाट अति आवश्यक भनेर लाइसेन्स प्रिन्टका लागि आवेदन दिएकाहरु लाइसेन्स प्रिन्ट भएपछि पनि आफ्नो लाइसेन्स लिन नआउने गरेकाले हामीले कार्यालयहरुमा नै लाइसेन्स पठाउन थालेको हो ।

    अहिले पनि अति आवश्यक भनेर प्रिन्ट गर्न दिएको करिब २५ हजारभन्दा धेरै लाइसेन्स विभागमा नै थन्किएर बसेको छ । अब ती लाइसेन्स पनि सम्बन्धित यातायात कार्यालय पठाउने तयारी भइरहेको छ । अहिले विभागमा अति आवश्यक भनेर छपाइ भएको २५ हजारभन्दा धेरै लाइसेन्स सन् २०२३,२४ र २५ मा आवेदन दिएकाहरु हो ।’

    टिकट देखाउँदा २ घण्टामा नै प्रिन्ट

    अहिले यातायात व्यवस्था विभागले विदेशमा जानेहरुको लागि २ घण्टामा नै लाइसेन्स प्रिन्ट गरेर दरिरहेको खतिवडाले बताए । वैदेशिक रोजगारीमा जाने तथा अध्ययनको लागि विदेश जानेहरुले जहाजको टिकट राखेर अति आवश्यक भनेर लाइसेन्स प्रिन्ट गर्न दिँदा २ घण्टामा नै प्रिन्ट गरेर विभागले दिने गरेको छ । भने नेपालमा नै रोजगारी गरिरहेको वा अन्य कारणले लाइसेन्स आवश्यक भएकाले पनि आवेदन दिनको अर्को दिन अर्थात् आवेदन दिएको दुई दिन भित्र विभागले लाइसेन्स प्रिन्ट गरेर दिने गरेको छ ।

    कति प्रिन्ट हुन बाँकी लाइसेन्स ?

    अहिले करिब ३१ लाख लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको छ । यातायात व्यवस्था विभागले जी टु जी प्रणालीबाट लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुन्द्रण केन्दलाई दिएको छ । सुरक्षण मुन्द्रण केन्द्रले २६ लाख लाइसेन्स छाप्ने छ । भने, बाकी रहेको ५ लाख नयाँ लाइसेन्स प्रिन्ट यातायात व्यवस्था विभागले नै गर्ने छ ।

  • घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै

    घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै

    काठमाडौं । घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।

    स्रोतले नेपाल प्रेससँग भन्यो, ‘यसबारे प्रधानमन्त्रीज्यूले मन्त्रीबाट विस्तृत ब्रिफिङ लिनुहुनेछ । संलग्न विभिन्न व्यक्तिका नाम पनि आइरहेका छन् । राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनिनेछ । नभए बर्खास्त नै हुनेछ ।’

    उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । साथै, मन्त्री गुप्ता पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने भएको छ ।

    केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।

    यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ ।

  • राष्ट्रियसभामा नागरिकता विधेयकमाथि बहसः सांसदहरूले भने- महिलामाथि अझै विभेद छ

    राष्ट्रियसभामा नागरिकता विधेयकमाथि बहसः सांसदहरूले भने- महिलामाथि अझै विभेद छ

    काठमाडौं । ‘युएनमा जागिर खाने, पढेलेखेकी एक नेपाली महिला मकहाँ रुँदै आउनुभयो । मैले छोरालाई नागरिकता दिलाउन सकिनँ भन्दै रुनुभयो ।’

    राष्ट्रिय सभाकी निवर्तमान उपाध्यक्षसमेत रहेकी सांसद उर्मिला अर्यालले सुनाइन् । अर्यालका अनुसार विदेशमा कार्यरत छँदा ती महिलाको एउटा विदेशी पुरुषसँग प्रेम बस्यो र बच्चा जन्मियो । तर नेपाल फर्कदा श्रीमान बेपत्ता भए र कानुनले त्यो बच्चा ‘अनागरिक’ ठहर ग¥यो ।

    नेपाल नागरिकता ऐन २०६३ लाई दोस्रो संशोधन गर्ने गरी संसदमा प्रस्तुत विधेयकमाथि राष्ट्रिय सभामा भएको सैद्धान्तिक छलफलमा सांसदले यस्ता अनेक दृष्टान्त सुनाए ।

    नेकपा (माओवादी केन्द्र)का सांसद रेणु चन्दले आफ्नो छोरीकै प्रसंग निकाल्दै भनिन्, ‘मेरो छोरीको नागरिकता बनाउन जाँदा सिडिओले भन्छ– आमा वंशज होइन । आमा भएर पनि सन्तानलाई नागरिकता दिन सकिन्न ?’

    संविधानले महिला–पुरुषलाई समान अधिकार दिए पनि नागरिकतामा बाबुको भूमिका प्रबल र आमाको भूमिका गौण देखिएको गुनासो सांसदहरुले गरे ।

    ‘सिडिओले संविधान, ऐन, नियमावली हेर्न नै मानेनन्,’ चन्दले भनिन्, ‘सांसद भएर मैले भोगेको यो अन्याय हो भने सर्वसाधारण महिलाको अवस्था कस्तो होला ?’

    सांसद सुमित्रा बिसी भन्छिन्, ‘हिजो नागरिकता बनाउनुपर्दैन भन्ने संस्कारले गर्दा आज जेष्ठ नागरिक भएका महिलाले वृद्धभत्ता लिन पनि समस्या भोगिरहेका छन् ।’

    उनी थप्छिन्, ‘बुबाको नाम नभएका कारण आमाले नागरिकता दिन सक्दैन भनिन्छ । यस्तो नीतिले १६ लाखभन्दा बढी बालबालिकाको भविष्य अन्योलमा परेको छ ।’

    सांसद तुलसा दाहालले थपिन्, ‘नेपालमा करिब ३ लाख बालबालिका एकल महिलाबाट हुर्किरहेका छन् । यस्तो अवस्थामा आमाबाट नागरिकता दिन नपाउनु ती बालबालिकाको मौलिक हकमाथिको कुठाराघात हो ।’

    माओवादी सांसद गंगाकुमारी बेलबासे र नेकपा (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाह ‘गरिमा’ले भनिन्, ‘आमालाई कानुनले विभाजित गरेर हेर्नु गलत हो । तीन थरका आमा बनाए– नेपाली बाउ भएको आमा, विदेशी बाउ भएको आमा, बाउ नखुलेको आमा । तर बाबु भने जसको भए पनि एउटै ‘नागरिकता दिनसक्ने’ पात्र ।’

    सांसद बेलबासेले प्रश्न गरिन्, ‘जसले बच्चा पाउँछ, त्यो वंशज होइन ? आमाले जन्माएको सन्तानले नागरिकता नपाउनु अन्याय हो ।’

    सांसद मनरुपा शर्मा भन्छिन्, ‘भयावह अवस्था तब आउँछ जब १६ वर्ष उमेर पुगेका बालबालिकालाई स्वघोषणाको आधारमा नागरिकता दिनुपर्छ भनिन्छ, र यदि त्यो स्वघोषणा ‘गलत’ ठहरियो भने सजाय दिने प्रावधान पनि राखिएको छ । आमासँग नागरिकता छ भने १६ वर्ष कुर्न किनपर्ने ? नाबालक प्रमाणपत्र दिनुभन्दा सिधै नागरिकता दिन सकिँदैन ? बुबा नखुलेको भनेर १६ वर्षे बालकले घोषणा गरोस् र त्यो गलत भयो भने त्यही बच्चालाई सजाय ?’

    सांसद उर्मिला अर्यालले भनिन्, ‘मेरी आफन्त भारतीय नागरिकसँग विवाह गरेर नेपालमै बसिन् । श्रीमानको मृत्यु भयो, छोरासँग नागरिकता छैन । अहिले त्यो बच्चा ब्याचलर पढ्दैछ, नागरिकता नपाएकै कारण उसले आत्मबल गुमाएको छ । नागरिकता नपाएर आमालाई ‘धम्काउने मार्नपर्ने’ अवस्था आएको छ । बच्चा निर्दोष छ, राज्य उसको अपराधी बनिदिएको छ ।’

    सांसद आनन्द ढुंगानाले प्रशासनिक तवरमा नागरिकता नदिने मनोवृत्ति बदलिनुपर्ने बताए । ढुंगानाले धनुषाको उदाहरण दिँदै भने, ‘सबै प्रमाण भएर पनि माइती गाउँको सिफारिस नपाएकै कारण एक महिलाले नागरिकता पाउन सकिनन् । उनको सम्पत्ति बेच्न पनि नसक्ने अवस्था आएको छ ।

    सांसद इन्दिरा गौतम, बिष्णुबहादुर विश्वकर्मा, बेदुराम भुसाल, किरणबाबु श्रेष्ठ, गोपिबहादुर अछामी लगायतले कानुनले आमालाई समान अधिकार दिएको देखिए पनि व्यवहारमा त्यो लागू हुन नसकेको भन्दै सुधारको माग गरे । डा.बेदुराम भुसालले प्रश्न गर्दै भने, ‘बाबुको नाम राख्न नचाहेमा खाली राख्न पाइन्छ भने आमाको नाम पनि राख्न नचाहेमा त्यस्तो व्यवस्था किन छैन ? समानताको मर्म कहाँ हरायो ?’

    सांसद सुमित्रा बिसी थप्दै भन्छिन्, ‘हिजो हाम्रा आमाले नागरिकता बनाउनु परेन भन्ने सोचले आज उनीहरू वृद्ध भएका बेला वृद्धभत्ता लिन समेत नागरिकता नपाएको अवस्था देखिएको छ । अब यो सामाजिक–राजनीतिक उत्तरदायित्वको विषय हो ।’

    गृहमन्त्रीको जवाफः संविधानको घेराभित्र बसौँ

    सांसदका प्रश्नपछि गृहमन्त्री रमेश लेकखक संसदको रोष्टममा उभिए । उनले स्पष्ट पारे, ‘हामी संविधान संशोधन गर्दै छैनौँ, ऐन संशोधन गर्दैछौँ । संविधानले अनुमति नदिएको कुरा ऐनमा लेख्यौँ भने कार्यान्वयनमा जान सक्दैन ।’

    उनले बाबुको नाम नराख्न पाइने व्यवस्था सन्तानका हकमा गरिएको बताए ।

    ‘जो बाबा भए पनि अभिभावकत्व दिन तयार छैनन्, श्रद्धा उत्पन्न हुन सकेको छैन, ती पीडित सन्तानका लागि सुविधा दिन खोजिएको हो,’ उनले स्पष्ट पारे ।

    तर ‘आमापीडित सन्तान’ पनि हुन सक्छन् भन्ने तर्कलाई स्वीकार्दै भने, ‘यदि त्यस्तो अवस्था छ भने भविष्यमा त्यसबारे पनि व्यवस्था गर्न सकिन्छ । म आपत्ति राख्दिँन ।’

    सजायको प्रावधानबारे लचकता

    स्वघोषणाको गलत प्रयोग भएमा सजायको व्यवस्था राखिएकोमा सांसदबाट आलोचना भएको थियो । मन्त्री लेखकले भने गलत घोषणा नगरियोस् भन्नका लागि सजायको व्यवस्था गरिएको प्रष्ट पारे ।

    उनले लचकता देखाउँदै भने, ‘सजाय धेरै भयो भन्ने लागेमा परिमार्जन गर्न म खुला छु । सरकारको विधेयक जस्ताको त्यस्तै पारित हुनुपर्छ भन्ने पुरातन धारणा हो । संसद छलफलको थलो हो, परिमार्जन र सुधार स्वाभाविक प्रक्रिया हो ।’

    एउटै परिचयपत्रको अभाव

    चार–पाँचवटा परिचयपत्र बोक्नुपर्ने सांसदको गुनासोबारे उनले राष्ट्रिय परिचयपत्रमार्फत सबै विवरण समेट्ने योजना अघि बढिरहेको बताए । ‘ड्राइभिङ लाइसेन्सदेखि नागरिकता, जेष्ठ नागरिक परिचयसम्म सबै एउटै कार्डमा आउने वातावरण बनाउने योजना छ ।’ उनले भने ।

    विधेयकमाथी बिचार गरियोस् भन्ने गृहमन्त्री लेखकको प्रस्ताव राष्ट्रिय सभाबाट शुक्रबार सर्वसम्मत स्वीकृत भएको छ । यद्यपी उक्त विधेयक सदनमा नै छलफल गरेर टुंगो लगाउने कि संसदीय समितिमा पठाएर दफाबार छलफल गर्ने भन्ने विषयमा आज कुनै निर्णय भएन । विधेयकमाथीको ७२ घण्टे संशोधन दर्ताका लागि सूचना आव्हान गर्न राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सचिवालयलाई निर्देशन दिए ।

     

  • सूचना प्रविधि केन्द्रको ३० करोडको खरिदमा अनियमितता, सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सूचना प्रविधि केन्द्रको ३० करोडको खरिदमा अनियमितता, सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले केन्द्रमा अर्बौंको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदमा गम्भीर अनियमितता भएको उजुरीको अनुसन्धानपछि आर्थिक वर्ष २०७६–७७ मा खरिदमा गुरुयोजना नै नबनाई बोलपत्र प्रक्रिया अघि बढाइएको पाइएको हो ।

    स्पेसिफिकेसन तोक्दा मिलेमतो गरिएको र तोकिएको मापदण्ड विपरीत गुणस्तरहीन सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख ५० हजार बराबरको भ्रष्टाचार गरिएको आयोगको ठहर छ । तोकिएको भन्दा कम क्षमताको प्रोसेसर बोलपत्रदाताले आपूर्ति गरेको पाइएको छ।

    यस्तो गुणस्तरहीन सामग्री आपूर्ति गरेर झुट्टा कागजात मार्फत झुठा विवरण पेश गरी अस्वाभाविक मूल्य कायम गरिएको आरोप लगाइएको छ । विश्व वितरण नेपाल प्रालिले ३० करोड ६५ लाख ५५ हजार ७६३ रुपैयाँको बोलपत्रमा काम लिएको थियो ।

    २०७६ माघ १५ गते राष्ट्रिय सूचना प्रविधि केन्द्र र कम्पनीबीच सम्झौता भएको थियो । तर, सम्झौता अघि प्राविधिक स्पेसिफिकेसन निर्धारणदेखि बोलपत्र मूल्यांकन सम्मका प्रक्रिया मिलेमतोमा गरिएको अख्तियारको ठहर छ ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डिस्ट्रीव्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठ वर्ल्ड डिस्ट्रीव्युसन नेपाल प्रालिलाई समेत प्रतिवादी बनाइएको छ ।

    आरोपपत्रमा उल्लेख भएअनुसार, प्रतिवादीले नेपाल सरकारलाई आर्थिक हानि पुर्याउने बदनियत राख्दै खरिद प्रक्रिया मापदण्ड विपरीत अघि बढाएका थिए । उनीहरूले परस्पर मिलेमतोमा सार्वजनिक स्रोतको दुरुपयोग गरिएको आयोगले जनाएको छ ।

    आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा सबै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ अनुसार सजाय माग गरिएको छ ।

  • ११४ शाखा अधिकृतको सरुवा, ४५ जना गृह मन्त्रालय पठाइए

    ११४ शाखा अधिकृतको सरुवा, ४५ जना गृह मन्त्रालय पठाइए

    काठमाडौं । नेपाल सरकारका ११४ जना शाखा अधिकृतको एकैपटक सरुवा भएको छ ।

    लोक सेवा आयोगबाट सिफारिस भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका अधिकृतलाई मन्त्रालयले सरुवा तथा तथा पदस्थापन गरेको हो ।

    यीमध्ये ४५ जनालाई गृह मन्त्रालयमा पठाइएको छ भने बाँकी ६९ जनालाई स्थानीय तहमा खटाइएको छ ।

     

  • काठमाडौं भ्यूटावरको निर्माण नरोक्न महानगरपालिकालाई उच्च अदालतको आदेश

    काठमाडौं भ्यूटावरको निर्माण नरोक्न महानगरपालिकालाई उच्च अदालतको आदेश

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा रोकिएको भ्यूटावर निर्माणको काम यथावत अघि बढ्न दिन उच्च अदालत पाटनले आदेश दिएको छ ।

    पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न उच्च अदालतले आदेश दिएको हो । न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सोमबार सो आदेश जारी गरेको थियो ।

    मेयर बालेन्द्र साहले मेयरस्तरीय निर्णयबाट ५ लाख जरिवाना लिएर प्रक्रिया अघि बढाएको टावरको नक्सा पास प्रक्रियालाई अदालतले नरोक्न भनेको छ । सोही प्रकरणमा मेयर साहले अनियमित रुपमा नक्सा पास गरेको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

    यसबीचमा बालेनले गठन गरेका छानबिन समितिले पनि गुरागाईँको गल्ती नदेखाएपछि महानगरमा संवादहीनताको अवस्था छ । गुरागाईसँग मेयरको इगोका कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन ।

    टावरको निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले पाएको थियो । गत माघमा महानगरले निर्माण कम्पनीलाई काम रोक्न निर्देशन दिएपछि कम्पनीका सञ्चालक अदालत गएका थिए ।

    आदेशमा भनिएको छ- यस स्थितिमा विपक्षी महानगरपालिकाबाट निवेदकले सम्झौताबमोजिमको व्यावसायिक भवननिर्माणको लागी प्राप्त गरेको नक्सा पासको अनुमति र निर्णय यथावत कायम नै रहेको परिप्रेक्ष्यमा सम्झौता बमोजिम भवन निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको तथा निवेदकको वैध अपेक्षा समेत देखिँदा प्रस्तुत रिट निवेदन अन्तिम निरुपण हुँदा ठहरिए बमोजिम हुने गरी सुविधा र सन्तुलनको दृष्टिकोणबाट विपक्षी महानगरपालिकाबाट निवेदकको नाममा नक्साबमोजिमको निर्माण तथा अन्य कुनै काम कारबाही नगर्नू भनी गतवर्ष माघ ९ गते चलानी नम्बर ७८ को पत्र तथा सोसम्बन्धी निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।

  • नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

    नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

    काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

    विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचारको आरोप लागेका पहाडी मंगलबार बिहान अदालतमा हाजिर भएर बयान दिएपछि थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

    न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सकिएपछिको थुनछेक बहसपछि २ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको हो ।

    पहाडीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा बपरेकी छन् ।

  • नेपाल न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल नियुक्त

    नेपाल न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल नियुक्त

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेश कुमार नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेका छन् ।

    नेपाल न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नियुक्त भएका छन् ।सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई न्याय परिषद् सदस्य नियुक्त गरेका हुन् ।

    नेपालको संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम भोजपुर नगरपालिका–८ भोजपुरका नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएकी हुन् ।

  • सर्वोच्चमा ३ जना न्यायाधीश नियुक्त

    सर्वोच्चमा ३ जना न्यायाधीश नियुक्त

    काठमाडौं । सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन् ।

    न्याय परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

  • हर्क साम्पाङले लगे भुक्तानीका लागि ठिक्क पारेको ४० योजनाका फायल, अपहरण शैलीमा कब्जा गरेको उपमेयरको भनाइ

    हर्क साम्पाङले लगे भुक्तानीका लागि ठिक्क पारेको ४० योजनाका फायल, अपहरण शैलीमा कब्जा गरेको उपमेयरको भनाइ

    विराटनगर । अनुगमन सम्पन्न भएर भुक्तानीका लागि लेखा शाखामा पुगेका फाइल नगर प्रमुख हर्क साम्पाङले लगेपछि धरानमा उपभोक्ताहरू र ठेक्कामा लागेको योजनाको भुक्तानीमा समस्या भएको छ ।

    नगरप्रमुख हर्क साम्पाङले ४० भन्दा बढी योजनाको फाइल फरफारक गर्ने समयमा लगेका हुन् । धरान उपमहानगर पालिका लेखा शाखाका अनुसार १० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने फाइल साम्पाङले लगेपछि भुक्तानीमा समस्या भएको छ ।

    धरानमा उपप्रमुख आइन्द्र विक्रम बेघाले अनुगमन गरी सकेर भुक्तानी पक्रियामा गएका फाइल नगरप्रमुख साम्पाङले लेखा शाखाबाट उठाएर असार १६ गते उठाएर लगेका हुन् ।

    उपप्रमुख बेघाले मेयर अपहरण शैलीमा मेयरले असार १६ गते लेखा शाखाबाट फाइल खोसेर लगेको बताए । उनले भने,‘उक्त फायलहरू योजना सम्पन्न भई लेखा प्रक्रिया पुरा गरी भुक्तानी गर्ने बेलामा लेखा शाखाबाट प्रमुख साम्पाङले ‘अपहरण’ शैलीमा लानुभएको छ । मेयर फाइल लगेपछि भुक्तानी प्रक्रिया रोकिएको छ ।’

    नगरप्रमुखले सङ्घ, प्रदेशको सशर्त अनुदान, समपूरक अनुदान र सडक बोर्ड सँग सम्बन्धित योजनाको फाइले खोसेर आफैसँग राखेका छन् । धरानमा श्रमदानका नाममा उपभोक्ता समिति बनाएर फरफारकको लागि बिल आएपछि मेयर र उपमेयरका बिचमा विवाद उत्पन्न भएको छ ।

    श्रमदानको नाममा सरोकारवाला भन्दा बाहिरका व्यक्तिहरूको उपभोक्ता समिति बनाएर बिल आएपछि उपप्रमुखले अनुगमन गर्न नमानेपछि मेयर साम्पाङका समर्थकहरूले उपमेयर बेघामाथि हातपातको प्रयास गरेको थिए ।

    सो विवादपछि मेयर साम्पाङले धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईँलाई स्पष्टीकरण सोधेका छन् । मेयरले सोधेको स्पष्टीकरणको जवाफ चौलागाईँले दिएका छैनन् ।

    फरफारक गर्न कार्यपालिका सदस्यको माग

    धरान उपमहानगरपालिकामा रहेका बहुमत कार्यपालिका सदस्यले मेयरले खोसेर लगेका फाइलको फरफारक हुनुपर्ने माग राख्दै मेयर सामु ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघासहित २९ जना कार्यपालिका सदस्यहरूले प्रमुख साम्पाङलाई कार्यकक्षमा लिखित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख साम्पाङले फायल हेर्ने अधिकार आफ्नो पनि भएको बताए । उनले भने, ‘मैले पनि फायल हेर्न पाउनु पर्छ । भुक्तानी दिने अधिकार नगरप्रमुख र उपप्रमुख सहित कुनै पनि जनप्रतिनिधिको होइन ।’

    उनले भुक्तानी दिने भए सबैको दिनु पर्ने बताए । उनले भने, ‘धरान-१६ को फायल प्रमुख प्रशासकीय अधिकृतले किन रोक्यो रु त्यसको जवाफ चाहियो मलाई ।’

    धरान १६ मा रहेको बहुभाषिक पाठशालामा खोलाले कटान गरिरहेको बेला श्रमदान गरी उपभोक्ता समिति मार्फत बिल र भरपाई लगिएको थियो । प्रमुख साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको र उत्तर दिएपछि मात्रै भुक्तानीको पक्रिया अगाडि बढ्ने बताए ।

    धरानका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँले प्रक्रिया पुगेर आएका फाइमा मात्रै भुक्तानी गर्न तोक लगाउने बताए ।

  • सिंहदरबारबाट ‘हराएको’ गाडीको कथाः कसरी जोडिइन् महन्थ ठाकुरकी छोरी ?

    सिंहदरबारबाट ‘हराएको’ गाडीको कथाः कसरी जोडिइन् महन्थ ठाकुरकी छोरी ?

    काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै श्रम मन्त्रालयको गाडी हराएको समाचारले अस्ति निकै हल्लीखल्ली मच्चियो । सिंहदरबारभित्रको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्नहरु उठे ।

    त्यसको २४ घन्टा नबित्दै सबैलाई राहत दिने गरी अर्को समाचार आयो- हराएको गाडी भेटियो ।

    खासमा गाडी न हराएको हो, न भेटिएको । खासमा गाडी दुरुपयोग भइरहेको थियो, त्यो पनि अरु कोहीबाट नभएर श्रममन्त्री शरदसिंह भण्डारीबाटै । र, उनकै सचिव कृष्णहरी पुस्करले चलाखीपूर्वक ‘गाडी हराएको’ भन्दै खोजीका लागि गृह मन्त्रालयमा पत्राचार गरेका थिए ।

    स्रोतका अनुसार करिब ४ महिनाअगाडि नै भण्डारीका स्वकीय सचिवले ‘मन्त्रीज्यूको आदेश’ भन्दै मन्त्रालयको स्टोरबाट प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको महेन्द्र स्कर्पियो लिएर हिँडेका थिए । यो विषयमा सचिव पुष्करले त्यही बेला थाहा पाएका हुन् । तर, मन्त्रीकै आदेशमा लगिएको भनेपछि उनले केही गर्न सकेनन् ।

    अहिले आएर मन्त्रालयकै एक उपसचिवलाई गाडी अभाव भयो । त्यसपछि सचिवले स्कर्पियोका विषयमा मन्त्रीको सचिवालयलाई सोधे । तर, स्वकीय सचिवले स्कर्पियो कहाँ छ भन्ने आफूलाई थाहा नभएको भन्दै गैरजिम्मेवार जवाफ दिएपछि सचिव पुस्कर रुष्ट बनेका थिए । त्यसपछि उनले गाडी खोजीका लागि गृह मन्त्रालयलाई पत्र काट्न लगाएका हुन् ।

    प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई समेत बोधार्थ पठाइएको पत्रमा गाडी कहिले हराएको भन्ने उल्लेख छैन ।

    प्रशासन शाखाका अधिकृत भीमबहादुर शाहीले लेखेको पत्रमा भनिएको थियो, ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समयदेखि हराइरहेको हुँदा उक्त सवारी साधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनु हुन साथै प्रचलित कानूनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारवाही अगाडि बढाइदिनुहुन १५ असारको सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’

    यसरी पत्रमा गाडी खोजतलास गर्न मात्र नभएर सम्वन्धित व्यक्तिलाई मुद्दासमेत चलाउन भनिएपछि आत्तिँदै मन्त्री भण्डारीले गाडी फिर्ता गर्न लगाएका छन् । पत्र काटिएको दुई दिनमै गाडी मन्त्रालयमा ल्याइएको स्रोतले बतायो ।

    ‘गाडी फिर्ता आएको छ, कसले ल्याइदिएको हो भन्ने चाहिँ थाहा पाइएन,’ स्रोतले भन्यो ।

    उक्त स्कर्पियो मन्त्री भण्डारीकै कब्जामा रहेको बुझाइ मन्त्रालयका सचिव र कर्मचारीहरूमा थियो । तर, मन्त्रीले सो गाडीमा लोसपाका अध्यक्ष महन्थ ठाकुर सवार हुने गरेको आरोपपछि कथामा ट्वीस्ट आएको छ । स्रोतको दाबीअनुसार आफूलाई फेरि एकपटक मन्त्री बनाइदिने पार्टी अध्यक्ष महन्थलाई रिझाउन भण्डारीले मन्त्रालयको गाडी दिलाएका हुन् ।

    आज नागरिक दैनिकले उक्त गाडी महन्थकी छोरीले डा. मिनाक्षी ठाकुरले चढ्ने गरेको समाचार प्रकाशित गरेको छ । महन्थपुत्री मिनाक्षी हाल वैदेशिक रोजगार बोर्डकी सदस्य छिन् । भण्डारीले नै अघिल्लोपटक मन्त्री भएका बेला २०८० साल फागुनमा अध्यक्षकी छोरीलाई सो नियुक्ती दिलाएका थिए । एक उपसचिवलाई उद्वृत गर्दै समाचारमा उनै मिनाक्षीले मन्त्रालयको गाडी चढ्ने गरेको जनाइएको छ ।

    यस सम्वन्धमा नेपाल प्रेसले ठाकुरका स्वकीय सचिव सत्यन्द्र मिश्रसँग बुझ्न खोज्दा उनले ठाडै इन्कार गरे ।

    उनले भने, ‘समाचारमा आएका सबै अफवाह हुन् । महन्थ ठाकुरजस्तो सादगी नेताले यस्तो गर्नुहुन्छ ? कांग्रेसको पालामा मन्त्री हुँदाखेरि त सरकारी गाडी चढ्नु भएन, अहिले के चढ्नुहुन्छ ? उहाँ त सरकारीको नाम लिने वित्तिकै रिसाउनुहुन्छ ।’

    विगतमा गिरिजाप्रसाद कोइरालाको सरकारबाट हटेपछि निवासबाट फर्किँदा सरकारी गाडी छोडेर आफूलाई ट्याक्सी बोलाउन लगाएको उनले सम्झिए । मिश्रका अनुसार अहिले ठाकुरको आफ्नै निजी गाडी छ र त्यही चढ्दै आएका छन् ।

    आफूले नचढे पनि छोरीलाई चढ्न दिनुभएको होला नि त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘छोरीले पनि चढ्नुभएको छैन । उहाँको श्रीमानको इलेक्ट्रिक गाडी छ, त्यसैमा चढ्नुहुन्छ ।’

    तर, लोसपाका महासचिव सुरेन्द्र झाले भने मन्त्रालयको गाडी अध्यक्षले कहिलेकाहीँ चढ्ने गरेको बताएका छन् ।

    उनले भने, ‘कहिलेकाहीँ काम पर्दाखेरि चढ्नु भएको हो । अध्यक्षज्यूको गाडी बिग्रिएर ग्यारेजमा राखेको बेलामा कहिलेकाहीँ निवासबाट अफिस, अफिसबाट संसद ल्याउने लैजाने काम चाहिँ गरेको थियो । यो डेढ दुई महिना अगाडिकै कुरा हो । अहिले कसरी यो विषय उठिरहेको छ हामी आफैं छक्क परेका छौं ।’

    उनले पनि छोरी मिनाक्षीले सो गाडी नचडेको दाबी गरे ।

    ‘उहाँको श्रीमान जमिन्दार हुनुहुन्छ, उहाँको आफ्नै गाडी छ,’ झाले भने ।

    सचिवले नै गाडी हराएको भनेर गृह मन्त्रालायमा पत्राचार गरेको विषयमा उनले भने, ‘कर्मचारीहरूबीच मिस कम्युनिकेसन भयो होला । यसमा हाम्रो अध्यक्षज्यूलाई मुछ्नुपर्ने कुनै कारण छैन । उहाँ अहिलेको गिनेचुनेको नेतामध्येमा पर्नुहुन्छ, यस्तो कुरामा उहाँलाई जोड्नु गलत हो ।’

    यस घटनापछि मन्त्री भण्डारी सचिवप्रति असन्तुष्ट बनेका छन् । गाडी आफूले लगेको भन्ने थाहा हुँदाहुँदै सचिवले चिठी काटेर ‘स्टन्ट गरेको’ उनले निकटस्थहरुसँग बताएको स्रोतको भनाइ छ ।

  • साढे तीन लाखको योजना अनुगमन गर्न एक लाख खर्च !

    साढे तीन लाखको योजना अनुगमन गर्न एक लाख खर्च !

    पाल्पा । कृषि ज्ञान केन्द्र, पाल्पाले साढे तीन लाखको योजना अनुगमन गर्न एक लाख बढी खर्च गरेको छ । कृषि ज्ञान केन्द्र, पाल्पाले ३ लाख ६९ हजार १ सय ७६ रुपैंयाको दुई वटा योजना अनुगमन गर्न १ लाख १९ रुपैंया खर्च गरेको हो ।

    जिल्लाका ७ वटा सरकारी कार्यालयका प्रमुख र पत्रकारहरु सहितको संयूक्त अनुगमनका १ लाख बढी खर्च भएको हो । दुई वटा योजनाको कुल बजेटको २७.०९ प्रतिशत रकम अनुगमनमा खर्च भएको देखिन्छ । जसमा ६१ हजार ५ सय रुपैंया भत्तामा मात्र खर्च गरिएको छ ।

    अनुगमनमा सहभागी ४० जनाले २ हजार ५ सय रुपैंया देखि १ हजार २ सय ५० रुपैंया सम्म भत्ता बुझेका हुन् । बिहान ८ बजे तानसेन बाट अनुगमन गएको टोली १२ बजे तानसेन आईपुगेको थियो । तर टोलीले ४ घण्टा अनुगमन गएर डेढ दिनको भत्ता बुझेको छ । अनुगमनमा कृषि ज्ञान केन्द्र, पाल्पाका ९ जना सबै कर्मचारी अनुगमनमा सहभागी भएका थिए ।

    अनुगमनमा कृषि ज्ञान केन्द्रसहित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ७ वटा गाडी अनुगमनमा प्रयोग गरिएको थियो ।

    हरेक गाडीलाई १५/१५ लिटर ईन्धन वितरण गर्ने भनिएपनि केहिले नलिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ईन्धनमा ११ हजार ३ सय १९ रुपैंया खर्च गरिएको छ । खाजा र खानामा २१ हजार २ सय रुपैंया खर्च गरिएको छ भने स्टेशनरीमा ४ हजार र पानीमा १ हजार रुपैंया खर्च गरिएको कृषि ज्ञान केन्द्र, पाल्पामा कार्यरत नायब प्राविधिक सहायक रविन बुढाले जानकारी दिए ।

    केन्द्रले व्यक्तिगत फर्मलाई दिएको योजना अनुगमन गर्न जाँदा अनुदान लिने व्यक्तिहरुसँग समेत समन्वय नगरी अनुगमन गरेको छ । दुवै योजना अनुगमन गर्दा अनुदान लिने व्यक्तिहरु सहभागी थिएनन् ।

    सम्बन्धित वडाका वडाध्यक्षहरुले योजना स्थल देखाएका थिए । साना योजनालाई धेरै खर्च गरेर तामझामका साथ यस्तो फितलो अनुगमन गर्दा नागरिकहरुले कार्यालयको खर्च मितव्ययीतामाथी प्रश्न गर्ने गरेका छन् ।

    सिंचाई सहित कृषि विकास कार्यक्रम अन्तरगत हिमसागर कृषि फर्म तानसेन १४ को १ सय २५ मिटर पक्की कुलो र शुभ कृषि बहुउद्देश्यिय एग्रो फर्म तानसेन १३ को सिंचाई टंकी अनुगमन गरिएको थियो । कृषि ज्ञान केन्द्र, पाल्पाले पक्की कुलोमा १ लाख ६९ हजार १ सय ७६ रुपैंया र सिंचाई टंकीमा २ लाख रुपैंया अनुदान दिएको कार्यक्रमकी फोकल पर्सन मनिषा पौडेलले बताईन् ।

    कृषि ज्ञान केन्द्र, पाल्पाका प्रशासन शाखा प्रमुख भुवन केसीले प्रदेश सरकारले संयूक्त अनुगमन गर्नैको लागि तोकेर बजेट विनियोजन गर्ने गरेको भन्दै बजेटको कार्यान्वयन गरेको बताए । उनले वर्षाको समय भएकाले टाढा र ठुला योजना अनुगमन गर्न जान नसकेको स्विकार गरे । कार्यालयको लागि धेरै बजेटको कार्यक्रम नै नआउने हुँदा टुक्रे योजनाहरु बनाउनुपरेको समेत उनले बताए ।

    कृषि ज्ञान केन्द्र, पाल्पाका प्रमुख अरविन्द मणी त्रिपाठीले यो कार्यालयमा मात्र नभई अन्यत्र पनि यस्तो हुने गरेको बताए । उनले अनुगमन कार्य गर्नैपर्ने हुँदा कर्मकाण्डी रुपमा भएको स्विकार गरे । अन्यत्र ठुला र प्रभावकारी योजना अनुगमन गर्दा प्रभावकारी हुने भएपनि नजिक र सजिलो स्थान रोज्दा खर्च बढी देखिनु स्वभाविक नभएको उनले बताए ।

    सानो योजना अनुगमन गर्न जम्बो टोली र खर्चको प्रभावकारीता नभएको किसानहरुले गुनासो गर्ने गरेका छन् । अनुगमनमा गरिने यस्ता खर्चको प्रभावकारीता नहुने हुँदा कार्यालयले मितव्ययीतामा ध्यान दिन नसकेको देखिन्छ । कृषि ज्ञान केन्द्र, पाल्पाले मात्र होईन, बजेट खर्च गर्नैका लागि मात्र जिल्लाका धेरै कार्यालयले यस्ता कर्मकाण्डी अनुगमन गर्ने गरेका छन् ।

  • विभिन्न संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची

    विभिन्न संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । सङ्घीय संसद्का विभिन्न नौवटा समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् । यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ ।

    राष्ट्रियसभातर्फको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । संयुक्त समितिको रुपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्ने गरी कार्यसूची निर्धारण भएको छ ।

    अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल गर्ने कार्यसूची छ । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

    उद्योग तथा वाणिज्य समितिमा नेपाल सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुनेछ । कृषि तथा सहकारी समितिमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ ।

    पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना र विविध शीर्षकमा छलफल गर्ने कार्यसूची छ । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।

    सङ्घीयता सबलीकरण समितिमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल हुनेछ ।

    प्रतिनिधिसभाको बैठक यही असार २३ गते सोमबार र राष्ट्रियसभाको बैठक २४ गतेका लागि निर्धारण भएकाले समितिमा महत्त्वपूर्ण विधेयकलाई अगाडि बढाउने गरी छलफलको कार्यसूची तय गरिएको हो ।

  • ‘कुलिङ पिरियड’ मा छेडखानी- दलहरूले नाम दिए आजै छानबिन समिति गठन गर्ने सभामुखको तयारी

    ‘कुलिङ पिरियड’ मा छेडखानी- दलहरूले नाम दिए आजै छानबिन समिति गठन गर्ने सभामुखको तयारी

    काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरिरहेका छन् ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको विधेयकमा छेडखानीबारे छानबिन समिति गठन गर्न प्रस्ताव गरेका थिए ।

    सभामुख घिमिरेले समितिको टीओआर र समयावधि तथा सदस्यको नाम पनि मागेका थिए । दलहरूले नाम दिए आजै समिति गठन हुने सम्भावना रहेको जनाइएको छ ।

  • अब सरकारी जागिर खानेलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा

    अब सरकारी जागिर खानेलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । यस आर्थिक वर्षसम्ममा जागिर खाएका कर्मचारीले पेन्सन तथा उपदानको पाउँदै आएका थिए ।

    अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

    योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।